२०८३ बैशाख ५
२०८३ बैशाख ५

काठमाडौं । पार्टी विभाजन र विभाजित सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिएको विश्वासको मतमा संलग्न गरिएको भन्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिट आज हेर्न नभ्याइनेमा परेको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश अब्दुल अजिम मुसलमानको संयुक्त इजलासमा परेको पेशीमा हेर्न नभ्याइनेमा परेको हो ।

उपेन्द्र यादवले जसपा नेपालको बिभाजन संबिधान विपरित गरेको भन्दै निर्वाचन आयोगविरुद्ध रिट दायर गरेका थिए ।न्युज कारखाना

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । सोमबार अनुपम भट्टराईले रास्वपाका सभापतिसमेत रहेका लामिछानेलाई पदबाट हटाउन माग गर्दै रिट दायर गरेका हुन् ।

गृहमन्त्रीलाई पदबाट हटाउन र महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजलगायतका मागसहित परेको रिट सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेलले दरपीठ गरिदएपछि त्यसविरुद्ध परेको रिटमा गत बधुबार सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिट दर्ताको आदेश दिएको थियो ।

उक्त आदेशपछि अधिवक्ता अनुपम भट्टराईले दायर गरेको महान्यायाधिवक्ता कार्यालय, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दीनमणि पोखरेलविरुद्धको रिट निवेदन दर्ता भएको हो ।

सर्वोच्चमा दायर सो रिटमाथि प्रारम्भिक सुनुवाईका लागि आगामी बुधबारका लागि पेशी तोकिएको छ ।

उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारी ठगीमा जोडिएको र उनलाई कारबाही गर्नुपर्ने माग उठ्दै आएको बेला महान्यायाधिवक्ताको कार्यालयले भने उनलाई क्लिनचिट दिएको थियो ।न्युज कारखाना

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्ना अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आधारहीन आरोप लगाएको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेससँगको छलफलपछि उनले कांग्रेस सहमतिको पक्षमा नरहेको टिप्पणी गर्दै अध्यक्ष ओलीमाथि आधारहीन आरोप लगाएको विषयमा माफी माग्नुपर्ने बताए ।

उनले भने, ‘नेपाली कांग्रेस कुनै सहमतिको पक्षमा छैन भन्ने कुरा पछिल्ला घटनाक्रमहरूले संकेत गरिरहेका छन्। अनुचित र पूर्वाग्रह आरोप लगाउँदै राष्ट्रिय राजनीति बिथोल्न लागेको छ । एमालेका विरुद्ध प्रतिशोधपूर्ण आधारहीन आरोप लगाउँदै हिँडेको छ । यस्तो लाञ्छनाबाट पछि हट्न आवश्यक छ । कांग्रेसले आफ्नो अभिव्यक्ति फिर्ता लिँदैन भने हामी प्रतिवादमा उत्रिन्छौँ ।’

उनले कांग्रेसले एमालेका विरुद्ध गरेको अराजनीतिक आरोपको लिखित रूपमा सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताए ।

कांग्रेसले गिरीवन्धु टी स्टेट प्रकरणमा ओलीले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउदै आएको छ ।न्युज कारखाना

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रंगमती शाही प्रमुख रहेको कांग्रेसको पिछडिएको क्षेत्र समन्वय विभागमा १० सदस्य मनोनित गरेका छन् ।

सभापति देउवाले कांग्रेसको विधान, २०१७  (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनित गरेको मुख्य सचित कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

मनोनयन भएका सदस्य :

१. दुधकुमारी हमाल, डोल्पा
२. डा. साझना खातुन, रौतहट
३. स्मारिका विष्ट, काठमाण्डौ
४. उत्तम सिंखडा, धादिङ्ग
५. रामकुमार राई, भोजपुर
६. ऐनबहादुर मल्ल, बाजुरा
७. अर्जुनप्रसाद रेग्मी, पाल्पा
८. नरबहादुर रोकाया, हुम्ला
९. हरिशंकर तिमिल्सेना, दैलेख
१०.हिराप्रकाश गौचन, बाग्लुङ्ग
न्युज कारखाना

पुजा पाठक,चन्द्रपुर,१४ जेठ, चन्द्रपुर – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन जन ज्योति बहुमुखि क्याम्पस चन्द्रपुर रौतहटले उठाइएको माग सम्बोधन नभए देशब्यापी रुपमा आन्दोलन गर्ने चेतावनी दिएका छन्। जन ज्योति बहुमुखि क्याम्पस नगरकमिटि अध्यक्ष दामोदर उप्रेतीले स्वतन्त्र बिधार्थी युनियनले गरेको आर्थिक अनियमिताको बिषयमा क्याम्पस प्रशासनले सात दिन भित्र मा जवाब दिएन भने कडा संघर्षमा उत्रिने धम्कि समेत दिएका हुन।No description available. ४ बुन्दे माग राख्दै क्याम्पस प्रमुखलाइ बुझाइएको पत्रमा स्वतन्त्र बिधार्थी युनियनले कोषमा रहेको रकम के कुन शिर्षकमा खर्च गरेको, के कुन प्रक्रिया बाट म्याद थप गरिएको जानकारी दिन माग गरिएको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियनले उठाएको माग जायज रहेकोले क्याम्पस प्रमुखले समय मै सम्बोधन गर्नु पर्ने गरिएन भने आन्दोलनमा उत्रिने पत्र मार्फत जानकारी गराइएको छ। राष्ट्र, राष्ट्रिय्ता, न्याय र सामन्ताको बिषयमा आवाज उठाउदै आएका अनेरास्वबियुले क्याम्पसको विकास र शैक्षिक विकासमा समेत सहयोग पुर्याउदै आएको भन्दै स्वबियुले गरेको अनियमित्ता भ्रस्टाचार लुकाउने क्याम्पस प्रमुखले प्रयास गरे कुनै पनि हालतमा सहन गर्न नसकिने चेतावनी दिइएको छ।No description available. क्याम्पस प्रमुखलाइ बुझाइएको माग पत्रमा २०७९ साउन १ गते देखी २०८० अशाढ़ ३१ सम्म कोषमा रहेको ७ लाख ५७ हजार ७सय ६६ रुपैया कहाँ कहाँ खर्च गरिएको सो को बिल भर्पाई सहितको विवरण उपलब्ध गराउन माग गरिएको छ। स्वबियु सभापति संगम श्रेष्ठले आर्थिक बर्ष २०७६/२०७७ देखी २०७९/२०८०सम्मको हिसाब किताब फर्छौट भै सकेको र सिधै बिधार्थी संग कुनै किसिमको शुल्क नलिने गरेको र सम्पूर्ण जिम्मेवारी क्याम्पस प्रमुखलाइ दिइएको जवाब फर्काएकोले क्याम्पस प्रमुखले गरिएको माग सम्बोधन गर्नु पर्ने एक मात्र बिकल्प देखिएको अध्यक्ष उप्रेतीले बताएका छन्।

पुजा पाठक, चन्द्रपुर,१४ जेठ, चन्द्रपुर – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन जन ज्योति बहुमुखि क्याम्पस चन्द्रपुर रौतहटले उठाइएको माग सम्बोधन नभए देशब्यापी रुपमा आन्दोलन गर्ने चेतावनी दिएका छन्। जन ज्योति बहुमुखि क्याम्पस नगरकमिटि अध्यक्ष दामोदर उप्रेतीले स्वतन्त्र बिधार्थी युनियनले गरेको आर्थिक अनियमिताको बिषयमा क्याम्पस प्रशासनले सात दिन भित्र मा जवाब दिएन भने कडा संघर्षमा उत्रिने धम्कि समेत दिएका हुन। ४ बुन्दे माग राख्दै क्याम्पस प्रमुखलाइ बुझाइएको पत्रमा स्वतन्त्र बिधार्थी युनियनले कोषमा रहेको रकम के कुन शिर्षकमा खर्च गरेको, के कुन प्रक्रिया बाट म्याद थप गरिएको जानकारी दिन माग गरिएको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियनले उठाएको माग जायज रहेकोले क्याम्पस प्रमुखले समय मै सम्बोधन गर्नु पर्ने गरिएन भने आन्दोलनमा उत्रिने पत्र मार्फत जानकारी गराइएको छ। राष्ट्र, राष्ट्रिय्ता, न्याय र सामन्ताको बिषयमा आवाज उठाउदै आएका अनेरास्वबियुले क्याम्पसको विकास र शैक्षिक विकासमा समेत सहयोग पुर्याउदै आएको भन्दै स्वबियुले गरेको अनियमित्ता भ्रस्टाचार लुकाउने क्याम्पस प्रमुखले प्रयास गरे कुनै पनि हालतमा सहन गर्न नसकिने चेतावनी दिइएको छ। क्याम्पस प्रमुखलाइ बुझाइएको माग पत्रमा २०७९ साउन १ गते देखी २०८० अशाढ़ ३१ सम्म कोषमा रहेको ७ लाख ५७ हजार ७सय ६६ रुपैया कहाँ कहाँ खर्च गरिएको सो को बिल भर्पाई सहितको विवरण उपलब्ध गराउन माग गरिएको छ। स्वबियु सभापति संगम श्रेष्ठले आर्थिक बर्ष २०७६/२०७७ देखी २०७९/२०८०सम्मको हिसाब किताब फर्छौट भै सकेको र सिधै बिधार्थी संग कुनै किसिमको शुल्क नलिने गरेको र सम्पूर्ण जिम्मेवारी क्याम्पस प्रमुखलाइ दिइएको जवाब फर्काएकोले क्याम्पस प्रमुखले गरिएको माग सम्बोधन गर्नु पर्ने एक मात्र बिकल्प देखिएको अध्यक्ष उप्रेतीले बताएका छन्।

काठमाडौँ । प्रमुखदलका शिर्ष नेताहरुको बैठकमा कार्यादेश बारे सहमति भएको छैन ।

बालुवाटारमा भएको बैठकमा सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बारे निष्कर्षमा नपुगेको कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिएका हुन् ।

आजको बैठकमा प्रधानमन्त्रीले सत्ता पक्ष र विपक्षी नेताहरुसँग अलग अलग समेत छलफल गरेको जानकारी दिदै बैठकमा सहमति नभएको बताए । प्रधानमन्त्रीले आज साँझसम्म बसेर टुंगाउने बताएको परियारले बताएका छन् । उनले प्रधानमन्त्रीको पहल राम्रो देखिए पनि समग्र सत्ता पक्ष सकारात्मक नभएको उनले बताए ।

परियारले आजै कांग्रेसले पदाधिकारी र पुर्व पदाधिकारीहरुबीच छलफल गर्ने बताए ।

कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने या नगर्ने भन्ने विषयमा विवाद रहेको छ । सत्ता पक्ष नाम उल्लेख नगर्ने पक्षमा छन् भने कांग्रेसले नाम उल्लेख गरेरै छानबिन गर्नुपर्ने अडान लिदै आएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, नेता ज्ञानेन्द्रबहादुर कार्की, सहमहामन्त्री जीवन परियार सहभागी छन् भने एमालेबाट कानुनमन्त्री पदम गिरी, कार्यदल सदस्य महेश बर्तौला सहभागी छन् । त्यस्तै माओवादी केन्द्रबाट अर्थमन्त्री वर्षमान पुन र प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन् भने रास्वपाबाट सभापति तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए । न्युज कारखाना

काठमाडौं  । कान्तिपुर मिडियाका अधय्क्ष कैलाश सिरोहियालाई तेस्रो पटक म्याद थपका लागि आज अदालत लगिँदैछ ।

धनुषास्थित निजि अस्पतालमा भर्ना भएर बसेका सिरोहिया ७ दिनअघि नागरिकता दुरुपयोग सम्बन्धी कसुरमा पक्राउ परेका थिए ।

स्वास्थ्यमा समस्या आएको भन्दै उनलाई गत शुक्रबार जनकपुरको काव्या अस्पतालमा भर्ना गरिएको थियो ।

गत मंगलबार सिरोहियालाई काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट पक्राउ गरी बुधबार बिहान जनकपुर ल्याइएको थियो । बुधबार अदालतमा उपस्थित गराइएका उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको थियो । शुक्रबार पुनः तीन तीनको म्याद थपिएको थियो । न्युज कारखाना

काठमाडौँ । प्रमुखदलका शिर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बैठकले सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बारे छलफल गर्ने छ ।

कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने या नगर्ने भन्ने विषयमा विवाद रहेको छ । सत्ता पक्ष नाम उल्लेख नगर्ने पक्षमा छन् भने कांग्रेसले नाम उल्लेख गरेरै छानबिन गर्नुपर्ने अडान लिदै आएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, नेता ज्ञानेन्द्रबहादुर कार्की, सहमहामन्त्री जीवन परियार सहभागी छन् भने एमालेबाट कानुनमन्त्री पदम गिरी, कार्यदल सदस्य महेश बर्तौला सहभागी छन् ।

त्यस्तै माओवादी केन्द्रबाट अर्थमन्त्री वर्षमान पुन र प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन् भने रास्वपाबाट सभापति तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार सहभागी रहेका छन् । न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।