आरके श्रीवास्तव,रौतहट,भदौ १६ गते ।
गौरीशंकर यादव रौतहट फाउण्डेसन र नेपाल पत्रकार महासंघ रौतहट शाखाबीचको सम्झौता बमोजिम अबदेखि हरेक वर्ष दुई पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।
महासंघ रौतहटका सचिव गौतम श्रेष्ठद्वारा जारी गरिएको सूचनामा उल्लेख अनुसार ‘गौरीशंकर यादव रौतहट पत्रकारिता पुरस्कार’ र ‘गौरीशंकर यादव रौतहट फोटो पत्रकारिता पुरस्कार’ नामक दुई विधामा पुरस्कार प्रदान गरिनेछ ।
प्रत्येक पुरस्कारको राशी जनही ११ हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ । यी पुरस्कारहरू नेपाल पत्रकार महासंघ रौतहट शाखाको वार्षिक साधारण सभाको अवसरमा वितरण गरिनेछ ।
फाउण्डेसन र महासंघबीचको सहकार्यले जिल्लामा पेशागत पत्रकारिता तथा फोटो पत्रकारितामा सक्रिय स्रष्टाहरूलाई प्रोत्साहन पुग्ने विश्वास लिइएको छ ।








