२०८२ मंसिर २४
२०८२ मंसिर २४

मिडिया काउन्सिल मधेस प्रदेशद्वारा बजिकान्चल मिडिया अनुगमन

बज्जिकाञ्चल संवाददाता,राैतहट,मंसिर १४ गते । 

मिडिया काउन्सिल मधेस प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादव, सदस्य रिंकु मिश्रा (गायत्री) तथा साथ आएका पदाधिकारीहरूको टोलीले आज बजिकान्चल मिडिया प्रा.लि.द्वारा सञ्चालित www.ebajjikanchaldainik.com को कार्यालयमा अनुगमन गरेको छ ।

अनुगमनका क्रममा अनलाइन मिडिया सञ्चालनको वर्तमान अवस्था, सुधारका सम्भावना तथा नीतिगत आवश्यकता सम्बन्धी विषयमा विस्तृत छलफल भएको बताइएको छ । मिडिया काउन्सिलका प्रतिनिधिहरूले अनुगमनपछि अनलाइन मिडियाहरूको वर्गीकरण प्रक्रिया शीघ्र सुरु गरिने जानकारी दिँदै पारदर्शी तथा जिम्मेवारीपूर्ण पत्रकारितालाई सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बजिकान्चल मिडिया प्रा.लि.का सञ्चालक एवम् कार्यकारी सम्पादक राजु कुमार श्रीवास्तव(आरके श्रीवास्तव)ले  अनुगमन टोलीप्रति आभार व्यक्त गर्दै व्यावसायिक, पारदर्शी र उत्तरदायी पत्रकारितामा निरन्तर प्रतिबद्ध रहने बताएका छन् ।

अनुगमन कार्यक्रममा बजिकान्चल मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक सरिता कुमारी श्रीवास्तव,सम्पादक रामआधार प्रसाद यादव,स्थानीय न्यूज मिडिया प्रा.लि.का सञ्चालक आरएन पटेल, कटहरिया वडा नं. ४ का वडा अध्यक्ष चन्दन कुशवाहा, कटहरिया बहुमुखी क्याम्पसका लेखाप्रमुख रामनिवास प्रसाद यादव तथा अर्जुन यादवको सक्रिय उपस्थितिलाई सराहना गरिएको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।