२०८३ मंसिर १२
२०८३ मंसिर १२

आन्दोलन र जनताबीच सम्बन्ध जोड्ने सेतुका रूपमा जागरण अभियान गर्दैछौं- प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलन र जनताबीच सम्बन्ध स्थापित गर्ने सेतुका रूपमा राष्ट्रिय जागरण अभियान अघि बढाइएको बताएका छन् ।

उपत्यका प्रदेश समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले पार्टी र जनताबीचको सम्बन्ध सुदृढ गर्दै संगठन पुनर्निर्माण गर्ने उद्देश्यले दुईमहिने अभियान सञ्चालन गरिएको बताए ।

उनका अनुसार अभियानमार्फत पार्टी सदस्यता नवीकरण, संगठनात्मक समायोजन, आगामी स्थानीय निर्वाचनको तयारी र पार्टी महाधिवेशनको तयारीलाई अघि बढाइनेछ ।

प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा र कम्युनिस्ट आन्दोलनको एकतामा जोड दिँदै विभिन्न कम्युनिस्ट घटकलाई एउटै राजनीतिक केन्द्रमा ल्याउने प्रयास भइरहेको पनि बताए ।

उनले नेकपा एमालेसँग तीनबुँदे सहकार्य र नेकपा मसालसँग दुईबुँदे प्रस्ताव अघि बढाइएको जानकारी दिँदै अन्य राजनीतिक शक्तिसँग पनि संवाद र सहकार्य भइरहेको बताए । एभरेष्ट न्यूज एजेन्सी,

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।