झारफुक गरेर १४ वर्षीया बालिका निको पार्ने भन्दै भाइरल भिडियो बनाउने व्यक्ति पक्राउ
बज्जिकाञ्चल खबर, कटहरिया–५, रौतहट
जुम्ला । झारफुक गरेर बिरामी निको पार्ने भन्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखिएका एक व्यक्ति पक्राउ परेका छन्।पक्राउ पर्नेमा जुम्लाको गुठिचौर गाउँपालिका–१ का ४६ वर्षीय कालीबहादुर रोकाया रहेका छन्। उनले सोही ठाउँकी करिब १४ वर्षीया सावित्री रोकायालाई झारफुक गरेर निको पार्ने भन्दै भिडियोमा देखिएका थिए।
उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनाबारे चासो देखाउँदै अनुसन्धान अघि बढाएको थियो। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार मंसिर १२ गते दिउँसो १२ बजे प्रहरी चौकी मणिसाँघुबाट खटिएको टोलीले कालीबहादुरलाई आफ्नै घरबाट पक्राउ गरेको हो।पक्राउ परेका रोकायालाई जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बज्जिकाञ्चल खबर, कटहरिया–५, रौतहट







