राकेश दास,
रौतहट, माघ १९ गते २०८१ ।
रौतहटमा भन्सार छली गरी ल्याउँदै गरेको सामानहरु बरामद गरिएको छ ।
शुक्रवारको दिन जिल्ला प्रहरी कार्यालय रौतहट कार्यालय मातहत भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले जिल्ला रौतहट गौर न.पा वडा नं.१ स्थितमा विभिन्न सवारी साधनहरुलाई रोकी चेक जाँच गर्ने क्रममा अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको समान बरामद भएको प्रहरीले जनाएको छ ।
सो समानहरु अन्दाजि मुल्य रु. एक लाख बिसहजार पाँच सय तिन रुपैया बराबरको विभिन्न किसिमको किराना, कपडार कस्मेटिक लगायतका सर–समानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले बताएका हुन् ।
बज्जिकाञ्चल संवाददाता, काठमाडौँ २०८१ –
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको छ ।
निगम सञ्चालक समितिको शुक्रबारको बैठकले आजदेखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्यमा मूल्य प्रतिलिटर चार रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर छ रुपैयाँ र बाह्यतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४३ बढाएको हो ।
मूल्य समायोजनसँगै पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ६६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६७ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र मट्टितेल पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६० रुपैयाँ तोकिएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ । 
यस्तै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय ३२ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर एक हजार तीन अमेरिकी डलर तोकिएको छ । निगमले खाना पकाउने एलपी ग्याँसको मूल्य भने हाललाई यथावत राखेको छ ।
इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु १.५९, डिजेलमा रु ३.५७ तथा हवाई इनधनमा रु ५.७० ले बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।
सभार इकागज
आरके श्रीवास्तव,राैतहट,१८ गते माघ २०८१ ।
राष्ट्रिय दलित पत्रकार संघ राैतहटका अध्यक्ष एवम् वृन्दावन नगरपालिकाका कार्यपालिका सदस्य राजेश पासवान निर्माणी माथि चलाइएको झुठा मुद्दा बारेमा जिल्लाभरीका दलित अभियन्ताहरूले आज राैतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेलाई ध्यानाकर्षण गराएका छन् ।
गत २०८१ मंसिर १९ गते वृन्दावन नगरपालिकाकाे बहुअरी गाउँमा एउटा पोखरीको विवाद लिएर पासवानमाथि ईलाका प्रहरी कार्यालय गरूडाले कुटपिट अंगभंगको मुद्दा चलाएकाे बुझिएको छ । मुद्दा गर्ने पक्षले एउटा भिडियोमा मेराे हात आफै भाँचिएको भन्ने स्विकार गरेका छन् ।
साेही भिडियोलाई लिएर एसपि घिमिरेलाई उनीहरूले देखाएका थिए । र मुद्दा खारेजीकाे माग पनि गरेका थिए । जवाफमा एसपि घिमिरेले यस विषयलाई आफूले गम्भीरतापूर्वक लिएकाे र यसबारे छिट्टै अनुसंधान गरेर जानकारी गराउने प्रतिबद्धता जनाएका छन् । तत्काल धरपक्ड नर्गन पनि निर्देशन दिने बताएका छन् ।
स्मरणीयहाेस् गतवर्ष छठ पर्वकाे बेला पासवानमाथि तल्लो जातकाे मान्छे भएर पण्डालमा किन प्रवेश गरेकाे भन्दै गाली,बेईज्जती कुटपिट गरेकाे घटना घटेको थियोे । जाहेरवाला व्यक्तीहरू माथी नै अध्यक्ष पासवानले जातीय भेदभावको मुदा दर्ता गराई अहिले एक वर्ष देखी निरन्तर रूपले सो मुदा लड्दै आइरहेका छन् ।
साेही रिसिबिलाई लिएर उनलाई याे झुठा मुद्दामा फसाइएकाे भन्दै मुद्दा खारिज हुनुपर्ने माग गरिएका छ ।
एसपि घिमिरेसँगकाे भेट पश्चात् गाैर स्थित ब्यारेक फिल्डमा जिल्लाकाे दलित अगुवा,बुद्धिजीवी,अभियन्ता,सञ्चारकर्मी एवम् विभिन्न संगठनका प्रतिनिधिहरूकाे संयुक्त बैठक बसेकाे थियो । बैठकमा राैतहट प्रहरी प्रमुख सँग छलफल गर्न,ध्यानाकर्षण पत्र बुझाउने,२१ मार्चमा छुवाछूत दिवस मनाउने लगायतकाे विषयमा छलफल गरिएको थियाे ।

बैठकमा दलित अभियन्ताहरू धर्मेन्द्र पासवान,मुटुक पासवान,रामविनय पासवान,पुनित राम,साेनेलाल राम,उदयनारायण राम,रामविश्वास पासवान लगायत जिल्लाभरीका दलित अभियन्ताहरूकाे उपस्थिति रहेको थियो ।
बज्जिकाञ्चल संवाददाता,१८ गते माघ २०८१ ।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाईको बलमा संसदको हुर्मत लिएको टिप्पणी गरेका छन् । ओलीलाई संसदमाथि विश्वास नभएको बताउदै उनले अध्यादेशमार्फत मुलुक अगाडी बढन नसक्ने बताए ।
आजबाट शुरु भएको संसदको हिउँदे अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै वर्तमान सरकार जनादेश विपरित काम गरिहेको बताए । लोकतन्त्र र जनताको हितविपरित काम गरिरहेको सरकार पूर्णरुपमा असफल भएको उनले बताए ।
‘प्रधानमन्त्रीले भन्नुभयो यो संसद्ले कामै गरेन । म सोध्न चाहन्छु–संसद्को सबै पद त तपाईंहरुले बाँडफाँट गर्नुभयो, तपाईंहरुले आफ्नो पकेटबाट सभामुख, उपसभामुख बनाउनुभयो, सांसदहरुको भागबण्डा पनि तपाईंहरुले लगाउनुभयो, दुई तिहाईको उपस्थिति पनि तपाईंहरुकै छ, अनि संसद्ले काम गरेन भनेर यहाँ आएर संसद्को हुर्मत लिनुहुन्छ ? यो मिल्छ कि मिल्दैन नैतिकताले ? म सोध्न चाहन्छु’ आजपा अध्यक्ष साहले भने ।
अहिलेको सरकारको जन्म नै मध्यरातमा भएकोले अहिले नेपाली समाज अन्धकारमा परेको टिप्पणी समेत साहले गरे । उनले अहिलेको सरकारले अँध्यारो सुरूङमार्गमा देशलाई छिराउने काम गरेको आरोप लगाए ।
उनले विपरित पक्षहरु मिलेर बनेको सरकारलाई लोकतन्त्र भन्छ ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न सोधे । उनले भने, ‘विधि र विधानलाई नमान्ने सरकारलाई लोकतन्त्र भन्न मिल्छ ? संसद्बाट डराउनेलाई लोकतन्त्र भन्छ ? अध्यादेशको बाटोबाट हिँड्नेलाई लोकतन्त्र भन्छ ? तपाईं कस्तो लोकतन्त्रको अभ्यास गर्दै हुनुहुन्छ ?’ उनले प्रधानमन्त्री ओलीलाई क्याविनेटका निर्णयमाथि भ्रष्टाचारको छानबिनको लागि किन तयार नभएको भनेरपनि प्रश्न गरे ।
उनले अहिले भ्रष्टाचार दिनदिनै बढिरहेको बताए । प्रधानमन्त्री ओलीको नाम जोडिएका विभिन्न भ्रष्टाचारका काण्डको छानबिन गर्नपनि उनले माग गरे । उनले अहिलेको सरकार बलियो भएको भए प्रधानमन्त्रीले किन सरकार ढल्दैन भनेर हप्तैपिच्छे भाषण गर्नुपर्यो र यति महिनापछि सरकार छोड्छु भन्नुपर्यो भन्दै प्रश्न गरे । उनले यो सरकार गठन भएपछि अन्तर्राष्ट्रिय सम्बन्ध पुरै विथोलिएको आरोप लगाए ।
भ्रष्टाचार बढदै गईरहको बताउदै उनल गिरीबन्दु टि–स्टिेट, वाईडवडी, नक्कली भटानी शरणार्थी लगायतका भ्रष्टाचारमा प्रधानमन्त्रीकै नाम जोडिए पनि छानबिन किन भएको भन्दै उनले प्रश्न गरे ।