२०८३ मंसिर १२
२०८३ मंसिर १२

रुपाताल संरक्षण परियोजना सम्पन्न गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

पोखरा । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

परियोजनाको अनुगमन गर्दै मन्त्री श्रेष्ठले पर्यापर्यटनका दृष्टिले महत्वपूर्ण रहेको आयोजनालाई समयमै सम्पन्न गर्न मन्त्रालयले आवश्यक सहजीकरण गर्ने बताएका छन् । उनले रुपाताल परियोजनाको नमुना सफल भए अन्य तालमा पनि यस्तै आयोजना सञ्चालन गर्न सकिने बताए ।

कुल ४ अर्ब ५१ करोड ६६ लाख रुपैयाँ लागत अनुमान गरिएको परियोजनाको हालसम्म ६५.४८ प्रतिशत भौतिक तथा वित्तीय प्रगति भएको छ। आयोजनामा अहिलेसम्म २ अर्ब ९६ करोड रुपैयाँ खर्च भइसकेको छ ।

पोखरा महानगरपालिकाका वडा नम्बर ३१ र ३२ तथा रुपा गाउँपालिकालाई समेटेर अघि बढाइएको परियोजनाको मुख्य उद्देश्य ताल संरक्षण, जलाधार व्यवस्थापन, बाढी तथा भूक्षय नियन्त्रण र पर्यापर्यटन प्रवर्द्धन गर्नु हो ।

परियोजनाअन्तर्गत ६३५ मिटर लामो बाँध, स्पिलवे, पुल, सडक, पदमार्ग, पर्यटकीय बगैँचा तथा कृत्रिम टापु निर्माणलगायतका काम भइरहेका छन्। तालको बायाँ किनारमा ७.९ किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने तालमा थुप्रिएको ५ लाख २ हजार घनमिटरभन्दा बढी माटो व्यवस्थापन गरिएको छ ।

त्यस्तै, तीनवटा सिल्ट ट्रयाप, १२ वटा जलाधार संरक्षण पोखरी र १०६ वटा चेकड्याम निर्माण सम्पन्न भएका छन्। आठ किलोमिटर तटबन्ध निर्माण गर्ने लक्ष्यअनुसार ६ किलोमिटर काम पूरा भएको छ ।

तर वनसम्बन्धी प्रक्रिया र रुख कटानका कारण पर्यावरणीय पदमार्ग निर्माणमा चुनौती देखिएको छ । आयोजनाका लागि आवश्यक जग्गामध्ये हालसम्म १ हजार १८ रोपनी अधिग्रहण गरिएको छ ।

आर्थिक वर्ष २०८३/८४ मा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका लागि ६८ करोड ९४ लाख ४९ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । आयोजना प्रमुख कृष्णप्रसाद डुम्राकोटीका अनुसार कास्कीसहित स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा र मनाङमा जलस्रोत संरक्षण, नदी नियन्त्रण तथा सिँचाइसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेका छन् । एभरेष्ट न्यूज एजेन्सी,

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।