२०८३ भाद्र ९
२०८३ भाद्र ९

आरके श्रीवास्तव,राैतहट,२८ गते असाेज । 

राैतहटकाे माधवनारायणकाे खडकी रजवारामा जनता समाजवादी नेपालकाे वडा कमिटी गठन भएको छ । जसपा  नेपालको अधारभुत संगठन निर्माण कार्यक्रम अन्तर्गत साे कमिटी गठन गरिएको छ ।   जसपा नेपाल माधवनरायण नगर कमिटीको आयोजनामा वाड नम्बर ८ खडकी रजवारामा संगठन निर्माण कार्यक्रम तथा शुभकामना आदानप्रदान र वाड कमिटी गठन गरिएको हाे ।

विनोद यादवको अध्यक्षतामा  २१ सदस्यीय वाड कमिटी गठन गरिएकाे जसपा नेपालका जिल्ला अध्यक्ष श्याम बिहारी प्रसाद यादवले जानकारी गराएका हुन् । गठित कमिटीकाे उपाध्यक्षमा भाग्यनरायण कुशवाहा,राम नारायण बैठा रहेका छन् ।  त्यस्तै सचिवमा बिजय बैठा,सह सचिवमा मुकेश दास, विरेन्द्र राय,काेषाध्यक्षमा घुरनि देविलाई चयन गरिएको हाे ।  त्यसैगरी सदस्यहरूमा मकर दास,धुपा राय,जय लाल दास,            मुटु सहनी,छोटे दास,राम अयोध्या राय,अछेलाल महतो, बिजुलि साह,भोजेन्द्र महतो,उमेश राय,जुगुल बैठा,बच्चु राय  , बिन्देश्वर दास, मुकेश महतो रहेका छन् ।

आरके श्रीवास्तव,रौतहट,२८ गते असोज ।

रौतहटमा लागु औषध सहित मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ बस्ने बर्ष २६ को मनोज राइ रहेका छन् ।

शुक्रवार अस्थायी प्रहरी पोष्ट बसपार्क रौतहट गौरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनलाइ पक्राउ गरेको हो ।No description available.

जिल्ला सदरमुकाम गौर नगरपालिका वडा नम्बर ८ बसपार्क स्थित रहेको सार्वजनिक सडक खण्डमा शंकास्पद अवस्थामा हिडडुल गरी रहेका राईलाई चेकजाँच गर्दा उनले लगाएको खैरो रङ्गको कटन जिन्स पाईन्ट भित्र दाँया तिघ्रा, बाँया तिघ्रा र बाँया पिडौलामा प्लास्टिक टेपले बेरी लुकाई छिपाई गरी राखेको लागु औषध बरामद भएको छ ।Open photo

उनको साथबाट डाईजेपाम ३० एम्पुल, प्रोमेथाजाईन ३० एम्पुल र बुप्रोनाईफाइन ३० एम्पुल जम्मा ९० रहेको छ । पक्राउ परेका राईलाई लागू औषध मुद्दामा अनुसन्धान कार्य भईरहेको व्यहोरा जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

रौतहट ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले आफ्नै श्रीमती रिनाकुमारी साहको तारिफ गरेका छन् । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाले नगरमा लागु गरेको बिभिन्न आयोजना देशमै उत्कृष्ट रहेको र सो योजना अन्य पालिकाले समेत लागु गरी सर्वसधारण जनतालाई सेवा दिन उनले सुझाव दिदै उनको तारिफ गरेका हुन् ।

बडादशैं, शुभ दिपावली एवं छठ पर्वको अवसरमा रौतहटको मौलापुर नगरपालिकाको सोनरनियामा आज आयोजित शुभकामना अदानप्रदान एवं भेटघाट कार्यक्रममा सहभागि आजपा अध्यक्ष साहले समृद्ध पालिका निर्माणका लागि मौलापुर नगरपालिकामा मेयर रिनाले लागु गरेको आयोजना आफ्नो पालिकामा समेत लागु गर्नुपर्ने बताए ।No description available.

मौलापुर नगरपालिकाकी मेयर आफ्नो पालिकामा नगर प्रहरीको साटो नगर शिक्षक नियुक्त गरेकी छन् । अन्य पालिकाले शासन गर्नका लागि नगर प्रहरी नियुक्त गरेको तर मेयर रिनाले विद्यार्थीहरुको पढाई उत्कृष्ट बनाउनका लागि शिक्षक राखेकोमा आजपा अध्यक्ष साहले उनलाई बधाई एवं शुभकामना व्यक्त गरे ।

यस्तै मेयर रिनाले मौलापुर नगरपालिकामा किसान एवं सर्वसधारणका लागि ‘फ्री बिजुली, फ्री पानी’, असहायसँग मेयर कार्यक्रम, नगर प्रहरी होईन नगर शिक्षक लगायतका लोकप्रिय कार्यक्रम लागु गरेकी छन् । मौलापुरकी मेयर साहले आफनो नगरभित्र लागु गरेको ‘कर फ्रि’ कार्यक्रम समेत लोकप्रिय बनेको छ । मेयर रिनाले बिभिन्न लोकप्रिय कार्यक्रम लागु गरी सर्वसधारण जनतालाई सेवा दिदै दोस्रो कार्यकालका लागि मेयरको जिम्मेवारी निर्वाह गरिरहेकी छन् ।

‘मौलापुर नगरपालिकामा ‘फ्री बिजुली, फ्री पानी’, असहायसँग मेयर कार्यक्रम, नगर प्रहर्री होईन नगर शिक्षक छ । यहाँ कुनै सिफारिस वा कामको कर लाग्दैन्, कर फ्रि छ । यस्ता लोकप्रिय कार्यक्रम लागु गरेर सर्वसधारणलाई सेवा गर्ने मेयर रिनाजीलाई म बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु’ आजपा अध्यक्ष साहले भने, ‘म अरु पालिकामा हेर्छु करमाथि कर लागु गरिएको छ । शिक्षक होईन नगर प्रहरी नियुक्त गरिएको छ, शासन गर्नका लागि । किसानको बिधुत महशुल तिर्ने, सर्वसधारणका छोरीको बिवाहमा आर्थिक सहयोग गर्ने, डाक्टर नियुक्त गर्ने र विरामीलाई सेवा दिने काम गर्नु धेरै नै उत्कृष्ट छ । अरु पालिकाले समेत मौलापुरबाट सिक्नुपर्ने देखिन्छ ।’

मौलापुर नगरपालिकाकी मेयर रिना साहको पहल एवं योजनामा ‘फ्री बिजुली, फ्री पानी’ कार्यक्रम अन्तरगत नगरका हजारौं किसानको विधुतको करोडौं रकम नगरपालिकाले तिर्दै आएको छ । यस्तै असहायसंग मेयर कार्यक्रम अन्तरगत मौलापुरले गरिब समुदायका उमेर पुगेका छोरीको बिवाहमा ३० हजारका दरले हजरौं परिवारलाई नगद सहयोग गर्दै आएको छ ।

मौलापुरमा ‘फ्रि कर’ कार्यक्रम अन्तरगत कुनै पनि कर नगरपालिकाले लिदैन् । जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्ता, वा कुनै प्रकारको सिफारिस देखी मालपोत, नापी लगायतका कुनै पनि कर मौलापुरमा लाग्दैन् । यस्तैै सबै पालिकाले नगर प्रहरी नियुक्त गरेर शासन गर्दै गर्दा मौलापुरमा नगरशिक्षक, डाक्टर नियुक्त गरेर नगरबासीलाई सेवा दिने काम भईरहेको छ । यसैगरी मौलापुरमा धुवाधुलो मुक्त अभियान अन्तरगत हजरौं घरमा ग्यास सिलिण्डर, चुलो समेत वितरण गरिएको छ । नगरभित्रको शिक्षा, स्वास्थ्य, यातायातका लागि कालोपत्रे, ढलान लगायतका कामले नगरबासी खुशी छन् ।

यि र यस्ता कार्यक्रमको समर्थन र तारिफ आजपा अध्यक्ष साहले मात्रै नभई मेयर रिनाको विरोधीले समेत गर्दै आएका छन्् । मेयर रिनाले गरेका यस्ता उत्कृष्ट काम एवं योजनाहरु अरु पालिकाले लागु गरेर समृद्ध नेपाल निर्माणको अभियान पुरा गर्नुपर्ने निष्कर्ष कार्यक्रममा सहभागिहरुको रहेको थियो ।

कार्यक्रममा आजपाका महासचिव त्रिभुवन साह, उपमहासचिव सियाराम कुशवाहा, नगरप्रमुख रीना कुमारी साह लगायतको विशेष सहभागिता रहेको थियो ।

 

काठमाडौँ ।

अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठ र मोडल सायद श्रेष्ठ बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण ‘ओ हेलो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

अस्ट्रेलियाको मेलबर्नमा छायाँकन गरिएको यस भिडियोलाई सायद श्रेष्ठले कोरियोग्राफी गरेका हुन्। भिडियो संजय सेन्चुरीको छायाँकन,सम्पादन र निर्देशनमा तयार पारिएको हो। ‘बाबा फिल्म प्रडक्शन’ नामक युट्युव च्यानल मार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको हो।No description available.

प्रेमिल शैलीको यस गीतमा गायिका टिका प्रसाई र गायक निरज खतिवडाको सुमधुर स्वर रहेको छ। गीतमा शब्द पुष्प लम्सालको रहेको छ। गायक खतिवडाले संगीतवद्द गरेको यस गीतलाई रोशन मिश्रले संगीत संयोजन गरेका हुन्। भिडियोले दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ। भिडियो लिंक: https://youtu.be/-_kntSuOvlA?si=HKZ3GbVEAWPi3zrx

 

काठमाडौं ।

नेपाल मेडिकल कलेजमा फुटवल खेल्दा मिर्गौला चिरिएर गम्भिर एक किशोरको सफल उपचार भएको छ । फुटवल खेल्ने क्रममा विपक्षी खेलाडीको घुँडाले करङमा लाग्दा गम्भिर भएका सिन्धुपाल्चोक भोटेचौरका रोविन तामाङको मिर्गौला नै चिरिएकोमा कलेजका युरोलोजिस्ट तथा किड्नी ट्रान्सप्लान्ट सर्जनले सफल शल्यक्रिया गरेका हुन् ।

 

उनको असोज २० गते नेपाल मेडिकल कलेजका युरोलोजिस्ट तथा किड्नी ट्रान्सप्लान्ट सर्जन डा। वेश अन्सारीको टीमले शल्यक्रिया गरी मिर्गौला जोडिदिएका हुन् ।

 

‘अत्याधिक ब्लिडिङका कारण मिर्गौला नै छोपिएको थियो, पछि सिटी स्क्यान गरेर हेर्दा मात्रै मिर्गौला काटिएको देखियो । त्यसबेलासम्म शरीरमा रगतको मात्रा घटिसकेको थियो ।’ कलेजका युरोलोजिस्ट तथा किड्नी ट्रान्सप्लान्ट सर्जन डा।वेश अन्सारीले भन्नुभयो,‘त्यसपछि तत्कार्ल शल्यक्रिया गरी सिलाएर जोड्यौं । अहिले उहाँको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ ।’ मिर्गौलाको शल्यक्रियामा डा। अन्सारीलाई कलेजका रेजिडेन्ट डा। विधान र डा।

 

हेमन्तले साथ दिएका थिए । असोज १७ गते बिहीबार विहान माकलबारीस्थित मनकामना फुटसलमा फुटवल खेल्ने क्रममा रोविन विपक्षी खेलाडीको घुँडाले करङ मुनी लागेर त्यही ढलेका थिए । त्यसपछि साथीभाईहरुले उठाएर घर पठाए । करङ मुनीको भागमा अत्याधिक दुखाई भइरहेपनि उनी सोही दिन मनकामना स्कुलमा परीक्षा दिन गएका थिए ।

 

 

परीक्षा सकेर घर पुग्दासमेत दुखाई कम नभएपछि उनको परिवारले दिउसो १ बजे नेपाल मेडिकल कलेजको इमरजेन्सीमा उपचारार्थ ल्याएका थिए । डा। अन्सारीका अनुसार रोविनको कम्मरमाथीको भागमा घुँडाले लाग्दा मिर्गौलामै चोट लागेको हो ।

 

‘दुर्घटना हुँदा मिर्गौलालाई चोट लाग्ने संभावना हुन्छ । तर, फुटवल खेल्दा नै झण्डै मिर्गौला नै दुई टुक्रा हुने अवस्था हुनु नौलो विषय रह्यो ।’ उहाँका अनुसार रोविनको मिर्गौला पूर्णरुपमा स्वस्थ हुने केही महिना लाग्छ । ‘शल्यक्रिया राम्रो भएको छ ।

 

दुवै मिर्गौलाले राम्ररी काम गरिरहेको छ ।’ डा। अन्सारीका अनुसार यदी शल्यक्रियामा ढिलाई भएको भए उनको मिर्गौलाले कामै गर्न नसक्ने अवस्था बन्दथ्यो । आफ्नो छोराको मिर्गौला नै सिलाउनु पर्ने भएपछि चिन्तित आमा रोजी तामाङले शल्यक्रिया सफल भएपछि उपचारमा संलग्न डाक्टर, नर्स तथा कर्मचारीलाई धन्यवाद दिनुभयो । ‘मेरो छोराको अवस्था देखेर सारै डर लागेको थियो । किड्नी पनि सिलाउँछ र भन्ने थियो । तर, डा। सावहरुले गरेरै देखाउनु भयो ।

 

मेरो छोराको ज्यान बचाइदिनु भएकोमा उहाँहरु सबैलाई धन्यवाद दिन्छु ।’ कलेजले मिर्गौला विशेषज्ञका रुपमा डा। वेश अन्सारीलाई भित्र्याएपछि पछिल्लो समय नेपाल मेडिकल कलेजमा मिर्गौला र मुत्रासयका जटिल उपचारहरु सम्भव भइरहेका छन् । डा। वेश अन्सारीले दुई वर्षयता नेपाल मेडिकल कलेजमा युरोलोजिस्ट तथा मिर्गौला ट्रान्सप्लान्ट सर्जनका रुपमा सेवा दिइरहनुभएको छ ।

 

आरके श्रीवास्तव,रौतहट,२८ गते असोज ।

सर्वसाधारणलाइ आउजाउ गर्न सहज हुने उदेश्यले लचका निर्माण गरिएको छ । जिल्लाको दक्षिणी भेग ईशनाथ नगरपालिका–गौर नगरपालिका जोड्ने लालबकैया नदीमा लचका निर्माण गरिएको छ । वर्षायाम समाप्त भएसँगै लचका निर्माण गरिएको हो ।

 

पानीको बहाव कम भएसँगै सो ठाउँमा लचका निर्माण गरिएको हो । गौर नगरपालिका वडा नम्बर ४ टिकुलिया निवासी बिकाउ सहनीले आफ्नो निजि लगानीमा बासको लचका निर्माण गरेको स्थानिय पत्रकार अरविन्द यादवले जानकारी गराएका हुन् ।

 

उक्त ठाउँमा वर्षौदेखि पुल बन्ने क्रममा छ । समयमा पुल नबन्दा स्थानियलाइ सास्ती खेप्नु परेको छ । निर्माण कम्पनीको ढिलासुस्तीका कारण लालवकैया नदी तर्न स्थानीयलाई कठिनाइ हुँदै आएको छ । उक्त ठाउँमा पुल निर्माणको काम चाँडै सकाउन स्थानीय युवा संजय सहनीले अनसन समेत बसेका थिए । तर उनलाइ आश्वासनको पोका मात्रै दिइयो पुल भने बनेन् ।

 

पुल बनाउन ढिला गरेको भन्दै स्थानीयले सधैं आलोचना समेत गर्दै आएका छन् । उक्त ठाउँ लालबकैया टिकुलिया घाटमा पुल नहुँदा पटक पटक डुंगा पल्टिने गरेको घटना हुँदै आएको छ ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।