काठमाडौं, २६ वैशाख
सरकारले ४४ जना सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिवहरू अर्जुन भण्डारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।
भरत खनाललाई प्रदेश प्रमुखको कार्यालय सुदूर पश्चिममा सरुवा गर्दै काजमा रक्षा मन्त्रालय, कृष्ण प्रसाद धिताललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कुमान सिंह गुरुङलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश सरुवा गरिएको छ।
कविराज पौडेल सत्य निरूपण तथा मेलमिलाप आयोग, सुरेश राउत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कुमार प्रसाद दाहाल युवा तथा खेलकुद मन्त्रालय वा अन्तर्गत सरुवा भएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशका ज्ञानेन्द्र प्रसाद ढकाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह), माधव प्रसाद पोख्रेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेश र सुरेश न्यौपानेलाई प्रदेश नीति तथा योजना आयोग कोशीमा सरुवा गरिएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रदिप राज अधिकारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमतीका बलराम निरौलालाई प्रदेश नीति तथा योजना आयोग बागमती प्रदेश, त्यहाँका रामकृष्ण पुडासैनीलाई सामाजिक विकास मन्त्रालय बागमती र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फाजिलमा रहेका विश्वबाबु पुडासैनीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरवारमा सरुवा गरिएको छ।
स्वास्थ्यतर्फका प्रमुख कन्सल्टेन्ट सर्जन(एघारौँ तह)का जनार्दन पन्थीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय लुम्बिनी प्रदेश, शहरी विकास मन्त्रालयका विष्णु भण्डारीलाई भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय कर्णाली प्रदेश, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका नविनचन्द्र अधिकारीलाई जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कर्णाली प्रदेश र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कर्णालीका देवराज निरौलालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको हो।
सहसचिव पुष्पराज शाहीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा, विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेश, प्रदेश प्रमुखको कार्यालय मधेस प्रदेशका राजेन्द्र पराजुलीलाई विराटनगर महानगरपालिकामा सरुवा गरिएको छ ।
भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ भने स्वास्थ्यतर्फ एघारौँ तहका श्रीराम लुइँटेल स्वास्थ्य मन्त्रालय बागमती प्रदेश, अर्थ मन्त्रालयको अतिरिक्तमा रहेका रघुराम विष्टलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मदन दाहाललाई गृह मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीका दिपक राज नेपाललाई नेपाल ट्रष्टको कार्यालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका झक्क प्रसाद आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।
गृह मन्त्रालयका सहसचिव प्रदीप कुमार कोइरालाको लोकसेवा आयोग आयोग, आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूर पश्चिम प्रदेशका कमल राज ढकाललाई गृह मन्त्रालय, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ गैरेलाई गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमल प्रसाद भट्टराईको पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव ज्ञान प्रसाद ढकालको सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, गृह मन्त्रालयका रमेश ढकालको निर्वाचन आयोग, निर्वाचन आयोगका तुल्सी बहादुर श्रेष्ठको गृह मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयका शिवराम न्यौपानेको गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव भगवान् अर्याललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सुदूर पश्चिम प्रदेशको प्रदेश सचिवमा सरुवा गरिएको छ।
सामाजिक विकास मन्त्रालय कर्णालीका सन्त बहादुर सुनारलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेश, नेपाल ट्रष्टको कार्यालयका विष्णुराज ढकाललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव भोजराज शर्मा(काफ्ले)लाई सामाजिक विकास मन्त्रालय, कर्णालीको प्रदेश सचिवमा सरुवा गरिएको छ।
प्रशासन विशेष ब्युरोलाई प्राप्त विवरण अनुशार वन तथा वातावरण मन्त्रालय, बागमती प्रदेशका यज्ञ नाथ दाहाललाई वन तथा वातावरण मन्त्रालय, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका ध्रुवराज पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीका राम प्रसाद पाण्डेलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल र गृह मन्त्रालयका सुमन घिमिरेलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा सरुवा गरिएको छ।
काठमाडौं, २५ वैशाख
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेट गरेका छन् । सोमबार गृह मन्त्रालयमा भएको भेटका क्रममा मन्त्री श्रेष्ठले चीन–नेपालबीच ऐतिहासिक सम्बन्ध रहेको र चीनसँग नेपालको कुनै विवाद नरहेको बताए । नेपाली भूमि चीनविरुद्ध कुनै पनि हालतमा प्रयोग हुन नदिने र नेपाल एक चीन नीतिप्रति सधैँ कटिबद्ध रहेको श्रेष्ठको भनाइ छ । चीनको तिब्बत स्वायत्त क्षेत्रले नेपाल प्रहरीलाई सहयोग गरेको २१ वटा ड्रोनहरूको श्रेष्ठले धन्यवाद दिँदै छिटै हस्तान्तरण गर्ने व्यवस्था मिलाइने बताए ।
पारस्परिक कानूनी सहायता सम्झौता कार्यान्वयनका लागि समेत सम्बन्धित निकायसँग आग्रह गर्ने उनले उल्लेख गरे । दुई देशको सीमा जोडिएका जिल्लाहरूमा समकक्षी बैठक निरन्तर हुनुपर्ने र सीमामा कार्यरत दुई देशका पदाधिकारीहरूको सम्पर्क र समन्वय सघन बनाउनुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । विगतमा सीमाक्षेत्रमा रहेका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई पास प्रदान गर्ने गरेको र उक्त व्यवस्थाले सीमा क्षेत्रका वासिन्दाहरूको दैनिक जिवन सहज बनाएको भन्दै मन्त्री श्रेष्ठले उक्त व्यवस्था पुनः सुचारु गर्न पहल गरिदिन आग्रह गरे ।
तातोपानी, रसुवा तथा हिल्सा नाका पुनः खुलेर पूर्णरूपमा सञ्चालनमा आएकोमा खुशी व्यक्त गर्दै मन्त्री श्रेष्ठले थप नाकाहरू पनि चाँडै सञ्चालनमा ल्याउन पहल गरिदिन राजदूत सङलाई आग्रह गरे। बझाङको साइपल, दार्चुलाको तिन्कर, गोर्खाको रुइला र मुगुमा व्यापार नाका खोल्नेतर्फ पहल गर्न पनि उनको आग्रह छ । जवाफमा चिनियाँ राजदूत सङले आफूले त्यसको पहल गर्ने विश्वास दिलाए। सीमा क्षेत्रका पदाधिकारीहरूको सम्पर्क सघन बनाउने र समकक्षी बैठक गरिरहनुपर्ने मन्त्री श्रेष्ठको रायमा आफू पनि सहमत रहेको उनको भनाइ छ ।
सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र त्यसपछि भएका उच्चस्तरीय भ्रमणहरूले नेपाल–चीन सम्बन्ध थप उचाइमा पुगेको उनको भनाइ छ । नेपाली भूमिलाई चीनविरोधी गतिविधिमा प्रयोग हुन नदिन र नेपालमा रहेका चिनियाँ लगानी र सम्पत्तिको सुरक्षामा नेपालको गृह प्रशासनले खेलेको भूमिकाको प्रशंसा गर्दै राजदूत सङले यसको निरन्तरताको अपेक्षा गरेको उल्लेख गरे । चिनियाँ राष्ट्रपति चिनफिङको नेपाल भ्रमणका क्रममा भएको पारस्परिक कानूनी सहायता सम्झौता कार्यान्वयनमा आवश्यक समन्वय गरिदिन सङले आग्रह गरे ।
रौतहट, बैसाख २५ ।
रौतहटको यमुनामाई गाउँपालिका वडा नम्बर ५ झुन्खुन्वा चोकमा मोटरसाइकल दुर्घटनामा परि दुई जना घाइते भएका छन् । चपुर गौर सडक खण्डमा सोमबार दिउँसो ३ बजेको समयमा गौरबाट चपुर तर्फ जादै गरेको प्रदेश २-०३-०१२ प ५५७७ नम्बरको अपाची मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
उनका अनुसार चालक माधवनारायण नगरपालिका वडा नम्बर ६ को २२ वर्षीय अभय ठाकुर साधारण घाइते तथा सोही मोटरसाईकलमा सवार २५ बर्षिय जग्गा ठाकुरको अवस्था गम्भीर रहेको जनाएको छ ।
घाइतेहरुलाई बमनह चेक प्वाइन्टका प्रहरी टोलीले घटना स्थलमा पुगी उपचारका लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको छ, भन्ने मोटरसाईकल सवार जग्गा ठाकुरलाई समान्य उपचार पछि थप उपचारका लागि नेशनल मेडिकल कलेज बिरगंजकामा रेफर गरिएको अस्पताल श्रोतले जनाएको हो ।
आरके श्रीवास्तव,गरुडा,वैशाख १८ गते
नेपाल पत्रकार महासंघ रौतहट शाखाको आयोजनामा मधेश पत्रकारिता सम्मान एवम् प्रदेश ऐन र पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रम हुने भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवस(मे ३)को अवसर पारेर सो कार्यक्रम हुन लागेको हो ।
आउँदो वैशाख २० गते बुधबार बिहान १० बजे जिल्लाको चन्द्रपुर स्थित रहेको होटेल अशोकामा हुने कार्यक्रममा मधेश प्रदेश भरिको ८ वटै जिल्लाका पत्रकारहरुको सहभागिता रहनेछ । कार्यक्रम मधेस प्रदेशका मुख्यमन्त्री रामसरोज यादवको प्रमुख आतिथ्यमा हुन लागेको नेपाल पत्रकार महासंघ रौतहट शाखाका सभापती प्रेमचन्द्र झाले जानकारी गराउनु भयो ।
जसको लागि सम्पूर्ण तयारी पूरा भएको वहाँले बताउनु भयो । विश्व प्रेस स्वतन्त्रता दिवस(मे ३)काे अवसरमा बिहान ८ बजे महासंघ राैतहटकाे अगुवाइमा प्रभातफेरी हुने सभापति झाले बताउनु भयाे । जिल्लाका सबै सञ्चारकर्मीलाई चन्द्रनिगाहपुरमा हुने प्रभातफेरिमा सहभागिताका लागि नेपाल पत्रकार महासंघ राैतहट शाखाले अनुरोध गरेकाे छ ।
कार्यक्रम हुने स्थलमा चन्द्रपुर नगर प्रमुख सन्जय काप्ले,नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चाैहान,केन्द्रीय सदस्य द्वय शिवपुरी , केसि लामिछाने,मधेस प्रदेश महासचिव श्याम बन्जरा,जिल्ला अध्यक्ष प्रेमचन्द्र झा , उपाध्यक्ष प्रविण कुमार शर्मा सहितको टोलीले आज स्थलगत अवलोकन गरेको छ ।

आरके श्रीवास्तव,गरुडा,वैशाख १८ गते ।
रौतहटको फतुवा बिजयपुर नगरपालिका अन्तर्गत राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम मार्फत भवनहरु धमाधम निर्माण भइरहेका छन् । सो नगरपालिकाको वडा नम्बर ५ डुमरिया स्थित रहेको बिधालयमा दुइ कोठे भवन अहिले धमाधम बनिरहेको छ ।
सो वडामा रहेको श्री प्राथमिक बिधालय डुमरियामा नयाँ भवन निर्माण हुँन लागेको प्रधानाध्यापक संतोष जयसवालले जानकारी गराउनु भयो । राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम मार्फत २२ लाख ५० हजार बजेटले सो भवन निमार्ण हुँन लागेको प्रअ जयसवालले बताउनु भयो ।
प्रधानाध्यापक जयसवालको विशेष पहलमा सो भवन निमार्ण हुँन लागेको हो । भवन निमार्ण भएपछि विद्यार्थीहरुको कक्षाकोठाको अभावमा केही समाधान हुँने भएको प्रअ जयसवालले बताउनु भयो । फतुवा बिजयपुर नगरपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको छ ।
फलस्वरुप अहिले बिधालय भवनहरु धमाधम बनिरहेका छन् । भवन निर्माणको क्रममा निर्माण समिति अध्यक्ष शम्भु महतो कोईरी, वडा सदस्य शिवशंकर राय यादव, स्थानीय सर्फलाल महतो तथा जगरनाथ महतो लगायतका व्यक्तीहरुको सक्रियता रहेको छ ।
आरएन पटेल, वैशाख १७ गते
रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर २ स्थित रहेको श्री आधारभुत विद्यालय इनर्वा क का विद्यार्थीहरूलाई पुरस्कार तथा नयाँ पाठ्यपुस्तक वितरण गरिएको छ । श्री आ.वि इनर्वा क मा नयाँ शैक्षिक सत्र सुरू भएसँगै विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण कार्य सुरु गरेको हो । सोही अवसर पारी विद्यालयले उत्तिन भएका छात्रछात्राहरुलाई पुरस्कृत गरिएको थियो । सो विद्यालयले नयाँ शैक्षिक सत्र गत वैशाख २ गतेबाट सुरु भएको थियो।
सो विद्यालयले नयाँ भर्नासँगै कक्षा १ देखिकक्षा ८ सम्मको सम्पूर्ण विद्यार्थीहरुलाई पुस्तक वितरण गर्नुका साथै प्रत्येक कक्षामा (उत्कृष्ट) प्रथम, दोस्रो र तेस्रो भएका विद्यार्थीहरुलाई वडा अध्यक्ष धर्मेन्द्रप्रसाद पटेलद्धारा पुरस्कार वितरण गरिएको थियो । विद्यार्थीहरुमा पढाई प्रति उत्सुकता बढाउने उदेश्यले प्रत्येक कक्षामा प्रथम, दोस्रो र तेस्रो भएका विद्यार्थीलाई क्रमशः अङ्ग्रेजी शब्दकोश, कापी तथा शैक्षिक समाग्रीसहित पुरस्कार वडा अध्यक्ष पटेलले वितरण गरेको बताएका छन् ।
यस्तै विद्यार्थीहरूको परिश्रमको प्रतिफल स्वरूप पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिएको तथा आगामी दिनमा प्रत्येक विद्यार्थीहरुले कडा मिहिनेत तथा अध्ययन अध्यापनलाई राम्रो बनाउँन उदेश्यसहित बालबालिकाहरुको उज्वल भविष्यको लागि सबै उतिकै उत्तरदायी बन्नु पनि आवश्यक हुने भएका विद्यालयका प्रधानाध्यापक मनोजकुमार पटेलले बताएका छन् । कार्यक्रममा वडा सदस्य रामजी पटेल, स्थानीय समाजसेवी विजयप्रसाद पटेल, रामप्रसाद राउत, विशुनदेव साह कलवार, विन्दाप्रसाद पटेल, विद्यालयका शिक्षक तथा शिक्षिका लगायतको उपस्थिति रहेको थियो ।
आरके श्रीवास्तव,गरुडा,वैशाख १६ गते रौहतटको गौरमा विश्व भेटेनरी दिवस आज मनाइएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौहतटको आयोजनामा अन्तरक्रिया गोष्ठी गरेर दिवस मनाइएको हो । सदरमुकाम गौर स्थित रहेको विज्ञ केन्द्रको कार्यालयमा छलफल कार्यक्रममा बोल्दै भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौहतटको कार्यालय प्रमुख विरेन्द्र पटेलले पशु र मानिसको सम्बन्ध अत्यन्त नजिकको हुनपर्नेमा जोड दिए । पशुलाई पनि मानिस सरह हेरचाहको आवश्यकता रहने हुदाँ यसमा विशेष ध्यान दिन आवश्यक रहेको उनले उल्लेख गरे । पशु अधिकारको विषयमा सम्बन्धित निकायले चासो दिनु पर्नेमा जोड समेत दिएका थिए । स्थानिय तहमा पशु कल्याण सम्बन्धी कार्य गर्न आवश्यक रहेको उनले जोड दिए । नेपालको आर्थिक मेरुदण्डको रुपमा रहेको पशु पालनलाई हौसला दिन जरुरी रहेको उपस्थित सहभागिले उल्लेख गरे । पशु स्वास्थ्यको विषयमा गाउँ गाउँमा सेवा पुगाउन आवश्यक रहेको रहेको बताए । विश्व भेटेरिनरी दिवस मनाइरहँदा भेटेरिनरी पेशाको सुरक्षा र सेवाको बारेमा सम्झाउने उल्लेख गरे । सो अवसरमा जिल्लाको १८ स्थानिय तहका पशु सेवा शाखाका संयोजक,पशु प्रविधिक र कर्मचारीहरुको सहभागिता रहेको थियो ।
काठमाडौं । काठमाडौं महानगरपालिकाको ताहाचलस्थित शिक्षा विभागमा कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी युनियनले ताला लगाएको छ ।
महानगरले बुधबार सूचना जारी गर्दै विद्यालय भित्र राजनीतिक दल र दलका भातृसंगठनलाई कार्यक्रम गर्न नदिने घोषणा गरेका थियो । सोही सूचनाको विरोध गर्दै कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी युनियनले बिहीबार ताला लगाएको हो ।
यसैबीच विद्यार्थी संगठनले विभागमा लगाएको ताला फोर्ने तयारी भइरहेको महानगर प्रहरीले जनाएको छ ।
‘विद्यालयमा राजनीति गर्न नदिने भन्ने विषयलाई विद्यार्थी संगठनको नाममा लगाएको ताला हामीले फोर्दै छौं’ महानगर प्रहरी प्रमुख राजु पाण्डेले भने ।
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८०मा काठमाडौं महानगरपालिकाको खर्चको दर गत वर्षभन्दा खस्किएको छ । महानरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख रुपैयाँको बजेट ल्याएको थियो । तर, खर्च हुन नसक्ने देखेपछि महानगरपालिकाले २२ अर्ब ५३ करोड ३३ लाख रुपैयाँ खर्च हुने संशोधित अनुमान गरेको छ ।
संशोधित अनुमानअनुसार साउन यता ९ महिनाको कुल खर्च जम्मा २४ दशमलव १४ प्रतिशत मात्रै भएको छ । महानगरपालिकाले सार्वजनिक गरेको प्रगति विवरणअनुसार चैतसम्ममा ५ अर्ब ४४ करोड ५ लाख रुपैयाँ मात्रै खर्च गर्न भएको छ । महानगरपालिकाले अझै १७ अर्ब ९ करोड २८ लाख रुपैयाँ खर्च गर्न बाँकी छ ।
गत आर्थिक वर्ष २०७८/०७९को पहिलो ९ महिनामा महानगरले ३० दशमलव ३४ प्रतिशत खर्च गरिसकेको थियो । तत्कालीन मेयर विद्यासुन्दर शाक्यको अन्तिम बजेट रुपमा आएको १८ अर्ब १५ करोड ७७ लाख रुपैयाँको बजेट ल्याएका थिए ।
पछि उनले संशोधन गराएर १६ अर्ब ५१ करोड ६८ लाख रुपैयाँमा झारेका थिए । गत वर्ष चैत मसान्तसम्म ५ अर्ब १ करोड १३ लाख रुपैयाँ खर्च भएको थियो । ४३ करोड रुपैयाँको खर्च रकम भने केही बढेपनि चालु आवको बजेटको तुलनामा ९ महिनामा महागरको खर्चदर ६ प्रतिशतले कम छ ।
शिक्षामा बाहेक अन्यमा छैन प्रगति
काठमाडौं महानगरपालिकाले ५ वटा क्षेत्रगत रुपमा बजेट विनियोजन गरेको थियो । जसमा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चबाहेक अन्य खर्चहरु न्यून देखिएका छन् । प्रशासनिक खर्चमा काठमाडौं महानगरपालिकाले ३ अर्ब ५३ करोड ८१ लाख छुट्याएकोमा १ अर्ब ८८ करोड ५० लाख खर्च गरेको हो, जुन विनियोजनको ५३ दशमलव २८ प्रतिशत हो ।
आर्थिक विकासको क्षेत्रमा महानगरले राखेको २२ करोड ९२ लाख रुपैयाँमध्ये १ करोड ७१ लाख रुपैयाँ अर्थात ७.४७ प्रतिशत मात्रै खर्च गरेको छ । सामाजिक विकासतर्फ ३ अर्ब ६८ करोड ५८ लाख रुपैयाँ कुल बजेटमध्ये ३५.५१ प्रतिशत अर्थात् १ अर्ब ३० करोड रुपैयाँ, ८७ लाख रुपैयाँ मात्रै खर्च भएको छ ।
सबैभन्दा धेरै बजेट भएको पूर्वाधार विकास क्षेत्रतर्फ खर्च भने १५ प्रतिशत मात्रै भएको छ । पूर्वाधार विकास १३ अर्ब ६ करोड ८४ लाख रुपैयाँमध्ये १ अर्ब ९८ करोड ३० लाख रुपैयाँ मात्रै खर्च गरेको छ । यस्तै सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ पनि महानगरको खर्च न्यून रहेको छ । यो क्षेत्रमा महानगरले २ अर्ब १ करोड १६ लाख छुट्याएकोमा २४ करोड ६६ लाख ३४ रुपैयाँ हजार अर्थात् १२.२६ प्रतिशत मात्रै खर्च गरेको हो ।
काठमाडौंले सबैभन्दा धेरै खर्च चालु आवमा सामाजिक विकासको क्षेत्रगत बजेट अन्तर्गत शिक्षामा गरेको छ । शिक्षातर्फ १ अर्ब ७८ करोड ३२ लाख रुपैयाँ बजेट रहेकोमा १ अर्ब ८ करोड २१ लाख खर्च गरेको छ । जुन विनियोजित रकमको ६० दशमलव ५९ प्रतिशत हो ।
३ शीर्षकमा शून्य खर्च
आगामी आर्थिक वर्षको बजेटको लागि तयारी सुरु गर्ने समय भइसक्दा पनि काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ३ वटा शीर्षकमा अझै खर्च गर्न सकेको छैन । जलस्रोत र सिँचाइको लागि छुट्याएको ८ लाखमध्ये एक लाख रुपैयाँ पनि खर्च गर्न सकेको छैन । यस्तै वन शीर्षकमा छुट्याएको १० लाख पनि महानगरले चलाउन सकेको छैन ।
यस्तै प्रशासनिक सुशासनको लागि छुट्याएको ७५ लाख पनि महानगरले एक रुपैयाँ पनि खर्च गर्न नसकेको हो । यस्तै काठमाडौंको २ वटा शिर्षकमा एक प्रतिशत भन्दा कम खर्च गरेको छ । विज्ञान प्रविधिको लागि छुट्याएको बजेटमा ०.२१ प्रतिशत मात्रै खर्च गरेको छ भने सामाजिक सुरक्षा तथा संरक्षणमा ०.७८ प्रतिशत मात्रै खर्च गरेको महानगरपालिकाले जनाएको छ ।
महानगरका वित्त विभागका निर्देशक बुद्धरत्न मानन्धरले धेरै योजनाहरुको बजेट भुक्तानी पाइपलाइनमै रहेकोले खर्च प्रतिशत कम देखिएको बताए । ‘अघिल्लो वर्षको तुलनामा खर्च प्रतिशत कम भएपनि भुक्तानी हुँदा असारसम्म बढ्ने छ, यो वर्ष अघिल्लो आर्थिक वर्षको तुलनामा बजेट खर्च प्रतिशत बढ्दैछ,’ उनले भने ।
काठमाडौँ । काठमाडौँ उपत्यकामा मापदण्डभन्दा बढी धुँवा फाल्ने १५ वटा सवारी साधनलाई कारबाही गरिएको छ । वातावरण विभाग र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तोकिएको भन्दा बढी धुवाँ फाल्ने सावारीसाधनका चालकलाई कारबाही गरेको हो ।
काठमाडौँको बबरमहलमा गरिएको प्रदूषण जाँचका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने सात सार्वजनिक बस, पाँच माइक्रोबस, दुई पिकअप भ्यान र ट्रक एकगरी १५ वटा सवारीसाधनका चालक कारबाहीमा परेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
उनका अनुसार दुबै निकायका संयुक्त रुपमा खटिएको टोलीले २५ वटा सवारीसाधनमा जाँच गर्दा मापदण्डभन्दा बढी धुवाँ फाल्ने १५ वटा सवारीसाधन फेला पारी कारबाही गरेको हो ।
कारबाहीमा परेका सवारी साधनका चालकले मर्मतपश्चात् तोकिएको जरिवाना तिरेसँगै नियन्त्रणमा लिइएका उनीहरुका कागजपत्र फिर्ता गरिनेछ । पछिल्लो समय उपत्यकामा मापदण्डभन्दा बढी धुवाँ फाल्ने गाडीको सङ्ख्या बढेकाले त्यस्ता सवारी साधनको प्रदूषण जाँच हुँदै आएको छ ।