सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयमा दर्था हुने तथा दर्ता कायम रहेका सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर जडान गर्नुपर्ने गरी २२ कात्तिक २०७८ मा राजपत्रमा सूचना प्रकाशन भएको थियो ।
आरके श्रीवास्तव,राैतहट,२३ गते माघ ।
रौतहट । फतुवा बिजयपुर नगरपालिका–२ शितलपुरस्थित दलित टोलमा सडक ढलान सम्पन्न भएपछि स्थानीय बासिन्दाहरू खुशी भएका छन् । वडा स्तरीय योजना अन्तर्गत सम्पन्न भएको सडक ढलानले वर्षौंदेखि रहेको आवतजावतको समस्या समाधान भएको स्थानीयको भनाइ छ ।
वडा अध्यक्ष अनिरुद्ध यादव सञ्जयको सक्रिय पहल र लगनशीलतामा उक्त सडक ढलान गरिएको हो । सडक ढलान सम्पन्न भएपछि स्थानीयहरूले वडा अध्यक्ष यादवलाई धन्यवाद दिएका छन् ।

वडा अध्यक्ष यादव निर्वाचित भएलगत्तै सो टोलको सडकमा ग्राभेल हालेर अस्थायी रूपमा भए पनि आवागमन सहज बनाएका थिए । त्यस समयमा उनले दलित टोलका बासिन्दासँग पक्की सडक निर्माण गर्ने वाचा गरेका थिए, जुन वाचा उनले अहिले पूरा गरेका छन् ।
सडक ढलानपछि दलित टोलका बासिन्दाहरूले वर्षायाममा हिलो र धुलोका कारण भोग्नुपरेको समस्याबाट राहत पाएको बताएका छन् । स्थानीयका अनुसार अब विद्यालय जाने बालबालिका, वृद्धवृद्धा तथा बिरामीलाई आवतजावत गर्न सहज भएको छ ।
सडक ढलानपछि प्रतिक्रिया दिँदै वडा अध्यक्ष अनिरुद्ध यादव सञ्जयले भने,
“वडाका सबै समुदायको समान विकास मेरो प्राथमिकता हो । निर्वाचनका बेला जनतासँग गरेका वाचा पूरा गर्नु मेरो दायित्व हो । शितलपुर दलित टोलका बासिन्दाले लामो समयदेखि भोग्दै आएको समस्या समाधान गर्न पाउँदा म खुशी छु । आगामी दिनमा पनि आवश्यकताका आधारमा पूर्वाधार विकासका काम निरन्तर अघि बढाइनेछ ।”
आरके श्रीवास्तव,राैतहट,१५ गते कार्तिक ।
राैतहटको कटहरिया बहुमुखी क्याम्पसमा केही दिनदेखि चलेको विवाद अन्ततः स्थानीय भद्रभलादमी र सुरक्षाकर्मीहरूको सक्रिय पहलमा साम्य भएको छ ।
आय–व्यय प्रस्तुत गर्ने बेला क्याम्पसमा झडप हुने सम्भावना देखिएपछि त्यहाँ उपस्थित सम्पूर्ण पक्ष — आन्दोलनरत युवाहरू,वडा अध्यक्ष, प्राध्यापक तथा शिक्षक वर्ग, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी, सञ्चालक समिति सदस्य तथा अभिभावकहरूबीच आपसी छलफल गरी अवस्था नियन्त्रणमा ल्याइएको हो ।
युवाहरुको मागअनुसार अब क्याम्पसको आय–व्यय विवरण आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिने निर्णय गरिएको छ । बैठकपछि जानकारी दिँदै प्राध्यापक जयमंगल प्रसाद साहले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ का आम्दानी र खर्च विवरण वेबसाइटमा राख्ने निर्णय सर्वसम्मत रूपमा पारित गरिएको बताए । उनका अनुसार, प्रस्तुत विवरणबारे चित्त नबुझेमा कटहरिया नगरपालिकाको शिक्षा शाखा वा सम्बन्धित निकायमा औपचारिक रूपमा गुनासो गर्न सकिने व्यवस्था मिलाइएको छ ।
बैठकपछिकाे निर्णयमा युवाहरूले समेत सहमति जनाउँदै हस्ताक्षर समेत गरेका छन् ।
क्याम्पस प्रमुख गजेन्द्र प्रसाद यादवले विवाद समाधानका लागि सबै पक्षले देखाएको संयम र जिम्मेवारीप्रति धन्यवाद व्यक्त गर्दै भने, “हाम्रो प्राथमिकता शैक्षिक वातावरणलाई स्थिर र पारदर्शी बनाउने हो । अबदेखि सबै आर्थिक विवरण खुला रूपमा सार्वजनिक गरिनेछ, ताकि कुनै भ्रम वा अविश्वास नरहोस्।”
त्यस्तै, क्याम्पसका लेखाप्रमुख रामनिवास यादवले भने, “आर्थिक विवरणहरू यथासक्य शीघ्र वेबसाइटमा अपलोड गरिनेछ । सबै आय–व्यय प्रमाणसहित अभिलेख सुरक्षित रूपमा राखिएका छन्, जसले क्याम्पसको वित्तीय पारदर्शिता सुनिश्चित गर्नेछ।”
बैठकले यस सूचना विपरीत कुनै पनि हुलदंगा वा अराजक गतिविधि भएमा कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी पनि दिएको छ ।
आय–व्यय प्रस्तुत गर्ने क्रममा क्याम्पस परिसरमा झडपको अवस्था सिर्जना भएको थियो । स्थिति जटिल बन्दै जाँदा गाउँगाउँबाट धेरै संख्यामा सर्वसाधारण क्याम्पस परिसरमा भेला भएका थिए, जसका कारण सुरक्षाकर्मीहरू उच्च सतर्कतामा रहेका थिए ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,कार्तिक १४ गते ।
राैतहटको कटहरिया नगरपालिका–४ मा रहेको दलित प्राथमिक विद्यालय बिहीबारदेखि तालाबन्दी गरिएको छ । शुक्रबारसम्म तालाबन्दीको दोस्रो दिन पुगेको छ भने विद्यालयको पठनपाठन ठप्प भएको छ ।
स्थानीय लालबाबु दासका अनुसार विद्यालयमा वित्तीय अनियमितता र पारदर्शिताको अभावका कारण स्थानीयहरूले तालाबन्दी गरेका हुन् । उनकाे भनाइमा विद्यालयका जिम्मेवारहरूले लेखा–जोखा माग्दा पनि विवरण नदिएपछि तालाबन्दी गर्नुपरेको हो । “विद्यालयमा करिब १६ लाख रूपैयाँ हिनामिना भएको आशंका छ,” दासले भने, “हामीले हिसाब माग्दा नदिएको र स्थायी शिक्षक माग समेत पूरा नभएकाले तालाबन्दी गर्न बाध्य भयौं।”
उता कटहरिया नगरपालिकाका शिक्षा सह–संयोजक सुरेन्द्र ठाकुरले तालाबन्दी खुलाउन पहल भइरहेको बताए । “छात्रवृत्तिसम्बन्धी विषयमा तालाबन्दी गरिएको बुझिएको छ,” उनले भने, “हामी विद्यालय सञ्चालन सामान्य बनाउन प्रयासरत छौं।”
तालाबन्दीका कारण विद्यालयका विद्यार्थीहरू निरन्तर पठनपाठनबाट वञ्चित भएका छन् । स्थानीय अभिभावकहरूले विद्यालयमा देखिएको विवाद छिटो समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
हनुमत यादव,गाैर,कार्तिक १४ गते ।
रौतहटसहित देशका विभिन्न क्षेत्रमा परिरहेको लगातार वर्षाले किसानहरू चिन्तित बनेका छन् । काटेर सुकाउन राखिएको पाकेको धान निरन्तर झरीले भिजेपछि खेतमै उम्रिन थालेको छ, जसले धान उत्पादनमा ठूलो क्षति पुर्याउने आशंका बढाएको छ ।
बिहीबार देखि सुरु भएको वर्षा रोकिएन,शुक्रबार बिहानदेखि पुनः लगातार झरी परेपछि किसानहरू धान जोगाउने उपाय खोज्दै खेतमै दौडिरहेका छन् । समयमै सुकाउन नपाएको धान भिजेपछि खराब हुन थालेको किसानहरूको गुनासो छ ।
गत बाढीले नै अघिल्लो बालीमा ठूलो नोक्सानी पुर्याइसकेको अवस्थामा हालको लगातार वर्षाले बाँकी उत्पादन पनि जोखिममा पारेको छ । किसानहरू भन्छन्, “बचेको धान पनि पानीले भिजेपछि अन्न पाइन्छ कि पाइँदैन भन्ने डर छ। गहुँ, तेलहन र दलहन बाली रोप्ने समय पनि ढिलो हुँदै गएको छ।”
रौतहटमा प्रत्येक वर्ष बाढी, सुख्खा र असिनाजस्ता प्राकृतिक विपत्तिका कारण किसानहरू ठूलो क्षतिवाट गुज्रिन बाध्य हुने गरेका छन् । तर सम्बन्धित निकाय र स्थानीय तहबाट प्रभावकारी पहल नहुँदा किसानको समस्या वर्षेनि दोहोरिँदै आएको उनीहरूको आरोप छ।
किसानहरूले आगामी केही दिनभित्र मौसम सुधार नभए यस वर्षको धान उत्पादनमा ठूलो गिरावट आउने चेतावनी दिएका छन् ।
हनुमत यादव,गाैर,कार्तिक १४ गते ।
गौर र जनकपुर बाट काठमाण्डौतर्फ जादै गरेको यात्रुबाहक बस चितवनमा गएराती करिब पौने २ बजे भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा दुई यात्रुबाहक बस र एक ट्रक आपसमा ठोक्किँदा ३३ जना घाइते भएका छन् ।
घटनामा गौरबाट काठमाण्डौंतर्फ आउँदै गरेको बा.प्र.०३०० ख ०१२३ नम्बरको डल्फिन यात्रुबाहक बस र जनकपुरबाट काठमाण्डौतर्फ आउँदै गरेको बा.प्र.०३०० ख ३९०२ नम्बरको रुद्राक्ष यात्रुबाहक बस, ईट्टा लोड गरेर पार्कीङ गरी राखिएको ना ६ ख ८१३ नम्बरको ट्रकसँग ठोक्किएका थिए ।
दुर्घटनापछि सशस्त्र प्रहरी बल, नेपाल नं. १७ गण आँपटारी चितवनबाट गएको सुरक्षाकर्मी टोलीले घाइते यात्रुहरूको तत्काल उद्धार गरेको थियो। उद्धार गरिएका घाइतेमध्ये १५ जनालाई चितवन मेडिकल कलेजमा, १३ जनालाई नेशनल सिटी अस्पतालमा र ५ जनालाई भरतपुर अस्पतालमा भर्ना गरी उपचार भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । प्रारम्भिक अनुमानअनुसार तीव्रगतिका कारण दुर्घटना भएको हुनसक्ने जनाइएको छ ।
घाइतेहरुको नामावली यस प्रकार छन् ।
१. उदयपुर त्रियुगा–१० का सार्थकबाबु क्षेत्री (२०), मध्यम
२. धनुषा जनकपुर–१७ का सदाकत मियाँ (३९), मध्यम
३. धनुषा जनकपुर–१७ का नरेन्द्र शाह (५२), सामान्य
४. रौतहट गौर–५ का मुकेश कुमार केसरी (४१), मध्यम
५. धनुषा जनकपुर–७ का समिर अन्सारी (१७), सामान्य
६. महोत्तरी पिपरा–१ की गीता देवी यादव (५०), सामान्य
७. रौतहट राजदेवी–१ का कृष्ण कुमार साह, मध्यम
८. धनुषा जनकपुर–१ का बसन्त झा (४६), सामान्य
९. धनुषा जनकपुर–४ का मुकेश लाल कर्ण (४९), सामान्य
१०. धनुषा जनकपुर–४ की अन्जु कर्ण (३४), सामान्य
११. धनुषा जनकपुर–४ का आरुष कर्ण, सामान्य
१२. महोत्तरी पिपरा–१ का राम क्षेत्री (३७), सामान्य
१३. रौतहट राजदेवी–१ का अनिकेत कुमार साह (२०), मध्यम
१४. रौतहट बृन्दावन–३ का आरभ मिश्र (११), मध्यम
१५. धनुषा लक्ष्मीनिया–४ की विधा चौधरी (१९), मध्यम
नेशनल सिटी अस्पतालमा उपचाररत घाइतेहरू
१. धनुषा जलेश्वर–५ का आदित्य कुमार सिंह (२०), सामान्य
२. धनुषा जलेश्वर–५ की रेखा सिंह (४३), सामान्य
३. धनुषा जलेश्वर–५ की अञ्जली सिंह (२१), सामान्य
४. भारत मोतिहारीका सुनिल प्रसाद (३२), सामान्य
५. भारत मोतिहारीकी सुभद्रा कुमारी चौधरी (२५), सामान्य
६. भारत मोतिहारीकी प्रिया जैशवाल (७), सामान्य
७. भारत मोतिहारीकी कृती जैशवाल (४), सामान्य
८. धनुषा जनकपुर–८ का आलोक कुमार राउत (२८), सामान्य
९. रौतहट राजदेवी–२ का मोनु कुमार महतो (२१), सामान्य
१०. रौतहट गौर–९ की गम्भिरादेवी ठाकुर (६६), सामान्य
११. रौतहट गरुडा–७ का विजय साह (५०), सामान्य
१२. रौतहट गरुडा–७ की उर्मिला कुमारी साह (४०), सामान्य
१३. रौतहट बृन्दावन–३ की सुनिता देवी मिश्र (६२), मध्यम
भरतपुर अस्पतालमा उपचाररत घाइतेहरू
१. रौतहट दुर्गावती–२ का राजकिशोर दास (३०), सामान्य
२. रौतहट दुर्गावती–२ का राजु दास (२५), सामान्य
३. भारत मोतिहारीका महमद साहेब (२२), सामान्य
४. रौतहट माधवनारायण–५ का रोशी कुमार साह (१९), सामान्य
५. धनुषा लक्ष्मीनिया–४ की दिव्या चौधरी (१९), मध्यम
बज्जिकाञ्चल संवाददाता,राैतहट,कार्तिक १३ गते ।
रौतहटको कटहरिया नगरपालिकामा करार र ज्यालादारीका कर्मचारीहरूले बुधबारदेखि सुरू गरेको तालाबन्दी शुक्रबार दोश्रो दिन पनि जारी राखेका छन् । तलबभत्ता बक्यौता भुक्तानी नहुँदा असन्तुष्ट कर्मचारीहरूले नगरपालिका मातहतका वडा नं. १ देखि वडा नं. ९ सम्मका सबै वडा कार्यालयहरूमा तालाबन्दी गर्दै नगरपालिका कार्यालयसमेत बन्द गरेका हुन् ।
कर्मचारीहरूले विगतमा गरेको आन्दोलनका क्रममा नगरपालिकाले दिपावली र छठ पर्व अगावै बाँकी तलबभत्ता भुक्तानी गर्ने लिखित आश्वासन दिएको भए पनि त्यो कार्यान्वयन नहुँदा पुनः आन्दोलनमा उत्रिनुपरेको बताएका छन् ।
२०८२ कार्तिक १२ गते बसेको कर्मचारीहरूको बैठकले शान्तिपूर्ण रूपमा तालाबन्दी र “धारणा कार्यक्रम” अगाडि बढाउने निर्णय गरेको थियो । सो निर्णयअनुसार उनीहरूले औपचारिक रूपमा कटहरिया नगरपालिकाका कार्यालय प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । साथै, बोधार्थका लागि जिल्ला प्रशासन कार्यालय रौतहट, जिल्ला समन्वय समिति रौतहट, तथा वडा नं. १ देखि ९ का वडा कार्यालयहरूमा पनि ज्ञापनपत्र पठाइएको छ ।
कर्मचारीहरूको भनाइमा, “हामीले लामो समयदेखि नगरपालिकाको सेवा सुम्पिँदै आएका छौं, तर तलबभत्ता नपाउँदा दैनिक जीवन प्रभावित भएको छ। जबसम्म बक्यौता रकम भुक्तानी हुँदैन, हामी शान्तिपूर्ण आन्दोलन जारी राख्नेछौं।”
यस विषयमा बुझ्न कटहरिया नगरपालिकाका कार्यालय प्रमुख गणेश नेपालीलाई सम्पर्क गर्न खोज्दा फोन उठाइएको छैन।
काठमाडौँ, भदौ २१ गते ।
आगामी २०८२ साल अर्थात भदौ २२ र २३ गते लाग्ने खग्रास चन्द्रग्रहण नेपालबाट प्रत्यक्ष अवलोकन गर्न सकिने खगोलविद्हरूले जानकारी दिनुभएको छ ।
नेपालसँगै यो ग्रहण युरोप, अफ्रिका, एसिया र अष्ट्रेलियाबाट देखिने भए पनि उत्तर र दक्षिण अमेरिकाबाट भने देखिने छैन । खग्रास अवस्थामा चन्द्रमा रातो देखिने भएकाले यसलाई ‘रक्तिम चन्द्र’ पनि भनिन्छ ।
बी.पी. कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति, कीर्तिपुर, काठमाडौंका कार्यकारी निर्देशक डा. सनतकुमार शर्माका अनुसार ग्रहणको समयसूची (नेपाली समय अनुसार) :
विरल छायाँले ढाक्न सुरु गर्ने : २२ गते राति ९ः१३ बजे
खग्रास सुरु (सघन छायाँले ढाक्ने) २२ गते राति ११ः१५ बजे
ग्रहणको मध्य : २२ गते राति ११ः५६ बजे
खग्रास समाप्त (सघन छायाँले हट्ने) २३ गते बिहान १२ः३७ बजे
विरल छायाँ हट्ने : २३ गते बिहान २ः४० बजे
जम्मा अवधिः ५ घण्टा २७ मिनेट

चन्द्रग्रहण देखिने कारण
पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा सूर्य, पृथ्वी र चन्द्रमा एउटै सरल रेखामा पर्दा पृथ्वी बीचमा आउँछ । यस क्रममा पृथ्वीको छायाँ चन्द्रमामा पर्छ र पृथ्वीबाट चन्द्रग्रहण देखिन्छ । यो घटना पूर्णिमाको रातमै हुने गर्दछ ।

अवलोकन र प्रभाव
चन्द्रग्रहण खाली आँखाले नै सजिलै अवलोकन गर्न सकिन्छ । वैज्ञानिक अध्ययनअनुसार ग्रहणको मानव जीवनमा कुनै पनि नकारात्मक प्रभाव नपर्ने प्रष्ट तथ्य उपलब्ध भएको छ । सभार गोरखापत्र
आरके श्रीवास्तव,राैतहट,२२ गते साउन ।
राैतहटकाे फतुवा विजयपुर नगरपालिकाले नगर कार्यपालिकाको कार्यालयमा आयोजित एक विशेष समारोहका बीच प्रमुख प्रशासकिय अधिकृत श्री भरत प्रसाद यादवलाई कदर-पत्र प्रदान गरेको छ ।

२०८१ पुस २३ गते देखि सेवा दिइरहनुभएका यादवले आ.व. २०८१/८२ मा आर्थिक, प्रशासनिक तथा सेवा प्रवाहको क्षेत्रमा उल्लेखनीय सुधार गर्नुभएको योगदानको कदर स्वरूप यो सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले यादवलाई सम्मान पत्र प्रदान गर्दै उहाँले देखाएको प्रतिबद्धता, पारदर्शिता र सुशासनप्रति धन्यवाद व्यक्त गर्नुभयो । “उहाँको नेतृत्वमा नगरपालिकाको सेवा प्रवाह अझ प्रभावकारी र जनमुखी बनेको छ,” खातुनले भनिन्।

सम्मान समारोहमा प्रमुख समाजसेवी अच्युत मैनाली, प्रदेश सांसद प्रत्यासी शेख सेराज, शिक्षा संयोजक सुबोध प्रसाद यादव, पूर्व वडा अध्यक्ष तथा कार्यपालिका सदस्य उमाशंकर साह, कलवार, परमेश्वर यादवसहित थुप्रै स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो ।

समारोहमा वक्ताहरूले यादवको इमान्दारिता, कुशल प्रशासनिक क्षमता र नागरिक–मैत्री सेवा प्रवाहको प्रशंसा गर्दै उहाँको कार्यशैलीलाई उदाहरणीय भन्दै आगामी दिनमा पनि यस्तै सकारात्मक सुधार कार्य निरन्तर रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।

नगरपालिकाले आगामी दिनहरूमा पनि दक्ष र समर्पित कर्मचारीहरूलाई प्रोत्साहन गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

चन्दन यादव,रौतहट १२ गते आसार ।
रौतहट जिल्लामा रहेको गुजरा नगरपालिकाको १ नम्बर वडा रङगपुरमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको सभाहलमा बाली,वस्तु उत्पादन बजारीकरण समन्वय कार्यक्रमको दोस्रो बैठक सम्पन्न भएको छ ।

बाली तथा वस्तु उत्पादन बजारीकरण समन्वय कार्यक्रमको दोस्रो बैठक सम्पन्न भएको छ । कार्यक्रममा कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरका प्रमुख डा। विशेश्वर यादव प्रमुख आतिथि तथा प्रशिक्षकका रूपमा सहभागी हुनु भएको थियो ।

बैठकमा सहभागी भएका स्थानीय किसानहरूले मल अभाव, सिँचाइको कमी, बजार मूल्यमा अस्थिरता, बाली भण्डारणको सुविधा अभाव र बजारीकरणमा समन्वयको कमी जस्ता समस्याहरू प्रस्तुत गरेका थियो ।

डा. यादवले थपे, “कृषि अनुसन्धानसँगै किसानका व्यावहारिक समस्यामा ध्यान दिनु जरुरी छ । हामी समाधानका लागि सम्बन्धित निकायहरूसँग समन्वय गरी अगाडि बढ्नेछौं ।”
बैठकले स्थानीय तह, प्राविधिक निकाय र किसानबीच सहकार्य बढाउने प्रतिबद्धता जनाएको छ । कार्यक्रममा कृषि अधिकृत, कृषि सहकारी संस्था र कृषक समूहको समेत उपस्थिति रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड समितिको अध्यक्ष धर्मेन्द्र धामीले जानकारी गराएका थिए ।

डा. यादवले सबै समस्या गम्भीरतापूर्वक सुनी समाधानका लागि मन्त्रालय र सम्बन्धित निकायसँग समन्वय गर्ने आश्वासन दिनुभयो। उहाँले भन्नुभयो, “कृषि विकासका लागि अनुसन्धान मात्र होइन, किसानको आवाज बुझ्नु अझ जरुरी छ। हामी प्रदेशस्तरबाट समस्या समाधान गर्न प्रयास गरिरहेकै छौं ।”

कार्यक्रमले किसान–कृषि अधिकृतसंग बीचको संवादमा नयाँ ऊर्जा दिएको स्थानीयको प्रतिक्रिया रहेको छ । साना किसान कृषि सहकारी संस्था लिमिटेडको सभाहलमा भएको कार्यक्रममा स्थानिय किसानहरु, साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धक तथा कर्मचारीहरु लगायत संचारकर्मीको सहभागिता रहेको थियो ।
चन्दन यादव, रौतहट, १९ गते पुस ।
फतुवा बिजयपुरको मा वि टेंग्राहामा विद्यालय भवनको शिलान्यास सम्पन्न भएको छ । नगरपालिकाको वडा नम्बर ४ टेंग्राहा स्थित माध्यमिक विद्यालयमा आज एक कार्यक्रमका बिच विद्यालय भवनको शिलान्यास गरिएको हो ।

प्र.अ. अनिल कुमार यादवको विशेष पहलमा यो पनि चार कोठ्ठे भवनको आज शिलान्यास सम्पन्न भएको हो । फतुवा विजयपुर नगरपालिकाको कार्यवाहक नगर प्रमुख अम्बेया खातूनको प्रमुख आतिथ्यतामा नगर प्रमुख खातून र वडा अध्यक्ष यादवको संयुक्तामा उक्त विद्यालय भवनको शिलान्यास गरेका हुन ।

राष्ट्रपति शैक्षिक सुधार योजना अन्तर्गत स्थानीय सरकारको सहयोगमा निर्माण हुन लागेको उक्त चार कोठ्ठे विद्यालय भवन कुल ५५ लाखको लगानिमा निर्माण हुने विद्यालयका प्र. अ. अनिल कुमार यादवले बताएका छन ।

प्र.अ. भए देखी नै स्कुलको शैक्षिक अवस्थामा सुधार, चार कोठ्ठे भवन निर्माण र व्यवस्थित शौचालयको पनि निर्माण गराएका हुन् । ग्रामीण भेगमा भए पनि पढाईको गुणस्तर पनि पहिलाको तुलनामा अहिले राम्रो भएको त्यहाँको स्थानियहरुले बताउँ छन् ।

शिलान्यास कार्यक्रममा उक्त पालिकाको वडा नं ४ का स्थानियहरुको धेरै संख्यामा उपस्थिती रहेका थिए । साथै उक्त विधालयका शिक्षकहरुको, सुरक्षाकर्मी, भद्रभलादमी र पत्रकारहरुको विशेषउपस्थितिमा उक्त विधालयमा नयाँ चार कोठ्ठे भवनको शिलान्यास भएको थियो ।
आरके श्रीवास्तव,रौतहट,१९ गते जेठ ।
रौतहटको कटहरिया नगरपालिका–८ को बलुवा टोलस्थित ऐतिहासिक श्रीराम जानकी मन्दिरको सौन्दर्यकरण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । मधेस प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको ५१ लाख भन्दा बढी रुपैयाँको बजेटबाट मन्दिरको संरचनात्मक विकास तथा सौन्दर्यकरण भइरहेको हो ।

वडा अध्यक्ष समिश विक्रम शाहको पहल र वडा सदस्य अनिल यादवको समन्वयमा अगाडि बढाइएको यस परियोजनाअन्तर्गत दुई कोठे भवन निर्माण, कम्पाउण्ड वाल ९चारकिल्ला०, टायलस र मार्बल जडान लगायतका कार्यहरू सम्पन्न हुँदैछन् ।

वडा अध्यक्ष शाहले मन्दिर क्षेत्रलाई धार्मिक पर्यटनस्थलको रूपमा विकास गर्ने उद्देश्यका साथ बजेटको व्यवस्थापन र योजनाको सुरुआत भएको जानकारी दिए । उनले स्थानीय धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन आफ्नो प्राथमिकता रहेको बताए ।

यस्तै, वडा सदस्य यादवले योजनाको समन्वयात्मक पक्ष सम्हाल्दै निर्माण कार्यमा पारदर्शिता र गुणस्तरमा कुनै सम्झौता नगरिने बताए । उनका अनुसार स्थानीय बासिन्दा तथा भक्तजनको सहजता र आस्थालाई मध्यनजर गर्दै मन्दिर क्षेत्रको आधुनिक रूपान्तरणको प्रयास भइरहेको छ ।

स्थानीयवासीहरूले समेत मन्दिरमा भइरहेको सुधारात्मक कार्यप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन् र यसले धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
आरके श्रीवास्तव,राैतहट,२०८२ जेठ १८ गते ।
मधेस प्रदेश सरकारको ४५ लाखको बजेटबाट रौतहटको कटहरिया नगरपालिका–८ स्थित पिप्रा पोखरिया देखि बलुवा सम्मको सडक स्तरोन्नतिको कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ । भौतिक पूर्वाधार मन्त्रालय मार्फत सञ्चालन गरिएको यो आयोजना वडाध्यक्ष समिश विक्रम शाहको सक्रिय पहल र समन्वयमा अघि बढाइएको हो ।

वर्षौंसम्म माटो र कच्ची सडकका कारण वर्षात्को समयमा हिलो र धुलोले हैरान भएका स्थानीय बासिन्दाले अब राम्रो सडकको सुविधा पाउने आशा गरेका छन् । स्थानीयवासीहरु वडाध्यक्ष शाहलाई सडक सुधारका लागि पहल लिएर स्थानीयको सास्ती कम गराएकोमा धन्यवाद दिइरहेका छन् ।

वडाध्यक्ष शाहका अनुसार, “यस सडक स्तरोन्नति परियोजनाले पिप्रा पाेखरिया र बलुवा क्षेत्रको यातायात व्यवस्था सहज बनाउनुका साथै स्थानीय आर्थिक गतिविधिमा पनि ठुलो टेवा पुर्याउनेछ।”

हाल सडकमा ग्राभेलिङ, लेवलिङ तथा अन्य आवश्यक निर्माण कार्यहरू निरन्तर भइरहेको छ । उपभोक्ता समिति मार्फत तोकिएको समयमै कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

स्थानीय बासिन्दा सिकिन्द्र यादव (लडाई) भन्छन्, “पहिले यो सडक हिँड्नै नसकिने अवस्थामा थियो । मानिसहरूले सडकलाई काटेर आफनाे खेतमा मिलाईसकेका थिए । अहिले काम भइरहेको देख्दा साँच्चै खुशी लागेको छ । यसले हाम्रो जीवनमा ठुलो परिवर्तन ल्याउनेछ ।”
सडक स्तरोन्नतिपछि यो क्षेत्रको यातायात सुगम हुने, एउटै वडाकाे दुई गाउँ सम्मकाे पहुँच सहज हुने अपेक्षा गरिएको छ ।
आरके श्रीवास्तव,गरुडा,२०८२ जेठ १७ गते ।
रौतहटको मध्यभाग गरुडा अब मिडियाहबको रूपमा विकास हुँदै गएको छ । शुक्रबार बज्जिका भाषामा नयाँ साप्ताहिक पत्रिका ‘बज्जिदूत’ को औपचारिक विमोचन गरिएकाे छ । फरक ढंगले गरिएको यस विमोचन कार्यक्रममा पत्रिका पाठकको हातमै प्रदान गर्दै सार्वजनिक गरिएको हो ।

‘बज्जिदूत’ साप्ताहिक पत्रिकाका प्रकाशक तथा सम्पादक देवेन्द्र चौधरी रहेका छन् । उक्त पत्रिका प्रत्येक हप्ता शुक्रबार प्रकाशित हुने जानकारी दिइएको छ ।

बज्जिका भाषाका सेवक सञ्जय साह ‘मित्र’ ले पत्रिका प्रकाशन सुरु गरिएकोमा बधाई तथा शुभकामना दिँदै बज्जिका भाषाको इतिहासमा यो एक नयाँ अध्यायको सुरुवात भएको बताएका छन् । उनले मातृभाषाको संरक्षण र प्रवर्द्धनमा यस्तो प्रयास महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् ।

बज्जिका साहित्य संगम, रौतहटका अध्यक्ष किसुनदयाल यादव ‘श्रीकृष्ण’, बज्जिकाञ्चल मिडिया प्रा.लि.का सञ्चालक एवम् लोकतान्त्रिक पत्रकार संघ, रौतहटका अध्यक्ष आरके श्रीवास्तव,बज्जिकाञ्चल दैनिकका सह सम्पादक चन्दन यादवले पत्रिकाको सफलताको शुभकामना दिएका छन् ।
यसअघि पनि गरुडा क्षेत्रमै आरएन पटेलको सम्पादन तथा सञ्चालनमा रहेको ‘स्थानीय पोष्ट’ पत्रिकालाई भव्य रूपमा सार्वजनिक गरिएको थियो, जसले गरुडालाई मिडिया गतिविधिको केन्द्रका रूपमा स्थापित गरिरहेको संकेत दिएको छ ।
बज्जिका भाषाको साहित्य, संस्कृति र समुदायको आवाज बुलन्द गर्ने उद्देश्यसहित सुरु गरिएको ‘बज्जिदूत’ साप्ताहिक पत्रिकाबाट स्थानीय सञ्चार क्षेत्रमा नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ ।
फोटो फिचर



आरके श्रीवास्तव,गरूडा,१७ गते जेठ ।
रौतहटमा पछिल्लो समय मोटरसाइकल चोरीका घटनामा उल्लेख्य वृद्धि भएपछि स्थानीयवासी चिन्तित बनेका छन् । शुक्रबार राति कटहरिया नगरपालिका–१ निवासी विवेक सिंह (कुणाल कुशवाहा) को म.प्र.-०३ -०३१ प-९७६६ नम्बरको माेटरसाईकिल एफजेड एक्स यामाहा चोरी भएको छ ।
उक्त मोटरसाइकल उनी वैवाहिक कार्यक्रममा सहभागी हुन गरूडा नगरपालिका वडा नम्बर ९ धमाैरामा गएका बेला हराएको हो । मोटरसाइकल चोरी भएपछि कुशवाहाले नजिकैको इलाका प्रहरी कार्यालय (ईप्रका) गरुडामा जानकारी गराएका थिए । घटनाबारे प्रतिक्रिया दिँदै ईप्रका गरुडाका डिएसपी राजन कार्कीले खोजतलास जारी रहेको बताए ।

उनले मोटरसाइकल चोरी न्यूनीकरण गर्न सवारी साधनधनीहरूलाई ट्र्याकिङ प्रणाली जडान गर्न सुझाव दिएका छन् । “मोटरसाइकलमा ट्र्याकिङ सिस्टम राख्दा चोरी भएको अवस्थामा तत्काल पत्ता लगाउन सजिलो हुन्छ,” डिएसपी कार्कीले बताए ।
यसअघि पनि जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल हराउने घटनाहरू प्रहरीमा दर्ता भएका छन् । स्थानीयवासीले सुरक्षा व्यवस्था कडा पार्न प्रहरी प्रशासनसँग माग गरेका छन् । प्रहरीले मोटरसाइकल चोरी नियन्त्रणका लागि सचेतना अभियान सँगै गस्ती पनि बढाउने जनाएको छ ।


आरके श्रीवास्तव,राैतहट,२०८२ जेठ ०६ ।
राैतहटकाे कटहरिया नगरपालिका वडा नम्बर १ मा अवस्थित श्री प्राथमिक विद्यालय बडेडवामा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा आयोजित कार्यक्रममा १ सय ३१ जना विद्यार्थीहरूलाई प्रति विद्यार्थी रू. ४ सयका दरले छात्रवृत्ति प्रदान गरिएको हो ।

उक्त कार्यक्रम कटहरिया नगरपालिकाका कार्यपालिका सदस्य तथा शिक्षक छनौट समितिका अध्यक्ष मनोज जयसवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे ।

कार्यक्रमको विशेष उपस्थितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्देश्वर प्रसाद यादव, प्रधानाध्यापक रामअयोध्या यादव, वडा सदस्य सुरेश राय यादव, विद्यालयका सबै शिक्षक-शिक्षिका तथा समिति सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।

छात्रवृत्ति वितरण कार्यक्रमले विद्यार्थीहरूमा थप प्रेरणा जागृत गर्ने विश्वास व्यक्त गर्दै अतिथि वक्ताहरूले शिक्षाको महत्वमा जोड दिएका थिए । विद्यालय प्रशासनले पनि आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ ।

आरके श्रीवास्तव,राैतहट,२७ गते वैशाख ।
रौतहट — लोकतान्त्रिक यूवा संघको संशोधित विधानअनुसार अरविन्द्र प्रसाद साहलाई केन्द्रिय सदस्य पदमा मनोनयन गरिएको छ । संघको तर्फबाट सहर्ष जानकारी दिँदै उहाँलाई हार्दिक बधाई व्यक्त गरिएको छ ।
संघका केन्द्रीय अध्यक्ष सुजन यादवले एक वक्तव्य जारी गर्दै भने, “साहजस्ता युवा, ऊर्जाशील र जनप्रतिनिधिसँग निकट सम्बन्ध भएका व्यक्तिको नेतृत्वले संगठन अझ सशक्त र जनउत्तरदायी बन्ने विश्वास लिएको छु।”

उनले देश, मधेश, यूवा र पार्टीको हितमा साहको भूमिका उल्लेखनीय हुने पनि बताए । अध्यक्ष यादवले केन्द्रिय समितिमा युवा नेतृत्वको सशक्त उपस्थिति आवश्यक रहेको बताउँदै साहको मनोनयनलाई सही निर्णयको रूपमा व्याख्या गरेका छन् ।
चन्दन यादव, रौतहट १३ गते वैशाख ।
रौतहटमा भन्सार छली गरी ल्याउँदै गरेको समानहरुलाइ प्रहरीले नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालयले प्रेस नोट प्रकाशित गर्दै जानकारी गराएका हुन् । २०८२ वैशाख बुधबारका दिन १० गते जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले नियन्त्रणमा लिइएको जनाएका हुन् ।
विभिन्न स्थान स्थितमा विभिन्न सवारी साधनहरुलाई रोकी चेकजाँच गर्ने क्रममा अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरि नेपाल तर्फ भित्रियाई लैजाँदै गरेका अवस्थामा उक्त समानहरु फेला परेको प्रहरीले जानकारी गराएका हुन् ।
फेला परेको समानहरु अन्दाजी मुल्य रु. ३ लाख १९ हजार ४ सय ५० रुपैया बराबरको मोटरसाइकल ३ थान, साईकल ४ थान विभिन्न किसिमका किराना, कपडा र कस्मेटिक लगायतका सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको प्रहरी जानकारी गराएका हुन् ।
नियन्त्रणमा रहेको मोटरसाइकलहरु मध्ये दुइ वटा नेपाली नम्बर पेलेट रहेको छ भने एक वटा भारतीय नम्बर पेलेट रहेको जिल्ला प्रहरी कार्यालयले निकालेको प्रेस नोटको तस्बीरमा उल्लेख रहेको छ । त्यस मध्ये एक वटा पल्टीना, एक वटा सुपर स्पलेन्डर तथा एक वटा पइसन प्रो मोटरसाइकल रहेको निमित्त सुचना अधिकारी तथा प्रहरी निरीषक उमाशंकर प्रसादले जानकारी गराएका हुनु ।
बज्जिकाञ्चल संवाददाता, रौतहट ०७ गते बैशाख ।
रौतहट जिल्लाको परोहा नगरपालिका कार्यालयमा भइरहेको बेथिति, अनियमितता र प्रशासनिक ढिलासुस्तीको विरोधमा एक जनाले अनौठो शैली अपनाउँदै नाङ्गो भएर अनिश्चितकालीन धर्ना सुरु गरेका छन् ।
लौकाहा स्थित नगरपालिकाको केन्द्रबिन्दुमा आइतबारदेखि परोहा नगरपालिका–८ नरकटिया टोलका स्थानीय बासिन्दा मो. जफिर आलमले कपडाविनै शारीरिक रूपमा अनिश्चितकालीनरुपमा धर्ना सुरु गरेका हुन । उनका अनुसार, नगरपालिकामा सार्वजनिक सेवा प्रवाहमा लापरवाही, बजेटको दुरुपयोग, जनप्रतिनिधिहरूको गैरजिम्मेवार रवैया र नागरिकप्रति असंवेदनशीलता चरम अवस्थामा पुगेको छ ।
“जबसम्म मेरो आवाज सुनिदैन र नगरपालिकाले सुधारको स्पष्ट योजना सार्वजनिक गर्दैन, तबसम्म म यसैगरी आमरण अनशन बसिरहनेछु,” जफिर आलमले पत्रकारहरूसँग बताएका छन् ।
यस घटनाले सामाजिक सञ्जालमा पनि व्यापक ध्यान तानेको छ । तर, अहिलेसम्म नगरपालिकाको तर्फबाट औपचारिक प्रतिक्रिया सार्वजनिक गरिएको छैन ।
द न्यूज होम
बज्जिकाञ्चल संवाददाता, रौतहट ०७ गते बैशाख ।
रौतहटको सदरमुकाम गौर भन्सार कार्यालय अगाडि कृषि र फुड क्वारेन्टाइनको माग राख्दै व्यापारीहरूले धर्ना सुरु गरेका छन् । स्थानीय व्यवसायी एवं व्यापारी कौशल साहको नेतृत्वमा व्यापारीहरूले गौर भन्सार कार्यालयको मुख्य गेटमा धर्ना सुरु गरेका हुन् ।
कृषि तथा फुड क्वारेन्टाइनको अभावमा यहाँका व्यापारी व्यावसायीहरू वीरगञ्ज र सर्लाही जानुपर्ने बाध्यता रहेकाले पटक-पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदासमेत कुनै वास्ता नगरेको भन्दै व्यापारीहरूले गत चैत ३१ गते कौशल साहको नेतृत्वमा भन्सार कार्यालय प्रमुखमार्फत अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए ।

व्यापारीहरूले अर्थमन्त्रीसहित सम्बध निकायलाई वैशाख ६ गतेसम्म समस्या समाधान नगरिए वैशाख ७ देखि १५ गतेसम्म शान्तिपूर्ण रुपमा धर्ना प्रदर्शन गर्ने र वैशाख १६ गतेदेखि भन्सार कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएको थियो । सोही अनुसार आइतबारदेखि व्यापारीहरूले कौशल साहको नेतृत्वमा दिउँसो १२ बजेदेखि धर्ना सुरु गरेका हुन् ।

व्यवसायी साहका अनुसार जिल्लामा रहेका व्यवसायीहरूलाई खाद्यान्न, फलफूल, आलुप्याज, तरकारीलगायतका सामानहरु भारतबाट ल्याउँदा गौर भन्सारमा कृषि र फुड क्वारेन्टाइनको अभावमा वीरगञ्ज हुँदै ल्याउनुपर्दा ढुवानी खर्च बढी लाग्ने गरेको छ ।
आइतबार १ घण्टा धर्ना बसिएको र सोमबारदेखि क्रमशः एक एक घण्टा थप हुँदै जाने धर्नामा बसेका व्यवसायीहरूले बताएका छन् ।
आरके श्रीवास्तव,रौतहट,०१ गते वैशाख ।
रौतहट । लोकतान्त्रिक पत्रकार संघ रौतहटको नयाँ वर्ष २०८२ को अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । लोसपा निकट पत्रकारको संस्थाको रुपमा रहेको संघले जिल्लाको मध्य भाग गरुडा स्थित रहेको होटेल एनपी स्टारमा आज एक कार्यक्रम आयोजन गरि पत्रकारहरु सँग नयाँ वर्ष मनाएको हो ।

लोकतान्त्रिक पत्रकार संघ रौतहटका संयोजक राजु कुमार श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा लोसपाका केन्द्रिय सदस्य रामप्रवेश दास रहनु भएको थियो । संघका संयोजक श्रीवास्तवको नेतृत्वमा पत्रकारहरुलाइ गोलबद्ध गराउने उदेश्यले सो कार्यक्रम आयोजन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथीको आसन बाट बोल्दै लोसपा नेपालका बरिष्ठ नेता दासले पत्रकारहरुलाइ स्वच्छ रुपमा सम्पूर्ण पक्षको आवाज उठाउन आग्रह गरेका थिए । लोकतान्त्रिक पत्रकार संघ र पार्टीको हकहितमा काम गर्ने विश्वास व्यक्त गरेका थिए । देशमा परिवर्तन आयो त्यसमा पत्रकारको अहम भूमिका रहेको भन्दै अहिले पनि त्यस्तै भूमिकाको खाँचो छ । जुन पत्रकारले निर्वाह गर्नु पर्दछ ।

उनले भने लोकतान्त्रिक पत्रकार संघले रौतहटमा आफनो संयोजकको रुपमा श्रीवास्तवजीलाइ तोकेको छ । म वहाँलाइ बधाइ दिदै लोसपा निकट संस्था भएपनि स्वतन्त्र रुपमा नै पत्रकारिता गर्न उनले सुझाव दिन्छु । कुनै विभेद नगरी कसैको झोलेको रुपमा काम नगरी स्वच्छ रुपमा काम गर्न आग्रह गर्दछु ।

कार्यक्रममा अन्य वक्ताहरु नेपाल पत्रकार महासंघ रौतहटका उपाध्यक्ष विना राउत श्रीवास्तव,राष्ट्रिय शिक्षक मञ्च रौतहटका उपाध्यक्ष अरुण कुमार सिंह,बज्जिका पत्रकार संघ नेपालका अध्यक्ष राजेश्वर पाण्डे,राष्ट्रिय दलित पत्रकार संघ रौतहटका अध्यक्ष राजेश पासवान निर्माणी,नेपाल विश्वकर्मा लोहार संघका अध्यक्ष विवेक शर्मा,श्रमजीवी पत्रकार संघ रौतहटका उपाध्यक्ष राकेश यादव,प्रेस मञ्चका प्रतिनीधी आरएन पटेल,कायस्थ पत्रकार समाजका केन्द्रिय सदस्य सरिता कुमारी श्रीवास्तव लगायतले लोकतान्त्रिक पत्रकार संघले रौतहको पत्रकारितामा आफनो अहम भूमिका निर्वाह गर्ने छ भनी विश्वास व्यक्त गरेका थिए ।

रौतहटको पत्रकारितामा वर्तमान अवस्थामा देखिएको समस्यालाइ चिर्दै संघले अघि बढनेछ भनी हामी अपेक्षा राख्दछौं । कार्यक्रमलाइ समापन गर्दै संघका संयोजक श्रीवास्तवले नयाँ वर्षमा हामीले नयाँ सुभारम्भ गरेका छौं । नयाँ वर्ष २०८२ ले सम्पूर्ण साथीहरुमा सुख,शान्ति समृद्धी ल्याओस् भनि शुभकामना दिन चाहन्छु । अब आफनो नेतृत्वमा जिल्लाका पत्रकारहरु एवम् सञ्चारकर्मीहरु गोलबद्ध भइ अगाडी बढ्ने बताए ।

कार्यक्रममा उठेलका सवालहरुको सन्र्भमा उनले भने पत्रकारिताको स्तर सुधार्ने,श्रमको उचित मूल्यांकन,तालिम लगायत जति पनि पत्रकारिताको विषयमा सवालहरु उठेका छन् ती सबैलाइ मध्यनजरगरी संघ अगाडी बढने प्रतिबद्धता जनाएका थिए ।

अन्य संगठन भन्दा फरक तवरले हामी हिड्नेछौं भनी विश्वास दिलाउन चाहन्छौं । क्रियाशील सञ्चारकर्मीहरुलाइ संघमा आबद्ध हुन आहवान समेत गरेका छन् । अब छिट्टै रौतहटमा लोकतान्त्रिक पत्रकार संघले पूर्णता पाउने जानकारी समेत गराउनु भएको थियो । जसको लागि भव्य कार्यक्रम आयोजन गरि सार्वजनिक गरिने उनले बताए ।

सञ्चारकर्मी सागर संगम ठाकुरले सञ्चालन गरेको कार्यक्रममा संघको तर्फबाट गुडु यादवले स्वागत मन्तव्य राखेका थिए । सो अवसरमा जिल्लाभरीमा क्रियाशील दर्जनौं सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

बज्जिकाञ्चल संवाददाता, रौतहट ३० गते चैत । चन्द्रपुर
रौतहट सदरमुकाम गौरमा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयको निर्माणाधीन भवनको काम प्रभावित बनेको छ । गौर बाढी प्रभावित क्षेत्र भएका कारण आंशिक रूपमा ‘डिजाइन’ परिवर्तन भई काम हुँदा अन्तिम चरणमा आएर निर्माण कार्य नै प्रभावित भएको निर्माण कम्पनीले जनाएको छ ।
भवन निर्माण कम्पनी सिनर्जी राजदेवी भक्त जेभीका अरबिन्द जयसवालले परिवर्तित डिजाइनको भेरिएसन नहुँदा काम सम्पन्न गर्न नसकिएको बताउनुभयो । नयाँ डिजाइन पनि स्वीकृत भएको छैन । डिजाइन स्वीकृत नहुँदा भेरिएसन पनि नभएको, जयसवालले भन्नुभयो, “डिजाइन स्वीकृत तथा भेरिएसनका लागि पटक पटक ताकिता गर्दा पनि हुन सकेको छैन ।”
कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटका कोष नियन्त्रक देवीप्रसाद गौतमका अनुसार कार्यालयले आवश्यकता अनुसार डिजाइन आंशिक रूपमा संशोधन गरेर काम गराएको देखियो, महालेखा नियन्त्रक कार्यालयले परिवर्तित डिजाइन स्वीकृत गरी भेरिएसन नगरिदिँदा निर्माण कम्पनीले पाउनुपर्ने करिब ५० लाख रुपियाँ भुक्तानी रोकिएको छ । भुक्तानी रोकिएका कारण सम्पन्न गर्नुपर्ने काम निर्माण कम्पनीले गर्न मानेका छैनन् ।”
सकेसम्म भेरिएसन गर्नु नपर्ने गरी काम गरेको राम्रो भए पनि स्थानीय आवश्यकता अनुसार डिजाइन आंशिक रूपमा परिवर्तन गरेर काम गरिसकेकाले कानुनको परिधिभित्र रही यसलाई टुङ्गो लगाउनुपर्ने सघन सहरी तथा भवन निर्माण आयोजना पर्साका कार्यालय प्रमुख सञ्जीव साहले बताउनुभयो । भेरिएसन स्वीकृत गर्न बारम्बारको ताकितापछि महालेखा नियन्त्रक कार्यालयले पुल्चोक इन्जिनियरिङ क्याम्पसलाई कामको गुणस्तर जाँचलगायतको कुराका लागि राय माग गरेपछि क्याम्पसका डाक्टर प्रदीपकुमार श्रेष्ठले प्रतिवेदन दिए पनि परिवर्तित डिजाइन तथा भेरिएसन स्वीकृत गर्न कोही तयार भएको देखिएन ।
महालेखा नियन्त्रक कार्यालयका उपमहालेखा नियन्त्रक ओमप्रसाद रिजालका अनुसार डिजाइन परिवर्तन अगाडि स्वीकृत गराउन कोलेनिका रौतहटपछि परेकाले यस्तो समस्या आएको बताउनुभयो । स्वीकृत डिजाइनमा पाँचदेखि १५ प्रतिशतसम्म परिवर्तन देखिए महालेखा नियन्त्रक कार्यालयले डिजाइन तथा भेरिएसन स्वीकृत गर्ने कानुनी व्यवस्था छ । त्यही व्यवस्थाका कारण एक वर्षदेखि फाइल अड्किएको कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले जनाएको छ ।
पाँच करोड ९९ लाख रुपियाँको लागत अनुमानको टेन्डरमा तीन करोड ६३ लाख २४ हजार ८७२ रुपियाँमा ठेक्का सकार गरेको सिनर्जी राजदेवीभक्त जेभीले करिब ९० प्रतिशत कार्य सम्पन्न गरेको छ । भेरिएसन स्वीकृत नभएकै कारण ठेकेदारले १० प्रतिशत काम अड्काएको छ ।
निर्माण कम्पनीका जयसवालका अनुसार भवन फिनिसिङ, बत्ती, पानीको काम मात्र बाँकी रहेकाले भेरिएसन स्वीकृत भएको दुई महिनाभित्र काम सम्पन्न हुने बताउनुभयो । महालेखा नियन्त्रक डाक्टर गणेशप्रसाद पाण्डेका अनुसार निर्माण कम्पनीको म्याद तीन चोटि थप भइसकेको तथा आगामी वर्षमा यो भवन निर्माणका लागि बजेटसमेत नछुट्याइएकाले कानुनी प्रव्रिmया पूरा गरेर यसै आर्थिक वर्षमा भवन निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुभयो ।
सभार
गोरखापत्र
आरके श्रीवास्तव,राैतहट,२१ गते चैत ।
राैतहट । जनता समाजवादी पार्टी नेपाल राैतहटकाे जिल्ला अधिवेशन हुँदैछ । यसकाे लागि तिव्र रूपमा तयारी भइरहेको छ । आगामी चैत २६ र २७ गते जिल्लाकाे मध्य भाग गरूडा जिल्ला अधिवेशन हुन लागेकाे हाे ।
जसपा नेपाल राैतहटकाे पालिकाकाे अधिवेशन सकिए लगत्तै जिल्ला अधिवेशन गर्न लागेको हाे । जसमा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव सहभागी हुने जसपा नेपाल राैतहटका जिल्ला अध्यक्ष श्यामबिहारी यादवले जानकारी गराएका हुन् ।
पार्टीको निर्देशनअनुसार जिल्ला अधिवेशनको सबै तयारी पूरा भइसकेको उनले जनाएका हुन् । जसपा नेपाल राैतहटकाे अधिकांश वडा र पालिकाकाे अधिवेशन पूरा भएकाले चैत २६ गते उद्घाटन र चैत २७ गते नेतृत्व चयन गरिने अध्यक्ष यादवकाे भनाइ छ ।

अधिवेशनका लागि सबै वडा र पालिकाबाट प्रतिनीधि छान्ने काम भइसकेको र नामावली पनि आइसकेको उनले बताएका छन् । जसपा राैतहटमा सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्न निर्देशन आएकाे छ । त्यही अनुसार हामी गर्छाैं ।
यदि सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गर्ने निर्देशन भएको छ । जिल्लाकाे पालिकाहरूबाट करिब ३ सय ५० भन्दा बढी प्रतिनिधि सहभागीता रहने उनले बताएका छन् ।
चन्दन यादव, रौतहट २१ गते चैत ।
रौतहटमा भन्सार छली गरी ल्याउँदै गरेको सामानहरु प्रहरीले बरामद गरेको हो । २०८१ चैत १९ गते करीब ७ बजेको समयमा कार्यालय तथा मातहत समेतबाट संयुक्त रुपमा खटिएको प्रहरी चेकिङ्ग टोलीले जिल्ला रौतहट गौर नगरपालिका वडा नम्बर ४ बसपार्क स्थितमा विभिन्न सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको गरेको अवस्थामा बरामद भएको प्रहरीले जनाए ।
अन्दाजी मुल्य रु. ९९ हजार ९ सय ६० ०रुपैया बराबरको बिभिन्न किसिमको किराना सर सामानहरु फेला परेको प्रहरीले जानकारी गराएका हुन् । उक्त सर सामानहरु अन्दाजी मूल्य रु. ७ लाख रुपैया बरावरको प्र २ ०३ ००१ ज १३१ नम्बरको पिकअप गाडी १ थानगरि जम्मा अन्दाजी मुल्य रु.७ लाख ९९ हजार ९ सय ६० रुपैया बराबरको रहेको प्रहरीले जनाएका हुन् ।
बिभिन्न किराना सर सामानहरु, पिकअप गाडी १ थान र चालक जिल्ला रौतहट कटहरीया नगरपालिका वडा नंम्बर ५ मा बस्ने अन्दाजी २२ वर्षको निरज कुमार साह समेत लाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी गौर भन्सार कार्यालयमा बुझाईएको प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायवउपरीक्षक दिपक कुमार रायले जानकारी गराएका हुन् ।
राजेन्द्र महतो सिरहा ।
जनता समाजवादी पार्टी नेपाल सखुवान्नकारकट्टी गाउँपालिकाको प्रथम अधिवेशन बाट नागेन्द्र कुमार यादव सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित भएका छ्न।
बुधबार सखुवानन्कारकट्टी गाउँपालिकामा सते लाल यादवको अध्यक्षतामा आयोजित गाउँअधिवनेशनलेअध्यक्षमा नागेन्द्र कुमार यादव, उपाध्यक्षमा यदुनन्दन यादव, प्रमोद कुमार यादव,सचिव राम कुमार मण्डल,उपसचिवद्धवय अजय कुमार दास, राम नारायण यादव र कोषाध्यक्ष सिला देवी राम सहित ३७ सदस्यी नयाँ कार्यसमिति चयन भएको मतदान अधिकृत भोगेन्द्र प्रसाद यादवले जानकारी दिए।
कार्यक्रममाजसपा नेपालका केन्द्रीय कार्यकारणी समिति सदस्य तथा मधेश प्रदेश सभा सदस्य राजु गुप्ता, जसपा नेपालका युवा नेता दिपेश कुमार यादव लगायत स्थानीय जसपा नेपालका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। नव निर्वाचित यादव यस अघि जसपा नेपालको गाउँ कमिटी उपाध्यक्ष तथा समाजवादी युवा संघको मधेश प्रदेश कमिटी सदस्य रहेका थिए ।
बज्जिकाञ्चल संवाददाता, रौतहट १९ गते चैत २०८१ ।
राैतहट । लोकतान्त्रिक पत्रकार संघको रौतहट जिल्ला संयोजकमा राजुकुमार श्रीवास्तवलाई मनोनयन गरिएको छ । संघको केन्द्रीय कार्य समितिले विधान अनुसार पत्रकार श्रीवास्तवलाई रौतहट संयोजकमा मनोनयन गरेको हो ।
बज्जिकाञ्चल मिडिया प्रालि.का प्रमुख तथा बज्जिकाञ्चल दैनिकको पनि प्रमुख हर्ताकर्ताको रुपमा कार्यरत श्रीवास्तव बज्जिका पत्रकार समाज नेपालका अध्यक्ष पनि हुन् । एक दशकभन्दा लामो समयदेखि पत्रकारिता पेसामा रहेका श्रीवास्तव एफएम रेडियो, अनलाइन तथा छापा पत्रकारिता गरी पत्रकारिताका सबै क्षेत्रमा क्रियाशील छन् ।

नेपाली र बज्जिका दुवै भाषाको पत्रकारिता गर्दै आएका श्रीवास्तव मधेश प्रदेशमा आफ्नो पहिचान बनाइसकेका छन् । ग्रामीण क्षेत्रमा रहेर स्थानीय तथा केन्द्रीय सञ्चार माध्यमसम्म पहुँच विस्तार गरेका श्रीवास्तवको नेतृत्वमा लोकतान्त्रिक पत्रकार संघले अलग्गै पहिचान बनाउने विश्वास गरिएको छ ।
संघका केन्द्रीय अध्यक्ष कामरेन्द्र वर्माले मंगलवार श्रीवास्तवलाई जिल्ला संयोजकमा मनोनयन गरिएको जानकारी गराएका छन् । देश, मधेश, पत्रकार र पार्टीको हितमा श्रीवास्तवको कार्यकाल उल्लेखनीय रहने विश्वास पनि संघले लिएको अध्यक्ष वर्माद्वारा हस्ताक्षरित मनोनयन पत्रमा उल्लेख गरिएको छ ।
बज्जिकाञ्चल संवाददाता, रौतहट १८ गते चैत २०८१ ।
सरकारले आज सोमबार (चैत १८ गते) सार्वजनिक विदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद)को अवसरमा सोमबार सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ । तसर्थ, यस दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।
अब सेयर बजार चैत १९ गते मंगलबार बिहान ११ बजेमात्र खुल्नेछ । बैंक–वित्तीय संस्था र सरकारी कार्यालयहरु पनि चैत १९ गते नै नियमित समयमा सञ्चालनमा आउनेछन् ।
बज्जिकाञ्चल संवाददाता, रौतहट १८ गते चैत २०८१ ।
पर्सामा इस्लाम धर्मावलम्बीहरुले ईद–उल–फित्र (ईद) सामाजिक सद्भाव कायम राख्दै मनाएका छन् । इस्लाम समुदायले पर्सामा रहेका ईदगाह तथा मस्जिदमा नमाज (प्रार्थना) गर्दै ईद पर्व हर्षाैल्लाससहित मनाएका हुन् ।
वीरगञ्ज महानगरपालिका–२ स्थित ईदगाहचोकमा हजारौँ सङ्ख्यामा मुस्लिम समुदायले एकापसमा खुसी साटासाट गरेर ईद मनाएका छन् । वीरगञ्जका हिन्दू समुदायका धर्मावलम्बीले रमजानको अवसरमा इस्लाम समुदायका व्यक्तिलाई ‘इफ्तार’को आयोजना गरेर शुभकामना आदानप्रदान गर्दै आएका छन् । यसले यहाँका समुदायबीच धार्मिक सहिष्णुता र भ्रातृत्वको विकास गराउँदै आइरहेको छ ।
वीरगञ्ज महानगरपालिका उपप्रमुख इम्तियाज आलमले हिन्दू र मुस्लिम समुदाय पुर्खाैँदेखि सद्भाव र सहिष्णुता कायम राख्दै आएका बताउनुभयो । “सदियौँदेखि हिन्दू र मुस्लिम समुदायले एकअर्काको चाडपर्वमा सामेल हँुदै आएका छौँ”, उहाँले भन्नुभयो, “यसले सामाजिक सद्भाव र एकता कायम राख्न मद्दत पु¥याउँदै आएको छ ।”
वीरगञ्ज–२ छपकैयाँका नावाफ मियाँ सिद्धिकीले चाडपर्वलाई सामाजिक सद्भाव र भ्रातृत्व कायम गर्ने माध्यमका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो । “वीरगञ्जमा सबै धर्मावलम्बी एकापसमा सद्भाव कायम गरेर बसोबास गर्दै आएका छन्”, उहाँले भन्नुभयो ।
वीरगञ्जका मस्जिद तथा ईदगाहमा बालकदेखि ज्येष्ठ नागरिक उपस्थित भएका छन् । “हामी ईदको अवसरमा एक महिनासम्म भोकै बसेर रोजा ‘व्रत’ बस्यौँ । नमाज पढेर रोजा तोडेका छौँ”, मुस्लिम समुदायका अगुवा मन्सुर अहम्मदले भन्नुभयो, “आज हामीले घरमा इष्टमित्र बोलाएर सेबई र अरु मीठो परिकार खाने र खुवाउने परम्परा छ ।”
ईदका दिन मुस्लिम समुदायका बर्तालु बिहानै मस्जिद र ईदगाहमा पुगी सामूहिक नमाज पढेर आफू तथा आफ्नो परिवारको तर्फबाट भएको गल्तीको क्षमायाचना गर्दै अल्लाह (भगवान)सँग आशीर्वाद लिने गर्दछन् । वीरगञ्जमा ईदगाहचोक, छपकैया, मुली, नगवा, नयकाटोलालगायत स्थानमा पुगी नमाज पढेर दुवाअर्थात् आशीर्वाद मागेको दृश्य देखिन्थ्यो । नमाज पढेर सकेपछि मुस्लिम समुदायले एकापसमा अङ्कमाल गर्दै ईदको शुभकामना साटासाट गरेका छन् ।
सभार वर्णन मिडिया
चन्दन यादव, रौतहट, १४ गते चैत ।
एस.ई.ई. अपडेट : दुई दिनमा रौतहटबाट जम्मा ६५१ मोबाईल र एक जना मानिस नियन्त्रणमा रहेको प्रहरीले बताएका हुन् । अहिले एस.ई.ई. को बेर रौतहटमा एउटा बेग्लै रवैया चलिरहेको देखन सकिन्छ । आज २०८१ चैत १४ गते ८ बजे देखी संचालन भएको एस.ई.ई. परिक्षामा रौतहटको विभिन्न परिक्षा केन्द्रहरुमा टन्नै मोबाईलहरु बरामद भएको प्रहरीले जनाएको हो ।
चिट चोर्ने प्रयोजनको लागि प्रशिक्षार्थीहरुले आफ्नो शरिरमा मोबाईल लुकाई छिपाई परिक्षा हल भित्र प्रवेश गरेको चेकजाँचको क्रममा मोबाईल ३ सय ४१ थान, स्मार्ट वाच ७ थान नियन्त्रमा लिइएको प्रहरीले जनाए । यत्रो संख्यामा रौतहटको परिक्षा केन्द्रहरुबाट मोबाईल नियन्त्रमा आउनु कहि न कहि यसमा सम्बन्धित शिक्षकहरु तथा कार्यालय सहयोगीहरु पनि संलग्न रहेको बुझ्न सकिन्छ ।
जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ स्थितमा रहेको श्री शुभलाल मा.वि. सन्तपुर परिक्षा केन्द्रको बाहिरबाट हवास्टएपको प्रयोग गरी अनलाईन मार्फत चिट चोर्न मद्दत गर्ने कार्यमा संलग्न रहेका १ जना मानिसलाई समेत नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेकाे प्रहरी द्वारा प्रकाशित सुचनामा उल्लेख रहेको छ ।
त्यस्तै हिजो अर्थात् १३ गते जिल्लाको विभिन्न केन्द्रहरुमा चिट चोर्न प्रयोजनको लागि परिक्षार्थीहरुले आफ्नो शरिरमा मोबाईल लुकाई छिपाई परिक्षा हल भित्र प्रवेश गरेको पाइएकोमा चेकजाँचको क्रममा मोबाईल ३ सय १० थान, स्मार्ट वाच २ थान र परिक्षा निरीक्षकको रुपमा खटी परिक्षा हलभित्र मोबाईल पास गराई परिक्षाको मर्यादा भंग गर्ने १ जना परिक्षा निरीक्षक लाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य भई रहेको प्रहरी नायब उपरीक्षक प्रवक्ता तथा सूचना अधिकारी दिपक कुमार रायले जनाएका हुन् ।
आरके श्रीवास्तव,रौतहट,१० गते चैत ।
आज चैत १० गते रौतहटको साहित्य इतिहासमा आजदेखी नयाँ दिनको सुरुआत भएको छ । देवकोटा पदार्पण दिवस मनाइएको छ । महाकवी लक्ष्मीप्रसाद देवकोटाको रौतहट आगमनको अवसरमा यो दिवस मनाउन प्रारम्भ गरिएको हो ।
सम्भवतः रौतहटबाट नै पदार्पण दिवसको थालनी भएको हो । आजकै दिन देवकोटा रौतहटमा आएको समझना पारेर यो दिवस मनाउने नयाँ परम्पराको अभ्यास सुरु भएको हो ।
आइतवार किसान आन्दोलनको ऐतिहासिक ठाउँ जिल्लाको मध्यभाग गरुडा नगरपालिका वडा नम्बर ५ स्थित महम्दपुरमा रहेको गोपाल सेवा समितिको प्रांगणमा देवकोटा पदार्पण दिवस मनाउन जिल्लाका साहित्यकारहरु भेला भएका थिए ।
कार्यक्रमका इतिहासका जानकार सञ्जय साह मित्रले महाकवि देवकोटा रौतहट सदरमुकाम गौर स्थित कलाकुञ्ज पुस्तकालयले २०१० चैत १० गते आयोजना गरेको साहित्यिक समारोहमा सहभागी भएको जानकारी गराएका थिए ।

सो पुस्तकालय तत्कालीन शारदा पुस्तकालयको रुपमा पनि चिनिन्थ्यो । उनले भने—देवकोटालाई प्रगतिशील साहित्यकार श्यामप्रसाद शर्माले गौर पु¥याएर वीरगंजसम्म लगेको पनि बताए ।
त्यो बेला महाकवि देवकोटाको हस्ताक्षर लामो समयसम्म पुस्तकालयमा सुरक्षित रहेको बताइएको थियो । अहिले पनि देवकोटाको हस्ताक्षरलाई पुस्तकालयले सुरक्षित राखेको जानकारी पुस्तकालय स्रोतबाट प्राप्त भएको साहित्यकार बिन्दा साहनीले जानकारी गराएका छन् ।
कार्यक्रममा मन्तव्य राख्दै साहनीले देवकोटालाई साहित्यको ब्रह्माण्डसित तुलना गर्दै देवकोटाको रौतहट आगमन भएको दिवसलाई ‘देवकोटा पदार्पण दिवस’को रुपमा मनाउन पाउँदा उनको व्यक्तित्व र कृतित्वबाट नयाँ पुस्ता लाभान्वित हुने विश्वास लिएको बताएका छन् । साहनीले यस किसिमको कार्यक्रम कलाकुञ्ज पुस्तकालयमै मनाउन पाए अझ राम्रो हुने बताउँदै परिस्थिति मिलेसम्म आगामी वर्ष अझ भव्यरुपमा मनाइने बताएका छन् ।
महाकवि देवकोटा र रौतहटको साहित्यसित उनको नाताको विषयमा व्यापक खोजतलास हुन बाँकी रहेको बताउँदै एउटा राम्रो सुरुआत भएको कार्यक्रमका परिकल्पनाकार सञ्जय साह मित्रले जनाएका छन् । देवकोटाबारे अध्ययनको नयाँ आयाम विस्तार भएको बताउँदै मित्रले देवकोटा रौतहट आएको ७१ वर्षमा सम्झना गर्नु पनि नयाँ सुरुआत भएको बताएका छन् ।
बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्णले देवकोटा जहाँ जहाँ पुगेका छन् र जहाँ जहाँ बास बसेका छन्, ती सबै ठाउँमा यसरी गर्व गरेर कार्यक्रम आयोजन गर्न सकिने बताएका छन् । देवकोटाजस्तो विराट व्यक्तित्बारे नयाँ पुस्तालाई जान्ने नयाँ किसिमको कार्यक्रम भएको श्रीकृष्णले बताएका छन् ।
कार्यक्रममा साहित्यकार तथा प्रअ रामअधार पासवान, विपिनबिहारी सिंह, पत्रकार तथा लेखक राजुकुमार श्रीवास्तव, पत्रकार चन्दन यादव, नवसर्जक साहित्य चौतारी नेपालकी रौतहट उपाध्यक्ष रोशनी यादव, रामप्रसाद साह लगायतले मन्तव्य राख्दै देवकोटाबारे नयाँ किसिमले कार्यक्रमको सुरुवातले नयाँ पुस्ता लाभान्वित हुने र आफ्नो क्षेत्रको महत्वबारे बुझ्न पाउने विचार व्यक्त गरेका छन् ।
काठमाडौं ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारको अनावश्यक र मनोमानी कर आतंकले मुलुकको अर्थतन्त्र धरासायी बन्दै गईरहेको टिप्पणी गरेका छन् ।
‘दलाल एवं लुटकारी दलतन्त्र तथा भ्रष्टाचारको बिरोध गरौं, चैत २४ गतेको आन्दोलनमा सहभागि बनौं’ भन्ने मुल नारा सहित आजपा निकटको आम सम्पर्क मञ्चको आज कोटेश्वर, काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले सरकारको अनावश्यक एवं मनोमानी कर आतंक रोक्न आन्दोलनको बिकल्प नभएको बताए ।
‘अहिलेको व्यवस्थाले तीनै तहका सरकारलाई कानून बनाउने र कर उठाउँने अधिकार दिएको छ । सरकारपिच्छे सरकारको अनावश्यक र मनोमानी कर उठाउने प्रतिस्पर्धा चलेको छ । त्यसैले हामीले भनिरहेका छौं, सरकारको अनावश्यक र मनोमानी कर आतंक रोक्न यो व्यवस्था नै खारेज गर्नुपर्छ । त्यसका लागि हामी सडकमा आउँनै पर्छ, आन्दोलन गर्नैपर्छ, आन्दोलनको विकल्प हामीसंग छैन्’, आजपा अध्यक्ष साहले भने ।
जनतासंग कर लिने तर रिटर्नी नदिने सरकारलाई दण्डित गर्नुपर्ने उनले बताए । करको नाममा जनतासंग सरकारले लुट मचाइरहेको भए पनि जनतालाई त्यसको रिटर्नी केही पनि नदिने सरकार के कामका लागि भन्दै साहले प्रश्न उठाएका छन् । राज्यको ढुकुटी सिध्याएर नेपाली जनतामाथि विदेशी ऋणको भारी बोकाउने वर्तमान सरकार फाल्नुको विकल्प नभएको उनले बताए ।
उनले सरकार र संविधान दुवै असफल भईसकेकाले नागरिकको सर्वोच्चता सहितको व्यवस्थाका लागि पार्टीद्धारा घोषित तेस्रो जनआन्दोलन सफल बनाउन आह्वान गरे । गतबर्ष नै तेस्रो जनआन्दोलनको आह्वान गरेका साहले वर्तमान संविधान र सरकारकै कारण अहिले मुलुकमा संकट आएको टिप्पणी गर्दै अहिलेको व्यवस्थाको खारेजीका लागि तेस्रो जनआन्दोलन आवश्यक रहेको बताए ।
आउँदो २४ मा आजपाले काठमाडौंमा खबरदारी सभाका साथै बिरोध प्रदर्शन गर्दैछ । त्यसैको पूर्वसन्ध्यामा बसेको बैठकले व्यापक जनसहभागिता जुटाउने निर्णय समेत गरेको छ ।
२४ चैतमा जनआन्दोलन दिवशकै दिन भ्रष्टाचार बिरुद्ध खबरदारी सभा र विशेष प्रदर्शन गर्न लागेको आजपाले सरकारको मनोमानी कर आतंक, भ्रष्टाचार, अनियमितता बिरुद्ध संघर्ष गर्दै आएको छ । गत बर्ष २४ चैतकै दिन आजपा अध्यक्ष साहले काठमाडौंको भृकुटी मण्डपबाट दलाल दलतन्त्रको बिरुद्ध तेस्रो जनआन्दोलनको घोषणा गरेका थिए ।
बैठकमा आजपा वरिष्ठ उपाध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगर, उपाध्यक्ष विल्टु यादव, महासचिव त्रिभुवन साह अमर, सचिवद्धय देवी पण्डित, नारायण पाण्डे, नेताहरु किशोरी साह, श्रीनारायण साह, उपेन्द्र साह, रन्जु साह, देव कुमारी, मिनादेवी साह, लखिन्द्रकुमार साह लगायतको विशेष सहभागिता रहेको थियो ।
रूपेन्द्र पटेल,रौतहट, ८ चैत ।
मधेस प्रदेशका अधिकांश स्थानीय तहहरूमा प्रमुख प्रशासकीय अधिकृतहरूको निरन्तरता सुनिश्चित गर्न चुनौती देखिँदै आएको छ। धेरैजसो प्रशासनिक अधिकृतहरू लामो समयसम्म एकै स्थानमा टिक्न नसक्दा विकास योजना प्रभावित हुने प्रवृत्ति छ।
तर, वृन्दावन नगरपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार उपसचिव खिम बहादुर भुजेलले प्रमुख प्रशासकीय अधिकृतका रूपमा दुई वर्षदेखि निरन्तर नेतृत्व गर्दै आएका छन्। स्थानीय प्रशासनिक स्थायित्वले नगरपालिकाको विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाएको नगर प्रमुख बिनोदप्रसाद कुर्मी बताउँछन् ।
नगरपालिकाले भुजेलको नेतृत्वमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, सफाइ, र डिजिटल प्रशासनका क्षेत्रमा उल्लेखनीय सुधार गरेको छ। स्थानीय नागरिकहरू भन्छन्, “प्रशासनिक स्थिरताले योजनाहरू दीर्घकालीन रूपमा कार्यान्वयन गर्न मद्दत पुऱ्याएको छ ।” नगर प्रमुख कुर्मी भन्छन्, “नगरको दिगो विकासका लागि निरन्तर नेतृत्व आवश्यक छ। प्रमुख प्रशासकीय अधिकृत भुजेलकै कार्यकालमा वृन्दावनले समृद्धिको यात्रा अघि बढाएको छ ।”
नगरपालिकाले आगामी दिनमा पनि भुजेलको अनुभव र व्यवस्थापन क्षमताको लाभ उठाउँदै थप योजनाहरूलाई सुदृढ गर्ने लक्ष्य राखेको छ। कुर्मीले संघीय सरकारसँग प्रशासनिक स्थायित्वको नीति निरन्तरता दिन आग्रह गरेका छन् ।
चन्दन यादव, रौतहट, ०८ गते चैत ।
रौतहट । रौतहटमा एस.ई.ई. परिक्षाकमा चिट चोर्न प्रयोजनका ल्याइएको ३४० थान मोबाईल नियन्त्रमा लिइएको प्रहरीले बताएको हो । बिहान ८ बजे देखि संचालन भएको एस.ई.ई. परिक्षामा विभिन्न परिक्षा केन्द्रमा चिट चोर्न प्रयोजनको लागि परिक्षार्थीहरुले आफ्नो शरिरमा मोबाईल तथा अन्य ईलेक्ट्रोनिक ग्याजेटलुकाई छिपाई परिक्षा हल भित्र प्रवेश गरेको चेकजाँचको क्रममा ३ सय ४० थान मोबाईल र स्मार्ट वाच २ थान बरामद गरी नियन्त्रणमा लिई अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाकारी गराएको हो ।
परिक्षा हलभित्र गार्डको रुपमा खटि आफ्नो जिम्मेवारी ठिकसंग निर्वाह नगरेको २ जना गार्डहरुलाई एस.ई.ई. परिक्षा अवधीसम्मको लागी रेस्ट्रिगेट गरिएको प्रहरीले निकालेको विज्ञप्तीमा उल्लेख रहेको छ ।
प्रहरी नायब उपरीक्षक प्रवक्ता तथा सूचना अधिकारी दिपक कुमार रायले दिएको जानकारी अनुसार एस.ई.ई. परिक्षाको शुरुको दिन नै ४ सय २४ वटा मोबाईल नियन्त्रमा लिईएको बताएका हुन् । एस.ई.ई. परिक्षा मर्यादित तरिकाले निर्वाह गर्न तथा मधेशको शिक्षालाइ सुधार्नको लागी निष्पक्ष तरिकाले गर्न गराउन प्रहरी नायब उपरीक्षक रायले आग्रह समेत गरेका हुन् ।
चन्दन यादव,कटहरिया, ०८ गते चैत ।
रौतहट जिल्लाको कटहरियामा एसइइ पास गराइदिन्छु भनेर ट्युसन पढाउने केही शिक्षकले विधार्थीसंग रकम असुली गरेको पाइएको हो । ट्युसनको नाममा विधार्थीहरु संग एक वर्ष देखी सेटिंग मिलाउदै आइरहेको तथा अहिले एस.ई.ई.को बेलामा १ हजारको दरले रुपैंया असुली गरेको एक जना विधार्थीहरुले नाम नबताउने सर्तमा हामीलाइ जानकारी दिएका छन् । ती बिधार्थीले शिक्षकको नाम पनि सार्वजनिक गर्न चाहेका छैन्न् ।
ट्युसन पढाउने शिक्षकले सम्बन्धित परिक्षा केन्द्रको कार्यालय सहयोगीलाइ रुपैंया दिएर सेटिंग गरेको पाइएको छ । कार्यालय सहयोगीले ट्युसन पढाउने शिक्षकले बताइएको विधार्थीको अनुहार हेरी सिधै गेट प्रवेश गराइरहेको समेत प्रत्यक्षदर्शीले बताएका छन् । सेटिंगमा संलगन नरहेको विधार्थीहरुको चिट तथा परिक्षाको नियम भंग गर्ने उदेश्यले मोबाइल फोन तथा त्यस्ता उपकरणहरु नजाओस भनेर चेकिंगको क्रममा ती विधार्थीहरुलाइ खोदयाइ खोदयाइ चेक गर्ने तथा सेटिंगमा संलग्न रहेको विधार्थीहरुलाइ नाम बराबर मात्र चेक गर्ने गरेको पाइएको हो ।
चिट चोरी गराउनेमा ट्युसन पढाउने शिक्षक र कार्यालय सहयोगी प्रमुख भुमिका रहेको तथा त्यसमा केही सम्बन्धित केन्द्रको शिक्षकहरु पनि संलगन रहेको पाइएको हो । ट्युसनमा पढने सम्पुर्ण विधार्थीसंग १ हजार रुपैयाँको दरले हरेक वर्ष असुली गर्दै आइरहेको समेत ट्युसन माफियाहरुको राज बाहिरिएको हो । आफुलाइ शिक्षक बताउने ती शिक्षकहरु विधार्थीको जिवनसंग खुलेआम खेलवाड गरिरहेको कुरा सम्बन्धित निकायलाइ यस समाचारको माध्यम बाट जाहेर गरिएको छ ।
मधेशको शिक्षा यिनीहरु जस्ता शिक्षकले गर्दा बिग्रीएको हो भन्दा पनि गलत हुदैन् । जब सम्म यस्ता शिक्षकहरुको गोप्य सेटिंग बाहिर नियन्त्रण्मा आउँदैन तब सम्म रौतहटको शिक्षामा सुधार नआउने निश्चित छ । निष्पक्ष तरिकाले एस.इ.इ. परिक्षा जब सम्म मधेशमा हुदैन तब् सम्म तराई मधेशको शिक्षामा सुधार आउँदैन, त्यस्ता शिक्षकहरुलाइ पहिचान गरी कार्यवाहिको दायरामा ल्याइ सेटिंगहरु बन्द होस भने माग गरिएको छ ।
चन्दन यादव,कटहरिया, ०३ गते चैत ।
युवा खेलाडीहरूलाई हौसला बढाउन र वडाको नाम उच्चस्तरीय स्थानमा पुर्याउन खेल सामाग्री हस्तान्तरण खेलाडीहरूलाइ गरिएको हो । जसपा नेपालका युवा बिधार्थी तथा खेलकुद विभागका सदस्य एवं बौधिमाई नगरपालिका वडा नम्बर ५ कोपवाका वडा अध्यक्ष प्रत्यासी युवा नेता विवेक कुमार यादवले खेलाडीहरुको हौसला बढाउन र वडाको नाम उच्च स्थानमा पु¥याउने हिसाबले सो सामाग्रीहरु दिएका हुन् ।
अहिलेको युगका युवाहरुले बढि क्रिकेट खेलमा धेरै भन्दा धेरै रुचि राखिरहेकोले वडा अध्यक्ष प्रत्यासी युवा नेता यादवले मुल्यांकन गर्दै खेलको वातावरण बनाउने उदेश्यले हस्तान्तरण गरेका हुन् ।
क्रिकेट खेललाई विश्व भरि रूचाउने र आक्रशित गर्ने वातावरण भइसकेकोले युवा वर्गहरू पनि क्रिकेटमै केही राम्रो गरौँ भनेर क्रिकेट खेललाई मुख्य खेलको रूपमा खेल्दै आइरहेको यादवले बताएको हो । आफनो वडाको खेलाडीहरुले आफनो वडाको लागी केहि राम्रो गरोस भनेर साथ सहयोग गरी आगाडी बढाइरहेको यादवको भनाई रहेको थियो ।
चन्दन यादव,कटहरिया, ०३ गते चैत ।
रौतहटको यमुनामाई गाँउपालिकामा कर्मचारीको असामयिक निधन भएपछि पालिकाभरी शोक बिदा दिइएको छ । गाँउपालिकाले आज एउटा सुचना जारी गर्दै सहायकस्तर पाचौँ (नायब सुब्बा) हृदय नारायण यादवको असामयिक निधन भएकोले आज शोक विदा दिएको हो ।
२०८१ चैत १ गते शुक्रवार होली पर्वका दिन असामयिक रुपामा स्वर्गारोहण भएकोले निज दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनप्रति यमुनामाई गाँउपालिका गहिरो सम्वेदना प्रकट गरेको सुचना मार्फत जनाएको छ ।

गाँउपालिकाका अध्यक्ष महमद सउद द्वारा जारी सूचनामा यादवको निधनमा गहिरो दुःख व्यक्त गर्दै यमुनामाई गाँउपालिकामा आज गाउँपालिका र यस गाउँपालिका कार्यालयको मातहतको विधालय बाहेक वडा कार्यालय, स्वास्थ्य संस्था लगायत सम्पुर्ण कार्यालयहरु पुर्ण रुपमा बन्द रहने प्रकाशित सुचना बाट जानकारी गराइएको छ ।
साथै कार्यालय बन्दको कारण सेवाग्राहीमा पर्न जाने असुविधा प्रति यमुनामाई गाँउपालिका क्षमा याचना समेत गरेको छ ।
चन्दन यादव,कटहरिया,०३ गते चैत २०८१ ।
कटहरिया । रौतहटमा दिन प्रति दिन भन्सार छलीको सर(समानहरु बरामद भइरहेको छ । अहिले प्रहरीको सक्रियता बढेसँगै तस्करहरुको पनि सक्रियता बढेको देखन सकिन्छ । त्यस्तै २०८१ चैत २ गते शनिवारका दिन जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले अबैध समानहरु बरामद गरेको प्रहरीले जनाएको हो ।

जिल्लाको गौर नगरपालिका वडा नम्बर ३ स्थित विभिन्न सवारी साधनहरुलाई रोकी चेकजाँच गर्ने क्रममा अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अन्दाजी मुल्य रु. ४५ हजार २ सय बराबरको किराना समानहरु बारमद भएको प्रहरीले निकालेको विज्ञप्तीमा उलेख रहेको छ ।

त्यस्तै अन्दाजी मुल्य रु. १ लाख ३ हजार बराबरको २ थान मोटरसाईकल बरामद भएको प्रहरीले जनाएको हो । यसैगरी किराना समानहरु तथा मोटरसाइकल लगायतको अन्दाजी मुल्य रु. १ लाख ४८ हजार २ सय रहेको प्रहरीले जानकारी गराएको हो ।

बरामद भएको विभिन्न माल समान तथा सवारी साधनलाइ नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले जानकारी गराएका हुन् ।
राकेश दास, रौतहट, चैत ०२ गते २०८१ ।
रौतहटमा अबैध रक्सी सहित मानिस पक्राउ परेको छ । बिहिवारका दिन जिल्ला प्रहरी कार्यालय रौतहट कार्यालय तथा मातहत इलाका प्रहरी कार्यालय राजपुर रौतहटबाट गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले जिल्ला रौतहट ईशनाथ नगरपालिका वडा नंम्बर ५ जयनगर स्थित सिमा क्षेत्रमा नेपालबाट अबैध रुपमा चोरी निकासी गरी भारत तर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ परेको प्रहरी ले जनाएको छ ।
सो समानहरु अंदाजि मुल्य रु. १८ हजार २ सय रुपैया बराबरको रक्सी फेला परेको हो । सर–सामानहरु अंदाजि मूल्य रु. १ लाख रुपैया बरावरको बिआर ०५ डि ४३३१ र बिआर ०५ डि ३३११ नम्बरको मोटरसाईकल २ थान रहेको प्रेस बिज्ञप्तीमा उलेख रहेको छ ।
पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला पुर्वी चम्पारण भसेडवा वडा नम्बर १९ बस्ने दरेश यादवको छोरा अंदाजि २० बर्ष को संतोष यादव पक्राउ परेको हो । उक्त समानहरु र मोटरसाईकल गरि जम्मा अंदाजि मुल्य रु. १ लाख १८ हजार दुई सय बराबरको सर–सामानहरु तथा
भारत बिहार राज्य जिल्ला पुर्वी चम्पारण भसेडवा बस्ने दरेश यादवको छोरा संतोष यादव समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी दिपक कुमार राय बताएका हुन् ।




बज्जिकाञ्चल संवाददाता,राैतहट,२४ गते फागुन ।
रौतहट । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं रौतहट जिल्ला अध्यक्ष लिलाप्रसाद साह तेलीसहित ६५ जना कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन्। रौतहटको माधव नाराण नगरपालिका ६ माधोपुरमा आयोजित कार्यक्रममा उनीहरु प्रवेश गरेका हुन्।
जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराउनुभएको हो। नप्रवेशी तेली माधव नारायन नगरपालिकामा स्थापित नेता हुनुहुन्छ। गत स्थानीय तह निर्वाचनमा उहाँ यो नगरपालिकाको मेयरमा ३३३२ मतसहित दोस्रो हुनुभएको थियो।
नवप्रवेशी तेलीले काङ्ग्रेस एमाले पहिचान बिरोधी भएको र मधेसवादी दलहरु अवसरवादमा फसेर फुट र विभाजनमा लागेकाले मधेसको अधिकार रक्षा माओवादीबाट हुने देखेर आफूहरु पार्टी प्रवेश गरेको बताउनु भयो।
चन्दन यादव,रौतहट,२४ गते फागुन ।
रौतहट । नेपाली काँग्रेस र एमालेको अहिलेको वर्तमान सरकारले उल्टोउल्टो गर्दै हिडेको पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन ।
जनतासँग माओवादीः तराई मधेश जागरण अभियान’ अन्तर्गत आज बिहान रौतहटको मध्य भाग गरुडामा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले विनासकाले विपरित बुद्धि झैं सरकारले लोडसेटिंग अन्तय गरेका नेपाल विधुत प्राधिकरणका प्रमुख कुलमान घिसिंङलाइ हटाउने निर्णय गलत रहेको बताए ।
देशमा फेरि राजा फर्किन्छ कि भन्ने पत्रकारको प्रश्नको जवाफमा उनले देशमा फेरि राजा फर्किन असम्भव रहेको बताए ।
‘नेपाली जनताले त्यति बेला उनलाई कारबाही गर्नुको सट्टा आरामसँग बस्न दिएको हो’ प्रचण्डले भने, ‘त्यो बेलाको हाम्रो उदारतालाई कमजोरी सम्झेर जबरजस्ती गर्न खोजे भने नेपाली जनताले त्यो सहँदैनन् ।’
माओवादि अध्यक्ष्। प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्न मन लागेको भए पार्टी खोलेर चुनाव लड्न र चुनाव जितेर काम गर्न चुनौती समेत दिए ।
तराई–मधेश जागरण कार्यक्रमअन्तर्गत अध्यक्ष प्रचण्ड शुक्रबार राति रौतहट आएका हुन् । आज उनको रौतहटका विभिन्न पालिकाहरुमा भेटघाट तथा परोहा नगरपालिकाको लौकाहामा आयोजित वृहत् जन सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
उमेश कुमार साह,सप्तरी,२३ गते फागुन ।
सप्तरी प्रहरी नागरिकता सम्बन्धी कसुर र ठगीमा दुईजनालाई पक्राउ गरेका छन् । अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर बैंकमा खाता खोल्ने राजविराज ५ बस्ने २८ बर्षका अभिषेक यादव र २० बर्षका अरुण कुमार यादव पक्रउ गरि सार्वजनिक गरेका छन् ।
असार २०८० मा एक जनाको हराएको नागरिकतामा अभिषेकले अरूणको फोटो टाँसी विराटनगरस्थित सिटिजन्स बैंकमा खाता खोलेका थिए । बैंकमा खाता खोली अन्य व्यक्तिहरूबाट लाखौंको रकम ठगी गरिरहेको पाइएको अवस्थामा दुबैलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका थिए । पक्राउ परेकालाई जिल्ला अदालतबाट म्याद थप गरि अन्य अनुसन्धान गरिरहेको जनाएको छ ।
आरके श्रीवास्तव,रौतहट,२३ गते फागुन ।
रौतहटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्वागत गरिएको छ । तराई–मधेश अभियानका क्रममा रौतहट पुगेका प्रचण्डलाई सर्लाही बाट रौतहट प्रवेश गर्ने सिंगारमन धर्मपुरमा माओवादी नेता कार्यकर्ताहरूले भवय रुपमा स्वागत गरेका हुन् ।
नेकपा माओवादी केन्द्रको तर्फबाट मधेश प्रदेश सांसद युवराज भट्टराइ,नेता विन्देश्वर यादव,अशोक जयसवाल,पूर्व सांसद देवेन्द्र पटेल,पूर्व राजयमन्त्री सत्यनारायण भगत,कटहरियाका मेयर प्रत्यासी नसरूदिन अन्सारी,अनेरास्ववियु नेता रामआधार यादव लगायत नेता कार्यकर्ताहरूले स्वागत गरेका हुन् ।
प्रचण्ड सहित माओवादीका नेताहरु सम्मीलित अभियान टिमले रौतहटको बख्री धर्मपुर स्थित जनयुद्धको क्रमममा १७ जना माओवादी नेता कार्यकर्तालाई राज्य पक्ष नेपाली सेनाले घेरा हालेर हत्या गरी एकै ठाउँमा गाडिदिएका थिए साही ठाउँमा पुगी अध्यक्ष प्रचण्डले सहिदहरूप्रति श्रद्धाञ्जली समेत अर्पण गर्नु भएको छ । हुलाकी मार्ग केन्द्रित अभियान सञ्चालन गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मधेस प्रदेशको सप्तरी,सिरहा, सर्लाही हुँदै प्रचण्ड आज रौतहट आईपुगेका हुन् ।
शनिबार जिल्लाको परोहा नगरपालिकाको लौकाहामा हुने वृहत् जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी नेता मेयर प्रत्यासी अन्सारीले जानकारी गराएका हुन् । जनसभाको लागि सम्पूर्ण तयारी पुरा भएको उनले जनाएका हुन् ।
उमेश कुमार साह,सप्तरी,१७ गते फागुन ।
सप्तरी । सप्तरीबाट लागू औषध सहित दुई युवा लाई प्रहरीले पक्राउ गरेका छ्न।
पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका – ९ सयपत्री टोल बस्ने बर्ष २१ का चुडामणि राय माझी र सोही ठाउँ बस्ने बर्ष २० का सुमन परियार रहेका छ्न।
प्रहरी चौकी मौवाहा मल्हनियाका प्रहरी सहायक निरीक्षक हेमन्त तामाङको कमान्डमा खटिएको प्रहरी टोलि ले बलान बिहुल गाउँपालिका- १ बलान खोला बाट भारत को लौकहा ठाडी बाट पैदल आउदै गरेको राय र परियारलाई चेक जाँच गर्दा निजको साथ बाट फेनारगन -९७ पिस ,डाइजेपान -९७ पिस ,आइ पि पि एल -९७ पिस गरि जम्मा -२९१ पिस र नाइट्रोभेट -१५ पिस फेला परेको हुदा दुबै जना लाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
पकाउ परेका दुबै जनालाई आबश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरी पठाएको प्रहरी चौकी मौवाहा मल्हनियाले जनाएको छ।
बज्जिकाञ्चल संवाददाता, रौतहट १३ गते फागुन २०८१ ।
रौतहटको मौलापुर नगरपालिकाको पतौराधाम स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरमा आयोजित मधानी महायज्ञको आज विशेष पुजा सम्पन्न भएको छ । मधानी महायज्ञको आज तेस्रो दिन विशेष पुजा भएको हो ।

मौलापुर नगरपालिकाको आयोजना भईरहेको मधानी महायज्ञ पाँच दिनसम्म चल्नेछ । तेस्रो दिन बिभिन्न शिवमण्डलीका बीच नै कडा प्रतिस्पर्धा भएको छ । मधानी महोत्सव हेर्नेको भिड लागेको छ । नेपाल र भारतका दर्शनार्थीहरु पतौराधाममा मधानी महायज्ञ हेर्न आएका छन् ।
‘मधानी महायज्ञको आज तेस्रो दिन हो । विशेष पुजा गर्दै सम्पन्न भएको छ । बुधबार विशेष सांस्कृतिक कार्यक्रम र बिहिबार प्राचिन खेल दंगसंगै सम्पन्न हुन्छ । मधानी महायज्ञमा नेपाल सहित भारतका दर्शनार्थीहरुको भिड लागेको छ । यसले दुबै देशको सम्बन्ध अझै बलियो बनाउँने विश्वास छ । मधानी महायज्ञ नेपाल–भारत सम्बन्धको सेतु बनेको छ’, मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले भनिन् ।

प्रत्येक बर्ष भगवान शिव पार्वतीकोको विवाह उत्सवको रुपमा मनाईने मधानी महायज्ञले धर्म, संस्कृतिको संरक्षण समेत हुने गरेको मेयर साहले जनाएकी छन् । नेपाल र भारतका लाखौं दर्शनार्थीहरु दर्शन गर्न यहाँ आउँने भएकाले त्यसले दुई देशको सम्बन्ध अझै बलियो बनाउँने विश्वास उनले व्यक्त गरिन् ।
सोमबार भगवान शिवको बरात यात्रा निष्केको थियो । नेपालमै पहिलो पटक पतौराधाममा भगवान शिवको बरात यात्रा निष्केको छ । भगवान शिवको वरात यात्रामा हजारौंको सहभागिता रहेको थियो । बसहामा शिव सवार रहेको सो बरात यात्रामा भगवान ब्रह्मा, बिष्णुसंगै ५६ कोटदेवता सहित बोमवम कवरियाका साथै स्थानीयहरु सहभागि रहेका थिए ।

मौलापुर नगरपालिका पतौराधाम स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गराउने संकल्प सहित सुरु भएको मधानी महायज्ञ पाँच दिनसम्म चल्नेछ । फागुन ११ गतेदेखी सुरु भएको मधानी महायज्ञ १५ गतेसम्म चल्नेछ ।
११ फागुनमा मौलापुर नगरपालिकाका मेयर साहको अध्यक्षतामा उद्धघाटन भएको मधानी महोत्सवमा बिभिन्न विद्यालयका विद्यार्थीहरुले शिक्षा÷साक्षारत केन्द्रीत सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । १२ गते भगवान शिवको बरात यात्रा निष्केको थियो भने १४ गते मधानी विशेष सांस्कृतिक कार्यक्रम र १५ गते मधानी विशेष दंगल कार्यक्रम रहेको छ ।

आयोजकका अनुसार प्रत्येक बर्ष जस्तै यस बर्ष पनि मधानी महायज्ञमा नेपाल र भारतका चर्चिक कलाकारहरु आउदैछन् । हिन्दी, भोजपुरी सिने जगतका चर्चित कलाकार एवं सांसद रवि किशन, भोजपुरी सिने जगतका लेखक, निर्माता तथा विधायक बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डेको महायज्ञमा हुने विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।
यसैगरी मधानी महायज्ञमा महाकुम्भ मेलाका भाईरल गर्ल मोनालिसा सहित मिंटुवा भोजपुरीया (कलाकार), सुनील पंडित (गायक), अनु चौधरी (गायिका), सदाम हुसेन (कलाकार), रचना सिवाकोटी ( कलाकार), रुद्र नारायण तिवारी (गायक), प्रीति आर्या पासवान (कलाकार), प्रिया सुहानी (कलाकार), रोसनी राज (कलाकार), सरिता साह (कलाकार), अर्जुन बीसी (कलाकार), मनीषा राई (कलाकार) सहितका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कलाकारहरुको समेत सहभागिता हुदैछ ।

चन्दन यादव,राैतहट,१० गते फागुन ।
राैतहटकाे गरूडामा ‘बेमौसमी तरकारी खेती’ सम्बन्धी एक दिने तालिम सम्पन्न गरिएको छ । डिप्राेक्स लघुवित वित्तीय संस्था लिमिटेड शाखा कार्यालय गरूडामा आबद्ध सदस्यलाई
उक्त तालिम सञ्चालन गरिएको हो ।
संस्थामा जुटेका सदस्यहरुको क्षमता विकास तथा व्यवसाय प्रबर्द्धन सम्बन्धि आम्दानीमा बृद्धि गर्ने अभिप्रायले उक्त तालिम दिइएको डिप्राेक्स लघुवित गरूडाका शाखा प्रबन्धक दिनेश्वर साहले बताएका हुन् ।

महिलाहरुलाइ आत्मनिर्भर बनाउन र तालिम सिकेपछि जिविकाेपार्जन गर्न सहयोग पुगाेस् भन्ने उदेश्यले बेमौसमी तरकारी खेती तालिम दिइएको आयाेजकले बताएको हाे ।
डिप्राेक्स लघुवितमा आबद्ध ४५ महिला सदस्यलाई लक्ष्यित गरि सञ्चालन गरिएको तालिममा कृषि ज्ञान केन्द्र रौतहटका नि.प्रमुख सुरेन्द्र प्रसाद कुर्मीले तालिममा सहजीकरण गर्नु भएको थियोे ।

तालिमकाे प्रारम्भमा आयाेजन गरिएको उदघाटन सत्रकाे प्रमुख अतिथिकाे रूपमा गरूडा वडा नम्बर ३ का वडा अध्यक्ष अम्बिका सहनी रहनु भएको थियोे । भने विशिष्ट अतिथिकाे रूपमा संस्थाका मधेश प्रदेश कार्यालय प्रमुख जमिरी राय यादव रहनु भएको थियो ।

डिप्राेक्स लघुवित गरूडा शाखाका प्रबन्धक साहले आफूहरूले लगानी त गर्ने गरेकाछाैं । तर सिपकाे अभावमा उचित सदुपयाेग भईरहेकाे थिएन् । सीप सिकेर संस्थामा आबद्ध सदस्यले यसकाे फाईदा उठाउनेमा आफू विश्वस्त रहेकाे बताए । तालिमकाे माध्यमले सिकेका कुराहरू लाई व्यवहारमा उतारेर आयआर्जन बढाउने मद्दत पुग्ने छ ।

तालिमको अवसरमा संस्थामा आवद्ध सदस्य महिलाहरुको अलावा डिप्रोक्स लघुवित गरूडा शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजहरु मध्येकै उत्कृष्ट शैक्षिक संस्था हो । केही समय अगाडी मात्रै कलेजका इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनका विद्यार्थी इन्जिनियर अनिलकुमार यादवले नेपाल टेलिकममा सबैभन्दा कम उमेरमा नाम निकाल्न सफल भएका थिए । उनी पोखरा विश्वविद्यालयकै टपर समेत थिए ।
चन्दन यादव, रौतहट, ०५ गते फागुन ।
रौतहटको जिल्ला अदालतबाट सजाय पाएपछि फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेका छन् । २०८१ फागुन ३ गते शनिवारका दिन जिल्लाको सम्मानित जिल्ला अदालतबाट सजाय पाएपछि फरार रहेका थिए ।
उक्त फरार प्रतिवादीहरुलाई कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले खोज तलास तथा पक्राउ गरी आवश्यक कारवाहीका लागी जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको हो । पक्राउ पर्ने प्रतिवादीहरुमा जम्मा १३ जना रहेका छन् ।
उक्त प्रतिवादीहरु लालउती महतो उनले अपराध गाली बेईज्जती, शान्ती देवी अपराध अदालतको अवहेलना जरिवाना रु.५० रहेको प्रहरीले बताएका हुन । त्यस्तै जगरनाथ मुखिया अपराध लेनदेन जरिवाना रु.५०, सन्तलाल मुखिया अपराध लेनदेन जरिवाना रु.५० रहेको प्रहरीले जानकारी गराएको हो ।
त्यसैगरी अर्काे अपराधी अनिल मिश्र रहेको छ, उसले लेनदेन अपराध गरेको हो, तथा जरिवाना रु.५० रहेको प्रहरीले निकालेको विज्ञप्तीमा उल्लेख रहेको छ । त्यस्तै अर्काे अपराधी शकुन्ती देवी अपराध गाली बेईज्जती जरिवाना रु.२५, रामचन्द्र हजरा दुसाद अपराध जालसाजी रु.२५, हिमा कुमारी यादव अपराध नाता कायम जरिवाना शुल्क रु.५० रहेको प्रहरीले जनाएको हो ।
त्यसैगरी अर्काे अपराधी गर्भलाल प्रघा अपराध नाता कायम जस्को जरिवाना शुल्क रु.१५० रहेको हो । तथा सिया देवी यादव अपराध किर्ते जालसाजी जरिवाना रु.२० रहेको हो । अर्काे अपराधीहरु रूना कुमारी महतो, मन्जु देवी सहनी यि दुबै जनाको अपराध शिर्षक सम्बन्ध बिच्छेद जस्मा एक जनाको जरिवाना रु.५० र अर्को एक जनाको रु.१० रहेको प्रहरीले बताएको हो ।
अन्तिम अपराधी दिला देव रहेकी छिन उहाँले कुटपिट जस्ता अपराध गरेकी हुन उहांको जरिवाना शुल्क रु. ७५ रहेको प्रहरी नायव उपरीक्षक र प्रवक्ता तथा सूचना अधिकारी दिपक कुमार रायले जनाएको हो ।
काठमाडौं, ०४ गते फगुन २०८१ ।
पर्सा प्रहरीले हुन्डी कारोबार गरेको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बिहार मोतिहारी थाना रक्सौल ग्राम रक्सौल-१ का २२ वर्षीय नेहाल कुमार रहेका छन्।
वीरगन्ज महानगरपालिका-८ स्थित लिंक रोडबाट कुमारलाई आइतबार दिउँसो पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले टोलीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो।
कुमारको साथबाट नगद १० लाख रुपैयाँ बरामद भएको एसपी मिश्रले बताए। कुमारलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको एसपी मिश्रले बताए।
‘रकमको स्रोत खुल्न नसकेपछि कुमारलाई पक्राउ गरी अनुसन्धान थालिएको छ,’ मिश्रले भने।
प्रहरीका अनुसार हुन्डी कारोबारले बैंक तथा वित्तीय कारोबारको दायित्व पूरा गरेको हुँदैन। राष्ट्र बैंकले लागू गरेको बैंकिङ प्रणालीभित्रबाट कारोबार नहुने भएकाले यस्तो कारोबारलाई ‘गैरकानुनी’ मानिएको हो।
नेपालमा बस्ने तर भारतीय व्यक्तिहरू समेत यो कार्यमा संलग्न हुने गरेका छन्। हतार-हतारमा कुनै कारोबार गर्नुपर्दा उनीहरू एजेन्टमार्फत् व्यक्ति-व्यक्तिका हातमा रकम पुर्याइदिने चाँजो मिलाउँछन्।
‘हुन्डी अन्तरदेशबीच पैसा कारोबार गर्ने अवैध माध्यम हो, दुबै देशमा सम्पर्क व्यक्तिहरू राखेर यस्तो कारोबार गरिने गरिएको छ,’ एसपी मिश्रले भने।
हुन्डीको प्रमुख स्रोत रेमिट्यान्सलाई मानिने गरिए तापनि नेपाल-भारत सीमामा यस्तो कारोबार गर्नेहरू अत्यधिक छन्।
यस्तो कारोबार गर्नेहरूलाई राष्ट्र बैंकको वित्तीय ऐनका साथै सम्पत्ति शुद्धीकरण प्रयोजनार्थ समेत अनुसन्धान गरिने गरिएको छ । न्युज कारखाना
रौतहट –
सशस्त्र प्रहरीका उपरीक्षक (एसपी) विक्रम हुमागाईंको सशस्त्र प्रहरी बल नम्बर ११ गण हेक्वा रौतहटको प्रमुखको रूपमा कार्यकाल सफल भएको जिल्लाबासीले अनुभूति गरेका छन् भने चौतर्फी उपलब्धी देखिएको छ।
एसपी हुमागाईंको एक वर्षे कार्यकालमा अबैध सामान बरामद, हुण्डी कारोबारी पक्राउ, अबैध लागुऔषध कारोबार नियन्त्रणदेखि सामाजिक काममा पनि त्यतिकै योगदान देखिएको छ।
एसपी हुमागाईंले २०८० साल फागुन ६ गते जिल्लाको कमाण्ड सम्हालेका थिए।
उनको कार्यकालमा कुल ५ करोड, ६६ लाख,४१ हजार, ८८४ बराबरको अबैध सामान र सामान ओसार-पसारमा प्रयोग गरिएको २ थान पिकअप, १ थान सफारी, १ थान बोलेरो, १ थान भ्यान, १ थान अटो रिक्सा, १७२ थान मोटरसाइकल र ३३ थान साइकल बरामद भएको थियो। उक्त रकम र सामान आवश्यक कारबाहीको लागि सम्बद्ध निकायमा पठाइएको थियो।
सोही अवधिमा हुण्डी कारोबारीबाट ४९ लाख,१४ हजार ७४० रुपैयाँ, जिल्लाको बिभिन्न स्थानबाट २ थान सेमी अटो पेस्तोल, ४ थान नलकटुवा पेस्तोल, १५ थान गोली विभिन्न स्थानबाट बरामद गरी नेपाल प्रहरीको जिम्मा लगाइएको जनाइएको छ।
त्यसैगरी, सशस्त्र प्रहरीले भारतीय सीमा क्षेत्र हुँदै आउने-जाने मानिसमाथि निगरानी बढाएर नशालु ट्याब्लेट डाइजेपाम २२ सय ७८ ट्याब्लेट, नाइट्राभेट ४४ ट्याब्लेट, बुप्रोफिन नशालु इन्जेक्सन ६०६ एम्पुल, प्रोमेथआजिन नशालु इन्जेक्सन १७९८ एम्पुल, फेनारगन २७ ट्याब्लेट, एमफिल २२ ट्याब्लेट र गाँजा १५ किलो ९६० ग्राम बरामद गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।
लागुऔषध, तस्करी, हातहतियार, हुण्डीलगायत बिभिन्न गैरकानुनी क्रियाकलाहरूमा संलग्न ३९ जना मानिसलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको थियो।
सशस्त्र प्रहरीका एसपी हुमागाईंको सहभागितामा विभिन्न मितिमा जिल्लाको ईशनाथ नगरपालिका-७ घिउरामा सरस्वती पूजाको मूर्ति बिसर्जन, वडा ६ महाबिरी झण्डा, राजापुर कुडिया दाहा मेलामा दुई समुदायबीचको विवाद शान्तिपूर्ण मिलाइएको थियो।
गरुडा-शिवनगर बर्थिङ सेन्टरमा आगजनीको घटनामा अप्रिय हुन नदिएको,पर्रोहा-९ खापमा शिवममणि ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार गरी भाग्दै गरेका तीन जना भारतीय अपराधी पक्राउ, दुई थान पेस्तोल बरामद गरिएको थियो।
त्यस्तै, गत वर्ष अविरल बर्षा र बाढीबाट भएको डुबानमा ४९३ जनशक्ती परिचालन गरी १२३ जना सकुशल,९ जना घाइतेको उद्धार र चार जना मृत फेला पारेको थियो। जिल्लाको विभिन्न स्थानमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा १५ सय भन्दाबढी बिरामी लाभान्वित भएका थिए।
एसपी हुमागाईंको सक्रियतामा पटक-पटक सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रमको आयोजना गर्नुका साथै विभिन्न समयमा २५१ वटा जनचेतनामुलक कार्यक्रम गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।
गत माघ ३० गते एसपी हुमागाईं विभागीय नियमानुसार रौतहटमा आफ्नो कार्यकाल पूरा गरी सरुवा भएर रवाना भएपछि हाल एसपी सन्तोषकुमार बस्नेतले सशस्त्र प्रहरीको कमाण्ड सम्हालेका छन्।
एसपी हुमागाईं यहाँबाट सशस्त्र प्रहरी बल बराहा बाहिनी सुनसरी रवाना भएका थिए। न्युज कारखाना
आरके श्रीवास्तव,रौतहट, ०३ गते फागुन ।
नेपाल फूल माली समाज रौतहटको जिल्ला अधिवेशन सम्पन्न भएको छ । जिल्लाको मध्य भाग गरुडा नगरपालिका अन्तर्गत पर्ने महम्मदपुर व्यारेज नजिक रहेको गोपाल सेवा सदन धर्मशालामा नेपाल फूल माली समाज जिल्ला कार्य समितिको आयोजकत्वमा उक्त जिल्ला अधिवेशन सम्पन्न भएको हो ।

“शिक्षित बनौं, संगठित बनौं, आफ्नो पहिचान कायम गरौं“ भन्ने मूल नाराका साथ नेपाल फूल माली समाज रौतहटको संयोजक मोहन प्रसाद मालीको अध्यक्षता सो अधिवेशन सम्पन्न भएको छ । नव गठित जिल्ला कार्य समिति रौतहटका सम्पूर्ण पदाधिकारीहरु लगायत सदस्यगणमा वक्ताहरुद्वारा हार्दिक बधाई सहित अग्रिम कार्यकाल सफलताको शुभकामना व्यक्त गरिएको छ ।
फुल यस्तो बनस्पति हो जुुन हरेक कार्यमा काम लाग्ने गर्दछ, पूजापाठ, धर्म संस्कृति, विभिन्न कार्यक्रम लगायत विभिन्न शुभ कार्य तथा मानिस जन्म लिने बेला देखी जीवनको अन्तिम क्षण मृत्युको बेला पनि फूलले स्वागत गर्ने भएको हुँदा संसारमा फूलको निकै नै महत्व रहेको कार्यक्रममा वक्ताहरुले व्याख्या गरेका थिए ।

पौराणविक कालदेखि फूलको मालिक माली समुदाय भएकोले आजको युगसम्म पनि फूल सम्बन्धी विभिन्न कार्यहरु माली समुदायले नै गर्दै आइरहेकोले अब उपरान्त यस फूलको कारोबारलाई व्यवसायिक रुपमा अगाडी बढाउनमा वक्ताहरुद्वारा जोड़ दिइएका थिए । हालको अवस्थामा विभिन्न समुदायका व्यक्तिहरुले व्यवसायिक रुपमा फूलको खेती देखी लिएर बेच बिखन तथा विभिन्न क्षेत्रमा सजावटका कार्यहरु गर्दै पेशागत आम्दानी गरिरहेको जिकिर गरिएको हो।
फुलका मालिक भनिने फूल मालि समाजका व्यक्तिहरुले यसलाई अवसरको रुपमा लिएर फूलको विभिन्न कार्यहरुलाई व्यवसायिक रुपमा अगाडी बढाएर आ–आफ्नो अर्थ व्यवस्था मजबूत बनाउन विभिन्न वक्ताहरुले जोड़ दिइएका छन् । कार्यक्रममा स्वागत मन्तव्य भरत भगत मालीले गरेका थिए भने कार्यक्रम सञ्चालन माली समाजका पूर्व प्रहरी निरीक्षक प्रदीप भगत मालीले गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल फूल माली समाजको संस्थापक अध्यक्ष बुटवल निवासी सागर कुमार माली, विशिष्ट अतिथि जनकपुर उधोग बाणिज्य संघको अध्यक्ष सुरेन्द्र भण्डारी, माली जाती उत्थान मंच नेपालको महासचिव सप्तरी जिल्ला निवासी जयराम भण्डारी, इलाका प्रहरी कार्यालय गरुड़ाका प्रहरी नायब उपरीक्षक(डीएसपी) राजन कार्की, सचिव बीरगंज निवासी रामेश्वर माली,
अतिथि नेपाल फूल माली समाज बाराका प्रतिनिधि तेज बहादुर भगत माली, लगायत जिल्लाका माली समाजका अगुवा कार्यकर्ता तथा सर्वसाधारणहरु लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको माधव नारायण नगरपालिका निवासी व्यवसायी तथा समाजसेवी युवा नेता होटल एनपी स्टारका सञ्चालक पारस भण्डारीले जानकारी गराएका हुन् ।
आरके श्रीवास्तव,रौतहट ,३ गते फागुन ।
मधेश प्रदेश सरकार समक्ष दबाब पुुर्याउन रौतहटमा स्वास्थ्यकर्मीहरले आज जिल्ला स्तरीय संघर्ष समिति बनाएका छन् । जिल्ला सदरमुकाम गौर स्थित राइस मिलको प्रांगणमा जिल्लाभरीको सि.अ.हे.व.र सि.अ.न.मीहरुको बैठकबाट संघर्ष समिति बनाइएको हो । मधेश सरकारको स्थानिय सेवा ऐन सच्चयाउन सो समिति बनाइएको हो ।

शनिवार मधेश प्रदेश संघर्ष समितिका प्रमुुख सल्लाहकार ललन कुमार साहको अध्यक्षतामा बसेको बैठकले सो समिति बनाएको हो । काशी साहको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको छ । जसको सह संयोजकमा वसीिम अख्तर खाँ,राजेश कुमार साह,रुपनारायण यादव,अनिता कुमारी यादव,हरेनद्र पंडित,राजेश यादव रहेका छन् ।
त्यस्तै कोषाध्यक्षमा संदिप साह,प्रमिला अधिकारी,महासचिवमा सुरेश साह,सचिवमा कस्तुुभ मनी साह,सह सचिवमा राजेश साह,प्रमोद प्रसाद कुशवाहा,सिवा कुमारी राय,प्रवक्तामा धर्मेन्द्र दास,सह प्रवक्ता रुपनारायण यादव रहेका छन् । सदस्यहरुमा रामप्रवेश साह,अखलाक मंसुर लगायतका स्वास्थ्यकर्मीहरु रहेका छन् । बैठकमा स्तरवृद्धि,पदपूर्ति,जिल्ला स्तरीय संघर्ष समिति गठन लगायतका विषयमा छलफल भएको थियो ।

२०५३ ऐन अनुसारको सेवासुविधाबाट बंचित गरेपछी हामी बाध्य भएर संघर्षको बाटो अपनाउनु परेको मधेश प्रदेश सङ्घर्ष समितिका संयोजक मोहन साहले बताएका हुन् । स्थानिय सेवा ऐन २०८१ जारी गरेपछि प्रदेश भरीमा लगभग १५ सय भन्दा बढी कर्मचारीको वृत्ति विकास रोकिएको उनले जानकारी गराएका हुन् । जबकि हामी यो ऐन आउनु भन्दा पहिला केन्द्रबाट मज्जाले स्तरवृद्धि पाइरहेकै थियौ तर यो ऐन जारी भएपछि पहिला देखि पाउँदै आएको सुविधा बाट पनि मधेस प्रदेशका स्थानीय ऐन ले वञ्चित गराएको साहको भनाइ छ । लोक सेवा आयोग बाट नियुक्त भएका सि.अ.अ.हे.व÷सि.अ.न.मी स्वास्थ्यकर्मीहरुलाई अन्य प्रदेशमा स्तरबृद्धी गरेको छ ।

तर मधेश प्रदेशमा स्तर बृद्धि नगरेको हुँदा स्तर वृद्धि गराउन पटकपटक मधेश सरकारको ध्यानाकर्षण गराउँदापनी कुनै वास्ता नगरेको उनको आरोप लगाएका छन् । सो ऐनको दफा २९ को उपदफा २ मा रहेको बाध्यात्मक वाक्यांश नहटे सम्म र मधेश सरकारले आफूहरुको मागलाइ वेवास्ता गरे चरणबद्ध आन्दोलन गर्ने स्थास्थ्यकर्मीहरुले चेतावनी समेत दिएका हुन् ।

समितिको हाल सम्म धनुषा, सर्लाही, रौतहट,बारा र सिराहा जिल्लामा जिल्ला स्तरीय सङ्घर्ष समिति गठन भइसकेको र अन्य जिल्लामा पनि छिट्टै गठन गरिने जनाइएको छ ।
माघ ३० गते/रौतहट ।
माघ पुर्णिमाका दिन मनाइने रविदास जन्मजयन्ती हरेक वर्ष झै यस वर्ष पनि भारतको बनारस लगायत संसारको विभिन्न देशहरुमा मनाइएको छ। सोही क्रममा रौतहटमा पनि कटहरिया र गरुडा गरी छुट्टाछुट्टै दुई ठाउँमा मनाइएको छ।
बुधबार चमार कल्याण नेपाल,जिल्ला कार्यसमिति,रौतहट र रविदास समाज सेवा नेपालको आयोजनामा कटहरिया र गरुडा गरि दुईवटा छुट्टाछुट्टै स्थानमा शंत शिरोमनि रविदास महराजको ६४८ औं जन्म ज्यन्ती मनाइएको हो।
चमार कल्याण समाज नेपाल,जिल्ला कार्यसमिति,रौतहटले कटहरियामा र रविदास समाज सेवा नेपालले गरुडामा आयोजना गरेको उक्त कार्यक्रमको अवसरमा कटहरिया र गरुडा बजार भरि शोभा यात्रा निकालेर कटहरिया स्थित बहादुरपुर दलित धर्मशालाको सभाहलमा तथा गरुडाको श्री राम सुगर मिल्सको प्राङ्गणमा पुगेर एक भव्य समारोहमा परिणत भएका थिए ।
कटहरिया स्थित आयोजित सो भव्य समारोहका बिच चमार कल्याण समाज नेपालका केन्द्रीय उपाध्यक्ष पुनित राम चमारले शंत गुरु रविदासले आदर्शवादी सोच र चिन्तनद्वारा समाजमा रहेका हरेक प्रकारका बिभेद,कुरिती,अन्धबिश्वास एवम् शोषणको अन्त्य गर्नका लागि उनले गरेका कार्यहरु समाजमा सदैव स्मरणीय रहने बताए। रामले जातीय विभेद लगायत विभिन्न किसिमका हिंसा एवम् विभेदहरु समाजमा चरमउत्कर्षको अवस्थामा पुगे पछि गुरु रविदासले आफ्नो सद बिचारको माध्यमले समाजमा समता एवम् समानता कायम गर्नका लागि ठुलो योगदान दिएकोले आज पनि संसार भरीमा उनको कृति एवम् महानतमको स्मरणीय चर्चा भइरहेको बताए।
रामले हरेक वर्ष माघ पुर्णिमाका दिन मनाइने रविदास जन्मजयन्तीको अवसरमा नेपाल सरकारले सार्वजनिक विदाको घोषणा गर्न माग गरेको हुन्। आगामि वर्ष सार्वजनिक विदाको घोषणा न भए आफुहरु कडा आन्दोलनमा जाने सरकारलाई चेतावनी समेत दिएका छन्।
त्यसैगरी गरुडा स्थित आयोजित सो भव्य समारोहको प्रमुख अतिथिको रुपमा रहेका राजपुर नगरपालिका वडा नम्बर -५ का वडा अध्यक्ष कृष्नन्दन रामले दलित बहुजनको गुरु परमज्ञानी शंत शिरोमनि रविदास महराजको वाणी सुनाउदै समाजमा एकता, समानता, जातिवादको अन्तय र सबैले ज्ञान प्राप्त गर्नको लागि गुरु रविदासले संघर्ष गरेको बताए ।
उनलेे रविदासको आश्रम र जन्म जयन्तीको दिन स्थानीय सरकारले विदा दिनुपर्ने मन्तब्य राखेका थिए । वडा अध्यक्ष रामले शंत रविदासले चाहेको समनता, विभेदमुक्त समाज र उनको ज्ञानको चर्चा समाजमा गर्नको लागि नै शंत शिरोमणि रविदास महराजको जन्म ज्यन्ती मनाउन सरकारी स्तरबाट पहल गरिनु पर्ने बताए ।
विगत २ बर्ष देखि नै रौतहटमा पनि रविदास जन्मजयन्ती मनाइँदै आएको छ । शंत शिरोमनि रविदास महराजको ६४८ औं जन्म ज्यन्तीको उपलक्ष्यमा सबै जनाले ज्ञान प्राप्ति, सुख, शान्ति, समृद्धिको कामना गरेका छन्। छुट्टाछुट्टै दुईटै कार्यक्रममा रौतहट जिल्ला भरिकै रविदास तथा चमार समाजका अगुवा,नेता,दलित अगुवा,पत्रकार तथा जन समुदायको उत्साह जनक उपस्थिति रहेको थियोे।
आरके श्रीवास्तव,रौतहट,३० गते माघ ।
रौतहटको गरुडा नगरपालिकामा सुरक्षित नागरिक आवास कार्यक्रममा लाभग्राही सँग पाँच हजारका दरले रकम असुल गरिएको कुरा बाहिर व्यापक चर्चामा छ । गरिब विपन्नको नाममा आएको रकममा गिद्वेनजर राखि पैसा उठाएका एजेन्टहरूमा हडक्मप मचेकाे छ ।
पिडितहरूले मिडियामा आफूहरूसँग पैसा उठाइएको कुरा छताछुल्ल भएपछि पैसा फिर्ता गर्न मरिहत्ते गरिरहेका छन् । पिडितकाे घरघरमा पुगि पैसा फिर्ता लिन दबाब दिन थालेका छन् । केही व्यक्तिलाई विभिन्न धाकधम्की दिई फिर्ता लिन बाध्य पनि बनाएका छन् ।
घरघरमा मान्छे पठाउने,काम अहिले भईरहेकाे छ । सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत नागरिकको खरको छाना भएका घर विस्थापित गर्न ७५ हजार रूपैयाँ पाउने व्यवस्था छ ।
त्यही व्यवस्था अनुसार नै गरिब,विपन्नको नाममा गरुडामा गत आर्थिक वर्षमै आएको रकममा कमिसन स्वरुप पाँच पाच हजारको दरले प्रतिपरिवार पैसा असुुल गरिएको पिडितहरुको भनाइ छ । गरूडा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सुनिल जयसवालकाे निर्देशनमा वडा सचिव जयलाल यादव र रामअधार पटेलले आफूहरुसँग पाँच हजारका दरले पैसा लिएको गरुडा नगरपालिका वडा नम्बर ४ का जयकिशाे ठाकुरले बताएका छन् ।
ठाकुर जस्तै दर्जनौं पिडितहरूले आफूहरू सँग पैसा लिएकाे खुलासा गरेका छन् । यता साे वडाका वडा अध्यक्ष जयसवालले कुनै किसिमकाे पैसा असुल नगरेकाे वक्तव्य सार्वजनिक गरेसँगै लाभग्राहीहरू झन आक्राेशित बनेका हुन् ।
रौतहट २७ माघ।
जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको अभियान अन्तर्गत दण्ड सजाय तोकिएर लामो समय देखि फरार रहेका ४६५ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा फैसला कार्वान्यनको लागी जिल्लामा संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत उक्त प्रतिबादीहरु लाई पक्राउ गरी कारबाहीको दायरामा ल्याईएको हो।
जिल्ला अदालत रौतहटबाट गाली बेइज्जती मुद्दामा ५ रुपैयाँ जरिबाना तोकिएका शेख टईट सहित बिभिन्न मुद्दामा सजाय तोकिएका ११ जना प्रतिवादी लाई जिल्लाको बिभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो।
अन्य पक्राउ पर्नेमा किर्ते जालसाजी मुद्दाका कैलाश माझी , धुनिया मुसहरनी, बाबुलाल माझी, जागा माझी, शेख अजीज मियाँ, जमील अख्तर, जमिला शेखिन, शेख बनु र कुटपिट मुद्दाका रामविलास पटेल,
रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबैजना लाई फैसला कार्वान्यनको लागी जिल्ला अदालत गौरमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले बताएका छन्।
यस अघि एसपी दिलीप घिमिरेको बिशेष सक्रियतामा सञ्चालन गरिएको अभियान अन्तर्गत जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय लगायतका निकायबाट दण्ड सजाय तोकिएर लामो समय देखि फरार रहेका ३७८ जना प्रतिवादीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याईएको छ। त्यसैगरी जिल्ला अदालत रौतहट लगायत निकायमा चालु मुद्दाको फरार ८७ जना प्रतिवादीलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याईएको जिल्ला प्रहरी कार्यालय रौतहटले उपलब्ध गराएको सूचनामा उल्लेख गरिएको छ।
एसपी घिमिरेले रौतहटको कमाण्ड सम्हाले देखी फरार प्रतिवादी पक्राउ संगै तस्करी नियन्त्रणमा प्रहरीले बिशेष सक्रियता देखाएको छ।न्युज कारखाना
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त अधिकारीको अध्यक्षतामा वसन्त पञ्चमीको दिन भएको कार्यक्रमका प्रमुख अतिथि वडा नं. ३० वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीले विद्यालयको प्रगतिप्रति सन्तोष व्यक्त गरे । उनले विद्यालयको विकासका लागि वडाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । शिक्षा असल भए मात्र समाज असल मार्गमा जाने बताउँदै सुवेदीले वडा नम्बर ३० को नमुना विद्यालयका रूपमा शान्ति आविको विकास भएको हेर्न चाहेको धारणा राखे ।
कार्यक्रममा शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदीले विद्यालयको विकासका लागि शैक्षिक र व्यवस्थापकीय नेतृत्वको समर्पणभाव हुनुपर्ने उदाहरण शान्ति आविले प्रस्तुत गरेको बताए । उनले विद्यालयको प्रगति यही गतिमा हुँदै गएमा शान्तिले आफूलाई छिटै आविबाट माविमा परिणत गर्ने दिन आउने आँकलन गरे ।

विद्यालयका प्रधानाध्यापक मनिराम कडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयमा नियमित पठनपाठनलाई प्रविधियुक्त बनाउँदै विद्यार्थीका प्रतिभा उजागर गर्ने खालका गतिविधिमा जोड दिइएको जानकारी दिए । उनले विद्यालयले विभिन्न असल अभ्यास गर्दै आएको विवरणसमेत प्रस्तुत गरे । वि. सं. २०१३ मा स्थापित विद्यालयमा हाल कक्षा ८ सम्म २०१ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक कडेलले जानकारी दिए ।

कार्यक्रममा शान्ति आवि वर्ष सम्मान २०८१ बाट शिक्षकहरू मेनसुबा गुरुङ र सरस्वती गौतमलाई सम्मान गरिएको थियो । त्यसै गरी विद्यालयलाई विभिन्न सहयोग गर्ने भरत सुनार, सरुण गुरुङ, मीना सुवेदी, माया रानाभाट, भुवानीप्रसाद सुवेदी र कविता भुसाललाई सम्मान गरिएको थियो ।
सोही कार्यक्रममा महिला नेतृ विन्दुकुमारी भण्डारीले ५५ हजार रुपियाँको छात्रवृत्ति अक्षयकोषका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त अधिकारीलाई चेक हस्तान्तरण गरिन् । उनले कोषमा समयअनुकूल रकम थप गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरिन् ।

विद्यालयका सल्लाहकार लक्ष्मीप्रसाद त्रिपाठी, शिक्षक अभिभावक सङ्घका पूर्व अध्यक्ष नन्दबहादुर गुरुङ, नवज्योति सनत दुर्गा आविका प्रअ लीलामणि त्रिपाठी, कालिका मावि, पोखरा ३३ का प्रअ रुपिन्द्र प्रभावी, अभिभावक उत्तम तिवारी, नेकपा माओवादी वडा नं. ३० का उपाध्यक्ष जीवन ढकाल, विद्यार्थी दिया नेपालीलगायतले शुभकामना दिएका कार्यक्रममा विव्यस सदस्य गङ्गाराम तिमिल्सिनाले धन्यवाद ज्ञापन गरेका थिए ।

२०८० को वार्षिक शैक्षिक पुरस्कार, टीकाराम बास्तोला छात्रवृत्ति, खेलकुद प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति राखेका थिए ।

बज्जिकाञ्चल संवाददाता, धनकुता २०८१ ।
गत २१ माघ २०८१ का दिन विश्वास दीप तिगेलाले आफूले अध्ययन गरेको विद्यालयलाई जग्गा खरिद गरेर, खेलमैदान बनाई, स्थायी कार्यक्रम स्टेज भवन बनाई हस्तान्तरण गरेका छन् ।

पछिल्लो समय युकेमा रहदै आएका तिगेलाले आफूले अध्ययन गरेको विद्यालयलाई पटक पटक सहयोग गदै आएका छन । भारती माध्यमिक विद्यालय छथर जोरपाटी १, धनकुटालाई यसपटक नेरु ५ लाख खर्चगरि खेलमैदानको आकारलाई बढाउने, खेलमैदानको एकछेउमा स्थायी पक्की कार्यक्रम स्टेज भवन निर्माण गरि, प्रवेश गेटमा फलामको ढोका लगाई, खेलमैदानको वरिवरि तारजाली लगाएर एक औपचारिक कार्यक्रममा दाता तिगेला र धर्मपत्नि भोजकुमारी थोक्लेनले संयुक्त रुपबाट विद्यालय संचालक समितिका अध्यक्ष होमकुमार लिम्बु र विद्यालयको प्रधानध्यापक भिमबहादुर लिम्बुलाई हस्तान्तरण गरेका हुन ।

तिगेलाले सो जग्गा वि.स. २०६९ मा नेरु १ लाख ३८ हजारमा किनेर विद्यालयलाई दिएका थिए भने सोहि विद्यालयलाई उच्च माध्यमिक विद्यालय बनाउनको निमित्त वि.स. २०६६ मा नेरु ५० हजार प्रदान गरेका थिए, उनी त्यो बेला उच्च मावि बनाउनको निमित्त सबैभन्दा ठूलो दाता समेत रहेका थिए । विद्यालय ब्यवस्थापन समितिले दाता तिगेलाले किनेर, बनाएर दिएको खेलमैदानको नाम विश्वास दीप तिगेला खेलमैदान नामाकरण गरेका छन ।

खेलमैदान र कार्यक्रम स्टेज भवनको उद्घाटन स्थानीय छथर जोरपाटी गाँउपालिका उपाध्यक्ष गिता खेवाले गरेकी थिइन । उपाध्यक्ष खेवाले दाता तिगेलाप्रति आभार ब्यक्त गरिन साथै बनेको खेलमैदानमा बार्षिक रुपमा खेलकुद आयोजना गर्न आफूले पालिका मार्फत पहल गर्ने प्रतिबद्धता समेत जनाईन । त्यस्तै गरि वडा नं. १ का अध्यक्ष गोविन्द लिम्बुले विद्यालयलाई साच्चीकै आवश्यकता परेको बखत जग्गा किनिदिनु हुने दाँता प्रति आभार ब्यक्त गरे । विद्यालयका प्रधानध्यापक भिम बहादुर लिम्बुले हस्तान्तरण समारोहमा उपस्थित सबैलाई स्वागत गर्दै विद्यालयको समस्या र आवश्यकताको चर्चा गर्दै दाता तिगेलाले गरेका योगदानको कदर स्वरुप खेलमैदानको नाम विश्वास दीप तिगेला खेलमैदान नामाकरण बैठकमा सयुक्त रुपबाट निर्णय गरेको बताए ।
विद्यालयको तर्फबाट दाता दम्पतिलाई दोसल्ला ओडाई सम्मान गरे भने दाता तिगेलाले आफूलाई पढाउनुहुने गुरुवर भोगेन्द्रराज अधिकारी र रेवती सुवेदीलाई नेपाली ढाका टोपी लगाईदिएर सम्मान ब्यक्त गरे । तिगेलाले आफू जन्मेको माटो, आमाबुबा र गुरुजनलाई सधै सम्झने, सम्मान गर्ने गरेको बताए । आफूसँग प्रसस्त पैसा भएर होइन, आफू अध्ययन गरेको विद्यालयलाई सहयोग गर्नु आफ्नो दायित्व महशुस गरि दुःख गरि कमाएको पैसा विद्यालयलाई दिएको बताए । निकट भविश्यमा पनि विद्यालयलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।

दाता तिगेलाले आफूले कक्षा १ देखि ५ सम्म पढेको नजिकैको अर्को विद्यालय श्री शारदा माध्यमिक विद्यालयलाई पनि विभिन्न समयमा सहयोग गर्दै आएको, करिब डेढदशक अघि कम्पियुटर सहयोग गरेका थिए, विद्यालयको निम्ति सो कम्पियुटर पहिलो थिायो । पटकपटक खेलकुदको सामाग्री प्रदान गरेका थिए । त्यस्तैगरि तिसमुरे डाँडामा ४ कोठे सिरिजंगा प्राथमिक विद्यालय निर्माण गर्दा पूरै च्यादर र काठ किनिदिएका थिए ।
सरस्वती पुजाको दिन आयोजित सो खेलमैदान हस्तान्तरण समारोहमा विद्यार्थी नानीहरुले करिब दर्जन भन्दा बढि गीत र नृत्य प्रस्तुत गरेका थिए । सो कार्यक्रमको सभापतित्व होम कुमार लिम्बुले गरेका थिए भने संचालन शिक्षक प्रेम कार्कीले गरेका थिए ।

आरएन पटेल,रौतहट,माघ २० गते ।
राैतहट । बौधिमाई-१ अजगैबीमा जसपा नेपालको वडा स्तरीय विस्तारित बैठक सम्पन्न भएको छ। रौतहटको बौधिमाई नगरपालिकाको वडा नं. १ बौधा अजगैबीमा जनता समाजवादी पार्टी नेपालको वडा स्तरीय विस्तारित बैठकबाट ३१ सदस्यीय वडा कमिटी गठन कार्य सम्पन्न गरिएको हो।
पालिकाको वडा नं.१ अजगैबी स्थित माईस्थानमा नगर कमिटि अध्यक्ष हृदय नारायण राय यादवको अध्यक्षतामा वडा नं.१ अजगैबीमा जसपा नेपालको वडा कमिटिको विस्तारित बैठकबाट रामजोधी राउत कुर्मीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन गरिएको नगर अध्यक्ष यादवले जानकारी गराएका हुन। कार्यक्रमको प्रमुख वक्ता बौधिमाई नगरपालिकाको पूर्व मेयर राजीव रंजन यादवले नव गठित जसपा नेपालको बौधिमाई नपा-१ बौधा अजगैबीको सम्पुर्ण वडा कमिटीका पदाधिकारीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ।
साथै कार्यक्रमलाई सम्बोधन गर्दै समाजवादी युवा संघ नेपालको केन्द्रीय महासचिव दिलीप कुमार पटेलले सयौ वर्ष देखी देश चलाएका नेपाली कांग्रेस र नेकपा एमालेले मधेश र मधेशीको लागि एक पटक पनि आवाज नउठाएको तर समग्र मधेश र मधेशीको हकअधिकारको लागि अगाडी बढ़ने एक मात्र माननीय उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल रहेको बताए।
देश निर्माण तथा विभिन्न मधेशी आन्दोलनमा लगायत मधेश र मधेशीको अधिकार प्राप्तिमा युवा वर्गको ठुलो भूमिका रहेकोले बौधिमाईमा गठन भएको समाजवादी युवा संघ नेपालको नगर स्तरीय युवा कमिटीले असल विचार तथा जोस जागर सहित संगठन निर्माण गरि पार्टी तथा देश निर्माणमा सहयोग गर्न अपिल गरेका छन।
कार्यक्रममा समाजवादी युवा संघ नेपालको केन्द्रीय महासचिव दिलीप कुमार पटेल, जसपा रौतहट जिल्ला राजकुमार पटेल, वडा नं.१ को वडा अध्यक्ष रामजोधी राउत, वडा नं.३ को वडा अध्यक्ष मणिभूषण प्रसाद साह,वडा नं.७ को वडा अध्यक्ष नरेन्द्र प्रसाद सिन्हा, वडा सदस्य लगायत समाजवादी युवा संघ नेपाल रौतहटको कार्यवाहक जिल्ला अध्यक्ष अजय यादव, नगर उपाध्यक्ष मोतिम हासमी, नगर सचिव रामाकान्त कुमार पटेल, वडा नं.६ पिपरिया निवासी युवा नेता गजाधर राय यादव, युवा नेता असेशर राय यादव लगायत वडा नं.१ बौधा अजगैबीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो।
सप्तरी, २०८१ माघ २० –
वृन्दावन नगरपालिकाका कार्यपालिका सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ, नेपाल, रौतहटका अध्यक्ष राजेश पासवान ९निर्माणी० विरुद्ध लगाइएको झूटा मुद्दाको विरोध गर्दै दलित सरोकार मञ्च नेपालले भर्त्सना गरेको छ।
मञ्चका कार्यकारी निर्देशक भोला पासवानले प्रेस विज्ञप्ति जारी गर्दै जातीय भेदभावविरुद्ध संघर्षरत एक अभियन्तामाथि झूटा आरोप लगाएर फसाउन खोजिएको गम्भीर षड्यन्त्र भएको बताएका छन्। २०७९ सालको छठ पर्वमा राजेश पासवानमाथि भएको जातीय दुर्व्यवहार र आक्रमणका दोषीहरू अझै पनि कानूनी कारबाहीबाहिर रहेका बेला, उनीहरूकै दबाबमा प्रहरीले पीडितलाई नै अपराधी बनाउन खोजेको सरोकार मञ्चले जनाएको छ।
गत २०८१ मंसिर १९ गते वृन्दावन८, बहुअरी गाउँमा पोखरी विवादका क्रममा पुनः आक्रमणमा परेका पासवानमाथि झूटा मुद्दा लगाइनु गम्भीर अन्याय भएको दलित अगुवाहरूको भनाइ छ। प्रहरी भूमिकामाथि प्रश्न, निष्पक्ष छानबिनको माग दलित सरोकार मञ्च नेपालले प्रहरी प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै झूटा मुद्दा तत्काल खारेज गर्न माग गरेको छ।
साथै, जातीय भेदभाव तथा छुवाछूत मुद्दाका दोषीहरूलाई कानूनी कठघरामा ल्याई कडाभन्दा कडा सजाय दिनुपर्ने माग गरिएको छ। विज्ञप्तिमा न्याय सुनिश्चित नभएमा दलित समुदाय र मानव अधिकारकर्मीहरू सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ। साथै, सम्पूर्ण न्यायप्रेमी नागरिक, अधिकारकर्मी, सामाजिक अभियन्ता तथा सरोकारवालाहरूसँग ऐक्यबद्धता जनाउन आह्वान गरिएको छ।
बज्जिकाञ्चल संवाददाता, काठमाण्डौं, २० गते माघ २०८१ ।
रौतहट जिल्ला अदालतले प्रतिनिधि सभा सदस्य प्रभु साहसहित दुई जनाविरुद्ध कारण देखाउ आदेश जारी गरेको छ ।
आम जनता पार्टीका अध्यक्षसमेत रहेका साहले केही दिनअघि आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए । अदालतको अपमान गरेको भन्दै सांसद साह उपर बौधिमाई नगरपालिकाका मेयर प्रदिपकुमार यादवले गत शुक्रबार मुद्दा दर्ता गराएका हुन् ।
उक्त मुद्दामा आइतबार भएको सुनुवाईपछि प्रतिनिधि सभा सदस्यसमेत रहेका साह र आजपाका महासचिव त्रिभुवन साहविरुद्ध रौतहट जिल्ला अदालतले कारण देखाउ आदेश जारी गरेको हो ।
रौतहट जिल्ला अदालतको ६ नम्वर न्यायाधीश शम्भुप्रसाद रेग्मीको इजलाशमा मुद्दाको सुनुवाइ भएको श्रेष्तेदार उद्धव ढोडारीले बताए ।
उनका अनुसार कारण देखाउ आदेश जारी भइसकेको भएपनि पूर्णपाठ आउन समय लाग्नेछ । इजलाशबाट पूर्णपाठको विवरण आएपछि मात्रै जानकारी गराउने उनले बताए । आम जनता पार्टीका अध्यक्ष साह रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन ।
सभार ः फरकधार
बज्जिकाञ्चल संवाददाता, काठमाडौँ २०८१ –
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको छ ।
निगम सञ्चालक समितिको शुक्रबारको बैठकले आजदेखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्यमा मूल्य प्रतिलिटर चार रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर छ रुपैयाँ र बाह्यतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४३ बढाएको हो ।
मूल्य समायोजनसँगै पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ६६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६७ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र मट्टितेल पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६० रुपैयाँ तोकिएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ । 
यस्तै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय ३२ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर एक हजार तीन अमेरिकी डलर तोकिएको छ । निगमले खाना पकाउने एलपी ग्याँसको मूल्य भने हाललाई यथावत राखेको छ ।
इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु १.५९, डिजेलमा रु ३.५७ तथा हवाई इनधनमा रु ५.७० ले बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।
सभार इकागज
चन्दन यादव, रौतहट, १७ गते माघ २०८१ ।
रौतहटमा १८ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । २०८१ माघ १५ गते मंगरवारका दिन उनीहरुलाई जिल्ला अदालतले कैद तथा जरिवाना सजाय तोकिएको थिए । सजाए पाएपछि उनीहरु फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले खोज तलास गरी उक्त फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो । फरार प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित रौतहट जिल्ला अदालतमा पठाईएको प्रहरीले बताएको हो ।
फरार रहेको प्रतिवादीहरु गरीश महरा चमार अपराध किर्ते जालसाजी तथा जरिवाना रु. १ सय रेहको हो । त्यस्तै शेख जाकीर अपराध शिर्षक लुटपिट गाली बेईज्जती रहेको प्रहरीले बताएको हो । त्यस्तै जरिवाना रु.७३ रहेको प्रहरीले जानकारी गराएको छ ।
यसैगरी सगीरा खातुनले पनि लुटपिट गाली बेईज्जती गरेको हो । यसको जरिवाना रु.६ रहेको हो । अर्को अपराधी जितन राय यादव अपराध गाली बेईज्जती र जरिवाना रु.१२ रहेको प्रहरीले जनाएका हो । अर्का अपराधीहरु रहेको छन् उमापती देवी र रूदल सहनी यि दुबै जनाको अपराध शिर्षक कुटपिट रहेको हो र जरिवाना शुल्क रु.१ रहेको प्रहरीले विज्ञप्ती मार्फत जनाएको हो ।
अर्का पाँच जना अपराधीले जालसाजी अपराध गरेका छन् र उनीहरुको नाम कोशिला देवी कल्वार जरिवाना रु.१, संतोष कुमार जरिवाना रु.१, आशा देवी जरिवाना रु.६, रामसिहासन जरिवाना रु.१० साह र साहेबलाल साह रहेका छन् । उसको जरिवाना शुल्क रु. १० रहेको प्रहरीले जनाएको हो ।
त्यस्तै गंगाजली देवी रहेकी छिन अपराध किर्ते रहेको हो तथा जरिवाना रु. पचाँस रहेको छ । त्यसैगरी ललिता देवी दास अपराध कुटपिट लुटपिट र जरिवाना रु.५० रहेको हो । प्रभा देवी गाली अपराध बेईज्जती तथा जरिवाना रु.२ सय पचाँस रहेको प्रहरीले बताएका हुन् ।
यसैगरी अर्को अपाधी महेन्द्र राय यादव रहेको छ, यसले कुटपिट जस्ता अपराध गरेका हुन् । उहाको जरिवाना शुल्क रु. १ सय २५ रहेको छ । अर्काे र अन्तिम अपराधीहरु गेनालाल साह, सियाराम साह जग्गा र रामनाथ साह छन् । उनीहरुले जग्गा खिचोला जस्तो अपराध गरेका छन् । उनीहरुको जरिवाना शुल्क रु. ५ सय रहेको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले जनाएका हुन् ।
आरएन पटेल, रौतहट, माघ १५ गते २०८१ ।
फतुवा विजयपुर नपा(५ मा जसपा नेपालको वडा कमिटी गठन कार्य सम्पन्न भएको छ। रौतहटको उत्तरी भेग पर्ने फतुवा विजयपुर नगरपालिकाको वडा नं। ५ मा जनता समाजवादी पार्टी नेपालको वडा कमिटी गठन गरिएको हो।

पालिकाको नगर कमिटि संयोजक जयमङगल यादवको अध्यक्षतामा मंगलबार पालिकाको वडा नं ०५ मा वडा कमिटिको विस्तारित बैठक सम्पन्न गरेको हो।
जसपा नेपालको यस फतुवा विजयपुर नपा ५ मा भएको वडा कमिटी गठन कार्यमा सोनालाल कुशवाहाको अध्यक्षतामा २५ सदस्य वडा कमिटि गठन गरिएको प्रदेश कमिटी सदस्य बिजय चौधरीले जानकारी गराएका हुन।

कार्यक्रमको प्रमुख वक्ता जसपा नेपालको केन्द्रिय सदस्य विन्देश्वर राय यादवले नव गठित जसपा नेपालको फतुवा विजयपुर नपा(५ को सम्पुर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ। कार्यक्रमा जिल्ला उपाध्यक्ष अमृतलाल चौधरी लगायत वडाका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो।
काठमाडौं २०८१।
सरकारले सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी विधेयक संसद्मा पुर्याएको छ । सोमबार प्रतिनिधिसभामा पुर्याइएको विधेयक दर्ता प्रक्रियामा रहेको संसद् सचिवालय स्रोतले जानकारी गराएको छ ।
सरकारले तयार पारेको विधेयकमा सामाजिक सञ्जाल प्लेटफर्म कम्पनीहरुले दर्ताबिना सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ । सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने कम्पनी वा संस्थाले अनुमति लिनुपर्ने व्यवस्था विधेयकमा गरिएको छ ।

राष्ट्रियता, सार्वभौमसत्ता, धर्म संस्कृति तथा जनजाति वर्गलालाई केन्द्रित गरी द्वेष फैलाउने काम गरेमा पनि पाँचलाख रुपैयाँसम्म जरिबानाको व्यवस्था गरिएको छ । गलत मनसाय राखेर सामाजिक सञ्जालमा पोस्ट, सेयर, लाइक, रिपोस्ट, लाइभ स्ट्रिमिङ, सब्सक्राइब, कमेन्ट, गरेमा पनि पाँचलाख रुपैयाँसम्म जरिबानाको व्यवस्था विधेयकमा गरिएको छ ।

आफ्नो पहिचान लुकाएर सामाजिक सञ्जालमा छद्मभेषी नाम राख्न नपाइने र त्यस्तो कार्य गरेमा कारबाहीको व्यवस्था गरिएको छ ।
प्रवक्ता एकराम गिरीका अनुसार दर्ता प्रक्रियामा रहेको छ । “हिजो पत्र आएको छ, कार्यालय समय सकिएपछि आएको हुनाले दर्ता हुन पाएन, आज दर्ता हुन्छ,” उनले भने ।
सभार बाह्रखरी
बज्जिकाञ्चल संवाददाता, रौतहट, १५ गते मंगलवार २०८१ ।
भोलि र पर्सी अर्थात् माघ १६ गते बुधबार र १७ गते बिहीबार सरकारले सार्वजनिक बिदा दिएको छ । बुधबार शहिद दिवस र बिहीबार सोनाम ल्होछार परेकाले सरकारले सार्वजनिक सार्वजनिक बिदा भएको हो । बिदा परेकाले भोलि र पर्सी कारोबार बन्द हुनेछ ।

सो दिन सेयर बजारसँगै सरकारी कार्यालय लगायत सबै बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब सेयर बजार आइतबार बिहान ११ बजेमात्र खुल्नेछ ।
सभार अर्थ संसार
काठमाडाैं २०८१ ।
दाङ स्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति डा. विकास लामिछानेको शैक्षिक योग्यता नपुगेकाे भन्दै अख्तियार दुरूपयाेग अनुसन्धान आयाेग, राष्ट्रिय सतर्कता केन्द्र सहित प्रधानमन्त्री कार्यालयमा समेत उजुरी परेकाे छ । तत्कालिन स्वास्थ्य तथा जनसंख्यामन्त्री विराेध खतिवडाले प्रतिष्ठानकाे पदाधिकारी नियुक्तिकाे मापदण्ड नै मिचेर उपकुलपति नियुक्त गरेकाे भन्दै नियामक निकायहरूमा उजुरी परेकाे हाे ।
गत पुष १९ गते अख्तियार दुरूपयाेग अनुसन्धान आयाेग, सतर्कता केन्द्र, प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयमा समेत नियुक्ति पकृयाकाे छानविन गरि दाेषीमाथि कारवाहीकाे माग गर्दै उजुरी परेकाे हाे । यसअघि पनि पटक पटक उजुरी परेकाेले राष्ट्रिय सतर्कता केन्द्रले आवश्यक छानबिन गरिरहेको छ ।
प्रतिष्ठानको नियमावलीले मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर (एमडी/एमएस/पीएचडी उपाधि) प्राप्त गरी प्राध्यापक पदमा कम्तीमा ५ वर्ष अनुभव हासिल गरेको व्यक्ति उपकुलपतिमा नियुक्त हुने प्रावधान भएपनि तत्कालिन स्वास्थ्यमन्त्रीले उक्त नियमावली मिचेर डा. लामिछानेलाई ४ वर्षका लागि उपकुलपतिमा नियुक्त गर्न सिफारिस गरेका थिए ।
प्रतिष्ठान सभाले बनाएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विभिन्न निकाय तथा पदाधिकारीको काम, कर्तव्य र अधिकारसम्बन्धी नियमावली ०७४ को परिच्छेद–८ (पदाधिकारीको मापदण्ड, काम, कर्तव्य र अधिकार ) अन्तर्गत नियम ४० (क) मा गरिएकाे व्यवस्था विपरित उपकुलपति नियुक्त गरिएकाे दावी छ । प्रतिष्ठान श्राेतका अनुसार उपकुलपति डा. विकास लामिछाने नेपाल सरकारको एघारौं तहबाट अवकाश प्राप्त चिकित्सक हुन् । उनले नियमावलीले किटान गरेको स्नातकोत्तर (एमडी/ एमएस/पीएचडी उपाधि) हासिल नगरेको जिकीर गरिएकाे छ ।
उजुरीमा उल्लेख गरिए अनुसार डा. लामिछानेले त्रिवि शिक्षण अस्पतालमा एम.बी.बी.एस. अध्ययनपश्चात् अमेरिकास्थित जोन होप्किन्स विश्वविद्यालयबाट ११ महिने एमपीएच (मास्टर्स इन पब्लिक हेल्थ) तालिम मात्र लिएका छन् । ‘एमपीएच उत्तीर्ण गरेर कम्तीमा तीन वर्ष अध्ययन गरेर मात्र एमडी/एमएस/पीएचडी उपाधि नेपाललगायत संसारभर प्राप्त गर्न सकिन्छ । नियमावलीले तोकेको मापदण्ड (शैक्षिक योग्यता) उनले पूरा गरेका छैनन् । डा. लामिछानेले अझै ३ वर्ष अध्ययन गर्नुपर्छ ।’ उजुरीमा उल्लेख गरिएकाे छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७४ को दफा ८ (ग) ले प्रतिष्ठानको नियम बनाउने अधिकार प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपतिको अध्यक्षता र स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं प्रतिष्ठानका सहकुलपतिको उपाध्यक्षतामा बस्ने सभा (सिनेट) लाई मात्र दिएको छ । सिनेटले बनाएको नियमावली सिनेटले मात्र संशोधन गर्न सक्ने प्रावधान विपरित तत्कालिन स्वास्थ्यमन्त्रीले कार्यविधि बनाएर उपकुलपति नियुक्ति प्रकृया अपनाएका थिए ।
मुलुकभरका स्वास्थ्य विज्ञान प्रतिष्ठान र विश्वविद्यालयहरूमा यो नियम लागू हुन्छ । नेपाल सरकार (मन्त्रिपरिषद्) वा मन्त्रालय (मन्त्री/सचिवस्तर) को निर्णयले सिनेटले बनाएको नियम परिवर्तन गर्न सक्दैन । यो विषयमा सतर्कता केन्द्रले मेडिकल काउन्सिललाई विवरण पनि मागेको थियो । सम्बन्धित निकायहरूसँग आवश्यक कागजात र विवरण मागिएको सतर्कता केन्द्रले पनि जनाएको छ ।
मेडिकल काउन्सिलको जवाफले उपकुलपति डा. लामिछानेको ११ महिने एमपीएच डिग्री प्रतिष्ठानको नियमावलीले तोकेको स्नातकोत्तर (एमडी/एमएस/पीएचडी उपाधि सरह नरहेको स्पष्ट पारेको पनि उजुरीमा उल्लेख छ । राष्ट्रिय सतर्कता केन्द्रका सूचना अधिकारी हीरामणि सुवेदीले उजुरीकाे बारेमा छानबिन भइरहेकाे जानकारी दिए ।
डा. लामिछानेलाई उपकुलपति नियुक्ति गर्दा ‘स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, ०७३ लाई आधार मानेर ०७८ पुस ५ गते मन्त्रालयस्तरको निर्णयद्वारा उपकुलपति नियुक्त गरिएको उजुरीमा छ । प्रतिष्ठानको सिनेटले बनाएको नियमावली मिचेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति नियुक्ति कार्यविधि २०७८’ स्वीकृत गरी सोही आधारमा नियुक्ति गरिएको उजुरीमा उल्लेख छ ।
‘०७३ सालमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएकै थिएन भने ०७४ सालमा प्रतिष्ठानको स्थापना भएपश्चात प्रतिष्ठानको सिनेटले ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विभिन्न निकाय तथा पदाधिकारीको काम कर्तव्य र अधिकारसम्बन्धी नियमावली ०७४ को परिच्छेद–८ (पदाधिकारीको मापदण्ड, काम, कर्तव्य र (अधिकार) अन्तर्गत नियम ४० (क) मार्फत उपकुलपतिको नियुक्तिको मापदण्ड बनाइसकेको थियो । सिनेटले ०७४ सालमा बनाएको नियमावली मिचेर मन्त्रालयले वा नेपाल सरकार मन्त्रिपरिषद्ले मापदण्ड बनाउनु ऐनको भावना विपरित र गैरकानुनी हुन्छ भन्नेमा कुनै द्विविधा छैन,’ उजुरीमा उल्लेख छ ।
मन्त्रालयले आर्थिक लेनदेनको आधारमा उपकुलपति नियुक्ति गरिएको उजुरीमा आरोप छ । ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, उपकुलपति नियुक्ति कार्यविधि २०७८ को दफा २ (क) मा समेत चिकित्सा शास्त्रमा स्नातकोत्तर व्यक्ति मात्र उपकुलपति नियुक्त हुन सक्ने उल्लेख भएकोमा डा. लामिछानेको सो योग्यता समेत नपुग्ने उजुरीमा छ ।
काठमाडौं २०८१ –
बैंकर बलदेव थापाको नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक भएको छ । थापाको शब्द रहेको यस गीतमा विश्व कृतिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत र स्वर रहेको छ । गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ ।
सफल बैंकरको छवि बनाएका थापा साहित्यकार पनि हुन । उनका दर्जनौ गीत, गजल विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् । जीवनदर्शन, समय र परिस्थितीलाई गीत गजलमा रुपान्तरण गर्ने क्षमता गीतकार थापासंग छ । हाल ज्योति विकास बैंकमा सहायक महाप्रबन्धक रहेका थापा कार्यालयको समय बाहेक गीत, गजल लेख्नमा रुची राख्दछन् ।
गायक, संगीतकार तथा साहित्यकार श्रेष्ठको एक हजार भन्दा बढि गीत र उपन्यास फैरैना बजारमा आएका छन् ।
काठमाडौं २०८१ ।
छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव माघ १७ गतेबाट काठमाडौँमा सुरु हुँदैछ । चलचित्र विकास बोर्डको सहकार्यमा नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा माघ १९ गतेसम्म तीन दिन सञ्चालन हुने चलचित्र महोत्सवमा ४७ देशका ९८ चलचित्र, लघुचलचित्र तथा वृतचित्रहरु प्रदर्शन हुँदैछन् । सबै चलचित्रहरु निःशुल्क हेर्न पाईने आयोजक टीमले जनाएको छ । चलचित्र महोत्सवको ओपनिङ दरबारमार्गस्थित राईजिङ मलको क्युएस सिनेमामा हुनेछ । ओपनिङमा मोहन अभिलाषीले निर्देशन गरेको लघुचलचित्र पाउलो प्रदर्शन गरिनेछ । राईजिङ मलको दुवै हलमा २ दिनसम्म नियमित चलचित्रहरु प्रदर्शन गरिने र चलचित्र विकास बोर्डमा ३ दिनसम्म चलचित्रहरु प्रदर्शन गरिने महोत्सवका निर्देशक सन्तोष सुवेदी बताउँछन् ।
महोत्सवमा सहभागी राष्ट्रिय चलचित्रतर्फ लक्ष्मण सुनारको बुलाकी, दिनेश राउतको पुजार सार्की, सत्यराज चौलागाईको विच्छेद, सनोल दासको पखेटा, कमल एक्चाई मगरको डेसान लगायतका चलचित्रहरु प्रदशर्न हुनेछन् । त्यस्तै विभिन्न विधाका छोटा चलचित्रहरुमा द स्कुल वाल, रित्तो गाउँ, डाकिनी, निर्देश, थ्रेसहोल्ड, कन्तुर, अदेख, चराको नाच, मनु, बेली लगायत अन्य थुप्रै लघुचलचित्र र डकुमेन्ट्रीहरु समावेश गरिएको छ । झण्डै ३ दर्जन राष्ट्रिय तथा ५ दर्जनबढी अन्तराष्ट्रिय चलचित्रहरु प्रदर्शन हुने महोत्सवमा चलचित्र प्रदर्शनीसँगै मास्टर क्लास, प्यानल डिस्कसन, विभिन्न साँस्कृतिक नृत्यहरु र कला प्रदर्शनीसमेत रहनेछ । महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचिकर्मीहरुको उपस्थिति रहनेछ ।
महोत्सवमा ८ जना अन्तर्राष्ट्रिय र ८ जना राष्ट्रिय जुरी चयन गरिएको छ । जसमा भारतबाट चलचित्र निर्देशक निपोन धौला, जर्मनी चलचित्रकर्मी फाविन मात्थियस र चलचित्रकर्मी इभिन बिराजी, बेलायतबाट चलचित्र लेखक तथा निर्देशक लुईसा प्रिटोलानी, क्यानडाबाट चलचित्र निर्देशक जुडी ग्लाड्स्टोन, इरानबाट अभिनेत्री, लेखक तथा निर्देशक तिमा टाघिजादेह, बहराईनबाट चलचित्र निर्माता निर्देशक एवम.् लेखक इभा दाउद र रशियाबाट चलचित्रकर्मी इरिना बेराजी रहेका छन् ।
नेपालबाट निर्णायकको रुपमा संगीतकार तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष शम्भुजीत बाँसकोटा, अभिनेत्री मिथिला शर्मा, चलचित्र निर्देशक दीपेन्द्र के. खनाल, अभिनेता प्रदीप खड्का र टेलिभिजनकर्मी टिकाराम यात्री अभिनेत्री सुरक्षा पन्त, चलचित्र निर्माता एवम् निर्देशक रौनक बिक्रम कँडेल र निर्देशक दिनेश लिङदेन रहेका छन् ।
मौलिक कला, संस्कृतिको संरक्षण, संवद्र्धन र चलचित्र विकासको लागि हरेक वर्ष अन्तराष्ट्रिय चलचित्र महोत्सव आयोजना गरिरहेको आयोजक टीमले जानकारी दिएको छ । सम्बन्धित निकायहरु आफैले कला, चलचित्र र संस्कृति संरक्षण र संवद्र्धनका कार्यक्रमहरु गर्नुपर्नेमा विगतका चलचित्र महोत्सवहरु आयोजना हुँदै गर्दा सम्बन्धित निकायहरुबाट साथ, सहयोग नपाएको महोत्सव निर्देशक सन्तोष सुवेदीले गुनासो व्यक्त गरे । यूनेस्कोको कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिका फिल्म सिटीमा घोषणा भएको तर महानगरमै यति ठूलो महोत्सव हुँदासमेत महानगरले बेवास्ता गरेको उनी बताउँछन् । नेपालको राजधानी काठमाडौंमा ४७ देशका चलचित्रहरु समावेश गरेर महोत्सव गर्न पाउँदा आफुलाई मात्र नभएर देशकै लागि गर्वको कुरा रहेको उनी बताउँछन् ।
यो महोत्सवमा उत्कृष्ट चलचित्र, उत्कृष्ट लघुचलचित्रमात्र नभएर उत्कृष्ट महिला चलचित्र, बालबालिका चलचित्र, सांस्कृतिक चलचित्र, एनिमेटेड चलचित्र, मानव अधिकार चलचित्र, डकुमेन्ट्री लगायत धेरै विधाहरु भएकाले अन्य विधालाई पनि प्रोत्साहन गरेको कारण यो चलचित्र महोत्सव अझ बढी महत्वपुर्ण रहेको उनको भनाई छ । नेपालमा विधाअनुसारको विषयवस्तुमा कम फिल्म बन्छ, कि त बन्दै बन्दैन । बनेपनि त्यसलाई प्रदर्शन गर्ने स्थान र प्रोत्साहन गर्ने संस्था छैन । विषयगत चलचित्रहरु उत्कृष्ट बन्दा पनि तिनिहरुले स्थान पाउँदैनन्, पाईहालेपनि प्रतिस्पर्धामा पछाडी नै राखिन्छ । तर यो महोत्सवले सबैलाई समेट्न सकेको उनको दावी छ ।
महोत्सवमा चयन भएका चलचित्रहरूले उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायांकार लगायत उत्कृष्ट लघुचलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्र, महिला चलचित्र, बालवालिका चलचित्र, मानव अधिकारका चलचित्र जस्ता विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् । यी विभिन्न विधामा सर्वोत्कृष्ट भएका चलचित्र तथा कलाकार प्राविधिकलाई महोत्सवको समापन समारोहमा अवार्ड प्रदान गरिनेछ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरुको मूल्यांकनको आधारमा फरकफरक विधाका उत्कृष्ट १५ ओटा राष्ट्रिय तथा १५ ओटा अन्तराष्ट्रिय गरी ३० चलचित्रहरुलाई पुरस्कृत गरिनेछ ।
न्यूयोर्क २०८१ ।
मित्र राष्ट्र सयुक्त राज्य अमेरिकाको भ्रमणमा रहनु भएका प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले बुधवार सयुक्त राष्ट्र संघ महासभाका अध्यक्ष फिलिमेन याङसंग भेटवार्ता गरेका छन् । न्यूयोर्क स्थित सयुक्त राष्ट्र संघको मुख्यालयमा भएको भेटमा सांसद ढकालले नेपालको शान्ति प्रक्रियामा सयुक्त राष्ट्र संघको योगदानको कदर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फवाट शुभकामना संदेश दिनुभयो । महासभाका अध्यक्ष फिलिमेन याङले संयुक्त राष्ट्रसंघको ७९औं महासभामा प्रधानमन्त्री केपी शर्मा ओलीसंग भएको महत्वपुर्ण भेटवार्ताको स्मरण गर्दै नेपालको शान्ति र संमृद्धिको यात्रामा सयुक्त राष्ट्र संघको सदैव सदभाव रहने बताउनु भयो ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागी हुन अमेरिका पुगेका ढकालले वाशिंटन डिसीमा रिपब्लिकन र डेमोक्र्याट पार्टीका छ जना सांसदहरुसंग समेत भेट गरेका थिए । पूर्वमन्त्री समेत रहेका ढकालले क्यपिटोल हिल (संसद भवन) मा अमेरिकी सांसदहरु बेथ भान डाइन, डानी देविज, जोहन टाईलर डूलिटल, जोनाथन ज्याकसन्, लुइए गोहमेर्ट लगाएत संग संसद भवनमा द्विपक्षीय हित र नेपाल –अमेरिका संसदीय आदानप्रदान बारे छुट्टा छुट्टै कुराकानी गरेका थिए ।
सांसद ढकालले अमेरिकी पत्रिका “द वाशिंगटन टाइम्स“ को मुख्यालयको समेत भ्रमण गरि उक्त पत्रिकाको अध्यक्ष थोमस म्याकडेभिट लगाएतसंग अन्तरक्रिया गरेका छन् । ढकाल प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन् र उनि नेपाल – अमेरिका संसदीय मैत्री समुहमा आबद्ध छन् । सांसद ढकालको भ्रमणलाइ अमेरिकी नेताहरुले बिशेष महत्व दिएका छन् ।
आरके श्रीवास्तव,रौतहट,०८ गते माघ २०८१ ।
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर २ सितलपुरमा रहेको सातोबहिनिकोे मन्दिरमा ओहोरदोहोर गर्न समस्या भएपछि बाटो निर्माण कार्य भइरेको छ । वर्षौदेखि बाटो विहिन रहेको सो मन्दिरमा आउजाउ गर्न सहजहोस् भन्ने उदेश्यले बाटो निर्माण हुन लागेको हो ।

उक्त वडाका वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव संजयले नयाँ बाटो निर्माण गराइरहेका छन् । त्यस वडामा सधैं सो बाटो चुनावी एजेण्डा बन्दै आएको थियो । तर बाटो भने निर्माण भइरहेको थिएन् । वडा अध्यक्ष यादवले चुनावको बेला गरेको वाचा पुरा गर्दै बाटो निर्माण धमाधम गराइरहेका छन् ।

मन्दिर आसपासको जमिन समेत केही स्थानियहरुले अतिक्रमण गरि राखेका थिए । भने केहीले आफनै जग्गा दिएर भए पनि सो काममा सघाइरहेका छन् । स्थानियको सहयोग पनि त्यतीकै छ । अहिले धेरै जसो जनप्रतिनिधी आफूसँग बजेट नै नभएपछि कसरी काम गर्ने भने गुणासो गरिरहेका हुनछन् ।

तर नागरिकका समस्या समाधान गर्नका लागि सबै ठाउँमा बजेट र पैसा नै चाहिन्छ भन्ने पनि होइन् । यसको उदाहरण पात्र हुन् वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव । उनको नगरपालिकामा अन्य दलको बहुमत छ । अलपमतमा रहेका वडा अध्यक्ष यादवले आफनो वडाको कमै बजेट पनि यस्ता सराहनिय कामहरु गरेर सर्वत्र चर्चामा छन् ।

सो मन्दिरमा जाने बाटो निर्माण हुन थालेपछि स्थानिय ब्रहमदेव यादव भन्छन्–‘विगत ५ वर्ष स्थानिय सरकारको कार्यकाल बित्यो तर हाम्रो समस्या सुन्न कोही आएन् । अहिलेका वडा अध्यक्षले सामान्य पहल मात्र गरिदिदाँ हाम्रो वर्षौदेखि रहँदै आएको समस्या समाधान भएको छ । ’

अर्का स्थानिय जयमंगल पटेलले भने–‘सधैं आलीको बाटो भएर ओहोरदोहोर गर्न हामी बाध्य थियौं । अब उपरान्त सो समस्या हटेको छ । ’
चन्दन यादव, रौतहट, ०८ गते माघ २०८१ ।
जाडो बढेसँगै रौतहट जिल्लाको सदरमुकाम रहेको गौर नगरपालिकाले सामुदायिक विद्यालयहरुमा पठनपाठन बन्द गरेको छ । चिसोका कारण पठनपाठनमा कठिनाई भएपछि गौर नगरपालिकाले जाडो बिदा दिएको हो ।
गौर नगरपालिकाका शिक्षा शाखा प्रमुख उत्तम कुमार उपाध्याय द्धारा हस्ताक्षरित सूचनामा उल्लेख भए अनुसार २०८१ माघ ८ गते मंगलरवार देखि माघ ११ गते शुक्रवारसम्म समुदायिक तथा संस्थागत विद्यालयहरुमा पठनपाठन बन्द गरिएको जनाइएको छ ।
चिसोको कारण पठनपाठनमा कठीनाई भएको हुनाले वर्षे बिदाबाट कट्टा हुनेगरी जाडो बिदा दिएको शिक्षा शाखा प्रमुख उत्तम कुमार उपाध्यायले जनाएका हुन् । गौर नगरपालिकामा रहेको सम्पुर्ण विद्यालयहरु आज मंगलरवार देखी शुक्रवारसम्म बन्द गरिएको समेत उनले जनाएका हुन् ।
अहिले अत्याधिक चिसोको कारण विधालयहरुमा विधार्थीको संख्यामा कमी हुदै गएको हुनाले सो नगरपालिकामा जाडो बिदा दिएको छ । रौतहट लगायत पुरै तराई मधेशमा नै जाडोको अत्याधिक प्रभाव परिरहेको कारण धेरै स्थानिय सरकारले पनि बिदा दिएका छन् ।
अत्याधिक चिसोको कारण बच्चाहरुको स्वास्थ्यमा पर्न सक्न प्रतिकुल असरलाई मध्य नजर गर्दै विधालयहरुको पठनपाठन बन्द गरिएको गौर नगरपालिकाले प्रकाशन गरेको सुचनामा उल्लेख छ ।
चन्दन यादव, रौतहट, ०८ गते माघ ।
रौतहटमा सजाय पाएका ११ जना फरार प्रतिवादीहरुलाई रौतरहट प्रहरीले पक्राउ गरेको छ । उनीहरु माथी अदालत बाट कैद तथा जरिजावा सजाय तोकिए पछि फरार भएका थिए । माघ ६ गते आइतवारका दिन उनीहरु माथि जिल्ला अदालतले फैसला कार्यान्वयन अन्तर्गत तोकिएको थियो ।
पक्राउ पर्ने प्रतिवादीहरुमा शेख नेपाली अपराध बहुविवाह कैद अवधी १ वर्ष तथा जरिवाना पाँच हजार, जमिला शेखिन अपराध किर्ते जरिवाना दुई सय र कैद एक वर्ष, जमिल अख्तर अपराध किर्ते कैद अवधी एक वर्ष तथा जरिवाना दुई सय, शेख अजिज मियाँ दर्जी अपराध किर्ते कैद अवधी एक वर्ष रहेको छ । उनको जरिवाना दुई सय रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै ओली महम्मद अपराध किर्ते त्यस्तै कैद अवधी एक वर्ष तथा जरिवाना दुई सय, शेख हफिज अपराध किर्ते कैद अवधी एक वर्ष र जरिवाना दुई सय, महेन्द्र महरा चमार अपराध कुटपिट कैद अवधी एक वर्ष तथा जरिवाना एक हजार, पुनकलिया देवी अपराध कुटपिट कैद अवधी एक वर्ष र जरिवाना एक हजार रहेको छ ।
त्यसैगरी मनिता कुमारी अपराध कुटपिट कैद अवधी एक वर्ष र जरिवाना एक हजार, निलम देवी अपराध कुटपिट कैद अवधी एक वर्ष र जरिवाना एक हजार र उषा देवी भन्ने उषा कुमारी राम अपराध कुटपिट कैद अवधी एक वर्ष र जरिवाना एक हजार जिल्ला रौतहट बाट उनीहरु माथी कैद तथा सजाय तोकिएको थियो ।
जिल्ला रौतहट कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले खोज तलास तथा पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित रौतहट जिल्ला अदालतमा पठाईएको जानकारी निमित्त सुचना अधिकारी तथा प्रहरी निरीक्षक राम कुमार महतोले बताएका हुन् ।
बज्जिकाञ्चल संवाददाता,०७ गते माघ २०८१ ।
काठमाडौं । दैनिक १८ घण्टासम्मको लोड सेडिङ अन्त्य गर्न आफुलाई उपभोक्ताले ठूलो सहयोग गरेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनु भएको छ । २०७३ सालको तिहारदेखि काठमाडौंलाई लोडसेडिङ मुक्त गरेसँगै २ वर्षभित्रै देशलाई लोडसेडिङ मुक्त बनाउने अभियानमा आफुलाई उपभोक्ताले ठूलो साथ दिएको उहाँले जिकीर गर्नु भयो ।
शनिबार नेपाल इन्जिनियरिङ कलेजबाट स्नातक पुरागरी विदा भएका विद्यार्थीहरुलाई संवोधन गर्दै कार्यकारी निर्देशक घिसिङले उपभोक्ताले विद्युत प्रयोग गर्ने बानी व्यवहार परिवर्तन गरेकाले आफु लोडसेडिङ हटाउन सफल भएको बताउनु भयो । ‘उपभोक्ताको मागलाई कसरी म्यानेज गर्ने, उपभोगको शैली कसरी सुधार गर्ने कसैले सोचेकै थिएन । मैले एक नम्बरमा उपभोक्ताको व्यवहार र उपभोगको शैलीलाई परिवर्तन गरे ।

उपभोक्ताले पनि साथ दिनुभयो, त्यसपछि म सफल भए ।’ लोडसेडिङ एकै पटक अन्त्य गर्न नसकिने अवस्थामा आफुले काठमाडौंबाट सुरुवात गर्दा देशभरका जनताले साथ दिएको उहाँको जिकीर छ ।
कार्यकारी निर्देशक घिसिङले डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौदाको विषय जनतालाई दैनिक १८ घण्टासम्म अन्धकारमा राखेर उद्योगहरुलाई दिइएको विद्युत भएको बताउँदै उक्त विद्युत उपभोगको रकम तिर्नैपर्ने बताउनु भयो । ‘जनतालाई लोड सेडिङमा पारेर तत्कालिन म्यानेजमेन्टसँग पनि मिलेर उद्योगीले २० घण्टा २४ घण्टासम्म विद्युत उपभोग गरेको पैसा नतिरेको आज मात्र हैन त्यो बेलादेखि नै लिन खोजेको हो । विचमा उहाँहरुले धेरै अदालत र मुद्दा गर्नुभयो । त्यो लिनुपर्छ ।’ उहाँले भन्नुभयो ।

लोडसेडिङको समय एउटै उद्योगलाई ४० मेगावाट सम्म सप्लाई हुने गरेको जिकीर गर्दै कार्यकारी निर्देशक घिसिङले ४० मेगावाट विद्युतले ४० वटा पहाडी जिल्लालाई पुग्ने दावी गर्नुभयो । ‘४० मेगावाट एउटै उद्योगमा सप्लाई हुन्थ्यो । ४० मेगावाटले १० वटा जिल्लालाई पुग्छ । बेलुकाको टाइममा एउटै उद्योगले ४० मेगावाट चलायो भने १० वटा जिल्ला अन्धकार हुन्छ ।’ पहाडी जिल्लामा ४ मेगावाट पनि खपत नहुने घिसिङ भन्नुहुन्छ ।

सप्लाई साइटको म्यानेजमेन्ट र डिमाण्ड साइटको म्यानेजमेन्टमा काम गर्दा लोडसेडिङ अन्त्य गर्न सफल भएको उहाँको दावी छ । २०७३ सालमा ५० प्रतिशत जनतामा विद्युत पुगेकोमा आजको दिन ९९ प्रतिशत जनताको घरमा विद्युत पुगेको उहाँको दावी छ । ‘लोडसेडिङको अन्त्य शहरी क्षेत्रको मात्र गरिराख्यौं, तर, काठमाडौं वरीपरीमै विद्युत पुगेको थिएन । जहाँ २४ सै घण्टा लोडसेडिङ थियो त्यहाँ विद्युत पुर्याउने हाम्रो काम नै महान काम हो । अहिले ९९ प्रतिशत जनताले विद्युत पाईरहेका छन् ।’ १ प्रतिशत जनताको घरमा आफ्नै कार्यकालमा प्ुर्याउने भन्दै उहाँले भन्नुभयो, ‘अब ६, ७ महिना छ यही कार्यकालमा १ प्रतिशत जनताका घरमा विद्युत पुर्याउँछु ।’
लोडसेडिङ अन्त्यसँगै अरबौं घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजानु आफ्नो सबैभन्दा ठूलो उपलब्धी रहेको कार्यकारी निर्देशक घिसिङको जिकीर छ । ‘२०६९ सम्म २७ अर्बजति घाटा थियो त्यसलाई सरकारले जिरो बनायो । त्यसपछि ५ वर्षमा ०७२ सालसम्म ३५ अर्ब घाटा पुगेछ । म आउनुअघि एक वर्ष करिब ९ अर्ब जति घाटा थियो । म आएपछि ०७३÷०७४ मा एकै वर्ष त्यसलाई नाफामा कन्भर्ट गर्यौं । करिब डेढ अर्ब नाफाबाट सुरुभयो, त्यसपछि लगालग नाफामा गयौं । अहिले करिब ८५ अरब जति ब्यालेन्स बनाउन सफल भएका छौं ।’ प्राधिकरणमा नाफामा पुर्याउन चुहावट नियन्त्रणको पनि महत्वपूर्ण भूमिका रहेको घिसिङको भनाई छ ।
इन्जिनियरिङका विद्यार्थीलाई संवोधन गर्दै कार्यकारी निर्देशक घिसिङले इन्जिनियरका विद्यार्थीहरुका लागि विद्युत प्राधिकरण पाठशाला रहेको बताउनु भयो । ‘तपाईहरु अहिले जति पास आउट गर्नुभएको छ त्यो सबै बेसिक छ । अब प्रोफेसनल लाइफमा धेरै सिक्नुहुन्छ त्यो चैं ठूलो पाठशाला हो । विद्युत प्राधिकरण सबै प्रकारका इन्जिनियरहरुको लागि ठूलो पाठशाला हो ।’ आफुले प्राधिकरणमा ३१ वर्ष सेवा गर्दा ठूलो अनुभव हासिल गरेको उहाँको भनाई छ ।
उहाँले इन्जिनियरहरुका लागि सरकारी र प्राइभेटमा दुवै क्षेत्रमा धेरै अवसर र संभावनाहरु रहेको जनाउनु भयो । साथै, इन्जिनियरहरुले नेतृत्व पनि गर्न सक्ने दावी गर्नुभयो । ‘इन्जिनियर भनेको टेक्नोक्रयाट मात्र हैन, इन्जिनियर भनेको समाज बुझ्ने, वातावरण बुझ्ने हुनुपर्छ । जब प्रोफेसनल लाइफमा जानु हुन्छ तपाई ठूलो म्यानेजर हो ।’ इन्जिनियरिङमा प्राविधिक क्षेत्रमा परामर्श दिएर अगाडी बढ्ने प्राविधिक फिल्डमा पनि व्यवसायिक नेतृत्व गर्न सकिने घिसिङको भनाई छ ।
कार्यकारी प्रमुख घिसिङले लिडरसिपमा आएका इन्जिनियरहरु सफल भएको जिकीर गर्नुभयो । ‘इन्जिनियरहरुले जहाँ जहाँ नेतृत्व गरेका छन् त्यो राष्ट्र धेरै छोटो समयमा विकास भएको पनि देखिन्छ ।’ एक समय चीनको नौ वटा स्ट्याण्डिङ कमिटीमा इन्जिनियरहरु रहेको उदाहरण दिँदै उहाँले भन्नुभयो । बर्तमान चीनको राष्ट्रपति समेत केमिकल इन्जिनियर भएको भन्दै उहाँले इन्जिनियरहरुले प्राविधिक, सामाजिक, वातावरणीय र राजनीतिक नेतृत्व दिन सक्ने दावी गर्नुभयो ।
कार्यकारी प्रमुख घिसिङले विद्यार्थीहरुलाई पढ्नका लागि विदेश गएपनि देशका लागि सोच्नुपर्ने उल्लेख गर्नुभयो । ‘देशका लागि के गर्न सकिन्छ भनेर अगाडी बढ्नु पर्छ । विदेश जानै हुन्न भन्ने लाग्दैन । जानुपर्छ, अनुभव गर्नुपर्छ तर, तपाईले गर्नुभएको अनुभव राष्ट्रको लागि हुनुपर्छ ।’ नेपालमा इन्जिनियरहरुका लागि धेरै अवसर रहेको भन्दै घिसिङले भन्नुभयो । धेरै चुनौतिहरु भएको स्थानमा अवसर पनि हुने उहाँको अनुभव छ ।
विदाई कार्यक्रममा बोल्दै कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारी, सहायक प्राचार्य मोहनध्वज केसी लगायतले स्नातक तहमा हासिल गरेको ज्ञान र सीपलाई व्यवहारिक जीवनमा इमान्दारिता र लगानशीलताका साथ प्रयोग गर्न सुझाब दिनुभएको थियो ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,०७ गते माघ २०८१ ।
रौतहट । नेपाल भारत मैत्री संघ केन्द्रीय कार्यालय काठमाण्डौको सहयोग र नेपाल भारत मैत्री संघ जिल्ला कार्य समिति रौतहटको सहकार्यमा अग्नि पीड़ित परिवारलाइ सोमबार कपडा सहित खद्यान्न सामग्री बितरण गरिएको छ ।
गएको पुष १४ गते मध्यरातमा भएको आगलगीबाट घर जलेर नस्ट भएका रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ५ पताहीका ८ घर परिवारलाइ नेपाल भारत मैत्री संघ केन्द्रीय कार्यालयले राहत उपलब्ध गराएका हुन ।

जिल्ला कार्य समिति रौतहटको पहलमा केन्द्रीय कार्यालयले उपलब्ध गराएको राहत सामग्री पीड़ित परिवारलाई बितरण गरिएको जिल्ला अध्यक्ष गृसनंदन कुमार सिंहले जनकारी दिएका छन ।
केन्द्रीय कार्यालयको कार्यवाहक अध्यक्ष चन्द्रमोहन झा ,केन्द्रीय सदस्य सत्यनारायण अग्रवाल ,केन्द्रीय सदस्य अरुण सिंह , मधेश प्रदेश अध्यक्ष रणधीर कुमार सिंह , राजदेवी नगरपालिका वड़ा अध्यक्ष सुरेश पंडित लगायतका उपस्थतिमा पीड़ित परिवारलाइ राहत सामग्री दिइएको हो ।

अग्नि पीड़ित जगरनाथ पासवान , बाबूलाल पासवान , कान्ति देवी पासवान , रामनाथ पासवान , सोगारथ पासवान , प्रदीप पासवान नागेन्द्र पासवान र दीपेन्द्र पासवानलाइ चामल २५ किलो , दाल ३ किलो ,खानेतेल १ लीटर , नून १ किलो , कम्बल २ थान , साडी २ थान ,लुंगी १ थान , नुहाउने साबुन २ वटा र लुगा धुनें साबुन २ वटा प्रति परिवारलाइ दिइएको जिल्ला अध्यक्ष सिंहले जानकारी दिएका छन ।
राहत सामग्री हस्तान्तरण गर्न घटना स्थल पुगेका कार्यवाहक अध्यक्ष झाले आगलगीको घटनाले आहात भएको बताए ।
दुखद घटनाको बारेमा जानकारी पाएपछि पीड़ामा सहयोगीको भूमिका निर्वाह गरेको बताए ! हामीले घाउमा मलहम लगाउने कार्य गरेको छू थप हुन सक्ने सहयोग गर्ने प्रयास गर्ने छू उनले भने अवस्था देखेर दुखित भएकोले आउने दिनमा हुन सकने सहयोग गर्ने प्रतिबद्धता जनाए ।
पीड़ित परिवारहरुले आगोबाट घर र घरमा भएको सामग्री समेत जलेर नस्ट भएकोले आफुहरुलाई घरको व्यवस्था गराई दिन आग्रह गरेका थिए ! पीड़ितहरुको आग्रह सुनेर नेपाल भारत मैत्री संघ मधेश प्रदेशका अध्यक्ष रणधीर कुमार सिंहले स्थानीय सरकारले जग्गाको व्यवस्थापन गर्नु पर्ने र वड़ा तथा नगरपालिकाले सिफारिश गरेमा घर निर्माणको लागि जस्ता पत्ताको सहयोग गर्ने बताए ।
वड़ा कार्यालय र नगरपालिकाबाट नेपाल भारत मैत्री संघको नाउमा सिफारिश गराएर पठाए हामीले आवश्यकता अनुसारको घर निर्माणमा सहयोग गराउने प्रयास गर्ने पीड़ितलाइ सुझाव दिए । सामाजिक कार्यमा रूचि राख्ने प्रदेश अध्यक्ष सिंहले पीड़ितहरुको अवस्था हेरेर चिन्ता व्यक्त समेत गरेका छन । उनले यस्तो दुःखको बेला सबैले सहयोग गर्नु पर्ने धारणा राखे । याे खबर राैतहट अनलाइन बाट लिइएको हाे ।
काठमाडौं, ७ माघ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले कांग्रेस–एमालेको अहिलेको सरकारले एकपछि अर्कोगरि अवैध काम जारी राखेको भन्दै आक्रोश पोखेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको गठन नै अवैध र संविधानविपरित भएको भन्दै अहिले राजनीतिक संयन्त्रको नाममा आतंक मच्चाईएको आरोप लगाए । संविधान संशोधनको नाटक गरेर संविधान र संसद्ले चिन्दै नचिनेको संयन्त्र सक्रिय गराउनु अराजकताको पराकाष्ठा भएको साहको आरोप छ ।

आजपाको आज बसेको उपत्यकाविशेष कमिटीको बैठकमा साहले संविधानले नचिन्ने राजनीतिक संयन्त्रको नाममा राज्यमा आतंक सिर्जना गरिएको भन्दै तत्काल उक्त कदम सच्याउन सरकारलाई चेतावनी दिएका छन् । संसद् छलेर भूमाफीयाहरुको स्वार्थमा भूमिसम्बन्धी अध्यादेश ल्याईएको र उक्त अध्यादेशको सबैभन्दा सुरुमा स्वार्थ समूहका नाइकेहरुबाट नै स्वागत हुनुले पनि अहिलेको सरकार दलालहरुको सेवामा तल्लिन रहेको कुरा पुष्टि भएको साहको आरोप छ ।

उनले संसद् फेश गर्न नसकेर सरकारले अध्यादेशमार्फत शासन गर्नु गलत भएको र आफूहरुले त्यसको ठाडै विरोध गरेको पनि स्मरण गराए । साहले वर्तमान सरकारको गठन नै अप्रजातान्त्रिक, अप्राकृतिक, अपारदर्शी एवम् अनैतिक ढंगले भएकोले यसले जनताको सेवा भन्दापनि विचौलिया र दलालको सेवा गरिरहेको पनि आरोप लगाए ।
दुई तिहाईको बलियो सरकारको नेतृत्व गरेका प्रधानमन्त्री ओली जनतामाँझ निस्किनसमेत नसकेको भन्दै उनले अहिलेको सरकारलाई विस्थापित गर्नुपर्ने धारणा राखे । उनले भने,‘अहिलेका प्रधानमन्त्री पूरै बालुवाटारको खोपीमा थुनिनुपरेको छ, जनतामाँझ निस्किन सक्ने अवस्था छैन्, यत्रो प्राकृतिक विपत्ति आयो, प्रधानमन्त्री बेपत्ता हुनुभयो, जनता पहिरोले पुरिएर र बाढीले बगाएर ज्यान गुमाउन विवश हुँदा उहाँ विदेश शयरमा हुनुहुन्थ्यो, नेपाल आउँदा अशोभनीय टिप्पणी गर्नुभयो, भर्खरै ठूला पर्वहरु भए, ल्होसार अनि माघे संक्रान्ति, उहाँ टुँडिखेलमा पनि जानुभएन । जनताबाटै असुरक्षित प्रधानमन्त्रीले कसरी शासन गर्न मिल्छ ? भन्दै उनले प्रश्न गरे ।
उनले कानूनी सुधारको नाममा अध्यादेशको आतंक सिर्जना गर्दा लोकतन्त्र नै खतरामा परेको अनि संसद्को सर्वोच्चताको खिल्ली उडाउने काम भएको टिप्पणी गरे । उनले संयन्त्रमा विज्ञको नाममा कतै स्वार्थ समूहका प्रतिनिधि राखेर तिनीहरुले राज्यदोहन त गर्दैनन् भन्ने आशंका गर्ने ठाउँ रहेको पनि सुनाए । आजपाले अनावश्यक कर हटाउन सर्वपक्षीय अन्तरक्रिया गरेको छ । उक्त बैठकले सरकारको मनपरी कर आतंकविरुद्ध बृहत्त अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।
प्रविण शर्मा,राैतहट,०८ गते माघ २०८१ ।
रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ०२ र ०३ मा बागमती नदीको स्पर मरम्मत नहुदा स्थानिय चिन्तित भएका छन् ।
असोज १२ गते आएको बाढिले दुर्गा भगवती गाउँपालिका वडा नम्बर ०२ भलोहिया र वडा नम्बर ०३ मत्सरीका गरि ३ वटा स्पर मा बढि मात्रामा क्षति भएको छ भने केहिमा आंशिक क्षति भएको छ ।

१४ नम्बर स्पर करिव २०० मिटर पानीले बगाउदा दुवै तर्फ खेति गर्ने कृषकहरु समेत मारमा परेका छन् स्पर नहुदा जान आउन समस्या हुने तथा बगाएको भाग करिव २० फीट गहिरो रहेकोले तत्काल मरम्मत गराउन स्थानिय रजनीश झाले प्रदेस्झ सांसद इन्दु कुमारी सह संग आग्रह गरेका छन् ।

स्पर तत्काल मरम्मत नहुदा बर्षायाममा झन् जोखिम बढने तथा बाढि आए पछि छेउको बस्ति नै बगाउने डर रहेकोले तत्काल मरम्मत सम्भारको लागि पहल गरि दिन वडा नम्बर ०२ का वडा अध्यक्ष सुरेश चौधरीले प्रदेश सांसद साह संग आग्रह गर्नु भएको छ ।

वडा अध्यक्ष चौधरीका अनुसार वडाको बजेटले नभ्याउने अवस्था रहेकोले प्रदेश सरकार मार्फत तत्काल मरम्मत कार्यको लागि पहल गरिदिन प्रदेश सांसद साहलाइ आग्रह गरेका छौं , प्रदेश सांसद साहले पनि चाडै स्पर मरम्मत शुरु हुने बिश्वास दिलाउनु भएको बताउनु भएको छ ।

जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय रौतहटका प्रमुख भक्तलाल कर्णका अनुसार सो कार्य बागमती तथा लाल बकैया नदि नियन्त्रण कार्यालय परवानीपुरको रहेता पनि कामको प्रकृति हेर्दा तत्काल शुरु गर्नु पर्ने अबस्था रहेको र प्रदेश सान्सद इन्दु कुमारी साहको गृह पालिका रहेको कारण उनको बारम्बारको दवावको कारण समेत हामीले तत्काल मरम्मत गर्नु पर्ने अबस्था रहेको बताउनु भएको छ ।
बाढिले स्परमा क्षति पुर्याए पछि प्रदेश सांसद साहको अनुरोधमा नेपालि कांग्रेश मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादव,अर्थ मंत्री सुनिल कुमार यादव तथा उर्जा सिचाई तथा खानेपानी मंत्री शेष नारायण यादव समेतले सो ठाउँ अवलोकन गर्नु भएको थियो ।
आरके श्रीवास्तव,रौतहट,०७ गते माघ ।
क्रिकेटलाई यस्तै अनिश्चितताको खेल भनिएको होइन् । कटहरियामा आज सम्पन्न भएको टि १० क्रिकेट टुर्नामेन्टको फाइनल खेलले यसलाइ सावित गरेको छ । फाइनल खेल सुपर ओभरमा पुुगेर सम्पन्न भएको छ । रोमाञ्चक खेलमा हर्षाहा टिमलाइ हराउँदै बहादुुरीका साथ बहादुरपुरको टिमले कप माथि कब्जा जमाएको छ ।

सोमबार कटहरिया क्रिकेट ग्राउण्डमा भएको फाइनल मुुकाबलामा टस जितेर बहादुरपुरको टिमले क्षेत्ररक्षण गर्ने फैसला गरेको थियो । हर्षाहाको टिमले बल्लेबाजी गर्दै निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै ७० रन बनाएको थियो । जवाफी बैटिङ्गमा उत्रेको बहादुरपुरको टिमले निर्धारित ओभरमा ७० रन बनाउँदै खेललाइ बराबरीमा पुुर्याएका थिए ।

खेल बराबरी भएपछि नतिजा निकाल्नको लागि सुपर ओभर खेल भएको थियो । जसमा बहादुरपुरको टिमले १ विकेटको क्षतीमा ८ रन बनाएको थियो । सुपर ओभरमा ९ रनको लक्ष्य पाएको हर्षाहाको टिमले विना कुनै रनको २ विकेट गुमाउँदै हार व्यहोर्न पुग्यो ।
सुपर ओभरमा २ विकेट लिएका मासुुमलाइ खेलमा मैन अफ द मैच घोषित गरिएको थियो । टुर्नामेन्टभरी १३ विकेट लिएर प्रतियोगिताको बेस्ट बलरको रुपमा असलम खान घोषित् भएका थिए ।

विजेता टिम बहादुरपुरलाइ कटहरिया वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहाले नगद २० हजार, प्रमाणपत्र र ट्रफि हस्तान्तरण गरेका थिए भने निराला जेनरल स्टोर कटहरियाका सञ्चालक महाशक्ति निरालाले क्यूरी मसलाको तर्फ बाट उपविजेता टिम हर्षाहालाइ नगद १० हजार ,प्रमाणपत्र र ट्रफि हस्तान्तरण गर्नुु भएको थियो । निरालाले खेलाडीहरुको हौसला प्रदान गर्न आफूलाइ अवसर दिएकोमा आयोजकलाइ धन्यावाद पनि दिएका थिए ।

फाइनल खेलको पुरस्कार वितरण कार्यक्रमलाइ सम्बोधन गर्दै कटहरिया ४ का वडा अध्यक्ष चन्दन कुशवाहाले विजेता र उपविजेता दुवै टिमलाइ बधाइ तथा शुुभकामना दिदै खेलमा सहयोग गर्नु हुने सम्पूर्ण दाताहरुलाइ धन्यवाद ज्ञापन गरेका थिए ।

कुशवाहाले भने–स्थानिय स्तरमा हुने यस्ता क्रिकेट प्रतियोगिताले नै राष्ट्रिय खेलाडी उत्पादन गर्ने भएकाले यसलाइ बढावा दिनुपर्ने बताएका छन् । कटहरिया क्रिकेट ग्राउण्डले क्रिकेटको हिरा उत्पादन गरेर दिनेमा आफू विश्वस्त रहेको धारणा राखेका थिए ।
यस्तै अर्का वक्ता श्री जनता मावि कटहरियाका प्रधानाध्यापक सचिन्द्र प्रसाद यादवले यो टुर्नामेन्टले खेलाडीमा लुकेर रहेको प्रतिभालाइ बाहिर ल्याउने अवसर प्रदान गरेको बताए । यसको लागि उनले वडा अध्यक्ष कुशवाहालाइ धन्यवाद ज्ञापन गरेका थिए । आउँदो दिनमा कटहरिया क्रिकेटको लागि उर्वरभूमि सावित हुनेमा आफू आशावादी रहेको बताए ।

बौधीमाई क्रिकेट क्लब कटहरिया ४÷५ को आयोजना र कटहरिया वडा नम्बर ४ का वडा अध्यक्ष एवम् ग्राउन्ड निर्माता चन्दन कुशवाहाको समन्वय तथा विभिन्न दाताहरूको सहयोगमा गत पुस २५ गते देखि क्रिकेट प्रतियोगिता चलिरहेको थियो । जसमा २४ वटा टिम सहभागी भएका थिए ।
फाइनल खेलमा अम्पायरको भूमिका संजिव अधिकारी र पुरूषोतम सोनीले गरेका थिए । फाइनल खेल हेर्न मावि कटहरिया नगरपालिकाका शिक्षा संयोजक अनिल निधी,मावि बगहीका प्रधानाध्यापक सरोज साह,मावि भसेढवाका प्रधानाध्यापक राममंगल यादव,सुरक्षाकर्मी,पत्रकार लगायत क्रिकेट प्रेमी दर्शकहरूको बाक्लो संख्यामा उपस्थिति रहेको थियो ।
फाेटाे फिचर:

राैतहट, ०६ गते माघ २०८१ ।
रौतहट बचत तथा ऋण सहकारी संघले सहकारी अध्यादेश र राष्ट्र बैंकद्वारा जारी सहकारी मस्यौदाका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। संघका अध्यक्ष बिभु पोखरेलको अध्यक्षतामा सहकारी क्षेत्रका विभिन्न व्यक्तित्वहरू, संघका प्रतिनिधिहरू, र सहकारीप्रेमीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
होटल आरोहीमा भएको कार्यक्रमको प्रारम्भमा बिशिष्ट अतिथि रौतहट दुग्ध सहकारी संघका अध्यक्ष श्रीकृष्ण अधिकारीले ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो । संघका उपाध्यक्ष राम बिश्वास पासवानले स्वागत मन्तव्य राख्दै सहकारी क्षेत्रलाई दीर्घकालीन रूपमा सबल बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। कार्यक्रम सञ्चालन संघका महासचिव देव बहादुर सापकोटाले गर्नुभएको थियो ।
कार्यक्रमका दौरान सहकारी क्षेत्रमा देखिएका चुनौती र समाधानका उपायहरूबारे उपस्थित व्यक्तित्वहरूले आ–आफ्ना धारणा राखेका थिए । संघका पूर्व सल्लाहकार तथा संकल्प साकोसका अध्यक्ष गणेश पौडेलले सरकारले जारी गरेको अध्यादेशले सहकारीहरूलाई व्यवस्थित गर्न सहयोग पुर्याउने भए पनि केही प्रावधानले सहकारी क्षेत्रको व्यावहारिक पक्षलाई असर पुर्याउने भएकाले सुधारको आवश्यकता रहेको बताउनुभयो ।
नवविकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु तिवारीले अध्यादेशका केही प्रावधान सहकारीहरूको हित विपरीत रहेको भन्दै यसलाई सच्याउनका लागि संघले आवश्यक पहल गर्नुपर्ने र सुधार नभए आन्दोलनको बाटो रोज्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले सहकारीहरूको दीर्घकालीन अस्तित्वका लागि एकताबद्ध रूपमा अघि बढ्न आग्रह गर्नुभयो।
त्यसैगरी, वृन्दावासिनी साकोसका संचालक आलोक कोइरालाले सहकारी क्षेत्रलाई थप पारदर्शी र व्यवस्थित बनाउन सरकारद्वारा जारी अध्यादेश सकारात्मक रहेको बताउँदै, सहकारीहरूले नियमअनुसार आफ्नो कार्यशैलीलाई परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो।
संघका लेखा समिति संयोजक जितेन्द्र चौधरीले राष्ट्र बैंकको मस्यौदाले वित्तीय अनुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै, साना सहकारीहरूका लागि यसले केही चुनौती खडा गर्न सक्ने भए पनि दीर्घकालीन रूपमा यसले सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्लाभरका सहकारी संघका अध्यक्ष, व्यवस्थापक, र प्रतिनिधिहरू गरी ५० भन्दा बढी व्यक्तिहरूको सहभागिता थियो। उपस्थित सहभागीहरूले सहकारी क्षेत्रको समग्र सुधार र पारदर्शिताका लागि यस्ता अन्तरक्रिया कार्यक्रमको आवश्यकता रहेको औंल्याए।
संघका अध्यक्ष बिभु पोखरेलले कार्यक्रमको समापन गर्दै सहकारी क्षेत्रमा आएका समस्याको समाधानका लागि संघ निरन्तर सक्रिय रहने बताउनुभयो। उहाँले सहभागीहरूको धारणा र सुझावलाई भविष्यका रणनीतिहरूमा समेटिने प्रतिवद्धता व्यक्त गर्नुभयो।
उपस्थित सबैले सहकारीहरूको दिगो भविष्य सुनिश्चित गर्न सहकार्य र संवादको आवश्यकता रहेकोमा एकमत भएका थिए।
मुकेश कुमार साह, रौतहट ६ माघ २०८१ ।
डिभिजन वन कार्यालय रौतहटको आयोजनामा सामुदायिक वनहरूको दीर्घकालीन व्यवस्थापन र आगामी कार्ययोजना निर्माणका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ। सामुदायिक वनका प्रतिनिधिहरू, व्यवस्थापक, र सरोकारवालाहरूको उपस्थितिमा गोष्ठीमा वन संरक्षण, वन स्रोतको दिगो उपयोग, र वातावरणीय सन्तुलन कायम गर्न आवश्यक योजनाहरूमा विस्तृत छलफल गर्दै सम्पन्न भएको हो ।
गोष्ठीको उद्घाटनमा डिभिजन वन कार्यालयका प्रमुखले वन संरक्षण र समुदायको सहभागितामा आधारित स्रोत व्यवस्थापनको महत्त्वबारे प्रकाश पारे। सहभागीहरूले सामुदायिक वनहरूको संरक्षणमा देखिएका चुनौतीहरू समाधान गर्न, हरित क्षेत्र विस्तार गर्न, र वन उपभोक्ताको भूमिकालाई सशक्त बनाउन विभिन्न सुझाव प्रस्तुत गरे। कार्यक्रममा सामुदायिक वनहरूको वार्षिक योजना निर्माण र कार्यान्वयनका लागि प्राथमिकता तय गरिएको थियो।
गोष्ठीका क्रममा सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष वेदहरि दाहालले डिभिजन वन कार्यालयले ढिलासुस्ती गर्ने गरेको आरोप लगाए। उनले कार्यालयले समयमै गुनासा सम्बोधन नगरेको र चिरानको लागि काठ लान आवश्यक पुर्जी नबनाइएको भन्दै सुधारको माग गरे । यस्तै, अन्य सामुदायिक वनका प्रतिनिधिहरूले वन व्यवस्थापनमा थप पारदर्शिता र प्रभावकारिता ल्याउनुपर्ने खाँचो रहेको औंल्याए।
गोष्ठीमा उठेका गुनासाहरूको जवाफ दिँदै डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहले आफ्नो कार्यकालमा त्यस्तो ढिलासुस्ती नभएको र आफ्नो कक्षमा यस्ता गुनासा कहिल्यै नआएको स्पष्ट पारे। उनले गुनासा प्रति कडा रूपमा प्रस्तुत हुँदै सामुदायिक वनका प्रतिनिधिहरूले आफ्नो जिम्मेवारी पूरा नगरेकोतर्फ पनि ध्यानाकर्षण गराए।
उनले भने, “समुदायका केही वन उपभोक्ता समितिहरूले समयमै साधारण सभा नगर्दा समस्या उत्पन्न भएको छ। आफ्नो कमजोरी छोप्न कार्यालयमाथि दोष थुपार्नु न्यायोचित हुँदैन।” साथै, उनले कार्यालयका कुनै पनि कर्मचारीले यदि गल्ती गरे वा काममा लापरबाही देखाए भने त्यसको तत्काल जानकारी दिन आग्रह गरे। यस्ता गल्तीहरूमा कुनै पनि प्रकारको सम्झौता नगर्ने र दोषी कर्मचारीमाथि तत्काल कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे।
डिभिजन वन प्रमुखले वन संरक्षण र व्यवस्थापनमा समयपालना र पारदर्शिता प्राथमिक आवश्यकता भएको बताउँदै सामुदायिक वनका सबै प्रतिनिधिहरूले जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमले सामुदायिक वन व्यवस्थापनका लागि दीर्घकालीन योजना तयार पार्न महत्वपूर्ण योगदान पुर्याएको छ ।
आरके श्रीवास्तव,राैतहट,०५ गते माघ २०८१ ।
सहिदकाे सपना साकार गर्न मधेस केन्द्रित दलहरू एकत्रित हुनुपर्ने अहिलेकाे आवश्यकता रहेको लाेकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य रामप्रवेश दासले बताउनु भएको हाे । बलिदानी दिवसकाे अवसरमा बज्जिकाञ्चल खबर सँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
मधेसी नेताहरूले अरूलाई विभेद गर्याे भन्छन् तर हामीले आफैआफैमा विभेद गरिरेका छाैं । यसलाई सच्याएर हिड्नुपर्ने देखिन्छ ।
सहिदहरूकाे बलिदानी स्वरूप मधेस आन्दोलनकै बलमा संघियता पायाैं । अहिलेकाे व्यवस्था हामीले ल्याउन सकेका हाैं । तर यसलाई जाेगाउन पनि हाम्राे उतिकै दायित्व हाे । त्यसैले सबै मधेस केन्द्रितदहरू एक ठाउँमा उभिनुपर्ने अहिलेकाे आवश्यकता हाे ।
उनी भन्छन्-मधेशलाई अधिकारसम्पन्न बनाउन अझै संघर्ष गर्न आवश्यक छ । यसका निमित्त त एकजुट हुनैपर्छ । नेता दासले, ‘मधेस आन्दोलनकै बलमा हामीले कयौं अधिकार प्राप्ता गर्याैं । अझै कयौँ अधिकार प्राप्त गर्न बाँकी छन् । यसलाई बचाइ राखने जिम्मेवारी पनि हाम्रै हाे ।
बिगतका दिनमा मधेस सरकारले सहिद परिवारलाई सहयोग गर्दै आएकाे स्मरण गराउँदै यसलाई निरन्तर दिनुपर्नेमा जाेड दिनु भयाे । जुनसुकै पार्टी मधेस सरकारमा आएपनि मधेस आन्दोलनमा ज्यान गुमाएका सहिदको बलिदान बिर्सनु हुँदैन ।
उनले थपे-जुन हिसाबले हामी संघियता ल्यान सफल भयाे । त्याे अनुरूपमा काम हुन सकिरहेको छैन् । त्यसैले बेलाबेलामा संघियतामाथि प्रश्न उठने गर्छ । यसलाई हामीले बेलैमा सच्याउनु पर्छ ।
मधेस सरकारले आफनाे बजेट खर्च गर्न नसक्नु विडम्बना हाे । याे अवस्थालाई सुधार गर्दै संघियता बाट प्राप्त उपलब्धिहरूलाई बचाउनु मधेसी दलहरू एकजुट हुनुपर्ने नै देखिन्छ ।
मुकेश कुमार साह,चन्द्रपुर, ०५ गते माघ २०८१ ।
रौतहट । जनज्योति बहुमुखी क्याम्पस, चन्द्रनिगाहपुरको १२औं क्याम्पस सभा होटल ए.एन. प्लाजामा सम्पन्न भएको छ। सभामा प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभाका सांसद माननीय देव प्रसाद तिमल्सिनाको उपस्थिति रहेको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष संजय कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस उपाध्यक्ष बालकृष्ण श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए। क्याम्पस प्रमुख राजन श्रेष्ठले वार्षिक प्रतिवेदन २०८१ प्रस्तुत गर्दै शैक्षिक, भौतिक, आर्थिक तथा व्यवस्थापकीय प्रगतिको विवरण प्रस्तुत गरे। उनले क्याम्पसले गुणस्तरीय शिक्षा प्रवाहमा उल्लेखनीय प्रगति गरेको जानकारी दिए ।

क्याम्पसमा स्नातक तहका मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन, र शिक्षाशास्त्र संकायसहित स्नातकोत्तर तहमा समाजशास्त्र र व्यवस्थापन कार्यक्रम सञ्चालन हुँदै आएको छ। अध्ययनलाई प्रभावकारी बनाउन सेमेस्टर प्रणाली र योग्य प्राध्यापकहरूको व्यवस्था गरिएको छ।
भौतिक पूर्वाधारका क्षेत्रमा १८ कोठे व्यवसायिक सटर भवन, सभा हल, कम्पाउण्ड वाल, चमेना गृह, र सौन्दर्यकरणका काम सम्पन्न गरिएको छ। चन्द्रपुर नगरपालिकाको सहयोगमा थप भौतिक सुधार भएको जानकारी दिइयो।
क्याम्पसले विद्यार्थी शुल्क, विश्वविद्यालय अनुदान, र सटर भाडाबाट आय आर्जन गर्दै आएको छ। क्याम्पस खातामा हाल ३ करोड २० लाख नगद मौज्दात रहेको छ। आगामी दिनमा B.B.A., B.H.M., B.S.W., र B.C.A. जस्ता रोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ।
कार्यक्रममा प्रमुख अतिथि देव प्रसाद तिमल्सिनाले क्याम्पसको प्रगतिको प्रशंसा गर्दै शिक्षा क्षेत्रलाई सुदृढ बनाउन सबै पक्षले सहकार्य गर्नुपर्ने धारणा राखेका थिए ।
कान्तिपुरका उपसम्पादक पत्रकार शिव पुरीले क्याम्पसले स्थानीय स्तरमा गुणस्तरीय शिक्षा प्रवाहमा खेलेको भूमिकाको प्रशंसा गर्दै आर्थिक पारदर्शिता र नेतृत्व क्षमतामा थप सुधार गर्नुपर्ने सुझाव दिए । प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री युवराज भट्टराई समिरले क्याम्पसको आगामी योजना पूरा गर्न प्रदेश सरकार र स्थानीय निकायबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, र विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सभाले क्याम्पसको शिक्षा र भौतिक पूर्वाधारलाई थप सशक्त बनाउन साझा प्रयास गर्ने प्रतिबद्धतासहित समापन गरेको छ।
बज्जिकाञ्चल संवाददाता,काठमाडौं,०५ गते माघ २०८१ ।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलोली नेतृत्वको वर्तमान सरकार पूर्णरुपमा असफल र असक्षम भएको टिप्पणी गरेका छन् । आफ्नो प्रतिबद्धता आफै कार्यान्वयन गर्न नसक्ने ओली नेतृत्वको सरकार बिघटन गर्नुपर्ने सुझाव उनले दिए ।
आजपा निकटको आम विद्यार्थी मोर्चाको आज काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले यस्तो असफल भईसकेको सरकारले मुलुक र नागरिकलाई आवश्यक नभएको बताए ।
‘यो (ओली नेतृत्वको सरकार) पूर्णरुपमा असफल र असक्षम भएको प्रमाणित भईसक्यो । आफ्नो प्रतिबद्धता आफै कार्यान्वयन गर्न नसक्ने सरकार मुलुक र नागरिकलाई आवशयक छैन्,’ आजपा अध्यक्ष साहले भने, ‘संविधान संशोधन गर्ने भनेकाहरुले अहिले आएर २०८७ मा संशोधन गर्ने भन्दैछन् । सुशासनमा शुन्य छ, बिकास निर्माण ठप्प छ । स्थिरता हुने भनेकाहरुले दिनदिनै सरकार ढल्दैन्, सरकार रहिरहन्छ भन्छ, आफैलाई आफ्नै सरकारमाथि विश्वास छैन् ।’
नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बीचमा सात बुँदे सहमती गरेर सरकार गठन भएको थियो । तर कांग्रेस र एमालेले गरेको सहमती नै ओली नेतृत्वको सरकार कार्यान्वयन गर्न असफल भएको साहको टिप्पणी छ । संविधान संशोधन गर्ने भनेर सहमती गर्ने तर प्रधानमन्त्री ओली २०८७ सालमा संविधान संशोधन गर्ने अभिव्यक्ति दिएपछि साहले यस्तो टिप्पणी गरेका हुन् ।
उनले नेपाली विद्यार्थीहरु कमजोर नभएको भन्दै बंगलादेश भन्दा सक्षम र विवेकशील भएको बताउदै असफल भएका सरकारको बिरुद्धमा विद्यार्थीहरु सडकमा आउँन खोजेको बताए । यो असफल र असक्षम सरकारलाई बंगलादेश जस्तै विद्यार्थीहरुले फाल्ने चेतावनी साहले दिए ।
आम विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहको अध्यक्षतामा बसेको बैठकमा आजपाका उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषणा साह, सचिव उमेश कुशवाहा, आम महिला मोर्चाका कोषाध्यक्ष मिना देवी साह लगायतको सहभागिता रहेको विद्यार्थी मोर्चाका सचिव प्रिन्स साहले जनाएका छन् ।
बैठकले विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दी कायम गराउन तथा शिक्षा क्षेत्रका सिण्डिकेट, विभेद र ब्रह्मलुट विरुद्ध जारी संघर्षलाई थप व्यवस्थित एवं निर्णायक बनाउने निर्णय भएको विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले जनाएका छन् ।
विद्यार्थी मोर्चाले विद्यार्थीको अनुपातमा विषयगत र तहगत शिक्षकको माग गर्दै आन्दोलन गर्दै आएको छ । यस्तै ४५ प्रतिशत विद्यार्थीलाई यातायातमा छुट दिने व्यवस्था काठमाडौं उपत्यकामा मात्रै सिमित रहेकोमा त्यसलाई देशैभरी कार्यान्वयन गर्नुपर्ने, शिक्षा क्षेत्रमा देखिएको विभेद, सिण्डीकेट, लुटका बिरुद्धमा आम विधार्थी मोर्चाले संघर्ष गर्दै आएको विद्यार्थी मोर्चाका अध्यक्ष साहले जनाएका छन् ।
‘सरकारकै तथ्यांक अनुसार १२.२ लाख विद्यार्थी संख्या रहेको वागमती प्रदेशमा २५ हजार शिक्षकको आवश्यकता रहेको ठाउँमा ३० हजार ६८६ शिक्षक उपलब्ध छ । त्यसैगरी ११.५ लाख विद्यार्थी संख्या रहेको कोशी प्रदेशमा २३ हजार शिक्षकको आवश्यकता रहेको ठाउँमा ३० हजार ३२१ शिक्षक उपलब्ध रहेको छ,’ विद्यार्थी मोर्चाका अध्यक्ष साहले भने, ‘तर सबैभन्दा बढी १५ लाख विद्यार्थी संख्या रहेको मधेस प्रदेशमा जहाँ ३० हजार शिक्षकको आवश्यकता छ त्यहाँ १८ हजार ३०९ शिक्षक मात्रै रहेको छ ।’
उनले प्रश्न गर्दै भने, ‘सरकारी तथ्यांक अनुसार देशमा कुल ७८ लाख विद्यार्थी र १ लाख ६० हजार २८६ शिक्षक संख्या छ । विद्यार्थी संख्यालाई शिक्षक संख्याले भाग गर्दा अहिले पनि देशमा प्रत्येक ४८ विद्यार्थीमा एक शिक्षक रहेको अवस्थामा मधेस प्रदेशमा किन १०० विद्यार्थीमा एक शिक्षक छन् ? यसको जवाफ सरकारले दिनुपर्छ ।’
मधेसमा एउटा कक्षाकोठामा १०० जना बसेर पढेको कमजोर विद्यार्थी र पहाडमा २० जनाको कक्षाकोठामा पढेर होसियार विद्यार्थीलाई एउटै जाँच गरी जागिर दिने लोकसेवा आयोग कतिको जायज छ भन्दै साहले प्रश्न गरे । उनले यस्तै विभेदकारी र अनैतिक प्रावधानका बिरुद्धमा विद्यार्थी मोर्चाले निरन्तर संघर्ष जारी राख्ने निष्कर्षमा पुगेको बताए ।
यसैबीच आजै आजपा निकटको आम ट्रेड यूनियन फेडरेशनको बैठक सम्पन्न भएको छ । फेडरेशनका इन्चार्ज एवं आजपा उपमहासचिव धनकुमार मगरको अध्यक्षता एवं आजपा वरिष्ठ उपाध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगरको प्रमुख आतिथ्यमा बसेको बैठकले नेपालभित्रको उद्योगधन्दामा नेपाली कामदारलाई पहिलो प्राथमिकता दिलाउन तथा घरेलु कामदार सम्बन्धी ठोस कानुन ल्याउन एवं संगठन विस्तार तथा श्रमिकको पक्षमा संघर्ष अगाडि बढाउने निर्णय गरेको छ ।
आरके श्रीवास्तव,राैतहट,०५ गते माघ २०८१ ।
माघ ५ गते बलिदानी दिवस । मधेसभरी विभिन्न कार्यक्रम गरि मनाउने क्रममा राैतहटमा पनि आज बलिदानी दिवस मनाइएको छ । जिल्लाकाे फतुवा विजयपुर नगरपालिकाकाे वडा नम्बर ११ सहिद चाैक भैंसही बजारमा बलिदानी दिवसकाे अवसरमा श्रद्धाञ्जली अर्पण एवम् दिप प्रज्जवलन गरि मनाइएको हाे ।

बलिदानी दिवसका अवसरमा जनता समाजवादी पार्टी नेपालकाे वडा कमिटीकाे आयाेजनामा मधेश आन्दोलनका सहिदहरूलाई सम्झना स्वरूप साँझ सहिद चाैक भैंसहीमा दीप प्रज्जवलन कार्यक्रम गरेको छ । सहादत प्राप्त गरेका सहिदहरूकाे सम्मानमा एक मिनट माैन धारण पनि गरिएको थियोे ।

दीप प्रज्जलन कार्यक्रमलाई सम्बाेधन गर्दै जसपा नेपालका मधेस प्रदेश कमिटी सदस्य एवम् यूवा नेता विजय चाैधरीले मधेश आन्दोलनको बलमा मुलुकले संघीयता पाएकोले मधेसमै मात्र मनाउँदै आएको बलिदानी दिवस देशैभरी मनाउनु पर्नेमा जाेड दिएका थिए ।

oplus_0
उनले बलिदानी दिवसकाे अवसरमा सरकारले सार्वजनिक विदा दिनुपर्ने माग समेत गरेका थिए । उनले भने- सहिदहरूकाे देन हाे कि हामीले सरकारकी हरेक संयन्त्रमा मधेसीले सहभागीता पाएका छन् । मधेसी काेटा बाट सरकारी जागिरमा प्रवेशकाे अवसर पाएका छन् । यसलाई हामीले बिर्सनु हुँदैन ।
मधेस आन्दोलनका प्रथम सहिद रमेश महताे लगायतका सहिदहरूकाे समझनामा आजकाे दिन हामीले बलिदान दिवस मनाउँदै आएकाे स्मरण गराएका थिए ।
देशमा बसेकाे हिमाल देखि लिएर पहाड सम्मका नागरिकहरूले बलिदानी दिवसकाे बारेमा थाहा पाउनुपर्ने जरुरी छ । याे मधेसमा मात्रै किन? सरकारले यसमा राष्ट्रिय विदा दिनु पर्छ कि पर्दैन भन्दै प्रश्न समेत गरे ?
सहिदहरूकै बलिदानीले नै आज हामीले अहिले अधिकार पाएका छाैं । र बाँकी अधिकार प्राप्तिका लागि हामीले लडिनै रहेका छाैं ।
जसपाका नेता सिताराम चाैधरीकाे अध्यक्षतामा साे कार्यक्रम सम्पन्न भएको थियोे । जसमा जसपा नेपालका नेता कार्यकर्ताहरू ब्रहमनारायण चाैधरी, प्रभुनारायण चाैधरी, भूपेन्द्र चाैधरी,पूर्व जिल्ला कमिटि सदस्य साेहन लामा, पूर्व संघिय परिषद् सदस्य मिना रखाल लगायतका नेता कार्यकर्ताहरूकाे सहभागीता रहेको थियोे । साे अवसरमा स्थानीय भद्रभलादमी, सुरक्षाकर्मी,पत्रकार पनि सहभागीता रहेको थियो ।
आरके श्रीवास्तव,रौतहट,०४ गते माघ ।
रौतहट । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकाको शितलपुरमा ग्रामीण कृषि सडक निर्माण गरिएको छ । सो नगरपालिकाको वडा नम्बर २ मा किसानहरुलाइ सहज हुने उदेश्यले वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव उर्फ संजयले वडा स्तरीय योजना बाट ५ लाखको लागतमा मौलापुर चिरचिरिया चौरी तर्फ ग्रामीण कृषि सडक विस्तार गराउनु भएको हो ।

सहज सिंचाई पुर्याउन तथा धान, गहुँ, मकै लगायत अन्य बालि किसानहरुलाइ ढुवानी गर्न सहजताको लागि वर्षोंदेखि बाटो विहिन रहेको ठाउँमा नयाँ कृषि सडक निकाल्न लगाउनु भएको हो ।

वडा अध्यक्ष यादवले ग्रामीण कृषि सडक निर्माणलाई प्राथमिकता दिएका छन् । उनले आफनो कार्यकालमा करिब ९ वटा ग्रामीण कृषि सडकको निर्माण गराइ सक्नुभएको छ । उक्त सडकलाइ मौलापुरको पिकनिक पार्क सम्म जोडने सडक रहेको वडा अध्यक्ष यादवले जानकारी गराएका हुन् ।

ग्रामीण कृषि सडक खेतखेतमा पुगेपछि कृषकले उत्पादन गरेको कृषिजन्य बस्तु ढुवानी गर्न सहज हुने भएको छ । वडाको कमै बजेट बाट किसानलाइ लाभान्वित गर्ने काम गर्नुभएको हो । सफल पक्ष भनेकै कृषकलाई प्रत्यक्ष फाइदा पुगेको स्थानीय बताउँछन् ।
स्थानिय कमाहीर गिरीले कृषि सडक निर्माण भएपछि किसानको कल्याण भएको बताए । उनले भने–‘यो सडक नहुँदा किसानहरुले उत्पादन गरेको बाली ढुवानी गर्न निकै गाह«ो हुने गरेको थियो । ’ अब सहज हुने भएको छ ।

अर्का स्थानिय राहुल निधीले भने–यसबाट धेरै किसान लाभान्वित भएका छन् । सडक अभावमा धेरैले खेती गर्न छोडिदिन्थ्यो । अधिकांश खेतहरु बाँझै रहन्थयो । अब उपरान्त यो समस्या हटेको छ ।
आरके श्रीवास्तव,रौतहट,०३ गते माघ २०८१ ।
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले आज आफनो प्रगती विवरण सार्वजनिक गरेको छ । प्रहरीले आर्थिक वर्ष २०८०/०८१ को र २०८१/०८२ को ६ महिनाको तुलनात्मक प्रगति विवरण सार्वजनिक गरेको हो । रौतहट प्रहरी प्रमुखको रुपमा प्रहरी उपरिक्षक दिलिप घिमिरे आएदेखि उल्लेखनिय प्रगती गरेको छ ।
बिहिवार गत साउन देखि पुस सम्मको सार्वजनिक गरिएको प्रगती विवरणमा कर्तव्य ज्यानका आ.व. २०८०।८१ मा ९ वटा मुद्धा दर्ता भएकोमा ५ वटा फर्छौट भएको थियो । जबकी आ.व.२०८१।०८२ मा ४ वटा मुुद्धा दर्ता भएकोमा २ वटा फर्छौट गरेको जानकारी दिइएको हो । गत आ.व. भन्दा चालुु आ.व.मा यो संख्या घटेको छ ।
जबरजस्ती करणीको आ.व. २०८०।८१ मा २१ वटा मुद्धा दर्ता भएकोमा १६ वटा फर्छौट भएको थियो । जबकी आ.व.२०८१।०८२ मा १३ वटा मुुद्धा दर्ता भएकोमा ६ वटा फर्छौट भएको छ ।
यस्तै लागूऔषधको आ.व. २०८०।८१ मा ११ वटा मुद्धा दर्ता भएकोमा १० वटा फर्छौट भएको थियो । भने आ.व.२०८१।०८२ मा १५ वटा मुुद्धा दर्ता भएकोमा १४ वटा फर्छौट भएको छ ।
यस्तै हात हतियार खरखजाना सम्बन्धि ६ वटा मुद्धा दर्ता भएकोमा ५ वटा फर्छौट भएको छ । त्यस्तै चोरी सम्बन्धि मुद्धामा आ.व. २०८०।८१ मा ३५ वटा मुद्धा दर्ता भएकोमा सबै फर्छौट भएको थियो । भने आ.व.२०८१।०८२ मा ३८ वटा मुुद्धा दर्ता भएकोमा ३८ वटै फर्छौट भएको छ ।
आर्थिक वर्ष २०८१÷०८२ को पुस सम्म मुद्रा सम्बन्धि ४ वटा मुद्धा दर्ता भएकोमा सबै फर्छौट भएको छ । प्रहरीले भन्सार चोरी निकासी तर्फ साइकिल १४,मोटरसाइकिल १ सय ८,पिकअप २,स्कार्पियो २,सिटि रिक्सा ४ लाइ कार्यवाही गरि २ करोड ४२ लाख ७७ हजार ४ सय ४३ रुपैयाँ राजस्व संकलन गरेको छ । जबकी ६६ जना मानिसलाइ पक्राउ समेत गरेको छ ।
त्यस्तै ट्राफिक राजस्व संकलन गत आ.व.२०८०।८१ मा ९३ लाख ९६ हजार गरेकोमा चालु आ.व.को पुस सम्म ६८ लाख २४ हजार ५ सय मात्र राजस्व संकलन गर्न सकेको छ । गत आ.व. भन्दा यसपाली राजस्व घटेको हो ।
त्यसैगरी श्रोत नखुलेको रकम १५ लाख सहित ३ जना मानिसलाइ नियन्त्रमा लिएको हो । प्रहरीले २१ वटा मोटरसाइकिल र २ वटा चोरीको स्कार्पियो सहित २४ जना मानिसलाइ पक्राउ गर्न सफल भएको छ ।
अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा २ सय ६४ जना फरार प्रतिवादीहरुलाइ पक्राउ गरेको छ ।
यस्तै रौतहट प्रहरीले प्राकृतिक स्रोत सम्बन्धि १ सय १७ दशमलव ८७ क्यूफिट काठ बरामद गरेको छ भने मात्र ३ टेलर बालुवा नियन्त्रणमा लिन सकेको हो । यो अवधीमा २३ वटा सवारीसाधनलाइ पक्राउ समेत गरिएको हो । यस तर्फ राजस्व संकलन ८२ लाख ८ हजार ७ सय गरेको जिल्ला प्रहरी कार्यालय रौतहट गौरले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
बज्जिकाञ्चल संवाददाता,०२ गते माघ २०८१ ।
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाइएको हो ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँ बढाइएको हो । -बाह्रखरी
नूर आलम बादशाह,बारा,माघ २ गते २०८१ ।
बारा । बाराको पचरौता नगरपालिका–३ रामनगर टोल स्थित रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा थप चार कोठे भवन निर्माण हुने भएको छ ।
नगर प्रमुख जलन्धर सिंहको बिशेष पहल तथा पालिका स्तरीय बजेटबाट भवन निर्माण हुने भएको हो । बुधबार उक्त भवनको पचरौता नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष धेनुक राउत कुर्मीले शिलान्यास गरेका हुन् ।
दुईतल्ले भवनमा २/२ कक्षाकोठा निर्माण गर्न लागिएको वडा अध्यक्ष धेनुक राउत कुर्मीले बताए ।
शिलान्यास कार्यक्रममा नगर प्रमुख जलन्धर सिंह, समाजसेवी भैयाराम सहनी, अवध किशोर प्रसाद यादव, बिनोद पटेल, विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा स्थानीयहरूको उपस्थिती रहेकाे थियो ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,०२ गते माघ २०८१
रौतहट । आम जनता पार्टी (आजपा)का महासचिव त्रिभुवन साहले रौतहटका न्यायाधीशहरु झोले नेताको कार्यकर्ता जस्तो काम गरिरहेको आराप लगाएका छन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसंग प्रश्न गर्दै उनले रौतहटका न्यायाधीशलाई छानबिन गर्नुपर्ने माग गरेका छन् ।
रौतहटको बौद्धिमाई नगरपालिका कार्यालय घेराउन गर्दै स्थानीयले बिरोध सभा आज गरेका थिए । सोही सभालाई सम्बोधन गर्दै आजपा महासचिव साहले रौतहटका न्यायाधीशलाई बौद्धिमाई नगरपालिकाका मेयरले सञ्चालन गरेको टिप्पणी गरेपछि उनले यस्तो प्रश्न उठाएका हुन् ।
आजपा महासचिव साहले प्रधानन्यायाधीसंग प्रश्न गर्दै भने, ‘मेयरले न्यायाधीश मेरो मुठीमा रहेका भन्दै हिडिरहेको अवस्थामा के न्यायाधीश मेयरको मुठीमा छन् की कानून अनुसार न्याय सम्पादन हुने हो त्यसको बारेमा प्रधानन्यायाधीशले स्पष्ट पार्दिनुपर्यो ।’
गाउँगाउँमा मेयरले न्यायाधीश, प्रहरी, प्रशासन मेरो मुठीमा भएको भन्दै सोझासाझ स्थानीयलाई धमक्याउदै हिडिरहेको बताउदै उनले यस्तालाई कानूनको दायरामा ल्याउँन आवश्यक भएको बताए ।
रौतहटको बौद्धिमाई नगरपालिकाका मेयर प्रदिप यादवका बिरुद्धमा स्थानीयले नाराजुलुश गरेका छन् । बौद्धिमाई नगरपालिकाको बंकुल बजार स्थित कार्यालय अगाडी स्थानीयले मेयरको बिरुद्धमा कडा नारा लगाउँदै घेराउ समेत गरेका छन् ।
भ्रष्टाचारी मेयर मुर्दाबाद, भ्रष्टाचारीलाई कारवाही गर, दोषीलाई कारवाही गर लगायतका नारा लगाउँदै उनीहरुले मेयरको कार्यशैलीको बिरोध गरेका छन् । मापदण्ड नबनाई मनोमानी रुपमा मेयर यादवले बिपक्षीको घर भत्काउने र सडक बिस्तारको नाममा दुख दिएपछि स्थानीय आक्रोशित भएका छन् ।
मेयर यादवले सरमुजवा गाउँमा मनोमानी रुपमा उपद्रो मचाएको आरोप आन्दोलनकारी स्थानीयले जनाएका छन् । स्थानीय अगुवा एवं पूर्व वडा अध्यक्ष श्रीभगवान पटेलले मापदण्ड बनाएर सडक बिस्तार गर्नुको साटो मेयरले मनोमानी रुपमा बिपक्षीको घर भत्काउने र दुख दिने गरेको आरोप लगाए ।
‘मेयर आफैले लठी लिएर स्थानीयलाई कुटपिट गरेको, घरमा तोडफोड गरेकाले मेयरलाई कारवाही हुनुपर्छ,’ पटेलले भने, ‘मेयरले प्रहरी, प्रशासन, न्यायाधीश मेरो मुठीमा रहेकोले तिमीहरुले केही पनि गर्न नसक्ने र मलाई जे मन लाग्छ त्यो गर्छु तिमीहरुको आन्दोलनले केही पनि नहुने बताउँछन् ।’
मेयर यादवको मनोमानी कार्यको बिरोध गरेकै कारण स्थानीय गंगाराम बैठकलाई रौतहट अदालतले पूर्वपक्षका लागि थुनामा पठाउँने निर्णय गरेपछि मेयरले मेरो मुठीमा न्यायाधीश, प्रहरी, प्रशासन रहेको भन्दै मान्छेलाई धमक्याउने गरेको स्थानीय पटेलले बताए ।
यस्तै स्थानीय आन्दोलनकारीले मेयर यादवले बिभिन्न आयोजनामा गरेको भ्रष्टाचारको छानबिन हुनुपर्ने, दोषीलाई कारवाही हुनुपर्ने लगायतका माग समेत गरेका छन् । नगरपालिका अगाडी भएको बिरोध सभालाई सम्बोधन गर्दै
राजेश निर्माणी,वृन्दावन,०१ गते माघ २०८१ ।
रौतहट : रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर -६ स्थित रहेको श्री बतहु माध्यमिक विधालय हर्षाहामा निर्माण हुन थालेको नव निर्मित भवनको शिलान्यास गरिएको छ।

मंगलबार माघे संक्रान्तिको शुभ अवसर पारि,वैदिक विधिपूर्वक पूजाआजा गरी संविधान सभा सदस्य एवम् नेकपा एसका उप महासचिव रामकुमार भट्टराई र वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले संयुक्त रुपले सो भवनको शिलान्यास गरेका हुन्। एक भव्य समारोहका बिच पंडित द्धारा पूजाआजा गरी निर्माण हुन थालेको सो भवनको शिलान्यास गरिएको हो।

भवनको शिलान्यास क्रममा सो पालिकाका प्रमुख प्रसाशकिय अधिकृत खिमबहादुर भुजेलले शिक्षाको क्षेत्रमा भौतिक पुर्बाधारहरु निर्माणमा नगरपालिका लागि परेको बताउदै,बिधार्थी समक्ष गुणस्तरीय शिक्षा पुर्याउन शिक्षक, अभिभावक र विद्यार्थी सबै लाग्नु पर्ने बताए।
संघिय समपुरक कोषबाट आर्थिक वर्ष २०७९/०८० मा पेस गरेर, २०८०/०८१ मा सुकृत भई हाल २०८१/०८२ मा बल्ल निर्माण कार्य भइरहेको बताउदै,मेघा प्रोजेक्टको रुपमा बतहु मा.वि. वृन्दावनको बुढा निलकण्ठको जस्तै अबको केही दिनमै शिक्षाको हब र नमुना विधालय बन्ने उनले बताउनु भयो।
पुर्व प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधबकुमार नेपाल, संविधान सभा सदस्य एवम् नेकपा एसका उप महासचिव रामकुमार भट्टराई, नेकपा एसकि स्थायी कमिटी सदस्य नेतृ कल्याणी खड्का को सहयोग तथा वृन्दावन नगरपालिकाका नगरप्रमुख बिनोद प्रसाद कुर्मीको अथक प्रयासमा मेगा प्रोजेक्ट को रूपमा साढे ३ तलाको ,३३ वटा कोठा र शौचालय सहित निर्माण हुन लागेको सो भवन ५ करोड ३० लाख ५१ हजार ४ सय १६ रुपैयाँमा निर्माण हुन थालेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुजेलले जानकारी दिए। भवन निर्माणको जिम्मा जनआदर्श एस बि स्टार जेभी काभ्रेले पाएको छ ।
उक्त शिलान्यास कार्यक्रममा वृन्दावन नगरपालिका वडा नम्वर- ६ का वडा अध्यक्ष मजहर मन्सुर,७ कावडा अध्यक्ष जगरनाथ प्रसाद भेडिहर,८ का वडा अध्यक्ष रविन्द्र प्रसाद साह,९ का वडा अध्यक्ष प्रवेज आलम,वडा नम्बर-३ का वया अध्यक्ष हरिनारायण साह,कार्यपालिका सदस्य राजेश पासवान,रलगायत विभिन्न स्थानीय जनप्रतिनिधिहरु,विधालयका कर्मचारीहरु र स्थानीय नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियोे ।
काठमाडौं,०१ गते माघ २०८१ ।
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले सामुदायिक विद्यालयहरुको उद्देश्य विद्यार्थीहरुलाई शैक्षणिक गुणवत्ताको स्तर अभिवृद्धिसंगै नैतिक, सांस्कृतिक, व्यवहारिक, राष्ट्रभक्ति र सामाजिक मूल्य प्रदान गर्न अब्बल बन्नु पर्ने बताउनु भएको छ ।
उपराष्ट्रपति यादवले काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ स्थित श्री बलम्बु माध्यमिक विद्यालयको प्राविधिक शिक्षालय भवनको समुद्घाटन समारोहमा विद्यालयले विद्यार्थीहरुको सर्वाङ्गिन विकासमा जोड दिँदै समाज र देशको माटो, हावापानी र भूगोल आदि सुहाउँदो शिक्षामा थप केन्द्रित हुन उत्तिकै जरुरी रहेको बताउनु भएको हो ।
उहाँले पछिल्लो समय सामुदायिक विद्यालयहरुप्रति बढ्दो नकारात्मक भावनालाई चिर्न बलम्बु मावि एउटा उदाहरण हुन सक्ने उल्लेख गर्दै विद्यालयले आफ्नो स्थापनाकालदेखि राम्रो पठनपाठन गर्दै आएकोमा अब प्राविधिक धारतर्फ पनि एक कदम अगाडि बढ्नु सकारात्मक रहेको बताउनु भयो । ‘ यो कदम समय र आजको प्रविधि–सीपयुक्त सिकाइको माग अनुरुप छ ’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘यस सन्दर्भमा, विद्यालयले संचालन गर्न लागेको प्रविधि धारतर्फको कार्यक्रम बढी उपयोगी हुने विश्वास व्यक्त गर्दछु ।’
उहाँले सामुदायिक विद्यालयहरुले समाजमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै यी विद्यालयहरुले शिक्षा मात्रै प्रदान गरिरहेको छैन, समाजका विभिन्न वर्गका बालबालिकाहरुलाई समान अवसर र स्रोतहरु पनि उपलब्ध गराउँदै आएकोमा प्रशंसा पनि गर्नुभयो । ‘‘उत्कृष्टता’ आफैमा महत्वपूर्ण उपलब्धि हो, यो एउटा असल ‘टीम वर्क’ बिना असम्भव छ’ उहाँले भन्नुभयो, ‘यस विद्यालयले निरन्तर रुपमा प्रदर्शन गर्दै आएको ‘उत्कृष्टता’, विद्यार्थी, अभिभावक र शिक्षकहरुको अथक प्रयास, लगन र परिश्रमबाटै सम्भव भएको हो, यसमा निरन्तरता आवश्यक र अपरिहार्य छ ।’
उपराष्ट्रपति यादवले यसका लागि शिक्षण सिकाई क्रियाकलापहरु परीक्षा केन्द्रित मात्रै नभई जीवनको कठिन घडीमा विद्यार्थीहरुले समस्याहरुबाट त्राण पाउन सक्ने खालका व्यवहारिक र अनुकूलित हुनु पर्नेमा जोड दिनु भयो । ‘विद्यालयले प्रयोगशाला, पुस्तकालय, खेलकूद, कम्प्यूटर ल्याब जस्ता सुविधाहरुलाई परिस्कृत र परिमार्जित गर्दै विद्यार्थीहरुको समग्र विकासमा सहायक बन्ने गरी अघि बढ्न सक्नु पर्दछ’ उहाँले भन्नुभयो, ‘समावेशी शिक्षालाई बढावा दिने सामुदायिक विद्यालयहरुमा समाजका प्रत्येक वर्गका बालबालिकाहरुले समान अवसर पाउँने वातावरण सक्रियताका साथ निर्माण गर्न आवश्यक छ ।’
उहाँले सामुदायिक विद्यालयहरु आर्थिक रुपमा कमजोर र पछाडि परेका समुदायका बालबालिकाहरुलाई उच्च गुणवत्ता सहितको शिक्षा प्रदान गर्नका लागि कटिबद्ध र प्रतिबद्ध भई विद्यालयलाई व्यवहारिक सिकाइ–एकाईका रुपमा अघि बढाउन जरुरी रहेको बताउनु भयो । ‘सामुदायिक विद्यालयहरु शैक्षणिक ज्ञानसंगै सांस्कृतिक शिक्षामा पनि जोड दिन आवश्यक छ ’ उहाँले भन्नुभयो, ‘यसले नेपालको मौलिक सांस्कृतिक र रैथाने परम्परा/रीतिरिवाजहरुको जगेर्ना गर्दै पुस्तान्तरण गर्नमा सहयोग पुुग्दछ । ’
उपराष्ट्रपति यादवले विद्यार्थीहरुलाई विद्यालयको शान, अभिभावकहरुलाई विद्यालयको सफलताको महत्वपूर्ण स्तम्भ र शिक्षकहरुलाई उत्प्रेरक भएको बताउनु भयो । ‘विद्यालयमा स्थापना भएको बहुप्राविधिक शिक्षालयमा ब्युटिसियन, इलेक्ट्रिसियन, मोबाइल मर्मत र मोटर बाइक (अटो मोबाइल) मर्मत कोर्ष र सोसंग सम्बन्धित सीप विकास गरी विद्यालयमै साधारण धारतर्फ कक्षा ९ देखि १२ का विद्यार्थीहरुलाई अतिरिक्त समय व्यवस्थापन गरी सम्बन्धित बिषयको प्राविधिक धारमा डिप्लोमा तहसम्म प्रशिक्षण दिई दक्ष बनाउन सकोस् ’ उहाँले भन्नुभयो, ‘ यस शिक्षालयमा आगामी समयमा सिकेको सीपको प्रयोग गरी आयआर्जनसँगै जीविकोपार्जन गर्न विद्यार्थीहरुलाई सहयोग र मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने विश्वास लिएको छु ।’
उपराष्ट्रपति यादवले समाज र देशको गर्वका रुपमा रहेको सामुदायिक विद्यालयलाई ज्ञान, सीप, नैतिकता, देशप्रेम र संस्कारले सुसज्जित गर्न एवम् थप उचाईमा पुर्याउन निरन्तर प्रयासरत रहन आग्रहसंगै विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । उहाँले समारोहमा विद्यालयमा योगदान पुर्याउने संस्था र व्यक्तित्वहरुलाई प्रशंसापत्र समेत हस्तान्तरण गर्नुभएको थियो ।
आरके श्रीवास्तव,रौतहट,२९ गते पुस २०८१ ।
रौतहटको कटहरिया नगरपालिकामा लागेको तालाबन्दीको आज २० औं दिन पुुगेको छ । नगर प्रमुख अजय प्रकाश जयसवाल र प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीको कार्यशैली प्रति असंतुुष्टी जनाउँदै जनप्रतिनिधीले नै तालाबन्दी गरेको झण्डै तिनसाता पुुगेको छ ।
उनीहरुले एकलौटी गर्ने गरेको कारण यहाँका जनप्रतिनिधिहरूले नै कार्यालयमा तालाबन्दी गरिदिएका हुन् । कयौं पटक तालाबन्दी भयो र खुल्यो पनि तर यसपालीको तालाबन्दी निर्णायक नै हुने जनप्रतिनिधीहरुको भनाइ छ ।
कटहरिया वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुुप्ताले मेयर र हाकिमको गैरजिम्मेवारीका कारण तालाबन्दीको यत्रो लामो दिन पुुगेको हो । वहाँहरु बाट तालाबन्दी खुलाउने कुनै किसिमको पहल भएको छैन् ।
बाहिरै बसेर चेक काट्ने र समझौता गराउने जस्ता कामहरु भइरहेको वडा अध्यक्ष गुुप्ताले खुलासा गरेका छन् । गलत नियतले मेयर र हाकिमले नगरपालिकालाइ बन्धक बनाएको आरोप समेत उनले लगाएका छन् । उनीहरु दुवै जनालाइ नगरपालिकामाथि कुनै किसिमको चासो नरहेको गम्भीर आरोप लगाए ।
यदि वहाँहरुलाइ नगरपालिकाको बारेमा चासो चिन्ता भएको भए सोधपुछ गर्नुहुन्थ्यो तर यसो नगर्नुको मतलब गैरजिम्मेवारीपन नै हो । मेयर जयसवालले नगरपालिकालाइ कमाइखाने भाँडो बनाएको वडा अध्यक्ष गुप्ताको आरोप छ । साथै उनले हाम्रो आन्दोलनलाइ वेवास्ता गरिए कडा रुपमा प्रस्तुत हुने चेतावनी समेत दिएका छन् ।
अर्का वडा अध्यक्ष चन्दन कुशवाहाले यस अघि आफूहरुले तलाबन्दी गर्दा मेयरले ११ बुँदे सहमती गरेर नै ताल्चा खोल्न लगाएको स्मरण गराएका छन् । कर्मचारीहरु बक्यौता तलब दिने,बिजुलीको महशुल भुक्तानी गर्ने,खानेपानीमा पैसा राख्ने जस्ता सहमतीहरु गरेर नै नगरपालिकामा लागेको ताल्चा खोलाइएको थियो । तर अहिले ताल्चा खोलाउने कुनै किमिको पहल भएको छैन् ।
कटहरिया नगरपालिका २० दिन देखि मात्र होइन् अढाइ वर्ष देखि नै मेयरको बन्धकमा रहेको वडा अध्यक्ष कुशवाहाले दाबी गरेका छन् । यत्रो लामो तालाबन्दी हुँदा मेयर रिलैक्स भएर बसेको भन्दै असंतुष्टि जाहेर गरेका छन् ।

oplus_0
नगरप्रमुख र कार्यालय प्रमुखले नगरपालिकामा भ्रष्टाचारको साम्राज्य खडा गरेको र जनताप्रति अलिकति पनि उत्तरदायी नदेखिएको आरोप लगाएका छन् ।
सोमबार उपप्रमुख रिता देवी यादव सहित कटहरिया वडा नम्बर १ का वडा अध्यक्ष भूपेन्द्र महतो, वडा नम्बर २ का वडा अध्यक्ष हरिन्द्र साह,वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहा,वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता र वडा नम्बर ७ का वडा अध्यक्ष सहिद आलमले एकस्वरमा नगरप्रमुख र प्रमुख प्रशासकयि अधिकृतको रवैवाप्रति असंतुुष्टी जनाएका छन् । आफूहरुले नगरपालिकाको भलाइको लागि तालाबन्दी गरेको उनीहरुको भनाइ छ ।
राजन श्रीवास्तव,राैतहट,०१ गते माघ २०८१ ।
रौतहट ,२९ पुस। माधवनारायण नगरपालिकामा खेलकुद सप्ताह २०८१को उद्घाटन भएको छ।
माधवनारायण नगरपालिका वडा नम्बर ६ स्थित रहेको श्री माध्यमिक विद्यालय माधोपुरको प्रांगणमा आज आयोजित खेलकुद सप्ताह २०८१ को उद्घाटन नगर प्रमुख बैजनाथ यादव(बैजु)द्वारा गरिएको छ ।
श्री माध्यमिक विद्यालय माधोपुरको आयोजनामा भएको खेलकुद सप्ताह २०८१को प्रमुख अतिथिको रुपमा माधव नारायण नगरपालिकाको मेयर बैजनाथ यादव रहेका थिए।
श्री माध्यमिक विद्यालय माधोपुरका प्रधानाध्यापक राम सिंहासन कुमार खेलकुद सप्ताहको अध्यक्ष भएको नाताले भने आयोजना गरिएको खेल प्रतियोगिता भएमा हाम्रो विद्यालय कप लगिएको निश्चित पारे।
यो खेलकुदको सुरुवात शैक्षिकसत्र २०८० देखि नै भएको र श्री माध्यमिक विद्यालय माधोपुरले मात्र गरेको प्रस्ट पारे।माधव नारायण नगरपालिका भित्रका सबै भन्दा पहिले हाम्रो विद्यालयले खेलकुदको आयोजना गरेको र यस्ता खेलकुद जिल्ला स्तर हुनु पर्ने तर विडम्बना भनौं पालिका या जिल्लाले विद्यालय स्तरमा खेलकुद सप्ताह आयोजना गरेमा मावी माधोपुर मुख्य बिजेता हुने उनले दावी गरे।
रौतहट जिल्लाका शिक्षा ईकाई तथा पालिकाहरुले यस्ता खेलकुदको प्रारम्भ गरेको छैन एक मात्र श्री माध्यमिक विद्यालय माधोपुरले गरेको अवगत गराए।
४ वटा टीम तयार पारेर कुर्सी खेल गराएर खेलको सुरुवात भएको शिक्षक संजय दासले भने अरु खेलहरु खेलाएर अभियासी बनाई उत्कृष्ट खेलाडी बनाउनेतर्फ प्रधानाध्यापक रामसिंहासन कुमारको उदेश्य रहेको बताए।
उक्त कार्यक्रममा जनप्रतिनिधि, शिक्षक शिक्षिका,बिभिन्न संघ संस्थाका प्रतिनिधि तथा पालिकामा रहेका बिद्यालयहरुका प्रधानाध्यापकका साथै संचारकर्मीहरुको उपस्थिति रहेको थियो।
आरके श्रीवास्तव,राैतहट,२७ गते पुस २०८१ ।
राैतहटकाे फतुवा विजयपुर नगरपालिकाले शिक्षा क्षेत्रकाे भाैतिक संरचनाहरू तिव्र रूपमा विकास गरिरहेकाे छ ।
कार्यवाहक नगरप्रमुख अम्बेया खातुन र शिक्षा सह संयाेजक अनिल यादवको शिक्षा प्रतिको गम्भीरता र विकास प्रतीको लगावको कारण फतुवा विजयपुर नगरपालिकाले शिक्षा क्षेत्रमा दिनप्रतिदिन नयाँ नयाँ उपलब्धिहरू हासिल गर्दै गईरहेकाे छ ।
यसअघि एकैदिन तीन वटा बिधालयमा भवन निर्माणका शिलान्यास गरिएको थियोे । शनिबार साे नगरपालिकाकाे वडा नम्बर ५ मा रहेको श्री आधारभूत विधालय डुमरियाकाे विद्यालय भवनको उद्घाटन गरिएको छ । कार्यवाहक नगरप्रमुख खातुनले एक कार्यक्रमका बिच भवनको उद्घाटन गरेकी हुन् ।
आर्थिक वर्ष २०७९/०८० मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत २२ लाख ५० हजारकाे लागतमा दुई काेठे भवन निर्माण पश्चात् भवन समुदघाटन भएको प्रधानाध्यापक संताेष कुमार जयसवालले जानकारी गराउनु भएको हाे ।

भवन उद्घाटन कार्यक्रममा जग्गादाता स्वर्गीय नरसिंह बहादुर बस्नेतका छाेरा यज्ञबहादुर बस्नेतलाई दाेसल्ला र सम्मानपत्र सहित सम्मान गरिएको प्रअ जयसवालले बताएका हुन् ।
साथै हालका प्रधानाध्यापक संताेष कुमार जयसवाल भन्दा अघिका पूर्व प्रअहरूलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियोे । सम्मानित हुनेहरूमा संस्थापक प्रअ सुरेश लामिछाने,ब्रहमदेव पटेल,जयराम प्रसाद साेनार,रामानन्द साह साेनार,राअश्रे राय यादव रहेका छन् । त्यस्तै रामबचन ठाकुर लाई विदाई सहित प्रशंसा पत्र प्रदान गरिएको थियोे ।

त्यसैगरी बिधालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष भाेला महताे,गगनदेव महताे,रघुवंश राय यादव,शम्भु महताे काेईरीलाई पनि सम्मान गरिएको थियोे । वहाँहरूले बिधालयमा गरेको कार्यकाे उच्च मूल्यांकनगरि प्रशंसापत्र सहित सम्मान गरिएको प्रअ जयसवालकाे भनाइ छ ।
भवन उद्घाटनकाे अवसरमा साे वडाका वडा अध्यक्ष शेष ऐजाज,वडा नम्बर ९ का वडा राकेश यादव,शिक्षा सह संयाेजक अनिल यादव लगायत स्थानीय भद्रभलादमीहरूकाे उपस्थिति रहेको थियाे ।
गुडु यादव,राैतहट,२७ गते पुस २०८१ ।
मधेस प्रदेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादव उर्फ जितेन्द्रले पाेठियाही स्वास्थ्य चाैकीमा ३२ प्रकारका औषधि सहयोग गरेका छन् । गरूडा नगरपालिका वडा नम्बर ६ मा रहेको साे स्वास्थ्य चाैकीमा आज एक कार्यक्रमका बिच मन्त्री यादवले औषधि हस्तान्तरण गरेका हुन् ।

नेपाली कांग्रेसको तर्फबाट गरूडा नगरपालिकाकाे मेयर प्रत्यासी रहेका सुनिल यादवको पहलमा अर्थमन्त्री यादवले आफनाे संसदीय कोषबाट १५ लाख मूल्य बराबरको औषधि उपलब्ध गराएका हुन् ।
साे औषधि पोठियाही बर्थिङ सेन्टरका सहायक इन्चार्ज डाक्टर रोशन चौधरी लाई हस्तान्तरण गरिएको हाे ।
राैतहट निर्वाचन क्षेत्र नम्बर ३ ख बाट निर्वाचित प्रदेश सांसद समेत रहेका मन्त्री यादवले जनताकाे स्वास्थ्य प्रति संवेदनशील भई काम गरिरहेका छन् । यस अघि पनि उनले फतुवा विजयपुर नगरपालिकाकाे स्वास्थ्य चाैकीहरूमा औषधि सहयोग गरेका थिए ।
शनिबार स्थानीय जोगिन्द्र प्रसाद यादव र वडा अध्यक्ष रामबाबु प्रसाद चौधरीकाे नेतृत्वमा औषधि हस्तान्तरण कार्यक्रम आयाेजन गरिएको थियोे ।

साे कार्यक्रममा प्रधानाध्यापक उमेश यादव, जयप्रकाश शाह देवकान्त यादव, ई.उमेश चौधरी तथा स्थानीय भद्रभलादमीकाे उपस्थितिमा उक्त औषधि हस्तान्तरण गरिएको हाे ।
बज्जिकाञ्चल संवाददाता,रौतहट,२७ गते पुस ।
रौतहट । उपाध्यक्षले गाउँपालिकाको लेटर प्याड दुरुपयोग गरेको प्रति गाउँपालिका अध्यक्षले आपती जनाएका छन् । रौतहटको दुर्गाभगवती गाउँपालिकाकी उपाध्यक्ष शिला देवीले कार्यालयको लेटरप्याड दुरुपयोग गरेको भन्दै अध्यक्ष शम्भु सिंहले विज्ञप्ती जारी गर्दै आपती जनाएका छन् । दुर्गाभगवती गाउँपालिका कार्यालयको मिति २०८१।०९।१८ गतेको पत्र संख्या २०८१र०८२ चलानी नं. ६८२ को पत्र श्री संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालय सिंशदरबार ,काठमांर्डौंलाइ विषयः अनुमति तथा राय परामर्श सम्बन्धमा लेखि पठाएको तथा चलानी नं. ६८३ श्री मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधाम,धनुषामधेस प्रदेश विषयः कर्मचारी सम्बन्धमा लेखि पठाएकोले त्यही मिती र चलानी नं. राखी उपाध्यक्षले लेटरप्याड दुरुपयोग गर्दै त्यही कार्यालयमा तथा नेपाल सरकारको विभिन्न निकायमा पत्राचार गरेको प्रति गाउँपालिका अध्यक्षले आपती जनाएका छन् ।
गाउँपालिका अध्यक्ष शम्भु सिंह द्धारा जारी विज्ञप्तीमा लेखिएको छ , गाउँपालिकाको हैसियतले विभिन्न बैठकमा उपस्थित भइ आफैबाट हुने गरेको निर्णय विरुद हुने गरि गाउँ कार्यपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत सहित नियमित रुपमा कार्यालयको कामकाज गर्दै आएको कर्मचारीहरुको मनोबल कमजोर हुने गरि विभिन्न आरोप प्रत्यारोप लगाइ गाउँ कार्यपालिकाको मासिकरुपले अनिवार्य बस्नु पर्ने बैठकमा उपस्थित नभइ कार्यपालकिा सदस्यहरुलाइ समेत कार्यपालिका बैठकमा उपश्थित हुन अबरोध गरी गराइ गाउँपालिकाको निर्णय बमोजिम नियमित सेवा प्रवाहमा प्रत्यक्ष अबरोध सृजना गरि गाउँपालिका अध्यक्षको पदीय मान सम्मानमा नै असर पर्ने गरी र कानुन बमोजिम सम्पादन गर्नु पर्ने आफ्नो पदीय जिम्मेवारी अनुसार कार्य समेत न गरी कुनै व्यक्ती विशेषको ईर्षया द्धवेष राखी कार्यालयको कर्मचारीहरु प्रति नै अवान्छिनिय गतिविधी प्रस्तुत गरी कार्यालयको दैनिक सेवा प्रवाहमा नै अबरोध गरेकोमा मेरो ध्यानाकर्षण भएको उल्लेख रहेको छ । गाउँ कार्यपालिकाको पदाधिकारी एवंं सदस्यहरुलाइ कानुन विपरित कुनै काम गर्न गराउन छुट न रहेको र प्रचलित कानुन बमोजिम अनिवार्यरुपले सम्पादन गर्नु पर्ने अध्यक्ष सिंहको तर्क रहेको छ ।
विज्ञपति मार्फत गाउँपालिका उपाध्यक्ष र सदस्यहरुबाट प्रयोग गरिएको गाउँकार्यपालिकाको लेटरप्याड गैर कानूनी रहेकोले मान्यता नदिन सम्वन्धित निकायलाइ आग्रह गरिएको छ । गाउँपालिका अध्यक्ष सिंहले बाढि़ बाट क्षति भएको किसानलाइ राहत दिनु पर्ने , हिउँदे अधिबेशन गर्नु पर्ने कार्यमा समेत उपाध्यक्ष र केहि कार्यपालिका सदस्यहरुले बाधा अवरोध पुर्याउने गरेको आरोप समेत लगाएका छन ।
सरिता कुमारी श्रीवास्तव,रौतहट,२७ गते पुस ।
भन्सार छली गरी ल्याउँदै गरेको सामानहरु रौतहट प्रहरी बरामद गरेको छ । बिहिवार बिहान ईलाका प्रहरी कार्यालय राजपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले परोहा नगरपालिका वडा नम्बर ६ बसन्पट्टी स्थितमा विभिन्न सवारी साधनहरु चेकजाँच गर्ने क्रममा विभिन्न सामानहरु बरामद गरेको हो ।
बिआर ३० बि ८०९४,बिआर ०५ क्यू ४२५७ र ना १४ प ८७३३ नम्बरको मोटसाइकिलहरु हरुलाई रोकी चेकजाँच गर्दा सो मोटरसाईकलहरुमा अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको कपडा,किराना सर–सामानहरु बरामद गरिएको हो ।

सो सामानहरुको अन्दाजी मूल्य एकहतर हजार चार सय पचास बराबरको चिनी, दाल र कपडाहरु फेला परेको हुँदा, कपडा,किराना सर–सामानहरु र अन्दाजी मुल्य रु.एक लाख पन्ध्र हजार बरावरको ३ वटा मोटरसाइकिल गरि जम्मा मुल्य रु.एक लाख छयासी हजार चार सय पचास बरावरको कपडा,किराना सर–सामानहरु, मोटरसाइकिल र मोटरसाइकिल चालक जिल्ला रौतहट देवाही गोनाही नगरपालिका वडा नम्बर ३ बस्ने अन्दाजी बर्ष ३० को बैजु प्रसाद साह समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक निमित्त सूचना अधिकारी उमाशंकर प्रसादले जानकारी गराएका हुन् ।

आरके श्रीवास्तव,रौतहट,२६ गते पुस २०८१ ।
रौतहटको फतुवा विजयपुर नगरपालिको एक विधालयमा प्रधानाध्यापक फेरिएको छ । नयाँ हेडसर आज हाजिर भएका हुन् । सो नगरपालिको वडा नम्बर २ मा रहेको माध्यमिक विधालय शितलपुरमा नयाँ प्रधानाध्यापकको रुपमा मुकेश कुमार यादव हाजिर भएको फतुवा विजयपुर नगरपालिकाका शिक्षा सह संयोजक अनिल यादवले जानकारी गराएका हुन् ।
यस अघिका प्रधानाध्यापक बुनिलाल प्रसाद यादवलाइ माध्यमिक बिधालय हिमालीबाँसको जिम्मेवारीमा पठाइएपछि बिधालय हेडसर बिहिन बनेको थियो । शुक्रवारदेखि बिधालयले नयाँ हेडसर पाएको छ ।
हेडसरको जिम्मेवारी पाएपछि यादवले आफूले पाएको जिम्मेवारी राम्रो सँग निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । आफनो पालामा गुणस्तरीय शिक्षा दिन पछाडी नहटने बताएका छन् । मावि दुधिअवामा निमावि सामाजिक शिक्षकको रुपमा कार्यरत यादवलाइ नगरपालिकाले मावि शितलपुरको हेडसर बनाएको हो ।
नयाँ हेडरसर हाजिरहुने अवसरमा फतुवा विजयपुर नगरवपालिकाका पूर्व शिक्षा संयोजक तेजनारायण यादव,पूर्व शिक्षा सह संयोजक सुुबोध प्रसाद यादव लगायत शिक्षक शिक्षिका,अभिावकहरुको पनि उपस्थिती रहेको थियो । फाेटाे फिचर:

बज्जिकाञ्चल संवाददाता,२५ गते पुस २०८१ ।
काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम पूर्वमन्त्री एकनाथ ढकालले मित्र राष्ट्र श्रीलंकाको नबनिर्बाचित प्रधानमन्त्री हरिणी अमरासुरियासंग बुधबार कोलम्बोमा भेट गरेका छन् । श्रीलंकाको प्रधानमन्त्री कार्यालयमा भएको भेटमा द्विपक्षीय हित र मित्रता अभिबृद्धि गर्ने बारे छलफल भएको ढकालको सचिवालयले जनाएको छ ।
सांसद ढकालले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फवाट प्रधानमन्त्री हरिणी अमरासुरियालाइ शुभकामना दिदै उपयुक्त समयमा नेपालको मैत्रीपूर्ण भ्रमणको लागि समेत आग्रह गरे । प्रधानमन्त्री हरिणी अमरासुरियाले नेपालसंगको बिशेष मैत्रीपुर्ण सम्बन्धलाई जोड दिदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना संदेश पठाएका थिए ।
साथै सांसद ढकालले श्रीलंकाली नबनिर्बाचित सभामुख डा जगत विक्रमारत्ने संग संसद भवनमा शिष्टाचार भेट गरि नेपालका सभामुख देबराज घिमिरेको तर्फवाट सभामुख डा जगत विक्रमारत्नेलाइ शुभकामना दिदै उपयुक्त समयमा गौतम बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणकोलागि समेत आग्रह गरे । त्यसै गरि सांसद ढकालले श्रीलंकाको संसद्को प्रमुख प्रतिपक्षी दलका नेता साजिथ प्रेमादासासंग समेत भेट गरि अन्तरक्रिया गरेका थिए । पूर्व मन्त्रि समेत रहेका ढकाल श्रीलंकाको २ दिने मैत्रीपुर्ण भ्रमणमा छन् । ढकाल प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन् । नेपाल र श्रीलंका बीच सन् १९५७ मा कुटनैतिक सम्बन्ध स्थापना भएको हो ।
बज्जिकाञ्चल संवाददाता,२५ गते पुस २०८१ ।
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षाका नवीनतम प्रविधि र चुनौतिहरु बारे सरकारी क्षेत्र, विद्यार्थी, व्यवसायिक, तथा प्राविधिक क्षेत्रका व्यक्तिहरू विचको महत्वपूर्ण सम्मेलन सम्पन्न भएको छ । मंगलबार र बुधबार सम्पन्न साइबर सुरक्षा संगोष्टीमा सहभागीहरुले नेपालको साइबर कानुन, साइबर सुरक्षा, अपराध र चुनौतिका सवालमा छलफल र बहस गरे ।
संगोष्टीको उद्घाटन गर्दै कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले पछिल्लो समय इन्टरनेटको माध्यमबाट धेरै अपराधहरु भइरहेको तथा साइबर सम्बन्धी नेपालको विद्यमान कानुन, नीति र व्यवसायिकताका बारेमा कलेजका विद्यार्थीहरुलाई सचेतना दिन संगोष्टी आयोजना गरिएको बताउनु भयो । साइबर सुरक्षा संगोष्टीबाट विद्यार्थीहरुले साइबर कानुन, साइबरमा जोखिम र सामाजिक, आर्थिक प्राविधिक ज्ञान प्राप्त गर्ने विस्वास व्यक्त गर्नुभयो ।
संगोष्टीको पहिलो दिन आयोजित प्यानल छलफलमा राष्ट्रिय साइबर सुरक्षा केन्द्रका निर्देशक तथा प्रवक्ता राजकुमार महर्जनले सरकारले साईबर अपराध, साइबर सुरक्षा र कानुनलाई बलियो बनाउन काम गरिरहेको बताउनु भयो । उहाँले सरकारी तवरबाट आम नागरिकलाई साइबर सम्बन्धी सचेतना दिने कार्यसँगै कानुनमा रहेका कमजोरीहरु सुधार गर्न सक्रियताका साथ कार्य भइरहेकोले सामाजिक सञ्जाल, इन्टरनेटका माध्यमबाट हुने अपराध बारे सबैले जानकारी राख्नुपर्नेमा जोड दिनुभयो ।
संगोष्टीमा बोल्दै राष्ट्रिय साइबर व्यूरोका एसपी दीपकराज अवस्थीले नेपालको साइबर कानुन, साइबर अपराधका बारेमा सहभागीहरुलाई जानकारी गराउनु भयो । उहाँले पछिल्लो पुस्ता साइबर अपराधमा जोडिनु दुखःद भएको बताउँदै नेपालमै रहेर भिओआईपी प्रयोग गरेर साइबर अपराध गर्ने क्रम बढेको र त्यस्ता कार्य गर्दा कुनै न कुनै दिन फसिने भएकोले विद्यार्थीहरुलाई त्यस्ता कार्यमा संलग्न नहुन अनुरोध गर्नुभयो ।
कलेजका सहायक प्राचार्य मोहनध्वज केसीले साइबर सुरक्षा संगोष्टीले विद्यार्थीहरुलाई साइबर सुरक्षा, कानुन र अपराधका बारेमा ज्ञान दिने जिकीर गर्नुभयो । उहाँले इन्टरनेटको माध्यमबाट हुने अपराधहरु बारे विशेषगरी युवा पुस्ता विद्यार्थीहरुले बढी जानकारी लिनुपर्नेमा जोड दिनुभयो ।
इसेवाका इन्जिनियर सुदिप पाठकले निजी क्षेत्रले खासगरी रकम भुक्तानी सम्बन्धी साइबर सुरक्षा, समस्या र चुनौति तथा अपनाउनु पर्ने सावधानीका बारेमा जानकारी दिनुभयो । संगोष्टीमा साइबर प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष खनाल, ल इम्पेरियलका प्रबन्ध निर्देशक सुरेन्द्र तिवारी, मेरो शिक्षाका संस्थापक अनुप उप्रेती, आइसिटी अवार्ड विजेता क्रिमसन टेकका रुकेश दुवाल, कलेजका कम्प्युटर डिपार्टमेन्टका प्रमुख जीतबहादुर बोहरा, विद्यार्थी कल्याण समितिका अध्यक्ष विष्णुप्रसाद भण्डारी लगायतको सहभागीता रहेको थियो ।
दुई दिनसम्म चलेको साइबर सुरक्षा संगोष्टीमा कलेजमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
बज्जिकाञ्चल संवाददाता,पर्सा,२५ गते पुस २०८१ ।बिरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले बिरगंजको बिकासमा राजनीतिक दल र नेताहरुले बेइमानी गरेको टिप्पणी गरेका छन् । नेताहरुको दोहोरो चरित्रका कारण बिरगंजको बिकास ओझेलमा परेको उनले बताए ।
बिरगंज स्थित नारायणी रंगशालाको आज निरक्षण गर्दै आजपा अध्यक्ष साहले सरकारको दोहोरो चरित्रका कारण नारायणी रंगशाला जिर्ण बनेको बताए । केही चोर नेताहरुका कारण नारायणी रंगशाला जिर्ण भएको र विभेदको शिकार बनेको बताउँदै अब प्रभु साह चुप लागेर नबस्ने चेतावनी समेत उनले दिए ।
‘केपी ओली प्रधानमन्त्री हुनुहुन्छ । उहाँ भर्खर बिरगंज आउँनुभएको थियो । के उहाँको नजरमा यो नारायणी रंशाला परेन ? के ठाकुरराम बहुमुखी क्याम्पस, नारायणी अस्पताल, चिनी मिल, कृषी औजार कारखाना उहाँको नजर परेन ? यहाँको घण्टाघर पञ्चायतकालमा बन्यो के उहाँको योग्दान केही हुनुपरेन ?’, बिरगंजको बिकासको बारेमा प्रश्न गर्दै आजपा अध्यक्ष साहले भने, ‘यहाँ आएर लम्बालम्बा भाषण गर्ने ? यहाँको बिकासको बारेमा केही नसोच्ने ? उहाँको अगाडीपछाडी गर्नेलाई सोध्ने बेला भएको छ । की त्यो पार्टी छोड या यहाँको बिकासको बारेमा केही गर । बिरगंजमा लुटने काम मात्रै उनीहरुले गरे ।’
बिरगंजबाट राजस्व लिने तर बिरगंजको बिकासका लागि सरकारले केही नगर्ने हो भने अब हामी चुप लागेर बस्ने बेला होईन यसको हिसाब किताब गर्नुपर्ने साहले भने । यहाँबाट ट्रक आउँजाउँ गर्दा त्यसको धुलोधुवा बीरगंजबासीले खानुपर्ने तर सरकारले बिकास नै नगरेपछि अब हामीले कर किन तिर्ने त्यसबारेमा सोच्ने बेला भएको उनले बताए ।
‘बिरगंजबाट चारगुणा बढी टयाक्स लिने तर सोही परिणाममा यहाँको बिकास किन नगरेको भन्ने बारेमा हामीले प्रश्न गर्नुपर्छ । जब यहाँबाट सरकारले बढीभन्दा बढी टयाक्स लिन्छ भने बढी भन्दा बढी बिकास गर्नुपर्छ’ आजपा अध्यक्ष साहले भने, ‘२१औं शताब्दीमा बिरगंजसंग जुन अन्याय, अत्याचार, विभेद भईरहेको छ हामी चुप लागेर बस्दैनौं । बिरगंजको मानसम्मान, बिकास, गौरबका लागि प्रभु साह चुप लागेर बस्दैन । हामी यसको हिसाबकिताब गर्छौं ।’
मधेस बिभिन्न खेलकुदमा मधेस अगाडी रहेको ईतिहास रहेको बताउँदै उनले मधेसलाई पछाडी पार्न खोज्नु दुर्भाग्य भएको बताए । क्रिकेट, कुस्ती, फुटवल, भलिवल लगायतका बिभिन्न खेलमा मधेस जहिले पनि अगाडी भएको बताउँदै उनले यहाँको रंगशालाको पुनर्निमाण गर्नुपर्ने, थप रंगशाला निर्माण गर्दै खेलकुदको बिकासका लागि आफूले योग्दान उनले बताए ।
पर्साका नेताहरु दलालीमा उत्रेको र यस्ता योजनालाई छोडेको प्रति उनले आक्रोश व्यक्त गर्दै प्रभु साहले यस्ता योजनालाई पुरा गर्नका लागि योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे । मधेससंग विभेद, अत्याचार र सौताको व्यवहार सरकारले गरेको आरोप लगाउँदै उनले बिरगंजको बिकासका लागि आजपाले हरेक किसिमको सहयोग गर्न तयार रहेको बताए ।
बिरगंजको गौरवको रूपमा रहेको नारायणी रंगशालाको निरीक्षण पश्चात आजपा अध्यक्ष साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नारायणी रंगशालाको हाल बेहाल हेर्दा सरकारसंग केही प्रश्न गर्न मन लाग्यो । गौरवशाली इतिहास बोकेको यो रंगशालाप्रति विभेद किन ? रंगशालाको बिकास सरकारको प्राथमिकतामा किन परेन ? के यहाँको बालबालिकालाई खेलकुदको अधिकार छैन ? देश बदलावमा अग्रणी भुमिका खेलेको बिरगंजलाई यस्तो उजाड़ किन बनाउनु भो ? के बीरगंज प्रयोग गर्ने र फ्याक्ने ठाऊँ हो ? के कर तिर्ने बिरगंजले रिटर्न पाउने अधिकार राख्दैन ? सरकारै सरकार भएको देशमा बीरगंजको लागी सरकार बिहिनता किन ? अहिलेको २१ औ शताब्दीको लोकतान्त्रिक युगमा के यस्तो अत्याचार सहन सकिन्छ ? हेक्का राखनु चोरहरू, अब बिरगंज चुप लागेर बसदैन ।’
आरके श्रीवास्तव,रौतहट,२५ गते पुस ।
रौतहट । जिल्लाको गुजरा नगरपालिकाको दयालपुरमा ग्रामीण सडक धमाधम ढलान कार्य भइरहेको छ । चन्द्रनिगाहपुर जाने र नगरपालिकाको कार्यालय रहेको सिमराभवानीपुर लाई जोड्ने मुख्य ग्रामीण सडक अहिले पक्किरण भइरहँदा स्थानिय हर्षित भएका छन् ।

गुजरा नगरपालिका वडा नम्बर ९ दयालपुर स्थित रहेको दलित बस्ती भएर जाने सो सडकको ढलान कार्य अहिले अन्तिम चरणमा रहेको वडा अध्यक्ष प्रेम चौधरीले जानकारी गराएका हुन् ।

वडा स्तरीय योजना बाट जियालाल माझीको घरदेखि पुकार माझिको घरसम्म करिब ३ सय ८० मिटर लामो ढलान कार्य भइरहेको वडा चौधरीले बताएका हुन् । उक्त सडक निर्माण गर्न वडाको सेलिङ्ग बाट चालु आर्थिक वर्ष २०८१।०८२ मा ४० लाख बजेट विनियोजन गरिएको थियो । अहिले सोही बजेट बाट सडक ढलान भइहरेको छ ।

८ इन्च मोटाइ र ५ मिटर चौडाइ पिसिसि सडकको ढलान कार्य वडा अध्यक्ष चौधरीले उपभोक्ता समिति मार्फत गराइरहेका छन् । सडकमा ढलान गर्न सुरु गरेसँगै वडा अध्यक्ष चौधरी आफनै रोहबरमा गुणस्तरिय ढलान गराइ रहेका छन् ।

सडक ढलान भएसँगै हिलोका कारण आवतजावतमा भोग्नुपरेको सास्ती अन्त्य हुनुका साथै यातायात सञ्चालनमा सहज भएपछि स्थानीयवासीहरु खुशी भएका छन् । स्थानियहरुले भोग्दै आएको समस्याको मध्यनजर गरी नै वडामा सडक पक्किरणको कामलाइ प्राथमिकतामा राखेर काम गराइरहेको वडा अध्यक्ष चौधरीको भनाइ छ । आफनो वडामा करिब ९० प्रतिशत सडक ढलान र कालोपत्र गर्ने कार्य भइसकेको वडा चौधरीको दाबी छ । मुख्य सडकको केही भाग मात्रै बाँकि छ । त्यसलाइ पनि कालेपत्र अथवा ढलान गर्न पहल गरिरहेको उनी बताउँछन् ।

यसअघि सोही वडाको अमतवामा १० लाख र दयालपुरमा १० लाखको सडक ढलान कार्य गरिसकेको उनले बताएका छन् । वडा बाट अर्को सडक ढलान गर्ने योजना पनि बनाएको वडा चौधरीले बताए । वडालाई ५ वर्षभित्र हिलोमुक्त बनाउने अभियानअन्तर्गत धमाधम स्थानीय सडक निर्माण गर्ने कार्यलाई तीव्रता दिएको वडा अध्यक्ष प्रेम चौधरीले जानकारी दिनुभयो ।

सडक ढलान कार्यका उपभोक्ता समिति अध्यक्ष सुजित चौधरीले वडा अध्यक्ष चौधरीको पहलमा र वहाँकै बजेटमा दलित बस्तीका सडक ढलान भइरहेका छन् । जो एकदमै सराहनिय हो । सडक ढलान भएपछि वर्षात्को समय धेरै नै अप्ठ्यारो हुँदै आएको थियो । सो कठिनाइ अब हटने भएको छ ।

यता गुजरा नगरपालिकाका पूर्व वडा सदस्य बलिराम चौधरीले देशमा संघियता आएपछि मात्र सडक ढलान पक्किरणको काम हुन सम्भव भएको ठोकुवा गरे । स्थानिय सरकार नभएको भए यो सबै सम्भव थिएन् । उक्त ढलान कार्यमा समाजसेवी अनुठा चौधरी,नागेन्द्र माझी लगायतको स्थानियहरुले सहयोगी भूमिका खेलिरहेका छन् ।
फाेटाे फिचर

नूर आलम बादशाह, २४ गते पुस २०८१ ।
नेपाल प्रिमियर लिग (एनपीएल) प्रथम संस्करणका च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीहरूलाई आज पचरौतामा भव्य स्वागत तथा सम्मान सहित पचास पचास हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

जनकपुर बोल्ट्सका क्याप्टेन समेत रहेका क्रिकेटर अनिल साह र सोही टीमका अर्का खेलाडी अरनिको यादवलाई पचरौता नगर प्रमुख जलन्धर सिंहले आज एक समारोहका बीच उक्त नगद राशी सहित दोसल्ला ओढाई सम्मान गरेका हुन्।

जीतको खुशीमा बुधबार पचरौताका जनप्रतिनिधि, नागरिक समाज, स्थानीय खेलप्रेमीहरुले एनपीएलको ट्रफी र खेलाडीलाई गाडीमा राखेर नगरपरिक्रमा गराउन विजयी यात्रा समेत निकालेका हुन् ।
विजय यात्रा कोतवालीको नहर चौकबाट सुरू भएर बेनौली चोक, बेनौली गाउँ हुँदै पालिका परिसरमा स्वागत तथा सम्मान कार्यक्रम गरी समापन गरिएको छ ।
सो अवरमा नगर प्रमुख सिंहले एनपीएलको प्रथम संस्करणमा ट्रफी हात पार्न सफल भएका जनकपुर बोल्टस टिमलाई बधाई र स्वागत गर्न पाउँदा आफू गौरवान्वित भएको बताए ।
‘विजेता टोलीलाई स्वागत गर्न पाउनु पचरौतावासीका लागि गर्वको कुरा हो’ उनले भने।
नेपाल प्रिमयर लिगले क्रिकेट खेलको विकासका साथै युवाहरुलाई प्रेरणा, राष्ट्रिय एकता तथा सकारात्मक बाटोमा हिड्ने प्रेरणा र उर्जा समेत प्रदान गरेको नगर प्रमुख सिंहको भनाइ छ ।
कार्यभार सम्हालेको आर्थिक बर्ष देखि नै पचरौता नगरका खेलाडीहरुलाई तालिम, प्रतियोगिता तथा खेल सामग्रीका लागि नगद राशी सहयोग गर्दै आइरहेको र अगामी दिनमा उक्त किसिमको सहयोग निरन्तर रहने प्रतिबद्धता पुनः दोहोरयाउनु भयो।
पचरौता पालिकाले एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीहरूलाई अभिनन्दन कार्यक्रम आयोजना गरेको थियो ।
पुस ६ गते शनिबार त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्स च्यापियन्स बन्न सफल भएको हो।
खेलाडीहरुको स्वागत तथा सम्मानका लागि आयोजित कार्यक्रम वडा नम्बर ७ का वडा अध्यक्ष बनारसी बिनको अध्यक्षता तथा प्रमुख आतिथ्यता नगर प्रमुख जलन्धर सिंहको रहेको थियो भने विशिष्ट अतिथिमा प्रमुख प्रशासकीय अधिकृत गौरी साह, वडा नम्बर ५ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता लक्ष्मी यादव, वडा नम्बर ३ का वडा अध्यक्ष धेनुक राउत कुर्मी, ६ का मकबुल मियाँ अन्सारी, ८ का प्रेम चौधरी, ९ का गगनदेव यादव, अतिथिमा शिक्षा संयोजक पण्डित त्रिपाठी, शिक्षा सहायक मुकेश कुमार सिंह, स्थानीय समाजसेवी भैया राम सहनी, विजय पटेल, कलामुद्दीन अन्सारी, भोला अन्सारी, अच्छेलाल प्रसाद यादव, प्रभु ठाकुर, नरेश प्रसाद कुर्मी, उमेश सिंह, प्रमोद सिंह, बिनोद पटेल, सियाराम मुखिया, सकल मुखिया, अवध किशोर प्रसाद यादव, पोषण हजरा, जवाहर साह रौनियार, सोनालाल साह, अमिन मियाँ अन्सारी, इम्तियाज अन्सारी, रोशन अली, जिना खातुन, जगरनाथ मुखिया बिन, शम्भु कुशवाहा, मुन्ना अन्सारी, गोकुल पण्डित, खेलाडीहरु बुधराम मुखिया, मनिर अन्सारी, अरविन्द अकेला, लालु, नगर प्रहरी, सुरक्षाकर्मी लगायत पत्रकारका साथै ठूलो संख्यामा सर्वसाधारण उपस्थित भएका थिए।
कार्यक्रम सन्चालन सबिन्दर सहनीले गरेका थिए।
बज्जिकाञ्चल संवाददाता,राैतहट,२४ गते पुस ।
राैतहट । रौतहटको माधवनारायण नगरपालिकाका मेयर बैजनाथ प्रसाद यादवले एक वडामा ३० वटा डिप बोरिङ जडान गरेका छन्।
किसानहरुलाई सहज रुपमा सिँचाइको सुविधा उपलब्ध गराउने उद्देश्यले मेयर यादवले माधवनारायण नगरपालिका -८ पिप्रा रजवडामा ३० जना किसानको खेतमा डिप बोरिङ जडान गरेका हुन्।
च्वाइस नेपालको सहयोगमा जडान भएको उक्त बोरिङहरुको मेयर यादवले उद्घाटन गरेका छन्।
मंगलवार अबेर साझ आयोजित एक कार्यक्रमका बीच माधव नारायण नगर प्रमुख बैजनाथ प्रसाद यादव र सहयोगी संस्था च्वाइस नेपालका कार्यकारी निर्देशक प्रतीक शर्मा दुवैजनाले संयुक्त रूपमा बोरिङको उद्घाटन गरेका थिए।
बागमती नदी पारी जडान भएको ३० वटा डिप बोरिङले करिव २ सय भन्दा बढी बिघा खेतमा सिँचाइ सुविधा पुर्याउने र यस परियोजनाबाट हजारौं किसान लाभान्वित हुने मेयर यादवले विश्वास व्यक्त गरेका छन्।
त्यस्तै डिप बोरिङ जडान भएको ठाउँमा गाउँ बस्ती नहुँदा रातिको समयमा निल गाई, स्याल, बँदेल लगाएतको जनावरको आक्रमण तथा वर्षा, हुरीबतास, चिसो, घाम पानी आदिबाट किसानलाई जोगाउन मेयर यादवले पाँच वटा किचन बाथरूम, शौचालय सहितको एक तले पक्की भवन समेत निर्माण कार्य थालेका छन्।
यो भवन निर्माण भएपछि नदिपारी खेतिबारी गर्न जाने किसानहरुलाई जनावर, चोर, डाँका र प्राकृतिक प्रकोपबाट जोगाउन ठूलो टेवा पुर्याउने उनले बताए।
किसानहरुलाई बस्न बागमती नदी पारी पक्की घर निर्माण गर्ने पहिलो मेयर बैजनाथ प्रसाद यादव हुन् । यो नयाँ कार्यको सुरुवात पनि हो । यस्तो काम अहिलेसम्म रौतहटका कुनै पनि जनप्रतिनिधिले गर्न सकेका छैनन्।
बोरिङ जडान भएपछि अब आफूहरुले चाहेका बेला नै बाली लगाउन पाइने र बालिबाट मनग्य आम्दानी लिन सक्ने भन्दै किसानहरुमा ठूलो आशा जागेको छ।
बोरिङ गाडिएपछि समयमै खेती गर्न प्रयाप्त पानीको व्यवस्था हुने छन् ।
बोरिङ सञ्चालनमा आएपछि सो क्षेत्रका किसानले पहिले हिउँदे र बर्खेबाली लगाउने गरेकोमा अब बाह्रैमास फरक खेती गर्न पाउनेछन् ।
माधवनारायण नगर प्रमुख यादवको प्रमुख आतिथ्य तथा वडा नं ८ का वडा अध्यक्ष योगेन्द्र प्रसाद कुशवाहाको अध्यक्षतामा भएको बोरिङ उद्घाटन कार्यक्रममा च्वाइस नेपालका कार्यकारी निर्देशक प्रतीक शर्मा, फिल्ड संयोजक जिसी, नगर उप प्रमुख निर्मला देवी, माधव नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव, इन्जिनियर नागेन्द्र यादव, कृषि शाखा प्रमुख अर्जुन दास, नेपाली कांग्रेसका युवा नेता नितेश कुमार गुप्ता, किसानहरू लगाएतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
प्रेमचन्द्र झा,राैतहट,२४ गते पुस २०८१ ।
राैतहट । माधव नारायण नगरपालिकाका नगर प्रमुख वैधनाथ प्रसाद यादवको कुसल नेतृत्वका कारण प्रधानाध्यापक विरुद्धको आन्दोलन विधार्थीहरुले स्थगित गरेका छन् । देवी माध्यमिक विद्यालय सखुअवाका विद्यार्थीहरूले प्रधानाध्यापक लखिन्द्र यादवलाई सरुवा गर्नुपर्ने मांग गर्दै आएको तीन दिन देखिको आन्दोलन स्थगित गरेको हो ।
सो आन्दोलन नगर प्रमुख यादवको आग्रहमा बुधवार देखी विद्यार्थी हरूले स्थगित गरेका छन् ।
सो समस्याको समधान माधव नारायण नगरपालिका नगर प्रमुख यादवले विद्यार्थीहरु बिच बसेर वार्ता गरी समस्यालाई समयमै हल गरि दिएका छन्। प्रधानाध्यापक यादवले गरेको भ्रष्टाचार लगातयका अनियमितता विरुद्ध कार्यवाही स्वरुप सरुवाको माग गर्दै आन्दोलित भएका थिए ।
बज्जिकाञ्चल संवाददाता,बारा,२४ गते पुस २०८१ । बारा । बारा जल्लाकाे बरियारपुरमा बिभिन्न वित्तिय संस्थाहरू रहेका छन् तर लघुउद्यमीहरूकाे पहिलाे राेजाइमा भने एनएमिव लघुवित्त रहेकाे छ । एनएमबी लघुबित्त बित्तीय संस्था लि. को शाखा कार्यालय बरियारपुर बाराले लघुउद्यमी ग्राहक केन्द्रीत विभिन्न कार्यक्रम संचालन गरे पश्चात ग्राहकहरूकाे आर्कषण लघुवित्तमा बढेकाे हाे ।
जिल्लाको महागढीमाई नगरपालिका वडा नं.८, का सदस्यहरू बिचमा संस्थाले पौष महिनाभर बिभिन्न कार्यक्रमहरू गरेकाे छ । बरियारपुर शाखाले अन्तरक्रिया तथा बित्तिय साक्षरता मार्फत चेतनामूलक कार्यक्रमको गरेको हाे ।
कर्जाकाे आवश्यकता, बचतको प्रकार, बचत तथा कर्जाको फाईदा र बेफाईदा, कर्जा लिदा ध्यानदिनु पर्ने कुराहरु, कर्जा सदुपयोगिता, आफूले गरेको व्यवसायको बिमा र त्यसको फाईदा र बेफाईदा, व्यवसायको छनोटले आफू र आफ्नो परिवारलाई हुने लाभ, पासबुकको प्रयोग र यसको फाईदा, जम्मा भैचरको महत्व, केन्द्र समुह र केन्द्र प्रमुखको भुमिका तथा केन्द्र संचालन लगाएतकाे बिषयमा ग्राहकहरूलाइ सचेतनामूलक कार्यक्रम गरिएकाे र कार्यक्रमले ग्राहकमा वित्तिय चेतना बढेकाे बरियारपुर शाखाको लेखापाल धर्मेन्द्र कुमार साहले जानकारी दिनुभयाे ।
लघुवित्तकाे कार्यक्रमले अाफुहरूमा ऋृणाकाे सदुपयाेग कसरी गर्ने भन्न्र कुराकाे वारेमा थाहा भएकाे र गाँउमा एनएमवि लघुवित्तकाे सेवा आए पश्चात बिना धिताे ऋृण लिएर ब्यवसाय गर्दा गाँउबासीमा खुसी छाएकाे कार्यक्रममा सहभागी स्थानिय वीरेन्द्र राउत बरैले बताउनुभयाे ।
कार्यक्रमकाे ब्यवस्थापनमा शाखाका कर्मचारीहरू राजीव कुमार ठाकुर र विजय कुमार चौधरीले सहयाेग गर्नुभएकाे छ । लघुवित्तले यस अघि जिल्लाको कलैया, परवानीपुर लगाएतका स्थानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ ।

बरियारपुर शाखाले हाल सम्म आठ सय भन्दा बढि घरधुरीलाई सेवा दिदै आएको यस लघुवित्तको बरियारपुर शाखाले जिल्लाको महागढीमाई नगरपालिका र यसकाे वरपर कार्य क्षेत्र बनाएर कार्य गर्दै आएको छ । पोखरा महानगरपालिका वडा नं.८ न्यूरोड कास्कीमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले ७ वटै प्रदेशमा ७ वटा प्रादेशिक कार्यालय स्थापनागरि ६८ जिल्लामा १४८ वटा शाखा विस्तार गरी करिब एक लाख तीस हजार विपन्न घरपरिवारलाई लघुवित्तले सेवा प्रदान गदै आएको छ ।
काठमाडौं, २०८१ पुस २४ गते ।
दक्ष युवाहरु स्वदेशमै बसेर काम गर्न अवसर र संभावनाहरु प्रसस्त रहेको नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्रा.डा. पदम बहादुर शाहीले बताउनु भएको छ । स्वदेशमा प्राविधिक जनशक्तिहरुको माग दिनप्रतिदिन बढिरहेको बताउँदै काउन्सिल अध्यक्ष शाहीले हरेक क्षेत्रमा मेहनत र संघर्ष गर्ने युवाहरुले सफलता प्राप्त गर्ने बताउनु भयो ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक) बाट सिभिल तथा सिभिल एण्ड रुरल इन्जिनियरिङ उत्तिर्ण १९ औं ब्याचका विद्यार्थीहरुलाई विदाई गर्दै प्रा.डा. शाहीले प्राविधिक जनशक्ति खासगरी इन्जिनियरहरुले स्वदेशमै राम्रा अवसरहरु पाउने जिकीर गर्नुभयो । ‘विगतमा भन्दा अहिले इन्जिनियरिङ क्षेत्रमा स्कोप छ । तर, तपाईहरुले कलेजमा अध्ययन गरेको भन्दा बढ्ता मेहनत व्यवसायिक जीवनमा गर्नुपर्छ ।’ इन्जिनियरिङ अध्ययन गर्दैगर्दा असाइनमेन्ट सब्मीट गर्नु भयो, रिपोर्ट बनाउनु भयो भाइबा गर्नुभयो । हामीले पनि त्यही गरेर आएका हौं । तर, तपाईको अबको जीवन भनेको नम्बरमा मुल्यांकन हुँदैन अब तपाईको जीवन एस र नोट हो । कि तपाई पास हुनुहुन्छ कि फेल हुनुहुन्छ ।’ सफल हुनको लागि व्यवसायिक जीवनमा प्रत्येक पल परीक्षा दिइरहनु पर्ने भन्दै प्रा.डा. शाहीले भन्नुभयो ।
आफ्लाई सफल बनाउन समाज र समय अनुसार व्यवसायिक रुपमा ज्ञान अनुसार सीप हुनुपर्ने भन्दै प्रा.डा. शाहीले विश्वविद्यालयको अध्ययनले ज्ञान दिन सकेपनि सीप नदिएको बताउनु भयो । ‘विश्वको कुनैपनि विश्वविद्यालयले ज्ञान दिन्छ सीप दिँदैन, सीप सिक्नका लागि हरेक दिन आफ्नो फिल्डमा पढ्नु पर्छ । नयाँ कुरा जान्नैपर्छ ।’ व्यवसायिक जीवनमा इमान्दारिता, नैतिकता र लगनशीलता अपरिहार्य भएको भन्दै उहाँले देश र समाज बनाउन दक्ष युवा जनशक्तिको महत्वपूर्ण भूमिका रहने बताउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथी नेपाल सरकारका पूर्वसचिब तथा नेकका पुर्वप्राध्यापक मनिराम गेलालले नेपालको विकासमा इन्जिनियरहरुको भुमिका रहेको भएपनि सरकारी सेवामा पर्याप्त इन्जिनियरहरु नरहेको बताउनु भयो । नयाँ जनशक्तिलाई अनुभवको अभाव भन्दै अवसर नदिँदा उनीहरु अवसरको खोजीमा बाहिरिँदै गएकोमा चिन्ता व्यक्त गर्दै उहाँले नयाँलाई पनि अवसर दिइनुपर्ने बताउनु भयो । ‘हाम्रो पोलिसीमा कमजोरी छ । कन्सल्टिङ सर्भिसेसका लागि जनशक्ति माग गर्दा पनि १५, २० वर्ष सम्बन्धीत विषयमा काम गरेको अनुभव चाहिने मापदण्ड राख्छौं । नयाँ गोल्डमेडलिस्ट र टपरहरु भने बजारमा काम खोज्दै बस्नुपरेको अवस्था छ । यसलाई चेञ्ज गर्न आवश्यक छ ।’ सुखी नेपाली समुन्नत नेपाल निर्माणका लागि दक्ष प्राविधिक जनशक्ति नै चाहिने भएकाले नयाँलाई अवसर दिइनुपर्ने उहाँको जोड छ ।
गेलालले कामको मुल्यांकन गर्नेहरुको संख्या बढि र काम गर्नेहरुको संख्या कम हुँदा देशलाई घाटा भइरहेको बताउनु भयो । पूर्वाधार निर्माणका क्षेत्रमा बढी आरोपहरु लाग्ने भएकाले पेशागत मर्यादा र इमान्दारिता कायम गर्दै करियर डेभलपमेन्टमा अगाडी बढ्न नव इन्जिनियरहरुलाई शुभकामना दिनुभयो । साथै, नेपालमै केही गर्ने वातावरण बन्दै गइरहेकोले आशावादी भएर मेहनत गर्न सुझाब दिनुभयो ।
कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले कलेजबाट उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरुले व्यवसायिक क्षेत्रमा प्राप्त गर्ने सफलता नै कलेजको सफलता भएको बताउँदै व्यवसायिक क्षेत्रमा मर्यादा र अनुशासन कायम गरेर अगाडी बढ्न अनुरोध गर्नुभयो । ‘तपाईहरु कलेजको ब्राण्ड एम्बेष्डर हो । तपाईहरुले प्राप्त गर्ने सफलता नै हाम्रो सफलता हो । जुनसुकै पदमा रहेर काम गर्दा म नेपाल कलेजको विद्यार्थी हुँ भन्ने नविर्सनु होला ।’ समाज र राष्ट्रसँग जोडिएर काम गर्नुपर्ने भएकाले व्यवसायिक जीवनमा पेशागत इमान्दारिता, नैतिकता र मर्यादा महत्वपूर्ण रहेको भन्दै प्राचार्य भण्डारीले भन्नुभयो ।
कलेज सञ्चालक समिति सदस्य समेत रहनु भएकी प्राध्यापक सावित्री त्रिपाठीले ४ वर्षको अध्ययन समाप्त गरेर ब्यवसायिक जीवनमा प्रवेश गर्दा नैतिकवान भएर अगाडी बढ्नुपर्ने बताउनु भयो । व्यवसायिक जीवनमा नैतिकता र इमान्दारिता ठूलो कुरा भएको जिकीर गर्दै ४ वर्षको पढाईले मात्र अगाडी बढ्न नसकिने भएकोले त्यसपछिको उच्च शिक्षा हासिल गर्न तथा व्यवसायिक जीवनमा हरेक दिन केही न केही सिक्नुपर्ने बताउनु भयो ।
यस्तै कलेजका सहायक प्राचार्य मोहनध्वज केसीले व्यवसायिक जीवनमा प्रवेश गर्ने विद्यार्थीहरुलाई शुभकामना दिँदै कलेजले आउँदा दिनहरुमा पनि जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाँले इमान्दार र नैतिकवान भएर अगाडी बढ्दा सफलता हासिल गर्न सकिने जिकीर गर्नुभयो ।
विदाई कार्यक्रममा नव इन्जिनियर विद्यार्थीहरुले ४ वर्षे स्नातक तहको अध्ययनका क्रममा विताएका पलहरुको स्मरण गर्दै प्राध्यापकहरु र कलेज परिवारलाई धन्यवाद दिएका थिए । कार्यक्रममा विद्यार्थीहरुलाई विभिन्न अवार्ड र पुरस्कारबाट सम्मानीत गरिएको थियो । चेयरमेयर गोल्ड अवार्ड राजेन्द्र पौडेल र शीतल पाण्डेले प्राप्त गर्दा प्रोग्राम टपर अवार्ड भने राजेन्द्र पौडेल र शीतल पाण्डेले संयुक्त रुपमा र बिबेक भण्डारीले प्राप्त गरेका थिए । कार्यक्रममा विषयगत अवार्डहरु पनि प्रदान गरिएको थियो ।
काठमाडौं, पुस २४ गते २०८१ ।
मधेशी एकता समाज, यूएईले दुबईको जाबिल पार्कमा नयाँ वर्ष २०२५ को शुभ अवसरमा दुई दिनअघि भव्य कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमले मधेशी समुदायको एकता, सांस्कृतिक पहिचान र समग्र प्रगतिका लागि नयाँ ऊर्जा थपेको छ ।
श्रमिक, व्यवसायी, विद्यार्थी, आगन्तुक र बौद्धिक क्षेत्रका विशिष्ट अतिथिहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई अझ विशेष बनाएको थियो ।
मधेशी एकता समाजले सन् २०२१ मा स्थापनापछि हरेक वर्ष नयाँ कार्यसमितिको चयन गर्दै आएको परम्परालाई निरन्तरता दिएको छ । कार्यक्रमले रोशन मार्र्कसिस्टको नेतृत्वमा समाजको युएई च्याप्टरको नयाँ कार्यसमिति चयन गरेको छ ।
नयाँ कार्यसमितिको महासचिवमा एस के यादव, सहअध्यक्ष एवं प्रवक्तामा शैलेन्द्र राय, अर्का सहअध्यक्षमा राम साह चयन गरिएका छन् ।
यस्तै एकता समाजको मधेशी व्यवसायी परिषद्को संयोजकमा कविन्द्र यादव र युवा संयोजकमा आदित्य अटललाई चयन गरिएको छ ।
त्यस अवसरमा एकता समाजका संस्थापक डाक्टर रविन्द्र कुमार यादव र अफजल हुसैन (गुलजार)लाई मधेशी समुदायमा उल्लेखनीय योगदान दिएकोमा विशेष सम्मान गरिएको थियो ।
त्यस्तै, व्यवसायीहरु कविन्द्र यादव, बिनेश यादव र गणेश पुर्बे तथा प्रमुख सल्लाहकार र संस्थापक सदस्यहरू मुकेश झा र तनवीर आलमलाई गम्छा ओढाएर सम्मान गरिएको थियो । यस्तै, निवर्तमान अध्यक्ष धर्मेन्द्र गोहिबार यादवलाई सफल नेतृत्वका लागि धन्यवाद दिइएको थियो ।
आफ्नो मन्तव्य राख्दै संस्थापक डाक्टर रविन्द्र यादवले मधेशी एकता समाजको स्थापना, उद्देश्य र विगतका सफलताबारे प्रकाश पार्दै मधेशी समुदायलाई एकता र सामूहिक प्रगतिका लागि माथि उठ्न आह्वान गगर्नुभयो ।
डाक्टर यादवले संयुक्त राष्ट्र संघको अल्पसंख्यक मञ्चमा हालैको आफ्नो सहभागिता र काठमाडौंमा भएको एकता समाजको अन्तरक्रिया कार्यक्रमका बारेमा जानकारी गराउनुभयो ।
उहाँले मधेशी समुदायको सांस्कृतिक पहिचानको संरक्षण र सुन्दर भविष्यका लागि मधेशी एकता समाजको सन्देश नयाँ पुस्तामा पुर्याउन जोड दिनुभयो ।
मधेशी एकता समाजले आफ्नो स्थापना कालदेखि नै नेपाली मधेशी समुदायका लागि छाता संगठनको रूपमा कार्य गर्दै आएको छ र यसको गतिविधि हालसम्म विश्वका प्रायः सबै देशमा फैलिएको छ ।
आरएन पटेल,रौतहट,पुस २३ गते ।
चिसो बढेपछि राैतहटका बिधालयहरू धमाधम बन्द हुन थालेका छन् । बढ्दो चिसोले रौतहटका पालिकाहरुद्वारा ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको छ। शितलहरका कारण चिसो अत्याधिक बढेकाले रौतहटका विभिन्न पालिकाहरुले आगामी ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो। शीतलहरका कारण जाडो बढेपछि पठनपाठनमा समस्या आएपछि विद्यालयमा जाडो बिदा दिईएको हो।
जिल्लाका विभिन्न पालिकाहरुले मंगलवार सूचना जारी गर्दै पौष २४ गते देखी २६ गते सम्मका लागि ३ दिन पालिका अन्तर्गत रहेका सबै सरकारी र निजी विद्यालयहरु बन्द गर्ने निर्णय गरेका छन। जिल्लाको सबैभन्दा पुरानो पालिका गौर नगरपालिका, ईशनाथ नगरपालिका, बौधिमाई नगरपालिका तथा फतुवा विजयपुर नगरपालिकाले आज एकै साथ सूचना जारी गर्दै बढ्दो जाडोको कारणवाट विधार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै उक्त तीन दिनको बिदा वर्षे विदावाट कट्टा हुने गरी सम्बन्धित पालिका अर्न्तगतका सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालय सबैको पठनपाठन बन्द गर्न गराउनु सबै सरोकारवालालाई जानकारी गराइएको सूचनामा उल्लेख गरिएको छ।
जाडोले गर्दा प्राबिमा पढ्ने स–साना विद्यार्थीहरु बढी प्रभावित बनेका थिए। जाडोले गर्दा विद्यार्थीहरुको न्युन उपस्थितिले गर्दा पठनपाठन समेत प्रभावकारी हुन नसकेको विद्यालयका शिक्षकहरुले बताउँछन्। ‘स–साना विद्यार्थी लुगलुग काम्ने, रुघाखाकी र ज्वरोले प्रभावित हुन सक्ने सम्भावनालाई निर्मूल पार्न तथा बालबालिकाहरुको स्वास्थ्य अवस्थाको ख्याल गरि उक्त जाड़ो बिदा नगरपालिका भित्र रहेका सबै विद्यालय बन्द गरिएको बौधिमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तारकेश्वर प्रसाद पटेलले बताए। पौषको अन्तिम हप्ता रौतहटमा पश्चिमेली हावासंगै बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित हुँदै आएको छ।
बज्जिकाञ्चल संवाददाता,२३ गते पुस २०८१ । काठमाडौं । काठमाडौंमा आज भूकम्पको धक्का महसुस भएको छ । भूकम्प ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बाह्रखरीमा खबर छ ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,२३ गते पुस २०८१ ।
राैतहट-राैतहटमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार बिहान ६ बजेर ५२ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
राैतहट लगायत बारा,पर्सा,महाेतरी,धनुषा लगायतका जिल्लाहरूमा भूकम्पकाे धक्का महसुस गरिएको छ ।
काठमाडौंमा भने ठूलै भूकम्पकाे धक्का महसुस गरिएको प्रारम्भिक खबर छ । भूकम्प गएको बारे सामाजिक संजाल मार्फत पनि विभिन्न ठाउँबाट खबरमा जनाइएको छ ।
भूइंचालो जाँदा मानिसहरु घर बाहिर निस्किएका थिए । भूकम्प गएपछि भागाभाग भएको छ । काठमाडौंमा भने सडकमा सवारी साधन केहि समय रोकिएका अन्नपूर्णमा खबर छ । वितस्तृत विवरण आउन बाँकि रहेकाे छ ।
सञ्जय सहनी,राैतहट, २२ पुस २०८१ ।
रौतहट । रौतहटको परोहा नगरपालिकाको स्थानीयहरुलाई नि:शुल्क एल.पि.जी ग्यास सलिन्डिर र चुल्हो सेट बितरण कार्यक्रमले गर्दा स्थानीय खुसि भएका छन् ।
विकास र पुर्वाधारमा द्रुत गतिमा अगाडी बढाइरहेको परोहाले धुवाँमुक्त नगर अभियान अन्तर्गत सोमबार ग्यास चुल्हो सहित ग्यास सलिन्डिर वितरण अभियानलाई अगाडि बढाएपछि नगर बासिको मुहारमा खुसि छाएको हो ।
परोहा नगरपालिका- ४ मा रहेको प्रहरी चौकीको प्रांगणमा आइतबार र सोमबार गरि वडा ४,५ र ६ का २७ सय जनालाई नगरप्रमुख शेख वकिलले चुल्होसहतिको सिलिन्डिर बितरण गरेपछि उहाँको जयजयकार हुन थालेको हो ।
नगर सभा बाट पारित नीति कार्यक्रम अनुसार नगरको प्रत्येक घर परिवारलाई पुग्ने गरी लगभग ८ हजार ग्यास चुल्हो सेट बितरण गर्ने योजना र कार्यक्रमअन्तर्गत चुल्हो सहितको सिलिन्डिर बितरण गर्न लागिएको मेयर शेख वकिलले बताउनु भएकाे छ ।
मेयर वकिलले भने -`भोट माग्न जादा महिला दिदि बहिनिको एउटै माग थियो हामीलाई ग्यास चुल्हो सिलिन्डर चाहिन्छ ,मैले पनि चुनावमा प्रतिबद्धता गरेको थिए ,त्यहि प्रतिबद्धता पुरा गर्न लागि परेको छु ।
दाउरा, कोइला, गुइँठा जस्ता परम्परागत इन्धनमा आत्मनिर्भर ग्रामीण क्षेत्रका घर परीवार सम्म एल.पी जी ग्यास जस्ता सफा खाना पकाउने इन्धनको पहुँच बिस्तार गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको मेयर शेख वकलिले बताउनु भएकाे छ ।
ग्यास सिलिन्डिर बितरणबाट आर्थिक रुपमा बिपन्न परिवार लाभान्बित हुने बिश्वास ब्यक्त गर्दै माटोको चुल्हो र दाउराले खाना पकाउने खासगरी महिला दिदि-बहिनीहरुको स्वास्थमा हुने खराबी रोक्न ग्यास चुल्होबाट सहयोग हुने , समयको बचत हुने, महिलाको आत्मसम्मान बढ्ने र विभिन्न स्वास्थ्य समस्याबाट बचाउने हुनाले आफूले आवश्यक ठानी यो अभियान सञ्चालनमा ल्याएको मेयर वकिलको भनाई छ।
नपाकै बरिस्ठ ईन्जिनियर दिपेन्द्र यादवले यस अभियानबाट नगरमा आगलागी न्यूनीकरण , वनविनाश रोक्न सक्ने हाम्रो बिश्वास रहेको धारणा व्यक्त गरेका छन् ।
पालिकाले दिएको ग्यास सिलिन्डिर लिदै स्थानीय नागेन्द्र पटेले यहाँका स्थानीय वर्षौदेखि दाउरा र रुखको पात उपयोग गर्दै खाना र खाजा बनाउन बिबस थिए।जसका धुवाँ- धुलोले गर्दा विभिन्न रोगबाट ग्रसित भई पीडित छन् । जनताको पिडालाई सम्बोधन गर्न मेयर शेख वकिलले स्थानीय प्रती देखाएको हार्दिकताको जति सराहना गरेपनि कम हुने प्रतक्रिया दिए।
नगर कै अर्का समाजसेबी जोगी सहनीले महिला दिदि बहिनिको स्वास्थ्य रक्षाको लागी ,समय बचतको लागि साथै आ – आफ्नो जीवन रुपान्तरण गर्न ग्यास चुल्हो बितरण कार्यले महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै मेयर शेख वकिल र नगरपालिका परिवार प्रति आभार व्यक्त गरेका छन् ।
मेयर वकिलको प्रयासले धुवाँधुलो रहित ईन्धनमा खाना पकाउने सौभाग्य पाएपछि आफुहरु निकै हर्सित भएको स्थानीय हेमनती देबीले बताइन् ।
ग्यास चुल्हो वतिरण कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, नगर पालिकाको कर्मचारी, स्थानीय भलादमीहरु,सुरक्षा निकाय र विभिन्न सञ्चार माध्यमको प्रतिनिधिहिरु सहभागिता रहेको थियो।
मुन्ना मिश्र,राैतहट,२२ गते पुस २०८१ ।
रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ८ बलुवामा भईरहेको श्रीमद् भागवत महापुराण कथा र नवाह यज्ञको आज पांचौं दिन हो । गत पुस १८ गते देखी २७ गते सम्म चल्ने श्रीमद् भागवत महापुराण कथा र नवाह यज्ञको प्रथम दिन १ हजार ८ कुमारी कन्याद्वारा कलश यात्रा निकालिएको थियो । कलश यात्रामा विभिन्न बाजागाजा सहित हजारौ हजार भक्तजनहरुले सोभा बढाएका थिए ।
बलुवा टाेलबाट निकालिएको कलश यात्रा कटहरिया बजार परिक्रमा गर्दै लालबकैया नदिमा पुगेको थियो । कलश यात्रमा स्थानीयहरुले अ-आफ्ना सवारी साधन समेत लिएर सहभागी भएका थिए । भारतको श्री धाम बृन्दावन मथुरा बाट कथा व्यास श्री रामगोपाल जी महाराज लाई श्रीमद् भागवत महापुराण कथा वाचन गर्न बोलाइएकोले श्रीमद् भागवत महापुराण कथा र नवाह यज्ञमा दैनिक हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरू पुजा गर्न तथा श्रीमद् भागवत महापुराण कथा सुन्न आउने गरेकाे आयोजक समितिका अध्यक्ष वीरेन्द्र यादव जानकारी गराएका हुन् ।

नौ दिनसम्म चल्ने यस नवाह यज्ञ तथा मेलामा आउने भक्तजनहरूको मनोरञ्जन को लागि बिभिन्न किसिमका खेल तमासा , झुलुवा, सर्कसको व्यवस्था रहेको मेला आयोजकले जानकारी दिएको छ। प्रत्येक दिन दिउँसो १ बजे देखि साँझ ५ बजेसम्म र साँझ ७ बजे देखि राति १२ बजेसम्म श्रीमद् भागवत महापुराण कथाको साथै झाँकि कार्यक्रम समेत आयोजना गरिएकोले आगन्तुक श्रद्धालु भक्तजनहरूलाई आकर्षित गरिरहेको देखिन्छ ।

सार्वजनिक धार्मिक कार्यक्रम तथा यज्ञ गर्नमा कटहरिया नगरपालिका वडा नम्बर ८ बलुवा गाउँ जिल्लामै अगाडि रहेको दाबी गरिएको छ । यसमा समितिका कोषाध्यक्ष सिकेन्द्र यादव,सचिव अनिल कुमार यादव,वडा प्रत्यासी भिखारी पण्डित लगायतका स्थानीय भद्रभलादमीहरूकाे सक्रियता त्यतिकै देखिएको छ ।
बज्जिकाञ्चल संवाददाता,पर्सा,२२ गते पुस ।
बिरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले मुलुकमा बढदै गईरहेको भ्रष्टाचार विरुद्ध खबरदारी गर्ने उदेश्यले बिरगंजमा भ्रष्टाचारको बिरुद्धमा खबरदारी सभा गर्न लागेको बताएका छन् ।
सरकारका मान्छेहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप उनले लगाए ।भ्रष्टाचार नियन्त्रण गर्नेहरूकै मिलेमतोमा खुलमखुल्ला भ्रष्टाचार भैइरहेको अध्यक्ष साहले आरोप लगाए ।
आजपा पर्सा जिल्ला कमिटीको आज ( सोमबार ) बिरगंजमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले बिरगंजलाई आर्थिक राजधानीका साथै भ्रष्टाचार विरुद्ध हुने खबरदारी सभाका कारण शासकबर्ग त्रसित भएको बताए ।
हालै भ्रष्टाचार बिरुद्ध मधेसमा जागरण अभियान गरेको आजपाले बिरगंजमा भ्रष्टाचार बिरुद्ध खबरदारी सभा गर्न लागेको हो । साथै बिरगंजलाई मुलुकको आर्थिक राजधानी घोषणा गर्नुपर्ने माग समेत आजपाले गरेको छ ।
‘मुलुकमा भ्रष्टाचार बढदै गईरहेको छ तर सरकार मुकर्दशक बनेको छ । सरकारकै संरक्षणमा भ्रष्टाचार बढदै गईरहेको छ । हरेक काण्डमा सरकारका मान्छेहरु संलग्न रहेका छन् । मुलुक लुटिरहेको सरकारले भ्रष्टाचारीलाई संरक्षण गरिरहेको छ,’ आजपा अध्यक्ष साहले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्ने सरकारी निकायहरुकै संलग्नतामा हरेक क्षेत्रमा भ्रष्टाचार बढदै गईरहेको छ । भ्रष्टाचार बिरुद्ध आवाज उठाउँने उदेश्यले हामीले खबरदारी सभा गर्न लागेका छौं ।’
बिरगंजलाई देशको आर्थिक राजधानी घोषणा गराउँन र भ्रष्टाचार बिरुद्ध जागरण गर्ने उदेश्यले पुस २७ गते बिरगंजमा हुने खबरदारी सभालाई आजपा अध्यक्ष साहका साथै शिर्ष नेताहरूले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
बैठकलाई सम्बोधन गर्दै साहले संघिय संरचना आउँनुभन्दा अघि बिरगंजलाई राजधानी बनाउँने भनिए पनि बिरगंजसंग धोका भएको बताए । प्रदेशको राजधानी बिरगंजलाई बनाउँन भनिए पनि षडयन्त्र गरिएको बताउदै उनले बिरगंजलाई आर्थिक राजधानी घोषणा गर्नमा पनि षडयन्त्र भईरहेको आरोप लगाए ।
‘काठमाडौं प्रशासनिक राजधानी हुने, पोखरा पर्यटकीय राजधानी हुने तर बिरगंज आर्थिक राजधानी किन नहुने ? हामीले बिरगंजलाई जसरी पनि आर्थिक राजधानी घोषणा गराएरै छाड्ने छौं,’ उनले भने, ‘यदी बिरगंजलाई आर्थिक राजधानी घोषणा गरिएन भने हामी चुप लागेर बस्दैनौं । अहिले खबरदारी सभा गरिरहेका छ, सरकारले हाम्रो माग सम्बोधनमा ढिलाई गरे यो भन्दा कडा आन्दोलन गर्न हामी बाध्य हुन्छौं ।’
साथै उनले सरकारले हरेक बस्तु र क्षेत्रमा मनोमानी कर लगाएर मुलुकलाई धरासायी बनाउदै गरिरहेको आरोप लगाए । भ्रष्टाचार बिरुद्ध जागरण गर्ने, सरकारको मनोमानी कर आतंकको अन्त्य र बिरगंजलाई आर्थिक राजधानी घोषणा गराउँन दबाब दिने उदेश्यले बिरगंजमा खबरदारी सभा गर्न लागेको आजपाले जनाएको छ ।
आजपाले भ्रष्टाचार, सरकारको मनोमानी कर आतंक, बैदेशिक रोजगारमा भईरहेको ठगी, भन्सार कानूनमा रहेको लुटकारी व्यवस्था, एवं दलाल दलतन्त्र बिरुद्ध आवाज उठाउदै आएको छ ।
प्रेमचन्द्र झा,राैतहट,२२ गते पुस ।
रौतहट। इशनाथ नगरपालिकाका नगर प्रमुख काैशल्या देवी सिन्हाले भारतीय सिमानाकाबाट सवारी साधनको आवागमन अवरुद्व नै रहेकमा दुख: व्यक्त गरेका छन । नगरप्रमुख सिन्हाले सोमबार आफनो कार्यकक्षमा पत्रकारहरुसंग कुरागर्दै हाम्रो नगर क्षेत्रमा सिमानाकाबाट सवारी साधन आवागमन बन्द रहेका कारण ठुलो समस्या भोग्नु परेको बताए ।

सिमानाकाबाट रोकिएको सबारी आवागमन बारे फेसबुकमा जसरी प्रचार प्रसार आए त्यो कुरा संग मेल खाने काम बोडरमा नभएको नगर प्रमुख सिन्हाले बताए ।आफनै नगरबाट सिधै भारत जान आउन सहज थियो तर कसले कुन नियतले गाैर भएर मात्र गाडी जान्छ भने प्रवधान ल्याएर किन जनतालाई दुख दिदै छन आफु बुझन नसकेको नगर प्रमुख सिन्हाले भने । सवारी साधन बन्द भएका कारण स्थानीय प्रशासन प्रति जनता आक्रोशित हुँदै गएको ईसनाथ नगरपालिका वडा नम्बर ४ लतमरीका समाजसेवी किशोरी साहले बताए ।
जब जब नेपालमा केपी शर्मा ओली प्रधानमन्त्री हुन्छ सो बखत कुनै न कुनै बखेडा खाडा गरि मधेशका जनता खास गरेर बोडरका जनता समस्या भोग्नु परेको समाजसेवी साहले आरोप समेत लगाएका छन । यसरी सवारी साधन नेपालका तर्फबाट रोकिएकोमा नेकपा एमालेका जिल्ला ईन्चार्य अजय गुप्ताले दुख व्यक्त गरेका छन । समाधान भई सकेको समस्या पुन: के कति कारणले शुरु भएको हा आफु यसमा लागेर सामाधान गराउने कुारामा आश्वासत रहन ईन्चार्ज गुप्ताले भने । नेकपा एकीकृत समाजवादीका नेता रेवन्त झाले पुर्ववत भारतीय सिमानामा आवागमन सुचारु नगरिए सरकारको बिरुद्व आन्दोलनको आंधीबेरी ल्याउने चेताबनी दिएका छन ।
साथै नेता झाले गाैर भन्सार कार्यालय र सशस्त्र प्रहरी कार्यालयलाई जनतालाई दुख नदिन आग्रह समेत गरेका छन । सिमाक्षेत्रमा भारतबाट आउने तथा नेपालबाट भारत जाने सवारीको आवागमनमा भएको समस्या समाधानका लागि स्थानिय जनप्रतिनिधि तथा नागरिक समाजले स्थानीय प्रशासन संग पटक पटक छलफल र ज्ञापन पत्र बझाए पनि उपलब्धि जिरो रहेकाेमा सो निर्णय तत्काल फिर्ता गराउन इशनाथ नगरपालिकाका पूर्व मेयर संतोष मेहताले समेत माग गरेका छन ।
जिल्ला प्रशासन कार्यालय रौतहटको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आवागमन सहज तुल्याउने विषयलाई लिएर जिल्ला स्थित सुरक्षा समितिमा छलफल भएको बताए । सशस्त्र प्रहरी गण राैतहटका प्रमुख बिक्रम हुमागाईले माथिल्लो निकायबाट स्पष्ट निर्देशन आउन नसकेकोमा पुर्ववत आवागमन सुचारु गराउन नसकिएको बताए ।
यश घटनाले जिल्लाका नेताहरुले यसविषयमा पटक पटक गरेको सर्व पक्षिय बैठक तथा स्थानीय प्रशासन मार्फत सम्बन्धित निकायलाई गराएको ध्यानाकार्षण निशप्रभाव सावित भएका छन । राजनितिक दलका नेताले यश विषयमा जसरी एक अर्का काे प्रयासबाट भारतीय सिमानाकामा सवारीसाधन आवागमन गराएको फेसबुकमा बढाई चढाई पोष्ट गरेर जस लिए जस्तो नाका सुचारु नबएको स्थानिय सर्ब साधारण जनताको भनाई रहेका छन ।
पुन: सहजताका लागि सहयोग गर्न सरोकारवाला निकाय तथा जिल्ला स्थित विभित्र राजनैतिक दलका नेताहरुसंग आग्रह गरेका छन ।
राजेश निर्माणी,राैतहट,२२ गते पुस २०८१ ।
रौतहट। रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नं.-९ भुषहा गाउँमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । सोमबार आधारभूत स्वास्थ्य चौकी भुषाहाको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीच नगर प्रमुख कुर्मीले सो नवनिर्मित भवनको उद्घाटन गरेका हुन्।
२०७६ सालदेखि सो वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आए पनि स्वास्थ्य चौकीको आफ्नै भवन नहुँदा भुषाहा निवासी शेख सौकत अलीको घर भाडामा लिएर सेवा प्रवाह हुँदै आएको थियो। तर २०७७ मा पुर्व वडा अध्यक्ष नाजिर हुसैनले आफ्नो निजी जग्गा दिएर प्रदेश सरकारबाट ७० लाखको लागतमा निर्माण गरेको सो भवनको आधाअधुरा कामहरु वर्तमानका वडा अध्यक्ष प्रवेज आलमले निर्वाचित भए लगत्तै आफ्नो योजनाको २० लाख रकम पहिलो पटक र ६ लाख रकम दोश्रो पटक छुट्टयाइएर काम पूरा गरे पश्चात् सो स्वास्थ्य सेवा केन्द्र अब आफ्नै भवनबाट सञ्चालनहुने भएको छ।
करिब ९६ लाखको लागतमा निर्माण भएको सो स्वास्थ्य चौकी भवन सौचालय र सभाहल बाहेक दुई तले ८ कोठे निर्माण गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कुर्मीले नगरले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले सेवा केन्द्रबाट ज्येष्ठ नागरिक सहित गर्भवती, असक्त नागरिकहरुलाई सहज रुपमा सेवा प्रवाह हुने बताए ।नगर प्रमुख कुर्मीले नगरको हरेक वडामा अब आफ्नै स्वास्थ्य चौकी र दुई ठाउँमा सुबिधा सम्पन्न नि:शुल्क एम्बुलेन्स सहित प्रसुति गृह सञ्चालनमा समेत रहेको सुनाए ।
नगर प्रमुख कुर्मीले विगतका जनप्रतिनिधिले विगत पाँच वर्षमा पनि गर्न न सकेको काम आफु निर्वाचित भएको २ वर्षमै गरेर देखाएको बताउदै,आफुले आफ्नो पालिकाको वडा नम्बर १ देखि ९ सम्मको हरेक ठाउँमा गरेको विकास निर्माण कार्यको चर्चा गरेका थिए। उनले सडक ढलान कार्य देखि शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई तथा पूर्वाधार क्षेत्रमा निकै ठूला परिर्वतनहरु भएको बताए ।
कार्यक्रममा उपमेयर संगिता कुमारी रामले हरेक वडामा ल्याबसहितको स्वास्थ्य सेवा दिनेगरी नगरले कार्य गरिरहेको बताइन् । उनले आगामी आर्थिक वर्षको बजेटमा ८० वर्षभन्दा माथि उमेर भएका ज्येष्ठ नागरिकहरुलाई सम्पूर्ण सेवा निःशुल्क प्रवाह गर्ने तयारी भइरहेको जानकारी दिइन् ।
कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेलले वृन्दावन नगरपालिकाबाट प्रवाहहुने मुख्यतया तीनओटा मुलभुत सेवाहरु मध्ये पहिलो वडा कार्यालयबाट हुने जन्म दर्ता देखि लिएर मृत्यु दर्ता लगायत अन्य विभिन्न कार्यहरुको सेवालिने मुख्य केन्द्र त्यसैगरी दोश्रोमा जन स्वास्थ्यको हिसाबले सेवा लिने ठाउँ अर्थात स्वास्थ्य चौकी,बर्थिङ सेन्टर र आधारभुत अस्पतालहरु र तेस्रोमा नगरका जनतालाई अगाडि बढाउने मुख्य क्षेत्र अर्थात शिक्षा क्षेत्र रहेकोले यी तिनटै कुरामा ध्यान दिएर नगरपालिका अगाडि बढिरहेको बताए।
कार्यक्रमको अध्यक्षता सोहि वडाका वडा अध्यक्ष प्रवेज आलमले गरेका थिए भने प्रमुख अथितिमा नगर प्रमुख विनोद प्रसाद कुर्मी,विशिष्ट अथितिहरुमा उपप्रमुख संगिता कुमारी राम र प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेल रहेका थिए,त्यसैगरी अथितिहरुमा वडा नम्बर-१ का वडा अध्यक्ष रामनाथ सहनी वडा नम्बर -७ का वडा अध्यक्ष जगरनाथ प्रसाद भेडियर,वडा नम्बर-६ का वडा अध्यक्ष मजहर मनसुर,कार्यपालिका सदस्य राजेश पासवान(निर्माणी),रहना खातुन,मुस्लिम इतेहाद संगठन नेपाल मधेस प्रदेशका अध्यक्ष सलामोदिन दर्जी, पुर्व विधायक हसिमा खातुन र विधायक प्रत्यासी शेख सतार अहमद लगायत कर्मचारी तथा स्थानीय नागरिकको उपस्थिति समेत रहेको थियोे ।।
रविन्द्र साह,राैतहट,२१ गते पुस २०८१ ।
उच्च अदालत जनकपुर , अस्थाई बिरगंज अदालतले केन्द्र प्रदेश र जिल्ला शाखाको निर्वाचन हुदा मतपत्रमा सांकेतिक चिन्ह जस्ता केरकार संवैधानिक व्यवस्थाअनुसार व्यक्तिका लागि अनुसूचीको व्यवस्था नगरिएको विषयमा कारण देखाउ आदेश जारी गरेको जनाएको छ ।

न्यायाधीश एकल इजलासले आज जिल्ला प्रसाशन कार्यालय रौतहट गौर समेत गरि ६ जनाको नाउँमा कारण देखाउ आदेश जारी गर्दै कारण देखाउ आदेश दिएको हो ।
मौलिक अधिकार र गोपनियता भंग भएकोमा नेपाल पत्रकार महासंघ केन्द्रिय समिति , रौतहट शाखा निर्वाचन समिती , जिल्ला प्रशासन कार्यालय रौतहट गौर , जिल्ला हुलाक कार्यालय गौर , नेपाल पत्रकार महासंघ रौतहट शाखा केन्द्रिय निर्वाचन समिति समेत गरि ६ जना उपर यही पौष १९ गते संविधानको व्यवस्थाअनुसार अनुसूचीमा निर्वाचन रद्द गर्नुपर्ने मागसहित रिट निवेदन दायर गरेका थिए ।
यहि मंसिर २८ गते सम्पन्न निर्वाचनमा पुर्ण रूपमा धाधली भएको भएको भनेर सम्बन्धि निकायमा उजुरी गरे पनि कतै सुनुवाइ नभएपछि पत्रकार राकेश यादव , किशोरी राय यादव र बिकास अग्रवालले अदालतको बाटो रोज्नु परेको बताउनु भएको छ।
बज्जिकाञ्चल संवाददाता,२१ गते पुस २०८१ ।
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व क्षमतामाथि प्रश्न उठाउन सुरू गरिएको छ।
स्थानीय तहको उपनिर्वाचनमा सबै स्थानमा जमानत जफत भएको तथा समान विचारधारा भएका पार्टी र समूहसँग एकता र मोर्चाबन्दी गर्न अस्वीकार गरेपछि अध्यक्ष लिङ्देनमाथि प्रश्न उठाउन सुरू गरिएको हो।
लिङ्देन नेतृत्वमा आएपछि पार्टीलाई झन् क्षति पुगेकाे निष्कर्षसहित राप्रपाका केही केन्द्रीय नेताहरू केन्द्रीय समितिमा प्रस्तुत हुने भएका छन्।
राप्रपाको आगामी माघ ११-१२ गते बस्न गइरहेको केन्द्रीय समिति बैठकमा अध्यक्ष लिङ्देनको नेतृत्व क्षमतामा प्रश्न उठाउने गरी असन्तुष्ट पक्षले तयारी गरिरहेका छन्।
हालै सम्पन्न केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा वरिष्ठ नेता पशुपति शमशेर राणाले स्थानीय तहको निर्वाचन परिणामले सिंगो राप्रपामा चिन्ता छाएको जनाएका थिए।
त्यसपछि पार्टीभित्र नयाँ शिराबाट बहस सुरू हुन थालेको छ। ‘स्थानीय तहको उपनिर्वाचनमा जुन मत राप्रपाले पाएको छ, त्यसले सिंगो राप्रपा पंक्तिलाई निराश बनाएको छ, व्यक्तिगत रूपमा म त निकै नै चिन्तित छु,’ राणाले बैठकमा भनेका थिए।
तर, अध्यक्ष लिङ्देन पक्षधर प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले भने राप्रपाको मत नघटेको, बरू बढेको तर्क गरेपछि बैठकमा अन्य नेताले भने निकै आपत्ति जनाएका थिए। सो मत घटेको र बढेको बिषयमा केन्द्रीय कार्य सम्पादन समितिमा भने निकै बहस भएको जनाइएको छ।
‘ज्ञानेन्द्रजीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा मत बढेको भनेर तर्क गरे पनि राप्रपाले सबै स्थानीय तहमा गरी जम्मा ३ हजार ७१ मत मात्रै प्राप्त गरेको
तथ्यांकले नै देखाएको छ, सबै स्थानिय तहमा पार्टीको लज्जास्पद रूपमा जमानत जफत भएको छ,’ असन्तुष्ट पदाधिकारीले बैठकमा भने, ‘अब यो विषय केन्द्रीय समिति बैठकमा उठने छ।’
लिङदेनको जिल्लाबाट जम्मा २६ मत
ती पदाधिकारीका अनुसार स्थानीय तहका निर्वाचनमा केन्द्रीय कमाण्डर अर्थात् अध्यक्ष लिङ्देन थिए। उनले आफ्नै गृहजिल्लामा भएको निर्वाचनमा जम्मा २६ मत मात्रै जोड्न सकेका छन्।
लिङ्देनको गृहजिल्ला झापास्थित जिल्ला कन्काई नगरपालिका-६ का वडाअध्यक्षका उम्मेद्वार केशवबहादुर ओझाले जम्मा २६ मत मात्रै ल्याएपछि लिङ्देनको नेतृत्वमाथि थप प्रश्न उठेको हो। त्यहाँ लिङ्देनले पार्टी प्रवक्ता तथा प्रदेश सांसद भक्ति सिटौलालाई चुनावी कमाण्डर बनाएका थिए।
‘कतिसम्म भने राप्रपाको वडा समिति ५१ सदस्यीय हुन्छ तर अध्यक्षको गृह जिल्लाको वडाध्यक्षले जम्मा २६ मत मात्रै पाउँछन्, उसो भए ४९ सदस्यको मत राप्रपाको खोई त?,’ एक पदाधिकारीले प्रश्न गरेका छन्, ‘जुलुसमा सहभागी मात्रैले भोट हालेको भए पाँच सय मत नाघ्थ्यो तर कसैले हालेनन्, किन? यो प्रश्नको जवाफ अध्यक्षले अब केन्द्रीय समितिमा दिनुपर्छ।’
आफ्नै गृह जिल्लामा ५० मत कटाउने नसक्ने अध्यक्षले सिंगो पार्टीको नेतृत्व गरेकाले पनि पार्टीमा समस्या देखा परिरहेको उनीहरूको तर्क छ।
६ स्थानीय तहमा दोहोरो अंकमा आएन भोट
त्यसो त स्थानीय तहका ६ जना उम्मेदवारले त दोहोरो अंकमा पनि मत ल्याउन सकेनन्। जस्तो कि, तेरहथुमको लालिगुराँस-८ का वडाध्यक्षका उम्मेदवारले जम्मा ४ मत, ओखलढुंगा मोलुङ-५ का वडाध्यक्षले ३ मत, उदयपुर त्रियुगा-१२ का वडाध्यक्षले ७ मत, सुनसरी डाक्नेश्वरी-४ का वडाध्यक्षले ६ मत, महोत्तरी रामगोपालपुर-२ का वडाध्यक्षले २ मत, गुल्मी मुसिकोट-१ का वडाध्यक्षले ५ मत, जाजरकोट, कुसेँ गाउँपालाका-७ का वडाध्यक्षले ८ मत मात्रै पाएका थिए।
सहरिया मतदाताको बिकर्षण
उसो त, राप्रपाको सहरिया मतदाताको पनि आर्कषण कम भएको छ। कमल थापाको नेतृत्वको राप्रपा नेपालले काठमाडौं उपत्यकामा उल्लेखनीय मत प्राप्त गरेको थियो।
तर, लिङदेन नेतृत्व हुँदा कीर्तिपुरमा पार्टीका उम्मेदवारले जम्मा ९९५ मत मात्रै प्राप्त गरे भने वडा अध्यक्षका उम्मेदवार ६४ मतमा सीमित हुन परेपछि राप्रपामा भाँडभैलो मच्चिएको छ।
उता, राजावादीका लागि सबैभन्दा राम्रो वडा मानिएको काठमाडौं-१६ मा वडाध्यक्षका उम्मेद्वारले जम्मा ७७४ मत ल्याएपछि सहरिया मत राप्रपाप्रति क्रमशः बिकर्षण देखिएको ठम्याई असन्तुष्ट नेताहरूको छ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि राजावादीको शक्ति कमजोर हुँदै गएको आजबाट सुरू भएको केन्द्रीय समिति बैठकमा उल्लेख गरेका छन्।
‘२०७९ को तुलनामा सम्बन्धित ठाउँमा मतदाताहरुको बदलिँदो रुझान, जनप्रतिनिधिप्रतिको असन्तुष्टि र नयाँ भनिने दल र राजावादी शक्तिहरुको खस्किँदो अवस्थालाई बुझ्न भने यसले केही आधार दिन्छ,’ ओलीले आफ्नो राजनीतिक प्रतिबेदनमा उल्लेख गरेका छन्।
पार्टी एकता र मोर्चाप्रति अनुदार
अध्यक्ष लिङ्देनले कमल थापा नेतृत्वका राप्रपा नेपालसहित साना राजाबादी दलहरूसँग एकीकरण गरेर जानुपर्ने पार्टीभित्रको मतलाई दबाउने गरेको जनाइएको छ।
प्रकाशचन्द्र लोहनी, धवलशमशेर राणा मात्रै होइन, पशुपति शमशेर राणाले समेत बृहत् पार्टी बनाउन एकीकरण प्रकिया सुरू गर्नुपर्ने धारणा राखे तापनि अध्यक्ष लिङ्देनले नमानेपछि कुनै प्रकिया अघि बढन नसकेको पदाधिकारीहरू नै बताउँछन्।
लोकेन्द्रबहादुर चन्दको पहलमा मुख्यतयाः राप्रपा नेपाललाई एकीकरण प्रक्रियामा ल्याउनु पर्ने भनेर पहल गरे पनि लिङ्देन त्यसमा बाधक देखिएको उनीहरूको बुझाइरहेको छ।
‘दिनदिनै जनमत खस्केर गएको अवस्था छ, जसका कारण उनको नेतृत्व पूर्णतयाः असफल भइसकेको छ,’ एक असन्तुष्ट पदाधिकारीले भने, ‘एकीकरण र मोर्चा गरेर भए पनि आन्दोलन अगाडि बढाऔं भन्दा उहाँ तयार हुनुहुन्न, पार्टी साँच्चै अनिर्णयका बन्दीको अवस्थामा पुगेको छ।’
उनका अनुसार माघ ११ गते देखी सुरू हुने केन्द्रीय समिति बैठकमा लिङदेनको नेतृत्व क्षमताका बारेमा बहस हुने भने लगभग पक्का भएको छ। खासमा उपनिर्वाचनमा उम्मेदवारलाइ जिताउन देश दौडाहामा निस्केको भए तापनि २ मतसमेतमा सीमित हुनु परेपछि लिङ्देनमाथी प्रश्न बर्साउन खोजिएको एक नेताले बताए।
पूर्वराजा पनि असन्तुष्ट
कमल थापालाई साथ नदिएर लिङ्देनलाई साथ दिएकोमा पूर्वराा ज्ञानेन्द्र शाहले पनि पश्चताप गरिरहेको बुझिएको छ। पूर्वराजाले आफू निकटहरूसँग भन्ने गरेका छन्, ‘लिङ्देन नेतृत्वमा आएपछि पार्टीमा विभाजन भयो, अन्य दलसँग संवाद र सहकार्य गर्ने कार्य पनि गरिएन। न कुनै सरोकारवालाहरूसँग उनले सबन्ध नै बढाए, भएको जनमत पनि अहिले घटेको तथ्यांकमा देखिएको छ, मलाई लाग्दैन कि अब लिङ्देनको नेतृत्वमा मुद्दा स्थापित हुनेछ।’
अनौपचारिक संवादमा पूर्वराजाले लिङ्देनबाट मुद्दा स्थापित त परै जाओस्, झन कमजोर हुँदै गएको गुनासो गर्ने गरेका छन्।
गएको राप्रपा महाधिवेशनमा लिङ्देनसँग थापा पराजित भएका थिए। त्यसबेला थापाले खुलेरै निर्मल निवास (पूर्वराजा शाह)ले आफूलाई राप्रपा नेतृत्वमा पुग्न नदिन अभियान चलाएको बताएका थिए।
राप्रपा अध्यक्षमा पराजित भएपछि थापाले पार्टी छोडेर राप्रपा नेपाल पुनर्गठन गरेका थिए।
बज्जिकाञ्चल संवाददाता,२१ गते पुस २०८१ ।
काठमाडौं । दक्ष युवाहरु स्वदेशमै बसेर काम गर्न अवसर र संभावनाहरु प्रसस्त रहेको नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्रा.डा. पदम बहादुर शाहीले बताउनु भएको छ । स्वदेशमा प्राविधिक जनशक्तिहरुको माग दिनप्रतिदिन बढिरहेको बताउँदै काउन्सिल अध्यक्ष शाहीले हरेक क्षेत्रमा मेहनत र संघर्ष गर्ने युवाहरुले सफलता प्राप्त गर्ने बताउनु भयो ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक) बाट सिभिल तथा सिभिल एण्ड रुरल इन्जिनियरिङ उत्तिर्ण १९ औं ब्याचका विद्यार्थीहरुलाई विदाई गर्दै प्रा.डा. शाहीले प्राविधिक जनशक्ति खासगरी इन्जिनियरहरुले स्वदेशमै राम्रा अवसरहरु पाउने जिकीर गर्नुभयो । ‘विगतमा भन्दा अहिले इन्जिनियरिङ क्षेत्रमा स्कोप छ । तर, तपाईहरुले कलेजमा अध्ययन गरेको भन्दा बढ्ता मेहनत व्यवसायिक जीवनमा गर्नुपर्छ ।’ इन्जिनियरिङ अध्ययन गर्दैगर्दा असाइनमेन्ट सब्मीट गर्नु भयो, रिपोर्ट बनाउनु भयो भाइबा गर्नुभयो । हामीले पनि त्यही गरेर आएका हौं । तर, तपाईको अबको जीवन भनेको नम्बरमा मुल्यांकन हुँदैन अब तपाईको जीवन एस र नोट हो । कि तपाई पास हुनुहुन्छ कि फेल हुनुहुन्छ ।’ सफल हुनको लागि व्यवसायिक जीवनमा प्रत्येक पल परीक्षा दिइरहनु पर्ने भन्दै प्रा.डा. शाहीले भन्नुभयो ।
आफ्लाई सफल बनाउन समाज र समय अनुसार व्यवसायिक रुपमा ज्ञान अनुसार सीप हुनुपर्ने भन्दै प्रा.डा. शाहीले विश्वविद्यालयको अध्ययनले ज्ञान दिन सकेपनि सीप नदिएको बताउनु भयो । ‘विश्वको कुनैपनि विश्वविद्यालयले ज्ञान दिन्छ सीप दिँदैन, सीप सिक्नका लागि हरेक दिन आफ्नो फिल्डमा पढ्नु पर्छ । नयाँ कुरा जान्नैपर्छ ।’ व्यवसायिक जीवनमा इमान्दारिता, नैतिकता र लगनशीलता अपरिहार्य भएको भन्दै उहाँले देश र समाज बनाउन दक्ष युवा जनशक्तिको महत्वपूर्ण भूमिका रहने बताउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथी नेपाल सरकारका पूर्वसचिब तथा नेकका पुर्वप्राध्यापक मनिराम गेलालले नेपालको विकासमा इन्जिनियरहरुको भुमिका रहेको भएपनि सरकारी सेवामा पर्याप्त इन्जिनियरहरु नरहेको बताउनु भयो । नयाँ जनशक्तिलाई अनुभवको अभाव भन्दै अवसर नदिँदा उनीहरु अवसरको खोजीमा बाहिरिँदै गएकोमा चिन्ता व्यक्त गर्दै उहाँले नयाँलाई पनि अवसर दिइनुपर्ने बताउनु भयो । ‘हाम्रो पोलिसीमा कमजोरी छ । कन्सल्टिङ सर्भिसेसका लागि जनशक्ति माग गर्दा पनि १५, २० वर्ष सम्बन्धीत विषयमा काम गरेको अनुभव चाहिने मापदण्ड राख्छौं । नयाँ गोल्डमेडलिस्ट र टपरहरु भने बजारमा काम खोज्दै बस्नुपरेको अवस्था छ । यसलाई चेञ्ज गर्न आवश्यक छ ।’ सुखी नेपाली समुन्नत नेपाल निर्माणका लागि दक्ष प्राविधिक जनशक्ति नै चाहिने भएकाले नयाँलाई अवसर दिइनुपर्ने उहाँको जोड छ ।
गेलालले कामको मुल्यांकन गर्नेहरुको संख्या बढि र काम गर्नेहरुको संख्या कम हुँदा देशलाई घाटा भइरहेको बताउनु भयो । पूर्वाधार निर्माणका क्षेत्रमा बढी आरोपहरु लाग्ने भएकाले पेशागत मर्यादा र इमान्दारिता कायम गर्दै करियर डेभलपमेन्टमा अगाडी बढ्न नव इन्जिनियरहरुलाई शुभकामना दिनुभयो । साथै, नेपालमै केही गर्ने वातावरण बन्दै गइरहेकोले आशावादी भएर मेहनत गर्न सुझाब दिनुभयो ।
कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले कलेजबाट उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरुले व्यवसायिक क्षेत्रमा प्राप्त गर्ने सफलता नै कलेजको सफलता भएको बताउँदै व्यवसायिक क्षेत्रमा मर्यादा र अनुशासन कायम गरेर अगाडी बढ्न अनुरोध गर्नुभयो । ‘तपाईहरु कलेजको ब्राण्ड एम्बेष्डर हो । तपाईहरुले प्राप्त गर्ने सफलता नै हाम्रो सफलता हो । जुनसुकै पदमा रहेर काम गर्दा म नेपाल कलेजको विद्यार्थी हुँ भन्ने नविर्सनु होला ।’ समाज र राष्ट्रसँग जोडिएर काम गर्नुपर्ने भएकाले व्यवसायिक जीवनमा पेशागत इमान्दारिता, नैतिकता र मर्यादा महत्वपूर्ण रहेको भन्दै प्राचार्य भण्डारीले भन्नुभयो ।
कलेज सञ्चालक समिति सदस्य समेत रहनु भएकी प्राध्यापक सावित्री त्रिपाठीले ४ वर्षको अध्ययन समाप्त गरेर ब्यवसायिक जीवनमा प्रवेश गर्दा नैतिकवान भएर अगाडी बढ्नुपर्ने बताउनु भयो । व्यवसायिक जीवनमा नैतिकता र इमान्दारिता ठूलो कुरा भएको जिकीर गर्दै ४ वर्षको पढाईले मात्र अगाडी बढ्न नसकिने भएकोले त्यसपछिको उच्च शिक्षा हासिल गर्न तथा व्यवसायिक जीवनमा हरेक दिन केही न केही सिक्नुपर्ने बताउनु भयो ।
यस्तै कलेजका सहायक प्राचार्य मोहनध्वज केसीले व्यवसायिक जीवनमा प्रवेश गर्ने विद्यार्थीहरुलाई शुभकामना दिँदै कलेजले आउँदा दिनहरुमा पनि जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाँले इमान्दार र नैतिकवान भएर अगाडी बढ्दा सफलता हासिल गर्न सकिने जिकीर गर्नुभयो ।
विदाई कार्यक्रममा नव इन्जिनियर विद्यार्थीहरुले ४ वर्षे स्नातक तहको अध्ययनका क्रममा विताएका पलहरुको स्मरण गर्दै प्राध्यापकहरु र कलेज परिवारलाई धन्यवाद दिएका थिए । कार्यक्रममा विद्यार्थीहरुलाई विभिन्न अवार्ड र पुरस्कारबाट सम्मानीत गरिएको थियो । चेयरमेयर गोल्ड अवार्ड राजेन्द्र पौडेल र शीतल पाण्डेले प्राप्त गर्दा प्रोग्राम टपर अवार्ड भने राजेन्द्र पौडेल र शीतल पाण्डेले संयुक्त रुपमा र बिबेक भण्डारीले प्राप्त गरेका थिए । कार्यक्रममा विषयगत अवार्डहरु पनि प्रदान गरिएको थियो ।
आरके श्रीवास्तव,राैतहट,२१ गते पुस २०८१ ।
राैतहटकाे ग्रामीण क्षेत्रमा चाेरीकाे संख्या ह्वात्तै बढेकाे छ । चाेरकाे बिगबिगी अत्यधिक छ । पछिल्लो समय चाेरीका घटनाहरू दिन दिनै बाहिर आईरहेका छन् । गएराति जिल्लाकाे माधवनारायण नगरपालिका वडा नम्बर ६ माधाेपुरमा चार घरमा चाेरी भएको स्थानीयहरूले जानकारी गराएका हुन् ।
चोरहरूले सुरुङ खनेर माधोपुर उत्तरवारी टोलमा चार जनाको घरमा चोरी गरेका छन् । स्थानीय जगरनाथ राय यादव , रामबाबु राय यादव ,नेमीलाल राय यादव लगायतको घरमा चोरी भएकाे छ । उनीहरूको घरबाट चोरहरूले लाखौंको सामान चोरी गरी लागेका छन् । पछि स्थानीयहरुले थाहा पाएर हो-हल्ला गर्दा चोरहरु भागेका थिए ।
चोरहरूले फेरि पुरानै विधि र शैली अपनाएर राती राती घरमा चोरी गर्न थालेका छन् । तराईमा लागिरहेको बाक्लो हुस्सुको मौका छोपेर उनीहरू चाेरी गर्न पल्केका हुन् ।
केही दिन अघि मात्र फतुवा विजयपुर नगरपालिकाकाे वडा नम्बर ६ पेटभर्वामा चाेरी भएको थियो । गाउँ गाउँमा भिख माग्दै हिडन् मानिसहरूकाे समूह नै चाेरीमा संलग्न थिए । प्रहरी समयमा नपुगेपनि त्यहाँका युवाहरूले लाेकेशनकाे आधारमा चाेरीहरूलाई पक्रेर प्रहरीकाे जिम्मा लगाएकाे थियो ।
जिल्लाकाे ग्रामीण भेगमा यस्ता घटनाहरू दिनदनै हुँदा पनि प्रहरीकाे ध्यान जानसकेकाे छैन् । यसतर्फ स्थानिय प्रहरी प्रशासनलाई गम्भीरतापूर्वक लिन स्थानीयहरूले अनुराेध समेत गरेका छन् ।
बज्जिकाञ्चल संवाददाता,रौतहट,२० गते पुस २०८१ ।
रौतहटको चर्चित बजार कटहरियाका ब्यवसायी रामचन्द्र साह कलवारले पूर्वाग्रही रुपमा आफू बिरुद्द समाचार आईरहेको गुनासो गरेका छन्।
नियमपूर्वक मलखाद विरतण गर्ने , कुनै किसिमको नक्कली मल खाद विक्री वितरण नगर्ने भएपनि एकजना पत्रकारले पूर्वाग्रही रुपमा आफुलाई बदनाम गराउन समाचार लेखिरहेको गुनासो गरेका हुन्।
जहरीमाई कृषि सहकारी संस्थाका सञ्चालक रामचन्द्र साह कलवारले शनिवार पत्रकार सम्मेलन आयोजन गरि दुःखेसो पोखेका थिए। सहकारीको नाउँमा आउने मलखाद नियम पूर्वक सम्बन्धित वडाका अध्यक्षको रोहबरमा मलखाद वितरण गर्दा पनि आफ्नो स्वार्थ पूर्तिका लागि आफूलाई बदनाम गर्न खोजिएको कलवारले बताएका छन्।
बारम्बार एउटै विषयलाइ लिएर आफूलाइ बदनाम गर्न थालेपछि बाध्य भएर आफूले प्रतिबाद गरेको बताएका छन्। बिरगंज बाट आधिकारिक विक्रेता संग भ्याट बिलमा चाइनिज मलखाद खरिद गरी ल्याएर बिक्री गर्दा दुुइ नम्बर बनाइ बिक्री वितरण गर्नें गरेको, जनता लाइ मलखाद नदिने गरेको र तस्करी गर्ने जस्ता आफूमाथि लागेको आरोपहरु निराधार रहेको प्रष्ट पारेका छन् । कटहरिया म्यूजिकल एफएमका प्रकाश श्रेष्ठले माग गरे अनुसार आर्थिक सहयोग गर्न अस्मर्थता जनाउँदा आफनो नाम जोडी बदनाम गरिएको कलवारले आरोप लगाएका छन् ।
कटहरिया स्थित ३ वटा वडाहरुमा आफूहरुले चलाउने तिन वटै सहकारी संस्थाबाट नियम अनुसार मलखाद वितरण गर्ने गरेको उनले दावी गरेका छन् । सम्बन्धित वडा संगै कृषि शाखा कटहरियाको सिफारिस गरि अनलाइन गरेर मात्र मलखाद विरतण गर्ने गरेको सहकारी सञ्चालक कलवारले स्पष्ट पारेका छन्। आफूले यदी गलत गरेको हो, नक्कली मलखाद बिक्री वितरण गरेको हो भने सम्बन्धित निकायले छानबिन गरी कारबाही गरोस्। पटक पटक बिभिन्न निकाय बाट अनुगमन आउँदा यहाँका अधिकांश पसल बन्द हुन्छन तर आफूले सदैव सेवा दिँदै आएको छु।
भ्याट देखि लिएर नेपाल सरकारको सबै प्रक्रिया पूरा गरेर पसल सञ्चालन गरेको हुँदा गलत हूँ भने तपाईंहरू नै अनुगमन गरी कार्वाही गर्नुस ब्यवसायी रामचन्द्र साह कलवारले पत्रकार सम्मेलनमा आग्रह गरेका थिए। उता म्यूजिकल एफएमका पत्रकार प्रकाश श्रेष्ठले व्यवसायीको आरोपको खण्डन गर्दै समाचार लेखेकै कारण ब्यवसायी रामचन्द्रले आफूलाई फोन मार्फत बिभिन्न धमकी दिएको बताएका छन्।
यसै विषयलाइ लिएर नेपाल पत्रकार महासंघ रौतहट शाखाले प्रेस विज्ञप्ती निकालेर घटनाको सत्य तथ्य छानबिन गर्न माग गरिएको छ। महासंघका सचिव गौतम श्रेष्ठ द्धारा हस्ताक्षरित विज्ञप्तीमा घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको र समाचारका विषयमा चित नबुुझे कानुुनी उपचार विधि र प्रक्रिया हुँदाहुदै धमकी दिनु प्रेस स्वतन्त्रता र पत्रकारको पेशागत मर्यादा माथि गम्भिर आक्रमण भएको महासंघको ठहर भएको उल्लेख गरेका छन् । घटनाको छानबिन गरि दोषी उपर कानुुनी कार्यवाही गर्न तथा समाचारको विषयमा आउने यस्ता धाक धमकीपूर्ण कार्य बन्द गर्न र जनताको सूचनाको हक स्थापित गर्न महासंघ सबैमा अनुुरोध समेत गरेको छ ।
बज्जिकाञ्चल संवाददाता,बारा,२० गते पुस २०८१ ।
बारा । राष्ट्रिय मातृभूमि पार्टी नेपालका महासचिव गाेविन्द गिरीले आमा जस्तै देशलाई माया गर्ने पार्टीको नेपालमा खाँचाे रहेको कुरा औल्याएका छन् ।
राष्ट्रिय मातृभूमि पार्टी नेपाल बारा द्वारा गढिमाई नगरपालिका वडा नम्बर एक गायत्री चाैक स्थित पार्टी प्रवेस तथा वडा समिति गठन गर्न आयोजित सभालाई सम्बोधन गर्दै महासचिव गिरीले देशलाई माया गर्ने ईमान्दार नैतिकवान नेता र पार्टीको नेपालमा खाँचाे रहेको बताए।
देशलाई विकसित समृद्व वनाउने भिजन कुनै पनि पुराना पार्टीसँग नरहेको दाबी गर्दै आफुहरुलाई जनताले माैका दिए देशलाई परिवर्न तर्फ लैजाने महासचिव गिरीले दाबी गरेका छन् ।
पुराना पार्टी र रिटायर नेताका कारण देश दिनप्रतिदिन पछि पर्दै गएका कारणले परिवर्तनका लागि पनि नयाँ शक्तिको हातमा देश जानु पर्ने उनले बताए । राष्ट्रिय मातृभूमि पार्टी नेपाल गढिमाइ नगरपालिका वडा नम्वर एकका अध्यक्ष मुना कुमार लहेराकाे अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय काेषाध्यक्ष केशव राज भट्टाराई ,समाजसेवी सुरेन्द्र ढकाल,
राैतहट जिल्ला अध्यक्ष रन्जित पटेल सहितले बाेलेका थिए।
ओमप्रकाश यादव,माधवनारायण,२० गते पुस २०८१ ।
विकासमा एक कदम अगाडि माधवनारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवले केही वर्षदेखि रोकिएको नगर अस्पताल भवनको निर्माण कार्य पुनः सुचारु गराएका छन्।
माधवनारायण नगरपालिका -२ खेसरहियामा यस नगरपालिकाको १५ शैयाको नगर अस्पताल निर्माण कार्य सुरु भएको छ।
डीपीआर तयार भएर बन्द भएको नगर अस्पतालको बाँकी काम मेयर बैजनाथ प्रसाद यादवले आजदेखि पुनः सुचारु गराएका हुन्।
मेयर यादवले उक्त नगर अस्पतालको आज अनुगमन निरीक्षण गर्दै गुणस्तरीय काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्।
मेयर बैजनाथ प्रसाद यादवको दूरदर्शी सोच, मास्टरप्लान भिजन र विकासका काममा देखाउने गरेको ताद्रुक्ताका कारण माधवनारायण नगरवासीले चाडै नगर अस्पतालको सेवा पाउने भएका छन्।

त्यस्तै मेयर यादवले आजै सखुअवामा निर्माण हुँदै गरेको विद्यालय भवनको छत ढलान कार्यको पनि अनुगमन निरीक्षण गरेका थिए।
प्रेमचन्द्र झा,राैतहट,पुस २० गते २०८१ ।
रौतहट क्षेत्र नम्बर १ का सांसद एवम पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल गढिमाई नगरपालिका वडा नम्बर ८ का नवनिर्वाचित वडा अध्यक्ष बजरंगी यादवको घरमा शनिवार पुगि शोक सभा तथा शान्ति भाेजमा सहभागी भएका छन् । नेकपा एस पार्टीका नेता हरिनारायण यादवको भाई मेघु राय यादवको तेरहाै पुन्यतिथिको अवसरमा आयोजित शोक सभा तथा शान्तिभोजमा सहभागी भएका थिए।
नेकपा एसका केन्द्रीय सदस्य कल्याणी खडका, मधेस प्रदेस सभा सदस्य कनिस पटेल जिल्ला अध्यक्ष कमल यादव, राजदेवी नगर प्रमुख भिखारी यादव र बाैधिमाई नगरप्रमुख प्रदिप यादव ,देवाही गोनाही नगरप्रमुख प्रेमलाल साह माधव कुमार नेपालको राैतहट स्थित सहयोगी रेवन्त झा सहितका उपस्थिति रहेको थियो ।
संजय सहनी,राैतहट,पुस २० गते शनिबार २०८१ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले अबैध घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने कच्चापदार्थ बरामद गरि शनिबार नष्ट गरेको छ ।
रौतहटको गौर नगरपालिका वडा नम्बर ५ स्थित विभिन्न स्थानमा लुकाई छिपाई संचालन गरेको ३ ओटा अबैध दारु भट्टीहरुमा प्रहरी टोलीले विशेष सुचनाको आधारमा छापा हानी ठुलो परिणाममा घरेलु मदिरा ,कच्चा पदार्थ र विभिन्न सामाग्री नियन्त्रणमा लिएर पत्रकारहरुको रोहवरमा नष्ट गरिएको प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिनु भएका छन् ।
जसअन्तर्गत बेच्न तथा तयारी अवस्थामा रहेको ७ सय लिटर घरेलु रक्सी र २८ सय लिटर कच्चा पदार्थ , रक्सी बनाउन प्रयोग गरिएको भाँडा हण्डा ४ थान ,डेक्चि ८ थान ,स्टिल बाल्टिन ३ थान ,ग्यास सिलिन्डर ४ थान ,ग्यास चुल्हो ४ थान ,प्लास्टिक ग्यालन १४० ,प्लास्टिक बाल्टिन १० थान सामान सहित बारामद सबै समान नस्ट गरिएको निरीक्षक गुप्ताले प्रष्ट पारेका छन् ।
भट्टी संचालकहरु भागि गएको हुँदा निजहरुको खोजतलास भईरहेको निरीक्षक गुप्ताले बताएका छन् ।
उनले भने “बिना ईजाजत मदिरा बिक्रीबितरण गर्ने, मदिरा सेवन गरेर होहल्ला गर्ने जोकोही भए पनि कारवाहीको भागेदारी हुने छन् यस्तो कार्य रोक्नु हामी सबैको दायित्व हो । मदिरा बिक्रीबितरणका साथै ओसार पसारमा समेत रौतहट प्रहरीले कडाईका साथ चेकजाँज गरिरहेको बताए ।
प्रेमचन्द्र झा,राैतहट,पुस २० गते २०८१ ।
राैतहट क्षेत्र नम्बर एकका सांसद एवंम पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल राजदेवी नगरपालिकाका अग्निपिडितलाई भेटी सहयोग हस्तान्तरण गरेका छन । पिडित सबै परिवारलाई खाद्वान,त्रिपाल कम्बल सहितका सामान हस्तान्तरण गरेको सांसद नेपालको राैतहट स्थित सहयोगी रेवन्त झाले बताए।
सांसद नेपालले अग्नि पिडित परिवारकाे सुरक्षित व्यवस्थित आवास निर्माणका लागि जग्गा व्यवस्थापन गरि तत्काल घर निर्माणका लागि पिडित परिवारलाई आवश्यक सहयोग गर्ने पुर्वप्रधानमन्त्रीबाट प्रतिवद्वता प्राप्त भएको सहयोगी झाले बताए।
सो अवसरमा ननेकपा एसका केन्द्रीय सदस्य कल्याणी खडका, मधेस प्रदेस सभा सदस्य कनिस पटेल जिल्ला अध्यक्ष कमल यादव, राजदेवी नगर प्रमुख भिखारी यादव र बाैधिमाई नगरप्रमुख प्रदिप यादव सहितका उपस्थिति रहेको थियो ।
रुपेन्द्र पटेल,रौतहट, २० पुस २०८१ ।
कर्तव्य ज्यान मुद्दाका एक जना फरार अभियुक्तले प्रहरीलाई आत्मसमर्पण गरेका छन् ।
जिल्लाको राजदेवी नगरपालिकाका वडा नं-१ निवासी रामनरेश राय यादवले जिल्ला प्रहरी कार्यालय रौतहटमा पुगेर आत्मसमर्पण गरेका हुन् ।
आफै प्रहरीमा गएर आत्मसमर्पण गरेपछि यादवलाई रौतहट जिल्ला अदालतमा पेश गर्दै थप अनुसन्धानका लागि प्रहरीले म्याद लिइएको हो ।
२०७९ साल फागुन २४ गते साँझ साढे पाँच बजेको समयमा सोही स्थानका २५ वर्षीय गजेन्द्र दासको कुटपिटका कारण मृत्यु भएको घटनामा यादव मुख्य अभियुक्तको रूपमा फरार रहेका थिए । यस घटनाको अनुसन्धानका क्रममा प्रहरीले यादवको परिवारलाई सहयोग गर्न कानूनी परामर्श प्रदान गरेको थियो । परामर्शले सजायमा छुटको व्यवस्था रहेको जानकारी गराएपछि यादव अभिप्रेरित भई बुधबार आत्मसमर्पण गरेको थियो ।
यादव प्रहरी प्रहरी समक्ष बुधबार नै हाजिर भएपनि शुक्रबार मात्र जिल्ला प्रहरी कार्यालय रौतहटले औपचारिक रूपमा सार्वजनिक गरेको छ । प्रेस विज्ञप्ति मार्फत जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाको जानकारी दिँदै अनुसन्धानलाई तीव्रता दिएको जनाएको छ ।
यो घटनाले कानूनी प्रक्रियाको प्रभावकारिता र प्रहरीको अनुसन्धान क्षमताको झल्को दिनुका साथै फरार प्रतिवादीलाई आत्मसमर्पण गराउन कानूनी परामर्शको महत्त्व देखाएको छ । अनुसन्धान सम्पन्न भएपछि यादवविरुद्ध कस्तो कानूनी कारबाही हुने हो, त्यसमा सबैको ध्यान केन्द्रित छ ।
आरके श्रीवास्तव,राैतहट,२० गते पुस २०८१ ।
राैतहटमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १६ बर्ष पछि पक्राउ गर्न सफल भएको छ । जिल्लाकाे कटहरिया नगरपालिका वडा नम्बर १ का ५२ वर्षिय जितन महताे नुनिया कर्तव्य ज्यान मुद्दाको १६ वर्षपछि प्रहरी नियन्त्रणमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय राैतहटका निमित्त सुचना अधिकारी एवं प्रहरी निरिक्षक उमाशंकर प्रसादले दिएको जानकारी अनुसार शुक्रबार उनलाई राैतहट जिल्ला अदालत बाट जारी भए पक्राउ पुर्जी दिई प्रहरीले आफनाे नियन्त्रणमा लिएको हाे ।
राैतहट जिल्ला अदालत बाट म्याद लिई प्रहरीले थप अनुसंधान गरिरहेकाे उनले बताएका छन् । प्रहरी निरिक्षक प्रसादका अनुसार फरार प्रतिवादी महताेले वि.स.२०६५ साल पुस २४ गते आफ्नै भाइ हरिराम महताे नुनियाकाे श्रीमती अन्दाजी वर्ष २२ कि शारदा देवीलाई कर्तव्य गरि मारी वेपता पारेका थिए ।
मृतकको शव वि.स.२०६५ साल पुस २७ गते साेही ठाउँ स्थित खेत बारीमा गाडेको अवस्थामा फेला परेकाे थियो । उक्त घटना पश्चात् प्रतिवादी महताे फरार रहँदै आएका थिए । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय राैतहटले फरार प्रतिवादी पक्राउलाई अभियानकै रुपमा अघि बढाएको छ । केहिदिन अघि एकै दिन राैतहट प्रहरीले ३३ फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको थियोे ।
बज्जिकाञ्चल संवाददाता,१९ पुस २०८१ ।
काठमाडौं । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले नेपाल भ्रमणमा रहनु भएका श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेसंग बिहिबार भेटवार्ता गर्नु भएको छ ।
काठमाडौको एक होटेलमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको थियो । सांसद ढकालले पूर्व राष्टपति रनिल विक्रमासिङ्घेले लुम्बिनी भ्रमण गर्नु भएकोमा धन्यवाद समेत दिए। भेटमा दूई देशको आपसी हितको बारेमा पनि छलफल भएको भेटका सहभागी नेपाल परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेल जानकारी दिए । सांसद ढकाल प्रतिनिधी सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य समेत हुन् ।

प्रेमचन्द्र झा,राैतहट,पुस १९ गते २०८१ ।
राैतहट । राष्ट्रिय मातृभूमि पार्टी नेपालका केन्द्रीय महासचिव गाेविन्द गिरीले स्थानीय सरकार स्थानीय जनताको जनचाहना अनुसार काम गर्न असफल भएको दाबी गरेका छन् ।
गढिमाई नगरपालिका वडा नम्बर ८ बरियारपुरमा आयोजित पार्टी प्रवेस कार्यक्रमलाई प्रमुख अतिथि आसनबाट सम्बोधन गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई सुशासनको पक्षमा लाग्न आग्रह गरेका छन । गढिमाई नगरपालिकामा सडक,नाला तथा विभिन्न काम गर्दा भएको भ्रष्टाचार बिरुद्व आवाज बुलन्द गर्न सुझाव दिदै जनता नबोले सम्म भने जस्तो विकास हुदैन। गढिमाई नगरपालिकामा बाटो,नाला, खानेपानी तथा सरसफाइ लगायत कुनै पनि क्षेत्रमा विकास नभएको महासचिव गिरीले दाबी गरेका छन । आएको बजेट सदुपयोग नभए सम्म विकास सम्भव नरहेको उनले बताए । पाट्रीका गढिमाई नगर अध्यक्ष शम्भु साहकाे अध्यक्षतामा भएको पाट्री प्रवेश कार्यक्रममा नेपाली कांग्रेस ,नेकपा एमाले र माओवादी सहित विभिन्न पार्टी परित्याग गरि एकसय पचास जना भन्दा बढि व्यक्ति पार्टी प्रवेश गरेका छन । पार्टी प्रबेश तथा वडा समिति गठन कार्यक्रम वरियारपुर मलाही र समनपुरमा भएको थियो । सो अवसरमा राष्ट्रिय मातृभुमि पार्टीका
केन्द्रीय काेषाध्यक्ष केशव भट्टाराई ,केन्द्रीय सदस्य सविता झा ,जिल्ला अध्यक्ष रन्जित पटेल ,सुरेन्द्र ढकाल सुरेन्द्र प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र ढकाल सहितले मन्तव्य राखेका थिए ।
प्रेमचन्द्र झा,राैतहट,पुस १९ गते २०८१ ।
सुरेन्द्र ढकाल प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र ढकालले राजनीति सेवा हाे पेशा नरहे बताएका छन् । राष्ट्रिय मातृभूमि पार्टि नेपालकाे अनुराेधमा गढिमाई नगरपालिकाको समनपुरमा आयोजित न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै आफुले कुनै राजनितिक पद पाए,निशुल्क सेवा गर्ने छु । सेवा बापत कुनै सुबिधा नलिने घाेषणा समेत गर्नु भयो ।
सो अवसरमा महासचिव गाेविन्द गिरि, काेषाध्यक्ष केशव भट्टराई, केन्द्रीय सदस्य सविता झा ,जिल्ला अध्यक्ष रन्जित पटेल, नग, अध्यक्ष शम्भु साह,दायाँ देवी सहितले वाेलेका थिए । साे प्रतिष्ठानले गढिमाई नपा १,८ र ९ नम्बर वडाको विभिन्न स्थानमा कार्यक्रम गरि ३ सय जना भन्दा बढि विपन्न परिवारका ब्यक्तिलाई कम्बल बाडेका छन् ।

कार्यवाहक नगर प्रमुख अम्बेया खातुन र वडा अध्यक्ष सतिश कुमार यादवले संयुक्त रूपमा उक्त विद्यालय भवनको शिलान्यास गरेका हुन् ।



शिलान्यास कार्यक्रममा उक्त पालिकाको वडा नं ४ का स्थानियहरुको धेरै संख्यामा मानिसहरूकाे उपस्थिती रहेका थियाे । साथै उक्त विधालयका शिक्षकहरुको, सुरक्षाकर्मी, भद्रभलादमी र पत्रकारहरुको विशेष उपस्थितिमा विधालयमा नयाँ चार कोठ्ठे भवनको शिलान्यास भएको हाे ।
बज्जिकाञ्चल संवाददाता,सिरहा,१८ गते पुस २०८१ ।
लहान । आमसञ्चार प्राधिकरण मधेश प्रदेशद्वारा सिरहाको लहानमा २०८१ पुस १६ गते पत्रकारहरुहरुको सहभागितामा साइबर सुरक्षा र एआइ सम्बन्धी कार्यक्रम मङ्गलबार आयोजना गरिएकाे हाे ।

कार्यक्रम उद्घाटन गर्नुहुँदै मधेश प्रदेशका गृह सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले इच्छा शक्ति भएपछि काम गर्न सकिने बताउनुभयो । छ वर्षमा नबनेको शिक्षा नीति आफू मन्त्री भएको दुई महिनामा बनाएको पछि शिक्षा मन्त्रीबाट गृह, सञ्चार तथा कानुन मन्त्रीको जिम्मेवारी सम्हालेपछि ६ महिनामा मधेश प्रदेशको पत्रकारलाई स्वास्थ्य तथा दुर्घटना बीमा शुरुवात, विपद् मा पर्ने परिवारलाई एक लाखको दरले सहयोग, प्रदेश प्रहरी भवन निर्माणका लागि २३ करोड प्रदान, आगलागी परिवारलाई दश हजारको दरले सहयोग, विभिन्न प्रहरी एकाइ भवन निर्माणका लागि १९ करोड विनियोजन,सहिद परिवारलाई स्वास्थ्य–दुर्घटना बीमा सुरुवात, प्रदेश सुरक्षा नीति निर्माण सम्पन्न लगायत दुई दर्जन कार्य सुरु गरिसकेको उहाँले बताउनुभयो ।

अब काम गर्नेबेला आएको हो गफ गर्ने र काम गर्नेलाई जनताले पहिचान गरिरहेको बताउनुहुँदै उहाँले पत्रकारहरुलाई जिम्मेवार भएर सही सत्य तथ्यलाई बाहिर ल्याउन आग्रह गर्नुभयो । मन्त्री लेखीले आफ्नो मन्त्रालयले पत्रकारिता गरिरहेका र पत्रकारितामा लामो समय बिताएका पत्रकारका लागि विभिन्न योजनाहरू बनाइरहेको भनी जानकारी दिनुभयो । पत्रकारलाई बिमा गर्ने, पढ्न छात्रवृत्ति दिने, राम्रो गर्ने पत्रकारलाई आर्थिक सहयोग गरेर हौसला प्रदान गर्ने लगायतका योजनाहरूमा काम भइरहेको उहाँले चर्चा गर्नुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्यत्रय राजेन्द्र प्रसाद चौधरी, जिबछी यादव, ललिता दास, गृह, सञ्चार तथा कानुन मन्त्रालयका महाशाखा प्रमुख दिपेन्द्र प्रसाद यादव लगायतले पत्रकारहरुको हकहितका लागि प्रदेश सरकारले समुचित बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । पत्रकार र पत्रकारिता क्षेत्र सबल भए मात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्र मजबुत हुने बताउनुभयो । प्राधिकरणले गर्दैआएका गतिविधिहरु प्रशंसनीय रहेकोले यसलाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्नेमा उहाँहरुले जोड दिनुभयो ।

एक दिवसीय साइबर तथा एआई प्रविधिको सकारात्मक नकारात्मक पक्षबारे पत्रकार जीवन भण्डारी र प्रकाश मैनालीले प्रशिक्षण दिनुभयो । अभिमुखीकरण कार्यक्रमको समापनमा नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका उपाध्यक्ष अम्बिका दाहालले मधेशमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नुको साथै सामाजिक न्यायको विषयलाई समेत ध्यानमा राखेर सामाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । वर्तमान अवस्थामा पत्रकारहरुलाई साइबर सुरक्षा र आएई प्रविधिको ज्ञान हुन आवश्यक रहेको अवस्थामा प्राधिकरणले आठओटै जिल्लामा सञ्चालन गर्न लागेको अभिमुखिकरण कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
आमसञ्चार प्राधिकरण मधेश प्रदेशले पत्रकाररिता तालिम, पत्रकारहरुको वृति विकास, बीमा कार्यक्रम र जिम्मेवार पत्रकारिताका लागि उपलब्ध स्रोत साधनबाट निरन्तर कार्य गरिरहेको प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले बताउनुभयो ।
एआइ सम्बन्धी अभिमुखिकरण कार्यक्रमले पत्रकारहरुलाई सीप तथा क्षमता विकासमा मदत मिलेको नेपाल पत्रकार महासङ्घ सिराहा शाखाका अध्यक्ष मनोज कुमार बनैताले धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रम सञ्चालन प्राधिकरणका निमित्त प्रशासकीय प्रमुख प्रशन्नराज कर्णले गर्नुभयो । कार्यक्रममा सिरहा जिल्लाका ८५ जना पत्रकारहरूको सहभागिता थियो ।
आम सञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्याम सुन्दर यादवले उत्साहजनक सहभागिता र सहयोगका लागि नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता सहित सम्पूर्ण सहभागीहरुलाई हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्नु भएको छ ।
रौतहट।
लाखौं मूल्य बराबरको अबैध किराना सामान लोड रहेको नेपाली नम्बरको पिकअप भ्यान सहित चालकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।
सीमावर्ती बजार बैरगनिया बाट २ लाख ७१ हजार ९०० मूल्य बराबरको भन्सार छलेर ल्याएको चीनी, मैदा, धनिया , रिफाईन तेल, सेवई सुपारी बोकेको प्रदेश २ ००१ च ४००० नम्बरको पिक अप भ्यान प्रहरीले बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएको गस्ती टोलीले बुधवार गौरस्थित बसपार्क नजिकै चेकजाँचको क्रममा अबैध सामानसहितको उक्त पिक अप गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।
बरामद गाडी र सामानको कुल ९ लाख ७१ हजार ९०० रुपैयाँ मूल्याङकन गरी चालक गौर नगरपालिका ८ का दिनेश राउत बरैसमेत आवश्यक कारवाहीको लागि बुधवार जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी कार्यालयको सूचनामा उल्लेख गरिएको छ।रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा जिल्ला स्थित तस्करी नियन्त्रण गर्न प्रहरीले पूर्ण सक्रियता देखाएको छ । डिसी नेपाल
बुधबारको राती करिब १२ बजेको समयमा सुरुङ बनाई घरमा प्रवेश गरेर पाँच वटा मोबाइल गरगहना र नगद २ लाख गरी करिब ५ लाख बराबरको चोरी भएको पीडित अच्छेलाल साहको भतिज राजकिशोर साहले बताएका छन्।
घरमा चोरी भएपछि पीडित परिवारले इलाका प्रहरी कार्यालय सन्तपुरमा जानकारी गराउँदा पनि कुनै वास्ता नगरेपछि गाउँको युवाहरूले चोरी भएको मोबाइलको लोकेसनको आधारमा खोजी गर्दै जाँदा फतुवा गाउँको मठको नजिक चारवटा चोर फेला परेको र चोरी भएको मोबाइलहरू र गरगहना र पैसा त्यहीबाट बरामद भएपछि युवाहरूले इलाका प्रहरी कार्यालय विजयपुरमा जानकारी गराएपछि त्यहाँबाट आएको टोली चारैजना चोरलाई समातेर इलाका प्रहरी कार्यालय विजयपुरमा लगेको स्थानीयहरूले बताएका छन्। समातिएको चारैजना चोर गाउँ गाउँमा घुमेर खेला हेराउदै मागेर खाँदै आएको कलैया रहेको फतुवा गाउँका मान्छेहरू बताएका छन्।बज्जिकाञ्चल संवाददाता,राैतहट,१७ गते पुस ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढाएको जानकारी दिएको छ ।
इण्डियन आयल कर्पोशनबाट पेट्रोल, डिजेलको मूल्य बढेर आएको र हवाई इन्धनको मूल्य भने घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६०.५०, दोस्रोमा १६२ र तेस्रोमा १६३ रुपैयाँ भएको छ भने डिजेल पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रोमा १५३ रुपैयाँ भएको छ । -अर्थ ससार
आरके श्रीवास्तव,राैतहट,१७ गते पुस ।
अंग्रेजी नयाँ वर्ष सन् २०२५ आजदेखि सुरू भएको छ । सन् २०२४ लाई गएकाे मध्यराति विदाइ गरेसँगै नयाँ वर्ष २०२५ लाई हर्षाेउल्लासका साथ स्वागत गरिएको छ ।
आज जनवरी १ तारिक हाे । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवतको नयाँ वर्ष २०२५ सुरु भएको छ ।
न्यू इयर २०२५ काे अवसरमा राैतहटकाे पर्यटकीय स्थलहरू भरिभराउ छन् । चन्द्रनिगाहपुरमा रहेका हाेटेलहरू रातिदेखि देखिनै प्याक छन् । प्रसिद्ध पर्यटकीय स्थल नुनथरमा नयाँ वर्ष मनाउन आउनेहरूकाे यहाँ भिड छ ।
त्यस्तै जिल्लाकाे प्रमुख पिकनिक पार्कहरू माैलापुर पिकनिक पार्क,सिमरी लगायतका अन्य पार्कहरूमा एकाबिहानै देखिनै भिड लागन थालेको छ ।
यी ठाउँहरूमा राैतहट,बारा,पर्सा लगायत छिमेकी मुलुक भारत बिहारका पनि धेरै मानिसहरू नयाँ वर्ष मनाउन आउने गरेका छन् । मङ्गलबार बेलुकीदेखि नै यी ठाउँहरू विशेष चहलपहल देखिएको छ ।
त्यस्तै सोमबार दिउँसो प्रहरीको गस्ती टोलीले गौर नगरपालिका वडा नम्बर ८ हनुमान मंदिर अगाडी बाट म.प्र.०३००१ ह १९२० नम्बरको ई–रिक्सा भित्र अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अन्दाजी मुल्य रु. दस हजार दुई सय चालिस बराबरको ७ बोरा युरिया मल, ५० के.जि. चिनी र ४६ के.जि. मैदा बरामद भएको रायले बताए ।
त्यसैगरी ई–रिक्साको मुल्य रु.३ लाख फेला परेको हुँदा उक्त सामान र ई–रिक्सा सहितको मुल्य रु. ३ लाख दश हजार दुई सय चालिस समेत गरी कुल जम्मा रु.४ लाख १८ हजार १ सय चालिस बराबरको सर–सामानहरु नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । साथै चालक विधिचन सहनीलाइ समेतलाइ पक्राउ गरी आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको डिएसपी रायले बताए ।
जिल्ला प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक दिपक कुमार रायले दिएको जानकारी अनुसार आइतवार रातीको समयमा प्रहरीको गस्ती टोलीले जिल्लाको दक्षिणी भेग ईशनाथ नगरपालिका वडा नम्बर ६ स्थित बाँस घारिमा लुकाएर राखेको अन्दाजी मुल्य रु १ लाख ७ हजार ९ सय बराबरको चप्पल जुत्ता नियन्त्रणमा लिएको हो ।
त्यस्तै सोमबार दिउँसो प्रहरीको गस्ती टोलीले गौर नगरपालिका वडा नम्बर ८ हनुमान मंदिर अगाडी बाट म.प्र.०३००१ ह १९२० नम्बरको ई–रिक्सा भित्र अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अन्दाजी मुल्य रु. दस हजार दुई सय चालिस बराबरको ७ बोरा युरिया मल, ५० के.जि. चिनी र ४६ के.जि. मैदा बरामद भएको रायले बताए ।बज्जिकाञ्चल संवाददाता,काठमाडौं १५ गते पुस ।
तराई–मधेशकेन्द्रित दलहरुबीच सहकार्यका लागि जसपा नेपाल सकारात्मक
त्रिपाठीको सहकार्य प्रस्तावमा जसपा नेपाल पनि सकारात्मक
मधेशी दलहरुबीच सहकार्यका लागि जसपा नेपालसँग वार्ता
काठमाडौं ।
तराई–मधेशकेन्द्रित सम्पूर्ण राजनीतिक दलहरुबीच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले वार्ता र सम्वादलाई तीव्र पारेको छ ।
सोही क्रममा आइतबार जप्रपाका अध्यक्ष त्रिपाठी, वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादव र पूर्वमन्त्री ईश्वरदयाल मिश्रसहितको टोलीले जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादवसँग सम्वाद गरेको हो ।
संविधान संशोधन र नेपालको वर्तमान अवस्थाबारे साझा एजेण्डासहित एकीकृत शक्ति निर्माणका लागि जसपा नेपालसँग गहन छलफल भएको जप्रपाका नेता एवं पूर्वमन्त्री मिश्रले जानकारी दिएका छन् ।
जनता प्रगतिशील पार्टीको प्रस्तावप्रति जसपा नेपाल सकारात्मक रहेको उनले बताए । उनका अनुसार जसपा नेपाल पनि मधेशी दलहरुबीच सहकार्यका लागि तयार रहेको छ ।
जसपा नेपालसँगको वार्ता सकारात्मक रहेको बताउँदै नेता मिश्रले यसबारे थप छलफलका लागि आगामी दिनमा फेरि छलफल हुने बताए ।
जप्रपा नेपालका हृदयेश त्रिपाठीले तराई–मधेशकेन्द्रित दलहरुबीच सहकार्यका लागि वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादवको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । जप्रपा नेपालको वार्ता टोलीमा ईश्वरदयाल मिश्र र मोहम्मद साबिर हुसेन सदस्य रहेका छन् ।
काठमाडौं,१४ गते पुस २०८१ ।
काठमाडौं : जीवन जिउने आधार प्रेम हो, प्रेम नै जीवन हो, जीवन र प्रेम विच अन्योन्याश्रित सम्वन्ध छ, जहाँ प्रेम छ त्यहाँ जीवन छ, प्रेम विनाको जीवन पलाँसको फूल जस्तै हो । प्रेम भए जीवन त्यसै सहज हुन्छ, त्यसै आनन्दित र उमंगमय बनिदिन्छ । प्रेममा धेरै ठुलो अपेक्षा पनि हुदैन, केवल उनको निःस्वार्थ साथ भए सबै कुरा प्राप्ति भएको अनुभूति प्रेममा संगाल्न सकिन्छ, जीवनभरको लागि उनको साथ भइदिए जीवन त्यसै फुल्छ, फक्रन्छ अनि सुवासित बनिदिन्छ । उनको हातको शिरानीमा निदाउन पाए ढुंगाको विछ्यौनामा पनि स्वर्गीय आनन्दको अनुभूति हुन्छ । स्वच्छ प्रेम आँखाको हेराईमा होइन मनको रोजाइमा हुने गर्छ, मनले रोजे पछि रोज्यो, रोज्यो । त्यहाँ न धन सम्पत्ति हेरिन्छ, न त रुपरुङ्ग नै, मनको गहिराईबाट पलाएको प्रेममा यी सबै कुरा गौण रहन्छन् मात्र आत्मिक सम्वन्ध विशेष हुन्छ, मन भित्रै मायाको फराकिलो संसार हुन्छ, मनको दुष्टि उघारेर हेर्दा उनलाई मन भित्रै देख्न पाए सारा संसार त्यहि भित्र भेटिन्छ, सारा खुसी र उमंग त्यहि प्राप्त हुन्छ ।
जव कोहि प्रति मनले यस्तो प्रेमिल भावहरु संगाल्छ उ नै उसको संसार हुन्छ, मुटु साटासाट हुन्छ, मुटुले नै प्रेमिल भाव उब्जाउँछ, मुटुले नै प्रेम या प्रीत महशुष गर्छ, सधै उनी मुटुमा भएको, मुटुको हर धड्कनमा उनी भएको महशुष हुन्छ अनि मुटुको कुनाकन्दरा सबै तिर उनको मायाले घेरेर मुटुका हर कुना कुनामा उनको नाम लेख्ने चाह मनले संगाल्ने गर्दछ, मुटु भरि उनको नाम लेखिसके पछि उनको खाली सिउँदोमा सिन्दुरले रंग्याएर जीवन भरिलाई उनलाई आफ्नो बनाउने प्रेमिल भाव मनले संगाल्छ उनी भइदिए जीवनमा अरु केहि अपेक्षा रहन्न, मात्र उनी भए जीवन पूर्ण हुन्छ ।
बबिना भट्टराईको अफिसियल युट्व च्यानल र इमेज एफ.एम. ९७.९ को प्रस्तुति ‘मेची देखि महाकाली सम्म’ बाट एक साथ सार्वजानिक भएको गीत ‘घामको झुल्को’ पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन र नेपाली गीति क्षेत्रमा पहिलो चारु गाएर नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बविना भट्टराईको स्वर तथा संगीत एवं किरण उप्रेतीको शब्दमा सार्वजनिक भएको छ । उक्त गीतको एरेन्ज रुविन कुमार श्रेष्ठले गरेका छन् भने मिक्सिङ र मास्टरिङ प्रकाश मिश्रको रहेको छ । गीत अकष्टिक नेपालको स्टुडियो, नक्सालमा दिल समर्पण र राजाबाबु थारु ले रेकर्डिङ गरेका हुन् । गीतको भिडियोमा गायिका तथा संगीतकार बबिना भट्टराई लाई फरक भेषभूषा एवं गीतको भाव सुहाउँदो अभिनयमा देख्न पाइन्छ । भिडियो जस्केलो क्रियशनको परिकल्पना र निर्देशनमा तयार भएको हो । गीतको भिडियोमा बबिना संगै अञ्जना दुलाल, सानुमाया तामाङ, विन्दु तामाङ र सम्झना तामाङ लाई नृत्यमा देख्न सकिन्छ, कलाकारलाई कविता तोलाङ्गीले आफ्नो श्रृङ्गार कलाले सिंगारेकी छिन् ।
चर्चित गायिका शर्मिला बर्देवाले इमेज एफ.एम. ९७.९ मा प्रस्तोता हरिराम पौडेल संग ‘घामको झुल्को’ को विशेष चर्चामा गायिका तथा संगीतकार बबिना भट्टराई नेपाली संगीतको क्षेत्रमा एक क्षमतावान र मेहनती संगीतकर्मी भएको बताउँदै ‘घामको झुल्को’ बोलको प्रेमिल गीतमा उनको स्वर तथा संगीत बेजोड मिश्रणले गीतकार किरण उप्रेतीका प्रेमिल शब्दलहरलाई जीवन्त बनाएको बताएकी छिन्, बबिनाको संगीत यात्रालाई नियाल्दै उनले भनिन् ‘बबिना भट्टराई साधनामा तल्लिन, मेहनती, आफ्नो काममा अत्यन्त लगनशिल र भावमा डुवेर गाउन सक्न खुवी भएकी गायिका र संगीतकारका साथसाथै उनी बहुमुखी प्रतिभा कि धनी हुन् । उनको सांगितिक भविष्य उज्ज्वल रहेको छ, उनको संगीत यात्राको सफलताको लागि शुभकामना व्यक्त गर्दछु ।’
कवि, गीतकार तथा गजलकार उत्तम विचार ले हेमन्तको चिसोमा न्यानो ‘घामको झुल्को’ देख्न पाउनु नै अहोभाग्य भएको विम्वात्मक प्रतिक्रिया दिएका छन् । उनी लेख्छन् ‘सुन्दर गीत, सुमधुर संगीत, कालजयी स्वर लहरी, बेजोड अभिनय । मायामा समर्पित फूलको कोमल थुँङ्गाका लागि हार्दिक बधाई अनि शुभकामना सिङ्गो टिमलाई ।’
केहि समय अघि बबिना भट्टराईको स्वर तथा संगीतमा आफ्नै शब्दको यस्तै प्रेमिल भावको गीत ‘सपनीमा’ सार्वजनिक गरेका कवि एवं साहित्यकार रामबाबु दाहालले कर्णप्रिय स्वरलहरीमा भाव गाम्भीर्यता रहेको गीत ‘घामको झुल्को’को अपार सफलताको मंगल कामना गरेका छन् ।
गायिका तथा संगीतकार बबिना भट्टराईले ‘घामको झुल्को’ निकै नै प्रेमिल गीत भएको, यो गीतले सबै प्रेमिल मनहरुलाई समेट्ने विश्वास लिएको बताउँदै गीतलाई सबै प्रेमिल मनहरुले मन पराइ दिने अपेक्षा राखेकी छिन्, उनले गीत सुनेर तथा हेरेर गीतको बारेमा आफ्नो अमुल्य सल्लाह,सुझाव दिन पनि आफ्ना दर्शक तथा श्रोताहरुलाई अनुरोध गरेकी छिन् भने यस गीतको श्रृजनामा जोडिने सम्पूर्ण टिम प्रति आभार व्यक्त गरेकी छिन् ।
‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी….’ बोलको अविनाश थापाको शब्द तथा दिपक शर्माको संगीतमा पहिलो गीत गाएकी बबिनाकोे १६ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् । संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ..हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्, श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् भने उनका व्यवसायिक गीतहरु उनको आफ्नै ‘बबिना भट्टराई’ युट्व च्यानल मार्फत सार्वजानिक हुदै आएका छन् । भर्खरै नेपाली संगीत क्षेत्रको इतिहासमा नै लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्द रहेको पहिलो ‘चारु’ मा संगीत तथा स्वर दिएर उनले नेपाली चारु गायन तथा संगीतमा आँफूलाई पहिलो ‘चारु’ गायिका तथा संगीतकारको रुपमा स्थापित गरेकी छिन् ।
गीत
घामको झुल्को शितमा पर्दा, टल्किन्छ पातमा
चाहिदैन केहि जीवनभर तिमी भईदिए साथमा
शैयाको सुख चाहिदैन मलाई सपना देख्नलाई
सिरानी बनाई निदाउन पाउ त्यो तिम्रो हातमा ।
घाम र छाँया, सुख र दुःख जिन्दगी भोगाई हो
तिमी त मेरो आँखाको हैन, मनको रोजाई हो
धन र पैसा हेरिन्न रुप मायाको जातमा ।
चाहिदैन केहि जीवनभर तिमी, भईदिए साथमा ।
मनको दृष्टि उघारी हेर्दा तिमीलाई देख्न पाउ
यो मुटुभरि मायाले घेरी, तिम्रै नाम लेख्न पाउ
शीरको शोभा सिन्दुरको धर्को लगाई देउ माथमा
चाहिदैन केहि जीवनभर तिमी भईदिए साथमा ।
काठमाडौं,१४ गते पुस २०८१ ।
आम जनता पार्टी ९आजपा०ले सरकारको मनोमानी कर आतंकका बिरुद्ध आज काठमाडौंमा सरकार बिरुद्ध प्रदर्शन गरेको छ । काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानबाट सुरु भएको विरोध प्रदर्शन रत्नपार्क हुदै पुन कमलादीमै पुगेर सम्पन्न भएको हो ।
कर आतंक बन्द गर, लुटेरा सरकार मुर्दाबाद, दलाल दलतन्त्र मुर्दाबाद, आम जनता जिन्दाबाद, तेस्रो जनआन्देलन सफल पारौं, जनता लुट्न पाईदैन, भ्रष्ट सरकार चाहिँदैन, राष्ट्रिय स्वाधिनताको रक्षा गर, भगौडा विदेशिको अवैध सम्पति जफ्त गर, ठग मेनपावरलाई कारबाही गर, अबैध ऐजेन्टलाई गिरफ्तार गर, लुटकारी भन्सार नीति खारेज गर जस्ता नारा प्रदर्शनकारीले लगाएका छन् ।
यस्तै शैक्षिक विभेद बन्द गर, लैङ्गिक हिंसा अन्त्य गर, बैङ्किङ् लुट बन्द गर, लघुवित्त तथा सहकारी पीडितलाई न्याय दे, कबाड व्यवसायीहरुको सुरक्षा गर, अदालतको आदेश पालना गर, कबाड आन्दोलन जिन्दाबाद, सुकुम्बासी तथा फुटपात व्यवसायीको रक्षा गर, हाम्रो संघर्ष जारी छ, धोखेबाज नेताहरु भोट फिर्ता गर, जनताको सर्वोच्चता स्थापित गर, आम जनता पार्टी जिन्दाबाद, दोस्रो स्थापना दिवस सफल पारौं लगायतका नारा लगाउँदै उनीहरुले प्रदर्शन गरेका हुन् ।
आजपाले पार्टीको दोस्रो स्थापना दिवसका साथै आन्दोलनको कार्यक्रम संगसंगै अगाडी बढाएको हो । दलाल दलतन्त्र बिरुद्ध तेस्रो जनआन्दोलनको संकल्प सहित आजपाले दोस्रो स्थापना दिवस काठमाडौं उपत्यका विशेष कमिटीको आयोजनामा भव्यरुपमा आज मनाउँदै छ ।
केन्द्र, प्रदेश र स्थानीय तहसहितका ७६१ सरकारले लिईरहेको मनोमानी कर अन्त्य गर्नुपर्ने माग गर्दै आजपाले काठमाडौंमा विरोध प्रदर्शन गरेको हो । सरकारको मनोमानी करले नेपालको उधोग, व्यवसाय धरासायी बन्दै गईरहेको निष्कर्ष निकाल्दै आजपाले कर आतंक बन्द गर्नुपर्ने माग गर्दै आएको छ । आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले समृद्ध नेपाल निर्माण गर्नका लागि सरकारपिच्छे मनोमानी कर आतंक बन्द गर्नुपर्ने बताए ।
‘मुलुकको उधोग, व्यापार धरासायी बन्दै गईरहेको छ । सरकारले जसरी पनि कर असुल्ने नीति लिएको छ । उधोग व्यापार धवस्त हुदैगईरहेको भए पनि सरकारलाई केवल कर कसरी असुल्नेमा मात्रै ध्यान छ’, आजपा अध्यक्ष साहले भने, ‘सरकार पिच्छे पाईलापाईलामा कर लिने तर सेवा नदिने । कर लिने तर सोही अनुसारको सुविधान नदिने । केवल कर कसरी लिने भन्नेमा मात्रै सरकारको ध्यान छ ।’
नेपाल भन्दा ठुलो भुगोल, जनसंख्या भएको मुलुक भारत र चीनमा कर थोरै भएको र त्यहाँको सरकारले उधोगी व्यापारीलाई सेवा पनि बढी दिईरहेको उनले बताए । तर नेपालमा करमाथि कर लिने र उधोगी व्यापारीको ढाँड सेक्ने काम सरकारले गरिरहेको आरोप उनले लगाए ।
‘भारतमा १४ शिर्षमा कर लिईन्छ । तर नेपालमा ४० भन्दा बढी शिर्षकमा सरकारले कर लिईरहेको छ । अरु देशभन्दा नेपालमा करको दर, दायारा, शिर्षक, तह र सरकार बढी छ । नेपालमा ७६१ वटा सरकारले मनोमानी र पाईलापिच्छे कर असुली रहेको छ । त्यसको विरोधमा हामी सडकमा उत्रिनुपरेको छ’ आजपा अध्यक्ष साहले भने ।
सर्वसधारणदेखी उधोगी व्यापारीले जताततै पाईला पिच्छे नै कर तिर्दातिदै निराश भएको बताउदै उनले व्यवासाय गर्ने वातावरण सरकारले गिजोलिदिएको आरोप लगाए । मुलुकको ढुकुटी सिध्याएको सरकारले विदेशीबाट ऋण लिएर नेपाली जनताको टाउकोमा ऋणको भारी बोकाएको बताए ।
मुलुकमा भ्रष्टाचार, अनियमितत बढदै गईरहेको र बिकास कार्य अवरुद्ध भएको बताउँदै उनले दलाल दलतन्त्र, सरकारको मनोमानी कर आतंक बिरुद्ध आजपाले आन्दोलन गर्दै आएको छ । आजपाले विगतदेखी नै भ्रष्टाचार, अनियमितता, सरकारको मनोमानी कर आतंक, दलाल दलतन्त्र, वैदेशिक रोजगारमा देखिएको ठगीधन्दा, भन्सार कानूनमा भएको लुटतन्त्रको बिरुद्धमा आवाज उठाउँदै सडक संघर्ष गर्दै आएको छ ।
आईतबार नै कवाड व्यवासायीहरुले काठमाडौं महानगर कार्यालय समेत घेराउ गर्ने कार्यक्रम रहेको छ । काठमाडौं महानगरका मेयर बालेन शाहले कवाड व्यवासायीलाई कानून विपरित दुख दिईरहेकाले कवाड व्यवसायीले महानगर घेराउ गर्न लागेका हुन् ।
आरके श्रीवास्तव,राैतहट,१० गते पुस २०८१ ।
राैतहटकाे कटहरिया नगरपालिकामा दुई दिन देखि तालाबन्दी चलिरहेको छ । नगर प्रमुख अजय प्रकाश जयसवाल र प्रमुख प्रशासकीय अधिकृत रामजी जाेशीले एकलौटी गर्ने गरेकाे कारण त्यहाँका जनप्रतिनिधिहरूले नै कार्यालयमा तालाबन्दी गरिदिएका हुन् ।

कटहरिया नगरपालिकामा याे पहिलोचाेटी तालाबन्दी भने हाेईन् यस अघि पनि कति चाेटी तालाबन्दी भइसकेको हाे । कतिचाेटी तालाबन्दी भयाे र खुल्यो पनि । यसपालिकाे तालाबन्दी निर्णायक हुने जनप्रतिनिधिहरू नै बताउन थालेका छन् ।
मंगलबार दिउँसो उपप्रमुख रिता देवी यादव सहित कटहरिया वडा नम्बर १ का वडा अध्यक्ष भूपेन्द्र महतो, वडा नम्बर २ का वडा अध्यक्ष हरिन्द्र साह,वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहा,वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता, वडा नम्बर ६ का वडा अध्यक्ष जयराम चौधरी र वडा नम्बर ७ का वडा अध्यक्ष सहिद आलमले नगर प्रमुख सहित सबै शाखाहरूकाे मूल गेटमा ताल्चा लगाई दिएका हुन् ।
उनीहरूले नगरप्रमुख जयसवालकाे कार्य शैली प्रति असन्तुष्टि जनाएका छन् ।
कटहरिया–४ का वडाध्यक्ष चन्दनकुमार कुशवाहाले नगरप्रमुख र कार्यालय प्रमुखले नगरपालिकामा भ्रष्टाचारको साम्राज्य खडा गरेको र जनताप्रति अलिकति पनि उत्तरदायी नदेखिएको आरोप लगाएका छन् । नगरसभा बाट पारित भएको कागज हामीले हाथमा पाउँदा करोडौंकाे भ्रष्टाचार गर्ने याेजना बनाएको प्रष्ट देखिएपछि तालाबन्दी गर्न आफूहरू बाध्य भएको बताए ।
अर्का जनप्रतिनिधि कटहरिया वडा नम्बर ५ का वडाध्यक्ष सर्फलाल गुप्ताले नगर प्रमुख जयसवाल र प्रमुख प्रशासकीय अधिकृत जाेशीले बिना परामर्श दर्जनौँ निर्णय नगरपालिकाको रजिस्टरमा दर्ता गराएकाे खुलासा गरेका छन् । नगरपालिकामा तालाबन्दी हुँदा कामकाज ठप्प भएको छ । सेवाग्राही मर्कामा परेका छन् ।
नूर आलम बादशाह,बारा,पुस १० गते २०८१ ।
बाराको पाचरौता नगरपालिकाको सहयोगमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। स्वास्थ्य शाखा पचरौता, लायन्स क्लब ऑफ बीरगंज र माट्रिक आई फाउण्डेशन बीरगंजको संयुक्त आयोजना तथा सहकार्यमा उक्त निःशुल्क आँखा शिविर सम्पन्न भएको हो।
बेनौली स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा महिला पुरुष गरी ५०१ जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो जसमध्ये २५२ जनाको आँखामा मोतिबिन्दु भेटिएको पचरौता स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र साहले जानकारी दिए।

पचरौता नगरपालिकाको वडा नं ७ का स्थानीय बासिन्दालाई लक्षित गरी आयोजना गरिएको आँखा शिविरमा पचरौता नगरपालिकाको अन्य वडालगायत छिमेकी पालिकाहरु आदर्श कोतवाल गाउँपालिका, सिम्रौनगढ़ नगरपालिका, सुवर्ण गाउँपालिका र भारत बिहार राजयका पूर्वी चम्पारण जिल्लाका नेपाल सिमाना नजिकका गाउँबाट पनि सर्वसाधरणहरु आँखा परिक्षण गराउन आएका थिए।
मेतिबिन्दु रोग नेपालमा रहेको दृष्टिबिहिनताको सबैभन्दा प्रमुख कारण हो। जुनसुकै उमेरका मानिसमा पनि यो समस्या देखिन सक्छ तर, अधिकांशमा उमेर बढ्दै गएपछि मोतिबिन्दु हुने सम्भावना पनि बढ्दै गएको पाइन्छ।

मोतिबिन्दु भइसकेपछिको सबैभन्दा प्रभावकारी उपचार शल्यक्रिया नै हो। यो रोग औषधीले ठीक हुँदैन। शल्यक्रिया गर्न नपर्ने अवस्थामा चश्माको प्रयोगबाट पनि धरै हदसम्म सफा हेर्न मद्दत गर्दछ तर पूर्ण सफा हेर्नको लागि शल्यक्रिया नै गर्नु पर्ने हुन्छ। आजभोलि प्रविधिमा आएको विकासले मोतिबिन्दुको शल्यक्रिया गरेको केहि घण्टा मै बिरामी आफ्नो सामान्य दैनिकिमा फर्कन सक्छन्।
शिविरबाट छानिएका मोतिबिन्दुका बिरामीहरुको माट्रिक आई फाउण्डेशन बीरगंजमा बिशेषज्ञ टोलीद्वारा निःशुल्क शल्यक्रिया गरिने स्वास्थ्य शाखा प्रमुख साहले जानकारी दिए । मोतिबिन्दु भएका बिरामीलाई घरबाट बीरगंज लाने र शल्यक्रियापश्चात गाउँमा पुर्याई परिवारका सदस्यलाई जिम्मा लगाउने काम समेत नगरपालिकाले गर्ने छ।
पचरौता नगरपालिकाले पैसाको अभावका कारण पालिका भित्रका कोहि पनि नागरिक अन्धोपनमा जिवन विताउन नपरोस भन्ने उदेश्यले आँखा शिविर सञ्चालन गदै आएको छ।
आरके श्रीवास्तव,रौतहट,०७ गते पुस ।
रौतहट प्रहरीले आज घरेलु मदिरा नष्ट गरेको छ । शुक्रवार जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दे जाने क्रम्मा सो घरेलु मदिरा फेला पारेको थियो ।
प्रहरीको गस्ती टोली जिल्लाको गौर नगरपालिका वाड नम्बर २ महादेवपट्टी स्थित पुग्दा अपरिचित व्यक्तिहरुले नेपालबाट अवैध घरेलु मदिरा (रक्सि) भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरी गस्ती टोलीलाई देख्ना साथ उनीहरुले बोकी लैजाँदै गरेको ग्यालेन सहितको बोरा फाली भारत तर्फ भागी फरार भएका थिए ।
उक्त घरेलु मदिरा वेवारिसे अवस्थामा फेला पारी आइतवार स्थानिय भद्रभलादमी, जनप्रतिनिधि तथा संचारकर्मीहरु समेतको रोहबरमा जिल्ला प्रहरी कार्यालय रौतहटको परिसर भित्र खाल्टो खनि नष्ट गरिएको हो ।
उक्त खाल्टोमा अन्दाजी २ सय लिटर अवैध तयारी घरेलु मदिरा पोखी नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घरेलु मदिरा नियन्त्रण गर्न तर्फ प्रहरीले तदारुकता देखाएपनि यसको बिक्री वितरणमा भने लगाम लगाउन सकिएको छैन् । ग्रामीण भेगका दारु भठ्ठीहरुमा यसको खुलेआम बिक्री भइरहेको पाइएको छ । यसतर्फ प्रहरीको ध्यान जानुपर्ने देखिन्छ ।
ओमप्रकाश यादव,माधवनारायण,०५ गते पुस २०८१ ।
माधव नारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवले एमबिबिएस परीक्षामा देशमै दोस्रो स्थान प्राप्त गरेका माधव नारायण नगरपालिका -७ फूलवारियाका विधार्थी मधुसुधन प्रसाद साहलाई आज सम्मान गरेका छन्।
केहीदिन अघि भएको एमविविएस को परीक्षामा देशमै दोस्रो स्थान हासिल गरी नगरपालिका र रौतहटको गौरव बढाएको भन्दै नगर प्रमुख बैजनाथ प्रसाद यादवले आज आफ्नै कार्यकक्षमा विद्यार्थी साहलाई सम्मानित गर्दै शिक्षामा अझै प्रगति गर्न सुझाव सल्लाह सहित सफलताको शुभकामना दिएका छन्।
शिक्षा, साक्षरतामा देशको ७७औं स्थान अर्थात पुछारमा रहेका जिल्ला रौतहट जिल्ला त्यसमा पनि माधव नारायणका विधार्थी मधुसुधन साहले एमबिबिएसको परीक्षामा देशभरिमा दोस्रो स्थान ल्याउन सफल हुनु आफैंमा ठूलो सफलता हो ।
एमबिबिएस मेडिकलमा अध्ययनका लागि नेपाल सरकारले लिएको छनौट परिक्षामा रौतहटका दुईजना विद्यार्थी पहिलो र दोस्राे स्थान प्राप्त गरेर जिल्लाको सम्मान बढाएका छन् ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,०५ गते पुस २०८१ ।
राैतहटकाे गरूडा नगरपालिकाका मेयर कन्थमनी जयसवालले कम्बल बितरण अभियानलाई तेस्रो दिन पनि निरन्तरता दिएका छन् । गरुडा नगरपालिकाले चिसोको मौसममा गरिब तथा बिपन्न नागरिकको सहायताका लागीलाई कम्बल वितरण गरिरहेकाे छ ।
मेयर जयसवालले जाडोमा स्थानीयहरुलाई न्यानो लुगा उपलब्ध गराईरहेका छन् । मेयर जयसवालले तीन दिनदेखि आफ्नो नगरको अति गरिब बिपन्न समुदायका नागरिकहरुलाई चिसोबाट बच्नका लागि आवश्यक फाईबर कम्बल वितरण गरिरहेका छन् ।
अभियानको तेर्सो देखि गरुडा नगरपालिकाको वडा नम्बर ७ भिमडावरमा १ सय १० जना अति गरिब बिपन्न बर्गका परिवारहरुलाई कम्बल वितरण गर्नु भएको छ ।
प्रेमचन्द्र झा,राैतहट,०५ गते पुस २०८१ ।
राैतहट । जनता समाजवादी पार्टीका नेता शेख नुरुल होदाले नेपाललाई हिन्दु राष्ट्रघाेषणा गराउन जोड दिएका छन् । गाैरमा पत्रकारहरुसँग शुक्रवार दिउँसो कुरा गर्दै नेता होदाले कब्रिस्तान , श्मशान र भसानको लागि आपसमा नलडेर देशको पहिचानको लागि सबै पक्षलाई मिलेर लडाई लडन् आग्रह गरेका हुन् ।
नेपालका शिर्ष नेताका केही कमीकमजोरीका कारण देस धर्म निरपेक्ष घाेषणा भएकाले देशको पहिचान समाप्त हुन गएकोमा दुख व्यक्त गर्दै नेता होदाले देशलाई पुन: हिन्दु राष्ट्र कायम गराउन माग गरेका छन् ।
देशका सबै हिन्दु तथा मुस्लिम समुदायका जनतालाई गुमेको राष्ट्रिय पहिचानका लागि आ आफनो स्थानबाट जोड दिन उनले आग्रह गरेका छन । देशलाई धर्म निरपेक्ष राष्ट्र बनाउने कुराको कुनै पनि मुस्लिम ले माग गरेको थिएन तर सरकारले घाेषणा गरे थिए ।
जसका कारण नेपालले आफ्नो असली पहिचान गुमाउन पुगेका छन । गुमेको पहिचान जोगाउन देशलाई पुनः हिन्दु राष्ट्र घाेषणा गराई संसारमा चिनाउनु पर्नेमा नेता होदाले जोड दिएका छन । नेपालमा गेरुवा बस्त्र धारण गरि कट्टर हिन्दुवादी छु भनेर घाटी सुक्ने गरि बोल्ने नेतालाई हिन्दुराष्टका लागि सडकमा आन्दोलन गर्न उनले सुझाव दिएका छन । हिन्दु राष्ट्र घाेषणा गराउन जाे काेही सडकमा आए आफ्नो साथ सहयोग रहने प्रतिवद्वता गर्दै नेता होदाले कब्रिस्तान , श्मशान र भसानको लागि आपसमा नलडेर देशको पहिचानको लागि सबै पक्षलाई मिलेर लडाई लडन नेता होदाले अनुराेध गरेका हुन ।
Gaur, Rautahat, December 19:
Campaign Nepal, in collaboration with One Heart Worldwide (OHW), has stepped in to support some of the most vulnerable flood-affected families in Rautahat as winter tightens its grip. Between November 25 and December 18, the organization distributed essential relief materials to 611 households in Paroha and Dewahi Gonahi municipalities, with a specific focus on 457 pregnant women and 154 new mothers.
The September 2024 floods caused widespread destruction across Rautahat, displacing hundreds of families and leaving them in dire need of resources. As temperatures plummet, the situation has become even more precarious, particularly for pregnant women and new mothers who face heightened health risks.
In response, Campaign Nepal delivered warm winter clothing for mothers and their infants, flour supplements to combat nutritional deficiencies, and hygiene kits to prevent illnesses. The initiative, which cost NPR 2.27 million, was part of the Strengthening Maternal Neonatal Health Services (SMNHS) program, funded by OHW.
Local representatives lauded the effort, highlighting its life-saving impact. Mahesh Singh, Ward Chairperson of Paroha Municipality-3, remarked: “The September floods devastated our communities, and the harsh winter has made survival even harder for pregnant women and new mothers. This aid has brought immense relief, ensuring their safety and well-being during these tough times. We are grateful to Campaign Nepal and OHW for this timely intervention.”

Similarly, Dewahi Gonahi Municipality Health Coordinator, Jagga Ram, emphasized the program’s role in promoting maternal health: “Flood-affected families face greater health risks during winter. This support not only helps them recover but also encourages pregnant women and mothers to access healthcare services, improving maternal and neonatal outcomes.”
For many beneficiaries, the relief arrived as a lifeline. Nazni Khatun, a new mother from Dewahi Gonahi-4, shared: “The floods destroyed everything we had, and the winter made things even harder. The warm clothes and flour are a blessing for me and my baby. It feels good to know someone cares.”
Campaign Nepal’s Executive Director, Shatrudhan Singh, expressed gratitude to all stakeholders, stating: “This relief effort demonstrates the power of collaboration in addressing immediate needs and long-term challenges. Together with OHW, we are committed to improving the lives of mothers and children.”
OHW Manager, Babita Bindu, further explained the initiative’s importance: “Flood-affected families are already vulnerable, and winter brings additional risks, especially for pregnant women and newborns. Our goal is to ensure they have the resources needed to survive and rebuild in these difficult times.”
बज्जिकाञ्चल संवाददाता,राैतहट,०५ गते पुस २०८१ ।
रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ८ आँकडपाथर स्थित एक घरमा लाखौंको चोरी भएको छ । वृन्दावन नगरपालिकाकी नगर कार्यपालिका सदस्य लालपरि देवि तथा हरूवा चरुवा अधिकार मञ्च रौतहटका अध्यक्ष दशरथ रामको घरम शुक्रबार (आज) करिब दिउँसो १२ बजेको समयमा चोरी भएको हो।

रामको ससुराली बारा जिल्ला स्थित कुनै आफन्तको मृत्यु भएको कारणले राम सम्पूर्ण परिवार सहित बारा जिल्ला गएको मौका छोपेर घरको पछाडि पटिको ढोका खोली घर भित्र रहेको ट्रंक,अल्मारीको ताल्चा तोरेर नगद १ लाख,करिब ६ लाख ५० हजार बराबरको सुन,चाँदीका गहनाहरु र केही लत्ताकपडा लगायत जम्मा ८ लाख बराबरको चोरी भएको पिडितका भतिज गोपाल महराले जानकारी गराए ।

गोपालले आफन्तको निधन भएको कारण घरको सबै सदस्य बाहिर गरेको र आफुचाहिँ खेतमा गएको जानकारी गराउदै । आफू चोरी भएको केही समय पछि घरमा आउदा ट्रंक तथा आल्मारीको ताल्चा टुटेको र लताकपडाहरु पनि भुइमा फालेको देखेर हल्ला गरेपछि नजिकका छिमेकीहरुआइ प्रहरीलाई जानकारी गराएको बताए।
गोपालले दिन दहाडै चोरीगर्ने चोरहरु अन्त तथा टाढाको नभइ छिमेकीहरु मध्येकै कोही हुनसक्ने आशांका गरेका छन् भने सो घटनाको कडा अनुसंधान गरि दोषीलाई समातेर कडा कारबाही गर्नका लागि प्रहरी प्रशासन संग जोडदार माग गरेका छन् ।
उता ईलाका प्रहरी कार्यालय गरुडाबाट घटना सथलमा पुगेका प्रहरीले पनि फरार चोरहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,०२ गते पुस ।
पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) देवाही गोनाहि नगरपालिकाका प्रत्येक वडामा पार्टीका विभिन्न भातृ संगठनहरु गठन गर्ने निर्णय गरेकाे छ ।
देवाहीगोनाही नगरपालिकाको नगर कमिटि अध्यक्ष महेश प्रसाद यादवको अध्यक्षतामा र आजपा जिल्ला अध्यक्ष नरेश तुरहाको विशिष्ट आतिथ्यतामा बसेकाे बैठकले बिधार्थीको अनुपातमा शिक्षक दरबन्दीको लागी जारी आन्दोलनलाई थप सशक्त बनाउन तथा दलितहरुको आवास निर्माण गराउन सशक्त संघर्षको कार्यक्रम अगाड़ी बढ़ाउन, वैदेशिक रोजगारीमा ठगहरु विरोधका निमित कडा प्रतिकार गर्ने निर्णय गरिएको छ ।
साथै आईटी आर्मी, आम महिला मोर्चा, आम दलित मोर्चा, विद्यार्थी मोर्चा पार्टीका भातृ संगठन निर्माण गरिने आजपाको स्थायी कमिटि सदस्य अनिल झा बताए।
सो अवसरमा आम जन्ता पार्टीको स्थाई कमिटि सदस्य बिरबल महतो, जगरनाथ राय यादव , संजय महतो, लालबाबू राय यादव , नरेश प्रसाद साह, लालबाबू साह, सतन प्रसाद पटेल, संजय चौरसिया, मौजेलाल राय यादव , दसै साह, बच्चेलाल प्रसाद यादव,राजेश राय यादव लगातको उपस्थिति रहेको थियो ।
बज्जिकाञ्चल संवाददाता,काठमाडौं,०२ गते पुस ।
काठमाडौं : गायक दिपेश बिष्टको नयाँ गीत कोइली बनैमा सार्वजनिक भएको छ ।
डम्बर विश्वकर्माको रचनामा तयार भएको गीतमा दिपेश बिष्ट र शान्ति श्री परियारको सुमधुर आवाज रहेको छ भने यस गीतलाई लय युस्कल छिनालले गरेका छन ।त्यसैगरी संगीत संयोजन राजेन्द्र बाजुरालीले गरेकाछन ।
मायाप्रेममा आधारित यस गीतमा विशेषगरी गाउँघरमा केटाकेटी विच बसेको मायाप्रेमलाई मुख्य कथावस्तु बनाइएको छ । गीतमा केटाले आफुले मनपराएको केटीलाई तिम्रो मनमा म भएपनि नभएपनि तिमि भने मेरो मनमा सधै भरी रहिरहनेछौ भन्ने कुरा देखाउन खोजिएको छ ।
त्यसैगरी केटिले म कति माया गर्छु भन्ने कुरा देखाउन मिल्दैन त्यो त मेरो मनलाई थाहा छ भन्ने जस्ता कुरा गीतका शब्द मार्फत देखाउन खोजिएको छ ।
लामो समय नेपाली गीतसंगीतमा लागेका गायक दिपेश बिष्ट भन्छन आफुले गरेका सबै गीत उतीकै राम्रा लाग्छन अझ यो गीतमा मैले मात्र हैन हाम्रो सम्पूर्ण टिमले नै धेरै मेहनत गरेर तयार पारेका छौ त्यसैले पनि यो गीत हाम्रो तर्फबाट उत्कृष्ट लागेका छ । युटयुवमा हालेदेखीनै यस गीतलाई धेरैले मन पराईदिनुभएको छ । मलाई कस्तो लाग्ने भन्दा पनि दर्शकले कस्तो मान्नुहुन्छ तेसले भर पार्ने हो गीत राम्रो नराम्रो भन्ने सबै जिम्मा अब हामीले दर्शकको हातमा छोडिदिएकाछौं उहाहरुको प्रतिक्रिया अहिले सम्म राम्रो आएको छ ।
गीतको म्यूजिक भिडियोलाई निर्देशक विनोद भण्डारीले गरेका छन भने गीतको मुख्य भूमिकामा पनि भण्डारी आफै रहेकाछन साथमा उनलाई जुना विश्वकर्माले साथ दिएकीछन ।
मालाश्री स्टुडियोमा रेकडिङ गरिएको यस गीतको म्यूजिक भिडियोको सम्पादन भने मनोज कार्कीले गरेकाछन ।
यो गीत दिपेश बिष्ट अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ ।
केही दिनअघि भारतीय प्रधानमन्त्रीका एकजना पूर्व निजी सुरक्षा अधिकारी लक्की बिष्टले नेपाल सरकार एक महिनाभित्रै ढल्ने दाबी गरे ।
पूर्व ‘रअ एजेन्ट’ बिष्टले नवभारत टाइम्ससँगको अन्तर्वार्तामा आफुसँग नेपालको सरकार ढल्ने सूचना रहेको दाबी गर्दै भनेका छन्, ‘केही दिनपछि एउटा अर्काे समाचार सुन्नुहुनेछ, नेपाल सरकार ढल्नेवाला छ । १० दिन १५ दिन भित्र खबर आउनेवाला छ कि फेरि सरकार ढल्दैछ । जुन दुई महिनाअघि बनेको थियो ।’
त्यसो त नेपाल सरकारका वर्तमान नेतृत्व अर्थात् प्रधानमन्त्री केपी शर्मा ओली केही हप्ताअघि चीन भ्रमणमा गएर फर्किए लगत्तै सरकार ढल्छ भनेर निकै चर्चा हुन्थ्यो । ओली नेतृत्वको टोली चीन पुगे, फर्किए । फर्किएको पनि हप्तादिन बढि भइसक्यो । उनी चीन जाने तयारी गर्दागर्दै र नफर्किएसम्म ओली आउने वित्तिकै सरकार ढल्छ भनेर दाबी गर्नेहरु केही दिन यता चुपचाप थिए ।
तर, फेरि बिष्टको अन्तरवार्ता सार्वजनिक भएसँगै पुनः सरकार ढल्दैछ भन्दै सामाजिक संजाल भर होहल्ला मच्चाई रहेका छन् । त्यो होहल्ला मच्चाउने को हुन ? राजनीतिक दलका नेता कार्यकर्ता ? नेताका आडमा सरकारलाई ‘मौरिको चाका’ जसरी निचोरेर स्वार्थसिद्धि गर्न पल्किएकाहरु ? सत्ताधारी विचौलीया ?
अन्यथा, देशमा आफ्नो भविष्य सुनिश्चित नदेखेर बिदेश पलायन हुनकै लागि पासपोर्ट बोकेर दलाललाई पैसा बुझाउन दौडिरहेका नेपालीलाई सरकार ढल्दा के चिन्ता ? संघर्षले थाकेर सडकका पेटिमा भोकभोकै दौडधुप गरिरहेका नेपालीलाई सरकार ढल्दा के को दुख ? गरिबीकै कारण उपचार नपाएर मृत्युको पर्खाईमा बसेका नेपालीलाई सरकार ढल्दा के को पिडा ? अन्यायमा परेर न्याय माग्न जाँदा सत्ताको बतासबाट थप पिडित बनेपछि आँसु बगाउँदै हिँडेका नेपालीलाई सरकार ढल्दा के को ढाढस ? गरिब, असहाय, निमुखा अनि चाकडी गर्न नजान्ने नेपालीलाई सरकार ढल्दा अनि फेरिँदा के को खुसी ?
चर्काे राजनीतिक अस्थिरता र उथलपुथलबाट पिल्सिएर सरकार प्रति अपनत्व भाव गुमाएका नेपालीलाई लागि सक्यो, ‘जुन जोगी आए पनि कानै चिरेको ।’
खैर, आफुलाई पुर्व ‘रअ एजेन्ट’ बताउने बिष्टले २ महिना अघि बनेको नेपाल सरकार फेरि ढल्दैछ भनेका थिए । बिष्टकै कुरालाई लिएर सामाजिक संजालमा होहल्ला मच्चाउने उनीहरु यस्ता छन्, कसैले ‘कागले कान लग्यो’ भन्दियो भने त्यो कागको पछाडि दौडिएर आफु ‘खाल्डो’मा पर्दासम्म कान समाउँदैनन् ।
सायद उनीहरुलाई थाहा नहुन सक्छ ! नेपालमा २ महिना अघि कुनै सरकार बनेको छैन । वर्तमान नेपाल सरकार बनेको मंसिर ३० गतेबाट ठ्याक्कै ६ मिहना पूरा भयो । नेपाली कांग्रेसको समर्थनमा एमालेका अध्यक्ष ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । र, निरन्तर सरकारको प्रधानमन्त्रीकै रुपमा छन् ।
अब सोच्नुस्, ती बिष्टको भनाई अनुसार २ महिना अघि मात्रै बनेको र महिना दिन भित्रै ढल्नेवाला नेपाल सरकार कुन हो ?
हुनसक्छ बिष्टले अन्तरवार्ताका क्रममा वर्तमान नेपाल सरकार कहिले बनेको थियो ? त्यो मिती बिर्सिएका हुन् । अनि यो पनि हुनसक्छ, ओली नेतृत्वको सरकार महिना भित्रै ढल्दैछ । जे सुकै होस् । आम सर्वसाधरण नेपालीहरुका निम्ती भने यो खबर ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात्’ भने जस्तै हो ।
यद्यपी, यस्तो भन्दै गर्दा देश र जनताले राजनीतिक स्थिरता खोजिरहेका छन् । त्यसको जगमा दिगो बिकास खोजेका छन् । धार्मिक, ऐतिहासिक र प्राकृतिक विविधताले विश्वकै नमुना देशको समुन्नत सम्बृद्धि खोजेका छन् । शान्ति अनि सुशासनको सुनिश्चितता खोजेका छन् । राष्ट्रप्रेमी, देशभक्ति र स्वाभिमानी ‘भिजनरी’ नेतृत्व खोजेका छन् । जनताप्रति जिम्मेवार, उत्तरदायी, जवाफदेही र पारदर्शी ‘सरकार’ खोजेका छन् ।
तर, नेपालीहरुका यि चाहाना ‘आकाशको फल आँखा तरी मर’ भनेजस्तै भएको छ । जनजिब्रोमा आउने गर्छ, ‘एउटा राजा हटाएर सयौँ राजा ल्यायौँ ।’ आज नियाल्ने हो भने नेपाल र नेपालीका ऐतिहासिक, परम्परागत मुल्य-मान्यता, धर्म-संस्कृती, धराशायी बनाइँदैछ । देशको नक्सामा समेटिएको भूभागमा बस्ने नेपालीले खुलेर म नेपाली हुँ भन्न सक्ने अबस्था छैन । विज्ञान र नयाँ सम्यतासँगै आएका प्रविधीको दासत्व प्रवृत्तिका कारण समाजमा विकृत्रि, विसंगति सँगै नयाँ थुप्रै चुनौतीहरु देखा परेका छन् । पुराना पुस्ता सरकारको कार्यशैली देखेर वाक्कदिक्क छन् । नयाँ पुस्तालाई भरोसा नै छैन । राज्य, सत्ता र नेतृत्वप्रत्ति वितृष्णा बढ्दो छ । अन्याय, अत्याचार, भ्रष्ट्रचारको जालो मौलाउँदै छ ।
समाज, देश, सत्ता र सरकारको नेतृत्व गर्नेहरु विधी, पद्धति, नियम, कानुन र मार्यादाको उल्लंघन गर्दै हिँडिरहेका छन् । जसका कारण ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने भाष्य स्थापित हुँदैछ । सर्वसाधरणले समान अधिकारको प्रत्याभुति गर्न पाएका छैनन् । जताततै नातावाद, कृपावाद र चाकडीप्रथाले नराम्रोसँग जरा गाडेको छ । अनुत्पादक क्षेत्रमा देशको लगानी बढि छ । टुक्रे योजनाले प्राथमिकता पाउँदैछ । सामाजिक हितका निम्ती हैन्, सत्ताको नेतृत्व र तीनका आसेपासेका स्वार्थसिद्धिका लागि योजना विनियोजन गरिन्छ । त्यसको उचित कार्वान्वयन हुँदैन । बिकासे योजनामा गुणस्तरीयता भन्दा बढि कमिसनको हिसावकिताब चेकजाँच गरिन्छ ।
एकातर्फ, देशमा स्वदेशी तथा विदेशी लगानी ल्याउने तर्फ सरकारको ध्यान छैन । देशमा भएका उद्योग, कलकारखानाले नियमित पारदर्शी हिसावले राजश्व बुझाउँदैनन् । उपयोग गरेको बिजुली तथा पानीको महशुल तिर्दैनन् । कम्पनी घाटामा देखाउँदै अकुत सम्पती थुपारिरहेका छन् ।
अर्काेतर्फ, नव उद्यमीहरुका निम्ती सरकारले सुरक्षाको ग्यारेन्टी दिन सकेको छैन । सोझासाझा जनताले जेनतेन गरेर चलाउन सुरु गरेका कम्पनी र उद्योग कलकारखानाहरु राज्यको चर्काे कर असुली धन्दाका कारण खण्डहर बन्दैछन् । सरकारले लगानीको ग्यारेन्टी दिने कुनै कार्यक्रम ल्याउँदैन् । अनुदान, सहुलियत पूर्ण कर्जा सामान्य नागरिकले पाउँदैनन् ।
अझैपनि कतिपय जनताले उचित गुणस्तरीय उपचार हैन्, सिटामोल मात्रै नपाएर ज्यान गुमाउनु पर्ने बाध्यता कायम नै छ । नेताको उपचारका निम्ती भने सरकारले करोडौँ रकम खर्च गर्छ । हिजो जनताको जनजीवन फेर्ने सपना देखाएर चप्पल पट्काउँदै सत्तामा पुगेकाहरुको जीवनशैली आज लोभलाग्दो छ । गुणस्तरीय आधारभुत आवश्यकता हरेक नागरिकको पहुँचमा कागजमा मात्रै सिमित हुन पुगेको छ । कानुन छ, कार्वान्वयन छैन । कार्वान्वयन हुन्छ, समानता हुन्न । समग्रमा भन्नुपर्दा देशको हालत सम्हाल्नै नसक्ने गरि बिग्रिँदैछ । यसतर्फ समयमै ध्यान पु¥याउन नसके राष्ट्रकवि लक्ष्मीप्रसाद देवकोटाले कवितामा ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’ भने जस्तै नहोला भन्न सकिन्न !
अहिलेसम्म आलोपालो प्रधानमन्त्री, मन्त्री बनेकाहरुलाई देशको यो कान्तिविजोक हुँदा मनमा के लाग्छ ? त्यो मलाई थाहा छैन् ।
तर, मलाई यत्ति थाहा छ । थुप्रै निर्मला पन्तहरुले न्याय पाउन सकेका छैनन् । तुइन तरिरहँदा नदीमा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीहरु अझै भेटिएका छैनन् । नारायणहिटी, मदन भण्डारी जस्ता हत्याकाण्ड ‘रहस्यको गर्भ’ मै छ । देशको अर्थतन्त्र रेमिट्यान्सले नै धानिरहँदा पनि विपिन जोशीहरुका अबस्था बेखबर छन् । अन्ततः अर्काको देशमा आफ्नो रगत, पसिना अनि स्वाभिमान वेचेर धन अनि खुसी किन्न परदेश गएकाहरु ‘कफनमा’ फर्किन बाध्य छन् । उनीहरुका असह्य पीडा, रोदन, चित्कार अनि अन्तिम श्वास फेर्दा नेपालप्रतिको भावना सरकारले महसुश गर्न सकेको छैन ।
मलाई यो पनि थाहा छ । आफू व्यवसायका कारण आर्थिक रूपमा डुबेका र त्यसका लागि सरकारी नीतिहरू दोषी रहेको भन्दै संसद भवन अगाडी आफैँलाई आगो लगाएर जलाएका प्रेम आचार्यहरुको गुनासो बुझ्न सकेको छैन । न त देशमा आफ्नो भविष्य नदेखेर जतिसक्दो छिटो स्वदेश छाड्न पाउँ भन्दै बालकुमारीमा प्रदर्शन गर्दागर्दाै सरकारी गोली खाएर मृत्युवरण गरेका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतहरुको मनोकांक्षा सुन्न सकेको छैन ।
यति लेख्दै गर्दा त्यसोभए देशमा बिकास नै भएको छैन त ? भन्ने प्रश्न उब्जिन सक्छ । हो, बिकास भएको छ । तर, त्यति मात्रै जति समयमापन विकासक्रम अनुसार न्युनतम नभई नहुने थियो ।
समयसँगै देशमा थुप्रै राजनीतिक परिवर्तन भए । तन्त्र फेरियो । दल फेरिए । नेता फेरिए । सरकार ढल्यो । नयाँ सरकार बन्यो । प्रत्रानमन्त्री फेरिए । मन्त्री फेरिए । तर, के देशमा कति तीनै राजनीतिक दलले देशमा ‘तन्त्र’ फेर्ने बेला देखाएका सपना जस्तै मुलुकको अबस्था फेरियो त ? चुनावअघि जनतासँग प्रतिबद्धता गरेजस्तै जितेपछि पटकपटक मन्त्री प्रधानमन्त्री अनि जनप्रतिनिधी बनेकाहरुले भनेजस्तै नयाँ व्यवस्थामा जनताको अबस्था फेरियो त ?
हो मलाई थाहा छ, यो देशमा पटकपटक सरकार ढल्यो, ढालियो । अनि, फेरियो । तर, त्यो ढालेको व्यवस्था, ढालिएको सरकार अनि फेरिएका नेतृत्वले राष्ट्र, राष्ट्रियता सँगै आम नेपालीहरुका निम्ती के गरे ?
सत्य, तथ्य अनि निष्पक्ष भएर सायदै यसको जवाफ कसैले दिन सक्ला !
तर, मलाई लाग्छ । यसको जवाफ हरेक नेपाली नागरिकले माग्नुपर्छ । देशको यो दुरावस्थामा हुँदासम्मको नैतिक जिम्मेवारी सबैले लिनुपर्छ । किनकी, प्रश्न गर्नेले उत्तर पनि दिन सक्नुपर्छ । फल प्राप्तीको चाहाना राख्नेले पसिना बगाउन सक्नुपर्छ । राष्ट्रले मलाई के दियो भनेर सोध्नेले देशका निम्ती मैले यो दिएँ भन्न सक्नुपर्छ । फलानो फलानोका कारण देश बिग्रियो भनेर गाली गर्नेले राष्ट्रहितका निम्ती योगदान गर्न तयार हुनुपर्छ ।
अब आम नेपालीलाई के गुम्यो ? के बिग्रियो भनेर आरोपप्रत्यारोप मात्रै गरेर बस्ने छुट छैन । देशको दुरावस्थाका कारण निराश बनेर नेतालाई गाली गर्दैमा भाविपुस्ताको ‘सराप’ बाट उन्मुक्ति पाइँदैन् ।
त्यसैले अब समस्त नेपालीले व्यबस्थालाई दोष दिन छाड्नुपर्छ । नेतालाई गाली गरेरै खुसी भइराख्ने प्रवृत्ति त्याग्नुपर्छ । वितृष्ण र नकरात्मक दृष्टिकोणलाई तिलान्जली दिनुपर्छ । सँगै सुरु गर्नुपर्नेछ, सम्बृद्ध राष्ट्र बनाउने अभियान ! जनताप्रति उत्तरदायी, जिम्मेवार, पारदर्शी, जवाफदेही, दुरदर्शी, भिजनरी, परिपक्क, राष्ट्रप्रेमी नेतृत्व बनाउने अभियान !
सायद, त्यसपछि बन्नेछ । आम नेपाली ‘जनताको सरकार, नेपाल सरकार’ ।
जय देश ! जय नेपाल !
आरके श्रीवास्तव,राैतहट,०२ गते पुस ।
लाेकतान्त्रिक समाजवादी पार्टी नेपालले ८ जनालाई केन्द्रीय सदस्यमा मनाेनित गरेको छ । पार्टी अध्यक्ष महन्थ ठाकुर द्वारा हस्ताक्षरित पत्रमा आठ जना मनाेनयनमा परेका छन् ।
मनाेनित हुने केन्द्रीय सदस्यहरूमा राैतहट बाट रामप्रवेश दास तत्मा,सप्तरी बाट श्याम सरदार,सिरहा बाट जिवक्ष प्रसाद यादव रहेका छन् ।
त्यस्तै धनुषा बाट सुनिल कुमार यादव,सर्लाही बाट जगत महरा,बारा बाट मञ्जु कार्की रहेका छन् ।

त्यसैगरी कञ्चनपुर बाट भाेगा देवी राना थारू,कास्की बाट रविन्द्र सुनार मनाेनयमा परेका छन् । उनीहरूलाई पार्टी संशाेधित विधान अनुसार कार्यक्षमताकाे उच्च मूल्यांकन गरि केन्द्रीय सदस्य बनाईएकाे लाेसपाले जनाएको छ ।
देश,मधेस एवम् पार्टीको हितमा मनाेनित केन्द्रीय सदस्यहरूले काम गर्ने र कार्यकाल उपलब्धि मूलक रहनेमा लाेसपा आशावादी रहेको छ ।
आरके श्रीवास्तव,राैतहट,२८ मंसिर ।
नेपाल पत्रकार महासङ्घ रौतहटको अध्यक्षमा सञ्जय कुमार कार्की निर्वाचित भएका छन् ।
शुक्रवार सम्पन्न नेपाल पत्रकार महासङ्घ रौतहटको निर्वाचनकाे सार्वजनिक भएको मत परिणाम अनुसार १५ मत ल्याएर कार्की निर्वाचित भएका हुन् । नेपाल प्रेस युनियनका उम्मेदवार कार्की आफ्ना निकटतम प्रतिद्वन्द्वी उत्तम उपाध्याय र रवीन्द्र प्रसाद साहलाई ३ मतले पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
प्रतिद्वन्द्वी उपाध्याय र साहले १२/१२ मत प्राप्त गरेका हुन् । त्यस्तै अध्यक्षका अर्का उम्मेदवार मदन ठाकुर (धनञ्जय) ले ६ मत प्राप्त गरेका हुन् ।
त्यस्तै उपाध्यक्षमा डिल्ली बहादुर कार्की निर्वाचित भएका हुन् । उनले १८ मत प्राप्त गरेका छन् । कार्कीका निकटतम प्रतिद्वन्द्वी राम एकवाल साहले १५ र पुष्प राज यादवले ११ मत ल्याएका हुन् ।
त्यस्तै सचिवमा २६ मत ल्याएर गौतम श्रेष्ठ निर्वाचित भएका छन् । भन्ने श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी राकेश यादवले ८ मत ल्याएका छन् । सह-सचिवमा जीतेन्द्रलाल श्रीवास्तव तथा कोषाध्यक्षमा सञ्जय कुमार सहनीले २४ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको हो ।
आरके श्रीवास्तव,राैतहट,२८ गते मंसिर ।
आज नेपाल पत्रकार महासंघकाे तिनै तह केन्द्र,प्रदेश र जिल्लामा निर्वाचन हुँदै छ । साेही निर्वाचन तालिकाअनुसार नै नेपाल पत्रकार महासंघ राैतहट शाखाकाे लागि पनि निर्वाचन हुन लागेको हाे । जसकाे लागि सम्पूर्ण तयारी पुरा भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनकाे लागि मतपत्रहरू जिल्लामा आईसकेका छन् । बिहीबार राैतहट शाखाका उम्मेदवारहरूकाे मनाेनयकाे अन्तिम नामावली प्रकाशन पनि भएको थियोे । जसमा उपाध्यक्ष पदका उम्मेदवार प्रविण शर्माले उम्मेदवारी फिर्ता लिएका थिए । उनी बाहेक सबै यथावत् छन् ।

अध्यक्ष पदका लागि ४ जनाकाे उम्मेदवारी परेकाे छ । अध्यक्ष पदका लागि मदन ठाकुर धनन्जय,सञ्जय कुमार कार्की,उत्तम उपाध्याय र रविन्द्र प्रसाद साह भिडदैछन् । चारैजनबिच कडा प्रतिस्पर्धा हुने निश्चित छ ।
उपाध्यक्ष पदमा पुष्पराज यादव,दिल्ली बहादुर कार्की,रामएकवाल साहले भिड्दैछन् । महिला उपाध्यक्ष पदमा विना राउत श्रीवास्तव निर्विरोध निर्वाचित भएकी छिन् ।
सचिवमा गाैतम श्रेष्ठ,राकेश कुमार यादव,संताेष पाैडेल,सह सचिव(समावेशीमा) दिनेश यादव,राकेश यादव लडदैछन् ।
त्यस्तै सह सचिव खुलामा जितेन्द्र लाल श्रीवास्तव,धर्मेन्द्र साह र काेषाध्यक्षमा किशोरी यादव,विकास अग्रवाल र संजय कुमार सहनी बिच लडाइँ हुँदैछ ।
त्यसैगरी महिला सदस्य रूद्र कार्की,दलित सदस्यमा रामप्रवेश बैठा,आदिवासी जनजाति सदस्यमा प्रकाश श्रेष्ठ,मधेसी सदस्यमा नन्दभूषण श्रीवास्तव,अन्य समावेशी अपांगमा रामपुकार राउतले निर्विरोध निर्वाचित भइसकेका छन् ।
अन्य सदस्य खुलामा उमेश यादव,कृष्णा तिवारी,रेशमी पटेलले उम्मेदवार दिएका थिए । केन्द्रीय परिषद सदस्यमा शैलेन्द्र गुप्ता,प्रदेश परिषद् सदस्यमा रमेश तिमल्सिनाले मनाेनयन दर्ता गराएका थिए । उनीहरू पनि निर्विरोध निर्वाचित भइसकेका छन् । नेपाल पत्रकार महासंघ राैतहट शाखाकाे लागि ११ पदमा एकलाे उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।
४५ जना मतदाता रहेको पत्रकार महासंघ राैतहट शाखाकाे जिल्ला कार्यसमितिको नयाँ कार्यसमिति चयनका लागि शुक्रबार २८ मंसिरमा मतदान हुँदैछ । मतदान बिहान १० देखि अपरान्ह ४ बजेसम्म हुनेछ ।
आरके श्रीवास्तव,राैतहट,२६ गते मंसिर ।
नेपाल पत्रकार महासंघ राैतहट शाखाका उम्मेदवारहरूकाे मनाेनयकाे नामावली प्रकाशन भएको छ । जसमा अध्यक्ष पदका लागि ४ जनाकाे उम्मेदवारी परेकाे छ । अध्यक्ष पदका लागि मदन ठाकुर धनन्जय,सञ्जय कुमार कार्की,उत्तम उपाध्याय र रविन्द्र प्रसाद साहले मनाेनयन दर्ता गराएका छन् ।
उपाध्यक्ष पदमा पुष्पराज यादव,दिल्ली बहादुर कार्की,प्रविन कुमार शर्मा,रामएकवाल साहले उम्मेदवारी दर्ता गराएका हुन् । महिला सदस्य पदमा विना राउतकाे एकलाे उम्मेदवारी परेकाे छ । साे पदमा अन्यले उम्मेदवारी नदिएपछि निर्विरोध निर्वाचित हुने निश्चित देखिन्छ ।
सचिवमा गाैतम श्रेष्ठ,राकेश कुमार यादव,संताेष पाैडेल,सह सचिव(समावेशीमा) दिनेश यादव,राकेश यादवले मनाेनयन दर्ता गराएका हुन् ।
त्यस्तै सह सचिव खुलामा जितेन्द्र लाल श्रीवास्तव,धर्मेन्द्र साहले उम्मेदवारी दिएका छन् भने काेषाध्यक्षमा किशोरी यादव,विकास अग्रवाल र संजय कुमार सहनीले उम्मेदवारी दिएका हुन् ।
त्यसैगरी महिला सदस्य रूद्र कार्की,दलित सदस्यमा रामप्रवेश बैठा,आदिवासी जनजाति सदस्यमा प्रकाश श्रेष्ठ,मधेसी सदस्यमा नन्दभूषण श्रीवास्तव,अन्य समावेशी अपांगमा रामपुकार राउतले मनाेनयन दर्ता गराएका हुन् ।
अन्य सदस्य खुलामा उमेश यादव,कृष्णा तिवारी,रेशमी पटेलले उम्मेदवार दिएका हुन् । केन्द्रीय परिषद सदस्यमा शैलेन्द्र गुप्ता,प्रदेश परिषद् सदस्यमा रमेश तिमल्सिनाले मनाेनयन दर्ता गराएका हुन् । नेपाल पत्रकार महासंघ राैतहट शाखाकाे लागि ११ पदमा एकलाे उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित हुने निश्चित देखिन्छ । यदि कुनै पदमा दाबी विराेध भएन भने उनी स्वत: निर्विरोध निर्वाचित हुनेछन् । यसकाे परिणाम भने भाेली मात्रै सार्वजनिक गरिनेछ ।
नेपाल पत्रकार महासंघ राैतहटको चुनावका लागि आज मनाेनय दर्ताकाे लागि समय ताेकिएकाे थियोे । बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म समय सिमा ताेकिएकाे थियोे । अपरान्ह ४ बजे उम्मेदवारहरूकाे नामावली प्रकाशन गरिएको थियोे ।
आज मंसिर २६ गते अपरान्ह ४ बजे देखि भाेली मंसिर २७ गते बिहान ८ बजे सम्म उम्मेदवार उपरकाे दाबी विराेधका लागि समयसिमा ताेकिएकाे हाे । साेही दिन बिहान ८:३० बजे उम्मेदवारले नाम फिर्ता लिने र बिहान १० बजे उम्मेदवारकाे अन्तिम नामावली प्रकाशन निर्वाचन समितिले जनाएको छ ।
जिल्ला समिति कार्यसमितिको नयाँ कार्यसमिति चयनका लागि २८ मंसिरमा मतदान हुने भएको छ । मतदान बिहान ९ देखि अपरान्ह ४ बजेसम्म हुनेछ ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,२५ गते मंसिर ।
बाराकाे माहागढी नगरपालिकाकाे बरियापुरमा लागेको विश्व प्रसिद्ध गढिमाई फर्किरहेकाे गाडि राैतहटमा दुर्घटना हुँदा ८ जना मृत्यु भएको दु:खद खबर प्राप्त भएको छ । जिल्लाकाे चन्द्रपुरमा गढिमाई दर्शन गरेर फर्किरहेका दर्शनार्थीहरू मृत्युकाे खबर सबैलाई मर्माहत बनाएको छ ।
गढिमाई दर्शन गरेर सिरहा फर्किरहेकाे बा १६ च ३१६२ नम्बरको स्कर्पियो चन्द्रपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमा रुखमा ठोक्किएर दुर्घटना भएको हो ।
गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएको रौतहट प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेहरूमा सिरहाको अर्नामा गाउँपालिका ३ का ६० वर्षीया लरुवदि देवी महरा, ३० वर्षीया उर्मिला देवी महरा, ५० वर्षीया रामकुमारी देवी महरा, ५५ वर्षीया महङ्गी देवी महरा, ६२ वर्षीया फुलबन्ती देवी चमार, ६० वर्षीया रामकुमारी देवी महरा, ३० वर्षीया सकुन्तला देवी महरा र स्कार्पियो चालक ४० वर्षीय शिव कुमार यादव रहेका छन् ।
दुर्घटना गए राति अनियन्त्रित भइ भएको बुझिएको छ ।
बज्जिकाञ्चल संवाददाता, राैतहट,२२ गते मंसिर ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को रौतहट जिल्ला कमिटि गठन गरिएको छ । रौतहटको गरुडा नगरपालिका ५ स्थित झाँझपुलमा शनिवार भएको जिल्ला भेलाले जिल्ला कमिटि गठन गरेको हो ।
रास्वपाको जिल्ला समिति सभापतिमा प्रदीप साह, उपसभापतिमा उपेन्द्र यादव, सचिवमा धीरेन्द्र चौधरी तथा सहसचिवमा शेख कसमुदीन चयन भएका छन् ।
राजनारायण साह खुल्ला सदस्य, विनिताकुमारी साह १ नम्बर क्षेत्रीय सदस्य, लक्ष्मी राय यादव २ नम्बर क्षेत्रीय सदस्य, नवियन खातुन ३ नम्बर क्षेत्रीय सदस्य तथा अजयकुमार साह ४ नम्बर क्षेत्रीय सदस्यमा चयन हुँदै जिल्ला समिति सदस्यमा परेका छन् ।
सबै पालिका सभापति र निर्वाचन क्षेत्र समितिका सभापतिहरु जिल्ला समितिमा पदेन सदस्य रहने र कोषाध्यक्षको चयन जिल्ला कार्य समितिको बैठकबाट चयन गरिने चन्द्रपुर नगर सभापति उदय सापकोटा जानकारी गराउनु भएको छ ।
रास्वपाका केन्द्रीय सदस्य डा. नन्दन यादवको प्रमुख आतिथ्यमा भएको रास्वपा कार्यकर्ताको जिल्ला भेलाको अध्यक्षता जिल्ला संयोजक प्रदीप साहले गरेका थिए । कार्यक्रममा पार्टीका मधेश प्रदेश सभापति इ. तपेश्वर यादवको विशेष उपस्थिति रहेको सापकोटाले जानकारी गराउनु भएको छ ।
बिरगंज,२२ गते मंसिर ।
पर्साको विन्दवासिनी गाउँपालीका वडा नं ५ प्रसौनी भाठ्ठा स्थित श्री मसरुर पव्लिक विधालयको प्राङ्गणमा आज एक दिवसीय आँखा शिविर सम्पन्न भएको छ।

“प्रेम सबै लाई गर कसैलाई घृणा न गर भन्ने मुल नाराका साथ आज आखाँ शिविर सम्पन्न भएको छ।
केडिया आखाँ अस्पतालको प्रविधि सहयोगमा र स्थानीय आयोजक अहमदिया संघ नेपालको आयोजनामा शिविर सम्पन्न भएको छ।

शिविरमा ४५२ जनाको आखाँ जाँच गरिएको थियो जस्मा १५० जना मोतियाबिन्दुको बिरामी फेला परेका छन्। मोतियाबिन्दुको बिरामीको अप्रेसन परवानीपुर केडिया आखाँ अस्पतालमा हुने सो शिविरमा केडिया आखाँ अस्पतालको प्रविधिक डक्टर डा अम्बिका साह,व्यास महतो,कैशल कुमार कर्ण रहेका थिए।

सो कार्यक्रमको पुर्व प्रदेश सभा सदस्य प्रह्लादलाद गिरीको मुख्य आतिथ्यमा सम्पन भएको छ।भने विशिष्ट अतिथि विन्दवासिनी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष मोहन राउत अहिर ,केडिया आखाँ अस्पतालका डा. राज किशोर साह रहेका थिए।
शिविरमा चेकजाँच गर्दा मोतियाबिन्दुको विरामी फेलापरेमा निशुल्क केडिया आखाँ अस्पतालमा अप्रेसन हुने स्थानिय आयोजक संस्थाका प्रतिनिधि बारा पर्सा इन्चार्ज हासिम अहमदले बताए।
आखाँ शिविर कार्यक्रम अहमदिया संघ नेपालका कोषाध्यक्ष इसराइल अहमदको अध्यक्षतामा भएको कार्यक्रमको संचालन अहमदिया संघ नेपालका बारा पर्सा इन्चार्ज हासिम अहमदले गरेका थिए।
बारा,२२ गते मंसिर ।
बारा : बारा जिल्लाको महागढीनाई नगरपालिका वडा न ०१ बरियारपुर स्थित लागेको विश्व प्रसिद्ध गढीमाई मेलामा दर्शनार्थीहरुको भिड बढेको छ ।मंसिर ०१ गते देखि सुरु भएको गढीमाई मेलामा मंसिर २२ गते शनिवार अहिले सम्मकै उच्च भिडभाड भएको देखिएको छ ।शनिवार बिहानै देखि गढीमाई माताको दर्शन गर्न दर्शनार्थीहरुको घुइँचो लागेको छ ।देश बिदेश बाट लाखौंको संख्यामा गढीमाई माताको दर्शन गर्न आएका दर्शनार्थीको भिड शनिवार बिहानै देखि लागेको छ ।
बिश्वमै पशु बलिको रुपमा प्रख्यात रहेको विश्व प्रसिद्ध गढीमाई मेलामा अहिले देश बिदेश बाट दर्शनार्थीहरु आउने क्रम जारी रहेको मेला मुल ब्यवस्थापन समितिले जनाएको छ ।यस बर्षको मेलामा करिब ३ करोड दर्शनार्थीले मेलाको अवलोकन गर्ने मेला समितिले अनुमान गरेको छ ।मंसिर २३ गते आईतवार विशेष पूजा सम्पन्न भए पछि पशु बलि दिइने सुरु हुने कार्यक्रम तय भएको मेला मुल ब्यवस्थापन समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले बताए ।यस बर्षको विश्व प्रसिद्ध गढीमाई मेलामा अब दर्शनार्थी आउने क्रम सुरु भएकोले भिडभाड बढेको नगरप्रमुख यादवले बताए ।
देश तथा बिदेश बाट आउने दर्शनार्थीहरुको बास ,खाने लगाएतको ब्यवस्थापनमा मेला समितिले कुनै कसर बाकी नराखेकोले दर्शनार्थीहरुलाई मेला अवलोकन गर्नमा सहज भएको देखिएको छ ।शनिवार बिदा भएकोले अरु दिनको तुलनामा आज दर्शनार्थीहरुको घुइँचो लागेको छ ।गढीमाई मन्दिरका मुल पूजारीले नर बलि दिए पछि मात्र गढीमाई मेलामा पशु बलि दिइने मेला मुल ब्यवस्थापन समितिले जनाएको छ ।अहिले पशु बलिको लागि मेलामा करिब २ हजार रङा आईसकेको र अझै रङा आउने क्रम जारी रहेको बलि ब्यवस्थापन उपसमितिले जनाएको छ ।विश्व प्रसिद्ध गढीमाई मेला प्रत्येक पाँच बर्षमा लाग्ने गर्छ ।मंसिर ०१ गते देखि सुरु भएको गढीमाईको मेला मंसिर ३० गते सम्म चल्ने छ ।
अरु बर्षको गढीमाई मेलाको तुलनामा यस बर्षको गढीमाई मेलामा ब्यवस्थापन राम्रो भएको दर्शनार्थीहरुले बताएको छ ।
फाेटाे फिचर

मेवालाल यादव ,मंसिर २२ , रौतहट
चन्दन प्रजापतिको स्वर रहेको ‘ईहे नु हइ गढिमाई ‘बोलको गीत सार्वजनिक गरिएको छ । गीतको भिडियो ‘ चन्दन प्रजापति औफिसियल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतको शब्द अमोध गुप्ताले कोर्नुभएको हो भने गीतमा संगीत मुना मुस्कानले एरेन्ज गर्नु भएको छ। गढिमाईको नगर प्रमुख उपेन्द्र प्रसाद यादवको निर्माणमा बनेको ईहे नु हइ गढिमाई ‘बोलको गीतमा रौतहट जिल्लाका प्रख्यात युवा हास्य कलाकार दिपेश शर्मा र बिमला गुप्ताको अभिनय रहेको छ ।
रौतहट जिल्लाका प्रख्यात युवा हास्य कलाकार दिपेश शर्माको प्रस्तुति रहेको गढीमाईको महिमा झल्काउने सुमधुर भोजपुरी गीत हालै सार्वजनिक भएको छ। यो गीतले गढीमाई देवीको धार्मिक र सांस्कृतिक महत्वलाई प्रस्तुत गर्दै भक्तजनहरूलाई आकर्षित गर्ने प्रयास गरेको युवा हास्य कलाकार दिपेश शर्माले बताउनु भयो ।
गीतमा दिपेश शर्माको कलात्मक प्रस्तुतिसँगै स्थानीय संस्कृति, परम्परा, र धार्मिक विश्वासहरूको झल्को पाइन्छ। यसले गढीमाईको महिमा मात्र होइन, भक्तहरूको भावनालाई पनि समेटेको छ। गीतले नाचगान, धार्मिक गतिविधि, र सामूहिक श्रद्धाको झलक समेत प्रस्तुत गरेको छ।
यो गीत गढीमाई मन्दिरको महत्त्वलाई अझ बढी प्रचारप्रसार गर्न प्रेरणादायक हुने अपेक्षा गरिएको छ। गीत सार्वजनिक भएसँगै दर्शक-श्रोताहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्।
ओम प्रकाश यादव
मङसिर २२ गते, रौतहट।
रौतहटमा किसानका लागि अत्यावश्यक पर्ने रासायनिक मलमा कालोबजारी सुुरु भएको छ ।
किसानलाई यतिखेर गहुँको बीउ छर्न मलखाद्यको आवश्यक्ता रहेको बेला जिल्लाको ग्रामीण क्षेत्रका बजारहरुमा युरिया र डिएपी मलको कालोबजारी बढेको छ।
यहि मौका छोपी बजारमा मलको कालोबजारी सुरु भएको छ । जिल्लाको माधवनारायण नगरपालिका, गढिमाई नगरपालिका सहित अधिकांश पालिकामा तोकिएको भन्दा बढी मूल्यमा रसायनिक मल बिक्री भइरहेको किसानहरूले बताएका छन्।
तोकिएको भन्दा बढी मूल्यमा रसायनिक मल बिक्री हुँदा किसानहरू मर्कामा परेका छन्।
माधोपुर लगायतका ग्रामिण बजारका केही व्यापारीले एक हजार रुपैयाँ पर्ने युरिया मल १२ सय देखि १४ सय सम्ममा बिक्री गरिरहेको किसानहरुले गुनासो गरेका छन् ।
त्यस्तै २ हजार ५ सय पर्ने डिएपी ३ हजार ४ सयदेखि ३ हजार ५ सय सममा बिक्री भइरहेको माधव नारायण नगरपालिका -६ माधोपुरका किसान किसुन राय यादवले बताएका छन्।
किसानको मागअनुसार युरिया र डिएपि मल उपलब्ध हुन सकेको छैन तर कतिपय ब्यापारीले लुकिछिपी कालोबजारी गरिरहेको कारण आफूहरु मारमा परेको किसान यादवले दुखेसो गरे ।
सम्बन्धित निकाय वा जिल्ला प्रशासन कार्यालय रौतहटले बजार अनुगमन गरी मल कालोबजारी गर्नेलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग उनले गरे ।
आफूहरुले सरकारी दर रेटमा मलखाद्य पाउनुपर्ने उनले बताए । अधिकांश ग्रामीण भेगमा किसान पिडामा छन् तर स्थानीय जनप्रतिनिधीले उनीहरुका माग सम्बोधन नगरेको गुनासो आइरहेको छ ।
स्थानीय निकायले पनि किसानलाई सहज रूपमा मल उपलब्ध गराउन चासो नलिएको गुनासो बढेको छ। कतिपय स्थानीय सरकारबाट संघ संस्थाले किसानलाई सहज रुपमा मल उपलब्ध गराउन अनुदानमा पाएका मल किसानलाई नदिइ बिचौलिया संग बिक्री गर्ने गरेका छन् जस कारण वास्तविक किसानले प्रर्याप्त मल पाउन सकिरहेका छैनन ।
सरकारबाट विभिन्न कृषि सहकारी संघ संस्थाले अनुदानमा पाएका मलखाद्य किसानलाई नदिई बढी मूल्यमा व्यापारीसँग बेच्ने गरेका छन् । ती व्यापारीहरूले चर्को मूल्यमा किसानलाई मलखाद्य बेच्ने गरेका छन् जस कारण किसानहरू निकै मारमा परेका छन्।
रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले मल र दैनिक उपभोग्य बस्तुको सामानमा कालोबजारी गरिएको पाईएमा कडा कार्वाही गर्ने चेतावनी दिएका छन् ।
तोकिएको भन्दा बढी मूल्यमा कसैले मल बिक्री गरेको पाइए प्रहरीलाई खबर गर्न सिडिओ रेग्मीले आग्रह गरेका हुन् ।
काठमाडौं,२१ गते मंसिर ।
नयाँ रोमान्टिक डान्सिङ गीत “जाऊ हिँड पोखरा” सार्वजनिक भएको छ। पोखराको प्राकृतिक सुन्दरतालाई प्रेम र आकर्षणसँग जोडेर प्रस्तुत गरिएको यो गीतले श्रोता तथा दर्शकलाई नयाँ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।
गीतमा गायक मुकुन्द त्रिपाठी र चर्चित गायिका अस्मिता अधिकारीको आवाज रहेको छ। गीतका शब्द र संगीत स्वयम् मुकुन्द त्रिपाठीले सिर्जना गरेका हुन्। गीतलाई राजु सुनामले एरेन्ज गरेका हुन् भने ओजोन स्टुडियोमा रेकर्ड गरिएको हो । बिनोद परियारले गीतको मिक्सिङ गरेका हुन्।
भिडियोमा गायक मुकुन्द त्रिपाठी, सरिता दनकुटी र अनुभव त्रिपाठीको अभिनय फिचर्ड छन्। सुबास सुबेदीको सिनेमाटोग्राफी, सुबास अम्गाईको सम्पादन तथा कलरिङ, र युमी बलामीको कोरियोग्राफीले भिडियोलाई अझै आकर्षक बनाएको छ।
दुर्गा न्यौपाने त्रिपाठी निर्मात्री रहेको यस गीतको भिडियोलाई मुकुन्द त्रिपाठीले निर्देशन गरेका हुन्। मुकुन्द त्रिपाठीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतले श्रोता तथा दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।
भिडियो लिंक: https://youtu.be/KorvmrxqvW0?si=eWLwdmKKwOCOoEAP
- काठमाडौं,२१ गते मंसिर २०८१ ।
लामो समयदेखि पाठेघरको गम्भिर समस्याबाट आक्रान्त एक महिलाको नेपाल मेडिकल कलेजमा सफल उपचार गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ सुन्ताखानकी ५० वर्षीय सरस्वती कुँईकेलको बुधबार दुरबिनको माध्यमबाट पाठेघरको सफल शल्यक्रिया गरिएको हो ।
गत मंगलबार पाठेघरको शल्यक्रियाका लागि भर्ना भएकी कुँईकेलको कलेजकी स्त्री तथा प्रसुति रोग विभागकी प्रमुख प्रा.डा. रिता मरहठ्ठा नेतृत्वको टीमले सफल शल्यक्रिया गरेको हो । महिनाबारीमा अत्याधिक रक्तश्राव हुने, महिनाबारी समयमा नहुने जस्ताबाट पिडित कुँईकेलको भिडियो एक्सरे गरेर हेर्दा पाठेघरको भित्ता अत्यन्त बाक्लो भएको र पाठेघरमा ट्युमरसमेत पलाएको पाइएको प्रा.डा. रिता मरहठ्ठाले जानकारी दिइन् ।
‘उहाँ लामो समयदेखि महिनावारीमा अत्याधिक रक्तश्रावबाट पिडित हुनुहुन्थ्यो । विभिन्न औषधी उपचार गर्दापनि ठिक नभएपछि भिडियो एक्सरे गरेर हेर्दा पाठेघरको भित्ता बाक्लो भएको र ट्युमर पनि पलाएको पाइयो । त्यसपछि तत्कालै शल्यक्रिया गर्न सल्लाह दियौं ।’ प्रा.डा. मरहठ्ठाले भनिन् । सरस्वतीको औषधीबाट उपचार नभएपछि प्रा.डा.मरहठ्ठाले पाठेघरको शल्यक्रिया गर्न सल्लाह दिएकी थिइन् ।
सरस्वतीको पाठेघरमा ट्युमर पाइएपछि प्रा.डा. मरहठ्ठाले पाठेघर निकाल्न सुझाएकोमा उनकै नेतृत्वमा दुरबिनको माध्यमबाट सफल शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पश्चात बिरामी सरस्वतीको स्वास्थ्यमा सुधार आएपछि अस्पतालले शनिबार डिस्चार्ज समेत गरिसकेको छ ।
नेपाल मेडिकल कलेजको स्त्री तथा प्रसुति रोग विभागमा दुरबिनको माध्यमबाट जतिपनि शल्यक्रियाहरु गरिन्छ त्यसको नेतृत्व डा. मरहठ्ठाले गरिरहेकी छन् । कलेजमा १०-१२ वर्षयता पाठेघरका जटिल शल्यक्रिया र उपचार भइरहेको छ । विगत २५ वर्षदेखि कलेजमा कार्यरत प्रा.डा. मरहठ्ठा स्त्री तथा प्रसुति रोगको वरिष्ठ विशेषज्ञ डाक्टर हुन् । विभागमा स्त्री रोग विशेषज्ञहरु डा. सनिता कायस्थ, डा. अमृता गिरी, डा. अंशुमाला जोशी, डा. आस्था श्रेष्ठ, डा. अमरेन्द्र प्रसाद कुशवाहा लगायत रहेका छन् ।
आमाको सफल शल्यक्रिया भएकोमा खुसी व्यक्त गर्दै छोरा जनार्दन कुँईकेलले अस्पतालबाट प्राप्त सेवाहरु राम्रो र प्रभावकारी रहेको बताए । आफुहरु स्थानीय भएको तथा लामो समयदेखि मेडिकल कलेजमै उपचार गराईरहेको बताउँदै अस्पतालले हरेक रोगको उपचारमा विशेषज्ञ चिकित्सकहरु उपलब्ध गराएकाले सर्वसुलभ शुल्कमै उपचार गर्न पाइएको बताए । ‘अस्पतालको सेवाहरु राम्रो छ । हामी नियमित आइरहन्छौं । मेडिकल कलेज भएकोले शुल्क पनि सस्तै छ । विशेषज्ञ डाक्टरहरु हुनुहुन्छ । स्टाफ नर्सहरु पनि सहयोगी हुनुहुन्छ ।’ उनले भने ।
कलेजमा पाठेघरको समस्या लिएर आउने बिरामीहरु बढिरहेका छन् । बदलिँदो जीवनशैली र खानपानका कारण पछिल्लो समय महिनाबारी गडबडी र पाठेघरको समस्याका बिरामीहरु बढेका छन् । त्यसो त विभागमा अनुभबी र विशेषज्ञ चिकित्सकहरु रहेकाले स्त्री रोग सम्बन्धी उपचारका लागि टाढाबाट बिरामीहरु आउने गरेका छन् । ‘हामी कहाँ हरेक रोग सम्बन्धी विशेषज्ञ चिकित्सकहरु हुनुहुन्छ । इमरजेन्सी र साधारण ओपिडीमा विशेषज्ञ चिकित्सकबाट उपचार हुन्छ, ओपिडीमा नभ्याउने बिरामीहरुको लागि इएचएसबाट पनि सेवा प्रदान गरिरहेका छौं ।’ स्त्री तथा प्रसुति रोग विभागीय प्रमुख प्रा.डा. मरहठ्ठाले बताइन् ।
बिमलेश कुमार झा,राैतहट,२१ गते मंसिर ।
रौतहट। नेपाललाई कृषि प्रधान देशको रुपमा चिनिँदै आए पनि किसानका समस्याहरू दिन-प्रतिदिन जटिल बन्दै गएका छन्। मौलापुर नगरपालिका वडा नं. ७ का समाजसेवी सुरेश प्रसाद कानुले किसानहरूको दयनीय अवस्था र आम्दानीको न्यूनताबारे गहिरो चिन्ता व्यक्त गरेका छन्।
कानसका अनुसार नेपालको अधिकांश किसानले आफ्ना खेतबारीबाट पर्याप्त आम्दानी गर्न सकिरहेका छैनन्। उत्पादनको लागत धेरै भए पनि आम्दानी निकै कम हुने समस्याले उनीहरू आर्थिक रुपमा पछि परेका छन्। उनले उदाहरण दिँदै भने, “एक कठ्ठा खेतमा धान वा गहुँ खेती गर्दा झन्डै ३०२० रुपैयाँ खर्च हुन्छ। तर, त्यसबाट आउने आम्दानी अधिकतम ३६०० देखि ४८०० रुपैयाँ मात्र हो। यसरी नाफा ५८० देखि १७८० रुपैयाँमै सीमित हुन्छ।”
कानुले किसानका लागि उत्पादित अन्नबालीको बजार व्यवस्थापन र उचित मूल्य निर्धारणको अभाव सबैभन्दा ठूलो समस्या रहेको बताएका छन्। “मधेशको धान होस् वा हुम्लाको स्याउ, किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन्,” उनले भने।
उनले किसानहरूको वास्तविक समस्या समाधान गर्नका लागि सरकारलाई ठोस कदम चाल्न सुझाव दिएका छन्। उनका अनुसार किसानको पहिचान सुनिश्चित गर्दै ‘कृषक परिचय पत्र’को व्यवस्था गर्न, उत्पादित अन्नबालीको मूल्य निर्धारण गर्न र बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन जरुरी छ।
कानुले थपे, “सामान्य किसानसँग पर्याप्त जमिन पनि हुँदैन। उनीहरूको आर्थिक अवस्था यति कमजोर छ कि खर्च कटाएर पनि जीवन धान्न कठिन भइरहेको छ। यदि यही स्थिति जारी रह्यो भने हामीले नेपाललाई कृषि प्रधान देश भन्न लाजमर्दो हुनेछ।”
उनका विचारमा सरकारले किसानका लागि अनुदान कार्यक्रम ल्याउनुका साथै उत्पादनको लागत घटाउने र बजार सुनिश्चित गर्ने कदम तत्काल चाल्नुपर्ने आवश्यकता छ।
सत्येन्द्र प्रताप सिंह,मंन्सिर २० रौतहट
ब्रीटिस काउन्सिल, भि.एस.ओ. र आसमान नेपालको साझेदारीमा संचालित जेम्स ( GEMS) परियोजनाको आर्थिक सहयोग र सहकार्यमा गढ़िमाई नगरपालिका स्वास्थ्य शाखा द्वारा आयोजित २१औं महिला स्वास्थ्य स्वंयसेविका दिवस २०८१ गढ़िमाई नगरपालिका सुन्दरपुरमा सफलतापुर्बक सम्पन्न भएको छ ।

२०२४ डिसेम्बर ५ का दिन ” बिबिध स्वास्थ्य क्रियाकलापहरुमा महिला स्वास्थ्य स्वयसेविकाको भूमिका स्वस्थ समाज निर्माणमा सहभागिता ” भन्ने नाराका साथ मनाइएको थियो। कार्यक्रमकमा आसमान नेपालका जेम्स ( GEMS) परियोजना रौतहटका परियोजना संयोजक संजय कुमार यादवले नेपालको स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयसेविकाले पुर्याएको योगदानको प्रशंसा गरे । महिला स्वास्थ्य स्वयसेविकाहरुको कडा परिश्रमका कारण हाल स्वास्थ्यका सूचकहरुमा धेरैनै सुधार भएको बताए । साथै महिला स्वास्थ्य स्वयंसेविकाहरुको कामको कदर गर्दै अझै प्रोत्साहन बढाउन उपस्थित सबैलाई दोसल्ला ओढाएर सम्मान गरे । कार्यक्रममा परियोजना संयोजक यादवको साथै वहाका सहयोगीहरु आसमान नेपालकका गढ़िमाई नगरपालिका स्वास्थ्य सहजकर्ता सुरज सहनी र सामुदायिक सिकाइ केन्द्र कि चांद कुमारीको पनि उपस्थिती थियो ।
यस कार्यक्रमका आयोजक तथा स्वास्थ्य शाखा प्रमुख योगेन्द्र साहले महिला स्वास्थ्य स्वयंसेविकाहरुको कामको प्रशंसा गर्दै उनीहरुको सेवा सुबिधा अझै बढाउन आफुले नगरपालिकामा पहल गर्ने आश्वासन दिए । साथै आसमान नेपालको आर्थिक सहयोग र सहकार्य जुटाई दिएकोमा संयोजक संजय कुमार यादवको साथै आसमान नेपालको सम्पूर्ण टीमलाइ धन्यवाद ज्ञापन गरेका छन् ।
आरके श्रीवास्तव,राैतहट,२० गते मंसिर ।
राैतहटमा भाेजपुरी गायक खेसारीलाल सँगसँगै नेपाली भाेजपुरी गायकले पनि दर्शकलाई झुमाएका छन् । जिल्लाकाे गढिमाइ नगरपालिकामा लागेको गढिमाइ मेलामा चर्चित भारतीय भाेजपुरी गायक सँगसँगै नेपाली भाेजपुरी गायक साेनु कुशवाहा लगायतका कलाकारले पनि दर्शकहरू लाई भरपूर मनाेरंजन गराएका छन् । स्टेजमा नेपाली कलाकारहरूले साथ दिएकाे उनले आभार पनि प्रकट गरेका थिए ।

राैतहटकाे गढिमाई मेलामा खेसारीलाल सहित भाेजपुरी कलाकारहरू लाई हेर्न मानव सागर नै उर्लिएकाे थियाे । कलाकारहरूकाे नामै सुनेर टाढा टाढाबाट मानिस मेला हेर्न आएका थिए ।

साे नगरपालिकाकाे वडा नम्बर ४ शुन्दरपुरमा गढिमाईमा पञ्चवर्षीय मेला आगामी मंसिर २६ गते सम्म चल्ने गढिमाई नगरपालिकाका नगरप्रमुख श्याम यादवले जानकारी गराएका हुन् ।

राैतहटमा भने भाेजपुरी गायक कलाकार खेसारीलाल यादवकाे याे दाेस्राे आगमन हाे । यस अघि उनी माैलापुर मधानी महायज्ञमा सहभागी भएका थिए ।
बज्जिकाञ्चल संवाददाता,रौतहट,१७ गते मंसिर ।
मधेशी दलित गैर सरकारी संस्था महासंघको आयोजनामा,रौतहट जिल्लाको गौर स्थित होटेल कृष्णा ईनको सभाहलमा, नेपालको संविधान २०७२,मा राज्यसताको चरित्र,१४% दलित समुदाय र दलित भित्र पनि मधेशी दलितको प्रतिनिधित्व बारे छलफल तथा अर्न्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। आइतबार दलित समाजसेवी तथा अगुवा कमलदेव हजराको अध्यक्षता तथा मधेशी दलित गैर सरकारी संस्था महासंघका राष्ट्रिय अध्यक्ष नरेन्द्र पासवानको प्रमुख अथित्यतामा सो कार्यक्रम सम्पन्न भएको हो।

महासंघले आयोजना गरेको सो कार्यक्रमको बारेमा जानकारी गराउदै अध्यक्ष पासवानले मधेशी दलित गैर सरकारी संस्था महासंघ सामाजिक न्याय तथा दलित समुदायको हकहितका लागि काम गरिरहेको संस्थाहको छाता संस्था रहेको बताउदै,दलितहरुको सामाजिक न्याय तथा हकअधिकार सुनिश्चित गराउने उदेश्य अबको केही दिनमै दलित जागरणको लागि मेचीमहाकाली अभियान चलाउने जानकारी गराए।

त्यसैगरी विशिष्ट अथितिको रुपमा बोल्दै दलित विकास समिति मधेस प्रदेशका सदस्य राजकुमार दास तत्माले नेपालको संविधान २०७२ ले पनि दलित माथि ठुलो विभेद गरेको बताए। संविधानले दलित समुदायको सशक्तीकरणको लागि केही कार्य न गरेको र देश संघीयतामा गए पछि दलित समुदायले झन दुख पाउने अवस्था रहेको बताए। नेपालमा करिब १४ प्रतिशत,अर्थात करिब ६० लाख जनसंख्या रहेको र मधेस प्रदेशमा सबभन्दा बढी अर्थात १६.५ प्रतिशत संख्या दलितकै रहेता पनि सरकारमा भने दलितको संख्या शुन्य रहेको बताउनुभयो। समावेशीको बहानामा दलितलाई फोर्ने सोंचले अहिले प्रत्येक वडामा दलित महिला सदस्यहरू छन् तर धेरैजसो पढेलेखेका छैनन्।उहाँहरु दलित समुदायको लागि सक्रिय र सक्षम भएको छैन। र जो सक्षम पनि छ जले केही गर्न खोजिएको छ त्यसको पनि दलित भएका कारण कथित माथिल्लो जातका मानिसले नेतृत्व पनि स्विकार न गरिरहेको बताए।
त्यसैगरी दलित अभियन्ता राजेश पासवानले नेपालको संविधानले दलित समुदायको हक,अधिकारको लागि थोरै गरेता पनि,बनाइएको सो ऐन कानुनको पालन व्यवहारमा हुन न सकेको बताए। पासवानले जातको नाममा गरिने विभेद, छुवाछूत, गालीगलौज, बहिष्कार अन्त्यको प्रावधान समेत राखेको बताए। संविधान जारी भएता पनि सामाजिक स्तरमा अझै पनि कार्यान्वयन हुन न सकेको जातीय विभेदका घटना, हत्या, दमन,शोषण र छुवाछूत जस्ता जघन्य अपराधका कैयौं घटनाहरु घट्नुको सट्टा अझै बढ्दै गइरहेको उनले बताए ।।देशमा स्थानीय, प्रदेश र संघिय, गरी तिन तहका सरकार आइसकेता पनि संविधानमा लेखिएको ऐन कानुनको पूर्णपालना हुन न सकिरहेको बताउदै धारा, उपधारा, व्यवस्था लागू गर्न सरकारको प्रमुख दायित्व रहेकोले सरकार यसप्रति गम्भीरताका साथ लाग्नु पर्ने बताउदै दलितहरुको सामाजिक,आर्थिक र शैक्षिक न्यायको लागि हरेक ठाउँमा दलितहरुको प्रतिनिधित्व अनिवार्य रहेकोले दलितहरु एकजुट हुनु जरुरी रहेको बताए ।
उक्त कार्यक्रममा मधेश प्रदेश सरकारका दलित विकास समिति सदस्य राजकुमार दास तत्मा,दलितअभियन्ता पुनित राम,मटुक पासवान,उदय नारायण राम,राजेन्द्र पासवान,राजेश पासवान (निर्माणी)शिवशंकर पासवान,रामअधार पासवान, सोनेलाल पासवान,मदन अम्बेडकर लगायत रौतहट जिल्ला भरिकै दलित अगुवा,दलित जनप्रतिनिधि तथा दलितको हकअधिकारका लागि काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।र सो कार्यक्रममा सहभागी सम्पूर्णले दलितहरुको हकअधिकारका विषयमा आ-आफ्ना विचार प्रस्तुत गरेका थिए।
आरके श्रीवास्तव,राैतहट,१७ गते मंसिर ।
राैतहटमा भएको उपनिर्वाचनकाे अन्तर्गत ईशनाथ नगरपालिका वडा नम्बर ७ काे वडा अध्यक्षमा नेपाली काँग्रेसका शेख अब्दुल खलिक ७ सय २७ मत ल्याइ निर्वाचित भएका छन् । १ हजार ८ सय ७० मत खसेको यो वडामा आलमले ७ सय २७ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार शेख अनवारले ५ सय ७५ र एकिकृत समाजवादीका सदरे आलमले ४ सय ५२ मत पाएका छन् ।
यस्तै जनमत पार्टीका वडा अध्यक्ष उम्मेदवार शेख अमिरूल हकले १ सय ३५ मत पाएका छन् । माओवादी केन्द्र शेख अमिरूलले २४,राष्ट्रिय प्रजातन्त्र पार्टीका मदन शाहले १४,राष्ट्रिय स्वतन्त्र पार्टीका शेख असराजले ६ र जनता समाजवादी पार्टीका शेख अब्दुल अहमदले ४ मत पाएका छन् ।
इशनाथ ७ मा ६९.०८ प्रतिशत मतदान भएको जनाएको थियोे । साे वडामा २ हजार ७ सय ०७ मतदाता रहेकोमा १ हजार ८ सय ७० मतदान गरेका थिए । याे सँगै नेपाली काँग्रेसले जिल्लाकाे दुई वटा वडा राजपुर ६ र ईशनाथ ७ जित हात पारेको छ भने एकीकृत समाजवादी कलम छापले गढिमाइ ८ मा जित निकालेको छ ।
आरके श्रीवास्तव,राैतहट,१७ गते मंसिर ।
राैतहटमा भएको उपनिर्वाचनकाे अन्तर्गत राजपुर नगरपालिका वडा नम्बर ६ काे वडा अध्यक्षमा नेपाली काँग्रेसका समसे आलम ७ सय ४४ मत ल्याइ निर्वाचित भएका छन् । १ हजार ७ सय ६६ मत खसेको यो वडामा आलमले ७ सय ४४ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार जिकरूलाहले ४ सय ६३ र नेकपा एमालेका माेहम्द नसिम अख्तरले ४ सय ३१ मत पाएका छन् ।
यस्तै जनमत पार्टीका वडा अध्यक्ष उम्मेदवार क्यामुदिन धुनियाले ४५ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार शेख रेयाजले ३०,राष्ट्रिय प्रजातन्त्र पार्टीका रामनारायण प्रसाद जयसवालले १७ मत पाएका छन् ।
राजपुर ६ मा ६९.३६ प्रतिशत मतदान भएको थियोे । साे वडामा २ हजार ५ सय ४६ मतदाता रहेकोमा १ हजार ७ सय ६६ मत खसेको थियोे ।
आरके श्रीवास्तव,राैतहट,१७ गते मंसिर ।
राैतहटमा भएको उपनिर्वाचनकाे मत परिणाम बाहिर आएकाे छ । जिल्लाकाे तीन वटै वडाकाे परिणाम अबेर रात आएकाे छ । राजपुर नगरपालिका वडा नम्बर ६ काे वडा अध्यक्षमा नेपाली काँग्रेसका समसे आलम ७ सय ४४ मत ल्याइ विजयी भएका छन् भने ईशनाथ नगरपालिका वडा नम्बर ७ काे वडा अध्यक्ष नेपाली काँग्रेसकै शेख अब्दुल खलिक ६ सय २७ मत सहित विजयी भएका छन् ।
जिल्लाकाे दुई वटा वडामा नेपाली काँग्रेसले बर्चस्व जमाउँदा नेपाली काँग्रेस मधेस प्रदेशका सभापति कृष्णा यादवकै वडा गढिमाइ ८ मा भने नेपाली काँग्रेसलाई हार्न व्यहोर्नुपरेको छ ।
गढिमाइ ८ मा एकीकृत समाजवादी पार्टी कलम छापका वडा अध्यक्ष उम्मेदवार बजरंगी प्रसाद यादवले अप्रत्याशित जित निकाल्न सफल भएका छन् ।
उनी गढिमाइ ८ को वडा अध्यक्षमा समाजवादीका बजरंगी प्रसाद निर्वाचित भएका छन् । २ हजार २ सय ३७ मत खसेको यो वडामा यादवले ६ सय ५५ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार जिउती देवी यादवले ६ सय ३१ र नेपाली कांग्रेसका उम्मेदवार सुबाेध कुमार यादवले ६ सय १७ मत पाएका छन् ।
यस्तै जनता समाजवादी पार्टीका संदेश प्रसाद यादवले २ सय ५८,राष्ट्रिय मातृभूमि पार्टीका साहेबलाल राउतले ४० र जनमत पार्टीका सुरेन्द्र राउत कुर्मीले ८ मत पाएको निर्वाचन अधिकृत महमद मुनाले जानकारी गराएका हुन् ।
अन्तिम मत परिणाम सार्वजनिक हुँदा कलम छापका यादव २४ मतले विजयी भएका छन् । सुरुदेखि नै अग्रता कायम राख्दै आएका नेकपा एमालेलाई अन्त्यमा पछाडि पार्दै कलमका उम्मेदवार बजरंगी यादव अन्ततोगत्वा निर्वाचित भएका छन् ।
गढिमाइ ८ मा ८१.३१ प्रतिशत मतदान भएको थियो । साे वडामा २ हजार ७ सय ५१ मतदाता रहेकोमा २ हजार २ सय ३७ मतदाताले मतदान गरेका थिए ।
२०७९ सालकाे स्थानीय तहकाे निर्वाचनमा साे जसपाका रामअज्ञा यादव निर्वाचित भएका थिए । उनकाे निधन भएपछि साे वडामा उपनिर्वाचन भएको थियोे ।
गुड्डु यादव,रौतहट,१६ गते मंसिर ।
राैतहटकाे गढिमाई नगरपालिका वडा नम्बर ८ बिरनगरामा भएको उपनिर्वाचन पछि सर्वदलीय बैठक सम्पन्न भएको छ । सर्वदलीय बैठक पश्चात् अब केही बेरमै मतगणना सुरु हुने निर्वाचन अधिकृत माेहम्द मुनाले जानकारी गराएका हुन् ।
साे वडा वडा अध्यक्ष पदका लागि नेपाली काँग्रेसकाे तर्फ सुबाेध यादव,जसपाकाे तर्फबाट संदेश यादव र नेकपा एमालेकाे तर्फबाट जिउती देवी लगायतका उम्मेदवारहरू चुनावी मैदानमा छन् । वहाँहरूकाे भविष्य मतपेटिकामा कैद भईसकेकाे छ । ९ बजेदेखि मतगणना गरिने जनाइएको हाे ।
रौतहटमा उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । जिल्लाको तीन वटै वडामा आज शान्तिपूर्ण रूपमा मतदान भएको छ । जिल्लाको गढिमाइ ८,राजपुर ६ र इशनाथ ७ मा रहेको मतदान केन्द्रहरुमा शान्तिपूर्ण अवस्थामा मतदान भएको थियो ।
प्रहरीको कडा सुरक्षा र निगरानीले निकै शान्त तथा भयरहित वातावरणमा मतदान भएको देखिएको थियो । जिल्ला निर्वाचन कार्यालय रौतहटले दिएको जानकारी अनुसार गढिमाइ ८ मा ८१.३१ प्रतिशत,राजपुर ६ मा ६९.३६ प्रतिशत र इशनाथ ७ मा ६९.०८ प्रतिशत मतदान भएको जनाएको हो ।
आरके श्रीवास्तव,रौतहट,१६ गते मंसिर ।
रौतहटमा उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । जिल्लाको तीन वटै वडामा आज शान्तिपूर्ण रूपमा मतदान भएको छ । जिल्लाको गढिमाइ ८,राजपुर ६ र इशनाथ ७ मा रहेको मतदान केन्द्रहरुमा शान्तिपूर्ण अवस्थामा मतदान भएको जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले जनकारी गराउनु भएको हो । 
प्रहरीको कडा सुरक्षा र निगरानीले निकै शान्त तथा भयरहित वातावरणमा मतदान भएको देखिएको थियो । जिल्ला निर्वाचन कार्यालय रौतहटले दिएको जानकारी अनुसार गढिमाइ ८ मा ८१.३१ प्रतिशत,राजपुर ६ मा ६९.३६ प्रतिशत र इशनाथ ७ मा ६९.०८ प्रतिशत मतदान भएको जनाएको हो ।
गढिमाइ नगरपालिका वडा नम्बर ८ मा २ हजार ७ सय ५१ मतदाता रहेकोमा २ हजार २ सय ३७ मतदान भएको हो भने राजपुर नगरपालिका वडा नम्बर ६ मा २ हजार ५ सय ४६ मतदाता रहेकोमा १ हजार ७ सय ६६ मत खसेको छ ।
त्यस्तै जिल्ला दक्षिणी भेग इशनाथ नगरपालिका वडा नम्बर ७ मा २ हजार ७ सय ०७ मतदाता रहेकोमा १ हजार ८ सय ७० मत परेको छ । यसपालीको उपचुनावमा उत्साहजनक मत परेको छ ।
आज रातीदेखि नै मतगणना गरिने अधिकारी दासले जानकारी गराउनु भयो । यसको लागि बेलुकी ९ बजे सर्वदलिय बैठक बस्ने उनले बताए । सबै राजनितिक दलको ध्यान केन्द्रित रहेको रौहतटको गढिमाइ वडा नम्बर ८ मा विवादरहित तथा शान्तिपृर्ण रुपमा चुनाव भएको स्थानिय पत्रकार गुडु यादवले जनाएका छन् ।
जिल्लाकाे गढीमाई नगरपालिका -८ काे मतदान केन्द्र श्री मावि विरनगरा मतदान केन्द्रमा शान्तिपूर्ण अवस्थामा मतदान भइरहेको छ ।
अहिलेसम्म २ बजे सम्म २ हजार १ सय भन्दा बढी मत खसिसकेको निर्वाचन अधिकृत महमद मुनाले जानकारी गराएका हुन् ।
प्रहरीको कडा सुरक्षा र निगरानीले निकै शान्त तथा भयरहित वातावरणमा मतदान भइरहेको देखिएको छ ।
आज बिहानैदेखि वडा अध्यक्ष पदका लागि उपनिर्वाचनमा ईप्रका गरुडाको प्रमुख राजन कार्की, सशस्त्र प्रहरीका कमान्डर अमरब्रामुको कमान्डमा शान्तिपूर्ण तरिकाले मतदान सुरु भएको थियोे । साे वडामा २ हजार ७ सय मतदाता रहेको छ ।
यता जिल्लाकाे राजपुर नगरपालिका वडा नम्बर ६ र ईशनाथ ७ मा पनि शान्तिपूर्ण रूपमा पनि चुनाव भइरहेको स्थानीय पत्रकार माेहम्द माेजिबुलाहसे जानकारी गराएका हुन् । ईशनाथ ७ मा १६३३ मत खसेको उनले बताएका हुन् ।
२ हजार ८ सय मतदाता रहेको साे ठाउँमा माेतीगंज प्रावि मतदान केन्द्रमा ६००,विपि काेईराला मावि मतदान केन्द्रमा १०३३ मत खसेको छ ।
सरिता कुमारी श्रीवास्तव,राैतहट,१४ गते मंसिर ।
आम जनता पार्टीका अध्यक्ष एवम् राैतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले नेपाल विधुत प्राधिकरण माैलापुर वितरण केन्द्रमा अनुगमन-निरीक्षण गर्नु भएको छ । बिधुत प्रसारण भरपर्दों एवं नियमित गराउन आज मौलापुर सब-स्टेशनको अनुगमन-निरीक्षण तथा वितरण केन्द्रमा भेटघाट गरेकाे सांसद साहले बताउनु भएको हाे ।

अनुगमनकाे क्रममा मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साह र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह तथा अन्य कर्मचारी पनि सहभागी रहेका थिए ।

मौलापुर वितरण केन्द्रबाट हुने सेवा प्रवाह र आगामी दिनहरुमा सेवा प्रवाह लाई अझ बढी प्रभावकारी बनाउनेबारे छलफल तथा कार्यालयको अवलोकन भएको माैलापुर वितरण केन्द्रका प्रमुख ई.दिनेश यादवले जानकारी गराउनु भएको हाे । यसरी सेवा प्रवाहबारे समसामयिक छलफल गर्नुभएकोमा वहाँले हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।
ओमप्रकाश यादव,राैतहट,१४ गते मंसिर ।
रौतहटको माधवनारायण नगरपालिका मेयर बैजनाथ प्रसाद यादवले दश कोठे विद्यालय भवनको शिलान्यास गरेका छन् ।
नगर प्रमुख यादवले माधवनारायण नगरपालिका वडा न. ८ रजवडामा रहेको प्राथमिक विद्यालयको एक तले दश कोठे भवनको शुक्रबार शिलान्यास गरेका हुन् ।
मेयर बैजनाथ प्रसाद यादवले सो वडामा यसअघि वडा कार्यालय भवन र स्वास्थ्य चौकीको जीर्ण भवनलाई भत्काएर नयाँ भवन निर्माण गरिसकेका छन्।
अब उपरान्त कक्षाकाेठा अभावकाे समस्या समाधान हुने भएको छ ।
गुडु यादव,रौतहट,१४ गते मंसिर ।
रौतहटको प्रसिद्ध र एसियाको दोस्रो पञ्चवर्षीय गिढिमाई मेलामा पूर्वगृहमन्त्री बिमलेन्द्र निधीलाई नेवता दिइएको छ। गढिमाई नगरपालिका वडा नम्बर २ शुन्दरपुर बरियारपुरमा सदियो देखि लागदै आइरहेको गढिमाईको पञ्चवर्षीय मेलामा साे नगरपालिकाका मेयर श्याम यादवले पूर्वगृहमन्त्री निधीलाई निमतो कार्ड दिएका छन् ।
यस वर्षको पञ्चवर्षीय गढिमाई मेलाको दोस्रो दिन भोजपुरीको सुपर स्टार खेसारीलाल यादव मनोरञ्जनका लागि आउँदै छन् ।
गुडु यादव,रौतहट,१४ गते मंसिर ।
रौतहटमा टिकटक बनाउने क्रममा दुईजनाको डुबेर मुत्यु भएको छ । जिल्लाको मध्य राैतहटकाे गरुडा नगरपालिका वडा नम्बर २ गेडहिगुठीमा टिकटक बनाउन नुहाउन गएका दुई जनाकाे शिवनगर लमहा नदिमा डुबेर मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका हुन् ।

प्रत्यक्षदर्शीका अनुसार स्थानिय गेडहीगुठी निवासी देवालाल साहको अन्दाजी छोरा बर्ष १७/१८ का जितेन्द्र साह र सोही वडाका उमेश साहकाे छोरा बर्ष १७/१८ का राजिव साह दिउँसो टिकटक बनाउन नदीमा हाम फाल्दा बाहिर निस्कन नसकेको र डुबेर मृत्यु बताए ।
स्थानियहरुले इलका प्रहरी कार्यालय शिवनगरका सई बब्लु झा र दुधियाभार बेश क्याम्पका इन्स्पेक्टर अमरब्रामु लाई खबर गरेका थिए । लगत्तै प्रहरी घटना स्थलमा पुगेको थियोे । प्रहरीका अनुसार गेडही गाउँ नजिकैको लमाहा खोलामा पौडी खेल्ने क्रममा डुबेकोमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस दुधियाभारबाट स.प्र.नि. अम्मर राज बरामुको कमाण्डमा डिजास्टर म्यानेजमेन्ट सामाग्री सहितको टोली र स्थानियको सहयोगमा दुबै जनाकाे शवलाई पानी बाट निकालेको थियो ।
स्थानीय पूर्व हुलाक कर्मचारी रामनारायण सहनीले प्रहरीलाई सघाएका थिए ।

राैतहट,१४ गते मंसिर ।
राैतहटकाे गरूडा नगरपालिका वडा नम्बर ५ महम्मदपुरमा आईटी आर्मीको कमिटी गठन भएको छ । वैदेशिक रोजगारका ठग विरुद्ध संघर्ष गर्न आज गरुडा नगरपालिका वार्ड नं ५ महम्मदपुरमा युवा कमिटी गठन भएको आम जनता पार्टीका नेता रविन्द्र यादवले जानकारी गराएका हुन् ।
सचिन यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि आईटी आर्मीको केन्द्रीय सचिव तथा पार्टी स्थायी कमिटी सदस्य रविन्द्र यादव, विशिष्ठ अतिथि केशब पासवान, रुपेश यादव, अजित शाह लगायतका साथीहरूको विशेष उपस्थिति रहेको थियो । उक्त भेलाले ३१ सदस्यिय टोल कमिटी गठन गरेको छ।
आरके श्रीवास्तव,राैतहट,१४ गते मंसिर ।
राैतहटकाे चर्चित बजार कटहरियामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहाले आयाेजन गर्नु भएको साे कार्यक्रममा रक्तदान गर्नेहरूकाे उत्साहजनक सहभागिता रहेको देखिएकाे छ ।

शुक्रबार बिहानदेखि कटहरिया स्थित विवाह भवनमा रक्तदान कार्यक्रम सम्पन्न भएको हाे । आज भएको रक्तदान कार्यक्रममा करिब १ सय ४० जनाले रक्तदान गरेको वडा अध्यक्ष कुशवाहाले जानकारी गराउनु भयो । कटहरियामा सम्भवतः पहिलोचाेटी यति धेरै संख्यामा मानिसहरूले रक्तदान गरेका हुन् । पछिल्लो समय वडा अध्यक्ष कुशवाहा यूवाहरू माझ लाेकप्रिय हुँदै गएकाे नतिजा हाे याे ।

रक्तदान गर्नेहरुमा स्थानीय यूवा,जनप्रतिनिधि,कर्मचारी , शिक्षक लगायत अन्य महिला,पुरूष व्यक्तिहरुले रक्तदान गरेको उनले जानकारी गराएका हुन् ।

साे रक्तदान कार्यक्रममा नेसनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल बीरगंज पर्साकाे ब्लड बैंककाे टिमले सहयोग रहेको थियो ।

कार्यक्रममा रक्तदान गरेकाहरूलाई उत्कृष्ट मानवीय सेवाबाट अभिप्रेरित भई रक्तदान गरि अमूल्य सहयोग गरे बापत प्रशंसा पत्र समेत प्रदान गरिएको थियोे । साथै अन्य राेगबाट पिडितहरू लाई पनि आवश्यक सल्लाह सहित औषधी प्रदान गरिएको थियोे ।

कटहरिया बजारमा रहेका औषधी पसलेहरु औषधी सहयाेग गरेका छन् । सहयोग गर्नेहरूमा शिवम मेडिसन प्रोपपराइटर जितेन्द्र, हरिशन्द्र, गुप्ता फार्मेसी प्रोपराईटर हृदय गुप्ता, राजु कुमार भास्कर,केपी यादव,सोनेलाल गुप्ता, सुविधा फार्मेसी प्राेपराईटर उमेश यादव,सागिर अहमद र कृष्णनन्दन कुमार सोनार रहेका छन् । वहाँहरू लाई वडा अध्यक्ष कुशवाहाले औषधी सहयाेग गरे वापत धन्यवाद ज्ञापन गरेका छन् ।


सो रक्तदान कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहा,वडा नम्बर ३ का वडा अध्यक्ष श्यामाकान्त यादव लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
नेकपा एमालेका यूवा नेता समेत रहेका वडा अध्यक्ष कुशवाहा कटहरिया नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्षको रुपमा दुइचोटी निर्वाचित भएका हुन् । २०७४ र २०७९ को स्थानीय तहकाे निर्वाचनमा उनी वडा अध्यक्षको रुपमा निर्वाचित भएका थिए । निर्वाचित भएदेखि नै उनी सधै सामाजिक काममा सक्रिय रहँदै आएका हुन् । उनी जनता माझ सधैं नै पुग्ने गर्दछन् ।
यस्ता कार्यक्रमले गर्दा नै उनकाे पछिल्लो समय कटहरियामा निकै चर्चा छ । यूवाहरू माझ उनी अहिले धेरै नै लाेकप्रिय छन् । उनलाइ धेरैले आगामी चुनावमा कटहरिया नगरपालिकाकाे नगर प्रमुखको उम्मेदवारको रुपमा हेर्न चाहेका छन् ।

राैतहट,१४ गते मंसिर ।
राैतहटकाे गढिमाइ नगरपालिका वडा नम्बर ९ मलाहीटाेलमा
नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ । पूर्व विद्यार्थी समाज श्री सरस्वती मावि मलाहिटोलको पहलमा गरीब, दलित, महिला, मुस्लिम समुदायलाइ लक्षित गरी आयाेजन गरिएको निःशुल्क आँखा शिविर सो विद्यालयको प्रांगनमा १ दिने मिति २०८१ मंसिर १४ गते शुक्रवार सम्पन्न भएको छ । आँखा शिविरमा पहिचान गरिएका मोतियाविन्दुका विरामीहरुलाइ शल्यक्रिया समेत निःशुल्क हुने भएको छ । विहान ९ वजे देखी सञ्चालन भएको शिविरमा २२४ महिला र २०१ पुरुष गरी जम्मा ४२५ जना सेवाग्राही लाभान्वित भएका छन । जसमध्ये १२६ जनालाइ मगलवार, बुधवार र विहिरवार गौर आँखा अस्पताल पुरेनवामा निःशुल्क शल्यक्रिया हुनेछ । यो कार्यक्रम डेक फाउन्डेसनको आर्थिक सहयोग, नेपाल नेत्र ज्योति संघ,गौर आँखा अस्पतालको आयोजना, र स्थानीय आयोजक गरुडा आँखा अस्पताल, श्री सरस्वती मावि मलाहीटोलको पूर्व विद्यार्थी समाजको नेतृत्वमा सम्पन्न भएको छ ।

शिविरमा आएका सेवाग्राहीलाइ आयोजक संस्थाहरुले निःशुल्क रुपमा मेडिसिन ४५ जनालाइ, चश्मा १२८ जनालाइ र लेनस सहितको आँखाको निःशुल्क शल्यक्रिया १२६ जना तथा सहभागि सम्पुर्णलाइ परामर्श समेत दिएको थियो ।

सो कार्यक्रममा गौर आँखा अस्पताल पुरेनवाका डा शिव कुमार यादव, लालवावु साह, अमित दास, सुशिल पासवान लगायत ९ जनाको प्राविधिक टोली, नेपाल नेत्र ज्योति संघ, गौर आँखा अस्पताल पुरेनवाको कार्यक्रम संयोजक सतेन्द्र पाण्डे, पुर्व विद्यार्थी समाजका इन्द्रजीत सहनी, शिवचन्द्र प्रसाद साह, अम्विका सहनी, साहेव सहनी, अमरुल आलम, विश्वन्नदन सहनी, विवेक सहनी, मुकेश शाह, जितेन्द्र सहनी, बालकृष्ण सहनी, लगायत दर्जनौ स्वयसेवकहरुले कार्यक्रममा सहजीकरण गरेका थिए ।साथै शल्यक्रिया गर्न सकिने सेवाग्राहीलाइ गौर आँखा अस्पतालसम्म जाने आउने यातायातको सुविधा निःशुल्क रहने आयोजकले वताएका छन ।

ओम प्रकाश यादव
मङसिर १३ गते, रौतहट
रौतहटको माधवनारायण नगरपालिका -६ माधोपुरमा यस वर्ष पाँच वर्षपछि पञ्चवर्षीय गढीमाई मेला लाग्दै छ।
माधोपुर गाउँभन्दा पश्चिम मिठुअवा जाने बाटोमा रहेको गढीमाई मन्दिरको प्राङ्गणमा यही मङ्सिर २० गतेदेखि तेस्रो गढिमाई मेला लाग्दै छ।
यहाँ विगत १५ वर्षदेखि प्रत्येक पाँच वर्षमा गढीमाईको भव्य मेला लाग्ने गर्दछ। पाँच वर्षपछि यस वर्ष लाग्न थालेको माधोपुरको गढिमाई मेला तेस्रो मेला हो ।
मङसिर २० गतेदेखि सुरु भई मङसिर २५ गतेसम्म लाग्ने गढीमाई मेलाको तयारी अहिले तिव्र गतिमा भइरहेको माधोपुरका वडा अध्यक्ष रामनरेश रायले जानकारी दिएका छन्।
यस मेलामा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट पनि लाखौं भक्तजन गढीमाईको दर्शन गर्न र आशीर्वाद लिन आउने गरेको वडा अध्यक्ष रामनरेश रायले बताए ।
मेलामा मङसिर २० गतेदेखि नाचको पनि व्यवस्था मिलाइएको उनले बताए।
माधोपुरको एतिहासिक गढीमाई मेलामा देशभित्रका लाखौं पुग्छन्, यति मात्र नभइ यस मेलामा भारतको बिहारबाट समेत भाकल पूरा गर्न भक्तहरूको त ओइरो नै लाग्ने गरेको माधव नारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवले बताए।
मेलालाई सभ्य, भव्य र व्यवस्थित बनाउने उदेश्यका साथ अहिले बाहिरबाट आउने आगन्तुकका लागि शौचालय निर्माण, पण्डाल बनाउने लगाएत कार्य भइरहेको नगर प्रमुख यादवले बताए।
यहाँ सयौं राँगा र अन्य जनावर हाँस, कुखुरा, बोकाको बलि दिइने गरिन्छ ।
राैतहट,१३ गते मंसिर ।
राैतहटकाे गुजरा नगरपालिकामा उपभोक्ता समिति बिना नै ढलान गरिएको पाइएको छ । साे नगरपालिकाकाे वडा नम्बर ४ जंगलसैयामा उपमेयर रत्ना लामाकाे बजेट बाट उपभोक्ता समिति नबन्दै विकास निर्माणकाे काम सम्पन्न भएपछि स्थानीयहरूले त्यसकाे विराेध गरेका छन् ।
आर्थिक वर्ष २०८१/०८२ मा कालाेपत्र हुँदै चमार टाेल सम्म बाटाे ढलान कार्य अन्दाजी करिब १ सय ७५ मिटर गरिएको छ । साे वडाका कार्यवाहक वडा अध्यक्ष शेख जफिरका अनुसार आफूले गत मंसिर ०६ गते उपभोक्ता समिति गठनका लागि सूचना निकालेको बताए ।
कार्यवाहक वडा अध्यक्ष जफिरले सुचनामा मंसिर १३ गते उपभोक्ता समिति गठनका लागि उल्लेख भएपनि गुजरा नगरपालिकाकि उपमेयर लामाका श्रीमानले मनलाग्दी तरिकाले ढलान कार्य सम्पन्न गराएकाे आराेप लगाएका छन् ।
यता स्थानीय चुनचुन जयसवालले नगरपालिकाकाे न्यायीक समितिका संयाेजक भएर नियम संगत काम नगरि कानुनको धज्जी उडाउनु लज्जास्पद रहेको बताएका छन् ।
यस्तो कार्य उपमेयर जस्तो व्यक्ति बाट हुनु नपर्ने भएपनि वहाँ बाट यस्तो कार्य हुनु गलत रहेकाे जयसवालकाे भनाइ छ ।
यस विषयमा उपमेयर रत्ना लामाले वडा अध्यक्षले समयमा उपभोक्ता समिति गठन गरेर नदिएकाे कारण यस्तो हुन गएकाे बताएकी छिन् ।
आज बिहीबार उपभोक्ता समिति गठन गर्न बैठक बसेपनि सहमति हुन नसकेकाे स्राेतले जनाएको छ ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,०९ गते मंसिर ।
नगरवासीको सुविधालाई मध्य नजर गर्दै माधव नारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवले आजदेखि नगरपालिकामा नयाँ सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएका छन् ।
आज बिहान माधव नारायण नगरपालिका -६ माधोपुर स्थित रहेको गढीमाई मन्दिरको प्राङ्गणमा विधिवत रूपमा पूजाआजा गरी मेयर यादवले उक्त एम्बुलेन्सको उद्घाटन गरेका हुन् ।
मेयर बैजनाथ प्रसाद यादवले पूजाआजा गरेपछि एम्बुलेन्स आजदेखि सञ्चालनमा आएको छ। नयाँ एम्बुलेन्स सञ्चालन भएपछि अब माधव नारायण नगरपालिकावासीलाई निकै सहज भएको छ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,०९ गते मंसिर ।
रौतहटको इशनाथ नगरपालिकामा अधिकृत आठौं नन्द किशोर गुप्ता प्रमुख प्रशासकिय अधिकृतको रुपमा आए देखि बिकास , सुशासन , पारदर्शिताले फडको मारेको छ । बर्षौ देखि अस्तब्यस्त शिक्षा , स्वास्थ्य प्रमुख प्रशासकिय अधिकृत गुप्ताको कडा एक्सनका कारण सुधारोन्मुख अवस्थामा छ ।

प्रमुख प्रशासकिय अधिकृतहरु पालिकामा कुर्सिमै बसि राख्ने प्रवृतिका कारण शिक्षा , स्वास्थ्य धरासाही हुँदै गएको अवस्था थियो तर प्रमुख प्रशासकिय अधिकृत गुप्ता हाजिर भए देखि वडा कार्यालय अनुगमन , स्वास्थ्य संस्था अनुगमन , बिद्यालयहरु अनुगमनमा तिव्रता दिएका छन । वडा नम्बर ०७ मा वडा अध्यक्षको निर्वाचन रहेको कारण सो वडा बाहेक अन्य सवै वडामा योजनाहरु अगाडि बढी सकेको भन्दै प्रमुख प्रशासकिय अधिकृत गुप्ताले पारदर्शिता तथा कामको गुणस्तरीयतामा कुनै कन्जुस्याइँ सहय नहुने बताउनु भएको छ ।

हरेक योजनाको होडिङ बोर्ड राख्नु पर्ने , निर्माण सामग्री गुणस्तरीय हुनु पर्ने , निर्माण कार्य गर्दा स्थानीयको प्रत्यक्ष रेखदेख हुनु पर्ने कुरामा प्रमुख प्रशासकिय अधिकृत गुप्ताले विशेष प्राथमिकतामा राखेर काम अगाडि बढाउनु भएको छ ।

स्थानीय सरकार जनताको प्रत्यक्ष सरकार रहेकोले त्यसको पुर्ण अनुभूति गराउन आफु कुनै कसर बाकी नराख्ने प्रमुख प्रशासकिय अधिकृत गुप्ता बताउनु हुन्छ ।-राैतहट अनलाइन
बज्जिकाञ्चल संवाददाता,बारा,०८ गते मंसिर ।
बारा जिल्लाको महागढीमाई नगरपालिका १ बरियारपुरमा मंसिर ०१ गते देखि सुरु भएको विश्व प्रसिद्ध गढीमाई मेलाको अहिले अवलोकन तथा निरीक्षण गर्ने क्रम जारी नै रहेको छ ।शनिवार नेपाल सरकारको कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले विश्व प्रसिद्ध गढीमाई मेलाको अवलोकन तथा निरीक्षण गर्नु भएको छ ।
गढीमाई मन्दिर पुगेर मन्त्री अजय चौरसियाले गढीमाईको दर्शन गर्नुको साथ साथै मेलाको अवलोकन गर्नुभएको प्रचारप्रसार उपसमितिले जनाएको छ ।गढीमाई मेलाको अवलोकन तथा निरीक्षण गर्दै मन्त्री चौरसियाले सनातन काल देखि प्रत्येक पाँच बर्षमा गढीमाईको मेला लाग्दै आएको र गढीमाईमा आए पछि सबैको मनोकामना पूरा हुने गरेको बताउनु भयो ।हिन्दूहरुको ठूलो आस्थाको केन्द्रको रुपमा रहेको गढीमाई मेलामा नेपाल सरकारको पूर्ण साथ र समर्थन रहेको मन्त्री चौरसियाले बताउनु भयो ।नेपाल सरकार पर्यटन मन्त्रालयलाई आफू काठमाडौं गएर गढीमाई मेलाको बारेमा जानकारी दिने र पर्यटन मन्त्री समेत मेला अवलोकन तथा निरीक्षण गर्न आउनेमा आफू बिश्वस्त रहेको उहाँले बताउनु भयो ।
विश्व प्रसिद्ध मन्दिरको रुपमा रहेको गढीमाई मन्दिरलाई अहिलेको सरकारले विश्व सम्पदाको सुचिमा समावेश गराउनको लागि पहल गर्ने समेत मन्त्री चौरसियाले बताउनु भयो ।गढीमाईको दर्शन गर्न आउने सबैको मनोकामना पूरा हुने गरेकोले सबै हिन्दूहरु संग उहाँले मेला अवलोकन तथा गढीमाईको दर्शन गर्न आउनको लागि आग्रह समेत गर्नु भयो ।विश्व प्रसिद्ध गढीमाई मेला सुरु भए संगै अहिले केन्द्र र प्रदेशको मन्त्रीहरु मेलाको अवलोकन तथा निरीक्षण गर्ने क्रम जारिनै रहेको छ ।
यस बर्ष विश्व प्रसिद्ध गढीमाई मेलामा करिब ३ करोड दर्शनार्थी मेलाको अवलोकन गर्न आउने मेला समितिले अनुमान गरेको छ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,०८ गते मंसिर ।
रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर ६ माधोपूर मा रहेको गढीमाई मन्दिरमा यस वर्ष पनि पञ्चवर्षिय गढीमाई मेला लाग्दै छ ।
सो मेलालाई भब्य रुपमा बनाउन माधव नारायण नगर प्रमुख बैजनाथ प्रसाद यादव,वडा अध्यक्ष राम नरेश राय यादव लागि परेका छन् । साे मेलामा मनोरन्जनका कार्यक्रम, कुस्ती लगायतको कार्यक्रम रहेको छ । मन्दिर सफाई र रङरोगनको कार्य अगाडि बढाइएको छ ।
मन्दिरलाइ ब्यवस्थित बनाइ धार्मिक स्थलकाे रुपमा अगाडि बढाउन नगरपालिकाको सोच रहेको नगर प्रमुख यादव बताउनु हुन्छ । मन्दिर रहेको जग्गा ब्यक्तिगत रहेको तथा सो जग्गा धनि स्वेच्छाले मन्दिरको नाममा जग्गा पास गर्न तयार रहेकोले मन्दिरको नाममा जग्गा आए पछि भव्य मन्दिर बनाउने योजना रहेको नगर प्रमुख यादवकाे भनाइ छ । राैतहट अनलाइन
बज्जिकाञ्चल संवाददाता,राैतहट,०८ गते मंसिर ।
रौतहटको कटहरिया नगरपालिकामा कार्यरत लेखा अधिकृत कामेश्वर सहनिले भुक्तानी नै नगरेको बिषयलाइ लिएर सामाजिक संजालमा आफू बिरुद्ध फेक एकाउन्ट मार्फत केही गिरोह बदनाम गर्न लागि परेको बताउनु भएको छ । लेखा अधिकृतको हैसियतले कसैलाइ भुक्तानी दिने अधिकार समेत आफुलाइ नरहेको भन्नु हुँदै आर्थिक तथा प्रशासनिक दुबै अधिकार प्रमुख प्रशासकिय अधिकृतलाइ रहने गरेको बताउनु भयो ।
आफू कटहरिया नगरपालिका सम्हाले देखि कर्मचारी , शिक्षक इत्यादिको तलव खुवाउने देखि सामान्य कार्यालय संचालनका काम मात्र भएको अबस्थामा भुक्तानी नै नभएको बिषय बस्तुलाइ गलत मनसायले दुस्प्रचार गरि आफुलाइ बदनाम गरेको बिरुद्ध कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने बताउनु भएको छ ।
गलत तरिकाले भुक्तानी लिन खोज्नेको मनसाय कहिल्यै सफल नहुने भन्दै सत्य तथ्यमा आधारित रहेर कुनै कुरा सामाजिक सन्जालमा राख्न सम्बन्धित सवैलाइ लेखा अधिकृत सहनिले आग्रह गर्नु भएको छ ।
सामाजिक सन्जालमा आए जस्तो एउटा मिडिया कम्पनिलाइ त्यस्तो कुनै भुक्तानी नभएकोमा बिश्वस्त हुन लेखा अधिकृत सहनीले बताउनु भएको छ । साथै गलत अफवाह फैलाउने त्यस्ता ब्यक्तिलाइ पहिचान गरि कारबाहिको लागि सम्बन्धित पक्ष सङ जोडदार माग गर्नु भएको छ ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,०८ गते मंसिर ।
राैतहट । राष्ट्रिय मातृभूमि पार्टीका केन्द्रीय बरिस्ठ उपाध्यक्ष राेमलाल गिरीले नेपालमा रहेका प्रमुख राजनैतिक दलका नेताहरुले देशमा गरिबी बढाएको आराेप लगाएका छन् । राैतहटको गढिमाई नगरपालिकाको वडा नम्बर ८ स्थित बिरनगरामा आयोजित सभामा बोल्दै बरिस्ठ उपाध्यक्ष गिरीले देशमा बैदेशिक ऋुण थप्दै गएको तर प्रमुख राजनैतिक दलका नेताहरुको दरिद्र मानसिकताका कारणले दिन प्रतिदिन जनता झन गरिब हुदै गएको बताए ।
नेपालको यो भुमि धर्तिको स्वर्ग भएर पनि यहाँ गरिबी र अशिक्षा छ अहिले सम्मकाे राजनीतिकाे उपज हो । देव भुमि,प्राण भुमि र मृतसंजिवनी भुमिकाे रुपमा रहेकाे सुन्दर देश नबन्नुमा प्रमुख राजनैतिक दलका नेताले लिनु पर्दछ ।
पुराना दलका नेताहरुका कारण देशका माटोमा जनताले गरि खाने बातावरण बनाउन नसकेको आरोप लगाउदै नेता गिरीले पुराना पार्टी संग जनतालाई सचेत रहन अनुराेध गरे । उनले सभालाई सम्बाेधन गर्ने क्रममा हाम्रेा पार्टी देशमा सुशासन र समृद्वीका लागि काम गरि रहेको दाबी गर्दै विना उपचारको जनता मरि रहने तथा भोक रोगबाट जनतालाई जाेगाउने कार्यलाई आफुहरुले अभियानका रुपमा आगाडी बढाउने प्रतिवद्वता समे गरेका छन । मानवता- मानवियता तथा शुद्ववायु -शुद्व खानेपानीको समुचित व्यवस्थापन गरि जनताको भोक रोग मेटाउने अभियानमा बरिस्ठ उपाध्यक्ष गिरीले साथ दिन अनुराेध गर्दै नेपालमा जन्मिएका सबै नागरिकलाई समान अधिकार दिनु पर्नेमा जाेड दिएका छन । नागरिकको अधिकार प्राप्तिको पहिलाे ईकाईको रुपमा रहेको वडामा खास गरेर गढिमाई नपाको वडा नम्बर ८ को बच्चा काखमा राखेकी आमा चुनाव चिन्ह धारक उमेदवार साहेबलाल कुर्मी निर्वाचित भए यो वडा देश कै नमुना वडा बनाउने उनले घाेषणा समेत गरेका छन । पार्टीका जिल्ला अध्यक्ष रन्जित पटेलकाे अध्यक्षतामा भएको साे कार्यक्रममा केन्द्रीय महासचिव गाेविन्द गिरी , कोषाध्यक्ष
केशव भट्टाराई ,केन्द्रीय सदस्य सविता झा, गढिमाई नगरप्रमुख प्रत्यासी शम्भु साह ,कटहरिया नगर प्रमुख प्रत्यासी हरी विनय साह निराला सहितले वडा अध्यक्ष उमेदवार साहेबलाल राउत कुर्मीलाई विजय गराउन जनसमुदायसंग अनुराेध गरेका थिए ।
आरके श्रीवास्तव,राैतहट,०८ गते मंसिर ।
देशभर कार्यरत कायस्थ जातिका पत्रकारहरुको प्रारम्भिक राष्ट्रिय सम्मेलनले आज कायस्थ पत्रकार समाज केन्द्रीय समितिको गठन गरेको छ । ११ सदस्यीय केन्द्रीय समितिको अध्यक्षमा प्रवीणकुमार चौधरी कायस्थ चुनिएका छन् । समाजको उपाध्यक्षमा रौतहटका जितेन्द्र श्रीवास्तव, महासचिवमा सर्लाहीकी शिल्पा कर्ण, सचिवमा पर्साका अशोक श्रीवास्तव र कोषाध्यक्षमा काठमाडौँकी सुस्मिता कर्ण चयन भएका छन् ।

समितिको केन्द्रीय सदस्यमा रौतहटकी सरिताकुमारी श्रीवास्तव, बाराका अनिल कर्ण, धनुषाका संतोषलाल कर्ण, सर्लाहीका संतोष कुमार र रौतहटका राजभूषण श्रीवास्तव चयन भएका छन् ।

कायस्थ/चित्रान्शहरूकाे सामूहिक हित एवम् आपसी सदभाव बढाउने उदेश्यले देशैभरिका कायस्थहरूकाे साझा मञ्चकाे रूपमा कायस्थ पत्रकार समाज निर्माण गरिएको हाे । जसमा कायस्थ पत्रकारहरू मात्र आबद्ध छन् । राष्ट्रिय सम्मेलनमा नै कायस्थ पत्रकार समाजलाई पूर्णता दिएकाे छ ।

काठमाडौंकाे कार्निभल रेस्टुरेन्ट थापा गाउँ बिजुली बजारमा शनिबार भएको राष्ट्रिय सम्मेलनकाे अध्यक्षता पत्रकार धर्मेन्द्र कुमार कर्णले गर्नु भएको थियोे भने प्रमुख अतिथिकाे रूपमा डा.गाैरीशंकर लाल दास रहनु भएको थियो । कार्यक्रम सञ्चालन प्रवीणकुमार चौधरी कायस्थले गर्नु भएको थियोे ।

साे अवसरमा अखिल भारतीय कायस्थ महासभाका राष्ट्रिय अध्यक्ष डा.अनुप श्रीवास्तव,अखिल भारतीय कायस्थ महासभा मिसन २ के का चित्रांश अन्तर्राष्ट्रिय संयाेजक अनिल कर्ण कायस्थ,नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष राजेश कर्ण,मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहका प्रेस सल्लाहकार अनिल कुमार कर्ण लगायत देश विदेशका आउनु भएका कायस्थ समुदायका सयौंको संख्यामा मानिसहरूकाे सहभागिता रहेको थियोे ।

सम्मेलनमा बाट समाजकाे अवधारणा पत्र समेत पारित गरिएको नव निर्वाचित अध्यक्ष कायस्थले जानकारी गराउनु भएको हाे । साथै बिधान समिति समेत गठन गरिएको उनले जानकारी गराउनु भएको हाे ।

सम्मेलनमा वर्षाैदेखि पत्रकारिता गरिरहनु भएका पत्रकारहरू अनिल कुमार कर्ण,जितेन्द्र लाल श्रीवास्तव लगायतका पत्रकारहरू लाई पनि सम्मान गरिएको थियोे । साथै प्रमुख अतिथि डा.गाैरीशंकर लाल दासलाई पनि सम्मान गरिएको थियोे ।
आरके श्रीवास्तव,राैतहट,०२ गते मंसिर ।
राैतहटकाे गढिमाई नगरपालिका वडा नम्बर ८ कांग्रेसका तर्फबाट सुबाेध प्रसाद यादवले उमेदवारी दर्ता गराएका छन् । गढिमाइ-८ को वडाध्यक्ष पदका निम्ति कांग्रेसका तर्फबाट यादवले उमेदवारी दिएका छन् ।

मनाेनयन दर्ता वडा अध्यक्ष उम्मेदवार यादवले जनताकाे साथ सहयाेग रहेकोले आफनाे जित सुनिश्चित रहेकाे दाबी गरेका छन् । आफूलाई जनताले भारी बहुमतका साथ जिताउने विश्वस्त रहेकाे बताएका छन् ।

उपनिर्वाचनका निम्ति आईतवार बिहान १० देखि अपराह्न ५ बजेसम्म उमेदवारको मनोनयनपत्र दर्ताकाे समय ताेकेकाे थियो । स्थानीय तहका रिक्त ४२ पदका निम्ति यही मंसिर १६ गते मतदान हुँदै छ ।
आरके श्रीवास्तव,राैतहट,०२ गते मंसिर ।
राैतहट-उपनिर्वाचन अन्तर्गत राैतहटकाे तिनवटै नगरपालिकाकाे वडाहरूमा वडा अध्यक्ष पदका उम्मेदवारहरूले मनाेनय दर्ता गराएका छन् । जिल्लाकाे गढिमाई ८,राजपुर ६ र ईशनाथ ७ मा वडा अध्यक्ष पदका उपनिर्वाचन भइरहेको छ ।
सबै उम्मेदवारहरूले आ-आफ्नाे वडामा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा आइतबार पुगेर मनोनयनपत्र दर्ता गराएका हुन् ।
गढिमाई-८ को वडाध्यक्ष पदका निम्ति निकै प्रतिस्पर्धा हुने।देखिएकाे छ । नेपाली काँग्रेस मधेस प्रदेशका सभापति एवम् पूर्व मन्त्री कृष्णा यादवकाे गृह गाउँ विरनगरा भएकोले पनि राजनीतिक दलहरूकाे कडा टक्कर हुने देखिएकाे छ ।
गढिमाइ-८ काे वडा अध्यक्षकाे लागि नेकपा एमालेकाे तर्फ बाट वडा अध्यक्ष पदका उम्मेदवार जिउती देवी यादव आज मनाेनय दर्ता गराएकी हुन् । त्यस्तै जसपा नेपालकाे तर्फ बाट वडा अध्यक्ष पदका उम्मेदवार संदेश प्रसाद यादवकाे उम्मेदवारी परेको हाे ।
त्यस्तै नेपाली काँग्रेसकाे तर्फ बाट वडा अध्यक्ष पदका उम्मेदवार सुबाेध प्रसाद यादवले पनि मनाेनय दर्ता गराएका हुन् ।
एकिकृत समाजवादीकाे तर्फ बाट वडा अध्यक्ष पदका उम्मेदवार प्रमाेद यादव मनाेनय दर्ता गराएका हुन् । त्यसैगरी
गढिमाई ८ मै जनमत पार्टीका वडा अध्यक्ष उम्मेदवार सुरेन्द्र राउत कुर्मीले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यसैगरी राैतहटकाे राजपुर ६ र ईशनाथ ७ मा पनि वडा अध्यक्ष उम्मेदवारहरूले मनाेनयन दर्ता गराएका हुन् ।
उपनिर्वाचनका निम्ति आईतवार बिहान १० देखि अपराह्न ५ बजेसम्म उमेदवारको मनोनयनपत्र दर्ता गराएका छन् । स्थानीय तहका रिक्त ४२ पदका निम्ति यही १६ गते मतदान हुँदै छ ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,०१ गते मंसिर ।
बज्जिका साहीत्य समाज सर्लाही छ्ठ पर्वकाे अवसरमा आयोजना गरेको राष्ट्रिय बज्जिका कविता प्रतियोगिता सम्पन्न भएकाे छ ।
प्रतियोगितामा प्रथम पुरस्कार गरुडा रौतहटकी ममता यादव कविताकाे शिर्षक चिरहरण, दितिय पुरस्कार बलरा सर्लाहीका मनमोहन सिंह मनोहर कविताकाे शिर्षक जलेश्वर नाथकाे महिमा त्यस्तै तृतीय पुरस्कार मौलापुर रौतहटका सरोज कुमार पटेल कविताके शिर्षक बलवान समय रहेको थियो । प्रतियोगितामा प्रथम भएका कविलाई रु११,०००/- प्रमाणपत्र गमछा, दिवाल घडि पुरस्कार बाट सम्मानित गरिएको छ । द्वितीय भएका कविलाई रु. ७०००/-प्रमाणपत्र गमछा,दिवाल घडीबाट समानित गरिएको हाे । र तृतीय भएका कविलाई रु. ४१००/- प्रमाणपत्र गमछा,दिवाल घडि बाट सम्मनित गरिएको हाे ।
विजेताहरूलाई बज्जिका समाज सर्लाही अध्यक्ष रामचन्द्र कुशवाहा पुरस्कार हस्तान्तरण गर्नु भएको थियो । प्रमुख अतिथि मलगंवाका नगर प्रमुख नागेन्द्र प्रसाद यादव रहनु भएको थियोे भने साहित्यकार अजय कुमार झा, बज्जिका सेवक संजय साह मित्र, बज्जिका साहित्यि संगमका अध्यक्ष किसुनदयाल यादव कृष्ण ,जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी सिडियो गोपाल कुमार अधिकारी ,बज्जिका अभियन्ता डा. कमलेश्वर सिन्हा ,उदघोषक मुकेश कुमार मिश्र ,अभजित कुमार अभि लगायतका सयाैं जनाकाे सहभागितामा कार्यक्रम सम्पन्न भएको बज्जिका साहित्य समाजका अध्यक्ष रामचन्द्र कुशवाहा जानकारी गराएका हुन् ।
आरके श्रीवास्तव,रौतहट,०१ ग्ते मंसिर ।
रौतहटको गुजरा नगरपालिका भित्र रहेका इट्टा भट्ठाहरुमा बालश्रमीकहरुको आज संयुक्त अनुगमन गरिएको छ । सो नगरपालिकामा बालश्रम न्यूनिकरण परियोजना सञ्चालनमा रहेको छ । उक्त परियोजना अन्तर्गत नै अनुगमन गरिएको हो ।

ग्रामीण विकास केन्द्र नेपाल,केएनएच,किनडर नट हिल्पको आर्थिक सहयोग र गुजरा नगरपालिकाको समन्वयमा सो परियोजना चलिरहेको परियोजना संयोजक शेष अर्सदले जानकारी गराएका हुन् । परियोजनाले बालश्रम न्यूनिकरणका लागि कार्यविधि बनाउने,निति नियम बनाउने काम गर्ने देखि लिएर सरोकारबालाहरुको क्षमता अभिवृद्धि गर्ने कार्य गर्ने गर्दछ ।

शनिवार गुजरा नगरपालिकाकी उपपमेयर रत्ना लामाको नेतृत्वमा अनुगमन टोली इट्टा भट्ठाहरुमा पुगेको थियो । सो नगरपालिका भित्र रहेको रामजनकी इट्टा उधोग,रोयल इट्टा उधोग लगायतका दर्जनौं इट्टा भट्ठाहरुमा अनुगमनको गरिएको छ ।

अनुगमनको क्रममा सर्लाही,मकवानपुर लगायतका जिल्लाहरु बाट पुरै परिवार सहितनै इट्टा भट्ठाहरुमा काम गर्न आउने गरेको पाइएको छ । जसमा ५ वर्ष देखि १५ वर्ष मुनिका बालबालिका सँगै आउने गरेको र बालश्रम गरिरहेको पाइएको छ ।
उनीहरु करिब ६ महिना सम्म यही काम गर्ने गर्दछन् । जसकारण बालबालिकाहरुको पढाइ अवरुद्ध हुने गर्दछ । बालबालिकाहरुको पढाइलाइ कसरी निरन्तरता दिन सकिन्छ भन्ने बारेमा अनुगमनको क्रममा विचारविमर्श गरिएको छ । अनुगमन पछि उक्त ठाउँहरुमा त्रैमासिक रुपमा अनुगमन गर्ने,बालबालिकाहरु बिधालय गए नगएको सुनिश्चित गर्ने जस्ता सुझावहरु आएको थियो । यसै विषयमा नगरपालिकामा बैठक बसी ठोस् निर्णय गरिने भएको छ ।

अनुगमनको क्रममा गुजरा नगरपालिकाका शिक्षा शाखा प्रमुख शिवमंगल साह,आरडिसि नेपालका कर्मचारी,नगरपालिकाको कर्मचारी लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।
आरके श्रीवास्तव,राैतहट,०१ गते मंसिर ।
राैतहटमा कायस्थ पत्रकारहरूकाे भेला सम्पन्न भएको छ । जिल्ला सदरमुकाम गाैरमा जिल्लाभरीका कायस्थ पत्रकारहरू जम्मा भएका थिए । मधेसभूमि दैनिक पत्रिकाकाे कार्यालयमा भएको साे कार्यक्रममा कायस्थ पत्रकार समाजकाे काठमाडौंमा हुन गईरहेकाे प्रथम राष्ट्रिय सम्मेलनमा सहभागीता बारे छलफल गरिएको पत्रकार जितेन्द्र श्रीवास्तवले जानकारी गराउनु भएको हाे ।

यही आउँदाे मंसिर ०८ गते राष्ट्रिय सम्मेलनका लागि काठमाडौंमा देशैभरिका कायस्थ पत्रकारहरू जम्मा हुँदैछन् । जसमा राैतहटका कायस्थ पत्रकारहरू पनि सहभागी हुने भएका छन् । राैतहटमा करिब १ दर्जन भन्दा बढी कायस्थ पत्रकारहरू विभिन्न मिडियामा आबद्ध छन् भने धेरैकाे आफनाे मिडिया सञ्चालनमा रहेका छन् । ती मध्ये आधा दर्जनभन्दा बढी राैतहटका कायस्थ पत्रकारहरू काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनमा सहभागी हुने भएका छन् ।
कायस्थ/चित्रान्शहरूकाे सामूहिक हित एवम् आपसी सदभाव बढाउने उदेश्यले देशैभरिका कायस्थहरूकाे साझा मञ्चकाे रूपमा कायस्थ पत्रकार समाज निर्माण गरिएको हाे । जसमा कायस्थ पत्रकारहरू मात्र आबद्ध छन् । राष्ट्रिय सम्मेलनमा नै कायस्थ पत्रकार समाजलाई पूर्णता दिइने बुझिएको छ । गाैरमा भएको भेलामा बरिस्ठ पत्रकार विनयलाल कर्ण,मधेस भूमि दैनिकका मनाेज निधि,पत्रकारहरू अजित कर्ण, नन्दभूषण श्रीवास्तव,राजभूषण श्रीवास्तव, राजन कुमार श्रीवास्तव, विणा श्रीवास्तव लगायतका कायस्थ पत्रकारहरूकाे सहभागीता रहेको थियो ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,३० गते कार्तिक ।
राैतहट । मधेस प्रदेस सरकारका उधोग वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियाले गाैरमा पर्यटन विकास कार्यालयको एक समारोह बिच शुक्रबार उदघाटन गरेका छन । प्रमुख अतिथिको आसनबाट समारोहलाई सम्बोधन गर्दै प्रदेस सरकारले मधेसका पर्यटन क्षेत्रको बिकासका लागि कुनै कसर बाकि नराख्ने दाबि गरे ।
मधेस प्रदेसको दुई वटा जिल्लालाई जोडेर पर्यटन सर्किट बनाउनलागेको बताए। उदघाटन भएको कार्यालय बाट राैतहट र सर्लाही जिल्लाको पर्यटन क्षेत्रको विकास तथा प्रचारप्रसार हुने विश्वास व्यक्त मन्त्री अलिले गरेका छन ।
पर्यटन विकास कार्यालय गाैर राैतहटका पर्यटन विकास अधिकृत संजय कुमार मिश्रको अध्यक्षतामा भएको साे उदधाटन समारोहमा वन तथा वातावरण मन्त्री त्रिभुवन साह,प्रदेस सभासदस्य ईन्दु साह, जिल्ला समन्वय समिति राैतहटका प्रमुख रामअयाेध्या राय यादव, गाैर नगर प्रमुख शम्भु साह ,उधोग वाणिज्य तथा पर्यटन मन्त्रालयका सचिव सुशील साह ,राैतहट उधाेग वाणिज्य संघका अध्यक्ष पण्डित प्रसाद जयसवाल सहितले कार्यालय स्थापना भएकोमा शुभकामना व्यक्त गरेका छन् ।
आरके श्रीवास्तव,राैतहट,३० गते कार्तिक ।
यति कठिन जाडोमा आस्थामा हजारौं मानिसले नदीमा डुबुल्की लगाएका छन् । राैतहटकाे लालबकैया नदी सहित विभिन्न नदिहरूमा स्नान गरेका छन् ।
उता हजारौँ मानिसले बागमती नदीमा पनि स्नान गरेका छन् । कात्तिक पूर्णिमाको दिन गंगास्नान गर्ने चलन अनुसार बागमती नदीसहित विभिन्न जलाशयमा हजारौँले स्नान गरेका हुन् ।
कात्तिक पुर्निमाको दिन गंगास्नान गरेमा पापबाट मुक्ति प्राप्त भई पुण्य प्राप्त हुने विश्वास रहेको छ ।
रौतहट र सर्लाहीको बिचमा बग्ने बागमती नदीमा हजारौँले स्नान गरेका हुन् । नदीको दुवैतिरको घाटमा सर्वसाधारणले स्नान गरी पूजाआजा समेत गरेका हुन् ।
बागमती नदीको नुनथर, विश्रामपुर, समनपुर, लक्ष्मीपुर, धरमपुर, रजबाडा, भलोहिया, पिपरा, बडहर्वासहित दर्जनभन्दा बढी घाटमा रौतहटतिर र उत्तिकै घाटमा सर्लाहीतिर गरी हजारौँले स्नान गरेका हुन् । यसै गरी बकैया नदीको पनि दर्जनौँ घाटमा हजारौँले स्नान गरेका छन् ।
बागमती नदीमा स्नान गर्नका लागि सर्वसाधारण ट्रयाक्टर तथा अन्य साधनमा नदीको किनारसम्म पुगेका थिए । नदीको किनारमा रातभर जाग्राम बस्ने प्रचलन अनुसार हजारौँ मानिसले नदीको घाटमै रात बिताएका छन् । बागमती नदीको नुनथर घाटमा गंगा सेवन गर्न बारा र पर्सा जिल्लाबाट समेत श्रद्धालुहरु पुगेको पाइएको छ । बागमतीमा नदीमा स्नान गरी नुनथरमा रहेको महादेव मन्दिरमा हजारौँले दर्शन गरेका छन् ।
कात्तिक पूर्निमाको अवसरमा बागमती नुनधरमा मेला लाग्दै आएको छ । मेला भर्न रौतहट, सर्लाही, बारा, पर्सा, मकवानपुर तथा सिन्धुली जिल्लाबाट श्रद्धालुहरु पुग्ने गरेका छन् । रौतहट र सर्लाहीका अन्य केही ठाउँमा पनि कात्तिक स्नान मेला लाग्दै आएको छ ।
केही दिनदेखि रौतहट र सर्लाहीमा अत्यधिक चिसो बढेको भए पनि नदीमा नुहाउने श्रद्धालुहरुको संख्यामा कुनै कमी देखिएको छैन । सबारी साधनमा सर्वसाधारणको पहुँच विस्तार भएसँगै मेला भर्न जाने श्रद्धालुको संख्यामा हरेक वर्ष वृद्धि हुँदै गएको गढीमाई नगरपालिका २ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठको भनाइ छ ।
आरके श्रीवास्तव,रौतहट,३० गते कार्तिक ।
छठ घाटमा भएको विवादलाई लिएर अहिले राैतहटकाे फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ३ मेवा गाउँ अहिले तातेकाे छ । दुईतर्फि पत्रकार सम्मेलन आयाेजन भईरहेकाे छ । बिहीबार वडा अध्यक्ष पक्षले पत्रकार सम्मेलन गरेका थिए भने शुक्रबार दलित समुदायका मानिसहरूले पत्रकार सम्मेलन गरेका छन् ।
मेवाका दलित समुदायले साे वडाका वडा अध्यक्ष रामईश्वर राय यादवले आफुहरुमाथि जातीय विभेद भएको आराेप लगाएका छन् ।
पिडितका अनुसार गत कार्तिक २२ गतेका दिन सम्पन्न भएको छठ पर्वका दिन आफूहरुले छठपर्वको लागि बनाइरहेको छठ पण्डाल लाई नेपाली काँग्रेस पार्टीबाट निर्वाचित वडा अध्यक्ष रामईश्वर राय यादवले अछुत जातको पण्डाल हाम्रो पण्डाल संग टाँसिएर बनाउन मिल्दैन भन्दै, यादवको स्वयं संलग्नतामा सयौं व्यक्ति मिलेर आफुहरुको पण्डाल तोडफोड गरि घाट सजाउने सामानहरु समेत जलाइदिए पछि आफुहरुले त्यसको प्रतिकार गर्न खोज्दा वडा अध्यक्ष यादवले आफूहरुको जाति स्तर देखाएर नाना थरीको गाली बेइज्जती तथा मार पिटगर्दै मोटर बाट पानी चलाएर पानीको प्रेसरले मारेर आफुहरलाई लखेट्दै भगाएको आरोप लगाएका छन् ।
दलित समुदायका पिडितहरुले आज मेवा गाउँकै दलित बस्तीमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त घटना बारे जानकारी गराएका गराएका हुन् । वडा अध्यक्ष यादव स्थानीय सरकारको अंग र एउटा जिम्मेवार व्यक्ति भएर पनि महान आस्थाको पर्व छठको बेलामा आफुहरु माथि गरेको जातिय विभेदको घोर भर्त्सना गर्दै वडा अध्यक्ष यादव लगायत घटनामा संलग्न सम्पूर्णमाथि कडाभन्दा कडा कारबाहीको लागि जोडदार माग गरेका छन् ।
उक्त पत्रकार सम्मेलनमा त्यहाँ दलित समुदायका दर्जनौं दलितले आ-आफ्नो कुरा राख्दै उक्त घटनाको मुख्य दोषी वडा अध्यक्ष यादव नै रहेकोले दोषीउपर कडाभन्दा कडा कारबाही गराउनका निम्ति दलित आयोग लगायत सम्पूर्ण दलित अधिकार कर्मी,मानव अधिकार कर्मी,सुरक्षा कर्मी,केन्द्रीय सरकार,प्रदेश सरकार र स्थानीय सरकारको साथै सम्बन्धित निकाय संग जोडदार माग गरेका छन्।
त्यसैगरी दलित सामाजिक अभियन्ता राजेश पासवान निर्माणीले संविधानले वर्ण,लिंग,जाति र धर्मको हिसाबले कुनै पनि व्यक्तिसंग विभेद न गर्न कानुन समेत बनाइ सके ता पनि वडा अध्यक्ष यादवले कानुन उलंघन गर्दै जातिय भेदभाव गरेको र जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ र नेपालको संविधानको उलंघन गर्दै,दडण्डित कार्य गरेको भन्दै उहाँले वडा अध्यक्ष यादवको कारबाहीको लागि संबंधित निकाय संग जोडदार माग गरेका छन् ।
पासवानले प्रहरी प्रशासनले अटेरी गरि पडितलाई बेवास्ता गरेमा आफुहरु कडाभन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्। उक्त पत्रकार सम्मेलनमा दर्जनौं पत्रकारहरुको साथै मेवाका दलित समुदाय तथा जिल्लाका दर्जनौं दलित अगुवाहरुको उपस्थिति रहेको थियो ।
यता साे वडाका वडा अध्यक्ष रामईश्वर यादवले आफू दलितहरू माथि कुनै दुर्ववहार,छुवाछूत,भेदभाव नगरेको यसअघि नै पत्रकार सम्मेलन गरि बताईसकेका छन् ।
चन्दन यादव,राैतहट,२९ गते कार्तिक ।
आफूले दलितहरू माथि कुनै दुर्ववहार,छुवाछूत,भेदभाव नगरेको फतुवा बिजयपुर वडा नम्बर ३ मेवा का वडा अध्यक्ष रामईश्वर राय यादवले बताएका छन् । आज पत्रकारहरू सँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
गत कार्तिक २२ गते छठ पुजा गर्ने विषयलाई लिएर मेवा गाउँमा विवाद सिर्जना भएको थियोे । साेही विषयलाई वडा अध्यक्ष माथि दलितलाई दुर्ववहार गरेकाे आराेप लागिरहेको बेला उनले साे कुरा लाई खण्डन गर्दै सामाजिक संजालमा आएका कुराहरू कुनै सत्यता नरहेको बताएका छन् ।
मैले आफनाे सम्पूर्ण वडावासीलाई एक समान मान्ने गरेकाे छु । काहिँ कतै भेदभाव गरेको छैन् । यदि मैले कुनै गल्ती गरेकाे छु भने मलाई भन्नुस म सच्याउन तयार छु ।
छठ पुजा गर्नका लागि एउटै पण्डाल हामीले बनाई पुजा गर्ने व्यवस्था मिलाएका थियौं । चार ठाउँमा श्रीसप्ता बनाई पुजा गर्ने आफूले आग्रह गरेकाे बताए । हुलदंगा नगर्न अनुराेध पनि गरे । तर उल्टै म माथि दलितलाई दुर्ववहार गर्याे भने आराेपहरू आईरहेकाे छ । जुन सरासर गलत हाे ।
मैले असंतुष्ट पक्षसँग धेरै पैरवी गरे तर वहाँहरू तयार हुनु भएन । मुखियाजिले बनाएको पण्डालमा आफूहरू नबस्ने भनिरहेका थिए । कुनै किसिमको मारपिट,झैझगडा त्यहाँ मैले गरेको छैन् ।
आफूलाई बदनाम गर्ने परपंच हाे । अरू केही हाेईन् । अझै पनि म के आग्रह गर्न चाहन्छु भने वार्ता समझदारी बाट समस्या सामाधान गराैं । यसरी आराेपप्रत्याराेप नगर्न हुन म अनुराेध गर्न चाहन्छु ।
आरके श्रीवास्तव,राैतहट,२७ गते कार्तिक ।
राैतहटकाे गुजरा नगरपालिकामा जनता समाजवादी पार्टीको नेपालकाे जनसभा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । जिल्ला अध्यक्ष श्यामबिहारी प्रसाद यादवकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव रहनु भएको थियाे ।

गुजरा नगरपालिकाकाे परसवामा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १ सय ३३ जना जनता समाजवादी पार्टी प्रवेश गरेकाे जसपाका नेता विजय चाैधरीले जानकारी गराउनु भएको हाे । कार्यक्रममा प्रमुख अतिथि यादवले नव आगन्तुकहरूलाई टिकामाला लगाई पार्टीमा स्वागत गरेका थिए ।

जनता सँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियान अन्तर्गत साे कार्यक्रम गरिएको हाे । साे कार्यक्रममा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव सँगै पार्टीका उपाध्यक्ष गाेबिन्द चाैधरी, मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गदि,प्रदेश शेख फुलबाबु,किशोरी यादव,मधेस प्रदेश अध्यक्ष बालकिशाेर यादव,गुजराका मेयर सन्तलाल चाैधरी लगायतका नेताहरूले कार्यक्रमलाई सम्बाेधन गरेकाे जसपा नेपाल राैतहट अध्यक्ष श्यामबिहारी यादवले बताउनु भएको हाे । 
कार्यक्रममा वक्ताहरूले देशमा संघियता समाप्त पार्ने कुनै किसिमकाे गतिविधि भएमा आफूहरू चुप लागेर नबस्ने चेतावनीसमेत दिएका छन् । कार्यक्रममा जसपा नेपाल सयौं नेता कार्यकर्ताहरूकाे सहभागीता रहेको थियाे ।

कार्यक्रममा सञ्चालककाे भूमिका विजय चाैधरीले गर्नु भएको थियोे भने स्वागत मन्तव्य राष्ट्रिय सभा सदस्य पुजा चाैधरीले राखेकी थिइन् ।

oplus_0

आरके श्रीवास्तव,राैतहट,२६ गते कार्तिक ।
मधेसी जनतालाई सधैं अवसरबाट बञ्चित गरिएकाे आराेप जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले लगाएका छन् । राैतहटकाे गढिमाई नगरपालिका वडा नम्बर ८ विरनगरामा आयाेजित जनसभालाई समबाेधन गर्दै उनले यस्ताे आराेप लगाएका हुन् ।

उनले भने-आफूलाई ठुला दल भन्नेहरूले सधैं मधेस लाई उपनिवेश समझे । हरेक क्षेत्रमा प्रचुर सम्भावना भएको मधेसलाई काँग्रेस कम्युनिस्टले हेपेरै राखे ।
संविधान जारी भएको नाै वर्षमा सुशासन आउन सकेन यसकाे जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरे ? हामीले याे संविधानकाे विराेध गर्दै आएका छाैं । तर याे संविधानलाई जारी गराउने काँग्रेस कम्युनिस्टले सुशासन कायम गराउनु सक्नुपर्छ कि पर्दैन ? भन्ने प्रश्न गरे ।
मधेसमा मधेसीकाे शासन हुनुपर्नेमा उनले जाेडदिए । मधेसलाई १२ प्रतिशत हाेईन् अब ५२ प्रतिशत बजेट चाहिएकाे छ । देशमा जनसंख्याकाे आधारमा भागिदारी हुनुपर्छ । मधेसीले जनसंख्याकाे आधारमा भागीदारी पाउनुपर्छ ।
त्यसैले उनले भने-हामीलाई यदि अधिकार बाट बञ्चित गरियो भने सबै ठाउँमा पराजित गराैं, आफनाे अधिकार प्राप्त गराैं ।
उनले एक अर्को प्रसंगमा भने-लाेकतन्त्रकाे नाउँमा भईरहेकाे लुटतन्त्रलाई अन्तय गर्न लडनुपर्ने अहिलेकाे आवश्यकता हाे । ३७ वर्षकाे लामाे लाेकतन्त्रमा देश कंगाल भयाे । अब कंगाल बनाउनेहरू विरूद्व लडनु पर्छ ।
कार्यक्रममा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गदिले जसपा नेपाल तमाम उत्पिडनमा परेका व्यक्तिहरूकाे आवाज उठाउने एक मात्र पार्टी रहेकाे दाबी गरे ।
त्यस्तै मधेस अर्का पूर्व मुख्यमन्त्री सराेजकुमार यादवले जसपा पार्टी रहेसम्म कसैले संघियतालाई हल्लाउन नसक्ने ठाेकुवा गरे ।

कार्यक्रमलाई समापन गर्दै जनता समाजवादी पार्टी नेपालका राैतहटका अध्यक्ष श्यामबिहारी प्रसाद यादवले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा जसपा नेपालकाे तर्फबाट राैतहटकाे गढिमाई नगरपालिका वडा नम्बर ८ मा आफनाे पार्टीकाे तर्फबाट वडा अध्यक्ष उम्मेदवारकाे रूपमा संदेश यादव रहेकाे घाेषणा गरे । उपनिर्वाचनमा जसपाकाे जित सुनिश्चित रहेको समेत दाबी गरे ।
जनसभामा जसपाका नेताहरू गाेविन्द चाैधरी, पूर्व कृषि राज्यमन्त्री याेगेन्द्र यादव,प्रदेश सांसद शाेभा देवी,किशाेरी यादव,राजकुमार दास लगायतका नेताहरूकाे सहभागीता रहेको थियो ।

राैतहट,२५ गते कार्तिक ।
सरकारको मनोमानी कर र भ्रष्टाचारको विरोधमा आजपाद्धारा एकै दिन मधेसमा जागरण अभियान र काठमाडौंमा विरोध प्रदर्शन
“सरकारको अनावश्यक कर हटाउ, देशको व्यापार ब्यवसाय बचाउ” भन्दै आजपाद्धारा काठमाडौंमा विरोध प्रदर्शनसंगै मधेसमा भ्रष्टाचार विरोधी जागरण अभियान
भ्रष्टाचार र सरकारको मनोमानी करका विरुद्धमा सडक संघर्षमा उत्रेको आजपाद्धारा काठमाडौं र मधेसमा एकै दिन अभियान
काठमाडौं ।
पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले आउदो १ मंसिरमा एकै दिन काठमाडौंमा विरोध प्रदर्शनका साथै मधेसमा भ्रष्टाचार बिरोधी विशेष जागरण अभियान सुरु गर्दैछ ।
मुलुकमा बढदै गईरहेको भ्रष्टाचार, अनियमितता, कुशासनका साथै सरकारको अनावश्यक कर एवं महंगी विरुद्ध आजपाले आन्दोलन गर्दै आएको छ । सोही बिषयलाई लिएर आजपाले काठमाडौंमा विरोध प्रदर्शन गर्नुका साथै मधेस प्रदेशमा विशेष जागरण अभियान सञ्चालन गर्न लागेको हो ।
आजपाका वरिष्ठ उपाध्यक्ष तिलक थापामगरले सरकार कुम्भकरण जस्तै सुतिरहेको अवस्थामा आम जनताको समस्याको बारेमा जानकारी गराउनका लागि पार्टीले काठमाडौं सहित मधेसमा एकै दिन विरोध प्रदर्शनका साथै विशेष अभियान सञ्चालन गर्न लागेको बताए ।
‘सरकारलाई आम जनताको समस्या, चाहना के हो भन्ने बारेमा कनै चासो देखिएन् । कुम्भकरण जस्तो सुतेको सरकारलाई आम जनताको समस्या र सरकारको मनपरी कार्यशैलीका विरोधमा अब जनता सडकमा आउँन बाध्य भएका छन्’ आजपा वरिष्ठ उपाध्यक्ष थापाले भने, ‘मुलुकमा भ्रष्टाचार बढदै गईरहेको छ, कुशासन, अनियमितता बढदैछ । सोझासाझा जनतामाथि अनावश्यक करमाथि कर थुपार्ने काम सरकारले गरेको छ । यस्तो अवस्थामा सरकारलाई सचेत गराउन सडक संघर्षको बिकल्प नै भएन् ।’
आईतबार काठमाडौं स्थित आजपाको केन्द्रीय कार्यालयमा बसेको पार्टीको काठमाडौं उपत्यका बिशेष कमिटीको बैठकले देशको अर्थतन्त्र बचाउन यही १ मंसिरमा “सरकारको अनावश्यक कर हटाउ, देशको व्यापार ब्यवसाय बचाउ” भन्ने मुल नाराका साथ विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
काठमाडौंको शान्तिवाटिकामा बृहत् प्रदर्शन गर्ने निर्णय गरेको आजपाले सरकार पिच्छे सरकारको अनावश्यक करले देशको व्यापार ब्यवसाय बर्वाद भईरहेको, देशको अर्थतन्त्र बचाउन युवाहरु उठन आवश्यक रहेको आजपा सचिव नारायण पाण्डेले जनाकारी दिए ।
‘हामीले मंसिर १ गते काठमाडौंको शान्तिवाटिमा बृहत विरोध प्रदर्शन गर्ने निर्णय गरेका छौं । सरकारको मनपरी करमाथिको कर हटाउनुपर्ने, युवालाई रोजगार दिनुपर्ने, भ्रष्टाचार, कुशासन, अनियमितता लगायतको विरोधमा हामी शान्तिपूर्ण प्रदर्शन गर्न लागेको हो’ आजपा सचिव पाण्डेले भने ।
यस्तै छठपर्व अघि वीरगंजमा बसेको आजपाको प्रदेश कमिटीको पदाधिकारी बैठकले भ्रष्टाचारको विरोधमा मधेसमा विशेष जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । आजपा मधेस प्रदेशका प्रवक्ता एवं केन्द्रीय सदस्य डा. हेमप्रसाद साहले यो अभियान मधेस प्रदेशका आठवटै जिल्लामा हुने बताए ।
मधेस प्रदेशको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा सञ्चालन हुने जागरण अभियान एक हप्तासम्म चल्ने उनले बताए । पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह सहित पार्टीका नेताकार्यकर्ताहरुको विशेष सहभागिता अभियानमा हुने प्रवक्ता साहले जनाएका छन् ।
सप्तरीबाट सुरु हुने सो अभियान पर्सामा आएर सम्पन्न हुनेछ । मधेसका प्रमुख शहरहरुमा सभा, प्रदर्शन, बैठक, भेला लगायतका गतिविधि हुने अभियानले पार्टीले पहिलो चोटी गर्न लागेको छ । यस अघि आजपाले काठमाडौं सहित बिभिन्न शहर एवं जिल्लाहरुमा बिशेष प्रदर्शन गर्दै आएको छ । भ्रष्टाचार, अनियमितता, कुशासन, मनपरी कर, महंगी, बेरोजगारी, बैदेशिक रोजगारको ठगी, भन्सारको मनोमानी कर लगायतका बिषयमा आजपाले आवाज उठाउदै आएको छ ।
‘हाम्रो महान तथा गौरवशाली पार्टी आम जनता पार्टी, मधेस प्रदेश कमिटीको विशेष संयोजनमा यही मंसिर १ गतेदेखी देशमा बढदो लुट आतंक, भ्रष्टाचार एवं विभेद विरुद्ध मधेस जागरण अभियान संचालन गर्ने तथा देशमा तीन तहका सरकारहरुले सरकार पिच्छे मनपरी रुपमा कर आतंक खडा गरी आम नेपाली जनतालाई दुख दिईरहेको स्थितीलाई बदल्न एवं देशभर शून्य कर नीतिलाई प्रोत्साहन गर्ने गराउने पुनित उदेश्यका साथ मंसिर १ गते नै उपत्यका विशेष कमिटीको आयोजनामा संघीय राजधानी काठमाडौंमा विशेष प्रदर्शन गर्ने निर्णय समेत गरिएको छ’ आजपा प्रवक्ता चन्द्रभुषण साहले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
आरके श्रीवास्तव,बारा,१९ गते कार्तिक ।
बाराको पचरौता नगरपालिकामा परम्परादेखि लाग्दै आएको महाबिरी झन्डा मेलाको विवाद चर्कदैँ गएको छ । पचरौता नगरपालिका ७ बेनौली गाउँमा परम्परादेखि लाग्दै आएको महाबिरी झन्डाको लागि तिन ओटा मेला समिति गठन भएपछि मेलापूर्व नै विवाद चर्केको हो ।
पचरौता नगर प्रमुख जलन्धर सिंह जैसवारले मेला लगाउने नाममा विभिन्न समूहहरुले बलजफ्ती चन्दा उठाउने काम गरिरहेकाले तत्काल रोक्न र चन्दा उठाउनेमाथि कारबाहीको लागि माग गरेका छन् ।
हरेक वर्ष छठ पर्वको समापनसँगै सुरु हुने मेलामा गत वर्ष निकै विवाद भएको थियो । प्रहरीले दर्जनौँ राउन्ड गोली चलाउनु परेको थियो । विगतदेखि मेला लाग्दै आएको भए पनि केही वर्षदेखि मेलामा विवाद हुँदै आएको छ । मेलामा हुने विवादलाई रोक्न वडा कार्यालयको पहलमा नगरपालिकाले मेला समिति निर्माण गरेपछि झन् विवाद चर्किएको हो ।
मेलाको लागि नगरपालिकाको नगरसभा तथा बोर्ड बैठकले पाँच लाख रुपैया छुट्याएर मेला लगाउनको लागि समितिलाई कार्यादेश दिइसकेको छ । केही मानिसले आफ्नो स्वार्थ पूरा नहुने देखेपछि अदालतबाट मेला लगाउन नै रोक लगाउनु पर्ने माग गर्दै मुद्दा दायर गरेका थिए । अदालतले तत्कालको लागि मेला लगाउन रोक लगाउन मिल्ने कारण नदेखिएको आदेश दिइसकेको छ ।

परम्परादेखि लाग्दै आएको मेलाको स्थानको विषयमा पनि विवाद उठेको छ । नगरपालिकाले महाबिरी झन्डा तथा ब्रह्मबाबा पुजन कार्य मेला स्थानीय विद्यालयमा हुँदै आएकोमा नगरपालिकाले नजिकै रहेको पोखरीको ठुलो डिललाई स्थान तोकेको छ । पोखरीको डिलमा मेला सारिएपछि कतिपयले पहिले लाग्दै आएको विद्यालयमा नै मेला लाग्नुपर्ने भन्दै मेला समिति गठन गरेका छन् । विद्यालयको चौरमा मेला लगाउन उचित नहुने भन्दै अर्को समूहले विद्यालय बाहिर मेला लगाउने भन्दै तेस्रो मेला समिति पनि गठन गरेका छन् । विद्यालयभित्र र विद्यालय बाहिर मेला लगाउने भन्दै आफूखुसी मेला समिति गठन गरेका समूहहरुले स्थानीयसित चन्दा असुल गरिरहेको नगर प्रमुख जैसवारको भनाइ छ ।
मेला लगाउन, नाच, जात्रा गराउन तथा मदिराको बिक्रीका साथै जुवाबाट रकम असुल गर्न केही मानिसले महाबिरी मेलालाई बदनाम गराउन चाहेको नगर प्रमुख जैसवारको भनाइ छ ।
नगर प्रमुख जैसवारले सोमवार पत्रकार सम्मेलन गरी मेलालाई सभ्य र भव्यतापूर्वक लगाउन स्थानीयलाई सहयोगको लागि आग्रह गरेका छन् । मेलामा कुनै किसिमको विकृति हुन नदिनको लागि र नगरपालिकाले तोकेको ठाउँसँगै अन्यत्र सोही मितिमा मेला लगाउन दिँदा झैँझगडा हुने भएकोले अन्यत्र मेला लाग्न नदिन नगर प्रमुखले माग गरेका छन् ।
नगर प्रमुख जैसवारले शान्ति सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला प्रहरी कार्यालय बारासित तिन सय प्रहरीको माग गरिएको बताउँदै नगर प्रहरी तथा स्वयंसेवकहरु पनि मेलाको व्यवस्थापन तथा शान्ति सुरक्षाको लागि परिचालन गरिने बताएका छन् ।
नगरपालिकाले तोकेको ठाउँभन्दा अन्यत्र मेला लाग्न नहुने र सम्बन्धित निकायले पनि ध्यान दिनुपर्ने जैसवारको तर्क रहेको छ ।
यता साेही नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता लक्ष्मी यादवले पनि ई सबै कुराहरूलाई गराउँदै प्रेस रिलिज पढेर सुनाएका थिए । उनले पनि वडाकाे विना अनुमती कुनै किसिमको मेला,नाटक, झाँकी,नाच गर्न नहुनेमा जाेड दिए । साे अवसरमा मेला आयाेजन भईरहेकाे वडा नम्बर ७ का वडा अध्यक्ष बनारसी बिन,शिक्षा सहायक प्रमुख मुकेश कुमार सिंह,भैयाराम यादवकाे पनि उपस्थिति रहेको थियो ।

आरके श्रीवास्तव,रौतहट,०३ गते कार्तिक ।
रौतहटमा अहिले जनता समाजवादी पार्टी नेपालले आफनो संगठन विस्तारको कामलाइ तिव्रता दिएको छ । जिल्लाको चर्चित बजार कटहरियामा आज जसपाको नगर कमिटि गठन गरिएको छ ।
जसपा नेपालले आधारभूत संगठन निर्माण कार्यक्रम अन्तर्गत शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो । शनिबार आयोजित विस्तारित बैठक, शुभकामना आदानप्रदान तथा नगर कमिटि गठन कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य चुल्हाइ राय यादवले जानकारी गराएका हुन् ।
कार्यक्रमको प्रमुख अतिथीको रुपमा जसपा नेपालका केन्द्रिय उपाध्यक्ष गोविन्द चौधरी रहनु भएको थियो । शनिवार भएको कार्यक्रममा रामसेवक राय यादवको अध्यक्षतामा ३१ सदसीय नगर कमिटि नगठ गरिएको हो ।

कार्यक्रममा वक्ताहरुले भेलालाई सम्बोधन गर्दे अव युवाहरुको समस्या र आवश्यकता जनता समाजवादीले पुरा गर्ने बताए । जनता समाजवादी पार्टीले सबै लाई एकतावद्ध बनाएर बढेको बताएका छन् ।
त्यस्तै उनीहरुले जनताको साझा चौतारीको रुपमा जसपा नेपालको रहेको भन्दै यसमा कोही छुट्न नहुने उल्लेख समेत गरेका छन् ।
सो अवसरमा जसपाका केन्द्रिय सदस्य एवम् गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल चौधरी,रामाअश्रेय चौधरी लगायत प्रदेश एवम् जिल्ला कार्य समितिका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको यियो ।

राैतहट,३० गते असाेज ।
ईशनाथ नगरपालिकामा जहिले देखि प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ता आउनू भएको छ त्यो दिन देखि ईशनाथ को जनता हरु बिकास को नमुना हेरिरहेको छ।
आज रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नं ५ टोल मोतिपुरमा छठ पर्व मनाउनका निम्ति छठ घाटको शिलान्यास नगर प्रमुख सिन्हा द्वारा सम्पन्न भएको छ। ईशनाथ नगरपालिकाको नगर प्रमुख श्रीमती कौशल्या देवी सिन्हाको विषेश पहल र वहाँको अध्यक्षतामा शिलान्यास कार्यक्रम सम्पन्न भएकाे स्थानीय पत्रकार चन्दन कुमारले जानकारी गराएका हुन् ।
सो कार्यक्रममा, विशिष्ट अतिथी पुर्व प्रदेश सभा सदस्य नागेन्द्र प्रसाद सिन्हा, प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ता, वडा नम्बर २ का वडा अध्यक्ष धर्मेन्द्र साह, वडा नम्बर ५ का वडा अध्यक्ष शेख नेशार, वडावसी बुद्धिजीवी समाजसेवी हरुकाे उपस्थितीमा आज छठ घाट शिलान्यास कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
स्थानीय वासी ले गठन गरेको ‘छठ घाट व्यवस्थापन समिति र नगर प्रमुखको अथक प्रयासमा बन्दोबस्त भएको जग्गामा घाट निर्माण कार्य आज देखी पुर्ण रुपमा सुचारु भएको छ। कार्यक्रमका समितिका अध्यक्ष ले आगामी छठ पर्व भित्रै पूजाका निम्ति घाट तयार भइसक्ने जानकारी दिएका छन।
राैतहट,३० गते असाेज ।
रौतहटको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले आज महमदपुर स्थित झाझ नदीमा झोलुङ्गे पुलको उद्घाटन गरेका छन्।
५० लाखको लागतमा निर्माण भएको उक्त झोलुङ्गे पुलको आज एक कार्यक्रम बीच गरुडा नगर प्रमुख जयसवालले उद्घाटन गरेका हुन् ।
गरुडा र वृन्दावन नगरपालिकालाई जोड्ने उक्त पुल निर्माण भएपछि दुवै पालिकाका बासिन्दालाई खासगरी खेतिबारी गर्ने प्रयोजनका लागि आउजाउ गर्न निकै सहज भएको नगर प्रमुख कन्थमनी प्रसाद कलवारले बताउनुभयो ।
यसअघि सो ठाउँमा पुल नहुँदा स्थानहरूलाई खेती किसानी गर्न झाझ नदी वारपार गर्न निकै कठिनाई हुँदै आएको थियो । साे अवसरमा गरूडा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रामबिनाेद जयसवाल लगायतका व्यक्तिहरूकाे उपस्थिति रहेको थियोे ।
जनकपुरधाम, ३० असोज ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले सीमित साधनस्रोतका बाबजुद पनि नेपाल प्रहरीले शान्तिसुरक्षा व्यवस्थापन, अपराध अनुसन्धान तथा कानुन कार्यान्वयन लगायतका काममा देखाउँदै आएको क्रियाशीलताको सराहना गरेका छन् ।
६९ औँ प्रहरी दिवसका अवसरमा मधेश प्रहरी कार्यालय जनकपुरधामद्वारा यहाँ आयोजित कार्यक्रममा मुख्यमन्त्री सिँहले कानुन कार्यान्वयनसँग सम्बद्ध धेरैवटा कामको जिम्मेवारी रहेको नेपाल प्रहरीलाई थप व्यावसायिक संगठनका रूपमा प्रतिष्ठित गर्न दक्ष जनशक्ति तथा आधुनिक प्रविधिको खाँचो रहेको औंल्याए ।
उनले प्रदेश सरकारले मधेश प्रदेशका विभिन्न प्रहरी एकाइलाई सबल बनाउन भौतिक पूर्वाधार विकास तथा विभिन्न आवश्यक सामग्री उपलब्ध गराएर साधनस्रोत सम्पन्न बनाउने प्रयास गर्दैआएको जानकारीसमेत दिए ।
‘नेपाल प्रहरीमा कुशल तथा निपुण जनशक्ति विकासको पाटोमा समेत प्रदेश सरकार गम्भीर छ । प्रहरी जनशक्तिको दक्षताबाटै नागरिकमा शीघ्र न्याय प्राप्तिको बाटो खुल्नेछ,’ मुख्यमन्त्री सिँहले भने ।
उनले केही दिनअघि देशसँगै मधेश प्रदेशमा समेत आएको बर्खाबाढी र डुबानका बेला राज्यका अन्य निकायसँगै नेपाल प्रहरीले समेत तत्काल तत्परता देखाएकाले थप क्षति रोक्न सफल भएको चर्चा गर्दै नेपाल प्रहरीका कामको विविधीकरण मात्र नभई विशिष्टीकरणसमेत हुनुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री सिँहले भने, ‘विपत्ति तथा प्रकोपमा खोज तथा उद्धार, सवारी व्यवस्थापनलगायतका काम नेपाल प्रहरीले गर्दैआएको छ । यी जम्मै कामबाट प्राप्त अनुभव र अभ्यास थप व्यवस्थित र परिणामुखी बनाउँदै जानुपर्छ ।’
मुख्यमन्त्री सिँहले प्रदेशमा लागुऔषधको दुव्र्यसन तथा ओसारपसार र भन्सार छलेर मालसामानको चोरीनिकासी हुने स्थिति चिन्ताजनक रहेको टिप्पणी गर्दै यी प्रवृत्तिलाई निरुत्साहित एवम् नियन्त्रण गर्न नेपाल प्रहरीको भूमिका अझ सशक्त बन्नुपर्ने बताए ।
उनले प्रहरीको परम्परागत कार्यशैलीमा सकारात्मक परिवर्तन आइरहेकोमा सन्तोष व्यक्त गर्दै नागरिकको विश्वास जित्न प्रहरीको व्यवहार थप सरल, निष्पक्ष र पारदर्शी हुनुपर्ने सुझाए ।
मुख्यमन्त्री सिँहले मानवअधिकारको संरक्षण र प्रवद्र्धनप्रति नेपाल प्रहरीको निष्ठा चुलिँदै जाने विश्वाससमेत व्यक्त गरे ।
कार्यक्रममा मुख्यमन्त्री सिँहले प्रहरी कर्मचारी, नागरिक तथा खेलाडीहरूलाई कदर तथा प्रशंसापत्र प्रदान गरे । त्यसक्रममा उनले धनुषाको मिथिला नगरपालिका वडा नम्बर १० ढल्केवरका सेवानिवृत्त प्रहरी सहायक निरीक्षक ८५ वर्षीय हरिबहादुर खडकालाई दोसल्ला ओढाएर सम्मान गरे ।
कार्यक्रममा प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादव, मधेश प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक लालमणि आचार्य, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेशकुमार कर्णलगायतका व्यक्तिहरूले आआफ्ना धारणाा राखेका थिए ।
प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्रबहादुर गुरुङ्गले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको शुभकामना सन्देश वाचन तथा स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
विस २०१२ मा ऐन आएपछि नै नेपाल प्रहरी ऐनमा लालमोहर लागेको दिनलाई प्रहरी दिवसका रूपमा मनाइन्छ । विसं २०१२ मा नेपाल प्रहरी ऐन आएको थियो । नेपाल प्रहरीले २०५२ सालदेखि स्थापना दिवस मनाउँदै आएको छ ।
आरके श्रीवास्तव,राैतहट,३० गते असाेज ।
नेपाली काँग्रेसका स्थानीय नेता तथा महाधिवेशन प्रतिनिधि ज्ञानेन्द्र यादवले सबैले मिलेर काम गर्नुपर्ने बताएका छन् ।
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ६ पेटभर्वामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता यादवले मिलेर इमानदारीपूर्वक काम गरी जनतामा आशा जगाउनु परेको छ ।
नेपाली काँग्रेस नगर कमिटि फतुवा विजयपुर रौतहटद्वारा आयोजित कार्यक्रममा बोल्दै नेता यादवले अबको समयमा युवाहरुले अग्रसरता लिएर आफ्नो क्षमतालाई विकास तथा निर्माणमा लगाउनु पर्ने बताएका छन् । नेता यादवले युवाहरुले पार्टीको संगठनलाई बलियो बनाउन नेतृत्व तहमा आउन पनि सुझाव दिएका छन् ।
पूर्व वडाध्यक्ष हिरालाल यादवले बलियो भएर काम गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा स्थानीय युवा तथा पार्टीका कार्यकर्ताहरुको सहभागिता रहेको थियो । यस किसिमका कार्यक्रमलाई हरेक वडामा निरन्तरता दिनुपर्ने स्थानीयको माग रहेको छ ।
आरके श्रीवास्तव,राैतहट,२८ गते असाेज ।
राैतहटकाे माधवनारायणकाे खडकी रजवारामा जनता समाजवादी नेपालकाे वडा कमिटी गठन भएको छ । जसपा नेपालको अधारभुत संगठन निर्माण कार्यक्रम अन्तर्गत साे कमिटी गठन गरिएको छ । जसपा नेपाल माधवनरायण नगर कमिटीको आयोजनामा वाड नम्बर ८ खडकी रजवारामा संगठन निर्माण कार्यक्रम तथा शुभकामना आदानप्रदान र वाड कमिटी गठन गरिएको हाे ।

विनोद यादवको अध्यक्षतामा २१ सदस्यीय वाड कमिटी गठन गरिएकाे जसपा नेपालका जिल्ला अध्यक्ष श्याम बिहारी प्रसाद यादवले जानकारी गराएका हुन् । गठित कमिटीकाे उपाध्यक्षमा भाग्यनरायण कुशवाहा,राम नारायण बैठा रहेका छन् । त्यस्तै सचिवमा बिजय बैठा,सह सचिवमा मुकेश दास, विरेन्द्र राय,काेषाध्यक्षमा घुरनि देविलाई चयन गरिएको हाे । त्यसैगरी सदस्यहरूमा मकर दास,धुपा राय,जय लाल दास, मुटु सहनी,छोटे दास,राम अयोध्या राय,अछेलाल महतो, बिजुलि साह,भोजेन्द्र महतो,उमेश राय,जुगुल बैठा,बच्चु राय , बिन्देश्वर दास, मुकेश महतो रहेका छन् ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,२५ गते असाेज ।
राैतहट । नेपाल सुन चांदी रत्नआभुषण व्यवसायी संघ राैतहटले संघका सचिव चन्दन सागर उपर भएको घटनाको सत्य तथ्य छानविन गरि दोषि उपर कार्यवाही गर्न माग गरेका छन । संघका जिल्ला अध्यक्ष उमेश प्रसाद साहले प्रेस विज्ञप्ति जारी गरि सो माग गरेका हुन । संघका सचिव सागर मंगलबार गरुडा बजारबाट घर समनपुर फर्किने क्रममा अज्ञात अपराधीक समुहद्वारा ज्यान लिने उदेश्यले गरिएको आक्रमण प्रति गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष साह द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सो घटनामा संलग्न अपराधीक समुहमा रहेका व्यक्तिको बारेमा सत्य तथ्य सार्वजनिक गर्न साथै दोषीलाई कानुनको दायरमा ल्यान स्थानीय प्रशासनसंग अध्यक्ष साहले जाेडदार रुपमा माग गरेका छन ।
सुरक्षा व्यवस्थामा सुघारका लागि अनुराेध गर्दै व्यापारीहरुकाे ज्यान धनकाे भरपर्दाे सुरक्षा व्यवस्था मिलाउन माग समेत गरेका छन।
सोही दिन देखि गम्भीर तथा अचेत अवस्थामा रहनु भएको सचिव सागरकाे शिघ्र स्वास्थ्य लाभकाे कामना जिल्ला अध्यक्ष साहले विज्ञप्ति मार्फत गरेका हुन ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,२५ गते असाेज ।
आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सांसदहरु पार्टीको ‘कारिन्दा’ भएकाले देशको विकाश नभएको बताएका छन् ।
महापर्व दशैं, शुभ दिपावली एवं छठ पर्वको शुभ अवसरमा रौतहटको चन्द्रपुर नगरपालिकाको बालचनपुरमा आज आजपाद्धारा आयोजित शुभकामना एवं भेटघाट कार्यक्रममा सहभागि आजपा अध्यक्ष साहले सांसदहरु जनता प्रति उत्तरदायी नभएको बताए ।
‘सांसदहरु दलको कारिन्दा भएका छन् । जनताबाट निर्वाचित भए पनि उनीहरु जनता प्रति उत्तरदायी भएन् । उनीहरु दलप्रति उत्तरदायी भए । जनताको आवश्यक्ता, चाहना के हो बुझेनन सांसदहरु’ आजपा अध्यक्ष एवं सांसद समेत रहेका साहले भने, ‘मुलुक र जनताको आवश्यक्ता के हो सांसदहरुले बुझने काम गरेरन वा बुझेर पनि बुझ पचाए जस्तो गरे, त्यसैले देशको विकास भएन् ।’
जनताको मतबाट निर्वाचित सांसदहरु जनताको आवश्यक्ता, चाहना बुझनुपर्ने उनले बताए । जनताको चाहना र आवश्यक्ता बुझेर दललाई सोही बाटोमा हिडाउनुपर्ने भए पनि उनीहरु दलकै कारिन्दाको रुपमा काम गरे । खासमा सांसदहरुले जनताको कुरा सुन्ने, बुझने, उनीहरुको आवश्यक्ता पुरा गर्ने काम गर्नुपर्ने आजपा अध्यक्ष साहको भनाई रहेको छ ।
अहिले बाढीपहिरो, डुबानले जनता राहतको पर्खाईमा रहेको बताउँदै उनले सांसदहरु उनीहरुको आवश्यक्ता नै बुझन नसकेको टिप्पणी उनले गरे । मुलुक र जनताको अवस्था गम्भिर संकटबाट गुज्रिरहेको बताउँदै साहले अहिले आर्थिक अवस्था कसरी हुन्छ माथि उठाउँदै मुलुकलाई समृद्ध बनाउँनुपर्ने दिशामा लाग्नुपर्ने सांसदहरु बाटो विराएको बताए ।
दलका शीर्ष नेताहरुको हालीमुहाली गर्ने, जनताको कुरा सुन्नुपर्नेमा दलका नेताहरुको कुरा सुन्ने काम सांसदले गरिरहेकाले मुलुक समृद्धि नभएको उनले बताए । मुलुकको समस्या बुझने र सोही अनुसार कानून निर्माण देखी संसदमा भुमिका निर्वाह गर्नुको साटो सांसदहरु दलका नेताहरुको ‘जि हजुरी’ गर्नमा व्यस्त रहेको उनले बताए ।
‘बडादशैं, शुभ दिपावली तथा छठी माताले सांसदहरुलाई सदबुद्धि दिउन, जनताको पक्षमा बोल्ने शक्ति प्रदान गरुन, सरकारको गलत कामको विरोध गरुन र मुलुकको बारेमा आवाज उठाउने शक्ति प्रदान गरुन भन्ने म कामना गर्न चाहन्छु’ साहले भने ।
आफ्ना दलका नेताहरु भ्रष्टाचारमा लिप्त हुदाहुदै समेत सांसदहरुले विरोध नगर्नु, जनतको कुरा नसुन्नु, दलका नेताहरुको आदेश पालक नभई जनताको आदेशपालक सांसद हुनुपर्ने उनले बताए ।
कार्यक्रममा आजपाका महासचिब त्रिभुवन साह, नगरप्रमुख रीना कुमारी साह, आम महिला मोर्चाको अध्यक्ष कुमारी बबिता, आम मुस्लिम मोर्चाको अध्यक्ष लालबाबु मंसूरी, आजपाको स्थायी समिति सदस्य श्रीभगवान पटेल, रन्जु कुमारी साह, सरोज बछाड, बिगु पासवान लगायतका नेताहरुको विशेष सहभागिता रहेको थियो ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,२५ गते असाेज ।
आम जनता पार्टी (आजपा) का स्थाई कमिटी सदस्य मेयर प्रत्यासी विजय यादव निर्विज फतुवा नगरपालिकालाई बचाउन आम जनता एक हुन आह्वान समेत गरेका छन् ।
महापर्व दशैं, शुभ दिपावली एवं छठ पर्वको शुभ अवसरमा रौतहटको फतूवा विजयपुर नगरपालिकाका वडा नं ८ बुनियादमा आम जनता पार्टीका केन्द्रिय अध्यक्ष मा प्रभु साह प्रमुख अथितिमा आज शुक्रबार आजपाद्धारा आयोजित शुभकामना एवं भेटघाट कार्यक्रममा सहभागि मेयर प्रत्यासी यादवले मधेश प्रदेश सरकारका अर्थ मन्त्री जितेन्द्र यादव र उहाँको आसेपासे अहिले गाउँमा डायरी बोकेर आम जनतालाई झाँसा देखाएर ठग्दै विगत सात वर्षदेखि फतुवा विजयपुर नगरपालिकामा उहाँहरुको नेतृत्व छन ? अहिले सम्म यहाको शिक्षा, स्वास्थ्य, बिकास निर्माण सम्बन्धी काममा अहिले सम्म कुनै ठोस काम गरेको छैन ।
केही महिना अगाडी मात्र आम जनता पार्टीको बलमा यस नगर जनतालाई विद्युत महसुल फ्री गराए, आम जनता पार्टीको यस नगरमा निःशुल्क कर सहित अन्य काममा निरन्तर खवरदारी गर्ने मेयर प्रत्यासी विजय यादवले बताए । यस फतुवा विजयपुर नगरपालिकाकामा जे काम भएको छ त्यो आम जनता पार्टीका केन्द्रिय अध्यक्ष मा प्रभु साहको पहलमा भएको वहाले जिकिर गरे ।
आयोजित कार्यक्रममा पार्टी महासचीव त्रिभुवन साह, स्थाई कमिटी सदस्य संजय यादव, आम मुस्लिम मोर्चाका महा सचिव शेख मोबिन, नगर उपा अध्यक्ष सेरबहादुर पटेल, प्रदीप चौधरी, राधाकान्त यादवका साथै आजपाका नेताकार्यकर्ता, सर्वसधारण लगायतको विशेष सहभागिता रहेको थियो ।






नदीखोलामा भईरहेको जथाभावि उत्खनन्ले नेपाल मरुभूमी बन्ने भएकाले त्यसलाई रोकिनुपर्ने उनले बताए । महापर्व दशैं, शुभ दिपावली एवं छठ पर्वको शुभ अवसरमा रौतहटको प्रतापपुर पलटुवामा आज आजपाद्धारा आयोजित शुभकामना एवं भेटघाट कार्यक्रममा सहभागि आजपा अध्यक्ष साहले प्राकृतिक स्रोतसाधनको भईरहेको जथाभावि उत्खनन् रोक्नुपर्ने बताए ।
नेपाललाई मरुभूमी हुनबाट जोगाउनका लागि प्राकृतिक स्रोतसाधनको संरक्षण गर्नुपर्नेमा उनले जोड दिए । ‘अहिले जथाभावि भईरहेको प्राकृतिक स्रोतसाधनको उत्खननले नेपाल मरुभूमी बन्न सक्छ । सरकार आफै बिभिन्न कानून बनाई प्राकृतिक स्रोतसाधनको दोहन गरिरहेको छ । प्राकृतिक स्रोतसाधनको संरक्षण गर्नुपर्ने सरकारकै कमजोरीका कारण वातावरणमा परिवर्तन भई विपती निम्तिदैछ, तर सरकार सचेत छैन्’ आजपा अध्यक्ष साहले भने, ‘तराई मधेसमा गर्मीको समयमा चापाकल सुक्ने, तातो हावा आउने, गर्मी बढने गरेको छ ।
अहिले काठमाडौं सहित पहाडमा समेत गर्मी बढदै गईरहेको छ ।’ प्राकृतिक स्रोतसाधनको अति नै दोहन भईरहेको बताउँदै उनले सरकार त्यसमा गम्भिर नभएको बताए । प्राकृतिक स्रोतसाधनको दोहन गरेर सरकार कमाउधन्दामा लागेको आरोप उनले लगाए ।
नदीखोलाको जथाभावि उत्खनन रोक्न नसकेको सरकारले नागरिकको भविष्यसंग खेलवाड गरिरहेको उनले बताए । तराई मधेसको विकासका लागि नदीमा मजबुत तटबन्धको आवश्यक्ता रहेको आजपा अध्यक्ष साहले बताए । बाढी, डुबानबाट जोगाउनका लागि तराई मधेसका नदीहरुमा मतबुत तटबन्ध आवश्यक रहेको उनले बताए । बर्षेनी सयौं मान्छेको मृत्यु हुने लाखौं घर परिवार डुबानमा पर्ने भएकाले नदीमा मजबुत तटबन्ध गरेर उनीहरुलाई सुरक्षित राख्न सकिने बताए ।
तर सरकारले तटबन्धका लागि आवश्यक बजेट नदिदा मान्छेहरु मर्नुपर्ने बाध्यता रहेको उनको भनाईरहेको छ । प्राकृतिक स्रोतसाधनको दोहनकै कारण बाढीपहिरो, डुबान जस्ता विपती आउँने गरेकाले सबैले मिलेर त्यसको संरक्षण गर्न आवश्यक रहेको उनले बताए । सरकारले पनि प्राकृतिक स्रोतसाधनको संरक्षणका लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने उनले बताए । कार्यक्रममा आजपाका उपाध्यक्ष एवं पुर्वसंसद सामिना हुसेन, महासचिव त्रिभुवन साह, उपमहासचिव सियाराम कुषावाहा, महिला मोर्चाको अध्यक्ष बबिता साह लगायत नेताहरुको विशेष सहभागिता रहेको थियो ।
आरके श्रीवास्तव,राैतहट,२० गते असाेज ।
गत शुक्रबार नेपाल सरकारले १४ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेकोमा विभिन्न दलले असन्तुष्टि जनाउँदै मधेशका जिल्लालाई पनि समेटन माग गरेका छन् । तत्काल मधेशका संकटग्रस्त जिल्लालाई पनि विपद् संकटग्रस्त क्षेत्र घोषणामा समेटन माग गरेका छन् ।
लोसपा नेपालका नेता एवं रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख प्रत्याशी रामप्रवेश दासले सरकारले १४ जिल्लालाई मात्र विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेकोमा असन्तुष्टि जनाएका छन् । नेता दासले उक्त घोषणालाई सच्याएर वास्तविक क्षति भएको पालिका र जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने माग गरेका छन् । सरकारले यसमा पुनर्विचार नगरे आफूहरु सरकारको विभेदकारी नीतिविरुद्ध चुप लागेर नबस्ने चेतावनी पनि दिएका छन् । उनी भन्छन् – मधेशी जनता चुप लागेर बस्दैनन् ।
मधेश प्रदेशको विभिन्न जिल्ला पनि बाढी पीडित र अत्यधिक प्रभावित रहेको अवस्थामा सरकारले मधेशलाई उपेक्षा गरेको आरोप दासको रहेको छ ।
बाढीले कैयाैं बिघा जमिनमा लगाइएको धानलाई पूर्णतया बालुवाले पुरेको, हजारौँ बिघा जमिनमा लगाइएको धान बालीलाई डुबाएर सखाप पारेको तथा थप हजारौँ बिघा जमिनको बालीलाई बाढीले सखाप बनाएको छ । अहिले पनि धेरै बालीलाई बाढीको पानीले डुबाएको अवस्था रहेको छ ।
मधेशका जिल्ला तथा मुख्य गरी अत्यधिक प्रभावित पालिका र वडालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने नेताहरुको माग गरेका छन् ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,१६ गते असाेज ।
राैतहट। पुर्व प्रधानमन्त्री एवम राैतहट एकका सासद माधव कुमार नेपालले वागमती र लाल बकैया नदिमा आएको वाढिले गरेको क्षेतिको निरिक्षण गरेका छन ।बुधबार दिउँसो ३ बजे गृह जिल्ला आई पुगेका नेता नेपालले गत अशाेज १२ गते बागमति नदिमा आएको बाढिले बाध तोडी घर तथा खेली बालिमा पुर्याएको क्षेतिको निरिक्षण गरेका छन ।

पुर्ब प्रधानमन्त्री नेपालले सर्व प्रथम गढिमाई नगर पालिकाको वडा नम्बर ३ स्थित लक्ष्मिपुर पुगेका थिए । बांधमा पुगेको क्षेती अब आफुले गर्नु पर्ने भुमिकाको बारेमा घटना स्थलमै नगर प्रमुख श्याम यादवसंग सुझाब लिएका थिए । वाधमा भएको क्षेती तथा खेती बालि हेर्ने क्रममा पुर्व प्रधानमन्त्री नेपाल गढिमाई नगरपालिकाका वडा नम्बर ६ का सिंगारमण र ७का पकाहा धर्मपुर पुगि स्थानीयले भोगेका सम्स्या तथा समाधानका उपाय बारे स्थानियसंग संवाद गरको नेकपा एसका नेता रेवन्त झाले बताए ।

यसैगरी विहिबार विहान बागमति नदि किनाराको माघवनारायण नगरपालिका र राजदेबी नगरपालिका तथा दुर्गा भगवति गाउपालिकामा भएको क्षेति तथा स्थानीय पिडितसंग भेटघाट गर्ने कार्यक्रम रहेको नेता झाले बताए ।

विहिबार नै पुर्व प्रधानमन्त्री नेपाल लाल बकैया नदिको बाढिले पुर्याएका क्षेति तथा राजपुर , परोहा , बाैथिमाई , माैलापुर ,देवाही गाेनाही र कटहरिया नगर पालिकाका स्थानीय वाढिपिडित जनतासंग भेटघाट गर्ने कार्यक्रम रहेको उनले बताए ।
पुर्वप्रधानमन्त्री नेपालसंग नेकपा एसका केन्द्रीय सदस्य तथा पुर्व सासद सरला यादव, राजदेवी नगरपालिकाका नगरप्रमुख भिखारी यादव, नेकपा एसका जिल्ला अध्यक्ष कमल यादव , गढिमाई नपा १का वडा अध्यक्ष रामपुकार यादव, गढिमाई नपा ५ का वडा अध्यक्ष राजिव रंजन यादव, नेकपा एसका नेता बिरेन्द्र साह सहितका नेता , जनप्रतिनिधि, स्थानीय जनता तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अनुसार हाइअलर्ट रहन सुरक्षा निकायका प्रमुखहरु, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, प्रदेशका सबै सुरक्षा संयन्त्र, र स्थानीय तहहरुलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री लेखकले जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमबाट बच्न आम नागरिकलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।
‘वर्षाको पूर्वानुमान गरिएअनुसार मैले कोशी र बागमती प्रदेशका प्रमुख जिल्ला अधिकारी, प्रदेश र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुलाई अलर्ट रहन निर्देशन दिएको छु’, उनले भने ।
थप समन्यव र सो सम्बन्धी आवश्यक काम कारवाहीका लागि गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुख र विपद् प्राधिकरण तयारी अवस्थामा रहन निर्देशन दिएको गृहमन्त्री लेखकले बताए । मन्त्री लेखकले यसअघिको बाढी र पहिरोले मुलुकक धेरै राजमार्गहरु अवरुद्ध रहनुका साथै पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन सबैमा आग्रह गरेका छन् ।
न्युजकारखाना
जनकपुरधाम । मधेस प्रदेश सरकारले अविरल वर्षाले पुर्याएको क्षतिबापत् पीडितलाई राहत तथा पुनःस्थापना गर्न आठवटै जिल्लालाई एक-एक करोड आपत्कालीन रकम विनियोजन गर्ने निर्णय गरेको छ ।
मधेसमा बाढीबाट भएको सडक क्षतिको पुनः निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई तत्कालै पाँच करोड रकम विनियोजन गर्ने निर्णय गरेको हो । आइतबार बसेको मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए ।
मुख्यमन्त्री सिंहले देशभरिका बाढी र पहिरोको प्रकोपले मधेस अछुतो नरहेको र आठवटै जिल्लामा समस्या भए पनि सप्तरीमा कोशी नदीका कारण हनुमाननगर कंकालिनी, रौतहटमा बागमती नदीका कारण राजदेवी नगरपालिका र सर्लाहीमा बकैया र बागमती नदीका कारण बलरा नगरपालिकासहितका पालिकाहरु अति प्रभावित भएको जानकारी दिए ।
उनले मन्त्रिपरिषद्को बैठकबाट सम्पूर्ण दातृ निकायहरुलाई राहतका लागि खुल्ला आह्वान गरिएको र प्रभावित क्षेत्रमा पुग्न आग्रह गर्ने निर्णय भएको बताए । मुख्यमन्त्री सिंहले मधेसको प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएकोसमेत बताए ।न्युज कारखाना
काठमाडौँ । सरकारले वर्षाका कारण बाढी, डुबान र पहिरोका कारण विद्यार्थीको आवत-जावत प्रभावित भएकाले हाल जारी सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री कार्यालयमा शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले हाल जारी परीक्षा स्थगित गर्ने निर्णय लिएको हो ।
सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।
विद्यालय भवन डुबानमा परेको, सडक अवरुद्ध भएको लगायतका रिपोर्ट आएपछि सरकारले परीक्षा स्थगित गर्ने निर्णय लिएको हो । कुन-कुन परीक्षा संचालनमा थिए र स्थगित गरिएको भन्ने सूचना शिक्षा मन्त्रालयले जारी गर्ने बताइएको छ ।
त्यस्तै बैठकले हाल अवरुद्ध रहेका सडक तत्काल खुलाउन भौतिक योजना मन्त्रालयले तत्काल पहल गर्ने निर्णय गरेको छ । साथै राहत र उद्धारको लागि सम्बन्धि सबै मन्त्रालय र बिभाग सक्रिय रुपमा लाग्ने निर्णय गरेको बताउदै प्रवक्ता गुरुङले सरकारले विपदमा ज्यान गुमाउनेहरुका परिवारलाई दिइने कानुन अनुसारको राहत तत्काल उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएका छन् । न्युज कारखाना
काठमाडौँ । अविरल बर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत प्राकृतिक विपद् जोखिममा परेका नागरिकहरुको खोज तथा उद्दारका लागि मुलुकभर २० हजार भन्दा बढी प्रहरी परिचालन भएको छ ।
विपद्बाट हुने क्षति न्युनीकरण, नागरिकको जिउधनको रक्षा र विप्दमा परेकाहरुको खोज तथा उद्दार, स्वास्थ्य उपचारमा सुरक्षाकर्मी सक्रिय रुपमा परिचालन भएको छ ।
पछिल्लो पटकको बाढी, पहिरो र डुबानबाट एक हजार भन्दा बढी नागरिकको सकुशल उद्दार भइरहँदा नेपाल प्रहरीबाट दश हजार ४१ जना र सशस्त्र प्रहरी बल नेपालबाट दश हजार ५४० जना प्रहरी परिचालन भएका छन् ।
जसमध्ये काठमाण्डौ उपत्यकामा मात्रै नेपाल प्रहरीको चार हजार सात सय ६० र सशस्त्र प्रहरी बलबाट तीन हजार ५ सय सुरक्षाकर्मी उद्दारमा खटिएका छन् ।
त्यसैगरी नेपाली सेनाले काठमाण्डौं उपत्यकाका विभिन्न स्थानबाट चार जनाको हेलिकप्टरबाट उद्दार गरेको छ । सेनाको टोली देशभरको प्रभावित क्षेत्रमा परिचालन भएको छ । भने राष्ट्रिय अनुसन्धान विभाग सुचना संकलनमा सक्रिय छ ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले शनिबार दिउँसोसम्म एक हजार ५३ जनाको उद्दार गरिएको जानकारी दिए ।
यसअघि गृहमन्त्री रमेश लेखकले उद्दार, राहत तथा घाइतेको स्वास्थ्य उपचारमा सरकार सक्रिय भएर लागि गरेको जानकारी दिए । उनले बाढी पहिरोमा अवरुद्ध सडक सुचारु गर्न सम्वन्धीत निकायलाई निर्देशन समेत दिएका थिए ।
न्युज कारखाना
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आकस्मिक बैठक बोलाएका छन् । अविरल वर्षापछि देशभर सिर्जित भइरहेको विपदजन्य परिस्थितिबारे उनले मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्न लागेका हुन् ।
प्रधानमन्त्री कार्यालयमा बैठक सुरु भएको बताइएको छ । यसअघि केन्द्रीय सुरक्षा समितिको बैठक पनि बसेको थियो ।
गत बिहीबारदेखि परिरहेको अविरल वर्षाका कारण देशभरमा विभिन्न विपदजन्य घटनाहरु घटिरहेका छन् ।
वर्षाका कारण अहिलेसम्म काठमाडौँ उपत्यकामा मात्र ३२ जना र देशभर ५० जनाभन्दा बढीको मृत्यू भइसहेको छ । न्युज कारखाना
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला गरको छ ।
आयोगले २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई आजदेखि दर्ता खुला गरेको हो ।
आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम आजदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सूचना प्रकाशित गरेको छ ।
आयोगले असोज २० गते दल दर्ता स्वीकृत गर्ने, निर्वाचन सम्बन्धि निर्देशिका, कार्यविधी, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायतका कार्यक्रम संचालन गर्ने, कार्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदान स्थल निर्धारण गर्ने, कार्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मङ्सिर २ गतेदेखी निर्वाचन कार्यक्रम संचालन गर्दै १६ गते मतदान गर्ने लगायतको निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ । न्युज कारखाना
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ ।
आयोगले आज एक सूचना जारी गर्दै २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई भोलिदेखि दर्ताका लागि भनेको हो ।
आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम असोज १० गतेदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन भनेको हो ।
न्युज कारखाना
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटको सन्दर्भलाई लिएर राप्रपाका नेता रविन्द्र मिश्रले गरेको टिप्पणीप्रति प्रचण्डको सचिवालयले खण्डन गरेको छ ।
अध्यक्ष प्रचण्डका स्वीकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र यो उनको मनगढन्ते धारणा भएको बताएका छन् ।
‘हिजो विहानको खुमलटार भेटघाटमा रविन्द्र मिश्रजीले आफ्ना विचारहरु राखेको कुरालाई फेसबुकमार्फत पूर्वप्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नुभएको छ’– मल्लले सचिवालयको धारणा सार्वजनिक गर्दै भनेका छन्– ‘जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान बलिदानीपूर्ण आन्दोलनको नेतृत्व गर्नुभयो । शान्ति र संविधान निर्माणको नेतृत्व गर्नुभयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तव्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ, उहाँका विचार भनेर मिश्र सरले आफ्ना मनगढन्ते विषय प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन ।’
पञ्चायतको निरङ्कुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगती र जनताको बर्बादीबारे अझै कोही नेपाली भ्रममा होलान् र भन्ने प्रश्न गर्दै मल्लले भनेका छन्– ‘मिश्र सर, यति सस्तो (अ)राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि !’
न्युज कारखाना
काठमाडौँ । सयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच आज भेटवार्ता भएको छ ।
दुबैजनाबीच राष्ट्रसङ्घका लागि सामाओको स्थायी नियोगमा भेटवार्ता भएको हो ।
भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापा सहभागी थिए ।न्युज कारखाना
सर्लाही ।
शिक्षक पेशाबाट जिवन शैली प्रारम्भ गरेको रामाशंकर कुशवाहा बलरा नगरपालिकाको मेयर बनेर नेपाल सम्मान २०८१ बाट सम्मानित सम्मको यात्रा तयर गर्न सफल भएका छन् ।
प्रयास मञ्च नेपाल, काठमाडौं, नेपालद्वारा बलरा नगरपालिका, सर्लाहीका नगर प्रमुख एवं विकास अभियन्ता कुशवाहा लाई एक कार्यक्रमका बिच सम्मानित गरिएको बलरा नगरपालिकाले जनाएका छन ।
शैक्षिक तथा सामाजिक सेवामा समर्पित प्रयास मञ्च नेपालको प्रस्तुति बुद्धवीर लामा तेहौ गितिमय(गीतकारको एकल साङगीतिक कार्यक्रम) मा बलरा नगरप्रमुख एवं विकास अभियन्ता कुशवाहा सम्मानित भएपछि जिल्लामै बधाई तथा शुभकामना दिनेको ओइरो लागेका छन ।
नेपाल सम्मान २०८१ बाट सम्मानित हुने मेयर कुशवाहा देशमै पहिलो र एकमात्र जनप्रतिनिधि बनेका छन ।
कार्यक्रममा खेलकुद, शिक्षा, गित संगित र चलचित्र तथा विविध लगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।
विविधबाट बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहा, वरिष्ठ अधिवक्ता देवराज कटुवाल, समाजसेवी गोले दम्पत्ति गणेश र विन्दुदेवी, समाजसेवी एंव व्यवसायी संतोष राई लगायत सोही अवसरमा विदेशमा रहेर नेपाललाई चिनाउन अहम भूमिका निर्वाह गर्ने व्यक्तिलाई पनि सम्मान गरिएको थियो ।
नेपाल सम्मान–२०८१ कार्यक्रमका प्रमुख अतिथि एवं पूर्व प्रधानमन्त्री मा.झलनाथ खनाल, प्रयास मन्त्र नेपालका अध्यक्ष शिवध्वज कार्की, कार्यक्रम संयोजक जशु लामा, ज्ञानोदय बाल वाटिका माविकी संस्थापक प्रिन्सिपल इन्दिरा थाक्थुम्बा लगायतले कदरपत्र सहित सम्मान गरे ।
नेपालको आर्थिक समृधिको लागि राजनितिक नेताको रुपमा यहाँले पुर्याउनु भएको योगदानका कदर गर्दै सम्मान गरेको आयोजकले जनाएका छन ।
सम्मान प्राप्तले आफनो कार्यक्षेत्रमा थप उर्जा प्राप्त भएको र अगामी दिनहरूमा थप जिम्मेवार भएर काम गर्ने मेयर कुशवाहाले बताए ।
मेयर कुशवाहा का शिक्षा र बाल्यकाल
मेयर रामाशंकर कुशवाहा हुने विरुवाको चिल्लो पात झै बाल्यकालदेखि नै पढाईमा अब्बल थिए ।
साविक गाविस सुदामा वार्ड ७ तथा हाल बलरा १० सुदाममा बुबा रामअश्रे महतो र आमा रामसखी देवीको पहिलो सन्तानको रुपमा २०४३ सालमा असार २२ गते जन्मिएका मेयर कुशवाहा आफनो बाल्यकालका शिक्षा स्थानिय विद्यालय श्री महादेव जनता प्राविबाट पुरा गरे ।
प्रावि पछि अचलगढका श्री सिताराम आधारभूत विद्यालयमा कक्षा ६ भर्ना .भए । जिल्ला स्तरिय परीक्षा पास गरेपछि अगाडीका पढाईका लागि रौतहटका ख्याति प्राप्त जुद्व माविमा भर्ना भए ।
विस. २०५८ सालमा प्रथम श्रेणीमा एसएलसी पास गरेर उच्च शिक्षाका लागि विरगन्ज स्थित हरि खेतान कलेज प्लस टु मा अंग्रजी विषयमा भर्ना भए । प्लस टु पास गरेपछि स्नातक र स्नाकोत्तर विरगन्जकै चर्चित क्याम्पस ठाकुर रामबाट पास गरेर फेरी हरि खेतान कलेजबाट एम.ए पास गरे ।
२ वटा विषयमा मास्टर्स पास गरेपछि वि.स २०६५ सालमा हरि खेतानबाटै अध्यायपन सुरु गरे । शिक्षक सेवा आायोगमा निमावि तहमा नाम निकालेपछि वि.स २०७१ भदौ १२ गते सर्लाहीको भाँडसर स्थित श्री राम गुलाम जनता माविमा शिक्षकको रुपमा नियूक्ति पाए ।
उहाँ विस. २०७५ मंसिर ५ गते गोडैता ६ बगदह स्थित श्री रामजानकी आधारभूत विद्यालयमा सरुवा भएर आए । यहाँ आएको ६ महिना नबित्दै उहाँले प्रधानाध्यापकको जिम्मेवारी पाए ।
करिब २.५ बर्ष आधारभूत विद्यालयमा प्रधानाध्यापकको रुपमा कार्यरत पछि स्थानिय तहको दोस्रो निर्वाचनमा उहाँले मेयरमा उम्मेदवारी दिन शिक्षक पेसाबाट राजिनामा दिए ।
आमाबाट परिवारमा राजनितिक सुरुवात
मेयर रामाशंकर कुशवाहाका आमा उपमेयरमा निर्वाचित भएपनि ब्याकवार्ड भएका कारण पूर्व मेयरले कुनै पनि मान प्रतिष्ठा दिएन, मेयर रामाशंकर कुशवाहाका आमा विगतलाई सम्झलै भावुक हुदै भनिन ।
अस्तित्व स्विकार्य नगरेपछि आर्थिक लोभ र बजेटका लागि कुनै सम्झौता गरिन्न । मैले बलरामा राजनितिक परिवर्तन चाहेका थिए, त्यसका लागि छोराले सरकारी जागिर छाडेर आफनो भविष्य र करियर दाउमा लगाउदै मेयरमा उम्मेदवारी दिए, मेयर कुशवाहाका आमा रामसखी देवी बताउँछिन ।
ठुलो परिवर्तनका लागि कसै नकसैलाई त्याग र सुरुवात गर्नैपर्छ भनी छोरा मेयरमा उम्मेदवारी दिएपछि आफनो मनलाई आफैले सम्झाउथिन, उनि । तर छोरा चुनाव जित्छ भने यकिन थिएन तर छोराले राजनितिक परिवर्तनका लागि विगुल फुकेकोमा उहाँ खुशि थिईन ।
आमाको अस्तित्व नस्विकारेपछि राजनितिक प्रतिशोध
देशमा संघियता आएपछि विस.२०७४ सालमा २० बर्षपछि स्थानिय तहको पहिलो निर्वाचन हुदाँ मेयर रामाशंकर कुशवाहाका आमा महन्थ ठाकुर नेतुत्वको राजपाबाट उपमेयरमा निर्वाचित भएका थिए ।
तर तत्कालिन मेयर अभय कुमार सिंहले उपमेयरको अस्तित्व स्विकार्य नगरेपछि कुनै पनि सेवा सुविधा नलिएको र आर्थिक लोभमा कुनै पनि सम्झौता नगरेपछि आम नागरिकको मनमा बस्न थाले यूवा रामाशंकर कुशवाहा ।
आफू गोडैता ६ बगदह स्थित श्री रामजानकी आधारभूत विद्यालयमा प्रधानाध्यापकको रुपमा कार्यरत उनि आमा माथि भएको विभेद र अन्यायको प्रतिशोधले राजनितिकमा उहाँको ध्यान खिचे ।
एउटा सामान्य किसान परिवारमा जन्मिएका कुशवाहाका राजनितिक यात्रा त्यति सहज थिएन, उहाँ फोरवार्डको बर्चस्व भएको बलरा नगरमा अन्य वर्गका व्यक्तिहरु मेयर जस्तो पदमा उम्मेवादरी दिनु नै ठुलो कुरा थियो ।
त्यहाँका निम्न वर्गका नागरिकहरु समेत बर्षाैदेखि राजनितिक परिवर्तनको पर्खाईमा थिए । फलस्वरुप नेकपा माओवादी केन्द्रबाट मेयर पदमा उम्मेदवारी दिएका रामाशंकर कुशवाहा इतिहास रच्दै ऐतिहासिक विजय हासिल गर्न सफल भए । यसलाई बलरावासीका निमुख तथा गरिब जनताको ठुलो जितका रुपमा हेरियो ।
बलरा नगरपालिकाका सर्वसाधारण थिचोमिचोमा परेका मेयर रामाशंकर कुशवाहा शिक्षा पेसालाई सदाका लागि विश्राम दिदै राजनितिकमा आए । पूर्व मेयरले नगरपालिकालाई आफनै घरबाट संचालन गरी आम नागरिकका मौलिक हक समेत हनन गर्ने काम गरेका थिए ।
बलरामा भएका सामन्तवाद र शासक प्रवृत्तिका अन्त्य गर्न तथा आम नागरिकलाई राजनितिक बन्धनबाट मुक्त गरी स्थानिय राजतन्त्रको अन्त्यका लागि मेयरमा उम्मेदवारी दिएको मेयर कुशवाहा बताउँछन ।
मेयर कुशावाहा चुनावी एजेण्डामा अडिग
मेयर रामाशंकर कुशवाहा चुनावको समयमा जनतासंग गरेको वाचामा समेत अडिग देखिन्छ । उहाँ मेयर भएको करिब २.५ बर्षको कार्यकाल पुरा हुन लाग्दा पनि कार्यपालिकामा उहाँ अल्पमतमा भएपनि विना विवाद र मनमुटावले नगरपालिका चलाउदै आएका छन ।
उहाँ नगरपालिकाको कार्यलयमा बसेर कार्यसम्पादन, सब दिन कार्यलय तथा जनतको घरदैलोमा उपस्थित भई जनतको गुनासो सुन्ने, विना बहुमत विवादरहित पालिका संचालन, उहाँको कार्यशैलीमा भएका निर्भिकता र तटस्थाले आम सर्वसाधारण स्थानिय सरकार भएको महसुस गरिरहेका छन ।
फोरवार्डको आर्थिक, सामाजिक तथा राजनितिक रुपमा बाहुल्यता भएका कारण शोषण र विभेदका सिकार भएका ब्याकवार्डका निमुखा जनाताका लागि मसिहा भएर मेयर रामाशंकर कुशवाहा अघि आए ।
उहाँले चुनावमा जनतासंग गरेको वाचा र एजेण्डा माथि खरो उत्रिन सफल भएका कारण पनि बलरावासी नयाँ मेयरलाई लिएर उत्साहित रहेका छन ।
मेयर कुशवाहा को पहिलो प्राथमिकता शिक्षा, स्वास्थ र कृषि
सर्लाहीको बलरा नगरपालिकाका पहिलो प्राथमिकता शिक्षा, स्वास्थ्य तथा कृषि रहेको मेयर रामाशंकर कुशवाहा बताउँछन । आफू निर्वाचित भएलगत्तै शिक्षा, स्वास्थ लगायत आम नागकिहरुको मुलभुत अधिकार र स्थानिय तहबाट प्रवाह हुने सेवाहरुलाई सरल, व्यवस्थित र पारदर्शि बनाउनमा जोड दिए ।
नगरका शिक्षालाई व्यवस्थित गर्न र पठनपाठनलाई थप प्रभावकारी बनाउनका लागि गत आर्थिक बर्षमा शिक्षा ऐन पारित गरेको बताउँछन ।
शिक्षा क्षेत्रमा भएका वेथिति तथा राजनितिक अन्त्यका लागि विद्यालय दरबन्दी समायोजन तथा शिक्षक दरबन्दी मिलान कार्य विधि पारित गरेको उहाँले थपे । नगरले चाँडै विद्यार्थीको संख्याको आधारमा शिक्षक परिपूर्ति गरिने छ ।
बलरा वार्ड १० मा जिर्ण तथा प्रयोग विहिन अवस्थामा रहेका सुदामा सिँचाई वैरेजलाई मर्मत सम्भार तथा स्तोरोन्नति गरी किसानहरुको खेतमा पानी पुयाउने काम चाँडै सुरु गरिने बताए ।
जिल्लाकै पहिलो विना नहरको वैरेजको रुपमा रहेका सुदामा सिँचाई वैरेजमा नहर निर्माण तथा स्तोरोन्नति गरी किसानहरुको प्रयोगमा छिटै ल्याउने विश्वास दिलाए ।
नहरको पानी नपुग्ने नगरका अन्य ठाउँहरुमा स्यालो टुबेल तथा डिप बोरिंग जडान गर्ने कार्य भइरहेका छन, मेयर कुशवाहाले भने ।
नगरका सबै वार्डहरुमा कृषि विद्युतिकरण गरी कृषि मिटर मार्फत सबै किसानहरुलाई निशूल्क सिँचाई उपलब्ध गराउने प्रतिबद्वतता व्यक्त गरे ।
नगरले आफनै आर्थिक सहयोगमा विभिन्न गैरसरकारीहरुसंगको सहकार्यमा किसानहरुको आर्य आर्जन तथा जिविकाका लागि भैंसी पालन, बाख्रा पालन जस्ता कृषि सम्बन्धि कार्यक्रम संचालन गर्दै आएका छन ।
नगरकै आफनै खर्चमा बलराका प्राथमिक स्वास्थ केन्द्रबाट नगरअस्पतामा स्तोरोन्नति गरी २ वटा एमबिबिएस डाक्टरलाई नियूक्त गरी २४ औं घण्टा आपतकालिन सेवा सुरु गरेका मेयर कुशवाहा बताउँछन ।
नगरका वार्ड ५ मा स्वास्थ चौकीका जिर्ण रहेको भवनको ठाउँमा नयाँ भवन निर्माण तथा वार्ड न. ६, ४, ७ तथा १० का स्वास्थ्य चौकीका भवनका मर्मतसम्भार तथा पुननिर्माण गरी वार्ड १० मा नयाँ बर्थिंग सेन्टर संचालनमा ल्याएको बताए ।
नगरले २ वटा एम्बुलेन्स मार्फत गर्भवती महिलाहरुलाई सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालमा निशूल्क यातायात सेवा उपलब्ध गराउदै आएका छन, भने ज्येष्ठ नागरिहरुलाई ५० प्रतिशतसम्म छुटको सहुलियतमा यातायात सेवा उपलब्ध गराउदै आएको दर्जनौं सराहनिय कार्य मेयर कुशवाहाले गर्दै नगरवासीको मन जित्न सफल भएका छन् ।
कुशवाहा, सर्लाही ।
शिक्षक पेशाबाट जिवन शैली प्रारम्भ गरेको रामाशंकर कुशवाहा बलरा नगरपालिकाको मेयर बनेर नेपाल सम्मान २०८१ बाट सम्मानित सम्मको यात्रा तयर गर्न सफल भएका छन् ।
प्रयास मञ्च नेपाल, काठमाडौं, नेपालद्वारा बलरा नगरपालिका, सर्लाहीका नगर प्रमुख एवं विकास अभियन्ता कुशवाहा लाई एक कार्यक्रमका बिच सम्मानित गरिएको बलरा नगरपालिकाले जनाएका छन ।
शैक्षिक तथा सामाजिक सेवामा समर्पित प्रयास मञ्च नेपालको प्रस्तुति बुद्धवीर लामा तेहौ गितिमय(गीतकारको एकल साङगीतिक कार्यक्रम) मा बलरा नगरप्रमुख एवं विकास अभियन्ता कुशवाहा सम्मानित भएपछि जिल्लामै बधाई तथा शुभकामना दिनेको ओइरो लागेका छन ।
नेपाल सम्मान २०८१ बाट सम्मानित हुने मेयर कुशवाहा देशमै पहिलो र एकमात्र जनप्रतिनिधि बनेका छन ।
कार्यक्रममा खेलकुद, शिक्षा, गित संगित र चलचित्र तथा विविध लगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।
विविधबाट बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहा, वरिष्ठ अधिवक्ता देवराज कटुवाल, समाजसेवी गोले दम्पत्ति गणेश र विन्दुदेवी, समाजसेवी एंव व्यवसायी संतोष राई लगायत सोही अवसरमा विदेशमा रहेर नेपाललाई चिनाउन अहम भूमिका निर्वाह गर्ने व्यक्तिलाई पनि सम्मान गरिएको थियो ।
नेपाल सम्मान–२०८१ कार्यक्रमका प्रमुख अतिथि एवं पूर्व प्रधानमन्त्री मा.झलनाथ खनाल, प्रयास मन्त्र नेपालका अध्यक्ष शिवध्वज कार्की, कार्यक्रम संयोजक जशु लामा, ज्ञानोदय बाल वाटिका माविकी संस्थापक प्रिन्सिपल इन्दिरा थाक्थुम्बा लगायतले कदरपत्र सहित सम्मान गरे ।
नेपालको आर्थिक समृधिको लागि राजनितिक नेताको रुपमा यहाँले पुर्याउनु भएको योगदानका कदर गर्दै सम्मान गरेको आयोजकले जनाएका छन ।
सम्मान प्राप्तले आफनो कार्यक्षेत्रमा थप उर्जा प्राप्त भएको र अगामी दिनहरूमा थप जिम्मेवार भएर काम गर्ने मेयर कुशवाहाले बताए ।
मेयर कुशवाहा का शिक्षा र बाल्यकाल
मेयर रामाशंकर कुशवाहा हुने विरुवाको चिल्लो पात झै बाल्यकालदेखि नै पढाईमा अब्बल थिए ।
साविक गाविस सुदामा वार्ड ७ तथा हाल बलरा १० सुदाममा बुबा रामअश्रे महतो र आमा रामसखी देवीको पहिलो सन्तानको रुपमा २०४३ सालमा असार २२ गते जन्मिएका मेयर कुशवाहा आफनो बाल्यकालका शिक्षा स्थानिय विद्यालय श्री महादेव जनता प्राविबाट पुरा गरे ।
प्रावि पछि अचलगढका श्री सिताराम आधारभूत विद्यालयमा कक्षा ६ भर्ना .भए । जिल्ला स्तरिय परीक्षा पास गरेपछि अगाडीका पढाईका लागि रौतहटका ख्याति प्राप्त जुद्व माविमा भर्ना भए ।
विस. २०५८ सालमा प्रथम श्रेणीमा एसएलसी पास गरेर उच्च शिक्षाका लागि विरगन्ज स्थित हरि खेतान कलेज प्लस टु मा अंग्रजी विषयमा भर्ना भए । प्लस टु पास गरेपछि स्नातक र स्नाकोत्तर विरगन्जकै चर्चित क्याम्पस ठाकुर रामबाट पास गरेर फेरी हरि खेतान कलेजबाट एम.ए पास गरे ।
२ वटा विषयमा मास्टर्स पास गरेपछि वि.स २०६५ सालमा हरि खेतानबाटै अध्यायपन सुरु गरे । शिक्षक सेवा आायोगमा निमावि तहमा नाम निकालेपछि वि.स २०७१ भदौ १२ गते सर्लाहीको भाँडसर स्थित श्री राम गुलाम जनता माविमा शिक्षकको रुपमा नियूक्ति पाए ।
उहाँ विस. २०७५ मंसिर ५ गते गोडैता ६ बगदह स्थित श्री रामजानकी आधारभूत विद्यालयमा सरुवा भएर आए । यहाँ आएको ६ महिना नबित्दै उहाँले प्रधानाध्यापकको जिम्मेवारी पाए ।
करिब २.५ बर्ष आधारभूत विद्यालयमा प्रधानाध्यापकको रुपमा कार्यरत पछि स्थानिय तहको दोस्रो निर्वाचनमा उहाँले मेयरमा उम्मेदवारी दिन शिक्षक पेसाबाट राजिनामा दिए ।
आमाबाट परिवारमा राजनितिक सुरुवात
मेयर रामाशंकर कुशवाहाका आमा उपमेयरमा निर्वाचित भएपनि ब्याकवार्ड भएका कारण पूर्व मेयरले कुनै पनि मान प्रतिष्ठा दिएन, मेयर रामाशंकर कुशवाहाका आमा विगतलाई सम्झलै भावुक हुदै भनिन ।
अस्तित्व स्विकार्य नगरेपछि आर्थिक लोभ र बजेटका लागि कुनै सम्झौता गरिन्न । मैले बलरामा राजनितिक परिवर्तन चाहेका थिए, त्यसका लागि छोराले सरकारी जागिर छाडेर आफनो भविष्य र करियर दाउमा लगाउदै मेयरमा उम्मेदवारी दिए, मेयर कुशवाहाका आमा रामसखी देवी बताउँछिन ।
ठुलो परिवर्तनका लागि कसै नकसैलाई त्याग र सुरुवात गर्नैपर्छ भनी छोरा मेयरमा उम्मेदवारी दिएपछि आफनो मनलाई आफैले सम्झाउथिन, उनि । तर छोरा चुनाव जित्छ भने यकिन थिएन तर छोराले राजनितिक परिवर्तनका लागि विगुल फुकेकोमा उहाँ खुशि थिईन ।
आमाको अस्तित्व नस्विकारेपछि राजनितिक प्रतिशोध
देशमा संघियता आएपछि विस.२०७४ सालमा २० बर्षपछि स्थानिय तहको पहिलो निर्वाचन हुदाँ मेयर रामाशंकर कुशवाहाका आमा महन्थ ठाकुर नेतुत्वको राजपाबाट उपमेयरमा निर्वाचित भएका थिए ।
तर तत्कालिन मेयर अभय कुमार सिंहले उपमेयरको अस्तित्व स्विकार्य नगरेपछि कुनै पनि सेवा सुविधा नलिएको र आर्थिक लोभमा कुनै पनि सम्झौता नगरेपछि आम नागरिकको मनमा बस्न थाले यूवा रामाशंकर कुशवाहा ।
आफू गोडैता ६ बगदह स्थित श्री रामजानकी आधारभूत विद्यालयमा प्रधानाध्यापकको रुपमा कार्यरत उनि आमा माथि भएको विभेद र अन्यायको प्रतिशोधले राजनितिकमा उहाँको ध्यान खिचे ।
एउटा सामान्य किसान परिवारमा जन्मिएका कुशवाहाका राजनितिक यात्रा त्यति सहज थिएन, उहाँ फोरवार्डको बर्चस्व भएको बलरा नगरमा अन्य वर्गका व्यक्तिहरु मेयर जस्तो पदमा उम्मेवादरी दिनु नै ठुलो कुरा थियो ।
त्यहाँका निम्न वर्गका नागरिकहरु समेत बर्षाैदेखि राजनितिक परिवर्तनको पर्खाईमा थिए । फलस्वरुप नेकपा माओवादी केन्द्रबाट मेयर पदमा उम्मेदवारी दिएका रामाशंकर कुशवाहा इतिहास रच्दै ऐतिहासिक विजय हासिल गर्न सफल भए । यसलाई बलरावासीका निमुख तथा गरिब जनताको ठुलो जितका रुपमा हेरियो ।
बलरा नगरपालिकाका सर्वसाधारण थिचोमिचोमा परेका मेयर रामाशंकर कुशवाहा शिक्षा पेसालाई सदाका लागि विश्राम दिदै राजनितिकमा आए । पूर्व मेयरले नगरपालिकालाई आफनै घरबाट संचालन गरी आम नागरिकका मौलिक हक समेत हनन गर्ने काम गरेका थिए ।
बलरामा भएका सामन्तवाद र शासक प्रवृत्तिका अन्त्य गर्न तथा आम नागरिकलाई राजनितिक बन्धनबाट मुक्त गरी स्थानिय राजतन्त्रको अन्त्यका लागि मेयरमा उम्मेदवारी दिएको मेयर कुशवाहा बताउँछन ।
मेयर कुशावाहा चुनावी एजेण्डामा अडिग
मेयर रामाशंकर कुशवाहा चुनावको समयमा जनतासंग गरेको वाचामा समेत अडिग देखिन्छ । उहाँ मेयर भएको करिब २.५ बर्षको कार्यकाल पुरा हुन लाग्दा पनि कार्यपालिकामा उहाँ अल्पमतमा भएपनि विना विवाद र मनमुटावले नगरपालिका चलाउदै आएका छन ।
उहाँ नगरपालिकाको कार्यलयमा बसेर कार्यसम्पादन, सब दिन कार्यलय तथा जनतको घरदैलोमा उपस्थित भई जनतको गुनासो सुन्ने, विना बहुमत विवादरहित पालिका संचालन, उहाँको कार्यशैलीमा भएका निर्भिकता र तटस्थाले आम सर्वसाधारण स्थानिय सरकार भएको महसुस गरिरहेका छन ।
फोरवार्डको आर्थिक, सामाजिक तथा राजनितिक रुपमा बाहुल्यता भएका कारण शोषण र विभेदका सिकार भएका ब्याकवार्डका निमुखा जनाताका लागि मसिहा भएर मेयर रामाशंकर कुशवाहा अघि आए ।
उहाँले चुनावमा जनतासंग गरेको वाचा र एजेण्डा माथि खरो उत्रिन सफल भएका कारण पनि बलरावासी नयाँ मेयरलाई लिएर उत्साहित रहेका छन ।
मेयर कुशवाहा को पहिलो प्राथमिकता शिक्षा, स्वास्थ र कृषि
सर्लाहीको बलरा नगरपालिकाका पहिलो प्राथमिकता शिक्षा, स्वास्थ्य तथा कृषि रहेको मेयर रामाशंकर कुशवाहा बताउँछन । आफू निर्वाचित भएलगत्तै शिक्षा, स्वास्थ लगायत आम नागकिहरुको मुलभुत अधिकार र स्थानिय तहबाट प्रवाह हुने सेवाहरुलाई सरल, व्यवस्थित र पारदर्शि बनाउनमा जोड दिए ।
नगरका शिक्षालाई व्यवस्थित गर्न र पठनपाठनलाई थप प्रभावकारी बनाउनका लागि गत आर्थिक बर्षमा शिक्षा ऐन पारित गरेको बताउँछन ।
शिक्षा क्षेत्रमा भएका वेथिति तथा राजनितिक अन्त्यका लागि विद्यालय दरबन्दी समायोजन तथा शिक्षक दरबन्दी मिलान कार्य विधि पारित गरेको उहाँले थपे । नगरले चाँडै विद्यार्थीको संख्याको आधारमा शिक्षक परिपूर्ति गरिने छ ।
बलरा वार्ड १० मा जिर्ण तथा प्रयोग विहिन अवस्थामा रहेका सुदामा सिँचाई वैरेजलाई मर्मत सम्भार तथा स्तोरोन्नति गरी किसानहरुको खेतमा पानी पुयाउने काम चाँडै सुरु गरिने बताए ।
जिल्लाकै पहिलो विना नहरको वैरेजको रुपमा रहेका सुदामा सिँचाई वैरेजमा नहर निर्माण तथा स्तोरोन्नति गरी किसानहरुको प्रयोगमा छिटै ल्याउने विश्वास दिलाए ।
नहरको पानी नपुग्ने नगरका अन्य ठाउँहरुमा स्यालो टुबेल तथा डिप बोरिंग जडान गर्ने कार्य भइरहेका छन, मेयर कुशवाहाले भने ।
नगरका सबै वार्डहरुमा कृषि विद्युतिकरण गरी कृषि मिटर मार्फत सबै किसानहरुलाई निशूल्क सिँचाई उपलब्ध गराउने प्रतिबद्वतता व्यक्त गरे ।
नगरले आफनै आर्थिक सहयोगमा विभिन्न गैरसरकारीहरुसंगको सहकार्यमा किसानहरुको आर्य आर्जन तथा जिविकाका लागि भैंसी पालन, बाख्रा पालन जस्ता कृषि सम्बन्धि कार्यक्रम संचालन गर्दै आएका छन ।
नगरकै आफनै खर्चमा बलराका प्राथमिक स्वास्थ केन्द्रबाट नगरअस्पतामा स्तोरोन्नति गरी २ वटा एमबिबिएस डाक्टरलाई नियूक्त गरी २४ औं घण्टा आपतकालिन सेवा सुरु गरेका मेयर कुशवाहा बताउँछन ।
नगरका वार्ड ५ मा स्वास्थ चौकीका जिर्ण रहेको भवनको ठाउँमा नयाँ भवन निर्माण तथा वार्ड न. ६, ४, ७ तथा १० का स्वास्थ्य चौकीका भवनका मर्मतसम्भार तथा पुननिर्माण गरी वार्ड १० मा नयाँ बर्थिंग सेन्टर संचालनमा ल्याएको बताए ।
नगरले २ वटा एम्बुलेन्स मार्फत गर्भवती महिलाहरुलाई सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालमा निशूल्क यातायात सेवा उपलब्ध गराउदै आएका छन, भने ज्येष्ठ नागरिहरुलाई ५० प्रतिशतसम्म छुटको सहुलियतमा यातायात सेवा उपलब्ध गराउदै आएको दर्जनौं सराहनिय कार्य मेयर कुशवाहाले गर्दै नगरवासीको मन जित्न सफल भएका छन् ।
न्युयोर्क । नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र मित्रराष्ट्र भुटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेबीच भेटवार्ता भएको हो ।
भेटमा दुई देशबीच दुई पक्षीय र बहुपक्षीय मञ्चहरूमा सहकार्यका साथ अघि बढ्ने विषयमा कुराकानी भएको थियो । न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओेली र मोदीबीच आज भेटवार्ता भएको हो ।
उनीहरुबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित भेटवार्ता भएको हो ।न्युज कारखाना
न्यूयोर्क । परराष्ट्रमन्त्री डा. आरजु राणाको अमेरिकामा स्वागत गरिएको छ।
संयुक्त राष्ट्र संघको महासभामा भाग लिन शनिबार दिउँसो क्यानडा हुँदै अमेरिकाको न्यूयोर्क पुगेकी परराष्ट्रमन्त्री डा. राणालाई नेपाली जनसम्पर्क समितिको संयोजनमा स्वागत गरिएको हो।
जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टको नेतृत्वमा गएको समितिका पदाधिकारी, केन्द्रीय सदस्य र पार्टीका विभिन्न तहका कार्यकर्ताले न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा स्वागत गरेका थिए। नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी मन्त्री राणाको स्वागतका लागि हाल अमेरिकामै रहेका कांग्रेस केन्द्रीय सदस्य डाक्टर रणबहादुर रावल पनि विमानस्थल पुगेका थिए।
यसैगरी मन्त्री राणाको स्वागतका लागि संयक्त राष्ट्र संघको नेपाल मिसनका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक नेपाली राजदूत कुमार खरेल, न्यूयोर्कस्थित वाणिज्यदूत चक्रबहादुर सुवेदी, अमेरिकाका विभिन्न राज्यका नेपाली अवैतनिक वाणिज्य दूत, विभिन्न राजनीतिक दल र संघसंस्थाका प्रतिनिधि पनि विमानस्थल पुगेका थिए।
जनसम्पर्क समितिका सभापति बिष्टले परराष्ट्रमन्त्री राणालाई सामूहिक रुपमा अमेरिकामा रहेका राजनीतिक दलका प्रवासी संगठन, सामाजिक संघ संस्था, नेपाली दूतावास र न्यूयोर्कस्थित युएनको स्थायी नियोगका तर्फबाट स्वागत गरिएको बताए।
उनले अमेरिकामा नेपालीहरुले भोग्दै आएका समस्या समाधानका लागि कुटनीतिक पहल गरिदिन नेपालीका तर्फबाट परराष्ट्र मन्त्री राणासँग आग्रह गरिएको जानकारी दिए।
यसैबीच नेपाली कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका विष्टले भोली आइतबार साँझ न्यूयोर्कमा प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री डाक्टर राणाको स्वागत तथा सम्मानमा कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए।
नेपाली महावाणिज्य दूतावास न्यूयोर्क, नेपाली जनसम्पर्क समिति, अमेरिका, प्रवासी नेपाली मन्च, आदिवासी जनजाति महासंघ, मधेशी एसोसिएशन, एनआरएन न्यूयोर्क च्याप्टरलगायतका संघ संस्थाको संयुक्त आयोजनामा कार्यक्रम हुने विष्टले बताए।न्युज कारखाना
जनकपुरधाम । मधेस प्रदेस सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसबमोजिम शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी चालु तेस्रो अधिवेशन अन्त्य गरेकी हुन् ।
प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम चालु तेस्रो अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी दिए ।
गत जेठ २१ गतेदेखि सुरु भएको तेस्रो अधिवेशनमा ३४ वटा बैठक बसेको थियो । चालु अधिवेशनबाट बालिका संरक्षण विधेयक, स्थानीय तहका कर्मचारीहरूको सेवा सुविधाबारे व्यवस्था गर्न बनेको विधेयक तथा मधेस प्रदेशमा खेलकुदको विकास गर्नका लागि बनेको विधेयक प्रदेश सभाको बैठकले पारित गरेको थियो । न्युज कारखाना
काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित दुई राजदूतहरूविरुद्ध उजुरी दिन आह्वान गरेको छ ।
राजदूतामा नियुक्तिका लागि सिफारिस भई संसदीय सुनुवाइ हुन बाँकी रहेकाले समितिले आज एक सूचना जारी गर्दै बेल्जियमका प्रस्तावित राजदूत सेवा लम्साल र अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवविरुद्ध उजुरी दिन आह्वान गरेको हो ।
समितिले आजदेखि १० दिनभित्र कार्यालय समयमा समितिको सचिवालय वा कुनै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिन सक्ने बताएको छ ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जादै छन् ।
प्रधानमन्त्री ओलीले असोज १० मा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली असोज ८ मा महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ मा अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । साथै उनले समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज ७ मा आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रमुख सम्बोधन गर्नुका साथै असोज ११ मा हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यतालिका छ । उनले भ्रमण क्रममा संयुक्त राष्ट्रसङ्द्धघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू अमेरिका जादै छन् ।
प्रधानमन्त्री ओली असोज १४ मा स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।न्युज कारखाना
काठमाडौँ । आज असोज ३ गते अर्थात संविधान दिवस । आज संबिधान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । आज नागरिक स्तरबाट संबिधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा काठमाडौँको दरबारमार्गमा नेशनल डे कन्सर्ट गरिदै छ ।
आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ । नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङ थिए ।
सङ्घीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासदले हस्ताक्षर गरेका थिए । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।
संबिधान दिवसको अवसरमा सरकारले आज सार्बजनिक बिदा दिएको छ ।न्युज कारखाना
काठमाडौं ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले साम्प्रदायिक गतिविधिमा लागेको गम्भिर आरोप लगाएका छन् । मधेस विरोधी साम्प्रदायिक गतिविधिमा लागेका प्रधानमन्त्री ओलीको कदमको साहले भत्र्सना समेत गरेका छन् ।
आजपा अध्यक्ष साहले आज आफ्नो फेसबुक पेजमा एक स्टाट लेख्दै प्रधानमन्त्री ओलीको मधेस विरोधी साम्प्रदायिक गतिविधिको विरोध गरेका छन् । सरकार आफैले बनाएको बिधार्थी–शिक्षक अनुपात सम्बन्धी मापदण्ड विपरीत सरकारले मधेसी बिधार्थीको भविष्य बर्वाद गरिरहेको आरोप साहको रहेको छ ।
ओली सरकारको साम्प्रदायिक हर्कत भन्दै साहले अगाडी लेखेका छन्, ‘पहाडी जिल्लाहरुमा १८ बिधार्थीमा १ शिक्षकको दरले शिक्षक दरबन्दी बितरण गरेको ओली सरकारले मधेसमा १०० बिधार्थीको अनुपातमा १ शिक्षकको ब्यवस्था गरेकोछ । जसको कारण आज मधेसमा शिक्षक दरबन्दीको अभावमा एउटा कक्षा कोठामा १०० देखि ३०० सम्म बिधर्थी कोचेर पठनपाठन गर्न बाध्य छ ।’
विधार्थी अनुपातमा शिक्षकको व्यवस्था हुनुपर्ने माग गर्दै आन्दोलनरत आम विद्यार्थी मोर्चाको माग सम्बोधन गर्नुको साटो प्रधानमन्त्री ओली सरकारले उल्टै राणाकालीन शैलीमा तर्साउने हर्कत गरिरहेको साहले जनाएका छन् । ओली सरकारले राणाकालीन शैलीमा तर्साउने र साम्प्रदायिक गतिविधि नसच्याए बंगलादेश जस्तै उनको सरकार ढाल्न विधार्थीहरु सडकमा आउँने र त्यसलाई सरकारले रोक्न नसक्ने उनले जनाएका छन् ।
‘आफैले बनाएको बिधार्थी–शिक्षक अनुपात सम्बन्धी मापदण्ड विपरीत सरकारले मधेसी बिधार्थीको भविष्य बर्वाद गरिरहेकोछ । यस साम्प्रदायिक विभेदका बिरुद्ध आम बिधार्थी मोर्चाले प्रत्येक जिल्ला मार्फÞत सरकारलाई ‘बिधार्थीको अनुपातमा शिक्षक दरबन्दीका लागि’ ज्ञापनपत्र बुझाएको र शिक्षा मन्त्रीलाई विशेष ध्यानाकर्षण गराई शैक्षिक आन्दोलन अगाड़ी बढ़ाई रहेको सन्दर्भमा उक्त जायज मागहरूलाई सम्बोधन गर्नुको सट्टा ओली सरकारले उल्टै राणाकालीन शैलीमा तर्साउने जुन हर्कत गरिरहेको छ, त्यो निन्दनीय छ’ आजपा अध्यक्ष साहले लेखेका छन्, ‘ओली सरकारको यस मधेस विरोधी साम्प्रदायिक कुकर्मको सर्वप्रथम भत्र्सना गर्दछु र आन्दोलनकारीलाई तर्साउनु भन्दा पनि सरकारी मापदण्ड अनुसार शिक्षक दरबन्दीको ब्यवस्था गर्न विशेष माग गर्दछु । अन्यथा नेपाली जनता बंगलादेश झै सड़कमा उत्रिन बाध्य हुने बिश्वास प्रकट गर्दछु ।’
पछिल्लो समय आजपा निकटको आम विधार्थी मोर्चाले मधेस प्रदेशमा विधार्थीको अनुपातमा शिक्षकको माग गर्दै चरणबद्ध आन्दोलनमा छ । मधेसका सयौं विद्यालयमा बिधार्थी मोर्चाले संगठन बिस्तार गरेको छ । अहिले बिधार्थी मोर्चाका अध्यक्ष विवेक साह सहितका बिधार्थी एवं पार्टीका नेताहरु संगठन गठन, पुनर्गठन गर्दै संघर्षका कार्यक्रम अनुसार अगाडी बढी रहेका छन् । जसकारण ओली सरकार तर्सिएको छ र आन्दोलन दबाउ साम्प्रदायिक हर्कत गरिरहेको आरोप विधार्थी मोर्चाका अध्यक्ष विवेक साहले लगाए ।
आजपा मधेस प्रदेश कमिटीले समेत शिक्षकको माग गर्दै आम शैक्षिक हडतालका साथै आन्दोलनका बिभिन्न कार्यक्रम घोषणा गरेको छ । मधेसमा कार्तिक ५ गते देखी शैक्षिक आम हड्तालको घोषणा गरेको आजपाले त्यस अघि आन्दोलनका बिभिन्न कार्यक्रम गरिरहेको छ ।
आजपाले मधेसका जिल्लाहरुमा भदौ २५ गतेदेखी ३० गतेसम्म प्रत्येक विद्यालयहरुमा संघर्ष समिति गठन गरेको छ । मधेसका बिभिन्न जिल्ला र प्रमुख शहरहरुमा असोज २ गतेदेखी ४ गतेसम्म विद्यार्थीहरुको विशेष प्रर्दशन गर्ने कार्यक्रम रहेको छ । संविधान दिवसकै दिन असोज ३ गते संविधानको अन्त्यष्टी यात्रा प्रत्येक जिल्लामा निकाल्ने र वीरगंज, जनकपुरमा विशेष प्रदर्शन गर्ने कार्यक्रम रहेको आजपाले जनाएको छ ।
यसैगरी असोज ९ गते देखी २० गतेसम्म प्रत्येक जिल्लामा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको व्यवस्थाको बिषयमा सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम गर्ने र कार्तिक ५ गतेदेखी आम शैक्षिक हडताल गर्ने घोषणा आजपाले यस अघि नै गरिसकेको छ ।
आजपा प्रवक्ता चन्द्रभुषण साहले विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था गर्न सरकारसंग पटक पटक माग गर्दा समेत सरकारले कुनै सुनुवाई नगरेका कारण बाध्यभएर आन्दोलनका कार्यक्रम घोषणा गरिएको बताए । यस बिषयमा सरकारको पटक पटक ध्यानाकर्षण गराउँदै आएको तर सरकारले नसुने जस्तो गर्दै आएको आरोप उनले लगाए ।
शिक्षा ऐनको मापदण्डअनुसार तराई मधेसमा ५० विद्यार्थीमा १ शिक्षक हुनुपर्ने, पहाडमा ४० विद्यार्थी बारबर १ शिक्षक, हिमालमा ३५ विद्यार्थी बराबर १ शिक्षक हुनुपर्ने प्रावधान रहेको छ । यो मापदण्ड निर्धारण गर्दा नै विभेदकारी रुपमा निर्धारण गरिएको छ । तर पनि यो मापदण्ड अनुसार तराई मधेसमा शिक्षकको व्यवस्था शिक्षा मन्त्रालयले नगरेको आजपा केन्द्रीय सदस्य तथा लेखक डा. हेमप्रसाद साहले जनाएका छन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबारलाई निःशुल्क बनाउने विषयमा सरकार छलफलमा जुटेको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै साना डिजिटल कारोबारमा लाग्ने शुल्कलाई कसरी व्यवस्थित बनाउँदै निःशुल्क बनाउने त्यस विषयमा सम्बन्धित अधिकारीसँग सरकार छलफलमा रहेको बताए।
उनले जाजरकोटका अबिन बिकेको समस्यालाई आफ्नो स्टाटसमा समेट्दै लेखेका छन्, ‘हिजोआज फेसबुकको इन्बक्समा मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीहरुबाट सुझावहरु आइरहेका छन्। आजभोलि हामी धेरैजसो डिजिटल माध्यमबाट रकम ट्रान्सफर गर्ने गरेका छौं। इन्टरनेटको सहजताले होला, सानोसानो कारोबारमा पनि हामी क्यासलेस गर्न अभ्यस्त छौं। जाजरकोटका अबिन बिके लेख्नुहुन्छ, ‘अहिले म दैनिक रुपमा सय/पचास रुपैयाँका कारोबार दिनमा ५/६ पटक गर्छु र त्यहाँ हरेक पटक लाग्ने ११ रुपैयाँ ३० पैसा चार्जले मेरो दैनिक रुपमा ६०/७० रुपैयाँ खर्च हुन्छ। यसरी महिनामा मेरो दुई हजारदेखि २२ सयसम्म खर्च हुन्छ, यो कसरी हटाउने होला ?’
उनले सर्वसाधारणको उक्त समस्यालाई सरकारले आगामी दिनमा सम्बोधन गर्ने भन्दै हामीलाई झकझकाइरहन पनि आग्रह गरेका छन् ।न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाएका छन् । आज ६०औँ बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही वर्षभित्र मुक्त गरिने बताएका हुन् ।
शुभकामना सन्देशमार्फत प्रधानमन्त्री ओलीले भने, “कतिपय बालिबालिका अहिले पनि सडक बालबालिकाका रुपमा रहनुपर्ने बाध्यताबाट पिल्सिएका छन् । यस अवस्थाबाट मुक्त गर्नका लागि हामीले २०८१ भित्रै बालबालिकालाई सडकमा बस्नुपर्ने परिस्थितिबाट मुक्त गर्ने अठोट गरेका छौँ ।”
प्रधानमन्त्री ओलीले बालबालिकाका लागि प्रतिकूल अवस्था हटाएर अनुकूल अवस्था सिर्जना गर्न बालमैत्री वातावरण बनाउन सरकार लागिपरेको बताएका छन् । “बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी भन्ने नाराका साथ आज हामी ६०औँ राष्ट्रिय बाल दिवस देशव्यापी रुपमा मनाइरहेका छौ, यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण बालबालिका तथा बालबालिका अभिभावकहरुलाई हार्दिक बधाई तथा शुभकामना”, उनले भने, “हामी ६०औँ बाल दिवस मनाइरहँदा बालबालिकाले पाउनुपर्ने बालअधिकार, माया, ममता, स्नेह, स्वास्थ्य, शिक्षा, मनोरञ्जन पाउन सकिरहेका छैनन् ।”
उनले ठूलो सङ्ख्यामा बालबालिकाहरु कुपोषणको सिकार भइरहेको र विद्यालय जानबाट वञ्चित रहेको भन्दै यस अवस्थाबाट बालबालिकालाई बाहिर निकाल्नुपर्नेमा जोड दिएका छन् । “पोषणयुक्त खाना, न्यानो नाना, विद्यालय जाने र गुणस्तरीय शिक्षा पाउने अवसर, स्वस्थ्य रहन पाउने अधिकार उपलब्ध गराउनैपर्छ । बालविकास विभिन्न कार्यक्रम सञ्चालन भए पनि ती प्रभावकारी हुन सकेका छैनन्,” उनले भने ।
गरिबीको रेखामुनि रहेका मानिसलाई रोजगारी उपलब्ध गराउन सरकार लागिपर्ने उनको भनाइ छ । “बालबालिका मानव जातिका भविष्य हुन् । हाम्रा तमाम् अभिभावकले बालबालिकालाई स्नेहपूर्वक रुपमा हुर्काउन, तिनको उपयुक्त बौद्धिक, मानसिक र शारीरिक विकास गर्नका लागि भूमिका खेल्नुपर्छ,” उनले भने, “आमा बालबालिका लागि पहिलो गुरु हुन् । बालमैत्री वातावरण बनाइयोस् । बालबालिकालाई माया गराँै । सही आचारण सिकाउँदै जानुपर्छ । समृद्ध नेपाल, सुखी नेपालीको नारा पूरा गर्न बालबालिकामा लगानी गर्नुपर्छ, उनिहरुलाई भविष्यको योग्य नागरिक बनाउन सक्छौँ ।” न्युज कारखाना
काठमाडौँ । भूकम्पपछि पुनर्निर्माण गरिएको धरहरा आगामी असोज ३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ देखि अस्थायी रुपमा धरहरा खुला गर्ने निर्णय गरेको हो ।
२०७२ वैशाख १२ को शक्तिशाली भूकम्पले ढलाएको धरहरा आधुनिक, सुविधायुक्त र बलियो बनाइएको छ । अबको धरहरा अपांगता भएकाहरूले पनि चढ्न र हेर्न सजिलो छ । बाहिरीस्वरूप पुरानो धरहराजस्तै देखिने बनाइएको भए पनि भित्री संरचना भने फरक छ । यसमा प्राचीन धरहराको गजुरबाहेक अरू कुनै सामग्री प्रयोग भएको छैन ।
यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अघिल्लो कार्यकालमै २०७८ बैशाख ११ गते धरहराको उद्घाटन गरेपनि निर्माण कार्य सम्पन्न नहुदा अहिलेसम्म सर्बसाधारणका लागि खोलिएको थिएन ।
न्युज कारखाना
विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनसन तोडेका छन् ।
सरकारले उनको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए पछि विराटनगर–६ निवासी निर्मला शर्माकी ४२ दिने शिशुको हातबाट जुस खाएर कार्कीले राति अनसन तोडेका हुन् ।
कार्कीले उठाएका माग पूरा गर्ने विषयमा कार्की र आन्तरिक मामिला तथा कानुन मन्त्री लीलावल्लभ अधिकारी बिच सहमति भएको थियो । वार्ताका लागि मन्त्री अधिकारी अनसन स्थल पुगेका थिए ।
आफ्नो सरकारले ल्याएका जनप्रिय कार्यक्रमहरु कटौती भएको भन्दै कार्कीले मंगलबारबाट कोशी प्रदेश सभा नजिकै देवकोटा चोकमा आमरण अनसन शुरु गरेका थिए ।
कार्कीले आफ्नो कार्यकालमा घोषणा भएका १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार घोषणा, शैलजा आचार्य हृदयरोग अस्पताल सञ्चालन, हात्तीसहित सबै जंगली जनावरको संरक्षणका लागि जनावरमैत्री जंगल अभियान, महिला स्वयंसेविकालाई प्रोत्साहन कार्यक्रम, विराटनगरमा केसलिया करिडोर निर्माण लगायतका कार्यक्रम वर्तमान सरकारले कटौती गरेको आरोप लगाउँदै अनशन शुरु गरेका थिए । न्युज कारखाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सर्वोच्च अदालतले नदी किनारको मापदण्ड थप २० मिटर कायम गर्नबारे दिएको आदेशमा प्रधानमन्त्री केपी शर्मा ओलीले अवसरवादी चरित्र देखाएको कटाक्ष गरेका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै बालेनले ५ वर्ष अघि नै सर्वोच्चले गरेको आदेशमा अहिले आएर प्रधानमन्त्रीसहितका व्यक्तिहरूले असहमति जनाउनु र सर्वोच्चको आदेश पालना नगर्ने भनेर अडिग कस्नुले ‘उहिलै मरिन् सासु, अहिले आए आँशु’ भन्ने चरित्र दर्शाइरहेको टिप्पणी गरेका छन् ।
उनले भनेका छन्-
उहिलै मरिन् सासु, अहिले आए आँशु , यो चरित्रले कसरी देश बिगार्दैछ भन्ने उदाहरण । म काठमाण्डौ महानगरको मेयरमा उम्मेदवारी दिन्छु कि भन्ने तपाईले थाहा पाउनु भन्दा पनि ३ बर्ष अगाडि न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले २०७६ साउन २० गते १२ बुँदे फैसला जारी गरी नदीतटको मापदण्ड थप २० मिटर कायम गर्न भनियो ।
त्यति बेला अहिले प्रधानमन्त्री रहेका खड्ग प्रसाद ओली नै प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले नियुक्त गर्नु भएको महान्यायधिवक्ता अग्नि खरेल, उहाँकै पार्टी एमालेले बनाएको बागमतीको मुख्यमन्त्री डोरमणि पौडेल, उहाँकै पार्टी एमालेले बनाएको काठमाण्डौको मेयर विद्यासुन्दर शाक्य । यी सबैले आफ्नो सचिव र सम्बन्धित कर्मचारी पठाएर तर्क गरे पछि, नदितट उपयोगिताको योजना अदालतलाई देखाएपछि मात्र अदालतले त्यो फैसला गरेको थियो । अदालतको प्रक्रिया नै यहि हो । पक्ष विपक्ष दुवैको तर्क सुन्छ र फैसला गर्छ । यदि फैसला मन नपरेमा पुनरावेदन( भ्याकेट ) गर्ने अधिकार रहन्छ ।
प्रधानमन्त्री खड्ग प्रसाद ओली, बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल, काठमाण्डौ महानगरका मेयर विद्यासुन्दर शाक्य कोही पनि सो फैसला पुनरावेदनका लागि गएनन् । यसको अर्थ हो, त्यो फैसलामा यी मध्ये कसैको असहमति रहेन ।
हामीले खोज्ने जवाफ यति हो, त्यो बेला किन पुनरावेदनमा गएनन् ? कि भन्न पर्यो, त्यो बेला हाम्रो बुद्धि पुगेन । या भन्न पर्यो, अहिले हाम्रो दाउ अर्कै छ । उहिलै मरिन् सासु, अहिले आए आँशु किसिमको अवसरवादी चरित्र बारेमा प्रश्न गर्नै पर्छ ।
हाम्रो सँधै त्यहि कुरा छ, नदी तथा खोलाको तटीय क्षेत्रमा निर्माणको योजना बनाउँदा, नक्सापास गर्दा, घरजग्गाको कारोवार गर्दा वा घरजग्गा धितो राख्दा यस मापदण्डलाई पालना गरिदिनु होला । अन्यथा, पछि धोका पाउनु हुनेछ सरकार बाट अर्को मापदण्ड ल्याएर ।न्युज कारखाना
काठमाडौँ । सत्तारूढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेका छन् । उपसभामुख रानामगर काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्रलाई आधार बनाएर सत्तारुध दलहरुले हटाउने तयारी गरेका हुन् ।
मंगलबारको संसद बैठकमा पनि उपसभामुख रानाको पक्ष विपक्षमा सांसदहरुले आ-आफ्नो धारणा राखेका थिए ।
सोमबार अपराह्न बालुवाटारमा बसेको सत्ता गठबन्धन दलहरूको बैठकले उपसभामुख रानालाई हटाउने निर्णय गरेको थियो । सो निर्णय अनुसार नै सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले, जसपा नेपाल, जसपा, नाउपा र लोसपाको समर्थनमा उपसभामुखलाई हटाउने प्रस्ताव दर्ता गर्ने तयारी गरिएको छ । स्रोतका अनुसार दुई तिहाई सांसदहरुको हस्ताक्षरसहित उपसभामुख रानालाई हटाउने प्रस्ताव दर्ता गर्ने बताइएको छ । यसका लागि मंगलबारदेखि नै सांसदहरुको हस्ताक्षर संकलनको काम भइरहेको बुझिएको छ ।
२७५ सदस्यीय प्रतिनिधि सभामा १८४ सांसदले समर्थन गरेमा उपसभामुखलाई हटाउने प्रस्ताव पारित हुने छ । हाल सत्तारुढ दलहरुमा कांग्रेसका ८८, एमालेका ७८, जसपाका ७, जनमतका ६, जसपा नेपालका ५, नाउपाका ४ र लोसपाका ४ गरि १९२ सांसद रहेका छन् ।
खासगरी प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको रणनीति भने संवैधानिक परिषदमा बहुमतमा नभएको कारण उपसभामुखलाई हटाउन खोजेका हुन् । संबैधानिक परिषदले गर्ने निर्णयहरुमा बहुमतले निर्णय हुने अहिले प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ ।
जसमा सदस्यहहरू मध्ये प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, उपसभामुख इन्दिरा राना सरकारको विपक्षमा छन् ।
महाभियोग बारे संविधानको धारा ९१ को उपधारा ६ को (ग) मा उपसभाखुले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा उपसभामुख पद रिक्त हुने व्यवस्था छ ।
उपसभामुखलाई हटाउने संबैधानिक प्रावधान:
संविधानको धारा ९१ को उपधारा ६ मा उपसभामुखको पद रिक्त हुने निम्न बमोजिमको प्रावधान रहेको छ ।
(क) निज प्रतिनिधिसभाको सदस्य नरहेमा । तर प्रतिनिधिसभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधिसभाका सभामुख र उपसभामुख प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहने छन् ।
(ख) निजले लिखित राजीनामा दिएमा,
(ग) निजले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा ।न्युज कारखाना
महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति देशैभरि आकर्षण बढ्न थालेको बताएका छन् ।
महोत्तरी रामगोपालपुरमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता कार्यकर्ताहरुलाई स्वागत गर्दै उहाँले पार्टीले लिएको एजेण्डा र त्यसकै आधारमा पार्टी नेतृत्वको सरकारले गरेका कामका कारण पार्टीप्रति आकर्षण देखिएको बताएका हुन् ।
‘पहिचानका पक्षमा लड्ने पार्टीको रुपमा माओवादी केन्द्र स्थापित भएकै छ, थप सुशासन, सामाजिक न्याय र समृद्धिका लागि हाम्रो पार्टीले अघि सारेको सुस्पष्ट एजेण्डाका कारण अहिले देशैभरि फेरि एकपटक माओवादी केन्द्रप्रति आकर्षणको लहर पैदा भएको छ’– उनले भने– ‘त्यसैको सानो प्रमाणको रुपमा यो पार्टी प्रवेश कार्यक्रमलाई मैले लिएको छु ।’
राजनीतिक हिसाबले अहिले मुलुक माओवादीकै एजेण्डामा चलिरहेको र आफ्नो पार्टी सरकारमा जाँदा हरेकपटक नयाँ नयाँ काम गरेकाले अन्य पार्टीभन्दा माओवादी केन्द्र नै अब्बल रहेको उनले बताए । ‘जनयुद्ध र जनआन्दोलनको जगमा भएको राजनीतिक परिवर्तन, संविधासभाको निर्वाचन, गणतन्त्र घोषणा, संविधान निर्माण, संविधानमार्फत संघीयता, समानुपातिक र समावेशी प्रतिनिधित्वको व्यवस्था लगायत सबै आजका एजेण्डा माओवादीले नै अघि सारेका एजेण्डा हुन्’, अध्यक्ष प्रचण्डले भने, ‘हामी जतिपटक सरकारमा गएका छौं, नयाँ नयाँ काम गरेका छौं ।’
जनतासँग जोडिएको पूर्वाधार निर्माणका हिसाबले पनि मध्यपहाडी लोकमार्गको थालनीदेखि लोडसेडिङमुक्त नेपाल, गाउँगाउँमा सूचना सञ्चारको विकासहुँदै पछिल्लो समय सुशासन र सामाजिक न्यायका पक्षमा चालेका कदम ऐतिहासिक रहेको उनले स्पष्ट गरे । भ्रष्टाचारका फाइल खोलेर कारवाही प्रक्रिया थाल्नेदेखि मधेशलगायत देशैभरिको ठूलो समस्याको रुपमा रहेको मिटरब्याजको समस्या समाधान र लाखौं नागरिकताविहीन युवालाई नागरिकताका लागि कानुनी व्यवस्थालगायतका काम ऐतिहासिक उपलब्धि भएको उनले बताए ।
यी एजेण्डा र उपलब्धिसहित अब पार्टीलाई बलियो बनाउँदै देशब्यापी ध्रुवीकरणको दिशामा अघि बढ्ने पनि अध्यक्ष प्रचण्डले स्पष्ट गरे । सो क्रममा उनले पार्टी प्रवेश गरेका नेता कार्यकर्ताहरुका लागि ठीक ढंगले समयमै सांगठनिक व्यवस्थापन गर्न प्रदेश इञ्चार्जलगायत स्थानीय नेताहरुलाई निर्देशन दिए ।
कार्यक्रममा जसपाबाट श्यामबाबु यादव, कांग्रेसका विनयकुमार यादव, मोहित मण्डल, सञ्जीव यादव, जयराम यादव, बालबोध महतो, विरेन्द्र मण्डल, बिजय मण्डल, मनोज मण्डल, नवलकिशोर यादव, रामधविला यादव, लालबाबु यादव, नरेश चौधरी, कारी यादव, जयनारायण यादव, एमालेका श्यामसुन्दर चौधरी, मिथले साह, दिपेन्द्रकुमार चौधरी, बसन्त चौधरी, रामदेव महरा, दीपक सादा, परमजीत सादा, राजेश यादव, घुरण मुखिया, विजय पटेल, विजय शर्मा, उमेश मण्डललगायत माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
न्युज कारखाना
विराटनगर । पूर्व मुख्यमन्त्री केदार कार्कीले मंगलबार अनसन शुरु गरेपछि कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार र कांग्रेसको एक समुह आमने सामने भएका छन् ।
कार्कीले आफ्नो सरकारले गरेका निर्णयहरु कार्यान्वयन नगरेको भन्दै अनसन बस्न शुरु गर्ने चेतावनी दिएपछि स्थानीय प्रशासनले मंगलबारदेखि नै निषेधाज्ञा जारी गरेको थियो ।
निषेधाज्ञा जारी गरेपनि अपराहन्न ४ बजेदेखि अनशन थालेका कार्कीलाई राति प्रहरीले उनलाई सो स्थलबाट उठाएर उनको घरमा लगेर छोडेको थियो । सो समयमा अनसन स्थल विराटनगरस्थित देवकोटा चोक तनाबग्रस्त भएको थियो । कार्कीलाई नियन्त्रणमा लिनेक्रममा उनका समर्थक र सुरक्षाकर्मीबिच केहीबेर झडप समेत भएको थियो । प्रहरीले घरमा छोडेपछि कार्की अर्को गाडीमा देवकोटा चोकमा फर्केर फेरी अनसन शुरु गरेका थिए ।
कार्कीले आफ्नो कार्यकालमा घोषणा भएका १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार घोषणा, शैलजा आचार्य हृदयरोग अस्पताल सञ्चालन, हात्तीसहित सबै जंगली जनावरको संरक्षणका लागि जनावरमैत्री जंगल अभियान, महिला स्वयंसेविकालाई प्रोत्साहन कार्यक्रम, विराटनगरमा केसलिया करिडोर निर्माण लगायतका कार्यक्रम वर्तमान सरकारले कटौती गरेको आरोप लगाउँदै अनशन शुरु गरेका हुन् । न्युज कारखाना
काठमाडौँ । नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई राजीनामा दिन सुझाव दिएको छ ।
एमालेका सांसद गोकुल बास्कोटाले प्रतिनिधि सभाको बैठकमा बोल्दै उपसभामुख विवादमा परेकोले राजीनामा दिए उपयुक्त हुने सुझाव दिएका हुन् ।
सत्तारुढ दलहरु बीच उपसभामुखलाई हटाउने विषयमा छलफल भइरहेको बेला एमाले सांसद बास्कोटाले मगरलाई राजीनामा दिनुनै उपयुक्त हुने बताएका हुन् ।
उनले लोकतन्त्रमा सबैसँग प्रश्न उठाउन पाइने भन्दै अरुलाई गलत प्रमाणित गर्ने अवसर पनि लोकतन्त्रमा हुने बताएका हुन् । उनले आफूमाथि पनि प्रश्न उठेपछि पदबाट राजीनामा दिएको स्मरण गर्दै आफ्नो बारेमा प्रश्न उठेपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने सहास राजनीति गर्नेहरुमा हुनुपर्ने उल्लेख गरेका थिए । उनले गम्भीर प्रश्नहरु उठेपछि पद छोड्नु नै उपयुक्त हुने बताए ।
सांसद बास्कोटाले उपसभामुखलाई हटाउने नहटाउने विषय सरकारको भन्दा संसदको विषय भएको भन्दै भ्रम नफैलाउन आग्रह गरे ।न्युज कारखाना
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नी पुर्व श्रीमती ज्योति गुरुङले सहकारी ठगि गरेको विषयमा आफुलाई जोड्न नहुने बताएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद गुरुङले आफूमाथि तत्काल छानबिन अगाडी बढाउन माग गर्दै आफ्नो २०७६ मै निज ज्योतिसँग डिभोर्स भएकाले यस प्रकरणमा आफुलाई जोड्नु गलत भएको बताएका हुन् ।
सांसद गुरुङले पुर्व श्रीमती ज्योतिसँग आफ्नो सम्बन्ध खराब भएकै कारणले डिभोर्स गरेको भन्दै नक्कली डिभोर्स भन्दै गरिएको टिप्पणी प्रमाणित गर्न चुनौती दिएका छन् ।
उनले आफुमाथि यसअघि लागेको आरोप पनि छानबिनपछि आरोप्मुक्त भएको बताउदै आफ्नो बारेमा छानबिन गरेर आफूमाथि लागेको आरोपलाई गलत साबित गरिदिन सभामुख र सरकारसँग माग गरेका छन् ।
न्युज कारखाना
पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध कालोझण्डा र नाराबाजी गरिएको छ ।
पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न सोमबार पोखरा पुगेका सभापति लामिछानेलाई सहकारी पिडितले कार्यक्रमस्थल पोखरा महानगरपालिका–१७ बिरौटास्थित ग्यालेक्सी ब्यांक्वेटबाहिर कालो झण्डा र नाराबाजी गरेका हुन् ।
पोखराको सूर्यदर्शन सहकारी संस्थाका वचतकर्ताहरुले कालोझण्डा देखाउदै आफुहरुको बचत रकम फिर्ता गर्न माग गर्दै नाराबाजी गरेका थिए । सहकारी पीडितको प्रदर्शनका कारण सो क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।न्युज कारखाना
सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको साथ र खबरदारी आवश्यक रहेको बताएका छन् ।
नेकपा माओवादी केन्द्र मिचैया नगर समिति सिरहाले आज विहान गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले जनताको संघर्षका बलमा जारी भएको संविधानको रक्षा र कार्यान्वयनमा निरन्तर खबरदारी गर्नु जनताको दायित्व भएको बताए ।
२०७० सालको निर्वाचनमा आफूलाई निर्वाचित गराएर सिरहाको जनप्रतिनिधिको रुपमा संविधान निर्माण र कार्यान्वयनमा योगदान गर्ने अवसर दिएकोमा सिरहाका जनतालाई धन्यवाद दिंदै उनले अब संविधानको रक्षा र कार्यान्वयनमा पनि जनताको निरन्तर साथ सहयोग आवश्यक हुने बताए ।
संविधान जारी भएपछि मधेशका जनतालाई पनि विश्वासमा लिएर आफूले संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण जिम्मेवारी पूरा गरेको स्मरण गर्दै उनले संविधानले उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न अत्यधिक प्रयत्न गरेको पनि बताए । ‘जनताको बलिदानको जगमा निर्मित संविधानले उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्ने अत्यधिक प्रयत्न गरेको छ’, उनले भने, ‘संघीयतासहित समावेशी र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तले सयौं वर्षदेखि उत्पीडनमा परेका जनतालाई अधिकार सम्पन्न बनाएको छ, अब यसको पूर्ण कार्यान्वयनमार्फत जनताको अवस्था बदल्ने बेला आएको छ, यसमा जनताको साथ सहयोग अपरिहार्य छ।’न्युज कारखाना
अध्यक्ष प्रचण्डले पछिल्लो समय संविधानले स्थापित गरेका जनताका अधिकार कुण्ठित गर्ने चेष्टा भइरहेको उल्लेख गर्दै त्यसका विरुद्ध सबै जनताले र अझ बढी उत्पीडित समुदायले खबरदारी गर्नुपर्ने बताए ।
आफूले सरकारको नेतृत्व गर्दा वर्षौ पुराना तराई मधेशका समस्यालाई ध्यान दिएर काम गरेको उल्लेख गर्दै उनले भने, ‘हामीले सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डालाई प्राथमिकताका साथ अघि बढाइरहेका छौं, मैले सरकारको नेतृत्व गरेको बेलामा यी एजेण्डामा पनि अझ बढी मधेशका समस्या समाधानमा ध्यान दिने प्रयास गरें । वर्षौ पुरानो मिटरब्याजको समस्या कानुन बनाएर नै समाधान गरिएको छ । हजारौं नागरिकताविहीनहरुले नागरिक पाउने अवस्था बनेको छ । यसलाई तपाइँहरुले महत्वपूर्ण उपलब्धिको रुपमा लिनुभएको छ भन्ने मैले बुझेको छु।’
पार्टी प्रतिपक्षमा रहँदा पनि जनताका एजेण्डालाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले जनताका दैनिकदिनका समस्यादेखि संविधानको रक्षा र कार्यान्वयनसम्मका एजेण्डामा पार्टी जनतासँगै एकाकार भएर अघि बढ्ने बताए । उनले त्यसका लागि स्थानीय पार्टी कमिटीहरुलाई आवश्यक योजना बनाएर अघि बढ्न निर्देशन दिए ।
त्यसअघि आज विहान नै अध्यक्ष प्रचण्डले सिराहको गोलबजारमा स्थानीयवासीसँग अन्तक्र्रिया गर्दै आफूले शुरू गरेका पूर्वाधार निर्माणको अवस्थाबारे जानकारी लिएका थिए । उनले गोलबजारवासीले विकास र सुशासनका विषयमा राखेको चासोलाई गम्भीरतापूर्वक लिएको बताउँदै समग्र मधेशी जनताका अधिकारको संघर्षमा सधैं साथमा रहने दृढता व्यक्त गरे ।
२५ भदौ, महोत्तरी
मधेशमा माओवादी केन्द्रको तिव्र ओरालो यात्रालाई के प्रचण्डले व्रेक लगाउन सक्लान ?
मधेश प्रदेशमा अध्यक्ष प्रचण्ड सहित आधा दर्जन केन्द्रिय पदाधिकारीहरु आज र भोलि पार्टीको सागंठनिक अवस्था र पछिल्ला परिणामहरुको विषयमा निर्मम समिक्षा गर्न आईपुगेका छन ।
यही सन्दर्भलाई लिएर चिया र चौतारीहरुमा मधेशको खस्कदो सागंठनिक अवस्थालाई सुधार गर्न प्रचण्डले कस्तो रणनीति अवलम्बन गर्छ्न भन्ने आम चासो वनेको छ ।
नेता र कार्यकर्ताहरुको भावनालाई आत्मासाथ गर्न नसक्दा पछिल्लो समय असन्तुष्ट पक्षहरुहरुलाई नेकपा एमाले, जसपा, लोसपा जस्ता दलहरुले व्यवस्थापन गरिरहेको देखिन्छ ।
१ बर्षको अवधीमा माओवादी केन्द्र कै उच्च तहका नेताहरुको तथ्यांकअनुसार ६ सय भन्दा बढी नेता, कार्यकर्ताहरुले पार्टी छाडिसकेका छन ।
अझ अचम्म लाग्दो त काँहानिर छ भने नेकपा एमालेले त माओवादी केन्द्रवाट भित्र्याएका नेता, कार्यकर्ताहरुलाई पाटी बलियो वलियो वनाउने अस्त्र नै वनाएको छ ।
उदाहरणकोरुपमा महोत्तरीको अहिलेको एमालेको सागंठनिक अवस्थालाई हेर्न सकिन्छ । यसअघि भएको एमाले अधिवेशनमा माओवादीवाट नै प्रवेश गरेका वलिराम यादवलाई नेतृत्व दिइएको छ भने पदाधिकारीमा पनि अधिकांश माओवादीवाट भित्रीएकाहरु नै छन ।
जिल्लाको मात्र हैन स्थानिय तहको अवस्था हेर्ने हो भने एमालेले माओवादीवाट भित्रीएकाहरुलाई प्राथमिकतामा राखेको छ ।
महोत्तरीको उत्तरी क्षेत्र बर्दिवासमा सचिव, स-सचिव देखि पदाधिकारीमा माओवादीवाट भित्रीएकाहरु छन ।
दक्षिणतर्फ माओवादी केन्द्र बलियो देखिएका पालिकाहरुमा एमालेले उनिहरुलाई पार्टी बलियो वनाउने हतियार वनाएको छ । माओवादीको बलियो पकड भनिएको सम्सीमा माओवादीवाट नै प्रवेश गरेकालाई अध्यक्षको नेतृत्व दिइएको छ ।
यस्तो अवस्था महोत्तरीमा मात्र हैन अन्य जिल्लाहरुमा पनि देखिन्छ । केन्द्र तहका ज्वाला कुमारी साह देखि वुदिनी देविसम्म आईपुग्दा एमालेले नै उनिहरुलाई परिचालन गरेर पार्टीको संगठनलाई मजवुत वनाउदै लगेको छ भने माओवादी केन्द्र थप कमजोर वन्दै गएको देखिन्छ ।
`पार्टी कमजोर हुनुमा यस्का अन्तर्यहरु मुलतः आन्तरिक कलह नै हो ।´ केन्द्रिय सदस्य प्रकाशहरी पोखरेलले भने । `यो विषयमा पनि आज र भोलि हुने बैठकमा निर्मम समीक्षा हुनेछ ।´
वैठकमा उठेका विषयहरुको पार्टी अध्यक्ष प्रचण्ड स्वयमले दस्तावेज वनाउने र उपयुक्त छलफल गरेर निष्कर्ष निकालिने केन्द्रिय सदस्यहरुले वताएका छन ।
अझ मधेशमा संस्थापन पक्ष र संस्थापन इतरको नाममा अनेक गुटबन्दी सिर्जना भएको माओवादी केन्द्रका नेता, कार्यकर्ताहरु नै स्विकार गर्छन ।
सिरहा, सर्लाही, महोत्तरीमा पुर्व जनमोर्चा समूह र प्रचण्ड समुहविच जहिल्यै काहीँ न काहीँ मतभेद सिर्जना हुने गरेको र केही आधार ईलाका भएका ठाउँहरु अघिल्लो निर्वाचनमा समेत गुमाउनुले यस्लाई पुष्टि गरेको छ ।
यसैको परिणाम महोत्तरी क्षेत्र नं.१ मा गिरिराजमणि पोखरेलले संघमा र राजु खड्काले स्थानिय तहमा पराजय भोग्नुपरेको माओवादी केन्द्रका एक नेता वताउछ्न ।
`मधेशमा माओवादीमा देखिएको आन्तरिक कलहका कारण, असन्तुष्टि र नेता कार्यकर्ताहरुको पार्टी वहिगर्मनका विषयमा पनि बैठकमा गहन छलफल हुनेछ ।´ माओवादी केन्द्र महोत्तरीइन्चार्ज राजु खडकाले भने । `अब पार्टी कमजोर हुनुमा दोषारोपण गरेर मात्र हुँदैन मैदानमा काम गर्नुपर्ने अवस्था आएको छ ।´
मधेश प्रदेश इन्चार्ज गणेश साह एकअर्कोलाई दोष लगाउने तर कमजोरीका कारकहरुको विषयमा समीक्षा गर्न नसक्दा माओवादी केन्द्र कमजोर वन्दै गएको वताउछन ।
उन्ले एक अन्तर्वार्तामा प्रचण्डमा विकल्पको खोजी भन्दा पनि सच्चिनु पर्ने र सुधार गर्नुपर्ने कयौं ठाउँहरु भएको अभिव्यक्ति दिएका छन ।
यसरी नेता, कार्यकर्ताहरुले असन्तुष्टि र वहिगर्मनलाई नेताहरुलाई नै मुख्य जिम्मेवार ठहर्याएका छन । ६ प्रदेशमा बैठक समपन्न गरेर मधेश आईपुगेका पदाधिकारीहरुको छलफल महोत्तरीको बर्दिवास रिसोर्टमा भैइरहेको छ ।
अध्यक्ष प्रचण्ड सहित नेताहरु अग्नि सापकोटा, हरिवोल गजुरेल, गिरिराजमणि पोखरेल, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, शक्ति बस्नेत, देव गुरुङ्ग बर्दिवास आईपुगेका छन ।
बर्षामान पुन र मात्रीका यादव भने उपचारको क्रममा चिनमा छन ।न्युज कारखाना
काठमाडौँ । सरकारले अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवलाई सिफारिस गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले कांग्रेस नेतृ यादवलाई अष्ट्रेलियाको राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको हो ।
सरकारले यसअघि अष्ट्रेलियाको राजदूतमा कान्ता रिजालको नाम सिफारिस गरेको थियो । तर, रिजाल इजरायलको राजदूतबाट फिर्ता हुँदा सहयोगीलाई स्वदेश नर्फकाएको उजुरी परराष्ट्र मन्त्रालयमा परेपछि उनको सट्टा यादवलाई सिफारिस गरिएको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिएकी नेतृ यादव यसअघि शिक्षामन्त्री भैसकेकी छिन् । उनी पार्टीको कोषाध्यक्षको जिम्मेवारीमा पनि पुगेसकेी नेतृ हुन् । २०७९ को निर्वाचनमा भने उनी जसपा, नेपालका राजकिशोर यादवसँग पराजित भएकी थिईन् ।
यसअघि अष्ट्रेलियाको लागि राजदूतमा कांग्रेसबाट कान्ता रिजालको नाम सिफारिश भएको थियो । तर, उनीमाथि यसअघि इजरायलको राजदूत हुँदा लगेको सहयोगी फिर्ता नगरेको आरोप लागेपछि सरकारले आँफै नाम फिर्ता लिएको थियो । न्युज कारखाना
काठमाडौं। सरकारले सरकारी कार्यालयको खाजा खाने समय ३० मिनेट तोकेको छ ।
यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरुको खाजा खाने समय ३० मिनेट कायम गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
प्रधानमन्त्री ओलीले लेखेका छन्- ‘खाजा पनि खानुपर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनुहुँदैन, कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएकाले त्यसबाट घटाएर हरेक दिन १: ३० देखि २ बजेसम्म कायम गरिएको छ ।’
प्रधानमन्त्री ओलीले कार्यालयको खाजा समयको नियमलाई उल्लङ्घन गरेको पाइएमा हेलो सरकारमा गुनासो गर्न आग्रह गरेका छन् ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समयको माग र जनअपेक्षालाई सम्बोधन गर्ने गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विद्यमान कानुनमा संशोधन विधेयक ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निवास, वालुवाटारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याल, दुवै मन्त्रालयका सचिवहरु र दुवै सङ्गठनका प्रमुखहरुसहित आज साँझ भएको छलफलमा प्रधानमन्त्री ओलीले ती कानुनलाई समयानुकुल र वस्तुनिष्ट बनाउनुपर्ने बताएका हुन् ।
उनले मुलुकमा शान्ति सुरक्षा र सुशासन कायम गर्न तथा सङ्गठनभित्र सानो तहदेखि माथिल्लो तहसम्मको सुविधासमेतलाई ध्यान दिएर प्रस्ताव ल्याउन आग्रह गरे । ती दुवै कानुनलाई संशोधन गर्ने विधेयकको मस्यौदा रायका लागि गृह मन्त्रालयले अर्थ मन्त्रालयमा पेस गरेको सन्दर्भमा प्रधानमन्त्री ओलीले आर्थिक र प्रशासनिक पक्षलाई अध्ययन गरेर छिटो विधेयक अघि बढाउन अर्थ मन्त्रालयलाई निर्देश गरे । ती दुवै विधेयक संसद्मा पेस गर्ने विषय सरकारको सय दिनभित्रको प्राथमिकतामा परेको छ ।
छलफलमा अर्थमन्त्री पौडेलले विधेयकलाई समग्ररुपमा अध्ययन गरेर छिटो निष्कर्ष निकालिने बताए भने गृहमन्त्री लेखकले प्रस्तावित विधेयक ल्याउँदा प्रहरी सङ्गठनमा ऊर्जा थपिनुका साथै मुलुकको आर्थिक दायित्व बचत हुने स्पष्ट गरे ।
न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको शुभकामना दिदै अनिवार्य र निःशुल्क शिक्षा पाउने मौलिक हकको सुनिश्चिततासँगै विद्यालय जाने उमेरका सबै बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न र विद्यालय उमेर नाघेका नागरिकका निमित्त जीवनोपयोगी शिक्षाका अवसरहरु जुटाउने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले अनिवार्य र निःशुल्क शिक्षा ऐन, २०७५ को कार्यान्वयनसँगै साक्षरता-आजीवन सिकाइका कार्यक्रमहरु सञ्चालनमा रहेको बताउदै साक्षरताका कार्यक्रमहरुको सञ्चालनमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
उनले भनेका छन्- ‘गरिबीका कारणले तराई र दुुर्गमका कतिपय ठाउँहरुमा साक्षरता र भर्ना अभियानले सार्थकता पाउन नसकेको अवस्थालाई दृष्टिगत गरी मेरो नेतृत्वको अघिल्लो सरकारले राष्ट्रव्यापी रुपमा विद्यार्थी भर्ना अभियान कार्यक्रमको सुरुवात गरेको थियो । विद्यालय उमेरका सबै बालबालिकालाई अनिवार्य रुपमा विद्यालयमा भर्ना गर्ने नीतिले पनि साक्षरताको अभियानलाई सहयोग पुर्याएको छ । भर्ना भएका बालबालिकालाई विद्यालयबाट ड्रपआउट हुन नदिन सरकारले दिवा खाजा, छात्रवृत्ति लगायतका अन्य प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको छ । यसलाई अझै सुधार गर्दै लैजाने सरकारको योजना छ ।’
ओलीले नेपालमा पछिल्लो समयमा पूर्ण साक्षर पालिका र साक्षर जिल्ला घोषणा हुँदै गएको बताउदै यो महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । उनले भने- ‘विश्व अहिले सूचना प्रविधिको युुगमा प्रवेश गरेको छ, त्यसकारण प्रविधिमैत्री साक्षरता र सीप अहिलेको आवश्यकता हो । प्रविधिमैत्री शिक्षा प्रदान गर्न सरकारले योजनाबद्ध रुपमा कार्य अगाडि बढाइरहेको छ । शिक्षालाई रोजगार र स्वरोजगारसँग जोड्दै निजी क्षेत्र, सामाजिक सङ्घ संस्थाहरु लगायत सबैको भूमिकालाई प्रभावकारी बनाउँदै निरक्षरतालाई साक्षरतामा रुपान्तरण गर्न हामी सबै लाग्नु पर्ने छ । हामी सबैको योगदानले साक्षर नेपालको अभियानलाई सार्थक बनाउन सक्छौँ । नेपाल पूर्ण साक्षर मुलुकतर्फ अग्रसर हँुदै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तव्यमा छ । यस गन्तव्य प्राप्तिमा शिक्षा क्षेत्रको योगदान महत्वपूर्ण हुने भएकाले त्यसअनुसारको भूमिका निर्वाह गर्नका लागि म सम्बन्धित सबैमा हार्दिक आह्वान गर्दछु ।’
प्रधानमन्त्री ओलीले ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा ‘बहुभाषिक शिक्षाको प्रवद्र्धनः पारस्परिक समझदारी र शान्तिका लागि शिक्षा’ भन्ने आदर्श वाक्यका साथ मनाउन लागिएको यस दिवसले शान्ति, सहिष्णुता, बहुभाषिक शिक्षा र आपसी समझदारीका साथ अगाडि बढ्न प्रेरणा प्रदान गरोस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।न्युज कारखाना
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन् । आफ्नो निवास खुलमटारमा पुगेकी पलेशालाई प्रचण्डले नेपालका लागि ओलम्पिकमा पहिलो पदक प्राप्त गर्न सफल भएको भन्दै सम्मान गरेका हुन् ।
उनले पलेशासँगै कोच कविराज नेगी लामा, व्यवस्थापक रामचन्द्र श्रेष्ठ र पलेशाका बुवा प्रदीप गोबर्धनलाई पनि सम्मान गरेका थिए ।
सो क्रममा अध्यक्ष प्रचण्डले नेपालबाट इतिहास रच्ने पलेशालाई बधाई दिंदै यो जीतले संसारभरि रहेका नेपालीहरुले गौरव गर्ने अवसर प्राप्त भएको बताए । ‘ओलम्पिकको इतिहासमा पहिलोपटक नेपालले मेडल प्राप्त गर्ने भनेको सामान्य विषय होइन, यसले विश्वभरि रहेका नेपालीका लागि गौरव गर्ने अवसर प्राप्त भएको छ’, उनले भने, ‘खेल क्षेत्रले राष्ट्रिय एकता, आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय कूटनीतिलाई प्रबर्धन गर्छ, त्यसैले पलेशाको यो जीत अन्तर्राष्ट्रिय इतिहास कायम गर्ने महत्वपूर्ण जीत हो ।’
खेलको राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा बहुआयामिक महत्व भएकाले खेल क्षेत्रमा राज्यले बढी लगानी गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘अहिले समय फेरिएको छ, खेलले अन्तर्राष्ट्रिय युद्ध रोक्नेदेखि ठूलाठूला समस्याको समाधान पनि दिएको छ । अहिले पलेशाले मेडल जितेपछि राष्ट्र एक ढिक्का भएको छ, सबले गर्व गरेका छन्, सब खुशी भएका छन् ।’
पलेशाको जीत राष्ट्रिय एकताको आधार र अन्तर्राष्ट्रिय कूटनीति प्रवर्धनमा ऐतिहासिक बन्न पुगेको उल्लेख गर्दै उहाँले आगामी ओलम्पिकमा पनि थप सफलताका लागि शुभकामना व्यक्त गरे । यो जीतका लागि आधार तयार पार्ने प्रशिक्षक, व्यवस्थापक, तेक्वान्दो संघ र घरपरिवारलाई राष्ट्रका लागि योगदान गरेकोमा उनले धन्यवाद र बधाई दिए । पलेशाको परिवारलाई विशेष बधाई दिंदै उनले एउटा अफ्ठ्यारो अवस्थाबाट गुज्रेर विश्व रेकर्ड बनाउनु चानचुने विषय नभएको बताए ।
यसअघिका विभिन्न खेलहरुमा अरुभन्दा धेरै पदक जितेको र यसपटक ओलम्पिकमा इतिहास नै कायम गर्न सफल भएको तेक्वान्दो क्षेत्र नेपालका लागि विशेष खेल बन्न पुगेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसमा राज्यले बढी लगानी गर्नुपर्ने अवस्था आएको बताए । पूर्वप्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री हुँदा खेल क्षेत्रमा लगानी वृद्धि, खेल पूर्वाधार विकास र खेलाडीलाई प्रोत्साहनका लागि पुरस्कारको व्यवस्थालगायतका थुप्रै काम गरेको स्मरण पनि गरे ।
उनले यसअघि आफू प्रधानमन्त्री हुँदा एशियन क्वालिफायरमा मेडल लिएर आउँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बधाई दिंदै पाराओलम्पिक यात्रामा सफलताको शुभकामना व्यक्त गरेको स्मरण गर्दै अझै माथिल्लो पदक प्राप्तिको संभावना रहेको बताए ।
सो क्रममा पदक विजेता पलेशाले पदक प्राप्त गर्दाको अनुभूति सुनाउँदै आगामी ओलम्पिकमा गोल्ड मेडलका लागि तयारी गर्ने बताए । कार्यक्रममा प्रशिक्षक कविराज नेगी लामा, व्यवस्थापक रामचन्द्र श्रेष्ठ, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, महासचिव दीपराज गुरुङ लगायत पदाधिकारी, राखेप सदस्य सचिव टंकलाल घिसिङ र पलेशाका बुवा प्रदीप गोबर्धनले आफ्ना अनुभव सुनाएका थिए ।न्युज कारखाना
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलका नेताहरुले दिइरहेको संविधानविपरितका अभिव्यक्तिहरुको भण्डाफोर गर्न कार्यकर्तालाई आव्हान गरेका छन् ।
शहिदद्वय शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो आह्वान गरेका हुन् । शहिदकै बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानीपूर्ण संघर्षमाथि नै धावा बोल्ने छूट कसैलाई नभएको उल्लेख गर्दै उनले यस्ता प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने बताए ।
जनयुद्धलाई ‘हिंसा’को रुपमा ब्याख्या गरिएकोतर्फ इंगित गर्दै अध्यक्ष प्रचण्डले भने– ‘जनयुद्धलाई संविधानले सशस्त्र संघर्ष भनेको छ तर संविधानको ब्याख्यात्मक टिप्पणीमा स्पष्टसँगै सशस्त्र संघर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने छ भनेर लेखिएको छ, त्यसमा सबै दलहरुले हस्ताक्षर गरेका छन् । तर अहिले कतिपय सत्तारुढ दलका नेताहरुले जनयुद्धलाई हिंसा, हत्या, आतंक थियो भन्ने दुस्सास गर्ने गरेका छन्, संविधानविपरीत बोल्ने नेताहरुको भण्डाफोर गर्नुपर्छ । संविधानमा भएको यथार्थलाई जोडदाररुपमा जनतामा लैजानुपर्छ ।’
प्रधानमन्त्रीमै बसेका नेताले आफूले गरेको ठगी, बेइमानी र जालजेझलाई ‘प्रचण्डलाई राउण्ड किक हानेको’ भनेर पनि बोलेको आफूले सुनेको उल्लेख गर्दै उनले भने, ‘अब जनताको राउण्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन् ।’
जनयुद्धका महान सहिदलाई सम्मान गर्ने सवालमा पार्टीले निरन्तर काम गरिरहेको पनि अध्यक्ष प्रचण्डले स्पष्ट गरे । पटकपटक शहिद घोषणा गरे पनि राजपत्रमा प्रकाशित नभएका कारण जनयुद्धका शहिदले राष्ट्रिय सहिदको मान्यता पाउन नसकलकोले पछिल्लोपटक आफू प्रधानमन्त्री भएको बेलामा पुराना निर्णयहरु खोजेर सहिदको नामावली राजपत्रमा प्रकाशित गरिएको र अब जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता प्राप्त गरेको जानकारी गराउँदै उनले भने, ‘यो हामी सबैका लागि खुशी र गर्वको विषय हो । छुटेकालाई पनि केन्द्रित गर्ने प्रक्रिया त्यसमा बाँकी राखिएको छ ।’
त्यस्तै जनयुद्ध थालनी भएको दिन फागुन १ गतेको जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने मन्त्रिपरिषद्बाट निर्णय गरिएको भए पनि शान्ति प्रक्रिया अझै नटुंगिएको भनेर अदालतबाट रोकिएको प्रसंग उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब टिआरसी विधेयक पारित भएपछि जनयुद्धलाई राष्ट्रिय दिवसको रुपमा स्थापित गर्न रोक्न नहुने र त्यसका लागि अदालतले पुनर्विचार गर्ने आफूले विश्वास लिएको बताए ।
जनयुद्धका महान सहिदहरुलाई पार्टी र सरकारले गरेको यो सम्मानलाई जनस्तरसम्म बुझाउनुपर्ने उल्लेख गर्दै उनले नेता कार्यकर्ताहरुलाई यसमा ध्यान दिन आग्रह गरे । आफूले गरेका राम्रा कामको अपनत्व र स्वामित्व लिन आग्रह गर्दै उनले संगठन बनाउने र कमजोरी सच्याउने अवसर प्राप्त भएको पनि बताए । परिवर्तनका विरुद्ध गर्न खोजिएको ज्यादति र अपमानविरुद्ध संघर्ष गर्न पनि उनले कार्यकर्तालाई निर्देशन दिए ।
पार्टीले सबै सहिदको एकैसाथ सम्झना गर्न जनयुद्धकालदेखि नै हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाउने गरेको भए पनि शान्ति प्रक्रियापछि सहिदका फरक फरक स्मृति दिवस र प्रतिष्ठान बनाउने क्रम चलेकाले यसमा सच्याएर जाने उनले स्पष्ट गरे । अध्यक्ष प्रचण्डले अहिले आफूहरु पार्टी पुनर्निर्माणको प्रक्रियामा भएकाले आगामी केन्द्रीय समिति बैठबाट सहिदको स्मृति दिवसबारे एकरुपता कायम गर्ने गरी नीगितरुपमा व्यवस्था गरिने जानकारी दिए ।न्युज कारखाना
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुने बताएका छन ।
बिहिबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्ममेलनमा बोल्दै उहाँले निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लिएको बताए । “यो प्रकरण मैले गमभीरताका साथ लिएको छु यो घटनाको सुक्ष्म ढंगले अनुसन्धान हुन्छ ।” उनले भने ।
त्यसैगरि पत्रकार सम्मेलनमा उहाँले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठुलो नाकाका रुपमा विकास गर्ने बताए । “कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ ।” उनले भने, “निकट भविष्यमा नै दार्चुलाको तिंङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा निर्णय भएको छ यसले चीनसंग जोड्छ ।”
उनले दोधारा चाँदनी सुख्खा बन्दरगाह निमार्ण गर्न छिमेकी मुलुक भारत तयार रहेको बताए । “दुई\तीन महिनाभित्रै सुख्खा बन्दरगाह निमार्णका लागि भारतले टेन्डर आह्वान गर्छ ।” गृहमन्त्री लेखकले भने, “छिट्टै सुख्खा बन्दरगाहको काम अघि बढ्ने छ ।” पत्रकार सम्मेलनमा उहाँले संसदमा भएका दुई ठुला दलहरु बीच सहमति भएर नयाँ राजनितिक समीकरण बनेकोले बताउँदै सहमति कार्यान्वयनमा शंका नगर्न आग्रह गुरे । “दुई दल बिच सात वुदे सहमति भएर सरकार निमार्ण भएको छ ।” उनले भने, “यो गठबन्धन आगामी चुनावसम्मै जान्छ यसमा ढुक्क हुनुस ।”
तीन दिने भ्रमणमा गृहजिल्ला पुगेका मन्त्री लेखकले कञ्चनपुरमा दुईवटा प्रहरीका भवन उद्घाटन गरेका छन् । त्यसैगरि उनले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।न्युज कारखाना
काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन शाहका समर्थकले फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अनफलो’ गर्ने अभियान चलाएका छन् ।
मंगलबार अपराह्न मेयर बालेनले आफ्नो स्टाटसलाई फेसबुकले हटाइदिएको उनको सचिवालयले दाबी गरेको थियो । कसैले रिपोर्ट गरेका कारण सो पोष्ट फेसबुकले डाउन गरको सचिवालयले दाबि गरेको थियो । त्यसपछि मंगलबारनै बालेनले पोष्ट हटाउने होइन, दोषीलाई करावाही गर्नुपर्यो भन्ने पोष्ट गर्दै आफ्नो पोष्ट सरकारले हटाइदिएको आशय व्यक्त गरेका थिए । त्यसपछि बालेनका समर्थहरूले ओलीलाई अनफलो गर्न शुरु गरेका हुन् ।
मंगलबार केपी शर्मा ओलीको पेजमा ६ लाख ६६ हजार फलोअर्स रहेकोमा बुधबार बिहान ६ लाख २ हजार मात्र रहेका छन् ।
बालेनले भदौ १६ गते एमालेकी प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरेलु कामदार राखेर हिंसा गरेको दाबीसहित फेसबुकमा एउटा पोस्ट गरेका थिए ।
सांसद शर्माको विषयमा कुनै कारबाही नभएको बताउँदै बालेनले प्रधानमन्त्री ओलीमाथि आक्रोश पोखेका थिए । सो पोष्ट हटेपछि शुरु भएको विवादले अब एक अर्काका पेज अनफलो गर्ने अभियानसम्म पुगेको छ ।
न्युज कारखाना
काठमाडौं । न्याय परिषद् नियमावली संशोधनको विपक्षमा रहेको नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतको बार बेञ्च समन्वय समितिबीच वार्ता भएको छ ।
प्रधान्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको संयोजकत्व्मा रहेको समन्व्य समितिसँगकोवार्तामा नेपाल बारका तर्फबाट अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अन्जिता खनाल सहभागी भएका थिए ।
वार्तापछि निकासका लागि पाँच सदस्यीय कार्यदल गठन भएको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउत, न्याय परिषद् सदस्य वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी (सम्भव), नेपाल बार एशोसिएशनका अध्यक्ष बरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे, महासचिव अधिवक्ता अन्जिता खनाल र सदस्य सचिवमा न्याय परिषद्का सचिव यम बहादुर बुढामगर रहने गरी कार्यदल गठन भएको नेपाल बारले जनाएको छ ।
नेपाल बार एशोसिएशनले न्याय परिषद् नियमावली, २०७४ को (पहिलो संशोधन, २०८०) प्रति आफ्नो असहमति जनाउँदै आए पनि न्यायपरिषद्को बैठक डाकेर न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउन खोज्दा कानुन व्यसायीहरु धर्नामा बसेका थिए ।
नेपाल बारले सरोकारवाला निकायसँग परामर्श नै नगरी एक पक्षीय ढङ्गले गरिएको न्याय परिषद् नियमावली संशोधनले संविधानको धारा १४१ (३) को आत्मा नै मर्न गएको र कानूनको सिद्धान्त विपरित रहेको बताउँदै आएको छ ।
वार्ताबाट निकास निकाल्नका लागि न्यायपरिषद् तयार भएपछि नेपाल बारले तत्काललाई मंगलबारदेखि तय भएका थप विरोधका कार्यक्रम भने स्थगित गरेको महासचिव खनालले जानकारी दिइन् ।
न्युज कारखाना
काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । आज अपराहन्न १ बजे संसदको बैठक बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकको निम्न बमोजिमको सम्भावित कार्यसूची रहेको छ ।
राष्ट्रपतिको कार्यालयको पत्र
सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने ।
प्रश्नोत्तर
सहरी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने ।
समितिको कार्यावधि थप
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका माननीय सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यावधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने ।
समितिको प्रतिवेदन पेश
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका माननीय सभापति अम्मर बहादुर थापाले राष्ट्रिय सभामा उत्पत्ति भएको “नेपाल विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१” र “सार्वजनिक सेवा प्रशारण विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेश गर्ने ।
व्यवस्थापन कार्य
माननीय उपप्रधानमन्त्री एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले:-
(क) “ धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने ।
(ख) “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने । न्युज कारखाना
काठमाडौँ । प्रकाश तामाङ ‘काले’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन् ।
सोमबार साँझ प्रकाशले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेट गरेका हुन् ।
‘हेर्ने कथा’ बाट आफ्नो परिवारको सम्पर्कमा पुगेका प्रकाशलाई आइतबार प्रशासनका अधिकारीले प्रकाशलाई उनको घर भोजपुर षडानन्द नगरपालिका-१० छाप्लेगाउँ (साम्पाङ) मा पुगेर नागरिकता दिइसकेका छन् ।
प्रधानमन्त्री ओलीले प्रकाशको नागरिकता बनिसकेकाले अब उनलाई अन्य कुरामा पनि सहज हुने बताएका छन् । न्युज कारखाना
काठमाडौं । सहकारीको बचत ठगिको विषयमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको म्याद थपिने भएको छ ।
आज बस्ने प्रतिनिधिसभाको बैठकबाट समितिको समय थप्न लागिएको हो । संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीमा सहकारी छानबिन समितिको म्याद थपसम्बन्धी प्रस्ताव राखिएको छ ।
समितिले आफ्नो काम पूरा गर्न अझै केही समय लाग्ने देखिएपछि समय थप गर्न लागिएको हो ।
समितिको म्याद १५ दिनका लागि थप्न लागिएको छ । यस अघि तीन महिना समय तोकिएको समितिको पहिलो बैठक २२ जेठमा बसेको थियो । त्यस अनुसार २२ भदौमा समितिको म्याद सकिँदै छ ।न्युज कारखाना
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले उपनिर्वाचनलाई दृष्टिगत गर्दै परिचालन कमिटी गठन गरेको छ ।
पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा उपनिर्वाचन परिचालन कमिटी गठन गरिएको पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । उक्त परिचालन कमिटीमा पार्टीका उपाध्यक्षहरू, उपमहासचिव, सचिव रहेका छन् । आगामी मंसिरमा सम्पन्न हुने उपनिर्वाचनका निम्ति एकीकृत समाजवादीले निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।
त्यस्तै एकीकृत समाजवादीले कोशी प्रदेशको संयोजकमा उपाध्यक्ष खतिवडा, मधेशको संयोजकमा धर्मनाथ प्रसाद साह, बागमतीको संयोजकमा डा.गंगालाल लुलाधर, गण्डकीको संयोजकमा पार्टी सचिव श्रीनाथ बराल, लुम्बिनीको संयोजकमा उपमहासचिव मेटमणी चौधरी, कर्णालीको संयोजकमा पार्टी उपाध्यक्ष प्रकाश खतिवडा र सुदूरपश्चिम प्रदेशको संयोजकमा भानुभक्त जोशीलाई जिम्मेवारी दिएको छ ।
भूगोललाई केन्द्रित गरेर उपनिर्वाचन परिचालन कमिटी चयन गरिएको हो । उपाध्यक्ष खतिवडाका अनुसार आवश्यक छलफल भइसकेको छ र परिपत्र जारी गर्ने काम बाँकी रहेको छ । न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडिसी) का शिक्षार्थीहरुको प्रतिनिधिमण्डलले आज भेट गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले उक्त कलेजले रक्षा मामिलामा गर्दै आएको प्राज्ञिक योगदानको प्रशंसा गर्दै दक्षिण एसियाली राष्ट्रहरुको शान्ति र समृद्धिका लागि साझा प्रयास हुनुपर्नेमा जोड दिए । उनले गौतम बुद्ध, महात्मा गान्धीजस्ता व्यक्तित्वको जन्म भएको यस क्षेत्रमा हिंसा र विवाद उत्पन्न हुनु यहाँको संस्कृति र सभ्यताविपरीतका विषय हुने बताए ।
प्रधानमन्त्री ओलीले नेपाल र भारतबीचको समान संस्कृति, रहनसहन र सभ्यताको चर्चा गर्दै दुई देशबीचको मित्रता अभिवृद्धि हुँदै गएको उल्लेख गरे ।
भेटका अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तब, कलेजका प्रतिनिधि सन्दिप एस सन्दुलगायत सहभागी थिए ।न्युज कारखाना
पोखरा । गण्डकी प्रदेश सरकारमा एमाले सहभागी भएको छ । सोमबार एमालेका चार मन्त्रीले मन्त्रीको शपथ लिएसँगै एमाले गण्डकी प्रदेशमा सरकारमा गएको हो ।
गण्डकीमा कांग्रेसले मुख्यमन्त्री सहित ५ र एमालेले ४ मन्त्रालय लिएका छन् । यस अघि ७ मन्त्रालय रहेकोमा एमालेलाई सहभागी बनाउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आइतबार मन्त्रलय फुटाएर ७ बाट ९ बनाएका थिए ।
एमालेबाट पद्मा जिसी श्रेष्ठ कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री, कृष्ण पाठक स्वास्थ्य मन्त्री, मित्रलाल बस्याल उद्योग तथा पर्यटन मन्त्री र प्रकाशबहादुर अधिकारी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बनेका छन् । नवनियुक्त मन्त्रीहरुले सोमबार दिउँसो शपथग्रहण गरेका छन् ।
यसअघिका भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेलाई जिम्मेवारी हेरफेर गर्दै वन तथा वातावरण मन्त्रीको जिम्मा दिइएको छ । मुख्यमन्त्री पाण्डेले मनाङे र फणिन्द्र देवकोटाले संकटको बेला सहयोग गरेको भन्दै कांग्रेसको कोटाबाटै मन्त्री कायम राखेका छन् ।
कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा सो दलका डा. टकराज गुरुङले आर्थिक मामिला मन्त्री र विन्दुकुमार थापाले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै, फडिन्द्र देवकोटा जलस्रोत तथा सिँचाइ मन्त्री रहेका छन् ।न्युज कारखाना
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ‘मल्टी पोलारिटी फोरम’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन रुसको भ्लादिभोस्तक प्रस्थान गरेका छन् ।
‘साउथ एसियन इकोनोमिक फोरम’ को समूहगत छलफलमा सहभागी हुन अध्यक्ष आइतबार राति ११ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन सेप्टेम्बर ३ देखि ६ तारिखसम्म हुनेछ ।
अध्यक्ष नेपालले भ्रमणका क्रममा त्यहाँस्थित उच्च तहका नेताहरुसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम समेत रहेको छ । उनको अनुपस्थितिमा पार्टीको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको एकीकृत समाजवादीले जानकारी दिएको छ । उनी आगामी आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक–निजी साझेदारीका रुपमा सञ्चालित गैह्रनाफमूलक ‘काठमाण्डु इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ ले बाल स्वास्थ्य क्षेत्रमा थालेका कामको प्रगतिबारे जानकारी लिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उक्त संस्थाका अध्यक्ष डा भगवान कोइराला, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीसहितको छलफलमा प्रधानमन्त्री ओलीले इच्छाशक्ति भएमा सुरुमा पैसा नभए पनि यस्ता काम अघि बढ्ने रहेछ भन्ने पुष्टि उक्त संस्थाले पेस गरेको बताए । उनले बिरामीसँग पैसा नभए पनि सहज उपचार पाउने वातावरणका लागि उक्त संस्थाको सोच रहेकामा प्रशंसा व्यक्त गरे ।
सो संस्थाले झापाको दमकमा सुविधासम्पन्न बाल अस्पताल सञ्चालनमा ल्याइसकेको छ भने काठमाडौँको बुढानीलकण्ठ–७, बाँसबारीमा बाल अस्पताल सञ्चालन गर्न ३० वर्षका लागि ४१ रोपनी जग्गा नेपाल सरकारले भाडामा उपलब्ध गराएको छ ।न्युज कारखाना
रौतहट । भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै अख्तियार दूरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेपछी निलम्बनमा परेका कटहरियाका मेयर अजय प्रकाश जैसवालविरुद्ध अख्तियारमा परेको कैयौँ उजुरी माथी छानबिन सुरु भएको छ ।
रौतहटको कटहरिया नगरपालिकाको मेयर पदमा निर्बाचित भएदेखि नै पटकपटक आर्थिक बिवादमा पर्दै आएका जैसवालविरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा परेको उजुरी सम्बन्धी छानबिन सुरु भएको हो ।
मेयर जैसवालले कटहरिया नगरपालिकामा मनपरी तरिकाले आवश्यकता भन्दा बढी कर्मचारी नियुक्त गरेको भन्ने समेतको व्यवहोरा उ. द. न. १९४८!००७१७३५,२०८१ जेठ ८ गतेको उजुरी सम्बन्धमा छानबिन भइरहेको अख्तियार स्रोतले जनाएको छ ।
त्यस्तै कटहरिया नगरपालिका स्वास्थ शाखा संयोजक शंकर प्रसाद यादवले आर्थिक बर्ष २०८०!०८१ मा स्वास्थ्यका बिभिन्न गतिबिधि सञ्चालन गर्न ३३ लाख रुपैयाँ पेस्की लिएकोमा ५० प्रतिसत रकम मेयरको बुवा ओम प्रकाश जैसवाल लाई बुझाएको र ५० प्रतिशतको कामै नगरी किर्ते सहीछाप गरी किर्ते माईन्युट तयार गरिरहेको भन्ने समेतको व्यवहोरा अख्तियार दूरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा दर्ता भएको उ. द.न.२०४५!००७४८२३ ,२०८१ जेठ २७ गते परेको उजुरी छानवीनमा रहेको जनाईएको छ ।
यो दुई उजुरी जस्तै कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवालविरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा कैयौँ उजूरी परेको कार्यालय स्रोतले जनाएको छ ।
कटहरीया नगरपालिकाका मेयर जैसवाल र उपमेयर रिता देवी यादव, पूर्व प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साह, योजना शाखा प्रमुख राम नरेश यादव समेत ११ जनाविरुद्ध अख्तियार दुरुपयोगा अनुसन्धान आयोगले गत जेठ महिनामा विशेष अदालतमा बिहीबार मुद्दा दर्ता गरेपछि उनीहरू निलम्बित भएका थिए । कटहरिया-२ मा जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा टायल्स तथा फ्लोरिङको कामका लागि गठन भएको उपभोक्ता समितिले गरेको कम कामलाई बढी देखाएर भुक्तानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।
मुद्दा दायर भएकामा मेयर अजय प्रकाश, उपमेयर रिता देवी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियरद्वय राजेशकुमार साह, मो. मकसुद आलम, योजना शाखाका प्रमुख राम नरेश प्रसाद यादव, वडा ८ का अध्यक्ष तथा कार्यपालिका सदस्य समिशविक्रम साह, मनोजप्रसाद जैसवाल, उपभोक्ता समितिका अध्यक्ष सरोजकुमार साह, कोषाध्यक्ष बबिता चौधरी र सचिव योगेन्द्र साह छन् । सो योजनामा नगरप्रमुख अजय प्रकाशले उपभोक्ता समितिलाई १२ लाख ५२ हजार ९ सय ४१ रुपैयाँ भुक्तानी दिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ को (ग) र (ङ) बमोजिम कसुरमा बिगो १२ लाख ५२ हजार ९ सय ४१ रुपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना सजाय माग दाबी गरिएको छ ।न्युज कारखाना
काठमाडौं । नेपाल बार एसोसिएसनले न्याय परिषद् अगाडी धर्ना दिदै छ । नेपाल बारले न्याय परिषद् नियमावलीको पहिलो संशोधन खारेज गर्न माग गर्दै आएकोमा त्यस विपरीत न्याय परिषद्को बैठक बोलाइएपछि बार धर्नामा उत्रिएको हो । बारले आज बिहान ११ बजेदेखि धर्ना दिने घोषणा गरेको छ ।
सर्वोच्च अदालतमा चारसहित देशभर ५० बढी न्यायाधीश पद रिक्त रहेको छ । वर्तमान सत्ता गठबन्धनले न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाए पनि नेपाल बारले अहिले कार्यान्वयनमा रहेको नियमावली अनुसार सिफारिस नगर्न भन्दै आएको छ ।
नियमावलीमा गरिएको पहिलो संशोधनले संविधानको उल्लङ्घन गरेकाले खारेजीको माग बारले गर्दै आएको छ । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले उक्त नियमावलीको संशोधन नेपालको संविधानको धारा १४१ (३) विपरीत रहेकाले यसका आधारमा न्यायाधीश नियुक्तिको प्रक्रिया अघि नबढाउन माग गरेका छन् ।
न्यायाधीशहरूको मर्यादाक्रम हेरफेर गर्ने गरी, संविधानको धारा १४१ (३) मा भएको व्यवस्थालाई उल्लङ्घन गर्ने नियमावलीलाई अधिकार नभएको पनि बारले बताउँदै आएको छ । बारले संशोधित नियमावली खारेज गरेर मात्र कानुन व्यवसायीको सम्मानजनक उपस्थितिका साथ उच्च अदालत र सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्न न्याय परिषद्सँग माग गरेको छ ।
न्याय परिषद् ५ सदस्यीय रहेको छ । प्रधानन्यायाधीशको अध्यक्षतामा बस्ने न्याय परिषद्मा कानुन मन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त गरेका कानुनविद्, नेपाल बारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त वरिष्ठ अधिवक्ता वा अधिवक्ता रहने व्यवस्था रहेको छ ।न्युज कारखाना
नेपालगञ्ज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विहान नेपालगञ्ज रंगशालाको अवलोकन गरेका छन् ।
सो क्रममा उनले नेपालगञ्ज रंगशाला पश्चिम नेपालको खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण हुने बताए । हिजो मात्रै सुर्खेतस्थित कर्णाली प्रादेशिक रंगशालाको अवलोकन गर्नुभएका अध्यक्ष प्रचण्डले पश्चिम नेपालमा खेलकुद संरचनाको विकास हुँदै जानु खुशीको कुरा भएको बताए ।
‘माओवादी नेतृत्वको सरकार भएको बेलामा खासगरी हाम्रो नेता महेश्वर गहतराज संघीय खेलकुद मन्त्री भएको बेलामा नेपालगञ्ज रंगशालाको पूर्वाधार निर्माणले गति लिएको हो’, उनले भने, ‘त्यसैले पनि यो हाम्रा लागि विशेष महत्वको छ ।’
यही वर्ष कर्णालीमा दशौं राष्ट्रिय खेलकुद हुने भएकाले नजिकको नेपालगञ्जका खेल पूर्वाधारहरु पनि आवश्यक पर्ने उल्लेख गर्दै नेपालगञ्ज रंगशालाको उयोग गरेर फाइदा लिन अध्यक्ष प्रचण्डले खेलाडीहरुलाई आग्रह गरे । उन ले दशौं राष्ट्रिय खेलकुदको सफलताको शुभकामना पनि व्यक्त गरे । खेलकुद व्यक्तिको स्वास्थ्य र देशको गौरवसँग जोडिएकाले आफ्नो पार्टीले सरकारमा हुँदा वा नहुँदा खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अघि बढेको उनले स्पष्ट गरे ।
सो क्रममा विभिन्न खेलको अभ्यासमा जुटेका खेलाडीहरुले अध्यक्ष प्रचण्डलाई स्वागत गरेका थिए । उनीसँगै नेता शक्ति बस्नेत, चक्रपाणि खनाल, महेश्वर गहतराजलगायतको सहभागिता रहेको थियो ।
न्युज कारखाना
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग छलफल गरेका छन् ।
सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माले पेश गरेको प्रस्ताव बारे शनिबार बुढानिलकण्ठमा पार्टीका पुर्व तथा वर्तमान पदाधिकारीहरुबीच छलफल भएको र ठोस सहमतिमा पुग्न नसकेको एक पदाधिकारीले बताएका छन् । अब आइतबार केन्द्रीय समितिको बैठक अघि फेरी छलफल हुने बताइएको छ ।
सभापति देउवाले महामन्त्रीद्वय थापा र शर्मासँग यस अघि पटक पटक गरेका छलफल निष्कर्षमा पुग्न सकेका छैनन् ।
पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले नेताहरु एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषय अहिले कांग्रेसमा विवादित बनेको छ ।
सभापति देउवाले दुवै महामन्त्रीका प्रस्तावलाई परिमार्जित गरेर पारित गर्न चाहेका छन् । महामन्त्री शर्माले अगाडि सारेको प्रस्ताव पारित भएमा देउवाका लागि अब प्रधानमन्त्री हुने बाटो बन्द हुने छ । सभापति देउवाले चुनावमा गठबन्धन गर्ने विषय नीतिगत नभएर पार्टीको रणनीतिक योजना भएकाले यसलाई अहिले नै निर्णय गरेर जान नहुने पक्षमा रहेका छन् ।
त्यस्तै देउवा पक्षले महामन्त्री शर्माले राखेको प्रस्ताव मान्य नहुने भन्दै सो प्रस्ताव फिर्ता लिनुपर्ने धारणा राख्दै आएका छन् ।
महामन्त्रीद्वयको प्रस्तावमा सहमति हुन नसक्दा मंगलबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक भदौ १६ गते आइतबारका लागि बोलाइएको छ ।न्युज कारखाना
सुर्खेत । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्ने बताएका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको अनुगमनपछि उहाँले यस्तो धारणा राखेका हुन् ।
आगामी मंसिरमा तय गरिएको दशौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुने नहुने अन्योल बढिरहेको बेला पूर्वप्रधानमन्त्री प्रचण्डले निर्धारित समयमै हुनुपर्ने बताए । ‘दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सुर्खेतमा हुनैपर्छ, यसमा राजनीति गर्ने भुल सरकारले नगरोस्’उनले भने, ‘यसमा पनि राजनीति गरेर दशौं राष्ट्रिय खेलकुद पछि सार्न खोजियो भने यो हजारौं खेलाडी र खेलप्रेमीका लागि घात हुनेछ।’
उनले निर्माणको अन्तिम चरणमा रहेको रंगशाला पश्चिम नेपालको खेल क्षेत्र र खेलाडीको वृत्ति विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । ‘यो अहिलेसम्मका रंगशालामध्ये विभिन्न ठाउँमा देखिएका कमीकमजोरी सच्याएर आधुनिक प्रविधिको प्रयोग गरेर जुनरुपमा निर्माण करिव करिव सम्पन्न हुने चरणमा गएको छ। यो हामी सबैका लागि खुशी र गौरवको कुरा हो’, उनले भने,‘माओवादी केन्द्रले प्रदेशको नेतृत्व गरेका बेला खासगरी मुख्यमन्त्री महेन्द्रबहादुर शाही र मन्त्री बिमला केसीको पालामा यो रंगशालाई प्रदेशको गौरवको आयोजनाको रुपमा अघि सारिएकाले पनि यो हाम्रा लागि विशेष अर्थ र महत्वको छ ।’
रंगशाला आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनेको पाइएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसको अत्यधिक सदुपयोग गर्नुपर्ने बताए । लुम्बिनी, कर्णाली र सदूरपश्चिमको खेल क्षेत्रका लागि यो केन्द्र बन्ने र देशभरिकै खेलाडीका लागि पनि राष्ट्रिय खेलकुदको सुर्खेतमा आयोजना गर्न सकिने ढोका खुलेको टिप्पणी पनि उनले गरे । आफू तीन पटक प्रधानमन्त्री हुँदा लगातार खेल क्षेत्रको विकासलाई प्राथमिकता दिंदै आएको पनि उनले स्पष्ट गरे ।
अनुगमनका क्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्व खेलकुदमन्त्री बिमला केसी, कर्णाली खेलकुद परिषदका सदस्य–सचिव विश्वामित्र सञ्ज्याल लगायतका खेल पदाधिकारीको उपस्थिति रहेको थियो ।
न्युज कारखाना
काठमाडौँ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव दिनेश भट्टराईले पनि राजीनामा दिएका छन् ।
उनले मुख्य सचिव नियुक्तिमा असन्तुष्टि जनाउदै राजीनामा दिएका हुन् । सरकारले चौथो वरियताका एकनारायण अर्याललाई मुख्य सचिव बनाएपछि दोस्रो वरियताका भट्टराईले राजीनामा दिएका छन् ।
यस अघि पहिलो वरियतामा रहेका राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले पनि राजीनामा दिएका थिए । न्युज कारखाना
काठमाडौं । आम जनता पार्टी (आजपा)को सम्पन्न केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटी पुर्नगठन गरेको छ । केन्द्रीय कमिटीको अध्यक्षमा प्रभु साह, वरिष्ठ उपाध्यक्षद्धयमा तिलक थापा मगर र उपेन्द्र साह रहेका छन् ।
कमिटीको उपाध्यक्षमा रितादेवी साह, समिना हुसेन, बिल्टु यादव, ज्ञानेन्द्रकुमार तामाङ, अशोककुमार लामा, महासचिवमा त्रिभुवन साह, उपमहासचिवमा चन्द्रभुषण साह, राजन यादव, सियाराम कुशवाहा, धनकुमारी मगर, सचिवमा बाबुराम कौशिक, श्रीचन्द मुखिया, उमेश कुशवाहा, देवी पण्डित रेग्मी, नारायण श्रेष्ठ, नारायण प्रसाद पाण्डे रहेका छन् ।
आजपामा महासचिव साहका अनुसार स्थायी कमिटी सदस्यहरुमा श्रीलाल महासेठ, कान्तिदेवी महतो, रमेश थपलिया, रबिन्द्रप्रसाद सिंह, गणेश गोतामे, जुरीलाल मोची, सुनिता साह, चन्देश्वर बैठा, बालकृष्ण सापकोटा, परमानन्द बर्मा, धर्मेन्द्र पटेल, भोजराज त्रिपाठी, कदम रसुल, लखिन्द्र साह, प्रदिप पटेल, राधेश्याम साह, उदयचन्द्र प्रसाद, प्रल्हाद पौडेल, श्रीभगवान पटेल, सागर पाण्डे, चन्दन साह, लालबाबु मन्सुरी, बिजय यादव, नरेश तुरहा, बिजय साह, ममता शर्मा, भोला पाण्डे, कुमारी बबिता, शर्मिला महरा, सिमल कुमारी, बबिता यादव, गीतादेवी साह रहेका छन् ।
यसैगरी सुभद्रा गुप्ता, रञ्जुकुमारी साह, उमाशंकर साह, रामनाथ माझी, पासाङ तामाङ, सरोज कुमार बछार, अञ्जित कुशवाहा, सञ्जय यादव, शिव थापा, ठागा दास, अनिल झा, राजेश साह, सुरेश चौधरी, मिन बहादुर खत्री, किशोर साह, प्रशान्त तिमिल्सिना, देवेन्द्र ठाकुर उपेन्द्र साह लगायतका रहेका छन् ।
वैठकले पार्टीद्धारा घोषित आन्दोलनका बिभिन्न कामलाई व्यवस्थित गर्नका लागि पार्टीको बिभिन्न संगठनको इन्चार्ज तथा अध्यक्ष हेफेर गरेको छ । आइटी आर्मीको इन्चार्जमा प्रभु साह र अध्यक्षमा चन्द्रभुषण साह, आम ट्रेड युनियन फेडेरेशनको इन्चार्जमा धनकुमार मगर र अध्यक्षमा शिव थापा, आम सम्पर्क मञ्चको इन्चार्जमा बिल्टु यादव र अध्यक्षमा श्रीनारायण साह, आम महिला मोर्चाको इन्चार्जमा देवी पण्डित रेग्मी र अध्यक्षमा कुमारी बबिता, आम विद्यार्थी मोर्चाको इन्चार्जमा उमेश कुशवाहा, सहइन्चार्जमा सरोज बछार र अध्यक्षमा विवेक साह रहेका छन् ।
यसैगरी आम मुस्लिम मोर्चाको इन्चार्जमा समिना हुसेन र अध्यक्षमा लालबाबु मन्सुरी, आम सांस्कृतिक मोर्चाको इन्चार्जमा बिजय यादव, सहइन्चार्जमा रचना सिवाकोटी र अध्यक्षमा सरिता साह, आम दलित मोर्चाको इन्चार्जमा चन्देश्वर बैठा र अध्यक्षमा ठागा दास, आम बुद्धिजिवि मोर्चाको इन्चार्जमा उदयचन्द्र प्रसाद र अध्यक्षमा नविन महतो, आम उधोग बाणिज्य संघको इन्चार्जमा नारायण श्रेष्ठ र अध्यक्षमा साजन जयसवाल, आम इन्जिनियर्स एण्ड टेक्निकल एशोसियशनको इन्चार्जमा उपेन्द्र साह र अध्यक्षमा गोपाल साह, आम जनजाती महासंघको इन्चार्जमा ज्ञानेन्द्रकुमार तामाङ र इन्चार्जमा पासाङ तामाङ, आम भूमिहिन तथा सुकुम्बासी मोर्चाको इन्चार्जमा श्रीचन्द्र मुखिया र अध्यक्षमा रामनाथ माझी, आम किसान मोर्चाको इन्चार्जमा मनोज यादव र अध्यक्षमा अनिल झा, आम शिक्षक संघको इन्चार्जमा बाबुराम कौसिक र अध्यक्षमा सुरेश महतो, आम खेलकुद संघको इन्चार्जमा सियाराम कुशवाहा र अध्यक्षमा राजु साह, आम शहिद तथा बेपता परिवारको इन्चार्जमा श्रीभगवान पटेल र अध्यक्षमा रुपसागर उपाध्याय रहेका छन् ।
आजपाको ११ र १२ गते काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटीको बैठकले आन्दोलनका बिभिन्न कार्यक्रम घोषणा गरेको छ ।
आजपाले ३ असोजमा सातै प्रदेशमा संविधानको अन्त्येष्टि यात्रा निकाल्ने, धोखेबाज दलहरुसंग भोट फिर्ता माग्ने कार्यलाई अभियानको रुपमा अगाडि बढाउने, भ्रष्ट शासकहरुलाई कर बहिष्कार गर्ने, भगौडा दलालहरुको सम्पति कब्जा गरेर राज्यलाई बुझाउने, भ्रष्टाचारीलाई जनकरवाही गर्ने तथा काठमाडौंमा जारी वैदेशिक रोजगार पीडीतलाई न्याय दिलाउने संघर्ष र कबाड आन्दोलनलाई थप व्यवस्थित गर्दै तेस्रो जनान्दोलनको मजबूत आधार खडा गरी सफलताको दिशमा अगाडि बढाउने निर्णय बैठकले गरेको छ ।
बैठकले पार्टीको बिभिन्न विभाग, प्रवास गठन गर्नुका साथै आन्दोलन केन्द्रित नेताहरुको जिम्मेवारी समेत हेरफेर गरेको छ ।न्युज कारखाना
काठमाडौं । सर्वोच्च अदालतले प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न परेको रिटमाथि छलफल गर्न शुक्रबार दुवै पक्षलाई बोलाएको छ ।
न्यायाधीशद्वय डा. नहकुल सुवेदी र विनोद शर्माको संयुक्त इजलासले रिटमाथि छिटो सुनुवाइ गर्नुपर्ने ठहर गर्दै भोलि रिट निवेदक र सरकार पक्षलाई छलफलका लागि बोलाउने आदेश दिएको हो ।
आदेशमा भनिएको छ- ‘सबै रिट निवेदकहरू नेपाल प्रहरीका विभिन्न कार्यालय र पदहरूमा कार्यरत रहेको भन्ने देखिन आएकाले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (प्रहरी प्रधान कार्यालय) मार्फत् आजै प्रस्तुत आदेशको जानकारी छिटो सञ्चारद्वार सबै निवेदकहरूलाई गराइ नियमानुअसार पेश गर्नू ।’
प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठसहितका प्रहरी अधिकारीहरूले दायर गरेको रिटमा ६ भदौमा न्यायाधीश हरिप्रसाद फु्याँलको एकल इजलासले तत्काल ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेका थियो । उक्त आदेश रद्दको माग गर्दै सरकारको तर्फबाट गृहमन्त्रालयका सचिव एकनारायण अर्यालले मंगलबार सर्वोच्चमा भ्याकेट दिएका थिए ।
उक्त भ्याकेटमाथि आज सुनुवाइ गर्दै सर्वोच्चले छलफलका लागि भोलि दुवै पक्षलाई बोलाएको हो। शुक्रबार रिट निवेदक र सरकार पक्षसँग छलफल गरेपछि ३० वर्षे कार्यान्वयन गर्ने कि नगर्नेबारे आदेश हुनेछ । न्युज कारखाना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएको बेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) प्रमाणीकरण गरेका छन् ।
विहिबार राष्ट्रपतिले टीआरसी विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
यसअघि बुधबार सभामुख देवराज घिमिरेले सो विधेयक प्रमाणित गरि राष्ट्रपतिसमक्ष पठाएका थिए । अब राजपत्रमा प्रकाशित भएपछि यो विधेयक ऐनको रुपमा लागु हुने छ । न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीको अर्धकदको प्रतिमाको आज अनावरण गरेका छन् ।
ललितपुर, च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा निर्माण गरिएको प्रतिमाको एमालेको सचिवालय बैठक अघि उक्त अनावरण भएको हो ।
अनावरण कार्यक्रममा पार्टीका शीर्ष नेताहरू सहभागी थिए । कलाकार लालकाजी लामाले उक्त प्रतिमा निर्माण गरेका हुन् ।न्युज कारखाना
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग छलफल शुरु गरेका छन् ।
सभापति देउवाले महामन्त्रीद्वयले पेश गरेको प्रस्ताव बारे केहीबेर अघि देखि देउवा निवास बुढानिलकण्ठमा छलफल शुरु भएको हो । यस अघि मंगलबार भएको छलफलमा महामन्त्री थापा र शर्माले आफ्नो प्रस्तावबाट पछि नहट्ने अडान लिए पछि निष्कर्षमा पुगेको थिएन ।
पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले नेताहरु एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषयमा छलफल गर्न लागेका हुन् ।
पार्टी केन्द्रीय समितिमा महामन्त्रीद्वयको प्रस्तावमा छलफल जारी रहेका बेला सभापति देउवाले यस प्रस्तावलाई परिमार्जित गर्न चाहेको बुझिएको छ ।
महामन्त्री शर्माले अगाडि सारेको प्रस्ताव पारित भएमा देउवाका लागि अब प्रधानमन्त्री हुने बाटो बन्द हुने छ । सभापति देउवाले चुनावमा गठबन्धन गर्ने विषय नीतिगत नभएर पार्टीको रणनीतिक योजना भएकाले यसलाई अहिले नै निर्णय गरेर जान नहुने पक्षमा रहेका छन् । त्यस्तै देउवा पक्षले महामन्त्री शर्माले राखेको प्रस्ताव मान्य नहुने भन्दै सो प्रस्ताव फिर्ता लिनुपर्ने धारणा राख्दै आएका छन् ।
महामन्त्रीद्वयको प्रस्तावमा सहमति हुन नसक्दा मंगलबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक भदौ १६ गते बोलाएको छ । न्युज कारखाना
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । अपराहन्न १ बजे बस्ने बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
सोबिता गौतमले ‘हवाई क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय संगठनहरूले नेपालका हवाई उड्डयन क्षेत्रलाई असुरक्षित भनिरहेको, हवाई दुर्घटनाहरूले एयरलाइन्स र हवाई यातायात उद्योगको छवि र विश्वासमा समेत असर परेको हुँदा तत्काल सुधारात्मक कदम चाली विश्वसनियता बढाउन आवश्यक भएको’ विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
उक्त प्रस्तावको समर्थकमा डोलप्रसाद अर्याल, सन्तोष परियार, तोसिमा कार्की, हरि ढकाल, मनिष झा, निशा डांगी, विनिता कठायत, शिव नेपाली, अशोक कुमार चौधरी, सुमना श्रेष्ठ, डा. चन्दा कार्की (भण्डारी), गणेश पराजुली र विन्दवासिनी कांसकार रहनेछन् ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८० पेस गर्ने कार्यसूची छ ।
त्यस्तै सभामुख देवराज घिमिरेले संविधानसभाका सदस्य श्रवणकुमार अग्रवालको निधनमा शोक प्रस्ताव पस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । न्युज कारखाना
काठमाडौं । सर्वोच्च अदालतमा नेपाल प्रहरीका उच्च अधिकृतले दर्जागत उमेरहदका कारण गरिएको अवकाश रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर गरेका छन् ।
नेपाल प्रहरीका एआईजी श्याम ज्ञवालीसहित पाँचजना उच्च अधिकृतले उमेरहदका कारण गरिएको अवकास रोक्न रिट निवेदन दायर गरेको र उक्त रिटमाथि आज सुनुवाइ हुदै छ ।
प्रहरी नियमावली–२०७१ अनुसार इन्स्पेक्टर ५२ वर्ष र डीआईजी तथा एआईजी ५६ वर्ष उमेर पूरा भएमा अवकाशमा हुने व्यवस्था रहेको छ । प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवाली ५६ वर्षे उमेर हदका कारण भदौ २६ गते अवकाशमा जान लागेका थिए। अन्य अधिकृतहरू त्यसअघि नै अवकाशमा जान लागेका थिए। उनीहरूलाई प्रहरी किताबखानाले अवकाशको चिठी पठाइसकेको थियो।
अदालतमा विचारधीन मुद्दाहरू रहेको हुँदा दर्जागत उमेरहका कारण गरिएको अवकाश रोक्न रिट निवेदनमा माग गरिएको छ ।न्युज कारखाना
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले पोलिटब्युरो सदस्य चयनका लागि गरेको निर्वाचनको परिणाम आएको छ ।
पदाधिकारीको परिणाम बुधबार आएको थियो भने पोलिटब्युरो सदस्यको परिणाम पनि आज आएको छ ।
प्राप्त मतपरिणाम अनुसार विरोध खतिवडाले सबैभन्दा बढी २०१ मत प्राप्त गरेर विजयी भएका छन् । त्यस्तै जीवनराम श्रेष्ठ १९५, रमा आलेमगरले १९४ र रामकुमारी झाँक्रीले १८२ मत पाएर विजयी भएका छन् । ८४ जना विजयी हुदा सबै भन्दा कम मत १०७ ल्याउने पाँच जना रहेका छन् । न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभामा ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ को ड्राफ्टलाई लिएर संसदमा प्रश्न उठाएको छ ।
मंगलबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभामा पेश गरेको ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ अमूक ल फर्ममा ड्राफ्ट भएको भन्दै रास्वपा सांसद सुमना श्रेष्ठले प्रश्न उठाएकी छन् । सांसद श्रेष्ठले उक्त विधेयक अमूक ल फर्ममा ड्राफ्ट भएको पाइएको भन्दै खारेजीको माग गरेकी छन् ।
उनले भनिन्- ‘विधेयकको अथरमा अमुक ल फर्मको नाम छ । के अर्थ मन्त्रालयको माइक्रोसफ्ट वर्ड सबै त्यो ल फर्मले किन्दिएको हो कि ? त्यो विधेयक नै ल फर्ममा गएर ड्राफ्ट गरिएको हो ? यस्तो महत्वपूर्ण विधेयक, नेपालको जुनसुकै विधेयक पनि नेपालको कर्मचारीले ड्राफ्ट गर्छ कि, सरकारले ड्राफ्ट गर्छ कि ल फर्मले ड्राफ्ट गर्छ ? आउट सोर्स गरिएको भए, आउट सोर्सको डक्यूमेन्टेसन चाहियो । यो धितोपत्र सम्बन्धि विधेयक अमुक ल फर्ममा डेभलप गरिएको भए यो खारेज गरेर फेरि अर्को दर्ता गर्नुपर्यो ।’
सो विधेयकको प्रपटिजमा पाइनियर ल फर्मको नाम देखाएको र सो ल फर्म पूर्व सभामुख एवं नेकपा एमाले नेता स्वर्गीय नेता सुवास नेम्वाङको हो ।न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांस्कृतिक चाड गौरा पर्व मनाउने सन्दर्भमा टुँडिखेलमा भएको घटनाबारे ध्यानाकर्षण गराएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा सो पार्टीका सांसद हरि ढकालले टुँडिखेलमा युवाहरुले गरेको विरोधलाई अन्यथा रुपमा नहेरी लोकतान्त्रिक अभ्यासका रुपमा मात्र लिनुपर्ने सुझाव दिएका हुन् ।
उनले भने, ‘त्यो घटनालाई सरकारले अराजकताका रुपमा ग्रहण गरी त्यसमा संलग्नलाई कारबाहीको दायरामा ल्याइनु हुन्न । मुलुकमा भइरहेका कतिपय असान्दर्भिक र अनियमितासँग जोडेर युवाहरुले गरेका त्यस्ता विरोधका घटनामा राजनीतिक दल र सरकार संयमित हुनुपर्छ ।’
सोमबार टुँडिखेलमा आयोजित गौरापर्वको कार्यक्रममा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध केहि युवाहरुले नाराबाजी गरेका थिए ।
प्रहरीले नारबाजी गर्ने दुई युवक सुर्खेतका गोपीराम (गोपीकृष्ण) जैसी र अछामका रामबहादुर बुढालाई पक्राउ गरेपछि यो विषयलाई रास्वपाले संसदमा उठाएको छ ।न्युज कारखाना
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्र र एमालेका सांसदहरुबीच विवाद भएपछि संसद बैठक अवरुद्ध भएको छ ।
नेकपा एमालेका सांसद योगेश भट्टराईले संसदमा बोल्ने क्रममा माओवादी जनयुद्धलाई हिंसा भन्ने शब्द प्रयोग गरेको विषयमा माओवादी केन्द्रका सांसदहरुले आपत्ति गरेका थिए ।
त्यसपछि संसदमा माओवादी केन्द्र र एमालेका सांसदहरुबीच भनाभन भएको थियो । सभामुख देवराज घिमिरेले हिंसा भन्ने शब्द असंसदीय भएको नभएको बारे छानबिन गर्न सचिवालयलाई निर्देशन
दिएपनि विवाद बढेको थियों । माओवादी केन्द्रक प्रमुख सचेतक हितराज पाण्डेले संसद नियम अनुसार संसद नचलेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए । न्युज कारखाना
काठमाडौं । सभामुख देवराज घिमिरेले बेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाएक छन् ।
सभामुख घिमिरेले बुधबार सो विधेयक प्रमाणीकरण अग्रेर राष्ट्रपतिसमक्ष पठाएको सभामुखको सचिवालयले जानकारी दिएको छ । उक्त विधेयक यसअघि नै संघीय संसद्को दुवै सदनबाट सर्वसम्मत पारित भइसकेको छ ।
अब राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएपछि सो विधेयक ऐनको रुपमा लागू हुनेछ ।न्युज कारखाना
काठमाडौँ । नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा २६७ को उपधारा ५ बमोजिम सिग्देलाई प्रधानसेनापति नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । राष्ट्रपतिले भदौ २४ गतेदेखि लागु हुने गरी सिग्देलाई प्रधानसेनापति नियुक्त गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका सिग्देललाई राष्ट्रपतिले प्रधानसेनापतिमा नियुक्त गरेका हुन् ।न्युज कारखाना
काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनै हालतमा लक्ष्यअनुसार राजस्व उठाउने बताएका छन् । बुधबार विहान अर्थमन्त्रालयमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा गृहमन्त्री लेखकले लक्ष्यअनुसार राजस्व उठाउन गृहमन्त्रालयले पूर्णरुपमा काम गर्ने बचनबद्धता व्यक्त गरेका हुन् ।
‘राजस्व लक्ष्यअनुसार उठिरहेको छैन । लक्ष्यअनुसार राजस्व उठाउने विषयमा गृहमन्त्रालयबाट अर्थमन्त्रालयले राखेको अपेक्षा अनुसार गृहमन्त्रालयले काम गर्छ,’ उनले भने, ‘त्यसका लागि मैले मेरो मन्त्रालयका वरिष्ठ अधिकृतहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरी दल नेपालका महानिरीक्षकज्यूहरुसँग छलफल गरेर राजश्व कुनै हालतले पनि बढाउनुपर्छ । प्रत्यक महिनामा मलाई प्रगति विवरण दिनुहोला भनेको छु । यसमा हाम्रो पूर्णरुपमा काम गर्ने बचनबद्धता छ ।’
राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र द्धन्द्धमा बन्द भएका छोटी भन्सारहरु सञ्चालनमा ल्याउनुपर्नेमा गृहमन्त्री लेखकको जोड थियो । ‘भन्सार एकदक कम भए । मान्छेलाई पहिला भन्सार तिर्नका लागि उत्प्रेरित गर्नुपर्यो । त्यसपछि चोरी पैठारी नियन्त्रण गर्नुपर्यो । सशस्त्र द्धन्द्धको बेलामा हामीले साना भन्सारहरु ठूला भन्सारमा मिलायौं । तीनलाई यथास्थानमा स्थापित गरिदिऔं,’ उनले भने ।
जग्गा र भवन भएका छोटी भन्सार सञ्चालनमा ल्याउने विषयमा आजै निर्णय गरी जनशक्ति पठाउन गाह्रो नभएको गृहमन्त्री लेखकले बताए । ‘भन्सारको जनशक्ति कम छ भने बढी जनशक्ति भएको ठाउँबाट ताने भैहाल्छ । यसमा मैले सहयोग गर्छु । भारततिर भन्सार छैन भनेर नेपालमा छोटी भन्सार सञ्चालन गर्न नरोकौं । छोटी भन्सार हुँदा राजस्वमा वृद्धि हुन्छ भन्ने मलाई लागेको छ,’ उनले भने ।
गृहमन्त्री लेखकले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई गृह मन्त्रालयले गर्ने काममा कमी कमजोरी भए जुन सुकै बेला भन्न आग्रह गरे । यस्तै गृहमन्त्री लेखकले सीमित स्रोत साधनका बाबजुद प्रहरीले धेरै भार बोकेको भन्दै अर्थमन्त्री पौडेलका ध्यानाकषर्ण गराए ।
‘गृहमन्त्रालयमा आएपछि प्रहरी देखेर दया लागेको छ । शान्ति सुरक्षा, भीड नियन्त्रण, अपराधको अनुसन्धान, मुद्दा चलाउने, मान्छे थुन्ने, छाड्ने, राजस्व चुहावट नियन्त्रण गर्ने काम प्रहरीको हुन्छ । लोड धेरै छ । अत्यन्त सीमिति स्रोत साधनमा काम गरिराख्नु भएको छ । मैले माननीय अर्थमन्त्रीजीको यसमा ध्यानाकर्षण गराएँ ,’ उनले भने । न्युज कारखाना
काठमाडौं । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा संवैधानिक इजलासले आज फैसला सुनाउने भएको छ ।
बुधबार प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा सापकोटाको मुद्दामा निर्णय सुनाउन लागेको हो । सापकोटाविरुद्ध रहेको उक्त मुद्दामा सर्दै आएको थियो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा मुद्दा सुनुवाइ भएको थियो ।
लामो समयदेखि मुद्दा सर्वोच्चमा विचाराधीन थियो । काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अनुसन्धान अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन् ।
माओवादी द्वन्द्व चलिरहेका बेला २०६२ साल वैशाखमा काभ्रेको छत्रबाँझको कृष्ण मावि व्यवस्थापन समितिका अध्यक्ष रहेका अर्जुन लामाको माओवादी कार्यकर्ताबाट हत्या भएको थियो । त्यति बेला काभ्रे माओवादीको नेतृत्वमा सापकोटा रहेकाले हत्यामा उनीहरुको संलग्नता रहेको भन्दै पीडित परिवारले मुद्धा दायर गरको थियो । न्युज कारखाना
काठमाडौं । ब्राजिलको साउपाउलोस्थित विमानस्थलमा १७६ नेपाली अलपत्र परेका छन् । ब्राजिलस्थित नेपाली दूतावासले विमानस्थलमा १७६ नेपाली सहित कुल ७०० जना अलपत्र परेको उल्लेख गरेको छ । ती मध्ये अधिकांश अवैध बाटोबाट अमेरिका जाने क्रममा त्यहाँ पुगेको बताइएको छ ।
ब्राजिलस्थित नेपाली दूतावासले विमानस्थलमा अलपत्र परेका मध्ये कसैसँग जायज कारण र कागजपत्र भए पुष्टि गरेर प्रवेश आज्ञा लिएर मात्रै ब्राजिल छाड्न आग्रह गरेको छ ।
मानव तस्करको प्रलोभनमा लाखौं रकम बुझाएर अबैध बाटो हुँदै अमेरिका हिंडेका १७६ नेपालीसहित झन्डै सात सय आप्रवासी एक सातादेखि ब्राजिलको साओ पाउलो अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका हुन् ।
ब्राजिलस्थित नेपाली दूतावासले आज जारी गरेको एक विज्ञप्तिमा अलपत्र परेका सबै नेपाली सकुशल रहेको उल्लेख छ । ब्राजिलको नियन्त्रणमा रहेका नेपालीहरुले ब्राजिल पुगेर शरणार्थी बन्ने र त्यहाँबाट विभिन्न देश हुँदै अमेरिका छिर्नेहरुको संख्या बढ्दै गएपछि ब्राजिलले आप्रवासन नीतिमा परिवर्तन गरेको छ । ब्राजिलले राहदानीबाहकलाई प्रवेशआज्ञा लिएको भएमात्र ब्राजिलमा प्रवेश अनुमति दिने नियम ल्याएको दुताबासले उल्लेख गरेको छ । ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने, र त्यसरी नगएमा सोहि विमानमार्फत फिर्ता पठाइने तर विमास्थलमा शरणार्थीको मान्यता नदिने कानुन ल्याएको छ ।
सोहि परिवर्तित कानुनका कारण यसपटक करिब सात सय आप्रवासी विमानस्थलमै अलपत्र परेका हुन् । तस्करको प्रलोभनमा अमेरिका छिर्नेक्रममा ब्राजिल पुगेका उनीहरुलाई केही दिनभित्र ब्राजिलले सम्बन्धित देशमा फिर्ता पठाउन सक्ने देखिएको छ ।न्युज कारखाना
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती देवी राई निर्वाचित भएकी छन् । राईले रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन् ।
हालसम्मको मतगणनाअनुसार राईले १५७ मत पाएकी छन् भने झाँक्रीले ८२ मत प्राप्त गरेकी छन् । गणना हुन बाँकी मतभन्दा राईको अग्रता बढी भएपछि उनी विजयी हुने निश्चित भएको हो । राई यस अघि पनि एकीकृत समाजवादीको उपाध्यक्ष नै थिइन् ।
मतगणनाको अन्तिम परिणाम भने आइसकेको छैन ।न्युज कारखाना
काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि लागु नगर्नु भनि सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश विरुद्ध मंगलबार भ्याकेट निवेदन दर्ता गराएको छ ।
गृह मन्त्रालयले महान्यायाधिवक्ता कार्यालय मार्फत सर्वोच्च अदालतमा भ्याकेटको निवेदन दर्ता गराएको गृह मन्त्रालय कानून महाशाखाका प्रमुख भरतमणि रिजालले जानकारी दिए ।
मुलुकको शान्ति सुरक्षा र अमन चयन कायम गर्ने निकायमा कार्यरत प्रहरी कर्मचारीहरुको सेवा, शर्त सम्वन्धीत कानून बनाउने जारी गर्ने विधायिकी अधिकार र विधायिकाले दिएको अधिकार अनुसार कार्यपालिकाबाट भइ आएको कानून बमोजिमको कामलाई बिना कानूनी आधार एकतर्फी सुनुवाईबाट जारी भएको अन्तिरम आदेश रद्द गर्न सर्वोच्चमा भ्योकट निवेदन दर्ता गरिएको कानून महाशाखाका प्रमुख रिजालले जानकारी दिए ।
प्रहरीको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै प्रहरी अधिकृतहरू एकसाथ सर्वोच्च अदालत पुगेका थिए । भदौ १६ गते अवकाश हुन लागेका प्रहरीहरूले गत बुधबार सर्वोच्च अदालतमा ३० वर्षे सेवा अवधि खारेजीको माग गर्दै रिट दायर गरेका थिए । भने सोही प्रकारको दाबी सहित सर्वोच्च अदालत पुगेका सशस्त्र प्रहरीका केही अधिकारीको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मंगलबार सर्वोच्चले सशस्त्र प्रहरी अधिकारीहरुको रिटमा कारण देखाऊ आदेश मात्र जारी गरेको हो ।
न्युज कारखाना
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भदौ १६ गतेलाई सरेको छ ।
बुधबार अपराह्न ३ बजेका लागि तय भएको बैठक भदौ १६ गते आइतबार दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।न्युज कारखाना
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भदौ १६ गतेलाई सरेको छ ।
बुधबार अपराह्न ३ बजेका लागि तय भएको बैठक भदौ १६ गते आइतबार दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले शिष्टाचार भेट गरेका छन् ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटका अवसरमा उनीहरूबीच दुई पक्षीय हित र चासोसहित पारस्परिक लाभका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सो अवसरमा प्रधानन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायतको उपस्थिति थियो ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको निमन्त्रणामा ओमानका विदेशमन्त्री दुईदिने औपचारिक भ्रमणका क्रममा सोमबार नेपाल आएका हुन् । उनी आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।न्युज कारखाना
काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ताबाट बाहिरिएपछि छटपटी देखाएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद पन्तले प्रधानमन्त्री पद गएपछि प्रचण्डले औडाहा र छटपटी देखाएको टिप्पणी गरेका हुन् ।
प्रचण्डले कांग्रेस-एमालेलाई लेखा समितिको सभापति नदिएको भन्दै आक्रोस व्यक्त गर्दै चाहियो भने प्रतिपक्षी दलको नेताको पद पनि लैजान गरेको आग्रहको जवाफ दिदै सांसद पन्तले त्यो पद माओवादी केन्द्रलाई दिएको भन्दै प्रचण्डलाई त्यो पद नचाहिने भए अर्को नेता जनार्दन शर्मालाई दिन सुझाव दिएका थिए ।
उनले भने- ‘संविधान त पढ्नुस् नेता ज्यु। प्रमुख पद तपाईँले खोजेर हामीले खोजेर पाउने पद होइन। संविधानले तपाईँको पार्टीलाई दिएको छ,’ उनले भने,‘आफूलाई नचाहिए छेउमै जनार्दनजी (जनार्दन शर्मा) हुनुहुन्छ उहाँलाई दिनुस्।’
पन्तले सामान्यतया प्रतिपक्षी दलले नयाँ सरकार बनेको सय दिनसम्म सरकारको आलोचना नगर्ने परम्परा रहेको उल्लेख गर्दै प्रचण्डले त्यो परम्परा तोडेको आरोप लगाए ।
साथै सांसद पन्तले प्रचण्डकै कारणले देशले अस्थीरता भोगेको आरोप लगाउदै भने- ‘चाहिँदैन सत्ता भन्नुहुन्छ, चाहिँदैन सत्ता भन्नुहुन्छ। हिजो तीनचोटी घरी यता घरी उता, जता सत्ता उतै प्रचण्ड भन्ने व्यक्ति तपाईँ होइन ? यो कुरा संसदभित्र स्थापित गर्ने व्यक्ति को ? तपाईँ स्वयम् होइन। तपाईँका कारण यो देशले अस्थिरता भोगेको होइन ?’ न्युज कारखाना
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुलाई कमजोर र निरीह प्रतिपक्ष नठान्न सत्तापक्षलाई चेतावनी दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले आफूहरु बलियो प्रतिपक्षको रुपमा अघि बढ्ने बताए ।
‘यो सम्मानित संसदमा मैले पटकपटक भनिरहेको छु , आमजनतामा ठूलो निराशा र मोहभंग छ, ठूलो असन्तोष छ । यो संसदसहित हामी सबै दल जनताको ठूलो निगरानीमा छौं । नेपाली कांग्रेस र नेकपा एमालेका साथीहरुलाई मेरो अनुरोध छ, जनता अहिलेको राजनीतिक शैलीसँग, चरित्रसँग, व्यवहारसँग रिसाएको छ ’ उनले भने, ‘प्राविधिकरुपमा तपाईहरु ठूला हुनुहोला तर जनतासँगको तपाईँहरुको सम्बन्ध एकदमै कमजोर भएको छ । जनतामा ठूलो असन्तोष, घृणा र आक्रोश छ । लोकतन्त्रको सर्भिसिंगबिना अब जनतालाई आश्वस्त गर्न सकिँदैन । यही भएर हामीले सुशासनको एउटा अभियान सुरु गरेका थियौं, त्यसलाई तपाईहरुले भत्काइसक्नुभयो । दुई ठूला पार्टी मिलेर बेथिति थप्दै जाँदा कतै यो व्यवस्था नै संकटमा पर्ने हो कि भन्ने मेरो चिन्ता छ ।’
‘सत्तासीन साथीहरुलाई मेरो अनुरोध छ, संख्याको भ्रममा नपरौं, सत्यसँग साक्षात्कार गरौं । धेरै टाढाका, अघिका, इतिहासका ठूला शिक्षा म भन्दिनँ, छेवैका श्रीलंका र बंगलादेशका घटनाबाट सिकौं ।
श्रीलंकामा राजापाक्षेजी संख्याको संकटले बाहिरिनुभएको हो ? होइन’, प्रचण्डले भने, ‘बंगलादेशी पार्लियामेन्टलाई त अवामी लिग र त्यही गठबन्धनको एकलौटी प्रतिनिधित्वको वन पार्टी पार्लियामेन्ट भनिन्थ्यो । त्यो थियो, अस्ति जनवरीको निर्वाचनको परिणाम, हाम्रोभन्दा तेह्र महिना कान्छो । तपाईहरु जोडतोडको दुई तिहाईको घमण्डमा हुनुहुन्छ भने यो घमण्डबाट बिउँझनोस् । जनताको विवेकको अवमूल्यन नगर्नोस् । ‘यो संसद विश्वस्त होस्, हामी न निरपेक्ष प्रतिपक्ष बन्नेछौं, न त निरीह प्रतिपक्ष । हामी रचनात्मक र सिर्जनात्मक प्रतिपक्ष बन्नेछौं, यो सम्मानित संसदमा जनताको आवाज बन्नेछौं । आफू बस्न नपाएपछि कुर्सी नै भाँच्ने, प्रणाली नै भत्काउने शैली र चरित्र हाम्रो होइन ।’ न्युज कारखाना
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताको खेलमा नलाग्ने उद्घोष गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले सत्ताको खेलभन्दा जनताको अधिकारका लागि अघि बढ्ने बताएका हुन् ।
‘कांग्रेस–एमालेका साथीहरुलाई म यही रोस्टमबाट सम्बोधन गर्दछु, प्रचण्ड अब सत्ताको खेलमा लाग्नेछैन, तपाईहरुकहाँ सत्तामा हिस्सेदारी माग्न आउनेछैन । माओवादी भनेको पार्टीभन्दा पनि आन्दोलन हो, सीमान्त वर्ग, वर्ण, लिंग र क्षेत्रको आन्दोलन’, उनले भने, ‘म यही संसदबाटै स्वीकार गर्छु, यसबीचमा कमजोरीहरु भए । जनतासँग संवादका कमजोरी भए । व्यवहारका कमजोरी भए । वर्गीय पक्षधरताका कमजोरी भए । त्यही कमजोरीमा खेलेर अब तपाईहरु सीमान्तहरुका प्राप्त अधिकार खोस्न चलमलाउन थाल्नुभयो । माओवादी कमजोर भयो कि भनेर षड्यन्त्र गर्न थाल्नुभयो । समापन भइसकेको राजनीतिक क्रान्तिको दस्तावेज फेरि उल्टाउन थाल्नुभयो ।’
माओवादीको ध्यान अब सत्तामा छैन, षड्यन्त्रको प्रतिरोधमा रहेको औल्याउँदै उनले थपे, ‘आन्दोलनको पुनर्गठनमा छ । त्यही पुनर्गठनका बलमा हामी भोली माओवादी एक्लैले सरकारको नेतृत्व गर्ने तहको पार्टी बनाउनेछौं । पहिला पनि बनाएका हौं, अब पनि बनाउनेछौं । त्यतिबेलासम्म कृपया तपाईहरु मिलिदिनुहोला । फेरि बीचैमा झगडा गरेर ‘लौ न प्रचण्डजी’ भन्दै फकाउन र फुक्र्याउन नआइदिनुहोला ।’
पछिल्ला केही वर्षदेखि यो देशमा माओवादी र प्रचण्ड नै अस्थिरताको मुख्य कारक भएको भाष्य बनाउन एकदमै धेरै मेहनत भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘मलाई त्यो मेहनत गरिरहेकाहरुलाई सोध्नु थियो, जेलाई अस्थिरता भनिएको हो, के प्रचण्ड एक्लैले ल्याउन सक्ने अस्थिरता हो ? जम्मा ३२ सिट भएको पार्टीले एक्लै ल्याएर ल्याइन्छ अस्थिरता ? प्रचण्डले एक्लै फेरेर फेरिन्छन् सरकारहरु ? त्यसमा ठूला दलहरुको हुने होइन र मुख्य भूमिका ? तर, प्रधानमन्त्री थिएँ, त्यसैले यो प्रश्न सोध्न सक्दैनथेँ । कांग्रेस–एमालेले मलाई आज यो प्रश्न सोध्न सक्ने बनाइदिनुभएको छ । त्यसका लागि धन्यवाद छ ।’
‘अस्ति कांग्रेस–एमालेका नेताले संसदमा भनेको सुनेँ, माओवादीले पालैपालो कांग्रेस र एमालेलाई प्रयोग गर्यो, धोका दियो । ए साथी हो, कांग्रेस र एमालेले पटकपटक माओवादीलाई प्रयोग गरेको र धोका दिएको हिसाब खै ?’, उनले भने, ‘माओवादीले पटकपटक कांग्रेस र एमालेलाई सरकारको नेतृत्वमा पुर्याएको विगत खै ? माओवादीको साथ पाएर राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख हासिल गरेको हिसाब खै ? कसको सहयोगमा अघिल्लो पटक झन्डै दुई तिहाइको प्रधानमन्त्री हुनुभएको हो केपी ओलीजी ? कसले बनाएको हो, उहाँलाई पहिलो पटक प्रधानमन्त्री ?’
आज सिटका कुरा गर्ने तर हिजो प्रत्यक्षमा जम्मा २३ र समग्रमा ६३ सिट भएको नेपाली कांग्रेसले यही प्रचण्ड र माओवादीकै बलमा प्रधानमन्त्री पाएको होइन ? भन्ने प्रश्न गर्दै उनले भने, ‘धोकाको आरोप लगाउने साथीहरु, सुन्नोस् । इतिहासका विद्यार्थीहरु पनि सुन्नोस् । यो देशको इतिहासमा सत्ताको वितरणको राजनीतिक सम्झौता केवल एकपटक मात्र पालना भएको छ, केवल एकपटक र केवल एक व्यक्तिले मात्र पालना गरेको छ । म यो सम्मानित रोस्टमबाट म गौरवसाथ भन्न सक्छु, त्यो व्यक्ति हो, पुष्पकमल दाहाल ‘प्रचण्ड’ । मेरो चुनौती छ, यो संसदमा अरु कोही, कुनै, एकजना पनि हुनुहुन्छ, यो भन्न सक्ने ?’ न्युज कारखाना
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत प्राधिकरणले उठाउन बाँकी करिव २२ अर्ब बक्यौता उठाउने निर्णय मन्त्रिपरिषद्बाटै गर्न सरकारलाई चुनौती दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री सामाजिक सञ्जालमा प्रस्ताव गरेर होइन, क्याविनेटबाट निर्णग गराउनुपर्ने बताए ।
‘प्रधानमन्त्रीले नौ वर्षसम्म किन एक्काइस अर्ब अठासी करोड महसुल उठाइएन भनेर पनि फेसबुकबाटै सोध्नुभएको छ । नियत सही भएको प्रधानमन्त्रीले क्याविनेटबाट सोध्नुपर्ने हो यो प्रश्न । खासमा यो प्रश्न सोध्ने होइन, जवाफ दिनुपर्ने व्यक्ति नै प्रधानमन्त्री ओली आफैं हो’, अध्यक्ष प्रचण्डले प्रश्न गरे, ‘प्राधिकरणलाई आफ्नो काम आफैं गर्न नदिएर यो विवाद निम्त्याएको कसले हो ?’
३१ वैशाख, २०७५ मा ट्रंकलाइन र डेडीकेटेड लाइनको विषयमा प्राधिकरणले बनाएको अध्ययन समितिले ६१ वटा औद्योगिक घरानाले डेडिकेटेड ट्रंकलाइनबाट विद्युत् लिई महसुल नतिरेको प्रतिवेदन दिएपछि बिल काट्न सुरु स्मरण गराउँदै उनले थपे, ‘पैसा उठाउन केही उद्योगको लाइन काटियो पनि । तर, त्यो लाइन जोड्न ठाडो निर्देशन दिने को हो ? प्रधानमन्त्री ओली । पछि तीनतीन जना मन्त्री र सचिवसहितको समिति बनाएर अर्को निर्देशन नभएसम्म लाइन तत्काल जोड्न र थप लाइन नकाट्न आदेश दिने को हो ? त्यो पनि प्रधानमन्त्री केपी ओली । त्यही समितिले बीचको अवधिको मात्र महसुल उठाउन गरेको सिफारिस कार्यान्वयन गर्न मन्त्रीपरिषद्बाटै निर्णय गर्ने को ? प्रधानमन्त्री केपी ओली । अनि अहिले पैसा कसले घटायो भनेर फेसबुकबाट सोध्ने को ? त्यो पनि केपी ओली ।’
पैसा उठाउनु त परको कुरा, लाइन काटेको भनेर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने नियतका साथ मन्त्रीपरिषद्बाटै सात दिने स्पष्टीकरण सोधिएकोमा आपत्ति जनाउँदै उनले अहिले पानीमाथिको ओभानो हुनु राम्रो नहुने बताए । उनले भने, ‘प्राधिकरणले अहिलेसम्म एक्काइस अर्ब अठासी करोडकै बिल काटेको छ । अबको क्याविनेटबाट यो असुल गर्ने निर्णय गराउनोस् । आफैं बोक्सी आफैं झाँक्री नबन्नोस् ।’
विद्युत् अब यो देशको सबैभन्दा ठूलो आशा भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले दस हजार मेगावाट विद्युत् निर्यात र समग्र व्यपार घाटाको सन्तुलन अब धेरै टाढा नरहेको बताए । ‘तर, सम्झौं त लोडसेडिङका भयावह दिनहरु । परीक्षा दिने विद्यार्थीसँग उज्यालो थिएन । पानी आउने बेला छतमा तान्न बिजुली हुन्नथ्यो, बिजुली हुँदा पानी हुन्नथ्यो । यो देशमा हरेक भित्तामा भएको सबैभन्दा जरुरी र महत्वपूर्ण चिज लोडसेडिङको तालिका थियो’, उनले भने, ‘अहिले लोडसेडिङको बेला निर्वाध बिजुली उपयोग गरेका उद्योगीहरुको बिजुलीको महसुलमा सरकार सिधै माफियागिरीको पक्षमा उभिएको छ तर त्यो बिजुली कुनै नेताले घरबाट दिएको थिएन । एउटा सुत्केरीले बच्चा नसेकेर दिएको बिजुली हो त्यो । एउटा गृहिणीले पानी नतानेर दिएको बिजुली हो । एउटा विद्यार्थीले टुकी र मैनबत्तीमा पढेर दिएको बिजुली हो ।’
तर, त्यो पैसा तिर्नुपर्छ भनेर बोर्ड बैठकमा नोट अफ डिसेन्ट लेख्ने विद्युत प्राधिकरणका सञ्चालक समितिका सदस्यहरुलाई स्पष्टीकरण सोध्ने र हटाउने काम गरिएको उल्लेख गर्दै उनले विद्युत प्राधिकरणमा फरक मत राख्ने हक्की र देशभक्त सञ्चालक सदस्यहरुलाई होइन, प्रधानमन्त्री केपी ओलीलाई स्पष्टीकरण सोधनुपर्ने बताए । ‘यो रोष्टमबाट म सोध्छु प्रधानमन्त्रीलाई स्पस्टीकरण– प्राधिकरणको रक्षा तपाईको जिम्मेवारी हो कि होइन ? माफियाहरुका पक्षमा उभिएर रोष्टमबाटै प्राधिकरणको नेतृत्वलाई लाञ्छित गर्दा अनि राजस्व उठाउनपर्छ भन्ने सञ्चालक सदस्यहरुलाई हटाउने निर्णय गर्दा संकोच लाग्नुपर्दैन देशको कार्यकारीलाई ?’,उनले प्रश्न गरे, ‘स्वार्थ समूहहरुसँग यो तहको कमिटमेन्ट छ तपाईहरुको ? यही हो दुई तिहाइको सरकारको नियत र नियति ?’
कतैबाट पनि स्वार्थसमूहको हित पूरा गर्न नसकेपछि प्रधानमन्त्री अब फेसबुकमा प्रकट भएको भन्दै अध्यक्ष प्रचण्डले भने, ‘यो सम्मानित संसदमा हाइलाइट गरेर नोट होस्, बाइस अर्ब । प्रधानमन्त्रीको नियत सही छ भने फेसबुकमा होइन, अबको क्याविनेटमा आओस् र पास होस् बाइस अर्बको प्रस्ताव । प्रमुख प्रतिपक्षी दलको यही रोस्टमबाटै समर्थन छ । यदि अबको क्याविनेटमा बाइस अर्बको प्रस्ताव आएन भने देशले अझ राम्ररी बुझ्नेछ, प्रधानमन्त्रीको नियत ।’
लोडसेडिङ समाप्तिको अन्तिम गृहकार्यमा सहभागी प्रधानमन्त्री र विद्युत विकासमा प्रतिवद्धताका कारण आफू विद्युत प्राधिकरणको उतारचढावबारे अलि बढी जानकार रहेको उल्लेख गर्दै उनले समाप्तिको डिलमा पुगेको प्राधिकरण आज देशकै सुन्दर भविष्य रच्न सक्ने ठाउँमा पुगेको बताए । ‘यो राष्ट्रिय गर्वले केही साथीहरुमा कुण्ठा जन्माइरहेको छ । म यो सम्मानित संसदलाई सोध्छु, के यति सस्तो र तल्लो हुनुपर्छ राजनीति ? कसैको रिसले फेरि पुरानै ठाउँमा लैजाने हो प्राधिकरणलाई ?’– अध्यक्ष प्रचण्डले प्रश्न गरे ।
हजारौं सर्वसाधारणले दुई चार थान बल्ब बालेको पैसा तिर्न नसकेर लाइन काटिने गरेको उल्लेख गर्दै उनले करिब १६ प्रतिशत विद्युत उपभोक्ता परिवार गरिबीको रेखामुनि र समयमा महसुल नतिरे उनीहरुलाई ५ देखि २५ प्रतिशतसम्म जरिवाना गर्दै ६० दिनमा लाइन काटिने गरेको बताए । ‘वर्षेनी लाखौं उपभोक्ता र साना उद्योगहरुको यसरी लाइन काटिन्छ । देशको प्रधानमन्त्री तिनका पक्षमा बोल्न पर्दैन ?’, अध्यक्ष प्रचण्डले सोध, ‘देशको प्रधानमन्त्रीले तिनको दायित्व लिन पर्दैन? प्रधानमन्त्रीले हाकाहाकी माफियाहरुको पक्षपोषण गर्दा सरकार मात्र होइन, यो सम्मानित संसदको रोष्टम पनि अपवित्र भएको छ । म आफैले यो सरकार स्वार्थसमूहहरुले बनाएको भनेको हुँ तर यो तहको पक्षधरताले देश नै लज्जित भएको छ ।’न्युज कारखाना
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार राजनीतिक बलमिच्याइ र संविधानको अवहेलनाबाट बनेको असंवैधानिक सरकार भएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकारको जगमा कानुन र संविधान नरहेको बताए ।
‘म यो रोष्टमबाट फेरि एकपटक भन्छु, यो सरकार राजनीतिक बलमिच्याइ र संविधानको अवहेलनाबाट बनेको असंवैधानिक सरकार हो । संविधानको धारा ७६ (२) अनुसार बनेको सरकारले विश्वासको मत लिन नसकेपछि स्वतः धारा ३ सक्रिय हुन्छ भनेर संविधानमा स्पष्ट व्यवस्था छ ।’
अहिलेका प्रधानमन्त्रीले कुनै बेला आफैंले त्यसको एकदमै प्रष्ट व्याख्या गरेको स्मरण गराउँदै उहाँले तर आफू कसैलाई नैतिकता सम्झाउन सम्झाउने पक्ष नरहेको पनि स्पष्ट गरे । ‘केवल एउटै प्रश्न सोध्छु, के संविधानका धाराहरु अमुक व्यक्ति हेरेर खुल्ने र अमुक व्यक्ति हेरेर बन्द हुने हुन्’, अध्यक्ष प्रचण्डले प्रश्न गरे ।
यो किन र कसरी बनेको कसको सरकार हो भन्ने प्रमाणित गर्ने काम सरकार आफैंले गरिरहेको उल्लेख गर्दै उनले भने, ‘त्यसैले शुभचिन्तक र बिरोधी, दुबैलाई, मेरो आग्रह छ, हाम्रो संख्याको चिन्ता नगर्नोस् । जनता र प्रतिपक्षको सामना गर्न इमान चाहिन्छ यो सरकारसँग त्यो इमान र नैतिक धरातल छैन ।’न्युज कारखाना
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लेखा समितिको सभापति मात्र होइन, आवश्यक पर्छ भने प्रमुख प्रतिपक्षी दलको नेता पनि आफैसँग राख्न सत्तारुढ दलहरुलाई चुनौती दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले लेखा समिति सभापति प्रतिपक्षीलाई नदिन कुतर्क गरिएको भन्दै आपत्ति जनाए ।
‘संसदीय परम्परामा संसारभरि नै लेखासमितिको सभापति प्रतिपक्षले पाउने गरेको छ । यो एक किसिमको लोकतान्त्रिक सन्तुलन र नियन्त्रण हो । अहिले यो संसदमा पनि प्रतिपक्षले लेखासमितिको सभापति पाउनुपर्ने हो तर नदिन अनेकथरी कुतर्क गरिँदै छ’– उनले भने– ‘प्रतिनिधिसभाको लेखासमिति पाउन ‘राष्ट्रिय सभाको अध्यक्ष छाड, प्रतिनिधिसभाको उपसभामुख छाड’सम्म भनिँदै छ । किन भनिँदै छ यस्तो ? किनकि माफियाको यति धेरै सेवा गर्नु छ कि त्यसका लागि सिङ्गै दुई तिहाइको सरकारसमेत पर्याप्त छैन, समिति पनि चाहिन्छ । यसबीचमा लेखासमितिमा देखिएका दृश्यले त्यही भन्छन् ।
तर, सुन्नुहोस् कांग्रेस–एमालेका साथीहरु, हाम्रो भूमिका खोसेर तपाईहरु हामीलाई जनताको आवाज उठाउनबाट रोक्न सक्नुहुन्न । मेरो च्यालेन्ज भयो, लेखा समिति मात्रै किन ? चाहिन्छ भने प्रमुख प्रतिपक्षी दलको नेताको हैसियत पनि तपाईहरुसँगै राख्नोस् । हामीले हिजो केवल एउटा जिम्मेवार नागरिकका रुपमा तपाईहरुको कुशासनको प्रतिरोध गरेका हौं, आज पनि हामी त्यो हिम्मत र हौसला राख्छौं ।’
लेखासमिति लगायतमा सत्तापक्षका साथीहरुको डर आफूले बुझेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले प्रतिपक्ष संसदमा संख्यामा सानो भए पनि इमानमा, प्रतिरोधमा, जनताको तर्फबाट खबरदारीमा कति सक्षम छ, पछिल्ला चालीस दिनले देखाएका बताए । ‘यी चालीस दिनमा सरकार, स्वार्थ समूह अनि सामान्य जनतालाई पनि प्रस्ट भएको छ, यो प्रतिपक्ष भ्रस्टाचारमा हिस्सा लिने प्रतिपक्ष होइन । माफिया र स्वार्थसमूहहरुले मूल्य तोक्न सक्ने प्रतिपक्ष होइन’, उनले भने, ‘यो शानदार भूमिकाका लागि प्रतिपक्षका साथीहरुलाई जनताका तर्फबाट मेरो अभिवादन छ । हामीले प्रमाणित गर्यौं, सत्यले शक्ति देखाउन संख्या हुनुपर्दैन ।’
चालीस दिनमै सरकार स्वार्थसमूहहरुका पक्षमा जसरी खुला रुपमै उभियो, त्यसले जनतामा निराशा र आक्रोशको आगो ज्यामितीय रुपमा बढेको उल्लेख गर्दै उनले त्यसका झिल्का जताततै देखिँदै गएको र त्यो आगो लोकतन्त्रकै विरुद्ध प्रयोग होला कि भन्ने चिन्ता बढेको बताए ।न्युज कारखाना
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नक्कली भुटानी शरणार्थी काण्ड सामसुम पार्ने र अरु अपराधीलाई पनि बचाउने खतरनाक खेलमा लागेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले विभिन्न काण्डमा एकअर्कालाई जोगाउन र उन्मुक्ति दिन मिल्ने सामान्य अपराध नभएको बताए ।
‘यो सम्मानित संसदमा मेरो पछिल्लो सम्बोधनमा यही रोष्टममा उभिएर मैले चुनौतीका साथ भनेको थिएँ, सरकारको पछाडि विचौलिया र माफिया छ र त्यही माफियाकै सेवामा यो सरकारको सबै प्रतिष्ठा समाप्त हुनेछ । त्यति भन्दाभन्दै पनि मलाई लागेको थियो, सरकारले केही दिन त सङ्कोच मान्नेछ । केही दिन त लाज मान्नेछ’, प्रचण्डले भने, ‘तर, सरकार यति हतारमा देखियो कि बिरालोले म्याउ गर्न एक हप्ता पनि लागेन । लोडसेडिङको बेलाको डेडिकेटेड र ट्रंकलाइनको बिलको विवादमा प्रधानमन्त्री रोष्टममा उभिनुभयो । कडा रुपमा उभिनुभयो । तर, जसका पक्षमा जसरी उभिनुभयो, त्यो देखेर सिङ्गो देश स्तब्ध भयो ।’
यो सरकार सुशासनसँग तर्सिएर, सुशासनको वेगलाई रोक्न, आफूहरु र आफ्नाहरु जोगाउन र जोगिन बनेको उल्लेख गर्दै उनले भने- ‘तैपनि मलाई लागेको थियो, कम्तिमा भुटानी शरणार्थी प्रकरणमा केही दिन त सरकारले यताउती अल्मल्याउला, अनुसन्धान भइरहेको भान देला, जनतासँग अलिअलि डराउला । तर, यहाँ पनि दुई तिहाइको बलियो सरकारले बल देखाउन सात दिन पनि पर्खेन ।’
भुटानी शरणार्थी काण्डको राजनीतिक कडीमा प्रवेश गरेका प्रहरीका विशेष ब्यूरो प्रमुखको सरुवालाई गम्भीर घटनाको रुपमा लिनुपर्ने उल्लेख गर्दै उनले सोधे– ‘हिजोको सरकारले भुटानी शरणार्थी, बाँसवारी, बालमन्दिर लगायतका थुप्रै काण्डको सफल छानवीन गर्दै थियो । नयाँ सरकार आयो र के गर्यो ? हिजो ती काण्डको छानबीन गरिरहेका प्रहरी अधिकृतमाथि नै छानबीन सुरु गर्यो । यसरी हुन्छ दुई तिहाइको सुशासन ?’
विभिन्न काण्डमा परेकालाई उन्मुक्ति दिन मिल्ने सामान्य अपराध नभएको उल्लेख गर्दै उनले अन्तराष्ट्रिय जगतमै नेपालको कानुनी, नैतिक, राजनीतिक र सामाजिक प्रतिष्ठा धुलोपिठो टिप्पणी गरे ।
‘यस्तो निर्लज्ज र निकृष्ट घटनाको अनुसन्धान गरिरहेका क्षमतावान र साहसी प्रहरी अधिकृतहरुलाई पुरस्कार होइन, उल्टो सरुवा र छानबीन गरेर बाँकी विश्वलाई के सन्देश दिँदै हुनुहुन्छ तपाईहरु ?’– अध्यक्ष प्रचण्डले प्रश्न गने, ‘अन्तराष्ट्रिय समुदायको यति प्रत्यक्ष चासो र निगरानी रहेको विषयमा पनि यो तहको निर्लज्जताले कहाँ पुग्छ देशको प्रतिष्ठा ?’न्युज कारखाना
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर भएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले सरकार अहंकारपूर्ण तर गलत बाटोतिर अग्रसर भएको बताएका हुन् ।
‘प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा यो सम्मानित रोष्टम म अलि अगाडि नै पनि उपयोग गर्न सक्थेँ । गरिनँ । किनकि, म सरकारलाई हनिमुन पिरियडसम्मै शंकाको सबै सुविधा दिने पक्षमा थिएँ । सरकारमाथि पहिलो वहस जनताको अदालतमा होस् भन्ने मेरो चाहना थियो, तर, चालीस दिनभन्दा बढी समयसम्म सरकारको नियत र गन्तव्यको सूक्ष्म अवलोकनपछि म यो निष्कर्षमा पुगेको छु, सरकार अहंकारपूर्ण तर गलत बाटोतिर अग्रसर छ । संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर छ । जनताभन्दा स्वार्थसमूहहरुको, अझ माफियाहरुको सेवामा अग्रसर छ ।’
अब पनि रचनात्मक खबरदारी नगरे धेरै ढिलो हुने र धेरै क्षति हुने उल्लेख गर्दै उनले जनताले संसदमाथि गरिरहेको विश्वास कमजोर हुन नदिन आफूले आजै यो रोस्टममा उभिने निर्णय गरेको बताए । ‘अहिले नेपाली कांग्रेस र नेकपा (एमाले)का साथीहरु आफु मात्र मिल्नुभएको छैन, आफैले सिध्याउने भनेका जातीय–क्षेत्रीय प्रकृतिका साना दलहरुलाई पनि कतै फकाएर, कतै तर्साएर सत्तापक्ष बनाएका छन् ।
प्रचण्डले भने- ‘संख्यात्मक रुपमा प्रतिपक्षीय बेन्च सानो भएको बेला संख्याको बलमा सरकारले जे गरे पनि हुन्छ र गर्न सक्छ भन्ने साथीहरुलाई लागेको हामीले देख्यौं । प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा म आज यही रोष्टमबाट घोषणा गर्दछु, सत्ताको कुनै पनि अनैतिकता, बेथिति र बेइमानीको हामी निरीह साक्षी हुने छैनौं ।’
बरु, सरकारका एकएक अपराधलाई यही संसदमा नंग्याउने, खबरदारी र प्रतिरोध गर्ने चेतावनी दिंदै उहाँले प्रतिपक्ष कमजोर होला कि भन्ने चिन्ता वा कमजोर हुनेछ भन्ने खुसी कसैलाई छ दुबैलाई आश्वस्त हुन आग्रह गर्नुभयो । ‘बरु, आवश्यक परे जनतालाई साथमा लिएर संसददेखि सडकसम्म सत्तालाई खबरदारी र नियन्त्रण गरिनेछ । पछिल्ला चालीस दिनमा प्रतिपक्षको नैतिक शक्ति जनताले देखिसकेको छ’– अध्यक्ष प्रचण्डले प्रश्न गरे– ‘धेरैलाई लागेको हुँदो हो, प्रतिपक्षको यति सानो संख्याले दुई तिहाइको सरकारलाई कसरी खबरदारी र नियन्त्रण गर्ला ? संख्यामा होला दुई तिहाइ तर सरकारको जगमा विश्वास होइन, डर थियो र छ । यो सरकार जहाँ, जतिखेर र जसरी बन्यो, गर्भदेखि नै जनताका बीचमा ‘एक्सपोज’ थियो र अझ भइरहेको छ ।’ न्युज कारखाना
काठमाडौँ । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंह सोमबारको टुँडिखेल र पाटन कृष्णमन्दिरको घटना राजनीतिक नेताहरु र दलहरुलाई जाग्नु पर्ने चेतावनी भएको टिप्पणी गरेका छन् ।
सिंहले बंगलादेशमा पनि सेख हसिनासँग पनि दुई तिहाईको जनादेश रहेको उल्लेख गर्दै आफुले भयाभव अवस्था आउदै गरेको देखेको बताए । उनले दलहरुले आफ्नै नेतृत्वमा सरकार हुदा पनि विश्व विद्यालय आफ्नै बिद्यार्थी संगठनले बन्द गरिरहेको आरोप लगाए ।
सिंहले नेताहरु नसुध्रिएमा हावा हुण्डरीले नेताहरुलाई उडाउने समेत चेतावनी दिए ।न्युज कारखाना
काठमाडौं । नेकपा एकीकृत समाजवादीको उपाध्यक्षमा रामकुमारी झाक्रीले उम्मेदवारी दिएकी छ्न् । यसअघि पार्टीको सचिव रहेकी झाक्रीले यसपटक उपाध्यक्षमा उम्मेदवारी दिएकी हुन् ।
केही समयअघि सम्पन्न पार्टीको दशौ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष र महासचिवबाहेक पदाधिकारी टुंगो लगाउन सकेको थिएन । सहमतिमै पदाधिकारी समेत चयन गर्ने गरी योजना बनेको भएपनि सहमती हुन नसकेपछि निर्वाचनबाट टुंगो लगाइने भएको हो ।
अब पार्टीका केन्द्रीय कमिटी सदस्यहरुले मतदानमार्फत नेतृत्व चयन गर्नेछन् । पार्टीको वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे निर्बिरोध निर्वाचित भएका छन् । न्युज कारखाना
काठमाडौँ । संसदीय सुनुवाई समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई प्रक्रिया यही भदौ १४ गतेदेखि सुरु हुने भएको छ ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रस्तावित १७ देशका राजदूतहरुमाथि परेको उजुरीसहितको सुनुवाई भदौ १४ गतेबाट सुरु गरी भदौ १६, १७ , १८, १९, २०, २४ र २५ गतेगरी ८ दिनमा सम्पन्न गर्ने निर्णय गरेको हो ।
भदौ २१ गते तिज, २२ गते शनिबार र २३ गते पञ्चमीको बिदा परेकाले त्यसअघि र पछि गरी ८ दिनमा संसदीय सुनुवाई प्रक्रिया सम्पन्न गर्ने कार्ययोजना तय गरिएको समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिएकी छन् । न्युज कारखाना
काठमाडौं । नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध चयन भएका छन् ।
सोही पदमा उमेदवारी दिएका घनेन्द्र बस्नेतले मंगलबार उमेदवारी फिर्ता लिएपछि पाण्डे सर्वसम्मत निर्वाचित भएका हुन् ।
एकीकृत समाजवादीमा सात उपाध्यक्ष, चार उपमहासचिव र सात सचिवका लागि निर्वाचन गर्न लागिएको हो । उमेदवारी फिर्ताको समय दिउँसो साढे एक बजेसम्म थपिएको बताइएको छ ।न्युज कारखाना
काठमाडौं । नेकपा एकीकृत समाजवादीले आज पदाधिकारीको चयन निर्वाचनबाट गर्ने भएको छ ।
आइतबार र सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा सहमति जुट्न नसकेपछि आज निर्वाचन गर्न लागिएको हो ।
गत असारमा सम्पन्न एकीकृत समाजवादीको १०औं महाधिवेशनले पार्टी अध्यक्षमा माधव कुमार नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाललाई चयन गरेको थियो । बाँकी १८ जना पदाधिकारी टुङ्ग्याउन एकीकृत समाजवादीलाई सकस परेसँग निर्वाचनको प्रक्रिया रोजिएको हो ।
आज विहान ७ बजे मनोनयनपत्र वितरण हुने, ७: ३० देखि ८: ३० सम्म मनोनयन दर्ता गरेपछि अन्य प्रक्रिया पूरा गरेर दिउँसो १२ बजेदेखि १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने बताइएको छ । त्यस्तै २ बजेदेखि ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ भने आज बेलुका ६ बजेबाट नै मतगनणा सुरु गरिने कार्यतालिका सार्बजनिक गरिएको छ ।
एकीकृत समाजवादीले महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिव चयन गरेको छ भने ३४४ सदस्यीय केन्द्रिय कमिटी चयन गरिसकेको छ ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राप्रपा नेपालका अध्यक्ष तथा पुर्ब उपप्रधानमन्त्री कमल थापाले लेखेको ‘नाकाबन्दी र भूराजनीति- कूटनीतिमा मेरो अनुभव र अनुभूति’ नामक पुस्तकको लोकार्पण गरेका छन् ।
थापाले पुस्तकलाई ६ खण्डमा बाढिएको र परराष्ट सम्बन्धि विभिन्न घटनाक्रमलाई उल्लेख गरिएको बताएका छन् । पुस्तकमा एकीकृत महाकाली सन्धि तथा २०७२ सालमा देशको नयाँ संविधान जारी भएपछि परराष्ट्रमन्त्रीका रूपमा थापाले निर्वाह गरेको भूमिका र त्यसैको सेरोफेरोमा रहेर आफ्ना अनुभूति अभिव्यक्त गरेका छन् ।
पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापाले सन् १९५० को शान्ति तथ मैत्री सन्धि तथा त्यसयता विकसित दुई देशबीचको सम्बन्धका विविध आयामलाई पुस्तकमा समेट्ने प्रयास गरेको बताए । बिशेषगरि नाकाबन्दीका समयमा भएका घटनालाई थापाले इमानदारीपुर्बक पुस्तकमा प्रस्तुत गरेको र लामो किसिमबाट बिषयबस्तुलाई नतन्काएको पनि उनले उल्लेख गरे । सिमा समस्या, चिनसङ्गको सम्बन्ध, विभिन्न राष्ट्रप्रमुखहरु संगको भेट लगायतका बिषयबस्तुलाई पुस्तकमा समाबेश गरिएको उनले जानकारी दिए ।
उक्त पुस्तक आत्मकथा नभएको पनि थापाले स्पष्ट पर्दै थापाले मुलुकको भूराजनीति, सुरक्षा एवं सामरिक मामिलामा नेपाल र भारतबीच अवधारणागत भिन्नता रहेकाले द्विदेशीय सबै समस्या संवादका माध्यमबाट समाधान हुनुपर्नेमा जोड दिए ।
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन परम्परागत परिभाषा परिमार्जनको आवश्यकता औँल्याउँदै लेखक थापाले आपसी सम्बन्धलाई नयाँ शिराबाट समीक्षा गर्नुपर्ने बताए । लेखक थापा तत्कालीन प्रधानमन्त्रीत्रय लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवा र केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा परराष्ट्रमन्त्री थिए ।
थापाका यसअघि ‘कर्नेल छत्रबहादुर थापा : एक पटकको सैनिक जीवनभरको सैनिक’ र ‘द्वन्द्व व्यवस्थापन र चुनौती’ पुस्तक प्रकाशित छन् । न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताएका छन् ।
सैनिकमञ्चमा आज आयोजित गौरा पर्वको कार्यक्रममा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भएपनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको बताए ।
नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले सुन्दर सुदूरपश्विमबाट सुरु भएको सो पर्व नेपालको मौलिक पर्व भएको उल्लेख गरे ।न्युज कारखाना
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले मंगलादेवी सिंह ज्येष्ठ नागरिक पार्क आज उद्घाटन गरेका छन् ।
आज काठमाडौं महानगरपालिका वडा नं ११ वसन्तनगरमा निर्मित मंगलादेवी सिंह ज्येष्ठ नागरिक पार्कको आज माननीय उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले समुद्घाटन गरेका हुन् ।
बाग्मती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा शहरी विकास मन्त्रालयको बजेटमा पार्क निर्माण भएको हो ।
`नेपाली महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मंगलादेवी सिंह नै हो,’ पार्क उद्घाटन समारोहमा उपप्रधानमन्त्री सिंहले भने, ‘अहिले संविधानमा रहेकाे समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मंगलादेवीकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि पनि हो ।
नेवारी मौलिक पहिचान झल्काउने फाल्चा, व्यवस्था शौचालयसहितको व्यवस्थित पार्कले बानेश्वर, बुद्दनगर, बबरमहल क्षेत्रका ज्येष्ठ नागरिकलाई घुमफिर गर्न र समय कटाउन सहज हुने प्रदेश सांसद दिपेन्द्र श्रेष्ठले बताए । पार्कको सञ्चालन र संरक्षण काठमाडौं महानगरपालिका वडा नं ११ ले गर्ने वडा अध्यक्ष हिरालाल तण्डुकारले जानकारी दिए ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले ओलीले अहिलेको सरकार मुलुकमा स्थिरता र विकासका लागि गठन भएकाले यसले संविधान र कानुनविपरीत अपराधीलाई छुट दिन वा निर्दोषलाई फसाउन कुनै पनि दबाब नदिने स्पष्ट गरेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौँको भद्रालीस्थित नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको शान्ति सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आपराधिक घटनाको पूर्वानुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिने र भइहालेमा कडाइका साथ कारबाही गर्नेतर्फ हरदम सचेत भएर काम गर्न निर्देशन दिए । अस्थिरता र अराजकता मच्चाउन खोज्ने प्रयासप्रति हरदम सचेत भएर जनतालाई शान्ति सुरक्षा दिने मामिलामा दृढ र ढुक्क भएर लाग्न उनले आग्रह गरे ।
‘वर्तमान सरकारले कुनै पनि अपराधीलाई नसमाउ भन्दैन, दिर्दोषलाई राज्य संयन्त्र प्रयोग गरेर फसाउ भन्नने अपराध गर्दैन र दोषीलाई छाड्दैन पनि ।’, प्रधानमन्त्री ओलीले भने, ‘यो सरकार केवल एक सरकारको ठाउँमा अर्काे सरकार होइन, यसले केही गरौँ भन्ने अठोट लिएको छ । अस्थिरताका ठाउँमा स्थिरताको प्रवृत्ति यसले बोकेको छ । वर्तमान सरकार देश र जनताको पक्षमा केही गरौँ भन्ने सङ्कल्पका साथ गठन भएको छ । संविधान र काननुबमोजिम कर्तव्य निर्वाह गर्न प्रहरी स्वतन्त्रतापूर्वक लाग्नुपर्छ । उन्नत ज्ञानको प्रयोग गरी जनतालाई गुणस्तरीय सेवा पछि पर्नु हुँदैन ।’
प्रहरीमा बढुवा र सरुवाका लागि कुनै दौडधुप गर्न नपर्ने बताउँदै उनले भने, ‘झोला थैला बोकेर कसैकामा कुद्नु पर्दैन, अहिलेको सरकार भात–रोटी खान्छ, घुस खाँदैन, तपाईंहरु कर्तव्य पालनामा पूर्ण स्वतन्त्र भएर ढुक्कले लाग्नुस्, अवाञ्छित र अनुचित प्रभावमा लागिरहनुपर्ने कुनै आवश्यकता छैन ।’
वर्तमान प्रधानमन्त्री ओलीकै कार्यकालमा उक्त प्रहरी परिसरका लागि नेपाल खाद्य संस्थानबाट रु एक अर्ब १० करोडमा १५ रोपनी जग्गा खरिदका साथै अन्य प्रबन्ध भएको थियो । नेपाल प्रहरीमा संरचनागतरुपमा यो भवन हालसम्मकै ठुलो उपलब्धि मानिएको छ । रु एक अर्ब २६ करोडको लागतमा उक्त अत्याधुनिक भवन निर्माण भएको हो ।
गृहमन्त्री रमेश लेखकले मुलुकमा स्थिरता र शान्ति सुरक्षाका लागि ठुला दलको सहभागितामा सरकार बनेको र यसले काम गरौँ भन्ने आत्मबलवृद्धि भएको बताए । उनले सरकार गठनको एक महिनामै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु उपलब्धि भएको बताए ।न्युज कारखाना
काठमाडौं । गृहमन्त्री रमेश लेखकले जनताको मुद्दा बोक्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरुको समुद्घाटन समारोहमा गृहमन्त्री लेखकले जनताको मुद्दा बोक्दा प्रहरीहरुको मुद्दा पनि सँगै आउने बताए ।
‘प्रहरी साथीहरुलाई आत्मविश्वास काम गर्न आग्रह गर्दछु । जनताको मुद्दा बोक्नुपर्यो । जनताको मुद्दा बोक्दा आफ्नो मुद्दापनि आइहाल्छ,’ उनले भने ।
सरकार बनेको सय दिनमा १० वटा काम गर्ने योजनासहित काम गरिरहेको पनि गृहमन्त्री लेखकले बताए ।
नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जोडिएको छ भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनबाट जनताले उचित सेवा पाउने बताए उ। ‘यो भवनले नेपाल प्रहरीले गर्ने सेवामा ठुलो सहयोग गर्ने छ । जनताले उचित सेवा पाउन सकुन् ।
सरकारले सेवा प्रदान गर्ने क्रममा महत्त्वपूर्ण सेवा प्रदान प्रहरीले गर्ने हो,’ गृहमन्त्री लेखक भने ।
यस्तै उनले कांग्रेस र एमाले मिलेर सरकार बन्नुको उदेश्य प्रस्ट पारे । ‘दुई ठूला दल मिलेर सरकार बनेको छ । अहिलेको सरकार हामी केही मान्छे मन्त्री बनिहालौं भनेर भनेको होइन । २०७९ चुनावपछि सरकार बनाउने र भत्काउनमै गयो । आर्थिक, राजनीतिक र विकास निर्माणका लागि हामी दुई ठूला दल मिल्यौं,’ उनले भने, ‘यो सरकारको उदेश्य भनेको सरकारको स्थायित्व, आर्थिक विकास, दिगो शान्ति, सुशासन र समावेशी चरित्रको राज्य व्यवस्था स्थापित गराउने गो ।’ कांग्रेस र एमाले मिल्दा आत्मविश्वास वृद्धि भएको गृहमन्त्री लेखकको दाबी छ ।
‘यसको उदाहरण १८ वर्षसम्म अल्झिएको संक्रमणकालीन न्यायको विषय निष्कर्षमा पुगेको छ । हामी नेता उहीँ हौँ । छलफल हामीबिच नै भएको थियो । तर दुई दल मिल्दा बढेको आत्मविश्वासले हामी सहमति पुग्न सक्यौं । उर्जाशिल प्रधानमन्त्री हुनुहुन्छ । उहाँको नेतृत्वमा हामी केही गरि छाड्ने छौं,’ उनले भने ।न्युज कारखाना
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय पदाधिकारी टुङ्ग्याएको छ । गत जेठ २८ गते सुरु भएर ३० गते सम्पन्न भएको जसपा नेपालको एकताको राष्ट्रिय महाधिवेशनले अध्यक्षमा उपेन्द्र यादवलाई सर्वसम्मतिले चयन गरेको थियो ।
जसपा नेपालले सहअध्यक्षको जिम्मेवारी रकम चेम्जोङलाई दिएको छ । त्यस्तै, उपाध्यक्षहरुमा राजकिशोर यादव, मृगेन्द्र कुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापा मगर र विद्युत बज्राचार्य चयन भएका छन् । सहासचिवको जिम्मेवारी लालबाबु राउत र रामकुमार शर्माले पाएका छन् ।
त्यसैगरी, उपमहासचिवमा प्रकाश अधिकारी, दीपक कार्की, रेखा यादव, प्रवक्तामा मनिष कुमार सुमन, सचिवहरुमा लिला सिटौला, शैलेन्द्र साह, सुनी लामा, राजकुमार राई, सुरेश मण्डल, लाक्पा शेर्पा र कमरुद्धीन राई, कोषाध्यक्षमा सुनिताकुमारी साह चयन भएका छन् ।
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले अदालतको आदेशलाई महानगरको निर्णय भनि गलत व्याख्या गरेर पार्टीको नेता कार्यकर्ताहरुले जनता माझ भ्रम नछर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै बालेन कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन, आफ्नो कान छाम्ने हो भन्दै अदालतको आदेशलाई महानगरको निर्णय भनि गलत व्याख्या गरेर पार्टीको नेता कार्यकर्ताहरुले जनता माझ भ्रम नछर्न आग्रह गरेका हुन् ।
बालेनले भनेका छन्-
कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन आफ्नो कान छाम्ने हो । सर्वोच्च अदालतको आदेश आए पछि हामी काठमाडौँ महानगरले सो आदेशलाई सुचित गर्दै बागमती, विष्णुमतीमा ४० मिटर टुकुचा को २० मिटर वरिपरी निर्माण निषेधित क्षेत्र जानकारी गराएका हौँ । त्यो जग्गामा अब थप संरचना बनाउन पाइने छैन । अदालतको आदेश अनुसार जनताले आफ्नो जग्गा उपभोग गर्नबाट रोकेको छैन भने नेपाल सरकारले चाहेमा मुआब्जा दिएरमात्र जग्गा अधिग्रहण गर्न सक्ने छ । अदालतको आदेशलाई महानगरको निर्णय भनि गलत व्याख्या गरेर पार्टीको नेता कार्यकर्ताहरुले जनता माझ भ्रम नछर्नु होला ।
काठमाडौं । नेपाल महिला संघका संस्थापक अध्यक्ष तथा नेपाली नारी आन्दोलनकी पहिलो महिला नेतृ मंगलादेबी सिंहको २८ओै स्मृति दिवस मनाइएको छ ।
स्मृति दिवसको सन्दर्भमा आज बिहान शोभा भगवति डल्लुमा रहेको सिंहको शालिकमा माल्यार्पण गरि उनीप्रति श्रद्धासुमन अर्पण गरिएको हो ।
मंगलादेवी पुत्रसमेत रहेका उपप्रधान तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहले सालिकमा माल्यार्पण गरे । माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले नेपाली महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मंगलादेवी सिंह भएको बताउँदै अहिले संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मंगलादेवीकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि भएको बताए ।
कार्यक्रममा मंगलादेवी फाउन्डेसनकी अध्यक्ष सिर्जना सिंहले मंगलादेवी सिंह नेपाली महिलाहका लागि प्रेरणा रहेको भन्दै उनले नेपाली महिला आन्दोलनमा दिएको योगदान अतुलनीय रहेको बताए ।
महिलाको हक, अधिकारलाई सुरक्षित बनाउनका लागि विसं २००४ साउन २४ गते मंगलादेवी सिंहको अध्यक्षतामा महिला भेलाभई महिला संघको स्थापना भएको थियो । उनले महिलाले पढ्न पाउनुपर्छ भन्दै दिएको दबाबका कारण पद्म शमशेर राणा पद्म कन्या क्याम्पस खोल्न तयार भएका थिए ।न्युज कारखाना
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामेछापमा पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत रामेछापको दोरम्बा शैलुङ गाउँपालिका ३ टोकरपुरको लेकखर्कमा पहिरोमा परी छ जनाको दुखद निधन, चार जना बेपत्ता र एक जना घाइते भएको तथा चारवटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको खबरले स्तब्ध बनाएको उल्लेख गर्दै उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार, उपचार र राहतमा प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गराउन गराएका छन् ।
‘प्राकृतिक प्रकोपका मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु’– अध्यक्ष प्रचण्डले भनेका छन्, ‘उद्दार कार्यमा आवश्यक सहयोग र सहकार्यमा जुटेका हाम्रा पार्टीका सबै नेता कार्यकर्तालाई धन्यवादसहित जनसेवामा निरन्तर जुट्न निर्देशित गर्दछु ।’न्युज कारखाना
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले शनिबार राति मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानअन्तर्गतको जनकपुरधामस्थित प्रादेशिक अस्पतालको अचानक निरीक्षण गरेका छन ।
अस्पतालको सेवासुविधामा ढिलासुस्ती र हेलचेक्रयाइँ भइरहेको गुनासो आउन थालेपछि मुख्यमन्त्री सिँहले राति अस्पतालका आकस्मिक कक्ष, प्रसूति गृह, अतिसघन कक्ष लगायत निरीक्षण गरेका हुन् ।
त्यसक्रममा उनले ड्युटीमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीसँग अस्पतालमा कार्यरत जनशक्तिको सँख्या र कार्यविभाजन, काम गर्ने अवधि, ड्युटीमा नियमितता आदिका बारेमा जानकारी लिए ।
साथै अस्पताल परिसरमा सञ्चालित सरकारी फार्मेसीमा आवश्यक औषधि राख्न सम्बन्धित कर्मचारीलाई निर्देशनसमेत दिए । उनले निरीक्षण अवधिमा केही बिरामी र तिनका कुरुवासँग पनि अस्पतालका सेवासुविधाका बारेमा जानकारी लिएका छन् । बिरामी र कुरुवाका गुनासा सुनेपछि मुख्यमन्त्री सिँहले ती समस्यालाई तत्काल सम्बोधन गर्न प्रतिष्ठानका रजिस्ट्रार डा.विनोदकुमार यादवलाई त्यहीँ निर्देशन दिएका छन् । अस्पतालमा बिरामीको चाप छ ।
अस्पतालमा भौतिक पूर्वाधार, उपकरण र जनशक्ति थपिँदै गएका छन् । अस्पतालमा विद्यमान समस्या समाधान गर्दै त्यहाँ उपलब्ध सेवासुविधा उन्नत बनाउन र विविद्यीकरण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री सिँहले बताए ।न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले भ्रष्टाचारजन्य कसुरमा हदम्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन नगर्न प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई अनुरोध गरेको छ ।
आयोगले आज भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचारजन्य कसुरमा हद म्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन प्रस्ताव अगाडि बढाइएको उल्लेख गर्दै समितिलाई पत्राचार गरेको आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले जानकारी दिए ।
उनले हद म्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन प्रक्रिया अगाडि नबढाउन समितिलाई पत्राचार गरेको बताए । ‘भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचारजन्य कसुरमा त्यस्तो कार्य भएको थाहा पाएको मितिले पाँच वर्षभित्र मुद्दा चलाउनुपर्नेछ भनी गरिएको संशोधन प्रस्तावप्रति यस आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’– पत्रमा भनिएको छ, ‘भ्रष्टाचारजन्य कार्य जुनसुकै अवधिमा गरेको भए पनि त्यो गम्भीर अपराध भएको र त्यस्तो विषयमा हद म्याद कै कारणले भ्रष्टाचारजन्य कसुर गर्नेले उन्मुक्ति पाउने सम्भावना बढ्नुका साथै सुशासन र मानव अधिकारको उपभोगमा बाधा उत्पन्न हुन जान्छ, अतः भ्रष्टाचार गर्ने व्यक्तिलाई हद म्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन प्रक्रिया अगाडि नबढाउन आयोग समितिलाई अनुरोध गर्दछ ।न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुरक महामन्त्री डा. मुकुल ढकालले आफुले पार्टीमा पेश गरेको प्रतिवेदनको अपनत्व नलिने बताएपनि सो प्रतिवेदनमा उल्लेख गरिएका कार्यक्रम भने कार्यान्वयनको प्रयास गरेको टिप्पणी गरेका छन् ।
ढकालले आफुले प्रतिवेदनमा आत्मनिर्भर नेपाल अभियान चलाउने उल्लेख गरेको बताउदै रवि लामिछाने क्लवले प्रतिवेदनको अपनत्व नलिने निर्णय गरे पनि आफुले प्रस्ताव गरेको आत्मनिर्भर नेपाल अभियान शुरु गरेको बताएका हुन् ।
ढकालले पार्टी एलिटको कब्जामा गएको बताएको थिए भन्दै एलिटहरूले आम जनताको अनुभव लिन सार्वजनिक यातायात चढेको व्यंग्य गरेका छन् ।
उनले भनेका छन्- ‘ अब ठ्याक्कै के कसरी गर्ने भन्ने त थाहा छैन, तर जति पढे, त्यो बुझे , टाइपले यी प्रयास गर्दै छन् । प्रतिवेदनलाई गलत पनि भन्नु छ । आफूले एक्स्ट्रा आइडिया केहि निकाल्न नि सक्दैनन् । त्यहि प्रतिवेदन घुमाइफेराई कार्यान्वयनको प्रयास पनि गर्नु छ । त्यहि प्रतिवेदन लेख्ने महामन्त्रीलाई कारवाहिको प्रयास पनि गर्नु छ । उहाँहरूलाई पनि गाह्रो छ । टिभिमा हेरेर घरमा नै खाना बनाउनुसम्म ठिकै हो, क्लव त पूरै रेस्टुरेन्ट खोल्न लाग्यो ।’
यसअघि रास्वपाले ढकाललाई पार्टीको महामन्त्री र प्रवक्ताबाट हटाएपनि अब साधारण सदस्यबाट समेत हटाउने तयारी गरिरहेको छ ।
न्युज कारखाना
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।
गत साउन २३ गतेदेखि शुरु भएको कांग्रेसको केन्द्रीय समितिको बैठक साउन २८ गतेसम्म बसेर स्थगित भएको थियो । कांग्रेसको केन्द्रीय समिति बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि धारणा राख्ने क्रम जारी रहेको छ ।
यस बैठकमा साउन २३ गते २०८० फागुन ७—१० गतेसम्म ललितपुरमा सम्पन्न महासमितिको बैठकबाट प्राप्त सुझावका आधारमा परिमार्जन सहितका प्रस्तावहरु क्रमशः उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय— गगनकुमार थापा र विश्वप्रकाश शर्माले बैठकमा प्रस्तुत गरेका थिए । न्युज कारखाना
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान लिदै छ ।
समितिले अहिलेसम्म ४४ पटक बैठक बसेर विभिन्न सहकारी संचालक, ठगीको आरोप लागेका दर्जनौं व्यक्तिहरुको बयान लिइसकेको छ । त्यस्तै समितिले सरकारका बिभिन्न निकायका अधिकारीहरुसँग पनि छलफल गरेको छ ।
समिति छानबिनको अन्तिम चरणमा रहेको र लामिछानेको बयानपछि प्रतिवेदन लेखेर संसदमा पेश गर्ने सभापति सुर्य थापाले बताएका छन् ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले आज शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आर्थिक, व्यापार लगानी, पर्यटन आदि दुईपक्षीय हितका विविध विषयमा सहयोग आदानप्रदान गर्न छलफल भएको थियो । प्रधानमन्त्री ओलीले नेपालको विविध क्षेत्रको विकासमा दक्षिण कोरियाको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेका थिए ।
राजदूत पार्कले प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना गरेका थिए भेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कोका कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको सहभागिता थियो ।
न्युज कारखाना
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण सम्वन्धी ऐन २०५९ लाई संशोधन विधयेकमाथि भएको छलफलमा केही महत्वपूर्ण विषय पहिचान भएको बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशभासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधन विधयेकमाथिको छलफलका क्रममा मन्त्री लेखकले धेरै विषय छलफलका क्रममा पहिचान भइसकेकाले पहिचान भएका विषयमा केन्द्रीत दफावार छलफल गरी निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए ।
‘मुलतः उठेका केही महत्वपूर्ण विषय केही पहिचान भएका छन् । यी विषयका पहिचान भइसकेपछि अब सम्मानित समितिले चाँडो भन्दा चाँडो यी विषयहरुका बारेमा दफावार छलफलमा गएर यी विषयहरु जुन÷जुन विषयसंग सम्वन्धीत छन् त्यो दफामा निर्णण गरेर निष्कर्षमा पुग्छु पर्छ ।’ उनले भने– ‘दफावार छलफलमा प्रवेश गरेपछि दफा-दफामा छलफल हुँदा सरकारले धारणा राख्छ ।’
उनले छलफलका क्रममा सरकाले आफ्नो धारणा र विषयहरु राखेपनि अन्तिम निर्णय गर्ने अधिकार समितिकै भएको बताए ।
‘भ्रष्टाचार निवारण सम्वन्धी ऐनको महत्व छ । यो गम्भीर र संवेदनशिल विषय हो ।’ उनले भने– ‘चाँडो भन्दा चाँडो समिति र सभाबाट पनि पारित भएर लागू गर्न सकियोस भन्ने आग्रह गर्दछु ।’
उनले हदम्यादको कुरो गम्भीरताका साथ उठेको बताउँदै स्वार्थ बाझिएको विषय के ? भन्ने विषय पनि उठेको धारणा राखे ।
अहिलेको प्रचलित संविधान भन्दा पहिलेको संवैधानिक व्यवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मुलः दुई वटा जिम्मेवारी दिइएको लेखको भनाई थियो ।
‘सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले भ्रष्टाचार वा अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार वा अनुचित कार्य गरेमा अख्तियार क्षेत्राधिकारभित्र राखिएको छ ।’ उनले भने– ‘भ्रष्टाचार र अनुचित कार्यको विषय राखिएको छ, अहिलेको प्रचलित संविधानमा त्योलाई अलि परिर्वतन गरेर भ्रष्टाचार भएको अवस्थामा भनेर क्षेत्राधिकारमा भ्रष्टाचार राखियो।, अनुचित कार्य अहिलेको संविधानको व्यवस्थामा नभएकाले त्यो अनुचित कार्य को ले हेर्ने त भन्ने विषय प्रर्खर विषय उठेको छ ।’न्युज कारखाना
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत पाएका छन् ।
मंगलबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले पेश गरेको विश्वासको मतको पक्षमा ७० मत परेको हो । त्यस्तै प्रस्तावको विपक्षमा ११ मत परेको थियो ।
एमाले-कांग्रेसको समीकरण बनेपछि गत साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
उनलाई एमाले र कांग्रेससहित नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जसपा, जसपा नेपाल र एक स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् ।
प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, लोसपा र जनमतका ३-३, जसपाका २, जसपा नेपालका एक र स्वतन्त्र एक गरी ८७ सदस्यीय प्रदेश सभामा आचार्यलाई ७० प्रदेश सभा सदस्यले विश्वासको मत दिएका छन् ।न्युज कारखाना
रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले मधेसमा विधार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरे सम्पूर्ण विद्यालयहरु बन्द गर्ने चेतावनी दिएका छन् ।
रौतहटको गुजरा नगरपालिकाको खतवहियामा आज आजपाद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै साहले यस्तो चेतावनी दिएका हुन् । विधार्थीको अनुपातमा शिक्षकको व्यवस्था सरकारले मधेसमा नगरेको बताउँदै यसबारेमा सरकार गम्भिर नभएको उनले बताए ।
‘मधेसको बिद्यालयमा बिद्यार्थीको चाप बढी छ । तर विधार्थीको अनुपातमा यहाँ शिक्षकको व्यवस्था सरकारले गरेको छैन । विधार्थीको अनुपातमा यहाँ बिषयगत र तहगत शिक्षकको व्यवस्था गराउँन सरकारको हामीले पटक पटक ध्यानाकर्षण गरायौं तर सरकार गम्भिर छैन्’ आजपा अध्यक्ष साहले भने, ‘अब यस्तै हुने र यसैगरी चल्ने अवस्था भएन् । हामी चुप लागेर बस्दैनौं । सरकारले यथासिघ्र विधार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरे बाध्य भएर हामी सबै विद्यालय बन्द गरेर आम शैक्षिक हडतालमा उत्रिन्छौं ।’
हिजोको विरासत मधेसको राम्रो भएको र अरुलाई शिक्षा दिने मधेस आज किन पछाडी पर्यो भन्ने प्रश्न गर्दै साहले मधेस मानव विकास सूचांकमा पछाडी पार्ने काम सिंहदरबारमा बसेर लुटमचाउँनेले गरेको आरोप लगाए । मधेसवादी दलका नेताहरु लुटतन्त्रको व्यापारमा लागेको र सिंहदरबारले मधेसलाई समृद्ध बनाउँन नचाहेको बताउँदै साहले अब शैक्षिक आम हडतालको बिकल्प नभएको बताए ।
शिक्षा ऐनको मापदण्डअनुसार तराई मधेसमा ५० विद्यार्थीमा १ शिक्षक हुनुपर्ने, पहाडमा ४० विद्यार्थी बारबर १ शिक्षक, हिमालमा ३५ विद्यार्थी बराबर १ शिक्षक हुनुपर्ने प्रावधान रहेको छ । यो मापदण्ड निर्धारण गर्दा नै विभेदकारी रुपमा निर्धारण गरिएको छ । तर पनि यो मापदण्ड अनुसार तराई मधेसमा शिक्षकको व्यवस्था मन्त्रालयले गरेको छैन् ।
मधेसको शिक्षाप्रति चिन्तित रहेका साहले विगतदेखी नै मधेसको बिकास, समृद्धि, सचेतनाको बारेमा चासो राख्दै आएका छन् । राज्यको कुदृष्टिले मधेस कुरुप बनेको र मधेसवादी दलका भ्रष्ट चरित्रका कारण मधेस बदनाम भएको बताउँदै मधेसको बिकास, समृद्धिका लागि यहीका युवाहरु अग्रमोर्चामा आउँनुपर्ने बताए ।
शिक्षकको व्यवस्था गर, विधार्थीलाई गुणस्तरीय शिक्षा देउ भन्ने सुझाव दिदा समेत सरकारले नसुन्ने र मनपरी गर्ने कामले आम जनता दुखित भएको बताउँदै उनले सरकारलाई सडकबाटै जवाफ दिनुपर्ने समय आईसकेको बताए ।
मधेसमा विधार्थीको अनुपातमा शिक्षकको व्यवस्था गर्नुपर्ने माग गर्दै रौतहटको मौलापुरकी मेयर रिना कुमारी साहले केही समय पहिला शिक्षा मन्त्री विद्या भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाएकी थिईन् । सिंहदरबारमै पुगेर मेयर साहले मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदा समेत अहिले सम्म मन्त्रालयले केही नगरेको आजपा केन्द्रीय सदस्य तथा लेखक डा. हेमप्रसाद साह बताए ।
आजपाको स्थानीय नेता सैतूलाहको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका उपाध्यक्ष एवं पुर्वसांसद मा सामिना हुसेन, महासचिव त्रिभुवन साह, स्थाई कमिटी सदस्यहरु लालबाबु मंसूरी, नरेश तुराहा, चन्देश्वर बैठा, लखिन्द्र साह लगायतको विशेष सहभागिता रहेको थियो ।न्युज कारखाना
काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सुरक्षित र व्यवस्थित शहर बनाउन शहरी विकास मन्त्रालयले काम गरिरहेको बताएका छन् ।
मंगलबार काठमाडौं क्षेत्र नं १ मा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । उनले मन्त्रालयले शहरी विकास र पूर्वाधार निर्माणको काम शहर र ग्रामिण क्षेत्र दुवैलाई प्राथमिकतामा राखेर गर्ने पनि बताए ।
उपत्यकाका बाग्मति, विष्णुमतिलगायतका नदिमा सुधार ल्याउन र ढल व्यवस्थापनमा मन्त्रालयले प्रयास गरिरहेको भन्दै परिणाम देखिन केही समय लाग्ने उनको भनाई थियो । जसरी चलिरहेको छ त्यसैगरि चलाउँ भनेर हुँदैन । सुधारका लागि काम गर्न प्रयास गरिरहेको छु । त्यसमा केही समय लाग्छ,´ उनले भने,`संविधानले दिएको अधिकारलाई आवश्यक कानून बनाएर कार्यान्वयन गर्दै सबै जनताले परिवर्तनको महसुस गराउन सक्नुपर्छ।´ अहिलेको सरकारलाई काम नगर्ने छुट नभएको भन्दै उनले सरकारले जनतामा आशा जगाउने गरि काम गर्ने बताए ।
देशभर सुरक्षित र व्यवस्थित शहर बनाउन शहरी विकास मन्त्रालयले काम गरिरहेको पनि उपप्रधानमन्त्री सिंहले बताए ।
काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बाग्मति सभ्यता एकीकृत विकास समिति शहरी विकास मन्त्रालय अन्तर्गत रहेको भन्दै राजधानीलाई व्यवस्थित बनाउन र उपत्यकाका नदि प्रणााली सुधार्ने काम प्राथमिताका साथ अघि बढिरहेको उनले बताए । उपप्रधानमन्त्री सिंहले सरकारलाई रचनात्मक सुझाव दिएर सहयोग गर्न पनि आह्वान गरे । जनताले चुनेका व्यक्ति नै राज्य सञ्चालनको तहमा पुगेको भन्दै उनले भने, ‘राम्रा विचारहरु, आइडियाहरु, नदी नालाहरुको सुधार गर्नेदेखि लिएर, काठमाडौं उपत्यकाको प्रदूषित वातावरण सुधार के गर्दाखेरि हुन्छ भन्ने कुरामा कुनै त्यस्तो सुझाव छ भने दिनुहोला ।’न्युज कारखाना
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिदैछन् । अपराहन्न १ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका हुन् ।
एमाले-कांग्रेसको समीकरण बनेपछि गत साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
उनलाई एमाले र कांग्रेससहित नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जसपा, जसपा नेपाल र एक स्वतन्त्र सांसदले विश्वासको मत दिने भएका हुन् ।
प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, लोसपा र जनमतका ३-३, जसपाका २, जसपा नेपालका एक र स्वतन्त्र एक गरी ८७ सदस्यीय प्रदेश सभामा आचार्यलाई ७० प्रदेश सभा सदस्यले विश्वासको मत दिने भएका छन् ।
त्यस्तै मुख्यमन्त्री आचार्यलाई माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी र राष्ट्रि जनमोर्चाले विश्वासको मत नदिने बताएका छन् । प्रदेश सभामा माओवादी केन्द्रका ११, राप्रपाका ४ तथा एकीकृत समाजवादी र जनमोर्चाका एक एक सांसद छन् । न्युज कारखाना
काठमाडौं, २ भदाैं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको लागि आन्दोलन आबश्यक भएको भन्दै राप्रपा नेपाललाई बलियो बनाउन जरुरी भएको बताएका छन् ।
काठमाडौं -७ द्वारा आयोजित क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले असफल साम्यवाद र पुँजीवादको विकल्पमा सम्बर्द्धनवाद(Liberal conservatism)को बैचारिक धरातलमा सबल र समृद्ध नेपाल निर्माण गर्नु आबश्यक भएको जिकिर गरे ।
थापाले भ्रष्टाचार, धर्म परिबर्तन, बेरोजगारी अन्त्य र सुशासनको लागि जनता जाग्नुपर्ने भन्दै बिदेशी प्रभाव र दबाबबाट मुक्त गर्न स्वाधिनताको रक्षाको लागि आन्दोलन आबश्यक भएको थापाको भनाई छ । कार्यक्रममा डाक्टर बिष्णु भण्डारी ,राजाराम बर्तौला, अम्मर केसी ,उज्वल पोखरेल लगायतले बोलेका थिए ।न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई विभिन्न नाममा भड्काएर राष्ट्रिय एकता भाँड्ने प्रयासलाई चिर्न खेलाडीहरुलाई आग्रह गरेका छन् ।
नेपाल खेलकुद महासङ्घको केन्द्रीय कमिटीको तेस्रो बैठकको उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै उनले अनेक प्रकारका शक्तिहरुले धर्म, जात र विभिन्न नाममा राष्ट्रिय एकता भाँड्न र जनतालाई भड्काउन सक्ने भएकाले राष्ट्रिय एकतालाई कायम राख्न जोड दिएका हुन् ।
“यति सानो देशमा हामी धेरै जाति, भाषी र जाति मिलेर बसेका छौँ । यो हाम्रो सम्पन्नता र जीवित सम्पदा हो ।”, प्रधानमन्त्री ओलीले भने, “हामीले राष्ट्र र जनताको मन विखण्डित हुन दिनु हुँदैन । खेल क्षेत्र कुनै जात र धर्म विशेषको हुँदैन । यहाँ उत्कृष्टताका आधारमा खेलाडीको प्रतिनिधित्व हुन्छ । कुनै जातको वा धर्मको प्रतिनिधित्व खोइ भनेर सोध्ने वा भड्काउने काम यस क्षेत्रमा हुँदैन । यहाँ विधि, पद्धति र नियमको पालना हुन्छ । यो अनुशासनको कुरालाई समाजव्यापी बनाउने हाम्रो काम हुनुपर्छ ।” उनले जनताको शासनका रुपमा रहेको लोकतन्त्रमा विधि नमान्ने र सनकका भरमा चल्ने प्रवृत्तिले समाजलाई कहीँ नपुर्याउने पनि स्पष्ट गरे ।
अहिले समाजमा भ्रष्टहरुले नै भ्रष्टाचारविरोधी नाटक गरेर जनता अल्मलाउने र भ्रष्टाचार नगर्नेलाई तथानाम गाली गरेर असत्य फैलाउन लागेकाले सत्यका पक्षमा प्रस्तुत हुन प्रधानमन्त्री ओलीले आग्रह गरे । “देशमा शान्ति, सुव्यवस्था र कानुनको राज नहोस्् भने वितण्डा मच्याउन खोज्ने, सरकार र देशलाई असफल पार्ने प्रयास पनि हुन सक्छन् । तपाईँहरुले यस तर्फ पनि सचेत भएर लाग्नुपर्छ ।”, उनको भनाइ थियो, “समाजमा योगदान नगरेकाहरुलाई तारिफ गरेर माथि उठाउने र लोकतन्त्रका लागि योगदान गरेकाहरुलाई गाली गर्ने काम भइरहेको छ । म तपाईँहरुलाई भन्न चाहान्छु, अहिलेको सरकार भ्रष्टाचार नियन्त्रणका लागि र सुशासन कायमका लागि बनेको हो । यसमा हामी शून्य सहनशीलता अपनाउँछौँ । अनुहार र मुख हेरेर कसैलाई पक्ष विपक्ष गरिँदैन । सभ्य, आधुनिक, समृद्ध र सुखी नेपालको विकासमा हामी लाग्नेछौँ ।”
नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले खेल क्षेत्रलाई उठाउने र यसत्रका सबै विधालाई जीवनशैलीका रुपमा अपनाउने कामको नेतृत्व गर्ने जिम्मेवारी निर्वाह गर्न आग्रह गरे । उनले बालबालिकादेखि बुढाबुढीसम्मलाई आफ्नो क्षमता र रुचिअनुसार खेल एक जीवनको अङ्ग भएकाले खेललाई व्यापकीकरण र सामाजिकीकरण गर्न आग्रह गरे ।
खेलले मनोरञ्जन, व्यायाम र प्रतिस्पर्धाको अवसर दिने बताउँदै उहाँले सबै पेसा व्यावसायका मानिसका लागि खाना, काम, व्यायाम र व्यायामको प्रबन्ध नभए जीवन कुँजो हुने बताए ।
“नेपाली खेलाडीले विश्वस्तरका प्रतिस्पर्धामा स्वर्ण पदक नपाउने भन्ने के छ ? हामीले रसियाली र अरबियाली सबैसँग प्रतिस्पर्धा गर्न सक्छौँ । हामीले ओलम्पिकमा सहभागी मात्र हुन थालेका छौ । अब जित्नुपर्छ । उत्कृष्ट र प्रतिस्पर्धीरुपमा खेलेमा हामीलाई जीतका लागि केहीले पनि रोक्दैन । सरकारले यस क्षेत्रको विकासका लागि गर्नुपर्ने काम गच्छेले भ्याएसम्म गर्र्नेछ । कीर्तिपुरको रंगशालालाई स्तनोन्नति गर्न दिइएको प्राथमिकता यसैको उदाहरण हो ।” प्रधानमन्त्री ओलीले भने, “यस महासङ्घमा आबद्ध युवाहरुको उत्तरदायित्व खेलमा श्रेष्ठताका साथै समृद्ध, सुरक्षित, सम्मानित र न्यायोचित समाज निर्माणका लागि सचेत प्रयास गर्नु पनि हो । देशको स्वाधीनता, लोकतन्त्र, विधि र सार्वभौमसत्ता, भौगोलिक अखण्डताको रक्षा र राष्ट्रिय झण्डलाई माथि उठाउनका लागि पनि उत्तिकै भूमिका हुनुपर्छ ।”न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पेस भएको छ ।
आइतबारको राष्ट्रिय सभा बैठकमा सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले विधेयक पेस गरेका हुन् । मन्त्री चौरसियाले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभामा समक्ष प्रस्तुत गरेका हुन् ।
यसअघि प्रतिनिधि सभाबाट विधेयक पारित भइसकेको छ । अहिले विधेयकमाथि सांसदहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ । न्युज कारखाना
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् । उनी भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा पाँच दिने भारत भ्रमणमा गएकी हुन् ।
भारत भ्रमणका क्रममा उनले भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् । दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने बताइएको छ । परराष्ट्रमन्त्रीको भ्रमण नेपाल र भारतबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको बताइएको छ ।
उनलाई परराष्ट्र सचिव सेवा लम्साल, मन्त्रालयका सहसचिव अमृतबहादुर राई लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका छन् । मन्त्री भएपछि राणाको पहिलो विदेश भ्रमण हो । उनी आगामी विहिबार स्वदेश फर्कने तालिका छ ।न्युज कारखाना
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष पुर्बउपप्रधानमन्त्री कमल थापाको ‘नाकाबन्दी र भूराजनीति- कूटनीतिमा मेरो अनुभव र अनुभूति’ नामक पुस्तक प्रकाशित हुने भएको छ। पुस्तक भदौ १० गते कृष्णजन्माष्टमीका दिन सार्वजनिक गर्ने गरि तयारी गरिएको जनाईएको छ ।
थापाले पुस्तकलाई ६ खण्डमा बाढिएको र परराष्ट सम्बन्धि विभिन्न घटनाक्रमलाई उल्लेख गरिएको बताए । पुस्तकमा एकीकृत महाकाली सन्धि तथा २०७२ सालमा देशको नयाँ संविधान जारी भएपछि परराष्ट्रमन्त्रीका रूपमा थापाले निर्वाह गरेको भूमिका र त्यसैको सेरोफेरोमा रहेर आफ्ना अनुभूति अभिव्यक्त गरेका छन् ।
पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापाले सन् १९५० को शान्ति तथ मैत्री सन्धि तथा त्यसयता विकसित दुई देशबीचको सम्बन्धका विविध आयामलाई पुस्तकमा समेट्ने प्रयास गरेको बताए । बिशेषगरि नाकाबन्दीका समयमा भएका घटनालाई थापाले इमानदारीपुर्बक पुस्तकमा प्रस्तुत गरेको र लामो किसिमबाट बिषयबस्तुलाई नतन्काएको पनि उनले उल्लेख गरे । सिमा समस्या, चिनसङ्गको सम्बन्ध, विभिन्न राष्ट्रप्रमुखहरु संगको भेट लगायतका बिषयबस्तुलाई पुस्तकमा समाबेश गरिएको उनले जानकारी दिए ।
उक्त पुस्तक आत्मकथा नभएको पनि थापाले स्पष्ट पारे। उनले मुलुकको भूराजनीति, सुरक्षा एवं सामरिक मामिलामा नेपाल र भारतबीच अवधारणागत भिन्नता रहेकाले द्विदेशीय सबै समस्या संवादका माध्यमबाट समाधान हुनुपर्नेमा जोड दिए ।
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन परम्परागत परिभाषा परिमार्जनको आवश्यकता औँल्याउँदै लेखक थापाले आपसी सम्बन्धलाई नयाँ शिराबाट समीक्षा गर्नुपर्ने बताए । लेखक थापा तत्कालीन प्रधानमन्त्रीत्रय लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवा र केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा परराष्ट्रमन्त्री थिए ।
थापाका यसअघि ‘कर्नेल छत्रबहादुर थापा : एक पटकको सैनिक जीवनभरको सैनिक’ र ‘द्वन्द्व व्यवस्थापन र चुनौती’ पुस्तक प्रकाशित छन् । पुस्तक सम्बर्धन पब्लिकेशन्सले प्रकाशित गरेको हो ।
न्युज कारखाना
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ र एकतावद्ध गर्दै जनतामा जाने अभियानको गृहकार्य गरिएको बताएका छन् ।
विसं २०५१ सालमा शहीद हुनुभएका तात्कालीन एकता-केन्द्रका केन्द्रीय सदस्य रामवृक्ष यादवको स्मृतिमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले उक्त कुरा बताउएका हुन् ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्धको आधार तयार पार्न मधेशमा रामवृक्ष यादवको गुणाात्मक योगदान रहेको बताए ।
उनले भने, “रामवृक्ष यादव मधेशी जनताको आन्दोलनको बीचबाट जन्मिएको एक जना लोकप्रिय नेता हुनुहुन्थ्यो। उहाँ पार्टीभित्र मात्र नभएर बाहिर पनि अति लोकप्रिय हुनुहुन्थ्यो। रामवृक्ष मृदुभाषी, बहुआयमिक प्रतिभाका धनी हुनुहुन्थ्यो। मधेशमा जनयुद्धको आधार तयार पार्न उहाँले असाध्यै महत्वपूर्ण भूमिका खेल्नुभयो।”
अध्यक्ष प्रचण्डले जनताका मुद्दाका रक्षाका निम्ति माओवादी केन्द्रले संघर्षको मोर्चालाई सुदृढ गर्नेसमेत बताए ।
अध्यक्ष प्रचण्डले भने, “जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशंका जन्मिएको छ, प्रश्नहरू जन्मिएका छन्। जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको बिकल्प छैन। मैले सदन र सडकबाट संघर्षको बिकल्प देखेको छैन। हामीले राम्रो काम गरेका कारण विरोधीहरू आत्तिएर नयाँ गठबन्धन गरिएको छ। यो अपवित्र छ, यसको उद्देश्य गलत छ। पार्टीलाई सुदृढ गर्ने, अझ बलियो बनाउनेतिर हामी अगाडि बढेका छौँ।”
उनले थपे, “स्थायी समिति बैठकमा खुला र गम्भीर छलफल गरिरहेका छौँ। पार्टी थप सुदृढ गर्ने प्रक्रिया अगाडि बढेको छ। केन्द्रीय समितिको बैठकबाट व्यवस्थित कार्यक्रम र कार्ययोजना बनाएर अगाडि बढ्छौँ।”
कार्यक्रममा पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरूङ, उपमहासचिव गिरिराजमणि पोखरेल लगायतका नेताहरू थिए ।न्युज कारखाना
ढाका, २ भदौं । नारायणगञ्जमा गत अगस्ट ५ मा भएको झडपमा एक युवकको हत्या गरेको आरोपमा पूर्व प्रधानमन्त्री शेख हसिनासहित बिरुद्द मुद्दा दर्ता भएको छ ।
हसिनासहित अवामी लिगका महासचिव ओबैदुल कादेर, पूर्व स्थानीय सांसद शमीम उस्मान र ४५ जनाविरुद्ध मुद्दा दायर गरिएको बंगलादेशी मिडियाले जनाएका छन् ।
पीडितका दाजु अबुल बशरले शनिबार राति सो उजुरी दिएको नारायणगञ्ज सदरमुकाम प्रहरी चौकीका इन्चार्ज (ओसी) अब्दुस सत्तारले पुष्टि गरेका छन् । जिल्लाको बन्दर उपजिल्लाको कुशियारा क्षेत्रका २० वर्षीय अबुल हसन एक सफ्ट ड्रिंक कम्पनीका बिक्री प्रतिनिधि हुन्।
अन्य अभियुक्तहरूमा पूर्व विदेशमन्त्री हसन महमुद, पूर्व गृहमन्त्री असदुज्जमान खान, पूर्व सूचना तथा प्रविधि राज्यमन्त्री जुनैद अहमद पलक, र राष्ट्रिय पार्टीका पूर्व सांसद सेलिम उस्मान, शमीम उस्मानका भतिजा अजमेरी उस्मान, अयोन उस्मान, शमीम उस्मानका भतिजा सामेल छन्। कानून तनवीर अहमद र नारायणगञ्ज सिटी कर्पोरेशनका प्यानल मेयर तथा अवामी लिगका नेता अब्दुल करीमलगायत थिए।
यसबाहेक, यस मुद्दामा लगभग २०० जना अज्ञात व्यक्तिहरूलाई मुद्दा दायर गरिएको थियो।
मुद्दाको बयानका अनुसार अबुल हसनलाई अगस्ट ५ मा दिउँसो १ः३० बजे सहरको मिसनपारा क्षेत्रमा गोली हानी हत्या गरिएको थियो । प्रदर्शनकारीहरू र अवामी लिगका नेता र कार्यकर्ताहरूबीच व्यापक हिंसात्मक झडपको एक भागको रूपमा शेख हसिना र अन्य अभियुक्तहरूको निर्देशनमा हसनलाई अयोन उस्मानले मारेको उजुरीमा आरोप लगाइएको छ।
अगस्ट ५ मा हसिनाले राजीनामाको घोषणा गर्नुभन्दा केही घन्टाअघि अबुल हसनलाई चशरा क्षेत्रमा चलिरहेको झडपका क्रममा गोली लागेको थियो। उनलाई ढाका मेडिकल कलेज अस्पताल लगियो तर भोलिपल्ट बिहान उनको मृत्यु भयो।न्युज कारखाना
काठमाडौं । अमेरिकी व्यवस्थापन र संसाधनका लागि उपविदेश मन्त्री रिचार्ड वर्माले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग भेटवार्ता गरेका छन् ।
शुक्रवार अपराह्न परराष्ट्रमन्त्री देउवा र उपविदेश मन्त्री वर्माबीच भएको भेटवार्तामा नेपाल–अमेरिका सम्बन्ध र सहयोग लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुई देश बिचको सम्बन्ध र अमेरिकाद्वारा जारी विभिन्न परियोजना तथा एमसीसी लगायतका विषयमा कुराकानी भएको जनाएको छ । आजै काठमाडौँ आएका उपविदेश मन्त्री बर्माले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटघाट गरेका थिए ।न्युज कारखाना
काठमाडौँ । साउन ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सरकारका निर्णय सार्बजनिक गरेका हुन् ।
मन्त्रिपरिषदको बैठकका निर्णयहरु: 
न्युज कारखाना
काठमाडौँ । प्रधामन्त्री केपी शर्मा ओली र संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा श्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड वर्माबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको भेटमा दुई पक्षीय सम्बन्धको विषयमा छलफल भएको बताइएको छ । वर्मा आजै काठमाडौँ आइपुगेका हुन् ।
व्यवस्थापन तथा श्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्डले आफ्नो नेपाल भ्रमणको क्रममा नेपाल सरकारका उच्च नेतृत्व, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू तथा नेपाली व्यवसायीहरूसँग भेटघाट गर्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
उनी आज दिन भर भेटघाट गर्ने र भोली बिहानै भारत जाने कार्यक्रम रहेको छ । उनी भारतका लागि पूर्व अमेरिकी राजदूत पनि हुन् । उनले आजै परराष्ट्रमन्त्री आरजु राणा देउवालगायतसहित उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ ।न्युज कारखाना
काठमाडौं । अर्थ मन्त्रालयले एकसय दिनमा सम्पादन गर्ने कार्यहरुको कार्ययोजना तयार पारेको छ ।
कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ति टोली गठन गरी परिचालन गर्ने छन् ।
यसैगरी आन्तरिक राजस्व परिचालन रणनीति २०८१ कार्यान्वयन सुरु गर्ने, भन्सार मूल्यांकनलाई कारोबार मूल्यमा आधारित बनाउन रणनीति तयार गरी लागू गर्ने, भन्सार महसुल नियमावाली २०८१ तर्जुमा गर्ने, गत आर्थिक वर्षमा विधि सम्मत रुपमा सिर्जित दायित्व एकिन गरी भुक्तानी गर्ने छन् ।
कार्ययोजनामा उपभोक्ताले डिजिटल माध्यमबाट गरेको खरिदको भुक्तानीमा १० प्रतिशत मूल्य अभिवृद्धि कर फिर्ता दिने कार्य प्रारम्भ गर्ने, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको अभौतिकीकरण गर्ने उल्लेख छ ।
सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने कार्यविधि, २०८१ तयार पारी लागू गर्ने, बहुवर्षीय ठेक्काका लागि अर्थ मन्त्रालयबाट भएको स्रोत सहमति, विषयगत मन्त्रालय/ निकायले लगाएको ठेक्का र तिर्नुपर्ने बाँकी दायित्वको विवरण एकिन गर्ने छन् ।
वार्षिक २५ करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने थप २०० करदाताको कारोबारलाई केन्द्रीय बीजक अनुगमन प्रणालीमा आवद्ध गर्ने, तातोपानी भन्सार कार्यालयमा लगेज तथा भेहिकल स्क्यानर मेसिनको प्रयोग सुरु गर्ने लगायत छन् ।
अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले कार्ययोजनाको कार्यान्वयनले नीतिगत, कानुनी र सेवा प्रवाहमा सुधार हुनुका साथै स्रोत तथा खर्च व्यवस्थापन, वैदेशिक सहायता परिचालन लगायतमा थप उपलब्धि हासिल गर्न सहयोग पुग्ने बताए ।न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलियाको मेलवर्नतर्फ प्रस्थान गरेका छन् ।
राप्रपाको भगिनी संस्था प्रवासी नेपाली सङ्गठनको निमन्त्रणामा पार्टी अध्यक्ष लिङदेन मेलवर्नलगायत अष्ट्रेलियाका विभिन्न नगरमा हुने सङ्गठनका कार्यक्रममा सहभागी हुन गए राति उनी त्यसतर्फ प्रस्थान गरेको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
अध्यक्ष लिङ्देनका साथ पार्टीको प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रीय सदस्य हिक्मतजङ्ग कार्की छन् । उनी भदौ १० गते स्वदेश फर्कने कार्यक्रम छ ।न्युज कारखाना
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गरेका छन् ।
शुक्रबार बिहान खुमलटारमा भएको भेटमा राजदूत रोबले नेपालले शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंगोमा पुर्याउन लागेकोमा खुसी व्यक्त गर्दै शान्ति प्रकियाको पूर्णताका निम्ति बेलायत सरकारको पूर्ण सहयोग रहने बताए ।
भेटमा अध्यक्ष प्रचण्डले नेपालको प्रतिनिधिसभाले पीडितमैत्री न्यायमा जोड दिँदै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेको बताउँदै पीडितमैत्री न्याय र सम्मानका लागि आवश्यक पर्ने क्षेत्रमा बेलायत सरकारको सहयोग रहने विश्वास व्यक्त गरे ।
अध्यक्ष प्रचण्डले आफू सरकारको नेतृत्वमा रहँदा संक्रमणकालीन न्याय सम्बन्धी विधेयक अघि बढाउन पहल लिएको बताउँदै विधेयक निष्कर्षमा पुग्दा त्यसले विश्वशान्तिका निम्तिसमेत योगदान पुग्ने बताए । उनले आफ्नो प्रधानमन्त्रीत्वकालमा अन्तरार्ष्ट्रिय सम्बन्ध सुदृढ गर्न विशेष पहल लिएको स्मरण गर्दै जलवायु न्याय लगायतका क्षेत्रमा नेपालले नेतृत्वदायी भूमिका खेलेको बताए ।
भेटका क्रममा अध्यक्ष प्रचण्डले गोर्खाजहरूले उठाउँदै आएका सवालहरू बेलायती सरकारबाट सम्बोधन हुने विश्वाससमेत व्यक्त गरे ।
भेटमा राजदूत फेनले अध्यक्ष प्रचण्डको बलमा शान्ति प्रक्रियाले पूर्णता पाएकोमा बधाइ दिँदै नेपालका लागि आवश्यक सहयोगमा बेलायतको सधै सहयोग रहने बताए ।
फेनले बेलायती नागरिकहरूमा नेपाली उत्पादनप्रति रूचि बढेको बताउँदै पारस्परिक सहयोग र व्यापारमा समेत साझेदारी बढाउन सकिने बताए । उनले प्रचण्डको कार्यकालमा लगानीअनुकूल कानुन संशोधन र लगानी सम्मेलन सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै नेपालमा वैदेशिक लगानी भित्राउन आफ्नो योगदान रहने बताए ।न्युज कारखाना
काठमाडौँ । अस्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस कान्ता रिजालको नाम फिर्ता भएको छ ।
रिजालले इजरायलको राजदूत रहेका बेला नेपालबाट लगेका एकजना सहयोगीलाई उतै छाडेर आएको उजुरीपछि उनको नाम फिर्ता भएको स्रोतले जानकारी दिएको छ ।
उनीविरुद्धको उजुरीअनुसार उनले लगेका दुई सहयोगीमध्ये एकजना मात्र स्वदेश फर्केको पाइएको छ । उनलाई इजरायलबाट फिर्ता गर्ने समयमा एमाले र माओवादी केन्द्रको सरकार रहेको थियो।
कूटनीतिक नियुक्ति पाउने व्यक्तिले दुईजनासम्म घरेलु सहयोगी विदेश लिएर जान पाउने व्यवस्था छ । त्यही व्यवस्थाअनुसार रिजालले पनि दुईजना सहयोगी इजरायल लगेकी थिइन् । तर, उनले एक जनालाई उतै छाडेको भन्ने आरोप लागेपछि उनको नियुक्तिबाट सरकार पछि हटेको हो । रिजाल सत्तारुढ नेपाली कांग्रेसको तर्फबाट अस्ट्रेलियाका लागि राजदूत सिफारिस भएकी थिइन् ।
पूर्ववर्ती प्रचण्ड नेतृत्वको सरकारले ११ जना राजदूत फिर्ता गर्ने क्रममा उनी पनि परेकी थिइन् । प्रचण्ड सरकारलाई हटाएर बनेको केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले गत असार ३० गते १८ देशमा राजदूत सिफासिस गर्दा रिजाल पुनः परेकी थिइन् ।
मन्त्रिपरिषद्ले सिफारिस गरे पनि सरकारले संसदीय सुनुवाइका लागि पठाउँदा उनको नाम सूचीबाट हटाएपछि उनीविरुद्ध उजुरी परेको खुल्न गएको हो ।न्युज कारखाना
काठमाडौँ । परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ ।
विहिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लम्साललाई राजदूतका लागि सिफारिस गरेको हो ।
लम्साल २०८० मंसिर २९ मा परराष्ट्र मन्त्रालयको सचिव नियुक्त भएकी थिइन् । उनी परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव समेत हुन् ।न्युज कारखाना
काठमाडौं, ३१ साउन ।प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार निवारण सम्बन्धि बनेको ऐन समय अनुकुल बनाउनुपर्ने बताएका छन् ।
भ्रष्टाचार निवारण ऐन २०५९को संशोधन गर्न बनेको विधयेककाबारे राज्य व्यवस्था तथा सुशासन समितिमा बिहिबार(आज) भएको छलफललाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
भ्रष्टाचार निवारण सम्बन्धमा २०५९ सालमा ऐन बनाउँदाको स्थिति र अहिले संसोधनको प्रस्ताव पेश गर्दाको स्थिति राजनीतिक र विज्ञान प्रविधिको विकासका हिसाबले धेरै फरक भएको बताउनुहँदै अध्यक्ष प्रचण्डले बदलिंदो अवस्था अनुसार ऐनको संसोधन आवश्यक रहेको बताए ।
अध्यक्ष प्रचण्डले भने ‘२०५९ सालमा यो ऐन बनाउँदा खेरिको स्थिति र अहिले संसोधनको प्रस्ताव पेश गर्दाको स्थितिसम्म आइपुग्दा राजनीतिक परिस्थितिमा फेरबदल आएको छ । एउटा सासन प्रणाली देखि अर्को शासन प्रणालमिा आइपुगेका छौं । अहिले संघिय लोकतान्त्रिक गणतन्त्र अनुसार पनि संसोधन आवश्यक छ।’
विज्ञान प्रविधिमा भएको नयाँ विकास अनुसार पनि उक्त ऐनमा संसोधन आवश्यक रहेको अध्यक्ष प्रचण्डले बताए । २०५९ देखि वा यो विधयेक संसोधनका लागि २०७६ सालमा पेश गर्दाको समयदेखि अहिले २०८१ सम्म सूचना प्रविधिमा भएको विकास अनुसार भ्रष्टाचार निर्मुलन गर्नका लागि उक्त ऐनमा संसोधन आवश्यक रहेको उनको धारणा थियो
त्यसैगरी, भ्रष्टाचारका आरोपीलाई अदालतले फैसला नगरेसम्म निलम्बन गर्ने कि नगर्ने भन्नेबारे पनि व्यापक छलफलको आवश्यकता रहेको उनले बताए ।
अध्यक्ष प्रचण्डले भने ‘आयोगले मुद्दा दर्ता गराउने बित्तिकै निलम्बन हुने स्थिति ठिक छ कि छैन ? अदालतले अन्तिम फैसला नगरेसम्म निलम्बन हुने व्यवस्था गर्ने कि नगर्ने ? के गर्दा उपयुक्त हुन्छ, सम्भव भएसम्म अन्य विज्ञसँग पनि राय सुझाव लिएर ऐनलाई परिमार्जित गर्नुपर्छ । विगतमा देखिएका समस्याहरूलाई व्यवस्थित गर्नेगरी गरियोस् । विधेयक परिमार्जनमा मेरो सहयोग रहन्छ।’
उनले अगाडि भने , ‘अदालतले टुंगो नलगाएसम्म टुंगिएको मानिदैँन। अदालतमा मुद्दा दायर हुनेबित्तिकै पदाधिकारी निलम्बित हुन्छ पछि फैसला गर्दा निर्दोष ठहर्याउँछ । त्यो बीचको क्षतिपूर्ति के हुन्छ भन्ने विषय जटिल छ । मान्छे निलम्बित भयो तर, अदालतको फैसला विलम्ब भयो र मान्छे अवकाशमा गएको अवस्थामा समाधान के त ? यसको जवाफ दिने हामीले यसै ऐनमार्फत् सम्बोधन गर्नुपर्छ ।’
हदम्याद कति समय राख्ने वा नराख्ने विषयमा छलफल गरेर निष्कर्षमा पुग्नु पर्ने अध्यक्ष प्रचण्डको भनाई थियो ।न्युज कारखाना
काठमाडौं, २७ साउन । नेपाली कांग्रेसका सांसद गगन थापाले ४० प्रतिशत मत ल्याउने पार्टीलाई एकल सरकार बनाउन दिने गरी संविधान संसोधन गर्न सकिने बताएका छन् ।
प्रतिनिधिसभाको जारी बैठकको बिशेष समयमा बोल्दै थापाले ४० प्रतिशत मत ल्याउने पार्टीलाई एकल सरकार चलाउन दिने गरी संविधान संसोधन गर्न सकिने उपायतिर जान सकिनेछ ।
‘संविधान संसोधनको कुराले धेरैजना आत्तिएको देख्छु तर आत्तिनु पर्दैन्, प्रतिनिधिसभा र राष्ट्रियसभालाई अझ बढी समावेशी र समानुपातिक प्रतिनिधित्व गराउने गरी संविधान संसोधन गर्नुपर्छ,’ थापाको प्रस्ताव छ, ‘बरु, ४० प्रतिशत मत ल्याउने पार्टीलाई एकल सरकार चलाउन पाउने गरी बरु सरकार चलाउन दिनुपर्छ, यसमा छलफल गरौं,’ थापाले भने ।
साथै, नेपाली कांग्रेस र नेकपा एमाले बिचमा नयाँ सरकार गठन प्रक्रियामा सामेल नभए पनि रक्षाका लागि उभिने थापाले बताए ।
‘यो सरकार गठन प्रक्रियामा संलग्न सांसद म होइन तर यो सरकारको रक्षा मैले गर्नेछु,’ उनले भने । न्युज कारखाना
काठमाडौं, २७ साउन । नेपाली कांग्रेसका सांसद गगन थापाले केपी ओली नेतृत्वको सरकार निमार्ण गर्न आफु नलागेको बताएका छन ।
नेपाली कांग्रेस र नेकपा एमाले बिचमा नयाँ सरकार गठन प्रक्रियामा सामेल नभए पनि रक्षाका लागि उभिने थापाले बताए ।
‘यो सरकार गठन प्रक्रियामा संलग्न सांसद म होइन तर यो सरकारको रक्षा मैले गर्नेछु,’ उनले भने । न्युज कारखाना
जनकपुर, २९ साउन । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ राज्यमन्त्रीलाई हटाएका छन् ।
जम्बो मन्त्रिपरिषद् बनाएको भन्दै चर्को आलोचना भएको तथा जनमत पार्टीले स्पष्टीकरणसमेत सोधे पछि मुख्यमन्त्री सिंहले आज ८ राज्यमन्त्रीलाई हटाएका हुन् ।
उनले संघीय सरकारका झै २० मन्त्रि परिषद गठन गरेका थिए, आज ८ जना राज्य मन्त्री हटाए पछि १२ जना मन्त्रिपरिषदमा सिमित भएको छ ।
मुख्यमन्त्री सिंहले एमालेका मोहम्मद जैद आलम, लोसपाका रामवावु यादव, जनमतका शम्भु कुमार साह, कांग्रेसका रेखा ठाकुर र निलम कुमारीलाई थप राज्यमन्त्री नियुक्त गरेका थिए, यसअघि नै उनको मन्त्रीमण्डलमा एमालेका केशव राय, शारदादेवी थापा र जनमतका रन्जु खंगलाई राज्यमन्त्री नियुक्त भईसकेका थिए आज सबैजसो राज्यमन्त्री पदमुक्त भएका छन् ।न्युज कारखाना
राैतहट,२८ गते साउन ।
रौतहटमा नेपाली काँग्रेस पार्टीको कार्यालयको लागि जग्गा खरिद र कार्यालय भवन निर्माणको लागि कटहरियाका एक जनाले ८५ हजार रुपैया सहयोग गरेका छन् । कटहरिया नगरपालिका वडा नम्बर ४ का पार्टी कमिटिका सभापति तथा वडाध्यक्ष प्रत्याशी हरिन्द्र प्रसाद यादवले नगद ८५ हजार रुपैया सहयोग गरेका छन् ।
यादवले पार्टीको नाममा रहेको खातामा सोमवार ८५ हजार रुपैया जम्मा गराएका हुन् । जिल्ला सदरमुकाम गौरमा नेपाली काँग्रेसको पार्टी कार्यालय संचालनको लागि जमिन र भवनको आवश्यकता रहेकोले पार्टीले गरेको आह्वान बमोजिम यादवले आफूखुसी रकम जम्मा गरेका हुन् ।
रौतहटको गरुडामा नेकाको पार्टी कार्यालय भवन रहेको भए पनि सदरमुकाम गौरमा भने अहिलेसम्म निजी घरमा रहँदै आएको थियो । पार्टीको मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवको घरमा लामो समयदेखि पार्टी कार्यालय संचालनमा रहेको छ ।
समय समयमा पार्टी कार्यालयको स्थान परिवर्तन भइरहँदा कार्यकर्तालाई सजिलो भइरहेको हुँदैन । विभिन्न पार्टीहरुले कार्यालय भवन निर्माण गरिसकेको सन्दर्भमा नेकाको पार्टी कार्यालय सदरमुकाम गौरमा निर्माण हुने भएपछि कार्यकर्ताहरु उत्साहित बनेका छन् । सोही क्रममा कार्यकर्ताहरुले स्वतःस्फूर्त रुपमा सहयोग गरिरहेका छन् । कटहरिया नगरपालिकाबाट राम्रो सहयोग पुग्ने विश्वास रहेको वडाध्यक्ष सर्फलाल गुप्ताले व्यक्त गरेका छन् । गुप्ताले भने – हरेक निष्ठावान कार्यकर्ताको सहयोगले सदरमुकाम गौरमा नेपाली काँग्रेसले जमिन किनेर घर बनाउने छ ।
पार्टी कार्यालयको लागि जमिन र भवन निर्माणमा सहयोग गर्न पाउँदा आफूलाई निकै खुसी लागेको यादवको भनाइ छ ।
राैतहट,२८ गते साउन गते ।
रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकामा निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा प्रमाेद गुप्ताले आजदेखि पुन: दोस्रो पटक जिम्मेवारी सम्हालेका छन् । उनलाई कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले कार्यालयमा हाजिर गराएका हुन् ।
गुप्ता नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह तर्फका अधिकृत स्तर साताैं तहका सोही नगरपालिकामा कार्यरत कर्मचारी हुन उहाँले विगतका दिनमा पनि सो नगरपालिकाको निमित प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी पाएर कामकाज गरिसकेका छन्।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आजकै मितिमा पत्र काट्दै फतुवा विजयपुर नगरपालिकाकाे नि. प्रमुख प्रशासकिय अधिकृतकाे जिम्मेवारी ताेकेकाे थियो ।
निर्वाचित नगर प्रमुख निलम्बित भइसकेको र कार्यवाहक नगर प्रमुखले चलाउन नसकेको नगरपालिकाको रुपमा चिनिएको फतुवा विजयपुरमा सधै विवाद हुने गरेकाे थियो । अब उपरान्त साे समस्या सामाधान हुने नगरवासीहरूले अपेक्षा राखेका छन् ।
हाकिमकाे जिम्मेवारी पाएसँगै गुप्तालाई सामाजिक संजालमा बधाईकाे ओइरो लागेको थियोे । यसकाे संकेत याे हाे कि वहाँ सँग आम नगरवासीले भताभुंग अवस्थामा रहेकाे साे नगरपालिका राम्रो तवरले सञ्चालन हुने अपेक्षा राखेका छन् ।
कार्यभार सम्हालेपछि हाकिम गुप्ताले अब नगरपालिका सुचारु ढंगले सञ्चालन गर्ने बताए । छिट्टै नै नगरसभाकाे लागि पहल गरि नगरसभा गराउने प्रतिक्रिया दिए ।
काठमाडौं, २९ प्रतिनिधिसभाको बैठक बस्दैँछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बस्नेछ ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयवाट प्राप्त मन्त्रिपरिषदको मर्यादाक्रम हेरफेर सबन्धी पत्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयवाट प्राप्त कार्यभार थप सबन्धी पत्रको ब्योहोरा पढेर सुनाउने छन ।
बैठकमा पुर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पुर्वाधार विकास समितिको बार्षिक प्रतिवेदन, २०८०’ र शिक्षा स्वास्थ्य सुचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले ‘शिक्षा, स्वास्थ्य तथा सुचना प्रबिधि समितिको बार्षिक प्रतिवेदन, २०८१’ पेश गर्ने कार्यसुचीमा उल्लेख गरिएको छ ।
कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति बिमला सुवेदीले ‘बेपत्ता पारिएका ब्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संसोधन) बिधेयक सबन्धी समितिको प्रतिबेदन, २०८१ पेश गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
न्युज कारखाना
रौतहट- मधेस प्रदेशका अर्थ मन्त्री सुनिलकुमार यादव ( जितेन्द्र)ले भौतिक पूर्वाधार विकास निर्माणमा जोड दिने प्रतिवद्धता जनाएका छन्।
गृहनगर रौतहटको फतुवा विजयपुरमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जितेन्द्रले उक्त प्रतिवद्धता जनाएका हुन्।
फतुवा विजयपुर-११ हिमालिवासमा भेट्घाटको क्रममा कार्यकर्ताहरूले गाउँ, टोल तथा पालिकाको विकासबारे प्रश्न राखेका थिए।
स्थानीयले खानेपानी, ढल तथा नाला, बाटोघाटोको सम्स्याबारे राखेको प्रस्तावमा अर्थ मन्त्री यादवले उक्त समस्याहरू तत्काल समाधान गर्ने प्रतिवद्धता जनाएका थिए।
अर्थ मन्त्रीको कार्यभार सम्हालेपछि पहिलो पटक आफ्नो पालिका पुगेका सुनिल जितेन्द्रलाई जनप्रतिनिधि तथा नगरafसीले फूलको माला लगाई, खाँदा ओढाएर स्वागत गरेका थिए।
समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले यसअघि क्षेत्र ३ को संघीय सांसदको रुपमा नेतृत्व गर्दा पनि सकेजति विकास गरेको दोहोर्याएका थिए।
सो क्षेत्रका स्थानीयले दिएको प्रदेश सांसदको अभिभारा पनि पूर्ण इमान्दारी साथ निभाउँदै अर्थ मन्त्रीको हैसियतले क्षेत्रको समग्र विकासमा कुनै कसर बाँकी नराख्ने उनले प्रतिवद्धता जनाएका थिए।
न्युज कारखाना
काठमाडौं, २८ साउन । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह तथा भारतीय विदेश सचिव विक्रम मिस्री बिच भेटवार्ता भएको छ ।
दुई दिने भ्रमणको क्रममा हिजो नेपाल आएका भारतीय बिदेश सचिव मिस्री आज उपप्रधानमन्त्री सिंहलाई भेट्न सिंहदरबार पुगेका हुन् । 
उनले हिजो राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटबार्ता गरेका थिए । न्युज कारखाना
काठमाडौं । नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका भारतका विदेशसचिव विक्रम मिस्री आज स्वदेश फर्किदैछन् । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका विदेशसचिव मिस्त्रीले आइतबार उच्च स्तरीय भेटवार्ता गरेका छन् ।
आइतबार नै विदेशसचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसंग शिष्टाचार भेट गरेका थिए ।
त्यस्तै, उनले आइतबार नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत भेटवार्ता गरेका थिए ।
परराष्ट्र मन्त्रालयका अनुसार मिस्रीको भ्रमणले दुवै देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
विदेश सचिव मिस्रीले आज परराष्ट्रमन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरि नयाँ दिल्ली फर्कने कार्यक्रम रहेको छ ।
न्युज कारखाना
काठमाडौं, २७ साउन । नेकपा माओवादी केन्द्रका उपमहासचिव जर्नादन शर्मा प्रभाकरले पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन गर्न प्रस्ताव गरेका छन ।
सरकारवाट बाहिरिए पछि बसिरहेको स्थायी कमिटि बैठकमा उपमहासचिव शर्माले सो प्रस्ताव गरेका हुन ।
पार्टी निमार्णका लागि बिभिन्न काम गर्नुपर्ने भन्दै शर्माले ‘बर्तमान परिवेश र काम अनुरुप तालमेल हुने गरी पार्टीको नाम परिवर्तन गर्ने र साथै आम जनताले सहज रुपमा स्विकार गर्ने गरी चुनाव चिन्ह फेर्ने’ प्रस्ताव बैठकमा राखेका छन ।
बैठक जारी छ । न्युज कारखाना
काठमाडौं, २७ साउन ।
भारतका विदेश सचिव विक्रम मिस्री नेपाल भ्रमणका लागि आईपुगेका छन् ।
केपी ओली नेतृत्वमा सरकार गठन भए पछि पहिलो पटक भारतवाट उच्च स्तरीय भ्रमण हुन लागेको हो ।
सो भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइको छ ।
परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आएका हुन् । अघिल्लो महिना परराष्ट्र सचिव लम्साल भारत भ्रमणमा गएको बेला भारतीय सचिव मिस्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन् ।

गत जुलाईमा भारतको विदेश सचिवमा नियुक्त भएका मिस्रीले हालै मात्रै छिमेकी मुलुक भुटानको औपचारिक भ्रमणमा गएका थिए ।
न्युज कारखाना
काठमाडौं, २७ साउन । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ ।
साउन २७ देखी ३० गतेसम्म चल्ने नवगठित केन्द्रिय समिति बैठकमा मुलुकको समसामयिक राजनीतिक, पार्टीको सङ्गठन कार्यबिभाजन र सुदृढीकरणलगायत विषयमा छलफल हुनेछ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवका अनुसार बदलिदोँ वर्तमान राष्ट्रिय राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, पार्टीको वैचारिक एवं सैद्धान्तिक अवधारण तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा छलफल हुनेछ ।न्युज कारखाना
काठमाडौं, २७ साउन । भारतका विदेश सचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आउने भएका छन् ।
केपी ओली नेतृत्वमा सरकार गठन भए पछि पहिलो पटक भारतवाट उच्च स्तरीय भ्रमण हुन लागेको हो ।
सो भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइको छ ।
परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आउन लागेको जनाइएकाृ छ । अघिल्लो महिना परराष्ट्र सचिव लम्साल भारत भ्रमणमा गएको बेला भारतीय सचिव मिस्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन् ।
गत जुलाईमा भारतको विदेश सचिवमा नियुक्त भएका मिस्रीले हालै मात्रै छिमेकी मुलुक भुटानको औपचारिक भ्रमणमा गएका थिए ।न्युज कारखाना
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा आज पनि जारी रहने भएको छ। बिहीबारदेखि सुरु भएको बैठक आज पनि बस्ने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।
बैठकमा आज सदस्यहरूले वैचारिक, राजनीतिक र सांगठनिक परिस्थिति तथा कार्यभारका सम्बन्धमा धारणा राख्नेछन्। यसअघि हिजोको बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो।
पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो समय नेपाल र मित्रराष्ट्र बंगलादेशमा भएका राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गरेका थिए। उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा दलबीच भएको सहमतिबारे जानकारी गराएका थिए।न्युज कारखाना
काठमाडौं, २५ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकार सुशासन, सेवा प्रवाह र संविधान संशोधन गर्ने विषयमा खरो उत्रिनुपर्ने बताएका छन् ।
शुक्रबार पार्टीको केन्द्रीय समिति बैठकमा सरकार बनेको एक महिना पुग्दै गर्दा त्यसतर्फ अब खरो उत्रिनुपर्ने बताए । ‘कांग्रेस–एमालेको सरकार बन्नुका कारण सुशासन कायम गर्ने, जनतामा आशा जगाउने, सेवा प्रवाह बढाउने र संविधान संशोधन गर्ने थियो । सरकार बनेको एक महिना पुग्दै गर्दा त्यसतर्फ अब खरो उत्रिनुपर्छ,’ उनले भने । महरले सरकारले न्युनतम साझा कार्यक्रम छिटो ल्याएर जनतामा आशा र भरोसा देखाउनुपर्नेमा जोड दिए ।
यस्तै, स्थानीय, प्रदेश र संघको सरकार सञ्चालनका लागि पार्टीको संयन्त्र बनाउने विषय किन रोकियो भन्दै उनले प्रश्न गरे । ‘त्यो किन रोकियो ? कहिले बन्छ संयन्त्र ?,’ बैठकमा महरको प्रश्न थियो, ‘महासमिति बैठकमा तीन वटा मात्र प्रतिवेदन थिएनन् । धेरै कुरा आएका छन् । मैले आफैले उठाएका विषय पनि थिए । त्यसको कायान्वयन गर्ने गरी बैठक निर्णयमा पुगोस् ।’
विगतमा कांग्रेस र एमालेले एक अर्काविरुद्ध सडकदेखि सदनसम्म उठाएको प्रश्नको जवाफ जनताले मागिरहेको भन्दै महरले बैठकले त्यसलाई प्रस्ट पार्नपर्ने बताए । ‘हिजो हामीले सत्ता र प्रतिपक्षमा हुँदा एक अर्का–पार्टी र व्यक्तिविरुद्ध सडकदेखि सदनसम्म केही प्रश्न उठाएका छौं,’ उनले भने, ‘जनताले ती प्रश्नको सफाइ मागेक छन् । हाम्रोतर्फबाट ती प्रश्नको प्रस्टीकरण आउन जरुरी छ । कुनै विषयमा हामी दोषी छौं भने पनि कारबाहीको भागेदार हुन तयार हुनुपर्छ।’
यस्तै बैठकमा उनले पछिल्ला दिनमा नेपालको आकाश असुरक्षित देखिएको भन्दै पार्टी गम्भीर बन्नुपर्ने बताए । ‘प्लेन दुर्घटना संसारमा भइराख्छ । तर, कहिले हाम्रो प्लेनको चक्का बिग्रिने, कहिले आउट अफ ट्रयाक जाने, बिचबाटै फर्किनुपर्ने समस्या छ । यसको सम्बोधनका लागि पार्टीको ध्यान जानुपर्छ,’ उनी भन्छन् ।
मितव्यायी र सुशासनको कुरा गरिरहेका बेला कांग्रेस सम्मिलित मधेस प्रदेश सरकारमा २० जना मन्त्री बनाएकोमा महरले आपत्ति जनाए । प्रदेशमा मन्त्रिपरिषदको आकार ठूलो बनाउने कुरा सुशासनको विरुद्धमा हुने उनको भनाइ थियो ।
कांग्रेस शिक्षा विभाग प्रमुख समेत रहेका महरले नेपालको शिक्षा क्षेत्रमा ठूलो चुनौति खडा भएको पनि बताए । ‘एसईईमा ४८ प्रतिशत र प्लस टूमा ५२ प्रतिशत विद्यार्थी मात्र पास भएको अवस्था छ । प्लस टूमा पास भएका ५२ प्रतिशत विद्यार्थी मध्ये अधिकांश ड्रप आउट हुने कहालीलाग्दो अवस्था छ । शिक्षित युवा जनशक्ति पलायन रोक्न विशेष शिक्षा नीति बनाउन आवश्यक छ,’ उनले भने ।
विद्यालयदेखि उच्च शिक्षासम्मको अध्ययनमा सीप र रोजगारीलाई जोड्ने नीति कार्यान्वयनका लागि कांग्रेस लाग्नुपर्ने महरले बताए । ‘नेपालको संविधान र पार्टीको विधानमा शिक्षाका बारेमा थुप्रै कुरा कबुल गरेका छौं । तर, बारम्बार सत्तामा जाँदा पनि त्यसको कार्यान्वयन गर्न सकेका छैनौं,’ उनी भन्छन्, ‘घोषणापत्रमा शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्याउने उल्लेख गर्छौँ । तर, सत्तामा हुँदा १० प्रतिशत मात्र छुट्याउछौं।’
आधारभूत शिक्षा, माध्यमिक शिक्षा, प्राविधिक तथा व्यवसायिक शिक्षाको क्षेत्रमा डिपार्च चेन्ज गरेर अगाडि बढ्नुपर्ने महरले बताए । यस्तै उनले बंगलादेशमा अन्तरिम सरकार बनेको भन्दै भविष्यमा लोकतान्त्रिक प्रक्रिया अनुसार अगाडि बढ्ने बताए । ‘बंगलादेश स्थिरता र शान्तिको पक्षमा अगाडि बढ्ने छ भन्ने हामीलाई विश्वास छ । अहिले हिन्दु तथा अल्पसंख्यकमाथि जुन किसिमको हिंसात्मक गतिविधि भएको छ । त्यसको निन्दा गर्दछु । यसलाई नियन्त्रण गरेर अमन चयन कायम गर्नका लागि बंगलादेशको सरकारसँग अनुरोध पनि छ,’ उनले भने ।न्युज कारखाना
बुटवल । लुम्बिनी प्रदेश सभाका कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पदबाट राजीनामा दिएका छन्। तिमिल्सिनाले कार्यव्यस्तताका कारण राजीनामा दिएको बताएका छन्।
तिमिल्सिनाले कार्यव्यस्तताले राजीनामा दिएको बताए पनि उनी निकट मन्त्री नपाउँदा राजीनामा दिएको बताउँछ।
नेपाली कांग्रेसका तर्फबाट गुल्मीका धनेन्द्र कार्की, दाङका प्रचण्डविक्रम न्यौपाने, प्युठानका रोज राणा भनिने सरोज थापा र बाँकेका बादशाह कुर्मी मन्त्री बनेका छन् ।
सुरुमा सरकारमा कांग्रेसबाट सरकारको नेतृत्व तिमिल्सिनाले गर्ने भनिए पनि अन्तिममा मन्त्रीको सूचीबाट उनको नाम हटाइएको थियो। त्यसपछि उनी रुष्ट बनेका थिए। न्युज कारखाना
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले बिहीबार एक मन्त्रालयसहित चार कार्यालयमा छड्के जाँच निरीक्षण गर्नुभएको छ । मुख्यमन्त्री सिंहले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पूर्वाधार विकास कार्यालय, वन निर्देशनालय र शिक्षा विकास निर्देशनालयमा छड्के जाँच निरीक्षण गर्नुभएको छ ।
कर्मचारीहरू कार्यालयमा नबस्ने, बसे पनि राम्ररी काम नगर्ने, काममा ढिलासुस्ती गर्ने जस्ता धेरै गुनासो आएकाले छड्के जाँच निरीक्षण गरेको मुख्यमन्त्री सिंहले बताउनुभयो । आर्थिक वर्ष समाप्त भई नयाँ आर्थिक वर्षको साउन र भदौ महिनामा कर्मचारीहरू कार्यालयमा नभेट्ने परिपाटी नै बनिसकेकाले छड्के जाँच सुरु गरेपछि अहिले कार्यालय कर्मचारीहरू भेट्न थालेको उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘छड्केको क्रममा कार्यालयको निर्धारित समयमा कर्मचारी नआउने, आए पनि हाजिरी नगरी बाहिर हिड्डुल गर्ने र छडकेमा परेपछि कार्यालयमै रहेको तर हाजिरी गर्न बिर्सेको बहानाबाजी गर्ने जस्तो पवृति भेटिएको छ ।
’’ कर्मचारीहरू कार्यालयमा हाजिरी भइसकेपछि बाहिर जानुपर्दा कामको जानकारी गराई आदेश लिएर मात्र जानुपर्ने उहाँले निर्देशन दिनुहुँदै थप्नुभयो, ‘‘यदि कर्मचारी बिदामा बसेका छन् भने बिदा स्वीकृत गराएर मात्र बिदा बस्नु पर्छ ।’’ कर्मचारीको जुन काम कर्तव्य, जिम्मेवारी छ, त्यसअनुसार सेवाग्राहीको छिटोछरितो काम कारबाही गराउन, सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउन छड्के जाँच गरिएको मुख्यमन्त्री सिंहले छड्के जाँचको क्रममा बताउनुभयो । यस्तो अनुगमनलाई निरन्तरता दिने उहाँले जानकारी दिनुभयो । यसअघि साउन ६ गते आइतबार मुख्यमन्त्री सिंहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित प्रदेशका ११
वटा मन्त्रालयहरूमा छड्के निरीक्षण गर्नुभएको थियो । अर्थ, गृह, सञ्चार तथा कानुन, वन तथा वातावरण, भौतिक पूर्वाधार विकास, स्वास्थ्य तथा जनसङ्ख्या, ऊर्जा सिँचाइ तथा खानेपानी, शिक्षा तथा संस्कृति, उद्योग, वाणिज्य तथा पर्यटन, श्रम तथा यातायात र खेलकुद तथा समाज कल्याण मन्त्रालयमा छड्के जाँच गर्नुभएको थियो । त्यसबेला पनि अधिकांश कर्मचारीहरूमा धेरै लापरबाही देखिएको थियो । खासगरी कार्यालयमा हाजिर नगर्ने, बिदा जाँदा स्वीकृति नलिने जस्ता समस्या भेटिएको थियो ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको वरियता हेरफेर गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले मौजुदा मन्त्रिपरिषद्मा वरियता हेरफेर गरेका हुन् ।
उपप्रधानमन्त्री र अन्यमन्त्रीहरुको स्थान यथावत रहेपनि कांग्रेसबाट प्रतिनिधित्व गर्ने दुई मन्त्रीको वरीयाता भने हेरफेर भएको छ । कांग्रेस सहमहामन्त्रीसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको १४औं स्थानमा बढुवा भएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल १६औं स्थानमा पुगेका छन् ।न्युज कारखाना
काठमाडौं । सरकारले हेलिकप्टर दुर्घटना छानविनका लागि नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।
बुधबार नुवाकोटको शिवपुरी गाउँपालिका– ७ मा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो ।
उक्त दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट थापाको संयोजकत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् । समितिको सदस्यमा तनुजा पोखरेल र विष्णु बस्नेत रहेका छन् ।
समितिलाई प्रतिवेदन पेश गर्न ३० दिनको समय दिइएको प्रवक्ता गुरुङले जानकारी दिए ।न्युज कारखाना
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा भएको सहमतिले नेपालको शान्ति, स्थायित्व र प्रगतिको बाटोमा महत्त्वपूर्ण कोशेढुंगाको काम गर्ने बताएका छन् ।
प्रचण्डले राजनीतिक सहमति कानुनी वैधतामा रूपान्तरण भएपश्चात् द्वन्द्वसँग सम्वन्धित विषयहरू, राहत, परिपूरण जस्ता कुराहरू दीर्घकालीन रूपमा सम्बोधन हुने बताएका छन् ।
उनले भनेका छन्-
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा आवश्यक राजनीतिक सहमतिका लागि गठित कार्यदलले प्रतिवेदन हस्तान्तरण गरेको छ।
नेपाली समाजको युगान्तकारी परिवर्तनको ऎतिहासिक जग बनेको नेपाली जनक्रान्तिलाई शान्ति, संविधान र राष्ट्रको समृद्धिको दिशामा रूपान्तरण गर्न, द्वन्द्वकालिन घटनाको सत्य निरुपण गरी समाजमा मेलमिलापको अवस्था सिर्जना गर्न र पीडितमैत्री संक्रमणकालिन न्याय निरुपण गर्न म विगत लामो समयदेखि निरन्तर लागिरहेको छु। यसै क्रममा मेरो पहल र नेतृत्वमा भएको बालुवाटार बैठकले यो कार्यदल गठन गरिएको थियो।
आजको यो प्रयासले नेपालको शान्ति, स्थायित्व र प्रगतिको बाटोमा महत्त्वपूर्ण कोशेढुंगाको काम गर्नेछ। राजनीतिक सहमति कानुनी वैधतामा रूपान्तरण भएपश्चात् द्वन्द्वसँग सम्वन्धित विषयहरू, राहत, परिपूरण जस्ता कुराहरू दीर्घकालीन रूपमा सम्बोधन हुनेछन्।
प्रतिवेदन हस्तान्तरण गर्ने कार्यदलका सबै सदस्यहरु र सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा आज एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्का हवाइ दुर्घटना हुनु दुःखद् भएको बताएका छन् । उक्त दुर्घटनाका सम्बन्धमा केही बेरपछि मन्त्रिपरिषद्को आकरिस्मक बैठक बस्ने तयारी भएको छ ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गर हम्दीले आज सिंहदरबारमा शिष्टाचार भेट गरेकी छन् ।
सो अवसरमा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय प्रतिबद्धता र घोषणाप्रति प्रतिबद्धता जनाउँदै नेपालको राष्ट्रिय आकाङ्क्षका रुपमा रहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई सार्थक बनाउन राष्ट्रसङ्घको सहयोगको अपेक्षा व्यक्त गरे ।
नेपालको समृद्धि, सुशासन, विकास र स्थिरताका लागि मुलुकका दुई ठुला दलको सहकार्यमा नयाँ सरकार गठन भएको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धी कानुनलाई राजनीतिक सहमतिका आधारमा टुङ्ग्याउने तयारी भएको जनाउँदै यस्ता सवालमा राष्ट्रसङ्घको सदवै सहयोगको अपेक्षा व्यक्त गरे ।
आवासीय प्रतिनिधि सिङ्गरले नेपालका विकास र समृद्धिका प्राथमिकताका क्षेत्रमा राष्ट्रसङ्घको निरन्तर साथ रहने विश्वास दिलाइन् ।
राष्ट्रसङ्घले नेपालको गरिबी निवारण, ऊर्जा, स्वास्थ्य, विपद् जोखिम न्यूनीकरण र अन्य सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ भने नेपालले अन्तर्राष्ट्रिय शान्ति र सुक्षाका लागि राष्ट्रसङ्घीय नीतिबमोजिम शान्ति सेनामार्फत योगदान गर्दै आएको छ ।न्युज कारखाना
काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले शिर्ष नेतालाई प्रतिवेदन बुझाएको छ । 
गृहमन्त्री रमेश लेखक, माओवादीका उपमहासचिव जनार्दन शर्मा र एमाले मुख्य सचेतक महेश बर्तौला रहेको कार्यदलले गत विहिबार नै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा रहेका विवादमा सहमति जुटाएको थियो ।
कार्यदलले बुधबार प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको हो । 
सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन (टिआरसी), २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा कार्यदलका सदस्यहरूबिच सहमति भएको छ । साथै पीडितलाई केन्द्रमा राखेर, सर्वोच्चका नजिरलाई ख्याल गरेर अन्तर्राष्ट्रिय कानुनसँग नबाझिने गरी सहमति गरिएको छ ।
यस विधेयकलाई चालु संसदबाटै पारित गरेर अघि बढाउने तयारीमा शिर्ष नेताहरु रहेका छन् ।
यस्तो छ टीआरसी विधेयकमा भएको सहमति:
न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन प्रमुख दलका शीर्ष नेतासमक्ष बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गठित राजनीतिक कार्यदलले आज प्रतिवेदन हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिवेदन हस्तान्तरण गरिएको हो ।
प्रतिनिधिसभामा दर्ता भई सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा विचाराधीन रहेका ती विधेयकका मुख्य सवालमा सहजीकरण र छलफल गरी निकालिएको निचोडको प्रतिवेदन बुझाइएको हो । कार्यदलमा कांग्रेसबाट गृहमन्त्रीसमेत रहेका रमेश लेखक, एमालेबाट प्रमुख सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट जनार्दन शर्मा रहेका थिए ।
मेलमिलापको विषय, सशस्त्र द्वन्द्वमा अङ्गभङ्ग भएकाहरुको क्षतिपूर्ति, सजायका विषयमा पीडितमैत्री भई सहमति निकालिएको गृहमन्त्री लेखकले जानकारी दिए ।
हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाको अन्तिम किस्ताका रुपमा यो सहमतिको प्रतिवेदन प्राप्त भएकाले अब कानुनी आधार दिन कुनै अन्योल र द्धिविधा नभएकाले संसद्को यसै अधिवेशनबाट सर्वसम्मतिका साथ विधेयक पारित गराउने प्रतिबद्धता व्यक्त गरे ।
“हामीले थालेको शान्ति प्रक्रिया र त्यसको अन्तिम किस्ताका रुपमा रहेका यी कार्यहरुलाई सम्पन्न गर्न कानुनलाई संशोधन गर्नुपर्ने अवस्थामा पीडितमैत्री विषयलाई ध्यान दिएर सहमति भएको छ । पीडादायी विगतबाट हामी गुज्रियौँ । देशमा हिंसात्मक द्वन्द्व भयो । देशलाई ठुलो क्षति भयो । सकारात्मक परिवर्तन पनि भयो तर शान्ति प्रक्रियालाई हामीले टुङ्गोमा लानुपर्ने थियो । हिंसाका सबै अभ्यासहरुलाई सहमतिबाट शान्ति प्रक्रियामा ल्याइसकेपछि अब त्यसका अवशेषहरु रहन आवश्यक छैन ।”, प्रधानमन्त्री ओलीले भने, “हाम्रो सम्मानित सर्वोच्च अदालतबाट भएका फैसला, अन्तर्राष्ट्रिय मान्यता र पीडितमैत्री विषयलाई ध्यानमा राखेर यो सहमति भएको छ । शान्ति प्रक्रियामा यो कोशेढुङ्गा सावित भएको छ । फेरि भविष्यमा यस्तो द्वन्द्व नहोस् भन्नका लागि यी विधेयक ल्याइएका हुन् । विधेयक पारितसँगै हामी आपसी परामर्श र सहमतिमा आयोग गठनलगायतका काममा तत्काल लाग्नेछौँ ।”
उनले विगतमा विभिन्न अभ्यास भए पनि अब लोकतन्त्र आइसकेको स्थितिमा हिंसा र विधिबिहीनताको बाटो आवश्यक नभएको स्पष्ट गरे । उनले लोकतन्त्रलाई जीवनपद्धति मानेर चल्नुपर्छ भन्नेमा सरकार स्पष्ट भएको जनाउँदै लोकतन्त्रका लागि लडेकाहरु भएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र प्रभावकारी कार्यान्वयनका लागि आफू अघि बढ्ने पनि बताए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनपछिको राम्रो कामका रुपमा कार्यदलको प्रतिवेदनलाई लिँदै विगतदेखि नै सहमितको प्रयास गरिएको स्मरण गरे । उनले प्रतिवेदनलाई संसदको वैधानिक प्रक्रियाबाट टुङ्गो लगाइ नेपालीमाझ शान्ति, स्थायित्व र विकासका सन्देश जाओस् भन्ने आग्रह गरे ।
कांग्रेसका सभापति देउवाले कार्यदलले नेपालीले आफ्नो विवाद आफैले समाधान गर्न सक्छन् भन्ने युनिक सन्देश दिइ विश्वलाई अनुकरणीय उदाहरण दिएको बताए । उनले सहमति कार्यान्वयनमा सहमति मिलोस् भन्ने कामना गरे ।न्युज कारखाना
काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले शिर्ष नेतालाई प्रतिवेदन बुझाएको छ ।
गृहमन्त्री रमेश लेखक, माओवादीका उपमहासचिव जनार्दन शर्मा र एमाले मुख्य सचेतक महेश बर्तौला रहेको कार्यदलले गत विहिबार नै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा रहेका विवादमा सहमति जुटाएको थियो ।
कार्यदलले बुधबार प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको हो । 
सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन (टिआरसी), २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा कार्यदलका सदस्यहरूबिच सहमति भएको छ । साथै पीडितलाई केन्द्रमा राखेर, सर्वोच्चका नजिरलाई ख्याल गरेर अन्तर्राष्ट्रिय कानुनसँग नबाझिने गरी सहमति गरिएको छ ।
यस विधेयकलाई चालु संसदबाटै पारित गरेर अघि बढाउने तयारीमा शिर्ष नेताहरु रहेका छन् । न्युज कारखाना
काठमाडौँ । मधेश प्रदेशमा सत्ताको चरम दुरुपयोग गरिएको छ । जनमत पार्टीका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार ५ जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद २० सदस्यीय पुर्याएका छन् ।
प्रदेश सरकार प्रभावकारी नभएको भन्दै आम रुपमा आलोचना भइरहेको बेला मधेस सरकारमा मुख्यमन्त्रीसहित १२ मन्त्रालयमा थप ८ राज्यमन्त्री थपेर सत्ताको चरम दुरुपयोग गरिएको छ ।
सत्ता टिकाउन र गठबन्धनमा रहेका दलहरुलाई भागबण्डा पुर्याउने नाममा प्रदेशमा यसरी सरकार निर्माण गर्नु आफैमा नमिल्ने र आम रुपमा स्वीकार्य नहुने देखिएको छ ।
यो मधेशमा अहिलेसम्मको सबैभन्दा ठुलो मन्त्रिपरिषद हो । मंगलबार एमालेबाट मो. जयद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएका छन् । त्यस्तै, कांग्रेसबाट रेखा ठाकुर भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र निलम कुमारी रजक उर्जा सिंचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्रीमा नियुक्त भएका छन् । त्यस्तै लोसपाबाट रामबाबु यादव शिक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतबाट सम्भु साह उद्योग पर्यटन राज्यमन्त्रीमा नियुक्त भएका छन् ।न्युज कारखाना
धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ५ जना राज्यमन्त्री नियुक्त गरेका छन् ।
मन्त्रालयको संख्या १२ रहेको मधेश प्रदेशमा मन्त्रिपरिषदको संख्या २० पुगेको छ । यो मधेशमा अहिलेसम्मको सबैभन्दा ठुलो मन्त्रिपरिषद हो ।
मंगलबार एमालेबाट मो. जयद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएका छन् । त्यस्तै, कांग्रेसबाट रेखा ठाकुर भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र निलम कुमारी रजक उर्जा सिंचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्रीमा नियुक्त भएका छन् । त्यस्तै लोसपाबाट रामबाबु यादव शिक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतबाट सम्भु साह उद्योग पर्यटन राज्यमन्त्रीमा नियुक्त भएका छन् ।
उनीहरुले आजै शपथ समेत लिएका छन् । न्युज कारखाना
रौतहट । रौतहटस्थित लामो समयदेखि अलपत्र रहेको बागमती नदीको पुल र लालबकैया नदीको पुल निर्माणका लागि संघीय सरकारको तीनजना मन्त्रीहरुको ध्यानाकर्षण गराइएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री. बिष्णु पौडेल, भौतिक पुर्बाधार मन्त्री .देवेन्द्र दहाल तथा शिक्षा मन्त्री बिधा भट्टराई संग रौतहट जिल्लाको अधुरो पुलहरुको निर्माण तथा बजेट बिनियोजन लगायत जिल्ला का बिकास सम्बन्धि विशेष छलफल भएको हो ।
पूर्व मन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेतको नेतृत्वमा मंगलवार सिंहदरवार गएका रौतहटका नेताहरु सहितको टोली पालो पालो तीनैजना मन्त्रीसंग भेटेर दुवै पुल निर्माणका लागि ध्यानाकर्षण गराएको टोलीमा सहभागी एमाले केन्द्रिय सदस्य अजय कुमार गुप्ताले बताएका छन। भेटको क्रममा अर्थ मन्त्री सहितका मन्त्रीहरु माग प्रती सकारात्मक रहेको केन्द्रिय सदस्य गुप्ताले जानकारी दिएका छन ।
लामो समयदेखि अलपत्र परेको वडहरवा घाट स्थित बागमती नदीको पुल र गौर नगरपालिका ४ टिकुलिया स्थित लाल बकैया नदीको पुल लगायत अन्य निर्माणाधीन पुलहरु र सड़क निर्माणको सन्दर्भमा विशेष छलफल भएको सहभागी अर्का नेता एमाले केन्द्रीय लेखा समिति सदस्य राजकिशोर प्रसाद यादवले बताएका छन्। टोलीमा एमाले नेता महेश बस्नेत, एमाले केन्द्रीय सदस्य तथा संघीय सांसद प्रत्याशी अजय कुमार गुप्ता, लगायतको सहभागिता रहेको थियो ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको लालबकैया नदीको पुल र तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपालले शिलान्यास गरेको बागमती नदीको पुल ठेकदारको बदमासिको कारण एकदशक भन्दा बढी समय देखि अलपत्र परेको छ। दुवै पुल निर्माणको लागि पटकपटक बिभिन्न संघर्षको कार्यक्रम हुँदै आएपनि अधुरो पुलको अवस्था ज्युँ का त्यूँ रहेको छ ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्नेे जो कोहीलाई कानुनबमोजिम कारबाही गर्न सरकार दृढ भएकाले कसैको अनुहार हेरेर नरम वा कडा व्यवहार नगर्ने स्पष्ट गरेका छन् ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा भ्रष्टाचार निवारण, ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकको औचित्य स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारप्रतिको आफ्नो शून्य सहनशीलता दोहोर्याउँदै आफूले भ्रष्टाचार नगर्ने र अरुलाई भ्रष्टाचार गर्न पनि नदिने पुरानै प्रतिबद्धताबाट पछि नहटेको जनाए ।
‘संविधानले विकास र समृद्धिका लागि सुशासन कायम गर्नुपर्ने प्रबन्ध गरेको छ । यस यात्रामा भ्रष्टाचार तगारोका रुपमा रहेको हुन्छ, त्यसैले भ्रष्टाचारप्रतिको शून्य सहनशीलता सरकारको नीति हो, समृद्धिको आकाङ्क्षा पूरा गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य छ । त्यसका कारण म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ । कसैले लाञ्छना लगाउनु बेग्लै कुरा हो तर मैले कुनै भ्रष्टाचार गरेको पाइएमा म यस धर्तीमा मात्र होइन, चित्रगुप्तसमक्ष पुगेर पनि बयान दिन तयार छु ।’, सांसदहरुको प्रश्नमा थप स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भने, ‘राज्यको सम्पति आफ्नो नाममा बनाउनुपर्ने मेरो सोच र आवश्यकता छैन । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न विद्यमान ऐन संशोधन विधेयक ल्याइएको हो । यस्ता विधेयक तयारी र पारितमा धेरै समय लाग्ने स्थिति नहोस् ।’
उनले देश र जनतालाई केन्द्रमा राखेर समृद्धिको बाटो अघि बढाउने लक्ष्यमा सरकार क्रियाशील रहेको तथा समान अवसर, शान्ति सुरक्षा र सामाजिक न्यायको सुनिश्चितता कायम गर्नु सरकारको पहिलो जिम्मेवारी भएकाले त्यसमा आफूहरु सजग र सचेत भएर लाग्ने स्पष्ट गरे ।
यो सरकार कसैको प्रतिशोधका लागि नभइ आर्थिक विकासको लक्ष्यका साथ गठन भएकाले यसले कसैलाई दुःख दिने मनसाय नराख्ने तर कानुनको दृष्टिमा सबै बराबर हुन भन्ने मान्यता स्थापित गर्न लागि पर्ने उनले बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राजनीतिक भागवण्डाका आधारमा नियुक्ति नगर्न सांसदले दिएका सुझावबारे जवाफ दिँदै प्रधानमन्त्री ओलीले निजामति क्षेत्रमा अनुभवी र राम्रो पहिचान बनाएका व्यक्ति हाल आयोगको प्रमुख रहेको र यस्ता नियुक्तिमा संसदीय सुनुवाइका प्रक्रिया पार भएकाले भागवण्डा भन्न नमिल्ने बताए । उनले सांसदहरुलाई पनि कुनै नियुक्तिहरुमा आफ्ना मान्छे भएका आधारमा सिफारिस गरे नगरेको आत्मसमीक्षा गर्न आग्रह गरे ।न्युज कारखाना
काठमाडौं । लघुवित्त पीडितहरुको समस्या समाधानका लागि विकल्पसहितको प्रतिवेदन पेश गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा.नीलम ढुङ्गाना तिम्सिनाको संयोजकत्वमा गठित कार्यदलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनमा सरकारबाट सम्बोधन हुनुपर्ने, नेपाल राष्ट्र बैंकले गर्नुपर्ने, लघुवित्त वित्तीय संस्थाहरुले गर्नुपर्ने र लघुवित्तीय संस्थाका सदस्यहरुले गर्नुपर्ने कार्यहरुका बारेमा सुझाव दिइएको छ ।
सरकारले गर्नुपर्ने कार्यहरुमा बचत तथा ऋण सहकारी संस्था तथा लघुवित्त संस्थाबाट लिएको कर्जाका कारण लघुवित्त वित्तीय संस्थाका ऋणीहरुलाई कठिनाइ भएको गुनासो रहेको सन्दर्भमा बचत तथा ऋण सहकारी संस्थाहरुबाट हुने वित्तीय कारोबारलाई व्यवस्थित गर्न आवश्यक व्यवस्था गर्ने उल्लेख छ । यसैगरी नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त वित्तीय संस्थाहरुबाट बाहेक लघुवित्त कार्यक्रमका नामबाट अन्य कुनै पनि संस्थाहरुले लघुवित्त सम्बन्धी कारोबार गर्न नपाइने व्यवस्था गर्ने लगायत छन् ।
नेपाल राष्ट्र बैंकहरुले गर्नुपर्ने नीतिगत व्यवस्थाहरु बारेमा सम्बन्धित लघुवित्त वित्तीय संस्थाहरुलाई हाल कर्जा नियमित नभएका तथा समस्यामा परेका भनिएका आ-आफ्ना ऋणीहरुको तथ्यांक संकलन गरी नियतवस कर्जा नतिरेका तथा वास्तविक रुपमै समस्यामा परेका ऋणीहरु यकिन गरी अधिकतम ६० दिनभित्र नेपाल राष्ट्र बैंक समक्ष पेश गर्न निर्देशन दिने लगायत छन् ।
लघुवित्त वित्तीय संस्थाहरुले गर्नु पर्ने कार्यहरुमा समयमा कर्जाको साँवा व्याज तथा नियमित बचत जम्मा नगर्ने सदस्यहरुलाई ताकेता गर्ने नाममा कार्यस्थलको वातावरण बिगार्ने गरी दबाब तथा मानसिक यातना नदिने लगायतका छन् ।
लघुवित्त वित्तीय संस्थाका सदस्यहरुले पालना गर्नुपर्ने कार्यमा एक संस्थाबाट मात्र कर्जा उपयोग गर्ने, जुन प्रयोजनका लागि कर्जा लिएको हो सोही प्रयोजनमा मात्र प्रयोग गर्ने तथा उक्त परियोजनाबाट भएको नगद प्रवाहबाट नियमित रुपमा किस्ता तिर्ने लगायत छन् ।
अर्थमन्त्री पौडेलले प्रतिवेदनमा दिइएका सुझावहरु कार्यान्वयनका लागि सबैसँग समन्वय गर्ने र सरकारले गर्नुपर्ने सुझावहरुको औचित्य हेरेर कार्ययोजना बनाएर काम गर्ने बताए ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. तिम्सिनाले वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन आवश्यक भएको बताइन् ।
प्रतिवेदनका अनुसार २०८० साल चैत्र मसान्तसम्म ५५ वटा लघुवित्त वित्तीय संस्था छन् । त्यसमध्ये ३ वटा थोक कर्जा प्रदायक संस्था र बाँकी ५२ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्था छन् ।
लघुवित्त वित्तीय संस्थाहरुले ४ खर्ब ५३ अर्ब ११ करोड रुपैयाँ कुल प्रवाह गरेका छन् । कुल बचत १ खर्ब ७२ अर्ब ६६ करोड रुपैयाँ र सापटी रकम २ खर्ब २७ अर्ब ६१ करोड रुपैयाँ छ ।
लघुवित्त क्षेत्रमा देखिएको समस्या समाधान गर्न अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुखको संयोजकत्वमा गठित वार्ता समिति र लघुवित्त तथा वित्तीय संस्था पीडितका प्रतिनिधिबीच २०८० साल चैत्र २ गते अर्थमन्त्रालयमा ६ बुँदे सहमति भएको थियो । त्यसैदिन लघुवित्त पीडितहरुको समस्या समाधानका लागि विकल्पसहितको प्रतिवेदन पेश गर्न नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. तिम्सिनाको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको थियो ।
न्युज कारखाना
काठमाडौँ । चितवनको सिमलताल बस दुर्घटनाको विषयमा अध्ययन गर्न बनेको कार्यदलले मंगलबार गृहमन्त्री रमेश लेखक समक्ष प्रतिवेदन पेश गरेको छ ।
गृहमन्त्री लेखक पदवाहाली भएपछि पहिलो निर्णय गर्दै सिमलताल घटनाको विस्तृत अध्ययनका लागि गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेका थिए ।
सो कार्यदलले प्रतिवेदन पेश गर्दै विपद व्यवस्थापन लगायत सवारी दुर्घटना न्यूनीकरणको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाल निकाय जिम्मेवारीका साथ पहल गर्नुपर्नेमा राय समेत दिएको छ ।
कार्यदलको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले सडक दुर्घटनाका कारण लामो समयदेखि जन र धनको क्षति भइरहेकोप्रति चिन्ता व्यक्त गरे ।
गृहमन्त्री लेखकले प्रतिवेदन अक्षरशः कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै कार्यदलले दिएको सुझाव मन्त्रालयले पनि कार्यान्वयन गर्नुका साथै अरु निकायलाई पनि कार्यान्वयन गर्न लगाउने बताए ।
‘यो गम्भीर र संवेदनशिल विषय छ ।’ मन्त्री लेखकले भने– ‘हवाई दुर्घटना भयो भने आयोग र समिति बनाउने, दुर्घटनाको बारेमा जानकारी लिने, छानविन हुने गरिन्थ्यो ।’ उनले भने- ‘सडक दुर्घटनाको एउटै निश्चित घटनालाई लिएर यो पहिलो समिति बनेको हो ।’
सडक दुर्घटना न्यूनीकरणका लागि सबैखाले पहल गरिने उनले बताए ।
दुर्घटनाको गम्भीरता बुझेर आफूले अध्ययन कार्यदल बनाएको उनको भनाई थियो ।
त्यस्तै सिमलताल दुर्घटनाको मुख्य कारण भेलबाढीकै कारण दुई वटा बस बगाएको आशय सहितको निष्कर्ष कार्यदल निकालेको छ ।
प्रतिवेदन पेश गर्दै कार्यदलका संयोजक गृहमन्त्रालयका सहसचिव छवि रिजालले दुर्घटनास्थलमा स्थानीय पालिकाले सडक निर्माण गर्दा भिरालो र पहाडी क्षेत्रमा उचित इन्जिनियरिङ्ग-डिजाइन बिना नै ग्रामीण सडक खनिएको बताए ।
‘दुर्घटनास्थलमा ठुलो मात्रामा ‘डेब्रिज’ (गेग्रान बहाव) भएको देखिन्छ, त्यहाँको भूगोल कम्जोर पनि छ ।’ संयोजक रिजालले भने– ‘उक्त स्थानीय सडक निर्माणमा सुरक्षाको दृष्टिकोणले टेवा-पर्खाल लगाएको पनि देखिदैन ।’
दुर्घटनामा परी नदीमा हराएका यात्रु मध्ये २४ जना शव फेला परेपनि ४० जनाको अवस्था अझै अज्ञात । दुर्घटना लगत्तै सुरक्षा निकाय खोजीकार्यमा हालसम्म पनि सक्रिय रहेको गृह मन्त्रालयले जनाएको छ ।न्युज कारखाना
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छ्न ।
मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्ती ओलीलाई भेटेर मुख्यमन्त्री सिंहले मधेशको विकासका लागि २२ बुँदे माग पेश गरेका छन् ।
मुख्यमन्त्री सिंहले मधेशको समग्र विकासका लागि संघीय सरकारले दीर्घकालिन योजना ल्याउन आवश्यक रहेको बताएका छन् । यस्तै जनकपुरधामस्थित बाह्रबिघा रंगभूमि मैदानलाई व्यवस्थित गर्न आवश्यक पहल हुनुपर्ने, मधेश प्रदेशका आठवटा जिल्लाहरू भारतीय नाकासँग जोडिएको हुनाले पर्यटक भित्र्याउन पर्यटकीय कोरिडोरको निर्माण हुनुपर्ने माग पनि मुख्यमन्त्री सिंहले राखेका छन् ।
कमला नदीको बगरमा बगर खेतीका लागि आवश्यक आधुनिक प्रविधि तथा स्रोत साधनमा सहयोग गर्नुपर्ने, भारतीय रेल नेटवर्कसँग जोडिएका दुईवटा सहर जनकपुर र वीरगञ्जमा व्यापारका लागि आवश्यक स्रोत र साधन प्रबन्ध मिलाउन माग गरेका छन् ।न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार कोही कसैप्रति प्रतिशोध साँध्न नबनेको बताएका छन् ।
मंगलबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भएका प्रधानमन्त्री ओलीले सरकार कसैप्रति प्रतिसोध साध्न नबनेको बताउदै अर्थतन्त्र सुधार गरेर देशको विकास गर्न यो सरकार बनेको बताएका हुन् ।
उनले भने- ‘तपाईहरुलाई भन्न चाहान्छु सरकारले कोही कसैप्रति आग्रह वा पूर्वाग्रह राख्दैन। कसैलाई दुख दिँदैनौं । दुख दिने नियती पनि हाम्रो छैन् ।’
प्रधानमन्त्री ओलीले वर्तमान सरकारले कसैको अनुहार हरेर क्षमा दिने र कारबाही गर्नेतर्फ नजाने दाबी गर्दै भने- ‘देशलाई विकासको बाटोमा अघि बढाउँदै समृद्धि हासिल गर्न सक्छौँ । भ्रष्टाचार नियन्त्रण गर्दै स्वच्छता, पारदर्शिताका साथ सुशासन कायम गर्न सक्छौँ । यसरी भ्रष्टाचार नियन्त्रण र निवारणमा प्रभावकारिता अभिवृद्धि गर्नु आवश्यक छ । त्यसै गरेर भ्रष्टाचार निवारण ऐन २०५९ मा रहेको भ्रष्टाचारसम्बन्धी कसुरको परिभाषा, सार्वजनिक संस्था र कसुर र सजाय, अनुसन्धान तथा अभियोजन लगायतका विषयमा संशोधन अघि मैले भनेको प्रयोजनका लागि आवश्यक देखियो ।’न्युज कारखाना
काठमाडौं । चितवनको सिमलताल पहिरोसँगै त्रिशुलीमा वेपत्ता दुई बस र यात्रू बारे अध्ययन गर्न गठित कार्यदलले आज गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाउने भएको छ ।
आज दिउँसो साढे १ बजे गृहमन्त्री लेखकलाई कार्यदलले प्रतिवेदन बुझाउने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ । गृहमन्त्री लेखकले सो दुर्घटनाबारे अध्ययन गर्न सहसचिव छवि रिजालको नेतृत्वका तीन सुरक्षा निकायबाट तीन जना, भौतिक मन्त्रालयबाट एक जना गरी ५ जनाको कार्यदल गठन गरेका थिए ।
गत असार २८ गते नारायण-मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नं र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४५९ नम्बरको बस पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको थियो । दुई बसमा ६५ यात्रु सवार थिए । तीन जनाले आफै ज्यान जोगाएका थिए भने २४ जनाको शव फेला परेको थियो । अझै दुई बस र बसमा सवार ३८ यात्रूको अवस्था अज्ञात रहेको छ ।न्युज कारखाना
काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकार निरकुंश बन्न खोजेको आशंका व्यक्त गरेको छ ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्युत प्राधिकरणका संचालक समितिका दुई सदस्यलाई हटाएको प्रति असन्तुष्टि व्यक्त गर्दै सरकार निरंकुश बन्न खोजेको आशंका व्यक्त गरेका छन् ।
सांसद सापकोटाले विद्युत प्राधिकरणको महसुल विवादमा यस अघि सरकारले नै गरेका अध्ययन र रिपोर्टको कार्यान्यवन गर्नुपर्नेमा जोड दिदै अहिलेका सार्बजनिक लेखा समितिका सभापतिले विवादित व्यक्तिहरुलाई भेटिरहेको उल्लेख गरेका छन् ।
उनले लेखा समितिको सभापति प्रतिपक्ष दललाई दिनुपर्ने माग गर्दै अहिलेको लेखा समितिको सभापतिले होटलमा विवादित व्यक्तिलाई भेट गरेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।न्युज कारखाना
आरके श्रीवास्तव/राैतहट/२० गते सावन
राैतहटमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीलाई ठूलाे झटका लागेकाे छ । नेकपा एस परित्याग गरि मधेस प्रदेश सरकारका पूर्व वन राज्य मन्त्री नागेन्द्र यादव नेकपा एमालेमा प्रवेश गरेका हुन् । याे सँगै उनी आफनाे पुरानै घर नेकपा एमालेमा फर्किएका हुन् ।
नेकपा एसका प्रभावशाली नेता एवं पूर्व राज्यमन्त्री यादव पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओलिबाट टीका लगाई पार्टी प्रवेश गरेको उनका सहयोगी ऋषि तिवारीले जानकारी गराएका हुन् ।
यादवकाे नेतृत्वमा झण्डै दुई दर्जन नेताहरू नेकपा एमाले पार्टी प्रवेश गरेकाे उनले बताए । याे संगै रौतहटमा नेकपा एसलाई ठूलाे धक्का लागेकाे राजनीतिक विश्लेषकहरूले बताउन थालेका छन् ।
पछिल्लाे समय नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल सँग असंतुष्ट रहदै आएका यादव अचानक एमालेमा प्रवेश गरेपछि राैतहटकाे राजनितीमा तहलका नै मचेकाे छ ।
राैतहट क्षेत्र नम्बर ३ मा यादव राजनीतिकाे एउटा मजबुत खम्बाकाे रूपमा चिनिन्छन् । २०७४ सालकाे चुनावमा उनी नेकपाकाे तर्फबाट राम्रो मत ल्याएर प्रदेश सांसदमा निर्वाचित भएका थिए । तर नेकपा एसकाे तर्फबाट २०७९ चुनावमा उत्रेका उनी गठबन्धनका बाबजुद पनि पराजित हुन् पुगेका थिए । त्यसैबेला देखि पार्टी प्रति सशंकित हुँदै आएका उनी अन्ततः एमालेमा फर्किएका हुन् । उनको याे निर्णयलाई उनका समर्थकहरूले राम्रो कदम भएको भन्दै सराहना गरेका छन् ।
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लडेर आएका नेपाली कांग्रेस र एमालेसहितको वर्तमान सत्ता समीकरणले अग्रमगनका लागि संविधान संशोधन गराउने बताएका छन् ।
नेकपा (एमाले) मा हालै मनोनीत उपाध्यक्ष र केन्द्रीय सदस्यहरुको सपथ ग्रहणका लागि आज पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधान संशोधन गरेर प्रतिगमन ल्याउन खोजेको भन्ने भ्रम फैलाउने कोसिस भएको जनाउँदै मुलुक र जनताको आवश्यकताबमोजिम संविधान संशोधनीय दस्तावेज भएको बताएका हुन् ।
“लोकतन्त्रलाई सुदृढ बनाउन, संविधानप्रतिको ग्राह्यता र स्वीकार्यता बढाउन, विकास र समृद्धिका थप आधार पहिल्याउन र जनतासँग एकाकार हुन संविधान संशोधन गर्ने हो ।’’, प्रधानमन्त्री ओलीले भने, “संविधान कुनै धार्मिक ग्रन्थजस्तो असंशोधनीय विषय होइन । हामीले कुलै लहडका भरमा संविधान संशोधनको कुरा गरेका होइनौँ । मानवकेन्द्रित मुद्धालाई ध्यानमा राखेर हामी संविधान संशोधनको सोचमा छौँ ।’’
प्रधानमन्त्री ओलीले राजनीति स्वच्छ प्रतिस्पर्धाका आधारमा जनतका लागि हुनुुपर्ने र एमालेका नेता कार्यकर्ताले जनताप्रति नरम र जवाफदेही भएर काम गर्नुपर्नेमा जोड दिए । उनले वैचारिक र साङ्गठनिकरुपमा मुलुकको नेतृत्व गर्ने हकदार पार्टी पनि एमाले नै भएको स्पष्ट गरे ।न्युज कारखाना
काठमाडौं । नेकपा एमालेका नवनियुक्त उपाध्यक्ष गुरु बरालसहित मनोनीत १७ जना केन्द्रीय सदस्यले शपथ लिएका छन् ।
आइतबार पार्टी मुख्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई शपथ दिलाएका हुन् । बिहीबार बसेको एमाले सचिवालय बैठकले बराललाई उपाध्यक्षमा मनोनीत गरेको थियो ।
गत साउन १७ गते बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट) जितेन्द्र देव (सुनसरी),रामपृत राम (सिराहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम) ,गोविन्द पुन (सल्यान) केदार सिग्देल (तनहुँ) र मनमोहन पौडेल (पर्वत) लाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।
त्यसैगरी भरदेव जोशी (दार्चुला) ,हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर),सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की),मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) पनि एमाले केन्द्रीय सदस्यमा मनोनीत भएका थिए ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले टियु क्रिकेट मैदानको विषयमा नेपाल किकेट संघका पदाधिकारी सहित खेलाडी, खेल प्रेमी कलाकारहरुसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्- ‘क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकार र सचिवालयका साथीहरुबीच छलफल भयो। यससँगै रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुने छ ।’
प्रधानमन्त्री ओलीले असार १ गते प्रधानमन्त्रीको पदभार गरेपछि टियु मैदान ३०० दिनमा निर्माण गर्ने पहिलो निर्णय गरेका थिए । सरकार बनेको तीन साता बितिसक्दा प्रधानमन्त्री ओली छलफलमै रहेका छन् ।न्युज कारखाना
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । प्रदेश प्रमुख नजिर मियाँले दिएको नयाँ सरकार गठन गर्न आज साँझ ५ बजेसम्मको समय दिएका हुनाले त्यो समय भित्र नयाँ सरकारको दाबि गर्ने तयारी भइरहेको छ ।
केन्द्रमा कांग्रेस एमालेको नयाँ गठबन्धन बनेपछि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमति भएको थियो । सोही अनुसार एमालेको समर्थनमा आज कांग्रेसले मुख्यमन्त्रीमा दाबी पेस गर्दैछ ।
मुख्यमन्त्रीमा कांग्रेसबाट तीन जनाको दाबी रहे पनि संसदीय दलका नेता कमलबहादुर शाह नै मुख्यमन्त्री बन्ने सम्भावना रहेको छ । कांग्रेसबाट प्रकाश देउवा र
बहादुरसिंह थापा पनि मुख्यमन्त्रीमा दाबि गरेका छन् । कांग्रेसले मुख्यमन्त्रीको विषय टुंगो लगाउन आज बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ । बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम पनि टुङ्गो लगाउने छ ।
सुदूरपश्चिममा कांग्रेस र एमाले बहुमतमा रहेका छन् । ५२ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८ र एमालेका १० सांसद रहेका छन् । त्यस्तै सरकारलाई ७ सांसद रहेको नाउपाले पनि समर्थन गर्ने भएको छ ।
यस बाहेक सुदूरपश्चिममा माओवादी केन्द्रका ११, एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्रका एक एक सांसद छन् ।
न्युज कारखाना
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले ३४४ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ ।
शुक्रवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले आकांक्षीहरुलाई सम्बोधन हुने गरी ठुलो आकारको केन्द्रीय कमिटी बनाएको हो ।
पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाललाई चयन गर्दै ९३ जना केन्द्रीय सदस्यहरूको घोषणा गरेको थियो ।
शुक्रवारको बैठकले केन्द्रीय सदस्यहरूको संख्या बढाएर ३४४ जना पुर्याउने निर्णय गरेको पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनले भने,‘हामीले ९३ जनाको नाम यसअघि नै सुनाई सकेका छौँ । अहिले ३४४ सदस्यीय केन्द्रीय कमिटीको घोषणा गरिएको छ । अब केही दिनभित्र यी सबै केन्द्रीय कमिटीका सदस्यहरूको शपथग्रहण समारोह राखिनेछ । त्यसपछाडि हामी पदाधिकारीहरू छनौट गर्नेछौं । धेरै छिटो व्यवस्थापन गरेर पदाधिकारी चयन गर्ने काम हुनेछ । ’
केन्द्रीय सदस्यको शपथपछि पार्टीको पदाधिकारी चयन हुने प्रवक्ता खतिवडाले बताए । न्युज कारखाना
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले समृद्धिको आधारका रुपमा ऊर्जा क्षेत्रलाई लिँदै निजी क्षेत्रका सवाललाई कानुन र नीतिमा समावेश गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा इपानका अध्यक्ष गणेश कार्की नेतृत्वको प्रमण्डलले आज प्रधानमन्त्री ओलीलाई भेटेर संसद्मा विचाराधीन विद्युत् विधेयक, २०८० लाई निजी क्षेत्रका सवालहरु समेटेर पारित गराउन माग गरेको हो ।
प्रस्तावित विधेयकमा भएको प्रतिस्पर्धाको प्राबधानले निजी क्षेत्रको ढोका बन्द गरी उनीहरुसँग रहेका करिव ३० हजार मेगावाट क्षमताका आयोजनाहरु स्वतः खारेज हुने र ती आयोजना विदेशीको हातमा जाने गुनासो गरेका हुन् ।
सो संस्थाले पाइपलाइनमा रहेका १३ हजार मेगावाट क्षमताका आयोेजनाहरुको छिटो विद्युत व्यापार सम्झौता (पिपिए) खुला गराउन पनि माग गरेको छ । न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जना राज्यमन्त्री नियुक्त गरेका छन् ।
उनले नेपाली कांग्रेसका दुई जना र नाउपाबाट एक जना राज्यमन्त्री नियुक्त गरेका हुन् । कांग्रेसले सांसदहरु रुपा बिक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्री बनाएको छ भने नाउपाले अरुण चौधरीलाई राज्यमन्त्री बनाएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा अरुण चौधरी, वन राज्यमन्त्रीमा रूपा विक र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा पूर्णबहादुर तामाङलाई नियुक्त गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।न्युज कारखाना
रौतहट । नेकपा एमालेको केन्द्रीय सदस्यमा कुन्दन कुशवाहा पुनः मनोनीत हुँदा रौतहट जिल्लाको ईञ्चार्जमा पार्टी केन्द्रीय सदस्य अजय कुमार गुप्ता मनोनीत भएका छन ।
बिहीवार बसेको एमालेको सचिवालय बैठकले पार्टी जिल्ला इन्चार्जमा गुप्ता र पार्टीको केन्द्रीय सदस्यमा कुष्वाहालाई मनोनयन गरेको हो। ईन्चार्ज गुप्ता गत निर्वाचनमा रौतहट संसदीय निर्वाचन क्षेत्र नम्बर १ बाट एमालेको टिकटमा प्रतिनिधिसभा सदस्य पदमा चुनाव लडेका थिए ।
उनी थोरै मतले पछि पर्दा उक्त क्षेत्र बाट नेकपा समाजबादीका अध्यक्ष माधव कुमार नेपाल निर्वाचीत भएका थिए। त्यसैगरी कुन्दन कुशवाहा गत निर्वचनमा क्षेत्र नम्बर ३ ख बाट प्रभु साहको साथमा प्रदेश सांसद पदका लागि स्वतन्त्र रूपमा चुनाव लडेका थिए। तत्कालीन नेकपा एमालेका पोलिब्युरो सदस्य प्रभु साहले एमालेको टिकट पाखा लगाउँदै स्वतन्त्र चुनाव लड्दा उनकै सल्लाह अनुसार तत्कालीन एमालेका केन्द्रिय सदस्य कुशवाहाले पनि पार्टीको टिकट पाखा लगाएर स्वतन्त्र उमेदवारी घोषणा गरेका थिए।
क्षेत्र ३ ख मा कांग्रेस उमेदवार सुनिल कुमार यादव ( जितेन्द्र) प्रदेश सांसदमा निर्वाचीत हुँदा कुशवाहा दोस्रो स्थानमा रहेर पराजित भएका थिए।
लगत्तै नेकपा एमाले पार्टीले प्रभु साह र उनको टिममा रहेका कुन्दन कुशवाहा लगायत लाई पार्टीको साधारण सदस्य समेत बाट निष्कासन गरेका थिए।
प्रभु साहले नेतृत्व गरेको आमजनता पार्टीको महासचिवको जिम्मेदारी पाएका कुन्दन कुशवाहा ६ महिना अघि गत निर्वाचनमा आफू संग धोखा गरिएको भन्दै प्रभु साहको साथ छोडेर पुनः नेकपा एमालेमा प्रवेश गरेका थिए।
कुष्वाहालाई पार्टी अध्यक्ष बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्दै पार्टीमा भित्र्याएका थिए। पूर्व मन्त्री तथा आजपा अध्यक्ष प्रभु साहको साथमा हुँदा निकै क्रियाशील रहनुका साथै कटहरिया ४ स्थित तराई मधेश सहिद स्मृति प्रतिष्ठानको भवन निर्माणका लागी लाखौँ मूल्य पर्ने २ कठा जग्गा निःशुल्क प्रदान गरेका थिए।
कटहरियाका पूर्व गाविस अध्यक्ष जादोलाल महत्तोका जेठा छोरा कुन्दन कुशवाहा प्रदेश सांसदको राजनिती गर्दा कान्छा चन्दन कुशवाहा वडा ४ मा दोस्रो पटक वडा अध्यक्षमा निर्वाचित भएका छन्। युवाहरु बीच निकै लोकप्रिय चन्दन २०८४ को स्थानीय निर्वाचनमा मेयर पदमा चुनाव लड्ने हाल ब्यापक चर्चा चलेको छ। सरल स्वाभावका चन्दन विकास निर्माणमा बिशेष चासो राख्नुका साथै नगरबासी माझ त्यतिकै लोकप्रिय रहेको स्थानीयहरुले बताएका छन ।न्युज कारखाना
काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बागमती नदी प्रणााली, स्मार्ट सिटी, फोहोरमैला व्यवस्थापनलगायको क्षेत्रमा छिट्टै नतिजा देखिने गरि मन्त्रालयले काम गरिरहेको बताएका छन् । आज काठमाडौं उपत्यका मेयर्स फोरमसँगको भेटमा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।
मेयर्स फोरमले उपप्रधानमन्त्री सिंहलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिँदै स्मार्ट सिटि, सडक बत्तिको महसुल, बागमती लगायतको विषयमा ध्यानाकर्षण समेत गराएको थियो । सो क्रममा उपप्रधानमन्त्री सिंहले उपत्यकालाई बस्न लायक बनाउन मन्त्रालयले स्थानीय सरकारसँग सहकार्य गरेर काम अघि बढाउने भन्दै छिट्टै नतिजा देखिने गरि काम भइरहेको बताए ।
भेटमा मेयर्स फोरमले बर्षौंदेखि स्मार्ट सिटिका लागि जग्गा रोक्का राखिँदा नागरिकलाई समस्या परेको भन्दै रोक्का फुकुवा गर्न माग गरेको थियो । सो क्रममा उपप्रधानमन्त्री सिंहले सो समस्या छिटै समाधान हुने बताए । उनले भने, ‘स्मार्ट सिटिका लागि जग्गा राेक्का हुँदा जग्गाधनीले उपयोग गर्न पाएका छैनन् भन्ने जुन गुनासो छ । चाँडै नतिजा देखिने गरि मन्त्रालयले काम अघि बढाएको छ ।’
त्यस्तै, मेयर्स फोरमले सडक बत्तिको बील विद्युत प्राधिकरणले नागरपालिकाका नाममा पठाएको भन्दै सडक केन्द्र र प्रदेश सरकारकै दायित्व भित्र पर्ने भन्दै मन्त्रीको ध्यानाकर्षण गराएका थिए । सो क्रममा उपप्रधानमन्त्री सिंहले सडक बत्तीको बीलको समस्या समाधानका लागि मन्त्रालयले पहल गर्ने बताए । ‘तपाईहरुले सडक बत्तिको महसुलको विषयमा कुरा उठाउनुभयो । उर्जा मन्त्रालयसँग छलफल गरेर तपाईंहरुको भावनाअनुसार मन्त्रालयले भूमिका खेल्छ,’ उनले भने । मेयर्स फोरमले आर्थीक वर्ष ०८१/८२ देखि पालिका मातहतको सडक,सम्पदा, पर्यटन स्थल र सार्वजनिक स्थलमा जडित विद्युतको महसुल भुक्तानी स्थानीय तहले ६० प्रतिशत तिर्ने गरि आवश्यक समन्वय गरिदिन आग्रह गरेको थियो ।
त्यस्तै, उपप्रधानमन्त्री सिंहले काठमाडौं उपत्यका विकास प्राधिकरणलाई पुनर्संरचना गर्ने पनि बताए । जनप्रतिनिधिहरुको प्रतिनिधित्व बढ्ने गरि प्राधिकरणलाई समयसापेक्ष बनाइनेमा ढुक्क हुन उनले आग्रह गरे ।
त्यस्तै, उनले स्वच्छ उपत्यका र सफा बाग्मती बनाउनु आफ्नो प्राथमिकता रहेको भन्दै खोलामा सिधै ढल बन्द गर्न के गर्नुपर्छ ? त्यसका लागि मिलेर काम गर्नका लागि पनि आग्रह गरेका छन् ।
उनले सुकुम्बासी समस्या समाधानका लागि पनि उपत्यकाका स्थानीय तहसँग मन्त्रालयले संयुक्त रुपमा काम गर्न आग्रह गरे ।
मेयर्स फोरमको टोलीमा काठमाडौँ महानगरका मेयर बालेन शाह भने अनुपस्थित थिए । पछिल्लो समय बालेनले मेयर्स फोरमका कार्यक्रम बहिष्कार गर्दै आएका छन् ।
काठमाडौं उपत्यका मेयर्स फोरममा ३ गाउँपालिकासहित १८ वटा स्थानीय तह छन् ।
न्युज कारखाना
काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभुत तत्व मध्ये विधिको शासन एउटा तत्व भएको बताएका छन् ।
बिहीबार सिंहदरबारमा विकास, आर्थिक मामिला तथा सुशासन समितिले ‘सुशासन प्रवर्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकता’ विषय छलफलमा बोल्दै गृहमन्त्री लेखकले विभिन्न प्रकरणमा फाइल खोल्ने विषयमा सांसदहरुले राखेको जिज्ञासापछि बोल्दै लेखकले लोकतन्त्रमा कानून बेगर मुद्दा चल्न नसक्ने बताए ।
‘फाइल खोल्ने भन्या के हो ? मुद्दा चलाउने भन्या होला नी, लोकतन्त्रमा मुद्दा कानून बेगर चल्छ ?, रहरमा मुद्दामा चल्दैन, कसैका चाहनाले मुद्दा चल्दैन, कानून बमोजिम चल्छ भन्ने मेरो आग्रह छ ।’ उनेल भने- ‘कुनै मुद्दा चलेको छ भने छटुन् पनि कानून बमोजिम छुट्छ । भन्ने मेरो आधारभुत मान्यता हो ।’
सदाचार मानिसले आफ्नो भित्रबाट राम्रो गर्र्न उत्प्रेरित गर्ने विषय भएको उनको भनाई थियो । ‘यो विषयलाई सरकारले प्राथमिकतामा राखेर प्रद्धिवतदा व्यक्त गर्दछु ।’ उनले भने– ‘समितिबाट सरकारलाई आवश्यक सुझाव दिन आग्रह गर्दछु ।’
त्यसैगरी प्रहरी कर्मचारी सरुवाको विषय निरन्तरको प्रक्रिया भएको उनले बताए ।
‘कर्मचारीको सरुवा र बढुवा हुन्छ । कहिले काँही सामान्यतया अवधी तोकेको हुन्छ । तर कहिले काही अवधी भन्दा पहिले पनि हुन्छ ।’ मन्त्री लेखकले भने– जुन पदको सरुवाको कुरो छ उहाँ अत्यन्त योग्य मानिस हो, र योग्यतम ठाउँमा पुग्नु भएको छ । किनभने प्रहरीलाई तालिम दिने भन्या त सबैभन्दा बढी पढेलेखेको चाहियो नी, प्रहरी राम्रो बनाउनु पर्यो । अनि राम्रो प्रहरीलाई राम्रो तालिम दिन राम्रो मान्छे पठाउँदा के समस्या भयो ?’ उनले यो प्रक्रियालाई सामान्य रुपमा लिन आग्रह समेत गरे ।
न्युज कारखाना
काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धि विधयेकमा सहमति जुटेको छ । बिहीबार सिंहदरबारस्थित गृहमन्त्रालयमा बसेको संयन्त्र बैठकले संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमाथि मिल्न बाँकी विषयमा सहमति जुटेको हो ।
कार्यदलका सदस्यहरु गृहमन्त्री रमेश लेखक, एमाले संसदीय दलका मुख्यसचेतक महेश बर्तौला र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माबिच भएको निरन्तरको छलफलपछि आज सहमति जुटेको छ ।
बैठकपछि बोल्दै गृहमन्त्री लेखकले भने, ‘आज राम्रो उपलब्धि भएको छ । हाम्रा बिचमा मिल्न बाँकी कुराहरु सबै मिलिसकेको छ ।’ विधेयकका चार वटा विषयमा लामो छलफलपछि सहमति भएको उनको भनाइ छ ।
‘द्धन्द्धकालको बेलामा भएको हत्यालाई मनसायपूर्वक अथवा स्वच्छेचारी ढंगले परिभाषित गरिएको गृहमन्त्री लेखकले बताए ।
उनका अनुसार मेलमिलापपत्र र क्षमादान गर्नका लागि पीडितको सहमति आवश्यक हुने कुरामा सहमति भएको छ । ‘यदि पीडितको सहमति भएन भने मानवअधिकारको उल्लंघनमा पनि सरकारवादी फौजदारी मुद्दा भयो भने मुद्दा चल्न सक्ने छ । दुनियावादी फौजादरी मुद्दा भएकोमा पीडितलाई चाहेको गर्ने अधिकार दिने कुरा भएको छ । मानवअधिकारको गम्भीर उल्लंघनमा त मुद्दा चल्ने नै भयो,’ गृहमन्त्री लेखकले भने ।
द्धन्द्धमा संलग्न भएका सुरक्षाकर्मीको जसको मृत्यु र घाइते भएका परिवारलाई पनि पीडित सरह परिपूरण दिने सहमति भएको उहाँले बताए ।
यस्तै तत्कालीन माओवादीबाट लडेका बहिर्गमित मानिसहरुलाई द्धन्द्ध प्रभावितका रुपमा परिभाषित गरेर परिपूरणको व्यवस्था गर्ने सहमित भएको गृहमन्त्री लेखकले बताए । ‘यसलाई कानुन मन्त्रालयको सचिवले ड्राप्ट गर्नुहुन्छ । त्यसपछि हामीहरुले नेताहरु (प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड) लाई बुझाउछौं,’ उनले भने, ‘संक्रमणकालीन न्याय देशको साझा विषय भएकाले कार्यदलमा भएको सहमति संसदीय समिति हुँदै संसदबाट पारित हुन्छ ।’
संक्रमणकालीन न्याय सम्बन्धि विधेयक संघीय संसदको कानुन न्याय तथा मानव अधिकार समितिमा विचाराधिन रहेको छ । त्यो विधेयकबारे नमिलेका कुरा मिलाउनका लागि गठित लेखक, बर्तौला र शर्मा सम्मिलित ३ सदस्यीय कार्यदल गठन भएको थियो ।
पछिल्ला बैठकहरुमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया र कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदी, महान्यायाधिक्ता केशव बडाल, पूर्व कानून मन्त्री ध्रुवबहादुर प्रधान, नेपाली सेनाका उपरधी जीवन प्रसाद दाहाल लगायतको पनि सहभागी थियो ।न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्षहरुको भेला आजदेखि काठमाडौँमा शुरु हुदै छ ।
आज र भोलि धुम्बाराहीस्थित एसआर बैंक्वेटमा हुने जिल्ला अध्यक्षहरुको भेलाको उदघाटन अध्यक्ष राजेन्द्र लिङदेनले उद्घाटन गर्ने कार्यक्रम रागेको छ । भेलामा ७७ वटै जिल्लाका अध्यक्षहरुले आफ्नो जिल्लाको साङ्गठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।
भेलामा पार्टीको समग्र साङ्गठनिक अवस्थाको समिक्षा गर्नुका साथै आगामी रणनीति तय गरिने कार्यसूची रहेको छ ।
भेलामा पार्टी अध्यक्ष लिङ्देनले पार्टीको नीति, विचार, सिद्धान्तलगायत रणनीति र आगामी कार्ययोजनाबारे जिल्ला अध्यक्षहरुलाई ब्रिफिङ गर्नेछन् भने पार्टीका शिर्ष
नेताहरुले सङ्गठनका विविध पक्षमा जिल्ला अध्यक्षसँग सामूहिक छलफल गर्ने कार्यक्रम रहेको राप्रपाले जनाएको छ ।न्युज कारखाना
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेट गरेका छन् ।
उद्योग मन्त्रालयमा बुधबार भएको भेटका क्रममा मन्त्री भण्डारीले नेपाल र जनवादी गणतन्त्र चीनबीचको सम्बन्ध ऐतिहासिक तथा राजनीतिक एवं सांस्कृतिक रुपमा पनि निकै घनिभूत रहेको बताए ।
भेटका क्रममा चिनियाँ राजदूत सोङले चीन–नेपाल आपसी सम्बन्ध विस्तार गरी सौहाद्र्र वातावरण सिर्जना गर्न समर्पित रहेको बताएका थिए । न्युज कारखाना
काठमाडौं । मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक भएका छन् ।
मन्त्रिपरिषद्को साउन १४ गते बसेको बैठकका निर्णयहरु सरकारका प्रवक्ता
एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार सार्बजनिक गरेका हुन् ।
न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक विकास र समृद्धिका लागि बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्र्याएर सहयोग गर्न स्वीट्जरल्याण्ड सरकारलाई आग्रह गरेका छन् ।
शिष्टाचार भेटका लागि आज प्रधानमन्त्री निवास बालुवाटारमा आएकी नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोनेसँग प्रधानमन्त्री ओलीले नेपालको विकासका लागि वैदेशिक सहयोग उत्प्रेरक हुने बताए । उनले समावेशी लोकतान्त्रिक संरचनाको विकासका लागि स्वीट्जरल्याण्डको अभ्यास स्थापित भएको उल्लेख गर्दै नेपाल सरकारले लोकतन्त्रको सबलीकरण गर्दै राज्यका संरचनालाई भुइँतहका जनताप्रति उत्तरदायी बनाउने प्रयत्न गरिरहेको बताए ।
प्रधानमन्त्री ओलीले प्रत्यक्ष वैदेशिक लगानी बढाउन सरकारले आवश्यक सुधारात्मक कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै हालै सम्पन्न नेपाल लगानी सम्मेलनमा ५० मुलुकबाट उत्साहजनक सहभागिता भएको उल्लेख गरे । नेपाल सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्य लिएकाले विकास साझेदारबाट सहयोग अभिवृद्धिको अपेक्षा व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले नेपालको विकासमा निरन्तर सहयोग, कोभिड—१९ को रोकथाममा सहयोग तथा शान्ति प्रक्रियामा सहयोग र सद्भावका लागि स्वीट्जरल्याण्ड सरकारलाई धन्यवाद दिए । प्रधानमन्त्री ओलीले गत जुलाइमा राष्ट्रपति रामचन्द्र पौडेलको स्वीट्जरल्याण्ड भ्रमण र सन् २०१९ मा आफू प्रधानमन्त्री हुँदा डाभोसमा सम्पन्न विश्व आर्थिक मञ्चमा सहभागिताको स्मरण गर्दै यस्ता उच्चस्तरीय भ्रमण र बैठक आदानप्रदानबाट आपसी सम्बन्धमा नयाँ आयाम थपिने बताए ।
राजदूत डानियलले प्रधानमन्त्री ओलीलाई कार्यकाल सफलताको लागि बधाई र शुभकामना दिँदै दुईपक्षीय पारस्परिक हित तथा सहयोग र सहकार्यलाई निरन्तरता दिने विश्वास दिलाएकी थिइन् । न्युज कारखाना
ललितपुर । ललितपुरको च्यासलस्थित नेकपा एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा परेको छ । रातीदेखि परेको अविरल वर्षाका कारण मनोहरा र बागमती नदीमा आएको बाढीले सो क्षेत्र डुबान परेको हो ।
बाढीले स्मृति भवनको मुख्य गेट भत्काएको छ भने एमालेको पार्टी कार्यालयको सभाहल क्षेत्र समेत डुबानमा परेको छ । मुख्यालय परिसर जलमग्न भएका छन् । न्युज कारखाना
काठमाडौं । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक फिल्म ‘अग्नीदहन’को फस्टलुक सार्वजनिक भएको छ ।
राजधानीमा मंगलबार एक कार्यक्रमबीच सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले फस्टलुक सार्वजनिक गरेका हुन् । फिल्म आगामी मंसिर ७ गते रिलिज हुँदैछ ।
कार्यक्रममा मन्त्री गुरुङले बोक्सीको अन्धविश्वासविरुद्ध फिल्म निर्माण हुनु सराहनीय कार्य भएको बताए । ‘बोक्सीको आरोपमा धेरै महिला मारिएका छन् । उनीहरुमाथि कुटपिट भएको छ, उनीहरुले आत्महत्या गरेका छन् । अझ भनौं अमानवीय कार्य नै भएको छ’, उनले भने, ‘नेपालमा बोक्सी प्रथाको अन्धविश्वास हटाउन ठूलो चुनौती छ । यो प्रथा हाम्रो शरीरमा रहेको पिलो जस्तै हो । त्यसलाई सबैले मिलेर फाल्नुपर्छ । त्यो अभियानमा यो फिल्म सफल हुन्छ भन्नेमा आशावादी छु ।’
फिल्मका निर्देशक घनश्याम लामिछानेले एउटा डरलाग्दो विषयलाई फिल्ममा उठान गरिएको बताए । ‘फिल्ममा थ्रिल, सस्पेन्स सबै छ । उपन्यासलाई हामीले सिनेम्याटिक तवरबाट फिल्ममा उतारेका छौं । फिल्ममा दर्शकले सन्देश र उत्सुकता दुवै पाउनुहुनेछ’, उनले भने ।
निर्देशक लामिछानेले संस्थाको उद्देश्य पूरा हुनेगरी फिल्म निमार्ण भएको बताउँदै उनले आगामी मंसिर ७ गते हलमा आएर ‘अग्नीदहन’ हेरिदिन पनि आग्रह गरे । मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी रुपमा अभियानको रुपमा अगाडि बढाउन फिल्म निर्माण गरिएको उनको भनाइ छ ।
फिल्मका परिकल्पनाकार कोविदशरण उपाध्यायले फिल्मलाई तराईका जिल्लामा प्रदर्शन गराउनका लागि मैथिली र भोजपुरी भाषामा समेत डबिङ गरिएको बताए । उनका अनुसार फिल्म अंग्रेजी भाषामा पनि सबटाइटल गरिएको छ । फिल्मका वितरक डीसीएनका अशोक शर्माले ‘अग्नीदहन’ व्यावसायिक फिल्म नभएको बताए ।
वरिष्ठ कलाकार, निर्देशक तथा यस फिल्मका वितरक अशोक शर्माले बोक्सी प्रथा आशंकाको भरमा घट्ने घटना रहेको बताए । वैज्ञानिक रुपमा कुनै प्रमाणित गर्न नसकिने विषयमा समाजका कमजोर मान्छेलाई बोक्सीको आरोप लगाइने उनले बताए । सामाजिक सन्देश भएका यस्ता प्रकारका चलचित्रमा सरकारको पनि सहभागिता हुन आवश्यक रहेको उनको भनाइ छ ।
मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानका अध्यक्ष कोविदचरण उपाध्ययले समाजमा अहिले पनि बोक्सीको नामा कुट्ने, पिट्ने जिउँदै जलाउने, मलमुत्र खुवाउनेलगायतका घटनाहरु घटिरहेको बताए । विशेषगरी मधेश प्रदेशमा यो कुप्रथाको प्रभाव बढी रहेको पनि उनले बताए । उनले नेपालमा बोक्सी प्रथा उन्मुलनका लागि यो फिल्म बनाइएको बताए । ‘जसरी सति प्रथा उन्मुलन भएको थियो, त्यसरी अब नेपाली समाजबाट बोक्सी कुप्रथालाई जरैदेखि उखेलेर फाल्नुपर्छ,’ उनले भने ।
फिल्म मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको हो । यो संस्था बोक्सी कुप्रथालाई शिक्षा र चेतनाको माध्यमद्वारा अन्त्य गरी नेपाललाई बोक्सी कुप्रथाको अन्धविश्वासबाट मुक्त गराएरै छोड्ने अठोटका साथ २०७१ सालमा स्थापना गरिएको हो ।
फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरुङको अभिनय छ ।
फिल्ममा लोकमणि पौडेलको कथा, पटकथा र संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको मुख्य सहायक निर्देशन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन छ ।
यो फिल्मलाई निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले हेरिसकेका छन् । फिल्मलाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ ।
न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको गम्भीर परिस्थितिमा दुई प्रमुख दलको सहभागितामा सरकार बनेकाले यसलाई असफल हुने छुट नरहेको र छुट हुन नदिइने बताए ।
नेपालका सरकारका सचिवहरुलाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्देशन दिँदै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीको अगुवाईमा सरकार परिवर्तन गर्नुपरेको आफूले सदनमा विश्वासको मत माग्ने क्रममा पनि स्पष्ट पारिरहेको स्मरण गराए ।
“यी दुई पार्टी मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी हुन् । राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलनमा जितेर आएका यी पार्टीको मुलुकको विकास र परिवर्तनका लागि हिस्सा र मुख्य भूमिका रहेको छ ।
त्यसकारण यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ । यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन ।” उपप्रधानमन्त्री, मन्त्रीहरुलगायत विशिष्ट पदाधिकारी सहभागी बैठकमा प्रधानमन्त्री ओलीले भने, “असफल हुँदैन भनेर हामी हातमा हात बाँधेर बसेर आरामले बसेर चाहीँ सफल हुँदैन । भाग्यमा छ भन्दैमा डोका दूध दोएर अडिदैँन ।
हामीले सफलताको सङ्केत यस आर्थिक वर्षमा दिनुपर्छ । अर्काे आर्थिक वर्षमा त्यो सफलता बढाउँदै लानुपर्छ । यो सरकार एक्सन ओरिएन्टेड सरकार हो । देशका लागि केही गर्रौँ भन्ने अठोट भएको सरकार हो यो । यसले को पक्ष को प्रतिपक्ष भन्ने आधारमा भेदभाव गर्दैन । विना आग्रह मूल्याङ्कन गरेर निर्णयमा जान्छ ।”
यो सरकार पनि कति दिन चल्ने हो र भनेर भ्रम फैलाउनेहरुलाई लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले आफूले सहमति बमोजिम दुई वर्ष पुग्ने एक साता अघि राजीनामा दिने त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेर स्थिरता सन्देश दिने स्पष्ट गरे । “त्यसकारण यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन ।
कर्मचारीहरुले ढुक्कले ठिक काम गर्नुस्, सरकारले त्यसको उत्तरदायित्व लिनछ ।” प्रधानमन्त्री ओलीले भने । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाबमोजिम जनतालाई प्रभावकारी सेवा दिन, भोकमरी, भ्रष्टाचार र कुशासन हटाउँदै विकासको गतिलाई तिव्रता दिन योजनाबद्ध काम गर्न निर्देशन दिए ।
न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको पुनः संरचना र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्दै उच्चशिक्षाका लागि नेपाली विद्यार्थी विदेशिने क्रमलाई देशमा नै अवसर प्रदान गर्नुपर्ने बताएका छन् ।
सो विश्वविद्यालयको साधारणसभा बैठक (सिनेट) मा आज अध्यक्षता र सम्बोधन गर्दै कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले समयको माग अनुसार अध्ययन अध्यापनलाई अनुसन्धानमूलक एवं प्रविधिमैत्री बनाउँदै ठुलो सङ्ख्यामा विद्यार्थी विदेशिने क्रमलाई स्वदेशमै केन्द्रित गर्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा विगतमा सेवा आयोगबाट लिइएका परीक्षाको नतिजा प्रकाशन, शिक्षक कर्मचारीको रिक्त दरबन्दीमा नयाँ भर्नाका लागि विज्ञापन गरी जनशक्ति अभाव पूर्ति, विश्वविद्यालय सेवामा प्रवेश गरिसकेका जनशक्तिलाई क्षमता अभिवृद्धि र अनुसन्धानका अवसर प्रदान गर्दै टिकाइराख्ने विषय अहिलेका ज्वलन्त सवाल भएको उल्लेख गरे ।
‘यी विषयमा के कति काम भएका छन् भन्ने समीक्षा गर्न पनि जरुरी छ । यदि सुधारको गति सुस्त छ भने यसलाई तिब्रता दिन सबैले आ—आफ्ना ठाउँबाट पहल गर्न म सबैलाई आग्रह गर्दछु ।’, प्रधानमन्त्री ओलीले भने, ‘विश्वविद्यालयको प्राज्ञिक तथा प्रशासनिक कार्यका विविध पक्षलाई मैले नजिकबाट हेरिरहेको छु । विभिन्न माध्यमबाट विश्वविद्यालयको वर्तमान गतिविधिबारे मैले आवश्यक जानकारी हासिल गर्ने गरेको छु । विश्वविद्यालयहरुमा के कस्ता समस्याहरु छन्, ती समस्यालाई कसरी उत्पन्न भएका हुन् र तिनको समाधानका लागि विश्वविद्यालयका पदाधिकारी र सरोकारवाला पक्षसँग घनीभूत लफलमा हामी छौँ । सबैको प्रयासलाई र संयोजित ढङ्गले अघि बढाएर समस्याको समाधान र चुनौतीको सामना गर्नुपर्छ । व्यापक फराकिलो भएर जानुपर्ने अवस्था छ ।’
प्रधानमन्त्री ओेलीले विश्वविद्यालयका नीतिगत र दीर्घकालीन महत्वका विषयमा आवश्यक गृहकार्य गरी छिट्टै अर्को सिनेट बैठक गरेर निचोडमा पुगिने विश्वास दिलाए । छिट्टै अर्काे बैठक गरेर नीतिगत विषयमा छलफल गर्ने विषयलाई सभामा सदस्य रहेका विद्यार्थी प्रतिनिधिले सकारात्मकरुपमा लिएका थिए ।
सिनेटको बैठकमा सदस्यले बेरुजुका सम्बन्धमा उठाइएको प्रश्नमा प्रधानमन्त्री ओलीले विगतदेखि नै बेरुजु घट्न नसकेकाले रु २८ अरब बेरुजु देखिएको सम्परीक्षण गराइएपछि त्यो रकम घट्ने विश्वास व्यक्त गरे । त्यसमा देखिएका जटिलताका विषयमा बनाउनुपर्ने कानुन निर्माणबारे संसदमा छलफल हुने उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले सरकारबाट प्राप्त हुने रकमलाई विश्वविद्यालय अनुदान आयोगबाट विश्वविद्यालयहरुलाई वितरण हुने भएकाले अनुसन्धानको हाल तोकिएको रकममा कटौती नहुने स्पष्ट गरे । विश्विद्यालयमा समावेशीता सहभागिताका आधारमा परिणाम निकाल्न सक्ने गरी निर्णय हुनुपर्ने निर्देश गरे । प्रधानमन्त्री ओलीले प्राध्यापकहरुको मर्यादा निर्धारण र भूकम्पप्रभावित बाँकी क्याम्पसका भवन निर्माणमा तदारुकता दिन आग्रह गरे । उनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने काननी व्यवस्था नै उपयुक्त हुने तर सभाले नराख्ने भन्ने निर्णय भएमा आफूलाई कुलपति रहिरहन आवश्यकता नहरने स्पष्ट गरे । उनले कुलपति भएर विश्वविद्यालयबाट कुनै लाभ लिनुनपर्ने र सभाका बैठक भत्ता पनि नलिँदै आएको स्पष्ट गरे ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराई सहभागी बैठकमा प्रस्तुत विभिन्न संकायबाट ६२ औँ ग्रेसलिष्टमा समाविष्ट ७३ हजार नौ सय ९५ विद्यार्थीलाई उपाधि प्राप्तिका लागि अनुमति प्रदान गरेको छ । यस्तै चालु आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट पारित भएको छ ।न्युन कारखाना
विराटनगर । नेपाली कांग्रेसलाई कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्री छान्न सकस परेको छ ।
आकांक्षी धेरै भएपछि काँग्रेसले मन्त्री छनौटको मापदण्ड बनाएको छ । विराटनगरमा बसेको कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम छान्न नसकेपछि जातीयता, लैङ्गिकता, भौगोलिकता र कार्यक्षमताका आधारमा मन्त्री छान्न केन्द्रलाई सिफारिस गरेको छ ।
चार मन्त्री र २ राज्यमन्त्री भागमा पाएको कांग्रेसबाट प्रदेशसभामा रहेका २९ मध्ये पुर्व मुख्यमन्त्री उद्धव थापा र केदार कार्की बाहेक सबै सांसदले मन्त्री बन्ने आकांक्षा देखाएपछि काँग्रेसमा सकस बढेको हो ।
केन्द्रमा भने सभापति शेरबहादुर देउवाले आफु पक्षले २ शेखर कोइराला र कृष्ण सिटौला पक्षलाई एक एक मन्त्री दिने तयारी गरेको कांग्रेस वृतमा चर्चा छ ।
मुख्यमन्त्रीमा भने कांग्रेस र एमालेबीच केन्द्रको मोडलमै सहमति भएको छ । जस अनुसार केपी ओली प्रधानमन्त्री रहेसम्म कोशीको नेतृत्व एमालेले नै गर्ने छ भने शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि कोशीमा कांग्रेसको मुख्यमन्त्री बन्ने छन् । न्युन कारखाना
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज प्रदेशसभामा विश्वासका मत लिँदै छन् । विश्वासको मत प्रयोजनका लागि आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।
मुख्यमन्त्री भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार लामाले आज विश्वासको मत लिन लागेका हुन् । नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका लामा यही साउन ८ गते कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ११० सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५६ सांसदको समर्थन आवश्यक पर्नेमा लामा स्पष्ट बहुमतमा रहेका छन् ।
यस बाहेक बागमतीमा माओवादी केन्द्रको २१, सभामुखसहित राप्रपाको १३, एकीकृत समाजवादीको सात, नेपाल मजदुर किसान पार्टीको ३-३ र हाम्रो नेपाली पार्टीका २ दुई सांसद छन् ।न्युन कारखाना
साेकाे मध्यनजर गरि एक पालिका एक हुलाक स्थापना कार्यक्रम अन्तर्गत कार्यालय स्थापना गरिएको हाे ।
हुलाककाे कार्यालय जिल्लामा ७ वटा स्थानिय तहमा नरहेको अवस्थामा साेमबार गुजरा नगरपालिकामा स्थापना गरिएको हाे ।
पालैपालो कार्यालय नरहेकाे पालिकामा स्थापना गरिदैजाने जनाइएको छ ।
साे नगरपालिकाका नगर प्रमुख सन्तलाल चाैधरीले एक कार्यक्रमका बिच उदघाटन गर्नु भएको हाे ।
साे अवसरमा उपप्रमुख रत्ना लामा ,प्रमुख प्रशासकीय अधिकृत राजकुमार अधिकारी, जिल्ला हुलाक अधिकृत लगायत अन्य जनप्रतिनिधी तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । संघीय संसद सचिवालयका अनुसार बैठक अपराहन्न १ बजेदेखि शुरु हुदै छ ।
आजको बैठकमा राष्ट्रपतिको कार्यालयको पत्र पढ्ने, संयुक्त समिति गठन गर्ने र व्यवस्थापन कार्य लगायतको कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
त्यस्तै सभामुख घिमिरेले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ को उपनियम (२) बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा रहने सदस्यहरुको नाम प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै व्यवस्थापन कार्य अन्तर्गत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको “सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको छ ।न्युन कारखाना
काठमाडौँ । सरकारले तीन प्रदेशका प्रदेश प्रमुख हटाउने सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको धारा १६५ को उपधारा १ बमोजिम बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्न सिफारिस गरेको हो ।
साथै मन्त्रिपरिषदको बैठकले तीनै प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ । जसमा बागमती प्रदेश प्रमुखमा दीपकप्रसाद देवकोटा र लुम्बिनी प्रदेश प्रमुखमा श्रीकृष्ण बहादुर घर्ती मगर र कर्णाली प्रदेशको प्रदेश प्रमुखमा यज्ञराज जोशी सिफारिस भएका छन् ।न्युन कारखाना
काठमाडौँ । सरकारले नेपाली सेनाको कामु प्रधानसेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सिग्देललाई नेपाली सेनाको कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रधानसेनापति प्रभुराम शर्माको सिफारिसमा सरकारले सिग्देललाई नेपाली सेनाको कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री शर्माको कार्यकाल आगामी भदौं २४ गते सकिने हुनाले त्यो भन्दा एक महिना अगाडी साउन २५ देखि विदा बस्ने प्रचलन अनुसार सरकारले सिग्देललाई कामु प्रधानसेनापति नियुक्त गरेको हो ।न्युज कारखाना
काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न देशमा राजदूत नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले भारत अमेरिका र चीनलगायत १८ देशमा राजदूत नियुक्त गरेको हो ।
नयाँ राजदुत सिफारिस गरिएका १८ देशमा अमेरिका, बेलायत, दक्षिण कोरिया, रसिया, कतार, चीन, डेनमार्क, मलेसिया, पोर्चुगल, पाकिस्तान, भारत, अस्ट्रेलिया, साउदी अरब, अफ्रिका, इजरायल, श्रीलंका, स्पेन र जर्मनी रहेका छन् ।
सरकारले भारतका लागि शंकर शर्मालाई नै पुन: राजदूतमा सिफारिस गरेको छ भने अमेरिकाका लागि लोकदर्शन रेग्मी, चीनका लागि कृष्ण ओली, पाकिस्तानका लागि रिता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, बेलायतका लागि चन्द्र घिमिरे, दक्षिण कोरियाका लागि शिवमाया तुम्बाहाङ्फे, मलेसियाका लागि डा. नेत्र तिमल्सिनालाई राजदूत सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।
त्यस्तै सरकारले अस्ट्रेलिया, चीन, श्रीलंका, रसिया र दक्षिण अफ्रिकाका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । फिर्ता बोलाइएका राजदुतमा चीनका विष्णुपुकार श्रेष्ठ, अस्ट्रेलियाका कैलाशराज पोखरेल, रूसका मिलन तुलाधर, श्रीलंकाका वासुदेव मिश्र र दक्षिण अफ्रिकाका राजदूत दानबहादुर तामाङ रहेका छन् ।न्युज कारखाना
काठमाडौं । आफूलाई धार्मिक अभियन्ता र ज्योतिषी बताउने पुष्कर खतिवडालाई अदालतले तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
नेताहरूको मृत्युको कामनासहित अनुष्ठान गरेको र सो कुरा सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरेको आरोपमा खतिवडा सोमबार पक्राउ परेका थिए । झापा स्थायी घर भएका खतिवडाले आफ्नै घरमा यज्ञको आयोजना गरेका थिए ।
काठमाडौं जिल्ला अदालतले विद्युतीय कारोबार कसुरमा खतिवडालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।न्युज कारखाना
काठमाडौं ।
गृहमन्त्री रमेश लेखकले सहकारी बचत रकम दुरुपयोग संसदीय छानविन विशेष समिति सरकारका लागि मार्गनिर्देशक बन्ने बताएका छन् ।
सोमबार बिहान सिंहदरबारस्थित संघीय संसद सचिवालयको भवनमा बसेको समितिको बैठकमा गृहमन्त्री लेखकले सहकारीको समस्यालाई सरकारले प्राथमितामा राखेको बताए ।
उनले भने, ‘सहकारीको समस्या समधानको विषय सरकारले प्राथमिकतामा राखेको छ । सहकारी बचत रकम दुरुपयोग संसदीय छानविन विशेष समिति सरकारका लागि मार्ग निर्देशक भन्ने विश्वास लिएको छु ।’
समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने गृहमन्त्री लेखकले प्रतिबद्धता व्यक्त गरे । देश–विदेशमा फरार रहेका सहकारीको रकम अपचलन र हिनामिनाका आरोपीलाई चाँडो पक्राउ गरी दिन समितिले गृहमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।
यस्तै छानविन समिति संयोजक सुर्यबहादुर थापा क्षेत्रीले सहकारी सम्बन्धि मुद्दामा जेलमा भएकाहरुको बयानका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए ।
गृहमन्त्री लेखकले सहकारीको बचत रकम हिनामिना गरी फरार भएकाहरुलाई पक्राउ गर्न काम गरिरहेको जवाफ दिए ।
यस्तै सहकारी बचत रकम हिनामिनाको आरोपमा पक्राउ गरी जेलमा राखिएकाहरुको बयानका लागि गृह प्रशासनले सहजीकरण गर्ने बताएका थिए ।
बैठकमा गृहसचिव एकनारायण अर्याल र नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) बसन्त कुँवर पनि सहभागी थिए ।
न्युज कारखाना
काठमाडौँ ।
प्रतिनिधिसभा सदस्य निशा डाँगीले कीर्तिपुरस्थित क्रिकेट मैदानको भौतिक प्रगति बारे संसदमा प्रश्न उठाएकी छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै डाँगीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार गठन भएको १५ दिन बितिसकेको भन्दै टियु क्रिकेट मैदानको भौतिक प्रगति सोधेकी हुन् ।
उनले सरकारले क्रिकेट मैदान निर्माण गर्ने भनेर निर्णय गरेको १५ दिन बितिसकेको भन्दै आजसम्म ५ प्रतिशत काम सम्पन्न भइसक्नुपर्ने बताइन् । डाँगीले सरकारलाई सदनप्रति जबाफदेही बन्न आग्रह गर्दै डाँगीले समाचारका लागि बोल्ने र देखाउनका लागि घोषणा गर्ने प्रवृत्तिको अन्त्य गर्न माग समेत गरिन् ।
उनले भनिन्- ‘म सभामुखमार्फत प्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कीर्तिपुर क्रिकेट मैदानको भौतिक प्रगति के कति भइरहेको छ सोध्न चाहन्छु र उक्त खेल मैदान निर्माणको प्रगति विवरण प्रधानमन्त्री ज्यु आफैले अथवा खेलकुद मन्त्रीले सदनमा प्रत्येक महिना प्रस्तुत गर्नको लागि माग राख्दछु ।’
न्युज कारखाना
काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका सांसद एवम् प्रतिनिधिसभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा सोमबार भएको सो भेटमा राष्ट्रपति पौडेलले नेपालमा जलस्रोत, पर्यटन र कृषिजस्ता क्षेत्रमा लगानीका लागि उपयुक्त वातावरण भएको र सरकारले हालैमात्र कानुनमा सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सृजना गरेको बताउँदै नेपालमा लगानीका लागि जापानीहरूलाई आग्रह गरेका छन् ।
नेपालमा जापानको निःशर्त र निस्वार्थ सहयोगप्रति धन्यवाद प्रकट गर्दै एशियाका ज्योति गौतम बुद्धका माध्यमले जापानसँग नेपालको सम्बन्ध सांस्कृतिक रुपले पनि जोडिएको बताउँदै नेपाल जापानबीचको सम्बन्ध जनस्तरमासमेत सुदृढ रहेको उनको भनाइ थियो ।
उनले लोकतन्त्र, मानवअधिकार, विधिको शासनजस्ता राजनीतिक मुद्धमासमेत अन्तर्राष्ट्रिय मञ्चहरुमा एउटै आवाज भएको कारणले पनि दुई देशबीचको सम्बन्ध नजिक रहेको उल्लेख गर्दै खासगरी पूर्वाधार, कृषि, स्वास्थ्यजस्ता क्षेत्रमा जापानले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । नेपाली विद्यार्थीहरुले जापानमा प्रविधि सिकेर यहाँ आएर पौरख गरिरहेकोमा पनि उनले सन्तोष प्रकट गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
जापानी प्रतिनिधिमण्डलले जापानी कम्पनीहरुले नेपालमा लगानी गर्न चाहेको हुनाले ती कम्पनीलाई लगानीका लागि सहज वातावरण बनाउन र सुशासन कायम गर्नेतर्फ नेपालको ध्यानाकर्षण गराएका थिए । उनीहरुले जापान पढ्न जाने धेरै नेपालीलाई भेट्दा जापानमाा प्रविधि सिकेर नेपालनै फर्केर त्यसको सदुपयोग गर्न चाहेको बताउँदा खुशी लागेको बताउँदै नेपाल सरकारले त्यस्तो प्रविधि सिकेकाहरुलाई नेपालमै बसेर काम गर्ने वातावरण बनाउन सुझाव दिएका थिए ।
त्यस्तै उनीहरुले आर्थिक गतिविधिका लागि राजधानी काठमाडौँ बनिरहेको अहिलेको परिस्थितिलाई विकेन्द्रीत गरी गाउँगाउँबाट जापान जाने र प्रविधि सिकेर त्यही गएर काम गर्ने वातावरण बनाउन सुझाव दिएका थिए ।
न्युज कारखाना
काठमाडौं ।
निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् ।
प्रधानबारे निर्णय लिन संघीय संसद्को संसदीय सुनुवाइ समिति बैठक आज ५ बजे बस्दै थियो । यस अघि बिहान साढे ११ बजे बस्ने भनिएको बैठक साँझ ५ बजेसम्मका लागि सारिएको थियो ।यस बैठकले प्रस्तावित आयुक्त प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिने बताइएको थियो । तर समितिले निर्णय नगर्दै प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् ।
प्रधानमाथि महिलालाई यौन शोषण गरेको आरोप छ । पीडित महिलाले समितिमा नै आएर बयान दिएकी थिइन् भने उनले उजुरी पनि दिएकी थिइन् । सुनुवाइका क्रममा प्रधानले भने महिलासँगको विवाद अदालतमा मिलिसकेको बताएका थिए ।
यौन शोषण जस्तो गम्भीर आरोप लागेको व्यक्तिलाई संबैधानिक आयोगमा नियुक्त गर्न नहुने भन्दै चौतर्फी विरोध समेत भएको थियो ।न्युज कारखाना
काठमाडौं ।
नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकले केन्द्रीय नेताहरुको कार्यविभाजन गर्ने भएको छ ।
यसअघि असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो । नयाँ कार्य विभाजनको आधार केन्द्रीय सदस्यलाई प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रको जिम्मेवारी दिने, प्रदेशका सदस्यलाई पालिका, जिल्ला सदस्यले वडा र पालिकाले टोललाई कार्यक्षेत्र बनाउने गरी मापदण्ड तोकेको छ।
त्यस्तै एमालेले विभिन्न ईञ्चार्ज र विभागको नेतृत्व समेत परिवर्तन गर्ने समेत बताइएको छ ।
न्युज कारखाना
काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको आज बस्ने भनिएको केन्द्रीय कमिटी बैठक बुधबारसम्मका लागि सरेको छ ।
एकीकृत समाजवादीको हालै सम्पन्न महाधिवेशनले पदाधिकारी र केन्द्रीय छनौट गर्ने जिम्मा केन्द्रीय समितीलाई दिएपनि अहिलेसम्म छनौट गर्न सकेको छैन । पदाधिकारी र केन्द्रीय सदस्यको छनौट गर्न सहमति बनाउने प्रयास गरिएकाले बैठक सारिएको बताइएको छ ।
पार्टी विधानअनुसार २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएकामा अब ३२९ सदस्यीय कार्यसमिति विस्तार हुनेछ ।
सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनयन गर्ने, कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल हुने बैठकका एजेण्डा रहेका छन् ।
न्युज कारखाना
काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धित गठित कार्यदलको बैठक आज बस्ने भएको छ ।
बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा बिहान ८ बजे बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
यस अघि शुक्रबार बसेको कार्यदलको बैठकले संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमाथि रहेका असहमतिमा सैद्दान्तिक सहमति भएको बताइएको छ ।
कार्यदलमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्यसचेतक बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव शर्मा सहभागी रहेका छन् ।
संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमाथि सैद्धान्तिक सहमति जुटाएको र सरोकारवालासँग छलफल गरेपाची आज अन्तिम रुप दिन बैठक बस्न लागेको बताइएको छ ।न्युज कारखाना
काठमाडौँ । बहिर्गमित जनमुक्ति सेना नेपालले नेपालका पूर्व बाल सैनिकहरूको न्यायको लागि अपील गरको छ ।
बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टले एक अपिल जारी गर्दै मातृ पार्टी नेकपा माओवादी र अहिले को माओवादी केन्द्र पटकपटक सरकारमा रहेर पनि पूर्व बाल सैनिकहरूको हेरचाह र सहयोग गर्न नसकेको उल्लेख गर्दै रणभूमिमा प्रयोग गर्ने राजनीतिज्ञहरू, विशेषगरी माओवादी नेताहरूले पुर्व बाल सैनिकको जीवन र भावनासँग खेलवाड गरेको उल्लेख गरिएको छ ।
अपिलमा भनिएको छ- ‘नेपाल सरकारले संयुक्त राष्ट्रसङ्घीय नियोग (अन्मिन) सँगको सहकार्यमा माओवादी सङ्गठनमा हजारौँ बालसैनिकको अस्तित्व प्रमाणित गरेको डेढ दशकभन्दा बढी समय बितिसकेको छ । वयस्क सिपाहीहरूको राम्रो हेरचाह गरिएको भएपनि हामी नाबालिगहरूलाई आफ्नो लागि जोगाउन छोडियो, र आजसम्म हामी युवा वयस्कहरूको रूपमा बहिष्कार, भेदभाव र जीविका चलाउन कठिनाइको सामना गरिरहेका छौं । हामीलाई रणभूमिमा प्रयोग गर्ने राजनीतिज्ञहरू, विशेषगरी माओवादी नेताहरूले हाम्रो जीवन र भावनासँग खेलवाड गरेका छन् र अहिले आफ्नो राजनीतिक करियर जोगाउन बाल सैनिकको कुरा गर्न चाहँदैनन् । हामीले द्वन्द्वको समयमा आफैंले हिंसा भोगेका छौं, शारीरिक र मनोवैज्ञानिक आघात भोगेका छौं, द्वन्द्वकालमा अकल्पनीय कठिनाइ सहेका छौं र त्यसपछि सामाजिक सीमान्तीकरणको अनुभव गरिरहेका छौं । मातृ पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र अहिले माओवादी केन्द्रले पटकपटक सरकारमा रहेर पनि हामीलाई हेरचाह र सहयोग गर्न सकेनन् ।’
अपिलमा द्वन्द्वको शुरुवातदेखि हालसम्म माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध बाल सैनिकको प्रयोग र शोषणको मुद्दामा हामीले अदालतमा मुद्दा दायर गरेका छौं भन्ने कुरा बिर्सनु हुँदैन भन्दै उक्त मुद्दाको सुनुवाइ हाल नेपालको सर्वोच्च अदालतमा चलिरहेको छ भने उक्त मुद्दाको सुनुवाइ भदौ ०८, २०२४ (भाद्र २३, २०८१) मा हुदै गरेको उल्लेख छ ।
अपिलमा भनिएको छ- ‘हामी भूतपूर्व बालसैनिकलाई सन् २००६ देखि आजसम्म नेपालको शान्ति प्रक्रियाबाट पूर्ण रूपमा बाहिर राखिएको छ । यस निर्दयी उपेक्षाको साथमा, हाम्रो जीवित वास्तविकताले संसदमा हालको सङ्क्रमणकालीन न्याय विधेयकमा कुनै उल्लेख गरेको छैन। सङ्क्रमणकालीन न्याय विधेयक संसदमा पेस गर्नुअघि अन्तिम चरणमा पुग्दै हामी पूर्व बाल सैनिकहरूले दशकौंदेखि लड्दै आएका न्यायका लागि आफ्नो दृढ अडान व्यक्त गर्न चाहन्छौँ । साथै यस अपिल मार्फत हाम्रा मागहरु पुन: स्मरण गराउन चाहन्छौं ।’न्युज कारखाना
काठमाडौ । बागमती प्रदेशमा मुख्यमन्त्री बहादुरसिंह लामाले मंगलबार विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि बागमती प्रदेश सभा सचिवालयमा पत्र दर्ता भइसकेको छ । साउन १५ गते दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने बताइएको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका लामा गत साउन ८ गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त हुँदा उनलाई कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको छ । मुख्यमन्त्रीमा नियुक्त भएका लामाले बागमती सरकारलाई पूर्णतासमेत दिइसकेका छन् ।
कूल ११० सदस्यीय प्रदेश सभामा लामालाई विश्वासको मतका लागि कम्तीमा पनि ५६ सांसदको समर्थन आवश्यक पर्छ । बागमतीमा कांग्रेस–एमाले एकठाउमा भएकाले स्पष्ट बहुमत रहेको छ ।
बागमतीमा माओवादी केन्द्रको २१, सभामुखसहित राप्रपाको १३, एकीकृत समाजवादीको सात, नेपाल मजदुर किसान पार्टीको तीन र हाम्रो नेपाली पार्टीको दुई सांसद रहेका छन् ।न्युज कारखाना
काठमाडौं । गृहमन्त्री रमेश लेखकले कारागार र बालसुधार गृहको सुधारमा तीनै तहका सरकारको समन्वय गरेर अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् ।
आइतबार बिहान संघीय संसदको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
‘अत्याधिक संख्यामा कैदीबन्दी रहेको समस्या देशभरिकै छ । भौतिक संरचनाको राम्रो विषय उठाउनु भएको छ,’ मन्त्री लेखकले भने, ‘भौतिक संरचनामा सुधार गर्न आवश्यक छ ।’ उनले यस्तै बाल सुधार गृहमा पनि ठाउँको अभाव छ । भौतिक संरचनाको अभाव देखिएको उनको भनाई छ ।
‘हामीसित ८ वटा जिल्लामा ९ वटा बालसुधार गृह छन् ।’ उनले भने, ‘यसको सुधार गर्न सबैलाई सरकारले राम्रोसँग सञ्चालन गर्नुपर्ने देखिएको छ ।’ कैदीबन्दीको सिदा र दैनिक खर्च कम भएको विषयमा सरकारको ध्यान गम्भीरतापूर्वक जाने गृहमन्त्री लेखकले बताए । कैदी बन्दीले भोग्नुपरेको स्वास्थ्य र सरसफाईका समस्या सम्बोधन गर्ने सरकारले ध्यान दिने बताए ।
‘कैदीबन्दीको सीप विकास र आय आर्जनको कुरामा पनि सरकार गम्भीर छ ।’ गृहमन्त्री लेखक भने, ‘कारागारलाई सीप विकास केन्द्रका रुपमा विकास जरुरी छ ।’ केही न केही उद्यम गरेर आय आर्जन पनि हुने र मानिस व्यस्त हुने अवस्था रहेको उहाँको भनाई थियो ।
कैदीबन्दीको स्वास्थ्य बीमा र सीपको व्यवस्थाका साथै मनोपरामशर्म कार्यक्रम आवश्यक भएको गृहमन्त्री लेखकले बताए । कैद कट्टामा सर्वोच्च अदालतले दिएको पछिल्लो निर्देशनअनुसार अगाडि बढ्ने उनको भनाइ छ ।
जबरजस्तीकरणी र लागू औषध सम्बन्धि अपराध अपराधलाई न्यूनीकरण र नियन्त्रण गर्नेतर्फ सरकारले पर्याप्त ध्यान दिने उनको भनाइ थियो ।
बैठकमा गृहमन्त्री लेखकले संसदीय समितिप्रति सरकार जावफदेही र जिम्मेवार हुने प्रतिबद्धता व्यक्त गरे । ‘प्रतिवेदनमाथि छलफल गरेर समितिबाट निर्देशन पाऔं । सरकार सदनप्रति जवाफदेही हुन्छ र जिम्मेवार हुन्छ ।’ उनले भने, ‘समितिको निर्देशन हामी गम्भीरतापूर्वक लिन्छौं र कार्यान्वयन पनि जति सक्छौं ।’ आर्थिक अभावका बिचमा पनि सरकारले यथेष्ट ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।
समिति बैठकमा गृह सचिव एकनारायण अर्यालले ७२ वटा कारागार मध्ये अहिले दश वटा स्तरोन्न्ती भइरहेको बताए । ‘कैदीबन्दीको क्षमता विकास र पुस्तकालयको काम गरिराखेका छौँ । कैदीबन्दीले कारगारमा बसुन्जेदसम्म सीप सिक्छ ।’ उनले भने, ‘त्यहाँबाट आइसकेपछि सोही अनुसार काम पनि पाउने अवस्था बन्छ ।’
उनले कैदीबन्दीको स्वास्थ्य बीमा गर्ने काम अगाडि बढेको जानकारी दिए ।
कार्यक्रममा कानून, न्याय तथा मानव अधिकार समितिले मुलुकभरका बाल सुधार गृह र कारागारको अनुगमनका लागि बनाएका तीन वटा उपसमितिले प्रतिवेदन समेत बुझाएका छन् । प्रतिवेदनमा बाल सुधार गृह, कारागारको समग्र अवस्था, देखिएको चुनौती एवं गर्नुपर्ने काम र सुधारको विषयसहितमा उल्लेख छ ।न्युज कारखाना
काठमाडौं ।
आम जनता पार्टी (आजपा) अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले राजासंग घाटी जोडेकाहरुबाट मुलुकले ठुलो नोक्सानी व्यहोर्नुपरेको बताएका छन् । नेपाली कांग्रेस र नेकपा (एमाले)को नेतृत्वमा रहेकाहरुबाट मुलुक समृद्ध हुन नसक्ने बताउँदै उनले अहिलेको गठबन्धन नभएर ठगबन्धन भएको टिप्पणी गरे ।
आजपा निकटको आम उधोग बाणिज्य संघको काठमाडौं अनामनगर स्थित तमुबुद्ध सेवा समितिको सभाहलमा आज भएको पहिलो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यो एमाले र कांग्रेसको गठबन्धन नभई केपी ओली र शेरबहादुर देउवाको सत्तास्वार्थ केन्द्रित व्यक्तिगत ठगबन्धन भएको बताए । ‘एमाले र कांग्रेस बनाउँनेहरु आज कहाँ छन् ? दुबै पार्टी निर्माण गर्नेहरु आजको दिनमा भागिभागि हिडनुपरेको छ ।
तर विगतमा राजासंग घाटी जोडने, प्रतिगामी शक्तिहरु त्यो पार्टीको नेतृत्वमा पुगेका छन्’ आजपा अध्यक्ष साहले भने, ‘अहिलेको सत्तारुढ गठबन्धनलाई राष्ट्रिय सहमतीको सरकार भन्दै बाहिर हिडिरहेका छन् । तर वास्तविकता त्यो होईन्, यो विगतमा बदनाम भईसकेका पात्रको ठगबन्धन हो ।’ विगतमा जतिपटक एमाले र कांग्रेसको संयुक्त सरकार बनेको छ त्यति पटक मुलुकले ठुलो नोक्सानी व्यहोर्नुपरेको ईतिहास हाम्रो आगाडी रहेको बताउँदै उनले यिनीहरुकै कारण रामराजा सिंह राष्ट्रपति हुन नसकेको बताए ।
यिनीहरुकै कारण खिलराज रेग्मीलाई यिनीहरुले शासन सत्ता बुझाएको मात्र नभई कांग्रेस र एमाले मिलेर ‘गण्डा संविधान’ बनाएको बताउँदै साहले आज त्यही भएर नेपाली जनताले ठुलो नोक्सानी व्यहोर्नुपरेको बताए । ‘विगतको निर्वाचनमा जनतासंग मत माग्ने बेलामा जे प्रतिबद्धता व्यक्त गरिएको थियो ।
जुन कुरा जनताका बीचमा यिनीहरुले प्रतिबद्धता गरेर आए त्यो अनुसार काम नगरेकै कारण राजनीतिक स्थिरता हुन सकेन्’ साहले भने, ‘मत माग्ने बेलामा एउटा प्रतिबद्धता गरे, तर काम गर्ने बेलामा अर्कै काम गरिरहेका छन् । के कांग्रेसले मत माग्दा म एमालेको नेतृत्वमा सरकार बनाउँनु भन्या थियो ? के एमालेले मत माग्ने बेलामा कांग्रेसको नेतृत्वमा सरकार बनाउँछु भन्या थियो ? तर आज हेर्नुस त संघ देखी प्रदेशसम्म यिनी आफ्नो प्रतिबद्धता बिरुद्ध नै काम गरिरहेका छन् । अब जनताले हिसाब माग्ने बेला आएको छ ।’
विधिको शासनको कुरा गर्ने एमालेले लुम्बिनी प्रदेशमा आफ्नै संसदीय दलको नेतालाई मुख्यमन्त्री नबनाई उपनेतालाई मुख्यमन्त्री बनाएको बताउँदै उनले अहिले पनि एमालेभित्रै धेरै नेताहरु पीडित रहेको बताए । कांग्रेसमा पनि त्यस्तै भएको बताउँदै उनले विगतमा राजासंग घाटी जोडने, पार्टी निर्माण नगर्नेहरु नै नेतृत्वमा रहेकाले दुबै पार्टीभित्र नेताहरु पीडित बनेको बताए । प्रचण्ड नेतृत्वको सरकारले कहिले एमाले त कहिले कांग्रेसले समर्थन गर्ने र समर्थन फिर्ता लिने कामले प्रधानमन्त्रीले पाँच पाँच पटक विश्वासको मत लिनु पर्यो । तर आज त्यही कांग्रेस र एमालेले राजनीतिक स्थिरता भएन भन्नु कतिको जायज हो भन्दै उनले प्रश्न उठाए । कांग्रेस एमालेकै कारण मुलुक भ्रष्टमा नंं. १ भएको टिप्पणी गर्दै निजि कम्पनी नाफामा हुने तर सरकारकी संस्थानहरु किन घाटा व्यहोर्नुपरेको भन्दै उनले यिनीहरुले नै लुटेर खाएको आरोप लगाए ।
नेपालको उधोगधन्दा धवस्त बनाउँने, हरेक काण्डमा कांग्रेस र एमालेकै नेताको संलग्नता हुने गरेको बताउँदै उनले सबै भ्रष्टहरुलाई जेल नपठाए सम्म मुलुक समृद्ध हुन नसक्ने टिप्पणी गरे । मुलुकलाई समृद्ध बनाउँनका लागि सबै भ्रष्टहरुलाई जनकारवाही हुन आवश्यक रहेको उनले बताए । तर भ्रष्टलाई कारवाही गर्ने निकाय पनि यिनीहरुकै पिछलगु बनेको र त्यही भ्रष्ट नेताको ईशारामा नाचिरहेको साहले बताए ।
‘सरकारको मनपरी कर हटाउन र बैंकले लिएको मनोमानी ब्याज फिर्ता गराउन’ संघर्ष गर्ने संकल्प सहित भएको सो राष्ट्रिय भेलामा बिभिन्न पार्टी परित्याग गरी नेताहरु आजपामा प्रवेश गरे । रौतहट ग्रान्डी अस्पतालका निर्देशक डा. संजिवकुमार जयसवाल, माओवादी केन्द्र निकटको प्रेस सेन्टर बागमती प्रदेशका उपाध्यक्ष मोहनजंग कार्की सहित दर्जर्नौ व्यक्त आजपामा प्रवेश गरेका छन् । सो भेलाबाट साजनकुमार जैसवालको अध्यक्षतामा १०१ सदस्यीय आम उधोग बाणिज्य संघको केन्द्रीय कमिटी गठन भएको छ ।
कमिटीको उपाध्यक्षमा धिरजकुमार साह, सोना सिलवाल, अमित कुमार साह, महासचिवमा पवन कुमार, सचिवमा अमित सर्राफ, मन्नु राजन, कोषाध्यक्षमा संजीव जयसवाल रहेको आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् । यसैगरी सदस्यहरुमा पवन जयसवाल, धिरज जयसवाल, चुनुलाल जयसवाल, उपेन्द्र साह, अनिलकुमार साह, दिपककुमार साह, अमित रौनियार, नितिसकुमार जयसवाल, निशा कुमारी लगायतका रहेका छन् ।न्युज कारखाना
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई एमाले भित्र रहेका देशभक्तहरुको बारेमा चिन्ता रहेको बताएका छन् ।
शनिबार पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले एमालेभित्र पनि ठूलो देशभक्तहरुको पंक्ति अझै रहेको बताउदै उनीहरुलाई कसरी जोड्ने भन्नेमा आफ्नो चिन्ता रहेको टिप्पणी गरेका छन् ।
उनले भने, ‘पहिलो प्रयास असफल भएपछि अहिले पनि मैले कम्युनिष्ट एकताको प्रयास अघि बढाएको थिएँ, तर सफल भएन । एमालेभित्र पनि ठूलो देशभक्तहरुको पंक्ति अझै छ । कम्युनिष्ट आन्दोलनप्रति ठूलो त्याग गरेका, योगदान गरेका मानिसहरु छन् । मेरो चिन्ता त्यो पंक्तिसँग हामी सबै सञ्चा कम्युनिष्ट क्रान्तिकारी भन्नेहरु कसरी जोडिने भन्नेबारेमा चिन्तनमनन गरिराख्नुपर्नेछ ।’
सो कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालम जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतले पनि सम्बोधन गरेका थिए ।
न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कला– संस्कृतिका लागि ऊर्बर भूमि भएको बताएका छन् ।
लेखक नेत्रप्रसाद गौतमद्वारा लिखित विभिन्न कृतिको आज आयोजित कार्यक्रममा लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले नेपाल ज्ञानको उदगम स्थल र विस्तार भएको ठाउँ भएको उल्लेख गरे ।
‘मानिसका अनुभव र अनुभूतिहरू सङ्ग्रहित र परीक्षित भएपछि ज्ञान बन्छ । ज्ञानको सङ्ग्रह र वितरणको आरम्भ पृथ्वीको यही भागबाट भएको हो ।’, प्रधानमन्त्री ओलीले भने, ‘नेपालका घाँस, पात र परिङ्गर, पँधेरामा पनि आँश’’ कविता प्रकट ह’’ने वातावरण छ । यो वातावरणलाई विस्तार गरेर जाने सन्दर्भमा गौतमको लेखनी अघि बढ्दै जाओस् भन्न चाहान्छ ।’
उनले भानुभक्त आचार्य, मोतीराम भट्ट, लेखनाथ पौडेल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा जस्ता महान् साहित्यकारहरू नेपालमा जन्मिएको सन्दर्भ उलेख गर्दै रोधी घरमा बसेर तत्काल गीत बनाएर गाउने कला र प्रतिभा नेपालीमा रहेको कार्यक्रममा प्रधानमन्त्री ओलीबाट ८१ वर्षीय गौतमका ‘मेरो इतिहास’, ‘नेत्रका तीन खण्डकाव्य’ र ‘भूत पिसाचका कथा’ कृति लोकार्पण गरिएको थियो ।
लेखक गौतमबाट अझै थप कृतिको आशा व्यक्त गर्दै प्रधानमन्त्री ओलीले उमेर ढल्केपति स्वास्थ्यका लागि थुप्रै पद्धति, उपकरण र चिकित्सा विज्ञान विकास भइसकेकाले ज्येष्ठ नागरिकले रोगको चिन्ता बर्न नपर्ने बताए ।
आफू दुई पटक मिर्गाैला फेरेर पनि स्वस्थ्य नै रहेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिले आविष्कार गरेका विधिलाई मानवीय हित र उपचारमा प्रयोग गर्न सक्नु पर्नेमा जोड दिए ।
न्युज कारखाना
काठमाडौं ।
संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक सकिएको छ ।
शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालयमा सम्पन्न बैठकमा सकारात्मक छलफल भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।
बैठकपछि बर्तौलाले केहि राय लिएपछि सोमबार अन्तिम बैठक बस्ने बताए । यो विषय सत्ता या प्रतिपक्षको नभएको बताउदै उनले यो सबैको साझा विषय भएको बताए ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिका विषय सहमति नजिक पुगेको बर्तौलाले बताएका छन् ।
कार्यदलमा एमालेका महेश बर्तौला, माओवादी केन्द्रका जनार्दन शर्मा र कांग्रेसबाट गृहमन्त्री समेत रहेका रमेश लेखक रहेका छन् ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई पीडितलाई केन्द्रमा राखेर टुंग्याउनका लागि असहमतिका चार बुँदामा सहमतिका लागि दलहरुबीच निरन्तर छलफल भइरहेको छ।
मानव अधिकारको गम्भीर उलंघन, हत्याको परिभाषा, सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्ति र महान्यायाधिवक्ताले गम्भीर मानव अधिकार उल्लंघनको विषयमा ७० प्रतिशत सहमति जुटेको र आज कार्यदलले टुङ्गो लगाउने तयारी गरेको छ ।
न्युज कनरखाना
काठमाडौं ।
संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक शुरु भएको छ ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा सुरु भएको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिका विषयलाई टुंग्याउने बताइएको छ ।
कार्यदलमा एमालेका महेश बर्तौला, माओवादी केन्द्रका जनार्दन शर्मा र कांग्रेसबाट गृहमन्त्री समेत रहेका रमेश लेखक रहेका छन् ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई पीडितलाई केन्द्रमा राखेर टुंग्याउनका लागि असहमतिका चार बुँदामा सहमतिका लागि दलहरुबीच निरन्तर छलफल भइरहेको छ।
मानव अधिकारको गम्भीर उलंघन, हत्याको परिभाषा, सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्ति र महान्यायाधिवक्ताले गम्भीर मानव अधिकार उल्लंघनको विषयमा ७० प्रतिशत सहमति जुटेको र आज कार्यदलले टुङ्गो लगाउने तयारी गरेको छ ।
त्यस्तै कार्यदलले आज अन्तिम प्रतिवेदन तयार गरेर शीर्ष तहलाई बुझाउने भएको छ ।
न्युज कनरखाना
काठमाडौँ । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन भएको छ । गएराति उनको निधन भएको हो ।
मृर्गौलामा समस्या देखिएपछि उनको वीर अस्पतालमा राखेर उपचार भइरहेको थियो । उनको पार्थिव शरीरलाई आज बिहान ११ बजेसम्म नगरपालिकामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि अन्तिम संस्कार गरिने भएको छ ।
नकर्मी नेपाली काँग्रेसको तर्फबाट नगरप्रमुखमा विजयी भएका थिए । न्युज कनरखाना
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बिहीबार उनले नेपाली कांग्रेसका ४ जना मन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री लामाले नियुक्त गरेका मन्त्रीहरूमा मीनकृष्ण महर्जन, सुरजचन्द्र लामिछाने, विमल ठकुरी र प्रभात तामाङ छन् ।
नव नियुक्त मन्त्रीहरूको आजै मन्त्रालयसमेत तोकिएको छ । जसमध्ये मीनकृष्णलाई युवा तथा खेलकुद मन्त्रालय, सुरजचन्द्रलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विमललाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय र प्रभातलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यसअघि मन्त्रीमा नियुक्त भएर बुधबार सपथ लिइसकेका कांग्रेसकै ३ जनामध्ये २ जनालाई मन्त्रालयको जिम्मेवारी दिइए पनि एक जनाको मन्त्रालय अझै टुंगो लागेको छैन । कुन्दनराज काफ्लेलाई सामाजिक विकास मन्त्रालय र श्यामबहादुर खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सुम्पिँदा मदुकुमार श्रेष्ठको मन्त्रालय तोकिएको छैन ।
१४ सदस्यीय मन्त्रिपरिषद्मा नेकपा एमालेका तर्फबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, प्रेम भक्त महर्जन श्रम रोजगार तथा यातायात मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकास मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, किरणले थापा स्वास्थ्य मन्त्रालय र सुकमाया तामाङले उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।न्युज कनरखाना
काठमाडौं । सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गड्तौलालाई मुख्य सचिव नियुक्त गरेको हो ।
यससँगै गडतौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन् । उनलाई असार ३१ गतेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो ।
त्यसअघि तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि असार ९ गते उनलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको थियो ।
गड्तौला भदौ १५ गतेसम्म मुख्यसचिव रहनेछन् । उनी उमेरहदका कारण अवकाश लिदैछिन् । न्युज कारखाना
काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दुतावासलाई भिसाका लागि अन्तर्वार्ताको मिति सार्न गरेको सिफारिसको पत्रको बारेमा थप बचाउ गरेको छ ।
विहिबार रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले उपसभामुखले लेखेको भनिएको पत्र अमेरिकी दुताबासमा दर्ता नै नभएको दाबी गर्दै सो पत्र कार्यान्वयनमा नै नगएको दाबि गरेका छन् ।
झाले पैसाको कारोबार नै नभएको बताउदै भने- ‘ यो पत्र १८ महिना अगाडी लेखिएको रहेछ, हामीले आफ्नो स्रोतबाट बुझ्दा अमेरिकी दुताबासमा रजिस्टर पनि नभएको र त्यसैले गर्दा त्यसमा सिफारिस गरिए अनुसार कसैको काम नभएको पाइएको छ ।’
उनले संसद सचिवालय र राज्य व्यवस्था समितिमा परेको उजुरीमा के हुन्छ त्यसमा आफुहरु सचेत भएर बसेको बताए ।
उपसभामुख रानामगरले आफु बाहेक पाँच जना अमेरिकामा एक कार्यक्रममा जान अन्तर्वार्ताको समय तुरुन्त मिलाई दिने गरेको सिफारिसको पत्र सार्बजनिक भएपछि विवादमा परेकी थिइन् । उनले सो सिफारिस गरे बापत पैसा लिएको अपुष्ट दाबि समेत गरिएको छ ।
न्युज कारखाना
काठमाडौं । सरकारले सौर्य एयरलाइन्स जहाज दुर्घटनामा निधन भएकाहरुको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आज राष्ट्रिय झण्डा आधा झुकाएर शोक मनाउने निर्णय गरेपछि आज देशभरका सरकारी कार्यालयमा रहेका झण्डा आधा झुकाइदै छ ।
आज काठमाडौंबाट पोखराको लागि उडेको सौय एयरलाईन्सको जहाज धावनमार्ग छाडेर करिब पाँच सय मिटर उडेसँगै दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका १८ जनाको निधन भएको छ भने जहाजका पाइलट मनिषरन्त शाक्यको सकुशल उद्धार गरिएको थियो । उक्त जहाजमा २ जना चालक दलको सदस्य र बाँकी १७ जना सोही एयरलाइन्समा कार्यरत प्राविधिक तथा इन्जिनियरहरु रहेका थिए ।
जहाज दुर्घटनामा निधन हुनेहरुमा कोपाइलट एस कटुवालसहित अमितमान महर्जन, सागर आचार्य, दिलिप वर्मा, मनुराज शर्मा, आश्विन निरौला, सुदीपलाल जोशी, शर्वेस मरासैनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही, प्रिजा खतिवडा र आरिफ रेडा रहेका छन् ।
सरकारले जहाज दुर्घटना छानविनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक सुदीप भट्टराई र श्री एयरलाइन्सका कर्मचारी सञ्जय अधिकारी उक्त आयोगको सदस्य रहेका छन् ।
त्यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल उक्त आयोगको सदस्य सचिव रहने बताइएको छ । सरकारले छानविनका लागि आयोगलाई ४५ दिनको समय दिएको छ ।न्युज कारखाना
ओम प्रकाश यादव
साउन ९ गते, रौतहट ।
जनता समाजवादी पार्टी नेपाल रौतहटले माधवनारायण नगरपालिकामा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सञ्चालन गरेको छ ।
पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुसंग संगठन निर्माणको विषयमा छलफल गर्न जसपा नेपालले माधवनारायण नगरपालिकामा जारी राखेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमको तेश्रो दिन बुधवार सखुअवामा पार्टीका नेता कार्यकर्तासंग भेटघाट गरेको हो ।
जसपा नेपालको माधवनारायण नगर कमिटिले यस पालिकामा आफना नेता कार्यकर्ताहरुसंग भेटघाट गर्ने कार्यक्रम जारी राखेको हो ।
माधवनारायण नगरपालिका वडा नं. ३ सखुअवामा बुधवार माधवनारायण नगर कमिटिले पार्टीका नेता कार्यकर्ताहरुसंग संगठनलाई अझै बलियो बनाएर जाने विषयमा वृहद छलफल गरेको नगर कमिटि अध्यक्ष विरेन्द्र प्रसाद यादवले बताए ।
मिसन २०८४ लाइ ध्यानमा राखी अहिलेदेखी नै संगठनलाई अझै मजबुत बनाउनका लागि पालिकाको प्रत्येक वडामा कार्यकर्तासंग भेटघाट गरी आवश्यक राय सुझाव र सल्लाह लिने काम भइरहेको माधवनारायण नगरपालिकाका पूर्व मेयर समेत रहेका नगर अध्यक्ष यादवले बताए ।
पार्टी संगठनलाई अझै सुदृढ, बलियो, शक्तिशाली र एकतावद्ध बनाउन माधवनारायण नगरपालिकाको प्रत्येक वडामा पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुसंग भेटघाट तथा छलफल कार्यक्रमलाई तिव्रता दिइएको जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष श्याम विहारी यादवले बताएका छन् ।
सो क्रममा जिल्ला अध्यक्ष श्याम विहारी यादवले पार्टी फुट्यो भनेर व्यर्थमा चिन्ता नगर्न पार्टीका नेता कार्यकर्ताहरुलाई आग्रह गरे । उनले भने, ‘जो गयो, त्यो आफ्नो थिएन, जो आफ्नो हो, त्यो पार्टीको साथमा छ । त्यसैले पार्टी छोडेर गएकाप्रति धेरै चिन्ता नगरौं । जुन देशमा राजनीतिक स्थिरता हुँदैन त्यहाँ पार्टीको स्थिरता पनि हुँदैन ।’ उनले भने ।
उनले गैरकानूनी रुपमा जसपा नेपाल फुटाइएको घोषणा गरिए पनि १ प्रतिशत कार्यकर्ता पनि अर्को पार्टीमा नगएको दाबी गरे । उनले भने, ‘जसपा नेपालमा डेढ लाख क्रियाशील सदस्य छन्, तीमध्ये १ हजार पनि उता गएका छैनन् । केहि नेता मात्र पार्टीबाट फुटेर गएको तर पार्टीका सबै कार्यकर्ताहरु जसपा नेपालकै साथमा रहेको उनले बताए ।
मिसन २०८४ मा बढि भन्दा बढी सिट हासिल गर्ने गरी जसपा नेपाललाई अझै ठुलो र सक्तिशाली पार्टी बनाउन अहिलेदेखी नै संगठन निर्माणमा लाग्न अध्यक्ष यादवले सबैलाई निर्देशन दिए । भोली विहीवार वडा नं ४ विशुनपूर्वा मानपुरमा कार्यक्रम सञ्चालन हुने अध्यक्ष यादवले बताए ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरको विमान दुर्घटनास्थल अवलोकनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमास्थित नागरिक उड्ययन प्राधिकरणको उद्दार समन्वय केन्द्रमा ब्रिफिङ लिएका छन् ।
प्रधानमन्त्री ओलीले घटना ज्यादै दु:खद, हृदयविदारक र अकल्पनीय भएको बताए । उनले निधन भएकाहरूमा हार्दिक श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गर्दै घाइते क्याप्टेनको स्वास्थ लाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीले यसबारे गर्नुपर्ने थप कामबारे सरकारले आवश्यक निर्णय लिने बताउदै आगामी दिनमा यस्ता घटना नहोस् भन्नेतर्फ सजग हुन सम्बन्धित निकाय र पक्षलाई निर्देशन दिए ।
घटना कसरी भयो ? मानवीय वा प्राविधिक कमजोरी भयो ? भन्ने बुझ्न आग्रह गरे । ब्रिफिङमा गृहमन्त्री, पर्यटनमन्त्री, निमित्त मुख्यसचिसहित सहभागी थिए ।न्युज कारखाना
हेटौडा ।
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले शपथ लिएर पदभार ग्रहण गरेका छन् ।
मुख्यमन्त्री लामाले शपथ लिएसँगै आजै १० सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् । मन्त्रीपरिषद्मा नियुक्त मन्त्रीहरुलाईसमेत् मुख्यमन्त्री लामाले प्रदेश प्रमुख शर्माको समुपस्थितिमा सपथग्रहण गराए ।
नवनियुक्त मन्त्रीहरुमा एमालेबाट प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छीमन्त्री, किशोर सिलवाल वन तथा वातावरणमन्त्री, किरण थापा स्वास्थ्यमन्त्री, अमन मास्के भौतिक योजना तथा पूर्वाधारमन्त्री, शुकमाया तामाङ उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री, प्रेमभक्त महर्जन श्रम, रोजगार तथा यातायातमन्त्री रहेका छन् ।
त्यस्तै नेपाली कांग्रेसका तर्फबाट कुन्दनराज काफ्ले, श्याम खड्का र मधु श्रेष्ठलाई विनाविभागीय मन्त्रीको जिम्मेवारी तोकिएको छ ।
बागमती प्रदेशसभाको ६४ जना बहुमत सदस्यहरुको समर्थनमा मुख्यमन्त्री बहादुरसिंह लामालाई मङ्गलबार प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री पदमा नियुक्ति गराएका थिए ।
न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरको विमान दुर्घटना स्थल पुगेका छन् ।
बुधबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान गर्ने बित्तिकै दाहिने मोड्ने क्रममा विमान दुर्घटनाग्रस्त हुदा १८ जनाको मृत्यु भएको छ ।
प्रधानमन्त्री ओलीले दुर्घटना स्थलको निरीक्षण गर्दै गृहमन्त्री, नागरिक उड्डयन मन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुसँग दुर्घटना बारे जानकारी लिएका छन् ।
दुर्घटनामा घाइते भएका विमानका पाइलट मनिष रत्न शाक्यको भने अहिले केएमसी अस्पतालमा उपचार भइरहेको छ ।न्युज कारखाना
काठमाडौँ । बंगलादेशमा बढेको प्रदर्शनपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम जारी रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार मात्र ४७ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् ।
मन्त्रालयका अनुसार अहिलेसम्म करिब १४ सय विद्यार्थी स्वदेश फर्किएका छन् । परराष्ट्रले अहिलेसम्म बंगलादेशमा अध्ययनरत सबै नेपाली विद्यार्थी सुरक्षित रहेको जनाकारी दिएको छ । ढाकास्थित नेपाली दुताबास विद्यार्थीहरु, स्थानीय प्रशासन, कलेजको नियमित सम्पर्कमा रहेको र विधार्थीहरुलाई घरभित्र नै रहन आग्रह गरिएको जनाएको छ ।
बंगलादेशमा आरक्षणविरुद्ध जारी प्रदर्शन चर्किएपछि देशभर कर्फ्यू लगाइएको छ भने इन्टरनेटसहितका सुबिधा बन्द गरिएको स्थानीय मिडियाले उल्लेख गरेका छन् । प्रदर्शनका क्रममा सय भन्दा बढीको ज्यान समेत गएको छ । न्युज कारखाना
हेटौँडा | बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामा नियुक्त भएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का ६४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित लामाले प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
लामाको राजनीतिक यात्रा २०४३ सालदेखि विद्यार्थी संगठनबाट सुरु भएको थियो। त्यसयता उनी नुवाकोटको क्षेत्रीय तथा राष्ट्रिय राजनीतिमा सक्रिय रहँदै आएका छन्। हाल उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा उनले तत्कालीन एकीकृत माओवादीका चर्चित नेता स्व. पोष्टबहादुर बोगटीलाई हराएर संविधानसभा सदस्य बनेका थिए।
लामाको राजनीतिक करियरमा २०५४ सालमा गाविस अध्यक्षको रूपमा काम गरेको अनुभव पनि छ। गत मंसिर ४ गते भएको निर्वाचनमा उनी नुवाकोट-२ (प्रदेशसभा-ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।
निर्माण व्यवसायी समेत रहेका लामाले नुवाकोटको विकासमा महत्त्वपूर्ण भूमिका खेलेका छन्। उनको नेतृत्वमा त्रिशूली खोलामा विभिन्न पुलहरू, सडक कालोपत्रे र अन्य पूर्वाधार निर्माणका काम भएका छन्। यी कामले नुवाकोटलाई बाह्रै महिना सडक सञ्चालन हुने अवस्थामा पुर्याउन मद्दत गरेको छ।
नवनियुक्त मुख्यमन्त्री लामाको सपथग्रहण आज बिहान ११ बजे हुने कार्यक्रम रहेको छ। त्यसपछि उनले नेपाली कांग्रेसबाट सात र एमालेबाट छ गरी १३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको कांग्रेस संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्सालले जानकारी दिएका छन्।न्युज कारखाना
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपदका घटनाको प्रतिनिधि सभामा जानकारी दिएका छन् ।
संसदमा बोल्दै गृहमन्त्री लेखकले जेठ २८ देखि हालसम्म १ हजार ५९२ घटना विपदका घटना भएको र सो क्रममा १३० जनाको मृत्यु भएको १४४ जना घाइते भएको जानकारी दिएका छन् ।
त्यस्तै ४८ जना वेपत्ता भएको र ५९४ पशुचौपाया नोक्सानी भएको उनले बताए । यसबर्षको बाढी पहिरोबाट २३१ घर र ८४ गोठमा क्षति पुगेको भन्दै ४३ वटा पुल र २ सरकारी भवन भत्किएको तथा ४ हजार ४ परिवार विस्थापित हुने अवस्था आएको र जसमध्ये १ हजार ५९ परिवालाई सुरक्षित स्थानमा सारिएको उनले संसदमा बताए ।
प्राकृतिक विपदबाट देशका ७७ वटै जिल्ला प्रभावित भएको र विपदपछिको खोज तथा उद्धारका लागि नेपाल प्रहरीबाट ७ हजार १६९ र सशस्त्र प्रहरीका ३ हजार ९५६ जना खटिएको अवस्था छ । ती सुरक्षाकर्मीले ९८९ जनालाई उद्धार गरेको तथा उद्धारमा कतिपय स्थानमा नेपाली सेना समेत खटिएको अवस्था छ । प्रभावितहरुलाई आवस्यक राहत सामग्रीको प्रबन्ध गरेको तथा मृत्यु भएकामध्ये ४७ परिवारलाई राहत दिइसकेको र बाँकी प्रक्रियामा रहेको छ ।
त्यस्तै उनले ४८ जना वेपत्ता भएकाहरुको पत्ता नलागेका परिवारलाई मृतक सरह नै राहत उपलव्ध गराउने निर्णय भएको छ । घाइते १४४ जना मध्ये ५ उपचाररत छन् भने बाँकी सबै उपचारपछि अस्पतालबाट डिस्चार्ज भएर घर सइसकेको जानकारी दिए ।
उनले भने- ‘घाइतेको उपचारमा तीनै तहका सरकार खटेको अवस्था छ । ९ जना घाइतेको हेलिकप्टरबाट उद्धार गरिएको छ । असार २८ मा चितवनको सिमलतालमा बस दुर्घटनामा परी बेपत्ता भएका ६२ जना मध्ये हालसम्म २४ जनाको शव फेला परेको छ । १९ जनाको पहिचान भइ आफन्तले शव बुझिलगेका छन् भने पाँच जनाको पहिचान हुनु सकेको छैन । बाँकी ४३ जनाको खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले खोजी कार्य गरिरहेको छ । खोजी कार्यका लागि ३६८ सुरक्षाकर्मी अहोरात्र खटिएको अवस्था छ ।’न्युज कारखाना
काठमाडौं । नेकपा एमालेले २०७२ सालदेखि उर्जा मन्त्रालयको जिम्मेवारी लिए पनि माओवादी केन्द्रले डेडिकेटेड तथा ट्रंक लाइन विवाद समाधान नगरेको आरोप लगाएको छ ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद पदम गिरीले संसदमा माओवादी केन्द्रले जनतालाई भ्रम छर्ने गरि विद्युत महसुलको विषय उठाएको भन्दै आलोचना गरेका हुन् ।
सांसद गिरीले २०७२ सालदेखि माओवादी केन्द्रनै उर्जा मन्त्रालयको जिम्मेवारी लिएर अहिलेसम्म किन डेडिकेटेड तथा ट्रंक लाइनको महसुल विवाद समाधान नगरेको भन्दै प्रश्न गरेका छन् ।
उनले भने-‘२०७२ सालदेखि अहिलेसम्म माओवादी केन्द्रले केहि महिनाबाहेक निरन्तर उर्जा मन्त्रालयको जिम्मेवारी लिनुभएको छ। तर दुर्भाग्य के छ भने उद्योगी र व्यवसायीले उपभोग गरेको डेडिकेटेड तथा ट्रंक लाइनका नाममा २२ अर्बभन्दा भुक्तानी लिनुपर्ने छ भनेर केहि लाइन काट्ने काम भएको छ। तर डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेको टिओडि मिटरको बिल प्राधिकरणले दिन सकेको छैन। पूर्वाग्राही ढंगले लाइन काटिएको छ।’ उनले भने, ‘राज्यले निर्णय लिदा विधिमा टेकेर लिनुपर्छ कि पर्दैन। नियम अनुसार भए उति बेला नै किन महसुल नउठाएको ? डेडिकेटेड तथा ट्रंक लाइनका नाममा बर्षौसम्म किन हेरेर बसेको ? लेनदेन छैन भने ?’
उनले लाल आयोगको प्रतिवेदनलाई अनदेखा गरेर फरक रुपमा प्राधिकरणले विद्युतको बिल पठाएर असुल उपर गर्न खोजेको आरोप लगाउदै प्राधिकरणले कमजोरी गरेको जिकिर गरे ।
उनले प्रधानमन्त्रीले उद्यमीहरुले प्रयोग गरेको बिजुलीको पैसा नउठाउ भनेर भन्यो भनेर माओवादी केन्द्रले अफवाह फैलाएको भन्दै प्रधानमन्त्रीले प्रयोग गरेको महसुल तिर्नुपर्ने बताएको उल्लेख गरे ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण गर्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसको महिला भलिबल टोलीसँगको भेटका क्रममा प्रधानमन्त्रीले ओलीले दुई देशबीच सोभियत सङ्घ हुँदादेखि नै रुसबाट नेपालले शिक्षा, यातायात आदि क्षेत्रमा सहयोग पाउँदै आएको उल्लेख गर्दै खेलका लागि रुस एक प्रकारको बादशाह नै भएको बताए ।
दुई देशको भलिबल टोलीबीच मैत्रीपूर्ण खेल हुनुलाई सकारात्मकरुपमा लिँदै प्रधानमन्त्री ओलीले यस्ता खेलका साथै रुसको प्रसिद्ध सर्कस र नेपालको मौलिक नृत्य, आर्केष्ट्रा आदि संस्कृतिको आदानप्रदानमा अर्थपूर्ण निरन्तरता हुनुपर्नेमा जोड दिए ।न्युज कारखाना
हेटौडा । नेकपा एमालेले बागमती प्रदेश सरकारमा सामेल हुने ६ जना मन्त्रीको नाम टुंग्याएको छ ।
एमालेले काठमाडौंका प्रकाश श्रेष्ठ र अमन मास्के, ललितपुरका प्रेम भक्त महर्जन भक्तपुरका किरण थापा मगर तथा चितवनका कृष्ण सिलवाल र सिन्धुलीकी सुकमाया तामाङलाई मन्त्री बनाउने भएको हो ।
एमालेले यो पटक मन्त्री बनाउदा नयाँलाई अवसर दिएको छ । मन्त्री बन्ने ६ जनामध्ये ५ जना नयाँ अनुहार रहेका छन् ।
बागमतीमा कांग्रेस-एमाले गठबन्धनले आज नै मुख्यमन्त्रीका लागि दाबी पेस गर्दैछन् । गठबन्धनका तर्फबाट कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले दाबी पेस गर्दै छन् ।
त्यस्तै कांग्रेसले भने अझै मन्त्रीको टुंगो लगाउन सकेको छैन । कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम बहादुर खड्का, विमल ठकुरी, मीनकृष्ण महर्जन, समिता खड्की, हरिप्रभा खड्की, सुना परियार, उर्मिला नेपाल र विनु रायमाझीलगायत मन्त्रीका आकांक्षी रहेका छन् ।न्युज कारखाना
काठमाडौं । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नगरेको प्रष्ट पारेको छ ।
देशभरका सबै ७५३ सथानीय तहलाई एक सर्कुलर पठाउदै विभागले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य नरहेको स्पष्ट गरेको छ ।
विभागले देशभर निरन्तर परेको वर्षाका कारण ठाँउठाँउमा बाढी, पहिरो र विपद्को अवस्था सिर्जना हुन गई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकहरूलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज हुन गएकाले उक्त प्रयोजनका लागि हाललाई राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयलाई निर्देशन दिने मन्त्रिपरिषदले गरेको निर्णयका आधारमा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नभएको र सोहि अनुसार कार्यान्वयन गराउन निर्देशन दिएको जनाएको छ ।न्युज कारखाना
काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले उपसभामुखको सचिवालयले अमेरिका पठाइदिने पैसा लिएको उजुरी पार्टीमा परेको बताएका छन् ।
मुकुलले उपसभामुखको पत्र प्रकरणका बारेमा आफ्नो भनाइ सार्बजनिक गर्दै एक महिलाले उपसभामुखको सचिवालयले अमेरिका पठाइदिने भन्दै पैसा लिएको र भिसा नलागेपछि कहिले बेलायत त कहिले अर्को देश पठाईदिने भन्दै अल्मलाएका कारण पैसा फिर्ता गराइदिन भन्दै पार्टीको सम्पर्कमा आएको बताएका छन् ।
मुकुल ढकालको भनाई:
वैशाख ४, २०८१ मा पार्टीका संगठन विभाग सचिव शङ्कर श्रेष्ठले उपसभामुखले लेखेको पत्र मलाई वाट्सएप गर्नुहुन्छ । साथै, उहाँले पार्टीका एक जना पालिका सभापतिसँग आफूँले गरेको टेलिफोन संवादको रेकर्ड पनि पठाउनु हुन्छ । टेलिफोन संवाद अनुसार पालिका सभापतिकहाँ पत्रमा उल्लेख गरिएकी एक जना महिला , आफूँलाई पिडित भन्दै उहाँसँग सम्पर्कमा आउनु हुन्छ । पिडितका अनुसार १ वर्ष अगाडी उपसभामुख सचिवालयले अमेरिका पठाइदिने भन्दै उहाँसँग पैसा लिएको थियो , र अमेरिका भिसा नलागेपछी कहिले बेलायत त कहिले अर्को कुनै देश पठाइदिने भन्दै उपसभामुख सचिवालयले अलमलाएका कारण आफ्नो पैसा फिर्ता गराइदिन भन्दै पार्टीको सम्पर्कमा आएकी थिइन् ।
घटनाको खबर प्राप्त गर्ने बितिकै मैले घटनाको बारेमा पार्टी सभापति रवि लामिछाने, पार्टी उपसभापति डा. स्वर्णिम वाग्ले र पार्टी सहकोषाध्यक्ष एवं गृहमन्त्रालयमा गृहमन्त्रीको सचिवालय संयोजकका रूपमा काम गरिरहेका दिपक बोहोरासम्म कुरा पुर्याए र गृहमन्त्रालयबाट उल्लेखित ५ जना विदेश उडेको नउडेको अध्यागमनबाट हेर्न आग्रह गरे । भोलिपल्ट राम नवमी परेकाले पर्सी पल्ट कोहि पनि विदेश नउडेको खबर प्राप्त गरेँ । घटनाका बारेमा सिधै उपसभामुखबाट बुझ्नपर्छ भन्ठानी, मैले उपसभामुखसँग सम्पर्क गरेँ र उहाँले शुरूमा पत्रका बारेमा जानकार नरहेको बताउनु भयो तर अलिकति केरकार गरेपछी उहाँले उपेन्द्र भन्ने भाइ पार्टीकै मान्छे भएको , उसलाई मात्र चिनेको, अरूलाई नचिनेको बताउनुभयो र उपेन्द्रले भने अनुसार पत्रमा हस्ताक्षर गरेको बताउनु भयो । “नचिनेको मान्छे भन्न पाइन्छ ?” , “त्यसरी हस्ताक्षर गर्न मिल्छ ?” भनेर उपसभामुखलाई मैले प्रश्न गरेँ र उहाँले “थाहा भएन” भन्ने सामान्य उत्तर दिनु भयो । “थाहा छैन भन्न पाइन्छ ?” भनेर मैले प्रश्न गरिरहे, तर उहाँले “थाहा छैन” को रटान लगाइरहनु भयो । त्यसपछी, अब आइन्दा त्यसरी कसैको हस्ताक्षर नगर्नु र ती ५ जना पार्टी कार्यलयमा यथासक्य छिटो उपस्थित गराउनु भनेर पार्टी महामन्त्रीको रूपमा निर्देशन दिए । त्यतिबेला उहाँले महेश पाण्डे भन्ने व्यक्तिलाई ती को हुन् भन्ने थाहा छ र उहाँलाई सम्पर्क गर्न बताउनु भयो तर मैले अन्य व्यक्तिसँग सम्पर्क नगर्ने र तपाईंले नै ती व्यक्ति पार्टी कार्यलयमा उपस्थित गराउनु भने ।
उपसभामुखको मात्र होइन, “थाहा छैन” भन्ने रोग पार्टीमा संक्रमण रोग जसरी फैलिएको छ जुन कुरा मैले समीक्षा प्रतिवेदनमा पनि उल्लेख गरेको छु । भविष्यमा, यस्ता “थाहा छैन” प्रकरण थप खुल्दै जाने नै छन् किन भने , सत्यलाई केहि दिन लुकाउन सकिएला , सँधै लुकाउन सकिन्न । “थाहा छैन” भन्ने जवाफले पार्टी महामन्त्रीको रूपमा मलाई पारेको दवावकै कारण मैले समीक्षा यात्रा पनि “थाहा अभियान” का अभियान्ता रूप चन्द्र विष्ट ‘रूदाने’ को गाउँ “थाहा नगरपालिका” बाट शुरू गरे ।
उपसभामुखलाई त्यसरी ती ५ जना उपस्थित गराउने निर्देशन दिएपछी , इलामको उपचुनाव आयो । चुनावको नतिजापछी पार्टी सचिवालय बैठक बस्यो र बैठकले मलाई समीक्षा यात्रामा पठाउने निर्णय गर्यो । त्यसपछीका घटनाक्रम आम जनतामाझ आइसकेको छ । उपसभामुखको पत्र र मानव तस्करी जस्तो जघन्य अपराध जोडिएको यो विषयमा पार्टीका सिमित व्यक्तिको जानकारीमा मैले अनुसन्धान गरिरहेको थिएँ तर समयचक्रमा घटनाक्रम यसरी विकसित भएकी अनुसन्धानभन्दा के कति विषयमा म ओझेलमा परेँ, सम्भवत सबैको जानकारीमा आएकै विषय हो । महिना दिन बित्दा पनि उपसभामुखले ती ५ जना दिइएको निर्देशन अनुसार पार्टी कार्यलयमा उपस्थित गराउनु भएन र उपस्थित नगराएका कारण थप कदम चाल्नु पर्ने हुन्थ्यो , जुन अवस्थामा म रहिन र जानकार मध्ये अन्य कसैले चासो दिएन ।
उपसभामुखलाई सोधखोजपछी पनि म पिडितको सम्पर्कमा आफैँ पुग्न चाहेँ तर सम्पर्कमा आएको पिडितले ती पालिका सभापतिलाई “तपाईंले कुरा कता कता पुर्याउनु भयो, मेरो पैसा फिर्ता आयो” बताइन् । ९ लाख रूपैयाँ उपसभामुख सचिवालयले लिएको रहेछ र त्यसलाई फिर्ता गरेपछी पिडितले बयान दिन र थप सम्पर्कमा आउन इन्कार गरिन् । पिडितका अनुसार ९ लाख फिर्ता भएको बैङ्क स्टेटमेन्ट अझै पनि पिडितसँग सुरक्षित छ ।
हालसालै घटना सार्वजनिक भएपछी , रवि लामिछाने क्लवले मिथ्या र भ्रम छर्न पार्टीको लेटरहेड दुरूपोयग गर्यो । लेटरहेडमा आर्थिक लेनदेन नभएको भनेर किटान गरी विज्ञप्ति जारी गर्नु अघि , तत्कालिन अवस्थामा अनुसन्धानको नेतृत्व गरिरहेका कारणले पनि मलाई के भएको हो भनेर सोधखोज गरिनुपर्थ्यो तर मलाई रवि लामिछाने क्लवले सामान्य सोधपुछ समेत गरेन । यसको मतलव क्लव विषयको गाम्भिर्यतालाई सिधै नजरअन्दाज गरी पार्टीमा बेथितिको संरक्षणमा खडा भयो ।
उपसभामुखको विषय पार्टी मात्रको विषय नभएकाले देशकै प्रतिष्ठासँग जोडिएको राज्यको उपल्लो तहको विषय भएकाले यसमा छानविन हुनपर्छ । मलाई प्राप्त सूचना र प्राप्त प्रमाणका आधारमा, म यति भन्न सक्छु , आर्थिक लेनदेन भएको कुरालाई इन्कार गर्न सकिन्न । अझै पनि , ती ५ जनालाई खोजी गरि तीनिहरू महिला अधिकारका क्षेत्रमा राजनीतिक, सामाजिक, कानुनी वा कुनै पनि आधारमा विगतमा महिला अधिकारका क्षेत्रमा काम गरेका व्यक्ति हुन् वा होइनन्, सजिलैसँग पत्ता लाग्ने विषय हो । यहाँ गाह्रो भनेको, ती ५ जना खोज्नु हो । राज्यले अनुसन्धान गर्ने हो भने, ती ५ जनाकै वतन पत्ता लगाउनु ठूलो विषय होइन । राज्यले यस विषयमा अनुसन्धान गरोस् र अनुसन्धानका क्रममा राज्यका कुनै पनि निकायले के भएको थियो भनेर सोध्न मलाई अनुसन्धानमा बोलाए, मसँग रहेका प्रमाण बुझाउन तयार छु , मलाई थाहा भएका सबै कुरा बताउन तयार छु ।
उपसभामुख इन्दिरा आमाको विगतको छवि सबै नेपालीले शिर निहुराएर नमन गर्नै पर्छ । यसो भन्दै गर्दा, हामीले यो पनि बिर्सन हुन्न कि , हामी त्यो समाजमा बस्छौँ, जुन समाजमा कुनै दिन माता सिताले पनि सहजै अग्नी परीक्षा दिन तयार हुनु भएको थियो । विगतको छवि उच्च रहे पनि , छानविनका लागी तयार हुन नपर्ने केहि कारण नै छैन । उपसभामुखले तत्काल पदबाट राजीनामा दिइ, आफूँमाथि छानविनका लागी स्वंय तयार हुनपर्छ । छानविनका लागी तयार भएर नैतिकताको खडेरी देखिएको नेपाली राजनीतिमा नैतिकताको उदाहरण पेश गर्न सक्नुपर्छ । छानविनले उहाँ दोषी हो, होइन वा उहाँको सचिवालयले उहाँको जानकारी बिना यसरी मानव तस्करीमा लागेको हो की ? सबै पत्ता लागी हाल्छ । तर आफ्नो विगतको प्रतिष्ठाका खातिर, र आगामी दिनमा पनि नेपाली राजनीतिलाई नैतिकताको पाठ सिकाउन भए पनि आफूँमाथि आफैँ छानविनको माग गर्दै राजीनामा दिनपर्छ । यसै पनि , त्यो पदमा बसेर जनताको जीवनसँग जोडिने गरि के नै काम गर्न सकिन्छ र ? वा गरिएको छ र ? त्यो पदले गर्न सक्ने भनेको नेपालीको इज्जत, प्रतिष्ठा र मर्यादालाई उचो बनाउनु हो , जुन राजीनामा दिएर गर्न सकिन्छ , नकी पदमा बसेर
न्युज कारखाना
काठमाडौँ ।
आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १ बजे बैठक बस्दै छ ।
आज प्रश्नोत्तर अन्तर्गत स्वास्थ्य तथा जनसंख्या, बन तथा बातावरण, कृषि तथा पशुपंक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।
आजको कार्यसूची:
संयुक्त समितिमा हेरफेर
सभामुखले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाई समितिमा माननीय सदस्यहरुको नाम हेरफेर गर्ने ।
विषयगत समितिमा हेरफेर
सभामुखले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्ने ।
प्रश्नोत्तर
स्वास्थ्य तथा जनसंख्या, बन तथा बातावरण, कृषि तथा पशुपंक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने ।
व्यवस्थापन कार्य
माननीय उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय भामा उत्पत्ति भएको “सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथी विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने ।
जरुरी सार्वजनिक महत्वको प्रस्ताव
सांसद प्रतिमा गौतमले ” डेंगीको प्रकोप तीव्र रुपमा देशभरि फैलिई जनस्वास्थ्य संकट उत्पन्न हुन गई अस्पतालमा गम्भीर अवस्थाका बिरामीहरु भर्ना हुने संख्यामा वृद्धि, समाजमा डर र त्रासको माहौल उत्पन्न भएकोले डेंगीको प्रभावकारी नियन्त्रण एवं भविष्यमा सिर्जना हुने गम्भीर र दीर्घकालीन असर न्यूनीकरण तथा रोकथामको लागि सरकारलाई निर्देशन दिन अपरिहार्य भएकोले ” भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने । उक्त प्रस्तावका समर्थक कुसुम देवी थापा, माननीय सपना राजभण्डारी, माननीय सिता मिजार र माननीय लिलादेवी बोखिम लिम्बुले समर्थन गर्ने ।
काठमाडौँ ।
प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका उपमहासचिव बर्षामान पुनबीच भनाभन भएको छ ।
संसदमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिन रोष्टममा पुगेका प्रधानमन्त्री ओलीले आफुले आइतबार संसदमा बोलेका कुरालाई संसदमा झुटो रुपमा प्रस्तुत गरिएको भन्दै असतुन्ति व्यक्त गरेपछि माओवादी नेता पुनले प्रधानमन्त्री ओली विषय केन्द्रित भएर नबोलेको भन्दै नियमापत्ति गरेका थिए । उनले प्रधानमन्त्री विषय केन्द्रित नभएर गालीगलौजमा उत्रिएको आरोप लगाएका थिए ।
प्रधानमन्त्री ओलीले आफु विषय केन्दित नै रहेको भन्दै प्रश्नको जवाफ दिनुभन्दा अगाडी आएका विषयमा आफुले जवाफ दिएको उनले बताए । उनले आफुले सचेत मात्र गराएको भन्दै आवेश र उत्तेजनामा आउन आवश्यक नरहेको बताएका थिए । न्युज कारखाना
काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा झुटको सहारा नलिन आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा संसदमा तथ्यपूर्ण रुपमा बोल्न र गलत कुरा नबोल्न सांसदहरुलाई आग्रह गरेका हुन् ।
उनले आइतबार संसदमा आफुले उद्योगीको विद्युत लाइन काटेको विषयमा बोलेको विषयलाई संसदमा गलत रुपमा प्रस्तुत गरिएको भन्दै आपत्ति जनाएका छन् ।
उनले आफुले कुनै किसिमको लप्पन छप्पन नगर्ने बताउदै प्रधानमन्त्री ओलीले उद्योगीले प्रयोग नगरेको महसुल तिर्न नपर्ने र प्रयोग गरेको तिर्नु पर्नेमा आफुले स्पष्ट रुपमा राखेको बताए । संसदमा आफुले आइतबार मात्र बोलेको कुरालाई गलत रुपमा प्रस्तुत गरेको भन्दै जिम्मेवार भएर प्रस्तुत हुन चेतावनी समेत दिएका छन् । न्युज कारखाना
काठमाडौँ ।
उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताको चाहना र देशको आवश्यकता अनुसार संविधान संशोधन हुनसक्ने बताएका छन् ।
सहिद स्मृति प्रतिष्ठानले सोमबार आयोजना गरेको `वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र’ विषयक विचार गोष्ठी र श्रमिक विमर्श विशेष स्मारिका विमोचन कार्यक्रममा बोल्दै नेता सिंहले प्रक्रिया पूरा गरेर संविधान संशोधन गर्न सकिने बताएका छन् ।
`यो संविधानको विशेषता नै प्रक्रिया पूरा गरेर संविधानमा जनताको माग र समयको आवश्यकता अनुसार संशोधन गर्न सकिने प्रावधान हो । जनताको माग र देशको आवश्यकताअनुसार संविधान संशोधन हुन सक्छ´, उनले भने, `३ तहको सरकारले अधिकारसम्पन्न भएर काम गरेको भए यो तहमा पुग्दैनथ्यौ भन्ने मलाई लाग्छ ।´
संघ, प्रदेश र स्थानीय ३ तहको सरकार अधिकार सम्पन्न नहुँदा अहिलेको जटिलअवस्था सिर्जना भएको भन्दै उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले रोजगारी सिर्जना गर्ने, उद्योग संचालनको वातावरण बनाउने र अर्थतन्त्रलाई ठिक ठाउँमा ल्याउनु सरकारको प्राथमिकता रहेको बताए ।
अहिलेको परिस्थिति सुधार गर्न र जनतालाई राहत दिन उदेश्य लेनै कांग्रेस एमालेसहित साना दल सम्मिलित सरकार गठन भएको पनि उनको भनाई थियो । नेता सिंहले अहिलेको अवस्थाबाट राम्रो गर्नका लागि सरकार प्रतिवद्द रहेको बताए । न्युज कारखाना
काठमाडौँ ।
भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुस लिदै गर्दा पक्राउ परेकी छन् ।
अख्तियारको टोलीले उनलाई आइतबार १ लाख ५० हजार नगद र ४ लाख ५० हजारको चेकसहित पक्राउ गरेको जनाएको छ ।
औषधि आपूर्तिकर्तालाई रकम भुक्तानी दिएबापत घुस रकम लिँदालिँदै उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । न्युज कारखाना
बुटवल ।
नेकपा एमालेबाट लुम्बिनी प्रदेशको सरकारको नेतृत्व संसदीय दलका उपनेता चेतनारायण आचार्यले गर्ने भएका छन् ।
यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भए पनि केन्द्रको निर्देशनपछि आचार्य मुख्यमन्त्री बन्ने भएका हुन् ।
एमाले र कांग्रेसले आचार्यलाई मुख्यमन्त्री बनाउने गरि दाबि पेश गर्ने तयारी गरेका छन् ।
आचार्य यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका थिए भने उनी माओवादीका जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री थिए । त्यस्तै त्यसअघि लीला गिरी नेतृत्वको सरकारमा आचार्य ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्री थिए ।
एमालेका केन्द्रीय सदस्य समेत रहेका आचार्य अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित सांसद हुन् । न्युज कारखाना
सुर्खेत ।
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ । सोमबार माओवादी केन्द्रका मन्त्रीहरूले सामूहिक राजीनामा दिदै सरकार छोडेका हुन् ।
माओवादी केन्द्रबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री विरबहादुर शाही, उर्जा तथा जलस्रोत मन्त्री रणसिंह परियार र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दुर्ग रावतले राजीनामा दिएका छन् ।
एमाले नेता यामलाल कँडेल नेतृत्वको सरकारमा अब कांग्रेस सहभागी हुने भएको छ । केन्द्रमा कांग्रेस-एमालेबीच नयाँ गठबन्धन बनेपछि कर्णाली प्रदेशको नेतृत्व एमालेले गर्ने सहमति अनुसार कँडेल नेतृत्वको सरकारले निरन्तरता पाउने भएको छ ।
योसँगै कर्णालीमा पहिलो पटक माओवादी प्रमुख प्रतिपक्षीमा पुगेको छ । न्युज कारखाना
काठमाडौं ।
नेपाली कांग्रेस सांसद विनोद चौधरीले रवि लामिछानेले आइतबार प्रतिनिधि सभामा आफू लक्षित दिएको अभिव्यक्तिको आपत्ति जनाएका छन्।
पूर्वगृहमन्त्री समेत रहेका रास्वपाका सभापति लामिछानेले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा अनुसन्धान गरिरहेको हाजिरी जमानीमा छुटेको मान्छे सरकार बने लगत्तै बालकोट पुगेर गीत गाइरहँदा पहिल्यै शंका उत्पन्न भएको बताएका थिए ।
चौधरीले विवादित विगत र बर्तमान भएको र अहिले पनि राज्यको छानविनको घेरामा रहेको व्यक्तिले संसदजस्तो गरिमामय थलोमा कुण्ठा पोखे, ती स्टन्टको राजनीतिबाहेक अरु केही नभएको बताएका छन् ।
उनले भनेका छन्-
प्रतिनिधिसभाको बैठकमा एक जना माननीयले मप्रति लक्षित गरेर जनतालाई दिग्भ्रमित पार्ने नियतले तथ्यहीन, अत्यन्तै नियोजित र कुण्ठापुर्ण अभिव्यक्ती दिएका छन् ।
जसकाप्रति मेरो घोर आपत्ति छ । विवादित विगत र बर्तमान भएको र अहिले पनि राज्यको छानविनको घेरामा रहेको व्यक्तिले जसरी संसदजस्तो गरिमामय थलोमा कुण्ठा पोखे, ती स्टन्टको राजनीतिबाहेक अरु केही होइन ।
विगतमा सत्ताको चरम दुरुपयोग गरेर प्रहरी प्रशासनलाई चर्को दवाव दिएर ममाथि जुन प्रतिसोध साध्न खोजिएको थियो, हिजोको उनको अभिव्यक्ति त्यही स्टन्टको मानसिकताको निरन्तरता मात्रै हो ।
अन्तराष्ट्रिय संगीत दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँको निवास बालकोटमा भएको कार्यक्रमलाई असान्दर्भिक रुपमा जसरी राजनीतिकरण गर्ने दुष्प्रयास गरिएको छ, त्यो अत्यन्तै निन्दनीय छ । संसद्को रोष्टमलाई कसैको कुण्ठा व्यक्त गर्ने र गलत नियतले अरुमाथि प्रहार गर्ने थलो नबनाउन पनि आग्रह गर्दछु । न्युज कारखाना
काठमाडौँ । बंगलादेशमा बढेको प्रदर्शनपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम जारी रहेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार आइतबार मात्र ४२० जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । जसमा ३०५ जना काकरभिट्टा बोर्डरबाट नेपाल भित्रिएका छन् ।
मन्त्रालयका अनुसार अहिलेसम्म १२ सय विद्यार्थी स्वदेश फर्किएका छन् । परराष्ट्रले अहिलेसम्म बंगलादेशमा अध्ययनरत सबै नेपाली विद्यार्थी सुरक्षित रहेको जनाकारी दिएको छ । ढाकास्थित नेपाली दुताबास विद्यार्थीहरु, स्थानीय प्रशासन, कलेजको नियमित सम्पर्कमा रहेको र विधार्थीहरुलाई घरभित्र नै रहन आग्रह गरिएको जनाएको छ ।
बंगलादेशमा आरक्षणविरुद्ध जारी प्रदर्शन चर्किएपछि देशभर कर्फ्यू लगाइएको छ भने इन्टरनेटसहितका सुबिधा बन्द गरिएको स्थानीय मिडियाले उल्लेख गरेका छन् । प्रदर्शनका क्रममा सय भन्दा बढीको ज्यान समेत गएको छ । न्युज कारखाना
काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा भाग लिन आज चीनको कुनमिङ्ग जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
लम्सालले उक्त फोरममा आफ्नो मन्तव्य दिने छिन्। उनले फोरमको साइडलाइनमा उच्चस्तीय भेटवार्ता समेत गर्ने मन्त्रालयले जनाएको छ। सचिव लम्साल साउन १२ गते स्वदेश फर्किने छिन्।न्युज कारखाना
काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज प्रतिनिधि सभाको बैठक अपराहन्न १ बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुसँग प्रश्नोत्तर कार्यक्रम रहेको छ ।
त्यस्तै आजको बैठकमा कानुनमन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको बिधायन सम्बन्धि विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत पाएका हुन् ।
गत असार ३० गते संबिधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आज विश्वासको मत लिएका हुन् ।
आजको विश्वासको मतको प्रक्रियामा कुल २६३ सांसद उपस्थित रहेकोमा पक्षमा १८८ मत परेको छ । त्यस्तै विपक्षमा ७४ मत परेको थियो । त्यस्तै मत दिन्न भन्ने पक्षमा १ मत परेको सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् ।
योसँगै प्रधानमन्त्री ओलीले दुई तिहाई सांसदको विश्वास जितेका छन् । उनलाई नेपाली काँग्रेस, नेकपा एमाले, जसपा, जसपा नेपाल, नाउपा, लोसपालगायत दुई स्वतन्त्र सांसदले मत दिएका थिए । त्यस्तै उनको प्रस्तावको विपक्षमा माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, राप्रपा, जनमोर्चा रहेका थिए ।न्युज कारखाना
काठमाडौं । सर्वोच्च अदालतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६ (२)बमोजिम प्रधानमन्त्री नियुक्त गरिएको भन्दै परेको रिट निवेदनको टुंगो संवैधानिक परिषद्बाट लाग्नुपर्ने आदेश गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको इजलासले प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गर्ने रिटको टुंगो संवैधानिक इजलासबाट गर्नुपर्ने आदेश गरेको हो ।
न्यायाधीश ढकालको इजलासले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको र त्यसविरुद्ध परेको रिटमा गम्भीर संवैधानिक व्याख्याको अवस्था रहेको भनेको छ । ‘प्रस्तुत रिट निवेदनमा उठाइएको विषयवस्तु गम्भीर संवैधानिक व्याख्याको प्रश्न सन्निहित रहेको र सोको निरुपण संवैधानिक इजलासबाट हुनुपर्ने प्रकृतिको देखिँदा’ भन्दै उक्त रिटलाई संवैधानिक इजलासमा पठाउन आदेश गरिएको छ ।
प्रधानमन्त्रीमा ओलीलाई नेपालको संविधानको धारा ७६ (२) अनुसार गरिएको नियुक्ति संविधानविपरीत भएको भन्दै अधिवक्तात्रय दीपक अधिकारी, खगेन्द्रकुमार चापागाईं र शैलेन्द्रकुमार गुप्ताले गएको असार ३१ गते रिट दायर गरेका थिए ।
रिटमा राष्ट्रपति तथा राष्ट्रपतिको कार्यालय, कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा तथा कांग्रेस संसदीय दलको कार्यालय, एमाले संसदीय दलका नेता केपी शर्मा ओली तथा संसदीय दलको कार्यालय र प्रधानमन्त्री तथा प्रधानमन्त्रीको कार्यालयलाई विपक्षी बनाइएको छ ।न्युज कारखाना
बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री जोखबाहादुर महराले पदबाट राजीनामा दिएका छन् ।
महराले आज दिउँसो प्रदेशसभामा सम्बोधनपछि राजीनामाको घोषणा गरेका हुन् । केन्द्र सरकारमा सत्ता समीकरण परिवर्तन भएसँगै नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महरा अल्पमतमा परेका थिए ।
८७ सदस्यीय लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद रहेका छन् भने दुई दलका कुल ५६ सांसद रहेकाले स्पष्ट बहुमत रहेको छ ।
महराको राजीनामासँगै एमाले संसदीय दलका नेता लिला गिरीले आज नै प्रदेशप्रमुख समक्ष सरकारका लागि दाबी पेस गर्ने तयारी गरिएको छ ।न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस र एमालेबीच सत्ता–सहकार्यको लागि भएको असार १७ गते राति भएको ७ बुँदे सहमति सार्वजनिक गरेका छन् ।
प्रधानमन्त्री ओलीले सार्वजनिक गरेका ती ७ बुँदामा संविधान संशोधन गर्नेदेखि लिएर कांग्रेस र एमालेले सरकारको नेतृत्व आलोपालो रुपमा गर्नेसम्मका बुँदा समेटिएका छन् ।
१. आम जनताको चाहनाबमोजिम राष्ट्रि हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तिव्रता दिन, राजनीतिक स्थिरताका लागि अन्य राजनीतिक दललाई समेत सहभागी गराई संविधानको धारा ७६ को २ अन्तर्गत राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने ।
२. राष्ट्रिय सहमतिको सरकारले संविधान प्रारम्भ भएपश्चात् अभ्यासमा देखापरेका सवल र दुर्वल पक्ष तथा जटिलताको समिक्षा गरी राजनीतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन र तदअनुकुलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकतामा दिने ।
३. अर्थतन्त्रमा विद्यमान शिथिलतालाई अन्त्य गरि विश्वसनीय व्यवसायिक वातावरण तयार गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने, आन्तरिक र बाह्य लगानीलाई प्रोत्साहन गरी मुलुकभित्र पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्ने ।
४. राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकार गठन भएको मितिले दुई वर्षसम्म नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले र त्यसपछि २०८४ मंसिरमा हुने आम निर्वाचनसम्म नेपाली कांग्रेसका सभापति माननीय श्री शेरबहादुर देउवाले गर्ने ।
५. राष्ट्रिय हितको रक्षा गर्न भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माणको अभियानलाई तिव्रता दिन राष्ट्रिय सहमतिको सरकार सञ्चालनको आधार र न्यूनतम साझा कार्यक्रम तर्जुमा गरी सोही आधारमा सरकार सञ्चालन गर्ने ।
६. राष्ट्रिय सहमतिको सरकारको लागि दुई प्रमुख राजनीतिक दलको नेतृत्वदायी भूमिका र समानताको आधारमा र समान हैसियतमा सरकारमा सहभागिता रहने र अन्य राजनीतिक दललाई समेत सरकारमा समावेश गर्ने ।
७. राष्ट्रिय सहमतिको सरकारको मर्म र भावनाअनुरुप प्रदेश सरकारको गठन र सञ्चालन गर्ने र जनभावनाअनुरुप प्रदेश तथा स्थानीय तहमा हुने विकास निर्माणको कामलाई तिव्रता दिने ।न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सातबुँदे सहमति सार्वजनिक गर्दै दुई बर्षपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने स्पष्ट गरेका छन् ।
दुई दलबीच भएको सहमति सार्बजनिक गर्दै आफु दुई बर्ष प्रधानमन्त्री बन्ने र त्यसपछि देउवा प्रधानमन्त्री बन्ने बताएका हुन् ।
सातबुँदे सहमतिमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने, संविधान संशोधनमा प्राथमिकता दिने, विश्वसनीय व्यवसायिक वातावरण तयार गर्ने, न्युनतम साझा कार्यक्रम तय गर्ने, समानताको आधारमा समान हैसियतमा सरकारमा सहभागिता जनाउने र संविधानको मर्म र भावनाअनुरुप प्रदेश सरकार सञ्चालन गर्ने र दुई वर्षसम्म केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने र ०८४ मंसिरमा हुने चुनावसम्म शेरबहादुर देउवाले नेतृत्व गर्ने रहेको संसदलाई जानकारी दिएका छन् । न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिपी कोइराला राष्ट्रिय पुरस्कार २०८० बाट पुरस्कृत हुने चार जना पुरस्कार प्रदान गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले विपी स्मृति दिवसको दिन किशोर कुमार अधिकारी, होमनाथ दाहाल, डा. हरिप्रसाद पराजुली र डा. योगेन्द्रप्रसाद यादवलाई पुरस्कार प्रदान गरेका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार जनालाई विपी पुरस्कार दिने घोषणा गरेको थियो । न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आज सुनुवाई हुँदैछ ।
सो रिट सुनुवाईका लागि सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा पेशी तोकिएको छ ।
प्रधानमन्त्रीको ओलीको नियुक्ति बदरको माग गर्दै गत असार ३१ गते अधिवक्तात्रय खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
रिटमा संविधानको धारा ७६ को उपधारा २ को गलत प्रयोग गरी प्रधानमन्त्रीको नियुक्ति गरिएको र सो नियुक्ति बदर गरी संविधानको धारा ७६ उपधारा ३ को प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेशसहितको परमादेश माग गरिएको छ ।
नेपाली कांग्रेस र एमालेको समर्थनमा एमाले अध्यक्षसमेत रहेका ओली असार ३१ गते प्रधानमन्त्री नियुक्त भएका थिए । उनले आजै प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।न्युज कारखाना
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ ।
प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्नो दलका सांसदलाई पार्टीले ह्विप जारी गरेको नेता मेटमणि चौधरीले जानकारी दिए ।
उनले भने, ‘सरकारमा सहभागी दलको साझा नीति तथा कार्यक्रमका आधारमा पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने छ । पार्टीले प्रतिपक्षमा रहेर सरकारलाई गुण र दोषका आधारमा सहयोग गर्नेछ ।’
एकीकृत समाजवादीका प्रतिनिधि सभामा १० सांसद रहेका छन् ।
आज अपराहन्न १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।न्युज कारखाना
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले अमेरिकी भिसाका लागि आर्थिक लेनदेन गरेको नपाइएको बताएको छ ।
पार्टीका कार्यबाहक प्रवक्ता मनीष झाले आइतबार एक विज्ञप्ति जारी गर्दै अनुसन्धानका क्रममा उपलब्ध तथ्य र प्रमाणले भिसाको माग गरिएको वा आर्थिक लेनदेन भएको कुनै तथ्यगत आधार नभेटिएको दाबी गरेका हुन् ।
विज्ञप्तिमा यस प्रकरणमा सम्बन्धित भनिएका व्यक्तिहरूसँग रास्वपा उपसभापति डीपी अर्यालले गरेको अडियो रेकर्डिङ आफूहरूसँग सुरक्षित रहेको पनि झाले उल्लेख गरेका छन् ।
रास्वपाले आफ्ना सारा आम्दानी र सम्पत्ति निस्वार्थ समाजसेवामा लगाएकी उपसभामुख रानामगर निष्कलंक रहेको पनि दाबी गरेको छ ।
रास्वपाबाट उपसभामुख बनेकी रानामगरले पाँच व्यक्तिलाई अमेरिका लैजान भनी नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि विवादमा मुछिएकी छन् । यस प्रकरणमा उनी विरुद्ध संसदको राज्य व्यवस्था समितिमा उजुरी समेत परिसकेको छ ।न्युज कारखाना
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्री जम्मकट्टेलले चौंथो पटक विश्वासको मत लिन लागेका हुन् ।
असार २४ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत लिनेपर्ने भएको हो ।
यसअघि तीन पटक सम्म विश्वासको मत पाएर पद जोगाएका जमकट्टेलले यस पटक विश्वासको मत नपाउने निश्चित रहेको छ ।
११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमालेको मात्रै ६४ मत रहेको छ र जुन बहुमतका लागि पर्याप्त रहेको छ । मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ५६ मत आवश्यक पर्छ ।न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आज काठमाडौँ ल्याइने बताएका छन् ।
प्रधानमन्त्रीले सम्बन्धित परिवारको मागबमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन प्रबन्ध मिलाइएको जानकारी गराएका हुन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भनेका छन्- ‘बङ्गलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहेका छन् । ती विद्यार्थीका परिवारसँग आज मेरो भेट भयो । परिवारको मागबमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीलाई आइतबार बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौ फर्काउने प्रबन्ध गरिएको छ ।’
प्रधानमन्त्री ओलीले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको पनि उल्लेख गरेका छन् ।
यसैबीच परराष्ट्र मन्त्रालयले बंगलादेशमा प्रदर्शन शुरु भएदेखि अहिलेसम्म ८ सयभन्दा बढी बिद्यार्थी नेपाल फर्किसकेको जानकारी दिएको छ । मन्त्रालयले उनीहरु सडक र हवाई माध्यमबाट स्वदेश फर्किएको जनाएको छ ।
बङ्गलादेशमा पछिल्ला दिनमा आरक्षणको विरोधमा आन्दोलन चर्केपछि हिंसात्मक घटना हुन थालेका छन् । ढाकास्थित नेपाली राजदूतावासका अनुसार हाल बंगलादेशमा करिब तीन हजार नेपाली विद्यार्थी रहेका छन् ।न्युज कारखाना
बुटवल । लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिदै छन् ।
प्रदेश सभाको आज अपराहन्न १ बजे बस्ने बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ ।
केन्द्रमा कांग्रेस-एमालेको नयाँ गठबन्धन बनेपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेले सर्मथन फिर्ता लिदै पाँच मन्त्रीले गत असार २० गते नै राजीनामा दिएका थिए ।
गत चैत्र २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका महरालाई त्यति बेला एमालेका २९, माओवादी १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा ३, नेकपा एकीकृत समाजवादी एक र स्वतन्त्र सांसद खड्ग बस्नेत गरी ४८ जनाले समर्थन गरेका थिए ।
एमालेले समर्थन फिर्ता लिना साथ अहिले महरा अल्पमतमा परेका छन् । कांग्रेस-एमालेबीच भएको सहमति अनुसार लुम्बिनीमा सरकारको नेतृत्व एमालेले गर्ने भएको छ ।
८७ सदस्यीय लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद रहेका छन् भने दुई दलका कुल ५६ सांसद रहेकाले स्पष्ट बहुमत रहेको छ ।न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्बाट विश्वासको मत लिँदैछन् । आज अपराहन्न १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएका हुन् ।
संसद्मा दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर ओली प्रधानमन्त्री बनेपछि अब उनको निशाना विश्वासको मत लिदा दुई तिहाई पुर्याउने रहेको छ ।
२७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाई मत पुर्याउन ओलीले कम्तिमा १८४ मत आवश्यक पर्दछ । ओली कांग्रेसको ८८ र एमालेको ७८ सांसद गरी कुल १६६ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । अहिले कांग्रेस र एमाले बाहेक ७ सांसद रहेको जसपा र ४ सांसद रहेको लोसपा सरकारमा गइसकेको छ । यसरी अहिले ओलीसँग १७७ मत सुरक्षित रहेको छ ।
अब दुई तिहाई मत पुर्याउन ओलीलाई थप ७ सिट आवश्यक पर्दछ । अहिले ओलीलाई सरकारमा गएका बाहेक उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले विश्वासको मत दिने सम्भावना रहेको छ । उपेन्द्र यादवले समाजवादी मोर्चाबाट दूरी बढाएर सरकारलाई समर्थन गर्ने र सत्तामा जाने संकेत गरेका छन् । तर उपेन्द्र यादवको सरकारलाई सर्मथन गर्ने प्रमुख शर्त मधेश प्रदेशको सरकार हुने देखिएको छ ।
मधेशमा अहिले जनमत नेतृत्वको सरकार छ जसलाई कांग्रेस-एमालेले समर्थन गरिरहेका छन् । तर मधेश सरकारको नेतृत्वसँग खासगरी धेरै सिट भएको कांग्रेस खुशी देखिएको छैन । यसको फाइदा उठाएर उपेन्द्र यादवले केन्द्रमा सरकारलाई समर्थन गर्ने विषयमा छलफल गरिरहेका छन् । जसपा नेपालका ५ सांसद रहेका छन् ।
त्यस्तै जनमत पार्टीले पनि मधेशमा आफ्नो नेतृत्वको सरकार जोगिने शर्तमा केन्द्रमा सरकारलाई विश्वासको मत दिने गरि छलफल अगाडी बढाएको छ । जनमतको प्रतिनिधि सभामा ६ सांसद रहेका छन् ।
त्यस्तै ४ सांसद रहेको नागरिक उन्मुक्ति पार्टी आन्तरिक विवादमा मुछिएको अवस्थामा ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिने तयारीमा रहेको छ तर नाउपाको विवादले यसको स्पष्ट निर्णय भने अहिलेसम्म बाहिर आएको छैन । नाउपाले पनि विश्वासको मत दिएमा ओलीको पक्षमा दुई तिहाई भन्दा बढी १९२ मत हुन जान्छ ।
यी बाहेक दुई स्वतन्त्र सांसद योगेन्द्र मण्डल र डा अमरेशकुमार सिंहले पनि ओलीलाई विश्वासको मत दिने सम्भावना रहेको छ । मण्डल एमालेबाट टिकट नपाएपछि स्वतन्त्र चुनाव लडेका एमालेकै नेता हुन् । दुई स्वन्तन्त्र सांसदले मत दिएमा ओलीको पक्षमा १९४ मत हुन जान्छ ।
अर्को तर्फ १४ सिट रहेको राप्रपाले भने ओली नेतृत्वको सरकारलाई विश्वासको मत नदिने बताएको छ । राप्रपाले संबिधान संशोधनको खाका स्पष्ट रुपमा आएपछि मात्र सरकारलाई समर्थन गर्ने बताएको छ ।
त्यस्तै संसदमा रहेका माओवादी केन्द्र, रास्वपा र एकीकृत समाजवादीले भने सरकारलाई विश्वासको मत नदिने र प्रतिपक्षमा बस्ने निर्णय गरिसकेका छन् । तीन दलको गरि प्रतिनिधिसभामा ६३ मत रहेको छ । त्यसैगरी एक एक सांसद रहेका नेपाल मजदुर किसान पार्टी, आम जनता पार्टी र राष्ट्रिय जनमोर्चाले ओलीको विपक्षमा मतदान गर्ने सम्भावना छ ।न्युज कारखाना
गाैर, ५ गते साउन । रौतहट जिल्ला अदालत बार एशोसिएसनको निर्वाचन संपन्न भएको छ । अध्यक्ष तथा सचिव पदको लागि शनिवार भएको निर्वाचनमा अध्यक्ष पदमा सोनेलाल प्रसाद पटेल ३१ मत तथा सचिवमा सोनेलाल पासवानले ३४ मत ल्याएर बिजयी भएका छन ।
अध्यक्षमा प्रतिद्वन्दी उम्मेदवार हेमचन्द्र लाल कर्णको पक्षमा २७ मत खसेको हुदा ४ मतले अध्यक्ष पदमा पटेल निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत मोहम्मद मजरुल हक़ले जानकारी दिएका छन । सचिवमा प्रतिद्वन्दी उम्मेदवार हरिश्चन्द्र पंडितको पक्षमा २३ मत खसेकोले सचिव पदमा सोनेलाल पासवान ११ मतले निर्वाचित भएका हुन ।
राैतहट,०५ गते साउन । रौतहटकाे देवाही गाेनाही नगरपालिकाले बजेट ल्याएको छ । शनिबार देवाही गाेनाही नगरपालिकाले यस वर्ष जनमुखी योजना ल्याएकाे छ । देवाहीगाेनाही स्थित नगरपालिकाकाे प्रांगणमा बजेट अधिवेशन बाेलाईएकाे थियाे । नगर प्रमुख प्रेमलाल साहकाे अध्यक्षतामा साे नगरसभा सम्पन्न भएको हाे । कार्यक्रमकाे प्रमुख अतिथिकाे रूपमा मधेस प्रदेश सरकारका नव नियुक्त अर्थमन्त्री सुनिल कुमार यादव रहनु भएको थियोे । नगरसभाकाे ८ अाैं अधिवेशन बाट जनमुखी नीती र कार्यक्रम ल्याएकाे छ । नगरपालिका नगर कार्यपालिकाबाट पास गरेकाे निती तथा कार्यक्रम कार्यान्यवन गर्न ५६ करोड भन्दा बढी बजेट विनियोजन गरेकाे हाे । हरेक वर्ष असार १० गते बजेट ल्याउनु पर्ने प्रावधान रहेकाे छ । तर आन्तरिक कुराहरू मिलन नसक्दा समयमा बजेट आउन सकेको थिएन । आज भएको नगरसभा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । धेरै उत्साहका साथ सम्पन्न भएकाे नगरसभा बाट देवाहीगाेनाही नगरपालिकाकाे जनताकाे मन जितने किसिमकाे निती तथा कार्यक्रम पारित गरेको हाे । नगर प्रमुख साह र प्रमुख प्रशाकिय अधिकृत संदेश कुमार यादवले निति तथा कार्यक्रम वाचन गरेर सुनाएका थिए । नगरकाे चौतर्फि विकासकाे लागि यसै आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ५६ करोड २४ लाख २५ हजार ८ सय ८७ रुपैयाँ ५९ पैसाकाे बजेट पारित गरिएकाे लेखाप्रमुख प्रदिप यादवले जानकारी गराउनु भयाे । यस वर्ष आर्थिक विकास तर्फ कृषि, पशुपंक्षी र मत्सय र शिक्षा, स्वास्थ्य, खेलकुद, भौतिक पुर्वाधार निर्माण कार्य लगायतकाे विशेष प्राथमिकतामा राखी उक्त बजेट प्रस्तुत गरिएको यादवले बताए । साे नगरपालिकाकाे संघिय वितिय समानीकरण अनुदान १० कराेड २१ लाख,संघिय राजश्व बाँडफाँड ९ कराेड ११ लाख ,संघिय सशर्त अनुदान चालु १६ कराेड ९० लाख ७० हजार,संघिय सरकार सशर्त पुँजिगत १३ कराेड ११ लाख ७२ हजार,संघिय सरकार समपुरकमा अनुमानित ५५ लाख,वित्तीय समानिकरण प्रदेश सरकार ९० लाख,विशेष अनुदान प्रदेश सरकार ७२ लाख २३ हजार लगायत अन्य शिर्षकमा पनि बजेटकाे आयकाे प्रक्षेपण गरिएको छ । कार्यक्रम सञ्चालन शिक्षा संयाेजक अरविन्द यादवले गर्नु भएको थियाे । साे अवसरमा वडा अध्यक्षहरू जनप्रतिनिधिहरू,पत्रकार,सुरक्षाकर्मी,कर्मचारीहरू सहितका व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे ।
काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४२औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् ।
कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् ।
उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवं ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ प्रकाशित छन् ।
विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो ।
विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए ।
भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठवटा ज्यान मुद्दाको पर्वाह नगरी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किएका थिए । उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ ।
प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्ररुपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पुर्याउन योगदान दिएका छन् ।न्युज कारखाना
गाैर, ५ गते साउन । रौतहट जिल्ला अदालत बार एसोशिएसनको अध्यक्ष र सचिब पदको लागि मतदान शुरु भएको छ।
बारको आफ्नै भवन गौरमा आज बिहान ११ बजे देखी मतदान शुरु भएको हो। जिल्ला कार्य समितिको १२ वटा पद मध्ये १० वटा पदमा निर्बिरोध भएपनि अध्यक्ष र सचिब पदमा दुइ दुइ जनाको उम्मेदवारी परे पछि प्रत्यक्ष प्रणाली अन्तर्गत मतदानको प्रक्रिया अपनाइएको प्रमुख निर्वाचन अधिकृत मोहम्मद मजरूल हकले जानकारी दिएका छन्। ४ बजे सम्म हुने मतदानमा ६२ जना मतदाता आफ्नो मत प्रयोग गर्ने छन्।
मतदान सकिए पछि मत गनना आजै हुने बताइएको छ। अध्यक्ष पदमा अधिबक्ता हेमचन्द्र लाल कर्ण, सोनेलाल प्रसाद पटेल र सचिब पदमा अधिबक्ता हरिशचन्द्र पंडित र सोनेलाल पासवान रहेका छन्।
काठमाडौँ । उपसभामुख इन्दिरा रानामगरविरुद्ध संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।
उपसभामुख रानाले पदको दुरुपयोग गरी काठमाडौंस्थित अमेरिकी राजदूतावासमा गैरसंसद् व्यक्तिलाई भिसा सिफारिस गरेको भन्दै भक्तपुरका अर्जुन बास्कोटाले राज्य व्यवस्था समितिमा उजुरी दिएका हुन् ।
उजुरीमा उपसभामुखमाथि छानबिन गरी जिम्मेवारीबाट हटाउनसमेत माग गरिएको छ । समितिका सभापति रामहरि खतिवडाले उपसभामुखविरुद्ध उजुरी परेको जानकारी दिँदै यसबारेमा सभामुख देवराज घिमिरेलाई जानकारी गरेको बताए ।
उनले उपसभामुख रानामगरसमेत उपस्थित भएको संसद्को कार्य व्यवस्था परामर्श समितिमा यसबारे सभामुखसँग छलफल गरेको उल्लेख गरे । उपसभामुख रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिकामा लग्ने गरी पत्र लेखेको सार्वजनिक भएपछि उनी विवादमा परेकी छन् ।
संयुक्त राष्ट्र संघको संयन्त्र कमिसन अन द स्टाटस अफ वुमेनको ६७औं सत्र २०७९ साल फागुन २२ देखि चैत ३ गतेसम्म अमेरिकाको न्यूयोर्कमा भएको कार्यक्रममा भाग लिन जान लागेकी उपसभामुखले महिला अधिकारको अभियानसँग असम्बन्धित ४ पुरुष र एक महिलालाई भिसाको अन्तर्वार्ता मिति छिटो दिन काठमाडौँस्थित अमेरिकी दुताबासलाई पत्र लेखेकी थिइन् । यो विषय राष्ट्रिय स्वतन्त्र पार्टीको शिर्ष नेतृत्वले गत बैशाखमै थाह पाएर पनि सामसुम पारिएको खुलासा भएको छ ।न्युज कारखाना
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक बधाई पठाएका छन् ।
एमालेका अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुने बित्तिकै सबभन्दा पहिले सामाजिक सञ्जालबाट बधाई दिएका मोदीले दुई पन्नाका लिखित बधाई पठाएका हुन् ।
बधाई सन्देशप ठाउँदै मोदीले दुई देशबीच थप समन्वय र सहकार्य हुने विश्वास व्यक्त गरेका छन् । दुई देशबीचको सदियौँ पुरानो संस्कृति, सभ्यता र खुला सिमानाका कारण दुई देशका नागरिकबीच बलियो सम्बन्ध कायम गरेको भारतीय प्रधानमन्त्री मोदीले सन्देशमा उल्लेख गरेका छन् । पछिल्लो समय दुई देशबीच कनेक्टिभिटी र ऊर्जालगायत क्षेत्रमा उल्लेख्य प्रगति भएको उल्लेख गदैँ उनले दुई देशको समग्र विकासमा साझेदारी र सहकार्य गर्न नेपालका प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।
बधाई सन्देशमा उनले भनेका छन्- ‘भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल विशेष र प्राथमिकता साझेदारको रूपमा रहेको छ । हाम्रो पारस्परिक लाभका विषयमा साझेदारीलाई सुदृढ गर्दै र नयाँ मार्ग खोज्दै नेपालको आर्थिक विकासका साथै समृद्धि हासिल गर्न अटल साझेदार हुने प्रतिबद्धता छ । हाम्रो द्विपक्षीय साझेदारी अझ माथि उठ्छ र दुवै देशका नागरिकको आकाङ्क्षा पूरा गर्न सहकार्यको सुनिश्चिततासहित नजिकबाट काम गर्न तत्पर छौँ ।’
नवनियुक्त प्रधानमन्त्री ओलीको नेतृत्व र अनुभवले दुई मित्र राष्ट्रहरूबीचको सम्बन्ध थप सुदृढ हुने र सहकार्य सकारात्मक दिशामा अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।न्युज कारखाना
काठमाडौं । गृहमन्त्री रमेश लेखक र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ ।
शुक्रबार गृह मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत थम्पसनले गृहमन्त्री लेखकलाई बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएको उनको सचिवालयले जनाएको छ ।न्युज कारखाना
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस ओलम्पिकमा भाग लिने खेलाडीहरुलाई शुभकामनासहित बिदाई गरेका छन् ।
शुक्रबार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकमा भाग लिने सात खेलाडीसहित अफिसियललाई शुभकामनासहित बिदाई गरेका हुन् ।
फ्रान्सको पेरिसमा यही जुलाई २६ देखि अगष्ट ११ सम्म आयोजना हुने ३३औं गृष्मकालिन ओलम्पिकमा नेपालबाट ७ खेलाडीले सहभागिता जनाउने भएका छन् । नेपाल ओलम्पिक कमिटीका अनुसार, प्रतियोगितामा चार महिला र तीन पुरुष सहभागी हुदै छन् ।
नेपालबाट ब्याडमिन्टनमा प्रिन्स दाहाल, टेवल टेनिसमा सान्टू श्रेष्ठ र सुटिङमा सुस्मिता नेपालले प्रतिस्पर्धा गर्नेछन् । यस्तै पौडीमा अलेक्जेन्डर शाह र डुवाना लामा, एथ्लेटिक्समा सन्तोषी श्रेष्ठ र जुडोमा मनिता श्रेष्ठ प्रधानले भाग लिनेछन् ।न्युज कारखाना
काठमाडौँ । सभामुख देवराज घिमिरेले सिंहदरबारमा निर्माणाधीन संसद भवनको ढिलाई बारे उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसहितका अधिकारीहरुसँग छलफल गरेका छन् ।
शुक्रबार बिहान सभामुख घिमिरेले संसद भवन निर्माणको ढिलाई बारे उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, सचिव, भवनका महानिर्देशक र संसद भवन निर्माण आयोजना प्रमुखसहितका उच्च अधिकारीहरुसँग छलफल गरेका हुन् ।
साउन २ गते सभामुख घिमिरे निर्माणाधिन संसद भवन पुग्दा कामदारको संख्या न्यून रहेको र तीन सिफ्टमा काम गर्ने सम्झौता रहेकोमा एक सिफ्टमा मात्र काम भैरहेको पाएपछि उनले छलफल गरेको सभामुखको सचिवालयले जानकारी दिएको हो ।
अहिलेसम्म संसद भवनको ८२ प्रतिशत निर्माण प्रगति भनिए पनि निर्माण भएको संरचनाले त्यस्तो पुष्टि गर्न नसकेको सभामुखको सचिवालयले जानकारी दिएको छ । न्युज कारखाना
काठमाडौं । नव गठित सरकारका मन्त्रीहरूलाई कांग्रेस नेता नैनसिंह महरले सिंहदरबारमा खादा, माला र बधाई थाप्न व्यस्त हुनुभन्दा बाढीपहिरोबाट प्रभावित बनेका जनताको उद्धारमा खट्न आग्रह गरेका छन्।
काठमाडौंमा आयोजित कार्यक्रममा संचारकर्मीहरूसँग आफ्नो धारणा राख्दै नेता महरले मन्त्री नियुक्त भएको हप्तौंसम्म खादा र माला थाप्नमै व्यस्त हुनु फजुलमा समय खेर फाल्नु भएको टिप्पणी गरे। ‘सिंहदरबार कामकाजी अड्डा हो। त्यसलाई सोही अनुरूप प्रयोग गर्नुपर्छ। मन्त्रालयमा बसेर जनताको काम गर्नुपर्छ। सम्मानै थाप्ने रहर भए निजी निवासमा बोलाउँदा हुन्छ। जनता विपद्को सामना गरिरहनु भएको छ। यस्तो अवस्थामा सरकार राहत तथा उद्धारमा सक्रिय हुनुपर्छ,’ उनले भने।
महरले नयाँ सरकारलाई हिजोका सरकारको जस्तो गल्ती गर्ने छुट नभएको बताएका छन्। जनअपेक्षा र आफ्नो प्रतिबद्धता अनुरूप सरकारमा सहभागी दुई ठूला दल कांग्रेस-एमालेले काम गर्नुपर्ने उनको धारणा छ।
‘नयाँ सरकार निर्माण हुँदै गर्दा भएको राजनीतिक सम्झौता अनुसार काम गर्नुपर्छ। भ्रष्टाचार अन्त्य, सुशासन, दिगो विकास, आर्थिक सुदृढीकरण, समृद्धि र जनताको जनजीविकाका सवालमा सरकार गम्भीर हुनुपर्छ’, उनले भने, ‘युवालाई देशमै रोकेर उनीहरूको श्रम देश निर्माणमा सदुपयोग गर्नेतर्फ पनि सरकार जिम्मेवार हुनुपर्छ।’ दुई ठूला दल एक ठाउँमा आउँदा जनतामा आसा जागेको र जनअपेक्षा अनुसार काम गर्न नसकेमा कांग्रेस-एमालेप्रति जनतामा थप वितृष्णा पैदा हुने उनको चिन्ता छ।
देश पुरै बाढीपहिरोबाट प्रभावित छ । कयौं जनताले ज्यान गुमाउनु परेको र हजारौं बिस्थापितभएको संवेदनशील अवस्थामा सरकार पुर्ण रुपले जनताको राहत तथा उद्धार कार्यमा केटाकेटी केन्द्रित हुनुपर्ने उनले बताए।
सिमलताल पहिरोमा पुरिएका दुई बस र कयौं यात्रु अझैँ बेपत्ता रहेकोमा सरकारको सम्पूर्ण शक्ति खोजीमा केन्द्रित हुनुपर्छ। ‘आत्मियजन गुमाउनेहरूको मानसिक अवस्था कस्तो भएको होला? सरकार उनीहरूको आँगनसम्म पुग्न सक्नुपर्छ। बेपत्ताहरू फेला नपर्दा उहाँहरूका परिवारको सामान्य दैनिकीसमेत प्रभावित बनेको छ। सरकारले खोजीकार्यसँगै उहाँहरूको गास र बासको प्रबन्ध गरिदिनुपर्छ,’ उनले भने।
सरकारमात्र नभएर राजनीतिकदलहरूले पनि आफ्ना कार्यकर्तालाई राहत तथा उद्धारमा खटाउनुपर्ने बताएका छन्। दलहरूको सिद्धान्त पनि राजनीतिलाई जनतासँग जोड्नु भएकाले त्यसबाट विमुख हुननहुने महरको धारणा छ।न्युज कारखाना
काठमाडौँ । निर्माणाधिन संसद भवनको ढिलाइबारे सभामुख देवराज घिमिरेले असन्तुष्टि व्यक्त गरेका छन् ।
साउन २ गते अपरान्ह ४ बजे पूर्व जानकारी बिना (आकस्मिक) सभामुख निर्माणाधिन संसद भवन पुग्दा कामदारको संख्या न्यून रहेको र पाँचौ पटक संसद भवनको निरीक्षण गर्न पुगेका सभामुखले निर्माण प्रगतिबारे सन्तुष्ट हुन नसकिएको प्रतिक्रिया दिएका थिए ।
तीन सिफ्टमा काम गर्ने भनिएको डेढ वर्ष पुग्दा पनि एक सिफ्टमै काम भइरहेको पाइयो। ८२ प्रतिशत निर्माण प्रगति भनिए पनि संरचनाले त्यस्तो पुष्टि गर्न नसकेको सभामुखको सचिवालयले जानकारी दिएको छ । कोभिडका कारण निर्माण समयमा पूरा गर्न नसकिएको बताउने निर्माण पक्ष र हाम्रो सरकारी संयन्त्र पछिल्ला २ वर्ष पनि उही कारण देखाउने अवस्थामा छ ।
यस बिषयमा बुझ्न सभामुख घिमिरेले आज बिहान ११ बजे सिंहदरवारमा उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, सचिव, भवनका महानिर्देशक र संसद भवन निर्माण आयोजना प्रमुखसहितका उच्च अधिकारीलाई बोलाएका छन् ।न्युज कारखाना
काठमाडौँ । उपसभामुख इन्दिरा रानामगर अमेरिकी भिसा प्रकरणमा विवादमा परेकी छन् । काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र सार्बजनिक भएपछि उपसभामुख रानामगर विवादमा परेकी हुन् ।
उपसभामुख रानामगरले सन् २०२३ फ्रेब्रुअरी २६ मा रानाले अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजिओ सिएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वाताको मिति मिलाइदिन दूतावासलाई लेखेको पत्र सार्बजनिक भएपछि सामाजिक सञ्जाल र मिडियामा उनको आलोचना मात्र होइन राजीनामा दिने दबाब पनि बढेको छ ।
रानाले दुताबासलाई लेखेको पत्रमा आफूसहित उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनबहादुर गुरूङका लागि भिसा अन्तर्वार्ताको समय तत्काल उपलब्ध गराईदिन आग्रह गरेकी छन् ।
उपसभामुख रानाले व्यक्तिगत रुपमा पत्र लेखेको र संसद सचिवालयसँग असम्बन्धित व्यक्तिहरुलाई भिसा अन्तर्वार्ताको लागि सिफारिस गरेकोले प्रश्न उठेको हो । उपसभामुख समेत रहेकी रानाले रातो पासपोर्ट प्रयोग गर्ने हुनाले उनको हकमा भिसाका लागि समस्या नहुने भएपनि उनले सिफारिस गरेका व्यक्तिहरु संसद र संसद सचिवालयसँग सम्बन्धि नरहेपछि विभिन्न कोणबाट प्रश्न उठेको छ ।
विभिन्न सञ्चारमाध्यममा उनले आफुले अन्जानबस सिफारिस गरेको प्रतिक्रिया दिएपनि यस प्रकरणमा उनको यो प्रतिक्रिया प्रयाप्त हुने देखिदैन । यो विषय त्यति बेला नै राष्ट्रिय स्वतन्त्र पार्टी भित्र पनि उठेको बताइएको छ । सिफारिस गरिएका व्यक्तिले उजुरी गरेको आधारमा पार्टीको उच्च तहमै छलफल भएको र यो विषयलाई आन्तरिक रुपमा नै सामसुम पारिएको देखिएको छ ।
उपसभामुख रानाले जस्तो दलिल दिए पनि यो विषयले अब राजनीतिक रुप लिने निश्चित भएको छ । सभामुख देवराज घिमिरेले पनि यस बारेमा चासो लिदै यो गम्भीर विषय भएको बताएका छन् । उपसभामुख संबैधानिक परिषदको सदस्य समेत हुने र उनको यो प्रकरणले देशकै बदनाम गरेको विश्लेषण भइरहेको छ । न्युज कारखाना
गाैर,३ गते साउन । रौतहट जिल्ला अदालत बार एसोशिएसनको अध्यक्ष पदमा २ जनाको उम्मेदवार बीच प्रतिस्पर्धा हुने भएको छ। नया कार्य समितिको लागि हुने जिल्ला कार्य समितिको चयनको लागि मंगलवार भएको मनोयन पत्र दर्तामा बिभिन्न पदमा १५ जनाको उम्मेदवारी परेकोमा अध्यक्ष पदमा मनोनयन पत्र राघो राय यादवले बुधवार आफ्नो उम्मेदवारी फिर्ता लिए पछि अध्यक्ष पदमा २ जना बीच प्रतिस्पर्धा हुने भएको हो। अध्यक्ष १, उपाध्यक्ष १, सचिब १, कोषाध्यक्ष १, सदस्य ५र पार्शद ३ गरी १२ पदको लागि १५ जनाले उम्मेदवारी दिएकोमा उपाध्यक्ष, कोषाध्यक्ष, सदस्य र पार्शद गरी १० जना निर्बिरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत अधिबक्ता मोह्म्मद मजरूल हकले जानकारी दिएका छन्। अध्यक्ष पदमा २ र सचिव पदमा २ जनाको उम्मेदवारी परेकोले दुवै पदमा निर्वाचन हुने उहाले बताए। अध्यक्ष पदमा अधिबक्ता हेमचन्द्र लाल कर्ण, सोनेलाल प्रसाद पटेल र राघो राय यादव उम्मेदवारी दिएका पनि राघो राय यादवले आफ्नो उम्मेदवारी फर्ता लिएका छन् भने सचिब पदमा अधिबक्ता हरिशचन्द्र पंडित र सोनेलाल पासवानको उम्मेदवारी कायम नै रहेका छन्। ६२ जना मतदाता रहेको रौतहट बारको मतदान साउन ५ गते हुने निर्वाचन समितिले जनाएको छ। उपाध्यक्ष, कोषाध्यक्ष, सदस्य र पार्शदमा एक एक जनाको उम्मेदवारी परेकोले सो पदमा निर्बिरोध भएको हो।
जनकपुरधाम । मधेस प्रदेशमा सरकार विस्तार गर्ने विषयमा सहमति भएको छ । मुख्यमन्त्री शतिसकुमार सिंहले अर्थमन्त्रालय कांग्रेसलाई दिन सहमत भएपछि सरकार विस्तारको सहमति भएको हो ।
कांग्रेसले अर्थमन्त्रालय नदिएमा सरकार छोड्ने धम्की दिएपछि सरकार विस्तार हुन सकेको थिएन । अब नयाँ सहमति अनुसार कांग्रेसले अर्थमन्त्रालयसहित कृषि, उर्जा र श्रम मन्त्रालय पाउने भएको छ ।
कांग्रेसबाट सांसद सुनिल यादव अर्थमन्त्री बन्ने भएका छन् । यस्तै जनार्दन सिंह क्षेत्री भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, शेष नारायण यादव उर्जा, सिचाई तथा खानेपानी मन्त्री र कौशल किशोर राय श्रम तथा यातायात मन्त्री बन्ने भएका छन् ।
कांग्रेसका चार मन्त्रीले आजै साँझसम्म शपथ लिने बताइएको छ ।न्युज कारखाना
काठमाडौँ । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि चिनियाँ राजदुत चेन सोंगले भेटवार्ता गरेका छन् ।
विहिबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा शहरी विकासको क्षेत्रमा सहयोगको विषयमा छलफल भएको राजदुत सोंगले बताएका छन् ।न्युज कारखाना
काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहीबार शीतलनिवासमा आयोजित समारोहमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शपथ खुवाएका हुन् ।
बडाललाई बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नियुक्त गरेका थिए । शपथ समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालको उपस्थिति थियो ।
यसअघिका महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले सरकार परिवर्तन भएसँगै राजीनामा दिएका थिए ।
बडाल यसअघि ओली प्रधानमन्त्री हुँदा २०७७ चैत ६ गते पहिलोपटक महान्यायाधिवक्ता नियुक्त भएका थिए ।न्युज कारखाना
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को टोलीले नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणासँग भेटघाट गरेको छ ।
एनआरएनएका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोको नेतृत्वमा भएको टोलीले मन्त्री राणाको सफल कार्यकालको लागि बधाई तथा शुभकामना दिएको थियो ।
विहीबार काठमाडौंमा भएको भेटमा संघका अध्यक्ष डा. बद्री केसीले परराष्ट्रमन्त्री समक्ष एनआरएन अभियानका समसामयीक महत्त्वपूर्ण विषयबारे जानकारी गराएका थिए ।
मन्त्री राणाले एनआरएन अभियानसँग जोडिएर मुलुकको समृद्धिका लागि रचनात्मक सहकार्य गर्ने वचनवद्धता व्यक्त गरेकी थिइन् ।
भेटमा एनआरएनए उपाध्यक्ष रोजिना प्रधान, अर्जुन श्रेष्ठ लगायतको उपस्थिति थियो ।न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक नभएको बताएका छन् ।
नेपाल इन्जिनियर्स एसोसिएसनको स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिले देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक नभएको बताएका हुन्।
ओलीले देशमा देखिएको समस्यालाई समाधान गरेर भविष्य उज्ज्वल बनाउन आफूहरू लागिरहेको धारणा राखे। ‘देश समस्यामा रहेको छ, देशको अवस्था राम्रो छैन र प्रशंसा गर्न लायक छैन ।’ प्रधानमन्त्री ओलीले भने, ‘देशको इतिहास प्रशंसा गर्न लायक छ। देशको इतिहास राम्रो छ । गौरवपूर्ण इतिहास छ । भविष्य राम्रो छ । त्यसमा कुनै सन्देश छैन तर आज सन्तोष मान्न, खुसी हुन सकिने अवस्था छैन । हामीले यस अवस्था बदल्नुपर्छ ।’
इन्जिनियरले राखेको मार्मिक माग र सरकारको तर्फबाट पाउन राखेको आकांक्षा राम्रो रहेकाले पूरा गर्न सरकार लागि पर्ने ओलीले बताए ।न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद्बाट विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने दिन आइतबार नै प्रधानमन्त्री ओलीले संसद्बाट देशवासीलाई सम्बोधन गर्ने तयारी समेत गरेका छन् ।
संसद्मा दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर ओली प्रधानमन्त्री बनेपछि अब उनको निशाना विश्वासको मत लिदा दुई तिहाई पुर्याउने रहेको छ ।
२७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाई मत पुर्याउन ओलीले कम्तिमा १८४ मत आवश्यक पर्दछ । ओली कांग्रेसको ८८ र एमालेको ७८ सांसद गरी कुल १६६ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । अहिले कांग्रेस र एमाले बाहेक ७ सांसद रहेको जसपा र ४ सांसद रहेको लोसपा सरकारमा गइसकेको छ । यसरी अहिले ओलीसँग १७७ मत सुरक्षित रहेको छ । अब दुई तिहाई मत पुर्याउन ओलीलाई थप ७ सिट आवश्यक पर्दछ ।
अहिले ओलीलाई सरकारमा गएका बाहेक उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले विश्वासको मत दिने सम्भावना रहेको छ । उपेन्द्र यादवले समाजवादी मोर्चाबाट दूरी बढाएर सरकारलाई समर्थन गर्ने र सत्तामा जाने संकेत गरेका छन् । तर उपेन्द्र यादवको सरकारलाई सर्मथन गर्ने प्रमुख शर्त मधेश प्रदेशको सरकार हुने देखिएको छ ।
मधेशमा अहिले जनमत नेतृत्वको सरकार छ जसलाई कांग्रेस-एमालेले समर्थन गरिरहेका छन् । तर मधेश सरकारको नेतृत्वसँग खासगरी धेरै सिट भएको कांग्रेस खुशी देखिएको छैन । यसको फाइदा उठाएर उपेन्द्र यादवले केन्द्रमा सरकारलाई समर्थन गर्ने विषयमा छलफल गरिरहेका छन् । जसपा नेपालका ५ सांसद रहेका छन् ।
त्यस्तै जनमत पार्टीले पनि मधेशमा आफ्नो नेतृत्वको सरकार जोगिने शर्तमा केन्द्रमा सरकारलाई विश्वासको मत दिने गरि छलफल अगाडी बढाएको छ । जनमतको प्रतिनिधि सभामा ६ सांसद रहेका छन् । त्यस्तै ४ सांसद रहेको नागरिक उन्मुक्ति पार्टी आन्तरिक विवादमा मुछिएको अवस्थामा ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिने तयारीमा रहेको छ तर नाउपाको विवादले यसको स्पष्ट निर्णय भने अहिलेसम्म बाहिर आएको छैन । नाउपाले पनि विश्वासको मत दिएमा ओलीको पक्षमा दुई तिहाई भन्दा बढी १९२ मत हुन जान्छ ।
यी बाहेक दुई स्वतन्त्र सांसद योगेन्द्र मण्डल र डा अमरेशकुमार सिंहले पनि ओलीलाई विश्वासको मत दिने सम्भावना रहेको छ । मण्डल एमालेबाट टिकट नपाएपछि स्वतन्त्र चुनाव लडेका एमालेकै नेता हुन् । दुई स्वन्तन्त्र सांसदले मत दिएमा ओलीको पक्षमा १९४ मत हुन जान्छ ।
यो बाहेक १४ सिट रहेको राप्रपाले पनि ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिने विषयमा छलफलमा रहेको छ । राप्रपाले अहिलेसम्म ओली नेतृत्वको सरकारलाई नकारात्मक टिप्पणी गरेको छैन । काँग्रेस- एमालेसँग सहमति भएपछि शुरुमै स्वागत गरेको राप्रपाले पनि विश्वासको मत दिएमा ओलीले संसदमा २०० भन्दा बढी मत प्राप्त गर्ने सम्भावना रहेको छ ।
त्यस्तै संसदमा रहेका माओवादी केन्द्र, रास्वपा र एकीकृत समाजवादीले भने सरकारलाई विश्वासको मत नदिने र प्रतिपक्षमा बस्ने निश्चित प्राय: रहेको छ । तीन दलको गरि प्रतिनिधिसभामा ६३ मत रहेको छ ।
त्यसैगरी एक एक सांसद रहेका नेपाल मजदुर किसान पार्टी, आम जनता पार्टी र राष्ट्रिय जनमोर्चाले ओलीको विपक्षमा मतदान गर्ने सम्भावना छ । यसरी हेर्दा ओलीले लिने विश्वासको मतको विपक्षमा ६६ मत पर्ने देखिन्छ ।न्युज कारखाना
काठमाडौं । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ । यो सँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको सङ्ख्या १८३ पुगेको छ ।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त समझदारीपत्रमा आज उक्त नियोगमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र उक्त विश्व संस्थाका लागि किरीबासका स्थायी प्रतिनिधि टेबुरोरो टिटोले हस्ताक्षर गरेका छन् ।
साथै दुवै देशका राजदूतले नेपाल र किरीबासबीच कूटनीतिक सम्बन्ध कायम भएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई जानकारी दिने पत्रमा पनि हस्ताक्षर गरे । त्यस अवसरमा दुवै मुलुकका स्थायी प्रतिनिधिले अल्पविकसित मुलुकका विकासका विषय, संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय मञ्चमा पारस्परिक लाभका क्षेत्रमा साझेदारी गर्दै आपसी हित र साझा चासोका विविध विषयमा विचार आदानप्रदान गरेको उक्त नियोगले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
बेलायतको उपनिवेशबाट १२ जुलाई १९७९ मा स्वतन्त्र भएको किरीबासको जनसङ्ख्या एक लाख २० हजार छ भने यो टापु राष्ट्र १४ सेप्टेम्बर १९९९ मा संयुक्त राष्ट्रसङ्घको सदस्य भएको हो ।न्युज कारखाना
काठमाडौँ । खानेपानीमन्त्री प्रदीव यादव तथा नेपालका लागि एसियाली विकास बैंक (एडीबी) का कन्ट्री डाइरेक्टर अर्नाउड कौकोइसबीच आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । उक्त भेटवार्ताका क्रममा एडीबीका कन्ट्री डाइरेक्टर अर्नाउडले खानेपानीको क्षेत्रमा नेपालमा एडीबीले गर्दै आएका काम कारवाहीका विषयमा जानकारी दिएका थिए ।
सोही भेटघाटका क्रममा एडीबीको सहयोग र सहकार्यमा नेपालमा सञ्चालित विभिन्न खानेपानी सम्बन्धी कार्यक्रम तथा परियोजनाहरुको बारेमा छलफल भएको थियो ।
भेटवार्ताकै क्रममा कन्ट्री डाइरेक्टर अर्नाउडले मेलम्ची खानेपानी आयोजनाको वर्तमान अवस्था र प्रगतिको विषयमा मन्त्री यादवलाई विशेष जानकारी दिए । यसैगरी कन्ट्री डाइरेक्टर अर्नाउडले एडीबीले खानेपानीका क्षेत्रमा नेपालमा फेरी पनि सहयोग गर्ने अपेक्षा गरेको जानकारी दिए ।
मेलम्ची खानेपानी विकास समिति र एडीबी धेरै लामो समयदेखि संयुक्त रुपमा सहकार्य गरेर खानेपानीको क्षेत्रमा काम गर्दै आइरहेका विषयमा मन्त्री यादवलाई जानकारी दिँदै कन्ट्री डाइरेक्टर अर्नाउडले भने, “मेलम्चीमा बाढीका कारण भएको क्षतीलाई पनः निर्माण गर्नका लागि एडीबी सधै तयार रहेको छ, हामी फेरी पनि सहयोग गर्ने छौँ ।”
मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा २०२१ मा आएको बाढी पहिराले हेडवक्र्स पुरै बगाएर क्षेती गरेकाले उक्त हेडवक्र्सलाई ठाउँ परिर्वतन गरी (केही माथी सारी) पानी बितरण सहज गर्ने कार्यका लागि आफुहरुले सहयोग गर्ने डाइरेक्टर अर्नाउडले बताए ।
भेटवार्ताकै क्रममा नेपालका खानेपानीको दीर्घकालीन प्रभाव, परियोजनाहरुको सफल कार्यान्वयन र भविष्यमा एडीबीको थप सहयोगको संभावनाका बारेमा पनि विस्तृत छलफल गरिएको थियो । सोही भेटवार्ताका क्रममा मन्त्री यादवले नेपाल सरकार र एडीबीबीचको थप सहयोग र यस प्रकारको सहकार्यले खानेपानीको पहुँचलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका थिए ।
भेटका क्रममा मन्त्रालयकातर्फबाट एडीबीलाई गर्नु पर्ने र आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्न मन्त्रालय तयार रहेको मन्त्री यादवले बताए । उनले भने, “मन्त्रालय र एडीबीबाट भइरहेका काम कारबाहीका विषयमा जानकारी दिन दुबै ठाउँबाट प्रतेक दिन कामका विषयमा तयारी गरिएको रिपोर्ट पेश गर्नु पर्ने आवश्यक छ, हामी प्रतेक दिन केके काम गरियो, केके गर्ने छौँ भन्ने योजना बनाएर अगाडि बढ्नु जरुरी छ ।” सोही क्रममा मन्त्री यादवले मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा २०२१ मा आएको बाढीले बगाएर क्षेती गरेका हेडवक्र्सलाई ठाउँ परिर्वतन गर्न लागि जुनसुक्कै निकायमा जान पनि तयार रहेको बताए । यसैगरी उनले याङ्ग्री र लार्केको पानी काठमाडौँमा ल्याउनका लागि सञ्चालन भएको परियोजनालाई आफ्नै कार्यकालमा सफल पर्ने प्रयास गर्ने बताएका थिए ।
मन्त्री यादवले मेलम्ची खानेपानी आयोजनाको अर्थमन्त्रालयमा रोकिएको फायल अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्थमन्त्रीसँग सल्लाह गरी अगाडि बढाइने बताए । मेलम्ची खानेपानी आयोजनाको पानी १२ महिना काठमाडौँका ल्याउनका लागि युद्ध स्तरमा काम गर्न मन्त्रालयका सचिव, कर्मचारी र आयोजना प्रमुखहरुलाई निर्देशन दिएको मन्त्री यादवले जानकारी दिए ।
एडीबीले नेपालमा खानेपानी लगायतका क्षेत्रमा गरेका कार्यहरु प्रसंसनिय भएका भन्दै मन्त्री यादवले धन्यवाद समेत व्यक्त गरेका थिए । कन्ट्री डाइरेक्टर अर्नाउड सहित एडीबीको प्रतिनिधि टोली आज मन्त्रालयमा शिष्टाचार भेटघाटका लागि आइपुगेको थियो ।
एडीबीले खानेपानी मन्त्रालय सहित अन्य विभिन्न मन्त्रालयसँगको सहकार्यमा बिगत २० वर्षदेखि नेपालमा विभिन्न विकासका क्षेत्रमा काम गर्दै आएको छ । न्युज कारखाना
काठमाडौँ । महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।न्युज कारखाना
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी ऐन, २०१२ सम्बन्धी संशोधन प्रस्ताव एक महिनाभित्र संसद्मा लैजाने बताएका छन् ।
बुधबार प्रहरी प्रधान कार्यालय पुगेका गृहमन्त्री लेखकले प्रहरीसम्बन्धी कानुनको संशोधन प्राथमिकतामा रहेको बताए ।
प्रहरी संगठनलाई थप व्यवस्थित र क्रियाशील बनाउन प्रहरी ऐनमा संशोधन आवश्यक रहेको बताउदै उनले भने- ‘केही कानुन नयाँ बनाउनुपर्नेछ, केही कानुनमा संशोधन र परिमार्जन गर्नुपर्ने छ । २०१२ सालमा बनेको प्रहरी ऐनले अहिलेसम्म काम चलाइराखेका छौँ । बीचमा धेरै संशोधन भएर धेरै विषय सम्बोधन भएका छन्, अझै पनि धेरै विषयलाई स्पष्ट गर्नुपर्नेछ ।’
गृहमन्त्री लेखकले सबै कानुन समसामयिक रूपमा परिमार्जन, संशोधन र पुनरवलोकन गर्न आवश्यक रहेको औँल्याउदै भने- ‘प्रहरी समायोजन ऐन, २०७६ छ । संघ र प्रदेशको प्रहरीबीच समायोजन गर्ने उद्देश्य लिएर २०७६ मा ऐन बनायौँ । त्यो ऐनानुसार प्रहरी समायोजन हुन सकेको छैन, त्यसमा पनि केही परिमार्जनको आवश्यकता छ भन्ने विज्ञ साथीहरूको कुरा उठेको छ । नेपाली प्रहरी र प्रदेश प्रहरीको कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वयको विषयमा पनि केही पुनरवलोकनको आवश्यकता देखिन्छ ।’न्युज कारखाना
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेटेका छन् ।
बुधवार सिंहदरबार स्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा दुई देशबीच बहुपक्षीय सहकार्य सुदृढ हुने सहमति भएको राजदुत चेनले बताएका छन् ।
राजदुत चेनले भनेका छन्- ‘भेटमा हामीले हाम्रो बहुपक्षीय सम्बन्ध र सहकार्यलाई सुदृढ पार्ने सहमति गरेका छौं । हामीले चीन र नेपालको कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव मनाउने तयारी गरेका छौं ।
यसअघि मंगलबार परराष्ट्रमन्त्री राणासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका थिए ।न्युज कारखाना
काठमाडौं । बङ्गलादेशमा आरक्षण विरोधी प्रदर्शन हिंसात्मक बनेपछि ढाकास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन सतर्क गराएको छ ।
बुधवार सूचना जारी गर्दै दुताबासले नेपाली वि
द्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन आग्रह गरको हो ।
राजदूतावासले कारणवश कलेज प्रशासनले होस्टेलबाट सुरक्षित स्थानमा जान वा आफू बसेको स्थान प्रतिकूल भएमा दूतावासमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।
अहिलेसम्म भएको प्रदर्शनमा ६ जनाको मृत्यु भएको छ, जसमा ३ जना विद्यार्थीहरू रहेका छन् । सरकारी जागिरमा बङ्गलादेशको स्वतन्त्रता आन्दोलनमा भाग लिएका व्यक्तिहरूका छोराछोरीलाई दिइएको आरक्षणको विरोधमा आन्दोलन चर्किएको हो ।
आरक्षणको विरोधमा उत्रिएका विद्यार्थी र सत्तारुढ अवामी लिगको भ्रातृ सङ्गठन बङ्गलादेश छात्र लिग बिच देशका विभिन्न ठाउँमा हिंसात्मक झडप भइरहेका छन् ।न्युज कारखाना
चितवन । सिमलतालमा गएको पहिरोले बगाएको दुई बस घटनाको छानबिन गर्न गठित गृहमन्त्रालयको अध्ययन कार्यदलको टोली घटनास्थलमा पुगेको छ ।
अध्ययन टोलीले घटनास्थलको अवलोकन गरेपछि चितवनका प्रहरी प्रशासन तथा सरकोरवालासँग छलफल गर्ने तथा जारी बसको खोजी प्रकृयाबारे जानकारी लिने बताइएको छ ।
नयाँ गृहमन्त्री रमेश लेखकले आफुले पदभार सम्हालेको पहिलो दिनै गृह मन्त्रालयका सहसचिव छवि रिजालको नेतृत्वमा ६ सदस्यीय अध्ययन कार्यदल बनाएका थिए ।
कार्यदलमा नेपाल प्रहरीका एसएसपी भुपेन्द्र खत्री, सशस्त्र प्रहरीका एसएसपी, विपद व्यवस्थापन प्राधिकरण, भौतिक पूर्वाधार मन्त्रालय र यातायात व्यवसायी महासंघबाट समितिका सदस्य रहेका छन् ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदुत डीन आर थम्पसनले भेटवार्ता गरेका छन् ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र अमेरिकाबीचको ७७ बर्ष लामो जीवन्त साझेदारीको विषयमा छलफल भएको राजदुत थम्पसनले जानकारी दिएका छन् ।
उनले अमेरिका नेपाल र अमेरिकाबीचको सहयोगलाई सुदृढ बनाउन नयाँ सरकारसँग काम गर्न तत्पर रहेको उनले बताएका छन् ।न्युज कारखाना
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सत्यको कुनै पहिचान नहुने भन्दै कविता लेखेका छन् ।
सामाजिक सञ्जालमा बालेनले कविता लेख्दै पछिल्लो समय आफूले गर्दै आएका काम र निर्णयमा अदालतले आफ्नो पक्षमा फैसला दिएकोप्रति लक्षित रहेको बुझ्न सकिन्छ ।
बागमती नदी किनारमा रहेका बस्ती खाली गराउन सर्वौच्च अदालतले बाटो खोलाइदिएपछि उनका लागि सहज भएको छ भने पाटन उच्च अदालतले न्यूरोडको फुटपाथ बढाउने कामलाई नरोक्न आदेश दिएपछि फुटपाथ विस्तारको काम पुन: शुरु भएको छ । बालेनको कविता यिनै घटनाप्रति लक्षित रहेको बुझ्न सकिन्छ ।
बालेनको कविता :
सत्यको कुनै एउटा पहिचान,
कुनै नाम हुँदैन,
मिथ्याको जस्तो ठूलो अभिमान ,
कुनै शान हुँदैन,
जलझै शीतल, फूलझैं कोमल,
सून न पित्तल, किसानझै फोहर,
आकाशझै विशाल ,
स्पर्शझै सुक्ष्म,
सगरमाथाझै हिमाल,
थोपाझै पूर्ण,
सत्यको कुनै दाम हुँदैन,
कुनै एउटा पहिचान,
कुनै एउटा काम हुँदैन। नाम हुँदैन ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई डिजिटल माध्यमबाट बधाई तथा शुभ्कमना दिन आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बधाई तथा शुभकामना दिनेको भिड बढेपछि उनले सामाजिक सञ्जालमाफर्त डिजिटल माध्यमबाट शुभकामना दिन आग्रह गरेका हुन् । उनले सकेसम्म म्यासेन्जरबाट शुभकामना सन्देश पठाउन र भेटमा खादा मालाको प्रयोग नगर्न आग्रह गरेका छन् ।
उनले भनेका छन्-
विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्। प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरुको समयको पनि बचत हुन्छ। शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा/माला प्रयोग नगर्न अनुरोध गर्छु ।न्युज कारखाना
काठमाडौं । मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल फेरी फुटेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टीएकीकरण भएको १६ महिनापछि विभाजन भएको हो ।
विप्लव नेतृत्वको नेकपाबाट विभाजित भएर बनेको नेकपा बहुमतले वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीसँग एकता गरेको थियो । एकतापछि पार्टीको सह–संयोजकको भूमिकामा रहेका धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले विज्ञप्ति जारी गर्दै पार्टी एकता
असफल भएको घोषणा गर्दै अलग भएको बताएका हुन् । उनले पार्टीलाई सुदृढ गर्न कयौं प्रसाय गरेपनि वैद्य समूहको असहयोगका कारण सफल हुन नसकेको उल्लेख गरेका छन् । न्युज कारखाना
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका अनधिकृत बसोबास तथा संरचना हटाउन बाटो खुलाउने आदेशको पूर्णपाठ सर्वोच्च अदालतले सार्वजनिक गरेको छ ।
जनहित संरक्षण मञ्चले दायर गरेको रिटको अन्तिम किनारा लगाउँदै सर्वोच्च अदालतले उपत्यकाभित्रका नदीमा प्रदूषण नियन्त्रण, नदी किनारका जग्गाको अतिक्रमण हटाउने बाटो खोलिदिएको हो । न्यायाधीशहरु आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले गत पुस ३ गते गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गरेपछि अनधिकृत रुपमा बसोबास गरिरहेकाहरुको बस्ती तथा संरचना हटाउन सकिने भएको हो ।
फैसलाको पूर्णपाठमा नदीमा हुने प्रदूषण नियन्त्रण गर्न नदीको सीमांकन र निर्माण निषेधित क्षेत्रको घोषणा गरी सुकुम्बासीका नाममा नदी किनाराका जग्गा अतिक्रमण गरी वा मापदण्ड मिची निर्माण गरिएका संरचना हटाउन आवश्यक रहेको उल्लेख छ ।
आदेशमा वास्तविक सुकुम्बासी परिवारका लागि इचङ्गुनारायणमा बनेको आवास क्षेत्रमा बसोबासको व्यवस्था मिलाउन र त्यसले नपुग्ने भए अन्यत्र आवासको व्यवस्था गर्न भनिएको छ । यस्तै स्थानान्तरणमा जान नचाहनेहरुका लागि तत्काल राहतको रुपमा नगद उपलब्ध गराइ अतिक्रमण हटाउन भनिएको छ ।
सर्वोच्चले मन्त्रिपरिषद्को निर्णयद्वारा गठित अधिकार प्राप्त बागमती सभ्यता एकीकृत विकास प्राधिकरण वा यस्तै संस्थामार्फत काम गर्न संघीय ऐन बनाउनसमेत आदेश दिएको छ ।
त्यस्तै मेलम्ची आयोजना पूर्ण रूपमा निर्माण हुँदा उपत्यकामा भित्रिने पानीको केही प्रतिशत सोझै वा पोखरीमा सञ्चय गरी बागमती, विष्णुमती र अन्य नदी तथा खोलामा पठाउने प्रबन्ध गर्न पनि सर्वोच्चले आदेश दिएको छ ।
सर्वोच्चले परमादेशमा भनेको छ- ‘वास्तविक सुकुम्बासीहरूको पहिचान गरी इचुंगुनारायणमा बनाइएको आवासमा स्थानान्तरण गर्न, त्यसले नपुगे आवश्यक संख्यामा अन्यत्र आवास निर्माण गर्न र ती स्थानहरूमा जान नचाहने तत्काल वैकल्पिक व्यवस्था नभएका वास्तविक सुकुम्बासीहरूको हकमा स्थानान्तरणको सहजीकरणका लागि तत्काल राहतको रूपमा नगद प्रदान गरी अतिक्रमण हटाउनू ।’न्युज कारखाना
काठमाडौँ । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भारतीय राजदुत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् ।
मंगलबार बिहान सिंहदरबारस्थित मन्त्रालयमा सिंहलाई राजदुत श्रीवास्तवले भेटवार्ता गरेको उनको सचिवालयले जानकारी गराएका हुन् ।
भेटमा राजदुत श्रीवास्तवले बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।न्युज कारखाना
काठमाडौं । समाजवादी मोर्चाको बैठक आज बस्ने भएको छ । आज अपरान्ह ४ बजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा समाजवादी मोर्चाको बैठक बस्न लागेको हो ।
समाजवादी मोर्चाका प्रमुख घटक माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारबाट बाहिरिएर प्रतिपक्षमा पुगेपछि समाजवादी मोर्चाको बैठक बस्न लागेको हो ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र मोर्चाको आगामी रणनीति बारे छलफल हुने बताइएको छ ।
समाजवादी मोर्चामा अहिले माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् ।न्युज कारखाना
काठमाडौँ । दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुईजना कृषि प्राविधिक घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार पक्राउ पर्नेमा कृषि प्राविधिक (अधिकृत) मोहन सिंह धामी र कृषि प्राविधिक अशोक सिंह धामी रहेका छन्।
कृषि प्राविधिकद्वयले कृषि समूहको बिल भुक्तानी गर्दा कमिशन वापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले पक्राउ गरेको हो।
उनीहरूले सेवाग्राहीबाट नगद ४ लाख १२ हजार घुस लिइसकेको अवस्थामा उक्त रकम र निजहरूको साथबाट ४५ लाख ६० हजारको ५ थान चेक र अशोक सिंह धामीको नाममा काटिएको २ लाख ५० हजार ००० को २ वटा गरी .५ लाखको चेकसहित कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. ४ बोराडाडीबाट नियन्त्रणमा लिइएको हो।
दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ।न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन ६ मा प्रतिनिधि सभालाई सम्बोधन गर्ने भएका छन् ।
ओलीले चौथो पटक प्रधानमन्त्री बनेपछि पहिलो संसद् सम्बोधन गर्न लागेका हुन् ।
अब साउन ६ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीको पहिलो सम्बोधन हुने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।न्युज कारखाना
काठमाडौं ।
उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले पदभार ग्रहण गरेका छन्। शितल निवासमा पद तथा गोपनीयताको शपथपछि शान्तिबाटीमा पुगेर वीर गणेशमान सिंहको सालिकमा माल्यार्पण गरेपछि सिंहदरबार पुगेर सिंहले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै उनले सहरी विकास मन्त्रालयअन्तर्गतका निकायमा हुने राजनीतिक नियुक्तिसम्बन्धी कार्यविधि र मापदण्डमा अन्य देशको पीआर नलिएको स्वघोषणा गर्नुपर्नेसहितको कानुन परिमार्जनको सहमतिका लागि कानुनमन्त्रालयमा पठाउने सम्बन्धी फाइलमा हस्ताक्षर गरेका छन् ।
पदभार ग्रहण गर्दै सिंहले मुलुकलाई स्थायीत्व र समृद्धितर्फ अघि बढाउन वर्तमान सरकार गठन भएको बताउदै मन्त्रालयका कामलाई पनि वर्तमान सरकारको लक्ष्य अनुसार अघि बढाउने बताए ।न्युज कारखाना
काठमाडौँ ।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् ।
सोमबार पद तथा गोपनियताको शपथग्रहणसँगै प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको पुगेर पदभार ग्रहण गरेका हुन् ।
त्यसअघि उनले लैनचौरस्थित सहिद स्मारकमा रहेका सहिदहरूको सालिकमा माल्यार्पण गरेका थिए । साथै पार्टी केन्द्रीय कार्यालय च्यासला पनि पुगेका थिए । प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए ।न्युज कारखाना
काठमाडौँ ।
नवनियुक्त गृहमन्त्री रमेश लेखकले सरकारको प्राथमिकता राजनीतिक स्थिरता, भ्रस्टाचार नियन्त्रण र अर्थतन्त्रलाई बलियो बनाउने रहेको बताएका छन् ।
शपथ ग्रहणपछि पदभार ग्रहण गर्दै गृहमन्त्री लेखक सरकारको प्राथमिकता राजनीतिक स्थिरता, भ्रस्टाचार नियन्त्रण र अर्थतन्त्रलाई बलियो बनाउने रहेको बताएका हुन् ।
मन्त्री लेखकले आफ्नो पहिलो काम प्राकृतिक प्रकोपबाट निर्माण भएको विषम परिस्थितिलाई सम्बोधन गर्ने हुने बताएका छन् । उनले आफ्ना सबै काम विधिको शासन कायम गर्नमा केन्द्रित हुने बताउदै आफुले सहयोग पाउनेमा विश्वस्त रहेको बताए ।न्युज कारखाना
काठमाडौं ।
कास्की- २ बाट निर्वाचित नेकपा एमालेकी सांसद बिद्या भट्टराई शिक्षामन्त्री बनेकी छन् । पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारमा भट्टराईलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
भट्टराई स्वर्गीय एमाले नेता रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन् । पर्यटनमन्त्री रहेकै बेला २०७५ साल फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परेर अधिकारीको निधन भएपछि बिद्या उपनिर्वाचनमा कास्की- २ बाट पहिलो पटक सांसद बनेकी थिइन् ।
राजनीतिमा आउनुअघि उनी त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापक थिइन् ।
अनेरेस्वबियुको राजनीतिमै रहेका बेला रवीन्द्रसँग बिवाह गरेपछि उनले राजनीति छोडेर अध्यापनमा लागेकी थिइन् । उनी एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईकी बहिनी हुन् ।न्युज कारखाना
पर्सा ।
संघीय सरकारमा पर्सा जिल्लाबाट पहिलोपटक तीनजना मन्त्री बनेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारमा पर्साबाट तीनजना मन्त्री बनेका हुन् ।
पर्सा- १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव खानेपानी मन्त्री बनेका छन् भने पर्सा- २ का सांसद अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् भने पर्सा- ३ का सांसद राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका हुन् ।
यादव जसपाका केन्द्रीय उपमहासचिव, चौरसिया कांग्रेसको केन्द्रीय सदस्य र गुप्ता एमालेका केन्द्रीय सदस्य हुन् ।
यादव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारमा स्वास्थ तथा जनसंख्य मन्त्री थिए । गत बैशाख २३ गते जसपा नेपाल फुटेर जसपा बनेपछि उनी स्वास्थ्यमन्त्री बनेका थिए । न्युज कारखाना
काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेका छन् ।
सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले रामशाहपथस्थित स्वास्थ्य मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै मन्त्री पौडेलले क्यान्सर रोगीहरूको उपचार प्रणालीमा एकरूपता ल्याउने र स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्दै सबैलाई समेट्ने योजना ल्याउने दुई निर्णय गरेका छन् ।
साथै उनले एक महिनाभित्र संघीय अस्पतालहरूमा लाइन बस्नु नपर्ने व्यवस्था गर्ने बताए । मन्त्री पौडेलले मितव्ययिताका लागि भन्दै मन्त्री बनेपछि कुनैपनि माला र खादा लगाउन मानेनन् ।
काठमाडौँ- ५ बाट प्रतिनिधि सभामा नेपाली कांग्रेसबाट विजयी पौडेल पहिलो पटक मन्त्री बनेका हुन् ।न्युज कारखाना
काठमाडौं ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरतसिंह भण्डारी १७औं पटक मन्त्री बनेका छन् ।
भण्डारीलाई लोसपाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्रीका लागि सिफारिस गरेको हो । भण्डारी श्रममन्त्रीको शपथ लिएका छन् ।
२०४२ सालमा सहायक मन्त्रीबाट भण्डारीको मन्त्री बन्ने सिलसिला शुरु भएकोमा अहिले फेरी श्रममन्त्री सम्म आइपुगेको छ । उनले अहिलेसम्म स्थानीय विकासदेखि बिना विभागीय, खेलकुद मन्त्रालय, स्वास्थ्य, पर्यटन, रक्षा, उर्जा जलस्रोत हुदै श्रममन्त्रालयसम्मको जिम्मेवारी सम्हालेका छन् ।
भण्डारी एक मात्र यस्ता नेता हुन् जो कुनै व्यवस्था वा सरकार परिवर्तन हुदा अवसरबाट बन्चित भएका हुन् । पंचायत बदलिएर प्रजातन्त्र आउदा होस् वा गणतन्त्र आउदा होस्, उनी मन्त्री बन्ने क्रम अहिले पनि जारी रहेको छ । उनको नाममा सबै व्यवस्थामा मन्त्री बनेको नयाँ किर्तिमान छ ।न्युज कारखाना
काठमाडौँ ।
निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रोपटक प्रधानमन्त्रीका रूपमा सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित झण्डै साढे अठार महिना देश र जनताको सेवामा समर्पित हुने अवसर पाएको बताएका छन् ।
सामाजिक सञ्जाल मार्फत प्रचण्डले आफ्नो नेतृत्वको सरकार सफल पार्न महत्वपूर्ण भूमिका खेल्ने मन्त्रीज्यूहरू, सङ्घीय संसदका सदस्यहरू, संवैधानिक आयोगका पदाधिकारीहरू, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लगायत सम्पूर्ण राजनीतिक दलहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकाय, स्वकीय र निजी सचिवालय टीम, निजी क्षेत्र, कानुन व्यवसायीहरू, बौद्धिक क्षेत्र, नागरिक समाज, सामाजिक संघसंस्था, अन्तर्राष्ट्रिय समुदाय, गैरआवासीय नेपालीहरू लगायत आम जनसमुदायमा सहृदय धन्यवाद व्यक्त गरेका छन् ।न्युज कारखाना
काठमाडौँ ।
डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेकी छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु हाल संसदको कृषि समितिको सभापति रहेकी थिइन् ।
यस अघि पटक पटक सांसद बनेपनि उनी मन्त्री बनेको भने पहिलो पटक हो ।न्युज कारखाना
काठमाडौँ ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल तेस्रो पटक अर्थमन्त्री बनेका छन् । पौडेलले आज उपप्रधान तथा अर्थमन्त्रीको शपथ लिएका छन् ।
यस अघि ओली पहिलो पटक प्रधानमन्त्री बन्दा अर्थमन्त्री बनेका पौडेलले राम्रो अर्थमन्त्रीको छबि बनाएका छन् ।
उनी यस अघि २०७२ सालमा अर्थमन्त्री बनेका थिए भने त्यसपछि २०७७ मा पुन: अर्थमन्त्री बनेका थिए ।
पौडेल २०५३ सालमा नै पहिलो पटक मन्त्री बनेका थिए । उनी पहिलो पटक २०५३ सालमा लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री बनेका थिए ।न्युज कारखाना
काठमाडौँ ।
पृथ्वी सुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेका छन् ।
यस अघि गण्डकी प्रदेशका मुख्यमन्त्री बनिसकेका नेकपा एमालेका उपमहासचिव गुरुङ नयाँ सरकारमा सञ्चारमन्त्री बनेका हुन् ।न्युज कारखाना
काठमाडौं ।
पुर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ कार्यक्रम बहिस्कार गरेका छन् ।
सोमबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको शपथ ग्रहण समारोहमा नेपाल अनुपस्थित रहेका थिए ।
ओलीको शपथ समारोहमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल र बाबुराम भट्टराई पुगेका थिए ।
एमालेबाट विभाजित भएर एकीकृत समाजवादी बनाएदेखिनै नेपालको ओलीसँगको सम्बन्ध राम्रो रहेको छैन ।न्युज कारखाना
काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिएका छन् ।
सामाजिक सञ्जालमार्फत मोदीले ओलीलाई शुभकामना दिदै दुई देशको सम्बन्ध र मित्रतालाई अझ बलियो बनाउन र दुई पक्षीय हितको विषयमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।न्युज कारखाना
काठमाडौँ ।
नेपाली कांग्रेसका नेता प्रकाश मान सिंह र एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्री बनेका छन् ।
सिंह र पौडेललाई राष्ट्रपति रामचन्द पौडेलले शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ गराएका छन् ।
सिंहले उपप्रधान सहित सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् भने पौडेलले उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।न्युज कारखाना
काठमाडौं ।
अशोक राई नेतृत्वको जनता साजवादी पार्टी (जसपा) ले प्रदीप यादव र नवलकिशोर साह सुडीलाई मन्त्री बनाउने निर्णय गरेको छ ।
दुवै जना यसअघि प्रचण्ड नेतृत्वको सरकारमा पनि मन्त्री रहेका थिए ।
यस अघि स्वास्थ्य मन्त्री बनेका यादव यस पटक खानेपानी मन्त्री बन्ने भएका छन् भने सुडीलाई महिला बालवालिका मन्त्रालय दिइने भएको छ ।न्युज कारखाना
काठमाडौँ ।
नेपाली कांग्रेसबाट मन्त्री हुनेको नाम टुंगिएको छ । कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जादै छ । उनलाई उपप्रधान सहित सहरी विकास मन्त्रालय दिइने भएको छ ।
त्यस्तै रमेश लेखक गृहमन्त्री, आरजु देउवा राणा परराष्ट्रमन्त्री हुने निश्चित भएको छ । त्यसैगरी अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुने भएका छन् भने दिपक खड्का ऊर्जामन्त्री बन्ने भएका छन् । त्यस्तै ऐनबहादुर शाही वन मन्त्री निश्चित भएको छ ।
सभापति देउवाले शेखर–गगन समूहलाई स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद, पर्यटन र कृषि मन्त्रालय दिइएको छ ।
जसमा तेजुलाल चौधरीको पनि नाम टुंगो लागेको छ भने अन्य दुई मन्त्रीमा सहमहामन्त्री जीवन परियार, सांसदहरु प्रदीप पौडेल, हृदयराम थानी र रामनाथ अधिकारीको दाबेदारी रहेको छ । यी चार मध्ये दुईको नाम टुंगो लगाउन शेखर कोइरालाले उपसभापति धनराज गुरुङ र महामन्त्री थापासँग छलफल गरिरहेको बताइएको छ ।न्युज कारखाना
काठमाडौं ।
नेकपा एमालेबाट मन्त्री बन्नेको नाम टुंगिएको छ । एमालेले सोमबार बिहान मन्त्री बन्नेहरुको नाम टुंगाएको हो ।
जस अनुसार विष्णुपौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने भएका छन् भने पृथ्वीसुब्बा गुरुङले सञ्चारमन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । राष्ट्रिय सभा सांसद देवेन्द्र दाहाल भौतिक योजनामन्त्री बन्ने भएका छन् भने विद्या भट्टराईले शिक्षा मन्त्रीको जिम्मेवारी पाउने भएकी छन् । त्यस्तै मानवीर राई रक्षा मन्त्री बन्दै छन् भने उद्योगमन्त्रीमा दामोदर भण्डारी र भूमि व्यवस्था सहकारीमा बलराम अधिकारी दोहोरिने भएका छन् ।
प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओली र नयाँ मन्त्रीहरुले आजै बिहान ११ बजे शपथ लिने कार्यक्रम रहेको छ । न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शपथ लिदै छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई बिहान ११ बजे पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम तय गरिएको छ । आजै नवनियुक्त मन्त्रीहरुले पनि शपथ दिलाउने तयारी गरिएको छ ।
आइतबार राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त्त गरेका थिए ।
ओली चौथो पटक प्रधानमन्त्री बनेका हुन् । उनी पहिलो पटक २०७२ असोज २५ गते प्रधानमन्त्री बनेका थिए भने दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए । त्यस्तै उनी तेस्रो पटक २०७८ बैशाख ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
यस अघि शुक्रबार राति नेपाली कांग्रेसको समर्थनमा ओलीले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी पेश गरेका थिए । कांग्रेस र एमालेका १६६ सांसदको हस्ताक्षरसहित ओलीले प्रधानमन्त्रीमा दाबि पेश गरेका थिए ।
तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुक्रबार नै संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो । त्यसपछि राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन लिएर सरकार बनाउन दाबि पेश गर्न आइतबार ५ बजेसम्मको समय दिएका थिए ।
ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि कांग्रेस र एमाले सोमबार बिहाननै मन्त्रीहरुको पनि शपथ गराउने तयारीमा रहेका छन् । अहिलेसम्म कांग्रेस-एमालेले मन्त्रीहरुको छनौट गर्ने क्रममा रहेका छन् । अहिलेसम्म कांग्रेसबाट प्रकाशमान सिंह, रमेश लेखक, आरजु राणा, प्रदीप पौडेल लगायतको मन्त्री बन्ने चर्चा छ भने एमालेबाट विष्णु पौडेल, योगेश भट्टराई, छबिलाल विश्वकर्मा, विद्या भट्टराई, सुनिता बराल, पदम गिरीलगायत मन्त्री बन्ने चर्चा रहेको छ ।
त्यस्तै कांग्रेस र एमालेबीच मन्त्रालयको बाँडफाँड भएको छ । जस अनुसार नेपाली काँग्रेसले गृह मन्त्रालय, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय पाउने बताइएको छ ।
त्यस्तै नेकपा एमालेले अर्थ मन्त्रालय, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ ।न्युज कारखाना
जनता समाजवादी पार्टी, नेपालले केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण देशको विभिन्न स्थानमा बाढी पहिरोले भएको जनधनको क्षतीप्रति दुख व्यक्त गरेको छ । आइतबार विज्ञप्ति जारी गरी प्राकृतिक विपद्मा परी घाइतेहरुको उपचारको सम्पूर्ण व्यवस्था तथा पीडित परिवारलाई यथाशीघ्र राहतको व्यवस्था गर्न जसपा, नेपालले सरकारसँग आग्रह गरेको छ ।
पार्टीले बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक विपद्मा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै समस्त शोकाकूल परिवाजनमा समवेदना प्रकट गरेको छ ।
काठमाडौँ । प्रधानमन्त्रीमा नियुक्त भएपछि केपी शर्मा ओलीले पहिलो प्रतिक्रिया दिदै सबैमा सम्मान र सबैलाई धन्यवाद दिएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै ओलीले भनेका छन्- ‘सबैमा सम्मान । सबैलाई धन्यवाद !!’
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । उनी चौथो पटक प्रधानमन्त्री नियुक्त भएका हुन् । उनले प्रधानमन्त्री पदको शपथ सोमबार बिहान ११ बजे लिने भएका छन् ।न्युज कारखाना
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त्त गरेका हुन् ।
ओली चौथो पटक प्रधानमन्त्री बनेका हुन् । उनी पहिलो पटक २०७२ असोज २५ गते प्रधानमन्त्री बनेका थिए भने दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए । त्यस्तै उनी तेस्रो पटक २०७८ बैशाख ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
यस अघि शुक्रबार राति नेपाली कांग्रेसको समर्थनमा ओलीले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी पेश गरेका थिए । कांग्रेस र एमालेका १६६ सांसदको हस्ताक्षरसहित ओलीले प्रधानमन्त्रीमा दाबि पेश गरेका थिए ।
तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुक्रबार नै संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो । त्यसपछि राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन लिएर सरकार बनाउन दाबि पेश गर्न आइतबार ५ बजेसम्मको समय दिएका थिए ।
ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि अब शपथ भने सोमबार बिहान ११ बजे हुने भएको छ । राष्ट्रपतिको कार्यालयले सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको शपथ गर्ने गरी तयारी गरेको छ ।
ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि कांग्रेस र एमाले सोमबार बिहाननै मन्त्रीहरुको पनि शपथ गराउने तयारीमा रहेका छन् । न्युज कारखाना
काठमाडौँ ।
गृहसचिव एकनारायण अर्यालय, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सिमलतालमा गएको पहिरोले दुई बस बगाएको क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।
स्थलगत अवलोकनमा गृहसचिव अर्याल, महानिरीक्षक कुँवरज्यू लगायत सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारीज्यूहरू, विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सह-सचिवज्यू तथा वरिष्ठ प्रहरी अधिकृतज्यूहरूको उपस्थित रहेका थिए 
शुक्रबार बिहान गएको पहिरोले दुई यात्रूबाहक बस बगाएर बेपत्ता बनाएपछि अहिलेसम्म बस फेला पर्न सकेका छैनन् ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले त्रिशुली नदीमा खोजी कार्य जारी रहेको छ ।
दुवै बसमा रहेका ६५ यात्रु मध्ये तीन जना सकुशल रहेपनि ६२ जनाको अवस्था अहिलेसम्म अज्ञात रहेको छ ।
अहिलेसम्म ६ जनाको शव भेटिएको छ । न्युज कारखाना
काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयका पदाधिकारीहरूलाई धन्यवाद दिएका छन् ।
आइतबार प्रधानमन्त्रीको निजी निवास खुमलटारमा त्रिविका उपकुलपति प्राडा केशरजंग बराल, रजिष्टार डा केदारप्रसाद रिजाल, शिक्षाध्यक्ष डा खड्ग केसीसँग भेट गर्दै प्रधानमन्त्रीले धन्यवाद दिएका हुन् ।
भेटमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूको नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम कार्यकारी परिषदबाट पारित गरेकोमा समेत प्रधानमन्त्रीले धन्यवाद दिए ।
प्रधानमन्त्रीले भने, “विश्वविद्यालयमा गुणात्मक सुधार ल्याएर मात्रै देशको मुहार फेर्न सकिन्छ। त्यसका लागि मैले लगातार मेहेनत गर्दै आएको छु। खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति, शैक्षिक क्यालेण्डर लगायतका क्षेत्रमा महत्वपूर्ण सुधार आएको छ। यसले राम्रो सन्देश दिएको छ।भविष्यमा समेत यी प्रयासहरू लागू हुनेछन् भन्ने विश्वास व्यक्त गर्दछु।”
भेटमा पदाधिकारीहरूले प्रधानमन्त्री प्रचण्डको कार्यकालमा शिक्षा क्षेत्र र विश्वविद्यालय सुधारमा ऐतिहासिक कामहरू भएको भन्दै त्रिवि सुधारमा आफूहरू पूर्ण समर्पणभावका साथ खटिने बताए ।न्युज कारखाना
काठमाडौं ।
नेपाली कांग्रेसको शेखर कोइराला पक्षले मन्त्री चयनको विषयमा छलफल गरेको छ । एमालेसँग सत्ता सहकार्य हुने भएपछि कांग्रेस भित्र मन्त्री चयनको विषय पेचिलो बन्दै गएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आफु पक्षका धेरै नेतालाई मन्त्री चयन गर्ने संकेत गरेपछि नेता शेखर कोइराला पक्ष बैठक बसेर छलफल गरेको छ ।
कोइरालाको निजी सचिवालयमा बसेको बैठकमा आफ्नो समुहबाट कम्तिमा चार मन्त्रालय पाउनुपर्ने अडान राख्ने निष्कर्ष निकालेको छ । एमालेसँग कांग्रेसले १० मन्त्रालय पाउने सहमति भएको बताइएको छ ।
स्रोतका अनुसार १० मध्ये सभापति देउवाले कोइराला समुहलाई ३ मन्त्रालय दिने तयारी गरेका छन् ।
कोइराला पक्षको बैठकमा महामन्त्री गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा मिनेन्द्र रिजाल र डा चन्द्र भण्डारी लगायतका नेताहरु सहभागी थिए ।
अहिलेसम्म कोइराला पक्षबाट जीवन परियार, चन्द्र भण्डारी, प्रतिमा गौतमको नाम मन्त्री बन्नेमा चर्चामा रहेको छ ।
कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने चर्चा छ भने आरजु देउवा र रमेश लेखक मन्त्री बन्ने निश्चित भएको बताइएको छ ।न्युज कारखाना
काठमाडौं ।
कामचलाऊ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको सिमलतालस्थित सडकबाट त्रिशूली नदीमा गाडी खसेर बेपत्ता भएका यात्रुहरूको खोजीलाई तीव्रता दिन तीनवटै सुरक्षा अंगहरूलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री दाहालले निजी निवास खुमलटारमा बोलाएर नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीका प्रमुखलाई हराइरहेका यात्रुहरूको खोजीलाई तीव्रता दिन निर्देशन दिएको दाहालको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालले सिमलताल बस दुर्घटनापछिको खोजी कार्य र पछिल्लो अवस्थाको जानकारी लिएका थिए ।
उनले सबै उपायहरूको अबलम्बन गरेर हराइरहेकाहरूको खोजी कार्यलाई अझै तीव्रता दिन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा प्रधानमन्त्रीले सिमलताल लगायत देशभरका दुर्घटनामा जोखिम मोलेर खोज, राहत र उद्दारमा संलग्न सुरक्षाकर्मीलाई धन्यवाद व्यक्त गरेका थिए ।
उक्त अवसरमा उनले सिमलताल लगायत देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्तिको कारण भएको जनधनको क्षतिप्रति दुख व्यक्त गरेका थिए ।
देशको राजनैतिक परिस्थिति जे-जस्तो भएता पनि स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्र र सुरक्षा निकायले अविचलित र अभिछिन्नरुपमा जनताको सेवामा लागि पर्न उनले आग्रह गरेका छन् ।
प्रधानमन्त्री दाहाल विश्वास मत नपाएपछि शुक्रबार पदमुक्त भएका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्री नियुक्त नहुन्जेल दाहाललाई नै कामचलाउ प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् ।न्युज कारखाना
काठमाडौं ।
कोशी प्रदेशमा सरकार पुनर्गठनको तयारी भएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माओवादी केन्द्रलाई हटाएर कांग्रेसलाई सरकारमा सामेल गराउने तयारी गरेका हुन् । केन्द्रमा कांग्रेस-एमालेको गठबन्धन बनेसँगै त्यसको असर प्रदेशमा समेत परेको छ ।
हाल कोशीमा एमाले र माओवादी केन्द्र सरकारमा छन् भने नेकपा एकीकृत समाजवादी र जसपाले समर्थन जनाएका छन् । माओवादीले तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ । पर्यटन, वन तथा वातावरण मन्त्रीमा नारायण बुर्जा मगर, स्वास्थ्यमा राजेन्द्र कार्की, भौतिक पूर्वाधार मन्त्रीमा गणेश उप्रेती र बन्दना झाँगर पर्यटन राज्यमन्त्री रहेका छन् ।
मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रमा मन्त्रीलाई राजीनामा दिन सन्देश पठाएको र राजीनामा नदिए बर्खास्त गर्ने भएका छन् । अर्कोतर्फ माओवादी केन्द्रका मन्त्रीहरुले केन्द्रको निर्देशन अनुसार निर्णय लिने बताएका छन् ।न्युज कारखाना
काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफुलाई उपसभापति स्वर्णिम वाग्लेले कुट्ने धम्की दिएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमा ढकालले आफुलाई वाग्लेको सचिवालयबाट पटक पटक फोन गरिएको र आफूसँग बस्ने भाईलाई फोन गरेर कुट्ने धम्कि दिएको आरोप लगाएका छन् ।
उनले भनेका छन्- ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे, फोन उठाइन । मसँगै बस्ने भाइलाई फोन गरेर “मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन”… लगायत अनेक भनेकाले, हिजै राती इलाकाको डिएसपिलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु ।’
ढकालले एक अन्तर्वार्ताको क्रममा रास्वपा सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेले भारतीय विदेशमन्त्रीलाई भेटेपछि आफुहरुलाई देशको नेतृत्व दिएमा नेपाललाई भारतको राज्य वा भुटान जस्तो बनाउन दिन सकिने आफूसँग बताएको विवादित अभिव्यक्ति दिएका थिए । उनको यो अभिव्यक्ति सामाजिक सञ्जाल र मिडियामा भाइरल बनेको छ ।न्युज कारखाना
काठमाडौं । नेपाली कांग्रेसले मन्त्री चयनको मापदण्ड तय गरेको छ ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा शनिबार बसेको कार्यसम्पादन समितिको बैठकले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्री चयनका लागि मापदण्ड तय गरेको प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिएका छन् ।
कांग्रेसले मन्त्री चयन गर्दा प्रादेशिक सन्तुलन र समावेशिताका आधारमा सरकारमा सहभागी हुने मन्त्रीको छनौट गर्ने निर्णय गरेको प्रवक्ता महतले जानकारी दिए ।
साथै बैठकले नारायणगढ—मुग्लिङ सडकको सिमलतालमा पहिरोमा परी दुई बस त्रिशूली नदीमा खस्दा करिब पाँच दर्जन यात्रुको अवस्था अज्ञात रहेको घटनामा हराएकाको खोजी र राहतको कार्यमा सक्रियताका साथ लाग्न सम्बन्धित निकायलाई आग्रह गरेको महतले जानकारी दिए ।न्युज कारखाना
काठमाडौँ । नेपाली कांग्रेसक सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
देउवाले आज अपराहन्न २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको सहभागिता हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
कांग्रेसको समर्थनमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार बनाउने दाबि गरेको अवस्थामा नयाँ सरकारको गठन, कांग्रेसबाट सहभागी हुने मन्त्रीहरुको विषयमा बैठकमा छलफल हुने बताइएको छ । कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने चर्चा चलिरहेको छ । अहिलेसम्म कांग्रेसबाट रमेश लेखक, आरजु राणा, प्रदीप पौडेल लगायत मन्त्री बन्ने चर्चा रहेको छ ।
न्युज कारखाना
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेलगत्तै ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीको दाबी पेस गरेका हुन्।
दाबी पेस गर्न एमाले अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले उपाध्यक्ष विष्णु पौडेल, एमाले प्रमुख सचेतक महेश बर्तौला, पूर्वमहान्यायाधिवक्ता रमेश बराल लगायत शीतल निवास पुगेका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आइतबार अपराह्न ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका थिए ।न्युज कारखाना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको आव्हान गरेका छन्।
राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनको आव्हान गरेका हुन्।
धारा ७६ को उपधारा २ मा दुई वा दुई भन्दा बढी दलको सरकार गठन हुने प्रावधान संबिधानमा रहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसदमा विश्वासको मत हासिल गर्न नसकेपछि पदमुक्त भएका थिए।
राष्ट्रपति पौडेलले कानुनविदसँगको परामर्श पछि संबिधानको धारा ७६ को उपधारा २ अनुसार नै सरकार गठनको आव्हान गरेका छन्।
उपधारा २ मा भनिएको छ, ‘उपधारा (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ।’
राष्ट्रपति पौडेलले आइतबार ५ बजेसम्मको समय दिएर सरकार गठनको दाबि पेश गर्न भनेका छन्।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा पेश गरेको विश्वासको मतको प्रस्तावको पक्षमा केवल ६३ मत मात्र परेपछि प्रधानमन्त्रीले संसदको विश्वास गुमाएसँगै पदमुक्त भएका हुन् । विश्वासको मतसम्बन्धि प्रस्तावको विपक्षमा १९४ मत परेको थियो । त्यस्तै मत दिन्न भन्ने पक्षमा एक सांसदले मत दिएका थिए ।
आजको मतदान प्रक्रियामा २५८ सांसदले भाग लिएका थिए ।
प्रधानमन्त्रीले संसदबाट विश्वासको मत गुमाएसँगै सरकार पनि ढलेको छ । अब संघीय संसद सचिवालयले सरकारले विश्वासको मत गुमाएको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई गराएसँगै राष्ट्रपतिले नयाँ सरकार गठनको आव्हान गर्ने छन् ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा पेश गरेको विश्वासको मतको प्रस्तावको पक्षमा केवल ६३ मत मात्र परेपछि प्रधानमन्त्रीले संसदको विश्वास गुमाएका छन् । विश्वासको मतसम्बन्धि प्रस्तावको विपक्षमा १९४ मत परेको थियो । त्यस्तै मत दिन्न भन्ने पक्षमा एक सांसदले मत दिएका थिए ।
आजको मतदान प्रक्रियामा २५८ सांसदले भाग लिएका थिए ।
प्रधानमन्त्रीले संसदबाट विश्वासको मत गुमाएसँगै सरकार पनि ढलेको छ । अब संघीय संसद सचिवालयले सरकारले विश्वासको मत गुमाएको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई गराएसँगै राष्ट्रपतिले नयाँ सरकार गठनको आव्हान गर्ने छन् ।न्युज कारखाना
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेस सभापति शेरबहादुर देउवासँग सम्बन्ध नबिगार्न आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले प्रचण्डलाई सभापति देउवासँग सम्बन्धन नबिगार्न र चार महिनापछि फेरी प्रचण्डकै पक्षमा आउने बताए । उनले यो गठबन्धन चार महिनामै परिवर्तन हुने दाबी गर्दै कांग्रेस सभापति देउवालाई संसद विघटनको साक्षी नबस्न आग्रह गरेका थिए ।
चौधरीले प्रधानमन्त्री प्रचण्डलाई आफुहरु सधै साथमा रहेपनि आफुहरुलाई भने बेला बेलामा छोड्ने गरेको गुनासो गरेका थिए ।न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल प्रचण्डलाई जातजातिको नाममा आफ्नो रोटी नसेक्न चेतावनी दिएका छन् ।
प्रतिनिधि सभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिदै शाहीले प्रधानमन्त्री आजको संसदमा जातजातिको नाममा भाषण गरेको उल्लेख गर्दै जातजातिको नाममा राजनीति नगर्न आग्रह गरेका छन् ।
उनले गृहमन्त्री रवि लामिछानेले संसदमा सुशासनको कुरा गरेर झुटो बोलेको आरोप लगाए । गृहमन्त्री लामिछानेले आफ्ना मित्र जीबी राईलाई पक्राउ गर्न नसकेर बिदा हुन लागेको भन्दै फाइल खोल्न लागेपछि सरकार ढलेको भन्ने गलत भाष्य निर्माण नगर्न आग्रह गरे । सांसद शाहीले कसैलाई पक्रेर थुन्न नसकेको भन्दै आफुले काम गर्न नसकेकोको स्वीकार गर्न आग्रह गरेका थिए ।न्युज कारखाना
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले छानबिनको सुई आफ्नो घरतिर सोझिएपछि कांग्रेस-एमाले एक ठाउमा आएको दाबी गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिदै रास्वपाका सभापति समेत रहेका लामिछानेले कांग्रेस-एमालेले मध्यरातमा गरेको सहमति राष्ट्रिय सहमति हुन नसक्ने बताएका छन् ।
लामिछानेले आफुहरुले अमुर्त सहमति हुनासाथ राजीनामा नदिएर जिम्मेवारी निभाएको दाबि गरे । उनले रास्वपाले सरकारमा गएर सुशासनको संखनाद गरेको दाबी गर्दै सोहि कारणले रातारात दुई ठुला दल एक ठाउमा आएको बताए ।
लामिछानेले दुई दलबीचको सहमति लुकाइएकाले आफुहरुले त्यसलाई समर्थन गर्न नसकेको बताउदै दुई दल ठुला दल एक ठाउमा आउदा शक्तिपृथकीकरणमा संकट आउन सक्नेमा आफुहरुको चिन्ता रहेको बताए ।
उनले आफुहरुले प्राप्त गरेको मत सरकारमा जाने मत नरहेको र प्रतिपक्षमा रहदा खुशी नै रहेको र आफुहरुले गत बर्ष प्रतिपक्षको भूमिका राम्रोसँग निभाएको बताए ।न्युज कारखाना
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नारायणगढ-मुग्लिन सडकमा पहिरोमा परि त्रिशुली नदीमा बेपत्ता भएका दुई यात्रु बस खोज्न पाँच सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जानकारी गराएका छन् ।
गृहमन्त्री लामिछानेले बाढी र पहिरोको जोखिम भएका क्षेत्रमा रेड अलर्ट जारी गरि ति स्थानहरुमा रात्री बस संचालन नगर्न यातायात व्यवस्था बिभागलाई निर्देशन दिएको जानकारी दिएका छन् ।
लामिछानेले दुई यात्रु बस पहिरोले बगाएको प्रति दुख व्यक्त गर्दै सो सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मीहरु परिचालन गरिएको जानकारी गराएका छन् ।
उनले संसदमा पछिल्लो २४ घण्टामा बाढी पहिरोबाट देशभर १७ जनाको मृत्यु भएको जानकारी दिएका छन् । साथै लामिछानेले विपदबाट राहत र उद्धारको काम सरकारले तिब्ररुपमा गरिरहेको संसदमा जानकारी गराएका छन् ।न्युज कारखाना
काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बेचन झाको पक्राउ पछि नयाँ गठबन्धन बनेको दाबि गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले सरकारले सुशासनका काम अगाडी बढाएको र खासगरी बेचन झाको पक्राउपछि परिस्थिति बदलिएको दाबि गरेका छन् ।
पाण्डेले संक्रमणकालीन न्याय र शान्ति प्रक्रियासँग सम्बन्धि काम एक दलको मात्र नभएर सबैले यसलाई गम्भीरतापुर्वक लिन आग्रह गरेका छन् ।
उनले सरकारले सरकारी कार्यालयमा लाग्ने लामो लाइनलाई हटाएको, नागरिकताको समस्या समाधान गरेको र सुशासनका काम गरेको दाबि गर्दै अन्तर्राष्ट्रिय तहमा सरकारले आफ्नो उपस्थिति राम्रोसँग देखाएको दाबि गरे ।न्युज कारखाना
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अब उथलपुथलले काम नगर्ने बताएका छन् ।
प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिदै सांसद भट्टराईले अब प्रचण्डको उथलपुथलले काम नगर्ने बताएका हुन् ।
उनले अब प्रधानमन्त्री प्रचण्डलाई आफ्नो समिक्षा गर्ने अवसर कांग्रेस र एमालेले सुनौलो अवसर दिएको बताए । प्रचण्डबाट आफुहरुले संयमताको अपेक्षा गरेको बताउदै गम्भीर समिक्षा गर्न आग्रह गरेका छन् ।
सांसद भट्टराईले राजनीतिक स्थायित्व दिन सहमति गरेको स्पष्ट गर्दै ठुला शक्तिहरुमा मेलमिलाप हुदा देशलाई ठुलो उपलब्धि हुने बताए ।
न्युज कारखाना
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले बाध्यात्मक अवस्थामा कांग्रेस-एमाले एक ठाउमा आउनु परेको बताएका छन् ।
प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिदै नेता भट्टराईले बाध्यात्मक अवस्थामा अहिले दुई ठुला दल मिलेको बताएका छन् ।
भट्टराईले प्रधानमन्त्री प्रचण्डले संसदमा आक्रोश पोखेको र गलत सूचना दिएको आरोप लगाएका छन् । उनले मुलुकको अर्थतन्त्रलाई सहि दिशा दिनुपर्ने, अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ गर्नुपर्ने, विदेश गइरहेका युवाहरुलाई देशमै अवसर सिर्जना गर्नुपर्ने अवस्थामा संसद विश्वासको मत लिने विषयमा मात्र केन्द्रित भएर बस्न नसक्ने बताए ।
सांसद भट्टराईले कांग्रेस र एमाले एक ठाउमा आउनुपर्ने बाध्यात्मक अवस्था आएको टिप्पणी गरे । उनले सामान्यता संसदका दुई ठुला दल मिलेर सरकार बनाउनुलाई राम्रो मानिदैन । तर अहिले बाध्यात्मक अवस्थामा दुई दल एकठाउमा आउनुपरेको स्पष्ट गरे ।न्युज कारखाना
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राजनीतिक स्थिरताका लागि कांग्रेस र एमाले एक ठाउमा आएको बताएका छन् ।
प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतमाथिको प्रस्तावमा बोल्दै लेखकले प्रधानमन्त्रीले तिन तिन महिनामा विश्वासको मत लिने अवस्था रोक्न नयाँ सहमति गरिएको स्पष्ट गरेका हुन् ।
उनले सरकारमा बसेर फाइल खोल्छु भनेर स्टन्ट मात्र गरिएको भन्दै सुशासन कायम गर्न नसकेको बताउदै नयाँ सरकारले सुशासन दिने काम गर्न नयाँ सहमति गरिएको बताए ।
लेखकले संबिधान प्रारम्भ भएको आठ बर्षभन्दा बढी समय भएको बताउदै संबिधान प्रारम्भ भए पश्चात यसका राम्रा र नराम्रा पक्ष हेरेर नराम्रा विषयलाई सुधार गर्ने भनेको बताए । उनले अग्रमनका लागि संबिधान संशोधन गर्ने स्पष्ट गरे ।
लेखकले नेपालको राजनीतिमा कांग्रेस रहेसम्म समावेशिता कमजोर नहुने दाबि गर्दै त्यसमा आशंका व्यक्त नगर्न आग्रह गरे । उनले संबिधान छुनै नहुने विषय नभएको उल्लेख गर्दै लेखकले संबिधानमा नै १० बर्षमा पुरावलोकन गर्ने विषय उल्लेख रहेको बताएका छन् । न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस र एमालेको मिलन अध्यारो कोठामा भएको बताएका छन् ।
प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रचण्डले कांग्रेस-एमालेको सहमतिलाई राष्ट्रिय सहमतिको नाम दिइएको बताउदै अध्यारो कोठामा गरिएको सहमतिले नै यो कस्तो सहमति हो भन्ने स्पष्ट भएको बताएका हुन् । उनले साच्चैको राष्ट्रिय सहमति गर्न अँध्यारो कोठा नचाहिने बताउदै आफुले सुशासनका काम गर्न थालेपछि दुई ठुला दल मिलेको दाबि गरे ।
उनले भने- ‘पहिलो र दोस्रो दल मिल्न अँध्यारो कोठा चाहिन्छ ? कसको घरमा गएर सहमति गर्नुभएको छ ? तपाईंहरु राष्ट्रिय सहमतिका लागि र राष्ट्रिय आवश्यकताका लागि मिल्नुभएको होइन । कसैले तपाईंहरुलाई मिलाइदिएको छ ।’
उनले पहिलो र दोस्रो दल मिलेर दुनियाँमा लोकतन्त्र कमजोर मात्र बनाएको र निरंकुशतालाई नै प्रवर्धन गरेको दाबि गरे । न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान आग्रह गरेका छन् ।
प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले संविधान सभामा संविधान निर्माणको प्रक्रिया पनि व्यापक विचार विमर्श र अधिकतम राष्ट्रिय सहमतिबाट अघि बढेको स्मरण गरे । उनले भने, “यी सबै ऐतिहासिक र युगान्तकारी घटनाको एक प्रमुख नेताको हैसियतले म साथीहरूलाई भन्छु, सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजानुस् ।”
राष्ट्रिय सहमतिको पहलकदमी दिनकै उज्यालोमा जनताको खुला जानकारीमा पनि लिन सकिने बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “नियत सही हुन्थ्यो भने राष्ट्रिय सहमतिको विमर्श यही सम्मानित संसदमा सुरू गर्न सकिन्थ्यो । तपाईहरू विमर्श होइन, षड्यन्त्रमा हुनुहुन्छ भन्ने तथ्य तपाईहरूले सहमति गरेको ठाउँ र समयबाट पुष्टि हुन्छ । स्वाभाविक र विवेकसम्मत काम गर्दा त्यो तहको डर हुँदैन ।”न्युज कारखाना
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्र पाण्डेले बर्षा जारी रहुन्जेल रात्री बस संचालन बन्द गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पाण्डेले मौसममा सुधार नभएसम्म कम्तिमा भाद्र १५ सम्म रात्री बस संचालनमा रोक लगाउन माग गरेका हुन् ।
उनले नारायणगढ -मुग्लिन सडकखण्डमा गएराती पहिरोमा परेर दुई यात्रीबस त्रिशुली नदीमा खसेको विषयमा तत्काल बसको खोजी र उद्धार गर्न माग गरेका थिए ।
सरकारले विपद्बात जोगाउन सरकारले पूर्वतयारी नगरेको बताउदै तत्काल राहत र उद्धार गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।न्युज कारखाना
कठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज संसदमा विश्वासको मत लिदै छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
सरकारलाई समर्थन गरेको नेकपा एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले आज नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् ।
संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति भएपछि प्रचण्ड नेतृत्वको तत्कालिन गठबन्धन भत्किएको थियो ।
प्रधानमन्त्रीले आफ्नो १८ महिने कार्यकालमा विश्वासको मत लिन लागेको यो पाँचौं पटक हो । २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसद्मा तेस्रो ठूलो दल बनेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड २०७९ साल पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका थिए । एमालेसहित १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
प्रधानमन्त्री नियुक्त भएको १५ दिनपछि उनले पहिलोपटक २०७९ पुस २६ गते प्रतिनिधिसभाको जम्मा २७० जना सांसदमध्ये २६८ जनाको मत प्राप्त गरेका थिए । दुईजना सांसदले विपक्षमा मतदान गरेका थिए । उनलाई त्यतिबेला प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको थियो ।
विश्वासको मत लिएको करिब साढे दुई महिनापछि एमालेलगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले २०७९ साल चैत ६ गते दोस्रोपटक विश्वासको मत लिएका थिए । त्यसबेला उनलाई प्रतिनिधिसभाको बैठकमा उपस्थित २६२ सांसदमध्ये कांग्रेससहित १७२ जनाले विश्वासको मत दिएका थिए ।
त्यसपछि प्रधानमन्त्री प्रचण्डले २०८० साल फागुन ३० गते कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाएपछि तेस्रोपटक विश्वासको मत लिएका थिए । त्यसबेला प्रतिनिधिसभा बैठकमा सहभागी २६८ सांसदमध्ये १५७ मत प्राप्त गरेका थिए ।
त्यसपछि जसपा नेपाल विभाजन भएसँगै सो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले २०८१ साल जेठ ७ गते कांग्रेसलगायत विपक्षी दलको संसद् बैठक अवरोधबीच चौथोपटक विश्वासको मत लिएक थिए । त्यसबेला उनको पक्षमा १५७ मत प्राप्त भएको थियो ।
संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ । सोही धाराको उपधारा (३) मा उपधारा (१) र (२) बमोजिम पेस भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने व्यवस्था छ । संविधानअनुसार हालको प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सदस्यीय रहेको छ र बहुमतको लागि १३८ मत आवश्यक पर्दछ ।
विस २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको २७५ सिटका लागि भएको निर्वाचनमा कांग्रेसका ८९, एमालेका ७८, माओवादी केन्द्रका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपा नेपालका १२, एकीकृत समाजवादीले १०, जनमत पार्टीका ६, स्वतन्त्र पाँच जना, लोसपाका ४, नाउपाका ४, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा एक–एक सिटमा विजयी भएका थिए ।न्युज कारखाना
काठमाडौँ । जसपा नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ ।
विहिबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको सांसद राजकिशोर यादवले जानकारी दिएका छन् ।
प्रधानमन्त्रीले शुक्रबार ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिदै छन् ।
सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई दिएको सर्मथन फिर्ता लिएपछि प्रधानमन्त्रीले संबैधानिक व्यवस्था अनुसार विश्वासको मत लिन लागेका हुन् ।न्युज कारखाना
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री नबन्ने प्रष्ट पारेका छन् ।
बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले आफु पार्टीकै काममा व्यस्त रहेकाले सरकारमा नजाने बताएका हुन् । उनले पार्टी सभापतिलाई आफु सरकारमा नजाने बारे जानकारी गराएको बताए ।
उनले भने- ‘सांसदको रुपमा मैले क्रियाशील भएर यो सरकारलाई समर्थन गर्नेपनि, हाम्रो शेखर कोइरालाले अघि भन्नुभएजस्तो कांग्रेस र एमाले मिलेर धेरै शक्ति आर्जन गर्दैगर्दा सरकारले शक्तिको दुरुयोग गर्लान् कि भनेर सचेत गराउनु पर्ने काम प्रतिपक्षले मात्रै होईन, सत्ता पक्षले पनि गराउनुपर्छ । त्यसैले सत्ता पक्षको सांसदहरुको बेन्चको पहिलो हरफमा बस्छु म । त्यो पहिलो रो बाट सरकारलाई आवश्यक कुराको समर्थन गर्ने, परेको बेला सरकारलाई प्रश्न पनि गर्ने, जवाफदेही बनाउने । मेरो भूमिका सांसदको रुपमा रहन्छ ।’
उनले संबिधान संशोधन कुनै एक दलले चाहेर मात्र नहुने भन्दै सबै दलको सहमतिमा मात्र सम्बोधन संशोधन गर्न सकिने बताए ।न्युज कारखाना
काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालीकराम जम्कट्टेलको राजीनामा मागेको छ ।
विहिबार कांग्रेस संसदीय दलको नेता बहादुर सिंह लामाले विज्ञप्ति जारी गर्दै वर्तमान सरकारबाट साझेदार दल नेकपा एमाले बाहिरिएर समर्थन समेत फित्ता लिएकाले सरकार अल्पमतमा परेकोले राजीनामा दिन आग्रह गरेका हुन् ।
सरकार अहिले कामचलाउको हैसियतमा पुगेको र सो अवस्थामा सरकारले कुनै महत्त्वपूर्ण निर्णय नियुक्ति र त्यस प्रकृतिको अन्य कार्यहरू गर्नु नैतिकताको हिसाबले पनि उपयुक्त नहुने विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ- ‘मुलुकको बदलिँदो राजनीतिक परिवेशमा राजनीतिक स्थायित्व र संविधानमा समयानुकूल संशोधन गर्न सङ्घ र सात वटै प्रदेशहरूमा सहमतिको सरकार गठन गर्ने सङ्कल्पका साथ पहिलो र दोस्रो पार्टी नेपाली कांग्रेस र नेकपा एमाले बिच जन अपेक्षित नयाँ समीकरण निर्माण भएको छ । बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री मासालिकराम जमकट्टेलको नेतृत्वमा गठन भएको वर्तमान प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाई विश्वासको मत फिर्ता लिईसकेको पृष्ठभुमिमा वर्तमान सरकार प्रष्टरुपमा अल्पमतमा परि कामचलाउ सरकारको हैसियतमा पुगिसकेको स्थिति छ । यो अवस्थामा सरकारले कुनै महत्त्वपूर्ण निर्णय नियुक्ति र त्यस प्रकृतिको अन्य कार्यहरू गर्नु नैतिकताको हिसाबले पनि उपयुक्त नहुने भएकोले नेपाली कांग्रेस संसदीय दलको तर्फबाट गम्भीर ध्यानाकर्षण गराउँदै माननीय मुख्यमन्त्रीले राजनीतिकलाई सहज रूपमा अगाडी बढाउन र सहमतीय सरकार गठन गर्न तत्काल मार्ग प्रशस्त गरी दिनुहुन हार्दिक आग्रह गर्दछु।’
केन्द्रमा कांग्रेस र एमालेबीच भएको सहमति अनुसार बागमतीमा सरकारको नेतृत्व कांग्रेसले गर्ने भएको छ । अल्पमतमा परेपछि मुख्यमन्त्री शालिकराम जम्मकट्टेल प्रदेश सभालाई सम्बोधन गरेर राजीनामाको घोषणा गर्ने तयारी गरेको बुझिएको छ ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवन सङ्गीनी सीता दाहालको प्रथम स्मृति दिवसमा ‘श्रद्धाञ्जली’ कार्यक्रम आयोजना गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानन्त्री प्रचण्डसहित उनका परिवारका सदस्यहरूले क.सीता दाहालको तस्बीरमा पुष्पगुच्छा एवं माल्यार्पण गरेका थिए ।
श्रद्धाञ्जली कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नी सापकोटा, पम्फा भुसाललगायत पार्टी पदाधिकारी, पार्टीका नेता, कार्यकर्ताहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
कार्यक्रममा प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू, सरकारी कर्मचारी, नागरिक समाजका अगुवा एवं नागरिकको उपस्थिती रहेको थियो । सीताको स्मरण गर्दै पार्टी उपाध्यक्ष श्रेष्ठले जनयुद्धबाट प्राप्त उपलब्धीको रक्षा गर्ने र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरे ।
सीता परिवर्तनका योद्धाका रूपमा सँधै स्मरणमा रहनुहुने बताउँदै उपाध्यक्ष श्रेष्ठले पार्टीलाई थप एकताबद्ध बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ‘स्मृतिमा सीता दाहाल’ पुस्तक विमोचन गरे ।
माओवादी केन्द्रका केन्द्रीय सल्लाहकारसमेत रहेकी सीता दाहाल विसं २०२८ देखि कम्युनिष्ट आन्दोलनमा लागएकी थिइन् भने विसं २०५२ देखि पार्टी अध्यक्ष प्रचण्डले नेतृत्व गरेको जनयुद्धमा सहभागी भएकी थिइन् । न्युज कारखाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि श्रीलंकाका राजदूत एअर चिफ मार्सल सुदर्शन पाथिरानाले शिष्टाचार भेट गरेका छन् । भेटका लागि राजदूत पाथिराना बुधबार प्रमुखको कार्य कक्षमा आएका थिए ।
भेटका क्रममा आपसी सम्बन्धलाई औपचारिकता दिन काठमाडौँ र कोलम्बो बिच भगिनी सम्बन्धको सम्भावना, बौद्ध इतिहासमा लुम्बिनी र काठमाडौंको महत्वसँग श्रीलंकाको सम्बन्ध, बौद्ध तीर्थयात्रा मार्ग, स्वास्थ्य र शिक्षामा आपसी सिकाइ लगायत विषयमा कुराकानी भएको थियो ।
यस क्रममा प्रमुख शाहले, सांस्कृतिक पर्यटनबाट देश–देश र नगर–नगर बिचको सम्बन्धबाट नागरिक तहमा लाभ पुग्ने धारणा राखे ।
‘दुई देश बिच मैत्री क्रिकेट खेल आयोजना गर्न सकिन्छ । कला, खेल तथा गीत संगीत क्षेत्रका व्यक्तिहरुका बिचमा ज्ञान सिप आदान प्रदान गर्न सकिन्छ । मानव संशाधन विकास देखि पूर्वाधार विकाससम्मका क्षेत्रमा सहकार्य सम्भव छ ।’ प्रमुख शाहले कोलम्बोबाट भैरहवा विमानस्थलमा अन्तरराष्ट्रिय विमास सञ्चालन गरेर श्रीलंकालाई सिधा लुम्बिनीसँग जोड्न सकिने बताए । त्यस क्रममा उनले श्रीलंकाको स्वास्थ्य र शिक्षा क्षेत्रका सेवा तथा कार्यक्रम, कृषि उत्पादनको चक्रका बारेमा जिज्ञासा राखेका थिए ।
भेटका क्रममा राजदूत पाथिरानाले, महानगरपालिकाले गएको वैशाख÷जेष्ठ महिनामा आयोजना गरेको सिप मेलाको प्रशंशा गर्दै भन्नुभयो, ‘नागरिक सहभागितामा काम गर्ने प्रमुख शाहको कार्य शैलीको म प्रशंशक हुँ ।’
वुद्ध कालदेखि नेपाल र श्रीलंका बिच सम्बन्ध रहेको बताउँदै राजदूत पाथिरानाले दुई देश विच सहासिक पर्यटनको पनि उत्तिकै सम्भावना रहेको उल्लेख गरेका थिए । कुराकानीका क्रममा हिमालदेखि समुद्री तटसम्मको सम्बन्ध स्थापना गरेर आपसी ज्ञान र हित प्रवर्धनमा जोड दिइएको थियो ।
भेटमा आपसी सद्भाव प्रतीकका लागि मायाको चिनो आदान प्रदान गरिएको थियो । यस क्रममा प्रमुख शाहले बुद्धको प्रतिमा प्रदान गर्नुभएको थियो । यस्तै राजदूत पाथिरानाले, श्रीलंकाको प्रसिद्ध चिया प्रदान गरेका थिए ।
भेटका क्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, अन्तरराष्ट्रिय सम्बन्ध सल्लाहकार सन्तोष गिरी, अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयबाट कोपिला खतिवडासहित अधिकारीहरु सहभागी थिए । न्युज कारखाना
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता भएको छ । बुधबार साँझ देउवा निवास बुढानिलकण्ठ पुगेका ओलीले देउवासँग दुई घण्टाभन्दा लामो छलफल गरेका हुन् ।
ओलीसँग महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पनि छलफलमा सहभागी थिए भने कांग्रेसबाट सभापति देउवासहित उनकी पत्नी आरजु राणा र रमेश लेखक सहभागी रहेका थिए ।
बैठकमा सरकार गठन र सहकार्यलाई अगाडी बढाउने विषयमा केन्द्रित भएर छलफल भएको बताइएको छ ।
यस अघि कांग्रेसले १० र एमालेले ९ मन्त्रालय लिने सहमति बताइए पनि बुधबारको छलफलमा सरकारमा अन्य दललाई सहभागी बनाउन लचिलो भएर जाने सहमति भएको छ । अहिले जसपा नेपाल, जसपा, नाउपा, लोसपा लगायतका दलले कांग्रेस-एमाले गठबन्धनमा सहभागी हुने बताएका छन् ।
शुक्रबार प्रधानमन्त्रीले विश्वासको मत लिएपछि नयाँ सरकारको गठन प्रक्रिया शुरु हुने हुनाले कांग्रेस एमालेमा मन्त्रीका लागि दौडधुप समेत चलेको छ ।
यसैक्रममा एमालेले मन्त्री छनौटका लागि मापदण्ड बनाउन प्रारम्भिक छलफल शुरु गरको छ । बुधबार बसेको सचिवालय बैठकले अध्यक्ष ओली बाहेकका नेतालाई दोहोरो जिम्मेवारी नदिने गरी छलफल अगाडी बढाएको छ । एमालेले अनुभवीलाई भन्दा नयाँ र काम गर्न सक्ने नेताहरुलाई सरकारमा सहभागी गराउने तयारी गरेको चर्चा छ । एमालेबाट अर्थमन्त्रीमा विष्णु पौडेलको चर्चा छ भने पदम गिरी, महेश बर्तौला, सुनिता बराल, बिद्या भट्टराई, सुहाङ नेम्वाङलगायतको नाम मन्त्री बन्नेमा चर्चा छ ।
त्यस्तै कांग्रेसमा भने कांग्रेस-एमाले गठबन्धन बनाउन खोजेका प्रमुख सचेतक रमेश लेखक गृहमन्त्री बन्ने चर्चा रहेको छ भने सभापति देउवा पत्नी आरजु राणा परराष्ट्रमन्त्री बन्ने चर्चा रहेको छ । त्यस्तै महामन्त्री गगन थापा, सांसद प्रदीप पौडेल लगायतको नाम मन्त्री बन्नेमा चर्चामा छ । कांग्रेसमा रहेको चर्को गुटबन्दीका कारण सबै गुटको प्रतिनिधित्व मिलाएर मन्त्री छान्न भने सकस रहेको छ । यद्यपी अहिलेसम्म कांग्रेसमा मन्त्री छान्ने विषयमा केन्द्रित भएर छलफल नभएको कांग्रेस नेताहरुले बताएका छन् ।न्युज कारखाना
राैतहट,२६ गते असार । मौलापुर नगरपालिकाले “हमर नगर हरित शहर” भन्ने अभियान तिव्र रूपमा चलाइरहेको छ । आज साे अभियानमा संघिय सांसद एवम् आम जनता पार्टीका अध्यक्ष प्रभु साह पनि सहभागी हुँदै बिरुवा राेपेका छन् । आज माैलापुरकाे आईटि चाैक लगायतका ठाउँहरूमा बिरुवा राेपिएकाे हाे । यस अघि माैलापुर नगरपालिकाकाे वडा नम्बर १ मा रहेको एकीकृत नमूना दलित बस्ती लगायतका ठाउँहरूमा वृक्षारोपण भईसकेकाे छ । माैलापुर नगरपालिकाकाे सहभागीता तथा डिभिजन वन कार्यालय राैतहटकाे सहयोगमा ती विरूवाहरू राेपिने काम भईरहेकाे छ । वृक्षारोपण कार्यक्रम पछि बाेल्दै सांसद प्रभु साहले मौलापुर नगरपालिकाको “हमर नगर हरित शहर” को संकल्प छिटै पुरा हुने भन्दै शुभकामना व्यक्त गरेका थिए । मौलापुर नगरपालिकालाई हराभरा बनाउने अभियान अन्तर्गत अहिले विरूवाहरू राेपने काम भईरहेकाे मेयर साहकाे भनाइ छ । बुधबार विभिन्न प्रजातिका बोटबिरुवा लगाइएको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिएका हुन् । यो अभियानअन्तर्गत नगरभरी बिरुवा रोपिने उनले बताए । कार्यक्रमअन्तर्गत नगरका सम्पूर्ण विद्यालय, स्वास्थ्य संस्था लगायतका सरकारी निकायका साथै बजार र मुख्य सडकमा बृहत वृक्षारोपन गरिने बताइएको छ । यसले नगरपालिका छिटै नै ग्रीन सिटी बन्ने विश्वास लिइएको छ । वृक्षरोपण कार्यक्रमकाे अवसरमा डिभिजन वन कार्यालयका अधिकृत राजेश साह,वडा अनिरूद्व प्रसाद यादव उर्फ संजय,आजपा नेता त्रिभुवन साह,आम बिधार्थी माेर्चाका अध्यक्ष विवेक साह लगायतका व्यक्तिहरूकाे सहभागीता रहेको थियोे ।
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले जेलमा भएका सहकारीका सञ्चालकहरुसँग पनि सोधपुछ गर्ने भएको छ ।
बुधबार सहकारी पीडितहरुसंगको छलफलमा बोल्दै समितिका सभापति सुर्य थापाले कानुनअनुसार जेलमा भएका सहकारी सञ्चालकहरुलाई पनि सोधपुछ गरी तथ्य प्रमाणहरु खोज्ने बताएका हुन् ।
समितिले आज सहकारीक संचालक र पिडितहरुसँग छलफल गरेको थियो । छलफलका क्रममा सहकारी पिडितले आफुहरुले सहकारी ठग देखेको भएपनि सरकारले नदेखेको गुनासो गरेका थिए ।
सभपति थापाले सरकारले र संसदले गर्ने काम फरक हुने भन्दै सहकारी पीडितहरूलाई न्याय दिलाउने गरी काम गरिरहेको बताए । उनले सहकारी क्षेत्रमा देखिएको सहकारी समस्या वास्तविक सहकारीको कारणले नभई सहकारीका माध्यमबाट बचतको अपचलन ठगी गर्ने नियतका साथ आएका केही सहकारीका कारणले समस्या आएको बताए ।न्युज कारखाना
काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते लिने विश्वासको मतका लागि ह्विप जारी गरेको छ ।
बुधबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका हुन् ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले संविधानको रक्षा, संविधानको कार्यान्वयन र जनताको हित चाहने राजनीतिक दल तथा स्वतन्त्र सांसदहरूलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिन आह्वान गर्ने निर्णय भएको जानकारी दिए ।
पाण्डेले प्रधानमन्त्रीले विश्वासको मत नपाएको अवस्थामा संविधानको धारा ७६(३) बमोजिमको सरकार बन्ने माओवादीको निष्कर्ष रहेको समेत बताए । न्युज कारखाना
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीले सदनमा विश्वासको मत प्राप्त गर्न नसके नयाँ सरकार संविधानको धारा ७६ को ३ बमोजिम गठन हुने दाबी गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले असार २८ गते विश्वासको मत प्राप्त गर्ने दाबी गर्दै प्रधानमन्त्रीले विश्वासको मत नपाएमा संबिधानको धारा ७६ को उपधारा ३ अनुसारकै सरकार बन्ने निष्कर्ष निकालेको छ ।
बैठकको निर्णय बारे जानकारी दिदै प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफल बारे जानकारी गराएको बताए । प्रचण्डले बैठकमा कांग्रेससँग सहमति भइसकेपछि पनि मिलेर जानुपर्छ भन्दै झुट बोलेको बताएको पाण्डेले जानकारी दिए ।
उनले असार २८ गते प्रधानमन्त्रीले विश्वासको मत लिने र विश्वासको मत लिएपछि आउने परिणाम अनुसार अगाडी बढ्ने निर्णय गरेको बताएका छन् ।
पाण्डेले भने- ‘संविधानको रक्षाको लागि सबै परिवर्तनकारी शक्तिहरुसँग सहकार्य गर्ने निर्णय गरेका छौं । हामी प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनमा सशक्त भूमिका खेल्छौं । संविधान नै संशोधन गर्ने कुरा आएकोले यो संविधानलाई गतिशिल बनाउनको लागि र अझै राम्रो बनाउनको लागि हामी सशक्त भूमिका खेल्छौं । संविधानलाई अक्षरश पालना गरेर जानुपर्छ ।’न्युज कारखाना
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले आज पत्रकार सम्मेलन गर्दै छन् । उनले भेटघाट गर्ने भन्दै दिउँसो ३ बजे अनामनगरस्थित एक रेस्टुरेन्टमा सञ्चारकर्मीलाई बोलाएका हुन् ।
पार्टी हितविपरीत गतिविधि गरेको भन्दै मंगलबार केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट निष्काशित गरेको थियो ।
पार्टीले जिम्मेवारीबाट हटाएपछि उनले आफूलाई रवि लामिछानेको क्लबबाट निकालिएको प्रतिक्रिया दिएका थिए । साथै उनले आफु रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने अभियानमा लाग्ने बताएका थिए ।
आज सञ्चारकर्मीसँग उनले आफ्ना भनाई राख्ने बुझिएको छ । रास्वपाले ढकाललाई जिम्मेवारीबाट हटाएपनि उनले त्यसमा पुनरावेदन गर्न ३५ दिनको समय दिएको छ ।न्युज कारखाना
राैतहट,२५ गते असार । आम जनता पार्टीको पर्सा जिल्ला पदाधिकारीको आज बसेको बैठकले शैक्षिक सुधारको लागि संगठन बिस्तारलाई तिब्रता दिने निर्णय गरेको छ । “नो शिक्षक, नो शिक्षण” भन्ने नाराका साथ आजपाले मधेश प्रदेशमा विद्यार्थीको अनुपातमा शिक्षक ब्यवस्था गर्न शैक्षिक आम हड़तालको तयारी स्वरूप बसेको उक्त बैठकले कार्यविभाजन समेत गरेको छ । आम जनता पार्टीका अध्यक्ष एवम् सांसद प्रभुु साहको रोहबरमा बसेको सो बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १ को इन्चार्जमा अफताब आलम र संयोजक शिवनाथ रौनियार, निर्वाचन क्षेत्र नम्बर २ को इन्चार्जमा राजकुमार साह र संयोजक दीपेन्द्र जयसबाल ,निर्वाचन क्षेत्र नम्बर ३ को ईन्चार्जमा अमिका चौहान र संयोजकमा जलसन खातुन र निर्वाचन क्षेत्र नम्बर ४ को ईन्चार्जमा संध्या पसवान, सह–इन्चार्जमा ओमप्रकाश कुशवाहा र संयोजकमा बशिष्ट कुशवाहा लाइ चयन गरेको छ । त्यस्तै इदरिस हुसेनलाई आम मुस्लिम मोर्चा र इस्तिखार खालाई पोखरिया नगरपालिका संयोजक, सह– सयोजक ः चनरवती देवीलाइ जिममेवारी दिइएको छ । आजपा अध्यक्ष साहले जिम्मेवारी पाउनु हुने सम्पुर्णलाई एकमुष्ठ हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना समेत गर्नु भएको छ ।
काठमाडौँ । जसपाका मन्त्रीहरुले दिएको राजीनामा स्वीकृत भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्का स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडी र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खानले प्रधानमन्त्रीसमक्ष दिएको राजीनामा स्वीकृत गरेका हुन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आ-आफ्नो पदबाट राजिनामा दिएकाले प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको सिफारिसमा उनीहरूले सम्हाली आएका उक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री स्वयमले सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।न्युज कारखाना
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीलाई नियमनकारी निकाय बनाउन सुझाव दिएका छन् ।
सोमबार सिंहदरबारमा बसेको सहकारी रकम हिनामिना प्रकरणको छानबिन गर्न गठित संसदीय समितिको बैठकमा आज गभर्नर अधिकारीले सहकारीका लागि नियमनकारी निकाय आवश्यक भएको बताएका हुन् ।
सभापति सूर्यबहादुर थापा क्षेत्रीको अध्यक्षतामा बसेको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असीमित बचत संकलन गर्न दिँदा सहकारी क्षेत्रमा अहिलेको समस्या आएको बताएका थिए ।
समितिका सभापति थापाका अनुसार गभर्नर अधिकारीले भूगोलको सीमा नराखिएको, असीमित बचत संकलन गर्न दिइएको र नियमनकारी निकायको प्रभावकारी उपस्थिति नभएको कारणले सहकारीमा अहिलेको जस्तो विकराल अवस्था आएको बताए ।
समितिको आजको बैठकमा बैंकर्स एशोसिएसनका अध्यक्ष सुनिल केसी, कर्जा सूचना केन्द्रका अध्यक्ष गुणाकर भट्टसहित पछिल्लो सहकारी सुझाव समितिका संयोजक डा. जयकान्त राउतलाई बोलाएर सुझाव लिएको बताए ।न्युज कारखाना
हेटौंडा । बागमती प्रदेश सरकारले भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालालाई करिब २ करोड रुपैयाँ बजेट थपेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्माणाधीन रंगशालाका लागि १ करोड ८० लाख रुपैयाँ रकमान्तर गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठका अनुसार चालु आर्थिक वर्षको लागि उक्त रकम भरतपुर महानगरपालिकालाई अख्तियारी दिने निर्णय भएको हो । प्रदेश सरकार र भरतपुर महानगरपालिकाबिच गत २०८० कात्तिक २१ को सहमति अनुसार क्रिकेट रंगशाला निर्माणका लागि प्रदेश सरकारको तर्फबाट व्यहोर्ने रकममध्ये १ करोड ८० लाख रुपैयाँ थप गरिएको हो ।
प्रदेश सरकारले यसअघि नै सो रंगशाला निर्माणका लागि ५ करोड रुपैयाँ बजेट पठाएको उनले बताए । थप गरिएको १ करोड ८० लाख रुपैयाँ सोमबार नै महानगरपालिकाले खर्च गर्नेगरी रकमान्तर गरिने उनको भनाई छ ।
उक्त रंगशाला निर्माणका लागि प्रदेश सरकार र महानगरपालिकाबिच साझेदारी गर्ने सहमति भए अनुसार महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानको प्रस्तावका आधारमा काम सुरु गरिएको थियो । महानगरपालिकाले पहिलो चरणमा १० हजार दर्शक अट्ने प्याराफिटसहित क्रिकेट पिच र मैदान निर्माणको काम गर्ने गरी लागत अनुमान प्रतिवेदन तयार गरेको थियो । उक्त कामका लागि महानगरपालिकाले तयार पारेको लागत अनुमान प्रस्ताव अनुसार ७५ करोड रुपैयाँ लगानी लाग्ने र ७० प्रतिशत प्रदेश सरकारले व्यहोर्ने र ३० प्रतिशत रकम महानगरपालिकाले व्यहोर्ने सहमति भएको थियो ।
बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आर्थिक वर्ष २०७९/०८० को शासकीय सुधार तथा सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृत गरेको छ ।
बैठकले प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले मन्त्रालयका सचिव विनोद कुमार भट्टराईको थाइल्याण्डमा असार २९ देखि साउन ४ गतेसम्म हुने अध्ययन तथा तालिममा सहभागी हुन स्वीकृति दिने निर्णय गरेको हो ।न्युज कारखाना
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नयाँ सरकार गठनमा संवैधानिक बाध्यता नरहेको टिप्पणी गरेका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै सांसद बर्तौलाले संविधानको धारा ७६ को उपधारा २ अनुसारको सरकार बनाउन कुनै पनि संवैधानिक अड्चन नरहेको बताउदै यसअघिका विभिन्न नजिर, सर्वोच्च अदालतले गरेको व्याख्या अनुसार नयाँ सरकार धारा ७६ को उपधारा २ अनुसार बन्नेमा कुनै पनि शंका नरहेको जिकिर गरेका छन् ।
उनले भने- ‘नयाँ सरकार कसरी बन्छ भन्नेबारेमा माननीय ज्यूहरुले आ आफ्ना दलिल पेश गर्नुभयो । म सुन्दैछु, बालुवाटारमा केही कानून व्यवसायीहरुले प्रधानमन्त्रीलाई विभिन्न सुझाव दिनु भएको छ । तर, सत्य के हो भने विभिन्न नजिरहरुले नयाँ सरकार संविधानको धारा ७६ को २ अनुसार बन्नेमा कुनैपनि अड्चन देखाएको छैन् ।’
सांसद बर्तौलाले एमालेका मन्त्रीहरुले राजीनामा दिन बालुवाटार जादा प्रधानमन्त्री प्रचण्डले गाएको गीत गाएको प्रसंग उल्लेख गर्दै भने- ‘एमालेका मन्त्रीले राजीनामा बुझाउन जाँदा प्रधानमन्त्रीज्यूले फत्तेमानको गीत गाउनु भएको थियो, यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले- कहिले, कसैलाई माया गर्नु एउटा भूल गरेँ मैलै,’ बर्तौलाले म अञ्जु पन्तको गीत स्मरण गर्न चाहन्छु भन्दै भने- तिम्ले पराइ ठानेपछि पराइ हुन के भयो र, तिम्रो मेरो बीचको नाता भन्नु पनि के रह्यो र ?’।
न्युज कारखाना
काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर गैरेले घोर अल्पमतमा परेको सरकार एक सेकेण्डपनि सत्तामा बस्न नमिल्ने बताएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद गैरेले सरकारले बहुमत गुमाएपछि संविधानको धारा उपधारा खोज्ने नैतिक अधिकार नहुने टिप्पणी गरेका छन् ।
उनले विपक्षमा करिब दुई तिहाई बहुमत भएपछि प्रधानमन्त्रीले तत्काल राजीनामा गरेर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए ।
उनले सरकार अल्पमतमा परेपछि यस्तो पनि हुदो रैछ भन्ने गीत गाउनु भन्दा उडायो सपना सबै हुरीले भन्ने गीत गाउन सुझाव दिए ।न्युज कारखाना
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको संसदीय अनुगमन समिति अध्ययनको क्रममा पोखरा पुगेको छ ।
२०७९ पुस १७ गते उद्घाटन भएको विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडान हुन नसकेको र निर्माणको क्रममा नियमितता भएको उजुरी सार्वजनिक लेखा समितिमा परेको थियो । त्यसपछि समितिले असार १३ गते राजेन्द्र लिङ्देनको अध्यक्षतामा उपसमिति गठन गरेको थियो । समितिले निर्माणका फाइलहरू अध्ययन गर्ने र स्थलगत अध्ययन गर्ने क्रममा पोखरा पुगेको छ ।
समितिले स्थलगत अध्ययनका साथै पोखरामा सरोकारवालाहरुसँग अन्तरक्रिया समेत गर्ने बताइएको छ ।
संसदीय उपसमितिमा संयोजक लिङ्देनसँगै माओवादी केन्द्रका नेता जनार्दन शर्मा, एमाले नेता गोकुलप्रसाद बास्कोटा, नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आले, नेपाली कांग्रेसका देवप्रसाद तिमिल्सिना, अर्जुननरसिंह केसी, दीपक गिरी, रुक्मिणी राना बराइली, तारा लामा तामाङ, रामकृष्ण यादव र अमनलाल मोदी रहेका छन् ।न्युज कारखाना
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन पेश गर्ने र व्यवस्थापन कार्य सम्बन्धि कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
जस अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७९ / ०८०’ पेश गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै व्यवस्थापन कार्य अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन ।
त्यस्तै प्रधानमन्त्री एवं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथी सदनमा पुनर्विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।न्युज कारखाना
धनगढी । नेपाली कांग्रेस र नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई तत्काल राजीनामा दिन माग गरेका छन् ।
आइतवार कांग्रेस र एमालेले संयुक्त विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री सोडारीको राजीनामा माग गरेको हो । केन्द्रमा समीकरण परिवर्तन भएसँगै एमालेले सोडारी नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको छ ।
कांग्रेस-एमालेको विज्ञप्तिमा भनिएको छ- ‘मुख्यमन्त्री पदबाट राजीनामा दिई अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गर्न यसै प्रेस विज्ञप्ति मार्फत मुख्यमन्त्री सोडारीलाई अनुरोध गर्दछौँ । बहुमत गुमाइसकेको अल्पमतको सरकारले दैनिक कामकाज बाहेक अन्य कुनै पनि कार्यहरु सम्पादन नगर्न र नगराउन समेत आग्रह गर्दछौं ।’
एमाले माओवादी नेकपा एकीकृत समाजवादी नाउपा रञ्जिता पक्षको समर्थनमा मुख्यमन्त्री बनेका सोडारी असार २० गते एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका छ ।न्युज कारखाना
राैतहट,२३ गते असार । लाल बकैया नदिकाे बाँधकाे अवलोकन गरिएको छ । राैतहटकाे माैलापुर नगरपालिकाकि नगरप्रमुख रिना कुमारी साहले आज लाल बकैया नदिमा रहेकाे बाँधकाे अवलोकन गरेकी हुन् । नदि पानीको सतह बढन थालेपछि मेयर सहितकाे टाेली अवलोकन गर्न पुगेको थियोे । बकैया नदीको जोखिमपुर्ण बाँधको अवस्था बुझन आज अवलोकन गरेकी हुँ, नगर प्रमुख साहकाे भनाइ छ । नदीमा पानीको सतह बढ़दो रहेकोले सतर्कता अपनाउन सम्पूर्ण नदी किनारका वासीहरुलाई अनुरोध समेत गरेकी हुन् । साे अवसरमा माैलापुर नगरपालिकाका उपमेयर नागेन्द्र यादव,आम बिधार्थी माेर्चाका अध्यक्ष विवेक साह,स्थानीयहरू लगायतका व्यक्तिहरूकाे उपस्थिति रहेको थियोे ।
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले देश अप्ठ्यारो अवस्थामा पुगेको बेला कांग्रेस- एमाले एक ठाउमा आउने गरेको बताएका छन् ।
प्रतिनिधि सभाको विशेष समयमा बोल्दै भट्टराईले विगतमा देश अप्ठ्यारोमा परेको बेलामा कांग्रेस-एमाले एक ठाउमा आउने गरेको स्मरण गर्दै अहिले पनि देश कठिन अवस्थामा भएकोले कांग्रेस-एमाले एक ठाउमा आएको बताएका हुन् ।
देश आर्थिक रुपमा संकटमा रहेको, संबिधानका केहि विषयलाई सुधार गरेर अगाडी जानुपर्ने परिस्थिति बनेकोले कांग्रेस-एमालेबीच सहकार्य भएको स्पष्ट गरेका छन् ।
उनले पुष्पकमल दाहाल प्रचण्डलाई अवसर दिन आफुहरु सरकारमा लो-प्रोफाइलमा बसेर सहयोग गरेको बताउदै प्रधानमन्त्रीले त्यस सहयोगलाई दुरुपयोग गर्दै राष्ट्रिय सरकार बनाउन पहल शुरु गरेको आरोप लगाए ।
उनले देशभित्र आत्मविश्वास बढाउन, संकटग्रस्त अर्थतन्त्रलाई लयमा ल्याउनका लागि, विदेशिने युवालाई स्वदेशमै अवसर सिर्जना गर्न र अन्तर्राष्ट्रिय स्तरमा नेपालको बारेमा विश्वास बढाउन कांग्रेस- एमाले मिलेर काम गर्ने बताए ।
उनले प्रधानमन्त्री प्रचण्ड घोर अल्पमतमा रहेको बताउदै संबैधानिक सर्वोच्चता स्वीकार गरेर राजीनामा गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्रीले विश्वास गुमाइसकेको अवस्थामा यसै संसदबाट राजीनामा गर्नुनै सहि निर्णय हुने बताउदै असार २८ गते विश्वासको मत लिनुको कारण के हो ? भन्दै प्रश्न गरेका थिए ।
सचिव भट्टराईले रास्वपालाई प्रधानमन्त्रीको ढुंगामा किन बसेको भन्दै एक पटक सोच्न आग्रह गरे ।न्युज कारखाना
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालहरुको दोकान बन्द भएको टिप्पणी गरेका छन् ।
एमाले संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै बर्तौलाले यसअघि अध्यक्ष नेपालले संसद्को गणित देखाएर सरकार ढाल्दिन्छौं भन्दै बार्गेनिङको दोकान चलाएको टिप्पणी गर्दै उनले अब त्यो दोकान बन्द भएको टिप्पणी गरेका हुन् ।
उनले भने- ‘मुख्य कुरा माधव नेपालहरुको संसद्को गणित देखाएर जे बार्गेनिङ गरेर सरकार आजै ढाल्दिन्छु, भालि ढाल्दिन्छु भनेर जे बार्गेनिङ गर्दैहुनुहुन्थ्यो, दोकान, व्यवसाय चलाउँदै हुनुहुन्थ्यो । माधव नेपालको दोकान समाप्त भयो ।’न्युज कारखाना
काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार निर्माणको लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।
आइतबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिने निर्णय गरेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका हुन् ।
बर्तौलाले प्रधानमन्त्रीले तत्काल राजीनामा दिन एमालेले माग गर्ने निर्णय गरेको बताउदै सरकारलाई दिर्घकालिन असर पर्ने निर्णय नगर्न समेत आग्रह गरेको बताएका छन् ।
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिन पत्र पठाएको प्रसंग उल्लेख गर्दै राजीनामा नदिएर विश्वासको मत लिएमा आफुहरुले विपक्षमा मतदान गर्ने निर्णय गरेको बताए ।न्युज कारखाना
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ ।
बिहान ११ बजे बस्ने बैठकले प्रदेश प्रमुखको जिम्मेवारी तोक्ने बताइएको छ ।
हालै सम्पन्न महाधिवेशन पछि एकीकृत समाजवादीले ९३ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ छ भने पदाधिकारीमा अध्यक्ष, सम्मानित नेता र महासचिव चयन गरेको छ ।
यस अघि शनिबार बसेको पहिलो बैठकले सबै २९९ केन्द्रीय सदस्यको चयनपछि मात्र पदाधिकारीको टुंगो लाग्ने निर्णय गरेको नेता जगन्नाथ खतिवडाले जानकारी दिएका थिए ।
ख
तिवडाले महाधिवेशनले पार्टीलाई अघि बढाउन ऊर्जा प्राप्त भएको निष्कर्ष बैठकले निकालेको बताउदै पदाधिकारी चयन भइनसकेको अवस्थामा दैनिक काम व्यवस्थापन गर्न पुरानै व्यक्तिलाई पुरानै जिम्मेवारी दिने निर्णय भएको बताएका थिए ।न्युज करखाना
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले अब बन्ने सरकार संविधानको धारा ७६ (२) अनुसार नै बन्ने स्पष्ट गरेका छन् ।
शनिबार पार्टी संसदीय दलको बैठकपछि बोल्दै लेखकले अब संविधानको धारा ७६ (२) अनुसार नै एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन हुने बताएका हुन् ।
उनले भने- ‘राष्ट्रिय सहमतिको सरकारका निमित्त कांग्रेस र एमालेबीच सहमति भएको छ । त्यो सरकार नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम बन्ने सरकार हो । त्यो सरकार एमाले अध्यक्ष केपी ओलीजीको नेतृत्वमा बन्छ ।’
लेखकले संसदीय दलको बैठकले कांग्रेस–एमालेबीच भएको सहमतिलाई स्वीकार गर्दै कार्यान्वयन गर्न प्रतिबद्धत जनाउने निर्णय गरेको जानकारी दिए ।न्युज कारखाना
काठमाडौँ । राप्रपा नेपालले कांग्रेस-एमालेको नयाँ गठबन्धन बन्नुले गणतन्त्रको असफलतालाई प्रमाणित गरेको विश्लेषण गरेको छ ।
राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले ठूलो तामझाम, आश्वासन र प्रतिवद्धता व्यक्त गर्दै एमाले र माओवादी केन्द्रले गठन गरेको सत्ता गठवन्धनलाई चार महिनामा नै विस्थापित गर्दै नेपाली काँग्रेस र एमालेले नयाँ गठवन्धन निर्माण गर्नुले संघीय धर्मनिरपेक्ष गणतन्त्रको असफलतालाई फेरी एकपटक प्रमाणित गरेको निष्कर्ष निकालेको हो ।
साथै राप्रपा नेपालले नेपाली राजनीतिमा विद्यमान सत्ताकेन्द्रित फोहरी प्रतिस्पर्धा, भ्रष्ट प्रवृत्ति र अस्थिरता पुनः उजागर भएको निष्कर्ष निकालेको छ ।
राप्रपा नेपालले नयाँ सत्ता गठवन्धन कुनै सिद्धान्त, नीति र जनादेशको आधारमा बनेको नभई यो नितान्त सत्तास्वार्थ र भ्रष्टाचारको कार्वाहिबाट जोगिने रणनीतिको परिणाम भएको जनाएको छ ।
संसदका दुई ठूला दल मिलेर सरकार बनाउनु आफैमा विडम्वनापूर्ण रहेको बताउदै यो संसदीय मुल्य र मान्यता विपरितको कार्य भएको ठहर राप्रपा नेपालले गरेको छ ।
राप्रपा नेपालले भनेको छ- ‘संविधान संशोधनको निम्ति नयाँ गठवन्धन बनाउनु परेको अमुर्त तर्क केवल सत्ता आरोहणलाई पुष्टि गर्ने निर्रथक वहाना मात्र हो । नेपाली काँग्रेस वा एमाले दुवैले आजसम्म आफ्नो पार्टी निकायमा संविधान संशोधन वा पुनरावलोकनको बारेमा कुनै छलफल वा निर्णय गरेका छैनन् । केवल सतही सुधारले देशले भोग्नुपरेको संकटको समाधान हुन पनि सक्दैन । देशलाई संकटबाट मुक्त तुल्याउने हो भने संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको विकल्प खोज्ने साहस गर्नुपर्छ ।’
साथै राप्रपा नेपालले अहिलेको अवस्थामा सतही संविधान संशोधन होइन धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता वारे पुनरावलोकन गरि सवै नेपाली अटाउने हिन्दुराष्ट्र सहितको राजनीतिक प्रणाली निर्माण गर्न सर्वपक्षीय सम्मेलन वा ति बिषयमा जनमत संग्रहको माग गरेको छ ।
संविधान संशोधन चर्चाको निशानामा समावेशी र समानुपातिक मान्यता परेको उल्लेख गर्दै राप्रपा नेपालले विकृतिहरु हटाउनुको सट्टा समानुपातिक प्रणालीलाई विस्थापित गर्नु भनेको सर्वसत्तावादी सोचको परिणाम भएको बताएको छ ।
साथै राप्रपा नेपालले नक्कली भूटानी शरणार्थी काण्ड, सुन तस्करी, गिरिबन्धु टि स्टेटको ब्रम्हलुट, ललिता निवास जग्गा कब्जा, टेरामेक्स काण्ड लगायतका भ्रष्टाचारका फाईलहरु अब दवाईने र भ्रष्टाचारीहरूलाई उन्मुक्ति दिईने आशंका बढेको बताएको छ ।न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीहरूको हितरक्षाका निम्ति परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली कुटनीतिक नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने बताएका छन् ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको परराष्ट्र मन्त्रालय तथा अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रस्तुतिकरण सम्बन्धी छलफलमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।
बैठकमा प्रधानमन्त्रीले विदशमा रहेका नेपालीहरूको हितरक्षा र अधिकारलाई आफूले उच्च प्राथमिकता दिएको बताउँदै त्यसका लागि संस्थागत र संरचनागत क्षमता अभिवृद्धि मुख्य विषय भएको बताएका हुन् ।
प्रधानमन्त्रीले भने, “विदेश जाने नेपालीहरूको संख्या बढ्दैछ। तर, हाम्रो परराष्ट्र मन्त्रालय, मातहतका कार्यालय र नियोगहरू आवश्यकताअनुसार बलियो बनाउन सकिएको छैन। दरबन्दी धेरै पूरानो छ। यसलाई बदलेर संगठन र जनशक्ति व्यवस्थापन सुदृढ गरौँ । विदेशमा रहेका नेपालीहरूको हितरक्षा र अधिकारलाई केन्द्रमा राखेर काम गरौँ। सचिवस्तरमा प्राविधिक तयारी गर्नुस् । त्यसपछि हामी छिट्टै एउटा निष्कर्षमा पुग्नेछौँ । ”
बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आज राष्ट्रियताको सवाल कुटनीतिमा अभिव्यक्त भएको बताउँदै नेपालले परराष्ट्र मन्त्रालय र यसअन्तर्गतका निकायहरूको सवलीकरण गर्नुपर्ने बताए ।
छलफलमा परराष्ट्रमन्त्री श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी, निमित्त मुख्यसचिव लिलादेवी गड्तौला, परराष्ट्र सचिव सेवा लम्साल, अर्थसचिव मधुकुमार मरासिनी लगायत प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू उपस्थित थिए ।न्युज कारखाना
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा महामन्त्री मुकुल ढकालले तयार गरेको प्रतिवेदन सह-महामन्त्री कबिन्द्र बुर्लाकोटाीले पेश गरेका छन् । सहप्रवक्ता मनिष झाले महामन्त्रीले मुखमा टेप लगाएपछि सहमहामन्त्री बुर्लाकोटीले पेस गरेको बताए ।
झाले भने- ‘आजको केन्द्रीय समितिको बैठकमा महामन्त्रीज्यूले प्रतिवेदन लाईभ गरेर प्रस्तुत गर्ने सर्त राख्नुभएको थियो । सभापतिज्यूले त्यसमा सहमति जनाउनुभयो तर शतप्रतिशत केन्द्रीय सदस्यबाट अस्वीकार भयो । त्यसको विरोध स्वरूप उहाँले मुखमा माक्स लगाएर त्यसमाथि कालो टेप लगाएर बस्नुभयो । त्यसपश्चात् महामन्त्रीको प्रतिवेदन उनकै उपस्थितता सहमहामन्त्री कविन्द्र बुर्लाकोटीज्यूले वाचन गर्नुभयो’ ।
गत वैशाख १५ गते भएको इलाम २ को उपनिर्वाचनमा पार्टीको शर्मानक हारपछि सभापति लामिछानेले नै समीक्षा यात्राका लागि भन्दै मुकुललाई देशदौडाहमा पठाएका थिए ।
देशका ३३ जिल्ला घुमेर मुकुलले तयार पारेको प्रतिवेदन पार्टी सभापतिलाई बुझाएका छ्न । तर, त्यो प्रतिवेदन सार्वजनिक भएको छैन् ।न्युज कारखाना
काठमाडौं । प्रतिनिधिसभाको सचिवमा नियुक्त सुरेश अधिकारीले पद तथा गोपनियताको शपथ लिएका छन् । बुधबार सभामुख देवराज घिमिरेले अधिकारीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार अधिकारीलाई सचिवमा नियुक्त गरेका थिए ।
संखुवासभा खाँदबारी नगरपालिका-२ निवासी अधिकारी शिक्षा मन्त्रालयको सचिवबाट अवकाश भएका थिए ।
प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेय संघीय संसदको महासचिव नियुक्त भएपछि २०८० साल माघ २३ देखि सचिव पद रिक्त थियो ।न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठकमा पेश गर्न तयार गरेको प्रस्तावमा सभापति रवि लामिछानेलाई बोलेका कुरा कहिले पुरा गर्नुहुन्छ भन्दै प्रश्न गरेका छन् ।
सो प्रस्ताव केन्द्रीय समितिमा सभापति लामिछानेले पेश गर्न नदिएको आरोप उनले लगाएका छन् । साथै उनले सभापतिले बोलेका कुराहरुको रेकर्ड राख्न उपसमिति गठन गर्न समेत माग गरेका छन् । उनले सभापतिले बोलेका कुराहरुको अभिलेख राखेर जवाफ माग्नुपर्ने बताएका छन् ।
उनले भनेका छन्-
सभापति ज्यू, तपाईंले बोलेका सबैको कुराको रेकर्ड राखेर उत्तर दिन पर्यो । राजनीतिमा आएपछी बोलेका सबै कुराहरू । यहि केन्द्रीय समितिबाट एउटा उपसमिति बनाऔँ, ती बोलिहरुको अभिलेखिकरणका लागी । अरुले बोलेका कुराहरू मलाई मतलव छैन, मलाई तपाईंले बोलेका कुराहरु मतलव छन् । हिजो किन बोल्नु भयो ? बोलेका कुराहरु कहिले पूरा गर्नुहुन्छ, टाइमफ्रेम चाहियो । रिजल्ट चाहियो । र अनुरोध छ, अबका दिनमा काम गरेपछी मात्र बोल्नु होला ।
मेरो पक्षमा आज कति जना हुन्छन्, त्यो गौण छ । यो अङ्कको कुरो होइन ? लोकतान्त्रिक मुल्य र मान्यताका कुरा हुन् ? सत्य र असत्यको कुरा हो । देउवा ओलि र प्रचण्डको पक्षमा पनि शत प्रतिशत मत होला । उनीहरूका गल्ती देखाउनेको पक्षमा ती पार्टीभित्र कोहि छैनन् होला तर के ती सहि छन् त सभापति ज्यू ? प्रश्न आउला, हाम्रा सभापतिलाई देउवा, ओलि र प्रचण्डसँग कम्पेयर गर्ने ? कम्पेयर गरेर राम्रा हाम्रै सभापति भनौंला तर सभापतिको ती नेतासँग फोटाहरू निरन्तर आइरखेका छन्, त्यो पनि सँगै सभापतिलाई देउवा, ओलि र प्रचण्डसँग दाँजेर को कति ठीक, को कता ठीक भन्ने बेला भइसक्यो मेरो चाहना त दाँज्ने तहको नहोस् भनेको धेरैमाथि हुनपर्छ सभापति ज्यू, दाँजिने तहमा होइन । राजनेता बन्न पर्यो सभापति ज्यू, नेता मात्र बनेर पुगेन । तपाईंको गाडीको सिसा कालो भइसक्यो, सभापति ज्यू, समीक्षा गर्नुहोस् ।
सभापति ज्यू, झिँगासँग उडियो भने ‘गूमा पुगिन्छ । मौरीसँग उड्यो भने ‘मह’मा पुगिन्छ । मलाई मौरीसँग उड्न मन छ, झिँगासँग होइन । हजुर पनि झिँगासँग उड्न थालेको हो कि, त्यस्तो आभास हुन थालेको छ। मौरीसँग उडौं, जनतालाई मह खुवाऔं ।
मेरा कुराहरू सुनेर सभापति ज्यू, केन्द्रीय सदस्य ज्यूहरु कोहि पनि नरिसाउनु होला । सच्चिऔं । मैले म चै नसच्चिने, तपाईंहरू मात्र सच्चिने भनेकै छैन । मैले खाली सच्चिनु अघि केहि गल्तीहरु गरे होला । म पनि सच्चिने, तपाईं पनि सच्चिने र सभापति पनि सच्चिने ।न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठकमा पेश गर्न तयार गरेको प्रस्तावमा आफुमाथि लागेका आरोपको जावफ दिएका छन् ।
प्रेमिकालाई सांसद बनाएको भन्ने आरोपको जवाफ दिदै ढकालले प्रस्तावमा आलोचना गर्नेहरुले नारीप्रतिको सम्मानलाई ख्याल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले प्रस्तावमा मैले बिहानै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस् भनेका छन् ।
उनले भनेका छन्-
‘गल्फ्रेन्डको कुरा । मेरो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन । मैले बिहानै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस् । केन्द्रीय समितिले नै केटी खोजेर योसँग गर भन्छ भने पनि तयार छु । वा आफ्नो इच्छा गर भन्छ भने नि ठीक छ । तर निर्णय गरिदेओस् । जुन दिन यो निर्णय गर्न उपयुक्त लाग्छ त्यहि दिन गरिदिनुहोस् । देश निर्माण र देश निर्माणका लागी पार्टी चाहिन्छ भनेर पार्टी निर्माणका लागी जीवन नै समर्पण गरेको छु, गल्फ्रेन्डको कुरा गरेर मलाई त केहि छैन, म सहुँला तर ती नारीप्रति सम्मान त गरिदिएको भए हुन्थ्यो । “म जान पाइन, एक जना नारी जाने ? मेरो साटो ” भनेर रडाको मच्याउँदा पनि, सायद मुकुल ढकालसँग जोडिएको विषय हो, कहाँबाट आउँछ मानव अधिकारका कुरा, महिला अधिकारका कुरा ।’
त्यस्तै प्रस्तावमा उनले भनेका छन्-
मेरो जीवनको विवाह बाहेकका पनि बाँकी सबै कुरा पार्टीले निर्धारण गरिदेओस् । पार्टीका केहि नेता भन्नुहुन्छ, सरकारी कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा पढ्नुपर्छ । जसले नियम बनाउँछ, नेताको छोराछोरीले पर्छ कि पर्दैन ? मैले बिहा गरे र मेरो छोराछोरी जन्मिए भने मैले आफ्नो इच्छा अनुसार गर्ने हो वा पार्टीको नीति अनुसार । पार्टीको नीति अरुका लागी मात्र बन्ने हो कि आफ्ना लागी पनि ? नेताहरू सरकारी अस्पतालमा उपचार गराउनु पर्ने हो कि होइन ? आफ्नो इच्छा अनुसार गर्ने हो वा नीति अनुसार गर्ने हो ? नीति बनाएपछी पालना गर्न तयार छौं ? नेताको आचरण निर्धारण गरी पालना गर्ने सबैजना तयार हुन्छन् भने खुशी हुन्छु । नत्र पनि मेरा लागी मात्र भए पनि नीति बनाइयोस् । देश छोडेर जा, देशको हित हुन्छ भन्नु हुन्छ भने पनि गइदिन्छु । राजनीति छोड़ देशको हित हुन्छ भने पनि छोडिदिन्छु । देशको हितमा कुन ठाउँमा हुँदा ठीक हुन्छ, मैले के गर्दा ठीक हुन्छ, तपाईंहरू भनिदिनुहोस् ।
न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले केन्द्रीय समितिको बैठकमा सभापति रवि लामिछानेले पेश गर्न नदिएको प्रस्तावमा पार्टीलाई रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनुपर्ने उल्लेख गरेका छन् ।
जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री ढकालले आफ्नो समिक्षा प्रतिवेदन बारेको लिखित प्रस्ताव पेश गर्न सभापति लामिछानेले नदिएको आरोप लगाएका हुन् ।
उनले भनेका छन्- ‘समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेश गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिएको थियो तर लिखित प्रस्ताव तयार पारिए पनि पेश गर्ने अनुमति सभापतिले दिनु भएन ।
प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रीय स्वतन्त्र पार्टी बनाउनु पर्ने कुरा उल्लेख छ ।’
बैठकलाई प्रत्यक्ष प्रशारणको माग राखेका ढकालको सो माग पुरा नभएपछि उनले मुखमा कालो टेप लगाएर सहभागिता जनाइरहेका छन् ।
यस्तो छ महामन्त्री ढकालको प्रस्ताव: 
न्युज कारखाना
काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।
कांग्रेसको बुधबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिएका छन् ।
उनले भने- ‘ठुला दल कांग्रेस र एमालेले मिलेर सरकार बनाउने भनेपछि प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्न उपयुक्त हुन्छ र कांग्रेसले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।’
उनले आजको बैठकले एमालेसँग भएको सहमति स्वीकार गर्ने निर्णय गरेको बताए । एमालेसँग भएको सहमति अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली पहिला प्रधानमन्त्री हुने र त्यसपछि कांग्रेसको नेतृत्वमा सरकार बनाउने भएका छन् । न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले केन्द्रीय समितिको बैठकमा सभापति रवि लामिछानेले समीक्षा प्रतिवेदन बारेको लिखित प्रस्ताव पेश गर्न नदिएको बताएका छन् ।
जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री ढकालले आफ्नो समिक्षा प्रतिवेदन बारेको लिखित प्रस्ताव पेश गर्न सभापति लामिछानेले नदिएको आरोप लगाएका हुन् ।
उनले भनेका छन्- ‘समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेश गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिएको थियो तर लिखित प्रस्ताव तयार पारिए पनि पेश गर्ने अनुमति सभापतिले दिनु भएन । प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रीय स्वतन्त्र पार्टी बनाउनु पर्ने कुरा उल्लेख छ ।’
बैठकलाई प्रत्यक्ष प्रशारणको माग राखेका ढकालको सो माग पुरा नभएपछि उनले मुखमा कालो टेप लगाएर सहभागिता जनाइरहेका छन् ।न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महासचिव डा. मुकुल ढकालले मुखमा कालो टेप लगाएर केन्द्रीय समिति बैठकमा सहभागी भएको जानकारी दिएका छन् ।
आज बिहानदेखि शुरु भएको केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रशारण नगर्ने निर्णयको विरोधमा महामन्त्री ढकालले आफ्नो लोकतान्त्रिक र बोल्न पाउने अधिकार हनन् भएको भन्दै मुखमा कालो टेप लगाएर उपस्थित भएको बताएका छन् ।
आजको रास्वपाको बैठकमा महामन्त्री ढकालले देशभर घुमेर बनाएको प्रतिवेदनमाथि छलफल गर्ने प्रमुख एजेण्डा रहेको छ ।न्युज कारखाना
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निजी निवास, बुढानीलकण्ठमा बस्दै छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमतिपछि कांग्रेसले सो सहमतिको अनुमोदनका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको बताइएको छ ।न्युज कारखाना
काठमाडौं । नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस मुख्यालय सानेपामा भव्य स्वागत गरेको छ ।
कांग्रेसका स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको शताब्दीऔं जन्मजयन्तीको अवसरमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ नामक फोटो प्रदर्शनी अवलोकनमा सहभागी हुन पूर्व प्रधानमन्त्री ओली सानेपा पुगेका हुन् ।
कांग्रेसले एमालेसँग मिलेर नयाँ गठबन्धन बनाउने सहमति गरेको अर्को दिन ओली सानेपा पुगेका थिए ।
ओलीलाई कांग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरुले स्वागत गरेका थिए । 
कांग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको छ ।
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा ऐतिहासिक फोटो प्रदर्शनी गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा पार्टी केन्द्रीय कार्यालय ललितपुरमा ‘क्रान्ति देखि शान्ति सम्म’ नाम दिइएर ऐतिहासिक फोटो प्रदर्शनी गरेको हो । फोटो प्रदर्शनीको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोटो प्रदर्शनीको अवलोकन गरेका छन् ।
फोटो प्रदर्शनीमा क्रान्तिदेखि शान्तिसम्मको विभिन्न कालखण्डमा गिरिजाप्रसाद कोइरालाको भूमिकालाई राखिएको छ ।
फोटो प्रदर्शनीको अलावा क्रान्तिदेखि शान्तिसम्म विषयमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला र नेकपा(एमाले)का नेता प्रदीपकुमार ज्ञवालीले विचार राख्ने कार्यक्रम रहेको छ ।
त्यसै गरी समुन्नतिको दोस्रो जग भन्ने शीर्षकमा छलफल काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डाक्टर अच्युत वाग्ले, हरि शर्मा र मञ्चला झाले अभिव्यक्ति राख्ने जानकारी दिइएको छ। कार्यक्रममा ‘फोटो पत्रकारिता: जोखिम र अनुभव’ शीर्षकमा फोटो पत्रकार गोपाल चित्रकार, मीन रत्न बज्राचार्य, विकास रौनियार, चन्द्रशेखर कार्की, प्रकाश माथेमा, विकास कार्की लगायतका फोटो पत्रकारहरुले पनि बोल्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिएका छन् । न्युज कारखाना
काठमाडौं । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा प्रतिपक्षमा रहेका दलहरूको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्ष दलको बैठक बोलाएका हुन् ।
मंगलबार साँझ देउवा निवास बूढानीलकण्ठमा बस्ने गरि देउवाले बैठक बोलाएका छन् ।
कांगेसले राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दललाई बैठकमा बोलाएको बताइएको छ ।
बैठकमा कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति बनेपछि नयाँ सरकारमा सहभागी हुन आग्रह गरिने बताइएको छ ।न्युज कारखाना
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
कांग्रेसले बुधबार बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निजी निवास, बुढानीलकण्ठमा बस्ने गरि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन
समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमतिपछि कांग्रेसले सो सहमतिको अनुमोदनका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको बताइएको छ ।न्युज कारखाना
काठमाडौँ । माओवादी केन्द्रले कांग्रेस-एमालेबीच भएको सहमति स्वाभाविक नभएको टिप्पणी गरेको छ ।
माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले प्रधानमन्त्री प्रचण्डको भनाइ उदृत गर्दै देश अग्रमनतिर जानेभन्दा पनि पश्चमगमनतिर जाने संकेतहरु देखापरेको बताएको जानकारी दिएका छन् ।
नेकपा माओवादी केन्द्रको अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार बिहान पार्टी पदाधिकारी बैठकमा बिफ्रिङ गर्दै देश पश्चगमनतर्फ जानसक्ने खतरा देखिएको बताएका छन् ।
साथै सापकोटाले एमाले–कांग्रेसबीचको गठबन्धन प्राकृतिक र स्वभाविक नदेखिएको बताए । उनले वर्तमान सरकार बनेदेखि भ्रष्टाचारका विरुद्धमा ठूला–ठूला काम भएको र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सकारात्मक सन्देश गएको बेला कांग्रेस र एमालेले नयाँ सहमति गरेको बताए ।
उनले वर्तमान संविधानमा लोकतन्त्रका नयाँ मूल्य मान्यता पनि समावेश भएको बताउँदै राम्रोसँग अभ्यास नै नगरी संशोधन गरिने कुरालाई प्रत्यासित मान्न नसकिने बताए । न्युज कारखाना
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काँग्रेस-एमाले गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ ।
मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले काँग्रेस-एमाले गठबन्धनमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
उनले नयाँ सरकार गठनको प्रक्रिया शुरु भएपछि आफुहरुले सरकारबाट राजीनामा दिने बताए ।
रास्वपाबाट हाल पार्टी सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री रहेका छन् भने उपसभापति डिपी अर्याल श्रममन्त्री, सुमन श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ खेलकुदमन्त्री रहेका छन् ।न्युज कारखाना
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन्।
मंगलबार बिहान बालुवाटार पुगेर ओलीले कांग्रेससँग भएको सहमति बारे जानकारी दिदै मार्गप्रशस्त गर्न आग्रह गरेका हुन् ।
उनले कांग्रेससहितका दलको समर्थन आफु प्रधानमन्त्री बन्ने भन्दै प्रचण्डलाई पनि राष्ट्रिय सहमतिको सरकारमा सामेल हुन आग्रह गरेका छन् ।
गएराती कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति भएपछि माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वमा रहेको गठबन्धन भत्किएको छ । आफ्नो गठबन्धन भत्किएपछि प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिने या विश्वासको मत लिने भन्ने बारे छलफल गरिरहेको बताइएको छ ।न्युज कारखाना
काठमाडौं ।
आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले वैदेशिक रोजगारका ठग बचाउन गृहमन्त्रीले शान्तिपुर्ण जुलुसमा रोक लगाएको आरोप लगाएको छ । वैदेशिक रोजगारी क्षेत्रका पीडितहरुलाई न्याय दिलाउन आईटी आर्मीले काठमाडौंको ताहाचल स्थित वैदेशिक रोजगार विभाग जाने बाटोमा नारा जुलुस गर्न खोजदा प्रहरीले रोकेको आरोप छ ।
आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले शान्तिपुर्ण विरोध जुलुस गर्ने संवैधानिक अधिकार हो तर गृहमन्त्रीले पवारको दुरुपयोग गरी बिना कारण शान्तिपुर्ण जुलुसमा रोक लगाउनुभएको छ । यसले आम पीड़ितलाई चोट पूगेकोछ । आईटी आर्मीले जारी राखेको आन्दोलनमा चासो नदिएको र पीडितलाई न्याय नदिएको भन्दै आईटी आर्मीले डोलप्रसाद (डिपि) अर्यालयको पुतला दहन गरेको थियो । वैदेशिक रोजगार विभागकै अगाडी श्रममन्त्रीको पुतला दहन गर्दै आईटी आर्मीले आन्दोलनलाई आक्रमक तरिकाले अगाडी बढाएको छ ।
आन्दोलनमा सहभागी आजपाको महिला नेतृ रन्जु कुमारी साहले विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेंटलाई कारवाही गर्नुपर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्दार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्री – भिसा फ्री – टिकट व्यवहारतः लागू गर्नुपर्ने, नीजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको बताए । ‘लाखौं लाख युवासँग खर्बौैं रकम ठगी भइरहेको छ । ५, १० हजारको नाममा ५ लाख, १० लाख गरी लाखौंलाख अवैध असुली भइरहेको छ ।
विगत लामो समयदेखि भइरहेको असुलीलाई हामी रोक्न चाहन्छौं । असुली भएको रकम फिर्ता गराउन चाहन्छौं’ साहले भने । आन्दोलनमा सहभागी आजपाको अर्का महिला नेतृ सिमा जयसवालले वैदेशिक रोजगारीमा जाने कामदारसँग लिएको अबैध रकम फिर्ता गराउन तथा यस क्षेत्रका अन्य समस्याहरु समाधान गर्नुपर्ने माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताए । उनले संविधानको धारा ३३ मा रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरिएपनि अहिलेको भगौडा दलाल वर्गको यो लुटकारी शासन सत्ताले युवाहरुलाई रोजगारीको अवसर दिन नसकेको तर देशभित्रको उद्योगहरुमा विदेशी कामदारहरुले अवसर पाइरहेको उनले बताए । अर्का महिला नेतृ चन्दा साहले युवाहरुले विदेशमा दुःख गरेर कमाएको रकम अवैध रुपमा हुण्डीमार्फत दुरुपयोग भइरहेको बताए । नेपालका नेता, प्रशासक र अवैध व्यापारीहरुले हुण्डीमार्फत पैसा ल्याएर आफ्नो कालोधन विदेशमा थुपार्ने काम गरिरहेको उनको आरोप छ । नेताहरु विना लगानी मेनपावरको शेयर होल्डर बनिरहेको पनि उनले बताए । यस्ता प्रकारका दुष्चक्र अन्त्य हुनु्पर्ने आईटी आर्मीको माग छ । ‘हाम्रा युवाहरुलाई आज मरुभूमिमा मर्न बाध्य बनाइएको छ । ती युवाहरुको खुनपसिनाले आर्जित रेमिट्यान्सलाई नेपालका भ्रष्ट नेताहरु, यहाँका प्रसाशकहरु र अवैध व्यापारीहरुले आफ्नो कालो धनलाई सट्टापट्टाको अस्त्रको रुपमा प्रयोग गरिरहेको सन्दर्भ छ’ आर्याले भने ।
आजपा नेतृ एवं आन्दोलनकारी कनक सिंहले असुरक्षित श्रम स्वीकृतिका कारण विदेशमा ज्यान गुमाउने युवाहरुको मृत्यूलाई ‘राज्यद्वारा गरिएको हत्या’ का रुपमा परिभाषित गरे । यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए । आजपा नेतृ मिनादेवी साहले विदेश पठाउने नाममा धेरै अनियमितता, भ्रष्टाचार र ठगी भइरहेको बताए । अहिलेसम्म यी मुद्दामा कुनै राजनीतिक दलहरुले आवाज नउठाइदिएकाले आफूले सशक्त रुपमा आवाज उठाउँन विभाग घेराउ गरेको उनले बताउ । नेपालमा सदियौंदेखि वैदेशिक रोगजारीमा पठाउने परम्परा चलिरहेको र कुनै न कुनै रुपमा यसमा नेताहरुको संलग्नता रहेको साहको भनाई रहेको छ । नेताहरुले मेनपावरको माध्यमबाट युवाहरुलाई लुटिरहेको उनले बताए ।
राैतहट,१७ गते असार । राैतहटकाे कटहरिया नगरपालिका ४ मा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ ।
साे वडामा दाेस्राे चाेटी निर्वाचित भएका वडा अध्यक्ष चन्दन कुशवाहाले आफनाे कार्यकाल भएकाे काम र जनताकाे गुणासाहरू सुनवाइ गर्नका लागि सार्वजनिक सुनवाइ कार्यक्रम आयाेजन गरेका थिए । वडामा बिगत ७ वर्षदेखि सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ गरेकाे हो ।
कार्यक्रममा वडा अध्यक्ष कुशवाहाले हरेक निकाय पारदर्शी हुनुपर्ने भन्दै आफूले आयाेजना गरेको सार्वजनिक सुनुवाइ गर्नु महत्त्वपूर्ण रहेको बताए । कार्यक्रममा सहभागिको प्रश्नको जबाफ दिँदै वडाअध्यक्ष कुशवाहाले नागरिकबाट आएका सुझाव र गुनासोलाई सम्बोधन गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
नयाँ उमंग र उत्साहका साथ गरेको सार्वजनिक सुनवाइ कार्यक्रम प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको धारणा व्यक्त गरे ।
आफूलाई वाडवासिले दिएको मत सेवाको अवसरलाई कुनै पनि हाल्तमा गुमाउन नचाहेको स्पष्ट पारे । त्यसकारण आफूल सुन्न्नु पर्ने हरेक गुनासो सुनेर सहि मार्ग दिशा निर्धारण गर्ने प्रतिबद्धता जनाए ।
उनले भने यदि याे कार्यक्रम नगरको हरेक वडामा भए झन राम्रो हुन्थ्यो । यस कार्यक्रम बाट आएका सल्लाह,सुझाव लाई आत्मसात गर्दै नयाँ साेचका साथ अगाडि बढ्ने बताए ।
साे अवसरमा स्थानीय भद्रभलादमी, वडावासी, सुरक्षाकर्मी, पत्रकार, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, वडाका कर्मचारी लगायतका व्यक्तिहरूकाे सहभागीता रहेको वडा सचिव छाेटेलाल मिश्रले जानकारी गराएका हुन् ।
काठमाडौँ । संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र दोस्रो ठुलो दल नेकपा एमालेबीच नयाँ गठबन्धन बनाउन सात बुँदे सहमति भएको छ ।
सो सहमतिमा गएराती कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हस्ताक्षर भएको हो ।
सहमतिमा एमाले अध्यक्ष ओलीले शुरुको दुई बर्ष सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने उल्लेख छ ।
त्यस्तै देउवा र ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउन संयुक्त रुपमा आह्वान गर्ने सहमति भएको छ भने निर्वाचन प्रणाली परिवर्तनसहित संविधान संशोधन र नागरिकका निराशा चिर्ने गरी काम गर्न कांग्रेस र एमालेले सहमति गरेका छन् ।
१. ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने ।
२ .प्रदेश सरकारहरुमा एमालेले कोशी, लुम्बिनी र कर्णाली तथा कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम सरकारको नेतृत्व गर्ने । त्यस्तै मधेस प्रदेशमा चाहिँ मधेसकेन्द्रित दललाई नै नेतृत्व दिने ।
३. संविधान संशोधन गर्दै समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने समझदारी ।
४. प्रतिनिधि सभा र राष्ट्यि सभा दुवैको सिटसंख्या बारे पुनर्विचार गर्ने ।
५. पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्ने।
६.संविधान पुनरावलोकन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने ।
७. प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचितमात्रै राख्ने ।न्युज कारखाना
काठमाडौं । मुख्य तीन दलले संक्रमणकालीन न्यायसँग सम्बन्धि विषयलाई टुङ्गो लगाउन कार्यदल गठन गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संक्रमणकालीन न्यायसँग सम्बन्धित मुद्दा टुङ्गो लगाउन तीन पार्टीबाट एक-एक जना सदस्य रहने गरी कार्यदल बनाउन सहमति भएको हो ।
सोही सहमतिपश्चात टीआरसी विधेयकमा सहमति गरेर प्रस्ताव तयार गर्न आइतबार तीन दलबाट एक-एक जना सदस्य रहेको कार्यदल गठन गरिएको हो । कार्यदलमा नेपाली कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेबाट महेश बर्तौला र आफू र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा रहेका छन् ।
कार्यदललाई छलफल गरेर टुंग्याउन बाँकी विषयसहितको प्रस्ताव तयार गरेर शीर्ष नेतृत्वलाई बुझाउने कार्यादेश दिइएको छ । कार्यदलले यसअघिको मस्यौदामा भएका असहमतिका बुँदामा छलफल गरेर साझा धारणा बनाउने छ ।
टीआरसी विधेयकका अधिकांश बुँदामा सहमति भए पनि चार बुँदामा सहमति कायम हुन नसकेको देखिएको छ । तत्कालीन प्रतिपक्ष रहँदा पीडितलाई न्याय दिनेभन्दा पनि पीडकको सजाय घटाउने निहित स्वार्थ माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाको रहेको विश्लेषण एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । मानव अधिकारका गम्भीर उलंघन गर्नेलाई सजायको दायरामा ल्याउनुपर्ने र आममाफि दिन नहुने पक्षमा एमाले रहेको छ ।
पीडितले न्याय पाउने गरी मात्रै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐनको संशोधन विधेयक टुंग्याउनुपर्ने एमालेले बताउँदै आएको छ । साथै स्वेच्छाचारी ढंगले सजाय घटाउने कुराले संक्रमणकालीन न्यायको उपहास मात्रै हुने एमालेले अडान लिदै आएको छ । न्युज कारखाना
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आजबाट बन्द सत्र सुरु हुँदैछ ।
काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा केहीबेरमा सुरु हुने बन्दसत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ ।
दस्ताबेज पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरिने एकीकृत समाजवादीले जनाएको छ । महाधिवेशनमार्फत २१ केन्द्रीय पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।
यसैबिच महाधिवेशन सम्पन्न गर्न सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन भएको छ । त्यसैगरी उपमहासचिव जगन्नाथ खतिवडाको नेतृत्वमा १५ सदस्यीय बहस नोट कमिटी तथा डा.गंगालाल तुलाधर र डा.विजय पौडेलको नेतृत्वमा माइन्युट कमिटी गठन भएको छ ।
आइतबारबाट सुरु भएको महाधिवेशनमा दस्ताबेज पारित भएसँगै नेतृत्व छनोट प्रक्रियामा प्रवेश गर्नेछ । महाधिवेशनमा विद्युतीय मेसिनमार्फत मतदानको व्यवस्था गरिने सो पार्टीले जनाएको छ ।
अहिलेसम्म अध्यक्षका लागि माधव नेपाल, झलनाथ खनाल र महासचिव घनश्याम भुसालले आकांक्षा देखाएका छन् । एकीकृत समाजवादीका नेताहरुले अध्यक्ष नेपाल र महासचिव भुसालबीच अध्यक्षमा प्रतिष्पर्धा हुने सम्भावना रहेको बताएका छन् । न्युज कारखाना
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री दाहालसँग भेट्न उनी केहीबेर अघि मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्।
गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले ओलीबीच बलकोटमा भएको भेटवार्तापछि सत्ता समीकरण तरंगित बनेको छ ।
सत्ता समीकरण फेरिने हल्ला चलेको छ भने राजनीतिक भेटघाट पनि बाक्लिएको छ ।
आइतबार मात्र प्रधानमन्त्री प्रचण्ड, ओली र गृहमन्त्री रवि लामिछानेबीच पनि भेटवार्ता भएको थियो ।न्युज कारखाना
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले रन्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको छ । आइतबार बसेको पार्टीको संसदीय दलको सचिवालय बैठकले बहुमत सदस्यको उपस्थितिमा श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको हो ।
संसदीय दलको निर्णय संसद् सचिवालयलाई गराउने तयारी रहेको छ । रञ्जितालाई दलको नेताबाट हटाउने निर्णयमा गंगाराम चौधरी डगौरा, अरूणकुमार चौधरी र लालवीर चौधरीले हस्ताक्षर गरेका छन्।
बैठकले गंगाराम चौधरी डगौंरालाई संसदीय दलको नेताको जिम्मेवारी दिएको छ । प्रमुख सचेतक लालवीर चौधरीलाई बनाइएको छ । लालवीर नाउपाका संरक्षक रेशम चौधरीका बुबा हुन्। यसअघि गंगाराम प्रमुख सचेतक थिए ।
प्रतिनिधि सभामा नाउपाका चार सांसद रहेका छन् ।न्युज कारखाना
काठमाडौं । प्रतिनिधि सभाबाट आर्थिक विधेयक, २०८१ पारित भएको छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको ‘आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो ।
उक्त विधेयकमाथिको छलफलमा सांसदहरु प्रेम सुवाल, डा .प्रशाकशरण महत, दीलेन्द्रप्रसाद बडू र किरणकुमार साहले भाग लिएका थिए । छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले करका कानुनलाई वैज्ञानिक एवं लगानीमैत्री र पारदर्शी बनाउन आर्थिक विधेयकमा सामान्य हेरफेरको प्रस्ताव गरिएको बताएका थिए ।
त्यसअघि उक्त विधेयकमाथि सांसद सुवाल र महतले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।न्युज कारखाना
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
दोस्रो चरणको अनुसन्धानका क्रममा पक्राउ परेका झालाई आइतबार प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं मार्फत जिल्ला अदालत काठमाडौंबाट हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउने अनुमति लिएको हो ।
झाविरुद्ध लिखित किर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराध मुद्दामा अनुसान्धान गर्ने भएको छ । उनी पक्राउसँगै भुटानी शरणार्थी प्रकरणको अन्य राजनीतिक संलग्नता रहेको आरोप लगाएको छ । न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीले आफ्नो महाधिवेशन प्रतिवेदनमा आफ्नो बारेमा ‘अस्थिर’ भनेर टिप्पणी गरेपछि असन्तुष्टि व्यक्त गरेका छन् ।
आइतबार एकीकृत समाजवादीको १०औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफु अस्थिर नभएर गतिशील रहेको दाबी गरेका छन् ।
उनले ठोस परिस्थितिको ठोस विश्लेषण गरेर परिस्थितअनुसार निष्कर्ष निकाल्नु मार्क्सवाद भएको बताउदै आफु अस्थिर नरहेको जिकिर गरे । उनले भने- ‘आज नेपाल संविधानसभामा गयो, संघीय लोकतान्त्रिक गणतन्त्रमा गयो। शान्ति प्रक्रियामा गयो । प्रचण्ड अस्थिर नभएको भए हुँदैनथ्यो। प्रचण्ड अस्थिर नभएको भए जनयुद्ध हुँदैनथ्यो ।’
साथै उनले किलोजस्तै ठोकिएर बस्नु मार्क्सवाद हो कि ? जमेको पोखरीजस्तो मार्क्सवाद हो ? भन्दै प्रश्न समेत गरेका थिए । उनले अगाडी भने- ‘माओवादी आन्दोलनसँग जोडिएका साथी, यहाँ विप्लवजी पनि हुनुहुन्छ। एक ठाउँमा बस्ने भन्ने हुँदैन। हामी दौडिराख्या हुन्छौं, हामी दौडिराख्या हुन्छौं ।’
कार्यक्रममा उनले नेकपा(एस) र नेकपा(माओवादी केन्द्र) एउटै मोर्चामा बसेर सकेसम्म एउटै पार्टी बनाउने प्रयास भइरहेको उल्लेख गर्दै देशका सबै देशभक्त र क्रान्तिकारीहरू एकताबद्ध भएर जनताको आवश्यकता र चाहनालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए । न्युज कारखाना
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १०औं राष्ट्रिय महाधिवेशनमा सत्तारुढ दल नेकपा एमालेलाई पनि निम्ता गरेको तर नआएको बताएका छन् ।
आजदेखि सुरु भएको एकीकृत समाजवादीको महाधिवेशन एमालेका नेताहरु अनुपस्थित भएपछि अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई १० पटक फोन गरेको दाबि गरेका हुन् । महाधिवेशन एमोलेले बहिष्कार गरेको विषय कार्यकर्ताले उठाएपछि आफूले १० पटक फोन गरेको उनले बताए । उनले भने- ‘मैले ओलीलाई १० पटक फोन गरेर सम्पर्क गर्दा पनि लागेन । उहाँका पीएहरुलाई, म्यासेज पनि पठाएको छु, पाएको पनि सूचना पाएको छु । ३ वर्षको घाउ आलो भएर नआउनु भएको होला । राजनीतिमा घृणा भाव राख्नुपर्ने आवश्यक छैन ।’
आजसम्पन्न एकीकृत समाजवादीको महाधिवेशनको उद्घाटन समारोहमा एमाले बाहेक अन्य सबै दलका शिर्ष नेताहरुको उपस्थिति रहेको थियो । न्युज कारखाना
काठमाडौँ । भ्रष्टाचार मुद्दामा सरकारी साक्षीको रूपमा बयानको प्रतिकूल हुने गरी बकपत्र गर्ने एक जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके डुडुवा गाउँपालिका वडा नम्बर ६ घर भएका मकरध्वज पाण्डेविरुद्ध मुद्दा दर्ता गरेको हो ।
पाण्डेलाई आयोगबाट विशेष अदालत काठमाडौँमा दर्ता भएको मुद्दा नं.०८०-सिआर-०१२६ नेपालगन्ज सव-डिभिजन वन कार्यालय राँझाका तत्कालीन सहायक वन अधिकृत नारायण पार्धेले घुस लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीको रूपमा पेस गरिएको थियो । तर, उनले आयोगमा गरेको बयानको प्रतिकूल हुने गरी बकपत्र गरेका थिए ।
पाण्डेले विशेष अदालतसमक्ष बकपत्र गर्दा आयोगबाट अनुसन्धानको क्रममा गरिएको बयान ब्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुरमा सात हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय गरी घुस रिसवत रकम जफत हुन मागदावी लिई आज विशेष अदालतमा आरोप-पत्र दायर गरिएको छ ।न्युज कारखाना
काठमाडौं । नेकपा एकीकृत समाजवादीको महाधिवेशन सुरु भएको छ ।
महाधिवेशनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सीके राउत, उपेन्द्र यादव, रवि लामिछानेलगायत पुगेका छन् । यता प्रमुख सत्तारुढ दल नेकपा एमालेबाट भने कुनै पनि नेता उपस्थित भएका छैनन् ।
असार १६ देखि २० गतेसम्म काठमाडौंमा आयोजना हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न संगठनबाट एक हजार आठ सय प्रतिनिधि छानिएका छन् । यी प्रतिनिधिहरुले वरिष्ठ उपाध्यक्षसहित २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छन् ।
नेकपा एमालेबाट अलग भएर गठन गरिएको एकीकृत समाजवादीले पहिलो पटक महाधिवेशन गर्न लागेको हो । पार्टीले एमालेकै निरन्तरताबाट एकीकृत समाजवादी जन्मेको हुनाले यस महाधिवेशनलाई दशौं महाधिवेशन भनेको छ ।न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछानेले नेपालमा आम जनता र नेताहरुको प्राथमिकता एउटै विषयमा नभएको बताएका छन् ।
नेकपा एकीकृत समाजवादीको महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै लामिछानेले आम जनता र राजनीतिक दलका नेताहरुको प्राथमिकता एकै नभएको बताएका हुन् ।
उनले देशमा राजनीतिक परिवर्तन भएर, संबिधान बनेर, सबै किसिमका अधिकार प्राप्त भएपछि पनि आम जनताको चाहना अनुसार काम हुन नसकेको बताए । उनले शिर्ष नेताहरुबीच जनताको चाहना अनुसारको काम गर्न एक ठाउमा आउन नसकेको बताए । उनले राजनीतिक समस्या समाधान गर्न सबै दल एक ठाउमा आए जस्तै देशको आर्थिक विकास गर्न सबै एक ठाउमा आउनुपर्ने बताए ।
उनले देशको विकास गर्न सबै नेताहरु एक ठाउमा आउन आव्हान समेत गरेका छन् ।न्युज कारखाना
काठमाडौं । नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा पुन: गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार देवकोटालाई मन्त्री नियुक्त गरेका हुन् ।
मन्त्री देवकोटाले पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन्।
देवकोटा यसअघि ऊर्जा मन्त्री थिए। तर,नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि उनी मन्त्री पदबाट पदमुक्त भएका थिए। गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएपछि उनलाई माओवादी केन्द्रले कारवाही गरेको थियो। यसका विरुद्ध उनी सर्वोच्च अदालत पुगेका थिए ।
सर्वोच्चले नेपाल समाजवादी पार्टीका सांसद देवकोटालाई माओवादीले कारवाही गर्न नमिल्ने भन्दै अन्तरिम आदेश जारी गरेको थियो। सर्वोच्चले उनकै पक्षमा फैसला गरेपछि देवकोटा पुन: मन्त्री बनेका हुन्।न्युज कारखाना
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका पाँच बिना विभागीयमन्त्रीलाई जिम्मेवारी दिइएको छ । उनीहरुलाई मन्त्रालय फुटाएर जिम्मेवारी दिइएको हो ।
भौतिक पूर्वाधारलाई फुटाएर जलस्रोत तथा सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय बनाइएको छ । सामाजिक विकास मन्त्रालय फुटाएर शिक्षा युवा तथा खेलकुद र स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालय बनाइएको छ ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी विकास मन्त्रालयका महाशाखा एक अर्कामा गाभ्दै नयाँ मन्त्रालय बनाइएको छ । जसमा वन वातावरण तथा सहकारी मन्त्रालय, कृषि तथा भूमि सुधार मन्त्रालय र उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालय बनाइएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला मन्त्रालयलाई भने यथावत् राखिएको छ ।
मुख्यमन्त्री सोडारीले माओवादी केन्द्रका उपनेता समेत रहेका अक्कलबहादुर रावललाई जलस्रोत तथा सहरी विकास मन्त्रालय र लक्ष्मी विकलाई शिक्षा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
त्यस्तै एमालेका वीरबहादुर थापाले वन वातावरण तथा सहकारी मन्त्रालय र हिरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाउँदा नेकपा एकीकृत समाजवादीकी माया पन्तले उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिएका छन्।
सोडारीले कार्यविभाजन गरेको पत्र प्रदेश प्रमुख नजिर मियाँलाई पठाएका छन् । मन्त्रालय फुटेपछि यसअघि विभागीय जिम्मेवारीमा रहेका मन्त्रीहरुको मन्त्रालय पनि परिवर्तन भएको छ ।
नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, टीका थापालाई कृषि तथा भूमि सुधार मन्त्रालय, माओवादी केन्द्रका ओमविक्रम भाटलाई स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी दिइएको छ ।न्युज कारखाना
काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत बबरमहलबाट बानेश्वरतर्फ बिजुली बजारको पुल पार गरेपछिको सडक खण्डमा निर्माण भएको फल्चा शैलीको बस बिसौनी आजबाट शुभारम्भ भएको छ ।
महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले फल्चा उद्घाटन गरेकी हुन् । यसअघि (२०८१ जेठ १ गते) बाट सडकको अर्को किनाराको फल्चा सञ्चालनमा ल्याइसकिएको छ ।
‘यी संरचनाहरु काठमाडौँको पहिचानसँग जोडिएको नेवा निर्माण शैलीका स्मारक बन्नेछन् । काठमाडौँको पहिचान मुख्य सडकबाट प्रवर्धन हुनेछ ।’ समुदघाटनपछि बोल्दै उपप्रमुख सुनिता डंगोलले भने, ‘सहरी सेवा वितरण र सुविधा व्यवस्थापन गर्ने कामसँग मौलिकता जोड्दै लगिनेछ ।’
परम्परागत निर्माण सामग्री, शिल्प र शैली पछ््याउनु परेकोले आधुनिक संरचना निर्माणभन्दा लगानी र निर्माण अवधि धेरै लागेको वडाध्यक्ष रामकुमार के. सी. ले जानकारी दिए । यसरी निर्माण गरिएको संरचनाको सुरक्षा गर्न फल्चाका उपभोक्ता, पैदलयात्री तथा स्थानीयबासी सबैले समान दायित्व बोध गर्नु पर्ने केसीको भनाइ थियो ।
कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरेर बिसौनी निर्माण गरिएको हो । वडा सदस्य एवं निर्माण संयोजक सतिश तण्डुकार भन्छन्, ‘बस्नका लागि काठकै मेच राखिएका छन् । विसौनीभित्र प्रकाशका लागि बत्ती जडान गरिएका छन् ।’ उन्का अनुसार २ वटा बस बिसौनी निर्माण सम्पन्न गर्दा करिब ५३ लाख रुपैयाँ खर्च भएको छ ।
फल्चा उद्घाटन अवसरमा जम्मा भएका स्थानीय र सर्वसाधारणले मौलिक शैलीको संरचनाले सुन्दरतासँगै समृद्धि दर्शाएको प्रतिक्रिया दिए ।
यसपछि अब नयाँ बानेश्वर चोक वारिपारि २ वटा यस्तै शैलीका बस बिसौनी निर्माण गर्ने योजना रहेको तण्डुकारले जानकारी दिए । न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले पार्टीको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण (लाइभ) गर्न प्रस्ताव गरेका छन् ।
असार १९ गते बुधबार बिहान बस्ने केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न महामन्त्री ढकालले सभापति रवि लामिछानेलाई प्रस्ताव गरेको जानकारी दिएका छन् ।
उनले भनेका छन्- ‘बैठक लाइभ गर्न मैले सभापतिलाई आग्रह गरेको छु । हाम्रो अडिट जनताले गरून् । गर्ने वा नगर्ने केही केही भन्नुभएको छैन ।
बुधवार बस्ने केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालको समीक्षा यात्राबाट तयार गरेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । दुई नेताबिच सरकार सञ्चालन र टीआरसीबारे छलफल भएको बुझिएको छ ।
यस अघि शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबिच ओली निवास बालकोटमा भेटवार्ता भएपछि राजनीतिक वृत तरंगित भएको छ । हालको सत्ता समीकरणमा सरकार विस्तार, बजेटलगायतका विषयमा विवाद बढिरहेका बेला देउवा र ओलीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । न्युज कारखाना
काठमाडौं । आज असार १६ गते नेपालमा संसद् दिवस मनाइँदैछ । हरेक वर्ष संसद्को पहिलो बैठक बसेको दिनको सम्झनामा संसद् दिवस मनाउने गरिन्छ ।
नेपालमा आज विभिन्न कार्यक्रम गरेर संसद् दिवस मनाइँदैछ । नेपालले २०१६ साल असार १६ गते संसदको पहिलो बैठक बसेको सम्झनामा यो दिवस मनाउँदै आएको छ ।
यस दिवसको अवसरमा सभामुख देवराज घिमिरेले शुभकामना दिँदै लोकतन्त्रको प्रवर्द्धन र संसदलाई जनमुखी बनाउन आजको दिनले प्रेरणा दिने बताएका छन् । यस्तै उनले लोकतन्त्रको मन्दिरका रुपमा परिचित संसदको आधारभूत चरित्रप्रति सबै सजग र सचेत रहनु पर्ने बताएका छन् । न्युज कारखाना
काठमाडौं । प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
बैठकमा आर्थिक विधेयक २०८१ माथि छलफल गरी अर्थमन्त्री वर्षमान पुनले पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
त्यस्तै, अर्थमन्त्री पुनले नै राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयकमाथि छलफल गरी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
कार्यसूची:
१. ‘आर्थिक विधेयक, २०८१’ माथि छलफल हुने ।
२. ‘आर्थिक विधेयक, २०८१’ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने ।
३. अर्थ मन्त्री वर्षमान पुनले-
(क) ‘आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।
(ख) ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।
४. ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने ।
५. अर्थ मन्त्री वर्षमान पुनले:-
(क) ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।
(ख) ‘भन्सार महसुल विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।
६. ‘भन्सार महसुल विधेयक, २०८१’ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने ।
७. अर्थ मन्त्री वर्षमान पुनले ‘भन्सार महसुल विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।न्युज कारखाना
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुदै छ ।
आजदेखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ ।
महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको अध्यक्ष माधवकुमार नेपालले जानकारी दिएका छन् । ती दस्तावेज कम्युनिष्ट पार्टीको इतिहासमा नयाँ र जनअधिकारको पक्षमा महत्वपूर्ण हुने उनले विश्वास व्यक्त गरेका छन् ।
महाधिवेशनमा एक हजार ८४९ प्रतिनिधिले भाग लिनेछन् । ती प्रतिनिधिले २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्ने छ । पार्टी अध्यक्ष नेपालले आइतबार महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।
पार्टी अध्यक्ष नेपालको नेतृत्वमा गठित महाधिवेशन मूल व्यवस्थापन समितिले महाधिवेशनका आवश्यक सबै काम अन्तिम चरणमा पुगेको जनाएको छ । काठमाडौँ उपत्यका बाहिरका प्रतिनिधिहरू आइसकेको जनाइएको छ।
महाधिवेशनस्थल आसपासमा उनीहरूलाई आवासको व्यवस्था मिलाइएको छ भने प्रतिनिधिलाई महाधिवेशनस्थलभित्रै खानाको व्यवस्था गरिएको छ । महाधिवेशनस्थललाई आकर्षक बनाउन सिगारिएको छ । करिब तीन वर्षअघि एमालेबाट विभाजित भएर गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई एमालेकै निरन्तरताको रुपमा दशौँ राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ । एकीकृत समाजवादीले हालसम्म सम्पन्न भएका नौ अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौँ मानेको छ ।
एकीकृत समाजवादीको अध्यक्षका लागि वर्तमान अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले दाबि गरेका छन् । न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति र परिवर्तनका उपलब्धीहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको बताएका छन् ।
‘साहसिक योद्धा जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू’ पुस्तक आज यहाँ लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित सरकार अघि बढिरहेको बताए ।
“हजारौँ महान् शहिदहरू, हजारौँ बेपत्ता योद्धाहरू र लाखौँ क्रान्तिकारी योद्धाहरूले त्याग, तपस्या र बलिदानको जगमा आज हामी समाजवादउन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेका छौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “यी उपलब्धीहरूलाई संस्थागत गर्दै समाजवादको यात्रा तय गर्नुपर्छ ।”
जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि क.बोहराले देश र जनताको मुक्ति र परिवर्तनलाई नै केन्द्रमा राखेर काम गरेको स्मरण गर्दै प्रधानमन्त्रीले नेपाली समाजको क्रान्तिकारी रूपान्तरणका पक्षमा भएको महान् जनयुद्धको दौरानमा समेत उनको महत्त्वपूर्ण योगदान गरेको उल्लेख गरे ।
एकदलीय निरङ्कुश पञ्चायती व्यवस्थाका विरूद्ध जनताले गरिरहेको वीरतापूर्ण प्रतिशोधमाथि दमनस्वरूप २०४० सालको माघे सङ्क्रान्तिका दिन सिन्धुपाल्चोक जिल्लाको पिस्करमा सर्वसाधारण जनतामाथि निर्मम दमन र हत्या भएको थियो ।
स्थानीय समुदायले माघीको अवसरमा शान्तिपूर्ण सांस्कृतिक कार्यक्रम भइरहँदा पञ्चायती शासकहरूले गरेको आक्रमणमा परी पिस्करमा इले थामी र वीरबहादुर थामी लगायतका योद्धाहरूले उच्च बलिदान गरेका थिए ।
उक्त घटनामा छत्रबहादुर बोहरा, मानबहादुर थामी, मेघनाथ पौडेल, अरूण नेपाल, सरेश नेपाल, गोपाल थपलिया लगायतका दर्जनौँ योद्धाले जेलनेल र यातनाको सामना गर्नुपरेको थियो । जगतबहादुर बोहरा उक्त घटनामा सख्त घाइते भएका थिए । न्युज कारखाना
काठमाडौं । वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण साउन १ गते देखि पूर्णरुपमा अनलाइन मार्फत हुने भएको छ ।
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रवार साँझ विदेश स्थित नेपाली नियोगका प्रमुखहरू तथा कर्मचारीहरु का लागि आयोजित अभिमुखीकरण कार्यक्रममा निर्देशन दिँदै उक्त व्यवस्था बारे स्पष्ट पारेका हुन् ।
नयाँ व्यवस्था अनुसार रोजगारदाता कम्पनीले नेपालवाट कामदार लैजाने नियोगसमक्ष पेश गरेको आवश्यक कागजातहरु साउन १ गते देखि अनलाइन मार्फत प्रमाणीकरण हुने भएकोले सेवाप्रवाह समयानुकुल एबं चुस्त हुने भएको छ ।
सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा यस सेवालाई आवद्ध गरी नयाँ व्यवस्था लागू गर्न लागेको हो ।
खाड़ी मुलुक एवं मलेसिया लगाएत नेपाली कामदार माग हुने अन्य देशहरूमा रहेका नेपाली राजदुतावासहरु ले साउन १ गते देखि मागपत्र प्रमाणीकरण अनिवार्यरुपमा अनलाइन मार्फत गर्नु पर्ने बताउँदै परराष्ट्रमन्त्री श्रेष्ठले भने, ‘सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने सरकारको नीति अन्तर्गत यो व्यवस्था लागू गरिएको हो । अनिवार्य रूपमा लागू गर्न अघिनै नयाँ प्रणालीसँग अभ्यस्त हुनुका लागि आजैबाट परीक्षण सुरु गर्दा हुन्छ ।’
परराष्ट्रमन्त्री श्रेष्ठले समस्यामा परेका नेपाली नागरिकहरुको खोजतलाश / उद्दार, मृतको शव झिकाउने, राहत / क्षतिपूर्ति, गुनासो सम्बोधन लगायतका अनलाइन सेवालाई सबै नियोगहरु ले अनिवार्य रूपमा प्रयोगमा ल्याउने व्यवस्था गर्न पनि निर्देशन दिए ।न्युज काखाना
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले रुसी सेनामा गएका ३५ नेपालीको मृत्यु भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई तपाईहरु के गर्दै हुनुहुन्छ भन्दै प्रश्न गरेका छन् ।
सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले रुसी सेनामा अवैधरुपमा कार्यरत ३५ नेपालीहरूको मृत्यु भैसकेको, युक्रेनमा ६ नेपाली बन्दी बनाईएको र हमासले गाजामा १ नेपालीलाई बन्धक बनाएको छ तर,नेपाल सरकार निरिह र अकर्मण्य रहेको टिप्पणी गरेका छन् ।
उनले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई तपाईंहरू के गर्दै हुनुहुन्छ ? भनेर प्रश्न गरेका छन् ।न्युज कारखाना
भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताएका छन् ।
भरतपुर महानगरले आज यहाँ आयोजना गरेको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उत्पादन लागत घटाउने र उत्पादकत्व बढाउने गरी सरकारले कृषि दशक कार्यक्रम अघि बढाएको स्पष्ट पारे ।
सरकारले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा कृषि दशक कार्यक्रम घोषणा गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले सिचाइ र बीउ एवं मल उपलब्धता गर्ने र यान्त्रिकिकरण गरेर धानमा आत्मनिर्भर हुन सकिने विश्वास व्यक्त गरे ।
धानबाली देशको रणनीतिक बाली भएको उल्लेख गर्दै प्रधानमन्त्रीले तीनवटै तहको सरकारलाई नेपाल सरकारले लिएका नीतिहरूको सफल कार्यान्वयनका लागि आह्वान गरे ।
कृषि क्षेत्रमा आधारित व्यापार-व्यवसायमा लाग्न र देशको आर्थिक क्षेत्रको प्रवर्द्धन गर्न जोड दिँदै प्रधानमन्त्री प्रचण्डले कृषि कर्मका माध्यमबाट देश समृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरे ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले दूग्ध किसानलाई अनुदान उपलब्ध गराउने, कृषि प्रबर्द्धन गर्ने र रोजगारी सिर्जना गर्ने कार्यक्रम अघि बढाएको बताए ।
भरतपुर महानगरका मेयर रेणु दाहालले चितवनका सबै कृषियोग्य जमिनमा बाह्रै महिना सिचाइ उपलब्ध गराउने व्यवस्था मिलाईने विश्वास दिलाए । कृषकमैत्री कार्यक्रम कार्वान्वयन गरेर उत्पादकत्व वृद्धि गरीने उल्लेख गर्दै उनले खाद्यान्नमा चितवनलाई आत्मनिर्भर बनाउन लागिपरेको जानकारी दिए ।न्युज कारखाना
काठमाडौं । धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरिएको छ ।
राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेललगायत सहभागी भएका छन् ।
रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषि पेशा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको राष्ट्रपति सचिवालयले जनाएको छ ।न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चितवनमा मेसिनबाट धान रोपेका छन् ।
प्रधानमन्त्री प्रचण्डले चितवनको रत्ननगरमा आयोजित २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा सौराहास्थित बच्छौलीमा पुगेर बहुउद्देश्य कृषक समुहको खेतमा मेसिनको प्रयोग गरि धान रोपेका हुन् ।
उनीसँगै कृषिमन्त्री ज्वाला कुमारी शाह, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, सांसद हरि ढकाललगायतको उपस्थित रहेको थियो । न्युज कारखाना
रत्ननगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान बालीमा जलवायुमैत्री प्रविधिहरू प्रयोग गरेर उत्पादन वृद्धि गरिने बताएका छन् ।
२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसारमा सरकारको प्राथमिकता रहेको बताए ।
“जलवायु परिवर्तनका कारण धानलगायत बालीहरूमा परेको नकारात्मक असर न्यूनीकरण गरी उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसार सरकारको प्राथमिकतामा छ,” प्रधानमन्त्री प्रचण्डले भने, “जैविक विविधताको उपयोग गरी पोषणयुक्त उच्च उत्पादन दिने धानका जातहरूको विकास, तथा उत्पादनमा कृषकमैत्री प्रविधिहरूको प्रयोगमार्फत धान बालीको उत्पादन बढाउने रणनीति लिएको छ ।”
कृषि क्षेत्रको व्यवसायीकरण र विविधिकरणमार्फत मुलुकमा समृद्धि हासिल गर्न पछिल्लो समयमा कृषि क्षेत्रमा जलवायु परिवर्तन ठूलो चुनौतीको रूपमा देखिएको उल्लेख गर्दै प्रधानमन्त्रीले जलवायुमैत्री प्रविधिहरूको अबलम्वन गरेर उत्पादन वृद्धि गर्न र धान तथा चामलको आयात प्रतिस्थापन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
हरित ग्यास उत्सर्जनमा न्यून भूमिका भए पनि जलवायु परिवर्तनका प्रतिकूल असरहरूको जोखिम उच्च रहेका राष्ट्रहरूमध्ये नेपाल भएको बताउँदै प्रधानमन्त्रीले जलवायु परिवर्तनका दृष्टिले संवेदनशील र प्रभावित उपक्षेत्रमध्ये नेपालको प्रमुख खाद्यान्न बाली धान भएको उल्लेख गरे ।
“जलवायु परिवर्तनका कारण सृजित सुक्खा–खडेरी, बेमौसमी वर्षा, बाढी–पहिरो, आकस्मिक रोग तथा किराको प्रकोप, तापक्रममा वृद्धिजस्ता नकारात्मक असरहरूमा अनुकूलित हुने धानका जातहरू र उत्पादन प्रविधिहरूको गर्नुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “उत्पादन बढाएर आयात प्रतिस्थापन गरी धान चामलमा आत्मनिर्भर हुन विशेष योजनाका साथ क्रियाशील हुनैपर्छ ।”
धानबाली देशको रणनीतिक बाली भएको उल्लेख गर्दै प्रधानमन्त्रीले तीनवटै तहको सरकारलाई नेपाल सरकारले लिएका नीतिहरूको सफल कार्यान्वयनका लागि आह्वान गरे ।
उनले परनिर्भरता र व्यापार असन्तुलनलाई कम गर्न र राष्ट्रियस्तरमा धानको उत्पादन बढाउन वर्तमान सरकारले रासायनिक मल र गुणस्तरीय बीउको उपलब्धता, प्रविधि विस्तार, अनुसन्धान र विकास तथा न्यूनतम समर्थन मूल्यको कार्यान्वयनलाई प्राथमिकता दिएको स्पष्ट पारे ।
दीगो विकासका लक्ष्यहरू प्राप्तिका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता र कृषि विकास रणनीतिको कार्यान्वयनमार्फत खाद्य पोषण सुरक्षाको अवस्थामा सुधार ल्याउने राष्ट्रिय प्रतिबद्धता रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रमुख खाद्यान्न बालीहरूको उत्पादन तथा उपलब्धतामा वृद्धि, वितरण प्रणालीमा सुधार र खाद्यान्नको उचित उपयोगमार्फत खाद्यान्नमा आत्मनिर्भरता र दीगो खाद्य तथा पोषण सुरक्षा कायम गरिने बताए ।
प्रधानमन्त्रीले “जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने नाराका साथ मनाउन लागिएको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा धान बालीको उत्पादन र उत्पादकत्व वृद्धिमार्फत समृद्ध अर्थतन्त्र निर्माणमा सबैको ठोस योगदान रहने विश्वास व्यक्त गरे ।
यसअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले विसं २०७३ मा झापाको बनियानीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको (धान खेती) सुपर जोन कार्यक्रमको उद्घाटन गरेका थिए ।
कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरण गर्ने उद्देश्यअनुरुप सरकारले सुपर जोन, जोन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।न्युज कारखाना
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह स्वदेश फर्किएका छन् । भारतको नयाँ दिल्लीमा उपचार गरेर नेता सिंह आज स्वदेश फर्किएको उनको सचिवालयले जनाएको छ ।
उपचारको लागि सिंह करिब एक महिना भारत बसेका थिए । केही दिनको आरामपछि उनी सक्रिय हुने उनको सचिवालयले जनाएको छ । उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनी दिल्ली उपचारको लागि गएका थिए । भारतमा उनको शल्यक्रिया भएको थियो ।न्युज कारखाना
काठमाडौँ । प्रभु साह नेतृत्वको आमजनता पार्टी निकट आईटी आर्मीका कार्यकर्ताहरूले शुक्रवार काठमाडौं स्थित श्रम तथा रोजगार मन्त्रीको पुतला दहन गरेको छ ।
आर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा गएको नेता कार्यकर्ताहरुले बैदेशिक रोजगारका पीड़ितहरुको न्यायको माग गर्दै श्रममन्त्रीको पुतला जलाएका हुन्। बैदेशिक रोजगारका पीड़ितलाई न्याय दिलाउन आईटी आर्मीले झण्डै दुई हप्ता देखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको छ । आन्दोलन संगै उनीहरू बैदेशिक रोजगार बिभागमा लगातार धर्ना एवं घेराउ कार्यक्रम गर्दै आएका छन। तर आन्दोलनको सरकार माथि कुनै असर परेको देखिएन।
बिदेश जाने युवाहरु सँग बिना रसीद मोटो रकम ठगी गर्ने म्यानपावर, दलाल,लाई कारवाई गर्नुको सट्टा सरकारले अल्टै आन्दोलनकारीलाई ह्रासमेण्ट गर्ने कार्य सही हैन । यसमा सम्माननीय प्रधानमन्त्रीको समयमा ध्यान जाओस आमजनता पार्टीका अध्यक्ष प्रभु साहले बताएका छन।
बैदेशिक रोजगारीमा जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेंटलाई कारवाही गर्नुपर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्दार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्री भिसा फ्री टिकट व्यवहारतः लागू गर्नुपर्ने, नीजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको आई टी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले बताउँदै आएका छन्।
अहिले बैदेशिक रोजगारको नाउँमा‘लाखौं लाख युवासँग खर्बौैं रकम ठगी भइरहेको छ । ५, १० हजारको नाममा २ लाख, ५ लाख, १० लाख गरी लाखौंलाख अवैध असुली भइरहेको छ । विगत लामो समयदेखि भइरहेको असुलीलाई हामी रोक्न चाहन्छौं । असुली भएको रकम फिर्ता गराउन चाहन्छौं’ अध्यक्ष साहले भनेका छन।
यस अघि आईटी आर्मीले ११ बुँदे माग सहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका साथै बैदेशिक रोजगार विभागलाई ज्ञापन पत्र समेत बुझाईसकेको छ ।न्युज कारखाना
काठमाडौं । सिधा कुरा अनलाइनका प्रकाशकसहित ३ जनाविरुद्ध साइबर अपराधको मुद्दा दायर भएको छ ।
काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सम्पादक नवीन ढुंगाना, प्रकाशक युवराज कँडेल र अडियो उपलब्ध गराउने भनिएका राजकुमार तिमल्सिनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा अभियोग पत्र दायर गरेको हो ।
उनीहरु तीनै जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो । सिधा कुराले गत महिना अनलाइन र युट्यूब च्यानलको ‘द डार्क फाइल’ भन्दै एउटा भिडियो सार्वजनिक गरेको थियो ।
सिधा कुरा डटकमले स्टिङ अप्रेसनका मुद्दा मिलाउन सर्वोच्च अदालतका न्यायाधीशसमेतको मिलेमतोमा डिल भएको भन्दै समाचार प्रकाशित गरेको थियो। त्यसमा डिल भएको भनिएको बैठकको अडियो भन्दै सामग्री राखिएको थियो।
सिधाकुराले सो भिडियोमा कान्तिपुरका मालिका कैलाश सिरोहिया, अन्नपूर्ण पोष्टका मालिक क्याप्टेन रामेश्वर थापासहितको नाम जोडेर भिडियो सामाग्री तयार गरेको थियो । सोको विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेकामा सर्वोच्चले तत्काल भिडियो हटाउन आदेश दिएको छ भने यसको फैसला वृतत्तपूर्ण इजलासले गर्ने आदेश दिएको छ । हाल यो विषयको मुद्धा सर्वोच्चमा विचाराधीन छ ।न्युज कारखाना
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले एसइईमा ५२ प्रतिशत विद्यार्थी फेल हुनु भनेको सरकार नै फेल भएको टिप्पणी गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद पौडेलले सरकारको असफलता एसइई नतिजामा देखिएको बताएका हुन् ।
उनले भने- ‘पास फेल प्रणाली अन्त्य गरेर सबैलाई ग्रेडिङ सिस्टमभित्र पास फेल गर्ने प्रणाली सुरू गरियो । केही वर्ष अभ्यास गरे पनि शिक्षाको गुणस्तर कायम गर्न सकेन । यो वर्षदेखि ग्रेडिङ नन् ग्रेडिङ भनेर हामीले बुझ्ने भाषामा पास फेल प्रणाली विकास गरियो । यो प्रणालीमा ५२ प्रतिशत विद्यार्थी ग्रेडिङ भित्र परेनन् । ५२ प्रतिशत विद्यार्थी फेल भए यी विद्यार्थी फेल भएको कि सरकार फेल भएको हो ?’
उनले सरकालाई दुई लाख ८२ हजार ३१३ विद्यार्थीलाई अयोग्य घोषण गर्ने सरकारलाई अधिकार नभएको जिकिर गरे ।
उनले भने- ‘तिमी अयोग्य हौ, पढेर खान सक्दैनौ, योभन्दा अघि उच्च शिक्षा हासिल गर्ने तिम्रो हैसियत छैन भनेर घोषण गर्न मिल्छ ? अयोग्य घोषणा गर्न सरकारले सक्छ ?’
सांसद पौडेलले १० वर्षसम्म एउटा विषय पठाउँदा ३५ नम्बर ल्याउन नसक्ने कस्तो शिक्षा प्रणाली विकास गरिएछ भन्ने प्रश्न उठाए । उनले भने- ‘१० वर्ष पढाएर एउटा विषयमा ३५ नम्बर ल्याउन नसक्ने स्थिति कसरी आयो ? गणित ३८, ३१ प्रतिशत अंग्रेजी र ३० प्रतिशत विज्ञान विषयमा अनुत्तीर्ण छन् । १० वर्ष पढाएर ३५ नम्बर ल्याउन नसक्नेले कसरी गुणस्तरीय हुन्छ ? अयोग्य उत्पादन राज्यले गर्न मिल्छ ?’ न्युज कारखाना
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर सभा बैठक स्थगित भएको छ ।
शुक्रबार बिहान ८ बजेका लागि डाकिएको नगर सभामा मेयर बालेन शाह उपस्थित नभएपछि बैठक स्थगित भएको हो । आजको बैठकले आगामी वर्षको बजेट पारित गर्ने कार्यसूची तय गरेको थियो ।
आज आगामी वर्षको २०८१/०८२ को नीति तथा कार्यक्रम पारित गर्ने र बजेट तथा कार्यक्रम सम्बन्धमा छलफल र पारित गर्ने कार्यसूची थियो ।
यस्तै, काठमाडौं महानगरपालिका आर्थिक विधेयक, विनियोजन विधेयक छलफल र पारित गर्ने कार्यसूची थियो ।
न्यायिक समितिको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन, लेखा समितिको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन छलफल गर्ने र पारित गर्ने कार्यसूची रहेको थियो ।
यसैबीच मेयर बालेन्ले शुक्रबार एक स्ट्याटस लेख्दै कांग्रेस-एमालेका जनप्रतिनिधिले नगर सभा बैठक रोकेको आरोप लगाएका छन् ।
उनले कांग्रेस-एमालेका जनप्रतिनिधिले विपी र पुष्पलालको नाममा करोडौको कार्यक्रम गर्न भनेको उल्लेख गर्दै आफुले त्यसको बदला चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्-
एमाले काङ्ग्रेसले बिपि कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ । सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तीमा उहाँहरुभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला । त्यसपछी आज बस्ने नगरसभा बैठक रोकेर जानु भयो ।न्युज कारखाना
काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कवितामार्फत सरकारलाई व्यङ्ग्य गरेका छन् ।
शुक्रबारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै नेता केसीले सरकारका कामकारबाहीप्रति कवितामार्फत व्यङ्ग्य गरेका हुन् ।
केसीले संसदमा वाचन गरेको कविता :
न राज्य नीतिले चल्छ न विधि न त पद्धति
शीर्षस्थ सिन्डिकेटको राज थपिँदै नवसम्मति ।
संसद्को सार्वभौमिकता मिचियो लोकसम्मती
हरायो लौन खोजी पाउँ शून्यमा शून्यको गति ।
सांसद संसदमा बोल्छन् सम्बोधन हुन्न केही पनि
गर्जन हुन्छ बिचबिचमा थोपै बर्सन्न तैपनि ।
काण्डै काण्ड महाकाण्ड,खोइ छानबिन प्रतिवेदन ।
किन ल्याइन्न संसदमा स्वार्थ हो, डर हो किन ?
न्युन कारखाना
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाह र वडा अध्यक्षहरुबीच विवाद बढिरहेको छ । मेयर बालेनले अगाडी सारेका कैयौं काममा वडा अध्यक्षले विरोध शुरु गरेपछि यसको असर नगर सभामा समेत देखिएको छ ।
मेयर बालेन्ले शुक्रबार एक स्ट्याटस लेख्दै कांग्रेस-एमालेका जनप्रतिनिधिले नगर सभा बैठक रोकेको आरोप लगाएका छन् ।
उनले कांग्रेस-एमालेका जनप्रतिनिधिले विपी र पुष्पलालको नाममा करोडौको कार्यक्रम गर्न भनेको उल्लेख गर्दै आफुले त्यसको बदला चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्-
एमाले काङ्ग्रेसले बिपि कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ । सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तीमा उहाँहरुभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला । त्यसपछी आज बस्ने नगरसभा बैठक रोकेर जानु भयो । न्युन कारखाना
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्डले बिहान शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
भेटमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ । न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति र परिवर्तनका उपलब्धीहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको बताएका छन् ।
‘साहसिक योद्धा जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू’ पुस्तक आज यहाँ लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित सरकार अघि बढिरहेको बताए ।
“हजारौँ महान् शहिदहरू, हजारौँ बेपत्ता योद्धाहरू र लाखौँ क्रान्तिकारी योद्धाहरूले त्याग, तपस्या र बलिदानको जगमा आज हामी समाजवादउन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेका छौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “यी उपलब्धीहरूलाई संस्थागत गर्दै समाजवादको यात्रा तय गर्नुपर्छ ।”
जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि क.बोहराले देश र जनताको मुक्ति र परिवर्तनलाई नै केन्द्रमा राखेर काम गरेको स्मरण गर्दै प्रधानमन्त्रीले नेपाली समाजको क्रान्तिकारी रूपान्तरणका पक्षमा भएको महान् जनयुद्धको दौरानमा समेत उनको महत्त्वपूर्ण योगदान गरेको उल्लेख गरे ।
एकदलीय निरङ्कुश पञ्चायती व्यवस्थाका विरूद्ध जनताले गरिरहेको वीरतापूर्ण प्रतिशोधमाथि दमनस्वरूप २०४० सालको माघे सङ्क्रान्तिका दिन सिन्धुपाल्चोक जिल्लाको पिस्करमा सर्वसाधारण जनतामाथि निर्मम दमन र हत्या भएको थियो ।
स्थानीय समुदायले माघीको अवसरमा शान्तिपूर्ण सांस्कृतिक कार्यक्रम भइरहँदा पञ्चायती शासकहरूले गरेको आक्रमणमा परी पिस्करमा इले थामी र वीरबहादुर थामी लगायतका योद्धाहरूले उच्च बलिदान गरेका थिए ।
उक्त घटनामा छत्रबहादुर बोहरा, मानबहादुर थामी, मेघनाथ पौडेल, अरूण नेपाल, सरेश नेपाल, गोपाल थपलिया लगायतका दर्जनौँ योद्धाले जेलनेल र यातनाको सामना गर्नुपरेको थियो । जगतबहादुर बोहरा उक्त घटनामा सख्त घाइते भएका थिए । न्युज कारखाना
काठमाडौँ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक कूटनीति सरकारको प्राथमिकता रहेको बताएका छन् ।
विदेशस्थित नेपाली राजदूत एवम् नियोग प्रमुखहरुलाई भर्चुअल माध्यमबाट बिहीबार सम्बोधन गर्नुहुँदै परराष्ट्रमन्त्री श्रेष्ठले निर्यात विस्तार, पर्यटन प्रवर्द्धन तथा वैदेशिक रोजगारी व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्न नेपाली राजदूतहरुलाई निर्देशन दिएका हुन् ।
सरकारले आर्थिक कूटनीतिलाई समग्र कूटनीतिको प्राथमिकतामा राखेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले विदेशमा रहेका नेपाली श्रमिकहरुको पेशागत हकहित एवम् सुरक्षामा संवेदनशील भई काम गर्न विदेशस्थित नेपाली राजदूतको ध्यानाकर्षण गराए ।
वैदेशिक लगानी प्रतिबद्धता र प्राप्ति तथा वैदेशिक सहायता प्रतिवद्धता र प्राप्तिमा खाडल रहेको उल्लेख गर्दै उनले प्रतिबद्धता अनुसार लगानी र सहयोग प्राप्त गर्न विदेशस्थित कूटनीतिक नियोगहरु प्रभावकारी रुपमा परिचालित हुनुपर्ने बताए ।
सरकारले गत वैशाखमा गरेको तेस्रो लगानी सम्मेलनको स्मरण गराउदै उपप्रधानमन्त्री श्रेष्ठले भने— सम्मेलनमा सहभागी लगानीकर्ताहरुसँग सम्पर्क बढाउने र नेपालमा भएका लगानीका सम्भावनाहरुलाई थप उजागर गर्न विदेशस्थित कूटनीतिक नियोगहरुले निरन्तर लाग्नुपर्ने हुन्छ ।
मुलुकको आर्थिक–सामाजिक विकास गरी समृद्धि र विकास गर्ने सरकारको उद्देश्यअनुरुप पराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्धको सञ्चालन भएको अवस्थाबारे पनि उनले स्पष्ट पारे ।
विदेशमा रहेका राजदूतावासका लागि सरकारले आफ्नो क्षमताअनुसार लगानी गरेको बताउदै उनले भने, “नेपालका निर्यात योग्य वस्तुहरुको अन्तर्राष्ट्रिय बजार पहचान गर्न, सम्भाव्य लगानीकर्ताहरुलाई नेपालमा बढीभन्दा बढी लगानी गर्न अभिप्रेरित गर्दै नेपाललाई आकर्षक लगानी गन्तव्यका रुपमा स्थापित गर्न तथा प्राथमिक पर्यटन गन्तव्यका रुपमा विश्वमा नेपालको प्रचार र प्रवर्द्धन गर्ने कार्यमा सक्रिय रहन म यहाँहरुलाई आग्रह गर्दछु ।”न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
रास्वपाले महामन्त्री डा.मुकुल ढकालले तयार गरेको पार्टीको वर्तमान अवस्था बारेको प्रतिवेदन बारे छलफल गर्न असर १९ गते बुधबार केन्द्रीय समितिको बैठक बोलाएको हो ।
इलाममा सम्पन्न उपनिर्वाचनमा पार्टीको नराम्रो हारसँगै रास्वपाले देश भरका नेता तथा कार्यकर्ताको धारणा बुझेर प्रतिवेदन बनाउन महामन्त्री ढकाललाई कार्यादेश दिए अनुसार प्रतिवेदन बनाएर सभापति रवि लामिछानेलाई बुझाइसकेका छन् ।
बैठक असार १९ गते बिहान ८ बजेदेखि बस्ने महामन्त्री ढकालले जानकारी दिएका छन् ।
महामन्त्री ढकालले तयार गरेको प्रतिवेदनमा रास्वपाको जनमत कमजोर बनेको र अहिलेको जस्तै गरि अगाडी बढीरहेमा रास्वपा विवेकशील साझा पार्टीको बाटोमा जाने निष्कर्ष निकालेका छन् ।
उनले प्रतिवेदनमा पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको साथमा सत्ताका लागि सम्झौता गर्नुभन्दा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग सहकार्य गर्नु हितकर हुने समेत सुझाव दिएका छन् ।
महामन्त्री ढकालले आम कार्यकर्ताबाट व्यक्त भएका भावनालाई प्रतिवेदनमा समेटेको र यसलाई कार्यान्वयन गर्न आफुले नेतृत्वलाई आग्रह गर्ने बताएका छन् । आफुले जन्माएको पार्टी भएका कारण आफुले प्रतिवेदनमा यथार्थ उल्लेख गरेको बताउदै उनले यसका लागि आफ्नो महामन्त्री पद समेत जान सक्ने उल्लेख गरेका छन् ।न्युज कारखाना
रौतहट- मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवको पहलमा जनता आवास कार्यक्रम अन्तर्गत निर्माण भएका घरको भुक्तानीको माग गर्दै पूर्वाधार कार्यालय गौरमा धर्ना बसेका आन्दोलनकारी पीडितसँग सहमति भएको छ।
मौलापुर नगरपालिकाको विभिन्न टोलमा निर्माण भएको आवासहरूको भुक्तानी गर्न कर्मचारीहरूले जालझेल गर्दै आएपछि प्रभु साह नेतृत्वको आम जनता पार्टीनिकट आम दलित मोर्चाको अगुवाइमा सरोकारवालाले पूर्वाधार कार्यालय गौरमा चार दिनअघि तालाबन्दी गरेर धर्नामा बसेका थिए।
मोर्चाको अगुवाइमा धर्नामा बसेका पीडितहरू र मधेश सरकारका मन्त्री सरोज यादवको उपस्थितिमा सहमति भएको हो। सहमति अनुसार पूर्वाधार कार्यालय गौरबाट अनुगमन निरीक्षण गरी प्रतिवेदन तयार पारेर आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट भुक्तानी गर्ने, मौलापुर नगरपालिका अन्तर्गत पर्ने भकुवा पुलको अधुरो कार्यलाई जिल्ला समन्वय समिति रौतहटमार्फत् यथाशीघ्र कागजातहरू पेश गराई पुल निर्माणको काम पूरा गर्नुपर्ने सहमति भएको मोर्चाका अध्यक्ष ठागा दाशले बताएका छन्।
उल्लेखित मागहरू सम्बोधन भएपछि गठित संघर्ष समितिले आफ्ना सबै आन्दोलन आजैदेखि फिर्ता लिएको छ। बैठकमा मन्त्री यादवका साथै एमाले केन्द्रीय सदस्य अजय कुमार गुप्ता, सिडिओ हिरालाल रेग्मी, नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, सशस्त्रका एसपी विक्रम हुमागाईं, राष्ट्रिय अनुसन्धानका एसपी अभिनयकुमार सिंह, भौतिक पूर्वाधार कार्यालय गौरका प्रमुख, मौलापुरका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह, आम विधार्थी मोर्चाका अध्यक्ष विवेक साह, संघर्ष समितिका अध्यक्ष ठागा दास लगायतको सहभागिता रहेको थियो।
मधेश प्रदेश सरकारको मातहत रहेका जनता आवास कार्यक्रमका ठेकदारहरूले कैयौं घर निर्माण भइरहेकै अवस्थामा अधुरो छोडेका छन्।
रौतहटको कटहरिया-८ बगही, मौलापुर नगरपालिका अन्तर्गत पतौरा, मर्यादपुर, पथरा, बुधरामपुर लगायतका गाउँमा जनता अवास कार्यक्रम अन्तर्गत निर्माण भइसकेको घरको भुक्तानी गर्न बाँकी रहेको संघर्ष समिति संयोजक ठागा दासले बताएका छन्।
यस अघी आम दलित मोर्चाका अध्यक्ष एवं संघर्ष समितिका संयोजक ठागा दासको नेतृत्वमा रौतहटका सिडिओ हिरालाल रेग्मीलाई ज्ञापनपत्र समेत बुझाएको थियो ।न्युज कारखाना
काठमाडौं । प्रतिनिधि सभाका केही सदस्यहरुलाई विषयगत समितिमा हेरफेर गरिएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यहरूलाई विषयगत समितिमा हेरफेर गरिएको जानकारी गराएका हुन् ।
जसअनुसार कार्य व्यवस्था परामर्श समितिमा अब्दुल खानको स्थानमा अनिता देवीलाई मनोनयन गरिएको छ भने संसदीय सुनुवाई समितिमा डोलप्रसाद अर्यालको स्थानमा डा. स्वर्णिम वाग्लेलाई समावेश गरिएको छ ।
त्यसैगरी अर्थ समितिमा डा. प्रकाशरण महत, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नारायणप्रकाश साउद, कानुन न्याय तथा मानव अधिकार समितिमा सीता गुरुङ र सुहाङ नेम्बाङलाई समावेश गरिएको सभामुख घिमिरेले जानकारी दिएका छन् ।
त्यस्तै रमेश रिजाल र सुरेन्द्रराज आचार्यलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा राखिएको छ भने टेकबहादुर गुरुङलाई कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा समावेश गरिएको छ ।
त्यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा धनराज गुरुङ, डिगबहादुर लिम्बू र मोहनबहादुर बस्नेतलाई राखिएको छ।
सभामुख घिमिरेका अनुसार अनिता देवीलाई राज्य व्यवस्था तथा सुशासन समितिमा राखिएको छ भने हरि ढकाललाई सार्वजनिक लेखा समितिबाट राज्य व्यवस्था तथा सुशासन समितिमा हेरफेर गरिएको छ । त्यस्तै असिम साहलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट सार्वजनिक लेखा समितिमा समावेश गराइएको छ ।न्युज कारखाना
काठमाडौं । नेकपा एकीकृत समाजवादीले पदाधिकारीको संख्या २१ सदस्यीय बनाउने भएको छ ।
विहिबार बसेको सचिवालय बैठकले पधाधिकारीमा अध्यक्ष, सम्मानित नेता र वरिष्ठसहित ७ उपाध्यक्ष रहने भएका हुन् ।
त्यस्तै उपाध्यक्षमा एक महिला र एक मधेशी रहने व्यवस्था गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।
त्यसैगरी एक महासचिव, उपमहासचिव ४ र सचिव ७ जना बनाउने भएको छ । सचिवमा दलित, जनजाति र महिलाबाट एक-एक जना ल्याइने भएको छ ।न्युज कारखाना
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफुले घनश्याम भुसाललाई अध्यक्षमा सघाउने सहमति नभएको स्पष्ट गरेका छन् ।
विहिबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपछि प्रतिक्रिया दिदै नेता खनालले आफ्नो दाबि जारी रहेको बताउदै भुसालसँग सहमति नभएको स्पष्ट गरेका हुन् ।
बुधबार खनाल निवासमा भुसालसँगको छलफल पछि उनलेअध्यक्षमा भुसाललाई सहमति गर्ने भएको बताइएको थियो ।
नेता खनालले आफ्नो नाममा सहमति नहुनुपर्ने कारण के छ भन्दै आफ्नो नाममा सहमति बन्ने बताएका हुन् ।
असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा वर्तमान अध्यक्ष माधव नेपाललाई नेता खनाल र महासचिव घनश्याम भुसालले चुनौती दिने बताएका छन् ।न्युज कारखाना
काठमाडौं । गण्डकी प्रदेश सभाका सांसद फणीन्द्र देवकोटालाई प्रदेश सभा प्रवेशमा रोक लगाईएको छ । बिहीबार प्रदेश सभा बैठकमा सहभागी हुन पुगेका उनलाई मर्यादापालकहरुले प्रदेश सभाभित्र प्रवेश गर्न नदिएका हुन् ।
मुख्यमन्त्री सरेन्द्रराज पाण्डेलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएपछि उनलाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको थियो । माओवादीले सांसदबाट हटाएपछि सर्वोच्च अदालतमा फणीन्द्रले रिट हालेका थिए ।
उनको रिटउपर सर्वोच्चले सोमबार गण्डकी प्रदेश सभा सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश दिएको थियो । सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेश दिदै सांसद पद खारेज नहुने आदेश दिएको थियो ।
माओवादी चुनाव चिह्नबाट विजयी देवकोटाले आफू नेपाल समाजवादी पार्टीको सांसद भएको र आफूलाई ह्वीप नलाग्ने भन्दै मुख्यमन्त्री पाण्डेको पक्षमा उभिएर बहुमत दिलाएका थिए । त्यसको भोलिपल्ट जेठ २९ गते देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका थिए ।न्युज कारखाना
काठमाडौं । असार २२ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनको कार्यतालिकामा सामान्य हेरफेर भएको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै कार्यतालिकामा परिवर्तन भएको जानकारी गराएको छ ।
परिवर्तन भएको कार्यतालिका अनुसार महासंघको नेतृत्वका लागि आज हुने भनिएको मनोनयन दर्ता शनिबारलाई सरेको छ । शनिबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवार दर्ता हुनेछ । त्यसका लागि आज रातिसम्म अन्तिम मतदाता नामावली प्रकाशीत हुनेछ ।
त्यस्तै शनिबरा राती ८ बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ भने । उम्मेदवारविरुद्ध दाबी बिरोध शनिबरा राती ८ बजेदेखि आइतबार बिहान ११ बजेसम्म गर्न सकिनेछ । उम्मेदवारी फिर्ता लिन चाहेमा असार १६ गतेको समय निर्धारण गरिएको छ । भने अन्तिम नामावली १६ गते दिउँसो सार्वजनिक हुनेछ । २२ असारमा मतदान हुने र सोही दिन रातीबाट मत गणना सुरु गर्ने कार्यतालिका छ ।न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा.मुकुल ढकालले तयार गरेको पार्टीको वर्तमान अवस्था बारेको प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएका हुन् ।
इलाममा सम्पन्न उपनिर्वाचनमा पार्टीको नराम्रो हारसँगै रास्वपाले देश भरका नेता तथा कार्यकर्ताको धारणा बुझेर प्रतिवेदन बनाउन महामन्त्री ढकाललाई कार्यादेश दिएको थियो ।
महामन्त्री ढकालले तयार गरेको प्रतिवेदनमा रास्वपाको जनमत कमजोर बनेको र अहिलेको जस्तै गरि अगाडी बढीरहेमा रास्वपा विवेकशील साझा पार्टीको बाटोमा जाने निष्कर्ष निकालेका छन् ।
उनले प्रतिवेदनमा पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको साथमा सत्ताका लागि सम्झौता गर्नुभन्दा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग सहकार्य गर्नु हितकर हुने समेत सुझाव दिएका छन् ।
महामन्त्री ढकालले आम कार्यकर्ताबाट व्यक्त भएका भावनालाई प्रतिवेदनमा समेटेको र यसलाई कार्यान्वयन गर्न आफुले नेतृत्वलाई आग्रह गर्ने बताएका छन् । आफुले जन्माएको पार्टी भएका कारण आफुले प्रतिवेदनमा यथार्थ उल्लेख गरेको बताउदै उनले यसका लागि आफ्नो महामन्त्री पद समेत जान सक्ने उल्लेख गरेका छन् ।न्युज कारखाना
रौतहट, १२ गते असार । रौतहट जिल्लामा कटान गर्ने,बाढी आउने बागमती नदिको नियंत्रणमा संघ सरकार र प्रदेश सरकारले ध्यान नपुर्याउदा जिल्लाका अधिकाशं क्षेत्रका जनता हतोत्साहित बनेकाे राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी यादवले बताएका छन् ।
मानसुन सुरु भईसकेको तर नदि कटान लाई नियंत्रण गर्न कुनै ठोस कदम नचालिएकोले जनताहरु हतोत्साहित भएकाे उनले बताए । नदी नियंत्रण गर्ने संबंधित मंत्रालय लाई पटक पटक लिखित सहित मैखिक रुपमा भने पनी कुनै किसिमको चासो नदेखाएको बताएका छन् ।
राजदेवी नगरपालिकाको आयोजनमा नगर कार्यपालिकाको कार्यालयमा आज बसेको विपदा व्यवस्था समितिकाको बौठमा नगर प्रमुख भिखारी प्रसाद यादवले आफ्नो कुरा राख्दै उनले बताएका छन् । वर्षेनी बागमती नदिले गरिरहेकाे कटानलाई नियन्त्रणकाे लागि ठोस रुपमा कार्य गर्नुपर्ने भएकोले स्थानीय सरकार असक्षम रहेकोले संघ सरकार र प्रदेश सरकारको आवश्यकता रहेको छ तर कुनै वास्ता नगरेकोले यस वर्ष नदीको किनार ततबंनध सम्म आईपुगेकोले ततबंनध समेत बगने सम्भावना रहेको छ ।
जिल्ला प्रमुख अधिकारी, जिल्ला प्रहरी प्रमुख अधिकारी, जिल्ला विपद व्यवस्था समिति प्रमुख समेत लाई नदिको अवस्था लाई अवलोकन गराईएको तर कुनै निकास पहल नदेखाएको उनले बताएका छन् । पछिलो वर्ष नदिमा बाढी को पानीको सतह कम रहेकोले क्षति कम भएको थियो तर पानिको सतह बढि भयो भने जिल्लाको राजदेवी नगरपालिका , दुर्गाभगवति गाउँपालिका, गौर नगरपालिका, यमुनामाई गाउँपालिका लगायतका क्षेत्रमा प्रत्यक्ष असर पर्ने छन् । नदिको बहाव मुल धार छोडी ततबंनधको छिउ बाट गइरहेकोले खतरा बढी रहेको बुझिएको छ ।
आज बसेको बैठकमा नदि कटन नियंत्रणलाई नगर प्रमुख यादवले नगरपालिकाबाट हुने अस्थायी व्यवस्था जस्तै बालुवा,बोरा, सानो बोलडर, रस्सी जाली, बास भरयाङ्ग जस्ता समाग्रीहर वेवस्था मिलाएर राख्ने बताएका छन् । बाढी आएको बेला आम जनमानस लाई बचाव र सहयोगको लागि विपद व्यवस्थापन समिति, सुचना प्रविधि शाखा, स्वास्थ्य शाखा,कृषि शाखा, योजना शाखा, सस्त्र प्रहरी बल, जनपद प्रहरी, नगर प्रहरी, रेडक्रस सोसाइटी, संचारकर्मी लगायत लाई आफ्नो पुर्व तैयारी गरी राख्ने प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले बताएका छन् । आज बसेको विपदा व्यवस्था समितिकाको बैठक बाट तिन वटा निर्णय गरिएको छ । हालसालै सुरु भएको मनसुनको समयमा यस राजदेवी नगरपालिका भएर बग्ने बागमती नदीमा जलस्तर बढ्न गई बाढी आउने सम्भावनालाई मध्यनजर गर्दे सबै तहका प्रतिनिधिहरुले आ-आफ्नो क्रियाशिलता बढाउने । मनसुनको समयमा यस राजदेवी नगरपालिका भएर बग्ने बागमती नदीमा बाढीजन्य विपद्को समस्यालाई निराकरण गर्नका लागि यस नगरपालिका अन्तर्गत रहेका सुरक्षा निकायका प्रतिनिधि तथा यस नगरपालिकाका नगर प्रहरीहरु समेतहरुले जोखिम न्यूनिकरण अभ्यास गर्नुका साथै हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै तयारी अवस्थामा राख्ने, हालको समयमा हुन सक्ने बाढीजन्य विपद्को समस्याबाट प्रभावित हुनेहरुका लागि विपद् खोज उद्दार,,सामाग्री तथा राहत सामाग्री तयार अवस्थामा राख्ने । उक्त बैठकमा नगर प्रमुख भिखारी प्रसाद यादव, उप प्रमुख राजकुमारी देवी, प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थ, सुचना अधिकृत चन्द्रभुषण यादव, प्राविधिक संजय पाण्डे, चन्द्रशेखर सिह, योजना प्रमुख पंकज मिश्रा, कृषि शाखा प्रमुख प्रिति जयसवाल, बालबिकास शाखा प्रमुख, सबै वडाका वडाध्यक्षहरु, सस्त्र प्रहरी बेलविछवा कैंप निरिक्षक, रेडक्रस सोसाइटीका प्रतिनिधि अरुण जयसवाल, नगर प्रहरी प्रमुख समोद यादव लगायतका उपस्थित रहेको थियो ।
रौतहट । प्रभु साह नेतृत्वको आम जनता पार्टी निकट आम दलित मोर्चाले जनता अवास कार्यक्रम अन्तर्गत निर्माणाधीन घरहरुको भुक्तानीको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।
मोर्चाका कार्यकर्ताहरुले गौर स्थित पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरेर धर्नामा बसेका छन ।
मोर्चाका अध्यक्ष एवं जनता अवास कार्यक्रम संघर्ष समिति मौलापुरका संयोजक ठागा दासको नेतृत्वमा भुक्तानीको माग गर्दै निरन्तर आन्दोलन गर्दै आएका छन। संघर्ष समितिले पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरेर धर्ना बस्नेपछि सरोकारवाला आज दुईपक्षीय बार्ता भईरहेको छ ।
निर्माण भईसकेका घरको भुक्तानी गर्ने र त्यसको अनुगमन गर्ने तयारी भईरहेको छ । मधेस प्रदेशका सांसद तथा जनता अवास कार्यक्रम रौतहटका संयोजक जयचन्द पटेलले निर्माण भईसकेका घरको अनुगमन गरेर भुक्तानी गर्नुपर्नेमा सहमती जनाएका छन् ।
पटेलसहित सरोकारवाला एवं आन्दोलनरत पक्षका बीचमा छलफल भएको आम विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले बताएका छन् । पटकपटक आन्दोलन गर्दा पनि यस अघिको मधेस सरकारले पीडित जनताको आवाज नसुनेको गुनासो गरेका छन।
ठेकदारहरुले कैयौं घर निर्माण भईरहेकै अवस्थामा अधुरो छोडेको छ।
रौतहटको कटहरिया ८ बगही, मौलापुर नगरपालिका अन्तर्गत पतौरा ,मर्यादपुर, पथरा, बुधरामपुर लगायतका गाउँमा जनता अवास कार्यक्रम अन्तरगत निर्माण भईसकेको घरको भुक्तानी गर्न बाँकी रहेको संघर्ष समिति संयोजक दाशले बताएका छन।
आम दलित मोर्चाका अध्यक्ष एवं संघर्ष समितिका संयोजक ठागा दासको नेतृत्वमा यस अघि रौतहटका सिडियो हिरालाल रेग्मीलाई ज्ञापनपत्र समेत बुझाएको थियो । जनता अवास कार्यक्रम अन्तरगत निर्माण भईसकेका घरको भुक्तानी एवं अधुरो छोडिएका घरको निर्माण सम्पन्न गर्नुपर्ने, पथरा बुधरामपुरको भकुवा खोलामा अधुरो पुलको काम सम्पन्न गर्नुपर्ने लगायतका माग गरिएको छ ।न्युज कारखाना
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको महाधिवेशन नजिकिदै गर्दा नयाँ नेतृत्वका लागि दौडधुप जारी रहेको छ । अध्यक्ष माधवकुमार नेपाल अध्यक्षमा दोहोरिने इच्छा व्यक्त गरिरहदा उनलाई वरिष्ठ नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले चुनौती दिने भएका छन् ।
यसैबीच अध्यक्षको दौडमा रहेका खनाल र महासचिव भुसालले छलफल गरेका छन् । खनाल निवास डल्लुमा भएको छलफलमा मिलेर जाने सहमति भएको दाबि गरिएको छ । खनाल र भुसाल एक ठाउमा आएमा अध्यक्ष नेपाललाई भुसालले अध्यक्षमा चुनौती दिनसक्ने बुझिएको छ । औपचारिक रुपमा खनालले भुसाललाई समर्थन गरेको जानकारी नदिएपनि उनले भुसाललाई अगाडी सार्ने रणनीति बनाएको बुझिएको छ ।
असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा १९ पदाधिकारीसहित १९९ सदस्यीय कार्यसमिति चयन हुदै छ । विद्यमान कमिटीमा ३५० सदस्यीय कार्यसमिति रहेकामा आकार घटाउन लागिएको हो । करिब एक हजार चार सय महाधिवेशन प्रतिनिधि पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित गरिएको जनाइएको छ ।
महाधिवेशन आयोजक समितिका ४५० केन्द्रीय नेतालाई स्वतः महाधिवेशन प्रतिनिधि छनोट गरिएको छ । कुल एक हजार ८४९ महाधिवेशन प्रतिनिधिको व्यवस्था गरिएकामा त्यसको पाँच प्रतिशत अर्थात् ९५ प्रतिनिधि मनोनयन गरिने बताइएको छ ।
तत्कालीन नेकपा एमालेबाट विभाजित भएपछि गठन गरिएको एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गर्न लागेको भए पनि एमालेकै निरन्तरता भएको भन्दै दशौँ महाधिवेशन गर्न लागेको जनाएको छ । पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रममा पारित गर्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।न्युज कारखाना
वीरगन्ज । खुला सीमा नेपाल–भारतबीचको सुमधुर सम्बन्धको सेतु रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल–भारत खुला सीमा संवाद समूह, पर्साको आयोजनामा वीरगन्जमा बुधबार ‘खुला सिमा– सुमधुर सम्बन्धको सेतु’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल–भारत खुला सीमा संवाद समूहका राष्ट्रिय अध्यक्ष डा.राजीव झाको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा दुवै देशका अगुवाहरुको उपस्थिति रहेको थियो ।
समुहका राष्ट्रिय अध्यक्ष डा. झाले इपीजी रिपोर्ट बनाउने समिति समावेशी नभएको र नेपाल–भारत सीमा सम्बन्धि ज्ञान नभएका व्यक्तिहरुले बनाएकोले नमान्ने बताएका छन् । उनले वल्र्ड ग्लोबलाइजेसन तर्फ अग्रसर भैरहेको बेला सीमामा तारबार लगाउने कुरा असान्दर्भिक र हास्यासपद रहेको बताएका हुन् ।
यस्तै, अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झाले दुई देशबीच बहुआयामिक सम्बन्ध रहेको बताए । ‘नेपाल र भारतको आधुनिक सीमा र नाम राखिनु अघिदेखि नै जनता–जनताबीच सम्बन्ध कायम थियो ।,’ उनले भने, ‘नेपाल र भारतको सम्बन्ध दिल्ली र काठमाडौंको नियम कानुनले मात्रै चल्न सक्दैन, किनकि यहाँ बहुआयामिक सम्बन्ध छ । खुला सीमा अवसर हो दुवै देशको लागि र यहाँका जनता रक्षक हुन् ।’
त्यस्तै, कार्यक्रमका अर्का वक्ता वरिष्ठ पत्रकार चन्द्रकिशोरले सीमा सुरक्षाको नाममा मधेशमा सैनिकिकरण भैरहेको बताएका छन् । उनले सीमा क्षेत्रमा रहेका जनताहरुको भावना अनुरुप नियम कानुन बनाउनु पर्ने बताए ।
अर्का वक्ता भारत रक्सौलका समाजसेवी महेश अग्रवालले खुला सीमा दुबै देशका जनताको आवश्यकता रहेको बताए । यसैगरी, प्रदेश सदस्य श्याम पटेलले सरकारले चाहदैमा बोर्डरमा तारबार लगाउन नमिल्ने जिकिर गरे ।
यस्तै, प्राध्यापक डा. प्रमोद कुमार कुशवाहाले हाम्रो शिक्षा प्रणाली नै ठीक नभएकोले सीमा सम्बन्धि जानतामा भ्रम रहेको बताएका थिए ।
कार्यक्रममा डा. घनश्याम ठाकुर, नेजामुदिन समानी, कृष्णा पटेल, रम्भा मिश्रा, शिव पटेल, शिपु तिवारी, देवेन्द्र मिश्र, अशोक वैद्य, भारतीय महावाणिज्यदूतावासका शशि भुषण, अनिरुद्ध सिंह कल्वार लगायत समाजका अगुवा, बुद्धिजीवी, प्राध्यापक, अधिवक्ता, पत्रकार, राजनीतिकर्मीको विषेश उपस्थिति रहेको थियो ।न्युज कारखाना
काठमाडौँ । नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले सर्वसाधारणले दैनिक उपभोग गर्ने बस्तुको गुणस्तरमा कुनै पनि सम्झौता नहुने निष्कर्ष निकालेको छ ।
विभाग गठन भएपछि पहिलो पटक पार्टी कार्यालय सानेपा ललितपुरमा मङ्गलवार अपराह्न भएको छलफलमा सहभागी उपभोक्तासँग प्रत्यक्ष सरोकार राख्ने व्यक्तिहरूसँगको छलफलमा यस्तो निष्कर्ष निकालिएको हो । विभागका प्रमुख एवं केन्द्रीय सदस्य गुरु बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपभोक्ताको स्वास्थ्य र उपभोग्य बस्तुको गुणस्तर सम्बन्धमा कांग्रेसको स्पष्ट नीति आवश्यक रहेको विषयमा पनि चर्चा गरिएको थियो ।
सो अवसरमा धारणा राख्ने सबै व्यक्तिले खाद्य तथा उपभोग्य सामग्रीहरूको गुणस्तर तथा मापदण्डको बारेमा नेपाली कांग्रेसले आम नागरिकको हितलाई ध्यानमा राखेर बस्तुको गुणस्तर र मापदण्ड, उपभोक्ता ऐन, नीति, नियम तय गर्न स्पष्ट दृष्टिकोण पनि आवश्यक रहेको बताउँदै संसद्मा गैर सरकारी विधेयक दर्ता गराउनु पर्नेमा पनि जोड दिएका छन् ।
सो अवसरमा आपूर्ति तथा उपभोक्ता विभागका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य बरालले उत्पादन र उपभोक्ताका हितका विषयमा कानुनी अप्ठ्यारोहरू के छन्, जोखिमहरू केके छन्, समस्यालाई सम्बोधन गर्दै उपभोक्ताको हक अधिकार संरक्षण कसरी गर्न सकिन्छ भन्ने अभिप्रायले सरोकारवालहरूसँग छलफल गरेको बताए । उनले भने ‘दैनिक उपभोग्य वस्तुमा अत्यधिक मूल्य वृद्धिले चामल, चिनी, दाल, तेल, माछा–मासु, सागसब्जी तथा फलफूल अत्यधिक महँगिँदा आम उपभोक्ताको भात भान्छा अत्यन्त महँगो भएको छ, यस विषयमा कांग्रेस बेखबर बन्न सक्दैन, सत्ता रहँदा होस् या प्रतिपक्ष रहँदा होस्, काँग्रेसले उपभोक्ताको अधिकार संरक्षणमा, क्षतिपूर्तिको व्यवस्थामा, भएका कानुन कार्यान्वयनमा ध्यान दिनु आवश्यक छ, यसैका आधारमा नीति तय गरेर लोक कल्याणकारी समाजवाद उन्मुख संविधानको मर्मलाई लागू गराउन हाम्रो भूमिका रहनेछ ।’
आम नागरिकको खाद्य माथिको सहज पहुँचको साथै स्वास्थ्य र गुणस्तरीय उत्पादनको उपभोग गर्न पाउने वातावरण सुनिश्चित गर्नेतर्फ पार्टीको ध्यान केन्द्रीकृत गराउने पनि बरालले बताए ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ता अधिकारको बारेमा विभागले पहिलो पटक सुझाव सङ्कलन गरेको जानकारी दिँदै आगामी दिनहरूमा सरोकारवालाहरूसँगको छलफल र अन्तरक्रियामा नीति निर्माण तथा कार्यान्वयनलाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।
‘समृद्ध नेपाल निर्माणका लागि काम गर्छौ। दैनिक उपभोग्य वस्तुको आपूर्ति र जनताको आवश्यकता पूरा गर्न लागि उपभोक्ता अधिकारलाई बलियो बनाउनुपर्छ, पार्टीको दस्ताबेज निर्माणका लागि छलफल बहसले भूमिका निर्वाह गर्छ। यसलाई अझै व्यापकता दिनु आवश्यक छ ।’ उनले भने ।
नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुमार कुँवरले बजारमा पाइने खाद्य पदार्थ कम गुणस्तरीय र अस्वस्थकर रहेको भन्दै गुणस्तरका बारेमा काँग्रेसले आवाज उठाउनु पर्छ भन्ने धारणा राखे ।
‘बजारका खाद्यान्न अस्वस्थकर भए, शुद्धताको विषयमा ध्यान दिनु जरुरी छ, हानिकारक कुरा र रसायनले मानव स्वास्थ्यमा असर पारिरहेको छ, बजारलाई नियमन गर्ने, गुणस्तर कायम गर्ने सरकारको मोडेल र नीति हुनुपर्छ, आपूर्ति शृङ्खलामा भएको लामो अन्तरलाई ध्यान दिनुपर्नेछ, नीतिगत कुरामा सुधार गर्नुपर्छ, भोटसँग जोडिएका राजनीतिक नेताबाट हैन कर्मचारी संयन्त्रबाटै बजार अनुगमन हुनुपर्छ ।’ उनले भनाइ छ ।
उनले उपभोक्ताको सूचनाको हकलाई प्रभाकारी बनाइनु पर्छ भन्दै भएका कानुनलाई प्रभावकारी कार्यान्वयन गरेर काम गर्ने व्यक्तिहरूलाई जिम्मेवार बनाउनुपर्छ भन्ने धारणा राख्दै सबै क्षेत्रमा समस्या रहेकोतर्फ सचेत गराए ।
नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक इन्जिनियर उमेशकुमार थानीले उपभोक्ताको हित संरक्षण गर्ने सन्दर्भमा राज्यको निर्णय क्षमता कमजोर भएका कारण वितरण प्रणालीमा बेलाबेलामा समस्या आउने गरेको बताए ।
उनले भने ‘म एक्काइस महिना नेपाल आयल निगमको कार्यकारी हुँदा निगमको हितका साथै उपभोक्ताको हितलाई पनि ध्यानमा राखेर काम गरियो । जनतालाई तेलको मूल्य बढ्दा बढी चासो हुन्छ । २१ महिना कार्यकारी भूमिकामा हुँदा इन्डियन आयल कर्पोरेसनको सबै बक्यौता तिरियो, स्वचालित मूल्य प्रणाली लागू गरेको केही समयपछि नै सल्लाह गरेर पद छोडेको हुँ ।’
थानीले अहिले नेपालमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने १९ सय ट्याङ्कर सबै निजी क्षेत्रका भएको बताउँदै आयल निगमको एउटा पनि ट्याङ्कर नहुँदा बेलाबेलामा ढुवानी व्यवसायीहरूको आन्दोलनका कारण उपभोक्ताहरू मारमा पर्ने गरेको पनि बताए ।
अहिले इन्डक्सन चुलोको प्रयोगले एलपी ग्यास खपतमा कमी आएको बताउँदै सरकारले उपभोक्ताका हितमा हुने गरी एलपी ग्याँसको खपत घटाउन उपभोक्तालाई सहज हुने गरी विद्युत् महसुस र विद्युतीय चुलोको व्यवस्थापन गर्ने नीति अङ्गीकार गर्नु पर्नेमा जोड दिए ।
दुग्ध विकास संस्थान (डिडिसी) काठमाडौँ आयोजनाका वितरण प्रमुखका गणेशकुमार यादवले कमिसन र माफियातन्त्रले गर्दा डिडिसीलाई सिद्ध्याउने गरी काम भइरहेको बताए । उनले अनावश्यक हल्लाले पनि डिडिसीलाई समस्या पारिरहेको बताउँदै उपभोक्तालाई सहज हुने गरी नै उत्पादनहरूलाई वितरण गरिरहेको बताए ।
आर्थिक मन्दिर र युवाहरूको विदेश पलायनले दूधको खपत कम भएको बताउँदै मखन नै ८ सय पचास मेट्रिक टन स्टकमा रहेका कारण पाँच महिनादेखि किसानले भुक्तानी पाउन नसकेको बताए । उनले किसानलाई तिर्नु १ अर्ब २९ करोड रहेको जानकारी दिए ।
हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्त कुमार पाण्डेले बिचौलियाका बारेमा पार्टीले बोल्नु पर्ने बताए । ‘पुराना उद्योगका उत्पादन महँगो हुने गरेका कारण उपभोक्ता मारमा छन्, उत्पादन लागत घटाउन सरकारले नयाँ प्रविधिमा रूपान्तरणका लागि प्रोत्साहन गर्नुपर्छ । सरकारले औद्योगिक क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने छ, सरकारले चलाउने उद्योगबाट उत्पादन हुने सिमेन्ट भन्दा निजी क्षेत्रबाट उत्पादन हुनेमा लागत कम हुने गरेको छ, जसअनुसार प्रतिस्पर्धा गर्नुपर्दा सस्तोमा बेच्नुपरेकाले घाटा व्यहोर्नु परेको छ ।’ उनले भने ।
नेपाल औषधि लिमिटेडका अध्यक्ष यज्ञप्रसाद न्यौपानेले भने गुणस्तर कायम राख्न र मूल्य नियन्त्रणका लागि उत्पादनमा सरकारको उपस्थिति हुनु पर्नेमा जोड दिएका थिए ।
उनले भने ‘सरकारको उपस्थिति हुँदैनथ्यो भने अहिले सिटामोलको न्यूनतम मूल्य अहिलेको भन्दा ६ सय गुणामाथि हुन्थ्यो । उत्पादनमा सरकारको उपस्थिति हुनुपर्छ, तरकारी, फलफूल, दूध र खाद्यको विषयमा गुणस्तर कायम गर्न हाम्रो आफ्नो मापदण्ड बनाउनुपर्छ ।’
नेपाल फलफूल तथा तरकारी व्यवसायी महासङ्घका निवर्तमान अध्यक्ष खोमप्रसाद घिमिरेले फलफूल तथा तरकारी सम्बन्धी उपभोक्ताको हितमा हुने गरी स्पष्ट नीति आवश्यक रहेको बताएका छन् । ‘आपूर्ति सम्बन्धी योजनाबद्ध नीति आवश्यक छ, सधैँ आपूर्ति मात्रै गरेर धेरै समय धान्न सकिँदैन, पुँजी बाहिरिने समस्या रोक्न उत्पादन वृद्धि,सन्तुलित मूल्य शृङ्खलाका लागि नीति बनाइनुपर्छ, किसानहरूको उत्पादनले मूल्य नपाएर पीडित हुनुपरेको छ, फलफूल र तरकारीलाई स्थानीय तहले समर्थन मूल्य तोक्नु जरुरी छ। प्रदेश सरकारले पनि आवश्यक नीति लिनु आवश्यक छ। तरकारी तथा फलफूलको गुणस्तर मापदण्ड राखिनुपर्छ ।’ उनको भनाई थियो ।
हेटौडा सिमेन्ट उद्योगका पूर्व अध्यक्ष रघु रमण न्यौपानेले उत्पादकबाट उपलब्ध सामग्री घर घरमा पुर्याउन व्यवस्थापन नै नमिलेको बताउँदै उत्पादन र वितरणमा तारतम्य नमिल्दा उपभोक्ता शृङ्खलामा समस्या सृजना भएको उल्लेख गरे । नेपाली उत्पादनले नै मासुजस्ता अन्य बस्तुमा आत्मनिर्भर भइरहेको अवस्थामा बेलाबेलामा फैल्याइने अनेक अनावश्यक हल्लाले समस्या सिर्जना गर्ने गरेको उल्लेख गरे ।
इलाम डेरीका सञ्चालक देवेन्द्र रिमालले निजी क्षेत्रले विक्री वितरण गर्नेभन्दा ३ रुपैयाँ बढी डिडिसीले नौनी घ्यू बेच्दा पनि घाटा हुने कुरा गर्नुलाई यसको पछाडिका रहस्यहरू र कारण खोज्नु आवश्यक रहेको बताए ।
कांग्रेसको उपभोक्ता विभागका सदस्य फूलकुमार लालवानीले उपभोग्य बस्तुको आपूर्तिका लागि सहज हुने गरी सहजी करणका लागि नीति बनाउन पार्टीलाई सहजीकरण गर्ने बताए । नेपाली कांग्रेस पार्टी सरकारमा रहँदा वा नहुँदा सकारात्मक भूमिका निर्वाह गर्ने बताउँदै उनले क्षेत्रगत विषयमा सम्बन्धित सरोकारवालाहरूसँग समन्वय गर्दै नीतिगत छलफल गरेर पार्टीको कार्यलाई गतिशील बनाउने बताए । विभाग प्रमुख बरालले आफूहरूले पहिलो पटक सबैसँग छलफल गरेको बताउँदै अब आउँदा दिनमा विभिन्न क्षेत्रगतरुपमा छलफल गर्ने बताए । उनले फलफूल तथा तरकारी, दुग्धजन्य पदार्थ, पेट्रोलियम पदार्थ, औषधी, सिमेन्ट, रड लगायत तमाम विषयमा सम्बन्धी क्षेत्रका व्यक्तिहरूसँग छलफल गर्ने योजना रहेको पनि जानकारी दिए ।न्युज कारखाना
काठमाडौँ । परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठसँग नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र चीनका उपविदेशमन्त्री सुन वेइडोङले बुधबार भेटवार्ता गरेका छन् ।
सो भेटमा दुई पक्षीय हित, सहयोग र सम्बन्धका विविध पक्षमा कुरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस अघि वेइडोङले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए ।
नेपाल भ्रमण सकेर उपविदेशमन्त्री वेइडोङ आजै स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रका सहसचिव कृष्णप्रसाद ढकालले विदाई गरेका छन् ।न्युज कारखाना
बारा । जीतपुरसिमरा वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेब खरेलले मेयर राजन पौडेलको दुरासयका कारण सोमवारको नगर सभामा दुःखद घटना भएको आरोप लगाएका छन् ।
वडा अध्यक्ष खरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत नगरवासीहरुमा हार्दिक अपीलभन्दै लेख्नुभएको ‘स्टाटस’ मा यस्तो आरोप लगाएका हुन् । उनले जीतपुरसिमराको १०औं नगरसभामा भएको घटनामा मेयर पौडेल जिम्मेवार रहेको भन्दै ९ वटा आरोप लगाएका छन् । उनले मेयरले डिपीआरको नाममा ८२ लाख मिलेर हिनामिना गरेको र उपमहानगरपालिका वडा नम्बर ११ मा अबैध माटो चोरी काण्डमा करोडौं रकम गुपचुप पार्न खोजेको, नगरभित्र शिक्षा क्षेत्र सुधार्ने नाममा चोर बाटोबाट दिइएको लाखौं पेस्की र काठमाडौको झा नेतृत्वको टोलीसंग भएको अबैध साँठगाँठ सार्वजनिक नहोस् भन्ने उद्देश्यले नगरसभामा भाँडभैलो गरेको आरोप लगाएका हुन् ।
त्यसैगरी गढीमाई नगरपालिका हुँदादेखि नै व्यपारीहरुलाई लाभ हुने गरी दिएको छुट, जीतपुरसिमरामा व्यापार संघ हुँदाहुदै वीरञ्जका व्यपारीलाई आर्थिक सल्लाहकार राखी उद्योगहरुबाट सेटिङ्ग गर्दै करोडौं रकम असुल गरेको घटना, नवलपरासी जिल्लादेखिका आफ्ना आसेपासे, नातेदार र कार्यकर्तालाई कमाउन दिएको योजनाबारे सार्वजनिक नहोस भन्ने मनसायले नगरप्रमुख पौडेले यस्तो कार्य गरेको वडा अध्यक्ष खरेलको भनाई छ ।
त्यस्तै कोटेशन अनिवार्य गर्दा ठेकेदारहरुले दिने १५ प्रतिशत कमिशनको लोभमा परेर नगरबाट ठुला योजनाबाट विकास गराउने नाममा ३ पुस्तालाई पुग्ने सम्पत्ति कमाउन, विभिन्न कार्यक्रमको नाममा होटलको बिल, इन्धन र नगरभित्रको सम्पूर्ण खरिद समानबाट लिएको कमिशन सार्वजनिक हुने डरले पनि यस्तो घटना घटाइएको खरेलको आरोप छ ।
यसअघि कार्यपालिका र नगर सभाको नाममा चोर बाटोबाट अबैध र नितिगत भ्रष्टाचारका निर्णय छिराएकोले सोको पर्दाफास हुन्छ भन्ने डरले पनि मेयर पौडेल त्रसित बनेको उनको भनाई छ । वडा अध्यक्ष खरेलले विगत २ वर्षयता भएका यस्ता धेरै गलत कार्यहरूका कारण हालसम्म एक पटक पनि नगरको सार्वजनिक सुनुवाइ (जनतालाई खर्च र बिकास अनि भए गरेका कामको सार्वजनिक) गर्न नसकेको बताएका छन् ।
वडा अध्यक्ष खरेलले नगरपालिकाभित्र भएका अन्य अनिमितताका घटनामा पनि प्रमाणसहित आगामी दिनमा फेसबुकमा पोस्ट गर्ने चेतावनीसमेत दिएका छन् ।
उनले अगाडि लेखेका छन् – ‘गत आर्थिक वर्षमा ६७ करोड घाटा बजेट बनाएर नगरलाई असफल बनाउने सल्लाहकारको योजनामा चल्नुभएका मेयर पौडेलमा पैसाको नाममा दम्भ अनि घमण्ड बढेकोले नगरसभामा भएको सोमवारको घटनाले प्रष्ट पारेको छ ।’
जीतपुरमा नगरसभा बोलाएर सिमरा प्याराडाइज होटलमा बसेर नेताको परिवारलाई नोकरी र अन्य सदस्यलाई पैसाको प्रलोभनमा पारेर दस्तखत गराएको तथा बाक्लो सुरक्षा घेराभित्र सभा हल प्रवेश गर्नुभएका मेयर पौडेलले जम्मा २७ जना सदस्यले मात्रै उपस्थिति रेकर्ड गराएकोले २५ प्रतिशतको लागि आवश्यक ३१ सभासदको संख्या नपुग्दै कार्यक्रम शुरु गरेर नीति कार्यक्रम र बजेट सिलिङ्ग घोषणा नगरी तान्डब नृत्य मच्चाएको र सम्पन्न भनेको भनिएको सभाको बैधता र कार्यान्वयन कसरी होला भन्ने प्रश्न पनि वडा अध्यक्ष खरेलले गरेका छन् । न्युज कारखाना
काठमाडौं । पूर्वसभामुख एवं सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा संवैधानिक इजलासले आज पनि फैसला नसुनाउने भएको छ । आजका लागि फैसला सुनाउने भनिएको सो रिटको पेसी स्थगितको सूचीमा परेको छ ।
गत जेठ २३ गते प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा सापकोटाको मुद्दामा अन्तिम सुनुवाइ सकिएको थियो । भने आजका लागि फैसला मिती तोकेको थियो । अब स्थगितको सूचीमा परेकाले नयाँ पेशी तोकेर निर्णय सुनाईनेछ ।
यो मुद्दा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा सुनुवाइ भएको थियो । लामो समयदेखि मुद्दा सर्वोच्चमा विचाराधीन रहेको यो मुद्धामा बहस सकिएपछि आजको लागि फसिला सुनाउने बताएको थियो ।
काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अनुसन्धान अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन् ।
माओवादी द्वन्द्व चलिरहेका बेला २०६२ साल वैशाखमा काभ्रेको छत्रबाँझको कृष्ण मावि व्यवस्थापन समितिका अध्यक्ष रहेका अर्जुन लामाको माओवादी कार्यकर्ताबाट हत्या भएको थियो । त्यसबेला काभ्रे माओवादीको नेतृत्वमा सापकोटा, रहेकाले हत्यामा उनीहरुको संलग्नता रहेको पीडित परिवारले दाबी गर्दै रिट दायर गरेको थियो । न्युज कारखाना
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र चीनका उपविदेशमन्त्री सुन वेइतोङले बुधबार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन् । सो भेटमा दुई पक्षीय हित, सहयोग र सम्बन्धका विविध पक्षमा कुरा भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको र यसले सधैँ नेपालको विकास प्रयासमा योगदान पुर्याएको बताए । उनले नेपाल सन् २०२६ सम्म अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन गइरहेको सन्दर्भमा र त्यसपछि पनि चीनले थप सहयोग जारी राख्ने विश्वास व्यक्त गरेका थिए ।
उनले नेपाल र चीनबिच जनस्तरमा अत्यन्त सुमधुर सम्बन्ध रहिआएको उल्लेख गर्दै चिनियाँ तथा नेपाली भिक्षु, भृकुटी र कलाकार अरनिकोलगायतले दुई देशबिचको जनस्तरको सम्बन्ध र सांस्कृतिक आदान प्रदानलाई समृद्ध बनाउन ठुलो योगदान दिएको पनि बताए ।न्युज कारखाना
काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालको नामबाट स्थापित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार मुद्दामा मधेश प्रदेशका पूर्व अर्थमन्त्री विजय यादवसहित ५ जना दोषी ठहर भएका छन्।
मङ्गलवार विशेष अदालतले मुद्दाको सुनुवाइ गर्दै प्रतिष्ठानमा १७ करोड ९८ लाख ३३ हजार भ्रष्टाचार भएको भन्दै मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री यादव, प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष नीरज भण्डारी र सदस्य देवेन्द्र रायलाई दोषी ठहर गरेको हो ।
सर्लाहीको लालबन्दी नगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर खड्का र मधेश सरकारका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठले भने सफाइ पाएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।
झलनाथ खनाल प्रतिष्ठानले सर्प पालन गरेर एन्टिभेनम उत्पादनका लागि सर्लाहीको लालबन्दी नगरपालिकामा प्रतिष्ठानको सहकार्यमा ‘एन्टिभेनम प्रोडक्सन एन्ड रिसर्च सेन्टर, नेपाल स्थापना, व्यवस्थापन र सञ्चालन गर्ने गरी रकम निकासा भएको थियो ।
प्रदेश सरकारबाट विनियोजित र सङ्घीय सरकारबाट प्राप्त हुने समपूरक अनुदान रकमबाट योजना अघि बढाउने भनिएकोमा बजेट निकासा भएपनि कामै नगरी करिब रू १८ करोड रकम हिनामिना भएपछि अख्तियारले २०८० साल असोज २१ गते विशेष अदालतमा पूर्वमन्त्री विजयकुमार यादवसहित सात जनाविरुद्ध भ्रष्टाचार मुदा दायर गरेको थियो।
अदालतले दोषी ठहर गरेकाहरूको सजाय निर्धारणका लागि असार २५ गते पेशी तोकेको छ ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल आइडल विजेता करण परियारलाई बधाइ दिएका छन् ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई बधाई दिदै गितार उपहार दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बधाइ ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुखदुखमा आफू साथमै रहेको बताए ।
सो अवसरमा प्रधानमन्त्रीले बधाइ दिँदै विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरेका थिए ।न्युज कारखाना
काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट खारेज भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशत्रय कुमार रेग्मी, अब्दुल अजिम मुसलमान र डा नहकुल सुवेदीको पूर्ण इजलासले सो रिट खारेज गरेको हो । रिट खारेज भएसँगै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वैधानिकता पाएका छन् ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले उक्त व्यवस्था सरकार बनाउने अन्तिम विकल्प भएको र आफूले यसअघि नै विश्वासको मत लिइसकेको कारण अब हटाउन नपाइने जिकिर गरेका छन् ।
एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। उनले माओवादीलगायत सत्ता गठबन्धनका ५२ जना सांसदको समर्थन प्राप्त गरेका थिए। उनले प्रदेशसभाबाट विश्वासको मत पनि लिइसकेका छन् ।न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चीनसँगको बिआरआई सम्झौता अनुसार अनुदान नै लिने गरि छलफल भैरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले बीआरआईमा सकेसम्म अनुदान लिने गरि छलफल भएको जानकारी दिएका हुन् ।
चिनियाँ प्रतिनिधिमण्डल नेपालमा रहेको बेलामा बिआरआईमा हस्ताक्षर हुने सम्भावनापनि रहेको औंल्याएका दाहालले बिआरआई लिँदा अनुदानमा लिने र ऋणमा लिनुपर्ने विश्व बैंक र एडिबीकै व्याजदर बढीमा १.५ प्रतिशतभन्दा बढीमा नलिने बताएका हुन् ।
नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औं बैठक काठमाडौंमा जारी छ । उक्त बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल भइरहेको छ ।न्युज कारखाना
काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित भएको छ । उपसभामुख इन्दिरा राना मगरले बहुमत पुगेकाले प्रतिनिधिसभाबाट बजेट पारित भएको घोषणा गरेकी हुन् ।
सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट पेश गरेका थिए। उक्त बजेटलाई अर्थमन्त्री पुनले पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए ।
बजेट पारितको प्रस्तावअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,राष्ट्रिय योजना आयोग,उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका नदीनाला नेपालकै सम्पत्ति भएको र नेपालले नै उपभोग गर्ने स्पष्ट पारेका छन् । उनले भने, “नेपालका नदीनाला नेपालकै हुन्, नेपालकै सम्पत्ति हुन्, नेपालले नै उपभोग गर्ने हो, यसमा स्पष्ट हुनुपर्छ ।”
आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति र उपराष्ट्रपति कार्यालयको विनियोजनका सम्बन्धमा सांसदहरूले राख्नुभएको पूरक प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय र आर्थिक सुशासनका सम्बन्धमा राम्रा कामहरू भएको स्पष्ट पारे ।
आगामी आर्थिक वर्षको बजेट सन्तुलित र समन्यायिक भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक विकासको नयाँ चरणको घोषणा गर्दै तीब्रतर विकासमार्फत आर्थिक, सामाजिक, भौगौलिक विषमतालाई अन्त्य गर्नेगरी सरकार आगाडि बढेको बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, “हामी अनुदानमै जाने हो । सहुलियतपूर्ण ऋणको सन्दर्भमा एक वा एक दशमलव पाँचभन्दा बढीमा नजाने भन्ने नै हो ।”
रू तीन करोडभन्दा साना आयोजना सङ्घले कार्यान्वयन नगर्ने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले अर्थ मन्त्रालय र योजना आयोगले त्यस्ता आयोजनाहरू तल हस्तान्तरण सहयोग गर्ने बताए । न्युज कारखाना
काठमाडौँ । नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक आज सुरु भएको छ । काठमाडौंमा आज सुरु भएको १६औँ बैठकमा नेपाल र चीन बीच द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकको नेतृत्व नेपालका तर्फबाट सचिव लम्साल र चिनियाँ पक्षबाट चीनका उपविदेशमन्त्री सुन वेइडोङले गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार नेपालले छलफलका लागि चीनको सहयोग, व्यापार, लगानी र पर्यटन प्रबर्द्धन , कनेक्टिभिटी विस्तार तथा कृषि, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलगायत एजेन्डा तय गरेको छ।
सोमबार काठमाडौं आएलगत्तै उपविदेशमन्त्री सुनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री सचिवालयका अनुसार मन्त्री सुनले बीआरआई परियोजना कार्यान्वयनका लागि दाहालसँग छलफल गरेका थिए । मन्त्री सुनले लामो समयदेखि बीआरआई परियोजनामाथि नेपालले ठोस कदम नचालेको गुनासो गर्दै उक्त परियोजना कार्यान्वयनका लागि ठोस कदम चाल्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेका थिए ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इमिनेन्ट पर्सन ग्रुप–ईपीजी) को प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्ने पहल भइरहेको स्पष्ट पारेका छन् । उनले आफ्नो भारत भ्रमणमा पनि उक्त विषयमा समझदारीका लागि पहल गरेको बताए ।
विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहतका निकायहरूको लागि विनियोजित बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाउनु भएको पुरक प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले नेपाल–भारत सम्बन्ध र सन्धीलाई राष्ट्रिय समहमतिका आधारमा अगाडि बढाइने स्पष्ट पारे ।
रूस–युक्रेन युद्धका कारण मृत्यु भएका र बन्धक बनाइएका नेपाली नागरिकहरूको सम्बन्धमा मस्कोस्थित नेपाली राजदूतावास र रुसी महासङघका काठमाडौंस्थित राजदूतावासमा निरन्तर सम्पर्क र समन्वय भईरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपालीहरूको रुसमा हुने आवागमन व्यवस्थित गर्नका लागि सुझाव पेश गर्न कार्यदल समेत गठन गरिएको जानकारी दिए । उनले बन्धक बनाइएका नेपालीहरूका सम्बन्धमा युक्रेन सरकारसँग कूटनीतिक माध्यमबाट कुराकानी भइरहेको स्पष्ट पारे ।
राजदूत नियुक्तीलाई ‘मेरिट’का आधारमा गरिने स्पष्ट पार्दै उनले आगामी दिनमा यस कार्यलाई थप व्यवस्थित गरिने बताए ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको बजेट तुलनात्मकरुपमा सन्तुलित, समन्यायिक र नतिजामूलक भएको बताएका छन् ।
आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विनियोजनका सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले आर्थिक विकासको नयाँ चरणको घोषणा गर्दै तीब्रतर विकासमार्फत आर्थिक, सामाजिक, भौगौलिक विषमतालाई अन्त्य गरी सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने लक्ष्य राखेको बताए ।
“आर्थिक विकासको नयाँ चरणको घोषणा गर्दै तीब्रतर विकासमार्फत आर्थिक, सामाजिक, भौगौलिक विषमतालाई अन्त्य गरी सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने लक्ष्य राखेको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सोही अनुरुप श्रोत र साधनबाट वञ्चित र मानव विकास सूचकाङ्कमा पछाडि परेका कर्णाली, मधेश, सुदूरपश्चिम लगायतका क्षेत्रमा प्रदेशको विशिष्टताका आधारमा रुपान्तरणकारी, ठूला, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना अघि सार्दै आवश्यक बजेट विनियोजन गरिएको छ ।” उनले प्रदेशगत विनियोजनको तथ्याङ्क हेर्दा कर्णाली मधेश प्रदेशलगायतका भौगौलिक क्षेत्रहरूमा तुलनात्मकरुपमा पर्याप्त बजेट विनियोजन रहेको स्पष्ट पारे ।
प्रधानमन्त्री प्रचण्डले संविधान बमोजिम तीव्र आर्थिक वृद्धि र सन्तुलित तथा दिगो विकासका लागि दूरगामी सोच सहितको विकास योजनाको तर्जुमा, कार्यान्वयनमा सहजीकरण एवं अनुगमन तथा मूल्याङ्कन गरी अनुसन्धान र विश्लेषणका आधारमा सरकारलाई सुझाव प्रदान गर्नु राष्ट्रिय योजना आयोगको प्रमुख कार्यक्षेत्र रहेको र सोही कार्यका लागि आवश्यक बजेट विनियोजन गरएको बताए ।
न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको कार्यसम्पादनका लागि आवश्यक कर्मचारी, विज्ञलगायत दैनिक कार्यसञ्चालन खर्चका लागि बजेट विनियोजन गरिएको स्पष्ट पारेका छन् ।
आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकका शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राजतन्त्रको अन्त्यपछि स्थापना भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीले सर्वोच्च सम्मानित अभिभावकीय संस्थाका रूपमा राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था गरेको बताए ।
“राष्ट्रपति र उपराष्ट्रपति दुवै पदको काम, कर्तव्य, अधिकार र भूमिका संविधानमा नै व्यवस्था गरिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “नेपालको संविधानको धारा ७३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यसम्पादनका लागि छुट्टाछुट्टै कार्यालय रहने र कार्यालयको कामकारवाही सञ्चालन गर्न आवश्यक कर्मचारी तथा अन्य व्यवस्था सरकारले गर्नेछ भन्ने व्यवस्था रहेको छ ।” उनले संविधानअनुरूप राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको कार्यसम्पादनका लागि आवश्यक कर्मचारी, विज्ञ लगायत दैनिक कार्यसञ्चालन खर्चका लागि बजेट विनियोजन गरिएको जानकारी दिए । न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा अप्ठेरोमा परेका नेपालीहरूको उद्धार एवम् आवश्यकतानुसार नेपाल फर्कन सहजीकरण गर्ने कार्यलाई नियोगहरूले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहतका निकायहरूको लागि विनियोजित बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्न नेपाली राजदुत तथा नियोग प्रमुखहरूलाई अभिमुखीकरण गरिएको बताए ।
उनले विदेशमा हुने मृत्यु तथा कानूनी सजायका सम्बन्धमा उक्त मुलुकको कानून बमोजिम प्रहरी अनुसन्धान तथा न्यायिक निरूपणमा केही समय लाग्ने भएकाले नेपाली नियोगले शव पठाउने तथा क्षतिपूर्तिको रकम दिलाउन कतिपय अवस्थामा केही समय लाग्ने भएपनि नियोगहरूबाट यस प्रकारका सेवा २४ सै घण्टा प्राप्त हुन सक्नेगरी व्यवस्था मिलाइएको जानकारी दिए ।
“केही नियोगहरूमा टेलिफोन सेवाका अतिरिक्त हट लाइन सेवाका साथै वेभसाइट र सामाजिक सञ्जाललगायतका माध्यमबाट सहज सम्पर्कको व्यवस्था मिलाइएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “साउदी अरबलगायतका केही नियोगमा सेल्टर होमको व्यवस्था गरिएको छ । नियोगहरूले प्रत्यक्ष तथा अनलाइन माध्यमबाट नेपाली कामदार लक्षित मनोपरामर्श सम्बन्धी कार्यक्रम समेत सञ्चालन गर्दै आएका छन् ।”
राहदानी विभागले राहदानी सेवालाई थप छिटोछरितो र सेवाग्राहीमैत्री तुल्याईरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राहदानी वितरण अझ सहज, सरल र व्यवस्थित बनाउन प्रयत्न जारी रहने स्पष्ट पारे । उनले विदेशमा रहेका नेपालीको हक हितलाई ध्यान दिँदै राहदानी तथा कन्सुलर सेवालाई प्रविधिमा आधारित बनाइएको जानकारी दिए ।
“राजदूतावास नभएका मुलुकहरूमा विद्युतीय राहदानी आवेदन सङ्कलन र वितरणका लागि घुम्ती सेवा सञ्चालन गर्ने व्यवस्था मिलाईएको छ,” प्रधानमन्त्री प्रचण्डले भने । न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहतका निकायहरूको लागि विनियोजित बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राजदूत नियुक्तिसम्बन्धी निर्देशिका बमोजिम सरकारले आवश्यक ठानेमा राजदूतलाई पदावधि पूरा हुनु अगावै निर्णय गरी फिर्ता बोलाउन सक्ने प्रावधान रहेको स्पष्ट पारे ।
राजदूतहरूको नियुक्तिमा राजनीति र व्यावसायिकताको सन्तुलनका लागि कम्तिमा पनि ५० प्रतिशत राजदूतहरू परराष्ट्र सेवाबाटै नियुक्त गर्ने नीतिलाई निरन्तरता दिइएको बताउँदै प्रधानन्त्री प्रचण्डले मुलुकको हित र कूटनीतिलाई मजबुत बनाउन वस्तुगत आधारमा राजदूतहरूको मूल्याङ्कन गरी सोहीअनुरूप व्यवस्थापन गर्ने नीति अवलम्बन गरिएको जानकारी दिए । उनले राजदूत नियुक्तिसम्बन्धी निर्देशिकालाई मूल आधार बनाई राजदुतहरूको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी, दक्षतामा आधारित र कार्यसम्पादनमा आधारित बनाइने विश्वास व्यक्त गरे ।
न्युज कनरखाना
जीतपुरसिमरा उपमहानगरपालिकाको दसौं नगरसभाको तेस्रो बैठक सोमबार तनावपूर्ण अवस्थापछि अवरुद्ध भएको छ । अवैधानिक ढंगबाट सभा सम्पन्न गर्न खोजिएको भन्दै अधिकांश नगरसभा सदस्य तोडफोडमा उत्रिएपछि बैठक अवरुद्ध भएको हो ।
जीतपुरस्थित प्राइम पार्टी प्यालेसमा आयोजित बैठकमा नगर प्रमुख राजन पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्न थालेपछि विरोध सुरु भएको थियो । अवैध ढंगले नगरसभा गर्न लागिएको भन्दै यसअघिका दुई बैठक बहिष्कार गरेका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीसहितका अधिकांश सदस्य विरोधमा उत्रिएका थिए ।
बैठकको विरोध गर्दै सभास्थल प्रवेश गरेका नगरसभा सदस्यले कुर्सी भाच्न थालेपछि स्थिती तनावपूर्ण बनेको थियो । उनिहरुले नगर प्रमुख पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएनन् । आक्रोशित नगरसभा सदस्यको विरोध र तोडफोडपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले नगर प्रमुख पौडेललाई सुरक्षा दिएर स्टेजमै राखेका थिए ।
कडा सुरक्षा घेराबीच बैठक स्थल प्रवेश गरेका नगर प्रमुखले नगरसभा संचालन नियमावली २०७५ को दफा ५ को उपदफा (३) बमोजिम २५ प्रतिशत सदस्यको उपस्थिती नहुँदै नीति तथा कार्यक्रम वाचन गर्न थालेका थिए । उपदफा (१) र (२) बमोजिम असार ५ र ८ गतेको बैठक स्थगित भएपछि उपदफा (३) बमोजिम २५ प्रतिशतको उपस्थितीमा बैठक बस्न सक्ने नियमावलीमा व्यवस्था छ ।
तर नगर प्रमुख पौडेलले हाल कायम सदस्यको २५ प्रतिशत अर्थात ३१ जना सदस्यको उपस्थिती नहुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्न थालेपछि नगरसभा सदस्यले विरोध गरेका हुन् । नगर प्रमुख पौडेल बैठक स्थलमा प्रवेश गर्दा २७ जना नगरसभा सदस्यले मात्रै उपस्थिती जनाएका थिए । आफू समेत हाजिरी पुस्तिकामा उपस्थिती नजनाई बैठक स्थल प्रवेश गरेका पौडेलले राष्ट्रिय धुन बजेलगत्तै नीति तथा कार्यक्रम वाचन गर्न थालेपछि बैठक विरोधमा रहेका ९४ जना सदस्य बैठकस्थल प्रवेश गरेपछि सभा बिथोलिएको थियो ।
उपप्रमुख अधिकारीसहित नगरसभा सदस्यलाई बैठक स्थलमा प्रवेश गर्ने क्रममा सुरक्षाकर्मीले रोक्दा केहीबेर घम्साघम्सी समेत भएको थियो । बैठकस्थल प्रवेश गर्न लागेका जनप्रतिनिधिलाई रोक्न सुरक्षाकर्मीले अनावश्यक बल प्रयोग गरेपछि स्थिती थप बिग्रिन पुगेको थियो ।
यसरी विथोलिन पुग्यो नगरसभा बैठक
नगरसभा संचालन नियमावली २०७५ को ५ उपदफा (१) बमोजिम नगर प्रमुख पौडेलले असार ५ गते पहिलो नगरसभा बैठक बोलाएका थिए । तर कार्यपालिका बैठकमा नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल नै नभएको भन्दै उपप्रमुखसहित वडाध्यक्ष र कार्यपालिका सदस्यले पहिलो बैठक बहिष्कार गरेका थिए ।
पहिलो बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट निर्वाचित नगरभासदस्य उपस्थित भएनन् । उपदफा (१) अनुसार बैठक संचालनका लागि ५० प्रतिशत भन्दा बढी सदस्यको उपस्थिती अनिवार्य छ ।
नियमावली अनुसार गणपूरक संख्या नपुगेपछि नगर प्रमुख पौडेलले तत्कालै उक्त बैठक स्थगन गरेर उपदफा (२) बमोजिम दोस्रो बैठक आहवान गरे । दोस्रो बैठकमा पनि ५० प्रतिशत भन्दा बढी सदस्य उपस्थित भएनन् । नगर प्रमुख पौडेलले दोस्रो बैठक पनि स्थगित गरेर उपदफा (३) बमोजिम तेस्रो बैठक असार १० गतेका लागि बोलाएका थिए । उपदफा (३) मा २५ प्रतिशतको उपस्थितीमा बैठक बस्न सक्ने प्रावधान छ ।
तर अधिकांश सदस्य विरोधमा रहेका कारण नगर प्रमुखलाई २५ प्रतिशत पुर्याउन सकस देखिन्थ्यो । उनले नेकपा माओवादी केन्द्रबाट निर्वाचित आफूसहित २० सदस्यमा थप ११ जनाको समर्थन खोजिरहेका थिए । त्यसका लागि एकीकृत समाजवादीबाट निर्वाचित चार र नेपाली कांग्रेसबाट वडा नं. २४ मा निर्वाचित तीन सदस्यको समर्थन अन्तिम समयमा प्राप्त गरेका थिए । तर उनले २५ प्रतिशत समर्थन प्राप्त गर्न सकेनन् ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बज्न लागिसक्दा पनि सुरु भएको थिएन । यसबीचमै नगर प्रमुख पौडेल सुरक्षा घेराबीच बैठक स्थल प्रवेश गरे । उनलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले सुरक्षा दिएर बैठक स्थल भित्र प्रवेश गराएका थिए ।
नगर प्रमुख पौडेल प्रवेश गरेलगत्तै राष्ट्रिय गान सुरु भयो । त्यसलगत्तै उनले नीति तथा कार्यक्रम वाचन गर्न थाले । उनले नीति तथा कार्यक्रम पढ्न सुरु गरेलगत्तै बैठकस्थलमा रहेका असन्तुष्ट नगरसभा सदस्यले अवरोध गरे । सो लगत्तै प्रहरीको सुरक्षा घेरा तोडेर उपप्रमुख अधिकारीसहितका नगरसभा सदस्य बैठक स्थल प्रवेश गरेपछि नगर प्रमुखले नीति तथा कार्यक्रम पढ्ने वातावरण बन्न सकेन ।
नीति तथा कार्यक्रम र बजेट पास भयोः प्रमुख
तनावपूर्ण अवस्था भएपछि बैठक बिथोलिएपनि नगर प्रमुख पौडेलले पौडेलले नीति तथा कार्यक्रम र बजेट पास भएको बताएका छन् । सुरक्षाकर्मीको घेराका बीच संचारकर्मीलाई प्रतिक्रिया दिदै पौडेलले नीति तथा कार्यक्रम र बजेट पास भएको दावी गरे । उनले पास भएको बजेटलाई स्विकारेर हिड्न आग्रह गरेका थिए ।
पौडेलले उक्त दावी गरिरहदा बैठक स्थलमा नीति तथा कार्यक्रम र बजेट भने प्रस्तुत भएको थिएन् । नगर प्रमुख पौडेलले बजेट वक्तव्य कार्यपालिका सदस्य रामप्रसाद लामिछानेले पढेको र उक्त बजेट सभाले पास भएको दावी गरिरहेका थिए । तर वडाध्यक्ष लामिछानेले भने बजेट प्रस्तुत नै हुन नपाएको बताएका छन् ।
नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छैनः उपप्रमुख
नगर उपप्रमुख अधिकारीले अवैधानिक रुपमा आयोजना गरिएको बैठकमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत नै नभएको बताएका छन् । बैठक स्थलमा संचारकर्मीलाई प्रतिक्रिया दिदै अधिकारीले नीति तथा कार्यक्रम र बजेट सभामा प्रस्तुत नभएको र पास पनि नभएको बताए ।
नगर प्रमुख पौडेलले सिमरामा बसेर अवैध ढंगले २५ प्रतिशतको उपस्थिती गराएर नगरसभामा आएको र सोही आधारमा नीति तथा कार्यक्रम र बजेट पारित भएको भन्ने आफूले सुनेपनि त्यस्तो कुरामा नलाग्न समेत अधिकारीले आग्रह गरेका छन् । अधिकांश नगरसभा सदस्यको भावना र चाहनाविपरित नगर प्रमुख एकलौटी ढंगबाट अघि बढ्न खोजे त्यसको प्रतिवाद गर्न आफूहरु समेत तयार रहेको अधिकारीको भनाई थियो ।
प्रहरीको गाडीमा राखेर नगर प्रमुख पौडेललाई भगाईयो
नगरसभा बैठक अवरुद्ध भएपछि नगर प्रमुख पौडेल स्टेजमै सुरक्षाकर्मीको घेरामा बसिरहेका थिए । उनलाई तीन तहमा नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिएका थिए ।
तोडफोडमा उत्रिएका नगरसभा सदस्यले बैठकस्थलबाट बाहिर निस्किन नदिएपछि प्रमुखलाई सुरक्षाकर्मीले सुरक्षा दिएको थियो । उनलाई बैठकस्थलबाट पटकपटक निकाल्ने प्रयास गरेपनि नगरसभा सदस्यले विरोध गरेपछि प्रहरीले पुनः स्टेजमै लगेर राखेका थिए ।
यसबीचमै प्रहरीले नगरसभा सदस्यलाई भुक्याउदै नगर प्रमुख पौडेललाई बैठक स्थलबाट भगाएको थियो । नगरसभा सदस्यलाई बैठक स्थलमै घेरेर राख्दै प्रहरीले अर्को ढोकाको प्रयोग गरेर नगर प्रमुखलाई लगेको थियो । सो क्रममा नगरसभा सदस्य र प्रहरीबीच निकै घम्साघम्सी समेत भएको थियो ।
नगर प्रहरी पौडेललाई बैठकस्थलबाट निकाल्ने क्रममा संयौको संख्यामा रहेका सुरक्षाकर्मीले महिला जनप्रतिनिधिलाई कुल्चिदै हिडेको थियो । सो क्रममा कार्यपालिका सदस्य बुद्धकुमारी अधिकारीको हातमा चोट लागेको छ ।
संवादविहिन अवस्थाले निम्त्याएको द्वन्द्ध
यसअघिका नगरसभामा पनि विवाद नदेखिएको होईन् । नगर प्रमुखमा राजन पौडेल निर्वाचित भएकै पहिलो नगरसभामा पनि ठूलै विवाद भएको थियो । त्यसबेला संवाद र छलफलबाटै समाधान निकालेर सफलरुपमा नगरसभा सम्पन्न भएका थियो ।
त्यसपछिका अन्य सभामा पनि विवाद नदेखिएका होईनन् । तर यसपटक तोडफोडनै हुने स्थिती उत्पन्न भयो । यसरी विवाद चुलिनुको मुख्य कारण भने संवाद र छलफल नहुँदाको परिणाम हो ।
नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा कार्यपालिका सदस्यकाबीच घनिभूत छलफल हुनुपथ्र्यो । तर कार्यपालिका बैठकमा यस विषयमा छलफल हुन सकेन । नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने बेलामा कार्यपालिकाका अधिकांश सदस्य अन्तरपालिका नाम दिइएको भ्रमणमा व्यस्त रहेका थिए ।
त्यसबेलामै नगर प्रमुख पौडेलले नगरसभाको तयारी गरे । भ्रमणमा जाने भनेर अन्तिम समयमा स्थगित गरेका पौडेल नगरसभाको तयारीमा जुटे । कार्यपालिकाका अधिकांश सदस्य भ्रमणमै रहेका बेला प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेले नगरसभाको मिति तोकेर सूचना प्रवाह गरिन् । उक्त सूचनामा असार ५ गते नगरसभा बोलाइएको थियो ।
त्यतिबेला अन्तरपालिका भ्रमणका सदस्य फर्किएका थिएनन् । उनिहरु भ्रमणमै रहेका बेला नगर प्रमुख पौडेलले असार ४ गतेका लागि कार्यपालिका बैठक बोलाए । नगरसभाको अघिल्लो दिन बोलाइएको कार्यपालिका बैठक विवादरहित हुन सकेन ।
कार्यपालिकामा नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल नै नगरी नगरसभा बोलाएको भन्दै अधिकांश कार्यपालिका सदस्यले नगर प्रमुखमाथि असन्तुष्टी र आक्रोश व्यक्त गरे । उनिहरुले नगरसभाको मिति पछाडी सार्न र कार्यपालिकाबाट छलफल गरेर अघि बढ्न नगर प्रमुखलाई अनुरोध पनि गरे ।
तर नगर प्रमुखले आफ्नो अडान छाडेनन । उनले नगरसभाको मिति नसार्ने तर असार ५ गते बिहान ९ बजेका लागि बैठक बोलाए । उक्त बैठकमा नगर प्रमुख, उपप्रमुख उपस्थित भएनन् । सोही समयमा कार्यपालिका सदस्यले पत्रकार सम्मेलन समेत आयोजना गरेर असन्तुष्टी व्यक्त गरे ।
असार ५ गतेको बैठक गणपूरक संख्या स्थगित भएपछि नगरसभाको बैठक बस्न सकेन । नीति तथा कार्यक्रम बनाउने नगर प्रमुख र बजेट बनाउने उपप्रमुखबीच संवाद हुन सकेन । नगर प्रमुख नगरसभा संचालन नियमावली २०७५ को दफा ५ बमोजिम नगर सभा गर्ने तयारी गरेपछि उपप्रमुखसहित अन्य सदस्य सोही दफा बमोजिम नगर सभा हुन नदिने तयारीमा जुटे ।
दुवै पक्षबीच विषय केन्द्रीत औपचारिक छलफल हुन सकेन । वडाध्यक्ष र कार्यपालिकाका अधिकांश सदस्यले नीति तथा कार्यक्रम र बजेट कार्यपालिका बैठकमा छलफल गरेर अघि बढ्न नगर प्रमुखलाई प्रस्ताव गर्दा उनि भने कार्यपालिका बैठकले नीति तथा कार्यक्रम र बजेट पास भईसकेको बताउथे । तर कार्यपालिका बैठकमा नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल समेत नभएको उपप्रमुख अधिकारी बताउँछन् ।
यसबीचमा नगरसभा सफल बनाउने विषयमा केन्द्रीत रहेर छलफल र संवाद नहुँदा तेस्रो बैठक तनावपूर्ण र अनिर्णित बन्न पुग्यो ।न्युज कारखाना
काठमाडौं । नेकपा एमालेका ३० जना नेताहरूको जम्बो टोली आज चीन भ्रमणमा जाँदैछ । उपमहासचिव विष्णु रिमाल नेतृत्वको ३० सदस्यीय टोली आज १० दिने चीन भ्रमणमा जान लागेका हो ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभागको निमन्त्रणामा एमाले नेताहरु त्यसतर्फ जान लागेका हुन् । भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीको उच्च तहसँग भेटवार्ता हुने एमालेले जनाएको छ । टोलीले चीनको बेइजिगसहित विभिन्न प्रान्तको भ्रमण गर्नेछ ।
भ्रमण दलमा रिमालसहित नेता भानुभक्त ढकाल, विनोद श्रेष्ठ, सुजिता शाक्य, इन्दिरादेवी गौतम, लालबहादुर थापा, नागेन्द्र शाही, जीवन गौतमगायत रहेको एमालेले जनाएको छ ।न्युज कारखाना
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।
प्रतिनिधि सभाको मंगलबार बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची रहेकाले संसदमा अनिवार्य उपस्थिति भएर पक्षमा मतदान गर्न एमाले प्रमुख सचेतक महेश बर्तौलाले ह्विप जारी गरेका हुन् ।
ह्वीपमा भनिएको छ- ‘आज बस्ने प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१-०८२ को बजेटलाई निर्णयार्थ पेश गर्ने कार्यसूची रहेकोले बैठकमा अनिवार्य उपस्थित भई बजेटको पक्षमा मतदान गर्न एमालेका सांसदहरूलाई ह्विप जारी गरिएको जानकारी गराउँदछु ।’
सरकारले जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको थियो । आज विभिन्न मन्त्रालयहरुको विनियोजित बजेटमा छलफल सकेर आजै बजेट पारित गर्ने तालिका रहेको छ ।न्युज कारखाना
पर्सा, १० गते असार । पर्साको पोखरिया नगरपालिकाको आर्थिक वर्ष ०८१/८२ को अाठौ नगरसभाले ४७ करोड १२ लाख ९३ हजार बराबरको अनुमानित बजेट प्रस्तुकरण गरेको छ । पोखरियामा रहेको शिवमंदिरको सभा हलमा आज भएको अाठौ नगरसभामा नीति तथा कार्यक्रममा अार्थिक वर्ष २०८१/८२ को लागी ४७ करोड १२ लाख,९३ हजारको बजेट वडाअध्यक्ष लक्ष्मण साह कानुले सार्वजनिक गर्नु भएको थियो।नगरसभाको उद्घाटन पोखरिया नगरपालिकाको नगरप्रमुख प्रधुमन चौहानले उद्वघाटन गर्नु भएको थियो । नगर् प्रमुख चौहानको अध्यक्ष्ातामा भएकोको अाठौ नगरसभा तथा नीति तथा कार्यक्रममा भने पोखरिया नगरपालिकाको बिकासको लागि अाफु लागिपरेको छु। पोखरियाको बिकास पाच वर्षिय योजनामा राखेर पुरा गर्ने प्रतिबद्धता गरेका छन। योजनामा रहेको निर्माण लगायतको काम आफूले सके अनुसार बाकी छोडेको छैन। उनले राजनितिकर्मी, जनप्रतिनिधि र कर्मचारीहरु वीच समन्वय गरि अगाडि बढेकोले अहिले हामीहरु धेरै नै बिकास निर्माण लगायतको काम अगाडि बढाएको बताए। यसपाली करिब २६ प्रतिशत बजेट अाएको छैन। जिल्लाकै दोस्रो सदरमुकामको रूपमा रहेको पोखरियाको समग्र विकासको लागि पार्टी प्रतिनिधिहरु लाई एकजुट भई अगाडि बढ्न उनले आग्रह गर्दै अाफु पनी सहकार्य र सहयोग लिएर अगाडी बढनमा जोड दिनु भएको छ। नगर सभा कार्यक्रम बाट स्वास्थ्य , शिक्षा, कृषि , पशु , पर्यटन, भौतिक पुर्वधार सिचाई, विकासमा , महिला बालबालिका उत्थान ,खेलकुद,जेष्ठ नागरिक सम्मान लगायतको योजनाहरुको प्राथमिकतामा विशेष जोड दिनु भएको छ। नगरसभा कार्यक्रममा प्रमुख प्रसाशकिय अधिकृत अजय श्रीबास्तवले भने नगरपालिकाको विकासमा सबै जनप्रतिनिधि र कर्मचारी हरुले मिलेर अगाडि बढन आग्रह समेत गरे। नगरसभा कार्यक्रममा वडाध्यक्ष प्रमोद गिरी, केदार प्रसाद,महेन्द्र महतो, लक्षमण साह कानु, शियानन्द चौहान, प्रमान्नद पटेल,नौसाद अालम,सोनालाल साह,किसोरी साह, नेपाल पत्रकार महासंघ पर्साको सभापति अनुप तिवारी,राजनितिकर्मी नेजामुदिन समानी,रामेश्वर रौनियार,राजु साह लगायतले नगरसभाको सफलताको शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो। कार्यक्रममा कार्यपालिका सदस्य ,नगरपालिका सदस्य कर्मचारी लेखापाल मनदिप महतो, अधिकृत बिजय झा, स्वास्थ्य संयोजक कौसलेन्द्र झा, आईटी अफिसर अरबिन्द दुबेदी, संदिप साह, समाजिक शाखा प्रमुख वाल्मीकि साह, कर्मचारीहरु, पत्रकार, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन समाजिका शाखा सहाक प्रमुख नरेन्द्र साहले संचालन गरेका थिए।
राैतहट,१० गते असार । रौतहट जिल्लाको परोहा नगरपालिकाले आगामी आर्थिक बर्षमा धुवा मुक्त नगरपालिका घोषणा गरिने भएको छ । परोहा नगरपालिकाको सोमबार भएको आठौ नगर सभामा आर्थिक बर्ष २०८१/०८२ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख शेख वकीलले नगरपालिका भित्रका सवै घरपरिवारलाइ निशुल्क रुपमा ग्यास सहित चुलो बितरण गरी कार्तिक मसान्तमा धुवा मुक्त नगरपालिका घोषणा गरिने प्रतिवद्धता जनाएको छन । नगरपालिकाको प्रत्येक वड़ाका कमतीमा ५० जना गरीव असहायलाइ प्रति महीना १० किलो चामल नगरपालिका बाट उपलब्ध गराउने घोषणा गरिएको छ । आश्रय नभएका व्यक्तिलाइ संघ ,प्रदेश ,र पालिकाको सहयोगमा आवास टहराको व्यवस्थापन गरिने योजना समेत ल्याएका छन । आषाढ़ १० गते भित्रमा स्थानीय पालिकाले आगामी आर्थिक बर्ष को बजेट ल्याइनु पर्ने क़ानूनी प्रावधान अन्तर्गत आयोजना गरिएको नगर सभामा ४८ करोड़ ४४ लाख १९ हजार १ रुपैयाको बजेट प्रस्तुत गरिएको हो । दोस्रो पटक निर्वाचित भएका मेयर वकीलले नगरबासीको प्रत्यक्ष लाभ हुने गरी योजना ल्याएका हुन । आगलगीको उच्च जोखिम रहेकोले आगामी आर्थिक वर्षमा बारुण यन्त्र खरीद गर्ने समेत घोषणा गरिएको हो । प्रस्तुत गरिएको निति तथा कार्यक्रममा कृषि ,शिक्षा ,स्वास्थ्यको क्षेत्रमा प्राथमिकता दिइएको छ । १६ वटा बिद्यालयको भौतिक पूर्वाधारको विकास निर्माणको कार्यलाइ अगाडी बढाउने लक्ष्य लिइएको छ । सस्थागत विकास , भौतिक पूर्वाधार बिकास सामाजिक विकास ,सांस्कृतिक ,परम्परा ,धार्मिक स्थलको संरक्षण , किसानको लागि बैज्ञानिक खेतीको लागि सहयोग , जेष्ठ नागरिकको लागि सेवा सुविधा प्रबाहलाइ चुस्त दुरुस्त बनाउने कार्यमा जोड़ दिएको छ । निति तथा कार्यक्रममा बढ्दै गएको जलबायु असरलाइ न्यूनीकरण गर्न बृक्षा रोपण गर्ने कार्यलाई प्राथमिकताका साथ सवैलाइ बृक्ष लगाउन प्रत्साहन गर्ने निति लिइएको छ । जनताको लागि सहजरूपमा स्वास्थ्य सेवा , स्तरीय शिक्षाको विकासमा जोड़ दिइएको छ । आधुनिक तथा बैज्ञानिक विकासको मध्य नजर गर्दै विज्ञानं प्राविधि अनुसार सवैले जानकारी लिने गरी सुचना प्राविधिको विकास गर्ने जोड़ दिइएको छ । नगर सभामा नगर उपप्रमुख सुगान्धी गिरी , निमित प्रमुख प्रशासकीय अधिकृत मोहमद महफूज आलम , निर्वाचित वड़ा अध्यक्ष तथा कार्यपालिका सदस्य , नगर सभा सदस्य , स्थानीय भर भलादमी ,बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।
राैतहट, १० गते असार । रौतहट जिल्लाको राजदेवी नगरपालिकाको १२ औ नगर अधिबेशन सोमबार संपन्न भएको छ । जिल्ला समन्वय समितिका अध्यक्ष राम अयोध्या राय यादवको प्रमुख आतिथ्यमा भएको नगर अधिबेशनमा नगर प्रमुख भिखारी प्रसाद यादवले आगामी आर्थिक बर्ष २०८१/२०८२ को लागि ४८ करोड़ १० लाख ९६ हजारको बजेट प्रस्तुत गरेका छन ।
जनमुखी स्थानीय सरकार,बिकास र समृद्धिको आधार भन्ने मूल नाराको रुपमा प्रस्तुत गरिएको निति तथा कार्यक्रममा बिकास व्यवस्थापन ,दिगो बिकास र सुशासनको प्रत्याभूति हुने गरी बातावरण सृजना गरिने लक्ष्य लिइएको हो । जनतालाई बिकासको लाभ उपयोग गर्न सक्षम बनाई जनताको जीवन स्तरमा सुधार ल्याउने उदेश्य सहित ल्याइएको निति तथा कार्यक्रममा आर्थिक बिकास ,सामाजिक बिकास ,पूर्वाधार बिकास ,बातावरण तथा बिपद व्यवस्थापन , सस्थागत बिकास तथा सेवा प्रबाह ,बितीय व्यवस्थापन र सुशासन तरफ खर्च गरिने लक्ष्य लिएको छ ।
प्रमुख अतिथिको आसन्नबाट सम्वोधन गर्दै जिल्ला समन्वय समितिका अध्यक्ष यादवले प्रस्तुत गरिएको निति तथा कार्यक्रम अनुरूपको योजनाहरु पारदर्शिताको साथ सवैको सहभागितामा कार्यान्वयन गर्न आग्रह गरेका छन । नगर अधिबेशनमा उपप्रमुख राज कुमारी देवी , प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थ , निर्वाचित वड़ा अध्यक्ष ,कार्यपालिका सदस्य ,नगर सभा सदस्यहरुको सहभागिता रहेको थियो । त्यसै गरी राजपुर नगरपालिका , माधव नारायण नगरपालिका , दुर्गा भगवती गाउँपालिका , बृन्दाबन नगरपालिका , गढ़ीमाई नगरपालिका , मौलापुर नगरपालिकाको नगर अधिबेशन समेत संपन्न भएको छ ।
राैतहट,१० गते असार । रौतहटको गढिमाइ नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ५९ करोड भन्दा बढी बजेट ल्याएको छ । गढिमाइ नगरपालिकाको ११ औं नगरसभा सोमबार भव्याताका साथ सम्पन्न भएको छ । नगरपालिकाको सभाकक्षमा सोमबार भएको ११ औं नगरसभाबाट नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ५९ करोड ५० लाख १ हजार रुपैया बजेट ल्याएको हो । नगरसभामा नगर प्रमुख श्याम प्रसाद यादवले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न अनुमानित आय व्यय सहितको सो बजेट प्रस्तुत गरिएको नगर प्रमुख श्याम प्रसाद यादवले बताए । मधेश प्रदेशका पुर्व भौतिक पुर्वाधार विकास मन्त्री एवं नेपाली कांग्रेसका मधेस प्रदेश सभापति कृष्ण प्रसाद यादवको प्रमुख आतिथ्य तथा गढिमाइ नगर प्रमुख श्याम यादवको अध्यक्षतामा नगरसभा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत श्रीदेव यादव, प्रशासन शाखा प्रमुख नागेन्द्र यादव, सम्पुर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।
राैतहट,१० गते । रौतहटको माधवनारायण नगरपालिकाले ४९ करोड ७४ लाख ७२ हजार रुपैया बराबरको बजेट ल्याएको छ । सोमबार नगरपालिकाको सभाकक्षमा आयोजित ९ औं नगर अधिवेशनमा नगर प्रमुख बैजनाथ प्रसाद यादवले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि सो बजेट पेस गरेका हुन । नगर अधिवेशनमा नगर प्रमुख यादवले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । असार १० गतेसम्म सबै स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याइसक्नुपर्ने र असार मसान्त भित्रमा कार्यक्रम पास गरिसक्नुपर्ने प्रावधान अनुसार माधवनारायण नगरपालिकाले सोमबार ९ औं अधिवेशन सम्पन्न गरेको छ । नगरपालिकाले सोमबार भव्य कार्यक्रमका बीच आगामी आर्थिक वर्षको निति कार्यक्रम तथा बजेट ल्याएको छ। २०८१÷०८२ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सो बजेट प्रस्तुत गरिएको नगर प्रमुख बैजनाथ यादवले बताएका छन् । संघीय वित्तीय समानिकरण अनुदान ११ करोड १० लाख, प्रदेश वित्तीय समानिकरण अनुदान ७९ लाख ७६ हजार, संघीय राजश्व बाड्फाड ९ करोड ९७ लाख , प्रदेश राजश्व बाडफाड ४० लाख , संघीय सशर्त अनुदान २० करोड ९७ लाख, प्रदेश सरकारको सशर्त अनुदान ९५ लाख, संघीय सरकारको समपुर्क अनुदान १ करोड ८५ लाख, संघीय सरकारको विशेष अनुदान १ करोड ७० लाख, प्रदेश सरकारको विशेष अनुदान ३० लाख, प्रदेश सरकारको समपुर्क अनुदान २० लाख र तराई मधेस समृद्धि कार्यक्रमको लागि १ करोड ५० लाख गरि उक्त बजेट प्रस्तुत गरिएको नगर प्रमुख यादवले बताएका छन् । शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको उनले बताए । समुन्नत भौतिक, आर्थिक र सामाजिक पुर्वाधार सहित सांस्कृतिक रूपमा मौलिक र उत्कृष्ट नगरपालिका बनाउने कुरामा जोड दिइएको छ। मानवीय तथा भौतिक विकासको पक्षमा ध्यान दिई आर्थिक विकासको आधार तय गर्ने तर्फ केन्द्रित रहने उल्लेख छ। विद्यार्थीहरुको पठन पाठनमा व्यापक सुधार ल्याउन प्रतेक सामुदायिक विद्यालयमा सिसिटिभी जडान गारिने, पालिकाको प्रशासनिक भवन निर्माण कार्य लाई यसै आर्थिक वर्ष भित्र सम्पन्न गरिने, नगर भित्र विभिन्न स्थानमा प्रतीकक्षालय सार्वजनिक सौचालय तथा सामुदायिक भवन निर्माण गरिने आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममा समेटिएको छ। आर्थिक वर्षको अन्त्यमा आएर असारे विकास गर्ने परिपाटीको अन्त्य गरिदै आर्थिक वर्षको शुरुमा नै योजना बनाएर काम शुरु गर्ने र समयमा नै नगरपालिकाको कार्यक्रम सम्पन्न गरिने निति तथा कार्यक्रम मा उल्लेख छ। नगर बासीको चाहना भावना माग एवं आवश्यकता लाई केन्द्र मा राखी काम गर्ने मेयर यादवले बताए । नगर प्रमुख बैजनाथ प्रसाद यादवको अध्यक्षतामा भएको ९ औं नगर अधिवेशनमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव, उपमेयर निर्मला देवी रमण, सम्पुर्ण वडा अध्यक्ष , कार्यपालिका सदस्य, कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
रौतहट,१० गते असार । रौतहटको राजपुर नगरपालिकाले बजेट ल्याएको छ । सोमबार राजपुर नगरपालिकाले यस वर्ष जनमुखी योजना ल्याएको छ ।
राजपुर स्थित नगरपालिकाको सभाहलमा बजेट अधिवेशन बोलाईएको थियो । नगर प्रमुख डा.मो.राजिक आलमको अध्यक्षतामा सो नगरसभा सम्पन्न भएको हो ।
नगरसभाको ८ औं नगरसभा बाट जनमुखी नीती र कार्यक्रम ल्याएको छ । नगरपालिका नगर कार्यपालिकाबाट पास गरेको निती तथा कार्यक्रम कार्यान्यवन गर्न ५५ करोड भन्दा बढी बजेट विनियोजन गरेको हो ।
हरेक वर्ष असार १० गते बजेट ल्याउनु पर्ने प्रावधान रहेको छ । त्यसै अनुरुप नगरसभा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
धेरै उत्साहका साथ सम्पन्न भएको नगरसभा बाट राजपुर नगरपालिकाको जनताको मन जितने किसिमको निती तथा कार्यक्रम पारित गरेको हो । नगर प्रमुख आलमले निति तथा कार्यक्रम वाचन गरेर सुनाएका थिए ।
नगरको चौतर्फि विकासको लागि यसै आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ४६ ५५ करोड ६० लाख ५३ हजार रुपैयाँको बजेट पारित गरिएको नगर प्रमुख आलमले जानकारी गराउनु भयो ।
यस वर्ष बिरामीसँग मेयर कार्यक्रम लागू गरिएको छ भने बिधार्थीसँग मेयर कार्यक्रमलाइ निरन्तरता दिइएको छ ।
साथै स्वास्थ्य स्वंयमसेविकाहरुको ५०० सयका दरले सेवासुविधा थप गर्ने बजेटमा समावेश गरिएको छ ।
त्यस्तै शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, भौतिक पुर्वाधार निर्माण कार्य, पर्यटन तथा संस्कृति, लगायतको विशेष प्राथमिकतामा राखी उक्त बजेट प्रस्तुत गरिएको आलमले बताए । सो अवसरमा जनप्रतिनिधिहरू,पत्रकार,सुरक्षाकर्मी,कर्मचारीहरू सहितका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
राैतहट,१० गते असार । रौतहटको बौधिमाई नगरपालिकाको नगरसभा बिथोलिएको छ । नगर प्रमुख प्रदीप यादवले एकलौटी गर्न खोजेको भन्दै बहुमत सदस्यले नगरसभा बहिस्कार गरेका छन् । नगरसभा हुन नदिन कार्यालय प्रमुख सन्देश यादवको ठुलो भूमिका रहेको बताइएको छ ।
जुन नगरपालिकामा भए पनि कार्यपालिकामा भाँडभैलो मच्चाउने गरेका कार्यालय प्रमुख यादवले नगरसभा सदस्यलाई मिलाउन नसकेको कारण नगर प्रमुख यादव नगरसभामै एक्लिएका हुन् । नगरसभाका ४९ सदस्यहरुमध्ये ३३ जनाले बहिस्कार गरेका छन् । वडा नम्बर ३ का वडाध्यक्ष मणिभूषण साहले नगर प्रमुख यादवले नगरसभा गर्नुृपुर्वका कुनै काम नगरेको र सबै काम एकलौटी गर्न खोजेको आरोप लगाएका छन् । आफूहरुले नगरसभा वैधानिक किसिमले सम्पन्न गर्नका लागि ३२ जना नगरसभा सदस्यको हस्ताक्षर गरी बुझाएको भए पनि कुनै वास्ता नगरेको कारण बाध्य भएर बहिस्कार गर्नुपरेको बताएका छन् ।
बौधिमाई नगरपालिकाका नगर उपप्रमुख प्रमिलादेवी जयसवालले नगरसभा पूर्ण रुपमा अबैधानिक किसिमले सम्पन्न गराउन खोजेको भन्दै आक्रोशित हुँदै ब्यानरसमेत च्यातेकी छन् । नगरसभामा बहुमत सदस्य नरहेको अवस्थामा बलजफ्ती नगरसभा गरेको आरोप लगाउँदै बाध्य भएर हस्तक्षेप गर्नु परेको बताएकी छन् । बोधिमाई नगरपालिकाका ९ वडाध्यक्षमध्ये ५ वडाध्यक्षले बहिस्कार गरेका छन् । विधि र प्रक्रियापूर्वक नगरसभा नगरिए आफूहरुले निरन्तर प्रतिकार गर्ने वडा नम्बर ९ का अध्यक्ष मुक्तिनारायण मिश्रले बताएका छन् । कडा सुरक्षा व्यवस्था गरिएको नगरसभा स्थलमा पत्रकारहरुलाई पनि प्रवेशमा निषेध गरिएको थियो ।
नगरसभा बिथोलिएको विषयमा नगरप्रमुख यादवसित सम्पर्क गर्न खोज्दा नगर प्रहरीले आदेश नभएको भन्दै नगरप्रमुखसित भेट गर्न दिएन । नगरप्रमुख यादवको मोबाइल भने स्वीच अफ थियो । नगरसभाबाट बाहिरिएपछि उपप्रमुख जयसवाल, वडाध्यक्ष र नगरसभा सदस्यहरुले नगरप्रमुखविरुद्ध नाराबाजीसमेत गरेका थिए
राैतहट,१० गते असार । रौतहटको मौलापुर नगरपालिकाले छोटो समयमा अभुतपूर्व प्रगति गरेको पूर्वमन्त्री प्रभु साहले बताएका छन् । मौलापुर नगरपालिकाको नगरसभाको सोमवार उद्घाटन गर्दै आम जनता पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेका संघीय साँसद साहले गएको सात वर्षमा मौलापुर नगरपालिकाले गरेको प्रगति अन्य पालिकाको तुलनामा निकै बढी रहेको बताएका छन् ।
नगरबासीसित कुनै पनि किसिमको कर नलिने गरेको मौलापुर नगरपालिकाले सबै नागरिकलाई बिजुली, पानी तथा अन्य सुविधा निशुल्क दिने गरेको छ । भौतिक विकासको क्षेत्रमा गत सात वर्षमा अभूतपूर्व प्रगति गरेकोमा पूर्वमन्त्री साहले नगरप्रमुख रिनाकुमारी साहको प्रशंसा पनि गरेका छन् ।
नगरसभाका सम्पूर्ण सदस्यहरु एकजुट भएर विकासको काममा निरन्तर जुटिरहेको बताउँदै नगरपालिकाको विकासको चर्चा देशभरमा भइरहेको बताएका छन् । जनताको हातमा नगरको पैसा शिक्षा, बिजुली, स्वास्थ्य तथा पानीमार्फत सोझै हातमा गइरहेको बताउँदै जिल्लाको सबैभन्दा कम बजेटमा पालिकाले गरेको प्रगति अत्यन्त खुसी लाग्ने किसिमको भएको बताएका छन् । मौलापुरको विकास मोडेलबाट देशका अन्य जागरुक पालिकाहरुले सिकिरहेको स्पष्ट पारेका छन् । मौलापुर नगरपालिकाले अनेक चुनौतीको सामना गर्दै गरिरहेको प्रगति गौरवपूर्ण रहेको बताएका छन् । सरकारको अर्थनीति विभेदपूर्ण रहेको पनि साहको आरोप रहेको छ । केन्द्र सरकारले शिक्षक दरबन्दी, बैकको लगानी तथा अन्य क्षेत्रमा पनि विभेद गरिरहेको आरोप पनि साहले लगाएका छन् ।
केही विकास विरोधीहरुले ट्रान्सफर्मर चोरी गरेको, विद्यालयको सामग्री तोडफोड गर्ने गरेको, जनप्रतिनिधिबिच फुट ल्याउन खोजेको तथा विकासको काममा अवरोध गर्न खोजेको बताएका छन् । मधेश प्रदेशमा लगातार दुई कार्यकाल नगरप्रमुखमा निर्वाचित भएकी नगरप्रमुख रिनाकुमारी साहले नगरपालिकाको नागरिकलाई अनेक सुविधा दिदै आएकी छन् । साहको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख नागेन्द्र राय यादवले ३९ करोडको आय व्यय प्रस्तुत गरेका छन् । मौलापुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधारमा जोड दिएको छ ।
विद्यालय भवनहरुको निर्माण तथा शिक्षक दरबन्दीसमेतमा नगरपालिकाले ठुलो बजेट खर्च गर्दै आएको छ । सम्पूर्ण बजेटको करिब ४२ प्रतिशत शिक्षामा लगानी गर्दै आएको मौलापुर नगरपालिकाले हरेक वर्ष पुरातात्विक महादेव मन्दिरको प्रचारप्रसारमा पनि ठुलो खर्च गर्ने गरेको छ । हरेक वर्ष पुरातात्विक महादेव मन्दिरमा लाखौँ दर्शनार्थी आउने गरेका छन् । नगरपालिकाले आगामी आर्थिक वर्षको लागि सन्तुलित बजेट ल्याएको भन्दै विभिन्न वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले प्रशंसा गरेका छन् ।
रौतहट । रौतहटको मौलापुर नगरपालिकाको आठौं बजेट अधिवेशन सोमवार एक समारोहका बिच सम्पन्न भएको छ।
आमजनता पार्टीका अध्यक्ष संघीय सांसद प्रभु साहको प्रमुख आतिथ्यमा सर्वसम्मत ढंगले सम्पन्न नगरसभाले विभिन्न लोकप्रिय कार्यक्रम सहित कुल ३९ करोड़को बजेट घोषणा गरिएकोछ ।
कार्यक्रममा प्रमुख अतिथि तथा पूर्व मन्त्री प्रभु साहले मौलापुरले लिएको ‘शुन्य कर नीति’ को सर्वत्र सराहना भईरहेको बताएका थिए । ‘बिजुली- पानी निःशुल्क, गरिब दलितलाई एकीकृत आवास, छोरीसँग मेयर कार्यक्रममा जनही ३० हजार रुपैया सहयोग, निःशुल्क प्राविधिक शिक्षा जस्ता कार्यक्रमहरुले मौलापुरको ग़ौरब बढ़ाएको उनले बताए ।
त्यस्तै सभाले धुँवा चूल्हों मुक्त अभियान गरी कच्ची सडकमुक्त अभियान र झुपड़ी मुक्त अभियान अगाड़ी बढ़ाउने घोषणा गरिएकोछ । यसरी जनता केन्द्रित बजेट ल्याएकोमा मौलापुरको सर्वत्र सराहना भईरहेकोछ । देशका विभिन्न स्थानीय तहमा बजेटका विषयमा जनप्रतिनिधिहरुबीच विवाद भइरहेको बेला मौलापुरले भने सर्वसम्मत ढंगले नगरसभा सम्पन्न गरेकोमा उनले सम्पूर्ण जनप्रतिनिधि सहित नगरप्रमुखलाई धन्यवाद दिएका थिए। उनले मौलापुरले “ शून्य कर नीति” तथा “फ्री बिज़ूली फ्री पानी”को निरन्तरता सहित विभिन्न लोकप्रिय कार्यक्रमहरु घोषणा गरेको बताएका थिए ।
उनले संघ र प्रदेश सरकारले जिम्मा लिएका जनता आवास, शिक्षा स्वास्थ्य, नदी नियन्त्रण तथा सिचाई सम्बन्धी काम पूरा नगर्दा नगरपालिकाले अनावश्यक आर्थिकभार बहन गर्नुपरेको गुनासो गरेका थिए।मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साह र प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले संयुक्त रूपमा प्रस्तुत गरेको बजेटमा यस आर्थिक वर्षमा सहरी पूर्वाधार तथा भवन, सडक पुल, सिचाई, नदी नियन्त्रण, फ्री वाईफाईको कार्यक्रम थप प्रभावकारी बनाउने, सञ्चार, ऊर्जा, सामाजिक विकास तर्फ शिक्षा युवा, खेलकुद, स्वास्थ, खानेपानी, सरसफाई, सामाजिक न्याय, कृषी, पशु पंक्षी, मतस्य, भुमि ब्यवस्था सहकारी, पर्यटन तथा संस्कृति उद्योग बाणिज्य बितिय, बातावरण व्यवस्थापनलाई प्राथमिकतासाथ समेटिएको छ। कार्यक्रममा विशिष्ट अतिथि पूर्व सांसद समिना हुसैन, उपमेयर नागेन्द्र यादव, मालपोत कार्यालयका प्रमुख बबुनन्दन साह, नापी कार्यालयका प्रमुख समसुल हक अन्सारी, लगायतले मौलापुरले लिएको शून्य निति तथा जनमुखी कार्यक्रमको सराहना गरेका थिए ।न्युज कारखाना
राैतहट,०९ गते असार । रौतहटको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जयसवालले आज गरुडा नगरपालिका-४ गरुडामा सडक ढलान तथा नाला निर्माण कार्यको शिलान्यास गरेका छन । ४० लाखको लागतमा निर्माण हुने नाला तथा सडक ढलान कार्यको मेयर जयसवालले आज एक कार्यक्रमको आयोजना गरि शिलान्यास गरेका हुन । मेयर जयसबाल पछिल्लो समय नगरमा बिकास निर्माण कार्यको तिब्रता दिएका छन । नगरलाई बिकशीत र स्मार्ट नगर बनाउन उहाले रातदिन खटिरहनु भएकोले स्थानीयहरु निकै खुसी छन । कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष कृष्णनदन सहनि, वडा नम्बर ३ का वडा अध्यक्ष अम्बिका सहनि, वडा नम्बर ४ का वडा अध्यक्ष सुनिल कुमार जयसबाल, समाजसेवी शैलेस जयसबाल,उपेन्द्र शर्मा लगाएतको उपस्थिति रहेको थियो ।
काठमाडौं, ९ असार । आम जनता पार्टीको भातृ संगठन आईटी आर्मीले वैदेशिक रोजगारमा ठगिएका पीडितलाई न्याय दिलाउनको लागि आन्दोलन जारी राखेको छ । आज (आइतबार) आन्दोलनको ८औं दिनपनि आईटी आर्मीले आन्दोलनलाई जारी राखेको छ ।
विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र एजेन्टटलाई कारवाही गर्नुपर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अलपत्र परेकाहरुको उद्दार गर्नुपर्नेलगायतका माग राखेर आईटी आर्मी आन्दोलित छ ।
आइटी आर्मीले जनपक्षीय मुद्दा उठाउँदै आन्दोलन गरेकोमा यसपटक भने वैदेशिक रोजगारीको नाममा भएको ठूलो ठगीको विरुद्धमा आन्दोलन छेडेको हो । उसले असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाही गर्नुपर्ने, फ्री– भिसा फ्री– टकट व्यवहारतः लागू गर्नुपर्ने, निजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्नेजस्ता प्रमुख मागहरु अघि सारेको छ ।
तर, ती मागप्रति राज्य उदासिन बनेकोमा भने आन्दोलनकारीहरु आक्रोशित बनेका छन् । त्यही आक्रोश पोख्नको लागि आज उनीहरुले सांकेतिक विरोधस्वरूप हातमा कालो पट्टी बाँधेर संघर्षलाई अगाडि बढाएका छन् ।
बेरोजगारको खुलेआम व्यापार भईरहेको र ठगहरुसामू वर्तमान सरकार लाचार भएको स्थितिमा पीडितलाई न्याय दिलाउन आईटी आर्मीले लिएको पहलकदमी सराहनीय रहेको आजपाका अध्यक्ष प्रभु साहको विश्वास छ ।
उनले देशमा अहिले दलाल भगौडाहरुको हालीमुहाली रहेको र लोकतन्त्रको ठाउँमा दलतन्त्र हाबी भएको टिप्पणी गरेका छन् ।
काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज इरान जाने भएका छन् ।
एसिया सहयोग संवाद (एसिया कोअपरेसन डायलग) को परराष्ट्र मन्त्रीस्तरीय १९औँ बैठकमा भाग लिन श्रेष्ठ इरान जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्री श्रेष्ठले असार १० गते इरानको राजधानी तेहरानमा हुने बैठकमा भाग लिने छन् भने बैठकको साइटलाइनमा परराष्ट्रमन्त्री श्रेष्ठ विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जानकारी दिएको छ ।
त्यस्तै मन्त्रीस्तरीय बैठक अघि तेहरानमा असार ९ गते हुने एसिया सहयोग संवादको वरिष्ठ अधिकारीहरूको बैठकमा मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगर सहभागी हुनेछन् ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठ असार १२ गते काठमाडौं फर्कने परराष्ट्रले जनाएको छ ।न्युज कारखाना
रौतहट,७ गते असार । चन्द्रपुर नगरपालिकाले एक कार्यक्रम आयोजना गरी आर्थिक वर्ष ०८१/८२ को बजेट प्रस्तुत गरेको छ। नगरपालिकाले आफ्नै सभाहलमा आयोजित १३औं नगरसभामा उपमेयर जयमाला चौधरीले चन्द्रपुर नगरपालिकाको आर्थिक वर्ष ०८१/८२ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको हो । उपमेयर चौधरीले राजस्व बाँडफाँटबाट प्राप्त रकम संघ र प्रदेशको रकमका साथै संघीय सरकारबाट समानीकरण अनुदान, ससर्त अनुदान चालू/पुँजीगत, विशेष अनुदान पुँजीगत र समपूरक अनुदान , प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण, ससर्त अनुदान शेष अनुदान र समपूरक अनुदान पुँजीगतको तथा आन्तरिक स्रोतहरू भूमिकर/मालपोत, घरबहाल कर, लगायतका विभिन्न शीर्षकबाट प्राप्त हुने तथा गत आर्थिक वर्षको मौज्दातसहित १० करोड गरी कुल १ अरव ८ करोड १० लाख बजेट प्रस्तावित गरेकी हुन् । उनले नीति, कार्यक्रम तथा बजेटमा पर्यटन, कृषि, शिक्षा र स्वास्थ्यलाई प्रमुखता दिँदै यस आर्थिक वर्षमा यी महत्वपूर्ण विषयका साथै चन्द्रपुरको धार्मिक, ऐतिहासिक र पर्यटकीय विकासको क्षेत्रमा समेत उल्लेख्य सकारात्मक कदम उठाउने बताएका छिन् । अधिवेशनको उद्घाटन रौतहट क्षेत्र न.४ का सांसद देव प्रसाद तिमल्सिना,मधेस प्रदेशका उध्योग तथा पर्यटन मन्त्री युवराज भट्टराई(समिर) तथा नगरपालिकाका मेयर संजय काफ्लेले संयुक्त पानसमा बत्ति बालेर गरेका थिए । उद्घाटन सत्रमा बोल्दै सांसद तिमल्सिनाले स्थानिय सरकारले नै आफ्नो नगर बनाउने हुँदा शिक्षा,स्वास्थ,कृषी तथा पुर्वाधारको बिषयमा विशेष जोड दिन आग्रह गरे । उनले शिक्षा क्षेत्रमा रौतहट पछी परेकोले स्थानिय तहले शिक्षा क्षेत्रलाई माथी उकास्न विशेष भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिए । बजेट बनाउदा पिछडिएका बर्ग तथा क्षेत्रलाई ध्यानमा राखी बनाउनु पर्ने उनको आग्रह थियो । यस्तै कार्यक्रममा उध्योग तथा पर्यटन मन्त्री युवराज भट्टराईले तिनै तह नमिले सम्म नगरको बिकाश सम्भव नहुने हुँदा तिनै सरकारले समन्वय गरेर अगाडी बढ्नु पर्ने बताए । उनले आफ्नो पालिकाले के बनाउने र कसरी बनाउने, त्यसका लागि स्रोत कसरी जुटाउने र साेचेको लक्ष्य कसरी पाउनेसम्म योजना बनाउन सके मात्र नगरपालिले बिकाशको गती लिन सक्ने हुँदा यसमा ध्यान दिन आग्रह गरे । मधेस प्रदेशमा बजेट बिस्तार गर्दा बिचौलीया हावी भएको हुँदा यसलाई नियन्त्रण गर्न अवको मधेश सरकारले बिडिएस मार्फत कार्य गर्ने योजना बनाईसकेको बताए । साथै उनले आफ्नो कार्यकालमा नामको लागी तालिम नभई तालीम पछी रोजगार सृजना गर्ने ग्यारेन्टी रहने सुनाए । मधेश प्रदेश भित्र रहेका उध्योगी ब्यवसायिहरु संग सहकार्य गरी तालिम प्रदान गरी रोजगारी सृजना गर्ने आफ्नो लक्ष्य रहेको बताए । कार्यक्रमको समापन गर्दै नगरप्रमुख संजय काफ्लेले शिक्षा, स्वास्थ्य, कृषि, सडक, लगायतका पूर्वाधारहरुको विकासलाई प्रमुख प्राथमिकता दिएर अघि बढाउने विश्वास व्यक्त गरे ।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बाँकेकी निर्मला कुर्मीको घटनाका पीडितको न्याय प्राप्तिको विषयलाई लिएर बाँकेकै रुबी खान लगायतका महिलाहरुको समूहले काठमाडौँमा गरेको अनशन तथा प्रदर्शनको विषयमा गम्भीर ध्यानाकर्षण भएको भएको जनाएको छ ।
शुक्रबार आयोगका प्रवक्ता सहसचिव डा.टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै खानको अनसन र उनीसँग भएको सहमतिको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । निर्मला कुर्मीको अपहरण तथा सम्पत्ति कब्जा भएको विषयमा न्याय प्राप्तिको मागसहित बाँकेकै रुबी खान लगायतको महिला समूहले २०७८ सालदेखि काठमाडौँमा प्रदर्शन गर्दै आएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले निरन्तर अनुगमन गरिरहेको र सोही विषयमा आयोगको लुम्बिनी प्रदेश शाखा कार्यालय नेपालगञ्जमा पर्न आएको उजुरी अनुसन्धानको क्रममा रहेको जानकारी पनि अयोगले गराएको छ ।
‘अनुगमनका क्रममा उक्त घटनाका सम्बन्धमा मिति २०७८-७-२ मा गृह मन्त्रालय अन्तर्गत छानवीन समिति गठन भएको र उक्त समितिको प्रतिवेदनमा दोषीलाई प्रकाउ गरी अनुसन्धान अघि बढाउन सिफारिश भएको जानकारी प्राप्त हुन आएको छ । यस अतिरिक्त सरकरी प्रतिनिधि र प्रदर्शनकारीबीच पूर्व सम्झौताहरु भएतापनि कार्यान्वयन हुन नसकेको देखिन आएको छ । पूर्व सिफारिश कार्यान्वयन समेतका माग राखी मिति २०८१-०२-२५ देखि रुबी खान काठमाडौँमा अनसनरत रहेको सन्दर्भमा वीर अस्पतालमा पुगी आयोगको टोलीले मिति २०८१-३-५ मा समेत अनुगमन गरी जानकारी लिएको छ’ गृह मन्त्रालयलाई आयोगले लेखेको पत्रमा भनिएको छ ‘उक्त घटनाको सम्बन्धमा प्रदर्शनकारी र गृह मन्त्रालयबीच भएका सम्झौताहरु एवं उल्लेखित प्रतिवेदनको कार्यान्वयनमा भएका प्रगतिबारे ७ दिन भित्र जानकारी उपलब्ध गराईदिन हुन नेपालको संविधानको धारा २४९ र राष्ट्रिय मानव अधिकार आयोग ऐन २०६८ को दफा २१उपदफा १ बमोजिम अनुरोध छ’ ।न्युज कारखाना
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले वैदेशिक रोजगारी क्षेत्रका पीडितहरुलाई न्याय दिलाउन काठमाडौंको ताहाचल स्थित वैदेशिक रोजगार विभाग आज पनि घेराउ गरेको छ ।
आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा विभिन्न मागहरु गर्दै वैदेशिक रोजगार विभाग घेराउ गरिएको हो । वैदेशिक रोजगारीमा जाने कामदारसँग लिएको अबैध रकम फिर्ता गराउन तथा यस क्षेत्रका विविध समस्याहरु समाधान गर्नुपर्ने माग गर्दै विभाग घेराउ एवं धर्ना दिइएको हो ।
आईटी आर्मीका अध्यक्ष साहका अनुसार विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेंटलाई कारवाही गर्नुपर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्दार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्री – भिसा फ्री – टिकट व्यवहारतः लागू गर्नुपर्ने, नीजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको बताए । यस अघि आईटी आर्मीले ११ बुँदे माग सहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका साथै विभागलाई ज्ञापन पत्र समेत बुझाईसकेको छ ।
‘लाखौं लाख युवासँग खरबौं रकम ठगी भइरहेको छ । ५, १० हजारको नाममा २ लाख, ५ लाख, १० लाख गरी लाखौंलाख अवैध असुली भइरहेको छ । विगत लामो समयदेखि भइरहेको असुलीलाई हामी रोक्न चाहन्छौं । असुली भएको रकम फिर्ता गराउन चाहन्छौं’ साहले भने ।
संविधानको धारा ३३ मा रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरिएपनि अहिलेको भगौडा दलाल वर्गको यो लुटकारी शासन सत्ताले युवाहरुलाई रोजगारीको अवसर दिन नसकेको तर देशभित्रको उद्योगहरुमा विदेशी कामदारहरुले अवसर पाइरहेको उनले बताए ।
साथै, उनले युवाहरुले विदेशमा दुःख गरेर कमाएको रकम अवैध रुपमा हुण्डीमार्फत दुरुपयोग भइरहेको पनि बताए । नेपालका नेता, प्रशासक र अवैध व्यापारीहरुले हुण्डीमार्फत पैसा ल्याएर आफ्नो कालोधन विदेशमा थुपार्ने काम गरिरहेको उनको आरोप छ । नेताहरु विना लगानी मेनपावरको शेयर होल्डर बनिरहेको पनि उनले बताए । यस्ता प्रकारका दुष्चक्र अन्त्य हुनु्पर्ने आईटी आर्मीको माग छ ।
‘हाम्रा युवाहरुलाई आज मरुभूमिमा मर्न बाध्य बनाइएको छ । ती युवाहरुको खुनपसिनाले आर्जित रेमिट्यान्सलाई नेपालका भ्रष्ट नेताहरु, यहाँका प्रसाशकहरु र अवैध व्यापारीहरुले आफ्नो कालो धनलाई सट्टापट्टाको अस्त्रको रुपमा प्रयोग गरिरहेको सन्दर्भ छ’ उनले भने । असुरक्षित श्रम स्वीकृतिका कारण विदेशमा ज्यान गुमाउने युवाहरुको मृत्यूलाई उनले ‘राज्यद्वारा गरिएको हत्या’ का रुपमा परिभाषित गरे । यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।
आईटी आर्मीका उपाध्यक्ष सुमन यादवले विदेश पठाउने नाममा धेरै अनियमितता, भ्रष्टाचार र ठगी भइरहेको बताए । अहिलेसम्म यी मुद्दामा कुनै राजनीतिक दलहरुले आवाज नउठाइदिएकाले आफूले सशक्त रुपमा आवाज उठाउँन विभाग घेराउ गरेको उनले बताए ।
आईटी आर्मीका उपत्यका अध्यक्ष टाईसन लामाले नेपालमा सदियौंदेखि वैदेशिक रोगजारीमा पठाउने परम्परा चलिरहेको र कुनै न कुनै रुपमा यसमा नेताहरुको संलग्नता रहेको बताए । नेताहरुले मेनपावरको माध्यमबाट युवाहरुलाई लुटिरहेको उनले बताए । न्युज कारखाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा आर्थिक बर्ष २०८१/८२ का लागि विभागहरुले प्रस्ताव गरेका कार्यक्रम र वार्षिक बजेटका विषयमा छलफल भइरहेको छ ।
विभागले विषयगत समितिमा छलफल गरेर छलफलका लागि बजेट तथा कार्यक्रम पेश गरेका हुन् । बैठकमा विषयगत समितिका संयोजकहरु थिए । प्रस्तावमाथि सबै वडाध्यक्षको पृष्ठपोषण लिनका लागि आज सबै वडाध्यक्षहरुलाई छलफलमा आमन्त्रण गरिएको, समितिका संयोजक डंगोलले जानकारी दिइन् ।
हिजो प्रशासन विभाग, कृषि तथा पशुपन्छी विभाग, सूचना प्रविधि, वातावरण व्यवस्थापन विभाग, आन्तरिक लेखा परीक्षण एकाइ, खरिद एकाइ, हनुमान ढोका दरबार संरक्षण कार्यक्रमसहितका विभागका प्रस्तावमाथि छलफल भयो । आज सहरी योजना आयोग, सामाजिक विकास विभाग, सार्वजनिक निर्माण विभागसहित विभाग, आयोजना तथा सचिवालयका प्रस्तावमाथि छलफल हुनेछ ।
नगर सभाको १५ औँ अधिवेशनअन्तर्गत सभामा नीति पेश भइसकेको छ । अधिवेशनको अर्को बैठक असार १० गते बस्ने कार्यक्रम छ । बैठकमा आर्थिक तथा विनियोजन विधेयकहरु पेश हुनेछन् ।न्युज कारखाना
काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानविरुद्ध १० दिनको उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।
शुक्रबार आज बिहान बसेको समितिको बैठकले १० दिनको उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।
गत आइतबार बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।
न्युज कारखाना
काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ शनिबार इरान जाने भएका छन् ।
एसिया सहयोग संवाद (एसिया कोअपरेसन डायलग) को परराष्ट्र मन्त्रीस्तरीय १९औँ बैठकमा भाग लिन श्रेष्ठ इरान जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्री श्रेष्ठले असार १० गते इरानको राजधानी तेहरानमा हुने बैठकमा भाग लिने छन् भने बैठकको साइटलाइनमा परराष्ट्रमन्त्री श्रेष्ठ विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जानकारी दिएको छ ।
त्यस्तै मन्त्रीस्तरीय बैठक अघि तेहरानमा असार ९ गते हुने एसिया सहयोग संवादको वरिष्ठ अधिकारीहरूको बैठकमा मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगर सहभागी हुनेछन् ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठ असार १२ गते काठमाडौं फर्कने परराष्ट्रले जनाएको छ ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत सूचना प्रवाह गरेर सर्वसाधारण जनतालाई भ्रमित तुल्याउने र समाजमा नकारात्मक भाष्य सिर्जना गर्न खोज्नेहरूले देश र जनतालाई माया नगर्ने बताएका छन् ।
नेपाल बुद्धिजीवी सङ्गठन छैटौँ राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सिर्जनात्मक र सकारात्मक सोचसहित जनतामा आशा प्रवाह गरेरमात्र समाजलाई सही दिशातर्फ लैजान सकिने बताए ।
“सबै नेता उस्तै हुन्, यहाँ केही हुँदैन भन्ने भाष्य गलत हो, जसले नकारात्मक भाष्य बनाएका छन्, उनीहरूमा देश र जनताप्रति माया छैन, रहँदैन,” प्रधानमन्त्री प्रचण्डले भने, “इतिहासमा योगदान गर्ने शक्तिहरूको पक्षमा सकारात्मक तवरले सन्देश प्रवाह हुनुपर्छ, गर्नुपर्छ । तपाईँ बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, डटेर लेख्नुहोस्, कुनै अप्ठ्यारो मान्नु पदैन ।”
नेपालको राजनीतिक परिवर्तनमा बुद्धिजीवीहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले संसारभर जनतालाई कतापट्टि डोर्याउने भन्ने सवालमा बुद्धिजीवीहरूको निर्णायक हुने भएकाले त्यसतर्फ लाग्नुपर्नेमा जोड दिए । उनले भने, “क्रान्ति, शान्ति प्रक्रिया र संविधान निर्माणमा बुद्धिजीवीको योगदान रहेको छ । हिजो विचार निर्माण र सङ्गठन निर्माणमा बुद्धिजीवीहरूको सक्रियता थियो, आज पनि उत्तीकै छ ।”
क्रान्तिपछि भएका महत्त्वपूर्ण कामहरूलाई नजरअन्दाज गरेर परिवर्तनविरोधी भाष्य निर्माण गर्न खोजीएको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यस्ता गतिविधिको खुलेर विरोध गर्न र प्रतिवाद गर्नुपर्ने आवश्यकता औंल्याए । उनले बुद्धिजीवीहरूको जिम्मेवारी समाजमा सकारात्मक भाष्य निर्माण गरेर आशाको सन्देश प्रवाह गर्नु रहेको बताए ।
बुद्धिजीवीहरूले जनमतलाई समाजवादी दिशातिर डोर्याउन भूमिका खेल्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले क्रान्तिका उपलब्धि जोगाउन र समाजवादको वैचारिक आधार तयार पार्न सबैले आ–आफ्ना क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले बृहत्तर पार्टी एकताका निम्ति आफू लागिपरेको जानकारी दिँदै जतिसुकै अप्ठ्यारो परिस्थिति आए पनि समाजवादको आधार निर्माण गर्न आफू दृढ सङ्कल्पित भएर लागेको स्पष्ट पारे ।न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा स्थापनाको दुई बर्षमै सिंहदरबार पसेको टिप्पणी गरेका छन् ।
रास्वपा स्थापनाको आज दुई बर्ष पुगेको अवसरमा सामाजिक सञ्जालमा टिप्पणी गर्दै लामिछानेले आफुहरु आफ्नो यात्रामा अविचलित रहेको उल्लेख गर्दै दुई बर्षमै सिंहदरबार पसेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्-
रास्वपा जन्मिएको २ वर्ष भयो। हामी हाम्रो उदेश्यमा अडिग छौं,गन्तव्यमा स्पष्ट छौं । कुरा बाटोको हो । बाटोमा त कहिले पहिरो जान्छ, कहिले ढुङा खस्छ । आम नागरिक एवं रास्वपा परिवारका तमाम सदस्य शुभचिन्तकहरुको आशा र अपेक्षा सहितका अग्ला अग्ला पहाडहरु काँधमा बोकेर हामी अहिले भिरको बाटोमा सिस्नु समाउदै हिडिरहेका छौं । कयौं कठिनाइहरुलाई नचिरी एउटा पार्टी स्थापित हुन सक्दैन । बैचारिक स्पष्टतासंगै राजनीतिक परिपक्वता हाँसिल गर्दै हामी यो यात्रा सम्पन्न गर्छौ। विश्वास गर्ने एक दुई जना मात्र हुदा त हिड्ने आँट गरियो भने आज त हामी सँग लाखौं लाख शुभेच्छुकहरु हुनु हुन्छ ।
२ वर्ष अघि हामीलाई विश्लेषण गर्न त परको कुरा, अस्तित्वमा समेत नरहने ठोकुवा गर्ने कयौं विश्लेषकहरु आज “रास्वपा खस्कदो छ” भन्ने विश्लेषण वाला आर्टिकलको ड्राफ्ट लेख्दै होलान्, कोहि टक शो मा बोल्न घाँटी र टाइ मिलाउदै होलान्। तर हामी हाम्रो यात्रामा अविचलित छौ। सम्झ्नुस त, देश तथा विदेशका टोल टोल वस्ती वस्तीका आम मान्छेको आवाज बोल्दा बोल्दै त्यो आवजलाई “घण्टी”मा रुपान्तरण गरेर २ वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौं। २१ सांसदले एक वर्षमा सिङ्गो सदनको ध्यान तान्यौं, ४ मन्त्रीले सिङ्गो देशको ध्यान तान्दैछौं।
साथीहरू,घण्टी सिंहदरबार पस्यो, यो देशको मतपत्रमा सदाका लागि घण्टी चुनाव चिन्ह बस्यो। बाँकी काम हामी गर्छौ, तपाईंहरु न चिन्ता लिनुस्, न पिर गर्नुस् । न्युज कारखाना
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गर्दै दायर रिटको आज सुनुवाइका लागि पेसी तोकिएको छ । आज यो रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको छ ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिट सुनुवाईकै क्रममा रहेको छ । यस अघि उक्त रिट यसअघि हेर्न नमिल्ने न्यायाधीशको पेशी पर्दै सरेको थियो ।
इजलासबाटै सुनुवाइको मिति तोकिएकाले आजका लागि पेशी तोकिएको थियो ।
महान्यायाधीवक्ता कार्यालय गृहमन्त्री लामिछानेलाई क्लिनचिट देखिने गरी कुनै पनि जिल्लामा अनुसन्धान,अभियोगपत्र र जाहेरी नभएको भनी पत्र लेखेपछि अधिवक्ता भट्टराईले रिट दायर गरेका थिए । सुरुमा उक्त रिट दरपिठ भएको थियो । पछि न्यायाधीश टेकनारायण ढुङ्गानाको इजलासले दर्ता गर्न आदेश गरेपछि पुन दर्ता भएको थियो ।
रिटमाथि पहिलो सुनुवाई गर्दै सर्वोच्चले पोखरादेखि रुपन्देहीसम्म जाहेरी दर्ता तथा अभियोग पत्रसम्म मगाउने आदेश गरेको थियो । त्यस्तै सर्वोच्चमा पोखराको सूर्य दर्शन र बुटवलको सुप्रिम सहकारी ठगी बारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले गरेको अध्ययन प्रतिवेदन समेत पेस भइसकेको छ । न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज आफ्नो दोस्रो स्थापना दिवस मनाउँदै छ । स्थापना दिवसको अवसरमा रास्वपाले बालाजुस्थित पार्टी कार्यालयमा चियापान कार्यक्रम गर्दैछ ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो १ देखि साँझ ५ बजेसम्म चियापान कार्यक्रम आयोजना गरिएको रास्वपाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिएका छन् ।
चियापान कार्यक्रममा सबै राजनीतिक दलका शिर्ष नेताहरुलाई निमन्त्रणा गरिएको छ ।
कार्यक्रममा रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित पूर्वप्रधानमन्त्री, कुटनीतिक नियोगका प्रतिनिधि लगायतलाई विशिष्ट व्यक्तिहरुलाई आमन्त्रण गरेको जनाएको छ ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताएका छन् ।
विश्व योग दिवस २०२४ को अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरे ।
योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योगले सहयोग पुर्याने बताए ।
“शरीरलाई स्वस्थ र फूर्तिलो बनाउने तथा मनलाई स्वच्छ र शान्त बनाउने सर्वोत्तम उपाय योग हो,” प्रधानमन्त्री प्रचण्डले भने, “नियमित योगाभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भइ कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि हुने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने, व्यक्तिमा अनुशासन र आन्तरिक ऊर्जा प्राप्त हुनेजस्ता गुणको विकास हुन्छ ।”
तनावमुक्त शान्त मन र रोगमुक्त स्वस्थ शरीर विकासमा योगको महत्त्वपूर्ण भूमिका रहने बताउँदै प्रधानमन्त्रीले योग र ध्यानका अभ्यासहरूबाट व्यक्तिमा नसर्ने रोगहरूको रोकथाम, उपचार र पुनःस्थापनाका लागि महत्त्वपूर्ण योगदान पुग्ने बताए ।
“नेपाल योग पर्यटनका निम्ति अत्यन्त सम्भावनायुक्त देश हो,” प्रधानमन्त्री प्रचण्डले भने, “तसर्थ, हामीले योगको विश्वव्यापीकरणमा जोड दिनुपर्दछ । यस दिशामा योजनाबद्ध पहल लिन योगका अभियन्ताहरू र योग गुरूहरूमा म हार्दिक अपील गर्दछु ।”
योग नेपालको आम जीवनपद्धति एवं अमूल्य निधि भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले नेपालले परिकल्पना गरेको योगमाया आयुर्वेद विश्वविद्यालयले भविष्यमा विश्वस्तरीय विश्वविद्यालयको रूपमा स्थापति हुने विश्वास व्यक्त गरे ।न्युज कारखाना
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गर्दै दायर रिटको आज सुनुवाइका लागि पेशी तोकिँदै छ ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिट सुनुवाईकै क्रममा रहेको छ । यस अघि उक्त रिट यसअघि हेर्न नमिल्ने न्यायाधीशको पेशी पर्दै सरेको थियो ।
इजलासबाटै सुनुवाइको मिति तोकिएकाले आजका लागि पेशी तोकिएको थियो । आज दुई न्यायाधीशको इजलासले यो विवादमा सुनुवाइ गर्ने छ।
महान्यायाधीवक्ता कार्यालय गृहमन्त्री लामिछानेलाई क्लिनचिट देखिने गरी कुनै पनि जिल्लामा अनुसन्धान,अभियोगपत्र र जाहेरी नभएको भनी पत्र लेखेपछि अधिवक्ता भट्टराईले रिट दायर गरेका थिए । सुरुमा उक्त रिट दरपिठ भएको थियो । पछि न्यायाधीश टेकनारायण ढुङ्गानाको इजलासले दर्ता गर्न आदेश गरेपछि पुन दर्ता भएको थियो ।
रिटमाथि पहिलो सुनुवाई गर्दै सर्वोच्चले पोखरादेखि रुपन्देहीसम्म जाहेरी दर्ता तथा अभियोग पत्रसम्म मगाउने आदेश गरेको थियो । त्यस्तै सर्वोच्चमा पोखराको सूर्य दर्शन र बुटवलको सुप्रिम सहकारी ठगी बारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले गरेको अध्ययन प्रतिवेदन समेत पेस भइसकेको छ ।
न्युज कारखाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सन २०५० सम्ममा विश्वका ८० प्रतिशत मानिस सहर बस्ने अनुमानले सहरी व्यवस्थापनमा चुनौती थपिँदै गएको बताएका छन् ।
ब्राजिलको साओ पाउलोमा हिजोबाट सुरु भएको मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन गएका प्रमुख शाहले ‘मेयरल राउण्ड टेवल’ कार्यक्रमअन्तर्गत आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति वहस’ मा यस्तो धारणा राखेका हुन् ।
‘हामीले देखेका, भोगेका र अनुमान गरेका समस्या समाधानका उपाय हामीसँगै छन् ।’ शाहले भने, ‘ठूला सहर केन्द्रीत बसाइँसराइलाई निरुत्साहित गर्नुपर्छ । सेटलाइट सहरहरुमा ठूला सहरमा भएका स्वास्थ्य, शिक्षा, रोजगारीसहितको सुविधा र अवसर दिनुपर्छ । यसले जनसंख्याको एकत्रित चाप रोकिन्छ । फरक प्रकृतिको भौगोलिक अवस्थितिमा जनसंख्याको सन्तुलन कायम गराउन मद्दत हुन्छ । यसले सहरी विकास र सुविधा वितरण व्यवस्थापनमा योगदान हुन्छ । यसकारण सहरी नीतिमा महानगरहरुले ठूला सहर केन्द्रीत बसाइँसराइलाई निरुत्साहन गर्नुपर्छ ।’
‘बसाइँसराइले सहरी चाप बढ्ने मात्र होइन । गाउँठाउँका मौलिक संस्कृति पनि नासिन्छन् । भाषा पनि नासिन्छ । ग्रामीण जीवनसँग जोडिएका विविध आयाम जोगाउन पनि यस्ता नीतिको खाँचो छ ।’ उनको भनाइ छ ।
नीति बहस सहरी आवासका आयाम, अभाव र प्रभाव तथा जलवायु जोखिम घटाउन विश्वव्यापी साझा कार्यक्रम, पर्याप्त पूर्वाधार, कम कार्बन फुटप्रिन्ट र समुदायका प्रत्येक सदस्यको विविध आवश्यकताहरू पूरा गर्न समावेशी दृष्टिकोणका विषयमा केन्द्रीत थियो । वहसमा ठूला महानगरपालिकाका मेयर (प्रमुख) हरु सहभागी थिए ।
सहरी आवास र भवनहरुको विषय निर्देशक बोर्डमा छलफलका मुख्य विषय छन् । बैठकमा सहरी आवासका चुनौतीलाई सामना गर्न, सभ्य र सहज बसोबाससँग सम्बन्धित विषयमा छलफल भइरहेको छ ।
प्रमुख शाह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य हुन् । मेट्रोपोलिस विश्वका ठूला १५० भन्दा धेरै महानगरहरुको आवद्धता रहेको, आपसी र विश्वव्यापी सहयोग, संवाद, ज्ञान तथा समाधान आदानप्रदान गर्ने, सामुहिक आवाज वुलन्द गर्ने अन्तरराष्ट्रिय संस्था हो ।
बैठकमा भाग लिन प्रमुख शाह असार ३ गते व्राजिल प्रस्थान गरेका हुन् । बैठक सकेर उनी असार ८ गते शनिवार स्वदेश फर्किने छन् ।
न्युज कारखाना
राैतहट,०६ गते असार । रौतहटको दुुइ वटा नगरपालिकाले बजेट ल्याएको छ । बुुधवार कटहरिया नगरपालिकाले बजेट ल्याएको छ भने विहिवार मध्य रौतहटमा रहेको गरुडा नगरपालिकाले बजेट ल्याएको छ ।
गरुडा स्थित कलवार धर्मशालाको प्रांगणमा बजेट अधिवेशन बोलाईएको थियो । नगर प्रमुख अजय कन्थमुनी जयवालको अध्यक्षतामा सो नगरसभा सम्पन्न भएको हो । “समृद्ध नगरःखुशी नगरबासी” लक्ष्यका साथ नगरपालिका नगर कार्यपालिकाबाट पास गरेको निती तथा कार्यक्रम कार्यान्यवन गर्न ४६ करोड भन्दा बढी बजेट विनियोजन गरेको हो ।
सो नगरपालिकाको ११ औं नगरसभा तथा आठौं बजेट अधिवेशन बाट आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ७० करोड भन्दा बढीको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगरसभाको प्रमुख अतिथीको रुपमा मधेस प्रदेशका युवा तथा खेलकुद मन्त्री प्रमोद जयसवाल रहनुु भएको थियो ।
गरुडा नगरपालिकाले नगरको समग्र विकासका लागि ७० करोड २० लाख ५९ हजार रुपैयाँ आयव्यय सहितको बजेट प्रस्तुत गरेको छ । अधिवेशनमा उपमेयर पुनम देवि चौधरीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत गरेकी थिइन ।
नगर सभाबाट यसपालि शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी लगायतलाई विशेष प्राथमिकता दिइएको छ । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहम्मद मुस्ताक आलमले स्वागत मन्तव्य राखेका थिए । हरेक वर्ष असार १० गते बजेट ल्याउनु पर्ने प्रावधान रहेको छ ।
तर गरुडा नगरपालिकाले सो समयअवधी आगावै नगरसभा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । सो अवसरमा जनप्रतिनिधिहरू,पत्रकार,सुरक्षाकर्मी,कर्मचारीहरू सहितका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
जनकपुरधाम । मधेस प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा सोहन कुमार शाह नियुक्त भएका छन् ।
विहिबार मुख्यमन्त्री सतिशकुमार सिंहले जनमत पार्टी निकट मानिने शाहलाई उपाध्यक्ष नियुक्त गरेका हुन् ।
शाहले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट स्कुल अफ सोसल साइन्स अन्तर्गत विज्ञान नीति अध्ययनमा विद्यावारिधि गरेका छन् ।
शाह तत्कालीन जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकारको बेला योजना आयोगको सदस्य थिए । न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिएका छन् । आजको प्रश्नोतरमा प्रधानमन्त्रीलाई १० सांसदले प्रश्न गरेका थिए ।
प्रश्नकर्ता सांसद तेजुलाल चौधरी
प्रश्न १- थारू आन्दोलन मूलतः अधिकारमुखी, पहिचानमुखी र राजनीतिक आन्दोलन हो भन्नेमा दुर्इमत हुन सक्दैन । तसर्थ यसै सन्दर्भमा टिकापुर घटनामा अहिलेसम्म पनि थारूहरू फरार रहेका र मुद्दा खेपिरहेका छन्, किनरु फरार व्यक्तिहरूलार्इ कहिलेसम्म उन्मुक्ति दिनुहुन्छरु सम्माननीय प्रधानमन्त्रीज्यू जवाफ चाहियो ।
२- मेरो अर्को प्रश्न रहेको छ । प्रतिनिधि सभामा सबै २७५ जना सांसदको भूमिका र अधिकार समान छ भनिन्छ तर नेपाल सरकारले नेता र मन्त्रीहरूको निर्वाचन क्षेत्रका लागि मात्रै बढी बजेट छुट्याइएको छ । यसले संघीयता र गणतन्त्रलार्इ कमजोर पार्छ कि पार्दैन रु निर्वाचन क्षेत्र पिच्छे किन यस्तो विभेदकारी दुर्व्यवहार गरिन्छ रु सम्माननीय प्रधानमन्त्रीज्यू जवाफ चाहियो ।
३- मेरो तेस्रो प्रश्न छ । मधेशको साक्षरता कम हुनुको एउटा कारण जातीय विभेद हो । तरार्इ मधेश यातायात, बिजुली लगायत सुविधाका हिसाबले पहाडभन्दा सुगम छन् । टोल(टोलमै विद्यालय पनि खुलेका छन् तर पनि मधेशको साक्षरता प्रतिशत कम छ । विशेष गरी मधेशको शैक्षिक गुणस्तर सुधार गरी त्यहाँको मुहार फेर्न सरकारले किन प्रभावकारी र दिगो सुधारको योजना ल्याउन नसकेको होरु सम्माननीय प्रधानमन्त्रीज्यू जवाफ चाहियो ।
प्रश्नको जवाफ
१- थारुलगायत आर्थिक तथा सामाजिक रुपमा पछाडि परेका समुदायको पहिचान स्थापित गर्ने र आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत समुदायको अधिकार सुनिश्चित गर्ने विषयमा सरकार गम्भीर छ। सोही आधारमा आवधिक योजना, वार्षिक नीति कार्यक्रम तथा बजेट मार्फत सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको विषयमा सम्मानित सदन र माननीय सांसदज्यूहरु अवगत नै हुनुहुन्छ।
टिकापुर घटना एउटा दुखद घटना हो, जसमा जनधनको अपुरणीय क्षति हुन पुग्यो। घटनाका विषयमा दोषी ठहर भएका व्यक्तिहरुको हकमा कानुन बमोजिम नै हुने कुरा माननीयज्यूहरुलाई अवगत नै छ। जहाँसम्म कैद माफि मिनाहाको विषय छ त्यस घटनामा कानुन बमोजिको प्रकृया पूरा गरेका केहीले सो सुविधा पाइसक्नु भएको छ भने बाँकीले कानुन बमोजिम तोकिएको प्रक्रिया अनुरुप निरुपण हुने नै छ।
२- सरकारले आवधिक बजेट तर्जुमा गर्दा प्रचलित ऐन, कानुन, बजेट तर्जुमा दिग्दर्शन एवं प्रणाली अनुरूप छलफल तथा स्वीकृति गर्ने प्रकृयामा सबै जनप्रतिनिधिको अहम भूमिका रहनेमा दुइमत छैन। सरकारको नीति कार्यक्रम र वार्षिक बजेट निर्माण प्रक्रियाको परम्परागत अभ्यासमा परिवर्तन गर्न मैले यही रोष्टममार्फत घोषणा गरेको अवगत नै छ । सोही बमोजिम सम्वद्ध कानूनमा समेत आवश्यक संशोधन गरी कार्य अगाडि बढाइएको थियो । यद्यपि संघीय संसदमा नीति तथा कार्यक्रममा पर्याप्त छलफल भएर बजेट निर्माण हुने अपेक्षा गरिए पनि संसदको कार्यवाही नियमितरुपमा सुचारु हुन नसक्दा नीति तथा कार्यक्रम र बजेट तर्जुमा प्रक्रियामा हामीले अपेक्षा गरेबमोजिम रुपान्तरण हुन सकेन । तर सरकारले नीति तथा कार्यक्रममा उल्लेखित विषयहरुलाई सम्बन्धित सबै पक्षसँग गहन छलफल गरी बजेटमा तादाम्यता कायम गरेको छ । बजेट विनियोजन गर्दा बहुबर्षीय स्रोत सहमति दिइएका आयोजना, आगामी आर्थिक वर्षमा सम्पन्न हुने आयोजना, सिर्जित दायित्व भुक्तानी गर्नुपर्ने आयोजना, क्रमागत रूपमा रहेका आयोजना तथा अनिवार्य दायित्व अन्तर्गत खर्च हुने कार्यक्रममा प्राथमिकतापूर्वक अनिवार्य रूपमा बजेट प्रस्ताव गर्नुपर्ने हुन्छ। संघीयता र गणतन्त्रको रक्षा एवं संविधानले निर्दिष्ट गरेको मार्गचित्र बमोजिम सबै भौगोलिक क्षेत्र, वर्ग र समुदायको समानुपातिक, सन्तुलित र समन्यायिक विकास, सुशासन एवं समृद्धिलाई मुख्य आधार लिएर बजेट तर्जुमा गरिएको विषय बजेटका प्राथमिकता तथा क्षेत्रगत विनियोजनबाट प्रष्ट हुन्छ।
३- शैक्षिक सूचकांकमा पछाडि परेको मधेस प्रदेशमा शैक्षिक गुणस्तर सुधारका लागि सरकार गम्भीर छ । शिक्षातर्फ वित्तीय हस्तान्तरणमार्फत मधेश प्रदेशका स्थानीय तहमा २० अर्ब ४४ करोड बजेट व्यवस्था गरिएको छ । जुन शिक्षा तर्फ स्थानीय तहमा दिइएको सशर्त अनुदानको १५ प्रतिशत हो। त्यसैगरी विद्यालय भवन निर्माणका लागि वित्तिय हस्तान्तरण तर्फको २ अर्ब ५३ करोडमध्ये १ अर्ब २ करोड रकम मधेशका स्थानीय तहहरूका लागि छुट्टयाइएको छ। यसका अतिरिक्त आगामी आर्थिक वर्षको बजेटमा साक्षर भैसकेका स्थानीय तहका लागि आजीवन सिकाइ कार्यक्रम अन्तर्गत स्थानीय तहका लागि २ लाख, साक्षर घोषणा नभएका गाउँपालिकाका लागि ३ लाख र नगरपालिकाका लागि ४ लाखका दरले वित्तीय हस्तान्तरण गर्ने प्रबन्ध गरिएको छ। सरकारले मधेश मात्रै नभएर देशैभरी गम्भीरतासाथ शिक्षा क्षेत्रमा रुपान्तरणको लक्ष्य लिएको छ । जातीय, लैगिक लगायतका विभेदका कारण उपेक्षित तथा उत्पीडित समुदायको शिक्षामा पहुँच कायम गर्न छात्रवृति, दिवाखाजा लगायतका कतिपय विशेष कार्यक्रम कार्यान्वयनमा रहेका र आगामी आर्थिक वर्षको बजेटमा थप कार्यक्रम समेत तर्जुमा गरिएका छन्। शैक्षिक वातावरण सुधारका लागि समुदाय, राजनीतिक दल, नागरिक समाजको महत्वपूर्ण भूमिका रहने भएकोले त्यसतर्फ माननीयज्यूहरुको प्रभावकारी भूमिकाको समेत मैले अपेक्षा लिएको छु ।
प्रश्न- प्रश्नकर्ता सांसद दामोदर पौडेल बैरागी
प्रश्न
१- पुष्पलाल मध्यपहाडी लोकमार्गको पोखरा १ हरिचोकदेखि पोखरा २५ सम्मको सडक चक्लाउने कार्य ठेकेदारले भुक्तानी नपाएकाले निर्माण कार्य पटक पटक अवरूद्ध भएको छ, त्यसको भुक्तानी के हुँदैछ र निर्माण कार्य कहिले सकिन्छ ?
क) हामी कास्की जिल्लाबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरूले सम्मानीय प्रधानमन्त्रीलार्इ भेटेर पोखराबाट कास्कीका अन्नपूर्ण गाउँपालिका र माछापुछ्रे गाउँपालिकाका विभिन्न ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक र पर्यटकीय ठाउँहरू समेटेर माछापुछ्रे आधारशिविर पुग्ने भौतिक पूर्वाधार निर्माणका लागि योजना प्रस्ताव गरेका थियौँ तर बजेटमा समेटेको देखिएन यसबारे ठोस योजना के छ रु
ख) पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सम्बन्धमा विभिन्न देशबाट उडान हुन्छ भन्ने समाचार बेलाबेला आइरहन्छन् तर हालसम्म सरकारको ठोस र आधिकारिक धारणा आएको छैन किनरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गरिने अन्तर्राष्ट्रिय उडान पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न सक्छौँ कि सक्दैनौँ रु
प्रश्न २ को जवाफ
१) पुष्पलाल मध्यपहाडी लोकमार्गको उक्त सडक खण्डको केही ठाउँमा रेखाङ्कन विवादले निर्माण कार्य अगाडि बढ्न नसकेको हो । निर्माण व्यवसायीलार्इ भुक्तानीको समस्या रहेको छैन । ठेक्का अवधि अझै १ वर्ष बाँकी रहेकोले समयभित्रै उक्त सडक खण्डको निर्माण कार्य सम्पन्न हुने अपेक्षा लिइएको छ।
क) कास्कीका अन्नपूर्ण गाउँपालिका र माछापुछ्रे गाउँपालिकाका ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक स्थलहरुको ठूलो पर्यटकीय महत्व रहेको छ । यी क्षेत्र समेटेर माछापुछ्रे आधारशिविर पुग्ने भौतिक पूर्वाधार निर्माणका लागि भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको जानकारी गराउँदछु । यो विषयलाई उक्त क्षेत्रका माननीयज्यूहरुसँग थप छलफल गरी अगाडि बढाइने विश्वास व्यक्त गर्न चाहन्छु ।
ख) पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्चालनका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल र समन्वय गरी तदारुकताकासाथ कार्य भइरहेको छ। अन्य मुलुकका अन्तर्राष्ट्रिय वायुसेवाहरूले पोखरा विमानस्थलबाट सेवा सञ्चालन गर्नका लागि विभिन्न छूटहरु तथा सहुलियतहरू माग गरेको हुँदा सो विषयमा समन्वय भइरहेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगायत तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलहरु दिगो रुपमा सञ्चालन गर्न सार्वजनिक निजी साझेदारीमा सञ्चालन र निर्माण सम्बन्धमा सुझाव पेश गर्न कार्य समिति गठन भएको र समितिको प्रतिवेदन तथा सिफारिश प्राप्त भएपछि अन्तर्राष्ट्रिय विमानस्थलहरु सार्वजनिक निजी साझेदारी वा अन्य उपयुक्त सञ्चालनको विधि तय गरी कार्यान्वयनमा ल्याइने छ।
प्रश्न ३ प्रश्नकर्ता सांसद दयाल बहादुर शाही
प्रश्न
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका ९ जिल्लामा २०७९ साल असोज १६ गतेदेखि २३ गतेसम्म परेको अविरल वर्षाका कारण करिब ९ हजार घरधुरी प्रभावित भएका थिए । ठूलो धनजनको क्षति भएको थियो । उनीहरूको दैनिकी अहिले पनि निकै कष्टकर छ । त्यहाँका पीडित स्थानीयबासीले अहिलेसम्म न क्षतिपूर्ति न राहत केही पाएका छैनन् ।
२०७९ सालमा भएको संघ तथा प्रदेश तहको निर्वाचन एवं डोटी र जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पका कारण पीडितलार्इ दिने क्षतिपूर्ति र राहतको विषय ओझेलमा परेको छ । बाढीपहिरो पीडित बाजुरा, बझाङ, अछाम, दार्चुला, हुम्ला, जुम्ला, मुगु, कालिकोट र डोल्पाका जनताको पीडाप्रति सरकारको ध्यान गएको छैन । यति ठूलो विपदाबारे गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण उदासिन छ ।
आज यस सम्मानित सदनमा सम्माननीय समाभुममार्फत् प्रधानमन्त्रीज्यूलार्इ प्रश्न गर्न चाहन्छु ( सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका ९ जिल्लाका बाढीपहिरो पीडितले कहिले राहत पाउँछन्रु प्रधानमन्त्रीज्यूले ती पीडितलार्इ राज्यको उपस्थिति र लोककल्याणकारी राज्यको प्रत्याभूति दिलाउने के योजना बनाउनुभएको छरु
प्रश्न ३ को जवाफ
सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरुमा गएको बाढीपहिरोबाट प्रभावित ३ हजार ३ सय १३ परिवारको आवास निर्माणका लागि आवश्यक ८८ करोड ८२ हजार ५ सय थप निकासा गर्ने प्रक्रिया अगाडि बढाइएको छ। यो रकम यथाशीघ्र सम्बन्धित जिल्ला र लाभग्राहीको खातामा पठाउने प्रबन्ध मिलाउन निर्देशन दिइसकेको छु ।
जाजरकोट र बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित ८५ हजार ६९० अस्थायी आवासका लाभग्राही पहिचान भई अस्थायी आवास व्यवस्थापनका लागि आवश्यक ४ अर्ब २८ करोड ४५ लाख रूपैंयामध्ये राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट ३ अर्ब १६ करोड रूपैंया जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा निकासा भइसकेको छ । बाँकी रहेको १ अर्ब १२ करोड ४५ लाख रकम निकासाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।
यसैगरी डोटी केन्द्रबिन्दु भई गएको भूकम्पबाट १५ हजार ६ सय लाभग्राही पहिचान भई अस्थायी आवास व्यवस्थापनका लागि आवश्यक पर्ने ७८ करोड निकासाका लागि समेत प्रक्रिया अघि बढिसकेको छ।
प्रश्न ४ प्रश्नकर्ता सांसद दिक्पाल कुमार शाही
प्रश्न
मिति २०८० जेठ ३१ गतेका दिन दैलेख जिल्लाको दुल्लु नगरपालिका वडा नं। १२ दहमा दाहाल, लम्साल र रूपाखेती कुल शिरोमणि ुदासुु को शालिक अनावरण कार्यक्रमको आमसभामा भावकु हुँदै सम्बोधन गर्दा पञ्चकोशी क्षेत्र मेरा पूर्वजको पनि बासस्थान हो र यस धार्मिक क्षेत्रको विकास गर्नु मेरो पनि कर्तव्य हो । यसको विकासको लागि म बजेटको व्यवस्था गर्छु भन्नुभएको थियोरु यस वर्षको वार्षिक विकास कार्यक्रममा त्यस्तो उल्लेख्य बजेट किन देखिएनरु आफैँले बोलेको पञ्चकोशी धार्मिक क्षेत्रको विकासका लागि के गर्दै हुनुहुन्छ ?
साथै कर्णाली सभ्यताको रूपमा रहेको खस राज्यको सिजनल राजधानी दुल्लुमा रहेको ऐतिहासिक दुल्लु दरबार प्रधानमनत्रीज्यूकै नेतृत्वमा रहेको नेकपा माओवादी पार्टीले २०५९ वैशाख ८ गते बमद्धारा ध्वस्त बनाइएको थियो । सो दरबार पुनर्निर्माण गर्न सरकारले के गर्दैछ ?
प्रश्न ४ को जवाफ
ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्व बोकेको दैलेखको पञ्चकोशी धार्मिक क्षेत्रको समग्र पर्यटकीय विकासका लागि सरकार गम्भीर रहेको छ। दैलेख पादुकास्थानको अन्वेषण एवं उत्खनन् कार्यका लागि पुरातत्व विभागबाट आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरिएको छ । पुरातत्व विभागले अध्ययन, अनुसन्धान र संरक्षणका कार्यहरु गर्नुका साथै पञ्चकोशी अन्तर्गत श्रीस्थान, पादुकास्थान, नाभीस्थान, तल्लो ढुङ्गेश्वरजस्ता ठाउँहरुमा संरक्षणका कार्यहरु भइरहेका छन् । पर्यटन क्षेत्रको विकासलाई प्राथमिकताका साथ देशैभरीका पर्यटकीय स्थलहरुको संरक्षण, पूर्वाधार विकास तथा प्रवर्द्धन गर्ने कार्यक्रमलाई विशेष प्राथमिकताको साथ कार्यान्वयनमा ल्याइनेछ ।
दैलेखस्थित दुल्लु दरवारको संरक्षणका लागि पुरातत्व विभागमार्फत विगतका वर्षहरुमा समेत विभिन्न कार्य हुँदै आएको छ ।उक्त दरवार निजी स्वामित्वमा भएकोले सम्बद्ध पक्षसँग संवाद गरी दरबार पुनर्निर्माण गर्न स्थानीय तहमार्फत समन्वय भइरहेको छ।
प्रश्न ५ प्रश्नकर्ता सांसद जुली कुमारी महतो महासेठ
प्रश्नको व्यहोरा
धनुषा जिल्लाको मुखियापट्टी मुसरहरनिया गाउँपालिका वडा नं। ६ थलिघाट जमुनी नदिको नेपाली भूभागमा पुल निर्माण गर्न अति नै आवश्यक भएको र यसमा प्रक्रिया शुरू समेत भैसकेको र यस बारेमा भारत सरकारसँग सहजीकरणो लागि कुटनीतिक पहल समेत भइसकेको सन्दर्भमा उक्त पुल निर्माण कार्यमा किन ढिलाइ भइरहेको छ, सम्माननीय प्रधानमनत्रीज्यबाट उक्त पुलको यथाशीघ्र निर्माण गराउने निर्देशन हुन अनुरोध गर्दछु । साथै नगराइन नगरपालिकाको जटही भन्सारनिर ६ लेन बाटो निर्माण भएकोमा सो सडक अनुरूपको क्षमता भएको पुल निर्माण सम्बन्धमा समेत प्रक्रिया सुरू समेत भइसकेको यस बारेमा भारत सरकारसँग सहजीकरणको लागि कुटनितिक पहल समेत भइसकेको सन्दर्भमा उक्त पुल निर्माण कार्यमा किन ढिलार्इ भइरहेको छ सम्माननीय प्रधानमन्त्रीज्यूबाट यसमा चित्तबुझ्दो उत्तरको अपेक्षा गरेकी छु।
नेपाललार्इ आकर्षण भ्रमण गन्तव्यको रूपमा विकास गर्दै विदेशी पर्यटकलार्इ आकर्षित गर्ने सरकारको योजना अनुरूप सरकारले आगामी आर्थिक वर्ष ९२०८१ र ८२० मा १६ लाख पर्यटक भित्र्याउने महत्त्वाकाङ्छी योजना लिएको छ । यो लक्ष्य प्राप्तिमा मिथिला संस्कृतिको खुला पुस्तकालयको रूपमा रहेको जनकपुर क्षेत्रको धेरै योगदान रहने कुरा निर्विवाद छ । प्रधानमन्त्री के।पी। शर्मा ओलीज्यूको कार्यकालमा मित्रराष्ट्र भारतका सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूले जनकपुर भ्रमणको कममा जनकपुरको पर्यटन क्षेत्रको विकासको लागि १०० करोड भारू सहयोग दिने कुरा बताउनुभएको सन्दर्भमा सो सहयोग लिने सम्बन्धमा के भइरहेको छ जानकारी पाउनको लागि अनुरोध गर्दछु।
देशका धेरै भागहरू र जनकपुरमा गुठी जग्गा व्यवस्थापन, छुट जग्गा दर्ता व्यवस्थापन, नदी उकासका जग्गा व्यवस्थापन नहुँदा जनताले समस्या भोगिरहनुपरेको छ । तैनाथी गुठी जग्गाहरूको व्यवस्थापन गुठी प्रणालीबाट सञ्चालित मन्दिरहरूको व्यवस्थापन र गुठी जग्गाहरूको अनधिकृत प्रयोग रोक्न र त्यसलार्इ व्यवस्थापन गर्न तत्काल कदम चाल्नु आवश्यक छ । यस्तै समस्या धनुषा जिल्ला र अन्य जिल्लाहरूमा समेत रहेको छ । यसमा सरकारको सोच के रहेको छ सम्मानीय प्रधानमन्त्रीज्यूबाट जानकारी पाउनको लागि अनुरोध गर्दछु ।
प्रश्न ५ को जवाफ
धनुषा जिल्लाको मुखियापट्टी मुसरहरनिया गाउँपालिका वडा नं। ६ अलिघाट जमुनी नदिको नेपाली भूभागमा पुल निर्माण गर्ने सम्बन्धमा सन्दर्भमा माननीयज्यूबाट व्यक्त जिज्ञासाका सन्दर्भमा थलियाघाट पुलको २ वटा एबुटमेन्ट बनिसकेको भएपनि निर्माणको सहमतिको लागि पुलको बनाउन भारतीय पक्षसँग कुटनीतिक पहल जारी रहेको छ।
यसैगरी जटही भन्सार छेउको पुलको सम्पूर्ण भाग नेपाली भूभागमा रहेपनि पहुँच सडक भारतमा परेका कारण दुर्इ वटा निर्माण भई पुलको सहित कगउभचकतचगअतगचभ बनाउन भारतसँग कुटनीतिक पहल भैरहेको छ।
जमुनी खोलामा अकरघाट (नेपाल र साहरघाट( भारत, जटही(नेपाल र पिपरौन( भारत तथा थलही घाटमा गरी ३ स्थानमा पुल निर्माण कार्यमा सहजीकरणको लागि पुल निर्माण कार्यमा सहजीकरणको लागि भारतीय पक्षसँग कुटनीतिक पहल गरिएको छ।
नेपाल र भारतबीच १५ वटा धार्मिकस्थललाई समेटेर रामायण तथा बुद्ध परिपथ निर्माण र प्रवर्द्धन गर्ने सम्बन्धमा भएको द्वीपक्षीय सहमति कार्यान्वयनका लागि सरकारले गम्भीरतासाथ कार्य अघि बढाएको छ । रामायण सर्किट लगायतका शिव, बुद्ध र किरात सर्किटहरुको विकास गर्न यस वर्ष बजेट सुनिश्चित गरिएको छ । जनकपुर क्षेत्रको पर्यटकीय विकासका लागि हाल ९८ वर्ष पुरानो गोपाल धर्मशाला रहेको स्थानमा नयाँ परियोजना कार्यान्वयन गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइ सरोकारवाला निकायहरुको समन्वयमा कार्यान्वयनको प्रक्रिया अघि बढेको छ।
देशका विभिन्न भागमा रहेका गुठी जग्गा लगायत सबै प्रकारका जग्गा सम्बन्धी समस्याहरु सम्बोधन गर्न सरकार सम्बेदनशील रहेको छ। विशेषतः मौजुदा कानूनी प्रावधानबाट समाधान हुन नसकेका गुठी जग्गा सम्बन्धी समस्या समाधान गर्न एवम् गुठी सम्बन्धी विद्यमान व्यवस्था, प्रथा, परम्परा र गुठी संस्कृतिको संरक्षण र सम्बर्द्धनका लागि मौजुदा कानूनमा आवश्यक परिमार्जनको खाका सहित यही असार १५ गतेभित्र नयाँ गुठीसम्बन्धी कानूनको मस्यौदा तयार गर्न कार्यदल गठन भर्इ मस्यौदा तयारी कार्य अघि बढेको छ । मस्यौदा प्राप्त भएपश्चात सम्बद्ध सरोकारवालाहरुसंग समेत छलफल गरी विधेयकलाई अन्तिम रुप दिइने र सम्मानित सदनमा पेश गरिने जानकारी गराउन चाहन्छु ।
प्रश्न ६ प्रश्नकर्ता सांसद ठाकुर प्रसाद गैरे
प्रश्नको व्यहोरा
सम्मानीय प्रधानमनत्रीज्यू आ।व। २०८१र८२ को बजेट निर्माणको प्रक्रिया चलिरहेको र पास गर्ने प्रक्रियामा भएकाले बजेटसम्बन्धी केही जिज्ञासा राख्न चाहन्छु ।
१- प्रधानमन्त्रीज्यू यहाँले संविधानको मर्म र भावनाअनुरूप संघीयताको प्रभावकारी कार्यान्वयनका लागि संघीय सरकारले कुनै पनि योजना रू।३ करोडभन्दा कम बजेट योजनामा विनियोजन नगर्ने घोषणा गर्नुभएको थियो । तर बजेटमा सहरी विकास मन्त्रालयलगायत विभिन्न मन्त्रालयहरूले हजारौँ योजनाहरू ५ लाख, २ लाख, १ लाखका र केही योजनाहरू हजारमा समेत विनियोजन गरेको छ । सम्माननीय प्रधानमन्त्रीज्यू यसरी बजेट विनियोजन गर्दा तपाइँको घोषणाकत्र उपहास भएन ररु यस्तो काम गर्ने मन्त्रीज्यूहरूलार्इ पुरस्कृत गर्नुहुन्छ वा केरु सम्माननीय प्रधानमन्त्रीज्यू अब तपार्इँ प्रस्तुत बजेटको समर्थन गर्नुहुन्छ कि विरोधरु अथवा सच्याउन निर्देशन दिनुहुन्छरु जान्न चाहन्छु ।
२- सम्माननीय प्रधानमन्त्रीज्यू बजेट वक्तव्यमा उल्लेख भएको भरतपुर(बुटवल(पोखरा (मुग्लिन) भरतपुरलार्इ तीन वटा कोणमा राखी गण्डकी आर्थिक त्रिभुजको परियोजना मध्येको एक महत्त्वपूर्ण सिद्धार्थ राजमार्ग ९बुटवल(पोखरा खण्ड० आ।व। २०८१र८२ को सुरूको ६ महिनाभित्रै छोटाछोटा सुरूङ मार्ग, घुम्ती घटाउने अग्ला पुल ९भायडक्ट प्रविधि० सहित डेडिकेटेड डबल लेन सडक स्तरोन्नतिका लागि कार्य आरम्भ गर्न सम्बन्धित मन्त्रालयलार्इ निर्देशन दिन अब कुनै कठिनाइ छ ररु जान्न चाहन्छु ।
३- सम्माननीय प्रधानमन्त्रीज्यू आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा आम जनताले चाहेजस्तो विकास योजना र बजेट लैजान मन्त्री नै बन्नुपर्ने होरु म यहाँलार्इ प्रश्न गर्न चाहन्छु कि हामी जस्ता सांसदहरूलार्इ आफ्नो क्षेत्रमा योजना लैजाने गरी तपार्इँको कार्यकालमा कहिलेसम्म मन्त्री बनाउने योजना बनाउनुभएको छरु जान्न चाहन्छु ।
प्रश्न ६ को जवाफ
१- सरकारले वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्दा व्यवहारिक र प्रतिफल प्राप्त होस् भन्ने उद्देश्यले संघ, प्रदेश र स्थानीय तहमा आयोजनाहरूबीच दोहोरोपना हुन नदिने, ठूला आयोजना संघबाट कार्यान्वयन गर्ने, मझौला प्रकृतिका आयोजना प्रदेशबाट र साना आयोजना स्थानीयतहबाट कार्यान्वयन गर्ने बिषयमा सरकार दृढ रहेको विश्वास दिलाउँछु।यद्यपी बित्तीय हस्तान्तरण अन्तर्गत सशर्त अनुदान तर्फका कतिपय आयोजनाहरू सम्पन्न गर्ने कार्यका लागि केही आयोजना तथा कार्यक्रमहरूमा कम रकम देखिए पनि यस प्रकारका आयोजनाहरु प्रदेश र स्थानीय सरकारबाटै कार्यान्वयन हुने व्यहोरा समेत जानकारी गराउन चाहन्छु ।
२- एकीकृत विकासको अवधारणा अनुरूप नीजि क्षेत्र समेतको सहकार्यमा भरतपुर(बुटवल(पोखरा ९मुग्लिन० भरतपुरलार्इ तीन वटा कोणमा राखी गण्डकी आर्थिक त्रिभुजको नमूना परियोजना बजेटमार्फत प्रस्तुत गरिएको छ। यो नेपालको आर्थिक तथा सामाजिक विकासमा कोशेढुंगा साबित हुने छ। यो परियोजनाबाट यातायात पूर्वाधारको विकास मात्र नभइ उद्योग, ऊर्जा, कृषि तथा पर्यटन क्षेत्रको विकाससँगै रोजगारीका अवसरहरू सिर्जना हुने लक्ष्य लिइएको छ। परियोजनको कार्यान्वयन कार्ययोजना तयार भइरहेको र आगामी आर्थिक वर्षको शुरूबाटै कार्यान्वयन गर्ने गरी निर्देशन समेत दिइसकेको जानकारी गराउन चाहन्छु।
३- बजेट तर्जुमा गर्दा प्रचलित ऐन, कानुन, बजेट तर्जुमा दिग्दर्शन एवं स्वीकृत प्रणाली अनुरूप अर्थ मन्त्रालय र बिषयगत मन्त्रालहरूबाट हुने गर्दछ। जनताका माग सम्वोधन गर्न विकास आयोजना तथा कार्यक्रमलाई प्राथमिकताका आधारमा विनियोजन गरी कार्यान्वयन गरिने विश्वास दिलाउन चाहन्छु।
प्रश्न ७ प्रश्नकर्ता सांसद टेक बहादुर गुरूङ
प्रश्नको व्यहोरा
१- पर्यटकीय तथा जलश्रोत सम्पन्न हिमाली जिल्ला मनाङमा लमजुङ जिल्लाको बेशीसहरदेखि मनाङको चामे सम्म जोड्ने ६५ कि।मी। सडकको ट्याक खोल्ने कार्य सम्पन्न गर्न नेपाली सेनालार्इ १५ वर्ष लाग्यो । उक्त बेसिशहर(चामे मोटरबाटो नेपाली सेनाद्धारा ट्रयाक खोल्ने कार्य सम्पन्न भर्इ मिति २०६९ साल मंसिर ७ गतेदेखि सार्वजनिक यातायात सञ्चालनमा आयो र सडक विभागलार्इ हस्तान्तरण गरेको पनि १२ वर्ष पूरा भइसक्दा पनि हालसम्म ८ कि।मी। सडक मात्र कालोपत्रे भएको छ र बाँकी ५७ कि।मी। सडक हालसम्म कालोपत्रको त कुरै छोडौँ ग्रावलिङ सम्म हुन सकेको छ । राजधानीबाट सबैभन्दा नजिकको दूरीमा पर्ने पर्यटकीय हिमाली जिल्ला मनाङ हो । बाहिरी एवं आन्तरिक पर्यटकहरू धेरै आवागमन गर्ने जिल्लाहरूमा पनि मनाङ अग्स्थानमै पर्छ । मनाङका जनता बाहिरी एवं आन्तरिक पर्यटकले कहिलेसम्म जोखिमपूर्ण यात्रा व्यहोर्नुपर्ने होरु मनाङबासीले पक्की पिच सडकमा यात्रा गर्न कति वर्ष कुर्नुपर्ने होरु आगामी योजना के छरु ठक कति वर्षभित्र वेशीसहर (चामे सडक ग्राभल भर्इ कालोपत्र पिच कत्र कार्य सम्पन्न हुन्छरु सम्माननीय प्रधानमन्त्रीज्यूबाट जवाफ पाउँ ।
२- मिति २०७८ साल जेठ ३१ र असार १२ गते आएको अविरल एवं भीषण वर्षाको कारणले मनाङ जिल्लाको सदरमुकाम चामेस्थित विभिन्न सरकारी कार्यालय, विद्यालय, पर्यटन व्यवसायीहरूका होटल तथा व्यापार व्यवसायहरू, नासो गाउँपालिकाका सम्पूर्ण घरहरू, होटल तथा व्यापार व्यवसायहरू, मनाङ जिल्लाको प्रवेशद्धार भनिने सुन्दर ताल बजार नै डुबानमा परेकोरु साथै जील्ला भरिका सडक, झोलुङ्गे पुल, बाढी पहिरोल् क्षदविच्छेद गरी अरबौँको क्षति पुर्याएको साथै तत्कालीन समयमा पूर्व प्रधानमन्त्रीको हैसियतले स्वयम सम्माननिय प्रधानमन्त्रीज्यू, पूर्वमन्त्री देव गुरूङ, तत्कालीन ऊर्जा, जलश्रोत एवं सिँचाइ मन्त्री पम्फा भुसाल, म लगायत कर्मचारीहरूको टिमले स्थलगत अवलोकन गरी तत्कालीन सरकारले समेत मनाङ जिल्लालार्इ क्षतिग्रस्त जिल्ला घोषणा गरेको थियो । तर हालसम्म पनि कार्यान्वयनमा ढिलार्इ भएकै कारणले मनाङ जिल्लाका जनताले कहिलेसम्म सास्ती खेप्नुपर्ने होरु यस विषयमा सम्माननीय प्रधानमन्त्रीज्यूकत्र धारणा के छरु जवाफ पाउँ ।
प्रश्न ७ को जवाफ
१- बेँशीसहर(चामे सडकको खुदिसम्म जम्मा ८ किलोमिटर कालोपत्रे भए पनि सोभन्दा अगाडि अन्नपूर्ण संरक्षण क्षेत्र परेकोले तुरून्तै कालोपत्रे गर्ने ठेक्का लगाउन सकिएको छैन ।
हाल वातावरणीय प्रभाव मूल्याङ्कन गर्न अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाबाट सहमति प्राप्त भइसकेको र वन तथा वातावरण मन्त्रालयबाट अन्तिम सहमति प्राप्त भएपछि एक वर्षभित्र सम्पन्न गर्ने र त्यसको ५ वर्षभित्र कालोपत्रे हुने अवस्था रहेको छ ।
२- विसं २०७८ सालको बाढी पहिरोको कारणले मनाङ जिल्लाका ८३ जना लाभग्राहीका लागि अस्थायी आवास र निजी आवास निर्माणका लागि रु। १ करोड ८३ लाख ९० हजार निकासा गरिसकिएको । साथै तटबन्धको काम उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयअन्तर्गतको वार्षिक विकास कार्यक्रममार्फत् कार्यान्वयन हुने व्यहोरा माननीयज्यूलार्इ जानकारी गराउन चाहन्छु ।
प्रश्न ८ प्रश्नकर्ताः सांसद तारा तामाङ्ग
प्रश्नको व्यहोरा
१ तत्कालिन सरकारले २०५८ सालमा शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज) विस्तार गर्ने क्रममा सयौँ परिवार घरवार विहिन भएका छन्। पीडित भएकाहरुले २२ वर्ष वितिसक्दा समेत उचित क्षतिपूर्ति र सट्टा भर्ना पाउन सकेका छैनन्। अहिलेसम्म सरकारले ३२ वटा आयोग बनाईसक्दा पनि समस्या समाधान नभएकोले अत्यन्त नाजुक अवस्थामा ढक्का शिविर लगायत कञ्चनपुरको अन्य क्षेत्रका शिविरहरुमा आशैआशमा बसेका पिडीतहरुको समस्या समाधान गर्न सरकारले अधिकार सम्पन्न आयोग बनाएर सयौँ पीडितलाई कहिले न्याय दिन्छ ?
२- सरकारले यो भन्दा पहिलेकै सरकारले जस्तै गरी भर्खरै ११ मुलुकबाट राजदूतहरु फिर्ता बोलाएको छ। हरेक पटक नयाँ सरकार बन्ने अनि राजदूतहरु फिर्ता बोलाउने परिपाटीले अन्तराष्ट्रिय जगतमा मुलुकको कुटनीतिक पक्ष कमजोर भएको छ। अहिलेसम्म ५०५ करियर डिप्लोम्याट र ५० प्रतिशत राजनीतिक नियुक्तिबाट राजदूत जाने गरेका छन्। आगामि दिनहरुमा सरकारले राजदूत नियुक्त गर्दा राष्ट्रिय सहमति बनाएर कार्यसम्पादनको आधारमा कम्तीमा चार बर्ष राख्ने व्यवस्था गर्दा राम्रो हुन्थ्यो। यसमा सरकारको के योजना छ ?
३- कञ्चनपुरको चुरेदेखि भारतको दुधुवा नेशनल पार्कसम्म जोडिएको ४३ किलोमिटर लामो दोदा नदीको बाढीका कारण हरेक वर्ष यो किनाराका हजारौँ विगाहा खेतीयोग्य जमिन र दर्जनौँ गाउँ डुवान, कटान भई करोडौँको धनजनको क्षति हुने र बस्ती विस्थापित हुनुपरेको छ। यो समस्यालाई समाधान गर्न वृहत गुरुयोजना बनाई अधिकांश रानाथारु आदिवासी जनजाती र अन्य समुदाय रहेको सो क्षेत्रको समस्या समाधानको लागि नेपाल सरकारले के सोचिरहेको छ ?
४- कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको हुलाकी सडकको पचुई क्षेत्रमा निर्माणको क्रममा भारतीय सुरक्षाकर्मीले सीमा विवाद देखाई निर्माण कार्यमा अवरोध गरेकोले नेपाली भू(भागमा बनिरहेको सो सडक निर्माण अगाडि बढाउन र सीमा विवादलाई कुटनीतिक पहल गरी समाधान गर्ने योजना कहिलेसम्म छ ?
प्रश्न ८ को जवाफ
१- शुक्लाफाँटा राष्ट्रिय निकुन्जबाट प्रभावितहरूको समस्याका बारेमा सरकार गम्भीर छ । विषयको संवेदनशीलतालाई आत्मसात गर्दै प्रभावित जनताका समस्यालाई स्थायीरुपमा हल गर्ने उद्देश्यले मन्त्रिपरिषद्को मिति २०८०(फागनु(०६ गते बसेको बैठकले पूर्वन्यायाधीशको अध्यक्षतामा अधिकार सम्पन्न न्यायिक समिति गठन गर्ने निर्णय भएपनि कारणवश समितिको नेतृत्व चयन हुन नसकेकोले पुन नयाँ समिति गठनको प्रक्रिया अघि बढेको जानकारी गराउन चाहन्छु । अधिकारसम्पन्न न्यायिक समिति गठन भएसँगै यसअघिका आयोगका सुझावहरुलाई समेत समेटी पीडित जनताका समस्या स्थायीरुपमा समाधान गर्न सरकार कटिवद्ध रहेको छ।
२- नेपालको संविधान र परराष्ट्र नीतिले परिलक्षित गरेअनुसार राष्ट्रको सर्वोपरी हित हुने गरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखलाई परिचालन गर्न सरकार प्रतिवद्ध छ। राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, द्दण्ठछ को दफा ड९ग० बमोजिम नेपाल सरकारले आवश्यक ठानेमा राजदूतलाई पदावधि पुरा हुनु अगावै निर्णय गरी फिर्ता बोलाउन सक्ने प्रावधान छ। देशको हित र कूटनीतिलाई मजबुत बनाउन वस्तुगत आधारमा राजदूतहरूको मूल्याङ्कन गरी सोही अनुरूप व्यवस्थापन गर्ने नीति सरकारले अवलम्बन गर्दै आएको छ । राजदूत नियुक्ति सम्बन्धी निर्देशिकालाई मुल आधार बनाई राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी, दक्षतामा आधारित र कार्यसम्पादनमा आधारित बनाउन यो सरकार अधिकतम रूपमा प्रयासरत रहनेछ।
३- कञ्चनपुरको चुरेदेखि भारतको दुधुवा नेशनल पार्कसम्म जोडिएको ४३ किलोमिटर लामो दोदा नदीका कारण स्थानीय जनताले भोग्दै आएको समस्याका बारेमा म जानकार छु । दोदा नदी नियन्त्रणका लागि बिभिन्न समयमा प्रयास भएपनि नदीको प्रकृति र यसले पारिररहेको असरलाई दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने देखिएकोले सरकारले संयुक्त राष्ट्रसंघको परियोजना सेवामार्फत् जलवायु परिवर्तनसँग यसलाई अन्तर्सम्बन्धित गरी प्रतिवेदन तयार भएको छ । यो आयोजना (डट मिलियन अमेरिकी डलर लगानी प्रस्तावित) जलवायु परिवर्तनको कारणले सिर्जित समस्या समाधानको उपयुक्त मोडेल हुनसक्ने भएकोले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मार्फत् यसलाई कार्यान्वयन ल्याउन प्रक्रिया अघि बढाइसकेको छ । प्रतिवेदनका आधारमा बाढी नियन्त्रणका संरचनाहरू बनाउने, नदी वरिपरिका फाँटहरूमा व्यवस्थित र भरपर्दो सिँचाइ सुबिधा पुर्याउने, स्थानीय समुदायलाई सशक्तीकरण गर्ने जस्ता आयोजनाका कार्य सुरू हुने र यसबाट वर्षौँदेखि जनताले दोदा नदीबाट भोगिरहेको समस्या अन्त्य हुने विश्वास लिइएको छ । यसका साथै हाल तत्कालका लागि आपतकालीन विपद सूचना प्रवाह तथा विपद् प्रभाव न्यूनिकरणका लागि दोदा नदिसँग जोडिएका शुक्लाफाँटा नगरपालिकाका ३ वटा, लालझाडी नगरपालिकाका ४ वटा र पुनर्वास नगरपालिकाको १ स्थानमा गरी जम्मा ८ वटा स्थानमा पूर्व सूचना प्रणाली जडान गरिएको छ भने विपद् प्रतिकार्य तथा अन्य कार्यका लागि बजेट सुनिश्चित गरिएको छ।
४- हुलाकी राजमार्ग अन्तर्गत डोकेबजार(वेलौरी(बेल्डी(दैजी सडक खण्डको बेलौरी नगरपालिका वडा नं। ८ कालोपुल खार्पतखोला देखि र्इटाभट्टा मोड पचुर्इसम्मको १४०० मिटर लम्बार्इमा सडक निर्माण कार्य अन्तर्गत विगतमा विवादरहित रुपमा निर्माण कार्य संचालन भर्इ ग्राभेल गर्ने सम्मको कार्य सम्पन्न भइसकेको र उक्त स्थानमा थप निर्माण कार्य संचालन गर्न सहयोग तथ सहजीकरणको लागि भारतीय पक्षसँग कुटनीतिक पहल गरिएको छ ।
प्रश्न ९ प्रश्नकर्ता सांसद जीवन परियार
प्रश्नको व्यहोरा
१- कास्की, रूपन्देही, चितवन, काठमाण्डौँ उपत्यका लगायत देशैभरका लाखौँ सहकारी बचतकर्ताको अरबौँ रकम सहकारीका सञ्चालक, व्यवस्थापक, सहकारीबाट कर्जा लिर्इ समयमा सावा तथा व्याज नबुझाएका ऋणी, गैरकानूनी रूपमा सहकारीको रकम लगेका निजी कम्पनीलगायत सरोकारवाला अन्य व्यक्ति जसले उक्त रकमको हिनामिना, दुरूपयोग, अपचलन र ठगी गरेका छन् ती व्यक्तिबाट ठगिएको रकम असुलउपर गरी ती लाखौँ पीडित सहकारीका बचतकर्ताले कहिलेसम्म रकम फिर्ता पाउँछन्रु सरकारले उक्त कार्य कहाँसमम पुर्याएको छरु साथै ती ठगी कार्यमा संलग्न संस्था, कम्पनी र व्यक्तिहरूलार्इ कानूनी कारबाही गर्न तपार्इँको प्रतिवद्धता के होरु सम्माननीय प्रधानमन्त्रीज्यूको स्पष्ट जवाफ चाहन्छु ।
२- सम्माननीय प्रधानमन्त्रीज्यू, सदऔँदेखि जात व्यवस्थाका कारण मानिस मानिसबीच कलङ्कको रूपमा रहेको जातीय भेदभाव र छुवातुत आजको ३१ औँ सताब्दीसम्म विद्यमान छ । के यो देशका लाखौँ दलित समुदायले अपमान, अपहेलना, तिरस्कार मानव मर्यादाबाट कहिलेसम्म विमूख हुनुपर्ने होरु के यही हो मानव अधिकाररु विश्वसामु हामी नेपालीले कहिलेसम्म शिर निहुर्याउनु पर्ने होरु के पटक(पटक राज्यसंचालनको ड्राइभिङ्ग सिटमा बस्ने तपार्इँहरूले माफी माग्नुपर्दैनरु के यी लाखौँ अपमानित जनताको पीडाप्रति संवेदना पैदा हुँदैनरु हाम्रो देशबाट १०४ वर्षे राणा शासनको अन्त्य भएको ७४ वर्ष भइसक्यो । ३० वर्ष पञ्चायती व्यवस्था अन्त्य भएको ३५ वर्ष भयो । यो देशबाट झण्डै २४० वर्षे राजतन्त्र अन्त्य भएको १५ वर्ष भयो । पुनर्स्थापित प्रतिनिधि सभा अर्थात् जनताको सार्वभौम संसदबाट २०६३ जेठ जेठ २१ गते जातीय भेदभाव तथा छुवाछूत मुक्त राष्ट्र घोषणा भएको १८ वर्ष भयो । संविधान सभाबट संविधान जारी भएको ९ वर्ष भयो । संविधानको मौलिक हकअन्तर्गत धारा २४ मा जातीय भेदभावविरूद्धको हक र धारा ४० मा दलितको हकको व्यस्था गरिएको । प्रधानमन्त्रीज्यू, संविधानको धारा २४ र धारा ४० को आजसम्म किन कार्यान्वयन हुन सकेनरु धारा ४० मा भएको व्यवस्था सम्बन्धी ऐन कहिले बन्छरु साथै यो देशबाट जातीय भेदभाव र छुवाछुत जस्तो कुप्रथा, कुसंस्कार र कुरिती हटाउन तपार्इको योजना के छरु अ यो समस्या हटाउन कस्तो रणनीति तय गर्नुहुन्छरु कार्यक्रम के के ल्याउने तयारी गर्नुभएको छरु के यो समस्या दलित समुदायको मात्र समस्या हो वा यो देशको समस्या हो अर्थात् आम नेपालीको समस्या हो । सम्माननीय प्रधानमन्त्रीज्यूको स्पष्ट जवाफ चाहन्छु ।
प्रश्न- ९ को जवाफ
१- नेपालको संविधानले अवलम्बन गरेको तीन खम्बे अर्थनीतिको एउटा महत्त्वपूर्ण खम्बा सहकारी हो । सहकारिताको भावनाबाट जीवनस्तर उकास्ने र आर्थिक अवस्थालार्इ बलियो बनाउने सवालमा सहकारी नमूना अभ्यास पनि हो । कैयौँ विकासोन्मूख अर्थतन्त्रहरूमा सहकारी क्षेत्रको ठूलो योगदान रहेको पाइन्छ । नेपालको सन्दर्भमा सहकारी इतिहास छोटो ९६ दशक० भए पनि यसले अर्थतन्त्रमा राम्रै योगदान गरेको छ । यसबीचमा सहकारीका आधारभूत मूल्य र मान्यताअनुसार स्वनियमनमा आधारित रहेर सहकारी सदस्यहरूको हित प्रवर्द्धन गर्नुपर्नेमा त्यसो हुन नसकी केही सहकारी संस्थाहरूमा विचलन देखिएको पक्कै छ । यसो भन्दैमा सबै सहकारी समस्यामा छन् भन्ने होइन । कानूनको अधिनमा रही सहकारीका स्थापित अन्तर्राष्ट्रिय मूल्यमान्यताभित्र रहेर सहकारी आन्दोलनमार्फत् आर्थिक विकास र जीवनस्तर उकास्न धेरै सहकारी संस्थाहरूले मद्दत गरेका छन् । यो योगदानलार्इ म कदर गर्दछु र आगामी दिनमा पनि यस्तै सकारात्मक योगदानको अपेक्षा समेत गर्दछु । सहकारीको संख्यात्मक वृद्धि भए पनि गुणात्मक विकासमा भने पक्कै केही कमीकमजोरी भएकै छ । त्यसतर्फ सरकार निकै गम्भीर छ ।
यसै विषयलार्इ दृष्टिगत गरी सहकारी सहकारी क्षेत्रलार्इ सेवा, उत्पादन र वित्तीय क्षेत्रमा वर्गीकरण गरी विद्यमान सहकारी ऐनको संशोधन प्रक्रिया अघि बढाइएको व्यहोरा म यस सदनसमक्ष जानकारी गराउँदछु । त्यसैगरी बचत तथा ऋणको कारोबार गर्ने सहकारीको नियमन तथा सुपरीवेक्षणको लागि छुट्टै विधेयकको तर्जुमा एवं सहकारी बचत तथा कर्जा सुरक्षण कोष स्थापनाको लागि छुट्टै नियमावलीको तर्जुमा गरिएको छ ।
यस विषयमा सरकार अझ गम्भीर भएर समस्याग्रस्त अवस्थामा पुगेका तर समस्याग्रस्त घोषणा नभएका सहकारी संघसंस्थाको समस्या समाधानको देशभरबाट सहकारीसम्बन्धी उजुरी र गुनासो संकलन, विश्लेषण गरी समस्याग्रस्त अवस्थाको पहिचान गर्न एक उच्चस्तरीय जाँचबुझ समिति गठन गर्ने प्रक्रिया अघि बढाइएको छ । त्यस समितिको सिफारिसको आधारमा त्यस्ता संस्थाहरूलार्इ समस्याग्रस्त घोषणा गरी सम्पत्तिको व्यवस्थापन र दायित्व भुक्तानी (बचत फिर्ता समेत) को कार्य अघि बढाउनुपर्ने हुन्छ । त्यसका लागि प्रदेश र स्थानीय तहको नियमन क्षेत्राधिकारमा पर्ने सहकारी संस्थाहरूको सहकारी विभाग, प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय र सम्बन्धित स्थानीय तहबाट विवरण लिनुपर्ने हुन्छ । त्यसैगरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोबाट यसमा आवश्यक अध्ययन तथा सहयोग हुन्छ ।
२- माननीयज्यूले निकै महत्वपूर्ण विषय उठान गर्नुभएको छ । नेपाली समाजमा सदियौदेखि जातीय विभेद भोग्दै आएका दलित समुदायको संविधानप्रदत्त अधिकार प्राप्ति सुनिश्चितताको विषय निकै गम्भीर छ । यस विषयमा सम्मानित संसद, सरकार, राजनीतिक दल र नागरिक समाज सबै संवेदनशील हुन जरूरी छ। दलित समुदायमाथि हुँदै आएको उत्पीडनको क्षतिपूर्तिको माग जायज छ । आर्थिक सशक्तिकरणमार्फत दलित समुदायको सम्मानपूर्ण जीवनयापन सुनिश्चित गर्न सकिएन भने हामीले लिएको सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष पूरा हुन सक्दैन। त्यसैले जातीय विभेदको समूल अन्त्य गर्न संविधानको धारा द्धण् को मौलिक हक कार्यान्वयनका लागि सरकार संवेदनशील छ।
सरकारका तर्फबाट जातीय विभेद तथा अन्य छुवाछूत र भेदभाव (कसूर र सजाय) ऐन, द्दण्टड लाई समयानुकूल परिमार्जनका लागि आवश्यक तयारी भइरहेको छ । दलित समुदायको संविधान प्रदत्त अधिकारको प्रत्याभूति गर्न दलितको सशक्तीकरण कार्य गर्ने संरचनालाई एकीकृत गरी दलित, उपेक्षित, उत्पीडित वर्ग उत्थान तथा विकास प्राधिकरणको संस्थागत व्यवस्था गर्न नीति कार्यक्रम तथा बजेटमा समेत प्रस्तुत विधेयक तर्जुमाको प्रक्रिया छिटै सुरु गरिनेछ ।
सरकारले दलित समुदायका उल्लिखत अधिकार प्राप्तिका लागि रैथाने परम्परागत सीप, ज्ञान, पेशाको आधुनिकीकरण गरी रोजगारी सिर्जना र जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्न शिल्पि उद्यशिलता कार्यक्रम, प्राविधिक धार तर्फको उच्च शिक्षामा दलित समुदायको पहुँचका लागि छात्रवृत्ति व्यवस्था समेत बजेटमार्फत सुनिश्चित गरेको जानकारी गराउन चाहन्छु।
यसैगरी जातीय विभेद तथा अन्य छुवाछूत र भेदभाव९कसूर र सजाय० ऐन व्यवस्थापिका संसदबाट पारित भएको दिन जेठ १० गतेदेखि छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको दिन जेठ २१ सम्म ११ दिने जातीय छुवाछूतविरुद्ध राष्ट्रिय अभियान सञ्चालन गरिने गृहकार्य भइरहेको छ।
प्रश्न १० प्रश्नकर्ता सांसद जादेवी खातुन जागा
प्रश्नको व्यहोरा
१- हामी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका जनता सडक मार्गबाट राजधानी आउन दुर्इ देखि तीन दिनसम्म लाग्ने अवस्था रहेको हुँदा महेन्द्र राजमार्गअन्तर्गतको नारायणघाट(बुटवल(बर्दिया(कैलाली सडक खण्ड कहिलेसम्म निर्माण सम्पन्न हुन्छ भन्ने प्रश्न सम्माननीय प्रधानमन्त्रीज्यूसँग रहेको छ ।
२- हाम्रो देशको तरार्इ मधेशका केही जिल्लाहरूमा केही वर्षअगाडि देखि धार्मिक द्वन्द्व र जातीय द्वन्द्वको सुरूवात् देखा परेको छ । धार्मिक सदभाव कायम राख्न र द्वन्द्व हुन नदिन प्रधानमन्त्रीज्यूको योजना तथा कार्यक्रम के रहेको छरु
३- ऋणमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रीय विमानस्थल र गौतमबुद्ध विमानस्थल भैरहवा आजसम्म पनि नियमित उडान किन हुन सकिरहेको छैन र ऋणमा रहेको उक्त दुबै विमानस्थलको ऋण तिर्ने आधार के छ रु यसबारे प्रधानमन्त्रीज्यूको जवाफ चाहन्छु ।
प्रश्न १० को जवाफ
१- नारायणगढ-बुटवल सडक खण्ड ४ लेनमा स्तरोन्नति गर्ने ठेक्का कार्यान्वयनको चरणमा रहेको छ ।आर्थिक वर्ष २०८१र८२ मा सो सडक खण्ड स्तरोन्नति गर्ने कार्य सम्पन्न हुनेछ । बुटवल(गोरूसिङ्गे सडक खण्ड ४ लेनमा स्तरोन्नति गर्न केही हप्तामै ठेक्का सम्झौता हुँदैछ । ३ वर्षभित्र सो सडक खण्ड पनि स्तरोन्नति वा हुनेछ । धानखोला(लमही सडक खण्ड ९४० किमी नेपालको तर्फबाट स्तरोन्नति गर्न जुलार्इ, २०२४ को अन्त्यतिर ठेक्का आह्वान हुँदैछ । महेन्द्र राजमार्गकै बाँकी, बर्दिया, कैलाली र कञ्चनपुरसम्मको सडक खण्ड स्तरोन्नति गर्नको लागि सडक विभागबाट तयार गर्न परामर्शदाता नियक्त गर्न पूर्वतयारी सुरू भइसकेको छ । म्भ्म्डिपीआर तयार भएपछि विश्व बैंक र एसियाली विकास बैंकको सहयोगमा त्यो सडक खण्ड पनि स्तरोन्नति गर्ने योजना रहेको छ ।
२- बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्ने दिशामा नेपाल सरकार अघि बढिरहेको कुरा माननीयज्यूहरुलाई विदितै छ।
नेपाल सरकारले गृह मन्त्रालय र मातहत स्थानीय प्रशासन मार्फत धार्मिक तथा सामाजिक सदभाव बढाउन केन्द्रीय स्तर तथा प्रादेशिकस्तरमा समेत छलफलका कार्यक्रमहरु गरिरहेको साथै धार्मिक गतिविधिका नाममा साम्प्रदायिकता फैलाउन खोज्ने व्यक्ति तथा समूहहरुलाई प्रचलित कानुन बमोजिम कानुनी कारबाहीका कार्यलाई निरन्तरता दिँदै आएको छ। नेपालको संविधान विपरित धार्मिक तथा सामाजिक सदभाव विगार्ने र साम्प्रदायिकता फैलाउने गतिविधि नियन्त्रणका लागि जस्तो सुकै उपाय अपनाउन नेपाल सरकार प्रतिवद्ध रहेको कुरा सम्मानीत सदनलाई जानकारी गराउँदछु।
३- राष्ट्रिय गौरवको आयोजनाको रुपमा सम्पन्न पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याई समृद्धिको स्रोत र आधारको रुपमा उपयोग गर्न सकिने कुरामा म विश्वस्त छु । यी विमानस्थलहरूमा अन्तरूराष्ट्रिय वायुसेवाहरूबाट माग भएबमोजिमका छुट सुबिधा तथा सहुलियतहरूमा समन्वयको कार्य भइरहेको छ । यी दुवै विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न हामी प्रयासरत छौं र यसमा चाँडै नै निष्कर्ष आउनेछ । अहिले ऋण तिर्ने स्रोत र आधारको विषयभन्दा पनि उपयुक्त मोडालिटी विकास गरी विमानस्थलको सञ्चालन गर्न सरकार दृढ छ । न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रधानमन्त्रीले बोल्दा सबै दलका प्रमुख नेता तथा मन्त्रीहरु उपस्थित नभएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
विहिबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाद दिएपछि प्रधानमन्त्री प्रचण्डले संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने समयमा सत्ता पक्ष तथा प्रतिपक्षका सबै नेताहरु उपस्थित रहने संसदीय परम्परा रहेको उल्लेख गर्दै त्यो परम्परा विस्तारै कम हुदै गएको र यसले आफैलाई अपमान गर्दै लागेको टिप्पणी गरेका छन् ।
उनले यो परम्परा पछिल्ला दिनहरुमा तोडिदै गएको बताउदै यसले प्रधानमन्त्रीको अपमान नभएर आफैले आफैलाई अपमान गर्दै गएको हुने बताएका हुन् ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान विपरित धार्मिक तथा सामाजिक सदभाव विगार्ने र साम्प्रदायिकता फैलाउने गतिविधि नियन्त्रणका लागि जस्तो सुकै उपाय अपनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले धार्मिक गतिविधिका नाममा साम्प्रदायिकता फैलाउन खोज्ने व्यक्ति तथा समूहलाई प्रचलित कानुन बमोजिम कानुनी कारबाही हुने स्पष्ट पारे ।
सरकारले गृह मन्त्रालय र मातहत स्थानीय प्रशासनमार्फत धार्मिक तथा सामाजिक सदभाव बढाउन केन्द्रीय स्तर तथा प्रादेशिकस्तरमा समेत छलफलका कार्यक्रम सञ्चालन गरिहेको प्रधानमन्त्रीले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले भने, “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवरद्धन गर्न सरकार प्रतिबद्ध छ ।”
न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभरबाट सहकारीसम्बन्धी उजुरी र गुनासो सङ्कलन, विश्लेषण गरी समस्याग्रस्त अवस्थाको पहिचान गर्न एक उच्चस्तरीय जाँचबुझ समिति गठन गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले समस्याग्रस्त अवस्थामा पुगेका तर समस्याग्रस्त घोषणा नभएका सहकारी सङ्घसंस्थाको समस्या समाधान गरिने स्पष्ट पारे ।
“समितिको सिफारिसको आधारमा त्यस्ता संस्थाहरूलाई समस्याग्रस्त घोषणा गरी सम्पत्तिको व्यवस्थापन र दायित्व भुक्तानी (बचत फिर्ता समेत) को कार्य अघि बढाइनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “त्यसका लागि प्रदेश र स्थानीय तहको नियमन क्षेत्राधिकारमा पर्ने सहकारी संस्थाहरूको सहकारी विभाग, प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय र सम्बन्धित स्थानीय तहबाट विवरण लिइन्छ ।”
संविधानले अवलम्बन गरेको तीन खम्बे अर्थनीतिको एउटा महत्त्वपूर्ण खम्बा सहकारी भएको उल्लेख गर्दैै प्रधानमन्त्रीले सहकारिताको भावनाबाट जीवनस्तर उकास्ने र आर्थिक अवस्थालाई बलियो बनाउने सवालमा सहकारी नमूना अभ्यास बताए ।
नेपालको अर्थतन्त्रमा सहकारीको योगदान रहेको उल्लेख गर्दै उनले सहकारीका आधारभूत मूल्य र मान्यताअनुसार स्वनियमनमा आधारित रहेर सहकारी सदस्यहरूको हित प्रवर्द्धधन गर्नुपर्नेमा जोड दिए ।
“सबै सहकारी समस्यामा छन् भन्ने होइन । कानूनको अधिनमा रही सहकारीका स्थापित अन्तर्राष्ट्रिय मूल्यमान्यताभित्र रहेर सहकारी आन्दोलनमार्फत् आर्थिक विकास र जीवनस्तर उकास्न धेरै सहकारी संस्थाहरूले मद्दत गरेका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “आगामी दिनमा पनि यस्तै सकारात्मक योगदानको अपेक्षा समेत गर्दछु ।” उनले सहकारीको सङ्ख्यात्मक वृद्धि भए पनि गुणात्मक विकासमा भने केही कमीकमजोरी भएको उल्लेख गर्दै त्यसतर्फ सरकार निकै गम्भीर रहेको बताए ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी एवं कार्यसम्पादनमा आधारित बनाइने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले नेपालको संविधान र परराष्ट्र नीतिले परिलक्षित गरेअनुसार राष्ट्रको सर्वोपरी हित हुनेगरी राजदूतहरूको नियुक्ति हुने स्पष्ट पारे ।
“राष्ट्रको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखलाई परिचालन गर्न सरकार प्रतिबद्ध छ,” प्रधानमन्त्री प्रचण्डले भने, “राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ बमोजिम सरकारले आवश्यक ठानेमा राजदूतलाई पदावधि पूरा हुनु अगावै निर्णय गरी फिर्ता बोलाउन सक्ने प्रावधान छ ।”
उनले देशको हित र कूटनीतिलाई मजबुत बनाउन वस्तुगत आधारमा राजदूतहरूको मूल्याङ्कन गरी सोहीअनुरूप व्यवस्थापन गर्ने नीति सरकारले अवलम्बन गर्दै आएको स्पष्ट पारे ।
त्यसैगरी नदीको प्रकृति र यसले पारिररहेको असरलाई दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने देखिएकोले उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसङ्घको परियोजना सेवामार्फत् जलवायु परिवर्तनसँग अन्तरसम्बन्धित गरी प्रतिवेदन तयार गरिएको र कार्यान्वयमा ल्याउने प्रक्रिया अगाडि बढेको जानकारी दिए ।
शुक्लाफाँटा राष्ट्रिय निकुन्जबाट प्रभावितहरूको समस्याका बारेमा सरकार गम्भीर रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विषयको संवेदनशीलतालाई आत्मसात गर्दै विभिन्न आयोगका सुझाव समेटी पीडित जनताका समस्या स्थायीरूपमा समाधान गर्न सरकार कटिबद्ध रहेको स्पष्ट पारे ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटमार्फत प्रस्तुत भएको गण्डकी आर्थिक त्रिभुजको नमूना परियोजना नेपालको आर्थिक तथा सामाजिक विकासमा कोशेढुङ्गा साबित हुने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले एकीकृत विकासको अवधारणा अनुरूप नीजि क्षेत्र समेतको सहकार्यमा भरतपुर–बुटवल–पोखरा (मुग्लिन) भरतपुरलाई तीन कोणमा राखी तयार पारिएको योजनाले देशको बहुआयामिक विकासमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।
“यो नेपालको आर्थिक तथा सामाजिक विकासमा कोशेढुङ्गा साबित हुनेछ”, प्रधानमन्त्री प्रचण्डले भने, “यो परियोजनाबाट यातायात पूर्वाधारको विकास मात्र नभइ उद्योग, ऊर्जा, कृषि तथा पर्यटन क्षेत्रको विकाससँगै रोजगारीका अवसरहरू सिर्जना हुने लक्ष्य लिइएको छ ।”
वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्दा व्यवहारिक र प्रतिफल प्राप्त होस् भन्ने उद्देश्यले सङ्घ, प्रदेश र स्थानीय तहमा आयोजनाहरूबीच दोहोरोपना हुन नदिने नीति लिएको उल्लेख गर्दै प्रधानमन्त्रीले ठूला आयोजना सङ्घबाट कार्यान्वयन गर्ने, मझौला प्रकृतिका आयोजना प्रदेशबाट र साना आयोजना स्थानीयतहबाट कार्यान्वयन गर्ने विषयमा सरकार दृढ रहेको स्पष्ट पारे । उनले बित्तीय हस्तान्तरणअन्तर्गत सशर्त अनुदान तर्फका कतिपय आयोजनाहरू सम्पन्न गर्ने कार्यका लागि केही आयोजना तथा कार्यक्रमहरूमा कम रकम देखिए पनि यस प्रकारका आयोजनाहरू प्रदेश र स्थानीय सरकारबाटै कार्यान्वयन हुने जानकारी गराए । न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतका धार्मिकस्थललाई समेटेर रामायण तथा बुद्ध परिपथ निर्माण र प्रवर्द्धन गर्ने सहमति कार्यान्वयन गम्भीरतासाथ अघि बढाएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले रामायण सर्किटलगायत शिव, बुद्ध र किरात सर्किटहरूको विकास गर्न यस वर्ष बजेट सुनिश्चित गरिएको जानकारी दिए ।
“नेपाल र भारतबीच १५ वटा धार्मिकस्थललाई समेटेर रामायण तथा बुद्ध परिपथ निर्माण र प्रवर्द्धन गर्ने सम्बन्धमा भएको द्विपक्षीय सहमति कार्यान्वयन गर्न सरकार गम्भीर छ,” प्रधानमन्त्री प्रचण्डले भने, “रामायण सर्किट लगायतका शिव, बुद्ध र किरात सर्किटहरुको विकास गर्न यस वर्ष बजेट सुनिश्चित गरिएको छ ।”
उनले जनकपुर क्षेत्रको पर्यटकीय विकासका लागि हाल ९८ वर्ष पुरानो गोपाल धर्मशाला रहेको स्थानमा नयाँ परियोजना कार्यान्वयन गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन तयार कार्यान्वयनको प्रक्रिया अघि बढेको जानकारी दिए । प्रधानमन्त्रीले
देशका विभिन्न भागमा रहेका गुठी जग्गालगायत सबै प्रकारका जग्गासम्बन्धी समस्या सम्बोधन गर्न सरकार सम्बेदनशील रहेको स्पष्ट पारे ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई उपलब्ध गराउनुपर्ने भुक्तानीमा कुनै समस्या नरहेको जानकारी गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले पुष्पलाल मध्यपहाडी लोकमार्गको केही खण्डमा रेखाङ्कन विवादले निर्माण कार्य अगाडि बढ्न नसकेको भए पनि भुक्तानीका कारण नभएको स्पष्ट पारे ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्चालनका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल र समन्वय गरी तदारूकताकासाथ कार्य भइरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले अन्य मुलुकका अन्तर्राष्ट्रिय वायुसेवाहरूले पोखरा विमानस्थलबाट सेवा सञ्चालन गर्नका लागि विभिन्न छूटहरू तथा सहुलियतहरू माग गरेको हुँदा सो विषयमा समन्वय भइरहेको जानकारी दिए ।
“पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगायत तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलहरू दिगो रूपमा सञ्चालन गर्न सार्वजनिक निजी साझेदारीमा सञ्चालन र निर्माण सम्बन्धमा सुझाव पेश गर्न कार्य समिति गठन भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “समितिको प्रतिवेदन तथा सिफारिश प्राप्त भएपछि अन्तर्राष्ट्रिय विमानस्थलहरू सार्वजनिक निजी साझेदारी वा अन्य उपयुक्त सञ्चालनको विधि तयगरी कार्यान्वयनमा ल्याइने छ ।”न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले टिकापुरमा जनधनको अपुरणीय क्षति भएको बताए ।
“टिकापुर घटना एउटा दुखद घटना हो, जसमा जनधनको अपुरणीय क्षति हुन पुग्यो,” प्रधानमन्त्री प्रचण्डले भने, “घटनाका विषयमा दोषी ठहर भएका व्यक्तिहरूको हकमा कानुन बमोजिम नै हुनेछ ।” कैद माफि मिनाहाको विषय पनि कानुन बमोजिम नै हुने उनले पष्ट पारे ।
थारुलगायत आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायको पहिचान स्थापित गर्ने र आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत समुदायको अधिकार सुनिश्चित गर्ने विषयमा सरकार गम्भीर रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सोही आधारमा आवधिक योजना, वार्षिक नीति कार्यक्रम तथा बजेटमार्फत सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।
“सरकारले आवधिक बजेट तर्जुमा गर्दा प्रचलित ऐन, कानुन, बजेट तर्जुमा दिग्दर्शन एवं प्रणाली अनुरूप छलफल तथा स्वीकृति गर्ने प्रकृयामा सबै जनप्रतिनिधिको अहम भूमिका रहनेमा दुईमत छैन”, प्रधानमन्त्रीले भने ।
सङ्घीय संसदमा नीति तथा कार्यक्रममा पर्याप्त छलफल भएर बजेट निर्माण हुने अपेक्षा गरिए पनि संसदको कार्यवाही नियमित हुन नसक्दा नीति तथा कार्यक्रम र बजेट तर्जुमा प्रक्रियामा अपेक्षा गरेबमोजिम रुपान्तरण हुन नसके बताउँदै उनले नीति तथा कार्यक्रमका विषय सम्बन्धित सबै पक्षसँग गहन छलफल गरी बजेटमा तादाम्यता कायम गरेको बताए ।
प्रधानमन्त्रीले सङ्घीयता र गणतन्त्रको रक्षा एवं संविधानले निर्दिष्ट गरेका मार्गचित्र बमोजिम सबै भौगोलिक क्षेत्र, वर्ग र समुदायको समानुपातिक, सन्तुलित र समन्यायिक विकास, सुशासन एवं समृद्धिलाई मुख्य आधार लिएर बजेट तर्जुमा गरिएको विषय बजेटका प्राथमिकता तथा क्षेत्रगत विनियोजनबाट प्रष्ट हुने जानकारी दिए ।
‘शिक्षा क्षेत्रमा रुपान्तरणको लक्ष्य लिइएको छ’
प्रधानमन्त्री प्रचण्डले देशैभरी गम्भीरतासाथ शिक्षा क्षेत्रमा रुपान्तरण गर्ने लक्ष्य लिएको बताए । उनले शैक्षिक सूचकाङ्कमा पछाडि परेका मधेस प्रदेशमा शैक्षिक गुणस्तर सुधारका लागि सरकार गम्भीर रहेको स्पष्ट पारे ।
शिक्षातर्फ वित्तीय हस्तान्तरणमार्फत मधेश प्रदेशका स्थानीय तहमा २० अर्ब ४४ करोड बजेट व्यवस्था गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले जुन शिक्षातर्फ स्थानीय तहमा दिइएको सशर्त अनुदानको १५ प्रतिशत भएको स्पष्ट पारे ।
विद्यालय भवन निर्माणका लागि वित्तिय हस्तान्तरण तर्फको २ अर्ब ५३ करोडमध्ये १ अर्ब २ करोड रकम मधेशका स्थानीय तहहरूका लागि छुट्टयाइएको जानकारी दिँदै उनले यसका अतिरिक्त आगामी आर्थिक वर्षको बजेटमा साक्षर भैसकेका स्थानीय तहका लागि आजीवन सिकाइ कार्यक्रममार्फत बजेट प्रवाह भएको उल्लेख गरे ।
“सरकारले मधेश मात्रै नभएर देशैभरी गम्भीरतासाथ शिक्षा क्षेत्रमा रुपान्तरणको लक्ष्य लिएको छ,” प्रधानमन्त्रीले भने, “जातीय, लैगिक लगायतका विभेदका कारण उपेक्षित तथा उत्पीडित समुदायको शिक्षामा पहुँच कायम गर्न छात्रवृति, दिवाखाजालगायत कतिपय विशेष कार्यक्रम कार्यान्वयनमा रहेका र आगामी आर्थिक वर्षको बजेटमा थप कार्यक्रमसमेत तर्जुमा गरिएका छन् ।” उनले शैक्षिक वातावरण सुधारका लागि समुदाय, राजनीतिक दल, नागरिक समाजको महत्त्वपूर्ण भूमिका रहने भएकाले त्यसतर्फ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणको बारेमा संसदलाई जानकारी दिएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथ ग्रहणमा गएका प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमण बारे विहिबार संसदलाई जानकारी गराएका हुन् ।
उनले विविध कारणले यस अघि संसदलाई जानकारी गराउन नसकेको बताउदै भारत भ्रमणको क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री मोदी, क्याबिनेट मन्त्री एस जयशंकर, भारतीय उद्योग वाणिज्य महांसघका प्रतिनिधिहरुसँग भेटवार्ता गरेको जानकारी गराएका हुन् ।
त्यस्तै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलको स्वीजरल्याण्ड र जर्मनीको भ्रमण बारे पनि संसदलाई जानकारी गराएका छन् ।न्युज कारखाना
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले दुग्ध किसानको भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै महामन्त्री शर्माले सरकारले दुग्ध किसानलाई ५ अर्ब भन्दा बढी भुक्तानी गर्न बाँकी रहेको बताउदै तत्काल भुक्तानी गर्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराएका हुन् ।
उनले किसानहरु काठमाडौँ आएर प्रदर्शनको तयारी गरिरहेको बताउदै आन्दोलनमा उत्रिएपछि माग सम्बोधन गर्ने प्रचलन अन्त्य गर्नुपर्ने बताए । उनले प्रजातन्त्रमा एक जनाले पनि आफ्नो माग राखेर प्लेकार्ड बोकेमा पनि सुन्नुपर्नेमा जोड दिए ।न्युज कारखाना
काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय सदस्य भीम कुमार गौतमले पार्टीका गतिविधिप्रति असन्तुष्टि जनाएका छन्। आज तरुण दलका नेताहरूसँगको छलफलमा कांग्रेस पदाधिकारीहरूले भ्रातृ संस्थाको गठन र पुनर्गठन बाहेक अरू काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाए।
पार्टीका गतिविधिहरूलाई गतिशीलता दिनुपर्नेमा भ्रातृ संस्था गठन र पुनर्गठनमै कांग्रेस अल्झिएको उनको धारणा थियो। ‘अब पनि हामी सानातिना कुरामा अल्झिनु हुँदैन। गतिशील कांग्रेस र समृद्ध देश निर्माणमा जुट्नुपर्छ। सरकारका गलत क्रियाकलापको जनतामा गएर भण्डाफोर गर्नुपर्छ। राम्रा काममा साथ दिनुपर्छ,’ उनले भने।
केही नेताहरूको स्वार्थगत राजनीतिका कारण भ्रातृ संस्थाहरू पनि गतिशील हुन नसकेको उनको गुनासो छ। पार्टीभित्रको गुटलाई अन्त्य गरेर अगाडि बढेमात्र कांग्रेस आफ्नो लक्ष्यमा पुग्न सक्ने उनको धारणा थियो।न्युज कारखाना
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री र सांसदहरुबीच प्रश्नोत्तर कार्यक्रमको कार्यसूची रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन लागेका हुन् । यसैगरी, आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ ।
त्यस्तै आज उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, कृषि तथा पशुपंक्ष विकास, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गत मन्त्रीहरुले जवाफ दिनेछन् । यस्तै, सञ्चार तथा सूचना प्रविधि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत बजेटमा उठेका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।न्युज कारखाना
आरके श्रीवास्तव,राैतहट,०५ गते असार ।
रौतहटकाे कटहरिया नगरपालिकाले बजेट ल्याएको छ । बुधबार कटहरिया नगरपालिकाले यस वर्ष जनमुखी योजना ल्याएकाे छ । कटहरिया स्थित नगरपालिकाकाे प्रांगणमा बजेट अधिवेशन बाेलाईएकाे थियाे । नगर प्रमुख अजय प्रकाश प्रकाश जयवालकाे अध्यक्षतामा साे नगरसभा सम्पन्न भएको हाे ।
नगरसभाकाे १० अाैं अधिवेशन बाट जनमुखी नीती र कार्यक्रम ल्याएकाे छ । नगरपालिका नगर कार्यपालिकाबाट पास गरेकाे निती तथा कार्यक्रम कार्यान्यवन गर्न ४६ करोड भन्दा बढी बजेट विनियोजन गरेकाे हाे ।
हरेक वर्ष असार १० गते बजेट ल्याउनु पर्ने प्रावधान रहेकाे छ । तर कटहरिया नगरपालिकाले साे समयअवधी आगावै नगरसभा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । धेरै उत्साहका साथ सम्पन्न भएकाे नगरसभा बाट कटहरिया नगरपालिकाकाे जनताकाे मन जितने किसिमकाे निती तथा कार्यक्रम पारित गरेको हाे । नगर प्रमुख जयसवाल र प्रमुख प्रशाकिय अधिकृत सुरेन्द्र प्रधानले निति तथा कार्यक्रम वाचन गरेर सुनाएका थिए ।
नगरकाे चौतर्फि विकासकाे लागि यसै आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ४६ करोड ६२ लाख ५४ हजार रुपैयाँकाे बजेट पारित गरिएकाे नगर प्रमुख जयसवालले जानकारी गराउनु भयाे । यस वर्ष शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, भौतिक पुर्वाधार निर्माण कार्य, पर्यटन तथा संस्कृति, लगायतकाे विशेष प्राथमिकतामा राखी उक्त बजेट प्रस्तुत गरिएको जयसवालले बताए ।
साे नगरपालिकाकाे संघिय वितिय समानीकरण अनुदान ११ कराेड ५२ लाख,संघिय राजश्व बाँडफाँड १० कराेड ११ लाख ,संघिय सशर्त अनुदान चालु १८ कराेड ४३ लाख २९ हजार,संघिय सरकार सशर्त पुँजिगत ३ कराेड ६६ लाख २५ हजार,संघिय सरकार समपुरकमा अनुमानित ५० लाख,वित्तीय समानिकरण प्रदेश सरकार ९० लाख,विशेष अनुदान प्रदेश सरकार २० लाख र आन्तरिक राजस्व १ कराेड
गरि कुल ४६ कराेड ६२ लाख ५४ हजार बजेटकाे आयकाे प्रक्षेपण गरिएको छ ।
कार्यक्रम सञ्चालन अनिल निधिले गर्नु भएको थियाे । साे अवसरमा वडा नम्बर १ का वडा अध्यक्ष भूपेन्द्र महताे काेईरी,वडा नम्बर ३ का वडा अध्यक्ष श्याकान्त यादव,वडा नम्बर ६ का वडा अध्यक्ष जयराम चाैधरी,वडा नम्बर ८ का वडा अध्यक्ष समिश बिक्रम शाह,वडा नम्बर ९ का वडा अध्यक्ष रूपेश यादव,कार्यपालिका सदस्य मनाेज कुमार जयसवाल सहित जनप्रतिनिधिहरू,पत्रकार,सुरक्षाकर्मी,कर्मचारीहरू सहितका व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे ।
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कानुनी परामर्श सुरु गरेको छ ।
बुधबार संसद् भवन परिसरमा बसेको संसदीय छानबिन विशेष समितिले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानुन आयोग लगायतका पदाधिकारीहरूसँग छलफल गरेको हो ।
बैठकपछि जानकारी दिँदै विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल कानुन आयोगका सचिवसहितका अधिकारीहरूसँग परामर्श गरेको बताए ।
उनले कानुनी अस्पष्टता, अधिकार क्षेत्रको बाँडफाँडसँग सम्बन्धित विषय लगायतका प्रश्नहरूमा छलफल भएको बताए ।
उनले नेपाल कानुन आयोगका सचिव तोयनाथ अधिकारी, नेपाल कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हिमाल चन्द्र अर्याल र नेपाल कानुन आयोगका सहसचिव पाश्र्वत ढुङ्गानासँग छलफल भएको बताए ।
समिति पछिल्ला दिनमा लगातार बैठक बसेर आफ्नो काम अगाडी बढिरहेको छ । यस अघि समस्याग्रस्त सहकारीबाट प्रतिवेदन मगाउने काम गरिसकेको आयोगले आफ्नो कार्यविधि पारित गरेर अगाडी बढेको छ ।न्युज कारखाना
कलैया । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औं महाधिवेशनका लागि बारामा प्रतिनिधि छनौट मनोमानी भएको छ । पार्टीको विधि, विधान र प्रक्रियालाई लत्याउँदै मनोमानी प्रतिनिधि छनौट गरिएपछि पार्टीकै नेताहरुले बहिष्कार गरेका छन् ।
बाराको परवानीपुर–५, बहुअरीस्थित धर्मशालामा बुधबार बारा क्षेत्र नं. ४ को प्रतिनिधि चयन गर्ने भनिएको थियो । प्रतिनिधि छनौट प्रक्रिया अन्तरगत मंगलबार नै मतदाता नामावली सार्वजनिक गर्नुपर्ने थियो । तर मतदाता नामावली नै सार्वजनिक नगरी र उम्मेदवारी दिने मौका नै नदीई मनोमानी रुपमा प्रतिनिधि छनौट गरिएको छ ।
बारा ४ का लागि पार्टीको तर्फबाट प्रतिनिधि छनौटका लागि संयोजक तोकिएका कृष्णकुमार (किसान) श्रेष्ठले आफ्नो खल्तीबाट एक चिट निकालेर बाचन गर्न थालेपछि सहभागि नेताहरुले बहिष्कारको चेतावनी दिएका थिए । तर उनले ‘जे मन लाग्छ त्यही गर्नु, यही हो प्रतिनिधिको अन्तिम नामावली’ भन्दै कार्यक्रम स्थलबाट हिडेका थिए ।
बारा ४ मा एकीकृत समाजवादीका २ हजार ११ संगठित सदस्य छन् । तर प्रतिनिधि छनौटका लागि भएको भेलामा ५० देखि ६० जनामा मात्रै सहभागी भएका थिए । भेलामा सहभागि एकीकृत समाजवादी बाराका सदस्य सुभाष साहले विधि, प्रक्रिया विपरित मनोमानी तरिकाले गरिएको प्रतिनिधि छनौट कार्यको विरोध भएको बताए ।
‘दुई हजार भन्दा बढी संगठित सदस्य बारा निर्वाचन क्षेत्र नं. ४ मा छन् । तर सबैलाई खबरै नगरी ५०/६० जना मात्रै सहभागि थिए । प्रतिनिधि छनौट प्रक्रिया अनुसार मंगलबार नै मतदाता नामावली सार्वजनिक गर्नुपर्ने हो, तर त्यो भएन । मतदाताको नामावली नै सार्वजनिक गरिएन्’ साहले भने, ‘उम्मेदवारी दिने समयमा उम्मेदवारी दिने कार्यक्रम पनि भएन् । कतिपयले उम्मेदवारी दिने तयारीमै थिए । सर्वसम्मतको नाममा मनोमानी भयो । जो संगठित सदस्य हुन तिनले आफ्नो प्रतिनिधि आफै छान्न पाएनन् ।’
भेलामा सहभागि अर्का युवा नेता शम्भु यादवले सर्वसम्मतको नाममा गोजीको मान्छे ल्याउँन खोजिनु पार्टी हितविपरितको काम भएको बताए । प्रतिनिधि छनौट अघि क्षेत्रिय कमिटीको बैठक बस्नुपर्ने, मतदाता नामावली सार्वजनिक गर्नुपर्ने, उम्मेदवारी दिन पाउँनुपर्ने ती सवै प्रक्रिया मिचिएको यादवले जनाएका छन।
‘यस्तो पाराले पार्टीको हित हुदैन् । कुनै व्यक्तिका लागि पार्टीको विधान, नीति, प्रक्रिया नै मिच्ने काम गर्नु गलत हो । सिमित व्यक्तिको स्वार्थका लागि पार्टीका हजारौ सदस्यहरुको अधिकार खोस्नु राम्रो होईन्’ यादवले भने, ‘पार्टीले तोकेको संयोजकले नै आफूखुशी गर्न थालेपछि पार्टीले न्याय गर्नुपर्छ ।’
एकीकृत समाजवादी बाराको फेटा गाउँपालिका सचिव समेत रहेका अमिरका साहले भेलामा सहभागि नै नभएको व्यक्ति प्रतिनिधि हुनुले मनोमानी गर्न खोजिएको स्पष्ट भएको बताए । पार्टीहित विपरित काम गर्ने व्यक्तिलाई केही नेताले च्याप्न खोज्दा पार्टीको हित नहुने उनले बताए ।
एकीकृत समाजवादीका बाराका सदस्य रामसुन्दर प्रसाद साहले समेत मनोमानी नगर्न सुझाव दिदै बैठकमै विरोध गर्दै गरेका थिए । तर सहभागिहरुको कुरा नसुनेर जबरजस्ती गरिएपछि उनले सो बारेमा पार्टीमा उजुरी समेत गरेका छन् । प्रक्रिया विपरित मनोमानी प्रतिनिधि छनौट गरेपछि पार्टीमा निवेदन दिदै प्रक्रिया अनुसार पुनः प्रतिनिधि छनौट हुनुपर्ने माग समेत गरेका छन् ।
बारा ४ मा मनोमानी रुपमा प्रतिनिधि छनौट गरिएपछि प्रक्रिया पुर्याएर प्रतिनिधि छनौट गर्न माग गर्दै उजुरी समेत परेको छ । अगामी असार १६ गतेदेखि २० गतेसम्म हुने पार्टीको १० औ केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनौट देशैभरी भईरहेको छ ।
प्रतिनिधि छनोटका लागि बारा निर्वाचन क्षेत्र नं १ र २ बाट ५–५ जना निर्वाचन क्षेत्र नं ३ बाट ७ जना र निर्वाचन क्षेत्र नं ४ बाट १६ जना प्रतिनिधि छनोट हुनुपर्छ । साथै मजदुर क्षेत्रबाट १ छनोट हुनेछन् ।
प्रतिनिधि छनोटको क्रममा महिला, दलित र युवाको सहभागिता अनिवार्य गरिएको छ । जिल्लाबाट छनोट भएका प्रतिनिधिहरू पार्टीको १० औ केन्द्रीय अधिवेशनमा केन्द्रीय कमिटी चयन प्रक्रियामा सहभागि हुनेछन् ।न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले विपद्जन्य घटनाको न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य र व्यवस्थापन पक्षलाई थप चुस्त, सुरक्षित र प्रविधियुक्त बनाउन आग्रह गरेको छ ।
विपद् पूर्वसूचना प्रणाली मातृभाषी समुदायका लागि पहुँचयुक्त बनाउन, स्थापित पूर्वसूचना प्रणाली तथा वर्षा मापन केन्द्रहरुलाई अद्यावधिक गर्न, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनको प्रभावकारी कार्यान्वयमा जोड दिन संवदेशील हुन आयोगले सङ्घीय, प्रदेश र स्थानीय तहलाई आग्रह गरेको हो ।
वातावरण संरक्षण र विकासबीच सन्तुलन कायम गरी मानव अधिकारमुखी विकास पद्धतिको अवलम्बन गर्न तथा बाढीपहिरोका कारण अवरुद्ध सडक खुलाउने नीति तय गर्नुपर्छ’, आयोगद्वरा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘तराई मधेसको सीमावर्ती क्षेत्रमा भौतिक निर्माणबाट हुन सक्ने जोखिमको कूटनीतिक वार्तामार्फत समस्या समाधान गर्न, विपद् व्यवस्थापनमा आवश्यक न्यूनतम प्राविधिक उपकरण उपलब्ध गराउन आयोग सरकारको ध्यानाकर्षण गराउँदछ।’
देशभर मनसुन प्रारम्भ भएसँगै यसवर्ष औषतभन्दा बढी वर्षा हुने र १८ लाखभन्दा बढी नागरिक प्रभावित हुने आकलनबाट नागरिकको जीउधनमा पर्नसक्ने जोखिमप्रति ध्यान दिन सरकारलाई आग्रह गर्दै आयोगले मनसुनजन्य विपद्को न्यूनीकरण गर्न आग्रह गरेको छ।
आयोगले त्यसका लागि पूर्वतयारी, प्रतिकार्य तथा व्यवस्थापन सम्बन्धमा गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा रेडक्रसका अधिकारीहरुसँग परामर्श गरेको छ।नेपालमा पछिल्लो १० वर्षमा मनसुनजन्य विपद्को घटनाबाट तीन हजार ५२ जनाको मृत्यु, सात सय ९१ जना बेपत्ता रहेका पाइएको छ ।न्युज कारखाना
काठमाडौँ । अश्विन दानीको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टीको भातृ संगठन ‘नागरिक पत्रकार समाज’ गठन भएको छ ।
दानीको संयोजकत्वमा ३१ सदस्यीय तदर्थ कमिटी गठन भएको हो । बुधबार पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा पार्टी कार्यालय महारजगंजमा बसेको बैठकले दानीको नेतृत्वमा पत्रकारहरुको तदर्थ कमिटी गठन गरेको हो ।
दानीको नेतृत्वमा गठन भएको कमिटीमा शिवम मिश्र, प्रिंयका कामत, संजिव कुमार झा, शान्ति घतराज (बराइली), चत्र, प्रसाद पोखरेल, प्रत्युष लगुन, नरेन्द्र बिष्ट, दिपक बिसी, अतित पोखरेल, सुशान्त घिमिरे, पंकज मिश्र, अनुसा सिजापति, आनन्द शर्मा, चंदन प्रसाद पटेल, आरती ठाकुर, सन्दिप शर्मा, मदन शाही, ऋषी वाग्ले, शम्भुप्रसाद थारु, जीवन डंगोल, नरेश चौधरी, सुसन रामदाम, आदित्य अजय, निरज झा, जुगेश दास, मोहन बराइली, किशोरी प्रजापति, आदर्श कटवाल रहेका छन् ।
कमिटीले तत्काल अर्काे वैठकमा प्रथम महाधिवेशन तथा विद्यान अधिवेशनको मिति तोक्ने र संगठनको बिस्तार गर्ने संयोजक दानीले बताए । ‘हामीले अहिले भर्खरै कमिटीको बिउ मात्रै छरेका छौँ, रोपेका मात्रै हौँ । यसलाई मलजल गरेर थुप्रै कामहरु ग्र्नुपर्नेछ । पत्रकारितामा नयाँ पुस्ता, नयाँ जोश र जाँगर भएका सम्पूर्ण साथिहरुलाई साथमा समेटेर अग्रजहरुको सल्लाह र सुझाव अनुसार पत्रकारिताको माध्ययमबाट पेशागत मुल्य, मान्यता, आचारसंहिता र मर्यादामा रहँदै पार्टीका निम्ती काम गर्नेछौँ’, दानीले भने ।
पत्रकारहरुको हकहितका निम्ती काम गर्ने भनेर खोलिएका थुप्रै संगठनहरु भएतापनि श्रमजीवि र कलमजीविहरुका पक्षमा काम नगर्दा बास्तविक पत्रकारहरुले समस्या झेल्दै आउनु परेको दानीको तर्क छ ।
उनले भने, ‘नेपाली पत्रकारिताको इतिहासदेखि वर्तमान र भविष्य नियाल्दा पत्रकारहरुका पक्षमा काम गर्ने, आवाज उठाउने भनेर खोलिएका संस्थाहरुले बास्तविक पत्रकार, श्रमजीविहरुका पक्षमा काम गरेका छैनन् । तर, पत्रकारका पेशागत थुप्रै चुनौतीहरु छन् । त्यसका लागि एउटा योजना बनाएर अब हामीले नागरिक पत्रकार समाज देशभरका पत्रकारहरुको साझा संस्था÷आफ्नो संस्था हो भन्ने भावना जागृत हुने गरि काम गर्नेछौँ ।’
देशैभरबाट पत्रकारहरुलाई यस संगठनमा आवद्धता हुनका लागि संयोजक दानीले आव्हान पनि गरेका छन् ।
पार्टी अध्यक्ष चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी उपाध्यक्ष शिव कुमार बास्तोला, राजेश अधिकारी, केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरी, पार्टी केन्द्रिय सदस्य जीवछ यादव, केन्द्रिय सदस्य तिर्थ बोहोरा, बागमति प्रदेक कमिटी संयोजक डिवि तामाङ, लगायत पार्टीका प्रदेश कमिटीका नेताहरुको पनि उपस्थिती रहेको थियो ।
पार्टी अध्यक्ष चौधरीले सबैलाई बधाई तथा शुभकामना प्रदान गर्दै पेशागत धर्म निभाउँदै पार्टीको निती, बिधान र सिद्धान्त अनुसार काम गर्न निर्देशन दिएकी थिईन् ।
‘पत्रकारिता पेशा राष्ट्रको चौथो अंग पनि भएकाले देशको बिकास र सम्बृद्धिका लागि तपाईँहरुको बिशेष भूमिका हुन्छ । आज देशको पहिचानको रक्षा गर्दै, पहिचानका आधारमा संघियता कार्वान्वयन गर्दै, शुसासन र भ्रष्ट्रचाररहित बिकसित देशको परिकल्पना गरेर नेपालको बैकल्पिक शक्तिशाली राजनीतिक शक्ति बन्ने तरिकाले हाम्रो पार्टी लागिरहेको छ । यस अभियानमा पत्रकार साथिहरुको विशेष भूमिका रहन्छ भन्ने कुरामा म विश्वस्त छु ।’न्युज कारखाना
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले कवाडी व्यवसायीहरुको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले धरपकड गरेकोप्रति आपत्ति जनाएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै कवाडी व्यवसायीको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने संवैधानिक हकमाथि प्रहार भएको बताउदै कानुनको अधिनमा रही सम्मानपूर्वक व्यापार व्यवसाय गर्न पाउने सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् ।
उनले सम्मानित अदालतको आदेशसमेत अवज्ञा गरी टहराहरुमा काठमाडौं महानगरपालिकाले डोजर आतङ्क मच्चाएको आरोप लगाउदै कवाडी व्यवसायीमाथि प्रहरीले बिना कारण प्रहार गरेको बताए ।
उनले भने- ‘हिजो कवाड व्यवसायीहरुको शान्तिपूर्ण जुलुसमाथि प्रहरीले निर्मम प्रहार गरेको छ । झण्डै ५० जनाजति, एक दर्जन त गम्भीर घाइते छन् । टाउको फुटेको छ, उनीहरु वीर अस्पतालमा भर्ना भएका छन् । यसरी संवैधानिक हक देशको राजधानीमा उल्लङ्घन भइराख्दा गृहमन्त्रीको जवाफ चाहन्छु । शान्तिपूर्ण जुलुसमा किन लाठी प्रहार गर्नुभयो ? त्यसमा संलग्न प्रहरीमाथि कारबाही होस् । सम्मानित अदालतको आदेश विपरीत काठमाडौं महानगरपालिकाले डोजर आतङ्क गरेको छ ।’न्युज कारखाना
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएको विषय संसदमा उठाएका छन् ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भण्डारीले एमालेको सदस्यता नविकरण गरेको भन्दै उनले राज्यबाट पाउने सेवा सुविधाबारे के हुन्छ भन्दै सरकारको जवाफको माग गरेका छन् ।
उनले भने- ‘पूर्वराष्ट्रपतिले पार्टीको सदस्यता नवीकरण गरेको समाचार सुन्नमा आयो । पार्टीको सदस्यता नवीकरण गरेको हो भने पूर्वराष्ट्रपतिका हैसियतमा सेवा सुविधा लिन मिल्दैन, राज्यले त्योबारे के सोचेको छ, संविधानमा के व्यवस्था छ सरकारले त्यसको जवाफ दिओस् ।’
पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरण गरेको चर्चा केही दिनयता सामाजिक सञ्जाल र मिडियामा चलिरहेको छ । यस विषयमा भण्डारीको तर्फबाट र एमालेबाट स्पष्ट जानकारी भने अहिलेसम्म दिइएको छैन ।न्युज कारखाना
काठमाडौँ । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले कवाडी व्यवसायीहरुले सबै कवाडी महानगरको कार्यालय र मेयर बालेन शाहको घर अगाडी लगेर थुपारिदीन आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले काठमाडौँमा आन्दोलित रहेका कवाडी व्यवसायीमाथि प्रहरीले दमन गरेको भन्दै बालेनले सिकाए जस्तै कवाडी लगेर उनको कार्यालय र घर अगाडी थुपारिदीन आग्रह गरेका हुन् ।
उनले कवाडी व्यवसायीको शान्तिपूर्ण प्रदर्शनमाथि दमन गरिएको भन्दै यसलाई आफुले मधेशीमाथिको दमनको रुपमा हेरेको टिप्पणी गरेका छन् । उनले काठमाडौँमा हुने आन्दोलनमा अन्य र मधेशीमाथि विभेद हुने गरेको बताइदै डा. सिंहले अरु आन्दोलनमा पानीको फोहोरा हान्ने प्रहरीले मधेशीको प्रदर्शनमा लाठि बर्साएको आरोप लगाए ।
सांसद सिंहले यस घटनामा गृहमन्त्रीको जवाफका लागि रुलिङको समेत माग गरेका छन् ।न्युज कारखाना
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन् । उनी स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी केहीबेर अघि स्वदेश फर्किएका हुन् ।
राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरे । त्यस अवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो ।
राष्ट्रपति पौडेलको स्वागतका लागि विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, सुरक्षा निकायका प्रमुख, सरकारका उच्चपदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि उपस्थित थिए ।
राष्ट्रपति पौडेल गत जेठ २९ गते अन्तर्राष्ट्रिय श्रम सङ्गठनले जेनेभामा आयोजना गरेको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ उच्चस्तरीय बैठकमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका थिए । उक्त सम्मेलनमा सहभागी भई उनीअसार १ गते सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणमा पुगेका थिए ।
राष्ट्रपति पौडेलका साथ प्रथम महिला सविता पौडेल, राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरूलगायत थिए ।न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले झापास्थित दुर्गा प्रसाईँको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ । आयोगको मंगलबार बालुवाटारमा बसेको बैठकले प्रसाईँको मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको हो ।
आयोगका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । यसअघि सर्वोच्च अदालतले १५ दिनभित्रमा सम्बन्धन दिन सरकारको नाममा परमादेश जारी गरेको थियो । सोही आधारमा काठमाडौँ विश्वविद्यालयले सम्बन्धनका लागि आयोगलाई लेखी पठाउने निर्णय गरेको थियो । काठमाडौँ विश्वविद्यालयको पत्रको आधारमा मंगलबार बसेको आयोगको बैठकले सम्बन्धन दिने निर्णय गरेको हो । बैठकमा अध्यक्ष प्रचण्डसहित सहअध्यक्षद्वय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव लगायतको उपस्थिति थियो ।
सर्वोच्च अदालतले जेठ २४ गते काठमाडौँ विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगका नाममा परमादेश जारी गर्दै १५ दिनभित्र बीएण्डसीलाई सम्बन्धन दिन आदेश दिएको थियो । उक्त परमादेशपछि काठमाडौँ विश्वविद्यालय कार्यकारी समितिको जेठ २७ गते बसेको बैठकले आयोगलाई सम्बन्धन दिनका लागि लेखी पठाउने निर्णय गरेको थियो ।
बीएण्डसीले २०६४ सालमा नै शिक्षा मन्त्रालयबाट आशयपत्र लिएको थियो । आशयपत्र लिएर पूर्वाधार तयार पारेर सञ्चालनको तयारी गरेको थियो । तर, २०७५ सालमा चिकित्सा शिक्षा ऐन जारी भएपछि सम्बन्धन पाउन सकेको थिएन । त्यसपछि मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईँले सर्वोच्चमा रिट दायर गरेका थिए ।न्युज कारखाना
काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा आज विनियोजन विधेयकका छलफलका क्रममा उठेका प्रश्नको विभिन्न मन्त्रालयका मन्त्रीहरुले जवाफ दिने तालिका रहेको छ ।
आजको दोस्रो बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्रीले जवाफ दिने संसद सचिवालयले जनाएको छ ।
यस अघि पहिलो बैठकमा विभिन्न सांसदहरुले विनियोजन विधेयकमाथिको छलफलमा भाग लिदै खर्च कटौतीको प्रस्ताव पेश गर्ने तालिका रहेको छ ।न्युज कारखाना
काठमाडौँ । जनमत पार्टीका सांसद अब्दुल खानले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्न माग गरेका छन् ।
मंगलवार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिदै सांसद खानले भौतिक पूर्वाधार मन्त्रालयको बजेट नेतामुखि भएको टिप्पणी गर्दै मन्त्रलायको बजेट पुनर्लेखन गर्नुपर्ने माग गरेका हुन् ।
उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले केही क्षेत्र र केही जिल्लाहरुमा मात्रै बजेट सीमित गराउने काम गरेको बताउदै पुनर्लेखन गर्न माग गरेका हुन् । सांसद खानले राष्ट्रिय योजना आयोगको अदूरदर्शी सोचका कारण मुलुकको विकास निर्माणको काममा सुधार हुन नसकेको टिप्पणी गरे ।
उनले भने, ‘भौतिक पूर्वाधारमन्त्रीज्यूलाई के भन्न चाहन्छु भने–भौतिक पूर्वाधारको बजेट नेतामुखि भएको देखिन्छ। केही क्षेत्र र केही जिल्लाहरुमा सीमित देखिन्छ। तसर्थ भौतिक पूर्वाधारको बजेट पुनर्लेखन गरौं माननीय मन्त्रीजी। यसरी भएन। राष्ट्रिय योजना आयोगको अदुरदर्शी सोच र अपर्याप्त अन्वेषण, अनुसन्धानको कमीको कारणले व्यवहारिक र देशमा संरचनागत सुधार भईराखेको छैन ।’न्युज कारखाना
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्यता त्याग गरेको दाबि गरेकी छन् । मंगलवार शिक्षा मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्द उनले अहिलेसम्म ८२५ शिक्षकहरुले दलीय आवद्धता त्यागेको दाबि गरेकी हुन् ।
उनले शिक्षामा दलिय राजनीतिककरण अन्त्य गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गरकी छन । उनले शिक्षामा दलिय राजनीतिकरण अन्त्य गर्ने कार्यको थलनी भएको बताइन्। उनले शिक्षकले कुनैपनि राजनीतिक दलको सदस्यता लिन नपाउने र राजनीति गर्न नपाउने एजेण्डा लागू गरेर छोड्ने बताइन् । शिक्षामा दलिय राजनीतिकरण हुन नहुने अन्तिम साससम्म नछोड्ने एजेण्डा भएको उनले बताइन्। उनले यो क्षेत्रमा अहिलेसम्म भएको कार्यप्रगति चित्तबुझ्दो नभए पनि शुरुवात भएको उल्लेख गरिन्।
उनले सय दिनको उपलब्धीमा ४५ जना शिक्षकविरूद्ध उजुरी परेको, ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र ४ जनाले सफाइ पाएको उल्लेख गरिन्। उनले शिक्षा विधेयक कहिलेसम्म आउँछ भन्ने आफूलाई यकिन नभएको बताइन् ।
सरकारले मौखिक र लिखित रुपमा चाँडै ल्याउन आग्रह गरिसकेको उनको भनाइ छ।
उनले सरकारले मात्रै गर्ने भन्दा पनि सबैको सहयोगको आवश्यकता रहेको बताइन्। उनले सबैको साथ सहयोग भए मात्रै यो एजेण्डाले सार्थकता पाउनसक्ने बताइन्। शिक्षामा दलिय राजनीतिकरण रहेसम्म समाज, शिक्षक र विद्यार्थीहरुको शिक्षण पेशामा मर्का पुर्याइरहने उनको भनाइ छ। उनले मन्त्रालयले निर्वाचन आयोगसँग दलमा आवद्ध शिक्षकहरुको तथ्याङ्क माग गरेपनि प्राप्त नभएको बताइन्। उनले अहिलेसम्म ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्यता त्याग गरेको दाबी गरिन्।
उनले शिक्षा विधेयक कहिले आउँछ भन्ने सञ्चारकर्मीको प्रश्नमा आफ्नो हातमा नभएको उल्लेख गरिन्। उच्च शिक्षामा उच्च पदाधिकारी नियुक्तिको लागि कार्यविधि तथा मापदण्ड बनाएर काम गरिरहेको उनले बताइन्। उनले सिटिभिटीको उपाध्यक्षको लागि समिति बनि सकेको बताइन्।
त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको सदस्य र भिसीहरुको नियुक्तिमा काम गरेको उनले दाबी गरिन् । उनले सरकारले शिक्षाका उच्च अधिकारी नियुक्ति गर्दा राजनीतिक भागबँडा भन्दा पनि योग्यता, उपयुक्तता हेरेर गर्न थालिएको बताइन्। उनले शिक्षा क्षेत्रमा राजनीतिक भागबण्डाको आधारमा नभई मेरिडको आधारमा पठाउने पद्धति विकास गरिएको दाबी गरिन् । न्युज कारखाना
आरके श्रीवास्तव,रौतहट,०४ गते असार ।
रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ को आज वडा भेला सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१÷०८२ का लागि गरुडा नगरपालिका अन्तर्गत वडा नम्बर ५ ले वडा परिषद सकाएको छ । सो वडाले आगार्मी वर्षका लागि नगरपालिकाको बजेट अनुसारको योजना छानेको हो ।
मंगलवार आगामी आर्थिक बर्षका लागि योजना छनौट सहित बजेट बिनियोजनका लागि वडा परिषद गरिएको हो । गरुडा नगरपालिका अन्तर्गत वडा नम्वर ५ ले ५० लाख बराबरको योजनाहरु वडा परिषदबाट छनौट गरेको वडा अध्यक्ष रामबिनोद साहले जानकारी गराएका हुन् ।
उनले भने,यसपालिको वडाको बजेटमा कृषि र शिक्षालाइ विशेष जोड दिएका छौं । गत वर्ष १ करोड ८९ लाखको काम गरेको जानकारी गराए । यस वर्ष किसानहरु लक्षित कृषि मिटरको विजुली बिल वडाले तिरिदिने बताए । य
स्तै वडामा रहेको ६ वटा सामुदायिक बिधालयको लागि आवश्यक बजेट विनियोजन गरिएको बताए ।
आफनो वडामा रहेको प्रसिद्ध शिवनगर महादेव मन्दिरका लागि पनि बजेट छुुट्टयाइएको उनको भनाइ छ । यस्तै स्वास्थ्य क्षेत्रलाइपनि प्राथमिकतामा राखिएको बताए । वडाको बजेटमा समावेश गर्न नसकिएका बिभिन्न योजनाहरु बजेट ब्यवस्थापनका लागि नगरपालिका, प्रदेश र संघीय सरकारका सम्वन्धित निकायहरुमा सिफरिस गरी पठाईने वडाध्यक्ष साहको भनाई रहेको छ ।
सो वडा परिषदको अवसरमा गरुडा नगरपालिकाका मेयर प्रत्यासी द्धय ब्रिजकिशोर यादव, विपिन जयसवाल,वडा सदस्यहरु वडामा क्रियाशिल राजनीतिक दल, बुद्धिजिवी, पत्रकार, संघ संस्थाका प्रतिनिधी, स्वास्थ्यकर्मी, शिक्षक र वडावासीको उपस्थिती रहेको थियो ।
काठमाडौँ । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले कर्णालीलाई बजेट नचाहिने भन्दै बजेट पुस्तिका सभामुखमार्फत अर्थमन्त्रीलाई फिर्ता गरिदिएका छन् ।
प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिदै सांसद शाहीले कर्णालीलाई बजेटमा विभेद गरिएको भन्दै जुम्ला र कर्णालीलाई बजेट नचाहिने भन्दै बजेट पुस्तिका फिर्ता गरेका हुन् ।
उनले भने- यो बजेटमाथि सांसदहरुले भोट हालेमा यो जुनीमा होइन अर्को जुनीमा पनि कर्णालीका जनताले सराप्ने छन् । म यो किताब मन्त्री जीलाई सिधै दिन मिल्दैन । म सभामुख मार्फत यो बजेट किताब जस्ताको तस्तै मन्त्री जीलाई दिन चाहन्छु । चाहिदैन बजेट ।’ न्युज कारखाना
काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले भौतिक पूर्वाधार मन्त्रालयको बजेट संसदमा च्यातेका छन् ।
प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिदै भौतिक योजनामन्त्री रघुवीर महासेठले आफ्नोसहित ३-४ नेताको जिल्लामा मात्र बजेट केन्द्रित गरेको भन्दै रोष्टममै बजेट पुस्तिका च्यातेका हुन् ।
उनले जिल्लाको नाम तोक्दा आलोचना हुन्छ भनेर कार्यक्रम मात्र लेखेर समेत बजेट छुट्याइएको आरोप लगाए । उनले कुन विधि र तरिकाबाट आफ्नो र केहि नेताको जिल्लामा मात्र बजेट छुट्याएको हो भन्दै प्रश्न गरेका छन् ।
अध्यक्ष लिङदेनले बजेट विनियोजनमा पक्षपात गरेको भन्दै मन्त्रीलाई यस्तो काम गरेकोमा धन्यवाद दिएका छन् । उनले भनेका छन्- म त तपाईलाई धन्यवाद नै दिन्छु, किनकी हामीले यो व्यवस्थाले काम गर्दैन भनेर भनिरहेको बेला तपाइँहरुले यसलाई पुष्टि गरिरहनु भएको छ । तपाईहरुलाई धन्यवाद छ ।’न्युन कारखाना
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ नहुने भएको छ ।
भट्टराईले दायर गरेको सो रिट सर्वोच्चका न्यायाधीशद्धय मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासमा पेशी तोकिएको थियो । तर, न्यायाधीश मनोज शर्माले यसअघि आदेश दिएको हुँदा आज हेर्न नमिलेको हो ।
यसअघि जेठ २८ गते न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा रूपन्देही जिल्ला अदालतमा दायर भएको अभियोग पत्र मगाउने आदेश गरेको थियो ।
बहसका क्रममा निवेदकहरूले गृहमन्त्री लामिछानेविरुद्ध रूपन्देही जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रमा नाम उल्लेख भएको र उनले लिएको ऋणसमेत उल्लेख भएको जिकिर गरेका थिए ।
न्यायाधीशद्वय शर्मा र श्रेष्ठको इजलासले जितेन्द्रबाबु राई समेत भएको सहकारी ठगी विवाद सम्बन्धी मिसिल झिकाएर पूर्व आदेशअनुसार अग्राधिकार समेत दिने आदेशमा उल्लेख गरेको छ ।
अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै रिट दायर गरेका थिए ।
रिटमा लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्न समेत माग गरिएको छ ।
महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको रिटमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीले धारण गरेको जिम्मेवारीले अनुसन्धान प्रक्रियामा अनु्चित प्रभाव पार्ने तथा प्राकृतिक न्यायको सिद्धान्त विपरित समेतको दाबी गर्दै गृहमन्त्रीको पदबाट निजलाई निलम्बन गर्न माग गरिएको छ ।
न्युज कारखाना
काठमाडौँ । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई तपाइँ झापा र धनुषाको मात्र मन्त्री हो भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समयमा बोल्दै सांसद शाहीले मन्त्री महासेठले झापा र धनुषामा मात्र बजेट केन्द्रित गरेको आरोप लगाएका छन् ।
उनले भौतिक पूर्वाधार मन्त्रालयको कुल बजेटको १० प्रतिशत बजेट धनुषा र झापामा छुट्याइएको तर सिंगो कर्णालीलाई केवल ४ प्रतिशत बजेट छुट्याएको भन्दै आपत्ति जनाएका थिए ।
उनले धनुषा जिल्लामा ८ अर्ब ७७ करोडको बजेट विनियोजन गरेको र झापामा ६ अर्ब ७० करोड बजेट विनियोजन गरेको आँकडा प्रस्तुत गरेका थिए । सांसद शाहीले कर्णालीका १० जिल्लाले ७ अर्बको बजेट विनियोजन गरेको उल्लेख गरे ।न्युज कारखाना
काठमाडौँ । पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहलाई सम्मान गरिएको छ ।
देशको राजधानी काठमाडौं स्थित मंगलवार एक समारोहका बीच बैदेशिक रोजगार उद्वार नेपाल नामक संस्थाले उनलाई सम्मान गरेको हो। संस्थाका अध्यक्ष इन्द्रलाल गोले, सचिव रिता परियारले संयुक्त रूपमा अध्यक्ष साहलाई खाँदा ओढाएर कदरपत्रबाट सम्मानित गरेका छन् ।
वैदेशिक रोजगार पीड़ितको पक्षमा आम जनता पार्टीले निरन्तर सड़क देखि सदनसम्म संघर्ष गरिरहेकोमा “वैदेशिक रोजगार उदार नेपाल” ले हामीलाई सम्मान गर्दै आगामी दिनमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले जानकारी दिएका छन् ।
प्रभु साह नेतृत्वको आमजनता पार्टी निकट आईटी आर्मीले बैदेशिक रोजगार पीडितको हकमा बिभिन्न संघर्षको कार्यक्रम गर्दै आएको छ।न्युज कारखाना
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ । अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा दर्ता गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो । यो रिट सर्वोच्चका न्यायाधीशद्धय मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासमा पेशी तोकिएको छ ।
यसअघि जेठ २८ गते न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा रूपन्देही जिल्ला अदालतमा दायर भएको अभियोग पत्र मगाउने आदेश गरेको थियो ।
बहसका क्रममा निवेदकहरूले गृहमन्त्री लामिछानेविरुद्ध रूपन्देही जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रमा नाम उल्लेख भएको र उनले लिएको ऋणसमेत उल्लेख भएको जिकिर गरेका थिए ।
न्यायाधीशद्वय शर्मा र श्रेष्ठको इजलासले जितेन्द्रबाबु राई समेत भएको सहकारी ठगी विवाद सम्बन्धी मिसिल झिकाएर पूर्व आदेशअनुसार अग्राधिकार समेत दिने आदेशमा उल्लेख गरेको छ । रिटमा लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्न समेत माग गरिएको छ ।
महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको रिटमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीले धारण गरेको जिम्मेवारीले अनुसन्धान प्रक्रियामा अनु्चित प्रभाव पार्ने तथा प्राकृतिक न्यायको सिद्धान्त विपरित समेतको दाबी गर्दै गृहमन्त्रीको पदबाट निजलाई निलम्बन गर्न माग गरिएको छ ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशहरूको विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्न आग्रह गरेका छन् ।
काठमाडौँमा हुने आजदेखि सुरु भएको ‘आइडिए (अन्तर्राष्ट्रिय विकास सङ्घ) २१ पुनःपूर्ति (रिप्लेनिसमेन्ट)’ बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले विकासमा चुनौती खेपिरहेका देशहरूलाई सहुलियतपूर्ण वित्तीय सहयोग गरेर विकासको गतिमा अघि बढाउन आग्रह गरेका हुन् ।
“स्रोत, प्रविधि र लगानीको न्यायसंगत पहुँच प्रदान गरेर विकासको गतिमा चुनौतीहरू सामना गरिरहेका देशहरूलाई सहयोग गर्नुपर्छ, विद्यमान असमानताहरू सम्बोधन गर्नुपर्छ, अनिमात्र समावेशी आर्थिक अवस्थाको प्रवर्द्धन गर्न सकिन्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “ती राष्ट्रहरूलाई माथि उठाउने मात्र नभइ विश्वव्यापी स्थिरता र आर्थिक सहनशीलतामा योगदान पु¥याउनका लागि पनि ती देशहरूको दिगो विकासका पहलहरूलाई समर्थन गर्नुपर्छ, सहयोग गर्नुपर्छ ।”
समावेशी आर्थिक विकासका लागि गरिएका एकीकृत प्रयास गर्दागर्दै पनि राजस्वका सीमा, व्यापार घाटा एवं बढ्दो ऋणको दायित्वहरूको सामना गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले दिगो विकासका लक्ष्य (एसडिजी), राष्ट्रिय रूपमा निर्धारण गरिएका योगदान (एनडिसी) र पूर्वाधार विकासमा वित्तीय स्रोत अपुग रहेको बताए । उनले अतिरिक्त रोजगारका अवसरहरू सिर्जना गर्न, आर्थिक गतिविधि तीब्ररूपमा अगाडि बढाएर अतिकम विकसित मुलुकबाट स्तरोन्नती हुनका पनि सहुलियतपूर्ण सहायता आवश्यक रहेको उल्लेख गरे ।
“मानव पूँजीको विकास, विशेषगरी स्वास्थ्य र शिक्षाको गुणस्तरमा विकास । त्यसैगरी गुणस्तरीय पूर्वाधार एवं जनताको जीवनस्तर परिवर्तन गर्नु नै हाम्रो प्राथमिकता हो । डिजिटलाइजेसन, उत्पादनमूलक क्षेत्रमा लगानी, उद्यमशीलताको प्रवर्द्धन, सीप विकासलाई जोड दिँदै रोजगारी सिर्जना गर्ने र समावेशिता प्रवर्द्धनलाई हामीले जोड दिँदै आएका छौँ,” प्रधानमन्त्रीले भने, “त्योसँगै जलवायुसँग सम्बन्धित कार्य गर्ने, कमजोरलाई र सानालाई सहयोग गर्ने एवं पानी र खाद्य सुरक्षा सुनिश्चित गर्ने हाम्रो मुख्य जिम्मेवारी हो ।”
‘आइडिए (अन्तर्राष्ट्रिय विकास सङ्घ) २१ पुनःपूर्ति (रिप्लेनिसमेन्ट)’ ले आगामी तीन वर्षका लागि नीतिगत प्राथमिकताहरू र परिणामको खाकामा दाताहरू र ऋणीहरूबीच बलियो सहमति निर्माण गर्न सफल हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले विद्यमान समयमा देखापरेका अभूतपूर्व सङ्कटहरूलाई सम्बोधन गर्न उच्चस्तर प्रतिज्ञा गर्न सफल हुनेमा आफू विश्वस्त रहेको बताए । उनले भने, “नेपालसहित आइडिए प्राप्तकर्ता देशहरू यसको बृहत प्रभाव देख्न चाहन्छ र हामी यी स्रोतहरूको महत्त्व पूर्ण क्षमतामा महसुस गर्न चाहन्छौँ ।”
‘कठिनाइपूर्वक प्राप्त गरेका विकासका लाभहरू उल्टिने जोखिम छ’
प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका प्रभावहरूले संवेदनशीलतालाई अझ बढाएको उल्लेख गर्दै कठिनाइपूर्वक प्राप्त भएका विकासका लाभहरू उल्टिने जोखिम रहेको बताएका छन् ।
नेपालजस्ता अल्पविकसित देशहरूको लागि सहुलियतपूर्न वित्तीय सहायता महत्त्वपूर्ण भएको उल्लेख गर्दै उनले भने, “हामी धेरै सङ्कटहरूमा संवेदनशील छौं, र हामीले कठिनाइपूर्वक प्राप्त गरेका विकास लाभहरू उल्टिने जोखिम छ ।” प्रधानमन्त्रीले विश्वव्यापी उत्सर्जनमा नगन्य योगदान दिँदा पनि नेपाल जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरूबाट असमानरूपमा प्रभावित भएको बताए ।
“हाम्रो नियन्त्रण बाहिरका परिस्थितिका कारण भएको क्षति र हानिको क्षतिपूर्ति पाउनका लागि हामीले जलवायु न्यायको पक्षमा वकालत गरिरहेका छौँ,” प्रधानमन्त्री प्रचण्डले भने । उनले विनाशकारी भूकम्प, विपद्, विश्वव्यापी महामारी र विश्वव्यापी आर्थिक चुनौतीहरूजस्ता कारण नेपालको आर्थिक विकास र समृद्धिमा चुनौती थपिएको बताए ।
राजनीतिक स्थिरतापछि यहाँका पर्याप्त सम्भावनालाई उपयोग गर्दै आर्थिक विकासको बाटोमा दृढ रूपमा नेपाल अघि बढेको उल्लेख गर्दै प्रधानमन्त्रीले एशियाका दुई ठूला अर्थतन्त्रहरू बीचको रहेको नेपाल प्रचुर जलविद्युत स्रोतहरू, पर्यटन र कृषि व्यवसाय क्षेत्रहरू एवं मेहनती युवा जनसङ्ख्याजस्ता सबल अवस्थामा रहेको स्पष्ट पारे ।
यही असार ४ गतेदेखि ७ गतेसम्म काठमाडौँमा हुने ‘आइडिए (अन्तर्राष्ट्रिय विकास सङ्घ) २१ पुनःपूर्ति (रिप्लेनिसमेन्ट)’ बैठकमा विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोस्टसेन्वर्गलगायत उच्च पदाधिकारीसहित ६१ देशका करिब २०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ । न्युज कारखाना
काठमाडौँ
नयाँ सत्ता समीकरण बनेको १०० दिन पुग्दै छ । सरकारले सोचे जस्तो कम गर्न नसकेको र खासगरी आम जनताको जीवनस्तरमा फरक पर्ने कम गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला नयाँ पार्टीले सरकारमा गएको सय दिनमा के गरे भन्ने प्रश्न आम रुपमा उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले त आफ्नो सय दिनको कामको विवरणमा नराम्रो काम केहि नगरेको र नियमित काम मात्र गरेको स्पष्ट रुपमा बताए । गृहमन्त्री बाहेक रास्वपाका अन्य मन्त्रीले पनि सोचे जस्तो र देखिने गरि काम गर्न नसकेपछि आम स्तरबाट आलोचना शुरु भएको छ ।
गृहमन्त्री लामिछाने यस अवधिमा शुरु देखि नै सहकारी प्रकरणले घेराबन्दीमा परेको देखियो । न त उनले यसको कडा प्रतिवाद गरेर आफु निर्दोष छु भन्ने साबित नै गरे न त उनीमाथि ठोस छानबिन हुने संकेत नै देखिएको छ । स्पष्ट रुपमा भन्दा उनी आफ्नो बचाउमा बालकोट र बालुवाटार गर्दैमा सय दिन बिताए । त्यस्तै सत्ता साझेदार एमाले र माओवादीले भने लामिछानेको कमजोरीको फाइदा उठाउदै उनको विषय स्पष्ट छानबिन पनि नगर्ने र आफुहरु साथमै रहेको आभास पनि दिइरहने काम गरे । यसले रास्वपाको २१ मतलाई आफ्नो पक्षमा राखिराख्ने र अन्यथा भए लामिछानेमाथि कुनै पनि बेला छानबिन पनि गर्न सकिने अवस्था कायम राख्न उनीहरु सफल भएको देखियो । यो अवस्था अहिले पनि रहेको छ । रास्वपा पार्टीको रुपमा प्रयोग भयो, जसबाट उसले नत जनताको पक्षमा काम गरेको देखाउन सक्यो न त राजनीतिक फाइदा उठाउन सक्यो । सत्ताको चक्रमा अहिले लामिछाने आफिया फसेको जस्तो देखिएका छन् ।
त्यस्तै अर्का रास्वपाबाट खेलकुदमन्त्री बनेका विराजभक्त श्रेष्ठले पनि खेलकुद क्षेत्रमा खासै काम गर्न सकेको देखिएको छैन । उनकै कार्यकालमा नेपालले दशरथ रंगशालाको मान्यता गुमायो र नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल बाहिर खेल्नु पर्यो । यसमा उनी निरिह जस्तै देखिए । हुन त दशरथ रंगशालाको पूर्वाधार बिग्रनुमा उनको भूमिका छैन तर पनि घटनाक्रमलाई आफ्नो हातमा लिएर उनले नेपालमै खेल हुने वातावरण बनाउनु पर्नेमा त्यस्तो गर्न नसकेको देखियो । त्यस्तै क्रिकेटमा नेपालले पाउदै गरेको सफलता अनुसार पूर्वाधार नभएको अवस्थामा अहिलेसम्म पनि स्टेडियम बनाउने, एकेडेमी बनाउने विषय कागजमै सिमित छन् । यसमा ठोस काम अहिलेसम्म पनि अगाडी बढाउन सकेको देखिदैन । मन्त्री श्रेष्ठले देखिने गरि गरेको काम लामो समयदेखि खेलाडीले नपाएको पुरस्कार रकम वितरण गरेका छन् । यसका लागि उनलाई जस जान्छ ।
त्यस्तै रास्वपाका अर्का मन्त्री डोलप्रसाद अर्यालले पनि सोचे अनुसार काम देखाउन सकेका छैन । उनले श्रमधान कार्यक्रम शुरु गरेपनि त्यसको स्पष्ट खाका र विश्वस्त हुने आधार देखिदैन । अलिकति प्रचार मुखी देखिएको कार्यक्रमले रोजगारमा ठोस भूमिका खेल्छ भनेर विश्वास गर्न सकिन्छ ।
त्यसैगरी शिक्षामन्त्री सुमन श्रेष्ठले केहि सुधारका काम गर्न खोजे पनि उनी उत्तिकै विवादमा पनि परिरहेकी छन् । उनले शिक्षकलाई राजनीतिबाट बाहिर राख्ने महत्वपूर्ण कदम चाल्न खोजेकी छन् तर सत्ता समीकरणमै रहेका प्रमुख दलको साथ पाउन सकेकी छैनन् । तुलनात्मक रुपमा रास्वपाका मन्त्रीहरु मध्ये सुमनाले काम गर्ने खोजेको देखिन्छ ।
रास्वपाले आफ्नो बाचा पत्रमै भ्रष्टाचारका फाइल खोलिने र ललिता निवास सरकारी जग्गा किनबेच काण्ड, वाइड बडी विमान खरिद काण्ड, कोभिड भ्याक्सिन खरिद काण्ड, यति र ओम्नी काण्ड, ‘बेटी पढाउ, बेटी बचाउँ’ का लागि साइकल खरिद काण्ड, प्रिन्टिङ प्रेस खरिदको ७० करोड रुपैयाँ काण्ड, बुढीगण्डकी जलविद्युत आयोजना काण्डलाई विशेष प्राथमिकता दिने उल्लेख छ । तर अहिले देशको गृहमन्त्री रहेका लामिछानेले आफ्नो बाचा पत्र बिर्सेका छन् । उनले फाइल खोल्ने कुरा त गर्छन् तर आफ्नो पार्टीको बचापत्रमा भएका काण्ड बारे फर्केर हेरेको पनि देखिदैन ।
यसरी सय दिनमा रास्वपा सहकारीको वरिपरी घुमिरहेको र आफ्नो बचाउमै समय खर्चेको देखिन्छ । कम्तिमा गृह, खेलकुद, श्रम र शिक्षामा आफुले चुनाव अघि गरेका बाचालाई टेबुलमा राखेर काम शुरु मात्र गरेको भएपनि केहि हुदै छ भन्ने आधार हुने थियो । सभापतिले नै नराम्रो काम नगर्नुनै उपलब्धि हो भन्दै सत्ता संचालनमा कमजोर देखिनुले नयाँप्रतिको वितिष्णा बढ्ने भरोसा टुट्ने अवस्था बनेको छ ।न्युज कारखाना
काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा आज विनियोजन विधेयकका विभिन्न शिर्षक माथिको छलफल जारी रहने छ ।
आज तीन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथि छलफल हुने ।का विभिन्न शिर्षकमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ । जसमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेका छन् ।
त्यस्तै आज विनियोजन विधेयकमाथिको छलफल जारी रहने र विभिन्न सांसदहरुले निम्न बमोजिम खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्न कार्यसूची रहेको संसदि सचिवालयले जानकारी दिएको छ ।
१- डा. अमरेश कुमार सिंहले “विनियोजन विधेयक, २०८१ अर्न्तगत गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।
२- सांसद प्रेम सुवालले “विनियोजन विधेयक, २०८१ अर्न्तगत गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।
३- सांसद बुद्धिमान तामाङले “विनियोजन विधेयक, २०८१ अर्न्तगत गृह मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।
४- सांसद रोशन कार्कीले “विनियोजन विधेयक, २०८१ अर्न्तगत परराष्ट्र मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।
५- सांसद राजेन्द्र प्रसाद लिङदेनले “विनियोजन विधेयक, २०८१ अर्न्तगत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।
६- सांसद ज्ञानबहादुर शाहीले “विनियोजन विधेयक, २०८१ अर्न्तगत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।
७- संसद ध्रुवबहादुर प्रधानले “विनियोजन विधेयक, २०८१ अर्न्तगत राष्ट्रिय योजना आयोग शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।
८- सांसद विना लामाले “विनियोजन विधेयक, २०८१ अर्न्तगत उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।
न्युज कारखाना
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक मंगलबार बिहान ११ बजे बस्दैछ। प्रतिनिधिसभामा सरकारले संसद्मा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल जारी रहेको छ।
मंगलबार गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा सो मन्त्रालयअन्तर्गतका राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
मंगलबारको बैठकमा सांसदहरूले विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भनी खर्च कटौतीको प्रस्ताव पेश गर्ने कार्यसूची छ।
बैठकमा सांसद अमरेशकुमार सिंह, प्रेम सुवाल, बुद्धिमान तामाङ, रोशन कार्की, राजेन्द्रप्रसाद लिङदेन, ज्ञानबहादुर शाही, ध्रुबबहादुर प्रधान र विना लामाले खर्च कटौतीको प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।न्युज कारखाना
राैतहट,०३ गते असार । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) निकट उद्योग वाणिज्य संघ गठन भएको छ । साेमबार साे पार्टीकाे भातृसंगठनकाे रूपमा खाेलिएकाे हाे । जसकाे संयाेजकमा रौतहटका साजन कुमार जयसवाल रहेका छन् । जयसवालकाे संयोजकत्वमा ६४ सदस्यीय कार्यसमिति गठन पनि गरिएको आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष एवम् सांसद प्रभु साहले जानकारी गराउनु भएको हाे । गठित समितकाे सदस्यहरूमा बैधनाथ प्रसाद,प्रदिप कुमार गुप्ता,प्रेम साह,प्रदिप थापा लगायतका ६४ व्यक्तिहरू रहेका छन् । यसैबिच आम जनता पार्टीका अध्यक्ष साहले जिम्मेवारी प्राप्त गर्नुहुने सम्पूर्णमा एकमुष्ट बधाई सहित सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।


राैतहट,०३ गते असार ।
रौतहट जिल्लाको वृन्दावन नगरपालिकामा आज नगर प्रमुख विनोद प्रसाद कुर्मीले वडा कार्यालय भवनको शिलान्यास गर्नुभएको छ। सो नगरपालिकाको वडा नं.–३ मा वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । बिश्रामपुर मठ बजारको ट्रस्टबाट सेवाको प्रवाह हुदै आइरहेको वडा कार्यालयको अब आफ्नै भवन निर्माण हुन लागेको हो। नयाँ बन्न लागेको वडा कार्यालय भवनको एक औपचारिक कार्यक्रमका बिच वृन्दावन नगरपालिकाका नगरप्रमुख विनोद प्रसाद कुर्मीले शिलान्यास गर्नुभयो । त्यस अवसरमा नगरप्रमुख कुर्मीले नगरपालिका सधैँ नागरिकको पक्षमा रहेको बताउनुभयो । उहाँले नागरिकको हितविपरीत नगरपालिकाले कुनै पनि कार्यक्रम नगरेको बताउनुभयो । त्यसैगरी निर्माण गर्ने उपभोक्ता समितिलाई समयमै गुणस्तरीय सहित वडा कार्यालय भवन निर्माण गर्न आग्रह गर्दै नयाँ भवन निर्माण सम्पन्न भएसँगै सम्पूर्ण वडावासीले सहज रूपमा सेवा लिन पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । विगका दिनमा निर्वाचित भएका जनप्रतिनिधिले पाँच वर्षसम्म वडा कार्यालयलाई आफ्नै निजी निवासमै राखेर काम गरेको र नयाँ जनप्रतिनिधिको अवधिमा पनि वडा कार्यालय भवनको निर्माण न भएको गुनासो सुनेपछि नगर प्रमुख कुर्मीले आफ्नो नगर स्तरीय योजनाको ३० रकमबाट सो वडा कार्यालय भवन बनाउन लागेका हुन्।
काठमाडौं । सङ्घीय संसद् सचिवालयका कर्मचारीको माग र आन्दोलनका विषयमा छलफल गर्न बसेको संयुक्त बैठक सकिएको छ ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, विभिन्न पार्टीका प्रमुख सचेतक-सचेतक र सचिवालयका उच्चाधिकारीसहितको छलफल सिंहदरबारमा बसेको थियो । आजको छलफलमा कर्मचारीको माग सम्बोधनका लागि भोलि अर्थमन्त्री वर्षमान पुनसँग छलफल गर्ने सहमति भएको छ ।
सङ्घीय संसद् सचिवालय कर्मचारी युनियनले कर्मचारी प्रशासन नियमावली, २०६५ लाई अद्यावधिक गरी अनुसूची १२ मा समयानुकूल परिमार्जन गर्नुपर्ने, अतिरिक्त कामवापतको प्रोत्साहन भत्ता दिइनुपर्ने, कर्मचारी कल्याण कोषलगायत ११ बुँदे माग राखी गत जेठ ३० गतेदेखि आन्दोलन सञ्चालन गर्दै आएको छ । आन्दोलनरत कर्मचारीले संसद् र्बैठकमै कालो पट्टी बाँधेर विरोध जनाएका थिए ।
छलफलमा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, सचिवालयका सचिवको उपस्थिति रहेको थियो । हाल संसद् सचिवालयमा ३९० कर्मचारी कार्यरत छन् ।न्युज कारखाना
रामपुर (चितवन) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र भविष्य देख्ने वातावरण सिर्जना गर्नका लागि शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धि गर्नुपर्ने बताएका छन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शैक्षिक गुणस्तर वृद्धि गरेर युवा पुस्तालाई स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्न निर्देशन दिए ।
“देशभित्रै भविष्य देख्ने सकारात्मक सोचका साथ आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप नेपालको दिगो विकासका लागि विश्वविद्यालयबाट प्राप्त ज्ञान दुपयोग गर्नुहोस्,” प्रधानमन्त्री प्रचण्डले भने, “त्यसका निम्ति शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धिमा विशेष जोड दिन चाहन्छु ।”
उनले कृषि विज्ञानमा भर्ना हुने विद्यार्थी र भेटरेनरीमा आवेदन दिने विद्यार्थीको सङ्ख्या बढिरहेको तथा भेटरेनरी विषयमा विद्यार्थी सङ्ख्या शतप्रतिशत बढाउने पहल भइरहेको जानकारी पाउँदा खुसी लागेको बताए ।
प्राविधिक विश्वविद्यालयहरूले अनुसन्धानमार्फत् नवीनतम प्रविधिको विकास गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कार्यमा आफ्नो सम्पूर्ण क्षमता र साधनस्रोत खर्चिनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयका वैज्ञानिकहरूले भैंसीको बेमौसमी प्रजनन्को प्रविधि, गहुँको गर्मी सहन गर्न सक्ने जातको विकास लगायतका प्रविधि विकास गरेकोप्रति खुशी व्यक्त गरे ।
विश्वविद्यालयले आवश्यकताअनुसार कलेज तथा कृषि विज्ञान केन्द्र विस्तार र सबलीकरणका लागि योजना निर्माण गरी त्यसको कार्यान्वयन हुने विश्वास लिएको उल्लेख गर्दै प्रधानमन्त्रीले आवश्यक शिक्षक, कर्मचारीको व्यवस्थापनका लागि विश्वविद्यालय प्रयत्नशील रहेको बताए । उनले आगामी दिनमा विश्वविद्यालयको निम्ति आवश्यक जनशक्तिको व्यवस्थापनमा सरकारको तर्फबाट सहयोग रहने विश्वास दिलाए ।
“विश्वविद्यालयले सङ्काय, कलेज तथा विज्ञान केन्द्रहरूको शैक्षिक भवन, एकीकृत अनुसन्धान प्रयोगशाला, जैविक सुरक्षा प्रयोगशाला निर्माण गरिरहेकोमा निर्माण कार्य छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्छ,” प्रधानमन्त्रीले भने, “विश्वविद्यालयका शैक्षिक एवं अनुसन्धान र प्रसार कार्यलाई गुणस्तरयुक्त तथा समयसापेक्ष बनाउन दश वर्षे रणनीतिक योजना निर्माण एवं पाठ्यक्रम परिमार्जन गरी कार्यान्वयन गर्नुपर्छ ।”न्युज कारखाना
काठमाडौँ । आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकले आन्दोलन स्थगित गरेका छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार नेपाल आयल निगमसहित भएको छलफलमा चालकका मागको बारेमा अध्ययन गर्न एक समिति बनाउने निर्णय भए पछि आन्दोलन स्थगित भएको हो ।
चालकले सोमबारबाटै पेट्रोलियम पदार्थको ढुवानी सुरु गर्ने नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले बताए । दुई हप्ता भित्र समस्या समाधान गर्ने गरी सहमति भएको हो । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले सात बुँदे माग राखेर ढुवानी नगरेपछि आइतबारदेखि उपत्यकाका पेट्रोल पम्पमा डिजेल र पेट्रोलको अभाव भएको हो । सामान्य अवस्थामा निगमको थानकोट डिपोबाट पेट्रोल दैनिक सात सय किलोलिटर र डिजेल आठ सय ५० किलोलिटर बिक्री हुँदै आएकोमा आइतबार पेट्रोल एक सय ३० किलोलिटर र डिजेल ६० किलोलिटर मात्र बिक्री भएको थियो ।
चालक तथा सहचालकले मजदुरहरूको श्रम ऐन अनुसार नियुक्ति दिई नेपाल सरकारले तोके अनुसारको तलव व्यवस्था गर्नुपर्ने, स्वरोजगारको हकमा मात्र लागु गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्नुपर्ने, तापक्रमको सही व्यवस्थापन गर्नुपर्ने लगायतका माग अघि सरेर आन्दोलन गरेका थिए ।
न्युज कारखाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन् ।
असार ५ र ६ गते (जुन १९ र २०, २०२४) मा ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन आज बिहान २: १५ बजेको उडानबाट उनी ब्राजिल प्रस्थान गरेका हुन् । बैठक सम्पन्न गरेर उहाँ असार ८ गते स्वदेश फर्किने छन् । प्रमुखका साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्साल रहेका छन् ।
प्रमुख शाह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य रहेका छन् । मेट्रोपोलिस विश्वका ठूला १५० भन्दा धेरै महानगरहरुको आवद्धता रहेको, आपसी र विश्वव्यापी सहयोग, संवाद, ज्ञान तथा समाधान आदानप्रदान गर्ने, सामुहिक आवाज वुलन्द गर्ने अन्तरराष्ट्रिय संस्था हो ।
सहरी आवास र भवनहरुको विषय यस पटक छलफलको मुख्य विषय रहेको छ । सहरमा आवासका चुनौतीलाई सामना गर्न, सभ्य र सहज आवाससँग सम्बन्धित विषयमा छलफल गरेर निर्देशक बोर्डले निष्कर्ष निकाल्नेछ । बैठकमा प्रमुख शाहले सम्बोधन गर्ने छन् ।
कार्यक्रमअन्तर्गत ‘मेयरल राउण्ड टेवल’ शीर्षकमा बुधबार हुने आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति वहस’ मा प्रमुख शाहले प्यानलिष्टका रुपमा धारणा प्रस्तुत गर्ने छन् ।
सहरी आवासका आयाम, अभाव र प्रभाव तथा जलवायु जोखिम घटाउन विश्वव्यापी साझा कार्यक्रम, पर्याप्त पूर्वाधार, कम कार्बन फुटप्रिन्ट र समुदायका प्रत्येक सदस्यको विविध आवश्यकताहरू पूरा गर्न समावेशी दृष्टिकोणका विषयमा केन्द्रीत रहेर नीति वहस हुनेछ ।
नीति बहसले विश्वभरका प्रमुख सहरहरूका प्रमुख सरोकारवालाहरू, अन्तररराष्ट्रिय संस्था र वित्तीय संस्थालाई एकै ठाउँमा स्थानीय चुनौती समाधान गर्न अन्तरदृष्टि आदानप्रदान गर्ने र लगानीका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
उपयोग नीतिका आधारमा नविन आवास र भूमि व्यवस्थापनमा महानगरहरुका ज्ञान आदान प्रदान गर्न विश्वका प्रमुख सहरहरूबाट राजनीतिक नेताहरूलाई एकै ठाउँमा ल्याएर सञ्जाल निर्माण गर्नु, सभ्य, मितव्ययी सहरी आवास सुनिश्चित गर्न साओ पाउलोले गरेका प्रयास अवलोकन हुनेछ ।
बैठकले विश्व परिवेशका भिन्न भिन्न स्थानीय अनुभव, प्रयास र नतिजा तथा प्रमाणमा आधारित समाधान दिनेछ । न्युज कारखाना
रामपुर (चितवन) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्नुपर्नेमा जोड दिँदै कर्ममा समर्पित हुन आग्रह गरेका छन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत स्वार्थ र निजी भविष्यका लागि मात्र नभइ देशको भविष्यमा ध्यान दिन अपिल गरे ।
“राज्य, राजनीतिक दल र आम जनसमुदायबीच सहकार्य र एकता कायम हुँदा हामीले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सक्छौँ र बदल्नै पर्दछ,” प्रधानमन्त्री प्रचण्डले भने, “तसर्थ, म सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूमा विशेष अपील गर्छु– राष्ट्रिय शब्दमा होइन, कर्ममा व्यक्त हुनुपर्दछ । हाम्रा गतिविधिहरू व्यक्तिगत स्वार्थ र निजी भविष्यका निम्ति मात्र होइन, सिङ्गो देशको प्रतिष्ठा र भविष्यका निम्ति समर्पित हुनुपर्दछ ।”
उत्पादन, उत्पादकत्व वृद्धि र देशभित्रै रोजगारीका नयाँ–नयाँ अवसरहरूको सिर्जना गर्न सरकार निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा कृषि र सूचना–प्रविधिको क्षेत्रलाई सर्वाधिक महत्त्व दिएको स्पष्ट पारे ।
नेपालजस्तो देशका निम्ति अर्थतन्त्रको प्रमुख आधार कृषि क्षेत्र र नेतृत्वदायी क्षेत्र सूचना–प्रविधि हुनुपर्नेमा जोड दिँदै प्रधामन्त्रीले यस वर्ष उत्पादकत्व वृद्धि र रोजगार प्रवर्द्धन गर्ने कार्यक्रम र सूचना–प्रविधिमा स्टार्टअप कार्यक्रमका निम्ति पर्याप्त बजेटको बिनियोजन गरिएको जानकारी दिए ।
“आगामी दशकलाई ‘कृषिमा लगानी दशक’ र ‘सूचना–प्रविधि दशक’ घोषणा गरी यस क्षेत्रमा लगानी केन्द्रित गर्ने, लगानी आकर्षित गर्ने, कृषि र प्रविधिमा पुँजी, प्रविधि र जनशक्तिलाई केन्द्रित गरी रोजगारी सिर्जना एवं सूचना प्रविधिमा वस्तु तथा सेवाको निर्यात गर्ने लक्ष्य राखिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यसबाट हाम्रो अर्थतन्त्रमा महत्त्वपूर्ण फड्को हान्नेछ ।”
सूचना प्रविधिको युग हुनुका कारण विश्वका अवसर र चुनौतीबारे जान्ने, बुझ्ने र सोहीअनुरूप आफ्नो भविष्यको योजना निर्माण हुनु स्वाभाविक भएको बताउँदै प्रधानमन्त्रीले राष्ट्रियता, देशभक्तिपूर्ण भावना, भावी पुस्ताको भविष्य र मातृभूमिको हितबारे सोच्नैपर्ने बताए ।
“भूमण्डलीकृत विश्वासमा अनेकौँ अवसरहरू हुन्छन् । तर, हामीले अवसरलाई मात्रै हेरेर पुग्दैन, हाम्रो राष्ट्रियता, देशभक्तिपूर्ण भावना र भावी पुस्ताको भविष्यबारे पनि गहिरो गरी विचार गर्नुपर्ने हुन्छ,” प्रधानमन्त्रीले भने, “आज विकसित भनिएका सबै मुलुकहरू इतिहासको विभिन्न कालखण्डमा ठूलठूला चुनौतीहरूको सामना गरेर यहाँसम्म आएका छन् । तसर्थ, हामीले विकसित मुलुकहरूको प्रगतिको कुरा गर्दा उनीहरूको विगत, समृद्धिका लागि गरेको सङ्घर्ष र ती देशका नागरिकमा जागृत देशभक्तिपूर्ण भावनाको समेत अध्ययन गर्नुपर्दछ ।” उनले विकसित देशका उदाहरण र अनुभवहरूबाट सिकेर देशको विकास र समृद्धिलाई नयाँ उचाइमा पुर्याउन सकिने विश्वास व्यक्त गरे । न्युज कारखाना
वर्लिन ( जर्मनी ) । मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले आाइतबार विशेष स्वागत समारोह आयोजना गरेको छ।
राष्ट्रपति पौडेलको सम्मानमा आयोजित समारोहमा प्रथम महिला सबिता पौडेल, भ्रमण दलका सदस्य र यहाँस्थित नेपालीको सहभागिता थियो। साे अवसरमा राष्ट्रपति पाैडेलले एक पटकको नेपाली सधैंको नेपाली रहेको धारणा व्यक्त गर्दै संसारमा जहाँ रहे पनि आफ्नो माटाे र मातृभूमिलाई कहिल्यै नविर्सन आग्रह गरे। 
‘जहाँ रहे पनि आफूले सिकेको ज्ञान, सीप र प्रविधिको प्रयाेगबाट नेपालकाे आर्थिक विकासमा याेगदान पुर्याउन म सबै नेपालीलाई हार्दिक आह्वान गर्दछु’, राष्ट्रपति पाैडेलले भने। उनले आफूले अन्तर्राष्ट्रिय श्रम संगठनकाे सम्मेलनलाई सम्बाेधन गर्दै श्रम र सामाजिक न्यायकाे सम्मानका लागि विश्व समुदायलाई अपिल गरेको स्मरण गरे। उनले जलवायु परिवर्तनले पारेको असर न्युनिकरण गर्नु आजको विश्वकाे साझा चुनाैति रहेकाे बताउदै खासगरी यसका कारक नरहेका विकाससील देशहरूलाई विकसित देशहरूले असर न्यूनीकरणमा सघाउनु पर्नेमा जाेड दिए।
सो अवसरमा राष्ट्रपति पौडेललाई जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा यहास्थित नेपालीहरूले स्वागत गरेका थिए।
सो अवसरमा राजदूत खड्काले जर्मन नेपालबीच लामो समयदेखिकाे सम्बन्ध, विकास र सहयाेगका बहुआयामिक पक्षबारे जानकारी गराएका थिए। साथै, जर्मनमा रहेका नेपालीकाे अवस्था, उनीहरूले गरिरहेका काम तथा समस्या र राजदूतावासले गरिरहेकाे सहकार्य र समन्वयबारे जानकारी गराउनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
जर्मनमा रहेको गैर आवासीय नेपाली संघका तर्फका राष्ट्रपति पाैडेललाई अभिनन्दन गरिएको थियो।
राष्ट्रपति रामचन्द्र पौडेलले यसअघि आइतबार दिउँसो जर्मनीका जलवायु परिवर्तनका क्षेत्रमा विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूको अवलोकन गरेका थिए। राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन आइपुगेका हु्न्।
जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पाैडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन आइपुगेका हुन्। राष्ट्रपति पाैडेल र उहाँका समकक्षी सङघीय गणतन्त्र जर्मनीका राष्ट्रपति डा फरयाङक वाल्टर स्टाइनमेयरबीच साेमबार भेटवार्ता हुने कार्यक्रम छ।न्युज कारखाना
काठमाडौँ । आम जनता पार्टीको आइटी आर्मीले बैदेशिक रोजगारीमा जाने युवाहरु सँग बिना रसीद लिएको अवैध रकम फिर्ता गराउन माग गर्दै बिशेष प्रदर्शनसहित आन्दोलनको शुरूवात गरेको छ ।
‘ठग मेनपावर र एजेण्टलाई करवायी ग़र, बेरोजगारको व्यापार बन्द गर, पीड़ितलाई न्याय देऊ, अलपत्र परेका नेपालीलाई उद्धार गर !’ जस्ता नारा सहित काठमाण्डौको कालीमाटीबाट निस्केको जुलुस प्रहरीको घेराबन्दी एवं अवरुद्धको कारण सोल्टीमोड़मा समापन भएको थियो ।
बैदेशिक रोजगार पीड़ितलाई न्याय दिन तत्परता देखाउनुको सट्टा वर्तमान सरकार ठग मेनपावरहरुसँग मिलेर बेरोजगारको व्यापार गर्ने दिशामैं अग्रसर देखिएको भन्दै आइटी आर्मी प्रदर्शनमा उत्रिएको छ ।
आइटी आर्मीले सरकारको यस गलत रवैयाको विरुद्ध संघर्ष एवं भण्डाफोर बिना बैदेशिक रोजगार पीड़ितहरुले न्याय नपाउने भन्दै तसर्थ पीड़ितलाई न्याय दिलाउन शुरू भएको यस आन्दोलनमा बिशेष सहयोगको अपील गरेको छ ।न्युज कारखाना
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभाको १५ औं अधिवेशनको दोस्रो बैठक स्थगित भएको छ ।
आइतबार नगरसभा बैठक सुरु भएपछि एमाले र कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले बहिष्कार गरेपछि नगरसभा असार १० गतेसम्मका लागि स्थगित गरिएको हो ।
बैठक सुरु हुनासाथ महानगर प्रमुख बालेन शाह (बालेन्द्र)ले आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिएका थिए । त्यसपछि केहि जनप्रतिनिधिहरुले बैठक बहिष्कार गरेपछि शाहले बैठक स्थगित गरेका हुन् ।
बैठक स्थगित भएपनि मेयर शाहले एमाले र कांग्रेसको धङधङी बोकेर नगरसभामा नआउन चेतावनी दिएका थिए । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ३ जना नेताले गर्दा , १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको समेत उल्लेख गरे ।न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बिनियोजन विधेयकमाथिको छलफलमा भाग लिदै डा. वाग्लेले बजेटका लक्ष्य र उद्धेश्य स्पष्ट भएपनि कार्यान्यवन चुनौती पूर्ण रहेको बताएका हुन् ।
मन्त्रालयगत छलफलमा भाग लिदै डा. वाग्लेले उर्जा क्षेत्रमा कार्यक्रम राम्रो भएपनि बजेट कम भएकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् । उनले जलाशय आयोजनामा ध्यानकेन्द्रित गर्नुपर्नेमा खहरे खोलामा उर्जा परियोजना केन्द्रित गर्दा विद्युत उत्पादनको सन्तुलन नमिलेको बताए ।
उनले संघीय मामिला मन्त्रालयमा पोषण र खानेपानी र भवन निर्माणको कार्यक्रम समावेश गरिएको प्रति आफु रनभुल्लमा पारेको बताए ।
डा. वाग्लेले अर्थमन्त्रालय अन्तर्गत नयाँ चरणको आर्थिक सुधारमा विशेष ध्यान केन्द्रित गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले उर्जा क्षेत्रमा विदेशीलाई सहज हुने नीति बनाउदै गएको आरोप लगाएका छन्।
आईतवारको प्रतिनिधि सभाको बेठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उनले नेपाली लगानीकर्तालाई प्रेरित गर्ने बजेट नआएको बताएका हुन् ।
उनले बजेटमा उर्जा क्षेत्रमा विशेष नीति ल्याउनुपर्नेमा विदेशीलाई मात्र लक्षित गरिएको भन्दै नेपाली लगानीमा उर्जा क्षेत्रमा आयोजना बन्नुपर्नेमा जोड दिए । उनले नेपाली लागानी कर्तालाई अप्ठ्यारो हुने किसिमका नीति बनाइएको र विदेशीलाई सहज हुने नीति बनाएको बताए ।
उनले बुढी गण्डकी जस्तो बहुउद्धेश्यीय आयोजनाका लागि प्रयाप्त बजेट नछुट्याएको आरोप लगाउदै बुढी गण्डकी आयोजना कसरी अगाडी बढ्छ भन्ने स्पष्ट नभएको बताए ।
अर्थमन्त्री र मन्त्रीहरुले आफ्ना कार्यकर्ता र आफ्नो क्षेत्रलाई खुशी बनाउने गरी बजेट ल्याएको बताउदै उनले आफुले यो बजेट परिवर्तन नहुने र संसदमा रेकर्डको लागि बजेटमाथि असहमति राखेको बताए ।न्युज कारखाना
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एनजीओले खाजा उपलब्ध गराएको विषयमा विवाद भएपछि बैठक स्थगित भएको छ ।
आइतबार बिहानका लागि बोलाइएको बैठकमा एनजीओले उपलब्ध गराएपछि गृहमन्त्री रबि लामिछाने बैठक शुरु नहुदै बाहिरिएका थिए ।
बिहान ८ बजेका लागि बोलाइएको बैठकमा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल ’ गर्ने एजेन्डा रहेको थियो ।
तर बैठकमा समयमै गृहमन्त्री लामिछानेले बैठकमा मंहगो मूल्यका खाजा ल्यायेको थाहा पाएपछि सोधखोज गरेका थिए ।
त्यसपछि एलएक्सपिटीडी भन्ने संस्थाले सो खाजा उपलब्ध गराएको खुलेपछि लामिछानेले बैठक शुरु नहुदै बाहिरिएका थिए । खाजाको प्याकेटमा चना, फलफुल, जाम-पाउरोटी, अण्डा, आलु आदि रहेको बैठकमा उपस्थित एक सांसदले न्यूज कारखानालाई बताए ।
गृहमन्त्री लामिछानेले एनजीओको खाजा खाएर बैठक नगर्ने भन्दै समितिका सभापति रामहरि खतिवडालाई प्रश्न गरेका थिए । न्युज कारखाना
काठमाडौं । गण्डकीका एमाले सांसद गणेशमान गुरुङलाई पार्टीले स्प्रष्टीकरण सोधेको छ । प्रदेश सभामा पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै गुरुङलाई प्रष्टीकरण सोधिएको हो । उनले ३ दिनभित्र जवाफ दिन भनिएको छ ।
एमाले गण्डकी संसदीय दलले शुक्रबार प्रदेश सरकारको नीति तथा कार्यक्रममा विपक्षमा उभिन ह्विप जारी गरेको थियो । तर, सांसद गुरुङ बैठकमा सहभागी भएका थिएनन् । नीति तथा कार्यक्रममा आफ्नो धारणा राखेर सांसद गुरुङ बैठकबाट निस्किएका थिए । संसदीय दलको ह्विप विपरीतको कार्य गरेको भन्दै ३ दिने स्पष्टिकरण सोधिएको हो ।
त्यस्तै गुरुङले भने आफू व्यक्तिगत कामका लागि बाहिर जानुपरेपछि बैठकबाट निस्किएको बताएका छन् । प्रदेश सभामा आफ्ना कुरा राखेर बाहिरिएका उनले पार्टीले ह्वीप जारी गरेको कुरा साँझपछि मात्र थाहा पाएको जिकिर गरेका छन् ।
स्पष्टीकरण सोधिएका सांसद गुरुङ एमाले उपमहासचिव तथा पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङनिकट हुन् । पृथ्वी सुब्बा निकट भएकै कारण संसदीय दलका नेता खगराज अधिकारीले स्पष्टिकरण सोधेको गण्डकीमा चर्चा रहेको छ । गुरुङ कास्की ३ को क बाट माओवादी केन्द्रका दुर्गादत्त भण्डकरीलाई दोब्बरमतले हराउँदै निर्वाचित भएका हुन् ।न्युज कारखाना
सिरहा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुरे क्षेत्रको संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य रहने बताएका छन् ।
दशौँ चुरे संरक्षण दिवसको सन्दर्भमा आज आयोजित बृहत् वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तराई मधेशका बहुसङ्ख्यक जनताको जीवनरेखासँग जोडिएको चुरे क्षेत्र बहुपक्षीय र बहुसरोकारको विषय भएको बताए ।
“चुरे क्षेत्रको संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य छ,” प्रधानमन्त्रीले भने, “तराई मधेशका बहुसङ्ख्यक जनताको जीवनरेखासँग जोडिएको चुरे क्षेत्र बहुपक्षीय र बहुसरोकारको विषय हो ।”
विसं २०७४ मा स्वीकृत भएको २० वर्षे चुरे तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरूयोजना परिमार्जनसहित लागू गर्नुपर्ने बताउँदै उहाँले चुरे संरक्षणका लागि अलग्गै ऐनको आवश्यकता देखिएकाले त्यसका लागिसमेत सरकारले आवश्यक समन्वय गरिरहेको जानकारी दिए ।
वृक्षारोपण कार्यक्रमले आम जनसमुदायमा वन र वनस्पति संरक्षणमा सकारात्मक सन्देश दिएको प्रवाह भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विगत वर्षहरूमा नदी उकास क्षेत्र लगायतका खाली र क्षतिग्रस्त करिव दश हजार हेक्टर भूमिमा विभिन्न प्रजातिका बिरुवा वृक्षारोपण, स्थानीय जनतालाई बाँस र फलफूलका बिरूवा बितरण गरेको बताए । उनले करिब ३ करोड गुणस्तरीय रूख प्रजातिका बिरूवा उत्पादन र वितरणमार्फत् ‘हरियाली प्रवर्द्धन र पारिस्थितिकीय प्रणालीको पुनःस्थापना गर्दै आएकोमा समितिप्रति आभार प्रकट गरे ।
वृक्षारोपण गरिएका बिरूवाहरूको संरक्षण र स्याहार सम्भार गर्ने कार्य उत्तिकै महत्वपूर्ण भएको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यसको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए । “जबसम्म रोपेका बिरूवा हुर्किएर उत्पादित वस्तु वा सेवा स्थानीय समुदायले प्राप्त गर्दैनन्, तबसम्म यसको निरन्तर संरक्षण गर्नुपर्दछ,” प्रधानमन्त्री प्रचण्डले भने, “यस कार्यमा तीनै तहका सरकार, सरकारका निकायहरू, सामुदायिक वन उपभोक्ता समूह, नागरिक समाज, निजी क्षेत्र र गैरसरकारी सङ्घसंस्थाहरूलाई सहकार्य र समन्वयका लागि म हार्दिक अपील गर्दछु ।” उहाँले आगामी दिनमा चुरे तराई मधेशको संरक्षण र जनताको जीवनस्तर सुधारमा हरित अभियान बहुउपयोगी होस् भन्ने कामना गरे ।
नेपालको पूर्वमा इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३७ जिल्लामा फैलिएको चुरे पर्वत भू–जैविक, भौगर्भिक दृष्टिकोणले अत्यन्त संवेदनशील, जैविक विविधता र संस्कृतिमा धनी, दुर्लभ वन्यजन्तुहरूको बासस्थान र जैविक मार्ग भएको बताउँदै प्रधानमन्त्रीले प्रचण्डले चुरे पर्वतीय प्रणालीले नै पहाड, दुन, भावर तथा तराई–मधेशको सम्बन्ध एक आपसमा अन्योन्याश्रित रूपले गाँसेको उल्लेख गरे ।
“चुरे पर्वतीय प्रणाली तराई–मधेशको पानीको स्रोत हो, चुरे क्षेत्रमा भएका प्राकृतिक सम्पदाहरू यसको तल्लोतटीय क्षेत्र अर्थात् मधेशमा बस्ने जनसमुदायका लागि जीवनरेखा हुन्,” प्रधानमन्त्रीले भने, “तर आज जान वा अञ्जानमा चुरे संरक्षण क्षेत्रमा रहेका प्राकृतिक सम्पदाहरू मानवीय अतिक्रमणको दुष्चक्रमा परेका छन् । विस्तृत आयोजना प्रतिवेदन, इन्जिनियरिङ डिजाइन र वातावरणीय प्रभाव अध्ययन विना गरिने भौतिक पूर्वाधार विकासले चुरे पहाड श्रृङ्खला कमजोर भएको छ ।”
ढुङ्गा, गिट्टी, बालुवाको सङ्कलन र उत्खननले चुरे क्षेत्रको दोहन बढेको बताउँदै प्रधानमन्त्रीले नदी प्रणालीको वातावरणीय अखण्डतामा गम्भीर सङ्कट पैदा गरेको बताए । उनले चुरे क्षेत्रमा बढ्दो जनसङ्ख्या, अव्यवस्थित बसोबास, वन अतिक्रमण, वन डढेलो, खुला चरिचरण र नदीजन्य पदार्थको दोहन, अव्यवस्थित भौतिक पूर्वाधार निर्माण, भू–क्षय जस्ता कारण यसको संरक्षण दिन प्रतिदिन चुनौतीपूर्ण बन्दै गएको बताए ।
“प्रकृति स्वच्छ भए मात्र हाम्रो जीवन सुरक्षित हुन्छ र प्रकृतिलाई हामीले संरक्षण गर्यौँ भने मात्र प्रकृतिले हामीलाई संरक्षण गर्दछ,” प्रधानमन्त्री प्रचण्डले भने, “तसर्थ, तराई–मधेशका जनतालाई विपदबाट बचाउन चुरे क्षेत्रमा रहेका वन, वनस्पति, वन्यजन्तु र पारिस्थितिकीय प्रणालीलाई उनीहरूको प्राकृतिक प्रक्रियाअनुसार स्वच्छ र स्वतन्त्ररूपमा बाँच्न दिनुपर्दछ ।”
तीनै तहका सरकार र राज्यका सम्पूर्ण निकायले भावी पुस्ताको बाँच्न पाउने अधिकारसमेत ख्याल गर्दै व्यवस्थित भौतिक विकासको अवधारणाअनुरूप वातावरणीय अध्ययन गरेर मात्र ढुङ्गा, गिट्टी र वालुवाको सङ्कलन तथा उत्खनन् गर्नसमेत प्रधानमन्त्रीको आग्रह छ ।न्युज कारखाना
काठमाडौँ । काठमाडौँ महानगरआ मेयर बालेन शाहले महानगरको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन नगरसभाका सदस्यलाई आग्रह गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमा लेख्दै बालेनले ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भएको उल्लेख गर्दै नगर सभामा सबै सदस्यलाई बोल्ने र निर्णय गर्ने समान अधिकार रहेको स्पष्ट गरेका छन् ।
उनले भनेका छन्-
३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भयो ।
काठमाण्डौ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ ।
नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाण्डौ महानगर पालिकाले गर्दैन ।
काठमाण्डौ महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला ।न्युज कारखाना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्डको भ्रमण सकेर जर्मनीको भ्रमणका लागि राजधानी बर्लिन पुगेका छन् ।
उनलाई जर्मनस्थित नेपाली राजदूत रामकाजी खड्का, दूतावासका कर्मचारी र संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति कार्यालयका अधिकारीहरूले स्वागत गरेका थिए ।
राष्ट्रपति पौडेलले संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टाईनमायेर निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न वर्लीन पुगेका हुन् । उनले असार ३ गते जर्मनी समकक्षीसँग औपचारिक वार्ता गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
जर्मनीमा राष्ट्रपति पौडेलले पोष्टडाम इस्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च इन्टिच्युट, जर्मन रिसर्च फर जीयो– साइन्स, टेलेग्राफफेनवर्ग क्याम्पसको अवलोकन गर्ने कार्यक्रम छ । साथै सेसिलीयानहोफ एन्ड स्यान्ससोसी प्यालेस गार्डेन र सेसिलीयानहोफ एन्ड स्यान्ससोसी प्यालेस म्युजियमको पनि अवलोकन गर्ने कार्यक्रम छ ।
त्यसैगरी असार २ गते सोही उहाँले जर्मनीमा रहेका नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्किने छन् ।न्युज कारखाना
हेटौँडा | बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट ल्याएको छ, जुन चालु आर्थिक वर्षको तुलनामा १ अर्ब ८४ करोड रुपैयाँ बढी हो। शनिबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बजेटले प्रदेशको समग्र विकासमा दीर्घकालीन प्रभाव पार्ने बताए ।
कुल बजेटमध्ये चालू खर्चतर्फ २६ अर्ब १० करोड १६ लाख रुपैयाँ, पुँजीगत खर्चतर्फ ३६ अर्ब ९३ करोड ८७ लाख रुपैयाँ, र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ। यसले चालूतर्फ ४०.४४ प्रतिशत, पुँजीगततर्फ ५७.२३ प्रतिशत, र वित्तीय व्यवस्थापनतर्फ २.३२ प्रतिशत बजेट छुट्याएको छ।
आगामी आर्थिक वर्षको खर्च बेहोर्ने स्रोतमध्ये कर राजस्वबाट २७ अर्ब ३८ करोड ५७ लाख रुपैयाँ, अन्य राजस्वबाट ६ अर्ब ५१ करोड रुपैयाँ, सङ्घीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ५७ करोड ६५ लाख रुपैयाँ, चालू आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट १४ अर्ब ८६ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
यस बजेटमा विभिन्न मन्त्रालयहरूलाई प्राथमिकता र आवश्यकताअनुसार रकम विनियोजन गरिएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सबैभन्दा बढी २२ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरिएको छ, जसले प्रदेशको यातायात र संरचना विकासमा महत्वपूर्ण योगदान दिनेछ। यस बजेटले प्रदेशको समग्र विकासमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई २ अर्ब ६२ करोड रुपैयाँ विनियोजन गरिएको छ, जसले कृषि उत्पादन वृद्धि र कृषकहरूको जीवनस्तर सुधारमा मद्दत पुर्याउनेछ।
संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयलाई २ अर्ब ४६ करोड रुपैयाँ बजेट छुट्याइएको छ, जसले पर्यटन प्रवर्द्धन र सांस्कृतिक धरोहरको संरक्षणमा योगदान दिनेछ। उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयलाई ७२ करोड रुपैयाँ विनियोजन गरिएको छ, जसले उद्योग र व्यापारको प्रवर्द्धनमा सहयोग पुर्याउनेछ।
वन तथा वातावरण मन्त्रालयलाई ३ अर्ब २१ करोड रुपैयाँ र श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई ९३ करोड रुपैयाँ बजेट प्रदान गरिएको छ। स्वास्थ्य मन्त्रालयलाई ४ अर्ब ८ करोड रुपैयाँ र सामाजिक विकास मन्त्रालयलाई ३ अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरिएको छ, जसले स्वास्थ्य सेवा सुधार र सामाजिक सुरक्षामा महत्वपूर्ण योगदान दिनेछ।
युवा तथा खेलकुद मन्त्रालयलाई ७४ करोड रुपैयाँ, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयलाई ६ अर्ब ९३ करोड रुपैयाँ, आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई ४४ करोड रुपैयाँ, आर्थिक मामिला तथा योजना मन्त्रालयलाई २४ करोड २ लाख रुपैयाँ, र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई ५० करोड ६४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
बजेटमा प्रमुख प्राथमिकता शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, तथा स्थानीय विकासमा दिइएको छ। प्रदेश सरकारले संघीयताको मर्मलाई आत्मसात गर्दै आर्थिक गतिविधिहरूमा वृद्धि र स्थानीय तहको सशक्तिकरणमा जोड दिएको छ। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्रदेशको कुल गाह्रस्थ्य उत्पादन (GDP) वृद्धि गर्न विभिन्न कार्यक्रमहरूको घोषणा गरेको छ। विशेष गरी, साना तथा मझौला उद्यमहरूको विकास, कृषि क्षेत्रको सशक्तिकरण, र पर्यटन प्रवर्द्धनमा बजेट विनियोजन गरिएको छ। यसबाट थप रोजगार सृजना हुने र राजस्व परिचालनमा सकरात्मक प्रभाव पर्ने आशा गरिएको छ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारको प्रमुख ध्यान केन्द्रित छ। शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न र गुणस्तरीय शिक्षा प्रदान गर्न विभिन्न योजना तथा कार्यक्रमहरू सञ्चालनमा ल्याइने जनाईएको छ । स्वास्थ्य क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पहुँच सुधार गर्न, नयाँ अस्पतालहरूको निर्माण र विद्यमान स्वास्थ्य संस्थाहरूको स्तरोन्नति गरिने योजना सरकारले ल्याएको छ ।
कृषि क्षेत्रको सुदृढीकरणका लागि सिँचाइ सुविधा विस्तार, साना सिँचाइ आयोजनाहरूको निर्माण, र कृषकलाई प्रोत्साहन अनुदानमा बजेट विनियोजन गरिएको र दुग्धजन्य उत्पादनहरूको निर्यात प्रवर्द्धन गर्न आवश्यक बजेट व्यवस्था गरिएको आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताए ।
पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि विभिन्न पर्यटकीय स्थलहरूको विकास, पयर्टक आकर्षण बढाउन रोड शो, मेला, र महोत्सव आयोजना गरिनेछ। यसले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा योगदान आमन्त्री जगन्नाथ थपलियाले बताए ।
सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बृद्धभत्ता, अपांगता भत्ता, र अन्य सामाजिक सुरक्षा योजनाहरूलाई निरन्तरता बताउदै विभिन्न जातजाति, भाषा, संस्कृतिका सम्पदाहरूको संरक्षण र विकासमा बजेट विनियोसले समावेशी विकासलाई टेवा पुर्याउने मन्त्री जगन्नाथ थपलियाले बताए ।
बजेटले बागमती प्रदेशको आर्थिक, सामाजिक, र सांस्कृतिक क्षेत्रमा दीर्घकालीन प्रभाव पार्नेछ। यद्यपि, बजेट कार्यान्वयनमा देखापर्न सक्ने प्रशासनिक र आर्थिक चुनौतीहरूलाई मध्यनजर गर्दै, सरकारलाई प्रभावकारी अनुगमन र समन्वयको आवश्यकता पर्न सक्छ। कुल मिलाएर, बजेटले प्रदेशको दिगो विकास र समृद्धिको मार्गमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।न्युज कारखाना
काठमाडौं,०१ गते असार ।
आम जनता पार्टी (आजपा)ले भोली (२ असार) देखी काठमाडौंमा छुटाछुटै माग सहितका दुईटा संघर्षका कार्यक्रम एकैसाथ सुरु गर्दैछ । आजपा निकटको आईटी आर्मीले वैदेशिक रोजगारी क्षेत्रका पीडितहरुलाई न्याय दिलाउन भोली (आईतवार)देखी काठमाडौंको ताहाचल स्थित वैदेशिक रोजगार विभाग घेराउ गर्दैछ ।
उता आजपाले कबाड व्यवसायीहरुको शान्ति, सुरक्षा, समृद्धि र सम्मानका लागि भोली देखी नै काठमाडौंको माईतिघर मण्डलामा धर्ना एवं प्रदर्शन कार्यक्रम गर्दैछ । यसैबीच आजपाको केन्द्रीय कार्यालय कोटेश्वरमा शनिबार बसेको काठमाडौं उपत्यका विशेष कमिटीको बैठकले दुवै आन्दोलनलाई सफल बनाउँने निर्णय गरेको छ । आईटी आर्मीका केन्द्रिय सदस्य रामशरण यादवले बताए ।उपत्यका विशेष कमिटीका अध्यक्ष देवी पण्डितको अध्यक्षतामा बसेको बैठकमा आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको विशेष सहभागिता रहेको थियो । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले दलाल दलतन्त्रको अन्त्य नभएसम्म भ्रष्टाचार, कुशासन एवं अनियमितताको अन्त्य नहुने भएकाले आन्दोलनका कार्यक्रम गर्नुपरेको बताए । छुटाछुटै माग सहित हुने दुवै आन्दोलनलाई सफल बनाउँन सबै एकजुट भएर लाग्नुपर्ने निर्देशन उनले दिए । यस अघि पनि आजपा निकटको आम सम्पर्क मञ्चले बिभिन्न माग गर्दै काठमाडौंको त्रिपुरेश्वर स्थित भन्सार विभाग महिनौं दिनसम्म घेराउ तथा धर्ना दिएको थियो । भन्सार विभाग र आन्दोलनरत पक्षका बीचमा सहमती भएपछि सो आन्दोलनका कार्यक्रम स्थगित भएको थियो । आईटी आर्मीले वैदेशिक रोजगारीमा जाने कामदारसँग लिएको अबैध रकम फिर्ता गराउन तथा यस क्षेत्रका विविध समस्याहरु समाधान गर्नमाग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेंटलाई कारवाही गर्नुपर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्दार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्री – भिसा फ्री – टिकट व्यवहारतः लागू गर्नुपर्ने, नीजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको बताए । उता कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं उपत्यकाभित्र कबाड व्यवसायीहरुको सुरक्षा, समृद्धि र सम्मानका लागि भोलीदेखी नै माईतिघर मण्डलामा शान्तिपुर्ण धर्ना एवं प्रदर्शन गर्दैछ ।
पछिल्लो समय काठमाडौं महानगरका मेयर बालेन (बालेन्द) शाहले कानून तथा अदालतको अन्तरिम आदेश विपरित दुख दिन थालेपछि आन्दोलनमा उत्रिन बाध्य भएको कबाड व्यवसायीहरुले जनाएका छन् । माईतिघरमा धर्ना एवं प्रदर्शन गर्ने कार्यक्रम बनाएका कबाड व्यवसायीहरुले ४ असारमा काठमाडौं महानगरपालिका समेत घेराउ गर्ने जनाएका छन् ।
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले थारु भाषा, संस्कृतिको संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्ने बताएकी छन् ।
थारु कल्याणकारी सभा केन्द्रीय समितिले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा आज काठमाडौँमा आयोजना गरेको “थारु भाषा संस्कृति सम्बन्धी अन्तरक्रिया कार्यक्रम”लाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् ।
संस्कार संस्कृतिको रक्षा गर्नु सबैभन्दा पहिले सोही समुदायको दायित्व बढी हुने भन्दै उनले त्यसपछि राज्य र समाजको हुने बताइन् । थारु जाति भाषा, संस्कृति, संस्कारले सम्पन्न तराईको आदिवासी भएको भन्दै उहाँले ती कुराको संरक्षण गर्नु आवश्यक रहेको बताइन् । ठाउँ अनुसार केही केही शब्दहरू फरक रहने गरेको भन्दै मन्त्री चौधरीले भाषाको संरक्षणका निम्ति ती कुराहरूमा एकरूपता ल्याउन मानक भाषा बनाउनै पर्ने बताइन् ।
‘भाषा नरहेमा त्यो जातिको अन्य कुराहरू बिस्तारै हराउँदै जान्छन् । त्यसैले हामीले भाषाको संरक्षणलाई प्राथमिकता दिनुपर्छ । थारु भाषाको लिपिको विषयमा पनि एउटा निष्कर्ष निकाल्न आवश्यक छ’, मन्त्री चौधरीले भनिन्, ‘भाषा संरक्षण गर्न सबैको भूमिका उत्तिकै हुनुपर्छ । ठाउँअनुसार भाषामा केही केही कुरामा भिन्नता छन् । तथापि हामीले त्यसलाई मानक भाषाका रूपमा एकरूपता ल्याउन आवश्यक छ । त्यो एकदमै जरुरी छ ।’
उनले थारु जातिभित्रको भाषा, संस्कार, संस्कृतिभित्रको विविधतालाई पनि कसरी एकरूपता खोज्ने भन्ने कुरामा ध्यान दिन आवश्यक रहेको बताइन् ।
सोझो जातिको रूपमा चिनिने थारु जातिलाई विगतमा सोझोपनको फाइदा उठाएर जमिनदारबाट सुकुम्वासी बनाएको उदाहरण दिँदै उनले आर्थिक गतिविधि पनि बढाउनुपर्ने बताइन् । ‘हामी अब आर्थिक गतिविधिमा बढी भन्दा बढी सहभागी हुनै पर्छ ।
किनभने जो आर्थिक गतिविधिमा सहभागी नै हुँदैन त्यो कसरी सम्पन्न बन्न सक्छ ?’, उनले भनिन्, ‘अन्य समुदायसँग घुलमिल नहुँदासम्म आर्थिक गतिविधिमा वृद्धि हुँदैन । जसले गर्दा गरिबी न्यूनीकरण पनि हुन सक्दैन ।’ मन्त्री चौधरीले जन्मदेखि मृत्यु पछिसम्मको संस्कारको संरक्षण गर्न सबैले विशेष ध्यान दिनुपर्ने बताइन् ।
त्यस्तै उनले विभिन्न बहानामा थारु जातिलाई फुटाउने कोसिस भइरहेको भन्दै फुटलाई रोक्नुपर्ने बताइन् । ‘हिजो राना थारु छुट्टिन खोज्दा हामीले छलफल गरेर नछुट्टिन आग्रह गर्यौँ । तर उहाँहरू छुट्टिएर जानुभयो । अहिले खवास थारुले निवेदन दिएको कुरा आएको छ’, मन्त्री चौधरीले भनिन्, ‘यसरी त थारु जातिको जनसङ्ख्या न्यून हुँदै जान्छ । जनसङ्ख्या कम हुनु भनेको समग्रतामा शक्ति कम हुनु हो । यो कुरा सबैले बुझ्न आवश्यक छ ।’न्युज कारखाना
काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीको सेल्फी सामाजिक सञ्जालमा भाइरल भएको छ ।
इटालीमा जी ७ शिखर सम्मेलनको अन्तिम दिन शुक्रबार सारा विश्वको नजर इटालीको फासानो सहरमा केन्द्रित भएको थियो । यहाँ भेला भएका विश्व नेताहरूले विश्वमा भएका दुई युद्धदेखि एआई र जलवायु परिवर्तनसम्मका महत्वपूर्ण विषयमा छलफल गरेका थिए । यो शिखर सम्मेलन सहभागी हुन पुगेका भारतीय प्रधानमन्त्री मोदी र इटालीकी प्रधानमन्त्री मेलोनीले लिएको सेल्फी भाइरल भएको छ । मोदी र मेलोनीलाई सामाजिक सञ्जालमा ‘मेलोडी’ उपनाम दिइएको छ र यस सेल्फीलाई मेलोडी सेल्फी २.० भनिएको छ ।
यस अघि कोप २८ समिटमा लिइएको मोदी र मेलोनीको सेल्फी पनि सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो र लाखौं मेम्स बनाइएको थियो ।
काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकारलाई दिएको समर्थनबारे विचार गर्ने बेला आएको बताएका छन् ।
शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अहिले सरकारलाई दिएको समीक्षा गर्ने बेला भएको बताएका हुन् ।
उनले सरकार पुरातन र कर्मकाण्डी हिसाबमै चलेको बताउदै आफूहरु खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको बताए । उनले राजीनामा पत्र बोकेर हिडेको र त्यसमा मिति मात्रै लेख्न बाँकी रहेको उल्लेख गरे ।
उनले भनेका छन्- ‘केही चिजमा हामीलाई अनावश्यक, अनाधिकृत हिसाबले हामीलाई कुनै किसिमको सम्झौता गर्नुपर्यो भने त्यो दिन नै राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारबाट बाहिर आउन तयार छ,’ उहाँले भन्नुभयो, ‘हाम्रो राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ, त्यो तयार गरेर बोकेर हामी हिँडेका छौँ । वर्तमान राजनीतिक परिस्थितिमा एक पटक हामी जिम्मेवार नेताहरु सबै बसेर सल्लाह पनि भएको छ । सरकारलाई दिएको समर्थको बारेमा समीक्षा गर्नुपर्ने बेला भएको छ ।’न्युज कारखाना
काठमाडौं । राप्रपा नेपालले आगामी फागुन ७ देखि ९ गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । जेठ ३१ र ३२ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको मिति तोकेको हो ।
बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत ‘समसामयिक परिस्थिति र राप्रपा नेपालको कार्यदिशा र कार्यक्रम’ पारित गरेको छ ।
त्यस्तै बैठकले महङ्गी भ्रष्टाचारबिरुद्ध देशव्यापीरुपमा अभियान सञ्चालन गर्ने निर्णय गरेको छ भने ‘उच्चस्तरीय भ्रष्टाचार नियन्त्रण नागरिक आयोग’ गठनको माग गरेको छ ।
त्यसैगरी पार्टी सङ्गठन सुदृढीकरण लागि देशभर राजनीतिक गतिविधिको समीक्षा गरिएको बैठकमा वडादेखि केन्द्रसम्मको राजनीतिक कार्यसूची सार्वजनिक गरेको छ । न्युज कारखाना
काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा आज दिउँसो २ बजेदेखि बस्ने गरी एमालेले संसदीय दलको बैठक बोलाएको हो ।
प्रमुख सचेतक महेश बर्तौलाका अनुसार पार्टी अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिमा सांसदहरूलाई निर्देशन दिने तथा संसदमा पार्टीको भूमिका बारे छलफल हुने भएको छ ।
न्युज कारखाना
काठमाडौँ । ११२औँ अन्तर्राष्ट्रिय श्रमसम्मेलनमा भाग लिन स्वीट्जरल्याण्डको जेनेभा पुगेका राष्ट्रपति रामचन्द्र पौडेलले आजदेखि जर्मनीको औपचारिक भ्रमण गर्दै छन् । राष्ट्रपति पौडेल आज जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्नेछन् ।
राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् । उनले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयलका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए ।
नेपाल र जर्मनीबीच सन् १९५८ अप्रिल ४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसयता दुई देशबीचको सम्बन्ध मित्रता, आपसी समझदारी र सहयोगका आधारमा बढ्दै गएको छ । दुवै देशले एकअर्काको राजधानीमा आवासीय दूतावास स्थापना गरेका छन् ।
मन्त्रालयका अनुसार नेपालले ५ जुलाई १९६५ मा बर्लिनमा आफ्नो दूतावास स्थापना गरेको थियो । जर्मनीले काठमाडौँमा सन् १९६३ मा आफ्नो दूतावास स्थापना गरेको हो । सन् २०१८ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सव मनाउन जर्मनी र नेपालमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।
विभिन्न तहमा भएका भ्रमण आदानप्रदानले दुई देशबीचको घनिष्ठ र सौहार्दपूर्ण सम्बन्धलाई सुदृढ बनाउन योगदान पु¥याएको छ । जर्मनीका तत्कालीन राष्ट्रपति हाइनरिक ल्युब्केल सन १९६७ र राष्ट्रपति प्रा रोमन हर्जोगले सन् १९९६ मा नेपाल भ्रमण गरेका थिए ।
तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्याले सन् १९८६ अक्टोबरमा जर्मनीको भ्रमण गरेका थिए । त्यस्तै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सन् १९९५ फेब्रुअरी र सन् २००० सेप्टेम्बरमा तथा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले सन् १९९५ अप्रिलमा जर्मनीको भ्रमण गरेका थिए ।
यसैगरी तत्कालीन उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री माधवकुमार नेपालले सन् १९९५ फेब्रुअरी र तत्कालीन परराष्ट्र मन्त्री उपेन्द्र यादवले सन् २००९ मार्चमा जर्मनको भ्रमण गरेका थिए । यसैगरी नेपाल लगानी वर्ष २०१२ को सन्दर्भमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सन् २०१२ फेब्रुअरी २८ मा जर्मनीको भ्रमण गरेका थिए ।
राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल छिन् । प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरु, स्वीट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूतहरु तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु रहेका छन् । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्किने तालिका रहेको छ । न्युज कारखाना
काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा आज दिउँसो २ बजेदेखि बस्ने गरी एमालेले संसदीय दलको बैठक बोलाएको हो ।
प्रमुख सचेतक महेश बर्तौलाका अनुसार पार्टी अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिमा सांसदहरूलाई निर्देशन दिने तथा संसदमा पार्टीको भूमिका बारे छलफल हुने भएको छ ।न्युज कारखाना
आरके श्रीवास्तव,रौतहट,३२ गते जेठ ।
रौतहटको कटहरियामा आज प्रथम नगर स्तरिय किशोरकिशोरी सम्मेलन २०८१ सम्पन्न भएको छ । सो नगरपालिकाको वडा नम्बर ५ स्थित रहेको विवाह मण्डप भवनमा स्थानिय स्तरमा किशोर किशोरी सम्मेलन गरिएको हो ।
यूएसआइडि र केयर नेपालको आर्थिक सहयोगमा र नेपाल यूवा संस्था संजालको सहजीकरण सो कार्यक्रम भएको संस्थाका फोकल पर्सन आनन्दी प्रसाद यादवले बताए । सो संस्थाले कटहरिया नगरपालिकामा दाइजो प्रथा न्यूनिकरण गर्न र समाजिक परिवर्तन गरि किशोरकिशोरीको प्रजन्न स्वास्थ्य सुुधार गर्ने लक्ष्यका काम गरिरहेको जनसेवा यूवा क्लवका अध्यक्ष रामअधार यादवले जनाएका छन् ।
स्थानिय स्तरमा किशोर किशोरी सम्मेलन अन्तर सिकाइ, नेटवर्किङ र किशोरकिशोरीका मुद्दाहरूको वकालत गर्ने उद्देश्यले आयोजन गरिएको थियो ।
स्थानिय स्तरमा किशोर किशोरी सम्मेलनमा बहस प्रतियोगिता, रोल प्ले (विभिन्न विषयवस्तुमा), प्रदर्शनीका लागि स्टल, च्याम्पियन्स बाट उत्कृष्ट अभ्यासहरू आदान–प्रदान गर्ने, युवा नेतृत्व जस्ता कार्यक्रमहरू आयोजना गरिएको थियो ।
सो कार्यक्रमको मुख्य उद्धेश्य किशोरकिशोरीहरूलाई एकअर्काबाट सिक्ने, सम्पर्क निर्माण गर्न र आफ्नो अधिकारको वकालत गर्ने रहेको थियो । जसले बहस र सांस्कृतिक कार्यक्रमहरू जस्ता गतिविधिहरू मार्फत युवाहरूलाई सशक्त बनाउँनु थियो ।
कटहरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शंकर यादवको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन जनसेवा कल्बका अध्यक्ष रामअधार यादवले गर्नुु भएको थियो ।
आरके श्रीवास्तव,रौतहट,३२ गते जेठ ।
रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ३ बिति प्रष्टोकामा आज बर्थिङ सेन्टर आवास भवनको शिलान्यास गरिएको छ । एक कार्यक्रमका बिच नगर प्रमुख अजय प्रकाश जयसवाल र सो वडाका वडा अध्यक्ष श्यामाकान्त यादवले संयुक्त रुपमा शिलान्यास गर्नुु भएको हो ।
नगरस्तरीय योजना बाट १२ लाखको लागतमा बर्थिङ सेन्टर आवास भवनको निर्माणकार्य थालिएको वडा अध्यक्ष यादवले जानकारी गराएका हुन् । नगर प्रमुख जयसवालको सहयोगमा ३ कोठे भवन बन्न लागेको उनले बताए । सो भवनको निर्माण कार्य यसै चालुु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।
निर्माण सुरु गरिएको बर्थिङ सेन्टर भवनको वाल सम्मको काम हुने वडा अध्यक्ष यादवले जानकारी दिए । उनले भने, “ यो दोस्रो भवन हो जसमा स्वास्थ्यकर्मीका लागि आवास निर्माण हुन्छ ।” मधेश प्रदेश सरकारको सहयोगमा अर्को बर्थिङ सेन्टर भवन निर्माण कार्य अन्तिम चरणमा छ ।

वडा अध्यक्ष यादवले भने,“निर्वाचित भएर आएपछि आम जनताको स्वास्थ्य प्रति गम्भिर रुपमा लिदै सुविधा सम्पन्न बर्थिङ सेन्टर सञ्चालन गर्ने आफनो लक्ष्य अनुसार काम गरिरहेको बताए । स्वास्थ्यकर्मीदेखि आवश्यक ठाउँ र सामग्री राख्ने ठाउँको अभावको मध्यनजर गर्दै सुविधासम्पन्न बर्थिङ सेन्टरका लागि भवन निर्माण भएपछि सहज हुने बताए ।
प्रदेश सरकारको २५ लाखको आर्थिक सहयोगमा २ कोठे भवन निर्माण भइरहेको वडा सदस्य दिलिप साहले जानकारी दिए ।
स्थानीय जयलाल यादवले भने ,सुविधा सम्पन्न बर्थिङ सेन्टर निर्माण भएपछि सहज हुनेछ । गाउँमै सुविधा सम्पन्न स्वास्थ्य सेवा पाउने भएपछि आफूहरु खुुशि भएको प्रतिक्रिया दिए । सो बर्थिङ सेन्टर भवन निर्माण भएपछि स्थानिय लाभान्वित हुने भएका छन् ।
शिलान्यास पछि बोल्दै नगर प्रमुख अजय प्रकाश जयसवालले स्वास्थ्य क्षेत्रलाइ विशेष प्राथमिकता दिएर आफूकाम गरिरहेको बताए । ग्रामीण भेगमा सुविधा सम्पन्न बर्थिङ सेन्टर सञ्चालन हेतु भवनहरु निर्माण गराउन लागेको बताए । नगरपालिका बाट निर्माण भइरहेको भवनमा अपुुग बजेट भए आफू आउँदो वर्षमा बजेट थपेर काम सम्पन्न गराउने प्रतिबद्धता जनाए ।
सो भवन शिलान्यासको अवसरमा वडा नम्बर ३ का वडा सचिव नन्दलाल साह,स्वास्थ्य चौकीका इन्चार्ज रामजन्म कुशवाहा,वडा प्रत्यासी राजेश साह,किशोरी साह साह लगायत स्थानिय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।
काठमाडौँ । जिल्ला प्रशासन कार्यलय, काठमाडौँले राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्न टाइम कार्ड अनुसार आउन अनुरोध गरेको छ ।
विहिबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले असक्त तथा जेष्ठ नागरिक लागायत सामजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीले अनलाइन फारममै मिति र समय बाट पालो आउने व्यवस्था गरिएको जानकारी दिदै सोहि अनुसार कार्यलयमा आउन अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले विवरण दर्ता गर्न कोठा नम्बर १३५ बाट सेवा प्रवाह गर्ने व्यवस्था गरिएको जानकारी गराएको छ ।न्युज कारखाना
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकमा आज पनि बिनियोजन विधेयकमाथिको छलफल जारी रहने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
आज विभिन्न चार मन्त्रालयका शीर्षकहरुमाथि छलफल हुने छ । जसमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सँस्कृति; पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका बजेटमाथि छलफल हुने छ ।
त्यस्तै आज बिभिन्न सांसदहरुले खर्च कटौतीको प्रस्ताव समेत पेश गर्ने कार्यतालिका रहेको छ ।
जुन यस प्रकार छन्:
१- प्रेम सुवालले “विनियोजन विधेयक, २०८१ अन्र्तगत वन तथा वातावरण मन्त्रालय; खानेपानी मन्त्रालय; सञ्चार तथा सूचना प्रविधि मन्त्रालय; र सँस्कृति; पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।
२- डा. अमरेश कुमार सिंहले “विनियोजन विधेयक, २०८१ अन्र्तगत वन तथा वातावरण मन्त्रालय; खानेपानी मन्त्रालय; सञ्चार तथा सूचना प्रविधि मन्त्रालय; र सँस्कृति; पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।
३- नागिना यादवले “विनियोजन विधेयक, २०८१ अन्र्तगत वन तथा वातावरण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।
४- तेजुलाल चौधरीले “विनियोजन विधेयक, २०८१ अन्र्तगत खानेपानी मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।
५- मैना कार्कीले “विनियोजन विधेयक, २०८१ अन्र्तगत संचार तथा सूचना प्रविधि मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।
६- रोशन कार्कीले “विनियोजन विधेयक, २०८१ अन्र्तगत संचार तथा सूचना प्रविधि मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।
७- राजेन्द्र बजगाइले “विनियोजन विधेयक, २०८१ अन्र्तगत सँस्कृति; पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।
८- डा. धवलशमशेर जंगबहादुर राणाले “विनियोजन विधेयक, २०८१ अन्र्तगत सँस्कृति; पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।न्युज कारखाना
रौतहट,३० गते जेठ । रौतहटको मौलापुर नगरपालिकाले नगरका सबै नागरिकको विद्युत महसुल बुझाएको छ । नगर प्रमुख रिनाकुमारी साहले नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण शाखा प्रमुख दिनेश यादवलाई चेक हस्तान्तर गरेर नगरका सबै नागरिकको विद्युत महसुल बुझाएकी हुन् । नगर प्रमुख साहले विद्युत शाखा प्रमुख यादवलाई ४५ लाख २६ हजार रुपैयाको चेक हस्तान्तरण गरेकी हुन् । नगर प्रमुख साहले सोमवार चेक हस्तान्तरण गर्दै नागरिकले उपभोग गरेको विद्युत महसुल नगरपालिकाले बुझाएको बताएकी छिन् । मौलापुर नगरपालिकाभित्र बसोबास सबै नागरिकको घरायसी तथा कृषि विद्युत मिटरको महसुल तिर्दै आएको छ । चुनावको समयमा नगर प्रमुख उम्मेदवार साहले सबै नागरिकको घरायसी तथा कृषि मिटरको विद्युत महसुल तिरिदिने घोषणा गरेअनुसार तिर्दै आएको बताएकी छिन् । मौलापुर नगरपालिकाले गत पाँच वर्षदेखि नगरका बासिन्दालाई निशुल्क विद्युत दिँदै आएको छ । चालु आर्थिक वर्षमा मात्रै नगरपालिकाले ३ करोड़ ४३ लाख ५० हजार रुपैया विद्युत प्राधिकरणलाई बुझाइसकेको छ । कुनै पनि कर जनताबाट नलिइरहेको नगरपालिकाले धेरै सुविधा दिइरहेको छ । मौलापुर नगरपालिकाले खानेपानीको सुविधा पनि निशुल्क उपलब्ध गराएको छ । आफ्नै स्रोतमा प्राविधिक शिक्षा तथा एफएम रेडियो पनि संचालन गरिरहेको मौलापुर नगरपालिकाले शिक्षाको क्षेत्रमा करोडौँ खर्च गर्ने गरेको छ । सम्पूर्ण बजेटको करिब चालिस प्रतिशत शिक्षामा खर्च गर्दै आएको मौलापुर नगरपालिकाले करिब तिन दर्जन शिक्षक आफैँले नियुक्त गरेको छ । कृषि, शिक्षा, स्वास्थ्य तथा आवासको क्षेत्रमा मौलापुर नगरपालिकाले उदाहरणीय काम गरेको छ । सकेसम्म स्थानीय सरकार भएको अनुभूति नगरपालिकाले दिन खोजेको बताउँदै नगर प्रमुख साहले जनतालाई सेवा र सुविधा दुवै दिनु नगरपालिकाको कर्तव्य भएको बताउँछिन् । रौतहटमा सबैभन्दा बढी सुविधा दिने तथा सबैभन्दा बढी विकास गर्ने नगरपालिकाको रुपमा मौलापुर चिनिएको छ । महिलाको नेतृत्वमा दुई कार्यकालमा मौलापुर नगरपालिकाले अकल्पनीय प्रगति गरेको छ । संघ तथा प्रदेश सरकारले घोषणा गरेको बजेट समयमा नै उपलब्ध गराउने हो भने अझै पनि धेरै सकारात्मक काम गर्न सकिने अवस्था रहेको नगर प्रमुख साहको भनाइ छ ।
रौतहट,३० गते जेठ ।
रौतहटको मौलापुर नगरपालिकाले नगरका सबै नागरिकको विद्युत महसुल बुझाएको छ । नगर प्रमुख रिनाकुमारी साहले नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण शाखा प्रमुख दिनेश यादवलाई चेक हस्तान्तर गरेर नगरका सबै नागरिकको विद्युत महसुल बुझाएकी हुन् ।
नगर प्रमुख साहले विद्युत शाखा प्रमुख यादवलाई ४५ लाख २६ हजार रुपैयाको चेक हस्तान्तरण गरेकी हुन् । नगर प्रमुख साहले सोमवार चेक हस्तान्तरण गर्दै नागरिकले उपभोग गरेको विद्युत महसुल नगरपालिकाले बुझाएको बताएकी छिन् ।
मौलापुर नगरपालिकाभित्र बसोबास सबै नागरिकको घरायसी तथा कृषि विद्युत मिटरको महसुल तिर्दै आएको छ । चुनावको समयमा नगर प्रमुख उम्मेदवार साहले सबै नागरिकको घरायसी तथा कृषि मिटरको विद्युत महसुल तिरिदिने घोषणा गरेअनुसार तिर्दै आएको बताएकी छिन् ।
मौलापुर नगरपालिकाले गत पाँच वर्षदेखि नगरका बासिन्दालाई निशुल्क विद्युत दिँदै आएको छ । चालु आर्थिक वर्षमा मात्रै नगरपालिकाले ३ करोड़ ४३ लाख ५० हजार रुपैया विद्युत प्राधिकरणलाई बुझाइसकेको छ ।
कुनै पनि कर जनताबाट नलिइरहेको नगरपालिकाले धेरै सुविधा दिइरहेको छ । मौलापुर नगरपालिकाले खानेपानीको सुविधा पनि निशुल्क उपलब्ध गराएको छ । आफ्नै स्रोतमा प्राविधिक शिक्षा तथा एफएम रेडियो पनि संचालन गरिरहेको मौलापुर नगरपालिकाले शिक्षाको क्षेत्रमा करोडौँ खर्च गर्ने गरेको छ । सम्पूर्ण बजेटको करिब चालिस प्रतिशत शिक्षामा खर्च गर्दै आएको मौलापुर नगरपालिकाले करिब तिन दर्जन शिक्षक आफैँले नियुक्त गरेको छ ।
कृषि, शिक्षा, स्वास्थ्य तथा आवासको क्षेत्रमा मौलापुर नगरपालिकाले उदाहरणीय काम गरेको छ । सकेसम्म स्थानीय सरकार भएको अनुभूति नगरपालिकाले दिन खोजेको बताउँदै नगर प्रमुख साहले जनतालाई सेवा र सुविधा दुवै दिनु नगरपालिकाको कर्तव्य भएको बताउँछिन् ।
रौतहटमा सबैभन्दा बढी सुविधा दिने तथा सबैभन्दा बढी विकास गर्ने नगरपालिकाको रुपमा मौलापुर चिनिएको छ । महिलाको नेतृत्वमा दुई कार्यकालमा मौलापुर नगरपालिकाले अकल्पनीय प्रगति गरेको छ ।
संघ तथा प्रदेश सरकारले घोषणा गरेको बजेट समयमा नै उपलब्ध गराउने हो भने अझै पनि धेरै सकारात्मक काम गर्न सकिने अवस्था रहेको नगर प्रमुख साहको भनाइ छ ।
काठमाडौं । राप्रपा नेपाल केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । काठमाडौँमा बस्ने केन्द्रीय समितिको बैठकमा बुधबार केन्द्रीय कार्य सम्पादन समितिले पार्टी गरेको राजनीतिक कार्यपत्र र प्रतिबेदनहरु पेश हुने बताइएको छ ।
बैठकमा अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्र, महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धि प्रतिबेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको आर्थिक प्रतिबेदन, सुशासन बिभाग प्रमुख राजन चौलागाईंद्वारा प्रस्तुत भ्रष्टाचार निबारण नागरिक आयोग सम्बन्धि राप्रपा नेपालको अबधारणा पत्र , बिजय महासेठद्वारा प्रस्तुत तराई मधेस उत्थानको निम्ति राप्रपा नेपालको कार्ययोजना र उपाध्यक्ष डाक्टर बिष्णु भण्डारीले कृषि बिकास र भुमी ब्यबस्थापन सम्बन्धि राप्रपा नेपालको बैकल्पिक मोडल सम्बन्धि प्रस्तावमा पेश हुने छ । पार्टीको केन्द्रीय समितिको बैठक आज र भोली हुने छ ।न्युज कारखाना
काठमाडौं । सहकारी संस्थाहरूमा भएको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिनका लागि गठित संसदीय विशेष समितिको बैठक जारी छ । संसद् भवन बानेश्वरस्थित शंकर हलमा समितिको बैठक बसिरहेको हो ।
एमाले सांसद सूर्य थापाको संयोजकत्वमा गठित समितिले सहकारी ठगी प्रकरण छानबिनका लागि काम थाल्न कार्यालय पनि व्यवस्थापन भइसकेको छ ।
समितिले सहकारी संस्थाहरूमा देखिएको संकट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने कार्यादेश पाएको छ ।
समितिका सभापति एमालेका सांसद सूर्य थापा छन् भने सदस्यहरूमा एमालेबाट सरिता भुसाल, कांग्रेसबाट बद्रीप्रसाद पाण्डे र ईश्वरीदेवी न्यौपाने, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान रहेका छन् ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”सँग काठमाडौँ उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च मेयर्स फोरमका पदाधिकारीहरूले छलफल गरेका छन् ।
प्रधानमन्त्रीले आयोजना गरेको छलफल काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा सङ्घीय सरकार र स्थानीय सरकारको भूमिका र दायित्वका विषयमा केन्द्रित थियो।
उक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको समन्वय सङ्घीय सरकारले नै गरोस् भन्ने मेयर्स फोरमको सिफारिस बमोजिम लगानी बोर्डले त्यससम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी गराए ।
प्रधानमन्त्रीले भने, “तपाईहरूको फोरमले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन सम्बन्धी कामको समन्वय सङ्घीय सरकारले गरोस् भन्ने सिफारिस गरेको छ। सोहीअनुसार सरकारले लगानी बोर्डलाई यस सम्बन्धी प्रक्रिया अगाडि बढाउन निर्देशित गरेको छ। लगानी बोर्डको बैठकमा समेत यस सम्बन्धी छलफल भई कार्यान्वयनमा अगाडि बढ्ने निर्णय भएको छ। अब यो काम तीव्रतामा अगाडि बढ्छ।”
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोल लगायत काठमाडौँ उपत्यकाभित्रका नगरपालिकाका मेयर, उपमेयरको प्रतिनिधित्व रहेको बैठकले समन्वयका साथ फोहोर व्यवस्थापन गर्नेसम्बन्धी छलफल गरेको हो ।न्युज कारखाना
काठमाडौं । सरकारले विभिन्न राजदूत फिर्ता बोलाउने निर्णय नियमित प्रक्रिया भएको स्पष्ट पारेको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले सरकार परिवर्तन हुँदा राजदूतलाई पनि फिर्ता बोलाउने विगतदेखिको परम्परा रहेकाले यसपटक पनि विभिन्न देशका राजदूतहरूलाई फिर्ता बोलाइएको बताएकी हुन् ।
विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले छिमेकी मुलुक भारतसहित विभिन्न ११ मुलुकका नेपाली राजदूतहरूलाई तत्काल फिर्ता गर्ने निर्णय गरेको थियो । न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई सूचना प्रविधिको हवका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको बताएका छन् ।
डिजिटल रूपान्तरणको अभियानमा क्रियाशील आइसिटी फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘डिजिटल नेपाल कन्क्लेभ २०२४’ लाई सम्बोधन गर्दै उहाँले बजेटमार्फत दश वर्षमा रु ३० खर्बको सूचना प्रविधिसम्बन्धी सेवा निर्यात र पाँच लाख प्रत्यक्ष तथा दश लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको बताए ।
“सूचना प्रविधिलाई अर्थतन्त्रको सम्वाहकका रूपमा स्थापित गर्ने, सूचना प्रविधिका नवीनतम् प्रविधि अवलम्बन गर्न कानुनी आधार तयार गर्ने, कृत्रिम बौद्धिकताको विकास, प्रवर्द्धन र नियमनको व्यवस्था गर्ने व्यवस्था बजेटमा गरिएको छ”, प्रधानमन्त्री प्रचण्डले भने । उनले सूचना प्रविधि क्षेत्रमा नीतिगत स्थायित्वसहित उच्च गतिको भरपर्दो र किफायती इन्टरनेट सेवा, डाटा सुरक्षा र बौद्धिक सम्पत्ति संरक्षण प्रदान गर्ने विषय बजेटमा समावेश भएको स्पष्ट पारे ।
प्रधानमन्त्री प्रचण्डले ‘डिजिटल नेपाल फ्रेमवर्क’ परिमार्जन गरी सोको कार्यान्वयन र अनुगमन गर्न संस्थागत व्यवस्था गर्ने, काठमाडौँ उपत्यका र बुटवलमा उच्च गतिको इन्टरनेट, विद्युत्, सुरक्षालगायत पूर्वाधारसहित सूचना प्रविधि पार्क सञ्चालनको काम अगाडि बढाइने बताए । “यस्तो पार्कमा तीन वर्षका लागि ‘वर्क स्टेसन’ सञ्चालन गर्न निःशुल्क स्थान उपलब्ध गराउने, सार्वजनिक–निजी साझेदारीमा अत्याधुनिक सूचना प्रविधि हव सञ्चालनका लागि बहुतले संरचना निर्माण गरिनेछ”, उनले भने ।
स्वदेशमा उत्पादित सफ्टवेयरलाई प्राथमिकता दिई सार्वजनिक निकायले उपयोग गर्ने व्यवस्था मिलाइने जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले सरकारी डाटा सेन्टरको स्तरोन्नति, विद्युतीय तथ्याङ्कको भण्डारण, सुरक्षा र उपयोगलाई व्यवस्थित र भरपर्दो बनाइने बताए । सूचना प्रविधि विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरिरहेका युवालाई सूचना प्रविधि सम्बद्ध उद्योगमा ‘इन्टर्न’ गर्ने व्यवस्था गरिने उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले सरकार सूचना तथा सञ्चार प्रविधिलाई विशेष प्राथमिकतामा राख्दै विकास र समृद्धिको लक्ष्यमा अघि बढिरहेको स्पष्ट पारे । “आगामी आवको बजेटमा तीन महत्वपूर्ण प्राथमिकताभित्र आइसिटीलाई समावेश गरेका छौँ”, उनले भने, “सरकार डिजिटल इकोनोमी, स्टार्टअप र इनोभेसनको प्रवर्द्धन, रोजगारीको सिर्जना, डिजिटल गर्भनेन्सको सुधार र समग्र देश रूपान्तरणको लक्ष्यमा केन्द्रित छ, त्यसअनुरूप सरकारले आवश्यक नीति र कानुनको परिमार्जन गर्दै अघि बढिरहेको छ ।”
प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय ‘देश बन्दैन’, ‘यो देशमा केही हुँदैन’ भन्ने अत्यन्त नकारात्मक भाष्य स्थापित गर्ने कोसिस भइरहेपनि तथ्यहरूले नेपालको विकास, समृद्धि र स्वरोजगारका क्षेत्रमा राम्रो प्रगति हुँदै गएको पुष्टि गरेको बताए । उत्पादन, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनाका क्षेत्रमा सरकारले गरेको निरन्तर प्रयास र पहलकदमीका कारण देशभित्र क्रमशः उत्साहको वातावरण निर्माण हुँदै गएको उनको भनाइ छ ।
प्रधानमन्त्रीले सूचना प्रविधि क्षेत्रमा सरकारका तर्फबाट आर्कषक रोजगारीको व्यवस्था र अवसर सिर्जना गर्न खोजिएको तथा स्टार्टअप र इनोभेसन प्रवर्द्धन गर्न इतिहासमै पहिलोपटक रु एक अर्बको कोष बनाएर सातै प्रदेशमा इन्कुवेसनसहितको कार्यक्रम ल्याइएको स्पष्ट पारे । उनले प्रविधिमार्फत् अर्थतन्त्रको विकास र रोजगारी सिर्जनाका निम्ति सरकारले अगाडि बढाएका कार्यक्रम प्रभावकारी तुल्याउन र प्रविधिको प्रयोगमार्फत् आर्थिक सामाजिक रूपान्तरणमा सहकार्यका निम्ति आम युवा र आइटी क्षेत्रका उद्यमीलाई अपिल गरे ।
“तपाईंहरू निरास नहुनुहोस्, जसरी तपाईंहरूले यस क्षेत्रमार्फत् रोजगारी सिर्जना र अर्थतन्त्रको विकासमा योगदान गरिरहनुभएको छ, यसका निम्ति नेपाल सरकार आभारी छ”, उनले भने, “सूचना प्रविधि क्षेत्रका निम्ति आवश्यक कानुनलगायतका नीतिगत विषयको सम्बोधन गर्न सरकार तयार छ ।” ‘डिजिटल गभर्नेन्स’लाई सुधार गर्दै भ्रष्टाचारमुक्त समाज निर्माण गर्नु सरकारको प्राथमिक दायित्व भएको जनाउँदै उनले यसले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति, सेवा प्रवाहमा सरलता र सहजता, अन्तरसरकारी समन्वयमा सुधारमा पर्याप्त आधार सिर्जना गर्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले डिजिटल नेपालको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयनका निम्ति प्राविधिक पूर्वाधारका विकास र दूरदराजसम्म पहुँच विस्तार उच्च प्राथमिकतामा रहेको बताए । सबै नागरिकमा प्रविधिको सहज पहुँच विस्तार गरी स्वास्थ्य, कृषि, शिक्षा लगायत सेवा प्रवाहका क्षेत्रलाई गुणस्तरीय र पहुँचयोग्य बनाउन जरूरी रहेको उनको भनाइ छ ।न्युज कारखाना
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउने अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध अदालतमा दायर गरेको रिटमा आज सुनुवाई हुँदैछ ।
उपेन्द्रले दायर गरेको रिट सर्वोच्चका न्यायाधीशद्धय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासा पेशी तोकिएको छ । पटक पटक हेर्न नभ्याइनेमा परेको यो रिट सुनुवाईका लागि पेशी आठौं नम्बरमा परेको हुँदा आज सुनुवाई हुने सम्भावना देखिएको छ ।
यसअघि सो रिटमा गत वैशाख २७ गते सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले दल विभाजनपछि हालसम्म भएका काम कारबाहीहरु जहाँ जे जस्तो अवस्थामा छन् सोही अवस्थामा राखी गत ८ गते गते छलफका लागि उपस्थिति हुन दुवै पक्षलाई बोलाएको थियो ।
निर्वाचन आयोगले राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएकोप्रति असन्तुष्टि जनाउँदै यादव सर्वोच्च अदालत गएका हुन् ।
जसपा नेपालमा भएको विभाजनपछि उपेन्द्र यादवको पार्टीमा १२ मध्ये ५ मात्रै सांसद छन् । अशोक राईसँग ७ जना सांसद छन् । अहिले सरकार छाडेलगतै उनी अर्को पक्षको वैधता खारेजीका माग गर्दै अदालत गएका हुन् ।न्युज कारखाना
जनकपुरधाम । जनमत पार्टीका केन्द्रीय सदस्य सतिश सिंहले मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदीसमक्ष दावी पेश गरेका छन् ।
राती अबेरसम्म बसेको सत्ता साझेदार दलको बैठकले मन्त्रालय भागबन्डा टुंग्याएपछि उनले बिहानै दाबी पेस गरेका हुन् ।
सतिशले एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीको समर्थनमा दावी पेश गरेका हुन् ।
१०७ सदस्यीय प्रदेश सभामा ६ राजनीतिक दलका ५५ जना सासंदले सतिश सिंहलाई मुख्यमन्त्रीमा समर्थन गरेका छन् ।न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई राम्रो डेलिभरि दिएर मात्र सङ्घीयता बलियो हुने बताउँदै त्यसका लागि सबैले सकारात्मक पहल लिनुपर्ने बताएका छन् ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।
प्रधानमन्त्रीले भने, ‘अन्तरप्रदेश व्यवस्थापिका मञ्च बनाएर संसदको भूमिका प्रभावकारी बनाउन जुन भूमिका खेल्नुभएको छ, यो महत्त्वपूर्ण छ। आवधिक रूपमा यस्ता छलफलहरू जरूरी छ। सरकारले मञ्चका निष्कर्षहरूलाई गम्भीरतापूर्वक लिनेछ। अधिकतम सम्बोधनको प्रयास गर्नेछ ।’
छलफलका क्रममा प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर र विरोधीबीच बहस भइरहेको बताउँदै जनतालाई राम्रो डेलिभरि दिनुपर्ने बताए ।
उनले भने, ‘हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने पक्षका हौँ। यहाँ सङ्घीयताका विरोधीहरू प्रदेशमाथि आक्रमण गरेर व्यवस्थामाथि अनास्था फैलाउने कोशिसमा छन्। त्यस्तो प्रवृत्तिलाई हामीले निरूत्साहित गर्नुपर्छ। जनतालाई राम्रो डेलिभरि दिएर प्रदेश र स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ ।’
प्रधानमन्त्रीले सङ्घीय निजामती ऐन र प्रहरी समायोजनको काम छिटो निष्कर्षमा पुर्याउन आफूले पहल गरिरहेको बताए ।
उनले भने, ‘सङ्घीय निजामती सेवा ऐन संसदबाट छिटो पारित गराउन र प्रहरी समायोजनको काम टुंगाउन मैले पहल गरिरहेको छु। यो निष्कर्षमा पुगेपछि प्रदेश र स्थानीय तह बलियो हुन्छ। सङ्घीयतामाथि प्रश्न उठाउनेहरू कमजोर हुन्छन् ।’
छलफलमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, सञ्चार तथा सूचना प्रविधि मन्त्री, कानुनमन्त्री, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, सातै प्रदेशका सभामुख र उपसभामुख, नेपाल सरकारका मुख्यसचिव लगायत उपस्थित थिए ।न्युज कारखाना
विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम पारित भएको छ ।
बिहीबारको प्रदेशसभा बैठकबाट सर्वसम्मतिले नीति तथा कार्यक्रम पास भएको सभामुख अम्बरबहादुर विष्टले घोषणा गरेका हुन् ।
आइतबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले नीति तथा कार्यम पेश गरेका थिए । दुई दिनको छलफलमा उठेका प्रश्नको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबारको बैठकमा जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित गरेको हो ।न्युज कारखाना
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई गिरीबन्धु टी-स्टेट प्रकरणको फाइल खोल्न चेतावनी दिएका छन् ।
प्रतिनिधि सभाको विशेष समयमा बोल्दै महामन्त्री शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धुको जग्गा कांग्रेसले बेचेर खाएको आरोप लगाएको बारे फाइल खोलेर कांग्रेसलाई कारवाही गर्न चेतावनी दिएका हुन् ।
उनले भने- ‘सत्ता गठबन्धनको प्रमुख नेताले कांग्रेसले गिरीबन्धुको ७० बिघा जग्गा बेचेर कमिसन खायो भनेर भन्नु भएको विषयमा गृहमन्त्री ज्यू के तपाइँ फाइल खोलेर कांग्रेसलाई दण्डित गर्न तयार हुनुहुन्छ ? म जान्दछु, खोल्न होइन बोल्न पनि उहाँ सक्न्नु हुन्न । भन्न सक्ने भए शिक्षामन्त्रीज्यु उपरको शब्द फिर्ता लिनुस पुर्व प्रधानमन्त्री ज्यू भनेर दमदार ढंगले भन्न सक्नु हुन्थ्यो, नम्रता पुर्बक पनि भन्न सक्नु हुन्थ्यो ।’ न्युज कारखाना
काठमाडौं । नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका खनालको उपचारका क्रममा निधन भएको हो ।
खनाललाई उपचारका लागि भारतको हैदरावाद लगिएकामा त्यहीँ उपचारका क्रममा उनको निधन भएको हो । उनी दुई साताअघि मात्रै सुनसरी एमालेको अध्यक्षमा निर्वाचित भएका थिए ।
जेठ ५ देखि ७ सम्म चलेको आठौँ जिल्ला अधिवेशनबाट खनाल एमाले सुनसरीको अध्यक्षमा निर्वाचित भएका थिए ।
सुनसरीको बराहक्षेत्र नगरपालिका- ४ घर भएका ६२ वर्षीय खनाल यही जेठ ७ गतेमात्रै एमाले सुनसरीको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए ।न्युज कारखाना
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले न्युरोडमा फुटपाथ बढाउन दिनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै महामन्त्री शर्माले काठमाडौँका मेयर बालेन शाहलाई न्यूरोडको फुटपाथ ठुलो बनाउन दिनुपर्ने बताउदै केन्द्रको हस्तक्षेप बन्द गर्न आग्रह गरेका थिए ।
स्थानीय तह र केन्द्रको विवादमा केन्द्र बढी संयमित बन्नुपर्ने बताउदै महामन्त्री शर्माले हस्तक्षेप बन्द गर्न आग्रह गरेका छन् ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नरेन्द्र मोदीले प्रधानमन्त्रीको रुपमा तेस्रो पटक लिने शपथग्रहण समारोह सहभागी हुन जाने तयारी गरेका छन् ।
नरेन्द्र मोदीले आफ्नो तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी हुन निमन्त्रणा पठाएका छन् ।
मोदीले बुधबार नै प्रचण्डसँग कुराकानी गरेको उल्लेख गर्दै नेपाल भारको साझेदारीलाई झन् बलियो बनाउने सामाजिक सञ्जालमा उल्लेख गरेका थिए । भारतीय मिडियाहरुले जुन ८ मा मोदीले शपथ लिने तयारी गरेका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार यस समारोहका लागि मोदीले नेपालसहितका छिमेकी देशका नेताहरूलाई निमन्त्रणा पठाएका छन् । जसमा श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मोरिसस र भुटानका नेताहरुलाई निमन्त्रणा पठाइएको छ ।
मत गणनापछि भारतीय जनता पार्टीले बहुमत गुमाए पनि एनडीए गठबन्धन बहुमतमा रहेको छ । भाजपा नेतृत्वको एनडीए गठबन्धनले २९३ सिट जितेको छ भने विपक्षी गठबन्धनले २३४ सिट जितेको छ ।
५४३ सदस्यीय भारतीय लोकसभामा बहुमतको लागि २७२ सिट आवश्यक पर्दछ । न्युज कारखाना
जनकपुरधाम । मधेस प्रदेशमा जनमत पार्टीका नेतृत्वमा सरकार बनाउन आज दाबि पेश गर्ने तयारी भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभाबाट मत नपाएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेस गर्न आह्वान गरेकी छन्।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएकी छन् ।
जनमतले सतिस कुमार सिंहलाई मुख्यमन्त्रीको रुपमा अगाडी सारेको छ ।
एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा सिंहले आजै सरकारमा दाबि पेश गर्ने तयारी गरेका छन् ।
यसअघि जनमत संसदीय दलका नेता महेशप्रसाद यादवको नेतृत्वमा सरकार बनाउने चर्चा भएको भएपनि जनमतले सिंहलाई अगाडी सारेको छ ।
मधेसमा जनमत पार्टीको १३, एमालेको २४, माओवादी केन्द्रको ९, एकीकृत समाजवादीको ७ र नागरिक उन्मुक्ति पार्टीका १ सांसद गरी ५४ सांसदको समर्थनमा जनमतका सिंहलाई मुख्यमन्त्री बनाउन दाबी पेस गर्ने तयारी गरेको छ ।
सिंह सप्तरीको निर्वाचन क्षेत्र २ को १ बाट निर्वाचित भएका हुन् ।न्युज कारखाना
काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । आज बिहान ११ बजे बैठक बोलाइएको छ ।
आजको बैठकमा उर्जामन्त्री शक्ति बस्नेतले अन्तराष्ट्रिय सौर्य गठबन्धनको सथापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । यस प्रस्तावलाई आज अनुमोदनको लागि पेस गरिने कार्यसूची समेत रहेको छ ।
त्यस्तै आजको बैठकमा अर्थमन्त्री बर्षमान पुनले बैंक तथा वित्तीय संस्था सम्बन्धि पहिलो संशोधन विधेयक, २०८० प्रस्ताव पेश गर्ने छन् भने बिनियोजन विधेयक, २०८१ माथि बिचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने छन् ।
त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय सभामा उत्पति भएको सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७८ माथि छलफलका लागि प्रस्ताव पेस गर्दै छिन भने उनले यस प्रस्तावलाई पारित गर्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।न्युज कारखाना
काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
बुधबार प्रदेश सभा बैठकमा प्रदेश प्रमुख तिलक परियारले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेश सरकारको नीति तथा कार्यक्रममा शिक्षा, स्वाथ्य, कृषि, सिँचाइलगायतका पक्षहरुलाई प्राथमिकता दिइएको छ ।
नीति तथा कार्यक्रममा कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक तयारीसँगै पूर्वाधार विकासलाई प्राथामिकता दिइएको छ । आधुनिक सुविधासहितको प्रदेश रङ्गशाला निर्माणको कार्य समय सीमाभित्रै सम्पन्न हुने पनि उल्लेख छ ।
साथै, मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार युवाहरुलाई रोजगारका विभिन्न अवसर उपलब्ध गराउन कर्णाली प्रदेशका सबै वडाहरुमा प्रदेश सरकारको उपस्थिति रहने पनि बताइएको छ ।
रैथानेबाली संरक्षण र उत्पादनका लागि पकेट क्षेत्र निर्धारण गरिनेदेखि कृषिमा सहुलियत व्याजको अनुदानसम्मका कुराहरुलाई नीति तथा कार्यक्रमले समेटेको छ ।
स्वास्थ्यअन्तर्गत प्रदेश मातहतका अस्पतालको सेवालाई थप प्रभावकारी बनाउँदै लगिने र प्रदेश अस्पतालबाट एमआरआई र मृगौला प्रत्यारोपनको सेवा सञ्चालन गरिने बताईएको छ ।न्युज कारखाना
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल नेतृत्वको मधेश प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट विश्वासको मत नपाएसँगै उनी पदमुक्त भएका छन् ।
कूल १०७ प्रदेश सभा सदस्यमा मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ५४ जना सांसदको समर्थन आवश्यक पर्नेमा उनले ५० मतमात्रै प्राप्त गरे । प्रदेश सभा बैठकमा उपस्थिति १०३ सदस्यमध्ये मुख्यमन्त्रीमाथि प्रदेश सभाको विश्वास छैन भन्ने अर्थात विपक्षमा ५३ जना सांसदले मतदान गरेका थिए ।
मुख्यमन्त्री यादवले १७ महिनाको अवधिमा पाँच पटक प्रदेश सभाबाट विश्वासको मत लिनुपरेको थियो । चार पटकसम्म उनी विश्वासको मत प्राप्त गर्न सफल भएपनि यसपटक भने उनले विश्वासको मत पाएनन् ।
मुख्यमन्त्री यादवको पक्षमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीले मतदान गरेका थिए । विश्वासको मतको विपक्षमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी), जनमत पार्टीलगायतका दलहरुले मतदान गरे ।
नेपालको संविधानको धारा १८८ को उपधारा ३ अनुसार प्रदेश सभाबाट विश्वासको मत पारित हुन नसकेको खण्डमा मुख्यमन्त्री पदमुक्त हुने व्यवस्था रहेको छ ।न्युज कारखाना
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजनमा रहेका सबैजसो माओवादीहरू एकताका लागि तयार रहेको बताउँदै सबैलाई एकीकृत गरेर अगाडि बढिने बताएका छन् ।
पोखरामा आज आयोजित गण्डकी प्रदेशको पार्टी प्रशिक्षण कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आफू निरन्तर जनक्रान्तिमा रहेको स्पष्ट पार्दै सबै माओवादी धारहरूलाई एकीकृत हुन आग्रह गरे ।
“फुटेका सबैजसो साथीहरू एकता लागि तयार हुनुहुन्छ, हामी स्वागत गर्न तयार भएर बसेका छौँ,” अध्यक्ष प्रचण्डले भने, “म जनक्रान्तिकै बाटोमा छु, चुनवाङकै बाटोमा छु, हिजो प्रचण्डबाट क्रान्ति भएन भनेर उहाँहरू छुट्टीनुभयो, त्यो बाटो सही सावित भएन, हामी सही छौँ । हिजो अलग भएका साथीहरू आउन तयार हुनुहुन्छ । म उहाँहरूलाई स्वागत गर्न तयार छु ।”
बर्जुवा गणतन्त्रमा समावेशी एवं समानुपातिक नहुने उल्लेख गर्दै प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र बर्जुवा चरित्रको नभएको स्पष्ट पारे ।
सुशासन, सामाजिक न्याय र समृद्धिको अर्थसमाजवाद आधार तयार पार्नु आजको आवश्यकता भएको औंल्याउँदै प्रधानमन्त्रीले आफूहरू दृढतापूर्वक त्यस काममा लागिपरेको बताए । उनले पार्टीलाई एकीकृत गरे अगाडि बढ्नेगरी वातावरण बनाउन र त्यसलाई सही निष्कर्षमा पुर्याउनुपर्नेमा जोड दिए । न्युज कारखाना
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बजेटको विश्वसनीयता नभएको भन्दै अर्थमन्त्री बर्षमान पुनलाई प्रश्न गरेका छन् ।
प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिदै महामन्त्री थापाले बजेटमा विश्वसनीयता नभएको भन्दै अर्थमन्त्रीसँग प्रश्न गरेका छन् ।
उनले जे लेखेपनि सत्ता पक्षले ताली बजाउने भएकाले बजेट हावादारी हुदै गएको टिप्पणी गर्दै हाम्रो संरचना नै खराब भएको टिप्पणी गरेका छन् ।
उनले बजेटमा लिइएको लक्ष्य पुरा हुन नसक्ने बताउदै प्रशासनिक सुधार गरेको आधारमा राजश्व कसरी बढ्छ भन्दै प्रश्न गरेका छन् । उनले बैदेशिक सहायता ५२ अर्ब आउछ भनेर बजेटमा उल्लेख गरिएको तर गत बर्ष ५० अर्ब आउछ भनिएकोमा ३ अर्ब आएको उल्लेख गर्दै उनले ५२ अर्ब कसरी ल्याउनुहुन्छ भन्दै प्रश्न गरेका छन् ।न्युज कारखाना
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटका अधिकांश प्रावधानहरू सबै प्रदेशका साझा भए पनि गण्डकीमा महत्त्वपूर्ण र ऐतिहासिक योजना कार्यन्वयन गर्न लागिएको बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशको पार्टी प्रशिक्षणमा पार्टी अध्यक्ष प्रचण्डले प्रदेशका विकासमा महत्त्वपूर्ण फड्को हान्नेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट निर्माण भएको बताए । उनले आव २०८१/८२ को बजेटले कृषिको रूपान्तरण, ऊर्जाको विकास, सूचना प्रविधिको विकास, पर्यटन प्रवर्द्धन र उद्यमशीलता र औद्योगिक विकासलाई विशेष प्राथमिकतामा राखेको जानकारी दिए ।
“भरतपुर, बुटवल र पोखरालाई गण्डकी त्रिभुज परियोजनाको रूपमा विकास गरिने छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यो परियोजना मुलुककै महत्त्वपूर्ण र ऐतिहासिक हुनेछ ।” उनले म्याग्दी, मुस्ताङ, मनाङ र गोरखाको हिमाली क्षेत्रमा कस्तुरी–मृग लगायतका वन्यजन्तु पालन गर्ने व्यावसायिक फार्म स्थापना गर्नेगरी नयाँ सोचका साथ बजेट निर्माण गरिएको बताए ।
देशकै लोड सेन्टरमा रहेको १२ सय मेगावाटको बुढीगण्डकी आयोजनाको निर्माण शुरू गर्ने र यस परियोजनाले देशकै ऊर्जा क्षेत्रमा दीर्घकालिन फाइदा हुने उल्लेख गर्दै प्रधानमन्त्रीले ४२ मेगावाटको मोदी ए जलविद्युत आयोजनाको निर्माण शुरू गरिने बताए ।
मुक्तिनाथ दर्शन यातायात सेवा सञ्चालन गरी तीर्थयात्रीलाई सहज रूपमा प्रमुख धार्मिकस्थल दर्शन गर्ने व्यवस्था मिलाउने योजनासहित सरकारले बजेट विनियोजन गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले गुरिल्ला ट्रेल लगायतका पर्यटकीय पूर्वाधारको विकास गर्ने, गण्डकीलाई पर्यटनको हव बनाउने महत्त्वपूर्ण काम अगाडि बढाइने बताए ।
भौतिक पूर्वाधारको क्षेत्रलाई पनि सरकारले विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै प्रधानमन्त्रीले मुग्लिङ्ग–पोखरा सडक खण्डको विस्तार कार्य सम्पन्न गर्ने, बुटवल–पोखरा सडक खण्डलाई डेडिकेटेड दुई लेनमा स्तरोन्नति गरिने गरी सरकार अगाडि बढेको बताए ।
घरेलु मदिराको उत्पादन, ब्राण्डिङ, बजारीकरण गर्ने एवं बन्दीपुरको इतिहास, संस्कृति, भाषा र सभ्यतालाई संरक्षण र सम्वर्द्धन गर्न विविध कार्यक्रम सञ्चाल गरिने बताउँदै प्रधानमन्त्रीले तनहुँको चुँदी रम्घामा सबै नेपाली भाषाभाषीका मूर्धन्य स्रष्टाको प्रतिमा र सप्तधामसहितको भानु साहित्य उद्यान स्थापना गर्ने बताए ।
गोरखामा राजतन्त्रदेखि गणतन्त्रसम्मको अभिलेख रहने गरी ऐतिहासिक संग्रहालय निर्माण, मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र विस्तार, टाकुरा पर्यटकीय गन्तव्यको विकास जस्ता कार्यक्रमले यस क्षेत्रमा रोजगारी सिर्जना गर्नुका सार्थ आयआर्जनमा सहयोग गर्ने प्रधानमन्त्री प्रचण्डको विश्वास छ ।
उनले पोखरामा मेडिकल कलेज स्थापना गर्ने कार्य अघि बढाउने, पोखरा प्रादेशिक अस्पतालको क्षमता ५०० शैयामा विस्तार गरने, मध्यपहाडी पुष्पलाल लोकमार्गको निर्माण कार्यलाई तीव्रता दिने र गोरखाको लिगलिगकोट, भच्चेक, बारपाक, बुङकोट, गोरखाबजार, मनकामना, बेनीघाटसम्म पडवे यातायात प्रणालीको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अगाडि बढाइने तयारी सहित बजेटको व्यवस्था गरिएको बताए ।
पोखरामा एकीकृत सहरी पूर्वाधार विकास, नवलपरासी बर्दघाट सुस्तापूर्व जिल्ला सदरमुकामको प्रशासनिक केन्द्रको पूर्वाधार निर्माणलाई प्राथमिकता, गोरखकाली रबर उद्योग लगायतका उद्योग सार्वजनिक–निजी साझेदारीमा सञ्चालनमा ल्याउने कार्यक्रम यस क्षेत्रका लागि थप महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।न्युज कारखाना
काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको पहिलो बैठक आज शुरु भएको छ ।
समितिको पहिलो बैठक आज सभामुखको उपस्थितिमा संसद भवन बानेश्वरस्थित शंकर हलमा शुरु भएको हो ।
सहकारी ठगि प्रकरणमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानबिनको माग गर्दै संसद अवरोध गरेपछि यहि जेठ १५ गते एमालेका सांसद सुर्य थापाको संयोजकत्वमा संसदीय छानबिन समिति गठन भएको थियो ।
७ सदस्यीय समितिमा एमालेबाट सरिता भुसाल, कांग्रेसबाट सांसदहरु ईश्वरी देवी न्यौपाने र बद्रीप्रसाद पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।
समितिलाई तीन महिनाको समय दिएर ४ बुँदे कार्यादेश दिइएको छ ।न्युज कारखाना
काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले विदेशीसँग विवाह गर्दैमा देशद्रोही भइहालिन्छ भन्दै प्रश्न गरेकी छन् ।
सामाजिक सञ्जालमार्फत मन्त्री श्रेष्ठले केहि दिन अघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सुमनालाई लक्षित गर्दै विदेशबाट घुम्न आएकालाई मन्त्री बनाएको भन्दै टिप्पणी गरेको जावफमा सो प्रश्न गरेकी हुन् ।
ओलीको सुमनालक्षित टिप्पणीको आलोचना भइरहेको बेला रास्वपाले यो विषयलाई संसदमा समेत उठाएको छ । रास्वपाका सांसद शिशिर खनालले समेत बुधबारको प्रतिनिधिसभाको बैठकमा ओलीको टिप्पणीको आलोचना गरेका थिए ।
सुमनाले आफ्नो महिलाको विवाह भएपछि घरप्रति कुनै जिम्मेवारी हुदैन ? भन्दै महिलालाई गर्ने दृष्टिकोण परिवर्तन हुनुपर्ने बताएकी छन् ।
उनले भनेकी छन्-
विदेशमा पढ्न वा रोजगारीका लागि कोही पनि नगएको परिवार खोज्न कतिको सहज छ ? पक्कै छैन । अवस्था कस्तो छ भने नागरिकतामा उमेर बढाएर किशोर/किशोरीहरू विदेशिदैँछन् भन्ने सुन्दा नपत्याउने आधार छैन । साह्रै ठूलो संख्यामा युवाहरू विदेशमा छन् ।
आफ्नो गच्छेले सकेको ठाउँमा पुगेका हुन्छौँ । विदेशमा सहजताका लागि लामो समयको भिसा, पिआर वा नागरिकता जस्ता कागजात लिएका हुन सक्छन् । विदेशमा प्रेम होला, बिहे होला ।
कतिले विदेश पुगे पछि मात्र नेपाली समाजको गुणहरू बुझ्छन्, आफ्नो जरा नेपालमा भएको महसुस गर्छन् । विभिन्न कारणले विदेश पुगेकाहरू धेरैको मनमा परिस्थिति मिले नेपाल नै फर्किएर यहाँ नै सम्वृद्ध र सहज जीवन जिउने चाहना हुन्छ । स्वयम् नेपाल राज्यले नै त्यस्ता मानिसहरू नेपाल भित्र्याउने सोच राखेको नीतिहरू भेटिन्छन् । ब्रेन गेन, एनआरएनको नागरिकता जस्ता कार्यक्रमहरू त्यसकै लागि हुन् ।
तर, जब त्यस्ता मानिसहरू नेपाल फर्किन्छन्, फर्किदा पैसा बाहेक सबै कुराले रित्तो भएर आउन् भन्ने यहाँ राजनीतिमा जमेर बसेकाहरूलाई लाग्दो रहेछ । यहाँ आएर राजनीतितिर नहेरून्, उनीहरूको शक्ति र बर्षौँदेखि जमाएर गरिरहेको राजनीतिक पेसामा प्रतिष्पर्धा नबढाउन्, उनीहरूको हो मा हो भन्ने कार्यकर्ता बनून् भन्ने अभिष्ट राख्दा रहेछन् । यो “तँ बसेर आएको देश हो र नेपाल पो हो” भनेर हरेक कुरामा सम्झौता गरोस् भन्ने अपेक्षा हुदोरहेछ। कर्मचारीतन्त्र र यहाँका पेशाकर्मीहरू पनि विदेशमा पढेकाहरूलाई प्रतिस्पर्धी मात्र देख्दारहेछन्, ऐले पौडिरहेको सानो पोखरीमा आफ्नो कब्जा रहिरहोस् भन्ने ध्येय हुनेरहेछ, उनीहरुको सीप र लगनले पोखरी नै ठूलो हुन सक्ने देख्दैनन् ।
महिलालाई हेर्ने मानसिकता विकराल छ र झनै बढी प्रहार हुने रहेछ । “समाजको नियम” भनेर के लगाउने, के बोल्ने हरेक कुरामा लक्ष्मण रेखा कोरिदिने र त्यहीभित्र बसोस् भन्ने सोच हुनेरहेछ, यहि भएर होला प्रायः हाम्रा बहिनी छोरी विदेशबाट फर्कन खोज्दैनन्। अनि बिहे भए पछि जन्मेको घरप्रति कुनै जिम्मेवारी हुँदैन? श्रीमान् को पहिचान बाहिर नारीको आफ्नो पहिचान हुँदैन ? के विदेशसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भै हाल्छ? अहिलेसम्म पुस्तौदेखि नेपालमै बसेका, नेपालीसँगै विवाह गरेकाहरूले चलाएको देश हो यो, यहि कारणले मात्र उत्पात विकास हुने रहेछ त ? हामीले लडेर ल्याइदिएको अधिकारको मज्जा लिइरहेको छौ भनेर नथाक्नेहरू नै त्यसको उपयोग गर्दा भने भड्किन पुग्छन् । यसको पछिल्लो उदाहरण समाजका अगुवाको अभिव्यक्ति हो । देख्दा त्यो केवल एकजना सुमना श्रेष्ठको लागि हो भन्ने देखिएला तर त्यसले मजस्तै जो सानै उमेरमा राम्रो अध्ययनको अवसर लिन बाहिरिन्छ, जो कमाउन बाहिरिन्छ, ती सबै प्रति लक्षित हो ।
यसैले म आग्रह गर्छु, त्यस्तो सोच जोसुकैबाट आओस्, त्यसका विरूद्धमा रहन आवश्यक छ । भन्नै पर्छ कि यो हाम्रो समय हो, जुन जस्तो अवस्था भए पनि हरेक नागरिकको सम्मानको समय हो । त्यसले “नेपाल जान्छु र केहि गर्छु” भन्नेहरूलाई निरूत्साहित हुनबाट जोगाउँछ । देश कुनै अमुक नेताहरूको कैदमा मात्रै छ र उनीहरूको मर्जीबिना देशमा पात पनि हल्लिदैन भन्ने धारणा फेरिन सक्छ । साँच्चै नै ब्रेन गेन हुन पुग्छ ।न्युज कारखाना
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत नलिने भएका छन् । विश्वासको मत लिने कार्यतालिका बनाएको प्रदेशसभा सचिवालयले मुख्यमन्त्री बिरामीको पत्र पाएको जानकारी दिएको छ ।
नेपालको संविधान अनुसार दल विभाजन भए वा सरकारको समर्थनमा रहेका दलहरु मध्ये कुनै एक दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । माओवादी केन्द्रले गत बैशाख २३ गते सरकार छोडेकाले सो अनुसार उनले विश्वासको मत लिने आज बुधबार ३० दिन पुगेको छ ।
जनता समाजवादी पार्टी नेपालको सरकारमा रहेको सत्ता साझेदार दलहरुमध्ये एकपछि अर्को दलले साथ छोडेपछि जसपा नेपाल एक्लिएको छ ।
प्रदेशसभामा मुख्यमन्त्री कार्यालयबाट पठाइएको पत्रमा भनिएको छ , ‘नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम मिति २०८१/२/२१ मा मिति २०८१ जेष्ठ २३ गते विश्वासको मत प्राप्त गर्ने बैठकको कार्यसूचिमा राख्न व्यवस्था हुन पत्राचार गरेकोमा म मुख्यमन्त्री अस्वस्थ्यताको कारणले तोकिएको मितिमा स्वयम उपस्थित भइ विश्वासको मत लिन असमर्थ रहेकोले धारा १८८ को उपधारा (२) बमोजिम ३० दिनभित्र विश्वासको मत लिनु पर्नेमा मिति २०८१ जेष्ठ २८ गतेको लागि प्रदेशसभा बैठकको कार्यसूचिमा राखी आजको बैठकको विश्वासको मत सम्बन्धी कार्य सूचि स्थगितगर्नु हुन अनुरोध छ ।’
मुख्यमन्त्री यादवले आज विश्वासको मत नलिएपछि उनी स्वत: पदमुक्त हुने अवस्था आउनसक्ने देखिन्छ ।न्युज कारखाना
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पोखराममा कालोझण्डा देखाइएको छ ।
पोखरामा पार्टी कार्यकर्तालाई सम्बोधन गर्न पोखरा सभागृह आउनेक्रममा सूर्यदर्शन सहकारी पीडितले प्रधानमन्त्री प्रचण्डलाई कालो झन्डा प्रदर्शन गरेका थिए ।
प्रहरीले कालोझण्डा देखाउने केहि सहकारी पिडितलाई पक्राउ गरेको छ ।
आफुलाई कालोझन्डा देखाएपछि उनले सरकार सरकार पीडितहरूको पक्षमा रहेको र ५ लाखसम्मको बचत फिर्ता गर्ने यहि सरकार भएको बताएका थिए । उनले आफुलाई कालोझण्डा देखाएर ब्लण्डर गरेको बताएका थिए ।न्युज कारखाना
काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको पहिलो बैठक आज बस्ने भएको छ ।
समितिको पहिलो बैठक आज सभामुखको उपस्थितिमा संसद भवन बानेश्वरस्थित शंकर हलमा २ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
सहकारी ठगि प्रकरणमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानबिनको माग गर्दै संसद अवरोध गरेपछि यहि जेठ १५ गते एमालेका सांसद सुर्य थापाको संयोजकत्वमा संसदीय छानबिन समिति गठन भएको थियो ।
७ सदस्यीय समितिमा एमालेबाट सरिता भुसाल, कांग्रेसबाट सांसदहरु ईश्वरी देवी न्यौपाने र बद्रीप्रसाद पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।
समितिलाई तीन महिनाको समय दिएर ४ बुँदे कार्यादेश दिइएको छ ।न्युज कारखाना
काठमाडौं । पुर्व मुख्यमन्त्री केदार कार्कीले दायर गरेको कोशी सरकारविरुद्धको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।
रिटको पेशी न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजालसमा तोकिएको छ ।
यसअघि जेठ १६ गते न्यायाधीश मनोजकुमार शर्मा र शारंगा सुवेदीको संयुक्त इजलासले सो रिट हेर्न ‘नभ्याइने’मा राखेको थियो।
निर्वतमान मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री हिक्मत कार्कीलाई पदमुक्त गरी मुख्यमन्त्रीमा आफूलाई निरन्तरता दिन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेका हुन् ।
प्रदेश प्रमुख खापुंगले नयाँ सरकार गठनका लागि आह्वान गरेलगत्तै त्यसका विरुद्ध मुख्यमन्त्री कार्की सर्वोच्च पुगेका हुन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र ५२ सांसदको समर्थनमा हिक्मत कार्कीले मुख्यमन्त्रीमा दावी गरेका थिए । सनाखत पछि प्रदेश प्रमुख खापुङ्गले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
न्युज कारखाना
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज पाँचौँ पटक विश्वासको मत लिदै छन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले सरकार छोडदै समर्थन फिर्ता लिएपछि यादव नेतृत्वको सरकार अल्पमतमा रहेको छ ।
कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले आज दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
विसं २०७९ पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त यादवले पहिलो पटक २०७९ माघ ४ गते विश्वासको मत लिएका थिए भने दोस्रो पटक २०८० जेठ ३० गते विश्वासको मत लिएका थिए भने तेस्रो पटक सोही वर्षको फागुन ६ गते विश्वासको मत लिएका थिए ।
त्यसपछि सत्ता साझेदार नेपाली कांग्रेस समर्थन फिर्तासहित सरकारबाट बाहिरिएपछि पुनः २०८१ वैशाख ४ गते चौथोपटक विश्वासको मत लिएका थिए ।
यसअघि विपक्षमा रहेको नेपाली कांग्रेसले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको छ भने मधेस प्रदेश सरकारबाट एकीकृत समाजवादी पनि अन्तिम समयमा बाहिरिएको छ ।
केन्द्रीय गठबन्धनमा रहेका दलहरूले जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनाउने तयारी गरेका छन् । यस अघि जनमतको नेतृत्वमा मधेशमा सरकार बनाउन एमाले र माओवादी सहमत भइसकेका छन् । केन्द्रको गठबन्धनले विश्वासको मत लिदा नै जनमतलाई मधेशमा मुख्यमन्त्री दिने सहमति भएको थियो ।
१०७ सदस्यीय मधेश प्रदेशमा एमालेका सभामुख सहित २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोसपा र माओवादी केन्द्रका ९-९, एकीकृत समाजवादीका ७ सांसद छन् भने संघीय समाजवादी पार्टी, नाउपा र राप्रपाका एक एक सांसद छन् । न्युज कारखाना
सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेस गर्ने गर्दैछ । बिहीबार दिउँसो ३ बजे प्रदेश सभा बैठकमा सरकारकातर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम पेस गर्ने कार्यतालिका रहेको छ ।
सरकारले नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते बजेट ल्याउने तयारी छ ।
सार्वजनिक कार्यक्रममै मुख्यमन्त्री यामलाल कँडेलले नयाँ योजना थप्ने भन्दा पनि यसअघि सञ्चालनमा रहेका बहुवर्षीय आयोजनालाई निरन्तरता दिने बताउँदै आएका छन् ।न्युज कारखाना
काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा पूर्वाधार विकास गर्दा दिगो विकासका अवधारणालाई आत्मसात् गर्दै वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना दिएका छन् ।
राष्ट्रपतिले शुभकामना सन्देसमा प्राकृतिक स्रोतको अधिक दोहन गरेका कारण हामी वरिपरिको पारिस्थितिकीय प्रणालीमा नै असन्तुलन उत्पन्न भएको उल्लेख गर्दै त्यसलाई पुनःस्थापित गर्न प्रकृतिमुखी जीवनशैली अपनाउँदै वातावरण सुधारका गतिविधि प्रवद्र्धन गर्न म सबैमा हार्दिक आह्वान समेत गरेका छन् ।
उनले भनेका छन्- ‘वातावरण संरक्षण तथा सुधारका लागि नेपालले अवलम्बन गरेको राष्ट्रियस्तरका वन, वातावरण तथा जलवायु परिवर्तन नीतिहरूबाट निर्देशित विभिन्न कार्यक्रमले वन तथा वातावरणको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको छ । मानिसले प्राकृतिक स्रोतको अधिक दोहन गरेका कारण हामी वरिपरिको पारिस्थितिकीय प्रणालीमा नै असन्तुलन उत्पन्न भएको छ, त्यसलाई पुनःस्थापित गर्न प्रकृतिमुखी जीवनशैली अपनाउँदै वातावरण सुधारका गतिविधि प्रवद्र्धन गर्न म सबैमा हार्दिक आह्वान गर्दछु ।’
विज्ञानको नवीनतम विकासको उदाहरणस्वरुप उत्पादन भएको प्लाष्टिक पोलिमरको अव्यवस्थित र अवैज्ञानिक प्रयोगले सिर्जना गरेको प्लाष्टिकजन्य फोहर वर्तमान समयको एक प्रमुख वातावरणीय चुनौती बन्न पुगेको र विकास तथा वातावरण एकापसका प्रतिद्वन्द्वी नभई परिपूरक भएको राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ ।
दिगो विकासको अवधारणाबमोजिम नै सरकारले सञ्चालन गर्ने कुनै पनि विकास निर्माण कार्यबाट वातावरणमा पर्न सक्ने सम्भावित असरलाई सम्बोेधन गर्नुपर्ने व्यवस्था वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ ले गरेको उनले बताए ।
साथै वातावरणको संरक्षण तथा सम्वद्र्धनको गहन अभिभारामा संलग्न वन तथा वातावरण मन्त्रालय, अन्य पूर्वाधार विकास गर्ने मन्त्रालयहरू, प्रदेश तथा स्थानीय निकायहरू, सुरक्षा निकाय, विकास साझेदार एवं सबैलाई राष्ट्रपति पौडेललले धन्यवाद दिए ।
राष्ट्रपति पौडेलले आजको दिन सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सुधार गर्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनका लागि प्रण गर्ने दिनको रूपमा लिएको सन्देशमा उल्लेख गरेका छन् ।न्जुज कारखाना
रौतहट, २२ जेठ । आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले चुरे क्षेत्रको अबैध दोहनले गर्दा तराई मधेशमा खानेपानीको हाहाकार मचेकोे छ । अनाधिकृत रुपमा चुरे क्षेत्रमा दोहन गराएर प्रकृति सम्पदा संग खेलवाड गराईरहेका सरकारमा सहभागी भएका दलका नेताहरुले क्षणिक स्वार्थमा लिप्त भएका कारण तराई मधेशका जिल्लाहरुमा खानेपानीको चरम संकट उत्पन्न भएको बताए । मंगलबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै उनले चुरे क्षेत्रको वन फडानी भएको, जंगली जनावर समेत नरहने अवस्था आएको र पर्यावरणमा समस्या उत्पन्न भएको बताए । स्थानीय जनप्रतिनिधि, सांसदहरु नै चुरे दोहनमा संलग्न रहेको र यस्तो प्रवृतिको संरक्षण प्रमुख राजनीतिक दलका प्रमुख नेताहरूबाट भइराखेको उनले आरोप लगाए । कुनै न कुनै ढंगले प्रमुख पार्टीका प्रमुख नेताहरू यसमा संलग्न छन् । किनभने टिकट दिने, उम्मेदवार बनाउने काम नेताहरूले छानीछानी गरेका छन् । म सोध्न चाहन्छु– त्यसबाट तपाईंहरूलाई कति हिस्सा आउँछ ?’ साहले प्रश्न गरे । चुरे क्षेत्रमा भईरहेको अबैध दोहनबाट उत्पन्न भएका असहज परिस्थितिलाई नियन्त्रण गर्ने हेतु संसदीय छानविन समिति गठन गर्नुपर्ने नितान्त आवश्यक रहेको अध्यक्ष साहले माग गरे । तराइ टप
काठमाडौँ । मधेस प्रदेश सरकारबाट नेकपा (एकीकृत समाजवादी) बाहिरिएको छ ।
मधेस सरकारमा एकीकृत समाजवादीका दुई मन्त्रीले मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवलाई एकीकृत समाजवादीका मन्त्रीहरूले राजीनामा पत्र बुझाएका हुन्।
राजीनामा दिनेमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेली रहेका छन् ।
मधेसमा जसपा नेपालको सरकार ढालेर जनमतको नेतृत्वमा नयाँ सरकार बनाउन एमाले र माओवादी केन्द्रले यस अघि नै सहमति गरिसकेका छन् ।
मधेसमा एमाले सहितको नयाँ गठबन्धनको सरकार बनाउन एकीकृत समाजवादी वा लोसपामध्ये एक दलको समर्थन अनिवार्य चाहिन्छ ।
१०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ जना सांसदको समर्थन आवश्यक छ । जसमा एमालेका सभामुखसहित २५, माओवादीको ९, जनमत पार्टीको १३ र एकीकृत समाजवादीका ७ जना सांसद रहेका छन् । न्युज कारखाना
काठमाडौं । गत वैशाख १५ गते भएको प्रतिनिधि सभाको उपनिर्वाचनमा इलाम २ बाट निर्वाचित सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संसद्मो पहिलो सम्बोधन गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा पहिलो पटक सुहाङले सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा केही भावुक देखिएका सुहाङले अझैपनि आफूलाई स्वर्गीय बावु सुवासचन्द्र नेम्वाङलाई सदनको कुनै कुनामा देखिरहेको बताए । नेम्वाङको निधनपछि एमालेले उनकै छोरा सुहाङलाई उम्मेदावर बनाएर उनले जित हासिल गरेका थिए ।
पहिलो सम्बोधनमा सुहाङले के के भने ?
आज म पहिलो पटक यस सम्मानीत सदनको रोष्ट्रममा उभिएर बोलिरहेको छु । आज म आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिन उपस्थित भएको हुँ । तर, मलाई आज अलिकति बजेटभन्दा बाहिरको विषयमा पनि बोल्ने छुट छ भन्ने लाग्छ । सबैभन्दा पहिला आदरणीय सहीदहरु रत्नकुमार वान्तवा, वम वान्तवा लगायतका ज्ञात अज्ञात सहीदहरुमा भावपूर्ण श्रदाञ्जली अर्पण गर्न चाहान्छु । आज म इलामेलीवासीहरुको कारणले उभिन पाएको छु ।मलाई विजयी गराएर पठाउनुहुने इलाम, देउमाई, माई, चुलाचुली, फाक्फेथुङ, माङ्सेवुङका अति आदरणीय मतदाताप्रति आभार प्रकट गर्दछु । सम्माननीय सभामुख महोदय भदौं २६ को अप्रिय घटनापछि वैशाख १५ गतेको उपनिर्वाचन पश्चात म यहाँ उपनिर्वाचनमार्फत पहिलो पटक संसद्मा उभिएको छु ।
मलाई लागिरहेको छ । आज पनि बुवा यहिँ कतै उभिरहनु भएको छ । उहाँप्रति पनि भावपूर्ण श्रदाञ्जली अर्पण गर्दछु । हामी सबैलाई थाहाछ । बुवा सुवासचन्द्र नेम्वाङ लोकतन्त्रका अटल हिमायती हुनुहुन्थ्यो । विचारको विविधता, वहुदलीय प्रतिस्पर्धा र स्वस्थ वहसलाई सम्मान गर्नुहुन्थ्यो । मुलुक एकजुट भएमा समृद्ध राष्ट्र निर्माण गर्न सकिन्छ भन्नेमा उहँ दृढ हुनुहुन्थ्यो ।
सबै भाषाभाषी, धर्म, संस्कृति र जातजातीप्रति समान आस्था र सहअस्तित्व र आपसी एकता तथा मेलमिलापले मात्र राष्ट्रिय एकता बलियो हुन्छ भन्नेमा मान्यता राख्नुहुन्थ्यो । म उहाँले देखाउनु भएको यहि मागदर्शनलाई शीरमा राखेर काम गर्ने संकल्प व्यक्त गर्दछु । मेरो हात समाएर अब युवा तयार हुनुपर्छ भनेर इलामेली जनताको न्यानो काखमा पठाउनुहुने हाम्रो पार्टीका श्रद्धय अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाचद दिन चाहान्छु । कृतज्ञता व्यक्त गर्दछु । त्यसैगरि मलाई चुनावमा सहयोग गर्नुहुने सत्ता गठबन्धनका दलहरु नेकपा माओवादी केन्द्र, नेकपा र नेपाल परिवार दलका आदरणीय नेताहरुप्रति पनि धन्यवाद व्यक्त गर्दछु ।
सम्माननीय सभामुख महोदय बजेटबारे बजेटको सन्दर्भमा हाम्रो अग्रजहरुले राख्नु भएको राय र सुझावलाई समर्थन गर्दछु । मलाई लाग्दछ । बजेटको बलियो पक्ष । कमजोर पक्ष दुवै हुन्छ । उज्यालो सँगसँगै छायाँ पनि हुन्छ । उज्यालो पाटोलाई बोकेर छुटेकालाई समेट्नेतर्फ हाम्रो वहसलाई केन्द्रीत गर्नुपर्छ । बजेट भनेको देशको एक आर्थिक वर्षको आय र व्ययको समग्रता हो । एक वर्षको योजना र कार्यक्रम हो । सरकारको घोषणापत्र पनि हो । तसर्थ बजेट एउटा यर्थाथमा आधारित पनि हुनुपर्छ । अर्थमन्त्रीज्यूले यर्थाथलाई ध्यानमा राखेर बजेट बनाउने प्रयास गर्नुभएको छ । उहाँलाई धन्यवाद दिन चाहान्छु । समयको कारण बजेटको समग्रताबारे बोल्ने छुट मलाई छैन् । त्यसैले संक्षिप्तमा आफ्नो भनाईं राख्दैछु ।
म नयाँ सांसद हुँ । जनताहरुको हामीप्रतिको आशा भरोसा र विश्वास मसँग आलो छ । जनताहरुको आशा, अपेक्षा र माग तथा आक्रोश भर्खरै सुनेर आएको छु । दोस्रो कुरा म युवा पनि हुँ । युवाहरुको परिवर्तन र हुटहुटीको समस्यालाई नजिकबाट छामेको छु । जनताहरुको ती आशा, अपेक्षा र मागको सम्बोधनका लागि बजेट प्रर्याप्त छ कि छैन् भन्नेकुरा ठूलो प्रश्न छ ।यस वर्षको मात्र होईन् । हरेक वर्षको बजेट सुन्दा मलाई लाग्छ । आम जनताहरुलाई लाग्ने गरेको छ । अब देश बन्छ, बन्छ । तर फेरि एक वर्षपछि परिणाम हेर्दैगर्दा उहिँ घुमीफिरी रुम्जाटारजस्तै हुन्छ । त्यहि कारणले गर्दाखेरी यति अग्रज र अनुभवी माननीयज्यू हरुको अगाडि उभिएर बोलिरहँदाखेरि म सम्माननीय सभामुख महोदयमार्फत सोध्न चाहान्छु ।
हाम्रो यात्राको तयारीमा समस्या कहाँ छ ? । किन हामी विकासको हिसावले जहाँको त्यहिँ छौं ? । कार्यान्वयनको समस्या कहाँ कहाँ छ ? । हाम्रो विकास र समृद्धिको बाधक को हो ? समृद्धिका बाटोमा किन पटक पटक काडा भेटिन्छन् ? । समृद्धिका यात्रामा अघि बढेका पाईलामा किन घरिघरी घाउचोटमात्रै लाग्छ । बाटोको अवरोध पन्छाउनतर्फ हाम्रो ध्यान जानुपर्ने हो कि ? । समस्या भ्रष्टाचार हो कि संरचनागत त्रुटी ? अथवा राजनीतिक अस्थिरता हो ? । हामीले आफैले आफैलाई प्रश्न गर्ने बेला आएको छ । सम्माननीय सभामुख महोदय हामीसँग के छैन ? प्राकृतिक हिसावले सम्पन्न छौं । जनता परिवर्तनको तीव्र आकांक्षामा मात्र होईन् । गहिरो प्रतिवद्धतामा छन् । देशले यसवा काल बाचिरहेको छ । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प पनि छ । संविधान छ । अन्तराष्ट्रिय प्रतिवद्धता छ । आवधिक योजना र रणनीति पनि छ । कार्यान्वयनका लागि संरचना पनि छ । तर, हाम्रो यात्रा किन अघि बढिरहेको छैन ? । तल जनताले योजना मागिरहनुहुन्छ । शामी एउटा प्रण गछौं । बजेट पनि आउछ । तर, गुणस्तरिय काम भईरहेको हुँदैन । समस्या सुशासनको हो कि ? । यसतर्फ विमर्सका लागि अपील गर्दै फेरिपनि बजेटलाई समर्थन । शुभकामना दिँदै म मेरो मन्तव्य टुंग्याउन चाहान्छु ।न्युज कारखाना
काठमाडौं । गत वैशाख १५ गते भएको प्रतिनिधि सभाको उपनिर्वाचनमा इलाम २ बाट निर्वाचित सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संसद्मो पहिलो सम्बोधन गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा पहिलो पटक सुहाङले सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा केही भावुक देखिएका सुहाङले अझैपनि आफूलाई स्वर्गीय बावु सुवासचन्द्र नेम्वाङलाई सदनको कुनै कुनामा देखिरहेको बताए । नेम्वाङको निधनपछि एमालेले उनकै छोरा सुहाङलाई उम्मेदावर बनाएर उनले जित हासिल गरेका थिए ।
पहिलो सम्बोधनमा सुहाङले के के भने ?
आज म पहिलो पटक यस सम्मानीत सदनको रोष्ट्रममा उभिएर बोलिरहेको छु । आज म आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिन उपस्थित भएको हुँ । तर, मलाई आज अलिकति बजेटभन्दा बाहिरको विषयमा पनि बोल्ने छुट छ भन्ने लाग्छ । सबैभन्दा पहिला आदरणीय सहीदहरु रत्नकुमार वान्तवा, वम वान्तवा लगायतका ज्ञात अज्ञात सहीदहरुमा भावपूर्ण श्रदाञ्जली अर्पण गर्न चाहान्छु । आज म इलामेलीवासीहरुको कारणले उभिन पाएको छु ।मलाई विजयी गराएर पठाउनुहुने इलाम, देउमाई, माई, चुलाचुली, फाक्फेथुङ, माङ्सेवुङका अति आदरणीय मतदाताप्रति आभार प्रकट गर्दछु । सम्माननीय सभामुख महोदय भदौं २६ को अप्रिय घटनापछि वैशाख १५ गतेको उपनिर्वाचन पश्चात म यहाँ उपनिर्वाचनमार्फत पहिलो पटक संसद्मा उभिएको छु ।
मलाई लागिरहेको छ । आज पनि बुवा यहिँ कतै उभिरहनु भएको छ । उहाँप्रति पनि भावपूर्ण श्रदाञ्जली अर्पण गर्दछु । हामी सबैलाई थाहाछ । बुवा सुवासचन्द्र नेम्वाङ लोकतन्त्रका अटल हिमायती हुनुहुन्थ्यो । विचारको विविधता, वहुदलीय प्रतिस्पर्धा र स्वस्थ वहसलाई सम्मान गर्नुहुन्थ्यो । मुलुक एकजुट भएमा समृद्ध राष्ट्र निर्माण गर्न सकिन्छ भन्नेमा उहँ दृढ हुनुहुन्थ्यो ।
सबै भाषाभाषी, धर्म, संस्कृति र जातजातीप्रति समान आस्था र सहअस्तित्व र आपसी एकता तथा मेलमिलापले मात्र राष्ट्रिय एकता बलियो हुन्छ भन्नेमा मान्यता राख्नुहुन्थ्यो । म उहाँले देखाउनु भएको यहि मागदर्शनलाई शीरमा राखेर काम गर्ने संकल्प व्यक्त गर्दछु । मेरो हात समाएर अब युवा तयार हुनुपर्छ भनेर इलामेली जनताको न्यानो काखमा पठाउनुहुने हाम्रो पार्टीका श्रद्धय अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाचद दिन चाहान्छु । कृतज्ञता व्यक्त गर्दछु । त्यसैगरि मलाई चुनावमा सहयोग गर्नुहुने सत्ता गठबन्धनका दलहरु नेकपा माओवादी केन्द्र, नेकपा र नेपाल परिवार दलका आदरणीय नेताहरुप्रति पनि धन्यवाद व्यक्त गर्दछु ।
सम्माननीय सभामुख महोदय बजेटबारे बजेटको सन्दर्भमा हाम्रो अग्रजहरुले राख्नु भएको राय र सुझावलाई समर्थन गर्दछु । मलाई लाग्दछ । बजेटको बलियो पक्ष । कमजोर पक्ष दुवै हुन्छ । उज्यालो सँगसँगै छायाँ पनि हुन्छ । उज्यालो पाटोलाई बोकेर छुटेकालाई समेट्नेतर्फ हाम्रो वहसलाई केन्द्रीत गर्नुपर्छ । बजेट भनेको देशको एक आर्थिक वर्षको आय र व्ययको समग्रता हो । एक वर्षको योजना र कार्यक्रम हो । सरकारको घोषणापत्र पनि हो । तसर्थ बजेट एउटा यर्थाथमा आधारित पनि हुनुपर्छ । अर्थमन्त्रीज्यूले यर्थाथलाई ध्यानमा राखेर बजेट बनाउने प्रयास गर्नुभएको छ । उहाँलाई धन्यवाद दिन चाहान्छु । समयको कारण बजेटको समग्रताबारे बोल्ने छुट मलाई छैन् । त्यसैले संक्षिप्तमा आफ्नो भनाईं राख्दैछु ।
म नयाँ सांसद हुँ । जनताहरुको हामीप्रतिको आशा भरोसा र विश्वास मसँग आलो छ । जनताहरुको आशा, अपेक्षा र माग तथा आक्रोश भर्खरै सुनेर आएको छु । दोस्रो कुरा म युवा पनि हुँ । युवाहरुको परिवर्तन र हुटहुटीको समस्यालाई नजिकबाट छामेको छु । जनताहरुको ती आशा, अपेक्षा र मागको सम्बोधनका लागि बजेट प्रर्याप्त छ कि छैन् भन्नेकुरा ठूलो प्रश्न छ ।यस वर्षको मात्र होईन् । हरेक वर्षको बजेट सुन्दा मलाई लाग्छ । आम जनताहरुलाई लाग्ने गरेको छ । अब देश बन्छ, बन्छ । तर फेरि एक वर्षपछि परिणाम हेर्दैगर्दा उहिँ घुमीफिरी रुम्जाटारजस्तै हुन्छ । त्यहि कारणले गर्दाखेरी यति अग्रज र अनुभवी माननीयज्यू हरुको अगाडि उभिएर बोलिरहँदाखेरि म सम्माननीय सभामुख महोदयमार्फत सोध्न चाहान्छु ।
हाम्रो यात्राको तयारीमा समस्या कहाँ छ ? । किन हामी विकासको हिसावले जहाँको त्यहिँ छौं ? । कार्यान्वयनको समस्या कहाँ कहाँ छ ? । हाम्रो विकास र समृद्धिको बाधक को हो ? समृद्धिका बाटोमा किन पटक पटक काडा भेटिन्छन् ? । समृद्धिका यात्रामा अघि बढेका पाईलामा किन घरिघरी घाउचोटमात्रै लाग्छ । बाटोको अवरोध पन्छाउनतर्फ हाम्रो ध्यान जानुपर्ने हो कि ? । समस्या भ्रष्टाचार हो कि संरचनागत त्रुटी ? अथवा राजनीतिक अस्थिरता हो ? । हामीले आफैले आफैलाई प्रश्न गर्ने बेला आएको छ । सम्माननीय सभामुख महोदय हामीसँग के छैन ? प्राकृतिक हिसावले सम्पन्न छौं । जनता परिवर्तनको तीव्र आकांक्षामा मात्र होईन् । गहिरो प्रतिवद्धतामा छन् । देशले यसवा काल बाचिरहेको छ । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प पनि छ । संविधान छ । अन्तराष्ट्रिय प्रतिवद्धता छ । आवधिक योजना र रणनीति पनि छ । कार्यान्वयनका लागि संरचना पनि छ । तर, हाम्रो यात्रा किन अघि बढिरहेको छैन ? । तल जनताले योजना मागिरहनुहुन्छ । शामी एउटा प्रण गछौं । बजेट पनि आउछ । तर, गुणस्तरिय काम भईरहेको हुँदैन । समस्या सुशासनको हो कि ? । यसतर्फ विमर्सका लागि अपील गर्दै फेरिपनि बजेटलाई समर्थन । शुभकामना दिँदै म मेरो मन्तव्य टुंग्याउन चाहान्छु ।न्युज कारखाना
काठमाडौं । अर्थमन्त्री बर्षमान पुनसँग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष जोनाथन ब्रुक्सले भेटवार्ता गरेका छन् ।
नेपाल भ्रमणमा रहेका उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनलाई मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेको हो ।
भेटमा मन्त्री पुनले एमसीसी परियोजनाको काम पूर्वनिर्धारित मितिमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले आयोजना समयमै सम्पन्न गर्न मन्त्रालयका तर्फबाट गर्नुपर्ने काममा आवश्यक सहयोग र समन्वय हुने उल्लेख गरे ।
‘एमसीसी कम्प्याक्टका आयोजना समयमै सक्नेमा सरकारको प्रतिबद्धता छ र त्यो रहिरहन्छ’,उनले भने । एमसीसी परियोजनाअन्तर्गतका आयोजनाको काम खण्डखण्डमा भइरहेकाले पनि आफू समयमै सकिनेमा विश्वस्त रहेको उनको भनाइ थियो ।
झण्डै ६० अर्ब रुपैयाँ बराबरको एमसीसी सम्झौताअन्तर्गत पाँच वर्षभित्र ३ सय १५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन र ७७ किलोमिटर सडक निर्माण हुनेछ । सम्झौताअनुसार ६० अर्बमध्ये ४५ अर्ब एमसीसीले अनुदानमा उपलब्ध गराउँछ भने १५ अर्ब रुपैयाँ नेपाल सरकार आफ्नो तर्फबाट लगानी गर्नेछ ।
एमसीसीबाट नेपालले प्राप्त गर्ने ४५ अर्ब अनुदानमध्ये अधिकांश रकम नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणमा खर्च गरिनेछ । आयोजनाले बुटवलबाट भारतको गोरखपुरसम्म सीमापार प्रसारण लाइन निर्माण गर्नेछ । ३ सय १५ किलोमिटर लामो डबल सर्किट ४ सय केभी प्रसारण लाइन निर्माण हुनेछ ।
नेपाल र अमेरिकी सरकारको एमसीसीबीच सन् २०१७ मा आयोजनासम्बन्धी हस्ताक्षर भए पनि दुई वर्षअघि नेपालको संसदले सम्झौता अनुमोदन गरेसँगै आयोजना कार्यान्वयनमा आएको हो ।न्युज कारखाना
काठमाडौं । अर्थमन्त्री बर्षमान पुनसँग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष जोनाथन ब्रुक्सले भेटवार्ता गरेका छन् ।
नेपाल भ्रमणमा रहेका उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनलाई मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेको हो ।
भेटमा मन्त्री पुनले एमसीसी परियोजनाको काम पूर्वनिर्धारित मितिमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले आयोजना समयमै सम्पन्न गर्न मन्त्रालयका तर्फबाट गर्नुपर्ने काममा आवश्यक सहयोग र समन्वय हुने उल्लेख गरे ।
‘एमसीसी कम्प्याक्टका आयोजना समयमै सक्नेमा सरकारको प्रतिबद्धता छ र त्यो रहिरहन्छ’,उनले भने । एमसीसी परियोजनाअन्तर्गतका आयोजनाको काम खण्डखण्डमा भइरहेकाले पनि आफू समयमै सकिनेमा विश्वस्त रहेको उनको भनाइ थियो ।
झण्डै ६० अर्ब रुपैयाँ बराबरको एमसीसी सम्झौताअन्तर्गत पाँच वर्षभित्र ३ सय १५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन र ७७ किलोमिटर सडक निर्माण हुनेछ । सम्झौताअनुसार ६० अर्बमध्ये ४५ अर्ब एमसीसीले अनुदानमा उपलब्ध गराउँछ भने १५ अर्ब रुपैयाँ नेपाल सरकार आफ्नो तर्फबाट लगानी गर्नेछ ।
एमसीसीबाट नेपालले प्राप्त गर्ने ४५ अर्ब अनुदानमध्ये अधिकांश रकम नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणमा खर्च गरिनेछ । आयोजनाले बुटवलबाट भारतको गोरखपुरसम्म सीमापार प्रसारण लाइन निर्माण गर्नेछ । ३ सय १५ किलोमिटर लामो डबल सर्किट ४ सय केभी प्रसारण लाइन निर्माण हुनेछ ।
नेपाल र अमेरिकी सरकारको एमसीसीबीच सन् २०१७ मा आयोजनासम्बन्धी हस्ताक्षर भए पनि दुई वर्षअघि नेपालको संसदले सम्झौता अनुमोदन गरेसँगै आयोजना कार्यान्वयनमा आएको हो ।न्युज कारखाना
सङ्खुवासभा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि बढीरहेको बताउँदै विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताएका छन् ।
अरूण–३ जलविद्युत परियोजनाको ब्रेक–थ्रु कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ऊर्जा क्षेत्रको प्रवर्द्धनका लागि सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने पर्याप्त प्रावधान ल्याएको बताए ।
“विद्युत प्रसारण लाइन निर्माण र वितरण कार्यमा निजी क्षेत्र समेत सहभागी हुनेगरी कानुनी प्रबन्ध गर्ने, जलाशययुक्त जलविद्युत आयोजनामा बाँध र विद्युत गृह छुट्टाछुट्टै प्रवर्द्धकबाट निर्माण गर्नेगरी निजी क्षेत्रलाई लगानी गर्न आकर्षित गर्ने प्रावधान बजेटमा राखिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “आगामी आवमा ९ सय मेगावाट विद्युत थप गरी राष्ट्रिय प्रणालीको विद्युत क्षमता ४ हजार ५ सय मेगावाट पुर्याउने, आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत निर्यात गर्ने व्यवस्था मिलाउने छ ।”
सुक्खायामको माग पूर्ति गर्न बुढीगण्डकी, दूधकोशी र नलसिङ्गाड जलाशययुक्त जलविद्युत आयोजना तथा नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजनाको निर्माण कार्य सुरू गर्ने तयारी गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीमा गएका व्यक्तिको लगानीमा घुन्सा र सिम्बुवा जलविद्युत आयोजना निर्माण कार्य अगाडि बढाइने जानकारी दिए ।
प्रधानमन्त्रीले शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न जीवाश्म ऊर्जालाई स्वच्छ एवं नवीकरणीय ऊर्जाले क्रमशः विस्थापन गर्ने र त्यसका लागि हरित हाइड्रोजन प्रवर्द्धन गर्न अनुसन्धान र विकासका लागि आवश्यक बजेटको व्यवस्था गरिएको बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, “जलविद्युत आयोजना, प्रसारण लाइनको विस्तारलगायत ऊर्जा क्षेत्रको विकासका निम्ति बजेटमा व्यवस्था गरिएका कार्यक्रमहरूलाई दृढतापूर्वक अगाडि बढाउन सरकार प्रतिबद्ध छ ।”
अरूण–३ जलविद्युत् परियोजनाको प्रसारण लाइन निर्माण र जग्गा प्राप्तिका लागि स्थानीय सरोकारवाला पक्षबीच सहमति हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले यस विषयलाई गम्भीरतापूर्वक लिई आवश्यक सहजीकरणका निम्ति स्थानीय तहमा क्रियाशील राजनीतिक दलहरू, नागरिक समाज र स्थानीय जनसमुदायमा विशेष आग्रह गरे ।
“सरकार स्थानीय जनसमुदायको चासो र सरोकारका विषयहरू सम्बोधन गर्न गम्भीर र संवेदनशील छ,” प्रधानमन्त्री प्रचण्डले भने, “ठूला परियोजनाहरू समयमै सम्पन्न हुँदा त्यसले राष्ट्रिय अर्थतन्त्रमा मात्रै योगदान पुग्दैन, स्थानीय साधनस्रोतको उपयोग, रोजगारी सिर्जना, स्थानीय विकासका क्षेत्रमा नयाँ–नयाँ अवसरहरूको सिर्जना र विकासको ढोकासमेत खुल्दछ । तसर्थ, विकासका काममा सहकार्य र सहजीकरणको बाटोबाट समाधान खोज्नु नै हामी सबैको साझा हित हुन्छ ।” उहाँले परियोजनालाई आवश्यक पर्ने जग्गा प्राप्तिका लागि मुआब्जारक्षतिपूर्ति निर्धारण र वितरण कार्य समयमै सम्पन्न गर्न सम्बन्धित सबैलाई निर्देशन दिए ।
विकास र समृद्धि देशको साझा लक्ष्य भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिको यात्रामा लामवद्ध हुन सबैलाई अपिल गरे ।
सन् २०२६ मा विकासशील मुलुकमा फड्को मार्ने र सन् २०३० सम्म दीगो विकास लक्ष्य हासिल गर्ने प्राथमिकतासहित अगाडि बढिरहेको वर्तमान सरकारले पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिँदै आएको बताउँदै प्रधानमन्त्रीले भौतिक विकासलाई व्यवस्थित गर्दै जाँदा मानवीय विकासका क्षेत्रमा समेत छिटो प्रगति गर्न सकिने विश्वास व्यक्त गरे । न्युज कारखाना
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई संयमता गुमाएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै एमाले नेता भट्टराईले बालेनलाई संयमता गुमाएर धेरै उत्ताउलो नहुन चेतावनी दिदै नेताहरु जेल बसेको विषयलाई मजाकको विषय बनाएको आरोप लगाएका छन् ।
उनले नेताहरुलाई गाली गलौच गरेर आफ्नो सीमा ननाघ्न आग्रह गर्दै यो समाजलाई कता लादै हुनुहुन्छ भन्दै प्रश्न गरेका छन् ।
नेता भट्टराईले एमाले सबै प्रकरणमा छानबिन गर्न तयार रहेको बताउदै आफुहरु आफ्ना नेतालाई छुट दिनुपर्छ भन्ने पक्षमा नरहेको बताएका थिए ।न्युज कारखाना
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटको आज सुनुवाई हुँदैछ ।
उपेन्द्रले दायर गरेको रिट सर्वोच्चका न्यायाधीशद्धय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासा पेशी तोकिएको छ । रिट सुनुवाईका लागि पेशी तोकिएपनि सुनुवाईको सम्भावन भने ज्यादै न्यून छ । ३१औं नम्बरमा पेशी परेको हुँदा सुनुवाईको सम्भावना ज्यादै न्यून बनेको हो ।
यसअघि सो रिटमा गत वैशाख २७ गते सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले दल विभाजनपछि हालसम्म भएका काम कारबाहीहरु जहाँ जे जस्तो अवस्थामा छन् सोही अवस्थामा राखी गत ८ गते गते छलफका लागि उपस्थिति हुन दुवै पक्षलाई बोलाएको थियो ।
निर्वाचन आयोगले राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएकोप्रति असन्तुष्टि जनाउँदै यादव सर्वोच्च अदालत गएका हुन् ।
जसपा नेपालमा भएको विभाजनपछि उपेन्द्र यादवको पार्टीमा १२ मध्ये ५ मात्रै सांसद छन् । अशोक राईसँग ७ जना सांसद छन् । अहिले सरकार छाडेलगतै उनी अर्को पक्षको वैधता खारेजीका माग गर्दै अदालत गएका हुन् ।
उनले निर्वाचन आयोगलाई विपक्षी बनाएर सोमबार अदालतमा रिट दर्ता गराएका छन् । रिटमा यादवले आयोगको निर्णयलाई खारेज गर्न माग गरेका छन् ।न्युज कारखाना
काठमाडौं, २२ जेठ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले फोहोरमैला व्यवस्थापनमा गम्भीर समस्या रहेको बताएका छन् ।
विश्व वातावरण दिवसको अवसरमा आयोजित दुई दिवसीय सम्मेलनमा बोल्दै मन्त्री जोशीले यस्तो बताएका हुन् ।।
दुई दिन सम्म चल्ने सम्मेलनबाट फोहोरमैला व्यवस्थापनको लागि कस्तो नीति नियम बनाउँदा उचित हुने सरकारलाई सल्लाह र निचोड प्राप्त हुने विश्वास व्यक्त गरे । उनले भने, ` फोहाेरको मुलथलो घर हो, हामीले घरबाट नै उचित व्यवस्थापन गर्न सके व्यवस्थापनमा समस्या हुँदैन ।´
त्यस्तै, आयोजक संस्थाको तर्फबाट बोल्दै क्रिएसन नेपालका संस्थापक अध्यक्ष आनन्द मिश्रले फोहोरमैला व्यवस्थापनको बिषय हामी सबैको सरोकारको बिषय भएको बताउँदै खाली छलफलले मात्रै नहुने ठोस कार्यान्वयन तर्फ अगाडि बढनु पर्ने बताए। वातावरण संरक्षण र फोहोरमैला व्यवस्थापनका लागि साझा दृष्टिकोण जरुरी रहेको बताएका हुन् । सबैको सामुहिक प्रयास भए मात्र फोहोरमैला व्यवस्थापन विरुद्ध काम गर्न सजिलो हुने जिकिर गरेका छन् ।।
सो अवसरमा क्रिएसन नेपालद्धारा दुई महत्वपूर्ण छलफल हुनेछ ।
होरमैला व्यवस्थापनामा गम्भीर समस्या छ ः मन्त्री जोशी
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले फोहोरमैला व्यवस्थापनमा गम्भीर समस्या रहेको बताउनु भएको छ । विश्व वातावरण दिवसको अवसरमा आयोजित राष्ट्रिय सम्मेलन र प्रदर्शनी २०२४, दुई दिवसीय सम्मेलनमा बोल्दै मन्त्री जोशीले यस्तो बताउनु भएको हो ।
उहाँले दुई दिन सम्म चल्ने सम्मेलनबाट फोहोरमैला व्यवस्थापनको लागि कस्तो नीति नियम बनाउँदा उचित हुने सरकारलाई सल्लाह र निचोड प्राप्त हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो, फोहारको मुलथलो घर हो, हामीले घरबाट नै उचित व्यवस्थापन गर्न सके व्यवस्थापनमा समस्या हुँदैन ।
त्यस्तै आयोजक संस्थाको तर्फबाट बोल्दै क्रिएसन नेपालका संस्थापक अध्यक्ष आनन्द मिश्राले फोहोर ब्यवस्थापन गम्भीर चुनौती रहेको जनाए ।
सो अवसरमा क्रिएसन नेपालद्धारा दुई महत्वपूर्ण छलफल सत्रको आयोजना गरिएको थियो । फोहोमैला व्यवस्थपनमा द्धिपक्षीय र बुहपक्षीय एजेन्सीहरुबाट लगानी बिषयमा आयोजित पहिलो सत्रमा विश्व बैैंक लगायतका प्रतिनिधिले फोहोरमैला व्यवस्थापन क्षेत्रमा लगानीको बारेमा प्रकास पारेका थिए ।
छलफलमा सहभागि भएका विज्ञहरुले फोहोरमैला क्षेत्रमा काम गर्न धेरै बाँकी रहेको औंल्याउँदै नीतिगत रुपमा आवश्यक सुधारको खाँचो रहेको सामुहिक विचार व्यक्त गरेका थिए ।
पहिलो सत्रमा विश्व बैंक, इसिमोड र एफएचआई ३६० का प्रतिनिधिहरुले छलफल सत्रमा भाग लिएका थिए ।
त्यस्तै दोश्रो सत्रमा सन्चार जगतले फोहोरमैला व्यवस्थापनको बिषयलाई कसरी उठान गरी रहेका छन बिषयमा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुईटेल र चर्चित अनलाइन लोकान्तरका प्रधान सम्पादक विमल गौतमले नेपालका मुलधारको मिडियाले अपेक्षाकृत रुपमा फोहोरमैला तथा वातावरणको बिषयमा कम सामाचार सामग्री प्रकासन भएको स्वीकार गरे ।
स्वमान, सिन र क्रिएसन नेपालको संयुक्त आयोजना भएको कार्यक्रमको समुदघाटन सत्रका अध्यक्षता गर्नु भएका पूर्वमन्त्री गणेश साहले सहभागिहरुलाई धन्यवाद ज्ञापन गरे ।
सो अवसरमा विभिन्न उत्पादनहरुको स्थलमा प्रर्दशनी समेत गरिएको थियो । राष्ट्रिय सम्मेलन र प्रदर्शनी २०२४ आजसम्म चल्ने आयोजकले जनाएको छ । न्युज कारखाना
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टी-स्टेट जग्गा प्रकरणलाई विषयान्तर गरेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै बालेनले गिरीबन्धु प्रकरणमा नीतिगत भ्रष्टचार गरेको आरोप लगाउदै पिडितको बिना फिर्ता गर्न चेतावनी दिएका छन् ।
उनले कोहि नयाँ आएर फाइल पल्टाउला र जेल जानु पर्ला भन्दै १० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउन चेतावनी दिएका छन् ।
उनले भनेका छन्:
१० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू ।
झापा गिरिबन्धुमा बैना लिनेहरूलाई “दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं ” भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।
यहि १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ ।
अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ ।
अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।न्युज कारखाना
काठमाडौँ । आज संघीय संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै छ ।
आज ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठकमा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । आइतबारदेखि शुरु भएको बजेटमाथिको छलफल आज पनि जारी रहने छ । आइतबारको छलफलमा २८ सांसदले भाग लिएका थिए ।
त्यस्तै आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकारको बार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
त्यस्तै राष्ट्रिय सभाको बैठक १२: १५ बजे बोलाइएको छ । यस बैठकमा पनि बजेटमाथि छलफल हुने छ ।न्युज कारखाना
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ ।
कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सोमबार अपराह्न ४ बजे कोशी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालले जानकारी दिएका छन् । प्रदेश प्रमुख खापुङले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठकलाई सम्बोधन गर्नेछन् । न्युज करखाना
काठमाडौं । पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले बजेट समयसापेक्ष नभएकाले कार्यान्वयनमा आशंका रहेको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिदै डा.महतले ऋणको भार बढिरहेका बेला ९९ अर्ब आन्तरिक ऋण लिने निर्णय लिएको भन्दै आलोचना गरेका हुन् ।
उनले भने- ‘१८ खर्ब ६० अर्ब बजेट पुर्याउन अर्थमन्त्री वर्षमान पुनजीले ९९ अर्ब आन्तरिक ऋण लिने निर्णय लिनु भयो । यो रकम सानो रकम होइन । उत्पादनाशील क्षेत्रमा खर्च नगर्ने गलत स्थानमा लगानी गर्दा राजश्व वृद्धि हुँदैन ।’
बजेटमाथि टिप्पणी गर्दै उनले उत्पादन र रोजगारी बढे मात्रै राजश्व वृद्धि हुने भन्दै ऋण तिर्न नसक्ने अवस्था सृजना हुनेमा आशंका व्यक्त गरे।
उनले भौतिक मन्त्रालयलाई १ खर्ब ३४ अर्बबाट १ खर्ब ५० अर्ब पुर्याएको बताउदै सहरी विकास योजनामा केवल ६६ अर्ब ९२ करोड बनाएको उल्लेख गर्दै मन्त्रालयगत रुपमा बजेटको विभाजन असमान रहेको बताए ।
साथै उनले अर्थमन्त्रीले आलू, प्याज र स्याउसहितका फलफुलमाथि भन्सारमा लगाएको भ्याट हटाएर कसरी स्वदेशी उत्पादनको संरक्षण हुन्छ भन्ने प्रश्न गरेका थिए । उनले अर्थमन्त्रीले सिधै झुटो बोलेको बताउदै यसले विदेशी उत्पादन नेपाली बजारमा सस्तो हुने र नेपाली उत्पादनले बजार नपाउने दाबि गरे ।न्युज कारखाना
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको रिट सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा पेशी तोकिएको हो ।
गृहमन्त्री लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो ।
अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्न समेत माग गरिएको छ ।
रिटमा महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको छ।
रिटमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीले धारण गरेको जिम्मेवारीले अनुसन्धान प्रक्रियामा अनु्चित प्रभाव र प्रतिकूल असर पार्ने तथा प्राकृतिक न्यायको सिद्धान्त विपरित समेत रहने भएकाले अनुसन्धान प्रक्रिया चलिरहेको अवस्थामा गृहमन्त्रीको पदबाट निजलाई निलम्बन गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको नाउँमा अन्तरिम प्रकृतिको उपयुक्त आदेश माग गरिएको छ ।
काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री गगन थापाले अबको हिसाब किताब प्रधानमन्त्रीसँग नै हुने बताएका छन् ।
यस अघि गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधनका क्रममा बोलेका विषय उठाउदै महामन्त्री थापाले अब आफुहरुको हिसाब किताब गृहमन्त्रीसँग नभएर प्रधानमन्त्रीसँग हुने बताएका हुन् ।
गृहमन्त्रीले संसदको गरिमा नराखेको बताउदै सभामुखको समेत ध्यानाकर्षण गराएका छन् । गृहमन्त्रीले संसदमा विदेशी एसेट रहेको भन्ने वाक्य सम्बेदनशील रहेको बताउदै यो भनाईलाई कांग्रेसले सामान्य रुपमा नलिने स्पष्ट गरे ।
उनले संसदमा बोलिएका विषयमा प्रधानमन्त्रीसँग जवाफ माग्ने बताउदै भनेका छन्- ‘कि त प्रधानमन्त्रीले संसदमा आएर भन्नु पर्यो कि गृहमन्त्रीले बोलेका कुरामा मेरो पनि सहमति छ, हैन भने संसदको रेकर्डबाट हटाउछु भनेर भन्न सक्नु पर्यो । हिसाब किताब लिन्छौं र यहि संसदमा लिन्छौं ।’
उनले सहकारी ठगि प्रकरणमा गठिन संसदीय छानबिन समितिलाई स्वतन्त्ररुपमा काम गर्न दिनुपर्ने बताउदै अब संसदमा आफुहरुले जनसरोकारका विषय उठाउदै बजेटको छलफलमा ध्यानकेन्द्रित गर्ने बताए ।
जनकपुरधाम, जेठ १९ गते । मुख्यमन्त्री सरोज कुमार यादवले जमुनी सिचाई आयोजना अन्तर्गत मोरहा पक्की बाँधको स्थलगत निरीक्षण गर्नु भएको छ । प्रदेश सरकारको लगानीमा समपुरक अनुदान अन्तर्गत हंसपुर नगरपालिका वडा नंं ४ र ९ मोरहामा निर्माणाधिन उक्त आयोजनाको सतर्कता केन्द्रको टोली सहित मुख्यमन्त्री यादवले आज स्थलगत निरीक्षण गर्नु भएको हो । २२ करोड ५३ लाख २३ हजारको कुल लागत मध्ये १० करोड ७४ लाख ५४ हजार ८६६ रुपैयामा ठेक्का साकारभई निर्माणाधिन उक्त पक्की बाँधको काम समयमा पुरा नहुने देखेपछि मुख्यमन्त्री यादवले सो निरीक्षण गर्नु भएको हो । निरीक्षणको क्रममा मुख्यमन्त्री यादवले बाँध निर्माणको कार्यलाई तिब्रता दिन ठेक्केदार कम्पनीलाई निर्देशन समेत दिनु भएको छ । ११ सय ६८ हेक्टर कृषि योग्य भूमि सिंचित हुने उक्त पक्की बाँधले १० गाँउका करिब १६ सय ५० घर परिवार लाभान्वित हुने बताइएको छ । निरीक्षणको क्रममा संघीय साँसद राम कृष्ण यादव, अनिता साह प्रदेश सांसद रामअशिष यादव, सतर्कता केन्द्रका सचिव राम आधार साह सहितका टोली र सम्बन्धित मन्त्रालय एवं कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बाँधको निरीक्षण पछि स्थानीय बासीहरुलाई सम्बोधित गर्दै मुख्यमन्त्री यादवले कृषिको विकास विना मधेशको विकास सम्भव नरहेकोले मधेश सरकार कृषि सम्बन्धित आयोजनाहरुलाई प्राथमिकतामा राखेर अघि बढेको बताउनु भयो । उहाँले बाँध निर्माणमा कुनै प्रकारको समस्या हुन नदिने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । त्यसै गरि मुख्यमन्त्री यादव र प्रदेश सांसद राम अशिष यादवले प्रदेश सरकारको एक क्षेत्र पाँच किलोमिटर कालोपत्रे आयोजना अन्तर्गत धनुषा निर्वाचन क्षेत्र नं. २ ख मा निर्माणाधिन कप्टौल , झिटकैया, तिसियाही हुँदै मधुकरही सम्मको सडकको स्थलगत निरीक्षण समेत गर्नु भएको छ ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले महानगरपालिका क्षेत्रका सार्वजनिक स्थलहरुमा सूर्तीजन्य बस्तुको प्रयोग गर्न पूर्ण निषेध रहेको बताएका छन् ।
विश्व सूर्तीजन्य पदार्थ रहित दिवसका सन्दर्भमा आजको कार्यपालिका बैठकमा उनले भने, ‘महानगरपालिकाले सार्वजनिक स्थानमा सूर्तीजन्य पदार्थको प्रयोग गर्न नपाउने कानुनी व्यवस्था गरेको छ । धेरैले यसलाई अदालतको आदेशले रोकिएको भन्नुभएको छ । तर, हामीले अगाडि सारेको कार्यक्रम र अदालतले आदेश गरेको विषय फरक हो ।’ उनले विषय स्पष्ट पार्दै भने, ‘हामीले सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थको प्रयोग गर्न नपाउने व्यवस्था गरेको हौँ । अदालतले गरेको आदेश प्याकेजिङ्सँग सम्बन्धित छ । फरक विषयलाई फरक रुपमा बुझ्नुपर्छ ।’
बैठकमा वडा नं. ७ का अध्यक्ष विमलकुमार होडाले, सचेतनाका लागि नियमति सन्देश प्रवाह आवश्यक रहेको बताएका थिए ।
दिवसको अवसर पारेर आज वडा नं. १० ले विद्यालयका विद्यार्थीहरु सहभागी गराएर प्रभातफेरी सञ्चालन गरेको छ । लाखेचौरबाट सुरु भएको प्रभातफेरी रत्नराज्य स्कूल, मध्यबानेश्वर, पुरानो बानेश्वर, सानो गौचरण क्षेत्रहुँदै वडा कार्यालय पुगेको थियो ।
प्रभातफेरीमा विद्यार्थीहरुले, धुमपानले ज्यान लिन्छ, सावधान भन्दै गीत गाउने तथा नारा लगाउने गरेका थिए ।
सूर्तीजन्य पदार्थको लतमा पुग्ने समयका बालबालिकालाई सूर्तीजन्यबस्तुको असरका बारेमा व्यवहारिक ज्ञान दिन विद्यार्थीहरुलाई प्रभातफेरीमा ल्याइएको वडाध्यक्ष रामकुमार के. सी. ले बताए ।
काठमाडौँ महानगरपालिकाले २०८० सालमा जारी गरेको जनस्वास्थ्य ऐनमा सूर्तीजन्य बस्तु निषेध सम्बन्धी व्यवस्था छ । ऐनको दफा ४२ अनुसार सूर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन सक्ने, निषेध गर्न सक्ने व्यवस्था छ । सूर्तीजन्य बस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा परिरहेको नकारात्मक असर रोक्न यो व्यवस्था गरिएको हो ।
ऐनले सार्वजनिक स्थलहरुको चारकिल्ला तोकेर त्यस वरपर सूर्तीजन्य र ज्ङ्क फुड बिक्री वितरण गर्न निषेध गर्न सक्ने व्यवस्था गरेको छ ।
सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐनमा पनि यस सम्बन्धी व्यवस्था छ । २०६८ सालमा जारी भएको ऐनको दफा ४ मा सार्वजनिक स्थलहरु (शिक्षण संस्था, विमानस्थल, बाल कल्याण गृह, क्लबहरु, सार्वजनिक शौचालयहरु, होटल, रेष्टुरेण्टहरु, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालयहरुलगायतका स्थलहरुमा धुम्रपान, चुरोट, विँडी, सिंगारू तमाखु, सुल्फा, कक्कड, कच्चा सूर्ती, खैनी, गुट्खा) सूर्तीजन्य पदार्थको प्रयोगलाई निषेध गरेको छ ।
सहरको स्वच्छता, स्वस्थ्यता र वातावरणीय सुधारका लागि धूम्रपान नियन्त्रण पहिलो सर्त हो । नेपाल सर्जिकल अङ्कोलोजी समाजकाअनुसार धूमपान प्रयोगकर्ताहरु धुमपान नगर्ने व्यक्तिको तुलनामा १३ देखि २० बर्ष अगाडि नै मृत्युवरण गर्छन् । चुरोटमा ७२ किसिमका रसायन हुन्छन् । यसमा भएका कार्सिनोजेनिक रसायनले क्यान्सर बनाउँछ । यस्ता रसायनयुक्त पदार्थको प्रयोगकर्ताबाट छोडिएको धुँवा तथा फोहोरले स्वास्थ्य र वातावरणमा प्रत्यक्ष असर पारेको छ । यस असरबाट सिर्जित समस्याबाट मानिसहरुले मृत्युवरण गरिरहेका छन् ।
आहारविहार र आचारविचारमा सानो मात्र परिवर्तन गर्न सकियो भने प्राणघातक समस्याबाट आफूलाई बचाउन सकिने भएकोले यस कार्यमा हरेक व्यक्तिको सक्रियता आवश्यक देखिन्छ । न्युज कारखाना
काठमाडौं । मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णय सार्वजनिक गरिएको छ ।
शुक्रबार सरकारकी प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले यही जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न २६ निर्णय आज सार्वजनिक गरेकी हुन् ।
सार्वजनिक भएका निर्णयहरुमा राष्ट्रपति रामचन्द्र पौडेलको स्विट्जरल्याण्ड भ्रमणको स्विकृतिदेखि काठमाडौंका मेयर बालेन्द्र शाहको सिंगापुर भ्रमणको स्विकृतिसम्म रहेका छन् ।
मेयर बालेन शाह यही जेठ २० गतेदेखि जेठ २२ सम्म सिंगापुरमा आयोजना हुने ९औं वर्ल्ड सिटिज समिट कार्यक्रममा सहभगाी हुने जनाईएको छ ।न्युज कारखाना
काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पहिलो विधेयकका रूपमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ पारित गरेको छ ।
शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले सो विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो ।
राष्ट्रियसभाबाट पारित भएर आएको यो विधेयकमाथि ५ वटा बैठकमा दफावार छलफल भएको थियो । यो विधेयकमा राष्ट्रिय महत्वका कागजात नेपाल बाहिर लैजान नपाउने, कागजात नेपाल बाहिर लानुपर्ने भएमा मन्त्रीपरिषद्को स्वीकृत अनिवार्य लिनुपर्ने लगायतका व्यवस्थाहरू गरिएको छ ।
विधेयकमाथि सांसदहरू रघुजी पन्त, हेमराज राई, सुमना श्रेष्ठ, प्रेम सुवाल र प्रेमबहादुर महर्जनले संशोधन राखेका थिए ।
राष्ट्रियसभाबाट पारित भएको विधेयकको प्रतिवेदन अब प्रतिनिधिसभामा पेस हुनेछ । त्यहाँबाट स्वीकृत भएर पुनः राष्ट्रियसभामा लैजानुपर्ने, प्रतिनिधिसभाले गरेको संशोधन राष्ट्रियसभाले स्वीकार गरेमा अध्यक्षबाट प्रमाणित भई राष्ट्रपतिकहाँ पठाउने र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुन बनेर कार्यान्वयनमा आउने प्रावधान छ । न्युज कारखाना
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राज्यले सुम्पिएको जिम्मेवारी उत्कृष्ट रूपमा पूरा गरी राष्ट्र र नागरिकलाई सकारात्मक योगदान दिन प्रहरी कर्मचारीहरू थप सिर्जनशील हुनुपर्ने बताएका छन् ।
हालै सरूवा भई आ-आफ्नो कार्यक्षेत्रमा खटि जान लागेका प्रहरी नायव महानिरीक्षकहरू र प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन् ।
प्रहरी महानिरीक्षक कुँवरले संगठनको कार्ययोजना एवम् लक्ष्यलाई प्राथमिकतामा राखेर संगठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै सांगठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू सक्रिय भई खरो रूपमा उत्रन निर्देशन दिए । सबै प्रहरी कर्मचारीहरूले संगठनलाई विशिष्ट योगदान दिन व्यावसायिकता र निष्ठापूर्वक कार्यसम्पादन गर्नुपर्ने चर्चा गर्दै उनले भने, ‘संगठन बलियो भए हामी बलियो हुन्छौं । संगठनलाई थप बलियो र सुदृढ बनाउन चेन अफ कमाण्डभित्र रहेर सक्रिय र सामूहिक प्रयासमा केन्द्रीत हुनु आवश्यक छ ।’
विगतमा भएका कमी कमजोरीलाई विश्लेषण गरी आवश्यक योजना, नीति बनाई आ-आफ्नो कार्यक्षेत्रमा शान्ति सुव्यवस्था कायम एवम् अपराध अनुसन्धान तथा नियन्त्रण गर्नका निम्ति स्थानीय तह, नागरिक एवम् अन्य सरोकारवाला निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
प्रहरी महानिरीक्षक कुँवरले संगठनको नीति र आवश्यकता अनुरूप नै सरूवा भएको उल्लेख गर्दै नयाँ जिम्मेवारीलाई नविन ढंगले सम्पादन गरी आफूलाई रोल मोडलको रूपमा प्रस्तुत हुन उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरूलाई निर्देशन दिए । आफू मातहतका प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाई निष्ठावान, इमानदार एवम् थप सक्रिय भई जनपक्षीय काम गर्न उहाँले आग्रह समेत गरे ।
यसअघि नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य र अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले समेत सरूवा भई जान लागेका वरिष्ठ प्रहरी अधिकृतहरूलाई वर्तमान परिवेश, गर्नुपर्ने काम एवम् निर्वाह गर्नुपर्ने भूमिकाको साथै समसामयिक विषयमा निर्देशन दिएका थिए ।न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा सत्ता समीकरणमा कुनै समस्या नरहेको ब्रिफिङ गरेका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकार सहज ढंगले अघि बढिरहेको भन्दै वर्तमान सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका हुन् ।
बैठकमा उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बुढानिलकण्ठ गएर कांग्रेस सभापति शेरबहादुर देउवासहित विपक्षी दलका नेताहरुसँग भेट गरेको विषयलाई स्वभाविक रुपमा लिन आग्रह गरेका थिए ।
साथै बैठकमा प्रचण्डले नेपाल बुढानिलकण्ठ जानु अघि आफुलाई जानकारी गराको बताउदै सत्ता समीकारण पाँच बर्ष नै टिक्ने दाबि गरेका थिए ।
बुधबार साँझ अध्यक्ष नेपालले कांग्रेस सभापति देउवासहित जसपा नेपाल र लोसपाका नेताहरुलाई भेटगर्दै मधेशमा सरकार बनाउने विषयमा छलफल गरेपछि सत्ता समीकरण तरंगित बनेको छ ।न्युज कारखाना
काठमाडौँ । सत्ता नेतृत्व दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।
माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा जारी रहेको छ ।
बैठकमा जेठ १५ गते संसद्मा पेश भएको आगामी वर्षको बजेट बारे छलफल हुने भएको छ । आइतबारदेखि संसदमा बजेट बारे छलफल हुने कार्यक्रम रहेकाले माओवादीले संसदमा प्रस्तुत हुने रणनीति बारे छलफल गर्न लागेको हो ।
अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेका थिए ।न्युज कारखाना
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले न्युरोडलाई अझै व्यवसायीक, सुन्दर बनाउँन एकजुट बन्न अपिल गरेका छन् ।
सामाजिक सञ्जालमार्फत बालेनले न्युरोडमा महानगरले फुटपाथ बनाउन लागेको विषयमा सडक विभाग र स्थानीयले विरोध गरेपछि न्युरोडलाई व्यवस्थित बनाउन फुटपाथ बढाउन लागेको स्पष्ट गरेका छन् ।
उनले यसअघि सडकमा पार्किङ गर्दा सडक साघुरो नहुने अहिले सोहि ठाउमा फुटपाथ बनाउदा कसरी सडक साँघुरो हुन्छ भन्दै प्रश्न गरेका छन् ।
उनले भनेका छन्-
एउटा रोचक कुरा कुरा पढ्नु हुन्छ ?
न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा बिरोध गरिरहेका छन् । सोच्नु त, सडकमा ३ फिट भन्दा बढि ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यहि पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ ?
त्यस्तै, सडक विभागले बनाएको मापदण्ड अनुसार दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिड्ने सडकमा फुटपाथ कत्रो चाहिन्छ भन्ने मापदण्ड हेर्नुहोला । त्यो मापदण्ड पालना गर्नलाई बनाइएको हो कि होइन भन्ने सोध्नुहोला ।
प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिउँ, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्युरोडलाई लथालिङ र अव्यवस्थित बनाउनेहरूसँग लिउँ ।
विकास गर्ने हो भने र बदलिदो समयमा न्युरोडलाई अझै व्यवसायीक, सुन्दर बनाउँन एकजुट बनौँ ।न्युज कारखाना
नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कुनै पनि संस्था/कम्पनीका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) महत्वपूर्ण पद भएकोले यो पदमा आसिन भएकाहरुले आफ्नो भूमिका कौशलताका साथ निर्वाह गर्नुपर्ने बताउनु भएको छ । नेपाल व्यवस्थापन संघ (म्यान) द्वारा शुक्रबार काठमाडौंमा आयोजित ‘सीईओ कन्फेरेन्स, २०२४’ सम्मेलनको समुद्घाटन गर्दै उक्त कुरा बताउनु भएको हो । उहाँले आफ्नो सम्वोधनका क्रममा वित्तिय तथा गैर–वित्तिय क्षेत्रमा कार्यरत नेतृत्व तहलाई नेपालसहित विश्वमा बदलिदो परिवेश, नविनतम प्रविधि विकास, खस्कदो अर्थतन्त्र र संस्थाको नेतृत्व तहले कम्पनीको समस्या समाधान र उन्नयनका लागि अवलम्बन गर्न सक्ने विषयबारे यो सम्मेलनले प्रचुर ज्ञान आर्जन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘यस सम्मेलन मार्फत् सरोकारबालालाई प्रविधि, उदयमान उद्योग, नवप्रवर्तनमा आधारित व्यवसायिक मोडलबाट परिचालित कार्यस्थलको सुनौलो भविष्यका लागि मार्गदर्शन गर्न सहयोग पुग्ने अपेक्षा पनि गरेको छु ’ उहाँले भन्नुभयो, ‘ठूला कम्पनीमा कार्यरत सीईओ अन्य क्षेत्र र अधिकारीहरुसंग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले उहाँहरुले आफ्नो व्यक्तिगत हितको तुलनामा कम्पनीका लागि ईमान्दारिताका साथ भूमिका निर्वाह गर्नु पर्दछ । त्यो ईमान्दारिता कायम गर्न नसकेको अवस्थाका संस्था/कम्पनी धरासायी हुने सम्भावना रहन्छ । त्यसैले पदिय दायित्व, गरिमा र ओजलाई कायम राख्न कुनै कसर बाँकी राखिनु हुन्न । ’ उपराष्ट्रपति यादवले नवप्रवर्तन (स्टार्टअप्स) कम्पनीमा कार्यरत सीईओले सबै व्यावसायिक दिनचर्याहरुमा आफ्नो मिहिन दृष्टि राख्दै त्यसमा सहभागि हुन सक्नु पर्ने समेत बताउनु भयो । ‘यो पदमा बस्नेहरु सक्षम र दक्ष नहुनु कै कारण धेरै कम्पनीहरु उठ्नै नसक्ने अवस्थामा पुगेको उदाहरणहरु हामी सामु प्रशस्तै छन्’ उहाँले भन्नुभयो, ‘यो गम्भिर विषय हो, सरोकारवालाको ध्यान जानै पर्दछ ।’ उहाँले सीईओले कम्पनीको संगठनात्मक संस्कृतिको प्रवक्ताको भूमिका निर्वाह गर्दै संस्थालाई सफल दृष्टिकोण, मिसन र उद्देश्यका साथ संचालन र विकास उन्मुख बनाउनु पर्ने पनि बताउनु भयो । ‘सीईओ कुनैपनि संस्थामा आइपरेको समस्या समाधानमा रणनीतिक योजना मार्फत अघि बढ्न निर्देशित गर्न सक्ने पनि हुनु पर्दछ ’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘ एउटा सीईओका लागि संस्थामा राम्रो टिम हुनु अति आवश्यक शर्त हो । टिमको विश्वास र समर्थन बिना सफल हुन सकिन्न । कुनै गुनासा र आरोप पछि त्यसको समाधान गर्न आत्मचिन्तत अपरिहार्य हुन जान्छ । यसले जीवनमा विनम्रता मात्रै ल्याउँदैन आफ्नो व्यवहार र कार्यहरुको विश्लेषण गर्दै अघि बढ्न तथा संस्था/कम्पनीलाई सफलताको उचाईमा पुर्याउन सहयोग गर्दछ । ’ उहाँले हरेक म्यानेजर (प्रबन्धक), लीडर (नेतृत्वकर्ता) हुन नसक्ने उल्लेख गर्दै समादर, शिष्टता, सदाचार, सद्–व्यवहार र आत्मविश्वासका साथ नेतृत्व गर्न सक्नेले नै सम्मान पनि पाउने बताउनु भयो । ‘एउटा सीईओ आधुनिक कार्यस्थलमा स्वयंलाई मात्र होइन संस्थालार्ई स्थापित गर्ने कलाको पारखी पनि बन्न सक्नु पर्दछ ’ उहाँले अगाडि भन्नुभयो, ‘ कुनै पनि लगानीको भविष्य तब मात्रै सुनिश्चित हुन सक्दछ, जब हामी परिवर्तित परिवेश, माटो र भूगोल सुहाउँदो वातावरणबारे सही तथ्य र ज्ञानका साथ अघि बढ्न सक्दछौं । खासगरी, नवीनतम प्रविधिहरुको प्रयोग र त्यसबाट सिर्जित अवसर एवं चुनौतिहरुको पहिचान गर्दै अघि ढ्न नितान्त जरुरी छ ।’ उहाँले यो क्षेत्रमा नेपालले अंगीकार गर्नुपर्ने आवश्यक रणनीतिहरुको तर्जुमा गर्दै समस्या समाधानसहित लगानीका अवसरहरुलाई बढी भन्दा बढी उपयोग गर्नु पर्ने उल्लेख गर्दै भन्नुभयो, ‘आजको युग नवीनतम प्रविधिको प्रयोग गरि व्यवसायमा सफलता हासिल गर्ने युग पनि हो । यसै प्रविधि अन्तर्गत परिवर्तनलाई कसरी अंगीकार गर्न सकिन्छ भन्ने मूल ध्येयका साथ अगाडि बढन सके हामी हरेक क्षेत्रमा सफल हुन सक्छौ ।’ उपराष्ट्रपति यादवले पछिल्लो समय विश्व एउटा कठिन आर्थिक, प्राकृतिक, प्रविधिक जटिलता उन्मुख अवस्थामा रहेकोले त्यसबाट त्राण पाउन सम्बन्धित सबैलाई थप सजग, सचेत र सावधान हुन यो सम्मेलन कोशेढुंगा बन्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । उहाँले कार्यक्रममा सहभागि सम्पूर्ण स्वदेशी तथा विदेशी विज्ञहरुले सम्मेलन मार्फत् समस्याग्रस्त विश्वका लागि एउटा महत्वपूर्ण साझा सूत्रको पहिचान गर्दै यस क्षेत्रमा देखिएका वा देखिने संभावित विकृति, विसंगति र अस्तव्यस्तताको समाधान हेतु परिवर्तनलाई आत्मसात गर्न सक्ने मार्ग प्रशस्त गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
बर्खाको बेला बर्सेनि डुबानबाट ठूलो क्षति ब्यहोर्दै आएको जिल्ला बासीको लागी यसपटक पूर्वचेतावनी प्रणाली (साइरन)ले फाइदा हुने देखिएको छ ।
माण्डवी संस्थाको पहलमा इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) ले लाल बकैया नदीका विभिन्न पुलहरु लगायत जिल्ला प्रशासन कार्यालय गौरको भवनको छतमा बाढी पूर्व सूचना प्रणाली (साइरन) जडान गरिएकोमा सोको दिगोपनाका लागि प्रभावित नगरपालिका, गाउँपालिका तथा सरोकारवाला पक्षहरु बीच सँयुक्त रुपमा अक्षय कोष स्थापनका लागि सम्झौतामा गरेको हो । सम्झौता अनुरुप प्रभावित नगरपालिका तथा गाउँपालिकाहरुले न्युनत रुपमा एक लाख सम्म अक्षय कोषका लागि बजेट विनियोजन गर्नेछ ।
साइरन बजेको एक किलोमिटर सम्म सुन्न सकिन्छ । पानी जोखिम व्यवस्थापन, जलवायु र वातावरणीय जोखिम न्यूनीकरण गर्ने कार्यमा काम गर्दै आएको इसिमोडले बाराको लालबकैया नदीमा बाढी मापनयन्त्र र त्यहीँ रहेको सशस्त्र प्रहरीको क्याम्पमा पूर्व सूचना प्रणाली जडान गरेको माण्डवीकी अध्यक्ष अन्जु झाले बताइन् । अध्यक्ष झाका अनुसार बाराको निजगढ नगरपालीका–३ स्थित धन्सार खोलाका वर्षा मापन गर्न यन्त्र जडान गरेको छ । पूर्व सूचना प्रणाली(साइरन) बजेपछि मानिसहरु सचेत हुन्छन् । यसले मानवीय साथै भौतिक क्षति कम गराउनमा मद्दत पुग्छ ।
’ लालबकैया नदीको बाढीले बारा र रौतहटस्थित नदी किनारमा बसोबास गर्ने समुदायलाई असर गर्दै आएको छ । समुदायमा आधारित बाढी पूर्व चेतावनी प्रणाली (साइरन)ले डुबान क्षेत्रका बासिन्दालाई ठूलो राहत पुग्ने प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनु भयो । साइरन बजेपछि स्थानीय सचेत हुने र सरक्षित स्थानमा बस्न सक्ने हुँदा यसको प्रभावकारी धेरै हुने अनुमान गरिएको छ । झाले सदरमुकाम गौरमा कटहरिया, परोहा, गौर, मौलापुर, बौधीमाई, फतुवा विजयपुर लगायत लालबकैया नदीबाट प्रभावित १३ वटा नगरपालिकाका प्रमुखहरु तथा प्रशासकीय अधिकृतहरुलाई बोलाएर समुदायमा आधारित बाढी पूर्व सूचना प्रणाली (साइरन) को दिगोपनका बारे जानकारी गराएका थिए । २०५० सालदेखि यस जिल्ला डुबानमा पार्दै आएको छ ।
लालबकैया र वाग्मतीमा बर्खाको बेला पानीको सतह बढेर ६.५० पुग्ने गरेको छ । यो भनेको खतराको संकेत हो । तराई, मधेसका जिल्लामा प्राकृतिक विपत्तिको सधैं त्रास हुन्छ । त्यसमा पनि रौतहटमा वाग्मती र लालबकैयामा आउने बाढी बस्ती पसेपछि बर्सेनी डुबान झेल्दै आएको छ ।रौतहट,१७ गते जेठ । वातावरणमा नकारात्मक प्रभाव परिरहेको र हरियालीको अभाव हुँदै गएको वर्तमान परिवेशमा रौतहटको एक पालिकालाई हरित पालिका बनाउने अभियान संचालन गरिएको छ । रौतहटको परोहा नगरपालिकालाई हरित पालिका बनाउने अभियान संचालन भएको हो । अन्य पालिकाले विश्व वातावरण दिवसको दिन गमलामा पानी हालेर सामाजिक संजालमा फोटो हाल्दै हरियाली बचाउने घोषणा गरिरहेका बेला परोहा नगरपालिकाले व्यवहारमा नै हरियालीको प्रबर्धन, संरक्षण तथा विस्तार गरिरहेको छ । निर्वाचनको समयमा गरिएको घोषणालाई व्यवहारमा उतार्दै परोहाले हरियाली प्रबर्धन अभियान नै थालेको हो । नगर प्रमुख शेख वकिलले पन्ध्र किलोमिटर पक्की सडक निर्माण गरेर दुवैतर्फ वृक्षरोपण गरिएको बताउँछन् । सुकदेव चौकदेखि भारतको सिमानासम्म करिब १३ किलोमिटर ट्रयाक खोलेर सडक विभागबाट पिच बनाएर सडकको दुवैतिर वृक्षरोपण गरिएको, यसै गरी हुलाकी सडकको दुवैतिर वृक्षरोपण गरी हुर्काइसकिएको र अन्य सडकहरुमा पनि वृक्षरोपण गरिएको बताउँदै नगर प्रमुख वकिलले अब एक घर दुई बिरुवा अभियान संचालन गर्न थालेको बताएका छन् । हरेक परिवारलाई दुई थान बिरुवा उपलब्ध गराउने तथा हरेकलाई हुर्काउने जिम्मेवारी पनि दिइने नगर प्रमुखको भनाइ छ । हरेक वर्ष पाँचदेखि दश लाख रुपैयासम्म बोटबिरुवालाई सुरक्षाको लागि मात्र खर्च गर्ने गरेको वकिलको भनाइ छ । वातावरणमा सकारात्मक प्रभाव पार्ने, नगरको सौन्दर्यमा वृद्धि हुने तथा सबैको लागि फलदायी हुने भएकोले हरित पालिका अभियान फलदायी बनिरहेको नगर प्रमुख वकिलको भनाइ छ । नगरपालिकाले रोप्नको लागि आवश्यक पर्ने बिरुवा बन कार्यालयबाट ल्याउने गरेको छ । बिरुवालाई घेराबेरा गर्ने, बिरुवा हेर्ने हेरालु, निरन्तर पानी हाल्ने र सिंचाइ गर्ने, गोडमेल गर्ने, सरसफाइ गर्ने काम नगरपालिकाको तर्फबाट हुँदै आएको छ । परोहका प्रमुख प्रशासकीय अधिकृत महम्मद महफुजले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई यस अभियानमा लगाउने योजना बनाएको बताएका छन् । परोहा नगरपालिकाको हरित नगर अभियानको प्रभावकारिता निकै राम्रो रहेको भन्दै स्थानीयवासीले प्रशंसा गर्ने गरेका छन् ।
काठमाडौं । विपक्षी दलहरूको बैठकमा सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी भएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा भएको विपक्षी दलहरूको बैठकमा सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष नेपाल सहभागी भएका हुन् ।
बैठकमा विशेष गरि मधेश प्रदेशको सरकार गठनका विषयमा छलफल भएको थियो । जसपा नेपालको नेतृत्वमा रहेको मधेश प्रदेसको सरकार एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा रहेको छ ।
यस बैठकमा सभापति देउवाले मधेस प्रदेशमा नयाँ समीकरण बनाएर अगाडी बढ्नुपर्ने र त्यसलाई केन्द्रसम्म अगाडी बढाउनुपर्ने प्रस्ताव गरेका थिए ।
साथै देउवाले एकीकृत समाजवादीलाई सरकार छोडेर वैकल्पिक सरकारको पक्षमा उभिन आग्रह गरेको बैठकमा सहभागी सांसद मेटमणि चौधरीले जानकारी दिएका छन् ।
बैठकमा जसपा नेतृत्वको मधेश सरकार जोगाउनुपर्ने विषयमा छलफल भएको थियो । कांग्रेस, जसपा नेपाल, एकीकृत समाजवादी, लोसपास एक ठाउँमा आउँदा मधेसमा केन्द्रीय सत्ता गठबन्धनविरुद्धको सरकार बन्ने देखिन्छ ।
मधेसमा कांग्रेसका २२, जसपा नेपालका १९, एकीकृत समाजवादीका ७ र लोसपाका ८ गरी ५६ सांसद छन् । १०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ ।
बैठकमा कांग्रेसका पदाधिकारीहरूसहित एकीकृत समाजवादीका अध्यक्ष नेपाल, सांसद चौधरी, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिंह भण्डारी लगायतको सहभागिता थियो । न्युज कारखाना
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई गएराती हिरासतबाट मुक्त गरेको हो ।
सिरोहियालाई थप अनुसन्धानका लागि हिरासतमा राखिरहन नपर्ने भनी जिल्ला सरकारी वकिलको कार्यालयले गरेको निर्णयका आधारमा हाजिरी जमानीमा छोडिदिएको छ ।
अध्यक्ष सिरोहियालाई काठमाडौं थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट प्रहरीले पक्राउ गरी नागरिकतासम्बन्धमा अनुसन्धान गर्न भन्दै स्थलमार्गबाट धनुषा लागिएको थियो ।
अदालतबाट तीन पटकमा ९ दिन म्याद थपेर हिरासतमा राखिएका अध्यक्ष सिरोहियाको स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार हेलिकप्टरमा काठमाडौँ ल्याइएको थियो ।
नागरिकतामा किर्ते गरेको आरोपमा पक्राउ परेका सिरोहिया बारे अनुसन्धान भने जारी रहने भएको छ ।
अध्यक्ष सिरोहियालाई जेठ ८ गते साँझ थापाथलीस्थित कान्तिपुरको केन्द्रीय कार्यालयमा प्रवेश गरी प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको थियो । न्युज कारखाना
वीरगंज,१६ गते जेठ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वीरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्ने माग सरकारसंग गरेका छन् । आर्थिक नगरी वीरगंजलाई आर्थिक राजधानी घोषणा गरी सरकारले सोही अनुसार यहाँ लगानी गर्नुपर्ने माग समेत उनले गरेका छन् । आजपा पर्सा जिल्ला कमिटीले आज वीरगंजको टाउनहलमा आयोजना गरेको ‘वीरगंजलाई देशको आर्थिक राजधानी घोषणा गराउन’ बृहत भेलालाई सम्बोधन गर्दै साहले यस्तो माग गरेका हुन् ।
वीरगंजबाट देशको कुल राजस्व मध्ये ८० प्रतिशतभन्दा बढी उठने गरेको छ । मुुलुककै आर्थिक नगरी वीरगंजबाट सबैभन्दा बढी राजस्व उठने गरेको बताउँदै उनले ढिला नगरी सरकारले यथासिघ्र वीरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्ने बताए । ‘बीरगंज देशकै आर्थिक नगरी हो । यहाँ सबैभन्दा बढी आर्थिक कारोबार हुन्छ, सरकारको राजस्व पनि अन्तभन्दा यहाँबाट धेरै उठने गरेको छ ।
आर्थिक नगरी वीरगंजलाई देशको आर्थिक राजधानी घोषणा गर्न सरकारले ढिला गर्नुभएन् । यथासिघ्र वीरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्छ’ आजपा अध्यक्ष साहले भने, ‘सरकारले यहाँबाट राजस्व उठाउने र अन्त गएर लगानी गर्नु हामीलाई स्वीकार्य छैन् । वीरगंज आर्थिक राजधानी हो र यहाँ त्यही अनुसार सरकारले लगानी पनि गर्नुपर्छ ।’ बारा, पर्सामा देशकै सबैभन्दा बढी उधोग व्यापार हुने ठाउँ हो ।
जसको केन्द्र भनेको वीरगंज हो । वीरगंजमा सरकारले न्यनू लगानी गरिरहेको बताउँदै उनले आर्थिक नगरीको बिकासका लागि सरकारले बढी भन्दा बढी बजेट दिनुपर्ने माग समेत गरे । तर हालै आएको सरकारको बजेटले समेत न्याय नगरेको बताउँदै उनले वीरगंजलाई आजपाले जसरी पनि आर्थिक राजधानीको रुपमा घोषणा गराएर सोही अनुसार बिकासका आयोजना पनि ल्याउँने बताए ।
वीरगंजलाई आर्थिक राजधानी घोषणा गराउन आजपाले पहल थालेको बताउँदै अध्यक्ष साहले त्यसका लागि यहाँका उधोगी, व्यापारी, नागरिक समाज, बुद्धिजिवि, जनप्रतिनिधि, राजनीतिक दल लगायतका सबैको साथ सहयोगको आवश्यकता रहेको बताए । सबै मिलेर एकढिका भई अगाडी बढने हो भने सरकारले आर्थिक राजधानीको रुपमा घोषणा गरेर बिकासका आयोजना पनि सोही अनुसार दिने उनले बताए । देशको प्रमुख आर्थिक केन्द्र, सबैभन्दा बढी राजस्व उठने ठाउँका साथै उधोग व्यापार सबैभन्दा बढी भएको वीरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गराउँन सरकारलाई दबाब दिने उदेश्यले आयोजित भेलामा सहभागिलाई उनले धन्यवाद व्यक्त गरे ।
भेलामा उधोगी, व्यापारी, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, बुद्धिजिवि, नागरिक समाज सहित बिभिन्न क्षेत्रका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । भेलामा सहभागिहरुले वीरगंजलाई आर्थिक राजधानी घोषणा गराउनका लागि आजपाले पहल गरेकोमा धन्यवाद दिदै त्यसका लागि संघर्षमा समेत उत्रिन तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।
काठमाडौं । कोशी सरकार गठन विरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा परेको छ । सर्वोच्चका न्यायाधीशद्धय मनोजकुमार शर्मा र शारंगा सुवेदीको संयुक्त इजलासमा पेशी तोकिएको रिट हेर्न नभ्याइनेमा परेको हो ।
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा सरकार गठन प्रक्रिया बदर गर्न माग गर्दै रिट दायर गरेका थिए । जेठ ९ गते संयुक्त इजलासले मुख्यमन्त्री कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्ति गर्ने निर्णयको सक्कल फाइल झिकाउन आदेश दिएको थियो ।
त्यसअघि वैशाख २८ गते न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेशका लागि छलफल गर्न बोलाउने आदेश भएको थियो ।
निर्वतमान मुख्यमन्त्री केदार कार्की असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । कात्तिक १ गते विश्वासको मत प्राप्त गरेका थिए । कार्कीले दुई वर्षभित्र पुन: विश्वासको मत लिनु नपर्ने जिकिर गरेका छन् ।
केन्द्रीय सत्ता गठबन्धन परिवर्तन भएसँगै ५२ सांसदको समर्थनमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् । कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा समेत उल्लेख नगरी र आफूलाई मुख्यमन्त्रीबाट समेत नहटाई असंवैधानिक रूपमा हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेकोले उक्त निर्णय बदर हुनुपर्ने कार्कीको जिकिर छ । न्युज कारखाना
सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने बताएका छन् ।
चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उत्पादन, उत्पादकत्वा र रोजगारी प्रवर्द्धन गर्नेगरी बजेट सार्वजनिक गरिएको बताए ।
“गणतन्त्र स्थापनापछि थुप्रै उपलब्धि हासिल गरेका छौँ, पूर्वाधारदेखि शिक्षा स्वास्थ्यलगायतका सार्वजनिक क्षेत्रमा गुणात्मक परिवर्तन भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सदनमा प्रस्तुत बजेटले नेपाल अब आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको घोषणा गरेको छ ।” उनले नीति कार्यक्रम र बजेटमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउने र परिवर्तनलाई अनुभूतिको तहसम्म ल्याइपुर्याउने किसिमले सङ्घीय सरकारले रणनीतिक महत्त्वका कार्यक्रम अघि सारेको जानकारी दिए ।
“प्रदेश सरकारको नीति तथा कार्यक्रमले समेत यसलाई अघि सारेको छ, त्यसैले व्यवस्था मात्र परिवर्तन भयो, अवस्था उस्तै छ भन्ने भाष्य क्रमशः परिवर्तन हुँदैछ,” प्रधानमन्त्री प्रचण्डले भने । उनले पछिल्ला दिनहरूमा अस्पतालको सेवाप्रवाहमा गुणात्मक परिवर्तन आएको बताए ।
देशका नागरिक स्वस्थ हुनु भनेको अर्थतन्त्र र समाज स्वस्थ हुनु हो भन्दै प्रधानमन्त्री प्रचण्डले स्वस्थ नागरिकबाटै समृद्धिको सपना साकार हुने विश्वास व्यक्त गरे । “शारीरिक तथा मानसिकरूपमा सबल, सक्षम र स्वस्थ नागरिकहरूको प्रयत्नबाट मात्रै कतिपय देशहरू हरेक क्षेत्रमा फड्को मार्न सफल भएका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “यही कुरालाई मनन गर्दै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्दै आएका छौँ र गणतन्त्र प्राप्तिको छोटो अवधिमा स्वास्थ्य सूचकाङ्कहरूमा उल्लेख्य सुधार भएको छ ।”
विसं २०७२ सालको महाभूकम्पले धरासायी बनाएको चौतारा अस्पतालको पुनःनिर्माण प्रक्रिया अघि बढाएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले नयाँ भवन निर्माण भएसँगै अस्पतालको खुलाचौरमा टेण्टभित्र स्वास्थ्य उपचार गर्नुपर्ने बाध्यता अन्त्य भइ सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त गरे ।
व्यवस्थासँगै अवस्था परिवर्तनका लागि सिन्धुपाल्चोकको महत्त्वपूर्ण भूमिमा रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले जनयुद्धको कठिन समयमा यहाँका जनताबाट माया पाएको स्मरण गरे । “म थुप्रैपटक सिन्धुपाल्चोक आएको छु, जनयुद्धको कठितम् दिनहरूमा मैले यहाँका गाउँवेशी चहारेको छु, यहाँका भीरपाखाहरू छिचोलेको छु,” प्रधानमन्त्री प्रचण्डले भने, “बृद्ध आमाहरूले मायाले पकाएर दिनुभएको खोलेफाँडो खाएर क्रान्तिको मोर्चामा लामबद्ध भएको छु ।” न्युज कारखाना
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।
उनलाई आज प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको नेताको रुपमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
उनलाई ४८ घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वोच्चले परमादेश जारी गरेको थियो । सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र सुनिल पोखरेलको संयुक्त इजलासले खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न भनेको थियो ।न्युज कारखाना
काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले बजेट ल्याउदा आफु दबाबमा रहेको बताएका छन् ।
बुधबार बजेट बारे पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री पुनले यस अघिका प्रक्षेपणहरु पुरा नहुदा आफु बजेट बनाउनेक्रममा दबाबमा रहेको बताएका हुन् ।
उनले बजेट बारे जानकारी दिदै युवाहरुलाई विदेश पठाउन रोक्न, देश भित्रका अवसर नखोजेर सजिलै विदेश जान खोज्ने प्रवृतिलाई रोक्न बजेटले प्रयास गरेको बताए । आफुहरु कुनै व्यक्ति वा नेताहरुको कमजोरीलाई भन्ने भन्दा पनि हाम्रो अर्थतन्त्रको समग्र स्वरूपलाई नै समीक्षा गरेर बजेट ल्याएको दाबि गरे ।
उनले हाम्रो छिमेकमा कस्तो अर्थतन्त्र निर्माण हुदै छ र हाम्रो देश सुहाउदो बजेट ल्याउने प्रयास गरेको बताए । उनले अब देशमा नयाँ चरणको आर्थिक सुधारको आवश्यकता भएको भन्दै आयोग नै गठन गरेर अगाडी जाने व्यवस्था गरेको बताए ।
अर्थमन्त्रीले अहिले २०-२५ प्रतिशत मात्र खर्च गरेको बताउदै अब निजी क्षेत्रलाई अगाडी बढाएर जाने नीति लिएको स्पष्ट गरे । ठुला पूर्वाधार जस्तै विमानस्थल तथा सिग्नेचर पुर्बाधारमा अब निजी क्षेत्रलाई पनि लगानी गर्न प्रेरित गर्ने व्यवस्था बजेटमा गरेको बताए ।
अर्थमन्त्री पुनले प्रदेशको विशेषता अनुसारको कार्यक्रम ल्याइएको बताए । बजेटमा कोशीलाई उद्योग, बागमतीमा सूचना प्रविधि, गण्डकीलाई पर्यटक, लुम्बिनीलाई साना तथा मझौला उद्योग, कर्णालीलाई जडिबुटी र सुदूरपश्चिममा धार्मिक पर्यटन केन्द्रको रुपमा विकास गर्ने योजना बजेटमा ल्याएको बताए ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्षका लागि कूल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट पेश गरेका छन् ।
अर्थमन्त्री पुनले संसदमा बजेट सार्बजनिक गर्दै कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्बजनिक गरेका हुन् । गत बर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो ।
अर्थमन्त्री पुनका अनुसार कूल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड १९.७४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।न्युज कारखाना
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै दायर भएको रिट आज सुनुवाई नहुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको थियो ।
निवेदक अनुपम भट्टराईले सुनुवाइ स्थगन गर्न निवेदन दिएकाले आज सुनुवाइ नगरिएको हो।
अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्न समेत माग गरिएको छ ।
रिटमा महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको छ।
रिटमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारीले अनुसन्धान प्रक्रियामा प्रभाव र प्रतिकूल असर पार्ने तथा प्राकृतिक न्यायको सिद्धान्त विपरित समेत रहने भएकाले अनुसन्धान प्रक्रिया चलिरहेको अवस्थामा गृहमन्त्रीको पदबाट निजलाई निलम्बन गर्न अन्तरिम आदेश माग समेत गरिएको छ ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गरेका छन् । उनले सरोकारवाला सबै क्षेत्रबीच सहकार्य र समन्वय गरेर हिमाल संरक्षणमा लाग्नुपर्ने आवश्यकता औँल्याए ।
७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारले आगाडि बढाएको ‘हिमाल जोगाऔँ, मानवता बचाऔँ’ भन्ने अभियानलाई सघाउन आग्रह गरेका हुन् ।
विश्वव्यापी जलवायु परिवर्तनका कारण तापक्रमको वृद्धिसँगै सगरमाथा लगायतका हिमालहरू यसको असरको चपेटामा पर्दै गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण तथा हिमालका फोहोरमैला व्यवस्थापन लगायतका चुनौती थपिएको बताए ।
“हिमाललाई प्रदूषणरहित बनाइराख्न सहकार्य र समन्वयवको आवश्यकता छ । यसका लागि नेपाल सरकारले ‘हिमाल जोगाऔँ, मानवता बचाऔँ’ भन्ने नाराका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरूमा संवाद गर्ने नीति लिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सरकारको यस नीतिगत प्राथमिकता र पहलमा सरोकारवाला लगायत सम्पूर्ण नेपालीहरूको बलियो साथ रहने मेरो विश्वास छ ।” उहाँले पछिल्लो समय विश्वव्यापी रूपमा देखापरेका वातावरणीय सङ्कट खासगरी जलवायु परिवर्तन, तापमान वृद्धिले ल्याएको चुनौती गम्भीर भएको उल्लेख गरे ।
“मुख्यतः तापमान वृद्धिसँगै हिमाल पग्लिने, हिमताल विष्फोटको खतरा बढ्दै जाने, वायु प्रदुषण बढ्दै जानेजस्ता कारणले हिमालको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूको जीवन, सभ्यता, विकास, जीवनशैली, स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको छ,” प्रधानमन्त्रीले भने, “नेपालले हिमाली क्षेत्रको संरक्षण एवं जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभावलाई न्यूनीकरण र अनुकुलन गर्न उच्च प्राथमिकतामा राख्दै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा जलवायु न्यायका लागि नेतृत्वदायी पैरबी गर्दै आइरहेको छ ।”
सगरमाथा दिवसले नेपालको पर्यटक आगमनमा वृद्धि गर्न, हिमालको संरक्षण गर्न, हिमाली क्षेत्रमा भइरहेको फोहोरको न्यूनीकरण एवं उचित व्यवस्थापन गर्न एवं हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेका प्रभावहरू न्यूनीकरण एवं अनुकूलनका लागि काम गर्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
“सगरमाथा नेपालको विशिष्ट पहिचान र सौन्दर्य हो, यो जैविक विविधताको विशिष्ट केन्द्र पनि हो, हिमाली जाति र समुदायको ऐतिहासिकता र मौलिक संस्कृति हो,” प्रधानमन्त्रीले भने, “हिमाली क्षेत्रले विश्वलाई वातावरणीय सेवा, जैविक विविधता, स्वच्छ पानी, स्वच्छ हावा, तापमान नियन्त्रण एवं सन्तुलन, पारिस्थितिक प्रणालीमा सन्तुलन, मानव जीवनचक्र लगायतका बहुआयमिक पक्षमा महत्त्वपूर्ण योगदान गर्दछ ।”
विश्व इतिहास र रङ्गमञ्चमा नेपाली पहिचान र विशेषताका बहुआयामिक रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सगरमाथा र लुम्बिनी जस्ता प्राकृतिक, ऐतिहासिक एवं सांस्कृतिक विश्व सम्पदा संसारभरिका मानिसका निम्ति गौरवको विषय बताए ।
सगरमाथाबाट आरम्भ भएको हिमाल आरोहणको यात्रा नेपाल लगायत विश्वका विभिन्न हिमशिखरहरूको आरोहण हुँदै विश्वव्यापी फैलिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालका आठ हजार मिटरभन्दा अग्ला हिमालहरूका साथै अन्य हिमालहरूको आरोहणमा आकर्षण बढिरहेको बताए ।
सरकारले हिमाल आरोहणलाई सुरक्षित र आरोहीहरूको आत्मसम्मानलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमहरू तर्जुमा गरिरहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षभित्र १६ लाख पर्यटक भित्राउने लक्ष्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको जानकारी दिँदै प्रधानमन्त्रीले नयाँ गन्तव्यको पहिचान तथा मौजुदा गन्तव्यको विकास र प्रवर्धन, पर्यटकलाई एकद्वार प्रणालीबाट सेवा प्रवाह, पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित प्रविधिमा आधारित बनाउने तथा टाकुरा पर्वतीय गन्तव्यको पहिचान, प्रवर्द्धन कार्यक्रम राखिएको उल्लेख गरे ।
“सगरमाथा आरोहणको दौरानमा सयौँ आरोहीहरूले जीवन गुमाउनुभएको छ,” प्रधानमन्त्रीले भने, “यस दिनमा उहाँहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै उहाँहरूका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।”न्युज कारखाना
काठमाडौँ ,। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आजदेखि ‘राष्ट्रिय महिला भेला’ को आयोजना गर्दै छ । सो पार्टीका स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले भेलाको तयारी पूरा भएको जानकारी दिएका छन् ।
भेलामा पार्टीका २३ वटै जनसङ्गठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि गरी करिब पाँच हजार जनाको सहभागी हुनेछ ।
एमालेले २०६३ साल जेठ १६ गते आमाका नामबाट नागरिकता, राज्यका सबै तहमा एकतिहाई महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसदको सङ्कल्प प्रस्तावका रूपमा पास गरेको स्मरणमा भेलाको आयोजना गरिएको जनाइएको छ । भेला जेठ १६ र १७ गते प्रज्ञा भवन कमलालीमा सञ्चालन हुनेछ ।
भेलामा सहभागीहरुले १२ समूह विभाजन भइ छलफल गरी निष्कर्षसहित सरकारलाई सुझाव दिने एमालेका केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिइन् ।न्युज कारखाना
काठमाडौँ । सरकारले एमालेका सांसद सुर्य थापाको संयोजकत्वमा सहकारी ठगि सम्बन्धि संसदीय छानबिन समिति गठन गर्ने भएको छ ।
७ सदस्यीय समितिमा एमालेबाट थापा र सरिता भुसाल रहने भएका छन् । त्यस्तै कांग्रेसबाट सांसदहरु ईश्वरी देवी न्यौपाने, र बद्रीप्रसाद पाण्डे रहने छन् भने माओवादीबाट लेखनाथ दाहाल, रास्वपबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान रहने भएका छन् ।
आजै बस्ने प्रतिनिधिसभाको बैठकले संसदीय समितिको घोषणा गर्ने छ । समितिलाई तीन महिनाको समय दिएर ४ बुँदे कार्यादेश दिइएको छ ।न्युज कारखाना
काठमाडौं- वर्तमान शासन व्यवस्थालाई फालेर राष्ट्रपतीय प्रणालीमा जानुपर्नेमा वक्ताहरूले जोड दिएका छन्। मंगलबार काठमाडौंमा आम जनता पार्टी (आजपा) ले ‘गणतन्त्र कस्को, दलको कि जनताको?’ विषयक सर्वपक्षीय अन्तरक्रियामा बोल्ने वक्ताहरूले तेस्रो जनाआन्दोलन् गरेर भए पनि यो व्यवस्था बदल्नुपर्ने बताएका छन्।
कार्यक्रममा आजपा अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले ठूलो बलिदानीबाट प्राप्त गणतन्त्र मुट्ठीभरको स्वार्थमा सीमित भएकोले यसको विकल्प खोज्न जरुरी भएको बताए।
अहिले देशमा वर्तमान व्यवस्था जनताको पक्षमा नरहेको बताउँदै साहले भने, ‘आम जनता लाचार, तर दलका नेता र तिनका सीमित आसेपासेहरू मालामाल रहेको कहालीलाग्दो स्थितिलाई हामीले कहिलेसम्म सहने?’ वर्तमान लुटकारी चरित्रको दलाल दलतन्त्र र भगौडा पुँजीवादी व्यवस्थाको भण्डाफोर गर्नुपर्नेमा अध्यक्ष साहको जोड छ। ‘यो विकृत संसदीय व्यवस्थाको समूल नष्ट गर्दै आम जनताको सर्वोच्चतासहितको शासन–सत्ता ल्याउन तेस्रो जनआन्दोलनको अपिल गर्दछौं,’ उनले भने।
क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता धमेन्द्र बास्तोलाले वर्तमान संसदीय व्यवस्था दलालहरूको कब्जामा रहेको जिकिर गर्दै यसको निकासका लागि विद्रोह गर्नुपर्ने धारणा राखे। बास्तोलाले अहिलेको खिचडी र स्वार्थ केन्द्रित व्यवस्थामा रहेर देश बर्बादभन्दा केही नहुने दाबी गरे। ‘यसको परिधिमा रहेर प्रचण्ड, केपी, प्रभु साह वा स्वयम् म आफैं भए पनि केही हुनेवाला छैन,’ बास्तोलाले भने।
नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले वर्तमान न्याय प्रणाली र देशको शासन प्रणाली जनमुखी नरेकोले यसमा व्यापक संशोधन र सुधार गर्नुपर्नेमा जोड दिए। अध्यक्ष घिमिरेले हरेक नेता तथा कार्यकर्ता दलभन्दा माथि उठेर देश र जनताको पक्षमा लाग्नुपर्ने समेत सुझाए।
प्रा.डा. सुरेन्द्र केसीले जनताले ठूलो त्याग तपस्या गरेर ल्याएको गणतन्त्रलाई दलहरुले निश्चित वर्गको लुटको स्वर्ग बनाउने आधार बनाएको आरोप लगाएका छन्। उनले भारतमा संविधान निर्माण गर्दा ६ करोड लागेको तर नेपालको संविधान बानाउन अर्बौं–अर्ब लाग्नु दुःखद् भएको बताउँदै भने, ‘संविधान निर्माण गर्दाखेरी नै देश कंगाल बनाउने आधार खडा भइसकेको थियो।’
एक अर्को प्रसंगमा डा.केसीले वर्तमान विज्ञान र प्रविधिको विकासले हरेकको हातहातमा मोबाइल भएपछि ठूला कर्पोरेट मिडिया आवश्यक नरहेको समेत बताउँदै भने, ‘ठूला भनिएका मिडियामा जनताको विश्वास उडेपछि किन चाहियो कान्तिपुरजस्ता मिडिया?’
नगरिक अगुवा सुन्दरमणि दिक्षितले जन आन्दोलनमार्फत राजा फालेर ल्याइएको गण्तन्त्रमा पनि अनगिन्ती छोटे राजाहरूले देशलाई असफल बनाउन लागेको आरोप लगाए।
संसदीय व्यवस्थामा संसद मन्दिरतुल्य भए पनि अहिले त्यसलाई माजाक बनाइरहेकोप्रति रोष प्रकट गर्दै दिक्षितले भने, ‘अहिले सत्ता र प्रतिपक्ष कोही पनि जिम्मेवार देखिएनन्, त्यसैले विद्रोह गरेर भए पनि यो व्यवस्था खारेज गरेर राष्ट्रपतीय प्रणालीमा जानुपर्छ।’
उनले लोकतन्त्रको सुन्दर पक्ष प्रेस स्वतन्त्रता भए पनि कैलाश सिरोहियालाई गिरफ्तार गरेर वर्तमान सरकारले शाही सत्ताको झल्को दिएको आरोपसमेत लगाए। उनले देशको प्रमुख दुष्मन भ्रष्टाचार भएको र संविधान संशोधन गरेर भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था गर्नु पर्ने पनि बताए।
आमजनता पार्टीका वरिष्ठ उपाध्यक्ष तिलक थापामगारले वर्तमान शासन व्यवस्थाले देशलाई दिनप्रति दिन कमजोर बनाउँदै लगेको जिकिर गर्दै तेस्रो जनाआन्दोलनको तयारी गर्नुपर्नेमा जोड दिए।
किराँत स्वायत्त प्रदेश संघर्ष समिति संयोजक नगेन्द्र राईले जनयुद्ध र जनाआन्दोलनबाट पहिचानको मुद्दालाई स्थापित गरे पनि पछिल्लो समयमा त्यसको विरुद्धमा मुख्य दलहरू लागेको आरोप लगाए।
आम जनतापार्टी उपत्यका विशेष कमिटी अध्यक्ष देवी पण्डितले सभाअध्यक्षता गरेको कार्यक्रमलाई पार्टी प्रवक्ता चन्द्रभुषण साहले सञ्चालन गरेका थिए।न्युज कारखाना
काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले आज सार्बजनिक गरेको बजेटबारे कांग्रेसले यस अघि बोले जस्तो नआएको टिप्पणी गरेका छन् ।
पुर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले सरकारले चाहे जस्तो ठुलो बजेट बनाउन नसकेको टिप्पणी गर्दै बास्तविकता भन्दा माथि रहेको बताए ।
महतले सुधारका कार्यक्रम ल्याउने बताउदै आएको भएपनि बजेटमा त्यस्तो नदेखिएको टिप्पणी गरेका छन् ।
उनले प्रधानमन्त्रीले गर्ने भनेका कुराहरु बजेटमा उल्लेख नगरेको बताउदै अहिले जारी रहेका योजना बारे समेत मौन रहेको टिप्पणी गरेका छन् । उनले वितरणमुखी कार्यक्रम बजेटमा उल्लेख नगरिएको बताउदै पुरा बजेट किताब हेरेपछि भन्न सकिने बताए ।
डा. महतले प्याज आलू र स्याउमा भ्याट हटाउने घोषणा गरेर सिधै झुट बोलेको बताउदै आफुहरुले भन्सारमा भ्याट लाग्दै आएकोमा अब हटेपछि यी वस्तु कसरी सस्तो हुन्छन् भन्दै प्रश्न गरेका छन् ।न्युज कारखाना
काठमाडौं । कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं ल्याईएको छ ।
सिरोहियाको मुटुको समस्या बढेपछि आज हेलिकप्टरमार्फत काठमाडौं ल्याईएको हो । उनलाई ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा उपचार गरिदै छ ।
नागरिकता किर्ते कसुरमा उनी काठमाडौंस्थित् कान्तिपुरको मुख्यालय थापाथलीबाट पक्राउ परेका उनलाई गत मंगलबार राति धनुषा लगिएको थियो ।
अदालतले पटक पटक म्याद थपेर प्रहरीलाई अनुसन्धानको लागि अनुमति दिँदै आएको छ । उनलाई अहिलेसम्म तीन पटक ३-३ दिनको लागि म्याद थप गरिएको छ ।न्युज कारखाना
काठमाडौँ । संसदको संयुक्त बैठकमा बजेट भाषण शुरु भएको छ ।
केहि बेर अघि शुरु भएको संसदको संयुक्त बैठकमा अर्थमन्त्री बर्षमान पुनले बजेट भाषण शुरु गरेका हुन् ।
यस अघि आजै बसेको प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरेको थियो ।
हरेक वर्ष जेठ १५ गते बजेट ल्याउनुपर्ने वाध्यकारी संवैधानिक व्यवस्था छ।न्युज कारखाना
काठमाडौँ । संसदको गतिरोध अन्त्य गर्नका लागि आवस्यक राजनैतिक सहमतिसहित संसदिय समिति गठन र समितिको कार्यादेश निर्माणका लागि गठित कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ ।
उक्त अवसरमा कार्यदल संयोजक तथा कानुनमन्त्री मा. पदम गिरीले सम्माननीय प्रधानमन्त्रीको महत्त्वपूर्ण दिशानिर्देश र सुझबुझपुर्ण नेतृत्वको कारण कार्यदलले सहि रूपमा काम गर्न सकेको बताउनु हुँदै जिम्मेवारी प्रदान गरेकोमा प्रधानमन्त्रीसहित नेतृत्वगणप्रति आभार प्रकट गरे ।
त्यस्तै प्रधानमन्त्रीले आफ्नो भुमिकालाई कुशलतापुर्वक पूरा गर्नु भएकोमा कार्यदल संयोजक सहित सबै सदस्यहरुलाई धन्यवाद व्यक्त गरे ।
कार्यदलमा कानुनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा महेश बर्तौला, जीवन परियार र शिशिर खनाल सदस्य रहेका छन् ।न्युज कारखाना
काठमाडौं । सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन दलहरुबीच सहमति भएको छ । मंगलबार सम्पन्न कार्यदलको बैठकले कार्यादेश बारे ४ बुँदे सहमति गरेको हो । 
संसदीय समितिलाई तीन महिनाको समय दिइएको छ भने समितिमा ७ सदस्य हुने छन् । जसमा एमाले र कांग्रेसबाट २-२ जना सदस्य हुने छन् भने माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक एक जना हुने छन् । 
सङ्घीय संसदमा प्रमुख विपक्षी दल नेपाली काँग्रेस र अन्य विपक्षी दलका प्रतिनिधि सभाका सदस्यहरूले विगत केही समयदेखि मुलुकको वित्तीय प्रणाली र सहकारी क्षेत्रमा देखिएका समस्याका बारेमा उठाउनुभएका मुद्दा र कानून विपरीत बचतकर्ताहरूको बचत दुरुपयोग भएको भनी संसदीय छानबिन समितिको माग हुँदै आएको विषयमा अध्ययन गर्न प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० बमोजिम ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ गठन गरिएको छ।
समितिको कार्यक्षेत्र:
१. सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने।
२. समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढङ्गले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा अध्ययन गरी सिफारिस गर्ने।
३. नेपाल सरकार सहकारी विभाग र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सार्वजनिकीकरण गरेका अनुसूची-१ मा उल्लेख भएका संस्थाहरू लगायतका सहकारी संस्थामा देखिएका समस्या समाधानको प्रयास र ती सहकारीमा आबद्ध बचतकर्ताको बचत सुरक्षा र फिर्ता को प्रक्रिया कहाँ पुगेको छ सो को अध्ययन विश्लेषण गरी अविलम्ब बचत फिर्ताको उपायसहितको सुझाव दिने ।
४. सहकारी संस्था सदस्य (शेयर धनी) एवं बचतकर्ताबाट सहकारी संस्थामा जम्मा गरिएको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन गरी हानी नोक्सानी पुऱ्याएको भनी सङ्घीय संसद् र सार्वजनिक रूपमा प्रश्न उठेका, विभिन्न तह र निकायमा उजुरी परेका अनुसूची २ मा उल्लेखित लगायतका सहकारी संस्थाहरूबाट गोरखा मिडिया नेटवर्क प्रालि लगायत अन्य कम्पनी वा संस्थाहरूमा प्रवाह भएको रकमको स्थिति, सो रकम गैर कानुनी रूपमा प्रवाह भए-नभएको, र त्यस्तो गैर कानुनी वा अनुचित कार्यमा कोही संलग्न देखिएमा त्यस्ता व्यक्तिहरूको बारेमा अध्ययन छानबिन गरी जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिहरूलाई कानुन बमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने ।न्युज कारखाना
काठमाडौं । सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन दलहरुबीच सहमति भएको छ ।
मंगलबार सम्पन्न कार्यदलको बैठकले कार्यादेश बारे ४ बुँदे सहमति गरेको हो । कार्यदलले गरेको सहमति प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएपछि मात्र सहमतिका बुँदा सार्वजनिक गर्ने जनाएको छ । अहिले कार्यदलले प्रधानमन्त्री दाहाललाई सहमति बुझाउन लैजाँदै छ ।
कार्यदलमा कानुनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा महेश बर्तौला, जीवन परियार र शिशिर खनाल सदस्य रहेका छन् ।न्युज कारखाना
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा व्याप्त निराशाको तावामा विभिन्न आवरणमा व्यवस्थामाथि आगो सल्काउन खोज्नेहरुप्रति सचेत रहन आग्रह गरेका छन् ।
गणतन्त्र दिवसको शुभकामना दिँदै थापाले यस्तो बताएका हुन् । उनले व्यवस्थासँगै देशको अवस्था बदलिन नसक्दा निश्चय नै निराशा र आक्रोश बढेको टिप्पणी गरेका छन् ।
उनले लेखेका छन्–
२०६२/०६३को ऐतिहासिक जनआन्दोलनको बलमा २०६५ जेठ १५ गते संविधान सभाको पहिलो बैठकबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको त्यो क्षण !
आज १७औं गणतन्त्र ! ब्यवस्था संगै अवस्था बदलिन नसक्दा निश्चय नै निराशा र आक्रोश बढेको छ । दोष ब्यवस्थाको होइन व्यवस्था चलाउने पात्र र प्रवृतिको हो । बदलिन र बदल्न,सच्चिन र सच्याउन पर्ने थुप्रै विषय छन । आशा र भरोसाका लागि डेलिभरी दिनुपर्नेछ,थिति बसाल्नुपर्नेछ। समीक्षा र प्रण गरौं ।
यही निराशाको तावामा विभिन्न आवरणमा ब्यवस्थामाथि आगो सल्काउन खोज्नेहरूप्रति सचेत रहदैं लोकतान्त्रिक गणतन्त्रलाई थप उन्नत र देशलाई समुन्नत बनाउन आजको दिनले हामी सबैलाई उत्प्रेरित गरोस् ।
गणतन्त्र दिवसको अवसरमा देश-विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना !न्युज कारखाना
काठमाडौं । सहकारी ठगि प्रकरणमा छानबिन गर्न गठन हुने संसदीय छानबिन समितिको कार्यादेशलाई फाइनल गर्न कार्यदलको बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक बसिरहेको छ । बैठकमा कानुनमन्त्री पदम गिरीसहित सदस्यहरु महेश बर्तौला, जीवन परियार, ज्ञानेन्द्र कार्की र शिशिर खनाल सहभागी छन् ।
समितिमा सहमति जुटाउने प्रयोजनका निम्ति सोमवार राति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री जीवन परियार, नेताहरू रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्कीसँगै सत्तारूढ एमाले र रास्वपाका नेताहरूबीच छलफल भएको थियो ।
प्रमुख दलहरुबीच समितिमा नेपाली कांग्रेस र एमालेबाट २–२ जना, माओवादी केन्द्र, राप्रपा र रास्वपाबाट एक–एक जना सदस्य रहने गरि ७ सदस्यीय संसदीय समिति बनाउने सहमति भएको छ ।
गृहमन्त्री लामिछानेको नाम उल्लेख नगरी हिनामिना भएका सहकारी संस्था र गोर्खा मिडिया नेटवर्क लगायत निश्चित कम्पनीको नाम उल्लेख गरेर समिति गठन गर्न दलहरु सहमति नजिक पुगेक दाबी गरिएको छ । संसदीय समितिको कार्यादेशमा पोखराको सूर्यदर्शन, चितवनको सहारा, बुटवलको सुप्रिम लगायतका सहकारीसँगै गोर्खा मिडिया नेटवर्कको नाम उल्लेख गरिने बताइएको छ ।न्युज कारखाना
काठमाडौं । सरकारले अबदेखि महिनावारीको बेला महिला ट्राफिक प्रहरीलाई चार दिन छुट्टी दिने भएको छ । मंगलबार गणतन्त्र दिवसको अवसरमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिनावारीको समयमा ४ दिनसमम ट्राफिक प्रहरीलाई छुट्टी दिने घोषणा गरेका छन् ।
लामिछानेलले मापसे कारबाहीमा परेकालाई सडकमा खटाउने पनि घोषणा गरेका छन् । यसअघि महिला प्रहरीलाई महिनावारीको समयमा छुट्टी दिने व्यवस्था गरिएको थिएन ।
गणतन्त्र दिवसको अवसरमा सानो प्रयास गरिएको भन्दै लामिछानेले लेखेका छन्, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ ।’ न्युज कारखाना
काठमाडौं । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट सरकारको वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना पारित भएको छ ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको आयोगको पूर्ण बैठकले बजेटसँगै संसदमा पेस हुने वार्षिक कार्यक्रम तथा मध्यमकालिन खर्च संरचना समेत पारित गरेको हो ।
बजेटसँगै संसदमा टेवुल हुने भएकाले हरेक वर्ष वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालिन खर्च संरचना बनाएर राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पारित गर्ने गरेको छ ।
आयोगका अनुसार सरकारले ल्याउने बजेटमा वित्तीय अनुशासन कायम हुने, विनयोजन दक्षता पूर्ण रुपले पालना हुने, संस्थाहरूले गर्ने खर्चको क्षमता अनुसार नै बजेट विनियोजन गर्ने गरी सुनिश्चित गरिएको छ ।
बैठकममा प्रधानमन्त्री प्रचण्डले हरेक वर्ष सरकारको नीति तथा कार्यक्रम र बजेटबीच तादम्यता नमिलेको गुनासो आउने गरेको भन्दै यस वर्ष त्यस्तो नहुने बताए । कसरी हुन्छ नीति तथा कार्यक्रममा मिल्ने गरी जनमुखी बजेट निर्माणका लागि आफूले भनेको र सोही स्प्रिटमा अर्थमन्त्री वर्षमान पुनले बजेट तयार गरेको प्रधानमन्त्री दाहालले बताए ।
बैठकमा आयोगका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसहित, आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, मूख्यसचिव बैकुण्ठ अर्याल, तथा आयोगका सदस्य र सदस्य सचिव लगायतको उपस्थिति रहेको थियो । न्युज कारखाना
२०८१ जेष्ठ, १३ गते, धनगढी कैलाली दलित अधिकार, भूमि अधिकार र मानव अधिकारका क्षेत्रमा बिगत २५ बर्षदेखि क्रियाशिल राष्ट्रिय दलित नेटवर्क, नेपालले उक्त संस्थाका संस्थापक अध्यक्ष एवं संरक्षक श्री गणेश बहादुर बिश्वकर्मा ज्यूलाई सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा योजना आयोगको माननीय उपाध्यक्ष जस्तो गरिममाय पदमा नियुक्त हुनु भएको अवसरमा हार्दिक बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । उक्त अवसरमा उहाँले नेपालको दलित मानव अधिकार आन्दोलनमा पुरयाउनु भएको अतुलनीय योगदानको उच्च कदर गर्दे संस्थाका बर्तमान अध्यक्ष मोहन ओडले सम्मानपत्र हस्तानतरण गर्नुभयो भने महासचिव पार्वती आग्री र कोषाध्यक्ष जंग बहादुर सुनारले मायाँको चिनो उपलब्ध गराउनु भयो । बिश्वकर्माले बिशेषगरी नेपाल र दक्षिण एसिया स्तरका स्तरका बिभीन्न एलायन्स र नेटवर्कि·मा नेतृत्वमा रहि सामाजिक आन्दोलनको अगुवाई गर्नुभएको थियो । उहाँकै पहलमा राष्ट्रिय दलित नेटवर्क, नेपालद्धारा बि.स.२०६० सालमा नेपालमा ऐतिहाँसिक दलित संसदको आयोजना गरिएको थियो । नेपालको नागरिक आन्दोलनमा दलित संसद एउटा यस्तो श्रृजनात्मक र नबिनतम साझा कार्यक्रम बन्न पुग्यो जसले नेपाली दलितहरुको राजनितिक, सामाजिक, आर्थिक र सांस्कृतिक सवालहरु अन्तराष्ट्रियकरण गर्न योगदान गरयो । पहिलो दलित संसदले संबिधानसभाको निर्वाचनको माग गरेको थियो । दोस्रो दलित संसद २००२ मा सम्पन्न भयो र यसले दलितहरूको लागि संवैधानिक आरक्षणको लागि अर्थपूर्ण शान्ति वार्ता र वैकल्पिक प्रतिवेदन घोषणा ग¥यो । त्यसैगरी सन् २००३ मा धनगढीमा सम्पन्न तेस्रो दलित संसदले हलिया मुक्ति र क्रान्तिकारी भूमिसुधारको व्यापक वकालत गरेको थियो । तर चौथो दलित संसद काठमाण्डौमा सम्पन्न भई यसले लोकतान्त्रिक गणतन्त्र नेपालको नमुना संविधान घोषणा गरेको थियो । त्यस्तै पाँचौं दलित संसदले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा गरेको छ । त्यसैगरी छैटौं र सातौं दलित संसदले दलित संसदलाई दलित संविधानसभाको रूपमा तोकेर छायाँ संविधानसभा गठन गरेको थियो जसमा संवैधानिक राष्ट्रिय दलित आयोग र दलित परिप्रेक्ष्यमा आगामी संविधानको मस्यौदा तयार गरेको थियो । संविधान निर्माणमा केन्द्रित ११औँ दलित संसदले नेपालको नयाँ संविधान कार्यान्वयनका लागि मुद्दा उठान गरेको थियो । यस अधि उहाँले नेपाल सरकारद्धारा गठित उच्च स्तरिय भूमि अयोगको सदस्य, संघीय सरकार भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयद्धारा गठित मुक्त कमैया, हलिया, हरवाचरवा र कमलरी बस्तुस्थिती अध्ययन समितिको सदस्य, संघीय सरकार श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालयद्धारा गठित एकिकृत बाधा श्रम ऐन मस्यौदा समितिको बिज्ञ सदस्यका रुपमा रहि काम गरि सक्नु भएको छ ।
यसको अलवा बिश्वकर्माले नागरिक आन्दोलनका तर्फबाट देशका १००० भन्दा बढी सामाजिक संस्थाको छाता संगठन मानव अधिकार एलायन्सको केन्द्रीय अध्यक्ष, गरिबी निवारणका लागि दक्षिण एशिया एलायन्सको कोर समिति सदस्य, गैरसरकारी महासंघको सल्लाहकार, दलित गैरसरकारी संस्था महासंघको सल्लाहकार संयोजकको रुपमा भूमिका निर्वाह गर्नु भएको थियो । अहिले उहाँ बाध्यकारी श्रम उन्मुलन पैरवी समुहको राष्ट्रिय संयोजक, एशिया दलित अधिकार फोरमको परिषद सदस्य, क्रण र विकासका लागि एशियाली आन्दोलनको सदस्य, मानव अधिकार र न्यायमा पहुँचको लागि एसियाली संघको सदस्य, सबै खालका बिभेद बिरुद्ध राष्ट्रिय मञ्चको केन्द्रीय अध्यक्ष, मानव अधिकार संरक्षण मञ्चको केन्द्रीय अध्यक्ष लगायत दर्जर्नौ राष्ट्रिय र अन्तराष्ट्रिय सञ्जालमा आवद्ध रहि योगदान पुरयाई रहनु भएको छ ।
सम्मान कार्यक्रमका अवसरमा आफनो बिचार राख्दै उहाँले सुदुरपश्चिम प्रदेशको नीति तथा आयोग मार्फत दलितहरुका राजनितिक, आर्थिक, सामाजिक र सवाल सम्बोधन गर्नका लागि आफुले भूमिका निर्वाह गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । बिश्वकर्मा विद्यावारिधी स्कलर, अनुसन्धानकर्ता, वरिष्ट अधिकारकर्मी, वैद्विक व्यक्तित्व ब्यक्तित्वका रुपमा परिचीत हुनुहुन्छ । हाल उहाँ नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) को पोलीटब्युरो सदस्य र नेपाल दलित मुक्ति संगठनको केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।
काठमाडौं । बजेट भाषण हुने संसदको संयुक्त बैठक २ घण्टा सारिएको छ ।
यस अघि आज अपराहन्न १ बजेका लागि तय भएको संयुक्त सदनको बैठक अब ३ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
आज सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दैछ । संसद बस्नुअघि दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ । मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि संसदमा बजेट भाषण हुने छ ।
सहकारी ठगि प्रकरण छानबिनका लागि बन्ने संसदीय समितको कार्यदेश टुंगाउन केही समय लाग्ने भएपछि बैठक सारिएको हो ।
सोमबार राति कार्यादेशमा सहमति जुटेपछि दलहरुले आज समितिमा बस्ने नेताहरुको नाम बुझाउने छन् ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बसेर कार्यादेशमा भएको सहमति अनुमोदन गरेको छ र तीन बजेसम्म संसदीय समितिमा बस्नेको नाम दिने बताएको छ ।
आजै बजेट भाषणपछि बस्ने प्रतिनिधि सभाको बैठकले संसदीय छानबिन समिति गठन गर्ने छ । न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्याउन तथा सङ्क्रमणकालीन न्यायका बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
गणतन्त्र दिवसका अवसरमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानको मर्म र भावनालाई सम्बोधन गर्नेगरी द्वन्द्व व्यवस्थान र शान्ति स्थापनाका अधिकांश कार्य सम्पन्न भएको बताए ।
“संविधानले परिलक्षित गरेबमोजिम हामीले द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनाका अधिकाशं कार्य सम्पन्न गरेका छौँ”, प्रधानमन्त्री प्रचण्डले भने, “शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्याउन तथा सङ्क्रमणकालीन न्यायका बाँकी काम समेत यथाशीघ्र सम्पन्न गर्न सरकार दृढ छ।” उनले द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनामा नेपालले गरेको अभ्यास विश्वसामु नवीन उदाहरणका रूपमा स्थापित भएको उल्लेख गरे ।
प्रधानमन्त्री प्रचण्डले सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका घाइते र अपाङ्गता भएकालाई जीवन निर्वाह भत्ता वितरण तथा द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, उपचार, रोजगारी, स्वरोजगारका अवसर, आर्थिक सहायता, पुनस्स्थापना र परिपूरणको व्यवस्था मिलाइएको जानकारी दिए ।
विश्वव्यापीरूपमा स्थापित लोकतन्त्रका आधारभूत सिद्धान्त, मान्यता र नेपाली समाजको विशेषता अनुकूलका चरित्रसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रु नेपालको मौलिक राजनीतिक प्रणाली हो भन्ने तथ्य स्थापित हुँदै गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानबमोजिम तीनै तहमा निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न निर्वाचनले मुलुकमा सङ्घीय शासन प्रणालीलाई सुदृढ बनाएको स्पष्ट पारे । उनले आवधिक निर्वाचनबाट गठन भएका तीन तहका सरकारहरू नागरिकको हित र उन्नतीका लागि क्रियाशील रहेको बताए ।
‘राष्ट्रिय आवश्यकता तथा जनचाहनाअनुरूप देशमा समाजवादउन्मुख आर्थिक सामाजिक रूपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सरकार प्रतिबद्ध छ,’ प्रधानन्त्रीले भने, “नेपाली जनताको सुख र समुन्नतिका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न विद्यमान आर्थिक शिथिलता, दण्डहीनता एवं व्यावसायिक निराशालाई चिर्दै जनतामा आशा र भरोसा जगाउने गरी सरकारले कार्य गरिरहेको छ ।’
सुशासनलाई संस्थागत गर्न, विकास निर्माणलाई गति दिन र सेवा प्रवाहमा जनताले अनुभूति गर्न सक्नेगरी सुधारका लागि सरकार स्पष्ट मार्गचित्रका साथ अघि बढेको बताउँदै प्रधानमन्त्रीले संविधान कार्यान्वयन, सङ्घीयता सबलीकरण, अर्थतन्त्र सुधार र पुनरुत्थान, सुशासन प्रर्वधन, सार्वजनिक सेवाप्रवाहमा सुधार र सरलीकरण, नागरिकमैत्री शासनको स्थापना तथा भ्रष्टाचार नियन्त्रण सरकारका मुख्य प्राथमिकता भएको बताए ।
‘देशमा भएको युगान्तकारी परिवर्तनको फलस्वरूप रैती भएर युगौंदेखि हेपिएका वर्ग तथा समुदाय अहिले अधिकार र सम्मानका साथ राज्यका विभिन्न निकायमा नेतृत्व तहमा रहेका छन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘कल्पनाभन्दा पर रहेको, आँगनमा उभिँदा समेत छोइछिटो सहनुपर्ने समुदाय अहिले देशैभरिका ६ हजार ७ सय ४३ वडालगायत राज्यका विभिन्न तहका निकायमा निर्णायक भूमिकामा रहेका छन्। आधा आकाशको उपमा पाएका तर चुलोचौकोमा सीमित महिलाहरूले ७५३ स्थानीय तहका प्रमुख वा उपप्रमुखको रूपमा नेतृत्व गरिरहनुभएको छ ।’
सार्वजनिक क्षेत्र मात्र नभइ सबै राजनीतिक दल, सामाजिक सङ्घसंस्था लगायत हरेक तहका निकायका एक तिहाइ महिलाको सहभागिता सुनिश्चित भएको उल्लेख गर्दै प्रधानमन्त्रीले वञ्चितीकरणमा परेका वर्गको मूलप्रवाहीकरण एवं लक्षित समूहको अधिकार संरक्षणका लागि स्थापित संवैधानिक आयोगहरू क्रियाशील रहेको बताए । उनले नेपाली समाजमा व्याप्त यिनै सामाजिक, सांस्कृतिक, आर्थिकलगायतका विभेद र वञ्चितीकरणको अन्त्य गर्दै समृद्धिको जग बसाल्ने सफल दिनका रूपमा हामीले आजको दिनलाई स्मरण गरिरहेको बताए ।न्युज कारखाना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको बताएका छन् ।
गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर दिएको बताएका छन् ।
सन्देशमा भनेका छन्- ‘१७ वर्षअघि आजकै दिन हामीले स्वतन्त्रतासहित गणतन्त्र प्राप्त गरेका थियौँ । यही दिनबाट नेपाली नागरिकले सर्वोच्चता प्राप्त गरेका थियौँ र एउटा उदार, सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्र नेपालको जग बसाएका थियौँ ।’
‘म यति बेला गणतन्त्र घोषणा भएको त्यो गौरवमय क्षण सम्झिरहेको छु । त्यो क्षण हामीले सहिदहरूलाई सम्झिएर भनेका थियौँ अब सामाजिक न्याय, स्वाधीनता र समृद्धि सुनिश्चित हुनेछ,’ राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन्, ‘त्यो दिन हामीले भनेका थियौँ हाम्रो देशको झण्डा अब सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रतीक चिह्न बनेर विश्व समुदायमा गर्वका साथ फहराउनेछ ।’न्युज कारखाना
काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
आज आउन लागेको बजेटका विषयमा छलफल गर्न आज बिहान ११ बजे कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।
बैठक संघीय संसद भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने बताइएको छ ।
कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गर्दै आएको छ । हाल सरकार संसदीय छानबिन समिति बनाउन तयार भएपनि यसको कार्यादेशको विषयमा सहमति बनेको छैन ।न्युज कारखाना
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरूको बैठक बोलाएका छन् । आज बिहान १० बजे बानेश्वरस्थित प्रमुख प्रतिपक्षी दलको कार्यकक्षमा बस्ने गरि सभापति देउवाले प्रतिपक्षी दलहरुको बैठक बोलाएका हुन् ।
आज अपराहन्न १ बजे आगामी आर्थिक वर्षको बजेट ल्याउने कार्यसूची रहेकोले विपक्षी दलहरुको रणनीति तय गर्न बैठक बोलाइएको बताइएको छ । संबिधानमा नै हरेक बर्ष जेठ १५ गते बजेट ल्याउने प्रावधान राखिएको छ ।
सहकारी ठगि प्रकरणको छानबिनको विषयमा सहमति हुन नसकेपछि संसदको अवरोध कायम रहेको छ । यस बैठकमा विपक्षी दलहरुले बजेटको दिन कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्ने बताइएको छ ।न्युज कारखाना
राैतहट,१३ गते जेठ । राैतहटकाे देवाही गाेनाही वडा नम्बर ७ मा आज आम जनता पार्टीकाे वडा कमिटी गठन गरिएको छ । आजपाका जिल्ला अध्यक्ष पूर्व मेयर धर्मेन्द्र प्र.पटेलको विशेष अतिथ्यता तथा पुर्व वडा अध्यक्ष जगरनाथ यादवको अध्यक्षता मा पार्टी सङ्गठन सुदृढीकरण अभियान अन्तर्गत गठन गरिएको छ ।
साे वडाकाे मलङ्ग चौकको धार्मिक स्थल मठ्को प्राङ्गणमा बैठक बसी सर्वसहमतिबाट वडा कमिटी गठन गरिएको हाे । कमिटीकाे अध्यक्षमा विरेन्द्र साह,उपाध्यक्षमा सुरेन्द्र प्र. कुशवाहा, सरोज साह,सचिवमा राकेश कुशवाहा चयन भएका छन् ।
त्यस्तै सहसचिवमा रामबाबु बैठा,अमिरी साह (भौउच) र काेषाध्यक्षमा नवल किशोर कुशवाहा लगायत ७५ सदस्यीय समिती गठन गरिएको देवाही गाेनाही नगरपालिकाका पूर्व नगर प्रमुख धर्मेन्द्र पटेलले जानकारी गराएका हुन् ।
काठमाडौँ । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्माले पहिला कांग्रेसलाई आरोप लगाएको टिप्पणी गरेको छ ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अध्यक्ष ओलीले नै पहिला कांग्रेसले गिरीबन्धुको ५१ बिघा बेचेको भनेर आक्रमण शुरु गरेको बताउदै आफुहरुले त्यसको प्रतिवाद गरेको टिप्पणी गरेका छन् ।
एमालेले अध्यक्ष ओलीमाथि कांग्रेसले आधारहीन आरोप लगाएको भन्दै माफी माग्नुपर्ने बताए पछि कांग्रेसले यस्तो टिप्पणी गरेको हो ।
महामन्त्री शर्माले भने- सर्वोच्च अदालतले गिरीबन्धु प्रकरणमा पूर्ण फैसला दिएपछि कांग्रेस चुप नै थियो । तर यसको पहिलो प्रतिक्रिया, दमदार प्रतिक्रिया, आक्रामक प्रतिक्रिया अध्यक्ष ओलीकै थियो । उहाँले कांग्रेसले ५१ बिघा बेचेर कमिसन खायो भन्नुभयो । उहाँले आरोप लगाउन संबिधानले छुट दिने, प्रतिवाद गर्न उहाँलाई सोध्नुपर्ने ?’
महामन्त्री शर्माले ओलीजीले कांग्रेसमाथि आरोप लगाएपछि आफुहरुले त्यसको प्रतिवाद गरेको स्पष्ट गरे । उनले कांग्रेसलाई आरोपित गरेपछि आफुहरु मौन धारण नगर्ने बताए । न्युज कारखाना
काठमाडौँ । राप्रपाले मध्यावधि निर्वाचनको आशंका गरेको छ ।
राप्रपाको केन्द्रीय समितिको बैठकका निर्णय सार्बजनिक गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले मध्यावधि निर्वाचन हुनसक्ने भन्दै त्यसका लागि कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
राप्रपाले यस अघि शुरु गरेको भूगोल केन्द्रित आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको अध्यक्ष लिङदेनले बताए । साथै उनले आन्दोलनमा सहभागी नहुने नेता कार्यकर्तालाई पदबाट निकाल्नेसम्मको निर्णय बैठकले निर्णय गरेको बताए ।
साथै राप्रपाले सहकारी ठगि प्रकरणमा सरकारले प्रभावकारी काम गर्न नसकेको ठहर गर्दै संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ । साथै राप्रपाले प्रतिपक्षको अवरोधका बीचमा संसद संचालन गरेकोप्रति भर्त्सना गरेको छ ।
साथै राप्रपाले आफ्नो संसद गीता बस्नेतलाई सहकारी ठगि प्रकरणमा कानुन अनुसार उपस्थित भएर सामना गर्न निर्देशन दिने निर्णय गरको छ भने त्यस्तै प्रकृतिका विषयमा मुछिएका सबैलाई कारवाहीको माग समेत गरेको अध्यक्ष लिङदेनले जानकारी दिएका छन् ।
त्यस्तै राप्रपाले गिरीबन्धु टी-स्टेट प्रकरणमा भएको नीतिगत भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउन माग गरेको छ ।न्युज कारखाना
काठमाडौं । पार्टी विभाजन र विभाजित सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिएको विश्वासको मतमा संलग्न गरिएको भन्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिट आज हेर्न नभ्याइनेमा परेको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश अब्दुल अजिम मुसलमानको संयुक्त इजलासमा परेको पेशीमा हेर्न नभ्याइनेमा परेको हो ।
उपेन्द्र यादवले जसपा नेपालको बिभाजन संबिधान विपरित गरेको भन्दै निर्वाचन आयोगविरुद्ध रिट दायर गरेका थिए ।न्युज कारखाना
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । सोमबार अनुपम भट्टराईले रास्वपाका सभापतिसमेत रहेका लामिछानेलाई पदबाट हटाउन माग गर्दै रिट दायर गरेका हुन् ।
गृहमन्त्रीलाई पदबाट हटाउन र महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजलगायतका मागसहित परेको रिट सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेलले दरपीठ गरिदएपछि त्यसविरुद्ध परेको रिटमा गत बधुबार सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिट दर्ताको आदेश दिएको थियो ।
उक्त आदेशपछि अधिवक्ता अनुपम भट्टराईले दायर गरेको महान्यायाधिवक्ता कार्यालय, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दीनमणि पोखरेलविरुद्धको रिट निवेदन दर्ता भएको हो ।
सर्वोच्चमा दायर सो रिटमाथि प्रारम्भिक सुनुवाईका लागि आगामी बुधबारका लागि पेशी तोकिएको छ ।
उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारी ठगीमा जोडिएको र उनलाई कारबाही गर्नुपर्ने माग उठ्दै आएको बेला महान्यायाधिवक्ताको कार्यालयले भने उनलाई क्लिनचिट दिएको थियो ।न्युज कारखाना
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्ना अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आधारहीन आरोप लगाएको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेससँगको छलफलपछि उनले कांग्रेस सहमतिको पक्षमा नरहेको टिप्पणी गर्दै अध्यक्ष ओलीमाथि आधारहीन आरोप लगाएको विषयमा माफी माग्नुपर्ने बताए ।
उनले भने, ‘नेपाली कांग्रेस कुनै सहमतिको पक्षमा छैन भन्ने कुरा पछिल्ला घटनाक्रमहरूले संकेत गरिरहेका छन्। अनुचित र पूर्वाग्रह आरोप लगाउँदै राष्ट्रिय राजनीति बिथोल्न लागेको छ । एमालेका विरुद्ध प्रतिशोधपूर्ण आधारहीन आरोप लगाउँदै हिँडेको छ । यस्तो लाञ्छनाबाट पछि हट्न आवश्यक छ । कांग्रेसले आफ्नो अभिव्यक्ति फिर्ता लिँदैन भने हामी प्रतिवादमा उत्रिन्छौँ ।’
उनले कांग्रेसले एमालेका विरुद्ध गरेको अराजनीतिक आरोपको लिखित रूपमा सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताए ।
कांग्रेसले गिरीवन्धु टी स्टेट प्रकरणमा ओलीले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउदै आएको छ ।न्युज कारखाना
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रंगमती शाही प्रमुख रहेको कांग्रेसको पिछडिएको क्षेत्र समन्वय विभागमा १० सदस्य मनोनित गरेका छन् ।
सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनित गरेको मुख्य सचित कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
मनोनयन भएका सदस्य :
१. दुधकुमारी हमाल, डोल्पा
२. डा. साझना खातुन, रौतहट
३. स्मारिका विष्ट, काठमाण्डौ
४. उत्तम सिंखडा, धादिङ्ग
५. रामकुमार राई, भोजपुर
६. ऐनबहादुर मल्ल, बाजुरा
७. अर्जुनप्रसाद रेग्मी, पाल्पा
८. नरबहादुर रोकाया, हुम्ला
९. हरिशंकर तिमिल्सेना, दैलेख
१०.हिराप्रकाश गौचन, बाग्लुङ्ग
न्युज कारखाना
पुजा पाठक,चन्द्रपुर,१४ जेठ, चन्द्रपुर – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन जन ज्योति बहुमुखि क्याम्पस चन्द्रपुर रौतहटले उठाइएको माग सम्बोधन नभए देशब्यापी रुपमा आन्दोलन गर्ने चेतावनी दिएका छन्। जन ज्योति बहुमुखि क्याम्पस नगरकमिटि अध्यक्ष दामोदर उप्रेतीले स्वतन्त्र बिधार्थी युनियनले गरेको आर्थिक अनियमिताको बिषयमा क्याम्पस प्रशासनले सात दिन भित्र मा जवाब दिएन भने कडा संघर्षमा उत्रिने धम्कि समेत दिएका हुन।
४ बुन्दे माग राख्दै क्याम्पस प्रमुखलाइ बुझाइएको पत्रमा स्वतन्त्र बिधार्थी युनियनले कोषमा रहेको रकम के कुन शिर्षकमा खर्च गरेको, के कुन प्रक्रिया बाट म्याद थप गरिएको जानकारी दिन माग गरिएको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियनले उठाएको माग जायज रहेकोले क्याम्पस प्रमुखले समय मै सम्बोधन गर्नु पर्ने गरिएन भने आन्दोलनमा उत्रिने पत्र मार्फत जानकारी गराइएको छ। राष्ट्र, राष्ट्रिय्ता, न्याय र सामन्ताको बिषयमा आवाज उठाउदै आएका अनेरास्वबियुले क्याम्पसको विकास र शैक्षिक विकासमा समेत सहयोग पुर्याउदै आएको भन्दै स्वबियुले गरेको अनियमित्ता भ्रस्टाचार लुकाउने क्याम्पस प्रमुखले प्रयास गरे कुनै पनि हालतमा सहन गर्न नसकिने चेतावनी दिइएको छ।
क्याम्पस प्रमुखलाइ बुझाइएको माग पत्रमा २०७९ साउन १ गते देखी २०८० अशाढ़ ३१ सम्म कोषमा रहेको ७ लाख ५७ हजार ७सय ६६ रुपैया कहाँ कहाँ खर्च गरिएको सो को बिल भर्पाई सहितको विवरण उपलब्ध गराउन माग गरिएको छ। स्वबियु सभापति संगम श्रेष्ठले आर्थिक बर्ष २०७६/२०७७ देखी २०७९/२०८०सम्मको हिसाब किताब फर्छौट भै सकेको र सिधै बिधार्थी संग कुनै किसिमको शुल्क नलिने गरेको र सम्पूर्ण जिम्मेवारी क्याम्पस प्रमुखलाइ दिइएको जवाब फर्काएकोले क्याम्पस प्रमुखले गरिएको माग सम्बोधन गर्नु पर्ने एक मात्र बिकल्प देखिएको अध्यक्ष उप्रेतीले बताएका छन्।
पुजा पाठक, चन्द्रपुर,१४ जेठ, चन्द्रपुर – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन जन ज्योति बहुमुखि क्याम्पस चन्द्रपुर रौतहटले उठाइएको माग सम्बोधन नभए देशब्यापी रुपमा आन्दोलन गर्ने चेतावनी दिएका छन्। जन ज्योति बहुमुखि क्याम्पस नगरकमिटि अध्यक्ष दामोदर उप्रेतीले स्वतन्त्र बिधार्थी युनियनले गरेको आर्थिक अनियमिताको बिषयमा क्याम्पस प्रशासनले सात दिन भित्र मा जवाब दिएन भने कडा संघर्षमा उत्रिने धम्कि समेत दिएका हुन। ४ बुन्दे माग राख्दै क्याम्पस प्रमुखलाइ बुझाइएको पत्रमा स्वतन्त्र बिधार्थी युनियनले कोषमा रहेको रकम के कुन शिर्षकमा खर्च गरेको, के कुन प्रक्रिया बाट म्याद थप गरिएको जानकारी दिन माग गरिएको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियनले उठाएको माग जायज रहेकोले क्याम्पस प्रमुखले समय मै सम्बोधन गर्नु पर्ने गरिएन भने आन्दोलनमा उत्रिने पत्र मार्फत जानकारी गराइएको छ। राष्ट्र, राष्ट्रिय्ता, न्याय र सामन्ताको बिषयमा आवाज उठाउदै आएका अनेरास्वबियुले क्याम्पसको विकास र शैक्षिक विकासमा समेत सहयोग पुर्याउदै आएको भन्दै स्वबियुले गरेको अनियमित्ता भ्रस्टाचार लुकाउने क्याम्पस प्रमुखले प्रयास गरे कुनै पनि हालतमा सहन गर्न नसकिने चेतावनी दिइएको छ। क्याम्पस प्रमुखलाइ बुझाइएको माग पत्रमा २०७९ साउन १ गते देखी २०८० अशाढ़ ३१ सम्म कोषमा रहेको ७ लाख ५७ हजार ७सय ६६ रुपैया कहाँ कहाँ खर्च गरिएको सो को बिल भर्पाई सहितको विवरण उपलब्ध गराउन माग गरिएको छ। स्वबियु सभापति संगम श्रेष्ठले आर्थिक बर्ष २०७६/२०७७ देखी २०७९/२०८०सम्मको हिसाब किताब फर्छौट भै सकेको र सिधै बिधार्थी संग कुनै किसिमको शुल्क नलिने गरेको र सम्पूर्ण जिम्मेवारी क्याम्पस प्रमुखलाइ दिइएको जवाब फर्काएकोले क्याम्पस प्रमुखले गरिएको माग सम्बोधन गर्नु पर्ने एक मात्र बिकल्प देखिएको अध्यक्ष उप्रेतीले बताएका छन्।
काठमाडौँ । प्रमुखदलका शिर्ष नेताहरुको बैठकमा कार्यादेश बारे सहमति भएको छैन ।
बालुवाटारमा भएको बैठकमा सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बारे निष्कर्षमा नपुगेको कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिएका हुन् ।
आजको बैठकमा प्रधानमन्त्रीले सत्ता पक्ष र विपक्षी नेताहरुसँग अलग अलग समेत छलफल गरेको जानकारी दिदै बैठकमा सहमति नभएको बताए । प्रधानमन्त्रीले आज साँझसम्म बसेर टुंगाउने बताएको परियारले बताएका छन् । उनले प्रधानमन्त्रीको पहल राम्रो देखिए पनि समग्र सत्ता पक्ष सकारात्मक नभएको उनले बताए ।
परियारले आजै कांग्रेसले पदाधिकारी र पुर्व पदाधिकारीहरुबीच छलफल गर्ने बताए ।
कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने या नगर्ने भन्ने विषयमा विवाद रहेको छ । सत्ता पक्ष नाम उल्लेख नगर्ने पक्षमा छन् भने कांग्रेसले नाम उल्लेख गरेरै छानबिन गर्नुपर्ने अडान लिदै आएको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, नेता ज्ञानेन्द्रबहादुर कार्की, सहमहामन्त्री जीवन परियार सहभागी छन् भने एमालेबाट कानुनमन्त्री पदम गिरी, कार्यदल सदस्य महेश बर्तौला सहभागी छन् । त्यस्तै माओवादी केन्द्रबाट अर्थमन्त्री वर्षमान पुन र प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन् भने रास्वपाबाट सभापति तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए । न्युज कारखाना
काठमाडौं । कान्तिपुर मिडियाका अधय्क्ष कैलाश सिरोहियालाई तेस्रो पटक म्याद थपका लागि आज अदालत लगिँदैछ ।
धनुषास्थित निजि अस्पतालमा भर्ना भएर बसेका सिरोहिया ७ दिनअघि नागरिकता दुरुपयोग सम्बन्धी कसुरमा पक्राउ परेका थिए ।
स्वास्थ्यमा समस्या आएको भन्दै उनलाई गत शुक्रबार जनकपुरको काव्या अस्पतालमा भर्ना गरिएको थियो ।
गत मंगलबार सिरोहियालाई काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट पक्राउ गरी बुधबार बिहान जनकपुर ल्याइएको थियो । बुधबार अदालतमा उपस्थित गराइएका उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको थियो । शुक्रबार पुनः तीन तीनको म्याद थपिएको थियो । न्युज कारखाना
काठमाडौँ । प्रमुखदलका शिर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बैठकले सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बारे छलफल गर्ने छ ।
कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने या नगर्ने भन्ने विषयमा विवाद रहेको छ । सत्ता पक्ष नाम उल्लेख नगर्ने पक्षमा छन् भने कांग्रेसले नाम उल्लेख गरेरै छानबिन गर्नुपर्ने अडान लिदै आएको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, नेता ज्ञानेन्द्रबहादुर कार्की, सहमहामन्त्री जीवन परियार सहभागी छन् भने एमालेबाट कानुनमन्त्री पदम गिरी, कार्यदल सदस्य महेश बर्तौला सहभागी छन् ।
त्यस्तै माओवादी केन्द्रबाट अर्थमन्त्री वर्षमान पुन र प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन् भने रास्वपाबाट सभापति तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार सहभागी रहेका छन् । न्युज कारखाना
सप्तरी,जेठ १३ गते । सप्तरीको बोदे बर्साईन नगरपालिकाले विभिन्न वडामा सञ्चालित स्वरोजगार कार्यक्रमको अनुगमन गरेको छ। नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह लगायतको प्राविधिक टोलीले अनुगमन गरेको हो। टोलीले विभिन्न समस्या बारे सहभागी कामदारसँग छलफलसमेत गरेको छ। छलफलको क्रममा नगर प्रमुख सिंहले आफ्नो पालिकामा ठुलो उद्योग, कलकारखाना नरहेका कारण युवाले रोजगारी पाउन नसकिरहेको बताउनुभयो। उहाँले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत पनि बजेट अनुसार रोजगारी दिनुपर्ने बाध्यताका कारण सबैलाई यस कार्यमा समेट्न नसकिरहेको उल्लेख गर्नुभयो। यसैबिच, नगरपालिकाको रोजगार सेवा केन्द्रले यस वर्ष धेरै जसो महिला र केहि मात्रामा पुरुष गरी रोजगारी दिएको छ। रोजगार सेवा केन्द्रका शाखाका संयोजक ब्रहम देव यादवका अनुसार पाँच वर्षमा सयौं जनाले रोजगारी पाइसके छन्। पछिल्ला वर्षमा रोजगारी पाउनेको सङ्ख्या घट्दै गएको छ। रोजगार सेवा केन्द्रलाई प्राप्त हुने बजेट घट्दै गएकाले रोजगारी पाउनेको सङ्ख्या घटाउनुपरेको बोदे बर्साईन नगरपालिकाका रोजगार प्रमुख यादवले बताउनुभयो।
काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७९/०८० को ६१ औँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको छ ।
आइतबार महालेखापरीक्षक तोयम रायाले शितलनिवासमा आयोजिक एक कार्यक्रमका बीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष कार्यालयको ६१ औँ वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
महालेखापरीक्षक रायाले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७९/०८० को महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता बसन्तप्रसाद पन्थीले जानकारी दिए ।न्युज कारखाना
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भातृ संस्था हो भन्दै प्रश्न गरेका छन् ।
महामन्त्री शर्माले कांग्रेसले आयोजना गरेको सहकारी ठगिविरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै महान्यायाधिवक्ताको कार्यलयले कहिले गृहमन्त्री रवि लामिछाने सहकारी ठगि प्रकरणमा दोषी नभएको पत्र दिने कहिले दुई पासपोर्टमा तपाइँलाई करावाही हुदैन भनेर पत्र दिएको उल्लेख गर्दै महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भातृ संस्था हो भन्ने प्रश्न गरेका हुन् ।
यस अघि संसद अवरोध गरिरहेको कांग्रेसले आज सहकारी ठगिविरुद्ध काठमाडौँको प्रदर्शनी मार्गमा प्रदर्शन गरिरहेको छ ।न्युज कारखाना
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानविन हुनुपर्ने माग राख्दै सदन अवरोध गरिरहेको नेपाली कांग्रेस सडकमा पुगेको छ ।
आइतबार दिउँसो २ बजेका लागि काठमाडौंस्थित प्रदर्शनी मार्गमा आयोजना गरिएको विरोध सभामा भातृ संगठनहरु नेपाल विद्यार्थी संघ, तरुण दल नेपाल, कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ ।
उक्त कार्यक्रममा केही शीर्ष नेताहरु पनि पुग्नेक्रम जारी रहेको छ । राष्ट्रिय सभा सदस्यसमेत रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला, मीन विश्वकर्मा, गोपालमान श्रेष्ठलगायतका नेताहरु प्रदर्शनस्थलमा पुगिसकेका छन् । गृहमन्त्री लामिछाने संलग्न देखिएको सहकारीमा संसदीय समिति बनाएर छानविन हुनुपर्ने र पाटपोर्टको विषय पनि छानविनको दायरामा आउनुपर्ने उनीहरुको माग राख्दै संसदमा अवरोध गरेको कांग्रेस आजदेखि सडक प्रदर्शनमा उत्रिएको हो ।न्युज कारखाना
काठमाडौं । नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रको आयोजनामा यही जेठ १६ र १७ गते हुन लागेको पहिलो राष्ट्रिय महिला भेलाको तयारी पूरा भएको छ ।
आज काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले राष्ट्रिय भेलाको प्रमुख अतिथि सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख वक्ता नेकपा (एमाले) का अध्यक्ष कमरेड केपी शर्मा ओली रहने जानकारी दिए ।
२०६३ साल जेठ १६ गते नेकपा (एमाले)का तत्कालीन उपाध्यक्ष, प्रतिनिधि सभा सदस्य एवं अखिल नेपाल महिला संघकी तत्कालीन अध्यक्ष विद्यादेवी भण्डारीको नेतृत्वमा तत्कालीन पुनर्स्थापित प्रतिनिधि सभाले आमाको नामबाट नागरिकता, राज्यका सबै तहमा एकतिहाई महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसदको सङ्कल्प प्रस्तावको रूपमा पास गरेको थियो ।
संसदको यही सङ्कल्पले २०७२ को संविधानमा महिला अधिकारका विषयहरूलाई मौलिक हकमै उल्लेख गर्ने आधार प्रदान गरेको थियो । नेपाल सरकारले जेठ १६ लाई राष्ट्रिय महिला अधिकार दिवस घोषणा गरी मनाउँदै आइरहेको छ । ‘हामीले पनि यो राष्ट्रिय भेला यही ऐतिहासिक दिनको सन्दर्भमा आयोजना गरेका छौं,’ पत्रकार सम्मेलनमा ढकालले भने- ‘यो भेलामा महिला आन्दोलनको इतिहासको सम्झना गर्दै अहिलेसम्मका उपलब्धिहरूको विषद् चर्चा गरिने छ, चुनौतीहरूका विषयमा छलफल गरिने छ र महिला आन्दोलनका अबका एजेण्डाहरूलाई सूत्रबद्ध गर्दै आगामी कार्यभार तय गरिने छ ।’
उनका अनुसार, उद्घाटन कार्यक्रम २०८१ जेठ १६ गते १ बजे प्रज्ञा भवन कमलादीमा करिव पाँच हजार महिलाको सहभागितामा हुनेछ । भेलाको दोस्रो दिन १७ गतेको कार्यक्रम तोकिएका प्रतिनिधिहरूका बीचमा कार्की बैंक्वेट, बबरमहलमा सम्पन्न हुनेछ ।
भेलामा पार्टीका केन्द्रीय सदस्यहरु, नेकपा (एमाले) आबद्ध २३ वटै जनसंगठनका महिला नेताहरू, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिहरू, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारीहरू, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिलाहरू प्रतिनिधिका रूपमा सहभागी हुने नेकपा (एमाले) केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिए । उनका अनुसार, भेलाको दोस्रो दिनको कार्यक्रममा १२ वटा समूहमा कार्यक्रमको उद्देश्यमा आधारित रहेर महत्वपूर्ण विषयमा समूह छलफल हुनेछ । समूह प्रस्तुतिपछि भेलाका निश्कर्षहरू सार्वजनिक गरिने छ । समापन कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने छन् ।
भेलाको व्यवस्थापनका लागि अखिल नेपाल महिला संघकी अध्यक्ष टुकाभद्र हमालको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । यसैगरी, १ सय ५० महिला स्वयंसेवक परिचालन कमिटी निर्माण गरिएको र स्वयंसेवकहरूको प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।न्युज कारखाना
काठमाडौँ । महिलाहरुको आत्मविश्वाश, आत्मसम्मान र क्षमता बढ्न नदिने कथाको चक्र तोड्न आफू राजनीतिमा आएको काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताएकी छन् ।
वेलायतको मेनचेष्टरमा आयोजना भएको ‘वुमन अफ द वर्ल्ड फेस्टिभल’ मा बोल्दै उहाँले, महिलाहरुलाई प्रतिकुल अवस्थाबाट माथि उकास्न निरन्तर प्रयास गरिरहेको बताइन् । त्यस क्रममा उहाँले सामाजिक मान्यताका आयामहरुमा चर्चा गर्दै, नेपाली राजनीतिमा महिलाहरुको सहभागिता बढ्दै गएको बताए । ‘यसबाट महिलाको अवस्थालाई सामाजिक तथा प्राकृतिक न्याय अनुकुल निर्माण गर्नमा योगदान पुग्नेछ ।’ उनको भनाइ छ ।
सूचना र प्रविधिले रुपान्तरित हुँदै गरेको विश्व परिवेशमा लैङ्गिक समानता र समावेशीकरणका लागि रणनीतिक राष्ट्रिय अन्तरराष्ट्रिय सञ्जाल निर्माण हुनेछ । यसबाट आफ्नो परिवेशलाई विश्वका अन्य परिवेशसँग तुलना गर्न र सुधारका काम गर्न सहज हुनेछ । कार्यक्रममा डंगोलले भनाइ राखिन ।
शनिवार उपप्रमुख डंगोलले, अभियानका संस्थापक जुड केली सीबीइसँग छलफल गरेकी छन् ।
व्रिटिस काउन्सिलको निमन्त्रणामा उहाँ फेस्टिभलमा सहभागी हुन गएकी हुन् । मेनचेष्टर सहरको अभोभा स्टुडियोमा जेठ ११ सुरु भएको फेस्टिभल आज सकिंदैछ ।
स्थानीय, राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रका महिलाहरुका बिच अन्तरक्रिया र अनुभव आदानप्रदान हुने फेस्टिभल हरेक बर्ष आयोजना हुने गरेको छ । यो सन् २०११ मा लण्डनको साउथ वैङ्कबाट सुरु भएको हो । यसअघिका कार्यक्रममा मलाला युसुफजाइ, एनी लेनोक्स, प्याट्रिक स्वीवर्ट, जुली वाल्टर्ससहित विश्व प्रख्यात महिलाले वक्ताका रुपमा सहभागी भइसकेका छन् । लैङ्गिक समानता र समावशीकरणका लागि सकारात्मक परिवर्तन गराउन महिलाहरुको आवाजलाई सशक्त बनाउनु कार्यक्रमको लक्ष्य हो ।
हाल सम्म विश्वका ६ महादेशहरुको ४५ भन्दा वढी स्थानहरुमा ५० लाख भन्दा वढी व्यक्तिहरुले सहभागिता जनाइसकेका छन् ।
उपप्रमुख नेतृत्वको भ्रमण टोली यसपछि स्कटल्याण्डमा नेपाल स्कटल्याण्ड एसोसियसनले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछिन् । यस्तै लण्डनस्थित वेलायतका लागि नेपालको राजदूताबासले आयोजना गर्ने अन्तरक्रियामा सहभागी हुनेछ । भ्रमण अवधिमा टोली, अक्सफोर्ड विश्वविद्यालय, वल्र्ड नेवा अर्गनाइजेसनलगायत संस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर ज्येष्ठ २० गते स्वदेश फर्कनेछ ।न्युज कारखान
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को अवरोध हटाउने प्रयास सरकारले जारी राखेको बताए ।
प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले बजेट भाषण हुने समयसम्म दलहरुबीच सहमति हुने बताएका हुन् ।
उनले भने- हामि सहमति र समझदारीको धेरै नजिक पुगेको महसुस गरेको छु । आज बिहान मात्र कांग्रेस सभापतिको घरमै पुगेर सहमतिको प्रयास गरेको छु । आज र भोलिमा बजेट व्यक्तव्य पढ्ने बेलासम्म सहमति बन्ने कुरामा विश्वस्त छु ।’
प्रधानमन्त्री प्रचण्डले संसदीय छानबिन समिति बनाउने कुरामा सबैको सहमति बनिसकेको र टिओआर बनाउने विषयमा सोमबार बिहान सम्म सहमति हुनसक्ने बताए ।न्युज कारखान
काठमाडौँ । प्रतिनिधि सभामा अर्थमन्त्री बर्षामान पुनले आर्थिक सर्वेक्षण र सार्बजनिक संस्थानको बार्षिक स्थितिको समिक्षा प्रतिवेदन २०८१ पेश गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बीच अर्थमन्त्री पुनले आर्थिक सर्वेक्षण प्रस्तुत गरेका हुन् ।
उनलाई कांग्रेसका संसदले रोष्टममा जान अवरोध गरेपछि सत्तापक्षका सांसदहरु र मर्यादापालकको सहयोगमा रोष्टममा पुगेका थिए ।न्युज कारखान
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद्को गतिरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।
आइतबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमालसहितका नेताहरुले संसदमा देखिएको गतिरोध हटाउने विषयमा प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
एकीकृत समाजवादी सचिवालय बैठकले गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय गरेको थियो । सोही निर्णय जानकारी गराइएको हो ।
भेटमा अध्यक्ष नेपालले संसद्मा देखिएको गतिरोध समाधान गर्ने दिशामा प्रधानमन्त्रीको सक्रिय पहल आवश्यक रहेको बताए । जवाफमा प्रधानमन्त्रीले संसद्को अवरोध हटाउन पहल जारी रहेको आजै मात्र कांग्रेस सभापतिसँग आफुले छलफल गरेको बताएका थिए ।न्युज कारखान
काठमाडौँ । राप्रपका प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाहीले सत्तामा गएपछि नेताहरु बदलिएको टिप्पणी गरेका छन् ।
उनले प्रतिपक्षमा हुदा गृहमन्त्री रवि लामिछानेले नाम आएकाहरुको छानबिन गर्न सरकार किन डराएको भन्दै प्रश्न गरेको तर सत्तामा गएपछि बिर्सेको आरोप लगाएका छन् ।
उनले गृहमन्त्रीलाई डराएको हो ? खुट्टा कमाएको हो भन्दै प्रश्न गरेका थिए । उनले राप्रपा सांसद गीता बस्नेतलाई उस्तै प्रकृतिमा पक्राउ पुर्जी जारी गरिएको तर गोरखा मिडियामा संलग्न रहेका गृहमन्त्रीमाथि छानबिन पनि हुन नसक्ने भन्दै प्रश्न गरे ।
उनले गृहमन्त्रीलाई सहकारी ठगी प्रकरणमा छानबिन गर्न दिन आग्रह गरेका छन् ।न्युज कारखान
विराटनगर । कोशी प्रदेशसभा बैठक स्थगित गर्न नेपाली कांग्रेस संसदीय दलले सभामुखसँग माग गरेको छ ।
संसदीय दलको छलफलपछि सभामुख अम्बरबहादुर विष्टसमक्ष आइतबारको बैठक स्थगित गर्न सभामुखसँग माग गरिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिएका छन् ।
कोसीमा प्रदेश सरकार गठनको विवाद सर्वोच्च अदालतबाट सुनुवाइ भई फैसला हुन बाँकी रहेकोले बैठक आज नगर्न कांग्रेसले आग्रह गरेको उनले बताए ।
यसअघि गत वैशाख ३१ गते बसेको बैठक कांग्रेसले बहिष्कार गरेको थियो । हिक्मत कार्की मुख्यमन्त्री बनेको विषयमा कांग्रेस सर्वोच्च गएको छ र यस मुद्धाको अन्तिम सुनुवाई हुन बाँकी रहेको छ ।
कोशी प्रदेश सभाको बैठक आज अपराहन्न १ बजेका लागि बोलाइएको छ र आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची रहेको छ ।न्युज कारखान
काठमाडौं । सहकारी ठगीका विषयमा संसदीय छानबिन समितिको कार्यादेशमा अझै सहमति जुट्न सकेको छैन ।
आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई उनको निवास बुढानीलकण्ठ पुगेर छलफल गरेका थिए ।
भेटवार्तामा प्रधानमन्त्रीले छानबिन समितिमा गृहमन्त्री रवि लामिछानेको नाम नराखी गोर्खा मिडियाको मात्रै राखेर सहमति गर्न अनुरोध गरेका थिए । सभापति देउवा अस्वस्थ बनेपछि प्रधानमन्त्री उनको निवासमै पुगेर छलफल गरेका हुन् ।
तर सभापति देउवाले असहमति जनाएको कांग्रेस सहमहामन्त्री जीवन परियारले बताए । परियारले सत्तारुढ दलका नेताहरुले चलाखीपूर्ण कुरा गरिरहेको बताउदै उहाँहरुले कम्पनि जवाफदेहि हुने तर व्यक्ति हुने किसिमको कुरा गरिरहेको, जुन आफुहरुलाई स्वीकार्य नभएको बताए ।
त्यसपछि बसेको कांग्रेस शीर्ष नेताको छलफलले आफ्नो अडान नछाड्ने निर्णय गरेको गरेको हो ।
कार्यादेशमा सहमति हुन नसकेपछि आजको संसद बैठकमा कांग्रेसको अवरोध कायमै रहने देखिएको छ । आजको प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको छ । न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेसव सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन् ।
आइतबार बिहान प्रधानमन्त्री प्रचण्ड सभापति देउवा निवास पुगेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेसले सहकारी ठगि प्रकरणको छानबिन गर्न संसदमा अवरोध गरिरहेको र संसदीय छानबिन समितिको कार्यादेशको विषयमा जारी विवाद बारे छलफल गर्ने बताइएको छ ।
जेठ १५ गते बजेट ल्याउनुपर्ने संबैधानिक व्यवस्था रहेको र अहिलेसम्म सरकारको नीति तथा कार्यक्रम समेत पारित हुन नसकेको अवस्थामा प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई विश्वासमा लिन देउवा निवास पुगेको बुझिएको छ । न्युज कारखाना
काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगीमा संलग्नहरूलाई कारबाही र सर्वसाधारणको बचत फिर्ताको माग गर्दै आज विरोध प्रदर्शन गर्दै छ ।
अहिलेसम्म संसदमा मात्र विरोध गर्दै आयेको कांग्रेस अब भने सोहि मुद्धालाई सडकमा लिएर जान लागेको हो ।
कांग्रेसले पहिलो चरणमा काठमाडौँ उपत्यकामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । आज कांग्रेसले उपत्यकाका तीन वटै जिल्ला कार्यसमितिको अगुवाइमा काठमाडौँमा विरोध प्रदर्शन गर्दै छ ।
काठमाडौँको प्रदर्शनी मार्गमा दिउँसो १ बजे हुने विरोध कार्यक्रमलाई सफल बनाउन काठमाडौँ, ललितपुर र भक्तपुरका १५ वटै निर्वाचन क्षेत्रका क्षेत्रीय समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरूले तयारी गरिरहेका छन् ।
कांग्रेसले सहकारीको बचत अपचलन गरेको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । न्युज कारखाना
काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजेदेखि बस्दै छ ।
संघीय संसद सचिवालयले जारी गरेको कार्यसूची अनुसार आजको बैठकमा सरकारले नीति तथा कार्यक्रम पारित गर्नेदेखि आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गर्ने प्रस्ताव रहेको छ ।
संघीय संसद् सचिवालयको बैठकको सम्भावित कार्यसूची जारी गरिसकेको छ । जसमा १४ वटा सम्भावित कार्यहरू उल्लेख छ।
कार्यसूचीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रहरू सुनाउने, दोस्रोमा प्रतिनिधिसभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने मनोनयन गर्ने, त्यसपछि सुरक्षित मुद्रण सम्बन्धी विधेयकबारे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन पेश गर्ने, केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश अस्वीकृत गर्न सांसद प्रेम सुवाले सूचना राख्ने, उद्योगमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश प्रस्तुत गर्ने कार्यसूचीमा समावेश छन्।
यस्तै त्यसपछिको कार्यसूचीमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम राखिएको छ । त्यसपछि चारवटा विधेयकमाथि विभागीय मन्त्रीहरूले प्रस्तावहरू पेश गर्नेछन् । नीति तथा कार्यक्रमसँग सम्बन्धित र पारित गर्नेसम्मको कार्यसूची रहेको छ ।
सहकारी ठगि प्रकरणको छानबिन गर्न प्रमुख प्रतिपक्षी दलले संसदीय छानबिन समितिको माग राख्दै संसद अवरोध गरिरहेको र संसदीय छानबिनको कार्यादेशमा दलहरुबीच सहमति अझै बन्न नसकेकोले आजको बैठक कसरी अघि बढ्छ भन्ने स्पष्ट रहेको छैन । कार्यादेश टुंगो लगाउन शिर्ष नेताहरुसहितको बैठक आज बिहान बस्दै छ । न्युज कारखाना
काठमाडौं । सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गरिने संसदीय समितिको कार्यादेश (टिओआर) टुंगो लगाउन शिर्ष नेताहरुसहितको बैठक आज बस्दै छ ।बैठक बिहान ९ बजे बालुवाटारमा बस्ने बताइएको छ ।
यसअघि शनिबार कार्यदलको बैठक र त्यसपछि शिर्ष नेताहरुको बैठक बसेपनि सहमति हुन सकेको थिएन ।
कार्यदलका सदस्य जीवन परियारका अनुसार शनिबार दिउँसो कार्यदलको बैठकपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सबै सदस्यसहित शीर्ष नेताबीच छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत कार्यदलका सदस्यहरु उपस्थित रहेका थिए ।
बालुवाटारको छलफलमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने विषयमै विवाद रहेको बुझिएको छ । बैठकमा कांग्रेसले लामिछानेको नामको विकल्पमा गोर्खा मिडियाको प्रबन्ध निर्देशक उल्लेख गर्नुपर्ने प्रस्ताव गरेपनि सत्ता पक्ष सहमत नभएको परियारले बताए ।
उनले भने- ‘सहकारी सञ्चालकहरू, गोरखा मिडिया नेटवर्कलगायत कम्पनीहरू, यसका सञ्चालक समितिका पदाधिकारी, प्रबन्ध निर्देशक र आवश्यक अन्य कर्मचारीका बारे समेत छानबिन गरिनुपर्छ भन्ने कुरा उठायौँ । त्यो कुरामा सहमति हुन सकेन ।’
यस अघि कार्यदलको बैठकमा सत्ता पक्ष ठगि भएका सहकारीको नाम र ऋण लैजाने कम्पनिको नाम उल्लेख गरेर छानबिन अगाडी बढाउन सहमत भएको थियो ।
आजै बिहान ११ बजे प्रतिनिधिसभाको र साढे ११ बजे राष्ट्रिय सभाको बैठक बोलाइएको छ । न्युज कारखाना
काठमाडौं- प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले ‘दलाल दलतन्त्र र लुटकारी व्यवस्था’ हावी भएको भन्दै त्यसविरूद्ध देशव्यापी भण्डाफोर कार्यक्रम गर्ने भएको छ। यो कार्यक्रममा सातै प्रदेशमा अभियानको रूपमा अगाडि बढाउने निर्णय उक्त पार्टीले गरेको छ।
काठमाडौं कोटेश्वरस्थित आजपा केन्द्रीय कार्यालयमा शनिबार बसेको पार्टी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। आजपा अध्यक्ष एवम् पूर्वमन्त्री साहको अध्यक्षतामा बसेको पदाधिकारी बैठकमा दलाल दलतन्त्र र भगौडा पुँजीवादी व्यवस्थाको भण्डाफोर गर्नुपर्ने निष्कर्ष समेत निकालेको छ।
‘दलाल दलतन्त्र र भगौडा पुँजीवादी व्यवस्थाको भण्डाफोर गरौं, आम जनताको शासन ल्याउन जनआन्दोलनको दिशामा अघि बढौं’ भन्ने मूल नाराका साथ वर्तमान लुटकारी सत्ताविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने निष्कर्ष बैठकको रहेको पार्टी प्रवक्ता चन्द्रभुषण साहले बताए।
बैठकले विदेशमा गएका कामदारहरूबाट लिइएको अवैध रकम फिर्ता दिलाउन तथा ठगहरूलाई कारबाही गर्न/गराउन सशक्त आन्दोलन गर्ने समेत निर्णय गरेको छ।
विदेशी नागरिकता लिएकाहरूको नेपाली सम्पत्ति कति र कहाँ छ? यसको खोजबिन र कब्जा गर्न सरकारलाई जनदबाब दिने तथा आवश्यक परे जनस्तरबाट सो अवैध सम्पत्ति कब्जा गरी राज्यलाई बुझाउने बैठकले निर्णय गरेको प्रवक्ता साहले जानकारी दिए।
‘भ्रष्टाचार, अनियमितता, कुशासनको विरूद्धमा आन्दोलन गर्दै आएको आजपाले भ्रष्टाचार नियन्त्रण गर्नमा राज्यका संयन्त्रहरू असफल रहेकोले जनस्तरबाट भ्रष्टाचारीलाई जनकारबाही गर्ने निर्णय गरेको छ,’ साहले भने।
यसैगरी बैंकहरूले लिएको मनोमानी ब्याज फिर्ता गराउन तथा लघुवित र सहकारीका ठगहरूविरुद्ध पीडित आमजनताको पक्षमा जारी संघर्षलाई थप शसक्त प्रभावकारी एवम् देशव्यापी बनाउने निर्णय बैठकले गरेको छ।
आजपा निकटको आम विद्यार्थी मोर्चाले मधेस प्रदेशका जिल्लाहरूमा विद्यार्थीको अनुपात एवम् विषयगत शिक्षक दरबन्दी हुनुपर्ने माग गर्दै आन्दोलन गरिरहेको छ। सो आन्दोलनलाई निर्णायक रूपमा अगाडि बढाउने निर्णय बैठकले गरेको छ।
‘शिक्षा क्षेत्रमा सुधारका लागि प्रत्येक विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दीको व्यवस्था गर्न जारी शैक्षिक आन्दोलनलाई निर्णायक रूपमा अगाडि बढाउने निर्णय गरिएको छ,’ आजपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।न्युज कारखानाच
रौतहट,११ गते जेठ । आम जनता पार्टी (आजपा)ले बिजुली र पानी निशुल्क गराउ संघर्ष गर्ने निर्णय गरेको छ । रौतहटको पतुवा बिजयपुरमा बसेको आजपाको नगरकमिटीको बैठकले बिजुली र पानी नि:शुल्क गराउन संघर्ष गर्ने निर्णय गरेको हो । यसैगरी बैठकले बढदो लुट एवं भ्रष्टाचारको बिरुद्धमा कडारुपमा संघर्ष गर्ने निर्णय समेत भएको छ । बैठकमा संगठन निर्माण एवं विस्तारका बारेमा ठोस योजनामा समेत छलफल भएको छ । पार्टीको नगर कमिटीको कार्यालय सञ्चालनमा ल्याउँने, पार्टीको नगरकमिटीका जनवर्गीय संगठनहरु निर्माण गर्ने, प्रत्येक वडा कार्यालयमा पार्टीको वडा कमिटी निर्माण गर्ने लगायतका निर्णय बैठकले गरेको छ । आजपा फतुवा बिजयपुर नगरकमिटीका अध्यक्ष बिजय यादवको अध्यक्षतामा बसेको बैठकमा नगरकमिटी इन्चार्ज प्रदिप पटेल , पार्टीका स्थायी कमिटी सदस्यहरु कान्ति देवी महतो, संजय यादव,नगर उपाध्यक्ष शेरबहादुर पटेल, पुर्व वडा अध्यक्ष ब्रह्ममा यादब, दीपा नारायण साह, दीपा नारायण चौधरी , नगर उपाध्यक्ष रधाकानत यादव, मुस्लिम मोर्चाका केन्द्रिय महासचिव शेख मोविन्, महिला मोर्चाका केन्द्रीय सचिव सुनिता देवी महतो,दलित मोर्चाका केन्द्रिय सचिव रमा शंकर पासवान, आइटी आर्मीका नगर इञ्चार्ज रामशरण यादव, आइटी आर्मीका नगर अध्यक्ष गोपाल साह, सानु भुजेल, रामअधार पटेल, युवा नेता मुकेश साह, प्रमोद पासवान, रामकिशोर साह, रामानन्द यादव,रामाकन्त साह, सहदेव हजार प्यारेलाल यादव लगायतका लगायतको विशेष सहभागिता रहेको थियो । बिभिन्न निर्णय सहित संघर्ष एवं पार्टी निर्माण गर्ने निर्णय गरेको आजपाले मधेस प्रदेशमा अहिले अपुग शिक्षक एवं बिषयगत शिक्षक बिद्यार्थीको अनुपातमा हुनुपर्ने माग गर्दै संघर्षका बिभिन्न कार्यक्रम जारी राखेको छ । मधेस प्रदेशका आठ वटै जिल्लामा आजपा निकटको आम बिद्यार्थी मोर्चाले बिद्यार्थी अनुपातमा बिषयगत र अपुग शिक्षकको व्यवस्था गर्नुपर्ने माग गर्दै बिभिन्न कार्यक्रम गरिरहेको बिद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले जनाएका छन् ।
रौतहट ११ जेठ। रौतहटको फतुवा बिजयपुर नगरपालिकामा निःशुल्क बिजुली पानी र बढ्दो भ्रष्टाचार बिरुद्द आमजनता पार्टीले संघर्ष गर्ने निर्णय गरेको छ।
प्रभु साह नेतृत्वको आजपाको शुक्रवार बसेको नगरकमिटीको बैठकले निःशुल्क बिजुली पानी र भ्रष्टाचार बिरुद्द संघर्ष गर्ने निर्णय गरेको हो ।
नगरपालिकामा बढदो लुट एवं भ्रष्टाचारको बिरुद्धमा कडारुपमा संघर्ष गर्ने निर्णय समेत भएको छ । बैठकमा संगठन निर्माण एवं विस्तारका बारेमा ठोस योजनामा छलफल भएको छ ।
पार्टीको नगर कमिटीको कार्यालय सञ्चालनमा ल्याउँने, नगरकमिटीका जनवर्गीय संगठनहरु निर्माण गर्ने, प्रत्येक वडा कार्यालयमा पार्टीको वडा कमिटी निर्माण गर्ने लगायतका निर्णय बैठकले गरेको छ ।
आजपा फतुवा बिजयपुर नगरकमिटीका अध्यक्ष बिजय यादवको अध्यक्षतामा बसेको बैठकमा नगरकमिटी इन्चार्ज प्रदिप पटेल , पार्टीका स्थायी कमिटी सदस्यहरु कान्ति देवी महतो, संजय यादव,
नगर उपाध्यक्ष शेरबहादुर पटेल, पुर्व वडा अध्यक्ष ब्रह्ममा यादब, दीप नारायण साह, दीप नारायण चौधरी , नगर उपाध्यक्ष रधाकानत यादव, मुस्लिम मोर्चाका केन्द्रिय महासचिव शेख मोविन्, महिला मोर्चाका केन्द्रीय सचिव सुनिता देवी महतो,दलित मोर्चाका केन्द्रिय सचिव रमा शंकर पासवान, आइटी आर्मीका नगर इञ्चार्ज रामशरण यादव, नगर अध्यक्ष गोपाल साह, सानु भुजेल, रामअधार पटेल, युवा नेता मुकेश साह, प्रमोद पासवान, रामकिशोर साह, रामानन्द यादव,रामाकन्त साह, सहदेव हजार प्यारेलाल यादव लगायतका लगायतको सहभागिता रहेको थियो ।
बिभिन्न निर्णय सहित संघर्ष एवं पार्टी निर्माण गर्ने निर्णय गरेको आजपाले मधेस प्रदेशमा अपुग शिक्षक एवं बिषयगत शिक्षक बिद्यार्थीको अनुपातमा हुनुपर्ने माग गर्दै संघर्षका बिभिन्न कार्यक्रम जारी राखेको छ ।
मधेस प्रदेशका आठ वटै जिल्लामा आजपा निकटको आम बिद्यार्थी मोर्चाले बिद्यार्थी अनुपातमा बिषयगत र अपुग शिक्षकको व्यवस्था गर्नुपर्ने माग गर्दै बिभिन्न कार्यक्रम गरिरहेको बिद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले जनाएका छन् ।न्युज कारखाना
बारा ११ जेठ। उपेन्द्र यादव नेतृत्वको जनता समाजबादी पार्टी निकट नेपाल प्रेस मञ्च बाराका अध्यक्ष पवन यादव एक कार्यक्रम बीच प्रेस युनियनमा प्रवेश गरेका छन ।
बाराको सदरमुकाम कलैया स्थित शुक्रवार आयोजित कार्यक्रममा उनले जनता समाजबादी पार्टी नेतृत्व प्रती असन्तुष्टी जनाउँदै प्रेस मञ्च परित्यागको घोषणा गरेका थिए।
उनलाई नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबू प्रसाद यादवले गम्छा र अबिर लगाई स्वागत गर्दै युनियनमा भित्र्याएका थिए। उक्त अवसरमा प्रेस युनियन बाराका पदाधिकारीहरुको उपस्थिती रहेको थियो।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एम्नेस्टी इन्टरनेसनलकी महासचिव अग्नेष्ट कालामार्डले आज शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरूबीच सङ्क्रमणकालिन न्याय एवं मानवअधिकारसम्बन्धी विविध विषयमा छलफल भएको हो।
भेटमा प्रधानमन्त्री प्रचण्डले मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्दै मानवअधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रि जिम्मेवारी पूरा गर्न नेपाल सधैँ प्रयत्नशील रहेको स्पष्ट पारे । उनले संसद्मा विचाराधिन रहेको सङ्क्रमणकालिन न्यायसम्बन्धी मस्यौंदा विधेयक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला पक्षलाई विश्वासमा लिएर अगाडि बढाइने बताए ।
सो अवसरमा महासचिव कालामार्डले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा प-याउन प्रधानमन्त्री प्रचण्डले निर्वाह गर्नुभएको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै सङ्क्रमणकालिन न्यायसम्बन्धी कानुन छिट्टै निर्माण हुने र शान्ति प्रक्रिया टुङ्गिने विश्वास व्यक्त गरे ।न्युज कारखाना
काठमाडौँ । प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरू भएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेताहरू कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, हितराज पाण्डे लगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा संसदको अवरोध हटाउने, सहकारी ठगि प्रकरण छानबिन गर्न गठन गर्ने लागिएको संसदीय समितिको कार्यादेश लगायतका विषयमा छलफल हुने बताइएको छ । जेठ १५ गते अनिवार्य रुपमा बजेट ल्याउनुपर्ने संबैधानिक व्यवस्था रहेकोले संसद सुचारु गरेर बजेट ल्याउनुपर्ने दबाबमा सरकार रहेको छ ।न्युज कारखाना
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता गठबन्धनलाई ‘सहकारीबन्धु’ गठबन्धनको संज्ञा नै दिएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले एमाले सहकारीमा साथ दिने र रास्वपा गिरीबन्धुमा साथ दिने गरि ‘सहकारीबन्धु’ गठबन्धन बनेको टिप्पणी गरेका हुन् ।
उनले भने- ‘केपी ओलीले केही दिनअगाडि कांग्रेसलाई अब बोल्न दिइने छैन । कांग्रेसले धेरै बकवास गर्यो भन्नु भएको थियो । यो सहकारीबन्धु गठबन्धनको शैली ठिक देखिएन, यहाँ सहकारी प्रकरणमा नेकपा एमालेले साथ दिने र गिरिबन्धु चिया बगानमा रास्वपाले साथ दिने । त्यसैले उहाँहरू सहकारीबन्धु गठबन्धनका रूपमा देखिनुभएको छ ।’
उनले आजको बैठकमा सभामुखले प्रतिपक्षलाई बोल्न नदिएको आरोप समेत लगाए । उनले आज आफु बोल्ने सहमति भएको भएपनि सभामुखले बोल्न नदिएको बताए ।न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय सभाको बैठक पनि स्थगित भएको छ । बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए ।
कांग्रेसले सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संसदको कारवाही अवरोध गर्ने अडान लिदै आएको छ ।
कांग्रेसले अवरोध जारी राखेपछि अध्यक्ष नारायण दाहालले राष्ट्रिय सभाको बैठक जेठ १३ गते बिहान ११: ३० बजेसम्मको लागि स्थगित गरेका छन् । न्युज कारखाना
काठमाडौं । सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ ।
शुक्रबार सिंहदरवारस्थित कानून मन्त्रालयमा बसेको बैठक निष्कर्षमा पुग्न नसकेको हो ।
कार्यदलका सदस्य महेश बर्तौलाले कांग्रेसले नयाँ प्रस्ताव ल्याएको बताउदै सहकारीको नाम मात्र उल्लेख गरेर छानबिन गर्नगरि प्रस्ताव आएको र आजै फेरी बैठक बसेर टुंगाउने बताए ।
यस अघि विहिबार बसेको कार्यदलको बैठक सकारात्मक भएको बताइए पनि निष्कर्षमा पुग्न भने सकेको थिएन ।
सत्ता पक्षले आज सहमति हुने दाबी गरेपनि कांग्रेसले भने आफुहरु आफ्नो मागमा अडिक रहेको प्रतिक्रिया दिएका छन् ।
कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।
कांग्रेसले कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर छानबिन गर्नुपर्ने अडान कायम राखेको छ भने एमाले र रास्वपा व्यक्ति केन्द्रित छानबिन हुन नसक्ने अडानमा रहेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समिति गठन नगरेसम्म संसदको कारवाही अगाडी बढाउन नदिने बताएपनि सरकारले आज बस्ने संसदबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ ।न्युज कारखाना
धनुषा । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज म्याद गप गर्न धनुषा जिल्ला अदालतमा लगिदै छ ।
सिरोहियालाई म्याद थप गर्न धनुषा जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सिरोहिमामाथीको अनुसन्धान नसकिएकोले उनलाई म्याद थप गर्न अदालत लागिन लागेको हो । यसअघि जिल्ला न्यायाधीश चुरामन खड्काको ईजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिएको थियो ।
सिरोहियालाई प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ गरेर धनुषा लगेको थियो ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गरेर प्रहरीले राज्यप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन् ।
नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिम १–१८२ औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कार्यक्षेत्रमा आउनसक्ने हर चुनौतीको सामना गर्न प्रहरी सफल र सक्षम रहेको बताए ।
“तालिममा सिकेको सीपमार्फत् अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोधहरू चिर्दै कार्यसम्पादन परिणाममुखी बनाउन सफल हुने विश्वास लिएको छु,” प्रधानमन्त्री प्रचण्डले भने, “कर्तव्य पालनाको सिलसिलामा कत्ति पनि विचलित नभई आफ्नो पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ ।”
नेपाल प्रहरी, कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट रही प्रभावकारी रूपमा अपराध नियन्त्रण र अनुसन्धान गरी समाजमा शान्ति सुव्यवस्था कायम गर्न तथा मानव अधिकारको संरक्षण गर्न स्थापित संस्था भएको स्मरण गराउँदै प्रधानमन्त्री प्रचण्डले एक्काइसौँ शताब्दीका चुनौतीहरूको सामना गर्नसक्ने दक्ष एवं व्यावसायिक प्रहरी जनशक्ति उत्पादनमा प्रशिक्षण केन्द्रहरूको भूमिका महत्त्वपूर्ण रहने बताए ।
विज्ञान र प्रविधिमा भएको तीब्र विकाससँगै नयाँ–नयाँ सुरक्षा चुनौतीहरू थपिइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नागरिकप्रति उत्तरदायी, मानवअधिकारप्रति संवेदनशील, निष्पक्ष, व्यावसायिक एवं कानुनी राज्यको अवधारणाप्रति प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।
नागरिक र प्रहरीबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउनका लागि हरसम्भव राष्ट्रले सुम्पेको जिम्मेवारी कुशलतापूर्वक बहन गर्नसक्ने दक्ष र योग्य मानवस्रोतको उत्पादनतर्फ प्रशिक्षण केन्द्र संवेदनशील हुनुपर्नेमा प्रधानमन्त्रीको जोड छ ।
शान्ति सुव्यवस्था बहाल राख्न ठूलो सङ्ख्यामा जनशक्ति परिचालित हुनुपर्ने प्रहरीको जनशक्ति दक्षता तथा कार्यकुशलताले सङ्गठनको प्रभावकारितालाई प्रत्यक्ष प्रभाव पार्ने बताउँदै प्रधानमन्त्रीले सङ्गठनको लागि चुस्त र दक्ष जनशक्ति तथा समयानुकूल र व्यावसायिक तालिम अत्यावश्यक हुने उल्लेख गरे ।
तालिमलाई थप गुणस्तरीय र व्यावहारिक बनाउन तालिमका विषयवस्तु समयानुकूल परिमार्जन गर्नुपर्ने र आधुनिक प्रशिक्षण विधि तथा मापदण्डको अबलम्वन गर्नका लागि काभ्रेको पनौतीमा नयाँ संरचनाहरू निर्माण भइरहेका प्रधानमन्त्रीले जानकारी दिए । उनले राष्ट्रिय सुरक्षा र हितलाई केन्द्रमा राख्दै कूटनीतिक पहलमार्फत् यी संरचनाहरूको निर्माण कार्यको सहजीकरण एवं निर्माण सम्पन्न गर्नका निम्ति नेपाल सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।न्युज कारखाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले सङ्घीय सरकारले घोषणा गरेको कार्यक्रम बिर्सिएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत बालेनले प्लास्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाउने विषयमा बजेटमा उल्लेख गरेर पनि केन्द्र सरकारले बिर्सिएको बताएका हुन् ।
उनले आर्थिक वर्ष २०८०–०८१ को बजेट वक्तव्यको नीतिगत एवं कानुनी सुधार कार्यक्रममा, २०८१ वैशाख १ गतेदेखि प्लास्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाइनेछ, भनेको भएपनि आज ज्येष्ठ महिनाको ११ गते भइसकेको र घोषणा गरेको कार्यक्रम कार्यान्वयनको कुनै सुरसार नभएको बताएका छन् ।
बालेनले भनेका छन्-
बाँदरहरुले आफ्नो घरपनि बनाउँदैनन् र अरुले बनाएको घर पनि भत्काँउछ्न भनेझै ,
संघीय सरकारले विर्सियो वैशाख १, २०८१ : अब के हुन्छ?
सरकारले आफैँ काम गर्नु, कि हामीलाई गर्न दिनु ।
संघीय संसदको संयुक्त वैठकले, २०८० ज्येष्ठ १५ गते प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/०८१ को बजेट वक्तव्यको नीतिगत एवं कानुनी सुधार कार्यक्रममा, २०८१ वैशाख १ गतेदेखि प्लाष्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ् गर्ने व्यवस्था मिलाइनेछ, भनेको थियो । यो ब्यवस्था सूर्तीजन्य बस्तु, धूमपानजस्ता प्लाष्टिकमा प्याक गरेका बस्तुका लागि पनि हो । आज जेष्ठ महिनाको ११ गते भइसक्यो । घोषणा गरेको कार्यक्रम कार्यान्वयनको कुनै सुरसार छैन । यसकारण हामी संघीय सरकारलाई उक्त मिति सम्झाउन चाहन्छौँ ।
सरकारले यस्तो घोषणा गरिरहँदा, सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ सक्रिय थियो । अहिले पनि छ । यो ऐनले सार्वजनिक स्थानमा चुरोट, बिडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा वा यस्तै प्रकारका सुर्तीजन्य पदार्थ विक्री गर्न र प्रयोग गर्न निषेध गरेको छ ।
ऐनले निषेध गरेका बस्तु जैविक खोलमा राखेर बेच्न मिल्ने हो कि होइन, संघीय सरकार लक्षित यक्ष प्रश्न छ । जैविक खोलमा बेरेको सूर्तीजन्य बस्तुको प्रयोगले जनस्वास्थ्यमा असर नपार्ने हो भने यसको बैज्ञानिक प्रमाणिक तथ्य हामी पनि जान्न र बुझ्न चाहन्छौँ ।
संघीय सरकार! यस विषयमा हामीलाई पनि जान्ने अवसर दिनुपर्यो ।
काठमाडौँ महानगरपालिकाको जनस्वास्थ्य ऐन, २०८० को दफा ४२ ले सुर्तीजन्य तथा मदिराजन्य पदार्थ विक्री वितरणमा रोक लगाउन सक्ने, निषेध र विक्री वितरणका लागि खुल्ला क्षेत्र तोक्न सक्ने, बालबालिकाहरूलाई विक्री वितरण गराउन नपाउने, सार्वजनिक स्थलहरूको चार किल्ला तोकी सो वरपर सुर्तीजन्य, मदिराजन्य र जङ्कफुड विक्री वितरण गर्न निषेध गर्न सक्ने कानुनी व्यवस्था छ । सभाले निर्माण गरेको, माथिल्ला कानुनसँग नबाझिने यो कानुन कार्यान्वयन गर्न हामीले कुन उपाय लगाउनु पर्ला ?
संघीय सरकार!
केही सुझाइदिनुहुन्छ?
स्थानीय स्तरमा, जनस्वास्थ्यजन्य समस्या सिर्जना गर्ने खालका उपभोग्य बस्तुको वेचबिखन र उपभोग नियमन (नियन्त्रण) गर्ने अधिकार स्थानीय तहमा निहित छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (२) को खण्ड (१४) ले यस्ता उपभोग्य बस्तुसँगै वातावरणीय प्रदुषण र हानीकारक पदार्थको नियन्त्रण, अनुगमन र नियमन गर्ने अधिकार छ । प्राप्त यो अधिकार प्रयोग गर्न हजुरियाकोमा पुग्नु पर्ने हो भने पटाङ्गिनीको लोकेसन म्याप उपलब्ध गराइदिनुपर्यो ।
हामी सूर्तिजन्य बस्तुको उपभोग र प्लाष्टिक प्याकेजिङ्ग निषेधप्रति हाम्रो लक्ष्यमा स्पस्ट छौँ । यस्ता वस्तुको प्रयोगले जनस्वास्थ्यमा पार्ने क्षति र यस्ता वस्तु प्याकेजिङ् गरिएका प्लाष्टिकले सहरी सुन्दरता, विकास निर्माण र विकास व्यवस्थापन पारेको गहिरो नकारात्मक असर घटाउन चाहन्छौं ।
किनभने, हामीलाई थाहा छ, यस्तै बस्तुका कारण हाम्रा महानगरबासीले दुःख गरेर कमाएको पैसा, परिवार र बालबालिकाको गाँस काटेर भए पनि स्वास्थ्योपचारमा खर्च गरिरहनु परेको छ । वातावरणीय प्रकोप सहनु परेको छ ।
यसबाट उत्पन्न हुने मानवीय क्षति, आर्थिक संकटजस्ता जोखिमबाट बचाउन हामीले गएको वर्ष मंसिर १२ गते गुट्खा, पान पराग, खैनीसमेत विक्री र भण्डारण निषेध गर्न सार्वजनिक सूचना जारी गरेका थियौँ । सहरको सुन्दरता बढाउने, सहरबासीलाई स्वच्छ वातावरणमा बाँच्ने अवस्था सिर्जना गर्ने हाम्रो उद्देश्य थियो ।
संघीय सरकारको २०८१ वैशाख १ गतेदेखि यस्ता वस्तुलाई कुहिने खालका खोलमा प्याकेजिङ् गर्ने व्यवस्था मिलाइनेछ भन्ने व्यवस्थाले आफ्नै हातमा भएको अधिकार पनि सम्मानित अदालतको निर्णयबाट प्रयोग गर्न बञ्चित हुनु परेको छ । यसपछि सहरबासीको स्वास्थ्य र वातावण बचाउने काम न हामीले गर्न पायौँ, न संघीय सरकारले गरेको छ ।
मानव मृत्युको मुख्य कारण नसर्ने रोग हो । विश्व स्वास्थ्य संगठनका अनुसार मानव मृत्युका १० कारणमध्ये ७ वटा नसर्ने रोग र ३ वटा मात्र सर्ने रोग छन् । नसर्ने रोगका ७ रोगको कारण धुमपान, सूर्तीजन्य बस्तुको प्रयोग र प्लाष्टिकजन्य बस्तुको प्रयोग हो ।
राम्रो काम जसले गरे पनि हुन्छ । कि सरकारले आफैँ काम गर्नु, कि स्थानीय सरकारलाई गर्न दिनू । संघीय सरकारबाट जवाफसहित उचित वातावरण निर्माणको अपेक्षा गरेका छौँ ।न्युज कारखाना
काठमाडौं । सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक शुरु भएको छ । बैठक आज सिंहदरवारस्थित कानून मन्त्रालयमा जारी रहेको हो ।
यस अघि विहिबार बसेको कार्यदलको बैठक सकारात्मक भएको बताइए पनि निष्कर्षमा पुग्न भने सकेको थिएन ।
सत्ता पक्षले आज सहमति हुने दाबी गरेपनि कांग्रेसले भने आफुहरु आफ्नो मागमा अडिक रहेको प्रतिक्रिया दिएका छन् ।
कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।
कांग्रेसले कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर छानबिन गर्नुपर्ने अडान कायम राखेको छ भने एमाले र रास्वपा व्यक्ति केन्द्रित छानबिन हुन नसक्ने अडानमा रहेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समिति गठन नगरेसम्म संसदको कारवाही अगाडी बढाउन नदिने बताएपनि सरकारले आज बस्ने संसदबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ ।न्युज कारखाना
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।
शुक्रबार बिहान शीतल निवासमा भएको भेटवार्तामा संसदको गतिरोध हटाउने विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्रीले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताएका थिए ।
प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ। सहकारी ठगि प्रकरणमा छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलमा छलफल जारी रहेपनि सहमति बन्न सकेको छैन ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समिति गठन नगरेसम्म संसदको कारवाही अगाडी बढाउन नदिने बताएपनि सरकारले आज बस्ने संसदबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ । न्युज कारखाना
काठमाडौं । सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज पनि बस्दै छ ।
बैठक आज सिंहदरवारस्थित कानून मन्त्रालयमा ९ बजे बस्ने बताइएको छ ।
यस अघि विहिबार बसेको कार्यदलको बैठक सकारात्मक भएको बताइए पनि निष्कर्षमा पुग्न भने सकेको थिएन ।
सत्ता पक्षले आज सहमति हुने दाबी गरेपनि कांग्रेसले भने आफुहरु आफ्नो मागमा अडिक रहेको प्रतिक्रिया दिएका छन् ।
कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।
कांग्रेसले कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर छानबिन गर्नुपर्ने अडान कायम राखेको छ भने एमाले र रास्वपा व्यक्ति केन्द्रित छानबिन हुन नसक्ने अडानमा रहेका छन् । न्युज कारखाना
काठमाडौँ । आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ । आज प्रतिनिधिसभाको व्बैथ्क बिहान ११ बजे बस्दै छ भने राष्ट्रिय सभाको बैठक अपराहन्न १: १५ बजेदेखि बस्दै छ ।
आजको प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा नीति तथा कार्यक्रममाथि छलफल र छलफलमा उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्रीले दिने प्रस्ताव रहेको छ ।
त्यस्तै आजै नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची समेत रहेको छ ।
संसदको बैठक आज बस्न लागेपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध भएन कायम रहेको छ । कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगि प्रकरणमा सामेल रहेको भन्दै संसदीय समितिको गठनको माग गर्दै संसद अवरोध गर्दै आएको छ ।
संसदीय समिति गठन गर्न सहमति भएपनि समितिको कार्यादेशको विषयमा भने अझै सहमति हुन सकेको छैन । कार्यादेश बनाउन कार्यदल बनाए पनि पटक पटक भएका बैठक निष्कर्षमा पुगेको छैन ।
कार्यदलको बैठक आज बिहान ९ बजे बस्ने बताइएको छ । कार्यदलमा संसदीय छानबिन समितिले गृहमन्त्री रवि लामिछानेको नाम तोकेर छानबिन गर्ने विषयमा विवाद छ । कांग्रेसले लामिछानेको नाम तोकेर छानबिन गर्नुपर्ने अडान लिएको छ भने एमाले र रास्वपा व्यक्तिको नाम तोकेर संसदीय छानबिन नहुने अडानमा रहेका छन् ।न्युज कारखाना
काठमाडौं । नेकपा एकीकृत समाजवादीले संसद्को गतिरोध अन्त्यका निम्ति पहल गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको सचिवालय बैठकले संसदको गतिरोध अन्त्य गर्न प्रतिपक्ष नेपाली कांग्रेससहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’तथा गृहमन्त्री रवि लामिछानेसँग छलफल गर्ने निर्णय गरेको हो ।
अहिलेसम्म संसदको गतिरोध अन्त्य बारे बोलाइएका छलफलमा एकीकृत समाजवादीलाई सामेल गराइएको छैन ।
सचिवालय बैठकले पार्टीको महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेज जेठ १५ गते जिल्लामा पठाउने निर्णय गरेको छ ।
एकीकृत समाजवादीले महाधिवेशन आउँदो असार १६ देखि २० काठमाडौंमा गर्ने तय गरेको छ । न्युज कारखाना
काठमाडौं । सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक शुरु भएको छ ।
बैठक आज सिंहदरवारस्थित कानून मन्त्रालयमा शुरु भएको हो ।
आजको बैठकमा सत्ता पक्षबाट कांग्रेसले माग गरेको विषयहरुमा एउटा मस्यौदाको ड्राफ्ट पेस गर्ने र त्यसमा काँग्रेसको सहमति माग्ने सत्ता पक्षको तयारी रहेको छ ।
कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।
कांग्रेसले कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर छानबिन गर्नुपर्ने अडान कायम राखेको छ भने एमाले र रास्वपा व्यक्ति केन्द्रित छानबिन हुन नसक्ने अडानमा रहेका छन् । यस अघि आइतबार भएको कार्यदलको बैठकमा सहमतिमा नपुगे पनि अर्को बैठकमा सत्ता पक्षले परिमार्जित प्रस्ताव पेश गर्ने सहमति भएको थियो ।न्युज कारखाना
ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमअनुरूप आगामी वर्षको बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिने सरकारको तयारी रहेको बताएका छन् ।
कोन्ज्योसोम गाउँपालिकाद्वारा आज आयोजित त्रिमूर्ति प्रतिमा समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री सरकारको नीति तथा कार्यक्रम र बजेटबाट कृषि क्षेत्रले पर्याप्त लाभ लिनसक्ने बताए । उनले नीति तथा कार्यक्रममा उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकता दिएर नीतिगत व्यवस्था गरिएको स्पष्ट पारे ।
सरकारले अघिल्लो महिनामात्रै तेस्रो लगानी सम्मेलन उत्साहजनक रूपमा सम्पन्न गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त सम्मेलनमा ठोट्ने खोलाको पानी प्रयोग गरी उपत्यकाबासीको पानीको समस्या समाधान गर्न विदेशी लगानीकर्ताका लागि परियोजनाको प्रारूप प्रस्ताव गरिएको जानकारी दिए ।
“मेरो विश्वास छ– उक्त प्रस्तावअनुरूप यस आयोजनाका निम्ति विदेशी लगानी जुट्नेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “यसबाट पानीको बहुउपयोग हुने किसिमका बृहत आयोजना सञ्चालन गर्न सम्भव हुनेछ ।”
कोन्ज्योसोम गाउँपालिकाका केही वडाहरूलाई नयाँ शहरको रूपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसका निम्ति आगामी दिनमा सम्भाव्यता अध्ययन हुँदै जाने बताए । उनले यस क्षेत्रका लेले–चन्दनपुर, नल्लु–चौघरे–उन्युचौर–मानिखेल–गोटिखेल र बिर्खेधारा–दलचोकी–शङ्खु–इकुडोल गरी ३ वटा सडक दक्षिण ललितपुरको ‘लाइफ लाइन’का रूपमा विकास हुने क्रममा रहेको र यसले ललितपुरको दक्षिणी क्षेत्रको विकासमा गुणात्मक फड्को हान्ने विश्वास व्यक्त गरे ।
काठमाडौँ उपत्यकाबाट नजिकको दुरीमा प्राकृतिक मनोरम दृश्यावलोकन गर्न सकिने स्थान कोञ्जोसोम भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ग्रामीण अर्थतन्त्र र पर्यटन प्रवर्द्धन गरेर आयआर्जन गर्न सकिने बताए । उनले यस क्षेत्रमा पर्यटकहरूको बसाइ लम्बाएर विदेशी मुद्रा आर्जनका निम्तिसमेत राजधानी नजिकका यस्ता पर्यटकीय गन्तव्यहरूको विशिष्ट भूमिका रहने विश्वास व्यक्त गरे ।
यो क्षेत्र कृषि, तरकारी खेती, पशुपालन, दूध र मासु उत्पादनका दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, विविधिकरण र बजारीकरणका माध्यमबाट यस क्षेत्रका जनताले पर्याप्त लाभ लिन सक्ने बताए ।
ललितपुर जिल्लाभित्र पर्ने अत्यन्त महत्त्वपूर्ण र मनोरम गाउँपालिकाका रूपमा स्थापित कोन्ज्योसोमले कृषि र पर्यटनमार्फत् ग्रामीण अर्थतन्त्रको सवलीकरण एवं विकासमा रचनात्मक भूमिका खेल्दै आएको बताउँदै प्रधानमन्त्री प्रचण्डले अर्गानिक कृषि उत्पादन, पर्यटकीय सम्भावनाहरूको खोजी एवं गाउँपालिकाभित्र विद्यमान सबै साधनस्रोतहरूको अधिकतम उपयोगका निम्ति विभिन्न नीति, योजना र कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
“करिब ७८ प्रतिशत तामाङ समुदायको बसोबास रहेको यस कोन्ज्योसोम गाउँपालिकाको नामाकरण स्थानीय पहिचान झल्किने गरी तामाङ भाषामा गरिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यसबाट यस गाउँपालिकाभित्रका विविधतायुक्त संस्कृतिको प्रवर्द्धन हुनुका साथै प्राकृतिक एवं सांस्कृतिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नसमेत महत्त्वपूर्ण योगदान पुग्दै आएको छ ।”
प्रधानमन्त्री प्रचण्डले स्थानीय भाषा, कला र संस्कृतिको प्रवर्द्धन गरी उत्पीडित वर्ग, जाति र समुदायको पहिचान र आत्मस्वाभिमान स्थापित गर्नुका साथै यस्ता रचनात्मक क्रियाकलापले पर्यटन प्रवर्द्धनमा समेत गुणात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
कोन्ज्योसोम प्रतिमा निर्माणमा सङ्घ, प्रदेश र स्थानीय तीनै तहको भूमिका र योगदान रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तीनै तहका सरकारहरूको संयुक्त लागत साझेदारीमा निर्माण गरिएको त्रिमूर्तिले यस क्षेत्रको ऐतिहासिकताको समेत प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरे ।न्युज कारखाना
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कैलाश सिरोहियालाई पक्राउ गरेको विषयमा गलत ब्याख्या गर्न नहुने बताएका छन् ।
झापामा रहेका ओलीले सिरोहिया पक्राउ परेको विषयमा मिडियामाथिको आक्रमण भनेर गलत ब्याख्या उचित नहुने बताए । उनले देशमा सबै कानुनको मातहतमा छन् भन्ने बुझ्नु र मान्नु पर्ने बताएका छन् ।
उनले भने- ‘त्यसमा विवादका विषय हुन सक्दछन्, तर उनलाई जन्मकैद गर्न खोजिएको होइन । कुनै सञ्चारमाथि हमला भनेर, पत्रकारमाथि फौजदारी अभियोग छ, मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ, किन यो समाचार प्रकाशित गरेको, किन यो बोल्यो भन्ने विषय त होइन । विषय अर्कै छ ।’
उनले टाइमिङ ठीक भयो कि भएन, त्यो बेग्लै कुरा होला तर डेमोक्रेसी कसरी खतरामा परिहाल्यो त ? भन्दै प्रश्न गरेका छन् । न्युज कारखाना
पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेश सभाको बैठक बहिष्कार गर्ने बताएको छ ।
सभामुख कृष्ण धितालले शुक्रबार बजेटका सिद्धान्त र प्राथमिकता टेबुल गर्ने कार्यसूचीसहित बैठक बोलाएपछि कांग्रेसले सर्वोच्च अदालतमा रहेको मुद्धा किनारा नलागेसम्म बैठक बहिष्कार गर्ने बताएको हो ।
तर मुख्यमन्त्रीको विश्वासको मतमा असन्तुष्टि जनाउँदै कांग्रेसले सर्वोच्चमा दायर गरेको रिट हेर्दा हेर्दैमा रहेको छ ।
कांग्रेसले भनेको छ-
‘मुख्यमन्त्री खगराज अधिकारीलाई सर्वोच्चले काम चलाऊ बनाएकै अवस्थामा बैठक सभामुखले असंवैधानिक तवरबाट बहुमत प्राप्त गरेको भनी घोषणा गरेको प्रक्रियाविरूद्ध नेपाली कांग्रेस संसदीय दलको तर्फबाट सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो । सो रिटको संम्बन्धमा निरन्तर सुनवाई भईरहेको र २०८१ जेठ १४ गते अन्तिम सुनुवाइको चरणमा रहेको सर्वविदितै छ । कामचलाउ सरकारले अदालतको आदेशको अवहेलना हुने गरी प्रदेश सभा बैठक आह्वान गरी आगामी बजेटका सन्दर्भमा पूर्व छलफल गराउने कार्य प्रति नेपाली कांग्रेस संसदीय दलको गम्भीर असहमति रहेको छ ।’
कांग्रेसले अदालतको आदेश विपरीत कार्य गरेको गराईएमा नेपाली कांग्रेस संसदीय दललाई मान्य नहुने अवगत गराउँदै त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं सरकार र आदेश उलङ्घन गर्ने पक्ष नै हुने चेतावनी दिएको छ ।न्युज कारखाना
काठमाडौं । सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज बस्ने भएको छ ।
बैठक आज सिंहदरवारस्थित कानून मन्त्रालयमा अपराहन्न ३ बजे बस्न लागेको हो ।
आजको बैठकमा सत्ता पक्षबाट कांग्रेसले माग गरेको विषयहरुमा एउटा मस्यौदाको ड्राफ्ट पेस गर्ने र त्यसमा काँग्रेसको सहमति माग्ने सत्ता पक्षको तयारी रहेको छ ।
कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।
कांग्रेसले कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर छानबिन गर्नुपर्ने अडान कायम राखेको छ भने एमाले र रास्वपा व्यक्ति केन्द्रित छानबिन हुन नसक्ने अडानमा रहेका छन् । यस अघि आइतबार भएको कार्यदलको बैठकमा सहमतिमा नपुगे पनि अर्को बैठकमा सत्ता पक्षले परिमार्जित प्रस्ताव पेश गर्ने सहमति भएको थियो ।न्युज कारखाना
लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न क्रियाशील रहेको बताएका छन् ।
२५६८ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस मूल समारोहद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संसारभरिका करोडौँ बौद्ध समुदाय एवं आम मानिसले समेत जीवनमा एकपटक दर्शन/अवलोकन गर्नैपर्ने पवित्र तीर्थस्थलको विकासमा सरकार लागिपरेको बताएका हुन् । उनले भने, “वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकसित गर्न क्रियाशील छ ।”
नेपालले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा बृहत्तर लुम्बिनी विकास परियोजनासम्बन्धी प्रस्ताव प्रस्तुत भई वैदेशिक लगानीका लागि विश्व समुदायलाई आव्हान गरिएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले यसले विश्वभरिका बौद्ध धर्मावलम्बीहरूलाई आकर्षण गरी धार्मिक पर्यटन एवं विश्वशान्तिमा गौतम बुद्ध र नेपालको योगदान प्रवर्द्धन हुने विश्वास व्यक्त गरे ।
“बुद्धको जन्मभूमि लुम्बिनीको भ्रमण गर्न पाउनु विश्वका प्रत्येक नागरिकका लागि गौरवको विषय हुन्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “लुम्बिनीलाई विश्वभरिका बुद्धिष्टहरूको ‘बर्थिङ सेन्टर’का रूपमा विकास गर्ने र त्यसमार्फत् यस क्षेत्र र सिङ्गो देशको पर्यटन प्रवर्द्धनमा उच्च सफलता हासिल गर्ने सम्भावना छ ।” उनले शाक्यमुनि गौतमबुद्ध शील, समाधि र प्रज्ञाका प्रतिमूर्ति एवं शान्ति, एकता र सद्भावका सामूहिक प्रतीक भएको बताए ।
“पूर्वीय दर्शन र चिन्तन परम्परामा बुद्धको विचार र त्यसको प्रभाव निकै महत्त्वपूर्ण छ,” प्रधानमन्त्री प्रचण्डले भने, “मानव सभ्यता र संस्कृतिको विकासमा, ज्ञान निर्माण (आर्जन) र प्रज्ञाको अभ्युदयमा बुद्धको मार्गदर्शन अत्यन्तै प्रभावशाली छ । बुद्धको जन्मले नेपाललाई विश्वमा चिनाउने मात्र नभई धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावना समेत उपलब्ध गराएको छ ।”
मौर्यसम्राट अशोकद्वारा निर्मित अशोक स्तम्भको शिलालेखले बुद्धको जन्म लुम्बिनीमा भएको तथ्य अकाट्य रूपमा प्रमाणित भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण मानव जातिको साझा धरोहर एवं विश्व सम्पदाको महत्त्वपूर्ण अङ्ग पवित्र लुम्बिनीको द्रूत विकासका लागि सरकारले लुम्बिनीलाई राष्ट्रिय गौरवको आयोजनामा सामेल गरी लुम्बिनी गुरूयोजनाको बाँकी कार्य यथाशक्य पूरा गर्न लागिपरेको स्पष्ट पारे ।
प्रधानमन्त्रीले भने, “अन्तर्राष्ट्रिय दातृराष्ट्र तथा सङ्घ संस्थाहरूको समेत सहयोग तथा सहभागितामा सरकारले कपिलवस्तु क्षेत्र, देवदह क्षेत्र तथा रामग्रामको पुरातात्विक उत्खनन्, संरक्षण, प्रवर्द्धन तथा विकास गरी स्थानीयवासीलाई विकासको प्रतिफल दिलाउन प्रयास गरिरहेको छ ।”
बृहत्तर लुम्बिनी विकास परियोजनाको सफल कार्यान्वयनमार्फत् उक्त सम्भावनालाई यथार्थमा बदल्न सकिने बताउँदै उनले यस कार्यका लागि प्रस्ताव बनाउन र पहल अगाडि बढाउन लुम्बिनी विकास कोषलाई निर्देशन दिए ।
लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्धदर्शन र शिक्षाको अझ ठूलो केन्द्र बनाउन सकिने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभई बौद्धदर्शनको उद्गमस्थल भएको स्पष्ट पारे । उनले भने, “यस क्षेत्रलाई अन्तर्राष्ट्रिय बौद्धदर्शन र शिक्षाको केन्द्र बनाउन ठोस योजना अगाडि बढाएको छ ।” उनले बौद्ध विश्वविद्यालयको समग्र ध्यान बौद्धदर्शनको प्रवर्द्धनतर्फ केन्द्रित गर्न निर्देशन दिए ।
नेपाल सरकारले सन् २००४ मा दोश्रो विश्व बौद्ध शिखर सम्मेलन आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको स्मरण गर्दै प्रधानमन्त्रीले तेस्रो शिखर सम्मेलन छिटै आयोजना गरिने व्यहोरासमेत जानकारी दिए ।न्युज कारखाना
लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६८ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका अवसरमा लुम्बिनी क्षेत्रको अवलोकन गर्नुका साथै स्थानीयसँग अन्तर्क्रिया गरेका छन् ।
बुद्ध जयन्तीका अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुन बुधबार लुम्बिनी आएका प्रधानमन्त्रीले आज बिहान लुम्बिनी परिसरको अवलोकन गरेका हुन् । उहाँले योग र ध्यानका लागि लुम्बिनी आउनुभएका धर्मगुरु, स्वदेशी एवं विदेशी बौद्धमार्गीहरूसँग अन्तर्क्रिया समेत गरे ।न्युज कारखाना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गौतम बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय भएको बताएका छन् । २५६८औं बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरेका हुन्।
राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन्- ‘शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय हो । शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवम् सबल बनाउन सकिने विश्वास मैले लिएको छु।’
वैशाख शुक्लपक्षको पूर्णिमा तिथिको दिन गौतम बुद्धको त्रि-संयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महानिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्बारा गौतम बुद्धप्रति अत्यन्त श्रद्धा एवम् भक्तिभाव व्यक्त गर्ने पावन दिनका रूपमा लिंदै बुद्ध जयन्ती मनाउने गरिएको सन्देशमा उल्लेख छ।। यस दिन बुद्धका मन्दिर, गुम्वा, विहार, मठ, स्तुपा र चैत्यमा बुद्धको विशेष पूजा-अर्चना, प्रार्थना, ध्यान, प्रवचनलगायत विविध कार्यक्रमहरू गरी बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति व्यक्त गरिन्छ ।
बौद्ध दर्शनका प्रवर्तक, राष्ट्रका गौरव एवम् विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८औं बुद्ध जयन्तीकोअवसरमा शुभकामना दिँदै उनले गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै हरेक व्यक्ति , समाज र विश्व समुदायबीच शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ गर्दै लैजाने अभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्धको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्नसकेमा राष्ट्रिय एकता, सहिष्णुता र आपसी सद्भावले उचाइ हासिल प्राप्त गर्ने बताएका छन् ।
गौतम बुद्धको २५६८औं जन्मजयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले आजको सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुने बताएका छन् ।
उनले भनेका छन्-
विश्वशान्तिका अग्रदूत, राष्ट्रिय विभूति एवं बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको २५६८औं जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बौद्ध धर्मावलम्बीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
वैशाख शुक्लपक्षको पूर्णिमा तिथिका दिन बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले यस तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा बुद्धप्रति श्रद्धा एवं भक्तिभाव व्यक्त गर्दै बुद्ध जयन्ती मनाउने गरिन्छ । नेपालको पवित्र भूमि लुम्बिनीमा जन्मिएका शान्तिका अग्रदूत गौतम बुद्धले देखाउनुभएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग र उपदेश आज पनि उत्तिकै सान्दर्भिक छ । बुद्धको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्नसकेमा राष्ट्रिय एकता, सहिष्णुता र आपसी सद्भावले उचाइ हासिल प्राप्त गर्दछ । साथै, सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न आम नेपाली जनताको सकारात्मक भूमिका रहने विश्वास लिएको छु ।
नेपालको भूमिमा जन्मिनुभएका शान्तिका अग्रदुत बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको संकल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधीज्ञान प्राप्त गर्नुभएको प्रसङ्ग महत्वपूर्ण छ । बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकोले उहाँका विचारहरू विश्वभरि लोकप्रिय र कालजयी रहन सकेका हुन् । मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि उहाँले गर्नुभएको त्याग, लिनुभएको विचार र अभ्यास नेपालीहरूका लागि विशेष ऐतिहासिक गौरवका विषय हुन् । आजको सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुन जान्छ ।
अन्त्यमा, २५६८औं बुद्ध जयन्तीको यस महत्वपूर्ण दिनले हामी सबैलाई बुद्ध दर्शन र धर्मको अहिंसात्मक शान्ति सन्देश तथा भातृत्व भावनालाई आत्मसात गर्दै मिलेर अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।न्युज कारखाना
काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलविरुद्ध पेश भएको रिट निवेदन दर्ता गर्न आफ्नो प्रशासनलाई आदेश दिएको छ ।
न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध अधिवक्ता अनुपम भट्टराईले पेश गरेको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने दरपीठ आदेश खारेज गरेको हो ।
सर्वोच्च अदालतको यो आदेशपछि अधिवक्ता भट्टराईले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता हुने भएको छ । यसअघि सर्वोच्च अदालत प्रशासनले निवेदन दर्ता गर्न अस्वीकार गरेको थियो ।
अधिवक्ता अनुपम भट्टराईले महान्यायाधिवक्ता कार्यालयबाट गृहमन्त्री रवि लामिछानेलाई दिएको ‘दोषी नरहेको आशय’ को पत्रको वैधतामाथि प्रश्न उठाई रिट पेश गरेका थिए ।न्युज कारखाना
काठमाडौँ । नेकपा एमाले नेता भीम रावलले मन्त्री र अरुका लागि फरक फरक कानुन हुन्छ भन्दै प्रश्न गरेका छन् ।
सामाजिक सञ्जालमार्फत नेता रावलले गृहमन्त्री रवि लामिछानेसँग नेपालको कानुन विपरित दुई नागरिकता र दुई राहदानी हुदा कारवाही नगर्ने तर कैलाश सिरोहियालाई नागरिकतामा विवरण फरक परेको भन्दै कार्यकक्षबाट पक्रिने भन्दै प्रश्न गरेका हुन् ।
उनले भनेका छन्-
गृहमन्त्री रवि लामिछानेसंग नेपालको कानून विपरीत विदेशको समेत गरी दुई नागरिकता र राहादानी हुँदा केही कार्वाई नगर्ने तर कैलाश सिरोहियालाई दुइटा नागरिकतामा ‘विवरण फरक परेको’भनी कार्यकक्षबाट पक्रेर रातारात धनुषा लिने! के मन्त्री र अरूका लागि फरक-फरक कानून छ ? कानूनी राज्यको उपहास !न्युज कारखाना
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशका सांसद विनोदकुमार शाह पुनः मन्त्री नियुक्त भएका छन् ।
मुख्यमन्त्री यमलाल कँडेलले शाहलाई कृषि तथा भूमि व्यवस्थामन्त्रीमा नियुक्त गरेका हुन् । शाहले यसअघि गत वैशाख १८ गते कृषि मन्त्रालयमा चित्त नबुझेको भन्दै शपथ बहिष्कार गरेका थिए ।
तर शपथ बहिष्कार गरेको २२ औं दिनमा फेरि शाहले सोही मन्त्रालयको शपथ लिएका छन् । उनले आजै प्रदेश प्रमुख तिकल परियारसमक्ष शपथ लिएका छन् ।न्युज कारखाना
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले म्याद थप गरेको छ ।
बुधबार अदालतमा दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिएको हो ।
सिरोहियालाई प्रहरीले आज धनुषा जिल्ला अदालतमा पेस गरेको थियो । प्रहरीले सिरोहियालाई हिजो साँझ थापाथलीस्थित कान्तिपुरको कार्यकक्षबाटै गिरफ्तार गरेको थियो ।
जिल्ला अदालत धनुषाको अनुमतिले सिरोहियाविरूद्ध धनुषा प्रहरीले आजै पक्राउ पूर्जी जारी गरेको थियो । सिरोहियाविरूद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।न्युज कारखाना
काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको दबाब दिँदै सडकमा जाने निर्णय गरेको छ ।
सानेपामा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पहिलो चरणमा शुक्रबार काठमाडौं केन्द्रित प्रदर्शन गर्ने निर्णय गरेको छ । जसअनुसार नेविसंघ, तरुण दल, महिला संघलगायतका भ्रातृ तथा भगिनी संगठनलाई प्रदर्शनमा सहभागी गराउने निर्णय गरेको छ ।
केन्द्रीय सदस्य डा. डिला संग्रौलाले सदनमा संसदीय छानबिन समिति गठनको मागलाई उठाउदै पहिलो चरणमा शुक्रबार काठमाडौँ केन्द्रित प्रदर्शन गरेको जानकारी दिएकी छन् ।न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नहुने बताएको छ ।
पार्टीका महामन्त्री डा. मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन् भन्दै अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नभएको बताएको छ ।
विज्ञप्ति:
राष्ट्रिय स्वतन्त्र पार्टी उदीयमान बहुलवादी लोकतान्त्रिक शक्ति हो । नेपालको संविधानमा निर्दिष्ट नागरिक स्वतन्त्रता, मौलिक हक, मानव अधिकार, प्रेस स्वतन्त्रता तथा निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यताप्रति यो दल कटिबद्ध छ ।
सम्मानित धनुषा जिल्ला अदालतको अनुमति लिएर किर्ते नागरिकताको गम्भीर अभियोगबारे अनुसन्धान गर्न प्रहरीले हिजो व्यवसायी कैलाश सिरोहियालाई पक्राउ गरिएको तथ्य हाम्रो जानकारीमा आएको छ । नागरिकको आत्मसम्मान र खुला लोकतान्त्रिक समाजका सम्पूर्ण हक-अधिकारको उपयोगमा आँच नपुग्ने गरी विधिको शासन अनुरूप कदम चाल्न नेपाल सरकार सक्षम छ भन्नेमा हामी विश्वस्त छौं ।
विधिको शासनको अर्को सौन्दर्य हो: “कानुन भन्दामाथि कोही हुँदैन”। जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नै पर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जीत हो । “कोही-कोहीलाई छुनै हुन्न” भन्नु सामन्ती कायरता हो । यस्ता पूर्वाग्रहकै बलमा मुलुकको राजनीतिक प्रणाली विकृत हुँदै गएको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ ।
विगतमा लोकतन्त्र स्थापनाका लागि लडेकाहरूप्रति हाम्रो पार्टीको उच्च सम्मान छ । तर एक समयको योगदानको बहानामा केही व्यक्ति, दल र संस्था भ्रष्टाचार र गैर कानुनी मिलीभगतमा निरन्तर संलग्न भएको पाइएमा पनि कानुनी उन्मुक्ति हुने अनैतिक अपेक्षा हामीलाई अस्वीकार्य छ ।
नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन् । अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन । यसको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन अनुचित लेनदेनको दासी सञ्जाल बनाउँछ ।
न्यायको विधि पुगोस् । सञ्चारमाध्यमहरू लोभ, त्रास र सौदाबाजीका अस्त्र बने भने राज्य जाग्न पर्छ भन्ने सन्देश जनतामा जाओस् । अन्ततः लोकतान्त्रिक कानुनी राज्यको जीत होस् ।न्युज कारखाना
काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले सार्थक संवाद गर्ने आशा राखेको बताएको छ ।
बुधबार बिहान सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै अमेरिकी दूतावासले ‘अझ परिपूर्ण मुलुक’ बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जवाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू भएको बताएको हो ।
अमेरिकी दूतावासले भनेको छ, ‘“अझ परिपूर्ण मुलुक” बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जबाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू हुन् । कठिन सङ्घर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौँ ।’
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको विषयमा मंगलबार कार्यकक्षबाटै गिरफ्तार गरेर अहिले धनुषा लागिएको छ ।न्युज कारखाना
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक केन्द्रीय कार्यालय सानेपामा शुरु भएको ।
पार्टी मूख्यालय सानेपा ललितपुरमा सुरु भएको बैठकमा सभापति शेरबहादुर देउवासहित पदाधिकारी, केन्द्रीय सदस्यहरू, प्रतिनिधि सभा सांसदहरू र राष्ट्रिय सभा सांसदहरू सहभागी छन् ।
समसामयिक राजनीतिक घटनाक्रम, सदनमा कांग्रेसले उठान गर्दै आएको सहकारी प्रकरणमा संसदीय छानबिन र पार्टीका आन्तरिक विषयमाथि छलफल गरी धारणा बनाउन बैठक बसेको हो ।
कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने मागका साथ संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।न्युज कारखाना
काठमाडौँ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।
राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार बैठक अपरान्ह १:०० बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दैछ ।
बैठकमा देशको समसामयिक परिस्थितिको समिक्षा हुनेछ, साथै आगामी शुक्रबारदेखि शुरु हुने पार्टीको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने प्रतिवेदनहरुमाथि छलफल र एजेण्डा तय गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च पर्वतीय क्षेत्रमा बसोबास गर्दै आएका समुदाय जलवायु परिवर्तनको सबैभन्दा खराब र जोखिमपूर्ण अवस्थामा रहेको बताएका छन् ।
‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु प्रेरित प्रकोप र अन्य प्रभावले पर्वतीय जीवनशैली प्रभावित भएको बताएका हुन् ।
“पर्वतीय अर्थतन्त्र कृषि, पर्यटन, जलविद्युत् र भौतिक पूर्वाधारजस्ता जलवायु संवेदनशील क्षेत्रहरूमा परेको खराब असरका कारण पर्वतीय समुदाय र पारिस्थितिक प्रणालीमा सबैभन्दा खराब जलवायु प्रभाव देखिएका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “स्रोतहरूमा आएको कमी, उत्पादन र उत्पादकत्वमा घट्दो क्रम एवं यहाँका वासिन्दाहरू संस्कृति, सम्पदा, ज्ञान र अभ्यासको विस्थापनबाट जलवायु प्रेरित प्रकोप र अन्य प्रभावहरूले पर्वतीय जीविकोपार्जनलाई गम्भीर असर पुर्याएको छ ।”
मुख्यतया मौसममा आधारित जीविकोपार्जनमा निर्भर रहने गरिब, महिलासँग परिवर्तनहरूको सामना गर्ने जानकारी, स्रोतहरू र क्षमताको कमी भएका कारण जलवायु परिवर्तनले उनीहरूलाई नराम्रो असर पारिरहेको प्रधानमन्त्रीको भनाइ छ ।
पर्वतीय समुदायहरू र उनीहरूले प्रदान गर्ने पारिस्थितिकी सेवामा परेको प्रभावका बारेमा बढ्दो चिन्ता र चासो समाधानका एकीकृत पर्वतीय आवाजको तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले तापक्रम १.५ डिग्री सेल्सियसमा सीमित गर्न, तत्कालताका साथसाथै पर्वतीय जनताको कल्याण गर्न, पारिस्थितिकी प्रणालीको विविधता, स्थिरता र स्थायित्व बढाउन र स्थानीय आवश्यकतामा ध्यान जानुपर्ने बताए ।
“हाम्रा सचेत र व्यवस्थित प्रयासको परिणामस्वरूप कोप–२८ ले एकीकृत प्रतिक्रियाको लागि पर्वतीय पारिस्थितिक प्रणालीलाई महत्त्वपूर्ण रूपमा मान्यता दिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने । उनले पर्वतीय मुद्दाहरूलाई अगाडि बढाउन एवं पर्वत र यसको परेका लागि दिगो समाधान खोज्नका लागि विश्वव्यापी सहमति र समर्थनको लामो यात्रा तय गर्नुपर्ने आवश्यकता औँल्याए ।
“यो विज्ञ संवाद केवल एउटा कार्यक्रम मात्र होइन । यो एक रणनीतिक पहल हो,” प्रधानमन्त्रीले भने, “यसले जलवायु परिवर्तनको सन्दर्भमा पर्वतमा आधारित कार्यहरूलाई सुदृढ, समन्वय र प्राथमिकता दिन र युएनएफसिसिसी पर्वतीय कार्य कार्यक्रम र आदेशहरूमा सहयोग गर्न पर्वतीय देशहरू र एजेन्सीहरूलाई प्रोत्साहित गर्ने उद्देश्य राखेको छ ।”न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलाश सिरोहियासँग आफ्नो कुनै रिसइवी नरहेको बताएका छन् ।
बुधबार बिहान चन्द्रागिरीमा भएको कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै उनले उहाँसँग कुनै रिसइवी नरहेको र अदालती प्रक्रियाबाट सजिलै छुट्ने बताए ।
उनले भने-
‘सरकारले रिसिइबी साँध्यो भन्ने कुरा आएको छ । त्यो गलत कुरा हो । उहाँसँग के हो रिसइबी ? अदालती प्रक्रिया मैले बुझेको छु, उहाँ निर्दोष हुनुहुन्छ । सजिलै छुट्नुहुन्छ ।’न्युज कारखाना
काठमाडौँ । प्रहरीको नियन्त्रणमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषामा उपस्थित गराइएको छ ।
मङ्गलवार काठमडाौंस्थित कान्तिपुरको कार्यालयबाटै पक्राउ परेका सिरोहियालाई आज बिहान ६ बजे जिल्ला प्रहरी कार्यालय धनुषा ल्याइएको थियो । उनलाई धनुषा प्रहरीले केहीबेर अघि जिल्ला अदालत धनुषामा पेश गरेको हो । आवश्यक सम्पूर्ण कागजात तयार पारी अदालत लगिएको प्रहरीको भनाइ छ ।
अदालतले उनीमाथि थप अनुसन्धानका लागि म्याद गप गर्ने वा थुनामुक्त गरी तारिखमा राखेर अनुसन्धान अघि बढाउने भन्नेबारे आदेश गर्नेछ ।
मङ्गलवार जिल्ला अदालत धनुषाले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि धनुषा प्रहरीको अनुरोधमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले कार्यालयबाटै पक्राउ गरेको थियो ।
सिरोहियाले जिल्ला प्रशासन कार्यालय धनुषाबाट लिएको नागरिकताको नम्बर अर्को व्यक्तिको नागरिकता नम्बरसँग मिलेको भन्दै गत वैशाख १६ गते उनीविरुद्ध धनुषा प्रहरीमा निवेदन परेको थियो । न्युज कारखाना
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध दायर भएको रिटमा आजबाट सुनुवाइ हुँदै छ। सो रिट सुनुवाईका लागि सर्वोच्चका न्यायाधीशद्धय प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेशी परेको छ ।
निर्वतमान मुख्यमन्त्री केदार कार्कीले वैशाख २७ गते सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ पूर्ण इजलासमा सुनुवाइ हुनेछ ।
यसअघि सर्वोच्चको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो । प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २५ गतेसम्म विश्वासको मत नलिएको भन्दै कार्कीको स्थानमा एमालेका कार्की मुख्यमन्त्री बनेका थिए ।
२७ वैशाखमा एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता कार्की मुख्यमन्त्री बनेका थिए । ३१ वैशाखमा विश्वासको मत लिएका कार्कीले सरकार पनि विस्तार गरिसकेका छन् ।न्युज कारखाना
काठमाडौँ । हेलिकप्टर दुर्घटनामा परी इरानी राष्ट्रपति इब्राहिम रायसीको दुखद निधन भएपछि देशमा तत्कालै राष्ट्रपतिको निर्वाचन हुने भएको छ । जुन २८ मा मुलुकमा तत्कालै राष्ट्रपतिको निर्वाचन हुने घोषणा गरिएको छ । तेहरानस्थित राष्ट्रपति कार्यालयमा भएको बैठकमा उक्त मिति तय गरिएको हो ।
बैठकमा इरानका कार्यकारी शाखा प्रमुख मोहम्मद मोख्बर, संसदका सभामुख मोहम्मद बगेर गालिबाफ र न्यायपालिका प्रमुख घोलाम-होसेन मोहसेनी-इजेई सहभागी थिए । पूर्वी अजरबैजान प्रान्तमा एक दुर्घटनामा राष्ट्रपति रायसीको दुखद मृत्यु पछि तीन दिग्गजहरू बीचको दोस्रो बैठक भएको थियो ।
राष्ट्रपति इब्राहिम रायसीलाई इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको उत्तराधिकारी पनि मानिन्थ्यो, त्यसैले उनको मृत्युलाई लिएर धेरै प्रश्नहरू उठिरहेका छन् । इरान सरकारबाट भने यसबारे खासै केही भनिएको छैन ।
इब्राहिम राईसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उपराष्ट्रपति मोहम्मद मोख्बरलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको छ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले मोख्बरलाई अन्तरिम कार्यभार हस्तान्तरण गरेका छन् । खामेनीले संविधानको धारा १३१ बमोजिम मोख्बरलाई यो जिम्मेवारी दिइएको बताए । मोहम्मद मोख्बरले ५० दिनभित्र राष्ट्रपति चुनावको तयारीका लागि न्यायिक प्रमुखहरूसँग काम गर्नुपर्नेछ ।
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । बैठक आज बिहान ११ गते पार्टी कार्यालय सानेपामा बस्दै छ ।
कांग्रेस केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकको एक मात्र एजेन्डा समसामयिक राजनीतिकका सन्दर्भ राखिएको छ । सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै संसद्मा अवरोध गरी रहेका कांग्रेसले सडक आन्दोलनमा जान संयुक्त बैठक बोलाएको बुझिएको छ ।
नेताहरूका अनुसार सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष तयार नभएपछि कांग्रेस सदनसँगै सडक आन्दोलनमा जाने तयारीमा छ ।
जेठ ८ गते, रौतहट जनता समाजवादी पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनका लागि रौतहटको चारवटै निर्वाचन क्षेत्रमा आज मंगलवार एकैसाथ प्रतिनिधि छनौट गरिएको छ । आउदो जेष्ठ २८,२९ र ३० गते मधेश प्रदेशको राजधानी जनकपुरधाममा हुने जसपा नेपालको प्रथम राष्ट्रिय महाधिवेशनको लागि रौतहटबाट महाधिवेशन प्रतिनिधि छनौट गरिएको छ । जिल्लाको छुट्टाछुट्टै ठाउमा आज बसेको जसपाको बैठकले चारवटै क्षेत्रका लागि विभिन्न नेतालाई प्रतिनिधि छनौट गरेको जसपा नेपाल रौतहटका जिल्ला अध्यक्ष श्याम विहारी यादवले जानकारी दिएका छन् । क्षेत्र नम्बर १ बाट मधेस प्रदेशका पुर्व कृषि राज्य मन्त्री एवं जसपा नेपालका केन्द्रिय सदस्य योगेन्द्र राय यादव, केन्द्रिय सदस्यहरु किरण ठाकुर, चुल्हाई यादव, बिश्वनाथ पटेल, राघो राय यादव, पार्टीका जिल्ला अध्यक्ष श्याम बिहारी राय, माधव नारायण नगरपालिकाका पुर्व मेयर बिरेन्द्र प्रसाद यादव, जयराम महतो, दिलीप यादव, सरोज कुमार यादव निवेश यादव र संगीता देवीलाई चएन गरिएको हो । त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ बाट पुर्व प्रदेशसभा सदस्य रामकिशोर प्रसाद यादव, बौधिमाइ नगरपालिकाका पुर्व मेयर राजीव रंजन यादव, समाजवादी युवा संघ नेपालका केन्द्रीय महासचिव दिलीप कुमार पटेल, केन्द्रिय सदस्य विवेक कुमार यादव, सुमेश्वरनाथ जयसवाल,दिपेन्द्र पटेल, शोभा सिंह, धर्मेन्द्र प्रसाद पटेल, प्रदेशसभा सदस्य शोभा देवी साह र शेख कलामलाई महाधिवेशन प्रतिनिधिको रूपमा छनौट गरिएको जिल्ला अध्यक्ष यादवले बताए । त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ बाट पुर्व मन्त्री गोविन्द चौधरी, मधेश प्रदेशकि रास्ट्रीयसभा सदस्य पुजा कुमारी चौधरी, गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरी, जयमंगल् राय यादव, बिन्देश्वर राय यादव, र सिकिल कुमारी यादवलाई प्रतिनिधि छनौट गरिएको हो । त्यस्तै निर्वाचन क्षेत्र नम्बर ४ बाट मधेश प्रदेश सरकारका उर्जा सिचाइ तथा खानेपानी राज्य मन्त्री शेख अब्बुल कलाम आजाद उर्फ शेख फुल्बाबु, हरिकिशोर साह, रामइश्वर राउत कुर्मी र रामसर्वी देविलाई सर्वसम्मती बाट महाधिवेशन प्रतिनिधि छनौट गरिएको जसपा नेपालका रौतहट जिल्ला अध्यक्ष श्याम विहारी यादवले जानकारी दिए ।
काठमाडौं,०८ गते जेठ । ऋषी कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं उदयपुर जिल्ला अध्यक्ष रामकुमार चौधरीले पार्टी परित्याग गरी आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् । आज आजपा केन्द्रीय कार्यालय काठमाडौंमा एक कार्यक्रमका बीचमा केन्द्रीय सदस्य चौधरीले आजपामा प्रवेश गरेका हुन् । चौधरीलाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले टिका र खादा लगाएर पार्टीमा प्रवेश गराएको आईटी आर्मीका केन्द्रिय सदस्य रामशरण यादवले जनाएका छन् । पछिल्लो समय बिभिन्न पार्टी परित्याग गरी आजपामा प्रवेश गर्ने लहर चलेको यादवले जनाएका छन् । आजपा प्रवेश गरेका चौधरीले प्रभु साह नेतृत्वको पार्टीको नीति, विचार तथा कार्यक्रम मुलुकको परिवर्तनका लागि आवश्यक भएकाले यो पार्टी प्रवेश गरेको बताए । आजपाले भ्रष्टाचार, अनियमितता, कुशासनको बिरुद्धमा जारी गरेको संघर्षका कार्यक्रमले आफू प्रभावित भएको बताउँदै उनले समृद्ध नेपाल निर्माणका लागि पार्टीको जारी अभियानमा लाग्ने बताए ।
जेठ ८ गते, रौतहट जनता समाजवादी पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनका लागि रौतहटको चारवटै निर्वाचन क्षेत्रमा आज मंगलवार एकैसाथ प्रतिनिधि छनौट गरिएको छ । आउदो जेष्ठ २८,२९ र ३० गते मधेश प्रदेशको राजधानी जनकपुरधाममा हुने जसपा नेपालको प्रथम राष्ट्रिय महाधिवेशनको लागि रौतहटबाट महाधिवेशन प्रतिनिधि छनौट गरिएको छ । जिल्लाको छुट्टाछुट्टै ठाउमा आज बसेको जसपाको बैठकले चारवटै क्षेत्रका लागि विभिन्न नेतालाई प्रतिनिधि छनौट गरेको जसपा नेपाल रौतहटका जिल्ला अध्यक्ष श्याम विहारी यादवले जानकारी दिएका छन् । क्षेत्र नम्बर १ बाट मधेस प्रदेशका पुर्व कृषि राज्य मन्त्री एवं जसपा नेपालका केन्द्रिय सदस्य योगेन्द्र राय यादव, केन्द्रिय सदस्यहरु किरण ठाकुर, चुल्हाई यादव, बिश्वनाथ पटेल, राघो राय यादव, पार्टीका जिल्ला अध्यक्ष श्याम बिहारी राय, माधव नारायण नगरपालिकाका पुर्व मेयर बिरेन्द्र प्रसाद यादव, जयराम महतो, दिलीप यादव, सरोज कुमार यादव निवेश यादव र संगीता देवीलाई चएन गरिएको हो । त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ बाट पुर्व प्रदेशसभा सदस्य रामकिशोर प्रसाद यादव, बौधिमाइ नगरपालिकाका पुर्व मेयर राजीव रंजन यादव, समाजवादी युवा संघ नेपालका केन्द्रीय महासचिव दिलीप कुमार पटेल, केन्द्रिय सदस्य विवेक कुमार यादव, सुमेश्वरनाथ जयसवाल,दिपेन्द्र पटेल, शोभा सिंह, धर्मेन्द्र प्रसाद पटेल, प्रदेशसभा सदस्य शोभा देवी साह र शेख कलामलाई महाधिवेशन प्रतिनिधिको रूपमा छनौट गरिएको जिल्ला अध्यक्ष यादवले बताए । त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ बाट पुर्व मन्त्री गोविन्द चौधरी, मधेश प्रदेशकि रास्ट्रीयसभा सदस्य पुजा कुमारी चौधरी, गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरी, जयमंगल् राय यादव, बिन्देश्वर राय यादव, र सिकिल कुमारी यादवलाई प्रतिनिधि छनौट गरिएको हो । त्यस्तै निर्वाचन क्षेत्र नम्बर ४ बाट मधेश प्रदेश सरकारका उर्जा सिचाइ तथा खानेपानी राज्य मन्त्री शेख अब्बुल कलाम आजाद उर्फ शेख फुल्बाबु, हरिकिशोर साह, रामइश्वर राउत कुर्मी र रामसर्वी देविलाई सर्वसम्मती बाट महाधिवेशन प्रतिनिधि छनौट गरिएको जसपा नेपालका रौतहट जिल्ला अध्यक्ष श्याम विहारी यादवले जानकारी दिए ।
काठमाडौँ । सिरियाकी प्रथम महिला तथा राष्ट्रपति बसर अल-असदकी पत्नी अस्मा असदलाई ब्लड क्यान्सर भएको छ ।
सिरियाली राष्ट्रपतिको कार्यालयले यो जानकारी दिएको जानकारी अनुसार अस्मा असदको पटकपटक स्वास्थ्य परीक्षण गरिएको र यसै क्रममा चिकित्सकको टोलीले उनको शरीरमा ब्लड क्यान्सरको लक्षण फेला पारेको उल्लेख छ ।
मेडिकल जाँचमा अस्मा असद गम्भीर ब्लड क्यान्सरबाट पीडित थिइन् । सिरियाको राष्ट्रपति कार्यालयका अनुसार प्रथम महिला अस्मा असदलाई केही आहारमा प्रतिबन्ध लगाउन सल्लाह दिइएको थियो । पहिलो महिलालाई उचित सामाजिक दूरी कायम गरी आइसोलेसनमा राखेर उपचार गरिने पनि बताइएको छ । अस्मा असदलाई हाल कुनै पनि सार्वजनिक कार्यक्रम वा गतिविधिमा भाग लिन निषेध गरिएको छ र उनको उपचार जारी रहनेछ। यसअघि सन् २०१९ मा अस्मा असदलाई स्तन क्यान्सर भएको पत्ता लागेको थियो ।
मध्य सिरियाकी अस्मा असदको जन्म लन्डनमा भएको थियो । उनी लन्डनमा हुर्किइन् । उनका बुबा लन्डनको क्रमवेल अस्पतालमा डाक्टर थिए । उनकी आमा लन्डनस्थित सिरियाली दूतावासमा सचिव थिइन् । सन् २००० मा उनले बसर अल असदसँग विवाह गरिन् ।न्युज कारखाना
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् ।
एसएसपी सानुराम भट्टराईको नेतृत्वमा थापाथलीस्थित कान्तिपुरको कार्यालयमा पुगेको प्रहरीको टोलीले सिरोहियालाई पक्राउ गरेको हो ।
जिल्ला अदालत धनुषाको अनुमतिले सिरोहियाविरूद्ध धनुषा प्रहरीले आजै पक्राउ पूर्जी जारी गरेको थियो । सिरोहियाविरूद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।
सिरोहियाले गृहमन्त्री रवि लामिछानेले प्रतिशोध साँधेर आफुलाई पक्राउ गरेको बताउदै कान्तिपुर यसबाट बिचलित नहुने बताएका छन् । न्युज कारखाना
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरिनु र पक्राउ गर्न कार्यालयमा पुग्नु लोकतन्त्रका लागि अस्वीकार्य कदम भएको टिप्पणी गरेका छन् ।
राउतले सामाजिक संजालमा टिप्पणी गर्दै यो प्रतिशोधपूर्ण रहेको बताएका छन् ।
उनले भनेका छन्-
कसैलाई पनि भन्नु पर्छ र, कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध पक्राऊ पूर्जी जारी गर्नु र कार्यालय प्रहरीद्वारा घेर्नु प्रतिशोधपूर्ण छ भनेर? यो लोकतन्त्रको लागि सर्वथा अस्वीकार्य कदम हो। रविजी, तपाईंसँग हाम्रो पनि आशा र औचित्य जोडिएको छ, कुनै कदम चाल्नु अगाडि नबिर्सिदिनुस्न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहनुभएका भुटानका कृषि तथा पशुपंक्षीमन्त्री ल्योन्पो योन्टेन फिन्टक्शोले शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच जलवायु परिवर्तनको असर एवं द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनको असरबाट नेपाल–भुटान दुवै प्रभावित भएको उल्लेख गर्दै हिमाली देशलाई परेको असरका सम्बन्धमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’का विषयमा अन्तर्राष्ट्रिय विज्ञहरूबीच हुने विचारविमर्शले दुवै देशलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे ।
भुटानका मन्त्री ल्योन्पोले पर्वतीय देशका मुद्दाहरूमा नेपालले लिएको नेतृत्वदायी भूमिका सराहनीय रहेको उल्लेख गर्दै आगामी दिनमा यस्ता मुद्दालाई थप सशक्त बनाउनुपर्नेमा जोड दिए । उनले भुटान र नेपाल दुवै देशलाई फाइदा पुग्नेगरी नेपालले लिएको नेतृत्वदायी प्रशंसा गरे । न्युज कारखाना
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न प्रहरी कान्तिपुरको कार्यालयमा पुगेको छ ।
एसएसपी सानुराम भट्टराईको नेतृत्वमा थापाथलीस्थित कान्तिपुरको कार्यालयमा पुगेको हो ।
जिल्ला अदालत धनुषाको अनुमतिले सिरोहियाविरूद्ध धनुषा प्रहरीले आजै पक्राउ पूर्जी जारी गरेको थियो ।
सिरोहियाविरूद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बाङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री साबेर हुसेन चौधरीले शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच विद्युत व्यापार, जलवायु परिवर्तन एवं द्विपक्षीय आपसी चासोका विविध विषयमा छलफल भएको छ ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल–बङ्गालादेशबीच हुने विद्युत व्यापार गर्नका लागि आवश्यक पर्ने प्रक्रिया पूरा हुने अवस्थामा रहेको र छिट्टै दुई देशबीच व्यापार सुरु हुने विश्वास व्यक्त गरे । आगामी दिनमा विद्युत व्यापार क्षेत्रीयस्तरमै सहजरूपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै उहाँले त्यसका लागि आवश्यक नियमन एवं भौतिक संरचना तयार हुँदै गएकोप्रति खुशी व्यक्त गरे ।
प्रधानमन्त्री प्रचण्डले नेपाल र बङ्गालादेश दुवैले जलवायु परिवर्तन असर व्यहोर्नु परेको उल्लेख गर्दै यस्ता साझा मुद्दामा दुवै देशले सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
बङ्गालादेशका मन्त्री चौधरीले नेपाल–बङ्गदादेशबीच ऊर्जा सहकार्य अगाडि बढेको उल्लेख गर्दै छिट्टै ऊर्जा व्यापार भएर दुवै देशले लाभ लिन सक्ने अवस्थामा पुगिएको बताए । उनले प्रधानमन्त्री प्रचण्डलाई नेपाल–बङ्गलादेशबीच हुने ऊर्जा व्यापारका सबै तयारी पूरा भएको जानकारी समेत गराए ।
मन्त्री चौधरी नेपालले आयोजना गरेको ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ सम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ संवादमा भाग लिन नेपाल आएका हुन् ।
सो भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.रुपक सापकोटा, प्रधानमन्त्रीका जलवायु तथा वातावरण सल्लाहकार डा.पपुलर जेन्टलसहित वन तथा वातावरण मन्त्रालय र परराष्ट्र मन्त्रालयका उच्चअधिकारीको उपस्थिती रहेको थियो । न्युज कारखाना
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउने अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध अदालतमा दायर गरेको रिटमाथिको सुनुवाई आज हेर्दा हेर्दैमा सकिएको छ ।
यो रिट सर्वोच्चका न्यायाधीश प्रकाश कुमार ढुंगाना र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासमा पेशी तोकिएको थियो । आज हेर्दा हेर्दैमा सकिएपछि यो रिटको अर्को सुनुवाई भोलि हुने भएको छ ।
यसअघि सो रिटमा गत बुधबार सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले दल विभाजनपछि हालसम्म भएका काम कारबाहीहरु जहाँ जे जस्तो अवस्थामा छन् सोही अवस्थामा राखी आगामी ८ गते छलफका लागि उपस्थिति हुन दुवै पक्षलाई बोलाएको थियो ।
निर्वाचन आयोगले राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएको असंबैधानिक भएको भन्दै यादव सर्वोच्च अदालत गएका हुन् ।
जसपा नेपालमा भएको विभाजनपछि उपेन्द्र यादवको पार्टीमा १२ मध्ये ५ मात्रै सांसद छन् । अशोक राईसँग ७ जना सांसद छन् । अहिले सरकार छाडेलगतै उनी अर्को पक्षको वैधता खारेजीका माग गर्दै अदालत गएका हुन् ।
वैशाख २३ गते अशोक राईले जसपा विभाजन गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका थिए । सोही निवेदनको आधारमा आयोगले वैशाख २४ मा आधिकारिकताको प्रमाणपत्र दिएको थियो ।न्युज कारखाना
काठमाडौँ । मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को जेठ ३ गतेको निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।
जसअनुसार उपप्रधान तथा भौतिकमन्त्री रघुवीर महासेठसँग जनकपुर उपमहानगरपालिका र ललितपुर महानगरपालिकामा गरी दुई वटा घर रहेको उल्लेख छ । जनकपुरमा जुलीकुमारी महतोको नाममा ३ कट्ठाको घर–घडेरी रहेको छ भने ललितपुरमा २ रोपनी १३ आना २ पैसा १ दाममा बनेको घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । त्यस्तै धुनषाको घर–घडेरी २०५५ सालमा र ललितपुरमा २०५६ सालमा खरिद गरेको उल्लेख गरिएको छ ।
पत्नी जुलीकुमारीकै नाममा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा ७ बिघा ३ कट्ठा, सिन्धुलीको कमलामाई नगरपालिकामा ४ कट्ठा, ललितपुर महानगपालिकामा १ रोपनी ७ आना, जनकपुर उपमहानगपालिका ९ नम्बर वडामा ३ कट्ठा ११ धुरजग्गा रहेको खुलाइएको छ। यी सबै जग्गा जमिन २०६५, २०५८, २०५६ र २०५४ सालमा खरिद गरेको उल्लेख गरिएको छ ।
त्यस्तै, रघुवीर महासेठको नाममा जनकपुर उपमहानगरपालिका वडा नम्बर १४ मा १ बिघा १५ कट्ठा जमिन रहेको खुलाइएको छ । यो जग्गाजमिन खरिद तथा पैतृक सम्पत्तिबाट प्राप्त भएको उल्लेख गरिएको छ ।
त्यसैगरी रघुवीरसँग नगद २ करोड २५ रुपैयाँ नगद मौज्दात रहेको र यो रुपैयाँ काठमाडौं ललितपुरको साविक सैंबु, ललितपुर महानगरपालिकाको कित्ता नम्बर २२६, २३१, २४४, ३९२, ३९३, ३९४ लगायतका जग्गाहरूको बिक्री र पैतृक सम्पत्तिबाट आर्जन भएको उल्लेख गरिएको छ ।
त्यस्तै उनले रघुवीरसँग ४३ तोला सुन रहेको छ भने साढे एक किलो चाँदी रहेको छ । त्यस्तै उनले सात थान औंठी, तीन थान सिक्री, तीन जोडी कानमा लगाउने टप, २ जोर सुनका बाला रहेको उल्लेख छ। यी जवाहरात पैतृक सम्पत्ति, खरिद र उपहारबाट प्राप्त भएको उल्लेख गरिएको छ ।
त्यस्तै पत्नी जुलीकुमारी महतोको नाममा गुडविल फाइनान्समा ५ लाख सेयर, महिला लघुवित्त संस्थामा १ करोड रुपैयाँको सेयर, कर्पोरेट बैंक वीरगञ्जको २ करोड ५० लाख रुपैयाँको सेयर रहेको छ । यी सम्पत्ति ऋण, सापटी, पैत्तृक र कृषिबाट प्राप्त भएको उल्लेख छ । महासेठले आफूसँग कुनै सवारी साधन नरहेको उल्लेख गरेका छन् भने सगोलमा केही पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन् ।न्युज कारखाना
काठमाडौँ । मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को जेठ ३ गतेको निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।
जसअनुसार उपप्रधान तथा भौतिकमन्त्री रघुवीर महासेठसँग जनकपुर उपमहानगरपालिका र ललितपुर महानगरपालिकामा गरी दुई वटा घर रहेको उल्लेख छ । जनकपुरमा जुलीकुमारी महतोको नाममा ३ कट्ठाको घर–घडेरी रहेको छ भने ललितपुरमा २ रोपनी १३ आना २ पैसा १ दाममा बनेको घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । त्यस्तै धुनषाको घर–घडेरी २०५५ सालमा र ललितपुरमा २०५६ सालमा खरिद गरेको उल्लेख गरिएको छ ।
पत्नी जुलीकुमारीकै नाममा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा ७ बिघा ३ कट्ठा, सिन्धुलीको कमलामाई नगरपालिकामा ४ कट्ठा, ललितपुर महानगपालिकामा १ रोपनी ७ आना, जनकपुर उपमहानगपालिका ९ नम्बर वडामा ३ कट्ठा ११ धुरजग्गा रहेको खुलाइएको छ। यी सबै जग्गा जमिन २०६५, २०५८, २०५६ र २०५४ सालमा खरिद गरेको उल्लेख गरिएको छ ।
त्यस्तै, रघुवीर महासेठको नाममा जनकपुर उपमहानगरपालिका वडा नम्बर १४ मा १ बिघा १५ कट्ठा जमिन रहेको खुलाइएको छ । यो जग्गाजमिन खरिद तथा पैतृक सम्पत्तिबाट प्राप्त भएको उल्लेख गरिएको छ ।
त्यसैगरी रघुवीरसँग नगद २ करोड २५ रुपैयाँ नगद मौज्दात रहेको र यो रुपैयाँ काठमाडौं ललितपुरको साविक सैंबु, ललितपुर महानगरपालिकाको कित्ता नम्बर २२६, २३१, २४४, ३९२, ३९३, ३९४ लगायतका जग्गाहरूको बिक्री र पैतृक सम्पत्तिबाट आर्जन भएको उल्लेख गरिएको छ ।
त्यस्तै उनले रघुवीरसँग ४३ तोला सुन रहेको छ भने साढे एक किलो चाँदी रहेको छ । त्यस्तै उनले सात थान औंठी, तीन थान सिक्री, तीन जोडी कानमा लगाउने टप, २ जोर सुनका बाला रहेको उल्लेख छ। यी जवाहरात पैतृक सम्पत्ति, खरिद र उपहारबाट प्राप्त भएको उल्लेख गरिएको छ ।
त्यस्तै पत्नी जुलीकुमारी महतोको नाममा गुडविल फाइनान्समा ५ लाख सेयर, महिला लघुवित्त संस्थामा १ करोड रुपैयाँको सेयर, कर्पोरेट बैंक वीरगञ्जको २ करोड ५० लाख रुपैयाँको सेयर रहेको छ । यी सम्पत्ति ऋण, सापटी, पैत्तृक र कृषिबाट प्राप्त भएको उल्लेख छ । महासेठले आफूसँग कुनै सवारी साधन नरहेको उल्लेख गरेका छन् भने सगोलमा केही पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन् ।न्युज कारखाना
काठमाडौँ । सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।
गत जेठ ३ गते बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय अनुसार मंगलबार सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।
जस अनुसार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको सम्पत्ति विवरणमा बैंक खातामा एक लाख २२ हजार ९ सय १८ रुपैयाँ ६४ पैसा रहेको र सो रकम सेवा सुविधाबाट प्राप्त भएको उल्लेख गरेका छन् ।
त्यस्तै श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ८ मा पैत्रिक जग्गा ३७ रोपनीभन्दा बढी रहेको र त्यो पनि २०५८ सालमा पार्टीलाई हस्तान्तरण गर्ने घोषणा गरेको उल्लेख गरेका छन् ।
त्यस्तै श्रेष्ठले आफ्नो सम्पत्ति विवरणमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपलब्ध गराएको गाडी प्रयोग गर्ने गरेको र सो गाडीको खरिद मूल्य र खरिद मिति आफूलाई थाहा नभएको उल्लेख गरेका छन् ।न्युज कारखाना
काठमाडौँ । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।
जसमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्पत्ति विवरण सार्वजनिक गरेको सम्पत्ति विवरणमा भक्तपुरमा १ रोपनी १ आमा पैतृक सम्पत्ति देखाएका छन् ।
यस्तै ग्लोबल आइएमई बैंकमा ५ हजार रुपैयाँ, नेपाल बैंक लिमिटेडमा १ लाख ५ हजार रुपैयाँ मात्र लामिछानेले आफ्नो सम्पत्ति देखाएका छन् ।
यस्तै श्रीमती निकिता पौडेलको माइतीको सगोलमा १० रोपनी जग्गा, ८० तोला सुन, २० केजी चाँदी, गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर रहेको उल्लेख गरेका छन् । यस्तै घर किन्न १ करोड ५० लाख ऋण रहेको उल्लेख छ ।
यस्तै श्रीमती र आफ्नो आयबाट ४२ लाखमा किनेको टाटा नेक्सन इभी कार रहेको सम्पत्ति विवरण पेस गरेका छन् ।न्युज कारखाना
काठमाडौं । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सरकारले आज सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति सामान्य देखिएको छ ।
सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भरतपुर महानगरपालिका वडा नम्बर १४ मा १४ कट्ठाको पार्किङसहितको घर घडेरी रहेको छ । यो जग्गा पत्नी सीता दाहालको नाममा रहेको छ । उक्त जग्गाजमिन पैतृक सम्पत्ति रहेको खुलाइएको छ ।
त्यस्तै भरतपुर महानगरपालिका वडा नम्बर १२ मा १ कट्ठा जग्गा रहेको उल्लेख गरिएको छ। पत्नी सीता दाहालको नाममै रहेको उक्त जग्गा अंशबाट प्राप्त भएको जनाइएको छ ।
त्यस्तै प्रचण्डसँग ५ तोला सुन रहेको विवरणमा उल्लेख छ । उक्त सुन सम्पत्तिबाट आएको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । त्यस्तै एभरेष्ट बैंकको खातामा २५ लाख नगद मौज्जात रहेको छ । न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल सरकार समक्ष पेश गरेको ४० बुँदे माग पूरा गर्न माग गर्दै राजधानी काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।
बबरमहलमा जम्मा भई पार्टीले माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, जमल, महेन्द्र सालिक हुँदै नारायणहिटीसम्म मोटरसाइकल ऱ्याली गरी प्रदर्शन गरेका हुन्।
संवैधानिक राजतन्त्रका पुनस्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै आइरहेको छ ।
राप्रपाले राखेको ४० बुँदे मागपत्रमा सरकारी कर्मचारी तथा पेसागत दलीय भ्रातृ संगठनहरूको खारेजी हुनुपर्ने, संवैधानिक नियुक्तिहरूमा दलीय भागबन्डा नहुने संवैधानिक सुनिश्चितता हुनुपर्ने, शिक्षा र स्वास्थ्य सुधार हुनुपर्ने, ०४६ सालपछि उच्चपदस्थ नेता, कर्मचारी तथा परिवारको सम्पत्ति छानबिन गर्नुपर्नेलगायत उल्लेख गरेको छ । न्युज कारखाना
काठमाडौं । राष्ट्रिय सभाबाट राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बीच राष्ट्रिय सभाबाट धन्यवाद प्रस्ताव पारित गरिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति राष्ट्रियसभा बैठकमा पेस गरेका थिए ।
मंगलबारको राष्ट्रियसभा बैठकमा प्रतिपक्षी दलहरूको विरोधका बीच धन्यवाद प्रस्ताव पारित भएको हो ।
कांग्रेसको विरोधका बीच राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले धन्यवादको प्रस्तावमा सभाले सहमति जनाएको जानकारी दिए । राष्ट्रियसभाको अर्को बैठक ११ जेठ दिउँसो सवा १ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित भएको छ ।
यसअघि आजै बसेको प्रतिनिधि सभाको बैठकले पनि कांग्रेसको नाराबाजी र रोस्ट्रम घेराउकाबीच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित गरेको थियो । न्युज कारखाना
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सहकारी प्रकरणमाथि छानबिन गर्न संसदीय छानबिन समिति माग गरेर कांग्रेस फसेको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै संसदीय समितिसँग साधन स्रोत पनि नहुने बताउदै कांग्रेस यो माग गरेर फसेको बताएका छन् ।
उनले संसदीय समिति भन्दा न्यायिक समिति माग गरेको भए सहि हुने बताएका छन् ।
उनले गृहमन्त्रीमाथि छानबिन नै नहुदै दोषी ठहर गर्न नहुने भन्दै छानबिन शुरु भएपछि सम्बन्धित सबैसँग बयान लिने कार्य हुने बताए । उनले कांग्रेस एक कदम पछि हटेर संसद अवरोध गर्ने काम बन्द गर्नुपर्ने बताएका छन् । न्युज कारखाना
काठमाडौँ । राष्ट्रियसभाको बैठक पनि नाराबाजीकै बीचमा संचालन गरिएको छ ।
अध्यक्ष नारायण दाहालले प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बीचमा बैठक संचालन गरेपछि उनीहरुले वेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन् ।
नाराबाजीका बिचमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव टेबुल गरेका छन् ।
न्युज कारखाना
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद डा. आरजु देउवाले आफ्नो बारेमा छानबिन गरेर देखाउन सरकारलाई चुनौती दिएकी छन् ।
प्रतिनिधि सभाको बैठकपछि प्रतिक्रिया दिदै आरजुले टिकापुरको जग्गा गएर हेर्न भन्दै आफूमाथिका सबै फाइल खोलेर छानबिन गर्न चुनौती दिएकी हुन् ।
उनले भनिन्- ‘जे जे छ सबै फाइल खोलेर देखाउनु । मैले टिकापुरमा ५० हजारमा किनेको हो । सबैले हेर्न सक्नुहुन्छ । सबै कागजात हेर्न सक्नुहुन्छ ।’
उनले कांग्रेसले जनताको कुरा उठाएको भन्दै सहकारी ठगी प्रकरण छानबिनबाट सरकार भागिरहेको बताइन । न्युज कारखाना
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा अवरोधका बीच बैठक संचालन गरेका छन् ।
आजको बैठकमा सभामुखले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बीचमा संचालन गरेका हुन् ।
कांग्रेसका सांसदहरुले वेल घेराउ गरेर नाराबाजी गरिरहेको बेला सभामुखले बैठक संचालन गरेर राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव र राजनीतिक दल सम्बन्धि विधयेक फिर्ता गर्ने प्रस्ताव पारित गराएका थिए ।
संसदको अर्को बैठक जेठ ११ गते बस्ने गरि स्थगित भएको छ न्युज कारखाना
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा कांग्रेसको अवरोध जारी रहेको छ । बैठक शुरु हुना साथ कांग्रेसका सांसदहरुले विरोध शुरु गरेका थिए ।
बैठकमा सभामुखले कांग्रेसका सांसद बद्रि पाण्डेलाई बोल्ने समय दिएका थिए । पाण्डेले गृहमन्त्री रवि लामिछानेले संसदमा बोलेका र कांग्रेसका नेताहरुमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका थिए ।
पाण्डेले बोलेपछि सभामुखले बैठक अगाडी बढाएपछि कांग्रेसका सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए । नाराबाजीका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले पेश गरेको नीति तथा कार्यक्रमको सम्बोधनप्रति धन्यवादको प्रस्ताव टेबुल गरेका थिए ।
नाराबाजीका बीच सभामुखले धन्यवादको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरे र सो प्रस्ताव बहुमतले पारित गरेको घोषणा गरेका थिए । न्युज कारखाना
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्य सचेतक र सचेतकसँग छलफल गरिरहेका छन् ।
आज ११ बजे बस्ने भनिएको बैठक दलहरुबीच सहमति हुन नसकेपछि अन्योलमा परेको छ ।
आज बसेको कार्यदलको बैठकमा पनि संसदीय समितिको कार्यादेश बारे सहमति जुट्न नसकेपछि संसदको बैठक प्रभावित हुने देखिएको छ । कांग्रेसले सहमति नभएसम्म संसद्को अवरोध जारी रहने बताएको छ ।
न्युज कारखाना
काठमाडौं । सहकारी ठगी प्रकरण छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन जारी कार्यदलको बैठक सकिएको छ ।
मंगलबार बिहान बसेको कार्यदलको बैठक कार्यादेश टुंगाउने विषयमा सकारात्मक छलफल भएको रास्वपाका सांसद शिशिर खनालले जानकारी दिए ।
आजको बैठकमा भएको छलफल पछि सबै आ-आफ्नो दलमा छलफल गरेर फेरी अर्को बैठक आजै दिउसो बस्ने रास्वपा नेता खनालले जानकारी दिएका छन् ।न्युज कारखाना
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाई हुँदैछ
पूर्व मुख्यमन्त्री तथा कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट हालेका थिए । सो रिट सर्वोच्चका न्यायाधीशद्धय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा परेको छ ।
यसअघि सो रिटमाथि सुनुवाई गर्दै वैशाख २७ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन आदेश जारी गर्दै दीर्घकालिन निणैय नगर्न आदेश दिएको थियो ।
पाण्डेले अधिकारीले पाएको विश्वासको मत बदर गरेर आफैलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त गरिपाउँ भनी परमादेश मागेका छन् । मुख्यमन्त्री अधिकारीले गत आइतबार प्रदेश सभाबाट विश्वासको मत लिएका थिए ।
गण्डकीका सभामुख कृष्ण धितालले ६० सदस्यीय प्रदेशसभामा ३० सिटलाई बहुमत घोषणा गरेर अधिकारीले बहुमत प्राप्त गरेको बताएका थिए । उनले आफूसँग पनि मत हाल्न पाउने अधिकार रहेको बताएका थिए ।
आइतबारको संसद् बैठकमा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३० मत परेको थियो भने विपक्षमा २७ तथा २ जना तटस्थ बसेका थिए । ३१ सिट बहुमतका लागि चाहिने गण्डकीमा सभामुखले ३० लाई नै बहुमत घोषणा गरेका थिए । न्युज कारखाना
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउने अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध अदालतमा दायर गरेको रिटमा आज सुनुवाई हुँदैछ ।
उपेन्द्रले दायर गरेको रिट सर्वोच्चका न्यायाधीश प्रकाश कुमार ढुंगाना र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासा पेशी तोकिएको छ ।
यसअघि सो रिटमा गत बुधबार सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले दल विभाजनपछि हालसम्म भएका काम कारबाहीहरु जहाँ जे जस्तो अवस्थामा छन् सोही अवस्थामा राखी आगामी ८ गते छलफका लागि उपस्थिति हुन दुवै पक्षलाई बोलाएको थियो ।
निर्वाचन आयोगले राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएको असंबैधानिक भएको भन्दै यादव सर्वोच्च अदालत गएका हुन् ।
जसपा नेपालमा भएको विभाजनपछि उपेन्द्र यादवको पार्टीमा १२ मध्ये ५ मात्रै सांसद छन् । अशोक राईसँग ७ जना सांसद छन् । अहिले सरकार छाडेलगतै उनी अर्को पक्षको वैधता खारेजीका माग गर्दै अदालत गएका हुन् ।
वैशाख २३ गते अशोक राईले जसपा विभाजन गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका थिए । सोही निवेदनको आधारमा आयोगले वैशाख २४ मा आधिकारिकताको प्रमाणपत्र दिएको थियो ।न्युज कारखाना
काठमाडौं । सहकारी ठगी प्रकरण छानबिन गर्न बनाउने भनिएको संसदीय समितिको कार्यादेश तय गर्न गठित कार्यदलको बैठक जारी रहेको छ । बैठक सिंहदरवारस्थित कानून मन्त्रालयमा बसिरहेको छ ।
कानुनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल रहेका छन् । आजको बैठकमा कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीसमेत सामेल छन् ।
आजको बैठकमा रास्वपा सभापति रवि लामिछानेले आफ्नो नाम समावेश गरेर कार्यादेश बनाउन संदेश दिएको नेता खनालले जानकारी दिएका छन् ।
यस अघि पनि पटक पटक कार्यदलको बैठक बसेको भएपनि संसदीय छनबिन समितिको कार्यदेशमा सहमति हुन सकेको छैन । कार्यदेशमा सत्ता पक्ष र प्रतिपक्षबीच उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने या नगर्ने भन्ने विषयमा प्रमुख विवाद रहेको छ । न्युज कारखाना
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले सिहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर नउठ्ने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै बालेनले भ्रष्टलाई समाउन नसकेको तर काठमाडौमा फोहोर बोक्ने चार चालकलाई पक्राउ गरेको उल्लेख गरेका छन् ।
बालेनले चालक रिहा नभएसम्म चालकहरु रिहा नभएसम्म सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर नउठ्ने बताएका हुन् ।
उनले भनेका छन्-
भ्रष्टलाई समाउन सक्नु भएन , काठमाडौमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले । जब सम्म ससम्मान चालकहरु रिहा हुन्नन सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन । को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाकिँ छोडिदैन ! न्युज कारखाना
काठमाडौं । नेपालले इरानका राष्ट्रपति डा. सैयद इब्राहिम रइसी र विदेशमन्त्री डा. हुसेन अमिर अब्दुल्लाहियानको निधनप्रति दुःख व्यक्त गरेको छ ।
परराष्ट्र मन्त्रालयले भनेको छ- ‘हिजो हेलिकोप्टर दुर्घटनामा परी इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति डा. सैयद इब्राहिम रइसी र विदेशमन्त्री महामहिम डा. हुसेन अमिर अब्दुल्लाहियानको निधन भएको खबरले हामी अत्यन्तै दुःखी भएका छौँ ।’
परराष्ट्रले शोकको यस घडीमा शोकसन्तप्त परिवारका सदस्य, इरान सरकार र त्यहाँका जनताप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानसहित हेलिकप्टरमा सवार ९ जनाको मृत्यु भएको छ ।न्युज कारखाना
काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व गृहमन्त्री डा. भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई राज्यका सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरिनुपर्ने बताएका छन् । सोमबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसद्मा सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले देशका गोप्य सूचना विदेशीलाई बेचेको आरोप लगाएका थिए ।
उक्त अभिव्यक्तिमा केन्द्रीत भएर नेता रावलले गगनलाई कारबाही नगर्ने हो भने गृहमन्त्री लामिछाने देशद्रोहीको मतियार ठहरिने बताएका हुन् । उनले देशको सूचना बेचेको आरोप लागेका गगनलाई गिरफ्तार गरेर कारबाही प्रक्रिया अगाडि नबढाएको खण्डमा प्रधानमन्त्री लामिछानेलाई बरखास्त गर्नुपर्ने बताएका छन् ।
उनले सामाजिक सञ्जालमा भनेका छन्-
राज्यका सूचना बेच्नु देशद्रोह हो । यसरी सूचना नेपाली कांग्रेसका महामन्त्री, सांसद गगन थापाले बेचेको गम्भीर आरोप गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले लगाएका छन् । यस्तो देशद्रोह गगन थापाले गरेको भनी गृहमन्त्रीले संसदमा नै घोषणा गरेकोले थापालाई गिरफ्तार गरी तत्काल कानूनी कार्वाई गरियोस् । यदि गगन थापालाई गिरफ्तार गरी गृहमन्त्रीले कारबाही अघि बढाउदैनन् भने उनी पनि देशद्रोहीका मतियार ठहरिने छन् र निजलाई प्रमं प्रचण्डले तुरून्त बर्खास्त गरी गिरफ्तार गर्नुपर्छ ।
गृहमन्त्रीले गगन थापाले भ्रष्टाचार गरेको भनी विभिन्न मुद्दाबारे समेत संसदमा प्रस्तुत गरेका छन् । ती मुद्दामा राज्यका सम्बन्धित निकायबाट तत्काल अनुसन्धान गरियोस् । यस्ता आरोप झुठा ठहरे देशको गृहमन्त्री जस्तो जिम्मेवार पदमा बसेर अनर्गल कुरा गरेकोमा निजलाई कानूनी कार्वाई होस् । राज्य कानून र मर्यादमा आधारित हुन्छ भन्ने सामान्य कुराको हेक्का नराख्ने हो भने देश र जनता प्रति गद्दारी गरेको ठहर्छ ।न्युज कारखाना
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले वर्तमान सरकार सहकारी ठगहरुलाई जोगाउनको लागि उद्धत रहेको टिप्पणी गरेका छन् ।
नयाँ बानेश्वरस्थित् संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय दलको आकस्मिक बैठकको निर्णय सुनाउने क्रममा पार्टीले यस्तो निश्कर्ष निकालेको लेखकले बताएका छन् ।
उनले भने,‘हाम्रो संसदीय दलको बैठकले सरकार सहकारीका केही ठगहरूलाई जोगाउन संसदीय मूल्य मान्यता, परम्परा र लोकतान्त्रिक मर्मलाई कमजोर पार्न उद्धत भएको निष्कर्ष निकालेको छ ।’
यस्तै, बैठकले सभामुख देवराज घिमिरेको भूमकापनि संसदीय मूल्य र मान्यताविपरित भएको निष्कर्ष निकालेको छ ।न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिदा सत्ता पक्षका तीन सांसद अनुपस्थित देखिएका छन् ।
मतदान प्रक्रियामा १५८ सांसदले भाग लिएकोमा विश्वासको मतको पक्षमा १५७ मत पाएका थिए भने विपक्षमा शून्य र तटस्थमा एक मत परेको थियो ।
प्रधानमन्त्रीले विश्वासको मत लिने दिनको संसद् बैठकमा सत्तारुढ दलका तीन जना सांसद अनुपस्थित भएका छन् । बैठकमा नेकपा एमालेका बसन्त नेम्वाङ, एकीकृत समाजवादीका प्रकाश ज्वाला र नागरिक उन्मुक्तिका गंगाराम थारु अनुपस्थित भएका हुन् । एमालेका सांसद नेम्वाङ २ महिनादेखि बिरामी छन् भने अरु दुई सांसदको बारेका संसद सचिवालयलाई जानकारी नरहेको बताइएको छ ।
आजको विश्वासको मतका लागि एकीकृत समाजवादी र नाउपाले ह्वीप लगाएका थिएनन् ।
वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् ।
प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बिचमा विश्वासको मत लिइएको थियो । न्युज कारखाना
काठमाडौँ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदमा सभामुखको भूमिका सन्तोषजनक नभएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै केसीले संसदमा सभामुखको भूमिका सन्तोषजनक नदेखिएको टिप्पणी गरेका छन् ।
प्रतिपक्षीले विरोध गरिहेको बेला संसद संचालन गरेको भन्दै उनले सभामुखको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
साथै उनले प्रधानमन्त्रीले १७ महिनामा चार पटक विश्वासको मत लिने अवस्था कसरी बन्यो भन्दै अस्थिरताको कारक बनेको आरोप लगाएका छन् । न्युज कारखाना
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सोमबार बिहान बस्ने भएको छ ।
संसदीय दल कार्यसमितिको बैठक बिहान ८:३० बजे र संसदीय दलको बैठक बिहान ९ बजे संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ ।
नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन अवरोध जारी राख्ने अडान लिएको छ । आइतबार सदनमा गृहमन्त्री रवि लामिछाने सम्बोधन गरेपछि बैठक स्थगन गरिएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिन लागेका आजको प्रतिनिधि सभाको बैठकमा प्रस्तुत हुने विषयमा बैठकले रणनीति तय गर्ने कांग्रेसले जनाएको छ ।न्युज कारखाना
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठक बिहान १ बजे बस्दै छ ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने प्रस्ताव पेश हुने कार्यसूची रहेको छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकार छोडेकाले प्रधानमन्त्रीले संबिधान अनुसार विश्वासको मत लिन लागेका हुन् ।
सहकारी ठगि प्रकरणमा प्रतिपक्षी दल नेपाली कांग्रेसको माग बमोजिम सरकार संसदीय समिति समिति गठन गर्न सहमत भएपनि समितिको कार्यादेशमा सहमति नभएकाले आजको बैठक बारे अन्योलता भने रहेको छ ।न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिदै छन् । प्रधानमन्त्रीले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्ने कार्यसूची रहेको छ ।
सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत वैशाख ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपची प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने भएको हो ।
प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा २ अनुसार विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो । यस अघि २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासका मत लिएका थिए । त्यतिबेला सदनमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले उनलाई समर्थन गरेका थिए।
त्यसपछि २०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरिएपछि चैत ६ गते प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका थिए । त्यतिबेला सदनमा २६२ सांसद उपस्थित भएका थिए। विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको थियो ।
प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक गत फागुन ३० गते फेरी गठबन्धन बदलेपछि विश्वासको मत लिएका थिए । त्यति बेला २६८ सांसदले मतदान गरेकोमा प्रधानमन्त्रीको पक्षमा १५७ मत परेको थियो भने विपक्षमा ११० मत परेको थियो । न्युज कारखाना
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफुले कुनै पनि सहकारीबाट ऋण नलिएको स्पष्टिकरण दिएका छन् ।
प्रतिनिधि सभाको बैठकमा स्पष्टीकरण दिदै आफु गोर्खा मिडियाले सहकारीबाट ऋण लिने प्रक्रियामा आफु सहभागी नभएको बताए ।
लामिछानेले आफुले अहिले गोरखा मिडिया छोडिसकेको र कम्पनि छोडीसकेपछि कम्पनीको कुनै दायित्व बेहोर्नुपर्ने भए आफु सो दायित्व बेहोर्न तयार रहेको बताए ।
उनले जीबी राईले गरेका सबै फोहोर आफुले सफा गर्नुपर्छ भन्ने नरहेको संसदमा बताएका छन् ।
पोखराको सुर्यदर्शन सहकारीबाट आफुले ऋण लिएको कुनै कागज नभएको भन्दै सुनियोजित रुपमा आफ्नो नाम प्रयोग गरिएको आरोप लगाए ।
उनले फौजदारी कसूर लाग्ने सहकारी ठगी प्रकरणमा संसदीय समिति छानबिन गर्न नमिल्ने जिकिर गर्दै आफु यो विष पिउन तयार रहेको बताए ।न्युज कारखाना
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलाली मालपोत कार्यालयका तत्कालीन प्रमुख मोहन स्नेही सराईली र नापी कार्यालय प्रमुख मानबहादुर चन्दसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
साविक नारायणपुर-८ अन्तर्गतको कित्ता नं. ९०८ को क्षेत्रफल १५-०-० ज.बि. (बिगाह) जग्गा फिल्डबुकमा जंगल भनी कायम भएकोमा कित्ताकाट गरी मालपोत कार्यालय, टीकापुरबाट २०६८ सालमा व्यक्तिको नाममा कायम गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
गैरकानूनी तवरबाट जंगलको नाममा रहेको सरकारी सार्वजनिक जग्गा व्यक्ति विशेष (विन्द्रा रावल, कमल बहादुर रावल, सुशिल बहादुर रावल, बिमल बहादुर रावल) को संयुक्त नाममा स्रेस्ता पूर्जा कायम गरी हकहस्तान्तरण गरेको र पछि उक्त जग्गाको दर्ता स्रेस्ता सम्बन्धी सम्पूर्ण कागजातहरु कार्यालयको अभिलेखबाट समेत नष्ट गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।
अख्तियारले मालपोत र नापीप्रमुखसहित ८ जनाले २४ करोड ६ लाख ६९ हजार अनियमितता गरेको आरोप लागाउदै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ ।
सार्वजनिक सम्पत्तिको हानिनोक्सानी पुर्याएको हुँदा निजहरु मोहन स्नेही रसाईली र अग्नी बहादुर शाही, नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मान बहादुर चन्द र सर्भेक्षक दशरथ मण्डल तथा जग्गा आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपूर्जा बनाउने विन्द्रा रावल, कमल बहादुर रावल, सुशिल बहादुर रावल र बिमल बहादुर रावललाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । उनीहरु मतियारको कसुर पुष्टि भएको हुँदा चौबीस करोड छ लाख उनान्सत्तरी हजार रुपैयाँ बिगो कायम गरी मुख्य कसुरदारलाई भए सरहकै बिगो तथा कैद सजाय हुनुपर्ने अख्तियारको दाबी छ ।न्युज कारखाना
काठमाडौँ । जसपा नेपालले नयाँ दल जसपा बनाएका ७ सांसदलाई कारवाही गरेको जानकारी सभामुखलाई दिएको छ ।
जसपा नेपालका अध्यक्ष एवं संसदीय दलका नेता उपेन्द्र यादवले सभामुखलाई पत्र लेख्दै अशोक राई, नवल किशोर शाह सुडी, रन्जु कुमारी झा, विरेन्द्र प्रसाद महतो, प्रदीप यादव हसीना खान र सुशिला श्रेष्ठलाई कारवाही गरेको जानकारी दिएका हुन् ।
हाल सर्वोच्च अदालतले नयाँ दल जसपालाई यथास्थितिमा दिन अन्तरिम आदेश दिएको उल्लेख गर्दै यादवले कानुनमा नभएको व्यवस्था पर्योग गरेर निर्वाचन आयोगले दल दर्ता गरिदिएको उल्लेख गरेका छन् ।
साथै पत्रमा सात सांसदको सदस्यता रिक्त भएको र सर्वोच्च आदेश अनुसार पनि उनीहरुलाई प्रधानमन्त्रीले लिने विश्वासको मतसहित प्रतिनिधिसभाको कुनै पनि गतिबिधिमा सामेल नगराउन ध्यानाकर्षण समेत गराएका छन् । न्युज कारखाना
काठमाडौँ । प्रतिनिधि सभाको बैठक साढे ४ बजेसम्मका लागि सारिएको छ । सभामुखको सचिवालयले बैठक साढे ४ बजेसम्मका लागि सारेको जानकारी दिएको छ ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक निष्कर्षमा पुग नसकेपछि संसदको बैठक प्रभावित भएको छ ।
शनिबार चार प्रमुख दलको बैठकले संसदीय समितिको कार्यादेश बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।
कार्यदलमा एमालेबाट महेश बर्तौला, कांग्रेसबाट जीवन परियार र रास्वपाबाट शिशिर खनाल रहेका छन् ।
अहिले कार्यदलमा छानबिनको दयारा बारे विवाद रहेको छ । रास्वपाले संसदीय समितिले गृहमन्त्रीलाई तोकेर छानबिन गर्न नसक्ने अडान लिदै आएको छ भने एमालेले व्यक्ति तोकेर छानबिन हुननसक्ने बताउदै आएको छ ।
त्यस्तै नेपाली कांग्रेसले भने सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएकोले छानबिन उनीमाथि पनि हुनुपर्ने बताउदै आएको छ । न्युज कारखाना
काठमाडौं । राष्ट्रियसभा बैठक भोलि सम्मका लागि स्थगित भएको छ । दलहरुबीच सहमति हुन नसकेपछि आज दिउँसो सवा ३ बजेलाई बोलाइएको बैठक भोलि दिउँसो सवा १ बजेलाई सारिएको हो ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक निष्कर्षमा पुग नसकेपछि संसदको बैठक प्रभावित भएको छ ।
आजको बैठकमा कार्यादेशमा अहिलेसम्म सहमति हुन सकेको छैन ।
शनिबार चार प्रमुख दलको बैठकले संसदीय समितिको कार्यादेश बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।
कार्यदलमा एमालेबाट महेश बर्तौला, कांग्रेसबाट जीवन परियार र रास्वपाबाट शिशिर खनाल रहेका छन् ।
अहिले कार्यदलमा छानबिनको दयारा बारे विवाद रहेको छ । रास्वपाले संसदीय समितिले गृहमन्त्रीलाई तोकेर छानबिन गर्न नसक्ने अडान लिदै आएको छ भने एमालेले व्यक्ति तोकेर छानबिन हुननसक्ने बताउदै आएको छ ।
त्यस्तै नेपाली कांग्रेसले भने सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएकोले छानबिन उनीमाथि पनि हुनुपर्ने बताउदै आएको छ । न्युज कारखाना
काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ ।
संघले आइतबार नयाँ बानेश्वरमा गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेको हो । सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेले राजीनामा दर्नुपर्ने भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । न्युज कारखाना
काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएलगत्तै बसेको राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ ।
राष्ट्रिय सभाको बैठक यसअघि दिउँसो १ बजेर १५ मिनेटका लागि डाकिएको थियो । अब सो बैठक ३ बजेर १५ मिनेटमा बस्नेछ ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक निष्कर्षमा पुग नसकेपछि संसदको बैठक प्रभावित भएको छ । बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी रहेको छ ।
शनिबार चार प्रमुख दलको बैठकले संसदीय समितिको कार्यादेश बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।
कार्यदलमा एमालेबाट महेश बर्तौला, कांग्रेसबाट जीवन परियार र रास्वपाबाट शिशिर खनाल रहेका छन् । अहिले कार्यदलको बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकपनि मिसिएका छन् ।
अहिले कार्यदलमा छानबिनको दयारा बारे विवाद रहेको छ । रास्वपाले संसदीय समितिले गृहमन्त्रीलाई तोकेर छानबिन गर्न नसक्ने अडान लिदै आएको छ भने एमालेले व्यक्ति तोकेर छानबिन हुननसक्ने बताउदै आएको छ ।
त्यस्तै नेपाली कांग्रेसले भने सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएकोले छानबिन उनीमाथि पनि हुनुपर्ने बताउदै आएको छ ।
काठमाडौँ । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि सारिएको छ । यस अघि आज बिहान ११ बजेदेखि बस्ने भनिएको बैठक दलहरुबीच सहमति हुन नसक्दा २ बजेका लागि सारिएको हो ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक निष्कर्षमा पुग नसकेपछि संसदको बैठक प्रभावित भएको छ ।
बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी रहेको छ ।
शनिबार चार प्रमुख दलको बैठकले संसदीय समितिको कार्यादेश बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।
कार्यदलमा एमालेबाट महेश बर्तौला, कांग्रेसबाट जीवन परियार र रास्वपाबाट शिशिर खनाल रहेका छन् । अहिले कार्यदलको बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकपनि मिसिएका छन् ।
अहिले कार्यदलमा छानबिनको दयारा बारे विवाद रहेको छ । रास्वपाले संसदीय समितिले गृहमन्त्रीलाई तोकेर छानबिन गर्न नसक्ने अडान लिदै आएको छ भने एमालेले व्यक्ति तोकेर छानबिन हुननसक्ने बताउदै आएको छ ।
त्यस्तै नेपाली कांग्रेसले भने सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएकोले छानबिन उनीमाथि पनि हुनुपर्ने बताउदै आएको छ । न्युज कारखाना
मकवानपुर । वागमती प्रदेश सरकारले यही जेठ १४ गते नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ ।
सभामुख भुवनकुमार पाठकका अनुसार प्रदेश सरकारको आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम जेठ १४ गते सार्वजनिक गर्न दलहरूको सहमति बनेको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछन् ।न्युज कारखाना
काठमाडौँ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक निष्कर्षमा पुग नसकेपछि संसदको बैठक प्रभावित भएको छ ।
बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी रहेको छ ।
शनिबार चार प्रमुख दलको बैठकले संसदीय समितिको कार्यादेश बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।
कार्यदलमा एमालेबाट महेश बर्तौला, कांग्रेसबाट जीवन परियार र रास्वपाबाट शिशिर खनाल रहेका छन् । अहिले कार्यदलको बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकपनि मिसिएका छन् ।
अहिले कार्यदलमा छानबिनको दयारा बारे विवाद रहेको छ । रास्वपाले संसदीय समितिले गृहमन्त्रीलाई तोकेर छानबिन गर्न नसक्ने अडान लिदै आएको छ भने एमालेले व्यक्ति तोकेर छानबिन हुननसक्ने बताउदै आएको छ ।
त्यस्तै नेपाली कांग्रेसले भने सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएकोले छानबिन उनीमाथि पनि हुनुपर्ने बताउदै आएको छ ।
कार्यदलमा अहिलेसम्म सहमति नभएपछि बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बस्ने विषय अन्योलमा रहेको छ । न्युज कारखाना
काठमाडौँ । विपक्षी दलहरुले संसदीय छानबिन समितिको टिओआरमा सहमति नभएसम्म संसद बैठक संचालन नगर्न सभामुखलाई आग्रह गरेका छन् ।
सभामुखको सचिवालयका अनुसार विपक्षी दलहरु बैठकपछि राप्रपाका नेता ज्ञानेन्द्र शाहीले सभामुखलाई भेटेर सो अनुरोध गरेका थिए ।
अहिले कार्यदलको बैठक कानुन मन्त्रालय सिंहदरबारमा बसिरहेको छ । अहिले विपक्षी दलहरु पनि कार्यदलको बैठकको नतिजा पर्खीरहेपछि संसदको ११ बजे बोलाइएको बैठक अन्योलमा परेको छ ।न्युज कारखाना
काठमाडौं । विपक्षी दलहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको छ ।
संसद भवनमा बसेको बैठकमा गृहमन्त्री लामिछानेलाई बोल्न दिने निर्णय गरेको कांग्रेस नेता अर्जुनरसिंह केसीले जानकारी दिएका छन् ।
बाहिर कांग्रेसले गृहमन्त्रीलाई बोल्न नदिएको भाष्य निर्माण भएको भन्दै उनले आजको संसदको बैठकमा बोल्न दिने बताए ।न्युज कारखाना
भक्तपुर । नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्षमा बचन देउजा पुन: निर्वाचित भएका छन् । ९औं जिल्ला अधिवेशनवाट देउजा पुन: अध्यक्षमा निर्वाचित भएका हुन् ।
देउजाले २९० मत प्राप्त प्रदी प्रतिद्वन्दी मोहनवीर श्रेष्ठलाई पराजित गरेका हुन् । श्रेष्ठले भने २०१ मत प्राप्त गरेका छन् । श्रेष्ठलाई पुर्वमन्त्री महेश बस्नेतको समर्थन रहेको थियो ।
त्यस्तै उपाध्यक्ष पदमा वासुदेव थापालाई हराउँदै किरण थापा निर्वाचित भएका छन् भने सचिवमा विष्णु तामाङ निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्ने बताए पनि भक्तपुरमा भने निर्वाचन प्रणालीवाट नेतृत्व चयन भएको हो । मतादानबाट १ सय पाँच जनाको कमिटी चयन भएको छ । न्युज कारखाना
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरुको बैठक बोलाएका छन् । आज बस्ने प्रतिनिधि सभा बैठक अघि सभापति देउवाले विपक्षी दलहरुको बैठक बोलाएका हुन् ।
संसद बैठकमा विपक्षी दलहरु साझा रुपमा प्रस्तुत हुने विषयमा बैठकमा छलफल हुने साथै शनिबार सरकारसँग सहकारी ठगी प्रकरणमा संसदीय समिति गठन गर्ने बारे अन्य विपक्षी दलहरुलाई जानकारी दिन बैठक बोलाइएको बताइएको छ ।
बैठक बिहान १० बजे संसद भवन नयाँबानेश्वरमा बोलाइएको छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दै छ । बैठक अघि सभामुख देवराज घिमिरेले पनि प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।न्युज कारखाना
काठमाडौँ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक अहिले जारी रहेको छ । बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी रहेको छ ।
शनिबार चार प्रमुख दलको बैठकले संसदीय समितिको कार्यादेश बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।
कार्यदलमा एमालेबाट महेश बर्तौला, कांग्रेसबाट जीवन परियार र रास्वपाबाट शिशिर खनाल रहेका छन् ।
कार्यदलले संसदीय समितिको अवधि र छानबिनको दयारा बारे विषय टुंगाउने बताइएको छ ।
न्युज कारखाना
काठमाडौँ । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार भएको हिंसात्मक आक्रमणपछि सरकारले त्यस्तो आग्रह गरेको हो ।
पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल रहेका छन् ।
दूतावासले शनिबार एक सूचना जारी गरी ‘किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका घटनाका सन्दर्भमा करिब दुई सय ८० को सङ्ख्यामा खासगरी बिस्केक र वरपर रहनुभएका नेपाली हाल सकुशल रहनुभएको र स्थिति सामान्य नहुञ्जेलसम्म निवास-घर बाहिर ननिस्कन आग्रह छ’, भनेको छ।
दूतावासले कुनै किसिमको समस्या परेमा उक्त देशमा रहेका स्थानीय नेपालीसँग वा इस्लामावादस्थित दूतावासको प्रत्यक्ष सम्पर्कमा रहन अनुरोध पनि गरेको छ । साथै दूतावासले कुनै जानकारी, सल्लाह वा सहयोग आवश्यक परेमा राजदूतावासको फोन नं. +९२५१२६०३२१ (ह्वाट्सयाप समेत) र इमेल eonislamabad@mofa.gov.np मा सम्पर्क गर्न सकिने जनाएको छ ।
बिस्केकमा चिकित्साशास्त्र अध्ययन गरिरहेका भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका विद्यार्थी रहेका छात्राबासमा आक्रमण भएको बताइएको छ । छात्राबासमा भएको आक्रमणमा १५ जना विद्यार्थीलाई चोट लागेको र उनीहरूको उपचार भएको बताइएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हाल बिस्केकको अवस्था सामान्य छ । त्यहाँको परराष्ट्र मन्त्रालयले बिस्केकको स्थिति नियन्त्रणमा रहेको जनाउँदै झुटा समाचार सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न सम्बद्ध सबैमा आग्रह गरेको छ । न्युज कारखाना
काठमाडौँ । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार भएको हिंसात्मक आक्रमणपछि सरकारले त्यस्तो आग्रह गरेको हो ।
पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल रहेका छन् ।
दूतावासले शनिबार एक सूचना जारी गरी ‘किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका घटनाका सन्दर्भमा करिब दुई सय ८० को सङ्ख्यामा खासगरी बिस्केक र वरपर रहनुभएका नेपाली हाल सकुशल रहनुभएको र स्थिति सामान्य नहुञ्जेलसम्म निवास-घर बाहिर ननिस्कन आग्रह छ’, भनेको छ।
दूतावासले कुनै किसिमको समस्या परेमा उक्त देशमा रहेका स्थानीय नेपालीसँग वा इस्लामावादस्थित दूतावासको प्रत्यक्ष सम्पर्कमा रहन अनुरोध पनि गरेको छ । साथै दूतावासले कुनै जानकारी, सल्लाह वा सहयोग आवश्यक परेमा राजदूतावासको फोन नं. +९२५१२६०३२१ (ह्वाट्सयाप समेत) र इमेल eonislamabad@mofa.gov.np मा सम्पर्क गर्न सकिने जनाएको छ ।
बिस्केकमा चिकित्साशास्त्र अध्ययन गरिरहेका भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका विद्यार्थी रहेका छात्राबासमा आक्रमण भएको बताइएको छ । छात्राबासमा भएको आक्रमणमा १५ जना विद्यार्थीलाई चोट लागेको र उनीहरूको उपचार भएको बताइएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हाल बिस्केकको अवस्था सामान्य छ । त्यहाँको परराष्ट्र मन्त्रालयले बिस्केकको स्थिति नियन्त्रणमा रहेको जनाउँदै झुटा समाचार सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न सम्बद्ध सबैमा आग्रह गरेको छ । न्युज कारखाना
काठमाडौँ । सभामुख देवराज घिमिरेले आजको प्रतिनिधिसभाको बैठक अघि प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्दै छन् ।
आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । सभामुखको सचिवालयका अनुसार आजको संसद बैठक संचालनका लागि सभामुखले छलफल गर्न लागेका हुन् ।
प्रमुख चार दलहरुबीच सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन सहमति भएपछि आजै समितिको कार्यादेश टुंगो लगाउने छलफल जारी रहेको छ । कार्यादेश टुंगो लगाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।
कार्यदलको बैठक अहिले जारी रहेको छ । कार्यदलले कार्यादेशमा सहमति बनाए आजको संसद बैठक बिना अवरोध बस्ने देखिएको छ ।न्युज कारखाना
काठमाडौँ । प्रमुख चार दलबीच सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदल गठन गरिएको छ ।
संसदीय समितिको कार्यादेश बनाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।
कार्यदलमा एमालेबाट महेश बर्तौला, कांग्रेसबाट जीवन परियार र रास्वपाबाट शिशिर खनाल रहेका छन् । छानबिन समिति गठन गर्ने सहमति भएसँगै समितिको कार्यादेश निर्धारणका लागि तयारी थालिएको र आजको संसद् बैठक सहजरूपमा अघि बढ्ने विश्वास गरिएको छ ।
छानबिन समिति गठन गर्ने विषयमा शनिबार छलफल भएको थियो । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालले सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, कानुनमन्त्री पदम गिरीलगायतसँग छलफल गरेका थिए ।
त्यसपछि प्रधानमन्त्रीले सत्तारुढ दलका नेतासहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, प्रमुख सचेतक लेखकलगायतसँग छलफल गरेका थिए ।
आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक अपराहन्न १: १५ बजे बस्ने गरि बोलाइएको छ ।
न्युज कारखाना
काठमाडौँ । आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ । आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक अपराहन्न १: १५ बजेदेखि शुरु हुदै छ ।
कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै संसदीय छानबिन समिति गठनको माग राखेको विषयमा प्रमुख चार दलबीच सहमति भएकाले आजको संसदको वैठक बिना अवरोध चल्ने देखिएको छ ।
यद्यपी संसदीय छानबिन समितिको टिओआर आज बनाउने भनिएको छ । टिओआरमा बैठकअघिसम्म सहमति भएमा आजका संसद बैठक बिना अवरोध चल्ने देखिएको छ ।न्युज कारखाना
रौतहट,०५ गते जेठ । आम जनता पार्टी (आजपा) निकटको आम पेन्टर श्रमिक संघको राष्ट्रिय सम्मेलन आयोजक समिति गठन भएको छ । आजपा निकटको टे«ड युनियन फेडरेशन नेपालको काठमाडौं स्थित केन्द्रीय कार्यालयमा भएको एक भेलाले बिनोदकुमार चौधरीको संयोजकत्वमा ३५ सदस्यीय कमिटी गठन भएको हो । देशका सम्पूर्ण पेन्टरहरुको पेशागत हकअधिकारको रक्षा एवं विकासका लागि गठन भएको हो । समितिको सदस्यहरुमा लालबहादुर चौधरी, राजकुमार चौधरी, इन्द्रनारायण चौधरी, मसीलाल चौधरी, महेन्द्र चौधरी, बलदेव चौधरी, अभिनन्द चौधरी, संजिव चौधरी, रामनारायण सिंह, शिवप्रसाद चौधरी, विरेन्द्र चौधरी, धुरन प्रसाद चौधरी, चन्दु चौधरी, अमिन चौधरी, दिलिप मण्डल, अमृता थापा मगर लगायतका रहेका छन् । आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह, वरिष्ठ उपाध्यक्ष एवं संविधान सभा सदस्य तिलक थापा, उपमहासचिव धनकुमारी मगर लगायतका नेताहरुको बिशेष उपस्थितिमा सो भेला सम्पन्न भएको हो ।
५ जेठ, बारा
बाराको कोल्हवी सव डिभिजन वन कार्यालय क्षेत्रबाट नियन्त्रणमा लिइएका ९ जना वन्यजन्तु सिकारी जनप्रतिनिधिको दबाबमा २४ घण्टा नबित्दै छुटेका छन् ।
कोहल्वी नगरपालिका वडा नं २, झुरझुरेबाट वन कर्मचारी, सशस्त्र प्रहरी बल र झुरझुरे प्रहरी चौकीका प्रहरीको सहयोगमा नियन्त्रणमा लिएका ९ जना सिकारीलाई डिभिजन वन कार्यालयले बिहीबार छाडिएको खुलेको हो ।
वन कार्यालयले कोल्हवी नगरपालिका वडा नं २ बस्ने दिनेश ठकुरी, ध्रुव कुशुवार माझी, विशाल शाही ठकुरी, कृष्ण बहादुर कुशुवार माझी, चन्द्र लामा, केशव कुशुवार माझी, निमेश कुशुवार माझी, सिताराम कुशुवार माझी, रामविनोद दासलाई नियन्त्रणमा लिएको थियो ।
वन कार्यालयले उनीहरूको साथबाट ५ वटा मोटरसाइकल, २ वटा साइकल, वन्यजन्तु सिकार गर्ने फलामको भाला, करिब ४० वटा लौरी, वन्यजन्तुलाई नियन्त्रणमा लिने १५ थान जालोसमेत बरामद गरेको थियो । नियन्त्रणमा लिएका सबै पेसेवर सिकारी भएको वन कार्यालयले जनाएको छ ।
उनीहरूको साथबाट बरामद भएको फलामको भालामा जङ्गली जनावरको भुत्ला र रगतसमेत भेटिएको छ । तर सो रगत र भुत्ला कुन वन्यजन्तु हो भन्ने पत्ता लगाउन काठमाडौँस्थित विधि विज्ञान प्रयोगशालामा पठाइने डिभिजन वन प्रमुख विनोद सिंहले जनाएका छन् ।
कोल्हवी सवडिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिम मियाँले मध्यरातमा वन क्षेत्रमा ५ वटा मोटरसाइकल, ४ वटा साइकल, वन्यजन्तु सिकार गर्ने जालो, फलामको भाला र लौरासहित ९ जना सिकारीलाई नियन्त्रणमा लिने क्रममा केही स्थानीय महिला आएर घेराबन्दी गरेको बताए ।
डिभिजन वन प्रमुख विनोद सिंहले वन्यजन्तु सिकारीहरूलाई सामानसहित रङ्गेहात नियन्त्रणमा लिएकाले सबैलाई अनुसन्धानको प्रक्रिया पूरा गरेर कानुन बमोजिम कारबाही गर्ने बताए ।
नियन्त्रणमा लिएका सबैलाई कोल्हवी नगरपालिका वडा नं २ का वडा सदस्य दुर्गाबहादुर श्रेष्ठको रोहवरमा छाडिएको हो ।न्युज कारखाना
काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका नेता आनन्द विष्टले कम्युनिस्ट सरकारबाट लोकतन्त्रमाथि खतरा बढेको औंल्याएका छन्। नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति एवम् कांग्रेस पूर्वकेन्द्रीय सदस्यसमेत रहेका विष्टले एक विज्ञप्ति जारी गर्दै भ्रष्टाचारी र ठगहरूलाई उन्मुक्ति दिन संसद नै कब्जा गर्न खोज्नुले वर्तमान सरकारबाट लोकतन्त्र खतरामा रहेको प्रस्ट भएको बताए।
सहकारी ठग मन्त्रीलाई जोगाउन कांग्रेसमाथि सदनमै आक्रमण गर्न खोज्नु आपत्ति जनक रहेको उनको भनाइ छ। ‘ससदलाई खसीको टाउको राखेर कुकुरको मासु बेच्ने थलो हो भन्ने वामपन्थी धारणा यतिबेला छरपस्ट भएको छ। आफू प्रधानमन्त्री हुँदा सदन विघटनको कुचेस्टा गरेका एमाले अध्यक्ष केपी शर्मा ओली यतिबेला सहकारी ठगको पक्षमा उभिनु भएको छ। जनतालाई ठग्नेहरूले कस्तो सुशासन र समृद्धि ल्याउलान?,’ विष्टको प्रश्न छ।
एमालेका नेताहरू पनि सहकारी ठगीमा फस्ने भएकाले ओली सहकारी ठगहरूको पक्षमा उभिएको विष्टले औल्याए। सभामुख पनि आफ्नै पार्टीको भएकाले ओलीले सभामुखसँग कार्यकर्ताको जस्तो व्यवहार गर्न खोजेको विष्टको टिप्पणी छ।
‘संसदीय व्यवस्थामा सभामुख पनि जिम्मेवार हुनुपर्छ। कुनै दलको इसारामा चल्नु हुँदैन। तथस्ट बनेर न्यायकारी भूमिका निर्वाह गर्नुपर्छ। कांग्रेसले सभामुखबाट त्यस्तै जिम्मेवारपूर्ण भूमिकाको अपेक्षा गरेको छ,’ उनले भने। सभामुखले तथस्ट भूमिका नदेखाए त्यो कांग्रेसका लागि सैह्य नहुने विष्टको चेतावनी छ।
‘देशमा अस्थिरता सिर्जना गर्ने र राज्य दोहन गरेर आफू मोटाउनेहरू जिम्मेवार हुँनै सक्दैनन्। हामीले सहकारी ठगीमा निष्पक्ष छानविन गर्न संसदीय छानविन समिति गठन गरौं भनेका हौं। के त्यो कांग्रेसको गलत माग हो? गल्ति छैन भने छानविन समिति गठन गर्न किन डराउन पर्यो? छानविन समितिबाट भाग्नुले ठूलो गडबडी रहेको प्रस्ट हुन्छ,’ उनले भने।
जनतालाई ठग्ने अधिकार कसैलाई नभएको विष्टको धारणा छ। छानविन समिति गठन नभएमा सदन चल्न नसक्ने र कांग्रेसले सडकदेखि सदनसम्मै संघर्ष जारी राख्ने उनको चेतावनी छ।
सरकार र सत्तारुढ दलका क्रियाकलापले लोकतान्त्रिक गणतन्त्रका प्राप्त उपलब्धि पनि खतरामा पर्ने देखिएको विष्टको भनाइ छ।न्युज कारखाना
रौतहट,०४ गते जेठ । रौतहटको बौधिमाई नगरापलिकामा कालेपत्रको मेयर प्रदिप यादवले शिलान्यास गरेका छन् । शुक्रबारको दिन बौधिमाई नगरपालिका वडा नम्बर ५ कोपवाको वडा कार्यालय देखि ईनारवारी जाने बाटोको बिजुली यादवको घरको मोड सम्म नगर स्तरिय योजनामा कालोपत्र सडकको लम्बाई ४१७ मि. र चौडाई ७ मि. को शिलान्यास .नगर प्रमुख यादव द्वारा सम्मपन्न भएको छ । आजको शिलान्यास कार्यक्रमको अध्यक्षता लक्ष्मी नारायण यादवले गर्न भएको थियो भने सो अवसरमा प्रमुख प्रशाकिय अधिकृत प्रमोद यादव ,विशिष्ट अतिथि वार्ड अध्यक्ष,तुरन्त नारायण यादव ,बिन्देशवर यादव कार्यपालिका, सदस्य सुनिल प्रसाद जयसवाल, आशा बैठा शिक्षा शाखा प्रमुख रमेश यादव साथै विभिन्न पार्टी को नेताकार्यकर्ता ,भर भलादमी हरु को उपस्थिती मा कालोपत्रे सडक को शिलन्यास कार्य सम्प्पन भएको छ।
रौतहट,०४ गते जेठ । रौतहटको गरुडाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले आज नगरपालिकाको वडा न.–५ शिवनगरमा ऐतिहासिक कार्यको शुरूवात गरेका छन् । शिवनगर गौर चन्द्रनिगाहपुर सडक खण्ड देखि अनुमानित २५० मिटर पुर्व शिव मन्दिर जोड्ने नयाँ बाटोको नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले शुक्रबार शिलान्यास गरेका हुन् । जिल्लाको प्रसिद्ध धार्मिक स्थल शिवनगरमा विगत २० औं वर्ष देखी न निस्केको नयाँ बाटो सडक आज नगर प्रमुख जयसवालले निकालेर ऐतिहासिक कार्यको थालनी गरेको स्थानीयहरुले बताएका छन् । मेन रोडको सहायक बाटो नहुदा धार्मिक नगरी शिवनगरमा आज सम्म कुनै किसिमको विकास निर्माणकार्य नभएर यो ठाँउ जिल्लामै पछाडी परेको स्थानीय बासीले दुख व्यक्त गरे । अरुले गर्न न सकेको कार्य नगर प्रमुख जयसवालले गर्दा स्थानीयहरु खुशी हुँदै नगर प्रमुख जयसवालको खुलेर प्रशँसा एवं सराहना गरेका छन् ।
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा एक पटक बोल्न पाउनुपर्ने आफ्नो माग दोहोराएका छन् ।
सामाजिक सञ्जालमार्फत लामिछानेले एक पटक बोल्न पाउनुपर्ने मात्र मागेको बताउदै घिन लाग्दो मिडिया ट्र्याल भएको टिप्पणी गरेका हुन् ।
उनले भनेका छन्- ‘एक पटक बोल्न पाउनु पर्यो । त्यत्ति हो मागेको । यति घिन लाग्दो मिडिया ट्रायल ???’
कांग्रेसले सहकारी ठगि प्रकरणमा लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै संसद अवरोध गर्दै आएको छ । प्रधानमन्त्रीसहित सभामुखले पनि पटक पटक छलफल गरेर सहमतिको प्रयास गरेपनि अहिलेसम्म सहमति हुन सकेको छैन ।न्युज कारखाना
काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभाको आजको बैठक पनि अवरुद्ध गरेको छ । आजको बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए ।
कांग्रेसका सांसदहरुले अवरोध गरेपछि अध्यक्ष नारायण दाहालले गरेको अनुरोध कांग्रेसका सांसदहरुले अस्वीकार गरेका थिए ।
कांग्रेसले सहकारी ठगि प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गरिरहेका छन् ।
कांग्रेसको अवरोधपछि अध्यक्षले राष्ट्रिय सभाको बैठक शुक्रबार १: १५ बजेसम्मका लागि स्थगित गरेका छन् ।न्युज कारखाना
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदको अवरोधलाई जारी राख्ने भएको छ । सहकारी प्रकरणमा सत्ता पक्ष संसदीय छानबिन समिति गठन गर्न तयार नभएको भन्दै कांग्रेसले सदनमा अवरोध जारी राख्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समग्र सहकारीबारे छानबिन गर्ने प्रस्ताव राखे पनि कांग्रेसले अस्वीकार गरेको बताइएको छ ।
कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएकोले संसदीय छानबिन समिति गठनको अडान राखेको छ ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सत्तापक्ष सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनमा तयार नदेखिएको बताए । कांग्रेस सचेतक सुशीला थिङका अनुसार अहिलेसम्म कुनै पनि सहमति भएको छैन। संसदीय छानबिन समिति गठन नभएसम्म सदन अवरोध हुने भएको छ ।
यस अघि आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सहमतिको प्रयास जारी रहेको भन्दै अपराहन्न ४ बजेका लागि सारिएको थियो । न्युज कारखाना
काठमाडौं । सरकारले फिनल्याण्ड सरकारबाट प्राप्त अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले जलवायु परिवर्तन अनुकल कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायत स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता रेखा शर्माले जानकारी दिएकी हुन् ।
त्यस्तै सरकारले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्षमा प्रा.डा. लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ भने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगीता खड्कालाई नियुक्त गरेको प्रवक्ता शर्माले जानकारी दिएकी छन् ।न्युज कारखाना
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले दुई दिन चलेको केन्द्रीय कमिटीको बैठकले १८ बुँदे प्रस्ताव पारित गरेको छ । आठौँ केन्द्रीय कमिटी बैठकले प्रस्ताव पारित गर्दै लामो समयदेखि हमासको कब्जामा रहेको भन्ने सार्वजनिक भएको उल्लेख गर्दै फिर्ताको पहल गर्न माग गरेको हो ।
बैठकबाट पारित प्रस्तावहरू:
१. हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को मिति २०८१ असार १६ देखि २० गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय महाधिवेशन भव्यताका साथ सम्पन्न गर्नका लागि पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा सुभेच्छुकहरूमा यो बैठक वैचारिक, राजनीतिक, संगठानिक तथा भौतिक रूपमा योगदान गर्न आह्वान गर्दछ ।
२. कतिपय सहकारी संस्थाले अधिकारको दुरूपयोग गरी सर्वसाधारण जनताको बचत अपचलन गरेर ठूलो धनरासी दुरूपयोग गरी आर्थिक तथा वित्तिय अपराध गरेको दुःखद घटनाहरू सार्वजनिक भईरहेका छन् । यस सम्बन्धमा गृहमन्त्रीको समेत संलग्नताको समाचार प्रकाशित भएको छ । यो बैठक समग्र समस्या समाधानको लागि छानविन समिति गठनगरी दोषिमाथि कडा कारबाही गरियोस् भन्ने माग गर्दछ ।
३. मुलुकका विभिन्न स्थानमा यो वर्ष डढेलो र आगलागीमा परी दर्जनौको संख्यामा सर्वसाधारण जनताको ज्यान गएको छ । कैयन घाइते र घरबार विहिन भएका छन्। यो बैठक आगलागीमा परी मृत्यु हुनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्तगर्दै घाइतेहरूको निःशुल्क उपचार र धनजनको क्षति व्यहोरेका पीडित परिवारलाई उचित राहत र क्षतिपूर्ति प्रदान गर्न सरकार समक्ष मागगर्दछ ।
४. आगामी मनसूनको समयमा सामान्य भन्दा अधिक वर्षाहुने प्रक्षपण गरिएका समाचारहरू प्राप्त हुन थालेका छन्। तसर्थ विषम मौसम पूर्वअनुमानलाई ध्यानमा राख्दै अधिक वर्षा र बाढी, पहिरोबाट हुने जनधनको न्यूनीकरण गर्नका लागि आवश्यक पूर्व तयारीमा रहन यो बैठक सरकारलाई आह्वान गर्दछ र नदी किनारा र बाढीले प्रभावित हुनसक्ने क्षेत्रका जनतालाई सतर्क रहन समेत अपिल गर्दछ।
५. वर्षाको सुरूवात भएपछि मुलुकभर रोपाईको गतिविधि तीव्र रूपमा अगाडि बढ्ने अवस्थामा धान रोपाईको लागि आवश्यक पर्ने बिऊबिजन र मलखाद्को आपूर्ति व्यवस्थाको सुनिश्चित गर्न यो बैठक सरकारसँग माग गर्दछ ।
६. अहिले हाम्रो आर्थिक जीवन दिनानुदिन सङ्कटपूर्ण बन्दै गएको छ । उद्योग व्यवसायहरू धमाधम बन्द हुँदैछन् वा अति कम क्षमतामा चलेका छन् । यसबाट उद्यमीहरूमा निराशा बढ्दैछ, रोजगारीका अवसरहरू पनि दिनानुदिन साँघुरिँदै गएका छन् । वैदेशिक रोजगारी र शिक्षाका लागि बाहिरिने युवाहरूको संख्या बढ्दैछ । उत्पादन मात्रै होइन मागमा पनि ह्रास आएको छ । उपभोक्ताको क्रयशक्ति घट्दैछ । यो बैठक, वर्तमान आर्थिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दछ । लगानी र उत्पादनको वातावरण बनाउन, उद्यमहरू डुब्न नदिन प्रभावकारी आर्थिक, वित्तिय तथा मौद्रिक नीतिहरूमार्फत् अर्थतन्त्रको वर्तमान निराशापूर्ण अवस्थामा जिम्मेवारीपूर्वक हस्तक्षेप गर्न सरकारसँग जोडदार माग गर्दछ ।
७. उचित ज्यालाको व्यवस्था गर्दै अनौपचारिक क्षेत्रका श्रमजीवीहरूलाई पनि सामाजिक सुरक्षा कोषमा समावेश गर्न तथा श्रम निरिक्षण प्रणालीजस्ता संवैधानिक, कानूनी तथा नीतिगत व्यवस्थालाई प्रभावकारीरुपमा लागू गर्दै श्रमको अवस्थामा सुधार ल्याउन र राष्ट्रिय श्रम आयोग गठनका लागि आवश्यक निर्णय गर्न यो बैठक नेपाल सरकार र सम्बन्धित सबै सरोकारवालासँग जोडदार माग गर्दछ ।
८. नेपाली कच्चा पदार्थमा आधारित उद्योगहरूका लागि लगानीको वातावरण तयार गर्न, औद्योगिक विकासलाई तीब्रता दिन व्यवस्थापनमा सुधार गर्दा नाफामा जान सक्ने सार्वजनिक संस्थानहरूलाई सुचारु गर्न, औद्योगिक क्षेत्रको पूर्वाधार विकासमा तदारुकता देखाउन तथा लगानीमैत्री कानून एवम् छिटो–छरितो कार्यबिधि निर्माण गर्न यो बैठक सरकारसँग माग गर्दछ । वित्तीय सुविधामा निश्चित व्यावसायिक घरानाहरूको मात्र पहुँच हुने वर्तमान वित्तीय एकाधिकारको स्थितिको अन्त्य गरी अधिकतम रोजगारी सृजना गर्ने साना तथा मझौला व्यवसायीहरूलाई प्रोत्साहन गर्ने नीति तय गर्नुका साथै नेपालमा आयात हुने तयारी माल÷बस्तुमा भन्सार कमगर्ने तथा कच्चा पदार्थको आयातमा भन्सार दर बढी हुने व्यवस्थाहरूको अन्त्य गरी उत्पादनमैत्री कानूनी ब्यवस्था गर्न पनि यो बैठक माग गर्दछ ।
९. हाम्रो पार्टीले विभिन्न समयमा देशका आर्थिक तथा राष्ट्रिय महत्वका विविध विषय र समस्याहरू समाधान गर्नका लागि पार्टीको दृष्टिकोणसहितका मागपत्रहरु प्रधानमन्त्री समक्ष प्रस्तुत गरेकामा ती मागहरुको सम्बोधन गरी देशको आर्थिक अवस्थालाई सहजतातिर लैजान कुनै प्रयास नगरेकोप्रति यो बैठकको गंभीर रुपले ध्यानाकर्षण भएको छ । यो बैठक देशका समस्याहरु समाधान गर्नका लागि हाम्रो पार्टीले सम्माननीय प्रधानमन्त्रीलाई पेश गरेका मागपत्रहरुको कार्यान्वयन गर्ने दिशामा गंभीर बन्नका लागि नेपाल सरकारसँग जोडदार माग गर्दछ ।
१०. प्यालेस्टायनी भूमि गाजा क्षेत्रमा ईजरायलले गरेको नृशंस आक्रमणप्रति यो बैठक निन्दा गर्दछ । यो बैठक प्यालेस्टायनी जनताको भूमि, स्वतन्त्र राष्ट्र र सार्बभौमिकताको रक्षाको लागि संयुक्त राष्ट्रसंघद्वारा पारित प्रस्तावहरुप्रति समर्थन जनाउँदै उक्त क्षेत्रमा यथाशिघ्र युद्धविराम गर्न आह्वान गर्दछ । त्यहाँ भईरहेको मानवीय संकट समाधान गर्न र मध्य पूर्व क्षेत्रमा दिगो शान्ति स्थापना गर्नका लागि आवश्यक पहल गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्दछ ।
११. ईजरायलमा अध्ययन गर्न गएका नेपालका बिपिन जोशी लामो समयदेखि हमासको कब्जामा रहेको भन्ने कुरा सार्बजनिक भएको छ । यो बैठक उहाँलाई सकुसल मुक्तगर्न सम्बन्धित अधिकारीहरू समक्ष अपिल गर्दछ र निजलाई सकुसल नेपाल फिर्ता ल्याउन पहल गर्न नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गर्दछ ।
१२. रूस–युक्रेन युद्ध लम्बिँदै र जटील बन्दै गएको, हतियारको अत्यधिक प्रयोग बढ्दै गएको र धनजनको क्षति त्यही रूपमा बढ्दै गएको छ । त्यसले आर्थिक विकासमा बाधा, खाद्यान्नको अभाव, महङ्गी, विश्वव्यापारमा तथा रोजगारीमा गिरावट, इन्धनको मूल्यमा बृद्धिजस्ता नकारात्मक प्रभाव बढ्दै गएका छन् । यो बैठक युद्धरत मुलुकहरू तथा यस युद्धमा प्रत्यक्ष—अप्रत्यक्षरुपले संलग्न मुलुकहरूलाई संयमित हुन र वार्ताद्वारा समस्याको समाधान गर्न अपील गर्दै त्यसमा प्रभावकारी भूमिका खेल्न संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय संस्थाहरूलाई आह्वान गर्दछ ।
१३. अवैध बाटोबाट रूसी सेनामा केही नेपाली युवाहरू भर्ती हुन पुगेको खबरहरू प्राप्त भएका छन् । रोजगारीका नाममा यस्ता व्यक्तिहरू अन्तर्राष्ट्रिय मानवतस्करको चंगुलामा परेर युद्धको मैदानमा पुगेका छन्। यस्ता होनहार युवाहरु मध्ये केहीको मृत्यु भएको छ भने केही घाइते र वेपत्ता भएका छन । यो बैठक नेपाली युवालाई रूसी सेनामा भर्ती गरिने कार्य रोक्न, युद्धमा मारिएका र घाइतेहरुलाई क्षतीपूर्ति दिलाउन, रूसी सेनामा फसेका युवालाई स्वदेश फिर्ता गर्न, वेपत्ता भएकाहरुको खोजी गर्न र गैर कानूनी रूपमा रूसी सेनामा भर्ती गराउने दलालहरुलाई कारबाहीको दायरामा ल्याउन सरकार समक्ष मागगर्दछ ।
१४. जलवायु परिवर्तन, वातावरणीय सङ्कट, शस्त्रास्त्र होडवाजी, सूचनामा एकाधिकार, युद्ध तथा द्वन्द्वले सिर्जना गरेको विस्थापन तथा शरणार्थी सङ्कट, अभाव र भोकमरीजस्ता आज दुनियाँले व्यहोरिरहेका समस्याहरूको मुख्य कारण आजको विश्व पुँजीवादी साम्राज्यवाद हो र त्यसका दुस्परिणामहरूले मानवजातीको भविष्य अनिश्चित बन्दै गएकोतर्फ चिन्ता व्यक्त गर्दै त्यसका विरूद्ध संसारभरीका क्रान्तिकारी, प्रगतिशील तथा न्यायप्रेमी जनताले चलाएका सबैखालका अभियान, आन्दोलन तथा प्रतिरोधसँग यो बैठक ऐक्यबद्धता प्रकट गर्दछ ।
१५. श्रमजीवी शिक्षक कर्मचारीहरुको विचार र राजनीतिक स्वतन्त्रताको हकमा कुण्ठित गर्नेगरी कुनै पनि निर्णय नगरियोस् भन्ने कुरा यो बैठक सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउन चाहन्छ । विचारमा स्वतन्त्रता तथा सेवा प्रवाहमा निष्पक्षता तटस्थता र गुणस्तरीयता’ को नीतिका साथ शिक्षक कर्मचारीहरुको अधिकारलाई सुनिश्चित गर्न यो बैठक सम्बधित पक्षसँग माग गर्दछ ।
१६. विशेषगरी तराई मधेसका विभिन्न क्षेत्रहरूमा बसोबास गर्ने विभिन्न समुदायबीच असहिष्णुता, वैमनश्यता फैलाएर द्वन्द सिर्जना गर्ने कार्य भैरहेको छ । यो बैठक यसप्रकारका द्वश, अशहिष्णुता र वैमनश्यता फैलाउने कार्यलाई कडाईका साथ रोक लगाउने, कार्वाहीको दायरामा ल्याउने र अशुरक्षित समुदायलाई सुरक्षाको प्रत्याभूति दिलाउने कार्यमा सरकार अग्रसर रहोस भन्ने माग गर्दछ ।
१७. ताप्लेजुब जिल्लामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मुक्कुमलुब÷पाथीभारा क्षेत्रमा केबुलकार एक कम्पनीलाई राख्न दिने शर्तमा त्यहाँका आदिवासी लिम्बूहरुको मुन्दुमी पवित्रस्थल, जैविक विविधता, महत्वपूर्ण जडिबुटीको विनास तथा राष्ट्रिय फूल लालीगुँरासको लाखौं रूखहरू धमाधम काटिरहेको छ । यस जैविक विविधता र मुन्दुमी स्थल संरक्षणको लागि लिम्बूजन्य संघसंस्थाहरूले खबरदारी र सो विनासलाई रोक्ने प्रयत्न गरी रहेका छन्। यो बैठक पवित्र मुन्दुमी स्थलहरूको संरक्षणको आन्दोलन प्रति ऐक्यबद्धता प्रकट गर्दछ र तत्काल उक्तकार्य रोक्न तथा उक्त क्षेत्रलाई संरक्षण र सुरक्षित गर्न सरकारसँग माग गर्दछ ।
१८. खाद्य अधिकार तथा खाद्य संम्प्रभुता सम्बन्धि कानून र नियमावलीलाई तत्तकाल कार्यान्वयन गर्न, दुद्य, उखु, तरकारी तथा अलैची किसानहरूका जायज माग तुरून्त पूरा गर्न यो बैठक सरकारसँग जोडदार रूपमा माग गर्दछ । न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय सभाको बैठक अपराह्न ४: ३० बजे बस्ने भएको छ। यसअघि अपराह्न १: १५ बजेका लागि तय भएको बैठक साढे ४ बजेका लागि सारिएको हो ।
बैठक विशेष कारणबस तोकिएको समयमा बस्न नसकेको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ ।
राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ उपनियम (३) बमोजिम राष्ट्रिय सभा अध्यक्षले बैठक सारेको सूचनामा उल्लेख छ । न्युज कारखाना
काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन् । नेपाली कांग्रेस र नाउपाका बहुमत सांसदहरुको नाराबाजीका बीच मुख्यमन्त्री सोडारीले विश्वासको मत लिएका हुन् ।
आजको विश्वासको मतको मतदानमा कांग्रेस र नाउपाका ५ सांसदले बहिष्कार गरेका थिए । उनीहरुले प्रदेश प्रमुखले संबिधान विपरित मुख्यमन्त्री नियुक्ति गरेको भन्दै विरोध गरेका थिए ।
आजको मतदान प्रक्रियामा २८ सांसद सहभागी रहेका थिए । सबै २८ मत विश्वासको मतको पक्षमा परेको थियो ।
एकीकृत समाजवादीका सोडारी एमाले र माओवादीको समर्थनमा यही वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपाको १ र १ स्वतन्त्र सदस्य छन् । न्युज कारखाना
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टी-स्टेटको जग्गा बिक्री गर्ने निर्णय एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको बेलामा गरेको आरोप लगाएका छन् ।
विहिबार प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफुले बेचेको जग्गा कांग्रेसले बेच्यो भनेर आरोप लगाएको भन्दै ओली जस्तो नेताले यस्तो कुरा बोल्न नसुहाउने टिप्पणी गरेका हुन् ।
ओलीले बुधबार एमालेको संसदीय दलको बैठकमा गिरीबन्धु टी-स्टेटको जग्गा कांग्रेसले ७० बिघा बेचेको आरोप लगाएपछि कांग्रेस सभापति देउवाको यस्तो टिप्पणी आएको हो ।
देउवाले भने- ‘नेपालको राजनीतिमा ओलीजीले बोलेको कुरा बाहिर आएको गिरीबन्धु टी स्टेटको बारेमा, कांग्रेसको पालामा भएको भनेर, आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ, कहिले कुन बेलामा भयो भन्दिए भइहाल्यो नि, त्यसैले उहाँजस्तो नेताले यस्तो कुरा गर्न सुहाउँदैन, आफूले गरेको कुरालाई गरेको भन्नलाई के को आपत्ति ?’न्युज कारखाना
काठमाडौँ । बिहीबार ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सरेको छ । बैठक बिहीबार नै ४ बजे बस्ने गरी समय निर्धारण गरिएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
सभामुखले कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग संसद्को गतिरोध अन्त्यको लागि गरेको छलफल पछि बिहानको ११ बजे बोलाइएको बैठक अपराह्न ४ बजे सार्ने निर्णय भएको हो ।
नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी आरोपबारे छानबिन समिति बनाउनु पर्ने माग राख्दै संसद् अवरुद्ध पार्दै आएको छ । न्युज कारखाना
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् ।
विहिबार गृहमन्त्री लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गर्दै हवाई यात्रुले गर्दै आएका गुनासो, सुरक्षा संवेदनशिलता र अध्यागमनलाई थप प्रविधिमैत्री बनाउने विषयमा जानकारी लिएका छन् ।
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रस्थान र आगमन कक्ष, बोर्डिङ काउण्टर, अध्यागमन काउन्टर, स्टेपलाइज क्षेत्र, अध्यागमन र प्रहरीका कार्यालय, भन्सार जाँचपास, लगेज व्यवस्थापनलगायत क्षेत्रको अनुगमन गरेका छन् ।न्युज कारखाना
काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई संसद बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । विहीबारका लागि बोलाइएको संसद बैठकमा अनिवार्य उपस्थित हुन भन्दै कांग्रेसले सांसदहरुलाई म्यासेज पठाएको हो ।
१ जेठमा संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रपति पौडेललाई धन्यवाद प्रस्ताव समेत पारित गर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले दिएको थिएन । कांग्रेसको अवरोधका कारणले नीति तथा कार्यक्रम बाहेकका कार्यसूचीमा संसद बैठक प्रवेश गर्न पाएको छैन ।
प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।न्युज कारखाना
काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्न ढिला हुने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरिरहेको संसदको अवरोध हटाउने प्रयास जारी रहेकाले बैठक ढिलो शुरु हुने सभामुखको सचिवालयले जानकारी दिएको हो ।
सभामुखले केहीबेर अघि प्रधानमन्त्रीसँग टेलिफोनमा कुराकानी गरेको र प्रधानमन्त्रीले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केहीबेर बैठक ढिला गर्न भनेको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्रीले आजको बैठकमा नै गृहमन्त्रीलाई बोल्ने गरी वातावरण निर्माण गरिरहेको जानकारी दिएको बताइएको छ ।
सभामुखले भने बानेश्वरमा नै कानून मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग छलफल गरिरहेका छन् ।
छलफलमा कानून मन्त्री पदम गिरी, उपसभाख इन्दिरा राना, कांग्रेस सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा सचेतक बिनाकुमारी लामा सहभागी छन् ।
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो । न्युज कारखाना
धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिमको प्रदेश सभा बैठक अवरोध गरेको छ ।
मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने बोलाइएको प्रदेश सभाको बैठकमा कांग्रेसका सांसदहरुले अवरोध गरेपछि बैठक स्थगित भएको छ ।
कांग्रेसका सांसदहरुले प्रदेश प्रमुखले संबिधान विपरित मुख्यमन्त्री नियुक्ति गरेको र सभामुखले जबर्जस्ती प्रदेश सभा बैठक संचालन गर्न खोजेको भन्दै प्रदेश सभामा अवरोध गरेर नाराबाजी गरेका थिए ।
कांग्रेसको अवरोधपछि सभामुखले ३० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।न्युज कारखाना
काठमाडौं,०३ गते जेठ । नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादव द्वारा सीता जयन्ती, २०८१ को शुभकामना व्यक्त गरिएको छ । उनले दिएकाे शुभकामना संदेश यस प्रकार छ । सीता उत्पत्ति दिवस (सीता जयन्ती), २०८१ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । वैदेही, जनकनन्दिनी, जनकदुलारी, जानकी मातालगायत विभिन्न नामले सम्बोधन गरिने माता सीता हाम्रा राष्ट्रिय विभूति हुन् । उनको जयन्ती देशभरिका रामजानकी मन्दिरहरुमा विशेष पूजाअर्चनासहित धुमधामका साथ मनाउने परम्परा रही आएको छ । सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रुपमा सम्मान गरिन्छ । यी गुणहरु वर्तमान परिप्रेक्ष्यमा पनि उत्तिकै अनुशरणीय र अनुकरणीय छन् । यो जयन्ती सीताको आदर्शबाट प्रेरित वैदिक समाज र प्राचीन कालमा कायम रहेको मातृ शक्तिको भूमिकालाई स्मरण गर्ने महत्वपूर्ण अवसर पनि हो । सांस्कृतिक, धार्मिक एवं प्राचीन ग्रन्थको पात्र सीताको योगदानलाई यो अवसरमा स्मरण गरिन्छ । सीताले आफ्नो जीवनमा अवलम्बन गरेको आदर्शलाई ग्रहण गर्न सके परिवार र समाजमा आपसी द्वन्द्व र मनोमालिन्यताको अन्त्य भई परस्पर शान्ति, प्रेम र मेलमिलापमा बृद्धि हुन सक्छ । भजन, कीर्तन र आरती सीता जयन्तीको केही महत्वपूर्ण आकर्षणहरु हुन् । यी सबै हाम्रो मौलिक संस्कृतिसंग जोडिएका छन् । यी सबैको संरक्षण गर्न अति आवश्यक छ । सीताको पूजाअर्चना भक्तिभाव र श्रद्धाभावले गरे व्यक्तिको जीवनमा सुख–समृद्धि र शान्ति प्राप्त हुने जनविश्वास रही आएको छ । यसैगरी रोग, दोष र पारिवारिक कहलबाट मुक्ति पाइने मान्यता पनि छ । यी मान्यताहरुलाई जीवन्त राख्दै आपसी सद्भाव र मैत्रीभाव कायम गर्न प्रतिबद्धता जनाउँने अवसरका रुपमा पनि सीता जयन्तीलाई लिन सक्नु पर्दछ । माता सीता आफ्नो समर्पण, आत्म–बलिदान, साहस र पवित्रताका लागि चिनिन्छिन् । उनी एकातिर नेपाली समाजका लागि एउटी आदर्श पत्नी हुन्, जसमा पतिपरायणता, त्याग, धैर्य, सेवा र शील छ, अर्को तिर युग–जीवन मर्यादा अनुरुप श्रमसाध्य जीवनयापनमा गौरव अनुभव गर्ने नारी पात्र पनि हुन् । नारी जीवनका लागि यी महत्वपूर्ण सूत्रहरु पनि हुन् । यी सूत्रहरुले जीवनलाई सरल, सुगम्य र सरस बनाउनमा सहयोग पुग्न सक्दछ । अन्त्यमा, सीता जयन्ती परिवार र समाजमा विद्यमान सबैखाले आपसी कलह, द्वेष, क्लेश, दुःख र अशान्ति समाप्तिका लागि प्रतिबद्धता व्यक्त गर्ने अवसरका रुपमा लिँदै यो जयन्तीले नारीमाथि हुने शोषण, हिंसा र विभेद्को अन्त्यका लागि सबैलाई उत्प्रेरित गरोस् तथा सभ्य, शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा थप प्रेरणा प्रदान गर्न सकोस् ।
काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । सङ्घीय संसद् सचिवालयले आ बस्ने बैठकको सम्भावित ९ वटा कार्यसूची तय गरेको छ ।
बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा आइतबार पारित हुन नसकेको धन्यवादको प्रस्ताव पनि कार्यसूचीमा समावेश गरिएको छ ।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवम् मन्त्री तथा राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
यस्तै प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने, प्रधानमन्त्री प्रचण्डले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची तय गरिएको छ ।
त्यस्तै बैठकमा उपप्रधान एवं गृह मन्त्री रवि लामिछानेले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै संसद अवरोध गरिरहेको छ । संसद्को अवरोध खोल्ने विषयमा पटक पटक छलफल भएपनि अहिलेसम्म ठोस सहमतिमा भने पुगेको छैन ।
न्युज कारखाना
काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ । मुख्यमन्त्री सोडारीले आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।
यसअघि यही वैशाख २१ र २२ गते मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको बैठक स्थगन गरिएको थियो । सत्ता साझेदार दल एमालेले आफूहरुको तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि बैठक स्थगित गरिएको थियो । एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले केन्द्रको निर्देशनअनुसार मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय भएको बताएका छन् ।
यही वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त सोडारीले संविधानअनुसार एक महिनाभित्र अर्थात जेठ ५ गतेभित्र विश्वासको मत लिइ सक्नुपर्छ ।
नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई सदस्य, स्वतन्त्र सदस्य डा तारा जोशीको समर्थनमा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपाको १ र १ स्वतन्त्र सदस्य छन् ।
न्युज कारखाना
रौतहट,०२ गते जेठ । भन्सारको विभिन्न नियमावली संशोधन गर्ने मागसहित लामो समयदेखि आन्दोलनरत आम जनता पार्टी र अर्थ मन्त्रालयको भन्सार विभागका बिच सहमति भएको छ । दुई दिनसम्म चलेको वार्तामा दुवै पक्षबिच बुधवार ६ बुँदे सहमति भएको हो । आजपाले उठाएको सबै विषयमा भन्सार विभागको ध्यानाकर्षण भएको र सबै विषयमा मोटामोटी वार्ता भई सहमति भएको छ । अधिकांश विषयहरु अर्थ मन्त्रालय तथा मन्त्री परिषद्सित सम्बन्धित रहेकाले भएका सहमतिसहित आजपाले उठाएका मागहरुलाई सम्बन्धित निकायमा पठाउने सहमति भएको बताइएको छ ।
काठमाडौँ । बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकका लागि सङ्घीय संसद् सचिवालयले सम्भावित ९ वटा कार्यसूची तय गरेको छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा आइतबार पारित हुन नसकेको धन्यवादको प्रस्ताव पनि कार्यसूचीमा समावेश गरिएको छ ।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवम् मन्त्री तथा राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
यस्तै प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने, प्रधानमन्त्री प्रचण्डले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची तय गरिएको छ ।
त्यस्तै बैठकमा उपप्रधान एवं गृह मन्त्री रवि लामिछानेले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै संसद अवरोध गरिरहेको छ । संसद्को अवरोध खोल्ने विषयमा पटक पटक छलफल भएपनि अहिलेसम्म ठोस सहमतिमा भने पुगेको छैन न्युज कारखाना
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विचार पुर्याएर बोल्न नेपाली कांग्रेसका नेताहरुलाई चेतावनी दिएका छन् ।
पार्टीको संसदीय दलको बैठकमा सम्बोधन गर्ने क्रममा ओलीले एमालेको बारेमा बोल्दा विचार पुर्याउनको लागि कांग्रेसका नेताहरुलाई चेतावनी दिएका हुन् ।
उनले भने,‘जहाँसम्म गिरिबन्धु टि स्टेटको कुरा छ, नेपाली कांग्रेसले एकपल्ट ५१ विघाह, एक पटक १९ विघा कमिशन खाएर सट्टापटट गर्ने नाउँमा जमिन विक्री गर्न दिएको छ । त्यही टि स्टेटको, पछि अदालतले ऐन र नियम बनाउनु भनेर आदेश दिएपछि हामीले अदालतको आदेशबमोजिम ऐन बनाएका हौं । कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ ।’
उनले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न नभएको दाबी गरेका छन् । उनले कांग्रेसले पाखुरा देखाएको र मसलको राजनीति गरेको भरमा आफूहरु नलतिर्ने चेतावनी दिए । उनले रवि लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने पहिलो शर्त रहेको बताए ।न्युज कारखाना
काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी केन्द्रीय कमिटीको आठौँ बैठकमा छलफलका लागि सङ्गठनात्मक प्रतिवेदन पेश गरेका छन् । उनले आफ्नो प्रस्तावमा संगठनमा देखिएका मुख्य समस्यालाई विभिन्न १२ बुँदामा पार्टीको वर्तमान चुनौती पेश गरेका छन् ।
संगठनात्मक प्रस्तावमा उनले एकीकृत समाजवादीको उद्देश्य आजको पुँजीवादी समाजको ठाउँमा समाजवादी समाजको स्थापना गर्नु रहेको उल्लेख गरेका छन् । उनले पुँजीवादलाई आजका समस्त सामाजिक समस्याहरुको जरोका रुपमा चित्रण गरेका छन् ।
चुनौतीहरु:
१- एकै समयमा देशैभरी कमिटीहरु बनाउनु पर्ने अवस्थामा कसलाई कुन जिम्मेवारी दिने भन्ने मापदण्ड बनाउँदा विद्रोहको बेला देखिएको तात्कालिक सक्रियतालाई ध्यान दिनु स्वाभाविक थियो । तर विद्रोहको समयको सक्रियता विचार, सिद्धान्त र राजनीतिक तथा साब्गठानिक योग्यता र अनुभव बिना लामो समय टिकाउन सजिलो हुँदैन । विद्रोहलाई व्यवस्था र विधिमा ढाल्नु पर्ने अवस्थामा ती कमजोरीहरु विभिन्न क्षेत्रमा देखिँदै गएका छन्। त्यसले गर्दा कतिपयमा कमिटीमा नकारात्मक प्रभाव परेका छन् ।
२- नेकपा एमालेमा रहेको गुटबन्दीले किनारामा परेका कार्यकर्ताहरुको ठूलो सब्ख्या हाम्रो पार्टीमा आएको थियो । लामो समयसम्म उपयुक्त जिम्मेवारीमा नहुँदा त्यसमध्ये कैयौँ कमरेडहरुको क्षमताको स्तर वर्षौँ पुरानो छ तर अहिले उहाँहरु पार्टीकोमहत्वपूर्ण जिम्मेवारीमा हुनुहुन्छ । जिम्मेवारी र क्षमतामा तालमेल नहुँदा माथिल्लो पद र हैसियतमा रहेका कैयन्कमरेडहरुले साब्गठानिक जिम्मेवारी पूरा गर्न नसक्ने अवस्था देखिएको छ ।
३- तुलनात्मकरुपले कनिष्ठ तर सक्रिय वा जिम्मेवारी पाउँदा धेरै काम गर्न सक्ने नयाँ तथा नौजवान कमरेडहरु र तुलनात्मक रुपले पुराना तर जिम्मेवारीअनुसार सक्रिय हुन नसकेका कमरेडहरुका बीचमा हुने अन्तरविरोधहरुले पनि माथिदेखि तल्ला कमिटीहरुमा समस्या देखिएका छन् ।
४- हामीले पार्टीको निर्माण माथिबाट गर्नु पर्ने थियो । धेरैजसो कमिटीहरु सम्पूर्णरुपले नयाँ बनाउनु पर्ने थियो । तर कसलाई कुन पद वा जिम्मेवारी दिने वा को कुन कमिटी वा कुन पदमा रहने भन्ने कुनै वस्तुगत आधार उपलब्ध थिएन । जसले गर्दा व्यक्तिको मूल्याब्कन मनोगत हुने अवस्था आयो ।
५- निर्वाचनमा उम्मेदवारी र राजनीतिक नियुक्तिमा माथिल्लो कमिटीमा रहेकाहरुले प्राथमिकता पाउने परिपाटी सबैजसो पार्टीमा छ, जुन एक हिसाबले स्वाभाविक पनि हो । त्यसको समाधान लोकतान्त्रिक पद्धतिको अभ्यास र त्यस क्रममा स्थापित मापदण्डबाट हुन्छ । तर हाम्रो पार्टीले त्यस्तो अभ्यास शून्यबाट सुरु गर्नु पर्ने भएको हुँदा माथिल्लो कमिटी वा पदमा पुग्नका लागि हुनेप्रतिस्पर्धालाई अझै व्यवस्थित गर्न सकिएको छैन ।
६ – पार्टी स्थापनाको समयको राजनीतिक तथा संवैधानिक आवश्यकताले हामी चुनावसम्मै जानेगरी गठबन्धन सरकारमा सामेल भयौँ । उक्त गठबन्धनमा बढि निर्भरता हुँदा पार्टी निर्माणको काम ओझेलमा पर्ने अवस्था आयो । स्थानीय र संघीय निर्वाचनमा हामीले अपेक्षित उपलब्धी हासील गर्न सकेनौँ ।
७- पार्टीमा उर्जा र आकर्षण कम हुँदै गयो । त्यसलाई चिरेर नयाँ उर्जा सिर्जना गर्न अझै धेरै परिश्रम गर्नु पर्नेछ ।
८- पार्टीको निर्माण माथिबाट गरिएको हुँदा समस्याको जरो पनि माथि नै थियो । सब्गठनको माथिल्लो तहमा नै समस्या भएपछि तल्ला कमिटीहरुलाई जनवादी केन्द्रियताअनुसार सञ्चालन गर्न कठिनाइहरु छन् ।
९- एउटा राम्रो पार्टी अनेकौँ कामहरुको एउटा सिब्गो प्रणाली हो । प्रणाली सुचारु नहुँदासम्म कमिटीमा व्यक्ति हावी हुने अवस्था आउँछ । हाम्रो पार्टी प्रणाली निर्माणकै क्रममा छ । त्यसैले कमिटी र पद्धतिमाथि व्यक्ति र तदर्थवाद हावी हुने अवस्था अझैसम्म कायम छ ।
१०- पार्टीमा रहेका उपरोक्त समस्याहरुको नकारात्मक प्रभाव जनसब्गठनमा पर्नु स्वाभाविक छ । केहि जनसब्गठनहरुले सन्तोषजनक काम गरेका छन्, केहि औपचारिकरुपमा चलेका छन् भने अरु समस्याग्रस्त छन्। सबैभन्दा चलायमान युवा र विद्यार्थीलाई जुन महत्वका साथ सञ्चालन गर्नु पर्थ्यो त्यो सकिएको छैन । आजको राजनीति र समाजका जटीलतालाई बुझ्न र चिर्न सक्ने युवा तथा विद्यार्थीहरुको राष्ट्रव्यापी परिचालन बिना पार्टीलाई अगाडि बढाउन असम्भवजस्तै कुरा हो । यसमा हाम्रा गम्भीर कमजोरी रहेका छन्।
११- संसद र संविधानको रक्षाका लागि उभिएको हुँदा राजनीतिक चेतना भएको जमात र सञ्चारमाध्यममा हाम्रो पार्टीप्रति पर्याप्त आकर्षण थियो । तर पार्टीमा विद्यमान साब्गठानिक तथा राजनीतिक कमजोरीहरुले गर्दा त्यो आकर्षण क्रमशः कमजोर हुँदै गएको छ ।
१२- सरकार र संसदमा हाम्रो उपस्थितिलाई मुलुकले एउटा क्रान्तिकारी विद्रोही पार्टीको रुपमा हेरेको थियो । यसबारे पार्टी नेतृत्वमा बेलाबेलामा गम्भीरतापूर्वक छलफल भएका छन्। तर संसद र सरकारमा पार्टीको अपेक्षित भूमिकालाई हामीले अझैसम्म स्थापित गर्न सकेका छैनौँ ।न्युज कारखाना
काठमाडौं । संसदमा देखिएको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरुले आज भेटवार्ता गर्दै छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच संसदको अवरोध हटाउने विषयमा भेटवार्ता हुन लागेको हो ।
अहिले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच छलफल शुरु भएको र एमाले अध्यक्ष ओली केहीबेरमा नै बैठकमा पुग्ने बताइएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गरिरहेको छ ।
कांग्रेसले संसदीय छानबिन समितिलाई बटमलाइन बनाएर संसदको अवरोध जारी राखेपछि सरकार अप्ठ्यारोमा परेको छ ।
प्रतिनिधिसभाको बैठक भोलि विहान (विहिबार) ११ बजेको लागि बोलाईएको छ । प्रधानमन्त्री प्रचण्ड कांग्रेसलाई चित्त बुझाउने गरि सहकारी ठगी प्रकरणको छानबिनको लागि संसदीय समिति बनाउन सकिनेमा लचिलो भएपनि एमाले र रास्वपा विपक्षमा भएकाले सरकार अप्ठ्यारोमा परेको हो ।न्युज कारखाना
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनमा छलफल सुरु भएको छ ।
ललितपुरको बालकुमारीमा मङ्गलबारदेखि सुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन, सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्न १२ वटा समूह बनाइएको छ ।
राजनीतिक प्रतिवेदनमा राष्ट्रिय एकता, सामाजिक सांस्कृतिक पक्ष, समसामयिक विषयवस्तु उल्लेख गरिएका छन् । देशका समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक शक्तिबीचको सहकार्यलाई जोड दिइएको छ ।
समाजवादी कार्यक्रमसम्बन्धी प्रतिवेदनमा समाजवादको स्वरुप, अन्तर्राष्ट्रिय अभ्यास, आर्थिक रुपान्तरणका साथै वैज्ञानिक समाजवादका विषय समावेश छन् । विधान दस्तावेजमा पार्टीमा तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित हुनुपर्ने, सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदित गराउने विशेषता छ ।
साङ्गठनिक दस्तावेजमा देशभर पार्टी सङ्गठनको अवस्था, आगामी योजना तथा कार्यक्रम, सशक्त सङ्गठन निर्माणका विधि, महाधिवेशन केन्द्रित अभियान उल्लेख छन् । समूहगत छलफलबाट आएका निष्कर्षलाई टोलीनेताले प्रस्तुत गरेपछि प्रतिवेदनमा समावेश गरी त्यसलाई अन्तिम रुप दिइने तयरी गरिएको छ ।
पार्टीले आगामी असार १६ देखि २० गते काठमाडौँमा राष्ट्रिय महाधिवेशनको तयारी गरेको छ ।न्युज कारखाना
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनमा बनेका इलेक्ट्रिक कार, सोलार प्यानल, स्टिल र अन्य उत्पादनमा करवृद्धि गरेका छन् ।
ह्वाइट हाउसले पछिल्लो परिवर्तनमा चिनियाँ विद्युतीय कारमा शतप्रतिशत भन्सार महसुल पनि समावेश गरेको जनाएको छ ।
ह्वाइट हाउसले यो वृद्धि अनुचित नीतिका कारण र अमेरिकामा रोजगारी जोगाउने उद्देश्यले गरिएको जनाएको छ । चीनले यो वृद्धिको विरोध गरेको र छिट्टै प्रतिकारात्मक कारबाही गर्ने बताएको छ।
विश्लेषकहरूले यी शुल्कहरू धेरै हदसम्म प्रतीकात्मक रहेको र चुनावी वर्षमा भोट कमाउने उद्देश्यले प्रेरित रहेको टिप्पणी गरेका छन् ।
ह्वाइट हाउसले मंगलबार घोषणा गरेको करले करिब १८ अर्ब डलरको आयातलाई असर गर्ने जनाएको छ । विद्युतीय सवारी साधनको महशुल २५ प्रतिशतबाट शतप्रतिशत पुर्याइएको छ । सोलार सेलमा २५ प्रतिशतबाट ५० प्रतिशतमा बढाइएको छ ।
त्यसैगरी केही स्टिल र आल्मुनियम उत्पादनको महसुल दर ७.५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याएको छ ।
जवाफमा, चीनको वाणिज्य मन्त्रालयले नयाँ कदमहरूले द्विपक्षीय सहयोगको वातावरणलाई गम्भीर रूपमा असर गर्ने टिप्पणी गरेको छ ।न्युज कारखाना
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
बुधबार दिउँसो साढे १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी दलको बैठक बोलाएको एमालेले जनाएको छ । आजको बैठकमा समसामयिक राजनीतिक अवस्था र सरकारको नीति तथा कार्यक्रमबारे बैठकमा छलफल हुने बताइएको छ । न्युज कारखाना
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउने अशोक राई पक्षको कदम र निर्वाचन आयोगको मान्यताविरुद्ध अदालतमा दायर गरेको रिटमा आज सुनुवाई हुँदैछ ।
उपेन्द्रले दायर गरेको रिट सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासा पेशी तोकिएको छ ।
निर्वाचन आयोगले राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएकोप्रति असन्तुष्टि जनाउँदै यादव सर्वोच्च अदालत गएका हुन् ।
जसपा नेपालमा भएको विभाजनपछि उपेन्द्र यादवको पार्टीमा १२ मध्ये ५ मात्रै सांसद छन् । अशोक राईसँग ७ जना सांसद छन् ।
यादवले सरकार छाडेर राई नेतृत्वको दल खारेजीका माग गर्दै अदालत गएका हुन् । उनले निर्वाचन आयोगलाई विपक्षी बनाएर सोमबार अदालतमा रिट दर्ता गराएका थिए ।
वैशाख २३ गते अशोक राईले जसपा विभाजन गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका थिए । सोही निवेदनको आधारमा आयोगले वैशाख २४ मा आधिकारिकताको प्रमाणपत्र दिएको थियो । न्युज कारखाना
पोखरा । निर्वाचन भएको २ वर्षपछि तनहुँको व्यास नगरपालिका प्रमुखको पुनः मत गणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ ।
उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको इजलासले पुनः मतगणना गर्न आदेश दिएको हो ।
२०७९ बैशाखमा भएको निर्वाचनमा नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित भएका दीपकराज जोशीले पुनः मतगणनाको माग गर्दै उच्च उदालत पोखरामा मुद्धा दर्ता गराएका थिए ।
त्यस नगरपालिकामा नेपाली कांग्रेसका बैकुण्ठनाथ न्यौपाने २ सय ५२ मतान्तरले बिजयी भएका थिए । न्यौपानेले १२ हजार ७८ र पराजित जोशीले ११ हजार ८ सय २६ मत पाएका थिए । न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।
बुधबार बिहान भएको भेटवार्तामा संसदको अवरोध हटाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा पेश गरेको सरकारको नीति तथा कार्यक्रमको धन्यवाद प्रस्ताव समेत पेश हुन नसकेपछि सभामुखले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगि प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिनको माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।न्युज कारखाना
काठमाडौं,०१ जेठ । आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले भन्सार विभाग घेराउ तथा धर्ना कार्यक्रमलाई निरन्तरता दिएको छ । आज आन्दोलनकारीले भन्सार विभाग घेराउ तथा धर्ना दिनुका साथै सरकारी वार्ता टोलीसंग वार्ता पनि गरेको छ । सरकारी वार्ता टोली र आन्दोलनकारीका बीचमा भएको वार्ता सकारात्मक भएको भएपनि कुनै सहमती हुन सकेन् । भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौला, उपमहानिर्देशक टंक पाण्डेय र सहसचिव रमेश अर्यालय तथा आन्दोलनकारीको तर्फबाट आजपाका वरिष्ठ उपाध्यक्ष एवं संविधानसभाका सदस्य तिलक थापामगर, प्रवक्ता चन्द्रभुषण साह र आजपा नेतृ एवं भन्सार कानून सुधार संघर्ष समितिकी संयोजक रञ्जु साहका बीचमा छलफल भएको थियो । छलफलमा सहभागि आजपा प्रवक्ता साहले महिनौं देखी भन्सारको लुटकारी प्रावधानका बिरुद्धमा आन्दोलन भईरहेको र बल्ल सरकारले छलफल सुरु गरेको बताए । दुबै पक्षका बीचमा भएको छलफलमा बिषय प्रवेश मात्रै भएको बताउँदै उनले कुनै सहमती नभएको बताए । यस बिषयमा पुन भोली छलफल हुनेछ । ‘भन्सारको लूटकारी प्रावधान विरुद्ध आन्दोलनरत आम सम्पर्क मञ्चसंग बल्ल सरकारले वार्ता शुरू गरेकोछ । भन्सार बिभागमा आज शुरू भएको वार्ता खासै फलदायी हुन सकेन । आजको वार्तामा सिर्फ विषय प्रवेश भई सामान्य छलफल भएको र भोली ३ बजे पुनः बस्ने सहमती भएकोछ’ उनले भने । आजपाले बिभिन्न माग गर्दै विगत आठ महिनादेखी आन्दोलन गर्दै आएको छ । चौथो चरण अन्तरगतको संघर्षका कार्यक्रम अनुसार आन्दोलनकारीले गत बैशाख २० गतेदेखी पुन भन्सार विभाग घेराउ तथा धर्ना कार्यक्रम गरिरहेका छन् । भन्सारमा कथित पुरस्कारको नाममा लुट्ने काम भएको र निजी सम्पत्ति कब्जा गर्ने काम भएको आजपाको ठहर छ । भन्सार कानूनमा रहेको ४५ प्रतिशत पुस्कारको प्रावधान खारेज गर्नुपर्ने लगायतका माग आजपाले गर्दै आएको छ । आजपाले भन्सार नियन्त्रणको नाममा तराई÷मधेशका जनताको निजी सम्पति लुट्ने काम तुरुन्त बन्द गर्न तथा भन्सार कानूनमा रहेका सम्पूर्ण विभेदकारी एवं लूटकारी प्रावधान हटाउन माग गरेको छ । आम सम्पर्क मञ्चद्वारा भन्सार बिभागमार्फत सरकारसमक्ष प्रस्तुत गरिएका मागहरुमा भन्सार नियमावलीमा रहेको परिच्छेद–१० को पुरस्कारसम्बन्धी सम्पूर्ण प्रावधान हटाउनुपर्ने, कर कानून, राजस्व कानून र भन्सार कानूनमा एकरुपता ल्याउन भन्सार नियमावलीबाट अनावश्यक प्रावधान हटाउनुपर्ने रहेका छन् । यस्तै, भन्सार महशुल नबुझाएकै कारण निजी सम्पति जफत गर्ने व्यवस्थाको सट्टा भन्सार नबुझाएमा उचित दण्डको व्यवस्था गर्ने, प्रत्येक व्यापारिक नाकाहरुमा भन्सार कार्यालय स्थापना तथा स्तरवृद्धि गर्ने, घरायसी प्रयोजन र व्यापारिक प्रयोजनका वस्तुहरुको पहिचानको स्पष्ट व्यवस्था गरी घरायसी प्रयोजनको लागि ल्याइने उपयोग्य वस्तुहरुमा कुनै भन्सार कर नलाग्ने व्यवस्था गर्नुपर्ने पनि समावेश गरिएको छ । भन्सारबाट उठेको राजस्व रकमको २५ प्रतिशत सम्बन्धित प्रदेशलाई र २५ प्रतिशत सम्बन्धित पालिकालाई दिने व्यवस्था गर्नुपर्ने आजपाको माग रहेको छ ।
काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ ।
संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि बसेको बैठकलाई नेपाली कांग्रेसले अवरोध गरेको हो ।
राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गरेपछि धन्यवाद दिने प्रस्ताव पारित गर्न बसेको बैठक कांग्रेसले अवरुद्ध गरेको छ ।
कांग्रेसले राष्ट्रिय सभामा सहकारी ठगि प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नगरेसम्म संसदको कुनै कारवाही अगाडी बढ्न नसक्ने जानकारी गराएको थियो ।
कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाको अर्को बैठक जेठ ३ गते बस्ने गरि स्थगित भएको छ ।न्युज कारखाना
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहदा सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।
संसद्को बैठकमा ओली अनुपस्थित भएको विषयमा धेरैले चासो राखेका छन् । स्रोतका अनुसार ओलीको स्वास्थ्य राम्रो नभएकोले संसदमा अनुपस्थित रहेको बताइएको छ । उनलाई रुघाखोकी लागेको बुझिएको छ ।न्युज कारखाना
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा गाजाको औषधिजन्य उपयोग, नियन्त्रित उत्पादन गर्ने व्यवस्था गर्न नीतिगत र कानुनी प्रबन्ध गरिने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाजाको औषधिजन्य उपयोग, नियन्त्रित उत्पादन गर्ने व्यवस्था गर्न नीतिगत र कानुनि प्रबन्ध गरिने घोषणा गरेका हुन् ।न्युज कारखाना
काठमाडौं । सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ लागु गर्ने भएको छ ।
मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महिलालााई आर्थिक रूपमा सक्षम र सशक्त बनाउन‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ लागु गर्ने घोषणा गरेका हुन् । न्युज कारखाना
काठमाडौं । सरकारले सरकारी सामुदायिक तथा संस्थागतका बिद्यालयका प्राध्यापक, शिक्षक वा कर्मचारीले राजनीतिक दलको सदस्य बन्न नपाउने प्रावधानको कार्यन्वयन गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारी शिक्षक र विद्यालयका कर्मचारीले राजनीतिक दलको सदस्य बन्न नपाउने प्रावधानको कार्यान्वयन गरिने घोषणा गरेका हुन् । न्युज कारखाना
काठमाडौं । सरकारले कर प्रणालीमा सुधार गर्दै राजस्व प्रशासनको दक्षता बढाइने घोषणा गरको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कर प्रणाली सुधार गर्ने घोषणा गरेका हुन् ।
उनले वित्तिय क्षेत्रलाई प्रतिस्पर्धी बनाइने बताउदै लघु्वित्त तथा सहकारीमा देखिएका समस्या समाधान गर्न विभिन्न समयमा प्राप्त सुझाव क्रमशः कार्यान्वयन गरिने बताएका छन् ।
त्यस्तै बन्द तथा रुग्ण अवस्थामा रहेका सार्वजनिक संस्थान उपयुक्त विधिबाट व्यवस्थापन र सञ्चालन गरिने सरकारले नीति लिएको छ ।
तीनै तहका सरकारबीच प्राकृतिक स्रोतको परिचालनका लागि एकीकृत कानुन तर्जुमा गरिने, निजी पुँजी आकर्षित गर्न थप कानुनी प्रबन्ध गरिने र आगामी आर्थिक वर्ष नेपालको कन्ट्री रेटिङ सम्पन्न गरिने सरकारले नीति लिएको छ । न्युज कारखाना
पोखरा । जिल्ला अदालत कास्कीले सहकारी ठगी मुद्दाका फरार आरोपी गितेन्द्रबाबु राई (जीबी) को राहदानी रद्द गर्न नमिल्ने आदेश दिएको छ । राहदानी रद्द गर्न माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयले वैशाख २८ मा निवेदन दिएको थियो । उक्त निवेदनउपर सुनुवाइ गर्दै जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले ‘मागबमोजिम नहुने’ आदेश आइतबार जारी गरेको हो ।
राहदानी ऐन, २०७६ बमोजिम राईको पासपोर्ट रद्द गर्न कास्की जिल्ला अदालतमा पत्राचारको व्यवस्था गरिदिन जिल्ला प्रहरी कार्यालयले वैशाख २८ मा जिल्ला सरकारी वकिल कार्यालयमा पत्राचार गरेको थियो । राईलाई सुपुर्दगी सन्धिमार्फत नेपाल झिकाउनको लागि निजले प्रयोग गरेको पासपोर्ट राहदानी ऐन, २०७६ बमोजिम रद्द गर्ने व्यवस्था गरिपाउँ भन्ने व्यहोरा निवेदनमा उल्लेख थियो ।
सहकारी ठगी मुद्दा राहदानी ऐन, २०७६ को दफा १२ को उपदफा (१) को खण्ड (ख) मा उल्लिखित मुद्दासँग सम्बन्धित नरहेकोले राहदानी रद्द गर्न नमिल्ने अदालतको आदेशमा उल्लेख छ ।
आदेशमा भनिएको छ, ‘मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६५ बमोजिम फरार रहेका व्यक्तिको सम्बन्धमा सोही दफामा उल्लिखित प्रक्रिया अवलम्बन गर्नु पर्ने भन्ने कानुनी व्यवस्था रहेको पाइन्छ । मुलुकी फौजदारी कार्यविधि, संहिता, २०७४ को दफा ६५ को उपदफा (१) को खण्ड (झ) बमोजिम फरार प्रतिवादी गितेन्द्रबाबु राईको हकमा यस अदालतसमेतबाट इन्टरपोलमार्फत नेपाल सरकार गृह मन्त्रालय तथा परराष्ट्र मन्त्रालय हुँदै मलेसियास्थित राजदूतावासमा पठाइसकिएको भन्ने निवेदन बेहोराबाटै देखिँदा निवेदन मागबमोजिम अदालतले प्रतिवादी गितेन्द्रबाबु राईको नाउँको राहदानी रद्द गर्ने गरी आदेश जारी गर्न मनासिब देखिएन । कानुनबमोजिम गर्नू ।’न्युज कारखाना
काठमाडौं । सरकारले आफ्नै भू-उपग्रह स्थापना गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी दशक सूचना प्रविधि दशक घोषणा गरेका हुन् ।
सूचना प्रविधिमा फड्को मार्ने सरकारले आफ्नै भू-उपग्रह स्थापना गर्ने र डाटा सेन्टरसम्बन्धी मापदण्ड तयार पर्ने तथा यस क्षेत्रमा ५ लाख बढी रोजगारी सिर्जना गर्ने सरकारले नीति लिएको छ ।न्युज कारखाना
काठमाडौं । सरकारले आउँदो आर्थिक वर्ष कृषि दशक घोषणा गर्ने भएको छ ।
संघीय संसद्को मंगलबार बसेको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आउदो आर्थिक बर्षलाई कृषि लगानी दशक घोषणा गरिने बताएका हुन् ।
उनले भने-
कृषि पशुपन्छिपालन र वनको अन्तरसम्बन्धन स्पष्ट हुने गरी भूउपयोगको आधारमा कृषि प्रणालीको विकास गरिनेछ । आर्थिक वर्ष ०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरिनेछ ।
न्युज कारखाना
काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षभित्र देशभर रहेका गरिब घर परिवार पहिचान कार्य सम्पन्न गर्ने बताएको छ ।
संघीय संसद्को मंगलबार बसेको संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गरिब लक्षित कार्यक्रम एकीकृत रूपले सञ्चालन गर्ने बताएका हुन् ।
उनले भने-
पहिचान भइएका गरिबको स्थानीय तहबाट निःशुल्क स्वास्थ्य बिमा गरिने, गरिबको स्थानीय बिमा गरिने तथा विद्यूतीय चुलो, ट्युवेललगायत सामग्री उपलब्ध गराइनेछ ।न्युज कारखाना
काठमाडौँ । राष्ट्रपति राम चन्द्र पौडेल संघीय संसद भवन नयाँ बानेश्वर पुगेका छन् ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेल संसद भवन पुगेका हुन् ।
संसद भवनमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले उनलाई स्वागत गरेका थिए ।
राष्ट्रपतिको सम्मानमा संसद भवनमा नेपाली सेनाको एक टोलिले सम्मान गारथ अर्पण गरको थियो ।
अब केहि बेरमा नै राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ ।न्युज कारखाना
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणमा वदनियत राखेर निर्णय गर्ने गराउनेमाथि थप अनुसन्धान अपरिहार्य रहेको बताएका छन् ।
सामाजिक सञ्जाल मार्फत महामन्त्री थापाले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणमा सर्वोच्च अदालतले गरेको फैसला ऐतिहासिक रहेको बताउदै यस्तो निर्णय गर्नेमाथि अनुसन्धान आवश्यक रहेको बताएका हुन् ।
उनले भनेका छन्-
गिरिबन्धु टि-स्टेटको जग्गाका सट्टापट्टा गर्ने सन्दर्भमा तत्कालीन मन्त्रीपरिषदले २०७८ वैशाख १३ गते गरेको निर्णय र त्यससंग सम्बन्धित काम कारवाहीका सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसला ऐतिहासिक छ ।
फैसलाले गिरीबन्धु टी-स्टेट लगायताका हदबन्दी छुट पाएका सरकारी तथा सार्वजानीक जग्गामा नजर गाडेर बसेकाले नजर बन्द गरिदिएको छ। सम्मानित अदालतले २०७८/०१/१३ को मन्त्रीपरिषदको निर्णयलाई “सर्वथा अनुचित, अपरिपक्व र उधारो शर्तयुक्त” निर्णयको संज्ञा दिँदै सो निर्णय खारेज गरेको छ । यसले तत्कालीन सरकारले जबरजस्ती ढङ्गले गरेको निर्णय र कानुन संशोधन कति गलत र वदनियतपूर्ण थियो भन्ने पुष्टि त गरेको छ नै नीतिगत बाटोबाट हुने भ्रष्टाचारको उदाङ्गो पार्दिएको छ ।
उक्त निर्णय अनुचित र वदनियतपूर्ण भएकोले यस्तो निर्णय गर्ने गराउने गलत नै हुन भन्नेमा अब द्विविधा भएन। अत: यस्तो वदनियत राखेर निर्णय गर्ने गराउनेमाथि थप अनुसन्धान अपरिहार्य छ।
यस्तो महत्त्वपूर्ण नजिर स्थापना गर्न कानुनी लडाई लड्नुहुने अधिवक्ता ओम प्रकाश अर्याल लगायत सम्पूर्णमा हार्दिक धन्यवाद !
सम्मानित अदालतले गरेको यो फैसलाले नीतिग तहबाट हुने भ्रष्टाचार रोक्ने कुरामा एउटा नयाँ मानक स्थापित गर्नेछ नै, साथै हदबन्दी छुटको दुरुपयोग गरी जग्गा सट्टा पट्टा गर्दा निश्चित आधारविना गरिएका र अन्य प्रयोजनका लागि प्रयोग गरेका जग्गा राज्यले प्राप्त गर्ने यो फैसलासंगै यस्तै प्रकृतिका छुटको सुविधा लिएका र दुरुपयोग गरिएका जग्गा राज्यको मातहत ल्याउन प्रस्ट निर्देश गरेको छ। हदबन्दी छुटमा दिएको जग्गाको प्रयोजन समाप्त भए सो जग्गा सरकारले फिर्ता लिनुपर्ने फैसलाले आजसम्म अपचलन भएका, विक्री भएका सम्पूर्ण सरकारी स्वामित्वका जग्गा सरकारका नाममा फिर्ता ल्याउने बाटो समेत खुलेको छ।
अदालतले आफ्नो फैसलामा बोलेको कुराको आधारमा अब सरकारलाई जग्गा फिर्ता ल्याउने र दोषीलाई कारबाही गर्ने बलियो आधार मिलेको छ। अदालत बोलिसकेको विषयमा अब काम गर्ने अभिभारा सरकारको हो। अत: सम्मानित अदालतले दिएको आदेश तत्काल कार्यान्वयन गर्न र भूमि सम्बन्धी ऐनको दफा १२ङ.बमोजिमको अनुगमन तथा निरीक्षण समितिलाई अविलम्ब क्रियाशील बनाइ छुटको सुविधा लिएर अरू प्रयोजनमा लगाएका, प्रयोग नगरिएका वा दुरुपयोग गरिएका जग्गा एकिन गरी सोही दफा बमोजिम अविलम्ब जफत गरी राज्य मातहत ल्याउन सरकारले तत्काल कार्यप्रारम्भ गरोस्।यसमा सरकारले दायाँ बायाँ नहेरोस्, आलटाल र बहानाबाजी नबनाओस् ।
अन्त्यमा, नीतिगत तहमा हुने भ्रष्टाचारको यो एउटा नमूनामात्र हो। यस्ता थुप्रै विषयहरू छन जुन नीतिगत निर्णयका नाममा अनुसन्धानको दायरा बाहिर राख्ने र कार्वाही नगर्ने प्रवृत्ति झाङ्गिएको छ । यसलाई नियन्त्रण गर्न संसदमा विचाराधीन रहेका भ्रष्टाचार सम्बन्धी कानुन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन सम्बन्धी कानुनका दुई संशोधन विधेयकमा नीतिगत भ्रष्टाचारका सम्बन्धमा स्पष्ट प्रावधान राख्न हामीले नै संशोधन दर्ज गरेका छौं । ति विषय कानुनमा नै समेटौं, नीतिगत रूपमा हुने भ्रष्टाचारको मुख कानुनी रूपमै टालौं । साथै, तामेलीमा रहेका यस्ताखाले नीतिगत भ्रष्टाचारका विषयलाई छानबिनको दायरामा ल्याउँ ।न्युज कारखाना
विराटनगर । कोशी प्रदेशसभाकी सांसद निर्मला लिम्बू अशोक राईको पक्षमा सनाखत गरेकी छन् ।
लिम्बूले प्रदेश निर्वाचन कार्यालय पुगेर नयाँ दल जसपाको पक्षमा सनाखत गरेकी हुन् ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजनसँगै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखत गर्न निर्वाचन आयोगले २१ दिनको समय दिएको छ ।
निर्मला जसपा नेपालबाट समानुपातिक सांसद हुन् । योसँगै जसपा नेपाल कोशी प्रदेशमा निल भएको छ ।
न्युज कारखाना
काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह जेठ ७ गते ललितपुरमा विशेष समारोहमा सहभागी हुने भएका छन् ।
पुर्व राजा ज्ञानेन्द्रले ललितपुरबासीको अनुरोधमा जेठ ७ गते विशेष समारोहमा सहभागिता जनाउने उनको सचिवालयले जानकारी दिएको छ । न्युज कारखाना
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्यसचेतक र सचेतकहरुसँग छलफल गरेका छन् ।
छलफलमा सभामुखले दलहरूबीच सहमति नहुँदा नीति तथा कार्यक्रममाथिको छलफल, आगामी बैठकहरु र बजेट प्रभावित हुने अवस्था आउनु राम्रो नभएको भन्दै राजनीतिक दलहरुबीच सहमति नहुँदा संसदका बिजनेश प्रभावित हुने देखिएको बताए ।
त्यस्तै नेपाली कांग्रेसकी सुशीला थिङले नेपाली कांग्रेस संसदीय दलले आज नीति तथा कार्यक्रम प्रस्तुत हुन सहयोग गर्ने तर त्यसपछि धन्यवाद प्रस्ताव टेबुल गर्ने प्रयोजनका लागि बोलाइएको बैठकमा विरोध जारी रहने बताएकी थिइन् । उनले छानबिन समिति नबनेसम्म हाम्रो संसदीय विरोध कार्यक्रम रहिरहने बताइन् ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्रीलाई गएको बैठकमा सभामुखले बोल्न समय दिएपनि बोल्न नपाएको बताए । आजको बैठकमा त्यसको निरन्तरतास्वरुप बोल्न दिनुपर्ने माग बताउदै गृहमन्त्रीले बोल्न पाउनुपर्ने बताए । उनले धन्यवाद प्रस्ताव टेबल नभएसम्म नीति तथा कार्यक्रमको कोर्ष पूरा नहुने भन्दै कांग्रेसले पुनर्विचार गर्नुपर्ने बताए ।
सभामुखले आजको संयुक्त सदन र प्रतिनिधि सभाको बैठकका कार्यसूची र नीति तथा कार्यक्रममाथिको छलफलको तयारीबारे पनि जानकारी दिए । न्युज कारखाना
काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रमलाई अवरोध नगर्ने निर्णय गरको छ ।
मंगलबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका हुन् ।
नीति तथा कार्यक्रम प्रस्तुत भएपछि आफ्ना माग पूरा नभएसम्म अवरोध कायमै राख्ने निर्णय गरेको लेखकले बताए ।
लेखकले सरकार सहकारी पिडितप्रति सम्बेदनशील हुन नसकेको आरोप लगाउदै सरकारलाई तत्काल संसदीय समिति बनाउन माग गरेको बताए ।
कांग्रेसले संसदको अन्य कार्यसूचीमा प्रवेश हुन नदिने निर्णय गरेको छ । सरकार गैरजिम्मेवार रुपमा प्रस्तुत भएको भन्दै यसले संसदका बैठक प्रभावित भएमा त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने उनले बताए ।
आजको बैठकमा कांग्रेसले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणमा सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै यस विषयमा संसदीय दलमा प्रवेश गरेको र अर्को बैठकमा यस बारेमा कांग्रेसले आफ्नो धारणा बनाउने लेखकले बताए ।
कांग्रेसले सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै आएको छ ।
यसअघि मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका नेताहरूसँग राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम अवरोध नगर्न आग्रह गरेका थिए । न्युज कारखाना
काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आउने कार्यक्रमका लागि संसद भवन नयाँ बानेश्वरमा रिहर्सल गरिएको छ । 
सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको उपस्थितिमा राष्ट्रपतिको स्वागत र संसद भवन भित्र पुर्याएको प्रक्रियाको रिहर्सल गरिएको थियो । सो अवसरमा एक डमी राष्ट्रपति बनाएर रिहर्सल गरिएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
राष्ट्रपति पौडेलले आज अपराहन्न ३ बजे संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका रहेको छ ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक तवरले मनाउन निर्देशन दिएका छन् । उनले यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म मौलिक एवं रचनात्मक कार्यक्रम गरी गणन्त्र दिवस मनाउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले ‘गणतन्त्र दिवस मूल समारोह समिति, २०८१’ समेत गठन गरेको छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा रहेको मूल समारोह समितिको सदस्यमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, काठमाडौँ महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति, ललितपुर महानगरका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कि अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका निर्देशकलगायत रहेका छन् ।
सरकारले विसं २०६५ जेठ १५ मा देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउँदै आएको छ । नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास नियोगहरूमा दिपावलीलगायतका मौलिक कार्यक्रमहरू गर्ने निर्णय भएको छ ।
बैठकले सङ्घीय सरकार तथा केन्द्रीयस्तर, विदेशस्थित नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावास र प्रदेश राजधानी(केन्द्र), जिल्ला र स्थानीयस्तरमा गरिने कार्यक्रमसमेत तय गरेको छ ।
बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, काठमाडौँ महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा मञ्च सजावट तथा व्यवस्थापन उपसमितिलगायतका विभिन्न उपसमिति गठन गरेको छ । न्युज कारखाना
काठमाडौँ । सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आज राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा पेश गर्ने सरकारको नीति तथा कार्यक्रम पारित गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन् ।
राष्ट्रपति पौडेलले आज अपराहन्न ३ बजे संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका रहेको छ ।न्युज कारखाना
काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रमलाई अवरोध नगर्ने भएको छ ।
मंगलबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको हो ।
नीति तथा कार्यक्रम प्रस्तुत भएपछि आफ्ना माग पूरा नभएसम्म अवरोध कायमै राख्ने निर्णय गरको छ । कांग्रेसले सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै आएको छ ।
यसअघि मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका नेताहरूसँग राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम अवरोध नगर्न आग्रह गरेका थिए । न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेका छन् ।
मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकसँग छलफल गरेका हुन् ।
बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीले राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमलाई अवरोध नगर्न आग्रह गरेको र सहकारीमा देखिएको समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएको बताए ।
लेखकले कांग्रेसले आजै बस्ने संसदीय दलको बैठकबाट निर्णय गर्ने जानकारी दिए ।
राष्ट्रपति रामचन्द पौडेलले आजै अपराहन्न ३ बजे बस्ने संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।न्युज कारखाना
काठमाडौँ । कान्स फिल्म फेस्टिभलमा भाग लिन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शह फ्रान्स प्रस्थान गरेका छन् । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा उहाँ फेस्टिभलमा मंगलबार बिहान २: १५ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् ।
बालेनसँगै व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साल रहेका छन् ।
उनीहरुलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र प्रशासन विभागका प्रमुख दीपक अधिकारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट विदाइ गरेका थिए ।
कान्स र काठमाडौँ दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर हुन् । कान्सका मेयरले प्रमुख शाहलाई पठाएको निमन्त्रणा पत्रमा भनिएको छ, ‘फेस्टिभल क्रिएटिभ सहरलाई एक ठाउँमा ल्याउने अवसर हो । फेस्टिभलमा अन–एयर शीर्षकमा सञ्चालन हुने अडियो भिजुअल कन्टेन्ट चेनबारे जान्न सजिलो हुनेछ ।’
प्रमुख शाह फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । त्यस क्रममा मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्ता हुनेछ । फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा प्रमुख सहभागी हुने छन् । यस्तै अडियो भिजुअल कन्टेन्ट क्रियशन चेनको अवलोकन गर्ने छन् । उनको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना हुनेछ । फेस्टिभल १२ दिन चल्नेछ । यीमध्ये प्रमुख शाह ३ दिनको कार्यक्रममा सहभागी भएर जेठ ७ गते स्वदेश फर्किने छन् ।
यस वर्ष फेस्टिभलका लागि नेपालबाट कुनै फिल्म छनोट भएको नभए पनि नेपालमा छायाङ्कन गरिएको ‘द सेमलेस’ अन रिगार्ड विधामा र ‘तारा : अ लस्ट स्टार’ मार्केट स्क्रिनिङ विधामा छनोट भएका छन् । यी दुवै चलचित्रमा नेपाली कलाकार र प्राविधिकको संलग्नता छ ।
यस बर्ष चलचित्र विधामा छानिएका सहरहरुमा नेपालको काठमाडौँ, नाइजेरियाको असाबा, मोरक्कोको औराजाजाते, व्राजिलको पेनेडो र अर्जेन्टिनाको भिसेन्ते लोपेज हुन् ।न्युज कारखाना
सिरहा।जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डित र पत्रकारहरु बीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ। सोमबार जिल्ला प्रहरी कार्यालय सिरहाको सभा हलमा सप्पन्न कार्यक्रममा नयाँ एसपी रमेश पंडितले पत्रकारहरुसँग छलफल गरि तस्करी न्युनीकरण ,लागूऔषध ओसार पोसार निर्मुल पार्ने र सचेतनाका लागि विशेष अभियान सुरु गर्ने, अवैध उत्खनन राेक्न स्थानीय तहसँग समन्वय गरि कार्य अगाडि बढाउने , गलत आचरणका प्रहरीलाई तुरुन्त कारवाही गर्ने ( आजै एक जनालाई कारवाही गरेकाे) ,गलत मुद्दामा सुक्ष्म अनुसन्धान गरि अगाडि बढ्ने , विचौलियाहरुकाे प्रभावमा नपर्ने जस्ता प्रतिबद्धता जनाए। कार्यक्रममा केही तत्वहरुले निजि स्वार्थको लागि पत्रकारलाई टारगेट बनाउदा सिरहामा पत्रकार सुरक्षित छैन भने जस्ता विषय लगायत जिल्लामा भइरहेको गतिविधि बारे पत्रकारहरुले जानकारी गराइएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासघ सिरहाका पुर्व अध्यक्ष दिनेशवर गुप्ता , महासघका अध्यक्ष मनोज बनैता , उपाध्यक्ष गणेश साह , सचीव शिव दयाल यादव , सह सचिव राजेन्द्र महतो, कोशाध्यक्ष बिरेन्द्र नेपाल लगायत विभिन्न मिडियामा कार्यरत सिरहाका करीब दुई दर्जन भन्दाबढी पत्रकारहरुको उपस्थित रहेको थियो।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
संघीय संसद सचिवालयले सूचना जारी गर्दै राष्ट्रपति पौडेलले आज बस्ने संसदको संयुक्त बैठकमा अपराहन्न ३ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
नेपाली कांग्रेसले संसद अवरोध गरिरहेका कारण मंगलबार सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमनै अन्योलमा परेको छ ।
कांग्रेसले सहकारी प्रकरणमा मुछिएको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको गठनको माग राख्दै संसदमा अवरोध गरिरहेको छ ।न्युज कारखाना
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुदै छ ।
जेठ २ गतेसम्म चल्ने यो बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण, देशभर पार्टी सङ्गठनको अवस्था, जनवर्गीय सङ्गठनका कार्य प्रगति, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफल गरिने बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरुको जिम्मेवारी तोकिनेछ ।
बैठकले महाधिवेशन प्रतिनिधि छनोटका लागि मापदण्ड तय गर्ने बैठकमा सङ्गठन बिस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल हुने भएको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव घनश्याम भुसालले साङ्गठनिक प्रतिवेदन पेस गर्ने बैठकमा पार्टीको समाजवादी कार्यक्रम, विधान हेरफेरका लागि तयार गरिएको मस्यौदामा छलफल हुनेछ ।
विधानमा पार्टीको नेतृत्वमा ७० वर्ष उमेरको हदबन्दी हटाउन, युवा सहभागिता वृद्धि गर्न, केन्द्रीय कमिटीको आकार सानो बनाउने विषयलाई अनुमोदन गरिने जनाइएको छ ।
नयाँ विधानका आधारमा आगामी असार १६ देखि २० गतेसम्म पार्टीले काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको छ । न्युज कारखाना
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्ने भएको छ ।
कांग्रेसले संसदीय कार्यसमितिको बैठक सोमबार अपराहन्न १ बजे संसदीय दलको बैठक अपराहन्न २ बजे बस्ने बैठक स्थगित भएको थियो । अब बैठक आज संसदीय कार्यसमिति बिहान ८ बजे र संसदीय दलको बैठक बिहान ९ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको छ ।
बैठकबाट कांग्रेसले मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पेश गर्ने सरकारको नीति तथा कार्यक्रम अवरोध गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ ।
कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको आरोप लगाउदै संसदीय छानबिन समितीको माग गरेर संसद अवरुद्ध गरिरहेको छ । न्युज कारखाना
काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग आफुहरुको बटमलाइन भएको निष्कर्ष निकालेको छ ।
सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा सोमबार बिहान बसेको बैठक पछि प्रतिक्रिया दिदै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संसदीय छानबिन समिति गठनको माग आफुहरुको बटमलाइन भएको प्रतिक्रिया दिएका हुन् ।
उनले राष्ट्रपति कांग्रेसको मात्र नभएर देशको राष्ट्र्पति भएको बताउदै प्रवक्ता महतले त्यो विषयले आफुहरुको माग प्रभावित नहुने स्पष्ट गरेका छन् । उनले भने- ‘ यो विषयमा कांग्रेसले सम्झौता गर्दैन । यो विषय अब कांग्रेसको मात्र रहेन । यो आम जनताको विषय हो । कांग्रेसले त यो विषय उठाएको मात्र हो ।’
नेपाली कांग्रेसले संसद अवरोध गरिरहेका कारण मंगलबार सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमनै अन्योलमा परेको छ ।
कांग्रेसले सहकारी प्रकरणमा मुछिएको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको गठनको माग राख्दै संसदमा अवरोध गरिरहेको छ ।न्युज कारखाना
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
सोमबार बसेको जनता समाजवादी पार्टी नेपालको केन्द्रिय समिति बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
यस अघि आजै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका थिए । राजीनामा पछि जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र आजै संसद सचिवालयमा दर्ता गर्ने भएको छ ।
न्युज कारखाना
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राजतन्त्रकालमा भन्दा कयौँ गुणाबढी विकास भएको बताएका छन् ।
नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज शिलान्यास गरेपछि प्रधानमन्त्री प्रचण्डले तुलनात्मक अध्ययन नै नगरी देशमा केही हुँदैन भन्ने नकारात्मक भाष्य सिर्जना गर्नु गलत भएको बताए ।
“राजतन्त्रकालको २५० वर्ष र गणतन्त्रकालको दुई दशकको तुलनात्मक अध्ययन गर्ने जो–कोहीले भन्न सक्छ – २५० वर्षमा भन्दा कैयौँ गुणा बढी विकास पछिल्लो दुई दशकमा भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी, विद्युतजस्ता भौतिक पूर्वाधारको विकास एवं सामाजिक सुरक्षा, सेवा प्रवाह, सेवाको सरलीकरण र प्रभावकारिता लगायतका मानवीय विकासका क्षेत्रमा समेत नेपालले राम्रो प्रगति गरिरहेको छ ।”
पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालमा सडक सञ्जालको विस्तार चमत्कारिक हिसाबले अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्रीले ९० प्रतिशतभन्दा बढी सडक प्रयोगकर्ताहरू आफ्नो बासस्थानबाट १ घण्टाको पैदल यात्रामा पुग्नसक्ने अवस्था सिर्जना भएको बताए ।
“विकासक्रमलाई गणतन्त्रअघि र गणतन्त्रपछिको अवस्थासँग तुलना नगर्ने तर अति विकसित र विकसित मुलुकसँग तुलना गरेर ‘नेपालमा केही भएन’ भन्ने नकारात्मक भाष्य निर्माण गर्न खोजिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “नेपालको पछिल्लो विकासलाई ठीक ढङ्गले अध्ययन र विश्लेषणका आधारमा ‘देशभित्र सम्भव छ’, ‘गरे सकिन्छ’ भन्ने सकारात्मक चिन्तन र ऊर्जाको विकास गर्न जरूरी छ ।”
सडक विभागले नेपाल सरकारको अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजनाका आधारमा सडक पूर्वाधारमा सकारात्मक पहल लिँदै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले चालु आर्थिक वर्षमा मात्र १४९ भन्दा बढी पुलहरू निर्माण गरिसकेको बताए ।न्युज कारखाना
काठमाडौँ । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवले सोमबार बिहान राजीनामा दिएका हुन् ।
राजीनामामा उनले भनेका छन्- ‘करिब दुई महिनादेखि म उपप्रधान मन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकार मै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु ।’
यादवसँगै वन राज्यमन्त्री दीपक कार्कीले पनि पदबाट राजीनामा दिएका छन्।
जसपा नेपालको नेतृत्वमा रहेको मधेश सरकारबाट आइतबार एमाले र माओवादी केन्द्र बाहिरिएसँगै उपेन्द्र यादवले केन्द्रमा सरकार छोडेका हुन् । यस अघि आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले पनि उनलाई सरकार छोड्ने निर्देशन दिएका थिए ।
जसपा नेपालको बिभाजनपछि उपेन्द्र यादवले केन्द्रसहित मधेशको सरकार समेत गुमाएका छन् ।
न्युज कारखाना
काठमाडौँ । मंगलबार संसदको संयुक्त बैठकमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रम कांग्रेसको अवरोधका कारण अन्योलमा परेको छ ।
नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गर्ने अडान कायम राखेपछि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विषय अन्योलमा परेको हो ।
यसैबीच सभामुख देवराज घिमिरेले चितवनमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग फोन वार्ता गरी सरकारको नीति तथा कार्यक्रम सम्बन्धमा छलफल गरेका छन् । उनीहरूबीच राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीबाट भएका प्रयास र संसदको तयारीबारे छलफल भएको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले राजनीतिक सहमतिका लागि प्रमुख प्रतिपक्षी दलसँग छलफल भएको जानकारी दिएका थिए । उनले सत्ताघटक दलहरूसँग पनि विपक्षीका मागबारे छलफल भएको र आज साँझसम्म निष्कर्षमा पुगिने उल्लेख गरे ।
प्रधानमन्त्रीले आफू चितवनबाट फर्केलगत्तै संवाद सुरु गर्ने बताए । उनले राष्ट्रपतिसँग भएको छलफलबारे पनि सभामुखलाई जानकारी गराएका थिए ।
सभामुखले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग आइतबार गरेको छलफल कुनै निष्कर्षमा पुग्न सकेको थिएन । न्युज कारखाना
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम घोषणा गरिने बताएका छन् ।
नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले रोजगारी र उत्पादनसँग सम्बन्धित भएर एकीकृत आयोजना सञ्चालन गर्ने तयारीका साथ सरकार अगाडि बढेको बताए ।
“पूर्वाधार विकाससँगै ग्रामीण अर्थतन्त्रको सवलीकरण, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनासँग सम्बन्धित भएर एकीकृत ढाँचाको परियोजना सञ्चालन गर्नु आजको राष्ट्रिय आवश्यकता हो,” प्रधानमन्त्री प्रचण्डले भने, “यही यथार्थलाई दृष्टिगत गरी सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादन र रोजगारी सम्बन्धी विशेष कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।”
सूचना प्रविधिको विकाससँगै विकासको परिभाषा, आवश्यकता र प्राथमिकतामा फेरबदल आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले देशव्यापी रूपमा सडक सञ्जालको बिस्तार भएसँगै आगामी दिनमा गुणस्तरता एवं दिगोपनलाई विशेष प्राथमिकता दिने बताए ।
यातातायात सेवालाई सहज तुल्याउनेगरी काम गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले सडक दुर्घटना न्यूनीकरणका निम्ति पूर्वाधार, सवारीसाधन र ट्राफिक प्रणालीमा सुधार लगायतका क्षेत्रमा ध्यान दिनुपर्ने बताए । उनले यातायात पूर्वाधारले बहुराष्ट्रिय कम्पनिबाट उत्पादित वस्तुहरू दूरदराजमा पुर्याउने तर दूरदराजको उत्पादन प्रणाली कमजोर भई ग्रामीण अर्थतन्त्र शिथिल हुने चुनौतीलाई समेत सम्बोधन गर्नुपर्ने दायित्व रहेको उल्लेख गरे ।
प्रधानमन्त्री प्रचण्डले तुलनात्मक अध्ययन नै नगरी देशमा केही हुँदैन भन्ने नकारात्मक भाष्य सिर्जना गर्नु गलत भएको बताए ।
“विकासक्रमलाई गणतन्त्रअघि र गणतन्त्रपछिको अवस्थासँग तुलना नगर्ने तर अति विकसित र विकसित मुलुकसँग तुलना गरेर ‘नेपालमा केही भएन’ भन्ने नकारात्मक भाष्य निर्माण गर्न खोजिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “नेपालको पछिल्लो विकासलाई ठीक ढङ्गले अध्ययन र विश्लेषणका आधारमा ‘देशभित्र सम्भव छ’, ‘गरे सकिन्छ’ भन्ने सकारात्मक चिन्तन र ऊर्जाको विकास गर्न जरूरी छ ।”
पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालमा सडक सञ्जालको विस्तार चमत्कारिक हिसाबले अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्रीले ९० प्रतिशतभन्दा बढी सडक प्रयोगकर्ताहरू आफ्नो बासस्थानबाट १ घण्टाको पैदल यात्रामा पुग्नसक्ने अवस्था सिर्जना भएको बताए ।
“राजतन्त्रकालको २५० वर्ष र गणतन्त्रकालको दुई दशकको तुलनात्मक अध्ययन गर्ने जो–कोहीले भन्न सक्छ – २५० वर्षमा भन्दा कैयौँ गुणा बढी विकास पछिल्लो दुई दशकमा भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी, विद्युत्जस्ता भौतिक पूर्वाधारको विकास एवं सामाजिक सुरक्षा, सेवा प्रवाह, सेवाको सरलीकरण र प्रभावकारिता लगायतका मानवीय विकासका क्षेत्रमा समेत नेपालले राम्रो प्रगति गरिरहेको छ ।”
सडक विभागले नेपाल सरकारको अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजनाका आधारमा सडक पूर्वाधारमा सकारात्मक पहल लिँदै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले चालु आर्थिक वर्षमा मात्र १४९ भन्दा बढी पुलहरू निर्माण गरिसकेको बताए ।
“काठमाडौँको नागढुङ्गा सडकको सुरूङमार्गको ‘ब्रेक–थ्रु’ भएको छ । त्यसैगरी बहुउद्देश्यीय मरिन डाइभर्सन परियोजनाको पनि भर्खरैमात्र ‘ब्रेक–थ्रु’ गरिएको छ,” प्रधानमन्त्रीले भने, “यसले देश सुरूङयुगमा प्रवेश गरेको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सन्देश दिनुका साथै सन् २०२६ सम्म नेपाल विकासशील मुलुकमा फड्को हान्ने लक्ष्यमा सकारात्मक योगदान पुर्याएको छ ।”
अहिले सडक विभागअन्तर्गत काठमाडौँको ग्वार्कोमा ‘फ्लाइओभर’को निर्माणकार्य भइरहेको र पृथ्वी राजमार्गको मादी, सेती नदी लगायतका नदीहरूमाथि ‘सिग्नेचर’ पुलहरू निर्माण भइरहेका प्रधानमन्त्रीको भनाइ छ । उहाँले पूर्वपश्चिम राजमार्गको मध्यभागका रहेको भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिका जोड्ने ‘सिग्नेचर ब्रिज’ निर्माण भएपछि राजमार्गको सवारी चाप व्यवस्थित हुने विश्वास व्यक्त गरे ।
“सवारी चाप सम्बोधन हुनेछ, यसले सवारी समयको बचत हुनेछ । सबैभन्दा महत्त्वपूर्ण यसको निर्माणसँगै सडकको ‘कार्यक्षमता’ वृद्धि हुनेछ,” प्रधानमन्त्रीले भने, “यस परियोजनाको सम्बन्ध सडक पूर्वाधार र यातायातसँग मात्र सम्बन्धित नभएर पर्यटन प्रवर्द्धन, स्थानीय अर्थतन्त्रको विकास एवं रोजगारी सिर्जनामा मद्दत पुग्नेछ ।”न्युज कारखाना
काठमाडौँ । आज बस्ने भनिएको नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक स्थगित भएको छ ।
कांग्रेसले संसदीय कार्यसमितिको बैठक आज अपराहन्न १ बजे संसदीय दलको बैठक अपराहन्न २ बजे बस्ने बताइएको थियो । तर अब बैठक मंगलबार संसदीय कार्यसमिति बिहान ८ बजे र संसदीय दलको बैठक बिहान ९ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको छ ।
बैठकबाट कांग्रेसले मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पेश गर्ने सरकारको नीति तथा कार्यक्रम अवरोध गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ ।
कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको आरोप लगाउदै संसदीय छानबिन समितीको माग गरेर संसद अवरुद्ध गरिरहेको छ । न्युज कारखाना
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्ने भएको छ ।
कांग्रेसले संसदीय कार्यसमितिको बैठक आज अपराहन्न १ बजे संसदीय दलको बैठक अपराहन्न २ बजे बस्ने जानकारी दिइएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ ।
बैठकबाट कांग्रेसले मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पेश गर्ने सरकारको नीति तथा कार्यक्रम अवरोध गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ ।
कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको आरोप लगाउदै संसदीय छानबिन समितीको माग गरेर संसद अवरुद्ध गरिरहेको छ ।
कांग्रेसले आइतबार बिहान प्रधानमन्त्रीसँग छलफल गरेको र छलफल सकारात्मक भएको बताएको छ ।
न्युज कारखाना
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिदै छन् ।
मुख्यमन्त्री कार्कीले बैशाख ३१ गते विश्वासको मत लिने गरि शुक्रबार प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् ।
आज बिहान ११ बजेका लागि बोलाइएको कोशी प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।
कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २७ गते बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीले बुधबार नै शपथ ग्रहण र पदभार ग्रहण गरिसकेका छन् । यस्तै उनले आफ्नो क्याबिनेटमा एमालेबाट रामबहादुर राना र माओवादीबाट गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरिसकेका छन् ।
अर्कोतर्फ उनको नियुक्ति प्रक्रियाविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले भने सर्वोच्च अदालतमा बुधबार नै रिट दायर गरेका छन् । उक्त रिटमाथि बिहीबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिनु नपर्ने जनाएको छ । यस्तै पूर्ण सुनुवाइका लागि जेठ ९ गतेको लागि समय तोकिएको छ ।न्युज कारखाना
काठमाडौँ,३० गते वैशाख । नेपाल कम्युनिष्ट पार्टी एमाले परित्याग गरी डा।नवलकिशोर साह आम जनता पार्टी ९आजपा० मा प्रवेश गरेका छन् । एमाले सर्लाही जिल्ला कमिटी सदस्य डा।साहलाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले टिका तथा खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन् । आजपा केन्द्रीय कार्यालय कोटेश्वरमा आईतबार आयोजित एक कार्यक्रमका बीचमा डा। साहलाई पार्टीमा प्रवेश गराउँदै प्रभु साहले देशको विकासका लागि अहिलेको व्यवस्था परिवर्तन हुनुपर्ने बताए ।
काठमाडौँ । मधेश प्रदेशमा नेकपा एमालेको नेतृत्वमा सरकार बनाउने छलफल शुरु भएको छ ।
मधेश सरकारबाट आइतबार एमाले र माओवादी केन्द्र बाहिरिएपछि जसपा नेपालको नेतृत्वमा रहेको सरकार अल्पमतमा परेको छ ।
सरकारबाट बाहिरिएपछि एमालेको नेतृत्वमा सरकार बनाउने गरि छलफल शुरु भएको छ । एमाले मधेशमा २५ सांसदसहित सबैभन्दा ठुलो दल हो । नयाँ सरकार बनाउन एमाले, माओवादी केन्द्र, जनमत र लोसपाबीच छलफल शुरु भएको छ ।
१०७ सदस्यीय मधेश प्रदेशमा एमालेको २५, जनमतको १३, माओवादी केन्द्र र लोसपाको ९-९ सिट रहेको छ । चार दलको कुल ५६ सिट रहेपछि सभामुख बाहेक ५५ मत हुने हुनाले बहुमत पुग्ने देखिन्छ ।न्युज कारखाना
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नागरिकलाई केन्द्रबिन्दुमा राखेर सकारात्मक, निस्वार्थ र पूर्ण निष्ठाका साथ आफ्नो ज्ञान र कौशल प्रयोग गरी उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताएका छन् ।
हालै सरूवा तथा काज भई आफ्नो कार्यक्षेत्रमा खटि जान लागेका प्रहरी निरीक्षकहरूलाई आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन् ।
प्रहरी महानिरीक्षक कुँवरले विभागीय रूपमा पाएको नीति निर्देशन तथा नेपाल प्रहरी कार्ययोजना २०८० अनुसार सांगठनिक उदेश्य एवम् लक्ष्य प्राप्त गर्नका लगि परिणाममुखी समन्वयका साथ सामुहिक प्रयास सहित इमानदार, उर्जाशील एवम् सिर्जनशील भई कार्यसम्पादनको गुणस्तर राम्रो बनाउन आफैलाई उत्प्रेरित गर्दै काम गर्न निर्देशन दिए । विभिन्न किसिमका गतिविधिलाई ध्यानमा राखी सांगठनिक सुद्धिकरण र सुदृढिकरणलाई केन्द्रबिन्दुमा राखेर प्रहरीको व्यवसायिकता झल्काउने र आफ्नो पहिचान राम्रो राख्ने गरी सकारात्मक सोचका साथ कार्यसम्पदान गर्नुपर्नेमा उनले जोड दिए ।
प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनको विधि र मापदण्डलाई कार्यान्वयन गर्ने, सोही अनुसार कार्यसम्पादन गर्ने र सिमान्तकृत एवम् पीडितवर्गहरूको सारथी भई उनीहरूको समस्या एवम् गुनासोलाई सम्बोधन गरी न्याय दिलाउन ध्यान दिनुपर्ने बताए । संगठनलाई आँच आउने, विधि उल्लघंन गर्ने र संगठनको नीति विपरीत काम गर्ने जो कोही प्रहरी कर्मचारीलाई कारबाहीको दायरामा ल्याइने उनले बताए ।
यसअघि नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य, प्रशासन विभागका प्रहरी नायव महानिरीक्षक केदार ढकालले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक विषयमा निर्देशन दिएका थिए ।न्युज कारखाना
काठमाडौं, ३० वैशाख। शंकरदेव क्याम्पस प्रमुख डा.कृष्णप्रसाद आचार्य र स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारीले आफूहरूमाथि लागेको आर्थिक अपचलनको आरोप खण्डन गरेका छन्। आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरूले आफूहरूमाथि लगाइएको आरोप प्रमाणित गरेर देखाउन चूनौति दिएका हुन्।
शंकरदेव क्याम्पस प्रशान र स्ववियूमाथि क्याम्पस प्रमुख, लेखा प्रमुख र स्ववियु पदाधिकारीसँग मिलेर आर्थिक अपचलन गरेको आरोप लागेको थियो। शंकरदेव क्याम्पस प्रमुख डा.आचार्यले आर्थिक हिनामिना र भ्रष्टाचार भइरहेको भन्ने आरोपमा आफू सहमत नरहेको बताए। उनले आफू क्याम्पस प्रमुख भएर आउनुअघिको नेतृत्वको कामकारबाहीबारे जिम्मेवार हुन नसक्ने बताउँदै आफ्नो नेतृत्वमा क्याम्पसको सबै कामकारबाही पारदर्शी रहेको दाबी गरे। उनले मिडियाबाट आएका समाचार कापोल्कल्पित, झुठा र निराधार रहेको बताए। उनले आफू क्याम्पस प्रमुख भएर आएपछिका सबै कामकारबाहीको जिम्मेवारी लिन तयार रहेको बताए।
‘यस शंकरदेव क्याम्पसमा विगत लामो समयदेखि आर्थिक हिनामिना र भ्रष्टाचार भइरहेको भनि लगाइएको आरोपको सम्बन्धमा म सहमत नरहेको र म क्याम्पस प्रमुख भई आउनुभन्दा अगाडिको सन्दर्भमा म जवाफदेही हुने कुरा भएन। म क्याम्पस प्रमुख नियुक्त भई आए पश्चात मात्र भए गरेका आर्थिक लगायत सम्पूर्ण काम कारवाहीको जिम्मेवारी लिन म सदैव तयार रहेको र मैले गर्ने गरेका हरेक काम कारवाहीहरू ऐन नियम संगत र पारदर्शि तवरबाट गर्ने गराउने गरेको जानकारी गराउँछु,’ उनले भने।
आफूमाथि लागेको आरोपको खण्डण गर्दै उनले क्याम्पस प्रशासनबाट विद्यार्थी संगठनहरुको लेटर प्याड दुरुपयोग नभएको बताए। उनले शैक्षिक भ्रमण, भौतिक संरचना निर्माण, शैक्षिक सामाग्री खरिदलगायतका क्याम्पसलाई आवश्यक पर्ने सामानहरू खरिद गर्दा खरिद समितिको सिफारिसमा क्याम्पस कार्यसमितिबाट निर्णय गराई बोलकबोल प्रक्रियाबाट प्रतिष्पर्धा गराई न्यूनतम दररेटमा छनोट गर्ने गरिएको बताए। शैक्षिक भ्रमण, भौतिक संरचना निर्माण, शैक्षिक सामाग्री खरिदलगायतका विषयमा कुनैपनि आर्थिक हिनामिना नभएको बताए।
केही व्यक्तिहरुलेले क्याम्पसबाट अनुचित लाभ लिनका लागि आफूलाई बारम्बार दवाब र दुर्व्यवहार गर्दै आएको पनि उनले बताए। उनीहरूको चाहना पूरा नगरिदिएवापत आफूले आरोप खेप्नुपरेको बताए।
स्ववियू अध्यक्ष सुशान्त बस्नेतले केही समूहरुले क्याम्पस प्रशासन र लेखाप्रमुखसँग मिलेर आर्थिक अपचलन गरेको आरोप लगाएको भन्दै उक्त आरोप प्रमाणित गरेर देखाउन चूनौति दिए। स्ववियू निर्वाचनपछि आफूहरुले विभिन्न रचनात्मक र सिर्जनात्मक कार्य गर्दै आएको उनले बताए।
आफूहरुले क्याम्पसलाई फरक पहिचान बनाउन सहयोग गरिरहेको बताए। आफूमाथि लगाइएका कुनै आरोप प्रमाणित भएर स्ववियूको जिम्मेवारीबाट राजीनामा दिएर सजाय भोग्न तयार रहेको उनको भनाइ छ। स्ववियु अध्यक्ष बस्नेतले शंकरदेव क्याम्पसमा नियमित कक्षा सञ्चालन, गुणस्तरीय शिक्षा, सुद्ध खानेपानी, व्यवस्थित शौचालयलगायत विद्यार्थीहरूका हरेक मुद्दा र समस्या समाधानमा केन्द्रीत रहेर आफूहरुले काम गरिरहेको बताए। आफूमाथि लागेको आरोप सत्यतथ्य छानविन भएर प्रमाणित भएमा आफू कारबाहीको भागिदार हुन तयार रहेको उनले बताए।
स्ववियु सचिव मदनराज उपाध्यायले शंकरदेव क्याम्पसमा विद्यार्थी पनि नरहेका, गैरविद्यार्थी र अराजक व्यक्तिहरुले आफूहरुमाथि आरोप लगाएको बताए। ‘शंकरदेव क्याम्पसमा विद्यार्थी पनि नरहेका, गैरविद्यार्थी र अराजक व्यक्तिहरुले हामीलाई केही लान्छना लगाउनुभएको छ। स्ववियु र शंकरदेव क्याम्पस यसको खेद प्रकट गर्न चाहन्छ,’ उनले भने।
स्ववियु र क्याम्पस प्रशासन निरन्तर विद्यार्थीको एजेण्डामा केन्द्रीत रहेको उनको भनाइ छ। स्ववियूले गरेका काम सिर्जनात्मक, रचनात्मक र कानुनी रुपमा बैद्य रहेको उनको भनाइ छ। गैरविद्यार्थीहरुको दवाब र प्रभावमा केही सञ्चार माध्यमहरुमा स्ववियू र क्याम्पस प्रशासनविरुद्ध समाचार आएको उनले बताए। आफूहरुमाथि छानविन भए अनुसन्धानमा सघाउन तयार रहेको पनि उनले बताए।न्युज कारखाना
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकारबाट बाहिरने तयारी गरेको छ । माओवादी केन्द्रले मधेश सरकार छोडेपछि जसपा नेपालले केन्द्रमा सरकार छोड्ने तयारी गरेको हो ।
जसपा नेपालका अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारबाट बाहिरिने विषयमा छलफल गर्न अहिले बैठक बसिरहेका छन् ।
यादवले आजै प्रधानमन्त्री र एमाले अध्यक्षसँग छलफल समेत गरेका थिए । छलफल सकारात्मक नभएसँगै माओवादी केन्द्रले आजै मधेशको सरकार छोडेको छ भने एमालेले पनि मधेशको सरकार छोड्ने तयारी गरेको छ ।
माओवादी केन्द्रले सरकार छोडेसँगै मधेश प्रदेशको जसपा नेपाल नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
जसपा नेपालका प्रतिनिधिसभामा ५ सांसद रहेका छन् ।
जनकपुरधाम । नेकपा माओवादी केन्द्रले मधेश प्रदेशको सरकार छोडेको छ । माओवादी केन्द्रका दुई मन्त्रीले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएर सरकारबाट बाहिरिएका छन् ।
राजीनामा दिनेमा उद्योग, बाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई र वन तथा वातावरणमन्त्री भरत प्रसाद साह रहेका छन् । साथै माओवादी केन्द्रले आजै सरकारबाट समर्थन फिर्ता लिने बताएको छ ।
योसँगै मधेश प्रदेसको सरकार अल्पमतमा परेको छ । यहि बैशाख ४ गते मुख्यमन्त्री यादवले विश्वासको मत लिदा ६१ मत पाएका थिए ।
१०७ सदस्यीय प्रदेश सभामा बहुमतको लागि ५४ मत आवश्यक पर्दछ । माओवादी केन्द्र बाहिरिएपछि अब उनको पक्षम ५२ मत मात्र रहेकोले सरकार अल्पमतमा परेको छ ।
मधेशमा एमालेका २५, नेपाली कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोसपाका ८, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७ तथा नेपाल संघीय समाजवादी पार्टी, नाउपा र राप्रपाका एक एक सांसद रहेका छन् ।न्युज कारखाना
काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका प्रमुख सचेतक, सचेतकहरूबीचको छलफल बिनानिष्कर्ष सकिएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री, दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक बसेको थियो । सभामुख घिमिरेले नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न बैठक बोलाएका थिए ।
जेठ १ मा सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्दै छन् ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो अडान कायम राखेको थियो । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति बनाएर संसद्को अवरोध हटाउन सरकारले अग्रसरता लिनुपर्ने धारणा राखेका थिए । उनले भने, ‘छानबिन समिति गठनको निर्णयबाट हामी पछि हटेका छैनौं । समिति गठन नभई अन्य कार्यसूचीमा सदन अगाडि बढ्दैन ।’
त्यस्तै बैठकमा एमाले र माओवादीसहितका सत्ता घटकले संसदीय छानबिन समिति गठन नगर्ने बताएका थिए ।
कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै संसद अवरोध गर्दै आएको छ ।
न्युज कारखाना
काठमाडौँ । कोशी प्रदेशको मुख्यन्यायाधिवक्ता रुपेश कोइराला पदमुक्त भएका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा कोइरालालाई आइतबार मुख्यन्यायाधिवक्तामा पद मुक्त गरेको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ । न्युज कारखाना
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आइतबार राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको हो ।
भेटमा देशको समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।
प्रधानमन्त्री प्रचण्डले जेठ १ गते संघीय संसदको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम राष्ट्रपति पौडेलले प्रस्तुत गर्ने कार्यक्रमको सन्दर्भमा भेट गरेको बुझिएको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठन नगरे सदन चल्न नदिने चेतावनी दिँदै आएको छ ।
यसैविषयमा आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरूसँग छाल्फा समेत गरेका छन् ।न्युज कारखाना
काठमाडौँ । सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न बोलाएको बैठक शुरु भएको छ ।
बैठकमा कानुनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक र सचेतकहरु सहभागी रहेका छन् ।
सभामुख घिमिरेले सिंहदरवारस्थित कार्यकक्षमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री, प्रमुख दलका प्रमुख सचेतक, सचेतकको बैठक बोलाएका हुन् ।
सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते अपराहन्न ३ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रस्तुत गर्ने तालिका रहेको छ ।न्युज कारखाना
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक सोमबार बस्ने भएको छ ।
कांग्रेसले संसदीय कार्यसमितिको बैठक अपराहन्न १ बजे संसदीय दलको बैठक अपराहन्न २ बजे बस्ने जानकारी दिइएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ ।
बैठकबाट कांग्रेसले मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पेश गर्ने सरकारको नीति तथा कार्यक्रम अवरोध गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ ।
कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको आरोप लगाउदै संसदीय छानबिन समितीको माग गरेर संसद अवरुद्ध गरिरहेको छ ।
कांग्रेसले आइतबार बिहान प्रधानमन्त्रीसँग छलफल गरेको र छलफल सकारात्मक भएको बताएको छ । न्युज कारखाना
काठमाडौं, ३० वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सहकारी ठगीविरुद्ध सदनसँगै सडक संघर्ष गर्नुपर्ने बताएका छन्। आइतबार काठमाडौंको नयाँ बानेश्वरमा नेपाल शिक्षक संघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले गाउँ–गाउँका गरिव जनता सहकारी ठगबाट पीडित रहेकाले जनस्तरमै सडक संघर्षको अपरिहार्यता रहेको औंल्याए।
राज्यको दोहन गर्दै जनतालाई ठगी गर्नेहरूलाई कानुनी दायरामा ल्याउन कांग्रेसको भूमिका थप सशक्त हुनुपर्ने महर बताउँछन्। ‘सरकार सहकारी पीडित जनताको पक्षमा देखिएन। आफ्नै क्याविनेटका सहकारी ठग मन्त्री र अन्य सहकारी ठगीका दोषिलाई संरक्षण गर्ने नाइके जस्तो देखियो’, उनले भने, ‘यस्तो अवस्थामा पीडितलाई न्याय दिन कांग्रेसले सदनसँगै जनताको माझमा रहेर सडक संघर्ष गर्नुपर्छ। ७७ वटै जिल्लामा संघर्षका कार्यक्रम अगाडि बढाउनु पर्छ।’
सहकारी ठगी जनतको जीवनसँग प्रत्येक्ष जोडिएको विषय भएको र ठगीएका जनता गाउँ–गाउँमा रहेकाले कांग्रेसको आन्दोलन पनि सडक हुँदै सदनसम्म केन्द्रित हुनुपर्ने महरको धारण छ ।
यस्तै नेता महरले सहकारी ठगीको अभियोग खेपिरहेका कुनै एक मन्त्रीका कारण संसदलाई अनिर्णयको बन्दी बनाउनु आपत्तिको विषय भएको बताएका छन्। सहकारी ठगीको आरोप लागेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई जोगाउन सिंगो सरकार लाग्नु र संसदलाई अनिर्णयको बन्दी बनाउनु लज्जाको विषय भएको महरको भनाइ छ।
लोकतन्त्रमा लुटतन्त्र र ठगतन्त्र नचल्ने भएकाले लामिछानेलाई तत्काल राजीनामा दिएर मार्ग प्रसस्त महरको चेतावनी छ।
संसदमा लामिछानेलाई बोल्न नदिने विषय पनि उत्तम नभएको महरको धारणा छ। ‘कुनै लघुताभाष नभएका गैरजिम्मेवार गृहमन्त्रीका कुरा पनि सुनौं। जताततै ठग्न पल्किएका गृहमन्त्रीले सदनमा जति प्रस्टिकरण दिए पनि जनता पत्याउने अवस्थामा छैनन्। उनले जनतामाथि घात गर्दै पूर्ण विश्वास गुमाइसके,’ महरले भने।
यसका साथै सहकारी ठगीमा अभियोजनपत्र दर्ता भइसकेर किटान भएका गृहमन्त्री लामिछाने, जिवी राईलगायत देशभरका संकटग्रस्त सहकारीको छानविन गर्न सरकारले तत्काल छानविन समिति बनाएर अनुसन्धान अगाडि बढाउनुपर्ने महरले माग गरेका छन्। सहकारी ठगकै कारण मान्छे मर्ने अवस्था पुगिसकेको प्रसंग उल्लेख गर्दै नेता महरले भने, ‘सहकारी गठहरूकै कारण मुलुकको अर्थतन्त्र तहस नहसको अवस्थामा पुगेको छ। जनताको कराडौं रुपैयाँ डुबेको छ। जनता मर्न बाध्य छन्। यस्तो अवस्था सिर्जना गर्नेहरुको संरक्षणमा सरकार नै किन लागेको होला? भनेर अचम्म लागिरहेको छ।’
महरले सरकारमात्र नभएर सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि छानविन समिति बनाउन बाधा खडा गरिरहेको आरोप लगाएका छन्। ‘सहकारी ठगीको निश्पक्ष छानविन भयो भने एमालेलगायत गठबन्धनमा संलग्न दलका धेरै नेताहरू अनुसन्धानको दायरामा आउन सक्ने भएकाले एमाले अध्यक्ष ओलीलगायत छानविन समिति बनाउन बाधा खडा गरिरहनु भएको छ,’ उनले भने।
संसदीय व्यवस्थाको पक्षपाती दल कांग्रेस भएकाले संसदीय कामकारबाहीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा गम्भीर बन्नु पर्ने महरको धारण छ। ‘सदनमा जुनसुकै मन्त्रीले पनि बोल्न पाउनुपर्छ। विश्व राजनीतिमा यो संसदीय व्यवस्थाको सुन्दर पक्ष पनि हो। संसदको ठूलो दल कांग्रेस भएकाले हाम्रो भावनालाई लत्याएर अगाडि बढ्ने सभामुखको चलखेल पनि कपटपूर्ण देखिन्छ। सभामुख तथष्ट हुनुपर्छ’, उनले भने। राजनीतिक बेइमानी गरेर सदनलाई अगाडि बढाउन खोजे त्यो कांग्रेसका लागि स्वीकार्य नहुने महरको चेतावनी छ।न्युज कारखाना
काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच भेट भएको छ। दुबै नेताबीच आइतबार बिहान कोइरालाको सचिवालय विशालनगरमा भेटघाट भएको छ।
नेता कोइराला र महामन्त्री थापाको यो नियमित भेटघाट रहेको बुझिएको छ।
भेटघाटमा कोइराला र थापाबीच राष्ट्रिय राजनीति, संसदमा कांग्रेसले जारी राखेको अवरोध र पार्टीको आन्तरिक गतिविधिका बारेमा कुराकानी भएको थियो।
भेटमा महामन्त्री थापाले शनिबार राष्ट्रपति र आइतबार प्रधानमन्त्रीसँग भएको भेटघाटबारे कोइरालालाई जानकारी गराएका थिए। न्युज कारखाना
काठमाडौं- नेकपा एमाले सर्लाहीका सदस्य डा. नवलकिशोर साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन्।
साहलाई आजपा अध्यक्ष प्रभु साहले आइतबार पार्टीमा प्रवेश गराएका हुन्।
उनलाई आजपा अध्यक्ष साहले टिका खादा लगाएर स्वागत गरे। पार्टीमा स्वागत गर्दै साहले उनलाई प्रवेशको उज्जवल राजनीतिक भविष्यको शुभकामना दिए। न्युज कारखाना
काठमाडौँ । प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताएका छन् ।
चौधौँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नर्सहरूको सेवा–सुविधा सन्तोषजनक एवं एकरूपता नभएकाले त्यसलाई सुधार गर्नुपर्ने बताएका हुन् ।
‘नर्सहरूको सेवा–सुविधामा एकरूपता छैन, निजी अस्पताल, निजी नर्सिङ कलेज, नर्सिङ होमहरूमा सरकारको न्यूनतम पारिश्रमिकसरह सेवा सुविधाको सुनिश्चिता हुनुपर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘उत्पादित जनशक्तिलाई स्वदेशमै रोजगारीको व्यवस्थाका निम्ति आवश्यक नीतिगत प्रबन्ध गरिनेछ ।’
पछिल्लो समय स्वास्थ्य सेवा प्रवाह र सेवा विस्तारका क्षेत्रमा नेपालले महत्त्वपूर्ण प्रगति गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले हालसम्म नेपालमा अनमीदेखि विद्यावारिधिसम्म पढ्ने नर्सहरूको आकर्षण बढ्दो क्रममा रहेको बताए ।
‘नर्सिङ क्षेत्रमा देखिएको आकर्षणले यस क्षेत्रमा राम्रो सम्भावना र भविष्य रहेको छ भन्ने देखाएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यस क्षेत्रको उचित व्यवस्थापन र युगानुकूल विकासका निम्ति वैज्ञानिक नीति, योजना र कार्यक्रम तर्जुमा गर्नुपर्ने जिम्मेवारी थपिएको छ ।’
नेपालका अस्पतालहरूमा नर्स विरामीको अनुपातअनुसार दरवन्दी कायम नभएकाले नर्सहरूको कार्यभार बढिरहेको विषयबारे सरकार जानकार रहेको बताउँदै प्रधानमन्त्रीले अर्थतन्त्रका आन्तरिक र बाह्य दुवै सूचकहरूमा सकारात्मक परिवर्तन आइरहेकाले निकट भविष्यमा नर्सहरूको सेवासुविधा र दरबन्दीको विषयलाई सम्बोधन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नर्सिङ सेवामा कार्यरत प्राविधिक जनशक्तिले लामो समयसम्म ‘इन्टर्न’मा काम गर्नुपर्ने र जागिर पाएका नर्सहरूको पनि पारिश्रमिक न्यून रहने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै प्रधानमन्त्रीले ग्रामीण र दूरदराजमा काम गर्ने नर्सहरूका लागि प्रोत्साहनका कार्यक्रमहरू ल्याउनुपर्नेमा जोड दिए ।
उनले कार्यस्थलमा काममा विभेद हुने गरेको र वर्षौं काम गर्दासमेत नर्सिङ पढ्दाको खर्च उठाउन मुस्किल हुनेजस्ता समस्या भोग्नु परिरहेको समस्यालाई क्रमशः सम्बोधन गर्दै जानेगरी नीतिगत व्यवस्था गरिने बताए । न्युज कारखाना
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरोको बैठक सोमबार हुने भएको छ ।
पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल गर्न बैठक बोलाइएको हो ।
बैठकमा पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रतिवेदनको मस्यौदा प्रस्तुत गरिने छ ।
पार्टीको आज सम्पन्न हुने स्थायी कमिटीका निर्णय उपर पनि बैठकमा छलफल हुनेछ। बैठकले आगामी जेठ १ र २ गते आह्वान गरिएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने कार्यसूची अनुमोदन गर्नेछ।
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदैछ ।न्युज कारखाना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले राजीनामा दिएका छन् ।
नेपालको राजीनामा आज राष्ट्रपतिले स्वीकृत गरेको राष्ट्रपतिको कार्यलयले जानकारी दिएको छ । डा. नेपाल सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेपछि गरको टिप्पणीका कारण विवादमा परेका थिए । यस विषयमा उनले गरेको टिप्पणीप्रति राष्ट्रपति असन्तुष्ट बनेको बताइएको थियो ।
राष्ट्रपति कार्यालयले भनेको छ- ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष आर्थिक विज्ञ डा. चिरञ्जिवी नेपालले दिनुभएको राजिनामा सम्माननीय राष्ट्रपतिज्यूले सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ। साथै, सम्माननीय राष्ट्रपतिज्यूले डा. नेपालले आफ्नो पदमा रही पुर्याउनु भएको सेवाका लागि धन्यवाद समेत दिनुभएको छ ।’न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफल सकारात्मक भएको नेपाली कांग्रेसले जनाएको छ ।
बैठक पछि प्रतिक्रिया दिदै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आफूहरुको मागमा प्रधानमन्त्री सकारात्मक भएको बताएका हुन् । उनले भने-‘हामीले हाम्रो पूर्व अडान राख्यौं, प्रधानमन्त्री यसमा सकारात्मक हुनुहुन्छ ।’
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण प्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए ।
कांग्रेसले भने गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने अडान राख्दै आएको छ । शु्क्रबार सहकारी ठगी प्रकरणमा लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै संघीय संसदका दुवै सदन अवरुद्ध गरेको थियो ।
कांग्रेसले आगामी बैठकमा पनि अवरोध गर्ने चेतावनी दिएपछि सरकार अप्ठ्यारोमा परेको छ ।
लेखकले सोमबार बस्ने संसदीय कार्यसमिति र संसदीय दलको बैठकले थप निर्णय गर्ने बताए । कांग्रेसले सोमबार अपराह्न २ बजे संसदीय दलको बैठक बोलाएको छ ।न्युज कारखाना
काठमाडौँ । सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न कानुनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक र सचेतकहरुको बैठक बोलाएका छन् ।
सभामुख घिमिरेले आज दिउँसो २ बजे सिंहदरवारस्थित कार्यकक्षमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री, प्रमुख दलका प्रमुख सचेतक, सचेतकको बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ ।
सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते अपराहन्न ३ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रस्तुत गर्ने तालिका रहेको छ ।न्युज कारखाना
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले झापास्थित गिरीबन्धु चिया बगान (गिरीबन्धु टि–इस्टेट) प्रकरणमा तत्कालिन केपी ओली नेतृत्वको सरकारलाई कारवाही गर्नुपर्ने टिप्पणी गरेका छन् ।
बालेनले सामाजिक संजालमा टिप्पणी गर्दै गिरीबन्धु टी-स्टेट जग्गा प्रकरणमा झन्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने तत्कालीन केपी ओली सरकारको निर्णयलाई सर्वोच्चको संवैधानिक इजलासले उल्टाएको उल्लेख गर्दै अब तत्कालिन ओली नेतृत्वको सरकारलाई अहिलेको सरकारले कारवाही गर्नुपर्ने बताएका छन् ।
अहिलेको अवस्थामा सो जग्गाको मुल्य १० अरब भन्दा धेरै भएको भन्दै बालेनले तत्कालीन सरकारलाई कारबाहीको भागिदार बनाउनु पर्ने बताएका छन् । उनले जग्गाको बैना गरेका सबैलाई कानुनी प्रकृयाबाट बैना फिर्तामा जान आग्रह गर्दै अब जग्गा प्राप्तीको बाटो सकिएको उल्लेख गरेका छन् ।
साथै उनले देशको अरबौको सम्पत्तिलाई एकल प्रयासले जोगाउन सफल महानगरका कानुनी सल्लाहकार समेत रहेका ओम प्रकाश अर्याललाई धन्यवाद समेत दिएका छन् ।न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापतिसहित शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापालगायतका नेताहरु सहभागी रहेका छन् ।
प्रधानमन्त्रीले संसद्को गतिरोध अन्त्यका लागि कांग्रेससँग छलफल शुरु गरेका हुन् । सरकारले कांग्रेसलाई समग्र समस्याग्रस्त सहकारी छानबिन गर्न आयोग गठन गर्ने र दोषी देखिएका सबैलाई कारबाही गर्ने प्रस्ताव गरेको बुझिएको छ ।
कांग्रेसले भने गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने अडान राख्दै आएको छ । शु्क्रबार सहकारी ठगी प्रकरणमा लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै संघीय संसदका दुवै सदन अवरुद्ध गरेको थियो ।
कांग्रेसले आगामी बैठकमा पनि अवरोध गर्ने चेतावनी दिएपछि सरकार अप्ठ्यारोमा परेको छ ।न्युज कारखाना
राष्ट्रिय बिभुति सिता माताको सम्मान स्वरूप साे जयन्ती मनाउन लागेको हाे ।
बिशेष कमिटीको बैठकले यही जेठको ३ गते जानकी जयन्ती मनाउने निर्माण गरेको छ ।
आज पार्टीको केन्द्रीय मुख्यालय बसेको उक्त बैठकले जानकी जयन्ती मनाउने, भन्सारको लुटकारी प्रावधान विरुद्धको आन्दोलनलाई अझ प्रभावकारी बनाउने तथा कवाड ब्यवसायीहरुको हित रक्षाको लागि बिशेष अभियान संचालन गर्ने निर्णय गरेको आम जनता पार्टीका अध्यक्ष एवम् राैतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले जानकारी गराएका हुन् ।
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठक बोलाएका छन् ।
प्रदेशको समग्र विकास र समृद्धिका लागि साझा धारणा बनाउन भन्दै मुख्यमन्त्री कँडेलले जेठ ४ गते सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
मुख्यमन्त्री कँडेलेको सचिवालयका अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रदेश अध्यक्ष, संसदीय दलका नेता तथा प्रमुख सचेतकलाई बैठकमा सहभागीका लागि आग्रह गरेका छन् ।
सर्वदलीय बैठकमार्फत मुख्यमन्त्री कँडेलले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुबीच आसन्न नीति तथा कार्यक्रम र बजेटका विषयमा साझा सहमति खोज्ने प्रयास गरेको बताइएको छ ।
कर्णाली प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, एकिकृत समाजवादी र राप्रपाको प्रतिनिधित्व रहेको छ ।न्युज कारखाना
काठमाडौं । नेपाली कांग्रेसले सरकारले संसद चल्न नदिनेतर्फ उद्दत हुदै गएको निष्कर्ष निकालेको छ ।
शनिबार कांग्रेस पदाधिकारी बैठकले आफूहरुले संसदको गतिरोध अन्त्य गर्ने कुरामा लचकता राख्दाराख्दै पनि सरकार र सभामुख संवेदनशील नभएको निष्कर्ष निकालेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै महामन्त्री गगनकुमार थापाले सरकार संसदीय समिति पनि नबनाउने र संसद पनि चल्न नदिनेतर्फ उद्धत भएको निष्कर्ष निकालेको जानकारी दिए ।
उनले आफूहरु चाहिनेभन्दा बढी लचकदार भइरहेको उनले बताउदै उनले भने- ‘संसद् पनि चल्न नदिने, छानविन समिति पनि बनाउन नदिनेतर्फ सरकार उद्धत भएको भन्ने हाम्रो आजको छलफलको निष्कर्ष रह्यो ।
महामन्त्री थापाले आगामी दिनमा संसद्का कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्न आगामी सोमबार १ बजे संसदीय दलको बैठक आह्वान गरिएको जानकारी दिए । उनले आफूहरुको माग र पोजिसन तलमाथि नहुने बताए । न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले अहिलेको सत्ता संगतले आफ्नो विचार र स्वत्व गुमाउनुपर्ने टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै कार्कीले ‘अनेक गरिन्छ तर सत्ता जोगाइन्छ’ वालाको संगतले पुर्याउने सत्तासम्मन् मात्रै भएको कार्कीले उल्लेख गरेका हुन् ।
रास्वपामा सभापति एवं गृहमन्त्री लामिछानेको एक्लो आलोचकका रूपमा चिनिने कार्कीले आँखा खोल्न आग्रह गरेका छन् ।
उनले भनेका छन्-
‘अनेक गरिन्छ तर सत्ता जोगाइन्छ’ वालाको संगतले पुर्याउने सत्तासम्मन् हो, तर त्यसको मूल्यमा आफ्नो सम्भावना र अरूले आफुप्रति गरेको आशा गुमाउनु पर्छ । ‘म हुन्न भने यो कुर्सी नै भाचिदिन्छु’ वालाको संगतले पुर्याउने ओठेजवाफसम्मन् हो, तर त्यसको मूल्यमा आफ्नो विचार र स्वत्व गुमाउनु पर्छ ।
अघिल्लो स्टाटस लेखेको थिएँ – ‘हिजो संसदको रोष्ट्रम घेर्ने क्रममा सांसद टेकबहादुर गुरूङ र ज्ञानेन्द्र बहादुर कार्कीसमेत मिसिएर अहिले सदाचार, पारदर्शीता र कानूनीराज सिकाउँदैछन् । यो दृष्य दुखद मात्र होइन, आँखा खोल्नु पर्ने किसिमको पनि छ । आँखा खोलौँ ।’ पटक पटक लेख्छु, आँखा खोलौँ । न्युज कारखाना
काठमाडौँ । पासाङ ल्ह्यामु राजमार्गको वेत्रावती–धुन्चे–स्याफ्रुबेंसी हुँदै उत्तरी छिमेकी चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ जोड्ने सडकको वैकल्पिक बाटो निर्माणमा जोड दिन एक प्रतिनिधिमण्डलले अर्थमन्त्री वर्षमान पुनसँग माग गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्षसमेत रहेका सांसद बुद्धिमान तामाङको नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री पुनलाई भेटी गल्छी धुन्चे– स्याफ्रुबेंसीको वैकल्पिक मार्गका रुपमा धादिङको मलेखु, रुबिभ्याली हुँदै केरुङ जोड्ने सडक निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन् ।
धादिङको मलेखु हुँदै केरुङसम्मको सडकको ट्र्याक खोल्ने काम सकिएको जनाउँदै तामाङ नेतृत्वको टोलीले उक्त बाटोको स्तरोन्नतिका लागि आगामी बजेटमा रकम विनियोजन गर्न माग गरेका छन्। धादिङतर्फको बाटो निर्माण हुँदा कुनै कारणले वेत्रावती–धुन्चे–स्याफ्रुबेंसी हुँदै केरुङ सडक अवरुद्ध हुँदा विकल्प खुला हुने राप्रपाको जोड छ ।
त्यसले उत्तर–दक्षिण जोड्ने छिटो र छरिता बाटो पनि हुने जनाउँदै तामाङले भने, ‘ट्रयाक खोल्ने काम सकिएकाले त्यसको स्तरोन्नतिमा ध्यान दिन सके वैकल्पिक मार्ग मात्र होइन दक्षिणी छिमेकी भारत जोड्ने छोटो अन्तर्राष्ट्रिय मार्ग हुनेछ।’ यो सडक काठमाडौंलाई चीनसँग जोड्ने सडक मात्र नभएर नेपाली भूमि हुँदै भारत र चीन जोड्ने पनि सबैभन्दा छोटो सडक हुने उनले दाबी गरे।
पृथ्वी राजर्मागअन्तर्गत मलेखुबाट धादिङ बेसीसम्म १८ किलोमिटर दूरी छ भने त्यहाँबाट उत्तरी धादिङको तिप्लिङ खण्ड ८० किलोमिटर रहेको छ। तिप्लिङदेखि रसुवाको सिमाना सोमताङसम्म २७ र त्यहाँबाट स्याफ्रुबेंसी हुँदै टिमुरेसम्म ४७ किलोमिटर दूरी छ ।
राप्रपाका सांसदहरू ध्रुवबहादुर प्रधान, दीपकबहादुर सिंह, ज्ञानेन्द्र शाही, विना लामा, विना जैसवाल र अनिसा नेपालीसहितको भेटमा अर्थमन्त्री पुनले धादिङको मलेखुबाट रसुवाको स्याफ्रुबेंसी हुँदै रसुवागढी नाका जोड्ने कच्ची सडक बनिसकेको अवस्थामा त्यसको स्तरोन्नतिका बजेट विनियोजन गर्दै वैकल्पिक मार्गका रुपमा विकास गर्न सरकारले आवश्यक योजना अघि सार्ने आश्वासन दिएका छन् । न्युज कारखाना
काठमाडौं । कवाड व्यवसायीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आफूहरुको व्यवसायमा काठमाडौं महानगरपालिकाले अवरोध गरेको भन्दै ध्यानाकार्षण गराएका छन् ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कवाड व्यवसायी समाज नेपालका अध्यक्ष रामकेवल गुप्ताको नेतृत्वमा पुगेका व्यवसायीहरुले काठमाडौं महानगरपालिकाभित्र दर्ता भई आफ्नो पेशा तथा व्यवसाय गर्दै आएका कवाडी व्यवसायीहरुलाई विस्थापित गराउनेगरि महानगरभित्रका वडा कार्यालयहरुबाट परिपत्र जारी गरिएकोमा आपत्ति जनाएका हुन् ।
महानगरले आफूहरुको व्यवसायिक फर्मको दर्ता नविकरणसमेत नगरेको उनीहरुको गुनासो थियो । उनीहरुले आफूहरुले प्रचलित कानूनबमोजिम दर्ता भएर सरकारलाई कर तिर्दै आएको कुरा पनि प्रधानमन्त्री दाहाललाई अवगत गराएका थिए ।
सम्मानित अदालतबाट कवाडी व्यवसायीका घर तथा टहराको संरचनालाई क्षति पुग्ने वा भत्काउने कार्य नगर्नु नगराउनु भनि (उच्च अदालत) बाट काठमाडौं महानगरपालिकाको नाममा आदेशसमेत जारी भएको कुरा उनीहरुले प्रधानमन्त्री दाहाललाई स्मरण गराएका थिए ।
सो क्रममा प्रधानमन्त्री दाहालले कवाड व्यवसायीहरुको व्यवसायको सुरक्षाको प्रत्याभूति गराउनको लागि सरकारले आवश्यक कदम चाल्ने विश्वास दिलाएका थिए । अदालतको आदेशविपरित कोहीपनि जान नमिल्ने प्रधानमन्त्री दाहालको भनाई थियो ।न्युज कारखाना
चितवन । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाएका छन् ।
शनिबार विहान चितवन पुगेका लामिछानेले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा जीबी राइलाई अघिल्लो सरकारले भगाएको आरोप लगाउदै ‘भगाएको मान्छे’ लाई खोज्न समय लाग्ने प्रतिक्रिया दिएका हुन् ।
जीबी राई किन पक्राउ पर्न सकेनन् ? भनेर सोधेको प्रश्नको जवाफमा गृहमन्त्री लामिछानेले भने- ‘भगाइसकेको मान्छेलाई खोज्न समय लाग्ने भएकाले हर कोसिस भइरहेको छ ।’ त्यसपछि त्यसो भए कसले भगायो ? भन्ने प्रश्नमा उनले भने- ‘भाग्दाखेरी सरकारमा को थियो ?’
उनले जीबी राईका सन्दर्भमा केही प्रक्रिया पूरा गर्नुपर्ने भएकाले समय लागेको बताए । उनले संसद्मा आफूलाई बोल्ने अधिकारबाट वञ्चित गरिएको भन्दै गुनासो गरेका थिए ।न्युज कारखाना
काठमाडौँ । नेकपा एमाले कपिलवस्तुको १०औं जिल्ला अधिवेशनबाट बाबुराम खनाल जिल्ला अध्यक्षमा निर्वाचित भएका छन् ।
शुक्रबार साँझ सम्पन्न निर्वाचनमा खनालले निवर्तमान अध्यक्ष डम्मर शर्मालाई २५ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । खनालले २७८ मत प्राप्त गर्दा निवर्तमान अध्यक्ष शर्माले २५३ मत पाए ।
यसैगरी उपाध्यक्षमा शंकर पाण्डे १०८ मतान्तरले विजयी भएका छन् । शंकरले ३०२ मत प्राप्त गर्दा प्रत्यासी भेषराज पाण्डेले २१० मत पाएका छन् । सचिवमा सिवि गहतराज ३०४ मत ल्याउँदा विश्व कार्कीले २१२ मत प्राप्त गरेका छन् ।
उपसचिवको खुलातर्फ देविबहादुर पोख्रेलले १४७ मत र महिलातर्फ सुशीला दर्लामीले ३३२ मत ल्याई निर्वाचित भएका छन् ।न्युज कारखाना
काठमाडौँ । संसदको बजेट अधिवेशन शुक्रबार देखि शुरु भएपनि यो अधिवेशन सहज रुपमा चल्ने संकेत भने देखिएन ।
संसद अधिवेशनको पहिलो दिन दुवै सदन राष्ट्र्रिय सभा र प्रतिनिधि सभा अवरुद्ध गरियो र बैठक सुचारु हुन सकेन । अब दुवै सदनको बैठक जेठ १ गतेका लागि तोकिएको छ । सो दिन राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
पहिलो दिन दुवै सदनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमा प्रमाण देखिएको भन्दै संसदीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने अडान लियो । दुई पटक बसेको प्रतिनिधिसभामा कांग्रेसले उठेर विरोध मात्र गरेन नाराबाजी समेत गर्यो । कांग्रेसको अवरोधका बीच सभामुख देवराज घिमिरेले बैठक संचालन गर्न खोजेपछि कांग्रेसले वेल घेराउ गर्दै नारबाजी गरेको थियो ।
दोस्रो बैठकमा सभामुखले बैठक शुरु हुनासाथ गृहमन्त्री लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेसका सांसद झन उत्तेजित बनेका थिए । उनीहरुले गृहमन्त्रीलाई रोष्टममै जानबाट रोकेपछि उनले सम्बोधन भने गर्न पाएनन् । सभामुखले बैठक जसरी पनि संचालन गर्न खोजेको बाट संसदमा अब भिडन्तको संकेत बुझ्न सकिन्छ ।
सरकारसँग कांग्रेसको माग बमोजिम संसदीय समिति गठन गर्ने विकल्प देखिदैन । किनकी संसदीय समिति गठन गरेमा गृहमन्त्री लामिछानेले सरकार छोड्ने चेतावनी दिदै आएका छन् । उनको दल रास्वपाले सरकार छोडेमा प्रचण्ड नेतृत्वको सरकार सिधै अल्पमतमा पर्ने हुनाले सरकारले संसदीय समिति गठन गर्ने सम्भावना तत्कालका लागि देखिदैन ।
अर्कोतर्फ कांग्रेसले यो विषयलाई अब यतिकै नछोड्ने मुडमा देखिएको छ । अघिल्लो संसद अधिवेशनमा अलि सफ्ट रुपमा प्रस्तुत भएको कांग्रेसले यस अधिवेशनको पहिलो दिन नै कडा रुपमा प्रस्तुत भयो र अब नीति तथा कार्यक्रम वा बजेट भनेर यो विषयको टुंगो नलागेसम्म अर्थात कांग्रेसको भनाईमा संसदीय समिति गठन नभएसम्म संसद चलन नदिने स्पष्ट गरको छ ।
शुक्रबारको बैठकमा महामन्त्री गगन थापाले अब संसदीय समिति गठन नभएसम्म संसदको काम कारवाहीमा सहयोग नगर्ने घोषणा गरेका थिए । साथै उनले गृहमन्त्री लामिछानेले आफैले निवेदन दिएर ऋण लिएको प्रमाण रहेको भन्दै एक अर्ब भन्दा बढी ठगी भएको संसदमा बताएका थिए ।
गगन थापाको सो दाबिलाई गृहमन्त्री लामिछानेले भने संसद बाहिर पत्रकारहरुसँग कुरा गर्दै चुनौती दिएका छन् । उनले गगन थापालाई सिधै चुनौती दिदै आफुले निवेदन लिएर ऋण लिएको प्रमाण दिए राजनीति नै छोडिदिने बताएका हुन् ।
समग्रमा संसदको बजेट अधिवेशनको पहिलो दिनले राम्रो संकेत गरेको छैन । सरकारले जबर्जस्ती गरेर अगाडी बढ्ने र प्रतिपक्ष आफ्नो अडानमा कायम रहने संकेत पहिलो दिनको संसद बैठकले गरेको छ । सत्ता पक्ष र विपक्षको यो राजनीतिक टकरावले सरकारको नीति तथा कार्यक्रम तथा जेठ १५ गते पेश गर्नैपर्ने बजेट प्रभावित हुनसक्ने सम्भावना देखिएको छ ।न्युज कारखाना
राैतहट,२८ गते वैशाख । आम जनता पार्टी (आजपा)ले शुक्रबार भन्सार विभाग घेराउ गरेको छ । भन्सार कानुनमा रहेको ४५ प्रतिशत रकम सूचकलाई दिइने प्रावधानविरुद्ध आजपाले चौथो चरणको आन्दोलन सुरुआत गर्दै विहीवार भन्सार विभाग घेराउ गरेको हो । आन्दोलनकारीहरूले भन्सार विभागमा अब आन्दोलनकारी हरुले ताला लगाउने बताएका छन् । आजपाकै शब्दमा भन्सारको लुटकारी प्रावधान विरुद्ध जारी आन्दोलन आज आठौ दिन पुगेको छ । आम सम्पर्क मञ्चले शुरू गरेको भन्सार बिभाग घेराउ कार्यक्रम अब तालाबन्दीको स्तरमा पुगेको आजपा नेता बिजय यादवले बताए । भदौबाट सरकारलाई ज्ञापनपत्र बुझाएर शुरू गरिएको चरणबद्ध आन्दोलन आज चौथो चरण सम्म पुगदा पनि सुनवाई नभए पछी आन्दोलनक़ारीहरु उग्र भएको हो । भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रको जनताको निजी सम्पति लुट्ने काम रोकन र भन्सार कानुनमा रहेको कथित ४५% पुरस्कारको लूटकारी प्रावधान हटाउन शुरू भएको यो आन्दोलन क्रमश प्रभावकारी बन्दै गएकोछ ।
हेटौडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन यही वैशाख ३१ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय र सिफारिस बमोजिम प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेका हुन् ।
बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आगामी जेठ ४ गते प्रदेशसभा अन्तर्गतका विभिन्न पाँच वटा समितिको सभापति पदको निर्वाचन गर्ने विषयमा सबै दलबीच सहमति भएको बताए ।
सभामुख पाठकले जेठ ४ गतेसम्म सहमतिको प्रयास गर्ने र सम्भव नभए निर्वाचनमार्फत सभापतिको चयन गर्ने बताएका छन् । प्रदेशसभाको नियमावली २०७४ अनुसार प्रदेशसभामा पाँच वटा विभिन्न समितिहरु रहने व्यवस्था छ ।
प्रदेशसभामा अहिले प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, कृषि, स्वास्थ्य तथा शिक्षा समिति, पर्यटन, उद्योग तथा वाणिज्य समिति, र भूमी तथा सहकारी व्यवस्था समिति छन् ।न्युज कारखाना
विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन आह्वान गरेका छन् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले ३१ वैशाखमा प्रदेशको बजेट अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को सिफारिसपछि प्रदेश प्रमुख पर्शुराम खापुङले ३१ बैशाख विहान ११ बजे बस्ने गरि प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन आह्वान गरेका हुन् ।न्युज कारखाना
वीरगन्ज । वीरगन्ज महानगरपालिकाका पूर्व मेयर विजय सरावगीले नेकपा एमाले परित्याग गरेका छन् । सरावगीले गत बुधबार नै एमालेको साधारण सदस्यसमेत नरहने गरि एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीलाई राजिनामा पत्र पठाएको भएपनि उक्त राजीनामा पत्र शुक्रबार मात्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।
नेकपा एमालेका केन्द्रीय परिषद् सल्लाहकार सदस्य रहेका सरावगीले एमाले पार्टीमा आफूलाई कुनै भूमिका नदिइएको,निष्क्रिय बनाएर राखिएको भन्दै एमालेबाट राजीनामा दिएको जनाएका छन् । यसपछि आफू कुनैपनि दलमा नलाग्ने र स्वतन्त्र रुपमा समाजसेवामा लाग्नेपनि उनले बताएका छन् ।
यद्यपि उनले कुनै दलमा नलाग्ने बताएपनि उनि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा फेरि फर्कने चर्चा सर्वत्र छ। सरावगीले यसअघ गत बुधबार नै आफूले एमाले छाड्ने मनशाय बनाएको बताएका थिए ।
२०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम हालको जसपाबाट वीरगन्ज महानगरको मेयरमा निर्वाचित भएका सरावगी गत स्थानीय तह निर्वचन भन्दा पहिले २०७८ साल फाल्गुन २८ गते जसपा छाडेर एमालेमा प्रवेश गरेका थिए । गत निर्वाचनमा सरावगी एमालेबाटै वीरगन्ज महानगरको मेयरमा चुनाव लडेर पराजित भएका थिए । त्यसपछि उनलाई एमालेले २०७९ साल असार २७ गते एमालेको केन्द्रिय सल्लाहकार परिषदको सदस्यमा मनोनित गरेको थियो ।न्युज कारखाना
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् । शुक्रबार संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले रवि लामिछानेको बचाउ गरेका हुन् ।
ओलीले लामिछानेको विरुद्धमा कहिँ कतै उजुरी नभएको भन्दै कांग्रेसले लगातार छानबिन समितिको माग गरेर छुद्र राजनीति गरेको आरोप लगाए ।
उनले भने- ‘प्रतिशोधी र स्वार्थ केन्द्रित राजनीति मात्र होइन । नेपाली कांग्रेसको यस्तो तरिका फेयर छैन । हामीले राजीनामा मागेका छैनौ भन्नुभयो उहाँहरूले । राजीनामा अहिले मागेको पो छैन । केही पनि नहुँदा समिति बनाऔँ भन्नेहरूले समिति
बनिसकेपछि आफ्नै बारेमा छानबिन गर्न आफैँ उपस्थित भएको संसद्ले समिति बनाइसकेपछि मन्त्रीको पदमा बस्न मिल्छ ? भनेर तत्काल राजीनामाको खेल सुरु गर्नुहुन्छ ।’न्युज कारखाना
सल्यान । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा सङ्घीय सरकारले कार्यान्वयन गर्दै आएका साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरेर सङ्घीयतालाई थप सबल तुल्याइने बताएका छन् ।
दार्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस वर्षदेखि बजेटसम्बन्धी नीति र कार्यतालिका परिमार्जन गरेर सङ्घीयता सबल बनाउन लागिएको बताए ।
“योजनामा देखिएको दोहोरोपना अन्त्य गर्ने, ३ करोडभन्दा साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यी प्रयासहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्नेछन् ।”
आफूले तेस्रोपटक सरकारको नेतृत्व गरेपश्चात सबैभन्दा बढी ध्यान सङ्घीयता कार्यान्वयनमा लगाइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले यस अवधिमा राष्ट्रिय समन्वय परिषद्का दुई बैठकहरू सम्पन्न भई महत्त्वपूर्ण निर्णयहरू भएको बताए ।
स्थानीय तहले सङ्घीयताको असल अभ्यास गर्न सकेमा प्राकृतिक साधनस्रोतको संरक्षण र बहुआयमिक परिचालन, ग्रामीण अर्थतन्त्रको सशक्तिकरण, सामाजिक सूचकहरूमा बढोत्तरी लगायतका रणनीतिक महत्त्वका कामहरूको साथै सेवाप्रवाहका क्षेत्रमा महत्त्वपूर्ण काम गर्न सकिने बताउँदै प्रधानमन्त्री प्रचण्डले प्रदेश र स्थानीय तहको साझा अधिकार सूचिसमेतको सही अभ्यास हुँदा स्थानीय तहले ग्रामीण अर्थतन्त्रको सवलीकरणसहित राष्ट्रिय अर्थतन्त्र निर्माणमा गुणात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे ।
सरकार भन्नेवित्तिकै नागरिकको मन मस्तिष्कमा स्थानीय जनप्रतिनिधि र कर्मचारीहरू नै अग्रपङ्क्तिमा आउने उल्लेख गर्दै उहाँले स्थानीय जनप्रतिनिधि, कर्मचारी र सुरक्षा अङ्गको सोच्ने तरिकाले नै त्यहाँका सेवाप्रवाह थाहा हुने बताए ।
“सेवाप्रवाह कति चुस्त र जनउत्तरदायी छ भन्ने कुराले सरकारको छवि आम नागरिकमा स्थापित हुन्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यसर्थ, राज्यप्रति नागरिकको आत्मीयता र अपनत्वबोधका निम्तिसमेत स्थानीय सरकार र जनप्रतिनिधिहरूले काम गर्नुपर्दछ ।”
दार्माको मुकाम फारूला छोएर रोल्पाबाट सल्यान, रूकुम पश्चिमको चौरजहारी, जाजरकोट हुँदै जुम्ला जिल्लाबाट रारा जोड्ने सडकको कालोपत्रेका लागि सरकारको तर्फबाट आवश्यक पहल लिइने बताउँदै प्रधानमन्त्रीले दुग्ध सहकारीहरूमार्फत दार्मालाई दुध पकेट क्षेत्र घोषणा गरी विशेष कार्यक्रम अगाडि बढाउन सङ्घीय सरकारको तर्फबाट सहयोग हुने विश्वास दिलाए ।
जाजरकोट भूकम्पका लाभग्राहीहरूको आवास निर्माण, विद्युतीकरण, कृषि र पशुपालनको आधुनिकीकरण र व्यवसायीकरण, आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूति, समानीकरण अनुदान लगायतका कुरामा सङ्घीय सरकारको गम्भीर ध्यान जाने प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे ।
सत्य निरूपण तथा मेलमिलापसम्बन्धी ऐन जारी हुनेबित्तिकै रोल्पा, रूकुम, सल्यान, जाजरकोट लगायतका जिल्लाहरूमा जनसत्ताले रजिस्ट्रेसन गरेका घरजग्गाको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सहज हुने उल्लेख गर्दै प्रधानमन्त्रीले शहीदहरूको सम्मान, द्वन्द्वपीडित परिवारमा राहत, सन्ततिहरूको शिक्षादीक्षा र अभिभावकत्व लगायतका विषयहरूको उचित सम्बोधन हुने बताए । उनले नेपालको परिवर्तनकारी आन्दोलनमा गुणात्मक योगदान पुर्याउँदै आएको सल्यान जिल्ला र दार्मा गाउँपालिकाले परिवर्तनकारी नीति र नेतृत्वका पक्षमा जाहेर गरेको ऐक्यवद्धताप्रति आभार व्यक्त गरे ।न्युज कारखाना
काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको पुष्टि गर्ने थप आधार भेटिएको बताएको छ ।
संसदीय दलको बैठकपछि बोल्दै प्रमुख सचेतक रमेश लेखक सहकारी ठगी प्रकरणमा गृहमन्त्री संलग्न रहेको पुष्टि हुने प्रमाण देखिएकाले संसदीय छानबिन समितिको अडान कायमै राख्ने निर्णय भएको जानकारी दिएका हुन् ।
उनले भने, सहकारीमा बचत जम्मा गरेका नागरिकको फिर्ता ग्यारेन्टी गर्ने, अपचलन गर्नेमाथि कारबाही गर्ने र गृहमन्त्रीको पनि संलग्नता देखिएकाले निष्पक्ष होस् भन्ने सुनिश्चितताका लागि संसदीय छानबिन समिति माग गरेका छौँ । त्यो आवश्यक छ भन्ने थप पुष्टि भएको छ । त्यस विषयमा स्वतन्त्र छानबिनको पुन: माग गरेका छौँ ।’
उनले सरकारले गैर जिम्मेवार बनेको आरोप लगाउदै सहकारी ठगी प्रकरणमा जोगाउनको लागि राज्यको संयन्त्रकै दुरुपयोग गरेको कांग्रेसले निष्कर्ष निकालेको बताए ।
उनले छानबिन समिति आधारभूत माग भइसक्यो भन्दै बटम लाइन भइसकेपछि अब पछि नहट्ने स्पष्ट गरे ।
साथै उनले संसदीय छानबिन समिति गठन भएन भने त्यस कारणले सदनको बैठक प्रभावित भए भने त्यसको जिम्मा सरकारले लिनुपर्ने बताए ।न्युज कारखाना
काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आजलाई तोकिएको छ । यो रिट न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा पेसी तोकिएको छ ।
प्रदेश सरकारले पाएको विश्वासको मतको संबिधान विपरित रहेको भन्दै कांग्रेसका गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । रिटमा उनले सरकारले पाएको विश्वासको मत संबिधान विपरित भएको भन्दा ठुलो दलको हैसियतमा आफुलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गर्न समेत माग गरेका छन् ।
गएको आइतबार प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतबारेको प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनि गरेको घोषणाविरुद्ध रिट दायर गरेका थिए ।
संविधानको धारा १८८ (३) अनुसार बहुमतको लागि ३१ सांसदको मत चाहिन्छ । तर, सभामुख धितालले भने आफ्नो मत सुरक्षित रहेको भन्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए । न्युज कारखाना
सुर्खेत , २८ वैशाख ः चालू आर्थिक वर्षमा बजेट थपेर कार्यान्वन गर्ने भनिएको ५७४ वटा टुक्रे योजना अहिलेसम्म बजेट थप नहुँदा समस्य हुँदै गएको छ ।
मुख्यमन्त्री यामलाल कँडेलले भने , ‘पूर्व सहमति अनुसार टुक्रे योजना कार्यान्वन नगर्ने भन्ने भएकाले स्वात्त कार्यान्वन नहुने भइहाल्यो नि ? आर्थिक वर्षको अन्तिममा आएर कसरी सम्भव होला र ?’ २०८० पुस २९ गतेको मन्त्रीपरिषद् बैठकले प्रमुख प्रतिपक्ष दलसँग गरिएको सहमति अनुसार बजेट थप गरेर ती योजना कार्यान्वयन गर्ने निर्णय भएको थियो । चालु आर्थिक वर्ष सकिन दुई महिनामात्र बाँकी रहेदा योजना के गर्ने भन्नेमा टुंगो नलाग्दा भारी मात्रामा रहेका योजनाहरु कार्यान्वन नभएरै खेर जाने सम्भावना बढने देखिएको आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले जानकारी दिए ।
२०७९ असारमा तत्कालीन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग सरकारले प्रदेश सरकारबाट १५ लाखभन्दा कम बजेट विनियोजन भएका योजनाहरू कार्यान्वयन नगर्ने राजनीतिक सहमति गरेको थियो । भौतिक पूर्वाधारतर्फ सडक र भवन निर्माण योजनाहरूको हकमा ३० लाखभन्दा कम रकम विनियोजन भएको भए उक्त योजना कार्यान्वयन नगर्ने सहमति भयो । सुरुमा ती योजनाको विषयमा सरकारले ध्यानै दिएन । पछि आलोचना बढ्न थालेपछि सदनमा सहमति भएअनुरुप १५ लाख मुनिकालाई १५ लाख र सडक, भवनतर्फका ३० लाख मुनिकालाई ३० लाख रकम पु¥याएर कार्यान्वयन गर्ने निर्णय गरेपनि हाल ती योजना कार्यान्वन हुन नसकेको पाइएको छ ।
जलस्रोत तथा ऊर्जा मन्त्रालयसँग १५ लाख मुनिका ४८२ वटा आयोजना छन् । अहिले सबै आयोजनामा १० लाख रकम छ । मन्त्रालयका अनुसार सिँचाइतर्फ २११, खानेपानीतर्फ १६२ र नदी नियन्त्रणतर्फ १०९ वटा योजना छन् । ती सबै योजनालाई १५ लाख रकम पु–याइ कार्यान्वयनमा लैजान थप २४ करोड १० लाख बजेट आवश्यक पर्छ । तर मन्त्रालयसँग सो अनुसारको बजेट नभएकाले कार्यान्वयनमा समस्या भइरहेको सिडिइ गोपाल शर्माले बताए ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा मात्रै उक्त प्रकृतिका १६ करोड बराबरको करिब ९२ वटा योजना छन् । सुरुमा आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन गर्न नसकेको भन्दै एमालेले चर्को आलोचना समेत ग¥यो । तर, अहिले एमालेकै नेतृत्वमा सरकार छ । चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता यामलाल कँडेलले सबैको चासोको विषय बनेका ती योजनाको विषयमा कुनै निर्णय नभएपनि पूर्व सहमति अनुसार नै हुने बताएपछि योजना कार्यान्वनमा नजाने पक्का भएको हो । मुख्यमन्त्री ज्यूले टुक्रे योजनामा ध्यानै नदिन निर्देशन दिएको जलस्रोत तथा उर्जा विकासमन्त्री रणसिंह परियारले जानकारी दिए ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा एमालेका शेरबहादुर बुढा र जलस्रोत तथा ऊर्जामा माओवादीका रणसिंह परियार मन्त्री हुनुहुन्छ । सबैको चासोको विषय भएकाले आफूहरूले उक्त विषयमा सुरुमै ध्यान दिएको तर, मुख्यमन्त्रीले त्यसमा हात नहाल्न निर्देशन दिएको मन्त्री परियारले बताए ।
ती योजना अब कार्यान्वयन हुने सम्भावना न्यून रहेको छ । उन भने , ‘म मन्त्री हुने बित्तिकै यो विषयबारे सबै अध्ययन गरेको थिएँ, मैले मुख्यमन्त्रीज्यूसँग सोध्दा उहाँले त्यसमा अहिले हात नहाल्नुहोस् भन्नुभयो ।’ मुख्यमन्त्रीले नै त्यसो भनेपछि आफूले कुनै निर्णय गर्न नसकेको उहाँले थप्नुभयो । मुख्यमन्त्री कँडेलले जस्तो छ, त्यस्तै रहन दिन निर्देशन दिनुभएको छ , आफूले अरु माध्यमबाट भए पनि योजना कार्यान्वयन गरौँ भन्दा मुख्यमन्त्रीले सहमति नदिएको मन्त्री परियारले जानकारी दिए ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढा पनि ती योजना कार्यान्वयन गर्न नसकिने बताए । ‘मैले यो विषयमा बुझेँ तर, कार्यान्वयनमा जाँदैनन् होला । मुख्यमन्त्रीले यो विषयमा हात नहाल्न भन्नु भएको छ,’ उहाँले भने । अझैँ केही छलफल होला कि भन्ने झिनो आशा समेत रहेको उनले बताए । योजनाहरू कार्यान्वयनमा नजाँदा सरकारको बजेट कार्यान्वयनको अवस्थामा सुधार नआएको भन्दै आलोचना भइरहेको छ । माओवादीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले योजना कार्यान्वन गर्ने मुडमा रहेपनि मुख्यमन्त्री कँडेलको असयोगका कारण समस्य बढदै गएको छ । बुधबार मात्र माओवादीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले यो विषयमा छलफल गरेका थिए ।
माओवादीबाट प्रतिनिधित्व गर्ने मन्त्री र मुख्यमन्त्रीको बीचमा यो विषयमा सहमति हुन सकेको छैन । तत्कालिन मुख्यमन्त्री राजकुमार शर्माले कांग्रेस सरकारबाट बाहिरिएको समयमा सबै योजना कार्यान्वनमा लैजाने योजना बनाएका थिए तर सो समयमा कांग्रेसले सत्ताबाट बाहिरिनुका साथै दिएको समर्थन समेत फिर्ता लिएपछि उक्त कुरा कर्मचारीले नमान्दा रोखिएको थियो । न्युज कारखाना
काठमाडौँ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आजका लागि सुनुवाइ पेशी तोकिएको छ ।
कार्कीले दायर गरेको रिट न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा पेसी तोकिएको छ ।
प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की तथा सङ्कल्प प्रस्तावका समर्थकहरूलाई विपक्षी बनाइएको रिटमा नेपालको संविधानको धारा १३३ (२) (३) बमोजिम उत्प्रेषण, परमादेशलगायत उपयुक्त आदेश जारी गर्न माग गरिएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङले बुधबार राति सरकार गठनको आव्हान गरेर विहिबार दाबी पेश गरेका एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्ति समेत गरिसकेका छन् ।न्युज कारखाना
नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ’ शुभारम्भ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा आगाडि बढाइने बताए ।
निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
“निजी क्षेत्रको लगानी एवं राज्य र निजी क्षेत्रको सहकार्यबिना देशको अर्थतन्त्र सवल हुन सक्दैन, उत्पादकत्व वृद्धि हुन सक्दैन, रोजगारीका अवसरहरू सिर्जना हुन सक्दैनन्,” प्रधानमन्त्री प्रचण्डले भने, “देशभित्र लगानीको वातावरण निर्माण गर्न, निजी क्षेत्रलाई प्रवर्द्धन गर्न, लगानीका क्षेत्रहरूको सुरक्षा र सहजीकरणका निम्ति सरकार हरदम साथमा छ ।”
यो नयाँ उद्योग सञ्चालनमा आएपछि नेपालमा औद्योगिक वातावरणका निम्ति स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई थप आकर्षित गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले औद्योगिकीकरणसँगै आयात प्रतिस्थापन हुने र सयौँ दक्ष एवं अर्धदक्ष कामदारहरूका निम्ति रोजगारी प्राप्त गर्ने बताए ।
नेपालमा नै एसेम्बलिङ गर्दा उपभोक्ताले सहुलियत मूल्यमा सवारीसाधन खरिद गर्न पाउनुका साथै आन्तरिक स्रोत एवं विद्युत्को खपत, स्थानीय विकासमा साझेदारी र कूल गार्हस्थ उत्पादनमा समेत सकारात्मक योगदान पुग्ने प्रधानमन्त्रीको भनाइ छ ।
“हाम्रा वित्तीय र मौद्रिक नीतिहरू नियन्त्रणमुखी होइन, प्रवर्द्धनमुखी हुनुपर्दछ,” प्रधानमन्त्री प्रचण्डले भने, “ती नीति–नियमहरूले उत्पादन र रोजगारी प्रवर्द्धनमा योगदान गर्न सक्नुपर्दछ ।” उनले सरकारको निरन्तर प्रयासका कारण अर्थतन्त्रका आन्तरिक र बाह्य सूचकहरू सकारात्मक बन्दै गएको उल्लेख गरे ।
“भर्खरै मात्र तेस्रो लगानी सम्मेलन सम्पन्न भएको छ । लगानीको पूर्वसन्ध्यामा अध्यादेश नै ल्याएर सरकारले महत्त्वपूर्ण ऐनहरू संशोधन गरेको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यसले लगानीका क्षेत्रहरूमा देखिएका समस्याहरू सम्बोधन गर्दै आन्तरिक एवं बाह्य लगानीलाई प्रोत्साहित र प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।”
उनले लगानी सम्मेलनमा देखिएको उत्साह, नेपालका राजनीतिक दलहरूमा देखिएको साझा दृष्टिकोण र प्रतिबद्धता एवं लगानीकर्ताहरूको आकर्षणले नेपाल छिट्टै आकर्षक लगानीको गन्तव्य मुलुक बन्ने सङ्केत गरेको बताए । न्युज कारखाना
विराटनगर । कोशी प्रदेशको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गरिएको छ ।
एमालेका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएपछि बिहीबार साँझ बसेको पहिलो मन्त्रिपरिषदको बैठकले तीन निर्णय गरेको छ ।
मन्त्रिपरिषद्ले प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन वैशाख ३१ गते ११ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष सिफारिस गरेको छ ।
त्यस्तै, बैठकले नवनियुक्त मन्त्री रामबहादुर रानामगरलाई प्रदेश सरकारको प्रवक्ता तोकेको छ भने संघीयता कार्यान्वयन तथा कानुन निर्माण सम्बन्धी एकीकृत अध्ययन कार्यदल निर्माण गर्ने तेस्रो निर्णय मन्त्रिपरिषद् बैठकबाट भएको छ।
७ सदस्यीय कार्यदलमा प्रदेशका पूर्वमुख्य न्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता चूडामणि आचार्यलाई संयोजक तोकिएको छ । कार्यदलको सदस्यमा पूर्वमुख्य न्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य, पूर्वप्रदेशसभा सदस्य अर्जुन राई, कूलप्रसाद साम्बा, जसमाया गजमेर र पूर्वउपसचिव नरेन्द्र श्रेष्ठ रहेका छन् । सदस्यसचिवमा कोशी प्रदेशको आन्तरिम मामिला तथा कानुन मन्त्रालयका सचिव छन् ।
मुख्यमन्त्री कार्कीले एमालेबाट रामबहादुर राना र माओवादी केन्द्रबाट गणेशप्रसाद उप्रेतीलाई बिनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार कार्की तेस्रोपटक मुख्यमन्त्री नियुक्त भएका हुन् ।
न्युज कारखाना
काठमाडौँ । सल्यानको दार्मा गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएपछि आज सार्बजनिक बिदा दिईएको छ ।
दार्मा गाउँपालिका-३ मा रहेको पालिकाको प्रशाकीय भवनको उद्घाटन बिहान ११ बजे गर्ने कार्यक्रम रहेको छ ।
भवन उद्घाटन प्रधानमन्त्रीले गर्ने भएपछि आज पालिकाभरी सार्वजनिक बिदा दिइएको छ । 
गाउँ कार्यपालिकाको बैशाख २२ गते बसेको बैठकले आज बैशाख २८ गते सार्बजनिक बिदा दिने निर्णय गरेको थियो । न्युज कारखाना
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट ऋण लिएको पुष्टि भएको छ ।
पोखरा महानगरले गठन गरेको छानबिन समितिले लामिछानेले ऋण माग फाराम भरेर सहकारीबाट रकम लिएको प्रमाणसहित प्रतिवेदन बुझाएपछि उनले ऋण लिएको पुष्टि भएको हो ।
यस अघि सीबीआईको अनुसन्धानमा लामिछानेलाई क्लीन चिट दिइएको भएपनि पीडितहरूको मागको आधारमा पोखरा महानगरले गठन गरेको छानबिन समितिलले भने लामिछानेले एक करोड ऋण लिएको प्रमाणसहित प्रतिवेदन बुझाएको छ । जीबी राई अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्कमा लामिछाने प्रबन्ध निर्देशक भएका बेला सूर्यदर्शन सहकारीबाट ३० करोड रुपैयाँ लिएको तमसुक र लामिछाने स्वयंका नाममा खाता खोलेर सहकारीबाट एक करोड रुपैयाँ ऋण निकालेको प्रमाण छानबिन समितिले फेला पारेको छ ।
वित्तीय विश्लेषणका क्रममा फेला परेको कर्जा माग फारामको फोटोकपी प्रतिवेदनमा राखिएको बताइएको छ । रवि लामिछानेको मागअनुसार एक करोड रुपैयाँ गएको र पैसा कहाँ गयो, कुन मितिमा, कुन चेकबाट पैसा गयो भनेर पनि प्रतिवेदनमा लेखिएको छ ।
पोखरा महानगरको छानबिन समिति र सीआईबीको अनुसन्धानले एउटै विषय पुष्टि गरेका छन् । प्रतिवेदनमा सूर्यदर्शनका ८७ ‘शंकास्पद ऋणी’ को सूचीमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनको नाम ६ र २६ नम्बरमा, रवि लामिछानेको नाम १९ नम्बरमा, गितेन्द्रबाबु राईको नाम २१ नम्बरमा छ । लामिछानेले चेक तथा नगदबाट एक करोड लिएका छन् ।
न्युज कारखाना
काठमाडौँ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आजका लागि सुनुवाइ पेशी तोकिएको छ । कार्कीले नयाँ सरकार गठनविरुद्ध विहिबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।
प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की तथा सङ्कल्प प्रस्तावका समर्थकहरूलाई विपक्षी बनाइएको रिटमा नेपालको संविधानको धारा १३३ (२) (३) बमोजिम उत्प्रेषण, परमादेशलगायत उपयुक्त आदेश जारी गर्न माग गरिएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङले बुधबार राति सरकार गठनको आव्हान गरेर विहिबार दाबी पेश गरेका एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्ति समेत गरिसकेका छन् ।न्युज कारखाना
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । संसदीय दल कार्यसमितिको बैठक बिहान ८ बजे र संसदीय दलको बैठक ८: ३० बजे बस्दै छ ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकले आज देखि शुरु हुने संसदको बजेट अधिवेशनमा खेल्ने भूमिका बारे छलफल गर्ने बताइएको छ ।
कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राखेर संसद् अवरुद्ध गर्दै आएको छ ।
यसअघि बिहीबार बस्ने भनिएको बैठक पूर्वमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण स्थगित गरिएको थियो ।न्युज कारखाना
काठमाडौँ । जसपाका अध्यक्ष अशोक राईले अस्थिरताको शिकार मुलुक हुनु हुदैन भन्दै नयाँ दल बनाएको बताएका छन् ।
विहिबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष राईले अध्यक्ष उपेन्द्र यादवको कार्यशैली ठिक नभएको बताउदै वैकल्पिक गठबन्धन बनाउन लागेको आरोप लगाएका छन् ।
उनले आफुहरु अस्थिरताको कारक नबन्न यस्तो निर्णय लिएको बताए ।
राईले नजिक र टाढा गरेर व्यवहार गर्ने गरेको आरोप लगाउदै पारदर्शिता समेत नहुने गरेको बताए । उनले यादवमाथि महाधिवेशन नै कब्जा गरेर आफ्नो मुठ्ठीभित्र पार्टी राख्न थालेको देखिएपछि आफुहरुले यस्तो कदम चालेको बताएका छन् ।
अमेरिका जानु अघि उपेन्द्र यादवले पार्टीको विधान विपरित निर्वाचन समिति गठन गरेर परिपत्र गरेपछि पार्टीमा यस्तो अवस्था आएको उनले बताए ।
जसपा नेपालका १२ सांसद मध्ये ७ सांसद लिएर राईको नेतृत्वमा जसपा गठन भएको छ । उपेन्द्र यादवले भने जसपाको दर्ता प्रक्रिया नै असंबैधानिक रहेको बताउदै अदालत जाने बताएका छन् । न्युज कारखाना
बारा,२६गते वैशाख । बारा जिल्लाको महागढीमाइमा समयमा जन प्रतिनिधि तथा कर्मचारी कार्यालयमा नपुग्दा सेवा–सुबिधा प्रभावित भएको छ । आज बिहान ११ः३० बजे सम्म निमित प्रमुख प्रशासकिय अधिकृत विजय प्रसाद कुशवाहा , नगर प्रमुख उपेन्द्र प्रसाद यादव, उप प्रमुख तारा देवी कानु, वडा नं. २ का वडा अध्यक्ष विश्वनाथ प्र. कुशवाहा, वडा सचिव संजय श्रेष्ठ लगायत अधिकांश जन प्रतिनिधि तथा कर्मचारीशरु आफनो कार्यालय तथा कार्यकक्षमा उपस्थित नभएका कारण सेवा गा्रहीहरुको सेवा सुविधा प्रभावित भएको छ । नगर प्रमुख, उप प्रमुख तथा नि. प्रशासकिय अधिकृत ११ः३० सम्म बिना सुचना तथा जानकारी कार्यालयमा नआउँदा संम्बन्धित कार्यालय संग हुने सेवा प्रदान प्रभावित भएको सेवा ग्राहीहरुको गुनासो रहेको । यसै गरी महागढीमाई २ का रुवी खातुन नगरीकता प्रतिलिपि सिफारीस लगायत अन्य ६÷७ जना सेवा ग्र्रहीहरु सेवा लिन कार्यालयमा कुरेर बसेको तथा काममा ढिल्ला सुस्ती बढेको गुनासो गरेका छन् । आज–भोली स्थानिय जन प्रतिनिधि र कर्मचारीहरु नियमित तथा समयमा कार्यालय नपुग्दा सेवा गा्रहीहरुको काम कर्वाहीमा ढिल्ला सुस्ती बढनुको साथै सार्वजानीक सेवा सुविधा प्रभावित भईरहेको बुझिएको छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिका नगर प्रमुख सुरेश साह सोनार, उप-प्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जना उपर भ्रष्टाचारको आरोपमा मुद्धा दायर गरेको छ ।
अख्तियारले जलेश्वर-१ को बरुणसर पोखरी नजिक रहेको बजार क्षेत्रमा पिपिसी ढलान गर्ने काममा बढी कार्य गरेको देखाएर ५ लाख ८४ हजार ६३७ रुपियाँ भुक्तानी लिएको आरोप लगाउदै विशेष अदालतमा मुद्धा दायर गरेको हो ।
अख्तियारले जलेश्वर नगरपालिका नगर प्रमुख सुरेश साह सोनार, उप-प्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, अधिकृत धिरेन्द्र झा, वरिष्ठ इन्जिनियर पवन कुमार झा, इन्जिनियर राकेश कुमार चौधरी, सब इन्जिनियर दिपेश कुमार शाह, कार्यपालिका सद्स्त सोगार खातुन, जलेश्वर-१ का वडा अध्यक्ष अनिल कुमार झा, उपभोक्ता समितिका अध्यक्ष राकेश कुमार झा, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी चौधरीलाई आरोपी बनाउदै मुद्धा दायर गरेको जनाएको छ ।न्युज कारखाना
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई समर्थन गर्ने ५२ जना सांसदको हस्ताक्षर सनाखत गरेसँगै उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीले आजै शपथ लिने बताइएको छ ।
संविधानको धारा १६८ (५) अन्तर्गत सरकार गठनको आव्हान भएअनुसार कार्कीले माओवादीको सहयोगमा आजै सरकार गठनको दाबी गरेका थिए ।
प्रदेश प्रमुख पर्शुराम खापुङले गएराती शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।
विराटनगरमा एमाले र माओवादीले सरकार बनाउन दाबी पेस गरिरहँदा मुख्यमन्त्री केदार कार्की सर्वोच्चमा रिट दायर गर्ने तयारीमा छन् र उनी अहिले काठमाडौँ आइपुगेका छन् ।
मुख्यमन्त्री कार्कीले आफु संबिधानको धाराको १६८ को ५ अनुसारको मुख्यमन्त्री रहेकाले अब यस धारा अनुसार अर्को सरकार गठन हुन नसक्ने जिकिर गर्दै आएका छन् ।
९३ सदस्यीय कोशी प्रदेश सभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपा नेपालका एक सांसद छन् ।न्युज कारखाना
विराटनगर । कोशी प्रदेशमा नेकपा एमाले र माओवादीले नयाँ सरकार गठनको दाबी गरेको छ । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन यी दुई दलले प्रदेश प्रमुखकहाँ दाबी गरेका हुन् ।
संविधानको धारा १६८ (५) अन्तर्गत सरकार गठनको आव्हान भएअनुसार गठबन्धनका प्रमुख दलले सरकार गठनका लागि दाबी गरेका हुन् । कार्कीलाई ५२ जना सांसदहरूले समर्थन जनाएका छन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले गएराती शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।
विराटनगरमा एमाले र माओवादीले सरकार बनाउन दाबी पेस गरिरहँदा मुख्यमन्त्री केदार कार्की सर्वोच्चमा रिट दायर गर्ने तयारीमा छन् र उनी अहिले काठमाडौँ आइपुगेका छन् ।
मुख्यमन्त्री कार्कीले आफु संबिधानको धाराको १६८ को ५ अनुसारको मुख्यमन्त्री रहेकाले अब यस धारा अनुसार अर्को सरकार गठन हुन नसक्ने जिकिर गर्दै आएका छन् ।
९३ सदस्यीय कोशी प्रदेश सभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपा नेपालका एक सांसद छन् ।न्युज कारखाना
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारमै रहने की बाहिरने भन्ने विषयमा अन्योलमा परेको देखिएको छ ।
बुधबार पत्रकार सम्मेलन गरेर सरकारमै रहने बताए पनि उनको आगामी योजना स्पष्ट देखिएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको सक्रियतामा जसपा नेपाल फुटाइएको स्पष्ट भएपछि पनि उपेन्द्र यादवले सरकार छोड्ने साहस गर्न सकेनन् । उनले जसपा नेपालले वैकल्पिक गठबन्धन बनाउन थालेको कुप्रचार गरेर पार्टी बिभाजन गरिएको बताए पनि सरकारमा रहने या बाहिरिने भन्ने बारे अन्योलमै रहेको देखिए । उनले पत्रकार सम्मेलनमा आफुहरु सरकारमै रहेको बताउदै नयाँ दल गठनको प्रक्रिया असंबैधानिक रहेको जिकिर गरे । उनले यसका लागि अदालत जाने पनि बताए ।
तर सत्ता समीकरणकै प्रमुख दलका नेताहरुको अग्रसरतामा आफ्नो पार्टी विभाजित भएपछि उपेन्द्रका आगामी दिन सत्ता सहकार्यको हिसाबले सहज देखिएका छैनन् ।
उनी अमेरिका भ्रमणमा रहेको बेला यता दल बिभाजन गरेर हतार हतार प्रमाण पत्र समेत दिइएको अवस्थामा उनी फर्किएपछि सरकारबाट अलग हुन्छन् भन्ने अनुमानको विपरित हुने सरकारमै रहने र आफु अर्को गठबन्धन बनाउन नलागेको स्पष्टीकरण दिइरहे ।
प्रतिनिधिसभामा १२ सांसद भएको जसपा नेपालका ७ जना सांसदसहित अशोक राईले जसपा गठन गरेपछि उपेन्द्रको संसदमा हैसियत कमजोर बनेको छ । उनले आफू विदेश भ्रमणमा गएका बेला नयाँ समीकरण बनाउने हल्ला चलाएर विभाजन गरिएको आरोप लगाए ।
राई नेतृत्वले प्रतिनिधिसभाका ७ सांसद लिएर गएपनि मधेश प्रदेशमा भने उपेन्द्र यादवकै पकड देखिने भएको छ । मधेश प्रदेशबाट वीरगन्ज महानगरका मेयर राजेश सिंह राई नेतृत्वमा गएका छन् भने प्रदेशसभाका सांसदले भने अहिलेसम्म उपेन्द्र यादवलाई नै साथ दिएको देखिन्छ ।
उपेन्द्रले केन्द्रमा हैसियत घटे पनि मधेश प्रदेशमा आफ्नो पकड कायम राख्न समेत अलिकति डिफेन्सिभ देखिएको विश्लेषण गरिएको छ । केन्द्रमा सत्ताबाट हट्नासाथ मधेस प्रदेशको सरकार समेत जाने सक्ने भएकाले उनले ठोस निर्णय लिन समय लिएको बुझ्न सकिन्छ । १०७ सदस्यीय मधेश प्रदेशमा जसपा नेपालका १९ सांसद छन् ।
मधेशको प्रदेश सभामा जसपा नेपाल तेस्रो ठुलो दल हो । अहिले एमाले- माओवादीसहितको गठबन्धनमा जसपाले सरकारको नेतृत्व गरिरहेको र केन्द्रमा सरकार छोड्ने बित्तिकै मधेसको सरकार ढल्ने देखिन्छ ।
जसपा नेपालले कांग्रेससँग गठबन्धन गरेपनि बहुमत पुर्याउन जनमत पार्टी वा एकीकृत समाजवादीको समर्थन आवश्यक पर्दछ । मधेशमा जनमत पार्टी र जसपा नेपाल आमने सामने रहेकाले तत्काल एक ठाउमा आउने सम्भावना देखिदैन । सोहि कारणले पनि उपेन्द्र यादव डिफेन्सिभ देखिएका छन् ।
जसपा फुट प्रकरणमा सत्ता समीकरणका शिर्ष नेताहरुको भूमिका लुकेको छैन । यो उपेन्द्र यादवले राम्रो सँग बुझेका छन् । तर मधेशको नेतृत्व गुमाउने डर उपेन्द्रमा देखिएको छ । अबका दिनमा उनले केन्द्रको सत्ता छोड्नु पर्ने अवस्थामा कांग्रेससँग हात मिलाएर जनमत र लोसपा समेतलाई साथ लिने प्रयास गर्ने गर्नुपर्ने देखिन्छ । उनले भनेको न्यायिक लडाई आफ्नो ठाउमा छ र यो प्रक्रिया तुरुन्त नजिता दिने किसिमको देखिदैन । त्यसैले उपेन्द्र यादवले तत्काल के गर्ने स्पष्ट नभएको अवस्थामा अदालत जान्छौं, हामि सरकारमै छौं भनेर नयाँ रणनिति बनाउने समय लिएको देख्न सकिन्छ ।
जसपा नेपाल फुटाएर माधव नेपालको बार्गेनिङ पावर घटाउने देखि जसपा नेपाललाई साइजमा ल्याएर सम्भावित समीकरण फुट्न बाट जोगाएको छैन, कांग्रेसले बनाउन खोजेको वैकल्पिक समीकरणको सम्भावनालाई समेत तुहाइदिएको छ ।
यस्तो अवस्थामा उपेन्द्र यादवले कस्तो निर्णय लिन्छन् र आफ्नो राजनीतिक भविष्य बचाउछन् भन्ने सबैको चासोको विषय बनेको छ ।
न्युज कारखाना
राैतहट,२६ गते वैशाख । आम जनता पार्टी (आजपा)ले बुधवार भन्सार विभाग घेराउ गरेको छ । भन्सार कानुनमा रहेको ४५ प्रतिशत रकम सूचकलाई दिइने प्रावधानविरुद्ध आजपाले चौथो चरणको आन्दोलन अन्तर्गत गर्दै बुधवार भन्सार विभाग घेराउ गरेको हो ।
प्रभु साह नेतृत्वको आजपाको भ्रातृ संगठन आम सम्पर्क मञ्चले गत बैसाख १२ गते भन्सार विभागमार्फत सरकारलाई बुझाएको सचेतनापत्रमा घोषित कार्यक्रमअनुसार भन्सार विभाग घेराउ गरेको हो । भन्सार कानुनमा रहेको प्रावधानले डिउटीमै रहेका प्रहरी, सशस्त्र प्रहरी र कर्मचारी मिलेर ४५ प्रतिशत राजस्व लिँदै आएको आजपाको आरोप छ । यही प्रावधानलाई आजपाले लुटकारी प्रावधान र राजस्वमारा कानुनी प्रावधान भन्दै आएको छ । कानुन हटाउँदा निकै ठुलो परिमाणमा राजस्वमा वृद्धि हुने आजपाको ठहर छ । चौथो चरणको छैठो दिनको कार्यक्रममा आजपा तथा मञ्चका कार्यकर्ताहरुले भन्सार विभाग घेराउ गरेका थिए । गत ६ महिनादेखि संघर्ष गरिरहेको आजपाको कुरा सरकारले सुनिरहेको छैन । रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र रुपमा निर्वाचित साँसद प्रभु साहले संसदमा पनि आवाज उठाउँदै आएका छन् ।
आजपाले राजस्वमारा कानुन हटाउँदा देशको समृद्धिमा योगदान पुग्ने तर्क दिँदै आएको छ । भदौ महिनामा ज्ञापनपत्र बुझाएर शुरू गरिएको चरणबद्ध आन्दोलनमा नियमावली जलाऊने, भन्सार नाकाहरुमा प्रदर्शन गर्ने र काठमाण्डूमा मोटरसाइकल र्याली निकालने जस्ता कार्यक्रमहरु आज सम्पन्न गरेको छ ।
आजको भन्सार बिभाग घेराऊ कार्यक्रमको समापन गर्दै संघर्ष समितिको संयोजक रन्जु कुमारी साहले भन्नु भयो, “यदि सरकार बहिरो झै कानमा तेल हालेर यसरी बसी राख्यो भने भोली देखि आन्दोलन सशक्त हुनेछ र यसको जवाबदेही सरकार स्वंम हुनेछ ।”
राैतहट,२६ गते वैशाख । रौतहटको फतुवा विजयपुर नगरपालिकाको शिक्षामा चरम बेथिति देखिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वकिल पालले आफ्नो मान्छे हेरी हेरी शिक्षकलाई तलब पठाउन थालेपछि शिक्षकहरु आक्रोशित बनेका छन् । आक्रोशित शिक्षकले कार्यालय प्रमुख पालको विरोधमा नगरका सबै विद्यालय ठप्प पारेका छन् । पालिकाका पूर्व शिक्षा संयोजक बुनिलाल राय यादवले नगरका अधिकांश शिक्षकले तलब खाए पनि अनुदानमा संचालित तिन विद्यालयका शिक्षकहरु, शैक्षिक सुदृढीकरण अन्तर्गत कार्यरत सात जना शिक्षकका साथै राहत र करार सेवामा कार्यरत १२ जना शिक्षकको तलब नगरपालिकाले नपठाएको बताएका छन् । कमजोर शिक्षकसित केही पाउने लोभले कार्यालय प्रमुख पालले तलब भत्ता नपठाएको भन्दै आक्रोशित सम्पूर्ण शिक्षकले नगरका सम्पूर्ण विद्यालय ठप्प पारेका छन् । राहत, करार तथा अनुदानमा संचालित विद्यालयका शिक्षकहरुबाट कार्यालय प्रमुख पालले बार्गेनिङ गरेको आरोप शिक्षकहरुले लगाएका छन् । शैक्षिक सत्र सुरु भएको एक महिना बित्न लाग्दा पनि कार्यालय प्रमुख पालले विद्यालयहरुलाई पाठ्यपुस्तकको रकम निकासा दिएका छैनन् । पाठ्यपुस्तकको रकमवापत कार्यालय प्रमुख पालले प्रअहरुसित अनौपचारिक रुपमा कमिसनको माग गरेको बुझिएको छ । यसै गरी गत साउन महिनादेखि विद्यालय खाजाको रकम पनि विद्यालयहरुमा पुग्न सकेको छैन । कार्यालय प्रमुख पालको नियत नै खराब भएको महसुस गरेपछि शिक्षकहरुले विद्यालय ठप्प पारी विरोध प्रदर्शन गरेका छन् । हजारौँ विद्यार्थीको पढाइ रोकिएपछि बुधवार शिक्षक र कार्यालय प्रमुखबिच वार्ता भएको छ । अहिलेसम्म रोकिएका शिक्षकको तलब, पाठ्यपुस्तक वापतको रकम र विद्यालयमा दिवा खाजाको रकम सबै एक साथ आउँदो आइतवारसम्म विद्यालयका खातामा पठाउने प्रतिबद्धता पालले व्यक्त गरेका छन् । कार्यालय प्रमुख पालको प्रतिबद्धता आएपछि विहीवारदेखि नगरका सबै विद्यालय संचालनमा आउने भएको पूर्व शिक्षा संयोजक यादवको भनाइ छ । लामो समयदेखि विवादमा रहेको फतुवा विजयपुर नगरपालिकामा देखिएको शैक्षिक बेथितिबारे जवाफ दिन कार्यालय प्रमुख डराएका छन् । कार्यालय प्रमुख पाललाई मोबाइलमा सम्पर्क गर्दा फोन काट्ने गरेका छन् । महिनौँदेखि उधारोमा बालबालिकालाई खाजा खुवाएको तथा उधारोमा पाठ्यपुस्तक लिएर विद्यार्थीलाई वितरण गरिसकेका विद्यालयलाई पनि रकम भुक्तानी गर्न आनाकानी गरिरहेका कार्यालय प्रमुख पालका कारण फतुवा विजयपरको शिक्षामा व्यापक बेथिति मौलाउँदै गएको छ । शिक्षामा सुधार गर्नुपर्नेमा कार्यालय प्रमुख पालले नगरको शिक्षालाई ध्वस्त बनाउँदै लगेको आरोप शिक्षकहरुको रहेको छ ।
धनगढी, २६ वैशाख । धनगढी उपमहानगरपालिकाका मेयर गाेपाल हमालले काठमाडौंको टुँडिखेलमा आयोजना भइरहेको सीप मेलाको अवलोकन गरेका छन्। बधबार बिहान उनले सीप मेलाको स्थलगत अवलोकन गरेका हुन्। सीप मेलाकाे अवलाेकनपछि उनले युवाहरूलाई स्वराेजगार बनाउन निकै सहयाेग पुग्ने विश्वास व्यक्त गरे। उनले धनगढीमा पनि यस्तै खालकाे सीप मेलाकाे आयाेजना गर्न साझेदारहरूलाई प्रस्ताव गरे।
‘युवाहरूसँग डिग्रीकाे प्रमाणपत्रभन्दा सिपालु हात हुनुपर्ने अहिलेकाे खाँचाे हाे। यस्ताे खालकाे सीप मेलाले युवालाई आत्मनिर्भर बनाउन मद्दत गर्छ। धनगढीमा पनि यस्तै सीप मेला आयाेजना गर्न हामी तयार छाैँ,’ मेयर हमालले भने, ‘तपाईंहरू आउनुहाेस्। हामी सहकार्य गर्न तयार छाैँ।’
उनले बजारकाे मागअनुसार सीप र तालिम प्रदान गर्नुपर्ने बताए। ‘हिजाे तालिमका नाममा तालिमकाे ठेक्का पाउनेहरू मात्रै राेजगार भए,’ हमालले भने, ‘अब त्यसरी हुँदैन। तालिम लिएकाहरू साँच्चिकै राेजगार हुनेगरी काम हुनुपर्छ।’
काठमाडौं महानगरपालिका र नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघकाे सहकार्यमा टुँडिखेलमा आयाेजना भइरहेकाे सीप मेलामार्फत एक महिनामा २ हजार ८१ जनालाई रोजगारीमा जोड्ने लक्ष्य राखिएकाे छ। शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई बजारसँग जोड्नका लागि मेलाको अवधारणा अघि सारिएको महासंघका महासचिव छत्र बमले बताए।
उनले सीप सिक्नका लागि १५ हजारभन्दा धेरै युवाकाे आवेदन परेकाे बताउँदै आगामी दिनमा सबैलाई तालिमकाे अवसर दिएर राेजगारीसँग जाेड्ने लक्ष्य लिइएकाे बताए। राज्यका विभिन्न निकायहरूबाट पनि सकारात्मक प्रतिक्रिया आएकाे उनले बताए।न्युज कारखाना
काठमाडौं, २६ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले असंवैधानिकतवरले संसद्को विघटन लगायत अनेकौं काण्ड र महाकाण्ड गरे जस्तै अहिलेको कम्युनिस्ट गठबन्धन नेतृत्वको सरकार पनि महाकाण्ड गर्नतर्फ उन्मुख रहेको बताएका छन्।
बुधबार नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशको बुटवलमामा आयोजित प्रथम सम्मेलनलाई सम्बोधन गर्दै महरले कानुनी राज्यमा कुनै पनि सरकार कानुन अनुसार चल्नुपर्नेमा वर्तमान सरकारले कानुनी शासनको खिल्ली उडाइरहेको बताए।
‘वर्तमान गठबन्धनको सरकारले सहकारी ठगहरूलगायत विभिन्न गम्भीर अपराधमा संलग्न व्यक्तिहरूलाई संरक्षण गर्न थालेको छ,’ उनले भने, ‘गठबन्धन सरकारमा संलग्न पार्टीका सदस्यले मात्रै न्याय पाउने र बाँकी जनता नागरिक होइनन् भन्ने मानसिकताबाट सरकार ग्रसित भएको देखिन्छ।’
नेता महरले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सबै सरकारी निकायमा आफ्नो पहुँच र हस्तक्षेप बढाए जसरी वर्तमान गठबन्धन सरकार पनि त्यस्तै बाटोमा अग्रसर भएको जिकिर गरे। उनले कांग्रेसले जनताको साथ लिँदै सरकारी अड्डा अदालतलाई वर्तमान गठबन्धनको अवैधानिक हस्तक्षेपबाट जोगाउन लाग्नुपर्ने धारणा राखे।
कांग्रेसकै नेतृत्वमा मुलुकमा पटक-पटक सकारात्मक परिवर्तन भएको र कांग्रेसकै नेतृत्वमा संविधान बनेको स्मरण गर्दै नेता महरले त्यसलाई समावेशी बनाउने तागत पनि कांग्रेसले नै देखाएको प्रस्ट पारे। नेपाली कांग्रेस नै यो देशको समावेशिता सहितको नेपाल निर्माण गर्ने पहिचानवादी पार्टी भएको उनको दाबी छ।
‘हामीले माने नमाने पनि विश्व राजनीतिले पहिचानको राजनीति छोड्न सक्ने अवस्था छैन। पहिचान मानव जीवनको अभिन्न अङ्ग भइसक्यो। कसैले जातियतामा पहिचान खोज्छन्, कसैले लुगामा पहिचान खोज्छन्, कसैले संस्कृतिमा पहिचान खोज्छन्, कसैले भूगोलमा पहिचान खोज्छन्। अहिलेका मानिस नै पहिचानले बाँचेका जस्ता देखिन्छन्,’ उनले भने। मानिसले आफूसँग मेलखाने कुरालाई खोज्ने भएकाले पहिचानको राजनीति नकार्न नसक्ने महरले बताए।
देशका विभिन्न क्षेत्रका जनजातिदेखि विभिन्न धर्म र समुदायका मान्छेलाई सँगसँगै लगेर अगाडि बढ्ने एकमात्र पार्टी कांग्रेस भएको उनको भनाइ छ।
यसका साथै नेपालको परिवर्तनमा मुस्लिम समुदायको ठूलो भूमिका रहेको स्मरण गरे। नेपालको प्रजातान्त्रिक आन्दोलन हुँदै गणतान्त्रिक आन्दोलनसम्म मुस्लिम समुदायको ठूलो भूमिका रहेको उनको भनाइ छ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पतालमा दातको उपचार गराएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आज विहानदेखि दात दुखिरहेपछि उपचारको लागि वीर अस्पताल पुगेका थिए । डा रितु श्रेष्ठ नेतृत्वको टिमले उनको उपचार गरिरहेको छ ।न्युज कारखाना
काठमाडौं । नागरिक समाजका अगुवाहरूले राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग गरेका छन् ।
निलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय, सुशील प्याकुरेल र कनकमणि दीक्षितले बुधबार संयुक्त वक्तव्य जारी गर्दै नेपाललाई बर्खास्त गर्न माग गरेका हुन् ।
मुलुकको हित, स्वाभिमान र पदीय मर्यादा विपरीत सल्लाहकार नेपालले १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने सरकारको निर्णयको विरोध गरेका थिए ।
‘सीमा नाघेका यस्ता सार्वजनिक अभिव्यक्तिले संवैधानिक राष्ट्र प्रमुखकको पदको गरिमामा चोट पुर्याएको छ,’ वक्तव्यमा भनिएको छ, ‘राष्ट्रपति कार्यालय मौन रहेको अवस्थामा सरकारको निर्णयलाई ‘अन्तर्राष्ट्रिय मान्यता विपरीत’ र ‘अविवेकी’ भन्ने सल्लाहकार नेपालका सार्वजनिक अभिव्यक्ति राष्ट्रपति रामचन्द्र पौडेलकै तर्फबाट आएको भनी हामी बुझ्न बाध्य छौं ।’
वक्तव्यमा राष्ट्रपति संस्थाको गरिमालाई कायम राख्न र सल्लाहकार नेपाललाई तत्कालै पदबाट हटाउन माग गरिएको छ ।
सरकारले वैशाख २० मा बसेको बैठकले नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको पुरानो नक्साको सट्टा नयाँ नक्सा राखेर डिजाइन गर्न स्वीकृति दिएको थियो ।न्युज कारखाना
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार प्राध्यापक खगेन्द्र खड्काको निधन भएको छ । खड्काको मंगलबार नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुरमा निधन भएको हो ।
माओवादी केन्द्रका महासचिव देव गुरुङले शोक वक्तव्य जारी गर्दै सल्लाहकार खड्काको निधनले सिङ्गो पार्टी स्तब्ध भएको जनाएका छन् ।
माओवादीले भनेको छ- ‘प्राध्यापक खगेन्द्र खड्काको निधनबाट पार्टी, जनता र राष्ट्रका लागी अपूरणीय क्षति भएको छ । राष्ट्रले एक बौद्धिक होनहार व्यक्तित्व गुमाएको छ ।’
विक्रम संवत् २००८ साल असोज १२ गते उदयपुरको बेलका नगरपालिका वडा नम्बर ४ मा जन्मिएका खड्का लामो समय कम्युनिस्ट आन्दोलनमा आबद्ध रहँदै आएका थिए ।
खड्का २०६४ सालमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा समाहित भई केन्द्रीय सल्लाहकारको जिम्मेवारीमा थिए । हाल टोखा नगरपालिका धापासीमा बस्दै आएका उनका ४ छोरीहरू रहेका छन् । सल्लाहकार खड्काको अन्तिम श्रद्धाञ्जली र अन्त्येष्टि बुधबार साँझ ६ बजे पशुपति आर्यघाटमा गर्ने कार्यक्रम रहेको माओवादीले जनाएको छ ।न्युज कारखाना
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा भएको छलफलका क्रममा गृहमन्त्री लामिछानेले ऐनमा संवैधानिक परिषद्का सबै सदस्यहरुलाई बाध्यकारी रुपमा बैठकमा उपस्थित हुनैपर्ने व्यवस्था गर्नुपर्ने समेत धारणा राखेका हुन् ।
उनले परिषद्का सदस्यहरु बैठकमा अनुपस्थित भएको अवस्थामा र निर्णयहरुमा सर्वसम्मति नभएको अवस्थामा के गर्ने भन्ने सम्बन्धमा भने विधेयकले बोल्नुपर्ने बताए ।
उनले भने, ‘संवैधानिक परिषद् बैठकमा पेश भएको प्रत्येक विषयको निर्णय र्वसम्मतिको आधारमा हुनेछ भन्ने कुरामा म अडिग छु । तर सर्वसम्मत नहुँदा के गर्ने भन्ने कुरा पनि विधेयकले प्रष्ट बोल्नुपर्ला ।’न्युज कारखाना
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक विहिबार बस्ने भएको छ ।
कांग्रेसले शुक्रबार देखि शुरु हुने बजेट अधिवेशन बारे छलफल गर्न विहिबार अपराहन्न २ बजे संसदीय दलको बैठक बोलाएको हो । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ ।
यसअघि कांग्रेसको वर्तमान पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दै छ ।न्युज कारखाना
विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश प्रमुखलाई प्रदेशसभा बैठक सञ्चालन पुनः स्मरण गराएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्कको बैठकले प्रि–बजेटबारे छलफल गर्न प्रदेशको बजेट अधिवेशन आह्वान गर्न यसअघि नै सिफारिस पुनः स्मरण गराउने निर्णय गरको हो ।
कोशी सरकारले जेठ ११ गते प्रदेश सभाको अधिवेशन आह्वान गर्न गत चैत २६ गते सिफारिस गरेको थियो ।
तर, एमाले–माओवादीका ५२ सांसदको मागअनुसार वैसाख ६ गते प्रदेश प्रमुख पर्शुराम खापुङले विशेष अधिवेशन आह्वान गरेका थिए । सो बैठकले संकल्प प्रस्ताव पारित गरी सरकार अल्पमतमा परिसकेको जनाउ दिदै विश्वासको मत लिन भनेको थियो ।
तर मुख्यमन्त्री केदार कार्कीले भने संकल्प प्रस्ताव संबिधान विपरित भएको भन्दै विश्वासको मत लिन अस्वीकार गरेका छन् । संकल्प प्रस्ताव पारित भएपछि विश्वासको मत लिने समय मंगलबार सकिएको छ ।
सरकारले सिफारिस गरे पनि प्रदेश प्रमुख खापुङले बजेट अधिवेशन अहिलेसम्म आह्वान गरेका छैनन् । अर्को तर्फ एमाले–माओवादीले प्रदेश प्रमुखलाई सरकार गठनको नयाँ प्रक्रिया थाल्न आग्रह गरेका छन् र प्रदेश प्रमुखले सोहि अनुसार कानुनी परामर्श गरिरहेको बताइएको छ ।न्युज कारखाना
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अशोक राईको नेतृत्वमा पार्टी दर्ता प्रक्रिया संबैधानिक रहेको बताएका छन् ।
जसपा नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले पार्टी दर्ता प्रक्रिया नै असंवैधानिक भएको दाबी गर्दै अशोक राईले आफ्नो व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर पार्टी विभाजन गरेको आरोप लगाए ।
उनले भने- ‘म अमेरिका जादा कार्यवाहक अध्यक्षको जिम्मेवारी नै दिएर गएको हुँ । विवाद थियो भने पार्टीमा छलफल हुनुपर्थ्यो । म बाहिर गएको बेलामा जसपा र नेकपा एसले कांग्रेससँग मिलेर सरकार ढाल्ने प्रयास गर्यो भनेर हल्ला चलाइयो । त्यो हल्ला निराधार र कपोकल्पित थियो । पार्टीभित्र कुनै विवाद नआएको अवस्थामा केही व्यक्तिहरूले महत्वकांक्षा र व्यक्तिगत स्वार्थको कारण पार्टी फुटाएको घोषणा गरे, निर्वाचन आयोगमा पनि दर्ता भएको कुरा आएको छ ।’
उनले पार्टी निर्वाचन र राजनीतिक दलसम्बन्धी ऐनको विपरीत ऐन विपरीत पार्टी दर्ता भएको बताए ।
उनले भने- ‘संसदमा विचाराधीन रहेको अवस्थामा गैरकानूनी र असंवैधानिक ढंगले रातारात पार्टी दर्ता भएको घोषणा गरे, नेपालको इतिहासमा यति चाँडै पार्टी दर्ताको प्रमाणपत्र दर्ता गरेको यो पहिलो चोटि होला। त्यसैले हामी कोटमा चुनौती दिन्छौँ ।
अध्यक्ष यादवले प्रधानमन्त्रीलाई समेत भ्रममा पारिएको बताउदै जसपा नेपालले सरकारलाई दिएको समर्थन कायमै रहेको जानकारी दिए । उनले नयाँ दल दर्ता प्रक्रियाको विरोधमा आफुहरु अदालत जाने समेत बताए ।न्युज कारखाना
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनालले आफूले पार्टी फुटाउन लागेको भनेर नियोजित रूपले यस्तो प्रचार गरेको बताएका छन् ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपालको विभाजन भएपछि नेकपा एकीकृत समाजवादी पनि विभाजन हुन लागेको चर्चा हुन थालेपछि खनालले पार्टी विरोधी छुद्रतापूर्ण प्रचारबाट होसियार बन्न आग्रह गरेका हुन् ।
एकीकृत समाजवादीबाट ६ जना सांसद लिएर खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला तीब्र रुपले भ्रमको कुहिरो फैलाइएको बताए । ‘यतिबेला मुलुकमा राजनीतिक शक्तिहरू ध्रुवीकरण हुने प्रक्रिया तीव्र रुपले अघि बढ्दै छ। यहि २१ फागुन २०८० बाट मुलुकमा नयाँ राजनीतिक समिकरणले आकार लिएको छ। हाम्रो पार्टी पनि यहि समिकरणमा संलग्न भएको कुरा सर्वविदित नै छ। ’उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘केहि दिनअघि मात्र तत्कालिन “जनता समाजवादी पार्टी नेपाल” समेत विभाजित भएको छ। यहि शिलशिलामा केहि दिन देखि हाम्रो गौरवमय पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पनि विभाजित हुँदैछ, ६ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला बडो तीब्र रुपले फैलाईएको छ। केहि अवाञ्छित, स्वार्थी र कम्युनिष्ट विरोधी तत्वहरुले सुनियोजित रूपले यस्तो प्रचार गरेका छन्। त्यसले पार्टी व्यापी रुपमा एउटा भ्रमको कुहिरो फैलाइदियो।’
देशी विदेशी प्रतिक्रियावादीहरूको भण्डाफोर गर्दै नेपाली जनतालाई समाजवादको समृद्ध भविष्यतिर अघि बढ्ने मार्ग प्रदर्शन गर्न थालेपछि पार्टीभित्र र बाहिरका दक्षिणपन्थी र षड्यन्त्रकारी तत्वहरू आतंकित भएको उनको भनाई छ ।
‘हाम्रो पार्टी एउटा नवोदित क्रान्तिकारी पार्टी हो। यति बेला हाम्रो पार्टी आफ्नो पार्टीको १० औँ राष्ट्रिय महाअधिवेशनको सम्मुखमा पुगिरहेको छ।’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी कम्युनिष्ट आन्दोलनको र पार्टी पुनर्गठन पछिका अनुभवहरुका सार संकलन गर्दैछ, हाम्रो देशको प्रधान वर्गीय र राजनीतिक प्रधान अन्तर्विरोधहरू पहिचान गर्दैछ, क्रान्ति र अग्रगतिको प्रमुख बाधा के हो त्यसको पहिचान गर्दैछ, देशको समाजवादी क्रान्तिका कार्यदिशा, नीति र सिद्धान्तहरुलाई परिस्कृत र परिमार्जित गर्दैछ, क्रान्तिकारी कार्यदिशाका आधारमा पार्टी एकता र कम्युनिष्ट एकतालाई विस्तार गर्ने आधार निर्माण गर्दैछ, देशी विदेशी प्रतिक्रियावादीहरूको भण्डाफोर गर्दै नेपाली जनतालाई समाजवादको समृद्ध भविष्यतिर अघि बढ्ने मार्ग प्रदर्शन गर्दैछ। त्यसैकारण पार्टीभित्र र बाहिरका दक्षिणपन्थी र षड्यन्त्रकारी तत्वहरू आतंकित भएका छन्। त्यसैले उनीहरु प्रतिक्रियावादीहरुका मक्किसकेका र थोत्रिसकेका झुटा प्रचारका हतियारहरु लिएर हाम्रो पार्टीका विरुद्ध आइलाग्न कोशिस गर्दैछन्।’
उनले प्रतिकृयावादीहरू, अवसरवादीहरू र पार्टी विरोधी क्षुद्र तत्वहरूका यस प्रकारका अनर्गल प्रचारबाट होसियार बन्न आग्रह गरेका छन्। वर्तमान नयाँ समिकरणमा हाम्रो समर्थन र सहभागितालाई जारी राख्न आग्रह गरेका छन्। ‘वर्तमान नयाँ समिकरणमा हाम्रो समर्थन र सहभागितालाई जारी राखौं, पार्टी महाअधिवेशनको तयारीमा हरेक प्रकारले एकताबद्ध भएर जुटौं।’ विज्ञप्तिमा भनिएको छ, ‘क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तमा आधारित एकतालाई अझ खदिलो र विस्तृत बनाऔँ, पार्टी महाअधिवेशनलाई भव्यताका साथ सफल बनाऔँ, हाम्रो पार्टीलाई एउटा नयाँ, क्रान्तिकारी र समाजवादी पार्टीका रुपमा विकास गरौं र आम जनतालाई गोलबन्द गदै समाजवादको दिशामा दृढतापूर्वक अघि बढौँ ।’न्युज कारखाना
रसुवा । नेकपा एमाले रसुवाको ९ औं जिल्ला अधिबेशनबाट अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत चयन भएका छन् ।
मंगलबार सम्पन्न अधिबेशनको बन्दसत्रले उपाध्यक्षमा कैसाङनुर्पु तामाङ, सचिमा पेम्बा तामाङ, सहसचिबमा चमेली गुरूङ र शुकबहादुर थोक्रा समेत ७८ सदस्य रहेको कमिटी सर्वसम्मत भएका हुन् ।
२ दिन चलेकाे बन्दसत्रले प्रस्तुत राजनीतिक तथा सांगठनिक र आर्थिक तथा रसुवा समृद्धिको खाकामाथि प्रतिनिधीहरुले समुहगत छलफल तथा प्रस्तुती गरेर टिप्पणी तथा सुझाव समेटेर पास गरी नेतृत्व चयनमा छलफल गरेका थिए ।
जिल्ला कमिटीमा धेरै नयाँ अनुहार तथा युवा समेटिएका छन् । नेतृत्व नै नयाँ पुस्तामा हस्तान्तरण भएको एमाले रसुवा इन्चार्ज सोम मिश्रले पत्रकारलाइ जानकारी दिए ।
अधिबेशनलाइ पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले २२ गते धुन्चेमा उद्घाटन गरेका थिए ।
अधिबेशले जिल्लाभरबाट कुल ३ हजार १ सय ९ जना सदस्यबाट पाँचवटै पाउँपालिकाको भूगोल १० जना सदस्य बराबर १ जना, दलित ७ सदस्य बराबर १ जना, युवा १० प्रतिसत, महिला ३३ प्रतिसत गरी अधिबेशनमा ३ सय ९० जना प्रतिनिधी सहभागी थिए ।
अध्यक्ष ढकाल यसअघि सचिवको जिम्मेवारीमा थिए । ०७० सालको संबिधान सभा सदस्यमा निर्वाचित भएपछि एमालेको राजनीतिक नेतृत्वमा छन् । उपाध्यक्ष तामाङ २ पटक निर्वाचित गोसाइकुण्ड गाउँपालिका अध्यक्ष तथा पार्टीका पूर्व उपसचिव हुन् ।
सचिव तामाङ पूर्व प्रदेश कमिटी सदस्य तथा युवा नेता हुन् । उपसचिव गुरूङ २ पटक निर्वाचित उत्तरगया गाउँपालिका उपाध्यक्ष तथा जिल्ला नेतृ हुन् । त्यसै गरी लेखा कमिटीको संयोजक गोविन्द घिमिरे र सचिव कैसाङ डिण्डुप तामाङ रहेका छन् ।
जिल्ला अधिबेशन पछि नयाँ टिमलाइ बधाइ तथा शुभकामना दिने कार्यक्रममा पार्टी जिल्ला इन्चार्रज सोम मिश्र, केन्द्रीय सदस्य माधब अर्याल, पुर्व अध्यक्ष तथा केन्द्रीय सल्लाहाकार परिषदका सदस्य छोवाङ तेन्जिङ तामाङले बधाइ दिएका थिए । अध्यक्ष ढकालले अधिबेशन सफलपार्न सहयाेग गर्ने अध्यक्ष मण्डल तथा निर्वाचन कमिटी लगायत सवैलाइ धन्यवाद दिएका थिए । न्युज कारखाना
काठमाडौं । इलाम- २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्बाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
बुधबार बिहान सिंहदरबारमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसमक्ष नेम्बाङले शपथ लिएका हुन् ।
गत बैशाख १५ गते भएको उपनिर्वाचनबाट एमालेबाट उम्मेदवार नेम्वाङ शानदार विजयी भएका थिए । नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका थिए । सुहाङका बुबा एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाममा उपनिर्वाचन भएको थियो ।न्युज कारखाना
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको वर्तमान पदाधिकारी एवं पूर्वपदाधिकारीहरूको बैठक बस्दै छ । बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने भएको छ ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति र २८ गतेदेखि सुरु हुने बजेट अधिवेशनका विषयमा छलफल हुने बताइएको छ।
बजेट अधिवेशनमा कांग्रेसका सांसदहरुले उठाउने विषयबारे छलफल गर्न भोलि संसदीय दलको बैठकसमेत बोलाइएको छ । संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने छ ।न्युज कारखाना
सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढङ्गले ल्याइने बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) सुनकोशी गाउँसमितिद्वारा आज मुलकोट आज आयोजित कार्यकर्ता भेटमा पार्टी अध्यक्ष प्रचण्डले आफूले सरकारको नेतृत्व लिएपछि अर्थतन्त्रमा निकै सुधार भएको बताए । “म प्रधानमन्त्री भएपछि ठूलो मेहनतले अर्थतन्त्रमा सुधार भएको छ”, उनले भने ।
राष्ट्रिय आर्थिक सूचकाङ्कमा पछि परेका क्षेत्र र वर्गलाई लक्षित गरेर नीति कार्यक्रम र बजेट निर्माण गरिने जानकारी गराउँदै उनले समाजवादको आधार तयार गर्ने नीति लिइने बताए । नीति कार्यक्रमलाई जनपक्षीय बनाउन विभिन्न पक्षसँग सुझाव लिने तयारी गरिएको जानकारी दिँदै उनले नीति कार्यक्रम र बजेटले समाजवादको आधार तयार गर्ने विश्वास दिलाए ।
सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई दृढताका साथ अघि बढाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सुशासनको अभियानमा सरकारले नयाँ कीर्तिमान कायम गरेको बताए । वर्तमान सरकारले ललितानिवास जग्गा प्रकरण, अवैध सुन तस्करी नियन्त्रण, मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रियामा ठूलो मेहनत गरेको उनको भनाइ छ ।
माओवादी नेतृत्वको सरकारले थालेका सुधारका काम एकाथरी व्यक्तिलाई मन नपरेका जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले जनपक्षीय कामलाई सरकारले निरन्तर अघि बढाउने स्पष्ट पारे । वर्तमान सरकारले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित ढङ्गबाट अघि बढाएको उल्लेख गर्दै उनले पछिल्ला समय भएका उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट कूटनीतिक सम्बन्ध प्रगाढ बन्दै गएको बताए ।न्युज कारखाना
काठमाडौं । इलाम- २ को उपनिर्वाचनमा विजयी नेकपा एमालेका सुहाङ नेम्वाङको प्रतिनिधि सभा सदस्यको शपथ आज हुदै छ ।
नेम्वाङलाई सभामुख देवराज घिमिरेले आज बिहान सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभा हालमा शपथ ग्रहण गने कार्यक्रम रहेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
बैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका थिए । न्युन कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।
आज आयोजनास्थलमा अनुगमनका क्रममा सुनकोसी गाउँ पालिकामा बृफिङ लिनु भएपछि प्रधानमन्त्री प्रचण्डले आयोजनाका आउनसक्ने समस्याको पहिचान गरेर त्यसलाई समयमै सल्टाउन निर्देशन दिए ।
“बहुउद्देश्यीय आयोजना ठूलो कार्यक्षेत्र भएकाले विभिन्न समस्या आउन सक्छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “समयमा नै समस्याको पहिचान गरी समाधान गर्दै जाने सोंच, कार्ययोजना र पूर्वतयारीको व्यवस्था गर्नुहोला ।” उनले आयोजना समयमै सम्पन्न गरी लगानीको प्रतिफल पनि समयमै प्राप्त गर्नेगरी काम गर्न निर्देशन दिए ।
प्रधानमन्त्री प्रचण्डले आयोजनामा राम्रो काम गर्ने कर्मचारीहरूको अभिलेख व्यवस्थित गरी दण्ड र पुरस्कारको ठोस कार्ययोजना निर्माण गर्नसमेत आयोजना प्रमुखलाई निर्देन दिए ।
सुरुङमार्ग बाहेक अन्य निर्माण कार्यहरू ब्यारेज, पावर हाउस, इलेक्ट्रोमेकानिकल, ट्रान्समिसन लाइन, नदी नियन्त्रण र सामाजिक विकासको कार्यहरू पनि उच्च प्राथमिकताका साथ समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले कार्ययोजना एवं खरिद गुरूयोजनाले निर्दिष्ट गरेअनुरूपका सम्पूर्ण कार्यहरू निर्धारित समयभित्रै पूरा गर्न निर्देशन दिए ।
मरिन डाइभर्सन राष्ट्रिय गौरवको रूपान्तरणकारी आयोजना भएकाले बजेटको अभाव हुन नदिने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले आयोजनाको निर्माण कार्यका निम्ति सरकारको तर्फबाट सम्पूर्ण रूपले सहजीकरण गर्ने जानकारी गराए ।न्युज कारखाना
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनको विषयमा स्पष्ट गर्न आज पत्रकार सम्मेलन गर्दै छन् ।
कानुनी राय लिएर अदालत जाने तयारीमा रहेको जसपा नेपालले पार्टी विभाजन, जसपा नेपालको आधिकारिक धारणाबारे जानकारी गराउन आज पत्रकार सम्मेलनको समेत आयोजना गरिएको छ । पत्रकार सम्मेलन बिहान ११: ३० बजे पार्टीको केन्द्रीय कार्यलय बालकुमारीमा हुने बताइएको छ ।
साथै जसपा नेपालको आज कार्यकारिणी समितिको बैठक पनि बस्ने बताइएको छ ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अशोक राईको नेतृत्वमा ७ जना सांसदले नयाँ दल गठन गर्दै जसपा बनाएका छन् । न्युज कारखाना
मकवानपुर | मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा गरिबीका कारण ७ सय ६६ बालबालिकाले बीचमै पढाई छाड्नु परेको छ। राक्सिराङमा २०८० सालमा ६ हजार ९ सय २ विद्यार्थी भर्ना भएकोमा वर्ष बितिसक्दा ७ सय ६६ जनाले पढाई बिचमै छाडेका हुन्।
यस्तै, राक्सिराङ गाउँपालिका-५ चैनपुरस्थित प्रजा जागृति माध्यमिक विद्यालयमा समेत ३६ जना विद्यार्थीले बीचमै पढाई छाडेका छन्। उक्त विद्यालयमा २ सय ८२ विद्यार्थी भर्ना भएकोमा २ सय ४६ जना मात्र नियमित रूपमा विद्यालय निरन्तर गएको पाइएको छ।
विपन्न तथा जनजाति समुदायका बालबालिकाले गरिबीकै कारण पढाई बिचमै छाड्नु परेको छ। विद्यालयले भर्ना अभियान चलाइरहेको भए पनि कति विद्यार्थीले घरपरिवारको आर्थिक अवस्थाका कारण पढाई निरन्तरता गर्न नसकेको खुलेको छ।
राक्सिराङ गाउँपालिकाका एक विद्यार्थी रश्मी प्रजा भन्छिन्, “बाबुआमाले जुत्ता विद्यालय पोशाक किन्न नसक्दा पोशाक मिलेन र विद्यालय जान गईन ।” उनकी आमाबुवाले मुस्किलले कक्षा ९ मा भर्ना गर्न सफल भए पनि विद्यालय पोशाक किन्ने आर्थिक स्रोत नभएकाले अब के गर्ने भन्ने चिन्ता बाँकी नै रहेको बताइन्छ।
यसरी गरिबीका कारणले धेरै बालबालिकाको पढाइमा नरम्रो असर गरिरहेको छ। सरकारले नि:शुल्क शिक्षाको व्यवस्था गरे पनि नगदसहितको सहयोग उपलब्ध गराउन नसक्दा गरिब बालबालिका पढाइबाट बाहिरिने क्रम रोकिएको छैन। न्युज कारखाना
काठमाडौं, २५ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको तयारी पोशाक निर्यात हुन नसकेकामा चिन्ता व्यक्त गरेका छन्।
नेपाल तयारी पोशाक उद्योग सङ्घका तर्फबाट आज मन्त्रालयमा तयारी पोशाक उद्योगको प्रवद्र्धनबारे ज्ञापनपत्र बुझ्दै उनले तयारी पोशाकलगायत निर्यातजन्य वस्तु निर्यातका समस्या समाधानका विषयमा चाँडै निर्यात व्यवसायीसँग बृहत छलफल गर्ने बताए।
मन्त्री भण्डारीले भने, ‘निर्यात व्यवसायीसित बृहत छलफल गरेर ठोस निर्णय लिनुपर्ने छ, निर्यातको अवस्था सारै नाजुक भयो, नेपाली वस्तुको निर्यातका लागि मन्त्रालयबाट गर्नुपर्ने सबै किसिमका काम गर्न म प्रतिबद्ध छु, निर्यातका सवालमा पूँजीगत समस्या छ, यसमा हामी गम्भिर छौँ, आगामी बजेटले यस विषयमा सम्बोधन गर्छ।’
सोही अवसरमा सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डेसहितको टोलीको ज्ञापनपत्र बुझेपछि वाणिज्य सचिव दिनेशकुमार घिमिरेले सम्बन्धित भन्सारका प्रमुखलाई तयारी पोशाक निर्यातमा सहजीकरण गर्न समन्वयका लागि निर्देशन दिए।
सङ्घले मन्त्री भण्डारी समक्ष तयारी पोशाकको उत्पादन र निर्यात प्रवद्र्धन गर्ने क्रममा संसारका प्रचलित नवीनतम प्रविधि, तदनुसारको प्रशिक्षण तथा लगानीलाई प्रोत्साहन गर्नु अपरिहार्य रहेको माग गरेको थियो। ज्ञापनपत्रमा भनिएको छ, ‘मन्त्रालयअन्तर्गत द्विपक्षीय तथा बहुपक्षीय दातृ राष्ट्र/संस्थाहरुको आर्थिक÷प्राविधिक सहायतमा सञ्चालन भइरहेका कार्यक्रम तथ आयोजनाबाट तयारी पोशाक उत्पादन निर्यात प्रवद्र्धन हेतु आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने सूचीमा यस सङ्घको नाम पनि समावेश गर्न अनुरोध छ।’
काठमाडौँ उपत्यका वा विकल्पमा निकटवर्ती जिल्लामा उपलब्ध पर्ति जग्गामध्येबाट करीब तीन सय रोपनी जग्गामा वातावरणमैत्री तयारी पोशाक ग्रामको अवधारणाअनुसार उपत्यका भरि छरिएर रहेका स–साना उद्योगलाई एकै स्थानमा स्थानान्तरण गरी सञ्चालन गर्ने प्रबन्ध गर्नसमेत सङ्घले माग गरेको छ। ज्ञापनमा भनिएको छ, ‘यस्तो हुन सकेमा अन्तर्राष्ट्रिय साना तथा मझौला क्रेताहरुलाई सरल पहुँच, महाविद्यालयका शिक्षार्थीलाई औद्योगिक अध्ययन–अवलोकन भ्रमण केन्द्र र एकीकृत औद्योगिक वातावरण निर्माणसमेत गर्न सकिने छ।’
सङ्घले वि.सं. २०४६ देखिको खपत मापदण्डलाई अद्यावधिक गरी उद्योगीहरुको आवश्यकताअनुसार थप मापदण्डसमेत उक्त तयारी पोशाक निर्यात प्रवद्र्धन समितिले निर्धारण गर्नुपर्ने माग गरेको छ। साथै नयाँ मापदण्ड निर्धारण नभएसम्मका लागि साविक बमोजिम निकासी र बैँक प्रत्याभूति फुकुवा हुनका लागि अर्थ मन्त्रालयमा समन्वय गरिदिनुपर्ने लगायतका सङ्घका माग छन्।न्युज कारखाना
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न अनुमति माग्दै सभामुख देवराज घिमिरेलाई पत्र पठाएका छन् ।
सहकारीको बचत अपचलनमा मुछिएका लामिछानेको बारेमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गत अधिवेशनमा अवरोध गरेपछि बोल्न नपाएका उनले २८गतेबाट सुरू हुने नयाँ अधिवेशनमा बोल्न अनुमति मागेका हुन् ।
उनले संसद्मा उठेका विषय र मन्त्रीको हैसियतले दिनुपर्ने जवाफ दिन नपाउँदा प्रतिनिधिसभाको नियमावली उल्लंघन भएको उल्लेख गरेका छन् । न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफुविरुद्ध छानबिन समिति बनाउने कुनै आधार नभएको बताएका छन् ।
सभामुखले बोलाएको सर्बदलीय बैठकमा लामिचानाएले महान्यायाधिवक्ता कार्यालयले नै मेरो विरूद्व केही छैन भनेपछि छानबिन समिति बनाउने आधार नै नभएको बताएका हुन् ।
उनले आधार नभई किन छानबिन समिति बनाउने भन्दै भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका संसदमा आउने र कुनै आधार नभएको उजुरीमा छानबिन गर्नुपर्ने भन्दै प्रश्न गरेका थिए ।
उनले भने- रूपन्देहीमा मुद्दा चल्ने, नचल्ने आधार हेरियो होला । आधार हेर्दा मुद्दा नचल्ने देखियो । नाम सहभागी हुँदैमा दोषी हुने होइन । प्रतिपक्षले सदन चल्न दिन जिम्मेवार हुनुपर्छ । संसदीय अभ्यास अगाडि बढाउन दिनुपर्छ ।’
उनले सहकारी समस्या समाधान गर्न सरकार संवेदनशील छ, नीतिगत र संरचनागत रूपमा फास्ट ट्रयाकमा व्यवस्था गर्न लागिरहेको बताउदै बचतकर्ताको पैसा फिर्ता प्राथमिकतामा रहेको र यसलाई प्रतिपक्षीले साथ दिनुपर्ने बताए ।
उनले जिबी राईका सम्बन्धमा मलेसियामा गृहमन्त्रीसँग सकारात्मक छलफल भएको बताउदै उनलाई नेपाल ल्याउन निरन्तर प्रयास गरिरहेको बताए । न्युज कारखाना
काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउन राखेको बैठक निष्कर्ष बिहिन सकिएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूबीच भएको छलफलमा नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानबिन गर्न संसदीय समितिको अडान कायमै राखेपछि बैठक निष्कर्ष विहिन बनेको हो ।
बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए- ‘हामीले संसदीय छानविन समितिको कुरा राखेको छौं। सरकारले आगामी बैठकमा प्रस्तुत हुँदा सहकारी ठगीमा गृहमन्त्रीको पनि संलग्नता रहेका देखिएको छ । राजीनामा मागेका छैनौं, प्रश्न उठेपछि संसदीय छानबिन समिति बनाउनुपर्छ भन्ने कुरा राखेका छौं। सरकारले समिति बनाउँछ भन्ने विश्वास राखेका छौं ।’
उनले आगामी सदन चल्ने नचल्ने भन्ने कुरा सरकारको भूमिकामा निर्भर रहेने बताए । उनले अगाडी भने-‘सदन चल्ने नचल्ने सरकार कसरी प्रस्तुत हुन्छ भन्नेमा भर पर्छ । हामीले सरकारकाप्रति अविश्वास गरेका छैनौं । कोही नेता कानून भन्दामाथि छ भन्ने सोच बनाउँदैन । प्रश्न उठेपछि सरकार आफैंले छानबिन गर्नुपर्छ भन्ने पक्षमा पुग्छ ।’
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित दोस्रो तहका नेताहरु सहभागी थिए ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा फुटाउनुमा आफ्नो कुनै भूमिका नभएको बताएका छन् ।
सभामुखले बोलाएको प्रधानमन्त्रीसहितको शिर्ष दलका प्रमुख नेताहरुको बैठकबाट बाहिरिनेक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
उनले जसपा फुटाउन आफ्नो भूमिका नभएको बताउदै देशमा प्रचण्ड बाहेक अरु कसलाई देख्छन् भन्ने टिप्पणी गरेका थिए ।
अशोक राई नेतृत्वमा जसपा नेपालबाट ७ सांसद मिलेर जसपा गठन भएपछि सत्ता जोगाउन प्रधानमन्त्रीले फुटाएको विश्लेषण भइरहेको छ । न्युज कारखाना
काठमाडौँ । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत बारे सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा अधिकारीले लिएको मतको अवैधानिक रहेकाले भन्दै ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा नियुक्तिका लागि पाण्डेले परमादेश जारीको माग गरेका छन् ।
आइतबार ६० सदस्यीय प्रदेश सभामा बहुमतको लागि ३१ मत आवश्यक पर्नेमा मुख्यमन्त्री अधिकारीले पाएको ३० मतलाई नै बहुमत पुगेको भन्दै सभामुख कृष्ण धितालले विश्वासको मत पाएको घोषणा गरेका थिए ।न्युज कारखाना
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी हिनामिना प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न अस्वीकार गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले आफ्ना सभापति रवि लामिछानेमाथि सहकारी हिनामिना प्रकरणमा मिथ्या आरोप लगाएको भन्दै संसदीय छानबिन समिति गठन अस्वीकार गर्ने निर्णय गरेको हो ।
बैठकमा बैशाख २८ गतेदेखि बस्ने संसदको बजेट अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच कांग्रेसको संसद अवरोधलाई समाप्त पार्न समग्र सहकारी ठगिको विषयमा उच्च स्तरीय छानबिन समिति गठन गर्ने विषयमा पटक पटक छलफल भएको छ । न्युज कारखाना
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । रामेछापको मन्थली नगरपालिका-३ स्थित लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गर्न जाँदै गर्दा बेला मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ भएका हुन् ।
मुख्यमन्त्री जम्कट्टेलको प्रेसर कम भएको र अक्सिजन लेभल कम देखिएको बताइएको छ ।
सुनकोशी गाउँपालिकाको खाल्टेस्थित आत्मीय सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि मुख्यमन्त्री जम्कट्टेललाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै छ ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउन आफूले उच्चस्तरमा कूटनीतिक पहल गर्ने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यहरुले गरेको भेटमा प्रधानमन्त्री प्रचण्डले रुसी सेनामा कार्यरत नेपालीको उद्धारका लागि सरकारले उच्चस्तरको पहल गर्ने बताए ।
“तपाईँहरूको माग सम्बोधन गर्न प्रधानमन्त्री कार्यालय प्रतिबद्ध छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सरकारले लगातार कूटनीतिक पहल गरि नै रहेको छ, कूटनीतिक नोटमार्फत पहल लिइएको छ ।”
नेपाली नागरिकको जीवन रक्षाका लागि सरकार निरन्तर लागिपरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले रुसी सेनामा कार्यरत नेपालीहरूका परिवारको माग सम्बोधन गन आफू प्रतिबद्ध रहेको बताए ।
“उच्चस्तरको कूटनीतिक पहल हुन्छ, म आफैले थप पहल गर्छु,” प्रधानमन्त्री प्रचण्डले भने । युद्ध मैदानमा रहेका नेपालीहरूसँग आफूले फोनमा कुरा भएको उल्लेख गर्दै प्रधानमन्त्रीले उनीहरूको अवस्थाबारे कूटनीतिक च्यानलमा निरन्तर छलफल भइरहेको जानकारी दिए ।
रुसी सेनामा कार्यरत नेपालीका परिवारले युद्धमा रहेका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै काठमाडौँमा धर्ना दिएका थिए । प्रधानमन्त्री प्रचण्डका जनसम्पर्क विज्ञ बुिद्ध जिसीले उहाँहरूका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेसँगै धर्ना स्थगित भएको थियो । सोही प्रतिबद्धताअनुसार आज प्रधानमन्त्री प्रचण्डले ती परिवारका सदस्यलाई भेट उच्चस्तरीय पहल गरेर युद्धमा रहेका नेपाली स्वदेश फिर्ता ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।न्युज कारखाना
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले स्थायी समितिको बैठक बोलाएको छ । एकीकृत समाजवादीले वैशाख २९ गतेका लागि स्थायी समिति बैठक बोलाएको हो ।
उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत गरिने विभिन्न दस्तावेजका विषयमा छलफल गरिने भएको छ ।
स्थायी समितिका निर्णयमा थप छलफल गर्न वैशाख ३० गते पोलिटब्यूरो बैठक बोलाइएको छ । दुवै कमिटीबाट आएका सुझाव सङ्कलन गरेर केन्द्रीय कमिटी बैठकमा पेस गरीने खतिवडाले जानकारी दिएका छन् ।
एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन गर्दै छ । न्युज कारखाना
काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखतका लागि उपस्थित हुन ओलाएको छ ।
आयोगले मंगलबार सार्वजनिक सूचना जारी गर्दै जनता समाजवादी पार्टी नेपालको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यलाई २१ दिनभित्र सम्बन्धित प्रदेस वा जिल्ला निर्वाचन कार्यालयमा सनाखतका लागि उपस्थित हुन बोलाएको हो ।
आयोगले जेठ १३ गतेभित्र प्रदेशसभा सदस्यले प्रदेश निर्वाचन कार्यालयमा र स्थानीय तहका जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालयमा आफू निर्वाचित भएको सक्कल प्रमाणपत्र र नेपाली नागरिकताको सक्कल प्रमाणपत्रको साथमा सनाखत गर्न भनेको हो । आयोगसमक्ष उपस्थित भएर उनीहरुले आफु जसपा नेपाल वा जसपामा रहेको स्पष्ट गर्नुपर्ने भएको छ ।
जसपा नेपालबाट अलग भएर अशोक राईको नेतृत्व जसपा गठन गरेका छन् । आयोगले राई नेतृत्वको जसपालाई सोमबार दल दर्ता गर्दै प्रमाणपत्र दिएको थियो ।
राई नेतृत्वको जसपामा ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य सामेल रहेका छन् ।
आयोगका अनुसार जसपा नेपालबाट संघीय संसदमा १५ जना सांसद निर्वाचित छन् । जसमा प्रतिनिधिसभामा १२ जना र राष्ट्रियसभामा तीनजना छन् । त्यस्तै प्रदेशसभामा जसपा नेपालका २२ जना निर्वाचित छन् । यस्तै स्थानीय तहमध्ये २१ जना गाउँपालिका अध्यक्ष, १२ जना उपप्रमुख, १९ जना गाउँपालिका उपाध्यक्ष, २९५ वडा अध्यक्ष, २९९ जना महिला सदस्य, २९६ जना दलित महिला सदस्य र ५९८ जना खुला सदस्य निर्वाचित छन् ।न्युज कारखाना
काठमाडौँ । जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ दल जनता समाजवादी पार्टी (जसपा) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारलाई आफ्नो दलको समर्थन निरन्तर जारी रहने जनाएको छ ।
सोमबार काठमाडौंमा अध्यक्ष राईको अध्यक्षतामा बसेको जसपाको संसदीय दलको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई आफ्नो दलको समर्थन निरन्तर जारी राख्ने निर्णय गरेको हो ।
सोमबार बेलुकी जसपाका महासचिव इस्तियाक राईले जारी गरेको प्रेस विज्ञप्तिमा पार्टीको संसदीय दलको बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन निरन्तर जारी राख्ने निर्णय गरेको उल्लेख छ ।
यसअघि सोमबार नै निर्वाचन आयोगले राई अध्यक्ष रहेको जसपालाई दल दर्ताको प्रमाण पत्र प्रदान गर्दै दलको मान्यता दिएको थियो । जसपालाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम निर्वाचन दल दर्ताको मान्यता दिएको आयोगले जनाएको छ ।
आइतबार ७ सांसदसहित नयाँ दल दर्ताका लागि आयोगमा निवदेन दिएका थिए । राई अध्यक्ष रहेको नयाँ पार्टीमा प्रदीप यादव, रेनु यादव, नवलकिशोर साह सुडी, वीरेन्द्र महतो, रन्जु कुमारी, हसिना खान र सुशीला श्रेष्ठलगायत ७ जना सांसद रहेका छन् ।न्युज कारखाना
काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
पार्टी विभाजन पछिको परिस्थितिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न उनी अहिले बालुवाटार पुगेका हुन् । उपप्रधानमन्त्री यादव विदेश भ्रमणमा रहेका बेला उहाँ नेतृत्वको जसपा आइतबार फुटेको थियो ।
भ्रमण टुङ्ग्याएर गएराति मात्र स्वदेश आइपुगेका यादवले प्रधानमन्त्रीसँग नयाँ परिस्थितिको विषयमा छलफल गर्ने बताइएको छ । न्युज कारखाना
काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव स्वदेश फर्किएका छन् ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५७औँ बैठकमा भाग लिएर उपप्रधानमन्त्री यादव गएराती स्वदेश फर्किएका हुन् ।
यादव अमेरिकामा रहेका बेला उनको दल जसपा नेपाल फुटेको छ । वरिष्ठ नेता अशोक राईको नेतृत्वमा जसपा निर्वाचन आयोगमा दर्ता समेत भएको छ । आजै स्वदेश फर्किएका यादवले केहीबेरमा संसदीय दलको बैठक बस्दै छन् ।
न्युज कारखाना
काठमाडौँ । सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै गर्ने भएका छन् ।
सभामुखले आज बिहान साढे ११ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ ।
आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई छलफलका लागि बोलाएका हुन् ।
सहकारी प्रकरणमा रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो । कांग्रेसको अवरोधले सदनको कारवाही प्रभावित भएपछि सभामुखले शीर्ष बैठक बोलाएका हुन् ।
सभामुखले सदनको अवरोध खुलाउन गएको अधिवेशनमा पनि दुई पटक शीर्ष बैठक आहवान गरेका थिए । तर, सहमति प्रयास सार्थक हुन सकेको थिएन । सहकारी प्रकरणबारे सदनमा उठेका विषयलाई सहमतिमा टुंग्याउन मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग र कार्यव्यवस्थामा अलग अलग छलफल भएको थियो । संसदको बर्खे अधिवेशन आगामी २८ गतेदेखि सुरु हुँदैछ ।न्युज कारखाना
काठमाडौं, २४ वैशाख । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी (एस) ले पार्टीभित्र अन्तरविरोध नभएको बताउँदै नयाँ समीकरण बनाउने चर्चा पनि निराधार रहेको जनाएको छ। जनता समाजवादी पार्टी विभाजनका सन्दर्भमा नेकपा एसले आफ्नो पार्टी पनि वैकल्पिक समीकरणको कसरतमा लागेको भन्ने आरोपलाई खण्डन गर्दै वर्तमान सत्ता समीकरणप्रति प्रतिबद्ध भएको जनाएको हो।
नेकपा एसको सोमबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष माधवकुमार नेपालले सरकारका कतिपय काम कामप्रति असन्तुष्टि भए पनि वैकल्पिक समीमकरण बनाउने खोजेको भन्दै गलत प्रचार गरिएको बताए।
‘म, शेरबहादुर देउवा र उपेन्द्र यादवबीच वैकल्पिक समीकरण बनाउनेबारे छलफल नै भएको छैन। अर्को समीकरण बनाउन खोजेको भन्ने हल्ला गलत हो,’ उनले भने, ‘सत्तारुढ दलमा समस्या भए छलफल गरेर समाधान गरिनुपर्छ। यो समीकरणको विकल्पमा जाने होइन, बरु उत्पन्न समस्या छलफलबाट समाधान गरेर जानुपर्छ।
संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले बैठकपछि जारी विज्ञप्तिमा संसदीय दलमा कुनै समस्या नभएको बताएका छन्। ‘यस बीचमा संसदीय दलका सम्बन्धमा चलाइएका चर्चा एवं हल्लाहरु गलत रहेको र त्यस्ता भ्रमहरुमा नपर्न सबैलाई अनुरोध गर्दै पार्टी संसदीय दल एकताबद्ध रहेको प्रतिबद्धता व्यक्त गरेको छ,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । न्युज कारखाना
काठमाडौं, २४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्राचार गरेका छन्।
उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले छुट्टा छुट्टै पत्र लेखि आफ्नो सम्पत्ति विवरण सार्वभौम नेपाली नागरिक र आम संचारमाध्यमको जानकारीको लागि सार्वजनिक गरिदिन अनुरोध गरेका हुन्।
देशमा भ्रष्ट्राचार न्यूनिकरण गर्न सदाचार आचरण महत्त्वपूर्ण हुने र त्यसको लागि आफूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विवरण बुझाएको तर त्यहाँबाट सार्वजनिक नभएकोले सार्वजनिक गर्नको लागि पत्राचार गरिएको पार्टीका महामन्त्री मुकुल ढकालले बताए। न्युज कारखाना
काठमाडौं, २४ वैशाख । कैलालीको टीकापुर घटनापछि जन्मेको नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद सम्बन्धी दुई मुद्दा सोमबार पनि सुनुवाई भएन। सोमबार न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुङ्गानाको इजलासमा रहेको पेशी हेर्न नभ्याउने हुदै स्थगीत भएको हो।
वैशाख १८ गते पनि उक्त मुद्दा हेर्न नमिल्ने हुदै स्थगीत भएको थियो। उक्त दिन न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र सारंगा सुवेदीको इजलासमा पेशी रहेको थियो। लगातार हेर्न नमिल्ने र नभ्याउने भएपछि उक्त मुद्दा अर्को साताका लागि पेशी सरेको छ।
अध्यक्ष निर्वाचित भएको तर निर्वाचन आयोगले वैधानिकता नदिएको भन्दै रेशम चौधरी र रामेश्वर चौधरीसहित ६४ जनाले दायर गरेका दुई रिट सर्वोच्चमा विचाराधिन रहेको छ। दुवैले अलग अलग रिट सर्वोच्चमा दर्ता गराएका थिए।
चौधरीले चैत २३ गते निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमा लिखित जवाफ मगाउने आदेश यसअघि नै भएको छ।
रामेश्वर चौधरीसहितको रिटमा उनीहरू चौधरीसंगै निर्वाचित भएकाले त्यसको वैधानिकता बारे प्रश्न उठाएर रिट दायर गरेका थिए।
चौधरीको हकमा भने उनी ज्यानमार्ने उद्योगमा दोषी ठहर भएकाले अयोग्य हुने भनि निर्वाचन आयोगले नै वैधानिकता दिन अस्वीकार गरेको थियो।
२०७२ मा राज्यको पुनर्संरचनाका क्रममा सुदूरपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको आन्दोलन भएको थियो। त्यही क्रममा भदौ ७ गते टीकापुरमा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको हत्या भएको थियो।
उक्त घटनाका लागि तीनै तहको अदालतले चौधरीलाई दोषी ठहर गरेको थियो। सोही आधारमा आयोगले चौधरीलाई अध्यक्ष हुन अयोग्य भनेको थियो। तर चौधरीले आफू महाधिवेशनवाट निर्वाचित भएकाले आयोगले अयोग्य भन्न नसक्ने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
चौधरीले आफू जेलबाट रिहा भएपछि टिकापुरमा थारुहरूमाथि अन्याय भएको भन्दै गठन गरेको नागरिक उन्मुक्ति पार्टीलाई अझै शक्तिशाली बनाएर थारुहरूको हक अधिकारका लागि लाग्ने भन्दै पहिलो महाधिवेशनमा एकल उम्मेदवार हुँदै अध्यक्ष भएका थिए। न्युज कारखाना
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ । अशोक राईसहित ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएका थिए ।
आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएर राई नेतृत्वमा जनता समाजवादी पार्टीलाई दर्ता गरेको हो ।
आयोगले दल दर्ता सम्बन्धी अध्यादेश खारेज भएको भएपनि अध्यादेशबाट बनेको राजनीतिक दल दर्ता सम्बन्धी नियमावलीमा टेकेर दल दर्ता गरेको बुझिएको छ ।
नियमावली अनुसार संघीय संसदमा रहेका दलका सांसदको २० प्रतिशत र केन्द्रीय समितिको २० प्रतिशतले हस्ताक्षर गरेर दल विभाजन तथा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएमा दल दर्ता गर्न सकिने व्यवस्था रहेको छ । न्युज कारखाना
काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम आफू एमालेमा फर्किन आतुर रहेको बताएका छन् ।
नेता गौतमले वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै आफु एमालेमा फर्किन आतुर रहेको बताउदै अध्यक्ष केपी शर्मा ओलीले ७-८ महिना देखि कुरिरहेको बताएका हुन् ।
उनले आफुलाई पार्टीले दिएको जिम्मेवारी पुरा गर्न तयार रहेको बताउदै ओलीले नेकपा फुटेको बेला आफु कतै नलागेकोले आफुलाई घाटा लागेको समेत बताए ।
आफुलाई नेकपा फुटायो भनेर आरोप लागेको विषय उठाउदै आफुले नेकपा नफुटाएको जिकिर गर्दै आफु त्यति बेला कतै नलागेको स्पष्ट गरे । नेता बामदेवले ओलीकै आगाडी भने- ‘म एमाले आउने तपाईको खुट्टा तान्न आउने होइन । म तपाइँलाई अहिले भन्दा बलियो बनाउन आउने हो । २०८४ मा ६० लाख भोट ल्याउने योजना बनाएर सफल बनाएर देखाउ ।’
सोहि कार्यक्रममा ओलीले बामदेवको एकताको भावना सकारात्मक रहेको बताउदै अहिले यस विषयमा आफुले चर्चा गर्न नचाहेको बताए । न्युज कारखाना
काठमाडौँ । जसपा नेपालले दल बिभाजनको अवस्था नरहेको बताएको छ ।
जसपा नेपालका प्रवक्ता मनिष सुमनले एक विज्ञप्ति जारी गर्दै हाल जसपा नेपाल विभाजन भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै अहिले दल बिभाजनको अवस्था नरहेको बताएका छन् ।
उनले हाल संसदको अधिवेशन आव्हान भइसकेको र दल बिभाजन सम्बन्धि अध्यादेश खारेज रहेको अवस्थामा दल विभाजनको अवस्था नरहेको बताएका छन् ।
साथै उनले दलको बहुमत सदस्य दलप्रति प्रतिबद्ध नै रहेको बताउदै सम्पूर्ण केन्द्रिय सदस्यलगायत कोहि पनि भ्रममा नपर्न आग्रह गरेका छन् ।न्युज कारखाना
काठमाडौँ । नेकपा एमाले समग्र सहकारी ठगि प्रकरणमा छानबिन गर्न आफुहरु तयार रहेको बताएको छ ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलले उठाएको कुराको सम्बोधन गरेर समग्र सहकारी ठगिको छानबिन गरेर अगाडी बढ्नुपर्ने बताएका हुन् ।
बर्तौलाले व्यक्ति तोकेर छानबिन गर्नुपर्छ भन्ने कांग्रेसको अडान कायम रहेमा आफुहरुको समर्थन नरहने बताए । उनले व्यक्तिमाथि छानबिन गर्न माग गरिरहदा समग्र सहकारी ठगिको छानबिन प्रभावित हुन नहुने बताउदै अगाडी बढ्नुपर्ने बताए । बर्तौलाले कांग्रेसले समग्र सहकारी ठगिको छानबिनको माग उठाएको हो वा व्यक्ति केन्द्रित छानबिन गर्न भनेको हो भन्ने स्पष्ट हुनुपर्ने बताए ।
यस अघि सत्ता समीकरणमा रहेको माओवादी केन्द्र र एमालेबीच समग्र सहकारी ठगिको विषयमा छानबिन गर्ने सहमति भएको बताइएको छ । तर यो कांग्रेसको माग अनुसार भने नभएको बताइएपछि कांग्रेसले आफ्नो विरोध जारी राख्ने बताएको छ ।
बैशाख २८ गते देखि संघीय संसदको बैठक आव्हान गरिएको छ ।न्युज कारखाना
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको छ । यस अघि यही वैशाख २८ गते बस्ने भनिएको बैठक ३१ गतेदेखि काठमाडौँमा बस्ने भएको हो ।
पार्टी महासचिव घनश्याम भुसालले आन्तरिक तयारी नपुगेकाले बैठक सारिएको जानकारी दिएका छन् ।
वैशाख ३१ देखि दुई दिनसम्म चल्ने बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत हुने पार्टीको वैचारिक दृष्टिकोण, जनवर्गीय सङ्गठनका कार्यप्रगति, समसामयीक राजनीतिक अवस्था, नवीकरण गरिएका सङ्गठित सदस्यको अनुमोदनलगायत विषयमा छलफल केन्द्रित रहने महासचिव भुसालले जानकारी दिएका छन् ।
एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्न लागेको छ । न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याहरूको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरू बोलाएर छलफल गरेका छन् ।
सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था, विभागको सिष्टम देखिएका समस्या, जनतास्तरमा उठेका विषयहरू र विभागले निर्वाह गर्नुपर्ने भूमिका लगायतका विषयमा केन्द्रित रहेर विभागसँग छलफल गरेका हुन् ।
छलफलमा प्रधानमन्त्रीले लाइसेन्सका सम्बन्धमा जनस्तरमा असन्तुष्टि र आक्रोश देखिएको बताउँदै त्यसलाई तत्काल सम्बोधन गर्न निर्देशन दिए ।
प्रधानमन्त्रीले भने, “सवारी चालक अनुमतिपत्रका बारे बाहिर गम्भीर प्रश्नहरू उठेका छन्। यसमा जनताले गम्भीर आलोचना, असन्तुष्टि, आक्रोश देखिन्छ। खासगरी युवाहरूले समयमै सेवा नपाएको लगायतका गुनासो राख्ने गरेका छन्। लाइसेन्स जसरी बितरण हुनुपथ्र्यो, त्यस्तो भएको छैन। नक्कली लाइसेन्स बितरणको कुरा पनि मैले सुनेको छु । यो समस्यालाई मैले गम्भीरतापूर्वक लिएको छु। यो समस्या तत्काल समाधान गर्नुस्।”
छलफलमा उनले लाइसेन्सको डिजिटल सिष्टमलाई व्यवस्थित गर्नसमेत निर्देशन दिए ।
प्रधानमन्त्रीले भने, “यो नीतिगत समस्या हो कि संरचनागत हो वा हाम्रो नियतमा समस्या हो ? यसको गम्भीरता हेरी सोहीअनुरूप निरूपण गर्नुपर्छ। तसर्थ, जनतास्तरमा उठेका जिज्ञासा र प्रश्नहरूको गम्भीरतापूर्वक समाधान गर्नुस्। भइरहेको सिष्टमलाई अपडेट र अपग्रेड गर्दै नयाँ सिष्टममा अगाडि जाने तयारी गर्नुस्।”
सो क्रममा प्रधानमन्त्रीले नीति तथा कार्यक्रम र बजेटको समय भएकाले कस्तो नीति र उपायहरू अपनाउँदा यस क्षेत्रको समस्या समाधान हुन्छ, सोबारे ठोस सुझाव प्रस्तुत गर्नसमेत निर्देशन दिए ।
छलफलमा मुख्यसचिव डा. बैकुण्ठ अर्याल, यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजाल लगायतका अधिकारीहरूको उपस्थिति थियो ।न्युज कारखाना
काठमाडौँ । गृह मन्त्रालयले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति बढेपछि त्यसलाई केही कडाई गर्ने भएको छ । मन्त्रालयले सोमबार यसबारे तीन बुँदे निर्देशन जारी गरेको छ ।
निर्देशनअनुसार शारीरिक एवं मानसिक रुपमा अस्वस्थ भएको अवस्था, दीर्घरोगीहरु जस्तैः उच्च रक्तचाप, मधुमेहलगायत नियन्त्रण नभएर अस्पतालमै बसेर उपचार गर्नुपर्ने अवस्थामा मात्र अस्पताल लैजानुपर्नेछ ।
अस्पताल लग्नुपर्ने विकल्पको रुपमा हिरासतमा नै सरकारी अस्पताल अथवा नेपाल मेडिकल काउन्सिल दर्ता चिकित्सकले परीक्षण गरेर अस्पताल राख्नु पर्ने/नपर्ने सम्बन्धमा निर्णय गर्ने गृहको निर्देशनमा छ ।त्यस्तै अस्पतालमा अब्जरभेसनका लागि ४८ घण्टाभन्दा बढी राख्नु परेमा उपयुक्त कारण खुलाउनु पर्ने निर्णय पनि छ ।
प्रहरीको नियन्त्रणमा रहेका व्यक्तिलाई चिकित्सकीय सहायता उपलव्ध गराउने हालको कानूनी प्रबन्ध र अभ्यासलाई बस्तुगत, तथ्यपूर्ण र विश्वसनीय बनाउन मन्त्रालयले चैत १३ गते नेपाल मेडिकल काउन्सिललाई अध्ययन गरी रायसहितको प्रतिवेदन दिन अनुरोध गरेको थियो। काउन्सिलले वैशाख २३ गते बुझाएको प्रतिवेदनका आधारमा गृह मन्त्रालयले ३ बुँदे निर्णय गरेको हो। गृहको आग्रहअनुसार अध्ययन गर्न काउन्सिलले सदस्य डा. विश्वराज दवाडीको संयोजकत्वमा ९ सदस्यीय समिति बनाएको थियो ।
‘आवश्यक पर्दा उपचार पाउनु सबैको हक हो। राज्यले त्यो हक सुरक्षित गर्छ नै। तर, कतिपय घटनामा हिरासत छल्न नै अस्पताल जाने प्रवृत्ति पनि देखिएकाले सबैलाई समान व्यवस्था र व्यवहार होस् भनेर केही ‘क्लज’ राख्ने निर्णय भएको हो’ लामिछानेको सचिवालयद्वारा जारी प्रेस नोटमा छ ।न्युज कारखाना
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक बोलाएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्नेगरी संसदीय दलको बैठक बोलाएका हुन् ।
बैठकमा संसद अधिवेशन बारे छलफल हुने बताइएको भएपनि जसपा नेपाल विभाजित भएपछि विभाजनको भय एकीकृत समाजवादीमा पनि देखिएको मिडियामा समाचार आएपछि बैठक बोलाइएको बुझिएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेससँग मिलेर वैकल्पिक गठबन्धन बनाउन पहल गरेपछि सशंकित भएको सत्ता समीकरण आफ्नो बहुमत पुर्याउन र वैकल्पिक गठबन्धनको विकल्प समाप्त पार्न जसपा विभाजन गरिएको विश्लेषण भइरहेको छ ।न्युज कारखाना
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले आफू संस्थापन पक्षमै आवद्ध रहेको प्रष्ट पारेका छन् ।
राज्यमन्त्री कार्कीको निजी सचिवालयले आज एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यममा आइरहेका भ्रामक सूचनाको खण्डन गर्दै उनी जसपा नेपाल संस्थापन पक्षमै यथावत रहेको बताएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘माननीय कार्कीको बारेमा विभिन्न सञ्चार माध्यममा आइरहेका समाचारहरू भ्रामक रहेकोले सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ। उनी कुनैपनि गुट वा दलसँग आवद्ध नरहेको र जसपा नेपाल संस्थापन पक्षमै यथावत रहेका छन् ।’न्युज कारखाना
काठमाडौँ । सभामुख देवराज घिमिरेले मङ्गलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै गर्ने भएका छन् ।
सभामुखले मंगलबार बिहान साढे ११ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ ।
आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई छलफलका लागि बोलाएका हुन् ।
सहकारी प्रकरणमा रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो । कांग्रेसको अवरोधले सदनको कारवाही प्रभावित भएपछि सभामुखले शीर्ष बैठक बोलाएका हुन् ।
सभामुखले सदनको अवरोध खुलाउन गएको अधिवेशनमा पनि दुई पटक शीर्ष बैठक आहवान गरेका थिए । तर, सहमति प्रयास सार्थक हुन सकेको थिएन । सहकारी प्रकरणबारे सदनमा उठेका विषयलाई सहमतिमा टुंग्याउन मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग र कार्यव्यवस्थामा अलग अलग छलफल भएको थियो ।
संसदको बर्खे अधिवेशन आगामी २८ गतेदेखि सुरु हुँदैछ ।
न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग, जाति र समुदायलाई पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन अपिल गरेका छन् ।
बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० शुभारम्भ घोषणा तथा भाषा दिवस २०८१ को कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो असली प्रतिनिधिको पहिचान गरेर अधिकारको रक्षा गर्न अपिल गरेका हुन् ।
नेपाल जनताको त्याग र बलिदानको बलमा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक विशेषतासहितको संवैधानिक व्यवस्था स्थापना भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानलाई पूर्ण तुल्याउन पनि सबैको एक्यबद्धता जनाउनुपर्नेमा जोड दिए ।
“नयाँ संविधानमा पहिचान र अधिकार स्थापित गर्न म र हाम्रो पार्टीले मुख्य सङ्घर्ष गरेको थियो । जे–जति अधिकार लेखिएका छन्, त्यसका लागि निर्णायक भूमिका खेलेको थियो,” प्रधानमन्त्री प्रचण्डले भने, “तसर्थ, सबै उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो पनि आफ्नो असली प्रतिनिधिको पहिचान गरी पहिचान र अधिकारको राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जाहेर गर्नुहुन म यस ऐतिहासिक अवसरमा हार्दिक अपील गर्दछु ।”
इमान्दार र निरन्तर सङ्गठित प्रयास भइरहने हो भने संविधानमा संस्थागत गर्न बाँकी अधिकार क्रमशः स्थापित हुँदै जाने प्रधानमन्त्री प्रचण्डको विश्वास छ । संविधानले नेपाली भाषाको अतिरिक्त प्रदेशले प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्र भाषालाई प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सकिने व्यवस्था गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले भाषा आयोगको सिफारिसमा बागमती प्रदेशसभाले पारित गरेको प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा आएकोमा खुशी व्यक्त गरे ।
आफू पहिलोपटक प्रधानमन्त्री हुँदा नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा मनाउने निर्णय गरेको जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले तेस्रो कार्यकालमा नेपाल संवत्लाई सरकारी लिखतमा अनिवार्य गर्ने निर्णय गरी उक्त निर्णयको कार्यान्वयनसमेत भइरहेको स्पष्ट पारे ।
पहिचान र अधिकार स्थापितसहित आन्तरिक राष्ट्रियता सुदृढ गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले देशको स्वाधीनता, स्वाभिमान र समृद्धि चाहनेहरूका निम्ति आजको दिन विशेष गौरवको दिन भएको बताए ।
“देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय, क्षेत्रीय उत्पीडनको अन्त्य गर्दै समाजवादउन्मुख समुन्नत राष्ट्र निर्माणको आकाङ्क्षा र प्रतिबद्धतामा आजको दिनले महत्त्वपूर्ण प्रेरणा र ऊर्जा दिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “ तसर्थ, आजको दिन नेवा, तामाङ लगायतका उत्पीडित जातिहरूको देशकै निम्ति महत्त्वपूर्ण दिन हो ।”
नेपाली समाजको विशेषता र सामाजिक बनोटअनुसार सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको पहिचान र अधिकारका निम्ति आफूले लगातार सङ्घर्ष गर्दै आइरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले नेपाल संवत् कार्यान्वयनलाई थप प्रभावकारी तुल्याउन र अन्य प्रदेशहरूलाई पनि संविधानले व्यवस्था गरेबमोजिम प्रादेशिक कानुनहरू निर्माण गरी भाषिक, सांस्कृतिक अधिकारलाई सम्बोधन गर्न दिशाबोध गर्ने विश्वास व्यक्त गरे । न्युज कारखाना
वैशाख २३ गते
आम जनता पार्टी (आजपा) ले विद्यार्थीको अनुपातमा तहगत र बिषयगत शिक्षक दरबन्दी कायम गरी शिक्षकको व्यवस्था गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको छ । आजपा जिल्ला कमिटी बाराले आईतबार जिल्ला प्रशासन कार्यालय कलैया, बारा मार्फत संघीय र प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
शिक्षा ऐन विपरीत गरिएको शिक्षक दरबन्दीको असमान वितरण खारेज गर्न र विद्यार्थी संख्याको अनुपातमा तहगत र विषयगत शिक्षकको व्यवस्था गर्नुपर्ने माग आजपाको रहेको आईटी आर्मीका केन्द्रिय सदस्य रामशरण यादवले बताए । आजपाका केन्द्रीय उपाध्यक्ष अशोक लामा, महासचिव त्रिभुवन साह, सचिव एवं मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहा, विद्यार्थी मोर्चाका केन्द्रीय अध्यक्ष विवेक साह, आम जनसांस्कृतिक मोर्चाका केन्द्रीय अध्यक्ष विजय यादव निर्विज लगायत सयौं नेताकार्यकर्ताहरुले कलैयामा र्याली सहित प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
विद्यार्थीको अनुपातमा शिक्षकको ब्यवस्थापन गर, एउटै कक्षाकोठामा सयौं विद्यार्थी राख्न पाइदैन, विद्यार्थीको भबिष्यसंग खेलवाड गर्न पाइदैन, तहगत र बिषयगत अपुग शिक्षकको पूरा गर, गुणस्तरीय शिक्षाको ब्यवस्था गर, विभेदकारी शिक्षकको दरबन्दी बितरण खारेज गर, गुणस्तरीय शिक्षाको ब्यवस्था गर, आम जनता पार्टी जिन्दावाद लगायतका नारा प्रदर्शनकारीले लगाएका छन् ।
यस अघि गत साता रौतहटको चन्द्रपुरमा बसेको आजपा मधेस प्रदेश कमिटीको पदाधिकारी बैठकले असामान शिक्षक दरबन्दी वितरण सच्याउन, अपुग तहगत र बिषयगत शिक्षक दरबन्दी पुर्ति गर्न र विद्यार्थी संख्याको अनुपातमा अपुग शिक्षक दरबन्दी तत्काल आपुर्ति गर्नका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । ४० देखी ५० बिधार्थी संख्यामा एक जना शिक्षक रहने सरकारी मान्यता विपरीत मधेसमा ८० देखी १०० बिधार्थी बराबर एक शिक्षक रहेको र हजारौं बिधालयमा शिक्षक दरबन्दी शुन्य रहेको साथै विषयगत शिक्षकको पुरै अभाव रहेको विडम्बनापूर्ण स्थितिमा विद्यार्थीको भविष्यको लागि आन्दोलन मात्र एक विकल्प रहेको निष्कर्ष सहित बैठकले मधेसको प्रत्येक जिल्लामा संघर्षका कार्यक्रम अगाड़ी बढ़ाउने निष्कर्ष निकालेको थियो ।
मधेसका अधिकांश विद्यालयमा १०० देखी ३०० सय सम्म विद्यार्थी कोचिएको विद्यालयमा तत्काल सेक्सन छुट्याई अपुग शिक्षक र आवश्यक भौतिक संरचना पुर्ति गर्नुपर्ने, विद्यार्थीको जनसंख्या हरेक बर्ष बृद्धि हुने हुनाले विद्यार्थी शिक्षक अनुपात मिलाउनका लागि प्रत्येक बर्ष विद्यार्थी भर्ना अभियानसंगै अपुग हुने शिक्षक दरबन्दी बैशाख महिनाको पहिलो साताभित्र शिक्षक सेवा आयोग खोली अनिर्वाय रुपमा पुर्ति गर्ने व्यवस्था गर्नुपर्ने माग आजपाले गरेको छ ।
आरके श्रीवास्तव,राैतहट२३ गते वैशाख ।
नीति, थिति र निर्णय सबैलाई लत्याउँदै रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत नै नगरलाई अस्तव्यस्त बनाएका छन् । नगर प्रमुख र हाकिम दुवै जना कार्यालय छोडेर बेपत्ता हुन थालेपछि नगरपालिकाको सबै काम अस्तव्यस्त बन्न पुगेको वडाध्यक्षहरुको आरोप छ ।
आइतवार कटहरिया नगरपालिकाको कार्यपालिकाको बैठक बोलाएर नगर प्रमुख र हाकिम दुवै जना अनुपस्थित भएपछि कार्यपालिका सदस्यहरु आक्रोशित बनेका छन् । पूर्व सूचना गरी बोलाइएको कार्यपालिका बैठकमा नगर प्रमुख अजय प्रकाश र कार्यालय प्रमुख सुरेन्द्रमान प्रधान दुवै जना अनुपस्थित भएपछि उपस्थित कार्यपालका सदस्यहरु आक्रोशित बनेका हुन् । कटहरिया ५ का वडाध्यक्ष सर्फलाल गुप्ताले बैठकमा उपस्थित नभई कार्यालय प्रमुख प्रधानले मोबाइलको स्वीचसमेत अफ गरेर उपसचिवजस्तो गरिमामय पदको मर्यादा गिराएको आरोप लगाएका छन् ।
नीति, नियम र नैतिकताको कुनै ख्याल नै नगरी कार्यालय प्रमुख प्रधान नगर प्रमुखको इसारामा मात्र चल्ने गरेको आरोप वडाध्यक्ष गुप्ताको रहेको छ । नगर प्रमुख र कार्यालय प्रमुख दुवै जना मिलेर नगरपालिकालाई बन्धक बनाएको आरोप लगाउँदै वडाध्यक्ष गुप्ताले जनताले सबैको हिसाबकिताब लिने बताएका छन् । नगरपालिकामा कति जना ज्यालादारीका कर्मचारी छन् र महिनाको कति खर्च ज्यालादारीमा हुन्छ भन्ने यकिन जानकारी नगर प्रमुख र कार्यालय प्रमुखले दिने गरेका छैनन् ।
ज्याला तथा करारका कर्मचारीको नियुक्ति तथा कामको विवरण महिनौँदेखि कार्यपालिका सदस्यहरुले माग्दै आएका छन् । नगरपालिकाको तलब खुवाएर नगर प्रमुख र कार्यालय प्रमुखले दर्जनौँ मानिसलाई चिनीमिलमा काम गराएको आशंका जनप्रतिनिधिहरुको रहेको छ । कटहरिया नगरपालिका ९ मा रहेको चिनी मिलका संचालक नगर प्रमुख अजय प्रकाशले नगरपालिकाबाट भुक्तानी दिने गरेको तर निजी उद्योगमा दर्जनौँ कर्मचारी खटाएको आशंका रहेको छ ।
करार तथा ज्यालादारीको कामदारको विवरण, तिनीहरुमा भइरहेको खर्च, हरेक महिना इन्धनमा नगरपालिकाको खर्चको विवरण माग गर्दै केही महिना पहिले नगर उपप्रमुखसहित अन्य जनप्रतिनिधिहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए । नेपाली काँग्रेसबाट निर्वाचित नगर प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरुमाथि पार्टीको दबाब परेपछि रातारात ताला खोलाइएको थियो ।
कटहरिया ४ का वडाध्यक्ष चन्दनकुमार कुशवाहाले नगर प्रमुख र कार्यालय प्रमुखले नगरपालिकामा लुटको साम्राज्य खडा गरेको र जनताप्रति अलिकति पनि उत्तरदायी नदेखिएको आरोप लगाएका छन् । वडाध्यक्ष कुशवाहा भन्छन् – जनताको अदालतले एक दिन हरेक कुकर्मको हिसाब गर्नेछ । कार्यालय प्रमुख प्रधान नगरपालिकालाई अस्तव्यस्त बनाउनमा माहिर छन् ।
यसअघि रौतहटकै फतुवा विजयपुर नगरपालिकामा जनप्रतिनिधिबिच फाटो ल्याएर एक पक्षीय विवादास्पद निर्णयहरु गराएका थिए । प्रधान कार्यालय प्रमुख रहुन्जेल फतुवा विजयपुरमा पटकपटक विवाद र कार्यालयमा तालबन्दी भएको थियो ।
प्रधानको विवादास्पद चरित्रकै कारण रौतहटको वृन्दावन नगरपालिका कार्यालयमा स्थानीयले हाजिर हुन दिएका थिएनन् ।
काठमाडौँ । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानी विदेशमन्त्री खामिखावा योको स्वदेश फिर्ता भएकी छन् । उनी गएराती स्वदेश फिर्ता भएकी हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले बिदाइ गरेकी थिइन् ।
आइत बिहान काठमाडौँ आइपुगेकी विदेशमन्त्री योकोले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेकी थिइन् ।
उनले विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेकी थिइन् । त्यस्तै उनले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठसहितको नेपाली प्रतिनिधिमण्डलसँग छलफल समेत गरेकी थिइन् ।न्युज कारखाना
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।
संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश गरिएको खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक आइतबार प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । न्युज कारखाना
काठमाडौँ । भन्सारको लूटकारी ब्यवस्थाविरुद्ध आम सम्पर्क मञ्चद्वारा भन्सार बिभागमा जारी शान्तिपुर्ण धर्ना कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले शन्तिपूर्ण धर्नामा दमन गरेको भन्दै दर्जनौलाई गिरफ़्तार गरेको आम जनता पार्टीले जनाएको छ ।
आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रको जनताको निजी सम्पति लुट्ने काम तुरुन्त बन्द गर्न तथा भन्सार कानुनमा रहेका सम्पूर्ण विभेदकारी एवं लूटकारी प्रावधान हटाउन गरिएको शान्तिपुर्ण आन्दोलनको मागहरुलाई सम्बोधन गर्नुको सट्टा सरकारद्वारा गरिएको व्यापक दमन एवं धड़पकड़को भर्त्सना गरेका छन् ।
देशको समृद्धिसँग जोड़िएको यो ऐतिहासिक संघर्षमा गिरफ़्तार हुनुभएका भन्सार कानून सुधार संघर्ष समितिको संयोजक रन्जु कुमारी साह, स्क्राप हक हित फाउण्डेशनको अध्यक्ष संजय साह, आजपाको उप महासचिव मनोज कुमार यादव लगायतका कार्यकर्तालाई प्रहरीले हिरासतमा लिएको आम जनता पार्टीले जनाएको छ ।न्युज कारखाना
काठमाडौँ । आजै काठमाडौँ आइपुगेकी जापानकी विदेशमन्त्री खामिखावा योकोले हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेकी छन् ।
विदेशमन्त्री योकोले विश्व सम्पदा सुचिमा सुचिकृत हनुमानढोका दरबार क्षेत्रको अवलोकन भ्रमण गरेकी हुन् ।
एक दिनको भ्रमणमा नेपाल आएकी विदेशमन्त्री योकोले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जानकरी दिएको छ । उनले सोहि दिन उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग दुइपक्षिय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
जापानी विदेशमन्त्री नेपाल आउन लागेको सन् २०१९ पछि पहिलो पटक हो । विदेशमन्त्री खामिखावा सोहि दिन भ्रमण पुरा गरेर स्वदेश फर्किने मन्त्रालयले जनाएको छ ।
न्युज कारखाना
काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय थप अन्योलमा परेको छ ।
सुदूरपश्चिममा सत्ता गठबन्धनको महत्वपूर्ण दल नेकपा एमालेले विश्वासको मत दिने विषयमा निर्णय नगरेपछि मुख्यमन्त्री सोडारीको विश्वासको मत लिने विषय अन्योलमा परेको छ । एमाले अनिर्णित हुदा शुक्रबार र शनिबार बोलाइएको प्रदेश सभा बैठक स्थगित गरिएको छ ।
यसैबीच सुदूरपश्चिम प्रदेश सभामा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । ओलीले सुदूरपश्चिम विश्वासको मतका लागि हतार नगर्न निर्देशन दिएका सुदूरपश्चिमका एमाले नेताहरुले बताएका छन् ।
गएराती ओलीले रावलसहितका नेताहरुसँग छलफल गर्दै उपनिर्वाचनबाट विजयी भएका एमाले सांसदले शपथ समेत नलिएको भन्दै अहिले विश्वासको मतका लागि हतार नगर्न निर्देशन दिएको बताइएको छ ।
ओली सुदूरपश्चिममा एकीकृत समाजवादीका सोडारीलाई मुख्यमन्त्री बनाएकोमा असन्तुष्ट रहेको बुझिएको छ । उनले यसअघि केबलक ४ सिट रहेको एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन अस्वीकार गरिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा सोडारी मुख्यमन्त्री बनेका थिए । एकीकृत समाजवादीले सुदूरपश्चिममा आफुलाई मुख्यमन्त्री नदिएमा केन्द्रमा गठबन्धन नै तोड्ने चेतावनी दिएपछि प्रधानमन्त्रीले पहल गरेर सोडारीलाई मुख्यमन्त्री बनाएका थिए ।
अब सोडारीले विश्वासको मत लिन जेठ ५ गतेसम्मको समय रहेको छ ।
एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई सदस्य, स्वतन्त्र सदस्य डा तारा जोशीको समर्थनमा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी यही वैशाख ६ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्र को सभामुखबाहेक १०, एमालेको ११, नागरिक उन्मुक्ति पार्टीको सात, एकीकृत समाजवादी पार्टीका चार, राप्रपाको एक र एक स्वतन्त्र सदस्य छन् । न्युज कारखाना
काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौँ आइपुगेकी छन् । जापानी विदेशमन्त्री खामिखावा आइतबार बिहान काठमाडौँ आइपुगेकी हुन् ।
विदेशमन्त्री खामिखावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जानकरी दिएको छ । उनले सोहि दिन उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग दुइपक्षिय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
जापानी विदेशमन्त्री नेपाल आउन लागेको सन् २०१९ पछि पहिलो पटक हो । विदेशमन्त्री खामिखावा सोहि दिन भ्रमण पुरा गरेर स्वदेश फर्किने मन्त्रालयले जनाएको छ ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष ध्यान दिएको बताए ।
‘सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘निकै ठूलो मेहनेत र सङ्घर्षबाट प्राप्त भएको नागरिको मौलिक हक कार्यान्वयन गर्नु राज्यको दायित्व हो, यो दायित्त्व पूरा गर्न सरकार गम्भीर भएर लागेको छ ।’
गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका दुई हजार ८०० श्यया निःशुल्क उपलब्ध गराइएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पाठेघरको क्यान्सर र स्तन क्यान्सर विरूद्धको खोप निःशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको बताए ।
‘सबै सरकारी, सामुदायिक र निजी अस्पतालले कुल श्ययाको १० प्रतिशत बिपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचारका लागि कार्यान्वयनमा ल्याउन पहल गरिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यस्ता कामहरूले स्वास्थ्य क्षेत्रका अधिकार ब्यावहरमा कार्यान्वयन गर्नका लागि आधारभूत अर्थ राख्दछन् ।’
संविधानको व्यवस्थाअनुरूप चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान लगायतका स्वास्थ्य संस्थाहरूले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्दै आम नेपाली नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन राज्यको प्रमुख दायित्व पूरा गर्न प्रतिष्ठानले भूमिका खेल्नुपर्ने बताए ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई स्वदेशी तथा विदेशी शैक्षिक निकायसँग समन्वय र सहकार्य गरी समयानुकूल बनाइने बताउँदै प्रधानमन्त्रीले अन्तर्राष्ट्रियस्तर शैक्षिक प्रतिष्ठान बनाउन आफ्नोतर्फबाट निरन्तर सहयोग रहने बताए ।
आफूले सरकारको नेतृत्व लिएलगत्तै वीर अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल लिएको अवगत गराउँदै प्रधानमन्त्री प्रचण्डले सबै बेड तथा अपरेशन थिएटरहरू सञ्चालनमा ल्याउने, वीर अस्पतालको सेवालाई दुई सिफ्टमा सञ्चालन गर्नेलगायतका कार्यलाई प्राथमिकता दिएको बताए । न्युज कारखाना
भोजपुर । नेकपा एमालेको जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित भएका छन् । शनिबार सम्पन्न नवौँ अधिवेशनले पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गरी खड्का विजयी भएका हुन् ।
खड्काले ३१७ मत प्राप्त गर्दै विजयी भएका छन् भने राईले २२३ मत प्राप्त गरेका थिए ।
पार्टी उपाध्यक्षमा किरण राई, सचिवमा एक्सन राई, उपसचिव खुलातर्फ दौलथकुमार कुलुङ, उपसचिव महिलातर्फ रमादेवी राई विजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि ६०८ प्रतिनिधिमध्ये ५७३ जनाले मतदान गरेका थिए ।
सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि पाँच पदाधिकारी, पाँच खुला सदस्य र तीन खुला महिला सदस्यका लागि निर्वाचन भएको थियो । खुला सदस्यमा इन्द्र थापा, रेवतीरमन थापा, बद्रीनाथ निरौला, राजेश कटुवाल, नवीन प्रधान तथा महिला सदस्यतर्फ आशादेवी राई, सुस्मिता राई र सङ्गीता कँडेल निर्वाचित भएका छन् । अधिवेशनले पदाधिकारीसहित ९० सदस्यीय कार्यसमिति चयन गरेको हो ।न्युज कारखाना
काठमाडौँ । सरकारले एक सय रुपैयाँ नोटमा नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेपछि भारतका विदेशमन्त्री एस जयशंकरको टिप्पणी बाहिर आएको छ ।
भारतीय मिडियाहरुका अनुसार विदेशमन्त्री जयशंकरले सीमा विवादको विषयमा वार्ता गरिरहेको बेलामा एकपक्षीय रूपमा प्रक्रिया अगाडी बढाएर धरातलीय यथार्थ परिवर्तन नहुने टिप्पणी गरेका छन् ।
इण्डियन एक्सप्रेसले जयशंकरलाई उदृत गर्दै लेखेको छ- ‘मैले त्यो रिपोर्ट देखेँ । यसलाई मैले विस्तृत रूपमा हेरिनँ । मलाई लाग्छ हाम्रो अडान धेरै प्रष्ट छ । नेपालसँग हाम्रो सीमाबारेमा हामी स्थापित मान्यताअनुसार कुरा गरिरहेका छौँ । यसको बीचमा उनीहरूले एकतर्फी रूपमा केही प्रक्रिया अघि बढाएका छन् । तर, उनीहरूको तर्फबाट गरिने कामले हामीबीचको धरातलको यथार्थ र हामीबीचको अवस्थालाई परिवर्तन गर्दैन ।”
गत विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले सय रुपैयाँको नोटमा चुच्चे नक्शाको तस्वीर राख्ने निर्णय गरको थियो । न्युज कारखाना
पोखरा , वैशाख २३ गते ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिदै छन् । गण्डकी प्रदेशको आज अपराहन्न ३ बजे बस्ने बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
चैत २५ गते मुख्यमन्त्री पदमा नियुक्त भएका अधिकारीले सरकार दाबि गर्दा सभामुखको मत गणना गरेको भन्दै सर्वोच्चमा रिट दायर भएकोमा सर्वोच्चले प्रदेश सभाबाट विश्वासको मत लिएर नै सरकारको बहुमत तय हुने भन्दै रिट खारेज गरेपछि मुख्यमन्त्रीलाई विश्वासको मत लिने बाटो खुलेको थियो ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीसहित ८, राप्रपाको २ र एकीकृत समाजवादीको एक सिट रहेको छ ।
मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउने विषय पेचिलो देखिएको छ । बहुमतको लागि उनलाई ३१ मत आवश्यक पर्दछ । एमालेका सभामुख बाहेक २१ र माओवादीका नेसपा बाहेक ७ र एकीकृत समाजवादीको एक गरि २९ मत मात्र पुग्दछ । त्यस्तै बाबुरामको नेसपाका एक सांसदले मत दिए पनि ३० मत मात्र हुने भएकाले विश्वासको मत पाउन सहज देखिएको छैन ।
संबिधानमा सभामुखले बराबर मत भएको अवस्थामा मात्र मत दिन सक्ने अवस्था रहेको छ । त्यस्तै प्रदेशमा कांग्रेस र राप्रपा भने विपक्षमा रहेका छन् ।
रौतहट २२ वैशाख।
रौतहटको सीमावर्ती क्षेत्रका बासिन्दाहरूको आफ्नै पीडा रहेको छ। अघोषित नाकाबन्दी सरह अहिले पनि साइकल मोटरसाईकल बाहेक सवारी साधन वारिपारी आवत जावतमा रोक लगाईएको छ। सीमाबासीहरू पटक-पटक भारतीय सुरक्षाकर्मी एसएसबीको ज्यादती सहन गर्न बाध्य भएका छन्।
सीमावर्ती परोहा नगरपालिका ९ रामपुर खापमा आयोजित “सिमाबासी संग सशस्त्र प्रहरी”कार्यक्रम तथा अन्तरक्रियामा सहभागि सीमा सहजीकरण समितिका पदाधिकारी तथा स्थानीयहरूले उक्त समस्या बारे जानकारी दिएका छन्।
सशस्त्र प्रहरी बल ११ नम्बर गण हेक्वा रौतहट द्वारा आयोजना गरिएको सीमा सुरक्षाको महत्त्व, सीमा अपराध नियन्त्रण कार्यक्रमका सहभागीहरूले द्वन्द्वकालमा बन्द भएको छोटी भन्सार बंकुल हालसम्म सञ्चालन नहुँदा ससाना व्यापारीहरु गौर भन्सार पुगेर कारोबार गर्दा ठूलो समस्या हुनेगरेको बताएका थिए। उनीहरूले कतिपय साना ब्यापारी गौर भन्सारसम्म पहुँच नभएको कारण बाध्यभएर अबैध बाटो हुँदै विभिन्न भारतीय सामान भित्र्याउँदा राज्यलाई लाखौं राजश्व क्षति हुनेगरेकाले हाल बन्द रहेको बंकुल भन्सार र बाराको काचोर्वा भन्सार सञ्चालनतर्फ राज्यको ध्यान जानुपर्ने सहभागीले माग गरेका थिए।
त्यसैगरी जिल्ला सदरमुकाम गौर भएर चारपाङ्ग्रे सवारीसाधन आवतजावत भइरहे पनि कोरोनाकालमा बन्द गरिएको साना नाकाहरूबाट हालसम्म आवतजावत सुरुहुन सकेको छैन। सीमासँग जोडिएका हजारौं परिवार दैनिक उपभोग्य वस्तु खरिददेखि बिरामीको उपचारको लागि भारतीय बजार माथि निर्भर रहेका छन्। यस्तो अवस्थामा सहर बजारदेखि भारतीय आफन्तसँग २४औं घण्टा सम्पर्कमा हुँदा आउँदा जाँदा भारतीय सीमासुरक्षाबल एसएसबीले बिभिन्न बहानामा पटकपटक दुर्व्यवहार गर्नेगरेको सहभागीले पीडा पोखेको कार्यक्रमका प्रमुख अतिथी सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन्।
छिमेकी जिल्ला बाराको तीन छोटी नाकाबाट चारपाङ्ग्रे सवारीसाधन निर्वाध रुपमा भारतबाट आवतजावत भईरहेको छ तर रौतहटमा भने सदरमुकाम गौर बाहेक अन्य नाकाबाट एसएसबीले पूर्ण प्रतिबन्ध लगाएको थियो।
सहभागीहरुले सवारी आवागमन व्यवस्थापन , बिवाह, पूजा तथा चाडँ पर्वमा आवश्यक सामान ल्याउन सहजिकरण , सीमाक्षेत्रमा अनियन्त्रित मदिरा व्यवसाय व्यवस्थित गर्न माग गरेका थिए। त्यसैगरी उनीहरूले कुखुरा तथा पशुपन्छि तस्करी नियन्त्रण, निर्बाध भारतीय नम्बरको मोटरसाइकल आएर बिभिन्न घटनाहरू घताईरहेकाले त्यसको नियन्त्रण तथा व्यवस्थापन गर्न सुझाव दिएका थिए।
सहभागीहरुले गरेको माग र सुझाव लाई राज्य सम्म पुर्याएर समाधानको पहल गर्ने एसपी हुमागाईंले प्रतिबद्धता जनाएका थिए।
अन्तरक्रिया कार्यक्रममा सीमा सहजिकरण समितिका पदाधिकारिहरू , वडा अध्यक्षहरू , स्थानीय समेत गरी १०० भन्दा बढी मानिसको सहभागिता रहेको थियो।
काठमाडौं, २२ वैशाख। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै नरहे के का लागि राजनीति गर्ने भन्दै आफू र राजनीतिक दलभन्दा देशमाथि छ भन्ने कुरालाई आत्मसात गर्ने समय आएको बताएका छन्।
कोइरालाले चौतर्फी रुपमा देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेकोले नेताहरूले देशको माटो र जनतालाई सम्झेर संवेदनशील र जिम्मेवार हुनुपर्ने बताएका छन्। निर्वाचन प्रणाली नै अहिलेको समस्याको मूल जड भएको बताउँदै कोइरालाले निर्वाचन प्रणाली परिवर्तन गरेर देशलाई निकास दिन संघीय संसदको पहिलो दल कांग्रेस र दोस्रो दल एमाले एक ठाउँमा उभिनुपर्ने समेत प्रष्ट पारे।
२०६४ को संविधानसभा पछि लगातार ४ जना कम्युनिस्ट प्रधानमन्त्री बन्दासमेत संविधान बन्न नसकेको प्रसङ्ग उल्लेख गर्दै कोइरालाले भने, ‘२०७० को दोस्रो संविधानसभामा जब कांग्रेस र एमाले पहिलो र दोस्रो पार्टी भए, कांग्रेस र एमाले एकै ठाउँमा उभिए अनि संविधान जारी भयो।’
कोइरालाले जब देशमा अप्ठ्यारो परिस्थिति आउँछ तब कांग्रेस र एमाले एकै बिन्दुमा उभिएर समस्या समाधान गरेको बताए।
बाँकेको कोहलपुरमा आयोजित नेपाली कांग्रेस बाँके क्षेत्र नं- १ को सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले सहकारी ठगिमा मुछिएका गृहमन्त्री रबि लामिछानेको अनुसन्धानका लागि संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले संसद चल्न नदिने पनि बताए।
‘हामीले गृहमन्त्रीको राजिनामा मागेका होइनौं, संसदिय छानबिन बनाऔं सहकारी ठगिमा उहाँको संलग्नता नदेखिए उहाँ गृहमन्त्री रहिरहनुहुनेछ तर संसदीय समिति बनाउन सरकार किन डराएको ?’, कोइराला प्रश्न गरे।
अर्को प्रसङ्गमा कोइरालाले पार्टीका सबै आपसी मनमुटाव र नमिठा बिगत बिर्सेर पार्टी संगठनमा एकजुट हुन स्थानीय नेता एवं कार्यकर्तालाई निर्देशन दिए। पार्टी एक भए कुनै पनि निर्वाचनमा कांग्रेसले गठबन्धनका नाममा कसैको बैशाखीको सहारा लिनु नपर्ने बताए।
लोकतान्त्रिक पार्टी भएकाले महाधिवेशनका समयमा आन्तरिक प्रतिश्पर्धा र गुटबन्दी देखिनु सामान्य भएको बताउँदै कोइराला भने, ‘तर त्यो तिक्तता र गुटबन्दीलाई लिएर सधै हिडिराख्नु राम्रो होइन।’न्युज कारखाना
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइसीसी टी-२० विश्वकप क्रिकेट खेल्ने खेलाडीलाई सफलताका लागि शुभकामना दिएका छन् ।
अमेरिका र बेस्ट इन्डिजमा आयोजना हुन लागेको विश्वकप क्रिकेट खेल्न जाने टोलीका सदस्यलाई सफलताको शुभकामना व्यक्त गरेका हुन् ।
नेपाली क्रिकेट टोली आज राति त्यसतर्फ प्रस्थान गर्दै छ । टी-२० विश्वकप जुन १ तारिखदेखि सुरु हुँदैछ । विश्वकपमा नेपाल समूह ‘डी’मा परेको छ । यस समूहमा
दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्याण्ड्स छन् । नेपालले जुन ४ तारिखमा नेदरल्याण्ड्ससँग विश्वकपको सुरुवात गर्नेछ ।न्युज कारखाना
बारा
राष्ट्रिय परिचयपत्रको लागि फारम भर्न सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासो बढेपछि बाराको ईलाका प्रशासन कार्यालय सिमराले अधिक जनसंख्या रहेको निजगढ नगरपालिकाको आग्रहमा एक मात्र स्टेशनबाट सम्पादन गर्न कठिन भएको भन्दै गत चैतमा थप एक स्टेशन थपेको थियो । तर राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग सिंहदरवारको परिपत्रपछि जिल्ला प्रशासन कार्यालय बाराले स्थानीय तहबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको कार्य जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालय मार्फत मात्र हुने भन्दै दर्ता अपरेटर सहित सम्पुर्ण सामाग्री फिर्ता लगेको छ ।
जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयसम्म पुग्न स्थानियलाई सास्तीहुने तथा राष्ट्रिय परिचयपत्र बनाउन टाडा जानुपर्ने, भिडभाडका कारण निकै समय तथा दिनसम्म लाग्नेभन्दै उक्त स्टेशनमा कार्यरत जनशक्तिको पारिश्रमिक लगायतको आवश्यक खर्च नगरपालिकाको कार्यालयले भुक्तानी गर्ने भन्दै निजगढ नगरपालिकाको नगरकार्यपालिकाको बठैकले गत चैत ७ गते निर्णय गर्दै यस पालिकामा भएको राष्ट्रिय परिचयपत्रको सेवा फिता नलिन सम्बन्धीत निकायलाई पटक पटक पत्रचार गरेको प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत बर्तौलाले भने,‘सेवाग्राहीलाई सहज हुने हिसाबले स्थानिय तहमा आएको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनबाट यस पालिकामा करिब ६० प्रतिशत नगरिकहरुको राष्ट्रिय परिचयपत्र बनाउन बाँकी रहेको हुदाँ सेवा निरन्तर गर्न पालिकाले समन्वय गरेको भएतापनि कुनै जवाफ नआएको हुदाँ आजबाट राष्ट्रिय परिचयपत्र बनाउने काम जिल्ला र ईलाका प्रशासनबाट भएको बताए ।’ 
सम्पुर्ण सामाग्री र अपरेटर फिर्ता भएपछि बिहिबारबाट बाराको निजगढ नगरपालिकाबाट भईरहेको विवरण सङ्कलन गर्न अब जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयसम्म पुग्न स्थानिय बाध्य भएका छन ।
सेवाग्राहीको भीडलाई मध्यनजर राखी जिल्ला प्रशासन कार्यालयले पालिकामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट निजगढमा नगरपालिकामा केन्द्र खडा गरी राष्ट्रिय परिचयपत्र सम्बन्धित पालिकाबाट नै बनाउने कार्य राम्रो थियो, निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले भने भीडभाड रहित रुपमा सेवाग्राहीले सहज रुपमा पाएको सेवा पुनः फिर्ता लगेर जनतालाई दुःख दिने काम भएकाले निजगढ नगरपालिकाले पञ्जीकरण विभागसंग समन्वय भईरहेको बताए । नगरप्रमुख पुरीले भने,‘निजगढ नगरपालिकाको भैगोलिक बनावटका कारण सर्वसाधरण निजगढ नगरपालिकामै सहज रुपले आउन सक्ने अवस्था छैन । निम्न आय भएका तथा जेष्ठ नागरिकहरुको परिचयपत्र बनाउन वडा वडा सम्म पुर्याउने तयारी गरीरहेको बेलामा फिर्ता लगिएको छ । हामी सेवा पुनः संचालन गराउन पहल गरिरहेका छै ।’
वडा वडामा पुग्नुपर्ने सेवा पुनः प्रशासन कार्यलयमै
यसअघि स्थानीय तहसँग समन्वय गरी सबैलाई पायक पर्ने स्थानमा केन्द्र स्थापना गरेर कम्प्युटरलगायत उपकरणसहित तत्काललाई कर्मचारी खटाइएको थियो जसले गर्दा जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालय हुदै आएको भिड र परिचय पत्र बनाउनका निम्ती नागरिकलाई हुदैँ आएको सास्तीमा समेत कम भएको थियो तर पुनः यो सेवा प्रशासनमै पुगे पछि स्थानियले समेत आलोचना गरेका छन ।
निजगढ नगरपालिका ३ की बिमला राई बिहिबार २२ वर्षिय छोराको पासपोर्ट बनाउन निजगढ नगरपालिकाको कार्यलयमा आएकी थिईन तर सो सेवा नगरपालिकामा नभएपछि उनी सिमरा स्थीत ईलाका प्रशासन कार्यलयमा पुगिन तर त्यहाँबाट भिड भएका कारण उनको छोराको परिचयपत्र बनेन तर उनलाई आईतबार बिहान १० बजे आउन भन्दै फिर्ता पठाएको राईले बताईन । उनले भनिन,‘पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ तर सरकारबाट प्राप्त हुने सेवा पालिकाबाट फिर्ता गरेर उल्टै नागरिकलाई दुःख दिने काय भएको छ । सेवा वडा सम्म आउनुपनेमा पालिकाबाटै फिर्ता लगिनु राम्रो होईन ।’
बारा जिल्लाका १६ वटै स्थानीय तहबाट भईरहेको राष्ट्रिय परिचयपत्र आवश्यक विवरण सङ्कलन कार्य आजबाट जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयबाट मात्र हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग सिंहदरवारले गरेको परिपत्र अनुसारनै जिल्लाको १६ वटै स्थानीय तहबाट विवरण सङ्कलन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिए ।
यता राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक (राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखा) का मुकेश कुमार केशरीले मधेश प्रदेशका प्रत्यक पालिकाबाट दैनिक ४० वटा परिचयपत्रको बिवरण भरिने लक्ष्य बमोजिम स्थानीय तहबाट विवरण सङ्कलन थालिएको भएतापनि यस प्रदेशबाट १८ महिना सम्मको डाटालाई हेर्दा लक्ष्य बमोजिम पुरा नभएका कारण फिर्ता ल्याईएको जानकारी दिए । निर्देशक केशरीले भने,‘विवरण सङ्कलन गर्न धेरै बार्की रहेका स्थानीय तहसंग समझौता गरेर पुनः संचालन गर्न सकिने तथा ४० दिन सम्म वडा वडामा पुगेर बिवरण संकलन गर्न सकिन्छ अहिले पालिकामा भएका कर्मचारीलाई फिर्ता बेलाएरको अर्को कारण भनेको बनेका परिचय पत्र बाड्न समेत हो । कुनै पालिकाहरुबाट माग हुने बितिक्कै हामी पुनः विवरण सङ्कलन गर्न पठाउँछौँ।’न्युज कारखाना
बारा
बाराको निजगढ नगरपालिका १० स्थित लालमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा स्थानीयले तालाबन्दी गरेपछि पठनपाठन अवरुद्ध भएको छ । स्थानीयको शिक्षक सेवा आयोगको परीक्षा उतिर्ण गरेपछि जिल्ला शिक्षा समन्वय ईकाइ बाराबाट सिफारिसमा निजगढ नगरपालिका शिक्षा समितिले पदास्थापना गरेका शिक्षकहरुलाई हाजिर नगराउन भन्दै केही अभिभावकहरुले विद्यालयका प्रधानाध्यापक दिनानाथ साहको कार्यकक्षमा गत मंगलवार तालाबन्दी गरेका थिए ।
प्रधानाध्यापक साहको कार्यकक्षमा भएको तालाबन्दीको खोल्ने बारेमा पहल नभएपछि विद्यालयका शिक्षक कर्मचारीहरुले बिहीवारबाट पठनपाठन ठप्प पार्ने निर्णय गरेका हुन । बिहीवार बसेको शिक्षक कर्मचारीहरुको संयुक्त बैठकले केही मान्छेहरुले विद्यालयका प्रधानाध्यापक साहको कार्यकक्षमा तालाबन्दी गरेपछि पठनपाठनको लागि सहज वातावरण नभएको भन्दै तालाबन्दी नखोलिएसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।
शिक्षक सेवा आयोगको परीक्षा उर्तीण गरेका २ जना शिक्षकहरुलाई जिल्ला शिक्षा समन्वय ईकाइको सिफारिमा निजगढ नगरपालिका शिक्षा शाखाले नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा पदस्थापना गर्ने निर्णय गरेपछि रुष्ट बनेका केही अभिभावकहरुले प्रधानाध्यापक साहको कार्यकक्षमा तालबान्दी गरेका थिए । उनीहरुले निजगढ नगरपालिका वडा नम्बर १३ स्थित भगवती आधारभुत विद्यालयका प्रधानाध्यापक उदयराज अधिकारीलाई रिक्त दरबन्दीमा हाजिर गराउनुपर्ने माग गरेका छन ।
विद्यालय प्रशासनले भने नगर शिक्षा समितिले पदास्थपना गरेका शिक्षकहरुलाई प्राथमिकतामा राखेर हाजिर गराउनु पर्ने अवस्था रहेको र सरुवा प्रक्रिया पनि पूरा नभएकोले शिक्षक अधिकारीलाई हाजिर गराउन नसकिने जनाएको छ । अधिकारीले आफू कार्यरत विद्यालयबाट सरुवा सहमति लिएको भएपनि हाजिर हुन आउने भनिएको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट भने कुनै सहमति लिएका छैनन । ‘सहमति माग गर्न आउनुभएको थियो, प्रधानाध्यापक साहले भन्नुभयो, तर विद्यालयमा व्यवस्थापन समितिको म्याद समाप्त भएकोले सहमति पत्र दिन सकिएन ।’ उहाँले समितिको निर्णय बेगर प्रधानाध्यापकले एक्लै सरुवा सहमति दिन नसक्ने पनि बताए । विद्यालयमा अभिभावकबाट चुनिने ४ जना सदस्यको चयन भइसकेको भए पनि व्यवस्थापन समितिले पूर्णता पाउन नसकेको प्रधानाध्यापक साहले जानकारी दिए ।
नगर शिक्षा समितिले आयोगको परीक्षा उर्तिण गरेर नगरपालिकामा शिक्षा समन्वय इकाइबाट सिफारिस लिएर आएकी रेखा साह र लक्ष्मी रावललाई शिक्षा समितिले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लालमा पदस्थपाना गर्ने निर्णय गरेको थियो । शिक्षा समितिको गत चैत्र ३० गतेको बैठकले उक्त विद्यालयमा पदस्थापना गर्ने निर्णय गरेको हो ।
निजगढ नगरपालिका १० का वडा अध्यक्ष आशाकाजी श्रेष्ठले विद्यालय जस्तो पवित्र संस्थामा तालाबन्दी गर्नु राम्रो कार्य नभएको बताए । उनले शिक्षा समितिले आयोगको परीक्षा उर्तिण गरेर आएका शिक्षकको पदस्थापन गर्ने निर्णय गरेकोले शिक्षक अधिकारीलाई सोही दरबन्दीमा सरुवा गरेर ल्याउन नमिल्ने पनि बताए ।
विद्यालयमा हाल ४ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन ।न्युज कारखाना
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सय रुपैयाँको नोटमा चुच्चे नक्शा राख्ने निरन्य सस्तो लोकरिझ्याई भएको टिप्पणी गरेका छन् ।
अध्यक्ष थापाले सीमा मिचिएको बारे बोल्न नसक्ने, इपिजी बारे कुरा गर्न डराउने, जलस्रोतमा भरतीय एकाधिकार कायम गराउने सरकारले नेपाली नोटमा चुच्चे नक्शा राख्ने निर्णय गर्नु सस्तो लोकरिझ्याई भएको टिप्पणी गरेका हुन् ।
उनले भनेका छन्-
सिमा मिचिएकोवारे चुईक्क बोल्न नसक्ने,भारत रिसाउँछ भनेर ईपिजीवारे कुरा गर्न डराउने,नेपालको जलश्रोतमा भारतीय एकाधिकार कायम गराईदिने वर्तमान सरकारले नेपाली नोटमा चुच्चेनक्सा राख्ने निर्णयगर्नु सस्तो लोकरिझ्याईँ मात्र हो । कुटनीति सस्तो लोकप्रियताको विषय होइन ।न्युज कारखाना
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनको पराजय पछि समग्र पार्टीको स्थापना कालदेखिकै समीक्षा गर्ने भएको छ ।
शुक्रबार बसेको सचिवालयको बैठकले पार्टीको समग्र समीक्षा गर्ने निर्णय गरेको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिएका छन् ।
साथै रास्वपाले महामन्त्री ढकाललाई समग्र समिक्षाको जिम्मेवारी दिदै असार १ गते प्रतिवेदन तयार गरि सचिवालय बैठकमा पेश गर्न निर्देशन दिएको छ ।
महामन्त्री ढकाल सहितको टोलीले जेठको दोस्रो सातादेखि पार्टीको अवस्था र सुधार गर्नुपर्ने विषय पहिल्याउन देशभर अध्ययन भ्रमण गरेर प्रतिवेदन बनाउने भएका छन् । महामन्त्री ढकालले पेस गरेको प्रतिवेदनका आधारमा पार्टीले नयाँ दिशा तय गर्ने भएको छ ।
साथै रास्वपाले बैशाख २९ गतेका लागि बोलाएको केन्द्रीय समितिको बैठक समेत स्थगित गरेको छ ।
न्युज कारखाना
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार वैशाख २३ गते गण्डकी प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका मुख्यमन्त्री अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभामा वैशाख २३ गते विश्वासको मत लिने भएका हुन् ।
मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते दिनको ३ बजे प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने सूचना प्रदेशसभाको सचिवालयमा दर्ता गराएका छन् । न्युज कारखाना
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने गरि प्रदेशसभा बैठक आजको लागि बोलाइएको छ ।
यस अघि शुक्रबार बोलाइएको बैठक मुख्यमन्त्री सोडारीको अनुरोधमा आजको लागि सारिएको हो । आज बैठक साढे ५ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।
नेकपा एमालेले विश्वासको मत दिने विषयमा निर्णय नगर्दा मुख्यमन्त्रीका लागि आह्वान गरिएको शुक्रबारको बैठक नै स्थगित हुन पुगेको थियो । पार्टीको रेशम चौधरी पक्षले सोडारीलाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ भने रञ्जिता श्रेष्ठ पक्षका दुई सांसद भने विश्वासको मत दिने तयारीमा छन् । उनीहरू दुवै जना प्रदेश सरकारमा सहभागी छन् । सत्तारुढ माओवादी केन्द्रले भने सोडारीको पक्षमा विश्वासको मत दिन ह्विप लगाउने संसदीय दलका नेता मानबहादुर धामीले बताएका छन् ।
नेपाली कांग्रेसले भने मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन खोजे अवरोध सिर्जना गर्ने चेतावनी दिएको छ । असंवैधानिक ढंगले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै कांग्रेसले विरोध गर्ने निर्णय गरेको छ । सोडारी वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। विश्वासको मत लिन उनलाई जेठ ५ गतेसम्मको समय छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मतका लागि २७ सांसद आवश्यक पर्छ । एमाले, माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति रञ्जिता पक्षका दुई सांसद र स्वतन्त्र सांसदले विश्वासको मत दिँदा बहुमत पुग्छ । प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक स्वतन्त्र सांसद छन् ।न्युज कारखाना
काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान अवस्थामा कांग्रेसले सरकारको फेरो समात्न आवश्यक नरहेको औंल्याएका छन्। नेपाल लोकतान्त्रिक खेलकुद संघको १०औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित बृहत् रक्तदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले कांग्रेसले वर्तमान अवस्थामा जनताको माझमा रहेर सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए।
‘आज विश्व प्रेस स्वतन्त्रता दिवस पनि हो। स्वतन्त्र प्रेसका प्रति सरकार अनुदार भएर अगाडी बढेको छ। लोकतान्त्रिक पद्धतिमाथि चौतर्फी प्रहार भइरहेको छ। जनताका जनजीवनका सवालमा सरकार बेखवर छ। यतिबेला कांग्रेसले अरूको वैशाखी बन्नु हुँदैन। हामीलाई वैशाखी बनाएर आफ्नो दुनो सोझ्याउन माहिर पश्चगामीहरूलाई अब कांग्रेसले ठिक साइजमा ल्याउने बेला भइसकेको छ। हामी सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरौं र २०८४ मा एकल बहुमत ल्याउन सक्ने पार्टी तयार पारौं,’ उनले भने।
जहिले जताततै समस्या नै समस्या र निराशा नै निराशा रहेकाले त्यो चिर्नका लागि कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने महरको भनाइ छ। ‘जताततै आगलागी भएको छ। काठमाडौं विश्वकै एक नम्बर प्रदूषित सहर बनेको छ। जनतालाई श्वास फेर्न नै उकुसमुकुस भइरहेको छ। अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिएको छ। सडकको अवस्था दयनीय छ। स्वास्थ्य र शिक्षा तहसनहस अवस्थामा छ। यसलाई सही बाटोमा ल्याउन कांग्रेसले सशक्त र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ,’ महरले भने।
गठबन्धन र सत्ता केन्द्रित राजनीतिका कारण जनतामा चरम निराशा छाएको कुरालाई कांग्रेसले नजरअन्दाज गर्न नहुने उनको ठहर छ। यसले मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउने र धुमिल पानीमा माछा मार्न खोज्नेहरू सक्रिय हुनेतर्फ महरले चिन्ता व्यक्त गरेका छन्।
‘त्यसैले अब जनताको चाहनालाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ। त्यसका लागि १० औं वर्ष प्रतिपक्षमा बस्नुपरे पनि कांग्रेस तयार हुनुपर्छ। यो साढे तीन वर्षको अवधिमा कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दै पार्टीका बाँकी रहेका कामलाई पनि फत्ते गर्नुपर्छ। त्यसपछि मात्र कांग्रेसप्रति जनताको पुरानो विश्वास फर्किने छ र बहुमत ल्याउनबाट कसैले रोक्न सक्ने छैन,’ महरले भने।
यस्तै महरले खेलकुद क्षेत्र कुनै पनि राजनीतिक दलको प्राथमिकतामा नरहेकाले कांग्रेसले प्राथमिकतामा राख्नु पर्ने बताए। विश्व मानचित्रमा देशको पहिचान बढाउन खेलाडीहरूको ठूलो भूमिका रहेकाले उनीहरूलाई प्रेरित गर्ने विषयमा सरकार गम्भीर हुनुपर्ने महरको भनाइ छ। सरकारमा रहँदा होस् वा प्रतिपक्षमा हुँदा कांग्रेस सधैँ खेलाडीका पक्षमा जिम्मेवार हुनुपर्ने महरले बताएका छन्।न्युज कारखाना
रौतहट । मधेश प्रदेश सरकारका स्वास्थ तथा जनसंख्या राज्य मन्त्री केशव राय चौधरीले रौतहटको कटहरिया नगरपालिका ३ स्थित बर्थिङ सेन्टरको शिलान्यास गरेका छन् ।
कटहरिया ३ बिर्ती प्रष्टोका गाउँ छेउ शुक्रवार एक समारोहका बिच विधिवत रूपमा ब्राह्मण द्वारा मन्त्रोच्चारण पश्चात कार्यक्रमका प्रमुख अतिथि राज्य मन्त्री चौधरीले बर्थिङ सेन्टरको शिलान्यास गरेका हुन।
उक्त अवसरमा वडा ३ का अध्यक्ष श्यामाकान्त यादव,४ का अध्यक्ष चन्दन कुशवाहा , वडा अध्यक्ष संन्जय यादब, शिक्षक नेता मणिशंकरनिधि, मेयर प्रत्याशी योगेन्द्र साह, एमाले नेता बिनोद साह, लगायत बुद्धिजीवी,समाजसेवी, युवाहरूको बिशेष उपस्थितिमा रहेको थियो ।
मधेश प्रदेश सरकारको कुल २५ लाख रुपैयाँको लागतमा तीन महिना भित्र बर्थिङ सेन्टर भवनको निर्माण गरिने योजना रहेको वडा ३ का अध्यक्ष श्यामाकान्त यादवले जानकारी दिएका छन् ।
न्युज कारखाना
काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने नेपाल भ्रमणमा आउने भएकी छन् ।
परराष्ट्र मन्त्रालयले जापानी विदेशमन्त्री खामिखावाले आगामी वैशाख २३ काठमाडौँ आइपुग्ने जानकारी दिएको छ ।
विदेशमन्त्री खामिखावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्रले जानकरी दिएको छ । उनले सोहि दिन उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग दुइपक्षिय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
जापानी विदेशमन्त्री नेपाल आउन लागेको सन् २०१९ पछि पहिलो पटक हो । विदेशमन्त्री खामिखावा सोहि दिन भ्रमण पुरा गरेर स्वदेश फर्किने मन्त्रालयले जनाएको छ ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा सङ्कुचन हुन नदिइने बताएका छन् ।
नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आसञ्चार माध्यमलाई नियन्त्रण गर्नेभन्दा पनि स्वनियमन बस्नुपर्ने बताए ।
“प्रेस जगतसँग मेरो आग्रह छ, प्रेस स्वतन्त्रताको रक्षा गरौँ र उपभोगको सहज वातावरण पनि बनाऔँ,” प्रधानमन्त्री प्रचण्डले भने, “सँगसँगै मिथ्या सूचनाको बाढीलाई रोक्ने काम पनि गरौँ । असत्य, भ्रामक र मिथ्या सूचनाका कारण नेपाली समाजलाई भ्रमित तुल्याउने, नकारात्मक मानसकिताको विकास गराउने, सामाजिक सद्भाव विथोल्ने वा नेपाली सभ्यता र संस्कृतिमाथि हमला गर्ने किसिमका सामग्रीहरूको प्रकाशन प्रसारणका लागि स्वनियमन प्रणाली विकास गर्न आमसञ्चार माध्यमहरूलाई मेरो आग्रह छ ।”
महासङ्घले प्रेस स्वतन्त्रतालाई प्रमुख सवालका रूपमा लिने गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक स्वतन्त्रता स्वयं पत्रकारिता क्षेत्रको सहभागितामा समेत प्राप्त भएकाले प्रेस स्वतन्त्रता यसको अनिवार्य पक्ष बन्न पुगेको बताए ।
“कुनै पनि व्यवस्था जनपक्षीय र लोकतान्त्रिक हो वा होइन भनेर मापन गर्ने बलियो आधार त्यो व्यवस्थामा प्रेस स्वतन्त्रता र पत्रकारको अधिकारको सुनिश्चितता छ वा छैन भन्ने पनि हो,” प्रधानमन्त्री प्रचण्डले भने, “हिजोको राजतन्त्रात्मक व्यवस्थामा समाचार लेखेकै कारण पत्रकार जेल जानुपर्ने, मारिनुपर्ने, समाचार सामग्री सेन्सरसीप गराउनुपर्ने तथा संचार साधन अवरुद्ध गरिने अवस्था अन्त्य भएको छ ।”
नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रतालाई आफ्नो प्रस्तावनामै उल्लेख गरेर संस्थागत गरिसकेकाले प्रेस स्वतन्त्रता सङ्घीय लोकतान्त्रिक गणतन्त्रकै एउटा अङ्ग बनेको बताउँदै प्रधानमन्त्री प्रचण्डले अब कसैले पनि प्रेस स्वतन्त्रता कुण्ठित गर्न नसक्ने स्पष्ट पारे ।
“हामीले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता क्षेत्र पनि हो, जसको संलग्नताविना देशमा यति ठूलो राजनीतिक उपलब्धि प्राप्त गर्न सम्भव थिएन,” प्रधानमन्त्री प्रचण्डले भने, “अब पत्रकारिता क्षेत्रसमेत सहभागी भएर प्राप्त भएका उपलब्धीको रक्षा गर्दै राज्यमाथि निरन्तर खबरदारी र निगरानी गर्ने मिसन बनाउनुपर्छ ।”
सुशासन, सामाजिक न्याय र समृद्धिका एजेण्डामा सरकारको जोड रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार प्रेस जगतसँग हातेमालो गर्दै परिवर्तनका एजेण्डालाई संस्थागत गर्न र देशमा द्रुत आर्थिक बृद्धि हासिल गर्न चाहेको बताए ।न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय कानूनहरुले समेत प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै सञ्चारकर्मीहरुको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न सबै पक्षलाई आग्रह गरेको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै सुरक्षाकर्मी तथा जिम्मेवार निकायबाट हुने दुर्व्यवहार र हतोत्साहित गर्ने कार्य कानुनी शासन, लोकतन्त्र र मानव अधिकारका मूल्य मान्यताविपरीत रहेको उल्लेख छ ।
उनले एक वर्षको अवधिमा प्रेस स्वतन्त्रता हननका ६४ वटा घटना भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ- ‘नेपालमा गत वर्षभन्दा यस वर्ष बढी सञ्चारकर्मीहरू पीडित हुन पुगेको अवस्थाप्रति आयोग चिन्ता व्यक्त गर्दछ । नेपाल पत्रकार महासङ्घका अनुसार पछिल्लो एक वर्षको अवधिमा प्रेस स्वतन्त्रता हननका ६४ वटा घटना भएका छन् । ’
आयोगले जस्तोसुकै सङ्कटको अवस्थामा पनि चुनौतीहरूको सामना गर्दै सूचनाको हकका लागि अहोरात्र कार्यक्षेत्रमा खटिने सञ्चारकर्मीहरू भौतिक रूपमा असुरक्षित भएको, अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लागेको र समाचार लेखेकै आधारमा सञ्चारकर्मीहरू पक्राउ पर्ने गरेकोप्रति चिन्ता प्रकट गरेको छ । साथै सञ्चारकर्मीहरूप्रति असहिष्णु व्यवहार हुने गरेको, सञ्चारकर्मीहरूको कार्यप्रति प्रश्न खडा गरिएको, समाचार सङ्कलनका लागि स्थलगत रूपमा खटिँदा सञ्चारकर्मीलाई हतोत्साहित गरिएको तथा सामाजिक सञ्जालमा लेखेको आधारमा विभेदपूर्ण रूपमा साइबर अपराधमा मुद्दा चलाउने गरिएको जस्ता सूचनाहरू आयोगमा प्राप्त भएको पनि जनाएको छ ।
न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी गरिरहेको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पत्रकारको हकहितका लागि सरकार सधैँ सकारात्मक रहेको र आगामी दिनमा पनि सोहीअनुसार अगाडि बढ्ने विश्वास दिलाए ।
“सरकारले सञ्चार क्षेत्रको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्द्धन गर्ने नीति लिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सरकारले प्रवाह गर्ने सबै सरकारी विज्ञापन न्यायिक ढङ्गले वितरण गर्ने व्यवस्था मिलाइँदैछ ।”
नेपालको प्रेस जगत सधैँ परिवर्तनको पक्षमा उभिने गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कतिपय आन्दोलनमा प्रत्यक्ष सरिक र कतिपय एजेण्डामा प्रेस जगतले ऐक्यबद्धता व्यक्त गर्दै आएको बताए । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना एवं समाजको रुपान्तरण र जनताको अधिकार प्राप्तिका निम्ति नेपाली प्रेस जगतले महत्त्वपूर्ण योगदान गरेको बताए ।
निरङ्कुश शासनकालमा नेपाली प्रेसले शासकहरूबाट राजनीतिक दलहरूले जस्तै कठोर दमन र उत्पीडनको सामना गर्नुपरेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले दमनविरुद्धको प्रतिरोधमा प्रेस जगत खरो सावित हुँदै आएको उल्लेख गरे । उनले भने, “इतिहासको विभिन्न कालखण्डका प्रजातान्त्रिक आन्दोलन, लोकतान्त्रिक आन्दोलन वा गणतन्त्र स्थापनाको समयमा मात्र नभई जनयुद्धको समयमा पनि प्रेसले महत्त्वपूर्ण योगदान गरेको छ । शान्ति प्रक्रियाको चरणमा पनि नेपाली प्रेसले सकारात्मक योगदान गरेको मेरो विश्लेषण छ ।”
नेपाली प्रेसको वर्तमान अवस्था, यसले भोगिरहेका चुनौती र समस्याहरूका बारेमा सरकार जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भूकम्प, नाकाबन्दी, कोभिड–१९ हुँदै पछिल्लो आर्थिक मन्दीसम्म पुग्दा नेपाली मिडिया उद्योग आर्थिकरूपमा कमजोर बन्न पुगेको बताए ।
श्रमजीवी पत्रकारका समस्या चाहे जसरी सम्बोधन नभइरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले पत्रकारको दक्षता अभिवृद्धि गर्न, वृत्ति विकासको अवसर सिर्जना गर्न र स्वास्थ्य उपचारलगायत सामाजिक सुरक्षाको निम्ति ठोस कदम चालिने बताए ।
“आमसञ्चार क्षेत्रको पुनर्संरचनाको निम्ति केही नीतिगत आधार तयार भए पनि कानुन तथा संरचना निर्माण गर्नुपर्ने आवश्यकता छ,” प्रधानमन्त्री प्रचण्डले भने, “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलगायतका विषयमा सरकार गम्भीर छ र तिनको सम्बोधन गर्न प्रयासरत छ ।” उनले पत्रकारिता क्षेत्रमा उठेका कतिपय विषयहरू आगामी नीति तथा कार्यक्रम र बजेटमार्फत् सम्बोधन गरिने जानकारी दिए ।
“पत्रकारको दक्षता बृद्धिका लागि प्रशिक्षण प्रतिष्ठानको स्थापना, श्रमजीवी पत्रकार तथा कर्मचारीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने विषय, विज्ञापनको सवाल, बीमाको विषय, मिडिया उद्योगले भोगिरहेको आर्थिक सङ्कटको सम्बोधनजस्ता विषयलाई प्राथमिकतामा राखेर अघि बढाइने छ,” प्रधानमन्त्रीले भने । न्युज कारखाना
काठमाडौँ । राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी सांसद गीता बस्नेतमाथि छानबिन गर्न माग गरेको छ ।
राप्रपाको विहिबार बसेको बैठक कार्यसम्पादन समितिको बैठकले आफ्नी सांसद बस्नेतमाथि छानबिनको माग गरेको हो ।
साथै राप्रपाले सहकारीको रकम अपचलनको छानबिनमा सहयोग पुऱ्याउन आफ्नै सांसदलाई निर्देशन दिएको छ भने सरकारसँग निष्पक्ष छानबिनको माग गरेको छ । त्यस्तै राप्रपाले सहकारी घोटालामा संलग्न अन्य जोसुकैलाई पनि छानबिनको माग गरेको छ ।न्युज कारखाना
काठमाडौँ । राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११ र १२ गते काठमाण्डौंमा बस्ने भएको छ ।
राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समितिको बैठक तय गरेको जानकारी दिएका छन् ।
बैठकले समसामयिक राजनीतिक अवस्था र राप्रपाको आगामी आन्दोलनका कार्यक्रम बारे छलफल गर्ने बताइएको छ ।
न्युज कारखाना
काठमाडौँ । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका नेपालसहित विश्वभर मनाइँदै छ ।
‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाइने गरेको छ ।
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो ।
जनताको सधैँ सबै प्रकारका सूचनामा पहुँच हुनुपर्छ र पत्रकारहरूलाई आफ्नो काम गर्न सुरक्षित वातावरण सृजनामा सरकारले सहयोग गर्नुपर्छ भन्ने बुझाउन पनि यो दिवस मनाउन थालिएको हो ।न्युज कारखाना
काठमाडौं, २१ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ। पार्टी कार्यालयमा दिउँसो साढे ४ बजे बस्ने गरी बैठक बोलाइएको छ।
बैठकमा इलाम–२ को उपनिर्वाचनको समीक्षा गरिने बताइएको छ। वैशाख १५ गते इलाम–२ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएको थियो।
बैठकमा संसद्को बर्खे अधिवेशन, समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्ययोजनाबारे छलफल हुने रास्वपाले जनाइएको छ।न्युज कारखाना
काठमाडौं, २१ बैशाख । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ। महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्ने भएको हो।
महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्ने छ। बैठकमा ज्येष्ठ नागरिक सम्बन्धी विद्यमान कानुन, उनीहरूका लागि राज्यका तर्फबाट भएका व्यवस्था, बुढ्यौली जनसंख्या तथा वृद्धाश्रम/ज्येष्ठ नागरिक मिलन केन्द्रको वर्तमान अवस्था सम्वन्धमा छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा विपद् व्यवस्थापन सम्बन्धमा गृह मन्त्रालयबाट भएका काम कारबाही, विपद् जोखिम न्यूनीकरणका लागि तयारी तथा भावी कार्ययोजनाबारे छलफल हुनेछ। यस्तै बैठकमा विपद् व्यवस्थापन सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट भएका काम कारबाही, तयारी तथा भावी कार्ययोजनाबारे छलफल गर्ने कार्यसूची छ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक दिउँसो १ बजे बस्दै छ। अर्थमन्त्री वर्षमान पुनलाई बोलाइएको बैठकको कार्यसूची आगामी बजेट २०८१/०८२ का सम्बन्धमा पूर्वबजेट छलफल र विविध विषय रहेको छ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि आज बस्दै छ। दिउँसो २ बजे बस्ने बैठकमा समितिबाट हुने अनुगमनका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् ।
‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले रेसुङ्गा ऐतिहासिक, धार्मिक, पौराणिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदा भएको बताए ।
“यो शान्त, मनोरम, पावन तपोभूमि र धार्मिक धामसमेत हो,” प्रधानमन्त्री प्रचण्डले भने, “यहाँ रहेका रेसुङ्गा यज्ञस्थल, सिद्धस्थान, शशिधर स्वामीको आश्रम, महापोखरी, सीतारामको मन्दिर, मनकामना मन्दिरजस्ता स्थलहरूको एकैपटक अवलोकन गर्न सकिन्छ, त्यसैले यस क्षेत्र धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र हो ।”
पर्यटन क्षेत्रको विकासमा तीनै तहका सरकार थप क्रियाशील हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले गैरसरकारी तथा समुदायिक क्षेत्रसँगको सहकार्यमा पर्यटन क्षेत्रको विकास र विस्तार गर्न सकिने बताए । उनले रेसुङ्गा क्षेत्रको समग्र विकासका लागि सङ्घीय सरकारबाट आवश्यक सहयोग हुने विश्वास दिलाए ।
वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यसहित अगाडि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पर्यटन वहुआयमिक सम्भावनाहरूको नेतृत्व गर्ने क्षेत्र भएको बताए ।
प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय देशव्यापी रूपमा आगलागी फैलिएको र गुल्मी जिल्लामा पनि आगलागीबाट ठूलो क्षति पुगेकोप्रति गहिरो दुःख व्यक्त गरे । उनले पीडितहरूका पक्षमा सरकारको तर्फबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त व्यक्त गरे ।
न्युज कारखाना
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटलाई वस्तुनिष्ठ र समयसापेक्ष बनाउनका लागि पूर्वप्रशासक र अर्थ क्षेत्रका जानकारहरूको सहयोग जरुरी रहेको बताएका छन् । मन्त्री पुनले पूर्वअर्थसचिव, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसँग बजेटका सन्दर्भमा सुझाव लिनुभएको उहाँको सचिवालयले जनाएको छ ।
छलफलका सहभागीले यथार्थपरक र कार्यान्वयन हुनसक्ने बजेट ल्याउन सुझाए । पुँजीगत खर्च बढाउनुपर्ने र साधारण खर्च घटाउन, आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धनको नीति अख्तियार गर्न सुझाव दिएका थिए । यस्तै प्रदेश र स्थानीय तहको क्षेत्रमा पर्ने साना आयोजनामा बजेट विनियोजन नगर्न, सहकारी समस्या समाधान गर्न, बजेट खर्च गर्ने निकायको संरचनागत सुधार गर्नुपर्ने उनीहरूको कथन थियो ।
त्यस्तै सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन, चालु ठूला आयोजनाका काम सम्पन्न गर्न, वैदेशिक सहायता वृद्धि गर्न, तथा कर्मचारी संयन्त्रको मनोबल उकास्न सुझाव दिए ।
छलफलमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु डा पुष्पराज कँडेल, डा दिनेशचन्द्र देवकोटा, दीपेन्द्रबहादुर क्षेत्री, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रपुरुष ढकाल, पूर्वमुख्यसचिव विमल कोइराला, पूर्वअर्थसचिवहरू कृष्णहरि बाँस्कोटा, सुमन शर्मा, शङ्कर अधिकारी, राजन खनाल, रामशरण पुडासैनीलगायत सहभागी थिए ।
पूर्वप्रशासक र विज्ञको सुझाव लिएपछि अर्थमन्त्री पुनले आर्थिक शिथिलताबाट मुलुकलाई कसरी माथि उठाउने भन्नेबारे सरकार, राजनीतिक दल, निजी क्षेत्र, प्रशासन संयन्त्र र अर्थ क्षेत्रका विज्ञहरु क्रियाशील र चिन्तित भएको रहेको बताए ।
उनले भने- ‘आर्थिक शिथिलताबाट मुलुकलाई कसरी माथि उठाउने भन्ने विषयमा सिङ्गो देश नै एक ढिक्का छ र चिन्तित पनि छ । यो धेरै सकारात्मक कुरा हो ।’ उनले गत वर्षको तुलनामा अर्थतन्त्रका धेरै सूचकमा सुधार देखिए पनि केही क्षेत्रमा अझै सुधारको खाँचो रहेको बताए ।
उनले सरकारको वित्तीय नीति र राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिमा तालमेल मिलाएर काम गर्नुपर्ने उल्लेख गरे । अर्थतन्त्रमा सङ्कट हुँदा गरिएका कडाइहरूमा विस्तारै खुकुलो जानुपर्ने भन्दै मन्त्री पुनले त्यसबारे राष्ट्र बैंकसँग छलफल भइरहेको जानकारी दिए ।
निजी क्षेत्र र प्रशासन संयन्त्रको कमजोर मनोबल उठाउने गरी सरकार अघि बढेको उनको भनाइ थियो । उनले भने- ‘निजी क्षेत्र र प्रशासन संयन्त्रको मनोबल कमजोर छ । राजनीतिक नेतृत्वले मुलुकको विकासमा गति पैदा गर्न जोखिम मोल्नुपर्ने अवस्था आएको छ ।’
मन्त्री पुनले उच्चस्तरीय कर सुधार सुझाव आयोगको प्रतिवेदन अध्ययन क्रममा रहेको र आयोगका सुझावका आधारमा बजेटमार्फत सुधारका कार्यक्रम ल्याउने पनि उल्लेख गरे । सरकारले लगानी सम्मेलनमा अध्यादेशमार्फत ऐन संशोधन गरेर लगानी वातावरण बनाएको चर्चा गर्दै उनले अर्थतन्त्रको ९० प्रतिशत हिस्सा धान्दै आएको निजी क्षेत्रको मनोबल उठाउन सरकार प्रयासरत रहेको बताए ।न्युज कारखाना
काठमाडौँ । निर्वाचन आयोगले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ ।
विहिबार आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य उपनिर्वाचनको परिणाम सहितको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएका हुन् ।
निर्वचन ऐन २०७४ को दफा ६२ मा निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझाउनुपर्ने व्यवस्था रहेको छ ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले सूचना प्रविधिको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
सूचना तथा सञ्चार प्रविधि नीतिको परिमार्जन र सूचना प्रविधि तथा साइवर सुरक्षासम्बन्धी कानुन निर्माण प्रक्रियामा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले दिनानुदिन बढ्दै गइरहेको साइवर अपराधसम्वन्धी घटनाहरू नियन्त्रण गरिने बताए ।
“संवेदनशील प्रणालीहरूमाथिको अनधिकृत पहुँच, व्यक्तिगत एवं संस्थागत डाटा दुरूपयोगको विषयलाई प्रभावकारी रूपमा नियमन तथा व्यवस्थापन गर्न तथा साइबर सुरक्षाको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै नीति, कानुन र संरचना निर्माण कार्यलाई सरकारले प्राथमिकता दिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “राष्ट्रिय साइवर सुरक्षा नीति, २०८० तर्जुमा गरी कार्यान्वयनको अवस्थामा छ । साइवर सुरक्षाको जोखिम पहिचान, प्रतिकार्य अनुगमन गर्न राष्ट्रिय साइवर सुरक्षा केन्द्र स्थापना गरिएको छ ।”
प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय स्तरको डाटा सेन्टरहरूको स्थापनालाई प्राथमिकता दिने बताए । उनले विद्युतीय ऊर्जाको प्रचुर सम्भावना एवं भौगोलिक अवस्थितिलाई समेत मध्यनजर सेन्टर स्थापना गर्न आवश्यक रहेको बताए ।
“विश्वस्तरका तालिम प्रदायकहरूलाई आकर्षित गरी सीपयुक्त दक्ष जनशक्तिको निर्माण गरिनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “सूचना प्रविधि उद्योगको प्रवर्द्धनमार्फत रोजगारी सिर्जना गरिनेछ । साथै निर्यात प्रवर्द्धन गर्दै देशको अर्थतन्त्रलाई सुदृढ गर्ने लागयतका विषयहरू सरकारको प्राथिमिकतामा छन् ।”
सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै आर्थिक, सामाजिक रूपान्तरण गर्न सकिन्छ भन्ने सरकारको विश्वास रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सोहीअनुरूप नै डिजिटल नेपाल फ्रेमवर्क, २०७६ लाई पुनरावलोकनसहित कार्यान्वयनमा ल्याउने रणनीति सरकारको बताए । न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका छन् ।
सातौँ राष्ट्रिय सूचना तथा सञ्चारप्रविधि दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नवप्रवर्तन कोष स्थापनाका लागि आवश्यक कानुन तर्जुमाको गृहकार्य सुरु गरिएको जानकारी दिए ।
“सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै आर्थिक, सामाजिक रूपान्तरण गर्न सकिन्छ भन्ने सरकारको विश्वास छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यही यथार्थलाई आत्मसात गर्दै सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा नवप्रवर्तन कोष स्थापना गर्ने तथा सोका निम्ति आवश्यक कानुनको तर्जुमा गर्ने गृहकार्य अगाडि बढाएको छ ।”
कोषको स्थापनासँगै आफ्नै स्वविवेक, क्षमता र पहुँचमा सूचना प्रविधिमार्फत अरबौँको आम्दानी गरिरहेका युवा वैज्ञानिकलाई प्रोत्साहित हुनुका साथै युवा पुस्तालाई देशभित्र आशा जगाउन एवं अर्थतन्त्रमा गुणात्मक सुधार ल्याउन सकिने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे ।
उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनाका कार्यक्रमअन्तर्गत कृषिजन्य उत्पादन एवं सार्वजनिक सेवाका क्षेत्रहरूमा नवप्रवर्तनलाई प्रोत्साहित गर्ने नीति अगाडि सार्ने तयारी गरिएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले देशभित्रै केही गर्न चाहने युवाका निम्ति नयाँ अवसर सिर्जना गरिने स्पष्ट पारिने बताए । उनले युवालाई लक्षित गरी अगाडि बढाइएको ‘स्टार्टअप कार्यक्रम’ लाई एकीकृत गरी प्रभावकारी कार्यान्वयन गर्न सरकार गम्भीररूपले लागिरहेको स्पष्ट पारे ।
सूचना–प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ का रूपमा स्वीकार गरेर मात्र विकास, सुशासन र रोजगारीमार्फत समृद्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा तीव्र विकास गरी यसको माध्यमबाट आम नागरिकको आर्थिक, सामाजिक जीवनमा उन्नयन र रूपान्तरणका निम्ति सम्वद्ध सबैमा अपिल गरे । न्युज कारखाना
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले वैशाख २१ गते शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्रीले विश्वासको मत लिन बैशाख २१ को अपराह्न ५ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।
सोडारी यही वैशाख ६ गते एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षधर सदस्य, स्वतन्त्र सदस्य डा तारा जोशीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
अहिलेसम्म नाउपाका कैलाश चौधरी र टीका थापा मात्र सरकारमा गएका छन् भने एमाले र माओवादी केन्द्र सरकारमा सामेल भएका छैनन् ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८ ,माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका ११, नाउपाका ७, एकीकृत समाजवादीका ४ , राप्रपाका एक र एक स्वतन्त्र सदस्य रहेका छन् ।
न्युज कारखाना
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म संचालन भएको ‘१९औं हेड अफ एनसिबी कन्फरेन्स’मा नेपालको तर्फबाट सहभागी भई बुधबार स्वदेश फर्किएका छन् ।
प्रहरी महानिरीक्षक कुँवरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गरेका थिए ।
हेड अफ एनसिबी कन्फरेन्समा मुख्य रूपमा अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण १९६ सदस्य राष्ट्रहरूका एनसीबी प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारी बिच समन्वय एवम् सहकार्यका विषयहरूमा छलफल भएको थियो ।
नेशनल सेन्ट्रल ब्युरो नेपालका प्रमुखसमेत रहेका प्रहरी महानिरीक्षक कुँवरले आपराधिक घटनाको सूचना आदान प्रदान, अपराध अनुसन्धानको विषय तथा सम्बद्ध प्रहरी कर्मचारीको क्षमता अभिवृद्धि एवम् पारस्परिक सहयोग आदान प्रदानका विषयहरूमा मित्रराष्ट्रहरू भारत, चीन र मलेसियाका प्रतिनिधिहरूसँग द्विपक्षीय छलफल समेत गरेका थिए ।
प्रहरी महानिरीक्षक कुँवर कन्फरेन्समा सहभागी हुन वैशाख १० गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । कन्फरेन्समा प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंह समेतको सहभागिता रहेको थियो ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारले गम्भीर पहल गर्ने बताएका छन् ।
एक सय ३५ औँ संयुक्त ट्रेड युनियन महासङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा श्रमिक र मजुरहरूको हितलाई केन्द्रमा पारिश्रमिक बढाउन आफू लागिपर्ने बताए ।
“मेरो नेतृत्वको सरकारले अर्थतन्त्रले चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको परिप्रेक्ष्यमा समेत मजदुर एवं श्रमजीवी वर्गको हितलाई केन्द्रमा राखी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको थियो,” प्रधानमन्त्री प्रचण्डले भने, “भविष्यमा न्यूनतम पारिश्रमिक वृद्धिका निम्ति निरन्तर पहल गरिने विश्वास दिलाउँछु । साथै रोजगारदाता संस्थाहरूसमेत श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिका निम्ति लचिलो रूपमा प्रस्तुत हुने विश्वास व्यक्त गर्दछु ।”
उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरूप सामाजिक सुरक्षालाई सङ्घ वा प्रदेशको मात्र नभई स्थानीय तहको समेत दायित्वको रुपमा लिँदै कानुनी आधार तयार गर्न लागिएको जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले स्थानीय तहमा रहेका अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमार्फत सामाजिक सुरक्षाको दायरामा ल्याउन सक्नेगरी कानुनी आधार तयार गरेको बताए ।
योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको अनिवार्य कार्यान्वयन र सफलतामा सरकारले आफ्नो सफलता देखेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण नेपाली नागरिकहरूको कोखदेखि शोकसम्मको सामाजिक सुरक्षा प्रदायक संस्थाका रूपमा समाजिक सुरक्षा कोषलाई विकास गराइने बताए । उनले सामाजिक सुरक्षा कार्यक्रमलाई सबै नागरिकसम्म पुर्याउन सरकारबाट गर्नुपर्ने समन्वय तथा सहयोगमा कुनै कमी नहुने विश्वास दिलाए ।
“सीमित साधनस्रोत र असीमित आकाङ्क्षाका बीच सन्तुलन कायम गर्दै श्रमिकमैत्री नीति, कानुन र कार्यक्रमका निम्ति सरकार सधै सकारात्मक रुपमा प्रस्तुत हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “मुख्यतः विदेशमा रहेका नेपालीको स्वाभिमान र हितरक्षा, नीति निर्माणमा श्रमजीवी वर्गको सम्मानजनक प्रतिनिधित्व, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, श्रमको सम्मान र श्रम संस्कृतिको विकासमा सरकारले प्राथमिकताका साथ काम गर्नेछ ।”
देश आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको सङ्घारमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “यसपटकको नीति तथा कार्यक्रम र बजेटमा उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकताका साथ अगाडि बढाउने गृहकार्यमा सरकार जुटिरहेको छ ।”
सत्ता साझेदार दलहरूको तर्फबाट प्रस्तुत साझा न्यूनतम कार्यक्रममा उल्लेखित ‘निरासा चिर्दै, भरोसा जगाउँदै’ मूलमन्त्रलाई व्यवहारिक रूपमा सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान गर्नुका साथै यसले बेरोजगारीलाई न्यूनीकरण गर्दै रोजगारी अभिवृद्धिका निम्ति गुणात्मक योगदान गर्ने विश्वास व्यक्त गरे ।
“सरकारको प्राथमिकतालाई सबै राजनीतिक दल, ट्रेड युनियनहरू, निजी क्षेत्र लगायत सबैको साथ रहने मेरो विश्वास छ,” प्रधानमन्त्री प्रचण्डले भने ।
न्युज कारखाना
काठमाडौं । भारतमा जारी लोकसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टीले आफ्नो चुनावी अभियान अवलोकन गराउन नेपालसहित विभिन्न देशका १८ राजनीतिक पार्टीलाई निमन्त्रणा गरको छ ।
भाजपाको ग्लोबल आउटरिच कार्यक्रम अन्तर्गत विश्वका विभिन्न दलका प्रतिनिधिहरुलाई निमन्त्रणा गरेको भाजपाका विदेश विभाग इन्चार्ज डा.बिजय चौथाइवालेले जनाएका छन् ।
नेपालबाट यस कार्यक्रमका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीलाई निम्ता गरिएको छ ।
नेपालबाट कांग्रेसका उदय शमशेर राणा, माओवादीका मात्रिका यादव, एमालेका विष्णु रिमाल, रास्वपाका शिशिर खनाल र जनमतका जयकान्त राउतले प्रतिनिधित्व गर्दै छन् ।
यसक्रममा उनीहरुले भारतीय विदेश मन्त्री एस जयशंकर र रेलवे मन्त्री अश्विनी बैष्णवसँग पनि अन्तरक्रिया गर्ने भाजपाले जनाएको छ ।
उनीहरुलाई बिजेपीको चुनावी अभियान र उसको रणनीतिसहित समग्र चुनावी प्रक्रियाबारे ब्रिफिङ गर्ने कार्यक्रम रहेको चौथाइवालेले जनाएका छन् ।
यस क्रममा उनीहरुलाई विभिन्न राज्यमा भइरहेका चुनावी अभियानमा समेत अवलोकन गराइने छ ।
न्युज कारखाना
बैतडी । नेकपा एमालेका उप महासचिव तथा स्कुल बिभाग प्रमुख प्रदिप ज्ञवालीले इलाम र बझाङको उपनिर्वाचनले एमालेको लोप्रियता प्रमाणित गरेको बताएका छन् ।
पार्टीको तीन दिने कार्यकर्ता प्रशिक्षणका क्रममा बैतडी आउनु भएका ज्ञवाललीले इलाममा बियज कायम राख्नु र बझाङमा सिट थप्नुले एमालेको लोकप्रियता र राष्ट्रिय राजनीतिमा एमाले अपरिहार्य रैछ भन्ने प्रमाणित भएको बताएका हुन् । उनले यो उपनिर्वाचनले नयाँ हौँ भन्नेहरु र राजा ल्याउछौं भन्नेहरुको अवस्था पनि थाहा भएको बताए ।
‘इलाम र बझाङको निर्वाचनले नयाँ हौँ भन्नेहरुको अवस्था पनि देखियो, राजा फर्काउछौं भन्नेहरुले हजार भोट पनि कटाउन सकेनन्, ज्ञवालीले भने । उनले पानी कति तातो चिसो छ भन्ने थाहा पाउन एउटा ओैला डुबाएर परिक्षण गर्दा थाहा हुने बताउदै यो चुनावले एमालेको अवस्था थाहा भएको दाबी गरे ।
कार्यकर्ताहरुमाझ उनले यो चुनावले एमालेलाई उत्साहित बनाएको र यो उत्साहलाई पार्टी निर्माणमा लगाउनु पर्ने धारणा राखे। नेता ज्ञवालीले एमालेलाई चुम्बक जस्तो बनाउने बताउदै ‘जसका वरिपरि सबै सक्कली कम्युनिष्टहरु, सक्कली देशभक्तहरु टासिन आउने’ बताए ।
नेता ज्ञवालीसँगै पार्टीका स्कुल बिभागका सचिव घनश्याम कोइराला, संगठन बिभाग प्रमुख कासीनाथ अधिकारी, पोलिट ब्युरो सदस्य तथा सुदूरपश्चिमका पुर्व मुख्यमन्त्री राजेन्द्र रावल, पोलिट ब्युरो सदस्य निरु पाल लगायतका नेता बैतडी आइपुगेका छन् ।न्युज कारखाना
काठमाडौं, १९ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादन र उत्पादकत्व बढाइनुपर्ने बताएका छन् ।
विश्व मजदुर दिवस, २०२४ को शुभकामना सन्देश दिदै राष्ट्रपति पौडेलले मुलुकको आर्थिक समृद्धि र आत्मनिर्भरउन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत हुनुपर्ने बताएका हुन् ।
शुभकामना सन्देशमा उनले भनेका छन्, ‘मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक हुन्छ । उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिक दुवैको योगदान उत्तिकै महत्वपूर्ण हुने भएकोले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ ।’
विश्व मजदुर दिवसले स्वदेशी उत्पादनको प्रयोगमा जोड दिँदै श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायतका श्रमिक अधिकारलाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुन प्रेरणा मिल्ने विश्वास पनि उनले व्यक्त गरे ।
श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाइन्छ । यस वर्ष ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराकासाथ एक सय ३५ औँ विश्व मजदुर दिवस मनाइँदैछ । यस दिवसले श्रमिकको हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ विश्वभरिका सम्पूर्ण श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरेका छन् ।
नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक एवं श्रमको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई प्रत्याभूत गरेको छ ।
त्यस्तै, समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव नगरिने व्यवस्था समानताको हकमा छ । राष्ट्रपति पौडेलद्वरा जारी शुभकामना सन्देशमा मुलकमा लोकतन्त्रमा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्तरूप लिँदै जाने सन्दर्भमा श्रमिक वर्ग पनि लाभान्वित हुने उल्लेख छ ।न्युज कारखाना
काठमाडौं, १९ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको जग बसाल्न सरकार गम्भीरताका साथ लागिरहेको बताएका छन् ।
विश्व श्रमिक दिवस, २०२४ का अवसरमा आज शुभकामना दिदै उनले श्रमिकको हितरक्षालाई केन्द्रमा राखेर विदेशमा रहेका नेपाली, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील श्रमिकका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिएको बताए ।
नेपालको संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफ्नो हितरक्षाका निमित्त ट्रेड युनियन खोल्ने, सङ्गठित हुने र सामूहिक सौदाबाजी गर्ने हकलाई प्रत्याभूत गरिएको बताए ।
श्रमजीवी वर्ग राज्यको बहुआयामिक विकासका आधारसमेत रहेको उल्लेख गर्दै उनले श्रमजीवी वर्गको हकहित र अधिकारको सुनिश्चितता नभएसम्म समानता, स्वाभिमान, सामाजिक न्याय र समृद्धि सम्भव नहुने स्पष्ट पारे ।
“यही यथार्थलाई आत्मसात् गरेर नयाँ संविधानमा श्रमिकको हितलाई प्रत्याभूति गरिएको छ । उक्त संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु नै वर्तमानको हाम्रो महत्वपूर्ण कार्यभार हो”, प्रधानमन्त्रीले भने, “श्रमसम्बन्धी हक र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको विधान तथा नेपालले अनुमोदन गरेका अभिसन्धिहरूप्रति समेत सरकार प्रतिबद्ध छ ।”
उनले युवा एवं बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारीको पर्याप्त अवसर उपलब्ध गराई उनीहरूको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन सरकार निरन्तर क्रियाशील रहेको बताए । प्रधानमन्त्री दाहालले स्वदेशमा रोजगारीको पर्याप्त अवसर नभएसम्म रोजगारीको महत्वपूर्ण माध्यम वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनुपर्नेमा जोड दिए ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाली श्रमिक र तिनका प्रतिनिधि संस्थाका रूपमा क्रियाशील ट्रेड युनियन श्रमिकको हकहित संरक्षणका निम्ति सङ्गठित, सक्षम, पेसामुखी र व्यावसायिक मर्यादातर्फ अग्रसर हुँदै आएकामा खुसी व्यक्त गर्दै उनले नेपाल तथा विश्वभरिका मजदुर तथा श्रमजीवीमा शुभकामना व्यक्त गरेका हुन् ।
मजदुर तथा श्रमजीवी वर्गको एकता, सङ्घर्ष र बलिदानबाट आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनलगायतका हक अधिकार प्राप्त गरेको ऐतिहासिक दिनको स्मरणमा श्रमिक दिवस मनाइँदै आइएको छ ।
प्रधानमन्त्री दाहालले मई दिवसले मजदुरको हकहित र अधिकार स्थापित गर्न थप उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । न्युज कारखाना
काठमाडौं, १८ बैशाख । आम जनता पार्टी (आजपा)को काठमाडौं उपत्यका विशेष कमिटीको बैठक सम्पन्न भएको छ। बैशाख २० गते भन्सार विभाग घेराउ गर्ने निर्णय गर्दै बैठक सम्पन्न भएको हो।
भन्सार कानुनमा रहेको कथित ४५ प्रतिशत पुरस्कारको लुटकारी प्रावधानविरुद्ध निर्णायक आन्दोलन गरिने आजपा अध्यक्ष प्रभु शाहले बताए। उनले आजको बैठकले पार्टी संगठन विस्तारको कार्ययोजना समेत निर्माण गर्ने निर्णय गरिएको जानकारी दिए।
भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रका जनताको निजी सम्पत्ति लुट्ने काम तुरुन्त बन्द गर्न र भन्सार कानुनमा रहेको ४५ प्रतिशत पुरस्कारको लुटकारी प्रावधान हटाउन झण्डै ६ महिनादेखि आजपाले निरन्तर संघर्ष गर्दै आएको उनको भनाइ छ।न्युज कारखाना
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको जिम्मा अब सुहाङ नेम्वाङको भएको बताएका छन् ।
इलाम पुगेर एमालेको विजयी सभालाई सम्बोधन गर्दै ओलीले इलामको विकासको जिम्मा सुहाङको भएको र आफु सुहाङको पछाडी रहेको बताएका हुन् ।
सभालाई सम्बोधन गर्दै ओलीले अब इलामको विकासमा केन्द्रित हुने भन्दै इलामका समस्यासँग आफु परिचित रहेको बताए ।
ओलीले आफुले चुनावको क्रममा गरेका प्रतिबद्धताहरु चुनावी स्टन्ट होइनन् भन्दै आफुले तत्काल समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
इलामका मतदाताले सहि उम्मेदवार छानेको बताउदै सुहाङले राम्रो काम गर्ने बताए ।न्युज कारखाना
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सबै राष्ट्रबादी शक्तिहरु एकजुट भएर अघि बढ्ने बारे नयाँ शिरा बाट सोच्नुपर्नेमा जोड दिएका छन् ।
आज पार्टीको तराई मधेस र पुर्बान्चल क्षेत्रका पदाधिकारी सदस्य तथा जिल्ला अध्यक्षहरुको भर्चुअल बैठकमा बोल्दै थापाले मुलुकले बलियो राष्ट्रबादि प्रजातान्त्रिक शक्ति खोजिरहेको भन्दै अहिलेको मुलुकको दुराबस्थाबाट पार पाउन ठुलो छातिका साथ राष्ट्रबादी शक्ति निर्माणमा जुट्नु पर्ने बताए । पद,प्रतिष्ठा, स्वार्थ र महत्वाकांक्षालाई बिसर्जन गर्दै देश र जनता जोगाउने अभियानमा केन्द्रित हुनुपर्ने समय आएको समेत थापाले बताए ।
वर्तमान भ्रष्ट व्यवस्था प्रति जनतामा वितृष्णा व्याप्त रहेको तथा हिन्दुराष्ट्र र राजाको लोकप्रियता बढीरहेको अवस्थामा राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्न ढिला गर्न नहुने भन्दै उनले आफू र राप्रपा नेपाल त्यसको लागि सकारात्मक भुमिका निर्बाह गर्न तयार रहेको समेत उल्लेख गरे । अहिलेको भ्रष्टतन्त्र र मनपरिलाई रोक्न आन्दोलनले मात्र सक्ने भन्दै थापाले समान बिचार भएका शक्ति एकै ठाउँमा आई आन्दोलन गर्नुपर्नेमा जोड दिए ।
ईलाममा पार्टी संगठन कमजोर रहेको ,प्रचार अभियान प्रभावकारी नभएको र साधन श्रोतको अभाबले थोरै भोट आउनु स्वभाविक भएको समेत उनले बताए । बैठकमा पार्टीका बिभिन्न पदाधिकारी र जिल्ला अध्यक्षहरुले आफ्नो धारणा राखेका थिए ।न्युज कारखाना
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी २०८४ को आम निर्वाचनमा भाग लिने भएको छ ।
वैशाख ५–९ गतेसम्म कपिलवस्तुमा बसेको केन्द्रीय कमिटी बैठकको निर्णय सुनाउँदै महासचिव विप्लवले चुनावको प्रयोग गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।
बैठकको निर्णय सुनाउदै उनले भने- ‘चुनावलाई २०औं शताब्दीको संसदीय कोणबाट मात्रै हेर्नुहुँदैन । २१औं शताब्दीको विशेषता, अहिलेका विभिन्न खालका प्रवृत्तिहरू नयाँ वर्ग, विकास भएको प्रविधि ज्ञान, चरित्रबाट नापेर चुनावलाई समाजवाद प्राप्तको एउटा अभियानमा बदल्न सकिन्छ । बदल्ने गरी सोच्नुपर्छ ।’
उनले संघर्षको नयाँ मोर्चाको रूपमा देशलाई समाजवादमा लैजाने गरी चुनावको प्रयोग गर्नुपर्छ भन्ने बैठकको निष्कर्ष रहेको बताए । विप्लव नेतृत्वको पार्टीले यसअघि संसदीय चुनावको विरोध गर्दै आएको थियो ।
न्युज कारखाना
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकार विस्तार गरेका छन् । मंगलबार मुख्यमन्त्री कँडेलले एक राज्यमन्त्रीसहित ७ जना मन्त्री नियुक्त गरेका हुन् । उनीहरूलाई मंगलबार नै प्रदेश प्रमुखले शपथ गराउने तालिका रहेको छ ।
मन्त्री बन्नेमा माओवादी केन्द्रबाट महेन्द्र केसी आर्थिक मामिला तथा योजना मन्त्री, दुर्गबहादुर रावत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, रणसिंह परियार जलस्रोत तथा उर्जा विकास मन्त्री र वीरबहादुर शाहीलाई सामाजिक विकास मन्त्री नियुक्त भएका छन् । उर्जा मन्त्री बनेका परियार यसअघि विनाविभागीय मन्त्री नियुक्त भएका थिए ।
त्यसैगरी एमालेबाट विनोद कुमार शाही भूमि व्यवस्था, कृषि तथा सहकारी, शेरबहादुर बुढा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा नियुक्त भएका छन् ।
मुख्यमन्त्री कँडेलले गमता विकलाई भौतिक पूर्वाधार राज्यमन्त्री नियुक्त गरेका छन् । एमालेले भाग पाएको आन्तरिक मामिला तथा योजना मन्त्रालय कँडेलले आफैसँग राखेका छन् । कर्णालीमा मुख्यमन्त्रीसहित आठ जना मन्त्रालय छन् ।न्युज कारखाना
काठमाडौँ । सर्वोच्च अदालतले सिधा कुरा डटकमको‘द डार्क फाइल’ शृङ्खलाअन्तर्गत प्रकाशित सामग्री तथा त्यस सन्दर्भमा चालेको कदम र त्यस सन्दर्भमा दिएको पछिल्लो आदेशलाई नेपाल पत्रकार महासंघले गम्भीर चासो व्यक्त गरेको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै महासंघले प्रचलित विधि र अभ्यासलाई बेवास्ता गरेर सञ्चार सामग्री प्रवाह गरेकै विषयलाई फौजदारी कानुन आकर्षित गरी त्यस आधारमा मनासाय जोकोहीबाट पनि प्रकट हुनु गलत भएको ठहर गरेको हो । साथै महासंघले सर्वोच्चको आदेश संविधानको भावनासँग बाझिने रहेको उल्लेख गरेको छ ।
यसले प्रेस स्वतन्त्रतामाथि निरन्तर हमला गर्ने गम्भीर खतरा निम्त्याउन सक्ने तर्फ हामी सचेत हुन जरुरी रहेको महासंघको भनाई छ ।
साथै महासंघले सञ्चारमाध्यममा प्रकाशित/प्रशारित सामग्रीको नियमनको दायित्व प्रेस काउन्सिलको हुनुपर्छ र प्रेस काउन्सिलले यो दायित्व जस्तोसुकै अवस्थामा पनि गम्भीरतापूर्वक निर्वाह गर्नुपर्ने धारणा राखेको छ ।
इलाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम-२ को उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएपछि विजय सभालाई सम्बोधन गर्न ओली इलाम पुगेका हुन् । 
इलाम पुगेर अध्यक्ष ओलीले सुहाङलाई भेट्दै बधाई दिएका छन् । ओलीले अँगालोमा हालेर सुहाङलाई बधाई दिएका छन् । 
एमालेले आयोजना गर्ने विजयी सभालाई ओलीले सम्बोधन गर्ने छन् ।
सुहाङले २७ हजार ७७२ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत पाएका थिए ।न्युज कारखाना
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गैरसंवैधानिक अभ्यास नगर्न आग्रह गर्दै प्रदेश प्रमुखलाई पत्र लेखेका छन् ।
मुख्यमन्त्री कार्कीले मंगलबार प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर पत्र बुझाउदै गैरसंवैधानिक अभ्यास नगर्न आग्रह गरेका हुन् ।
कार्की संविधानको धारा १६८(५) अनुसार २७ असोज २०८० मा मुख्यमन्त्री बनेका थिए । पछिल्लो पटक केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि माओवादी र एमालेले उनलाई हटाउने प्रयास गर्दै चैत २६ मा समर्थन फिर्ता लिएका थिए ।
त्यसपछि प्रदेश सभाको विशेष अधिवेशनमार्फत वैशाख २५ भित्र विश्वासको मत लिन वा राजीनामा दिन निर्देशन दिने संकल्प प्रस्ताव समेत पास गराएका थिए । 
तर मुख्यमन्त्री कार्कीले संकल्प प्रस्ताव संबिधान विपरित भएको भन्दै विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने अडान राख्दै आएका छन् ।
मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखलाई लेखेको पत्र-
न्युज कारखाना
काठमाडौँ । इलाम- २ बाट चुनाव जितेपछि नेकपा एमालेका सुहाङ नेम्वाङले आफुलाई मत दिएबापत कहिल्यै पनि पछुताउनु नपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा एक सन्देश लेख्दै सुहाङले आफ्ना पिता सुबास नेम्वाङले देखाएको निष्ठाको बाटो र दिएर गएको इमानको उज्यालोलाई शिरमा राखेर ‘समृद्ध इलाम : सुखी इलामेली’ को साझा सपना र संकल्प पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले भनेका छन्-
हार्दिक आभार तथा धन्यवाद ! अति आदरणीय इलामेली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु !
इलाम क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य पदमा आफ्नो अमूल्य मत दिएर अत्याधिक मतले विजय गराउनुभएकोमा इलाम–२ का अति आदरणीय मतदाताहरुप्रति हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु । हजुरहरुको मनमा रहेको हामीप्रतिको अगाध माया, गहिरो विश्वास र भरोसालाई मतमा परिणत गरेर आफ्नो प्रतिनिधिको रुपमा मलाई छनोट गर्नुभएको छ ।
हाम्रा अग्रजहरुले गर्नुभएको कष्टसाध्य संघर्ष, बलिदान र असाधारण त्यागको जगमा आज हामी उभिएका छौं । इलामको माटोमा जन्मिएर पञ्चायती व्यवस्थाविरुद्ध देशभरी क्रान्तिको उज्यालो फैलाउने आदरणीय शहीदहरु रत्नकुमार वान्तवा, बमप्रसाद वान्तवाप्रति हार्दिक श्रद्धा-सुमन व्यक्त गर्दछु । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणको नेतृत्वकर्ता इलामेली जनताका प्रिय नेता मेरो बुवा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धा–सुमन व्यक्त गर्दछु ।
सर्वप्रथम उहाँले देखाउनुभएको निष्ठाको बाटो र दिएर जानुभएको इमानको उज्यालोलाई शिरमा राखेर ‘समृद्ध इलाम : सुखी इलामेली’ हाम्रो साझा सपना र संकल्प पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्न चहान्छु । इलामको माटोको कसम खाएर म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु, ‘मलाई मत दिएबापत तपाईँहरुले कहिल्यै पनि पछुताउनुपर्ने छैन ।’
तपाईं हामीलाई थाहा छ, परिवर्तनको आन्दोलनमा इलामेली अग्रजहरुले गौरवमय इतिहास निर्माण गर्नुभएको छ । उहाँहरुको नाम लिदा सबैको शिर श्रद्धाले झुक्छ । हाम्रो छाती गर्वले चौडा हुन्छ । यही गरिमा र गौरवलाई पछ्याएर हामीले समृद्धिको महाअभियानमा उज्यालो इतिहास निर्माण गर्नु छ । मैले अभियानको दौरानमा हजुरहरुसँग भनेको थिएँ, ‘वैशाख १५ गते इलामको समृद्धिको नयाँ अध्याय आरम्भ गर्ने दिन हो । मलाई एकपटक विश्वास जित्ने मौका दिनुहोस् ।’ हो, त्यो मौका दिनुभएको छ । अब समृद्धिको नयाँ अध्याय सुरु भएको छ ।
‘मकै गोड्ने, चिया टिप्ने, तरकारी रोप्न, अलैची स्याहार्ने’ अनेकन कामलाई थाँती राखेर निर्वाचन अभियानमा अहोरात्र खट्नुभएका आमाबुवा, दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार प्रकट गर्दछु । घर–दैलोको क्रममा वृद्ध आमाबुवाहरुले दिनुभएको आशीर्वादलाई शिरमा सजाएको छु । कलिला नानी बोकेर घर–दैलो गर्नुहुने आमा दिदीबहिनीहरु, भबिष्यप्रतिको उज्यालो आशासहित अहोरात्र निर्वाचनमा खट्नुभएका इलामेली नौजवान साथीहरुको समर्पण र साथ अवर्णनीय छ । ‘अल द बेस्ट सुहाङ दादा’ भन्दै मसँग झुम्मिने कलिला नानीहरुका आँखामा प्रतिविम्बित निश्छल माया मनभरी सजाएको छु । समयको सीमाले कति ठाउँमा पुग्न सकिनँ । अभियानको क्रममा भेट्न नसके पनि आँखा रसाउनेगरी पठाउनु भएको भिडियो शुभकामना र सन्देशहरुले भावुक र अवाक बनाएको छ । सबैलाई एकमुष्ट धन्यवाद भन्छु । ती सबै भिडियो सन्देश, शुभकामनाहरु मसँग सुरक्षित छन् । तपाईहरुसँग सकेसम्म छिट्टै भेट्ने बाचा पनि गदर्छु ।
मेरो हात समाएर ‘बाबु, अब युवाहरु तयार हुनुपर्छ । अब तिमी इलामेली जनताको सेवाको लागि तयार हुनुपर्छ’ भनेर इलामेली जनताको न्यानो काखमा पठाउनुहुने हाम्रो पार्टी नेकपा (एमाले)का श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीज्यू प्रति आभारी छु । नेकपा (एमाले) इलाम जिल्ला कमिटीका आदरणीय नेतृत्वगण, इलामका सबै आदरणीय नेता कमरेडहरुप्रति आभारी छु । इलामबाट राष्ट्रिय सन्देश प्रवाह गर्ने गहिरो संकल्पका साथ अहोरात्र खट्नुहुने नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी, नेपाल परिवार दलका आदरणीय नेता तथा कार्यकर्ताहरुप्रति आभार व्यक्त गर्दछु ।
म उम्मेदवार बन्दै गर्दा आफ्नो जिन्दगीको उर्वर समय पार्टीको बिकास, विस्तार र आन्दोलनका लागि खर्चिनुभएका इलामका आदरणीय नेताहरुको भावनालाई शिरमा राखेको छु । उहाँहरुको कष्टसाध्य संघर्ष, अभूतपूर्व त्याग र असाधारण योगदानप्रति सधैं नतमस्तक छु । उहाँहरुप्रति असाध्यै ऋणी छु ।
हाम्रो सपना र संकल्पलाई जनताका वीचमा प्रवाह गरिदिनुहुने सबै सञ्चारकर्मीहरु, निर्वाचन सम्पन्न गराउने कार्यका लागि मुख्य निर्वाचन अधिकृत, प्रशासन, सुरक्षाकर्मीहरू र कर्मचारी मित्रहरुलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु ।
गएको एक महिनायता सफलताको संकल्प बोकेर निर्वाचनमा खटिने पार्टी कमरेडहरु, मत दिनकै लागि प्रवास, काठमाडौंदेखि समेत आइपुग्नुभएका प्रियजनहरुप्रति कृतज्ञ छु । स-शरीर इलाम उपस्थित हुन नसके पनि प्रवास र देशभरीबाट विभिन्न माध्यमबाट मलाई शुभकामना व्यक्त गर्नुहुने एवं प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैप्रति धन्यवाद व्यक्त गर्दछु ।
अन्तमा, फेरि पनि भन्छु, ‘हाम्रा अग्रजहरुले परिर्वतनको आन्दोलनमा गौरवमय इतिहास निर्माण गर्नुभएको छ । त्यही गरिमा र गौरवलाई बचाइराख्दै अब समृद्धिको अभियान सुरु गर्नेछौं ।’
हाम्रो समाज इन्द्रेणी जस्तै धेरै रङ मिलेर बनेको छ । सात रङ मात्रै मिलेको इन्द्रेणी त त्यति राम्रो छ, अझ हाम्रो देश त सयौं जातजाति, भाषाभाषी, धर्म, संस्कृति र भूगोलका जनता मिलेर बनेको छ । हाम्रो राष्ट्रगानले भने जस्तै यो सयौं थुङ्गा फूलहरु मिलेर बनेको माला जस्तै छ । यो विविधता हाम्रो सम्पदा हो, हाम्रो शक्ति हो । विविधतायुक्त पहिचान हाम्रो साझा सम्पत्ति, अजस्र शक्ति र सामथ्र्य हो । इलामको निर्वाचनमा यही भावना प्रतिबिम्बित भएको मैले पाएको छु । हाम्रो सप्तरङ्गी समाजको शक्तिलाई थप बलियो र दरिलो बनाएर समृद्धिको बाटोमा मुलुकलाई लैजाने ऐतिहासिक जिम्मेवारी हाम्रो हो ।
इमान र निष्ठाको साथ मन, वचन र कर्मले लाग्ने वाचाको साथ फेरि पनि सबैप्रति आभार र धन्यवाद !
१८ वैशाख २०८१
इलाम
उही तपाईंहरुको स्नेही
सुहाङ नेम्वाङ न्युज कारखाना
कर्णाली । कर्णाली प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ । मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै पूर्णता पाउने बताएका छन् ।
उनले यही वैशाख १२ गते विनाविभागीयमन्त्रीका रुपमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक रनसिंह परियारलाई नियुक्त गरेका थिए ।
उनले आज एमालेको भागमा परेका भौतिक पूर्वाधार तथा सहरी विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।
त्यस्तै माओवादीको भागमा परेका आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण, जलस्रोत तथा ऊर्जा विकासमन्त्री नियुक्त हुने जनाइएको छ ।
नियुक्त हुने मन्त्रीहरुको नाम मुख्यमन्त्री कँडेललाई दिइसकिएको माओवादी केन्द्रले जनाएको छ ।
मन्त्रीहरु नियुक्त गरेर पद तथा गोपनीयताको शपथ आजै खुवाउने गरी गृहकार्य भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ । मुख्यमन्त्री कँडेलले गत चैत २७ गते कर्णाली प्रदेश सरकारको नेतृत्व ग्रहण गरेका थिए । न्युज कारखाना
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले ८४ मा बहुमतको कुरा गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बारा र इलाममा जमानत जफत भएको विषय विचार गर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा उपनिर्वाचन बारे टिप्पणी गर्दै राउतले रास्वपा नेतृत्वलाई एक्लै दुई तिहाइ ल्याइन्छ भनेर ढुक्क बसेकोमा बारा र इलाममा जमानत जफत भएको सम्झाएका हुन् ।
उनले भनेका छन्- ‘रास्वपाको नेत्तृत्व र साथीहरूले पनि बुझ्नु पर्ने हो – मैले आन्दोलनको लागि पटकपटक आग्रह गर्दा उहाँहरू २०८४ मा दुई-तिहाई एक्लै ल्याइन्छ भनेर ढुक्क बस्नु भएको थियो। बारा र इलाममा जमानत जफ्त भएको भोग्नु भयो, विचार गर्नुहोला। शुभचिन्तकको नाताले मात्रै खुल्लेआम भन्दैछु ।’
उनले आफ्नो समेत धरातल देखिएको भन्दै नयाँलाई जनताले मत दिन्छ र उथलपुथल हुन्छ भने अपेक्षा राख्नु गलत भएको टिप्पणी गरेका छन् । साथै उनले नयाँ किसिमको व्यवस्था नगरे ८४ मा पनि अहिलेको भन्दा फरक केहि नहुने दाबि गरेका छन् ।
इलाम- २ मा जनमतका उम्मेदवार प्रेम कुमार थाम्सुहाङले ११८ मत प्राप्त गरेका थिए । न्युज कारखाना
काठमाडौँ । इलाम- २ मा जमानत जफत भएपछि रास्वपाले सहि समयमा घण्टी नबजाएर सचेत गराएको टिप्पणी गरेको छ ।
रास्वपाका महामन्त्री डा. मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै इलाम -२ मा अपेक्षा अनुसार मत नआउनुमा कैयन कमीकमजोरी रहेको इंगित गरेको उल्लेख गरेका छन् ।
उनले इलामका जनताको मतको सम्मान गर्ने भन्दै निर्वाचनको गहन समिक्षा गर्ने बताएका छन् ।
इलाम- २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बुले ५०५० मत प्राप्त गर्दै चौथो स्थान हासिल गरेका थिए ।
न्युज कारखाना
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पुर्व अर्थमन्त्री जनार्दन शर्माले स्टिङ अपरेशनको सत्य तथ्य छानबिन गरी सत्य कुरा जनता सामु ल्याउन जरुरी रहेको बताएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै शर्माले छानबिन विनानै कुनै संस्था या ब्यक्तिको मानमर्दन गर्नु नहुने बताएका हुन् ।
उनले भनेका छन्-
सिधा कुरा डटकम अनलाइनमा प्रसारणमा आयका “डार्क फाईल” समाचारले निकै चर्चा पायो। यस्ता खालका स्टिङ अपरेशनको सत्य तथ्य छानबिन गरी सत्य कुरा जनता सामु ल्याउन जरुरी छ । छानबिन विनानै कुनै संस्था / ब्यक्तिको मानमर्दन गर्नु हुँदैन । यस बिषयमा अन्य प्रमुख समाचार गृहले पाठ सिक्दा राम्रो होला कि ? न्युज कारखाना
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले इलाममा पार्टी कमजोर भएका कारण कम मत आएको स्पष्टीकरण दिएका छन् ।
इलाम- २ मा राप्रपा नेपालबाट उम्मेदवार बनेका गणेश बहादुर चौहानले केवल ४३ मत प्राप्त गरेपछि अध्यक्ष थापाको यस्तो टिप्पणी आएको हो ।
अध्यक्ष थापाले वर्तमान भ्रष्ट व्यवस्थाप्रति जनतामा वितृष्णा व्याप्त रहेको तथा हिन्दुराष्ट्र र राजाको लोकप्रियता बढीरहेको अवस्थामा राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्ने बारे नयाँ शिराबाट सोच्न आव्हान समेत गरेका छन् ।
उनले भनेका छन्-
ईलाममा पार्टी संगठन कमजोर थियो, प्रचार अभियान प्रभावकारी थिएन।थोरै भोट आउनु स्वभाविक हो ।
वर्तमान भ्रष्ट व्यवस्थाप्रति जनतामा वितृष्णा व्याप्त रहेको तथा हिन्दुराष्ट्र र राजाको लोकप्रियता बढीरहेको अवस्थामा राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्ने वारे नयांशिराबाट सोच्न आह्वान गर्दछु ।न्युज कारखमाम
काठमाडौँ । इलाम-२ मा नेकपा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार भएको छ ।
यस उपनिर्वाचनमा उम्मेदवार बनेका एकीकृत समाजवादीका उम्मेदवार जीत बहादुर राईले ४०८ मत मात्र प्राप्त गरेका छन् । इलाम एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको गृह जिल्ला समेत हो । उनी यस चुनावका लागि पार्टीबाट चुनावी कमान्डरसमेत तोकिएका थिए । तर चुनावमा जमानत जफत मात्र भएन लज्जास्पद नतिजा समेत आएको छ ।
त्यस्तै यस क्षेत्रमा राजसंस्थाको एजेण्डा लिएर हिडिरहेको राप्रपालाई पनि जनताले अस्वीकार गरेका छन् । राप्रपाबाट उम्मेदवार बनेका लक्ष्मी गुरुङले केवल ४०४ मत मात्र पाएका छन् । यस क्षेत्रमा २०७९ को आम निर्वाचनमा राप्रपाले ५१० मत प्राप्त गरेको थियो ।न्युज कारखमाम
काठमाडौं । इलाम- २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित विजयी भएका छन् । सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बर खड्का २१ हजार ९४२ मत प्राप्त गरेका छन् ।
त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ११ हजार ४५७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी रास्वपा मिलन लिम्बुले ५०५० मत प्राप्त गरेका छन् र उनको जमानत जफत भएको छ ।
कुल सदर मतको १० प्रतिशत मत प्राप्त गरेमा जमानत जोगिने कानुनी व्यवस्था रहेको छ । लिम्बुको मिडिया र सामाजिक सञ्जालमा बढी चर्चा भएपनि उनले अपेक्षा अनुसारको मत हासिल गर्न भने असफल भएका छन् । यस क्षेत्रमा लिम्बुसहित १६ उम्मेदवारको जमानत जफत भएको छ ।
इलाम-२ मा मङ्गोल नेशनल अर्गनाइजेशनका मीनबहादुर लिम्बूले ८१६ मत प्राप्त गरेका छन् भने एकीकृत समाजवादीका जितबहादुर राईले ४०८ मत प्राप्त गरेका छन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङले ४०४ मत, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले २०६ मत पाएका छन् र जनमत पार्टीका प्रेम कुमार थाम्सुहाङले ११८ मत प्राप्त गरेका छन् । कुल १९ जना उम्मेदवार रहेको इलाम-२ का अन्य सबै उम्मेदारले सय भन्दा कम मत प्राप्त गरेका छन् ।
कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम- २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो, जसमा ६८ हजार ४७२ मत सदर भएको आयोगले जनाएको छ । न्युज कारखमाम
काठमाडौं । इलाम- २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित विजयी भएका छन् ।
सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बर खड्का २१ हजार ९४२ मत प्राप्त गरेका छन् ।
त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ११ हजार ४५७ मत प्राप्त गरेका छन् भने रास्वपा मिलन लिम्बुले ५०५० मत प्राप्त गरेका छन् ।
कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम- २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो, जसमा ६८ हजार ४७२ मत सदर भएको आयोगले जनाएको छ । न्युज कारखमाम
काठमाडौं, १७ बैशाख । इलाम–२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ५ हजार मतको अग्रता लिएका छन्।
अहिलेसम्म ३५ हजार ६ सय ११ मतको परिणाम सार्वजनिक हुँदा एमालेका नेम्वाङले १४ हजार ६ सय १३ मत प्राप्त गरेका छन्। कांग्रेसका डम्बरबहादुर खड्काले ९ हजार ३ सय ११ मत प्राप्त गरेका छन्। नेम्वाङ र खड्काबीच ५ हजार ३ सय २ मतको अन्तर छ।
यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ८ हजार ५ सय ७० मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलनकुमार लिम्बुले २ हजार ५७ मत प्राप्त गरेका छन्।न्युज कारखाना
बझाङ, १७ बैशाख । बझाङ प्रदेशसभा ‘क’मा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन्।
नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी भएका हुन्।
भण्डारीले ११६१२ मत ल्याएर विजयी हुँदा कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११३४६ मतमात्र प्राप्त गरे।
नेकपा माओवादी केन्द्रका जनक बुढाले ३८३१ मत ल्याए भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत ल्याएका छन्।न्युज कारखाना
इलाम, १७ बैशाख । इलाम-२ मा नेकपा एमालेका उम्मेदवारले अग्रता फराकिलो बनाउँदै लगेका छन्।
एमालेका उम्मेदवार सुहाङ नेम्वाङले साढे ११ हजार मत कटाउँदा मतान्तर ४ हजारले फराकिलो बनाएका छन्।
पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले ११ हजार ६ सय १९ मत प्राप्त गर्दा प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ७ हजार ६ सय ५९ मत पाएका छन्।
त्यसैगरी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ७ हजार ४ सय ५२ मत प्राप्त गरेका छन्।
रास्वपाका उम्मेदवार मिलन लिम्बूले अहिलेसम्म १ हजार ५ सय ९६ मत प्राप्त गरेका छन्।न्युज कारखाना
काठमाडौं, १७ बैशाख । बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना अन्तिम चरणमा पुग्दा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ।
पछिल्लो मत परिणामअनुसार एमालेका दमनबहादुर भण्डारीले ९ हजार ८ सय ८९ र कांग्रेसका अभिषेक बहादुर सिंहले ९ हजार ८ सय ८० मत ल्याएका छन्। भण्डारी ९ मतले मात्रै अगाडि छन्। न्युज कारखाना
इलाम, १७ बैशाख । इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले २८ सय ५३ अग्रता कायम राखेका छन्। नेम्वाङ नौ हजार ४ सय ८४ मत प्राप्त लिड गरिरहेका छन्।
उनलाई नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको ६ हजार ६ सय ३१ मतका साथ पछ्याइरहेका छन्। स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले चार हजार ९५१ मत प्राप्त गरेका छन्।
स्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलनकुमार योङहाङ लिम्बुले एक हजार ४०१ मत प्राप्त गरेका छन्। न्युज कारखाना
बझाङ, १७ बैशाख । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले ८३ मतको अग्रता लिएका छन्।
सिंह ९ हजार १ सय ६७ र नेकपा एमालेका दमन बहादुर भण्डारी ९ हजार ८४ मतका साथ कडा प्रतिस्पर्धामा छन्।
त्यस्तै, माओवादीका जनक बहादुर बुढाले ३ हजार ५ सय ३५ र एकीकृत समाजवादीका दिल बहादुर सिंहले २ हजार ३ सय ४७ मत ल्याएका छन्।न्युज कारखाना
इलाम, १७ बैशाख । मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन स्थानबाट गर्ने तयारी गरेको छ। आइतबारदेखि जारी मतगणना कार्यलाई चाँडो सम्पन्न गर्न तीन स्थानमा मतगणनाको तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको भनाइ छ।
सोमबार बिहानसम्म दुई गाउँपालिकाको मात्र मतगणना सकिएको छ। अहिले माङ्सेबुङको गणना जारी छ। अझै तीन पालिकाको मतगणना बाँकी छ।
तीन स्थानमा मतगणना गर्दा थप सहज हुने भएकाले गणना स्थल थप्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए।न्युज कारखाना
इलाम, १७ बैशाख । इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ २ हजार ६ सय १८ मतले अग्रता लिएका छन्।
पछिल्लो मत परिणामअनुसार नेम्वाङले ८ हजार ८ सय ९८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले ६ हजार २८० मत ल्याएका छन्।
स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ४ हजार ६३४ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार ३०५ मत पाएका छन्।
हालसम्म २१,८१० मत गनिएकाे छ, जसमध्ये २६१ मत बदर भएकाे छ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बङ्गलादेशका ऊर्जासम्बन्धी निकायहरूमाझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भइ यसै आर्थिक वर्षदेखि मित्रराष्ट्र बङ्गलादेशमा ४० मेगाबाट विद्युत् निर्यात गरिने बताएका छन् ।
मस्र्याङ्दी–काठमाडौँ २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसनको आज उद्घाटन गर्दै प्रधाननमन्त्री प्रचण्डले गत जेठमा आफ्नो भारत भ्रमणका क्रममा भएको दीर्घकालिन विद्युत् व्यापारको प्रारम्भिक सहमतिले बजार सुनिश्चित गरेको बताए ।
“उक्त प्रारम्भिक सहमतिलाई मूर्तरुप दिन अन्तिम सम्झौतामा हस्ताक्षर भइसकेको छ । यो नेपालको जलविद्युत् विकास र बजार सुनिश्चिताका लागि अर्को महत्त्वपूर्ण र ऐतिहासिक खुड्किलो हुने मैले विश्वास लिएको छु,” प्रधानमन्त्री प्रचण्डले भने, “नेपाल, भारत र बङ्गलादेशका निकायहरूबीच त्रिपक्षीय सम्झौता छिट्टै हुँदै छ । यसले नेपालको जलविद्युत्को बजार विस्तार हुनेछ ।”
उत्तरतर्फको छिमेकी देश चीनसँग पनि विद्युत्को बजार पहुँच जोड्न चिलिमे–केरुङ प्रसारण लाइन निर्माण गर्न समझदारी बनिसकेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यसका लागि दुई देशका संयन्त्रहरूले आवश्यक कार्यहरू गरिरहेको जानकारी दिए ।
विकास निर्माणका कार्यक्रमलाई निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिँदै प्रधानन्त्री प्रचण्डले भने, “विकास आयोजनाहरूको काम रोकिनु हुँदैन । विकास र पर्यावरणबीच सन्तुलन कायम हुनेगरी योजनाहरू अगाडि बढाउन महत्त्वपूर्ण निर्णय गर्नै पर्नेछ ।” उहाँले विकास निर्माणको कार्यमा बाधक नभई व्यवहारिक बनिदिन अनुरोधसमेत गरे ।
प्रधानमन्त्री प्रचण्डले विद्युत् प्रणालीमा देखिएको मौसमी असन्तुलन हटाउन ठूला जलाशययुक्त आयोजना निर्माण गरिने बताएका छन् ।
“१२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना, एकहजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना, ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाइसकेको छ ।” प्रधानमन्त्री प्रचण्डले भने, “साथै देशलाई दिर्घकालिन रूपमा कायापलट गराउन सक्ने राष्ट्रिय तथा क्षेत्रीय महत्त्वका कर्णाली चिसापानी १० हजार ८०० मेगावाटको आयोजनालाई प्राधिकरणमार्फत अध्ययन कार्य अगाडि बढाइएको छ ।”
विश्व बैंकको नेतृत्वमा एक हजार ६३ मेगावाटको माथिल्लो अरुण र एशियाली विकास बैंकको नेतृत्वमा ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको बित्तिय व्यवस्थापन सम्पन्न हुने चरणमा पुगेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे ।
देशभित्र उत्पादित विद्युत् स्वदेशमै खपत गर्न सरकारले विद्युत् खपत बृद्धिसम्बन्धी कार्यायोजना मन्त्रिपरिषद्बाट पारित गराएर कार्यान्वयनमा ल्याइएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यसले विद्युत् खपत बढाउनका लागि दिशानिर्देश गर्ने बताए ।
अहिले करिब ९८ प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्नेगरी सम्पूर्ण तयारी भइसकेको बताए । उनले भने, “पूर्ण रूपमा विद्युतीकरण गर्न सक्ने आधार तयार हुनु एउटा महत्त्वपूर्ण ऐतिहासिक उपलब्धी हो । नेपालको विकासमा यो एउटा मूख्य खुडकिलो हो ।”
मस्र्याङ्दी–काठमाडौँ २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसन निर्माण भएसँगै मस्र्याङ्दी नदी कोरिडोरमा निर्माण भएका र आगामी दिनमा सो क्षेत्र निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन यो आयोजना निर्माण गरिएको हो ।
यो आयोजनाको निर्माणसँगै देशको सबैभन्दा बढी विद्युत् माग हुने काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित हुने विश्वास लिइएको छ । देशको एकीकृत विद्युत् प्रणाली थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ । न्युज कारखाना
काठमाडौँ । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना जारी रहेको छ ।
प्राप्त पछिल्लो मत गणनाको विवरण अनुसार एमालेका दमनबहादुर भण्डारीले १५९३ मत प्राप्त गरेका छन् ।
त्यस्तै माओवादी केन्द्रका जनकबहादुर बुढाले ९९८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ९५५ मत प्राप्त गरेका छन् । त्यस्तै एकीकृत एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५९५ प्राप्त गरेका छन् ।
बझाङको यस क्षेत्रमा अहिलेसम्मको गणनामा ४२१४ मत सदर भएको छ । न्युज कारखाना
काठमाडौं, १६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच रहेको बताएका छन्।
काठमाडौंको चन्द्रागिरीमा मर्स्याङ्दी-काठमाडौं २२० केभी प्रशारण लाइन तथा मातातीर्थ २२० केभी सबस्टेशन आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण घोषणा गर्नेगरी सम्पूर्ण तयारी भइरहेको बताए।
उत्पादित जलविद्युत देशभित्रै खपत गर्नेगरी विद्युत खपत वृद्धिसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्बाट पारित गराएर कार्यान्वयनमा ल्याइरहेको उनको भनाइ थियो। नेपालको विकासमा यो एउटा ठूलो टर्निङ प्वाइन्ट भएको प्रधानमन्को भनाइ छ।
विद्युत खपतको महत्वपूर्ण मानिएको यातायात क्षेत्रमा अहिले विद्युतीय सवारीसाधन प्रयोग देशभर विस्तार भइरहेको र पेट्रोलियम पदार्थको आयातमा पनि गिरावट ल्याएको उनले बताए।
प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको नकारात्मक प्रभावका कारण नेपालका सुन्दर हिमालहरू प्रभावित भएको बताए। जलविद्युत उत्पादनमा पनि जलवायु परिवर्तनको प्रभाव परेको उनको भनाइ छ।न्युज कारखाना
इलाम । इलाम -२ को मत गणनाको पछिल्लो अपडेटमा नेपाली कांग्रेसले आफ्नो अग्रता कायम राखेको छ ।
प्राप्त विवरण अनुसार नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले १६४३ मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेका सुहाङ नेम्वाङले १६०१ मत प्राप्त गरेका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४३७ मत प्राप्त गरेका छन् भने रास्वपाका मिलन लिम्बुले ३०५ मत प्राप्त गरेका छन् ।
निर्वाचन आयोगका अनुसार फाकफोकथुम गाउँपालिका अहिलेसम्म तीन वडा वडाको मत गणना सम्पन्न भएको छ ।न्युज कारखाना
चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना जारी रहेको छ ।
प्राप्त पछिल्लो मत गणनाको विवरण अनुसार एमालेका दमनबहादुर भण्डारीले १३०३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ६५६ मत प्राप्त गरेका छन् ।
त्यस्तै माओवादी केन्द्रका जनकबहादुर बुढाले ४०१ मत र एकीकृत एकीकृत समाजवादीका दिलबहादुर सिंहले ३६९ प्राप्त गरेका छन् । न्युज कारखाना
इलाम । इलाम -२ को मत गणनाको पछिल्लो अपडेटमा नेपाली कांग्रेसले आफ्नो अग्रता कायम राखेको छ ।
प्राप्त विवरण अनुसार नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले ११५५ मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेका सुहाङ नेम्वाङले १०६३ मत प्राप्त गरेका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ३१३ मत प्राप्त गरेका छन् भने रास्वपाका मिलन लिम्बुले २११ मत प्राप्त गरेका छन् ।
निर्वाचन आयोगले अहिलेसम्म गणना गरिएका २७९७ मत सदर भएको जनाएको छ ।न्युज कारखाना
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा देखिएको बेथिती र बिकृतिको अन्त्य गर्न आन्दोलनको बिकल्प नभएको बताएका छन् ।
आज पार्टीको लुम्बिनी ,कर्णाली र सुदुरपश्चिम क्षेत्रका पदाधिकारी सदस्य तथा जिल्ला अध्यक्षहरुसङ्गको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले अहिलेको राज्य प्रणालीले देशलाई अधोगती तर्फ मात्र लैजाने जिकिर गरे । भ्रष्टाचार ,कुशासन र मनपरितन्त्रलाई निरन्तरता दिँदा मुलुक समस्याको दलदलमा भासिने भन्दै अब बिकल्प खोज्नुपर्नेमा जोड दिए । बिकल्प भनेको आन्दोलन भएको भन्दै थापाले आन्दोलनको बाताबरण तयार गर्न जिल्ला अध्यक्षहरुसङ्ग आग्रह पनि गरे ।
एक्ला एक्लै आन्दोलन गर्दा सफलता प्राप्त नभएको बिगतलाई हेरेर समान बिचार भएका बीच मोर्चा बनाउने प्रस्ताबले मुर्तरुप नलिएकोमा चिन्ता ब्यक्त गर्दै थापाले त्यो दिशामा अहिले पनि प्रयासरत भएको समेत स्पष्ट पारे । तत्काल मोर्चा नबनेको परिस्थिति भए पनि पार्टीले आफ्नो तर्फ बाट गर्ने आन्दोलनको तयारीलाई भने निरन्तरता दिन तयारीमा जुट्न समेत थापाले आग्रह गरे।
बैकल्पिक बिचार र मार्गचित्र राप्रपा नेपालसङ्ग भएकोले पार्टीलाई बलियो शक्ति बनाउन कृयाशिल र गतिशिल हुनुपर्नेमा समेत जोड दिए । बैठकमा महामन्त्रीद्वय भास्कर भद्राले सचिवालय र राजाराम बर्तौलाले संगठन सम्बन्धि प्रतिबेदन पेश गरेका थिए भने जिल्ला अध्यक्षहरुले जिल्लाको अबस्थाबारे बैठकलाई जानकारी गराएका थिए ।न्युज कारखाना
चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना जारी रहेको छ ।
प्राप्त पछिल्लो मत गणनाको विवरण अनुसार एमालेका दमनबहादुर भण्डारीले २५० मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १९० मत प्राप्त गरेका छन् ।
त्यस्तै माओवादी केन्द्रका जनकबहादुर बुढाले ८० मत र एकीकृत एकीकृत समाजवादीका दिलबहादुर सिंहले ६२ प्राप्त गरेका छन् । न्युज कारखाना
इलाम । इलाम -२ को मत गणनाको पहिलो अपडेट आएको छ । प्राप्त विवरण अनुसार फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को मतगणना सम्पन्न भएको छ ।
जसमा नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले अग्रता बनाएका छन् । खड्काले ६५७ मत प्राप्त गरेका छन् भने एमालेका सुहाङ नेम्वाङले ५३४ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले १८७ मत प्राप्त गरेका छन् भने रास्वपाका
मिलन लिम्बुले ११५ मत प्राप्त गरेका छन् ।
फाकफोकथुम गाउँपालिका वडा नम्बर १ मा एक हजार ५४१ मत खसेको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
न्युज कारखाना
बझाङ । बझाङमा मतगणना सुरू भएको छ । बझाङको छबिसपाथिभरा गाउँपालिकाबाट मतगणना सुरु भएको हो ।
निर्वाचन आयोगका अनुसार शनिबार सम्पन्न बझाङ १(क) को प्रदेश सभाको निर्वाचनका मतपेटिका हेलिकप्टरबाट संकलन गर्नुपर्ने भएकाले समय लागेको हो ।
बझाङको मतगणना बझाङ जिल्ला अदालत चैनपुरमा हुदै छ । ६१ हजार ७ सय ४८ मतदाता रहेको बझाङ १(क) मा करिब ५० प्रतिशत मत खसेको आयोगले जनाएको छ । यसअघि २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा बझाङको यस क्षेत्रमा ५२.९८ प्रतिशत मतदान भएको थियो । न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा दिन आह्वान गरेका छन् । ‘नेपाल लगानी सम्मेलन २०२४’को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको बताए ।
नेपाल उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको जानकारी दिए । लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहज अवस्था सिर्जना गर्न नेपाल निरन्तर अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले हालै मात्र व्यवसाय र लगानीसम्बन्धी विभिन्न आठ कानून परिमार्जन गरेको जानकारी गराए । उनले भने, “मलाई विश्वास छ, यसले नेपालमा लगानी गर्ने लगानीकर्ताको आत्मविश्वास बढाउँछ ।”
नेपालमा शान्ति र स्थायित्व कायम भइ आर्थिक विकास र समृद्धिको लागि अनुकूल वातावरण सिर्जना भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीय शासन प्रणालीले राष्ट्रव्यापी सामाजिक र आर्थिक रूपान्तरणलाई बढावा दिने सन्तुलित विकास दृष्टिकोण सुनिश्चित गरेको स्पष्ट पारे ।
“नेपालले विदेशी लगानीकर्ताहरूलाई सबल नियामक ढाँचा, दोहोरो करबाट बच्ने व्यवस्था, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, प्रतिस्पर्धात्मक कर्पोरेट करलगायतका धेरै प्रोत्साहनहरू प्रदान गर्दछ,” प्रधानमन्त्री प्रचण्डले भने, “नेपाल सरकारले हालै द्विपक्षीय लगानी सम्झौताको ढाँचालाई स्वीकृत गरेको छ, यसले द्विपक्षीय लगानीको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ ।” उहाँले मित्र राष्ट्रहरूलाई द्विपक्षीय लगानी सम्झौतामा हस्ताक्षर गर्न आह्वान गरे ।
नेपालले अबलम्बन गरेका उदार नीतिहरूले प्राथमिकताका क्षेत्रमा विदेशी लगानीलाई प्रोत्साहन गर्ने प्रधानमन्त्रीको विश्वास छ । उहाँले नेपालमा भएका दक्ष जनशक्ति र कम श्रम लागत पनि अन्तर्राष्ट्रिय लगानीकर्ताहरूका लागि आकर्षण हुने बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, “प्रत्यक्ष वैदेशिक लगानीकर्ता र राष्ट्रिय लगानीकर्तालाई कुनै पनि भेद्भावपूर्ण व्यवहार नगरिने प्रावधान र विदेशी मुद्रामा नाफा फिर्ता लैजान पाउने सुनिश्चितताले नेपालमा लगानीको आकर्षण अझ बढाउँछ ।”
नेपालको ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या श्रमिक उमेर समूहभित्र पर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले तीव्ररूपमा विस्तार हुँदै गएको मध्यमवर्गीय जनसङ्ख्याले उपभोक्तामुखी अवस्थाको अपार सम्भावना देखाएको बताए । उनले विदेशी भाषा बोल्ने युवाहरूको सङ्ख्या उल्लेख्य मात्रामा रहँदा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई श्रमशक्ति खोज्न मद्दत पुग्ने उल्लेख गरे ।
“नेपालले पर्यटन, कृषि, उत्पादन, सूचनाप्रविधि, गार्मेन्ट, कृषि प्रशोधन र पूर्वाधारलगायत उच्च मूल्यका बाली उत्पादन जस्ता क्षेत्रमा लगानीका अवसरहरू उपलब्ध गराएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “जलविद्युत् उत्पादनको प्रचुर सम्भावनाले नवीकरणीय र स्वच्छ ऊर्जा आपूर्तिको प्रतिबद्धता व्यक्त गरेको छ । समृद्ध सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यले पर्यटन क्षेत्रको बलियो सम्भावनालाई संकेत गर्दछ ।”
नेपालमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना भए पनि हालसम्म ३ हजार २०० मेगावाट मात्रै उत्पादन भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले करिब ५ हजार ५६८ मेगावाटका ठूला आयोजना सार्वजनिक–निजी साझेदारी (पीपीपी) मार्फत निर्माण वा कार्यान्वयनको चरणमा रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले विद्युत् व्यापार सहज तुल्याउन भारतसँग भएको विद्युत् व्यापार सम्झौता, चीनसँग भएको सहकार्यका र समझदारी एवं बङ्गलादेशसँग भएको विद्युत् निर्यातको समझदारीले लगानीका लागि पर्याप्त पूर्वाधार तयार भएको बताए ।
उनले भने, “यसले नेपालमा जलविद्युत् क्षेत्रमा लगानी गर्ने प्रचुर अवसरहरू स्पष्ट रूपमा देखाउँछ । भारत र चीन जोड्ने निर्माणाधिन अन्तरदेशीय प्रसारण लाइनले यस क्षेत्रभित्र ऊर्जा आदानप्रदानलाई सहज बनाउँछ ।”
प्रधानमन्त्री प्रचण्डले तयारी पोशाक र नेपाली गलैंचा पनि विश्व बजारमा निकासी हुने र गुणस्तरका लागि प्रख्यात भएको उल्लेख गर्दै यस क्षेत्रमा पनि लगानीको प्रचुर सम्भावना रहेको बताए ।
नेपालमा दुई विशेष आर्थिक क्षेत्र सञ्चालनमा आएका र देशका अन्य स्थानमा त्यस्ता आर्थिक क्षेत्र विकास हुने चरणमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ता क्षेत्रले आर्थिक वृद्धि र औद्योगिक विकासमा बल पुर्याउने विश्वास व्यक्त गरे । उनले भने, “नेपालमा हाल दश औद्योगिक जिल्लाहरू रहेका छन्, थप छ वटा विकास गर्ने योजना छ, यसले लगानीका लागि आवश्यक पूर्वाधार र सेवाको पहुँच सुनिश्चित गर्दछ ।”
उदीयमान बजार भएका भारत र चीन बीचमा रहेको नेपाल रणनीतिक रूपमा पनि लगानीको लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले क्षेत्रीय सम्झौताहरू साफ्टा÷बिमिस्टेक र स्वतन्त्र व्यापार व्यवस्थाद्वारा द्विपक्षीय र क्षेत्रीय बजारहरू सुनिश्चित भएको स्पष्ट पारे ।
“अन्तर्राष्ट्रिय निजी लगानी प्रवाहलाई सहज तुल्याउन उद्योग विभागले ६ अर्ब रुपैयाँभन्दा कमको लगानी अनुमोदन गर्दछ र लगानी बोर्ड नेपालले ६ अर्ब रुपैयाँभन्दा बढीको लगानी वा २०० मेगावाटभन्दा बढी ऊर्जा आयोजनाहरू व्यवस्थापन गर्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यी दुबै सरकारी एजेन्सीहरू स्वदेशी र अन्तर्राष्ट्रिय लगानीकर्तालाई तोकिएको समयमा सहज सेवा प्रदान गर्न प्रतिबद्ध छन् ।”
वैदेशिक लगानीमा सञ्चालन भएका विभिन्न कम्पनीको हकमा नेपालमा लगानी नाफामुखी रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “ती कम्पनीहरूको लाभांश फिर्ताको अवस्था अकर्षक छ, जसले नेपालमा लगानीको उपयुक्त वातावरण छ भन्ने देखाउँछ ।”
सम्मेलनमा प्रस्तुत परियोजनाहरूले नेपाल र सम्भावित लगानीकर्ताहरू दुवैलाई फाइदा पुग्ने ठोस नतिजा प्राप्त हुने विश्वास व्यक्त गर्दै प्रधानमनत्री प्रचण्डले आगामी दशकमा दिगो र उच्च आर्थिक वृद्धि हासिल गर्ने नेपालको लक्ष्य पूरा हुने बताए । उनले सबैको सहकार्यबाट नेपाल आर्थिक रुपान्तरण र समृद्धिको दिशामा अघि बढ्ने आशा व्यक्त गरे । न्युज कारखाना
धनगढी । बझाङको प्रदेश सभाको मतगणना १ बजेदेखि शुरु हुने भएको छ । केहि बेरअघि सम्पन्न सर्बदलीय बैठकले १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।
निर्वाचन आयोगका अनुसार शनिबार सम्पन्न बझाङ १(क) को प्रदेश सभाको निर्वाचनका मतपेटिका हेलिकप्टरबाट संकलन गर्नुपर्ने भएकाले समय लागेको हो ।
बझाङको मतगणना बझाङ जिल्ला अदालत चैनपुरमा हुदै छ । ६१ हजार ७ सय ४८ मतदाता रहेको बझाङ १(क) मा करिब ५० प्रतिशत मत खसेको आयोगले जनाएको छ । यसअघि २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा बझाङको यस क्षेत्रमा ५२.९८ प्रतिशत मतदान भएको थियो । न्युज कारखाना
धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी र उनकी श्रीमती समेत रहेकी अध्यक्ष रन्जिता श्रेष्ठबीच सहमति भएको संकेत देखिएको छ ।
रेशमले शनिबार पार्टीका नेताहरुको उपस्थितिमा रन्जितासँग छलफल गर्दै सहमति भएको संकेत दिएका छन् । उनले आफ्नो फेसबुकमा दुई वटा पोष्टले उनीहरुबीचको विवादमा सहमति भएको बुझ्न सकिन्छ ।
रेशमले पहिलो पोष्टमा भनेका छन्- ‘महासचिव ठाकुर सिङ थारुलाई साक्षी राखेर पार्टी र सरकार दुबै तिमी चलाउ भन्ने रन्जिताको आग्रहलाई स्वीकार गर्दै मैले पनि यो फोटो पोष्ट गरें ।’ त्यसपछिको पोष्टमा उनले ‘हामी छिट्टै लुम्बिनी र सुदुर पश्चिम सरकारबाट समर्थन फिर्ता लिन्छौं’ लेखेका छन् ।
रेशमको यो पोष्टले भर्खरै मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीको पद धरापमा पर्ने देखिएको छ । उनले सुदुरपश्चिम र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको बताए पछि दुवै प्रदेसका सरकार धरापमा पर्ने देखिएको छ ।
यस बैठकले सुदुरपश्चिममा मुख्यमन्त्री दाबी गर्ने निर्णय गरेको नाउपाका नेताहरुले बताएका छन् । यसका साथै रेशम र रन्जिताबीच कारबाही गरिएकाको कारबाही फुकुवा गर्ने, मुख्यमन्त्री दाबी गर्ने, पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने सहमति भएको नेताहरुले बताएका छन् ।
नाउपामा देखिएको यो सहमतिले एकीकृत समाजवादीका मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने सम्भावना न्युन हुँदै गएको छ । न्युज कारखाना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी गरेका छन् । 
आइतबार राष्ट्रपति पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् । 
“राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गर्नु भएको छ,” प्रवक्ता भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
इलाम । इलाम- २ मा मतगणना शुरु भएको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु भएको हो ।
मतगणनाको नतिजा हरेक घण्टामा अपडेट गराइने मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
आइतबार बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेपछि मतगणना गर्ने निर्णय गरेको थियो ।
कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम- २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो ।
यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा रहेका छन् । न्युज कारखाना
काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको नेपाल भ्रमणमा आउने भएकी छन् ।
जापानको विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री खामिखावाले आगामी वैशाख २३ काठमाडौँ आइपुग्ने जापानी दूतावासले जनाएको छ ।
विदेशमन्त्री खामिखावा श्रीलङ्काको भ्रमणपछि नेपाल आउने तालिका रहेको दुताबासले जानकारी दिएको छ । जापानी विदेशमन्त्री नेपाल आउन लागेको सन् २०१९ पछि पहिलो पटक हो ।
नेपाल र जापान बीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्न लागेको अवसरमा विदेशमन्त्रीको यो भ्रमण फलदायी हुने अपेक्षा रहेको दुताबासले जनाएको छ ।
नेपालको परराष्ट्र मन्त्रालयले भने अहिलेसम्म विदेशमन्त्री खामिखावाको भ्रमण बारे औपचारिक जानकारी दिएको छैन ।न्युज कारखाना
काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गरेका छन् ।
अप्रिल ३० देखि मे ३ तारिखसम्म युएन सेक्रेटरियट न्यूयोर्कमा हुने विश्व जनसङ्ख्यासम्बन्धी सम्मेलनमा नेपाल सरकारको प्रतिनिधिका रूपमा सहभागी हुन यादव शनिबार बेलुकी अमेरिका प्रस्थान गरेका हुन् । मन्त्री यादव मे ७ तारिख स्वदेश फर्किने छन् । न्युज कारखाना
इलाम । इलाम- २ मा मतगणना ११ बजेपछि मात्र हुने भएको छ । आइतबार बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेपछि मतगणना गर्ने निर्णय गरेको हो ।
मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु हुने छ ।
कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम- २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो ।
यस क्षेत्रका विकट पालिकाहरुवाट मतपेटिका संकलन गरी मुचुल्का गर्दा आइतबार बिहान २ बजेको थियो ।
यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा रहेका छन् । न्युज कारखाना
काठमाडौँ । इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस अघि निर्वाचन आयोगले राति ११ बजेसम्म मतपेटिका संकलन सकिने भनेपनि राति ढिलो गरि मतपेटिका मतगणनास्थल मा पुर्याइएको छ ।
इलाम- २ को मतगणना इलाम नगरपालिका वार्ड नं. ७ स्थित गौतम बुद्ध सभागृहमा गरिदै छ । मुख्य निर्वाचन कार्यालयका अनुसार सर्बदलीय बैठक बसेपछि मतगणना करिब ७ बजेदेखि शुरु हुने छ ।
त्यस्तै बझाङको उपनिर्वाचनका मतपेटिका भने बिहान १० बजेसम्म मात्र संकलन भइसक्ने आयोगले जनाएको छ ।
आयोगका अनुसार बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का मतपेटिका मतगणनास्थल बझाङ जिल्ला अदालत चैनपुरमा हवाईमार्गबाट समेत ढुवानी गर्नुपर्ने भएकोले आइतबार बिहान १० बजे भित्र ढुवानी भइसक्ने छन् । त्यसपछि मात्र बझाङको मत गणना शुरु हुने आयोगले जनाएको छ ।
शनिबार सम्पन्न मतदानमा इलाम-२ मा करिब ५८ प्रतिशत र बझाङमा ५० प्रतिशत मतदान भएको थियो ।
यस उपनिर्वाचनमा इलाम-२ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता र बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा ६१ हजार ७ सय ४८ मतदाता रहेका थिए ।
यसअघि २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा इलाम-२ मा ५९.७८ प्रतिशत तथा बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा ५२.९८ प्रतिशत मतदान भएको थियो । न्युज कारखाना
काठमाडौँ । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म जम्मा हुने भएको छ । निर्वाचन आयोगले सबै मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको जानकारी दिएको छ ।
इलाम- २ मा इलाम नगरपालिका वार्ड नं. ७ स्थित गौतम बुद्ध सभागृहमा मतगणनाको तयारी गरिदै छ । आयोगका अनुसार राति ११ बजेसम्म सबै मतपेटिका मतगणना स्थलमा आइपुग्ने जनाएको छ । त्यसपछि रातिनै मत गणना शुरु हुने छ ।
त्यसति बझाङको उपनिर्वाचनका मतपेटिका भने आइतबार बिहान १० बजेसम्म मात्र संकलन भइसक्ने आयोगले जनाएको छ ।
आयोगका अनुसार बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का मतपेटिका मतगणनास्थल बझाङ जिल्ला अदालत चैनपुरमा हवाईमार्गबाट समेत ढुवानी गर्नुपर्ने भएकोले आइतबार बिहान १० बजे भित्र ढुवानी भइसक्ने छन् । त्यसपछि मात्र बझाङको मत गणना शुरु हुने आयोगले जनाएको छ ।
शनिबार सम्पन्न मतदानमा इलाम-२ मा करिब ५८ प्रतिशत र बझाङमा ५० प्रतिशत मतदान भएको छ ।
यस उपनिर्वाचनमा इलाम-२ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता र बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा ६१ हजार ७ सय ४८ मतदाता रहेका थिए ।
यसअघि २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा इलाम-२ मा ५९.७८ प्रतिशत तथा बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा ५२.९८ प्रतिशत मतदान भएको थियो ।
न्युज कारखाना
काठमाडौँ । आज सम्पन्न इलाम-२ र बझाङको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार इलाम-२ मा करिब ५८ प्रतिशत र बझाङमा ५० प्रतिशत मतदान भएको छ ।
यस उपनिर्वाचनमा इलाम-२ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता र बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा ६१ हजार ७ सय ४८ मतदाता रहेका थिए ।
सम्वत् २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा इलाम-२ मा ५९.७८ प्रतिशत तथा बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा ५२.९८ प्रतिशत मतदान भएको थियो ।
आयोगले मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको जानकारी दिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनबाट प्राप्त जानकारी अनुसार इलाम-२ मा मतपेटिका मतगणनास्थल इलाम नगरपालिका वार्ड नं. ७ स्थित गौतम बुद्ध सभागृहमा राती ११ बजेभित्र र बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का मतपेटिका मतगणनास्थल बझाङ जिल्ला अदालत चैनपुरमा हवाईमार्गबाट समेत ढुवानी गर्नुपर्ने भएकोले आइतबार बिहान १० बजे भित्र ढुवानी भइसक्ने आयोगले जनाएको छ ।
न्युज कारखाना
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम र बझाङमा शान्तिपूर्णरूपमा उपनिर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ (क) मा शान्तिपूर्णरुपमा उपनिर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद ज्ञापन गरेका हुन् । साथै मतदाताको उत्साहपूर्ण सहभागिताबाट फेरि एकपटक नेपाली नागरिकको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएका पनि उनले उल्लेख गरेका छन् ।
सभापति देउवाले उपनिर्वाचनबाट आउने परिणामले मुलुकलाई लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक एवं न्यायपूर्ण समाज निर्माणमा सहयोग गर्नेछ भन्ने विश्वास लिएको पनि विज्ञप्तिमा उल्लेख छ । “निर्वाचनमा संयम र धैर्यका साथ सरिक भई अमूल्य मत खसाल्नु भएकामा इलाम र बझाङका मतदाताप्रति आभार एवं कृतज्ञता व्यक्त गर्दछु । उपनिर्वाचनमा सक्रिय सहभागिता जनाएर अभिव्यक्त भएको अमूल्य मतले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत गर्न थप योगदान पुर्याउने विश्वास छ”, विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन गराउन सफल भएकामा निर्वाचन आयोग, निर्वाचनमा अहोरात्र खटिनुभएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय तथा निर्वाचनमा सहभागी राजनीतिक दल, सञ्चारकर्मीलगायतलाई पनि उनले धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।न्युज कारखाना
इलाम । इलाम- २ मा करिब ५७ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान छ ।
निर्वाचन आयोगले मतदान अन्तिम चरणमा रहेको जानकारी दिदै ५७ प्रतिशतको हाराहारीमा मतदान भएको बताएको छ । यद्यपी अन्तिम विवरण आउन भने केहि समय लाग्ने बताइएको छ ।
निर्वाचन आयोगले मतगणना सकिनेबित्तिकै मत पेटिका संकलन गरिने र मतगणना सुरु गर्ने बताएको छ । सबै मतदान केन्द्रबाट बेलुका १० बजेसम्म मतपेटिकाहरु संकलन भइसक्ने अनुमान गरिएको छ । आजराती नै मतगणना भएमा आइतबार साँझसम्म सम्पन्न हुनसक्ने बताइएको छ ।
इलाम-२ मा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा समेटिएका छन् ।
यो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाता रहेका छन् । न्युज कारखाना
इलाम । इलाम २ को उपनिर्वाचनमा अहिलेसम्म ५५ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगले साढे ४ बजेसम्म ५५ प्रतिशत मतदान भएको बताएको छ ।
इलाम-२ मा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा समेटिएका छन् ।
यो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाता रहेका छन् । न्युज कारखाना
काठमाडौँ । आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता भएको छ । शनिबार एक कार्यक्रमका बीच दुई पार्टीमा एकता भएको हो ।
एकतापछि पार्टीको नाम आम जनता पार्टी र प्रभु साहले नै नेतृत्व गर्ने बताइएको छ । आजपाका अध्यक्ष प्रभु साह र समाजवादी जनएकता पार्टी नेपालका संयोजक नारायण श्रेष्ठले एकताको आधारपत्रमा हस्ताक्षर गरेका हुन् ।
दुई पार्टीबीच एकताका आधार निम्न बमोजिम रहेका छन् :
१. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारेको बुझाई, आम जनजीविकाका सवालहरू तथा शोषित, दमित र उत्पीडित वर्ग एवं समुदायका हकहितको विषय सँगसँगै नेपालको अग्रगामी आन्दोलनमा गुणात्मक विकासको अपरिहार्यता जस्ता महत्वपूर्ण क्षेत्रहरुमा आधारभूत रूपमा हेर्दा हाम्रा बुझाई एवम् दृष्टिकोणहरुमा एकरूपता विद्यमान रहेको निचोडमा पुग्यौं ।
२. नेपालमा विद्यमान दलीय शासन प्रणाली, दलभित्र ठुलो दलको सिन्डिकेट र ठुलो दलभित्र पनि निश्चित गुट नेता र आसेपासेहरुको शासनले लोकतन्त्र सिर्फ देखाउने दाँत भएको र आम जनता लाचार भई शोसित हुनुपरेको यो बिडम्बनापूर्ण परिस्थितिलाई चिर्दै आम जनताको वास्तविक शासन सत्ता ल्याउन तेस्रो जनआन्दोलनको अपरिहार्य आवश्यकता रहेकोले यसका निम्त सम्पूर्ण देशभक्त, प्रगतिशील अग्रगामी शक्तिहरु एकजुट भएर अगाडि बढ्नुपर्ने निष्कर्षमा पुग्यौं ।
३. पछिल्लो समय विश्वभर सूचना प्रविधिमा आएको अद्भुत क्रान्ति तथा सम्राज्यवादीहरुको गुरु योजना अनुरूप नेपालमा विकसित भगौडा दलाल पूँजीपति वर्गको वर्चस्वले देश उजाड़ एवं बर्बाद भैरहेको सन्दर्भमा राज्यको लुटकारी चरित्रबाट मुक्ति दिलाउन यसको शशक्त प्रतिवाद गर्न सहमत भयौं ।
४. पार्टी एकता पश्चात मा.प्रभु साहको नेतृत्वमा आम जनता पार्टी रहने र यसमा तत्तकालीन समाजवादी जनएकता पार्टी नेपालतर्फका नारायण श्रेष्ठ लगायतका नेतृत्वहरुको कार्य विभाजन एवं भूमिका सम्मानजनक रहने गरी जिम्मेवारी ठोस गर्न सहमत भयौं ।
५. अग्रगामी सोच(विचारका लोकप्रिय व्यक्ति, समुह, संगठन र शक्तिहरु बिच योजनाबद्ध वार्ता, संवाद र सहकार्य मार्फत निकट भविष्यमा थप बृहद ध्रुवीकरण एवं एकतालाई नयाँ उचाईमा पुर्याउन संकल्पित भयौं । न्युज कारखाना
काठमाडौँ । इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् ।
लिम्बूले मतदान गर्न जादा पार्टीको चुनाव चिन्ह अंकित ब्याच लगाएर गएपछि आचारसंहिता उलंघन भएको हो । उनले कोटबाहिर स्पष्ट देखिनेगरी रास्वपाको चुनाव चिन्ह घन्टी भएको लोगो लगाएर मत दिएर निर्वाचन आचारसंहिताको उल्लंघन गरेका हुन् । उनीविरुद्द उजुरी परेपछि निर्वाचन आयोगले छानबिन सुरुगरेको छ ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले रास्वपाको उम्मेदवारविरुद्ध आयोगमा आज उजुरी परेपछि आवश्यक कारबाही सुरु गरेको र स्थानीय प्रशासनलाई आवश्यक कारवाहीको पूर्ण अधिकार दिइएको बताएका छन् ।
लिम्बुले आफुले मतदान गरेको तस्विर सामाजिक सञ्जालमा राखेपनि आचारसंहिता उलंघन भएको उजुरीपछि सो तस्वीर हटाएका छन् । न्युज कारखाना
काठमाडौँ । नेपाली कांग्रेसले सरकारले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई गरेको सिफारिशप्रति आपत्ति व्यक्त गरेको छ ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एक विज्ञप्ति जारी गर्दै सरकारले देश र जनतासँग प्रत्यक्ष रुपले सम्बन्धित केही महत्वपूर्ण कानूनहरुलाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरी राष्ट्रपति समक्ष प्रस्तुत गरेको विषयतर्फ नेपाली कांग्रेसको ध्यान गम्भीर रुपले आकृष्ट भएको जनाएका हुन् ।
कांग्रेसले संघीय संसदको गत अधिवेशन भन्दा पनि महिनौं अगाडी देखि तयारी प्रारम्भ भएको लगानी सम्मेलनलाई सम्बोधन गर्ने निहुँमा अध्यादेश जारी गरेको छ । सरकारको यो कामले प्रचलित संविधानको अपव्याख्या हुनुका साथै संसदीय व्यवस्था र लोकतन्त्रको मर्म विपरित रहेको बताएको छ ।
साथै कांग्रेसले सरकारले संविधानको अपव्याख्या गर्दै अध्यादेश जारी गर्ने गरी गरेको गैरजिम्मेवार, लोकतन्त्र र संसदीय अभ्यास विपरित कार्यको विरोध गर्दै निन्दा गरेको छ । साथै सरकारलाई संसद छलेर अध्यादेश ल्याउने कार्य गरी संसदलाई कमजोर नगर्न सचेत गराएको छ ।
कांग्रेसको विज्ञप्ति:
नेपाल सरकारले देश र जनतासँग प्रत्यक्ष रुपले सम्बन्धित केही महत्वपूर्ण कानूनहरुलाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरी सम्माननीय राष्ट्रपति समक्ष प्रस्तुत गरेको विषय तर्फ नेपाली कांग्रेसको ध्यान गम्भीर रुपले आकृष्ट भएको छ ।
संघीय संसदको गत अधिवेशनमा कानून निर्माण गर्ने पर्याप्त समय र अवसर हुँदाहुँदै सरकारले सहकारी पिडित लगायत देशमा विद्यमान तमाम समस्याहरु समाधान गर्नुको साटो अप्रत्यासित र असमयमा संघीय संसदको अधिवेशन अन्त्य गर्यो । प्रमुख विपक्षी दल नेपाली कांग्रेस समेत सबै विपक्षी दलहरुले सहकारी संस्थाहरुमा लाखौं नागरिकले जम्मा गरेको अरबौं रकम अपचलन, हिनामिना, दुरुपयोग र ठगी भएको विषयमा छानविन गर्न र सहकारी पिडितका समस्या सम्बोधन गर्न संसदीय छानविन समिति माग गरेकोमा उक्त विषयलाई नजरअन्दाज गर्दै सरकारले संसदबाट भागी अधिवेशनको अन्त्य गरी गैरजिम्मेवार र संसदीय अभ्यास विरोधी चरित्र प्रदर्शन गरेको हामीले ठहर गरेका थियौं ।
कुनै पनि कानून सार्वभौम जनताको प्रतिनिधि संस्था संसदले निर्माण गर्ने संसदीय व्यवस्थाको आधारभूत मान्यता हो । सरकारले संघीय संसदको अधिवेशन चलिरहेको अवस्थामा बाहेक तत्काल केही गर्न आवश्यक परेमा अध्यादेश जारी गर्न सक्ने संविधानको व्यवस्थाको अपव्याख्या गरी संघीय संसदको गत अधिवेशन भन्दा पनि महिनौं अगाडी देखि तयारी प्रारम्भ भएको लगानी सम्मेलनलाई सम्बोधन गर्ने निहुँमा अध्यादेश जारी गरेको छ । सरकारको यो कामले प्रचलित संविधानको अपव्याख्या हुनुका साथै संसदीय व्यवस्था र लोकतन्त्रको मर्म विपरित छ ।
यस्ता कार्यले जनताको प्रतिनिधि संस्था संसदको महत्व, मर्यादा र गरिमा घट्न जाने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नै कमजोर हुन्छ । नेपाली कांग्रेस सरकारले संविधानको अपव्याख्या गर्दै अध्यादेश जारी गर्ने गरी गरेको गैरजिम्मेवार, लोकतन्त्र र संसदीय अभ्यास विपरित कार्यको विरोध गर्दै निन्दा गर्दछ । साथै सरकारलाई संसद छलेर अध्यादेश ल्याउने कार्य गरी संसदलाई कमजोर नगर्न सचेत गर्दछ । न्युज कारखाना
काठमाडौं । इलाम-२ र बझाङमा उपनिर्वाचनको मतदान जारी रहेको छ ।
अहिलेसम्म इलाम-२ मा ४२ प्रतिशत मतदान भएको छ भने बझाङ प्रदेश सभा-१ मा ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले इलाममा अहिलेसम्म ४९ हजार मत खसेको जानकारी दिएको छ ।
आज बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म हुने आयोगले जनाएको छ । अहिलेसम्म मतदान शान्तिपूर्ण रुपमा संचालन भइरहेको छ ।
न्युज कारखाना
इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मुख्य दलका उम्मेदवारले मतदान गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुहाङ नेम्बाङ र नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले इलाम नगरपालिका–७ स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको मतदान केन्द्रमा मतदान गरेका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बूले माङसेबुङ गाउँपालिका–२ स्थित जनताकल्याण आधारभूत विद्यलाय र पहिचानवादीका साझा एवं स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुम गाउँपालिका–३ स्थित सिंहदेवी माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा समेटिएका छन् ।
यो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाताले बैशाख १५ गते मतदानमा सहभागिता जनाउदै छन् ।न्युज कारखानान
काठमाडौँ । इलाम-२ मा प्रतिनिधिसभा र बझाङको प्रदेश सभाको उपनिर्वाचनको मतदान शुरु भएको छ ।
निर्वाचन आयोगले बिहान ७ बजेदेखि मतदान शुरु भएको र साँझ ५ बजेसम्म मतदान हुने जानकारी दिएको छ ।
इलाम–२ मा एमालेबाट सुहाङ नेम्बाङ, कांग्रेसबाट डम्बरबहादुर खड्का, रास्वपाबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिम उम्मेदवार रहेका छन् ।
त्यस्तै एकीकृत समाजवादीका जितबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मीनबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली चुनावी मैदानमा छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारहरु डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्याल पनि चुनावी मैदानमा छन् ।
यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा समेटिएका छन् ।
यो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाताले बैशाख १५ गते मतदानमा सहभागिता जनाउदै छन् ।
विसं २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदावर सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । उनको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
त्यस्तै बझाङको प्रदेश सभामा नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, एमालेबाट दमन भण्डारी, माओवादी केन्द्रबाट जनक बुढा, एकीकृत समाजवादीबाट दिलबहादुर सिंह, राप्रपाबाट किशोर खड्का, जनमत पार्टीबाट शुशिला देवी विष्ट, जसपाबाट राम्बहगुर जाग्री, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्र बहादुर शाही, नेपाली जनता दलबाट अशोक सुनार, नेशनल रिपब्लिक नेपालबाट कमल घर्तिमगर, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्र बहादुर थापा र संघीय लोकतान्त्रिक राष्ट्रिय मंचबाट दिपक बहादुर खड्का चुनावी मैदानमा रहेका छन् ।
बझाङको प्रदेश सभा उपनिर्वाचनमा ६१ हजार ७४८ मतदाताले मतदानमा भाग लिदै छन् । उपनिर्वाचनमा बझाङमा ७४ मतदान केन्द्र र ९३ मतदान स्थल रहेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारका तत्कालिन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी मृत्यु भएपछि बझाङ निर्वाचन क्षेत्र १ मा उपनिर्वाचन हुने लागेको हो ।
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंबेदनशील
इलाम-२ र बझाङ प्रदेशसभा (क) मा हुने उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन गरिने भएको छ ।
प्रहरी प्रधान कार्यालयले उपनिर्वाचनको सुरक्षाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदै उपनिर्वाचनका लागि इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा (क) मा दुई हजार ३८७ प्रहरी जनशक्ति परिचालन गरेको जानकारी दिएको छ ।
निर्वाचनलाई सफल बनाउनका लागि प्रहरीले इलामका ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा एक हजार ३६३ प्रहरी परिचालन गरेको छ भने बझाङ प्रदेशसभा (क) को ७४ मतदानस्थलको ९३ मतदान केन्द्रमा एक हजार २४ प्रहरी परिचालन गरेको छ ।
प्रहरीले इलाम र बझाङमा गरि ५९ अतिसंबेदनशील मतदान केन्द्रको रुपमा छुट्ट्याएको छ । इलाममा ३७ केन्द्रलाई अतिसंवेदनशील, ४१ केन्द्रलाई संवेदनशील र ७१ केन्द्रलाई सामान्य प्रकृतिको रुपमा लिएको छ । प्रहरीले अतिसंवेदनशीलमा १२ देखि १७, संवेदनशीलमा नौदेखि १४ र सामान्यमा आठदेखि १३ प्रहरी खटिएको जनाएको छ । त्यस्तै बझाङमा ३२ केन्द्रलाई अतिसंवेदनशील, ३० केन्द्रलाई संवेदनशील र ३१ केन्द्रलाई सामान्य प्रकृतिको रुपमा रहेको जनाइएको छ ।न्युज कारखाना
काठमाडौँ । इलाम-२ मा प्रतिनिधिसभा र बझाङको प्रदेश सभाको उपनिर्वाचनको आज मतदान हुदै छ । निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने जानकारी दिएको छ ।
इलाम–२ मा एमालेबाट सुहाङ नेम्बाङ, कांग्रेसबाट डम्बरबहादुर खड्का, रास्वपाबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिम उम्मेदवार रहेका छन् ।
त्यस्तै एकीकृत समाजवादीका जितबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मीनबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली चुनावी मैदानमा छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारहरु डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्याल पनि चुनावी मैदानमा छन् ।
यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा समेटिएका छन् ।
यो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाताले बैशाख १५ गते मतदानमा सहभागिता जनाउदै छन् ।
विसं २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदावर सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । उनको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
त्यस्तै बझाङको प्रदेश सभामा नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, एमालेबाट दमन भण्डारी, माओवादी केन्द्रबाट जनक बुढा, एकीकृत समाजवादीबाट दिलबहादुर सिंह, राप्रपाबाट किशोर खड्का, जनमत पार्टीबाट शुशिला देवी विष्ट, जसपाबाट राम्बहगुर जाग्री, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्र बहादुर शाही, नेपाली जनता दलबाट अशोक सुनार, नेशनल रिपब्लिक नेपालबाट कमल घर्तिमगर, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्र बहादुर थापा र संघीय लोकतान्त्रिक राष्ट्रिय मंचबाट दिपक बहादुर खड्का चुनावी मैदानमा रहेका छन् ।
बझाङको प्रदेश सभा उपनिर्वाचनमा ६१ हजार ७४८ मतदाताले मतदानमा भाग लिदै छन् । उपनिर्वाचनमा बझाङमा ७४ मतदान केन्द्र र ९३ मतदान स्थल रहेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारका तत्कालिन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी मृत्यु भएपछि बझाङ निर्वाचन क्षेत्र १ मा उपनिर्वाचन हुने लागेको हो ।
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंबेदनशील
इलाम-२ र बझाङ प्रदेशसभा (क) मा हुने उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन गरिने भएको छ ।
प्रहरी प्रधान कार्यालयले उपनिर्वाचनको सुरक्षाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदै उपनिर्वाचनका लागि इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा (क) मा दुई हजार ३८७ प्रहरी जनशक्ति परिचालन गरेको जानकारी दिएको छ ।
निर्वाचनलाई सफल बनाउनका लागि प्रहरीले इलामका ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा एक हजार ३६३ प्रहरी परिचालन गरेको छ भने बझाङ प्रदेशसभा (क) को ७४ मतदानस्थलको ९३ मतदान केन्द्रमा एक हजार २४ प्रहरी परिचालन गरेको छ ।
प्रहरीले इलाम र बझाङमा गरि ५९ अतिसंबेदनशील मतदान केन्द्रको रुपमा छुट्ट्याएको छ । इलाममा ३७ केन्द्रलाई अतिसंवेदनशील, ४१ केन्द्रलाई संवेदनशील र ७१ केन्द्रलाई सामान्य प्रकृतिको रुपमा लिएको छ । भने प्रहरीले अतिसंवेदनशीलमा १२ देखि १७, संवेदनशीलमा नौदेखि १४ र सामान्यमा आठदेखि १३ प्रहरी खटिएको जनाएको छ । त्यस्तै बझाङमा ३२ केन्द्रलाई अतिसंवेदनशील, ३० केन्द्रलाई संवेदनशील र ३१ केन्द्रलाई सामान्य प्रकृतिको रुपमा रहेको जनाइएको छ । न्युज कारखाना
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री बर्षामान पुन र उर्जामन्त्री शक्तिबहादुर बस्नेतसँग भेटवार्ता गरेका छन् । मुख्यमन्त्री कँडेलले अर्थमन्त्री पुन र उर्जामन्त्री बस्नेतसँग भेटेर ६ बुँदे माग राखेका हुन् ।
उनले कर्णाली प्रदेशका महत्वपूर्ण र रणनीतिक आयोजनाहरू कर्णाली करिडोर, भेरी करिडोर, कोहलपुर (सुर्खेत चार लेन सडक, सुर्खेत विमानस्थल विस्तार, भुकम्प प्रभावित जाजरकोट र रूकुममा पुनर्निर्माण तथा सुर्खेत उपत्यकाको तल्लो तटीय क्षेत्र डुबानबाट रोक्न निकास खोला नियन्त्रण लगायतका आयोजनाहरूलाई विशेष प्राथमिकतामा राखी आगामी बर्षको लागी आवश्यक संरचनासहितको वजेट विनियोजन गर्न माग गर्दै २ मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
चैत २७ मा मुख्यमन्त्री नियुक्त भएका कँडेल बिहीबारमात्र प्रदेश सभाबाट विश्वासको मत लिएपछि काठमाडौँ आएका छन् ।
कर्णाली प्रदेश सरकारको तर्फबाट प्राथमिकताका साथ उठाइएका आयोजनाहरू:
१) कर्णाली प्रदेशको विकास तथा देशकै समुन्नतिको लागि रणनीतिक महतत्त्व राख्ने रुपान्तरणकारी आयोजनाको रुपमा रहेको कर्णाली करिडोर (सुर्खेत-हुम्ला) र भेरी करिडोर (सुर्खेत-डोल्पा)लाई राष्ट्रिय गौरवको आयोजना अन्तर्गत विशेष प्राथमिकतामा राखि छुट्टै संरचनासहित आयोजना कार्यालय स्थापना र आयोजनाको लागि आवश्यक बजेटको व्यवस्था गरी उपयुक्त आयोजनाहरु यथासमयमा कार्यान्वयन तथा सम्पन्न गर्ने व्यवस्था गरिदिनु हुन।
२) नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएको र कर्णाली प्रदेशको राजधानी जोड्ने प्रदेश प्रवेशद्वारका रुपमा रहेको कोहलपुरदेखि सुर्खेतसम्मको रत्न राजमार्गलाई चार लेनको बनाउने योजना कार्यान्ववयनमा नगएकाले आवश्यक बजेटसहित कार्यान्वयनको व्यवस्था गर्न हुन।
३) नेपाल सरकारको विगतका वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएको तथा हालसम्म कार्यान्वयनमा जान नसकेको कर्णाली प्रदेशको राजधानीमा रहेको सुर्खेत विमानस्थलको विस्तार तथा स्तरोन्नति गरी संघीय राजधानीसँग कर्णाली प्रदेशको हवाइ पहुँच र आन्तरिक उडानको केन्द्रका रुपमा विकास गर्न आवश्यक बजेटसहित कार्यान्वयनको व्यवस्था गरिदिनु हुन।
४) भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानमा नीजि आवास तथा अन्य संरचनाहरू पुनर्निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न।
५) कर्णाली प्रदेशको राजधानी सुर्खेत उपत्यकाको तल्लो तटीय क्षेत्र बाढीबाट वर्षेनी प्रभावित हुने भएकाले दीर्घकालीन समस्या समाधानका लागि निकासखोला नियन्त्रण आयोजनाको डीपीआरसमेत भइसकेकाले प्राथमिकता राखी बजेटसहित कार्यान्वयनको व्यवस्था गर्न हुन।
६) यी लगायत कर्णाली प्रदेशमा संघीय सरकारको तर्फबाट सञ्चालित विकास आयोजनाहरूलाई निरन्तरता दिई बजेटको व्यवस्था गर्न ।न्युज कारखाना
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा मिसिल झिकाउन सर्वोच्चले आदेश दिएको छ ।
रेशमले दायर गरेको सो मुद्दामाथि सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीशद्धय बालकृष्ण ढकाल र विनोद शर्माको संयुक्त इजलासले सो आदेश जारी गरेको हो ।
टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका रेशम चौधरीलाई निर्वाचन आयोगले वैधानिकता दिन अस्वीकार गरेको थियो ।
निर्वाचन आयोगले अध्यक्षमा रन्जिता श्रेष्ठलाई नै सदर गरेपछि रेशम चौधरी निर्वाचन आयोग र रन्जितालाई विपक्ष बनाएर उत्प्रेषणको आदेश जारी गरिपाऊ भने रिट दायर गरेका थिए ।न्युज कारखाना
काठमाडौँ । निर्वाचन आयोगले शनिबार हुने इलाम र बझाङको उपनिर्वाचनको मतदानको दिन चलाउन पाइने सवारी साधन बारे जानकारी दिएको छ ।
इलाम-२ को प्रतिनिधिसभा र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १(क) मा सम्पन्न हुने उपनिर्वाचनमा स्वच्छता, निष्पक्षता तथा पारदर्शितामा असर नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि आयोगले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकिएको छ ।
मतदानको दिन चलाउन पाइने सवारी साधन :
(क) बिरामी बोकेको एम्बुलेन्स,
(ख) खानेपानीको ट्याङ्कर,
(ग) दुध बोक्ने सवारी साधन,
(घ) दमकल,
(ङ) सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै सूचिकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी गरिएका परिचयपत्र वाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन,
(च) दुरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधन,
(छ) शव वाहन,
(ज) अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन,
(झ) निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन,
(ञ) फोहोर मैला ओसारपसार गर्ने सवारीसाधन,
(ट) तरकारी, फलफुल तथा विद्युत सेवाका लागि प्रयोग हुने सवारी साधन,
(ठ) कुटनीतिक नियोग, युएन एजेन्सी तथा द्विपक्षीय तथा वहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी तथा कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारी साधन,
(ड) विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारी साधन,
(ढ) सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारी साधन,
(ण) आफु खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधन ।
साथै आयोगले सम्बन्धित क्षेत्रका मतदातालाई मतदान केन्द्रसम्म सहज आवागमनको लागि आवश्यकता र औचित्य हेरी मतदानको दिन सार्वजनिक यातायातको उपयुक्त प्रबन्ध मिलाउन समेत निर्देशन दिएको छ । उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि एक जनाले मतदानको दिन चार पाङ्ग्रे, तिन पाङ्ग्रे वा दुई पाङ्ग्रे मध्ये १ (एक) वटा सवारीसाधन मात्र अनुमती लिएर प्रयोग गर्न सक्ने ब्यवस्था मिलाउन निर्देशन दिएको जनाएको छ ।
त्यस्तै सम्बन्धित जिल्लासँग जोडिएका राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा सार्वजनिक यातायातका साधनहरूको आवागमनको उपयुक्त व्यवस्था मिलाउने र मतदानको दिन कसैले यो निर्देशन विपरीत सवारी साधन प्रयोग गरेको पाइएमा सुरक्षा निकाय तथा सुरक्षाकर्मीले त्यस्तो सवारी साधन कब्जामा लिई मतदानको काम सम्पन्न भएपश्चात मात्र फिर्ता दिने व्यवस्था गर्न समेत आयोगले निर्देशन दिएको जनाएको छ । न्युज कारखाना
मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका निकायले गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
“पूर्वाञ्चल विश्वविद्यालय परिसरमा आवश्यक संरचना तयारगरी मेडिकल कलेज सञ्चालन गर्नुपर्छ । यस क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “मेरै पहलमा पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालनको अनुमति प्राप्त गरेको हो । आगामी दिनमा यस क्षेत्रको अधिक जनसङ्ख्यालाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन पहल गर्नेछु ।”
कृषि, उद्योग र पर्यटन विकासमा टेवा पुर्याउने र जनताको जीवनस्तरमा सुधार ल्याउनेगरी सडक सञ्जाल विस्तार गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले रणनीतिक महत्त्व बोकेको बिराटनगर चक्रपथ निर्माणलाई आगामी आर्थिक वर्षदेखि योजनाबद्ध तवरले अगाडि बढाइने जानकारी दिए ।
पूर्वाञ्चल विश्वविद्यालयले रोजगारमूलक, व्यावहारिक र जीवनोपयोगी शिक्षामा विशेष जोड दिन आवश्यक रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने , “खासगरी जैविक विविधताको अनुसन्धान, प्राकृतिक स्रोत–साधन र परम्परागत ज्ञान–सीपको सम्वर्द्धन गर्नुपर्छ । कृषिमा अत्याधुनिक प्रविधिको प्रयोग र यान्त्रिकीकरणमा समेत यो विश्वविद्यालयले विशेष योगदान पुर् याउनुपर्छ ।”
प्रधानमन्त्री प्रचण्डले अलैँची, चिया, रुद्राक्ष, जडिबुटी, जुट, फलफूल लगायतका मौलिक बालीहरूका बारेमा सूक्ष्म शोध–अनुसन्धानका साथै उत्पादनको अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तारका लागि विश्वविद्यालयले महत्त्वपूर्ण योगदान दिनुपर्नेमा जोड दिए ।न्युज कारखाना
मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने बताएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय देखिएको बौद्धिक पलायनलाई रोक्नका लागि पाठ्यक्रम समयानुकूल परिवर्तन गर्न जरुरी देखिएको बताएका हुन् ।
“युवा–विद्यार्थीमा देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गराई बौद्धिक पलायनलाई रोक्नसमेत पाठ्यक्रममा आमूल परिवर्तन जरूरी देखिन्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “प्रविधिमा आधारित नवप्रवर्तन र अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर पाठ्यक्रम तयार गरी अध्ययन गराउनुपर्छ । समृद्धिसँग जोड्ने व्यावसायिक शिक्षाको खाँचो बढ्दै गएको छ ।”
युवा सहभागिताबिना देशलाई समृद्धितर्फ अगाडि बढाउन नसकिने बताउँदै प्रधानमन्त्री प्रचण्डले युवा लक्षित उद्यमशीलता र नवप्रवर्तन तथा मानव संशाधान विकासमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जनामा विशेष जोड दिए ।
“युवा जोश, जाँगरयुक्त ज्ञान, सीप र क्षमतालाई देशले नियालिरहेको छ र योगदान खोजिरहेको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “कूल जनसङ्ख्याको करिब ४० प्रतिशत युवा जनसाङ्ख्यिक लाभ नेपालले लिन सक्नुपर्छ र हामीले यो ऐतिहासिक अवसरलाई सदुपयोग गर्नैपर्छ ।”
शैक्षिक क्षेत्रको उन्नयनमा आमूल रुपान्तरण गर्न नसक्नु दुःखद् विषय भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले शैक्षिक प्रणाली र यसले सिर्जना गरेको शैक्षिक बेरोजगारीको अवस्थालाई परिवर्तन गर्न जरुरी रहेको बताए । लामो समयदेखि विद्यालय तथा विश्वविद्यालय तहमा सिकाउनेभन्दा रटाउने शिक्षा पद्धति चलिरहेको अनुभूति हुने गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले प्राविधिक ज्ञान र सीपलाई विशेष जोड दिन निर्देशन दिए ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी) का उपाध्यक्ष इङमिङ याङले शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरूबीच नेपालको आर्थिक विकासका साथै आसन्न लगानी सम्मेलनका विषयमा छलफल भएको थियो ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले लगानीका लागि नेपाल उपयुक्त गन्तब्य भएको बताउँदै भौतिक पूर्वाधार निर्माणमा एडिबीको महत्वपूर्ण लगानी रहेको बताए । उनले नेपालमा हुन गइरहेको लगानी सम्मेलनमा नेपालले प्रभावकारी एवं लगानीयोग्य आयोजनाहरु प्रस्ताव गर्ने जानकारी दिए ।
“सरकारले कानुनी एवं नीतिगत सुधार गरी लगानीका लागि उपयुक्त वातावरण सिर्जना गरेको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यो नेपालमा लगानीको उपयुक्त अवसर हो ।”
भेटमा एडिबीका उपाध्यक्ष याङले नेपालको रणनीतिक आयोजनामा लगानी गर्न एडिबी तयार रहेको उल्लेख गर्दै आगामी दिनमा नेपालमा थप लगानी गर्नेगरी बैंकले रणनीति तय गर्ने बताए ।
भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा रुपक सापकोटा एवं एडिबीका नेपालस्थित उच्च अधिकारीको पनि उपस्थिति रहेको थियो ।न्युज कारखाना
काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ ।
शुक्रबार मन्त्रालयले सूचना प्रकाशन गरी २०८० वैशाख २ गतेदेखि सम्पर्कमा नरहेको भन्दै सेवाबाट बर्खास्त गरिएको जानकारी दिएको हो ।
निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड ६ बमोजिम गैरेलाई मन्त्रिपरिषद्को निर्णयअनुसार सेवाबाट हटाइएको मन्त्रालयको सूचनामा भनिएको छ ।
सरकारी सेवामा लगातार ९० दिनभन्दा बढी अनुपस्थित भएमा निजामति सेवा ऐन अनुसार भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था रहेको छ ।
न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिआइडिसिए) का अध्यक्ष लु झाउहुईले आज शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरूबीच नेपालको आर्थिक विकासका साथै आसन्न लगानी सम्मेलनका विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.रुपक सापकोटाले जानकारी दिए ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय नेपाल–चीनबीच भएका उच्चस्तरीय भ्रमणबाट दुई देशबीच रही आएको सम्बन्धले थप उचाइ लिँदै गएको र द्विपक्षीय सम्झौताहरूको कार्यान्वयनमा गति पैदा भएको बताए ।
“नेपाल र चीनबीचका थप नाकाहरु सञ्चालनमा आएका छन्, यसले सीमा क्षेत्रका जनतालाई राहत पुगेको छ,” प्रधानमन्त्रीले भने, “नेपालमा हुन लागेको लगानी सम्मेलनमा पनि चिनियाँ लगानीकर्ताले चासो राखेको पाएको छु ।”
अध्यक्ष झाउहुईले चिनियाँ लगानीकर्ताले नेपालको विद्युत् प्रशारण लाइन निर्माण र टोखा–छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययन लगायतका क्षेत्रमा लगानी गर्न चाहेको बताएका थिए ।
भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.सापकोटा, चीनका लागि नेपाली राजदूत बिष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयका अधिकारी एवं नेपालका लागि चिनियाँ राजदूत छेन सङलगायतका अधिकारीहरू उपस्थित थिए । न्युज कारखाना
काठमाडौँ । बागमती प्रदेशले यही बैशाख २४ गते बागमती प्रदेशभरी सार्वजनिक विदा दिने निर्णय गरिएको छ । प्रदेश सरकारले विहिबार बसेको बैठकको निर्णय अनुसार प्रदेश सरकारले कामकाजी भाषा ऐन २०८० कार्यान्वयन यही बैशाख २४ गते सोमबारदेखि गर्ने भएकोले सो दिन विदा दिने निर्णय गरेको हो ।
यसै गरी उक्त निर्णयको कार्यान्वय गर्ने दिन बागमती प्रदेशले दिवसको रुपमा मनाउने निर्णय सँगै यस खुसीयालीमा बसन्तपुरमा “बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा समारोह” को आयोजना गर्ने तयारी रहेको छ ।
बागमती प्रदेश संस्कृती पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र बज्राचार्यको संयोजकत्वमा “बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा मुल समारोह समिती” गठन गरी बसन्तपुर डबलीमा उक्त घोषणा समारोह कार्यक्रम सम्पन्न गर्न लागेको छ भनी नेवाः देय् दवुका केन्द्रिय अध्यक्ष पवित्र बज्राचार्यले बताए ।
यसै गरी उक्त कार्यक्रमको लागि मुल आयोजक समारोह समिती, सचिवालय लगायत विभिन्न समिति, उपसमिती गठन गरेर कार्यसम्पादन गर्ने तयारी गरी रहेकोले सोही अनुसार अघि बढी रहेको समेत अध्यक्ष बज्राचार्यले बताए ।
यसबारेमा नेवाः देय् दवुका स्वनिगः विशेष प्रदेशका उपाध्यक्ष उमेश स्थापितले कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न नेवाः देय् दवु र नेपाल तामाङ घेदुङसंघका केन्द्रिय सदस्यहरु, बिभिन्न खलपुचः जातीपुचः र संघ–संस्थाको प्रतिनिधीहरुबाट मुल आयोजक समारोह समिती बनाउने र उक्त समिती भित्रबाट सचिवालय बनाउने यसपछी सचिवालयका सदस्यहरुको संयोजकत्वमा विभिन्न समिती उपसमितीहरु गठन गर्ने तयारी रहेको समेत उनले बताए ।
यसरी बैशाख २४ गते सोमबार विहान ७ बजेबाट र्याली शुरु हुने हुँदा सम्पूर्ण नेवाः देय् दवुसँग र तामाङ घेदुङ संघसँग आवद्ध संघ–संस्था र प्रतिनिधी एवं शुभचिन्तक नेपाली दाजुभाई दिदीबहीनीहरुलाई र्यालीमा सहभागी हुनको लागि विहानको ६: ३० बजे आ–आफ्नो जातिय स्थानिय बाजागाजा र भेषभूषामा उपस्थिती हुनु पर्ने समेत उपाध्यक्ष स्थापितले बताए । यसबारेमा विस्तृत विवरण मुल आयोजक समारोह समितीको औपचारीक बैठक पश्चात कार्यक्रम सार्वजनिक गर्ने समेत उनले बताए ।
यसरी हुन गईरहेको ऐतिहासिक “बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा कार्यक्रम” को महत्व विशेष हुने भएकोले सम्वन्धीत सम्पूर्ण महानुभाव, संघ–संस्था प्रतिनिधीहरुले आ–आफ्नो ठाउँबाट व्यापक प्रचार प्रसार सहभागी हुन पनी उपाध्यक्ष स्थापितले आग्रह सहित अनुरोध गरेका छन् ।न्युज कारखाना
काठमाडौँ । नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३१९ जनाका लागि दरखास्त आह्वान गरेको छ ।
जंगी अड्डाले विहिबार सूचना प्रकाशित गर्दै प्राविधिक-हवाई-विविध सेवातर्फ ३१९ जना सैनिक कर्मचारीका लागि आवेदन माग गरेको हो ।
नेपाली सेनाले नर्सिङ, सिभिल तथा आर्किटेक्चर, सूचना प्रविधि, मेडिकल, डेण्टलदेखि ग्राउण्ड ह्याण्डलिङ र एभिएसन बन्दोबस्ती तथा प्राप्ति उपसमूहतर्फ विभिन्न सङ्ख्यामा कर्मचारी माग गरेको हो ।
सूचनामा इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले जेठ १२ गतेसम्म नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा उपस्थित भई तथा सेनाको वेभसाइटमार्फत दरखास्त दिन सक्ने बताइएको छ ।
सूचनाको विस्तृत जानकारी यस लिंकमा गएर जान्न सकिन्छ-
https://vacancy.nepalarmy.mil.np/ न्युज कारखाना
काठमाडौँ । गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई निर्देशन दिएको छ ।
प्रचलित कानुन बमोजिम विशिष्ट व्यक्तिहरूलाई उपलब्ध गराइएका सुरक्षाकर्मीबाहेकलाई तत्काल फिर्ता बोलाई सोको विवरण उपलब्ध गराउन ति दुवै निकायलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ । निर्देशनमा भनिएको छ, “सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ र अन्य प्रचलित कानुन बमोजिम विशिष्ट व्यक्तिहरूलाई उपलब्ध गराइएका सुरक्षाकर्मीबाहेक अन्य सबै व्यक्तिगत सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र पदाधिकार रहेको कार्यालयमा फिर्ता बोलाइ सोसम्बन्धी विवरण उपलब्ध गराउनू ।”
त्यसरी खटिएका सुरक्षाकर्मी फिर्ता नभएमा खटिने सुरक्षाकर्मीको तलब रोक्का गर्न र फिर्ता नगर्ने पदाधिकारीको नाम सार्वजनिक गर्ने प्रयोजनका लागि मन्त्रालयमा विवरण उपलब्ध गराउनसमेत निर्देशन दिइएको छ ।
त्यस्तै, विशिष्ट व्यक्तिहरूको जिल्ला भ्रमणलगायतका कार्यक्रममा सुरक्षा उपलब्ध गराउँदा कार्यविधिको व्यवस्था पूर्ण पालना गर्न गराउन र सुरक्षा चुनौती विश्लेषण गरी मन्त्रालयबाट थप निर्देशन भएको अवस्थामा बाहेक कार्यविधिविपरीत अगुवा पछुवा उपलब्ध नगराउन पनि दुवै प्रहरी सङ्गठनलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।न्युज कारखाना
काठमाडौं, १४ बैशाख । संसदीय समितिको बैठक बस्दैँछ ।
आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैँछ । बैठक सिंहदरबारस्थित संसद सचिवालयका अनुसार बिहान ११ बजे बस्नेछ ।
संघीय संसद सचिवालयका अनुसार आगामी बजेट २०८१/८२ का सम्बन्धमा पूर्वबजेट छलफलमा हुनेछ ।न्युज कारखाना
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा सेना परिचालनको स्वीकृति दिएका छन् ।
राष्ट्रपति कार्यालयले उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा निकायहरू समन्वयात्मक रूपमा परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसका आधारमा मन्त्रिपरिषद्को निर्णय अनुसार उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति पौडेलले स्वीकृति प्रदान गरेको जानकारी दिएको छ ।न्युज कारखाना
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालिन निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्धा दायर गरेको छ ।
अख्तियारले निमित्त प्रशासकीय अधिकृत विष्णु बहादुर शाही, इन्जिनियर रुद्र बहादुर वली, असिस्टेन्ट इन्जिनियर हर्कधन बुढाले सडक निर्माणको कामको क्रममा काम भएको भन्दा बढी मुल्यांकन गरि २ लाख २२ हजार ५०३ भुक्तानी लिएको आरोप लगाएको छ ।
साथै अख्तियारले उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाया, सचिव धनपति ऐडी र कोशाध्यक्ष पुनी ऐडी तथा चंखेली गाउँपालिका वडा नम्बर ३ का तत्कालिन वडा अध्यक्ष सालिग्राम ऐडीलाई समेत यस प्रकरणमा आरोपी बनाएर विशेष अदालतमा मुद्धा दायर गरेको छ ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताएका छन् ।
राष्ट्रिय विकास परिषद्को बैठकको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषिको व्यावसायीकरण, उत्पादनमूलक उद्योग, रोजगारमूलक शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिमा १६ औँ योजना केन्द्रित हुने बताएका हुन् ।
“पर्यटन प्रवर्द्धधन र आन्तरिक रोजगार अभिवृद्धि एवं एकीकृत बस्ती विकासमा उच्च प्राथमिकता दिनुपर्ने छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यसका लागि योजनाले स्वदेशी तथा वैदेशिक लगानी अभिवृद्धिसहित युवा केन्द्रित शुरूआती पुँजी लगानीमार्फत नविनता र उद्यमशीलता विकासमा जोड दिन आवश्यक छ ।”
आर्थिक समृद्धिको सम्वाहकका रूपमा निजी क्षेत्रलाई आत्मसात गर्दै सहकारी, सामुदायिक एवं गैरसरकारी क्षेत्र र विकास साझेदारलाई सहयोगी भूमिकामा योजनाले अङ्गीकार गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सोच, लक्ष्य र लगानीको अनुमान उपयुक्त हुनेगरी योजना तयार हुने विश्वास व्यक्त गरे ।
योजना सफल कार्यान्वयनका लागि तीनै तहका सरकारको सहकार्य, सहयोग र समन्वय अपरिहार्य रहनुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले पर्याप्त लगानी तथा सार्वजनिक खर्च जुटाउनका लागि सबै तहका सरकारले विवेकपूर्ण राजस्व परिचालन गर्नुपर्नेमा जोड दिए ।
“योजना अवधिमा विभिन्न स्रोतको साथै निजी क्षेत्रको ठूलो लगानीको अनुमान गरिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यस क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउन लिइएका लक्ष्य, उद्देश्य तथा रणनीतिबाट योजना अवधिमा लगानी, उत्पादन, उत्पादकत्व र रोजगारी अभिवृद्धि गरी आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने अपेक्षा छ ।”
सबै पक्षलाई समेटेर नियमित र नतिजामूलक अनुगमन तथा मूल्याङ्कन प्रणाली विकास गरी कार्यान्वयनमा जोड दिनुपर्ने बताउँदै प्रधानमन्त्रीले अब आर्थिक सुधारको एकीकृत ढाँचा राष्ट्रिय योजना आयोगले सबैं निकायको समन्वयमा तयारगरी कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री प्रचण्डले भने, “तीनै तहका सरकार, निजि क्षेत्र, सहकारी र विकास साझेदार लगायतका सबैको सहकार्य र प्रभावकारी समन्वयबाट योजनाले लिएको औसत आर्थिक वृद्धि हासिल हुनुका साथै अन्य सामाजिक तथा पर्यावरणीय लक्ष्य हासिल हुनेमा म विश्वस्त छु ।”न्युज कारखाना
काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारी नेपालका ज्येष्ठ नागरिक र ग्रामीण भेगका जनताले सच्चा मित्र र असल नेताको रूपमा सम्झने गरेका बताएकी छन् ।
नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५ औँ स्मृति दिवसको अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले बिहीबार सानेपा ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले मनमोहन अधिकारीले ल्याएको ज्येष्ठ नागरिक सुरक्षा भत्ता दक्षिण एसियाकै नमुना कार्यक्रम भएको बताएकी हुन् ।
‘यसले गर्दा आज पनि मनमोहन अधिकारीलाई देश भरिका ज्येष्ठ नागरिकले सच्चा मित्र र असल नेताको रूपमा सम्झन्छन् र सम्मान गर्दछन्’, भण्डारीले भनिन् ।
अधिकारी नेपालको समकालीन राजनीतिका निष्कलङ्क र सम्मानित नेता भएको भण्डारीले बताइन् । उनी नेपालको कम्युनिष्ट आन्दोलनका अग्रणी व्यक्तित्व भएको पनि उनले स्मरण गरिन् ।
राणा शासन र पञ्चायत विरुद्धको आन्दोलनमा सहभागी हुने सिलसिलामा उनले पटक पटक गरी १४ वर्ष लामो जेल जीवन बिताएको भण्डारीले बताइन् । गाउँको विकास र मुलुकको अन्तराष्ट्रिय छवि उज्यालो बनाउन अधिकारीको महत्त्वपूर्ण योगदान रहेको भण्डारीको धारणा छ ।
मनमोहन अधिकारीको सिङ्गो जीवन नयाँ पुस्ताको लागि अध्ययन गर्ने पर्ने खुल्ला किताब भएको बताइन् । आजका उपलब्धि कसैको निग्रहले दिएको नभई उनी जस्तै नेताहरूको त्याग र बलिदानले प्राप्त भएको भण्डारीले स्पष्ट पारिन ।न्युज कारखाना
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारी कम्युनिष्ट आन्दोलनको सादगी र कहिल्यै विवादमा नपरेको नेता भएको बताएका छन् ।
नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५ औँ स्मृति दिवसको अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले बिहीबार सानेपा ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले नयाँ पुस्ताले उनको सादगीबाट पाठ सिक्नु पर्ने बताए । उनले सधैँभरि आफूलाई असल मान्छेको रूपमा सबैले चिनिदिउन् भन्ने मान्यता राख्ने नेता भएको पोखरेलले स्मरण गरे । उनी सादगीको पर्याय भएको पोखरेलले बताए ।
नेपाको कम्युनिष्ट पार्टी भन्दा पनि जेठा कम्युनिष्टको रूपमा मनमोहन अधिकारीलाई चिनिने उनले बताए । अधिकारीले भारतीय कम्युनिष्ट पार्टीमा आबद्ध भएर भारतीय स्वतन्त्रता सङ्ग्राममा समेत योगदान गरेको पोखरेलले स्मरण गरे । ‘उहाँलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा पनि हामीले बुझ्नु पर्छ, मनमोहन अधिकारीलाई हामीले सम्झिरहँदा उहाँलाई आन्दोलनको निरन्तरताको रूपमा बुझ्ने गर्दछौँ’, पोखरेलले भने ।
मनमोहनले नेपाललाई बलियो राष्ट्रिय शक्तिको रूपमा विकास गर्नुपर्छ भन्ने धारणा राख्ने गरेको उनले स्मरण गरे । नेपालको भूराजनीतिक संवेदनशीलता उनी अत्यन्त रहेको पनि पोखरेलले स्मरण गरे । उनले देखाएको सो बाटोमा अघि बढ्नु आजको आवश्यकता रहेको उनले बताए ।
मनमोहन अधिकारीको कृषि र सामाजिक सुरक्षाको क्षेत्रमा विशेष लगाव रहेको पोखरेलले स्मरण गरे । त्यसैको स्मरणमा मनमोहन स्मृति प्रतिष्ठानको ती क्षेत्रमा काम गरिरहेको उनले स्पष्ट पारे ।
अधिकारीले सुरु गरेको सामाजिक सुरक्षा भत्ताको कार्यक्रम दक्षिण एसियाकै नयाँ र नमुना कार्यक्रम भएको उनले बताए । मनमोहन अधिकारी जुन विचार बोकेर अघि बढ्नु भएको थियो त्यो विचारलाई मनमोहन स्मृति प्रतिष्ठानले निरन्तर बोकेर हिँड्ने उनले प्रतिबद्धता व्यक्त गरे ।न्युज कारखाना
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै छन् । मुख्यमन्त्री कँडेलले आज अपराहन्न ३ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिदै छन् ।
विश्वासको मत लिनु मूख्यमन्त्री कँडेलले माओवादी केन्द्रका रणसिंह परियारलाई बिना विभागीय मन्त्री बनाएका छन् ।
चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले नेता कँडेलले गठबन्धनमा रहेका दलहरुबीच सहमति जुट्न नसक्दा अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् ।
४० सदस्यीय प्रदेश सभामा सत्ता गठबन्धनमा एमालेका १०, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका एक सांसद रहेका छन् । त्यस्तै कर्णालीमा कांग्रेसका १४, राप्रपा र स्वतन्त्रका एक एक सांसद रहेका छन् ।न्युज कारखाना
इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीले जनताका पक्षमा काम गरेकै कारण पुराना दलहरुले बदनाम गर्न विभिन्न ढंगले हिलो छ्यापेको बताएका छन् ।
कसैको नाम नलिइकन उनले भने, ‘कहिले हामीमाथी सहकारीको कुरा उठाएर प्रहार गरिन्छ त कहिले के विषय उठाएर प्रहार गरिन्छ । तपाईंहरुले बुझ्नु होला जनताको पक्षमा काम गरेकै कारण यी प्रहार भएका हुन ।’ इलाम उपनिर्वाचनको पूर्वसंध्यामा रास्वपाले इलामको दउमाई नगरपालिकाको मंगलबारेमा आयोजना गरेको बृहद आमसभालाई सम्बोधन गर्ने क्रममा सभापति तथा उपप्रधान तथा गृहमन्त्री लामिछानेले त्यस्तो बताएका हुन् ।
रास्वपाका सभापति लामिछानेले भने, ‘पार्टीको सटर बन्द गर्न परे गर्छु तर कुनै लुटेराको पैसा र चन्दा लिएर पार्टी चलाउने छैन । पैसाको बलमा लोकतन्त्र किन्नेहरुलाई खबरदारी गर्न तपाईंहरुले बैशाख १५ मा घण्टीमा भोट हाल्नु पर्नेछ ।’
०८४ को निर्वाचनसम्म आफूहरुलाई पुराना शक्तिहरुले थिलथिलो बनाउने बताउँदै उनले भने, ‘०८४ सम्म हामीलाई थिलथिलो पार्नेछन् हेर्नु होला । जनताको पक्षमा काम गर्नेहरुलाई झुठा मुद्दा लाग्छन्, उनीहरुको विषयमा अनर्गल प्रचार गरिन्छ । तपाईंहरु त्यसले आत्तिनु पर्दैन ।’
नेपाली काँग्रेसले सहकारीको मुद्दा उठाएको बारे सांकेतमा कुरा गर्दै उनले राजनीतिक षडयन्त्रमा आफूलाई फसाईएको बताए । त्यसैको फलस्वरुप आफ्नो पुत्लासमेत जलाईएको उनको कुरा थियो । उनले भने, ‘अहिले धेरै ठाउँमा मेरो पुत्ला जलाउन थालिएको छ, मैले पुत्ला जलाउने साथीहरुलाई अलिक राम्रो फोटो राखेर पुत्ला बनाउनु भनेको छु ।’
यसका साथै उनले जनताबाट प्रत्येक दिन भ्रष्टाचारीलाई पक्रने दबाब भए पनि प्रत्येक दिन धेरै मानिस पक्राउ गर्न नसकिने बताए । ‘मैले प्रत्येक महिनामा ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु तर तपाईंहरु प्रत्येक दिन भ्रष्टाचारीलाई थुन्नु पर्यो भन्नु हुन्छ । तपाईंहरु धेरै आत्तिनु हुँदैन । तपाईंहरु अर्को महिना सप्राइज कुरेर बस्नु होला आउँदैछ ।’
सरकारले अर्को महिना कसलाई पक्रन लागेको र उनीमाथी के आरोप छ भन्नेबारे गृहमन्त्री लामिछानेले केही पनि खुलाएनन् । तर उनले ठूलै सप्राइज आउने बताए ।
उनले आफूहरु देश बनाउने अभियानमा आएको बताउँदै व्यक्तिगत रुपमा त्यसले कसैलाई फाइदा नगरे पनि देशका लागि फाइदाजनक भएको बताए । कार्यक्रममा रास्वपा उपसभापति तथा तनहुँका सांसद स्वर्णीम वाग्ले, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी लगायतले मन्तब्य राखेका थिए ।न्युज कारखाना
काठमाडौँ । बैशाख १५ गते शनिवार इलाम-२ र बझाङमा उपनिर्वाचनमा आज रातिदेखि मौन अवधि शुरु हुदै छ । आयोगले बुधबार राति १२ बजेदेखि मौन अवधि शुरु हुने हुनाले मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जानकारी गराएको छ ।
आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सुक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने विशेष संयन्त्रमार्फत सुक्ष्म अनुगमन गराउने व्यवस्थासमेत मिलाइसकेको जनाएको छ ।
आयोगले प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष या विपक्षमा कुनैपनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामजिक सन्जालबाट समेत मत माग्न निषेध गरिसकेकोले सोको पालना गर्न गराउन सम्बन्धित सबैमा पुनःस्मरण गराएको छ ।
साथै, निर्वाचन आचारसंहिता विपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने, सञ्चार माध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रकाशन तथा प्रसारणजस्ता कार्य नगरी निर्वाचनको स्वच्छता र निष्पक्षता कायम गर्न आयोगले आग्रह गरेको छ ।
उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न/गराउन प्रचारप्रसार निषेध अवधिको अनुगमन र निगरानी गरी सोको जानकारी आयोगलाई समेत गराउन सम्बन्धित निकायलाई देहाय बमोजिमको निर्देशन दिएको छ-
१. नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका सम्बन्धित सबै एकाइ, जिल्ला आचारसंहिता अनुगमन समितिका पदाधिकारी र अनुगमन अधिकृतले नियमित अनुगमन गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता, निष्पक्षता कायम गर्ने ।
२. उपनिर्वाचन हुने सम्बन्धित जिल्लाका निर्वाचन क्षेत्रका राजनीतिक दल, उम्मेदवार, उम्मेदवारका प्रतिनिधि, मतदाता, निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक, संचारकर्मी, तथा निर्वाचनमा संलग्न व्यक्ति, सङ्घ/संस्था र निकाय बाहेक निर्वाचन कार्यसंग असम्बन्धित बाह्य जिल्ला वा क्षेत्रका व्यक्ति र व्यक्तिहरूको अवान्छित आवागमन र अनधिकृत गतिविधिलाई निगरानी गरी निर्वाचनको स्वच्छता र मर्यादामा प्रतिकूल असर पर्ने अवस्था देखिएमा अनुगमनमा खटिएका टोली र सम्बन्धित सुरक्षा निकायले नियन्त्रणमा लिई कानूनबमोजिम कारवाही प्रक्रिया अघि बढाउने ।
३. निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २१ बमोजिम उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरेवापत उपहार, पुरस्कार, इनाम, दानदातव्य वा बकसको रुपमा नगद वा जिन्सी दिन वा दिन मन्जुर गर्न वा सार्वजनिक भोज आयोजना गर्न र मतदाताले पनि त्यस्तो प्रयोजनको लागि त्यस्तो नगद वा जिन्सी लिन वा लिन मन्जुर गर्न र सार्वजनिक भोजमा सहभागी हुने जस्ता कार्य निर्वाचन कसुर भएकाले त्यस्तो कार्य कहीं कतै भए गरेको पाइएमा कानुनबमोजिम तत्काल कारवाही गर्ने ।
न्युज कारखाना
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् ।
रणसिंह नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् । बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले उनलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोही अनुसार मुख्यमन्त्री यामलाल कँडेलले उनलाई मन्त्री नियुक्त गरेका हुन् ।
बिहीबार विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री कँडेल चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । माओवादी केन्द्रसँग मन्त्रालय भागबण्डामा कुरा नमिले पछि उनले अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् ।न्युज कारखाना
काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गरेका हुन् ।
मंगलबार काठमाडौँ आएका कतारका अमिर थानीले राष्टपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गरेका थिए भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरको रात्री भोजमा सहभागी भएका थिए ।
त्यसपछि बुधबार बिहान अमिर थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग वान टू वान र त्यसपछि द्विपक्षिय प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गरेका थिए । द्विपक्षिय भेटवार्तापछि नेपाल र कतारबीच बिभिन्न क्षेत्रमा सहमति र सम्झौता गरिएको थियो ।
नेपाल कतारबीच कला र संस्कृतिका क्षेत्रमा सहकार्य, नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदान तथा शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
त्यस्तै युवा तथ खेलकुद, दुवै देशका महान्यायाधिवक्ता कार्यालयस्तरीय, कूटनीति, शिक्षा र तालिमसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले हस्ताक्षर गरेका थिए ।
यसैगरी निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ र कतार चेम्बर अफ कमर्शका बीचमा पनि लगानी आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपत्रमा नेपालका तर्फबाट महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरकातर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गरेका थिए । न्युज कारखाना
काठमाडौँ। नेपाल र कतारबीच विभिन्न विषयमा सम्झौता तथा समझदारी भएको छ । कतारका अमिर तमिम विन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा बुधबार विभिन्न सम्झौता र समझदारीमा हस्ताक्षर गरिएको हो ।
कतारका अमिर थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि कला र संस्कृतिका क्षेत्रमा सहकार्य, नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदान तथा शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
त्यस्तै युवा तथ खेलकुद, दुवै देशका महान्यायाधिवक्ता कार्यालयस्तरीय, कूटनीति, शिक्षा र तालिमसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले हस्ताक्षर गरेका छन् ।
यसैगरी निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ र कतार चेम्बर अफ कमर्शका बीचमा पनि लगानी आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपत्रमा नेपालका तर्फबाट महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरकातर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गरेका थिए ।
कतारका अमिर थानी आजै प्रधानमन्त्री दाहालले आयोजना गरेको दिवा भोजमा सहभागी भएपछि स्वदेश फर्किने कार्यक्रम रहेको छ । न्युज कारखाना
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले माओवादी केन्द्रका रणसिंह परियारलाई मन्त्री बनाउदै छन् ।
विहिबार विश्वासको मत लिने तयारी गरिरहेका मुख्यमन्त्री कँडेलले त्यसअघि आज एक जना मन्त्री नियुक्त गर्ने भएका हुन् ।
माओवादी केन्द्रले परियारलाई मन्त्रीमा सिफारिस गरेपछि आज उनी मन्त्रीमा नियुक्त हुदै छन् । उनलाई अहिले बिना विभागीय मन्त्री बनाइने भएको छ ।
चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले नेता कँडेलले गठबन्धनमा रहेका दलहरुबीच सहमति जुट्न नसक्दा अहिलेसम्म सरकार गठन समेत नसक्दा उनको आलोचना भइरहेको छ ।न्युज कारखाना
इलाम । इलाम क्षेत्र नम्बर- २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि प्रचार प्रसारको आज अन्तिम दिन रहेको छ ।
आज मध्यरातदेखि मौन अवधि सुरु हुने भएकाले दलहरुले आज विभिन्न ठाउमा चुनावी सभा गरेर आफ्नो प्रचार प्रसार अभियानको अन्त्य गर्दै छन् ।
नेपाली कांग्रेसले आज माङसेवुङ र देउमाईसहित निर्वाचन हुने ६ स्थानीय तहका ४२ वटै वडामा घरदैलो र मतदाता भेटघाटको कार्यक्रम गरिरहेको छ भने एमालेले चुलाचुलीमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा चुनावीसभा गर्दैछ ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देउमाई नगरपालिका केन्द्र मङगलबारे र इलाम गरी २ ठाँउमा सभा गर्ने जानकारी दिएको छ । चुनावी प्रचारमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका पार्टी सभापति रवि लामिछाने केहि दिनदेखि इलाममै रहेका छन् भने आजका सभामा उनले सम्बोधन गर्दैछन् ।
पहिचान पक्षधर उम्मेद्वार डकेन्द्रसिंह थेगिमको पनि चुलाचुलीमै आमसभा रहेको छ ।
इलाम–२ मा ठूलासाना दल र स्वतन्त्रबाट १९ को उम्मेदवार रहेका छन् । जसमा एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बू र स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिमबीच नै चुनावी प्रतिष्पर्धा रहेको देखिएको छ ।
यस बाहेक सो क्षेत्रमा एकीकृत समाजवादीका जितबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मीनबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली चुनावी मैदानमा छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारहरु डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्याल पनि चुनावी मैदानमा छन् ।
यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा समेटिएका छन् ।
उम्मेदवारहरुले चैत २८ देखि वैशाख १२ गते सम्म मात्र चुनावी प्रचारप्रसार गर्न पाउने छन् । यो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाताले बैशाख १५ गते मतदान गर्न पाउने छन् ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा शेख तमिम बिन हमाद अल थानीबीच द्विपक्षिय भेटवार्ता शुरु भएको छ ।
मङ्गलवार नेपाल आइपुगेका कतारका राजा थानी र प्रधानमन्त्री प्रचण्डबीच होटल सोल्टीमा द्विपक्षिय भेटवार्ता शुरु भएको हो । यस अघि प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर थानीबीच वान टू वान भेटवार्ता भएको थियो ।
द्विपक्षिय भेटवार्ता पछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयका अनुसार कतारसँग विभिन्न ६ एमओयुमा हस्ताक्षर हुनेछन् । नेपाल र कतारको सरकारी समाचार एजेन्सी, महान्याधिवक्ताको कार्यालय र इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदान प्रदान सम्बन्धी हस्ताक्षर हुने कार्यक्रम रहेको छ । यसैगरी शिक्षा र संस्कृति आदान प्रदानसँग सम्बन्धित विषयमा पनि हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ ।
प्रधानमन्त्रीसँगको भेट पछि प्रधानमन्त्री प्रचण्डले राजा थानीका लागि होटल द्वारिकामा दिवा भोजको आयोजना गरेका छन् । उनको आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता शुरु भएको छ ।
मङ्गलवार नेपाल आइपुगेका कतारका राजा थानी र प्रधानमन्त्री प्रचण्डबीच होटल सोल्टीमा भेटवार्ता शुरु भएको हो । अहिले प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर थानीबीच वान टू वान भेटवार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटवार्ता पछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयका अनुसार कतारसँग विभिन्न ६ एमओयुमा हस्ताक्षर हुनेछन् । नेपाल र कतारको सरकारी समाचार एजेन्सी, महान्याधिवक्ताको कार्यालय र इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदान प्रदान सम्बन्धी हस्ताक्षर हुने कार्यक्रम रहेको छ । यसैगरी शिक्षा र संस्कृति आदान प्रदानसँग सम्बन्धित विषयमा पनि हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ ।
प्रधानमन्त्रीसँगको भेट पछि प्रधानमन्त्री प्रचण्डले राजा थानीका लागि होटल द्वारिकामा दिवा भोजको आयोजना गरेका छन् । उनको आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताएका छन् ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य क्षेत्रमा देखापर्ने समस्या समाधान गर्नमा विशेष ध्यान पुर्याउनुपर्ने बताए ।
“स्वास्थ्य क्षेत्रमा आउन सक्ने जस्तोसुकै चुनौतिको सामना र व्यवस्थापनका लागि प्रतिष्ठानले थप पूर्वाधारहरूको विकास गर्नुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन विशेष जोड दिइनेछ ।”
नेपालको अधिकांश भू–भाग ग्रामीण क्षेत्र रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ग्रामीण क्षेत्रमा स्तरीय स्वास्थ्योपचारका लागि दक्ष तथा सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित चिकित्सक उत्पादन गर्नुपर्नेमा जोड दिए ।
स्वास्थ्य सेवाको पहुँच ग्रामीणस्तरसम्म विस्तार गर्दै जानुपर्ने खाँचो औंल्याउँदै प्रधानमन्त्रीले सार्वजनिक स्वास्थ्य संस्थाहरू सवल र सुदृढ भएमात्र आम नेपालीले सर्वसुलभ स्वास्थोपचार सेवा प्राप्त गर्न सक्ने तथ्य कोभिड–१९ महामारीले स्पष्ट पारेको बताए ।
सरकारले सबै सार्वजनिक अस्पतालहरूको क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “स्वास्थ्य सेवामा सबैको पहुँच, सेवाको गुणस्तरीयताका साथै समुदायमा मानव स्वास्थ्यलाई प्रभाव पार्ने सामाजिक, सांस्कृतिक, वातावरणीय कारकतत्त्व पहिचान सहितको विशिष्टिकृत स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिष्ठानले अझै पहलकदमी लिनुपर्छ ।”
प्रतिष्ठानले हाल स्थानीय सरकारसँगको सहकार्यमा स्वास्थ्य बीमा कार्यक्रम तथा समुदायमा आधारित सेवा प्रवाह गर्नु सबैको लागि अनुकरणीय कार्य भएको उनले उल्लेख गरे ।
प्रधानमन्त्री प्रचण्डले देशभित्रका सबै चिकित्सा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन, सञ्चालन र नियमनका लागि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेको दोहोरोपन हटाउन र एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक भएको बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, “सबै नागरिकलाई आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सबै स्वास्थ्य संस्था, सामुदायिक अस्पताल एवं सहकारी अस्पतालहरूको क्षमता विकासमा ध्यान दिनै पर्दछ ।” नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्नेतर्फ सरकारले आवश्यक तयारी गरिरहेको उनले जानकारी दिए । न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता हुँदैछ ।
मङ्गलवार नेपाल आइपुगेका कतारका राजा थानी र प्रधानमन्त्री प्रचण्डबीच बिहान १० बजे होटल सोल्टीमा भेटवार्ता हुने कार्यक्रम रहेको छ । भेटवार्ता पछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयका अनुसार कतारसँग विभिन्न ६ एमओयुमा हस्ताक्षर हुनेछन् । नेपाल र कतारको सरकारी समाचार एजेन्सी, महान्याधिवक्ताको कार्यालय र इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदान प्रदान सम्बन्धी हस्ताक्षर हुने कार्यक्रम रहेको छ । यसैगरी शिक्षा र संस्कृति आदान प्रदानसँग सम्बन्धित विषयमा पनि हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ ।
प्रधानमन्त्रीसँगको भेट पछि प्रधानमन्त्री प्रचण्डले राजा थानीका लागि होटल द्वारिकामा दिवा भोजको आयोजना गरेका छन् । उनको आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।न्युज कारखाना
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक उपाय अवलम्बन गर्दै जानुपर्ने र यसबारे जनचेतना बढाउँदै जान आवश्यक रहेको बताएका छन् ।
नवौँ भूकम्प स्मृति दिवसको अवसरमा सन्देश दिदै राष्ट्रपति पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अवलम्बन गर्ने र सुरक्षात्मक उपायबारे जनचेतना फैलाउन जरुरी रहेको बताए ।
उनले भनेका छन्- ‘भूकम्प एक प्राकृतिक विपद् भए पनि प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले गर्दा भूकम्पीय जोखिम बढाउँदै लगेको छ । भूकम्पलाई रोक्न नसकिए पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट आफूलाई जोगाउन सकिन्छ । नेपाल भूकम्पीय जोखिममा पर्नुका मुख्य कारणमध्ये नेपालको भौगोलिक अवस्थिति र बनावटका कारण तथा मानव निर्मित भौतिक संरचना मुख्य जिम्मेवार छ ।’
नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनु उत्तिकै जरूरी रहेको बताए । भूकम्पीय जोखिम न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
प्राकृतिक विपद् सबैका लागि जोखिमपूर्ण हुने र विगतका अनुभवबाट शिक्षा लिई पूर्वतयारी तथा जोखिमको चुस्त व्यवस्थापन भएमात्र भूकम्पको सामना गर्न सकिने राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ ।
गोरखाको बारपाक केन्द्रविन्दु भई २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पमा परी जीवन गुमाउनु हुनेप्रति राष्ट्रपति पौडेलले श्रद्धाञ्जलि व्यक्त गरेका छन् । त्यस्तै, भूकम्प स्मृति दिवसबाट सुरक्षित जीवनका लागि आपसमा मिलेर काम गर्ने प्रेरणा सबैलाई मिलोस् भन्ने पनि उनले कामना गरेका छन् ।
नेपाल सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाको पुनःनिर्माण कार्य सम्पन्न गरिसकेको र बाँकी रहेका काम सम्पन्न गर्ने जिम्मेवारीसमेत राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट सम्बन्धित निकायलाई हस्तान्तरण भइसकेको छ । यसरी पुनःनिर्मित भौतिक संरचनामा हाम्रो मौलिकता झल्किनुका साथै भूकम्प प्रतिरोधात्मक प्रविधिकोसमेत प्रयोग गरिएकामा राष्ट्रपति पौडेलले खुसी व्यक्त गरेका छन् ।न्युज कारखाना
काठमाडौँ । नेकपा एमाले पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतविरुद्ध शोभा पाठक सुनियोजित ढंगले लागेको पुष्टि भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले पाठकले पेश गरेका कागजातहरु नक्कली भएको तथा कपोकल्पित ढंगले पेश गरेको भन्दै मुद्धा नचल्ने निर्णय गरेपछि बस्नेतलाई फसाउन लागेको पुष्टि भएको हो ।
पाठकले एमाले नेता बस्नेतविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा २०८० चैत १३ गते ‘भ्रुणहत्या, जवर्जस्ती करणी र डाँका चोरी’ मुद्धा दर्ता गरेकी थिइन् । प्रहरी परिसर टेकु, काठमाडौँले २१ दिन लगाएर अध्ययन तथा अनुसन्धान गरेपछि मुद्धा नचल्ने राय सहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाएको थियो । सरकारी वकिल कार्यालय काठमाडौँकाले २०८१ वैशाख ४ गते मुद्धालाई तामेलीमा राख्ने निर्णय गरेका थिए । सरकारी वकिल कार्यालयले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को परिच्छेद २ को दफा ११ को उपदफा २ बमोजिम तामेलिमा राख्ने निर्णय गरेको हो ।
पाठकले जाहेरीमा आफु र महेश बस्नेत विगत ५ वर्षदेखि लिभिङ टुगेदरमा रहेको साथै २ पटक गर्भपतनसमेत गराएको भनि उल्लेख गरेको बारेमा २०८० बैशाख १४ मा काठमाडौँ जिल्ला अदालतमा कपिल शाहीसँग कानुनी रुपमा वैवाहिक सम्बन्ध कायम गरेको भनि खुलाएको हुँदा उक्त स्वेइच्छाले २ पटक गर्भपतन गराएको हो या होइन, हो भने पनि गर्भ कसको हो भन्ने एकिन गर्न सक्ने अवस्था छैन । मेघा र चरक अस्पतालमा दुई पटक गर्भपतन गराएको भनि निजले दावी गरेको विषयमा चरक मेमोरियल अस्पतालको मन्जुरीनामा सम्बन्धको पत्रको विषयमा चरक अस्पताललाई पत्राचार गर्दा प्राप्त जवाफ उक्त पत्र अस्पतालबाट जारी नभएको, अस्पतालमा निजको कुनै पनि उपचार नभएको भनि खुल्न आएको देखिदा जाहेरी दरखास्तमा उल्लेखित प्रमाण खण्डमा पेश गरेको चरक अस्पतालको मन्जुरीनामा पत्र नै झुठ्ठा रही जाहेरवाला आफैले तयार गरी समावेश गरेको देखिन्छ । साथै मेघा अस्पतालको मिति २०८० चैत २२ गतेको पत्रको जवाफमा अस्पतालको रेकर्ड अनुसार मिति २०८० पौष २६ गतेका दिन पाठक गरेको व्यक्ति अस्पतालको आकस्मिक विभागमा आई उपचार गराई विभिन्न किसिमको ल्याव टेस्ट गराएको र ज्वरो आएको बाहेक अन्य कुनै खास किसिमको रोग नदेखिएको भन्ने चिकित्सकको रिपोर्टबाट देखिएको हुँदा उक्त अस्पतालमा गर्भपतन गराएको भनि गरिएको दावी झुटा, कपोकल्पित तथा भ्रमपूर्ण रहेको पत्र अस्तालले प्रहरीलाई पठाएको छ ।
साथै महेश बस्नेतले २०७२ पौष २६ गते नै स्थायी बन्ध्याकरण गरेको भन्ने विषयमा बुझ्दा भक्तपुर अस्पतालको मिति २०८० चैत २७ गतेको पत्र जवाफमा आव २०७२÷७३ को अस्पतालको मुल दर्ता रेकर्ड अनुसार वर्ष ४१ को महेश बस्नेतले २०७२ पौष २६ गते भक्तपुर अस्पतालमा स्थायी बन्ध्याकरण गरेको देखिएको व्यहोरा प्रमाणीत गरि अस्पतालको मुल दर्ता रजिष्टर समेत पाठाएको छ । यी आधारमा सरकारी वकिल कार्यालयले जाहेरीकर्ताको आरोप झुटा, बनावटी, तथ्यहिन, भ्रामक तथा कपोकल्पित भएको भन्दै मुद्धा नचलाउने निश्कर्षमा पुगेको हो ।
प्रहरी वृत नयाँबानेश्वरको २०८० चैत २३ गतेको पत्रको जवाफमा निवेदक पाठक निज बस्ने गरेको सनसाईन अपार्टमेन्टमा २०८० फागुन ०८ गते अपरिचित व्यक्तिहरु आई लुटपाट तथा कुटपिट गरेको घटना सम्बन्धमा बानेश्वर प्रहरी परिसरबाट भएको प्रारम्भिक अनुसन्धानको क्रममा भए गरेको कागजातहरु संलग्न राखी पठाइएको छ । साथै सोही दिन नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको हलमा बसेको र उक्त बैठकमा पार्टीको पोलिटव्युरो सदस्य महेश बस्नेत उपस्थित रहेको व्यहोराको पत्रको हाजिरीको प्रतिलिपी एमाले केन्द्रीय कार्यालयले पठाएको छ । जसका आधारमा पाठकले फागुन ८ गते डाँका चोरी वारदातमा निज संलग्न रहेको भनि झुटा दावी गरेको प्रहरी अनुसन्धानको निष्कर्श रहेको कुरा सरकारी वकिलको कार्यालयको निर्णयमा उल्लेख छ ।
त्यसै गरी पाठकले मंसिर ७, ८ र ९ गते बस्नेतले आफुलाई सनसाईन अपार्टमेन्टमा राखेको र मनोबैज्ञानिक समस्या भएको कारणले सो दिनहरुमा ७ र ८ गते अनमोल बस्नेत र ९ गते सञ्जिव कुमार झाले अपार्टमेन्टमा कुरेको भनि दावी गरेको सन्दर्भमा अनमोल बस्नेत मंसिर ७ गते युवा संघको कार्यक्रममा सहभागि भई बुद्ध एयरलाइन्सबाट पोखरा गई ९ गते फर्किएको देखिन्छ । सो विषयमा बुद्ध एयरको २०८० चैत २५ गतेको पत्रको जवाफ अनुसार अनमोल बस्नेत टिकट नं. १८४७११९० बाट सन् २३ नोभेम्बर २०२३ (मिति २०८०÷०८÷०७ गते १५ः५०) काठमाडौँदेखी पोखरा र टिकेट नं.१८४७१२५० बाट सन् २५ नोभेम्बर २०२३ (मिति २०८०÷०८÷०९ गते) पोखरादेखी काठमाडौँको गन्तव्यको लागि उडान गरेको देखिन आएको प्रमाणीत गरेको छ ।
साथै ९ गते सञ्जिव झासमेत यति एयरलाइन्सको ११ः३० को फ्लाईटबाट काठमाडौँबाट जनकपुर गएका देखिएको छ । सो मितिमा २०८० चेत २५ गतेको पत्रको जवाफमा कम्पनीको रेकर्ड अनुसार सञ्जिव कुमार झाले खल्ति एप्सबाट यति एयरलाईन्सको टिकट नं. ९९९२१०८०९७१३४ काटी सन् २५ नोभेम्बर २०२३ (मिति २०८०÷०८÷०९) गतेका दिने ११ः३० बजे नेकपा (एमाले) पार्टीको परिचयपत्र देखाई वाईटी ५७१ फ्लाईट नम्बर मार्फत काठमाडौँबाट जनकपुर यात्रा गरेको देखिन्छ । जसमा जाहेरीकर्ताले ७ र ८ गते अनमोल बस्नेत र ९ गते संञ्जिव झालाई अपार्टमेन्टमा कुरुवा राखेको भनि जोहेरी दरखास्तमा दावी गरेको व्यहोरा झुटो ठहरिएकोले रिट निवेदन तामेलिमा राख्ने निर्णय भनिएको छ ।
युट्युवर मनोज मानवले सार्वजनिक गरेको शोभा पाठक र महेश बस्नेतको टिकटकमा शोभाले नै साईवर व्युरोमा दिएको उजुरीमा आफ्नो भिडियोमा आएको दृष्य जस्तो सम्बन्ध नभएको उल्लेख गरेकी थिइन् । मनोजले इडिट गरी भिडियो बनाएको भन्दै कारवाहीको माग गर्दै उजुरी दिएकी थिइन । सोही उजुरीको आधारमा साइवर व्युरोले मनोजलाई कारवाही समेत गरेको थियो । उक्त भिडियो एआईको माध्यमबाट इडिट गरी चरित्र हत्या गरिएको प्रमाणीत भएको थियो ।
पाठकले तीन जनासँग औपचारिक रुपमा विवाह गरेकी हुन् । तीन जनासँग विवाह गरे पनि उनले पहिलो पति मरेको हो भने दोर्शो संग सम्बन्ध विच्छेद समेत गरेकी छैनन् । सम्बन्ध विच्छेद समेत नगरेकी पाठकले ज्वालामुखी गाउँपालिका वडा नं. ७ बाट आफु कुमारी भएको पत्र समेत लिएकी छिन् भने २०४३ सालको जन्ममिती भएको सरकारी ढड्डा भएता पनि उनको नागरिकतामा भने २०४९ सालको रहेको छ । जसबाट नागरिकतासमेत किर्ते गरेको देखिएको छ ।
स्नेतलाई फसाउने रणनीति लिएकी पाठकले २०८० फागुन ८ गते विहान आफ्नै कोठामा दुई पुरुष लगेर राखेर बसेको स्रोतले जानकारी दिएको छ । सोही दिन आफु नाइट ड्रेसमा रहेको समयमा दुई जना युवा आएर आफ्नो मोवाइल खोसेर लगेको भनि पाठकले झुटा प्रचारवाजी गरेकी थिइन ।न्युज कारखाना
काठमाडौं, १२ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज आफ्नो भ्रमण सम्पन्न गरी स्वदेश फर्किदै छन् ।
अमिर थानीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने छन् ।
भ्रमणका क्रममा नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । त्यस्तै दुवै सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग विषयक सम्झदारीपत्रमा हस्ताक्षर हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
यस भ्रमणका क्रममा नेपालले कतारलाई दुई हात्ती उपहार स्वरूप प्रदान गर्ने कार्यक्रम रहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेका ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नामक हात्तीलाई उपहार स्वरूप दिइने तयारी गरिएको छ ।
थानीलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका थिए । साथै उनको सम्मानमा विमानस्थलको अति विशिष्ट कक्षमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो ।
कतारी अमिरले मङ्गलबार नै राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता गरेका थिए भने गएरातिनै राष्ट्रपति पौडेलले उनको सम्मानमा राजकीय भोजमा समेत सामेल भएका थिए ।
उनको सम्मानमा नेपाल सरकारले मंगलबार नेपालभर सार्वजनिक बिदा समेत दिएको थियो ।न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले नयाँ समझदारी गरेर हिजोको अन्तर्राष्ट्रिय गौरव पुनर्स्थापित गर्न अभिभावकीय राजसंस्थाको पुनःस्थापना गर्न आग्रह गरेका छन् ।
अध्यक्ष लिङदेनले सामाजिक सञ्जालमार्फत आज नेपाल आउन लागेका कतारका अमिर शेख तमीम विन हमद अल थानीलाई स्वागत गर्दै सरकारले उनलाई गर्ने सम्मान राजतन्त्रप्रतिको सम्मान भएको उल्लेख गरेका छन् ।
लिङदेनले सरकारले अमिर थानीको सम्मानमा आज सार्बजनिक बिदा दिएको र उनलाई २१ तोपको सलामी दिने कार्यक्रम रहेको भन्दै यो राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान भएको बताएका छन् ।
उनले भनेका छन्-
लाखौं नेपाली युवाको रोजगारदाता राजतन्त्रात्मक मुलुक कतारका राजा अत्यन्तै लोकप्रिय शेख तमीम विन हमद अल थानीलाई नेपालमा हार्दिक स्वागत छ ।
कतारका राजालाई स्वागत गर्न राष्ट्रपति विमानस्थल जानुहुने र राजालाई २१तोपको सलामी दिईने कार्यक्रम छ। नेपाल सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।
यो सम्मान राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान हो । त्यसैले हिनताबोध नगरौँ ! नवीन समझदारी गरौं !! नेपालको हिजोको अन्तर्राष्ट्रिय गौरव पुनर्स्थापित गर्न अभिभावकीय राजसँस्थाको पुनःस्थापना गरौँ !!!न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । बालुवाटारमा भएको भेटमा प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग नेपाल–रुसबीच रहीआएको सम्बन्धका विविध पक्ष र लगानीका विषयमा छलफल गरेको थियो ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विभिन्न क्षेत्रमा विदेशी लगानी नेपाल भित्राउने तयारीका साथ सरकारले लगानी सम्मेलनको तयारी गरेको जानकारी दिँदै नेपालमा लगानी गर्न आग्रह गरेका थिए ।
“व्यवसायी र विदेशी लगानीकर्तालाई केन्द्रित गरेर हामीले लगानी सम्मेलनको तयारी गरेका छौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “नेपालमा विदेशी लगानीलाई सहज बनाउनका लागि केही कानुनसमेत परिमार्जन गरेका छौँ, नेपालमा लगानीका लागि इच्छुक सबैलाई सहयोग गर्ने सरकारको नीति छ ।”
नेपालको आर्थिक विकासमा रुसले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सडक, कृषि, जलविद्युत् र सूचना प्रविधिका क्षेत्रमा लगानीका लागि नेपालमा राम्रो अवसर भएको बताए । नयाँ परिस्थितीमा नेपाल–रुसबीचको सम्बन्ध थप मजबुद हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले आपसी सहयोग र सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए ।
भेटमा चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीज अफ रसियन फेडेरेशनका अध्यक्ष सर्गेयी कटीरिन, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, नेपालका लागि रसियन राजदूत एलेक्सी नोभिकोभलगायतको उपस्थिती रहेको थियो । न्युज कारखाना
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले तीन दशकका अभ्यासहरुलाई सच्याउन समय लाग्ने बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै गृहमन्त्री लामिछानेले कतारका अमिर आउने दिन आज सार्बजनिक बिदा दिएको विषयमा घुमाउरो किसिमले स्पष्टिकरण दिदै विगतका कयौं निर्णय र परम्परा लाई नितिगत निर्णय गरि सच्याउनु पर्ने बताएका हुन् ।
उनले भनेका छन्-
विगतका कयौं निर्णय र परम्परा छन् जसलाई नितिगत निर्णय गरि सच्याउनु पर्छ । अनावश्यक विदा, ‘भिआइपी सवारी’ का नामको नागरिकले पाउने सास्ती, करोडौं खर्च गरेर दिइने पदक सम्मान, आम माफीका नाममा पहुँच वाला अपराधीलाई मात्र छुट, सुरक्षाकर्मी हरुलाई कामदार बनाउने परम्परा, केहि भुतपुर्वहरुलाई दिइदै आएको अभुतपुर्व सुबिधा लगायतका तमाम विषयमा पदबाहल गरेको दिन देखि नै लगातार काम गरिरहेको छु । रिजल्ट आउदैछ । तर विधि नै नफेरीकन कुनै ब्यक्ती, देश वा घटना हेरेर फरक फरक निर्णय गरिनु कुटनैतिक, राजनैतिक र बैधानिक हिसाबले सहि हुन्न । जे कुरा हिजो गलत भनिएको थियो त्यो आजपनि गलत नै हो, हिजोका अभिव्यक्तिहरुको गोताखोरी गर्नै पर्दैन। तर तीन दशकका अभ्यासहरुलाई सच्याउन समय त लाग्छ । धेरै काम हुदैछन्, थोरै धैर्य गरिदिनु भए पुग्छ ।
विश्व अर्थराजनीतिमा नयाँ मानक स्थापित गर्दै रहेको, हाम्रा लाखौ युवाहरूलाई रोजगारीको अवसर दिइरहेको र नेपालसँग ऐतिहासिक कुटनैतिक सम्बन्ध स्थापित भएको मित्र राष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानी लाई नेपालमा ससम्मान स्वागत गर्दछु । लोकतन्त्रमा आफ्नो देशको नेतालाई नागरिकले आफ्ना कुरा मज्जाले भन्न पाउनु पर्छ । चासोका साथ प्रश्न र खबरदारी गरिदिनु हुने सबै प्रती आभार । लोकतन्त्र दिवसको सबैलाई शुभकामना ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् ।
नयाँ वानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा आज बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिका लागि निजी क्षेत्रलाई नियन्त्रण गर्ने नभइ सहजीकरण गर्नुपर्ने बताए ।
“निजी क्षेत्रलाई विश्वासमा लिएर विकासको नयाँ मोडेल तयार पार्नुछ”, प्रधानमन्त्री प्रचण्डले भने, “निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म विकास हुँदैन, त्यसैले निजी क्षेत्रलाई कन्ट्रोल होइन, सहजीकरण गरौँ ।”
आजको विश्वमा विकासलाई नियन्त्रण गर्ने सोच ग्राह्य नहुने बताउँदै उहाँले विकासलाई प्रोत्साहन गर्ने नीति लिँदा मात्र जनताको चाहनालाई सम्बोधन गर्न सकिने भएकाले त्यसतर्फ लाग्न निर्देशन दिए ।
लगानी सम्मेलनलाई सफल तुल्याउनका लागि सबैले सकारात्मक भावमा काम गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले लगानी सम्मेलनमा ‘इच्छा सूची’ प्रस्तुत गर्नेभन्दा पनि ठोस र व्यवहारिक परियोजना प्रस्तुत गर्नुपर्ने बताए ।
“लगानी सम्मेलनमा ‘विस लिष्ट’ होइन ठोस र व्यवहारिक परियोजना प्रस्तुत गरौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “सम्मेलनअघि ऐन संशोधन गरेका छौँ, त्यसले लगानी बढाउन मद्दत गर्नेछ, त्यसैले पनि ठोस र व्यवहारिक योजनाहरू दिनुपर्छ, नयाँ सन्देश दिनेगरी सम्मेलन गरौँ ।”
विकास परियोजनाको कामलाई सरलीकृत गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले केही राम्रो गर्न खोज्दा अठ्यारा आए पनि त्यस्ता परिस्थितिलाई राजनीतिक नेतृत्वले तोड्न सक्नुपर्ने बताए ।
नेपालमा स्टिल उद्योगलाई प्राथमिकता दिनुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले त्यस्ता उद्योग स्थापनका लागि गम्भीर भएर काम गर्नुपर्नेमा जोड दिए । उनले कृषिमा रोजगारी सिर्जना गर्नका लागि सिचाइँलाई प्राथमिकता दिन र विकासका काम रोकिएका भए अघि बढाउन दिर्नेशन दिए ।न्युज कारखाना
काठमाडौँ । इलाम-२ मा आगामी वैशाख १५ गते प्रतिनिधिसभा सदस्यका हुन लागेको उपनिर्वाचनमा उम्मेदवारहरु मतदाता फकाउन व्यस्त छन् । उपनिर्वाचनमा स्थानीय मुद्धा भन्दा पनि केन्द्रीय मुद्धाले प्राथमिकता पाएपछि उम्मेदवारहरुको चिन्ता बढेको छ ।
इलाम–२ मा ठूलासाना दल र स्वतन्त्रबाट १९ को उम्मेदवार रहे पनि एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बू र स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिमबीच नै चुनावी प्रतिष्पर्धा रहेको देखिएको छ ।
एमालेका नेम्बाङलाई सत्ता गठबन्धनमा रहेका दल माओवादी केन्द्रसहित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा र नेपाल परिवार दलको समर्थन छ । त्यस्तै पहिचानको मुद्धालाई स्थापित गर्न उम्मेदवार बनेका थेगिमलाई सत्ता साझेदारी दल जसपासहित पहिचानवादी दलहरु राष्ट्रिय जनमुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी तथा किरात याक्थुङ चम्लुङ, किरात राई यायोख्खालगायत सामाजिक संघसंस्था र किरात धर्मगुरु आत्मानन्द लिङदेनको समेत समर्थन छ ।
इलाममा एमाले र कांग्रेस आफ्नो विरासतलाई कायम राख्न आफ्नै मतदातालाई फकाउन मै व्यस्त देखिएका छन् । एमाले सुबासचन्द्र नेम्वाङकै छोरा सुहाङलाई चुनावी मैदानमा उतारेर युवा र सुबास नेम्वाङप्रतिको सहानुभूति मत दुवैलाई आफ्नो पक्षमा पारेर जित हासिल गर्ने रणनीतिका साथ हिडिरहेको छ । तर एमाले रास्वपा र पहिचानवादीले आफ्नो भोट काट्ने डरबाट मुक्त भने छैन । यस अघि पनि ११४ मात्र मतले जितेको एमालेलाई यो सिट जोगाउन ठुलो चुनौती देखिएको छ ।
अर्कोतर्फ कांग्रेस भने बाहिरका मतदातालाई आकर्षित गर्ने भन्दा पनि आफ्नै मत जोगाउने रणनीतिमा रहेको देखिएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा इलाम- २ को उपनिर्वाचनमा स्थानीय असन्तुष्ट कार्यकर्तालाई फकाउने र मत बाहिर जान नदिने काममा व्यस्त देखिएका छन् । कांग्रेसमा खड्कालाई दोहोराएर टिकट दिने विषयमै केन्द्रसम्म नै विवाद भएको थियो । अब निर्वाचनमा कांग्रेसले आफ्नै नेता कार्यकर्तालाई एक ठाउमा राख्ने चुनौतिको सामना गरिरहेको छ । बलियो एमाले, लहरसहित अगाडी बढेको रास्वपा तथा पहिचानवादीको आक्रमकताका बीचमा आफ्नो भोट जोगाउने लडाईमा कांग्रेस देखिएको छ ।
त्यस्तै पुराना दल भन्दा फरक रहेको दाबी गर्दै अगाडी बढिरहेको रास्वपाले इलाम उपनिर्वाचनमा भने काउन्टर अट्याक पाइरहेको विश्लेषण गरिएको छ । अहिले सभापति रवि लामिछानेको सहकारी ठगि प्रकरणले इलाममा रास्वपालाई अस्वाभाविक धक्का दिइरहेको महसुस स्वयं रास्वपाका कार्यकर्ताहरुले गरिरहेको देखिएको छ । मतदाताले सिधै सहकारी ठगिको विषय उम्मेदवार र प्रचार गर्न पुगेका केन्द्रीय नेताहरुसँग उठाइरहेका छन् । यसका साथै मतदाताले फरक भन्ने अनि उनै पुराना नेतासँग कुम जोडेर हिड्ने भन्दै रास्वपाको सरकारको सहभागितालाई समेत प्रश्न गरेका छन् । त्यस्तै इलामका मतदाताले रास्वपाको उम्मेदवार छनौटलाई समेत प्रश्न उठाएका छन् । माओवादी पृष्ठभूमिका पत्रकार रहेका मिलन लिम्बु चुनाव अघि मात्र पार्टी छोडेर स्वतन्त्र उम्मेदवार बनेका थिए । रास्वपाले मिलनलाई उम्मेदवार बनाएपछि उनलाई अहिले पनि घन्टीबाहकको रुपमा स्वीकार गर्न हिचकिचाएको देखिएको छ ।
त्यसैगरी इलामको उपनिर्वाचन पहिचानवादीका लागि अग्निपरीक्षा हुने देखिएको छ । थेगिमले यस निर्वाचनमा चुनाव जित्ने कुरा त अहिले नै अनुमान गर्न सकिन्न तर उनले राम्रो मत ल्याउने संकेत समेत देखिएको छ । उनको पक्षमा मतदाताले देखाउने विश्वासले नै पहिचानवादीहरुको अन्दोलनको भविष्यको बाटो तय हुने हुनाले उनीहरु मतदाताको कसीमा खरो उत्रिने प्रयासमा रहेका छन् । यस अर्थमा यो निर्वाचन उनीहरुको लागि ठुलो अग्निपरिक्षा भएको छ ।
इलाममा स्थानीय भन्दा केन्द्रीय मुद्धा नै हावी भएपछि एमाले- कांग्रेसले सहजता महसुस गरेपनि यसको ठुलो असर अहिले रास्वपालाई परेको देखिएको छ । तर उम्मेदवारहरु शहर केन्द्रित मात्र हुनुले मतदाताको समस्या र गुनासो पहिचान गर्न नसकेको समेत विषय आएको छ ।
विसं २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदावर सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । उनको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
सो क्षेत्रमा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्बाङ एक्लैले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए । नेम्वाङसँग कांग्रेसका खड्का एक सय १४ मतको झिनो अन्तरले पराजित भएका थिए । खड्काले २९ हजार नौ सय मत प्राप्त गरेका थिए ।
यस बाहेक सो क्षेत्रमा एकीकृत समाजवादीका जितबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मीनबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली चुनावी मैदानमा छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारहरु डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्याल पनि चुनावी मैदानमा छन् ।
यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा समेटिएका छन् ।
उम्मेदवारहरुले चैत २८ देखि वैशाख १२ गते सम्म मात्र चुनावी प्रचारप्रसार गर्न पाउने छन् । यो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाताले बैशाख १५ गते मतदान गर्न पाउने छन् ।न्युज कारखाना
काठमाडौँ ।
सभामुख देवराज घिमिरले लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै सबै राजनीतिक शक्ति देशको समृद्धितर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।
सभामुख घिमिरले लोकतन्त्र दिवसको शुभकामना दिदै नेपालमा विभिन्न समयमा भएका प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
सभामुखको सन्देश:
लोकतन्त्र दिवस– २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दछु । नेपालमा विभिन्न समयमा भएका प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
२०६२-६३ सालको आन्दोलनपछि राजाको प्रत्यक्ष र निरकुंश शासनको अन्त्य भएको दिनको सम्झनामा नेपालले २०६५ सालदेखि वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रूपमा मनाउने गरेको हो । लोकतन्त्रको जगमा लामो समयसम्मको राजनैतिक अस्थिरता एवं सङ्क्रमणपश्चात् मुलुकमा लोकतान्त्रिक पद्दतिबाट संविधान निर्माण भई कार्यान्वयनमा आइसकेको छ । नयाँ संविधान बमोजिम २०७४ र २०७९ सालमा तीन वटै तहका निर्वाचन सम्पन्न भएका छन् ।
लोकतन्त्रपछि राजनीतिक व्यवस्थामा परिवर्तन आए पनि जनताको जीवनमा परिवर्तन आउन नसकेको यथार्थता हामीसँग छ । लोकतन्त्रभन्दा राम्रो अर्को शासन व्यवस्था हुन सक्दैन । यसै कुरालाई हृदयङ्गम गरेर सम्पूर्ण राजनीतिक शक्तिहरू विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्ने आवश्यकता देखेको छु ।
लोकतन्त्रले नै अधिकारमुखी, समावेशी र सन्तुलित विकासको लागि आधार प्रदान गर्छ । जनमुखी लोकतन्त्र नै वास्तविक लोकतन्त्र हो । यसलाई सार्वजनिक नीति, योजना, कार्यक्रम र तिनको कार्यान्वयनमा उतार्नु जरुरी छ । नेपालको लोकतन्त्रको रक्षा र प्रवद्र्धनमा नेपालको संसदले विगतदेखि नै उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ ।
अन्त्यमा, लोकतन्त्र दिवसले लोकतन्त्रलाई केन्द्रमा राखेर जनमुखी विकासका लागि प्रेरणा प्रदान गर्ने विश्वास सहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।
न्युज कारखाना
काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई आफ्नै देशको राजा फर्काउने अभियानमा लाग्न सुझाव दिएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै सांसद शाहीले गृहमन्त्री भएको बेला लामिछानेले विदेशी राजा आउदा सार्बजनिक बिदा दिएको भन्दै तपाइँ र अरु नेतामा के फरक छ ? भन्ने प्रश्न समेत गरेका छन् ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आजदेखि गर्ने दुई दिने राजकीय भ्रमणका अवसरमा नेपाल सरकारले आज दिएको सार्बजनिक बिदाप्रति सामाजिक सञ्जालमा आलोचना भइरहेको बेला सांसद शाहीको यस्तो टिप्पणी आएको हो ।
उनले भनेका छन्-
माननीय रवि लामिछानेज्यु, हिजोका दिनहरुमा तपाईंले जनताकोआवाज उठाउदै गर्दा हाम्रो साथ र समर्थन थियो तर आज तपाईं आफै गृहमन्त्री हुँदा कतारका राजा आउँदा सार्बजनिक बिदा दिनुभएछ, अब भन्नुहोस्, तपाईं र अरु नेतामा के फरक भो ? बोल्ने एउटा गर्ने एउटा ? बिदेशी राजाका खुट्टा नै ढोक्न जानु भन्दा आफनै देशका राजा फर्काउने अभियानमा लाग्नुहोस कति गुलामी गर्छौ हो बिदेशीको ?न्युज कारखाना
काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ । महाधिवेशनको तयारी, पार्टी सङ्गठन तथा जनवर्गीय सङ्गठनका कार्य प्रगतिबारे छलफल गर्न एकीकृत समाजवादीले यही वैशाख २६ गते स्थायी कमिटीको बैठक आह्वान गरेको हो ।
बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर महाधिवेशन प्रतिनिधि छनोट कार्यविधिबारे छलफल गरिनेछ ।
स्थायी कमिटी बैठकले पारित गर्ने राजनीतिक, साङ्गठनिक, विधानसम्बन्धी प्रतिवेदन तथा एजेण्डालाई केन्द्रीय कमिटी बैठकमा पेस गरिनेछ । महाधिवेशन व्यवस्थापनका लागि गठित सबै कमिटीका तयारी, नवीकरण गरिएका सङ्गठित सदस्यका साथै नयाँ सदस्यता अनुमोदनलगायत विषयमा छलफल केन्द्रित हुने बैठकमा सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल हुने बताइएको छ ।
एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्न लागेको छ । न्युज कारखाना
काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमण गर्दै छन् । दुई दिने भ्रमणका क्रममा उनी आज करिब साढे ५ बजे काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपतिको कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न स्वयं राष्ट्रपति पौडेल जाने भएका छन् । कतारी अमिरको राजकीय भ्रमणका क्रममा उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने बताईएको छ ।
सरकारले अमिर थानीको भ्रमणको अवसरमा आज नेपालभर सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ ।
कतारी अमिरले मङ्गलबार नै राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलले उनको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्ने छन् ।
त्यस्तै कतारका अमिर शेख थानीले यही वैशाख १२ गते प्रधानमन्त्री दाहालसँग द्विपक्षीय वार्ता गर्ने छन् । वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुने छन् ।
भ्रमणका क्रममा नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । त्यस्तै दुवै सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग विषयक सम्झदारीपत्रमा हस्ताक्षर हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
यस भ्रमणका क्रममा नेपालले कतारलाई दुई हात्ती उपहार स्वरूप प्रदान गर्ने कार्यक्रम रहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेका ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नामक हात्तीलाई उपहार स्वरूप दिइने तयारी गरिएको छ ।
कतारमा कार्यरत नेपाली कामदारको हकहितका लागि भ्रमणका क्रममा छलफल हुने तय भएपनि नयाँ सम्झौता गर्ने सम्बन्धमा भने अझै टुङ्गो लागिसकेको छैन् । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले श्रमसम्बन्धी विद्यमान सम्झौतामा परिमार्जन तथा संशोधनका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ ।
मन्त्रालयले नयाँ सम्झौता गर्ने विषयका सम्बन्धमा विवरणसहित सन्देश पठाएको तर हालसम्म कतारबाट औपचारिक प्रतिक्रियासहित जानकारी आइनसकेको जनाएको छ ।ं कतारमा हाल झण्डै चार लाख नेपाली कामदार विभिन्न क्षेत्रमा कार्यरत छन् । कतारका अमिर थानी वैशाख १२ गते नै अपराह्न काठमाडौँबाट प्रस्थान गर्ने छन् ।न्युज कारखाना
काठमाडौँ । आज कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि काठमाडौँ आउदै छन् । कतारका अमिर थानीको राजकीय भ्रमणको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
कतारका अमिर थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्दै छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीलाई आज अपराहन्न ५: ३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्ने कार्यक्रम तय भएको छ ।
अमिर थानीले भेटका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग औपचारिक भेटवार्ता गर्न छन् भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षिय भेटवार्ता हुने कार्यक्रम रहेको छ ।
कतारका अमिरबाट पहिलोपटक यो भ्रमण हुन लागेको हो । भ्रमणका क्रममा दुई देशबीचको श्रम सम्झौतालाई परिस्कृत गर्ने लगायत विषयलाई उच्च प्राथमिकतामा राखिएको बताइएको छ ।
न्युज कारखाना
काठमाडौं ।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश बालकृष्ण ढकाल एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको छ ।
नाउपाका लक्ष्मणकिशोरले आफूले बहुमत सांसदको समर्थनसहित दाबी पेस गरेकाले मुख्यमन्त्री नियुक्त गर्नुपर्ने जिकिर गर्दै आइतबार रिट दायर गरेका थिए ।
तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दाबी पेस गर्न २ वैशाखसम्म समय दिएका थिए । नाउपाका सांसद चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीका संसदीय दलको नेताको समर्थनसहित २ वैशाखमा दाबी पेस गरेका थिए । नाउपाका लक्ष्मणकिशोर र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबि गरेपछि प्रदेश प्रमुख नजिर मियाँले दुवै दाबिलाई अस्वीकार गर्दै फेरी दुई दिनको समय दिएर सरकार बनाउन दाबि गर्न आव्हान गरेका थिए ।
त्यसपछि सोडारीले यस अघि नाउपाका लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिदै एमाले, माओवादी, नाउपाको रन्जिता पक्षको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरे र प्रदेश प्रमुखले उनलाई बैशाख ६ गते मुख्यमन्त्री नियुक्त गरेका थिए ।न्युज कारखाना
काठमाडौं ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल पुर्पक्षका लागि थुनामा रहेका १० प्रतिवादीको रिटको सुनुवाई सर्वोच्च अदालतमा आज पनि ‘हेर्दाहेर्दै’ मा सकिएको छ ।
यस प्रकरणमा हाल थुनामा रहेका १० प्रतिवादीले दायर गरेको रिटको आजको सुनुवाई पनि हेर्दा हेर्दैमा सकिएको हो ।
आजको पेसी न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाई भएको थियो । यो रिट आजसहित ११औँपटक हेर्दाहेर्दैमा परेको छ ।
तत्कालीन गृहसचिव टेक नारयाण पाण्डेसहित थुनामा रहेका १० अभियुक्तले आफूमाथि लागेको आरोप र पुर्पक्षका लागि थुनामा पठाउने आदेशका विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालतसहितलाई विपक्षी बनाएर बन्दिप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।न्युज कारखाना
काठमाडौँ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिको विरुद्धमा परेको रिटको आजको सुनुवाई ‘हेर्दाहेर्दै’ मा सकिएको छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता तथा पुर्व मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट न्यायाधीश सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा आज सुनुवाई भएको थियो ।
आजको सुनुवाई नसकिएपछि यस रिटलाई ‘हेर्दाहेर्दै’ मा राखिएको छ ।
यसअघि यस रिटमा चैत्र २८ गते सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले मुख्यमन्त्री अधिकारीलाई दिर्घकालिन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो भने इजलासले यस रिटको पूर्ण सुनुवाई आज गर्न आदेश दिएको थियो ।
मुख्यमन्त्री अधिकारीले सरकारको दाबि गर्दा सभामुखको मत जोडेर बहुमत पुर्याएको भन्दै कांग्रेस नेता पाण्डेले प्रदेशप्रमुखसहितलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।न्युज कारखाना
काठमाडौँ ।
निर्वाचन आयोगले बैशाख १५ गते हुने उपनिर्वचनमा मतदाताको पहिचान गर्ने प्रमाणपत्र बारे निर्णय गरेको छ ।
आयोगले इलाम- २ र बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य उपनिर्वाचनमा आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा स्थायी लेखा नम्बर परिचयपत्र वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।न्युज कारखाना
काठमाडौं ।
कतारका अमिर शेख तामिम विन हमद अल थानीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने भएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीलाई मंगलबार अपराहन्न ५: ३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्ने भएका हुन् ।
कतारका अमिर थानी दुई दिने राजकीय भ्रमणका क्रममा मंगलबार काठमाडौँ आउदै छन् । सो अवसरमा सरकारले मंगलबार सार्बजनिक बिदा समेत दिएको छ ।न्युज कारखाना
काठमाडौँ ।
निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनमा मतदाताहरूको सहज आवागमनको लागि यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न निर्देशन दिएको छ । सोमबार बसेको आयोगको बैठकले गृह मन्त्रालयलाई सो निर्देशन दिएको हो ।
इलाम-२ र बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं. १(१) मा उपनिर्वाचन हुँदैछ ।
आयोगले दुई जिल्लासँग जोडिएका राष्ट्रिय राजमार्गमा सार्वजनिक यातायातका साधनहरूको आवागमनको उपयुक्त व्यवस्था मिलाउन आग्रह गरेको छ । आयोगले भनेको छ- ‘निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकुल प्रभाव नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनको लागि यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालय मार्फत निर्देशन दिने ।’
साथै आयोगले मतदान अघिको ४८ घण्टादेखिनिर्वाचन आचारसंहिता अनुसार निषेध गरिएका कार्यहरु हुन नदिन समेत गृहमन्त्रालय मार्फत निर्देशन दिने निर्णय गरेको छ ।न्युज कारखाना
काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक दलहरुले सहकार्य गरेर देशको विकास र जनतालाई सेवा प्रदान गर्नुपर्ने बताएका छन् ।
नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा नेकपा(एमाले)ले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सबै राजनीतिक दलहरू एकताबद्ध भएर संविधानको मर्मअनुसार समाजवादको बाटोमा लाग्नुपर्नेमा जोड दिए ।
“हामीले जे–जति राजनीतिक उपलब्धी प्राप्त गरेका छौँ, ती सबै राजनीतिक समझदारी एवम् एकताबाटै प्राप्त गरेका छौँ । तर हामीबीच समझदारीको स्तर तल झर्दा भने सबै कमजोर भएका छौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “हामीले समझदारी गर्दा ठूला–ठूला उपलब्धी हासिल गरेका छौँ, तर जतिबेला हामी विमति तिर तथा एकअर्काप्रति विद्वेषतर्फ गर्यौं, नेपाली जनताले दुःख पाउने स्थिति सिर्जना भयो । त्यसकारण आजको दिन हामी राजनीतिक दलबीच समझदारी र सहमतिको यात्रा तय गर्ने नयाँ दिन बनोस् भनी सबै राजनीति दललाई अपिल गर्दछु ।”
विभिन्न कम्युनिष्ट धाराको प्रतिनिधित्व गर्ने कम्युनिष्टहरू, नेपाली कांग्रेस एवं अन्य दलको योगदानबाट नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले दलहरुबीच सहकार्य तथा समझदारीको वातावरण हुँदामात्रै परिवर्तनलाई संस्थागत गर्न सकिने बताए ।
“सबै राजनीतिक दलबीचको समझदारीको बलमा नै हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अवस्थामा छौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “समानुपातिक एवं समावेशी मान्यतासहितको सङ्घीय गणतन्त्रलाई प्रहार गर्ने काम भइरहेको छ, त्यसका विरुद्ध लोकतन्त्रलाई सुदृढ गर्न सबै राजनीतिक दल लाग्नुपर्छ ।”
प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रलाई सुदृढ गर्नका लागि सबै राजनीतिक दलका सकारात्मक योगदान रहेको उल्लेख गर्दै सामाजिक न्याय र समृद्धि दिने सपना पूरा गर्नका लागि पनि सबै राजनीतिक दल मिल्नुपर्नेमा जोड दिए ।
सबै राजनीतिक दलले एकअर्का राजनीति दलका योगदानलाई सम्मान गर्नुपर्ने र आफूभित्र रहेका कमीकमजोरी हटाएर देश र जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने उनको भनाई छ ।
“हामीले गरेका राम्रा कामको समीक्षा गरौँ, कमीकमजोरीको पनि समीक्षा गरौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “आगामी दिनमा अझ उन्नत विचारको विकास गर्ने र जनता र राष्ट्रका पक्षमा अझ दृढतापूर्वक उभिने संकल्प गरौँ ।”न्युज कारखाना
काठमाडौं ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी दलबीच अहिले सहमति र सहकार्य हुने बताएका छन् ।
सोमबार नेकपा स्थापनाको ७५औं वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिले सत्ता सहकार्य भएको भन्दै तत्काल एकता भने नहुने स्पष्ट गरेका हुन् ।
उनले भने- ‘वामपन्थीहरू मिलेर अगाडि बढ्ने अवस्थामात्र होइन, देशभक्ति शक्तिहरू मिलेर जाने समय हो। जो देशको स्वाधीनता र स्वतन्ताको पक्षमा वकालत गर्छ। भ्रष्टाचारविरुद्ध लाग्छ। जनताको आकांक्षा पूरा गर्न लाग्छ। हो ती शक्तिहरू मिलेर जानुपर्छ । अहिल्यै मिल्न थाल्यौं भने किन फुट्या भनेर प्रश्न उठ्छ । अहिले सहमति र सहकार्य गरेर जाऔं। सहकार्यको माध्यमबाट निकट हुँदै क्रमशः हामी एकताको बाटोमा पुग्न सक्छौं ।’ न्युज कारखाना
काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हतार गरेर कम्युनिष्ट एकताको पक्षमा नभएको बताएका छन् ।
एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड र ओलीले फेरी कम्युनिष्ट एकता गर्न हतार नगर्ने बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले सहकार्य गर्दै जादा एकताको वातावरण बन्ने भन्दै अहिले नै हतारिएर एकता नगर्ने बताए ।
उनले भने- अहिले हतारमा हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा छैनौं । त्यति बेला समय भन्दा गाडी दौडिएछकी जस्तो लाग्छ ।अहिले सहकार्य शुरु गरेका छौं । राम्रो सहकार्य गरौँ । जनतालाई राम्रो सेवा दिऊ । सहकार्य गर्दै जादा एकताको आधार तयार हुन्छ भन्ने लाग्छ ।’
त्यस्तै एमाले अध्यक्ष ओलीले पनि यसअघि भएको एकता बिभाजन हुदा ठुलो क्षति भएको र त्यो हुनु दुर्भाग्यपूर्ण भएको बताए । उनले अहिले सरकार संचालनमा सहकार्य भएको स्पष्ट गर्दै पार्टी एकता तत्काल नहुने समेत स्पष्ट गरेका छन् ।
उनले अहिले बामपन्थी मात्र मिलेर हिड्ने अवस्था नभएको भन्दै देशभक्त शक्तिहरु मिलेर राष्ट्रिय हितको पक्षमा रहेका शक्तिहरु मिलेर अगाडी बढ्नुपर्ने समय भएको बताए ।
न्युज कारखाना
काठमाडौं ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना श्रीमान् स्वर्गीय मदन भण्डारीलाई सम्झेर भक्कानिएकी छन् । सोमबार एमालेले नेकपा स्थापनाको हीरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा पूर्वराष्ट्रपति भण्डारी भक्कानिएकी हुन् ।
उनले श्रीमान् नेकपा एमालेका तत्कालीन महासचिव भण्डारीको निधनपछि आफ्नो राजनीतिक यात्राले नयाँ मोड लिएको बताएकी थिइन् । मदन भण्डारीलाई स्मरण गर्दा निकै भावुक भएकी भण्डारीले एमालेको प्रेरणा र प्रोत्साहन एवं जनताको चाहना अनुरुप मदन भण्डारीका अधुरा सपना साकार पार्न राजनीतिमा सक्रिय हुने परिवेश सिर्जना भएको बताइन् ।
उनले भनिन्- ‘नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको २०५० साल जेठ ३ गते जीप दुर्घटनामा परी निधन भएपछि मेरो राजनीतिक यात्राले नयाँ मोड लिएको थियो। नेकपा एमालेको प्रेरणा , प्रोत्साहन एवं कार्यकर्ता सदस्य यथा जनताको चाहना बमोजिम मदनका अधुरा सपना साकार पार्ने अभियानमा म थप जिम्मेवारीका साथ राजनीतिक सक्रिय रुपमा लाग्ने परिवेश निर्माण भएको हो ।’न्युज कारखाना
काठमाडौं १० बैशाख ।
सिरहाका प्रतिष्ठित एवं सामाजिक व्यक्तित्व दिनेश कुमार साह र समाजसेवी एवं महिला अभियन्ता हेमा साह आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् ।
आजपाको काठमाडौं स्थित केन्द्रीय पार्टी कार्यालयमा सोमवार एक कार्यक्रमका बीच दिनेश र हेमा आजपामा प्रवेश गरेका हुन् । दुबै जनालाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले टिका लगाएर पार्टीमा स्वागत गरेका छन् । स्वागत गर्दै पार्टी अध्यक्ष साहले पार्टीद्धारा जारी भ्रष्टाचार, अनियमितता एवं दलिय लुटतन्त्र विरुद्धको आन्दोलनमा सक्रिय रुपमा सहभागि हुन आग्रह गरेका छन् ।
सो अवसरमा पार्टीका उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साह, उपमहासचिव मनोज यादव, स्थायी कमिटी सदस्य सुनिता साह क्रान्ति लगायतको सहभागिता रहेको थियो ।
यस अघि गत साता सद्भावना पार्टीका सिरहा जिल्ला पूर्व अध्यक्ष भरत प्रसाद साह आजपामा प्रवेश गरेका थिए । तत्कालिन ६ वटा मधेसवादी दलहरु मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा)का केन्द्रीय सदस्य समेत रहेका साहले मधेसवादी दलका नेताहरु भ्रष्टाचारमा डुबेको आरोप लगाउँदै आजपामा प्रवेश गरेका थिए । पछिल्लो समय बिभिन्न पार्टी परित्याग गर्दै आजपामा देश भरी प्रवेश गर्नेको संख्या बढदै गइरहेको आईटी आर्मीका केन्द्रीय सदस्य रामशरण यादवले बताए ।
न्युज कारखाना
काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हतार गरेर हौसिएर कम्युनिष्ट एकताको पक्षमा नभएको बताएका छन् ।
एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सहकार्य गर्दै जादा एकताको वातावरण बन्ने भन्दै अहिले नै हतारिएर एकता नगर्ने बताएका हुन् ।
उनले भने- अहिले हतारमा हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा छैनौं । त्यति बेला समय भन्दा गाडी दौडिएछकी जस्तो लाग्छ ।अहिले सहकार्य शुरु गरेका छौं । राम्रो सहकार्य गरौँ । जनतालाई राम्रो सेवा दिऊ । सहकार्य गर्दै जादा एकताको आधार तयार हुन्छ भन्ने लाग्छ ।’
न्युज कारखाना
काठमाडौँ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता किन नलगाएको भन्दै एमालेसँग प्रश्न गरेका छन् ।
एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसलाई गालि गरिएको भन्दै आक्रोशित हुदै विद्यादेवी भण्डारी दुई पटक राष्ट्रपति भएको र एमालेका नेताहरु पटक पटक प्रधानमन्त्री भएपनि मदन भण्डारीको मृत्यु किन भयो भन्ने किन छानबिन नगरेको भन्दै प्रश्न गरेका हुन् । उनले कांग्रेसलाई गाली गरेपनि यो प्रश्न एमाले तिर नै तेर्सिएको बताएका थिए ।
न्युज कारखाना
काठमाडौँ ।
सरकारले कतारका राजा शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएपछि राप्रपाले व्यंग्य गरेको छ ।
राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले सामाजिक सञ्जालमा व्यंग्य गर्दै आफ्नो देशको राजालाई विदेशी योजनामा पाखा लगाएकाहरुले विदेशकै राजालाई भएपनि सम्मान दिएछन् भन्दै व्यंग्य गरेका हुन् । उनले नेपालको राजालाई पनि आफ्नो स्थान, श्रीपेच र इज्जत दिन माग गरेका छन् ।
उनले भनेका छन्-
‘कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि नेपाल आउँदा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। आफ्नो देशको राजालाई विदेशी योजनामा पाखा लगाएकाहरुले विदेशकै राजालाई भएपनि सम्मान दिएछ !
नेपालको राजालाई पनि आफ्नो स्थान, श्रीपेच र इज्जत देऊ ।’
कतारका अमिर थानी नेपालको दुई दिने भ्रमणका लागि मंगलबार काठमाडौँ आउदै छन् ।न्युज कारखाना
काठमाडौं ।
नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गरेको छ ।
ललितपुरको गोदावरीमा नेकपा स्थापनाको हीरक महोत्सवको विशेष कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुर्वराष्ट्रपति भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गरेका हुन् ।
आइतबार समापन भएको एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठकले भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गर्ने निर्णय गरेको थियो ।
पूर्वराष्ट्रपति भण्डारीले लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानर राष्ट्रिय स्वाभिमानको रक्षाका लागि अडान लिएका व्यक्तिहरुलाई सम्मान गर्ने घोषित योजनाअनुसार पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गरेको एमालेले जनाएको छ । न्युज कारखाना
काठमाडौं ।
सरकारले लगानी सम्मेलनलाई लक्षित गर्दै विभिन्न अध्यादेश ल्याउने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले केही ऐनहरु अध्यादेशमार्फत् ल्याउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी हुन् । उनले भनिन्,‘लगानी सहजीकरण सम्बन्धि केही ऐनहरु अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेश भएको छ ।’
सरकारले वैशाख १६ र १७ गते लगानी सम्मेलनको आयोजना गर्दैछ । संसद अधिवेशन संचालन नभएको समयमा अध्यादेश ल्याउन सकिने व्यवस्था छ । सरकारले ल्याएको अध्यादेश ६ महिना भित्र संसदमा पेश नगरेमा स्वत: निष्कृय हुने कानुनी व्यवस्था रहेको छ ।
सरकारले वैशाख २ गते रातिबाट लागू हुने गरी संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।
न्युज कारखाना
काठमाडौं ।
सरकारले बजेट निर्माणकै क्रममा अर्थसचिव सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मधु मरासिनीलाई अर्थसचिव बनाएको हो ।
मरासिनीमाथि नेशनल पेमेन्ट गेटवे खरिद प्रकरणमा भ्रष्टाचारको आरोप् लागेको थियो । उनले गत शुक्रबार मात्र यस प्रकरणमा सफाई पाएका थिए ।
सरकारले हाल अर्थसचिव रहेका कृष्णहरि पुस्करलाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरेर मरासिनीलाई ल्याएको छ ।न्युज कारखाना
काठमाडौँ ।
सरकार मंगलबार सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंलगबार नेपाल आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।न्युज कारखाना
काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमालेद्वारा आयोजित नेकपा स्थापनाको हीरक महोत्सवमा सहभागी नहुने भएका छन् ।
एमालेको निमन्त्रणा पाए पनि नेपाल भने यस कार्यक्रममा नजाने उनी निकट सचिवालय सदस्यले जानकारी दिएका छन् ।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भने कार्यक्रममा जाने बताइएको छ ।
एमालेले आज कम्युनिष्ट पार्टीको स्थापनाको ७५औं बर्षको अवसरमा विशेष कार्यक्रम गरिरहेको छ । गोदावरीमा हुने सो कार्यक्रममा एमालेले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गर्दै छ ।
एमालेले यस कार्यक्रममा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवासहित राजनीतिक दलका शिर्ष नेताहरुलाई निमन्त्रणा गरेको छ ।न्युज कारखाना
९ बैशाख, महोत्तरी
बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले नगरमा विकासको गतिलाई अगाडि बढाउन नसकिएको स्विकार गरेका छन ।
सडक संजालमा पुराना ठेक्काका काम, ढलान र स्त्तरोन्न्ती वाहेक २ बर्षसम्म नगर लयमा अगाडि वढन नसकेको आरोप लागिरहेको वेला नगरप्रमुख क्षेत्रीले विकासमा ग्रहण लागेको वताएका हुन ।
मधेश प्रदेश सरकारका नवनियुक्त दुई मन्त्री भरत प्रसाद साह र सारदादेवी थापालाई वधाई तथा सुभकामना दिन आयोजना गरेको एक कार्यक्रममा वोल्दै विकासको गतिमा बाधा र अन्धकार लागेको प्रतिक्रिया दिए ।
`बर्दिवासको विकास अन्य ठाउँको तुलनामा पछि परेको छ । यस्को पछाडी विभिन्न वाधा र व्यवधान खडा भएका छन यस्को लागि दुई मन्त्रीले नेतृत्व लिनुपर्छ ।´ नगरप्रमुख क्षेत्रीले भने । `म आफै पनि यस्लाई छिचोलेर अगाडि वढीरहेको छु ।´
उन्ले विकासमा के कारणले ग्रहण लागेको भन्ने बिषयमा नखुलाएतापनी केही अवरोध कै कारण विकास हुन नसकेको स्विकार गरेका छन । विकासमा अवरोध सिर्जना गर्न केही मानिसहरु लागेको र विकासलाई सकारात्मकरुपमा ग्रहण गर्न नगरप्रमुख क्षेत्रीले आग्रह गरे ।
तर वाधा र विरोध आएतापनी आफू विचलित नभएको र विकासलाई गति दिन प्रयासरत रहेको उन्को भनाई छ ।
नगरप्रमुख क्षेत्रीले निर्वाचित भएको केही महिनादेखी नै विकासमा ग्रहण र वादल लागेको वताएका थिए । अपेक्षित विकास नभएको भन्दै सामाजिक संजालवाट वाक्लै आलोचना सुरु हुन थालेपछी नगरप्रमुख क्षेत्रीले उहीँ पुरानो वाक्यलाई पुनरावृती गराएका छन ।
अन्य क्षेत्रको तुलनामा बर्दिवास नगर क्षेत्रको विकास नभएको स्विकार गर्दै नगरप्रमुख क्षेत्रीले यसभित्रको किचलो र अडचनलाई दुई मन्त्रीले नै हटाउनेमा विस्वास ब्यक्त गरे ।
विकासको काममा जस लिनेहरुप्रती समेत व्यंग्य प्रहार गर्दै उन्ले यस्ले राम्रो नगर्ने वताए । संघ, प्रदेश, स्थानिय सरकारमा जस्ले नेतृत्व गरेको भएतापनी विकासमा भने साझा धारणा वनाउनुपर्नेमा नगरप्रमुख क्षेत्रीको जोड रहेको छ ।
न्युज कारखाना
काठमाडौँ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिको विरुद्धमा परेको रिटको पेसी आज तोकिएको छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता तथा पुर्व मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट न्यायाधीश सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा सुनुवाई हुदै छ ।
यसअघि यस रिटमा चैत्र २८ गते सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले मुख्यमन्त्री अधिकारीलाई दिर्घकालिन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो भने इजलासले यस रिटको पूर्ण सुनुवाई आज गर्न आदेश दिएको थियो ।
मुख्यमन्त्री अधिकारीले सरकारको दाबि गर्दा सभामुखको मत जोडेर बहुमत पुर्याएको भन्दै कांग्रेस नेता पाण्डेले प्रदेशप्रमुखसहितलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।न्युज कारखाना
ललितपुर ।
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए पनि जोखिम मोलेर सहकार्य र एकताको प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन् ।
सोमबार बिहान ललितपुरको च्यासलमा आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक सभामा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्रीले भने, ‘जोखिमहरू छन्। जहिले पनि रहन्छन्। तर, जोखिमकै बीचबाट परिणाम दिने कुरा मुख्य हो। हामीले सहकार्यको प्रक्रिया अगाडि बढाएका छौँ। जोखिमकै बीचबाट यसलाई अगाडि बढाउनुपर्छ।’
कार्यक्रममा नेकपाका संस्थापक नरबहादुर कर्माचार्यप्रति श्रध्दाञ्जलि व्यक्त गर्दै प्रधानमन्त्रीले भने, ‘‘नरबहादर कर्माचार्यप्रति हार्दिक श्रध्दाञ्जलि र सम्मान व्यक्त गर्दछु। उहाँ सधै एकताको पक्षधर हुनुहुन्थ्यो। उहाँ विचारमा दृढ हुनुहुन्थ्यो। सरल, निष्ठावान, मिलनसार, विचार जीवित राख्ने प्रेरणाको स्रोत हुनुहुन्थ्यो। पछिल्लोसमय उहाँसँग राम्रो सहकार्य भयो। राम्रो अभिभावकको भूमिका निभाउनुभयो।’’
प्रधानमन्त्रीले एकपटकको एकता प्रयोगमा असफल भयो भन्दैमा फेरि सहकार्य र एकताको प्रक्रियाबाट विमुख हुनु गलत हुने बताए ।
उनले भने, ‘‘अघिल्लो एकता बचाउन सकिएन, तर एकपटकको प्रयोग असफल भयो भन्दैमा हामी त्यसबाट पछाडि हट्नु हुँदैन। समाजवाद चाहने जति कुनै न कुनै रूपको सहकार्य र एकताको पक्षमा उभिनुपर्छ। स्वाधीनताका निम्ति, वामपन्थी सहकार्यका निम्ति, आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ।’’
प्रधानमन्त्रीले विश्व समाजवादी क्रान्तिको मौलिक विचार र कार्यदिशा खोज्नु आजको आवश्यकता भएको बताए ।
उनले भने, ‘‘विश्व समाजवादी क्रान्तिको मौलिक विचार र कार्यदिशा खोज्ने आजको आवश्यकता हो। हामी सबै समाजवादमा सहमत छौँ। विज्ञान प्रविधिको विकास, एआइले मानवीय जीवनमा पार्ने प्रभाव, विश्वका देशहरूको सम्बन्ध, जलवायु परिवर्तन जस्ता विषयको अध्ययन, अनुसन्धान र विश्लेषण जरूरी छ। यी विषयहरूसमेतका आधारमा नयाँ कार्यदिशामा जानुपर्छ। जस्ता कुराहरूलाई नयाँ कोणबाट हेर्नुपर्छ।’’न्युज कारखाना
काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन बारे आशंका व्यक्त गरेका छन् ।
सोमबार नरबहादुर कर्माचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालको अहिलेको राजनीति जटिल भएको बताउदै वर्तमान गठबन्धन लामो समय जानेमा आशंका व्यक्त अग्रेका हुन् ।
उनले भने, ‘परिस्थिति जटिल छ । छोटो समय भित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ । यो गठबन्धन पनि कति दिन टिक्छ भन्ने टुङ्गो छैन । त्यसको सबै जवाफ त हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले दिनुहुनेछ । मैले दिन सक्दिन । तर पनि अलिअलि भन्न सक्छु । परिस्थिति सहज छैन । हामी सहज मानिरहेका छैनौँ । सहज अवस्थामा आफूलाई अनुभूत गरिरहेका छैनौँ ।’
अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै आफूहरू कसैको गालीगलौज सहनका लागि नजन्मेको भन्दै कसैको दास नबन्ने बताए । उनले भने, ‘कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि हामी राजनीतिमा आएका होइनौँ, समाजमा जन्मिएका होइनौँ, राजनीतिमा लागेका होइनौँ । कसैको दास बन्ने हाम्रो नियत होइनौँ ।’
पछिलो समय सत्ता गठबन्धनमा यसअघि गरिएका सहमति कार्यान्वयन नगरिएको भन्दै नेपाल असन्तुष्ट रहेका छन् । उनले यस बीचमा वैकल्पिक गठबन्धन बनाउन कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलमा रहेको बताइएको छ । न्युज कारखाना
काठमाडौं, १० बैशाख ।
मन्त्री परिषद बैठक सुरू हुदैँछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बस्ने बैठकले मुख्यतयाः लगानी सम्मेलनका लागि आवाश्यक कानुन संसोधनका लागि केही अध्यादेश जारी गर्ने बारेमा छलफल गर्ने बुझिएको छ ।
आजको बैठकमा प्रधानमन्त्रीले बिभिन्न नियुक्तिहरूका बारेमा पनि छलफल गर्नेछन् ।न्युज कारखाना
नयाँ दिल्ली, १० बैशाख ।
भारतका धेरै भाग तातो हावाको लहरको चपेटामा पर्न थालेका छन् र धेरै क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसदेखि ४६ डिग्री सेल्सियस पुगिसकेको छ।
चर्को गर्मीको बीचमा एक टिभी एन्कर प्रत्यक्ष प्रसारणको क्रममा गर्मी हावाको लहरका कारण समाचार पढ्दै गर्दा बेहोस भएकी छिन् । समाचार पढदै गर्दा उनको रक्तचाप अचानक घट्यो। दूरदर्शनको कोलकाता शाखाको एङ्कर लोपामुद्रा सिन्हा गर्मीका समाचार पढ्दा बेहोस भइन । उनी बेहोसीमा नै समाचार पढीरहेको सुन्न सकिन्छ।
‘टेलिप्रम्प्टर धमिलो भयो र म बेहोस भएँ, म मेरो कुर्सीमा लडेँ,’ लोपामुद्रा सिन्हाले आफ्नो फेसबुक पेजमा साझा गरेको भिडियोमा भनेकी छिन् । लोपामुद्रा सिन्हाले भनिन्, ‘अत्यधिक गर्मी र रक्तचापमा अचानक गिरावट आएपछि म बेहोस भएँ ।’ उनका अनुसार कूलिङ सिस्टममा केही गडबडीका कारण स्टुडियो भित्र अत्यधिक गर्मी भएको उनको भनाइ छ ।
बिहानको समाचार प्रसारण हुनुअघि लोपामुद्रा सिन्हाले बंगालीमा आफू अस्वस्थ र तिर्खा लागेको बताइन्। उनले भनिन्, ‘म कहिल्यै पानीको बोतल साथमा बोक्दिनँ। पन्ध्र मिनेटको प्रसारण होस् वा आधा घन्टाको प्रसारण। २१ वर्षको करियरमा प्रसारण गर्दा पानी पिउनुपर्ने आवश्यकता महसुस नै गरिनँ तर यसपटक समाचार समाप्त हुनु भन्दा १५ मिनेट अघि मलाई अचानक तिर्खा लाग्यो र मेरो अनुहारको सट्टा टिभीमा कुनै दृश्यहरू बजिरहेको थिएन, त्यसैले मैले भुइँ प्रबन्धकलाई संकेत गरें र पानीको बोतल मागेँ।’
लोपामुद्रा सिन्हाले भने बाइट बिना सामान्य समाचार मात्रै बजिरहेकोले पानी पिउने मौका नपाएको बताइन् । ‘बुलेटिनको अन्त्यमा एक टेक आयो र मैले पानी पिउने मौकाको सदुपयोग गरें। पानी पिएपछि केही बेर बेहोस भएँ । मेरो स्वर अस्पष्ट हुन थाल्यो,’ उनले भनिन् ।
ओडिशा, झारखण्ड र पश्चिम बङ्गालका केही भागहरूलाई असर गरिरहेको तातो हावाको लहर यस महिनाको दोस्रो गर्मीको लहर हो। पहिलो गर्मीको लहरले तेलंगाना, आन्ध्र प्रदेश, तमिलनाडु र गुजरातका केही भागमा अत्याधिक थियो। शनिबार केही स्थानको अधिकतम तापक्रम सामान्यभन्दा सातदेखि आठ डिग्री बढी रेकर्ड गरिएको थियो । पश्चिम बंगालको मिदनापुर र बांकुरामा क्रमशः ४४.५ डिग्री सेल्सियस र ४४.६ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ।न्युज कारखाना
काठमाडौं, १० बैशाख ।
नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवको आयोजना गर्दैँछ ।
सो अबसरमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति एवं पूर्व पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान गर्ने भएको छ ।
शनिबार र आइतबार ललितपुरको गोदावरीमा बसेको पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सकिएको भोलीपल्ट एमालेले हिरक जयन्ती मनाउन लागेको हो ।
सो हिरक जयन्तीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाइ पनि बिशेष बक्ताको रूपमा आमन्त्रिण गरिएको छ । न्युज कारखाना
काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तत्कालिन प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आइतबार अख्तियारले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले पौडेलको २३ करोड ७५ लाख बराबरको सम्पतिको स्रोत नदेखिएको भन्दै मुद्धा दायर गरेको छ । पौडेललाई अख्तियारले गत माघ १० मा पक्राउ गरेर हिरासतमा राखेको छ ।
सुनिल पौडेलविरुद्ध अख्तियारले दायर गरेको यो दोस्रो मुद्दा हो । यस अघि गत असोजमा पेमेन्ट गेटवेको मुद्दामा उनलाई विशेष अदालतले शुक्रबार दोषी ठहर गरेको छ । विशेष अदालतले वैशाख २५ मा कसुर निर्धारण गर्न पेशी तोकेको छ ।
न्युज कारखाना
काठमाडौँ ।
निर्वाचन आयोगले लेखापरीक्षण नगरेका राजनीतिक दलहरुलाई स्पष्टीकरण माग गरेको छ ।
आयोगले दर्ता कायम रहेका राजनीतिक दलहरूमध्ये आर्थिक वर्ष २०७९ र ८० को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयवाधि भित्र पेश गर्ने ८२ राजनीतिक दलमध्ये लेखापरीक्षण प्रतिवेदन सार्वजनिक नगर्ने २० राजनीतिक दल र समय व्यतित भएपश्चात लेखापरिक्षण प्रतिवेदन पेश गर्ने १३ राजनीतिक दल मध्ये लेखापरीक्षण प्रतिवेदन सार्वजनिक नगर्ने एक राजनीतिक दल गरी २१ राजनीतिक दललाई सात दिन भित्र लेखापरीक्षण प्रतिवेदन सार्बजनिक गर्न निर्देशन दिएको जनाएको छ ।
लेखापरीक्षण प्रतिवेदन पेश नगर्ने दलहरुमा आम आदमी पार्टी, नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक, नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिक, गान्धीवादी पार्टी, नेपाल राष्ट्रवादी पार्टी, माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी परिवर्तन, सामाजिक एकता पार्टी, साझा पार्टी नेपाल, चुरे भावर लोकतान्त्रिक पार्टी, राष्ट्रिय एकता पार्टी, शिव सेना नेपाल पार्टी, राष्ट्रवादी एकता पार्टी, लगायत रहेका छन् ।न्युज कारखाना
काठमाडौं ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रन्जिता चौधरी र निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दामा आज सुनुवाइ हुन सकेन । यस मुद्दालाई आज ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ ।
मुद्दाको सुनुवाइका लागि पेशी न्यायाधीशद्वय आनन्दमोह भट्टराई र विनोद शर्माको संयु्क्त इजलासमा तोकिएको थियो ।
यस अघि वैशाख ४ गते हेर्ने नभ्याइने सूचीमा राखिएको सो मुद्दा वैशाख ७ गते अन्य आदेश जारी गरेको थियो । त्यसअघि चैत्र २५ गते सर्वोच्चले नाउपाको अध्यक्षमा चौधरीलाई मान्यता नदिनुको कारण पेश गर्न आदेश दिएको थियो ।
गत पुस २७ गते सम्पन्न नागरिक उन्मुक्ति पार्टीको पहिलो अधिवेशनले चौधरीलाई सर्वसहमत रुपमा अध्यक्षमा निर्वाचित गरेको थियो । अधिवेशनपछि उनले अध्यावधिका लागि निर्वाचन आयोगमा निवेदन दिएपनि निर्वाचन आयोगले फागुन २४ गते चौधरीलाई मान्यता नदिएर श्रेष्ठ नै अध्यक्ष भएको निर्णय गरेको थियो ।
आयोगको सो निर्णयक ओविरुद्ध रेशमले सर्वोच्चमा रिट दायर गरेका थिए ।न्युज कारखाना
काठमाडौँ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले कानुन विषयको प्राध्यापक पदको पुनः विज्ञापन गर्न माग गरेको छ ।
अनेरास्ववियु त्रिवि जिल्ला कमिटी अध्यक्ष सिद्धान्त भट्टले एक विज्ञप्ति जारी गर्दै आयोगले २०८० वैशाख १ गते कानुन विषयको प्राध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
विद्यमान कानुनलाई बेवास्ता गरेर निश्चित सह–प्राध्यापकहरूलाई मात्रै प्राध्यापक पदपूर्ति गर्न खोजिएको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको हो ।
कार्यकारी परिषद्बाट शिक्षक नियुक्तिको सिफारिस सम्बन्धी कार्यविधि, २०७५ लाई २०८० असोज २१ गते संशोधन गरिएको थियो । उक्त कार्यविधि कार्यान्वयनका लागि आयोगमा पठाइएको भए पनि आयोगले पुरानै प्रक्रियाबाट विज्ञापन आह्वान गरेको थियो । न्युज कारखाना
गोरखा ।
जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु हिमालमा हिम पहिरो गएपछि बुढीगण्डकी नदी किनार र आसपासका क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरेको छ ।
गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलद्वारा एक सूचनामा २४ घण्टासम्म नदीमा पानीको वहावको जोखिम कायम रहनसक्ने देखिएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरेका हुन् ।
चुमनुब्री गाउँपालिकाको वडा नम्बर १ को सामागाउँस्थित मनास्लु हिमालमा विहान ९ बजेको आसपासमा हिम पहिरो वीरेन्द्र तालमा झरेको थियो । त्यसपछि ताल फुटेपछि नदीमा पानीको वहाव बढेको थियो । न्युज कारखाना
काठमाडौं, २९ चैत ।
नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न शिक्षा मन्त्रीलाई आफूले सघाउने बताएका छन ।
शिक्षामन्त्री सुमना श्रेष्ठले प्रतिवेदन सार्वजनिक गरिदिएकोप्रति धन्यवाद ज्ञापन गर्दै उहाँले प्रतिवेदन कार्यान्वयन हुनेमा विश्वास पनि व्यक्त गर्नुभएको छ। पूर्व स्वास्थ्यमन्त्री थापाले प्रतिवेदनमा उल्लेख गरिएका कतिपय सुझाव कार्यान्वयनमा आएको र कतिपय सुझाव अझै पनि कार्यान्वयनमा आउन बाँकी नै रहेकाले तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन ।
सामाजिक सञ्जालहरूबाट प्रतिक्रिया दिँदै उहाँले दोषीलाई कुनै पनि बहानामा उम्किन नदिन पनि अनुरोध गरेका छन । महामन्त्री थापाले लेखेका छन, ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कार्यका लागि शिक्षा मन्त्रीज्यूलाई धन्यवाद ।’
आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नहुने अनि कार्यान्वयन त हुँदै नहुने प्रवृत्तिमा बिचमा प्रतिवेदन सार्वजनिक गर्नु नै आफैमा सकारात्मक रहेको उहाँको भनाइ छ।
महामन्त्री थापाले प्रतिवेदनले उजागर गरेका सम्बन्धन, भर्ना, सिट, शुल्क लगायतका कतिपय विषयमा चिकित्सा शिक्षा ऐन नै बनेर आयोगमार्फत कार्यान्वयनको चरणमा रहेको र त्यसलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।
‘प्रतिवेदनले आधार र कारण खुलाएरै जसजसलाई कारवाहीको सिफारिस गरेको छ, त्यो सिफारिस कार्यान्वयनको दिशामा अगाडि बढ्छ भन्ने विश्वास छ र यो सत्प्रयासमा हाम्रो साथ पनि रहने प्रतिबद्धता छ,’ पूर्व स्वास्थ्य मन्त्री थापाले भने ।न्युज कारखाना
काठमाडौं, २९ कार्तिक ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले विकासको कामलाई कुनै बहानामा अवरोध गर्नु नहुने बताएका छन ।
नेकपा एमाले ताप्लेजुङको पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रमलाई बिहीबार सम्बोधन सचिव भट्टराईले सभ्यता र संस्कृतिलाई जोगाउँदै विकासका काम अघि बढाउनु पर्ने बताएका हुन ।
नेकपा एमाले हिजोदेखि नै सभ्यता र संस्कृतिको संरक्षणको पक्षमा रहेको उहाँले सम्पदाको संरक्षण गर्दै विकासको काम अघि बढाउनु पर्ने बताए । उनले भने, ‘विकास निर्माणको काममा कसैले पनि अवरोध गर्नुहुँदैन ।’
कुनै पनि योजनामा समस्या छ भने बसेर छलफल गरी समस्या समाधान गर्नु पर्ने पनि उनको भनाइ छ । कुनै पनि हालतमा काम गर्न दिँदैनौँ भनेर विकास विरोधी कुरा कसैले गर्नु नहुने उनले स्पष्ट पारे ।
कार्यक्रममा बोल्दै भट्टराईले ताप्लेजुङ जिल्ला विकास निर्माणको हिसाबले निक्कै पछि परेकोले सो क्षेत्रमा धेरै काम गर्न जोड दिएका छन । जिल्लामा निर्माणाधीन धेरै सडकको काम बजेट अभावको कारण रोकिएका उनको भनाइ छ ।
अहिलेको सरकारमा नेकपा एमाले सहभागी भएकोले छिट्टै बजेट विनियोजन गरी विकासको काम अघि बढाउनु पर्ने भट्टराईले बताउनुभयो । जनप्रतिनिधिको हिसाबले आफू ती काममा निरन्तर लागिरहने उनको प्रतिबद्धता छ ।न्युज कारखाना
काठमाडौं, २९ चैत ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता समीकरणले देशलाई ओरालो लाग्नबाट रोक्ने बताएका छन ।
बिहीबार नेकपा एमाले ताप्लेजुङको पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सत्ता समीकरणमा नेकपा एमाले पनि भएकोले देशलाई ओरालो लाग्न नदिने बताएका हुन ।
एमालेको प्रधानमन्त्री र एमालेको एकल सरकार हुँदा जस्तो काम गर्न नसकिए पनि अहिलेको सरकाले देशलाई बरबादीमा जानबाट भने जोगाएको ओलीले दाबी गरे । ‘अब ओरालो लाग्ने क्रम रोकियो देशको, त्यो ओरालो लाग्ने क्रम रोकिएको छ, अब देश ओरालो लाग्दैन’, ओलीले भने ।
हिजो गठबन्धन सरकार हुँदा विकास निर्माणका काम ठप्प भएका बताउँदै ओलीले ती काम अब अगाडि बढ्ने आश्वासन दिनुभयो । सरकारले रोकिएका विकास निर्माणका काम फेरि अगाडि बढाउने ओलीले बताए ।
एमाले सरकारबाट हटेपछि विकास निर्माणका काम रोक्ने र राष्ट्रियतालाई कमजोर बनाउने काम भएको ओलीले बताए । ‘हामीलाई सरकारबाट हटाउने जुन तिकडम भयो, षडयन्त्र भयो, जालझेल भयो, त्यो सबै कुरा यो देशलाई अगाडि बढ्न नदिने उद्देश्यका साथ भएको थियो, यो देशको राष्ट्रियतालाई कमजोर पार्ने उद्देश्यका साथ भएको थियो’, ओलीले भने ।
ओलीले मिसन २०८४ बाट एमालेलाई राष्ट्रिय शक्ति बनाउनु पर्ने बताए । त्यसले राष्ट्रियतालाई बलियो बनाउने र विकास र समृद्धिको गति अघि बढ्ने उनको भनाइ छ । एमालेलाई सानदार बहुमतसहितको निर्णायक शक्तिको रूपमा अघि बढाउनु पर्नेमा उनको जोड रहेको छ ।
एमालेले राष्ट्रियतालाई बलियो बनाउने, मिचिएको भू–भागलाई देशको नक्सामा ल्याउने, कहिल्यै पनि नाकाबन्दी नलाग्ने अवस्था सिर्जना गर्ने, नेपाललाई सार्वभौमसत्ता सम्पन्न मुलुकको रूपमा स्थापित गर्ने काम गरेको उनले स्मरण गरे ।
राष्ट्रियता, विकास, सुशासनको गति रोक्न एमाले विरुद्ध षडयन्त्र भएको बताउँदै ओलीले त्यसलाई एमालेले असफल गराइदिएकोसमेत उनले बताए । उनले बैशाख १५ गते हुने इलाम–२ को प्रतिनिधि सभा र बझाङको प्रदेश सभा निर्वाचनमा एमालले जित्ने र जित्नु पर्ने बताए । अब एमालेले सबै ठाउँमा जित्दै जाने उनको दाबी रहेको छ ।
एमाले नेता कार्यकर्तालाई देशलाई शिरमा राखेर काम गर्न पनि ओलीको आग्रह रहेको छ । त्यसो गरियो भने मात्र मिसन २०८४ सफल हुने ओलीको भनाई छ ।न्युज कारखाना
काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिलाई छोराछोरी पाल्ने पेशा बनाइएको टिप्पणी गरेका छन् ।
बिहीवार काठमाडौंमा आयोजित ‘गंगादेवी थपलियाको जीवन यात्रा’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले भने, ‘राजनीति लेखपढले मात्र हुँदैन, राजनीति अहिले पछिल्लो दिनमा एक प्रकारले विकृत जस्तो भएको छ । राजनीतिलाई मान्छेहरुले, राजनीति भन्ने बित्तिकै ओढ्ने, ओछ्याउने व्यवसाय जस्तो, छोराछोरी पाल्ने पेशा जस्तो मानिराखेको बेलामा राजनीति भन्ने बित्तिकै मान्छे डराउन बेलामा गंगादेवी त्यस्तो नाम हो, जसले राजनीतिलाई पेशा नभइ सेवाको रुपमा अवलम्वन गर्नुभयो ।’
उनले राजनीति भन्ने बित्तिकै मानिसहरु डराउने अवस्था सिर्जना भएको बताएका छन् ।न्युज कारखाना
काठमाडौँ ।
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कार्यका लागि शिक्षामन्त्री सुमना श्रेष्ठलाई धन्यवाद दिएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै महामन्त्री थापाले आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नहुने अनि कार्यान्वयन त हुँदै नहुने प्रवृत्तिमा बिचमा प्रतिवेदन सार्वजनिक गर्नु नै आफैमा सकारात्मक भएको बताएका हुन् ।
उनले भनेका छन्- ‘आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नहुने अनि कार्यान्वयन त हुँदै नहुने प्रवृत्तिमा बिचमा प्रतिवेदन सार्वजनिक गर्नु नै आफैमा सकारात्मक छ। प्रतिवेदनले उजागर गरेका सम्बन्धन, भर्ना, सिट,शुल्क लगायतका कतिपय विषयमा चिकित्सा शिक्षा ऐन नै बनेर आयोगमार्फत कार्यान्वयनको चरणमा छन त्यसलाई थप प्रभावकारी बनाउनु पर्नेछ ।’
उनले प्रतिवेदनले आधार र कारण खुलाएरै जसजसलाई कारवाहीको सिफारिस गरेको छ त्यो सिफारिस कार्यान्वयनको दिशामा अगाडि बढ्छ भन्ने विश्वास व्यक्त गर्दै यो सत्प्रयासमा आफुहरुको साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शिक्षामन्त्री श्रेष्ठले २०७४ मा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको आयोगको प्रतिवेदन बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै सार्बजनिक गरेकी थिइन् । न्युज कारखाना
धनगढी ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने निश्चित भएको छ । केन्द्रमा सत्ता समीकरणमा रहेका दलहरुबीच भएको सहमति अनुसार नाउपाले सुदूरपश्चिम सरकारको नेतृत्व गर्ने भएको हो ।
नाउपाका तर्फबाट सरकारको नेतृत्व अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले गर्ने बताइएको छ ।
सुदूरपश्चिममा हाल नाउपाका ६ सांसद रहेका छन् । यस अघि ७ सांसद रहेकोमा अध्यक्ष रञ्जिताले आफ्नो निर्देशन नमानेको भन्दै इन्दिरा गिरीलाई फिर्ता बोलाएकी थिइन् र प्रदेश सभाले उनी पदमुक्त भएको सूचना समेत सार्बजनिक गरिसकेको छ । ६ सांसद मध्ये अध्यक्षको पक्षमा २ सांसद मात्र रहेका छन् ।
केन्द्रमा भएको सहमति अनुसार मुख्यमन्त्री बाहेक नाउपाले एक मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।
अध्यक्ष रञ्जिता र संरक्षक रेशम चौधरीबीचको विवादले नाउपामा अहिले अन्योलता रहेको छ । अध्यक्ष रञ्जिताले सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीलाई कारबाही गरेर कैलाश चौधरीलाई नेता बनाएकी थिइन् । यो विषय पनि विवादमा रहेको छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५१ सांसद रहेका छन् । बहुमतको लागि २६ मत चाहिनेमा हालको सत्ता समिकरणसँग माओवादीका ११, एमालेका १०, नाउपाका ६, एकीकृत समाजवादीका ४ गरि ३१ सांसद रहेका छन् । त्यस्तै प्रदेशमा कांग्रेसका १८ राप्रपा १ र एक जना स्वतन्त्र सांसद रहेका छन् । न्युज कारखाना
पोखरा ।
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालय फुटाएर १२ पुर्याउने तयारी गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अहिले गण्डकीमा सात मन्त्रालय रहेकोमा दलहरुबीच भागबण्डा पुर्याउन १२ मन्त्रालय बनाउने तयारी गरिएको हो ।
सरकारका प्रवक्ता हरिबहादुर चुमानका अनुसार मंगलबार बसेको मन्त्रपरिषद्को बैठकले मन्त्रालय थप्ने निर्णय गरेको र सो निर्णय संघमा सिफारिस गरिएको छ ।
मुख्यमन्त्री अधिकारी माओवादी केन्द्र र स्वतन्त्र सांसदको समर्थनमा चैत २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले सरकार दाबि गर्दा सभामुखलाई समेत समावेश गरेपछि उनको नियुक्ति विवादमा रहेको छ । यो विषय अहिले सर्वोच्चमा छ र सर्वोच्चले दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश समेत दिएको छ । साथै सर्वोच्चले यो विषयको पूर्ण सुनुवाई बैशाख १० गते गर्ने बताएको छ ।न्युज कारखाना
विराटनगर ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा पूर्वलाई प्राथमिकतामा राखिने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले देशको आर्थिक समृद्धि र समाजवादको आधार तयार गर्नेगरी बजेट ल्याउने बताए ।
सरकारले जनताका पक्षमा महत्त्वपूर्ण पहल लिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले आगामी नीति तथा कार्यक्रम एवं बजेट उत्पादनमुखी एवं रोजगारी सिर्जना गर्नेगरी ल्याइने स्पष्ट पारे ।
सरकारले गरेका सकारात्मक कार्यबाट जनतामा आशा जागेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सुशासन र सामाजिक न्यायका सन्दर्भमा सरकारले गरेका सकारात्मक काम जनतासमक्ष पुर्याउनुपर्नेमा जोड दिए ।
आगामी दिनमा माओवादी आन्दोलनका सहभागीहरू एकताबद्ध हुने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले भने, “माओवादी आन्दोलनका सहभागीहरू सबै एकताबद्ध हुनुपर्छ । समाजवादी मोर्चामा सहभागी साथीहरू चाँडै एकताबद्ध हुनुपर्छ भन्नेमा हुनुहुन्छ । बाँकी साथीहरू पनि एकताको विकल्प छैन भन्नेमा पुग्नु भएको छ । हामी सबै एक ठाउँमा हुन्छौँ, हुनेछौँ ।”
माओवादी आन्दोलनबाट प्राप्त उपलब्धीलाई रक्षा गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले सङ्घीयता, समावेशिता एवं धर्मनिरपेक्षताजस्ता उपलब्धीलाई उल्ट्याउने प्रयास भइरहेकाले त्यसतर्फ सचेत हुन आग्रह गरे । उनले सङ्घीय निजामति ऐन पारित गर्ने चरणमा रहेको र सङ्घीय प्रहरी ऐन बनेको एवं प्रदेश प्रहरी ऐन कार्यान्वयनको चरणमा रहेको जानकारी दिए । न्युज कारखाना
काठमाडौं
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जनताको त्याग, बलिदानी र संघर्षबाट प्राप्त लोकतन्त्रमाथि पछिल्लो समय अराजक तत्त्वहरूले धावा बोल्न खोजिरहेको आरोप लगाएका छन्। आज काठमाडौंको महाराजगन्जमा जनसम्पर्क समितिहरूसँग उपनिर्वाचनको तयारीका बारेमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै नेता महरले लोकतन्त्रले आफ्नो लय समात्न नसकोस् भन्ने चाहना भएका राजनीतिक दलहरूले लोकतन्त्रका पद्धति र सैद्धान्तिक पक्षमाथि धावा बोल्ने काम गरिरहेको आरोप लगाए।
‘२००७ सालपछिको ठूलो संघर्षले कांग्रेसले लोकतन्त्र ल्याएर मुलुकलाई अहिलेको स्थानमा पुर्याएको हो। आफ्नो लय समात्न नपाउने गरी लोकतन्त्रका पद्धति र सैद्धान्तिक आभारमाथि धावा बोल्ने काम भइरहेको छ। अब लोकतन्त्र प्रेमी जनता र कांग्रेसका लागि यो स्वीकार्य हुँदैन,’ उनले भने।
जनताले आफैँले स्थापित गरेको लोकतान्त्रिक प्रणालीको संस्थागत विकास गर्नका लागि अब जनता स्वयम् लड्ने बेला आएको महरले बताए। त्यसका लागि आसन्न उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराएर लोकतन्त्र विरोधीहरूलाई परास्त गर्नुपर्ने महरको धारणा छ।
‘जनताले लोकतन्त्रका बैरीहरूलाई चिनिसक्नु भएको छ। त्यसैले लोकतन्त्रको सुदृद्धिकरणमा चुनौती खडा गर्नेहरू आफैँ परास्त भएर जाने छन्,’ उनले भने, ‘जनताले आफैँले लडेर स्थापना गरेको लोकतन्त्रलाई बलियो पार्न उपनिर्वाचनमा जनता कांग्रेसको पक्षमा उभिनु पर्ने बेला आइसकेको छ। जनताको साथ लोकतन्त्र र कांग्रेसलाई रहने छ भन्नेमा हामी विश्वस्त छौं। लोकतन्त्रभित्र नै पहिचान ,समावेशिता र समानुपातिक सहभागिता छ। लोकतन्त्र भनेको नै पहिचान हो। संघीय समावेशी लोकतन्त्रिक गणतन्त्र सहितको संबिधान निर्माणको नेतृत्व कर्ता कांग्रेस हो। त्यसैले लोकतन्त्रको जितका लागि कांग्रेसको जित आवश्यक छ।’
उनले नेकपाको सरकार हुँदा भएका अलोकतान्त्रिक कदम स्मरण गर्ने बेला आएको छ। ‘उनीहरूका काण्ड र महाकाण्डको स्मरण गरेर उनीहरूले कति लोकतन्त्रलाई कुचल्छन्? कसरी संविधानको उलंघन गर्छन्? भनेर हिजो देखिसकेका छौं। अब हामीले त्यो गल्ती दोहोर्याउनु हुँदैन,’ महरले भने।
नयाँ आएका राजनीतिक दलको पनि परिस्थिति र चरित्र हेर्दा उनीहरू लोकतन्त्रप्रति प्रतिबद्ध नदेखिएको महरको आरोप छ। कुनै क्लियर उद्देश्य र मार्ग नभएका कारण लोकतान्त्रिक व्यवस्था खत्तम हुँदा उनीहरू त्यसमा रमाउने खालका देखिएको महरले बताए।
‘गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति बनाउनु पर्ने सदनमा कांग्रेसको माग छ। मुलुकको ठूलो दल र प्रमुख प्रतिपक्षीदलको आवाजलाई दबाउने काम भइरहेको छ। संसदीय छानबिन समिति बनाएर जाने हाम्रो सामान्य मागलाई सरकारले व्यवस्था गरिरहेको छ। सरकार यसमा संवेदनशील हुनुपर्छ। एमाले र रास्वपाका धेरै मान्छे सहकारी ठगी प्रकरणमा मुछिने डरले सरकारले छानबिन समिति गठन गर्न आनाकानी गर्नु पनि लोकतन्त्रमाथिको धावा नै हो,’ महरले भने।
गृहमन्त्रीमाथि मात्र नभएर २०४६ साल यताका सबै उच्च पदस्थ व्यक्तिहरूमाथि छानबिन हुनुपर्छ भन्ने पक्षमा कांग्रेस रहेको प्रस्ट पार्दै महरले सरकारमै रहेका भ्रष्टहरूले शुशासनको खिल्लि उडाएर ,खुट्टा कमाइरहेको आरोप लगाएका छन्। लोकतान्त्रिक प्रणालीमा कम्युनिस्टहरूको ओठे प्रतिबद्धता भए पनि अन्ततः संसारमा कुनै पनि वामपन्थी लोकतान्त्रिक हुन सकेको महरको दाबी छ। उग्रवामपन्थी र उग्रदक्षिणपन्थी प्रवृत्तिका कारण समग्र लोकतान्त्रिक पद्धतिमा चुनौती थपिएको उनले बताए।न्युज कारखाना
ओखलढुंगा
नेकपा एमाले ओखलढुंगाका पूर्वजिल्ला अध्यक्ष शंकर कटवालले पार्टी छोडेका छन् । जिल्ला अधिवेशनको क्रममा नेतृत्वको पक्षधरता र गुटबन्दी देखिएको भन्दै उनले एमाले छोडेको घोषणा गरेका हुन् ।
पार्टीबाट राजीनामा दिदै उनले भनेका छन्- ‘दसौं जिल्ला अधिबेशनमा जे जस्ता रबैया र गतिबिधिहरु देखियो । जुन खालकाअरोप-प्रत्यारोपको होड वाजी चल्यो । नेतृत्वको जुन खालको कार्यशैली र पक्षधरता देखियो । मैले मेरो ३४ बर्षको राजनैतिक जिवनमा यस्तो विधि र पद्धति बिहिनता अनुभुती गरेको थिइन। अराजनीतिक कार्यशैलीले न पार्टी बन्छ, न राजनैतिककर्मिको भविस्य बन्छ ,न ओखलढुंगेली जनताको न्याय गर्न सकिन्छ, न त राजनैतिक न्याय स्थापित गर्न सकिन्छ । यहि कुरालाई महसुस गरि मैले ओखलढुंगा जिल्ला पार्टी इन्चार्ज क.खगेन्द्र राई मार्फत मिति २०८०/१२/२७ गते बेलुका ६ बजे नै पार्टी परित्याग गरेको राजिनामा पढाइ सकेको छु । आजवाट म नेकपा एमालेको पार्टी सदस्य समेत नरहेको सबैमा जानकारी गराउन चाहान्छु ।’
बुधबार सकिएको एमाले ओखलढुंगाको अधिवेशनले ज्ञानबहादुर (जिबी) खड्कालाई अध्यक्षमा चुनेको थियो । उनले हर्कबोल राईलाई १३ मतले पराजित गरेका थिए ।न्युज कारखाना
विराटनगर ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा देखिएको गत्यावरोध अन्त्य गर्नका लागि राजनीतिक तहमा संवाद सुरु भएको र चाँडै समाधान हुने बताएका छन् ।
विराटनगरमा आज स्थानीय पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै प्रधानन्त्री प्रचण्डले पछिल्लो गतिरोधको समाधान राजनीतिक संवादबाटै समाधान हुने र त्यसका लागि राजनीतिक तहमा संवाद थालिएको बताए ।
प्रधानमन्त्री प्रचण्डले सहकारीसँग सम्बन्धित समग्र विषयको अलगै र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछाने विषय अलगै अध्ययन गरेर समस्याको समाधान गर्न सकिने विश्वास व्यक्त गरे ।
“अहिले रवि लामिछानेलाई नै केन्द्रमा राखेर समितिको माग गरिएको छ, त्यो मिल्ने कुरो छैन”, प्रधानमन्त्री प्रचण्डले भने, “मैले सदनमा जवाफ दिँदा अनुसन्धानकर्तादेखि सम्बन्धित निकायका प्रमुख र सम्बन्धित जिल्लाका अधिकारीसँग के हो यो ‘केस’ भनेर सोधेको थिए । उहाँहरूले यस ‘केस’ मा रविजीलाई अनुसन्धान गर्ने ठाउँ छैन भन्नुभयो, सोही आधारमा मैले बोलेको हुँ ।”
प्रतिपक्ष दलले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्नेभन्दा पनि गठबन्धन फेरिएपछि राजनीतिक मुद्दा बनाइएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “पहिले हामीसँगै कांग्रेस सरकारमा थियो, त्यतिखेर यो मुद्दा सामान्य थियो, सरकारबाट निस्केपछि रविजीलाई केन्द्रमा राखेर समितिको माग गरिएको छ, यो राजनीतिक पूर्वाग्रहमा आधारित छ ।” उनले पछिल्लो राजनीतिक समीकरण भत्काउन गरिएको प्रयास सफल नहुने स्पष्ट पारे ।न्युज कारखाना
काठमाडौं, २९ चैत ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज ओलाङचुङ्गोला जाँदैछन ।
समुद्री सतहबाट ५२०० मिटर उचाइमा रहेको ओलाङचुङ्गोलामा ओली जान लागेका हुन् ।
‘आज म ताप्लेजुङस्थित ओलाङ्चुङ्गोला जाँदै छु । ओलाङ्चुङ्गोला समुद्री सतहबाट ५२०० मिटर उचाइमा छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
ओलाङ्चुङ्गोला नजिकैको गोला गाउँको तस्विर राख्दै उनले सो जानकारी दिएका हुन, सो बस्ती जो ३२०० मिटर उचाइमा रहेको छ ।
‘यो शेर्पा बस्तीभन्दा माथि मानव बसोवास छैन । यहाँ धुपीसल्ला, लालीगुराँस, चिमल, भोजपत्र, सुनपातीजस्ता वनस्पति र चित्तल, घोरल, कस्तुरी, हिम चितुवा लगायत जीवहरु छन् । त्यहाँबाट फर्केपछि म तपाईंहरुलाई आफ्नो अनुभूति पनि वताउने छु ।’न्युज कारखाना
काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरका सव-इन्जिनियर उषा किरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई डेढ लाख घुससहित पक्राउ गरेको छ ।
अख्तियारले रोकाया र कुँवरले घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउन लिएको डेढ लाख घुससहित पोखरा-५ बाट बुधबार राति पक्राउ गरेको जनाएको छ ।
अख्तियारले दुवैलाई नियन्त्रणमा लिएर अहिले अनुसन्धान भइरहेको जनाएको छ ।न्युज कारखाना
काठमाडौँ ।
मुस्लिम आयोगले इद (इदुल फित्र) पर्वले राष्ट्रिय एकता, अखण्डता, आपसी मित्रता, सामाजिक र सांस्कृतिक तथा धार्मिक सहिष्णुता थप सुदृढ बनाउने विश्वास लिएको छ ।
आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले इद पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै यस पर्वले राष्ट्र निर्माण तथा विकासको गति तीव्ररुपमा अघि बढोस् र समृद्ध नेपाल सुखी नेपालीको परिकम्पना साकार होस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।
“पवित्र रमजान महिनामा एक महिनासम्म दिनभरिको भोक तिर्खा बिर्सेर, रिस–राग र स्वार्थ त्यागेर सबै ज्ञानेन्द्रीयलाई कुकर्मबाट टाढा राखी कठोर अभ्यास पूरा गरी भोलिपल्ट इदको खुशियाली साटासाट गर्दै मनाउने यस पावन अससरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीमा इदको शुभकामना व्यक्त गर्दछौँ”, शुभकामना सन्देशमा भनिएको छ ।
इद संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड हो । इस्लाम धर्मावलम्बीको १४४५ हिजारीको रमजान महिनाको ३० दिने सौम (व्रत, उपसना) पूरा भएको भोलिपल्ट खुशियाली साटासाट गर्दै मुस्लिम समुदायले मनाउने चाड भएको आयोगले उल्लेख गरेको छ ।
न्युज कारखाना
काठमाडौँ ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले मुस्लिम समुदायको धार्मिक पर्व इद–उल फित्र (इद) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम धर्मावलम्बीको सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा भाइचारा र पारिवारिक मिलनको रुपमा मनाइने इद पर्वले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई सुदृढ गर्न मद्दत पुगेको उल्लेख छ ।
“विभिन्न जातजातिले आ–आफ्ना चाडपर्वमा सबै जाति र समुदायको उपस्थितिमा मनाएर धार्मिक–सांस्कृतिक एकतामा अभूतपूर्व नमूना पेस गरेका छन्”, सभामुख घिमिरेको शुभकामना सन्देशमा उल्लेख छ, “यसले एक अर्काको सद्भावलाई बढाएको छ, इतिहासदेखि कै नेपाली एकता र विश्वास आगामी दिनमा अझै उचाइमा पुग्ने विश्वास लिएको छु ।”
देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधतायुक्त मुलुक भएको र नेपालको संविधानले प्रत्येक व्यक्तिलाई आफ्नो धर्मको अवलम्बन र अभ्यास गर्ने अधिकारको व्यवस्था गरेको शुभकामना सन्देशमा भनिएको छ । “कुनै पनि नागरिकलाई उसको धर्म वा आस्थाका आधारमा विभेद नगर्ने र राज्यका सबै नीतिमा समानता कायम गर्ने संविधानको लक्ष्य छ”, सभामुख घिमिरेको शुभकामना सन्देशमा भनिएको छ ।
नेपाली मुस्लिम समुदायले राजनीतिक आन्दोलन र मुलुक निर्माणमा ठूलो योगदान गर्दै आएको र त्यसकै प्रतिफलस्वरुप मुस्लिम समुदायलाई अगाडि बढाउन संवैधानिक आयोगको व्यवस्था गरिएको सभामुख घिमिरेले स्मरण गराएका छन् । न्युज कारखाना
काठमाडौँ ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ईद-उल-फित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको बताएका छन् ।
इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व “ईद-उल-फित्र” का अवसरमा सुख, शान्ति एवं समृद्धिको शुभकामना (इद मुवारक) प्रकट गर्दै उनले यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका हुन् ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण देश हो । यहाँ विभिन्न जातजातिका आ-आफ्नै विशिष्ट परम्परा, धर्म, संस्कृति, रितिरिवाज र चाडपर्व छन् । सभापति देउवाले यही विविधता बीचको एकता नेपालीको विशिष्ट पहिचान भएको उल्लेख गरेका छन् ।
यी प्रत्येक पर्वहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको बताउँदै उनले त्यस मध्ये ईद-उल-फित्र पर्व पनि एक महत्वपूर्ण पर्व भएको उल्लेख गरेका छन् ।
सभापति देउवाले ‘ईद-उल-फित्र’ ले सम्पूर्ण जातजाति तथा धर्मावलम्वीहरुमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वासका साथ इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाईहरुमा शुभकामना व्यक्त गरेका छन् ।न्युज कारखाना
काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद–उल–फित्र) को अवसरमा नेपालीबीच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले आज शुभकामना सन्देश जारी गर्नुहुँदै इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद–उल–फित्र) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । उनले आपसी सद्भावको चाडको रुपमा मनाइने इदले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने तथा राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानका साथ प्रेरणा मिल्ने विश्वाससमेत लिएका छन् ।
“बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका निम्ति इदलगायतका पर्व कुनै समुदाय विशेषका मात्र नभएर राष्ट्रिय पर्वका रुपमा स्थापित भएका छन्”, प्रधानमन्त्री दाहालको शुभकामना सन्देशमा उल्लेख छ, “हरेक चाडपर्वको आफ्नो ऐतिहासिक र विशिष्ट महत्व हुने गर्दछ, मानव जातिले जीवन वृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्व विकसित र स्थापित हुँदै आएका छन् ।”
नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सवलीकृत तुल्याउन इद पर्वको महत्वपूर्ण भूमिका रहँदै आएको र मान्यजनबाट आशीर्वाद लिने तथा आफ्नो आम्दानीको केही अंश दान गर्नुपर्ने धार्मिक मान्यताले नेपाली समाजलाई सहयोगी तथा मानवीय बन्न उत्प्रेरित गरेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।न्युज कारखाना
विराटनगर ।
कोशीमा प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङ्गले एक चौथाइ बढी सांसदले माग गरे अनुसार वैशाख ६ गते १ बजेका लागि विशेष अधिवेशन आव्हान गरेका हुन् ।
यसअघि प्रदेश सरकारले २०८१ जेठ ११ गते प्रदेशसभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका गरेको थियो । तर प्रदेश प्रमुखले भने नेकपा एमाले र माओवादीका सांसदहरुले संसदको विशेष अधिवेशन बोलाउन गरेको माग अनुसार विशेष अधिवेसन आव्हान गरेका छन् ।न्युज कारखाना
काठमाडौँ ।
कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बुधबार प्रदेश प्रमुख तिलक परियारले कँडेललाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।
एमाले नेता कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मंगलबार नियुक्त भएका हुन् ।
न्युज कारखाना
काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको सदाशिव प्रावि, कास्कीकोटका तत्कालिन प्रधानाध्यापक र लेखापरीक्षकविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ ।
अख्तियारले तत्कालिन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदी र लेखापरीक्षक कृष्ण प्रसाद गौतमले विद्यालयको हरहिसाबमा ३ लाख ७७ हजार २७७ अनियमितता गरेको आरोप लगाएको छ ।
साथै विद्यालयको खर्च पारदर्शी नगरेको, सहि लेखा परिक्षण नगरेर विद्यालयलाई ३ लाख ७७ हजार नोक्सानी पुर्याएको ठहर गर्दै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
न्युज कारखाना
काठमाडौं।
राष्ट्रियसभाको उपाध्यक्षमा एमालेबाट उम्मेदवार बनेकी विमला घिमिरे विजयी बनेकी छन् ।
बुधबार राष्ट्रियसभामा भएको मतदानमा उनले ३९ मत पाएर विजयी भएकी हुन । उनलाई उपाध्याक्ष बनाउने प्रस्तावको पक्षमा ३९ मत परेको थियो भने विपक्षमा १६ मत परेको थियो । यस प्रस्तावको मतदान प्रक्रियामा ५५ सांसदले भाग लिएका थिए ।
यस अघि कांग्रेसबाट उम्मेदवार बनेकी विष्णुदेवी पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।
मतदानमा पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्तावको पक्षमा १६ मत परेको थियो भने विपक्षमा ३९ मत परेको थियो । यस प्रस्तावको मतदान प्रक्रियामा ५५ सांसदले भाग लिएका थिए ।न्युज कारखाना
काठमाडौं।
राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवार बनेकी कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।
बुधबार राष्ट्रियसभामा भएको मतदानमा पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्तावको पक्षमा १६ मत परेको थियो भने विपक्षमा ३९ मत परेको थियो । यस प्रस्तावको मतदान प्रक्रियामा ५५ सांसदले भाग लिएका थिए ।न्युज कारखाना
काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
अख्तियारले मेयर थापाले ५ करोड ३३ लाख भन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको जनाएको छ ।
अख्तियारले २०७४ देखि २०७९ सम्म मेयर थापाको कुल १३ करोड २० लाखको सम्पत्ति देखिएको, जसमा ७ करोड ८६ लाख बराबरको सम्पत्तिको मात्र स्रोत भेटिएको भन्दै उनको ५ करोड ३३ लाख बराबरको सम्पत्ति गरिकानुनी रहेको ठहर गर्दै मुद्धा दायर गरिएको जानकारी दिएको छ ।न्युज कारखाना
काठमाडौँ ।
सरकारले इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै ‘इद-उल-फित्र’ विहिबार मनाउने भएपछि सो दिन सार्बजनिक बिदा दिएको छ ।
गृहमन्त्रालयले बुधवार एक सूचना जारी गर्दै विहिबार सार्बजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो ।
नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो ।
यो पर्वको ७०औँ दिनमा बकरिद अर्थात ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने पनि गर्दछन् ।न्युज कारखाना
काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरुले प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् ।
बुधबारको बैठकमा सभामुखले शुन्य समय शुरु गर्नासाथ कांग्रेस र राप्रपाका सांसदले उठेर विरोध गरेका थिए ।
यसअघि सभामुखले दलीय आधारमा सांसदहरुलाई बोल्ने समय दिएका थिए । दलीय आधारमा सांसदहरुलाई बोल्न भने अवरोध गरिएको थिएन ।
लगातारको अवरोधपछि सभामुखले संसदको बैठक बैशाख २ गते ११ बजेसम्मका लागि स्थगित गरेका छन् । न्युज कारखाना
काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्र पाण्डेले सहकारीमा ठगि भएको विषयमा छानबिन गरेर पिडितलाई न्याय दिन माग गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पाण्डेले प्रमुख प्रतिपक्षी दलले उठाएको मागलाई सरकारले सम्बोधन गर्नुपर्ने माग गर्दै सहकारी पिडितलाई न्याय दिनुपर्ने बताए ।
उनले २०४७ सालदेखि सार्बजनिक पदमा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्ने विषय अहिले उठिरहेको उल्लेख गर्दै एकीकृत समाजवादी यो प्रस्तावको समर्थन गर्ने र यसलाई अगाडी बढाउनुपर्ने बताए । न्युज कारखाना
काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले राप्रपाको आन्दोलनमाथि दमन गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले मंगलबारको राप्रपाको आन्दोलनमा गृहमन्त्रालयको आदेशमा आफूमाथि पनि कुटपिट र कपडा च्यातिदिएको भन्दै १८ जना कार्यकर्ता घाइते बनाएको बताए । उनले आफ्नो पार्टीका नेता बुद्धिमान तामाङ समेत अहिले घाइते अवस्थामा नै संसदमा आएको बताए । उनले सरकारले दमन गरेपनि आफुहरुको आन्दोलन शान्तिपूर्ण हुने समेत जनाकारी दिए ।
उनले सहकारीमा लाखौ पिडित भएको भन्दै छानबिन समिति बनाउनुपर्ने माग गरेका छन् । न्युज कारखाना
काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई ‘शान्ति सैनिकहरूको देश’ का रूपमा विश्वसामु परिचित गराउन नेपाली सेनाले महत्त्वपूर्ण योगदान गरेको बताएका छन् ।
स्नातक अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विशिष्ट साङ्गठनिक क्षमताका आधारमा नेपाली शान्ति सैनिकहरूले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरूमा शान्तिदूतका रूपमा खटिएर विश्वशान्ति स्थापनार्थ महत्त्वपूर्ण योगदान गरेको बताए ।
“देशभित्र विपद् व्यवस्थापन, पर्यावरण संरक्षण, विकास निर्माणका कार्यहरू एवं सङ्कटको समयमा राष्ट्रिय स्वार्थ र राष्ट्रिय हितहरूको संरक्षण गर्ने कार्यमा नेपाली सेनाले पुर्याउँदै आएको योगदान महत्त्वपूर्ण छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सैनिकहरूले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरूमा शान्तिदूतका रूपमा खटिएर विश्वशान्ति स्थापनार्थ पुर्याएको योगदानले नेपाललाई ‘शान्ति सैनिकहरूको देश’ को रूपमा विश्वसामु परिचित गराएको छ ।”
सन् २०२२ नोभेम्बर ३० बाट शान्ति सैनिक खटाउने राष्ट्रहरूको सूचीमा नेपालले पहिलो स्थान हासिल गर्न सफल हुनुलाई आफूले शान्ति स्थापना कार्यमा थप महत्त्वपूर्ण कोशेढुङ्गाको रूपमा लिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले उक्त कार्य ऐतिहासिक सफलता भएको उल्लेख गरे ।
आफ्नो जिम्मेवारीलाई उत्कृष्ट र व्यावसायिक ढङ्गबाट पूरा गर्न सफल बहुआयामिक, सबल तथा सक्षम सङ्गठनको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत स्थापित नेपाली सेनाको योगदानलाई सदैव स्मरण गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले सङ्गठनको अधिकृतको रूपमा आयुक्त भई राष्ट्र र राष्ट्रवासीको सेवामा तल्लीन रहन नवआयुक्त अधिकृतहरूलाई सदासर्वदा ऊर्जा र हौसला प्राप्त भइरहोस् भन्ने कामना व्यक्त गरे ।
बहुध्रुवमा विभक्त अन्तर्राष्ट्रिय परिवेशको प्रत्यक्ष वा परोक्ष असर राष्ट्रिय सुरक्षामा समेत परिरहेको परिस्थितिमा उल्लेख गर्दै उनले नेपाली सेनाले राष्ट्रिय हित तथा स्वार्थहरूको संरक्षण र संवर्द्धन गर्न समयसापेक्ष सुरक्षा नीतिका आधारमा अर्थपूर्ण परिणाम हासिल गर्न सक्ने विश्वास व्यक्त गरे ।
“सुरक्षा र विकास एकअर्काका परिपूरक हुन्,” प्रधानमन्त्री प्रचण्डले भने, “समुन्नतिको राष्ट्रिय अभिलाषा पूरा गर्न प्रभावकारी सुरक्षा व्यवस्था कायम गर्न अपरिहार्य हुन्छ, जुन कार्यभार नेपाली सेनाले पूरा गर्दै आएको छ ।”
नेपालका सामु बहुआयामिक द्वन्द्वहरू, जलवायु परिवर्तनका असरहरू तथा विभिन्न महामारीहरूजस्ता जटिल सुरक्षा चुनौती र विपद्का जोखिमहरू रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्र र नागरिकको सुरक्षामा सम्भावित चुनौतीको पूर्वानुमान गर्न सक्ने तथा राष्ट्रिय चुनौतीको सही आंकलन गरी सम्भावित खतराबाट देशलाई सुरक्षित राख्ने नेतृत्व अपरिहार्य रहेको बताए ।
उनले वर्तमानमा शिक्षार्थीको सङ्ख्या बढ्दै गए पनि तालिम इलाका सीमित रहेकाले पनौतीमा यसको उपकेन्द्र निर्माण गर्ने सङ्गठनको प्रस्तावप्रति समर्थन गर्दै सरकारको तर्फबाट आवश्यक सहयोग हुने जानकारी गराए ।न्युज कारखाना
काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरुले उठेर संसदमा अवरोध गरेका थिए ।
सभामुखको अनुमतिले कांग्रेसका सांसद रामहरी खतिवडाले रवि लामिछाने गृहमन्त्री बनेदेखि सहकारी ठगिको छानबिन अवरुद्ध भएको दाबि गरेका थिए । सांसद खतिवडाले प्रधानमन्त्रीले पनि सहकारी ठगको बचाउ गरेको आरोप लगाउदै संसदीय छानिबन आवश्यक रहेको बताए ।
सांसद खतिवडाले आफूहरुका माग सरकारले नसुनेको बताउदै सहकारीको एक अर्ब भन्दा बढी गोरखा मिडियामा लगानी भएको र सो मिडियाको प्रबन्ध निर्देशक रवि लामिछाने रहेकोले छानबिनको माग आफुहरुले गरेको बताए ।
उनले आफुहरुले कसैप्रति पूर्वाग्रह नराखेको बताउदै गल्ति छैन भने भने छानबिनको लागि किन तयार नभएको भन्दै प्रश्न गरेका थिए ।न्युज कारखाना
काठमाडौँ ।
प्रतिनिधिसभाको आजको बैठकको गृहमन्त्री रवि लामिछानेले पेश गर्ने राजनीतिक दल सम्बन्धि विधेयकलाई कार्यसूचीबाट हटाइएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिती गठनको माग राखिरहेको बेला गृहमन्त्री रोष्टममा गएर विधेयक पेश गर्ने कार्यसूची आजको बैठकबाट हटाइएको छ ।
कांग्रेसले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न नदिने अडान लिदै आएको छ ।न्युज कारखाना
काठमाडौँ ।
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदरको माग गर्दै परेको रिटको सुनुवाई आज हुदै छ ।
गण्डकी कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी तोकिएको छ ।
अधिकारी सोमबार मात्र मुख्यमन्त्री बनेका हुन । उनले मुख्यमन्त्री बन्नका लागि सभामुखसहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएको विषय विवादित बनेको छ । यस अघि कोशी प्रदेशमा सरकार गठनमा सभामुखको मत गणना गर्न नपाइने सर्वोच्चको नजिर विपरित गण्डकीमा सरकार गठन भएपछि कांग्रेस अदालत गएको हो ।
सभामुख समेत रहेका कृष्ण धितालसमेतलाई गणना गरेर नयाँ सरकारको दाबी गरेका नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरेका थिए ।न्युज कारखाना
काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वित्तीय प्रणालीको स्वस्थ र सवल नियमनलाई उच्च प्राथमिकतामा राख्ने र निजी क्षेत्रलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेका बताए ।
सम्पूर्ण निजी क्षेत्रका सङ्घसंस्था र प्रतिनिधिहरूलाई उच्च मनोबलका साथ अगाडि बढ्न अपील गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “यहाँहरूले देखाउनुभएको चासो र मागलाई सम्बोधन गर्न सरकार र निजी क्षेत्रको बलियो एकता आवश्यक छ ।”
लगानी र रोजगारी सिर्जना गर्न एवं उत्पादन र रोजगारी बढाउन निजी क्षेत्रले अग्रणी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राज्यका तिनै तहका सरकारहरूले नीति तथा योजना निर्माणमा निजी क्षेत्रसँग समन्वय गर्दै आएको बताए ।
सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने, सन् २०२६ मा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र द्रूत साथै सन्तुलित विकास र समृद्धि हासिल गर्ने दिशातर्फ नेपाल केन्द्रित भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले निर्धारित लक्ष्य हासिल गर्नका लागि सरकार र निजी क्षेत्र दुवैबाट हुने लगानी विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए ।
आगामी वैशाखमा हुने लगानी सम्मेलनलाई अधिकतम प्रभावकारी र परिणाममुखी बनाउन सरकार ठोस गृहकार्य र तयारीसहित अगाडि बढेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले भने, “देशमा लगानीको वातावरण निर्माण गरी लगानी भित्राउन हाम्रा नीति, कानुन, सोच, संरचना र कार्यशैलीमा काफी चुनौती र सीमाहरू छन् । त्यसलाई सम्बोधन गर्न सरकारले आवश्यक परे अध्यादेश नै ल्याएर भए पनि लगानी भित्राउन प्रतिकूल देखिएका ऐनहरू संशोधन गरी लगानीका लागि सरलीकृत नीति र प्रक्रियाका तयारी गरिएको छ ।”
सरकारले गरेको तयारीबाट लगानीका नयाँ–नयाँ क्षेत्रहरूको पहिचान र छनोट एवं प्रतिबद्धताबमोजिम लगानी भित्राउन महत्त्वपूर्ण योगदान पुग्ने सरकारको विश्वास रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।
सरकारको निरन्तर प्रयासका कारण अर्थतन्त्रका आन्तरिक र बाह्य सूचकहरू सकारात्मक बन्दै गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले वित्तीय नीति र मौद्रिक नीतिबीच तादाम्य कायम एवं निजी क्षेत्रसँग बलियो सहकार्य अर्थतन्त्रका आधारभूत सूचकाङ्कहरू सकारात्मक हुँदै जानु सुखद् कुरा भएको बताए । उनले राष्ट्रिय आकाङ्क्षा र आवश्यकताअनुरूप अर्थतन्त्रले अपेक्षित प्रगति हासिल गर्न बाँकी रहेको बताए । प्रधानमन्त्री प्रचण्डले भने, “अर्थतन्त्र सुधारको प्रक्रियालाई तीव्रता दिनका लागि थप दृढताका साथ अगाडि बढ्न सरकार प्रतिबद्ध छ ।”
परम्परागत ढाँचाको नीति तथा कार्यक्रम र बजेटले देशको समृद्धि र रूपान्तरण सम्भव छैन भन्ने यथार्थ आत्मसात गरी यस वर्ष सरकारले अध्यादेश नै ल्याएर बजेटसम्बन्धी नीति, ढाँचा र कार्यतालिका परिमार्जन गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यसपटक नीति तथा कार्यक्रममाथि जनप्रतिनिधिहरू, उद्योगी–व्यवसायीहरू, बुद्धिजीवीहरू र आम जनसमुदायका बीचमा गहन छलफल र अन्तरक्रिया हुने जानकारी दिए । “सरकारले असीमित आकाङ्क्षा र सीमित साधनस्रोतका बीच पनि वैज्ञानिक नीति–कार्यक्रम र बजेट तर्जुमा गर्नेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “यसलाई मैले आर्थिक क्षेत्रमा नयाँ क्रमभङ्गको एउटा महत्त्वपूर्ण आधारविन्दु मानेको छु ।”
परम्परागत सोंच र कार्यक्रमबाट आम जनतामा आत्मविश्वास जगाउन र विद्यमान चुनौतीहरूलाई अवसरमा बदल्न सम्भव नभएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी नीति तथा कार्यक्रम र बजेटले उत्पादन र रोजगारी एवं कृषिजन्य उद्योगमा जोड लगाउनुपर्नेमा जोड दिए । “आन्तरिक उत्पादन र रोजगारी बढ्न नसकेमा अन्य क्षेत्रका उपलब्धि दिगो रहन सक्दैन भन्ने कुरा यसअघि अन्य मुलुकको उदाहरणबाट देख्थ्यौँ, अहिले हामी आफैले भोगिरहेका छौँ । यसपटक यो समस्यालाई सम्बोधन गरिनेछ,” प्रधानमन्त्री प्रचण्डले भने ।
खर्च हुन नसक्ने ठाउँमा थुप्रिएर रहेको आयोजना र बजेटलाई अर्थतन्त्रलाई सवलीकरण गर्ने र पुँजीगत खर्च बढाउने आयोजनातर्फ स्थानान्तरित गर्नेबारेसमेत सरकारले गृहकार्य गरिरहेको जानकारी दिए । न्युज कारखाना
काठमाडौं, २८ चैत ।
नाइजेरियाले निलम्बित मन्त्रीबाट ३० अर्ब नाइरा (२४ मिलियन) बरामद गरेको छ ।
मानवीय मामिला र गरिबी निवारण मन्त्री बेट्टा एडु विरुद्ध चलिरहेको भ्रष्टाचार अनुसन्धानको भागको रूपमा ३० अर्ब नाइरा (२४ मिलियन अमेरिकन डलर) बरामद गरेको छ हो ।
नाइजेरियाको वित्तीय निगरानी संस्थाका अनुसार उक्त रकम ५० भन्दा बढी बैंक खातामा फेला परेका थिए ।
मानवीय मामिला र गरिबी निवारण मन्त्री बेट्टा एडुलाई गत जनवरीमा सार्वजनिक पैसाको ६ लाख ४० हजार अमेरिकन डलर व्यक्तिगत बैंक खातामा फेला परे पछि निलम्बन गरिएको थियो। राष्ट्रपति बोला टिनुबुले त्यसपछि उनको मन्त्रालय र उनीमाथी छानबिन गर्न आदेश दिएका थिए ।
त्यसबेला ३७ वर्षीय डा एडुले कुनै गल्ती गरेको अस्वीकार गर्दै आएका थिए तर उनको कार्यालयले उनको नाममा नभएको व्यक्तिगत खातामा स्थानान्तरणलाई अनुमोदन गरेको खुलेको थियो ।
आर्थिक र वित्तीय अपराध आयोगले करिब ६ हप्ताको अनुसन्धान पछि धेरै प्रमाणहरू फेला पारेको थियो ।
‘अहिले हामीले ५० भन्दा बढी बैंक खाताहरू छानबिन गरिरहेका छौं, जसमा हामीले उनको पैसा फेला पारेका छौं, यो कुनै बच्चाको खेल होइन, यो ठूलो कुरा हो,’ बित्तिय आयोगका अध्यक्ष ओला ओलुकोयेडेले एजेन्सीसँग भने ।न्युज कारखाना
काठमाडौं, २८ चैत ।
प्रतिनिधिसभा बैठक बस्दैँछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।
आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले जवाफ दिने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका माननीय सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस गर्नेछन् ।
संघीय संसद् सचिवालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८०’ पेस गर्नेछन् । अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा राखिएको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
मंगलबार प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अबरोध गरे पछि उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेले प्रस्तुत गर्ने भनिएको राजनीतिक दल सबन्धी बिधेयक आजको कार्यसुचीमा हटाइएको छ । न्युज कारखाना
काठमाडौं, २८ चैत ।
उप निर्वाचनका लागि आजवाट निर्वाचन आचारसंहिता लागू हुने भएको छ ।
इलाम–२ र बझाङ– १ (क) मा हुन गइरहेको निर्वाचनका लागि आजबाट निर्वाचन आचारसंहिता लागु हुन लागेको हो ।
निर्वाचन आयोगका अनुसार निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नका आयोगले आचारसंहिता लागू गर्न लागेको हो ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचार संहिता, २०७९ को दफा एकको उपदफा दुईले दिएको अधिकार प्रयोग गरी इलाम र बझाङ जिल्लाभरमा लागू हुने गरी बुधबारदेखि निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचार संहिता, २०७९ को व्यवस्था लागू गर्ने निर्णय भएको आयोगका सहसचिव एवम प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।
निर्वाचन आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र निकायका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी स्थानीय कार्यपालिका र कार्यपालिकाका सदस्यको हकमा लागू हुनेछ ।
साथै, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीमा पनि आचारसंहित लागु हुने जनाएको आयोगले राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ताको हकमा पनि लागू हुने जनाएको छ ।
आयोगका अनुसार पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, तथा त्यसका पदाधिकारी तथा कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, त्यसका शिक्षक तथा कर्मचारी, मतदाता, विकास साझेदार संस्था, सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा त्यस संस्थाका कर्मचारीको हकमा पनि निर्वाचन आचारसंहिता लागू हुनेछ ।
निजी क्षेत्रका बैङ्क तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, त्यसका पदाधिकारी, कर्मचारी तथा कामदार, वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदारको हकमा पनि लागू हुने आयोगले जनाएको छ ।
न्युज कारखाना
काठमाडौं, २८ चैत ।
राष्ट्रियसभा बैठक बस्दैँछ ।
संङघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान १ः१५ बजे बोलाइएको छ ।
संसद सचिवालयका अनुसार राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले राष्ट्रियसभावाट पारित भइ सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘खाद्द स्वच्छता तथा गुणस्तर बिधेयक २०७७’ का सबन्धमा प्रतिनिधिसभावाट प्राप्त सन्देशको जानकारी सभा समक्ष गराउने छन् ।
माननीय दुर्गा गुरूङले ‘माननीय सदस्य बिष्णुदेवी पुडासैनीलाइ राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछिन् ।
साथै, माननीय भगवती न्यौपानेले ‘माननीय सदस्य बिमला घिमिरेलाइ राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछिन् ।
साथै, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उपाध्यक्षका दुवै उम्मेदवारका प्रस्तावलाइ निर्णायार्थ प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।न्युज कारखाना
सुर्खेत ।
कर्णालीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले कँडेललाई मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
यस अघि आजै नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका २३ सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख तिलक परियारसमक्ष दाबी पेस गरिएको थियो ।
कँडेलको पक्षमा एमालेका ९, माओवादीका १३ र नेकपा एसका १ जना सांसदले समर्थन जनाएका छन् । मुख्यमन्त्री राजकुमार शर्माले गत बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा चैत २७ गतेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज साँझ ५: ५० बजेभित्र समय दिएका थिए ।न्युज कारखाना
काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद कुस्मासमेत ८ जना उपर भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरको छ ।
अख्तियारले सिचाई आयोजना निर्माणका क्रममा १३ लाख ७४ हजार ९९१ अनियमितता गरेको भन्दै विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो ।
अख्तियारले नभएको काम भएको भनेर सो रकम बढी भुक्तानी दिइएको दाबि गरेको छ ।
आरोप पत्र दायर गरिएकाहरुमा पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद कुस्मा, सव इन्जिनियर माधव कुमार भट्ट, वडा अध्यक्ष पटक बहादुर बम, वडा सचिव जानकी कुमारी शाही, उपभोक्ता समितिका अध्यक्ष मनराज शाही, सचिव लोकेन्द्र बम र कोशाध्यक्ष मोतिपुरा रोकाया रहेका छन् ।न्युज कारखाना
काठमाडौँ ।
काठमाडौँको चन्द्रागिरी नगरपालिका सतुङगलस्थित सशस्त्र प्रहरी बलको गोदाम घरमा सोमबार भएको आगलागीको घटना छानबिन गर्न गृहमन्त्रालयले अर्को समिति बनाएको छ ।
यस अघि सशस्त्रले प्रहरी अतिरिक्त महानिरीक्षक वंशिराज दाहालको नेतृत्वमा नेतृत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
गृहले सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।
प्रारम्भिक अनुसन्धानअनुसार विद्युत् चुहावट भएर नै आगलागी भएको आँकलन गरिएको सशस्त्रले जानकारी दिएको छ । न्युज कारखाना
सुर्खेत ।
कर्णालीमा एमाले संसदीय दलका नेता यमलाल कँडेललाई मुख्यमन्त्री बनाउन दाबी पेस गरिएको छ ।
नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका २३ सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख तिलक परियारसमक्ष दाबी पेस गरिएको हो ।
कँडेलको पक्षमा एमालेका ९, माओवादीका १३ र नेकपा एसका १ जना सांसदले समर्थन जनाएका छन् ।
मुख्यमन्त्री राजकुमार शर्माले गत बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा चैत २७ गतेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज साँझ ५: ५० बजेभित्र समय दिएका थिए ।न्युज कारखाना
काठमाडौँ ।
गण्डकी प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नवनियुक्त मुख्यमन्त्रीको नियुक्त बदरको माग राख्दै मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
सर्वोच्चले सो रिटको बुधबारका लागि पेसी तोकको छ ।
अधिकारी सोमबार मात्र मुख्यमन्त्री बनेका हुन । उनले मुख्यमन्त्री बन्नका लागि सभामुखसहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएको विषय विवादित बनेको छ । यस अघि कोशी प्रदेशमा सरकार गठनमा सभामुखको मत गणना गर्न नपाइने सर्वोच्चको नजिर विपरित गण्डकीमा सरकार गठन भएपछि कांग्रेस अदालत गएको हो ।
सभामुख समेत रहेका कृष्ण धितालसमेतलाई गणना गरेर नयाँ सरकारको दाबी गरेका नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरेका थिए ।न्युज कारखाना
काठमाडौँ
निर्वाचन आयोगले बैशाख १५ गते उपनिर्वाचन हुने क्षेत्रमा तीन दिन विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।
उपनिर्वाचन हुन् इलम-२ र बझाङको १(१) मा बैशाख १३ देखि १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको हो ।
आयोगले उपनिर्वाचन हुने क्षेत्रका मतदान स्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरुको उपयोग गर्नु पर्ने भएकोले बिदा दिन सिफारिस गरेको जनाएको छ ।
साथै आयोगले उपनिर्वाचन हुने क्षेत्रमा बैशाख २ गते देखि नै मत गणना सम्पन्न नभएसम्म मदिराजन्य पदार्थको बिक्रीवितरण रोक्न समेत सरकारलाई आग्रह गरेको छ । न्युज कारखाना
काठमाडौँ
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सार्बजनिक अपिल गर्दै रास्वपाको माग अनुसार २०४७ यता सार्बजनिक पद धारण गर्ने सबैकोसम्पत्ति उपर छानबिन गर्न उच्चस्तरीय समिति बनाउन आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल मार्फत महामन्त्री शर्माले रास्वपाले अघि सारे अनुसार २०४७ यता सार्बजनिक पद धारण गर्ने सबैकोसम्पत्ति उपर छानबिन गर्न उच्चस्तरीय समिति बनाउन तथा सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्न समेत आग्रह गरेका छन् ।
उनले भने- सम्माननिय @PM_nepal_ लाई सार्वजनिक अपील ! १) विगतदेखि हामी सबैले माग गर्दैआएको ०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर `उच्चस्तरीय छानबिन समिति´को माग रास्वपाले अहिले जो अघि सारेको छ, यो उपयुक्त छ । गठन गरौं । २) सहकारी ठगिबारे `संसदीय छानबिन समिति´ गठन गरौं ! न्युज कारखाना
काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेल, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनालसमेत ८ जनाविरुद्ध आरोप पत्र दायर गरेको छ ।
अख्तियारले जिल्ला स्याङ्गजा, गल्याङ्ग नगरपालिकामा रहेको पकवादी कृषि सहकारी संस्थाले भवन निर्माण गर्न भनी कृषि निर्देशनालय, गण्डकी प्रदेश पोखराबाट अनुदान प्राप्त गरी भवन निर्माणको लागि विनियोजित बजेट हिनामिना गरेको, एउटा जग्गाधनी प्रमाणपुर्जा देखाएर पछि अर्को ठाउँमा भवन बनाएको, मापदण्ड मिचेर २८ लाख ३७ हजार २१७ अनियमितता गरेको आरोप लगाउदै विशेष अदालतमा मुद्धा दायर गरेको हो ।
आरोप पत्र दायर गरिएकामा कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेल, कृषि इन्जिनियर विश्वनाथ पौडेल, कृषि अर्थविज्ञ भानुभक्त भट्टराई, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनाल, उपाध्यक्ष हेमा न्यौपने, सचिव परसुराम खनाल र कोषाध्यक्ष उमा श्रेष्ठ तथा स्याङ्जाको गल्याङ-३ बस्ने श्रीप्रसाद श्रेष्ठ रहेका छन् ।
न्युज कारखाना
काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०४७ देखि यताका सबै प्रकरणको उच्चस्तरीय छानबिन गर्न माग गरेको छ ।
प्रतिनिधिसभाको बैठक पछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै रास्वपाका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले २०४७ सालदेखि छानबिन गर्न रास्वपाले उच्चस्तरीय छानबिन समितिको माग गरेको बताए ।
उनले एउटा व्यक्तिलाई खुइल्याउने हैन सबै प्रकरणको छानबिन हुनुपर्ने आफुहरुको माग रहेको उनले बताए ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता बारे संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गरेपछि बैठक स्थगित भएको छ । अब संसदको अर्को बैठक बुधवार बिहान ११ बजे बस्ने तालिका छन् ।
न्युज कारखाना
काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारहरूलाई आग्रह गरेका छन् ।
सिंहदरबारमा आज आयोजित नेपालस्थित कूटनीतिक नियोग एवं विकास साझेदारहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न विकास साझेदारहरू र नेपालमा रहेका सबै देशका कूटनीतिक नियोगहरूको महत्त्वपूर्ण भूमिका रहने बताए ।
“लगानी सम्मेलनमा सक्रिय रूपमा संलग्न हुन र अधिकतम क्षमता बढाउन विकास साझेदारहरू, द्विपक्षीय र बहुपक्षीय विकास साझेदार संस्थाहरू र नेपालमा रहेका कूटनीतिक नियोगहरूबाट सहयोगको अपेक्षा गर्दछौँ,” प्रधानमन्त्री प्रचण्डले भने ।
सङ्घीय सरकारका मन्त्रालयहरूसँगै प्रादेशिक र स्थानीय सरकारका परियोजनाहरूलाई समान प्राथमिकतामा राखिएको जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले सरकार लगानीमैत्री वातावरण बनाउन कानून परिमार्जन, प्रक्रियागत सुधार गर्न र परियोजना अवधिभर लगानीकर्ताहरूलाई अवरोध हुन नदिने वातावरण सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।
“सम्मेलनले घरेलु निजी क्षेत्र र अन्तर्राष्ट्रिय प्रतिनिधिहरू बीचको अन्तरक्रिया र सञ्जाललाई उत्पादन मूल्य श्रृङ्खलामा लगानी बढाउन, नेपाली उत्पादन एवं सेवाहरूलाई विश्व बजारमा जोड्ने मञ्च प्रदान गर्नेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “लगानी सम्मेलनको यस मञ्चले लगानीकर्ताहरू, विकास साझेदारहरू, वित्तीय संस्थाहरू लगायत सरोकारवालाहरूलाई एकजुट हुन, अवसरहरू खोज्न, दीर्घकालीन साझेदारीलाई बढावा दिन सहज तुल्याउनेछ ।” उनले विद्यमान र सम्भावित लगानीकर्ताहरूलाई आवश्यक पर्ने कुनै पनि सहयोग उपलब्ध गराउन नेपाल सरकार तयार रहेको बताए ।
सरकारले विभिन्न क्षेत्रमा विदेशी तथा स्वदेशी निजी लगानी आकर्षित गर्न सम्मेलन आयोजना गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले लगानी सम्मेलनको सफलता सम्भावित लगानीकर्ताहरूले देखाएको चासो, कानुनी र नीतिगत सुधारहरूमार्फत अनुकूल व्यापार वातावरणको सृजना गरिएको बताए । न्युज कारखाना
काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले अब आफुहरुको आन्दोलन गृहमन्त्रीको राजीनामा मागमा केन्द्रित हुने बताएका छन् ।
अध्यक्ष लिङदेनले राप्रपाका वरिष्ठ नेता बुद्धिमान तामाङलाई प्रहरीले आक्रमण गरेर घाइते भएको बताउदै अब आफुहरुले गृहमन्त्रीको राजीनामा माग्ने बताएका हुन् ।
उनले आफुहरुले शान्तिपूर्ण प्रदर्शन गर्न खोज्दा पनि प्रहरीले दमन गरेको बताएका छन् ।
भृकुटीमण्डपबाट शुरु भएको राप्रपाको जुलुस भद्रकाली हुदै सिंहदरबारतर्फ आउन लागेपछि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेर प्रदर्शनकारीलाई तितरबितर पारेको थियो ।
प्रहरीले अहिले सिंहदरबार नजिक पुगिसकेका राप्रपाका प्रदर्शनकारीलाई भद्रकालीतर्फ फिर्ता गरेको थियो ।
प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्तिसुरक्षा कायम राख्नका लागि काठमाडौँ उपत्यकामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । न्युज कारखाना
काठमाडौं ।
प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । १५ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँसेर आजका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ ।
अब अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने छ ।
यस अघि आज शुरु भएको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गरेका थिए ।
बैठक शुरु हुनासाथ कांग्रेसले सहकारी ठगि प्रकरणमा संलग्न देखिएका रवि लामिछानेमाथि कारवाही नभएको भन्दै संसदीय छानबिन समिति गठन गर्ने आफ्नो माग दोहोराउदै आफ्नो माग पुरा नभएसम्म संसद अगाडी बढाउन नदिने बताएको थियो ।न्युज कारखाना
काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता तथा सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री लामिछानेलाई आफुहरुमाथि लाठी चार्ज गरेको आरोप लगाएका छन् । सांसद शाहीले अहिले भद्रकाली अगाडी सिंहदरबार सडकमा बसेर नाराबाजी गरिरहेका छन् ।
उनले आफुहरुमाथि लाठीचार्ज गर्नु भन्दा भ्रष्ट्राचार गर्ने नेताहरुलाई पक्राउ गर्न आग्रह गरेका छन् । उनले सांसद कोइरी संसदमै रहेको, निर्मलाका दोषी पक्राउ नपरेको, शालिकराम पुडासैनीले न्याय पाउनुपर्ने बताए ।
यस अघि भृकुटीमण्डपबाट शुरु भएको राप्रपाको जुलुस भद्रकाली हुदै सिंहदरबारतर्फ आउन लागेपछि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेर प्रदर्शनकारीलाई तितरबितर पारेको थियो ।
प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्तिसुरक्षा कायम राख्नका लागि काठमाडौँ उपत्यकामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । न्युज कारखाना
काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएपछि काठमाडौँको भ्र्द्रकाली क्षेत्र तनावग्रस्त बनेको छ ।
भृकुटीमण्डपबाट शुरु भएको राप्रपाको जुलुस भद्रकाली हुदै सिंहदरबारतर्फ आउन लागेपछि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेर प्रदर्शनकारीलाई तितरबितर परेको छ ।
प्रहरीले अहिले सिंहदरबार नजिक पुगिसकेका राप्रपाका प्रदर्शनकारीलाई भद्रकालीतर्फ फिर्ता गरेको छ ।
प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्तिसुरक्षा कायम राख्नका लागि काठमाडौँ उपत्यकामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । न्युज कारखाना
काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ ।
भृकुटीमण्डपबाट शुरु भएको राप्रपाको जुलुस भद्रकाली हुदै सिंहदरबारतर्फ आउन लागेपछि प्रहरीले अवरोध गरेको हो । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा प्रयोग गरेर प्रदर्शनकारीलाई रोकेको छ ।
प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्तिसुरक्षा कायम राख्नका लागि काठमाडौँ उपत्यकामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । न्युज कारखाना
काठमाडौँ ।
प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
बैठक शुरु हुनासाथ कांग्रेसले सहकारी ठगि प्रकरणमा संलग्न देखिएका रवि लामिछानेमाथि कारवाही नभएको भन्दै संसदीय छानबिन समिति गठन गर्ने आफ्नो माग दोहोराएको थियो ।
कांग्रेस सांसद सुशिला थिङले सहकारीको रकम अवैध रुपमा गोर्खा मिडियामा ल्याइएको विषयमा अध्यक्ष र प्रबन्ध निर्देशक कारवाहीको दायरामा आउनुपर्ने माग गरेकी थिइन् ।
सभामुखले रास्वपाका सांसद मनिष झालाई बोल्न समय दिएपछि कांग्रेसका सांसदले उठेर विरोध गर्दै अवरोध गरेका थिए । लगातारको अवरोधपछि सभामुखले बैठक स्थगित गरेका छन् । न्युज कारखाना
काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरुले उठेर संसदमा अवरोध गरेका थिए ।
सभामुखको अनुमतिले कांग्रेसकी सांसद सुशिला थिङले सहकारी ठगि प्रकरणमा संलग्न देखिएका रवि लामिछानेमाथि कारवाही किन हुदैन भन्दै प्रश्न गरेकी छन् । उनले लामिछानेको ठाउमा अरु भएको भए के हुन्थ्यो भन्दै प्रश्न समेत गरेकी छन् ।
सहकारीको रकम अवैध रुपमा गोर्खा मिडियामा ल्याइएको विषयमा अध्यक्ष र प्रबन्ध निर्देशक कारवाहीको दायरामा आउनुपर्ने माग गरिन ।
सांसद थिङले सहकारी प्रकरण बारे कांग्रेस संसदीय दलको बैठकले गरेका निर्णय समेत संसदमा सुनाइएकी थिइन् । सभामुखले रास्वपाका सांसद मनिष झालाई बोल्न समय दिएपछि कांग्रेसका सांसदले उठेर विरोध गर्दै अवरोध गरेका छन् । न्युज कारखाना
काठमाडौं ।
संसदको अवरोध खुलाउन प्रधानमन्त्री निवास बालुवाटारमा छलफल बिना निष्कर्ष सकिएको छ । सभामुखको पहलमा भएको छलफलमा कांग्रेसले आफ्नो अडान नछोडेको बताइएको छ ।
छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपा सभापति रवि लामिछाने तथा काँग्रेसका महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी रहेका थिए ।
नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगिमा संलग्न रहेको विषयमा संसदीय छानबिनको माग राखेर आज संसद बैठक अवरुद्ध गर्ने अडान जारी राखेपछि कुनै निष्कर्ष निस्किन नसकेको बताइएको छ ।
अर्को तर्फ कांग्रेसको अडानका बीच सरकारका तर्फबाट गृहमन्त्री लामिछानेले संसदमा आज विधेयक पेश गर्ने तयारी गरेपछि संसदमा आज झडप हुने समेत अनुमान गरिएको छ ।
यहि छलफलका कारण ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अहिलेसम्म शुरु हुन सकेको छैन । कांग्रेसले आजै संसदीय दलको बैठक बसेर सहकारी प्रकरणमा आफ्नो अडान कायम राख्ने र यस प्रकरणबाट पछि नहट्ने निर्णय गरेको थियो । न्युज कारखाना
काठमाडौं।
राष्ट्रियसभा उपाध्यक्षमा नेपाली काँग्रेसकी विष्णुदेवी पुडासैनीले मनोनयन दर्ता गरेकी छन् ।
आजै बसेको काँग्रेस संसदीय दल कार्यसमितिले राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उमेदवार बनाउने निर्णय गरेको थियो ।
सत्ता गठबन्धनबाट एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गरेकी छन् ।
५९ सदस्यीय राष्ट्रिय सभामा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, नेकपा एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३, मनोनित २, लोसपा र जनमोर्चाका एक एक सांसद छन् । राष्ट्रिय सभा उपाध्यक्ष जित्नका लागि ३० मत आवश्यक पर्छ ।न्युज कारखाना
काठमाडौं ।
नेपाली कांग्रेस सहकारी प्रकरणको मुद्धा उठाउने विषयमा पछि नहट्ने भएको छ । मंगलबार बसेको संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले सहकारी मुद्दाबाट पछि नहट्ने स्पष्ट गरेका हुन् ।
सभपति देउवाले धेरै जनता सहकारीबाट ठगिएको बताउदै यस मुद्धालाई यतिकै छोड्न नहुने बताएका हुन् । उनको भनाईलाई उदृत गर्दै एक नेताले भने- लाखौँ जनता ठगिएका छन् । यो मुद्दालाई यतिकै छोड्नु हुँदैन । कानुन पनि छ र उपलब्ध प्रमाणहरु गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न पर्याप्त छन् ।’
आजै बसेको कांग्रेस संसदीय दलको बैठकले सहकारी प्रकरणको मुद्धालाई झन् सशक्त रुपमा उठाउने निर्णय गरेको छ ।
न्युज कारखाना
काठमाडौँ ।
नेपाली कांग्रेसले सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय छानविन समिति गठन नगरे संसद बैठक चल्न नदिने निर्णय गरेको छ ।
साथै कांग्रेसले आफ्ना मागबारे सरकार गम्भीर नभए त्यसबाट उत्पन्न हुने परिणामप्रति सरकार नै जिम्मेवार हुने जनाएको छ । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएका छन् ।
मंगलबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
‘तत्काल सहकारी ठगीका बारेमा संसदीय छानविन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ’, बैठकपछि लेखकले भने, ‘कांग्रेस संसद अवरोध गर्न चाहदैन, तर नेपालीकांग्रेसको माग प्रति सरकार गैरजिम्मेवार भयो भने संसद अवरुद्ध भयो भने सरकारले लिनुपर्छ ।’न्युज कारखाना
काठमाडौं ।
संसदको अवरोध खुलाउन प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी रहेको छ । छलफलमा प्रधानमन्त्री
पुष्पकमल दाहाल प्रचण्ड, सस्भामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेसका महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी रहेका छन् ।
नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगिमा संलग्न रहेको विषयमा संसदीय छानबिनको माग राखेर आज संसद बैठक अवरुद्ध गर्ने अडान जारी राखेपछि छलफल हुन लागेको बताइएको छ ।
अर्को तर्फ कांग्रेसको अडानका बीच सरकारका तर्फबाट गृहमन्त्री लामिछानेले संसदमा आज विधेयक पेश गर्ने तयारी गरेपछि संसदमा आज झडप हुने समेत अनुमान गरिएको छ ।
यस अघि सोमबार सभामुख देवराज घिमिरेले बोलाएको छलफलमा सत्तापक्ष र विपक्षका आआफ्नै अडान दोहोराएपछि बैठक बिना निष्कर्षमा सकिएको थियो । न्युज कारखाना
काठमाडौं ।
राष्ट्रियसभा उपाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदैछ । प्रतिनिधिसभा भवनको ल्होत्से हलमा साढे ११ बजेका लागि राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन दर्ताको समय तोकिएको छ ।
नयाँ सत्ता समीकरणबनेसँगै राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएपछि माओवादीबाटै प्रतिनिधित्व गरेकी उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी थिइन् ।
आज मनोनयन दर्तापछि भोलि पौने १ बजे बस्ने राष्ट्रियसभाको बैठकमा मत विभाजनसहित लिखित हस्ताक्षरबाट उपाध्यक्षको निर्वाचन हुनेछ ।
राष्ट्रियसभाको उपाध्यक्षका लागि प्रतिपक्षी दल नेपाली कांग्रेसले विष्णुदेवी पुडासैनीलाई उमेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै सत्ता गठबन्धनबाट भने राष्ट्रिय सभा उपाध्यक्ष एमालेले लिने भएको छ । एमालेले विमला घिमिरेलाई उम्मेदवार बनाउन सक्ने बताइएको छ ।न्युज कारखाना
बझाङ, २७ चैत ।
बझाङमा हुन गइरहेको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले नेकपा एमालेका उम्मेदवारलाइ सघाउने भएकाे छ ।
त्यसका लागि बझाङमा नेकपा माओवादीको बैठक बसिरहेको र केही समयमा यसबारे निर्णय हुने माओवादीका प्रदेश अध्यक्ष हरि चौधरीले जानकारी दिए ।
उनका अनुसार आगामी उपचुनावका लागि माओवादीले बझाङमा जनक बुढाले दिएको उम्मेदवार फिर्ता गराइ एमाले उम्मेदवार दमनबहादुर भण्डारीलाई सघाउने औपचारिक निर्णय लिदैँछ । उम्मेदवारी फिर्ता लिनका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बझाङ पार्टीलाइ निर्देशन दिएका थिए ।
आगामी १५ वैशाखमा बझाङको प्रदेशसभा– १ मा उपचुनाव हुँदैछ । यसअघि इलाम–२ मा हुने उपचुनावमा पनि माओवादीले एमालेलाई सघाउने निर्णय लिएको थियो ।
न्युज कारखाना
काठमाडौं, २७ चैत ।
नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार चयन गरेको छ ।
आज बसेको संसदीय दल कार्यसमितिले राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उमेदवार बनाउने निर्णय गरेको हो ।न्युज कारखाना
सुर्खेत, २७ कार्तिक ।
कर्णाली प्रदेशमा आज नयाँ सरकारका लागि दरखास्त दिइदैँछ ।
कर्णाली प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दिएको म्याद आज सकिने भए पछि नयाँ सरकार गठन प्रक्रिया सुरू हुन लागेको हो ।
नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले गत चैत २१ गते राजीनामा दिएपछि कर्णालीमा मुख्यमन्त्री पद रिक्त अवस्थामा पुगेको छ ।
प्रदेश प्रमुख तिलक परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा चैत २७ गतेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज साँझ ५ः५० बजेभित्र समय दिएका छन् ।
प्रदेश प्रमुख परियारले दिएको समयसिमा अनुसार नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेललाई मुख्यमन्त्री दावी गर्दैछन् । ४० सदस्यीय कर्णाली प्रदेश सभामा नयाँ सरकार गठनका लागि २१ जना प्रदेश सभा सदस्यको समर्थन आवाश्यक पर्दछ ।
जसका लागि नेकपा माओवादी केन्द्रको १३, एमालेका १० र एकीकृत समाजवादीको १ सहित २४ सिटको स्पस्ट बहुमत रहेको छ ।
न्युज कारखाना
मोजाम्बिक, २७ चैत ।
पूर्वी अफ्रिकी देश मोजाम्बिकमा आइतबार राति समुन्द्रमा एउटा डुङ्गा डुबेको छ ।
सो दुर्घटनामा परी अहिलेसम्म १०० जनाको मृत्यु भएको पुष्टी भएको डिडब्लुले जनाएकाे छ ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार यसरी मृत्यु हुनेमा धेरै जना बालबालिका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
समाचार अनुसार माछा मार्ने डुङ्गामा १३० जना सवार थिए, जुन क्षमताभन्दा बढी थियो। ५ जनालाई बचाउन सकियो भने धेरै बेपत्ता भएका छन् । उनीहरुको खोजी कार्य जारी रहेको छ ।
स्थानीय सञ्चार माध्यम रेडियो मोजाम्बिकका अनुसार नामपुला प्रान्तको मोजाम्बिक टापु नजिकैको समुन्द्रमा डुङ्गा डुबेको हो । नाम्पुला सचिव जेमे नेटोले भने कि डुङ्गा मोसुरिल छोडेर मोजाम्बिक टापुमा गइरहेको थियो। यसमा सवार सबै मानिस हैजाको रोगबाट बच्न बसाई सरिरहेका थिए ।
घटनासँग सम्बन्धित भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्, जसमा मानिसहरूलाई उद्धार गरिरहेको र समुद्रको किनारमा धेरै शवहरू देख्न सकिन्छ।
जनवरी २०२३ देखि अफ्रिकाका धेरै देशहरूमा हैजा रोग फैलिएको छ। मोजाम्बिकको नामपुला प्रान्त सबैभन्दा बढी प्रभावित प्रान्तहरू मध्ये एक हो। हैजा फैलनुको मुख्य कारण दूषित खाना र पानी हो। यसले बान्ता र पखाला निम्त्याउँछ, जसले निर्जलीकरण निम्त्याउँछ र यदि समयमै उपचार गरिएन भने केहि घण्टा भित्र मृत्यु हुन सक्छ।
यही त्रासमा उनीहरू बस्ति छाडेर बाहिरिरहेका थिए ।न्युज कारखाना
विराटनगर ।
कोशी प्रदेशको आगामी अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस गरिएको छ ।
सोमबार कोशी प्रदेश सरकारको तर्फबाट बजेट अधिवेशन जेठ ११ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरिएको हो ।
सत्ता साझेदार दलहरूले सरकार परिवर्तनको प्रकृयामा गएकै बेला मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाको बजेट अधिवेशन बोलाउन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेका हुन् ।
कोशी प्रदेशमा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्की प्रदेश सभामा अल्पमतमा पुगेका छन् । उनलाई समर्थन गरेको एमालेका प्रदेश सभा सदस्यहरूले समर्थन फिर्ता लिएका छन् भने माओवादी केन्द्र समेत सरकारबाट बाहिरिएको छ ।
त्यस्तै एमाले र माओवादीका बहुमत ५३ जना सांसदले वैकल्पिक सरकार गठनको प्रक्रिया शुरु गर्न प्रदेश प्रमुखलाई निवेदन दिएका छन् । न्युज कारखाना
विराटनगर ।
कोशी प्रदेशको आगामी अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस गरिएको छ ।
सोमबार कोशी प्रदेश सरकारको तर्फबाट बजेट अधिवेशन जेठ ११ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरिएको हो ।
सत्ता साझेदार दलहरूले सरकार परिवर्तनको प्रकृयामा गएकै बेला मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाको बजेट अधिवेशन बोलाउन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेका हुन् ।
कोशी प्रदेशमा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्की प्रदेश सभामा अल्पमतमा पुगेका छन् । उनलाई समर्थन गरेको एमालेका प्रदेश सभा सदस्यहरूले समर्थन फिर्ता लिएका छन् भने माओवादी केन्द्र समेत सरकारबाट बाहिरिएको छ ।
त्यस्तै एमाले र माओवादीका बहुमत ५३ जना सांसदले वैकल्पिक सरकार गठनको प्रक्रिया शुरु गर्न प्रदेश प्रमुखलाई निवेदन दिएका छन् । न्युज कारखाना
काठमाडौँ ।
नेकपा एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य विजयी भएका छन् ।
निर्वाचन समितीका अनुसार विजयी आचार्यले २२९ प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटम प्रतिश्पर्थी चेतनाथ सञ्जेलले १५४ प्राप्त गरेका । त्यस्तै अर्को प्रतिष्पर्धी दिनेश कार्कीले ८१ मत पाए भने सुर्वण श्रेष्ठले ९ मत पाएकी छिन् ।
त्यसैगरी उपाध्यक्षमा १७३ मत पाएर मञ्जली शाक्य विजयी भएकी छिन् । उनका निकटम प्रतिश्पर्धी हरिगोविन्द श्रेष्ठले ११५ मत पाए । त्यस्तै सचिवमा राम राउतले १७९ मत ल्याएर विजयी भएका छन् । उनका निकतम प्रतिष्पर्धी रत्न महर्जनले ११२ मत पाए ।
उपसचिवमा प्रभाकर थापा १५४ मत पाएर विजयी भए भने उनका निकटतम प्रतिष्पर्धी श्याम बजगाईले ९९ मत पाएका थिए । त्यसैगरी महिला उपसचिवमा आशा राई विजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
आज विहान ७ बजेर ४५ मिनेटबाट सुरु गरिएको मतदान अपरान्ह टुंगिएसँगे मत गणना गरिएको थियो । विद्युतीय मेसिनबाट मतदानका कारण मतपरिणाम छिटो आएको निर्वाचन समितीले बताएको छ ।न्युज कारखाना
विराटनगर ।
कोशी प्रदेशमा सरकार परिवर्तनको खेल शुरु भएको छ । माओवादी केन्द्रले सरकारबाट बाहिरिदै समर्थन फिर्ता लिएपछि नेकपा एमाले र माओवादीसहितका दलको कोशी प्रदेशमा वैकल्पिक सरकारको गठनका लागि प्रदेश प्रमुखसमक्ष निवेदन दिएका छन् ।
एमाले र मावोवादीसहितका दलले मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेको भन्दै सोमबार प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष निवेदन दिएका हुन् ।
निवेदनमा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीलाई बैकल्पिक सरकारको मुख्यमन्त्री बनाउन समेत आग्रह गरिएको छ ।
गत आश्विन २७ गते एमालेका ३९ जना सदस्य र नेपाली कांग्रेसका ८ जना सांसदसहित ४७ जनाको समर्थनमा कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, कात्तिक १ मा विश्वासको मत दिएको माओवादी केन्द्र तथा एमालेले समेत समर्थन फिर्ता लिएकाले मुख्यमन्त्री अल्पमतमा परिसकेको दाबि गरिएको छ ।
न्युज कारखाना
विराटनगर ।
माओवादी केन्द्रबाट कोशी प्रदेशमा मन्त्री बनेका तीन मन्त्रीले राजीनामा दिएका छन् ।
राजीनामा दिनेमा खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार राई र पर्यटन, वन तथा वातावरण गणेश उप्रेती रहेका छन् ।
सोमबार नै बसेको माओवादी कोशी प्रदेश संसदीय दलको बैठकले पार्टीका मन्त्रीहरूले राजीनामा दिने निर्णय गरेको थियो ।
कांग्रेसका केदार कार्कीको नेतृत्वमा रहेको प्रदेश सरकारलाई ढल्ने रणनीति अनुसार माओवादी केन्द्र सरकारबाट बाहिरिएको हो ।
न्युज कारखाना
काठमाडौँ ।
सभामुख देवराज घिमिरेले बोलाएको प्रधानमन्त्रीसहितको शिर्ष चार दलको बैठक सकिएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्ने आफ्नो अडान कायम राख्दै संसद अवरोध गर्ने बताएपछि बैठक बिना निष्कर्ष टुंगिएको छ ।
बैठकमा सत्तारुढ दल माओवादी केन्द्र, एमाले र रास्वपाले भने संसदीय समिति गठन गर्न नसकिने अडान लिएका थिए ।
बैठकपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भावनामा जोडेर कसैलाई बलिको बोका बनाउन नपाइने भन्दै कांग्रेसले माग गरे अनुसारको संसदीय दलको गठनको माग आफुहरुले अस्वीकार गरेको बताए । परियारले भोलिको बैठकमा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धि विधेयक पेश गर्ने दाबि गरे ।
छलफलमा सभामुखसहित प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका उपाध्यक्ष विष्णु पौडेल, उपप्रधान एवं गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलगायत दलका प्रमुख सचेतकहरु सहभागी थिए । न्युज कारखाना
काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कांग्रेसले राखेको माग अस्वीकार गरेको छ ।
सभामुखसँगको छलफलपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भावनामा जोडेर कसैलाई बलिको बोका बनाउन नपाइने भन्दै कांग्रेसले माग गरे अनुसारको संसदीय दलको गठनको माग आफुहरुले अस्वीकार गर्ने बताए ।
परियारले भोलिको बैठकमा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धि विधेयक पेश गर्ने दाबि गरे ।
सहकारी प्रकरणमा समाधानसहितको प्रतिवेदन रास्वपाले यस अघि नै पेश गरेको बताउदै गृहमन्त्रीमाथि समिति बनाएर कारवाही गर्ने विषय मात्र सहकारी समस्याको समाधान नभएको उनले बताए ।
न्युज कारखाना
काठमाडौं ।
सभामुख देवराज घिमिरेले बोलाएको प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरुको छलफल शुरु भएको छ । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरुबीच छलफल जारी रहेको छ ।
प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदमा निरन्तर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगि प्रकरणमा संलग्नता बारे संसदीय छानबिन समिति गठनको माग राख्दै चैत २७ देखि संसद नै अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुखले छलफल अगाडी बढाएका हुन् ।
छलफलमा सभामुखसहित प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका उपाध्यक्ष विष्णु पौडेल, उपप्रधान एवं गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलगायत नेता सहभागी छन् ।न्युज कारखाना
विराटनगर ।
नेकपा माओवादी केन्द्र कोशी सरकारबाट बाहिरिएको छ ।
माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
कोशीमा माओवादी केन्द्रका १३ सांसद रहेका छन् । ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४६ सांसद आवश्यक पर्दछ । कोशीमा एमालेका ४०, कांग्रेसका २९, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद रहेका छन् । न्युज कारखाना
काठमाडौँ ।
नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ ।
कांग्रेसले मंगलबार बिहान ७: ३० बजे संसदीय दल कार्यसमितिको र बिहान ८ बजे संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने जानकारी दिएको छ ।
कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगि प्रकरणमा संलग्नतामा संसदीय छानबिनको माग कायम राखेको छ र मंगलबार बस्ने संसद बैठक अवरुद्ध गर्ने चेतावनी दिएको छ । बैठकमा यस प्रकरणलाई थप सशक्त रुपमा उठाउने विषयमा छलफल हुने बताइएको छ ।न्युज कारखाना
काठमाडौं ।
नेपाली कांग्रेसका सांसद प्रदीप पौडलेले गृहमन्त्री रवि लामिछाने निर्दोष छन् भने किन छानबिनका लागि तयार छैनन् भन्ने प्रश्न गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा सञ्चारकर्मीहरूसँग कुरागर्दै पौडेलले कांग्रेस संसदीय छानबिन समितिको अडानबाट पछि नहटेको स्पष्ट गर्दै निर्दोष छु भन्नेहरू नै छानबिनका लागि तयार किन नभएको भन्दै प्रश्न गरेका हुन् ।
उनले भने- ‘छानबिनका लागि निर्दोष छु भन्नेहरू किन तयार नहुनुभएको त ? निर्दोष भए त झनै छानबिन गरेर निर्दोष साबित हुनु राम्रो हुन्छ । दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अप्ठ्यारो भयो । हामीले पूर्वाग्रह राखेको होइन, नयाँ कुरा गरेको होइन । नेपाली कांग्रेसका छानबिन समिति निर्माण गर्ने अडानबाट पछि हटेको छैन र हट्दैन ।’न्युज कारखाना
काठमाडौँ ।
जनमत पार्टीका उपाध्यक्ष एवं सांसद अब्दुल खान चढेको कार दुर्घटनामा परेको छ ।
संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति समेत रहेका खान लगायत बर्दिया जाने क्रममा धादिङमा दुर्घटना भएको बताइएको छ । हाल सांसद खानसहित अन्य घाइतेको धादिङ जिल्ला राजमार्ग अस्पताल मलेखुमा
भइरहेको र थप उपचारका लागि काठमाडौ ल्याउन लागिएको बताइएको छ । उनीसँग गाडीमा को को थिए भन्ने स्पष्ट हुनसकेको छैन ।
न्युज कारखाना
काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँ केन्द्रित जनप्रदर्शनको अघिल्लो दिन आज संखध्य्वनि जुलुस गर्ने भएको छ ।
राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार आज अपराहन्न २: ३० बजे काठमाडौँको भृकुटीमण्डपमा राप्रपाले शंखध्वनि जुलुस गर्न लागेको हो ।
सनातन हिन्दु अधिराज्यको पुन: स्थापना, भ्रष्ट्राचार र कुशासनको अन्त्य, बैंक वित्तीय समस्या, बेरोजगारी र बेथितिको जगमा वर्तमान भ्रष्ट व्यवस्थाको विरुद्धमा राप्रपाले १०८ शंखध्वनि जुलुस गर्ने प्रवक्ता श्रेष्ठले बताए ।
न्युज कारखाना
काठमाडौँ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको अडान कायम राखेको छ ।
सोमबार सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताको बैठकले सहकारी ठगीमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडान कायम राख्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।
साथै कांग्रेसले मंगलबार संसदीय कार्यसमिति र संसदीय दलको बैठक बसेर थप निर्णय गर्ने समेत उनले जानकारी दिए ।
कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै अब बस्ने संसद बैठक अवरुद्ध गर्ने चेतावनी दिएको छ । संसदको अर्को बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ ।
यसैबीच कांग्रेसको चेतावनीपछि सभामुख देवराज घिमिरेले आजै प्रधानमन्त्रीसहित शिर्ष चार दलका नेताहरुसँग छलफल गर्दै छन् ।
न्युज कारखाना
राैतहट,२५ गते चैत ।
नेपाल पत्रकार महासंध मधेस प्रदेश अध्यक्षले सदस्यताकाे अन्तिम निर्णय नभए सम्म जिल्ला अधिवेशन नगर्ने निर्णय गरेकाे छ । मधेश प्रदेशका छ जिल्ला शाखाहरुका अध्यक्षहरुकाे आईतवार सर्लाहीको हरिवनमा वसेको बैठकले सो निर्णय गरेको हो । नेपाल पत्रकार महासंघको अधिकांश जिल्लामा सदस्यता विवाद रहेको छ ।
जिल्ला शाखाको सदस्यता निश्चित नभएको अवस्थामा महासंघले जिल्ला अधिवेशन गर्न समय निर्धारण गरेपछि मधेश प्रदेशका अधिकांश जिल्ला शाखाले असन्तुष्टि जनाउँदै अधिवेशन नगर्ने संयुक्त निर्णय गरेको हो । नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्री, बारा अध्यक्ष रेशम तिवारी, रौतहट अध्यक्ष प्रेमचन्द्र झा, पर्सा अध्यक्ष अनुप तिवारी, सप्तरी अध्यक्ष श्रवण देव र सिराहा अध्यक्ष मनोजकुमार बनैताले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै महासंघले सदस्यता विवाद नसुल्झाएको भन्दै जिल्ला अधिवेशन नगर्ने जानकारी गराएको हो ।
लुम्बिनी घोषणापत्र अनुसार सदस्यता सुद्धिकरण अभियानअन्तर्गत जिल्ला शाखाहरुले पुराना सदस्यको नवीकरण तथा नयाँ सदस्यताको नामावली सिफारिस गरेको तर महासंघले सदस्यताको अन्तिम नामावली प्रकाशन गर्ने वा अधिकारिक रुपमा जिल्ला शाखालाई प्राप्त नभएको हुँदा सदस्यता विवाद कायम छ । सदस्यताको विवाद नटुंगिएसम्म जिल्ला अधिवेशन नगर्ने संयुक्त निर्णय गरेको हो । संयुक्त विज्ञप्तिमा, सदस्यताको टुंगो नलागेसम्म मुलकभरका जिल्ला शाखासहित प्रतिष्ठान शाखा र एसोसिएट संस्थाहरुलाई समेत अधिवेशन नगर्न नगराउन आग्रह गरिएको छ । आइतवार सर्लाहीको हरिवनमा मधेश प्रदेशका छ जिल्ला अध्यक्षहरुको संयुक्त बैठकले महासंघको निर्णय र निर्देशनविरुद्ध संयुक्त आन्दोलन गर्ने निर्णय गरेको नेपाल पत्रकार महासंघ राैतहट शाखा अध्यक्ष प्रेमचन्द्र झाले जानकारी गराउनु भएको हाे ।
वालिङ ।
नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे पुन: निर्वाचित भएका छन् । यसअघि पनि एमाले स्याङ्जाको अध्यक्ष रहेका गैह्रे सर्बसम्मत चयन भएका हुन् ।
त्यसैगरी उपाध्यक्षमा महेश पुरी, सचिवमा रामचन्द्र भट्टराई, उपसचिवमा अमृत श्रेष्ठ र चीनमाया गुरुङ निर्विरोध चयन हुनुभएको नवौँ अधिवेशन निर्वाचन कमिटीका संयोजक टङ्कप्रसाद न्यौपानेले जानकारी दिए ।
नवौँ अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र एक सय सदस्य गरी एक सय पाँचजनाको जिल्ला कमिटी चयन गरेको हो । एमाले स्याङ्जामा नौ हजार पाँच सय ४३ पार्टी सदस्य रहेका छन् । नवौँ अधिवेशनमा स्याङ्जाका ११ स्थानीय तहका ९७ वडा कमिटी, पार्टीका जनसङ्गठन सबैको प्रतिनिधित्व हुने गरी कूल ६ सय नौ प्रतिनिधि सहभागी रहेका संयोजक न्यौपानेले बताए ।न्युज कारखाना
काठमाडौँ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख चार दलका शीर्ष नेताहरूसँग छलफल गर्दै छन् ।
प्रमुख विपक्षी नेपाली कांग्रेसले आगामी संसद बैठकमा उपप्रधान एवं गृहमन्त्रीमाथि छानबिन गर्ने समिति गठनसहित सरकार नआए बैठक अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुख घिमिरेले ४ दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन् ।
कांग्रेसले सदनमा निरन्तर गृहमन्त्रीको सहकारी ठगीमा संलग्नताको विषयमा संसदीय छानबिन समिति माग गरेको र चैत २७ देखि बैठक नै अबरुद्ध गर्ने चेतावनी दिएकोले सभामुखले दिउँसो २ बजे प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् ।
प्रतिनिधिसभाको अर्को बैठक मंगलबार बिहान ११ बजे बस्ने गरी तोकिएको छ ।न्युज कारखाना
काठमाडौं, २५ चैत ।
उप निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज सार्बजनिक गरिदैँछ ।
निर्वाचन आयोगका अनुसार उम्मेदवार बिरूद्द उजुरीका लागि हिजो बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको थियो । तर, साँझ ५ बजे आयोगले कुनै पनि उम्मेदवार बिरूद्द उजुरी नपरेको जनाएको थियो । हिजै साँझ उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गरिसकेको छ ।
आयोगले सार्बजनिक गरेको कार्यतालिका अनुसार अनुसार चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
साथै, चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम तय गरिएको छ ।
आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । इलाम–२ र बझाङ प्रदेश– १ मा आयोगले उपनिर्वाचन गर्ने तयारी स्वरूप प्रकिया सुरू गरेको हो ।न्युज कारखाना
काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत्र २७ गतेको जनप्रदर्शनमा ५० हजारभन्दा बढीको सहभागिता हुने दाबी गरेको छ । आइतबार पार्टी कार्यालय धुम्वाराहीमा पत्रकार सम्मेलन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनको सबै तयारी पूरा भएको जानकारी दिदै ५० हजारभन्दा बढीको सहभागीता हुने दावी गरेका हुन् ।
भृकुटीमण्डपबाट ११ बजेदेखि सुरु हुने जनप्रदर्शनले शहरका विभिन्न स्थानको परिक्रमा गरेर सभामा परिणत हुने उनले जानकारी दिए । अध्यक्ष लिङ्देनले आफूहरुको एजेण्डमा सहमत जनाउनेहरुलाई पनि प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् ।
राप्रपाले विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र समेत बुझाएको थियो । जसमा अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था हुनुपर्ने, सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने लगायतका रहेका छन् ।
अध्यक्ष लिङदेनले आफुहरुको यस जनप्रदर्शनलाई कमल थापा नेतृत्वको राप्रपा नेपालसहित अन्य दलले पनि समर्थ गरेको बताए । उनले आफूहरुको प्रदर्शनलाई रोक्न सरकारले निषेधाज्ञा जारी नगर्न चेतावनी दिदै त्यसो गरेमा राप्रपाले प्रतिकार गर्ने बताए । उनले प्रदर्शन शान्तिपूर्ण र अहिंसात्मक हुने बताउदै सरकारले जुलुसलाई रोक्ने र उत्तेजित बनाउने काम नगरोस भन्ने चेतावनी दिए । न्युज कारखाना
काठमाडौँ ।
गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले नयाँ मुख्यमन्त्री नियुक्त गरेपछि विवाद सिर्जना भएको छ । सभामुख समेत रहेका कृष्णप्रसाद धितालसमेतलाई गणना गरेर नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले सरकार गठन गर्न गरेको दाबिलाई प्रदेश प्रमुख भट्टले स्वीकृत गर्दै मुख्यमन्त्री नियुक्त गरेपछि विवाद बढेको हो ।
नेकपा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य बनेका धिताल गण्डकीमा सभामुख रहेका छन् । प्रदेशसभामा माओवादी केन्द्रको संसदीय दलमा सभामुख धितालसहित ८ जना सदस्य छन् । अधिकारीले सभामुखलाई समेत गणना गर्दै बहुमत पुगेको दाबी गरेपछि प्रदेश प्रमुखले त्यस्लाई सदर गरेर विवादित काम गरेका छन् ।
६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यक पर्दछ ।
प्रदेश प्रमुख भट्टले केहि महिना अघि मात्र कोशी प्रदेशको विषयमा सर्वोच्च अदालतले गरेको व्याख्याको नजरअन्दाज समेत गरेका छन् ।
गएको असारमा कोसी प्रदेशमा पनि यसैगरी माओवादी केन्द्रबाट निर्वाचित सांसद रहेका सभामुख बाबुराम गौतमलाई समेत गणना गरेर कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री बनेका थिए । सभामुखलाई पनि समेटेर सरकार गठन भएपछि नेपालको संविधानको धारा १८६ को मर्मविपरित भएको भन्दै त्यसविरुद्ध एमाले संसदीय दलका नेता हिक्मत कार्की सर्वोच्च अदालत गएका थिए।
सर्वोच्च अदालतमा असोज ११ गते न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त कदमलाई असंवैधानिक भन्दै थापाको सरकार बर्खास्त गरेको थियो।
उक्त फैसलामा सभामुखको भूमिकाका बारेमा ब्याख्या गरिएको थियो । जसमा संविधानको धारा १८६ अनुसार सभामुख वा सभाध्यक्षता गर्ने व्यक्तिलाई मत बराबर भएमा आफ्नो निर्णायक मत दिने बाहेक नियुक्तमा समर्थन गर्ने, अविश्वासको प्रस्तावमा भाग लिने भूमिका असंवैधानिक हुने ब्याख्या गरिएको छ ।
यसैबीच गण्डकी कांग्रेसले भने प्रदेश प्रमुखले अम्बैधानिक काम गरेको भन्दै ध्यानाकर्षण समेत गराएको छ भने सर्वोच्च अदालत जाने बताएको छ ।
सर्वोच्चले आफ्नो व्याख्यामा सभामुखको पदमा बहाल रहेको व्यक्तिले प्रदेश सभा सदस्यको पनि हैसियत रहेको भनी छुट्टै थप वा दोहोरो भूमिकाको दावी गर्न मिल्दैन भनि स्पष्ट ब्याख्या गरेको भएपनि गण्डकीमा सर्वोच्चको व्याख्यालाई नै थाहा नभएको जस्तो गरि सरकार बनाइएको छ । यसले आम रुपमा प्रदेशमाथि देखिएको नकारात्मक धारणा अझ बढ्ने र राजनीतिक अस्थिरता निम्तिने स्पष्ट रहेको छ ।न्युज कारखाना
चितवन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकास लगायतका क्षेत्रमा भरतपुरले आधुनिक र विकासशील सहरका रूपमा फड्को मारिरहेको बताएका छन् ।
भरतपुर अस्पतालको ६८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार एवं मानवीय विकासका बहुआयमिक क्षेत्रमा भरतपुरले निरन्तर प्रगति हासिल गर्दै गएको उल्लेख गरे ।
“भरतपुर शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकास लगायतका विविध क्षेत्रमा देशकै आधुनिक र विकासशील सहरका रूपमा फड्को मारिरहेको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “स्वास्थ्य सेवाका साथै यस क्षेत्रमा आवादी, खेतीयोग्य जमिनको विस्तार एवं सहरीकरणका निम्ति गुणात्मक योगदान प्रगति गरेको छ ।”
उनले केही दशक अगाडि घना जङ्गल र झाडीहरूले भरिएको, जङ्गली जनावर र विषालु जीवजन्तुहरूको प्रकोप रहेको परिस्थितिमा मानव स्वास्थ्यलाई दृष्टिगत गरी भरतपुर अस्पताल निर्माण भएको स्मरण गरे ।
यस क्षेत्रकै आम जनतालाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ नेपाल–अमेरिका संयुक्त कोषअन्तर्गत भरतपुर अस्पतालको कार्यप्रारम्भ भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले वर्तमानसम्म आइपुग्दा ४० लाख सेवाग्राहीलाई विशेषज्ञ सेवा प्रदान गरेको जानकारी पाउँदा आफूलाई खुसी महसुस भएको बताए ।
अस्पतालले अन्तरङ्ग र बहिरङ्ग सेवामार्फत् नियमित स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “संरक्षित वनजङ्गल क्षेत्रमा पाइने हिंस्रक जीवजन्तुको टोकाइ र आक्रमण, बाढी, पहिरो, आगजनी तथा प्राकृतिक प्रकोप, सबैखाले दुर्घटना, डेङ्गु, इन्फ््ल्युञ्जा, क्षयरोग, कुष्ठरोगलगायत आदिबाट प्रभावित बिरामीहरूको रोग निदान, उपचार र नियन्त्रणका लागि आवश्यक उपचार र परामर्श लगायतका सेवालाई उच्च प्राथमिकता दिइरहेको छ ।”
मुख्यतः अस्पतालको भौतिक पूर्वाधार विकास, शैया क्षमतामा विस्तार, दक्ष जनशक्तिको समुचित व्यवस्थापन तथा रोग निदान र उपचारमा आवश्यक पर्ने अत्याधुनिक औजार उपकरणहरूको पर्याप्त व्यवस्थाको विषयलाई आफूले गम्भीरतापूर्वक लिएको बताउँदै उनले यसका निम्ति सरकारको तर्फबाट आवश्यक पहल हुने विश्वास दिलाए ।
प्रधानमन्त्री प्रचण्डले भरतपुर अस्पताल राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानको आङ्गिक कलेज भइरहेको सन्दर्भमा आगामी शैक्षिक सत्रबाट नै एमबिबिएस कक्षा सञ्चालन गर्नुपर्ने अस्पताल प्रशासनको मागप्रति आफू सहमत रहेको बताए ।न्युज कारखाना
काठमाडौँ ।
चैत्र २२ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।
आइतबार मन्त्रिपरिषदले गरेका १५ निर्णय सार्बजनिक गरिएको हो ।
मन्त्रिपरिषदले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र केनाइन कार्यालयमा सो पदमा कार्यरत पदाधिकारीको कार्यकाल समाप्त हुनासाथ स्वत: खारेज हुने गरि दुई डिआइजीको विशेष पद सिर्जना गर्ने निर्णय गरेको छ ।न्युज कारखाना
काठमाडौँ ।
नवनियुक्त १० जिल्ला न्यायाधीशहरूको पदस्थापन भएको छ । आइतबार न्यायपरिषद्ले १० जिल्ला न्यायधीशहरुको पदस्थापन गरेको हो ।
पदस्थापन हुने न्यायधीशहरुमा अर्जुप्रसाद कोइरालालाई सरकार वकिलको कार्यालय दोलखाको जिल्ला न्यायाधिवक्ता, नरेन्द्रबहादुर बुढालाई सर्वोच्च अदालतको इजलास अधिकृत, जीवनकुमार भण्डारीलाई उच्च अदालत विराटनगरको रजिष्ट्रार, मुकुन्द आचार्यलाई उच्च अदालत पोखराको रजिष्ट्रार, विमला रेग्मीलाई महान्यायाधिवक्ताको कार्यालयमा उपन्यायाधिवक्ता, पुष्पराज पाण्डेलाई बाजुरा अदालतको श्रेस्तादार, शिवबहादुर थापापाल्पा जिल्ला अदालतको श्रेस्तादर, महेन्द्र बहादुर कार्कीलाई सर्वोच्चको उपरजिष्ट्रार, दिपक घिमिरेलाई उर्जा मन्त्रालयको कानुन अधिकृत र फणेश्वरी घिमिरेलाई सर्वोच्चको इजलास अधिकृतमा पठाइएको छ ।न्युज कारखाना
काठमाडौँ ।
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आजै शपथ लिएका छन् छन् । मुख्यमन्त्री अधिकारीसहित दुई मन्त्रीले पनि शपथ लिएका छन् ।
अधिकारीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र दीपक मनाङेलाई मन्त्री नियुक्त गरेका हुन् ।
एमाले संसदीय दल नेता अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । अधिकारीलाई नेपालको संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको हो ।न्युज कारखाना
काठमाडौँ ।
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आजै शपथ लिने तयारी गरेका छन् । दिउँसो साढे ३ बजे शपथको तयारी गरेका मुख्यमन्त्री अधिकारीसहित दुई मन्त्रीले पनि शपथ लिने भएका छन् ।
अधिकारीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र दीपक मनाङेलाई मन्त्री नियुक्त गर्न लागेका हुन् ।
एमाले संसदीय दल नेता अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । अधिकारीलाई नेपालको संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको हो ।न्युज कारखाना
बुटवल ।
जोखबहादुर महरा लुम्बिनीको मुख्यमन्त्रीको शपथ ग्रहण गरेका छन् ।
महरासँगै नेकपा एमालेका संसदीय दलका उपनेता चेतनारायण आचार्य र सत्तासाझेदार दलहरुबाट भण्डारीलाल अहिर यादव तथा माओवादी केन्द्रका सांसद दिपेन्द्र पुनले मन्त्री पदको शपथ गरेका छन् ।
नवनियुक्त मन्त्रीहरुलाई अहिले मन्त्रालयको जिम्मेवारी भने दिईएको छैन ।
लुम्विनी प्रदेशका ४८ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षर सहित मुख्यमन्त्रीको दावी पेश गरेका महरालाई लुम्विनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका थिए ।
न्युज कारखाना
काठमाडौँ ।
गण्डकीमा मुख्यमन्त्री नियुक्ती प्रकृया असंवैधानिक भएको भन्दै नेपाली कांग्रेसले प्रदेश प्रमुख भट्टलाई पत्र बुझाएको छ ।
राजीनामा नदिइकन सरकार गठनका लागि सभामुखको समर्थन रहेको देखाउनु गलत भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए ।
प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेर अगाडी बढेपछि अब कांग्रेस सर्वोच्च अदालत जाने तयारी गरेको छ ।
नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले सभामुखको समर्थनसहित पेश गरेको दाबिलाई स्वीकार गर्दै प्रदेश प्रमुख भट्टले मुख्यमन्त्री नियुक्त गरेका थिए । यस अघि कोशी प्रदेस सरकार गठनमा सभामुखले मत दिएपछि सर्वोच्चले सो सरकार बर्खास्त गरेको नजिरलाई बेवास्ता गर्दै नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् ।
अधिकारीले आजै ३: ३० बजे तीन सदस्यीय मन्त्रिपरिषद बनाएर शपथको तयारी गरेका छन् । न्युज कारखाना
काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषमा कार्यरत योजना प्रमुख इन्जिनियर सरोज भट्टराईविरुद्ध मुद्धा दायर गरेको छ ।
अख्तियारले इन्जिनियर भट्टराईले कोषमा ठेक्कालिने निर्माण कम्पनिबाट ८० लाख घुस लिएको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको हो । उनले सो रकम आफ्नो आमाको नाममा बुझेर भक्तपुरमा जग्गा किनेको अख्तियारको दाबि छ ।
अख्तियारले भ्रष्ट्राचार निवारण ऐन अनुसार ८० लाख बराबरको बिगो माग गर्दै कानुन अनुसार हुने सजायसहित मुद्धा दायर गरेको जनाएको छ ।न्युज कारखाना
काठमाडौँ ।
गण्डकीमा मुख्यमन्त्री नियुक्ती प्रकृया असंवैधानिक भएको भन्दै नेपाली कांग्रेसले प्रदेश प्रमुख भट्टलाई पत्र बुझाएको छ ।
राजीनामा नदिइकन सरकार गठनका लागि सभामुखको समर्थन रहेको देखाउनु गलत भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए ।
नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले सभामुखको समर्थनसहित पेश गरेको दाबिलाई स्वीकार गर्दै प्रदेश प्रमुख भट्टले मुख्यमन्त्री नियुक्त गरेका थिए । यस अघि कोशी प्रदेस सरकार गठनमा सभामुखले मत दिएपछि सर्वोच्चले सो सरकार बर्खास्त गरेको नजिरलाई बेवास्ता गर्दै नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् । न्युज कारखाना
पोखरा ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
अधिकारीले एमाले, माओवादी केन्द्र र दीपक मनाङेको समर्थनमा आइतबार प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए ।
उनले सभामुखसहितको मतलाई जोडेर पेश गरेको दाबिलाई प्रदेश प्रमुखले स्वीकार गर्दै मुख्यमन्त्री नियुक्त गरेका छन् । यस अघि कोशी प्रदेस सरकार गठनमा सभामुखले मत दिएपछि सर्वोच्चले सो सरकार बर्खास्त गरेको नजिरलाई बेवास्ता गर्दै नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् ।
न्युज कारखाना
काठमाडौं ।
नेपाली कांग्रेसले बैशाख १५ गते हुने उपनिर्वाचनका लागि चुनाव परिचालन संयोजक तोकेको छ ।
कांग्रेसले इलाम–२ का लागि महामन्त्री विश्वप्रकाश शर्मा र बझाङ प्रदेश सभाका लागि पूर्वमन्त्री एनपी साउदलाई संयोजक बनाएको छ्य ।
कांग्रेसले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाएको छ भने बझाङको प्रदेशसभाका लागि अभिषेक सिंहलाई उम्मेदवार बनाएको छ । उनी सडक दुर्घटनामा मृत्यु भएका सुदूरपश्चिमका पूर्वमन्त्री पृथ्वीबहादुर सिंहका छोरा हुन् ।
त्यस्तै इलाममा उम्मेदवार बनेका खड्का गत निर्वाचनमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङसँग ११४ मतले पराजित भएका थिए । उनी कांग्रेस जिल्ला सभापति समेत हुन् । न्युज कारखाना
विराटनगर ।
केन्द्रमा नयाँ सत्ता समीकरण बनेपछि कोशीमा सरकार परिवर्तनको पहल शुरु भएको छ । कांग्रेसबाट मुख्यमन्त्री बनेका केदार कार्कीले राजीनामा नदिएपछि एमाले र माओवादी केन्द्रले विकल्पका बारेमा छलफल शुरु गरेका छन् ।
कार्की संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् । तत्कालीन समयमा कांग्रेससँग विद्रोह गरेर एमालेको समर्थनमा कार्की मुख्यमन्त्री बनेका थिए तरपछि माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सामेल गराएपछि एमाले सरकारबाट बाहिरिएको थियो । अब एमालेले मुख्यमन्त्रीलाई नियुक्तिका क्रममा दिएको समर्थन फिर्ता लिएको जानकारी गराउने तयारी गरेको छ । एमाले र माओवादी केन्द्रबीच नयाँ समीकरण बनेकाले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।
संविधानको धारा १६८ उपधारा (५) बमोजिमको सरकारलाई दिएको समर्थन नै फिर्ता लिने संवैधानिक व्यवस्था संविधानकै धारा १८८ को उपधारा (२) मा स्पष्ट व्यवस्था रहेको एमालेको दाबी गर्दै आएको छ । एमालेले समर्थन फिर्ता लिने भएपछि माओवादी केन्द्रले पनि सरकारबाट राजीनामा दिएर फिर्ता हुने तयारी गरेका छन् ।
९३ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९,माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद छन् । न्युज कारखाना
पोखरा ।
गण्डकी प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । अधिकारीले माओवादी केन्द्र र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्री दाबी पेश गरेका हुन् ।
गण्डकीमा एमालेका २२, माओवादीका ८ र दिपक मनाङेको समर्थनसहित ३१ मत हुन्छ र बहुमतका लागि पर्याप्त हुन्छ ।
तर बहुमत पुर्याउन सभामुखको मत पनि जोडिएकाले यस अघि कोशी प्रदेशको जस्तै घटनाक्रम दोहोरिने देखिएको छ । कोशीमा सभामुखले बहुमत पुर्याउन मत दिएपछि सर्वोच्च अदालतले सो सरकार बर्खास्त गरिदिएको थियो । यस बाहेक गण्डकीमा कांग्रेसका २७ र राप्रपाका २ सांसद रहेका छन् ।न्युज कारखाना
पोखरा ।
गण्डकी प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गर्दै छन् ।
अधिकारीके माओवादी केन्द्र र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्री दाबी पेश गर्न लागेका हुन् ।
गण्डकीमा एमालेका २२, माओवादीका ८ र दिपक मनाङेको समर्थनसहित ३१ मत हुन्छ र बहुमतका लागि पर्याप्त हुन्छ ।
तर बहुमत पुर्याउन सभामुखको मत पनि जोडिएकाले यस अघि कोशी प्रदेशको जस्तै घटनाक्रम दोहोरिने देखिएको छ । कोशीमा सभामुखले बहुमत पुर्याउन मत दिएपछि सर्वोच्च अदालतले सो सरकार बर्खास्त गरिदिएको थियो । यस बाहेक गण्डकीमा कांग्रेसका २७ र राप्रपाका २ सांसद रहेका छन् ।न्युज कारखाना
काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर अझ सेवामैत्री तुल्याउनका लागि भुक्तान व्यवस्थालाई सरल बनाउन सुझाव दिएका छन् ।
आठौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्त्री प्रचण्डले स्वास्थ्य बीमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्थालाई सेवामैत्री बनाउनुपर्नेमा जोड दिए ।
“अनलाइन सदस्यता दर्ताको व्यवस्था, ‘रियल टाइम क्लेम सिस्टम’, प्रविधिमैत्री बीमा प्रणाली’ जस्ता व्यवस्था र प्रावधानहरू चुनौतीलक्षित सुधारका योजनाहरू हुन्,” प्रधानमन्त्री प्रचण्डले भने, “स्वास्थ्य सेवालाई समतामूलक ढङ्गले स्वास्थ्य बीमामार्फत उपलब्ध गराई ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न कार्यक्रमलाई सार्थक र प्रभावकारी बनाउनैपर्दछ । यसका लागि सरकार सधँै प्रतिबद्ध छ ।”
यस कार्यक्रममा आकर्षण बढाउन राज्य र सेवाप्रदायक निकायबाट लिनुपर्ने महत्त्वपूर्ण कार्यभारहरूलाई पूरा गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले बीमितले सेवा लिने प्रक्रिया सरल बनाउने, सेवाको गुणस्तर कायम गर्ने, सेवाप्रदायक संस्थाहरूलाई अझ सेवामैत्री बनाउनेलगायतका विषयमालाई ध्यान निर्देशन दिनुभयो । उहाँले सुशासन तथा वित्तीय अनुशासन कायम राख्ने र स्वास्थ्य बीमा कार्यक्रमबारे प्रभावकारी साक्षरता अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
नेपाल सरकारले उच्च प्राथमिकतामा राखी सबै स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने एवं सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट प्रदान गरिने सेवा तथा सिफारिसहरूमा स्वास्थ्य बीमा कार्ड अनिवार्य गर्नेजस्ता महत्त्वपूर्ण नीतिगत सुधारहरूबाट स्वास्थ्य बीमा कार्यक्रमकोे मात्रा र गुणस्तरमा विकास हुने अपेक्षा गरिएको बताए ।
बीमा रकमलाई बढोत्तरी गरी स्वास्थ्य कार्यक्रममा आकर्षण एवं प्रभावकारिता बढाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रमका रूपमा विकास गर्न सकिने बताए । उनले स्वास्थ्य बीमा कार्यक्रमको सम्भावनालाई दृष्टिगत गर्दै आवश्यक अध्ययनका आधारमा यथोचित निष्कर्षमा पुगिने स्पष्ट पारे ।न्युज कारखाना
इनरुवा ।
सुनसरीको हरिनगर र देवानगञ्जमा आज पनि कर्फ्यू यथावत रहने भएको छ । गएराति अबेर भएको सर्वदलीय बैठक पछि हरिनगर गाउँपालिका क्षेत्र र देवानगञ्ज गाउँपालिका वडा नम्बर १ र ७ मा अर्को सूचना जारी नभएसम्म कर्फ्यू जारी रहने जिल्ला प्राशासन कार्यालय सुनसरीले जनाएको छ ।
त्यस्तै जिल्लाका इनरुवा नगरपालिका क्षेत्र, देवानगञ्ज गाउँपालिका वडा नम्बर २, ३, ४, ५ र ६, भोक्रा नरसिंह गाउँपालिका क्षेत्र र कोशी गाउँपालिका क्षेत्रमा भने आज बिहान १० बजेदेखि कर्फ्यू हटाइने छ।
साथै अर्को सूचना जारी नभएसम्मका लागि जिल्लाको समग्र शान्ति सुरक्षालाई मध्यनजर गरी कर्फ्यू जारी भएका स्थानमा सामाजिक, धार्मिक, राजनीतिक सभा, र्याली /भेला/प्रदर्शन नगर्न/नगराउन पनि भनिएको छ ।
राति बसेको सर्वदलीय बैठकमा दुई समुदायबीचको विवाद साम्य पार्न पाँच बुँदे सहमति भएको थियो । दुबै पक्षले गरेका गतिविधि फिर्ता लिने, कर्फ्यूलाई सहज बनाउँदै लैजाने र हटाउने, झडपमा घाइते भएकाहरुको निशुल्क उपचार गर्ने र आवश्यकताका आधारमा छानविन आयोग गठन गर्ने, समस्या सामधानका लागि प्रदेश सांसदहरुलाई जिम्मेवारी दिने सहमति भएको थियो ।
फेसबुकमा राखेको भिडियोका कारण सुरु भएको विवादले स्थिति अशान्त बनेपछि शुक्रवार बेलुकाबाट सुनसरीको इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको थियो ।
हरिनगर गाउँपालिका–१ भुटाहामा दुई समूहबीच भएको झडपले अवस्था तनावग्रस्त बनेपछि शुक्रबार बेलुकाबाट कर्फ्यू लागेको थियो । न्युज कारखाना
बारा
प्रतिस्पर्धी टिना सुवेदीलाई ३४ मतले पछि पार्दै नेकपा एमालेको ११ औँ बारा जिल्ला अधिवेशनबाट अध्यानन्द पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षमा पाण्डेले ३ सय ७७ मतका साथ पाण्डे विजयी भए भने उनका प्रतिस्पर्धी सुवेदीले ३ सय ४३ मत ल्याएकी छन् । निवर्तमान उपाध्यक्ष टिना सुवेदी र निवर्तमान सचिब अध्यानन्द पाण्डे नेतृत्वको लागि प्रतिस्पर्धा भएको थियो । दुवै जना प्यानल सहित प्रतिस्पर्धामा उत्रिएका हुन् जसमा अध्यक्ष बाहेक सम्पुर्ण पदाधिकारीमा भने सुवेदीको प्यानलनै निर्वाचित भएको छ ।
उपाध्यक्षमा ३ सय ६४ मतका साथ भुलन चौधरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नारायण गौतमले ३ सय ४० मत ल्याएका छन् ।
सचिवमा ३ सय ६३ मतका साथ अमृत शर्मा बजगाई विजयी भए भने उनका प्रतिस्पर्धी एम समिउल्लाहले ३ सय २७ मत पाएका छन् ।
उपचचिवमा जवाहिर अंसारी ३ सय ५७ मतका साथ विजयी भएका छन् भने प्रतिस्पर्धी धनिराम चौधरीले ३ सय ४१ मत ल्याएका छन् । महिला उपसचिवमा भावना आचार्य ३ सय ६८ मतका साथ विजयी भएकी छन् भने कमला घिमिरेले ३ सय २५ मत ल्याएकी छन् ।
नेकपा एमाले बाराको जिल्ला कमिटीको पाँच जना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको थियो । चैत १९ बाट सुरु भएको नेकपा एमालेको ११ औँ बारा जिल्ला अधिवेशनले सहमतिबाट नेतृत्व चयन गर्ननसकेपछि २३ गते शुक्रबार रातिभरी मतदान भएको थियो ।न्युज कारखाना
दाङ, २४ चैत ।
लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिदैँछन ।
बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १ः४५ बजे सपथ लिने छन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नयाँ समीकरण निर्माण भएसँगै मुख्यमन्त्री नियुक्त भएका नेकपा माओवादी, लुम्बिन प्रदेश संसदीय दलका नेता महराले मुख्यमन्त्रीको सपथ लिन लागेका हुन् ।
मुख्यमन्त्रीको सपथसँगै उनले केही मन्त्रीलाइ सपथ ग्रहण पनि गराउने छन् । तर, अझै नाम भने टुंगो भइसकेको छैन् ।
नेपाली काँग्रेसका तर्फबाट मुख्यमन्त्री रहेका डिल्लीबहादुर चौधरीले गत बिहीबार राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले गत शुक्रबार महरालाइ मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता महरालाई एमाले,जसपा,नाउपा,नेकपा एस र स्वतन्त्रसहित ४८ जना सदस्यको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गरिएको थियो । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपचार २ अनुसार महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।न्युज कारखाना
काठमाडौं, २५ चैत ।
संघीय संसदको पाँचवटा समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय, सिंहदरवारस्थित हलमा ती बैठक बस्न लागेका हुन ।
संसद सचिवालयका अनुसार आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिसहित कानून, न्याय तथा मानव अधिकार समिति र महिला तथा सामाजिक मामिला समिति शिक्षा समितिको बैठक बस्दैँछ ।
साथै, आजै स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैँछ ।
यी सबै बैठक बिहान ११ बजे देखी दिउँसो १ः३० बजेसम्म बस्नेछ । न्युज कारखाना
काठमाडौं, २५ चैत ।
उप निर्वाचनका लागि मनोनयन भएका उम्मेदवार बिरूद्द आज उजुरी लिइने भएको छ ।
निर्वाचन आयोगका अनुसार त्यसका लागि आज बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । साँझ ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने जनाइएको छ ।
आयोगले सार्बजनिक गरेको कार्यतालिका अनुसार अनुसार चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम तय गरिएको छ ।
आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । इलाम–२ र बझाङ प्रदेश– १ मा आयोगले उपनिर्वाचन गर्ने तयारी स्वरूप प्रकिया सुरू गरेको हाे ।न्युज कारखाना
काठमाडौं, २४ चैत ।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ।
दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका तराईका भु-भाग लगायत लुम्बिनी प्रदेशको पूर्वी तराईका भू-भागका केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।
राती भने देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका तराईका भु-भागलगायत लुम्बिनी प्रदेशको पूर्वी तराईका भू-भागका केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।न्युज कारखाना
वीरगन्ज ।
अर्थमन्त्री वर्षमान पुन अनन्तले लगानी सम्मेलनका लागि सरकारले अध्यादेशबाट भए पनि एन संशोधन गर्ने बताएका छन् ।
शनिबार वीरगन्जमा आयोजना गरेको वीरगन्जको बैभव अन्तर्गत अर्थमन्त्रीलाई प्रश्नैप्रश्न शीर्षकको कार्यक्रममा उनले यस्तो बताएका हुन् । भरसक संसदबाटै र समय अभावले नभ्याइने भए अध्यादेशबाटै लगानी संकुचन गर्ने ठानिएका दर्जन कानून अध्यादेशमार्फत संशोघन गरिने मन्त्री पुनको भनाइ थियो । त्यसका लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति कायम गरिने उनले बताए । भरसक संसदबाट र सकिएन भने राजनीतिक सहमतिका आधारमा अध्यादेशबाट कानून संशोधन गर्छौं ।
लगानी सम्मेलनमार्फत लगानी आउने वातावरण बनाउॅछौं, मन्त्री पुनले भने । तेस्रो लगानी सम्मेलन आगामी १६ र १७ चैतमा हुंदैछ । आन्तरिक लगानीका लागि पनि सरकारले व्यवसायीलाई प्रोत्साहन गरिने मन्त्री पुनको भनाइ थियो । निराशालाई आशामा बदल्ने प्रतिबद्धतासहित विश्वासको वातावरण निर्माण गर्न सकिन्छ भन्ने सोचका साथ आफू १२ वर्षपछि मन्त्रालयमा आएको उल्लेख गरे ।
विदेशी मुद्राको संचिति बढेको, महंगी घटेको, बिप्रेशन आप्रवाह बढेकाले अर्थतन्त्रको बाह्य अवस्था सुदृढ भएको बताए । आफू जिम्मेवारीमा आएपछि ७० अर्ब बजारमा पठाएको, दायित्व भुक्तानी दिन सुरु गरिएको भन्दै बजार चलायमान हुने विश्वास व्यक्त गरे । फरक प्रसंगमा अर्थमन्न्त्रीले निजी क्षेत्र र बजारलाई आतंकित गर्ने नीति सरकारको नरहेको स्पष्ट गरे ।न्युज कारखाना
काठमाडौँ ।
बैशाख १५ गते हुने इलाम- २ को प्रतिनिधिसभाको उपनिर्वाचनका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार १२ दलका उम्मेदवार छन् भने ८ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।
जसमा नेकपा एमालेका सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बर बहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, राप्रपाका लक्ष्मी गुरुङ, नेपाली जनता दलका रेशम बहादुर सुनार, मंगोल नेशनल अर्गनाइजेसनका मणि बहादुर लिम्बु, जनमत पार्टीबाट प्रेम कुमार थाम्सुहाङ, नेशनल रिपब्लिक नेपालबाट धनराज राना मगर, राप्रपा नेपालका गणेश बहादुर चौहान राष्ट्रिय जनमुक्ति आन्दोलन नेपालबाट जयवन्त विक्रम शाह र एकीकृत समाजवादीबाट जित बहादुर राई रहेका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवारहरुमा अर्जुन बहादुर शाही, केशव कुमार चापागाई, डकेन्द्र सिंह लिम्बु, डाक प्रसाद गौतम, दिपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बश्याल रहेका छन् ।
न्युज कारखाना
काठमाडौं, २४ चैत ।
शंकरदेव क्याम्पसस्थित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले सरकारी सेवा सम्बन्धि नि:शुल्क ओरेन्टेसन कक्षा सञ्चालन गरेको छ। आज एक समारोहबीच लोकसेवा, बैंकिङलगायत विभिन्न सेवाका बारेमा स्ववियुले विद्यार्थीमाझ नि:शुल्क ओरेन्टेसन कक्षा सञ्चालन गरेको हो।
विद्यार्थीमाझ अर्थमन्त्रालयका सहसचिव टोकराज पाण्डे, पूर्व सहसचिव हेमराज शर्मा, अर्थविद् खकेन्द्र कटुवाल, बैंकिङ क्षेत्रका जानकार कृष्ण निरौंला, क्याम्पस प्रमुख डा. कृष्ण आचार्य र नेम इन्टिच्युटमा कार्यरत माधव पाण्डेयलगायतले सरकारी सेवाको महत्त्वबारे प्रस्ट पारेका थिए। दक्ष जनशक्ति सरकारी सेवामा प्रवेश गरे राष्ट्र निर्माणमा ठूलो टेवा पुग्ने उनीहरूको धारणा थियो। तलब लिएर राष्ट्र सेवा गर्न पाइने भएकाले सरकारी सेवाको ठूलो महत्त्व रहेको बक्ताहरूले प्रस्ट पारेका थिए।
यस्तै स्ववियु सभापति सुशान्त बस्नेतले शंकरदेव व्यवस्थापनको कलेज भएकाले सबै क्षेत्रको व्यवस्थापनको नेतृत्व लिन तयार रहेको बताएका थिए। ‘हामी यहाँबाट उत्पादित जनशक्तिलाई मुलुकका प्रत्येक क्षेत्रमा स्थापित गर्न चाहन्छौं। शंकरदेवका विद्यार्थीहरूको नेतृत्वदायी कौसलता मुलुकका प्रत्येक क्षेत्रमा आवश्यक छ,’ उनले भने।
स्ववियु सचिव मदनराज उपाध्यायले अन्य क्याम्पसभन्दा शंकरदेवको स्ववियु निकै सक्रिय रहेको प्रस्ट पारे। उनले आफूहरू निरन्तर विद्यार्थीहरूको माझमा रहेको र विद्यार्थीका समस्या तथा आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका थिए। उनले आगामी दिनमा पनि यस्ता खाले कार्यक्रमको आयोजनालाई निरन्तरता दिइने बताए।
उपाध्यायले आज ओरेन्टेसन कक्षा सञ्चालन गरिएकोमा आगामी चार महिनासम्म शंकरदेवका विद्यार्थीहरूलाई नि:शुल्क लोकसेवा र बैंकिङ सेवाका कक्षा सञ्चालन गरिने बताए।न्युज कारखाना
मुम्बई, २४ माघ ।
फ्यानहरू सलमान खानका फिल्महरूको उत्सुकताका साथ प्रतीक्षा गर्छन् र उनका फिल्महरू रिलिज हुनेबित्तिकै थिएटरहरूमा पुग्छन्। तर, सलमान खानका हरेक फिल्म हिट भएका छन् र उनले कुनै फ्लप फिल्म दिएका छैनन् भन्ने होइन ।
बलिउडका भाइजानले ‘रेस ३’, ‘किसी का भाइ किसकी जान’, ‘ट्युबलाइट’ र ‘एन्टिम’ जस्ता धेरै फ्लप फिल्म दिएका छन् । तर, उनको एउटा फिल्म थियो जसले बक्स अफिसमा निकै संघर्ष गर्यो र भारतमा १० करोड मात्रै कमाउन सफल भयो । ठूलो बजेटमा बनेको यो एक्सन फिल्मले निर्मातालाई करोडौं घाटा बेहोरेको थियो ।
यो फिल्म अरु कुनै अरु होइन्, सन् २०२१ मा रिलिज भएको ‘राधे’ हो । सलमान खान स्टारर फिल्ममा दिशा पटानी र रणदीप हुड्डा पनि देखिएका थिए । ९० करोडको बजेटमा बनेको ‘राधे’ कोरोना महामारीका बेला रिलिज भएको थियो । त्यतिबेला यो महामारीको दोस्रो लहर थियो र मानिसहरू सार्वजनिक स्थानमा जानबाट जोगिइरहेका थिए। यही कारण थियो ‘राधे’ले भारतमा १० करोड मात्रै कमाउन सक्यो ।
‘राधे’ विदेशमा सीमित थिएटरमा मात्रै रिलिज भएको थियो । यस्तो अवस्थामा विश्व बक्स अफिसमा फिल्मको कलेक्सन १८ करोड मात्रै थियो । यस्तो अवस्थामा निर्माताले ७२ करोड भारुको ठूलो घाटा बेहोर्नु परेको स्पष्ट छ । पछि निर्माताहरूले जी स्टुडियोलाई २४० करोडमा ‘राधे’ को ओटीटी अधिकार बेचे, जसले तिनीहरूलाई धेरै मद्दत गर्यो। तर, ओटीटी प्लेटफर्ममा पनि मानिसले फिल्मलाई खासै मन पराएनन् ।
सलमान खानको ‘राधे’ ले अहिलेसम्मकै सबैभन्दा कम मूल्याङ्कन गर्ने फिल्मको कीर्तिमान पनि बनाएको छ । फिल्मको आइएमडिबी स्कोर १० मध्ये १.९ मात्र छ।न्युज कारखाना
काठमाडौं ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश नेताहरू सहकारी ठगीमा संलग्न रहेकाले संसदीय छानविन समिति गठन हुन नसकेको बताएका छन् ।
नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ केन्द्रीय परिषद भेलालाई बिराटनगरमा सम्बोधन गर्दै नेता महरले एमाले र रास्वपाका अधिकांश नेता सहकारी गठी प्रकरणमा मुछिएको र मन्त्रिपरिषदमा पनि विवादित व्यक्तिहरू रहेकाले वर्तमान सरकारबाट सुशासनको कुनै अपेक्षा नरहेको बताए ।
‘विवादित व्यक्ति यतिबेला मन्त्रिमण्डलमा छन्। हामीले सडकदेखि सदनसम्म सहकारीमा जम्मा गरेको जनताको रकम दुरुपयोग गर्नेहरूमाथि छानविनका लागि आवाज उठाइरहेका छौं। तर, सरकार अटेरी गरिरहेको छ। किनकि सरकारमा प्रधानमन्त्री भन्दा बलिया अपराधिक मानसिकता भएका व्यक्तिहरू छन्। उनीहरूले प्रधानमन्त्रीलाई विभिन्न दवाव र प्रभावमा पारिरहेका छन्,’ महरले भने ।
त्यस्ता व्यक्तिहरूलाई जनताले समयमै पाखा लगाउनु पर्ने महरले बताए । सहकारी ठगीदेखि विभिन्न प्रकरणमा मुछिएकाहरू वर्तमान पुप्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी रहेकाले उनको हालको क्याविनेट नै अपराधिको संगठन जस्तो रहेको महरले आरोप लगाए ।
अपराधमा संलग्न मन्त्रीहरूले आफूलाई जोगाउन चलखेल गर्ने बाहेक उनीहरूबाट अन्य कुनै अपेक्षा गर्न सक्ने ठाउँ नरहेको महरको भनाइ छ। ‘आज चैत्र २४ गते २०४६ सालमा जनआन्दोलन सुरु भएको दिए । सोही आन्दोलनको जगमा प्रजातन्त्र स्थापना भएको थियो। आज नै उपनिर्वाचनका उम्मेदवारहरूको उम्मेदवारी दर्ताको दिन परेको छ। आजकै दिनबाट सबै जनताले प्रण गरेर जनता र देशका प्रति गद्दारी गर्नेहरूलाई कहिले साथ दिने छैनौं भनेर प्रण गर्नु आवश्यक छ,’ उनले भने ।
भ्रमको ललिपप देखाएर वदमासी गर्न खप्पिस नयाँ राजनीतिक दलहरूसँग जनता विशेष सतर्क रहनु पर्ने महर बताउँछन्। अरुलाई गाली गरेरमात्र सधैँ भ्रमको राजनीति गर्न नसकिने उनले बताए ।
‘पार्टी जन्मिने वित्तिकै रास्वपालगायत नयाँ दलमा आवद्ध नेताहरूका एकपछि अर्को आपराधिक कुकर्म सार्वजनिक भइरहेका छन्। अब जनताले प्रस्टरूपमा बुझिसक्नु भएको छ। त्यसैले उहाँहरूले धेरै ठूला कुरा नगर्दा हुन्छ,’ महरले भने। नेपालमा प्रजातन्त्र प्राप्तिका लागि कर्मचारी, श्रमिकलगायत सबैको महत्त्वपूर्ण भूमिका रहेकाले नेपाली राजनीतिले उक्त भूमिकालाई भुल्न नहुने बताएका छन् ।
‘अप्ठ्यारोमा पर्दा कांग्रेसले नेतृत्व गर्ने, सधै निर्वाचन कांग्रेसकै नेतृत्वमा हुने, विदेशसँगको कुटनीतिक सम्बन्ध कांग्रेसले नै सुधारिदिनुपर्ने, जनमतको अपमान गर्दै संसद विघटन गर्दा कांग्रेसले नै जोगाउनु पर्ने। यसरी मुलुक अप्ठ्यारोमा पर्दा कांग्रेसले काँध हाल्दै आएको छ। त्यसैले सस्तो लोकप्रियता खोज्ने र मुलुकलाई भड्खालोमा हाल्नेहरूलाई किन कुर्सीमा पुगाएर स्वार्थ केन्द्रित गतिविधिमा सहभागी गराउने। त्यसैले अब हामी सबैले सोच्ने बेला आएको छ,’ महरले भने। उनले उप निर्वाचनमा दुवै क्षेत्रमा कांग्रेसलाई विजयी गराएर स्वार्थ केन्द्रित राजनीतिक दलहरूलाई गतिलो झापड दिन जनतासँग आग्रह गरेका छन् । न्युज कारखाना
काठमाडौं, २४ चैत ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश नेताहरू सहकारी ठगीमा संलग्न रहेकाले संसदीय छानविन समिति गठन हुन नसकेको बताएका छन्।
नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ केन्द्रीय परिषद्को भेलालाई बिराटनगरमा सम्बोधन गर्दै नेता महरले एमाले र रास्वपाका अधिकांश नेता सहकारी गठी प्रकरणमा मुछिएको र मन्त्रिपरिषदमा पनि विवादित व्यक्तिहरू रहेकाले वर्तमान सरकारबाट सुशासनको कुनै अपेक्षा नरहेको बताए।
‘विवादित व्यक्ति यतिबेला मन्त्रिमण्डलमा छन्। हामीले सडकदेखि सदनसम्म सहकारीमा जम्मा गरेको जनताको रकम दुरुपयोग गर्नेहरूमाथि छानविनका लागि आवाज उठाइरहेका छौं। तर, सरकार अटेरी गरिरहेको छ। किनकि सरकारमा प्रधानमन्त्रीभन्दा बलिया अपराधिक मानसिकता भएका व्यक्तिहरू छन्। उनीहरूले प्रधानमन्त्रीलाई विभिन्न दवाव र प्रभावमा पारिरहेका छन्,’ महरले भने।
त्यस्ता व्यक्तिहरूलाई जनताले समयमै पाखा लगाउनु पर्ने महरले बताए। सहकारी ठगीदेखि विभिन्न प्रकरणमा मुछिएकाहरू वर्तमान पुप्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी रहेकाले उनको हालको क्याविनेट नै अपराधिको संगठन जस्तो रहेको महरले आरोप लगाए।
अपराधमा संलग्न मन्त्रीहरूले आफूलाई जोगाउन चलखेल गर्ने बाहेक उनीहरूबाट अन्य कुनै अपेक्षा गर्न सक्ने ठाउँ नरहेको महरको भनाइ छ। ‘आज चैत्र २४ गते २०४६ सालमा जनआन्दोलन सुरु भएको दिए। सोही आन्दोलनको जगमा प्रजातन्त्र स्थापना भएको थियो। आज नै उपनिर्वाचनका उम्मेदवारहरूको उम्मेदवारी दर्ताको दिन परेको छ। आजकै दिनबाट सबै जनताले प्रण गरेर जनता र देशका प्रति गद्दारी गर्नेहरूलाई कहिले साथ दिने छैनौं भनेर प्रण गर्नु आवश्यक छ,’ उनले भने।
भ्रमको ललिपप देखाएर वदमासी गर्न खप्पिस नयाँ राजनीतिक दलहरूसँग जनता विशेष सतर्क रहनु पर्ने महर बताउँछन्। अरुलाई गाली गरेरमात्र सधैँ भ्रमको राजनीति गर्न नसकिने उनले बताए।
‘पार्टी जन्मिने वित्तिकै रास्वपालगायत नयाँ दलमा आवद्ध नेताहरूका एकपछि अर्को आपराधिक कुकर्म सार्वजनिक भइरहेका छन्। अब जनताले प्रस्टरूपमा बुझिसक्नु भएको छ। त्यसैले उहाँहरूले धेरै ठूला कुरा नगर्दा हुन्छ,’ महरले भने। नेपालमा प्रजातन्त्र प्राप्तिका लागि कर्मचारी, श्रमिकलगायत सबैको महत्त्वपूर्ण भूमिका रहेकाले नेपाली राजनीतिले उक्त भूमिकालाई भुल्न नहुने बताएका छन्।
‘अप्ठ्यारोमा पर्दा कांग्रेसले नेतृत्व गर्ने, सधै निर्वाचन कांग्रेसकै नेतृत्वमा हुने, विदेशसँगको कुटनीतिक सम्बन्ध कांग्रेसले नै सुधारिदिनुपर्ने, जनमतको अपमान गर्दै संसद विघटन गर्दा कांग्रेसले नै जोगाउनु पर्ने। यसरी मुलुक अप्ठ्यारोमा पर्दा कांग्रेसले काँध हाल्दै आएको छ। त्यसैले सस्तो लोकप्रियता खोज्ने र मुलुकलाई भड्खालोमा हाल्नेहरूलाई किन कुर्सीमा पुगाएर स्वार्थ केन्द्रित गतिविधिमा सहभागी गराउने। त्यसैले अब हामी सबैले सोच्ने बेला आएको छ,’ महरले भने। उनले उप निर्वाचनमा दुवै क्षेत्रमा कांग्रेसलाई विजयी गराएर स्वार्थ केन्द्रित राजनीतिक दलहरूलाई गतिलो झापड दिन जनतासँग आग्रह गरेका छन्।
न्युज कारखाना
काठमाडौं ।
नेकपा एमालेबाट इलाम-२ मा उम्मेदवार बनेका सुहाङ नेम्वाङले मनोनयन दर्ता गरेका छन् । सुहाङले नेता कार्यकर्ताको जुलुससहित निर्वाचन कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गरेका हुन् । सुहाङलाई माओवादी केन्द्रले समेत समर्थन गरेको छ ।
आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता जारी छ ।
अहिलेसम्म इलाम २ मा जनमत पार्टीका प्रेमकुमार थामसाङ, नेमकिपाका श्याम नेपाली, स्वतन्त्र उम्मेदवार जकप्रसाद गौतम, मंगोल नेश्नलका मणिबहादुर लिम्बु, एकीकृत समाजवादीका जीतबहादुर राई र स्वतन्त्रबाट डेकेन्द्र सिंह थेगमले उम्मेदवारी दर्ता गराएका छन् ।
इलाम- २ बाट निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्न समय दिएको छ । आयोगले आजै बेलुका ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ताको सूची प्रकाशन गर्ने जानकारी दिएको छ ।न्युज कारखाना
काठमाडौं, २४ चैत ।
सडक दुर्घटनामा गम्भिर घाइते कलाकार कोपिला थापाको उपचार खर्च जुटाउन नायिका रेखा थापाले पहल सुरु गरेकी छिन् ।
भारतको पञ्जाबमा भएको दुर्घटनामा घाईते कोपिलाको उपचारको लागि रेखाले व्यक्तिगत रूपमा सहयोग गर्दै उपचार खर्च जुटाउन पहल थालेकी बताईन्।
एक साताअघि एक कार्यक्रममा सहभागी भएर भारतको पञ्चकुलातिर फर्किनेक्रममा कोपिला चढेको कार ब्रेकफेल भएर दुर्घटना हुँदा उनी घाइते भएकी थिईन् । उनको ढाडको शल्यक्रिया गरेर स्टिल राखिएको छ ।
कम्मरभन्दा मुनिको शरीर चल्दैन । कोपिलाले दर्जनौं नेपाली चलचित्र र टेलिचलचित्रमा अभिनय गरेकी छन्। रेखाले सबैले सहयोग गरेर उनको ज्यान जोगाईदिन आग्रह गरेकी छिन् ।
उनीसँगै कारमा सवार यात्रु रुपा थापाको मृत्यु भएको थियो ।न्युज कारखाना
काठमाडौँ ।
नेकपा एमालेबाट इलाम-२ मा उम्मेदवार बनेका सुहाङ नेम्वाङ मनोनयन दर्ता गर्न जादै छन् ।
मनोनयन दर्ता गर्न जानु अघि सुहाङले भानु रत्न चोकमा रहेको सहिद रत्न कुमार वान्तवासहित वाम वान्तवा र आदिकवी भानुभक्तको शालिकमा माल्यार्पण गरेका थिए ।
बैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम- २ मा एमालेबाट उम्मेदवार बनेका सुहाङलाई केन्द्रीय सत्ता समीकरणमा रहेको माओवादी केन्द्रले समर्थन गरेको छ ।
न्युज कारखाना
काठमाडौँ ।
नेकपा माओवादी केन्द्रका गोपीबहादुर सार्की राष्ट्रिय सभामा सत्ता पक्षको मुख्य सचेतकमा नियुक्त भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्कीलाई राष्ट्रिय सभामा मुख्य सचेतक तोकेका हुन् न्युज कारखाना
काठमाडौँ ।
नेकपा एमालेले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाएको छ ।
आगामी वैशाख ८ देखि १० गतेसम्म परिषद् बैठक आह्वान गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्मराज अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार परिषद् बैठक गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने छ ।
बैठकमा महाधिवेशनमा सहभागी दुई हजार एक सय ५३ जना प्रतिनिधि सहभागी हुनेछन् ।
एमालेको विधान अनुसार दुई राष्ट्रिय महाधिवेशनको बीचमा आवश्यकताअनुसार परिषद् बैठक बस्ने व्यवस्था गरिएको छ ।
परिषद् बैठकले केन्द्रीय कमिटी र केन्द्रीय निकायका तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्ने र आवश्यक निर्देशन दिने काम गर्दछ । न्युज कारखाना
काठमाडौँ ।
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको पार्टीमा सधै अभाव महशुस हुने गरेको बताएका छन् ।
शनिबार बिहान पेरिसडाँडामा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको आठौँ वार्षिक साधारण सभा तथा स्मृति दिवसमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘पोष्टबहादुर बोगटी एक जना इमान्दार नेता हुनुहुन्थ्यो, यहाँको सम्पूर्ण जीवन त्याग र निष्ठाले भरिपूर्ण छ। उहाँ एक जना सहयोगी भावनाको, आफ्नो जिम्मेवारीप्रति प्रतिवद्ध, सक्षम र समन्वयकारी नेता हुनुहुन्थ्यो ।’
बोगटीको निधनपछि पार्टीमा समन्वयको अभाव महशुस हुने गरेको प्रधानमन्त्रीले स्मरण गरे । उनले भने, ‘अप्ठ्यारो परेको बेला उहाँले समन्वय गर्नुहुन्थ्यो। पार्टीमा उहाँको अभाव खड्किरहन्छ ।’न्युज कारखाना
काठमाडौं, २४ चैत ।
अभियन्ता सुमन सायमीसँग मिलेर तराइ मधेस केन्द्रित नेता राजेन्द्र महतोले काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएका छन् ।
नेवाः राष्ट्रिय परिषदका संयोजक सायमी र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको संयुक्त आयोजनामा काठमाडौंमा आन्दोलन गर्ने भएका हुन ।
आज हुने काठमाडौं केन्द्रित आन्दोलनमा बसन्तपुरवाट सुरू भइ खुल्ला मञ्चमा समापन हुदैँछ । न्युज कारखाना
काठमाडौं, २४ चैत।
आम जनता पार्टी (आजपा) ले दलतन्त्र र भ्रष्टाचारको विरुद्धमा आज शनिबार काठमाडौंमा जनप्रदर्शन गर्दैछ ।
जनआन्दोलन दिवसको अवसरमा हुने सो प्रदर्शनमा दशौं हजारको सहभागिता हुने बताइएको छ । जनप्रदर्शन पश्चात काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने सभालाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
आजपा उपमहासचिव चन्द्रभुषण साहका अनुसार देशमा बढदै गईरहेको भ्रष्टाचार, अनियमितता, लुटतन्त्रको बिरुद्धमा जनप्रदर्शन हुन लागेको हो । देशमा व्यापक रुपमा बढदै गईरहेको भ्रष्टाचार, अनियमितताको अन्त्य नभएसम्म बिकास सम्भव नभएको बताउँदै उनले दलिय भ्रष्टाचारले देशको आर्थिक अवस्था कमजोर भएको बताए ।
आजपा स्थायी कमिटीका सदस्य रविन्द्र सिंहका अनुसार दलतन्त्रको ठेकेदारहरुलाई खबरदारी गर्न, जनआन्दोलनका मुद्धाहरुको रक्ष ागर्न, देशलाई बर्बाद गर्ने नेताहरुबाट जवाफ माग्न, जनतालाई धोखा दिने गद्धारहरुलाई दण्डित गर्न, देशलाई आर्थिक संकटबाट बचाउँन, काण्डैकाण्डका नाइकेहरुलाई कारवाही गराउँन दबाब दिने उदेश्यले जनप्रदर्शन गर्न लागिएको हो ।
यसैगरी देश लुटेर विदेश लानेहरुको सम्पती जफत गराउँन, खुद्धा व्यापारी, कवाड तथा गार्मेन्ट व्यवसायीहरुको रक्षा गर्न, लघुवित तथा बैंकहरुको मनोमानी बन्द गर्न, सहकारी पीडितहरुलाई न्याय दिलाउँन, सरकारी बजेटको भागबण्डा बन्द गर्न, घुस कमिशन तथा भ्रष्टाचार रोक्न, मनपरी कर तथा महंगाई नियन्त्रण गर्न, भन्सार कानूनको ४५ प्रतिशत लुटकारी प्रावधान खारेज गर्न, सुकुम्बासी एवं गरिबलाई आवास तथा रोजगारीको व्यवस्था गर्न, युवाहरुलाई स्वदेशमै रोजगारी दिलाउँन आजपाले जनप्रदर्शन गर्न लागेको आईटी आर्मीका केन्द्रीय सदस्य रामसरण यादवले बताए ।
यसैगरी बैदेशिक रोजगारका ठगहरुलाई कारवाही गराउन, दलित तथा अल्पसंख्यकमाथिको विभेद अन्त्य गर्न, महिलालाई राज्यको हरेक अंक र क्षेत्रमा ५१ प्रतिशत अधिकार सुनिश्चित गराउन, अधिकार र पहिचानको मुद्धाहरु स्थापित गर्न, किसानलाई पेन्सन र मजदुरलाई सामाजिक सुरक्षा दिलाउँन, देशको निराश जनतालाई उत्साहित गर्ने उदेश्यले जनप्रदर्शनको आयोजना गरिएको आजपाले जनाएको छ ।न्युज कारखाना
चितवन ।
रामहरि श्रेष्ठको हत्या प्रकरणमा पक्राउ परेका माओवादी नेता कालीबहादुर खाम पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
चितवन जिल्ला अदालतमा बिहीबार र शुक्रबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दयाराम ढकालले खामलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएका हुन् । खामले अदालतमा घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।
व्यापारी श्रेष्ठको २०६५ सालको बैशाखमा चितवन शक्तिखोरमा रहेको माओवादी लडाकुको अस्थायी शिविरको तेस्रो डिभिजनमा हत्या भएको थियो ।
शिविरभित्रै श्रेष्ठको कुटपिटबाट हत्या भएको पुष्टि भएपछि श्रेष्ठकी श्रीमती रमिलाले खामसहित अर्का कमाण्डर गोविन्दबहादुर बटला, केशव अधिकारी र गंगाबहादुर थापा लगायतविरुद्ध जाहेरी दिएकी थिइन् । यो मुद्दामा बटला आफैँ प्रहरीमा उपस्थित भएर ६८ सालमा तीन वर्षकाे कैद सजाय पाए पनि अरू कोही पक्राउ परेका थिएनन् । खामलाई गत मंगलबार प्रहरीले काठमाडौँको ठमेलमा पक्राउ परेका थिए ।न्युज कारखाना
काठमाडौँ ।
डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले इलाम-२ को उपनिर्वाचनमा पहिचानवादी उम्मेदवार डेकेन्द्र सिंह थेगिमलाई समर्थन गर्न भएको छ ।
नेपाल समाजवादी पार्टीका प्रवक्ता कृष्ण शर्माले एक विज्ञप्ति जारी गर्दै इलाम-२ मा थेगिमलाई समर्थन गर्ने जानकारी दिएका हुन् । थेगिमलाई जसपा नेपालले पनि समर्थन गरेको छ ।न्युज कारखाना
धनगढी ।
सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ ।
प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको दावी पेश गर्न आह्वान गरेका हुन् । उनले दलहरूलाई वैशाख २ गतेसम्मको समय दिएका छन् ।
केन्द्रको सत्ता समीकरण फेरिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री कमलबहादुर शाहीले विश्वासको मत नपाउने भएपछि बिहीबार राजीनामा दिएका थिए ।न्युज कारखाना
दाङ, २३ चैत ।
लुम्बिनिको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त भएका छन् ।
नेपालको संबिधानको धारा १६८ उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुख अमिक शेरचनले जानकारी दिए ।न्युज कारखाना
रौतहट २३ चैत।
भारतीय सिमाना संग जोडिएको रौतहटको दक्षिणीभेग ईशनाथ नगरपालिका ९ डुमरीया गाउँमा आज बिहान ग्याँस लिक भएर एक घरमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ।
स्थानिय शेख इशहाक मिया धुनियाको खपराको घरमा आगलागी भएर लाखौंको क्षती भएको हो। खाना पकाउने क्रममा आज बिहान ८ बजेर ३० मिनेटमा ग्याँस लिक भएर आगलागी भएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छन्।
आगलागि बाट अन्नपात, गरगहना र लत्ताकपडा गरी छ लाख ५० हजार बराबरको सरसमान पुर्ण रुपमा जलि नष्ट भएको प्रवक्ता गिरीले जानकारी दिएकि छन।, स्थानीय र प्रहरीचौकी औरैयाको टोली मिलेर गौर बाट गएको दमकलको सहयोगमा बिहान ९ बजेको समयमा आगलागी पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। गर्मियाम संगै हावाहुरी चल्न सुरुभए यता रौतहटमा आगलागी बाट झण्डै १ दर्जन घर जलेर लाखौं लाखको क्षती भएको प्रहरीले जनाएको छ।
न्युज कारखाना
गोरखा, २३ चैत ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा जनताले परिवर्तन एवं विकासको महसुस गर्ने बताएका छन ।
नेकपा (माओवादी केन्द्र) जिल्ला पार्टीले आज गोरखामा आयोजना गरेको कार्यकर्ता भेटघाट एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्ष २०८१/८२ मा विकास र निर्माणका क्षेत्रमा प्रभावकारी आयोजना लिएर आउने बताएका हुन् ।
आगामी आर्थिक वर्षको बजेट विगत आर्थिक वर्षको जस्तो नहुने बताउँदै प्रधानमन्त्री प्रचण्डले अध्यादेशमार्फत ऐन संशोधन गरेर जनताको सुझावलाई समेटेर नीति तथा कार्यक्रम निर्माण भइरहेको स्पष्टसमेत पारेका छन् । आगामी आर्थिक वर्षको बजेट निर्माणबारे जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले परिणाम दिने आयोजनालाई मात्र बजेटको व्यवस्था गरिने स्पष्ट पारे ।
“गोरखा जिल्लाको जनप्रतिनिधिको हैसियतले गोरखाको सडक पूर्वाधारमा मेरो ध्यान जानेछ”, प्रधानमन्त्री प्रचण्डले भने, “जलविद्युत, जडीबुटी र एवं अन्य पूर्वाधार क्षेत्रमा विशेष ध्यान दिनेछु यो पटक जनताले बुझ्नेगरी बजेट बिनियोजन हुनेछ ।”
“आगामी आर्थिक वर्षमा देशभर सुशासन एवं सामाजिक न्यायका पक्षमा महत्त्वपूर्ण काम भएका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “शरणार्थी काण्डदेखि वाइडबडी प्रकरणसम्म आइपुग्दा भ्रष्ट्राचार गर्ने कोही पनि छुट्ने छैनन्, सुशासनको सरकारको काम अगाडि बढ्छ ।”
माओवादीले मात्र सामाजिक न्यायको क्षेत्रमा लाखौं मिटर ब्याजबाट पीडितलाई न्याय दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यही सरकारले मात्र विदेशमा रहेका श्रमिक एवं देशभित्रका न्यून आयभएका श्रमिकलाई सामाजिक सुरक्षामा सामावेश गराएकोसमेत दाबी गरेका छन् ।
गोरखा जिल्ला जनयुद्धको समयमा पनि अग्रणी भूमिका रहेको उल्लेख गर्दै उहाँले विकास निर्माण र सामाजिक न्यायको विषयमा जनताले गरेको अपेक्षालाई सम्बोधन गर्ने विश्वास ब्यक्त गरेका छन ।
गत वर्ष बजेट तथा नीति तथा कार्यक्रममा जनताको चाहनाअनुसार गर्न नसकिएको उल्लेख गर्दै प्रधानन्त्री प्रचण्डले गत आवमा परम्परागत बजेट निर्माण भयो र त्यसले अपेक्षित उपलब्धी हासिल गर्न नसकिएको बताए ।न्युज कारखाना
काठमाडौं, २३ चैत ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले आफ्नो १२ औँ महाधिवेशन गर्ने भएको छ ।
आगामी २०८१ पुस मसान्तभित्र १२ औं महाधिवेसन सम्पन्न गर्ने निर्णय गरेको हो ।
हालै सम्पन्न केन्द्रीय समितिको बैठकले १२ औँ महाधिवेशनको मिति तोकेको हो ।
नेविसंघ मुख्यसचिव विजय खड्काका अनुसार दुजाङ शेर्पाको अध्यक्षतामा बसेको पहिलो केन्द्रिय समिति बैठकले महाधिवेशन, सांगठनिक गतिविधिसहित २४ वटा निर्णय गरेको छ ।न्युज कारखाना
गोरखा, २३ चैत
स् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा दरबारमा पुरातत्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गरेका छन् ।
गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा आज आयोजना गरेको कार्यक्रमका बीच प्रधानमन्त्री प्रचण्डले उक्त धातु पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गरेका हुन ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक र बहुमूल्य धातु क्वार्जको प्रतिस्थापन भएसँगै जिल्लाको महत्त्व अझ बढ्ने विश्वास व्यक्त गर भने जिल्लाको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उल्लेखसमेत गरेका छन ।
गोरखा जिल्लाको जनप्रतिनिधिका हैसियतले यहाँको विकास निर्माणमा आफू निरन्तर लागिपर्ने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले गोरखकाली उद्योग, बुढीगण्डकी जलविद्युत आयोजना एवम् पार्क निर्माणमा आफ्नो ध्यान जाने बताए ।
गोरखा जिल्लामा फेला पारिएको ५२.३३० केजीको उक्त धातु पुरातत्व विभागले बहुमूल्य भएको प्रमाणित गरेको थियोे ।न्युज कारखाना
सुनसरी, २३ चैत
सुनसरीको हरिनगरा र देवाञ्जगञ्ज गाउँपालिकामा धार्मिक हिंसा भड्किने देखिएपछि अनिश्चितकालिन निषेधाज्ञा जारी भएको छ ।
शुक्रवार दिउसो १२ बजेदेखि लागू हुने गरी हरीनगरा गाउँपालिकाका सबै वडा र र देवाञ्जगञ्ज गाउँपालिकाको १ र ७ नं वडामा अनिश्चितकालिन निषेधाज्ञा जारी भएको हो ।
सुरक्षा संवेदन शीलतालाई ध्यानमा राख्दै सम्भावित मानवीय र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क बमोजिम विभिन्न भेला प्रदर्शन गर्न नगराउन सुनसरी जिल्लाका कार्यवाहक प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलद्वारा हस्ताक्षर गरिएको सूचनामा उल्लेख गरिएको छ ।न्युज कारखाना
दाङ, २३ चैत ।
लुम्बनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दिएको राजिनामा स्विकृत गरिएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री चौधरीले हिजो दिएको राजिनामा आज स्विकृत गरेका हुन् ।
‘नेपालको संबिधानको धारा १६९ को उपधारा १ को खण्ड क बमोजिम तपाइले मिति २०८० चैत २२ मा दिनु भएको राजिनामा स्विकृत गरेको छ,’ प्रदेश प्रमुख शेरचनले पठाएको पत्रमा भनिएको छ, ‘यहाँले मुख्यमन्त्रीको रूपमा हालसम्म पु¥याउनु भएको योगदानका लागि धन्यबाद ज्ञापन गर्दछु ।’
न्युज कारखाना
काठमाडौं, २३ चैत ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागु गर्नुपर्ने बताएका छन ।
मध्यपश्चिम विश्वविद्यालयको १४ औँ सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले पाठ्यक्रम पुनः संरचना, भौतिक एवं मानव संशाधन विकासमा विश्वविद्यालयको ध्यान जानुपर्ने बताएका हुन ।
प्रधानमन्त्री प्रचण्डले भने, “विश्वविद्यालयले अवलम्बन गरेका शैक्षिक उत्कृष्टता, आर्थिक बृद्धि, पाठ्यक्रम पुनःसंरचना, अन्तर्राष्ट्रिय सम्बन्ध तथा आदान–प्रदान र पूर्वाधार विकाससम्बन्धी मार्गनिर्देशक सिद्धान्त, नीति तथा कार्यक्रमहरू समेत सराहनीय छन् ।”
विश्वविद्यालयको सम्पूर्ण शैक्षिक क्रियाकलापहरू पूर्व निर्धारित शैक्षिक पात्रोअनुसार शैक्षिक गतिविधि सञ्चालन गर्ने नीति लिनु सुधारको पाटो भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयको विद्यमान परीक्षा प्रणालीमा सुधार गरी शैक्षिक पात्रोअनुसार परीक्षा लिने तथा निर्धारित समयभित्र नतिजा प्रकाशन गर्ने नीति कार्यान्वयनमा सरकारले सहयोग गर्ने विश्वास दिलाए ।
परिवर्तनशील वैश्विक परिवेश एवं राष्ट्रिय, क्षेत्रीय र स्थानीय विकासका नीति तथा अवधारणा र श्रम बजारको मागअनुसार विश्वविद्यालयका सम्पूर्ण शैक्षिक कार्यक्रम तथा पाठ्यक्रमलाई थप प्राथमिकता दिन उनको सुझाव छ ।
प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयका विभिन्न प्रयोगशालाबाट उत्पादित वस्तु, सेवा र सूचनाहरूको बजारीकरण र बिक्री वितरणमा आवश्यक पर्ने राष्ट्रिय नीति तथा कानुन निर्माणमा नेपाल सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन ।
संविधानबाट निर्दिष्ट गणतान्त्रिक राज्यव्यवस्थाले अनुसरण गरेको सुशासन र सामाजिक न्यायको सिद्घान्तमा आधारित समाजवादउन्मूख शैक्षिक नीति, रणनीति तथा कार्यक्रम निर्माण गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले नेपाली विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षा अध्ययन गर्न उत्प्रेरित गर्दै देशको समृद्धिमा टेवा पुर्याउन विश्वविद्यालयले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कृषि तथा वन विज्ञानका क्षेत्रमा कर्णाली प्रदेश र समग्र नेपालकै भौगोलिक, सामाजिक एवं आर्थिक अवस्थालाई मध्यनजर गर्दै जल, जमिन, जङ्गल, जडीबुटी र जनशक्तिमा आधारित शैक्षिक, व्यावसायिक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले आधुनिक र रैथाने कृषि प्रणाली र ज्ञान–सीपको संयोजन गरी विभिन्न कार्यक्रम र परियोजनाहरू सञ्चालनमा आउने विश्वास व्यक्त गरेका छन ।
प्रधानमन्त्री प्रचण्डले सांस्कृतिक विविधता र प्राकृतिक स्रोत–साधनले सम्पन्न तर भौतिक पूर्वाधार विकास, औद्योगिकीकरण तथा मानव विकासका सूचकाङ्कमा पछाडि परेको कर्णाली प्रदेशमा स्थापित मध्यपश्चिम विश्वविद्यालयले आफ्नो स्थापनाको छोटो समयमै प्राज्ञिक उन्नयन, भौतिक विकास, सूचना प्रविधि सहितको कार्यप्रणाली विकासमा गरेको योगदान महत्त्वपूर्ण रहेकोसमेत बताए ।न्युज कारखाना
दाङ, २३ चैत ।
लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन हुने भएको छ ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराको नेतृत्वमा नयाँ सरकार गठन हुने लगभग सुनिश्चित देखिएको छ ।
महरालाइ मुख्यमन्त्री बनाउन बहुमत सांसदहरूले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गरेका छन् । जस अनुसार नेकपा एमालेका २९, माओवादीका १०, जसपाका ३, एकीकृत समाजवादी १ र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाको हस्ताक्षर बुझाइएको जनाइएको छ ।
जस अनुसार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई आइतबारसम्ममा महरालाइ मुख्यमन्त्री नियुक्ति गर्नेछन् । न्युज कारखाना
बारा, २३ चैत ।
नेकपा एमाले बाराको जिल्ला कमिटीको पाँच जना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा दिुई जनासहित ११ जनाले उम्मेदवारी दिएका थिए ।
अध्यक्षमा अध्यानन्द पाण्डे र टिना सुवेदीले उम्मेदवारी दर्ता गरेका छन । दुई उपाध्यक्ष पदका लागि नारायण प्रसाद गौतम र भुलन चौधरीले उम्मेदवारी दिएका छन् । त्यस्तै, एक जना सचिव पदका लागि एम समिउल्लाह, अमृत शर्मा बजगाई (सुजन) र भिखारी साह विद्रोहीले उम्मेदवारी दिएको निर्वाचन अधिकृत गोकुल घोरसाईनेले जानकारी दिए ।
दुई जना उपसचिव पदका लागि खुल्ला र महिलातर्फ गरी चार जनाको उम्मेदवारी परेको छ । जसमा जवाहिर अंसारी र धनिराम चौधरी गरी चार जनाले खुल्ला तर्फ उम्मेदवारी परेको छ भने महिला तर्फ कमला घिमिरे र भावना आर्चायले उम्मेदवारी दिएका छन् ।
एमालेको जिल्ला कमिटी ५ पदाधिकारीसहित एक सय ३५ सदस्यीय हुनेछ जसमध्य अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहित १२५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने छ भने बार्की दश जनालाई मनोनित गरिने बताईएको छ ।
सहमतिमा नेतृत्व चयनका लागि छलफल चलिरहे हुदाँ निर्वाचन तालिका भन्दा केही ढिलाइ भएको एमाले निर्वाचन समितिले जनाएको छ । अन्तिम नामावली प्रकाशित भईसकेको हुँदा भोली शुक्रबार बिहान ८ बजेदेखि मतदान हुने प्रमुख निर्वाचनअधिकृत महम्मद रफिक मियाँले बताए । अधिवेशनमा १६ पालिकाबाट आठ सय ३० जना प्रतिनिधिहरू मतदाता रहेका छन् ।
नेताहरुले सार्वजनिक अभिव्यक्तिमा सहमतिको रटान लगाएपनि भित्रभित्र आफ्नो गुटको पक्षमा लबिङ गरेकाले मतदानबाट नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको हो । अधिवेशनको उद्घाटन सत्रमा बोल्ने पार्टी वरिष्ठ अपाध्यक्ष ईश्वर पोखरेल सहितका नेताहरुले पार्टीमा कुनै पनि गुट नभएको स्पष्टीकरण दिए पनि भित्रभित्रै गुट झाँगिएको अधिवेशन स्थलमा सहभागी नेता, कार्यकर्ताहरुले प्रतिक्रिया दिएका छन् ।
नेकपा एमालेका नेता तथा कोल्हवी नगरपालिकाका पुर्व नगरप्रमुख भरत बहादुर भण्डारीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले उमेदवारी दर्ता नगर्न दवाब दिएको भण्डारीले बताए । ‘म केही समयबाट अध्यक्ष पदका निम्ती तयारी गरिरहेको थिए, तयारी राम्रो थियो तर मनोनयन दर्ताको एकदिन अघिबाट नेताहरुले दवाब दिए । कतिसम्म भने अध्यक्ष ओलीबाट समेत फोन आएपछि मैले मनोनयन दर्ता गरिन ।’ भण्डारीले भने, जिल्ला कमिटी बनाउन बालकोट सचिवालयबाट चलखोल भईरहेको छ ।
अध्यक्षका उम्मेदवार अध्यानन्द पाण्डेले आफूले पार्टीलाई अनुकुल बनाउन तिन पटक अध्यक्षको पदका निम्ती प्रयास गर्दा समसहमतका निम्ती तिनै पटक सचिब भएर काम गर्दा प्रतिकूल राजनीतिक परिस्थितिमा भएका चुनावमा पार्टीलाई प्रदेशसभामा पहिलो बनाएको र अन्य निर्वाचनमा पनि उल्लेख्य सफलता हासिल गरेको, पार्टी संगठनलाई व्यवस्थित बनाएको र पार्टीलाई आर्थिकरुपमा पारदर्शी मितव्यवयी बनाएकाले प्रतिनिधिकै आग्रहमा एक कार्यकाल अध्यक्ष भई काम गर्न उम्मेदवारी दिएको बताएका छन् ।
अर्का उम्मेदवार टिना सुवेदीले पार्टीलाई थप बलियो बनाउन आफू अध्यक्षमा आउन चाहेको बताएकी छिन् । निवतमान जिल्ला उपाध्यक्ष सुवेदीले महिलालाई जिल्लाको नेतृत्वमा गएर काम गर्नसक्छन भने अदाहरण बन्न र जिल्लामा रहेर निकै लामो समय काम गरेका कारण यो पटक अध्यक्षमा दावी गरेको बताईन । निवतमान जिल्ला उपाध्यक्ष सुवेदी अध्यक्ष ओली निकट मानिन्छन् ।
एमाले मधेश प्रदेशका सचिब मनोज पौडेलले भने,‘प्रदेश अधिवेशन सहमतिमा गर्ने मुख्य नेताहरूको पहल निकै भएको हो । तर, अब सम्भव नहुने अवस्थामा आइपुगेको छ । सायद अब मतदाननै हुन्छ । निर्वाचनमा प्रदेश अध्यक्षका लागि पार्टीका नेताहरू पाण्डे र सुवेदीले स्वस्थ प्रतिस्पर्धा गर्नुहुन्छ ।’
बारामा ओली निकट मानिने एमाले पोलिटब्युरो सदस्य अच्युत मैनाली र ज्वाला साह एक तर्फ छन । अध्यक्षका उम्मेदवार टिना सुवेदी पोलिटब्युरो सदस्य मैनालीका श्रीमती हुन भने सचिव पदका उम्मेदवार अमृत शर्मा बजगाई (सुजन) पोलिटब्युरो सदस्य ज्वाला साहका श्रीमान हुन । उनीहरुलाई परिवारबादमा लागेको आरोप समेत मतदाताले लगाएका छन । उनीहरुको जिल्लामा व्यापक बिरोध समेत भईरहेको छ ।
यता एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल अर्को तफ रहेका छन । उनले अध्यक्षका उम्मेदवार अध्यानन्द पाण्डेलाई समर्थन गरेका छन । नेकपा एमालेका नेताहरु आफुनिकटका व्यक्तीहरूलाई अध्यक्षमा जिताउने रणनीतिमा सक्रिय बनेका छन । कतिपयले यो निर्वाचनलाई नेताहरुको शक्ति परीक्षणको रुपमा पनि हेरेका छन ।न्युज कारखाना
काठमाडौं २२ चैत।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेताहरु पदको पछाडी लागेर देश नबन्ने टिप्पणी गरेका छन्। बिहीवार संघीय राजधानी काठमाडौं स्थित रौतहट टाईंम्स साप्ताहिकको २६औं बार्षिकोत्सवको अवसरमा प्रमुख अतिथिको रूपमा नेता नेपालले उक्त कुरा बताएका हुन्।
पछिल्लो समय देशमा पदकै लागी हानथाप हुनथालेको कारण देशको विकासमा बाधा पुगेको नेता नेपालले जिकिर गरेका थिए।
पूर्व प्रधानमन्त्री नेता नेपाल आफ्नो गृह जिल्ला रौतहटको चर्चा गर्दै सदरमुकाम गौर नगरपालिकामा मेयर शम्भु साहले गरिरहेको विकास निर्माणको काम जिल्लाकै लागी उदाहरणीय रहेको चर्चा गरेका थिए। उनले देशमा लागुपदार्थ दुर्व्यसनीको संख्या दिनानुदिन बढिरहँदा सरकारले नियन्त्रणमा चासो नदेखाएको आरोप लगाउदै
सरकार मूकदर्शक भएको आरोप लगाएका थिए । नेता नेपालले रौतहट, कैलालीलगायत जिल्लामा पछिल्लो समय लागुपदार्थ दुर्व्यसनी बढिरहेको भन्दै सरकार, प्रहरी र प्रशासनको भूमिका माथि प्रश्न उठाएका थिए।
युवाहरु लागुपदार्थको दुर्व्यसनमा दिनप्रतिदिन फसिरहेको छ तर अपराधीहरु कारवाहीको दायरामा आउन सकेका छैनन्। राज्य सञ्चालनका तरिकामा कमी कमजोरीहरु रहेको भन्दै सुधार गर्ने सोचका साथ अघि बढ्नुपर्ने आवश्कता औंल्याएका थिए।
बिहीवार मैले एउटा पत्रिकामा पढेँ, लागुपदार्थको दुर्व्यसन रौतहट र कैलाली जिल्लामा बढ्दो छ सरकार के गरेर बसेको छ, प्रहरी र प्रशासन के गरेर बसेको छ युवा लागुपदार्थको दुर्व्यसनमा फस्छन् र अपराधी कारवाहीमा पर्दैनन भन्दै गुनासो गरेका थिए।
नेताहरु ईमान्दार तथा निष्ठावान भएर स्वच्छ छवि कायम राख्न नसकेमा कर्मचारीहरु कुनै राम्रो काम सिक्न नसक्ने उनले दाबी गरेका थिए।
कार्यक्रममा पूर्व मन्त्री तथा समाजबादी नेता डाक्टर बंशिधर मिश्रले नेपालका नेताहरु बंगलादेश संग सिक्नुपर्ने बताएका थिए। उनले बंगलादेशमा पानीमा धान उब्जाउने गरेको चर्चा गर्दै नेपालीहरु आफ्नो खेत बाँझो राखेर वैदेशिक रोजगारीमा जानु दुर्भाग्य रहेको पूर्व मन्त्री मिश्रले बताएका थिए।
आआफ्नो जन्मदिनको अवसरमा वृक्षारोपण गरेर मनाऔं भने प्रतिवद्धता सहित रौतहट टाईंम्स साप्ताहिक पत्रिकाको वार्षिकोत्सव कार्यक्रममा संघीय सांसदको शिक्षा सूचना तथा प्रविधी समितिको सभापति अमर बहादुर थापा, प्रेस काउन्सिलका अध्यक्ष बाल कृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेल, गौर नगरपालिकाका मेयर शम्भु साह,
लगायतले बर्तमान समयमा छापा मीडिया अर्थात पत्रीका प्रकाशन चुनौतीपूर्ण काम रहेको चर्चा गर्दै पत्रीका नियमित प्रकाशन संगै समाज सेवामा समेत सक्रिय रहेको भन्दै सम्पादक प्रकाशक गोबिन्द चौलागाईको प्रशंसा गरेका थिए।
रौतहटको चन्द्रपुर नगरपालिका घरभई चौलागाईं राजधानी काठमाडौं बसेर २६ वर्षदेखि नियमित पत्रीका प्रकाशन गर्दै आएका छन।न्युज कारखाना
काठमाडौं २२ चैत।
काठमाडौं स्थित एक समारोहका बिच न्युज कारखानाकर्मी सञ्जय मिश्रा सम्मानित भएका छन्।
रौतहट टाईम्स साप्ताहिक पत्रिकाको २६ औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिश्रा लाई माला लगाएर कदरपत्र बाट सम्मानित गरेका हुन्।
रौतहटमा बसेर सुशासनको क्षेत्रमा कलम चलाउँदै आएको भनेर नेता नेपालले पत्रकार मिश्रालाई सम्मानीत गरेको हो।
पत्रकार मिश्रा पछिल्लो दुई दशक भन्दा बढी समय देखि रौतहटमा बसेर सक्रिय पत्रकारिता गर्दै आएका छन। हाल उनि न्युज कारखाना, रातोपाटी,मधेश दृष्टि दैनिक संग आबद्द भएर कटहरिया एफएमका स्टेसन म्यानेजर समेत रहेका छन।
नेता नेपालले पत्रकार मिश्रा संगै पत्रकार रमेश तिमलसिना र कृष्ण तिवारीलाई समेत कदरपत्र बाट सम्मानीत गरेका थिए।न्युज कारखाना
काठमाडौं ।
मन्त्रीहरूले अब आफूले गरेको कामको दैनिक रूपमा ब्रिफिङ प्रधानमन्त्री समक्ष गर्नुपर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरूले दैनिक रूपमा गरेको कामको ब्रिफिङ हरेक दिन बेलुका प्रधानमन्त्रीलाई गर्ने निर्णय गरेको हो ।
राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेको यस निर्णय बारेमा जानकारी दिएका हुन् ।
उनले भने- ‘आज मैले एउटा निर्णय मन्त्रिपरिषद्बाट गराएको पनि छु । सबै मन्त्रीहरूले प्रत्येक दिन गरेको कामको ब्रिफिङ प्रधानमन्त्रीलाई बेलुका गर्नुपर्ने । त्यसले अब सबैलाई तताउँछ भन्ने मेरो विश्वास छ । सबै मन्त्रालयलाई, त्यसपछि सबै सचिवहरूलाई र सबै कर्मचारीहरूलाई तताउँछ भन्ने मेरो विश्वास छ । हामी बल गर्दै छौँ ।’ न्युज कारखाना
धनगढी ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् ।
प्रदेश सभामा बिहिवार विश्वासको मत लिने तयारीमा रहेका शाहले प्रदेश प्रमुख नजिर मियाँलाई केहीबेर अघि राजीनामा बुझाएका हुन् ।
मुख्यमन्त्री शाहले बिहिवार दिउसो ३ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची थियो । तर, विश्वासको मत पाउने वातावरण बनाउन प्रदेश सभा बैठक ५ बजेसम्म सारिएको थियो ।
माओवादी र एकीकृत समाजवादीले प्रदेशका मुख्यमन्त्री शाहको साथ छोडेकाले विश्वासको मत फेरि लिनुपर्ने भएको हो । अल्पमतमा रहेका मुख्यमन्त्री शाह विश्वासको मत अगाडि आफ्नो पक्षमा मत दिनका लागि अन्तिम कसरत गरिरहेको बुझिएको छ ।
उनले राप्रपालाई मनाउने प्रयास गरेपनि नाउपाको विवादका कारण उनको आवश्यक मत नपुग्ने भएको हो ।
सत्तारूढ दल नाउपाका २ सांसद विश्वासको मतको विपक्षमा देखिएकाले मुख्यमन्त्री शाहले विश्वासको मतको लागि आवश्यक २७ मत पाउन सक्ने सम्भावना टरेको हो ।
सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्रका एक एक प्रदेशसभा सांसद रहेका छन् ।न्युज कारखाना
काठमाडौँ ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) ले बझाङ प्रदेश सभाको उपनिर्वाचनमा रामबहादुर जाग्रीलाई उम्मेदवार बनाएको छ ।
जसपाको बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले जाग्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । जाग्री २०७९ को निर्वाचनमा पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका थिए ।
त्यसैगरी इलाम -२ मा भने जसपाले पहिचान पक्षधरबाट उम्मेदवार बनेका डकेन्द्रसिंह थेगिमलाई समर्थन गर्ने निर्णय गरेको छ ।
इलाम र बझाङमा वैशाख १५ गते हुने उपचुनावको मनोनयन दर्ता चैत २४ गते हुदै छ ।न्युज कारखाना
बुटवल ।
लुम्बिनी प्रदेश सभाका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी राजीनामा दिएका छन् । विहिबार लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले राजीनामा दिएका हुन् ।
यस अघि माओवादी र एकीकृत समाजवादीले सरकार छोडेपछि उनले आज विश्वासको मत लिने तालिका रहेको थियो । तर उनले विश्वासको मत नलिएर राजीनामा दिएका हुन् ।
यस अघि आजै लुम्बिनीका चार दल एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा तथा एक स्वतन्त्र सांसदबीच माओवादी केन्द्रका सांसद जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउनेसहितका पाँच बुँदे सहमति गरेका छन् ।न्युज कारखाना
काठमाडौँ ।
भारतीय नेशनल कांग्रेस नेतृ सोनिया गान्धीले राज्यसभा सांसदको सपथ लिएकी छन् । सोनिया राजस्थानबाट राज्यसभा सांसद बनेकी हुन् ।
विहिबार भारतको नयाँ संसद भवनमा उपराष्ट्रपति जगदीप धनखरले गान्धीसहितअन्य राज्यसभा सांसदहरूलाई सपथ गराएका हुन् ।
सोनिया गान्धी पहिलो पटक राज्यसभा सांसद बनेकी हुन् । उनी राजस्थानबाट राज्यसभामा निर्विरोध निर्वाचित भएकी थिइन् । नेहरू-गान्धी परिवारका सदस्यले राज्यसभा सांसदको रूपमा सपथ लिएको यो तेस्रो पटक हो । यसअघि इन्दिरा गान्धी र उमा नेहरु राज्यसभा सांसद बनेका छन् ।
उमा नेहरू भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूका काकाकी पत्नी थिइन् । उमाको कार्यकाल सन् १९६२–६३ मा थियो । त्यही क्रममा इन्दिरा गान्धी सन् १९६४ मा राज्यसभामा पुगिन् । इन्दिरा गान्धी सन् १९६४ देखि १९६७ सम्म राज्यसभा सदस्य थिइन् । दुवै नेताले राज्यसभामा उत्तर प्रदेशको प्रतिनिधित्व गरेका थिए । जब इन्दिरा पहिलो पटक प्रधानमन्त्री बनिन्, उनी राज्यसभाको सदस्य थिइन् । सन् १९६७ को लोकसभा चुनावमा उनले रायबरेली सिटबाट चुनाव लडेर जितिन् । त्यसपछि उनले राज्यसभाको सदस्यता त्यागेकी थिइन् ।
सोनिया गान्धी यसअघि १९९९ देखि लगातार लोकसभा चुनाव जित्दै आएकी थिइन् । सन् १९९९ मा सोनिया उत्तर प्रदेशको अमेठी सिटबाट जितेर लोकसभामा पुगिन् । यसपछि सन् २००४ मा उनका छोरा पूर्व कांग्रेस अध्यक्ष राहुल गान्धी चुनावी राजनीतिमा प्रवेश गरे । राहुल अमेठी सिटबाट र सोनिया रायबरेली सिटबाट चुनाव लडेकी थिइन् । रायबरेली सोही सिट थियो जहाँबाट सोनियाकी सासु इन्दिरा गान्धीले चुनाव लडेकी थिइन् । सोनियाले २००४, २००९, २०१४ र २०१९ मा लगातार चार पटक रायबरेली सिटबाट चुनाव लडेकी थिइन् । न्युज कारखाना
बुटवल ।
लुम्बिनीमा नयाँ सत्ता समीकरणमा रहेका दलहरुबीच सरकार गठन बारे सहमति भएको छ । लुम्बिनी प्रदेशमा रहेका चार दल र एक स्वतन्त्र सांसदबीच विहिबार पाँच बुँदे सहमति भएको हो ।
सहमतिपत्रमा एमाले संसदीय दलका नेता लिला गिरी, माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा, जसपाका नेता भण्डारीलाल अहिर, नेकपा एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र सांसद खड्ग बस्नेतले हस्ताक्षर गरेका छन् ।
सहमतिमा लुम्बिनीमा माओवादीका सांसद जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउने, प्रदेशमा हुने राजनीतिक नियुक्तिमा सबै दलको अपनत्व हुने गरि गर्ने लगायतका सहमति गरिएको छ ।न्युज कारखाना
काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ससद्सामु गरिएका प्रतिबद्धता योजनाबद्ध रूपमा कार्यान्वयन भइरहेको बताएका छन् ।
राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संसद्मा सरकारले लिएको मार्गचित्रअनुरूप सुशासन, सामाजिक न्याय र समृद्धिका क्षेत्रमा प्राथमिकताका साथ काम भइरहेको बताएका हुन् ।
“सार्वजनिक सेवा प्रवाहमा सुधारका सम्बन्धमा लाइनमुक्त देश बनाउने सङ्कल्प अनुरूप विभिन्न सेवाप्रवाहका प्रणालीहरूबीच अन्तरआबद्धता, जनशक्ति व्यवस्थापन, सेवा विस्तारका क्षेत्रमा गरिएका सुधारले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, नो अब्जेक्सन लेटर लगायतका सेवा लिन सहज भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “संसद्मा व्यक्त प्रतिबद्धता अनुरूप रसायनिक मलको आपूर्ति सुनिश्चित गरी वितरण प्रणालीमा सुधार गरिएको छ ।”
गत शैक्षिक वर्षदेखि इतिहासमै पहिलोपटक विद्यार्थीले भर्नासँगै पाठ्यपुस्तक पाएका र यस वर्ष पनि समयमा नै सबै जिल्लामा पाठ्यपुस्तक पुर्याउने कार्य प्रारम्भ भइसकेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले उखु किसानको बक्यौता रकम भुक्तानी गरिएको र दुग्ध किसानको बाँकी रकम भुक्तानी दिने कार्य सुरु भइसकेको बताए ।
सेवा प्रवाहमा नागरिकको गुनासालाई प्रभावकारीरूपमा सम्बोधन गर्न हेलो सरकारलाई २४ सै घण्टा सञ्चालनमा ल्याइएको बताउँदै प्रधानमन्त्री प्रचण्डले सरल र सहज सार्वजनिक सेवाको प्रत्याभूतिका लागि सरकारी सेवामा ‘टाइम कार्ड’ अभ्यासमा ल्याइएको र यसलाई सबै जिल्लामा क्रमशः विस्तार गरिँदै लगिएको बताए ।
विकास आयोजनाहरूलाई समयमा नै सम्पन गर्न आवश्यक सहजीकरण गर्दै स्थलगत र ‘भर्चुअल’ अनुगमन संयन्त्रको विकास र अभ्यास भइरहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले कार्यसम्पन्न भइसकेका निर्माण कार्यहरूको भुक्तानी दिने कार्य भइरहेको बताए ।
“नागरिकलाई ६ महिनाभित्रै नागरिकताको सुनिश्चितता गर्ने प्रतिबद्धता कार्यान्वयन भएको छ”, प्रधानमन्त्री प्रचण्डले भने, “विदेशमा रहेका नेपालीलाई समेत मतदानको अधिकार सुनिश्चित गर्न कानुनी व्यवस्थाका लागि मस्यौदा तर्जुमा भएको छ ।”
सुधार आफैबाट सुरु गर्नुपर्दछ भन्ने मान्यताका साथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई उत्कृष्ट निकायकारूपमा विकास गर्ने प्रतिबद्धता कार्यान्वयनमा आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तदनुरूप सङ्गठन पुनःसंरचना गरी दरबन्दी कटौति गरिएको बताए ।
सुशासन सरकारको पहिलो प्राथमिकतामा रहेको कुरा आफूले सम्मानित सदनमा व्यक्त गर्दै आएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार विरूद्ध शून्य सहनशीलताको नीति सरकारले लिएको स्पष्ट पारे । उनले भने, “यो अवधिमा भुटानी शरणार्थी, सुन तस्करी, ललिता निवास, बाँसबारी जग्गा प्रकरण लगायतका विषयहरूमा सरकारले गम्भीर अनुसन्धान अगाडि बढाएको र नतिजा समेत देखिने क्रममा छ ।”
भूमिहीन, सुकुम्बासी, स्ववासी लगायतका समस्या समाधानका लागि निवेदन सङ्कलन र तथ्याङ्क प्रविष्टिलगायत क्षेत्रगत तयारी करिब सम्पन्न भएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले जग्गाधनी प्रमाणपत्र वितरणका लागि भूमिसम्बन्धी तथा वनसम्बन्धी ऐनमा केही संशोधन आवश्यक देखिएकोले यी कानुनमा सुधारका लागि संशोधन भइ संसदमा पेश गर्ने कार्य अन्तिम चरणमा रहेको बताए ।
“सामाजिक न्यायका क्षेत्रमा माननीय सांसदहरूले सङ्घीय संसद्मा उठाएका कतिपय विषयको निरुपण गरिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “मिटरब्याज पीडित जनताले न्याय पाएका छन् ।”
शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउने विषयमा सङ्क्रमणकालिन न्यायसम्बन्धी विधेयक सम्मानित संसदमा दर्ता भएको अवगत गराउँदै प्रधानमन्त्री प्रचण्डले विपद् व्यवस्थापनसँग सम्बन्धित सरकारले गरेका प्रतिबद्धताहरू पूरा हुने क्रममा रहेको उल्लेख गरे ।
“खासगरी डेंगी, लम्की स्किन, बर्ड फ्लूलगायतका महामारीजन्य प्रकोपको कुशलतापूर्वक व्यवस्थापन गरिएको छ”, प्रधानमन्त्री प्रचण्डले भने, “बझाङ र जाजरकोटको भूकम्पमा सरकारले उद्धार, राहत र पुनःस्थापनाको कार्यमा उदाहरणीय पहल गरेको विदितै छ । पुनःनिर्माणका बाँकी कामहरू समयमा नै सम्पन्न गर्ने सुनिश्चित गरिएको छ ।”न्युज कारखाना
धनगढी ।
सुदूरपश्चिम प्रदेश सभाको बैठक ५ बजेसम्मका लागि स्थगित गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहिवार दिउसो ३ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेकोमा बैठक २ घण्टा पछि सारिएको हो ।
प्रदेश सभा सचिवालयका अनुसार बिहिवार साँझ ५ बजेसम्मका लागि प्रदेश सभाको बैठक स्थगित गरिएको हो ।
माओवादी र एकीकृत समाजवादीले प्रदेशका मुख्यमन्त्री शाहको साथ छोडेकाले विश्वासको मत फेरि लिनुपर्ने भएको हो । अल्पमतमा रहेका मुख्यमन्त्री शाह विश्वासको मत अगाडि आफ्नो पक्षमा मत दिनका लागि अन्तिम कसरत गरिरहेको बुझिएको छ ।
उनले राप्रपालाई मनाइ रहेको बुझिएको छ । राप्रपाले भने सरकारमा सहभागि नहुने निर्णय गरेको छ । नागरिक उन्मुक्ति पार्टी, राप्रपा र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको मत हासिल गर्ने प्रयासमा मुख्यमन्त्री शाह रहेका छन् ।
यद्यपि, सत्तारूढ दल नाउपाका २ सांसद विश्वासको मतको विपक्षमा देखिएकाले मुख्यमन्त्री शाहले विश्वासको मतको लागि आवश्यक २७ मत पाउन सक्ने सम्भावना कम देखिएको छ ।
सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्रका एक एक प्रदेशसभा सांसद रहेका छन् ।न्युज कारखाना
काठमाडौँ ।
सरकारले श्रम अदालतको मुकाम काठमाडौँ उपत्यकामा रहने तोक्ने सहितका निर्णयहरु गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कानुन मन्त्रालयको प्रस्तावमा सो निर्णय गरिएको सञ्चारमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकरी दिएकी हुन् ।
त्यसैगरी सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा रामराजा सिंह स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको पूर्वाधार तथा विकास समितिको अध्यक्ष पदमा सप्तरीका प्रा.डा.पशुपति चौधरी र सदस्य पदमा सिराहाका वीरेन्द्रप्रसाद यादवलाई नियुक्त निर्णय गरेको उनले बताइन् ।
यस्तै सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको सदस्य पदमा झापा निवासी डा. ज्ञानेन्द्र सिंह कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।न्युज कारखाना
काठमाडौं ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको छ ।
विहिबार अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका तत्कालिन महाप्रबन्धक सुगत कंसाकर, पूर्व पर्यटन सचिव शंकर अधिकारीलगायत ३२ जना विरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।
वाइडबडी जहाज खरिद प्रकरणमा १ अर्ब ४७ करोड रूपैयाँ भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।न्युज कारखाना
काठमाडौं ।
सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल (जसपा) ले इलाम–२ मा पहिचानवादीहरूको तर्फबाट उम्मेदवार बनेका स्वतन्त्र उम्मेदवार डाकेन्द्रसिंह थेगिमलाई सघाउने निर्णय गरेको छ ।
विहिबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले इलाम- २ मा थेगिमलाई सहयोग गर्ने निर्णय गरको हो ।
जसपाले बझाङमा भने आफ्नै उम्मेदवार उठाउने निर्णय गरेपनि उम्मेदवारको टुंगो भने लगाएको छैन ।।न्युज कारखाना
काठमाडौँ ।
काठमाडौ महानगरपालिकाको वडा नम्बर २३ ले आफ्नो वडाभित्र रहेका १८ वटा सम्पदा स्थलको जानकारी दिन क्युआर (क्वीक रेस्पोन्स) कोड राखेको छ ।
सांस्कृतिक सम्पदाहरुको अरुलाई चिनाउँदा गलत रुपमा चिनाएपछि प्राचीन, पुरातात्विक तथा ऐतिहासिक तथ्यमा तोडमोड हुने भएकोले यो खतराबाट सम्पदाहरुलाई जोगाउन क्युआर कोडको प्रयोग थालिएको हो ।
कुमारी घरको प्रवेश द्वारसँगै राखिएको कोड स्क्यान गर्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कार्यक्रम थालनी गरेकी हुन् । जनजीवनमा कुमारी घर भनेर चिनिने यस संरचनालाई नेपाल भाषीहरु कुमारी छेँ, कुमारी वहाः भन्छन् । यस्को मौलिक नाम राजकीर्ति मनोरम विहार हो । यसलाई राजलक्ष्मी बिहारका नामले पनि चिनिन्छ ।
क्युआर कोड स्क्यान गरेपछि यसको स्थापना कहिले भयो, यससँगै सम्बन्धित प्राचीन अवस्था, परिवर्तित अवस्था र अहिलेको अवस्था (भौतिक अवस्था तथा अभौतिक चलन), यससँग सम्बन्धित पर्वपूजा, कुमारी प्रतिस्थापन विधि, कुमारीको वाह्य आगमन, कुमारीको दर्शन कहिले र कसरी हुन्छ, जस्ता विषयसँग सम्बन्धित जानकारी पढ्न र सुन्न सकिन्छ ।
कुमारी घरको जस्तै सबै सम्पदाका क्युआर कोडमा यस्तै विवरण छन् । वडा २३ ले सम्वर्धनसँगको सहकार्यमा सम्पदाको चिनारीलाई प्रविधि हेर्न, बुझ्न र जान्न सक्ने बनाएको हो । क्युआरमा भएका विवरणलाई अहिले नेपाली र अंग्रेजी टेक्स्टमा पढ्न र आवाजमा सुन्न सक्ने बनाएको छ ।
क्युआर कोडमा प्राप्त हुने विवरण पाटन संयुक्त क्याम्पसको इतिहास तथा बौद्ध अध्ययन विभागका प्रमुख डा. जुनु बासुकलाको अध्ययनमा आधारित छन् । वडा २३ मा भएका सम्पदामध्ये सबैभन्दा प्राचीन संरचना सिखमु (अहिलेको बोलीचाली) हो ।
यसको प्राचीन नाम श्रीखण्ड तरुमुल महाविहार हो । काठमाडौँ मण्डपसँग साइनो देखिने भएकोले यसको निर्माण काष्ठमण्डपसँगै (७ औँ शताव्दीमा) हुन सक्छ । यसको एकिन तथ्याङ्क पाइएको छैन । न्युज कारखाना
काठमाडौँ ।
निर्वाचन आयोगले बैशाख १५ मा हुने उपनिर्वाचनमा मतदान गर्ने मतदाताको अन्तिम नामावली सार्बजनिक गरेको छ ।
आयोगले इलाम -२ मा एक लाख १५ हजार ८८९ मतदाता कायम भएको जानकारी दिएको छ । आयोगले २०७९ मङ्सिर ४ मा भएको आमनिर्वाचनमा भन्दा अहिले ४२२ मतदाता थपिएको जनाएको छ ।
त्यस्तै बझाङको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा ६३८ मतदाता थप भई ६१ हजार ७४८ कायम भएको आयोगले जानकरी दिएको छ ।
निर्वाचन आयोगले अध्यावधिक गरेको देशभरको पछिल्लो मतदाता संख्या एक करोड ८० लाख ८८ हजार ९८३ पुगेको छ । जसमा महिला मतदाता ८८ लाख ८६ हजार २२६ छन् भने पुरुष मतदाता ९२ लाख २ हजार ५६९ र अन्य मतदाता १८८ जना रहेका छन् ।
आयोगका अनुसार सबैभन्दा बढी मतदाता मोरङ जिल्लामा रहेका छन् । जसमा महिला मतदाता ३ लाख ६२ हजार ९७३ तथा पुरुष मतदाता ३ लाख ७६ हजार ४११ र अन्य मतदाता ६ गरी जम्मा ७ लाख ३९ हजार ३९० रहेका छन् ।
त्यस्तै सबैभन्दा कम मतदाता मनाङ जिल्लामा रहेका छन् । जसमा महिला ३ हजार ५३० र पुरुष ३ हजार ३१९ गरी जम्मा ६ हजार ८४९ मतदाता रहेका छन् ।
आयोगले यस अघि २०८० बैशाख १० गते अध्यावधिक गरेदेखि अहिलेसम्म कुल ८७ हजार ४१७ मतदाता थप भएको जनाएको छ । न्युज कारखाना
काठमाडौँ ।
मन्त्रिपरिषदको नियमित बैठक जारी रहेको छ ।
सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।न्युज कारखाना
काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिवद्धताअनुरूप लगानी भित्राउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका छन् ।
लगानी बोर्डको ५७ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशको पूर्वाधार तथा सेवा क्षेत्रमा स्वदेशी र विदेशी लगानी परिचालनका लागि कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका हुन् । उनले लगानीकर्ताले थाहा पाउनेगरी नेपालमा लगानीको वातावरण छ भन्ने सन्देश प्रवाह हुनुपर्नेमा जोड दिए ।
“लगानी सम्मेलनको पूर्वसन्ध्यामा यो बैठक गरिरहेका छौँ, यो बेलामा हाम्रा संयन्त्रहरूले नेपालमा लगानीको अनुकूल अवस्था रहेको सन्देश दिन आवश्यक छ,” प्रधानमन्त्री प्रचण्डले भने, “हाम्रो सेवा प्रवाह स्पष्ट, छिटो–छरितो हुन आवश्यक छ । मन्त्रालयरविभागरकार्यालयहरू परिणाममुखी हुनुपर्यो । सरकारी निकायहरूको काम परिणाममुखी छन् भन्ने विषय लगानीकर्ताले थाहा पाउनुपर्यो ।”
बोर्डले परम्परागत र सामान्य उपलब्धि दिनेगरी कार्य गरेर नपुग्ने स्पष्ट पार्दै प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष प्रचण्डले बदलिँदो परिस्थितिमा व्यापक मात्रामा निजी लगानी परिचालन गर्नुपर्नेमा जोड दिए ।
“छोटो समयमा देशको द्रूततर आर्थिक बृद्धि तथा रूपान्तरणकारी पूर्वाधार निर्माण गरेर जनतामा आशाको सञ्चार हुनेगरी परिणाम दिनुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “बोर्डबाट पास भैसकेपछि निर्णयहरू परिणाममुखी बनाउन सदस्यज्यूहरूको स्वामित्व आवश्यक हुन्छ, यसका लागि अतिरिक्त पहलकदमी लिनुहुनेछ ।”
देशभित्र सार्वजनिक–निजी साझेदारीको वातावरण विकास गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले सबै निकायहरूले पिपिपी परियोजनालाई प्रभाव पार्न सक्ने बोर्डका निर्णयलाई ध्यान दिन निर्देशित गरे ।
“सार्वजनिक–निजी साझेदारीका परियोजना फरक प्रकृतिका हुन्छन् । परियोजना विकास सम्झौतामा सरकारले पनि विभिन्न प्रतिबद्धता जाहेर गरेका हुन्छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “परियोजनालाई प्रभाव पार्नसक्ने निर्णयहरू तथा कार्यान्वयनको पक्ष ढिलो भयो भने क्षतिपूर्ति तिर्नुपर्ने हुन्छ, त्यसबाट देशलाई क्षति पुग्छ । त्यसैले यी विषयहरूमा अतिरिक्त जिम्मेवारी बोध गर्नुहोस् ।”
उनले सार्वजनिक–निजी साझेदारीका परियोजनामा परिणाममा आधारित ढाँचामा कसरी काम गर्ने भन्ने विषयमा सरकारका अन्य निकाय तथा प्रदेश र स्थानीय तहलाई समेत विशेषज्ञता प्रदान गर्नुपर्ने बताए ।न्युज कारखाना
काठमाडौं ।
नेपाली कांग्रेसले इलाम-२ को उपनिर्वाचनमा डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले इलाम- २ मा खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
कांग्रेसले त्यस्तै बझाङको प्रदेशसभा सदस्यमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसले इलाम- २ मा उम्मेदार तय गर्न आज सबै आकांक्षीसँग छलफल गरेका थिए ।
इलाम- २ मा महामन्त्री गगन थापा लगायतले भेषराज आचार्यलाई उम्मेदवार बनाउनुपर्ने अडान राखेका थिए ।
डम्बर खड्का २०७९ को मंसिर ४ मा भएको आम निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्वाङसँग ११४ मत अन्तरले पराजित भएका थिए । न्युज कारखाना
बुटवल ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले राजीनामाको तयारी गरेका छन् । विहिबार अपराहन्न ४ बजे बोलाइएको लुम्बिनी प्रदेशसभा बैठकमा सम्बोधनपछि चौधरीले राजीनामा दिने भएका हुन् ।
केन्द्रीय सत्ता समीकरण परिवर्तनसँगै माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री चौधरीले विश्वाशको मत पाउने सम्भावना नदेखेपछि राजीनामा गर्ने तयारी गरेका हुन् ।
प्रदेश राजधानी दाङको राप्तीमा दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री चौधरीले सम्बोधन गर्दै राजीनामा दिने बताइएको छ ।
गत बैशाख १४ गते ८ दलका ५३ सांसदको समर्थनमा मुख्मन्त्री बनेका चौधरी ११ सांसद रहेको नेकपा माओवादी केन्द्रले फागुन २३ गते समर्थन फिर्ता लिएपछि अल्पमतमा छन् ।
८६ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीको ४, जनमत पार्टी, जसपा, राप्रपा र लोसपाको ३-३ तथा एकीकृत समाजवादी, जनमोर्चा र स्वतन्त्र सांसदको १-१ सिट रहेको छ । बहुमतको लागि ४४ मत आवश्यक पर्दछ ।
नयाँ गठबन्धन एकजुट भए सरकार बनाउन एक सांसदको कमी रहन्छ । नयाँ सत्ता समीकरणमा लुम्बिनी प्रदेशमा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने सहमति भएको छ । न्युज कारखाना
काठमाडौं ।
जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारको विपक्षमा विश्वासको मत दिने निर्णय गरेको छ ।
बिहिबार बिहान पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले लुम्बिनी सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो । जसपाको उक्त बैठकले लुम्बिनी प्रदेशमा रहेका आफ्ना सांसदहरुलाई कांग्रेस नेतृत्व सरकारको विपक्षमा विश्वासको मत हाल्न निर्देशन समेत दिएको छ ।
लुम्बिनीमा जसपाका ३ सांसद रहेका छन् । न्युज कारखाना
काठमाडौँ ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) ले समानुपातिकतर्फ बाँकेकी हसिना खान प्रतिनिधिसभा सदस्य बनाउने भएको छ ।
जसपाले केन्द्रीय कार्यकारिणी समिति बैठकले खानलाई समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यमा निर्वाचन आयोगमा सिफारिस गरेको हो ।
जसपाबाट निर्वाचित समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले खानलाई पठाएको हो ।
०७९ को निर्वाचनबाट मुस्लिम महिलातर्फ शहनाज रहमान निर्वाचित भएकी थिइन् । उनको ०७९ फागुन १३ गते निधन भएपछि जसपाले बन्द सूचीका आधारमा मञ्जु लाई पठाएको थियो । तर मञ्जुको पनि गत चैत ४ गते निधन भएपछि एक स्थान खाली रहेको छ । न्युज कारखाना
काठमाडौं ।
नेपाल प्रहरीका १९ प्रहरी निरीक्षक( इन्स्पेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।
बुधबार बसेको बढुवा समितिको बैठकले १९ जना इन्सपेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा समितिको बैठकको निर्णय अनुसार जनपद प्रहरी समूहतर्फका प्रहरी निरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी नायव उपरीक्षक पदमा बढुवाका लागि १९ जना इन्सपेक्टरको सिफारिस सूची प्रहरी नियमावली,२०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार प्रकाशित गरिएको हो ।
बढुवाका लागि सिफारिस भएकामध्ये पहिलो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय परिचालन कक्षमा कार्यरत निर्मल पनेरु रहेका छन् । उनको अंक ९७. २१६० रहेको छ । न्युज कारखाना
काठमाडौँ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिदै छन् । आज विश्वासको मत लिने प्रस्तावमाथि अपराहन्न ३ बजेदेखि शुरु हुने प्रदेस सभाको बैठकमा मतदान हुने छ ।
५२ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री शाहले विश्वासको मत पाउने नपाउने स्पष्ट रहेको छैन ।
प्रदेशमा कांग्रेसका १८, माओवादीका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्रका एक एक रहेका छन् ।
अहिले मुख्यमन्त्रीलाई कांग्रेस बाहेक अन्य दलको स्पष्ट समर्थन प्राप्त रहेको छैन । नाउपाका ५ सांसद पक्षमा छन् भने २ विपक्षमा रहेका छन् । उनलाई विश्वासको मत प्राप्त गर्न आवश्यक २७ मत आवश्यक पर्दछ । न्युज कारखाना
काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने भएको छ । यसअघि उम्मेदवार तय गर्न बसेको नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक मंगलबार र बुधबार अनिर्णित बनेको थियो ।
संस्थापन पक्ष र इतर पक्षबीच कुरा नमिल्दा उम्मेदवार छनोट हुन नसकेको हो ।
कांग्रेसमा भेषराज आचार्य र डम्बर खड्का इलाम-२ मा मुख्य प्रत्याशीका रूपमा देखिएका छन्। शेखर कोइराला नेतृत्वको संस्थापनइतर पक्षले आचार्यलाई टिकट दिनुपर्ने माग गरिरहेकोमा सभापति शेरबहादुर देउवा सहमत हुन सकेका छैनन्।
कांग्रेस संसदीय बोर्डको बैठक आज बिहान ९ बजेका लागि बोलाइएको छ। यसैगरि दिउँसो कार्यसम्पादन समितिको बैठक दिउँसो २ बजे बस्ने छ । न्युज कारखाना
काठमाडौँ ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) को विवाद चरममा पुगेको छ ।
अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशमा विश्वासको मत नदिन जारी गरेको ह्विपको विरुद्धमा प्रदेशका प्रमुख सचेतकले काउन्टर ह्वीप जारी गरेका छन् ।
अध्यक्ष श्रेष्ठले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्विप जारी गरेपछि सुदूरपश्चिम प्रदेशका प्रदेश सभाका प्रमुख सचेतक खुसीराम डगौराले मुख्यमन्त्री शाहको पक्षको मतदान गर्न काउन्टर ह्विप जारी गरेका हुन् ।
सचेतक डगौराले जारी गरेको ह्विपमा विश्वासको मत दिने बैठकमा अनिवार्य उपस्थित हुन, अनिवार्य मतदान गर्न र तटस्थ नरहन भन्दै विश्वासको मतको पक्षमा मतदान गर्न राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ बमोजिम निर्देशन जारी गरेका छन् ।
यसअघि अध्यक्ष रञ्जिताले संसदीय दलको विधान बनिनसकेकोले ह्वीप जारी गर्ने अधिकार पार्टी अध्यक्षलाई भएको भन्दै विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन दिएकी थिइन् ।न्युज कारखाना
काठमाडौं ।
नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन आज पनि सकेन ।
बैशाख १५ मा हुने इलाम–२ र बझाङ प्रदेशसभा १ को उपनिर्वाचनको उम्मेदवारको टुंगो लगाउन बुधबार बसेको बैठक पनि कुनै निर्णय नगरी सकिएको छ ।
बुधबारको संसदीय बोर्डको बैठकमा सभापति शेरबहादुर देउवाले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउन प्रस्ताव राखे पनि महामन्त्री गगन थापासहितका नेताहरुले विरोध गरेपछि निर्णय हुन नसको हो । महामन्त्री थापासहित नेता डा. शेखर कोइरालाले भेषराज आचार्यलाई उम्मेदवार बनाउनुपर्ने बताउदै आएका छन् । अब संसदीय बोर्डको अर्को बैठक बिहीबार बिहान ९ बजे बस्ने भएको छ ।
२०७९ को मंसिर ४ मा भएको आम निर्वाचनमा सभापति देउवाले प्रस्तावित गरेका डम्बर खड्का एमालेका सुवासचन्द्र नेम्वाङसँग ११४ मत अन्तरले पराजित भएका थिए । न्युज कारखाना
सुर्खेत ।
कर्णाली प्रदेशमा नयाँ सरकार गठन गर्न आव्हान गरिएको छ ।
प्रदेश प्रमुख तिलक परियारले सात दिनको समय दिएर संविधानको धारा १६९ को उपधारा (१) को उपधारा (क) अनुसार चैत २७ गते बेलुका ५: ५० भित्र नयाँ सरकार गठन गर्न आह्वान गरेका हुन् ।
मुख्यमन्त्री राजकुमार शर्माले बुधबार प्रदेशसभा बैठकमा विश्वासको मत लिने वातावरण नभएको भन्दै राजीनामा दिएको घोषणा गरेका थिए ।
प्रदेश प्रमुखले दिएको समयसीमाभित्र संविधानको धारा १६९ को उपधारा (३) अनुसार प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी प्रदेश प्रमुखे जिम्मेवारी तोकेका छन् ।न्युज कारखाना
काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि खेल क्षेत्र बहुआयामिक सम्भावनायुक्त क्षेत्र भएकाले यसको विकासमा सरकारले विशेष ध्यान दिने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्को ६० औँ वार्षिकोत्सव समारोहमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले शारीरिक र मानसिक विकासका साथै देशको बहुआयामिक विकासमा सहयोग गर्ने बताए ।
“यो एउटा यस्तो क्षेत्र हो, जहाँ खेल कूटनीतिमार्फत् ठूलाठूला युद्ध र मानवसिर्जित विपत्तिहरू समाधान भएका छन्, ठूलठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “खेल कूटनीतिमार्फत् आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएका छन् । त्यसैले शारीरिक र मानसिक विकासका साथै अर्थतन्त्रको सुदृढीकरण, कूटनीतिक सन्तुलन र सहकार्य एवं देशको बहुआयमिक विकासका निम्ति यस क्षेत्रको भूमिका निर्णायक देखिँदै आएको छ ।”
आफूले आफ्नो कार्यकालमा खेलकुद, साहित्य–कला र प्रविधिको क्षेत्रलाई उच्च महत्त्व दिँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकार खेल क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले भने, “खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहनेछ ।”
यसपटक राष्ट्रिय खेलकुद परिषद्का निम्ति राम्रो संयोग जुरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले परिषद्को संरक्षकका हैसियतले आफूले परिषद्लाई दर्बिलो साथ र सहयोग विश्वास दिलाए । “नेपाली खेलकुदको क्षेत्रमा केही नयाँ मानक स्थापित गर्ने मेरो विश्वास छ,” प्रधानमन्त्री प्रचण्डले भने, “परिषद्लाई नयाँ उचाइँमा उठाउँदै खेल क्षेत्रको विकास र खेलाडीहरूको वृत्तिविकासमा समर्पित हुन थप प्रेरणा मिलोस् ।” न्युज कारखाना
काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकार निर्माणका लागि नयाँ सत्ता समीकरणलाई समर्थन नगर्ने निर्णय गरेको छ ।
बुधबार बसेको केन्द्रीय पदाधिकारी बैठकले प्रदेश सरकार गठनमा नयाँ सत्ता समीकरणलाई समर्थन नगर्ने निर्णय गर्दै आवश्यक परेमा कांग्रेसको नेतृत्वमा हुने विपक्षी गठबन्धनलाई समर्थन गर्न सक्ने निर्णय गरेको हो ।
त्यस्तै प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देललाई दिएको छ । प्रदेश सरकारका निर्माणका लागि राप्रपा गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा महत्वपूर्ण अवस्थामा छ । राप्रपाले समर्थन गर्ने अवस्थामा सत्ता गठबन्धनलाई लुम्बिनी, गण्डकी र सुदूरपश्चिममा सजिलो हुने अवस्था रहेको छ ।
राप्रपाले चैत अन्तिम सातादेखि सुरु गर्ने आन्दोलनको तयारीबारे पनि छलफल गरेको छ । न्युज कारखाना
काठमाडौं ।
सर्वोच्च अदालतले वैवाहिक बलात्कारको आरोप लागेका न्यायधीश भुवन गिरीलाई थुनामा पठाउन आदेश दिएको छ ।
बुधबार न्यायाधीशहरु हरि फूयाल र तिलप्रसाद श्रेष्ठको इजलासले जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गर्दै गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
यस अघि गिरीलाई जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएका थिए ।
न्यायाधीश गिरीकी पत्नीले आफूमाथि वैवाहिक बलात्कार भएको भन्दै गिरीविरुद्ध जाहेरी दिएकी थिइन् । त्यसपछि गिरीलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको थियो ।
बुधबार सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा बहस चलिरहेको न्यायाधिश गिरीकी श्रीमती आरतीले शंकास्पद वस्तु सेवन गरेकी थिइन् । त्यसपछि उनलाई तुरुन्तै उपचारका लागि वीर अस्पताल लागिएको थियो । अहिले उनको अवस्था भने समान्य रहेको बताइएको छ ।न्युज कारखाना
काठमाडौँ ।
सर्वोच्च अदालतको इजलासमा न्यायाधीश भुवन गिरीकी श्रीमती आरतीले शंकास्पद वस्तु सेवन गरेकी छन् । बुधबार सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा बहस चलिरहेको आरतीले शंकास्पद वस्तु सेवन गरेकी हुन् ।
त्यसपछि उनलाई तुरुन्तै उपचारका लागि वीर अस्पताल लागिएको छ । अहिले उनको अवस्था भने समान्य रहेको बताइएको छ ।
आरतीले श्रीमानले वैवाहिक बलात्कारको आरोप लगाउँदै जिल्ला, उच्च हुदै सर्वोच्चमा पुगेकी हुन् । गत वर्षको २८ चैतमा न्यायाधीश गिरीलाई काठमाडौंबाट पक्राउ गरेर कपिलवस्तु लगिएको थियो । पछि उनी धरौटीमा रिहा भएका थिए । उनले आफूमाथि बलात्कार भएको दाबी गर्दै उनले श्रीमानविरुद्ध जाहेरी दिएकी थिइन् ।न्युज कारखाना
सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् ।
बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा दिएका हुन् । राजीनामा घोषणा गर्नुअघि उनले संसदमा आफू नेतृत्वको सरकारले गरेको कामकारबाहीको फेहरिस्त प्रस्तुत गरेका थिए ।
आज उनले विश्वासको मत लिने कार्यसूची भएपनि उनले विश्वासको मत नलिएर राजीनामा दिएका हुन् ।
केन्द्रको नयाँ सत्ता समीकरण दलहरुमा भएको सहमति अनुसार कर्णाली प्रदेशको नेतृत्व एमालेले पाउने भएको छ ।न्युज कारखाना
काठमाडौँ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले तोयम रायालाई महालेखापरीक्षकमा नियुक्तिका लागि सिफारिस गरेकोप्रति आपत्ति जनाएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले बुधबार विज्ञप्ति जारी गर्दै रायालाई महालेखापरीक्षकमा नियुक्त गर्दा स्वार्थ बाझिने तथा सुशासनमा समेत गम्भीर खलल पुग्ने दाबी गर्दै आपत्ति जनाएकी हुन् ।
संबैधानिक परिषदबाट महालेखापरिक्षकमा सिफारिस गरिएका राया २०८० वैशाख २१ गतेसम्म अर्थसचिव रही तत्पश्चात उपराष्ट्रपतिको कार्यालयमा सचिव र त्यसपछि राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारीका रुपमा काम गरेका थिए ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले महालेखापरीक्षक नेपालको संविधानको धारा २४१ मा भएको व्यवस्था अनुरुप नेपाल सरकारका सबै निकायको लेखापरीक्षण गर्ने सर्वोच्च पद भएकाले रायालाई लेखापरीक्षकको रुपमा तोक्दा र लेखापरीक्षककले जिम्मेवारी स्वीकार गर्दा लेखापरीक्षण गराउने निकाय र कार्यसँग लेखापरीक्षकको नैतिक आचरणमा आँच आउने अवस्थाहरू विचार गर्नुपर्ने अभ्यास रहेको पनि अध्यक्ष प्रधानाङ्गले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ-
संवैधानिक परिषदको यस सिफारिसबाट श्री तोयम रायाले आफू अर्थसचिव, उपराष्ट्रपतिको कार्यालयमा सचिव र राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारीका रूपमा कार्यरत रहेको (जसको लेखाउत्तरदायी अधिकृत उहाँ स्वयं नै हो) आर्थिक वर्ष २०७९/÷८० र २०८०/८१ को समेत महालेखा परीक्षण सम्पन्न गर्दै सोको प्रतिवेदनमा अन्तिम हस्ताक्षर गरी सम्माननीय राष्ट्रपति समक्ष बुझाउनुपर्ने हुन्छ ।
यसप्रकार, आफ्नै काम कार्बाही र आफ्नै जिम्मेवारीमा रहेको आर्थिक कारोबारको लेखापरीक्षण आफैँले गर्नु लेखापरीक्षण सम्बन्धी स्वतन्त्रताको सिद्धान्तले नमिल्ने र सोझै स्वार्थको द्वन्द्व हुने मात्र नभइ यसबाट सुशासनमा गम्भीर खलल पर्ने समेत स्पष्टै छ ।’
साथै संसदीय सुनुवाइ समितिसमक्ष स्वार्थको द्वन्द्व नहुने, लेखापरीक्षणको स्वतन्त्रता कायम रहने र सुशासनमा सघाउ पुग्ने अवस्था सुनिश्चित गर्न माग समेत गरिएको छ । न्युज कारखाना
काठमाडौँ ।
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले चैत्र २२ गते प्रदेश सभाको बैठक बोलाएका छन् ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख शेरचनले चैत्र २२ गते अपराहन्न ४ बजे बैठक बोलाएका हुन् । यस बैठकमा मुख्यमन्त्री दिल्ली बहादुर चौधरीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।न्युज कारखाना
काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका तथा स्वदेशमै रहेका श्रमिकहरूको अधिकार संरक्षणका साथै मिटरब्याज लगायतका सामन्ती शोषणको चक्र अन्त्य गर्न सरकारले ऐतिहासिक पहलकदमी लिएको बताएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपाल सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेश गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले सुशासनका कैयौँ मानकहरू स्थापित गर्न सरकार सफल भएको बताए । उनले भने, “नागरिकता, राहदानी, लाइसेन्स, विदेशमा अध्ययनका लागि लागि ‘नो अब्जेक्सन लेटर’ लगायतका सेवाहरूका लागि घण्टौंसम्म लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य गरिएको छ ।”
राज्यले नागरिकलाई प्रदान गर्दै आएका सेवाप्रवाह थप प्रभावकारी, झन्झटमुक्त र सहज बनाई राज्यबाट प्रवाह हुने सेवामाथि सबैको पहुँच पुर्याउन आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री प्रचण्डले स्पष्ट पारे ।
गत शैक्षिक सत्रदेखि विद्यालयमा भर्नासँगै विद्यार्थीहरूका हातमा पाठ्यपुस्तक पुग्ने अवस्था सुनिश्चित भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले बाली लगाउने समयमा किसानलाई मल अभाव हुने विगतको अवस्था समेत अन्त्य गरिएको बताए । उनले भने, “मल खरिद एवं आपूर्ति व्यवस्थापनमा बजेटको अभाव हुन नदिनेगरी चालु आर्थिक वर्षका लागि समेत बजेट सुनिश्चित गरिएको छ ।”
संविधानले व्यवस्था गरेका मौलिक हकहरूको कार्यान्वयन तथा सङ्घीयता संस्थागत गर्न आवश्यक पर्ने कानुन तर्जुमाको प्रक्रियालाई तीब्ररूपमा अगाडि बढाइएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय स्थापना गर्न संविधानले निर्दिष्ट गरेका सिद्धान्त कार्यान्वयनलाई सरकारले प्राथमिकतामा राखेको बताए ।
“यस अवधिमा सङ्घीय लोकतान्त्रिक शासन प्रणालीलाई थप सबल बनाउन प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो कार्यकालको निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याउने राजनीतिक सङ्कल्पअनुसार वित्तीय प्रबन्ध एवं शासकीय अधिकारलाई तीनवटै तहहरूमा न्यायपूर्णरूपमा हस्तान्तरण गर्न सरकार प्रतिबद्ध रहेको छ ।”
वित्तीय सङ्घीयता कार्यान्वयनका लागि सरकारले पारदर्शी र वस्तुनिष्ठ आधारमा अध्ययन, अनुसन्धान र विश्लेषण गरी वित्तीय हस्तान्तरण गर्ने व्यवस्था गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले तीनै तहको कार्यविस्तृतीकरण परिमार्जन गरी स्पष्ट बनाउने विषयलाई पनि उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी गराए ।
देशको समग्र विकासमा निर्णायक महत्त्व राख्ने जलविद्युत् क्षेत्रको विकासमा उल्लेखनीय सुधार भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले यस अवधिमा विद्युत् उत्पादन र प्रशारण लाइन विस्तारसँगै अन्तरदेशीय विद्युत् व्यापारका लागि बलियो आधार तयार गर्न सरकार सफल भएको स्पष्ट पारे ।
सरकारले गरेका घनिभूत प्रयासका कारण देशको आर्थिक अवस्था लयमा फर्किएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अधिकांश आर्थिक सूचकाङ्कहरू सकारात्मक बन्दै गएको बताए । “देशभित्र लगानी वृद्धि गर्न, उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्न र समृद्धि, सुशासन र सामाजिक न्ययको लक्ष्य पूरा गर्न थप मेहनत गर्नुपर्नेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “त्यसका लागि सरकार सचेत र प्रतिबद्ध छ ।”
आम नागरिकको विकास र समृद्धिको आकांक्षालाई यथाशीघ्र पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सिमित स्रोतसाधनको अधिकतम उपयोग गरेर संविधानले परिलक्षित गरेका नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने स्पष्ट पारे ।
“जनतामा राजनीतिक परिवर्तनको अनुभूति हुनेगरी राज्यका कामकारवाही सञ्चालन भएमा मात्र संविधानको वास्तविक कार्यान्वयन हुनेमा सरकार दृढ छ,” प्रधानमन्त्री प्रचण्डले भने, “संविधानको मर्मलाई ध्यानमा राखेर सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिलाई मूल मार्गचित्रका रूपमा लिई अगाडि बढको छ ।”न्युज कारखाना
काठमाडौँ ।
राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन आगामी चैत्र २८ गते हुने भएको छ ।
संघीय संसद सचिवालयले चैत्र २८ गते अपरान्ह १: १५ बजेदेखि बस्ने बैठकमा उपाध्यक्षको निर्वाचन हुने कार्यसूची सार्बजनिक गरेको हो ।
यसअघि यहि चैत्र १५ गते तत्कालिन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि खालिरहेको छ । न्युज कारखाना
काठमाडौं ।
गृहमन्त्रालयले ९ उपसचिवको सरुवा गरेको छ । गृहमन्त्रालयले बुधबार ९ उपसचिवको सरुवा गरेको हो ।
जसमा कृष्ण गैरेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट गृहमन्त्रालयमा उपसचिव मोहनप्रसाद न्यौपानेलाई जिल्ला प्रशासन कार्यालय अछाम, झंकनाथ ढकाललाई गृहमन्त्रालय, पुष्कर रानालाई विमानस्थलस्थित अध्यागमन कार्यालय, जिल्ला प्रशासन कार्यालय सप्तरीका रेवतीरमण शर्मालाई तातोपानीस्थित अध्यागमन कार्यालय, सीता परियारलाई इलाका प्रशासन कार्यालय साँखुबाट त्रिअवि अध्यागमन कार्यालयमा पठाइएको छ ।
त्यसैगरी मनिता श्रेष्ठलाई जिल्ला प्रशासन भोजपुरबाट त्रिअवि अध्यागमन कार्यालय, शिवराज सेढाइलाई राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग र विजया कुमारी प्रसाईंलाई इलाका प्रशासन कार्यालय साँखु सरुवा गरेको छ ।न्युज कारखाना
पोखरा ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लिराज भट्टले चैत २७ गते अपराहन्न ३ बजेभित्र नयाँ मुख्यमन्त्रीमा दावी पेस गर्न आह्वान गरेका छन् । बुधबार प्रदेश प्रमुख भट्टले संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई नयाँ सरकार गठन गर्न सात दिनको समय दिएका हुन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार बिहान राजीनामा दिएका थिए ।
प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ उपधारा (२) अनुसार नै सरकार गठनको लागी दलहरुलाई अवसर दिएका हुन् । उनले दिएको समयभित्र कुनैपनि दलले बहुमत पेस गर्न नसके उपधारा (३) अनुसार ठूलो दलको नेताको हैसियतमा कांग्रेस संसदीय दलका पाण्डे नै मुख्यमन्त्रीमा नियुक्त हुनेछन् ।न्युज कारखाना
धनगढी ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्विप जारी गरेकी छन्।
अध्यक्ष श्रेष्ठले पार्टी अध्यक्षलाई ह्विप जारी गर्ने अधिकार भएको बताउदै विश्वासको मतको विपक्षमा मत दिन आग्रह गरेकी छन् ।
उनले भनेकी छन्- ‘नागरिक उन्मुक्ति पार्टी, सुदुरपश्चिम प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट पास नभएको हुदाँ दैनिक सभा सञ्चालन लगायतका कार्यक्रमका लागि माननीय श्री घनश्याम चौधरीले संसदीय दलको नेताको रूपमा कामकाज गरे पनि प्रदेश सभाको महत्त्वपूर्ण निर्णयमा ह्विप लगाउने अधिकार पार्टीको केन्द्रीय अध्यक्षलाई नै भएकोले कमलबहादुर शाहले लिन गइरहेको विश्वाशको मतको विपक्षमा मतदान गर्नु हुन निर्देशनसहितको ह्विप जारी गरिएको व्यहोरा अनुरोध गर्दछु ।’
मुख्यमन्त्री शाहले विहिबार विश्वासको मत लिँदैछन् । सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा नाउपाका ७ जना सांसद छन् तीमध्ये ५ जना मन्त्री छन् ।
५२ सदस्यीय सुदूरपश्चिमको प्रदेश सभामा कांग्रेसका १८, माओवादीका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्रका एक एक सांसद छन् । न्युज कारखाना
सिरहा २० चैत।
सिरहाको विष्णुपुर गाउँपालिकामा कार्यरत्त कर्मचारीले काम नै नगरी तलव भत्ता बुझने गरको पाइएको छ। गाँउपालिकाका प्रशासन शाखामा कार्यरत कर्मचारी महेन्द्र यादब र पोषण सहजकर्ताको रुपमा कार्यरत लक्ष्मी कुमारी यादबले घरै बसी–बसी तलव भत्ता बुझने गरेको पाइएको हो।
राजनीति पहुँचक र चिनजातका भरमा दुबै कर्मचारीले काम नै नगरी तलबभत्ता बुझ्ने गरेको त्यहि कार्यरत एक कर्मचारीले बताए। नाम नबताउने सर्तमा ती कर्मचारीले भने, ‘दुबैजना कार्यालय हाजिर गर्न मात्र आउँछन्। कार्यालय प्रमुख र गाँउपालिका अध्यक्षलाई राजनीतिक दवावमा पारेर निर्वाधरुपमा तलव भत्ता लिने गरेका छन्।’
तत्कालिन जिल्ला विकास समितिमा नायव सुव्वा (पाँचौ) तहमा अस्थायी सेवाका कर्मचारी महेन्द्र यावदलाई गाँउपालिका स्थापना भएको केहि दिनमै सरुवा गराएर आएको प्रशासकीय अधिकृत रामप्रवेश यादवले जानकारी दिए।
उनले भने, ‘गाउँपालिकामा महेन्द्र सर अहिले प्रशासन शाखामै वस्दै आएको छ। केही वर्ष अगाडि उहाँलाई राजस्व शाखाको जिम्मेवारी दिईएको थियो। तर, राजस्व हिनामिना गरीएको विषयमा विवादित भएकोले उनलाई अहिले प्रशासन शाखामै राखीएको छ।’
उनले थपे, ‘हामी तिनजना कर्मचारी प्रशासन शाखामा छौ, यो शाखामा खासै कामपनि हुदैन। तर वहाँ कार्यालय आउनुहुन्छ।’
कार्यलय आएपनि हाजिर गरेर बाहिर व्यतिmगत काममा व्यस्त रहने गुनासो आएको विषयमा प्रशासकीय अधिकृत यादवले केहि प्रतिकृया दिन चाहेनन्।
त्यसैगरी, गाँउपालिका स्वास्थ्य संयोजक राम सेवकलाई पोषण सहजकार्ताको बारेमा जिज्ञासा राख्दा ‘विगतमै लक्ष्मी कुमारी यादबलाई पोषण कार्यक्रम सयम् सेवकको रुपमा राखिएको थियो। अहिले मन्त्रालयले सहजकार्ताको रुपमा तलव भत्ता खुवाउने भनिएको छ। उनले भने, ‘पालिकाले मन्त्रालयको निर्देशनानुसार तलव खुवाउदै आएको सहजकार्ताले वर्षमा दशवटा कार्यक्रम मात्र गर्नुपर्ने भएकोले पालिकामा नबसेपनि तलव खुवाउनुपर्ने हुन्छ। तोकिएको कार्यक्रम बाहेक अरु काममा लगाउन पनि मिल्दैन।’
उनले थपे, ‘गाँउपालिका अध्यक्षको निरहताको कारण पालिकाले गति लिन सकिरहेको छैन। गाँपा अध्यक्ष सत्यनारायण यादवलकै कारण पालिकामा कामगर्ने वातावरण विग्रदै गईरहेको छ।’
गाँपा अध्यक्ष यादवले कर्मचारीलाई राजनितिक कार्यकर्ताको रुपमा चलाउन खोजेको कर्मचारीहरुको गुनासो रहँदै आएको छ। ‘कर्मचारीहरुले नीयम कानुन विपरित प्रेसर गरेर काम गर्न लगाएपछि कर्मचारी कसरी काम गर्छ?’ कर्मचारीहरुको प्रश्न छ।
कार्यालयमा विरलै देखापर्ने प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार सिंहलाई कर्मचारीको विषयमा प्रतिक्रिया लिन उनले प्रयोग गर्ने कार्यालयको नम्वर ९८५२८३४७५९ र व्यक्तिगत नम्वरमा फोन गरेपनि मोवाइल स्चि अफ थियो।
यता, कर्मचारी द्वयको वारेमा गाँपा अध्यक्ष सत्यनारायण यादवसंग कुरा गर्न खोज्दा उनी ‘यो विषयमा पछि कुरा गर्छु भन्दै पन्छिए। उनले भने, ‘यो कर्मचारीको विषयमा तपाईं कार्यालय तिरै आउनुस्, हामी सँगै बसेरै कुरा गरौंला भन्दै फोन काटे।’
तत्कालिन गाउँपालिका अध्यक्ष जागेस्वर यादबको पालामा राजस्व हिनामिना गरेको भन्दै २०७८ सालमै महेन्द्र यादवको जिम्मेवारी खोसिएको नाम नखोल्ने शर्तमा एक कर्मचारीले बताए। उनले भने, ‘जिम्मेवारी खोसिए देखी हालसम्म उनलाई गाँपाले कुनै जिम्मेवारी दिएको छैन। यादब प्रत्येक दिन पञ्जिकरण शाखामा गएर हाजिर गरेर बाहिर जानु हुन्छ। त्यतिकै हाजिरी बनाएर आउ–जाउ गरेरै तलब बुझिरहेका छन।’ न्युज कारखाना
काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्ले संसदमा सहकारीको महाकाव्य लेख्ने प्रयत्न गरिएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद वाग्ले गृहमन्त्रीलाई संसदमा बोल्न नदिएर असंसदीय काम गरिएको आरोप लगाएका छन् । उनले संसदमा बोल्न नदिएर कस्तो संसदीय अभ्यास गर्न खोजेको हो भन्दै प्रश्न गरेका छ । संसदमा यो हदसम्मको असहिष्णुताले प्रश्न उठाएको समेत बताए ।
उनले आरोप लाग्ने बित्तिकै राजीनामा गर्ने हो भने त्यो सहमति गर्न चुनौती दिएका छन् । उनले गृहमन्त्रीले जवाफ दिन चाहेको बताइरहेको बेला बोल्न नदिएको प्रति उनले असन्तुष्टि व्यक्त गरेका थिए ।
सांसद वाग्लेले प्रतिपक्षले सहकारीको महाकाव्य नै लेख्न खोजेको भएपनि समाधान दिन नसकेको आरोप लगाए । उनले सहकार र लघुवित्तको समस्या समाधान गर्न यसै संसदबाट विधेयक बनाएर अगाडी बढ्न आग्रह गरेका छन् ।न्युज कारखाना
काठमाडौँ ।
शिक्षामन्त्री सुमना श्रेष्ठले प्रशिक्षार्थी भर्ना गर्ने योजना बारे संसदमा स्पष्ट गरेकी छन् । मन्त्री श्रेष्ठले सुशासन ऐनमा टेकेर प्रशिक्षार्थी भर्ना गर्ने कार्यविधि बनाएको बताउदै युवा विद्यार्थीहरुलाई काम गर्न सिकाउन यो व्यवस्था गरेको बताएकी छन् ।
के विद्यार्थीले राजनीति मात्र सिक्ने भन्ने प्रश्न गर्दै शिक्षामन्त्री श्रेष्ठले विद्यार्थीलाई काम गर्न सिकाउनु पर्नेमा जोड दिएकी छन् ।
उनले आवश्यकता र विद्यार्थीको रुची अनुसार, गोप्य सूचनामा पहुच नहुने गरि राज्यलाई अतिरक्त भार नपरी, मापदण्ड बनाएर कर्मचारीकै नेतृत्वमा संचालन गरिने बताइन् ।
साथै मन्त्री श्रेष्ठले विद्यार्थीलाई न्याय हुने कुरामा राजनीति नगर्न समेत आग्रह गरेकी छन् । उनले संसदमा सांसदहरुले उठाएका शिक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ समेत दिएकी थिइन् ।न्युज कारखाना
काठमाडौँ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो ९ दिने चीन भ्रमणको बारेमा संसदमा जानकारी दिएका छन् ।
परराष्ट्रमन्त्री श्रेष्ठले आजको प्रतिनिधिसभाको बैठकमा आफ्नो भ्रमण बारे जानकारी दिदो दुई देशको सम्बन्धलाई अझ राम्रो बनाउन योगदान पुगेको विश्वास व्यक्त गरेका हुन् ।
उनले चीन भ्रमणका क्रममा चीनसँग जोडिएका १४ परम्परागत नाका खोल्ने, लासा र काठमाडौँबीच बस यातायात संचालन गर्ने, चीन जाने नेपाली पर्यटकलाई भिसा शुल्क नि: शुल्क गर्ने, नेपाल र चीनबीचको सम्बन्धका बारेमा नियमित छलफल गर्न परराष्ट्रमन्त्री स्तरीय आयोग गठन गर्ने, बीआरआईलाई अन्तिम रुप दिने विषयमा छलफल भएको जानकारी दिएका छन् ।
साथै आफ्नो भ्रमणको क्रममा चीनले नेपाललाई थप गुणात्मक सहयोग गर्ने सहमति भएको परराष्ट्रमन्त्रीले संसदमा जानकारी दिएका थिए ।
साथै चीनसँग सीमा जोडिएको केहि गाउँमा विद्युत उपलब्ध गराउने र नेपालमा उत्पादन हुने तरकारी र फलफुल निर्यात गर्ने विषयमा छलफल भएको उनले बताए ।न्युज कारखाना
काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समितिको माग बारेको अल्टिमेटम सकिएको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले आउदो बैठकमा सरकारले संसदीय छानबिन समिति लिएर आओस भन्दै कांग्रेसले दिएको अल्टिमेटम सकिएको बताएका हुन् ।
कतिपयले कांग्रेसले यो मुद्धालाई कमजोर बनायो भन्ने आरोप गलत भएको बताउदै उनले अबको बैठक कांग्रेसले मग पुरा नभएमा अवरुद्ध गर्ने संकेत गरेका छन् ।
उनले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको विकल्प नरहेको बताएका हुन् । सहकारी ठगिमा रास्वपाका अन्य नेताहरुपनि संलग्न भएको विषय बाहिर आएको बताउदै आम जनताको ८० करोड रकम हिनाबिना गरिएको बताए ।न्युज कारखाना
काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई संसदीय समितिको छानबिन समितिमा अबको बहस गर्ने चेतावनी दिएका छन ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको विकल्प नरहेको बताएका हुन् ।
सहकारी ठगिमा रास्वपाका अन्य नेताहरुपनि संलग्न भएको विषय बाहिर आएको बताउदै आम जनताको ८० करोड रकम हिनाबिना गरिएको बताए ।
साथै महामन्त्री शर्माले जीबी राईलाई नेपाल ल्याउन ढिलाई गरेको आरोप लगाएका छन् । उनले राई गृहमन्त्रीको सम्पर्कमा रहेको समेत दाबी गरेका छन् ।
उनले भने- ‘राई मलेसियामा छन् दुनियाँलाई थाहा छ । मलेसियाको कानून पनि हेर्नुहोला । जीवी राईलाई ल्याउने कुरामा के कुराले ढिलाइ भयो। मैले आरोप लगायो नभनौं तर हामीले पाएको सूचना अनुसार उहाँ गृहमन्त्रीको सम्पर्कमा हुनुहुन्छ ।’न्युज कारखाना
पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । विश्वासको मत पाउने आधार नभएपछि आज प्रदेश प्रमुख डिल्लीराज भट्टलाई मुख्यमन्त्री पाण्डेले राजीनामा पत्र बुझाएका हुन् ।
गत फागुन २३ मा नेकपा माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेसका मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।
सरकार अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । पाण्डेले भोलिसम्ममा विश्वासको मत लिनुपर्ने थियो । तर, मुख्यमन्त्री पाण्डेले विश्वासको मत नलिई पदबाट राजीनामा दिएका हुन् ।
६० सदस्यीय गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपा २ र स्वतन्त्र एक सांसद छन् । न्युज कारखाना
इलाम ।
आगामी वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मङ्गलबार मुख्य निर्वाचन अधिकृत तोकेको हो ।
यही चैत २२ मा इलाम सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २४ मा उम्मेदवारी मनोनयन हुनेछ । उपनिर्वाचन भाग लिन आयोगमा २० दल दर्ता भएका छन् । निर्वाचनका लागि केन्द्रबाट आवश्यक सामग्री चैत २३ सम्ममा आइपुग्ने उक्त कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा खटिने कर्मचारीको नामावली सङ्कलन गरिसकेको छ । इलाम २ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहनेछन् । यी केन्द्रमा आठ सय ९४ जना कर्मचारी परिचालन हुनेछन् ।
निर्वाचन आयोगकाअनुसार चैत २७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ ।न्युज कारखाना
पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज राजीनामा दिने भएका छन् ।
नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले मंगलबार अपराह्न ३ बजेसम्ममा विश्वासको मत माग्नका लागि प्रदेश सभा सचिवालयमा सूचना पठाई सक्नुपर्ने समय थियो तर उनले सो समयसम्म प्रदेश सभा सचिवालयलाई सूचना दिएका छैनन् ।
मुख्यमन्त्री पाण्डेले राजीनामा दिएर नयाँ सरकार बनाउने दाबी गर्ने रणनीति बनाएका छन् । विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने तयारीमा रहेका मुख्यमन्त्री पाण्डेले त्यसपछि बन्ने नयाँ सरकारमा पनि दाबी गर्ने भएका हुन् । मुख्यमन्त्री पाण्डे पुनः ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्ने रणनीतिमा रहेका छन् ।
६० सदस्यीय गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपा २ र स्वतन्त्र एक सांसद छन् । गण्डकीमा बहुमतका लागि ३१ सिट आवश्यक रहेको छ । अहिलेको समीकरणमा राप्रपा, दिपक मनाङेको मत पाएर पनि बहुमत पुग्दैन । मुख्यमन्त्री पाण्डेले माओवादीको चुनाव चिन्हमा विजयी भएका नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटाको समर्थन लिने प्रयास गरिरहेको बुझिएका छन् ।न्युज कारखाना
सुर्खेत ।
कर्णाली प्रदेश सभाको बैठक आज बस्दै छ ।
मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मतको प्रक्रिया पुरा गरेर मात्र राजीनामा दिने अडानका कारण मंगलबार बैठक बस्न सकेको थिएन । बैठक आज अपराहन्न ३ बजेका लागि बोलाइएको छ ।
माओवादी केन्द्रको मंगलबार बसेको संसदीय दलको बैठकले बुधबार विश्वासको मत लिएर राजीनामा दिने निष्कर्षमा पुगेपछि केन्द्रमा भएको सहमतिलाई प्रदेशले चुनौती दिने देखिएको छ । मुख्यमन्त्री शर्मा केन्द्रमा कर्णालीको मुख्यमन्त्री एमालेलाई दिने सहमतिप्रति असन्तुष्ट देखिएका छन् ।
मंगलबार दिन भर माओवादी र एमालेबीच पटक पटक छलफल भएपनि सहमति हुन नसकेपछि प्रदेश सभाको बैठक नै प्रभावित बनेको थियो ।न्युज कारखाना
काठमाडौँ ।
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । आजको बैठक बिहान ११ बजेदेखि शुरु हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामति सेवा विधेयक प्रस्तुत गर्ने तालिका छ भने कृषिमन्त्री ज्वालाकुमारी शाहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको खाध्य स्वच्छता तथा गुणस्तर विधयेकलाई प्रस्तुत गर्ने तालिका रहेको छ ।न्युज कारखाना
पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार राजीनामा दिने भएका छन् ।
नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले मंगलबार अपराह्न ३ बजेसम्ममा विश्वासको मत माग्नका लागि प्रदेश सभा सचिवालयमा सूचना पठाई सक्नुपर्ने समय थियो तर उनले सो समयसम्म प्रदेश सभा सचिवालयलाई सूचना दिएका छैनन् ।
मुख्यमन्त्री पाण्डेले बुधबार राजीनामाको तयारी गरेका छन् । उनले राजीनामा दिएर नयाँ सरकार बनाउने दाबी गर्ने रणनीति बनाएको छ । विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने तयारीमा रहेका मुख्यमन्त्री पाण्डेले त्यसपछि बन्ने नयाँ सरकारमा पनि दाबी गर्ने भएका हुन् । मुख्यमन्त्री पाण्डे पुनः ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्ने रणनीतिमा रहेका छन् ।
६० सदस्यीय गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपा २ र स्वतन्त्र एक सांसद छन् । गण्डकीमा बहुमतका लागि ३१ सिट आवश्यक रहेको छ । अहिलेको समीकरणमा राप्रपा, दिपक मनाङेको मत पाएर पनि बहुमत पुग्दैन । मुख्यमन्त्री पाण्डेले माओवादीको चुनाव चिन्हमा विजयी भएका नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटाको समर्थन लिने प्रयास गरिरहेको बुझिएका छन् न्युज कारखाना।
काठमाडौँ ।
नेपाल कांग्रेसले बैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय बुधबार गर्ने भएको छ ।
आज उम्मेदवार तय गर्न बोलाएको बैठकमा केहि शिर्ष नेताहरु अनुपस्थित भएपछि बुधबार फेरी बैठक बस्ने भएको हो ।
आजको बैठकमा केन्द्रीय सदस्य शेखर कोइरालासहितका नेताहरु बैठकमा सहभागी भएका थिएनन् । सभापति देउवासँग उम्मेदवार चयनका विषयमा असहमतिका कारण उनी अनुपस्थित भएको बताइएको छ ।
इलाम-२ मा हुने प्रतिनिधिसभा र बझाङमा हुने प्रदेशसभाको उपनिर्वाचनमा अन्य दलले उम्मेदवार छानेर प्रचार शुरु गरेपनि कांग्रेसले भने अझै उम्मेदवार छानेको छैन ।न्युज कारखाना
काठमाडौं ।
नेपाली कांग्रेसको गृहमन्त्री रवि लामिछानेलाई संसदमा सफाइको मौका नदिने निष्कर्ष निकालेको छ ।
मंगलबार बसेको कांग्रेसको संसदीय बोर्डको बैठकले संसद बैठकमा गृहमन्त्री लामिछानेलाई रोष्टममा जानबाटै रोक्ने निर्णय गरेको कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।
कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ । न्युज कारखाना
सुर्खेत ।
कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा नदिने अडान लिएका छन् ।
माओवादी केन्द्रको मंगलबार बसेको संसदीय दलको बैठकले बुधबार विश्वासको मत लिएर राजीनामा दिने निष्कर्षमा पुगेको हो ।
केन्द्रमा कर्णालीको मुख्यमन्त्री एमालेलाई दिने सहमतिप्रति प्रदेशको माओवादी नेतृत्व असन्तुष्ट देखिएको छ ।
मंगलबार दिन भर माओवादी र एमालेबीच पटक पटक छलफल भएपनि सहमति हुन नसकेपछि भोलि ३ बजेसम्मका लागि प्रदेश सभाको बैठक सारिएको छ ।
सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा नदिने अडान लिएका छन् ।
माओवादी केन्द्रको मंगलबार बसेको संसदीय दलको बैठकले बुधबार विश्वासको मत लिएर राजीनामा दिने निष्कर्षमा पुगेको हो ।
केन्द्रमा कर्णालीको मुख्यमन्त्री एमालेलाई दिने सहमतिप्रति प्रदेशको माओवादी नेतृत्व असन्तुष्ट देखिएको छ ।
मंगलबार दिन भर माओवादी र एमालेबीच पटक पटक छलफल भएपनि सहमति हुन नसकेपछि भोलि ३ बजेसम्मका लागि प्रदेश सभाको बैठक सारिएको छ ।
न्युज कारखाना
काठमाडौँ ।
बागमती प्रदेशका नव नियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेशका नवनियुक्त चार मन्त्रीलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ गराएका हुन् ।
सोमबार विश्वासको मत लिएका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले एमालेका चार जनालाई मन्त्री नियुक्त गरेका हुन् ।
मन्त्री बन्नेमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकलाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ रहेका छन् ।
न्युज कारखाना
सुर्खेत ।
कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । मंगलबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो ।
नेकपा माओवादी र एमालेमा विश्वासको मत लिने कि नलिने भन्ने विषयमा सहमति नजुटेको बेला बैठक स्थगित गरिएको छ ।
आज स्थगित भएको बैठक बुधबार ३ बजे बस्ने प्रदेश स्वाहा सचिवालयले जनाएको छ ।
न्युज कारखाना
काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संविधानको प्रगतिशील कार्यान्वयनका लागि आपसी एकतालाई सुदृढ गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् ।
‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रियालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपा (माआवादी केन्द्र) का अध्यक्ष ‘प्रचण्ड’ले नेपालका समाजवादी, देशभक्त र राष्ट्रवादीहरू एक ठाउँमा केन्द्रित हुनेहो भने समाजवादलाई तीब्र गतिमा अगाडि बढाउन सकिने विश्वास व्यक्त गरे ।
“नेपाल यस्तो परिस्थितिमा छ, यहाँका समावादी एवं देशभक्त र राष्ट्रवादीहरू एक ठाउँमा केन्द्रित हुने हो भने समाजवादलाई तीब्र गतिमा अगाडि बढाउन सकिन्छ । यस्तो सम्भावना भएको देश नेपाल नै हो,” प्रधानमन्त्री प्रचण्डले भने, “त्यसकारण यही विषयलाई आत्मसात गरेर मैले केही जोखिम र चुनौती मोलेरै भएपनि देशभक्त वामपन्थीहरूलाई एकतामा ल्याउने जमर्को गरेकै हो ।”
समाजवादको जन्म कहाँबाट हुन्छ ? भन्ने तर्क आउने गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “अन्ततः समाजवाद जन्मने भनेको सडकबाटै हो, किनकि जनता सडकमा हुन्छन् । पहिलो प्राथमिकता सडकले नै पाउनुपर्छ । समाजवाद जन्माउने जनताले हो ।”
पार्टीहरू जनतासँग जोडिए मात्रै शक्तिशाली हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले समाजवादको तयारीका लागि सरकार, सदन र सडकलाई अधिकतम उपयोग गर्नुपर्ने तर्क गर्नुभयो । उहाँले हरेक राजनीतिक दलले जनतालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिए ।
यसपटक सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा आगाडि बढ्ने जमर्को गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पूरानो गठबन्धनबाट जनताको आकांक्षाअनुसार काम हुन नसकेकाले समाजवादको आधार तयार गर्न नयाँ समीकरण बनाएको स्पष्ट पारे ।
नेपालको राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने उद्देश्यका साथ समाजवादको आधार तयार गर्न आफूले पछिल्लो कदम चालेको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले जनतालाई डेलिभरी दिनेगरी काम गरेर यसको औचित्य पुष्टि गर्नुपर्ने बताए । न्युज कारखाना
काठमाडौं ।
नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन् ।
एमाले निकट व्यवसायी रामहरि श्रेष्ठ हत्याको मुख्य योजनाकार भनिएका खामलाई ठमेलबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
तत्कालीन जनयुद्धका कमाण्डरसमेत रहेका खाममाथि श्रेष्ठको अपहरण गरी हत्या गरेको आरोप छ । माओवादीको केन्द्रीय सदस्यसमेत रहेका उनी फरार रहँदै आएका थिए ।
यो घटना २०६५ मा भएको थियो । न्युज कारखाना
काठमाडौँ ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले संरक्षक रेशम चौधरीले बोलाएको केन्द्रीय समितिको बैठक आधिकारिक नभएको बताएकी छिन्।
मंगलबार श्रेष्ठले सूचना निकाल्दै रेमश चौधरी पक्षले बोलाएको बैठक आधिकारिक नभएको स्पष्ट गरेकी हुन् ।
उनले केन्द्रीय सदस्य तथा पदाधिकारीलाई सम्बोधन गर्दै उनले निकालेको सूचनामा २३ र २४ गते बोलाएको बैठक आधिकारिक नभएको बताएकी छन् ।
रेशम पक्षका गंगा चौधरीले २३ र २४ गते बैठक आह्वान गरेका थिए । रेशम चौधरीले समेत चैत्र २३ र २४ गते बस्ने बैठकले नै पार्टीको विवाद बारे निर्णय गर्ने बताएका थिए । न्युज कारखाना
काठमाडौं ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा उठेका प्रश्नको जवाफ संसदमै दिन पाउनुपर्ने माग गरेका छन् ।
मंगलबार संसद बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लामिछानले सहकारी लगायतका विषयमा संसदमा उठेका प्रश्नको जवाफ संसदमै जवाफ दिने अवसर पाउनुपर्ने बताएका हु्न् ।
उनले सहकारी प्रकरणको संसदीय समिति बनाउन आवश्यक नरहेको बताउदा पार्टीका अन्य नेताहरु सहकारीमा जोडिनु प्रचारबाजी मात्र भएको बताएका छन् ।
मंगलबारको बैठकमा दल नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी प्रकरणमा गृहमन्त्रीसँगै रास्वपाका उपसभापति समेत रहेका श्रममन्त्री डीपी अर्याल र सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको नाम आएको भन्दै उनीहरूमाथि छानबिन हुनुपर्ने माग गरेका थिए ।
कांग्रेसले संसदमा लगातार सहकारी प्रकरणको संसदीय छानबिनको माग गर्दै आएको छन्
।न्युज कारखाना
धनगढी ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले चैत्र २२ गते विश्वासको मत लिने भएका छन् । सरकारले विश्वासको मत लिने सम्बन्धि प्रस्ताव प्रदेश सभामा दर्ता गरको हो ।
नेकपा माओवादी केन्द्र र समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह फागुनको २३ गतेदेखि अल्पमतमा परेका थिए । संबिधान अनुसार चैत्र २२ गते विश्वासको मत लिने अन्तिम दिन पनि हो ।
५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८ सांसद रहेका छन् भने नाउपाका ७ सांसद रहेका छन् । सुदूरपश्चिममा बहुमतका लागि २७ प्रदेश सभा सदस्य आवश्यक पर्दछ । नाउपामा विवाद बढेपछि मुख्यमन्त्री शाहको संकट बढेको हो । नाउपाले विश्वासको मत दिने नदिने स्पष्ट रहेको छैन ।
त्यस्तै सुदूरपश्चिममा माओवादीका सभामुख सहित ११, एमालेका उपसभामुख सहित १०, एकीकृत समाजवादीका ४, राप्रपा १ र स्वतन्त्र १ सांसद रहेका छन् ।
यसैबीच केन्द्रमा रहेको नयाँ समीकरणमा रहेका दलहरुबीच सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएको छ । न्युज कारखाना
काठमाडौँ ।
‘सहकारी ठगी’ प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) अर्यालको संलग्नता रहेको विषय संसदमा उठेको छ ।
मङ्गलबार प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले अर्याल मन्त्री अर्याल र रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी ‘सहकारी ठगी’ मा मुछिएको बताएका हुन् ।
सांसद यादवले भने- ‘श्रममन्त्री डीपी अर्याल हाम्रो कृषि सहकारीको उपाध्यक्ष हुँदा निक्षेपकर्ताले चार करोड बढी फिर्ता नपाएको विषय छ । अर्याल मात्रै होइन, सोही सहकारीमा रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी त्यति बेला सञ्चालक थिए । अचम्म त के छ भने सो सहकारीमा पनि अस्वाभाविक रूपमा गोर्खा मिडियाका अध्यक्ष जीबी राईलाई भित्र्याइएको छ । त्यो भित्र्याउने काम श्रममन्त्रीको हो भन्ने आरोप छ । समस्याग्रस्त सहकारीमाथिको छानबिन प्रभावित पार्न खोजिएको समाचार सार्वजनिक भइरहेको छ ।’
हाम्रो कृषि सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेपछि सरकारले समस्याग्रस्त घोषणा गरिसकेको छ ।
नेपाली कांग्रेसले रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीमा संलग्नता बारे संसदीय छानबिन समितिको माग गरिरहेको छ । न्युज कारखाना
काठमाडौँ ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले २०८४ को आम निर्वाचनअघि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर्न माग गरेका छन् ।
हाल काठमाडौँमा रहेका मेयर हर्कले काठमाडौँमा एकल प्रदर्शन गर्दै २०८४ को आम निर्वाचनअघि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर्न माग गरेका हुन् । उनले ‘०८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर’ लेखिएको प्लेकार्ड बोकेर एकल प्रदर्शनमा गरेका थिए ।
काठमाडौंमा रहेका मेयरले प्रधानमत्री, उपप्रधान तथा गृहमन्त्री, अर्थमन्त्री, खानेपानीमन्त्री र शिक्षामन्त्रीलगायतलाई भेट गरेर धरानका समस्याको बारेमा अवगत गराउदै बजेटमा व्यवस्था गर्न माग गरेका छन्।न्युज कारखाना
बुटवल ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले चैत्र २२ गते विश्वासको मत लिने भएका छन् ।
नेकपा माओवादीले फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिएपछि विश्वासको मत लिने अन्तिम दिन चैत्र २२ गते मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने भएका हुन् ।
लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को बैठकले चैत्र २२ गते बिहीबार संसद् अधिवेशन बोलाउने निर्णय गरेको हो ।
८७ सदस्यीय लुम्बिनी प्रदेशमा नेकपा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका ११, राप्रपा र नाउपाका ४-४ जनमत पार्टी, जसपा र लोसपाका ३-३ सिट छन् भने जनमोर्चा, एकीकृत समाजवादी र स्वतन्त्रका एक एक सिट रहेका छन् ।न्युज कारखाना
काठमाडौँ ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा धरानबाट आएको साम्पाङसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग भेट गर्दै विभिन्न विकासका माग राखेका हुन् ।
सो भेटमा आफूहरूले खानेपानी, विमानस्थल, राजमार्ग ल्यान्डफिल साइट, उद्योगलगायतका माग प्रधानमन्त्री समक्ष राखेको मेयर साम्पाङले जानकारी दिएका छन्।न्युज कारखाना
।
काठमाडौं ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)को विवाद रोकिने संकेत देखिएको छ ।
पछिल्लो पटक पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले पार्टीको गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङ र बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाट निष्कासन गरेपछि विवाद अझ बढ्ने संकेत देखिएको हो।
अध्यक्ष श्रेष्ठले पत्र लेख्दै संस्थागत केन्द्रीयत सदस्यहरुलाई कुटपिटमा संलग्न भएको भन्दै पार्टीबाट निष्काशन गरेकी हुन् ।
सुदूरपश्चिम प्रदेशमा सरकारमा सहभागी हुने विषयमा विवाद हुदा संरक्षक रेशम चौधरी र अध्यक्ष रन्जिताबीचको विवाद अब सतहमा आउन थालेको छ ।
अध्यक्ष रन्जिता केन्द्रदेखि प्रदेशसम्म नयाँ सत्ता समिकरणको पक्षमा लाग्ने बताउदै आएकी छन् भने संरक्षक चौधरी भने त्यसको विपक्षमा रहेका छन् ।
श्रीमान श्रीमतीसमेत रहेका रेशम र रन्जिताबीच विवाद बढिरहेका बेला रेशम पक्षले चैत २३ र २४ गतेका लागि संस्थापक केन्द्रीय समिति बैठक बोलाएका छन् ।न्युज कारखाना
कर्णाली ।
नयाँ सत्ता समीकरणका दलबीच भएको सहमति अनुसारमा कर्णालीमा नेकपा एमालेलाई मुख्यमन्त्री दिने सहमति भएपनि मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने कार्यसूची रहेको छ ।
यसअघि सोमबार केन्द्रमा सहमति भएपनि प्रदेशमा विश्वासको मत लिने प्रस्ताव दर्ता भइसकेकोले कर्णालीमा राजनीतिक अन्योलता बढेको छ । मुख्यमन्त्री शर्माले विश्वासको मत लिन आज ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । माओवादीमा भने कर्णालीको नेतृत्व एमालेलाई दिने विषयमा एक मत नभएपछि समस्या आएको छ ।
कर्णालीमा माओवादीको पकड रहेकाले प्रदेशको नेतृत्व एमालेलाई दिन नहुने पक्षमा उपमहासचिव जनार्दन शर्मासहितका नेताहरु रहेका छन् । तर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई दिने सहमति गरेपछि माओवादी भित्र विवाद बढेको छ । माओवादीको एक पक्ष विश्वासको मत लिनुपर्नेमा जोडदिदै रणनिति बनाउन व्यस्त देखिएका छन् भने अर्को पक्षले केन्द्रको सहमति तोडेर जान नहुने पक्षमा रहेको देखिएको छ ।
त्यस्तै एमालेले भने केन्द्रको सहमति पालना गरेर विश्वासको मत लिने प्रस्ताव फिर्ता लिनुपर्ने बताएको छ । गत फागुन २२ गते नेपाली कांग्रेस सरकारबाट बाहिरिदै समर्थन फिर्ता लिएपछि संबिधान अनुसार मुख्यमन्त्री शर्माले विश्वासको मत लिने आज अन्तिम दिन हो ।
मुख्यमन्त्री शर्माले केन्द्रको निर्देशन विपरित विश्वासको मत लिन खोजेमा विश्वासको मत लिन उनलाई एमाले वा कांग्रेसको मत आवश्यक पर्ने गर्दछ । विकसित घटनाक्रम अनुसार एमालेले विश्वासको मत दिने सम्भावना कम रहेको बताइएको छ भने कांग्रेस सरकारबाट बाहिरिएका विश्वासको मत दिने सम्भावना रहेको देखिदैन ।
४० सदस्य रहेको कर्णाली प्रदेशमा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १० तथा राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रको एक एक सिट रहेको छ । न्युज कारखाना
काठमाडौँ ।
संवैधानिक परिषद्ले राष्ट्रिय समावेशी आयोगको अध्यक्ष र राष्ट्रिय महिला आयोगको सदस्य पदपूर्तिका लागि निवेदन आह्वान गरेको छ ।
मंगलबार सूचना जारी गर्दै संबैधानिक परिषदको सचिवालय समावेशी आयोगमा अध्यक्ष पद र महिला आयोगको सदस्य पदका लागि निवेदन आह्वान गरेको हो ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो विवरण संलग्न गरी १५ दिनभित्र आवेदन दिन परिषदको सचिवालयले अनुरोध गरेको छ ।
इच्छुक आवेदकले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको वेभसाइत www.opmcm.gov.np को सूचना तथा समाचार खण्डभित्र उपलब्ध फर्म भरी विद्युतीय प्रतिसहित बुझाउन वा संबैधानिक परिषदको सचिवालयको इमेल- sambaidhanik@opmcm.gov.np मा पठाउन आग्रह गरेको छ ।
न्युज कारखाना
काठमाडौँ ।
संसदीय सुनुवाइ समितिले प्रस्तावित महालेखापरीक्षक तोयम रायाविरुद्ध उजुरी आह्वान गरेको छ ।
समितिले १० दिनभित्र कार्यालय समयमा समितिको सचिवालयमा वा कुनै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिन सकिने सूचना प्रकाशित गरेको हो ।
उजुरी दिने व्यक्तिले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचना दाताको नाम गोप्य राखिने सूचनामा उल्लेख छ ।
उजुरी गर्न चाहनेले संघीय संसद सचिवालयको नम्बर ०१-४२००२७७ मा सम्पर्क गर्न सकिने छ भने इमेल ठेगाना parl_hearing@parliament.gov.np मा पनि उजुरी दिन सकिने जनाइएको छ ।
यसअघि सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले उजुरी आह्वान गर्ने निर्णय गरेको थियो । त्यस्तै आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा तोयम रायालाई सिफारिस गरेको थियो । न्युज कारखाना
हेटौडा ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
सोमबार मात्र विश्वासको मत लिएका मुख्यमन्त्री जम्कट्टेलले एकीकृत समाजवादीकी रमा आले मगरलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् । आलेले मन्त्री बनाउने शर्तमा मुख्यमन्त्रीलाई आलेले विश्वासको मत दिएकी थिइन् ।
उनी गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नम्बर १० को प्रदेश सभा निर्वाचन क्षेत्र ‘२’ बाट निर्वाचित भएकी थिइन् ।
योसँगै बागमती प्रदेशमा मन्त्रीको सङ्ख्या ८ पुगेको छ । प्रदेशको १२ मन्त्रालय मध्ये मुख्यमन्त्रीसहित माओवादी केन्द्रका ४, एमालेका एक, एकीकृत समाजवादीका ३ र हाम्रो नेपाली पार्टीका एक जना मन्त्री रहेका छन् । न्युज कारखाना
काठमाडौ, २० चैत ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैँछ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८० चैत्र २० गते मंगलबार दिउँसो २ः०० बजे बस्न लागेको हो ।
सभापति शेरबहादुर देउवाको निजी निवास, बुढानिलकण्ठमा उक्त बैठक बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडयालले जानकारी दिए ।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थित रहने छन् ।न्युज कारखाना
काठमाडाैं, २० चैत ।
प्रतिनिधिसभाकाे बैठक बस्दैँछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बाेलाइएकाे छ ।
अाजकाे बैठकमा वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय र उर्जा, जलस्राेत तथा सिंचाइ मन्त्रालय सबन्धी माैखिक प्रश्नहरूकाे सबन्धित मन्त्रिले उतर दिनेछन् ।
सभामुख देबराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतकाे बिषयगत समितिहरूमा माननीय सदस्यहरूकाे नाम हेरफेर गरिएकाे जानकारी गराउने छन् ।
उपप्रधान मन्त्री एवम परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले …बिमेस्टेक वडा पत्र काे प्रावधान माथी सदनमा छलफल गरियाेसÚ तथा …अनुमाेदन गरियाेस्Ú भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेकाे छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले राष्ट्रियसभामा उत्पति भएकाे …बिधायन सबन्धी बिधेयक २०८० माथी बिचार गरियाेसÚ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले सार्बजनिक गरेकाे सम्भावित कार्यसुचीमा उल्लेख गरिएकाे छ ।न्युज कारखाना
काठमाडौँ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाएका छन् ।
सोमबार प्रदेशसभामा भएको विश्वासको मत माथिको प्रस्तावमा मतदान हुदै प्रस्तावको पक्षमा ५६ मत परेको थियो । ११० सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ५६ मत नै आवश्यक पर्दछ ।
आजको मतदान प्रक्रियामा १०८ सांसद उपस्थित थिए । त्यस्तै प्रस्तावको विपक्षमा ३७ मत परेको थियो भने तटस्थमा १५ मत परेको थियो ।
बागमतीमा सत्ता समीकरण दल एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् । बागमतीमा कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद रहेका छन् ।न्युज कारखाना
हेटौंडा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेशमा तटस्थ बस्ने भएको छ ।
राप्रपाले मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने प्रक्रियामा तटस्थ बस्ने भएको हो । सोमबार प्रदेशसभाको बैठकमा बोल्दै राप्रपा संसदीय दलका नेता उद्धव थापाले आफुहरुले सबै दलसँग समदुरीमा बस्ने बताउदै मतदान प्रक्रियामा तटस्थमा मतदान गर्ने बताएका हुन् ।
साथै थापाले यसको अर्थ सत्तामा जान खुट्टा उचाल्यो भन्ने नलगाउन आग्रह गर्दै १६ महिनामा मुख्यमन्त्रीले तीन पटक विश्वासको मत लिन लागेको व्यंग्य गरेका थिए ।
बागमती प्रदेशमा सभामुखसहित १३ सिट रहेको राप्रपा सरकार बाहिर रहेको छ ।
अहिले विश्वासको मतमाथि छलफल चलिरहेको छ र एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले विश्वासको मतको पक्षमा मत दिने बताएका छन् ।न्युज कारखाना
काठमाडौँ ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक पार्टी कसैको पेवा नभएको टिप्पणी गरेका छन् ।
सोमबार पार्टीको बैठकमा कुटाकुट भएको विषय सार्बजनिक भएपछि टिप्पणी गर्दै चौधरीले अनावश्यक हल्लाको पछाडी नलाग्न आग्रह गर्दौ चैत्र २३ र २४ गते हुने केन्द्रीय समितिको बैठकले जे निर्णय गर्छ त्यसलाई स्वीकार्ने बताएका हुन् ।
उनले भनेका छन्- ‘पार्टीको बैठकमा कस्ले कसलाई हातपात गर्यो ? ज्यान मार्ने धम्कि कसले दियो ? सुन्ने हेर्ने साथीहरू साक्षी छन् । जसरी पनि मलाई जेल हालेर सत्ताको हालिमुहाली गर्ने स्वार्थीहरुको पछाडी हामी लाग्दैनौँ । अनावश्यक हो- हल्लाको पछि नलागौँ । चैत २३ र २४ हुने केन्द्रिय समितिको बैठकले जे निर्णय गर्छ त्यही स्वीकार्ने हो । पार्टी कसैको पेवा होइन पहिचान बादीहरुको साझा आवाज हो ।’
नाउपाको आज अनामनगरस्थित पार्टी कार्यालयमा चौधरी समर्थक केन्द्रीय सदस्यले अध्यक्ष रन्जिता समर्थक केन्द्रीय सदस्यलाई कुटपिट गरेको र ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ ।न्युज कारखाना
काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीले बागमती र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री पाउने भएको छ ।
नयाँ सत्ता समीकरण दलका शिर्ष नेताहरुबीच एकीकृत समाजवादीलाई सुदूरपश्चिममा तत्काल र बागमतीमा पालैपालो मुख्यमन्त्री दिने सहमति भएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आजको बैठकमा विश्वासको मत लिदै छन् । ११० सदस्य रहेको बागमती प्रदेशमा विश्वासको मत लिन ५६ मत आवश्यक पर्दछ । बागमतीमा सत्ता समीकरण दल एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् । बागमतीमा कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद रहेका छन् ।
त्यसैगरी ५२ सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १८, माओवादीकेन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टी (नाउपा) का ७, एकीकृत समाजवादी ४ र राप्रपा र स्वतन्त्र २ सांसद छन् ।
सुदूरपश्चिममा नाउपामा सरकारलाई समर्थन गर्ने विषयमा विवाद रहेको छ । त्यसैले सरकार परिवर्तन गर्न सजिलो भने देखिएको छैन ।न्युज कारखाना
काठमाडौं ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक केन्द्रीय समस्य रमेश विश्वकर्माले आफूहरुमाथि ज्यान मार्ने धम्की आएको दाबी गरेका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले सुदूरपश्चिम प्रदेश सरकार ढल्यो भने चार जनाको हत्या हुनसक्छ भनेर पार्टीका संरक्षक रेशमलाल चौधरीले धम्की दिएको दाबि गरेका हुन् । उनले भने- ‘यदि सुदूरपश्चिममा कमल बहादुर शाहको सरकार ढल्यो भने तिमी चारै जनाको हत्या पनि हुनसक्छ भनेको हुनाले आज ममाथि भौतिक आक्रम भएकाले मैले यसलाई सामान्य लिएको छैन ।’
उनीमाथि आज पार्टी केन्द्रीय समितिको बैठकमा भौतिक आक्रमण भएको थियो । आफूलाई केन्द्रीय कार्यालयको सबै ढोकाहरु थुनेर कुटपिट गरिएको उनले बताए । कुटपिटमा संलग्न सबै मानिसहरु नयाँ रहेको उनले बताए । उनीहरु कसरी र कहाँबाट आए आफूलाई कुनै जानकारी नभएको उनले बताए ।
रेशमले आफूसहित टीकापुर नगरपालिकाका मेयर रामलाल डरौरा थारु, टीकापुर नगरपालिका– ४ का वडाअध्यक्ष लालवीर चौधरी र टीकापुर– ५ का वडाअध्यक्ष बलवीर चौधरीको हत्या हुनसक्छ भनेको भोलिपल्टै पार्टी केन्द्रीय कार्यालयमा आफूमाथि भएको आक्रमणलाई सामान्य रुपमा नलिएको उनले बताए ।
आज आफूमाथि भौतिक आक्रमण भएको सुनाउँदै उनले भने, ‘नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष माननीय रञ्जिता श्रेष्ठले आज विहान ८ बजे मिडिङ बोलाउनु भएको थियो । हामी मिटिङमा सहभागी हुन अनामनगरस्थित पार्टी कार्यालयमा पुग्यो । संस्थापक केन्द्रीय समस्य भनिएको थियो । २१ जनालाई बोलाइएको थियो ।
महाधिवेशनलाई निर्वाचन आयोगले अवैधानिक भनेपछि २१ जनालाई नै यो पार्टी चलाउने आधिकारिकता दिएको छ । यो पार्टीलाई निकास दिनुपर्छ भनेर संस्थापक केन्द्रीय समस्यको बैठक थियो । माननीय अध्यक्ष आउन ढिला भयो । उहाँ आउनुभन्दा पहिले नै केही अनौपचारिक छलफल हुने क्रममा ढोकामा चुक्कुल लगाएर, एउटा रुपको ढोकाको मात्रै चुक्कुल लागइएको थिएन कि बाहिरिने मेन गेट पनि बन्द गरेर ममाथि भौतिक आक्रमण भयो ।’
कसैले कुटपिट गरेको खण्डमा, कही दुर्घटना भएको खण्डमा र जुनसुकै घटना भएमा रेमश चौधरीले यसको जिम्मा लिनुपर्ने उनको भनाइ छ । उनले यस विषयमा वर्तमान गृहमन्त्री रवि लामिछानेको ध्यानाकार्षण गराए । आफूहरुले रेमशलाल चौधरीलाई संरक्षक मानेपनि कानुनले उनलाई पार्टी सदस्य बन्नसमेत रोक लगाएको उनको भनाइ छ । तर, रेशमको भनाइ भने ‘मेरो निर्णय मान्दैनौं भने पार्टीमा बस्न पाइँदैन’ भन्ने रहेको उनले बताए । आफू थारुमाथि भएको अन्यायको विरोधमा लागेको उनले बताए । सरकार टिकाउनकै लागि आफूहरुलाई हत्याको धम्की सह्य नहुने उनको भनाइ छ ।न्युज कारखाना
हेटौडा ।
बागमती प्रदेश सभाको बैठक तोकिएको समयमा बस्न सकेको छैन । यस अघि आज १ बजे बस्ने भनिएको बैठक सत्ता समीकरण दलमा सहमति नजुटेका कारण ४ बजेसम्मका लागि सारिएको छ ।
आजको बैठकमा मुख्यमन्त्री शालीकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठकमा २ सांसद बैठकमा उपस्थित नहुने भएपछि बैठक सारिएको बताइएको छ । प्रदेश सभामा हाम्रो नेपाली पार्टीकी सांसद खड्गी र एकीकृत समाजवादीकी सांसद रमा आले उपस्थित नहुने भएपछि बैठक सारिएको बुझिएको छ ।
दुई सांसद उपस्थित नभएमा मुख्यमन्त्रीले विश्वासको मत नपाउने अवस्था रहेको छ । अब ४ बजेका लागि तोकिएको बैठकमा दुई सांसदको उपस्थिति हुने नहुने स्पष्ट रहेको छैन ।
११० सदस्य रहेको बागमती प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ५६ मत आवश्यक पर्छ । बागमतीमा नेपाली काग्रेस ३७, नेकपा एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपा १३, एकीकृत समाजवादीको ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टीको दुई सिट छ । कांग्रेस, राप्रपा र नेमकिपाले विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।न्युज कारखाना
हेटौडा ।
वागमती प्रदेशमा एकीकृत समाजवादीले पनि मुख्यमन्त्री पाउने सहमति भएको छ ।
एकीकृत समाजवादीलाई पालैपालो मुख्यमन्त्री दिने सहमति भएसँगै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाउने निश्चित भएको छ ।
यसअघि एकीकृत समाजवादीले नयाँ समीकरणमा आफुले सबै प्रदेश र केन्द्रमा सम्मानजनक भागबण्डा हुनुपर्ने माग राख्दै सो विषयमा सहमति नभएसम्म विश्वासको मत दिन बाध्य नहुने चेतावनी दिएको थियो । अब सहमति भएपछि एकीकृत समाजवादीले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिने भएको छ ।
बागमती प्रदेश सभामा आज मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूचि रहेको छ ।न्युज कारखाना
काठमाडौं ।
मुलुकमा विद्यमान समस्याको निकासका लागि नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान गरेर साझा एजेण्डा तय गर्नुपर्ने कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरको धारणा छ ।
आज काठमाडौंको नयाँ बानेश्वरमा शिक्षक संघ संगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएर अहिलेको परिस्थितिबाट मुलुकलाई कसरी निकास दिने भन्ने विषयमा छलफल गर्नुपर्ने बताए ।
‘सांसदले संसदमा उठाउने कुरा पार्टीलाई जानकारी नै नहुने हो भने पार्टीले त्यसको भारी बोक्न सक्दैन। मुलुक संवेदनशील अवस्थामा छ। यस्तो अवस्थामा मुलुकलाई निकास दिन पार्टीको संसदीय दल र केन्द्रीय समितिको साझा धारणा हुनुपर्छ। र, त्यही धारणालाई बोकेर हामी जनतामाझ जानुपर्छ,’ उनले भने ।
वर्तमान सरकारले सुशासनको दाबी गरिरहेको भए पनि भनाइ र व्यवहार ठ्याक्क विपरीत रहेको महरको आरोप छ। ‘सरकारले सुशासनको कुरा गरिरहेको भए पनि त्यो व्यवहारमा देखिँदैन। सहकारी ठगीको आरोप लागेका व्यक्तिलाई गृहमन्त्री बनाएर देशका प्रधानमन्त्री नै उनको बचाउमा उभिनु भएको छ। त्यो मुलुकका लागि लज्जाको विषय हो,’ महरले भने ।
सरकारका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सहकारी ठगीको आरोपी रहेको र उनलाई नै गृहमन्त्रालयको जिम्मेवारी दिइसकेपछि अनुसन्धान प्रभावित हुने कुरामा दुईमत नभएको महरको दाबी छ । ‘जनतामा भ्रम छरेर रवि जी पानीमाथिको ओभानो हुन खोज्दै हुनुहुन्छ । उहाँको गलत चरित्रको ढाकछोपमा प्रधानमन्त्री नै लाग्नु भएको छ। सहकारी ठगको हातमा गृह मन्त्रालय बुझाउँदा उनीमाथि निष्पक्ष छानबिन हुन्छ भनेर कसरी विश्वास गर्ने?,’ महरले भने ।
संसदभित्र कांग्रेसले उच्चस्तरीय छानबिन समिति गठन गर्न र गृहमन्त्रीमाथि छानबिन गर्न आवाज उठाएकोमा प्रतिपक्षीको आवाजलाई बेवास्ता गर्न खोज्नुले पनि सरकारको पारदर्शितामा ठूलो प्रश्न चिन्ह खडा भएको महरले बताए ।
‘यस्तो अवस्थामा कांग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठक बसेर हामीले साझा धारणा बनाउनुपर्छ भन्ने मेरो माग हो। बैठकले के कस्ता एजेण्डा ल्याउने र कसरी अगाडि बढ्ने भन्ने विषयमा साझा रणनीति तय गर्नुपर्छ,’ उनले भने ।
जनतासामु कांग्रेसले आफ्ना एजेण्डा कसरी प्रस्ट पार्ने भन्नेमा नै अहिले अन्यौलता देखिएको उनले बताए। यस्तो अवस्थामा केन्द्रीय समिति बैठक बस्न नसक्नु दुखद भएको महरको भनाइ छ ।
१४ औ महाधिवेशन पछि पार्टीका पाँच जना पदाधिकारी पाँचतर्फ फर्किनु भएको छ। सत्ताबाट बहिर्गमन हुनु प्रधानमन्त्री प्रचण्डले बईमानी गरेको भनेर मात्रै पुग्दैन । पदाधीकारीहरुले आफु पनि चुकेको हो कि भनेर आत्मसमिक्षा नगर्ने ? महर प्रश्न गरे ।
पदाधिकारीका नाममा आजसम्म उहाँहरूको भूमिका र गतिविधि खासै प्रभावकारी देखिएको छैन। उहाँहरू पार्टी र सदनमा पनि खरो रूपमा प्रस्तुत हुन नसक्दा आसातित उपलब्धि भएको छैन । पार्टीका गतिविधिहरूलाई पनि प्रभावशाली रूपमा प्रस्तुत गर्ने भूमिका देखाउनु भएको छैन,’ महरले भने ।
कांग्रेसले अहिले सत्ताका लागि र्याल काट्न नहुनेसमेत महरले बताएका छन्। उनले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दै कांग्रेसले राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउने भूमिका खेल्नुपर्ने धारणा राखेका छन्। पार्टीको घोषणापत्रमा उल्लेख कुरालाई सार्थक बनाउन यतिबेला कांग्रेस केन्द्रित हुनुपर्ने उनले बताए। यत्तिमात्र गर्ने हो कांग्रेसलाई २०८४ मा बहुमत ल्याउन कसैले रोक्न नसक्ने महरको धारणा छ ।न्युज कारखाना
काठमाडौँ ।
नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले रुसमा श्रम स्वीकृति खुलाएको भन्दै विरोध गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पौडेलले रुसी सेनामा नेपालीहरु भर्ना भएको विषयमा मुकदर्शक भएको बेला श्रम स्वीकृति खुलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
सांसद पौडेलले रुसमा श्रमिकको रुपमा गएर सेनामा भर्ना गराउन खोजिएको त होइन भन्दै प्रश्न गरेका छन् ।
उनले भने- ‘रुसमा युद्ध भइरहेको छ, हामी सबैलाई थाहा छ । नेपाल सरकारले नेपाली जनतालाई कडाइका साथ रुस नजान भन्नु पर्ने ठाउमा श्रम मन्त्रालयले श्रम स्वीकृति खुलाएको छ । यति नै बेला सरकारले रुसमा श्रम स्वीकृति किन दियो ? यस भित्र गम्भीर स्वार्थ लुकेको हामीले देखेका छन् ।’
उनले रुसी सेनामा भर्ना भएर मृत्यु भएका परिवारलाई डिएनए परिक्षण गर्ने क्रममा आफन्तलाई सरकाले पिडादिएको आरोप समेत लगाए ।न्युज कारखाना
काठमाडौँ ।
चीनको ९ दिने औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किएका छन् । उनी सोमबार बिहान काठमाडौँ आइपुगेका हुन् ।
भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ यीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए । त्यस्तै उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री सुन हाइयानसँग पनि भेट गरेका थिए ।
बेइजिङमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले नेपाली दूतावासमा आयोजित पूर्वलगानी सम्मेलनलाई सम्बोधन गरेका थिए ।
उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले तिब्बतमा रहेको कैलाश मानसरोवर क्षेत्रको अवलोकनसमेत गरेको थियो ।
नेपाली प्रतिनिधिमण्डलमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एसिया महाशाखाका प्रमुख एवं सहसचिव कृष्ण ढकाल, बेइजिङस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन सुरेन्द्र यादव, उपप्रधानमन्त्रीका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, नायब शिष्टाचार महापाल उत्तमकुमार शाही, परराष्ट्र मन्त्रालयका उपसचिव अरुणा घिसिङलगायत सहभागी थिए ।न्युज कारखाना
काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेको सहकारी ठगी प्रकरणमा छानबिनको माग गर्दै आज पनि संसदमा विरोध गरेको छ ।
संसदको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्ने भन्दै सहकारी पिडितको कुरा सरकारले नसुनेको आरोप लगाएकी छन् ।
सांसद गौतमले सरकारले सहकारी ठगिको छानबिनलाई प्रभावित गरेको भन्दै संसदीय समितिको गठनको माग गरेकी छन् । उनले संसदीय समिति गठन गर्ने विषयलाई ठुलो विषय नबनाउन आग्रह गर्दै आफु माथि लागेको आरोपलाई प्रष्ट गर्ने यो अवसर समेत हुने उनले आग्रह गरिन ।न्युज कारखाना
काठमाडौँ ।
प्रस्तावित महालेखापरीक्षक तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ ।
संसदीय सुनुवाइ समितिको सोमबारको बैठकले १० दिने सूचना जारी गर्ने निर्णय गरेको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
राष्ट्रिय तथ्यांका कार्यालयका सचिव रायालाई आइतबार बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा सिफारिस गर्ने निर्णय गरेको थियो ।न्युज कारखाना
बारा
नेकपा एमाले बाराको ११ औं जिल्ला अधिवेशन आज सोमबार १९ गतेदेखि सुरु हुँदै छ । एमाले बाराको जिल्ला अध्यक्षको लागि भरत बहादुर भण्डारीले आकांक्षा देखाएका छन् ।
शालीन स्वभावका भरत बहादुर भण्डारी कोल्हवी नगरपालिकाका पुर्व नगरप्रमुख हुन । उनी नेकपा एमाले बारा जिल्ला सचिवालय कमिटी सदस्य एवं क्षेत्रीय कमिटीका संयोजक समेत हुन ।
अध्यक्षको आकांक्षा देखाएका भण्डारीको जन्म २०२५ भदौ ३ गते भएको हो । भण्डारीको राजनीतिक जीवन १३ वर्षको किशोर अवस्थाबाट सुरु भएको हो । २०३७ सालमा नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट राजनीतिमा प्रवेश गरेका भण्डारी २०४१ देखि २०४२ सम्म अनेरास्ववियु बारा जिल्ला सदस्य भएका थिए । त्यसपछि उनी २०४५ देखि २०४६ सम्म वीरगञ्जको ठाकुरराम क्याम्पसको अनेरास्ववियु सदस्यसमेत भएका थिए ।
२०४७ सालमा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी मालेको संघठित पार्टी सदस्यता प्राप्त गरेका भण्डारीले २०४९ देखि २०६३ सम्म गाँउ कमिटीको सचिब रही पार्टीको जिम्मेवारी पुरा गर्दै आएका थियो । २०६७ साल देखी भण्डारी ४ कार्यकाल जिल्ला कमिटी सदस्य रही सचिवालयको जम्मेवारी निर्वाह गरेका थियो भने २०७९ बाट उनी बारा क्षेत्र १ को संयोजक समेत हुन ।
राजनीतिक जीवन बाहेक सामाजिक क्षेत्रमा समेत सक्रिय भण्डारी २०५९ बाट २०७० सम्म श्री नेपाल राष्ट्रिय सामुदायिक माध्यमिक विद्यालय सपहिको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष ४ कार्यकालको जिम्मेवारी पुरा गरे । उनै भण्डारी २०६८ बाट २०७१ सम्म सपहि कलेजको संस्थापक अध्यक्ष समेत भएका थिए ।
भण्डारीले २०६४ देखे २०७१ सम्म तामागढी साझेदारी वन व्यवस्थापन समितीको उपाध्यक्षमा निर्वाचित भएर दुई कार्यकाल काम गरेका थिए । राजनीतिक जीवन बाहेक सामाजिक क्षेत्रमा समेत सक्रिय भण्डारीको लोकप्रयताका कारण उनले २०७४ को स्थानिय निर्वाचनमा कोल्हवी नगरपालीकाको प्रथम निर्वाचीत नगर प्रमुख भएका थिए ।
राजनिति गर्ने मान्छेले निस्वार्थ राजनिति गर्नुपर्छ भन्ने भण्डारीको धेय छ । राजनिति भन्दैमा सबैले गर्न नसकिने भएको हुदाँ समस्या संग चल्न र जुध्न सक्ने क्षमताको व्यक्तीले मात्र जिल्ला चलाउन सक्ने भएको हुदाँ भण्डारी नेतृत्व लिन तयार छन् ।
पछिल्लो समय राजनितिलाई कमाउने भाँडो बनाइदिदा सिंगो राजनिति गर्ने ब्यक्ती बदनामित भइरहेको भण्डारी बताउँछन् । ब्यक्तीगत स्वार्थमा निहित भएर राजनिति गरिदिदा जनतामा राजनिति गर्नेमाथीको बिश्वास घटेको हो । स्वार्थ राखेर धेरै पछिसम्म टिक्दैन निस्वार्थ काम गर्नका लागी सबैले मिल्नुपर्नेमा भण्डारीको जोड छ ।
भण्डारी राजनितिलाई कमाई खाने भाँडो बनाउने परम्परालाई तोड्ने पक्षमा छन् । उनी आफै ब्यवसाय संगसंगै राजनिति गर्ने भएको हुदाँ ब्यक्तीगत स्वार्थमा निहित भएर राजनिति गनुपर्ने बाध्यतामा उनि छैनन् ।
गलत काममा लाग्नेलाई सतर्क गराउने देखी दुख पिडामा परेका ब्यक्तीहरुलाई सहयोग गर्ने सम्मका काममा भण्डारी जहिलेपनि अगाडी हुन्थे । निरन्तर राजनितिमा लागेका भण्डारी बिभिन्न पटक पार्टीको आन्तरिक चपेटामा समेत परेका थिए तर उनि निरन्तर जनतासंगै काममा ब्यस्त हुन्थे । बाराको चारवटै क्षेत्रमा उनि निकै सक्रिय छन् ।
विधिमा पार्टी चल्ने कुरालाई आदर्श मान्ने भण्डारी त्यसैले कम्युनिष्ट आचरणलाई प्रेरित गर्ने कुरामा विश्वास गर्छन् । पार्टीमा सादा जीवन र सोच भएका धेरै सदस्यहरु रहेको बताउने भण्डारी पार्टी नेतृत्व र जनता बिचको ग्याप घटाउँदै रुपान्तरणको अनुभूति जनताका जीवनमा गराउनुपर्नेमा संकल्पित छन् ।
चार दशकदेखि राजनीतिको अनवरत यात्रामा रहेका भण्डारी यस क्षेत्रका शान्त, सरल र पार्टी नेतृत्वसंग नजिकको पहिचाज राख्ने नेताका रुपमा परिचित छन ।न्युज कारखाना
काठमाडौं, १९ चैत ।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु भएकाले अत्यावश्यकबाहेक घेटघाटका लागि नआइदिन आग्रह गरेको छ ।
मन्त्रीसहित सबै कर्मचारी बजेट निर्माणमा केन्द्रित हुनुपर्ने भएकाले भेटघाटको स्वरुपमा केही परिवर्तन गरिएको मन्त्रालयले जनाएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले शुक्रबार सहसचिव धनिराम शर्मा नेतृत्वमा बजेट मस्यौदा लेखन समिति गठन गरेका थिए । समितिमा सहसचिचवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् ।
समितिले गठन भएको भोलिपल्टै शनिबार अर्थमन्त्री पुनबाट आवश्यक निर्देशन लिएर बजेट लेखनको काम थालिसकेको छ ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव उत्तरकुमार खत्रीले बजेट निर्माणसँग सम्बन्धित सरोकारवालालाई पनि पहिल्यै समय लिएर मात्र आइदिन आग्रह गरे । ‘बजेट निर्माणको समयमा बिहानदेखि राति अबेरसम्म कर्मचारीले काम गर्नुपर्ने हुन्छ । अनावश्यक भिडभाड हुँदा काम प्रभावित हुन्छ’, खत्रीले भने, ‘ तर, सबै भेटघाट बन्द गरिएको होइन ।
भेट्नैपर्ने सरोकारवालाहरुलाई पहिल्यै समय लिएर मात्र आइदिन आग्रह गर्न चाहन्छु ।’ खत्रीले सम्बद्ध मन्त्रालय तथा महत्वपूर्ण सरकारी निकाय, निजी क्षेत्रको प्रतिनिधि संस्थाका व्यक्तिहरु, दातृ निकायका प्रतिनिधिलाई समय लिएर मात्र भेट्न आइदिन भने ।
लोकतन्त्रमा सबै सरकारी निकाय जनताका लागि खुला हुने स्पष्ट गर्दै खत्रीले कामको चाप र संवेदनशीलताका कारण बजेट निर्माण अवधिभर भेटघाटको स्वरुपमा परिवर्तन गरिएबाट पर्न जाने असरप्रति मन्त्रालय क्षमाप्रार्थी रहेको उल्लेख गरे । खत्रीले विगतमा पनि बजेट निर्माणको समयमा यस्तो अभ्यास हुने गरेको स्पष्ट गरे ।
०७२ मा जारी नेपालको संविधानमा हरेक वर्ष १५ जेठमा गणतन्त्र दिवसका दिन पारेर अर्थमन्त्रीले संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने बाध्यकारी व्यवस्था छ ।
सरकारले बजेट निर्माणको कार्यतालिकामा हेरफेर गर्दै यो वर्ष बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेस गरिसकेको छ । तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले गत १४ फागुनमा प्रतिनिधि सभा र राष्ट्रियसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८÷८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।
वर्तमान अर्थमन्त्री वर्षमान पुनले सोही प्रस्तावमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएसँगै दुवै सदनले बजेटका सिद्धान्त र प्राथमिकता पारित गरिसकेका छन् ।न्युज कारखाना
र्खेसुत , १९ चैत ः
सत्ता साझेदार दलहरुको बीचमा सहमति नहुँदै कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिनका लागि प्रदेशसभामा पत्र पठाएका छन् । चैत २० गते विश्वासको मत लिने भन्दै उनले प्रदेशसभामा पत्र पठाएको उनका प्रेस विज्ञ प्रतिक इच्छुक शर्माले जानकारी दिए । सत्ता साझेदार माओवादी र एमालेको बीचमा ठोस सहमति नहुँदै कांग्रेसले सत्ता छाडेको महिना दिन पुग्न लागेको भन्दै विश्वासको मत लिन लागेको शर्माले बताए । कर्णालीको मुख्यमन्त्रीमा माओवादी र एमाले दुबैको दाबी कार्यमै रहेको छ ।
यो समाचार तयार पर्दा सम्म कुनै सहमति नभएको माओवादी केन्द्रका कर्णाली इन्चार्ज कालीबहादुर मल्लले बताए । माओवादीको आधार इलाका रुपमा रहेको कर्णालीमा एमाललेलाई पहिलो चरणमा मुख्यमन्त्री दिन नसक्ने उनको भनाई छ । एमालेका साथीहरुले पहिला पनि विश्वासको मत दिनुभएको हो , अहिले पनि सोही आधारमा तिनै मन्त्रालय लिएर जादा राम्रो हुने हो उनले भने । कर्णालीका मुख्यमन्त्री शर्मा नेकपा ( माओवादी केन्द्र)का उपमहासचिव जनार्दश शर्मा निकट मानिन्छन् । त्यसैले पनि जर्नादनले माओवादीको पदाधिकारीको बैठकमा समेत कर्णाली माओवादीले नै लिनुपर्ने दबाब प्रधानमन्त्री प्रचण्डलाई दिएका थिए । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डलाई समय ,समयमा धम्क्याउने र फरक विचार राख्न खप्पिस जर्नादनको यो पटकको सुत्रले काम गर्छ वा गर्दैन त्यो भने हेर्न बाँकी रहेको छ ।
अर्का उपमहासचिव तथा उर्जामन्त्री शक्तिबहादुर बस्नेतले यो विषयमा खोलेका छैनन् । हत्तपत्त नबोल्ने , यदि बोल्नै परे हिसाब गरेर बोल्ने बस्नेत प्रदेशको भागबण्डाका विषयमा अहिले सम्म कुनै प्रतिक्रिया दिएको देखिदैन । गुट निर्माणमा ध्यान नदिने बस्नेत सबैलाई हुन्छ भनेर मात्र जवाफ दिने गर्दछन् । एमालेका यूवा नेता विष्णु रिजालले कुनै पनि हालतमा एमालले कर्णालीको नेतृत्व लिन पाउनुपर्ने बताएका छन् । हामी ठुलो दल भएर पनि केन्द्रमा माओवादीलाई दिएका छौँ भने कर्णालीमा हामी तेस्रो दल भएपनि कर्णालीमा पहिलो नेतृत्व गर्न पाउनुपर्ने उनको भनाई छ ।
कर्णालीको माओवादी समेत दुइ भागमा बिभाजन भएको देखिन्छ । मुख्यमन्त्री शर्माले काम गर्न नसकेको , कर्मचारी परिचालनमा फेल भएको भन्दै पार्टी तथा संसदीय दलको बैठकमा समय ,समयमा चर्को अलोचना हुने गर्दछ । शर्मा सरकारको नेतृत्वमा रहेका केही मन्त्रीहरु पुरै गुमनाम नै रहेको भन्दै जागिर खाना मात्र सरकारका मन्त्री भएको आरोप समेत लाग्ने गरेको छ । बजेट कार्यान्वनमा समेत कम्जोर मात्र होइन , भूकम्पको समयमा समेत प्रभावहिन रहेको भन्दै कर्णाली प्रदेशसभामा प्रदेशसभा सदस्य राजिव विक्रम शाहले केही दिन अघि सरकारको जवाफ माग समेत गरेका थिए । एमालेबाट मुख्यमन्त्रीका दाबेदार यामलाल कडेलले मुख्यमन्त्री जसरी नि बन्नुपर्ने भन्दै कम्मर कसेर लागेको पाइएको छ । पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्वन्ध राम्रो नभएको चर्चा हुने कँडेलको यो पटक मुख्यमन्त्री बन्नका लगि कसरी राजनीतिकको कोर्ष अगाडी बढ्छ हेर्न भने बाँकी रहेको छ ।न्युज कारखाना
हेटौडा, १९ चैत ।
बागमती प्रदेशसभाको बैठक बस्दैछ ।
सो बैठक प्रदेश सभा भवन, हेटौडामा बस्नेछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक चैत १९ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी यसअघि नै दिएका हुन । उनका अनुसार आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने छ ।
बाग्मती प्रदेश सरकारलाइ दिएको समर्थन फिर्ता लिदैँ नेपाली कांग्रेस सरकारवाट बाहिरिए पछि मुख्यमन्त्री जम्मरकट्टेलले पुनः विश्वासको मत लिन लागेका हुन ।
सो प्रदेशसभामा ११० सदस्य रहेका छन । बागमती प्रदेशसभामा सत्तापक्षबाट नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सदस्य रहेका छन् भने प्रतिपक्षमा रहेका नेपाली कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाको ३ सदस्य रहेका छन् ।
काठमाडौँ ।
गैरकानुनी सम्पत्तिआर्जनको आरोपमा पक्राउ परेका नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई थप २१ दिन थुनामा राख्न अनुमति दिएको छ
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले आइतबार सुनिल र विकललाई थप २१ दिन थुनामा राख्न अनुमति दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ १० गते नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकललाई गत पक्राउ गरेको थियो । न्युज कारखाना
काठमाडौं, १८ चैत ।
अर्थमन्त्री वर्षमान पुन अनन्तले धरानबासीलाई पिउने पानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन्।
आइतबार बधाई दिन मन्त्रालय आएका धरानका मेयर हर्क साम्पाङ राईसँग मन्त्री पुनले धरानको खानेपानी समस्याबारे आफू जानकार रहेको बताए। मन्त्री पुनले खानेपानीको दुःखले कतिपय सर्वसाधारण धरानबाट बसाई सरेर अन्यत्र गएको समेत आफूले सुनेको उल्लेख गरे । सरकारले जनतालाई स्वच्छ खानेपानीको व्यवस्थापन गर्न योजना बनाएको जानकारी दिए।
‘धरान धेरै राम्रो र सुन्दर सहर हो, त्यहाँ म केही समय बसेको पनि छु’, उनले भने, ‘खानेपानी समस्याबारे जानकारी छ । यो बजेटमार्फत केही न केही समाधान खोज्ने प्रयास हुनेछ।’ मन्त्री पुनले खानेपानी आयोजनाको माग सम्बन्धित मन्त्रालयबाट आउनुपर्ने भएकाले खानेपानी तथा सरसफाई मन्त्रालयसँग पनि कुरा गर्न सुझाए।
‘म पनि सम्बन्धित मन्त्रालयसँग कुरा गर्छु। यहाँले पनि उताबाट योजना माग गर्नुहोला’, मन्त्री पुनले, ‘म तपाईंको अभियानमा सँगै हुनेछु।’
मेयर साम्पाङले धरानबाट करिब १५ किलोमिटर दूरीमा पर्ने चतरास्थित सप्तकोशी नदीबाट लिफ्टिङ गरी पानी ल्याउन सकिने विकल्पबारे मन्त्री पुनलाई अवगत गरए । उक्त आयोजनाका लागि करिब ५ अर्ब बजेट आवश्यक पर्ने प्राविधिक अनुमान गरिएको उनको भनाइ थियो। राईले अर्थमन्त्री पुनबारे आममानिसमा सकारात्मक धारणा रहेको पाएकाले आफू योजना माग्न आएको उल्लेख गरे। मन्त्री पुनले पनि राईको काम गर्ने शैलीको प्रशंसा गरे। न्युज कारखाना
काठमाडौ, १८ चैत ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८० चैत्र २० गते मंगलबार दिउँसो २ः०० बजे बस्नेछ ।
सभापति श्री शेरबहादुर देउवाको निजी निवास, बुढानिलकण्ठमा बस्ने भएको हो ।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थित हुनेछन् । न्युज कारखाना
काठमाडौं, १८ चैत ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग राखेर आज पनि संसद बैठक अवरुद्ध गरेको छ ।
सदन सुरू हुनासाथ यसअघि झै कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए ।
त्यसपछि पार्टीको तर्फबाट कुरा राख्दै कांग्रेस सांसद सञ्जयकुमार गौतमले प्रमुख प्रतिपक्षले उठाएको कुरालाई सत्तापक्षले गम्भीर नलिएको जनाए ।
उनीहरूले सहकारी ठगीको सबन्धमा उपप्रधान तथा गृह मन्त्री माथी संसदीय छानविन समितिको माग गरिरहेका छन् । न्युज कारखाना
चन्द्रपुर,१८ चैत ।
नेकपा एमाले चन्द्रपुर नगर कमिटीको अधिवेशन यही आउँदो चैत्र ३० गते हुने भएको छ ।
नेकपा एमाले चन्द्रपुर नगर कमिटीको शनिबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । आउँदो चैत २३ गते चन्द्रपुर नगरपालिकाका १० वटा वडामा एकै दिन वडाबाट प्रतिनिधि छनौट गर्ने कार्यक्रम तय भएको छ । सो नगर अधिवेशनमा करिब २०० प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ ।
शनिबार बसेको सचिवालय बैठकले विभिन्न उपसमिति समेत चयन गरेको छ । नगर अधिवेशन भव्यताका साथ सफल पार्नका लागि विभिन्न उपसमिति गठन गरिएको नेकपा एमाले चन्द्रपुर नगर कमिटीका कार्यवाहक अध्यक्ष राजेन्द्र तिवारीले जानकारी दिएका छन् ।
प्रतिवेदन तथा प्रतिनिधि व्यवस्थापन समितिको संयोजकमा राजु तिवारी आर्थिक समितिको संयोजकमा रामसिंहासन यादव, प्रचारप्रसार समितिको संयोजकमा चिरञ्जीवी गौतम, अतिथि सत्कार तथा मञ्च व्यवस्थापन समितिमा लालबहादुर दोङ र रामबहादुर घलान रहेका छन् । शनिबार नेकपा एमालेका केन्द्रीय सदस्य उद्धव प्रसाद रेग्मीको प्रमुख आतिथ्यतामा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो ।
बैठकमा प्रदेश कमिटी सदस्य वीरबहादुर गोले, जित बहादुर बिक, नेकपा एमाले रौतहटका सचिव बाबुराम दाहाल र उपसचिव मुना लामिछाने लगायतको उपस्थितिमा बसेको सचिवालय बैठकले सो निर्णय गर्दै नेकपा एमाले चन्द्रपुर नगर कमिटीको अधिवेशन भव्यताका साथ सफल पार्ने निर्णय गरेको हो । अधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।न्युज कारखाना
काठमाडौँ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकबीच शनिबार छलफल भएको छ ।
शनिबार बिहान सिंहदरबारमा भएको छलफलमा आगामी चैत २१ गतेसम्म लगातार प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने कार्यतालिका बनाइएको छ ।
बैठकले आइतबारदेखि बुधबारसम्म हरेक दिन संसद संचालन गर्ने तालिका बनाइएको छ भने चैत २७, २८ र २९ गते पनि लगातार संसद संचालन गर्ने तालिका बनाइएको छ । अब आइतबार विहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । न्युज कारखाना
काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महोत्तरी जिल्लाको समग्र विकासका लागि आफूले निरन्तर पहल गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई जारी राख्ने बताएका छन् ।
महोत्तरीका सांसद, स्थानीय जनप्रतिनिधि एवं उद्योग वाणिज्य सङ्घ र राजनीति दलका प्रतिनिधिमण्डलले आज बालुवाटारमा गरेको भेटमा प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा पनि महोत्तरीलाई प्राथमिकतामा राख्ने बताए ।
जलेश्वर नगरको कार्यक्रममा सरकारको सहयोग रहने र जलेश्वर–जनकपुर–ढल्केवर करिडोरको स्तरोन्नतीलगायत विषयमा आफूले ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन केन्द्रमा राखेर देशको समग्र विकासमा सरकार निरन्तर लागिपरेको स्पष्ट पारे । न्युज कारखाना
काठमाडौँ ।
नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
रायमाझीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटु रोग विशेषज्ञ डा चन्द्रमणि पौडेलले जानकारी दिएका छन् ।
मुटुको चाल कम भएपछि नेता रायमाझीलाई गत बुधबार अस्पताल भर्ना गरिएको थियो । न्युज कारखाना
काठमाडौं, १७ चैत ।
मस्को कन्सर्ट हमलामा ९ जना ताजिकास्तानी पक्राउ परेका छन ।
ताजिकिस्तानको राज्य सुरक्षा सेवाले मस्को कन्सर्ट हलमा गत हप्ता बन्दुकधारीहरूले गरेको हमलाका अपराधीहरूसँग संदिग्ध सम्पर्कको लागि ९ जनालाई पक्राउ गरेको छ ।
जुन घटनामा १४४ जनाको मृत्यु भएको थियो ।
‘वख्दत जिल्लाका नौ जना बासिन्दाहरूलाई मार्च २२ मा क्रोकस सिटी हलमा आतंककारी हमला गर्ने व्यक्तिहरूसँग सम्पर्कको लागि हिरासतमा राखिएको थियो,’ आरआईए नोवोस्ती समाचार एजेन्सीले शुक्रबार भनेको छ । ताजिकिस्तानको विशेष सेवाका अनुसार ती संदिग्धहरूलाई पक्राउ गर्ने अपरेशनमा रूसी सुरक्षा बलका सिपाहीहरू पनि संलग्न रहेको थिए ।
वख्दत ताजिकको राजधानी दुशान्बेको पूर्वमा अवस्थित छ।
रिया नोवोस्तीका अनुसार गिरफ्तार गरिएका व्यक्तिहरू आईएसआईएल (आईएसआईएस) सँग सम्बन्ध रहेको आशंका गरिएको छ।
यो मस्कोको अदालतले घातक कन्सर्ट हल आक्रमणमा अर्को संदिग्ध लुटफुल्लोई नाज्रिमादलाई अभियोग लगाएको थियो र कम्तिमा मे २२ सम्म हिरासतमा राख्नुपर्ने आदेश दिइएको छ । उनीमाथी अनुसन्धान र सुनुवाइ बाँकी नै छ।
रुसी स्वतन्त्र समाचार साइट मिडियाजोनाले नाजरीमादलाई उद्धृत गर्दै अदालतमा आफ्नो जन्म ताजिकिस्तानमा भएको बताएको छ।
नजरीमाद अदालतको सामना गर्ने नवौं संदिग्ध हुन्।
मस्कोबाट रिपोर्टिङ गर्दै अल जजीराका डोर्सा जब्बारीले २४ वर्षीय नाजरीमादमाथि आतंकवादी गतिविधि सञ्चालन गर्ने षड्यन्त्र गरेको आरोप लागेको र उनका वकिलका अनुसार उनले केही आरोपहरू स्वीकार गरेको बताए। न्युज कारखाना
काठमाण्डौं, १७ चैत ।
अर्थमन्त्री वर्षमान पुन अनन्तले विदेशस्थित ४० बढी नेपाली राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरुसँग भर्चुअल बैठक गरेका छन् ।
आगामी १६ र १७ वैशाखमा तय भएको लगानी सम्मेलन तयारीस्वरुप मन्त्री पुनले राजदूतहरुसँग छलफल गरेका हुन् ।
जुम बैठकका लागि मन्त्री पुन शुक्रबार साँझ अबेर परराष्ट्र मन्त्रालय गएका थिए । बैठकमा मुख्यसचिव बैठकुण्ठ अर्याल, परराष्ट्रसचिव सेवा लम्साल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशील भट्टलगायत सहभागी थिए ।
मन्त्री पुनले राजदूत र नियोग प्रमुखहरुलाई अबको एक महिना लगानी सम्मेलन केन्द्रित भएर काम गर्न प्रधानमन्त्रीका तर्फबाट निर्देशन दिए । ‘लगानी सम्मेलन राष्ट्रको इज्जत, प्रतिष्ठा, गौरबको विषयसँग जोडिएको छ’, पुनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूकै तर्फबाट म यहाँहरुलाई आग्रह गर्छु कि अबको एक महिना सबै काम छाडेर यसैमा लाग्नुस् ।’ मन्त्री पुनले विदेशी विकास साझेदार, ठूला लगानीकर्ता, सम्भावित लगानीकर्ता, कार्यक्रमका वक्ता र उच्च पदस्थ सरकारी व्यक्तित्वहरुलाई यसअघि नै निम्ता पठाइसकिएको स्मरण गर्दै सम्मेलनमा आउन निश्चित भएकाहरुको सूची तयार पारेर पठाउन पनि भने ।
लगानीमैत्री वातावरण बनाउन सरकारले नीतिगत, प्रक्रियागत र कानूनी सुधारको काम अघि बढाएको बताए । त्यसका लागि एक दर्जन बढी कानूनमा संशोधनमार्फत सुधारको प्रक्रिया अघि बढाइएको विषयमा आफू रहेको देशका लगानीकर्ता र सरकारी एजेन्सीहरुलाई जानकारी गराउन पनि मन्त्री पुनले आग्रह गरे । ‘१२ वटा कानून र कतिपय द्विपक्षीय समझदारीहरु गर्ने कुरामा पनि छलफ चलिरहेको छ । लगानी मैत्री कानून बनाउन भइहरेका प्रयासबारे लगानीकर्ता र सरकारी एजेन्सीहरुलाई भन्नुस्’, उनले भने ।
यस्तै मन्त्री पुनले सरकारको मुल नेतृत्व उही रहेको र एकाध मन्त्रीहरु मात्र फेरिएकाले लगानी सम्मेलन र लगानीसम्बन्धी नीतिमा कुनै फेरबदल नभएको विषयमा समेत अनतर्राष्ट्रिय समुदालयलाई आश्वस्त तुल्याउन प्रयास गर्नुपर्ने बताए । मन्त्री पुनले गैरआवासीय नेपालीले आर्जन गरेका ज्ञान, सिप र प्रविधिलाई मातृभूमिमा प्रयोग गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिँदै सो समुदायमा यो सन्देश प्रवाह गर्न राजदूतहरु र नियोग प्रमुखहरुलाई अनुरोध गरे ।
भारत, चीन, कोरिया र खाडीसहित विभिन्न मुलुकहरुमा भइरहेका पूर्वतयारीका कामलाई थप तीव्रता दिन मन्त्री पुनले निर्देशन दिए ।
बैठकमा संयुक्त राज्य बेलायत, अष्ट्रेलिया, जर्मनी, बंगलादेश, भारत, ओमान, दक्षिण कोरिया र मलेसियाका राजदूत तथा नियोग प्रमुख सहभागी थिए । न्युज कारखाना
हेटौडा ।
बागमती प्रदेशसभाको बैठक यही चैत १९ गते दिउँसो १ बजे बस्ने भएको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक चैत १९ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी दिएका छन् ।
बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने सभामुख पाठकले बताए । प्रदेशसभाको बैठक बस्नुपूर्व सभामुख पाठकले कार्य व्यवस्था परामर्श समितिको बैठकसमेत आह्वान गरेका छन् । कार्य व्यवस्था परामर्श समितिको बैठक चैत १८ गते आइतबार दिउँसो ३ बजे बस्ने तय गरिएको छ ।
११० सदस्य रहेको बागमती प्रदेशसभामा माओवादी केन्द्रका २१, एमालेका २७, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सदस्य रहेका छन् । यसैगरी प्रदेशसभामा नेपाली कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाको ३ सदस्य रहेका छन् । न्युज कारखाना
काठमाडौँ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले जनमत पार्टीकी सांसद गोमा लाभ सापकोटालाई सांसद पदबाट हटाउन अस्वीकार गरेका छन् ।
राउत नेतृत्वको जनमत पार्टीले सांसद सापकोटालाई स्पष्टीकरण सोधेर कारबाही स्वरूप पार्टीबाट निष्कासन गरेको पत्र गत फागुन २७ गते संघीय संसद सचिवालयमा पत्राचार गरेको थियो ।
तर सभामुख घिमिरेले जनमत पार्टीले पठाएको पत्रबाट सापकोटाले दल त्याग गरेको नदेखिएको र निजलाई दलबाट निष्कासन गरेको नपाइएको भन्दै सांसद पद कायम रहने निर्णय गरेका हुन् ।
सांसद सापकोटाको स्वकीय सचिव राख्ने विषयमा पार्टीमा विवाद भएको बताइएको छ । पार्टीले आफुले तोकेको व्यक्तिलाई स्वकीय सचिव नियुक्त गर्नुपर्ने भन्दै दबाब दिएको र सांसद सापकोटाले त्यसलाई अस्वीकार गरेकी थिइन् ।
के छ कानुनी व्यवस्था ?
राजनीतिक दल सम्बन्धी ऐनको दफा ३२ मा कुनै पनि सांसदले दलको सदस्यबाट राजीनामा दिएमा, अर्को दलको सदस्यता लिएमा वा आफैं संलग्न भई अर्को दल गठन गरेमा दल त्याग गरेको मानिने ब्यवस्था गरेको छ । यी कारण भएमा सांसदलाई दलले निष्कासन गर्न सक्ने छ । यसरी निष्कासन गर्नुअघि सांसदलाई सफाइको मौका दिनुपर्ने उल्लेख छ । जाँचबुझका लागि समिति गठन गर्नुपर्ने र सफाइ सन्तोषजनक नभएमा केन्द्रीय समितिको निर्णय गरेर विधानको व्यवस्था बमोजिम आधार र कारण खुलाई कारबाही गर्नुपर्ने व्यवस्था छ ।
जनमत पार्टीले यी प्रावधान पुरा नगरेको देखिएको सभामुखको निर्णयमा उल्लेख छ । न्युज कारखाना
काठमाडौँ ।
बैशाख १५ गते इलाम- २ मा हुने उपनिर्वाचनमा दलहरुले उम्मेदवार छान्ने क्रम जारी रहेको छ ।
अहिलेसम्म नेकपा एमालेले सुहाङ नेम्वाङलाई, रास्वपाले मिलन लिम्बुलाई, राप्रपाले लक्ष्मी गुरुङलाई र एकीकृत समाजवादीले जितबहादुर राईलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । त्यस्तै कोशी प्रदेशको नाम सच्याउन माग गर्दै आन्दोलनरत पहिचान पक्षधरले डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाएका छन् ।
अब नेपाली कांग्रेस र माओवादी केन्द्रले उम्मेदवार चयन गर्न बाँकि रहेको छ ।
२०७९ को आम निर्वाचनमा नेकपा एमालेका सुवासचन्द्र नेम्बाङ यो क्षेत्रबाट ३० हजार २० मत ल्याएर विजयी बनेका थिए । उनी केवल ११४ मत अन्तरले विजयी भएका थिए ।
उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत ल्याएका थिए । कांग्रेसका उम्मेदवारलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन रहेको थियो ।
त्यस्तै यस क्षेत्रमा रास्वपाका प्रकाश सापकोटाले एक हजार ३८० मत ल्याएका थिए । त्यस्तै मंगोल नेशनल अर्गनाइजेसनका मणि बहादुर लिम्बुले १३६३, राष्ट्रिय जनमुक्तिका खड्ग प्रसाद पालुवाले १२७२, जसपाका यम प्रसाद लिम्बुले ७२४, राप्रपाका गणेश प्रसाद दुलालले ५१० मत प्राप्त गरेका थिए ।
त्यसैगरी समानुपातिकतर्फ एमालेले २६ हजार ५६२, कांग्रेसले २२ हजार ३३३, माओवादीले ५ हजार १५३ र रास्वपाले ४ हजार ६८६ मत ल्याएका थिए । त्यस्तै राप्रपाले ११९१ मत, जसपाले ९०६ मत, एकीकृत समाजवादीले ५८६ मत प्राप्त गरेका थिए । न्युज कारखाना
काठमाडौं, १६ चैत ।
इन्डिया फाउन्डेशनका अध्यक्ष राम माधवले नेपालमा हुने विभिन्न गतिविधिहरू नेपाली समाजको इच्छा अनुसार नै हुने बताएका छन्। नेपाल-भारत संस्कृत सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा हुने गतिविधिहरू यहाँकै समाजको इच्छा अनुसार हुने बताएका हुन्।
‘यहाँ बेलाबखत राजनीतिक कुरा चलिरहन्छन्। यदि कोही हिन्दु राष्ट्रको कुरा गर्छ भने त्यसलाई भारतको षडयन्त्र भन्ने गरिन्छ। म तपाईंलाई आश्वस्त पार्छु, यसमा कुनै षडयन्त्र छैन,’ उनले भने।
नेपाल र भारत दुवै लोकतान्त्रिक मुलुक भएकाले भारतले नेपालको लोकतन्त्र समृद्ध र सफल होस् चाहने उनले बताए। आफूहरूको नेपालको लोकतन्त्र समृद्ध होस् भन्ने चाहना भए पनि यसलाई समृद्ध पार्ने जिम्मा भने नेपालीहरूको नै भएको उनको भनाइ छ।
‘नेपालको लोकतन्त्रलाई समृद्ध पार्ने कुरामा कसैले षडेन्त्र गर्दैन। यसमा कसैको हस्तक्षेप पनि रहँदैन। भारत नेपालको समृद्ध लोकतन्त्रका लागि सधैँ सहयोगी नै रहन्छ,’ उनले भने।
नेपालमा कस्तो शासन व्यवस्था चाहिन्छ भन्ने कुरा यहाँकै नागरिकले तय गर्नुपर्ने उनले बताए। नेपाल र भारतबीच साझा संस्कृति र साझा विरासत रहेको उनको भनाइ छ। साझा संस्कृति र विरासत राजनीतिक विषय नभएको उनले प्रस्ट पारे। ‘यो सभ्यताको विषय हो। एउटै सभ्यताका व्यक्ति भएको नाताले हामीले एकआपसमा मिलेर काम गर्नुपर्छ,’ उनले भने।
यूरोपका २७ देश मिलेर त्यहाँका कयौं मुद्दामा सामूहिक तवरले छलफल गरेर समाधान गर्ने गरेको स्मरण गर्दै उनले नेपाल र भारत मिलेर भाषा, संस्कृति र सभ्यताको पुनर्उत्थानका लागि काम गर्नुपर्ने बताए। उनी राष्ट्रिय स्वयंसेवक संघ भारतका अखिल भारतीय कार्यकारी मण्डल सदस्य र भारतीय जनता पार्टीका पूर्व महासचिव पनि हुन्।न्युज कारखाना
काठमाडौं, १६ चैत ।
कांग्रेस केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभा सदस्य जितजङ्ग बस्नेत एक समारोबीच अभिनन्दित भएका छन्। नेपाल तरुण दलमा आफ्नो योगदान दिएर पार्टीको मूल राजनीति हुँदै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकोमा नेपाल तरुण दल केन्द्रीय समितले बस्नेतलाई अभिनन्दन गरेको हो।
नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष विद्वान गुरुङले माननीय जितजङ्ग बस्नेतलाई दोसल्ला ओढाएर अभिनन्दन पत्रसहित कार्यकाल सफलताको शुभकामनासहित सम्मान गरेका हुन्।
कार्यक्रममा पूर्वतरुण दल अध्यक्ष एवम् कांग्रेस केन्द्रीय तथा प्रतिनिधि सभा सदस्य उदय शमशेर राणा र पूर्वतरुण दल अध्यक्ष विनोद कायस्थ विशेष अतिथि रहेका थिए।न्युज कारखाना
काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपतिको कार्यालयका अनुसर संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको सो विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । न्युज कारखाना
हेटौंडा।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउने तयारीका साथ सरकार अगाडि बढेको बताएका छन् ।
मकवानपुरमा आज नेकपा(माओवादी केन्द्र)का स्थानीय नेता एवं कार्यकर्तासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०८१/८२ को बजेट उत्पादन एवं रोजगारी विस्तारमा केन्द्रित हुने र सोहीअनुसार नयाँ योजनाहरू तयार गर्न सरकार लागिपरेको बताए ।
“पछिल्लो समीकरण सरकारको गति बढाउन र जनताका आकांक्षा पूरा गर्ने उद्देश्यका साथ निर्माण भएको हो,” प्रधानमन्त्री प्रचण्डले भने, “नयाँ समीकरण बनेको एक महिना नपुग्दै धेरै राम्रा काम अगाडि बढेका छन्, अब देशको आर्थिक क्षेत्र पनि चलायमान हुन्छ ।”
आगामी दिनमा सरकारले विकास र समृद्धिको यात्रालाई जोड दिएर जनताका आकांक्षालाई सम्बोधन गर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन र विकासमा केन्द्रित रही आगामी दिनमा सकारात्मक नतिजा दिने विश्वास व्यक्त गरे । “दिनदिनै काठमाडौँमा जुलुस गर्नुपर्ने अवस्था बदलिएको छ, सहकारी पीडितको समस्या समाधानतर्फ अगाडि बढेको छ,” प्रधानमन्त्री प्रचण्डले भने ।
माओवादी धारका पार्टीहरूबीच एकता प्रक्रिया अगाडि बढेको जानकारी दिँदै प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आगामी दिनमा माओवादीहरू एकताबद्ध हुने र २०८४ को आम निर्वाचनमा माओवादी सबैभन्दा ठूलो पार्टी बन्ने विश्वास व्यक्त गरे । न्युज कारखाना
हेटौंडा ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर कार्यान्वयनमा लैजाने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
नेपाल निर्माण व्यवसायी महासङ्घको २५ औँ साधारणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले खरिद प्रक्रियामा रहेका प्रक्रियागत ढाँचालाई सरलीकृत गरिने स्पष्ट पारे ।
“सार्वजनिक खरिद नियमावली पटकपटक संशोधन हुँदै आए पनि त्यसले हाम्रो राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न सकेको छैन,” प्रधानमन्त्री प्रचण्डले भने, “खरिद प्रक्रियाका प्रक्रियागत ढाँचालाई सरलीकृत गर्दै निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकतामा छ ।”
निर्माण व्यवसायीहरूको समेत सहभागितामा ऐन संशोधन गरी पूर्वाधार विकासलाई गति दिन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले निर्माण कम्पनीहरूको पुँजीगत सामथ्र्य, प्रविधि र जनशक्तिका आधारमा निर्माण कार्यसम्बन्धी वैज्ञानिक नीति र मापदण्ड निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
निर्माण व्यवसायीहरूले प्राप्त गर्नुपर्ने बक्यौता रकम भुक्तानीको प्रक्रिया अगाडि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले बाँकी बक्यौता रकम तुरून्त भुक्तानी दिन अर्थ मन्त्रालयलाई निर्देशित गरिसकेको जानकारी दिए । उनले भने, “छिटोभन्दा छिटो बक्यौता रकम भुक्तानी गरी पूर्वाधार विकासका कामलाई गति दिनसमेत सरकार प्रतिबद्ध छ ।”न्युज कारखाना
काठमाडौँ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सहकारी विभाग र आदिवासी जनजाति विभागका सदस्य मनोनयन गरेका छन् ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले पार्टीको विधान बमोजिम सहकारी र आदिवासी जनजाती विभागमा १०-१० जना सदस्य मनोनित गरेका हुन् ।
कांग्रेसको सहकारी विभागमा केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेल प्रमुख रहेका छन् ।
सहकारी विभागमा मनोनित सदस्यहरु:
१. भानुभक्त ढकाल, बागमती प्रदेश
२. चन्द्रप्रसाद ढकाल, लुम्बिनी प्रदेश
३. डिल्लीराम तिवारी, गण्डकी प्रदेश
४. राजेन्द्र पौडेल, बागमती प्रदेश
५. गोमा नेपाल, कोशी प्रदेश
६. पदम दाहाल, कर्णाली प्रदेश
७. विश्वप्रकाश पौडेल, सुदूरपश्चिम प्रदेश
८. शम्भु घिमिरे, बागमती प्रदेश
९. नवराज न्यौपाने, लुम्बिनी प्रदेश
१०. कृष्ण खनाल, कोशी प्रदेश
त्यसैगरी केन्द्रीय सदस्य दिलमान पाख्रिन प्रमुख रहेको आदिवासी जनजाति विभागमा मनोनित सदस्यहरु
१. नगेन्द्रकुमार कुमाल, इलाम
२. रेशमबहादुर गुरुङ, गोरखा
३. आनन्दसन्तोषी राई, धनकुटा
४. आङपासाङ शेर्पा, दोलखा,
५. चन्द्रकुमार आङ्दम्वे, पाँचथर
६. सलाम सिंह तामाङ, काभ्रेपलाञ्चोक
७. थममाया छन्त्याल, बाग्लुङ
८. रमेश जिमी, संखुवासभा
९. धनबहादुर श्रेष्ठ, काठमाडौं
१०. कृष्ण घिसिङ, रामेछाप
न्युज कारखाना
काठमाडौं, १६ चैत ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् ।
अन्तर–व्यवस्थापिका सङ्घको १४८ औँ महासभामा भाग लिएर सभामुख घिमिरे स्वदेश फर्किएका हुन् ।
महासभामा नेपालको सहभागिता लगायतका विषयमा त्रिभूवन विमानस्थल आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको उपस्थिति बलियो रहेको जनाए ।
अन्तर व्यवस्थापिका सङ्घको १४८औँ महासभा जेनेभा, स्वीजरल्याण्डमा २३ मार्च देखी २७ मार्चसम्म भएको थियो ।
न्युज कारखाना
काठमाडौं, १६ चैत्र।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन् ।
महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको शुक्रबार बिहान ललितपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।
प्रधानमन्त्रीले भने, ‘‘विगतको तुलनामा नेपाली महिलाको अवस्था क्रमशः सुदृढ हुँदै गएको छ। तर आधा धर्तीका मालिक महिलाको यही प्रगतिमा सन्तुष्ट हुन भने सकिन्नँ। त्यसैले महिला सशक्तिकरणका लागि सबैको हातेमालो आवश्यक छ। त्यसैले आजको दुनियामा महिला सशक्तीकरणका लागि सबैभन्दा पहिले आर्थिक पहुँच दरिलो हुनैपर्छ।’’
सशक्तिकरणको सवाल आजको दुनियाँमा शक्तिसँग जोडिएकोमा प्रधानमन्त्रीको भनाइ छ ।
उनले अगाडी भने, ‘‘सशक्तीकरण आजको दुनियामा शक्तिसँग जोडिएको छ। शक्ति अर्थसँग जोडिएको छ। आर्थिकरूपमा सशक्त नभई साँचो सशक्तिकरण हुन सक्दैन। यसलाई सरकारले उच्च प्राथमिकता दिएको छ।’’
सो अवसरमा प्रधानमन्त्रीले महिलाहरूद्वारा सञ्चालित उद्योग र व्यवसायहरूमा करछूट र सहुलियतका कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिँदै भविष्यमा त्यसलाई बढाउँदै लगिनेसमेत बताएका छन ।
‘‘महिला उद्यमशीलता विकासको माध्यमबाट नेपाली महिलाको सामाजिक तथा आर्थिक सशक्तीकरण गरी राष्ट्र निर्माणमा सहयोग गर्ने परिकल्पनालाई सार्थक तुल्याउन महिला उद्यमी कोष स्थापना गर्ने कुरा महत्वपूर्ण छ। सरकारले महिला उद्यमीको नेतृत्वमा सञ्चालन भइरहेका उद्योगहरूलाई प्रबद्र्धन गर्न कर छूटदेखि अन्य सहुलियतपूर्ण प्रबन्धहरू गरेको छ, आगामी दिनमा त्यसलाई बढाउँदै लगिने छ,’ प्रधानमन्त्रीले भने ।न्युज कारखाना
काठमाडौँ ।
नेपाल प्रहरीका आठ प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा गरिएको बढुवा सिफारिस विवादमा परेको छ ।
बढुवा सिफारिसमा एक नम्बरमा रहेका डिएसपीलाई छुटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पूर्वपिएसओ रहेका डिएसपीहरूलाई प्राथमिकतामा राखेपछि यो विषय विवादित बनेको हो ।
प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयले बुधबार बढुवा सिफारिस सूची सार्बजनिक गरेको थियो ।
सिफारिस गरिएको सूचीको पहिलो नम्बरमा ढकेन्द्र खतिवडा, दोस्रोमा अंगुर जिसी, तेस्रोमा यादव ढकाल, चौथोमा सन्तोष तामाङ, पाँचौंमा श्यामबाबु ओलिया, छैटौंमा निरन्जनदत्त भट्ट, सातौंमा राजन लिम्बू र आठौंमा विनोद घिमिरे रहेका छन् ।
२०७२ साउन १ गते प्रहरी निरीक्षकबाट डिएसपी बढुवा हुदा पहिलो नम्बरमा प्रदीपबहादुर क्षेत्री थिए । तर अहिले एसपीमा बढुवा सिफारिस गर्दा क्षेत्रीको नाम छुटाइएको छ भने आठौं, नवौं र १२औं नम्बरका पिएसओ भइसकेका अधिकृतहरू सिफारिसमा परेका छन् । त्यस्तै छैटौं नम्बरका डिएसपी पनि छुटेका छन् । ८ दरबन्दीका लागि १२ जना डिएसपी प्रतिस्पर्धामा थिए ।
बढुवा सिफारिस समितिले प्रधानमन्त्री र एमाले अध्यक्षका पिएसओ भइसकेकालाई प्राथमिकता दिएपछि अहिले सामाजिक सञ्जाल र मिडियामा प्रश्न उठाइएको छ ।
प्रहरी नियमावली २०७१ को नियम २७ को १ (ग) अनुसार प्रहरी उपरीक्षक (एसपी), प्रहरी नायब उपरीक्षक (डिएसपी) र प्रहरी निरीक्षक पदका लागि बढुवा समितिको अध्यक्ष प्रहरी महानिरीक्षक हुने वयवस्था रहेको छ । त्यस्तै गृह मन्त्रालयका सहसचिव सदस्य र महानिरीक्षकले तोकेका व्यक्ति सदस्य सचिव हुन्छन् ।
बढुवा समितिले गरेको सिफारिसमा चित्त नबुझेमा निर्णय भएको मितिले ७ दिनभित्र उजुरी दिन सकिने नियमावलीमा उल्लेख छ । अहिलेसम्म बढुवामा नपरेकाले उजुरी गर्ने नगर्ने स्पष्ट छैन ।न्युज कारखाना
काठमाडौँ ।
विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले चैते धानको समर्थन मूल्य तोकेको छ ।बैठकले चालु आर्थिक वर्ष २०८०-८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल रु दुई हजार सात सय सात २८ पैसा न्यूनतम समर्थन मूल्य तोकेको हो ।
साथै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२०० ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम् समर्थन मूल्य कायम गर्ने निर्णय भएको छ ।
त्यस्तै बैठकले आव २०८१-८२ को लागि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको ढाँचा र हिस्सा बमोजिम अनुमानित राजस्व सात प्रदेशको लागि रु ७७ अर्ब ५० करोड र स्थानीय तहका लागि रु ७७ अर्ब ५० करोड स्वीकृत गर्ने निर्णय गरेको छ । यस्तै वित्तीय समानीकरण अनुदानको परिमाण सात प्रदेशको लागि रु ६० अर्ब र स्थानीय तहको लागि रु ८८ अर्ब स्वीकृत गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्ले आव २०७९-८० को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ । नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त तीन सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने बैठकको निर्णय छ । यस्तै नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा डा हरिप्रसाद लम्साललाई बढुवा गर्ने निर्णय गरेको छ । न्युज कारखाना
हेटौंडा ।
बागमती प्रदेश सरकार विस्तार भएको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विहिबार हाम्रो नेपाली पार्टी (हानेपा) का प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यले संस्कृति पर्यटन तथा सहकारी मन्त्री बनाएर सरकार विस्तार गरेका हुन् ।बज्राचार्यले आजै मन्त्री पदको शपथ लिएका छन् ।
अब बागमती प्रदेश सरकारमा माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी सामेल भएको छ भने एमाले केही दिनभित्र सरकारमा सामेल हुने जनाइएको छ ।
११० सदस्यीय बागमती प्रदेशमा हालको नयाँ सत्ता समीकरणसँग ५५ सिट मात्र रहेकाले २ सिट रहेको हानेपा निर्णायक रहेको थियो ।न्युज कारखाना
काठमाडौँ ।
गृह मन्त्रालयले पक्राउ परेका व्यक्ति उपचारको नाममा अस्पताल बस्ने गरेकोप्रति नेपाल मेडिकल काउन्सिलसँग राय मागेको छ ।
गृहले नेपाल मेडिकल काउन्सिललाई एक पत्र लेख्दै पक्राउ परेका व्यक्तिका लागि चिकित्सा सेवा उपलब्ध गराउने बारे विभिन्न देशले गरेका कानुनी प्रबन्ध, नेपालमा विद्यमान कानुनी प्रबन्ध र अभ्यास तथा चिकित्सीय सहायताका लागि असामान्य र
अविश्वसनीय सिफारिस गर्ने चिकित्सक र भर्ना लिने अस्पताललाई काउन्सिलको आचार संहिता आकर्षित हुने नहुने बारे राय मागेको छ ।न्युज कारखाना
काठमाडौं,
१४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने भएको छ।
राप्रपाको बिहीबार बसेको संसदीय समितिको बैठकले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।न्युज कारखाना
काठमाडौं,
१५ चैत । राष्ट्रियसभा उपाध्यक्ष पदबाट उर्मिला अर्यालले राजीनामा दिएकी छन्। बिहीबार राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष उनले राजीनामा पत्र बुझाएकी हुन्।
माओवादी केन्द्रबाट उपाध्यक्षमा गत माघ २३ गते निर्विरोध निर्वाचित भएकी अर्यालले हाल सत्ता गठबन्धनबाट अध्यक्षमा माओवादी केन्द्रकै नारायण दाहाल निर्वाचित भएपछि बिहीबार राजीनामा बुझाएकी हुन्।
राष्ट्रियसभा अध्यक्ष माओवादीलाई दिएर उपाध्यक्ष एमालेले लिने यसअघि सहमति भए पनि नयाँ गठबन्धनमा नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीबाट उपाध्यक्षको आकांक्षा राखेको छ। एकीकृत समाजवादी सरकारमा आउनुअघि एमालेले उपाध्यक्ष लिने सहमति भएको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई मनाएर गठबन्धन सरकारमा सहभागी हुन सहमत गराएका थिए। एकीकृत उपमहासचिव प्रकाश ज्वालाले उपाध्यक्ष आफ्नो पार्टीले लिने सहमति भइसकेको दाबी गर्दै आएका छन्।न्युज कारखाना
काठमाडौं ।
मन्त्रिपरिषद बैठक सुरू भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जानकरी दिएको छ ।न्युज कारखाना
काठमाडौं ।
नेपाल टेलिकमको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद तथा उपकरण जडानमा अनियमितता गरेको आरोपमा दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र पुरूषोत्तम खनालसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्वीकृत गरेको भन्दा बढी रकममा एमडीएमएसको उपकरण खरिद गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध विहिबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले उनीहरूविरुद्ध ९१ करोड ९८ लाख ३० हजार ८८२ बिगो माग गरेको छ ।
आयोगका अनुसार एमडीएमएस खरिद तथा उपकरण जडानमा अनियमितता गरेको पुष्टि हुन आएकाले प्राधिकरणका तत्कालीन अध्यक्ष झा, खनाल, पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनालसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
एमडीएमएसको खरिदमा अनियमिततामा मुछिएपछि तत्कालीन अध्यक्ष खनालले राजीनामा दिएका थिए । उनीहरूले एमडीएमएस खरिद प्रक्रियाको टेण्डर प्रक्रिया, परामर्शदाता छनौटलगायतका काममा भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।
अख्तियारले मुद्धा दायर गरेकाहरुमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, पुरुषोत्तम प्रसाद खनाल, बरिष्ठ निर्देशक आनन्द राज खनाल, निर्देशक मिन प्रसाद अर्याल, उपनिर्देशक विनोद चन्द्र श्रेष्ठ, निर्देशक दिपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडा, उपनिर्देशक रेवती राम पन्थ, उपनिर्देशक संदिप अधिकारी, उपनिर्देशक सूर्य प्रसाद लामिछाने, उपनिर्देशक अच्युता नन्द मिश्र, सहायक निर्देशक विजय कुमार राय यादव, सहायक निर्देशक प्रतिक्षा पौडेल, सहायक निर्देशक निराजन कोइराला रहेका छन् । त्यसैगरी अन्य ६ जना एमडीएमएस प्रदान गर्ने कम्पनिका प्रमुखसहितका कर्मचारीहरु रहेका छन् ।
नेपाल दूरसंचार प्राधिकरणले एमडीएमएस २०७९ साल भदौ ३० गतेदेखि लागू गरेको थियो । नेपालमा भित्रिने मोबाइल फोनहरूको गैरकानुनी आयात रोक्न एमडीएमएस सिस्टम लागू गरेको थियो।न्युज कारखाना
काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुले अर्को उथलपुथल गर्न सक्ने बताएका छन् ।
बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औं बैठकमा बोल्दै उनले नयाँ सत्ता समीकरणबाट काम गर्न नसके फेरी पनि उथलपुथल गर्न बेर नलाग्ने उल्लेख गरेका हुन् ।
उनले कामै गर्न नसकिने स्थिति भयो भने पद ओगटेर बसिराख्न जरुरी हुँदैन भन्दै आफूले यस अघि पनि सार्वजनिक रूपमै त्यस अवस्था कायमै रहे पद ओगटीराख्नुको औचित्य पुष्टि नहुने बताउदै आएको स्पष्ट गरे ।
प्रधानमन्त्री दाहालले अझै पनि काम गर्न सकिने सम्भावना देखेर नै आफू पदमा बसिरहेको बताए ।
प्रधानमन्त्री दाहालले मन्त्रालयहरूले बजेट होल्ड गरेर राख्ने र आर्थिक वर्षको अन्त्यतिर सःशर्त अनुदानको रुपमा पठाउने काम आगामी आर्थिक वर्षदेखि हुनै नदिने प्रतिबद्धता समेत व्यक्त गरे।
उनले भने-
‘मन्त्रालयहरूले बजेट होल्ड गरेर राख्ने र आर्थिक वर्षको बीचमा सःशर्त अनुदानको रुपमा रकम पठाउने कार्य आगामी आर्थिक वर्षदेखि बन्द गरिन्छ। त्यो हुन दिइँदैन। जति बजेट प्रदेश र स्थानीय तहमा जानुपर्ने हो, जेठ १५ गते बजेटमै व्यवस्था गरेर जाऊ भन्ने म सबैसँग हार्दिक आग्रह गर्न चाहन्छु। प्रदेश र स्थानीय तहको कर्मचारी व्यवस्थापनमा तत्काल प्रभावकारी कदम चाल्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई मैले भनी पनि राखेको छु। र आजको बैठकबाट जेजे विषयहरु उठेका छन्। त्यसमा अझ ठोस निर्देशन दिने आधार तयार भएको कुरा पनि म प्रष्ट पार्न चाहन्छु।’न्युज कारखाना
काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै सङ्घर्ष र आन्दोलनबाट प्राप्त दूरगामी महत्त्वका उपलब्धीको रक्षा गर्दै निराशा चिर्ने र भरोसा जगाउने कार्य सरकारको मुख्य चुनौती भएको बताएका छन् ।
सिंहदरबार आज आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनतामा भरोसा जगाउनेगरी सेवा प्रवाहमा ध्यान दिन निर्देशनसमेत दिए ।
“समाजमा विशेषतः युवाहरूमा प्रकट भइरहेको नैराश्यता र नकारात्मक सोंचमा परिवर्तन गर्नुछ,” प्रधानमन्त्री प्रचण्डले भने, “सबै सङ्घर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्त्वका उपलब्धीको रक्षा गर्दै निराशा चिर्ने र भरोसा जगाउने कार्य सरकारको मुख्य चुनौती हो, यसको सामना गर्नुछ ।”
अनुगमन तथा मूल्याङ्कनलाई थप वस्तुनिष्ठ, प्रभावकारी, नतिजामूलक बनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरव तथा रूपान्तरणकारी आयोजना र पहिलो प्राथमिकता प्राप्त ठूला आयोजनाको निर्धारित लागत र समयसीमा भित्रै सम्पन्न गर्नुपर्ने बताए । उनले राष्ट्रिय योजना आयोगको संयोजकत्वमा आयोजनाहरूको संयुक्त अनुगमनमार्फत प्राप्त पृष्ठपोषणलाई तत्काल कार्यान्वयन गर्ने व्यवस्था मिलाउन निर्देशन दिए ।
स्रोत सुनिश्चितता र बजेट व्यवस्थापन गर्नका लागि आयोजनाको प्राथमिकता निर्धारण गर्न आयोजनाको बहुवर्षीय ठेक्का सहमति सम्बन्धी मापदण्ड, २०८० लाई समसामयिक संशोधन गरिएको जानकारी दिँदै प्रधानमन्त्रीले भने, “आयोजना वर्गीकरणका आधार तथा मापदण्ड, २०८० कार्यान्वयनमा ल्याइएको छ । यसको प्रभावकारी कार्यान्वयनबाट आयोजना व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास छु ।”
सीमित स्रोत साधन र असीमित आवश्यकताबीच सामञ्जस्यता कायम गर्दै विद्यमान आर्थिक शिथिलतालाई चलायमान गराउन आगामी बजेटमा राष्ट्रिय गौरवका आयोजना, रूपान्तरणकारी आयोजना र पहिलो प्राथमिकता प्राप्त आयोजनाहरूको प्रगति र प्रतिफलका आधारमा प्राथमिकीकरण गरी बजेट विनियोजन गरिने स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाधार विकासमा रहेको दोहोरोपन र भौगोलिक तथा प्रादेशिक असुन्तलन हटाउने गरी बजेट तयारी र कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । न्युज कारखाना
काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।
सिंहदरबार आज आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुँजीगत शीर्षकमा विनियोजन भएको बजेट किन खर्च हुँदैन भनि प्रश्न गरे ।
“चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारको पुँजीगत खर्च समग्रमा कम रहनु हाम्रो लागि चिन्ताको विषय हो,” प्रधानमन्त्री प्रचण्डले भने, “ पुँजीगत शीर्षकमा विनियोजन भएको सबै बजेट पूरा खर्च नहुने अवस्था हरेक वर्ष दोहोरिने बारेमा गम्भीर भएर सोचौँ । यो समस्याको समाधान यस आवको बाँकी अवधिमा गर्नैपर्छ ।”
पुँजीगत खर्च बढाउन विभिन्न उपायहरू कार्यान्वयन गर्ने प्रक्रिया अघि बढेको परिप्रेक्ष्यमा उपलब्ध भएको बजेट पूर्णरूपमा खर्च हुनेगरी विकास निर्माणका कार्यको नेतृत्व गर्न सबै मन्त्री तथा मुख्यमन्त्रीलाई निर्देशन दिए ।
केही मन्त्रालय र केही राष्ट्रिय गौरवका आयोजनाहरूले तुलनात्मक रूपमा राम्रो गरेको अवस्था रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ८० प्रतिशतभन्दा बढी भौतिक प्रगति हासील गर्ने सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना, कालीगण्डकी कोरिडोर (गैंडाकोट–राम्दी खण्ड) र लुम्बिनी क्षेत्र विकास कोषलगायतलाई धन्यवाद व्यक्त गरे । उनले ती आयोजनाका साथै अन्य सबै आयोजनालाई बाँकी अवधिमा शतप्रतिशत नतिजा प्रदान गर्न निर्देशन दिए ।
सरकारले गर्ने खर्चमार्फत अर्थतन्त्रमा बहुआयामिक असर तथा अवसर सिर्जना उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्र, सहकारी क्षेत्र, समुदाय र विकास साझेदारको स्रोतसाधन परिचालन गर्न पनि तोकिएको खर्च समयमै गर्न आवश्यक रहेको बताए । उनले भने, “सरकारका सम्पूर्ण अङ्गहरू प्रक्रियामुखीभन्दा परिणाममुखी सोंचका साथ अगाडि बढ्न आवश्यक छ ।”न्युज कारखाना
काठमाडौं ।
राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् ।
अर्यालले बिहिबार राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा पत्र बुझाएकी हुन् ।
नयाँ सत्ता समीकरणमा अध्यक्ष मावोवादी केन्द्रको भागमा परेर दाहाल निर्वाचित भएपछि माओवादी नेतृ समेत रहेकी अर्यालले राजीनामा दिएकी हुन् ।
राष्ट्रिय सभाको उपाध्यक्षमा यस अघि एमालेको दाबि रहेपनि एकीकृत समाजवादीले दाबि गरेपछि एमालेले छोडेको थियो ।न्युज कारखाना
काठमाडौँ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई प्रश्न गर्न नपाइने टिप्पणी गरेका छन् ।
नवलपरासीबाट स्थगित संवाद यात्राको थालनी गर्दै नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीमा नेतृत्वलाई प्रश्न गर्न नपाइने टिप्पणी गरेका हुन् ।
उनले भने- एमाले कस्तो पार्टी बन्यो भने पार्टीको अध्यक्षलाई कसैले प्रश्न गर्नै नपाइने, पार्टीको अध्यक्ष सबैभन्दा माथि बा, बा प्रश्न भन्दा माथि ।’
महामन्त्री थापाले रास्वपामथि अनि व्यंग्य गर्दै नयाँ पार्टीमा पनि अध्यक्षलाई भगवानको दर्जा दिइएको बताए । उनले भने- ‘नयाँ पार्टीमा पनि त्यस्तो छ, अध्यक्ष भनेको भगवान, भगवानलाई प्रश्न गर्न नपाउने, भगवान प्रश्न भन्दा माथि, भगवानले ठगे पनि हुने, भगवानले लुटे पनि हुने, त्यस्तो पार्टी पनि हुन्छ । तर हामीले त्यस्तो पार्टी नबनाउने भन्यौं ।’
महामन्त्री थापाले कांग्रेस भित्र भित्र अन्तर पार्टी लोकतन्त्रको अभ्यास गरिरहेको बताउदै कार्यकर्तासँग बसेर आफ्ना समस्या बारे छलफल गर्न सकिने र गरिरहेको बताए । उनले टिकट वितरणको अहिलेको प्रणालीलाई छलफल गरेर समाधान गर्नुपर्नेमा जोड दिएका थिए । न्युज कारखाना
काठमाडौं
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम-२ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार चयन गरेको छ ।
राप्रपाले इलाम-२ मा बैशाख १५ मा हुने उपनिर्वाचनमा लक्ष्मी गुरुङलाई उमेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
पार्टीको विहिबार बसेको संसदीय समितिको बैठकले गुरुङलाई उमेदवार बनाउने निर्णय गरेको हो ।
इलाम २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उक्त क्षेत्रमा बैशाख १५ गते उपनिर्वाचन हुदै छ ।न्युज कारखाना
धनगढी ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिमका दुई बिना विभागीय मन्त्रीहरूले कार्यभार पाएका छन् ।
नाउपाभित्र विवाद बढिरहेको बेला मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाका दुई मन्त्री लक्ष्मण किशोर चौधरी र खुसीराम डगौरा थारूलाई मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
मुख्यमन्त्री शाहले लक्ष्मण किशोर चौधरीलाई सामाजिक विकास तथा खुसीरामले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका छन् । उनीहरुले आजै पदभार ग्रहण गर्दैछन् ।न्युज कारखाना
काठमाडौँ ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले थाइराइडको शल्यक्रिया गरेकी छन् ।
आरजुले भारतको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलमा अप्रेसन गरेकी हुन् ।
हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको सचिवालयले जानकारी गराएको छ ।न्युज कारखाना
काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच भेटवार्ता भएको हो ।
करिब एक घण्टा भएको कुराकानी विचाराधीन कानुनहरू पारित गर्ने र संसदलाई नियमित चलाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएका छन् ।
गत फागुन २१ गते कांग्रेस र माओवादी केन्द्रको गठबन्धन टुटेपछि प्रचण्ड र देउवाबीच पहिलो पटक वान टू वान भेट हो । न्युज कारखाना
काठमाडौं ।
नेपाल प्रहरीमा जनपद समूहतर्फ ८ जना डीएसपीलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।
बुधबार आईजीपी वसन्त कुँवरको अध्यक्षतामा बसेको बढुवा समितिले बढुवा सिफारिस गरेको हो ।
डीएसपी ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु र विनोद घिमिरेलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको हो । न्युज कारखाना
काठमाडौँ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीलाई मुटुमा समस्या देखिएको छ ।
बुधबार रायमाझीको मुटुमा समस्या भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ ।
चिकित्सकहरुले नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै अहिले निगरानीमा राखिएको बताएका छन् । न्युज कारखाना
काठमाडौँ ।
उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले कान्ति बाल अस्पतालको आकस्मिक अनुगमन गरेका छन् । मन्त्री यादवले बुधबार अस्पताल पुगेर अस्पताल प्रशासनलाई विभिन्न निर्देशन दिएका छन् ।
उनले उपचारका लागि अस्पताल ल्याइएका कुनै पनि बालबालिका आइसियु बेड खाली नभएर वा मेसिन बिग्रेर जस्ता कुनै पनि कारणले उपचार नगरी फर्काउने कार्य बन्द गर्न निर्देशन दिदै आइसीयु बेड थपेर वा सेवा बिस्तार गरेर भएपनि आइन्दा बिरामी बालबालिकालाई भर्ना नलिई फर्काउने प्रबृत्ति अन्त्य गर्न निर्देशन दिएका छन् ।
मन्त्री यादव अस्पतालका सिटी स्क्यान, एमआरआई, एक्स रे जस्ता बिग्रेको अवस्थामा रहेका कुनै पनि मेसिन तत्काल बनाएर सेवा सुचारु गर्न, अस्पतालमा सञ्चालित फार्मेसीमा आवश्यक सबै प्रकारका औषधि तत्काल उपलब्ध गराउने, भित्रको फार्मेसीमा औषधि नपाएर बाहिर किन्नु पर्ने अवस्थाको तत्काल अन्त्य गर्ने निर्देशन दिएका छन् ।
त्यसैगरी उनले बिरामीले टिकट र रिर्पोट लिनको लागि घन्टौ लाइनमा बस्नु पर्ने अवस्थाको अन्त्य गर्न अनलाइन टिकट काट्न मिल्ने र अनलाइनमैं रिर्पोट हेर्न वा डाउनलोड गर्न मिल्ने व्यवस्था तत्काल मिलाउने तथा अस्पतालमा रहेका ओटि र ओपिडी सेवालाई प्रभावकारी ढंगले सञ्चालन गर्न निर्देशन दिएका थिए ।न्युज कारखाना
काठमाडौँ ।
बैशाख १५ मा हुने उपनिर्वाचनमा सत्ता समीकरण नै आमने सामने हुने भएका छन् ।
नेकपा एमालेले सबैभन्दा पहिला उपनिर्वाचनको उम्मेदवार छनौट गरेपछि अब अन्य दल पनि उम्मेदार छनौटमा जुटेका छन् ।
एमालेले इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदार बनाएको छ । त्यस्तै एकीकृत समाजवादीले इलामा–२ मा जीतबहादुर राई र बझाङ प्रदेश सभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको बताइएको छ ।
त्यसैगरी राष्ट्रिय स्वत्रन्त्र पार्टीले पत्रकार मिलन लिम्बुलाई उम्मेदार बनाउने तयारी गरेको छ र यसको औपचारिक घोषणा चैत्र १७ गते गर्दै छ ।
त्यस्तै माओवादी केन्द्रले पनि उपनिर्वाचनमा आफ्नै उम्मेदार उठाउने निर्णय गरेको छ । बुधबार बिहान बसेको पदाधिकारी बैठकले उम्मेदार उठाउने निर्णय गरको हो ।
भर्खरै बनेको सत्ता समीकरण उपनिर्वाचनमै एक ठाउमा आउन नसक्ने अवस्था बनेपछि यो समीकरणमा अझै आपसी विश्वासको संकट रहेको विश्लेषण हुन थालेको छ । केन्द्रदेखि प्रदेशसम्म सत्ता भागबन्डा गर्ने तर चुनावी मैदानमा एक्ला एक्लै जादा राजनीतिक रुपमा यसले गठबन्धन परिपक्क नभएको अर्थ लागेको विश्लेषण गरिएको छ । सत्ता समीकरणमा एमालेले शुरुमै उम्मेदार छनौट गरेर साझा उम्मेदवार बनाउने प्रयास नै नगरेको माओवादी केन्द्रका एक नेताले न्यूजकारखानासँग बताएका छन् । एमालेको समीकरणप्रतिको व्यवहार फरक रहेको महसुस उपनिर्वाचनको उम्मेदवार छनौटले देखाएको ति नेताले बताए ।
उपनिर्वाचनको उम्मेदवारी दर्ता चैत्र २४ गते रहेको छ । न्युज कारखाना
पोखरा ।
नेकपा एमालेको कास्की जिल्ला अध्यक्षमा बैनबहादुर क्षेत्री विजयी भएका छन् । निवर्तमान सचिवसमेत रहेका क्षेत्री एमाले नेता खगराज अधिकारी समुहका हुन् ।
क्षेत्रीले ५५१ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्दी माधव बास्तोलाले ३४९ मत ल्याए । बास्तोला एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट उमेदवार थिए ।
जिल्लाको पदाधिकारीमा पनि एमाले नेता अधिकारी समुहले जित हासिल गरेको छ । कास्कीमा अधिकारी र गुरुङ समुहले प्यानलनै बनाएर चुनाव लडेको थियो ।
एमाले कास्कीको नेतृत्व चयन गर्न ९३५ मतदातामध्ये ९१४ ले मतदान गरेका थिए ।न्युज कारखाना
काठमाडौँ ।
निर्वाचन आयोगबाट तराई-मधेश लोकतान्त्रिक पार्टीलाई नाम परिवर्तन गर्न भनी दिइएको निर्देशनविरुद्ध तमलोपाले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनवाई हुँदै सर्वोच्च अदालतले अन्तरिम आदेशले निरन्तरता पाउने आदेश गरेको छ ।
बुधबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउत र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले सो आदेश जारी गरेको हो । यसअघि चैत्र ४ गते न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासबाट तमलोपाको पक्षमा अल्पकालिन अन्तरिम आदेश सहित कारण देखाऊ आदेश दिइएको थियो ।
तराई-मधेश लोकतान्त्रिक पार्टीको तर्फबाट अधिवक्ता सतीश कुमार झाले बहस गरेका थिए ।
दलको नाम परिवर्तन सम्बन्धमा आयोगको निर्देशन विरुद्ध तराई-मधेश लोकतान्त्रिक पार्टीले आफ्नो पार्टीको नामको कुनै शब्दले संविधान र ऐन-कानूनको प्रतिकूलको नदिने तमलोपाको दाबि रहेको छ । संविधान र प्रचलित ऐन कानून अनुकूल रहेको भई आयोगको २०७७/०८/९को निर्णय अनुसार दर्ता भई २०७८/८/१७ मा प्रमाण-पत्र दिइएको पार्टी भएको तमलोपाले जनाएको छ ।न्युज कारखाना
काठमाडौँ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संवाद यात्रा पुन: शुरु गर्ने भएका छन् ।
यस अघिमाघ १३ गते मेची पुलबाट सुरु गरेको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जसम्म पुगेर रोकिएको थियो ।
महामन्त्री थापाले संवाद यात्राको शृङ्खला नवलपरासीको गोपीगञ्जबाट नै शुरु गर्ने भयेक्को जानकारी दिएका छन् । उनले चैत्र १५ ,१६ र १७ गते नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा पुग्ने भएका छन् । महामन्त्री थापाले संवाद यात्रामा स्थानीयहरुसँग छलफल गर्ने उनीहरुका समस्याहरु सुन्ने गरेका छन् ।न्युज कारखाना
काठमाडौं ।
रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन् । केन्द्रीय सदस्य रहेका खरेल बुधबार राजीनामा बुझाएका हुन् ।
रास्वपा अध्यक्ष रवि लामिछाने गृहमन्त्री बनेपछि खरेलले उनको आलोचना गरेका थिए । आफुले चलाउदै आएको टेलिभिजन शो मा खरेलले आफ्नै सभापतिको आलोचना गरेपछि रास्वपाले स्पष्टीकरण सोधेको बताइएको छ ।
२०७९ को निर्वाचनमा काठमाडौं–१ मा स्वतन्त्र चुनाव लडेका खरेल गत वैशाख १० मा भएको उपचुनावमा रास्वपाबाट बारा–२ मा उम्मेदार बनेका थिए । सो निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए ।न्युज कारखाना
धनगढी ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले केन्द्रको नयाँ समीकरणलाई केन्द्र र प्रदेशमा समर्थन गर्ने निर्णय गरेको छ ।
बुधबार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यको बैठकले संघ र प्रदेश सरकारमा नयाँ समीकरणलाई समर्थन गर्ने निर्णय गरेको हो । आजको बैठकमा २१ संस्थापक केन्द्रीय सदस्य मध्ये १२ जना उपस्थित रहेको बताइएको छ ।
अध्यक्ष श्रेष्ठले पार्टीका संरक्षक रेशम चौधरी जापानमा रहेको बेला केन्द्रीय समिति बैठक बोलाएर निर्णय गरेकी हुन् । यो बैठकलाई संरक्षक चौधरी पक्षले बहिष्कार गरेको थियो ।
संरक्षक चौधरी नयाँ समीकरणमा बनेको सरकारलाई समर्थन नगर्ने पक्षमा रहेको छ । तर अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने समयमा ह्वीप लगाएर मत दिएकी थिइन् ।
त्यस्तै नाउपाले सुदूरपश्चिममा भने कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गरेको छ । संरक्षक चौधरीको निर्देशनमा नाउपाका ७ मध्ये पाँच सांसद अहिले मन्त्री बनेका छन् ।
अध्यक्ष श्रेष्ठले समर्थन फिर्ता लिन निर्देशन दिएपनि प्रदेश संसदीय दलले अहिलेसम्म सर्मथन फिर्ता भने लिएको छैन ।
केहि समय अघि पार्टीमा श्रीमान श्रीमतीबीच नै विवाद बढेपछि चौधरीले श्रीमतीलाई सम्झाउन नसकेकोगुनासो पोखेका थिए ।न्युज कारखाना
काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन सरकार प्रयत्नशील रहेको बताएका छन् ।
द्वन्द्व पीडित परिवारका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुसँग आज सिंहदरबारमा भेट गर्दै प्रधानमन्त्रीले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा अदालतको आदेश पालना गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
“सरकारले चाहँदाचाहँदै पनि सङ्क्रमणकालिन न्याय टुङ्ग्याउन सकिएको छैन,” प्रधानमन्त्री प्रचण्डले भने, “शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन नदिने शक्ति पनि सक्रिय नै छन्, त्यसले गर्दा कतिपय समस्या भएको छ ।” उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउनका लागि त्यससम्बन्धी विधेयक सरकारले अगाडि बढाएको जानकारी गराए ।
द्वन्द्व पीडित परविारका सदस्यलाई रोजगारी उपलब्ध गराउन, द्वन्द्वमा घाइते भएका व्यक्तिको स्वास्थ्योपचार गर्न र उनीहरूका लागि आवासको व्यवस्था गर्न सरकार प्रयासरत रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियाका कामलाई तार्किक निष्कर्षमा पुर्याएर स्थायी शान्ति कायम गर्न आफू प्रतिबद्ध रहेको बताए ।न्युज कारखाना
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा मेरो नाम बाहेक केहि नभएको बताएका छन् ।
बुधबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले सहकारीमा आफ्नो नाम मात्र उल्लेख रहेको तर त्यसबाहेक केहि नभएको बताएका छन् । उनले यो विषयमा अदालतमा समेत मुद्धा दर्ता भएको आफुले सुनेको र त्यसमा आफ्नो नाम नरहेको बताएका छन् ।
गृहमन्त्री लामिछानेले यो विषयमा जहाँ प्रश्न उठ्छ त्यहि उत्तर दिने बताउदै आफुमाथि उठेका प्रश्नको जवाफ दिने बताएका छन् ।
समितिमा लामिछानेले आफुले कुनै किसिमको राजनीतिक पूर्वाग्रह नराखी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले दुर्गा प्रसाईले हतियार बोकेको विषय कानुनले दिएको भन्दा बढी अधिकार दिइएको पाइएको बताउदै यस विषयमा मन्त्रालयले अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।
काठमाडौँ ।
नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले सहकारी प्रकरणमा रवि लामिछानेको संलग्नता नदेखिएको बताएका छन् ।
प्रतिनिधिसभाको राज्य व्यवस्था समितीको बुधबारको बैठकमा बोल्दै महानिरीक्षक कुँवरले सहकारी प्रकरणमा रवि लामिछानेको नाम आएको भए पनि अहिलेसम्म कुनै प्रमाण नदेखिएको बताएका हुन् ।
कुँवरले सहकरी प्रकरणको मुख्य नायक जीबी राई रहेको आफुहरुको पनि बुझाइ रहेको बताउदै उनी मलेसियामा रहेको बताएका छन् । प्रहरीले राईलाई स्वदेश ल्याउने प्रयास आफुहरुले गरिरहेको बताए । न्युज कारखाना
काठमाडौं ।
नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले सहकारीबाट पैसा लिने रवि लामिछाने नामक व्यक्ति को हुन् ? भन्दै प्रश्न गरेका छन् ।
बुधबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद बडूले गृहमन्त्री रवि लामिछानेलाई यस्तो प्रश्न सोधेका हुन् ।
उनले भने- ‘पोखरा बुटवल लगायतका केही सहकारीको पैसामा ग्यालेक्सी टेलिभिजन सञ्चालनमा १० करोड रूपैयाँ आएको भन्ने सुनिएको छ । त्यो पैसा त्यहाँ आउनु हुन्थ्यो कि हुँदैन थियो ? छानबिनको कुरा होला ? त्यसमा १ करोड रूपैयाँ को व्यक्ति हो थाहा छैन । रवि लामिछाने नामले पनि जम्मा भएको भन्ने खबर आयो । त्यो मान्छे को हो ? नाम मात्रै संयोगले मिलेको हो कि ? हाम्रो त अहिलेको वर्तमान गृहमन्त्रीको नाम पनि रवि लामिछाने हो । त्यसरी चिन्छौँ ।’
त्यो नाम गृहमन्त्री नै भएको भए यसको छानबिन निष्पक्ष गर्नका लागि जिम्मेवारीबाट बाहिर बस्न उनले आग्रह गरे । उनले भने- यदि गृहमन्त्री रवि लमिछाने नै भएको भए छानबिन सुरु गरिहाल्न र छानबिन भइन्जेल जिम्मेवारीबाट बाहिर बस्न मिल्छ कि मिल्दैन ?
सांसद बडूले छानबिन हुन्जेल छानबिनलाई विश्वसनीय बनाउन गृहमन्त्री बाहिर बसेर सहयोग गरेर कानुनभन्दा ठुलो कोहि हुदैन भन्ने देखाउन आग्रह गरेका थिए ।न्युज कारखाना
रौतहट १४ चैत।
रौतहटको फतुवा बिजयपुरकी कार्यवाहक मेयर अम्बेया खातुनले
अनपढ भनेर कर्मचारीले आफूलाई फसाउँन खोजेको आरोप लगाएकी छन्।
केही दलका नेता र नगरकै जनप्रतिनिधिको ईसारामा आम्दानी भन्दा बढी खर्चमा हस्ताक्षर गराई कर्मचारीले आफूलाई फसाउँन खोजेको मेयर खातुनले आरोप लगाएकी हुन्। नवौं नगरसभाको निर्णय बिपरित भएकाले आफूले कोष तथा लेखा नियन्त्रण कार्यालय गौर बाट रकम निकासा गर्ने सहमती नदिएको स्पष्ट पारेकी छन्।
उनी न्युज कारखाना संग कुरा गर्दै आन्दोलनरत शिक्षकलाई तलब ख्वाउने बहानामा प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत मिलेर नगरसभाको निर्णय बिपरित रकम निकासा गराई नियतबस आफूलाई फसाउँन खोजेको दाबी गरेकी छन्।
केही समयअघि सम्पन्न नवौं नगरसभाले फतुवा विजयपुरको सम्पूर्ण ११ वटै वडा अध्यक्षहरुलाई ४१ लाखको दरले विकासको सिलिङ्ग बितरण गर्ने निर्णय गरेको थियो।
तर प्रमुख प्रशासकिय अधिकृत उपसचिव सुरेन्द्र प्रधान र लेखा अधिकृत नवीन कुमार यादव केही जनप्रतिनिधिको ईसारामा वडाको सिलिङ्ग बढाएर प्रत्येक वडामा ७५ लाख देखि ८१ लाख पुर्याएको कार्यवाहक मेयर खातुनले बताईन्।
तलबको माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारीले तलब पाउनु पर्छ। तर शिक्षकको आन्दोलन देखाएर आम्दानी भन्दा साढे ३ करोड बढी खर्चको सूची तयार पारिएको कारण मेयर खातुनले रेडबुकमा हस्ताक्षर नगरेको जानकारी दिएकि छन।
फतुवा बिजयपुर नगरपालिकामा यस आर्थिक वर्षमा संघीय सरकार,
प्रदेश सरकार र निजीस्रोतको आम्दानी गरेर कुल १३ करोड ४० लाख रुपैयाँ हुने रेडबुकमा उल्लेख गरिएको छ।
यस आर्थिक वर्षमा बिभिन्न शीर्षकमा कुल खर्च १६ करोड ९८ लाख हुने रेडबुकमा उल्लेख भएको कारण उक्त रेडबुकमा हस्ताक्षर नगरेको कारण कोलेनिका बाट रकम निकासा हुन नसकेको उनले स्पष्ट पारेकी छन् ।
यस आर्थिक वर्षमा आम्दानी तर्फ संघीय सरकार बाट समानीकरण बजेट ११करोड १० लाख, प्रदेश बाट सशर्त अनुदान ८० लाख,६२ हजार, आन्तरिक बाट १ करोड ५० लाख गरी कुल बजेट १३ करोड ४० लाख रहेको उनले बताईन्।
यस आर्थिक वर्षमा खर्चको लागि तयार पारिएको रेडबुकमा नगरभरीको विद्युत महशुलमा ४ करोड, अघिल्लो बर्षको दायित्व १ करोड ५० लाख, आर्थिक बर्ष २०७९!०८० काे फिर्ता गर्नुपर्ने ३ करोड ११ लाख र नगरको ११ वटै वडाको बजेट सिलिङ्ग ८ करोड ४९ लाख गरी कुल खर्च १६ करोड ९८ लाख रेडबुकमा देखाईएको कावा मेयर खातुनले बताईन्।
प्रमुख प्रशासकीय अधिकृत उपसचिव प्रधान र लेखा अधिकृत अन्य जनप्रतिनिधिको प्रभावमा परेर मेयरको विकासको बजेट सिलिङ्ग पुर्ण रुपले कटौती गरेर वडाको सिलिङ्ग दोब्बर बनाएर आँखामा छारो हाली फसाउँने षडयन्त्र गरेको मेयरका श्रीमान महमद सेराजले दाबी गरेका छन।
कार्यवाहक मेयर त्यति पढेलेखेकी छैनन् भनेर शिक्षक कर्मचारीलाई तत्काल तलब ख्वाउने भन्दै रेडबुकमा हस्ताक्षर गर्न लेखा अधिकृत यादवले भनेपछि आफूले पहिले रेडबुक अध्ययन गरेपछि मात्र मेयरले हस्ताक्षर गर्ने भनेर रोकेको महमद सेराजले बताएका छन।
पछि रेडबुकको अध्ययन गर्दै जाँदा कर्मचारीहरुको नियत बारे आफूले चाल पाएको सेराजले गुनासो गरेका छन।
केही जनप्रतिनिधि र कर्मचारीकै कारण तत्कालीन मेयर गोपाल राय यादव अख्तियार द्वारा दोषी ठहर भएका थिए, त्यो सब जानी जानी कुन हिसाबले आम्दानी भन्दा साढे तीन करोड बढी खर्च देखाईएको रेडबुकमा कार्यवाहक मेयर खातुनले हस्ताक्षर गर्ने सेराजले प्रश्न गरेका छन्।
गलत गरिरहेका कर्मचारी माथी एकदुई दिनभित्रै कारवाहीको लागि उजुरी दिने र नियमसंगत रूपमा रकम निकासाको लागि पहल गर्ने उनले जानकारी दिएका छन।
प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधान र लेखा अधिकृत नवीन कुमार यादवलाई प्रतिक्रियाको लागि पटकपटक फोन सम्पर्क गर्दा उनीहरू सम्पर्कमा आउन चाहेनन्।
असार १० गतेभित्र हुनुपर्ने नगरसभा समयमा हुन नसक्दा फतुवा बिजयपुर नगरपालिकामा आर्थिक कारोवार ठप्प भएको छ। नगरभरिका शिक्षक कर्मचारी गरी ३५० जनाले गत साउन देखि तलब पाउन नसकेको कारण पटकपटक आन्दोलन गर्दै आएको छन्। लालबकैया नदीको टेन्डरमा अख्तियार द्वारा दोषी ठहर भएका तत्कालीन मेयर गोपाल राय यादव लाई बिशेष अदालतले १५ लाख रुपैयाँ जरिबाना र तीनवर्ष कैदको फैसला गरेपछि उनको पद रिक्त भएको थियो।
गत आर्थिक बर्षमा तत्कालीन उपमेयर अम्बेया खातुन कार्यवाहक मेयरको जिम्मेवारि पाएपछि बजेटको भागबन्डाको बिषय लिएर उनी र वडा अध्यक्ष तथा नगर कार्यपालिका सदस्यहरु बिच पटकपटक बिवाद हुँदै आएको छ।
फतुवा बिजयपुर नगरपालिका भएदेखिनै त्यहाँ कार्यरत शिक्षक कर्मचारी तलब पाउनकै लागि बर्षेनी आन्दोलन गर्दै आएका छन।
फतुवा बिजयपुर नगरपालिकामा नेपाली कांग्रेस पार्टीबाट निर्वाचीत जनप्रतिनिधि पूर्ण बहुमतमा रहेपनि एउटै पार्टी बीच एक अर्कालाई असफल बनाउने षडयन्त्र चलेको कारण त्यहाँका सैयौं कर्मचारी र हजारौँ नागरिकले दुःख पाउनु परेको देखिन्छ।
सरकारले शिक्षक तथा कर्मचारीको तलब केन्द्र बाट पाउने ब्यवस्था नगरेसम्म फतुवा बिजयपुर मात्र नभई मधेश प्रदेशका दर्जनौं पालिकामा कार्यरत शिक्षक कर्मचारी सहज रुपमा तलब पाउने सम्भावना न्यून देखिएको छ।न्युज कारखाना
काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीले बैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।
एकीकृत समाजवादीले इलामा–२ मा जीतबहादुर राई र बझाङ प्रदेश सभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको एक नेताले बताएका छन् । यद्यपी एकीकृत समाजवादीले आधिकारिक निर्णय गर्न भने बाँकी रहेको छ ।
उपनिर्वाचनको उम्मेदवार मनोनयन दर्ता चैत्र २४ गते हुदै छ । अहिलेसम्म एमालेले इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदार बनाएको छ । त्यस्तै राष्ट्रिय स्वत्रन्त्र पार्टीले पत्रकार मिलन लिम्बुलाई उम्मेदार बनाउने तयारी गरेको छ र यसको औपचारिक घोषणा चैत्र १७ गते गर्दै छ ।
त्यस्तै माओवादी केन्द्रले पनि उपनिर्वाचनमा आफ्नै उम्मेदार उठाउने निर्णय गरेको छ । बुधबार बिहान बसेको पदाधिकारी बैठकले उम्मेदार उठाउने निर्णय गरको हो ।न्युज कारखाना
काठमाडौं ।
नेकपा माओवादी केन्द्रले वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो उम्मेदवारी दिने निर्णय गरेको छ ।
बुधबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले इलाम २ र बझाङ-१ (क) मा उम्मेदवारी दिने निर्णय गरेको हो ।
योसँगै अहिलेको नयाँ समीकरणबाट उपनिर्वाचनमा साझा उम्मेदार भने नहुने निश्चित भएको छ ।
अहिलेसम्म एमालेले इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदार बनाएको छ ।न्युज कारखाना
काठमाडौँ ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन् । हमालले छोरी आरती सकुशल भेटिएको जानकारी दिएका छन् ।
उनले भनेका छन्- ‘सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गर्दछु । खोजी कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरू, गोवामा बस्नु हुने सहयोगी नेपाली दाजुभाई दिदिबहिनीहरू सहित सम्पूर्णमा हार्दिक धन्यवादसहित कृतज्ञता व्यक्त गर्दछु । साथै मेरो जेठो छोरी आरती, कान्छी छोरी आर्जु र ज्वाइँसंगै भएको सम्पूर्णमा जानकारी गर्दछु ।’
यस अघि नगर प्रमुख हमालले मंगलबार छोरी आरती सम्पर्क बिहिन भएको भन्दै सहयोग मागेका थिए ।
नगर प्रमुख हमालकी जेठी छोरी आरती उनी ओशो साधक हुन। ओशो ध्यान गर्न उनी केही महिनादेखि गोवामा बस्दै आएकी थिइन् ।न्युज कारखाना
काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चक्रपथ सुधार आयोजनाको बोर्ड गराएको भन्दै व्यंग्य गरेका छन् ।
सामाजिक सञ्जालमा बुधबार एक पोष्ट गर्दै बालेनले २०१५ मै सकिनुपर्ने काम २०२४ सम्म पनि नसकिएपछि महानगरले सो आयोजनाको जानकारी दिन बोर्ड राखेको थियो । तर सो बोर्ड अहिले हटाइएपछि महानगरले प्रहरीमा बोर्ड हराएको निवेदन समेत दिएको छ । यो आयोजना निर्माणको ठेक्का चिनियाँ निर्माण कम्पनिले लिएको छ ।
बालेनले भनेका छन्-
२०१५ मा सक्नु पर्ने काम २०२४ लाग्दा समेत सकिएको छैन । छेउछाउका बासिन्दा, रिंगरोड प्रयोग गर्नेहरू मात्र होइन, त्यहाँबाट उड्ने धुलोले उपत्यका नै प्रताडित छ । स्थानीयले बोले, संघीय सांसदहरू समेतले पटक पटक आवाज उठाए तर कसैको सुनिएको थिएन । कसैको दुख हेरिएको थिएन । काठमाडौँ महानगरपालिका भित्रको भएर हामीले पनि पटक पटक ध्यानाकर्षण गराउने र आफ्नो कार्यक्षेत्रभित्र पर्ने त्योसम्बन्धित कामहरू गरेर सहयोग गर्ने गरेका नै हौँ । तर निर्माण कार्य शंखेकिराको गतिमा रह्यो । त्यहि जानकारी दिन बोर्ड राखेका थियौँ ।
त्यत्रो आवाज नसुन्ने र त्यत्रो दुख नदेख्ने निर्माणकर्ताहरूले ति १० फिट लामो र ५ फिट चौडा भएका बोर्ड चै देखेछन् । समय सकिएको ९ बर्षपछि पनि काम नसक्ने संस्थाले ‘कथित अल्टिमेटमको समय’ सकिने बित्तिकै बोर्ड निकालेर फ्यालेछन् । अनि आफ्नो देशमा १ दिनमा अस्पताल बनाउनेले कुटनैतिक नोट लेखेछ्न ।
यहि नजर बर्षौँदेखि अलपत्र पारेर दुख थपेका र बजेट सकेका आयोजनामा पनि जाउन् । समय सकिने बित्तिकै काम गर्ने जाँगर त्यता पनि चलोस् ।न्युज कारखाना
काठमाडौँ ।
विज्ञापन नियमन गर्ने ऐन, २०७६ का कतिपय प्रावधानहरु संविधानसंग बाझिएको दावी सहित सर्वाेच्च अदालतमा परेको रिटको आज सुनुवाई हुंदैछ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज सो रिट निवेदन पेशीमा रहेको छ । चारबर्ष अघि दायर भएको रिटमा सञ्चार माध्यममा विज्ञापन प्रकाशन गर्नुअघि विज्ञापन बोर्डबाट स्वीकृती लिनुपर्ने तथा सम्पादक र प्रकाशकलाई विज्ञापन प्रकाशन गरेवापत सजाय गरिने प्रावधान संविधानसँग बाझिएको जिकिर लिइएको छ ।
अधिवक्ताद्धय अनन्तराज लुईंटेल र प्रतिभा उप्रेतीले सो ऐनका संविधानसंग बाझिएका प्रावधान खारेजीको माग गर्दै चारबर्षअघि रिट निवेदन दायर गरेका थिए । खासगरी विज्ञापन प्रकाशन गर्न पूर्व स्वीकृति लिनुपर्ने र प्रकाशन गरेवापत सम्पादक र प्रकाशकलाई सजाय गरिने प्रावधान संविधानको धारा १९ सँग बाझिएकाले खारेजीको माग समेत रिटमा गरिएको छ र विज्ञापन नियमन गर्ने ऐन–२०७६ अनुसार सरकारले विज्ञापन बोर्ड गठन गरेर काम शुरु गरेको छ ।
ऐनमा उल्लेख छ दफा १५ उपदफा (ख) मा संचार माध्यमबाट प्रशारण गरिने सामाग्रीको परीक्षण गर्न तोकिएको आधारमा मापदण्ड तयार गर्ने व्यवस्थाले प्रत्यक्षतः विज्ञापनमा पूर्व प्रतिबन्ध लगाएको दावी रिटमा गरिएको छ । त्यस्तो प्रावधानले अन्ततोगत्वा अभिव्यक्ति स्वतन्त्रता नै निस्तेज बनाउने उद्धेश्य लिएको जिकिर लिइएको छ ।
दफा २३ मा छापा तथा विद्युतीय सञ्चार माध्यमबाट प्रकाशन तथा प्रशारण हुने विज्ञापनले कानुन बमोजिमको मापदण्ड पूरा गरे या नगरेको विषयमा प्रदेश कानुन बमोजिम सूचना तथा सञ्चार सम्बन्धी विषय हेर्ने मन्त्रालयले अनुगमन तथा नियमन गर्न सक्ने व्यवस्था गरिएको र दफा २३ (३) मा नियम वा मापदण्डको पालना नगरेको पाइएमा विज्ञापन बन्द गर्न वा हटाउन सक्नेछ भन्ने व्यवस्था संविधानको धारा १९ को स्पष्ट रुपमा खिलाफमा बदरभागी रहेको दावी गरिएको छ ।
दफा २३ (४) मा सजाय गरिने र उपदफा (५) मा प्रदेश सरकारले नियमनको व्यवस्था निर्धारण गराउने व्यवस्था समेत उल्लेख भई बदरभागी छ । दफा २४ मा भएको छापा तथा विद्युतीय सञ्चार माध्यको विज्ञापनको अनुगमन र नियमन स्थानीयत तहले गर्न पाउने व्यवस्था समेत असंवैधानिक रहेको समेत रिटमा दावी गरिएको छ ।न्युज कारखाना
काठमाडौँ ।
नेपाल प्रहरीले सम्पर्कबिहीन रहेका २३ जना विभिन्न कर्मचारीलाई ७ दिन भित्र हाजिर हुन सूचना जारी गरेको छ ।
प्रहरी प्रधान कार्यालयले मंगलबार एक सूचना जारी गर्दै खोजतलास गर्दा पनि सम्पर्कमा नआएका २३ जना कर्मचारीलाई ७ दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन सूचना प्रकासित गरेको हो ।
तोकिएको अवधिमा पनि सम्पर्कमा नआए प्रहरी नियमावली २०७१ को उपनियम १ को खण्ड च अनुसार कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख गरिएको छ ।
सम्पर्कबिहीन हुनेमा नेपाल प्रहरीका चार प्रहरी सहायक निरीक्षकसहितका २३ कर्मचारी रहेका छन् ।न्युज कारखाना
काठमाडौं ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा गएका छन् ।
बोआओ फोरममा सहभागी हुन उपाध्यक्ष पौडेल आज चीन प्रस्थान गरेको उनको सचिवालयले जानकरी दिएको छ ।
बोआओ फोरम मार्च २६ देखि २९ मार्चसम्म चीनको हैनान राज्यमा आयोजना हुँदैछ ।न्युज कारखाना
काठमाडौं, ११ चैत ।
नेकपा एमालेले उप चुनावका लागि उम्मेदवार तय गरेको छ ।
पार्टी मुख्यालयमा बसेको एमाले सचिवालय बैठकले इलाम र बझाङका लागि उम्मेदवार चयन गरेको हो ।

जसअनुसार बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारी र इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
आगामी बैशाख १५ गते उप निर्वाचन हुदैँछ ।न्युज कारखाना
रौतहट, ११ चैत ।
प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) निकटको आम इन्जिनियर्श एण्ड टेक्निकल एसोसिएशन गठन भएको छ। आजपाको केन्द्रीय कार्यालय काठमाडौंमा शनिबार इन्जिनियर्शहरूको भेलाले कमिटी गठन गरेको हो।
इन्जिनियर गोपाल साहको संयोजकत्वमा ५१ सदस्यीय कमिटी गठन गरिएको छ। कमिटीको सदस्यमा मनोजकुमार कर्ण, अनन्त रञ्जन साह, गोपाल कर्ण, कपिल ढुङ्गेल, प्रेमकुमार साह, प्रदिप साह, रामप्रित साह, बिजया श्री बरुण, रचना न्याइच्यई श्रीजना होना रहेका छन्।
यसैगरी अरुणकुमार साह, रमेश साह, कृष्णा पञ्जियार, मनिषकुमार साह, रामशंकर महतो, रितु राज साह, श्यामकुमार यादव, चन्दनप्रसाद साह, ललेन्द्र इसर, रविन्द्र कुमार साह, संजिव कुमार, रपेश कुशवाहा, चन्दन कुशवाहा, ब्रजेश्वर साह, निरज झा, राजेश रविदास, राजदेव साह, संजीव यादव, खगेन्द्र साह, रञ्जित साह, गोविन्द प्रसाद गुप्ता सदस्य रहेका छन्।
यसैगरी सदस्यहरुमा दीलिप साह, प्रेमकुमार साह, अनिल साह, योगेश कर्ण, श्याम साह, अनिश न्याइच्याई, रिसव साह साहिल, गोवन्द प्रसाद साह, रवि कुशवाहा, घनश्याम साह, कौशल साह, मन्तोस पाईक, रुपेशकुमार साह, विकेश तामाङ, पशान्त थापालगायत रहेका आइटी आर्मीको केन्द्रीय सदस्य रामसरण यादवले बताए।
कमिटी गठन पश्चात आजपा अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले देश निर्माणको मेरुदण्डका रुपमा क्रियाशील इन्जिनियरहरूको पेशागत हक अधिकारको प्राप्ति, रक्षा एवम् विकासका लागि शुभकामना व्यक्त गरेका थिए।न्युज कारखाना
काठमाडौँ, ११ चैत ।
राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होलीपर्व) ले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरेका छन् ।
होलीपर्वका अवसरमा राष्ट्रपति पौडेलले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै रङहरूको पर्व होलीले आपसी मेलमिलाप र सद्भावको सन्देश दिने उल्लेख गरेका छन् । उनले यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरेका छन् ।
उनले भनेका छन्- ‘नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । होलीपर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसीयालीमा मनाइने हुँदा समस्त नेपालीबीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास मैले लिएको छु ।’
राष्ट्रपति पौडेलले हिमाली, पहाडी तथा भित्री मधेस, काठमाडौँ उपत्यका तथा तराईका जिल्लामा विभिन्न रङ र अबिर खेल्दै खुसीयालीसाथ मनाउने यस पर्वको परम्पराबारे उल्लेख गर्दै होलीमा खेलिने विविध रङजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गरेका छन् ।
उनले यस पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गर्नेमा जोड दिएका छन् । न्युज कारखाना
काठमाडौँ ,१० चैत ।
देशमा आर्थिक संकट रहेको बेला सरकारका मन्त्री र उच्च तहका कर्मचारीको विदेश भ्रमण रोकिएको छैन । सरकारका हरेक निर्णयमा कुनै न कुनै विदेश भ्रमणका निर्णयहरु हुने गरेको देखिन्छ ।
यसैबीच सभामुख देवराज घिमिरेले संसद बैठक नै स्थगित गरेर सबै दलका प्रमुख सचेतक लिएर स्वीजरल्याण्डको भ्रमणमा गएको विषय र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको ९ दिनसम्म चीनको भ्रमण हुन लागेको विषय चर्चामा रहेको छ ।
चैत्र ८ गते सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका सङ्घको एक सय ४८औँ महासभामा सहभागी हुन दश सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड तर्फ लागेका छन् ।
चैत १० देखि १४ गतेसम्म अन्तर व्यवस्थापिका सङ्घको प्रधान कार्यालय रहेको जेनेभामा सञ्चालन हुने महासभामा सहभागी हुन सभामुख घिमिरेसँग संसदीय दलका प्रमुख सचेतक नेपाली कांग्रेसका रमेश लेखक, एमालेका महेशकुमार बर्तौला, माओवादी केन्द्रका हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार स्वीट्जरल्याण्ड पुगेका छन् । यस्तै राष्ट्रियसभा सदस्य गङ्गाकुमारी बेलबासे, सङ्घीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाई र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईसमेत भ्रमण टिममा सहभागी रहेका छन् । सभामुख नेतृत्वको टोली चैत १६ गते बिहान स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।
यसमा रोचक कुरा के छ भने यसका लागि संसद नै बन्द गरिएको छ । चैत्र ७ गते बसेको प्रतिनिधिसभाको बैठक अब चैत्र १८ गते बस्ने गरि तोकिएको छ । अहिले देशमा अन्योलता बढेको, व्यवस्थाप्रति नै सडकबाट प्रश्न उठिरहेको, आर्थिक संकटले चौतर्फी रुपमा अर्थतन्त्र धारासायी भएको दलका सांसद नेताहरुले संसदमै बोलिरहेने तर अवसर पाउना साथ संसद बैठक नै रोकेर विदेश भ्रमणमा कुदिहाल्ने दोहोरो चरित्र राजनीतिमा देखिएकैले अहिले राजनीतिक वितिष्णा बढेको सजिलै अनुमान गर्न सकिन्छ ।
त्यस्तै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चैत्र ११ देखि १९ गतेसम्म चीनको भ्रमणमा जादै छन् । सामाजिक सञ्जालमा परराष्ट्रमन्त्री ९ दिनसम्म चीन भ्रमण गर्ने विषय प्रश्न उठेको छ । सत्तारुढ दल नेकपा एमालेकै युवा नेता विष्णु रिजालले सामाजिक सञ्जालमार्फत परराष्ट्रमन्त्रीलाई कति फुर्सद हो ? भन्दै प्रश्न गरेका छन् ।
उनले भनेका छन्- कति लामो भ्रमण हो ? कति फुर्सत हो परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ? चीनको भ्रमणमा ९ दिन खर्चिनुपर्ने के रहेछ ? २०२३ मा प्रधानमन्त्री प्रचण्डले पनि चीनमा ९ दिनै घुमफिरमा बिताउनुभएको थियो । दुनियाँले के भन्छ होला ? अलिकति त ख्याल गर्नुपर्ने होइन र ?’
यसअघि गृहमन्त्री रहेका श्रेष्ठ अहिले परराष्ट्रमन्त्री बनेका छन् । परराष्ट्रमन्त्रीको रुपमा उनको अहिलेको प्राथमिकता रुसी सेनामा रहेका नेपालीहरुको छिटो उद्धार गर्नु हुनुपर्ने हो । अहिलेसम्म सरकारसँग रुसी सेनामा कति नेपाली छन् भन्ने आँकडा समेत नभएको अवस्थामा यस विषयलाई प्रमुख एजेण्डा बनाएर काम गर्नुको सट्टा ९ दिनसम्म चीनको भ्रमणलाई प्राथमिकता दिएका छन् ।
निष्कर्षमा राजनीतिक रुपमा अहिले नयाँ दल र पुराना दलको संयुक्त सरकार छ । तर पद तथा विदेश भ्रमणको अवसरलाई दाँया बाँया नहेरी लिने सन्दर्भमा पुरानासँगै नयाँले पनि खुट्टा उचाल्ने गरेको पाइन्छ । यसले राजनीतिक रुपमा थप वितिष्णा बढाउने र सरकारप्रतिको विश्वास घट्ने नै देखिन्छ । न्युज कारखाना
काठमाडौं, ९ चैत ।
सर्बाधिक हिट चलचित्र उपहार बनाएकी नायिका रेखा थापाले अर्को चलचित्र बनाउने तयारी गरेकी छिन ।
उनले फिल्मको नाम सोचिरहेको बताईन ।
नेपाली फिल्म उद्योगको गरिमा राख्ने काम गरिरहेको बताउदै रेखाले फिल्मको सङ्ख्या मात्र राख्ने काम आफुबाट कदापि नहुने उल्लेख गरिन ।
मेरो अझै दर्बिलो उपस्तिथि हुनेछ, सबैको माया र हौसला बटुल्ने हिम्मत छ, रेखाले भनिन्
रेखा थापा वैशाखको १८ गते नेपाल फर्किदैछिन ।
उनी, नेपाल आएपछि नयाँ फिल्मको काममा लाग्ने वुझिएको छ ।
फिल्म ‘उपहार’ बनाएपछि रेखाले वर्तमान बजारको अवस्था र दर्शकको स्वाद पनि बुझ्ने मौका पाइन् । यसैले, यी सबै कुरालाई ध्यानमा राखेर उनी नयाँ फिल्म बनाउने तयारीमा लागेकी छिन् ।
फिल्म ‘उपहार’ नेपालपछि अमेरिकामा पनि रिलिज भइरहेको छ । अमेरिकामा दर्शकले फिल्मलाई राम्रो प्रतिक्रिया दिएपछि उनी उत्साहित छिन् ।
फिल्मले इनिसियल रुपमा राम्रो व्यापार गरेपछि रेखा दंग छिन् ।न्युज कारखाना
काठमाडौं, ९ चैत ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अनलाइन समाचार पोर्टलमा प्रकाशित हुने समाचार सामाग्रीको अनुगमन र कारबाही गर्ने गरी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई दिएको निर्देशन सच्याइएको छ ।
गृह मन्त्रालयले विहिबार यसअघि चैत्र ६ मा तयार गरिएको परिपत्रको मस्यौदालाई सच्याएर परिपत्र गरिएको जानकारी दिएको छ ।
यसअघि पठाइएको २१ बुँदे निर्देशनको दुई नम्बर बुँदामा सामाजिक सञ्जालको मर्यादित प्रयोग र साइबर अपराध नियन्त्रण सम्बन्धी उल्लेख गर्दै त्यसमा अनलाइन न्युज पोर्टल समेत उल्लेख गरिएको थियो ।
सार्वजनिक भएको निर्देशनमा अनलाइन न्युज पोर्टल, फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जाल र छापा माध्यमबाट अनर्गल, आधारहीन, भ्रामक सन्देशहरू प्रचार प्रसार गर्ने, जातीय सांस्कृतिक सद्भाव भड्काउने, राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकतामा आँच आउने सामग्री राख्ने, कुनै व्यक्तिको गोपनीयताको हक अतिक्रमण गर्ने, सार्वजनिक प्रतिष्ठा र सम्मानमा नोक्सान पुग्ने गरी अभिव्यक्ति दिने, अश्लिलता प्रवर्द्धन गर्ने जस्ता कार्यहरू नियन्त्रण गरी दोषीलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा एक/एक जना अधिकृतस्तरको कर्मचारी खटाई डेस्क सञ्चालन गर्ने उल्लेख छ । यसैगरि यस प्रकारका कार्यमा संलग्न उपर प्रचलित कानुन बमोजिम कारबाही गरी सोको सार्वजनिकरण गर्ने समेत उल्लेख छ ।
चौतर्फी आलोचनापछि गृहमन्त्रालयले यस अघि उल्लेख भएको सो बुँदा हटाएर विहिबार परिपत्र गरेको जनाएको छ ।न्युज कारखाना
सर्लाही, ८ चैत ।
सर्लाहीको पर्सा गाउँपालिकामा जनप्रतिनिधिले नै गरेको तालाबन्दी ३६ दिनपछि खुलेको छ । गाउँपालिकाका बहुमत कार्यपालिका सदस्यले विभिन्न १९ बुँदे माग राख्दै गएको फागुन १ गतेदेखि गाउँपालिका कार्यालयमा गरेको तालाबन्दी बुधवार अपरान्ह खुलेको हो।
असन्तुष्ट जनप्रतिनिधिको १९ बुँदे मागका सम्वन्धमा आगामी कार्यपालिका बैठकमा छलफल भएपछि योजना सञ्चालन गर्ने सहमति गरी गाउँपालिकाको कार्यालयमा लगाइएको ताला खोलिएको छ । गाउँपालिकाका अध्यक्ष धिरेन्द्र रायको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले आफूहरुको मागका सम्वन्धमा अर्को बैठकमा बृहत छलफल गर्ने गरी तत्काल तालाबन्दी खोल्ने सहमति गरेको पर्सा गाउँपालिका–२, सङ्ग्रामपुरका वडाध्यक्ष राकेश रामले जानकारी दिएका छन्।
उनका अनुसार सहमतिपश्चात गाउँपालिका अध्यक्ष राय, प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार यादवसहितको उपस्थितिमा गाउँपालिका कार्यालयमा लगाइएको ताला खोलिएको हो । तालाबन्दी खुलेसँगै आजबाट गाउँपालिकाको कामकाज नियमित सूचारु भएको छ । ३६ दिनसम्म गाउँपालिकामा तालाबन्दी हुँदा स्थानीय निराश बनेका थिए ।
गाउँपालिकाका असन्तुष्ट जनप्रतिनिधिले गत आर्थिक वर्ष २०७९/०८० को आय–व्ययको फाँटवारी उपलब्ध गराउनुपर्ने, शाखा प्रमुखहरुको कामकाज सन्तोषजनक नभएकाले हेरफेर वा आवश्यकता अनुसार हटाउनुपर्ने, स्थायी, करार र दैनिक ज्यालादारी कर्मचारीको तलबसहित नामावली विवरण उपलब्ध गराउनुपर्ने, इन्धन खर्चको विवरण उपलब्ध गराउनुपर्ने, २०७४ सालदेखि अहिलेसम्मको पेश्की र बेरुजु फछ्र्यौट गर्नुपर्नेलगायतका माग राखेको पत्रकार मुकेश झाले जानकारी दिएका छन् ।न्युज कारखाना
काठमाडौं, ७ चैत ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी रकम हिनामिना गरेको प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि संसदीय समिति गठनको अल्टिमेटम दिएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति आगामी बैठकसम्म गठन गर्न अल्टिमेटम दिएको छ।
बैठकमा सांसद ईश्वरीदेवी न्यौपानेले गृहमन्त्री लामिछानेको प्रतिपक्षले चार वर्ष सदन अवरुद्ध गरोस् हामी सरकार चलाइरहन्छौँ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाइन्।
‘गृहमन्त्रीले बाहिर बोल्नुभएको छ। प्रतिपक्षले संसद् बन्द गरेपछि सरकार चल्छ रु त्यो कदापि हुन सक्दैन। सरकारको उपप्रधान तथा गृहमन्त्रीको गैरजिम्मेवार पूर्ण भनाइ राख्नुभयो। त्यो पनि जनता र देशसँग सम्बन्धित बजेटको छलफलको बेलामा । सदन उहाँलाई चाहिएको छैन होला हामीलाई चाहिएको छ। बजेटको छलफलको विषयमा हामी तयार छौँ,’ उनले भनिन् । न्युज कारखानान्युज कारखाना
रौतहट ७ चैत।
पूर्व मन्त्री प्रभु साह नेतृत्वको आमजनता पार्टीका केन्द्रीय सदस्य एवं आईटी आर्मीका केन्द्रीय बरिस्ठ उपाध्यक्ष निमेष यादव जनता समाजबादी पार्टीमा प्रवेश गरेका छन।
रौतहटको राजदेवी नगरपालिका ७ मुडवलबा घर भएका निमेष यादव आजपा परित्याग गरि जसपा मा प्रवेश गरेका हुन्।
मंगलवार काठमाण्डौ स्थित जसपा पार्टी कार्यालयमा एक कार्यक्रमका बीच यादव संगै आजपाका कैयौं नेताहरुलाई जसपामा प्रवेश गरेको पूर्व मन्त्री योगेन्द्र यादवले बताएका छन।
नवप्रवेशीलाई जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले खादा ओठाएर स्वागत गरेका छन। निमेष लामो समय देखि प्रभु साहको साथ रहेर समाचार क्षेत्र हेर्दै आएका थिए।
यस अघि प्रभु साह एमालेमा छँदा गत निर्वाचनमा राजदेवी नगरपालिकामा मेयरको टिकटको दावेदारी समेत गरेका थिए।
न्युज कारखाना
काठमाडौं, ७ चैत ।
प्रतिनिधि सभाको बैठक बस्दैँछ ।
संङघीय संसद भवन, नया बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।
बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहने जनाइएको छ ।न्युज कारखाना
काठमाडौं, ७ चैत ।
राष्ट्रियसभा बैठक बस्दैँछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।
आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले कार्यब्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन् ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले ‘राष्ट्रिय निकुञ्ज, बन्यजन्तु आरक्ष र मध्यबर्ती क्षेत्रमा मानव र बन्यजन्तु बीचको दन्दको अवस्था अध्ययन प्रतिवेदन, २०८० माथी छलफल गरियोस’ भन्ने प्रस्ताव पेश गर्नेछन् ।
आगामी आर्थिक बर्ष २०८१÷८२ का लागि बिनियोजन बिधेयकका सिद्दान्त र प्राथमिकता माथी सभामा छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।
साथै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘अनुगमन मुल्याङकन बिधेयक २०८० माथी प्रतिनिधिसभावाट भएको संसोधन प्रति छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन’ भने सो ‘प्रस्तावलाइ पारित गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्न कार्यसुचीमा उल्लेख छ ।
साथै, अर्थमन्त्री बर्षमान पुनले ‘सुरक्षित कारोबार (पहिलो संसोधन) बिधेयक २०८०लाइ दफावार छलफलका लागि बिधायन ब्यवस्थापन समितिमा पठाइयोस’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।न्युज कारखाना
काठमाडौं, ५ चैन ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई जना बडिगार्डलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।
सोमबार सर्वोच्च अदालत परिसरबाट लाइसेन्स प्राप्त हतियारसहित पक्राउ परेका दुई जना बडिगार्डलाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो।
जर्मनीमा निर्मित अत्याधुनिक हतियारसहित पक्राउ दीपक खड्का र राजकुमार धिमाललाई पाँच दिन हिरासतमा राख्ने अनुमति दिइएको छ।
सोमबार दिउँसो सर्वोच्च अदालतभित्र उनीहरू हतियार लिएर प्रवेश गरेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।न्युज कारखाना
काठमाडौं, ६ चैत ।
प्रमुख सत्तासाझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी रकम हिनामिनामा मुछिएका उपप्रधानमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन बनाउन नपर्ने बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सहकारीको रकम हिनामिनामा गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न पर्याप्त प्रमाण रहेको दाबी गर्दै कांग्रेसले छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेको थियोे ।
यसपछि सोही बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले कांग्रेसले उपप्रधानमन्त्री लामिछानेविरुद्ध प्रतिशोधपूर्ण अभिव्यक्ति दिएको र संसदीय छानबिन समिति बनाउनु पर्ने अवस्था नरहेको बताएका हुन् ।
सरकारबाट बाहिर भएकाले कांग्रेसले उत्तेजना देखाउने, प्रतिशोधपूर्ण अभिव्यक्ति, क्रियाकलाप गर्ने र संसद अवरुद्ध गर्ने जस्ता क्रियाकलाप गर्न नहुने भन्दै अध्यक्ष ओलीले भने, ‘सरकारभन्दा बाहिर हुनेबित्तिकै नेपाली कांग्रेस जस्तो पार्टीले कुनै आवेश, उत्तेजना देखाउने, प्रतिशोधपूर्ण अभिव्यक्ति, क्रियाकलाप गर्ने र संसद अवरुद्ध गर्ने जस्ता क्रियाकलाप गर्नु हुँदैन ।’न्युज कारखाना
काठमाडौं, ६ चैत ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्षी दललाई चारवर्ष संसद् अवरुद्ध गरे पनि आफूहरूको संयन्त्रले भ्रष्टाचार अन्त्यका लागि काम गर्ने बताएका छन् ।
सहकारीको रकम हिनामिनामा गृहमन्त्री लामिछाने मुछिएकाले छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेको कांग्रेसले अन्यथा संसद अवरुद्ध हुने चेतावनी दिएपछि गृहमन्त्री लामिछानेको सो भनाइ सार्वजनिक भएको हो ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सहकारीको रकम हिनामिनामा गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न पर्याप्त प्रमाण रहेको दाबी गर्दै कांग्रेसले छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेको हो ।
यसपछि सोही बैठकमा सहभागी भएर बाहिरिने क्रममा उपप्रधान तथा गृहमन्त्री लामिछानेले कांग्रेसलाई चारवर्ष संसद अवरुद्ध गर्न व्यंग्य गरेका हुन् ।
अनुसन्धान प्रभावित गर्न खोज्ने कांग्रेसले नैतिकता र सुशासनको कुरा गर्न नसुहाउने भन्दै उनले भने, ‘देशमा अनियमितता गर्नेमाथि अनुसन्धान गर्दा प्रभावित पार्ने र अनुसन्धान गर्ने व्यक्तिलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकता र सुशासनको कुरा गर्न सुहाउँदैन ।’ न्युज कारखाना
काठमाडौं, ६ चैत ।
नेपाली राजनीतिज्ञमा पछिल्लो समय राजनीतिक नैतिकताको खडेरी देखिएको नेपाली कांग्रेसका नेता नैनसिंह महरले औंल्याएका छन्। प्राज्ञिक विमर्श समूहले काठमाडौंको कीर्तिपुरमा आयोजना गरेको लोकतन्त्र र नैतिकता विषयक बहसमा नेता महरले राजनीतिज्ञमा नैतिकता अहम् विषय भए पनि त्यसमा ह्रास हुने क्रम बढ्दो रहेको बताए।
‘२०१७ साल पछाडि सार्वजनिक ओहदामा रहेका व्यक्ति वा कुनै संस्थामाथि नैतिकरूपमा प्रश्न उठेको छ भने उनीहरूमाथि छानबिन हुनुपर्छ। कारबाही सिफारिसका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ,’ उनले भने। संसद्मा लामो समयदेखि उच्चस्तरीय छानबिन समितिको कुरा उठेको र जनताले पनि यो विषय उठाइरहेकोमा सांसदहरूको गैरजिम्मेवार व्यवहारका कारण समिति गठन हुन सकेको छैन।
‘देशका प्रति सांसदहरू जिम्मेवार देखिनु आवश्यक छ ।तर उच्चस्तरीय छानबिन समिति बन्न सकेको छैन। सांसद साँच्चिकै देश र जनताका प्रति जिम्मेवार छन् भने सदनमा नाटकबाजी, होहल्ला गर्नुभन्दा पनि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्छ। यसका लागि विधेयक आवश्यक परे त्यो पनि ल्याउनुपर्छ,’ उनले भने। त्यसरी गठित समितिले २०१७ साल यताका सार्वजनिक पद धारण गरेका व्यक्ति वा संस्थामध्ये नैतिकताको प्रश्न उठेका सबैमाथि अनुसन्धान गर्नुपर्ने बताए।
समाजमा भ्रष्टाचारलाई मात्र बढी प्राथमिकता दिने गरिएको बताउँदै उनले नैतिक भ्रष्टिकरण भएका व्यक्तिहरूको हर्कतले पनि देशलाई गम्भीर असर पारिरहेको उनको ठहर छ। ‘कानुन र नैतिकता अलि फरक हुन्। कानुनभित्र परेको मान्छेलाई कारबाही गर्न सकिन्छ। नैतिकता भनेको उसले पालना गर्ने आचरण हो। तै पनि व्यक्तिले गुमाएको नैतिकताका कारणले समाजमा समस्या पैदा गरिरहेको हुन्छ,’ उनले भने।
यो प्रवृत्ति सुशासन र समृद्धिको बाधक रहेको उनको भनाइ छ। नैतिकताको कमी हुँदा समाजलाई अपेक्षाकृति गतिमा अगाडि बढाउन नसकिएको उनले बताए। ‘नैतिकता हराएकै कारण नेपाललाई जुन ठाउँमा पुर्याउन सकिन्थ्यो, त्यहाँ पुगाउन सकेका छैनौं। युवाहरूले यही देशमा भविष्य देख्नुपर्थ्यो। राजनीतिक दलका नेता इमानदार हुनुपर्थ्यो। कर्मचारी इमानदार हुनुपर्थ्यो। पत्रकारले निष्पक्ष कलम चलाउनुपर्थ्यो। त्यो कम भएको देखिनु भनेको नैतिकता ह्रास हुँदै जानु हो,’ महरले भने।
संसद् जनताका प्रति जिम्मेवार हुन नसकेको महरको आरोप छ। संसद्मा पुगेर कोही भत्तामात्रै खाने र कोही सत्तामात्रै चलाउने धाउन्नमा रहेको उनले बताए। यसले जनउत्तरदायित्व नदेखिएको उनको ठहर छ।
छिटो-छिटो गठबन्धन भत्किनु र बन्नु पनि राजनीतिज्ञमा नैतिक ह्रासको प्रमाण भएको महरको भनाइ छ। यसले देशलाई ठूलो क्षति पु्ग्ने गरेको उनले बताए। नैतिकता ह्रास हुँदा गलत बाटो अवलम्बन गरिने भएकाले त्यसले मुलुक र जनताका लागि ठूलो दीर्घकालीन असर पुर्याइरहेको महरको धारणा छ।
यस्तै वर्तमान सरकारमा नै विभिन्न विवादमा मुछिएका र अनुसन्धानको दायरमा रहेका व्यक्तिहरू मन्त्री रहेकाले यसले राजनीतिक नैतिकता नदेखाउने महरले बताए। यस्ता प्रवृत्तिले जनतामा चरम निराशा बढ्ने भएकाले निष्पक्ष छानबिन हुनुपर्ने उनले बताए।न्युज कारखाना
काठमाडौं, ६ चैत ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरुले मंगलबार प्रत्यक्ष प्रश्न गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिएका छन् ।
सांसदको प्रश्न र प्रधानमन्त्री प्रचण्डले जवाफ जस्ताकाे तस्तै
सम्माननीय सभामुख महोदय,
ब्यवस्थापिका संसदप्रति कार्यपालिकाको जवाफदेहिताको विकास गर्न हामीले गरेको नयाँ अभ्यास प्रधानमन्त्रीसंग प्रत्यक्ष प्रश्नोत्तरका क्रममा माननीय सांसदहरुले उठाउनुभएका विषयहरुको जवाफ दिन म यहाँ उपस्थित भएको छु।
सम्माननीय सभामुख महोदय,
एउटा विशेष राजनीतिक परिस्थितिमा नयाँ गठबन्धनको सरकार बनेपछि सम्मानित संसदमा माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको विषयमा प्रतिपक्षी दलका माननीय सांसदहरुले उठाउनुभएको बिषय प्रष्ट पार्न जरुरी ठानेको छु।
मेरो सरकारको पहिलो प्राथमिकता नै सुशासन रहेको र सुशासन कायम गर्ने बिषयमा कुनै पनि सम्झौता नहुने मैले यस सम्मानित सदनमा विश्वासको मत लिने क्रममा र अन्य सन्दर्भमा बारम्बार व्यक्त गर्दै आएको छु । सुशासनको संकल्प लिएर मैले सरकारको नेतृत्व गरेदेखि नै ठूलाठूला भ्रष्टाचार, सुन तस्करी, जग्गा हिनामिना लगायतका काण्डहरुको छानवीन भइरहेका र यसलाई अझै प्रभावकारी बनाइँदैछ।
जहाँसम्म माननीय उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेका विषयमा प्रतिपक्षी दलहरुले कुरा उठाउनु भएको छ, हालसम्मको अनुसन्धानले उहाँ सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारी लगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा पनि उहाँ कहीँ कतै जोडिएको देखिएको छैन।
सूर्यदर्शन बचत तथा सहकारी संस्थाका एक हजारभन्दा बढी बचतकर्ताले आफ्नो रकम हिनामिना गरेको भन्दै २०८० साउन २२ गते गरेको जाहेरी दरखास्तमा कसैको नाम किटिएको थिएन। यो दरखास्तउपर प्रहरीले अनुसन्धान गरी बुझाएको प्रतिवेदनका आधारमा सहकारीको रकम हिनामिना गर्ने कार्यमा संलग्न भएको अभियोगमा १९ जनालाई प्रतिवादी कायम गरी कास्की जिल्ला अदालतमा २०८० असोज १८ गते मुद्दा दायर गरेको थियो। जुन अदालतमा अझै विचाराधीन नै छ।ती १९ जना मध्ये चार जना पक्राउ परेका छन् भने बाँकीको प्रहरीले खोजी गरिरहेको छ।
मूल उजुरी परेको ६ महिनापछि माघ १६ गते कास्की जिल्ला प्रहरी कार्यालयमा पुरक जाहेरी दिइएको थियो जसमा उहाँ समेत १८ व्यक्ति तथा कम्पनीलाई विपक्षी बनाई जाहेरी दिइएको थियो। मूल उजुरीपछि थप प्रमाणहरु भेटिएमा पुरक जाहेरी दिई अनुसन्धान गर्न सकिने प्रावधान हुन्छ।तर उक्त जाहेरीमा उहाँ सहकारी हिनामिनामा संलग्न भएको कुनै पनि आधार प्रमाण पेश गरिएको छैन। एक पटक अनुसन्धान सकिएर अदालतमा मुद्दा दायर भइसकेको मुद्दामा यस्तो आधार प्रमाण बिनाको जाहेरी पुनः दर्ता गर्न आवश्यक नै हुँदैन। त्यसैले प्रहरीले कानुन बमोजिम नै उक्त जाहेरी छुट्टै दर्ता गर्न समेत उपयुक्त ठानेन। फेरि उहाँको नाममा प्रवाह भएको भनिएको ऋण फर्छयौट भएको देखिन आएकोले उहाँको हकमा अनुसन्धान गर्नुपर्ने नदेखिएको भन्ने प्रहरीबाट ब्रिफिङ्ग भएको थियो। यो विषय उहाँ सरकारमा आउनु अघिको विषय हो। त्यतिबेलाको सरकारमा त अहिलेको प्रतिपक्ष कांग्रेस स्वयम् सहभागी थियो।
माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछानेजीको पार्टी सरकारमा सहभागी हुने चर्चा हुन थालेपछि सरकारमा सहभागी भएपछि यो विषयलाई संसदको नियमित काम कारवाही प्रभावित हुने गरी उठाउनु जायज छ या छैन भन्ने बिषय स्वयम् प्रतिपक्षी दलका माननीयज्यूहरुले बुझ्नुपर्ने हुन्छ ।
म फेरी पनि जोड दिएर भन्न चाहन्छु सुशासन कायम गर्ने सवालमा म कुनै पनि सम्झौता गर्दिनँ । यसमा आफ्नो पार्टी र अरुको पार्टी भन्ने आग्रह र पूर्वाग्रह मैले राख्दिनँ । यदि अनुसन्धानबाट केही पनि कैफियत देखिएमा उहाँलाई कारबाही गर्न कुनै पनि कुराले रोक्ने छैन।
मुद्दा बुझाइसक्दासम्म उहाँको नाममा उजुरी, निवेदन केही छैन। उजुरी पर्ना साथ राजीनामा दिने हो भने के हुन्छ के हामी उजुरी दर्ता हुना साथ राजीनामा दिने सहमति गर्न सक्छौं ? हैन, गृहमन्त्रीबाट चाहिँ हटाउ, मुद्दा प्रभावित हुन्छ भन्न खोज्नु भएको हो भने प्रभावित पार्नेले अर्को मन्त्रालयमा बसे पनि फरक पार्ला। सरकारमा बसे मात्रै पनि पार्ला। त्यसैले यो विषयलाई राजनीतिकरण नगर्न अनुरोध गर्दै म अब माननीय सांसदहरुका नियमित प्रश्नोत्तरको जवाफ दिन चाहन्छु।
प्रश्न नं १
प्रश्नकर्ताः मा गोकुल बास्कोटा
प्रश्नको व्यहोरा
मध्य पहाडी क्षेत्रका जनताको लाइफलाईनको रुपमा विकास गर्ने उद्देश्यले सञ्चालनमा रहेको मध्य पहाडी पुष्पलाल लोकमार्गको उपयोगिता बढाउन यसको पुनः रेखाङ्कन गरी दूरी छोट्याउनका लागि सुरुङ र भौतिक भायडक्ट प्रविधिको प्रयोग गरी आउदो पाँच वर्षभित्र सडकलाई डेडिकेटड डवललेनमा स्तरीन्नती गर्ने सरकारको योजना सरकारको योजना छ की छैन ?
साथै, आज विश्वका कयौं देशहरुले ब्रेन गेन गरिरहेका छन् तर नेपाल चाहि ब्रेन ड्रेन गरिरहेको अवस्थामा छ र केवल अध्ययन कै लागि हजारौ नेपाली विद्यार्थीहरु विदेश गइरहेका छन्। यो अवस्थालाई अन्त्य गर्ने उद्देश्य सहित ओली सरकारकै समयमा नेपाली विद्यार्थीहरुलाई नेपालमै उच्च गुणस्तरिय शिक्षा उपलब्ध गराउने उदेश्यले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा स्थापित मदन भण्डारी विश्व विद्यालयलाई १३ हजार ७ सय रोपनी जग्गा उपलब्ध भइसकेको पनि वर्षौ वित्यो तर यसको निर्माण कार्य अझै शुरु हुन सकेन। यसको निर्माण गरिन्छ वा गरिदैन? गरिन्छ भने यसै वर्षबाट हुन्छ वा हुँदैन? स्पष्ट जवाफ चाहन्छु।
सँग सँगै यो पनि सोध्न चाहन्छु कि काभ्रे, रामेछाप, सिन्धुपाल्चोक जिल्लाको गेम चेन्जर परियोजनाको रुपमा मानिने सुनकोशी तेस्रो जलविद्युत आयोजनामा बंगालदेशसँगको सहकार्यमा अगाडि बढेको यहाँलाई अवगतै होला। सो परियोजनको अवस्था के छ र यसको निर्माण कार्यलाई तिव्रता दिने सरकारको योजना के कस्तो छ ?
काभ्रे जिल्लाको भुम्लु गाउँ पालिकाका वडा न ७ र ८ का जनताले नापीको समस्याको कारणले ५० वर्षदेखि आजसम्म जग्गाको पूर्जा पाइरहेका छैनन् के.पी. शर्मा ओलीको सरकारको पालामा सोही ठाउँमा पुर्जा वितरण भूमि कार्यको लागि कार्यालय स्थापना गरि कामसमेत अगाडि बडेको थियो तर हाल उक्त कार्यालय किन हटाइएको हो र त्यहाका जनतालाई जग्गा धनि पुर्जा कहिलेसम्म दिइन्छ ?
प्रश्न नं १ जवाफ
माननीयज्यूले मध्यपहाडी लोकमार्ग, मदन भण्डारी विश्वविद्यालय, सुनकोशी तेस्रो जलविद्युत परियोजना र जनताले जग्गाधनी प्रमाणपत्र नपाएको विषयमा जिज्ञासा राख्नुभएको छ।
पूर्वमा पाँचथरको चिवाभञ्ज्याङ्गदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म मध्यपहाडी भु-भागलार्इ यातायात सञ्जालमा जोडी आर्थिक, सामाजिक, साँस्कृतिक, पर्यटकीय, कृषि, उर्जा, शैक्षिकलगायत समग्र क्षेत्रको विकास गर्ने मूल रणनीतिक उद्देश्यले मेरो पहिलो कार्यकालमा २०६५ फागुन २६ गते मध्यपहाडी राजमार्ग निर्माणको रेखांकन गरिएको थियो।
मध्यपहाडी राजमार्गको कुल लम्बाई १८ सय ७९ किलोमिटरमध्ये हालसम्म १२ सय ५९ किलोमिटर सडक डेडिकेटेड डबल लेनमा स्तरोन्नति भइसकेको छ भने १ सय ३७ वटा पुलमध्ये ३३ वटा पुल निर्माण सम्पन्न भइसकेको छ। राजमार्गका कतिपय स्थानमा सुरुङ् तथा अग्ला पुलहरू (viaducts) निर्माण गरी राजमार्गलाई छोटो र सुरक्षित बनाउने विषय नेपाल सरकारको प्राथमिकतामा रहेको छ। निर्माण सम्पन्न भइसकेपछि आवश्यक र सम्भव भएका बाँकी स्थानमा डेडिकेटेड डबल लेनमा स्तरोन्नति गरिनेछ।
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको दुईवटा भवन मकवानपुरको चित्लाङमा निर्माण भएको र पाँचखाल नगरपालिकामा विश्वविद्यालय अनुदान आयोगको सिफारिस समेतका आधारमा मित्रराष्ट्र चीन सरकारको सहयोगमा संरचना निर्माणका लागि प्रक्रिया अघि बढाइसकिएको जानकारी गराउँदछु।
सुनकोशी तेस्रो जलविद्युत आयोजना संयुक्तरूपमा कार्यान्वयनका लागि नेपालका तर्फबाट नेपाल विद्युत प्राधिकरण तथा बंगलादेशका तर्फबाट बंगलादेश पावर डेभलपमेन्ट बोर्डलाई लाइन एजेन्सी तोकिएको छ। दुई देशबीचको सचिवस्तरीय बैठकको निर्णयानुसार संयुक्त लगानीको कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढेको छ। आयोजनाको अध्ययन प्रतिवेदन, डिजाइन तथा ड्रइङ सम्बन्धी कागजातहरू बंगलादेश पक्षलाई उपलब्ध गराइएको छ।
काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाको बडा नं. ७ र ८ का जनताले नापीको समस्याका कारणले ५० वर्षदेखि जग्गाधनी प्रमाणपत्र पाउन नसकेको विषयमा म जानकार छु। त्यस क्षेत्रमा २०३२/३३ सालतिर नापी हुँदा फिल्डबुकमा ९० प्रतिशतसम्म दर्ता भैसक्दा पनि सिमाना विवाद लगायतका कारणले स्थानीयबाट विरोध हुँदा प्रमाणपत्र दिने काम हुन सकेको थिएन। पछिल्लो समयमा यातायात पूर्वाधार निर्माण, अनौपचारिक रूपमा जग्गाको स्वामित्व हस्तान्तरण लगायतका कारणले साविकमा नापजाँच हुँदा र अहिलेको अवस्थामा फरक हुन आएको कारण दर्तामा समस्या देखिएको छ। तयार भएका जग्गाधनी प्रमाणपत्र वितरण गर्न तथा बाँकी काम शीघ्र सम्पन्न गर्न निर्देशन दिइसकेको सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु।
प्रश्न नं २
प्रश्नकर्ताः मा. चन्द्र बहादुर विश्वकर्मा
प्रश्नको व्यहोरा
२०७४ साल देखि २०७८ सालमा सम्पन्न हुनेगरी सम्झौता भएको राप्तीराजमार्ग अन्तर्गत रुकुम पश्चिमखण्ड अन्तर्गत पितिवाङ्ग खोलाको सडक पुल, २०७७, सालमा सम्पन्न हुनेगरी जाजरकोट नलगाड नगरपालिका १० रम्दा र रुकुम पश्चिम आठविसकोट नगरपालिका ३ खदी जोड्ने सडक पुल २०६९ देखि २०७२ सालमा सम्पन्न हुनेगरी सम्झौता भएको मध्य पहाडी लोकमार्ग अन्तर्गत जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरीनदीको सडक पुल नबन्दा जनताले दुख त पाइरहेकै छन्, आशैआशाको छटपटी त छ नै उल्टै ठेकादारहरुले मजदुरको ज्याला, होटेलको र दोकानको रासनको रकम समेत नदिई बेपत्ता समेत भई जनतालाई थप पीडा थपिएको अवस्था छ। यी निर्माण कार्यहरु समयमा सम्पन्न नभई अलपत्र हुनुमा के कति कारण हो? यसमा सरकार किन मौन रहेको छ? स्पष्ट जानकारी सहित निर्माण कार्य छिटो सम्पन्नको लागि माग गर्दछु। साथै रुकुम पश्चिमको चौरजहारीमा हवाई उडान २०७५ देखि किन बन्द भएको हो र कहिले देखि संचालन हुन्छ ?
उपेक्षित उत्पीडित दलित वर्ग उत्थान विकास समिति, वादी विकास समिति र पिछडा वर्ग उत्थान विकास समिति २०७५ सालदेखि सरकारले किन कोमामा राखेको छ ? यी विकास समितिले नेतृत्व गर्ने समुदायको विकास अन्य समुदाय सरह विकास नभएकोले अब यी संस्थाहरु आवश्यकता नभएको ठहर गरी कोमामा राखेको हो ? वा लोकतन्त्रले जन्माएका संस्थाहरुलाई गणतन्त्रले उखेल्नुपर्ने बाध्यता हो। स्पष्ट जानकारीको लागि अनुरोध गर्दछु।
प्रश्न नं २ जवाफ
जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी नदी पुल वि सं २०६९ मा सम्झौता भई निर्माण सुरु भएकोमा विभिन्न कारणवस निर्माण व्यवसायीले कार्य अधुरो छाडेकाले यही आर्थिक वर्षमा ठेक्का अन्त्य गरी नयाँ ठेक्का आह्वान गरिएको तर कुनै पनि निर्माण व्यवसायीको प्राविधिक प्रस्ताव स्वीकृत नभएकाले ठेक्का कार्य अगाडि बढाउन नसकिएको हो।यसमा यही चैत्र महिनाभित्र अर्को ठेक्काको सूचना प्रकाशित गर्ने गरी तयारी भईरहेको छ। पितिबाङ खोला पुल समयमा नै निर्माण नगरिएपछि ठेक्का तोड्न सूचना जारी गरिएकोमा सम्बन्धित निर्माण व्यवसायी सम्पर्कमा आएको र काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको व्यहोरा जानकारी गराउँछु।
रूकुम पश्चिमको चौरजहारी विमानस्थल सुचारु गर्न आवश्यक प्रबन्ध गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकार प्रयत्नशील छ।
माननीयज्यूले उल्लेख्य गर्नुभएका उपेक्षित, उत्पिडित, दलित वर्ग उत्थान विकास समिति, वादी विकास समिति र पिछडा वर्ग उत्थान विकास समितिका समस्याका बारेमा सरकार जानकार छ। सामाजिक, सांस्कृतिक, राजनीतिक तथा आर्थिकरुपमा ऐतिहासिक विभेदमा परेका दलित लगायतका समुदायको संविधानप्रदत्त अधिकारको रक्षा गर्ने विषयलाई अत्यन्तै गम्भीरताका साथ लिएको छ। दलित क्षेत्रमा क्रियाशील नागरिक संघसंस्था, नागरिक अगुवा तथा राष्ट्रिय दलित आयोग लगायतका निकायसँगको परामर्शमा दलित विकास प्राधिकरण स्थापना गर्न सरकारले पहल गर्ने विषयमा यसअघि नै सम्मानित सदनलाई जानकारी गराएको स्मरण गराउन चाहन्छु।
प्रश्न नं ३
प्रश्नकर्ताः मा गंगा प्रसाद यादव
प्रश्नको व्यहोरा
राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको बजेट कटौतीका कारण तराई मधेश मरुभूमिमा परिणत भइरहेको छ। तराई मधेशलाई मरुभूमिकरणबाट जोगाउन आगामी योजना के छ ? तराई मधेश समृद्धि कार्यक्रम तथा सघन शहरी कार्यक्रममा रकम घटाइएको छ, हुलाकी सडक लगायत तराई मधेश विकासका आयोजनाहरुमा बजेट कटौती गरी तराई मधेशको विकासमा सरकार किन उदासीन देखिएको छ?
प्रधानमन्त्रीज्यू मधेशको मूल समस्या दहेज, विभेद, कुशासन र विकास निर्माणमा राज्यबाट हुँदै आएको असमानता, शिक्षा, स्वास्थ्यमा व्यापारीकरण विभिन्न क्षेत्रमा रहेको सिन्डिकेटलाई हटाउन तेस्रो पटक प्रधानमन्त्री भईरहँदा भुइँमान्छेको मुक्तिको लागि लामो संघर्ष गर्नुभएको तपाईंबाट दुई पटक प्रधानमन्त्री हुँदा केही परिवर्तन हुन नसकेको अवस्थामा अब परिवर्तनको आशा गर्ने तपाईंसँग के कस्ता नीति र कार्यक्रम छन् जनताले बुझ्ने भाषामा बताई दिनु हुन्छ कि?
उत्तर
चुरे-तराई-मधेशको संरक्षण तथा व्यवस्थापन एवं मरूभूमिकरण नियन्त्रणका लागि २०७१ सालमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति गठन गरी राष्ट्रिय गौरवको आयोजनाको रूपमा सञ्चालन भइरहको अवगत नै छ। यस कार्यक्रमलाई अझै प्रभावकारी बनाउन चुरे संरक्षण तथा व्यवस्थापन गुरूयोजना परिमार्जन भई स्वीकृतिको प्रक्रियामा रहेको छ। आवश्यकता र प्राथमिकताको आधारमा तीनै तहका सरकारका चालु आर्थिक वर्षको बजेट नघट्ने गरी सम्बोधन गर्न नीतिगत व्यवस्था गरिएको छ।
यसका साथै चुरे क्षेत्रको संरक्षण र व्यवस्थापनमा जलवायु वित्त परिचालन गरी संचालन भईरहेको चुरे उत्थानशीलता आयोजनालाई अझै सशक्त बनाइनेछ। चुरे क्षेत्रमा १ करोड बाँस रोपणका लागि अन्तर्राष्ट्रिय विकास साझेदारसँग समन्वय गरी विस्तृत प्रस्ताव तयारीको चरणमा छ।चुरे तराई मधेश क्षेत्रको संरक्षणमार्फत् तराई मधेशको मरूभूमिकरण हुनबाट बचाउन चुरेको माथिल्लो तटीय क्षेत्रमा संरक्षण गतिविधिलाई प्राथमिकता दिनेगरी कार्य भइरहेको छ। चुरे क्षेत्रबाट गिटी बालुवाको उत्खननलाई व्यवस्थित गर्न एवं चुरे संरक्षणका लागि एकीकृत ऐन तर्जुमा गर्न मन्त्रिपरिषदबाट सैद्धान्तिक सहमति प्रदान भइसकेको छ।
काठमाडौँ-तराई-मधेश द्रूतमार्ग प्रमुख प्राथमिकताका साथ निर्माण भैरहेको माननीय सदस्यज्यूहरूलाई अवगत नै छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत तराई मधेशको विकासका लागि नेपाल-भारत सीमा वारपार रेल, पूर्व पश्चिम राजमार्गदेखि सीमा शहरहरूसम्म ६ लेन सडक निर्माण, पूर्व पश्चिम र उत्तर दक्षिण तथा हुलाकी राजमार्ग लगायतका विकास आयोजना सञ्चालन भइरहेका छन्।
हुलाकी राजमार्गको निर्माणमा स्रोत साधनको अभाव हुन नदिई यस राजमार्गको बाँकी पुल तथा सडक खण्डको निर्माण सम्पन्न गर्न सरकार प्रतिबद्ध छ।
मधेशका जनताले भोग्नुपरेका समस्याका बारेमा सरकार गम्भीर छ। सरकारले मधेसका जनतालाई सामाजिक न्यायको प्रत्याभूति दिन मिटरब्याज लगायतका सामन्ती शोषणका कैयन जालोहरु भत्काउँदै गएको यहाँलाई अवगत नै छ। दहेज, सामाजिक विभेदलगायतका कैयन शोषणका स्वरुपहरु अन्त्य गरी मधेसी जनतालाई न्याय दिन, शिक्षा र स्वास्थ्यमा पहुँच कायम गर्न तथा रोजगारी र जीविकोपार्जन सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको छ। आगामी नीति, कार्यक्रम तथा बजेटमा यी विषयहरुलाई प्राथमिकताका साथ सम्बोधन गरिनेछ।
प्रश्न नं ४
प्रश्नकर्ताः मा. डा. चन्दा कार्की भण्डारी
प्रश्नको व्यहोरा
मैले यो प्रश्न सवाल जबाफ गर्नको लागि मात्रै गरेको हैन, सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण भएपछि यो जनमूखि कामले पक्कैपनि गति लिन्छ भनेर यो प्रश्न राखेको हुँ।
संविधानको धारा ३५ ले स्वास्थ्य सम्बन्धी हकलाई मौलिक हक अन्तर्गत राखेको छ र प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने तथा स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ भनेको छ।यो मौलिक हकको प्रत्याभूति आम नागरिकलाई गराउने उपयुक्त माध्यम स्वास्थ्य वीमा कार्यक्रम नै हो भन्ने कुरामा दुईमत छैन। वर्तमान संविधानको धारा ५१(ज) मा नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीति अन्तर्गत नागरिकको स्वास्थ्य वीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने भन्ने प्रष्ट उल्लेख छ। सरकारले स्वास्थ्य वीमा कार्यक्रम लागु गरेको साढ़े सात वर्ष भइसकेको छ तरपनि हाम्रो स्वास्थ्य वीमा कार्यक्रम प्रभावकारी बन्न सकेको छैन। देशभरमा ४३.१४ प्रतिशतमा मात्रै वीमाको पहुँच पुगेको छ भने मधेश प्रदेशमा त ८.६१ प्रतिशत नागरिकले मात्रै वीमाको सेवा पाएको चित्त दुख्दो तथ्यांक छ। कर्णाली र सुदुर पश्चिममा पनि वीमाको पहुँच ज्यादै कम देखिन्छ। यसको कार्यान्वयनमा भएको यस्तो कमजोरीको कारण के होला, प्रधान मन्त्री ज्यू ?
बिमितहरूका लागि गुणस्तरीय स्वास्थ्य सेवा, तोकिएका औषधिको उपलब्धता र उपचार प्रक्रिया सरल नभएर हो कि? स्वास्थ्य संस्था पहुँचमा नहुँदा योगदान प्रिमियम बुझाउनुको औचित्य नभएको भएर हो कि?अस्पतालहरूलाई बिमितको औषधि उपचार खर्चबापतको भुक्तानी वीमा बोर्डले समयमा नदिएर हो?
निजिक्षेत्रको अस्पताल र मेडिकल कलेजहरुलाई संलग्न नगराएर हो कि?
स्वास्थ्य वीमा बोर्डमा आवश्यक दक्ष जनशक्ति नभएर हो कि?
स्थानिय तहमा विमा ज्ञान् सम्बन्धी अन्तर्कीया गर्न नसकेर हो कि?
प्रधानमन्त्री ज्यू अब सरकारले जनतामा कसरी स्वास्थ्य वीमाको पहुँच बढ़ाउने हो र वीमाका आधारमा सन् २०३० सम्ममा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्न लिएको लक्ष्य कसरी पूरा गर्ने हो ?
उत्तरः
माननीयज्यूले स्वास्थ्य वीमालाई प्रभावकारी बनाउने विषयमा सान्दर्भिक जिज्ञासा राख्नुभएको छ। नागरिकहरूको स्वास्थ्य उपचारका क्रममा हुने वित्तीय जोखिम कम गर्न स्वास्थ्य बीमा बोर्डमार्फत् सामाजिक स्वास्थ्य वीमा कार्यक्रम संचालनमा रहेको छ। हालसम्म ३३ दशमलब २ प्रतिशत घर परिवार तथा २४ दशमलब ७ प्रतिशत जनसंख्या स्वास्थ्य वीमाको दायरामा आएका र ७५१ पालिकासम्म स्वास्थ्य वीमाको पहुँच पुगेको छ।
तोकिएका औषधिको उपलब्धता र उपचार प्रक्रिया सरल बनाउन २०८१ वैशाख १ देखि लागु हुनेगरी छुट्टै रिफिल काउन्टरको व्यवस्था गरी औषधि वितरण गर्ने तथा ज्येष्ठ नागरिकलाई सबै सेवा प्रदायक अस्पतालहरुबाट प्रत्येक मङ्गलबार जेरियाट्रिक क्लिनिक मार्फत सेवा दिने व्यवस्था गरिएको छ। यसैगरी, आधारभूत अस्पतालहरुबाट वीमा सेवा सुरु गर्ने र निजी तथा सामुदायिक अस्पतालहरुलाई समेत सुचिकृत गरी सेवा विस्तार गर्ने तयारी गरिँदैछ।
बिमितको औषधिउपचार खर्च बापतको भुक्तानी अस्पतालहरूलाई समयमै शोधभर्ना गर्न थप जनशक्तिको व्यवस्था गरी हरेक दुई महिनामा शोधभर्ना हुने व्यवस्था गरिएको छ। स्वास्थ्य वीमा बोर्डको स्थायी संगठन संरचना स्वीकृतिको प्रक्रियामा रहेको छ। दक्ष जनशक्ति व्यवस्थापनका लागि १ सय ५५ जना जनशक्ति पदपूर्तिको प्रक्रिया अगाडि बढाइएको छ।
स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधान गर्नका लागि अनलाइन सदस्यता तथा नवीकरणसँगै बीमा सक्रिय हुने व्यवस्थासहित स्वास्थ्य वीमा नियमावली संशोधनको प्रक्रियामा रहेको छ। यसैगरी २५ जिल्लामा २०७४ सालमा वितरण भएका गरिब परिचय पत्रको म्याद थप गर्ने र बाँकी जिल्लामा पनि यसलाई विस्तार गर्दै सरकारले अति गरिब नागरिकको प्रिमियमको व्यवस्था गरि वीमा गर्ने बिषयमा गृहकार्य भइरहेको छ। त्यसैगरी नागरिकता, जग्गा पास लगायतका सामाजिक सेवाको क्रममा स्वास्थ्य वीमा परिचय पत्र अनिबार्य गर्ने, बैदेशिक रोजगारीमा जानेहरुको परिवारको अनिबार्य वीमा, आम्दानी अनुसारको प्रिमियमको आधारमा सबै कर्मचारी, शिक्षक, जनप्रतिनिधिहरुको अनिबार्य वीमा गर्ने लगायत सबै प्रकारका स्वास्थ्य सुरक्षाका कार्यक्रमहरुलाई स्वास्थ्य वीमा मार्फत एकीकृत गर्ने र स्वास्थ्य वीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियानको रुपमा घोषणा गर्ने लगायतका विषयमा सरकारले गृहकार्य गरिरहेको छ।
प्रश्न ५
प्रश्नकर्ताः मा. डा चन्द्रकान्त भण्डारी
प्रश्नको व्यहोरा
देशमा आमूल परिवर्तन गरी नयाँ नेपाल बनाउने नाराका साथ वि.स. २०५१ सालदेखि दश वर्षसम्म तपाईंको नेतृत्वमा नेपालमा भएको शसस्त्र द्वन्द्वमा जनधनको ठूलो क्षति भयो। शान्ति प्रकृयासँगै नयाँ संविधान निर्माण भयो। जनताले तपाईंबाट ठूलो आशा पनि राखेका थिए। तर आज अझ बढी गरिबी, अराजकता, कुशासन बढिरहेको छ। तपाईँको अनुभवमा यसको समाधानको उपाय के हो? देशमा देखा परेका यस्ता तमाम समस्याहरु समाधान गर्न तपाईंको के योजना छ?
नेपालमा वर्षमा झण्डै पचास-साठी हजार व्यक्तिहरु जलनबाट पीडित हुने गरेका छन्। जलनको उपचार अत्यन्त खर्चिलो र पीडादायी हुन्छ। नेपालमा यसको उपचारको लागि आधुनिक अस्पतालको अभाव रहेको छ। गरिबीका कारण विदेशमा उपचार गराउन नसक्ने कैँयौँ व्यक्तिहरुले मृत्युवरण गर्नु परिरहेको छ। जलनको उपचारको लागि अस्पताल निर्माण गर्न नेपाल स्वास्थ्य सरकारले २०७९ फागुनमा निर्णय पनि गरेको थियो तर हालसम्म कार्यान्वय हुन सकेको छैन। यो निर्णयलाई कार्यान्वयन गर्न जलन अस्पताल निर्माणका लागि शिलान्यासको काम कहिले हुन्छ? जानकारी दिनु हुन्छ कि?
उत्तर
माननीयज्यूले अत्यन्तै महत्वपूर्ण प्रश्न गर्नुभएको छ। मैले यस सम्मानित सदनसमक्ष विश्वासको मत लिने क्रममा समेत यसबारेमा आफ्ना धारणा राखिसकेको छ। मेरो नेतृत्वको सरकारको मुख्य कार्यभार र प्राथमिकता नै सामाजिक न्यायको प्रत्याभूति गर्दै सुशासन कायम गर्ने, समृद्ध नेपालको निर्माण गर्ने र संविधानले परिकल्पना गरेअनुरुप समाजवादउन्मुख व्यवस्था निर्माणको आधार तयार पार्ने हो। हालसम्म प्राप्त उपलब्धिहरुको रक्षा गरेर मात्र संविधानले परिकल्पना गरे अनुरुप लक्ष्य पुरा गर्न सकिन्छ भन्ने मेरो धारणा छ। तर, अहिलेकै परम्परागत कार्यशैली, परम्परागत सोँच, चिन्तन र प्रणालीबाट सोच अनुरुप लक्ष्य हासिल हुन नसक्नेमा म पुनः जोड दिन चाहन्छु। यही मुख्य राजनीतिक तथा वैचारिक आधारमा सरकारको नेतृत्व लिएदेखि नै सुशासन कायम गर्न सरकार हरदम् प्रयासरत् छ। इतिहासमा नै ठूला ठूला भ्रष्टाचारका काण्डहरु अनुसन्धान भएका छन्। सुशासनको नयाँ र ऐतिहासिक मानकहरु स्थापित भएका छन् । यसैगरी गरिबीको अन्त्य गर्न, सामाजिक निराशालाई चिर्न आर्थिक प्रणाली तथा जनतालाई प्रत्यक्ष प्रत्याभूति हुने किसिमले सामाजिक सुरक्षा, रोजगार लगायतका कतिपय कार्यहरु अघि बढेका यहाँहरुलाई अवगत नै छ। सरकारले यसलाई अझै प्रभावकारी ढंगले अगाडि बढाउनेछ भन्ने विश्वास दिलाउन चाहन्छु।
माननीयज्यूले जलन उपचार अस्पतालको सम्बन्धमा सान्दर्भिक जिज्ञासा राख्नुभएको छ। किर्तिपुरको बर्न अस्पताललाई जलनको प्रमुख अस्पतालका रूपमा बिस्तार गर्न सरकारबाट अनुदान दिने प्रक्रिया अघि बढेको छ। बर्न अस्पताल विस्तार गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन सम्बन्धमा कीर्तिपुरको बर्न अस्पतालका अतिरिक्त वीर अस्पताल, शिक्षण अस्पताल र पाटन अस्पतालमा जलन युनिट स्थापना गरी सेवा विस्तार गरिँदैछ। प्रदेशमा रहेका केन्द्रीय अस्पतालहरूमा समेत जलन युनिट स्थापना गरी मध्यम प्रकारका जलनको त्यहीँ उपचार गर्ने र कडा किसिमका लागि रेफरल गर्ने व्यवस्था मिलाइनेछ। स्वास्थ्यकर्मीहरूलाई जलनको प्राथमिक उपचारको तालिमको व्यवस्था सुरू गरी प्राथमिक उपचार र सम्बन्धित ठाउँमा समयमै प्रेषण गर्ने व्यवस्था मिलाउने र समन्वय गर्ने काम पनि भइरहेको म यस सम्मानित सदनसमक्ष जानकारी गराउन चाहन्छु।
प्रश्न नं ६
प्रश्नकर्ताः मा चन्दा चौधरी
प्रश्नको व्यहोरा
सन् 2016 मा चिनियाँ एक्जिम बैँकसँग 22 अर्ब ऋण लिएर बनाइएको पोखरा अन्तराष्ट्रिय विमानस्थलको अहिले ऋण 28 अर्ब पुगिसकेको छ र अबको १३ वर्षमा चिनियाँ बैँकलाई सबै सावा ब्याज तिर्न भनी शर्त राखिएको छ। उक्त विमानस्थल बनाउन मात्र हाम्रो आन्तरिक स्रोत जग्गा अधिग्रहणको लागि ९ अर्ब भन्दा बढी खर्च भएको छ। यसरी ऋण सहित लगभग 32-33 अर्बमा बनेको अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको १४ महिनासम्म पनि कुनै अन्तराष्ट्रिय व्यवसायिक उडान नहुनु हाम्रो लागि कतै यो संरचना ऋणपासो त बनिरहेको छैन? उक्त विमानस्थल सम्माननीय प्रधानमन्त्रीज्यूले नै आज भन्दा १४ महिना अघि उद्घाटन गर्नु भएको थियो र चिनियाँ एम्बेसेडरले उक्त कार्यक्रममा पोखरा अन्तराष्ट्रिय विमानस्थल उहाँहरूको बेल्ट एण्ड रोडको उपहार हो भनेर सार्वजनिक रुपमा भन्नु भएको थियो। एक वर्ष बित्दा चिनियाँ बैँकलाई नै तिर्नुपर्ने सावाँ ब्याज बढेर हामीले धान्न नसक्ने परियोजनालाई चीनले नै आफ्नो उपहार भनेर भन्ने भनेको हामीले ऋण गरेर हामी अर्थतन्त्रले धान्नै नसक्ने परियोजनाहरु सञ्चालन गर्नुपर्ने हो (प्रधानमन्त्रीज्यू एक वर्ष मा ४ ओटा चार्टर्ड फ्लाइट र त्यहीबाट फर्किदा एउटा व्यवसायिक उडानन भरेर पोखरा अन्तराष्ट्रिय विमानस्थले उक्त 30 अर्ब भन्दा बढी अबको 13 वर्षमा कसरी तिर्न सक्छ उक्त विभानस्थलले सो ऋण आफै तिर्न सक्ने गरी सक्षम बनाउनको लागि तपाइले के योजना बनाउनुभएको छ ?
उत्तरः
पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन तथा व्यवस्थापनका लागि सार्वजनिक निजी साझेदारी (PPP) को आधार तयार गर्न समिति गठन भई कार्य भइरहेको छ। समितिको प्रतिवेदनका आधारमा विमानस्थल सञ्चालन तथा अन्तर्राष्ट्रिय उडानका बारेमा आवश्यक व्यवस्था मिलाइनेछ। पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि लिइएको ऋणलाई अनुदानका रुपमा रुपान्तरण गर्न कूटनीतिक पहल गरिएको छ। यससँग जोडिएका वित्तीय व्यवस्थापनका विषयमा आवश्यक समन्वय गरिनेछ। पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएसँगै यस विमानस्थलबाट देशका विभिन्न क्षेत्रीय विमानस्थल र अन्य विमानस्थलमा समेत हवाई सेवा सञ्चालन गरी आन्तरिक पर्यटनको विकास गर्ने कार्य सरकारको प्राथमिकतामा छ।
प्रश्न नं ७
प्रश्नकर्ताः मा. छिरिङ डुम्डुल लामा भोटे
प्रश्नको व्यहोरा
नेपालको ७७ औँ जिल्लामध्ये आजसम्म पनि राष्ट्रिय सडक र राष्ट्रिय प्रसारण लाइन सम्माननीय प्रधानमन्त्रीज्यूको पालामा जोड्न सक्छ सक्दैन सकिन्छ भने हुम्ली जनताले आशामा बस्दा हुन्छ?
कर्णाली करिडोर मृत्युमार्गबाट जीवनमार्गमा रुपान्तरण उत्तर-दक्षिण जोड्ने हजुरकै पालामा के-के गर्ने भनेर सोच्नु भएको छ?
कर्णाली करिडोर अन्तर्गत खुलालु-सल्ली सल्ला खण्डको रु. ४ अर्ब ५३ करोड पहिलेको भौतिक मन्त्री र राष्ट्रिय योजना आयोगबाट अर्थ मन्त्रालयमा गएको तर पूर्व अर्थमन्त्रीज्यूले रोकेको यो बहुवर्षीय ठेक्कका सम्माननीय प्रधानमन्त्रीज्यू न अहिलेको अर्थ मन्त्री, अर्थ सचिवज्यूले सहमत दिनुहुन्छ ? यदि बहुवर्षीय ठेक्काको सहमति दिन्छ भने कहिले र कति दिनमा काम टुङ्गिन्छ?
अन्त्यमा हुम्ला जिल्लाको सदरमुकाम सिमिकोटमा राष्ट्रिय सडक र राष्ट्रिय प्रशारण लाइन कहिले पुग्छ ? हुम्ली जनतालाई निशुल्क स्वास्थ्य शिक्षा र समग्र सहुलियता तपाइको पालामा के कति पहल गर्नुभएको छ?
अबको बजेटमा हुम्लाले समान वितरण गर्न पाउने छ भन्ने आशा गर्न सक्छु?
उत्तरः
हुम्ला जिल्लाको सदरमुकाम सिमकोटलाई चालु आर्थिक वर्षभित्रै राष्ट्रिय सडक सञ्जालसँग जोड्ने गरी नेपाली सेना र सडक विभाग अन्तर्गत काम भैरहेको छ। कर्णाली करिडोर र कर्णाली राजमार्ग समेतको सडकको अवस्था सुधार गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ। कर्णाली करिडोरतर्फ सिमकोटमा र पिलिचौरमा दुईवटा योजना कार्यालय स्थापना गरी काम भइरहेको छ। कर्णाली राजमार्गतर्फ सडक डिभिजन, सुर्खेत र जुम्लाबाट काम भइरहेको छ। खुलालु-सलिसल्ला खण्डको सुधारका लागि बहुवर्षीय योजना ठेक्का गरिने र आगामी आर्थिक वर्षको बजेटमा समेत कर्णाली करिडोरलाई प्राथमिकतामा राखिनेछ।
कर्णाली प्रदेशका डोल्पा, जुम्ला, मुगु, तथा हुम्ला जिल्लामा विद्युतीकरण विस्तारका लागि गत आर्थिक वर्षमा नै ठेक्का व्यवस्था भएको र डिजाइन ड्रइंग स्वीकृति भइसकेको छ। जुम्ला सदरमुकामसम्म ३३ के भी प्रशारणलाइन बिस्तार भएको र जुम्लाबाट मुगु सदरमुकाम तथा मुगु सदरमुकामबाट हुम्ला जिल्ला सदरमुकाम तथा अन्य स्थानमा समेत विद्युतीकरण गर्न ठेक्का सम्झौता गरिएको छ। निर्माण व्यवसायीबाट आगामी २ वर्षभित्रमा ३३ केभी क्षमताको प्रशारण लाइन निर्माण सम्पन्न गरी विद्युतीकरण विस्तार गर्ने योजना रहेको व्यहोरा म यस सदन समक्ष जानकारी गराउँछु। हुम्लालगायत पूर्वाधारका दृष्टिले पछाडि परेका कर्णालीका जिल्लाहरुको समग्र पूर्वाधार तथा सामाजिक विकासको विषय सरकारको उच्च प्राथमिकतामा रहेको छ।
प्रश्न नं ८
प्रश्नकर्ताः मा जनार्दन शर्मा
प्रश्नको व्यहोरा
संघीयतालाई प्रभावकारी बनाउन आवश्यक कानुन निर्माण कार्यमा ढिलाई भईरहेको अवस्था एकातिर छ भने अर्कोतिर सरकारले निर्णय गरी तत्काल कार्यान्वयन गर्नसक्ने कुराहरु पनि कार्यान्वयन हुन नसक्नुको कारण के हो ? जस्तै,
१ प्रदेश प्रहरी समायोजनको काम बारे आलटाल गर्नुको कारण के हो ?
२. जाजरकोट, बझाङ र डोटीमा गएको भूकम्पले गरेको क्षतिको पुनर्निमाणका कामहरु कुन मितिबाट प्रारम्भ गर्ने योजना छ ? प्रष्ट पारिदिनु भए आभारी हुने थिए।
उत्तरः ८
संघीयता कार्यान्वयन गर्न आवश्यक ऐन निर्माणका लागि राष्ट्रियसभाको विधायन समिति र संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले दिएको सुझाव कार्यान्वयन गर्ने विषय सरकारको उच्च प्राथमिकतामा छ। यस अनुरुप निजामती कर्मचारीसँग सम्बन्धित ऐन लगायत कतिपय ऐनहरु मस्यौदा तयार भई सम्मानित सदनमा प्रवेश भइसकेका छन् र कतिपय मस्यौदाको चरणमा रहेका छन् ।
नेपाल प्रहरीको सञ्चालन र व्यवस्थापनलाई समयानुकूल बनाउन र प्रहरी समायोजनलाई व्यवस्थित गर्न नेपाल प्रहरी ऐन २०१२ लाई प्रतिस्थापन गर्ने विधेयक, प्रहरी समायोजन ऐन २०७६ लाई संशोधन गर्ने विधेयक र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) ऐन २०७६ लाई संशोधन गर्ने विधेयक संसदको यसै अधिवेशनमा पेश गर्नेगरी तयार गरिएको छ। सम्मानित सदनबाट कानुन पारित भएलगत्तै प्रहरी समायोजनको काम तुरुन्त अघि बढाइने गरी समायोजनको तयारी कार्य भैरहेको छ।
जाजरकोट, बझाङ र डोटीमा भूकम्पपछिको पुनर्निर्माणका सन्दर्भमा विपद् प्रभावित निजी आवास प्रवलीकरण, पुननिर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि, २०८० का आधारमा भूकम्पबाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणको कार्यलार्इ दिने बिषय सरकारको उच्च प्राथमिकतामा छ।यो कार्य शीघ्र प्रारम्भ गरिनेछ।
प्रश्न नं ९
प्रश्नकर्ताः मा छविलाल विश्वकर्मा
प्रश्नको व्यहोरा
मैले प्रतिनिधित्व गर्ने रूपन्देही निर्वाचन क्षेत्र नम्बर १ समेतका नेपाली जनताका तर्फबाट निम्न प्रश्नहरूको जवाफ गर्दछु। आज पनि यो देशमा लाखौँ लाख जनता भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी छन्। देशको संविधानले मौलिक हकका रुपमा यिनको अधिकारलाई सुनिश्चित गरेको छ। भूमिहीन दलितको हकमा सोको कार्यान्वयन गर्न कानून समेत बनेको छ। कतिलाई ३ वर्ष भित्र जग्गा उपलब्ध गराउने भनेको छ। त्यो ३ वर्ष कहिले आउँछ सरकार? यस प्रकार वर्षौँ वर्ष जमिन भोग गरेका तर आफ्नो नाममा केही नभएका, राष्ट्रिय आवास कम्पनीको आलटालले पिडित यी अव्यवस्थित बसोवासीको कहिले सम्बोधन हुन्छ सरकार? पुस्ता दर पुस्ता सुकुम्वासी हुन वाध्य यी जनतालाई लालपुर्जा चाहियो सरकार। आश्वासन चाहिएन, पुग्यो।
हामी भन्दै छौँ, व्यवस्था बदल्यौँ अब जनताको अवस्था बदल्छौँ, यो संविधानको मुख्य विशेषता संघीयता, लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशीता र धर्म निरपेक्षता हुन भन्नेमा दुविधा छैन। तर १४ प्रतिशत जनताको प्रतिनिधित्व कता खोज्ने हो? संविधानको कार्यान्वयन कसले गर्ने हो? स्वयम् प्रधानमन्त्रीज्यूको मन्त्रिपरिषद्को भित्र यी किन समेटिन सकेनन्? प्रदेश सरकार, देखिका राज्यका सबैजसो क्षेत्रमा किन वञ्चित गरियो? देशको संविधान उल्लंघन अधिकार तपाईलाई कस्ले दियो सम्माननीय प्रधानमन्त्रीज्यू? हरेक पाईला पाईलामा जातपात र छुवाछुतको भेदभाव अन्यायमा पारिएका, हेपिएका तर आफ्नो कला, सिप र श्रमले सिंगो समाजको सेवा गर्दै आएका यी दलित जनताले मानव कहिले पाउने? परम्परागत कला र सिपले प्रोत्साहन कहिले पाउने? जवाफ चाहियो सरकार। हाम्रो दक्षिण तर्फ छिमेकी देश भारत सँग १८०० किमी खुला सिमा छ। सिमानामा माटोको रक्षा गरेर बसेका नेपाली बिना पोशाकका सिपाही हुन्, रक्षक हुन् तर ति सताईएका छन्। गरिबीको मारमा तिनै छन्। पारीको पुलिस प्रशासनले बहानामा दु:ख दिएको छ, वारीकाले पनि कम दु:ख दिएको छैन। सीमावर्ती जनताको सुरक्षा, विकास पूर्वाधार देखि जीवनमा बदलाव ल्याउने सरकारको के योजना छ? महामावन गौतम बुद्धको जन्मस्थान लुम्बिनीको वृहत्तर विकासको गुरु योजनाले कहिले मूर्तता पाउँछ? बुद्धको मावलीदेखि बुद्धकालीन प्राकृतिक सम्पदा रोहिणी नदीको संरक्षण र करिडोर सहितको विकासको पहलमा सरकारले ध्यान नदिँदा पर्यटकले त्यससमययको रोहिणी नदी खोज्ने तर हामीले विद्रुप नदी देखाउनु पर्ने स्थिति महिले अन्त्य गर्ने? सम्माननीयज्यू, हरेक परिवर्तनका लागि योगदान दिने (पछिल्लो बेला खासमा लोकतन्त्र गणतन्त्रको लागि) लाखौँ प्रवासी नेपाली सम्पन्न भएपछि कहिल्यै राज्यबाट स्नेह पाएनन्। समस्याको समाधान भएन। उनीहरु भन्छन् खोलो तर्यो लौरो बिस्यौँ। रोजगारी शिलशिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशीलाई ईजरायली विद्रोही पक्ष हमासले कब्जामा लिई हालसम्म पनि बनाएको छ। उनको अवस्था के छ? जवाफ पाउँ।
उत्तरः ९
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या सम्बोधन गर्न गठित राष्ट्रिय भूमि आयोगबाट हालसम्म ५ हजार तीनसय परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको र ७ सय २८ स्थानीय तहसँग आयोगले सम्झौता गरिसकेको छ। हालसम्म १४ लाख ३६ हजार ४ सय भन्दा बढी निवेदनहरु संकलन भएकोमा १० लाख ४७ हजार एक सय २२ निवेदन कम्प्युटरमा प्रविष्टी गरिसकिएको छ। आयोगका कार्यहरुलार्इ प्रभावकारी बनाउन वन ऐन र भूमि सम्बन्धी ऐन संशोधनको प्रक्रिया अघि बढाइएको र कानुन संशोधन संगै हालसम्म नापजाँच र नक्सांकन भइसकेका २ लाख ४३ हजार ५ सय ६१ कित्ता तत्काल उपलव्ध गराउने तयारी आयोगले गरेको छ।
राष्ट्रिय आवास विकास कम्पनीमार्फत देशका विभिन्न स्थानका आफ्नो स्वामित्व वा भोगाधिकार रहेको फुटकरतर्फ ३ हजार ४३ बिघा ४ कट्ठा २ धुर र जग्गाधनी प्रमाणपत्र भएको १७२ विघा ४ कट्ठा ८ धुर गरी कुल ३२ सय १५ बिघा ८ कट्ठा १० धुर जग्गामा साविकको पुनर्वास कार्यक्रम अन्तर्गत तत् तत् स्थानमा बसोबास गरिरहेका स्वबासीहरूलाई घडेरी उपलब्ध गराउने नीति रहेको छ। त्यस अनुरूप हालसम्म २ सय ७ परिवारलाई घडेरी उपलब्ध गराइएको छ। घडेरी उपलब्ध गराउन बाँकी १२ हजार ४५३ परिवारलाई आवश्यक कानूनी एवं नीतिगत व्यवस्था गरी यथाशीघ्र घडेरी वितरण गरिनेछ।
दलितहरूको समग्र विकास र उचित प्रतिनिधित्वको सम्बन्धमा मैले माननीय चन्द्र बहादुर विश्वकर्माले राख्नुभएको जिज्ञासा सम्बोधन गर्ने सन्दर्भमा स्पष्ट पारिसकेको छु।
सीमावर्ती क्षेत्रका नागरिकहरु सीमाका रक्षक हुन्। सीमा क्षेत्रका नागरिकको आर्थिक-सामाजिक विकासका लागि सरकारले सीमाक्षेत्र विकास कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको छ।
लुम्बिनी बृहत्तर विकास गुरूयोजना राष्ट्रिय गौरवको आयोजनाको रूपमा कार्यान्वयन भइरहेको छ। थप साधन स्रोतको व्यवस्था गरी उक्त आयोजना कार्यान्वयनलाई तीव्रता दिइनेछ। लुम्बिनी विकास गुरूयोजना भित्रका सम्पदाहरूको खोजी, उत्खनन् र विकास गर्ने कार्यलाई निरन्तरता दिइनेछ।
इजरायलमा अध्ययनका लागि गएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि सरकारले निरन्तर प्रयास गरिरहेको र सरकारले मध्यस्थकर्ता देशहरु मार्फत समेत निजको रिहाइका लागि संवाद गरिरहेको छ।
प्रश्न १०
प्रश्नकर्ताः मा गंगा कार्की
प्रश्नको व्यहोरा
ललिता निवास, भुटानी शरणार्थी, सुन काण्ड लगायतका फाइल खोलेर अपराधमा संलग्नहरुलाई कार्बाहीको दायरामा ल्याएकोमा वर्तमान प्रचण्ड सरकारलाई धन्यवाद दिन चाहन्छु। प्रधानमन्त्रीज्यू, अब बाँकी भ्रष्टाचारका फाइल खुल्छ की खुल्दैन? दुग्ध पदार्थ, माछा कुखुराको मासुमा आत्मनिर्भर भएको मुलुकमा बिचौलियाका कारण किसानहरु अत्यन्त मारमा परेका छन् । यसको समुचित व्यवस्थापन गर्न सरकारको के योजना छ ? दुध, उखु र निर्माण व्यवसायीको सरकारले व्यहोर्नु पर्ने बाँकी बक्यौता फरछ्यौट गर्न किन ढिला सुस्ती गरेको ? दोलखालाई पर्यटकीय जिल्ला घोषणा गर्न सरकारको के नीति छ ? दोलखाको खरिढुङ्गास्थित म्याग्नेसाइट उद्योग कहिले देखि संचालन हुन्छ ? के दोलखाको फलाक नाका खोल्ने कुरा यो वर्षको नीति तथा कार्यक्रममा पर्छ ? तामाकोशी तेश्रो हाईड्रो पावर जलासययुक्त बन्नु पर्छ, नत्र बन्न दिदैनौ भन्ने कुरामा दोलखालीहरु एक मत छन् । यसमा सरकारको योजना के छ ?
उत्तरः १०
भ्रष्टाचारको छानविनको सम्बन्धमा मैले यसअघि नै माननीय चन्द्रकान्त भण्डारीको प्रश्नको जवाफ दिने क्रममा सरकारको धारणा राखिसकेको छु। मेरो नेतृत्वको सरकार गठन भएदेखि नै सरकारले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति लिँदै आएको छ।
मीटरब्याज, भुटानी शरणार्थी, सुन तस्करी, सरकारी जग्गा हिनामिना लगायत जुनसुकै विषय वा क्षेत्रका आपराधिक क्रियाकलापको निष्पक्ष र तथ्यपरक अनुसन्धान तथा छानविन गरी यस्ता कार्यमा संलग्न व्यक्ति वा समूहलाई कानूनी कारवाहीको दायरमा ल्याउन सरकार दृढ छ। भ्रष्टाचार नियन्त्रण गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत सुधार गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको छ।
नेपाली कृषकहरुको निरन्तरको प्रयासबाट दुध, माछा र कुखुराको मासुउत्पादनमा देश आत्मनिर्भरता नजिक पुगेको छ। यसलाई स्थायित्व दिन सरकार निरन्तर प्रयत्नशील छ। दुध, माछा र कुखुराको मासुको मूल्य श्रृखंलालाई कृषकमुखी बनाउन उद्योगसँग खरीद सम्झौता एवम् बाइ ब्याक ग्यारेन्टी (Buy Back Guarantee) गरी साझेदारीमा उत्पादन, संकलन, प्रशोधन, भण्डारण तथा बजारीकरणका कार्यक्रमहरु केन्द्रित गरिएका छन्।
उखु किसानहरुले प्रोत्साहन अनुदानबापत पाउने गतवर्षको १ अर्ब ३२ करोड रुपैयाँ भुक्तानी गरिसकिएको छ। आर्थिक वर्ष २०७१/७२ को कञ्चनपुर र कपिलवस्तु जिल्लाका उखु किसानको पुरानो बक्यौता सम्बन्धित उद्योगबाटै भुक्तानी गराउन सरकारले समन्वय गरिरहेको छ।
किसानलाई तत्काल दुधको मूल्य भुक्तानी गर्न नेपाल सरकारबाट दुग्ध विकास संस्थानलाई ३० करोड ऋणको व्यवस्था गरिएको छ। साथै अन्य उद्योगीहरुका लागि आफ्नो उत्पादनलाई धितोमा राखी बैंकमार्फत् ऋण प्रवाह गर्न सहजीकरण गरिएको छ।
नेपालका महत्वपूर्ण स्थान तथा गन्तव्यलाई पर्यटकीयस्थल तोक्ने नीति अनुरूप दोलखा जिल्लामा रहेका पर्यटकीय गन्तव्यहरूको पहिचान गरी संघ, प्रदेश र स्थानीय तहको समन्वयमा दोलखा जिल्लाको पर्यटन प्रवर्द्धनका लागि आवश्यक कार्य भइरहेको छ।
तामाकोशी तेस्रो जलविद्युत आयोजनाका सन्दर्भमा आयोजनाको विस्तृत अध्ययन तथा डिजाइन कार्य पछि मात्रै आयोजना कुन स्वरूपमा निर्माण गर्ने भन्ने निर्क्यौल हुन्छ। आयोजनाको निर्माण गर्दा राज्यलाई बढी भन्दा बढी लाभ हुने गरी मात्र स्वीकृती दिइनेछ।
दोलखाको म्याग्नेसाइट उद्योग सञ्चालनको लागि गठित कार्यदलले दिएको सञ्चालनको विकल्प सहितको प्रतिवेदन कार्यान्वयनको अध्ययन भैरहेको छ। उक्त उद्योग सञ्चालनका लागि उद्योग सञ्चालक साझेदारले उद्योगको खानी क्षेत्रको थप अध्ययन गरिरहेको छ। प्राविधिक अध्ययन पश्चात् उपयुक्तताको आधारमा उद्योग छिट्टै सञ्चालन हुनेछ।
दोलखाको फलाका नाका खोल्ने विषयमा मित्रराष्ट्र चीनसँग कूटनीतिक पहल भैरहेको र चीन सरकार सकारात्मक रहेको छ। छिमेकी देशहरुसँग जोडिएका सीमा नाका खोल्ने तथा व्यवस्थित गर्ने विषय सरकारको प्राथमिकतामा रहेको छ।
निर्माण व्यवसायीको बाँकी रकम भुक्तानी गर्ने विषयमा सम्बन्धित मन्त्रालयको माग बमोजिम आवश्यक रकम निकासा एवम् भुक्तानी भइरहेको र बाँकी रकम समेत शीघ्र भुक्तानी दिने व्यवस्था मिलाइएको छ।
प्रश्न नं ११
प्रश्नकर्ताः मा. छिरिङ ल्यामु लामा तामाङ
प्रश्नको व्यहोरा
गणतन्त्रका १५ वर्षमा देशको आर्थिक सामाजिक सुचकाङ्कमा निकै परिवर्तन आएको छ। अँध्यारोमा रहेको देशले उज्यालो प्राप्तिको आधार र आशा थपिदिएको छ। सम्माननीयज्यू तपाई पहिलोपटक देशको प्रधानमन्त्री हुँदा अर्थतन्त्रको आकार बढेको थियो। राष्ट्रिय गौरवका आयोजना तथा रणनीतिक आयोजना घोषणामार्फत् देशले भौतिक विकासको लय समातेको थियो। दोस्रो पटक देशको प्रधानमन्त्री हुँदा १८ घण्टा लोडसेडिङको अँध्यारोमा रहेको देशले उज्यालो यात्रा सुरु गरेको थियो। अहिले तेस्रो पटक प्रधानमन्त्री भैरहँदा सामाजिक न्याय, सुशासन र आर्थिक समृद्धिको महाअभियान चलेको छ। यसले निराशाको बीचमा रहेका नेपाली जनतामाझ आशाको किरण देखिएको छ। यो दृढ संकल्प र आँट बोकेका सम्माननीय प्रधानमन्त्रीज्यूले चाहेमा मात्र कर्णालीको मुहार फेरिन सक्छ। सदियौंदेखि उपेक्षामा रहेको जुम्लालाई अहिले पनि कुनै राष्ट्रिय गौरवको आयोजनाले समेट्दैन। संघीयतामा कर्णालीको नाममा प्राप्त अधिकार साविक कर्णालीका जनताले उपभोग गर्न पाइरहेका छैनन्। यो अन्याय र विभेद हटाउन सम्माननीय प्रधानमन्त्रीज्यूको विशेष पहल हुनेमा कर्णालीका जनता आशावादी छन्।
कर्णालीको स्रोत साधनको परिचालन गरी मूल्य श्रृंखला कायम गरिने भनेर विगतमा नीति तथा कार्यक्रम पनि नआएका होइनन् तर यसको कार्यान्वयन नभएको अवस्था छ । साविक कर्णाली जडिबुटीले सम्पन्न छ, त्यहाँ जडिबुटी प्रशोधन केन्द्रको स्थापना गरी रोजगारी सिर्जना गर्ने अवसर छ। जलविद्युतको प्रचुर सम्भावना हुँदाहुँदै जलविद्युतले प्राथमिकता नपाएको तितो यथार्थ छ। ०६२/६३ देखि सडकले प्राथमिकता पाएतापनि सडकले गुणात्मक फड्को मार्न सकेको छैन। सामाजिक आर्थिक विषयको उठान गर्नुपर्ने बेलामा सडककै मुद्दा उठाउन परेको छ।
त्यसैले जुम्ला र माथिल्लो कर्णालीको मुहार फेर्ने स्याउ तथा सिमी विकास बोर्डको गठन, जडिबुटी संकलन तथा प्रशोधन केन्द्र स्थापना, जुम्लामा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नेपालकै मेडिकल क्षेत्रको नमूना शैक्षिक संस्था बनाउन आवश्यक बजेट र पूर्वाधार विकास, जुम्ला एयरपोर्टलाई विस्तार कार्यलाई रणनीतिक महत्वका रुपमा कहिले अगाडि बढाउनु हुन्छ? गत वर्ष नीति तथा कार्यक्रममा कर्णाली र सुदूरपश्चिममा एयर एम्बुलेन्स स्थापना गर्ने भनिएको थियो, अहिलेसम्म त्यो कार्यक्रम किन कार्यान्वयन भएन? माथिल्लो कर्णालीका शैक्षिक जनशक्ति र राजनीतिक जनशक्तिको सरक्षण र अभिभावकत्व कसरी गर्नुहुन्छ ?
उत्तरः ११
कर्णाली प्रदेशको आर्थिक तथा सामाजिक रुपान्तरणका विषयमा सरकार गम्भीर छ। कर्णाली लगायतका प्रदेशहरुलाई समृद्ध बनाउन नै हामीले लामो संघर्षमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेका हौँ। यही तथ्यलाई मध्यनजर गरेर गत वर्षको बजेटमा कर्णाली प्रदेशमा तुलनात्मक रूपमा सबैभन्दा बढी बजेट विनियोजन भएको तथ्य माननीयज्यूहरुलाई अवगत नै छ।
पूर्वाधारको कमी, गरिबी, दुर्गम तथा पिछडिएको क्षेत्रका रुपमा चिनिएको कर्णालीलाई समृद्ध कर्णालीमा रुपान्तरण गर्न तीनै तहका सरकारबाट एकीकृत प्रयास भइरहेको छ। कर्णाली क्षेत्रमा हुने जडिबुटी लगायत कृषि र वनजन्य उत्पादन प्रवर्द्धन, पर्यटन विकास र प्राकृतिक स्रोतको समुचित उपयोगमार्फत विकास र समृद्धिको अपार सम्भावना रहेको कर्णालीको मुहार फेर्न नेपाल सरकार प्रतिबद्ध छ।
कर्णाली र सुदूरपश्चिम प्रदेश लक्षित एयर एम्बुलेन्स स्थापना गर्ने सम्बन्धमा सरकारले हाल विपद्मा परेका नागरिक र गर्भवती महिलाहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर २४ घण्टा नै सुर्खेतमा राख्ने ब्यवस्था मिलाइएको छ। यसबाट जाजरकोटमा ३५८ रुकुम २१ जना भूकम्प प्रभावितका नागरिकको उद्धार गरिनुका साथै तथा कर्णाली प्रदेशका २२१ जना र सुदूरपश्चिम प्रदेशका १०७ जना महिलाहरुलाई सेवा प्रदान गरिएको छ।
प्रश्न नं १२
प्रश्नकर्ताः मा गोमा लाभ सापकोटा
प्रश्नको व्यहोरा
पोसाक दिवसको अवसरमा हाम्रो पार्टी जनमत पार्टी धोती लगाएर दिवस मनाउने क्रममा हाम्रो पार्टीको राष्ट्रिय अध्यक्ष मा.डा. सि.के. राउत र माननीय मन्त्रीसहित ५१ जनालाई प्रहरी प्रशासनले लछार गरी विना सूचना गिरफ्तार गरियो । त्यस्तै मधेश प्रदेशको सप्तरी जिल्लामा कृषि विश्व विद्यालय उद्घाटनमा माननीय प्रदेश शिक्षामन्त्री र प्रदेश सांसदहरूको टाउको फुटाइयो। यी दुईवटा घटनामा सम्माननीय प्रधानमन्त्रीबाट के, कुन प्रकारको कारवाही गरियो, जान्न चाहन्छु । यदि कारबाही हुँदैन भने त्यो अवस्थामा सम्माननीयज्यू भई दिए के गर्नु हुन्थ्यो?
उत्तरः
पोशाक दिवसका अवसरमा भएको घटना तथा सप्तरीमा कृषि विश्वविद्यालय उद्घाटनका बेला भएको घटनाका विषयमा माननीयज्यूले प्रश्न गर्नुभएको छ। नेपाल सरकार सबै जातजाति, सम्प्रदाय र धार्मिक सामाजिक विविधतालाई सम्मान गर्दछ। जनमत पार्टीका अध्यक्ष डा. सि. के. राउत सहित माननीय मन्त्रीज्यूलाई धोती लगाएको आरोपमा नभई निषेधित क्षेत्र उल्लङ्घन गरेको कारणले नियन्त्रणमा लिइएको र उहाँको रिहाइका लागि गृहमन्त्री स्वयं नै महेन्द्र पुलिस क्लवमा गई सहजीकरण गर्नुभएको थियो। त्यसैगरी मधेस प्रदेशस्थित सप्तरी जिल्लामा कृषि विश्वविद्यालयको उद्घाटनका क्रममा दुई पक्षको सम्भावित भिडन्त रोक्न र शान्ति सुरक्षा कायम गर्ने क्रममा तोकिएको सीमा रेखा पार गरी अघि बढ्न खोज्ने समूहलाई रोक्न सामान्य बल प्रयोग भएको थियो। यस घटनाका बारेमा प्रहरीमा कुनै जाहेरी नपरेको विषय समेत यस सम्मानित सदन समक्ष जानकारी गराउन चाहन्छु।
प्रश्न नं १३
प्रश्नकर्ताः मा चित्र बहादुर केसी
प्रश्नको व्यहोरा
बाग्लुङबाट गल्कोट सेवा केन्द्र लैजाने प्रतिबद्धता जनाउनु भएकोमा हालसम्म किन कार्यान्वयन हुन सकेन?
उत्तरः
माननीयज्यूले बाग्लुङबाट गल्कोट सेवा केन्द्र लैजाने प्रतिवद्धताका सम्बन्धमा सान्दर्भिक जिज्ञासा राख्नुभएको छ। बाग्लुङ जिल्लाको गल्कोटमा इलाका प्रशासन कार्यालय नै स्थापना गर्ने विषयमा सरकारले आवश्यक तयारी गरिरहेको विषय म सम्मानित सदनलाई जानकारी गराउँदछु।न्युज कारखाना
काठमाडौं, ६ चैत ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनासम्बन्धमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री लामिछानेको संलग्नता नदेखिएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ आएसँगै कांग्रेसले प्रमाण प्रशस्तै रहेको दाबी गर्दैैै छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेको हो ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सांसद तथा मन्त्रीमाथि प्रश्न उठ्दा राजीनामा दिएर छानबिन गरिएको नेपाली संसदको इतिहास स्मरण गराउँदै सहकारीको रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिन गर्न समिति गठन गर्न माग गरेका हुन् ।
अन्यथा संसद अवरुद्ध भएमा सरकार दोषी रहने उनको चेतावनी छ । न्युज कारखाना
काठमाडौँ, ६ चैत ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वको सरकार गठन भएदेखि नै सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको स्पष्ट पारेका छन् ।
प्रतिनिधिसभाका सांसदहरूले सोधेकाे प्रश्नहरूको मंगलबार जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले मिटरब्याज, भुटानी शरणार्थी, सुन तस्करी, सरकारी जग्गा हिनामिनालगायत जुनसुकै विषय वा क्षेत्रका आपराधिक क्रियाकलापको निष्पक्ष र तथ्यपरक अनुसन्धान तथा छानविन गरी यस्ता कार्यमा संलग्न व्यक्ति वा समूहलाई कानुनी कारबाहीको दायरमा ल्याउन सरकार दृढ रहेको बताए ।
“भ्रष्टाचार नियन्त्रण गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत सुधार गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको छ,” प्रधानमन्त्री प्रचण्डले भने । नेपाली कृषकको निरन्तरको प्रयासबाट दूध, माछा र कुखुराको मासु उत्पादनमा देश आत्मनिर्भरता नजिक पुगेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस कार्यलाई स्थायित्व दिन सरकार निरन्तर प्रयत्नशील रहेको बताए ।
“दूध, माछा र कुखुराको मासुको मूल्य श्रृखङ्लालाई कृषकमुखी बनाउन उद्योगसँग खरीद सम्झौता एवं ‘बाइ ब्याक ग्यारेन्टी’ गरी साझेदारीमा उत्पादन, सङ्कलन, प्रशोधन, भण्डारण तथा बजारीकरणका कार्यक्रमहरू केन्द्रित गरिएका छन्,” प्रचण्डले भने, “उखु किसानले प्रोत्साहन अनुदानबापत पाउने गतवर्षको १ अर्ब ३२ करोड रुपैयाँ भुक्तानी गरिसकिएको छ । आर्थिक वर्ष २०७१/७२ को कञ्चनपुर र कपिलवस्तु जिल्लाका उखु किसानको पुरानो बक्यौता सम्बन्धित उद्योगबाटै भुक्तानी गराउन सरकारले समन्वय गरिरहेको छ ।”
किसानलाई तत्काल दूधको मूल्य भुक्तानी गर्न नेपाल सरकारबाट दुग्ध विकास संस्थानलाई ३० करोड ऋणको व्यवस्था गरिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अन्य उद्योगीहरूका लागि आफ्नो उत्पादनलाई धितोमा राखी बैंकमार्फत् ऋण प्रवाह गर्न सहजीकरण गरिएको बताए ।
नेपालका महत्त्वपूर्ण स्थान तथा गन्तव्यलाई पर्यटकीयस्थल तोक्ने नीति अनुरूप दोलखा जिल्लामा रहेका पर्यटकीय गन्तव्यहरूको पहिचान गरी सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा दोलखाको पर्यटन प्रवर्द्धधनका लागि आवश्यक कार्य भइरहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।
दोलखाको म्याग्नेसाइट उद्योग सञ्चालनको लागि गठित कार्यदलले दिएको सञ्चालनको विकल्प सहितको प्रतिवेदन कार्यान्वयनको अध्ययन भइरहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले उक्त उद्योग सञ्चालनका लागि उद्योग सञ्चालक साझेदारले उद्योगको खानी क्षेत्रको थप अध्ययन गरिरहेको र प्राविधिक अध्ययन पश्चात् उपयुक्तताको आधारमा उद्योग छिट्टै सञ्चालन गरिने बताए । न्युज कारखाना
काठमाडौँ, ६ चैत ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयन गर्न आवश्यक ऐन निर्माण कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
प्रतिनिधिसभाका सांसदहरूले सोधेकाे प्रश्नहरूको मंगलबार जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभाको विधायन समिति र सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले दिएको सुझाव कार्यान्वयन गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताए ।
“निजामती कर्मचारीसँग सम्बन्धित ऐनलगायत कतिपय ऐनहरू मस्यौदा तयार भई सम्मानित सदनमा प्रवेश भइसकेका छन् र कतिपय मस्यौदाको चरणमा रहेका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “नेपाल प्रहरीको सञ्चालन र व्यवस्थापनलाई समयानुकूल बनाउन र प्रहरी समायोजनलाई व्यवस्थित गर्न नेपाल प्रहरी ऐन, २०१२ लाई प्रतिस्थापन गर्ने विधेयक, प्रहरी समायोजन ऐन, २०७६ लाई संशोधन गर्ने विधेयक र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्ने विधेयक संसदको यसै अधिवेशनमा पेश गर्नेगरी तयार गरिएको छ ।”
प्रधानमन्त्री प्रचण्डले सदनबाट कानुन पारित भएलगत्तै प्रहरी समायोजनको काम तुरुन्त अघि बढाइने गरी समायोजनको तयारी कार्य भैरहेको स्पष्ट पारे । न्युज कारखाना
काठमाडौँ, ६ चैत ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियानका रूपमा घोषणा गर्ने गृहकार्य भइरहेको बताएका छन् ।
प्रतिनिधिसभाका सांसदहरूले सोधेको प्रश्नहरूको मंगलबार जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य बीमा परिचयपत्र अनिवार्य गर्ने, वैदेशिक रोजगारीमा जानेहरुको परिवारको अनिवार्य बीमा, आम्दानीअनुसारको प्रिमियमको आधारमा सबै कर्मचारी, शिक्षक, जनप्रतिनिधिको अनिवार्य बीमा गर्ने लगायतका कार्यक्रम अगाडि बढाइने बताए ।
“सबै प्रकारका स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई स्वास्थ्य बीमामार्फत एकीकृत गर्ने र स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको अभियानको रूपमा घोषणा गर्ने लगायतका विषयमा सरकारले गृहकार्य गरिरहेको छ,” प्रधानमन्त्री प्रचण्डले भने ।
नागरिकहरूको स्वास्थ्य उपचारका क्रममा हुने वित्तीय जोखिम कम गर्न स्वास्थ्य बीमा बोर्डमार्फत् सामाजिक स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले हालसम्म ३३ दशमलव २ प्रतिशत घरपरिवार तथा २४ दशमलव ७ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बीमाको दायरामा आएका र ७५१ पालिकासम्म स्वास्थ्य बीमाको पहुँच पुगेको बताए ।
स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधान गर्नका लागि अनलाइन सदस्यता तथा नवीकरणसँगै बीमा सक्रिय हुने व्यवस्थासहित स्वास्थ्य बीमा नियमावली संशोधनको प्रक्रियामा रहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले गरीब परिचय पत्रको म्याद थप गर्ने र बाँकी जिल्लामा पनि यसलाई विस्तार गर्दै सरकारले अतिगरीब नागरिकको प्रिमियमको व्यवस्था गरिने बताए ।न्युज कारखाना
काठमाडौँ, ६ चैत ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक, सांस्कृतिक, राजनीतिक तथा आर्थिकरूपमा ऐतिहासिक विभेदमा परेका दलितलगायत समुदायको संविधानप्रदत्त अधिकारको रक्षा गर्ने विषयलाई अत्यन्तै गम्भीरताका साथ लिएको बताएका छन् ।
प्रतिनिधिसभाका सांसदहरूले सोधेकाे प्रश्नहरूको मंगलबार जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले उपेक्षित, उत्पिडित, दलित वर्ग उत्थान विकास समिति, वादी विकास समिति र पिछडा वर्ग उत्थान विकास समितिका समस्याका बारेमा सरकार जानकार रहेको बताए ।
दलित क्षेत्रमा क्रियाशील नागरिक सङ्घसंस्था, नागरिक अगुवा तथा राष्ट्रिय दलित आयोग लगायतका निकायसँगको परामर्शमा दलित विकास प्राधिकरण स्थापना गर्न सरकारले पहल गर्ने पुनः प्रधानमन्त्रीले स्पष्ट पारे । उनले रूकुम पश्चिमको चौरजहारी विमानस्थल सञ्चालन गर्न आवश्यक प्रबन्ध गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकार प्रयत्नशील रहेको बताए ।न्युज कारखाना
काठमाडौँ, ६ चैत ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तयार भएका जग्गाधनी प्रमाणपत्र वितरण गर्न तथा बाँकी काम शीघ्र सम्पन्न गरिने बताएका छन् ।
प्रतिनिधिसभाका सांसदहरूले सोधेकाे प्रश्नहरूको मंगलबार जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले विभिन्न कारणले जग्गाधनी प्रमाणपत्र नभएकाहरूलाई उपलब्ध गराइने जानकारी दिए ।
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको बडा नं ७ र ८ का जनताले नापीको समस्याका कारणले ५० वर्षदेखि जग्गाधनी प्रमाणपत्र पाउन नसकेको विषयमा आफू जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जग्गाधनी प्रमाणपत्र वितरण गर्न तथा बाँकी काम शीघ्र सम्पन्न निर्देशन दिइसकेको बताए ।
“त्यस क्षेत्रमा २०३२/३३ सालतिर नापी हुँदा फिल्डबुकमा ९० प्रतिशतसम्म दर्ता भैसक्दा पनि सिमाना विवादलगायत कारणले स्थानीयबाट विरोध हुँदा प्रमाणपत्र दिने काम हुन सकेको थिएन,” प्रधानमन्त्री प्रचण्डले भने, “पछिल्लो समयमा यातायात पूर्वाधार निर्माण, अनौपचारिक रूपमा जग्गाको स्वामित्व हस्तान्तरणलगायत कारणले साविकमा नापजाँच हुँदा र अहिलेको अवस्थामा फरक हुन आएको कारण दर्तामा समस्या देखिएको रहेछ ।”
उनले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको दुईवटा भवन मकवानपुरको चित्लाङमा निर्माण भएको र पाँचखाल नगरपालिकामा संरचना निर्माणका लागि विश्विद्यालय अनुदान आयोगको सिफारिस समेतका आधारमा मित्रराष्ट्र चीन सरकारको सहयोगमा संरचना निर्माणका लागि प्रक्रिया अघि बढाइसकिएको बताए ।
सुनकोशी तेस्रो जलविद्युत आयोजना संयुक्तरूपमा कार्यान्वयनका लागि नेपालका तर्फबाट नेपाल विद्युत प्राधिकरण तथा बङ्गलादेशका तर्फबाट बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डलाई लाइन एजेन्सी तोकिएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले दुई देशबीचको सचिवस्तरीय बैठकको निर्णयानुसार संयुक्त लगानीको कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढेको स्पष्ट पारे ।न्युज कारखाना
काठमाडौँ, ६ चैत ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग पनि कुनै पनि सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।
प्रतिनिधिसभाका सांसदहरूले सोधेकाे प्रश्नहरूको मंगलबार जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले अनुसन्धानबाट कैफियत देखिएमा कसैले पनि उन्मुक्ति नपाउने स्पष्ट पारेका हुन् ।

“सुशासन कायम गर्ने सवालमा म कुनै पनि सम्झौता गर्दिनँ,” प्रधानमन्त्री प्रचण्डले भने, “यसमा आफ्नो पार्टी र अरुको पार्टी भन्ने आग्रह र पूर्वाग्रह मैले राख्दिनँ । यदि अनुसन्धानबाट कैफियत देखिएमा कसैलाई पनि कारबाही गर्न कुनै पनि कुराले रोक्ने छैन ।”
सुशासनको सङ्कल्प लिएर आफूले सरकारको नेतृत्व गरेदेखि नै ठूलाठूला भ्रष्टाचार, सुन तस्करी, जग्गा हिनामिना लगायतका काण्डहरूको छानबिन भइरहेका उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस कार्यलाई अझै प्रभावकारी बनाइने बताए ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका विषयमा प्रतिपक्षी दलहरूले उठाएको विषयमा प्रधानमन्त्री प्रचण्डले भने, “हालसम्मको अनुसन्धानले उहाँ सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारीलगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा पनि कहीँ कतै जोडिएको देखिएको छैन ।”
प्रधानमन्त्री प्रचण्डले सहकारीमा रवि लामिछानेको नाममा प्रवाह भएको भनिएको ऋण फर्छ्योट भएको देखिन आएकाले उनको हकमा अनुसन्धान गर्नुपर्ने नदेखिएको भन्ने प्रहरीबाट ‘ब्रिफिङ्ग’ भएको सदनलाई जानकारी गराए ।न्युज कारखाना
धनगढी, ६ चैत ।
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफुतिर नलागेको झोंकमा गृहमन्त्री रवी लामिछानेलाई फसाउन लागेको बताएका छन् ।
प्रेस चौतारी नेपाल कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले भने, ‘रवि लामेछाने सहकारीमा संलग्न भएको, सहकारी डुबाएको वा अरु कुनै कुरा प्रमाणित भएको छैन तर काँग्रेसले आफुतिर नलागेकाले बदनाम गर्न र फसाउन खोजिरहेको छ।’
आफू प्रधानमन्त्री भएको बेला शेरबहादुर तामाङ र गोकुल बास्कोटाको प्रसङ्ग थप्दै उनले भने, ‘मैले बोलाई चिप्लेकै कारण शेरबहादुर तामाङ र गोकुल बास्कोटालाई फिर्ता बोलाए, तर भएको केही पनि थिएन । नेपाली काँग्रेसका मन्त्री त झण्डा हल्लाउदै अख्तियार गएका थिए, सबैले देखेको होईन, अनि अहिले गृहमन्त्रीका बारेमा कुन नैतिकताले प्रश्न उठाउने ?’
उनले कांग्रेसले सरकार छोडनुपरेको पिडामा छाती पिटिरहेको ब्यंग्यसमेत गरे । ‘काँग्रेसको अहिलेको कदम, सरकारबाट बाहिरिएको पीडा हो । उसले सरकारबाट बाहिरिएको पिडामा छाति पिटेर रुदै के भन्छ ? त्यसलाई धेरै महत्व दिईराख्नुपर्ने आवश्यकता छैन,’ अध्यक्ष ओलीले भने ।
उनले सुनकाण्डमा माओवादीका उपाध्यक्ष पक्राउ परेको घटनामा पत्रकारहरुले राखेका जिज्ञासामा कानूनअनुसार हूने बताए । ’‘सोमबार माओवादीका नेता पक्राउ परेका होईनन । माओवादीका नेता पक्राउ पर्दैनन तर अनुसन्धानभीत्र आएका जो कोही पनि पक्राउ पर्न सक्छन,’ अध्यक्ष ओलीले भने ।
अध्यक्ष ओलीले नेकपा एमालेले सुनकाण्डका बारेमा आयोग वा छानविन समिति गठन हुनुपर्छ भनेर पहिला नै राखेको अडान अहिले पुस्टि भएको बताए । ‘त्यतीबेला हामीले आयोग गठन हुनुपर्छ भन्यौ, तर काँग्रेसले २ महिला ढिलो गरिदियो’अध्यक्ष ओलीले भने ।
एक अर्को प्रसङ्गमा ओलीले अबको बाँकी कार्यकाल प्रचण्डनै प्रधानमन्त्री हुने संकेत गरे । पत्रकारहरुको जिज्ञासामा ओलीले भन्नुभयो, ‘मलाई अहिले प्रधानमन्त्री खान मन छैन, अरु कोई तयार भएको छैन । उहाँले (प्रचण्ड)ले नै खानुहोला जस्तो पो देखिएको छ त।’
नयाँ गठबन्धनलाई बाग्मती, गण्डकी र कोशीमा प्रदेश सरकार गठन गर्न असहज भएको छ ।
प्रदेशको भागबण्डा र यी तीन प्रदेशको समिकरण बारे पत्रकारहरुले सोधेका प्रश्नको जवाफमा ओलीले भने, ‘अहिले त्यस बारेमा म केही नभनौं । किनकि मैले पत्रकारलाई भएको कुरा भन्नुपर्छ । अनुमानका भरमा भन्नुहुँदैन ।’न्युज कारखाना
काठमाडौं, ६ चैत ।
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू भएको छ ।
पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परे पछि भिन्न परिस्थितिमा छलफल गर्नका लागि सो बैठक बोलाइएको हो । बैठक बिहान ८ बजे देखी सुरू भएको हो ।
बैठकमा समसमायिक राजनीतिक बिषयमा कुराकानी हुने तथा पदाधिकारी देखी केन्द्रिय नेताहरूको कार्यबिभाजनको बारेमा पनि छलफल हुने जनाइएको छ ।
महरामाथि विद्युतीय चुरोट (भेप) मा सुन तस्करी गरेको आरोप छ । महराका छोरा राहुलविरुद्ध पनि मुद्दा चलिरहेको छ । राहुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा समातिएको सुन छुटाउन दबाब दिएको आरोप छ ।
महरालाई अनुसन्धानका लागि ४ दिन पुर्पक्षमा राख्रन अदालतले अनुमति दिए पछि माअोवादीले पदाधिकारी बैठक बोलाएको हो। न्युज कारखाना
इस्तानवुल, ३ चैत ।
टर्कीको तटीय क्षेत्रमा डुंगा पल्टिँदा १६ जना आप्रावासीको मृत्यु भएको छ ।
आप्रवासीहरूले भरिएको उक्त डुङ्गा टर्कीको उत्तरी एजियन तटबाट गुज्रिरहेको बेला भएको हो। यस दुखद घटनामा १६ जनाको मृत्यु भएको हो ।
टर्कीका कोस्ट गार्डले दुई जनालाई बचाउन भने सफल भएका छन् । यसबाहेक दुईजनाले आफै पौडी खेलेर ज्यान बचाउन सफल भएको टर्कीका सञ्चारमाध्यमले जनाएका छन ।
आप्रवासी बोकेको डुङ्गा रबरको बनेको अधिकारीहरूले बताएका छन्। यो डुङ्गामा कति यात्रु सवार थिए भन्ने कुराको हालसम्म पुष्टि भएको छैन । कोस्ट गार्डले घटनास्थलमा निरन्तर खोजी कार्य गरिरहेको छ ।
सरकारी एजेन्सी अनादोलुका अनुसार मृत्यु हुनेमा ४ बालबालिका पनि रहेका छन् । मृत्यु हुनेमा कुन देशका कति जनाको मृत्यु भएको छ ? यो जानकारी खुलाइएको छैन।
अनादोलुका अनुसार अहिले १० कोस्ट गार्ड डुङ्गा र २ वटा हेलिकप्टर खोजी कार्यमा जुटेका छन् । यति मात्र होइन, घटनास्थल नजिकैको बन्दरगाहमा धेरै एम्बुलेन्स पनि तैनाथ गरिएको छ ।
मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ । किनभने डुङ्गामा सवार आप्रवासीहरूको संख्या धेरै थियो। प्रारम्भिक जानकारी अनुसार ओभरलोड भएका र छालको ठक्करबाट डुंगा पल्टिएको अनुमान गरिएको छ ।
उक्त दुर्घटनापछि अहिले घटनास्थलमा शोक छ । टर्की कोस्ट गार्डले यस हप्ता टर्कीबाट डुङ्गामा छाडेका करिब ९३ आप्रवासीलाई समातेको बताएको थियो । सायद यी आप्रवासीहरू पनि टर्की छोड्न खोजिरहेका थिए।न्युज कारखाना
लन्डन, ३ चैत ।
बेलायती सरकारले विदेशी सरकारहरूलाई बेलायतमा अखबार र पत्रिकाको स्वामित्वमा प्रतिबन्ध लगाउने योजना घोषणा गरेको छ।
युनाइटेड अरब इमिरेटस समर्थित फर्म रेडबर्ड आईएमआईद्वारा डेली टेलिग्राफ र स्पेक्टेटरको प्रस्तावित अधिग्रहण विवाद भइरहेको बेला यो घोषणा भएको हो ।
डिजिटल मार्केट ऐनमा संशोधनको रूपमा संसदमा पेश गरिएको नयाँ कानूनले प्रेस स्वतन्त्रताको संरक्षण गर्ने उद्देश्य राखेको छ।
अबुधाबी समर्थित लगानी फर्म रेडबर्ड आईएमआईले द टेलिग्राफ र स्पेक्टेटर समाचार म्यागजिनहरू दुवै प्राप्त गर्नको लागि बोलीमा विवाद उत्पन्न भए पछि यो कमद ऋषी सुनक सरकारले यो चालेको जनाइएको छ । १६८ वर्ष पुरानो प्रकाशन द टेलिग्राफको लामो समयदेखि बेलायतको कन्जरभेटिभ पार्टीसँग घनिष्ठ सम्बन्ध रहेको छ।
बेलायती संस्कृति मन्त्री स्टीफन पार्किन्सनले विदेशी राज्यहरूलाई ब्रिटिश समाचारपत्रहरू नियन्त्रण गर्नबाट रोक्नको लागि डिजाइन गरिएको विद्यमान मिडिया कानूनमा प्रस्तावित संशोधनहरू प्रस्तुत गरेका छन । उनले यो निर्णय प्रेस स्वतन्त्रताको रक्षाका लागि सरकारको प्रतिबद्धता भएको बताएका छन । नले मिडिया मर्जर व्यवस्थालाई स्पष्ट रुपमा परिमार्जन गर्ने कुरामा पनि जोड दिएका छन् ।
अबुधाबीद्वारा बहुसंख्यक वित्त पोषित र पूर्व सीएनएन कार्यकारी जेफ जुकरको नेतृत्वमा रहेको कम्पनीले यस समाचारमा निराशा व्यक्त गर्यो र संकेत गर्यो कि यसले यसको विकल्पहरूको पुनः मूल्याङ्कन गर्नेछ। रेडबर्ड आईएमआई सम्झौताको बारेमा अनुसन्धान भइरहेको छ।न्युज कारखाना
काठमाण्डौं, २ चैत ।
अर्थ मन्त्रालयले दूग्ध किसानलाई दिन बाँकी भुक्तानी तत्काल गर्ने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले शुक्रबार सचिव डा. रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् ।
त्यसअघि मन्त्री पुनले कृषिमन्त्री ज्वालाकुमारी साह, कृषि सचिव डा. गोविन्द्रप्रसाद शर्मा र पशुपंक्षी विकास सचिव डा. रेवतीरमण पौडेलसँग छलफल गरेका थिए ।
भुक्तानी नपाएको भन्दै केही महिनायता दूग्ध किसान आन्दोलित छन् । किसानलाई भुक्तानीका लागि दूग्ध विकास संस्थान (डिडीसी) ले अर्थ मन्त्रालयसँग रकम माग गरेको थियो । तर, अर्थले रकम अभावको कारण देखाउँदै भुक्तानी दिएको थिएन ।
मन्त्रालयको नेतृत्व सम्हालेको केही दिनमै अर्थमन्त्री पुनले किसानलाई भुक्तानी दिने प्रक्रिया अघि बढाएका हुन् । ‘देशभरका हजारौं किसान भुक्तानी नपाएर तड्किएको अवस्था रहेछ । राज्य जनताको अभिभावक भएकाले किसानका पीडा हेरेर बस्न सक्दैन । विगतमा जे कारणले रोकिएको भए पनि आजै वा आइतबारसम्म किसानको बक्यौता भुक्तानी हुन्छ’, पुनले भने ।
पुनले राज्यले बहानाबाजी गरेर किसान, निर्माण व्यवसायी लगायतको भुक्तानी रोक्न नमिल्ने स्पष्ट गरे । जनतालाई डेलीभरीको महसुस गराउनकै लागि आफ्नो कुर्सी सुरक्षित हुँदाहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तासमीकरण बदलेको उल्लेख गर्दै पुनले ‘केही गरौं’ भन्ने प्रधानमन्त्रीको हुटहुटीलाई बुझेर आफूले काम थालिसकेको बताए । उनका अनुसार कृषि मन्त्रालयको चालु आर्थिक वर्षको बजेटबाट समर्पण गराएर किसानको भुक्तानी दिइन लागिएको हो । चालु आर्थिक वर्षमा ५१ अर्ब बजेट रहेको कृषि मन्त्रालयले हालसम्म कूल बजेटको ५४ प्रतिशत मात्र खर्च गरेको छ ।
मन्त्री पुनले बजेट समर्पणका लागि शुक्रबारै पत्राचार गर्न कृषीमन्त्री र सचिवहरुलाई भनेका छन् । मन्त्रीबाट स्पष्ट निर्देशन आएको र मन्त्रालयले क्रमशः दूग्ध किसानको बक्यौता भुक्तानी गर्दै जाने सचिव डा। घिमिरले जानकारी दिए ।न्युज कारखाना
काठमाडाैं, २ चैत ।
अर्थमन्त्री वर्षमान पुन अनन्तले लघुवित्तको समस्या पहिचान गरी समाधान गर्न ७ सदस्यीय कार्यदल गठन गरेका छन् ।
मन्त्री पुनले शुक्रबार साँझ नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नरको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेका हुन् ।
समितिमा राष्ट्रबैंकको लघुवित्त क्षेत्र हेर्ने, कार्यकायरी निर्देशक, अर्थ मन्त्रालयको वित्तिय क्षेत्र हेर्ने सहसचिव र सोही क्षेत्र हेर्ने उपसचिव सदस्य छन् । यस्तै कार्यदलमा लघुवित्तविरोधी संघर्ष समितिका तर्फबाट पुनाराम (मनिराम) ज्ञवाली, क्षेत्रबहादुर मोक्तान र लुजा राई छन् । कार्यदल संयोजकको नाम भने डेपुटी गभर्नर मध्येबाट राष्ट्र बैंकले तोक्ने मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए ।
कार्यदललाई लघुवित्तका समस्या निर्धारण गरी ६० दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश तोकिएको मन्त्री पुनले जानकारी दिए । कार्यदललाई लघुवित्तविरुद्ध आन्दोलनरत पक्षको मागबारे स्थलगत अध्ययन गरी समाधानका विकल्पसहित काम सुरू गरेको ६० दिन भित्र प्रतिवेदन पेस गर्न भनिएको छ । कार्यदलको प्रतिवेदनका आधारमा लघुवित्त वित्तीय संस्थाको नियमन तथा सुधारका लागि आवश्यक नीतिगत तथा कानूनी सुधारका प्रक्रिया अघि अघि बढाइने मन्त्रालयले जनाएको छ ।
लघुवित्तविरोधी संघर्ष समितिले २०७२ सालको महाभूकम्प, नाकाबन्दी तथा कोभिड–१९ को समस्या एवं लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह एवं असुली गर्दा पालना गर्नुपर्ने कार्यविधि तथा निर्देशन विपरीत कार्य गरेको समेत कारणले समयमा किस्ता बुझाउन नसक्ने ऋणीहरुको साँवा, ब्याज, शुल्क, जरिवाना, कालोसूची एवं धितो फुकुवा, पीडितको पुनर्स्थापना तथा कर्जा भुक्तानी गर्ने कुनै आधार नभएका ९घाइते, अपाङ्ग, दीर्घ रोगी० वास्तविक पीडितको कर्जा मिनाहालगायत माग राखेर लामो समयदेखि आन्दोलन गर्दै आएको थियो ।
पुन अर्थमन्त्री नियुक्त भएलगत्तै उनले मन्त्रालयको वित्तिय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख सहसचिव नारायणप्रसाद रिसाल नेतृत्वको वार्ता टोलीलाई आन्दोलनरत पक्षसँग तत्काल वार्ता गर्न निर्देशन दिएका थिए । पुनको निर्देशनमा रिसाल नेतृत्वको वार्ता टोलीले बिहीबार र शुक्रबार आन्दोलनरत पक्षसँग वार्ता गरेको थियो । सरकार र आन्दोलनकारीबीच शुक्रबार ६ बुँदे सहमति भएको थियो । सहमतिको ५ नम्बर बुँदामा समस्या पहिचान गरी समाधानको उपाय दिन कार्यदल बनाउने उल्ल्ेख थियो । सहमतिअनुसार आन्दोलनरत पक्षले शुक्रबारदेखि नै काठमाण्डौं केन्द्रित आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ ।न्युज कारखाना
काठमाडौं, २ चैत ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको सरुवा गरिएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बज्राचार्यको सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताइन्। बज्राचार्यलाई सीआईबीबाट नेपाल प्रहरी कार्यालय, कार्यविभागमा सरुवा गरिएको छ।
बज्राचार्यको ठाउँमा प्रहरी अतिरिक्त महानिरीक्षक श्याम ज्ञवालीलाई ल्याइएको छ। यसअघि उनी प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए।
सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्को बैठकले बज्राचार्यको सरुवा गरेको हो। सुन तस्करीको अनुसन्धान गर्दा सीआईबीले केही व्यक्तिलाई जोगाएको जाँचबुझ आयोगले औंल्याएको थियो।न्युज कारखाना
काठमाडौं, २ चैत ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर एमाले र रास्वपासहितको नयाँ गठबन्धन बनाएपछि राजनीति तरंगित भएको छ ।
नयाँ गठबन्धनले विश्वासको मत जितिसकेपछि पनि राजनीतिक वृतमा सरकारको स्थिरता र नयाँ विकल्पको बारेमा अड्कल बाजी कायम रहेको छ । यसै अड्कलबाजीका बीच एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल प्रधानमन्त्री बन्ने विषय सबैभन्दा बढी चर्चामा रहेको छ ।
नेपाललाई अघिल्लो गठबन्धनमा कम्तिमा एक बर्ष प्रधानमन्त्री बनाउने सहमति थियो । तर अघिल्लो गठबन्धन टुटेसँगै नेपालको प्रधानमन्त्री बन्ने सहमति समेत तुहिएको थियो । तर नयाँ गठबन्धनमा सामेल हुनेक्रममा नेपालले यस अघि सम्झौतालाई उठाएपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली नेपाललाई प्रधानमन्त्री बनाउन सहमत भएको चर्चा चलेको छ ।
एकीकृत समाजवादीकै नेताहरुले तीन नेताहरु १५-१५ महिना प्रधानमन्त्री बन्ने सहमति भएको दाबि मिडियामा गरिरहेका छन् । नेता नेपालका पछिल्ला अभिव्यक्तिहरु सुन्दा पनि उनलाई प्रचण्ड र ओलीले प्रधानमन्त्री बनाउने आश्वासन दिएको सजिलै बुझ्न सकिन्छ । तर औपचारिकमा रुपमा शिर्ष नेताहरुले यस्तो सहमति भएको अस्वीकार गरेका छन् । एमाले अध्यक्ष ओलीले फागुन ३० गते सरकारले विश्वासको मत लिने क्रममा संसदमा सम्बोधनकै क्रममा कसैलाई प्रधानमन्त्री बनाउने सहमति नभएको बताएका छन् ।
तर पनि माधव नेपाल प्रधानमन्त्री बन्ने चर्चा अहिले पनि जारी रहेको छ । तर संबिधान अनुसार भने नेपाल प्रधानमन्त्री बन्ने सम्भावना कम देखिन्छ । नेपाल प्रधानमन्त्री बन्न उनको दल एकीकृत समाजवादी एमालेसँग एकीकरण गरेर ठुलो दल बनेमा मात्र सम्भव देखिन्छ । तर हाल नेपाली कांग्रेसको प्रतिनिधि सभामा ८८ सांसद रहेकोमा एक जना निलम्बित भएपछि ८७ सांसद छन् । त्यसैगरी एमालेका ७९ मध्ये एक जना निलम्बित र सुबासचन्द्र नेम्वाङको निधनपछि इलाम-२ खालि भएपछि ७७ सांसद रहेका छन् । यस्तो अवस्थामा एकीकृत समाजवादीसँग एकीकरण भएको अवस्थामा एमालेका पनि ८७ सांसद हुन्छन् भने इलाम- २ मा पुन: जित हासिल गरेपछि ८८ सांसद हुनसक्ने अवस्था देखिन्छ । एकीकरणपछि ठुलो दल भएको अवस्थामा मात्र ओली र नेपाल १५-१५ महिना संबिधानको धारा ७६ को उपधारा ३ र ५ अनुसार प्रधानमन्त्री बन्न सक्ने देखिन्छ । एकीकरण नभएको अवस्थामा कुनै पनि कारणले प्रचण्ड नेतृत्वको सरकार ढलेमा सरकारको नेतृत्व संसदको ठुलो दल नेपाली कांग्रेसको हातमा पुग्ने छ ।
सरकार गठन बारे संबैधानिक व्यवस्था:
संबिधानको धारा ७६ मा सरकार गठन हुने तरिकाको व्यवस्था गरिएको छ । अहिलेको संसदमा कुनै पनि दलको बहुमत नरहेकाले यो सरकार संबिधानको धारा ७६को उपधारा २ अनुसार बनेको छ । अब यो सरकार ढलेमा अर्को सरकार बन्ने भनेको उपधारा ३ अनुसार नै हो । उपधारा ३ अनुसार राष्ट्रपतिले संसदको सबैभन्दा ठुलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ ।
धारा ७६-
(१) राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन हुनेछ ।
(२) उपधारा (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ ।
(३) प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ ।
(४) उपधारा (२) वा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले तीस दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेछ ।
(५) उपधारा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछ ।
(६) उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्नु पर्नेछ ।
(७) उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी छ महीनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।
(८) यस संविधान बमोजिम भएको प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा प्रधानमन्त्रीको पद रिक्त भएको मितिले पैंतीस दिनभित्र यस धारा बमोजिम प्रधानमन्त्री नियुक्ति सम्बन्धी प्रक्रिया सम्पन्न गर्नु पर्नेछ ।
(९) राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदका सदस्यमध्येबाट समावेशी सिद्धान्त बमोजिम प्रधानमन्त्री सहित बढीमा पच्चीस जना मन्त्री रहेको मन्त्रिपरिषद गठन गर्नेछ ।
स्पष्टीकरणः यस भागको प्रयोजनका लागि “मन्त्री” भन्नाले उपप्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री र सहायक मन्त्री सम्झनु पर्छ ।
(१०) प्रधानमन्त्री र मन्त्री सामूहिक रूपमा संघीय संसदप्रति उत्तरदायी हुनेछन् र मन्त्री आफ्नो मन्त्रालयको कामका लागि व्यक्तिगत रूपमा प्रधानमन्त्री र संघीय संसदप्रति उत्तरदायी हुनेछन् ।
ओलीको निशाना
संसदमा कुनै पनि दलको स्पष्ट बहुमत नआएको अहिलेको अवस्थामा आफ्नो गठबन्धन बनाउन नेता तथा दलहरुले प्रधानमन्त्रीको पद ललिपप जस्तै बाँडदै हिडेको पाइएको छ । तर अहिलेको गठबन्धन बन्दै गर्दा नेपाली कांग्रेसले माधव नेपाल र रवि लामिछानेलाई प्रधानमन्त्री अफर गरेको विषय बाहिर आएको थियो । तर संबिधानमा भने दलहरुले ललिपप बाँडे जसरी प्रधानमन्त्री बन्न सक्ने सम्भावना देखिदैन । अहिलेको गठबन्धनमा पनि तीन नेताहरु पालैपालो १५-१५ महिना प्रधानमन्त्री बन्ने सहमति गरेको भए पनि संबिधानको व्यवस्था अनुसार त्यो सम्भव देखिदैन ।
तर अहिलेको राजनीतिक घटनाक्रममा एमालेले देखाएको लचकता उसको विगतसँग मेल खादैन । ओलीले पछिल्लो दुई सातामा एमालेलाई पछाडी राखेर नयाँ गठबन्धन बनाएका छन् । उनले आफु भन्दा धेरै कम सिट भएका माओवादी केन्द्र र रास्वपालाई महत्वपूर्ण मन्त्रालय दिन सहमत भएर नयाँ गठबन्धन निर्माण गरेका छन् । उनको लक्ष्य अहिले सरकार र भागबन्डा भन्दा पनि बलियो एमाले रहेको बुझ्न सकिन्छ । यसका लागि उनले अबको रणनीति भनेको एकीकृत समाजवादीसँगको एकता नै हो । नयाँ गठबन्धनलाई आधार बनाएर उनले एकीकृत समाजवादीलाई एमालेमा समाहित बनाउन सके भने त्यो सरकारको भागबन्डा र मन्त्री भन्दा ठुलो हुने उनले बुझेका छन् । यसैको कडीको रुपमा उनी धेरै पछि माधव नेपालको निवासमै पुगेर उनलाई फकाउन सफल भएका छन् ।
लामो समयको आरोप प्रत्यारोप र कटुतालाई बिर्सेर ओलीले गल्ति महसुससहित नेपाललाई एमालेमा फिर्ता लैजान यो गठबन्धन गरेको बुझ्न सकिन्छ । त्यसैले ओलीको अहिलेको निशाना यो गठबन्धन र सरकार भन्दा बढी एकीकृत समाजवादीमा रहेको छ । अहिले नयाँ दलहरुप्रति जनतामा आकर्षण देखिएको र मिशन २०८४ लाई सफल बनाउन पार्टी एक हुन अत्यावश्यक भएको बुझेर नै ओलीको नसोचिएको लचकता अहिले देखिएको बुभन्दा अन्यथा हुदैन । ओलीको यस लचकताप्रति एकीकृत समाजवादी र माधव नेपालले कति फाइदा उठाउन सक्छन त्यो उनीहरुकै हातमा रहेको देखिन्छ । राजनीतिक रुपमा अहिले सरकारमा जानु एकीकृत समाजवादीका लागि फाइदाजनक देखिएको छैन । तर ओलीको लचकता र ओलीसँगको निकटताले राष्ट्रिय दलसम्म बन्न नसकेको यथार्थताबीच नयाँ अवसर आएको एकीकृत समाजवादीको नेतृत्वले कति र कसरी बुझ्छ त्यो आगामी दिनमा प्रष्ट हुने छ । न्युज कारखाना
काठमाडौं, २ चैत ।
सरकारसँग ६ बुँदे सहमति गरेपछि लघुवित्तका ऋणीले आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । शुक्रबार सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएको हो ।
सरकारी वार्ताका टोलीका संयोजक नारायणप्रसाद रिसाल र आन्दोलनरत पक्षको तर्फबाट पुनाराम ज्ञवालीले सहमति पत्रमा हस्ताक्षर गरेका छन्् ।
सहमतिको पूर्णपाठ :
नेपाल सरकार अर्थ मन्त्रालयवाट वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुखको संयोजकतत्वमा लघुवित्त वित्तीय संस्थाका क्षेत्रमा देखिएका समस्या समाधान गर्न गठित वार्ता समिति तथा मन्त्रालय लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिका प्रतिनिधिहरु बीच आज मिति २०८०।१२।०२ मा अर्थ मन्त्रालयमा देहाय बमोजिमका विषयमा सहमति गरियो ।
१. लघुवित्त वित्तीय संस्थाहरु कम्पनी कानुन बमोजिम दर्ता भई सञ्चालनमा रहेको कारण सेवामुखी भन्दा नाफामुखी संस्थाको रुपमा विकास भएको र तिनीहरुलाई सेवामुखी बनाउनुपर्ने भनी आन्दोलनरत पक्षबाट माग भएको हुँदा यस्ता संस्थाहरुलाई थप सेवामुखी संस्थाको रुपमा सञ्चालन गर्न के कस्तो नीतिगत एवं कानूनी व्यवस्था गर्न आवश्यक छ भन्ने सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यासहरु तथा अन्तर्राष्ट्रिय कानून समेतको अध्ययन गरी उचित नीतिगत तथा कानूनी व्यवस्था सम्बन्धमा सिफारिस गर्न नेपाल सरकार, अर्थ मन्त्रालय मार्फत नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने ।
२. लघुवित्त वित्तीय संस्थाहरुको क्षेत्रमा देखिएका समस्या समाधानका विषयमा नेपाल राष्ट्र बैंकबाट हालसम्म भएका कार्यहरुका सम्बन्धमा छलफल भई देहायका विषयहरुमा समयानुकूल सुधार र प्रभावकारी कार्यान्वयनको व्यवस्था मिलाउने र उक्त कानूनी तथा नीतिगत प्रावधानहरु र राष्ट्र बैंकको निर्देशन पालना नगर्ने लघुवित्त वित्तीय संस्थाहरुलाई प्रचलित कानून बमोजिम कारबाहीको दायरामा ल्याउनेः
क) नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम लघुवित्त वित्तीय संस्थाले ऋणीसँग लिन पाउने तोकिएको अधिकतम व्याजदर र सेवा शुल्क मात्र लिन पाउने व्यवस्था कडाईका साथ लागू गर्ने ।
ख) तोकिएको कर्जा सीमाभन्दा बढी सामूहिक कर्जा दिन नपाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन र यसको उल्लंघन गर्ने वा गरेका संस्थाहरुलाई कानून बमोजिम हदैसम्मको कारबाही गर्ने ।
ग) एक जना ऋणीले एकभन्दा बढी लघुवित्त वित्तीय संस्थाहरुवाट ऋण लिन र दिन नपाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने,
घ) ऋण लिँदाकै बखत ऋणीको अनुमति बिना वा ऋणीलाई प्रभावमा पारी निश्चित प्रतिशत रकम कट्टा गरी बचत खातामा रकम जम्मा गर्न लगाउने, ऋण लगानी गर्दाकै समयमा किस्ता बापतको रकम अग्रिम जम्मा गर्न लगाउने जस्ता कार्यलाई नियन्त्रण गर्ने । ङ) कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचनाको सम्बन्धमा नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत कार्य गर्ने लघुवित्त वित्तीय संस्थालाई प्रचलित कानून बमोजिम कारबाही गर्ने ।
३. लघुवित्त वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्दा ऋणीहरुलाई वित्तीय साक्षरता तथा सचेतना गराएर मात्र कर्जा प्रवाह गर्ने व्यवस्थालाई नेपाल राष्ट्र बैंकले सम्बन्धित संस्थाहरुबाट अनिवार्य रुपमा पालना गर्ने व्यवस्था मिलाउने ।
४. आन्दोलनरत पक्षबाट एकल अंक व्याज दर तथा एक प्रतिशत सेवा शुल्क कायम गर्न माग भएको सन्दर्भमा त्यस्तो व्याजदर तथा सेवा शुल्क कम गरी समयानुकूल बनाउन अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्थाका साथै लघुवित्त वित्तीय संस्थामा गरिने बचतको व्याजदर र कर्जाको व्याजदरको अन्तर कम गर्ने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न नेपाल सरकार अर्थ मन्त्रालय मार्फत नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने ।
५. वि.सं. २०७२ सालको महाभूकम्प, नाकाबन्दी तथा कोभिड–१९ को समस्या एवं लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह एवं असुली गर्दा पालना गर्नु पर्ने कार्यविधि तथा निर्देशन विपरीत कार्य गरेको समेत कारणले समयमा किस्ता बुझाउन नसक्ने ऋणीहरुको साँवा, व्याज, शुल्क, जरिबाना, कालोसूची एवं धितो फुकुवा, पीडितको पुनर्स्थापना तथा कर्जा भुक्तानी गर्ने कुनै आधार नभएका (घाईते, अपाङ्ग, दीर्घ रोगी) वास्तविक पीडितहरुको कर्जा मिनाहा लगायतका विषयहरुलाई सम्बोधन गर्नुपर्ने भनी आन्दोलनरत पक्षबाट माग भएको विषयमा स्थलगत अध्ययन गरी समाधानका विकल्पसहित काम सुरु गरेको साठी दिन भित्र प्रतिवेदन पेस गर्न सम्बन्धित क्षेत्रका विज्ञ र आन्दोलनरत पक्षका तीन जना प्रतिनिधि समेतको सहभागितामा कार्यदल गठन गर्ने । कार्यदलको प्रतिवेदन सिफारिसका आधारमा लघुवित्त वित्तीय संस्थाहरुको नियमन तथा सुधारका लागि आवश्यक नीतिगत तथा कानूनी सुधारका प्रक्रिया अघि बढाउने ।
६. आन्दोलनरत संघर्ष समितिको तर्फबाट आन्दोलनका कार्यक्रमहरु स्थगन गर्ने सहमति भयो ।न्युज कारखाना
काठमाडौं, २ फागुन ।
प्रनिनिधिसभालाई नेकपा एमालेकी सचेतक सुनिता बराल कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनीत भएको जानकारी गराइएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समिति सदस्यमा बराल मनोनीत भएको जानकारी गराएका हुन् ।
यसअघि एमालेको तर्फबाट कार्यव्यवस्था परामर्श समिति सदस्य रहेका पदम गिरी कानुनमन्त्री भएपछि बराललाई सदस्यमा मनोनीत गरिएको हो ।न्युज कारखाना
काठमाडौं, २ चैत ।
राष्ट्रिय योजना आयोगका चार सदस्यले आफ्नो पदीय जिम्मेवारीबाट राजीनामा दिएका छन् ।
आयोग सदस्यहरु डा. प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना, डा. आरपी विच्छा र डा. जयकान्त राउतले उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष शुक्रबार राजीनामा दिएका हुन् ।
हाल अमेरिकामा रहेकी अनिताले उहीँबाट राजीनामा दिएकी हुन् । न्युज कारखाना
काठमाडौं, २ फागुन ।
१५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई उपप्रधान एवं गृहमन्त्री बनाएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ माग गर्दै बैठक अवरुद्ध गरे ।
कांग्रेस सांसद राजेन्द्रकुमार केसीले भने, ‘उहाँ (गृहमन्त्री रवि लामिछाने) पीडक हो हैन, त्यो थाहा छैन । तर, आरोप लागेपछि यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ । जवाफ नआएसम्म सदन चल्दैन । सभामुखले रुलिङ गर्नुपर्छ ।’
यसपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गर्न खोजेपछि कांग्रेस सांसदहरुले उठेर विरोध गरे । प्रतिपक्ष उभिएका बेला सदन अवरुद्ध मानिने भन्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘प्रधानमन्त्रीले जवाफ नदिएर वेल घेर्न उक्साएको हो ?’ भनी प्रश्न गरे ।
यसपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । तर, ४० मिनेट हुन लाग्दासम्म बैठक सुरु भएको छैन । न्युज कारखाना
काठमाडौं, २ चैत ।
रास्वपाका सांसद असिम शाहले आफ्नै पार्टीबाट युवा तथा खेलकुदमन्त्री बनेका विराजभक्त श्रेष्ठलाई खेलक्षेत्रका विषयमा प्रश्न गरेका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले टीयूको क्रिकेट ग्राउन्डमा फ्रडलाइट र स्कोर बोर्ड कहिले आउँछ ? भन्दै प्रश्न गरेका हुन् । यसका साथै उनले दशरथ रंगशालामा हुन तय भएको बहराइनविरुद्धको खेल नहुनुको पछाडिको कमजोरी के रहयो भन्दै पनि प्रश्न गरेका छन् ।
आफ्नै पार्टीबाट खेलकुदमन्त्री बनेका श्रेष्ठलाई प्रश्न गर्दै सांसद शाहले भने, ‘खेलकुदमन्त्रीलाई म प्रश्न गर्न चाहन्छु– दशरथ रंगशालामा हुन तय भएको बहराइनविरुद्धको खेल नहुनुको पछाडिको कमजोरी के रहयो ? टीयूको क्रिकेट ग्राउन्डमा फ्रडलाइट र स्कोर बोर्ड कहिले आउँछ ? बहुसंख्यक फुटबल खेलाडीहरू विदेश पलायन भइरहेकोमा उनीहरूलाई स्वदेश फर्काउने तयारी के हुँदै छ ? संसारमा ई–स्पोर्ट्सले फड्को मारिसक्यो । हामीले पनि ई–स्पोर्ट्सलाई अगाडि बढाउन ढिला गर्न हुँदैन ।’
आफ्नै पार्टीका मन्त्री भए पनि जनताका प्रश्न निरन्तर उठाउने भन्दै उनले भने, ‘हामी पहिले प्रतिपक्षमा थियौँ । अहिले सत्तापक्षमा छौँ । हाम्रा आसन परिवर्तन भए पनि जनताको पक्षमा आवाज उठाइनै रहन्छौँ । उत्तर दिने ठाउँमा हाम्रा साथीहरू भए पनि निरन्तर हामी खबरदारी गरिरहनेछौँ ।’न्युज कारखाना
काठमाडौं, २ चैत ।
राप्रपाकी सांसद अनिशा नेपालीले बैंक तथा वित्तीय संस्थाले ऋणीको उठीवास गराएको आरोप लगाएकी छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले बैंक तथा वित्तीय संस्थाले जथाभावी लगानी गरेर ऋणीको उठीवास गराएको आरोप लगाएकी हुन् ।
बैंकहरूले ऋणीलाई दुःख दिएको भन्दै उनले भनिन्, ‘बैंक तथा वित्तीय संस्थाले जथाभावी रूपमा लगानी गरेर ऋणीलाई उठीवास लगाएको सर्वविवितै छ । साँवा र ब्याज फिर्ता पाऊँ भनी यसको विरुद्ध पीडितहरूले आन्दोलन पनि गरिरहेका छन् । एकातिर कुनै व्यक्तिले नक्कली तमसुक गरी ऋण दिएमा १० प्रतिशत ब्याज असुल गर्न पाउने भन्ने कानुनी व्यवस्था छ, तर अर्काेतर्फ सबै बैंकले ऋण लगानी गरेबापत चर्काे ब्याज असुल मात्र गरेका छैनन्, सेवा शुल्क भनेर रकम असुल गर्ने र ब्याजलाई साँवामा परिणत गरेर जथाभावी ब्याजमाथि ब्याज लगाउने अपराधी काम गरिरहेका छन् ।’ न्युज कारखाना
काठमाडौं, २ चैत ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद कान्तिका सेजुवालले माओवादी केन्द्रका नेता सुनले पहेँलपुर भएको बताएकीस् छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले माओवादी नेता सुनले पहेँलपुर भएको टिप्पणी गर्दै सुन प्रकरणमा अर्थमन्त्री वर्षमान पुनको पनि नाम जोडिएको बताइन् ।
‘सत्ता नेतृत्व गरिरहेका दल माओवादी केन्द्रका थुपै्र नेता र उनका परिवारका सदस्यमाथि सुनका जलप लगाइसकेको छ । उहाँहरू सुनले पहेँलपुर भइसक्नुभएको छ । हुँदा हुँदा माननीय अर्थमन्त्रीज्यूको नाम सुन प्रकरणमा जोडिएको छ,’ उनले भनिन् । न्युज कारखाना
काठमाडौं, २ फागुन ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् ।
‘३० हजार सहकारीमा ७३ लाख बचतकर्ता छन् । त्यो बचतकर्र्ताको माग छ, सहकारी सञ्चालकको सम्पत्तिबाट हाम्रो बचत फिर्ता दिनुपर्छ । त्यस्तै अनुसन्धानको घेराभित्र रहेको व्यक्ति सरकारको मुख्य पदमा रहँदा सहकारीपीडितको माग कसरी पूरा हुन्छ ?,’ उनले बैठकमा भने, पीडितहरूको विश्वास जित्ने नसकेको सरकारले वित्तीय संकटलाई कसरी समाधान गर्न सक्छ ? पीडितहरुले आन्दोलनबाट सृजना गर्ने अस्तव्यस्ततालाई उसले कसरी थेग्न सक्छ । म आग्रह गर्न चहान्छु, मेरा मित्र माननीय गृहमन्त्रीज्यूलाई उच्च नैतिकताको आधारमा राजीनामा दिएर उदाहरणीय प्रस्तुत गर्नूस् ।’
आफूमाथि प्रश्न बोकेर आफू गृहमन्त्री बन्न नहुने भन्दै उनले अनुसन्धानमा रहेको घेरामा रहेका व्यक्तिले अनुसन्धानकै नेतृत्व गर्ने थलोको जिम्मेवारी दिनु उचित नहुने बताए । न्युज कारखाना
काठमाडौं, २ चैत ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका छन्
शुक्रबार बिहान वालुवाटारस्थित निवासमा पुगेर गृहमन्त्री लामिछानेले प्रधानमन्त्री दाहाललाई आयोगले तयार पारेको छानविन प्रतिवेदन बुझाएका हुन् ।
आयोगले हिजो गृहमन्त्री समक्ष सो प्रतिवेदन बुझाएको थियो ।न्युज कारखाना
काठमाडौं, २ चैत ।
प्रतिनिधिसभा बैठक बस्दैँछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।
संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रतनिधि सभामा उत्पति भएको ‘सम्पति शुद्दीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्दन सबन्धी केही एेनलाइ संसोधन गर्ने बिधेयक २०८०’ का सबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको बिधेयक टेबुल हुनेछ ।
उपप्रधान एवं गृह मन्त्री रबि लामिछानेले ‘राजनैतिक दल सबन्धी (दोस्रो संसोधन) बिधेयक २०८० माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख छ ।
साथै, आ.ब. २०८१÷८२ को लागि बिनियोजन बिधेयकका सिद्दान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथी छलफल जारी रहने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ । न्युज कारखाना
काठमाडौं, १ चैत ।
सर्वाेच्च अदातलमा लिभिङ टुगेदरलाई वैधानिकता दिन माग गर्दै रिट परेको छ ।
अधिवक्ता अनु भट्टराईले लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट दायर गरेकी हुन् । नेपालमा लिभिङ टुगेदरलाई कानुनी मान्यता दिएको छैन ।
कानुन बमोजिम सक्षम र योग्य व्यक्तिहरु लिभिङ टुगेदरमा बस्न पाउने गरी तत्काल कानुनी व्यवस्था गर्न अधिवक्ता भट्टराईले रिटमा परमादेश माग गरेकी छन् ।
१८ वर्षमाथिका जुनसुकै उमेर समूहका तर अविवाहितहरु, डिभोर्सीहरु, विधुवाहरु र अन्य जुनसुकै कारणले एकल जीवन व्यतित गरिरहेका महिला तथा पुरुषलाई मात्र लिभिङ टुगेदरमा बस्न कानुनी रुपमा योग्य ठहर गर्नुपर्ने रिटमा माग गरिएको छ ।
उक्त रिटको ४ चैतमा सुनुवाइको मिति तोकिएको छ ।न्युज कारखाना
काठमाडौं, १ चैत ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी र यस प्रकणमा जोडिएकालाई उन्मुक्ति दिनेलाई कानुनी दायरामा ल्याउने बताएका छन् ।
सुन तस्करीबारे छानबिन गर्न बनेको पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वको आयोगले बिहीबार बुझाएको प्रतिवेदन बुझ्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणको दोषी जोसुकै भए पनि कानुनी कारबाही गरिने बताए ।
छानबिन समितिको प्रतिवेदनअनुसार दोषीहरुलाई कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ ।
सुन तस्करीमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङसँग सम्पर्क भएका कर्मचारी र प्रहरीबारेको डिजिटल फरेन्सिक ल्याबको रिपोर्ट आयोगले अध्ययन गरेको थियो । सुन तस्करी प्रकरणमा सीआईबीले कागज गराएर छाडेका २१ जनालाई आयोगले बयान गराएको थियो ।न्युज कारखाना
काठमाडौं, १ चैत ।
सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ ।
बिहीबार आयोगका अध्यक्ष एवम् पूर्वन्यायाधीश डिल्लीराज आचार्यले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेको ६० किलो सुन, भेपमार्फत भएको सुन तस्करीलगायतका विषयमा छानबनि गर्न सरकारले पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा आयोग बनाएको थियो । सो आयोगमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य थिए ।न्युज कारखाना
काठमाडौं, १ चैत ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी आरोपित उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नैतिकतामाथि प्रश्न उठाएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेसका बद्री पाण्डेले ठगी आरोप लागेका र अनुसन्धानको दायरामा तानिएका लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै लामिछानेको नैतिकतामाथि नै प्रश्न उठाएका हुन् ।
साथै संसदमा उठेका र ठगी आरोपमा उजुरी परेका लामिछानेलाई स्वार्थ बाझिनेगरी गृहमन्त्री बनाइएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा जवाफ दिनुपर्ने उनको माग छ । न्युज कारखाना
काठमाडौं, १ चैत ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन, स्वास्थ्य र सामाजिक न्यायसँग गासिएर आउने जटिलतालाई सम्बोधन गर्नका लागि बृहत रणनीति आवश्यक पर्ने बताएका छन ।
‘जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय अनुसन्धान र नविन केन्द्र’ विषयक कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले समुदायमा बढ्दो रोग, कुपोषण, प्रदूषण र प्राकृतिक प्रकोपहरूबाट उत्पन्न हुने जलवायु परिवर्तनका असर कम गर्नका लागि त्यस्तो रणनीतिको आवश्यकता औंल्याए ।
“यी चुनौतीहरूले मानव स्वास्थ्य र वातावरणलाई अन्योलतातर्फ धकेलेको छ, यसले स्थानीयस्तरमका लागि विस्तृत कार्यक्रमको आवश्यकता औंल्याएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “हाम्रो स्वास्थ्य प्रणाली र सामुदायलाई सशक्त बनाउन अनुसन्धान, नवीनता खोज र स्थानीय ज्ञानको उपयोग गर्नुपर्छ,” उनले भने ।
जलवायु परिवर्तनको असर पृथ्वीका हरेक कुनामा देखापरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनले निम्त्याएका चुनौतीहरू समाज, स्वास्थ्य र प्राकृतिक वातावरणलाई असर गरेकोसमेत जनाएका छन । “जलवायु वैज्ञानिकले स्पष्टरूपमा भनेका छन्, एक दशमलव ५ डिग्री सेल्सियसको सीमालाई पार गर्न हरितगृह ग्यास उत्सर्जनलाई उल्लेखनीय रूपमा घटाउनुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “विशेषगरी हाम्रो जस्तो अतिकम विकसित एवं पहाडी मुलुकहरूका लागि जलवायु परिवर्तनको कठोर वास्तविकता मात्र नभइ त्यसका परिणामहरू ज्यादै महत्त्वपूर्ण छन् ।”
पहिरो, बाढी, वनजङ्गलको आगलागी, हिमतालको बिस्फोट र खडेरीहरू बारम्बार र भयावह हुँदै गएको उल्लेख गर्दै प्रधामन्त्री प्रचण्डले अगाडी भने, “यस्ता प्रकोपले सबैभन्दा कमजोरलाई असर गरेको छ, यहाँका गरिब, महिला, बालबालिका र आदिवासी एवं जतीय समूह मारमा पारेका छन् ।”
पछिल्ला प्रतिवेदनअनुसार प्राकृतिक हिमश्रृखला र विश्वव्यापी स्रोतहरूको एक तिहाइ गुमेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ता हानीनोक्सानीले जैविक विविधतालाई मात्र नभइ तटीय क्षेत्रमा रहेका अर्बौ मानिसहरूको जीविकोपार्जनलाई खतरामा पारेकोसमेत उनले जनाए ।
दुबईमा सम्पन्न भएको कोप–२८ देखि संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालगायतका अन्तर्राष्ट्रिय मञ्चहरूमा आफूले जलवायु परिवर्तनका कारण अतिकम विकसित मुलुकले भोग्नुपरेका अनेक चुनौतीका विषयमा वकालत गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले विकसित अर्थतन्त्रहरूले अत्यावश्यक स्रोत र प्रविधिका माध्यमबाट अनिवार्य रूपमा सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।न्युज कारखाना
काठमाडौं, ३० फागुन ।
नेकपा एमालेका सांसद तथा सचिव योगेश भट्टराईले वर्तमान संसद् रहुन्जेलसम्म वर्तमान सरकार कायम रहने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद भट्टराईले वर्तमान संसद् रहुन्जेलसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार कायम रहने बताएका हुन्।
अहिलेको संसदको लागि यो सरकार बनाउनु अन्तिम विकल्प भएको उनको दाबी छ। अब अर्को सरकार बनाउन एमालेले कोसिस नगर्ने उनले प्रस्ट पारे। एमालेको समर्थनमा आज १५७ सांसदले प्रधानमन्त्रीलाई विश्वासको मतमा मत दिएका छन्।
सरकारले मुलुकमा व्याप्त समस्याको सकारात्मक निकास दिने विश्वास व्यक्त गरे। सरकारले जनतामा भएको निराशालाई आशामा बदल्ने उनको भनाइ छ। ‘अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित गर्ने। अर्थतन्त्रलाई सन्तुलित बनाउने। र, अन्य कतिपय सामाजिक, आर्थिक समस्यालाई हल गर्ने र संसद्बाट आवश्यक विधेयक संसद्मा टेबुल गर्ने, त्यसलाई पास गर्ने र विशेष गरी संघीय निजामती ऐन, विद्यालय शिक्षा ऐन लगायतका संघीयताका कार्यान्वयनसँग सम्बन्धित ऐनहरूलाई छिटोभन्दा छिटो संसद्बाट अगाडी बढाउने हो। शान्ति प्रक्रियालाई तार्किक निष्कर्षबाट टुंग्याउने,’ उनले भने।न्युज कारखाना
काठमाडौं, ३० फागुन ।
नेपाल सांस्कृतिक महासंघले पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ। नेपाली कांग्रेसको शुभेच्छुक संस्था सांस्कृतिक संघको बुधबार बसेको बैठकले सल्लाहकारमा शाहसहित साहित्यकार डा. ध्रुवचन्द्र गौतम, चित्रकार किरण मानन्धर, साहित्यकार महेश प्रसाईं र गायक कृष्णसुधा ढुंगाना मनोनयन गरेको हो।
बैठकले महासंघका सभापति तीर्थबहादुर थापाको संयोजकत्वमा ११ सदस्यीय विशेष समिति पनि गठन गरेको छ। अर्जुन गिरीको संयोजकत्वमा अनुशासन समिति, गंगाबहादुर पाण्डेको संयोजकत्वमा न्यायिक समिति र शर्मिला बोहराको संयोजकत्वमा विधागत संघसंस्था समन्वय विभाग गठन गरिएको छ।
प्रभातमणि ओझाको संयोजकत्वमा आर्थिक विभाग, विपिन किरणको संयोजकत्वमा कार्यक्रम संयोजन विभाग, कुवेर गिरीको संयोजकत्वमा प्रचारप्रसार विभाग, कुमार बस्नेतको संयोजकत्वमा विदेश विभाग र कृष्णगोपाल केसी संयोजकत्वमा महासंघ विधान संशोधन महासमिति गठन गरेको हो।न्युज कारखाना
काठमाडौं, ३० फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।
मत विभाजनद्वारा सो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । मत विभाजनको परिणामअनुसार बैठकमा २६८ जना सांसद उपस्थित रहेका र प्रस्ताव पक्षमा १५७, विपक्षमा ११० र मत दिन्नँ भन्ने तटस्थमा १ मत खसेको सभामुख घिमिरेले जानकारी दिए ।
प्रस्तावको पक्षमा खसेको १५७ मत बहुमत पुगेकाले प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको सभामुख घिमिरेले बैठकमा जानकारी गराए । न्युज कारखाना
काठमाडौं, ३० फागुन ।
सत्तारुढ गठबन्धनमा आवद्ध एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पुरानो तोडेर नयाँ गठबन्धन बनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्य अनैतिक भएको टिप्पणी गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वास गर्नै नसकिने व्यक्ति रहेको भन्दै नयाँ गठबन्धन बनाउने कार्य अनैतिक भएको बताएका हुन् ।
‘फागुन १८ गते मैले प्रधानमन्त्रीसँग भेट गरेको छु । त्यही दिन व्यक्तिगत कामको सिलसिलामा जापान गएँ । दुई दिनपछि हेर्छु यहाँ त गठबन्धन बदलेको छ । चारवटा दलको हस्ताक्षर भएको छ । हामी एकीकृत समाजवादीको तर्फबाट यो देशमा पार्टीभित्रको व्यक्तिवादको विरुद्ध विद्रोह गरेर आफैँले बनाएको पार्टी तोडेर, विष पिएर तपाईंहरूलाई साथ दिएका थियौँ । तपाईंले बाढीले बगाएर ल्याएको मुढो छोडेझैँ छोडेर हिँड्नुभयो । योभन्दा अनैतिकता के हुन्छ ?,’ बैठकमा उनले प्रश्न गरे । न्युज कारखाना
काठमाडौं, ३० फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति तथा उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेबारे अभिव्यक्ति दिएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आफूलाई विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री प्रचण्डले सांसदहरुको आरोपलाई खण्डन गर्ने क्रममा गृहमन्त्री लामिछाने इंगित अभिव्यक्ति दिएका हुन् ।
बैठकमा बोल्ने क्रममा सांसदहरूले ‘उथलपुथल भनेको सहकारी ठगीको आरोप लागेकालाई गृहमन्त्री बनाउने हो ?’ भनेर गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डल आफूतिर आए प्रधानमन्त्री बनाउन तयार हुने र नआए भ्रष्टाचारी भन्दै कारबाही गर्नुपर्ने यो कस्तो डबल स्ट्यान्ड भनेर प्रश्न गरे ।
‘तीनैलाई प्रधानमन्त्री बनाउन हिँडेको देखिरहेका छौँ । आफूतिर आए प्रधानमन्त्री बनाउन तयार, नआए भ्रष्टाचारी, कारबाही गर्नुपर्छ, यस्तो डबल स्ट्यान्ड,’ प्रधानमन्त्री प्रचण्डले भने । न्युज कारखाना
काठमाडौं, ३० फागुन ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस र एमाले मिलेर एकठाउँमा उभिए भने माओवादी तथा सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हालत के होला भन्दै प्रश्न गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका छन् । सोही क्रममा बैठकलाई सम्बोधन गरेका कांग्रेस महामन्त्री तथा सांसद शर्माले प्रधानमन्त्री प्रचण्डलाई तपाईँबाट धोखा खाएकाहरू एक ठाउँमा उभिए भने राजनेताको गद्दीको हालत के हुन्छ ? भन्दै प्रश्न गरेका हुन् ।
‘पोहोर एमाले विपक्षमा रहेको अहिले कांग्रेस विपक्षमा रहेको पालैपालो विपक्षमा रहेकाहरूको हिसाब जोड्दै गर्दा क्लियर हुँदैन र ? पालैपालै विपक्षमा उभिएकाहरू एउटै पक्षमा उभिए भने पनि धोका खाएकाहरू एक हौँ भन्ने नारा लाग्यो भने राजनेताको गद्दीको हालत के होला ?,’ उनले भने । न्युज कारखाना
काठमाडौं, ३० फागुन ।
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नसकिने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका छन् ।
सोही क्रममा बैठकलाई सम्बोधन गरेका कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले निर्वाचनका बेला जनतासँग गरेको बाचा तोडेर नयाँ गठबन्धन बनाउने प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताएका हुन् ।
निर्वाचनका बेला पाँच वर्ष कांग्रेससहितको गठबन्धनले सरकार बनाएर देश र जनताका लागि काम गर्ने बताइए पनि प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धन तोडेर कांग्रेसबाहेक र एमालेसहितको गठबन्धन बनाएर सत्ता समीकरण परिवर्तन गरिएको छ ।
जनतालाई दिएको विश्वास तोडेर प्रधानमन्त्री प्रचण्डले दलबीच मन्त्रिपरिषद् पुनर्गठन गरेर विश्वासको मत पाए पनि जनताको विश्वास जित्न नसक्ने भन्दै शर्माले जनताको विश्वास जित्नुपर्ने बताए । न्युज कारखाना
काठमाडौं, ३० फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत माग्दै प्रस्ताव राखेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका हुन् ।
सो क्रममा प्रधानमन्त्रीले गरेको सम्बोधनको पूर्णपाठ :
सम्माननीय सभामुख महोदय,
नेपाली कांग्रेसले सरकारमाथिको समर्थन फिर्ता लिएपछि संविधानतः विश्वासको मत लिन म यो रोष्टममा उभिएको छु । सरकार पुनर्गठन र नयाँ समीकरणको आवश्यकताबारे मैले यसअघि नै सम्मानित संसदलाई जानकारी गराइसकेको छु । त्यसको औचित्य आज यो सम्मानित संसदमा भाषणबाट होइन, मेरा कामबाट प्रमाणित गर्न प्रतिवद्ध छु, त्यसका लागि यो सार्वभौम संसदको विश्वास चाहन्छु ।
प्रधानमन्त्रीका रुपमा मैले समस्याग्रस्त अर्थतन्त्र जिम्मा लिएको थिएँ । अर्थतन्त्र सुधारका लागि म सुरुदेखि नै अनवरतरुपमा लागे । पछिल्लो अवस्थामा अर्थतन्त्रका अधिकाशं सूचकहरू राम्रा हुँदै गएका छन् । चालु आर्थिक बर्षको सात महिनाको अवधिमा २९७ अर्ब ७२ करोड रुपैयाले शोधनान्तर बचत छ भने, विदेशी विनिमय सञ्चिति १९.९ प्रतिशतले बृद्धि भई झण्डै १८ खर्ब ४५ अर्ब रुपैया बराबर पुगेको छ । व्यापार घाटा १.८ प्रतिशतले घटेको छ । आन्तरिक अर्थतन्त्रतर्फ सात महिनाको अवधिमा मुद्रास्फिति ५.१ प्रतिशतमा सीमित गरिएको छ भने कर्जा प्रवाह ४.७ प्रतिशतले बढेको छ । यो तालिकालाई सरकारको ठूलो उपलब्धिका रुपमा व्याख्या गर्न नसकिने होइन तर आन्तरिक उत्पादन र रोजगारी वृद्धिमा अपेक्षित प्रगति हुन सकेको छैन । पूँजीगत खर्च पनि अपेक्षा अनुसार बढाउन सकिएको छैन । राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजनालाई थप द्रुतता दिने, पुँजीगत खर्च बढाउने र सार्वजनिक सेवा प्रवाहमा थप सुधार गर्ने मेरो उद्देश्य छ । प्रशासनयन्त्रलाई चुस्तदुरुस्त बनाउनु, प्रक्रियागत अवरोधहरु हटाउनु र निजी क्षेत्रको क्षमताको पूर्ण उपयोग हुने वातावरण सिर्जना गर्नु मेरो प्राथमिकता हुनेछ ।
बैङ्क तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैङ्कहरूको आधार ब्याजदर एकल अङ्कमा पुगेको छ भने ऋणको ब्याजदर पनि घटेको छ । व्यापार घाटामा कमी आएको छ, तर निर्यात बढाउन सकिएको छैन । विप्रेषण त बढे्को छ तर योसँगै भित्रिने सीप, अनुभव र दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउन सकिएको छैन ।
मेरो भारत भ्रमणका क्रममा दश वर्षमा दश हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्यका साथ दीर्घकालिन जलविद्युत् सम्झौताको प्रारम्भिक सहमतिमा हस्ताक्षर भएको छ । हाम्रो समृद्धिका लागि यो नेपाली इतिहासकै सबैभन्दा ठूलो र दूरगामी महत्वको सहमति हो भन्ने मेरो विश्वास छ । भारतसँग मात्रै नभएर बङ्गलादेशसँग पनि हामी विद्युत् व्यापारको नजिक पुगेका छौँ । नेपालबाट बङ्गलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुँदैछ । चीनतिर पनि विद्युत् व्यापारको ढोका खुल्दै छ । यो पनि सानो उपलब्धि होइन । तर, यो सम्भावना हासिल गर्न हामीले विद्युत् पूर्वाधारमा निकै धेरै काम गर्नु छ ।
जलवायु न्याय र समानताको अवधारणामा नेपालले अब आफूलाई विश्वमञ्चको केन्द्रमा ल्याएको छ । संयुक्त राष्ट्र संघका महासचिवको नेपाल भ्रमण र दुबईमा सम्पन्न ‘कोप–२८’ मा नेपालको प्रस्तुतिबाट हामीले सन्देश दियौं, अब जलवायु संकटबाट प्रभावित पर्वतीय मुलुकहरूको आवाजलाई नेपालले नेतृत्व गर्नेछ ।
सरकारका उपलब्धिहरुको सूचि सानो छैन तर देशका आवश्यकता र सम्भावना हासिल गर्न यत्ति उपलब्धि पर्याप्त थिएनन् । प्रधानमन्त्रीका रुपमा म जस्तो संकल्पका साथ सक्रिय थिएँ, टिम त्यही गतिको नभएको मेरो अनुभव रह्यो । सरकारको गेयर परिवर्तन गर्ने हो भने सरकार र गठबन्धन पुनर्गठन गर्नैपर्ने मेरो वाध्यता रह्यो ।
सरकार पुनर्गठन एउटा राजनीतिक प्रक्रिया मात्रै भए पनि नेपाली कांग्रेसका केही साथीहरुले यसको अराजनीतिक व्याख्या गर्नुभयो र ममाथि निजी आक्षेप र आक्रमण गर्नुभयो । खासमा म यी आक्षेपहरुको ठूलो प्रतिवाद गर्न चाहन्नथेँ । निजी आरोप र प्रत्यारोपका लागि यो सार्वभौम संसद उपयुक्त ठाउँ होइन भन्ने मेरो मान्यता थियो र छ । अझ आज विश्वासको मत लिने दिनमा त यस्तो विषयमा प्रवेश नै नगर्नु राम्रो हुने थियो । तर, संसदीय रेकर्डमै रहेका आरोपको प्रतिवाद नगर्दा इतिहासमा गलत सन्देश जाला भन्ने चिन्ताले मात्रै म आफ्नो पक्ष राख्न चाहन्छु ।
नेपाली कांग्रेसका साथीहरुले कुनै बेला यही रोष्टममा उभिएर मलाई राजनेता घोषणा गर्नुभएको थियो । मेरो त्यो पदवी अहिले पनि सम्मानित संसदको रेकर्डमा सुरक्षित छ । त्यही राजनेता सरकार पुनर्गठनसँगै आज ठूलो विश्वासघाती र धोकेबाज भएको छ । निरन्तर संघर्षरत नेपाली कांग्रेसभित्रका विचार समूहहरुले युद्धविराम नै गरेर मप्रतिको निन्दा अभियानमा प्रतिष्पर्धा गरिरहेका छन् । पछिल्लो एक वर्षमा कांग्रेसका विचार समूहहरुको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावबाट आजित भएको म आज कांग्रेसभित्रको आन्तरिक एकत्वको कारक बन्न पाएकोमा खुसी नै छु । साथीहरुलाई आग्रह छ, यो युद्धविरामलाई स्थायी शान्तिमा बदल्नुस् र नेपाली कांग्रेसलाई एकीकृत गर्नुस् । त्यसो हुँदा ममाथिको अन्यायपूर्ण निन्दा पनि कांग्रेसका लागि योगदान नै हुन सक्छ ।
विगतमा म नेपाली कांग्रेसको समर्थनमा केवल एकपटक प्रधानमन्त्री भएको छु तर माओवादी केन्द्रको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुई पटक प्रधानमन्त्री हुनुभएको छ । मैले राजनीतिक सहमतिको पूर्ण पालना गर्दै प्रधानमन्त्री पद नेपाली कांग्रेसलाई हस्तान्तरण गरेको थिएँ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीमा मलाई दिएको वचनमा विश्वासघात भयो । आज मलाई गाली गरिरहेका साथीहरुलाई म सोध्छु, मैले कहिल्यै यो संसद र बाहिर धोकाको शोकगीत गाएँ ? मैले कहिल्यै कसैलाई आरोप लगाएँ ? मैले कहिल्यै कुनै कार्यक्रममा नेपाली कांग्रेसका साथीहरुको मानमर्दन गरेँ ? गरिनँ । मैले त बरु राष्ट्रिय सहमतिको आधार तयार गर्न नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गरेँ । त्यसले मलाई प्रधानमन्त्री बनाएको गठबन्धनमा अविश्वास पैदा भयो । धोकाको आरोप बरु मलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका दलहरुले लगाउन मिल्छ, नेपाली कांग्रेसले मिल्दैन ।

धोकाकै कुरा गर्ने हो भने हामीसँग लामो फेहरिस्त छ । माओवादीले मुख्यमन्त्री पाउने सहमति भइसकेको कोशी प्रदेशमा कांग्रेसको एउटा समूहको विद्रोह र पार्टी केन्द्रबाट त्यसको अनुमोदन माओवादीका लागि धोका थियो कि थिएन ? राष्ट्रिय सभा निर्वाचनमा माओवादी उम्मेदवारमाथिको अन्तरघात धोका थियो कि प्रेम ? महासमिति बैठकमा विना सन्दर्भ गठबन्धनको निन्दा र भत्र्सना सहयात्रीको अवमूल्यन हो कि होइन ? महासमिति बैठकमा धर्मका नाममा हस्ताक्षर अभियान र त्यसलाई नेतृत्वको संरक्षण संविधानमाथिकै धोका हो कि होइन ? तर, म यस्ता विषयको निजीकरण गर्न र नेतृत्वमाथि व्यक्तिगत आक्रमण गर्न चाहन्नँ । राजनीतिक विषयको प्रतिवाद राजनीतिक ढंगबाटै हुनुपर्छ । नेपाली कांग्रेसका साथीहरुबाट पनि म त्यही अपेक्षा गर्दछु ।
यावत आक्षेपकै बीचमा पनि म फेरि दोहोर्याउँछु, प्रधानमन्त्रीका रुपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासकै लागि प्रतिबद्ध छु । अहिलेको शक्ति विन्यासमा हामी सबैको स्वामित्व र अपनत्व छ । राष्ट्रपति हुनुहुन्छ, नेपाली कांग्रेसको पृष्ठभूमिबाट । उपराष्ट्रपति हुनुहुन्छ जनता समाजवादी पार्टीवाट । सभामुख हुनुहुन्छ, नेकपा (एमाले)को पृष्ठभूमिबाट । राष्ट्रिय सभा अध्यक्ष हुनुहुन्छ माओवादी केन्द्रको पृष्ठभूमिबाट । उपसभामुख हुनुहुन्छ, राष्ट्रिय स्वतन्त्र पार्टीको पृष्ठभूमिबाट । सबैको सम्मानपूर्ण यो प्रतिनिधित्वमा मेरो निर्णायक भूमिका छ र त्यसमा मलाई गर्व छ । सम्मानित संसदलाई मेरो अपिल छ, राष्ट्रिय समस्याहरुको समाधानका लागि पनि हामी सबै एक ठाउँमा उभिनैपर्छ र राष्ट्रका सम्भावना हासिल गर्न पनि हामीले राष्ट्रिय एकता कायम गर्नैपर्छ ।
सभामुख महोदय,
सरकार गठनमा सहभागी दलहरुबीच न्यूनतम साझा कार्यक्रमका लागि कार्यदल बनेको छ र सम्भवतः आज बेलुकासम्म त्यो सार्वजनिक हुनेछ । त्यही कार्यक्रम सरकार सञ्चालनको मूल आधार हुनेछ । सुशासन, प्रभावकारी सेवा प्रवाह र समृद्धि सरकारको मूल अठोट हुनेछन् । राजस्वको लक्ष्य पुरा गर्न, पूँजीगत खर्च बढाउन र बेरुजु घटाउन सरकारले नयाँ कार्यक्रमहरु ल्याउनेछ । आर्थिक गतिविधिको विस्तार र समष्टिगत आर्थिक स्थायित्व सरकारको प्राथमिकता हुनेछ।
सरकार पुनर्गठनसँगै पूँजीबजारमा आएको सकारात्मक परिवर्तनलाई मैले सरकारप्रति जनअनुमोदन र समर्थनका रुपमा बुझेको छु । सोमबार मात्रै मिटर ब्याज पीडितहरुसँग चार बुँदे सहमति भएको छ । वित्तीय अनुशासन, प्रशासनिक खर्चमा मितव्ययिता, उत्पादकत्व वृद्धि र राजस्व चुहावटमा स्थायी नियन्त्रणबाट राष्ट्रको आर्थिक जीवनलाई अझ बलियो बनाउने सरकारको अठोट छ । रोजगारी सिर्जना र आयात प्रतिस्थापन सरकारका प्राथमिकता हुनेछन् । पर्यटनमा अहिले देखिएको सुधारलाई कायम राख्दै पर्यटक संख्या कम्तिमा दोब्बर बनाउने लक्ष्य लिइनेछ । वैदेशिक रोजगारीमा जानेलाई बैंकको ऋणको व्यवस्था गरिनेछ र स्वदेश फर्केकालाई पनि सीप अनुसारको व्यवसायका लािग सुलभ ऋणको ग्यारेन्टी गरिनेछ । संघीयता कार्यान्वयन, राष्ट्रिय हितको रक्षागर्ने स्वतन्त्र परराष्ट्र नीतिको अवलम्बन सरकारको प्रतिवद्धता हुनेछ । शान्ति प्रक्रियाको निरुपण सरकारको प्राथमिकता हुनेछ । सार्वजनिक सेवा प्रवाह चुस्त र नागरिक मैत्री हुनेछ । राज्यका सबै संरचनामा सदाचार र जवाफदेहिता कायम गरिनेछ । अहिले सु्न्दा अविश्वसनीय लाग्ला तर निजी क्षेत्रसमेतको सहभागितामा हजारौं उद्यमशीलतालाई एकसाथ प्रोत्साहन गरिनेछ ।
संविधानको भावनाविपरितका थरिथरिका विचलन रोक्न म संसदसँग विश्वासको मत माग्दछु । अर्थतन्त्रमा व्यावसायिक वातावरण सुधार गर्न, राजनीतिक अस्थिरताले सिर्जना गरेको सामाजिक अराजकता, आक्रोश र नकारात्मक सोचमा परिवर्तन ल्याउन पनि सरकारले विश्वासको मत पाउन जरुरी छ । पछिल्ला सबै आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै राष्ट्रियता, स्वाभिमान र सार्वभौमसत्ताप्रति गौरवबोध गर्न मलाई संसदको समर्थन चाहिएको छ ।
म सम्मानित संसदलाई विश्वास दिलाउँछु हजारौं नयाँ स्टार्टअप र उद्यमशीलता केही महिनामैं सुरु हुनेछन् । आत्मनिर्भरताको व्यवस्थित प्रयास हुनेछ । म सरकारलाई तथ्यांक केन्द्रित गर्नेछु । देशमा महामारीका रुपमा फैलिएको पलायन र निराशा रोक्नेछु । सुशासनमा अहिलेसम्म भएका प्रयासले लोकतन्त्रप्रति जनताको आस्था पुनः स्थापित गरेका छन् । तिनमा गुणात्मक परिवर्तन ल्याइनेछ । सार्वजनिक सेवा प्रवाह र सुशासनबाट नागरिकमा राज्यप्रति भरोसा जगाइनेछ । सुस्त कर्जा प्रवाह, मध्मवर्गीय उपभोगमा आएको गिरावट र पूँजीगत खर्चको न्यूनता अन्त्य गर्न नीतिगत सुधार गरिनेछ ।
सभामुख महोदय,
मैले निरन्तर भनिरहेको छु, अघिल्लो सत्ता–गठबन्धनमा म व्यक्तिका रुपमा अप्ठ्यारोमा थिइनँ । प्रधानमन्त्री पद पनि असुरक्षित थिएन । सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल नगरेको पनि होइन । तर देश आज औसत उपलब्धिहरुमा रमाउन सक्ने अवस्थामा छैन । औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गर्नभन्दा जोखिम उठाएरै भएपनि देश र जनताको हितमा युगान्तकारी काम गर्ने मेरो संकल्प छ । आउँदा दिनमा सरकारका काम र परिणामबाट म त्यो प्रमाणित गर्नेछु । मेरो प्रतिवद्धतामा यो सम्मानित संसदले विश्वासको मोहोर लगाउने छ भन्ने मेरो विश्वास छ । धन्यवाद ।न्युज कारखाना
भक्तपुर, ३० फागुन ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएको छ । पार्टी केन्द्रीय अध्यक्ष नारायणमान विजुक्छें रोहितको अध्यक्षतामा बुधबार बसेको पार्टी सचिवालको वैठकले बुधबार संसदमा हुने प्रधानमन्त्री पुष्पकमल दाहालमाथि हुने विश्वासको मतमा विश्वासको मत नदिने निर्णय भएको हो ।
बैठकपछि पार्टी सचिव एवं संघीय सांसद प्रेम सुवालद्वारा जारी प्रेस विज्ञप्तिमा व्यक्ति भन्दा पनि पार्टी नीतिलाई हेर्ने भएकोले प्रधानमन्त्रीको विश्वासको मतदानमा विपक्षीमा मतदान गर्ने उल्लेख छ । प्रधानमन्त्रीमाथिको विश्वासका मत दिने निर्णय भएका पार्टीहरु र नेकपा माओवादी केन्द्रकोवीचमा नीतिगत रुपमा खासै भिन्नता नभएको विज्ञप्तिमा जनाइएको छ ।
नेमकिपा हालसम्म कुनै पनि दलको सरकारमा सामेल भएको छैन । सरकारमा गएका पार्टीहरुलाई उसले नीति तथा कार्यक्रमको आधारमा समर्थन र विरोध गर्नै काम गर्दै आएको छ । न्युज कारखाना
काठमाडौं, ३० फागुन ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले देश समस्याग्रस्त रहेको बताएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले देश समस्याग्रस्त रहेकाले सबै मिलेर समाधान गर्नुपर्ने बताएका छन् ।
देशलाई आर्थिक उन्नतिमा लैजानुपर्ने भन्दै उनले सबै राजनीतिक दल मिलेर देशको विकास र समृद्धिमा लाग्नुपर्ने बताए ।
अघिल्लो वर्ष विश्वासको मत दिन हुने यस वर्ष दिन नहुने भन्ने हुँदैन भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन कांग्रेससँग आग्रह गरे ।
प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मत माग्ने प्रस्तावको समर्थन गर्दै उनले प्रचण्ड सरकारले देश र जनताका लागि काम गर्ने भएकालेृ विश्वासको मत दिन अन्य दलका सांसदहरुलाई आग्रह गरे । न्युज कारखाना
काठमाडौँ, ३० फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आरोप र प्रत्यारोप लागि सार्वभौम संसद् उपयुक्त थलो नभएको बताएका छन् । ्
विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै संसद्मा निजी र व्यक्तिगत आक्षेप लगाउन नहुने बताए ।

“सरकार पुनर्गठन एउटा राजनीतिक प्रक्रिया मात्रै भए पनि कांग्रेसका केही साथीहरूले यसको अराजनीतिक व्याख्या गर्नुभयो र ममाथि निजी आक्षेप र आक्रमण गर्नुभयो,” प्रधानमन्त्री प्रचण्डले भने, “म आक्षेपहरूको प्रतिवाद गर्न चाहन्नथेँ तर निजी आरोप र प्रत्यारोपका लागि यो सार्वभौम संसद उपयुक्त ठाउँ होइन भन्ने मेरो मान्यता थियो र छ ।”
संसदीय रेकर्डमै रहेका आरोपको प्रतिवाद नगर्दा इतिहासमा गलत सन्देश जाने भएकाले आफूले आफ्नो पक्षका केही कुरा राख्न चाहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले कांग्रेसले कुनै बेला संसदमा उभिएर राजनेता घोषणा गरेको स्मरण गरे ।न्युज कारखाना
काठमाडौँ, ३० फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालबाट बङ्गलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने बताएका छन् ।
विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई बुधबार सम्बोधन गर्दै भारतसँग मात्रै नभएर बङ्गलादेशसँग पनि हामी विद्युत् व्यापारको नजिक पुगेको बताए । “चीनतिर पनि विद्युत् व्यापारको ढोका खुल्दै छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यो पनि सानो उपलब्धि होइन । तर, यो सम्भावना हासिल गर्न हामीले विद्युत् पूर्वाधारमा निकै धेरै काम गर्नुछ ।”
जलवायु न्याय र समानताको अवधारणामा नेपालले अब आफूलाई विश्वमञ्चको केन्द्रमा ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संयुक्तराष्ट्र सङ्घका महासचिवको नेपाल भ्रमण र दुबईमा सम्पन्न ‘कोप–२८’ मा नेपालको प्रस्तुतिबाट नेपालले नयाँ सन्देश प्रवाह गरेको बताए ।
“हामीले सन्देश दियौँ, अब जलवायु सङ्कटबाट प्रभावित पर्वतीय मुलुकहरूको आवाजलाई नेपालले नेतृत्व गर्नेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “सरकारका उपलब्धिहरूको सूची सानो छैन तर देशका आवश्यकता र सम्भावना हासिल गर्न यत्ति उपलब्धि पर्याप्त थिएनन् ।”न्युज कारखाना
काठमाडौँ, ३० फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको बताएका छन् ।
विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई बुधबार सम्बोधन गर्दै अर्थतन्त्र सुधारका लागि आफूले सुरुदेखि नै अनवरतरूपमा लागेको र पछिल्लो अवस्थामा अर्थतन्त्रका अधिकाशं सूचकहरू राम्रा हुँदै गएको स्पष्ट पारे ।

“चालु आर्थिक बर्षको सात महिनाको अवधिमा दुई खर्ब ९७ अर्ब ७२ करोड रुपैयाले शोधनान्तर बचत छ,” प्रधानमन्त्री प्रचण्डले भने, “विदेशी विनिमय सञ्चिति १९ दशमलव ९ प्रतिशतले बृद्धि भई झण्डै १८ खर्ब ४५ अर्ब रुपैया बराबर पुगेको छ ।”
व्यापार घाटा एक दशलव ८ प्रतिशतले घटेको उल्लेख गर्दै प्रधानमन्त्रीले आन्तरिक अर्थतन्त्रतर्फ सात महिनाको अवधिमा मुद्रास्फिति ५ दशमलव १ प्रतिशतमा सीमित गरिएको बताउनुभयो । उहाँले कर्जा प्रवाह ४ दशमलव ७ प्रतिशतले बढेको छ उल्लेख गरे ।
“विद्यमान आर्थिक अवस्थालाई सरकारको ठूलो उपलब्धिका रुपमा व्याख्या गर्न नसकिने होइन तर आन्तरिक उत्पादन र रोजगारी वृद्धिमा अपेक्षित प्रगति हुन सकेको छैन,” प्रधानमन्त्री प्रचण्डले भने, “पूँजीगत खर्च पनि अपेक्षा अनुसार बढाउन सकिएको छैन । राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजनालाई थप द्रुतता दिने, पुँजीगत खर्च बढाउने र सार्वजनिक सेवा प्रवाहमा थप सुधार गर्नुपर्ने छ ।”

उनले प्रशासनयन्त्रलाई चुस्तदुरुस्त बनाउनु, प्रक्रियागत अवरोधहरु हटाउनु र निजी क्षेत्रको क्षमताको पूर्ण उपयोग हुने वातावरण सिर्जना गर्नु आफ्नो पहिलो प्राथमिकता हुने स्पष्ट पारे ।
बैङ्क तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैङ्कहरूको आधार ब्याजदर एकल अङ्कमा पुगेको र ऋणको ब्याजदर पनि घटेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “व्यापार घाटामा कमी आएको छ, तर निर्यात बढाउन सकिएको छैन । विप्रेषण त बढे्को छ तर योसँगै भित्रिने सीप, अनुभव र दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउन सकिएको छैन ।”न्युज कारखाना
काठमाडौं, ३० फागुन ।
प्रतिनिधिसभाअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बैठक बसिरहेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार विश्वासको मत लिँदै छन् । यसको कार्यसूचीबारे बैठकमा छलफल भइरहेको छ । न्युज कारखाना
दिपायल, २९ फागुन ।
नेपाली कांग्रेसका नेता आनन्द विष्टले गठबन्धन टुटेर कांग्रेसीहरू निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन्। नेपाल शिक्षक संघ डोटीको २४औं जिल्ला प्रतिनिधि सभालाई सोमबार सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका नेता विष्टले कांग्रेस लोकतन्त्र र लोकतन्त्रबाट प्राप्त भएका उपलब्धिको रक्षा गर्न सधैँ प्रतिबद्ध रहेकाले गठबन्धन टुट्दैमा निराश हुनुपर्ने अवस्था नरहेको बताए।
नेकपा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक बेइमानीका कारण कांग्रेस सम्मिलित गठबन्धन टुटेको उनले बताए। ‘राजनीतिक बेइमानी गर्नेहरूका धेरै दिन रहँदैनन्। २०८४ मा जनताले हैसियत देखाइदिने छन्। कांग्रेसले लोकतन्त्रको संस्थागत विकास गर्नुपर्छ भन्दा आत्तिएर प्रचण्डजीले गठबन्धन तोड्नु भएको हो। उहाँको अस्थिर राजनीतिका कारण मुलुकले ठूलो क्षति बेहोरिरहेको छ,’ विष्टले भने।
अब सिंगो पार्टी पङ्क्ति कांग्रेसलाई मतदान गर्ने वातावरण सिर्जना गर्न केन्द्रित हुनुपर्ने विष्टले बताए। गुट उपगुटको अन्त्य गर्दै पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउन सबै नेताहरू इमानदार हुनुपर्ने उनको भनाइ छ।
पार्टी सभापतिलाई मात्र दोषारोपण गरेर कोही चोखिन नसक्ने विष्टले बताए। ‘२०७४ को निर्वाचनमा गठबन्धन गर्नु भएन भनेर सभापतिको आलोचना भयो। २०७९ मा गठबन्धन भयो भनेर आलोचना गरियो। त्यसैले यस्ता आरोप प्रत्यारोपमा उत्रिनुभन्दा पनि हामी एक भएर अगाडि बढ्नुपर्छ। एक भएर जनताका माझमा गयौं भने हामीलाई दुई तिहाइ ल्याउन कसैले रोक्न सक्दैन,’ उनले भने।
मुलुकको सबैभन्दा पुरानो र विश्वसनीय दल कांग्रेस रहेकाले जनताले समृद्धिका लागि सुदृढ कांग्रेस खोजिरहेको विष्टको भनाइ छ। डोटी कांग्रेसको गड भए पनि अन्तरघातको सिकार भइरहेको उनको दुखेसो छ।
यसका साथै मुलुकको दक्ष जनशक्ति निर्माणमा र लोकतन्त्रको रक्षामा शिक्षकहरूको ठूलो भूमिका रहँदै आएको उनले स्मरण गरे। सत्यको बाटोमा हिँड्ने भएकाले शिक्षकमाथि सबैको विश्वास रहने विष्टले बताए।
तर, अझैँ पनि नेपालको शैक्षिक क्षेत्रमा कतिपय कुरामा सुधार गर्नुपर्ने उनको धारणा थियो। प्रविधिको विकाससँगै गुरु र चेलाको सम्वन्ध मित्रवत् हुनुपर्ने बताए।
शिक्षक संघ डोटीका अध्यक्ष नवराज जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधान सभा सदस्य भरत खड्का, कांग्रेस डोटीका सभापति नरेन्द्र बहादुर सिंह, दिपायल सिलगढी नगरपालिकाका मेयर विजय खड्का, शिखर नगरपालिकाका मेयर दीर्घ बलायर, केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाही, कांग्रेस महासमिति सदस्य सिताराम जोशी, पार्टी सचिव नारायण बलायर, शिक्षक संघका सुदूरपश्चिम अध्यक्ष डिल्लीराज पन्त, ट्रेड युनियन सुदूरपश्चिम महासचिव गणेश मल्ललगायतले आफ्नो भनाइ राखेका थिए।न्युज कारखाना
काठमाडौं, १९ फागुन ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं संसदीय दलकी नेता रञ्जिता श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालको पक्षमा मतदान गर्न ह्वीप जारी गरेकी छन्। उनले बुधबार बस्ने भनिएको प्रतिनिधिसभा बैठकमा चार जना सांसदलाई अनिवार्य उपस्थिति हुन निर्देशन दिएकी छन्।
‘मिति २०८० फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णय बमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न (निर्देशन) ह्विप जारी गरिएको ब्यहोरा अनुरोध छ,’ पत्रमा भनिएको छ।
सरकारमा जाने/नजाने विषयमा श्रीमान् श्रीमतीबीच विवाद भइरहेका बेला अध्यक्ष श्रेष्ठले ह्वीप जारी गरेकी हुन्। उनका श्रीमान् रेशम चौधरीले संघ सरकार नजाने र कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारलाई समर्थन गर्ने अडानमा छन् भने रञ्जिता एमाले-माओवादी गठबन्धनमा जाने पक्षा छिन्। जसका कारण उनीहरूबीच चर्को मतभेद हुँदै आएको छ।न्युज कारखाना
काठमाडौं, २९ फागुन ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले पालिकाहरू सुरुको ६ महिनामा प्रक्रियामा अल्झिन पुग्नाले लक्ष्य अनुरुपको नतिजा निकाल्न नसकिरहेको अवस्थामा रहेको बताएका छन्।
जिल्ला समन्वय समिति पर्वतको अर्धवार्षिक समीक्षा कार्यक्रममा मंगलबार बोल्दै उनले यस्तो बताएका हुन्। उनले यसमा सुधार गरेर सम्पूर्ण प्रक्रियाहरुलाई आर्थिक वर्षको सुरुको तीन महिनामा नै सकेर सोको कार्यान्वयनमा जानुपर्ने धारणा राखे।
‘हामी अहिले अर्धवार्षिक समीक्षाको वैठकमा छौं। हाम्रो समस्या के छ भने सुरुको ६ महिना प्रक्रियामै अल्झने, पूँजिगत खर्च अत्यन्त न्यून हुने, र प्रक्रियामै हाम्रो समय गुज्रिने । विगतदेखिको अभ्यास यही हो । जब आर्थिक वर्ष सकिन थाल्छ त्यसपछि हामी हतारहतारमा बजेट सक्नुपर्ने अवस्थालाई हेर्दै काम गर्ने गरेका छौं’, उनले भने।
यसले कामहरु गुणस्तरीय हुन नसकेको मन्त्री गिरीको भनाइ छ।
‘हाम्रो यस्तो विगतको अभ्यासहरुले गर्दाखेरी काममा गणस्तरियता कायम गर्न नसकिएको अवस्था छ। हाम्रा कामहरु गुणस्तरको नभएका गुनासाहरु व्याप्त छन्’, उनले भने, ‘यसतर्फ हामीले योपटक सोच्नुपर्छ र समयमा नै हाम्रा क्वाटर्ली फ्लानहरु बनाउनुपर्छ। पहिलो क्वाटरमा हामीले सम्झौता गर्नेदेखि प्रक्रियागत कुराहरु सक्ने । भनेको मतलब साउन, भदौ कार्तिकसम्ममा सबै काम सक्ने।’
उनले त्यसपछि मंसिरको १ गतेबाट गेयर बदलेर काम गर्न पालिका प्रमूखमा उपस्थित जनप्रतिनिधि ताथा विभिन्न कार्यालय प्रमुखहरुलाई आग्रह गरे। यस किसिमले काम गरेमा लक्ष्य प्राप्त गर्न सक्ने भनाइ राख्दै उनले विगतमा उपलब्धिहरु लक्ष्य अनुसार हासिल गर्न नसकेको स्मरण गराए।
यसैगरी भौतिक विकासले मात्र समाज र जनताको भलो नगर्ने भएकाले मानवीय विकासलाई पनि उत्तिकै ध्यान दिनुपर्ने भनाइ उनले सोक्रममा राखे।
‘म जनप्रतिनिधि साथीहरुले के अनुरोध गर्न चाहन्छु भने अलिकति विकासका कामहरुलाई मात्र सबैथोक मान्ने प्रवृतिबाट पर गएर मानवीय विकास विभीन्न आयामहरुलाई, पक्षहरुलाई, रोजगारी, स्वरोजगारी श्रृजना गर्ने पक्षहरुलाई सामाजिक सुरक्षाका अनेक पक्षहरुलाई सँगसँगै लिएर जानुपर्छ’, उनले भने।
उनले विकासको सूचाकंहरु बनाएर अगाडि बढ्नुपर्ने र आफ्नो कामको लागि आफैसँग प्रतिष्पर्धा गर्नुपर्ने सुझाव दिए।
‘म पर्वत जिल्लका सात वटै पालिकाहरुलाई फेरि पनि आग्रह गर्छु तपाईंहरु निर्वाचित हुँदै गर्दाका मानव विकास सूंचाकाकंहरु तयार पार्नुस् अन्य विकासका सुचाकंकहरु तयार पार्नुस् सँगै बसेर र पाँच वर्षपछि समीक्षा गर्दाखेरी कसको स्तर के छ ? आफैमा पनि प्रतिष्पर्धा गर्न आवश्यक देख्छु । एउटा पालिकाका राम्रा अभ्यासहरु अर्को पालिकाले पनि अभ्यास गर्ने।’, उनले भने ‘सिक्ने सिकाउने यो प्रक्रियाबाट हामीहरु नजाने हो भने हामी वास्तवमा जनताका अपेक्षा अनुरुपको विकासहरु हामीले दिनसक्दैनौं। म हामर् सातवटा पालिकामा मात्र सीमित हुने हैन। गण्डकी प्रदेशका विभिन्न पालिका जो रोलमोडलका रुपमा काम गर्दै छन्। साँच्चै त्यस्ता पालिकाका अध्यक्षहरुसँग बसेर सेयरिङ पनि गर्ने।’
यस्तै काममा श्रृजनशिल हुनुपर्ने उनको ठहर छ। यसले लक्ष्य प्राप्तिको अवस्था तयार पार्ने बताए।
त्यसैगरी विभिन्न कार्यलयका प्रमूखहरुलाई सम्बोधन गर्दै उनले जनतमा चरम निराशा रहेको र यसलाई एक सिक्काका दुई पाटा जस्ता राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रले एक भएर आशामा बदल्नुपर्ने धारणा राखे। उनका अनुसार यसो भएमा विकासको लक्ष्यप्राप्ति कठिन हुनेछैन। उनले सबैलाई आफ्नो क्षमता प्रदर्शन गर्न आग्रह गरे।
‘कार्यालयहरुको हकमा भन्नुपर्दा सुशासन र पारदर्शिता, जवाफदेहितालाई अत्यन्तै गम्भिरताका साथ आत्मसाथ गर्नुस्। जनतामा निराशा व्याप्त छ, निराशा चुलिएको छ। कार्यालयहरुले आफ्नो क्षमता प्रदर्शन गरेर सबै हिसाबले अब्बल हुन जरुरत छ’, उनले भने। सोक्रममा कर्मचारीको प्रदर्शनले नै उनीहरु मूल्यांकन हुने उनको भनाइ थियो।
‘जति तपाईंहरुले उपलब्धिहरु हासिल गर्नुहुन्छ, गर्नुभएको हुन्छ तपाईंहरुको योग्यता त्यति नै हो । ९० % उपलब्धि तपाईंहरुले हासिल गर्नुभयो तपाईंले ९० % कै योग्यता हासिल गर्नुभयो। होइन तपाईंले ४०,५०, ६० प्रतिशतको रेसियोमा बस्नुभएको छ भने तपाईंको आफ्नो योग्यताको मापन पनि त्यसैले गरेको ठान्नुपर्छ। त्योबलामा आफू त्यो कार्यालयको नेतृत्व गर्न सक्षम रहेछु कि रहेनछु स्वमूलयांकन गर्नुपर्ने स्थिति पनि रहन्छ, उनले विभिन्न सरकारी कार्यलयका प्रमुखहरुलाई भने।
उनले पर्वत जिल्लाको विकास र सम्वृद्धिमा संघीय सरकारका मन्त्रीका हिसाबले गर्नुपर्ने सबै पहल गर्ने वचनसमेत सो मन्तव्य दिए।
‘हाम्रो चाहाना एउटै छ, त्यो भनेको पर्वत जिल्लाको सम्वृद्धि। आमजनाको चाहाना सुशासन र सम्बृद्धिको जुन आकांक्षा छ त्यसलाई पूरा गर्न तपाईंहरुको ठाउँहरुबाट बलियो साथ र सहयोग मिलोस, मैले यो अपेक्षा गर्न चाहन्छु। यो वर्ष हामीले पर्वत जिल्लामा उल्लेखनीय उपलब्धि हासिल गर्ने गरी काम गर्नुछ। हाम्रोतर्फबाट प्रदेशका माननीयहरु पनि तपाईंहरुलाई सहयोग गर्न अत्यन्त लालायित हुनुहुन्छ।’न्युज कारखाना
धनगढी, २९ फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने विषयमा नागरिक उन्मुक्ति पार्टीमा विवाद देखिएको छ।
पार्टी अध्यक्ष एवं संसदीय दलका नेता रन्जिता श्रेष्ठले वर्तमान सरकारलाई विश्वासको मत दिन ह्विप जारी गरेकी छन् भने पार्टीका संस्थापकहरुको बैठकले विपक्षमा मतदान गर्ने भन्दै विज्ञप्ति जारी गरेको छ।
प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते प्रतिनिधिसभामा विश्वासको मत लिने प्रयोजनका लागि संसद सचिवालयमा जानकारी गराएसँगै नाउपाले ह्विप जारी गरेको हो।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा संसदीय दलको नेता रञ्जिता श्रेष्ठले जारी गरेको ह्विपमा भनिएको छ, ‘मिति २०८० फागुन ३० गते बिहान ११:०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णयबमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन छ।’
यता नागरिक उन्मुक्तिका ज्येष्ठ संस्थापक केन्द्रीय सदस्य एवं वार्ता टोलीका संयोजक दामोदर पण्डितले विज्ञप्ति प्रकाशित गरी अहिले पार्टी संघीय सरकारमा नजाने र प्रतिपक्षमा बस्ने जनाएका छन्।
उनले विज्ञप्तिमा दुई तिहाई संस्थापक केन्द्रीय सदस्यले संघीय सरकारमा सहभागी नहुने र विपक्षमा मतदान गर्ने जनाएका छन्। प्रदेश सरकारका हकमा भने सबैसँग समन्वय र छलफल गरी निर्णय गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ।न्युज कारखाना
काठमाडौं, २९ फागुन ।
नेकपा एमालेका अध्यक्ष तथा एमाले संसदीय दलका नेता केपी शर्माले ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।
मंगलबार बसेृको संसदीय दलको बैठकमा उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन निर्देशन दिएका हुन् । बुधबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै छन् ।
साथै उनले सरकारविरुद्ध पनि नबोल्न निर्देशन दिएका छन् । ‘म साथीहरुलाई भन्छु, सरकारको आलोचनामा बोल्ने होइन । सरकारको कुनै कुराको आलोचना गर्नुप¥यो भने आन्तरिक रुपमा गर्दा हुन्छ । नबुझिकन कहिले कहिले देख्दा एउटा चिज देखिन्छ, अर्कै हुन्छ,’ ओलीले भने ।
न्युज कारखाना
काठमाडौँ, २९ फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो विश्व परिवेशमा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताएका छन् ।

राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १८औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले युवा सशक्तिकरण तालिमले सामथ्र्यवान्, उद्यमशील, सिर्जनशील एवं सकारात्मक सोचयुक्त भविष्यका कर्णधारहरू तयार गरी राष्ट्रको पक्षमा अर्थपूर्ण योगदान दिन सक्ने सक्षम युवाहरू उत्पादनमा सरकार हरसम्भव प्रयासरत गरेको बताए ।

“नेपालको प्रत्येक राजनीतिक परिवर्तन तथा सामाजिक रूपान्तरणहरूमा युवाको महत्त्वपूर्ण योगदान रहँदै आएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “साहस, सिर्जनशीलता, सिक्ने क्षमता तथा आत्मविश्वास उच्च रहने युवा वर्गलाई राष्ट्र निर्माणको प्रमुख स्रोत र पहरेदारसमेत मानिन्छ ।”

युवाको नेतृत्व विकास, नैतिक आचरण र अनुशासनमा निखार ल्याउँदै सवल, सभ्य र सचेत नागरिक बनाउन राष्ट्रिय सेवा दल तालिम उपयोगीसिद्ध रहने गरेको आफूले पाएको प्रधानमन्त्रीले बताए ।

प्रधानन्त्रीले विविध परम्परा, संस्कृति र संस्कारको प्रतिनिधित्व गर्दै नेपालको विभिन्न स्थानबाट आई तालिममा सहभागी भएका युवालाई एउटै छानामुनि बसेर सैनिक कला तथा समसामयिक विषयका ज्ञान आर्जन गर्नुका साथै एकअर्काको परम्परा, मूल्य, मान्यता, संस्कृति र संस्कार बुझ्ने मौका प्राप्त भएको उल्लेख गरे ।

उनले भने, “तालिमबाट प्राप्त विभिन्न ज्ञानले तपाईंहरूमा राष्ट्रिय एकताको भावनासमेत अभिवृद्धि गरेको छ भन्ने विश्वास लिएको छु ।”

तालिमले युवालाई अनुशासित, मर्यादित र मुलुकप्रति समर्पित नागरिक बनाउनुका साथै विपद्को समयमा परिचालन गर्न सकिने तालिम प्राप्त स्वयंसेवक जनशक्ति उत्पादनमा अत्यन्त महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको प्रधानमन्त्रीले उल्लेख गरे ।

“दीक्षित युवाले राष्ट्रलाई आवश्यक परेको समयमा निःस्वार्थ सेवाभावबाट समर्पित भई एक कर्मठ नेपाली नागरिकका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “तालिमको दौरान तपाईहरूले हासिल गरेका ज्ञानले उक्त कार्यका लागि अभिप्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु ।”न्युज कारखाना

काठमाडौं, २९ फागुन ।
राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाद प्रचण्डका भाइ हुन् ।
मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा सत्ता गठबन्धनको तर्फबाट गोपी सार्की अछामीले पेस गरेको नारायण दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।
उक्त प्रस्तावलाई मतविभाजनमार्फत् निर्णयार्थ प्रस्तुत गरिएको थियो । मतविभाजनको परिणामअनुसार बैठकमा उपस्थित सांसदको संख्या ५६ रहेकोमा दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ मत पर्दा विपक्षमा १७ मत परेको हो ।
को हुन् राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित नारायण दाहाल ?
संक्षिप्त चिनारी
नाम नारायण प्रसाद दाहाल
जन्म मिति २०१२ फागुन १२
जन्म स्थान ढिकुरपोखरी, लेवाडे, कास्की
स्थायी ठेगाना भरतपुर महानगरपालिका- १४, चितवन
(२०१९ सालमा कास्कीबाट बसाइँ सरेर चितवन)
माता स्व. देउरुपा दाहाल
पिता स्व. कुलप्रसाद दाहाल
पत्नी दुर्गादेवी दाहाल
छोरी १, छोरा २, नातिनातिनी ६
शिक्षा
२०३६ सालमा स्नातक, शिक्षाशास्त्र संकाय, सानोठिमी क्याम्पस, भक्तपुर
२०३३ सालमा प्रमाणपत्र तह, बीरेन्द्र क्याम्पस, भरतपुर, चितवन
२०३० सालमा एसएलसी, नारायणी विद्यामन्दिर, शिवनगर चितवन
राजनीतिक जिम्मेवारी
वि.सं. २०२७ सालमा अनेरास्ववियुको सदस्यता लिई विद्यार्थी राजनीतिमा प्रवेश।
वि.सं. २०३१ सालमा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त (पुष्पलाल समूह)। बीरेन्द्र क्याम्पस, चितवनमा पार्टी कमिटीमा आबद्ध।
२०३६ सालदेखि पूर्णकालीन (तत्कालीन चौथो महाधिवेशन)
२०३७ सालदेखि पार्टीको जिम्मेवारी लिएर प्रवासमा। अखिल भारत नेपाली एकता समाजको केन्द्रीय सदस्य, सहसचिव हुँदै कोषाध्यक्ष। पार्टीको गोरखपुर जिल्ला कमिटी सेक्रेटरी।
२०४२ सालमा अखिल भारत नेपाली एकता समाजको महासचिव।
२०४५ सालमा अखिल भारत नेपाली एकता समाजको अध्यक्ष।
२०५१ सालमा क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन (रिम) को नेपालको तर्फबाट दक्षिण एसिया सदस्य।
२०५३ सालमा अखिल भारत नेपाली एकता समाजको पुनः केन्द्रीय अध्यक्ष।
२०५७ सालमा नेकपा (माओवादी) को केन्द्रीय सदस्य।
२०६० सालमा नेकपा (माओवादी) भेरी कर्णाली व्यूरोअन्तर्गत जाजरकोट, सुर्खेत र डोल्पा इन्चार्ज।
२०६३ असारमा नेकपा (माओवादी) कास्की जिल्ला इन्चार्ज।
२०६४ पछि विभिन्न समयमा पार्टीका तत्कालीन नेवा तथा ताम्सालिङ राज्य समितिको सचिव र सह-इन्चार्ज।
२०७४ असारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य तथा बागमती प्रदेशको अध्यक्ष।
२०७७ सालमा नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेश अध्यक्ष।
२०७८ मंसिरमा सम्पन्न नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनबाट स्थायी समिति सदस्य तथा बागमती प्रदेशको सह-इन्चार्ज।
संसदीय यात्रा
२०६३ – अन्तरिम व्यवस्थापिकासंसद सदस्य
२०६४-२०६९ संविधान सभा सदस्य। चितवन क्षेत्र नं. ३ बाट निर्वाचित
२०७८ चैत २५ गते राष्ट्रिय सभा सदस्य (राष्ट्रपतिबाट मनोनित)
२०८० फागुन २९ गते राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित
न्युज कारखाना
काठमाडौं, २९ फागुन ।
नेकपा माओवादी, एमालेसहित पाँच सत्तारुढ राजनीतिक दलबीच ७ बुँदे सहमति भएको छ । एकीकृत समाजवादीलाई समेत समेटेर सत्तारुढ दलबीच ७ बुँदे सहमति भएको हो । मंगलबार भएको ७ बुँदे सहमतिअनुसार राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वारलाई समर्थन गर्ने समावेश छ ।
माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाद प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेको ७ बुँदे सहमतिको पूर्णपाठ
नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का बीच जनचाहनाअनुरूप सुशासन, विकास र सामाजिक न्यायका आकाङ्क्षा पुरा गर्न, राष्ट्रिय हित र सरोकारलाई प्राथमिकतामा राखेर सन्तुलित र फराकिलो अन्तर्राष्ट्रिय सम्बन्धको विकास गर्न तथा नेपालको संविधानको मर्म र भावनाअनुरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धिको दिशामा प्रभावकारी ढङ्गले अघि बढ्न सहमत भई निम्नअनुसार निष्कर्षमा पुगेका छौं :
१. राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउन तथा मुलुकको सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूका बीचमा सहकार्य आवश्यक रहेको महशुस गरी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सहभागितामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” को नेतृत्वमा पुनर्गठित वर्तमान सरकारलाई सुदृढ र सफल पार्ने ।
२. राष्ट्रिय सभाको रिक्त रहेको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का उम्मेद्वारलाई समर्थन गर्ने । ३. नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने ।
४. सङ्क्रमणकालिन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुट्याउने ।
५. सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने ।
६. देशका आर्थिक समस्याहरु सम्बोधन गर्दै राष्ट्रिय हित र लोकतन्त्रलाई सुदृढ बनाउन सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूका बीचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने ।
७. हामी पाँच राजनीतिक दल राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सुदृढ गर्न तथा समाजवादउन्मुख आर्थिक–सामाजिक विकासका लागि राजनीतिक स्थायित्वको दिशामा अघि बढ्न सहमत भएका छौं ।
मितिः २०८० फागुन २९ गते
न्युज कारखाना
काठमाडौं, २९ फागुन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।
मंगलबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्दै सोहीअनुुसार मत दिन आफ्ना सांसदहरुमा ह्विप जारी गरेको हो ।
प्रधानमन्त्री प्रचण्डले संसदमा आफूलाई विश्वासको मत दिन भन्दै प्रस्ताव राख्ने दिन अनिवार्य उपस्थित हुन र प्रचण्डलाई विश्वासको मत दिन रास्वपाले ह्विप जारी गरेको हो ।
प्रधानमन्त्री प्रचण्डले आउँदो बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् ।न्युज कारखाना
काठमाडौं, २९ फागुन ।
एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सहमत भएको छ ।
मंगलबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका नेताबीचको छलफलमा एकीकृत समाजवादी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन सहमत भएको हो ।
साथै सोही छलफलमा राष्ट्रियसभा अध्यक्ष पदमा सत्ता गठबन्धनतर्फका उम्मेदवारका पक्षमा मतदान गर्न सहमत छ ।
प्रधानमन्त्री प्रचण्डले आउँदो बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । न्युज कारखाना
काठमाडौं, २९ फागुन ।
राष्ट्रियसभाको भावी अध्यक्षका लागि आज मतदान हुदैँछ ।
संसद सचिवालयले हिजो सार्बजनिक गरेको उम्मेदवारीको अन्तिम नामावली अनुसार नेकपा माओवादी केन्द्रका उम्मेद्वार नारायणप्रसाद दाहाल र नेपाली कांग्रेसका उम्मेद्वार युवराज शर्मा बिचमा प्रतिस्पर्धा हुदैछ ।
संसद सचिवालयका अनुसार बिहान ११:०० बजे निर्वाचन प्रकिया सुरू हुनेछ ।
संसद सचिवालयका अनुसार सत्ता पक्षको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार दाहाल र प्रतिपक्षीवाट शर्माले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।
दाहालको प्रस्तावकमा गोपीबहादुर सार्की आछामी (माओवादी केन्द्र) र समर्थकमा देवेन्द्र दाहाल (एमाले), बेदुराम भुसाल (नेकपा एस) र मोहम्मद खालिद (जसपा) रहेका छन् ।
उता प्रतिपक्षबाट
राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार शर्माको प्रस्तावकमा आनन्द प्रसाद ढुङ्गाना
समर्थकमा किरणबाबु श्रेष्ठ र शेखर कुमार सिंह (लोसपा) रहेका छन्। न्युज कारखाना
काठमाडौं, २८ फागुन ।
नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। संसदीय दलको बैठक सोमबार दिउँसो ३ बजे संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नगरी बोलाइएको छ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन्। त्यस अगाडि एमालेको संसदीय दलको बैठक बस्न लागेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए।
यही फागुन २१ गते माओवादी केन्द्रले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।
कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। माओवादीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन पार्टीका सांसदहरूलाई ह्वीप जारी गरिसकेको छ।न्युज कारखाना
काठमाडौं, २८ फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यसम्पादन समिति बैठकले १४ वटा निर्णय गरेको छ।
सोमबार पार्टी कार्यालयमा बसेको बैठकले सरकारमा सहभागी नहुनेसहित १४ वटा निर्णय गरेको हो।
यस्ता छन् अरू निर्णय:
१. राप्रपाले नेपाल सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन जनदबाब सिर्जना गर्न चैत १६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने पार्टीको पूर्ववत निर्णय रहेकोमा एसईइ परीक्षाको समय र लाखौं विद्यार्थी, अभिभावकको असुविधा र संवेदनशीलतालाई ध्यान दिई काठमाडौं केन्द्रित जनप्रदर्शनको मिति परिवर्तन गर्ने र चैत २७ गते गर्ने निर्णय गरिएको छ। साथै पार्टीले गर्न लागेको बृहत् जनप्रदर्शनको स्वरूप तय गर्न पार्टीका वरिष्ठ नेता उपाध्यक्षहरू र सबै उपाध्यक्षहरू रहने गरी समिति गठन गर्ने र सो समितिले तीन दिनभित्र अध्यक्षलाई प्रतिवेदन दिने निर्णय गरिएको छ।
२. राप्रपा वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने, विपक्षमा मतदान गर्ने र विपक्षमा बस्ने निर्णय गरिएको छ। प्रदेश सरकारमा पनि तत्काल सहभागी नहुने, समर्थन गर्नुपर्ने परिस्थिति आएमा पार्टी अध्यक्षले उपयुक्त समयमा सम्बन्धित प्रदेशको परामर्श लिएर निर्णय लिने निर्णय गरिएको छ।
३. राष्ट्रिय राजनीतिमा केन्द्रीय स्तरमा हुने निर्णय प्रदेशस्तरमा हुनु, गरिनु उपयुक्त होइन यो दृष्टिकोणलाई हाल कोसी प्रदेशको सभामुखको चुनावमा उपेक्षा भएको छ। भविष्यमा यस्तो घटना दोहोरिन नदिने निर्णय भएको छ।
४. फागुन २७ गते कार्यसम्पादन समितिको बैठकका क्रममा खानाका लागि बैठक स्थगन गरेको समयमा कार्यसम्पादन समितिका सदस्य डा. ठाकुरमोहन श्रेष्ठमाथि अप्रत्यासित रूपमा भएको आक्रमण आपत्तिजनक र निन्दनीय भएको ठहर गर्दै आक्रमणप्रति बैठक गम्भीर खेद व्यक्त गर्दछ। तत्काल सामाजिक सञ्जालमा आएका भिडिओ, घटनास्थलमा देखिएका नेता र पीडित समेतबाट जानकारी लिएर थप अनुसन्धान समेत गरी ४८ घण्टामित्र अनुशासनको अधिकतम कारबाहीका लागि पेश गर्न केन्द्रीय अनुशासन समितिमा कार्यसम्पादन समितिका सदस्य डा. ठाकुरमोहन श्रेष्ठको निवेदन पठाइनेछ। अनुशासन समितिको सिफारिसलाई कार्यान्वयन गर्ने जिम्मा पार्टी अध्यक्षलाई प्रदान गरिएको छ। अन्य कानुनी कारबाहीका लागि पीडित डा. श्रेष्ठले सम्बन्धित निकायमा निवेदन दिनेछन्।
५. इलाममा हुने प्रतिनिधि सभाको र बझाङमा हुने प्रदेश सभाको उपनिर्वाचनमा पार्टी सहभागी हुने निर्णय गरिएको छ। साथै, उम्मेदवार छनोटका लागि सम्बन्धित प्रदेशका अध्यक्षले सम्बन्धित जिल्लाको अध्यक्षसँग समन्वय गरी उम्मेदवार सिफारिस गर्न जिम्मेवारी दिने निर्णय गरिएको छ।
६. चालिस वर्ष मुनिका केन्द्रीय सदस्यलाई कार्यसम्पादन समितिमा र चालिस वर्ष मुनिकालाई खुला रूपमा केन्द्रीय सदस्यमा चयन गर्ने वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको कार्यदलले तयार पारेको आधारलाई परिमार्जनसहित स्वीकृत गरिएको छ। साथै, खुला केन्द्रीय सदस्य छनोट गर्न वरिष्ठ नेता उपाध्यक्ष ध्रुब बहादुर प्रधानको संयोजकत्वमा डा. गीताभक्त जोशी र डा. जयन्तनाथ खनाल सदस्य रहने समिति गठन गरिएको छ।
७. पार्टीको जिल्ला कार्यसमितिको निर्वाचन गर्नुपर्ने अवस्थाका लागि पार्टीका केन्द्रीय सम्पादन समितिका सदस्य तोरण बहादुर गुरूङलाई निर्वाचन समितिको अध्यक्ष तोक्ने र सदस्यको हकमा पछि अध्यक्षले मनोनयन गर्ने गरी निर्णय गरिएको छ।
८. राष्ट्रिय प्रजातान्त्रिक इन्जिनियर्स संगठनको भेलाले इन्जिनियर अमित ढुंगानाको अध्यक्षतामा गठन भएको कार्यसमितिलाई मान्यता प्रदान गर्ने निर्णय गरिएको छ।
९. नविन राप्रपा कार्ययोजना २०८० को म्याद २०८० चैतसम्म रहेकोमा पार्टीको आन्दोलनका कारण भूगोल केन्द्रित जिम्मेवारीमा रहेका सदस्यहरू आन्दोलनको कार्यक्रममा सहभागी हुनुपर्ने भएकोले भूगोल केन्द्रित जिम्मेवारीको म्याद २०८१ असारसम्म थप गर्ने निर्णय गरिएको छ।
१०. पार्टीको अनुशासन उल्लंघन सम्बन्धमा परेका उजुरीहरूमाथि केन्द्रीय अनुशासन समितिबाट प्राप्त सिफारिसहरूमध्ये बाँके र शंखरापुर नगर कार्यसमिति बाहेकका विषयमा समितिको सिफारिस अनुसार गर्ने, बाँके तथा शंखरापुरको हकमा बरिष्ठ नेता उपाध्यक्ष विक्रम पाण्डे र बागमती प्रदेश अध्यक्ष बिक्रम बहादुर थापालाई शंखरापुर र बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र लुम्विनी प्रदेश अध्यक्ष प्रदीपकुमार उदयलाई बाँकेको समस्या समाधानका लागि एकपटक मेलमिलापको प्रयास गर्ने जिम्मेवारी प्रदान गरिएको छ। गत आमनिर्वाचनमा बाँके क्षेत्र नं. १ को प्रतिनिधि सभा र प्रदेश सभामा क्रमशः प्रदीप शाह र अर्जुनजंग शाहले पार्टीको निर्णयविपरीत उम्मेदवारी दिई पार्टी अनुशासन उल्लंघन गरेकाले एक वर्षका लागि पार्टीबाट निष्कासन गर्ने। तर, निजहरूले आत्मालोचनासहित पार्टीमा फर्किन चाहे साधारण सदस्यता लिई पार्टीमा प्रवेश गर्नसक्ने निर्णय गरिएको छ।
१९. मिटरब्याज, सहकारी, लघुवित्त, बैंक तथा वित्तीय संस्थाका कारबाहीका कारण समस्यामा परेका ऋणी तथा बचतकर्ताहरूको समस्या समाधानका लागि भइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उक्त समस्या तत्काल समाधान गर्न राप्रपा सरकारको ध्यानाकर्षण गर्ने निर्णय गराउँदछ।
१२. रूसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फिर्ताको व्यवस्थाका लागि कूटनीतिक पहल गर्न, युद्धका क्रममा ज्यान गुमाउन पुगेकाहरूको शव ल्याउन आवश्यक पहल गर्न तथा पीडित परिवारलाई क्षतिपूर्ति प्रदान गर्न नेपाल सरकारसँग राप्रपा माग गर्दछ।
१३. दुग्ध किसान तथा उखु किसानको भुक्तानी दिन बाँकी रकम तत्काल भुक्तानी पाउने व्यवस्था गर्न राप्रपा सरकारको ध्यानाकर्षण गराउँदछ।
१४. सुन तस्करीमा पूर्वउपराष्ट्रपति नन्द बहादुर पुन र उनका छोरा जितेन्द्र पुनको संलग्नतासम्बन्धी भिडिओ सन्चार माध्यममा सार्वजनिक भएको विषयमा छानबिन गरी तत्काल कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन राप्रपा सरकारसँग माग गर्दछ।न्युज कारखाना
काठमाडौं, २८ फागुन ।
पुर्ब मन्त्री दुर्गा श्रेष्ठ (तनहुँ) राप्रपा नेपालमा प्रवेश गरेकी छिन।श्रेष्ठ तत्कालीन तनहुँ बिकास समितिको सभापति पनि थिईन ।
श्रेष्ठ सहित स्वतन्त्र नागरिक समाजका संयोजक रामकुमार रिजाल, राप्रपा काठमाडौंका उपाध्यक्ष जयराम अधिकारी,काठमाडौं महानगर समितिका सह-सचिब सन्तोष रायमाझी,दिनेश अधिकारी, फुटबल खेलाडी देवान घले, प्रहरी सेवामा रहि अबकास प्राप्त बिजय प्रताप शाह,नेपाली सेनाबाट अबकास प्राप्त कृष्णजङ्ग बहादुर सिंह,ब्यबसायी तथा समाजसेवी शुभाष बिष्ट लगायत दर्जनौ ब्यक्तिहरु राप्रपा नेपाल प्रवेश गरेका हुन् ।
राप्रपाले आज आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाले सबैलाई पार्टी सदस्यता सहित स्वागत गरेका थिए ।
नब – प्रबेशी दुर्गा श्रेष्ठले कमल थापाको नेतृत्वमा राष्ट्रबादी आन्दोलनलाई उत्कर्षमा पुर्याउने र राप्रपा नेपाललाई बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाउने काममा योगदान दिन आफू राप्रपा नेपालमा आबद्ध भएको बिचार ब्यक्त गरिन ।
पार्टी अध्यक्ष थापाले सक्रियताको आधारमा कामको जिम्मेवारी र भुमिका दिने भन्दै संगठन निर्माणमा केन्द्रित हुन सबैलाई आग्रह गरे ।न्युज कारखाना
काठमाडौं, २८ फागुन ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता सहकार्यलाई पुरै समय लैजान पर्दछ भन्ने मान्यता एमालेको रहेको बताएका छन् ।
स्थानीय तह कर्मचारी संघ नेपालको केन्द्रीय कमिटी दोस्रो बैठकलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले अहिलेको नयाँ सहकार्य एमालेको प्रयत्नको परिणाम भएको बताए।
नागरिकमा छाएको निराशालाई आशामा परिणत गर्न पनि यो गठबन्धनलाई पूरा समय टिकाउनु पर्नेमा उनको छ । ‘ हामी यो सहकार्यलाई चारै वर्षसम्म पुर्याउनु पर्छ भन्ने मान्यता राख्दछौँ’, उनले भने ।
पुरानो सत्ता गठबन्धन भित्र समस्या भएको थाहा पाए पछि एमालेले नयाँ समीकरण बनाउन प्रयत्न गरेको कारण नयाँ सत्ता समीकरण बनेको उनले प्रष्ट पारे । ‘त्यस कारण यसलाई जोगाउने कर्तव्य पनि हाम्रो हो’, पोखरेलले भने ।
विगतको सरकार असफल भएकोले अहिलेको सरकारलाई सफल बनाउनु पर्छ भन्ने कुरामा ध्यान दिनु पर्नेमा उनको जोड छ ।
त्यसैले चारदलीय सहमतिमा तीनवटै तहका सरकारलाई प्रभावकारी बनाउने कुरा स्पष्ट रूपमा लेखिएको पोखरेलले बताए।
पोखरेलले अहिले जनतामा निराशा फैलाएर आफ्नो स्वार्थ सिद्ध गर्न खोज्ने प्रवृत्ति बढेकोसमेत बताएका छन् । ‘देशको स्वाधीनता, सार्वभौमसत्ता राष्ट्रिय हितलाई नै असर पार्ने प्रकारका गतिविधिहरू हुन थालेका छन्’, उनले भने।
पोखरेलले यस्ता प्रवृत्तिलाई रोक्नु पर्नेमा जोड दिदैँ यस्ता प्रवृत्तिलाई रोकेर जनतामा आशा सञ्चार गर्ने काममा कर्मचारीको पनि त्यतिकै भूमिका हुने प्रष्ट पारेका छन् ।
अब नागरिक राज्यका विद्रोही नभएर राज्यका सहयोगी र राष्ट्रका निर्माता भएको उनले बताए। यो धारणा सबै नागरिकमा विकास गर्नुपर्नेमा उनको जोड छ ।
जति राज्यबाट नागरिक टाढिन्छन् त्यति नै विकास र समृद्धि पनि टाढिने पोखरेलको धारणा छ ।
पार्टीका सामु अहिले अवसरवाद र सांगठनिक अराजकताको चुनौती रहेको बताउँदै पोखरेलले विचार र कामको अभावमा अवसरवाद जन्मिने भएकोले नियमित रूपमा वैचारिक र राजनीतिक प्रशिक्षण आवश्यक रहेको बताए। न्युज कारखाना
काठमाडौं, २८ फागुन ।
राष्ट्रियसभाको भावी अध्यक्षका लागि उम्मेदवारीको अन्तिम नामावली प्रकाशित भएको छ।
संसद सचिवालयका अनुसार सत्ता पक्षको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार नारायण दाहाल र प्रतिपक्षीवाट युवराज शर्माले आफ्नो उम्मेदवारी दर्ता गरेका थिए । जसअनुसार अन्तिम नामावली प्रकाशित गरिएको सचिवालयले जनाएको हो ।
दाहालको प्रस्तावकमा गोपीबहादुर सार्की आछामी (माओवादी केन्द्र) र समर्थकमा देवेन्द्र दाहाल (एमाले), बेदुराम भुसाल (नेकपा एस) र मोहम्मद खालिद (जसपा) रहेका छन् ।
उता प्रतिपक्ष नेपाली कांग्रेसको तर्फबाट
राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार शर्माले पनि उम्मेदवारी दिएका हुन्।
उनका प्रस्तावकमा आनन्द प्रसाद ढुङ्गाना
समर्थकमा किरणबाबु श्रेष्ठ र शेखर कुमार सिंह (लोसपा) रहेका छन्। न्युज कारखाना
काठमाडौं, २८ फागुन ।
राष्ट्रियसभाको भावी अध्यक्षका लागि उम्मेदवारी दर्ता भएको छ ।
संसदसचिवालयका अनुसार सत्ता पक्षको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार मा० नारायण दाहालले उम्मेदवारी दर्ता गरेका छन् ।

उनका प्रस्तावकमा गोपीबहादुर सार्की आछामी (माओवादी केन्द्र) र समर्थकमा देवेन्द्र दाहाल (एमाले), बेदुराम भुसाल (नेकपा एस) र मोहम्मद खालिद (जसपा) रहेका छन् ।
उता प्रतिपक्ष नेपाली कांग्रेसको तर्फबाट
राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारमा युवराज शर्माले उम्मेदवारी दिएका छन् ।

उनका प्रस्तावकमा आनन्द प्रसाद ढुङ्गाना
समर्थकमा किरणबाबु श्रेष्ठ र शेखर कुमार सिंह (लोसपा) रहेका छन्।न्युज कारखाना
काठमाडौं, २७ फागुन ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले विगतको एक डेढ वर्षमा नेपाली जनताले चरम निराशा र वेरोजगारी भोग्नुपरेको बताएका छन्।
रुपा गाउँपालिकाको स्थापना दिवसका अवसरमा बोल्दै मन्त्री गिरीले महिला, युवा तथा व्यवसायी सबैमा रहेको निराशालाई चिर्ने अभिभारा यो सरकारलाई आइपरेको र सरकारले त्यसलाई पूरा गर्ने बताए। उनले रोजगारी अभावमा युवा विदेश पलायन भइरहेको बताए।
‘आज हाम्रा साथीहरु देशभित्र रोजगारी नपाएर विदेशिनु परेको छ। जुनप्रकारले नेपाली युवाहरु विदेश पलायन भएको अवस्था छ। यो अत्यन्तै कहालीलाग्दो र चिन्ताजनक दृश्य हाम्रो अगाडि छ। म तपाईंहरुलाई अनुरोध गर्न चाहन्छु, अब नेपाली युवाहरु विदेशतीर पलायन हुने होइन, यही देशभित्र रोगगारी श्रृजना गर्ने, यही देशभित्र मेरो भविष्य छ भनेर आमजनतालाई विश्वास दिलाउने काम अब हामीले गर्नुपर्नेहुन्छ’, गिरीले भने।
उनले नेपालमा छोटोछोटो समयमा सरकार परिवर्तन हुने गरेको तथ्य स्मरण गर्दै यसमा विभिन्न शक्तिहरुको चलखेल रहने गरेको दाबी गरे।
‘हाम्रो देशमा भएको राजनीतिक अस्थिरता,वर्षदिन पनि नपुग्दै सरकार परिवर्तन हुने गर्दापनि हाम्रो विकास निर्माणका कामहरु अवरुद्ध भएका छन्। हामीले जुन ढंगले विकासको गतिलाई अगाडि लानुपर्थ्यो, लान सकेका छैनौं। यो यथार्थ हो’, उनले भने।
यस्तै उनले प्राप्त जनादेशले पनि सरकारलाई आफ्नो काम गर्न सजिलो नभएको बताइ।
‘हाम्रो नेपालको जनमत पनि त्यस्तै प्रकारले प्राप्त भयो । एउटै पार्टीले बहुमत प्राप्त नगर्ने ,एउटै पार्टीले पाँच वर्ष काम गर्न पनि नपाउने , अनि एउटा पार्टीले सरकार बनाउँदा एउटा काम सुरु भएको हुन्छ अनि अर्को सरकार आएपछी त्यो काम छोडेर, अर्को काममा प्रवेश गर्छ, जसले गर्दा हाम्रो राज्यका अरबौअरब लगानीहरु बालुवामा पानी हालेजस्तो भएको छ। खेर गइरहेको छ। हाम्रा विकासको गतिहरु रोकिएका छन् । हाम्रा विकास र सम्वृद्धि र सपनाहरु त्यतिकै अधुरो भएका छन्। यसले हामी सबैलाई चिन्तित तुल्याएको छ’, उनले चिन्ता व्यक्त गरे।
यसैगरी मन्त्री गिरीले विगत एकवर्ष पट्यारलाग्दो भएको दाबी गरे। गिरीका अनुसार वेरोजगारीले दैनिक २१ सयको संख्यामा विदेशीरहेको र देशभित्रका व्यवसायी आत्महत्या गर्ने बाटोसम्म पुगेको बताए। उनले यसक्रममा संसद भवन अगाडि भएको आत्मदाह प्रकरण नेपालमै केही गर्छु भन्ने युवाको निराशाको उपज भएको स्मरण गरे।
‘विगतको एक वर्ष फर्केर हेर्ने हो भने त यति पट्यारलाग्दो अवस्था भयो, यति निसासिदो अवस्था भयो सारा जनताहरुमा निराशा बढेको छ, विश्वविद्यालय-क्याम्पसहरु खाली भएका छन्। नेपाली युवाहरु दिनको २१ सय संख्यामा विदेश पलायन भइरहेका छन्’, उनले भने ‘यो देशमा सारा उद्योग-व्यवसाय गर्छु भन्ने मान्छेहरु बैंकको व्याज तिर्न नसकेर मान्छे झुण्डिएर मर्ने स्थिति श्रृजना भएको छ, संसद भवन अगाडि आएर आफूलाई पेट्रोल खन्याएर आगो लगाएर मर्नुपर्ने अवस्था आएको छ।’
उनले जनतामा चरम निराशा बढेको र आत्मविश्वास गुमाएको अवस्थामा रहेको बताए।न्युज कारखाना
काठमाडौं, २७ फागुन ।
सङ्घीय संसद् सचिवालयले राष्ट्रिय सभा अध्यक्ष चयनका लागि हुन लागेको चुनावको कार्यतालिका सार्वजनिक गरेको छ।
सचिवालयले आज सार्वजनिक गरेको कार्यतालिकाअनुसार भोलि सोमवार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ। त्यसलगत्तै उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका छ।
राष्ट्रिय सभा अध्यक्ष चयनका लागि पर्सि मङ्गलवार चुनाव हुँदैछ। सत्तारूढ गठबन्धनबीच राष्ट्रिय सभा अध्यक्षमा माओवादीलाई सघाउने सहमति बनेको छ।न्युज कारखाना
काठमाडौं, २७ फागुन ।
मधेशकेन्द्रित तीन दलबीच सहकार्य गर्ने सातबुँदे सहमति भएको छ।
जनमत पार्टीका अध्यक्ष सीके राउत, जनता प्रगतिशील पार्टी, नेपालका अध्यक्ष हृदयेश त्रिपाठी र तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष वृषेशचन्द्र लालले सहमतिमा हस्ताक्षर गरेका छन्। आइतबार भएको सातबुँदे सहमतिमा संविधान संशोधन गरी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सहकार्य गर्ने सहमति भएको उल्लेख छ।

त्यस्तै, सुशासन र समृद्धिको लक्ष्य प्राप्त गर्न, सबै प्रकारका विभेद अन्त्य गर्न, किसानको हितमा क्रियाशील रहन सहकार्य गर्ने सहमति गरेका छन्। यससँगै रोजगारी सिर्जना, गुणस्तरीय तथा सर्वसुलभ शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षा सुनिश्चित गर्न एकताबद्ध भएर लाग्ने सहमतिमा उल्लेख छ।न्युज कारखाना
काठमाडौं, २७ फागुन ।
नेपाली कांग्रेसले राष्ट्रियसभाको अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने भएको छ।
आइतबार बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो।
राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा हुँदैछ। ७३ वर्षीय शर्मा २०७८ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन्।
२०३३ मा नेपाली काग्रेस बाँके जिल्लाको सचिव भएका उनी २०४५ देखि २०४९ सालसम्म बाँकेकै सभापति थिए।न्युज कारखाना
काठमाडौँ, २७ फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थितीअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले सरकारको न्यूनतम नीति तथा कार्यक्रमअनुसार थप गतिशील भएर काम गर्न निर्देशन दिए ।
“बदलिएको परिस्थितीमा आउने नीति तथा कार्यक्रम हाम्रो कार्यालय, यस मातहतका सबै कार्यालयहरू र सिङ्गो कर्मचारीतन्त्रलाई ‘गाइड लाइन’ हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “विगतको कार्यक्रमकै वरीपरी हुनेगरी चाँडै कार्यक्रम आउनेछ । सोही अनुसार काम गर्नु पर्नेछ ।”
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायको लक्ष्यअनुसारको कार्यसम्पादन प्रगतिसम्बन्धमा मासिकरूपमा छलफल गर्ने, समस्या पहिचान गर्ने र सुधार गर्नेतर्फ विशेष ध्यान दिन जरुरी रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवका आयोजना नियमित गर्नका लागि नियमित कार्यतालिका बनाएर अगाडि बढ्ने व्यवस्था गर्न निर्देशन दिए।
सम्पूर्ण कर्मचारीतन्त्रका लागि प्रधानमन्त्री कार्यालय उदाहरणका रुपमा प्रस्तुत हुनुपनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले विद्यमान प्रगति सन्तोषजनक मान्न नसकिने स्पष्ट पारेका छन् ।
“तोकिएको लक्ष्य, तोकिएकै समयमा पूरा गर्न जरुरी छ । त्यसका लागि यस कार्यालयले नेतृत्वदायी भूमिका खेल्नुपर्छ । त्यसका लागि अझ बढी सजग हुन जरुरी छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यो कार्यालय अनुगमनसमेत गर्ने कार्यालय भएकाले सम्बन्धित क्षेत्र हेर्ने सचिव र महाशाखाहरू थप क्रियाशील भएर लिन जरुरी छ ।”
आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम तयारीको चरणमा प्रवेश भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले चालु आर्थिक वर्षको कार्यसम्पादनको स्थिती विश्लेषण गरी आगामी वर्षको तयारीमा लाग्न निर्देशन दिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतका कार्यालय आफ्ना कार्यसम्पादनमा गति दिन र आर्थिक वर्षको अन्त्यमा ८० कम्तिमा ८० प्रतिशतसम्म प्रगति हुनेगरी काम गर्न निर्देशन दिएका हुन्।न्युज कारखाना
जनकपुर,२७ फागुन ।
नेकपा एमालेले मधेस प्रदेश सरकारमा आफ्नो दावी पेश गरेको छ ।
नेकपा एमाले मधेस प्रदेश कमिटीको रौतहटको चन्द्रनिगाहपुरमा बसेको दोस्रो बैठकले मधेस सरकारमा आफ्नो दावी पेश गर्ने निर्णय गरेको हो ।
मधेसमा नेकपा एमाले सबैभन्दा ठुलो दल भएकाले स्वभाविक रुपमा मधेस प्रदेशको नेतृत्व आफ्नो दलले पाउनुपर्ने भन्दै बैठकले सो निर्णय गरेको सचिव मनोज पौडेलले जानकारी दिए।
उनका अनुसार मधेस र मधेसी जनताको समृद्धि नेकपा एमाले नेतृत्वले मात्रै दिनसक्ने भन्दै त्यसका निम्ति नेकपा एमालेको नेतृत्वमा मधेसमा सरकार बन्नुपर्ने निर्णय गर्दै यसका लागि केन्द्रीय नेतृत्वमा पहल गर्ने बताए ।
नेकपा एमालेका केन्द्रिय सचिव एवम् मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले नेकपा एमालेले कुनैपनि अवस्थामा मधेस प्रदेशमा आफ्नो दावी छाड्न नहुने भन्दै यसका लाग आफुले पनि केन्द्रिय नेतृत्वसँग जोडदार पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले मधेसी जनताको जनमत एमाले नेतृत्वको सरकारको लागि भएकाले गठबन्धनमा आवद्ध दलहरुले पनि जनमतको कदर गर्दै निशर्त एमालेले नेतृत्व दिनुपर्ने बताउँदै यसमा कसैले विवाद गर्नु नहुने धारणा व्यक्त गरे ।
सनेकपा एमाले मधेस प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षता बसेको बैठकमा पार्टीका पोलिटब्युरो सदस्य, केन्द्रिय सदस्य, मधेस प्रदेश सदस्यहरुको सहभागिता रहेको छ ।
बैठकले मधेस प्रदेशका जनजिविकाको सवालहरूलाई पनि विशेष निर्णय गरेको सचिव पौडेलले जानकारी दिए।न्युज कारखाना
बारा, २७ फागुन ।
सरकारकाले नेपालको राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा ज्यान गुमाएका थप दुई हजार ६७४ जना सहिदको नाम राजपत्रमा प्रकाशित गरेको छ ।
विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा ज्यान गुमाउने बाराका ३१ जनाको नाम समेत गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको रहेको हो ।
प्रकाशित नामावली अनुसार बारामा सबैभन्दा बढी कोल्हवी नगरपालिकामा ६ जना र दोस्रोमा निजगढ नगरपालिकामा ५ सहिद रहेका छन् भने सबैभन्दा जीतपुर सिमरा उपमहानगरपालिका र कलैया उपमहानगरपालिकामा एक–एक जना मात्रै सहिद रहेका छन् ।
सहिदको सूचीमा समेटिएका निजगढ नगरपालिका ८ सोभित सिंह तामाङ, निजगढ ६ का केदार बहादुर केसी, निजगढ ६ का राजन प्रसाद चौलागाई, निजगढ ४ का राजेन्द्र प्रसाद शाह कलवर, निजगढ २ का बल बहादुर थापा, कोल्वही नगरपालिका ६ का काजीमान थिङ, कोल्हवी ११ का ओम प्रकाश चौधरी, कोल्हवी ६ का विसुन चौधरी, कोल्हवी १० का सदाम हुसेन, कोल्हवी १ का ठाकुर प्रसाद चौधरी, कोल्हवी ४ का ओम प्रकाश चौधरी, पचरौता नगरपालिका ९ का देवराज मुखिया, पचरौता ७ का रमानन्द सहनी, पचरौता ९ का बेदामी मुखिया बिन, महागढीमाई नगरपालिका ५ का हरिकिशुन प्रसाद साह, महागढीमाई ४ का अंगद पाण्डेय, महागढीमाई २ का छोटेलाल प्रसाद कुशवाहा, सिम्रौनगढ नगरपालिका ११ का विरेन्द्र शाह तेली, सिम्रौनगढ ११ का शंकर महतो नुनिया, सिम्रौनगढ १० का राम नरेश प्रसाद यादव, सिम्रौनगढ १ का बिरेन्द्र कुमार, करैयामाई गाँउपालिका ७ का प्रदिप चौधरी, करैयामाई ८ का हरी चौधरी थारु, करैयामाई ८ का श्यमासुन्दर ठाकुर, आदर्शकोतवाल गाँउपालिका २ का जोगिन्द्र राउत, आदर्शकोतवाल ५ का रामभरोस राउत कुर्मी, बारागढी गाँउपालिका ३ का हिरालाल पंडित, बारागढी २ का गजेन्द्र सहनी मलह, बारागढी २ का लाल बहादुर मुखिया, जीतपुर सिमरा उपमहानगरपालिका १९ का ताजमहम्मद अन्सारी र कलैया उपमहानगरपालिका २१ का लक्षुमण राउत अहिर रहेका छन ।
किसान आन्दोलनका सहीद मुखलाल महतो भने फेरी छुटे
सरकाले देश भरका दुई हजार ६७४ जना सहिदको थप गरिरहदा बारामा ३१ जना थपिए तर किसान आन्दोलनका बेलामा बाराको नेतृत्वकर्ताका रुपमा रहेका बाराको कलैया उपमहानगरपालिका १५ बकुलहरका मुखलाल महतोको नाम भने यस पटक पनि समावेश गरेको छैन ।
विसं १९९६ मा जन्मेका मुखलाल १६ वर्षको कलिलै उमेरमा २०१२ मंसिरमा तराईमा चकिर्दै गएको किसान आन्दोलनको क्रममा तत्कालिन साही सेना हाल नेपाली सेनाले हत्या गरेका मुखलाल महतोलाई हालसम्म पनि सरकारले सहिद घोषणा गरेको छैन । सरकारले मुखलाललाई शहिद घोषण नगरेतापनि उनलाई बाराका जनताले भने बिर्सेको छैन । बाराली किसानले हरेक वर्ष माघ १६ सहिद दिवसका दिन उनको योगदानलाई स्मरण गर्ने गरिन्छ ।
बाराका नेता तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री पुरुषोत्तम पौडेलले भने,‘मुखलाललाई शहिद घोषण गर्ने सरकारलाई पटक पटक अनुरोध समेत गरेका भएतापनि सरकारले बेवास्ता गरेपछि हामीले नै मुखलालको सम्झनाका निम्ती उनको शालिक बनाएर करैयामाई गाउपालिकाको नरही चोकमा सहिद मुखलाल महतोको पार्क निर्माण गरिएको छ, जहाँ उनको सम्झनामा हरेक वर्ष कार्यक्रम गर्ने गरिन्छ ।’ उनले भने कुनै पार्टी विषेशका उनी भएको भए उनको नाम सरकारले सहिदको नाममा समाबेश भईसकेका हुने थिय तर उनी कुनै राजनितिक दलमा थिएनन् त्यहीँ भएर यो पटक पनि सरकारले नाम समावेश गरेन ।
सरकारले किसान आन्दोलनको महत्व नबुझेका कारण आजसम्म मुखलाल देशको शहिद घोषण हुन नसकेको बाराली किसानको भनाई रहेको छ ।
मुखलाल किसानका नभएर कुनै अमुख पार्टीका भएको भए सरकारले उहीलै शहिद घोषण गरिसकेको हुनेथियो तर उनी किसान र गरीबका मनिस भएका कारण सरकारले पक्षपात गरेको महसुस भएको करैयामाई गाउपालिका ६ का किसान राजु पटेल बताउछन ।
हरेक वर्ष उनको स्मरणमा कार्यक्रम आयोजना गरेर उनको सम्मान गर्ने गरिन्छ । यो वर्ष उनको ६९ औं स्मृति दिवस मनाईएको थियो ।
जिम्मेवार निकाय र अधिकारीहरु मुखलाललाई शहीदको सुचीमा राख्न कुनै चासो दिएको पाईदैन । सहिदको घोषण गरेका मध्य कति सहिद बिना कारण र कुनै योगदान बिनानै घोषण गरेको भएतापनि किसान आन्दोलनका अगुवा मध्य एक जसलाई सरकारले गोलीहानी हत्या गरेको थियो, उनै मुखलाललाई भने सहिद घोषण गर्न भने आनाकानी गरिरहेको छ ।
कसरी मारिए मुखलाल
तराईमा थुप्रै गरिब किसान थिए उनीहरूमाथि साहु र जमिनदारको एकदमै ज्यादती भएको थियो । किसान आन्दोलन भईरहेको बेलामा बाराको गडहलमा रहेका जिम्दार ह्रदय नारायणले नेपाल कम्युनिस्ट पार्टी केन्दीय सदस्य मधु सिंहले नेतृत्व लिएकाले उनलाई कम्जोर बनाउँदा आन्दोलन फितलो हुने भन्दै समातेर जिम्दारले घरमा थुने ।
स्थानिय प्रहरी र जिल्ला प्रहरीले जिम्दारलाई सुरक्षा दिएका थिए । यो खबर बाहिर आएपछि नेपाल कम्युनिस्ट पार्टीले किसान आन्दोलनको नेतृत्वको जिम्मा मुखलाललाई दियो । त्यसपछि मुखलाल लगाएत बारा, पर्सा र रौतहटका करिब दश हजार किसानले गडहलमा घेरा हाले र सिंहको रिहाईको माग गरे । २ दिनसम्म किसानले पुरै गाँउमा घेरा हालेपछि स्थिति प्रहरीको नियन्त्रण भन्दा बाहिर रहेपछि बिरगञ्जबाट तत्कालिन शाही सोनालाई गडहलमा प्ररिचालन गरियो तर पुरै गाँउलाई घेरा हालेका किसानले सोनालाई गाँउ प्रबेश गर्न दिएन ।
सोनालाई सिंह नियन्त्रणमा लिईर बिरगञ्ज ल्याउनु भन्ने आदेश थियो तर किसानले गाँउभित्र प्रबेश गर्ने निकै कठिन भएपछि बडा हाकिम (तत्कालिन सेनाको पद)ले गोलि चलाउने आदेश दिएका थिए । त्यहीँ क्रममा दुई जनाको घटनास्थलमै मृत्यृ भएको थियो । ति मध्य एक मुखलाल हुन र अर्का सिघार कम्रेड थिए । सेनाले सिघार कम्रेडको शव लिएर गएका कारण उनको परिचय खुल्न सकेन भने मुखलालको शव भने आन्दोलनमा रहेका किसानले सेनाबाट खोसेर राखेका कारण उनको सनाखत भएको थियो ।
सो क्रममा करिब तिन सय किसान गिरफतार भएका थिए भने ७० जनालाई नख्खु जेलमा समेत लगिएको थियो । यसरी किसानका निम्ती आफ्नु १६ वर्षको उमेरमा शहिद भएका मुखलाललाई शहिद घोषणा नगर्दा बाराली किसान समेत निरास छन ।न्युज कारखाना
पटना, २७ फागुन ।
भारत बिहारको बेगूसरायमा छोराको बिहेमा जन्ती ( बारात) निकलने क्रममा युवा युवतीहरुले खुसीयाली मनाउँदै डांस गरिरहेका थिए।
सोही क्रममा खुसीयाली मनाउँदै एकजना युवकले चलाएको गोली लागेर एकजना जन्ती घाईते भएका छन।
घाईते युवकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाईतेको आफन्तको उजुरीको आधारमा प्रहरीले कार्वाही प्रक्रिया अगाडी बढाएको छ। बेगूसराय प्रहरीले ट्वीट मार्फत घटनाको पुष्टी गरेको छ। बेगूसराय प्रहरीले जति कडाई गरेपनि त्यहाँ विहेवारीमा गोली फायरिङ गर्ने काम रोकिएको छैन।
सनिवार बेगूसराय जिल्ला मटीहानी थानाक्षेत्र अन्तर्गत साफापुर गाउँका ईन्दल यादवको छोराको मुनियप्पा गाउँका बब्लु यादवको छोरीको बिहेको लागी जन्ती निकलिरहेको थियो।
सोही क्रममा एकजना युवकले गोली फायरिङ गर्दा स्थानिय युवक बर्ष २० का सुबोध यादव लाई गोली लागेको थियो।न्युज कारखाना
काठमाडौं, २६ फागुन ।
नेपाली कांग्रेसका नेता लोकेन्द्र रोकायाले काठमाडौंमा चिया संवाद कार्यक्रमको आयोजना गरेका छन्। बझाङ प्रदेश सभा ‘क’ मा बैशाख १५ गते हुने उपनिर्वाचनमा कांग्रेसबाट टिकटका लागि दाबी प्रस्तुत गरेका नेता रोकायाले शनिबार काठमाडौंमा उपलब्ध बझाङवासीसँग चिया संवाद कार्यक्रमको आयोजना गरेका हुन्।
उनले दल विशेषभन्दा पनि बझाङ घर भई काठमाडौंमा उपलब्ध समग्र व्यक्तिलाई चिया संवादमा आमन्त्रण गरिएको बताए। ‘राजनीति समग्र जनताको हितका लागि गरिने विषय हो। उहाँहरूको इच्छा अनुसार नै अगाडि बढ्नसकेमात्र जनअपेक्षा अनुसार काम गर्न सकिन्छ। त्यसैले जनताका भावनाको कदर गर्दै उहाँहरूका विचार सुन्न चिया संवादको आयोजना गरेको हुँ,’ उनले भने।
नेता रोकायाले आफू बन्नका लागि नभई जिल्लामा विकास गर्नका लागि राजनीति गरेकाले सबैको साथ पाउने बताएका छन्। ‘अहिले प्रत्येक जनता सक्षम हुनुहुन्छ। उहाँहरूको सक्षमताको कदर गर्दै जनभावना अनुसार नै काम गर्ने हो। मेरो दाबी पनि त्यसैका लागि हो,’ उनले भने। आफ्नो छोटो समयको आमन्त्रणलाई स्विकारेर कार्यक्रममा उपस्थित भइदिएकोमा रोकायाले सहभागीहरूप्रति आभार व्यक्त गरेका थिए।
कार्यक्रममा कांग्रेस नेता एवम् पूर्वमन्त्री नरेश बहादुर सिंहले सबै बझाङवासीलाई एकै थलोमा जम्मा गरेर भेटघाट गर्ने अवसर प्रदान गरेकोमा खुसी व्यक्त गरे। उनले अहिले राजनीतिक अवस्था फरक रहेकाले कांग्रेस उपनिर्वाचनमा एक भएर जानुको विकल्प नभएको धारणा राखे।
अहिलेको परिस्थितिको सामना गर्न सक्ने व्यक्तिलाई पार्टीले टिकट दिनुपर्ने उनको धारणा थियो। युवाहरूप्रति राजनीतिक आकर्षण बढ्दो रहेकाले पार्टीलाई उक्त मर्मलाई बुझ्न सक्नुपर्ने सिंहको धारणा थियो। उनले टिकट पाइसकेपछि व्यक्तिभन्दा पनि पार्टीको वृहत्तर हितमा केन्द्रित भएर टिकट पाउने उम्मेदवारलाई जिताउनु पर्ने धारणा राखेका थिए।
यस्तै संविधान सभा सदस्य चन्द्रादेवी जोशीले कम्युनिस्टहरूले कांग्रेसलाई चौतर्फी घेराबन्दी गर्न खोजिरहेको समयमा एक भएर जानुको विकल्प नभएको बताइन्। टिकट पाउनुभन्दा पहिले धेरै व्यक्ति आकांक्षी हुनु लोकतन्त्रमा स्वाभाविकै भए पनि टिकट पाइसकेपछि एक भएर कांग्रेस उम्मेदवारलाई जिताउन प्रतिबद्ध हुनुपर्ने उनको भनाइ थियो। एकताको सन्देश दिन रोकायाले चिया संवाद कार्यक्रम आयोजना गरेर राम्रो सन्देश दिन खोजेको उनले बताइन्।न्युज कारखाना
रौतहट,२५ फागुन ।
डिभिजन वन कार्यालय रौतहटका कर्मचारीको विरुद्धमा नेकपा एमाले समर्थित राष्ट्रिय युवा सङ्घ नेपालले पूर्वपश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगापुरमा एक घण्टा चक्काजाम गरेको छ ।
युवा संघ नेपालका कार्यकर्ताहरूले पूर्वपश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगाहपुर स्थित डिभिजन वन कार्यालय अगाडि टायर बालेर एक घण्टा चक्काजाम गरेका थिए ।
युवा सङ्घ नेपालका केन्द्रीय सदस्य विक्रम लामालाई डिभिजन वन कार्यालय रौतहटले वन मुद्दामा पक्राउ गरेपछि युवा संघले चक्काजाम गरेको हो । चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा रहेको महादेव स्थान सामुदायिक वन उपभोक्ता समूहले गोप्य रूपमा सूचना निकाली काठ बिक्री गर्न लागेको थाहा पाएपछि युवा संघ नेपालका केन्द्रीय सदस्य लामाले आफूहरूले समेत टेन्डर लिन पाउनुपर्ने भन्दै टेन्डर फर्म माग गरेपछि उनलाई वन मुद्दा लगाएर थुनिएको युवा संघ नेपाल रौतहटका अध्यक्ष मुन्ना यादवले बताए । गोप्य रूपमा सूचना निकालेर बिक्री वितरण गर्न लागिएको काठको विषयमा लामाले थाहा पाएपछि उनले आफूले पनि टेन्डर पर्न पाउनुपर्ने भन्दै डिभिजन वन कार्यालयमा टेन्डर फर्म लिन गएका बेला वनले पक्राउ गरी वनको हिरासतमा लामालाई राखेको छ ।
दुई महिना पहिला चन्द्रपुर २ को राष्ट्रिय वनमा भएको खयर फडानीमा लामाको नाम हाल्न लगाएर सहायक वन अधिकृत सुरेश महतोले लामालाई वनको हिरासतमा लिएको चन्द्रपुर २ का स्थानीय बासिन्दाहरुले बताएका छन् ।
सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केशव पुलामी र सहायक वन अधिकृत महत्त्वको मिलेमतोमा लामालाई पक्राउ गरिएको विरोधमा युवा संघ नेपालले चन्द्रनिगापुरमा चक्काजाम गरेको हो । बिना आधार प्रमाण लामालाई वन मुद्दा लगाएर फसाउने षड्यन्त्र भएको भन्दै युवा संघले डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रा र सहायक वन अधिकृत महत्त्वको विरुद्ध चर्को नाराबाजी गर्दै डिभिजन वन कार्यालय अगाडि टायर बालेर चक्काजाम गरेका थिए ।
युवा सङ्घ नेपालको नाराबाजी सहित टायर बालेर गरिएको सडक बन्दका कारण पूर्व पश्चिम राजमार्गको चन्द्रनिगापुरमा सयौं सवारी साधन एक घण्टा रोकिन बाध्य भएका थिए ।
सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षले आफूलाई सहायक वन अधिकृत महतोले वनफडानीमा लामाको समेत संलग्नता रहेको छ। चिठी लेख्नुस् हामी पक्राउ गर्छौ भनेपछि आफूले चिठी लेखेर डिभिजन वन कार्यालयमा दिएको अध्यक्ष पुलामीको भनाइ रहेको छ ।
सो सामुदायिक वनले २२ सय क्युफिट काठ बिक्रीका लागि गोप्य सूचना निकालेपछि पक्राउ परेका लामाले थाहा पाएर त्यसको टेन्डर आफूहरूले समेत साकार गर्न पाउनुपर्ने भन्दै पटकपटक डिभिजन वन कार्यालयमा टेन्डर फोरम लिन गएर अवरोध सिर्जना गर्न लागेको भन्दै वन कर्मचारीकै मिलो महत्वमा लामालाई फसाउने काम भएको भन्दै युवा संघ नेपालले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
चक्काजाम पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै युवासघ नेपालका रौतहट अध्यक्ष मुन्ना यादवले डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रा र सहायक वन अधिकृत सुरेश महत्वलाई तत्काल विभागीय कारबाही गर्न माग गरेका छन् । लामालाई तत्काल रिहाई गर्नुपर्ने र मिश्र र महत्वलाई विभागीय कारबाही नभए आइतबारबाट युवा संघले डिभिजन वन कार्यालय रौतहटमा तालाबन्दी गर्ने लगायतका कार्यक्रम गर्ने बताएका छन् । न्युज कारखाना
बारा, २५ फागुन ।
बाराको तामागढी–सिम्रौनगढ सडक योजना निर्माण पूरा भएको तीन वर्ष बित्दा पनि सडक छेउछाउबाट अधिग्रहण भएको जग्गाबापत जग्गाधनीहरुलाई सरकारले अझै मुआब्जा नदिएको भन्दै प्रभावित स्थानियहरुले सुरु गरेको आन्दोलन र त्यसपछि सुरु भएको रिले अनशन १५ दिनपछि तोडिएको छ ।

सरकारले निर्धारण गरेको मुआब्जा रकम सरकारलाई पटकपटक अनुरोध गर्दासमेत रकम नपाएको विरुद्ध गत फागुन १० गते बिहिबारबाट आन्दोलनरत थिए।
तामागढी–सिम्रौनगढ सहयोग तथा मुआब्जा संघर्ष समिति बाराको अगुवाइमा भएको रिले अनशन पुर्ब मन्त्री मकुन्द न्यौपाने र पुरूषोतम पौडेलले अनशनकारीलाई फलफुल खुवाएर अनशन तोडाएका थिए ।

पुर्ब मन्त्री पौडेलले नयाँ समीकरणमा सरकार रहेको र मन्त्रिपरिषद पुनर्गठन भएको हुदाँ अहिले सरकारले गृहकार्यमा व्यस्त भएको तथा सरकारसंग वाता गर्ने वातवरण निर्माण गर्ने आफु लागिपर्ने र बक्यौता रकम उपलब्ध गराउन पहलगर्ने बताएपछि जग्गाधनीहरु अनशन स्थगित भएको हो ।
सरकारको ध्यानाकर्षण गराउँदै चरणबद्धरुपमा संघर्ष गर्दै आएको तामागढी–सिम्रौनगढ संघर्ष समितिले अनशन कार्यक्रम सकिए लगतै थप आन्दोलनको कार्यक्रमको घोषणा गरिने जनाएका छन । समितिले आन्दोलनको सोरूप परीबर्तन गरी प्रभाबकारि बनाउने निर्णय समेत गरेको छ ।

अहिले नयाँ समीकरणमा सरकार रहेको र मन्त्रिपरिषद पुनर्गठन भईरहेको बेलामा सरकारमा रहेका दलका नेता तथा बारा क्षेत्र नम्बर १ का सांसद अच्युत प्रसाद मैनाली, पुर्ब मन्त्री मकुन्द न्यौपाने, पुरूषोतम पौडेल, कोल्हवी सपही क्याम्पसका अध्यक्ष ढुण्डिराज उप्रेती, निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष सुर्दशन प्रसाद कोइराला लगायतले सबै सांसद तथा शिर्ष नेतृत्व मार्फत लबिङ गर्ने र आवश्यकता अनुसार कडा दवावमुलक कार्यक्रमहरु तयार गरी अघि बढ्ने लगायतका कार्यक्रमहरु बताएपछि रिले अनशन तोडिएको तामागढी–सिम्रौनगढ सहयोग तथा मुआब्जा संघर्ष समिति बाराका अध्यक्ष सिम्रौनगढ नगरपालिका ६ का अनवर अन्सारीले बताए ।
‘हामी यता आन्दोलन र रिले अनशन गरिरहेका थियौँ तर यहीँ बिचमा यता गठबन्धन परिवर्तन भयो यस्तो बेलामा नयाँ समीकरणमा सरकार रहेको एमालेका नेताहरुले आएर बाचा गर्नुभएकाले हाललाई सबै कार्यक्रम स्थगित गरेको हौँ।’ अध्यक्ष अन्सारीले भने । अबपनि सरकारले ध्यान नदिएमा र वार्ताका निम्ती आह्वान नगरेमा दवावमूलक आन्दोलन पुनः गरिने बताए ।
संघीय सरकारअन्तर्गत हुलाकी मार्ग आयोजना वीरगन्ज कार्यालयको कार्य क्षेत्रभित्र पर्ने यो सडक बन्दा दायाँ बाँयाबाट १५/१५ मिटर अधिग्रहण गरिएको थियो । ३९.७५ किलोमिटर लम्बाईको यो सडक दक्षिणमा भारतीय सिमाको दशगजादेखि उत्तरतर्फ महेन्द्र राजमार्गको निजगढ–काठमाडौं ‘फास्टट्रयाक’ जोड्ने जिल्लाको महत्वपूर्ण सडक हो ।

करिव ६५ देखि ७० बिघा जग्गाधनीले सरकारबाट पाउनुपर्ने २ अर्ब ९७ करोड ७८ लाख ४० हजार ६ सय २५ रुपैयाँ बराबरको मुअब्जा रकम उनीहरुले नपाएका हुन् । साविकको १२ वटा गाविस र अहिले सिम्रौनगढ नगरपालिका, कोल्हवी नगरपालिका तथा बारागढी गाउँपालिका र आदर्श कोतवाल गाउँपालिका गरी चारवटा पालिका अन्तर्गत पर्ने यो सडक ७ मिटर चौडाइमा बनेको छ ।न्युज कारखाना
काठमाडौं, २४ फागुन ।
नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण नर्तिन अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने चेतावनी दिएका छन्।
बिहीबार सिंहदरबारमा नेपाल बैंकर्स संघका प्रतिनिधिसँगको कुराकानीमा अर्थमन्त्री पुनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाइका साथ नियन्त्रण गर्ने स्पष्ट पारे। उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अभियानलाई लक्षित गर्दै यस्तो चेतावनी दिएका हुन्।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले बैंकको ऋण नर्तिन भड्काउँदै हिंड्नेहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्न सम्बद्ध मन्त्रालय र निकायलाई निर्देशन दिएको जानकारी पनि मन्त्री पुनले दिए।
भेटमा नेपाल बैंकर्स संघका प्रतिनिधिले बैंकिङ क्षेत्रको सुरक्षामा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका थिए। ऋण उठाउन गएका बैंकका कर्मचारीमाथि अपमानजनक व्यवहारका साथै भौतिक आक्रमणका घटना बढेकामा गम्भीर हुन मन्त्री पुनसँग बैंकर्सहरुले आग्रह गरेका थिए।
‘बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भनेर अभियान चलाउने प्रवृत्तिलाई अब धेरै दिन छुट दिन सकिँदैन। त्यो प्रवृत्तिलाई प्रोत्साहित गर्ने काम कसैले पनि गर्नु हुँदैन,’ पुनले भने।
निजी क्षेत्रको मनोबल घटाउने प्रवृत्तिले अर्थतन्त्र र मुलुकको समग्र समृद्धिको यात्रालाई अवरुद्ध पार्ने भएकाले सरकारले लगानीकर्ताको मनोबन गिर्न नदिने अर्थमन्त्री पुनले बताए। मुलुकमा लगानीको वातावरण र लगानी सुरक्षाको ग्यारेन्टी गर्न सकिए मात्र बाह्य लगानी आकर्षित गर्न सकिनेमा सरकार स्पष्ट रहेको उनको भनाइ थियो।
नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीलगायतले बैंकिङ क्षेत्रको सुरक्षामा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका थिए।न्युज कारखाना
काठमाडौं, २४ फागुन ।
पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू बेदाग भएर मन्त्रालयबाट निस्किएको बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै पूर्वमन्त्री किराँतीले आफू मन्त्रालयबाट बेदाग भएर खुशीसाथ निस्किएको बताए।
उनले एक वर्षमा धेरै काम गरेको र त्यसको परिणाम निस्किने बेला भइनसकेको बताए।
पूर्वमन्त्री किरातीले मन्त्रीको रुपमा रहँदा आफू कुनैपनि विवादमा नआए पनि विवादित बनाइएको बताए।न्युज कारखाना
काठमाडौं, २४ फागुन ।
नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग चिनियाँ राजदूत छन सोङले शिष्टाचार भेटवार्ता गरेका छन्।
उपप्रधानमन्त्री श्रेष्ठले जिम्मेवारी सम्हालेको दोस्रो दिन राजदूत छनले बिहीबार परराष्ट्र मन्त्रालयमा भेट गरेका हुन्।
परराष्ट्र मन्त्रालयले भेटमा दुई मुलुकबीचको सम्बन्धका विविध आयाम बारेमा छलफल भएको जनाएको छ।
चिनियाँ राजदूद छनले मन्त्री श्रेष्ठसँग भेट गर्न पाएकोमा खुसी व्यक्त गर्दै द्विपक्षीय सम्बन्ध र सहयोगका विषयमा गहिरो र मैत्रीपूर्ण कुराकानी भएको जनाएका छन्।
यसअघि आजै भारतीय राजदूत नविन श्रीवास्तवले पनि उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग मन्त्रालय पुगेर भेट गरेका थिए।न्युज कारखाना
काठमाडौं, २४ फागुन ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजा र प्रजातन्त्र संग-सङ्गै रहनुपर्ने भन्दै आफुहरुले राजाको कुरा उठायर निरङ्कुशता नखोजेको बताएका छन् ।
राजा सहितको प्रजातन्त्र आफ्नो पार्टीको सैद्धान्तिक अबधारणा रहेको चर्चा गर्दै थापाले हिन्दु राष्ट्रको बिषयले पनि कोहि आत्तिनु नपर्ने बताए ।
“सबै धर्मलाई समान व्यबहार हुन्छ, धार्मिक आस्थाको आधारमा कसैलाई थिचोमिचो हुदैन, हामिले पहिचानको कुरा उठाएका हौं ,सर्बधर्म समभाब हाम्रो अबधारणा हो” थापाले भने । समग्र रुपमा भन्दा अहिलेको ब्यबस्था र प्रणाली असफल भएको भन्दै अहिलेको भ्रष्ट ब्यबस्था, भ्रष्ट शासक र फोहरी राजनितीको अन्त्य आबश्यक भएको समेत थापाले औल्याए।
गठबन्धनको परिबर्तनले आशा होइन थप निराश बनाएको भन्दै जनतामा भरोसा टुटेको र मुलुकको अबस्था थप कमजोर हुँदै जाने समेत उहाँको कथन थियो। जसरी हुन्छ सत्ता र शक्तिको लागि गरिने राजनीतिले मुलुकलाई निकास दिन नसक्ने थापाको दाबी थियो ।
पार्टी आबद्ध पुर्ब प्रहरी संगठनको कार्यक्रम बोल्दै थापाले पुर्ब प्रहरीहरुको हक हितको लागि राप्रपा नेपाल प्रतिबद्ध रहेको समेत बताए । कार्यक्रमबाट संगठनका अध्यक्ष हरिहर श्रेष्ठले मध्यमाञ्चल क्षेत्रका जिल्लाहरुमा जिल्ला अध्यक्षहरुको जिम्मेवारी तोकिएको जानकारी दिए ।न्युज कारखाना
काठमाडौं, २४ फागुन ।
रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ।
गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा रियल म्याड्रिडले जर्मनी क्लब आरबी लेइपजिंगसँग १-१ गोलको बराबरी खेल्दै समग्रमा २-१ को नतिजासहित क्वाटरफाइनलमा पुगेको हो।
यस खेलमा रियल म्याड्रिडका लागि भिनिसियस जुनियरले गोल गरेका थिए भने आरबी लेइपजिंगका लागि विली ओर्बानले एक गोल गरेका थिए।
यसअघि सम्पन्न राउण्ड १६ को पहिलो लिगमा रियल म्याड्रिडले १-० को नतिजा निकालेको थियो।
योसँगै रियल म्याड्रिडसहित बायर्न म्युनिख, पिएसजी र म्यानचेस्टर सिटी यस सिजनको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्।न्युज करखाना
काठमाडौं, २३ फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल कांग्रेससँग गठबन्धन तोडेर नयाँ गठबन्धन बनाए। त्यो गठबन्धन सरकार गठन भएको दुई दिनपछि बुधबार मन्त्रिपरिषद विस्तार गरे।
मन्त्रिपरिषद विस्तार गर्दा उनले १६ जना मन्त्री थपे। यसअघि नियुक्त भएका तीन जना मन्त्रीलाई दाहालले मन्त्रालयको जिम्मेवारी दिए।
थपिएका सबै मन्त्रीले सपथ खाएसँगै दाहाल मन्त्रिपरिषद २० सदस्यीय भएको छ।
नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी सम्मिलित गठबन्धन बन्दा यी सबै पार्टीबाट मन्त्रीहरू सहभागी बनेका छन्। ८ बुँदे सहमति गर्दा नयाँ गठबन्धनमा सामेल भएको दल जनता समाजवादी पार्टी (जसपा) भने सरकारमा सहभागी छैन। जसपाले सरकारमा जाने-नजाने वा समर्थन गर्ने/नगर्नेबारे ठोस निर्णय गर्न सकेको छैन।
यद्यपि, दाहालले जसपाबाहेक नै गठबन्धनमा बहुमत जुट्ने भएपछि उसलाई छोडेर बुधबार मन्त्रिपरिषद विस्तार गरे।
विस्तारित मन्त्रिपरिषदमा नेकपा एमालेले रघुवीर महासेठको नेतृत्वमा आठ मन्त्री सरकारमा पठाएको छ। महासेठ उपप्रधानमन्त्रीसहित भौतिक योजना मन्त्री बनेका छन्।
यसैगरी, नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्र मन्त्री बनाउँदै पाँच जनालाई सरकारमा पठाएको छ।
गठबन्धनको अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई उपप्रधान तथा गृह मन्त्री बनाउँदै चार जनालाई सरकारमा पठाएको छ।
नयाँ गठबन्धनमा जाने-नजाने वा कांग्रेससहितको पुरानो गठबन्धनलाई सहयोग गर्ने विषयमा ‘ढुलमुले चरित्र’ देखाउँदै आएको नेकपा एकीकृत समाजवादी अन्तत: सरकारमा गएको छ।
उसले दुई जना नेतालाई दहाल सरकारमा पठाएको छ।
दाहाल सरकारमा तीन जना मन्त्री नयाँ अनुहारका छन्। नेकपा एमालेबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेका बलराम अधिकारी नयाँ अनुहार हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेकी सुमना श्रेष्ठ र त्यही पार्टीबाट युवा तथा खेलकुद मन्त्री बनेका विराजभक्त श्रेष्ठ नयाँ अनुहार हुन्।
यी बाहेक दाहाल मन्त्रीमण्डलमा सपथ खाएका अरू सबै पुरानै अनुहार हुन्।
यी चार दलको सिट संख्या १४१ पुग्छ। बहुमत पुर्याउन सरकारलाई १३८ सिट आवश्यक पर्छ। बहुमतभन्दा तीन जना सांसद बढी रहेका कारण सरकारले विश्वासको मत पाउने सम्भावना बलियो छ।
दाहाल सरकारले विश्वासको मत पाउने-नपाउने केही समयभित्रै छिनोफानो लाग्ने विषय हो।
तर, यो मन्त्रीमण्डललाई लिएर बाहिर टिकाटिप्पणी हुन थालेको छ। मन्त्रीमण्डलमा विवादास्पद छविका व्यक्तिहरू पुगेपछि दाहाल नेतृत्वको सरकारबारे टिप्पणी हुन थालेको हो। मुख्यत: यो मन्त्रीमण्डलमा रहेका तीन जना विवादास्पद छविका मानिन्छन्।
भौतिक योजना मन्त्री महासेठ, गृहमन्त्री लामिछाने र श्रम मन्त्री डोलप्रसाद शर्मा विवादास्पद पृष्ठभूमिका कारण आलोचनाको केन्द्रमा छन्।
कुरा विवाद र आलोचनाका ‘रोलमोडल’ गृहमन्त्री लामिछानेबाट सुरू गरौं।
लामिछाने प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन तोड्दै नयाँ गठबन्धन बनाएसँगै सबैभन्दा चर्चाको शिखरमा रहे। यसकारण कि उनले गृह मन्त्रालयबाहेक कुनै मन्त्रालय नजाने भनी ‘बार्गेनिङ’ गरिरहे।
यो सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीलाई घटक नबनाइकन बहुमत पुर्याउन कठिन थियो। यो कठिन घडीमा लामिछाने र रास्वपाले उनकै नेतृत्वमा सरकारमा जाने र उनले गृहमन्त्री नै पाउनुपर्ने भनी गठबन्धनमा दबाब राखिरह्यो। प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी ओली त्यो ‘दबाब’ चिर्ने सामर्थ्य राख्न नसक्नुको कारण उही ‘बहुमत’ थियो। लामिछानेलाई गृह सुम्पिँदा गठबन्धनको प्रमुख दल एमाले भने साधारण मन्त्रालयमै चित्त बुझाउन बाध्य बनेको छ। एमालेले गृह र अर्थ दाबी गरिरहेको थियो। तर, ती दुबै शक्तिशाली मन्त्रालय उसले नपाए पनि ८ मन्त्री सरकारमा पठाएर ‘चित्त शान्ति’ गरेको छ।
लामिछाने यसअघि केही समय गृहमन्त्री बनेकै व्यक्ति हुन्। तर, नागरिकता प्रकरणका कारण उनी बर्खास्तीमा परे। उनको सांसद पद नै रहेन। कानुनी रूपमा नयाँ नागरिकता लिइकन उनी उपचुनावमा फेरि होमिए। चुनाव जितेर फेरि सांसद बने।
यद्यपि, चुनाव जितेर सांसद बने पनि लामिछाने विभिन्न प्रकरणमा जोडिरहेका व्यक्ति हुन्। उनले पुरानो नागरिकताका आधारमा लिएको राहदानी दुरुपयोगको अनुसन्धान बाँकी नै छ।
राहदानी प्रकरण किनारा नलाग्दै उनी सहकारी ठगी प्रकरणमा जोडिए। देशभरिका आधा दर्जन सहकारी ठगी गरेर फरार गितेन्द्रबाबु राई (जिबी)को व्यापारिक साझेदारको रूपमा लामिछाने देखिन्छन्। राईले ग्यालेक्सी फोरके टेलिभिजन खोल्दा लामिछाने उनका पार्टनर थिए। सहकारीको बचत टिभीमा लगानी गरेर सर्वसाधारण ठगेको आरोपमा राई जति मुछिएका छन्, त्यसको केही प्रतिशतको भागी लामिछाने हुन्।
यसबीचमा जिबी र रविमाथि प्रहरीले अनुसन्धान गरिरहेकै थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसमेतले छानबिन गरिरहेकै थियो।
जिबी सहकारी ठगी प्रकरणमा जोडिएपछि फरार रहेकै अवस्थामा प्रहरीले उनीविरूद्ध डिफ्युजन नोटिस जारी गरेको छ। सहकारीका बचतकर्ताको रकम ग्यालेक्सी फोरके टिभीमा लगानी गरेको र त्यसमा लामिछानेसमेत पार्टनर भएका कारण प्रहरीले उनीहरूमाथि अनुसन्धान गरिरहेको थियो।
गृह मन्त्रालयमा लामिछाने पुग्दा आफू जोडिएको मुद्दा प्रभावित पार्न भूमिका खेल्न सक्ने सम्भावना छ। साथै, लामिछाने गृहमन्त्रीको रूपमा पदासिन हुँदा ‘स्वार्थको द्वन्द्व’ हुनै नै भयो।
विभागले लामिछाने र राईमाथि छानबिन थालेको एक महिना बित्दैथियो। यसक्रममा विभागले लामिछाने र राईको बैंकिङ खाताको विवरण मागेको थियो।
माघ ८ गते नेपाल बैंकसहित अन्य १९ वटा बैंकलाई चिठी लेख्दै विभागले लामिछाने र राईको विवरण मागेको थियो।
चिठीमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरको जाँचबुझको सिलसिलामा आवश्यक परेकाले बैंक खाता विवरण, खाता खोल्दाको कागजातहरू र बैंक मौज्दात पठाइदिन अनुरोध गरिएको थियो।
विभागले राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, नेपाल एसबिआई, एभरेष्ट, एनआइसी एसिया, कुमारी, कृषि विकास बैंकलगायतलाई चिठी लेखेको थियो।
चिठीमा उनीहरूले ऋण लिएको भए त्यसको विवरणसमेत उपलब्ध गराउन अनुरोध गरिएको थियो।
अब लामिछाने स्वार्थ जोडिएको मन्त्रालयमा पुगेपछि उक्त प्रकरणले कुन मोड लिन्छ भन्ने प्रश्न सोझिएको छ। लामिछाने शक्तिमा आउनेवित्तिकै उनी जोडिएको मुद्दा स्वत: ओझेलमा पर्ने सम्भावना छ।
तर, लामिछाने गृहमन्त्री हुनासाथ सहकारी ठगी प्रकरणको मुद्दाबाट सजिलै उम्किनेवाला भने छैनन्।
राप्रपाका सांसद ज्ञानेन्द्र शाही स्वार्थको मन्त्रालयमा लामिछाने पुगेपछि उनीसँग जोडिएका मुद्दा स्वत: प्रभावित पार्न नदिइने बताउँछन्।
‘सहकारी ठगी प्रकरणमा जिबी र रविको जे-जस्तो भूमिका बाहिर आएको छ, सरकारमा पुगेपछि उहाँले त्यो प्रकरण मिलाउने प्रयत्न गर्नुहोला, सरकार र मन्त्रालयको काम-कारबाहीमा उहाँले जे-जसरी भूमिका खेले पनि हामी प्रतिनिधिसभामा बोल्न छोड्ने छैनौं,’ बुधबार अपराह्न त्रिभुवन विमानस्थलमा भेटिएका शाहीले भने, ‘मन्त्रीमण्डलको अनुहार हेर्दा सरकारको आयु लामो छैन र यो सरकार सर्भिस डेलिभरी दिने खालको देखिएन।’
विवादित छविका अर्का मन्त्री महासेठ यसअघि विभिन्न मन्त्रालयमा काम गरिसकेका र ‘टेष्टेड’ हुन्। उनी कमजोर कार्यसम्पादनका कारण आलोचनाको केन्द्र विगतदेखि नै छन्।
एमाले अध्यक्ष केपी ओली ‘दाहिना’ भएकै कारण उनले पटक-पटक शक्तिबाली मन्त्रालय पाएको एमालेका नेताहरू नै बताउँछन्। यसबाहेक महासेठ यसअघि भौतिक पूर्वाधार मन्त्री हुँदा कर्मचारीहरू ‘हायल-कायल’ भएकै थिए।
‘उनले रकम नलिइकन कुनै कार्यालयमा इन्जिनियरहरूको पोस्टिङ गर्दैनन् भन्ने आरोप नयाँ होइन,’ सडक विभागमा कार्यरत् एक इन्जिनियर भन्छन्, ‘उहाँले फेरि यही मन्त्रालय पाउँदा हामी नझस्किने कुरै भएन।’
सडक कार्यालयहरूमा इन्जिनियर कसलाई पठाउने वा कसले ‘बढाबढ’मा योगदान दिन सक्छ भन्ने आधार तय भएपछि मात्रै उनले कर्मचारीको सरूवा गर्ने गरेको आरोप ती इन्जिनियरले लगाए। उनले महासेठको कार्यसम्पादन सुध्रिएर आउनेमा पटक्कै विश्वास गरेनन्।
यसबाहेक महासेठ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिन घेरामा परिरहेका व्यक्ति हुन्।
महासेठले मन्त्री पदमा रहँदा भ्रष्टाचारमार्फत् कालो धन जम्मा गरेको आरोप व्यहोराको उजुरी विभागमा ‘तामेली’मा छ। महासेठ ‘शक्तिशाली’ मन्त्री हुँदै त्यो उजुरीउपर पूर्वप्रशासक रूपनारायण भट्टराईले सम्पत्ति शुद्धीकरण विभागमा रहँदा छानबिन थालेका थिए। तर, त्यो छानबिन उनी त्यो विभागबाट अलग भएसँगै सेलायो, उही पावर ‘ओली’का कारण।
विभाग स्रोतका अनुसार महासेठले भ्रष्टाचारमार्फत् आर्जन गरेको सम्पत्ति अर्बपति उपेन्द्र महतो र उनका भाइ वीरेन्द्र महतोमार्फत् लगानी गरेको ‘खुफिया रिपोर्ट’बाट देखिएको छ। उपेन्द्र महतोको मेडिसिटी अस्पतालमा महासेठको लगानी देखिएको विभाग स्रोत बताउँछ।
भट्टराई विभागमा हुँदा महासेठले आर्जन गरेको समपत्तिको लेखाजोखा गरिएको थियो।
‘प्रारम्भिक अनुसन्धानमा महासेठले भ्रष्टाचारबाट आर्जित सम्पत्ति उपेन्द्र महतो र उनका भाइ वीरेन्द्रमार्फत् मेडिसिटी अस्पतालमा लगानी गरेको देखिन्छ,’ विभाग स्रोत भन्छ, ‘कति लगानी छ भन्नेबारे मूल्यांकन भइरहे पनि उनीविरूद्धको अनुसन्धान थाँती राखिएको छ।’
महतोको नेपालका प्राय: सबै राजनीतिज्ञसँग ‘सुमधुर सम्बन्ध’ रहेको बताइन्छ।
यसबाहेक दाहाल सरकारमा श्रम मन्त्री बनेका डोलप्रसाद अर्याल (डिपी) पनि विवादित नै हुन्। उनी यसअघि पनि सोही मन्त्रालयमा गएका थिए।
विगतमा श्रम र रेमिट्यान्स सम्बन्धी कारोबारमा संलग्न रहेका उनलाई वैदेशिक रोजगार कम्पनी सृष्टी ओभरसिज इम्प्लोइमेन्ट सर्भिसेज प्रालिको लगानीकर्ता भएको आरोप छ। उनी सो कम्पनीको अन्तर्राष्ट्रिय मार्केटिङ निर्देशक भएका व्यक्ति हुन्। अर्याल इजिलिंक नामको रेमिट्यान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत भएका व्यक्ति पनि हुन्।
त्यसकारण, अर्याल विवादित छविका मानिन्छन्। उनले पुन: श्रम तथा रोजगार मन्त्रालय पाउँदा ‘स्वार्थको द्वन्द्व’ जोडेर हेरिएको छ। नयाँ गठबन्धनबाट सरकारमा पुगेका उनले गर्ने कार्यसम्पादन कस्तो हुन्छ? हेर्न बाँकी छ र यी तीन जना मन्त्री आफूमाथि आइलाग्ने प्रश्नको घेराबाट सजिलै उम्किने छैनन्।न्युज करखाना
काठमाडौं, २३ फागुन ।
सरकारका नवनियुक्त मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्।
शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ ग्रहण गराएका हुन्।
यस्ता छन् नवनियुक्तमन्त्री
एमाले
१. रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री
२. राजेन्द्रकुमार राई, खानेपानी मन्त्री
३. पदम गिरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री
४. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी मन्त्री
५. भगवती चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
६. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री
७. हरि उप्रेती, रक्षा मन्त्री
८. ज्वालाकुमारी साह, कृषि मन्त्री
नेकपा (माओवादी केन्द्र)
१. नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र मन्त्री
२. वर्षमान पुन, अर्थ मन्त्री
३. शक्तिबहादुर बस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री
४. रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधि मन्त्री
५. हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
राष्ट्रिय स्वतन्त्र पार्टी
१. रवि लामिछाने, उपप्रधान तथा गृह मन्त्री
२. सुमना श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
३. बिराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री
४. डोलप्रसाद अर्याल (डिपी), श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
नेकपा एकीकृत समाजवादी
१. भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री
२. धनबहादुर बुढा, सहरी विकास मन्त्री
न्युज करखाना
काठमाडौं, २३ फागुन ।
नेकपा एसका दुई मन्त्रीको टुंगो लागेको छ।
नेकपा एसले भानुभक्त जोशी र धनबहादुर बुढालाई मन्त्रीका रूपमा पठाउने निर्णय गरेको हो। जोशीलाई संघीय मामिला र बुढालाई शहरी विकासमन्त्री बनाउने नेकपा एसले जनाएको छ। उनीहरूलाई पनि आजै साँझ शपथ गराइने छ। न्युज करखाना
काठमाडौं, २३ फागनु ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुष्पकमल दाहाल नेतृत्वको नयाँ गठबन्धन सरकार कुहिएर झर्ने टिप्पणी गरेका छन्।
बुधबार साँझ शीतल निवासमा शपथ ग्रहणको तयारी भइरहँदा थापाले भिडिओमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वर्तमान सरकार फतक्क कुहिएर झर्ने बताएका हुन्।
‘यो सरकार यसरी बनेको छ, दौडिने त कुरै छोड्नुस् हिँड्न पनि सक्दैन। आफ्नै भारीले थिचिन्छ, फतक्क कुहिएर झर्छ,’ उनले भने। न्युज करखाना
काठमाडौं, २३ फागुन ।
मधेश केन्द्रित दलहरू बुढानीलकण्ड पुगेर नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलमा जुटेका छन्।
नेकपा माओवादी केन्द्रलाई छाडेर नयाँ गठबन्धन बनाउने भन्दै दौडधुप बढाएका देउवासँग भेटेर उनीहरूले छलफल गरिरहेका हुन्।
देउवा निवास बुढानीलकण्ठमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलगायत नेताहरू छलफलमा छन्।
बैठकमा कांग्रेसका नेताहरू डा. शेखर कोइराला र गगन थापा, रमेश लेखक पनि सहभागी छन्।न्युज करखाना
काठमाडौं, २३ फागुन ।
जनता समाजवादी पार्टी नेपाल तत्काल सरकारमा सहभागी नहुने भएको छ। बालुवाटारमा बसेको गठबन्धन बैठकमा कुरा नमिलेपछि जसपाले तत्काल सरकारमा नजाने निर्णय गरेको हो।
आफूहरू छलफलमै रहेको र निष्कर्षमा पुगिसकेको जसपा अध्यक्ष उपन्द्र यादवले बताए। मधेश प्रदेशको सरकार सुनिश्चित नभएका कारण तत्काल सरकारमा नजाने जसपाले जनाएको छ।
नेकपा (एस) सरकारमा जाने नजाने निश्चित नभएसँगै मधेश प्रदेशमा गठबन्धन सरकार अन्योलनमा देखिएको छ।
बालुवाटारबाट फर्केपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले उपलब्ध कार्यकारिणी समितिको बैठक बोलाएका छन्।न्युज करखाना
काठमाडौं, २३ फागुन ।
आज विस्तार हुने मन्त्रिमण्डलको सपथ ग्रहण समारोह सरेको छ ।
साँझ ५ बजे हुने भनिएको सपथ ग्रहण अब ५ः४५ बजे हुने भएको छ । प्रधानमन्त्रीकाे सचिवालयले राष्ट्रपति भवनमा समय सरेकाे जानकारी दिएकाे छ ।
उता, ‘सर्त पुरा गरे मात्रै’ सरकारमा सहभागी हुन सक्ने निर्णय नेकपा एसले गरे पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिखेर नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाइ वालुवाटारमा कुरिरहेका छन ।
प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँग कुराकानी गरे पछि मात्रै सपथ ग्रहण समाराेहमा सहभागी हुन शितल निवास जानेछन ।
जसका कारण सचिवालय बैठक सकिने बितिक्कै नेकपा एसका अध्यक्ष उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल लिएर बालुवाटार हिडेका छन ।Go’h s/vfgf
काठमाडौं, २३ फागुन ।
नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
भर्खरै सम्पन्न माधवकुमार नेपाल नेतृत्वको नेकपा एसको सचिवालय बैठकले प्रचण्ड सरकारमा सहभागी हुने निर्णय लिएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।
हिजो मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाइ लिएर नेपाल निवास पुगेका थिए । एमाले र माओवादीका शिर्ष नेताले नयाँ गठबन्धनमा सहभागी हुनका लागि अध्यक्ष नेपाललाइ आग्रह गरेका थिए तर अध्यक्ष नेपालले पार्टीमा छलफल गरेर निर्णयमा पुग्ने भन्दै कुनै निर्णय दिएका थिएनन ।
तर, आज प्रधानमन्त्री प्रचण्डलाइ भेटन वालुवाटार पुगेका सम्मानित नेता झलनाथ खनाले भने प्रचण्ड सरकारमा जान पार्टी सकारात्मक रहेको जनाउँदै पार्टीमा निर्णय गराउने बचन दिएका थिए ।
सोही कारण पनि नेकपा एसले प्रचण्ड सरकारमा जाने निर्णय लिएको हो ।न्युज करखाना
काठमाडौं, २३ फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनर्गठन गर्न खोजेको सरकार नेकपा एमालेले पुरानै मन्त्रीहरू दोहोराउने भएको छ ।
तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिचको सहमति अनुसार गठन भएको सरकारमा सहभागी भएका अधिकांस नेताहरूलाइ नै एमालेले पुनः मन्त्रीमण्डलका लागि पठाएको हो ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग गठबन्धन गरे पछि उनीहरू सरकार छाडनु परेको थियो, यसअघि प्रचण्ड सरकारमा भएका मध्ये बिष्णु पौडेल (अर्थ मन्त्री) र बिमला राइ (परराष्ट्र मन्त्री) भने दोहिरिएका छैन । यसअघि पौडेलले प्रचण्ड सरकारमा एमालेको तर्फवाट पौडेलले नेतृत्व गरेका थिए भने यसपटक रघुवीर महासेठले गर्ने भएका छन ।
जसअनुसार एमालेले पुरानै अनुहारमा पदम गिरी (कानुन न्याय तथा संसदीय मामिला), हरि उप्रेती (रक्षा), भगवति चौधरी (महिला बालबालिका), राजेन्द्र राई, (खानेपानी), दामोदर भण्डारी (उद्योग), ज्वालाकुमारी साह (कृषि) र बलराम अधिकारी (भूमि व्यवस्था) मन्त्रालयको जिम्मेवारी पाएका छन । अधिकारी भने नयाँ अनुहार हुन् ।न्युज करखाना
काठमाडौं, २३ फागुन ।
पुष्पकमल दाहाल प्रचण्डले पुनर्गठन गर्न खोजेको मन्त्रीमण्डलमा आज थप १४ जनाले मन्त्रीले पद तथा गोपनियताको सपथ लिने भएका छन ।
जसअनुसार नेकपा एमालेका ७, माओवादीका ४ र राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जनाले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन । प्रचण्ड सरकारमा रहने १७ मध्ये तीन जनाले यसअघि नै पद तथा गोपनियताको सपथ लिइसकेका छन ।
जसका लागि राष्टपति भवन, शितल निवासमा साँझ ५ बजे सपथ ग्रहण कार्यक्रम राखिएको छ ।
यसअघि एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डिपी अर्यालले पद तथा गोपनियताको सपथ लिदैँछन । बिना बिभागीय मन्त्रीको हैसियतमा सपथ लिएका यी तीन नेताले आजै मन्त्रालयको जिम्मेवारी पाउने छन् ।
प्रधानमन्त्रीः पुष्पकमल दाहाल प्रचण्ड
नेकपा एमालेका मन्त्रीहरूः
रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार
पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला
हरि उप्रेती, रक्षा
भगवति चौधरी, महिला बालबालिका
राजेन्द्र राई, खानेपानी
दामोदर भण्डारी, उद्योग
ज्वालाकुमारी साह, कृषि तथा सहकारी
बलराम अधिकारी, भूमि व्यवस्था
माओवादीका मन्त्रीहरू
नरायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र
वर्षमान पुन, अर्थ
शक्ति बस्नेत, उर्जा
रेखा शर्मा, सुचना तथा सञ्चार
हितबहादुर तामाङ, संस्कृति तथा पर्यटन
रास्वपाका मन्त्रीहरू
रवि लामिछाने, उपप्रधान तथा गृह
डीपी अर्याल, श्रम तथा राेजगार
विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद
सुमना श्रेष्ठ, शिक्षा तथा बिज्ञान न्युज करखाना
काठमाडौं, २३ फागुन ।
नेकपा माओवादी केन्द्रका पुनर्गठित सरकारमा अधिकांस पुरानैले निरन्तरता पाएका छन् ।
पुराना मन्त्री मध्ये नारायणकाजी श्रेष्ठ भने गृह मन्त्रालयवाट सरूवा भएर परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा पुगेका छन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एउटै कार्यकालमा श्रेष्ठले तीन तीन मन्त्रालयको जिम्मेवारी पाएका छन । जसअनुसार सुरूमा नेकपा एमाले र माओवादीको गठबन्धन हुदाँ उपप्रधानमन्त्रीसहित भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारीमा थिए, त्यो भत्किएर कांग्रेस–माओवादीको अर्को गठबन्धन भयो । त्यसमा उनी भौतिकवाट सरूवा भएर गृह मन्त्रालयको जिम्मेवारीमा पुगे ।
अहिले कांग्रेससँग गठबन्धन तोडेर एमालेसँग पुनः गठबन्धन हुदाँ श्रेष्ठ परराष्ट्र मन्त्रालयको जिम्मेवारी लिने अवस्थामा पुगेका छन । उनले आजै परराष्ट मन्त्रीको हैसियतमा सपथ ग्रहण गर्दैछन् ।
साथै, माओवादीले सबै मन्त्रीहरूलाइ दोहोरयाउँदै पर्यटन मन्त्री सुदन किराँती भने यो पटक आउट हुने एक्ला मन्त्री भएका छन । उनले सम्भवतः नदोहरिने संकेत पाएर हुन सक्छ हिजो नै पुल्चोकस्थित मन्त्री क्वाटरवाट झिटीझाम्टा लिएर बाहिरएका थिए । किराँतीले जिम्मेवारी लिएको पर्यटन मन्त्रालयमा हितबहादुर तामाङ आउने सम्भावना देखिएको छ ।
तर, यसअघि कांग्रेसको गठबन्धनमा रहेका तीन मन्त्री भने पुनः दोहरिने भएका छन । जसअनुसार श्रेष्ठसहित सुचना तथा सञ्चारमन्त्री रेखा शर्मा, उर्जा तथा जलस्रोत मन्त्री शक्ति बस्नेत दोहरिएका छन । न्युज करखाना
काठमाडौं, २३ फागुन ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सामेल हुन र समर्थन जनाउनु अघि मधेस प्रदेशका भावी नेतृत्वका लागि लडाइ सुरू भएको छ ।
प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुन तथा समर्थन जनाउन अनुरोध गरे पछि जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीले मधेस प्रदेश सरकारको सुनिश्चितता खोजेका हुन । दुबै पार्टीले मधेस प्रदेशको सुनिश्चितता खोजे पछि प्रधानमन्त्री प्रचण्डलाइ दुबै पार्टी मिलाउन सकस पर्ने देखिएको छ ।
सोही बिषयका कारण जसपा नेपालको आज बिहान बसेको कार्यकारिणी समितिको बैठक बिना कुनै निष्कर्ष सकिएको थियो । मुख्यतयाः मधेस प्रदेशका मुख्यमन्त्री दिन एमाले र माओवादीले प्रतिबद्दता जनाउनु पर्ने अनि मात्रै केन्द्रका बारेमा निर्णय लिनु पर्ने भन्ने बहुमत सदस्यले धारणा राखे पछि जसपाकाे आजको कार्यकारिणी समितिको बैठक बिना निष्कर्ष टुंगिन पुगेकाे हाे । कुनै निर्णय गर्न नसके पछि सोको सुनिश्चितता खोज्न बैठक लगत्तै अध्यक्ष उपेन्द्र यादव पार्टीका अर्का नेता राजेन्द श्रेष्ठलाइ लिएर वालुवाटार गएका थिए ।
उता, मधेस प्रदेशको मुख्यमन्त्री सुनिश्चित भए पछि मात्रै जनमत पार्टी प्रचण्ड सरकारमा सामेल हुने सन्देश प्रधानमन्त्री प्रचण्डलाइ पठाएको छ । एमाले र माओवादी गठबन्धन सरकारमा सामेल हुनका लागि जनमत पार्टीले मधेस मुख्यमन्त्रीको सुनिश्चितता खोजेको हो ।
यसअघि एमालेसहितको गठबन्धन हुदाँ २०७९ पुस १० गते भएको सहमति अनुसार एक बर्ष पछि जनमतले मधेस प्रदेशको मुख्यमन्त्री पाउने भन्ने थियो तर डेढ बर्ष लाग्नै खोज्दा पनि जनमतले सो सहमति अनुसारको मुख्यमन्त्री पाएको छैन ।
‘यसअघि निर्वाचन लगत्तै २०७९ पुस १० गते एमाले र माओवादीसँग भएको सहमति अनुसार एक बर्ष पछि मधेश प्रदेशको मुख्यमन्त्री जनमतको हुने भन्ने सहमति भएको थियो, त्यो सहमति अझै कार्यान्वयन भएको छैन, जबसम्म मधेस प्रदेशमा जनमतले मुख्यमन्त्रीको सुनिश्चितता पाउँदैनन, तबसम्म केन्द्र सरकारमा जाने कुनै निर्णय हुन सक्ने अवस्था छैन,’ प्रवक्ता शरदसिंह यादवले सञ्चारकर्मीसँग भने । उनका अनुसार मधेस मुख्यमन्त्री सुनिश्चितता भए पछि प्रचण्ड सरकारमा सहभागिता हुने वा समर्थन जनाउने बारेमा पार्टीले निर्णय गर्ने उनले जनाएका छन ।
जसपा नेपाल र जनमत दुवैले मधेस प्रदेशको मुख्यमन्त्रीमा सुनिश्चितता खोजे पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने राजनीतिक संकटमा परेका छन । न्युज करखाना
काठमाडौं, २३ फागुन ।
मधेस प्रदेशको मुख्यमन्त्री सुनिश्चित भए पछि मात्रै जनमत पार्टी सरकारमा सामेल हुने भएको छ ।
नेकपा एमाले र नेकपा माओवादी गठबन्धन सरकारमा सामेल हुनका लागि जनमत पार्टीले मधेस मुख्यमन्त्रीको सुनिश्चितता खोजेको हो ।
यसअघि एमालेसहितको गठबन्धन हुदाँ पुस १० गते भएको सहमति अनुसार एक बर्ष पछि जनमतले मधेस प्रदेशको मुख्यमन्त्री पाउने भन्ने थियो तर डेढ बर्ष लाग्नै खोज्दा पनि जनमतले सो सहमति अनुसारको मुख्यमन्त्री पाएको छैन ।
‘यसअघि निर्वाचन लगत्तै २०७९ पुस १० गते एमाले र माओवादीसँग भएको सहमति अनुसार एक बर्ष पछि मधेश प्रदेशको मुख्यमन्त्री जनमतको हुने भन्ने सहमति भएको थियो, त्यो सहमति अझै कार्यान्वयन भएको छैन, जबसम्म मधेस प्रदेशमा जनमतले मुख्यमन्त्रीको सुनिश्चितता पाउँदैनन, तबसम्म केन्द्र सरकारमा जाने कुनै निर्णय हुन सक्ने अवस्था छैन,’ प्रवक्ता शरदसिंह यादवले सञ्चारकर्मीसँग भने ।
उनका अनुसार मधेस मुख्यमन्त्री सुनिश्चितता भए पछि प्रचण्ड सरकारमा सहभागिता हुने वा समर्थन जनाउने बारेमा पार्टीले निर्णय गर्ने उनले जनाएका छन ।न्युज करखाना
काठमाडौं, २३ फागुन ।
नेकपा माओवादी केन्द्रले मन्त्रीहरूको नाम टुंग्याएको छ ।
जसअनुसार यसअघि सरकारमा रहेका तीन मन्त्रीलाइ दोहोरयाउँदै माओवादीले मन्त्रीहरूको नाम टुंग्गाएको हो भने पुनर्गठित मन्त्रीमण्डलमा नयाँ दुइ अनुहार थपिएका छन ।
जसअनुसार नारायणकाजी श्रेष्ठ (पराराष्ट्र) र बर्षमान पुन (अर्थ), रेखा शर्मा (सञ्चार), शक्ति बस्नेत (उर्जा) र हितबहादुर तामाङ (मन्त्रालय टुंग्याउन बाँकी)लाइ पुनर्गठित मन्त्रीमण्डलमा समेटिने भएको छ । प्रचण्डको यो कार्यकालका लागि पुन र तामाङ भने नयाँ अनुहार हुन ।
सम्भवतः आजै सपथ ग्रहण कार्यक्रम हुनेछ । न्युज करखाना
काठमाडौं, २३ फागुन ।
नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा शिर्ष नेतृत्व नपठाउने भएको छ ।
नेपाली कांग्रेससँग गठबन्धन तोडेर हालै एमालेसँग नयाँ गठबन्धन गरेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा ‘जुनियर नेता’ले प्रतिनिधित्व गर्ने भएका छन ।
जसअनुसार एमालेबाट रघुवीर महासेठको नेतृत्वमा प्रारम्भिक चरणमा ७ जनाको नामावली प्रधानमन्त्री प्रचण्डलाइ बुझाउने भएको छ । स्रोतका अनुसार यसअघि सपथ लिएर बिना बिभागीय मन्त्री रहेका पदम गिरीसहित दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारीलाइ मन्त्रीमा सिफारिस गरिएको छ ।
हालसम्म महासेठको बाहेक एमालेका अन्य नेताको कुन मन्त्रालय पाउने हो ? भन्ने ठोस गरिसकिएको छैन् । छलफल जारी छ । न्युज करखाना ा
काठमाडाैं, २३ फागुन ।
प्रमुख तीन दलले मन्त्रालय र जिम्मेवारी बाँडफाड लगभग टुंग्याएका छन ।
जसअनुसार नेकपा एमालेवाट रघुवीर महासेठले भाैतिक तथा पुर्वाधार मन्त्रालयसहित सरकारमा सहभागी हुने भएका छन भने नेकपा माअाेवादी केन्द्रवाट नारायणकाजी श्रेष्ठ दाेहाेरिन पुगेका छन । परराष्ट्र मन्त्रालयकाे जिम्मेवारीसहित जान लागेका श्रेष्ठसँगै बर्षमान पुनले अर्थ मन्त्रालयकाे जिम्मेवारी लिने बुझिएकाे छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीवाट उपप्रधानसहित रवी लामिछानेले गृह मन्त्रीकाे जिम्मेवारी लिने भएका छन भने शिक्षा मन्त्रालयकाे जिम्मेवारीमा सुहाना श्रेष्ठ तथा श्रम मन्त्रालयकाे जिम्मेवारीमा डीपी अर्याल, युवा तथा खेलकुदकाे जिम्मेवारीमा विराजभक्त श्रेष्ठ जाने भएका छन ।
याे अनाैपचारिक सहमति भए पनि यसले मुर्तता पाउन बाँकी रहेकाे छ । न्युज करखाना ा
दाङ, २३ फागुन ।
लुम्बिनी प्रदेशमा नेकपा माओवादीका दुइ मन्त्री बर्खास्तमा परेका छन् ।
लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका हुन ।
जसअनुसार मुख्यमन्त्री चौधरीले अर्थमन्त्री धनबहादुर मास्की राना र शहरी विकास मन्त्री कृष्णा केसीलाई बरखास्त गरेका हुन् ।
केन्द्रमा नेकपा एमालेसँग माओवादी केन्द्रले गठबन्धन गरे पछि नेपाली कांग्रेसवाट निर्वाचित मुख्यमन्त्री चौधरीले माओवादीका दुइ मन्त्री बर्खास्त गरेर बदला लिएका हुन् ।न्युज करखाना ा
काठमाडौं, २३ फागुन ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नयाँ गठबन्धनमा मन्त्रालयको सिट संख्या लगभग टुंग्याएको छ ।
एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा नेपाल सम्मिलित चार दलीय कार्यदलमा भएको सहमति अनुसार प्रचण्ड सरकारको मन्त्रीमण्डलमा सिट संख्या लगभग टुंगिएको हो ।
‘सिट संख्या लगभग टुंगिएको छ, अन्य दलसँग छलफल गरेर सबै मन्त्रालयको टुंगो गर्ने भन्ने छ,’ एक नेताले भने, ‘मन्त्रालयको जिम्मेवारी वाँडफाँड भने सरकारमा सहभागी हुने दलको टुंगो लागे पछि मात्रै निष्कर्षमा पुग्न कुरा छ ।
जसअनुसार एमालेलाई ८, माओवादीलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय राख्ने प्रारम्भिक सहमति भएको बाँकी मन्त्रालय नेकपा एसलगायतलाइ दिइने बुझिएको छ ।न्युज करखाना ा
काठमाडौं, २३ फागुन ।
नेपाली कांग्रेसले संसदीय दलको बैठक भोली बस्दैछ ।
बैकल्पिक सत्ता गठबन्धनका लागि प्रयास गरिरहेको कांग्रेसले भोलीका लागि दलको बैठक बोलाएको हो । बैठक बिहान ९ बजे बस्नेछ ।
सत्ता गठबन्धन फेरिएर प्रतिपक्षमा पुगेको कांग्रेसले संसदीय दलको बैठकमा समसमायिक राजनीति तथा भोली हुने संसदको बैठकमा पार्टीको प्रस्तुतिका बारेमा छलफल गर्ने बुझिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन फेरेपछि कांग्रेसको हिजो बसेको कार्यसम्पादन समितिको बैठकले समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय हिजो गरे पछि संसदमा खेल्ने भुमिकाका बारेमा सभापति देउवाले थप निर्देशन दिने बुझिएको छ।न्युज करखाना ा
काठमाडौं, २३ फागुन ।
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन बनाए पछि त्यसमा सामेल हुने वा नहुने भन्ने निर्णय लिन सचिवालय बैठक बोलाएको हो ।
तर, आज बिहान भएको भेटघाट पछि भने वैकल्पिक सत्ता गठवन्धनका लागि पहलकदमी गरिरहेको कांग्रेसले नेकपा एस नेता माधवकुमार नेपाल ‘कन्भिन्स’ भएको बताएको छ ।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सभापति शेरबहादुर देउवा र रमेश लेखकबिच भेटबार्ता भए पछि कांग्रेसले सो दावी गरेको हो ।
सो भेटवार्तामा सहभागी कांग्रेस नेता रमेश लेखकले अध्यक्ष नेपालसँग खुलेर कुराकानी भएको र छलफल सकारात्मक भएको जनाएका छन ।
‘परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ, कांग्रेस र नेकपा एसका बिचमा सकारात्मक कुराकानी भएको छ, छलफललाइ निरन्तरता दिने गरी आजको कुराकानी भएको छ’ उनले भनेका छन् ।
हिजो नेकपा एसका अध्यक्ष नेपाललाइ भेटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू कोटेश्वर पुगेका थिए ।
एमाले र माओवादी तथा कांग्रेसको पनि प्रस्ताव पछि आवाश्यक निर्णय लिन नेकपा एसको सचिवालय बैठक सुरू भएको हो ।
न्युज करखाना ा
काठमाडौं, २३ फागुन ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन भत्काउन कांग्रेस सक्रिय भएको छ ।
वैकल्पिक सत्ता गठवन्धनका लागि पहलकदमी गरिरहेको कांग्रेसले नेकपा एस नेता माधवकुमार नेपाल ‘कन्भिन्स’ भएको बताएको छ ।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सभापति शेरबहादुर देउवा र रमेश लेखकबिच भेटबार्ता भए पछि कांग्रेसले सो दावी गरेको हो ।
सो भेटवार्तामा सहभागी कांग्रेस नेता रमेश लेखकले अध्यक्ष नेपालसँग खुलेर कुराकानी भएको र छलफल सकारात्मक भएको जनाएका छन ।
‘परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ, कांग्रेस र नेकपा एसका बिचमा सकारात्मक कुराकानी भएको छ, छलफललाइ निरन्तरता दिने गरी आजको कुराकानी सकिएको छ, जे होस छलफल सकारात्मक छ ।
न्युज करखाना ा
काठमाडौ महानगरपालिका मेयर बालेन शाहले निर्वाचन आयोग विरुद्ध दायर गरेको रिटमा पेशी तोकिएको छ ।
शाहले निर्वाचन खर्चको विषयमा आफूमाथि गरेको जरिवाना र कारवाहीको निर्णय बदर हुनुपर्ने रिटमा जिकीर गरिएको छ ।
समयमा निर्वाचन खर्च विवरण नबुझाएको भन्दै निर्वाचन आयोगले जरिवाना गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा रिट दिर्ता गराएका थिए । उक्त रिट सवैधानिक इजलासमा आज पेशी तोकिएको छ । प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरु आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र प्रकाश कुमार ढुंगानाको इजलासमा पेशी तोकिएको छ । पेशी पहिलो नम्बरमा रहेको छ ।
आयोगको निर्णय पुर्वाग्रही रहेको र एकपटक पनि मौका नदिएकाले रोक्न अन्तरिम आदेशको माग बालेनले रिटमा गरेका छन्।
निर्वाचन खर्च विवरण नबुझाएको भन्दै आयोगले काठमाडौ महानगरका मेयर बालेनसहित देशभरका स्थानीय तहको निर्वाचनका धेरै उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको थियो्। रिटमा उनले आफूले समयमै पेश गरेको तर पनि जरिवानाको निर्णय भएकाले उक्त निर्णय खारेज हुनुपर्ने जिकिर गरेका छन्।
वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा उनी काठमाडौं महानगरमा लौरो चिह्न लिएर स्वतन्त्र रुपमा विजयी भएका थिए।
बालेनको रिटमा कानुनले तोकेको अवधिभित्रै असार १२ गते निर्वाचन आयोगमा खर्च विवरण पेश गरेको दाबी गरिएको छ।
निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्नु पर्नेमा ३० औं दिनमा सार्वजनिक विदा परेकाले त्यसको भोलिपल्ट पेश गरेको बालेनले दाबी गरेका छन्।
समयमा खर्च विवरण नबुझाएको देखिएको भन्दै आयोगले सात लाख ५० हजार जरिवाना तिराउने निर्णय गरेको थियो। स्थानीय चुनावमा भाग लिने देशभरका एक लाख २३ हजार उम्मेदवारलाई एकमुष्ट जरिवाना गर्ने निर्णय आयोगले गरेको थियो।
६ महिनाभित्र नबुझाए ६ वर्षसम्म कुनै निर्वाचनमा भाग लिन नपाउने र निर्वाचित भए पदमुक्त हुने भनी गरेको निर्णय बदरको माग रिटमा गरिएको छ।न्युज करखाना ा
काठमाडौं, २३ फागुन ।
जनता समाजवादी पार्टी नेपाल ‘अनिर्णयको बन्दी’ भएको छ ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने नहुने भन्ने बारेमा निर्णय लिन बसेको कार्यकारीणी समितिको बैठक बिना निष्कर्ष सकिएको छ ।
‘जसपाको कार्यकारिणी समितिको बैठक सकियो तर प्रचण्ड सरकारमा जाने ‘नजाने कुनै निर्णय गर्न सकेन्,’ बैठकमा सहभागी एक नेताले भने, ‘केही समय ‘पर्ख र हेर’को अवस्था रहने भन्ने भएको छ ।’ उनका अनुसार बैठकले कुनै निर्णय लिन नसके पछि सोही सन्देश बोकेर अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष राजेन्द्र श्रेष्ठ वालुवाटार लागेका छन् ।
प्रचण्ड सरकारलाई विश्वासको मत दिन र सरकारमा सामेल हुने बारेमा सो पार्टीको बहुमत सदस्य बिपक्षमा उभिएका छन् ।न्युज करखाना ा
काठमाडौं, २३ फागुन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माधवकुमार नेपाल निवास पुगेका छन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बिचमा नयाँ गठबन्धन सुरू भए पछि देउवा नेपाल निवास पुगेका हुन् ।
पत्नी आरजु देउवासहित सभापति देउवा नेपाल निवास पुगेका हुन । न्युज करखाना ा
इस्लामबाद, २३ फागुन ।
पाकिस्तानका दुर्गम क्षेत्रहरूमा गएको सप्ताहन्तमा जमेको चिसो वर्षा र अप्रत्याशित हिमपातका कारण कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।
सो हिमपातमा परी दर्जनौं बढी घाइते भएको र उनीहरूको स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।
मृत्यु हुनेहरूमध्ये २२ जना बालबालिका रहेको र ती मध्ये धेरैजसो हिम पहिरोमा परेर घरमा पुरिएका विपद् व्यवस्थापन अधिकारीहरूले भनेका छन ।
चरम मौसमले पाकिस्तानको उत्तरी र पश्चिमी क्षेत्रहरूलाई असर गरेको तथा सडक अवरुद्ध र सयौं घरहरूलाई क्षति पुरयाएको पाकिस्तानी सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।
हिम विज्ञहरू यस्तो हिउँ देखेर छक्क परेका थिए किनभने मार्चमा पाकिस्तान सामान्यतया हिउँ पर्दैन, यसले स्थानीयलाई आश्चर्यमासमेत पारेको स्थानिय सञ्चारमाध्यमले जनाएका छन ।
जसअनुसार उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको किर्क जिल्लाका बासिन्दा हाजित शाहले आफ्नो छिमेकमा पहिले एक पटक मात्रै हिउँ परेको बताएका छन् । उनले बीबीसीलाई भने, ‘जहाँसम्म मलाई याद छ, २५–३० वर्षअघि केही मिनेटको लागि यहाँ हल्का हिमपात भएको थियो।’
भारी हिमपात र वर्षाले कम्तिमा १५० घरहरू पूर्ण रूपमा ध्वस्त भएको छ भने ५०० अन्य घरलाई आंशिक रूपमा क्षति भएको छ, मुख्यतयाः खैबर पख्तुनख्वा र दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तमा । केही जिल्लामा केही दिनदेखि विद्युत् अवरुद्ध हुन पुगेकाे छ ।
खैबर पख्तुनख्वाको प्रान्तीय सरकारले प्रभावित क्षेत्रहरूमा राहत सामग्री उपलब्ध गराएको छ र घाइते र मृत्यु भएकाहरूको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।न्युज करखाना ा
काठमाडौं, २३ फागुन ।
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन बनाए पछि त्यसमा सामेल हुने वा नहुने भन्ने निर्णय लिन सचिवालय बैठक बोलाएको हो ।
बैठक बिहान ११ बजे देखि सुरू हुनेछ ।
सोही सचिवालय बैठकले सरकारमा जाने वा नजाने भन्ने विषयमा पनि निर्णय लिइने बताइएको छ।न्युज करखाना
काठमाडौं, २२ फागुन ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्ता गठबन्धन बन्ने र भत्कने क्रमको यो अन्त्य नभएको भन्दै बिदेशी शक्तिको अभिप्रेरणा, उक्साहट र सौजन्यमा यो खेल निरन्तर जारी रहने टिप्पणी गरेका छन्।
आज पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम बारे धारणा राख्दै थापाले यो अन्तिम गठबन्धन नभएको र आगामी दिनमा नयाँ नयाँ गठबन्धन बन्दै जानेसमेत दाबी गरे। नितान्त निहित स्वार्थ, ब्यक्तिगत महत्वाकांक्षा र स्वार्थी मनोवृत्ति हाबी भएपछी गठबन्धन परिवर्तन भैरहनु अनौठो नहुने उनले बताए।
मुलुकमा अस्थिरता सिर्जना गर्न चाहने र बिदेशी शक्तिको गोटि बन्न राजी हुने दलहरूको मुलुक र जनताको बृहत्तर हित कहिल्यै प्रमुखतामा नपरेको चर्चा गर्दै थापाले सिद्धान्तविहीन,नितिविहीन,आदर्शविहीन गठबन्धनले निकास दिन नसक्नेसमेत ठोकुवा गरे। ‘यो गठबन्धनको बिकल्पको खोजी शुरु भैसको छ, अस्थिरता नेपाली राजनीतिको अभिन्न चरित्र बनिसकेको छ,’ उनले भने।
साच्चिकै वैचारिक धुर्विकरण हुने हो भने त्यसलाई भने केही हदसम्म सकारात्मक रुपमा ग्रहण गर्न सकिने थापाको भनाई थियो। यो सन्दर्भमा व्यवस्थाको विकल्प खोज्न आन्दोलन बाहेक अर्को कुनै बाटो नभएको भन्दै थापाले विचार मिल्नेहरूले आन्दोलनमा जानू पर्नेमा जोड दिए।
‘यो एउटा अवसर पनि हो, अब व्यवस्थाको विपक्षमा भएका सबै मिलेर एउटा बलियो कन्जर्भेटिभ शक्ति बनाउँदै आन्दोलनमार्फत भ्रष्ट तन्त्रको अन्त्य गरौं,’ थापाले भने। बैठकले आगामी चैत्र १ गते काठमाडौंमा गर्ने जनप्रदर्शनको तयारीमा जुट्न सबैलाई आग्रह समेत गरेको छ।न्युज करखाना
काठमाडौं, २२ फागुन ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली धेरै बर्ष पछि माधवकुमार नेपालको निवासमा पुगेका छन् ।
नयाँ गठबन्धन गरी पुष्पकमल दाहाल प्रचण्डको सरकार पुनर्गठन गरेको केही दिनमा एमाले अध्यक्ष ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालको निवासमा पुगेका हुन ।
नेकपा बिभाजन भए पछि ओली नेपाल निवास पुगेका थिएनन् । नयाँ गठबन्धनमा सामेल हुनका लागि ओलीले नेपाललाइ आग्रह गरेका छन ।
साथमा, प्रधानमन्त्री प्रचण्ड र एमाले उपाध्यक्ष बिष्णुप्रसाद पौडेल पनि नेपाल निवासमा पुगेका छन् । न्युज करखाना
दाङ, २२, फागुन ।
लुम्बिनी प्रदेश सरकारको आयोजनामा बुद्धभूमी लुम्बिनीमा फागुन २८ र २९ गते गर्न लागिएको लौरेट्स एण्ड लिडर (शिखर सम्मेलन) विशेष कारणले स्थगत भएको छ ।
मंगलवार भएको मन्त्रीपरिषदको बैठकले विशेष कारणबस शिखर सम्मेलन स्थागन गर्ने निणर्य गरेको हो ।
अन्तिम चरणमा रहेको शिखर सम्मेलन विशेष कारणबस मन्त्रीपरिषद बैठकले स्थगन गर्ने निणर्य गरेको सरकारकाका प्रवक्ता सन्तोष कुमार पाण्डेले जानकारी दिए ा न्युज करखाना ा
काठमाडौं, २२ फागुन ।
मन्त्री मण्डलको संख्या र कार्यबिभाजन टुंग्याउनका लागि कार्यदलका बैठक बस्दैँछ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नयाँ गठबन्धन निर्माण भएसँगै गठन भएको कार्यदलको बैठक बस्न लागेको हो ।
बैठक दिउँसो २ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
सो बैठकले मन्त्रालय संख्या र जिम्मेवारी बाँडफाँड टुङ्गो लगाउन बारेमा प्रारम्भिक छलफल गर्नेछ ।
मन्त्रीहरूको बाँडफाँडका लागि एमालेबाट महासचिव शङ्कर पोखरेल, माओवादीका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठलाइ जिम्मेवारी दिइएको छ ।
नयाँ गठबन्धन निर्माण भएसँगै सोमवार नै बिना विभागीय मन्त्रीको रूपमा एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्यालले पद तथा गोपनियताको सपथ लिइसकेका छन ।न्युज करखाना
काठमाडौं, २२ फागुन ।
राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ ।
आज दिउँसो १:०० बजे बस्ने तय भएको बैठकमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र परिदृष्य, आन्दोलनको तयारी , बृहत् मोर्चा निर्माण ,संगठन सुदृढीकरण योजना ,प्रशिक्षण कार्यक्रम र सकृय सदस्यता बितरण अभियानका बारेमा छलफल हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
बैठकमा पार्टी अध्यक्ष कमल थापाले विकसित पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा धारणा राख्नुहुनेछ भने जिल्ला भ्रमण र प्रशिक्षण कार्यक्रमको कार्यतालिका पनि तय गरिने पार्टीले जनाएको छ ।न्युज करखाना
काठमाडौं, २१ फागुन ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएको छ।
जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठकले नयाँ गठबन्धनलाई साथ दिँदै सरकारमा सामेल हुने निर्णय गरेको हो।
चार दलीय गठबन्धनमा रहेको जसपाले सरकारमा सहभागी हुने निर्णय गरे पनि मन्त्रालयको भागबन्डा भने टुंगोमा लागिसकेको छैन।
जसपा अध्यक्ष यादवले सोमबार राति भएको ८ बुँदे सहमतिमा हस्ताक्षर गरिसकेका छन्। त्यसमा गठबन्धन दलबीच आपसी सहमतिमा मन्त्रालयको भागबन्डा टुंग्याउने उल्लेख छ।
सहमतिमा हस्ताक्षर गर्नुअघि अध्यक्ष यादव बालकुमारीस्थित पार्टी कार्यालयमा कार्यकारिणी समिति बैठकमा सहभागी थिए। न्युज करखाना
काठमाडौं, २१ फागुन ।
तीन बिना बिभागीय मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
राष्ट्रपति भवन, शितलनिवासमा बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोरप्रसाद अर्यालले पद तथा गोपनीयताको सपथ लिएका हुन ।

नेपाली कांग्रेससँग गठबन्धन तोडेर नेकपा एमालेसँग नयाँ गठबन्धन भएसँगै तीन बिना बिभागीय मन्त्रीको सपथ ग्रहण गराइएको हो । शिर्ष नेताहरू बिच सहमति भए पछि उनीहरूको जिम्मेवारी तोकिनेछ ।
तीन बिना बिभागीय मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
राष्ट्रपति भवन, शितलनिवासमा बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोरप्रसाद अर्यालले पद तथा गोपनीयताको सपथ लिएका हुन ।
नेपाली कांग्रेससँग गठबन्धन तोडेर नेकपा एमालेसँग नयाँ गठबन्धन भएसँगै तीन बिना बिभागीय मन्त्रीको सपथ ग्रहण गराइएको हो । शिर्ष नेताहरू बिच सहमति भए पछि उनीहरूको जिम्मेवारी तोकिनेछ ।न्युज करखाना
काठमाडौं, २१ फागुन ।
मोरङमा सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी)ले आत्महत्या गरेका छन्।
मोरङको सोराभागस्थित सशस्त्र प्रहरी बल गुल्ममा कार्यरत् डिएसपी उपेन्द्र बस्यालले सोमबार आत्महत्या गरेका हुन्।
मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालका अनुसार बस्याल गुल्मको निवासभित्र झुन्डिएको अवस्थामा फेला परेका हुन्।
‘हामीलाई जानकारी भर्खरै आएको हो, घटनास्थलमा टोली गएको छ,’ दाहालले भने। घटनाको विस्तृत विवरण आउन बाँकी छ।न्युज करखाना
काठमाडौं, २१ फागुन ।
आज देखी सत्तारूढ भएका प्रमुख चार दल अन्य दललाइ सहभागी गराउन सहमत भएका छन ।
नेकपा माओवादी केन्द्र नेतृत्वको नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपाल गठबन्धन प्रति सकारात्मक अन्य दललाइ नयाँ सरकारमा समावेश गर्न सहमत भएका हुन् ।
नेकपा माओवादी केन्द्रले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाइ पनि गठबन्धनमा समेटने निर्णय गरे पछि बसेको प्रमुख चार दलको बैठकमा सो सहमति भएको हो । प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा बनेको नयाँ गठबन्धनमा सो सहमति बनेका उनका स्वकिय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।
‘सुशासन, सामाजिक न्याय र समृद्धिको सम्माननीय प्रधानमन्त्रीज्यूको संकल्प र नेपाल सरकारको मार्गचित्र कार्यान्वयन गर्न बनेको नयाँ गठबन्धनका चार दल यो गठबन्धनप्रति सकारात्मक दलहरूसङ्ग सम्वाद गर्दै अरु दललाई समेत सहभागी गराएर सरकारलाई पुर्णता दिने सहमतिमा पुगेका छन,’ प्रधानमन्त्रीका स्वकिय सचिव मल्ले भने । न्युज करखाना
काठमाडौं, २१ फागुन ।
प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्डले गठबन्धन छाडेर नेकपा एमालेसँग नयाँ गठबन्धन गरे पछि कांग्रेसका मन्त्रीहरू अन्यौलमा परेका छन् ।
राजिनामा पनि नदिने भन्ने अडानमा रहेका मध्ये नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले भने मन्त्री निवास छाडेका छन् ।
प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीलाइ पनि समावेश गरेर नयाँ मन्त्रीमण्डलको तयारी गरिरहदाँ कानुन मन्त्री गुरूङले सरकारी निवास छाडेका हुन ।
‘आजबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारीबाट मुक्त भएको छु,’ उनले भने, ‘मन्त्री पदबाट मुक्त भएपछि मन्त्री निवास तुरुन्त छोड्नुपर्छ भन्ने मान्यता राख्छु। त्यसैले आजै ४स्३० बजे मन्त्री निवासबाट पुरानै डेरामा फर्केको छु।
सबैलाई धन्यवाद।’न्युज करखाना
काठमाडौं, २१ फागुन ।
सत्ता गठबन्धन हेरफेरप्रति एकीकृत समाजवादीले पर्ख र हेरको नीति अबलम्बन गर्ने भएको छ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सहकार्य ताडेर एमाले, रास्वपा लगायत दलसँग नयाँ सत्ता समीकरण गरेसँगै एकीकृत समाजवादीले आफूलाई गर्ने व्यवाहारका आधारमा निर्णय लिने निर्णय गरेको हो।
आज अध्यक्ष माधवकुमार नेपालको निवासमा बसेको सचिवालयको आकस्मिक बैठकले नयाँ गठन्धनको ‘उद्देश्य, प्रक्रिया र संरचना’ प्रष्ट भएपछि मात्रै ठोस निर्णय लिने जनाएको छ। समाजवादीले तत्कालका लागि एमालेसहितको गठबन्धनप्रति मध्यमार्गी धारणा सार्वजनिक गरेको छ।
बैठकपछि महासचिव घनश्याम भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीले नयाँ निर्णय लिएसँगै मुलुक फेरी अर्को राजनीतिक समीकरणमा प्रवेश गरेको छ । नयाँ समीकरणको उदेश्य, प्रक्रिया र संरचना अझै स्पष्ट भैसकेको छैन । तसर्थ प्रधानमन्त्रीले लिएको निर्णयका उद्देश्य, प्रक्रिया र संरचनाका बारेमा सबै विषय अगाडि आएपछि तिनको गुण(दोषका आधारमा नेकपा (एकीकृत समाजवादी) ले आफ्ना नीतिहरू स्पष्ट पार्नेछ।’
माओवादी केन्द्र समाजवादीलाई पनि नयाँ गठबन्धनमा सहभागी गराएर जानुपर्ने पक्षमा छ।न्युज करखाना
काठमाडौं, २१ फागुन ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पालाई नेविसंघकै महाधिवेशन पक्षधरले तत्काल महाधिवेशनको सुनिश्चितता गर्न दबाब दिएको छ।
सङ्घको महाधिवेशन पक्षधर टोलीले अध्यक्ष शेर्पालाई संघको केन्द्रीय कार्यालय अनामनगरमा आज ज्ञापनपत्र बुझाएर तत्काल महाधिवेशन सुनिश्चित गर्न माग गरेको हो। नेविसंघका नेता सुभाष पौडेलको नेतृत्वमा गएको टोलीले तत्काल महाधिवेशनको सुनिश्चितता नगरिए थप दबाबका कार्यक्रम गर्ने चेतावनी दिएको थियो।
अध्यक्ष शेर्पालाई बुझाइएको ज्ञापन पत्रमा ११५ भन्दा बढी केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरेका छन्। उनीहरूले यस अघि अध्यक्षले समन्वय बिना बोलाएको केन्द्रीय समितिको पहिलो बैठक पनि बहिष्कार गरेका थिए।
महाधिवेशन गर्नका लागि गठन गरिएको अहिलेको समितिले महाधिवेशन नै गर्ने आधार नदेखेकाले बैठकमा सहभागी हुनु औचित्य नठानेर बैठकमा नगएको उनीहरूको भनाइ छ। असन्तुष्ट पक्षले अध्यक्ष शेर्पाले दुई वर्षको अवधिमा सहयात्रीहरूसँग समन्वय नगरेको, एकलौटी कार्यशैली देखाएको कार्यसम्पादन र पार्टीको नीति निर्देशन अनुसार काम नगरेको लगायतका आरोप लगाएको छ। उनीहरूले देशभरका विद्यार्थीहरूको भावना अनुसार संगठनलाई सामूहिक नेतृत्वका साथ सञ्चालन गर्न माग गरेका छन्। नेविसंघमा तदर्थवाद वा मनोनितको प्रवृत्ति अन्त्य गर्दै निर्वाचनबाट नेतृत्व चयन गर्ने प्रक्रिया मातहतका समितिहरूमा पनि तत्काल अवलम्बन गर्न माग गरेको अर्का केन्द्रीय सदस्य पवन आचार्यले जानकारी दिए।न्युज करखाना
काठमाडौं, २१ फागुन ।
राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतल निवासमा पुगेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा पुगेका प्रधानमन्त्री प्रचण्डले विकसित राजनीतिक घटनाक्रमबारे जानकारी गराउन राष्ट्रपति पौडेललाई भेटेका हुन् ।
नयाँ गठबन्धन बनाएसँगै नयाँ मन्त्रिपरिषद् गठनको तयारीबारे पनि प्रधानमन्त्री प्रचण्डले जानकारी गराउने छन् । न्युज करखाना
काठमाडौं, २१ फागुन ।
नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धनमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि राख्ने निर्णय गरेको छ ।
एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीलाई एमालेसमेत रहको नयाँ गठबन्धनमा राख्ने माओवादीले निर्णय गरेको हो ।
वाम एकताका लागि एकीकृत समाजवादीलाई पनि नयाँ गठबन्धनमा समेट्नुपर्ने माओवादीको निष्कर्ष छ ।
पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे माधव नेपाललाई कन्भिस गराएर नयाँ गठबन्धनमा एकीकृत समाजवादीलाई सहभागी गराउने तयारी माओवादीको छ । न्युज करखाना
काठमाडौं, २१ फागुन ।
प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
विशेष परिस्थितिका कारण प्रतिनिधि सभाको आजको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेका लागि सूचना टाँसेर स्थगित गरिएको सभामुख देवराज घिमिरका प्रेस बिज्ञ शेखर अधिकारीले जानकारी दिए ।
आज बिहान ११ बजेका लागि बोलाइएको थियो । बैठक एकाएक विकसित राजनीतिक घटनाक्रमका कारण अन्यौलमा परे पछि सभामुख घिमिरेले राजनीतिक दलसँग सम्बाद गरे पछि बैठक स्थगितकाे अवस्थामा पुगेका हुन । न्युज करखाना
काठमाडौँ, २१ फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ मन्त्रीहरुलाई सोमबार नै शपथ ग्रहण गराउने भएका छन् ।
राष्ट्रपति कार्यालयलाई पत्र पठाएर प्रधानमन्त्री प्रचण्डले सोमबार बेलुका ५ बजे नयाँ मन्त्री शपथ गराउने जानकारी गराएका छन् ।
सोमबार ३ जना मन्त्रीले शपथ लिने तयारी छ । मन्त्रीहरुको शपथ ग्रहणको तयारी राष्ट्रपति कार्यालयले थालेको छ ।
कांग्रेससँगको गठबन्धन तोडिएपछि प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले, रास्वपासहितलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् । न्युज कारखाना
रौतहट २१ फागुन।
रौतहट क्रिकेट संघले जिल्ला स्तरको क्रिकेट टुर्नामेन्टको आयोजना गरी ठगी गरिरहेको आरोप लागेको छ। पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले क्रिकेट संघ रौतहटले खेलाडी छनौटको नाउँमा ठगी धन्दा सुरुगरेको आरोप लगाएका छन्।
गृह नगर रौतहटको मौलापुरमा कार्यकर्तालाई सम्बोधन गर्दै उनले गौरका केही जनप्रतिनिधिको छोरा भतिजाहरुले गौरमा क्रिकेट टुर्नामेन्टको आयोजना गरी ठगी धन्दा सुरु गरेको आराेप लगाएका हुन्।

‘नेपाल क्रिकेट संघ क्यानको आयोजनामा प्रतियोगिता हुने भए नेपाल सरकारले सम्पूर्ण व्यवस्था गर्छ, होईन भने आफ्नै मनले गरिएको प्रतियोगिता ठगीबाहेक अरु केही हुन सक्दैन’ उनले भने ।
खेलाडी छनौटको नाउँमा प्रत्येक पालिका, बिभिन्न संघ संस्था र व्यापारीहरुबाट पैसा संकलन गरी खेलाडी छनौटको नाउँमा उनीहरुले गरिखाने भाँडो बनाएको पूर्व मन्त्री प्रभु साहको दाबी छ। यदी खेलाडी छनौट गर्ने राष्ट्रिय कार्यक्रम हो भने त्यो अन्य जिल्लामा पनि हुन्थ्यो तर रौतहटमा मात्र किन त्यो पनि चन्दा उठाएर उनले प्रश्न गरे ।
एउटा जनकपुर उप महानगरपालिकाले प्रदेश स्तरको टुर्नामेन्ट गराउन सक्ने तर पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल,गौर नगर प्रमुख शम्भु साह, जिल्ला समन्वय समिति सभापति राम अयोध्या यादव एउटा जिल्ला स्तरको क्रिकेट टुर्नामेन्ट प्रतियोगिता गराउन नसक्ने नेता साहकाे प्रश्न छ ।
‘खेलकुद मन्त्रालयमा बर्षको कम्तीमा १० अर्ब रुपैयाँ बजेट बिनियोजन हुने गर्दछ , त्यो हिसाबले एउटा जिल्लामा करोडौं रुपैयाँ आउनुपर्ने हो तर रौतहटमा खेलकुद मंत्रालय अथवा क्यानबाट कहिलै रकम आएको सुन्नु भएको छ, अर्थात हामीसंँग बेईमानी हुँदै आएको छ,’ उनले भने ।
क्रिकेट संघ रौतहट जिल्लाको १७ पालिकाबाट तीन तीन लाख रुपैयाँ चन्दा लिएर खेलाडी छनौट गर्ने भन्दै आगामी २६ गतेदेखि गौरमा जिल्लास्तरीय क्रिकेट टुर्नामेन्टको आयोजना गर्दैछ।
मौलापुर नगरपालिकाले भने चन्दा सहयोग दिएको छैन। संघीय संसद प्रभु साहले स्थानीय निकाय नहुँदा आफूले व्यक्तिगत लगानीमा मौलापुरमा जिल्लास्तरीय क्रिकेट प्रतियोगितामा, नाच प्रतियोगिता र अहिले मौलापुर नगरपालिकाले एक्लो लगानीमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको आयोजना गर्दै छ।
तर, सदरमुकाममा जिल्ला स्तरको क्रिकेट प्रतियोगितामा गर्न सबै स्थानिय तह, संघसंस्था ब्यापारी बाट पैसा उठाउन ठगौतिको अलावा केही हुननसक्ने पूर्व मन्त्री प्रभु साहले दाबी गरेका छन्। पछिल्लो समय रौतहटको अधिकांश स्थानीय तहले मेयर कप क्रिकेट प्रतियोगिताको आयोजना गरी लाखौँ कुम्ल्याउने गरेको आरोप लाग्दै आएको छ।न्युज कारखाना
काठमाडौं, २० फागुन ।
नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन भत्किएको छ ।
संक्रमणकालिन न्याय तथा राष्ट्रियसभा अध्यक्षको बिषयमा नेकपा एमाले र माओवादी केन्द्रका बिचमा सहमति भए पछि कांग्रेससँगको गठबन्धन भत्किएको हो ।
एमाले सचिवालय बैठक पछि सो बारेमा औपचारिक जानकारी आएको हो । ‘आजै सरकार परिवर्तन र नयाँ मन्त्री परिषद बन्दै, सानो मन्त्रीमण्डलले आज सपथ लिनेछ,’ बैठक पछि एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए ।न्युज कारखाना
काठमाडौं, २० फागुन ।
सत्तारूढ गठबन्धनको बैठक अझै बस्न सकेको छैन ।
प्रधानमन्त्रीको सरकारी निवास, वालुवाटारमा उक्त बैठक बिहान ८ बजे बस्ने भनिएको भए पनि अझै सुरू भएको छैन ।
सत्तारूढ गठबन्धनमा समस्या देखा परिरहेको बेला गठबन्धनको बैठक बस्ने भनिएको थियो । हिजो निर्धारित समय सिमा भन्दा एक घन्टा बढी नाघिसक्दा पनि बैठक बस्न सकेको छैन ।
सोही बैठक बोलाएको बेलामा वालुवाटारमा नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ भने जसपा नेपालले पनि आकस्मिक रूपमा बैठक बोलाएको छ । गठबन्धनको बैठक बस्न लागेकै बेला जनमत पार्टीका अध्यक्ष सिके राउत वालकोटस्थित ओली निवास पुगेका छन् ।
सत्तारूढ गठबन्धनको बैठक बस्न नसके पछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पुर्णबहादुर खड्का भने वालुवाटार पुगेर छलफल गरिरहेको जनाइएको छ ।
हिजो मात्रै एकाएक प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिहान र साँझ दुइ पटक भेटबार्ता गरेका थिए । सो भेटबार्ता पछि सत्तारूढ गठबन्धनमा नयाँ बहस सुरू भएको छ ।न्युज कारखाना
काठमाडौं, २१ फागुन ।
आकस्मिक रूपमा बोलाइएको एमाले सचिवालय बैठक सकिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको निवासमा बिहान आकस्मिक रूपमा बोलाइएको सचिवालय बैठक सकिएको हो ।
सचिवालय बैठकको निष्कर्षसहित एमाले अध्यक्ष ओली वालुवाटारस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाइ भेटन जाँदैछन् ।
संक्रमणकालिन न्याय तथा राष्ट्रियसभा अध्यक्षका बिषयमा दुइ दल बिच सहमति गरेर जाने जनाइएको भए पनि औपचारिक रूपमा कुनै कुरा बाहिर ल्याइएको छैन । न्युज कारखाना
काठमाडौं, २१ फागुन ।
जनता समाजवादी पार्टी, नेपालको कार्यकारिणी समितिको बैठक बस्दैँछ ।
संक्रमणकालिन न्याय सबन्धी बिषय र राष्ट्रियसभा अध्यक्षका बिषयमा नेपाली कांग्रेससँग सहमति हुन नसके पछि राजनीति नयाँ शिराबाट अघि बढिरहेको सन्दर्भमा जसपाले आकस्मिक बैठक बोलाएको हो ।
यसैबिच, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सचिवालय बैठक हालै सम्पन्न गरेको छ भने अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठकको निष्कर्षसहित वालुवाटारस्थित प्रधानमन्त्री निवास, पुग्दैछन ।
सोही बैठक लगत्तै जनमत पार्टीका अध्यक्ष सिके राउत वालुवाटार पुगेका छन भने राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवलाय बैठक पनि जारी रहेको छ ।न्युज कारखाना
काठमाडौं, २१ फागुन ।
राष्ट्रियसभाका नव निर्वाचित सदस्यहरूले आज पद तथा गोपनियताको सपथ लिदैँछन ।
गत माघ ११ गते सम्पन्न भएको निर्वाचनबा निर्वाचित १९ जना तथा राष्ट्रपतिवाट मनोनित हुने १ जना गरी २० सदस्यहरूले आज पद तथा गोपनियताको सपथ लिदैँछन । उनीहरूको सपथ ग्रहण कार्यक्रम बिहान ११ बजे राखिएको छ ।
जसअनुसार कोशी प्रदेश बिजयी कांग्रेसका कृष्ण सिटौला र एमालेकी रूक्मिणी कोइराला, मधेसबाट जसपाकी पूजा चौधरी र कांग्रेसका आनन्द ढुंगाना, बागमतीमा कांग्रेसका विष्णुदेवी पुडासैनी र जीतजंग बस्नेत, माओवादीका श्रीकृष्णप्रसाद अधिकारी र एकीकृत समाजवादीबाट घनश्याम रिजाल, गण्डकीबाट माओवादीका मनरूपा शर्मा तथा कांग्रेसका पदमबहादुर परियार र किरणबाबु श्रेष्ठले पद तथा गाेपनियताकाे सपथ लिदैँछन् ।
साथै, लुम्बिनीबाट कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी र कर्णालीबाट एकीकृत समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णुबहादुर विश्वकर्मा र कांग्रेसका कृष्णबहादुर रोकाय तथा सुदूरपश्चिमबाट कांग्रेसका बलदेव बोहोराले सपथ लिदैँछन् ।
उता, हिजोबाट पदावधि सकिनेमा एमालेका ८, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २ र जसपा, मनोनीत र स्वतन्त्र एक–एक जना रहेका छन्।
यसअघि निर्वाचित भएका मध्ये एमालेबाट निर्वाचित भइ राष्ट्रियसभा अध्यक्षकाे जिम्मेवारीमा रहेका गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदहरूको पद हिजो समाप्त भएसँगै आज नयाँ सांसदहरूले पद तथा गोपनियताको सपथ लिन लागेका हुन् ।
जसअनुसार हिजो पदावधी सकिनेमा एमालेका इन्दु कडरिया, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल, नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राई रहेका छन भने कांग्रेसका रमेशजंग रायमाझी, जितेन्द्रनारायण देव, अनिता देवकोटा र प्रकाश पन्थको पनि कार्यकाल सकिएको छ ।
यसैगरी, नेकपा माओवादी केन्द्रका विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा तथा नेकपा एकीकृत समाजवादीका नन्दा चापागाईं र सिंगबहादुर विश्वकर्मा रहेका छन् ।
त्यस्तै जनता समाजवादी पार्टी, नेपालकी प्रमिला कुमारी र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पदावधि पनि हिजो सकिएको थियो भने तत्कालिन राष्ट्रपति बिधादेवी भण्डारीले मनोनीतमा परेकी डा.विमला राई पौड्यालको पदावधि पनि हिजो सकिएको थियो ।न्युज कारखाना
काठमाडौं, २० फागुन ।
आज सत्तारूढ गठबन्धनको बैठक बस्दैँछ ।
प्रधानमन्त्रीको सरकारी निवास, वालुवाटारमा उक्त बैठक बस्नेछ, बैठक बिहान ८ बजे बोलाइएको छ ।
सत्तारूढ गठबन्धनमा समस्या देखा परिरहेको बेला गठबन्धनको बैठक बस्न लागेको हो । बैठकमा राष्ट्रियसभाका भावी अध्यक्ष तथा सरकारका मन्त्रीहरू हेरफेरलगायतका बिषयमा छलफल हुने जनाइएको छ ।
हिजो मात्रै प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिहान र साँझ दुइ पटक भेटबार्ता गरेका थिए । सो भेटबार्ता पछि सत्तारूढ गठबन्धनमा नयाँ बहस सुरू भएको छ ।
ओलीले पनि सरकार परिवर्तनका बारेमा नयाँ नयाँ कुरा गरिरहेको बेला यस बैठकलाइ अर्थपुर्ण रूपमा हेरिएको छ ।न्युज कारखाना
काठमाडौं, २१ फागुन ।
प्रतिनिधिसभाको बैठक बस्दैँछ ।
संङघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।
संङघीय संसद सचिवालयका अनुसार आजको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले ‘महिला तथा सामाजिक मामिला समितिको प्रतिवेदन आ.ब. २०७९/८०’ पेश गर्ने कार्यसुची रहेको छ ।
उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सबन्धी (दोस्रो संसोधन) बिधेयक २०८० माथी बिचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
आ.ब. २०८१ /८२ का लागि बिनियोजन बिधेयकका सिद्दान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथी छलफल प्रारम्भ गर्ने महासचिव पदमप्रसाद पाण्डेयले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।न्युज कारखाना
काठमाडौँ, २१ फागुन।
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरेका छन् ।
आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, सचिव केशव शर्मा, विभागीय प्रमुखहरू र मन्त्रालयका सहसचिवहरू बोलाएर छलफल गरेका हुन् ।

छलफलमा प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजनाहरूको आफूले नियमित अनुगमन गरिरहेको जानकारी दिँदै आयोजनाको लागत बढेमा स्वयं आयोजना प्रमुखहरू नै जिम्मेवार हुनेगरि निर्देशित गर्न र कार्यसम्पादनको व्यवस्था मिलाउन निर्देशनसमेत दिए ।
बैठकमा उत्तरदक्षिण (कोशी करिडोर) खाँदबारी–किमाथांका सडक योजना, कालीगण्डकी करिडोर र कर्णाली करिडोरको प्रगति अवस्थाबारे मन्त्रालयको ब्रिफिङ लिएका हुन् ।
कोशी करिडोरको भौतिक प्रगति ३२ प्रतिशत रहेको, वित्तीय प्रगति पनि ३२ प्रतिशत नै रहेको जानकारी दिँदै सचिव शर्माले सडक निर्माणको काममा प्रगति भइरहेको जानकारी दिए ।
त्यसैगरि उत्तर दक्षिण (कालीगण्डकी करिडोर) सडक योजनाको ६३ प्रतिशत भौतिक प्रगति र ५५.७ प्रतिशत भौतिक प्रगति रहेको जानकारी दिँदै शर्माले स्रोत व्यवस्थापनको सीमितताका कारण अपेक्षित प्रगति हासिल नभएको जानकारी गराए ।
त्यस्तै उत्तर दक्षिण (कर्णाली करिडोर) सडक योजनाको भौतिक र वित्तीय प्रगति सन्तोषजनक रूपमा अगाडि बढेको जानकारी सचिव शर्माले गराए ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले विगत २५० वर्षमा भएको भौतिक र मानवीय प्रगतिभन्दा गणतन्त्रपछि भएको प्रगति निकै उत्साहप्रद रहे पनि त्यसबारे आम नागरिकमा यथार्थ सम्प्रेषण गर्नुपर्ने बताए ।
प्रधानमन्त्रीले भने, “पछिल्लो १५ वर्षमा भौतिक एवं मानवीय विकासका क्षेत्रमा राम्रा काम भएका छन्। तर, जनतामा सही ढंगले सम्प्रेषण गर्न नसक्दा निरासाजस्तो देखिएको छ। यति धेरै काम हुँदा पनि हामीले जनतालाई सही ढंगले प्रशिक्षित गर्नुपर्छ।”
विकास आयोजनाका काममा उच्च प्राथमिकता दिन र आयोजना प्रमुखहरूलाई फिल्डमा नै बसेर काम गर्ने वातावरण बनाउन मन्त्री ज्वालालाई निर्देशित गरे ।
प्रधानमन्त्रीले भने, “विकास आयोजनाका काममा हामी सबैले उच्च प्राथमिकता दिनुपर्छ। सरकार, मन्त्रालय र आयोजनाले निर्धारित काम तोकिएको समयमा पूरा नगर्दा आयोजनाको लागत बढ्दै गएको छ। तसर्थ, यो बेथिति अन्त्य गर्न गम्भीरतापूर्वक लाग्नुस्।”न्युज कारखाना
काठमाडौं, २० फागुन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर समसामयिक विषयमा ध्यानाकर्षण गराएका छन् ।
आइतबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर सभापति लामिछानेले दूध किसानको बक्यौता र चितवनमा मृत्यु भएकी बालिका शालिन पोखरेलका विषयमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन् ।
दूग्ध किसानको ७ अर्ब रुपैयाँ बक्यौदा बाँकी रहेको भन्दै प्रदर्शनमा उत्रिएका बेला सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेर भुक्तानी दिने प्रवन्ध गर्न आग्रह गरेका हुन् ।
साथै यही १२ फागुनमा चितवनको रत्ननगर नगरपालिका वडा नं. १० मा रहेको शिशु निकेतन माविको छात्रावासमा कक्षा ८ मा अध्ययनरत शालिन पोखरेल मृत अवस्थामा भेटिएकी थिइन् । उनको मृत्यु रहस्यमय भएको एकसाता पुगिसक्दा पनि मृत्युको कारणबारे आधिकारिक विवरण सार्वजनिक भएको छैन । उनको हत्या वा आत्महत्या भन्नेबारे आधिकारिक धारणा नआएका बेला सभापति लामिछानेले उनको मृत्युको विषयमा पनि प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन् । न्युज कारखाना
काठमाडौं, २० फागुन।
संसदमा प्रमुख तीन दल संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक अघि बढाउन सहमत भएका छन् । लामो समयदेखि मतभेद रहेका उनीहरु उक्त विधेयकलाई अघि बढाउन सहमत भएका हुन् ।
शान्तिप्रक्रिया टुंगोमा पु¥याउन महत्वपूर्ण मानिएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकअघि बढाउन सरकारको नेतृत्व लिएको माओवादी केन्द्र, प्रमुख सत्तासाझेदार कांग्रेस र प्रमुख प्रतिपक्षी एमाले सहमत भएका हुन् ।
आइतबार प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छुट्टाछुट्टै भएर टीआरसी विधेयकका विषयमा छलफल गरेका हुन् ।
सो क्रममा उक्त विधेयकलाई संसदमा अघि बढाउनन उनीहरु सहमत भएका हुन् । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बस्नुअघि टीआरसी विधेयक अघि बढाउन प्रचण्ड, देउवा र ओली सहमत भएका हुन् । न्युज कारखाना
रौतहट २० फागुन ।
रौतहटको कटहरिया नगरपालिकाका अधिकांश निर्वाचित जनप्रतिनिधि बजेटको राजनीतिमा लागेको कारण नगरबासी सास्ती खेप्न बाध्य भएका छन् ।
दिनभरि नै सवारीसाधनको आवागमन जारी रहने कटहरिया बजारको मूल बाटोमा नाला निर्माण गर्न खनिएको खाडल एक महिनापछि पुरिँदा पनि नाला निर्माण हुन नसकेको कारण नगरबासी सास्ती खेप्न बाध्य भएका हुन् ।
कटहरिया–५ गाउँदेखि निर्माण हुँदै आएको नाला स्थानीय किराना व्यवसायी सुरेन्द्र साहको पसल अगाडिबाट बढ्न सकेको छैन । वडा अध्यक्ष सर्फलाल गुप्ताको नेतृत्वमा साहको पसलअगाडि नाला निर्माण गर्न एक महिनाअगाडि पेटी ठेकेदार उपेन्द्र बैठाले खाडल खनेर तल ढलान गरी फलामे छडसमेत प्रयोग गरेका थिए। तर, पछि वडा अध्यक्ष गुप्ताले उक्त स्थानमा ३६ फिट चौडाई हुनुपर्छ अहिले ३१ फिट मात्र छ भनेर निर्माण रोक्का गरेका छन्।
व्यवसायी सुरेन्द्र साह र सामुने घर भएका शिवशंकर साहले आ–आफ्नो नम्बरी जग्गा हाल रहेको बाटोमा ८÷१० फिट पर्ने दाबी गर्दै आएका छन् । सुरेन्द्र साहले जग्गा थोरै खरिद गरी नक्सा बढी बनाउन नापी कार्यालय मौलापुरमा यकीन गरेपछि मात्र नाला निर्माण गर्ने वडा अध्यक्ष गुप्ताले अडान राखेका छन्।
सामुने घर भएका शिवशंकर साहले भने ५!६ फिटको हाराहारीमा आफ्नो पक्की घर भत्काई सकेको बताउँछन्। तर एकमहिना बित्दा पनि वडा अध्यक्ष गुप्ताले सुरेन्द्र साहको जग्गा बारे बास्तविक यकिन गर्न सकेनन्।
उता थोक तथा खुद्रा किराना ब्यवसायी सुरेन्द्र साहको पसलमा दर्जनौं सवारी साधन तथा सयौं ग्राहक दैनिक आवत जावत गर्ने गर्दछन्।
पसलअगाडि खनिएको खाडलमा खसेर कयौंलाई चोटपटकसमेत लागेको उनले पटक पटक गुनासो गर्दै आएको भए पनि समयमा नाला निर्माण हुन सकेन । यसरी महिनौंसम्म पसलअगाडि खनिएको खाडलमा दुर्घटना हुन थालेपछि केहीदिन अगाडि बाध्य भएर सुरेन्द्र साहले नाला निर्माण नहुँदै खाडलमा माटो पुरेका छन् । पेटी ठेकदार बैठाले पनि बाध्य भएर फलामे छडहरु काटेर लागेका छन ।
किराना व्यासायी साहले पसलअगाडि महिनौंसम्म रहेको खाडलको कारण ग्राहक नआएर लाखौँ रुपैयाँ क्षति भएको बताउँछन्। त्यसैगरी पेटी ठेकेदार उपेन्द्र बैठाले पनि खाडल खनेर ढलान भएको र फलामे छड समेत प्रयोग भएर नाला निर्माण नहुँदा आफूलाई पनि लाखौंको क्षति भएको गुनासो गरिरहेका छन्।
कटहरिया–५ का वडा अध्यक्ष सर्फलाल गुप्ताले सुरेन्द्र साहको जग्गाबारे बास्तविक यकीन गर्न नापी कार्यालय मौलापुरले ढिलो गरेको कारण समस्या भएको दोह्रयाएका छन्।
कटहरिया नगरपालिकाका निर्वाचित जनप्रतिनिधि बजेट केन्द्रित भएको कारण जनसरोकारको कामहरूमा ढिलाई भएको स्थानीय जानकारहरुले गुनासो गरेका छन।
आश्रय निर्माण सेवाले कटहरिया ४ र ५ मा खानेपानीसँगै ढल तथा नाला निर्माणको ठेक्का लिएको छ । करोडौंको ठेक्काको काम आश्रयले आफैले नगरी साना साना पेटी ठेकदारमार्फत गरिएको कारण पनि भौतिक पूर्वाधार निर्माण समयमा नहुने तथा गुणस्तरमाथि प्रश्न चिह्न उठिरहेको छ।न्युज कारखाना
काठमाडौँ, २० फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको गुणात्मक विकास र साइबर सुरक्षाबाट देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने अवस्था आएको बतााएका छन् ।
‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले सूचना प्रविधिको गुणात्मक विकाससँगै राष्ट्रियताको परिभाषामा व्यापक हेरफेर आएको बताएका हुन् ।
“आजको परिस्थितिमा देशको सार्वभौमिकता, अखण्डता, सम्प्रभुता, आन्तरिक एकता र सद्भाव जस्ता पक्षहरूको केन्द्रमा सूचना प्रविधि आएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “देशभित्रै सूचना प्रविधिको गुणात्मक विकास र साइबर सुरक्षाले नै देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने ठाउँमा सिङ्गो विश्व आइपुगेको तथ्य हामीले हेक्का राख्नै पर्छ ।” उनले कृतिम बौद्धिकका बहुआयमिक लाभ र केही चुनौतीहरूको गम्भीर अध्ययन गरी आवश्यक नीतिहरू तर्जुमा गर्न अब ढिलाइ गर्न नहुने बताए ।
कृत्रिम बौद्धिकता प्रविधिमा असीम सम्भावनाहरू रहेपनि रोजगारी विस्थापन, पूर्वाग्रह र निष्पक्षताका सवाल, गोपनीयताका सवालहरूमा चुनौती पैदा भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले साइबर सुरक्षा, नैतिक दुविधा, सामाजिक विग्रह, निर्भरता र स्वायत्तता, आदिका कारणले समाजमा थप असमानताहरू थपिन सक्ने जोखिम देखेको बताए ।
नेपालको गरिवी र न्यून आर्थिक विकासको चक्रलाई तोड्न कृत्रिम बौद्धिकता प्रविधिले सुशासन ‘४.०’ जस्ता अवधारणालाई अङ्गीकार गर्न अपरिहार्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कृत्रिम बौद्धिकता विकासका लागि ‘एआई इकोसिस्टम’ विकासमा आवश्यक पहल लिनैपर्ने अवस्था आएको उल्लेख गरे ।
प्रधानमन्त्री प्रचण्डले कृत्रिम बौद्धिकता प्रविधिको प्रयोगले सरकारी नीति निर्माण र सुशासन अभिवृद्धिमा टेवा पुर्याउने विषयहरू, विद्यालय तथा उच्च शिक्षामा कृतिम बौद्धिकताबाट हासिल गर्न सकिने नतिजाहरू, कम्प्युटेसनल तथा अन्य पूर्वाधारको आवश्यकता, देशमा सञ्चालित अनुसन्धान परियोजना र तालीमहरू, विकासका कार्यहरूलाई त्यस्तो प्रणालीमा जोड्न सकिने विश्वास व्यक्त गरे ।न्युज कारखाना
काठमाडौँ, २० फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुनियाँमा ‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सेवा प्रवाह गरेर मात्र सुशासनलाई सार्थकता दिन सकिने बताएका छन् ।
‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सेवा प्रवाहका लागि प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
“सरकारले कम्प्युटर प्रविधि, रोवोटिक प्रविधि, डाटा विज्ञान, मेशिन लर्निङ्ग, इन्टरनेट अफ थिङ्गस, कम्प्युटेशनल पूर्वाधार विकासका लागि आफ्नोतर्फबाट गर्नुपर्ने कार्यमा आवश्यक पहल लिनेछ,” प्रधानमन्त्रीले भने, “यसका लागि कृत्रिम बौद्धिकतासम्वन्धी नीतिलाई राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, २०७६ तथा डिजिटल नेपाल फ्रेमवर्क, २०१९ सँग समन्वय गर्नेगरी अगाडि बढिनेछ ।”

सरकारले हाल उदयीमान प्रविधिको क्षेत्रमा विभिन्न अध्ययन र अनुसन्धानका कामहरू अगाडि बढाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विज्ञान प्रविधि क्षेत्रलाई महत्त्व दिएर नै विज्ञान प्रविधि नवप्रवर्तन कोष निर्माणका लागि बजेट विनियोजन गरिएको बताए । उनले प्रविधिको क्षेत्रमा आत्मनिर्भरताको अवसर सिर्जना गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिए।
आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तावमा समेत विज्ञान प्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई विशेष महत्त्व दिइने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले प्रस्तावित १६औँ आवद्यिक योजनामा यस क्षेत्रलाई महत्त्वका साथ समावेश गरिएको जानकारी दिएका छन् ।
नवप्रवर्तन र उत्पादकत्व वृद्धिको सवालमा आगामी वर्षदेखि नै सरकारी निकायहरूले कृत्रिम बौद्धिकताको भूमिका बढाउने परियोजनाको विकासमा जोड दिइने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले सरकारी निकायले दिने सेवाको जानकारीका लागि कृत्रिम बौद्धिकतामा आधारित च्याटबट सेवा, वृहत तथ्याङ्कीय विश्लेषणका परियोजनाहरूलाई प्राथमिकतापूर्वक कार्यान्वयन गरिने स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री प्रचण्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा विभिन्न सरोकारवाला निकायहरूद्वारा संयुक्तरूपमा आयोजना गरेको ‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता–भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनले समृद्ध नेपाल बनाउने सपना सार्थक बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।
मानिसले गर्ने नियमित कार्यहरू वा धेरै समय लगाएर गर्ने कार्यहरू तथा मानिसले गर्न नसक्ने कार्यहरू कृत्रिम बौद्धिकतामार्फत गर्दा समयको वचत र नवप्रवर्तन तथा उत्पादकत्व वृद्धिका निम्ति बहुउपयोगी रहने प्रधानमन्त्रीको भनाइ छ ।न्युज कारखाना
काठमाडौं, २० फागुन ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य संघीय सांसद एबं गुल्मी जिल्ला इन्चार्ज सूर्य थापाले मिसन ८३ नआई ‘ मिसन- ८४’ नआउने बताएका छन् ।
शनिवार काठमाडौको नक्शालस्थित लिसरा रिसेप्सनमा गुल्मी-काठमाडौ सम्पर्क मंचको १२ औँ सम्मेलनमा अतिथीको रूपमा उपस्थित भएका थापाले सो कुरा बताएका हुन् ।
सबैले आगामी ८४ सालमा संघीय र प्रदेश निर्वाचनलाई मात्र ध्यानमा राखेर मिसन – ८४ का कुरा गरिरहदा थापाले ८३ सालमा स्थानीय निकायको चुनाव हुने र स्थानीय निकायमा जीत हातपार्न नसके मिसन -८४ सफल हुन नसक्ने बताएका छन् ।
सम्मेलनमा अतिथीका रूपमा उपस्थित भएका एमाले गुल्मी अध्यक्ष बाल सिंह काउछा र लुम्बिनी प्रदेश सम्पर्क कमिटी अध्यक्ष श्रीप्रसाद पाण्डेले अब बन्ने सम्पर्क मंचको नेतृत्व नेताको धुरी नहाली काम गर्नेबाट बन्नुपर्ने आबश्यकता औँलाउदै नेताको नजिक हुने र पद लिने नगर्न आग्रह गरेको कुरालाई रमाईलो पारामा थापाले नेताको नजिक हुनुस् तर हार्दिकताकासाथ हुनुस् भनि प्रस्ट्याए ।
आफ्नो कुरालाई थप प्रष्ट पार्दै थापाले भने -‘ तपाईहरू चन्द्र भण्डारीको नजिक नहुनुस् प्रदीप ज्ञवालीको नजिक हुनुस् , तपाईहरू रामकुमारीको नजिक नहुनुस् गोकर्ण बिष्टको नजिक हुनुस् ।’
थापाले नेकपा एमाले जस्तो ठुलो पार्टीको सचिवालयमा ४ जना गुल्मी जिल्लाका हुनुमा आम गुल्मीबासी त्यसमाथी एमाले निकटले गर्व गर्नुपर्ने भन्दै थापाले उपस्थित नेता तथा कार्यकर्तालाई उत्साहित समेत बनाए ।
उनले आफु गुल्मीको ईन्चार्ज भएपछि गुल्मीका १२ वटै पालिका घुमेको र कहिकतै त्यस्तो असामान्य अबस्था नरहेको बताउदै गुल्मीमा मिसन ८३ र ‘मिसन-८४’ सफल पार्न नेता तथा कार्यकर्तामा एकता , गतिशिलता , बिशिष्टता र हार्दिकता भए पुग्ने बताए ।न्युज कारखाना
काठमाडौं, २० फागुन ।
संघीय संसदका बिभिन्न समितिका बैठक बस्दैछन् ।
संघीय संसद सचिवालय सिंहदरबारमा उक्त समितिका बैठक बस्न लागेका हुन ।
जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्नेछ ।
विधायन व्यवस्थापन समितिको बैठक भने दिउँसो ४ बजे बस्ने संसद सचिवालयले जनाएको छ । न्युज कारखाना
काठमाडौं, १८ फागुन ।
आगामी १५ वैशाखमा हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगबाट निर्वाचन कार्यक्रम स्वीकृत भएको छ ।
शुक्रबार आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार आगामी २४ चैत्र बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ।
उल्लिखित सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि २५ चैत बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । सोही दिनको दिउँसो ३ बजे उपरान्त २६ चैत बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी २६ चैतकै बेलुका ५ बजेदेखि ६ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिने प्रवक्ता पौडेलले बताए ।
२७ चैतको बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ बजेदेखि ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने स्वीकृत कार्यक्रममा उल्लेख गरिइको छ ।
निर्वाचन कार्यक्रमअनुसार आगामी १५ वैशाख बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।
प्रवक्ता पौडेलका अनुसार प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उक्त बन्दसूचीबाट नाम हटेको अवस्थामा बाहेक यस उपनिर्वाचनमा उम्मेदवार हुन नपाउने कानूनी व्यवस्था रहेको छ।
आगामी १५ वैशाखमा प्रतिनिधिसभा सदस्यका लागि इलाम-२ र प्रदेशसभा सदस्यका लागि बझाङ १ काे १ मा उपनिर्वाचन हुन लागेकाे हाे ।न्युज कारखाना
काठमाडौं, १८ फागुन ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेकाे परिस्थितिमा को सरकारमा हुन्छ को हुँदैन भन्न नसक्ने अवस्था रहेको बताएका छन् ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सातौँ राष्ट्रिय महाधिवेशन समुद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै ओलीले संविधान र कानुनमा व्यवस्था नभएको अवस्थामा समेत केही मानिसहरू आफू प्रधानमन्त्री बन्छु भन्दै हिँडेका बताए । ‘राष्ट्रिय मान्यता प्राप्त नगरेका दलबाट प्रधानमन्त्री हुन्छन् भने आफू किन नहुने भन्ने पर्दो हो’, ओलीले भने ।
ओलीले अहिले पार्टी र संसदमा एक सिट पनि नभएको व्यक्ति समेत प्रधानमन्त्री बन्छु भन्दै हिँडेको अवस्था रहेको बताए । ‘यहाँ त संसदमा पनि भएको, पार्टी पनि नभएको, एउटा सिट पनि नभएको मान्छे असार १५ गते प्रधानमन्त्री बन्छु भनेर पनि हिँड्छ’, ओलीले भने ।
नेकपा एमाले त्यस्ता भित्र पर्ने पार्टी नभएको ओलीले स्पष्ट पारे । नेकपा एमाले आफ्नो दृष्टिकोण र इतिहास बोकेको पार्टी भएको उनले प्रष्ट पारे ।
ओलीले अहिलेको देशको अर्थतन्त्रलाई कोभिडले प्रभाव पारेको छ भन्नु गलत भएको बताए । अहिले अर्थतन्त्र ओरालो लाग्नुको कारण वर्तमान गठबन्धन सरकार नै भएको ओलीले टिप्पणी गरे ।
कोभिड पछि सबै राष्ट्र पुनरुत्थान भइसक्दा पनि नेपालको अर्थतन्त्र भने कोभिडका कारण कमजोर भयो भन्नुको कुनै अर्थ नभएको उनले प्रष्ट पारे । ओलीले विद्यालयको पढाइले मात्र पठन संस्कृति विकास नहुने बताए । सिर्जन संस्कृतिको विकासको लागि पठन संस्कृति विकास आवश्यक रहेको उनले प्रष्ट पारे ।न्युज कारखाना
काठमाडौं, १८ फागुन ।
रास्वपाका उपसभापति तथा सांसद डोलप्रसाद अर्यालले सरकारकै कारण नागढुंगा सुरुङमार्गको काम ठप्प भएको आरोप लगाएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले सरकारले स्थानीयसँग गरेको प्रतिवद्धता कार्यान्वयन नगरेका कारण ब्रेक थ्रु हुने अवस्थामा रहेको नागढुंगा सुरुङमार्गको निर्माण कार्य ठप्प भएको आरोप लगाएका हुन् ।
सुरुङ मार्ग अघि बढाउने बेलामा स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नहुँदा अहिले दैनिक करिब डेढ करोड रुपैयाँ जरिबाना तिर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । न्युज कारखाना
काठमाडाैं, १८ फागुन ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका अधिकाश प्रतिवादीहरु सर्वाेच्च अदालत पुगेका छन्। यसरी थुनामा पुगेकामध्ये पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व सांसद आङटावा शेर्पा, सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल र सन्देश शर्माको निवेदन पुगेको छ। निलम्वित सचिव टेकनारायण पाण्डेय पछिल्लो पटक सर्वोच्च पुगेका हुन् ।
आफूलाई थुनामा पठाउने निर्णय बदर हुुनपर्ने माग गर्दै उनी सर्वोच्च पुगेका हुन् । जिल्ला अदालत काठमाडौले थुनामा पठाएपछि पाण्डेय उच्च अदालत पाटन पुुुगेका थिए । उच्च अदालत पाटनले पनि थुनामा पठाउने जिल्लाको निर्णय सदर गरेपछि उनी सर्वोच्च पुगेका छन् । पाण्डेय अघि अन्य थुनामा रहेका प्रतिवादीहरु सर्वोच्च पुगिसकेका छन् । उनीहरुको मुद्दामा सर्वोच्चले कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ। पाण्डेयको मुद्दामा पनि सर्वोच्चले कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ।
उच्चको आदेशले थुनामा रहेकामध्ये अधिकांश प्रतिवादीहरुले वेरितको निवेदन दर्ता गराएका हुन्। उच्चको आदेशले थुनामै बस्नुपर्ने भएपछि अन्तिम विकल्पको रुपमा उनीहरु सर्वोच्च पुगेका हुन्। यदि सर्वोच्चले उनीहरुलाई थुनामा राख्ने निर्णय सदर गरेमा भने मुद्दाको किनारा नभएसम्म थुनामै बिताउनुपर्ने छ। यदि सर्वोच्चले धरौटी माग गरे उनीहरु तोकिएको धरौटी बुझाएर रिहा हुनेछन्।
सर्वोच्चले वेरितको निवेदन लिएर आएका सबैको निवेदनलाई पहिलो सुनवाइपछि एकै ठाउँमा राखेर सुनुवाइ गर्ने तयारी गरेको छ। सबै निवेदनमा कैफियत प्रतिवेदन प्राप्त भएपछि एउटै पेसीमा राखेर पुर्पक्षका लागि थुनामा पठाउने निर्णयमा बहस हुनसक्ने सर्वोच्च अदालतको मुद्दा फाँटले जनाएको छ। सबै निवेदन एकै प्रकृतिका भएकाले यस्तो गर्ने अभ्यास विगतदेखि नै हुँदै आएको छ।
एकै विषयमा धेरै निवेदन र एउटै प्रकरणमा फरक–फरक निवेदन दर्ता भएको पाइएमा सर्वोच्चले सबैलाई साथै राखेर ‘ब्लक हेयरिङ’ गर्दै फैसला सुनाउने गरेको छ। यसो गर्दा लगत कम हुने र समान न्यायको सिद्धान्त पालना हुने बुझाइ छ।
उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको थुनछेक आदेश सदर गर्दै अभियुक्तमध्ये पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ९ जनालाई थुनामै पठाएको थियो।न्युज कारखाना
काठमाडौं, १८ फागुन ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सदनमा सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निर्देशन दिएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकलगत्तै एमालेका सांसद सूर्य थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सदनमा उठाइएका प्रश्न र जिज्ञासाको जवाफ दिन सरकारले आनाकानी गरेकाले यथास्थितिमा बैठक अघि बढ्न नसक्ने बताए । यसपछि सभामुख घिमिरेले यसअघि जारी गरिएको रुलिङ स्मरण गराउँदै आउँदो सोमबार (२१ फागुन)मा जवाफ दिन प्रधानमन्त्री प्रचण्डलाई निर्देशन दिएका छन् ।
उक्त निर्देशनपछि प्रतिपक्षी दलका सांसदको विरोध रोकिएपछि बैठक अघि बढेको छ ।
बालकुमारी घटनामा छानबिन आयोगको प्रतिवेदनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई दोषी देखाएको छ । साथै टेरामक्स प्रकरण मुछिएका स्वास्थ्यमन्त्री मोहन बस्नेत र लुम्बिनी विकास कोषले ९९ वर्षका लागि जग्गा भाडामा दिएको प्रकरणमा मुछिएका संस्कृतिमन्त्री सुदन किराँतीले राजीनामा दिनुपर्ने एमालेसहितका प्रतिपक्षी दलले माग गर्दै आएका छन् ।
उनीहरुले राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने उनीहरुको माग छ । तर, यसबारे पटक पटक सभामुख घिमिरेले जवाफ दिन सरकारको नाममा रुलिङ जारी गरिसकेका छन् । तर, प्रधानमन्त्री संसद छलेर हिँडेपछि प्रतिपक्षी दल आक्रोशित भएका हुन् । न्युज कारखाना
काठमाडौं, १८ फागुन ।
प्रमुख प्रतिपक्षी दल एमालेले समसामयिक विषयमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन नआएपछि प्रधानमन्त्री हराएको सूचना निकाल्नुपर्ने भन्दै व्यंग्य गरेको छ ।
शुक्रबार प्रतिनिधिसभा बैठकलगत्तै एमाले सांसद सूर्य थापाले दुई युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनासहितमा दोषी देखिएका र मुछिएका मन्त्रीलाई बर्खास्त गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नआएपछि बैठक अघि बढ्न नसक्ने बताए ।
सभामुख देवराज घिमिरेले गरेको रुलिङविपरीत प्रधानमन्त्री प्रचण्ड जवाफ दिन बैठकमा नआएपछि एमालेसहित प्रतिपक्षी दलले आपत्ति जनाएका छन् ।
बालकुमारी घटनामा छानबिन आयोगको प्रतिवेदनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई दोषी देखाएको छ । साथै टेरामक्स प्रकरण मुछिएका स्वास्थ्यमन्त्री मोहन बस्नेत र लुम्बिनी विकास कोषले ९९ वर्षका लागि जग्गा भाडामा दिएको प्रकरणमा मुछिएका संस्कृतिमन्त्री सुदन किराँतीले राजीनामा दिनुपर्ने एमालेसहितका प्रतिपक्षी दलले माग गर्दै आएका छन् ।
उनीहरुले राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने उनीहरुको माग छ । तर, यसबारे पटक पटक सभामुख घिमिरेले जवाफ दिन सरकारको नाममा रुलिङ जारी गरिसकेका छन् । तर, प्रधानमन्त्री संसद छलेर हिँडेपछि प्रतिपक्षी दल आक्रोशित भएका हुन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सरकारको जवाफ नआएसम्म सदन चल्न नसक्ने चेतावनी दिए । प्रतिपक्षी दलका सांसद उठेर विरोध जनाइरहेका छन् । न्युज कारखाना
काठमाडौं, १८ फागुन ।
वैशखा १५ मा बझाङ १ को ‘क’ प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसबाट युवा नेता लोकेन्द्र रोकायाले आफ्नो दाबी रहेने बताएका छन्।
काठमाडौंको अनामनगरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै नेता रोकायाले बझाङ १ ‘क’ प्रदेश सभामा आफ्नो दाबी रहने बताएका हुन्।
उपनिर्वाचन हुने भएसँगै बझाङमा दलहरू आन्तरिक रुपमा उम्मेदवार छनोटमा जुटेको अवस्थामा कांग्रेसबाट रोकायाले दाबी गरिरहेका छन्।
नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका रोकायाले आफू अहिलेसम्म राजनीतिक लाभको पदमा नबसेकाले यस पटक आफ्नो दाबी स्वभाविक भएको बताएका छन्।
‘म पार्टी र संगठनको हितमा काम गर्ने एक इमान्दार सिपाहि हुँ। अहिलेसम्म मैले लाभको राजनीति गरिन। यतिबेला जिल्लामा मसँगै अन्य नेताहरू पनि आकांक्षा राखिरहनु भएको छ। लोकतान्त्रिक दलमा आकांक्षा राख्ने सबैको अधिकार छ। म सबै आकांक्षीको भावनाको उच्च कदर गर्दछु। तर, टिकट पाउनुपर्ने उपयुक्त पात्र म हुँ। त्यहाँका जनताको चाहना पनि त्यही रहेको छ,’ उनले भने। रोकायाले पार्टीको जिल्ला नेतृत्व, प्रदेश नेतृत्व र केन्द्रीय नेताहरूले पनि आफूलाई न्याय गर्ने विश्वास व्यक्त गरेका छन्।
रोकाया २०६२/०६३ सालको जनआन्दोलनमा दुई पटक जेल परेका थिए। उनले २६ दिन र सात दिन गरी दुई पटक कारावास विताएका छन्।
उनीसँगै कांग्रेसबाट जगतप्रसाद जोशी, अभिषेक सिंह, सत्यराज भण्डारी, शान्ति बोहरा पुजारा, नन्दकृष्ण जोशी, विष्णु अएडीलगायतको नाम पनि चर्चामा छ।
नेपाली कांग्रेसबाट विजयी पृथ्वीबहादुर सिंहको गएको असार ५ गते सवारी दुर्घटनामा मृत्यु भएपछि यो क्षेत्र रिक्त थियो।न्युज कारखाना
काठमाडौं, १८ फागुन ।
राष्ट्रियसभा बैठक बस्दैछ ।
सघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे आब्हान गरिएको छ ।
संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार राष्ट्रियसभा नियमावली, २०७५ ‘क’ बमोजिम लुम्बिनी प्रदेशवाट प्रतिनिधित्व गर्ने सभाका सदस्यहरूको तर्फवाट सांसद अनिता देवकोटाले ‘निर्वाचन क्षेत्र (प्रदेश) बिकास निर्माण, शान्ति सुब्यवस्थालगायत कार्यहरूको अनुगमन, निरिक्षण र मुल्याङकनको प्रतिवेदन २०८०’ सभा समक्ष पेश गर्नेछिन् ।
दिगो ब्यवस्थापन तथा सुशाषन समितिका सभापति प्रकाश पन्थले ‘नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मुल्याङकन प्रतिवेदन, २०८०’ सभा समक्ष पेश गर्नेछन् ।
बिधायन ब्यवस्थापन समितिका सभापति जयन्ती देवी राइले ‘खाध्ध अधिकार तथा खाध सम्प्रुभता सबन्धी एेन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिबेदन २१०८० सभा समक्ष पेश गर्ने कार्यसुची रहेको छ ।
यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले ‘बिधायन ब्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभावाट सन्देशसहित प्राप्त सम्पति शुद्दीकरण (मनी लाउन्डरिङ) निवारण तथा ब्यावसायिक बातावरण प्रवर्दन सबन्धी केही एेनलाइ संसोधन गर्न बनेको बिधेयक २०७९’ माथी छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन र उनले सो बिधेयकलाइ पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचीमा उल्लेख छ ।
साथै, राष्टियसभा नियमावली, २०७५ को संसोधन मस्यौदा समितिका सभापति सुरेशकुमार आलेमगरले ‘राष्ट्रियसभा (दोस्रो संसोधन नियमावली) २०८० माथी दफावार छलफल गरियोस’ भन्ने प्रस्ताव पेश गर्नेछन भने लगत्तै ‘पारित गरियोस’ प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।न्युज कारखाना
काठमाडौं, १८ फागुन ।
प्रतिनिधिसभा बैठक बस्दैछ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।
संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार सभामुख देबराज घिमिरेले कार्य ब्यवस्था परामर्श समितिका सदस्यहरूको नाम हेरफेर भएको बारेमा जानकारी दिनेछन् । र, परराष्ट्र मन्त्री नारायणप्रकाश साउँदले ‘बिमेस्टेक वडापत्र’ प्रस्तुत गर्नेछन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले ‘निर्माणमुखी सामाग्री (ब्यवस्थापन तथा नियमन) बिधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्ने छिन भने त्यसपछि बैठकमा प्रस्तुत गर्नेछिन् ।
अर्थमन्त्री प्रकाशशरण महतले ‘भन्सार बिधेयक २०८० माथी बिचार गरियोस’ भन्ने प्रस्ताव पेश गर्नेछन भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्य ब्यवस्था समितिको प्रतिबेदन सहितको ‘राष्ट्रियसभामा उत्पति भएको अनुगमन तथा मुल्याङकन बिधेयेक २०८० माथी छलफल गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्र ।
साथै, सो बिधेयकलाइ पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।न्युज कारखाना
काठमाडौं, १७ फागुन ।
प्रतिपक्षी दल राप्रपाले संसदमा जरुरी सार्वजनिक प्रस्ताव दर्ता गरेको छ । रसिया–युक्रेनको युद्धमा नेपालीलाई बचाउन माग गर्दै बिहीबार राप्रपाले जरुरी सार्वजनिक प्रस्ताव दर्ता गरेको हो ।
संघीय संसद् सचिवालयको कार्यव्यवस्था परामर्श समितिमा दर्ता गरिएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा उल्लेख गरिएको छ, ‘नेपाली आमाका हजारौ राष्ट्र सपुतहरु विना कारण सीमित आर्थिक प्रलोभनमा परी रसिया र युक्रेन बीचको युद्धमा सहभागी गराइएको अन्तराष्ट्रिय जगतमै जघन्य अपराध ठानिने मानव तस्करी गरी युद्ध स्थलमा लगी सयौं घाइते र कयौंको मृत्यु भएको हुँदा यो नेपालको सार्वभौम प्रतिनिधि सभा, यस्तो जघन्य अपराधको विषयमा छलफल गर्नुपर्ने र सम्बन्धित मन्त्रालय र सरकारलाई ध्यानाकर्षण गराउनुपर्ने अत्यन्त आवश्यक भएको हुँदा नेपाली आमाका छोराछोरीलाई ज्यान बचाउनको लागि जरुरी सार्वजनिक प्रस्ताव पेश गर्दछु ।’
प्रस्तावमा छलफल गर्नुपर्नाको कारण ‘हजारौं नेपाली आमाका सन्तानहरु विना कारण आज रसिया र युक्रेन बीचको युद्धमा मृत्यु हुनु परेको र युद्धमा फसेकाले तत्काल उद्धार गरिदिनु हुँन अत्यावश्यक भएकोले’ उल्लेख गरिएको छ ।
प्रस्तावकमा प्रमुख सचेतक ज्ञानबहादुर शाही छन् भने समर्थकमा विना लामा, अनिशा नेपाली र वीना जैसवाल रहेका छन् । न्युज कारखाना
काठमाडौं, १७ फागुन ।
नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघका महाधिवेशन पक्षधरले वृहत हस्ताक्षर अभियान सुरू गरेका छन् ।
केही दिनअघि ९ बुँदे अपील जारी गर्दै तोकिएको मितिमा नेविसंघको १२ औं महाधिवेशन गर्नुपर्ने माग गरेको उनीहरुले महाधिवेशन गराउन दबाब सृजना गराउने उद्देश्यले वृहत हस्ताक्षर अभियान सुरु गरेका हुन् ।
गत मंगलबार महाधिवेशन पक्षधर मानिएका स्ववियु परिषद केन्द्रीय अध्यक्ष एवं नेविसंघ केन्द्रीय सदस्य निराजन नेपाल तथा नेविसंघ केन्द्रीय सदस्यहरु भानुभक्त जोशी, राज थेबे, दोर्ची शेर्पा, भुपेन्द्र थेबे, आकाश कार्की, एनपी जोशीलगायतले ९ बुँदे संयुक्त अपील जारी गर्दै तोकिएको मितिमा नेविसंघको १२ औं महाधिवेशन गर्नुपर्ने माग गरेका थिए ।
उनीहरूले हस्ताक्षर अभियान पनि जारी राखेका हुन् । नेविसंघको जारी केन्द्रीय कार्यसमिती बैठकको दोस्रो दिन बैठक प्रारम्भ अगाडिदेखि मुख्य प्रवेशद्वारमा ब्यानर टागेर नै वृहत्त हस्ताक्षर अभियानको सुरु गरेका हुन् ।
बुधबार महाधिवेशन पक्षधर समूहले देशका विभिन्न जिल्लाबाट आएका केन्द्रीय सदस्यसँग सल्लाह गरेर बैठकलाई सफल बनाउन अपील गर्दै महाधिवेसन केन्द्रीत ७ बुदे एजेण्डा प्रस्तुत गरेर छलफल गरी पारित गरिनुपर्नेमा जोड दिएको छ ।
महाधिबेसन पक्षधर समूहले महाधिवेशनको विकल्प महाधिबेसन नै रहेको भन्दै तोकिएको मितिमै महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग गर्दै आएको छ । न्युज कारखाना
काठमाडौँ, १७ फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मेवारी पन्छाएर राज्यलाई क्षति भए सोही व्यक्तिलाई क्षतिपूर्ति भराउने प्रणाली आवश्यक भएको बताएका छन् ।
चालु आवको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा बैठकमा बिहीबार प्रधानमन्त्रीले निर्णय नलिएकै र पन्छाएकै कारणबाट मुलूकलाई कति हानि नोक्सानी वा क्षति हुन सक्छ भन्ने मूल्याङ्कन गर्ने प्रणाली स्थापित गर्नुपर्ने बताए ।
“पछिल्लो समयमा प्रशासनयन्त्रमा काम गरे कारवाही भोग्नुपर्ने तर, कामै नगरे बच्न सकिने मनसाय बढ्दै गएको देखिन्छ”, प्रधानमन्त्री प्रचण्डले भने, “अब यसको गम्भीर समीक्षा गर्नुपर्ने बेला भइसकेको छ । यसको असर अन्ततः हाम्रा उपलब्धि र राजनीतिक व्यवस्थाको रक्षा र विकासमा पर्छ भन्ने हेक्का राख्नु जरूरी छ ।”
सबैभन्दा ठूलो चुनौती समयमै निर्णय नगर्ने, निर्णय पन्छाउने र अन्तरनिकाय समन्वयमा आवश्यक पहल नलिने प्रवृत्ति देखिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नियम बमोजिम गतिशील र सिर्जनशील निर्वाह गर्नुपर्नेमा जोड दिए ।
“मैले बारम्बार जोड दिँदै आएको छु, प्रचलित ऐन, नियमको परिधिभित्र रही निर्णय गर्न कसैले हिच्काउनु हुँदैन, पर्दैन,” प्रधानमन्त्रीले भने, “कुनै पनि सार्वजनिक पदाधिकारीले असल नियतले गरेको निर्णयको बचावट गर्न र त्यस्तो कर्मचारीको संरक्षण गर्न म सदैव प्रतिबद्ध छु । तसर्थ सोही बमोजिम गतिशील र सिर्जनशील भूमिका निर्वाह गर्न तत्पर रहनुहोला ।”
तोकिएका लक्ष्य हासिल नहुनुका पछाडिका कारण र समस्यालाई पहिचान गरी तत्काल सुधार कार्य अघि बढाउन आग्रह गर्दै प्रधानमन्त्री प्रचण्डले समग्र प्रशासनिक संयन्त्रको कार्यान्वयन क्षमता बढाई अपेक्षित नतिजा निर्धारित समयमै हासिल गर्नुपर्ने बताए । उनले आम नागरिकलाई उपलब्ध गराउने सार्वजनिक सेवा छिटोछरितो, गुणस्तरीय र लागत किफायती हुने किसिमले प्रवाह गर्न निर्देशन दिए ।
किटान गरेको लक्ष्यअनुसार उपलब्धि किन हासिल हुन सकेन भन्ने अहिलेसम्म पनि चित्त बुझ्दो जवाफ नआएको भन्दै प्रधानमन्त्री प्रचण्डले बजेट अभाव भएको, तयारी नपुगेको, जनशक्ति नपुगेको, कानुनी समस्या देखाएर कामबाट सधैँ नै अड्किने र पन्छिने परम्पराले कहिलेसम्म निरन्तरता पाउने हो भनि प्रश्न गरे ।
“नीति तथा कार्यक्रम, बजेट र कार्यक्रमबीच तादम्यता नमिल्दा परिणाम आइरहेको छैन,” प्रधानमन्त्री प्रचण्डले भने, “मन्त्रालयहरू तथा अन्य निकायले निर्धारित वार्षिक लक्ष्य र सूचकअनुसार कार्यसम्पादन पूरा गर्नु नपर्ने र राजनीतिक र प्रशासनिक नेतृत्वहरू निर्णय लिन हिच्किचाउने प्रबृत्ति मौलाउँदै जानु सकारात्मक सन्देश होइन ।”
मन्त्रालयगत कार्यसम्पादनस्तरको आँकडा हेर्दा बढी पुँजीगत खर्च गर्ने र विकास निर्माणसँग सम्बन्धित मन्त्रालयहरूको प्रगति स्थिति कमजोर हुनुले पुँजी निर्माणको स्थिति कमजोर देखाएको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रगति समीक्षाबाट देखिएको नतिजाले गम्भीर बनाएको र यसले परम्परागत कार्यशैलीमा परिवर्तन गर्नैपर्ने अनिवार्य भएको बताए ।
आफैँले तय गरेका लक्ष्य कार्यान्वयन नभएको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रचण्डले चाहेको परिणाम प्राप्तिका लागि प्रक्षेपण क्षमता, प्राथमिकता निर्धारण, स्रोत परिचालन र खर्च प्रशोचन क्षमता सधैँ नै कमजोर रहने हो त भन्ने आशङ्का पैदा भएको बताए ।
“यी लक्ष्यहरू सबै मन्त्रालय र निकायले आफैँ तय गरिएका हुन् । लक्ष्य हामी आफैँले निर्धारण गर्ने तर कार्यान्वयनमा हामीले लक्ष्यअनुरूप प्रगति हासिल गर्न नसक्नुका कारण के हुन् ? प्रधानमन्त्रीले प्रश्न गरे, “ हामीले तयार गर्ने योजना, कार्यक्रम, बजेट विन्यास र सोको कार्यान्वयनका विषयमा गम्भीर समीक्षा गर्नैपर्छ । यसो नगरी हाम्रो समीक्षा पनि परम्पराभन्दा माथि उठ्न सक्दैन ।”
पुँजीगत खर्चको वृद्धि एवं विकास आयोजना र कार्यक्रमहरूको व्यवधानरहित सञ्चालनका लागि अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र विषयगत मन्त्रालयले संयुक्त रूपमा थप प्रयास गर्न आवश्यक रहेको उनले उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले मातहतका आयोजनाको प्रभावकारी कार्यान्वयनमा पूर्ण उत्तरदायित्व वहन गर्दै नतिजा हासिल हुने गरी कार्यसम्पादन गर्न निर्देश निर्देशन दिए ।न्युज कारखाना
काडमाडौं, १६ फागुन ।
निर्वाचन आयोगले १५ वैशाखमा हुने उपनिर्वाचनका लागि २२ चैतमा अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ ।
प्रदेशसभा सदस्य चयनका लागि इलाम–२ र प्रदेशसभा सदस्यका लागि बझाङ १ को १ मा १५ वैशाखमा हुने निर्वाचनका लागि आयोगबाट मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम २०८० स्वीकृत भएको आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
स्वीकृत कार्यक्रमअन्तर्गत १८ फागुनमा आयोगको वेवसाइट मतदाता नामावली प्रकाशन गरिने छ। उक्त मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन, दोहोरो नाम हटाउन, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन र झुट्ठा विवरण दिई नाम समावेश भएको भए उजुरी दिन २९ फागुनदेखि ५ चैतसम्मको अवधि निर्धारण गरिएको उनले जानकारी दिए ।
उक्त अवधिमा निर्वाचन कार्यालय वा वडा कार्यालयमार्फत निवेदन, सूचना र उजुरी दिन सकिनेछ । यसरी प्राप्त निवेदन, सूचना र उजुरी उपर कानून बमोजिम छानविन गरी मतदाता नामावली अद्यावधिक गरिने आयोगले जनाएको छ। अद्यावधिक गरी तयार गरिएको अन्तिम मतदाता नामावली २२ चैतमा प्रकाशन गरिने कार्यक्रम रहेको प्रवक्ता पौडेलले बताए ।
न्युज कारखाना
काठमाडौं, १६ फागुन ।
बरिष्ठ नेता राजेन्द्र महतोले अलग गतिबिधि गर्न थाले पछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केन्द्रीय समिति बैठक डाकेको छ ।
जस अनुसार लोसपा नेपालले महोत्तरीको बर्दिबासमा फागुन २७–२९ गतेका लागि केन्द्रीय समिति बैठक डाकेको हो ।
लोसपाबाट वरिष्ठ नेता महतोलगायतका नेताहरू अलग भए पछिको स्थिति टुंगो लगाउने बारेमा सो बैठकमा छलफल हुनेछ ।
महतोले राष्ट्रिय मुक्ति आन्दोलनको नाममा अलग प्रशिक्षण र माइतिघर बानेश्वर क्षेत्र निषेधित क्षेत्र तोडने कार्यक्रम सुरू गरे पछि अध्यक्ष महन्थ ठाकुरले पार्टीको केन्द्रिय समिति बैठक बोलाएका हुन् ।
न्युज कारखाना
काठमाडौं, १६ फागुन ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले लिखित असहमति राख्दै पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारका सदस्यबाहेक अरुलाई स्थान छैन भन्ने सन्देश दिएको बताएका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा पार्टीको कार्यविभाजनको निर्णयप्रति लिखित असहमति राख्दै उनले सो बताएका हुन् । स्थायी समिति सदस्य खगराज भट्टलाई दल नेता र इन्चार्ज दुवैबाट पदच्यूत गरेर प्रदेशमा हाललाई विना मगरलाई सह–इन्चार्जको जिम्मेवारी दिइएको छ ।
कार्यविभाजनमा अध्यक्ष प्रचण्डले आफ्नो भाइ र बुहारीलाई जिम्मेवारी दिएर केहीको खोसिएपछि उनले प्रचण्डलाई बुझाएको लिखित असहमतिपत्रमा उल्लेख गरिएको छ, ‘विधान अधिवेशन लगतै बसेको स्थायी समितिको बैठकमा विधानबारे एजेन्डा नै नराख्नु अधिवेशनले पारित गरेको निर्णयहरुको भाषिक रुपले सम्पादन गरी कार्यान्वन गर्ने कार्यभारप्रति बेवास्ता गर्नु र पारित विषयलाई बेवास्ता गरी विधि विहीनतालाई निरन्तरता दिने उद्देश्य देखिनु दुःखद् कुरा हो । विधान अधिवेशनबाट पारित भएका निर्णयहरू सम्पादन गरी तुरुन्त कार्यान्वय गर्न माग गर्दछु । कार्य विभाजन गर्दा पार्टी निर्माण गर्ने संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राख्नुको सट्टा कतिपय प्रदेशहरूमा कार्य विभाजन गर्दा स्थायी समितिका सदस्यलाई समेत बेवास्ता गरी विधिविपरीत आफ्नो अनुकूलतामा गरिएको निर्णयप्रति असहमति जाहेर गर्दछु । जनप्रतिनिधिहरू पार्टीको इन्चार्ज नरहने नीति मलगायतका कमरेडहरुलाई लागू गरेको भने पनि नारायण दाहाललाई बागमती प्रदेशको सहइन्चार्ज बनाउने निर्णयले के उद्देश्य रहेको छ भन्ने स्पष्ट गरेको छ ।’
न्युज कारखाना
काठमाडौँ १६ फागुन।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन खरानीको डल्लो भएको टिप्पणी गरेका छन् । बुधबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले गठबन्धन कति समय जान्छ भन्ने विषय आफूलाई थाहा नभएको बताए ।
तर, त्यो खरानीको डल्लो भएकोले कुनै पनि बेला फुट्ने ओलीले टिप्पणी गरे । ‘यो खरानीको डल्लो हो, यो सुक्यो भने पनि फुट्छ, भिज्यो भने पनि फुट्छ’, ओलीले भने ।
अध्यक्ष ओलीले कांग्रेसको सोच, विचार, चिन्तन केही पनि नभएको बताउनुभयो । कांग्रेसले सरकार र सत्तामा पुग्ने बाहेक केही थाहा नपाउने ओलीले टिप्पणी गर्नुभयो । ‘अरू कुरा छाड्यो कांग्रेसले उहाँले भन्नुभयो’, उनले भने ।
सरकार फेरबदलको खेलमा एमाले नरहेको पनि उनले प्रष्ट पारे । ‘गठबन्धनको खेलमा हामी छँदै छैनौँ, हामी मिसन २०८४ मा छौँ’, ओलीले भने । ओलीले आफूहरूको ध्यान मिसन ८४ मा केन्द्रित रहेको बताए । २०८४ मा हुने चुनावमा एमाले बहुमत सहितको दलमा स्थापित हुने ओलीले दाबी गरे। राष्ट्रियतालाई बलियो बनाउन, सुशासन र विकास कायम गर्न, जनताको निराशा चिर्न एमालेलाई निर्णायक शक्तिको रूपमा विकास गरिने ओलीले बताए ।
उनले अहिले राष्ट्रियता कमजोर भएको, सुशासन र विकास कमजोर भएको कारण नागरिकमा निराशा छाएको बताए । त्यसलाई सुदृढ गर्न र जनतामा आशा जगाउन एमालेले मिसन २०८४ भनेको उनले स्पष्ट पारे ।
एमाले सत्य निरूपण तथा मेलमिलाप विधेयक पारित गर्नुपर्छ भनिरहेको पनि उनले स्पष्ट पारे । सबैको सहमतिमा पीडित मैत्री हुने गरी सो विधेयक पास गर्नुपर्ने उनको धारणा छ ।
सरकारले बनाएकै समितिले दोषी ठहर गरेपछि मन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए । मानव हत्याको विषयमा दोषी ठहरिएका व्यक्तिलाई झण्डा हल्लाएर हिँड्ने अधिकार नरहेको ओलीले प्रष्ट पारे । न्युज कारखाना
काठमाडौं, १६ फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिको छलफलमा सहभागी हुने भएका छन् ।
सिंहदरबारमा बुधबार दिउँसो १ बजे बस्ने राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा प्रधानमन्त्री सहभागी हुने भएका हुन् ।
बैठकमा प्रधानमन्त्री प्रचण्डसँग सांसदहरुले समितिले सरकारलाई दिएका निर्देशन र ध्यानाकर्षण गराएका विषयबारे जानकारी लिनेछन् ।
न्युज कारखाना
रौतहट १६ फागुन।
नेपाली जनता दलका नेता तथा राष्ट्रवादी गणतन्त्रिक मोर्चाको केन्द्रीय सल्लाहकार श्रवण माझी आमजनता पार्टीमा प्रवेश गरेका छन।
बुधवार काठमाण्डौ स्थित पार्टी अध्यक्ष साहको निवासमा नेता माझी विधिवत रुपमा आमजनता पार्टीमा प्रवेश गरेका हुन्।
नवप्रवेशी नेता माझी लाई पूर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले खाँदा ओढाएर टिका लगाएर स्वागत गर्दै उज्जवल राजनीतिक भविष्यको शुभकामना व्यक्त गरेका थिए।न्युज कारखाना
काठमाडौं, १५ फागुन ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको पहिलो केन्द्रीय समिति बैठक काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा बसेकोमा संस्थापनइतर समूहले बहिष्कार गरेको छ।
दुजाङ शेर्पाको अध्यक्षतामा रहेको नेविसंघ तदर्थ समितिले केन्द्रीय समिति बैठक आह्वान गरेकोमा पहिलो बैठक नै विवादमा परेको हो।
कांग्रेस संस्थापनइतर समूहनिकट केन्द्रीय सदस्यहरू बैठकमा सहभागी भएका छैनन्। उनीहरूले सभापति शेरबहादुर देउवाले मंगलबार बिहान भेटेर विवाद समाधान गरेर मात्रै बैठक गर्न पहल गरिदिन आग्रह गरेका थिए।
उनीहरूको आग्रहपछि देउवाले अध्यक्ष शेर्पालाई टेलिफोन गरी विवाद समाधान गरेर बैठक गर्न निर्देशन दिएका थिए।
सभापति देउवानिकट नेविसंघले केन्द्रीय समिति बैठक सुरू गराएको हो। बैठक उद्घाटन सत्रमा कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख अतिथि रहेका छन्।न्युज कारखाना
काठमाडौं, १५ फागुन ।
परराष्ट्रमन्त्री एनपी साउदले गैरकानुनी रुपमा गएका भए पनि रुसी सेनामा भर्ना भएका नेपाली नागरिकका प्रति राज्यको दायित्व रहेको बताएका छन्।
रुसी सेनामा भर्ना भएका नेपालीहरुका आफन्तसँग मंगलबार मन्त्रालयमा भएको छलफलका क्रममा उहाँले यस्तो बताएका हुन्।
‘लिगल्ली गएको भए हुन्थ्यो। इल्लिगल्ली गएका छन्। जसरी गएका भए पनि उनीहरुका प्रति राज्यको दायित्व छ,’ परराष्ट्रमन्त्री साउदले भने, ‘आफ्ना नागरिकप्रति सरकार सधैँ जिम्मेवार हुनुपर्छ, हुन्छ। उहाँहरुलाई फिर्ता ल्याउन कुनै पनि कमिकमजोरी हुने छैन। इमान्दारितापूर्वक प्रयास गरिरहेको छु। गरिरहने छु।’
उनले रुसी सेनामा भर्ना भएकाका परिवारका सदस्यहरुलाई मन्त्रालयमा बोलाएर छलफल गरेका थिए।
रुसी सेनामा भर्ना भएका नागरिकको सकुशल फिर्ती, घाइतेको उपचार र उद्धार तथा लडाईंमा मृत्यु भएकाहरुको शव नेपाल ल्याउन सरकार, परराष्ट्र मन्त्रालय, मस्कोस्थित नेपाली दूतावास क्षमताले भ्याएसम्म हरसम्भव प्रयास गरिरहेको मन्त्री साउदले बताए।
‘नेपाली नागरिकको सुरक्षित फिर्तीका लागि काठमाडौँस्थित रुसी दस्तावास, मस्कोस्थित नेपाली दूतावास र अन्य माध्यमहरुबाट नेपाल सरकार रुसी पक्षसँग निरन्तर सम्पर्कमा छ,’ उनले भने।
परराष्ट्रमन्त्री साउदले छलफलका क्रममा मन्त्रालयअन्तरगतको कन्सुलर विभागमा हालसम्म मृत्यु भएका, सम्पर्कमा नभएका तथा रुसी सेनाबाट फिर्ता गरिदिन अनुरोधसहितका २४४ जनाका बारे परिवारले निवदेन दिएको पनि जानकारी दिए।
उनले रुसी सेनामा भर्ना भएका व्यक्तिका बारेमा कन्सुलर विभागमा आवेदन दिन पनि सम्बन्धित नागरिकका घर–परिवारलाई आग्रहसमेत गरे। घर–परिवारले आवेदन दिए सरकारलाई रुसी सेनामा भर्ना भएका नागरिकको स्थिति एकिन गर्न सहज हुने साउदको भनाइ थियो।
रुसी सेनामा भर्ना भएका नागरिकको संख्याका बारेमा अतिरञ्जित गरेर समाजमा भ्रम फैलाउने ढंगले कसैले पनि प्रस्तुत हुन नहुनेमा उनको जोड थियो।
परराष्ट्रमन्त्री साउदले रुसी सेनामा भर्ना भएकाका परिवारका सदस्यहरुलाई पछिल्लो विकास क्रमका बारेमा पनि जानकारी दिए। उनले भारत भ्रमणमा गएको अघिल्लो दिन फेब्रअरी २० मा रुसी राजदूतलाई मन्त्रालयमा बोलाएर छलफल गरेको बताए।
साउदले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकबारे सरकारले राखेका कतिपय मुद्दाहरुमा रुसी पक्षबाट सकारात्मक जवाफ प्राप्त भएको, मृतक र घाइतेलाई क्षतिपूर्ति उपलब्ध गराउने विषय अगाडि बढेको पनि बताए।
उनले रुसी सेनामा कार्यरत नेपाली नागरिकलाई स्वदेश फर्किन दिने विषयमा समेत रुसी सरकारसँग कुरा भएको जानकारी दिए। परराष्ट्रमन्त्री साउदका अनुसार सरकार रुससँग नेपाली नागरिकको शव फिर्तासम्बन्धमा पनि निरन्तर अनुरोध गरिरहेको छ।न्युज कारखाना
काठमाडौं, १५ फागुन ।
नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघका महाधिवेशन पक्षधर सदस्यहरुले ९ बुँदे अपील जारी गरेका छन् ।
महाधिवेशन पक्षधर मानिएका स्ववियु परिषद केन्द्रीय अध्यक्ष एवं नेविसंघ केन्द्रीय सदस्य निराजन नेपाल तथा नेविसंघ केन्द्रीय सदस्यहरु भानुभक्त जोशी, राज थेबे, दोर्ची शेर्पा, भुपेन्द्र थेबे, आकाश कार्की, एनपी जोशीलगायतले ९ बुँदे संयुक्त अपील जारी गर्दै तोकिएको मितिमा नेविसंघको १२ औं महाधिवेशन गर्नुपर्ने माग गरेका छन् ।
संयुक्त अपीलको पूर्णपाठ
नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षमा दुजाङ शेर्पाज्यूको नियुक्ति भएको डेढ वर्षपछि विस्तार गरिएको ७१० सदस्यीय नेविसंघ केन्दि«य कार्यसमितिको प्रथम बैठकमा सहभागी हुन देशभरबाट पाल्नुभएका सम्पूर्ण केन्द्रीय सदस्य साथीहरुलाई हृदयदेखी नै हार्दिक स्वागत गर्दछौं ।
सहकार्य र ऐक्यबद्धताको भावनामा रही राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकताको सिद्घान्तमा अडिग रही पारदर्शीता, जवाफदेहिता र लोकतान्त्रिक शासनका सिद्धान्तहरूलाई समेत आत्मसात राखी हामी सबै केन्दि«य सदस्यहरु मिलेर यस पललाई विद्यार्थीहरूको हितलाई अगाडि बढाउन, उनीहरूको अधिकारको वकालत गर्ने र हाम्रो राष्ट्रको बृहत्तर सामाजिक–राजनीतिक परिदृश्यमा अर्थपूर्ण रूपमा योगदान गर्ने हाम्रो सामूहिक संकल्पलाई पुनः पुष्टि गर्ने गरी सदुपयोग गर्ने सुअवसरको रुपमा लिएका छौं ।
यस बैठकमा सहभागी हुँदै गर्दा आजको केन्दि«य कार्यसमितिले लिने निर्णयले नेपाल विद्यार्थी संघ र समग्र विद्यार्थी आन्दोलनको भविष्यलाई आकार दिने गरी लाखौं विद्यार्थीहरुको भावना प्रतिबिम्बित हुने कुरालाई मनन गरिनुपर्दछ । आजको हाम्रो प्रयासले भोलि बलियो, थप समावेशी र गर्विलो ने.वि. संघको लागि मार्ग प्रशस्त गर्ने छ भनी जान्दै साहस, विश्वास र जिम्मेवारीको गहिरो भावनाका साथ यस बैठकलाई सफल बनाउनु हामी सबै केन्दि«य सदस्यहरुको कर्तव्य रहन्छ ।
यी यथार्थता र कर्तव्यलाई जिम्मेवारीबोध गर्दै मिति २०८०÷११÷०७ गतेका दिन जारी गरिएको बैठक सम्बन्धि सुचनामा प्रस्तुत गरिएका १५ बुँदे एजेण्डाहरु राम्रा एवं प्रभावकारी भएतापनि ६ महिना भित्र अधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्ने गरी जिम्मेवारी पाएको यस तदर्थ कार्यसमितिले पटक पटक गरी दुई चोटि म्याद थपगरी २ वर्ष व्यतित गरिसकेको अवस्थामा समेत कुनैपनि ठोस कार्यप्रगती गर्न नसकेको कारण तमाम एजेण्डामा भन्दा पनि ने.वि.संघको १२ औं महाधिवेशन केन्द्रित एजेण्डा तर्फ सबैको ध्यानाकर्षण हुन जरुरी देखिन्छ । एकातर्फ लाखौंको युवा विद्यार्थीहरु देशमा भविष्य नदेखेर विदेशीने क्रम बढ्ढो छ भने अर्कातर्फ युवापुस्तामा राजनीतिमा चासो नराख्ने, पुराना पार्टीप्रति वितृष्णा पैदा आदि भईरहेको यो कठिन समयमा बस्न लागेको ने.वि.संघ केन्दि«य कार्यसमितिको प्रथम बैठकबाट यी निराशा र विद्यार्थी राजनीतिलाई पुर्नताजिकिकरण गर्नका लागि निम्नानुसार एजेण्डामा जोडदार छलफल गरी पारित गरिनुपर्दछ भन्ने हाम्रो बुझाई रहेको छ ।
तपशील
१. ने.वि.संघको १२ औं महाधिवेशन तोकिएको मिति भित्र सम्पन्न गरिनुपर्ने ।
२. केन्दि«य समिति लगाएत मातहतका सम्पूर्ण क्याम्पस समिति, विश्वविद्यालय समिति, जिल्ला समिति प्रदेश समिति, वैदेशिक समन्वय समिति तथा अन्य समितिहरुको निश्चित अवधिमा महाधिवेशन मार्फत नेतृत्व चयन गरिनुपर्ने ।
३. स्वतन्त्र विद्यार्थी युनियनलाई समय सापेक्ष, गतिशिल र नविनता प्रदान गर्न समयानुसार तालिम एवं प्रशिक्षण प्रदान गरिनुपर्ने ।
४. स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पूर्ण क्याम्पसमा हुने सुनिश्चितता गर्दै समयानुसार नियमित रुपमा सम्पन्न गर्न पहलकदमी चाल्नुपर्ने ।
५. स्ववियु परिषद्को अधिवेशन विधान बमोजिम समयावधि भित्र नै सम्पन्न गरि विधिवत् रुपमा नेतृत्व हस्तान्तरण गरिनुपर्ने ।
६. स्ववियुको प्रभावकारीताको निम्ति स्ववियु समन्वय समितिको गठन बारे विधानमा उल्लेख गरिनुपर्ने ।
७. नेपाल विद्यार्थी संघमा लामो समयदेखि नेतृत्वदायी भूमिकामा रही कार्यगर्दै आएकाहरुको उचित मुल्याङ्कन गरी कार्यसम्पादन एवं विभिन्न विभाग गठन गरिनुपर्ने ।
८. नेपाल विद्यार्थी संघ केन्दि«य कार्यसमितिको समयावधि÷म्याद सकिएको मितिले बढिमा ६ महिना ननाघ्ने गरी पार्टी नेतृत्वले विधानसम्मत नयाँ कार्यसमिति गठन गरिनुपर्ने ।
९. नेपाल विद्यार्थी संघको सम्पूर्ण गतिविधि तथा निर्णयहरु केन्दि«य कार्यसमिति भित्र पारदर्शी एवं समन्यवकारी भूमीका निर्वाह गरी सञ्चालन गरिनुपर्ने ।
अतः माथि उल्लेखित बुँदाहरु माथि घनिभुतरुपमा छलफल गरी पारित गरिनेछ भनि विश्वास लिँदै नेपाल विद्यार्थी संघप्रति तपाईको समर्पण, जोश र अटल प्रतिबद्धताको लागि धन्यवाद। सँगै, हामी आशावादी, दृढ संकल्प र उद्देश्यको साझा भावनाका साथ हातेमालो गरी यो यात्रासँगै सुरु गरौं । न्युज कारखाना
काठमाडौं, १५ फागुन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ७० करोड टेप प्रकरणको अनुसन्धान भइरहेको र टेरामक्स अनुसन्धानको रिजल्ट पनि चाँडै आउने बताएका छन् ।
मंगलबार बसेको संसदको सार्वजनिक लेखा समितिको बैठकमा प्रमुख आयुक्त प्रेमकुमार राईले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको विषयमा अनुसन्धान भइरहेको र सबुत प्रमाण नभएसम्म कसैलाई पनि अभियुक्त बनाएर मुद्दा दर्ता नगरिने स्पष्ट पारे ।
२०७६ फागुनमा तत्कालीन सञ्चारमन्त्री तथा एमाले नेता गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिसनको मागेको भनिएको अडियो सार्वजनिक भएको थियो ।
साथै उनले टेरामक्स प्रकरणको पनि अनुसन्धान भइरहेकाले चाँडै रिजल्ट आउने दाबी गरेका छन् । अनुसन्धान अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।न्युज कारखाना
काठमाडौं, १४ फागुन ।
दूग्ध विकास संस्थानले दूध खरिद गरेवापत् किसानहरूलाई दिनुपर्ने भुक्तानी तुरून्त दिन प्रधानमन्त्रीले निर्देशन दिएका छन्।
सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल र नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई बोलाएर दूग्ध किसानहरूको दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीले निर्देशन दिएका हुन्।
सो क्रममा प्रधानमन्त्रीले निजी क्षेत्रबाट किसानहरूले पाउनुपर्ने भुक्तानी तुरून्त असुली गर्न र भुक्तानी नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन्।
प्रधानमन्त्रीले भने, ‘किसानहरूले महिनौंसम्म दूधको भुक्तानी नपाउनुको कारण के हो, यसलाई गम्भीरतापूर्वक लिनुस्। निजी क्षेत्रबाट किसानहरूलाई भुक्तानी दिनुपर्ने रकमका लागि तत्काल सहजीकरण गर्नुस्।’न्युज कारखाना
काठमाडौं, १४ फागुन ।
सर्लाहीको वरहथवामा प्रहरीको गोली लागि मृत्यु भएका जयशंकर साहको परिवारलाई सरकारले १० लाख आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले साहको परिवारलाई उक्त आर्थिक सहयोग प्रदान गर्ने निर्णय भएको सरकारका प्रवक्त रेखा शर्माले जानकारी दिइन्।
बरथहवा ६ का साहको गत पुस २० गते स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल बनाउने कि नबनाउने भन्ने विषयमा भएको विवादमा प्रहरीले गोली चलाउँदा साहको ज्यान गएको थियो।न्युज कारखाना
काठमाडौं, १४ फागुन ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले निर्वाचनका बेला कर्णालीमा भएका चुनावीसभाहरूमा व्यक्त गरेका प्रतिवद्धताहरू पूरा हुँदै गएको बताएका छन्।
उनले निर्वाचनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल र आफूले कालिकोटमा सम्बोधन गर्ने क्रममा बोलेको कुरामध्ये एउटा काम पुरा भएको बताए। सोमबार कालिकोटको सुनथराली विमानस्थल उद्घाटन कार्यक्रममा खड्काले प्रतिबद्धता अनुसार नेपाल एयरलाइन्सको जहाजले सातामा एक दिन सुनथराली विमानस्थलमा उडान भर्ने बताए।
कालिकोटका नागरिकलाई यातायातमा सहज हुनेगरी तीनै तहका सरकारले समन्वय गर्ने पनि उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले बताए। उनले वर्तमान प्रधानमन्त्री र आफूले निर्वाचनका बेला कर्णालीमा गरेका प्रतिवद्धता क्रमश: पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको बताए।

उपप्रधानमन्त्री खड्काले हरेक बजेटमा कर्णालीलाई प्राथमिकता दिएको भन्दै यहाँको समस्याबारे आफू जानकार रहेकाे पनि बताए। शिक्षा, स्वास्थ र पूर्वाधारको विकासमा सबै दलहरू एकजुट हुनुपर्नेमा उनको जोड छ।
‘कर्णालीको विकासमा राजनीति गर्न हुँदैन । सबै मिलेर कर्णालीको विकासमा हातेमालो गरौं । कर्णाली राजमार्ग, भेरी करिडोर, मुगुका प्रमुख सडकहरू निर्माण गर्नेदेखि विद्युत् उत्पादनका क्षेत्रका कामहरूमा पनि सबैले हातेमालो भएर लाग्नुपर्छ,’ उनले भने।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले कालिकोटको शिक्षा, स्वास्थ्य, पूर्वाधार र यातायाततर्फकाे विकासमा सबै दल एकजुट हुनुपर्ने बताए। उनले भने, ‘कालिकोटको विकासकाे लागि केन्द्र सरकारकाे तर्फबाट पहल गरिरहेकाे छु, कालिकोटका पर्यटकीय क्षेत्रकाे विकासको लागि र कर्णाली प्रदेशको विकासको लागि नेपाल सरकारले एक किसिमको खाका तयार गरेको छ ।’
मुलुकमा विमानस्थल कम भएपनि जहाजको सेवा कालिकोटका गरिब जनता, सुत्केरी महिला र बृद्धबृद्धाहरूकाे लागि सहयोगी हुने बताए।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले १०–१५ वर्षमा कर्णालीलाई समृद्ध प्रदेश बनाउन सकिने बताउँदै त्यसका लागि सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा पर्यटनमन्त्री सुदन किराँती, मुख्यमन्त्री राजकुमार शर्मा, पूर्वमुख्यमन्त्री तथा सांसद महेन्द्रबहादुर शाही र पूर्वमुख्यमन्त्री तथा कर्णाली प्रदेशसभा सदस्य जीवनबहादुर शाहीलगायतको उपस्थिति रहेको थियो।न्युज कारखाना
काठमाडौं, १४ फागुन ।
निर्वाचन आयोगले आगामी १५ वैशाखमा हुने निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।
सार्वजनिक तालिकाअनुसार इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ र बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन १ (१) को लागि हुने उपनिर्वाचनका लागि आउँदो २४ चैतमा मनोनयन दर्ताको लागि समय निर्धारण गरिएको छ ।
साथै २७ चैतमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्ने तालिकामा उल्लेख छ ।
यही १६ फागुनदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी २२ चैतमा अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगका सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिए । साथै दल दर्ताका लागि २४–३० फागुनसम्म समय तोकिएको छ ।
.
यसबारे जारी आयोगको विज्ञप्तिको पूर्णपाठ
इलाम जिल्ला प्रतिनिधि सभानिर्वाचन क्षेत्र नं.२ तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभानिर्वाचन क्षेत्र नं. १ मा मिति २०८१वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आयोगबाट आज मिति २०८० फागुन १४ गते निर्वाचन कार्यतालिका स्वीकृत भएको छ। स्वीकृत निर्वाचन कार्यतालिका अनुसार मिति२०८० फागुन १६ गतेदेखिमतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी २०८० चैत्र २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। सो उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ता गर्नको लागि मिति २०८० फागुन २४ गते देखि ३० गते सम्मको म्याद दिईसूचना प्रकाशन गरिनेछ।
आज स्वीकृत गरिएको कार्यतालिका अनुसार २०८० चैत्र २२गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनागरी मिति २०८० चैत्र २४ गतेदेखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ। निर्वाचन कार्यक्रम अनुसारमिति २०८० चैत्र २४गते उम्मेदवारको मनोनयन दर्ता र चैत्र२७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह वितरण गरिनेछ। साथैमिति २०८० चैत्र २८गतेदेखि २०८१ वैशाख १२ गतेसम्मप्रचारप्रसारको अवधि रहनेछ। मिति २०८१ वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदानहुनेछ।
डा. थानेश्वर भुसाल
उपसचिव एवम् सहायक प्रवक्ता
न्युज कारखाना
काठमाडौं, १४ फागुन ।
सत्तारुढ कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले आरोपप्रत्यारोको शृङ्खलाले सदनमा मूल विषय छायाँमा परेको बताएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले केही दिनयता सत्ता पक्ष र प्रतिपक्षी दलका सांसदबीच चलेको आरोपप्रत्यारोपले मूल विषय छायाँमा परेको बताएका हुन् ।
आरोपप्रत्यारोपले मूल विषय छायाँमा पर्ने भएकाले आयोगले पोलेको, सहकारी ठग्ने र दुईचारथान नागरिकता राख्नेलाई घर पठाएर अनुसन्धान गर्न लगाउनुपर्ने बताए ।
‘विगत केही दिनदेखि यताकोले उता बसेको दागी देख्ने, उताकोले यता बसेको दागी देखाउने दोहोरी चलिरहेको छ । यही पाराले न संसद राम्ररी चल्ने भयो । मूल विषय पनि छायाँमा पर्ने भयो । अब यसो गर्न लगाऔँ,’ उनले भने, ‘आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने होस्, काखैको होस् कि पाखैको होस् । अख्तिायारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झन्डावालाको झन्डा छोपेर घर पठाइदिऊँ । अनि सहकारी ठग्ने, दुईचारथान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन, घरै पठाइदिएर अनुसन्धान गर्न लगाऔँ । यति गर्न सकेदेखि के होला ? निर्दाेष भए फर्केर आउनुहोला, फूलमाला लगाएर स्वागत गरौँला । दोषी भए दण्ड व्यहोर्नुहोला । अलि अलि सफा गर्न सकेदेखि अनि बडोमजाले यहाँ मिटरब्याजकोबारेमा, दूधको किसानले दूधको मूल्य नपाएकोबारेमा, एनसेलको प्रतिवेदनबारे जमेर सार्थक छलफल गर्न सकिन्थ्योहोला । होइन भने यताकोले उता देखाउने, उताकोले यता देखाउने दोहोरी चलिनै राख्ने भयो । ”न्युज कारखाना
काठमाडौं, १४ फागुन ।
संसदमा आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ पेस गरिएको छ ।
सोमबार बसेको प्रतिनिनधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् ।
सरकारले बजेटमाथि पर्याप्त छलफल गर्नको लागि तीन महिनाअघि नै छलफल थाल्नेगरी आज संसद्मा पेस गरेको हो ।
साथै सोमबार नै राष्ट्रिय सभामा पनि अर्थमन्त्री महतले आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।
प्रतिनिधिसभामा अर्थमन्त्री महतले उक्त प्रस्तावबारे जानकारी गराइरहेकाले राष्ट्रिय सभा बैठक सोमबार नै बस्नेगरी २१ मिनेटका लागि स्थगित गरिएको छ । न्युज कारखाना
काठमाडौं, १४ फागुन ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ नदिएपछि आपत्ति जनाएको छ ।
सोमबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेका सांसद गोकुल बाँस्कोटाले प्रतिपक्षी दलका सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई दुई दिनको समय दिँदा पनि नजरअन्दाज गरिएको आरोप लगाए ।
सभामुखबाटै रुलिङ भइसक्दा पनि प्रधानमन्त्री प्रचण्डले जवाफ नदिएको भन्दै उनले यसरी बैठक अघि बढ्न नसक्ने बताए ।
बालकुमारीसहित विभिन्न घटना तथा मिटरब्याजीको समस्या समाधानका विषयमा सरकारको जवाफ माग्दै एमालेसहित प्रतिपक्षी दलले सरकारको जवाफ मागेको छ । न्युज कारखाना
काठमाडौं, १४ फागुन ।
प्रतिनिधिसभा बैठक बस्दैँछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।
संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुख देबराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा पढेर सुनाउने छन् ।
राष्ट्रियसभामा उत्पति भएको बिधायन सबन्धी बिधेयक २०८० का सबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको बिधयेक टेबुल गरिनेछ ।
साथै, उधोग बाणिज्य तथा आपुर्ती मन्त्रालयको कार्यभार सम्हालेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रियसभामा उत्पति भएको बिधुत ब्यापार बिधेयक २०८०’ माथी बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
अर्थ मन्त्री प्रकाशशरण महतले आब २०८१÷८२ का लागि बिनियोजन बिधेयकका सिदान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथी छलफल गरियोस भनी प्रस्ताव पेश गर्ने कार्यसुची रहेको महासचिव पदमप्रसाद पाण्डेयद्दारा जारी गरिएको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ । न्युज कारखाना
काठमाडौं, १३ फागुन ।
प्रतिनिधिसभामा सत्ता र प्रतिपक्षी दलका सांसदबीच आरोपप्रत्यारोप चलेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा संविधान र व्यवस्थाविरुद्ध बोल्न नपाइने सत्तारुढ माओवादी केन्द्रका सांसद माधव सापकोटाले बताएपछि प्रतिपक्षी राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रतिवाद गरे । शाहीकै पक्षमा सत्तारुढ दलकै कांग्रेस सांसद सुनील शर्मा देखिए ।
आइतबारको बैठकमा राप्रपालाई इंगित गर्दै माओवादी केन्द्रका सांसद सापकोटाले भने, ‘यही संविधानले दिएको लोगो र यसले परिकल्पना गरेको चुनावमा भाग लिएर सांसद हुने । लोगो लगाएर सारा सेवा भोग गर्ने, पाइहाले मन्त्री पनि पड्काउने । प्रदेशतिर गएर सभामुख पनि लिने, तर फेरि यो संविधानलाई विरोध गर्ने ? संविधान र व्यवस्थाको विकल्प किमार्थ राजा र राजतन्त्रवादी हुन सक्दैन ।’
सांसद सापकोटाले राप्रपा सांसदमाथि नैतिकताको प्रश्न उठाएर राजीनामा दिनुपर्ने तर्क अघि सारे । यसपछि राप्रपामा प्रमुख सचेतक शाहीले संविधानमा फरक मत राख्ने अधिकार सुरक्षित रहेको भन्दै सापकोटालाई संविधान पढ्न सुझाव दिए । जनताको हत्या र हिंसा गरेर राप्रपाका सांसद संसदमा नआएको भन्दै उनले राजीनामा किन दिनुपर्ने भन्दै प्रश्न गरे ।
‘यो देशमा यो व्यवस्था चाहिने नचाहिने संशोधन गर्न पाइन्छ भनेको छ । कसैले विचार मिल्दैन भन्दै अमूक मान्छेले राजीनामा माग्न पाइँदैन । अलिकति ज्ञान भए संविधान पढेर आउनू, आउँदैन भने हामीसँग सिकाइ माग्नुप¥यो । संविधानले विशेष अधिकार दिएको छ । कुनै पनि सांसदले स्पष्ट रूपमा वाक् स्वतन्त्रता दिएकाले कसैले राजीनामा माग्न पाइँदैन,’ उनले भने, ‘मैले किन राजीनामा दिने ? मैले आठ÷नौ वर्षका बच्चाबच्चीको घाँटी काटेर आएको हो ? गुड्दै गरेको बसमा बम हानेर मारेको हो ? किन राजीनामा दिने ? मैले नेपाली जनता मारेको हो ? जातजाति, धर्मको नाममा हिंसा गरेर आएको हो ?’
राप्रपाका शाहीको अभिव्यक्तिप्रति माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले नियमापत्ति जनाए । तर, पाण्डेको नियमापत्तिको सत्तारुढ दल कांग्रेसका सांसद सुनील शर्माले पाण्डेको विरोध गरे ।न्युज कारखाना
काठमाडौं, १३ फागुन ।
आइतबार बिहानका लागि बोलाइएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सरेको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने गरी आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक आइततबार अपरान्ह ३ बजेका लागि सारिएको माओवादी केन्द्रले जनाएको छ ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यवस्तताका कारण गत शुक्रबार स्थगित गरिएको स्थायी समिति बैठक आइतबार बिहानका लागि बोलाइएको थियो ।
बैठकमा पदाधिकारीसहित नेताहरुको जिम्मेवारी हेरफेर गर्ने, तराई मधेश अभियानका लागि कार्यविभाजनका विषयमा छलफल हुनेछ ।
माओवादीले रूपान्तरण अभियानमा सक्रिय रहेका तीन नेतालाई सम्मान र कमजोर कार्यसम्पादन गर्ने नेतालाइ सजाय गर्ने पनि जनाइएको छ ।न्युज कारखाना
काठमाडौं, १३ फागुन ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बालकुमारीसहित विभिन्न घटनामा प्रधानमन्त्रीको जवाफ माग्र्दै आएको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेले दुईजना युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला दोषी देखाइएको छानबिन आयोगको प्रतिवेदन, मन्त्री ज्वालाको बर्खास्तीलगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुपर्ने भन्दै उठेर विरोध गर्यो ।
प्रतिचपक्षी दल एमालेका सांसद उठेर विरोध जनाएपछि बैठक अवरुद्ध भएपछि सभामुख देवराज घिमिरेले यसबारे सदनको ध्यानाकर्षण भएको र यसबारे सरकारलाई रुलिङ भइसकेको भन्दै बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे । त्यसपछि एमालेका सांसद आ–आफ्नो स्थानमा बसेपछि बैठक चलिरहेको छ ।
एमालेले बालकुमारी घटनामा छानबिन आयोगले मन्त्री ज्वालालाई दोषी देखाएकाले उनले राजीनामा दिनुपर्ने माग गर्दै आएको छ । मन्त्री ज्वालाले राजीनामा नदिए बर्खास्त गर्नुपर्ने उसको माग छ ।
साथै टेरामक्स प्रकरणमा मुछिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र लुम्बिनीको जग्गा लिजमा दिएको प्रकरणमा पर्यटन मन्त्री सुदन किराँतीको राजीनामा माग्दै आएको छ ।
न्युज कारखाना
काठमाडौं, १२ फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले १ चैतमा काठमाडौंमा गर्ने वृहत्त जनप्रदर्शनको तयारी सुरु गरेको छ।
पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको बैठकले विभिन्न समिति गठन गर्दै प्रदर्शनको तयारीलाई तीव्रता दिएको हो।
चैत्र १ गतेको जनप्रदर्शनलाई प्रभावकारी बनाउनको निमित्त उपत्यकाको २९ स्थानमा कोणसभा गरिने निर्णय भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
आगामी फागुन १८ गते काठमाडौंको १ र ६ नम्बर क्षेत्रबाट कोणसभाको शुभारम्भ हुनेछ। उपत्यकाको काठमाडौं, ललितपुर, भक्तपुरका धेरै क्षेत्रमा कोणसभा आयोजना हुनेछन्।
बैठकले राजिव पराजुली, केशबराज श्रेष्ठ र दमन बस्नेत रहेको आर्थिक समिति गठन गरिएको छ।
यसैगरि पुरु दाहाल, विकास प्रजापती र कुमार गजुरेल रहेको सामाजिक सञ्जाल परिचालन समिति गठन गरिको छ। राप्रपा नेपालले भ्रष्ट व्यवस्थाको अन्त्य गर्न, हिन्दुराष्ट्र र राजासंस्था स्थापना गर्न, प्रदेश संरचना खारेज गर्न,
भ्रष्टहरूलाई कानुनको कठघरामा उभ्याउन, मिटरव्याज, लघुवित्त र सहकारी पीडितको समस्या समाधान गर्न जनआन्दोलनको तयारी गर्ने निर्णय गरेको हो।
काठमाडौं, १२ फागुन ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन ।
शनिबार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताएका हुन ।
प्रधानमन्त्रीले भने, ‘बजेटमा कनिका छर्ने तरिकाले विकास र समृद्धि हासिल गर्न सकिँदैन। अलि रणनीतिक महत्वका योजना मात्र सङ्घमा राख्छौं। तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहले नै गर्छन्। बजेटको क्षेत्र तोकेर पठाइन्छ। आयोजना छनोटको अधिकार प्रदेश र स्थानीय तहलाई नै दिइन्छ ।’
नयाँ योजना धेरै नथपिकन पूरा हुन बाँकी पुराना योजनामा बजेट बिनियोजन गरिनेसमेत उनले बताए ।
प्रधानमन्त्रीले भने, ‘खर्च गर्न नसकिने शीर्षकमा बजेट थुपार्ने, अत्यावश्यक आयोजनामा बजेटका अभाव हुने बेथिति अन्त्य गर्नुपर्छ। पुराना योजना सम्पन्न गर्ने कुरामा सरकारको पुरै जोड रहन्छ।’
बैठकमा प्रधानमन्त्रीले बालकुमारी घटनाको प्रतिवेदन आफूले प्राप्त गरिसकेको र अध्ययनकै क्रममा रहेको जानकारीसमेत गराएका छन ।
उनले अगाडी भने, ‘बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेर निर्णय गरिन्छ। आयोग बनाएर छानविन गर्ने निर्णय सरकारकै हो। प्रतिवेदन अध्ययनको प्रक्रियामा छ। अध्ययनपश्चात् आवश्यक निष्कर्षमा पुग्छौं। यो सरकारको क्षेत्राधिकार हो। प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्छ।’
आगामी मन्त्रिपरिषद बैठकपछि सरकारको तर्फबाट संसदमा विधेयकहरू प्रस्तुत गर्ने भएकाले प्रस्तुत विधेयकहरू पारित गराउन सांसदहरूलाई प्रधानमन्त्रीले निर्देशित गरेका छन।
प्रधानमन्त्रीले भने, ‘आउने क्याविनेट बैठकमा छलफल गरेर संसदमा विधेयकहरू पेश गर्ने सरकारको तयारी छ। विधेयकहरू पारित गराउन तपाईहरूले प्रभावकारी भूमिका खेल्नुहोस् ।
माओवादी केन्द्रको संसदीय दलको बैठकमा नेपाल सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटबारे सांसदहरूलाई अभिमुखीकरण गर्ने कार्यसूचि रहेको छ।
हेटौँडा, ११ फागुन ।
बागमती प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । शुक्रबार प्रदेश प्रमुख यादव चन्द्र शर्माले यही १५ फागुन अपरान्ह ३ बजे बैठक बस्नेगरी प्रदेशसभाको १३औँ अधिवेशन आह्वान गरेका हुन् ।

‘बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको तेह्रौं अधिवेशन संवत् २०८० साल फागुन १५ गते मंगलबार दिनको ३ः०० बजे आह्वान गरेको छु,’ प्रदेश प्रमुख शर्माले आह्वानमा भनेका छन् ।
न्यूज करखाना
महोत्तरी, ११ फागुन ।
महोत्तरीका पालिकाहरूमा मेयर र उपमेयरको जिम्मेवारी र अधिकार क्षेत्रको विषयमा वेलावेलामा प्रश्न उठ्ने गर्दछ ।संविधानले निदृष्ट गरेका काम, कर्तव्य र अधिकारका विषयमा जानकार बन्न नसक्दा मेयरले उपमेयरका जिम्मेवारी हस्तक्षेप गर्ने र उपमेयरले मेयरका अधिकार क्षेत्र हस्तक्षेप गर्ने जस्ता कार्यहरू चर्चाको विषय बन्ने गरेको छ ।
अझ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले जनप्रतिनिधिका काम, कर्तव्य र अधिकार स्पष्ट विभाजन गरिदिएको छ । यसमध्ये उपमेयरले मुख्यतः न्यायिक समितिको संयोजक भई कार्य गर्ने, प्रमुखको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने, गैरसरकारी संघ संस्थाका क्रियाकलापको समन्वय गर्ने, उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यको समन्वय गर्ने, योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षण गरी सोको प्रतिवेदन बैठकमा पेस गर्ने, सभा र कार्यपालिकाद्वारा गठित समितिहरूको काममा सहजीकरण र समन्वय गर्ने जस्ता रहेका छन् ।

तर, गौशाला नगरपालिकामा भने उपमेयर रेणु कुमारी महतोले प्राप्त जिम्मेवारीहरूलाई कार्यान्वयन गर्न खोज्दा मेयर दिपेन्द्र महतोले छेक्ने र विफल बनाउने भूमिका खेलेको आरोप छ ।
योजना तथा कार्यक्रमको अनुगमनमा कडाइ गर्दा मेयरको निशानामा
राजनीतिक पृष्ठभूमिमा नै हुर्किएकी उपमेयर महतोका बुबा सर्लाही बरहथवा नगरपालिकाका पूर्व मेयर हुन् । बुबा मेयरमा निर्वाचित भएदेखि जनप्रतिनिधिको काम, कर्तव्य र अधिकारको खोजी गर्न लागेकी महतो गौशालामा आफैँ उपमेयरमा निर्वाचित भइन् ।
पहिला त उनले उपभोक्ता समिति, ठेकेदारहरूले गरेको कामको निगरानी बढाइन् । अनुगमनको क्रममा भएका कामहरू निकै कमसल र गुणस्तरहीन भएको पहिचान गरेपछि भुक्तानी रोक्न सिफारिस गर्ने प्रक्रियाअगाडि बढाएकी थिइन् ।
‘विकास निर्माणका कामहरूमा निगरानी बढाउन थालेपछि यो टाउको दुखाई ठेकेदारको मात्र बनेन,’ उनले भनिन्, ‘स्वयं मेयर दिपेन्द्रले नै आपत्ति जनाउनुभयोे, मलाई रोक्ने प्रयास भयो ।’
स्थानीय सरकार संचालन ऐन २०७४ मा उपमेयरले अनुगमन गरेपछि यदि चित्त नबुझेको खण्डमा भुक्तानी रोक्न सकिनेसमेत उल्लेख छ । निर्वाचित भएदेखि नै विकासका कामहरूको अनुगमनमा लागेकी उपमेयरले दर्जनाँै कामहरू गुणस्तरहीन भएको पहिचान गरिन् ।
यही विषय नै मेयरको मुख्य असन्तुष्टि बन्यो । त्यसपछि उपमेयरले प्रमाणित नगरेका कतिपय विकास निर्माणका कामहरूको भुक्तानी धमाधम हुन थाल्यो ।
कर्मचारीहरूको समेत असहयोग
गुणस्तरहिन कामहरूको पहिचान गरेपछि भुक्तानी रोक्न योजना शाखालाई उपमेयर रेणुले निर्देशन दिए पनि मेयरको आडमा भुक्तानी भएको छ ।पटकपटक लिखित, मौखिक निर्देशन दिए पनि कर्मचारीहरूले अटेर गरेपछि उपमेयरले सुरुमा फाइल नै नियन्त्रणमा लिने प्रयास गरेकी थिइन् ।
यही विषयमा कर्मचारीहरूले मेयरको उक्साहटमा लागेर हातपात गरेको आरोप समेत लगाए । उनिहरूले कारबाहीको माग गर्दै उपमेयरविरुद्ध सामूहिक विज्ञप्तिसमेत निकालेका थिए ।
‘तर, मैले त्यसको बेवास्ता गर्दै आफ्नो काम, कर्तव्य र अधिकारलाई निरन्तरता दिइरहेँ,’ उपमेयर रेणुले भनिन्, ‘उनीहरूले तोड्न खोजे, मैले रोक्न खोजे ।’ यदपी केही कर्मचारीहरूले भने उपमेयरविरुद्ध विज्ञप्ति निकाल्नु बाध्यता रहेको प्रतिक्रिया दिएका थिए ।
उपमेयरलाई सशंकित बनाउने प्रयास
उपमेयर महतोले आफ्ना अधिकार क्षेत्रमा आक्रामक ढंगले लाग्न थालेपछि कमिसनको प्रतिशत लिने कर्मचारीदेखि जनप्रतिनिधिहरूको टाउको दुखाई बनेको स्थानीय बताउँछन् ।
परिणामस्वरूप उनलाई एक्ल्याउने, मनोबल कमजोर बनाउने र मेयरको स्वार्थअनुसार काम गर्न बाध्य बनाउने चलखेल सुरु भयो । यही क्रममा उनी चढेको गाडीलाई पछ्याउने, आक्रमण प्रयाससमेत हुन थाल्यो । मेयर समर्थक केही समूहको उपमेयरलक्षित हुलहुज्जत बढ्न थालेपछि उनले मेयरबाटै आफ्नो ज्यानको असुरक्षा भएको भन्दै पत्रकार सम्मेलन गरेर उपमेयर रेणुले सार्वजनिक रुपमा जानकारी गराएकी थिइन् ।
गत जेठमा पत्रकार सम्मेलन गर्दै उपमेयर रेणुले अधिकारको बेवास्ता गरी मेयर डा. दिपेन्द्र महतोले आफूखुसी गर्न खोज्ने र आफू अनुकूल मिलोमतोमा मनोमानी ढंगबाट बजेट सिध्याउने दाउमा धमाधम नियमविपरीत काम गर्न दबाब दिएको बताएकी थिइन् ।
सम्पूर्ण अधिकारलाई बाइपास गर्दै मेयरले गरेको अनैतिक कार्यमा संलग्न गराएर बदनाम गर्ने प्रपञ्च फेल भएपछि सांघातिक आक्रमणमा समेत उत्रिएको उपमेयर रेणुको आरोप छ । उनलाई सोही समयमा कार्यकक्षमा नै मेयरका नाता पर्ने व्यक्तिहरूले हातपातको प्रयास समेत गरेका थिए ।
अदालतको सहारा
नगरप्रमुख दिपेन्द्र महतोले उपमेयर विना नै धमाधम निर्णय गर्न थालेपछि उनले अदालतको सहारा लिन सुरु गरिन् । यसअघिको नगरसभामा नगरप्रमुख महतोले मनोमानी ढंगले निर्णय गरेको भन्दै अदालतमा पुगेकी उपमेयर कै पक्षमा फैसला भएपछि नगरप्रमुख थप आक्रामक बनेका थिए ।नगरसभा कार्यान्वयन नगर्न जनकपुर उच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि आफूलाई थप सुरक्षाको चुनौती बढेको उपमेयर रेणु बताउँछिन् ।
उपमेयरको चालक मेयरको निशानामा
एकदिन उपमेयर जनकपुर जाँदै थिइन् । एक्कासि लालगढमा पुगेपछी उनको गाडी ट्राफिक प्रहरीले रोके । जनताको कामले नै जनकपुर जान लागेकी उपमेयरलाई ट्राफिक प्रहरीहरूले विना कारण झन्डै १ घण्टा त्यहीँ रोके ।
१ घण्टापछि मेयरको चालक त्यही बाटो भए आए अनि उपमेयरलाई यति लामो समयसम्म रोकेछन् भन्दै सान्त्वना दिन थाले । उपमेयरलाई यो हर्कत मेयरको नै निर्देशनमा हो भन्ने शंका लाग्न थाल्यो ।
अर्कैलाई गरेको फोन अचानक उपमेयरको ड्राईभरलाई आयो र मेयरकै निर्देशनमा उपमेयरको गाडी रोकिएको उक्त आवाजवाट पुष्टि भयो । सोही रेकर्ड सुरक्षित गरेर ड्राईभरले उपमेयरलाई मात्र त्यो आवाज सुनाएनन् कानुनी प्रक्रियामा समेत पुष्टि गर्ने आधार बनेपछी उनी पनि मेयरको निशाना बनेका थिए ।
यहीबीचमा मेयरले अनुशासनको कारण देखाउँदै उपमेयरको चालकलाई निष्काशन गरे । पछि रोक्ने प्रहरीकाविरुद्ध कानुनी प्रक्रियाअगाडि बढाएपछि उनले समेत मेयरकै नाम लिएका थिए ।
चेतावनीकाे एक वर्षपछि उपमेयरको गाडीमा आगजानी
नगरप्रमुख दिपेन्द्र महतोले करिब एक बर्ष अगाडि भनेका थिए, ‘ड्राईभर मैले भनेको राख्नुस्, नत्र गाडीमा केही भयो भने हामी जिम्मेवारी हुने छैनौँ ।’
उपमेयर महतोले गाडी आगजानी भएपछि सवैभन्दा पहिला मेयरले भनेको कुरा सम्झिन् । विहान उठेर हेर्दा उनी चढ्ने प्र २ – ००२ – ०००१ झ ०००५ नम्बरको गाडीमा दायाँतर्फको टायर पूर्णरुपमा क्षतिग्रस्त भएको थियो भने पछाडि आधा भाग जलेको थियो ।
आफ्नै घरमा पार्किङ गरेर राखेको गाडी आगजनी भएपछि उपमेयर रेणुले पहिले मेयरले गरेका हर्कतहरू सम्झिन् । ‘मलाई मेयरले दिएको चेतावनी मात्र हैन गाडी पछ्याउनेदेखि सांघातिक आक्रमण यसैको शृङ्खला हो भन्ने लाग्यो ।’
मेयरप्रति उनी निकै सशंकित बनिन् । प्रहरीलाई खवर गरिन् । तर, दोषी अझै पक्राउ परेका छैनन् भने मेयरको निर्देशनमा अन्य जनप्रतिनिधिहरू उपमेयरलाई दोषी देखाउन थालेका छन् । अझ बनिबनाउ निर्णय कार्यापालिका वैठकमा प्रस्तुत गरि उपमेयरलाई गाडी आगजनी हुनुमा दोषी देखाइएको छ ।
कार्यापालिकाको बैठकमा उपमेयर नै दोषी रहेको निष्कर्ष
गत माघ २६ गते बसेको बैठकले उपमेयरले नै सुरक्षा सतर्कता नअपनाएको भन्दै सम्पूर्ण दोष लगाइएको छ । घटना घटेको थाहा पाउनासाथ खोजतलास गर्ने प्रयास नगरिएको, रिस उठेको व्यक्तिलाई आरोप लगाइएको, व्यक्तिगतरुपमा आफैले ड्राईभर राखेको जस्ता आरोप लगाउदै गाडीको क्षतिपूर्ति र ममर्तसम्भार खर्च आफैँले बेहोर्नु पर्ने निर्णय गरिएको छ ।
दोषीलाई तत्काल खोजी गर्न पनि उपमेयरलाई बैठकबाट नै निर्देशन दिएको छ । तर, उपमेयर रेणुले सोही बैठकको निर्णय १०औँ बुँदामाथि आपत्ति जनाएकी छन् । घरमा नै राखेको ठाउँमा आगजानी गर्दा पनि दोषी उपमेयरलाई नै बनाएर मेयरले घटनालाई गुपचुप बनाउन खोजेको कतिपय स्थानीयको आरोप छ । स्थानीयले मेयरमाथि नै अनुसन्धान गर्नुपर्ने माग राखेका छन् ।
माइन्युटको खाका तयार गरेपछि मात्र बैठक
स्थानीय सरकार संचालन ऐन २०७४ मा बैठकमा एजेन्डाहरू प्रस्तुत गरेर छलफल गरेपछि मात्र निर्णयको सहमति र असहमति लिने प्रचलन छ ।तर, नगरप्रमुख लगायत केही व्यक्तिहरू बसेर निर्णय र छलफलपछि मात्र हस्ताक्षर गर्न माइन्युट बैठकमा पेश गरिने उपमेयर रेणु बताउँछिन् ।
‘एजेन्डाहरू पारित गर्नुभन्दा पहिला सन्तुष्टि, असन्तुष्टि रहन सक्छन । तर, त्यो नगरिकन सिधै हस्ताक्षर गर्न पेपर अगाडि ल्याइन्छ,’ उनले भनिन्, ‘वास्तवमा लोकतान्त्रिक प्रक्रियामा यो जत्तिको निरकुंश के नै हुन सक्ला र ।’
के विषयमा छलफल हुँदै छ भन्ने समेत थाहा नदिइकन कार्यापालिकामा हस्ताक्षर गर्ने प्रक्रिया लोकतान्त्रिक नभएको भन्दै उनले मेयर दिपेन्द्रको अत्याचार बढ्दै गएको बताइन् ।
बैठक लाइभ गर्न माग
उपमेयर महतोले नगरपालिकामा हुने सम्पूर्ण निर्णय सार्वजनिक गर्न माग गरेकी छन् । जनतावाट निर्वाचित जनप्रतिनिधिहरूले गरेको निर्णय र छलफल जनताले सुन्न र हेर्न पाउने अधिकार रहेको उनको भनाइ छ ।
‘जनतालाई लुकाएर गर्नुपर्ने निर्णय नै के पो हुन्छ र । यसमा पार्दर्शी हुनुपर्छ,’ उनले भनिन्, ‘जनताको कार्यापालिकामा जनताले थाहा पाउनुपर्छ कि आफ्ना जनप्रतिनिधिहरूले के–के गरिरहेका छन् भनेर ।’
मेयर दिपेन्द्रले गर्ने रवैया मात्र हैन आफूहरूको समेत मुल्यांकन कार्यापालिका बैठकवाट नै जनताले गर्न सक्ने बताउँदै लाइभ गर्ने विषयलाई अस्वीकार गर्नु गलतलाई प्रश्रय दिइरहेको प्रमाणित हुने उपमेयर रेणु बबताउँछिन् । आफू यस्तै बेथितिविरुद्ध लडिरहेको उनको भनाइ छ ।
तर, नगरप्रमुख दिपेन्द्र महतोले उपमेयरले लगाएको सबै आरोप निराधार झुटो रहेको भन्दै खण्डन गर्छन् । सुशासनको लागि आफू लागिपरेको बताउदै उनले उपमेयर रेणु स्वयं बिफल बनाउने अभियानमा लागेको आरोप लगाए ।
आर्थिक समृद्धिका कामहरू अगाडि बढेको र आफ्नो कार्याकालमा महसुस हुनेगरी विकास गर्ने उनको दाबी छ । न्युज कारखाना
काठमाडौं, ११ फागुन ।
गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष राजेन्द्रकुमार शर्मा(आरके) नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ ।
शर्माको नेतृत्वमा रहेको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्दै गैरआवासीय नागरिकताको अधिकार दिने नियम छिटो ल्याउन र गैरआवासीय नेपाली संघको भवनलाई सरकारले प्रक्रिया अनुसार लिजमा एनआरएनएलाई दिन आग्रह गरेको हो ।
प्रधानमन्त्रीसँगको भेटमा गैरआवासीय नागरिकता पाउने व्यवस्था भएपनि नागरिकता अनुसार पाउनुपर्ने अधिकार नपाएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको अध्यक्ष आरके शर्माले जानकारी दिए ।

‘अदालतको फैसलालाई सम्मान गर्दै अहिले एनआरएनए रहेको मुख्यालय लिजमा अन्य कानुनी आधारबाट एनआरएनएलाई प्रयोग गर्न दिने व्यवस्था मिलाउन सम्माननीय प्रधानमन्त्रीलाई अनुरोध गरेका छौं,’शर्माले भेटपछि भने,‘सम्माननीय प्रधानमन्त्री ज्यूले नागरिकतामा पाउने अधिकारहरुको विषयमा छिट्टै कानुनी व्यवस्था हुने र नियम अनुसार भवनको विषयमा निर्णय हुने आश्वासन दिनु भएको छ।’
प्रधानमन्त्रीसँग भेटमा एनआरएनएका निवर्तमान अध्यक्ष कुल आचार्यले गैरआवासीय नागरिकता पाएपछि पाउनुपर्ने अधिकार नपाएको हुँदा विभिन्न समस्या भोग्नु परेको हुँदा यसलाई सहजीकरण गर्न आग्रह गरेका थिए । आचार्य गैरआवासिय नागरिकताका बारेमा सबैभन्दा सकृय अभियन्ता हुन ।
भेटमा एनआरएनए उपाध्यक्ष गंगाधर गौतमले एनआरएनएको भवनको लागि जग्गा किन्नेहरु दोषी रहेको भन्दै उनीहरुलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने र सरकारले विशेष निर्णय गरेर केही समयको लागि भवन एनआरएनएलाई दिनुपर्ने बताए । उनले आफुहरु यो विरुद्ध अदालतमा जाने पक्षमा नरहेको जानकारी पनि प्रधानमन्त्रीलाई दिए ।

प्रधानमन्त्रीसँगको भेटमा एनआरएनए निबर्तमान उपाध्यक्ष एबं अभियन्ता डिबी क्षेत्री,उपाध्यक्ष खगेन्द्र न्यौपाने,एनआरएनएका सल्लाहकार शनि कुमार ओली,जनसम्पर्क सभापति अमेरिकाका सभापति आनन्द बिष्ट,एनआरएनए अभियन्ताहरु रोशन केसी,भवानी पन्त लगायतका अभियन्ताहरुको सहभागीता रहेको थियो ।न्युज कारखाना
काठमाडौं, ११ फागुन ।
प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलबीच आरोपप्रत्यारोप चलिरहेको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्ने क्रममा राजेन्द्रकुमार केसीले प्रतिपक्षी दलका सांसदको असहयोग गरेको आरोप लगाएपछि प्रतिपक्षी दलका सांसदले कडा प्रतिवाद गरेका छन् ।
प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक पदम गिरी, रास्वपाका विराजभक्त श्रेष्ठ, राप्रपाका ज्ञानेन्द्र शाहीले सरकारको कडा आलोचना गर्दैै प्रतिपक्षी दलमाथि हिलो नछ्याप्न चेतावनी दिए ।
सरकार बहुमतको हो भने विधेयक पास गर्न र हैन भने सरकारबाट हट्न गिरीले चुनौती दिँदा श्रेष्ठले बहुमतको सरकार हो भन्नेले प्रतिपक्षीमाथि आरोप नलगाउन बताए । साथै उनले गठबन्धनमा प्वाल परेको हो भनेर प्रश्न पनि गरे ।
शाहीले पनि सरकारले हत्यारालाई कारबाही नहुने भने सदन नचल्ने चेतावनी दिए ।
प्रतिपक्षी दलका सांसदको आरोपलाई खण्डन गर्दै सत्तारुढ माओवादीका सांसद माधव सापकोटाले सदन चल्न नदिने चेतावनी दिने सांसदलाई राजीनामा दिन चुनौती दिए । न्युज कारखाना
काठमाडौं, ११ फागुन ।
जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) लाइ महाधिवेसनको चटारो सुरू भएको छ ।
बालकुमारी, ललितपुरस्थित कार्यालयमा जारी केन्द्रीय कार्यकारिणी समितिको बैठकमा महाधिवेसनलाइ सफल बनाउनका लागि बिभिन्न समिति गठन गर्ने देखी केन्द्रिय सदस्यहरूको जिम्मेवारी बाँडफाड गरिदैँछ ।
हिजोबाट सुरू भएको बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल भएको प्रचार बिभाग प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । उनका अनुसा। राष्ट्रिय महाधिवेशनलाई कसरी सफल बनाउने, नेताहरूको जिम्मेवारी बाँडफाँड गर्नेलगायत विषयमा पार्टीमा छलफल भइरहेको छ ।
आजको बैठकमा पार्टीको महाधिवेशन तयारीका लागि मस्यौदा समिति बनाउने देखी व्यवस्थापनलगायतका बिषयमा छलफल जारी भएको छ ।
जसपाको राष्ट्रिय महाधिवेशन आगामी जेठ २८–३० गते हुदैँछ ।न्युज कारखाना
काठमाडौं, ११ फागुन ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने भएका छन ।
हिजो देखी सुरू भएको स्थायी कमिटी बैठक आज दिउँसो १ बजे बोलाइएको छ।
केन्द्रिय कार्यालय पेरिसडाँडा, काठमाडौंमा बस्ने उोफ बैठकमा माओवादी विशेष रुपान्तरण अभियानमा उत्कृष्ट काम गरेर खटिने सदस्यलाई सम्मान र काममा नजानेहरुलाई कारबाही गर्ने कार्यक्रम रहेको जनाइएको छ । जस अनुसार तीन तीन जना उत्कृष्ट र तीन तीन जना कारबाहीमा पर्ने जनाइएको छ ।
साथै, पार्टी अध्यक्ष दाहालले समसामयिक राजनीतिका बारेमा नेताहरुले उठाएको धारणाको जवाफ दिने कार्यक्रम छ ।न्युज कारखाना
काठमाडौं, ११ फागुन ।
राष्ट्रियसभा बैठक बस्दैँछ ।
संङघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।
आजको बैठकमा दिलकुमारी थापा पार्वतीले ‘मौलिक हक कार्यान्वयनको लागि बन्न बाँकी कानुन २०८१ असोज ३ गतेसम्म निर्माण गरिसक्नु पर्ने सबन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
अर्थमन्त्री प्रकाशशरण महतले ‘सुरक्षित कारोबार (पहिलो संसोधन) बिधेयक, २०८०’ सभा समक्ष पेश गर्नेछन भने भने कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले ‘बिधायन ब्यवस्थापन समितिको प्रतिबेदनसहित बिधायन सबन्धी बिधेयक २०८० माथी छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन साथै सो बिधेयक पारित गरियोस भन्ने प्रस्ताव पेश गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
न्युज कारखाना
काठमाडौं, ११ फागुन ।
प्रतिनिधिसभा बैठक बस्दैँछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ।
साथै, उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी ९दोस्रो संशोधन० विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची रहेको महासचिव पदमप्रसाद पाण्डेयद्दारा जारी गरिएको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको थियो । तर, बैठक सञ्चालनका लागि आवाश्यक संख्या नपुगे पछि बैठक आजसम्मका लागि स्थगित भएको हो ।
गृहमन्त्री श्रेष्ठको तर्फबाट रोष्टममा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गर्दै गर्दा एमाले सचेतक महेश बर्तौलाले संसदमा गणपूरक सङ्ख्या यकिन गर्न सभामुख देबराज घिमिरेसँग माग गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले नेपालको संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको १ चौथाइ सदस्य उपस्थित हुनुपर्ने बताउँदै ३ मिनेट जनाउ घण्टी बजाई सो सङ्ख्या यकिन गर्न कर्मचारीलाई निर्देशन दिएका थिए ।
गणपूरक संख्या पुग्न एक चौथाइ अर्थात ६९ जना सांसद हुनुपर्नेमा हिजोको बैठकमा ६५ जना मात्र उपस्थित देखिए पछि सभामुख घिमिरेले शुक्रवार बिहान ११ बजेसम्मका लागि बैठक स्थगितको घोषणा गरेका थिए ।
यसैगरी, सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्राप्त कार्यभार ताेकिएकाे सबन्धी पत्रकाे ब्याेहाेरा पढेर सुनाउने छन भने कृषी, सहकारी तथा प्राकृतिक स्राेत समितिकी सभापति अारजु राणाले राष्ट्रियसभामा उत्पति भएकाे ‘खाध्ध स्वच्छता तथा गुणस्तर बिधेयक सबन्धी समितिकाे प्रतिबेदन २०८०’ पेश गर्ने छिन् ।
अर्थ मन्त्री प्रकाशशरण महतले ‘भन्सार बिधेयक २०८०’ माथी बिचार गरियाेस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन भने ‘बैंकिङ कसुर तथा सजायँ (दाेस्राे संसाेधन) बिधेयक २०८०’ लाइ दफाबार छलफलका लागि सबन्धित समितिमा पठाइयाेस भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेकाे सम्भावित कार्यसुचीमा उल्लेख गरिएकाे छ । न्युज कारखाना
काठमाडौं ११ फागुन ।
न्यायालयले ललिता निवास सरकारी जग्गा किर्ते प्रकरणमा गरेको फैसला न्यायको सिद्धान्त विपरित रहेको भन्दै सांसद भगबती चौधरीले सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबार संसदको शुन्य समयमा बोल्दै सांसद चौधरीले न्यायालयले सुनपानी छर्किए जस्तो गरी मन्त्रीहरुलाई चोख्याएको बताइन् ।
‘ललिता निवास सरकारी जग्गा किर्ते प्रकरणमा कर्मचारी र जग्गा खरिद गर्नेहरुमात्र मात्र दोषी हुन् भन्दै नीतिगत निर्णय गर्ने तत्कालिन मन्त्रीहरुलाई चोख्याउने काम भएको छ । मन्त्रीको निर्देशन विना कर्मचारीहरुले मात्रै सरकारी जग्गा किर्ते गर्न सक्दैनन् ।’ निर्णयमा सदर लेख्नेहरुलाई सुनपानी छर्किने न्यायालयको विवादास्पद फैसलाले समग्र न्यायालयलाई नै विटुलो बनाइदिएको जिकीर गर्दै उनले भनिन्,‘नीतिगत रुपमा आदेश दिने, निर्णय गर्ने, सदर गर्नेलाई सुनपानी छर्केर चोख्याउने जुन काम भएको छ यसमा कर्मचारीहरु मात्रै दोषी हुने हो भने अहिलेको यो गणतन्त्रमा आम जनतालाई हामी के सन्देश दिइरहेका छौं रु’ ललिता निवास जग्गा प्रकरणको फैसला न्यायको सिद्धान्त अनुरुप नभएको चौधरीको जिकीर छ ।
सरकारले शक्तिशाली स्वतन्त्र आयोग बनाएर ललिता निवास सरकारी जग्गा किर्ते प्रकरणको पुनः अनुसन्धान गर्नुपर्ने पूर्वमन्त्री समेत रहेकी चौधरीको भनाई छ । विषेश अदालतले ललिता निवास प्रकरणमा मुख्य अभियुक्त कलाधर देउजासहित १२ जनालाई दोषी ठहर गर्दा तत्कालिन मन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठलाई सफाई दिएको थियो । विशेष अदालतका सदस्यहरू डा। खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा गच्छदार र श्रेष्ठलाई सफाई दिएको थियो ।
काठमाडौं, १० फागुन ।
नेपालका लागि यूरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेकी छन्। बिहीबार रास्वपा पार्टी कार्यालयमा लोरेन्जोले सभापति लामिछानेसँग भेटवार्ता गरेकी हुन्।
उनीहरूबीच नेपाल र ईयूको ५० वर्षे सहकार्यको समीक्षासहित आउँदा दिनमा अझै बलियो सम्बन्ध स्थापित गर्नुपर्नेमा छलफल भएको थियो। सभापति लामिछानेले पर्यटन प्रवर्द्धनका लागि ईयूले नेपाललाई कायम राखेको ‘एयर सेफ्टी लिष्ट’बाट हटाउन पहलको लागि अनुरोध गरेका थिए।
प्रतिउत्तरमा राजदूत लोरेन्जोले नेपालले हवाई सुरक्षाका लागि दीर्घकालीन योजना बनाउन आवश्यक रहेको औँल्याएकी थिइन्।
न्युज कारखाना
ललितपुर, १० फागुन ।
नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेश गरिएका चार वटा प्रस्ताव सर्वसम्मतीले पारित भएका छन्।

उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतीले पारित भएका हुन्।
न्युज कारखाना








काठमाडौं, १० फागुन ।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीमा एकताको विकल्प नभएको बताएका छन्। महासमिति बैठकको समापन सत्रमा उनले पार्टीभित्र एकताको आवश्यकता रहेको औंल्याएका हुन्।
कांग्रेस रूपान्तरणको आफ्नो अविचलित यात्रा जारी रहेको बताउँदै उनले महासमिति बैठकले भविष्यको कांग्रेस कस्तो हुने र बनाउने ठोस छलफल भएको बताए। यसले पार्टीमा नयाँ ऊर्जा सञ्चार गर्ने उनको विश्वास छ।
(नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले महासमिति बैठकको समापन सत्रमा राख्नुभएको मन्तब्यको सम्पादित अंश)
नेपाली कांग्रेसका सभापतिज्यू,
पदाधिकारीहरु, केन्द्रिय सदस्यहरु,
महासमिति सदस्यहरु,
प्रदेश सभापतिहरु,
र उपस्थित अन्य सहभागी साथीहरु

नेपाली कांग्रेसको महासमिति बैठक सम्पन्न गरेर हामी सबै आफ्नो कार्यक्षेत्रमा फर्कदै छौं । बैठकमा उठेका राजनीतिक, आर्थिक, सामाजिक लगायत सुशासनका विषयहरुमाथि साथीहरु जुन गम्भिर तरिकाले मौखिक र लिखितरुपमा प्रस्तुत हुनु भयो त्यसले कांग्रेसमा उर्जा र उत्साह थप्ने छ भन्ने मैले विश्वास लिएको छु ।
आज हामी यसरी भेला भएर आफनो कर्मक्षेत्रमा फर्कन थाल्दा म केही भावुक भएको छु । आज हामी सबैले यस पुनित घडीमा विर्सन नहुने कांग्रेस ईतिहासलाई स्मरण गर्नुपरेको छ ।

१. देश बिदेशवाट उर्जा, उत्साह र नयाँ कांग्रेसको सम्भावना बोकेर आउनु भएका महासमिति सदस्यहरुलाई न्यानो जय नेपालको अभिवादन गर्दै भविष्यको कांग्रेस कस्तो र कसरी निर्माण गर्ने भन्ने सन्दर्भमा यो बैठकले एउटा ठोस दिशा प्राप्त गरोस भनी बृहत छलफल, बहश र बिवादले कांग्रेसको आन्तरिक जीवनमा जीवन्तता प्रदान गर्नेछ भन्ने बिश्वास लिएको छु ।
र लोकतान्त्रिक आन्दोलनमा लागेर अनेकन् दुःखकष्ट, बलिदान, प्रवासको कठोर जीवन, जेलनेलको यातना र आन्दोलनको क्रममा अविचलित भएका साथीहरुप्रति श्रद्धा, सम्मान र गौरव गर्दछु ।
२. महासमितिको यो बैठक समापन भईरहदा आन्दोलनमा लागेर यथोचित सम्मान पाउन नसकेकाको खोजी गरेर तिनको उचित मूल्यांकन गर्ने कार्य र त्यस्ता व्यक्ति, घटना र मोडहरुको खोजी, अनुसन्धान गरी लिपिबद्ध गरेर राख्ने कामको थालनी होस् ।
३. इतिहासका ती गौरवशाली क्षण र त्यसलाई दिशा निर्देश गर्ने नेताहरुको स्मरण गर्दै हाम्रा अग्रजहरुले राष्ट्र निर्माणको लागि हामीलाई सुम्पिएका अभिभारा सफलतापूर्वक सम्पन्न गर्न सकौँ भनी हामी सबैै आफ्नो कर्म क्षेत्रमा संकल्पका साथ फर्कदै छौँ ।
४. मलाई विश्वास छ महासमितिको बैठक पछि हामी नयाँ कांग्रेसको भावना सहित उर्जावान भएर आफनो राजनीतिक कर्मभूमिमा फर्कने छौँ र कांग्रेसको आदर्श, मूल्य र मान्यतालाई आम नागरिकविच स्थापित गराउन कुनै कसर वाँकी राख्ने छैनौं । यो अठोट गर्दा हामी कहाँ चुक्यौँ र किन हामीले राष्ट्रको अपेक्षा अनुसार हाम्रो देश नेपाललाई बस्न योग्य बनाउन सकिरहेका छैनौँ भनी चिन्ता मात्र होइन चिन्तन गर्न यो महासमितिवाट हामीलाई प्रेरणा मिलेको छ ।
५. कांग्रेस पार्टी आफ्नो इतिहासप्रति गौरव गर्दै वर्तमानलाई आकार दिएर भविष्यन्मूख भएरै अगाडि बढ्ने सन्देश महासमितिवाट प्राप्त भएको छ । एकातिर इतिहासप्रतिको जिम्मेवारी अर्कोतिर वर्तमान पुस्ताको समस्या सम्बोधन गर्दै भावी पुस्तालाई पार्टी विचार, मूल्य र आदर्शसंग अवगत गराउने सोच नै कांग्रेस भावना हो, विपी विचार हो भनी म बुझ्दछु । तसर्थ पार्टीको गुमेको मूल्य, पद्धति, विचार र आदर्शलाई पुर्नस्थापित गर्दै पार्टीको आन्तरिक जीवनमा कसरी पूर्नजागरण प्रवाह गर्ने भन्ने चिन्तालाई सम्पूर्ण कांग्रेसजनको सामुहिक चिन्ता मात्र होइन चिन्तन बनाएर लैजानुपर्ने आजको चुनौति छ । यसको लागि एकतावद्ध हुँदै अब अगाडि बढ्नुको विकल्प छैन । एकताका आधारहरु निर्माण गर्नुपर्ने दायित्व अझै हामी सबैको काँधमा छ । मेरो सारा प्रयत्न यसैमा छ र म चाहन्छु एकपटक इतिहासतर्फ फर्केर हाम्रा दिवगंत नेताहरुलाई साक्षी राखेर संकल्पका साथ अगाडि बढ्दा हामी एकतावद्ध भएर ठिक बाटो पहिल्याउन सक्छौँ ।
६. देशभित्र उठेका मुद्दाहरु र पार्टीलाई सुधार गर्ने विषयहरु माथि हामीले गम्भिर बहश र विचार राख्यौँ । कांग्रेसको गौरवशाली इतिहासलाई अक्षुण्य राख्न साथीहरुबाट अनेकन् सुझाबहरु पनि आए । भविष्यको कांग्रेस कस्तो हुने र कसरी अगाडि बढ्ने भन्नेबारे पनि सकारात्मक सुझावहरु आए ।
७. मैले धेरै पहिलेदेखि भन्दै आईरहेको छु । कांग्रेस आफ्नो मौलिक पहिचानबाट पर जान हुँदैन । त्यो भनेको कांग्रेसले आफ्नो मूल्य मान्यता र आदर्शप्रति अबिचलित रहेर देश र देशवासीको रुपान्तरण गर्ने हो । कांग्रेसको समर्थन क्षेत्रलाई विस्तार गर्ने हो । कांग्रेस खुम्चिनु भनेको देशमा लोकतन्त्रको बिस्तार अवरुद्ध हुनु हो । म ती साथीहरुको भावना र विचारसँग सहमत हुँदै कांग्रेस देशव्यापीरुपमा सशक्त भएर आफ्नै विचार, संगठन र कार्यकर्ताको विश्वास र भरोसामा लोकप्रियरुपमा स्थापित गर्न सकिन्छ भन्ने विचार राख्दछु । अर्थात मुख्य कुरा आम नागरिकलाई लोकतन्त्रको माध्यमवाट देशमा सुख, समृद्धि र सुशासन हुन्छ भन्ने प्रत्याभूति दिलाउनु रहेको छ । लोकतन्त्रको पर्यायवाची कांग्रेस भएकोले स्वभाविकरुपमा यो कार्यभार कांग्रेसको काँधमा आएको छ ।
यो बैठकमा ४ वटै समुहमा व्यापक छलफल भएको छ । महासमिति साथीहरुको भावनालाई प्रतिबिम्बित हुने गरी केन्द्रीय कार्यसमितिबाट परिमार्जन गरिने छ । यसै सन्दर्भमा हालको निर्वाचन प्रणालीलाई परिवर्तन गर्न सबै राजनीतिक दलहरुसँग संवादको लागी नेपाली कांग्रेसले पहल गर्ने छ ।
८. आम नागरिक आर्थिक कठिनाई, महंगी, बेरोजगारी, दण्डहिनता, भ्रष्टाचार, र कुशासनले आक्रान्त छन । निश्चय नै यस्तो कोलाहलपूर्ण अवस्थाले हामीलाई सुध्रिने र सच्चिने दबाब दिइरहेको छ भनी मैले बारम्वार भन्ने गरेको छु । कांग्रेसले इतिहासमा कैयन पटक आफुलाई नागरिक भाव अनुसार परिमार्जन र सुधार गर्दै मुलुकको आर्थिक र सामाजिक चेतनालाई सम्बोधन गरेको छ र यो पटक पनि कांग्रेसले आफु भित्रको लोकतान्त्रिक चरित्रलाई नेपाली जनतामाझ प्रस्तुत गरेको छ ।
९. तर मैले यसो भनीरहँदा विगत साढे तीन दशकको लोकतान्त्रिक समय हामीले पूणर्रुपमा खेर फालेका छौँ भनी शिर झुकाउनु पर्ने कुनै कारण छैन । यस विचमा लोकतान्त्रिक समाजवाद निर्माणको यात्रामा हामीले केही सफलता प्राप्त गरेका छौँ भनेर भन्ने आधार छन । खासगरी सामाजिक पूर्वाधारको क्षेत्रमा र नागरिकको सचेतनाको वृद्धिलाई लिएर दक्षिण एसियामा हामी खराव अवस्थामा छैनौँ ।
१०. पार्टीमा निष्ठावान, निस्वार्थ र संघर्षशिल साथीहरु ओझेलमा परे भन्ने आम गुनासो छ । पार्टीमा अवसरको न्यायोचित बितरण हाम्रो सामु चुनौतीको रुपमा खडा भएको छ । यसलाई उचित ढंगले सम्बोधन गर्दा पार्टीमा उर्जा प्रस्फुटन हुन्छ भन्ने कुरा मैले बुझेको छु ।
११. पार्टी संगठन मेशिन हो, मेशिन चलाउने कार्यकर्ताहरु पार्टीको रिडका हड्डी हुन । नेताहरु पार्टीका मूल्य, मान्यता, विचार र आदर्श वोक्ने सन्देश प्रवाह गर्ने संवाहक हुन । यि पक्षहरुको संयोजन र व्यवस्थापन गरेर अगाडि बढ्दा पार्टीको चक्का अगाडि बढ्छ । हामी जो नेतृत्व तहमा छौँ । हाम्रा विचार, व्यवहार र जीवनशैलीबाट कार्यकर्ताहरुले उर्जा र उमंग प्राप्त गर्छन । महासमितिको यो बैठकमा यसबारे साथीहरुले गम्भिरतापूर्वक आफ्नो विचारहरु प्रकट गर्नुभयो ।
अन्तमा,
आम जनतामा गम्भिररुपमा “यो देशमा केही हुँदैन” भन्ने न्यारेटिभ निर्माण भएको छ । यो निराशाको न्यारेटिभलाई चिर्न राज्य संयन्त्रमात्र पर्याप्त छैन, पार्टी संगठन व्यापकरुपमा परिचालित भई यो देशवासीको सुन्दर भविष्य निर्माण गर्ने कांग्रेस हो भन्ने अभियानमा हामी सबैै आजैबाट जुटौँ ।
महासमिति बैठकमा उपस्थित भएर आफ्नो अमुल्य मत र सहभागिता जनाउनु भएका सबैलाई म ह्रदयदेखी आभार व्यक्त गर्दछु, साथै कांग्रेस रुपान्तरणको मेरो अबिचलित यात्रा जारी छ भन्ने प्रण पनि तपाईहरु समक्ष गर्दछु । जय नेपाल ।
न्युज कारखाना
डा. शेखर कोइराला
२०८० फागुन १०
गोदावरी, ललितपुर
ललितपुर, १० फागुन ।
नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेश गरिएका चार वटा प्रस्ताव सर्वसम्मतीले पारित भएका छन्।
उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतीले पारित भएका हुन्।
महामन्त्री थापाले चार वटै प्रस्ताव पारित गरिदिन गरेको आग्रहमा महासमिति सदस्यहरूले तालि बजाएर कांग्रेस केन्द्रीय समितिले अनुमोदन गर्ने गरी चार वटै प्रस्ताव सर्वसम्मतीले पारित गरेका हुन्। यससँग महामन्त्री थापाले पेस गरेको प्रतिवेदन अनुसार आगामी निर्वाचनमा कांग्रेस एक रूपमा प्रतिस्पर्धा गर्ने भएको छ।
न्युज कारखाना
काठमाडौं, १० फागुन ।
राप्रपा नेपालले आगामी चैत्र १ गते काठमाडौंमा बृहत् जनप्रदर्शन गर्ने भएको छ ।
भ्रष्ट व्यवस्थाको अन्त्य गर्न, हिन्दुराष्ट्र र राजासंस्था स्थापना गर्न, प्रदेश संरचना खारेज गर्न,
भ्रष्टहरुलाई कानुनको कठघरामा उभ्याउन, मिटरव्याज,लघुवित्त र सहकारी पिडितको समस्या समाधान गर्न
जनआन्दोलनको तयारी गर्ने राप्रपा नेपालले निर्णय गरेको हो ।
आज काठमाडौंमा बसेको जनप्रदर्शन तयारी बैठकले चैत्र १ गतेको मिति तय गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले एक्ला-एक्लै गरिने आन्दोलन निर्णायक हुन नसक्ने भन्दै संगठन निर्माण र आन्दोलनलाई सङ्गै लैजानुपर्नेमा बिशेष जोड दिए ।
थापाले
आन्दोलनलाई निष्कर्षमा पुर्याउन बृहत् राष्ट्रबादी मोर्चा निर्माण गर्नुपर्ने आबश्यक भएको भन्दै मोर्चा निर्माण गर्न राप्रपा नेपाल इमानदारीपुर्बक निरन्तर प्रयासरत रहेको समेत बताए । आन्दोलन औपचारिकता र कर्मकाण्डीमा सिमित नभई योजनाबद्ध र निरन्तर जारी रहने निर्णायक आन्दोलन आजको आबश्यकता भएको थापाको भनाई थियो ।
बैठकमा उपत्यका भित्रका नगर, क्षेत्र, जिल्ला अध्यक्षहरु तथा केन्द्रीय पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो । जनप्रदर्शनको क्रममा उपत्यका भित्रमा क्षेत्रीय भेला, कोणसभाहरु गर्ने समेत निर्णय भएको छ ।
न्युज कारखाना
काठमाडौं, १० फागुन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हिन्दुराष्ट्रको मागसहित १ हजार ६१ जनाको हस्ताक्षर बुझाइएको छ ।
ललितपुरको गोदावरीमा चलेको महासमिति बैठकको समापन कार्यक्रम चलिरहँदा बिहीबार कांग्रेस नेता तथा वैदिक सनातन हिन्दुराष्ट्र स्थापना अभियानका संयोजक शंकर भण्डारीले हिन्दुराष्ट्रसहितको माग गर्दै १ हजार ६१ जनाको हस्ताक्षर सभापति देउवालाई बुझाएका हुन् ।
गत सोमबारबाट चलेको महासमिति बैठकमा पहिलो दिनदेखि नै हस्ताक्षर संकलन अभियान सुरु गरेका थिए । उक्त अभियानमा सहभागी हुँदै पूर्वमहामन्त्री डा.शंशाक कोइरालासहित ४२ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् ।
तर, बैठकको समापनका बेला हस्ताक्षर बुझाइए पनि चार दिन चलेको बैठकको एजेण्डाको रुपमा छलफल भने भएन ।
न्युज कारखाना
काठमाडौं, १० फागुन ।
गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेर सरकारी र सार्वजनिक जग्गा मिच्नेलाई कारबाही गर्न निर्देशन दिएको छ ।
गृहमन्त्रालयले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर सम्पूर्ण सार्वजनिक तथा सरकारी जग्गाको विवरण पठाउन र कुनै संघ संस्था वा व्यक्तिले मिचेर भोग चलन गरेको भए कारबाही गर्न पनि निर्देशन दिएको हो ।
बुधबार पत्राचार गरेर गृहमन्त्रालयले कसैले सार्वजनिक तथा सरकारी जग्गा मिचेको वा गलत प्रयोग गरेको भेटिएमा सम्बन्धितउपर कारबाही अघि बढाउन निर्देशन दिएको हो ।
सार्वजनिक एवं सरकारी स्वामित्व रहेको ऐलानी, सन्धिसर्पन, गौचरन, घाट जस्ता जग्गाहरू कानुनविपरीत कसैले आफ्नो नाममा दर्ता गरेको वा खास उद्देश्य वा प्रयोजनका लागि कुनै संस्थाको भोगचलन वा नियन्त्रणमा रहने गरी सुम्पेको वा जिम्मा दिएका सार्वजनिक र सरकारी जग्गाहरु बलजफ्ती अतिक्रमण वा कब्जा गरी निजी रुपमा दर्ता गरेको, दाखिल खारेज वा चलन चलाई हक हस्तान्तरण गरेको, लामो समयसम्म नियन्त्रण बाहिर रहने गरी लिजमा दिएको वा उद्देश्यविपरीत निजी कायम गरी गराई दुरुपयोग गरेको पाइएमा त्यस्तो कार्य गर्ने व्यक्तिलाई कानुनबमोजिम कारबाही गर्न,’ गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिको पूर्णपाठ :
नेपाल सरकारको स्वामित्वमा रहेका र नेपाल सरकारको स्वीकृतिले कुनै सार्वजनिक संस्था (प्रचलित कानून बमोजिम स्थापना भएका प्रतिष्ठान, बोर्ड, प्राधिकरण, संस्थान, विकास समिति, विश्वविद्यालय, विद्यालय, स्वास्थ्य संस्था, कम्पनी वा अन्य सार्वजनिक वा गैरसरकारी संस्था) लाई उपयोग गर्ने गरी उपलब्ध गराइएका सरकारी र सार्वजनिक जग्गा देशभर रहेका छन्।
सरकारी वा सार्वजनिक वा निश्चित प्रयोजनका लागि उपयोग गर्न दिइएका जग्गा गैरकानुनी वा अनधिकृत रुपमा दर्ता वा दाखिल खारेज गरी अतिक्रमण वा कब्जा गरेको एवं तोकिएको उद्देश्य भन्दा फरक प्रयोजनका लागि प्रयोग भएका विभिन्न घटनाबाट देखिएका छन् । त्यसरी अतिक्रमण वा कब्जा भएका जग्गा फिर्ता ल्याउने तथा गैर कानुनी रुपमा जग्गा अतिक्रमण वा कब्जा गर्ने व्यक्तिलाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने कार्यलाई सरकारले प्राथमिकता साथ अघि बढाएको सर्वविदितै छ।
यस सन्दर्भमा कसैको निजी हक दर्ता भोगचलनमा रहेको बाहेकको सार्वजनिक एवं सरकारी स्वामित्व रहेको ऐलानी, सन्धिसर्पन, गौचरन, घाट आदी जग्गाहरु कानुन विपरीत कसैले आफ्नो नाममा दर्ता गरेको वा खास उद्देश्य वा प्रयोजनका लागि कुनै संस्थाको भोगचलन वा नियन्त्रणमा रहने गरी सुम्पेको वा जिम्मा दिएका सार्वजनिक र सरकारी जग्गाहरु बलजफ्ती अतिक्रमण वा कब्जा गरी निजी रुपमा दर्ता गरेको, दाखिल खारेज वा चलन चलाई हक हस्तान्तरण गरेको, लामो समयसम्म नियन्त्रण बाहिर रहने गरी लिजमा दिएको वा उद्देश्य विपरीत निजी कायम गरी गराई दुरुपयोग गरेको पाइएमा त्यस्तो कार्य गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरी पूर्ववत सरकारी, सार्वजनिक, सन्धिसर्पन, ऐलानी आदि रुपमा कायम गर्ने प्रयोजनका लागि सो सम्बन्धी सत्य तथ्य सूचना सहितको विवरण संकलन गरी गृह मन्त्रालयमा पठाउन र त्यस्तो कार्य गर्ने उपर प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउनका लागि सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ ।
माथि उल्लेख भए बमोजिम सरकारी वा सार्वजनिक जग्गा दुरुपयोग गरी दर्ता स्रेष्ता कायम गर्ने गरी निर्णय गरेको र सो को आधारमा दाखिल खारेज गरेको वा हक स्वामित्व कायम गरेको वा त्यसरी कायम भएको स्वामित्वबाट बिक्री वितरण गरेको, समय तोकी वा नतोकी भोगाधिकार सृजना गरेको, धितो बन्धक राखेको आदि जुनसुकै प्रकारको गैर कानुनी काम कारबाही सम्बन्धी आफूसँग भएको सूचना वा प्रमाण सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा जानकारी दिनुहुन सम्बन्धित सबैमा अनुरोध छ।न्युज कारखाना
नारायण प्रसाद भट्टराई
सहसचिव/प्रवक्ता
काठमाडौं, १० फागुन ।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ‘फटाहा’ भनेपछि सत्तारुढ दलका सांसदहरुले नियमापत्ति गरेका छन् ।
बिहीबार बसेको बैठकमा राप्रपाकी सांसद रोशन कार्कीले प्रधानमन्त्री प्रचण्डलाई ब्यङ्ग्य गर्दै प्रधानमन्त्रीसँग ‘फटाहा बोल्ने गुण थपिएर आएछ’ भनेपछि सत्तारुढ दल कांग्रेसकी सचेतक सुशीला थिङले नियमापत्ति गरिन् ।
‘प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ को घ बमोजिम निमापत्ति गर्न चाहन्छु । सम्माननीय प्रधानमन्त्रीलाई यही सदनमा फटाहा भन्ने शब्द चयन भयो । तयसकारण यो शब्द अश्विल भएकाले नियमापत्ति जनाएको छु’ कांग्रेस सचेतक थिङले भनिन् ।
सांसद थिङले गरेको नियमापत्तिप्रति सभामुख देवराज घिमिरेले आफ्नो ध्यानाकर्षण भएको बताए । न्युज कारखाना
काठमाडौं, फागुन १० ।
ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा पहिलोपटक इन्जिनियरहरुका मुद्दाले स्थान पाएको छ।
महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माको सांगठनिक र समसायिक प्रस्तावमा शुभेच्छुक संस्था र विकास निर्माण कार्यहर तीन सिफ्टमा सञ्चालन गर्ने भन्ने दफाहरु उपर छलफल गर्ने क्रममा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) बाट प्रतिनिधत्व गर्ने महासमिति सदस्य इ.प्रकाश केसीले आफ्नो प्रस्तावहरु राखेका हुन् ।

उनले इन्जिनियरिङ क्षेत्रका सम्बन्धमा इन्जिनियरहरको क्षमता अभिबृद्दिका लागि इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्नुपर्ने, निजी तथा गैर सरकारी क्षेत्रमा कार्यरत इन्जिनियर र आर्किटेक्टहरुको न्युनतम पारिश्रमिकमा एकरुपता कायम गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय मापदण्डलाई ध्यानमा राखी राज्यस्तरबाट नै नयुनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने प्रस्तावहरु राखेका छन्।

त्यस्तै, योजना आयोग ,अर्थमन्त्रालय जस्ता महत्वपूर्ण निकायहरुमा अनिवार्य रुपमा इन्जिनियरकै नेत्रत्वमा छुट्टै प्राविधिक शाखा स्थापना गर्नुपर्ने, स्थानिय सरकारका कार्यकारी अधिकृत इन्जिनियर राख्नुपर्ने र नेपाली कांग्रेसमा र पार्टीबाट प्रतिनिधत्व गर्ने हरेक निकायहरुमा २० प्रतिशत पेशागत क्षेत्रबाट बैधानिक व्यवस्था गर्नुपर्ने प्रस्तावहरु महासमिति बैठकमा राखिएको छ ।न्युज कारखाना
काठमाडौं, १० फागुन ।
केपी ओलीलाई गद्दार भनेर अभिव्यक्ति दिएका आम जनता पार्टीका कुन्दन कुशवाह पुनः एमाले पार्टी प्रवेश गरेका छन्। आम जनता पार्टीका उपमहासचिव कुन्दन कुशवाहा एमाले प्रवेश गरेका हुन्।
ललितपुरको च्यासलस्थित एमाले पार्टीको केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको बैठकलाई केहीबेर राेकेर आयाेजित पार्टी प्रवेश कार्यक्रममा कुशवाहालगायत आम जनता पार्टीका केन्द्रीय सदस्य अरविन्द कुमार यादव, सञ्जय कुमार शाहसँगै सरफलाल महतो, दीपक कुमार दुबे र सुरेन्द्र प्रसाद चौधरी नेकपा एमाले प्रवेश गरेका हुन्।
केही दिनअघि मात्र आम जनता पार्टीको केन्द्रीय उपमहासचिव पदमा निर्वाचित कुश्वाह यसअघि नेकपा एमालेको मधेस प्रदेश सदस्य रहेका थिए। गत प्रतिनिधिसभाको चुनावमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य रहेका प्रभु साहसहित पार्टी जिल्ला अध्यक्ष त्रिभुवन साह, कुन्दन कुशवाह लगाएतले केपी शर्मा ओलिलाई गद्दार भन्दै एमालेलाई चुनावको मुखमा धोका दिएर स्वतन्त्र उमेदवारी दिएका थिए ।न्युज कारखाना
काठमाडौं, १० माघ ।
नेकपा एमालेले तीनजना मन्त्रीको राजिनामा माग गरेका छन ।
हाल गठबन्धनको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरु बिभिन्न काण्डमा मुछिएको भन्दै एमालेले तीनजना मन्त्रीको माग गरेको हो ।
प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले स्वास्थ्यमन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र पर्यटन मन्त्री सुदन किरातीको माग गरेका हुन ।
लुम्बिनी विकास कोषका ल्हारक्याल लामालाई उपाध्यक्ष नियुक्ती गरेर अवैधानिक काम गर्न दिएको र त्यसमा पर्यटनमन्त्री किँरातीको संलग्नता रहेको पन्तले बताएका छन ।
यस्तै बालकुमारी घटनामा छानविन समितिले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र अख्तियारमा बयान दिएर आएका स्वास्थ्य मन्त्री बस्नेतलाइ सरकारबाट हटाउन उनले माग गरेका छन् ।न्युज कारखाना
काठमाडौं, १० फागुन ।
प्रतिनिधिसभाको बैठक बस्दैँछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ, बैठक बिहान ११ बजे बोलाइएको छ ।
सङघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सांसद प्रेम सुवालले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्नेछन ।
उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची रहेको महासचिव पदमप्रसाद पाण्डेयद्दारा जारी गरिएको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।न्युज कारखाना
काठमाडौं, १० माघ ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैँछ ।
बालकुमारीस्थित पार्टी केन्द्रिय कार्यालयमा सो बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।
पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न उक्त बैठक बोलाइएको जसपा नेपालले जनाएको छ । जसअनुसार आजको बैठकबाट जिम्मेवारी नपाएका केन्द्रीय नेताहरूलाई जिम्मेवारी दिइने जनाइएको छ ।न्युज कारखाना
काठमाडौं, १० फागुन ।
नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक जारी रहेको छ ।
च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा जारी केन्द्रिय समितिको सातौँ पूर्ण बैठकमा प्रस्तुत अवधारणा र कार्य योजना माथि आज टोली प्रमुखले आ आफ्नो राय दिने छन ।
जारी बैठकमा प्रस्तुत अवधारणा माथी छलफल गरी निचोडमा पुर्याउनका लागि एमालले सात प्रदेशका सात र उपत्यका तथा सम्पर्क विशेष, जनसङ्गठन, प्रवासको एक गरी नौवटा समूह विभाजन गरी सामुहिक छलफल गरिरहेको छ ।
बैठकमा पार्टीको शुद्धीकरण र सुदृढीकरण सम्बन्धमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्त र जन आधारित कार्यकर्ता पार्टीको सम्बन्धमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पार्टीको सङ्गठनात्मक बिषयमा महासचिव शङ्कर पोखरेल र जनसरोकार जनदबाब सम्बन्धमा उपमहासचिव प्रदीपकुमार ज्ञवालीले हिजो कार्ययोजना प्रस्तुत गरेका थिए, जसमा नौ समुहमा बिभाजन गरी छलफल गरिएको हो ।
साेही समुहले अाज प्रतिवेदनकाे निचाेड सुनाउने भएकाे हाे । न्युज कारखाना
काठमाडौं, १० फागुन ।
नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहने छ ।
गत सोमवार देखी सुरू भएको महासमिति बैठकमा गत मंगलबार प्रस्तुत गरिएका पाँचवटा प्रतिवेदनमाथी हिजो समुहगत छलफल सकिए पछि आज सभापति शेरबहादुर देउवासहितले जवाफ दिनेछन ।
गोदावरी, ललिलपुरमा जारी महासमिति बैठक सभापति देउवाको जवाफसहित आजै सम्पन्न हुने प्रचार बिभाग प्रमुख मिन बिश्वकर्माले जानकारी दिए । उनका अनुसार हिजाको समुहगत छलफल पछि तीन ठाउँवाट सुझाव संकलन गरिएको थियो । जसअनुसार गोदावरी हलमा ११० जना, विशंखुनारायण हलमा ९५ जना र अर्को थप हलमा ९० जना सदस्यहरूले सुझाव दिएका छन । सो सुझावको आज सभापति देउवा, उपसभापति पुर्णबहादुर खडका र महामन्त्री गगन थापालगायतले जवाफ दिने कार्यक्रम रहेको छ ।
महासमिति बैठक दोस्रो दिन पाँच वटा प्रतिवेदन पेश गरिएको थियो । जसअनुसार उपसभापति तथा उपप्रधान तथा रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका थिए भने महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयीक राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।
पार्टी प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, संभावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन पेश गरे पछि बिभिन्न समुह बनाइ छलफल गरिएको थियो ।
हरेक सदस्यलाइ ५ मिनेट समयमा धारणा राख्न दिइएको थियो । जसकाे जवाफ दिएर महासमिति बैठक समापन गरिने भएकाे छ ।न्युज कारखाना
काठमाडौं १० फागुन ।
सर्वोच्च अदालतले राजनीतिमा आरक्षणको माग गर्दै दायर रिटलाई अग्राधिकार दिएको छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको पहुँच नै स्थापित हुन नसक्ने निर्वाचन पद्धतिले अन्यायमा परेको भन्दै दायर रिटलाई अग्राधिकार दिइएको सर्वोच्च प्रशासनले जनाएको छ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारका लागि स्थापना भएको मायाको पहिचान नेपालका अध्यक्ष माया गुरुङ्ग समेत पाँच जनाले दायर गरेको रिट चाँडो टुङ्गो लगाउनु पर्ने प्रकृतिको देखिदा अग्राधिकार प्रदान गरिएको अदालतले जनाएको छ। न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले दिएको आदेशमा लेखिएको छ,‘प्रस्तुत निवेदनको विषयवस्तु हेर्दा चाँडो टुङ्गो लगाउनु पर्ने प्रकृतिको देखिँदा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ७३ बमोजिम अग्राधिकार प्रदान गरिदिएको छ।

नियमानुसार पेस गर्नु।’ इजलासले म्याद सूचना तामेल भएका मितिले बाटाका म्याद बाहेक १५ दिनभित्र विपक्षीहरूले महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको छ। ‘यसमा के कसो भएको होरु निवेदनको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने होरु माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सबुद, प्रमाण सहित म्याद सूचना तामेल भएका मितिले बाटाका म्याद बाहेक १५ दिनभित्र विपक्षीहरूले महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नुहोला भनी आदेश र निवेदनको प्रतिलिपि साथै राखी विपक्षीहरूका नाममा म्याद सूचना जारी गरी रितपूर्वक तामेल गराई लिखित जवाफ परे वा अवधि व्यतित भएपछि नियमानुसार पेस गर्नुहोला’आदेशमा लेखिएको छ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय सम्बन्धी नेपालमा विद्यमान कानुनहरू संशोधन गर्ने अभियानको एउटा महत्त्वपूर्ण ऋखंला अनुसार विभेदकारी निर्वाचन ऐन विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको मायाको पहिचान नेपालका कार्यकारी निर्देशक एवं पहिलो संविधान सभा सदस्य सुनिलबाबु पन्तले बताए। सूचीकृत अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायलाई आरक्षण दिए जस्तै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पनि राजनीतिमा आरक्षणको माग गरेको उनले बताए। संविधान लागु भएको आठ वर्ष बितिसक्दा समेत यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबाट, सङ्घीय संसद्, प्रदेश सभा समेतमा उपस्थिति नै शून्य रहेको छ।
मायाको पहिचान नेपालका अध्यक्ष माया, उपाध्यक्ष देवेन्द्रबहादुर खत्री ९मधु०, सचिव सुरेन्द्र पाण्डेसहित पाँच जनाले गत बुधवार सर्वोच्च अदालत परमादेश समेत माग गरेर रिट दायर गरेका थिए। रिटमा शुक्रवार सुनुवाइ भएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सङ्घीय संसद् सचिवालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र निर्वाचन आयोगलाई विपक्षी बनाइएको रिटमा राज्यका विभिन्न तहको निर्वाचन मार्फत जनप्रतिनिधिको हैसियतमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समूहको प्रतिनिधित्व हुन नसकेको उल्लेख गरिएको छ।
काठमाडौं, ९ फागुन ।
नेपाली कांग्रेसको महासमिति बैठकको तेस्रो दिन नेताहरूले राखेका पाँचवटा प्रतिवेदनमाथि समूहगत छलफल भएको छ।
नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले मंगलबार प्रस्तुत भएका प्रतिवेदनमाथि महासमिति सदस्यहरूले समूह बनाएर छलफल गरेको जानकारी दिए।
बुधबार बन्दसत्रमा धारणा राख्न नपाएका महासमिति सदस्यहरूले बिहीबार धारणा राख्ने छन्। बिहीबार बिहान ८:३० बजेदेखि सबै महासमिति सदस्यहरू एउटै हलमा रहनेछन्।
सातै प्रदेशमा सभापतिहरूले समूहबाट निस्केको निषर्क राख्नेछन्। दिउँसो साढे २ बजेदेखि महासमिति बैठकको समापन समारोह हुने उनको भनाइ छ।न्युज कारखाना
काठमाडौं, ९ फागुन।
संघीय संसद र प्रदेश सभा तथा सचिवालयबीच अन्तर—व्यवस्थापिका अनुभव आदान प्रदान एवं अन्तरक्रिया कार्यक्रम ११ बुँदे सौराहा घोषणापत्र जारी गर्दै सकिएको छ ।
संघीय संसद र प्रदेश सभाबीच नियमितजसो हुँदै आएको अनुभव आदान प्रदान कार्यक्रमको आठौं संस्करण सौराहामा बुधबार सकिएको छ । मंगलबारदेखि सुरु भएको कार्यक्रम ११ बुँदे सौराहा घोषणापत्र जारी गर्दै सकिएको छ ।
अबदेखिको कार्यक्रम ‘अन्तर–व्यवस्थापिका मञ्च, नेपाल’ का नाममा हुने र यो मञ्च लुच फोरमका रुपमा रहने बताइएको छ । आगामी दिनमा मञ्चका भेला तथा कार्यक्रम लागत साझेदारीमा गर्ने प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रस्ताव पारित भएको छ ।
सभामुख घिमिरेको अध्यक्षतामा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्याल, प्रदेश सभाका सभामुख र उपसभामुखहरुबीच संसदीय अभ्यास, सभा तथा समिति सञ्चालन एवं आपसी समन्वय र सहकार्यका विषयमा अनुभव आदान प्रदान गर्ने, विगतमा भएका कार्यक्रमहरुको समीक्षा गर्दै आगामी दिनमा आपसी सम्बन्धलाई थप सुदृढ एवं परिणाममुखी बनाउन भन्दै ११ बुँदे सौराह घोषणाप्रति साझा प्रतिवद्धता जनाएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
सौराहा घोषणापत्रको यी हुन् ११ बुँदा
१. सरकारको तर्फबाट अधिवेशनमा उपलव्ध गराउन सक्ने विधेयक, सन्धी सम्झौता लगायत प्रस्तावहरुका सम्वन्धमा अधिवेशन आव्हानपूर्व सरकारले सभाध्यक्षलाई जानकारी गराउने पद्धतिको विकास गर्दै सभाका कामकारवाहीलाई व्यवस्थित गर्न कार्यतालिका निर्माण गर्दा विधि निर्माणको कार्यभार, निगरानीको पक्ष र जनप्रतिनिधित्वको पक्षमा आधारित हुने गरी संभावित कार्यतालिका बनाई कार्यान्वयनमा ल्याउने ।
२. सरकारले सभा तथा समितिमा दिने आश्वासन, सरकार प्रमुखबाट लिखित तथा मौखिक प्रश्नोत्तर कार्यक्रममा दिने जवाफको कार्यान्वयनका सम्वन्धमा संसदीय परीक्षण गर्ने र संसदप्रति सरकारको जवाफदेहिता अभिवृद्धि गर्ने कार्यमा संघीय संसद र प्रदेश सभाहरुले प्रभावकारीरुपले कार्य गर्ने । विधि निर्माणमा सरोकारवाला एवम् नागरिक सहभागिता सुनिश्चित गर्न आ–आफ्नो सचिवालयहरुलाई परिचालन गर्ने ।
३. सभा सञ्चालनको क्रममा सभाध्यक्षबाट हुने आदेश÷निर्देश (रुलिंग) नियमकैरुपमा पालना गर्नु पर्ने हुन्छ । सरकारको ध्यानाकर्षण गराईने आदेश÷निर्देशहरुको कडाइकासाथ परिपालनाको प्रवन्ध गर्ने ।
४. सरकारले सभामा पेश गर्ने नीति तथा कार्यक्रम, सिद्धान्त र प्राथमिकता एवम् संसदबाट अनुमोदित बजेट, बजेटको खर्च समेतका सम्बन्धमा अध्ययन विश्लेषण गरी संसद सदस्यहरुलाई अनुसन्धानात्मक सेवा पुर्याउन संसदीय बजेटरी कार्यालय स्थापना गर्ने कार्य संघीय संसद र प्रदेश सभाहरुले सुरुवात गर्न पहल गर्ने ।
५. संसदबाट पारित ऐनहरुको कार्यान्वयन अवस्थाको अध्ययन गर्ने कार्य संघीय संसद र प्रदेश सभाहरुले अघि बढाउने र प्रत्यायोजित व्यवस्थापनलाई व्यवस्थित गर्ने गराउने । ऐन कानून मापनको मापदण्ड सम्बन्धी गृहकार्य संघीय संसद सचिवालयको अनुभवको आधारमा प्रदेश सभा सम्पर्क तथा समन्वय शाखाले गर्ने ।
६. संघीयता कार्यान्वयनका सन्दर्भमा संघ र प्रदेश सभा बीच आपसी सहकार्य गर्ने, विधायिकी प्रक्रियामा एकरुपता कायम गर्ने र दुवै तहका सभाबाट निर्माण गरिएका कानूनहरु परस्परमा उपलव्ध गराउने ।
७. सभाको वैठक सञ्चालन एवम् संघ, प्रदेश र स्थानीय सभाका समितिहरुको कामकारवाहीलाई व्यवस्थित गर्न आपसी छलफल, अनुभव आदान प्रदान एवं सहकार्य गर्ने पद्धतिको विकास गर्दै त्यसमा संलग्न पदाधिकारी तथा कर्मचारीहरुको अनुभव आदानप्रदान र अध्ययन भ्रमण जस्ता कार्यलाई प्रोत्साहित गर्ने ।
८. संघीय संसद र प्रदेश सभाहरुबीच पारस्परिक सिकाइ, आपसी सम्वन्धलाई थप सुदृढ र प्रभावकारी बनाउन संसद सेवालाई विशिष्टिकृत सेवाको रुपमा प्रदेश सभासम्म विस्तार गर्ने, संघीय संसद र प्रदेश सभा सचिवालयमा कार्यरत जनशक्तिलाई एउटै संसद सेवा अन्तर्गत रहने गरि व्यवस्थापन गर्न पहल गर्ने ।
९. आवश्यक बजेटको अभावमा संघीय संसद एवं प्रदेश सभा, समिति एवं सचिवालयबाट प्रभावकारी कार्य सम्पादन हुन नसक्ने भएकोले सरकारले बजेटको सीमा नतोकी सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिवाट तयार भएको बजेटलाई विनियोजन विधेयकमा समावेश गर्ने व्यवस्था मिलाउन नेपाल सरकार र प्रदेश सरकार समक्ष गम्भीररुपले पहल गर्ने ।
१०. संघीय संसद र प्रदेश सभा तथा सचिवालयहरुवीच अन्तरक्रिया कार्यक्रम उपलव्धीमूलक भएकोले यसलाई नियमित रुपमा छलफल र भेटघाटको माध्यम बनाउन “अन्तर–व्यवस्थापिका मञ्च, नेपाल” कारुपमा व्यवस्थित गरी नियमितरुपमा लागत साझेदारीमा गर्नेगरी आवश्यक व्यवस्था गर्न सचिवालयहरुलाई परिचालन गर्ने । यस सम्वन्धी समन्वय संघीय संसद सचिवालयकोे प्रदेश सभा सम्पर्क तथा समन्वय शाखाले गर्ने ।
११. संघीय संसद र प्रदेशसभाका माननीय सदस्यहरुले कुटनितिक राहदानी प्राप्त गर्न झण्झटिलो प्रक्रिया भएको कारण समस्या भोगिरहनु परेको हुँदा सहजीकरणका लागि सम्वन्धीत निकायको ध्यानाकर्षण गराउने ।न्युज कारखाना
काठमाडौं, ९ फागुन ।
राप्रपाले सरकारसँग ४० बुँदे माग राख्दै आन्दोलन सुरू गरेको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष ४० बुँदे मागसहितको ज्ञापनपत्र बुझाएर आन्दोलन सुरू गरेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति लगायत राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न ४० बुँदे माग राखी आज काठमाडौंमा प्रधानमन्त्रीलाई र सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाएको छ,’ उनले भने ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री प्रचण्डलाई ४० बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउन अध्यक्ष लिङ्देन, पूर्वअध्यक्षद्वय पशुपति शमसेर जबरा तथा निर्देशन समिति अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्षहरु बुद्धिमान तामाङ्, विक्रम पाण्डे, ध्रुबबहादुर प्रधान, रवीन्द्र मिश्र, उपाध्यक्षहरु मुकुन्दश्याम गिरी, हेमजङ् गुरुङ, महामन्त्री डा. धवलशमसेर राणा, कार्यसम्पादन समिति सदस्य, पूर्वाधार समितिका सभापति दिपकबहादुर सिंह, मूख्य सचिव केदार बहादुर अधिकारी प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका थिए ।

मागपत्र बुझाउँदै आन्दोलनको सुरुआत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
न्युज कारखाना

काठमाडौं, ९ फागुन ।
विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका लघुवित्तपीडितरूले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् ।
देशका विभिन्न जिल्लाबाट हिँडेर काठमाडौं आइपुगेका उनीहरुले गभर्नर अधिकारीको राजीनामा मागेका हुन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास क्षेत्र बालुवाटार पुगेका उनीहरुले गभर्नरको राजीनामा माग्दै प्रदर्शन गरेका हुन् ।
साथै उनीहरुले लघुवित्तले दिएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूचीमा परेकाको धितो फुकुवा गर्नुपर्ने, वित्तीय अपराध बन्द गर्नुपर्ने, सामन्तीका रूपमा रहेको लघुवित्त र वित्तीय संस्था खारेज गर्न, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने, आमगरिब किसानलाई निःशुल्क ऋणको व्यवस्था गर्नुपर्ने लगायतका माग गरेका छन् । न्युज कारखाना
काठमाडौं, ९ फागुन।
नेपाली कांग्रेसको महासमितिको बैठकका लागि नेपाली जनसम्पर्क समिति वेलायतले ६ जना महासमिति सदस्य चयन गरेको छ ।
नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशनबाट चयन भएका १४ महाधिवेशन प्रधिनिधिमध्येबाट सभापतिसहित ६ जना महासमिति सदस्यमा चयन भएका हुन् । जनसम्पर्क समितिका सभापति युवराज गुरुङका अनुसार २६ जनवरीमा बसेको महासमितिको बैठकले गुरुङसहित बिनोद मोक्तान, इन्द्रहाङ लिङदेन, कोपिला सुब्बा, कुमारी गुरुङ र केश वहादुर गुरुङ महासमिति सदस्यमा चयन गरेको हो ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिलाई सम्बोधन गर्दै सभापति गुरुङले नेपाली जनसम्पर्क समिति वेलायतको पाचौं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्दै समितिको बिधानत महासमिति सदस्य चयन गरेको जानकारी गराएका छन् ।
काठमाडौँ, ९ फागुन।
लघुवित्त र सहकारी पीडितहरूका प्रतिनिधिहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सिंहदरबार बोलाएर छलफल गरेका छन्। लघुवित्त र सहकारी क्षेत्रमा देखापरेका समस्या सम्बोधनको क्रममा प्रधानमन्त्री आफैँले उनीहरूका प्रतिनिधि सिंहदरबार बोलाएर छलफल गरेका हुन् ।
छलफलमा पीडित पक्षका प्रतिनिधिहरूले सहकारी र लघुवित्तका समस्या सम्बोधनका लागि सरकारको तर्फबाट भइरहेको पहलका निम्ति धन्यवाद दिँदै छिटो समस्या समाधानका निम्ति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

छलफलमा प्रधानमन्त्रीले लघुवित्त र सहकारी क्षेत्रले विगतमा ग्रामीण तथा बिपन्न वर्गका नागरिकका लागि कर्जा प्रवाह र व्यवसाय सञ्चालनमा सहयोग गरेको भए पनि पछिल्लोसमय यो क्षेत्र संकटग्रस्त हुँदै गएको बताउँदै सरकारले समस्या समाधानका लागि आवश्यक पहल गरिरहेको बताए ।
प्रधानमन्त्रीले भने, “विगतमा ग्रामीण र बिपन्न वर्गका नागरिकको सेवा प्रवाहमा यो क्षेत्रले राम्रो काम गर्दै आएको हो। तर, पछिल्लोसमय यो ठूलो समस्यामा फस्दै गएको छ। यसमा कतिपय परिस्थितिजन्य अप्ठ्याराहरू र कतिपय सञ्चालकहरूको बेइमानी जिम्मेवार रहेको बताउँदै सोहीबमोजिम समस्या समाधानमा पुगिने बताउनुभयो।”

लघुवित्त र सहकारी क्षेत्रको समस्या चक्रब्यूहका रूपमा विकसित जानसक्नेतर्फ सचेत गराउँदै प्रधानमन्त्रीले जिम्मेवारीपूर्वक समस्या समाधानको पहल गर्नु सबैको साझा जिम्मेवारी भएको बताए ।
प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री कार्यालयका अधिकारीहरू र नेपाल राष्ट्रबैंकसँग कुरा गरेर समस्या समाधान गरिने जानकारी दिए ।न्युज कारखाना
ललितपुर, ९ फागुन ।
नेपाली काँग्रेसको जारी महासमिति बैठकमा आज तेस्रो दिन चार समूहमा विभाजन गरेर पाँच प्रतिवेदनमाथि छलफल भइरहेको छ ।
समूहगत छलफलमा सहभागीहरुले मंगलबार प्रस्तुत प्रतिवेदनमाथि सुझाव तथा धारणा राखिरहेका छन । आफ्ना सुझाव तथा धारणा राख्न एक सहभागीलाई पाँच मिनेटको समय तोकिएको छ ।
सम्मेलन केन्द्रको मुख्य हल गोदावरी हलमा कोशी र सुदुरपश्चिम प्रदेश, कोन्ज्योसोम हलमा लुम्बिनी प्रदेश, भातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरु, फूलचोकी हलमा बागमती र गण्डकी प्रदेश र विशंखुनारायण हलमा मधेश र कर्णाली प्रदेशको समूहगत छलफल भैरहेको छ ।
कांग्रेसको महासमिति बैठक फागुन १० गते विहिबारसम्म सञ्चालन हुनेछ ।
समूहगत छलफलमा आज सबै सहभागीहरुले धारणा राख्नुहुने व्यवस्था मिलाइएको प्रचारप्रसार उपसमिति संयोजक मीन विश्वकर्माले जानकारी दिए ।
‘हामीले महासमिति बैठकमा सहभागी सबै सदस्यहरुको धारणा लिन आवश्यक समयको व्यवस्थापन गरेका छौं, सबै सदस्यहरुले आफ्ना धारणा तथा सुझावहरु राख्न पाउने छन,’ उनले भने । न्युज कारखाना
काठमाडौं, ९ फागुन ।
परराष्ट्रमन्त्री नारायण प्रकाश साउद आज नयाँदिल्ली जाँदैछन् ।
बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन परराष्ट्र मन्त्री साउँद आज नयाँदिल्ली जान लागेका हुन ।
परराष्ट्र मन्त्री साउदले यही फागुन ११ गते शुक्रबार हुने फोरमको बिशेष कार्यक्रमला सम्बोधन गर्ने छन् ।
रायसिना संवाद एक बहुपक्षीय मञ्च हो, जसलाई ‘अब्जर्भर रिसर्च फाउन्डेसन’ले भारत सरकारको विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजनामा सो सम्मेलन गर्दै आएको छ ।न्युज कारखाना
राैतहट,०८ गते फागुन ।
पुर्व उपप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले रौतहट स्थित एक साइकल दौड प्रतियोगिताको उद्घाटन गरेका छन । राजदेवी मिडिया सेन्टरले रौतहटको सदरमुकाम गौरमा मंगलबार आयोजना गरेको एघारौं जिल्ला स्तरीय महिला साइकल दौड प्रतियोगिताको जसपा अध्यक्ष यादवले रिवन काटेर उद्घाटन गरेका थियो ।

एकदिने साइकलदौड प्रतियोगिताको उद्घाटन गर्न रौतहट आएका बारा क्षेत्र नम्बर २ का सान्सदसमेत जसपा अध्यक्ष यादवलाई पार्टीका नेता कार्यकर्ताहरुले भव्य स्वागत गरेका थिए । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजदेवी मिडिया सेन्टरले प्रत्येक वर्ष महिला साइकल दौड प्रतियोगिताको आयोजना गर्दै आएका छन ।

जिल्लाको विभिन्न विद्यालयका १ सय ४० जना किशोरीहरुले प्रतियोगितामा भाग लिएको थिए । प्रतियोगितामा चन्चल कुमारी कुशवाहा प्रथम,रानी कुमारी यादव दृतिय र बबिता कुमारी सहनी तृतीय स्थान हासिल गरेकी छन । प्रथम हुनेलाई नगद ५० हजार दृतिय लाई ३० हजार र तृतीयलाई २० हजार नगदसहित मेडल, कप र शिल्डसहितको पुरस्कार प्रदान गरिएको राजदेवी मिडिया सेन्टरका अध्यक्ष रामपुकार राउतले जानकारी दिएका छन।
बिजेताहरुलाई जसपा अध्यक्ष यादवले उक्त पुरस्कार प्रदान गरेका थिए । सो कार्यक्रममा जसपाका कार्यकारिणी सदस्य गोबिन्द चौधरी राष्ट्रिय सभा सदस्य पुजा चौधरी, जसपाका केन्द्रिय सदस्य एवम् मधेस प्रदेशका पुर्व राज्यमन्त्री योगेन्द्र यादव मधेस प्रदेशका उर्जा सिचाइ तथा खानेपानी राज्यमन्त्री शेख फुलबाबु, प्रादेशिक अस्पताल गौरका अध्यक्ष मोहम्मद अनवर हाशमी लगाएतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
काठमाडौं, ९ फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आज सरकारलाइ ज्ञापन पत्र बुझाउँदैछ ।
संबैधानिक राजतन्त्र, हिन्दु राष्ट्र र संङघीयता खारेजीको माग गर्दै राप्रपाले आज सरकारलाइ ज्ञापन पत्र बुझाउन लागेको हो ।
राप्रपा प्रचार बिभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालसहित देशका सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई विभिन्न माग सहितको ज्ञापनपत्र बुझाउॅन लागेको हो ।
राप्रपाले सरकारलाइ आफना माग राख्दै चरणबद्द आन्दोलनको तयारीमा रहेको छ । न्युज कारखाना
काठमाडौं, ९ फागुन ।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी रहेको छ ।
हिजो देखी सुरू भएको केन्द्रिय समितिको सातौं बैठकमा ६ वटा अजेन्डामाथी छलफल जारी राखिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले उदघाटन मन्तब्य दिएको सो केन्द्रिय समिति बैठकमा समसामयिक राजनीतिक अवस्थाको बारेमा सम्बोधन गरेका हुन ।
यसैगरी जारी बैठकमा सांगठनिक कामको समीक्षा, शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा, जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएको समस्या र समाधानको उपाय, जनपरिचालनसहित समसमायिक राजनीतिक प्रस्तावबारे छलफल हुदैँछ ।
गत फागुन ३ गते बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक आह्वान गरे अनुसार हिजोबाट केन्द्रिय समिति बैठक सुरू भएको हो ।न्युज कारखाना
काठमाडौं, ९ फागुन ।
नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहने छ ।
गत सोमवार देखी सुरू भएको महासमिति बैठकमा हिजो पाँचवटा प्रतिवेदन पेश गरिएको थियो । बैठक गोदावरीमा जारी रहने छ ।
महासमिति बैठक दोस्रो दिन पाँच वटा प्रतिवेदन पेश गरिएको प्रचार बिभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन । हिजोका बैठकको सुरुमा उपसभापति तथा उपप्रधान तथा रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका थिए भने महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयीक राजनीतिक प्रतिवेदन पेश गरेका छन ।
पार्टी प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, संभावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन माथी आजबाट छलफल सुरू हुनेछ ।
समुहगत रूपमा पाँच प्रतिवेदन माथी आजबाट छलफल हुने कांग्रेसले जनाएको छ । महासमिति बैठक फागुन १० सम्म जारी रहने छ ।
न्युज कारखाना
रौतहट, ८ फागुन ।
पूर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले असक्षम फिरंगी नेताहरु नेतृत्वमा पुग्दा रौतहट समग्र विकासमा पछाडि परेको टिप्पणी गरेका छन। सधैं भरी बाहिर बसेर चुनावको समय मात्र रौतहट सम्झने नेताहरुको नेतृत्वका कारण जिल्ला पछि परेको उनले टिप्पणी गरेका हुन्।
गृह जिल्ला रौतहटको सदरमुकाम गौरमा भन्सारको लुटकारी ४५ प्रतिशत पुरस्कारको ब्यबस्था हटाउन पार्टी द्वारा आयोजित बृहत्त भेलालाई सम्बोधन गर्दै उनले उक्त विचार राखेका थिए। २०१५ सालदेखि देशको ठूला ठूला आन्दोलन , राजतन्त्रविरुद्धको आन्दोलनमा समेत रौतहटको भूमिका महत्वपूर्ण तथा अग्रणी रहेको उनकाे भनाइ छ ।
तर, पछिल्लो समय केही नेता व्यक्तिगत स्वार्थमा लागेको कारण जिल्लाको नाम बदनाम मात्र होइन कलंकित भइरहेको बताएका अध्यक्ष साहले पूर्व प्रधानमन्त्री माधव कुमार नेपालप्रति आक्रोस व्यक्त गर्दै
देशको नेतृत्व गर्दा पनि आफ्नै गृह जिल्ला विकासमा पछाडि पर्नु फिरंगीपनको संज्ञा दिए ।
पूर्वकालदेखि उर्वरभूमि मधेश भूमि उजाड हुनुमा मुख्यतः नेता नेपाल र उपेन्द्र यादव रहेको उनको आराेपमा छ । संघीयता भएदेखि नै उपेन्द्र यादवको पार्टीले मधेशको सत्ता चलाए पनि मधेश प्रदेश कहाँ पुग्यो सहजै अनुमान गर्न सकिने उनकाे भनाइ छ ।
नेता नेपाल र यादव सधैं सत्ता कुर्सीको लागि देश जनतालाई धाेका दिएकाे भन्दै उनले उनीहरुकै कारणले मधेशमा बेरोजगारी गरिबी समेत बढेको बताए । गौर हत्याकाण्डमा अहिलेसम्म पीडितले न्याय पाउन नसकेको बताउँदै उनीहरुलाई न्याय दिलाएरै छोड्ने उनले प्रतिवद्धता जनाए ।
कार्यक्रममा नेता साहका साथै आमजनता पार्टीका मधेश प्रदेश ईन्चार्ज सुधीर यादव, जिल्ला इन्चार्ज त्रिभुवन साह लगायतले गौर हत्याकाण्डका दोषी कुनै पनि हालतमा उन्मुक्ति नपाउने चेतावनी दिएका थिए।न्युज कारखाना
काठमाडौं, ८ फागुन ।
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा सुरु भएको बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । सोही क्रममा बैठकमा सहभागी सदस्यको मोबाइल बजेपछि अध्यक्ष ओलीले अनुशासनको पालना गर्न निर्देशन दिएका छन् ।
बैठकमा मोबाइल स्वीचअफ गर्न आफूले भनेको भन्दै उनले तर, यसलाई बेवास्ता नगर्न र अनुशासनको पालना गर्न भनेका हुन् ।
‘मैले साथीहरुलाई मोबाइल स्वीचअफमा राख्न आग्रह गरेको छु । किन, एकछिन मोबाइल नहुँदा केही हुन्छ र ? मसँग मोबाइल छैन त भएको छ त, चलेको छ त,’ ओलीले कडा स्वरमा भने, ‘कराउन दिने हो, मुख बन्द नगर्ने हो भने त मेरो मोबाइल पनि कराउन जान्दछ होला नि । अलिकति बैठकमा अनुशासन राखौँ न हो ।’ न्युज कारखाना
काठमाडौं, ८ फागुन ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मानवताविरुद्धको अपराधमा सजाय घटाउन नहुने बताएका छन् ।
मंगलबार एमालेको केन्द्रीय कमिटीको बैठकको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले मानवताविरुद्धको अपराधको मुद्दामा सजाय घटाउन नहुने बताएका हुन् । स्वच्छचारी ढंगले मानवताविरुद्धको अपराधमा सजाय घटाउने कार्य भएको भन्दै उनले यसप्रति आपत्ति जनाए ।
पीडितको पक्षमा आफूहरु रहेको भन्दै उनले पीडितलाई केन्द्रमा राखेर शान्तिप्रक्रिया टुंग्याउनुपर्ने बताए । आफू प्रधानमन्त्री हुँदा शान्तिप्रक्रिया टुंग्याउन खोज्दा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गरेको उनको भनाइ छ ।
न्युज कारखाना
काठमाडौं, ८ फागुन ।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । च्यासलस्थित पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले बैठकको उद्घाटन गरेका हुन् । अहिले उनले बैठकलाई सम्बोधन गरिरहेका छन् ।

मंगलबारदेखि बिहीबारसम्म तीनदिन बैठक चल्नेछ । न्युज कारखाना

काठमाडौं, ८ फागुन ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले निवेदन दिएर राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना नहुने बताएकाा छन् ।
सामाजिक सञ्जालमार्फत् उनले भ्रष्ट शासकहरूसमक्ष निवेदन दिएर, ज्ञापनपत्र बुझाएर राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना नहुने बताएकाक हुुन् ।
राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाका पक्षधरहरुले संयुक्त रुपमा आन्दोलनमा उत्रिनुपर्ने उनको भनाइ छ ।
‘भ्रष्ट शासकहरु समक्ष निबेदन दिएर, ज्ञापनपत्र बझाएर, अनुनय विनय गरेर राजसंस्था र हिन्दुराष्ट्र स्थापना हुँदैन, हुनसक्दैन । गत १७ वर्ष हामीले त्यो अभ्यास गरिसकेका छौं।त्यो प्रयास काम लागेन। अन एक्लैएक्लै वा आ–आफ्नो ढंगबाट आन्दोलन गरौँ भन्नु प्रकारान्तरले भ्रष्ट व्यवस्थालाई निरन्तरता दिनु हो। राजसंस्था र हिन्दुराष्ट्र स्थापनाको आन्दोलनलाई तुहाउने काम गर्छ। त्यसैले सबै राष्ट्रवादीहरुले एकठाउँमा उभिएर,एउटै मोर्चा बनाएर जानुपर्छ,अर्को विकल्प छैन,’ उनले भने ।
न्युज कारखाना
रौतहट, ८ फागुन ।
जिल्ला प्रशासन कार्यालय रौतहटले सामाजिक सद्भाव कामय राख्न अपील गरेको छ ।
मंगलबार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले विज्ञप्ति जारी गरेर सामाजिक सद्भाव कायम राख्न अपील गरेका हुन् । सर्वपक्षीय छलफलको निर्णयअनुसार ईशनाथ–७ स्थित घिउरा गाँउमा सरस्वती पूजाको मूर्ती विसर्जन गरिएको भन्दै सामाजिक सद्भाव कायम राख्न अपील गरेका हुन् ।
‘मिति २०८०।११।०५ गते ईशनाथ न.पा.–७ स्थित घिउरा गाँउमा सरस्वती पूजाको मूर्ती विसर्जन गर्ने क्रममा हिन्दु–मुस्लिम दुवै समूहबीच उत्पन्न भएको विवादको सम्बन्धमा मिति २०८०।११।०७ ग प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, प्रतिनिधि सभा सदस्य माननीय किरण कुमार साह, जिल्ला समन्वय समितिका सभापति रामअयोध्या राय यादव, प्रदेश सभा सदस्य माननीय मो. जैद आलम, संविधान सभा सदस्य माननीय सुरेन्द्र जसयवाल, मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक, सशस्त्र प्रहरी बल नं.२ मधेश प्रदेशका सशस्त्र प्रहरी नायब, राष्ट्रिय अनुसन्धान मधेश प्रदेश कार्यालयका अनुसन्धान निर्देशक, ईशनाथ नगरप्रमुख कौशल्या देवी, राजपुर नगरप्रमुख डा. मो. राजीक आलम, ईशनाथ नगरउपप्रुख मो.प्रवेज, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु तथा सम्पूर्ण राजनितिक दलका प्रतिनिधिहरु, विभिन्न पदका प्रत्यासीहरु, हिन्दु मुस्लिम दुवै समुदायका अगुवाहरु, नागरिक समाज, पत्रकार, संचारकर्मी एवं सम्बन्धित सरोकारवाला पक्षहरु समेत सम्मिलित सर्वदलीय÷सर्वपक्षीय बैठकबाट छलफल भई सरस्वती पूजाको मूर्ती विसर्जन तत्काल गर्ने निर्णय भए बमोजिम शान्तिपूर्ण एवम् सौहार्दपूर्ण वातावरणमा अन्यन्तै हर्षोल्लास साथ मूर्ती विसर्जन गर्ने कार्य सम्पन्न भएकोमा उल्लेखित महानुभावहरुले सामाजिक सद्भाव राख्ने कार्यमा निर्वाह गर्नुभएको अहम् भूमिकाका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दै अगामी दिनहरुमा समेत यस्तै साथ सहयोगको अपेक्षा राख्दछौँ,’ प्रमुख जिल्ला अधिकारी रेग्मीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । न्युज कारखाना
काठमाडौं, ८ फागुन ।
नेपाली कांग्रेसका नेता एवम् महासमिति सदस्य पुष्पकुमार शाहीले सनातन हिन्दु् धर्मलाई कांग्रेसले महासमिति बैठकमा आफ्नो आधिकारिक एजेण्डा बनाउनुपर्ने बताएका छन्।
२०७२ को संविधानमा नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरेकोमा संविधानको उक्त धारा सच्याउनु पर्ने शाहीले बताए। ‘कांग्रेसले सनातम धर्मलाई आत्मसाथ गर्नु लोकतन्त्र, राष्ट्र र जनताको पक्षमा हुन्छ। त्यसैले मुलुकमा हिन्दु राष्ट्र कांग्रेस दृढ हुनुपर्छ,’ उनले भने।
हिन्दु धर्ममा भएका कतिपय ट्रेडिस्नल कुरालाई छोडेर परिस्कृत गर्दै नेपाललाई हिन्दु धर्म कारयम गर्नुपर्ने शाहीको माग छ। हिन्दु धर्ममात्र नभएर संस्कार पनि भएको शाहीले बताए। संस्कारले पहिचान झल्काउने भएकाले पहिचानका लागि पनि हिन्दु धर्म अपरिहार्य रहेको उनले औंल्याए।
सनातन हिन्दु राष्ट्रको पक्षमा रहेका नेपाली कांग्रेसका महसमिति सदस्यहरूले हस्ताक्षर अभियान चलाएका छन्।
महासमिति बैठक चलिरहेको ललितपुरको गोदावरीमा स्टल नै बनाएर उनीहरूले हस्ताक्षर अभियान चलाएका हुन्। ‘सनातन हिन्दु राष्ट्र नेपाल’ अभियानको नाममा अहिलेसम्म ४ सय महासमिति सदस्यहरूले हस्ताक्षर गरेका छन्।
अभियानको पक्षमा पूर्व महामन्त्री शशांक कोइरालाबाहेक अरू शीर्ष नेताहरूले हस्ताक्षर गरेका छैनन्। २०७५ सालको महासमितिमा पनि हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर अभियान चलाइएको थियो। त्यतिबेला भने कोइरालाले यो एजेण्डामा हस्ताक्षर गरेका थिएनन्।
त्यसबेला महासमितिमा रहेका ७२१ जना सदस्यहरूले हस्ताक्षर गरे पनि त्यसले बैठकमा औपचारिक प्रवेश भने पाएको थिएन।न्युज कारखाना
काठमाडौं, ८ फागुन ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग इन्टर पारिस, पार्लियामेन्ट इन पार्टरनसिपका प्रमुख जोनाथन मफीले भेटवार्ता गरेका छन् । नेपाल भ्रमणका अवसरमा मंगलबार सिंहदरबारस्थित कार्यकक्षमा उनीहरुबीच शिष्टाचार भेट भएको हो ।

भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले संसद जनताका सवाल उठाउने र कानुन निर्माण गर्ने थलो भएकाले यसलाई प्रभावकारी बनाउन सक्दा प्रजातन्त्र बलियो बने बताए । उनले सरकारलाईं कसरी संसद र जनताप्रति उत्तरदायी बनाउन सकिन्छ भन्ने कुरामा इयुबाट सहयोग हुने अपेक्षा व्यक्त गरे ।

अध्यक्ष तिमिल्सिनाले नेपालको संसद भवन भूकम्पमा क्षतिग्रस्त भएपछि नयाँ बन्ने चरणमा रहेकाले त्यसलाई कसरी प्रविधियुक्त तथा पेपरलेस बनाउन सकिन्छ तथा सांसद र संसदका कर्मचारीको क्षमता बिकासका लागि पनि सहकार्य गर्न इच्छुक रहेको बताए ।

भेटमा प्रमुख मर्फीले प्रजातन्त्र नै युरोपेली संसदको गहना भएको बताउँदै नेपालको संसद संग प्रजातान्त्रिक पद्धति बलियो बनाउने उल्लेख गर्दै आगामी दिनमा आवश्यकताका आधारमा दुई पक्षीय सहयोगका विषयमा सहकार्य गर्दै जान सकिने बताए । न्युज कारखाना
काठमाडौं, ८ फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान विश्व देखिएका जातीय तनाव र आतङ्कवादका विभिन्न कारकहरूबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ सैनिकहरूले खतराको सामना गर्नुपरेको बताएका छन् ।
‘चौथो शान्ति प्रयास’ अभ्यासको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले वहुस्तरीय प्रकृतिका द्वन्द्वका विषमा हामीहरू सचेत हुनुपर्ने बताएका हुन ।

शान्ति स्थापना कार्यहरू जटिल राजनीतिक–सैन्य–मानवीय प्रयासका रूपमा विकसित भएको उल्लेख गदै उहाँले शान्ति सैनिकले अझ धेरै बुझ्नुपर्ने र तयारी गर्नुपर्ने अवस्था आएको बताए ।
“संयुक्त राष्ट्रको शान्ति स्थापना कार्यको विश्वास र वैधानिकता कायम राख्न नयाँ जटिल चुनौतिहरूका माझ विश्वमा कसरी शान्ति प्रदान गर्ने भनेर हामीले पुनः मूल्याङ्कन गर्नुपर्ने भएको छ,” प्रधानमन्त्रीले भने ।
शान्ति स्थापनाको महत्त्वलाई अतिरञ्जित गर्न नहुने बताउँदै उहाँले त्यसका लागि मानवताको गहिरो भावना, प्रतिबद्धता र कमजोरलाई जोगाउने हस्तक्षेप गर्ने तत्परता आवश्यक पर्ने उनको भनाइ छ ।
खतराको ठूलो सामना गरेर शान्ति सैनिकहरूले मानवताको गहिरो भावना र प्रतिबद्धतालाई मूर्त रूप दिइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले शान्ति सैनिकले गरेको त्यस्ता प्रयासको गहिरो प्रभाव परेको जनाएका छन ।

“यस अवसरमा म विश्वभर शान्तिको जोजीमा बलिदान दिने बहादुर शान्ति सैनिकहरूप्रति सम्मान एवं श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु,” प्रधानमन्त्री प्रचण्डले भने, “उहाँहरूको निस्वार्थता र समर्पण हामी सबैको लागि प्रेरणको स्रोत हो ।” उनले कठिन चुनौतिको सामना गर्दै वीरता र करुणका साथ सेवा जारी राख्ने शान्ति सैनिकहरूप्रति प्रशंसा गरेका छन ।
नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा शान्ति र समानताका लागि निरन्तर र जोडदाररूपमा वकालत गरेको र आगामी दिनमा पनि गर्ने स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले भने, “नेपालको प्रतिबद्धता विश्वमा शान्ति र सद्भावका चाहनामा निहित छ ।”
नेपालले विश्व शान्ति, प्रगति र समृद्धिमा संयुक्त राष्ट्रसङ्घको महत्त्वपूर्ण योगदानको प्रशांसा गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घको शान्ति प्रयासमा नेपालले दृढतापूर्वक प्रतिबद्धता जनाउँदै आएको स्पष्ट पारेका छन । उनले विश्वमा शान्ति स्थापना नेपालको विदेश नीतिको महत्त्वपूर्ण अङ्ग रहेको बताउँदै यस कार्यको विश्वले प्रशांसा गरेको स्मरण गरे ।
नेपालले हाल संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा सबैभन्दा धेरै सेना र प्रहरी खटाउने गरेको र थप १० हजारसम्म तालिम प्राप्त सेना परिचालन गर्ने वाचा गरेको तथ्यलाई जोड दिएकोप्रति गर्व महसुस भएको बताए।न्युज कारखाना
काठमाडौं, ८ फागुन ।
नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक आजवाट सुरू हुदैँछ ।
च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा सो बैठक बस्नेछ । बैठक १० गतेसम्म जारी रहनेछ ।
सो पार्टीका महासचिव शंकर पोखरेलका अनुसार समसायिमक राजनीतिक विषयको समीक्षा, संगठनात्मक समीक्षा, जनतामा आधारित पार्टी निर्माणको सन्दर्भमा कसरी व्यवस्थितलगायतका बिषयमा छलफल हुनेछ । उनका अनुसार मिसन ग्रासरुटको प्रतिवेदन, मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको पनि केन्द्रिय समिति बैठकमा समीक्षा हुनेछ ।
न्युज कारखाना
काठमाडौं, ८ फागुन ।
नेपाली कांग्रेसको महासमिति बैठक सोमबारबाट सुरु भएको छ।
ललितपुरको गोदावरीमा सोमबारबाट भएको महासमिति बैठकमा मंगलबार विभिन्न प्रतिवेदन पेस गरिने भएको छ।
मंगलबार बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक र अर्थमन्त्रीसमेत रहेका डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेस गर्ने तय भएको छ।न्युज कारखाना
काठमाडौं, ७ फागुन ।
कांग्रेस महासमिति बैठक सोमबारबाट ललितपुरको गोदावरीमा सुरु भएको छ। बैठकको उद्घाटन सभापति शेरबहादुर देउवाले गरेका छन्।

बैठकमा देउवासहित उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा विश्वप्रकाश शर्मासहित पार्टी पदाधिकारीसहित देशभरबाट करिब २३ सय प्रतिनिधि सहभागी छन्।

बैठक उद्घाटनपछि उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव, अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव, प्रवक्ता डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गर्नेछन्। प्रदिवेदन मंगलबार प्रस्तुत हुने छन्।

बैठकस्थल गोदावरी क्षेत्र यतिवेला झकिझकाउ भएको छ। बैठकमा सहभागी हुन आउनेलाई विभिन्न सांस्कृतिक झाँकीले स्वागत गरिएको थियो।न्युज कारखाना


स्याङ्जा, ७ फागुन ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी स्याङ्जा जिल्ला इन्चार्ज र अध्यक्ष दुवै जना नेकपा एमालेमा फर्किएका छन्।
पूर्व सांसद तथा समाजवादी स्याङ्जा इन्चार्ज महेन्द्र थापा र जिल्ला अध्यक्ष रामचन्द्र भट्टराई एमालेमा फर्किएका हुन्।
त्यस्तै स्याङ्जास्थित समाजवादीका जिल्ला सचिव श्रीबहादुर गुरुङ र उपसचिव राजेन्द्र मरासिनी पनि एमालेमा फर्किएका छन्।
उनीहरू सबैलाई एमाले केन्द्रीय कार्यालय च्यासलमा सोमबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले स्वागत गरेका हुन्। न्युज कारखाना
काठमाडौँ, ७ फागुन।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक जनशक्तिको पलायनलाई रोक्न देशभित्रै सम्भव छ भन्ने सकारात्मक भाष्यको निर्माण गर्न जरूरी रहेको बताएका छन् । सोमबार दिउँसो समाजवादी मोर्चासम्वद्ध समाजवादी मञ्चले आयोजना गरेको शैक्षिक अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा प्रधानमन्त्रीले बौद्धिक पलायनलाई रोक्न विश्वबजारमा प्रतिस्पर्धी र गुणस्तरीय जनशक्ति उत्पादन गर्ने कार्यभारलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘‘आजको हाम्रो प्रमुख बहस भयावह रूपमा देखापरेको बौद्धिक पलायनलाई रोक्न विश्वबजारमा प्रतिस्पर्धी र गुणस्तरीय जनशक्ति उत्पादन गर्नु हो। त्यसका निम्ति आम नागरिकमा ‘‘देशभित्रै सम्भव छ’’ भन्ने सकारात्मक भाष्य निर्माण गर्न आवश्यक छ। गुणस्तरीय, प्रतिस्पर्धी, नवप्रवर्तनमुखी शिक्षाको विकासमा गुणात्मक प्रगति हासिल गर्ने आधार र उपायहरूको खोजी गर्नु हाम्रो महत्वपूर्ण कार्यभार हो।’’
प्रधानमन्त्रीले शैक्षिक क्षेत्रमा गुणात्मक सुधार ल्याउन विश्वविद्यालयहरूमा दण्ड–पुरस्कार र मेरिटोक्रेसीमा जोड दिइएको बताए ।
प्रधानमन्त्रीले भने, ‘‘मैले विश्वविद्यालय लगायत शैक्षिक संस्थाहरूमा ‘मेरिटोक्रेसी’का आधारमा नियुक्ति गर्ने, शैक्षिक क्षेत्रमा दण्ड र पुरस्कारको व्यवस्था गर्ने घोषणा गरेको छु, त्यसको कार्यान्वयन पनि हुँदैछ। यसले राजनीतिक तथा शैक्षिक नेतृत्वप्रति आम नागरिक र विद्यार्थीको विश्वास पुनर्जागृत हुने मैले अपेक्षा गरेको छु।’’न्युज कारखाना
काठमाडौँ, ७ फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विचाराधीन अवस्थामा रहेको विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुने बताएका छन् । सोमबार दिउँसो समाजवादी शैक्षिक मञ्चले काठमाडौँमा आयोजना गरेको ‘नेपालको शैक्षिक आन्दोलन र विद्यालय शिक्षा विधेयक’ विषयक कार्यशालामा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा प्रधानमन्त्रीले संसदमा विचाराधीन विधेयकबारे गठबन्धन दल र प्रतिपक्षीसँग समेत छलफल गरिएको जानकारी गराउँदै संसदमा दर्ता भएका संशोधन प्रस्तावहरूका आधारमा विधेयक संशोधन हुने बताए ।
प्रधानमन्त्रीले भने, ‘‘विधेयक संसदमा विचाराधीन रहेका कारण शिक्षक–कर्मचारीहरू, शैक्षिक क्षेत्रका ट्रेड यूनियनहरू, शिक्षाविद्, विद्यार्थीसम्वद्ध संघ–संस्थाहरू, सरोकार पक्ष र अभिभावकका समेत सुझावहरू समेटेर यसमाथि आवश्यक संशोधन गर्न सरकार सचेत छ। यसबारे मैले गठबन्धनमा पनि कुरा गरेको छु। प्रतिपक्षसँग पनि कुरा भएको छ। छिट्टै हामी निष्कर्षमा पुग्छौँ।’’

प्रधानमन्त्रीले विद्यालय कर्मचारी र बालशिक्षाका शिक्षकहरूको मुद्दा र विगतमा गरिएका सहमति कार्यान्वयनको विषयलाई आफूले गम्भीरतापूर्वक लिएको जानकारी दिए ।
उनले भने, ‘‘विद्यालय कर्मचारी र बाल शिक्षाका शिक्षकहरूको मुद्दा पनि महत्वपूर्ण छ। यसलाई सम्बोधन गर्नेमा सरकार सचेत छ। शिक्षकसम्बद्ध संगठनहरू र सरोकार पक्षसँग विगतमा विभिन्न चरणमा राज्यले गरेका सहमति र सम्झौताहरू कार्यान्वयन गर्न सरकार प्रतिवद्ध छ।’’
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवं बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डे लगायतका वक्ताहरूले मञ्च समाजवादउन्मुख शिक्षाको बहसमा केन्द्रित हुनुपर्ने बताए ।न्युज कारखाना
रौतहट ७ फागुन।
रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यू अवधिभित्रै पुरानै असमतिअनुसार नै मुर्ति बिसर्जन गरिने निर्णय गरिएको छ। निर्णय कार्वान्यन गराउन मधेश प्रदेशका तीनजना डिआईजी रौतहटका परिचालित भएका छन। मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञबिनोद पोखरेलको सक्रियतामा जिल्ला समन्वय समितिको सभाकक्षमा सोमबार बसेको सर्वदलिय सर्वपक्षिय बैठकले ईशनाथ ७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउन यसअघि भएको सहमतिलाई कार्वान्वयन गर्ने निर्णय भएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छन्।
सिडिओ हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकमा नेपाल प्रहरीका डीआईजी पोखरेल, सशत्र प्रहरीका डीआईजी दीपेन्द्र साह, राष्ट्रिय अनुसन्धानका डीआईजी सञ्जय यादव र सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो।
संघीय संसद किरण कुमार साहको पहल तथा सिडियो रेग्मीको अध्यक्षतामा ईशनाथ ७ घीउरा गाउँमा डिजे बाजा सहितको ट्याक्टर साविक बाटो हुँदै लैजाने र सरस्वतीको मूर्ति अर्को बाटो हुँदै गाउँछेउ विद्यालय नजिकैको सार्वजनिक पोखरीमा बिसर्जन गर्न लैजाने सहमति भएको थियो।
सोही सहमती अनुसार मुर्ति बिसर्जन गर्न जनप्रतिनिधि सहित प्रशासन प्रमुख सहितको टोली केहीबेर अघि ईशनाथ ७ घिउरा गाउँ तर्फ रवाना भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गिरीले जानकारी दिएकि छन्। शनिबार भएको सोही सहमतिअनुसार शनिबार सरस्वतीको मूर्ति सेलाउन लैजाने समुहमाथि घिउरामा मुस्लिम समुदायले घरको छतबाट ढुङ्गा हान्दा स्थानीय कार्तिकेश ठाकुर लगायतका मानिस घाईते भएका थिए।
स्थिति नियन्तरणमा लिन सिडिओ हिरालाल रेग्मीले एक सूचना जारी गर्दै शनिबार साँझ ५ बजेदेखि लागू हुनेगरी कर्फ्यू आदेश जारी गरेका थिए ।कर्फ्यू अवधिमै उच्चश्रृंखल गतिविधि भएपछि स्थानीय प्रशासनले आइतबार कर्फ्यू क्षेत्र फराकिलो बनाएको छ।
कर्फ्यू जारीसँगै उक्त क्षेत्रमा नेपाल प्रहरी सशस्त्र प्रहरी गरी ७०० जनशक्ती परिचालन गरिएको छ। सिडिओ रेग्मीले आइतबार एक सूचना जारी गर्दै ईशनाथ नगरपालिका वडा २,३,४,५, ६र ७ मा समेत अनिश्चितकालीन कर्फ्यू जारी गरिएको थियो ।
पूर्वमा बनजरहा मोड हनुमान मन्दिर, पश्चिम सानो घिउरा, उत्तर रामपुर खाप, र दक्षिणमा सशस्त्र प्रहरी आउट पोस्ट बोर्डर औरैयादेखि जयनगरसम्म चारकिल्लाभित्र कर्फ्यू जारी गरिएको थियो। कर्फ्यू अवधिमा शनिबारदेखि नै सरस्वतीको मूर्ति बाटो छेउमा प्रहरीको निगरानीमा राखिएको छ।
साथै यस सम्प्रदायिक विवाद लाई फैलाउने बढाउने कुनै प्रकारको तस्बिर भिडियो, स्टाटस सामाजिक सञ्जालमा नराख्न जिल्ला प्रहरी कार्यालय रौतहटले आग्रह गरेको छ। पछिल्लो दुई तीन दिनदेखि केही मानिसहरूले ईशनाथको घटना संग जोडिएको बिभिन्न भ्रामक भिडियो तस्बिर तथा स्टाटसहरू सामाजिक सञ्जालमा देखिएकाले सामाजिक सदभाव कायम राख्न त्यस्तो गतिबिधि नगर्न जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्लाबासी लाई आग्रह गरेको छ।
रौतहट संसदीय निर्वाचन क्षेत्र-२ मा पछिलो लामो समयदेखि हिन्दू समुदायले गर्ने धार्मिक अनुष्ठानमा अनेक प्रकारले हस्तक्षेप हुँदै आएको स्थानीयले बताएका छन्। यसैबीच सांसद किरण कुमार साहले पुरानो सहमतिविपरीत गरेकामाथि कारबाही र आक्रमणमा भएको क्षतिको यकिन गरी क्षतिपुर्ति दिनुपर्ने माग गरेका छन्।न्युज कारखाना
काठमाडौं, ७ फागुन ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले कसैलाई निषेध गरेर स्थायी शान्ति र स्थायित्व हुन नसक्ने दाबी गर्दै राज्यशक्तिको दुरुपयोग गरेर केही समय राजनैतिक बिचार निषेध गरे पनि सधैँ निषेधित र समाप्त नहुने बताएका छन् ।
आज पार्टीद्वारा काठमाडौंमा आयोजित “त्रिभुवन जयन्ती ,प्रजातन्त्र दिवस तथा पार्टीको वार्षिकोत्सव”को अवसरमा आयोजित कार्यक्रममा बोल्दै थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र भ्रष्ट ब्यबस्था र तस्करतन्त्रमा रुपान्तरण भएको समेत टिप्पणी गरे ।

देशमा बामपन्थी बिचारको बर्चस्व र हाबी भएको भन्दै विश्वभर असफल भएको ब्यबस्था नेपालमा लाद्न खोजिनु दुर्भाग्यपूर्ण भएको भन्दै थापाले जनताको अभिमत बिना गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता लादिएको भन्दै आलोचना गरे। अरबौ खर्च गरेर योजनाबद्ध रुपमा नेपाली धर्म संस्कृती नष्ट गरेकोमा आपत्ति प्रकट गर्दै थापाले बिकृत मान्यता र दर्शन बोकेर देश बिकास हुन नसक्ने बताए। देश बैचारिक र संरचनागत त्रुटिको दलदलमा भासिएको भन्दै थापाले कुनै पनि सरकारले पुर्ण कार्यकाल काम गर्न नसकेको बताए ।
२०८४ को चुनाव अगावै हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको लागि आन्दोलन गर्नुपर्नेमा जोड दिदै थापाले बिचार मिल्नेहरु सबैले मोर्चा निर्माण गरि अगाडि बढ्नु पर्ने आवश्यकता समेत औँल्याए । बैकल्पिक बिचार र शक्ति निर्माण गर्न राप्रपा नेपाल बलियो हुनुपर्ने तर्क गर्दै थापाले सम्पुर्ण नेता कार्यकर्ताहरुलाई संगठन केन्द्रित हुनु आग्रह गरे ।
कार्यक्रममा नेताहरु बिष्णु भट्टराई , राजाराम बर्तौला, माधव खत्री ,हिक्मतजङ्ग भण्डारी सुनिता कुरुङ्वाङ, श्याम घिमिरे लगायतले बोलेका थिए ।न्युज कारखाना
काठमाडौं, ७ फागुन ।
नेपाल प्रेस युनियनले नेपाली कांग्रेसको महासमिति बैठकमा संगठनका तर्फबाट संस्थागत सहभागिता नहुने जनाएको छ । युनियनका अध्यक्ष शिव लम्सालले विज्ञप्ति जारी गर्दै संगठनबाट महासमिति सदस्यमा मनानीत गर्दा विधान मिचेको र युनियन केन्द्रीय समितिको अधिकारमाथि नै हस्तक्षेप गरेको भन्दै महासमिति बैठकमा सहभागी नहुने बताएका हुन् ।
‘नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भई क्रियाशील रहेको अवस्थामा प्रचलित विधान, परम्परा र नैतिक मूल्यको समेत पर्वाह नगरी महासमिति बैठकमा युनियनको प्रतिनिधित्वबारे अप्रासंगिक र अनधिकृत निर्णय गरिएकोप्रति युनियनको गम्भीर आपत्ति छ,’ विज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक अभ्यासबाट निर्वाचित युनियन केन्द्रीय समितिको कार्यक्षेत्रमाथि गरिएको हस्तक्षेप हामीलाई कदापि स्वीकार्य छैन ।’
पार्टीको निर्वाचन समितिको निर्णयले लामो समयदेखि कायम रहेको प्रेस युनियन र कांग्रेसबीचको शुभेच्छुक सम्बन्धलाई नै बिथोल्न खोजेको आरोप युनियनले लगाएको छ ।
‘निर्वाचन समितिको अक्षमता र विधानको गलत व्याख्या गरी गरिएको निर्णयप्रति घोर भत्सर्ना जनाउँदै यथास्थितिमा नेपाली कांग्रेसको महासमिति बैठकमा नेपाल प्रेस युनियनको संस्थागत उपस्थिति नरहने व्यहोरा जानकारी गराउँछौँ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अलोकतान्त्रिक निर्णयविरुद्ध गोलबद्ध हुन र प्रेस युनियनको गरिमामाथि गरिएको प्रहारको यथोचित प्रतिवाद गर्न आह्वान गर्दछौँ ।’न्युज कारखाना
काठमाडौं, ७ फागुन ।
मुलुकको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको महासमिति बैठक (नीति महाधिवेशन) आजदेखि ललितपुरको गोदावरीमा प्रारम्भ हुँदै छ। महासमिति बैठक आज सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यसूची रहेको छ।
महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव तथा अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्थाका बारेमा प्रतिवेदन पेस गर्ने र लेखा समिति संयोजक श्याम घिमिरेले लेखापरीक्षण प्रतिवेदन पेस गर्ने कार्यसूची छ।
तर, यहीबीचमा कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले फरक प्रस्ताव पेस गर्ने भएका छन्। महर महासमिति बैठकमा पार्टी उपसभापति र महामन्त्रीहरूले पेस गर्ने राजनीतिक दस्ताबेजसँग सन्तुष्ट छैनन्। त्यसैले उनले १२६ पृष्ठको फरकै दस्ताबेज पेस गर्ने भएका हुन्। उनले उक्त दस्ताबेजलाई कांग्रेसको दृष्टिपत्र भएको बताएका छन्।
बैठकमा प्रस्तुत हुने उपसभापति र महामन्त्रीका प्रतिवेदनमा पार्टी पङ्तिमा छलफल नै नगरी तयार भएको बताउँदै उनले त्यसमा सन्तुष्ट हुन सक्ने आधार नभएको बताए। छलफल नै नगरी तयार पारिएका प्रतिवेदन एकल व्यक्तिका अभिव्यक्ति जस्ता हुने बताउँदै उनले ती प्रतिवेदनले सिंगो पार्टीको धारणा समेट्न नसक्ने बताए।
‘पदाधिकारीहरूले मिलेरमात्रै तयार पारिएको प्रतिवेदनमा हाम्रो कुरा कहीँ सुनिएन। केन्द्रीय समितिको आवाज सुनुवाइ हुनुपर्छ। देशभरका महासमिति सदस्यहरूको आवाज सम्बोधन हुनुपर्छ। त्यो नहुने देखिएपछि सबैसँग समन्वय गरेर मैले फरक प्रस्ताव पेस गर्ने भएको हुँ,’ उनले भने।
महासमिति बैठकमा उठाउनुपर्ने एजेण्डाका बारेमा अनलाइनमार्फत मागिएको सुझावहरू समेटेर प्रतिवेदन तयार भएको उनको भनाइ छ।
आफूले तयार गरेको प्रतिवेदन महासमिति सदस्यहरूका बीचमा छलफल गराउन पार्टीले प्रवेश नगराए प्रतिनिधिहरूलाई वितरण गरिने उनले बताए।
पाटीभित्र टिकट वितरण संरचना अनुसार तत् तत् पार्टी संरचनाले टुंगाउनु पर्ने उल्लेख गरेका छन्। जनताको भरोसा प्राप्त प्रतिष्ठित व्यक्तिलाई निश्चित प्रतिशतमा ल्याटरल इन्ट्रीमार्फत पार्टीमा प्रवेश गराउनुपर्ने उनको तर्क छ।
पार्टीको एक पदमा बढीमा दुईपटक र उम्मेदवार तीन पटकभन्दा हुन नपाउने व्यवस्था गर्नुपर्ने उनको प्रतिवेदनमा उल्लेख छ।
‘कांग्रेस नेतृत्वमा बनेको संविधानको कार्यान्वयन, ‘नि:शुल्क स्वास्थ्य, शिक्षा, गुणस्तरीय यातायात तथा सञ्चारसँगै उद्यमशीलतासहितको रोजगार, नेपाली कांग्रेसको अधिकार’, जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा पार्टीको अभियान, कृषिको आधुनिकीकरण र आत्मनिर्भरता, ऊर्जाको अधिकतम उत्पादन, उपयोग र व्यापार, सुरक्षित र दिगो पर्यटन प्रवर्द्धन, राष्ट्रिय स्वार्थ केन्द्रित विदेश नीत मैले प्रतिवेदनमा समेटेको छु,’ उनले भने।
यसका साथै डिजिटल इकोनोमी, सुशासनको स्थापना र भ्रष्ट्राचारको अन्त्य, दिगो विकास लक्ष्य हासिल गर्न सङ्कल्पित, प्रविधिमैत्री कांग्रेसको निर्णय, विधानको अक्षरशः पालना, पार्टीमा थिङ्क ट्याङ्को स्थापना र उपयोगलगायत विषय प्रतिवेदनमा समावेश गरिएको महरले जनाए।
घोषणापत्रमा युवा कांग्रेसको स्थापना, प्रशिक्षणको आधारमा क्रियाशील सदस्यता प्राप्ति, क्रियाशील सदस्यता र नवीकरण गर्दा सम्पत्ति विवरणको सार्वजनिकीकरण, पार्टीमा एक व्यक्ति एक पद दुई पटक, एक व्यक्ति ३ पटकमात्र सांसदको उम्मेदवार, कांग्रेस आफ्नै सङ्गठनको बलमा एक्लै चुनावी प्रतिस्पर्धामा जाने, भ्रातृ संस्थाका केन्द्रीय अध्यक्ष पार्टीको केन्द्रीय सदस्य, तीनै तहको सरकार सञ्चालनको लागि संयन्त्रको निर्माण, वडा सभापतिको नेतृत्वमा वडा स्तरीय भ्रातृ संस्था सम्मिलित एकीकृत टिम निर्माण र परिचालन, पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यहरू तल्लो तहबाटै महाधिवेशनमा प्रतिनिधिमा निर्वाचित हुनुपर्ने, हरेक महादेशबाट जनसम्पर्क समितिको प्रतिनिधित्व हुने गरी केन्द्रीय समितिमा उपस्थिति, गुटको अन्त्य गर्न वडा तहबाटै चिट बाँडेर समूह बनाएर चुनाव लड्ने प्रवृत्ति हटाउनेलगायत विषयलाई महरले प्राथमिकताका साथ उठाएका छन्।
आजबाट सुरु हुने बैठकमा १६५ केन्द्रीय सदस्य, हरेक निर्वाचन क्षेत्रबाट एक हजार ७८०, जनसम्पर्क समितिबाट ८९, भ्रातृ संस्था तथा शुभेच्छुक संस्थाबाट ६९, महासमिति सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला सभापति र भ्रातृसंघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्ष सहभागी हुने जनाइएको छ।
यस्तो छ महरले तयार पारेको १२६ पृष्ठको दृष्टिपत्र
न्युज कारखाना
काठमाडौं, ७ फागनु ।
कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच गठबन्धनको विषयमा सहमति नजुट्दा छलफल निष्कर्षविहीन भएको छ ।
महासमिति बैठक सुरु हुनुअघि सोमबार देउवा निवास बुढानिलकण्ठमा भएको छलफल सभापति देउवा र महामन्त्री थापाबीच गठबन्धनको विषयमा सहमति नजुट्दा निष्कर्षविहीन भएको हो ।
महामन्त्री थापाले चुनावमा गठबन्धन नगर्नेसहितको प्रतिवेदन बनाएपछि सभापति देउवाले त्यसलाई सच्याउन भनेका छन् । तर, महामन्त्री थापाले सभापति देउवाको आग्रहलाई अस्वीकार गरेपछि छलफल निष्कर्षविहीन भएसँगै बुढानिलकण्ठबाट नेताहरू बाहिरिएका छन् ।
सभापति दृउवाले महामन्त्री थापालाई सांगठानिक प्रतिवेदनबाट चुनावअघि गठबन्धन नगर्ने भन्ने शब्द हटाउन भनेका हुन् । तर, महामन्त्री थापाले नहटाउने अडान यथावत राखेका छन् । जसकारण गत शनिबारदेखिको वार्ता निष्कर्षविहीन बनिरहेको छ ।
सोमबारबाट गोदावरीमा पार्टीको महासमितिको बैठक सुरू हुँदै छ । यसअघि सभापति देउवाले गठबन्धन कायम राख्नुपर्ने एजेण्डालाई पार्टीभित्रबाट अनुमोदन गराउने प्रयास गरेका हुन् । न्युज कारखाना
काठमाडाैं, ७ फागुन ।
उत्तरी गोरखाको विभिन्न योजनामा सहयोग गरी दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चुमनुब्री गाउँपालिकाले ज्ञापनपत्र बुझाएको छ । पालिका प्रमुख निमा लामासहितको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर ज्ञापनपत्र बुझाएको हो ।
प्रधानमन्त्री प्रचण्डलाई बुझाएको ज्ञापनपत्रमा भौगोलिक हिसाबले जिल्लाको ३६ प्रतिशत भू-भाग ओगटेको उक्त पालिकामा सर्वसाधारणको सर्वसुलभ पहुँचको लागि पालिका केन्द्रसम्म पनि सडक निर्माण हुन नसेकेको र विकास निर्माण कार्यमा ढुवानीको कारणले लागत बढ्न गएको उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा ‘गोरखा जिल्लाको उत्तरी भेगमा अवस्थित चुमनुब्री गाउँपालिका भौगोलिक बनावटको हिसाबले कठिन भूगोल, क्षेत्रफल गोरखाका जिल्लाको ३६ प्रतिशत भूभाग ओगटेको हिमाली क्षेत्रमा अवस्थित गाउँपालिका हो । खास गरी यातायातको सर्वसुलभ पहुँच नपुगेको र गाउँपालिका केन्द्र जोड्ने सडक समेत निर्माण नभएको र विकास निर्माणका कार्यमा ढुवानीको कारणले गर्दा अत्यधिक लागत लाग्ने र संघ तथा प्रदेशबाट प्राप्त हुने अनुदान तथा बजेटरी कार्यक्रमहरू पनि जनसंख्याको आधारमा प्राप्त हुने हुनाले एकतर्फ बजेट तथा अनुदानको आकार सानो हुने र अर्को तर्फ अत्यधिक लागतले गर्दा अनिवार्य दायित्वका विकास निर्माणका कार्यहरू समेत गर्न बजेटको अभाव रहेको’ भन्दै ‘संघिय सरकारसंग विविध योजना, कार्यक्रम तथा नीतिगत व्यवस्था गर्न’ भनिएको छ ।
पालिकाको तर्फबाट संघिय सरकार संग सिर्दिबास, न्याकफेदी, चुम्चेत हुँदै छेकम्पार डुईला भन्ज्याङ मोटरबाटो निर्माण योजनालाई अगाडी बढाउन नेपाली सेनालाई जिम्मा दिन आग्रह गरिएको छ भने बेनीघाट–आरुघाट–आरखेत–रुइला भन्ज्याङको मोटरबाटाेलाई क्रमगत बजेटमा प्राथमिकता दिन आग्रह गरिएको छ ।
पालिकाको प्रशासकीय भवन नभएको भन्दै आवश्यक बजेटको व्यवस्था गर्न, चुमनुब्री गाउँपालिका–१ को सामागाउँ र २ को ल्हो स्यालामा रहेको अव्यवस्थित बसोबासलाई जग्गा वितरण गर्न मनासलु संरक्षण क्षेत्र पर्ने भएका कारण बन ऐन संशोधन गरी आवश्यक कानुनी व्यवस्था गर्न तथा चीनसंग सीमा जोडिएको छेकम्पारको डुईला भन्ज्याङ र सामागाउँको रुईला भन्ज्याङ नाका खुल्ला गर्न आवश्यक कूटनीतिक पहल गरिदिन समेत आग्रह गरिएको छ ।
अध्यक्ष लामाले प्रधानमन्त्री प्रचण्डलाई बुझाएको ज्ञापन पत्रमा पहिरोको जोखिममा रहेको देवलका ७६ र लोक्पाका २५ घरधुरीलाई बस्ती स्थानान्तरण गरिदिन, पालिकाको केन्द्र जोडने गरी बुढी गण्डकी नदीमाथि मोटरेवल पुलको व्यवस्था गरिदिन, छेकम्पारको छुलेनिले, चुम्चेत, जगत, ल्हो र सामागाउँमा सञ्चार सम्पर्कका लागि असहज भएको भन्दै फोजी सहितको टावर निर्माणका लागि पहल गरिदिन आग्रह गरिएको छ ।
त्यस बाहेक पनि पालिकाले प्रधानमन्त्री प्रचण्डलाई हिमाली आवसित छात्रावासको कोटा थप गर्न, जडीबुटी भण्डार तथा प्रशोधन केन्द्र स्थापना गरिदिन, हालको मनासलु पदमार्ग परिवर्तन गरी आँगासस्र्यु–लोक्पा–सिपचेत–धुम्जे–गुम्बालोङडाङ हुँदै गणेश हिमाल बेश क्याम्प हुँदै गाला–छेकम्पार पदमार्ग कायम गरिदिन, समग्र गाउँपालिकालाई विशेष क्षेत्र घोषणा गरिदिन समेत आग्रह गरिएको छ ।न्युज कारखाना
काठमाडौँ, ७ फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोककल्याणकारी सामाजिक न्याययुक्त समाजवादी राज्य निर्माणको अभियानमा समाहित हुन सम्पूर्ण जनसमुदायमा अपील गरेका छन् ।
प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले नेपाली माटो सुहाउँदो समाजवादी राष्ट्र निर्माणका लागि आह्वान गरेका हुन् । उनले नेपाली जनताको सुशासन, सामाजिक न्याय र समृद्विको आकांक्षा पूरा गर्न हामीले सामना गरिरहेका चुनौतीलाई नजिकबाट नियालिरहेको उल्लेख गरे ।

तमाम क्रान्तिका अवयव एवं आन्दोलनमा योगदान गर्ने आम जनताको भावनाप्रति उच्च सम्मान व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले आधुनिक नेपालको शासकीय स्वरूपको जग नै विभिन्न चरणका सङ्घर्ष र क्रान्तिको अविछिन्न श्रृङ्खला भएको बताए ।

“यतिखेर म, नेपाली जनताले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ गरेको विश्वास, राखेको आशा र भरोसालाई कमजोर हुन नदिन लागिरहेको छु । संविधानले प्रत्याभूत गरेका हक अधिकार एवं जनताको दैनिक जीवनस्तरमा देखिने परिवर्तन ल्याउन ठोस कदम चाल्नुपर्नेमा म सचेत र गम्भीर छु”, प्रधानमन्त्री प्रचण्डले भने, “यस दिशामा आ–आफ्नो जिम्मेवारीअनुरूप जनउत्तरदायी भएर काम गर्नसमेत सम्पूर्ण राष्ट्रसेवकहरूमा निर्देशित गर्दछु ।”

निरकुंश शासन व्यवस्थाको अन्त्य गर्दै जनअधिकार स्थापना गर्ने तमाम बलिदानीपूर्ण जनसङ्घर्ष, क्रान्ति, आन्दोलनहरूको माध्यमबाट देशमा लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व र आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको सामाजिक न्याय र आर्थिक सामाजिक रूपान्तरणको जग निर्माण भएको प्रधानमन्त्रीले स्मरण गरे ।

प्रधानमन्त्री प्रचण्डले संविधानको प्रस्तावनामा समाजवादउन्मुख राज्य निर्माणको सङ्कल्प गरिएकाले प्राप्त अधिकारको रक्षा र सुदृढीकरणसहित थप अधिकारका निमित्त अगाडि बढ्ने ढोका खुला रहेको बताए । नेपाली जनताको राजनीतिक सङ्घर्ष र क्रान्तिको लामो गौरवशाली परम्परा रहिआएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “निरकुंशतन्त्रको अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि सङ्घर्षको मैदानमा खट्नुभएका सबैमा उच्च सम्मानसहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।”न्युज कारखाना

जनकपुर, ६ फागुन ।
जनमत पार्टीले मधेस प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले प्रदे सभाबाट विश्वासको मत लिने कार्य सुचि रहेको थियो ।
बैठक प्रारम्भ भएपछि जनमत पार्टीका प्रदेश सभाका सदस्यहरुले उठेर विरोध जनाएका थिए ।
सप्रदेश सभा सदस्य चन्दन सिंहले मधेस प्रदेश को मन्त्री र प्रदेश सभाका सदस्यहरुमाथि कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा प्रहरीले लाठि चार्ज गरेको र त्यहा स्वंय मुख्यमन्त्री समेत उपस्थिति रहेको कारणले उनले माफि नमागे सम्म प्रदेश सभाको बैठक चल्न नदिने बताएपछि बैठक १० मिनटेको लागि स्थगित गरिएको छ ।
सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री विशवासको मतको क्रममा आफनो धारणा राख्ने नै भएपछि तत्काल बैठक सुचारु गर्न आग्रह गरेका थिए । तर जनमतका प्रदेश सभा सदस्यहरुले उठेर विरोध जनाएपछि बैठक स्थिगित गरिएको छ ।न्युज कारखाना
काठमाडौं, ६ फागुन ।
पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रको पूजा शब्दले मात्र गरेर नपुग्ने बताएका छन्। उनले काम कर्तव्य, त्याग, उदारता, निष्ठाको राजनीति र सही प्रकारको आचरणले मात्रै पूजातन्त्रको पूजा हुने बताएका छन्।
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा सन्देश जारी गर्दै शाहले जनता जनार्दनले जे भन्छन् त्यो सुन्नुपर्ने बताएका छन्। उनले राज्य व्यवस्थाका सबै हर्ताकर्ताले धरातलीय यथार्थका आधारमा प्रजातान्त्रिक विधि व्यवहार झल्काउनुपर्ने बताए।
‘राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता तथा जनताको उत्थानमा निरन्तर लागिरहने प्रतिबद्धता हामी राख्दछौं। प्रजातन्त्र दिवसको यो शुभ सन्दर्भमा हामी सदैव नेपालीजनसँग निकट रहिरहने र सम्पर्कका निम्ति हाम्रा सबै द्वारहरू खुल्ला रहने शुभेच्छाभाव पनि राख्दछौं,’ सन्देशमा भनिएको छ।
उनले प्रजातन्त्रभित्र अर्थतन्त्र पृथक हुन नसक्ने भन्दै उनले आफ्नो श्रोत, साधन र सिप सबै समाहित हुनुपर्ने बताए।
‘यसैबाट नै प्रजातन्त्र बलियो र गहकिलो बन्दछ। सबैले मिठो खान पाउने, सबैले राम्रो लाउन पाउने, सबैले स्वस्थ्य, शान्त र सन्तुष्ट भएर बाँच्न सक्ने, सबैलाई देशमै गतिलो शिक्षा र सबैको क्षमता अनुसार रोजगारीको व्यवस्था हुने भएमा नै प्रजातन्त्रको रसिलो अर्थ रहन्छ,’ शाहले भनेका छन्। न्युज कारखाना
जनकपुरधाम, ६ फागुन ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट तेस्रोपटक विश्वासको मत पाउनु भएको छ ।
मधेस सरकारमा सहभागी जनमत पार्टीले गत माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको आज प्रदेश सभामा विश्वासको मतको लागि प्रस्ताव पेस गर्नु भएको थियो ।
आइतवारको प्रदेशसभामा उपस्थित कुल १ सय ४ सांसदहरु मध्ये मुख्यमन्त्री यादवको पक्षमा ६९ सांसद उभिएका छन । विपक्षमा कुल ३५ सांसद पुगेका छन । दोस्रो पटक सम्म बिश्वासको मत लिदै गर्दा मुख्यमन्त्रीलाई प्रदेशसभाको कुल सांसद सबैको समर्थन रहेको थियो । विपक्षमा कोहि पनि थिएन ।
यसअघि गत जेठ १ गते मधेस सरकारमा रहेको नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले ३०औँ दिनमा जेठ ३० गते दोस्रोपटक विश्वासको मत लिनुभएको थियो । सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा पुनः ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
नेपालको संविधान २०७२ को धारा १८८ को २ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले जुनसुकै बेला संसद् बैठक आह्वान गरी विश्वासको मत लिनसक्ने प्रावधान रहेको छ ।
मधेस प्रदेश सरकारमा एक सय सात प्रदेशसभा सदस्यमध्ये बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । प्रदेशसभामा सबैभन्दा ठूलो दलको रूपमा रहेको नेकपा एमालेको २३, नेपाली कांग्रेसको २२ र जनता समाजवादी पार्टी नेपालको १८ सिट रहेको छ ।
सभामा जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको नौ, नेकपा माओवादी केन्द्रको नौ र नेकपा एकीकृत समाजवादी पार्टीको सात, नेपाल सङ्घीय समाजवादी पार्टी एक, नागरिक उन्मुक्ति पार्टी एक, राष्ट्रिय प्रजातन्त्र पार्टी एक सिट र तीन स्वतन्त्र रहेको प्रदेशसभा रहेका छन । न्युज कारखाना
काठमाडौं, ७ फागुन ।
खुल्ला मञ्च अगाडी आज प्रदर्शन गरिने भएको छ ।
नागरिक अधिकारको लागि नागरिक भेला अन्तर्गत आज खुल्लामञ्चमा प्रदर्शन गर्न लागिएको हो ।

नागरिक अभियन्ता कनकमणी दिक्षितका अनुसार फाल्गुन ७ गते दिउँसाे १ बजेबाट सो प्रदर्शन सुरू हुनेछ ।
‘खुलामञ्च खुला नै रहोस, आम नागरिकका लागि’ भन्ने उदेश्यसहित सो प्रदर्शन गर्न लागिएको हो ।
काठमाडौंका मेयर बालेन शाहले खुल्लामञ्चलाइ फुटवल मैदान बनाउन लागे पछि नागरिकस्तरबाट चौतर्फी बिरोध भइरहेको बेला यो प्रदर्शन हुन लागेको हो ।न्युज कारखाना
काठमाडौं, ७ फागुन ।
आजबाट नेपाली कांग्रेसको महासमिति बैठक सुरू हुदैँछ ।
गोदावरी सनराइज, ललितपुरमा आजबाट सुरू हुने महासमिति बैठकमा दिउँसो १ बजेबाट सुरू हुनेछ ।
सो महासमिति बैठकको उदघाटन सभापति शेरबहादुर देउवाले गर्नेछन ।
आजवाट सुरू हुने महासमिति बैठकमा १ सय ६५ केन्द्रीय पदाधिकारी तथा सदस्यसहित १ हजार ७ सय ८० महासमिति सदस्य, नेपाली जनसम्पर्क समितिका ८९ जना, भातृ तथा शुभेच्छुक संस्थाहरूबाट ६९ जना, महासमितिका सदस्य नरहेका प्रदेश सभापति, जिल्ला सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूको उपस्थिति रहने छ ।
प्रचार बिभाग प्रमुख मिनबहादुर विश्वकर्माका अनुसार गत फागुन ४ को केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत भइ अनुमोदित भएका नीति तथा कार्यक्रम, सांगठनिक प्रतिवेदन, समसामयिक राजनीतिक प्रस्ताव, नेपालको वर्तमान आर्थिक अवस्था, चुनौती र सम्भावना र लेखापरीक्षण प्रतिवेदनलगायत पेस हुने भएका छन ।
यसरी प्रस्तुत भएका प्रतिवेदन माथी समुहगत छलफल गरी बैठकबाट निष्कर्ष निकालिने भएको छ । बैठक फागुन १० गतेसम्म चल्नेछ ।न्युज कारखाना
काठमाडौं, ७ फागुन ।
आज प्रजातन्त्र दिवस ।
सरकारले आजको दिनमा सार्बजनिक बिदा दिएको छ ।
२००७ सालको क्रान्ती सफल भएको सम्झनामा आज प्रजातन्त्र दिवस भब्यताका साथ मनाइदैँछ । शहिदहरू धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्दलगायतको बलिदानीसहित तत्कालिन राजा त्रिभुवन र जनताको आन्दोलनका कारण ००७ सालमा प्रजातन्त्र स्थापना भएको थियो ।
नेपालको पहिलो लोकतान्त्रिक आन्दोलनको सम्झनामा आज देशैभरी बिभिन्न कार्यक्रम गरी मनाइदैँछ । न्युज कारखाना
राैतहट,६ फागुन।
चन्द्रपुर नगरपालिकामा रहेको वडा नम्बर ३ लाई छुट्टै पालिका बनाउने अभियान सुरु भएको छ ।
चन्द्रपुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बोधनाथ देवकोटाले चन्द्रपुर नगरपालिकाको १२औं हिउँदे अधिवेशनमा वडा नम्बर ३ लाई छुट्टै पालिका बनाउन माग गर्दै निवेदन दर्ता गराए पछि शनिबार बसेको चन्द्रपुर नगरपालिकाको नगरसभाले त्यसलाई पारित गरेको छ ।
चन्द्रपुर नगरपालिका वडा नम्बर ३ मा रहेका विभिन्न बस्तीहरू विकट रहेको र त्यहाँका बासिन्दाहरूले पालिकाबाट पाउने सेवा सुविधा लिन विभिन्न झन्झट रहेका कारण सो वडालाई छुट्टै पालिका बनाउन माग गर्दै वडा अध्यक्ष देवकोटाले चन्द्रपुर नगरपालिकामा निवेदन दर्ता गराएका थिए ।
चन्द्रपुर नगरपालिकाको वडा नम्बर २ र ३ का विभिन्न बस्तीहरूलाई समेटेर छुट्टै गाउँपालिका बनाउने अभियानमा आफू लागेको र त्यसै अनुसार चन्द्रपुर नगरपालिकामा निवेदन दर्ता गराएको वडा अध्यक्ष देवकोटाको भनाइ रहेको छ ।
वडा नम्बर ३ को भूगोल तथा र प्रशासनिक क्षेत्रलाई छुट्टै पालिकाका रूपमा विकास गर्नका लागि माग गर्दै सो वडाका निर्वाचित जनप्रतिनिधिहरूले चन्द्रपुर नगरपालिकाको कार्यालयमा निवेदन दर्ता गराएका थिए ।
चन्द्रपुर नगरपालिकाले चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारलाई छुट्टै पालिकाका रूपमा अगाडि बढ्न स्वीकृत प्रदान गरेको छ । अब सो प्रक्रिया प्रदेश सरकार हुँदै संघ सरकारमा पुगेर मन्त्रीपरिषद्को निर्णय भयो भने चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ छुट्टै गाउँपालिकाका रुपमा हुने छ । आफूहरू यो प्रक्रियामा लागिसकेको र अब प्रदेश सरकार हुँदै फाइल संघ सरकारसम्म पुर्याउने वडा नम्बर ३ का वडा अध्यक्ष देवकोटाको भनाइ रहेको छ ।न्युज कारखाना
काठमाडौं, ३ फागुन ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीप्रति नागरिकको विश्वास अभिवृद्धि हुने गरी आ-आफ्नो जिम्मेवारीमा खरो रूपमा प्रस्तुत भई उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी कर्चमारीहरू थप सक्रिय हुनुपर्ने बताएका छन् ।
हालै सरूवा भई आफ्नो कार्यक्षेत्रमा खटि जान लागेका प्रहरी उपरीक्षकहरूलाई बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन् ।
प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको कार्ययोजना २०८० एवम् कार्य सम्पादन सम्झौता अनुरूप सांगठनिक लक्ष्य प्राप्तिको लागि सुम्पिएको जिम्मेवारी पूरा गर्न आ-आफ्नो कार्यक्षेत्रमा सामुहिक भावनाका साथ गुणत्मक काम गर्नुपर्ने बताए । संगठनलाई सुधार गर्न, थप सुदृढ एवम् बलियो बनाउन तथा श्रीवृद्धि गर्नका लगि सबैको साथ सहयोग आवश्यक रहेको चर्चा गर्दै उनले व्यावसायिक स्वार्थलाई आत्मसाथ गरी निष्ठावान, इमानदार एवम् सिर्जनशील भई जनपक्षिय काम गर्न निर्देशन दिए ।
प्रहरी महानिरीक्षक कुँवरले आ-आफ्नो कार्यक्षेत्रको अवस्था, समस्या एवम् चुनौतिको विश्लेषण गरी सोही अनुरूप कार्ययोजना बनाई काम गर्नुपर्ने उल्लेख गर्दै शान्ति सुव्यवस्था कायम गर्न स्थानीय तह, नागरिक एवम् अन्य सरोकारवाला निकायसँग समन्वय गरी अगाडि बढ्नुपर्ने बताए । मिटरव्याजी, लागूऔषध तथा अन्य तस्करी नियन्त्रणको साथै विभिन्न आपराधिक क्रियाकलापमा संलग्नलाई कानूनी दायरामा ल्याउन तथा त्यस्ता गतिविधिविरूद्ध सचेतना अभिवृद्धि गर्न मातहत कार्यालयहरूलाई समेत क्रियाशील बनाउन थप सक्रिय हुनुपर्नेमा उनले जोड दिए ।
यसअघि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली, मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई र प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक विषयमा निर्देशन दिएका थिए ।न्युज कारखाना
काठमाडौँ, ३ फागुन :
प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर संश्लेषित विधान प्रस्तुत गरेका छन् ।

नेकपा (माओवादी केन्द्र)को प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव सङ्कलन गर्ने कार्य सम्पन्न भएपछि पदाधिकारी बैठक बसेको थियो । बैठक लगतै सुरु भएको अधिवेशनमा अध्यक्ष प्रचण्डले विधानलाई समृद्ध बनाउनका लागि महत्त्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्दै पार्टी नयाँ तवरले अगाडि बढ्ने विश्वास व्यक्त गर्े ।

विधान अधिवेशनलगतै विशेष महाधिवेशनमा तयारीको प्रक्रिया सुरु हुने जानकारी दिँदै अध्यक्ष प्रचण्डले विचारलाई अझ बढी केन्द्रित र संश्लेषित हुने बताउनुभयो । उहाँले पार्टीको रक्षा र विकास गर्न सहयोग पुगेको बताए ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ‘प्रचण्ड’ले यही फागुन १ गते प्रस्तुत गरेकाे विधान मस्यौंदामाथि २० समूहहरुबाट सुझाव सङ्कलन गरिएको थियो । न्युज कारखाना
काठमाडौँ, ३ फागुन ।
निर्वाचन आयोगले बै राजनीतिक दलहरूलाई १५ बुँदे निर्देशन दिएको छ ।
बिहीबार बसेको आयोगको बैठकले निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरूलाई १५ बुँदे निर्देशन दिएको हो ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम पार्टी कमिटी, पद, पदाधिकारी हेरफेर, सदस्यता लगायतका विषयमा निर्देशन दिएको आयोगका सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिए ।
भुसालले जारी गरेको निर्देशनको पूर्णपाठ :
प्रेस विज्ञप्ति
मिति:- २०८० फागुन ०३ गते
विषय : राजनीतिक दलहरूलाई निर्देशन दिइएको ।
निर्वाचन आयोगमा दर्ता कायम रहेका सबै राजनीतिक दलहरूलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम देहायको निर्देशन दिने र सोको जानकारी सबै राजनीतिक दलहरूलाई गराउने गरी आयोगको मिति २०८० फागुन ३ गतेको निर्णय अनुसार सम्बन्धित सबैको जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले विधान संशोधन वा हेरफेर गरी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम अद्यावधिकको लागि आयोगमा पेश गर्दा आयोगले मिति २०७९/०४/०४ मा स्वीकृत गरेको ढाँचा बमोजिम तयार गरी पेश गर्ने,
दलले आफ्नो नाम, विधान, नियम, छाप, झण्डा वा चिन्हमा भएको परिवर्तन वा संशोधन वा पदाधिकारीको हेरफेर भएका विषयको जानकारी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम ३० दिन भित्र आयोगलाई दिने,,
दलले आफ्नो नाम, विधान, नियम, छाप, झण्डा वा चिन्हमा भएको परिवर्तन वा संशोधन वा पदाधिकारीको हेरफेरको विवरण आयोगबाट स्वीकृत दलको विधान बमोजिम महाधिवेशन वा आयोगको अभिलेखमा रहेको केन्द्रीय कार्यकारिणी समितिबाट मात्र निर्णय गरी सम्भव भएको अवस्थामा महाधिवेशनबाट अनुमोदन गरी गराई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम अद्यावधिकको लागि आयोगमा पेश गर्ने,
राजनीतिक दलहरूले विधान बमोजिम दलको सदस्यता वितरण गर्दा र केन्द्रीय समिति लगायत अन्य समितिहरूमा पदाधिकारी तथा सदस्यको निर्वाचन, मनोनयन वा नियुक्ति गर्दा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ बमोजिम योग्यता पुगे नपुगेको निर्क्योल गरी योग्यता पुगेको व्यक्तिलाई मात्र सदस्यता वितरण र निर्वाचन, मनोनयन वा नियुक्ति गर्ने साथै सदस्यता वितरणको विवरण स्थानीय तह, प्रदेश तह तथा केन्द्रीय तहमा अद्यावधिक गरी राख्ने,
राजनीतिक दलहरूले विधान बमोजिम विभिन्न तहमा रहने समितिहरूमा पदाधिकारी एवम् सदस्यहरूको निर्वाचन, मनोनयन वा नियुक्ति गर्दा नेपालको संविधान र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १५ बमोजिम समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागिता हुने व्यवस्था गर्ने,
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १६ बमोजिम दलको संघीय र प्रदेश तहका समितिमा रहने प्रत्येक पदाधिकारीको पद विधानमा किटान गरी तोक्ने,
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १६ बमोजिम दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने ब्यवस्था विधानमा उल्लेख गरी सो बमोजिम निर्वाचनद्वारा पदपूर्ति गर्ने,
दलले विधानको संशोधन गरी सोही व्यवस्था बमोजिम केन्द्रीय कार्यकारिणी समिति लगायत अन्य समितिहरूको हेरफेर गरी विधानको संशोधन र केन्द्रीय कार्यकारिणी समितिको अद्यावधिक गर्न एकै पटक आयोगमा पेश गर्ने गरेकोमा सो नगरी पहिला विधानमा भएको संशोधन राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम आयोगबाट अद्यावधिक भएपछि मात्र त्यसको आधारमा केन्द्रीय कार्यकारिणी समितिमा हेरफेर गरी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम अद्यावधिकको लागि पेश गर्ने,
दलले आफ्नो आय र व्ययको वास्तविक हिसाब किताव देखिने गरी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४० बमोजिम आयोगले तोकेको ढाँचामा लेखा राखी अभिलेख राख्ने प्रयोजनको लागि दलले जिम्मेवार पदाधिकारी तोकी त्यसको जानकारी आयोगलाई गराउने साथै दलले आफ्नो आय र व्ययको वास्तविक हिसाब किताव देखिने गरी बैंक मार्फत कारोबार गर्ने व्यवस्था मिलाउने,
दलले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ बमोजिम आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र आफ्नो आय र व्ययको लेखा परीक्षण कानून बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा पेश गरी आयोगमा पेश भएको मितिले एक महिनाभित्र सार्वजनिक गर्ने र सोको जानकारी आयोगमा पठाउने,
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १६ बमोजिम आधुनिक नेपाल समाजवादी पार्टी (दर्ता नं.२१) नामक राजनीतिक दलले विधान बमोजिम तोकिएको समयमा केन्द्रीय पादाधिकारी र सदस्यको निर्वाचन नगरेकोले आयोगबाट जरिवाना गर्ने निर्णय भएकोमा आयोगबाट भएको जरिवाना हालसम्म पनि नबुझाएकोले उक्त दललाई जरिवाना बुझाउन एक पटक मौका दिई तोकिएको समयमा जरिवाना नबुझाएमा कानून बमोजिम दल दर्ता खारेजको प्रकृया अगाडि बढाउने,
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २(ठ) बमोजिम दलले आफ्नो विधानमा केन्द्रीय कार्यकारिणी समितिको प्रमुख पदाधिकारी तोक्नु पर्ने व्यवस्था भएकोले एकजना मात्र प्रमुख पदाधिकारी रहने व्यवस्था गर्ने,
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५३ बमोजिम केन्द्रीय समितिका पदाधिकारी र सदस्यमा निर्वाचित भएको व्यक्तिले निर्वाचित भएको साठी दिनभित्र आफ्नो चल तथा अचल सम्पत्तिको विवरण सिलबन्दी गरी दलको केन्द्रीय कार्यालय समक्ष पेश गर्ने र दलले त्यसको अभिलेख राखी सम्पत्ति विवरण पेश गर्ने र नगर्ने पदाधिकारी र सदस्यको नाम त्यसरी सम्पत्ति विवरण पेश गर्नु पर्ने अवधि नाघेको एक महिनाभित्र प्रकाशन गरी सोको जानकारी आयोगमा पठाउने,
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५९ बमोजिम आयोगसँगको सम्पर्कको लागि दलले एकजना सम्पर्क व्यक्ति तोकी आयोगलाई जानकारी गराउने व्यवस्था बमोजिम हालसम्म सम्पर्क व्यक्ति नतोकेको भए संवत् २०८० फागुन मसान्तभित्र तोकी सोको जानकारी आयोगमा पठाउने,
दलले आफ्नो नाम, विधान, नियम, छाप, झण्डा वा चिन्हमा भएको परिवर्तन वा संशोधन वा पदाधिकारीको हेरफेरको विवरण राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम अद्यावधिकको लागि आयोगमा पेश गर्दा देहाय बमोजिमको चेक लिष्ट प्रमाणित गरी पेश गर्नेः
राजनीतिक दलको विवरण अद्यावधिक सम्बन्धी आवश्यक कागजातहरू (चेक लिष्ट)
क्र.स. विवरण छ छैन
१.आयोगले मिति २०७९/०४/०४ मा स्वीकृत गरेको ढाँचामा विधान संशोधन वा हेरफेर गरी अद्यावधिकको पेश गरेको
२.विवरण हेरफेरको निर्णय भएको ३० दिन भित्र अद्यावधिकका लागि पेश गरेको
३.दलको विवरण अद्यावधिक गर्ने भनी पेश भएको महाधिवेशन वा दलको केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि समावेश गरिएको
४.दलको नाम, झण्डा ,चिन्ह आयोगमा दर्ता कायम रहेका अन्य दलका नाम, चिन्ह, झण्डा भन्दा फरक रहेको
५.दलले लेखापरीक्षण प्रतिवेदन बुझाएको
६.दलको अद्यावधिक गर्नु पर्ने विवरण विधान सम्मत रहेको
७.दलको पदाधिकारी र केन्द्रीय सदस्य रिक्त हुँदा महाधिवेशन अगाडि भए पदपुर्ति गर्ने व्यवस्था रहेको
८.केन्द्रीय समितिको सदस्य मनोनयन गरिएको भए विधानमा मनोनयन वा पुर्ति गर्ने व्यवस्था रहेको
९.केन्द्रीय समितिका पदाधिकारी वा सदस्यलाई कारवाही गर्दा विधान सम्मत स्पष्टीकरणको मौका दिएको
१०.अद्यावधिक लागि विधानको पुर्नेलेखन वा संशोधन भएको भए राजनीतिक दल सम्बन्धी ऐनमा भएको व्यवस्था बमोजिम भएको
११.हेरफेर भई आएको दलका पदाधिकारी वा केन्द्रीय समितिका सदस्यको योग्यता राजनीतिक दल सम्बन्धी ऐन,२०७३ को दफा १४ बमोजिम पुगेको
१२.दलका पदाधिकारी वा केन्द्रीय समितिका सदस्यको नागरिकताको प्रतिलिपि/ मतदाता नामावली/ राष्ट्रिय परिचय पत्र पेश गरेको
१३.दलको एकीकरण/महाधिवेशन पुर्व विधान संशोधन भएमा विधानमा भएको व्यवस्था बमोजिम भएको
१४.केन्द्रीय समिति एवम् अन्य समितिमा कम्तीमा एक तिहाइ महिलाको प्रतिनिधित्व रहेको
१५.विधान बमोजिम विभिन्न तहमा रहने समितिहरूमा पदाधिकारी एवम् सदस्यहरूको निर्वाचन, मनोनयन वा नियुक्ति समानुपातिक समावेशी सिद्धान्तका आधारमा गरिएको
१६.विधान वा नियमावलीमा संशोधन वा परिवर्तन गरेको भए निवेदन साथ पेश गरेको
१७.आयोगबाट जरिवाना गरिएको भए जरिवाना बुझाएको
१८.अधिकार प्राप्त पदाधिकारी वा अनुमति प्राप्त व्यक्तिले पत्रचार वा दलको प्रमुख पदाधिकारीले अख्तियारी प्रदान गरेको पत्र समावेश गरेको
माथि उल्लेख भए बमोजिमका कागजात एवम् विवरण पेश गरेको साँचो हो भनी सही गर्ने प्रमुख / पदाधिकारीकोः-
दस्तखतः
नाम थरः
पदः
मितिः
दलको छापः
(डा. थानेश्वर भुसाल)
उपसचिव एवम् सहायक प्रवक्ता
न्युज कारखाना
काठमाडौं,३ फागुन ।
संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना सुपरीवेक्षण परामर्शदाता छनौट भएको छ । आयोजनाको निर्माण सुपरिवेक्षणका लागि ट्राक्टेवल इन्जिनियरिङ जर्मनी, ट्राक्टेवल इन्जिनियरिङ स्पेन तथा वापकोस लिमिटेड, भारतको संयुक्त उपक्रम इन एसोसिएसन विथ टोटल म्यानेजमेन्ट सर्भिसेस (टिएमएस) तथा जेड कन्सल्ट, नेपाल छनौट भएको छ ।

आयोजनाको प्रवद्र्धक अपर अरुण हाइड्रो–इलेक्ट्रिक लिमिटेड र परामर्शदाताबीच बुधबार ठेक्का सम्झौता भएको छ । निर्माण सुपरिवेक्षण परामर्श सेवाका लागि २ करोड ३४ लाख युरो, ४ लाख ४५ हजार अमेरिकी डलर र ६४ करोड ३० लाख रुपैयाँमा ठेक्का सम्झौता (कर र प्रभिजनल समसहित) भएको हो । परामर्श सेवाको रकम युरो, डलर र रुपैयाँ गरी तीन वटा मुद्रामा भुक्तानी हुने व्यवस्था गरिएको छ ।
परामर्श सेवाको अवधि १ सय १७ महिनाको हुनेछ । ठेक्का सम्झौता बमोजिम परामर्शदाताले पहिलो चरण अन्तर्गत डिजाइन पुनरावलोकन तथा बोलपत्र सम्बन्धी कागजातहरु तयारी गर्नेछ । यसका लागि २१ महिना छुट्याइएको छ । दोस्रो चरणमा आयोजनाको निर्माण कार्यको सुपरीवेक्षण गर्ने छ । यसका लागि ७२ महिना राखिएको छ । तेस्रो चरणमा आयोजना सञ्चालन तथा मर्ममतसम्भारका लागि परामर्श सेवा उपलब्ध गराउन छ । यसका लागि २४ महिना छुट्याइएको छ । ठेक्का सम्झौताका लागि गरिएको कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवम् अपर अरुण हाइड्रो–इलेक्ट्रिक लिमिटेड सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले सरकारले घोषणा गरेको रुपान्तरणकारी आयोजना निर्माणको सुरपरीवेक्षण गर्न परामर्शदाता नियुक्त भएकाले एउटा महत्वपूर्ण चरण पार भएको बताए ।

पहिलो चरणअन्तर्गत ९ महिनाभित्रमा आयोजनाका मुख्य संरचना निर्माणका लागि ठेकेदार छनौट गर्न बोलपत्रसम्बन्धी कागजात तयार गर्नु अत्यन्तै महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले सेकेण्ड सकेण्डको ख्याल गरी जसरी पनि उक्त समयमा कार्य सम्पन्न गर्न आग्रह गरे ।
‘नेपाल सरकार, प्रदेश सरकार, आयोजना प्रभावित जिल्लाका स्थानीय तह, आयोजना प्रभावित जिल्लाबासी, देशभरीका सर्वसाधारणको सेयर लगानी, अन्तर्राष्ट्रिय वहुपक्षीय विकास साझेदारको सहुलितपूर्ण ऋण र स्वदेशी बैक तथा वित्तीय संस्थाको ऋण लगानी रहने गरी ब्लेन्डेड फाईनान्सिङ’(मिश्रित लगानी)को नमुना परियोजनाको रुपमा अगाडि बढाउन खोजिरहेका छौं’, कार्यकारी निर्देशक घिसिङले भने, ‘विश्व बैंकको नेतृत्वमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुबाट आगामी जुन (असार) भित्रमा वित्तीय व्यवस्थापन गर्ने गरी प्रक्रिया अगाडि बढिरहेको छ, आयोजनास्थलमा निर्माण पूर्वका तयारीका कार्यहरु भइरहेका छन्, आयोजनाको वित्तीय व्यवस्था गरी जतिसक्दो छिट्टो निर्माणमा लैजाने गरी आवश्यक कामहरु भइरहेका छन् ।’
कम्पनीका प्रबन्ध–सञ्चालक फडिन्द्रराज जोशीकाअनुसार, आगामी वैशाखमा हुने लगानी सम्मेलनमा विश्व बैंकको अगुवाइमा अन्तर्राष्टिय वित्तीय संस्थाहरुले १ अर्बदेखि १ अर्ब २० करोड डलरसम्म लगानी ढाँचा सम्झौतामा हस्ताक्षरको तयारी भइरहेको छ । सन् २०१९को मूल्यमा निर्माण अवधिको ब्याज, मूल्यबृद्धिलगायतसहित १ अर्ब ७५ करोड डलर (करिब २ खर्ब १४ अर्ब) अनुमानित लागत रहेको माथिल्लो अरुणमा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी (इक्विटी)बाट जुटाइने छ । विश्व बैंकको नेतृत्वको सहवित्तीयकरणमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट र स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट जुटाएर वित्तीय व्यवस्थापन गरिने योजना बनाइएको छ ।
यसका लागि हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनी (एचआइडिसिएल)को नेतृत्वमा ५३ अर्ब अर्ब स्वदेशी बैंक तथा वित्तीय स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट सहवित्तीयकरणमार्फत लगानी जुटाउन समझदारीपत्र (एमओयू) भइसकेको छ । इक्विटीमध्ये ५१ प्रतिशत आयोजनाको प्रवद्र्धक अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीका संस्थापक शेयरबाट र ४९ प्रतिशत सर्वसाधारण शेयरबाट संकलन गरिने छ । जनताको जलविद्युत कार्यक्रममा समावेश माथिल्लो अरुणमा प्रदेश सरकार, आयोजना रहेको जिल्ला संखुवासभाका स्थानीय तह, नेपाल विद्युत प्राधिकरणलगायतका संस्थापक सेयर रहने छ । आयोजना प्रभावित बासिन्दा, देशभरका सर्वसाधारण लगायतको ४९ प्रतिशत साधारण सेयर रहनेछ ।

सन् २०२६को सुरुवातबाट निर्माण सुरु गर्ने लक्ष्यका साथ निर्माण पूर्वका कामहरु भइरहेका छन् । आयोजनाको निर्माण सन् २०३१ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।आयोजनाको पूर्वतयारीमध्ये २ किलोमिटर सुरुङ मार्गसहित करिब २१ किलोमिटर प्रवेश सडक निर्माण सुरु भएको छ । आयोजनास्थलमा कार्यालय तथा आवास निर्माण भइरहेको छ ।
आयोजनालाई आवश्यक पर्ने २३२.१४ हेक्टर निजी जग्गा प्राप्ति करिब करिब सम्पन्न भएको छ । अधिग्रहण गरिने जग्गाको करिब ९८ प्रतिशत मुआब्जा तथा क्षतिपूर्ति वितरण गरिसकिएको छ । आयोजनाबाट विस्थापितहरुको पुनस्र्थापना कार्य जारी छ । आयोजनाबाट करिब २२ घरधुरी भौतिक रुपमा विस्थापित हुने छन् । आयोजनाको निर्माणबाट वातावरणीय तथा सामाजिक प्रभावहरु तुलनात्मक रुपमा न्यून रहने अध्ययनले देखाएको छ ।
आयोजनालाई विद्युत् बढी माग हुने हिउँदका ६ महिनामा दैनिक ६ घण्टा पूर्ण क्षमतामा चलाउने गरी डिजाइन गरिएको छ । आयोजनाबाट वार्षिक ४ अर्ब ५३ करोड युनिट ९द्धछघज्ञ न्धज० ऊर्जा उत्पादन हुने छ । यसमध्ये करिब ३० प्रतिशत ऊर्जा हिउँदमा उत्पादन हुने छ । उत्पादित विद्युतलाई करिब ६ किलोमिटर ४०० केभीको प्रसारण लाइनमार्फत संखुवासभाको हाइटारमा प्रस्तावित सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ ।
प्राधिकरणले माथिल्लो अरुणकै अंग रहने गरी ३० मेगावाटको इखुवा जलविद्युत आयोजना अगाडि बढाएको छ । इखुवा पनि जनता जलविद्युत कार्यक्रममा समावेश भएको आयोजना हो । न्युज कारखाना
काठमाडौं, ३ फागुन ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति रौतहटले फिल्डबुकमा दर्ता भइसकेको जग्गालाई ऐलानीको रुपमा स्वीकारेर पुनः दर्ता गर्न नमिल्ने बताएको छ । रौतहटको गुजरा नगरपालिका वडा नम्बर २ मा फिल्डबुकमा दर्ता भइसकेको जग्गालाई ऐलानी भन्दै पुनः दर्ता गरेको भन्ने चर्चाका बीच राष्ट्रिय भूमि आयोग जिल्ला समिति रौतहटका अध्यक्ष लक्ष्मण रेग्मीले फिल्डबुकमा दर्ता भइसकेको जग्गा पुनः दर्ता गर्न कानुनले नदिने बताए ।

यद्यपि, फिल्डबुकमा दर्ता भइसकेको जग्गालाई पुनः दर्ता गरे बदर हुने र नियमविपरीत कार्य गर्नेलाई कानुनअनुसार कारबाही हुने उनको भनाइ छ । कसैको नाममा दर्ता नभएको पर्ती जग्गा ऐलानी हुने र सोही प्रकृतिको जग्गाको नाप नक्सा गर्न कर्मचारी फिल्डमा खटिएको जानकारी दिँदै उनले फिल्डबुकमा दर्ता भइसकेको जग्गा पुनः दर्ता गर्न नमिल्ने दोहोर्याए ।
अधिकार सम्पन्न वन क्षेत्र सुदृढीकरण उच्चस्तरीय आयोगले मकवानपुर धियाँलको सट्टाभर्ना स्वरुप साविक रंगपुर वडा नम्बर ५ को जग्गा वितरण गरेको थियो । सोही आयोगले चरणवद्ध रुपमा लालपुर्जा विरतण गरिरहेका बेला २०४६ सालको आन्दोलनसँगै राजनीतिक परिवर्तनले पुर्जा वितरण कार्य प्रभावित भयो । पछि सरकारले पुर्जा वितरणसहितका कार्य सम्पन्न गर्न जिल्लास्थित सुकुम्बासी समस्या समाधान आयोगलाई जिम्मा दिएको थियो । तर, राजनीतिक स्वार्थका कारण तात्कालीन जनप्रतिनिधिले पुर्जा वितरणसहितका काममा भाँजो हालेका थिए ।
कल्याणी खड्का सुकुम्बासी समस्या समाधान आयोग रौतहटको अध्यक्ष हुँदा तात्कालीन रंगपुर गाविसका उपाध्यक्ष पदमकुमार श्रेष्ठसहितका व्यक्ति गएर ‘आफूहरुको आधार इलाका भत्किने’ भन्दै पुर्जा वितरण र स्रेस्ता कायम नगर्न आग्रह गरेका थिए । कल्याणी खड्का एमालेकी नेतृ थिइन् भने श्रेष्ठ एमालेबाटै उपाध्यक्षमा चुनाव जितेका जनप्रतिनिधि थिए । एउटै निर्णयले अधिकांशले पुर्जा पाउँदा केहीको रोकिन पुग्यो । र सरकारी निकाय र जनप्रतिनिधिले आफ्नो जिम्मेवारी पूरा नगर्दा फिल्डबुकमा दर्ता भएको जग्गाको स्रेस्ता कायम हुन सकेन । तर, यही जग्गाको विषयलाई लिएर केहीले पैसा उठाएर खाने कामसमेत गरेका थिए ।
अरुको नाममा दर्ता भएको जग्गा कब्जा गर्नेको नाममा हुने भन्दै पैसा उठाउनेहरु सर्वाेच्च अदालतसम्म पुगे । तात्कालीन सुकुम्बासी समस्या समाधान आयोगका अध्यक्ष गम्भीराप्रसाद निरालाले दिएको लालपुर्जालाई ‘चुनावी लालपुर्जा’ भन्दै आफूहरुको नाममा जग्गा दर्ता गरि लालपुर्जा पाउनुपर्ने मागसहित चन्द्रबहादुर आले, टीकाराम सापकोटा, सोभितमान घिसिङसहितले सर्वाेच्च अदालतमा रिट दायर गरे । तर, उनीहरुको माग सर्वाेच्च अदालतले खारेज गरिदियो । २०६२ असार २४ गते सर्वाेच्च अदालतका न्यायाधीश अनुपराज शर्मा र बद्रीकुमार बस्नेतको संयुक्त इजलासले सुकुम्बासी समस्या समाधान आयोगका अध्यक्ष गम्भीराप्रसाद निरालाले वितरण गरेको लालपुर्जालाई कानुनविपरीत भन्न नमिल्ने ठहर गर्दै रिट खारेज गरेको थियो ।
‘सुकुम्बासी समस्या सामाधान आयोग रौतहटको काम कर्तव्य र गठन प्रक्रियामा समेत निवेदकहरुले प्रश्न उठाउनु भएको पाईन्छ । तर, सो आयोग अनाधिकार रुपमा गठन भएको नदेखिई साधिकार निकाय भएको समेत देखियो । जुन निकायले निवेदकहरुको हकमा आघात पुग्यो भनी निवेदनमा दावी लिइएको छ । त्यो निकायलाई निवेदकहरुले विपक्षी बनाउन सकेको समेत देखिँदैन । एकाले प्राप्त गरेको जग्गा अर्काले दर्ता गराई लिन सक्ने अवस्था समेत भन्न नमिल्ने हुँदा नक्सा फिल्डबुक बमोजिम जग्गा दर्ता गर्ने निर्णय सुकुम्बासी समस्या समाधान आयोगले गरेको अवस्था पाइयो । तसर्थ अधिकार सम्पन्न सुकुम्बासी समस्या सामाधान आयोगले निर्णय गरी गुरु बहादुर आले मगर समेतका व्यक्तिलाई दिएको निवेदन दावीको जग्गाहरु कानून सम्मत तवरले दर्ता भएको देखिँदा अस्पष्ट आधारहिन माग दावीको आधारमा दिएको रिट निवेदन जारी गर्न नमिलि खारेज हुने ठहर्छ,’ सर्वाेच्च अदालतको फैसलामा उल्लेख छ ।
पछिल्लो पटक २०७१ मंसिर ४ गते हरिहरपुरस्थित जनजागृती प्राथमिक विद्यालयले राजुबहादुर क्षेत्री (राजु राउत)को जग्गा विद्यालयले भोगचलन गरेकाले विद्यालयको नाममा हुनुपर्ने माग गर्दै दायर रिटलाई २०८० भदौ २१ गते सर्वाेच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराई र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले भोग चलन गरेकै आधारमा अरुको जग्गा आफ्नो नाममा हुनुपर्ने माग कानुनविपरीत हुने ठहर गर्दै रिट खारेज गरेको थियो ।
सर्वाेच्च अदालतले समेत पटक पटक स्पष्ट पारे पनि सरकारी निकाय र जनप्रतिनिधिले बेवास्ता गर्दै पीडितलाई न्याय दिएनन् । राजनीतिक अस्थिरताका कारण सरकारी निकायले आफ्नो जिम्मेवारी पूरा नगर्दा र स्थानीय नेताको राजनीतिक स्वार्थका कारण पीडितले न्याय पाउन सकेनन् ।
जग्गा कब्जा गरेकाहरुको समूहले न्यायको पक्षमा आवाज उठाउनेमाथि सांघातिक आक्रमण गर्दै ‘चार इन्ची’ उचाइ घटाउने भन्दै रातभर नारा लगाउँदै हिँडेका थिए । सांघातिक आक्रमणसहितका कारण पृथ्वीबहादुर बस्नेत कटानीबाट विस्थापित हुनुपरेको थियो । सोही विषयलाई लिएर सार्वजनिक स्थानमा माधव अधिकारीमाथि समेत दुर्व्यवहार भएको थियो ।
गणतन्त्र आएसँगै नयाँ जनप्रतिनिधिबाट न्याय पाउने आशमा पीडितहरु थिए । तर, उनीहरु पनि राजनीतिक दाउपेचमा लागेका छन् । गुजरा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अशोकुमार खाँ थारूले स्रेस्ता कायम नरहेको जग्गा ऐलानी हुने र जसको जोत उसकैको नाममा हुने कानुन र सर्वाेच्च अदालतको आदेशविपरीत अभिव्यक्ति दिएका छन् ।
‘४४ सालदेखि कयौं कित्ता जग्गा विवादित रहेको छ । स्रेस्ता कायम नरहेको जग्गा ऐलानी हुने र जसको जोत उसको नाममा नाप नक्सा भइरहेको सम्पूर्णमा हार्दिकण् अनुरोध छ,’ केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा वडा अध्यक्ष थारूले लेखेका छन् ।
साविक रंगपुरको वडा नम्बर ५ व्यवस्थित बसोबास क्षेत्रभित्र पर्छ । साविक रंगपुर वडा नम्बर ५ को ‘क, ख, ग र घ’मा ऐलानी जग्गा नरहेको सरकारी निकायको रेकर्डमा देखिन्छ । तर, वडा अध्यक्ष थारूले ऐलानी जग्गा नापनक्सा भइरहेको बताए । उनले स्रेस्ता कायम नभएको जग्गा ऐलानी हुने दाबी गरेका छन् । तर, उनको दाबीलाई भूमि आयोग रौतहटका अध्यक्ष लक्ष्मण रेग्मी र भूमि व्यवस्था मन्त्रालयका सहसचिव गणेशप्रसाद भट्टले कानुनविपरीत भनेका छन् ।
फिल्डबुकमा दर्ता भइसकेको र स्रेस्ता कायम नभएकै आधारमा ऐलानी जग्गा भन्न नमिल्ने राष्ट्रिय भूमि आयोग जिल्ला समिति रौतहटका अध्यक्ष लक्ष्मण रेग्मीले बताए । साथै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पनि फिल्डबुक दर्ता भइसकेको जग्गा ऐलानी नहुने स्पष्ट पारेको छ । ‘चौर, पर्ती जग्गा ऐलानी हुने हो । फिल्डबुकमा दर्ता भइसकेको जग्गा ऐलानी हुँदैन । यो पुनः दर्ता गर्ने कार्य कानुनविपरीत हुन्छ,’ मन्त्रालयका सहसचिव गणेशप्रसाद भट्ट बताउँछन् ।
ऐलानी जग्गाको नापनक्सा गर्ने राज्यको अभियान रहेको र फिल्डबुकमा दर्ता भएको जग्गा पुनः अर्काे व्यक्तिको नाममा दर्ता गरे सोकार्य कानुनविपरीत हुने भएकाले संलग्नलाई कारबाही हुने उनको चेतावनी छ ।
साथै उजुरी परेमा अनुसन्धान प्रक्रियाअघि बढाइने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । कानुनविपरी कार्य र शंकास्पद आर्थिक गतिविधि भएको शंका लागेमा उजुरी दिन मिल्ने र उजुरी परेमा अनुसन्धान अघि बढाइने अख्तियारका प्रवक्ता नरहरि ढकालले जानकारी दिए । ‘सार्वजनिक सेवा प्रवाहमा शंकास्पद आर्थिक चलखेलको आशंका भएमा आयोगमा उजुरी दिन मिल्छ,’ उनले भने, ‘उजुरी दिएमा संलग्नमाथि अनुसन्धान प्रक्रियाअघि बढाउँछौँ ।’ उनका अनुसार आयोगको हटलाइन नम्बर, टोल फ्रि नम्बर, भाइबर, एसएमएस, इमेल, हुलाकमार्फत वा आफैँ उपस्थित भएर उजुरी दिन सकिनेछ ।
व्यक्तिको नाममा फिल्डबुक दर्ता भइसकेको जग्गाको स्रेस्ता कायम गराउने कानुनी दायित्वबाट पछि हटेर अर्केको नाममा दर्ता गराउने सार्वजनिक अभिव्यक्ति वडा अध्यक्ष थारूको कुन नियतबाट आएको हो ? कानुन र कार्यदेशविपरीत कार्य गर्ने वडा अध्यक्ष थारूले किन जोखिम मोलिरहेका छन् ? यसबारे पछि खुल्दै जानेछ । उनले भनेजस्तै आर्थिक चलेखलबिना यी भएका होलान् त ? न्युज कारखाना
काठमाडौं, ३ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशन आज पनि जारी रहने भएको छ ।
पार्टी अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंगलबार उदघाटन गरेको सो अधिवेसनमा आज ७ वटा समुहले आ-आफ्नो बाँकी प्रस्तुति दिनेछन् ।
हिजोसम्म २० वटा समूह मध्ये १३ समुहले आ आफ्नो धारणा राखिसकेका छन् । महासचिव देवप्रसाद गुरुङले गठन गरिएका २० वटा समूहले प्रस्तावित बिधानमा छलफल गरिसके पछि हिजोबाट प्रस्तुतिकरण सुरू भएको जानकारी दिएका छन् ।
अध्यक्ष प्रचण्डले बुधबार १ बजेसम्म छलफल गरी आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्न समयसिमा तोकि दिए अनुसार हिजो १३ समुहले आफ्नो सुझाव दिएर टुंगाएका हुन् ।
तीन दिनसम्म चल्ने अधिवेशनमा २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिम रुप दिइने माओवादीले जनाएको छ । न्युज कारखाना
राैतहट,फाल्गुन ३।
वृन्दावन नगरपालिका वडा नम्बर -५ नगरकटियामा रहेको श्री राम जानकी आधारभुत विद्यालयमा चार कोठे विद्यालय भवनको निर्माण को लागि शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।
बुधबार वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले सरस्वती पुजा तथा वसन्तपन्चमीको अवसर पारी एक कार्यक्रमका बिच सो भवनको शिलान्यास गरेका हुन्।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगतको २२ लाख ५० हजार र नगर स्तरीय योजनाको २२ लाख ५० हजार गरि जम्मा ४५ लाखको लागतमा बन्ने सो भवनमा ब्रान्डा सहित ४ ओटा कोठाको निर्माण हुने भएको छ।
शिलान्यास पश्चात् नगरप्रमुख कुर्मीले,मानव जीवन जिउन र नगर र देश लाई समृद्ध बनाउनको लागि शिक्षा अपरिहार्य रहेकोले आफू शिक्षालाई विशेष प्राथमिकतामा राखेर अगाडि बढीरहेको बताए।
सोही कार्यक्रममा बोल्दै नगर प्रमुख कुर्मी, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगतको २२ लाख ५० हजार रकमले दुईवटा कोठा मात्रै पुगिरहेको तर सो विधालयमा चार ओटा कोठाको खाँचो रहेको कारणले गर्दा वडा अध्यक्ष फेकु दास लगायत समस्त बिधालय परिवार र स्थानीय जनताको आग्रहले आफुले आफ्नो नगर स्तरीय योजना बाट २२ लाख ५० हजार दिएर सो कार्य सम्पन्न गर्ने उदेश्यले सो शिलान्यास सम्पन्न गरेको बताउनुभयो ।
नगर प्रमुखको सो सराहनीय कार्यले त्यहाँका स्थानीय अत्यन्तै अर्षित भएका छन् भने सो बिधालयमा अध्यनरत बिधार्थीहरु अब नयाँ भवनमा अध्यन गर्न पाउने भएकोले खुशी व्यक्त गरेका छन्।
उक्त भवनको शिलान्यास कार्यक्रममा नगर प्रमुख कुर्मी लागायत सो वडाका वडा अध्यक्ष फेकु दास र प्रमुख प्रसासकिय अधिकृत रनजय पटेल, शिक्षा संयोजक उपेन्द्र महतो,जिन्सी शाखा तथा स्वास्थ्य शाखा प्रमुख रासनरायण पटेल,योजना प्रमुख हरिदुलाल र नगर पालिकाका ईन्जिनियर दिलीप यादव,कमलेश कुश्वाहाको साथै विभिन्न शिक्षा प्रेमी तथा बुद्धिजीवी र स्थानीयहरुको सहभागीता समेत रहेको थियोे।
काठमाडौं, २ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशन आज पनि जारी रहने भएको छ ।
पार्टी अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो उदघाटन गरेको सो अधिवेसनमा आज २० वटा समुहले आ-आफ्नो प्रस्तुति दिनेछन् ।
महासचिव देवप्रसाद गुरुङले हिजो गठन गरिएका २० वटा समूहले प्रस्तावित बिधानमा छलफल गरिसके पछि आज प्रस्तुतिकरण हुन लागेका हो । अध्यक्ष प्रचण्डले बुधबार १ बजेसम्म छलफल गरी आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्न समयसिमा तोकि दिएका छन।
तीन दिनसम्म चल्ने अधिवेशनमा २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिम रुप दिइने माओवादीले जनाएको छ । न्युज कारखाना
काठमाडौं,१ फागुन ।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीका एक शिक्षिकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
कास्कीको पोखरा महानगरपालिका–८ को श्रीराम प्राथमिक विद्यालयको प्राथमिक तहको स्थायी शिक्षक विन्दु गौतम शर्माविरुद्ध आज मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
शिक्षक शर्माले भारतको उत्तर प्रदेशबाट एसएलसी तहको नक्कली शैक्षिक प्रमाणपत्र र लब्धाङ्क पत्रहरू पेस गरी शिक्षक पदमा नियुक्त भएको अख्तियारले जनाएको छ।न्युज कारखाना
काठमाडौँ, १ फागुन ।
नेकपा(माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘डिजीटल बक्तृत्वकला’ प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेका छन् ।

जनयुद्ध दिवसका अवसर योङ्ग कम्युनिष्ट लीग, नेपालले मंगलबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेका हुन् ।

प्रतियोगितामा प्रथम हुने आशा उपरकोटीले रु ५५ हजार, द्वितीय हुने सिलु क्षत्रीले रु ३५ हजार र तृतीय स्थान प्राप्त गर्ने सम्झना राईले रु २० हजार नगदसहित सम्मान प्राप्त गरेका छन् ।न्युज कारखाना
रौतहट १ फागुन।
रौतहटको मौलापुर नगरपालिकामा “फ्री बिजुली र फ्री पानी” कार्यक्रम जनता माझ लोकप्रिय बनेको छ। सोही कार्यक्रम अन्तर्गत नगरपालिका द्वारा मंगलबार विद्युत् महसुलबापत लाखौं बराबरको चेक हस्तन्तरण गरिएको छ।
सम्पूर्ण नगरवासीको घरेलू तथा कृषि सिंचाई मिटरको महशुल बापतको ३१ लाख रुपैयाँको चेक मेयर रिना कुमारी साहले नेपाल बिद्युत प्राधिकरण मौलापुर शाखालाई हस्तान्तण गरेकी हुन्। यस आर्थिक बर्षमा खर्च भएको बिद्युतको हालसम्मको महशुल मध्ये बक्यौता रकम ३१ लाख रुपैयाँको चेक मेयर साहले हस्तान्तण गरेको प्रमुख प्रसासकिय अधिकृत रामबाबू साहले बताएका छन्।
मौलापुर नगरपालिकाको मेयर पदमा दोस्रो पटक निर्वाचित रिना कुमारी साहको सक्रियतामा सञ्चालित उक्त कार्यक्रमले आम जनतामा ठुल्लो राहत एवं उत्साह प्रदान गरेको स्थानीयहरूले बताएका छन।मेयर साहकै सक्रियतामा नगरक्षेत्रमा निःशुल्क बिजुली पानीसँगै मालपोत शुल्क पनि नलाग्ने फ्री गरिएको छ।
त्यसैगरी समय समयमा किसानलाई बिभिन्न बालीको उन्नत बीउ समेत नगरपालिकाले निःशुल्क वितरण गर्दै आएको छ। पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहकी धर्मपत्नी रिना कुमारी साह मौलापुरमा दोस्रो पटक मेयर बनेकी हुन। पहिलो पटक २०७४ को स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रको टिकटबाट र दोस्रो पटक गत निर्वाचनमा नेकपा एमालेको टिकटबाट मेयर पदमा विजयी भएकी थिइन्। न्युज कारखाना
काठमाडौँ, १ फागुन ।
नेकपा माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धमा योगदान गर्ने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन अपिल गरेका छन् । माओवादी केन्द्रले आयोजना गरेको २९ औँ जनयुद्ध दिवसको आज यहाँ उद्घाटपछि शुभकामना व्यक्त गर्दै परिवर्तनका लागि बलिदान गर्ने योद्धाहरुलाई आरोपित गर्ने अधिकार कसै पनि अधिकार नभएको उल्लेख गरेका हुन् ।
सबै क्रान्तिकारी एकताबद्ध हुने राम्रो अवसर भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, “एकै मोर्चा र केन्द्रमा एकता बद्ध गर्न आग्रह गर्दछु । ढिलो नगरी आनुहोस् बसौं, समीक्षा गरौं । नयाँ लहर सिर्जना गरौँ । माओवादी युद्धका सहयात्रीहरु आउनुहोस् । यो मोर्चालाई एकताबद्ध गरौँ ।”
सामाजिक न्याय र सुशान कायम गरेर अगाडि बढ्ने अवसर भएको बताउँदै अध्यक्ष प्रचण्डले संकल्प गर्ने यस दिनमा सबै एकताबद्ध हुन अपिल गर्नुभयो । जनयुद्ध नेपालको इतिहासको दूरगामी महत्त्वको रहेको र आगामी दिनमा पनि रहने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले नेपालमा जनयुद्ध सम्भव छ भन्ने निष्कर्षसहित आफूहरु अगाडि बढेको र सोहीअनुसार जनताले अभियानमा सहयोग प्रदान गरेको स्मरण गरे ।
जनयुद्धको दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै पार्टीका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जनयुद्ध दिवस मनाउन बिदा दिएको भए पनि अदालतको निर्णयलाई स्वीकार गर्नुपरेको बताउनुभयो । सरकारले बिदा नदिए पनि क्रान्तिकारीहरुले यस बिदालाई भब्यरुपमा मनाउने बताउँदै यस दिनलाई उच्च सम्मान गर्नुपर्ने बताए ।
“नेपालमा ऐतिहासिक परिवर्तनमा मुख्य र निर्णयक भूमिका कमरेड प्रचण्डको नेतृत्वमा सम्पन्न भएको जनयुद्ध नै थियो भन्ने कुरा कुनै विवाद छैन, विवाद पनि गर्न हुँदैन,” उपाध्यक्ष श्रेष्ठले भने, “शान्ति प्रक्रिया अगाडि बढाउने क्रममा अध्यक्ष प्रचण्डकै नेतृत्वमा भएको र यसले नेपाली समाजलाई रुपान्तरण गरेको छ, उहाँ दूरदृष्टिअनुसार जनयुद्धले गणतन्त्र स्थापना भएको हो ।”
संघीय लोकतान्त्रिक गणतन्त्रमा मात्र हाम्रो लक्ष्य नभएको उल्लेख गर्दै शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गरेर समाजवाद उन्मुख लोकतान्त्रिक गणतन्त्र दिशामा अगाडि बढ्नु पार्टीको मूल लक्ष्य हुनुपर्ने बताए । समाजवादको नयाँ आधार तयार पार्नका लागि सबै क्रान्तिकारी शक्तिलाई एकताबद्ध गरेर अगाडि बढाउनुपर्नेमा जोड दिँदै उनले राष्ट्रिय सार्वभौमिकता, प्राप्त उपलब्धीको रक्षा, सुशासनसहितको समृद्धि र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नु नै अबको कार्यभार भएको बताए ।न्युज कारखाना
काठमाडौं, १ फागुन ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाकाजी श्रेष्ठले सरकारले बिदा नदिए पनि धुमधामका साथ जनयुद्ध दिवस मनाउन अपिल गरेका छन्।
काठमाडाैँमा आयाेजित कार्यक्रममा बाेल्दै गृहमन्त्री श्रेष्ठले फागुन १ अर्थात् जनयुद्ध दिवस क्रान्तिकारीहरुकाे महान दिन भएकाे बताउँदै यसलाई उत्साहपूर्वक मनाउन अपिल गरेका हुन्।
‘सरकारले औपचारिक रुपमा बिदा दिओस् नदिओस् आजकाे दिन एतिहासिक जनयुद्ध दिवस हाे र क्रान्तिकारीहरुले, नेपाली जनताले यसलाई मनाउँछन्, मनाइरहेका छन्’, गृहमन्त्री श्रेष्ठले भने, ‘र, आज हामीले त्यसकारण पनि याे मनाइरहेका छाैँ।’
उनले सर्वाेच्च अदालतले जनयुद्ध दिवस मनाउन सरकारले दिएकाे बिदालाई राेक लगाए पनि फेरि सरकारले अर्काे निर्णयबाट राष्ट्रिय उत्सवकाे रुपमा जनयुद्ध मनाउने व्यवस्था गर्ने बताएका छन्।न्युज कारखाना
सिरहा, १ फागुन।
मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले आइतबार पालिकामा भएको तोडफोडमा संलग्नहरुलाई तत्काल कानुनी कारबाहीमा ल्याउनुपर्ने माग गरेका छन् । पालिकामा तोडफोड घटनाभएको २४ घण्टा वितिसक्दा पनि स्थानीय प्रशासनको मौनताले आफूहरु सशकित भएको भन्दै उनीहरुलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने आज पत्रकार सम्मेलन गरी माग गरेको हो।

मेयर यादवले विना कारण गुण्डा शैलिमा प्रशासनकै अगाडि पालिकामा भएको ढुङ्गामुडाको घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याउन आफ्नो तर्फबाट सबैखालको प्रयास भइरहेको बताए। उनले भने, ‘हामी यसप्रकारको गुण्डाशैलीको घोर भर्त्सना गर्दछौं। घटनामा संलग्नहरुलाई कानुनी कार्वाहीमा ल्याउन माग पनि गर्दछौं। तर, स्थानीय प्रहरीको व्यवहारले हामीलाई ससंकित बनाएको छ।’

शंकाकै बिच पनि हामीले न्यायको आशा गरेको मेयर यादवले बताए। उनले भने, ‘हामीले प्रहरीलाई शंकाको बावजुत प्रहरीको अनुसन्धान प्रभावित पार्ने पक्षमा छैनौं। उहाँहरु आफैँ पनि घाइते हुनु भएको छ। दोषीमाथि कारबाही हुनेमा हामी विश्वस्त छौं।’

मिर्चैया नगरपालिका ३ का खगेश्वर गोहिवार यादवससहित ३०/४० जनाको समूहमा आएका उछृङ्खल समूहले अन्धाधुन्ध ढुङ्गामुडा प्रहरगरी कार्यलयमा क्षति पुर्याएको नगरपालिकाले जनाएको छ। गोहीवार वडा अध्यक्ष पवित्रि देवी यादवको श्रीमान हुन्।

गोहिवारले यस अघिदेखि नै वडा कार्यालयमा कार्यरत कर्मचारी, स्वास्थ्य चौकीका कर्मचारी र शिक्षकहरुलाई दुव्यवहार र गालीगलौज गर्ने गरेको आरोप छ। उनले वडा कार्यालयका सबै कागजातहरु कब्जामा लिएको र काम गर्ने वातावरण समेत खलबल्याएको कर्मचारीहरुले पत्रकार सम्मेलनमा बताए।

पत्रकार सम्मेलनमा सम्पूर्ण विभागीय शाखा प्रमु, विद्यालयका प्रधानाध्यापक र स्वास्थ्य चौकीका प्रमुखहरुको उपस्थिति रहेको थियो। उनीहरुले यस्ताखालका घटना तत्काल रोक्न सम्बन्धित निकायसँग अपिल गरे।न्युज कारखाना

काठमाडौँ, १ फागुन।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफै सक्रिय भइरहेको बताएका छन् ।
मंगलबार बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन ।न्युज कारखाना

भेटमा प्रधानमन्त्रीले भने, ‘यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौं बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छ। तपाईहरूको सुझाव पनि म हेर्छु। यो समस्या जतिसक्दो छिटो टुंगाउन चाहन्छु, यसमा तपाईहरूको पनि सहयोग चाहियो।’न्युज कारखाना
काठमाडौं, १ फागुन ।
मेडिकल ब्यावसायी दुर्गा प्रसाइको नेतृत्वमा काठमाडौंमा आज प्रदर्शन हुने भएको छ ।
राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महाअभियान नामक संस्थामार्फत बिभिन्न गतिबिधि गर्दै आएका प्रसाइको नेतृत्वमा काठमाडौंमा आज प्रदर्शन हुन लागेको हो ।
राजाबादी र हिन्दुबादीहरूको ‘नैतिक समर्थन’ रहेको भनिएको सो आन्दोलनलाइ राप्रपा र राप्रपा नेपालजस्ता पार्टीहरूले नैतिक समर्थन जनाएका छन् ।
पुर्व राजा ज्ञानेन्द्र शाह आउने भनेर प्रसाइले प्रचार गरे पनि उनी भने नआउने भएका छन् । साता दिनका लागि चीतवन गएका पुर्व राजा नभए पनि प्रसाइको नेतृत्वमा आज भृकुटीमण्डपमा प्रदर्शन गर्न लागिएको हो । न्युज कारखाना
गरुडा, २९ माघ ।
नयाँ नेतृत्वको लागि भएको नेकपा एमाले रौतहटको अधिवेशनबाट अध्यक्षमा सचिदानन्द साह निर्वाचित भएका छन्।
साह १९३ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकिटम प्रतिद्वन्दी अखिलेश्वर चौधरी १७५ मतमात्र ल्याउन सके।
यस्तै उपाध्यक्ष पदमा रुपेश कुमार पटेल निर्वाचित भएका छन्।
उपाध्यक्ष पदमा ६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। पटेलका निकटम प्रतिद्वन्दी सुरेश राई यादवले ८९ मत ल्याएर पराजित भए। मनिलाल सहनीले ४४, चन्दन कुमार कुशवाहाले ३७, उपेन्द्र राई यादवले ३१, राम अशिष साह तेलीले १२ मत प्राप्त गरे।
यस्तै सचिव पदमा बाबुराम दाहाल निर्वाचित भएका छन्। दाहाल २०२ मत ल्याएर सचिव पदमा निर्वाचित भएका हुन्। उनका निकटम प्रतिद्वन्दी शिवप्रसाद आचार्य १४७ मत ल्याए।
यस्तै उपसचिव पदमा अवधेशकुमार यादव निर्वाचित भएका छन्। उपसचिव पदमा पाँच जनाको उम्मेदवारी रहेको थियो।
यादव १२९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटम प्रतिद्वन्दी अशोक कुमार पहाडीले ७५ मत प्राप्त गरे। फेजल अहमद ६८ मत, कमलेश कुमार मिश्र ३७ मत र सोविन्द्र चौधरी ३३ मतमात्र ल्याए।
एमाले रौतहटको दशौं जिल्ला अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन भएको हो।
सोमबार पार्टी कार्यालय गरुडामा बिहान १० बजेबाट दिउँसो २ बजेसम्म मतदान भएको थियो। निर्वाचनमा कुल ४ सय २६ मतदाता मध्ये ३९१ मतमात्र खसेको थियो।
काठमाडौं, १ फागुन । सर्वोच्च अदालतको आदेश बिपरित माओवादी केन्द्रले बिजयी हासिल गरेका स्थानिय तहमा ‘जनयुद्ध दिवस’मा बिदा दिइएको छ ।
कर्णाली प्रदेशका कालिकोट, हुम्ला, सल्यान देखी बाग्मती प्रदेशका सिन्धुपाल्चोकलगायतका केही स्थानिय तहले फागुन १ गतेको ‘जनयुद्द दिवस’मा बिदा दिएका हुन ।
कालिकोटको पलाता गाउँपालिका, महाबै गाउँपालिका, पचाल झरना गाउँपालिका र रास्कोट नगरपालिका तथा हुम्लाका ताँजाकोट गाउँपालिका र सिमकोट
साथै, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र लिसंखु पाखर गाउँपालिका पनि अदालतको आदेश लत्याउँदै फागुन १ गते सार्वजनिक बिदा दिएका छन् ।
काठमाडौं, १ फागुन ।
नेकपा माओवादी केन्द्रको बिधान सम्मेलन आजबाट सुरू हुदैँछ ।
नेपाल प्रज्ञा भवन, कमलादीमा उक्त अधिवेसन सुरू हुनेछ । अधिवेसन बिहान ११ बजे देखी बोलाइएको छ ।
जम्बो केन्द्रिय समिति निर्माण गरेको माओवादीले बिधान अधिवेसनबाट १ सय ९९ सदस्सीय केन्द्रिय समिति बनाउने प्रस्ताव पेश गर्दैछ । गत शनिवार सम्पन्न स्थायी कमिटी बैठकले सो प्रस्ताव प्रस्ताव गर्ने जिम्मेवारी पार्टी पदाधिकारीलाइ दिएको थियो ।
जसअनुसार आजबाट सुरू हुने बिधान अधिवेसनमा १ सय ९९ सदस्सीय केन्द्रिय समितिको प्रस्ताव हुन लागेको हो ।
गत आइतवार र सोमवार सम्पन्न केन्द्रिय कमिटीको बैठकमा केही समय अघि माओवादीले सञ्चालन गरेको रूपान्तरण अभियानका बारेमा समिक्षा गरेको थियो । सो अभियानले माओवादीलाइ थप बलियो बनाएको जनाउँदै केन्द्रिय समिति बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धनले पार्टीलाइ घाटा भएको जनाउँदै पुनर्बिचार गर्नु पर्नेमा जोड गरेका थिए ।
पार्टी अध्यक्ष प्रचण्डको सो प्रस्तावका बारेमा पनि बिधान सम्मेलनमा समिक्षा हुने जनाइएको छ ।न्युज कारखाना
रौतहट २९ माघ ।
स्थानिय फतुवा विजयपुर नगरपालिकामा भ्रष्टाचार बढेको भन्दै आम जनता पार्टीका नगर अध्यक्ष बिजय यादवले १० बुदेँ ज्ञापनपत्र बुझाएका छन्।

मेयर प्रत्याशी समेत रहेका यादवले मेयर अम्ब्या खातुन र प्रमूख प्रशासकिय अधिकृत उपसचिव सुरेन्द्र प्रधान लाई सोमवार १० बुँदे ज्ञापन पत्र बुझाएका हुन्।
‘देशमा आर्थिक मन्दीका कारण आम जनताको जनजिवन कष्टकर बन्दै गएको र आर्थिक संकटबाट सबै भन्दा बढी हाम्रो नगरपालिका प्रभावित भएकोछ । यस नगरपालिकामा आर्थिक उत्पादनको श्रोत साधन सिमित रहेको, परम्परागत खेतीप्रणलीमा आश्रित कृषि रहेको, व्यापार व्यवसाय सुक्दै गएको, बेरोजगार गुणात्मक ढंगले बढिरहेको तथा मजदूरहरु बाधयभएर कष्टकर बैदेशिक रोजगारबाट जिवनयापन गर्नु परेको अवस्था छ । यस्तो संकटपूर्ण अवस्थामा जनता माथी अनावश्यक करको भार थुपार्ने र जनताको खुन पसिनाबाट निर्माण भएको सरकारी बजेटलाई केही मुठ्ठीभर निर्वाचित जनप्रतिनिधिहरु आफु खुशी भागवण्डा गरि चाटने कार्यले नगरको बिकास सम्भव छैन ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
जनताको पिरमार्कामा राज्यको विभिन्न निकाय र तहहरुद्वारा सहयोग गर्नुको सट्टा आज कर आतंक खडा गरिएकोछ । जनताको आमदानीमा कर लिने तर उत्पादन नोक्सान हुदाँ वा घाटामा पर्दा हेर्न समेत नआउने उल्टै समयमा कर नतिर्दा सजायको भागीदार बनाउने जस्ता जनबिरोधी कार्य खुलेआम भईरहेकोछ । यो नगरपालिकाले समेत जन्मिदा देखि मर्दा सम्म अर्थात जन्मदर्ता देखि मृत्युदर्तासम्म समेत कर लगाउने, कर संकलन तथा सदुपयोग नगर्ने, आन्तरिक राजस्वलाई समेत पारदर्शी नबनाउने जस्ता कार्य गरिरहेको उल्लेख गरिएकाे छ ।
यस्ता गलत कार्यहरु पुनः हुन न दिन र जनताका अधारभूत समस्या समयमा समाधान गर्न तथा यस नगरपालिका प्रति आम जनताको विश्वसनियता अभिवृद्धि गर्न निम्न मागहरु सहित यो ज्ञापन पत्र पेश गरेका छौं मेयर प्रत्याशी बिजय यादवले भने।
‘नगरपालिकाले शून्य कर नीति लागू गरोस अर्थात् जनताबाट उठाउने प्रत्येक कर माफ होस् ।नगरपालिकामा बसोवास गर्ने सम्पूर्ण जनताको बिजुली र पानी महशुल फ्रि होस् । यस नगरपालिकामा भइरहेको सम्पूर्ण भागवण्डा बन्द होस् । उपभोक्तालाई नेपाल विद्युत प्राधिकरणले नगरपालिकाले समयमा पैसा न तिर्दा आम नागरिकको लाईनको समस्या समधान गरियोस। सेप्टी टयानकी सरसफाई निःशुल्क होस, मालपोतको कर निःशुल्क होस, शिक्षक, कर्मचारी र समाजिक सुरक्षा भता वितरण कार्य समयमा गरियोस, नगर भरीको सम्पूर्ण सुकुम्बासीको समस्या चाडै समधान गरियोस,नगर भरीका सम्पूर्ण अस्पतालमा औषधी आपृती गरियोस,सिँचाइको ब्यवस्था प्रत्येक वडामा अनिवार्य हुनुपर्ने , हाम्रा मागहरु प्रति बेवस्ता गरिएमा हामी चरणबद्ध आन्दोलनमा जान बाध्य हुनेछौ,’ ज्ञापन पत्रमा उल्लेख गरिएको छ।
उक्त अवसरमा मेयर प्रत्यासी विजय यादवसँगै आजपा स्थायी कमिटी सदस्य पूर्व उपमेयर कान्त्ती देबी महतो, प्रदिप पटेल, केन्द्रीय सदस्य ब्रहृमानरायण यादव, रामासंकर पासवान, सहेन्द्र साह, रामशरण यादव, मुकेश साह महिला नेतृ सुनिता महतो लगायतका उपस्थीती रहेको थियो।
रौतहट, २९ माघ ।
नेकपा एमालेको १०औं रौतहट जिल्ला अधिवेशन जारी रहेको छ।
गरुडामा जारी चुनावी प्रतिस्पर्धाले रौतहट एमालेमा गुटको स्पष्ट बिभाजन गरेको देखिएको छ। विशेष गरि महासचिव शङ्कर पोखरेलको तर्फबाट मधेस प्रदेश कमिटीका उप-सचिव आरती भण्डारीको चलखेलले गुटको स्पष्ट विभाजन देखिएको एक प्रतिनिधि बताउँछन्।
९औं जिल्ला अधिवेशनमा टिम प्रभु साहको तर्फबाट देखिएकी भण्डारी अत्यन्तै छोटो समयमा भातृ संगठनबाट एकैचोटी केन्द्रिय राजनितीमा प्रभाव पार्ने युवा नेतृ हुन्।
उनैको नेतृत्वमा मधेस प्रदेशमा हाल रौतहट एमालेमा महासचिव पोखरेलले गुट सञ्चालन गरिरहेको नाम नबताउने सर्तमा मधेस प्रदेश कमिटीका एक सदस्य बताउछन्।
यतिबेला रौतहट एमालेमा गुटको एकातिर महासचिव पोखरेलको तर्फबाट पोलिटब्युरो सदस्य ज्वाला कुमारी साह, सुमन प्याकुरेल समेत आरती भण्डारीको ईशारा र निर्देशनमा चलिरहेको उनले बताएकाछन्।
आइतवार साँझ जिल्ला अध्यक्षका उमेदवार सचिदानन्द साहलाई उक्त गुटले घेराबन्दी गरि अध्यक्ष वलिको फोन लाउड स्पिकरमा राखि अर्का प्रतिस्पर्धी अखिलेश चौधरीलाई सर्वसम्मत छोडिदिन समेत दबाब सिर्जना गरेको एक प्रतिनिधी बताउँछन्।
यद्यपि चुनावी प्रतिस्पर्धा जारिरहेको र हाल मतदान प्रकियाबाटै नेतृत्वको चयन हुन लागिरहेको छ।
विशेषगरि संस्थापन पक्षका केन्द्रिय सदस्य उद्वव रेग्मीसँगको व्यक्तिगत लडाइको प्रतिफलको रुपमा स्पष्ट गुटको सञ्चालन देखिएको हो।
द्वन्द्वकालमा रौतहट एमालेको जगलाई बलियो बनाइराख्न योगदान दिएका अध्यक्षका प्रतिस्पर्धी सचिदानन्द साहको नाममा सर्वसम्मत भैसकेको निर्णयलाई महासचिवको आडमा चुनावी प्रतिस्पर्धामा लगेर उप-सचिव भण्डारीले गुटको नेतृत्त्व गरि पोलिटब्युरो सदस्य ज्वाला कुमारी साह र सुमन प्याकुरेलसमेत माथि आफ्नो प्रभुत्व जमाएर उनीहरु मार्फत अध्यक्ष ओलिलाई प्रयोग गरि रौतहट एमालेको भविष्य माथि खेलवाड गरिरहेको अर्का मधेस प्रदेश कमिटीका पदाधिकारीले बताएकाछन्।
पछिल्लो समय मधेस प्रदेशमा पार्टी सचिव रघुबिर महासेठलाई कमजोर बनाउन महासचिव पोखरेलको बढ्दो सक्रियताको मुख्य नेतृत्व र कमाण्ड सम्हालेकि उप-सचिव भण्डारीले रौतहट एमालेमा बिभाजनको चिरा पारिदिएको अर्का पुर्व रौतहट जिल्ला अध्यक्षको समेत दाबी रहेकोछ ।
उनि भन्छन् रौतहट जिल्ला एमालेलाई प्रभु साहको पछाडी लागेर उप-सचिव भण्डारीले यसअघि क्षतबिक्षत पारेको र हाल आएर एकजुट भएको रौतहट एमालेलाई आफ्नो व्यक्तिगत ईख पुरा गर्न पुन: महासचिवलाई प्रयोग गरि टुक्रा पार्ने प्रयास भईरहेको छ। यसले रौतहट एमालेमा कहिले पनि एकताको सन्देश नदिने समेत उनको दाबी रहेकोछ। न्युज कारखाना
काठमाडौं, २९ माघ ।
राष्ट्रिय सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) तथा व्यावसायिक वातावरण प्रवर्धन विधेयक स्वीकृत भएको छ ।
सोमबार बसेको राष्ट्रिय सभा बैठकले उक्त विधेयक स्वीकृत गरेको हो । प्रतिनिधिसभाले संशोधनसहित पारित गरेर पठाएको उक्त विधेयकलाई राष्ट्रिय सभामा सर्वसम्मतिबाट स्वीकृत गरेको सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
यसअघि उक्त विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो । सो क्रममा राष्ट्रिय सभाका सदस्यहरूले स्रोत नखुलेको सम्पत्ति गैरकानुनी ठहर नभएमा वैध हुने दफा २८ को प्रावधानप्रति सरकारको ध्यानाकर्षण गराएका थिए ।
त्यसपछि कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सदस्यहरुले उठाएका प्रश्न र जिज्ञसाको जवाफ दिएका थिए । सो क्रममा आपराधिक कर्मबाट नकमाएको सम्पत्ति वैधानिकता दिने प्रक्रिया नपुगेमा मात्र वैध हुने भन्दै उनले त्यस्तो सम्पत्तिमा ५० प्रतिशत कर लाग्ने व्यवस्था गरेको जानकारी गराए ।
यसपछि उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिएको थियो ।
न्युज कारखाना
काठमाडौं, २९ माघ ।
आम जनता पार्टीको केन्द्रीय समिति पुनर्गठन गरेको छ । यही १९ र २१ माघमा बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय समिति पुनर्गठन गरेको हो ।
यी हुन् पुनर्गठित केन्द्रीय समिति सदस्यहरु न्युज कारखाना
https://fileswarehouse.com/newskarkhana/news-photos/426229792_3529199904059890_4737076942769097969_n.jpg.jpg?X-Amz-Content-Sha256=UNSIGNED-PAYLOAD&X-Amz-Algorithm=AWS4-HMAC-SHA256&X-Amz-Credential=UK1831257KPP38AKWJ01%2F20240212%2Fus-west-1%2Fs3%2Faws4_request&X-Amz-Date=20240212T120613Z&X-Amz-SignedHeaders=host&X-Amz-Expires=540527&X-Amz-Signature=


काठमाडौं, २९ माघ ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख सत्तासाझेदार कांग्रेसबाट धोका भएको बताएका छन् ।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा उनले कांग्रेसबाट धोका भएको बताएका हुन् ।
कोसी प्रदेशको चुनावी परिणामलाई संकेत गर्दै कांग्रेसबाट आफूहरुले धोका पाएका बताएका उनले सधैं गठबन्धनबाट धोका भइरहेकाले अब गठबन्धनमा समीक्षा गरिने बताए ।
न्युज कारखाना
काठमाडौं, २९ माघ ।
चीन भ्रमणबाट फर्किएको संसदीय टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई भेटेर प्रतिवेदन हस्तान्तरण गरेको हो ।
प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले आगामी वर्षको नीति तथा कार्यक्रममा सुझावहरुलाई समेट्ने प्रतिबद्धता जनाएका छन् । ‘औपचारिक भ्रमणबाट तपाईंहरुले दिनुभएका सुझावलाई नीति तथा कार्यक्रममा समेट्ने प्रयास गर्नेछौं,’ उनले भने, ‘भ्रमणमा सिकेका कुरा नेपालमा पनि कार्यान्वयनमा लैजानुपर्छ भन्ने भ्रमण टोलीको सुझावप्रति सकारात्मक छु ।’
चीनको वाणिज्य मन्त्रालय अन्तर्गतको एकेडेमी फर इन्टरनेसनल बिजनेस अफिसियल्स (एआईबीओ) को निमन्त्रणमा नेपाली सांसदहरुको टोलीले पुस २ गतेदेखि १४ गतेसम्म चीन भ्रमण गरेको थियो । “नेपालका सांसदहरूका लागि कार्यशाला” कार्यक्रममा प्रतिनिधि सभाका १४, राष्ट्रिय सभाका ३ र संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्का समेत ३ जना अधिकृतहरूले सहभागी भएका थिए ।

भ्रमण टोलीका नेता पाण्डेले लिखित प्रतिवेदन सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संघीय संसद सचिवालय र नेपाल सरकारलाई बुझाएर कार्यान्वयनका लागि आग्रह गरिएको बताए । ‘प्रतिवेदनमा नेपाल सरकारबाट कार्यान्वयन गरिनुपर्ने सुझावहरूसमेत प्रस्तुत गरिएकाले हाम्रो भ्रमण टोलीको तर्फबाट उक्त सुझावहरू यथासम्भव कार्यान्वयनका लागि सादर अनुरोध गर्दछौं,’ उनले भने ।

भ्रमण टोलीले सरकारलाई दिएका सुझाव निम्नअनुसार छन्–
-जनता केन्द्रित विकासको मोडलले नै विकास र समृद्धि ल्याउने देखिन्छ ।
– नीतिगत निरन्तरता आवश्यक हुने देखिन्छ ।
– दुई देश वीच भएका विगतका समझदारीहरुलाई इमान्दारिताका साथ कार्यान्वयन गर्नु पर्ने देखिन्छ ।
– विकासका लागि भूमि माथि राज्यको अधिकार बलियो हुनु पर्ने देखिन्छ ।
– चिनियाँहरुलाई लगानीको वातावरण निर्माण गर्नु पर्ने देखिन्छ ।
– चिनियाँ पर्यटकलाई आकर्षण गर्ने कार्यक्रमहरु ल्याउनु पर्ने देखिन्छ ।
– गरिवी निवारणमा चीनले प्राप्त गरेको सफलताबाट नेपालले पाठ सिकी ग्रामीण वस्तीहरुलाई सडक सञ्जालले जोड्ने, किसानहरुलाई मल, बीउ, उपकरण उपलब्ध गराउने, पर्यटकीय सम्भावना भएका गाउँहरुको विकास गर्ने, नयाँ गाँउहरुको विकास गर्ने, सूचना प्रविधि र अन्य सुविधाहरु उपलब्ध गराउने कार्य गर्नु पर्दछ ।
– विकास र वातावरणलाई संग संगै लैजानु पर्दछ ।
– भ्रमण कार्यक्रमबारे समयमा नै सम्बन्धित पक्षले संसद सचिवालयलाई जानकारी गराउनु पर्दछ र भ्रमणको पूर्वतयारी राम्ररी गरेरमात्र भ्रमण कार्यक्रम तय हुनुपर्दछ ।
– भ्रमण पूर्व सम्बन्धित मुलुकका विविध पक्षबारे जानकारी गराउने प्रि विफिङ्ग कार्यक्रम गरिनु पर्दछ ।
– भ्रमणलाई संस्थागत गर्नुपर्दछ ।
– चीनसँगका सीमा नाकाहरु खोल्ने, व्यवस्थित गर्न जोड दिनुपर्दछ ।
– चीनस्थित नेपाली राजदूतावासको भवन बनाउन आवश्यक बजेट व्यवस्थापन गर्नुपर्ने देखिएको छ ।
– चीन भ्रमण र अनुभव आदान प्रदानका लागि संस्थागतरुपमा नै संघ, प्रदेश तथा स्थानीय तहलाई पनि समेट्नुपर्दछ ।
न्युज कारखाना
काठमाडौं, २९ फागुन ।
गृहमन्त्रालयले १ फागुनका लागि तय गरिएको सार्वजनिक बिदा कायम नरहेको जनाएको छ ।
१ फागुनको सार्वजनिक बिदाबारे आममानिसमा अन्यौल भइरहेका बेला सोमबार गृहमन्त्रालयले उक्त दिनको बिदा कायम नरहेको स्पष्ट पारेको छ ।
सरकारले १ फागुनमा जनयुद्ध दिवसको सार्वजनिक बिदा दिने निर्णय गरे पनि उक्त निर्णयलाई सर्वाेच्च अदालतले खारेज गरिदिएपछि बिदा कायम नरहेको हो ।
‘सम्मानित सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल मन्त्रिपरिषद्को मिति २०८०÷१०÷२५ को बैठकको निर्णयानुसार नेपाल राजपत्र (खण्ड ७२, संख्या ६५, भाग ५ मिति २०७९÷१२÷०२) मा प्रकाशित संवत् २०८० फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरोध छ,’ सोमबार गृहमन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । न्युज कारखाना
काठमाडौं, २९ माघ ।
राष्ट्रियसभा बैठक बस्दैँछ ।
संघीय संसद्अन्तर्गतको राष्ट्रिय सभाको बैठक आज बस्न लागेको हो । बैठक आज बिहान ११ बजेबाट सुरु हुदैँछ ।
आजको बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७९÷८० पेस गरिने छ भने सम्पती शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश हुनेछ ।
साथै, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल र पारित गर्ने कार्यसूची रहेको छ । न्युज कारखाना
काठमाडौं, २९ माघ ।
नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज पनि जारी रहने भएको छ ।
हिजो देखी काठमाडाैंमा सुरू भएको केन्द्रिय समिति बैठकमा यसअघि भएको माओवादी रूपान्तरण अभियानका बारेमा समिक्षा सुरू गरिएको छ । आज पनि सो अभियानका बारेमा छलफल हुने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यतालिका रहेको छ ।

फागुन १ गते देखी सुरू हुने बिधान अधिवेसन अघि माओवादीले केन्द्रिय समिति बैठक बोलाएको छ । गत शनिवार सम्पन्न स्थायी समितिले १ सय ५१ सदस्यीय केन्द्रिय समिति बनाउने प्रस्ताव पारित र त्यसलाइ पदाधिकारीले टुंगो लगाएर बिधान अधिवेसनमा पेश गर्ने निर्णय गरेको भोलीपल्ट सो केन्द्रिय समिति बैठक बोलाइएको हो ।
हिजोको बैठकमा उपत्यका विशेष प्रदेशका इन्चार्ज वर्षमान पुन, प्रवास इन्चार्ज राम कार्की, सम्पर्क समन्वयका इन्चार्ज गिरिराजमणि पोखरेल, कोशीका इन्चार्ज चक्रपाणि खनाल, मधेसका इन्चार्ज लीलामणि पोखरेल, बागमतीका इन्चार्ज जनार्दन शर्मा, गण्डकीका इन्चार्ज देवेन्द्र पौडेल, लुम्बिनीका इन्चार्ज हितमान शाक्य, कर्णालीका इन्चार्ज मातृका यादवले अभियानका बारेमा रिपोर्टिङ गरेका थिए । न्युज कारखाना
काठमाडौं, २८ माघ ।
कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्ध मुद्दामा पेसी आइतबार (आज)का लागि तोकिएको छ । आइतबारदेखि निरन्तर सुनुवाइ हुने बताइएको छ ।
ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरलगायतका आरोपमा आलमसहित ११ जनाविरुद्ध दायर रिटको सुनुवाइ हुन थाालेको हो ।
यसअघि गत २२ कात्तिकमा न्यायाधीश बाबुकाजी बानियाको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो । त्यसपछि वादी तथा प्रतिवादी दुवै पक्षका कानुन व्यवसायीले बहस नोट बुझाइसकेका छन् ।
१८ कात्तिक २०७६ रौतहट जिल्ला अदालतमा उनीहरुसवरुद्ध मुद्दा दर्ता भएको थियो ।
पहिलो संविधानसभाको निर्वाचनको अघिल्लो दिन २०६४ साल चैत २७ गते रौतहट गाविसको राजपुर फरहदवा वडा नम्बर ४ मा रहेको प्रतिवादी आलमको काका शेख इद्रिसको गोठमा बम विस्फोट भएको र सो क्रममा घाइते भएकालाई आफ्नै इँटा भट्टाको चिम्नीमा जलाएर मारेको आरोप आलममाथि लगाइएको छ । तर, आलमले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । न्युज कारखाना
काठमाडाैं, २८ माघ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक राष्ट्रिय सभागृहमा जारी छ।

बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको रिपोर्ट चलिरहेको छ। बैठकमा प्रदेश इञ्चार्ज र प्रदेश अध्यक्षहरूले रिपोर्ट राखिरहेका छन् ।

बैठकमा केन्द्रीय सदस्यहरू, केन्द्रीय आयोगका सदस्य, विभागका पदाधिकारी र जेष्ठ कम्युनिस्ट मञ्चका सदस्यहरू सहभागी छन् ।न्युज कारखाना








काठमाडौं, २८ माघ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको प्रहरी र अध्यागमनका कर्मचारीबीच झगडाको विषयमा प्रतिवेदनअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
आइतबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले सो घटनाबारे छानबिन गर्न गठित समितिले दिएको प्रतिवेदनअनुसार दोषीलाई कारबाही गरिने जानकारी दिएका हुन् ।
विमानस्थलमा भएको प्रहरी र अध्यागमनका कर्मचारीबीच भएको झगडा लज्जास्पद भएको बताउँदै उनले दोषीलाई कारबाही गरिने दोहोर्याएका हुन् ।
घटना भएलगत्तै अपराध अनुसन्धानले छानबिन गरेको पछि काठमाडौं परिसरबाट अभियोजनको प्रक्रिया अघि बढेको जानकारी दिँदै बैठकमा गृहमन्त्री श्रेष्ठले भने, ‘घटना दुःखद हो, प्रतिवेदनअनुसार कारबाही अघि बढाउँछौँ ।’
घटना भएलगत्तै छानबिन गर्न समिति गठन गरिएको उनको भनाइ छ ।न्युज कारखाना
काठमाडौं, २८ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक तथा निजी क्षेत्रमा सदाचारिताको आधार विकास गर्न ‘राष्ट्रिय सदाचार नीति’ तर्जुमा गरी कार्यान्वयनमा ल्याइने बताएका छन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारमुक्त समाज निर्माण गर्नका लागि सबै क्षेत्रलाई जिम्मेवार बनाउनुपर्ने बताएका हुन् ।
“हाम्रा पारिवारिक र सामाजिक संरचनामा सदाचारी संस्कार प्रवर्द्धन गर्न आवश्यक छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सार्वजनिक निकायहरूमा पारदर्शिता र जन उत्तरदायित्वको संस्कार विकास गर्न ढिलाइ भइसकेको छ ।”
सरकारले संविधानको कार्यान्वयन र सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार लगानी प्रवर्द्धन, रोजगारी सिर्जना, सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण, नागरिकमैत्री प्रशासनको स्थापना तथा भ्रष्टाचार नियन्त्रणलगायत समग्र शासकीय सुधारका कार्यलाई उच्च प्राथमिकताका साथ अघि प्रधानमन्त्रीले जानकारी दिए ।
“मूलतः जनतासँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई जस्ता आधारभूत सेवादेखि राष्ट्रिय परिचयपत्र, नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र, लगायत प्रशासनिक सेवामा सरलता, शीघ्रता, सुलभता र पारदर्शिता कायम गर्न सरकार निकै संवेदनशील भई क्रियाशील छ”, प्रधानमन्त्री प्रचण्डले अगाडी भने, “सरकारले ठूला भ्रष्टाचारका घटनालाई छानबिन तथा अनुसन्धानको दायरामा ल्याइरहेको छ, ल्याउँछ ।”
सार्वजनिक सेवा प्रवाहमा देखिएका विकृति, विसंगति, ढिलाइ, अनियमितता नियन्त्रण गरी जनताले भोग्नुपरेको सास्ती हटाउन सरकार लागिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारी जग्गा हडप्ने, व्यक्तिगत नाममा कायम गर्नेहरूलाई छानविन अनुसन्धान गरिरहेकोसमेत बताएका छन । उनले क्रिप्टो करेन्सी कारोबारी, हुन्डी कारोबारी, सुनतस्कर र सहकारीलगायत क्षेत्रमा भएका ठगीलाई कारबाहीको दायरामा ल्याएको जानकारी दिए ।
ट्रान्सपरेन्सी इन्टरनेशनलको सन् २०२३ को बार्षिक प्रतिवेदनले समेत गत वर्षभन्दा भ्रष्टाचार सूचकाङ्कमा दुई स्थानले सुधार भएको देखाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासनका क्षेत्रमा गरिरहेको सक्रियता र प्रतिबद्धता व्यावहारमा देखिएको बताएका छन ।
“भ्रष्टाचार देशको विकासको बाधक बनेको छ । यसले सामाजिक संरचनामा वर्गीय खाडल पैदा गरेको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यसको निराकरणका लागि राज्यका जिम्मेवार निकायहरूको निष्पक्ष क्रियाशिलता, अग्रसरता र जनतामा भ्रष्टाचारविरोधी साझा चेतनाको विकास हुन जरूरी छ ।”
भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँदै सुशासन कायम गर्न सार्वजनिक सेवा प्रवाहमा सुधारमार्फत नागरिकका आवश्यकतालाई सर्वोपरि ठानी सार्वजनिक पदाधिकारी तथा राष्ट्रसेवक कर्मचारीहरूले आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
दिगो शान्ति, विकास, सुशासन र समृद्धिको राष्ट्रिय आकांक्षा हासिल गर्नका लागि सबैले सभ्य समाज निर्माणमा योगदान पुर्याउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले थप ऊर्जा र क्रियाशीलताका साथ भ्रष्टाचार विरूद्ध सक्रिय रहन सबैलाई अपिल गरेका छन ।न्युज कारखाना
काठमाडौं, २८ माघः
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विभिन्न कालखण्डमा घटेका सबै साना–ठूला घनामा आयोगले भ्रष्टाचार न्यूनीकरण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, “माथिल्लो तहदेखि तल्लातहसम्म गलत कार्य गर्ने, भ्रष्टाचार गर्ने जोकोही व्यक्ति, कर्मचारी वा पदाधिकारीलाई छानबिन र कारवाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध छ र यस्ता कार्यमा सरकारले आयोगलाई हस्तक्षेप गर्दैन ।”

सुशासन प्रवर्द्धनमा आयोगले पुर्याएको योगदानको प्रशंसा गर्दै प्रधानमन्त्रीले भ्रष्टाचार विरुद्धको लडाइँमा आयोग थप अडिग र कटिबद्ध भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् ।
संविधानले परिकल्पना गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले त्यस्ता गतिविधिप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको स्पष्ट पारेका छन ।
भ्रष्टाचार नियन्त्रण गर्नका लागि आयोग र आयोगजस्ता भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरूलाई कानुनी, प्रशासनिक र आर्थिक रूपले सबल बनाउन सरकारले आफ्ना नीति, कार्यक्रम तथा बजेटलाई केन्द्रित गरेको प्रधानमन्त्रीले जानकारी दिए ।
सुशासनको मुख्य बाधकको रूपमा रहेको भ्रष्टाचार विरूद्धको लडाइँमा संवैधानिक आयोगले आफ्नो स्थापनाकालदेखि हालसम्म निभाउँदै आएको महत्त्वपूर्ण भूमिकाको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले आयोगप्रति नागरिकले राखेका आशा र भरोसालाई आगामी दिनमा पनि कायम राख्नुपर्नेसमेत बताएका छन् ।

राष्ट्रले लिएको विकास र समृद्धिको दीर्घकालीन लक्ष्य हासिल गर्नका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कानुनको शासन, मानव अधिकारको संरक्षण तथा समतामूलक र समावेशी शासनको प्रत्याभूतिका गर्नका लागि आयोगले इतिहासदेखि नै खेल्दै आएको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
आगामी दिनमा भ्रष्टाचारमुक्त समाज स्थापना गर्ने सबालमा आयोग दृढताका साथ उभिने उनले विश्वास व्यक्त गरेका छन् ।
विश्वव्यापी रूपमा भएको प्रविधिको द्रूततर विकाससँगै भ्रष्टाचारजन्य क्रियाकलाप र प्रवृत्तिको स्वरूप, तौरतरिका, प्रवृत्ति, सघनता र आयाममा समेत व्यापक परिवर्तन आएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “एकातार्फ आयोगको कार्यक्षेत्र विस्तार गर्नुपर्ने चुनौती छ भने अर्कोतर्फ आयोगको कार्य प्रणालीमा देखिएका समस्या समाधान गर्दै लैजानुपर्ने चुनौती छ ।”
भ्रष्टाचार नियन्त्रणको महत्त्वपूर्ण भूमिका बोकेको आयोगले स्वतन्त्र, निष्पक्ष र निर्भिक तवरले भ्रष्टाचार र अनियमितताका विरूद्ध अनुसन्धान गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन नवीनतम प्रविधिको प्रयोग गर्नुपर्नेमा प्रधानमन्त्री प्रचण्डको जोड थियो ।न्युज कारखाना
काठमाडौँ, २७ माघ :
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी दिनमा थप कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित तुल्याइने बताएका छन ।

नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २४औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले व्यापार प्रवद्र्धनका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्नुपर्ने विषयमा आफू जानकार रहेको बताएका हुन ।
आफूले तेस्रोपटक सरकारको नेतृत्व गरेपश्चात नेपाल–चीनबीचको अन्तरदेशीय र व्यापारिक नाका सञ्चालनलाई विशेष ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तातोपानीलगायत उत्तरी क्षेत्रका नाकामा आवातजावात र आर्थिक क्रियाकलापमा सहजता आएकोसमेत बताए ।
प्रधानमन्त्रीले गत असोजमा सम्पन्न आफ्नो चीन भ्रमणका क्रममा सीमा क्षेत्रको विकास, यहाँका स्थानीय बासिन्दाका समस्या, चीन सरकारको तर्फबाट खेल्नुपर्ने भूमिका र गर्नुपर्ने सहयोगका विषयमा पर्याप्त छलफल भएको जानकारी दिएका छन ।

“चीन भ्रमणका क्रममा मैले नेपाल–चीनको संयुक्त प्रयासबाट यस क्षेत्रको विकासमा निर्वाह गर्नुपर्ने भूमिकाबारे गहन छलफल गरेको थिएँ,” प्रधानमन्त्री प्रचण्डले भने, “यस ऐतिहासिक भ्रमणका क्रममा नेपालको उत्तरी पहाडी क्षेत्रका लागि उत्पादन र जीवित सामग्रीको प्रमाणपत्र हस्तान्तरणका विषयमा छलफल भएको छ । यसले सीमापार व्यापार प्रवर्द्धनका क्षेत्रमा गुणात्मक अर्थ राख्छ ।”न्युज कारखाना
काठमाडौं, २७ माघ ।
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी रहनेछ ।
पार्टी मुख्यालय पेरिसडाँडामा शुक्रबार देखी सुरु भएको बैठकमा विधान मस्यौदामाथि छलफल सुरु भएको हो । शुक्रबारको बैठकमा बिधान मस्यौदा कमिटीले आफ्नो मस्यौदा बिद्यान प्रतिवेदन पेश गरेको छ ।
उक्त प्रस्ताब माथी स्थायी कमिटी सदस्यहरूले बोल्ने क्रम सुरू भएको छ । आगामी फागुन १ देखि हुन लागेको प्रथम विधान अधिवेशन अघि माओवादीले मस्यौदा विधानलाई अन्तिम रुप दिन लागेको हो ।
न्युज कारखाना
रौतहट,२६ माघ ।
नेकपा एमाले रौतहटको १०औं जिल्ला अधिवेशनको बन्द सत्र स्थगित भएको छ। जिल्ला सदस्यदेखि पदाधिकारीसम्म सर्वसम्मतको प्रयास गरिए पनि सर्वसम्मत हुन नसकेपछि अबेर साँझ बन्दसत्र स्थगित गरिएको हो।
कुनै पनि पदमा सर्वसम्मत हुन नसकेपछि बन्दसत्र आजका लागि स्थगित गरिएको बताइएको छ। आज स्थगित भएको बन्दसत्र भोलि शनिबार बिहान ८ बजेबाट गरुडास्थित एएन प्लाजा होटलमा पुन सुरु हुने नेकपा एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मीले जानकारी दिए।
भोलि शनिबार सर्वसम्मतको प्रयास गरिने र नभएको खण्डमा निर्वाचनद्वारा नेतृत्व चयनको प्रयास गरिने केन्द्रीय सदस्य रेग्मीले बताए। शनिबार बिहान ८ बजेबाट पुन: बन्दसत्र सुरु हुने जनाइएको छ।
नेकपा एमाले रौतहटको अध्यक्षका आकांक्षी तीन जना रहेका छन्। अखिलेश्वर चौधरी, रुपेश कुमार पटेल र सचिदा नन्द शाह जिल्ला अध्यक्षका आकांक्षी हुन्। नेतृत्वले सर्वसम्मतको प्रयास गरे पनि रौतहटमा सर्वसम्मत लगभग नहुने देखिएको एक जना एमालेका नेताले बताएका छन्। शनिबार मतदानबाटै जिल्ला अध्यक्षलगायत पदाधिकारीहरूको चयन हुने बताइएको छ।न्युज कारखाना
माघ २६ रौतहट ।
रौतहट जिल्लाको मौलापुर नगरपालिकाका नगर प्रमुख रिना कुमारी साहले राजनीतिक रिस साध्न २ वटा वडालाई विकास निर्माण कार्यमा विभेद गरेको वडा अध्यक्ष श्यामकिशोर साहले आरोप लगाएका छन्।
नगरपालिकाले सञ्चालनमा ल्याएको असहायसँग मेयर कार्यक्रमअन्तर्गत विवाह कार्डको आधारमा गरेको सिफारिशमाथि नगर प्रमुखले छानविन नै नगरी आफूलाई बदनाम गर्ने उद्देश्यले आफ्नो गल्ती ढाक छोप गर्न अफवाह फैलाएको उनको आरोप छ।
शुक्रबार वडा कार्यलयमा सञ्चारकर्मीसँग कुरो गर्दै वडा नम्बर ९ का नेकपा एमालेबाट निर्वाचित भएका वडा अध्यक्ष साहले नगर प्रमुखले आफ्नो नजिकको व्यक्तिलाई वडाको सिफारिश बिना रकम दिने तथा गरिव असहायलाई सिफारिश गरेर पठाउँदा फाइल नै गायव गरिदिएको आरोप लगाएका छन्।
बैठकमा सादा पानामा हस्ताक्षर गराएर मनोमानी ढंगबाट योजना लेख्ने गरेको बताउँदै आवाज उठाउँदा धम्कि दिने गरेको गुनासो गरे। आर्थिक वर्ष २०७९/८० मा आर्थिक सहयोगको लागि गरेको सिफारिशसहितको फाइल नै गायव गरिदिएको स्थानीय ठगा साहले बताए।
एक वर्ष पहिला नै छोरीको बिबाह गरेको र सहयोगको लागि निवेदन दिएकोमा अहिलेसम्म रकम नपाएको गुनासो गरे।
वडा नम्बर ८ का स्वतन्त्र निर्वाचित भएका वडा अध्यक्ष शिव प्रसन यादवलाई समेत उपेक्षित गर्ने मेयर रिना साहले आफ्नो पक्षको सम्पन्न व्यक्तिलाई सोझै आर्थिक सहयोग दिने गरेको स्थानीयले बताए। स्थानीय नरेश यादवले एक वर्षदेखि दौड धुप गरे पनि अहिलेसम्म रकम नपाएको गुनासो गरे।न्युज कारखाना
काठमाडौं, २६ माघ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीका जनसम्पर्क समितिका पदाधिकारीसँग भर्चुअल संवाद गरेका छन्। आसन्न फागुन ७—१० मा हुने कांग्रेसको महासमिति बैठकमा प्रवासमा रहेका नेपालीहरुको विचार समेट्न नेता महरले संवाद गरेका हुन् ।
छलफलमा जनसम्पर्क समितिका समस्या, पार्टीसँगका अपेक्षा, पार्टीले चाल्नुपर्ने कदम र नेपालमा लगानीको वातावरण निर्माण लगायतका एजेण्डा थिए । नेपाल जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, क्यानडाका सभापति प्रदीपप्रकाश ओली, नेदरल्याण्डका सालिक गौतम, बहराइनका पद्यमसुन्दर गुरुङलगायत ३५ जना सहभागी थिए ।
जनसम्पर्क समितिका सभापतिहरूले नेपालमा लगानी गर्न चाहेको र लगानीको सुरक्षाको प्रत्याभूति सरकारले गर्नुपर्ने बताएका थिए । कांग्रेस र देशका लागि आफूहरूले योगदान गरिरहेको भए पनि देशले माया नगरेको अनुभूति भइरहेको उनीहरूको गुनासो थियो ।
संवादका क्रममा उनीहरूले आफ्नो दोहोरो नागरिकता अलि बलियो हुनुपर्ने बताएका थिए । नागरिकतामा आफूहरूका अधिकार कम भएको गुनासो उनीहरूको थियो ।
नेपालको सम्पत्ति भोगचलनका सन्दर्भमा पनि नागरिकतामा धेरै कुरा अटाउन नसकेको उनीको भनाइ थियो । विदेशबाटै मतदान गर्न पाउने व्यवस्थाका विषयमा कांग्रेसले नीतिमै स्पष्टरूपमा ल्याउनुपर्ने उनीहरुको जोड थियो ।
सम्पर्क समितिहरूको विश्व सञ्जाल बनाएर कांग्रेस केन्द्रीय समितिमा प्रवासबाट पनि प्रतिनिधित्व गराउन उनीहरुको माग थियो ।
दोहोरो नागरिकताको विषय अगाडि बढिसकेको भन्दै त्यसलाई थप बलियो बनाउन पार्टीमा सुझाव दिने महरले बताएका थिए । सम्पत्तिको भोगचलन, लगानी र प्रविधि नेपालमा ल्याउने कुरामा पनि कांग्रेसले पहल गर्नेमा महरले आश्वस्त पारेका थिए।
विदेशमा रहेका नेपालीहरूलाई नेपालमा लगानी गर्ने वातावरण सिर्जना गर्ने पक्षमा लबिङ गर्न आफू सधैँ क्रियाशील रहेको भन्दै महरले महासमिति बैठकमा यो विषयलाई प्राथमिकताका साथ उठाउने बताए ।
‘विश्वमा छरिएर रहेका नेपालीहरूको योगदान बीना देश बन्न गाह्रो छ। त्यसैले मुलुकको समृद्धिका लागि उहाँहरूको साथ र सहयोगको खाँचो छ। विश्वमा छरिएर रहेका नेपालीहरूको सिप, ज्ञान, प्रविधि, क्षमता र लगानीलाई नेपालको पक्षमा सदुपयोग हुनेगरि काम गर्नुपर्छ। यो विषय म कांग्रेस महासमिति बैठकमा मेरो प्राथमिक एजेण्डा मध्ये एक हुने छ,’ उनले भने।न्युज कारखाना
नुवाकोट, २६ माघ :
प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले आगामी बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताएका छन् । आठौं नुवाकोट महोत्सवलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषि उत्पादन वृद्धि हुनेगरी बजेट निर्माण गरिने स्पष्ट पारे ।
राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले परम्परागत बजेट प्रणालीलाई रुपान्तरण गरिने बताउनुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सबै क्षेत्रसँग छलफल गर्ने र सुझाव लिने काम भईरहेको बताए ।

“अर्थतन्त्रका सूचक धेरै उत्साहजनक रहेका छन्, विदेशी मुद्राको सञ्चिती तथा पर्यटकको आगमन बृद्धि भएको छ”, प्रधानमन्त्रीले प्रचण्डले भने, “यसले अर्थतन्त्रलाई सही बाटोमा ल्याउन मद्धत गरेको छ, पछिल्लो समय राजस्व पनि वृद्धि भएको छ ।”
बजेट निर्माण प्रक्रिया अगाडि बढीको बताउँदै प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा नुवाकोटले प्राथमिकता पाउने विश्वास दिलाए । प्रधानमन्त्री प्रचण्डले धार्मिक, ऐतिहासिक, कृषि, पर्यटन व्यवसाय र कला संस्कृतिको विकासमा सरकारले सहयोग गर्ने उल्लेख गरे । उनले नुवाकोट दरबारको पुःननिर्माणमा सरकारले ध्यान दिने बताए ।
सो अवसरमा विभिन्न झाँकी प्रस्तुति गरिएको थियोे ।न्युज कारखाना
काठमाडाैं, २६ माघ ।
नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनको बन्द सत्र सुरु भएको छ। नेकपा एमालेका केन्द्रीय सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईको प्रमुख आतिथ्यतामा रौतहटको गरुडामा नेकपा एमाले रौतहटको दशौं जिल्ला अधिवेशनको बन्द सत्र सुरु भएको हो ।
नेताहरूले सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास गरिरहेको भए पनि सर्वसम्मत नेतृत्व चयन नहुने आकलन गरिएको छ। नेकपा एमाले रौतहटको अध्यक्षको आकांक्षीमा अखिलेश चौधरी, रुपेश पटेल, सचिलानन्द शाहले शाह रहेका छन् ।
आज दिनभर सर्वसम्मत नेतृत्वको चयन गरिने र सर्वसम्मत नेतृत्व चयन हुन नसकेको खण्डमा भोलि बिहानबाट रौतहटको गरुडामा निर्वाचनका माध्यमबाट नेतृत्व चयनको प्रयास गरिने नेकपा एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मीले जानकारी दिएका छन् । न्युज कारखाना
काठमाडौं, २६ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा विकास तथा योजनासँग सम्बन्धित विज्ञहरुसँग आयोजित एक छलफल कार्यक्रममा प्रधानमन्त्रीले परम्परागत बजेट प्रणाली देशको रुपान्तरणमा बाधक भएको बताए ।
हरेक वर्ष पुरानै वर्षको फोटोकपीका रुपमा नयाँ बजेट आउने परिपाटी रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यसपटक सार्वजनिक बहसको केन्द्रीकृत स्वरुपका रुपमा बजेट निर्माण गर्ने प्रक्रिया थालनी गरेको बताए । सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सबै क्षेत्रसँग बहस, छलफल गर्ने र सुझावहरुलाई केन्द्रीकृत गरेर प्राथमिकताका आधारमा बजेट निर्माण गर्नेमा उनको जोड थियो ।
छलफलका क्रममा विषयगत विज्ञहरुले उठाएका विषयहरु महत्वपूर्ण रहेको बताउँदै उनले नीति, कार्यक्रम र बजेटको नीति, ढाँचा र समयतालिकामा परिमार्जन गर्ने प्रक्रिया अन्तर्गत नै छलफल आयोजना गरेको बताए ।
“सबैको विवेकलाई केन्द्रित गरेर मात्र हामी ठीक ठाउँमा पुग्न सक्छौँ । हामीले सबै क्षेत्रमा आमूल सुधारतर्फ सोच्नैपर्छ,” उनले भने, “यसपटक नीति, कार्यक्रम र बजेटमा राष्ट्रिय बहसको परिस्थिति सिर्जना गरेर सबैका सुझाव संकेन्द्रित गर्छौं । नीति तथा कार्यक्रम पहिला जनता, बुद्धिजीवी र जनप्रतिनिधिमा पठाइन्छ । त्यसलाई अन्तिम रूप दिएपछि मात्र सम्माननीय राष्ट्रपतिले संसदमा पढ्नुहुन्छ ।”
देशमा आर्थिक संकट र गणतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठाउने कोसिस भइरहेको जटिल परिस्थितिमा सरकारको नेतृत्व लिएको प्रसंगबारे चर्चा गर्दै उनले संकटको निकास गर्ने जिम्मेवारी आफूमा रहेको बताए । “म संकटको बेला प्रधानमन्त्री भएँ । देशलाई संकटबाट मुक्त गर्न मैले लगातार कोशिस गरिरहेको छु,” उनकाे भनाई थियो, “तीन तहको सरकार नै प्रभावकारी बनाउने गरी हामीले छलफल गरेका छौँ । प्रदेश र स्थानीय तहलाई बलियो नबनाइकन व्यवस्था बलियो बनाउन सकिँदैन । यसमा हामी गम्भीर छौँ । हामीले फड्को हान्न सक्नुपर्छ ।”
राष्ट्रिय योजना आयोगको समन्वयमा सम्पन्न ‘सोह्रौँ योजना र आगामी वर्षको नीति तथा कार्यक्रममाथि विज्ञहरूको सुझाव लिने कार्यक्रम’मा बिभिन्न क्षेत्रका विज्ञहरुले सरकारले निर्दिष्ट गर्नुपर्ने कार्यदिशाका बारेमा सुझाव दिएका थिए । कार्यक्रममा योजना आयोगका उपाध्यक्ष मीन बहादुर श्रेष्ठले उत्पादन र रोजगारी बढायो भने अर्थतन्त्रका धेरै समस्या सम्बोधन हुने भएकोले यो विषयलाई केन्द्रमा राखेर सोह्राैँ योजनाको मस्यौदा तयार भइरहेको जानकारी दिनुभएको थियो । सुशासन कायम गर्न सकियो भने थोरै स्रोतबाट पनि धेरै काम गर्न सकिने वनको भनाई थियो ।
कार्यक्रममा विज्ञहरुले योजना छनोट प्रक्रिया हचुवा र पहुँचमुखी हुने कुरा रोक्नुपर्ने, अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमा रूपान्तरण गर्ने योजना निर्माण गर्नुपर्ने, व्यापार, वित्त र विनिमयको उदारीकरणको चपेटामा पर्दै गएको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने र उत्पादनका साधनमा बहुसंख्यक जनताको पहुँच कसरी पुर्याउनेतर्फ सोच्नुपर्नेमा जोड दिए । यसैगरी वित्तीय र प्रशासनिक संघीयता कार्यान्वयनको विषयलाई योजनामा प्राथमिकता दिनुपर्ने र “ग्रीन इकोनोमी”लाई एको–टुरिज्ममा लैजानुपर्ने सुझाव समेत उनीहरुको थियो ।
छलफलका क्रममा विज्ञहरुले कृषि र उद्योगको योगदान खुम्चिने परिस्थितिमा सुधार ल्याउनुपर्ने, नीति र कार्यक्रमबीचको विरोधाभाष अन्त्य गर्नुपर्ने, राष्ट्रिय गौरवको आयोजनाको लागत बढ्दै जाने परिस्थिति रोक्नुपर्ने तथा कृषिमा आत्मनिर्भरताको योजना निर्माण गर्नुपर्ने सुझाव दिएका थिए । राष्ट्रिय योजना आयोगलाई सङ्घीय योजना आयोगमा पुनर्संरचना गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा विज्ञहरुले सडकहरू मान्छे मार्ने धराप बनेको बताउँदै सुरूङमार्गमा जोड दिनुपर्ने समेत बताए । यसैगरी शिक्षा, स्वास्थ्य र सूचना प्रविधिको हबका रुपमा नेपाललाई विकास गर्ने विषय समेत आगामी योजनामा समावेश हुनुपर्नेमा जोड दिएका थिए ।
यसैगरी विज्ञहरुले विकासका प्रमुख आधार यकीन गरी पूँजिगत खर्च बृद्धि गर्नुपर्नेमा विशेष जोड दिएका थिए । अहिलेको मुल समस्या नै सुशासन कायम हुन नसक्नु भएकोले सुशासनमा संरचनागत परिवर्तन गर्नुपर्ने, राजनीतिक दवावमा योजना छनोट हुने प्रक्रिया रोकिनुपर्ने र तल्लो तहलाई अधिकार बढी दिनुपर्नेमा समेत जोड दिए । कार्यक्रममा विज्ञहरुले भारत र चीनको आर्थिक विकासबाट नेपालले लाभ लिनुपर्नेमा जोड दिएका थिए ।न्युज कारखाना
काठमाडौं, २६ माघ ।
सरकारले प्रजातन्त्र दिवस २०८० भव्यताका साथ मनाउने निर्णय गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले आगामी फागुन ६, ७ र ८ गते तीन दिन विभिन्न कार्यक्रम गरेर भव्यताका साथ मनाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको सो बैठकले प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटक, विशेषाङ्क÷स्मारिका प्रकाशनलगायत जनचेतनामूलक कार्यक्रम निर्माण, सञ्चालन तथा प्रसारण गर्ने, नेपाली सेनाबाट सैनिक मञ्च, टुँडिखेलमा विभिन्न कार्यक्रम गर्ने र सातै प्रदेशका मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेशस्तरीय ‘राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समिति’ र सबै स्थानीय तहमा ‘राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम आयोजक समिति’ गठन गरी विभिन्न कार्यक्रम गरेर राष्ट्रिय प्रजातन्त्र दिवस भव्यरुपमा मनाउने निर्णय गरेको छ । न्युज कारखाना
काठमाडौं, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यको प्राथमिकता र जनताको भविष्यलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्ने बताएका छन्।
सिंहदरबारमा आज ‘आगामी वर्षको राष्ट्रिय स्रोत अनुमान’ सम्बन्धी छलफलमा प्रधानमन्त्री प्रचण्डले जनतालाई केन्द्रमा राखेर बजेटको ‘सिलिङ’ तोक्नुपर्नेमा जोड दिएका हुन्। उत्पादन बृद्धि र रोजगारी सिर्जना हुने खालका योजनालाई विशेष प्राथमिकतामा राखेर योजना छनोट गर्न उहाँले मन्त्रालयहरूलाई निर्देशन दिए।
‘बजेट बनाउँदा यथार्थपरक होऔँ । ‘प्रोएक्टिभ’ भएर स्रोत जुटाउनेतिर सोचौँ। हाम्रो नीति तथा कार्यक्रम र बजेटले जनताको विश्वास जित्नुपर्छ । व्यवस्थालाई बलियो बनाउनुपर्छ,’ उनले भने।
बजेट विशुद्ध अर्थशास्त्र मात्र नभएर राजनीतिक अर्थशास्त्र भएको उल्लेख गर्दै प्रधानमन्त्रीले विगत वर्षमा हुने गरेका असमझदारीलाई अन्त्य गर्नेगरी अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले भने, ‘विगतमा योजना आयोग र मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच केही अन्योलता देखिने गरेको थियो, अब त्यसो हुन हुँदैन ‘
पछिल्लो समय देशको अर्थतन्त्री सही बाटोमा आगाडि बढेको बताउँदै प्रधानमन्त्रीले निरन्तरको प्रयासपछि राजस्व सङ्कलन बढेको र अर्थतन्त्रका बाह्य सूचकहरू राम्रा भएको बताए।
पुँजीगत खर्च बढ्न नसक्नुका कारण पहिल्याएर आगामी दिनमा वित्तीय एवं मौद्रिक नीति तय हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘राष्ट्रिय महत्त्व र प्राथमिकतामा आधारमा बजेट बनाऔँ । पुँजीगत खर्च किन बढ्न सकेको छैन, त्यसको गम्भीर समीक्षा गरौँ र बजेट बनाऔँ ।’
सो अवसरमा अर्थमन्त्री डा प्रकाशशरण महतले माग र सामथ्र्यबीच विरोधाभास भएको स्थितिमा सन्तुलित बजेट आवश्यक पर्ने बताए।
छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले बजेटका स्रोतहरू राजस्व, अनुदान, वैदेशिक ऋण र आन्तरिक ऋणको अवस्थाबारे जानकारी गराएका थिए।न्युज कारखाना
महोत्तरी, २५ माघ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक समृद्धिको बाधक भ्रष्टाचार र कुशासन भएको बताएका छन् । महोत्तरीको बर्दिबासस्थित आधारशीलाको २१ औ वार्षिकोत्सवको उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले यसलाई नै मुल आधार बनाएर सरकारले काम गरेको बताए ।
भ्रष्टाचारलाई प्रभावकारी ढंगले नियन्त्रण नगरे विकास र समृद्धिको परिकल्पना गर्न नसकिने जिकिर गर्दै उनले सरकारले त्यसको क्रमिकरुपमा नतिजासमेत देखाइरहेको दाबी गरे । ‘गृहमन्त्रालय समाले कै दिन पञ्चायतकालदेखि खाइरहेको गृहमन्त्रीको सुविधा पनि खारेज गरेँ,’ उनले भने, ‘शरणार्थी काण्डदेखि बाँसबारी छालाजुत्तासम्म आइपुग्दा सरकार अडिग भएर लागिरहेको छ ।’
काम होस् भनेर खबरदारी गर्नेहरु कै कारण सरकारमा आत्मबल सञ्चार भएको बताउँदै गृहमन्त्री श्रेष्ठले पैसावाला, राजनीति पहुँच भएकाहरूले भने सरकारको कामको विरुद्ध खबरदारी गर्ने गरेको पनि बताए ।
सामन्तवादको निकृष्ट सोच कै कारण मिटरव्याजी मौलाएको र यसलाई नियन्त्रण गर्न सरकार दृढतापूर्वक लागीपरेको उनको भनाई छ । ५ हजार भन्दा बढी पिडितहरुलाई अहिलेसम्म न्याय दिलाईसकेको बताउँदै सुशासन स्थापनामा सरकारले अभियान नै बनाएको गृहमन्त्री श्रेष्ठले बताए ।
अहिले मिटरव्याजी पीडितहरुले गरेको आन्दोलनलाई संकेत गर्दै उनले आन्दोलनले सरकारलाई बल मिलेतापानी गलत ढंगले त्यसलाई प्रयोग गर्न नहुने सुझाए । विभिन्न तरिकाले जालसाँजी गरी राज्यलाई ठग्नेविरुद्ध सरकाले कारबाही अगाडि बढाएको र यहि प्रक्रियाअन्तर्गत बाँसबारी छालाजुत्तामा सग्लनहरुको छानबिन भइरहेको गृहमन्त्री श्रेष्ठको भनाइ छ ।न्युज कारखाना
काठमाडौं, २५ माघ ।
विद्युतीय सिगरेट (भेप) मा लुकाएर तस्करी भएको ९ किलो सुन प्रकरणमा बयान दिन पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरा सिंहदरबार पुगेका छन् ।
सिंहदरबारस्थित सुन छानबिन समितिको कार्यालयमा बयान दिन उनी पुगेका हुन् । समितिले बोलाएपछि पुगेका उनले बयान दिएका हुन् ।
भेपमा लुकाएर तस्करी भएको ९ किलो प्रकरणमा चिनियाँ तस्करसँग सम्पर्क भएको देखिएपछि महरासँग समितिले बयान लिएको हो ।
सोही प्रकरणका महराका छोरा राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको थियो ।न्युज कारखाना
विराटनगर, २५ माघ ।
आफैँले दिएको अभिव्यक्तिका कारण यतिबेला चौतर्फी विवादमा फसेका छन् कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की । सोमबार सुन्दरहरैँचामा रहेको साजिलाल माविको वार्षिकोत्सवमा कार्कीले गरेको भाषण यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
कार्कीले सयौँ विद्यार्थीका अगाडि उभिएर आफू लास्ट बेन्चर अहिले मुख्य मन्त्री भएको र सँगै पढेको फस्टबेन्चर खरदार भएको भन्दै व्यङ्ग्य गरेका छन् । कार्की अझै थप्छन्, ‘फस्ट बेन्चरले कलम चलाउने र आफ्नु भुडिभर्ने मात्रै जानेका छन् । तर, कक्षा कोठामा सबै अब्बल हुन्छन्, म लास्ट बेन्चर यतिबेला मुख्य मन्त्री छु ।’
साेही अभिव्यक्तिका कारण मुख्यमन्त्री कार्की विवादमा परेका हुन् । उनको भाषण सुन्ने कलिला बालबालिकाको दिमागमा के पस्यो होला ? अब नपढे पनि मुख्यमन्त्री भइनेरहेछ भन्ने भान किन पारेका होलान मुख्यमन्त्रीले ? प्रदेश मुख्यमन्त्रीबाट के सिक्ने विद्यार्थीले भन्दै मुख्यमन्त्री कार्कीकाे आलाेचना भइरहेकाे छ ।न्युज कारखाना
महोत्तरी, २५ माघ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ महोत्तरी आइपुगेका छन् । बर्दिवासस्थित गौरिडाँडामा रहेको आधारशीलाको २१ औ वार्षिकोत्सवमा सहभागी हुन उनी बुधबार बेलुका महोत्तरी आइपुगेका हुन् ।
बिहीबार आधारशीलाको औपचारिक समारोहमा सम्बोधन गरेपछि गृहमन्त्रालय मातहतका कार्यालयहरुको अनुगमन र निर्देशन गर्ने कार्यक्रम रहेको उनकाे निजी साचिवालायले जनाएकाे छ ।
यसैक्रममा अहिले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बर्दिवास नगरपालिकामा आयोजना गरेको कार्यक्रममा उनी सहभागी भएका छन् ।
विपद व्यवस्थापन सामाग्री हस्तान्तरण तथा विपद पोर्टल स्थानीयकरण गर्ने उद्देश्यले आयोजना गरेको उक्त कार्यक्रममा मन्त्री श्रेष्ठले स्थानीय सरकार जनताको समृद्धिका लागि अधिकार सम्पन्न हुनुपर्ने धारणा राखे ।न्युज कारखाना
काठमाडौं, २५ माघ ।
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू र सातै प्रदेशका मुख्यमन्त्रीको संयुक्त बैठक बसिरहेको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवसहित गठबन्धन दलको शीर्ष नेताहरूसहभागी छन्।
गठबन्धनका शीर्ष नेता र सातवटै प्रदेशका मुख्यमन्त्रीबीच पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।
न्युज कारखाना
रौतहट,२५ गते माघ ।
गरुडा–पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहिबार रौतहटको गरुडा स्थित चिनी मिलमा हुुने कार्यक्रममा सहभागी हुन आउने भएका छन् ।
नेकपा एमालेको १० औं जिल्ला अधिवेशनको उद्धघाटन सत्रको कार्यक्रमलाइ सम्बोधन गर्न रौतहट आउन लाग्नु भएको अधिवेशका प्रचार विभाग प्रमुख रुपेश पटेलले जानकारी गराउनुु भएको हो । आज माघ २५ गते बुधवार देखि नेकपा एमालेको जिल्ला अधिवेशन मध्य रौतहटको गरुडामा शुरु हुँदैछ ।

जसको चहलपहल समेत बढेको छ । अधिवेशनको सम्पूर्ण तयारी पुुरा भएको प्रचार विभाग प्रमुख पटेलले बताए । नेकपा एमाले रौतहटको १० औं जिल्ला अधिवेशनमा अध्यक्ष पदका चार जना आकांक्षी उम्मेदवार देखिएका छन् । अध्यक्षको उम्मेदवारमा रुपेश पटेल,अखिलेश्वर चौधरी, सचिदानन्द साह र बवन सिंह रहेका छन् ।
उनीहरुले आफ्नो उम्मेदवारी घोषणा समेत गरि सकेका छन् । अध्यक्ष पदका उम्मेदवार मध्ये रुपेश पटेलले आफूलाइ यूवाहरुको साथ रहेको भन्दै अध्यक्ष पदमा उम्मेदवारी रहने बताएका छन् । पटेलका अनुसार नेकपा एमालेको १० औं जिल्ला अधिवेशनको लागि करिब ४ सय मतदाता रहेका छन् ।
रौतहट २५ माघ।
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली बिहीबार रौतहट आउने भएका छन् ।
नेकपा एमालेको १० औ जिल्ला अधिवेशन उदघाटन गर्न प्रमुख अतिथि बनेर अध्यक्ष ओली रौतहट आउन लागेका हुन् ।
एमालेको १० औ जिल्ला अधिवेशन माघ २५ र २६ गते गरुडामा हुँदै छ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको तथा भोलिदेखि हुने जिल्ला अधिवेशनको उदघाटन गर्न अध्यक्ष केपी शर्मा ओली आउने तय भएको नेकपा एमालेका केन्द्रीय सदस्य उद्धब रेग्मीले जानकारी दिएका छन् ।
दशौँ जिल्ला अधिवेशनले रौतहटमा नयाँ जिल्ला कार्य समिति चयन गर्नेछ । एमाले जिल्ला अध्यक्षको लागि चारजनाको नाम चर्चामा रहेको छ। अध्यक्षको लागि अखिलेश्वर चौधरी,सचितानन्द साह,रुपेश पटेल र बबन सिंहको नाम चर्चामा रहेको एमालेका स्थानीय नेताहरुले बताएका छन ।न्युजकारखाना
काठमाडौं, २५ माघ ।
संङघीय संसदका तीन समितिको बैठक बस्दैँछ ।
संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति र दिगो विकास तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।
शिक्षा समितिमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ भने राष्ट्रिय सरोकार समितिमा १६ औं पञ्चवर्षीय योजनामा दिगो विकास लक्ष्य तथा लैङ्गिक मैत्री दृष्टिकोणबाट निर्माण गर्न समावेश गर्नुपर्ने सुझावहरुका सम्बन्धमा छलपफल हुनेछ ।
साथै, दिगो बिकास समितिमा संघीय संसद भवन निर्माणको हालसम्मको प्रगतिको सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।न्युजकारखाना
काठमाडौं, २४ माघ ।
आउँदो ६ फागुनमा बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर गर्ने कार्यक्रम राखिएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर मितिबारे जानकारी गराएका हुन् ।
यसका लागि २ फागुन दिउँसो ३ बजेभित्र सांसदहरूले लिखित प्रश्न दर्ता गराउनुपर्ने सभामुख घिमिरेले जानकारी दिए ।
प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते बिहान ११ बजे बस्नेछ । न्युजकारखाना
काठमाडौं, २४ माघ ।
प्रतिनिधिसभाले पूर्वमन्त्री तथा संविधानसभा सदस्य केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकले बुढाथोकीको निधनमा सर्वसम्मत रुपमा शोक प्रस्ताव पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।
‘पूर्वसामान्य प्रशासनमन्त्री तथा लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका सरल एवं मिलनसार व्यक्तित्व केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा मिति २०८० साल माघ २२ गते सोमबार राति उपचारको क्रममा असामयिक निधन भएकोमा प्रतिनिधिसभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ,’ पारित शोक प्रस्तावमा उल्लेख गरिएको छ ।
बैठकले बुढाथोकीको निधनमा एक मिनेट मौन धारण पनि गरेको छ । बुढाथोकी नेपाली कांग्रेस पार्टीबाट २०६४ र २०७० सालको संविधानसभा सदस्य हुन् । न्युजकारखाना
काठमाडौं, २४ माघ ।
सम्पति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित भएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकले उक्त विधेयक पारित गरेको हो । प्रतिनिधिसभाले पारित गर्नुअघि विधेयकमाथि कानुन समितिमा दफाबार छलफल भएको थियो ।
गत २४ असोजमा समितिले पारित गरेको ९ बुँदे प्रतिवेदनलाई समेत प्रतिनिधिसभाले विधेयकको अंग बनाएको छ । न्युजकारखाना
काठमाडौँ, २४ माघ ।
प्रधानमन्त्री एवं राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तनको मुख्य संवाहक हुनुका नाताले आफू सङ्घीयताको कार्यान्वयनमा दृढताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित राष्ट्रिय समन्वय परिषद्को दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “सङ्घीयता कार्यान्वयनमा मुख्यमन्त्रीहरूले मप्रति भरोसा गर्नुभएको छ, यही शक्तिका साथ सङ्घीयता कार्यान्वयनमा लाग्छु ।”

विसं २०७६ मा परिषद्सम्बन्धी कानुन बने पनि पहिलो बैठक आफूले नै गत असारमा राखेको प्रधानमन्त्रीले स्मरण गरे । सङ्घ, प्रदेश र स्थानीय सरकारका काम कारबाहीमा समन्वय र सुदृढ गर्न परिषद्को बैठक राखिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “चारवर्ष एउटै बैठक नबसेर बित्यो । मैले ६ महिनामा २ वटा बैठक राखेर सङ्घीयता कार्यान्वयनको पहल लिएको छु ।”
सङ्घीयता कार्यान्वयन गर्न आफू मुख्यमन्त्रीहरूसँग लगातार छलफलमै रहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयनमा सबैले चासो र चिन्तन गर्नुपर्नेमा जोड दिए । “यो बैठकले गति पैदा गरेको अनुभूति गरेको छु । मलाई सबै मुख्यमन्त्रीज्यूहरूको आशा र भरोसा छ । सङ्घीयता कार्यान्वयनमा यो मेरो शक्ति हो,” उनले भने, “मैले पनि सरकारको नेतृत्वमा आएदेखि नै यहीँ विषयलाई केन्द्रमा राखेर काम गरिरहेको छु ।”
प्रधानमन्त्री प्रचण्डले सङ्घीय निजामती सेवा ऐन र प्रहरी समायोजनका लागि उपप्रधानमन्त्रीहरूलाई जिम्मेवारी नै तोकेर काम थालिएको जानकारी दिनुभयो । “सङ्घीय ऐनहरू निर्माण नै हाम्रो प्रमुख कार्यभार हो । प्रदेशहरूले जनतालाई सेवा दिन थालेपछि सङ्घीयता विरोधीलाई राम्रो जवाफ हुनेछ,” प्रचण्डले भने ।
तीनै तहका सरकारले ल्याउने नीति, कार्यक्रम तथा बजेट सामूहिक विवेकको केन्द्रिकृत अभिव्यक्ति हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले योजना पूरा नगर्ने, नयाँनयाँ योजना ल्याउने र निर्धारित समयमा सम्पन्न नहुने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।
“असन्तुलित विकास र ढिलासुस्तीले राज्यको दायित्त्व बढेको छ । यस परिस्थिति यसपटक अन्त्य हुन्छ । बजेट निर्माणमा रहेका बेथिति अन्त्य गरिन्छ,” प्रधानमन्त्री प्रचण्डले भने ।
बैठकमा उप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीयता कार्यान्वयनमा प्रधानमन्त्रीले लिनुभएको अग्रसरताले यससम्बन्धी अन्योल हटेर गएको बताए । उनले भने, “सङ्घीयता कार्यान्वयनमा प्रधानमन्त्री गम्भीर हुनुहुन्छ । निजामती ऐन टुङ्गाउन प्रधानमन्त्रीको निर्देशनअनुसार मैले नै पहल गरिरहेको छु । यही संसद् अधिवेशनबाट पारित गर्छौँ ।”
उपप्रधानमन्त्री खड्काले सङ्घीयता कार्यान्वयन साझा जिम्मेवारी भएको उल्लेख गर्दै सामूहिक भावनाका साथ काम गर्न सबैलाई आग्रह गरे ।
उप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्घीयता कार्यान्यवनमा प्रधानमन्त्रीले चिन्ता र चासोका साथ काम गरिरहनुभएको उल्लेख गरे । “सङ्घीयता कार्यान्वयनका लागि प्रधानमन्त्रीले सबै मन्त्रीलाई छिटो काम गर्न निरन्तर प्रेरित गरिरहनुभएको छ,” उनले भने, “प्रहरी समायोजनको प्रक्रिया अगाडि बढेको छ । केही दिनमा समायोजनको प्रक्रिया टुङ्गाउँछौँ ।”
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले सङ्घीयता कार्यान्वयनमा प्रधानमन्त्रीको सक्रियताले आफूहरूलाई उत्साह पैदा गरेको बताए । सङ्घीय कानुन निर्माणका निम्ति मन्त्रालयले काम गरिरहेको जानकारी दिँदै उनले चालु संसद् अधिवेशनमा अधिकांश सङ्घीय ऐनहरू पारित हुने विश्वास दिलाए । न्युजकारखाना
काठमाडौँ, २४ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीयता कार्यान्वयन सम्बन्धमा सङ्घीय सरकारले गर्न बाँकी कार्यायोजना र हालसम्म भएका तथा कार्यान्वनमा देखिएका समस्याका बारेमा बुधबार छलफल गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डको अध्यक्षमा सिंहदरबारमा बसेको राष्ट्रिय समन्वय परिषद् बैठकमा अन्तर प्रदेश परिषद्बाट स्वीकृत सङ्घीयता कार्यान्वयन सहजीकरण कार्ययोजना कार्यान्वयनको अवस्थाको समीक्षा गरी सम्पन्न हुन नसकेका कार्यको कारण पहिचान गरी उपयुक्त निकास दिने विषयमा छलफल भएको हो । यसअघि प्रधानमन्त्री प्रचण्डकै अध्यक्षतामा विसं २०८० असार १६ गते राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठक बसेको थियो । त्यस बैठकमा पनि सङ्घीयता कार्यान्वनलाई प्रभावकारी तुल्याउने विषयमा छलफल भएको थियो ।

बैठकमा कार्यविस्तृतिकरणलाई सरल, स्पष्ट र कार्यजिम्मेवारी नदोहोरिने गरी पारिमार्जन गरी अन्तिमरुप दिने र त्यसलाई कार्यान्वयनमा लैजाने गरी बैठकमा छलफल भएको छ । बैठकमा प्रदेश तथा स्थानीय तहको लागि मार्गदर्शक मानिने सङ्घीय निजामती सेवा ऐन जारी गर्न नसक्नुका कारण एवं संविधानको अनुसूची ७ र ९ बमोजिम साझा अधिकार सूचीको कार्यान्वयन गर्न आवश्यक ऐन, नियम र मापदण्डका विषयमा विचारविमर्श भएको छ ।

प्रदेश तथा स्थानीय तहमा कार्यरत जनशक्तिलाई व्यवस्थित गर्न नसकिएको सन्दर्भलाई कसरी व्यस्थित गर्न सकिन्छ भन्ने विषयलाई गम्भीररूमा लिएको छ । तीन तहका सरकारका भूमिकामा देखिएको अस्पष्टतालाई निराकरण गर्नुपर्ने देखिएको छ ।
तीन तहका सरकारले आआफ्नो तवरले निर्णय गर्दै जाँदा निर्णय र प्रतिवेदनमा एकरुपता नहुनका साथै तीन तहका संरचनामा नियन्त्रण र सन्तुलन गर्नका लागि संरचना निर्माण गर्ने विषयलाई ध्यान दिनुपर्ने देखिएको छ । जहाँबाट एक सरकार र अर्को सरकारका बीचमा आउन सक्ने द्वन्द्वलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिइएको छ ।
स्थानीय सरकारले एकल अधिकारसम्बन्धी ऐन बनाउन सक्ने भए पनि सात सय ५३ स्थानीय तहले अलगअलग ऐन बनाउँदा आइपर्ने समस्याका बारेमा पनि गम्भीर छलफल गरेर त्यसलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिइएको छ । स्थानीय तह प्रतिपक्षरहित हुने भएकाले सन्तुलन कायम गर्ने तथा सबै स्थानीय तहको कानुन बनाउन उनीहरुको क्षमता अभिवृद्धि गर्नुपर्ने विषयमा छलफल भएको छ । निर्वाचनलाई मितव्ययी बनाउन चाल्नुपर्ने कमदका बारेमा पनि बैठकमा छलफल भएको थियो । न्युजकारखाना
काठमाडौं, २४ माघ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सीमित राजनीतिक दलका नेताको मुठ्ठीमा देश कैद भएको बताएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले परिवर्तनको नाममा अहिले लुटतन्त्र बढेको र सीमित राजनीतिक दलका नेताको मुठ्ठीमा देश कैद भएको बताएका हुन् ।
‘परिवर्तनको नाममा जे व्यवस्था निर्माण गर्नुभयो । त्यो गणतन्त्र होइन । अहिले जनताले भन्छन्, त्यो लुटतन्त्र हो । सीमित राजनीतिक दलका नेताको मुठ्ठीमा देश कैद भयो,’ उनले भने ।
यही अवस्थामा देश रहन नसक्ने भन्दै उनले नयाँ सम्झौता गरेर अगाडि बढ्नुपर्ने बताए ।
अहिलेको समस्या देशले अवलम्बन गरेको प्रणाली दोषी रहेकाले अब कसैलाई निषेध गरेर जान नहुने उनको भनाइ छ । न्युजकारखाना
काठमाडौं, २४ माघ ।
रास्वपा सभापति रवि लामिछानेले संसदलाई छेड्खानीको थलो नबनाउन आग्रह गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले संसदलाई छेड्खानीको थलो बनाउन आग्रह गरेका हुन् । उनले संसदलाई कानुन बनाउन थलोको रुपमा प्रयोग गर्नुपर्ने बताए ।
देशको समस्याबारे सबैजना जानकार रहेको भन्दै उनले समस्या समाधान गर्न कसले रोक्यो भन्दै प्रश्न गरे । न्युजकारखाना
काठमाडौं, २४ माघ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले भ्रष्टाचारीलाई कारबाही गर्ने बहानामा सरकारले स्टन्डबाजी गरेको आरोप लगाएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले देशमा ठूल्ठूला भ्रष्टाचारका काण्ड सार्वजनिक भए पनि सरकारले दोषीलाई कारबाही गर्ने बाहनामा स्टन्डबाजी गरेको आरोप लगाएका हुन् ।
देशमा व्याप्त भ्रष्टाचार भइरहे पनि सरकार भ्रष्टाचारीलाई संरक्षण गर्न सरकार लागेको भन्दै उनले भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले इच्छाशक्ति नै नदेखाएको बताए । यसबारे संसदमा आफूहरुले आवाज उठाउने उनको भनाइ छ ।
न्युजकारखाना
काठमाडौं, २४ माघ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले लय समात्न नसकेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सरकारले लय समात्न नसकेको र सरकार निकायप्रति जनताको विश्वास गुम्दै गएको बताएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना केही कमजोरी स्वीकारेर नयाँ संकल्प गरे पनि लय भने समात्न नसकेको उनको भनाइ छ ।
साथै सरकारी निकाय अड्डा अदालत, प्रहरी, प्रशासन, दल, वित्तीय संस्थाप्रति जनताको विश्वास गुम्दै गएको पाइएको भन्दै उनले जनतामाझ टुटेको भरोसालाई जागृत गराउन संसद सक्षम हुनुपर्ने बताए ।
न्युजकारखाना
काठमाडौं, २४ माघ ।
सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय आरोप–प्रत्यारोपमा उत्रिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले संसदीय समिति आरोप प्रत्यारोपमा उत्रिएको बताएका हुन् । समिति हतारोमा निर्देशन दिनसमेत उद्धत भएको भन्दै उनले यसले संसदीय समितिको विश्वास घटाउने बताए ।
संसदीय समितिले विश्वास गुमाउँदै गएमा संसदले नै विश्वास गुमाउने उनको भनाइ छ । न्युजकारखाना
काठमाडौं, २४ माघ ।
राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज काठमाडौंमा बस्दै छ ।
संघीय सरकार, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध व्यवस्थित गर्ने राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज काठमाडौंमा बस्न लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा गत असारको पोखरा बैठकले गरेका अधिकांश निर्णय कार्यान्वयन नभए पछि परिषद्को दोस्रो बैठक आज हुन लागेको हो ।
आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बैठक बस्ने सदस्य सचिव अर्जुन पोखरेलले जानकारी दिए । त्यसका लागि सबै प्रदेशका मुख्यमन्त्री काठमाडौं आइसकेका छन ।
संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन, २०७७ को दफा १६ मा संघ, प्रदेश र स्थानीय तहको समन्वय तथा अन्तरसम्बन्ध व्यवस्थित गर्न प्रधानमन्त्रीको अध्यक्षतामा २१ सदस्यीय राष्ट्रिय समन्वय परिषद् रहने व्यवस्था छ ।
पहिलाे बैठक गत असार १६ गते पाेखरामा बसेकाे थियाे । न्युजकारखाना
काठमाडौं, २४ माघ ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज अस्ट्रेलिया जादैँछन् ।
अस्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनले संयुक्त रूपमा आयोजना गर्न लागेको सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन मन्त्री साउद अष्ट्रेलिया जान लागेका हुन ।
सो सम्मेलन माघ २६ र २७ गते अष्ट्र्र्रेलियाको पर्थमा हुदैँछ । यही माघ २७ गते ‘स्थिर र र दिगो हिन्द महासागरतर्फ’ विषयमा मन्त्री साउदले नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सो क्रममाअस्ट्रेलियाको विदेशमन्त्री पेनी वोङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । मन्त्री साउद फागुन ३ गते स्वदेश फर्कनेछन् ।न्युजकारखाना
काठमाडौं, २४ माघ ।
प्रतिनिधिसभाको बैठक बस्दैँ छ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
संसद् सचिवालयका कार्यवाहाक महासचिव पद्म प्रसाद पाण्डेयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ं निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ दफावार छलफलसहित पारित गरिनेछ ।
साथै, पुर्व सांसद केशवकुमार बुढाथाेकीकाे निधनमा शाेक प्रस्ताव पारित गरिनेछ ।
न्युजकारखाना
काठमाडौं, २३ माघ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ ।
आज आकस्मिक रुपमा बसेको सो बैठकले केन्द्रीय सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।
नेपाली कांग्रेसका अनुसार केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवं पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा हिजो माघ २२ गते असामयिक निधन भएको थियाे ।
२००१ साल असोज २२ गते पिता रणकेशर बुढाथोकी र माता नन्दकुमारी बुढाथोकीको सुपुत्रका रुपमा जन्मनु भएका स्वर्गीय बुढाथोकीले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै कांग्रेसले स्मरण गरेको छ । उनको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने जनाउँदै कांग्रेसले उनको निधनबाट पार्टी मर्माहत र स्तब्ध भएको जनाएको छ ।
‘नेता केशवकुमार बुढाथोकीको निधनप्रति कार्यसमितिको यो आकस्मिक बैठक गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, उहाँको आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ,’ जारी बिज्ञप्तिमा भनिएको छ ।
आज बसेको बैठकको निर्णय अनुसार माघ २३-२५ गते अर्थात तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने र पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गर्ने, माघ २४ गते बुधबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय गरेको कांग्रेसले जनाएको छ ।
साथै, स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्ला झापामा शोक सभाको आयोजना गर्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।न्युजकारखाना
रौतहट,२३ माघ ।
नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनको मिति नजिकिँदै जाँदा चहलपहल समेत बढ्दै जान थालेको छ ।
नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनमा अध्यक्ष लगायत पदाधिकारीमा चुनाव हुने आकलन बढेसँगै एकपछि अर्को गरेर अध्यक्षका उम्मेदवारहरू देखा पर्न थालेका छन् । अध्यक्षको उम्मेदवारमा अखिलेश्वर चौधरी, रुपेश पटेल, सचिदानन्द साह र बवन सिंहले आआफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
अध्यक्षका उम्मेदवार अखिलेश्वर चौधरीलाई केन्द्रीय सदस्य अजयकुमार गुप्ता र मधेस प्रदेशकी उपसचिव आरती भण्डारीको साथ रहेको छ। स्रोतका अनुसार नेकपा एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मीको पक्षबाट सचिदानन्द शाहले अध्यक्ष पदमा उम्मेदवारी दिने आकलन गरिएको छ। यता आफूलाई युवाहरूको साथ रहने भन्दै नेकपा एमाले रौतहटका हालका उपसचिव रूपेश कुमार पटेलले पनि अध्यक्षमा आफ्नो उम्मेदवारी रहने दाबी गर्दै आएका छन् । यता नेकपा एमालेका नेता भवन सिंहले पनि आफ्नो अध्यक्षमा उम्मेदवारी रहने भन्दै सामाजिक सञ्जालबाट मत माग्न थालेका छन् ।
करिब ४ सय मतदाता रहेको नेकपा एमालेको दशौँ जिल्ला अधिवेशनको निर्णायक मत चन्द्रपुर नगरपालिकामा रहेको छ। ४ सय मध्ये करिब २ सय मतदाता चन्द्रपुर नगरपालिकामै रहेका कारण चन्द्रपुर नगरपालिकाको मतले नै कुनै पनि उम्मेदवारले अध्यक्षमा विजय हासिल गर्ने आकलन गरिएको छ । अध्यक्ष लगायत अधिकांश पदाधिकारीहरूको ध्यान यतिबेला चन्द्रपुर नगरपालिकामा रहेका प्रतिनिधितर्फ केन्द्रित भएको एक प्रतिनिधिले जानकारी दिएका छन् ।
नेकपा एमाले रौतहटको दशौं जिल्ला अधिवेशनलाई अन्य राजनैतिक दलहरूले समेत गम्भीरताका साथ निहाली रहेका छन् । सर्वसम्मत नहुने अनुमान गरेका अधिकांश उम्मेदवारहरूले यतिबेला प्रतिनिधिहरूसँग आफ्नो लागि मत समेत माग्न थालिसकेका छन् ।
नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनका अध्यक्षका दावेदारहरू कोही यतिबेला प्रतिनिधिको घरघरमा गएर भोट माग्न व्यस्त रहेका छन् भने कोही सामाजिक सञ्जालमै आफूलाई मत दिन आग्रह गरिरहेको देखिन्छ ।न्युजकारखाना
भक्तपुर, २३ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले नेपालको राष्ट्रिय पत्रकारिता राजनीतिक दलहरूको आवद्धताबाट मुक्त हुनुपर्ने बताएका छन्।
मंगलबार रफत सञ्चार क्लबको १४औं वार्षिकोत्सवको उद्घाटन गर्दै सभापति लामिछानेले भने, ‘जनताको पक्षमा सही सूचना प्रवाह गर्ने हो भने पत्रकारिता दलगत भन्दामाथि उठ्न सकेमात्रै जनताको दुःखलाई सही ढंगबाट उजागर गर्न सकिन्छ। मैले विगतमा पत्रकारिता गर्दा पनि प्रश्नै–प्रश्नै गरेको र प्रश्नभन्दा माथि आफू कहिल्यै गएको थिइनँ।’

सभापति लामिछानेले आजको समाचार सही छकि छैन भनेर जनताले संका गरिरहेको बताउँदै अहिले पत्रकार थप सचेत हुनुपर्ने बताए। पत्रकारले सहीलाई सही र गलतलाई गलत भन्ने हिम्मत राख्नुपर्ने उनले बताए।

‘मेरो सार्वजनिक जीवनका सन्दर्भमा बजारमा उठेका प्रश्न, लान्छनाको जवाफदिन तयार छु। कहिले–कहिले पानी धेरै भयो भने डुबाउने रहेछ। कहिले पानीले पखाल्ने पनि गर्दो रहेछ। त्यसकारण मेराबारेमा उठ्ने गरेका र उठाइएका प्रश्नबाट म आत्तिएको छैन। तर्सिएको पनि छैन। रास्वपा सत्य र निष्ठाका साथ लोकतन्त्रको पक्षमा रहेको छ। कुनै पनि मूल्यमा लोकतन्त्र नमासियोस्, नखोसियोस् भन्ने मान्यतामा हामी अडिग छौं,’ उनले भने।न्युजकारखाना
काठमाडौं, २३ माघ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको महासचिवमा पद्म प्रसाद पाण्डेयलाई नियुक्त गरेका छन्। पाण्डेयले प्रतिनिधिसभाको सचिव पदबाट मंगलबार राजीनामा दिएसँगै राष्ट्रपतिले उक्त राजीनामा स्वीकृत गर्दै यसअघिको सिफारिस अनुसार महासचिवमा नियुक्त गरेका हुन् ।
अध्यक्ष तिमिल्सिनाको कार्यकाल आउँदो फागुन २० गतेदेखि सकिने हुँदा एमालेको चाहनाअनुसार तत्कालीन महासचिव भरतराज गौतमलाई राजीनामा गराएर पाण्डेयलाई सिफारिस गरिएको थियो। एमालेको रुची अनुसार सिफारिस गरिएको भन्दै राष्ट्रपति पौडेलले दुई महिना सिफारिस होल्ड गरेर नियुक्त गरेका हुन्।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू र राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यूको संयुक्त सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा १० बमोजिम रिव्दिकोट गाउँपालिका – १, पाल्पा जिल्ला निवासी श्री पद्म प्रसाद पाण्डेयलाई मिति २०८० माघ २३ गते देखि लागु हुनेगरी संघीय संसदको महासचिव पदमा नियुक्त गर्नुभएको छ।’
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले संविधानको धारा १०६ को उपधारा (१) बमोजिम राष्ट्रपतिले पाण्डेयलाई संघीय संसदको महासचिव पदमा नियुक्त गरेको जानकारी दिइन् । न्युजकारखाना
काठमाडौं, २३ माघ ।
आम जनता पार्टी (आजपा) ले जनयुद्ध र जनआन्दोलनलाई जनसंघर्षको उत्सवको रुपमा मनाउने निर्णय गरेको छ। आजपाको केन्द्रीय कमिटीको काठमाडौंमा सम्पन्न बैठक पश्चात आज जारी बिज्ञप्तीमा जनयुद्ध र जनआन्दोलनलाई जनसंघर्षको उत्सवको रुपमा मनाउने निर्णय गरेकोको छ।
जनयुद्ध र जनआन्दोलनलाई जनसंघर्षको उत्सवको रुपमा मनाउँने निर्णय गरेको आजपाले आन्दोलनका कार्यक्रमलाई थप सशक्त एवं निर्णायक ढंगले अगाडि बढाउने निर्णय गरेको छ। बैंक, लघुवित तथा सहकारीको लुट विरुद्धको संघर्षलाई व्यापक बनाउने, भन्सार लगायतका राजस्व लुट विरुद्धको आन्दोलनलाई निर्णायक बनाउने, भ्रष्टाचार विरुद्धको संघर्षलाई थप सशक्त बनाउने, वैदेशिक रोजगारमा हुने ठगी विरुद्धको आन्दोलनलाई अझ सशक्त बनाउने, भगौडा दलाल पूँजीपतीहरुको सम्पत्ति कब्जा गरी राज्यलाई बुझाउने निर्णय बैठकले गरेको आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन्।

यसैगरी राज्यको हरेक निकाय एवं अंगमा महिलालाई ५१ प्रतिशत अधिकार सुनिश्चित गराउन, मदरसा शिक्षालाई बैधानिकता दिलाउन, उपत्यका बाहिर सार्वजनिक यातायातमा विद्यार्थीलाई छुट दिलाउन, गरिब दलितहरुलाई रोजगार र आवासको व्यवस्था गराउन तथा किसानलाई वीऊ, मल, पानी र पेनशन दिलाउन लगायतका जनपक्षीय मुद्दाहरुमा जारी संघर्षहरुलाई निरन्तरता दिने निर्णय बैठकले गरेको छ।
१९ र २१ माघमा काठमाडौं स्थित केन्द्रीय कार्यालयमा आजपा अध्यक्ष प्रभु साहको अध्यक्षतामा बसेको बैठकले विगतमा पार्टीद्धारा गरिएका बिभिन्न कार्य एवं आन्दोलनको समिक्षा समेत गरिएको छ। भगौडा वर्गविरुद्धको संघर्ष, वैदेशिक रोजगारका ठगीविरुद्धको संघर्ष, बैंक–लघुवित्त र सहकारीको लुटविरुद्धको संघर्ष, भन्सारलगायतका राजस्व लुटविरुद्धको आन्दोलन, भ्रष्टाचारविरुद्धको संघर्ष सहितका जनपक्षीय संघर्षहरुले आम जनतामा आत्मविश्वास र उत्साह तथा राज्यमाथि व्यापक जनदवाव बढाएको निष्कर्ष बैठकको छ।
यसैगरी पछिल्लो स्थायी कमिटीको बैठक पछि सातै प्रदेश कमिटीहरुको बैठक र मुख्यतः लगभग सबै जिल्ला नेतृत्वको चयन तथा आईटी आर्मीको राष्ट्रिय भेला र प्रशिक्षण कार्यक्रम, मधेश बन्द, पार्टीमा प्रवेशको जनलहर, काठमाडौंमा भ्रष्टाचार विरुद्धको मोटरसाईकल र्यालीलगायतका कार्यक्रमहरुले पार्टी पंक्तिमा विशेष उत्साह एवं उर्जाको रक्तसञ्चार गरेको निष्कर्ष बैठकको छ।
पार्टी केन्द्रीय कमिटीलाई पुर्नगठन गर्दै पार्टीका नेता रामपृत रामलाई सल्लाहकार समितिमा राख्ने निर्णय बैठकले गरेको छ। यस्तै आजपाले ‘दलतन्त्रको विरुद्ध संघर्षको दिशामा अघि बढौं ! संगठन निर्माण र विस्तारमा जोड गरौं !!’ भन्ने मुल नारा सहित संगठन बिस्तार गर्ने निर्णय समेत गरेको छ।
बैठकले पार्टीको जनवर्गिय संगठनका ईन्चार्ज, सहइन्चार्ज एवं अध्यक्षको जिम्मेवारी बाँडफाँड गरेको छ। आम किसान मोर्चाको इन्चार्जमा मनोज कुमार यादव र अध्यक्षमा अनिल झा, आम सुकुम्वासी संघको इन्चार्जमा ब्रह्मनारायण यादव अध्यक्षमा राज कुमार विक, आम खेलकुद महासंघको ईन्चार्जमा सुरेश चौधरी र अध्यक्षमा राजेश्वर साह (राजु), आम इन्जिनियर्स संघको ईन्चार्जमा बालकृष्ण सापकोटा र अध्यक्षमा गोपाल साह, आम स्वास्थ्यकर्मी महासंघको ईन्चार्जमा बाबुराम कौशिक र अध्यक्षमा हरिओम जयसवाल, आम पत्रकार महासंघको ईन्चार्जमा योगेश राल्फाली र अध्यक्षमा मनोज तिमल्सिना, आम जनजाती महासंघको ईन्चार्जमा ज्ञानेन्द्रकुमार तामाङ र अध्यक्षमा पासाङ तामाङ, आम उधोग वाणिज्य महासंघको ईन्चार्जमा सागर पाण्डेय र अध्यक्षमा संजय साह, आम मजदुर महासंघको ईन्चार्जमा धनकुमारी मगर र अध्यक्षमा शिव थापा रहेका छन्।
यसैगरी आम शिक्षक संघको ईन्चार्जमा उदयचन्द्र प्रसाद अध्यक्षमा संजय साह, आम महिला मोर्चाको ईन्चार्जमा कान्तिदेवी महतो, र सहईन्चार्जमा सिमल साह, बबिता यादव र अध्यक्षमा कुमारी बबिता, आम थारु मोर्चाको इन्चार्जमा पलट चौधरी र अध्यक्षमा सरोज चौधरी, आम महिला लघुवित पीडित संघर्ष समितिको इन्चार्जमा ई.प्रमोद राणा र अध्यक्षमा आशा सन्जेल, भन्सार लुट विरुद्धको संघर्ष समितिको संयोजकमा रञ्जुकुमारी साह र महिला विभागको प्रमुखमा देवी पण्डित रहेका छन्।
यसैगरी बैठकले राष्ट्रिय मानवअधिकार आयोगद्धारा बिना कुनै आधार प्रमाण, कपोलकल्पित, कुण्ठित एवं पुर्वाग्रही ढंगले पार्टी अध्यक्ष प्रभु साहको नाम मानव अधिकार उल्लंघनकर्ताको रुपमा सम्प्रेषित गरेर आयोगले उल्टै मानवअधिकारको उल्लंघन गरेको निष्कर्षसहित यसको प्रतिवाद गर्ने निर्णय बैठकले गरेको छ।न्युजकारखाना
काठमाडौं, २२ माघ ।
राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्य उमाशंकर प्रसादले पद तथा गोपनीयताको शपथ लिएका छन्।
सोमबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष सदस्य उमाशंकरले पद तथा गोपनीयताको शपथ लिएका हुन्। उनलाई माघ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो।
नवनियुक्त सदस्य उमाशंकरको शपथसँगै आयोगले पूर्णता पाएको छ। रौतहट स्थायी घर भएका उमाशंकरले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। न्युजकारखाना
काठमाडौं, २२ माघ ।
सभामुख देवराज घिमिरेले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न सात सदस्य टिम मनोनीत गरेका छन्।
आजबाट सुरु भएको संसद्को हिउँदे अधिवेशनको सुरुआत गर्दै सभामुख घिमिरेले सांसद्को टिम छनोट गरेका हुन्।
प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सात सदस्य मनोनयन गरेका हुन्।
सभामुखमा सांसद ईश्वरीदेवी न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, चन्दा कार्की भण्डारी, प्रतीक्षा तिवारी, विमला सुवेदी, बुद्धिमान तामाङ, रामकृष्ण यादवलाई मनोनयन गरेको सभामुख घिमिरेले बताए।न्युजकारखाना
काठमाडौं, २२ माघ ।
प्रतिनिधिसभाको बैठक सकिएको छ। हिउँदे अधिवेशनको रुपमा आजबाट सुरु भएको बैठक माघ २४ गते बस्ने गरी स्थगित भएको हो।
आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएका पत्र पढेर सुनाएका थिए। सरकारका तर्फबाट भएका महत्त्वपूर्ण निर्णय, मन्त्रीहरूको विदेश भ्रमण तथा कार्यवाहक जिम्मेवारी तोकिएको बारे पनि बैठकमा सभामुख घिमिरेले पढेर सुनाएका थिए।
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० पेस गरेका छन्।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काऊ फुकाऊ आदेश सदनमा पेस गरेका छन्।
राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक पनि टेबुल भएको छ।न्युजकारखाना
काठमाडौं, २२ माघ ।
संसद्को हिउँदे अधिवेशन सोमबारदेखि सुरु भएको छ।
सरकारका तर्फबाट भएका महत्त्वपूर्ण निर्णय, मन्त्रीहरूको विदेश भ्रमण तथा कार्यवाहक जिम्मेवारी तोकिएको बारे प्रतिधिनिसभा बैठकमा सभामुख देवराज घिमिरेले पढेर सुनाएका थिए।
गएको असोजमा अन्त्य गरिएको वर्षेपछि ढिला गरी हिउँदे अधिवेशन प्रारम्भ भएको हो।न्युजकारखाना
काठमाडौं, २२ माघ । प्रतिनिधिसभा बैठक सञ्चालन गर्न फागुन १४ गतेसम्मका लागि ‘क्यालेन्डर’ स्वीकृत भएको छ। सोमबार प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्य तालिका स्वीकृत गरेको हो।
प्रतिनिधिसभाको क्यालेन्डर अनुसार माघ महिनामा २२ र २४ गते बैठक बस्ने छ। त्यसपछि फागुनमा ४ वटा बैठक बस्नेछन्।
फागुनमा ६ गते, १० गते, ११ गते, १३ गते र १४ गते बैठक बस्नेछ। समितिको बैठकले सो दिन छलफल हुने विषयको तालिका समेत सार्वजनिक गरेको छ।
यस्तै बैठकले अबदेखि सांसदहरुको विद्युतीय हाजिरी गर्ने र वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने निर्णय पनि गरेको छ।न्युजकारखाना
काठमाडौं, २२ माघ ।
सभामुख देवराज घिमिरेले संसदीय क्रियाकलापको समीक्षा र कमजोरीको सुधार गर्दै राष्ट्रको साझा मुद्दामा राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको तेस्रो अधिवेशन प्रारम्भ भएको अवसरमा संसद् बैठकको सुरुमा आज संक्षिप्त मन्तव्य राख्दै सभामुख घिमिरेले जनताको प्रतिक्रिया र सुझाव आत्मसाथ गर्दै संसद् अधिवेशनलाई नतिजामुखी बनाउनु पर्ने बताए।
संसदीय क्रियाकलापको समीक्षा र कमजोरीको सुधारले संसदीय प्रणालीप्रतिको विश्वास र भरोसा वृद्धि हुने उनको भनाइ थियो। लोकतन्त्रमा जनता सबैभन्दा माथि हुने बताउँदै उनले जनताको प्रतिक्रिया र सुझावलाई आत्मसात् गर्दै आगामी अधिवेशन नतिजामुखी हुने विश्वास व्यक्त गरे।
‘विधिको शासन, पारदर्शिता र जवाफदेहिता आधुनिक लोकतन्त्रका आधारस्तम्भ हुन् । संसद्मा अवलम्बन गरिने विधि, प्रक्रिया र अभ्यासहरूलाई परिष्कृत, उन्नत र जनमुखी बनाउन हाम्रो सामूहिक प्रतिबद्धता जरुरी छ। संसद्लाई प्रभावकारी, क्रियाशील र जीवन्त बनाउन चालू अधिवेशनदेखि केही नयाँ अभ्यास गर्दैछौं । संसदीय गतिविधि समयबद्ध सञ्चालनका लागि कार्यतालिका लागू गर्ने र विगतमा बजेटमाथिको छलफलमा उठेका टिप्पणीसमेतलाई ध्यानमा राखेर यसै अधिवेशनमा बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दैछौं.’ उनले भने।
संसदीय प्रणालीमा संसद्को काम कानुन निर्माणसँगै सरकारको गठन र नियन्त्रण गर्ने, जनसरोकारका मुद्दाको सम्बोधन गर्ने, सरकारलाई नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कानुन बनाई सहयोग गर्ने रहेको उनलेब ताए ।
संसद्का विगतका दुई अधिवेशन कानुन निर्माणका रूपमा नतिजामूखि नभएको आफूले पाएको सभामुखको भनाइ थियो।न्युजकारखाना
काठमाडौँ, २२ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा जनताका पक्षमा दरिलो भूमिका खेल्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको बैठकमा उहाँले पार्टीको नीति एवं सरकारले गरेका कामबारे संसद्मा दरिलो रूपमा प्रस्तुत हुन निर्देशन दिएका हुन् ।
“तपाईंहरू राम्रो तयारीका साथ संसद्मा प्रस्तुत हुनुहोस् । सरकारका काम र पार्टीको नीतिअनुसार दर्बिलो भएर प्रस्तुत हुनुहोस्,” प्रधानमन्त्री प्रचण्डले भने, “सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अधिकतम कोशिस गरिएको छ । सरकारले राम्रा काम गरेका छन् । यी विषयमा सदनमा आफ्ना विषय प्रस्तुत गर्नुहोस् ।”
आगामी आर्थिक वर्षमा परिणाम निस्किने गरी बजेट ल्याउने तयारी गरिएको जानकारी दिँदै प्रधानमन्त्रीले तीन करोडभन्दा साना योजनाहरू केन्द्रमा नराखी तल्लो तहमा पठाइने बताए । उनले गठबन्धनको साझा दृष्टिकोण बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
सङ्घीय लोकतन्त्र आफूहरूको सक्रियतामा ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “यो व्यवस्था हामीले ल्याएको हो । यसको रक्षा र सुदृढ गर्ने दायित्व पनि हाम्रो नै हो । त्यसैले व्यवस्था विरोधी मतका विरूद्ध र व्यवस्थाको पक्षमा वैचारिक रूपले प्रस्तुत हुनुपर्छ ।”
नीति तथा कार्यक्रम र बजेट निर्माणमा नयाँ पहल लिइएको जानकारी दिँदै उनले ‘सांसद र जनताले समेत बहस गर्ने र उनीहरूको कुरा पनि समावेश हुनेगरी नीति तथा कार्यक्रम र बजेट बनाउनेगरी आगाडि बढिन्छ, तपाईंहरूले पनि महत्त्वपूर्ण सुझाव दिनुस् ।”
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धि विधेयक यही अधिवेशनबाट सहमतिमा पास हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “सकेसम्म सहमतिबाट टिआरसी विधेयक टुङ्गाउँदा सबैको हितमा हुन्छ । सोही प्रक्रियामा जानुपर्छ ।”न्युजकारखाना
काठमाडौं, २२ माघ ।
नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरू भएको छ ।
सिंहदरवारस्थित माओवादी संसदीय दल कार्यालयमा बैठक जारी रहेको हो ।

सोमवार ४ बजे देखी सुरू हुने संसदकाे बैठक अघि दलको बैठक बोलाइएको हो ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले संसदको बैठकमा पार्टीको प्रस्तुती र अडानका बारेमा दिशा निर्देश गरिरहेका छन् । न्युजकारखाना

काठमाडौं, २२ माघ ।
संघीय संसदको हिउँदे अधिवेसन आजबाट सुरु हुदैँछ ।
संघीय संसदको तेस्रो अधिवेशनको पहिलो बैठक संङघीय संसद भवन, नयाँबानेश्वरमा बस्नेछ । बैठक दिउँसो ४ बजेबाट सुरू हुनेछ ।
सोमबार देखी सुरू हुने प्रतिनिधिसभाको पहिलो बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन ।
संङघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने छन् ।
सो पछि सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने माननीय सांसदहरूको मनोनयनको निर्णय सुनाउने कार्यसुचीमा उल्लेख गरिएको छ ।
यसैगरी, पहिलो बिधेयकको रूपमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसुचीमा उल्लेख गरिएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ पेश गर्ने तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदनसमक्ष पेश गर्ने कार्यबहाक महासचिव पदमप्रसाद पाण्डेयले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।न्युजकारखाना
काठमाडौं, २२ माघ ।
नेकपा माओवादी केन्द्रकाे संसदीय दलको बैठक बस्दैछ ।
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा उक्त बैठक बस्नेछ ।
बैठक बिहान ८ः३० बजे बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
आज देखी सुरू हुने संसदको हिउँदे अधिवेशन अघि माओवादी केन्द्रले दलको बैठक बोलाएको हो ।
सो बैठकमा संसदमा पार्टी कसरी प्रस्तुत हुने र बिधेयकलगायत पार्टीको पोजिसनको बिषयमा छलफल हुने जनाइएको छ ।न्युजकारखाना
काठमाडौं, २१ माघ ।
नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बस्दैछ ।
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक बिहान ८ बजे बोलाइएको छ।
भोली देखी सुरू हुने संसदको हिउँदे अधिवेशनमा प्रस्तुत हुने विषय र पार्टीको पोजिसनको बिषयमा छलफल हुने जनाइएको छ ।न्युजकारखाना
काठमाडौं, २० माघ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग आक्रोशित भएका छन् ।
पार्टी संसदीय दलको बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले राष्ट्रपति पौडेलको पछिल्लो भुमिकालाइ लिएर आक्रोशित भएका हुन् ।
सो क्रममा ओलीले राष्ट्रपति पौडेल आफ्नो पदीय मर्यादामा नबसेको बताए । राष्ट्रपतिलाई संविधान अनुसार काम गर्नु पर्नेमा सो नगरी पार्टी भन्दा माथी उठन नसकेको पनि आरोप लगाए । ‘राष्ट्रपतिजी तपाईँ कांग्रेसको प्रतिनिधि होइन, सिङै देशको राष्ट्रपति हो, आफ्नो थान्कामा बस्नुस्, आफूले पाएको अधिकार प्रयोग गर्नुस्, जथाभाबी अधिकारको प्रयोग नगर्नुस्, गठबन्धनका प्रतिनिधि होइन राष्ट्रपतिज्यू तपाई, देशको प्रतिनिधि हो, देशको प्रतिनिधि भएर काम गर्नुस्’, उनले भने ।
राष्ट्रपतिले तनहुँमा गएर कांग्रेस भएर भाषण गरेको भन्दै ओलीले आलोचना गरेका हुन । आफू राष्ट्रपति भएको कुराको ख्याल नै नभएकोसमेत उनको भनाई छ ।
ओलीले राष्ट्रपति कानुनभन्दा माथि होइन भन्ने कुरा नबिर्सन पौडेललाई आग्रह गरेका छन । ‘राष्ट्रपति संविधानभन्दा माथि होइन, हामीले राजालाई त संविधान भित्र ल्याएर संविधानभन्दा माथि नहुने गराएका थियौँ, त्यो दायरा नाघ्दा राजतन्त्र समाप्त भयो, संविधानको दायरा नाघ्यो भने कसैको पनि भलो हुँदैन’, उनले भने ।
पौडेलसँग राष्ट्रपति पदको सचेतता होइन, गठबन्धन र बहुमतको दम्भ रहेको टिप्पणी गर्दै ओलीले राष्ट्रपति पौडेललाई दम्भ त्याग्न आग्रह गरेका छन ।न्युजकारखाना
काठमाडौं, २० माघ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एनसेलमा झेल भएको बताएका छन ।
पार्टी संसदीय दलको बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले सरकार अहिले भ्रष्टाचारको तानाबाना बुनेर बसेको जनाउँदै एनसेलमा झेल गर्न खोजेको बताए ।
उनले पूर्व मन्त्री र उपप्रधानमन्त्री बनेका मानिसलाई हिरासतमा राख्ने सरकारले पक्राउ गरेको व्यापारीलाई भने प्रहरी कार्यालयको बाटो हुँदै अस्पताल लगेकोमा आलोचना गरेका छन ।
‘केही वर्ष पछि सरकारको स्वामित्वमा आउने एनसेलसमेत कौडीको भाउमा अर्को कम्पनी खडा गरेर बेच्न दिने र त्यसबाट कमिसन लिने दाउमा सरकारका अधिकारीहरू रहेका छन,’ ओलीले भने, ‘सरकार निर्लज्ज भएर भ्रष्टाचारमा उत्रिएको छ ।’
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अहिले बेलगाम भएकोसमेत ओलीले जनाएका छन । राज्यसत्ताको दुरुपयोग गरेर सरकारले रेडक्रस र स्काउटजस्ता पवित्र सामाजिक संस्थाको समेत अधिवेशन गर्न नदिएको ओलीले जनाए । ‘कतिसम्म सत्ताको दुरुपयोग ? कुनै संस्था चल्न नै नपाउने, कोही चल्न खोजे रोकिदिने ?’ उनले भने ।
उता, एक सय किलो सुन पक्राउ परेको भन्ने सरकारले एक महिना पछि ६ केजीमा झारेकोसमेत ओलीले आरोप लगाए । साँढे ९ केजी पक्राउ परेको सुन कारबाही गर्ने बेलामा २ केजीमा झारिएको भन्दै सरकार तस्करीमा संलग्न भएको जनाए । कुनै घटना आउँछ भने त्यसलाई बुझेर त्यसका विरुद्ध आवाज उठाउन जरुरी रहेको भन्दै सांसदहरूलाइ निर्देशन दिएका छन ।
एमालेलाई अन्य पार्टीसँग मिसाएर उस्तै उस्तै बनाउने प्रयास गरिएको भए पनि त्यो एमालेले स्विकार्न नसक्ने उनले प्रष्ट पारेका छन । एमालेको भूमिका संसद देखि सडकसम्म एकदमै सशक्त हुनु पर्नेमा उनको जोड छ ।
न्युजकारखाना
काठमाडौं, २० माघ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अवस्था नाजुक भएको बताएका छन ।
पार्टी संसदीय दलको बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले जनताका पिर, मर्का र समस्यामा सरकारको ध्यान नगएको बताएका छन ।
जाजरकोटमा भूकम्पपीडित अहिले पनि प्लास्टिक मुनि नै बस्दा पनि सरकारले केही नगरेको ओलीको भनाइ छ । ‘नीति बनाउनै दुई चार वर्ष लाग्ने हो भने कलिला बालबालिका, सुत्केरी महिला र ज्येष्ठ नागरिक मरिसक्ने छन,’ उनले भने, ‘मानिस मरिसकेपछि कसका लागि काम गर्ने ?’
भूकम्प पीडितलाई पठाएको सामान बाटोमै सत्तारुढ दलका नेताहरूले लुट्ने गरेकोसमेत ओलीले आरोप लगाए । ‘सत्ताको आडमा हुने नहुने सबै काम भइरहेको छ, यस्ता बेथितिका विरुद्ध हामीले खोजी खोजी आवाज उठाउनु पर्छ, थितिमा ल्याउने काम गर्नुपर्छ ।’न्युजकारखाना
काठमाडौं, २० माघ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अवस्था नाजुक भएको बताएका छन ।
पार्टी संसदीय दलको बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले देशको अवस्थाकै कारण युवाको पलायन बढेको उनको आरोप छ । रेमिटेन्सबाट देश चलाउने जस्तो घातक काममा सरकार लागि परेको भन्दै उनले ओलीले चिन्तासमेत व्यक्त गरेका छन ।
‘कस्तो अवस्था, कस्तो परिपाटी ल्यायो यो गठबन्धनले, देशको अवस्था नाजुक छ, जनताको अवस्था नाजुक छ’, ओलीले भने, ‘हिँड्नु पर्ने बाटो एकातिर छ, हिँड्ने काम अर्कोतिर भएको छ, जानु पर्ने राजनीति एकातिर छ, अर्कातिर हिँडेको छ, सरकार बन्ने, बनाउने, टिकाउने, त्यो भन्दा पर्तिर राजनीति नै भएन, देशकै लागि केही गर्नुपर्छ भन्ने राजनीति नै भएन, यो गठबन्धनको राजनीति भनेको सत्तादेखि सत्तासम्म ।’न्युजकारखाना
उदयपुर, २० माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन गरेका छन ।
उदयपुरको रौतामाई गाउँपालिकास्थित भुट्टारमा आज आयोजित समारोहमा उहाँले प्रशासकीय भवन समुद्घाटन गरेका हुन । उक्त भवन सात करोड ५० लाखको लागतमा निर्माण गरिएको हो ।
सो अवसरमा प्रधानमन्त्रीले रौतामाई गाउँपालिकाका मागलाई सरकारले सम्बोधन गर्ने बताए । स्थानीयतहलाई संविधानले धेरै अधिकार प्रदान गरेको उल्लेख गर्दै जनतालाई सुलभ सेवा प्रवाह गर्नु पर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको जनताले अनुभुत हुनेगरी सेवा प्रवाह गर्नुपर्नेमा जोडसमेत दिएका छन । बजेट बनाउने समयमा रौतामाई गाउँपालिकालाई सम्झने उनले बताए ।
शान्ति प्रक्रिया सबै राजनीतिक दलको सहमति मै टुङ्गोमा पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले सबैको सहयोगमा देशको विकास अगाडि बढ्ने उल्लेख गरेका छन् ।
मुलुकको अर्थतन्त्र सही बाटोमा अगाडि बढेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले पछिल्ला समय अर्थतन्त्रका सबै सूचक सही अवस्थामा फर्किएको स्पष्ट पारेका छन ।
“अर्थतन्त्रका सूचक धेरै उत्साहजनक रहेका छन्, विदेशी मुद्राको सञ्चिती तथा पर्यटकको आगमन बृद्धि भएको छ”, उनले भने, “यसले अर्थतन्त्रलाई सही बाटोमा ल्याउन मद्धत गरेको छ, पछिल्लो समय राजस्व पनि वृद्धि भएको छ ।”
प्रधानमन्त्री प्रचण्डले साे अवसरमा कान्छा ज्वाइ जीवन अाचार्य र छाेरी गंगा दाहाललाइ पनि सँगै लगेका थिए । न्युजकारखाना
काठमाडौं, २० माघ ।
प्रभु साह नेतृत्वको आम जनता पार्टीले भ्रष्टाचार बिरुद्ध बिशाल मोटरसाईकल ऱ्याली निकालेको छ ।

सो पार्टीको उपत्यका संयोजन समितिले आज काठमाण्डूमा भ्रष्टाचार बिरुद्ध बिशाल मोटरसाईकल ऱ्याली निकालेको हो ।

“भ्रष्टाचारीलाई कारवाई गर, जनता लुट्न पाईदैन, लुटकारी व्यवस्था चाहिदैन” भन्ने नारा सहित निकालिएको उक्त ऱ्याली थापाथलीबाट त्रिपुरेश्वर हुदै रत्नपार्कमा पुगेर समापन भएको थियो ।

भ्रष्टाचारले आम जनता आजित भएको र देश बर्वाद भईरहेको सन्दर्भमा युवाहरुले भ्रष्टाचार बिरुद्ध काठमाण्डूमा देखाएको साहसिक प्रदर्शन असाध्यै सराहनीय कार्य भएको अध्यक्ष साहले जनाएका छन । ‘यसले आम जनसमुदायमा भ्रष्टाचार विरुद्ध लड़ने आत्मबिश्वास जागृत गर्ने र भ्रष्टाचारीलाई करवायीको लागि राज्यमाथी जनदवाव पुगने बिश्वास सहित यस महान कार्यमा सहयोग गर्ने र सहभागी हुने सम्पूर्णमा बिशेष धन्यवाद ज्ञापन गर्दछु ।’न्युजकारखाना





सिन्धुली, २० माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकासमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सरकार केन्द्रित भएको बताएका छन ।
सिन्धुलीको दुधौली नगरपालिकाको सिर्थौलीमा आज दुधौली नगर अस्पतालको समुद्घाटन गर्दै उहाँले कृषिमा आधारित उद्योगको विकासमा विशेष जोड दिइएको बताएका हुन् ।
स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले सरकारले रुग्ण उद्योग सञ्चालन गर्न लागेको जानकारी दिँदै उहाँले त्यस्ता उद्योग सञ्चालनका लागि सम्बिन्धत मन्त्रालय र विभागलाई निर्देशन दिएको बताए । भारत र चीन भ्रमणका क्रममा प्रधानमन्त्रीका रुपमा आफूले कृषिको यान्त्रिकीकरण र कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न पहल गरेकोसमेत बताए ।
नेपालको कृषिको विकासका लागि छिमेकी मुलुकबाट पनि प्रतिबद्धता व्यक्त भएको उहाँको भनाइ छ ।
वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको स्प्ष्ट दृष्टिकोणसहित अघि बढेको उल्लेख गर्दै प्रधामन्त्री दाहालले सरकारबाट थालनी भएका जनपक्षीय कामबाट जनतामा सरकारप्रति आशा र भरोसा बढेको बताए । ‘सरकारले स्वास्थ्य र शिक्षालाई विशेष प्राथमिकता दिएको छ, सुशासनको पक्षमा सरकारले महत्वपूर्ण कदम चालेको छ’, उहाँले भन्नुभयो, ‘जनताले पाइरहेको सास्तीलाई मध्यनजगर गर्दै सेवा प्रवाहलाई सहज बनाइएको छ ।”

प्रधानमन्त्रीको रुपमा आफूले द्विपक्षीय र बहुपक्षीय मञ्चमा नेपालका तर्फबाट जलवायु परिवर्तनका असरका मुद्दालाई प्रमुखताका साथ उठान गरेको जानकारी दिँदै उनले नेपालजस्ता पर्वतीय मुलुकका समस्या समाधान गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको स्मरण गर्नुभयो ।
मुलुकको अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउन महत्वपूर्ण निर्णय लिइएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले पछिल्ला समय अर्थतन्त्र सही अवस्थामा फर्किएको स्पष्ट पारेका छन । “अर्थतन्त्रका सूचक धेरै उत्साहजनक रहेका छन्, विदेशी मुद्राको सञ्चिती तथा पर्यटकको आगमन बृद्धि भएको छ”, उनले भने, “यसले अर्थतन्त्रलाई सही बाटोमा ल्याउन मद्धत गरेको छ, पछिल्लो समय राजस्व पनि वृद्धि भएको छ ।”
प्रधानमन्त्री दाहालले दुधौली नगर अस्पताललाई आवश्यक पर्ने उपकरण, दक्ष जनशक्ति र कर्मचारीको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन । यस क्षेत्रमा विषालु सर्पको टोकाइबाट धेरैको ज्यान जाने गरेको जानकारी आफूले प्राप्त गरेको उल्लेख गर्दै उहाँले दुधौली अस्पतालमा सर्पदंश उपचारको व्यवस्था गरिने बताए ।
गरिब, दलित, उत्पीडित जनताको हकहितबाट मात्रै गणतन्त्र संस्थागत हुने भएकाले न्यून वर्गीय जनताको हकहितमा लाग्नुपर्नेमा जोड दिँदै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रण्को बिकल्प सुदृढ र समुन्नत गणतन्त्र नै रहेको त्यसको अर्को बिकल्प हुनै नसक्ने उनकाे भनाइ छ ।न्युजकारखाना
काठमाडौं, २० माघ ।
नेपाली कांग्रेसका युवा नेता तथा पार्टी केन्द्रीय सदस्य नैनसिंह महरले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले कांग्रेसको ढाडमा टेकेर टाउकोमा हिर्काउने रणनीति अनुसारको व्यवहार गर्न थालेको बताएका छन् ।
नेपाली कांग्रेस चाँगुनारायण नगर प्रथम सम्मेलनको आज भक्तपुर दुवाकोटमा उद्घाटन गर्दै नेता महरले गठबन्धनको ठूलो दल नेपाली कांग्रेस भए पनि सरकारले जनपक्षिय काम गर्न नसक्दा आफ्नो असफलताको भारी कांग्रेसलाई बोक्न बाध्य पारेको बताएका हुन् ।
जनताका जनजिविकाका सवालहरु बिर्सिएको सरकार भ्रष्टीकरणतर्फ जान थालेको बताउँदै नेता महरले प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरुले स्वंय कार्य सम्पादनमा सफलता प्राप्त गर्न नसकेको स्वीकार्न थालेकाले सरकार अकर्मण्यतार्फ उन्मुख भएको उनको टिप्पणी छ ।
सरकारले सुशासनका पक्षमा काम गर्न नसकेका कारण कांग्रेसको देश र जनता केन्द्रित मिसन असफल हुनेतर्फसमेत नेता महरले चिन्ता व्यक्त गरेका छन् । कांग्रेसको सहारा लिएर कांग्रेसलाई असफल देखाउने प्रपञ्च सह्य नहुने भन्दै उनले प्रधानमन्त्री प्रचण्डलाइ चेतावनी समेत दिएका छन् ।
कांग्रेसलाई असफलताबाट जोगाउन प्रधानमन्त्री प्रचण्डको राजिनामा माग्नुपर्ने महरको भनाई थियो ।न्युजकारखाना
पाेखरा, २० माघ ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारका कारण देश संकटमा पर्दै गएको बताएका छन ।
प्रेस चौतारी नेपाल कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ज्ञवालीले गठबन्धनले सत्ता टिकाई राख्नको लागि सबै खालका हरकत गरेकोसमेत बताए ।
‘देश वहुआयामिक सङ्कट तिर धकेलिरहेको अवस्था छ, यो सङ्कटले समाजमा ठुलो छटपटी, नैराश्य र व्यापक अन्यौलता बढेको छ’, उनले भने, ‘राज्यले कोही नभए पनि सरकार छ भन्ने विश्वास जगाउनु पर्नेमा सरकारकोतर्फबाट त्यो हुन सकेको अवस्था छैन ।’ देशको हरेक क्षेत्र ओरालो लाग्दै गएको पनि ज्ञवालीको टिप्पणी रहेको छ ।
युवाहरूमा अब देश बन्दैन, देशमा भविष्य छैन भन्ने निराशा बाँड्ने काम सरकारले गरेको ज्ञवालीले बताए । मुलुकको बाह्य सम्बन्धमा समेत आँच आउने काम सरकारबाट भएको भन्दै ज्ञवालीले चिन्ता व्यक्त गरेका छन ।
देश र जनतालाई कमजोर बनाएर सरकार बलियो बनाउने प्रयासमा गठबन्धन लागेको उनको भनाइ छ । सरकार उल्टो दिशामा हिँडेको कारण यो सरकारको विकल्प खोज्ने बेला आएको ज्ञवालीको भनाइ छ । देशमा मौलाउँदो बेथिति एमालेले टुलुटुलु हेरेर बस्न नसक्ने उहाँले स्पष्ट पारेका छन ।
देशका थुप्रै योजना भारतलाई हस्तान्तरण गरेर भारतको आसिर्वाद लिने काम गरिएको ज्ञवालीले भनाइ छ । यसरी लिएका योजना भारतले होल्ड गरेर राख्ने काम मात्र गरेको ज्ञवालीले जनाएका छन ।न्युजकारखाना
काठमाडौं, २० माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले थालेको सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीतन्त्रको सहयोग आवश्यक रहेको बताएका छन ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको १६ औँ स्थापना दिवसका अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले सुशासन कायम गर्ने सन्दर्भमा कर्मचारीको योगदान धेरै नै महत्वपूर्ण रहेको बताएका हुन् ।
सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई दृढताका साथ अघि बढाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगामी दिनमा सरकारलाई कर्मचारी क्षेत्रको अझ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन ।
उनले सुशासन कायम गर्न तथा कर्मचारीतन्त्रभित्र देखापरेका समस्या समाधान गर्न कर्मचारी सङ्गठनबाट सहयोगको अपेक्षा गरिएकोसमेत बताए ।न्युजकारखाना
रौतहट, १९ माघ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीहरूप्रति बढ्दै गएको निराशालाई चिर्न ग्रास रुटमा बसोबास गर्ने आम नागरिकको समस्यालाई बुझेर समाधानको प्रयासमा कांग्रेसले समुदायमा जाने अभियान सञ्चालन गरेको बताए।
आम नागरिकमा निराशा रहेको बताउँदै उनले यस्तो अवस्थामा पार्टीप्रति वितृष्णा बढ्दै गएकाले त्यो चिर्नुपर्ने बताए। समुदायमा जान मेचीदेखि महाकालीसम्मको यात्रा प्रारम्भ गरेर जनताको कुरा बुझ्ने प्रयास गर्नुका साथै सम्बोधन गर्ने अभियानमा आफूसहितका शीर्ष नेताहरू जनताहरूसँग संवाद गरेर हिँडेको स्पष्ट पारे।
नागरिकद्वारा उठाइएको कुराको जवाफ दिँदै महामन्त्री थापाले मधेशको प्रमुख समस्या भनेको कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधारको समुचित रुपमा सम्बोधन र व्यवस्थापन नभएको हुँदा जनताहरुमा निराशा छाएको हुँदा उक्त निराशालाई चिर्ने प्रयास कांग्रेसले गर्ने उनले प्रष्ट पारे। ‘कुनै पनि पूर्वाधार समयमा पुरा नहुनु निकै विडम्बनापूर्ण रहेको बताउँदै नेपाली निर्माण व्यवसायी कतारमा काम गर्दा ६ महिना वर्ष दिन नवित्दै पुरा गर्छन्। तर, त्यही निर्माण व्यवसायीहरू नेपालमा किन गर्न सक्दैनन्,’ उनले भने।
पूर्वाधारको कार्यमा कानुन अप्ठ्यारो भए सांसदहरूले कानुनलाई परिवर्तन गरेर पूर्वाधारको कार्यलाई खुकुलो बताउनु पर्ने बताए। मधेशका किसानलाई सिंचाईको सुविधा नरहेको हुँदा सुनकोशी मरिन डाइभर्सनलाई पुरा गराएर बागमती, कमला लगायतका नदीहरूमा पानीको बहाव तीव्र बनाइ त्यसबाट निस्किएका नहरलाई सुचारु गराई सिंचाईको पूर्ण सुविधा दिन कांग्रेसले जोड दिएको उनको भनाइ छ। शिक्षाको स्तर सुधारी कुशल व्यवसायी, दक्ष प्राविधिक, दक्ष जनशक्तिको उत्पादन भएमा मात्रै विकसित मुलुक बन्ने ठोकुवा गरे।
संघीय सरकार, प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी रहेको हुँदा आफ्नो एकमात्र मिशन २०८० सालमा जनताको निराशालाई आशामा परिणत गराउदै मिशन ८४ लाई नेपाली कांग्रेसमय बनाउने अभियानमा कांग्रेसले जनजनको आवाजलाई सहित ढंगबाट सम्बोधन गरेरअघि बढ्मा मात्रै पुरा हुने बताए।न्युजकारखाना
काठमाडौं, १९ माघ ।
नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने गरी १० जना संयोजकको जिम्मेवारी दिएको छ।
नेपाली कांग्रेस संसदीय दलको बैठकले अर्थ समितिको संयोजकमा रामनाथ अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा डा. नारायण खड्का, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रमा कोइराला पौड्याललाई संयोजक तोकेको छ।
कानुन न्याय तथा मानव अधिकार समितिमा नागिना यादव, कृषि, सहकारी तथा प्राकृति स्रोत समितिमा कुसुमदेवी थापा, महिला तथा सामाजिक मामिला समितिमा आशा विकलाई संयोजकको जिम्मेवारी दिइएको छ।
राज्य व्यवस्था तथा सुशासन समितिमा दिलेन्द्रप्रसाद वडू, पूर्वाधार विकास समितिमा दिनेशकुमार यादव, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा लिलादेवी बोखिम (लिम्वू) र सार्वजनिक लेखा समितिमा श्यामकुमार घिमिरे संयोजक तोकिएका छ।न्युजकारखाना
काठमाडौं, १९ माघ ।
प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलको बैठक आह्वान गरिएको छ ।
एमाले संसदीय दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार र आइतबार दुईदिन बस्नेगरी संसदीय दलको बैठक बोलाएका हुन् ।
बैठकमा आगामी सोमबारबाट संघीय संसदको हिउँदे अधिवेशन सुरु हुन लागेकाले संसदमा पार्टीको तर्फबाट खेल्ने भूमिकाका विषयमा छलफल हुने एमालेले जनाएको छ । न्युजकारखाना
काठमाडौं, १९ माघ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार सामान्य मूल्य मान्यतामा पनि चल्न नसकेको बताएका छन् । बैङ्क, बिमा तथा वित्तीय संस्था कर्मचारी संघ नेपालको सातौँ राष्ट्रिय महाधिवेशनलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट सरकार भएको बताएका हुन् ।
‘ यो सरकार काम नलाग्ने, अलोकतान्त्रिक र भ्रष्ट सरकार हो’, ओलीले भने । गठबन्धन सरकारले देशमा बेथिति निम्त्याएको उनले बताए ।
‘यो सरकार कानुन अनुसार चल्ने, कानुनी मूल्य मान्यता अनुसार चल्ने सरकार होइन, गैरकानुनी बेथितिसँग चल्ने सरकार हो, यसका दृष्टान्त जति दिए पनि कम हुन्छन्’, ओलीले भने ।
गठबन्धनको कारण देश बरबाद भएको ओलीले बताए । अहिलेको सरकारका कारण देशको राजनीति, अर्थतन्त्र, सामाजिक, सांस्कृतिक अवस्था सबै खराब भएको ओलीले टिप्पणी गरे ।न्युजकारखाना
काठमाडौं, १९ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटबार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा साे भेटबार्ता भएको हो । माघ २२ गते संसदको हिउँदे अधिवेसन सुरू हुनु अघि सो भेट भएको हो । संसद अधिवेसनको बिषयमा दुबै नेताबिच छलफल भएको हो । न्युजकारखाना
काठमाडौं, १९ माघ
। नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैँछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजे देखी सुरु हुनेछ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार सोमबार देखि सुरु हुने हिँउदे अधिवेशनमा पार्टीले खेल्ने भुमिका तथा आगामी रणनीतिका बारेमा बिषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाईएको हो ।
संसदको हिउँदो अधिवेसन माघ २२ गते देखी सुरु हुदैँछ । न्युजकारखाना
काठमाडाैं, १८ माघ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पूर्वप्रधानमन्त्री तथा सन्तनेता कृष्णप्रसाद भट्टराई नेपाली राजनीतिमा निष्ठा, समर्पण र त्यागको प्रतिमूर्ति भएको बताएका छन् ।

ललितपुरमा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले आफ्नो पूरै जीवन यो देश, देशको माटो, जनता र लोकतन्त्रका लागि समर्पित गर्ने सन्तनेता भट्टराई सधै प्रेरणाको श्रोत भएको बताए ।

उपप्रधानमन्त्री खड्काले स्वर्गीय भट्टराई नेपाली राजनीति, देश र जनताका अतुलनीय नेता भएको भन्दै उहाँसँगको सामिप्यतामा आफूले पनि राजनीतिक यात्रा गर्न पाएको स्मरण गरे । नेपाली खेलाडीहरूले देशको शीर विश्वमा उच्च बनाएको भन्दै सरकारले पनि खेल संरचना निर्माण र खेलाडीलाई थप सुविधा उपलब्ध गराउने कुरालाई प्राथमिकतामा राखेको उपप्रधानमन्त्री खड्काको भनाइ थियो ।

उनले सबै खेलाडीलाई सफलताको शुभकामना दिँदै खेल प्रतियोगिताको अवधिमा खेल भावनाका साथ अनुशासित र मर्यादित हुने विश्वास व्यक्त गरे ।
प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टीम सहभागी छन् ।न्युजकारखाना
काठमाडौँ, १८ माघ ।
विभिन्न विषयगत मन्त्रालयमा रायका लागि पेश भएका फाइलहरू १५ दिनभित्र अनिवार्यरूपमा सम्बन्धित निकायमा रायसहित फिर्ता पठाउनुपर्ने भएको छ । अन्तर मन्त्रालयगत समन्वयलाई प्रभावकारी बनाएर निर्णय प्रक्रियामा हुने ढिलाईलाई हटाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा उक्त व्यवस्था गरिएको हो ।
जसअनुसार कुनै विषयमा कुनै पनि मन्त्रालयले अन्य कुनै मन्त्रालय वा निकायसँग राय माग गरेको १५ दिनभित्र सम्बन्धित मन्त्रालय वा निकायलाई फाइल फिर्ता नगरेमा स्वतः सहमति भएको मानिनेछ । गत पुस २४ गतेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यप्रक्रियामा शीघ्रता कायम गर्न सुशासन ऐन बमोजिम सो निर्णय गरी नेपाल सरकारका सबै मन्त्रालयहरूमा परिपत्र गरिएको छ ।
जसअनुसार अब अन्य मन्त्रालय वा निकायबाट रायका लागि माग भई आएका विषयमा सम्बन्धित मन्त्रालय वा निकायले १० दिनभित्र राय दिनुपर्नेछ र १५ दिनभित्र पनि नदिए त्यस विषयमा स्वतः सहमति दिएको मानिने व्यवस्था गरिएको छ ।
राय, सहमतिका लागि मन्त्रालयमा फाइल पुगे पनि त्यसउपर समयमै राय प्रतिक्रिया तथा सहमति प्रदान नगर्ने र सो ढिलासुस्तीका कारण विकास निर्माण, कानून निर्माण तथा सेवा प्रवाहसम्बन्धी विभिन्न सरकारी निकायका कामहरूमा असर परेपछि मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो ।
यसले कुनै पनि मन्त्रालयलाई मन्त्रिपरिषदमा प्रस्ताव ल्याउन सहज भएको छ । यसले सरकारका गतिविधिमा हुँदै आएको ढिलासुस्ती कम हुँदै गएको छ । यसले विभिन्न मन्त्रालयले अन्य मन्त्राललयलाई दिनुपर्ने रायका विषयमा झुलाएर राख्ने प्रवृद्धि कम हुँदै गएको छ ।
प्रधानमन्त्रीको सक्रियतामा भएको उक्त निर्णयपश्चात अन्तरमन्त्रालय कार्यमा गति पैदा भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । उनले भने, “अब काम हुन्छ वा हुन्न भन्ने स्पष्ट खुलाउनपर्ने हुन्छ, विगतमा जस्तो ढिलासुस्ती गर्न पाइन्न ।”
विगतमा छ महिना वर्ष दिनसम्म पनि परामर्श नदिने अवस्था रहेको गुनासो आउने गरेमा त्यो समस्या अन्य भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारयणप्रसाद भट्टले बताए । उनले भने, “क्रस कटिङ् इष्युमा राय लिनुपर्ने हुन्छ, राय दिनुपर्ने समयसीमा तोक्दा कार्यसम्पादन सहज भएको छ ।”
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले प्रधानमन्त्री कार्यालयमा निर्णय आएको जानकारी दिँदै विकास निर्माणमा यसले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । उनले विकास निर्माणमा केन्द्रित भएका मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयले विकास निर्माणमा हुने गरेको ढिलासुस्ती कम भएर जाने बताए ।
प्रधानमन्त्री कार्यालयका प्रवक्ता भट्टले मन्त्रालयगत ब्रिफिङको क्रममा प्रधानमन्त्रीसँग विभिन्न मन्त्रालयका मन्त्री तथा सचिवहरूले कानूनका मस्यौदा तथा अन्य निर्णयका विषयमा मागिएको राय समयमा प्राप्त नहुँदा काम गर्न ढिलाई भएको बताएसँगै प्रधानमन्त्री प्रचण्डले राय तथा सहमति दिने सम्बन्धमा समयसीमा तोकेर व्यवस्था गर्न निर्देशन दिनुभएबमोजिम मन्त्रिपरिषद्ले पछिल्लो निर्णय गरी परिपत्र गरेको हो ।
न्युजकारखाना
काठमाडौं, १८ माघ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरले शिष्टाचार भेट गरेका छन् ।
बिहीबार सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा राजदूत गोल्डबर्गरले अध्यक्ष तिमिल्सिनासँग शिष्टाचार भेट गरेका हुन् । भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले शान्ति र अहिंसाको मूलमन्त्र बोकेको नेपालले विश्वभर शान्ति चाहने बताउँदै मध्यपूर्वमा पनि छिटो शान्ति कायम होस् भन्ने चाहेको बताए ।

‘शान्तिको पक्षधर मुलुक नेपाल सँधै मध्यपूर्वमा शान्ति, अमनचयन र स्थिरताको पक्षमा रहिआएको छ,’ उनले भने । हालै इजरालयमा भएको हमासको आक्रमणमा परी अहिलेसम्म बेपत्ता पारिएका नेपाली विद्यार्थी विपीन जोशीको सकुशल रिहाइका लागि अझै सार्थक पहल गर्न आग्रह पनि गरे ।

इजरायलले विभिन्न छात्रवृत्ति, रोजगारी, कृषि तथा सहकारी क्षेत्रमा सहयोग, नेपाली सेनालाई तालिम लगायतका नेपाललाई गरेको सहायताका लागि इजरायल सरकारको प्रशंसा गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल–इजरायल सम्बन्ध आपसी सहयोग र सहकार्यको माध्यमबाट निरन्तर अघि बढ्ने आशा पनि व्यक्त गरे ।

नेपालको प्राकृतिक सुन्दरतामा धेरै इजरायलीहरु रमाउने चाहना बताउँदै अध्यक्ष तिमिल्सिनाले कोभिड महामारीको समयमा केही कमि आएकोमा पुनः यो संख्या अझै बढ्ने विश्वास व्यक्त गरे ।
इजरायलका राजदूत गोल्डबर्गरले नेपालको माथिल्लो सदनले प्रजातान्त्रिक पद्धति बलियो बनाउन प्रभावकारी भूमिका खेलेकोमा प्रशंसा गरे । न्युजकारखाना
काठमाडौं, १८ माघ ।
सरकारले राष्ट्रिय योजना आयोग लगायतका निकायमा रिक्त पदमा पदपूर्ती गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा रिक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा रौतहटका उमाशंकर प्रसादलाई नियुक्त गर्ने निर्णय गरेको सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
नेपाल वायुसेवा निगमको उपाध्यक्षमा सञ्चालक समिति सदस्य विक्रम राईलाई नियुक्त गर्ने निर्णय गरेको बैठकले नरदेवी आयुर्वेदिक चिकित्सालय विकास समिति सदस्यमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौं निवासी डा. सहारा श्रेष्ठलाई मनोनयन गरिएको मन्त्री शर्माले जानकारी दिइन् ।
उनका अनुसार बैठकले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री संयोजक रहेको निजी क्षेत्रलाई पनि समेटेर राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ ।न्युजकारखाना
काठमाडौं, १८ माघ ।
राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा रौतहटका उमाशंकर प्रसादलाई नियुक्त गरिएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा उमाशंकर प्रसादलाई नियुक्त गर्ने निर्णय गरेको सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । न्युजकारखाना
काठमाडौँ, १८ माघ :
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण मधेश प्रदेशलाई ज्ञान–विज्ञानको केन्द्र भएको बताएका छन् ।
राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज संबोधन गर्दै प्रधानमन्त्रीले राजा जनकले ज्ञानी ऋषिमुनीहरूसँग शास्त्रार्थ गरेर ज्ञानको सर्वोच्चता सिद्ध गरेकोसमेत उल्लेख गरेेका छन् ।
प्रधानमन्त्री प्रचण्डले भने “सङ्घीय संरचनाअन्तर्गत मधेश प्रदेशमा रहेको सम्पूर्ण मधेश प्रदेशलाई पुनः ज्ञान विज्ञानको केन्द्रको रूपमा विकास गर्ने सरकारको नीति छ ।” ज्ञानको दीप प्रज्वलित गर्ने उद्देश्यले राजर्षिजनकको नाममा विश्वविद्यालय खोलिनु प्राचीन सभ्यता, संस्कृति र सांस्कृतिक धरोहरप्रतिको अगाध आस्था भएको प्रधानमन्त्रीले उल्लेख गरेेका छन् ।
विश्वविद्यालयको आवश्यकता र औचित्यबोध गर्दै नीतिगत र प्राज्ञिक मार्गदर्शन गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले भने, “वर्तमान नेतृत्वले विश्वविद्यालयको गरिमा र प्राज्ञिक छवि निर्माणका निम्ति अनवरत पहल लिएको छ । यहाँहरूको अथक प्रयास, अटल प्रतिवद्धता, प्राज्ञिक कर्मका निम्ति आभार व्यक्त गर्दछु ।´न्युजकारखाना
काठमाडौँ, १८ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताएका छन्।
राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज संबोधन गर्दै प्रधानमन्त्रीले विद्यार्थीको बौद्धिक पोषणका निम्ति तपार्इंहरूको साधना, क्षमताको पूर्ण परिचालन एवं रचनात्मक तत्परताबाट पलायन रोक्न सकिने बताएका हुन् ।
राजर्षिजनक विश्वविद्यालयबाट बाहिर निस्कने प्रत्येक स्नातकमा शिक्षाको वर्तमान तस्वीर र भविष्य अन्तर्निहित हुने उल्लेख गर्दै प्रधानमन्त्रीले शिक्षा पद्धतिलाई यगानुकूल परिस्करण गर्दै लैजानुपर्नेमा जोड दिए ।

राष्ट्रको नेतृत्व गर्न योग्य जनशक्तिको उत्पादन आजको प्रमुख कार्यभार भएको उल्लेख गर्दै उहाँले शिक्षामा गुणात्मक सुधार ल्याउनुपर्ने उनको भनाई छ ।
प्रधानमन्त्री प्रचण्डले विश्वव्यापीकरणको सबैभन्दा ठूलो प्रभाव शिक्षा क्षेत्रमा परिरहेको वर्तमान परिप्रेक्ष्यमा विश्वविद्यालयहरूको नीति, पाठ्यक्रम, शिक्षा विधि, कार्यशैलीमा गुणात्मक सुधार गर्नुपर्ने अवस्था आएको उनको भनाई छ । उनले भने, “नवप्रवर्तनमा आधारित प्रतिस्पर्धी शिक्षामा जोड दिनुपर्छ मेरो अपेक्षा त्यही छ ।”
विश्वविद्यालय स्थापनाको छोटो अवधिमा प्राविधिक विषयका चिकित्सा शिक्षा, व्यवस्थापन र कम्प्युटर प्रविधि विषयहरूमा स्नातक र स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सञ्चालन गरेकोमा आभार प्रकट गर्दै अपेक्षित सफलताका निम्ति क्रियाशील हुन प्रधानमन्त्रीले सुझावसमेत दिएका छन् ।
विश्वविद्यालयको जग्गा र भवन पूर्वाधारको अभावमा झेल्नुपरेका कठिनाइहरू अर्थतन्त्रमा आउने सुधारसँगै क्रमशः सम्बोधन गरिने विश्वास पनि दिलाउँदै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयका अन्य प्राज्ञिक कार्यक्रमहरू व्यवस्थित तुल्याउन सरकारको तर्फबाट गर्नुपर्ने नीतिगत र व्यवस्थापकीय सहयोगमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।न्युजकारखाना
रौतहट १८ माघ।
रौतहट स्थित प्रहरी गस्ती टोलीले एकलाख रुपैया भन्दा बढी मूल्य बराबरको अबैध सालको गोलिया काठ बरामद गरेको छ।
राष्ट्रीय बन बाट अवैधरुपमा कटानी गरेर कटहरीया नगरपालिका १ भसेड्वा स्थित बकेया खोलाको नजिकै स्थानिय सोनेलाल यादवको गोठमा लुकाई छिपाइ राखेको ३ थान सालको गोलिया काठ बुधवार साँझ प्रहरिले बरामद गरेको हो।
गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट छेदिचौकका प्रमुख असई विनय कुमार झाको कमाण्डमा गएको टोलीले उक्त गोठ तथा गोठ छेउमा परालको कुन्यु मुनि लुकाई छिपाइ राखेको १ लाख ८ हजार बराबरको काठ बरामद गरी आवश्यक कारवाहीको लागि सेक्टर वन कार्यालय जंगलासहियामा बुझाएको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।न्युजकारखाना
रौतहट १७ माघ।
लामो समयको विवादपछि रौतहटको फतुवा विजयपुर नगरपालिकामा कार्यबाहक प्रमुख अम्बेया खातुन र असन्तुष्ट नेपाली कांग्रेसका वडा अध्यक्षहरु बीच सहमति भएलगत्तै नगरसभाको दिन निश्चित भएको छ।
नगरपालिकामा मेयर खातुनको अध्यक्षतामा बसेको कार्यपालिका बोर्डको बैठकबाट दुईपक्षीय लिखित सहमति भएको हो। मेयर खातुन पक्ष र नेपाली कांग्रेसका वडा अध्यक्ष राकेश यादव लगायत पदाधिकारीको सहमतिमा आउँदो फागुन को ३ गते नगरसभा हुने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले बताएका छन्।
गत असार १० गतेभित्र हुने नगरसभा हालसम्म नभएको कारण फतुवा विजयपुरका झण्डै ३५० जना शिक्षक कर्मचारीले हालसम्म तलब पाएका छैनन्। बैठकमा मेयर खातुनसँगै नेपाली कांग्रेसका असन्तुष्ट वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु लगायतको सहभागिता रहेको प्रमुख प्रशासकिय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले बताएका छन्।
फतुवा विजयपुरको मेयर गोपाल राय यादव नदीको टेन्डरको मुद्दामा अख्तियार द्वारा १५ लाख जरिवाना र ३ बर्ष कैदको फैसला गरेपछि उनी निलम्बित हुँदा उपमेयर खातुन कार्यवाहक बनेकी हुन्। उनी मेयरको जिम्मेवारि पाएपछि कांग्रेस निकट वडा अध्यक्ष तथा कार्यपालिका सदस्यबीच सहमति नभएको कारण हालसम्म नगरसभा हुनसकेको थिएन।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत असोज २६ गते उपसचिव सुरेन्द्र प्रधानलाई त्यहाँको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएपछि जनप्रतिनिधिहरुनै विभाजित भएका थिए। वडा ९ का अध्यक्ष पप्पु भन्ने राकेश राय यादवले उपसचिव प्रधान पहिलेनै कार्यरत रहि कोरोना कालमा अनियमितता गरेको आरोप लगाउँदै विरोध गर्दै आएका थिए।
फतुवा विजयपुरमा नेपाली कांग्रेस पार्टीको टिकटबाट मेयर गोपाल राय यादव, उपमेयर अम्बेया खातुन ,७ जना वडा अध्यक्ष निर्वाचित भएका छन। पार्टीको बिना सहमति कार्यबाहक मेयर खातुनले एकोहोरो गरेको भन्दै कांग्रेसकै वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले बोर्डको बैठक बहिष्कार गर्दै आएको कारण हालसम्म नगरसभा हुन सकेको थिएन।न्युजकारखाना
काठमाडौँ, १७ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको जनमुखी कदमहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको आशा र भरोसा बढाउने काम गरेको बताएका छन् । नेपाल टेलिभिजनको ३८ औं वार्षिकोत्सवको उपलक्ष्यमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जनतामा ‘अब चाँहि केही हुन्छ’ भन्ने सकारात्मक सोंचको विकास र नयाँ आशाको सञ्चार हुनु सकारात्मक उपलब्धी मान्नुपर्ने बताएका हुन् ।
चुनौतीपूर्ण परिस्थितिमा गठन भएको आफ्नो नेतृत्वको वर्तमान सरकारले एक वर्ष, एक महिनाको अवधि पूरा गरिसकेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यसबीचमा इतिहासले सम्झिने गरी कैयौँ साहसिक र जनपक्षीय कामहरू अघि बढाएको बताए ।
“सरकारले गरेको नक्कली भुटानी शरणार्थी काण्डको छानविन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कारबाही, सुनकाण्डको निष्पक्ष छानविनजस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत भएका अपराधकर्मको पर्दाफास गरेको छ”, प्रधानमन्त्री प्रचण्डले भने, “मिटरब्याजपीडितहरूको पक्षमा बनाइएका कानुन, नागरिकताविहीन नेपाली नागरिकका सन्तानहरूका लागि नागरिकता ऐन निर्माण, वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक एवं स्वरोजगार क्षेत्रमा कार्यरत श्रमजीवीहरूका लागि गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा, राहदानी, सवारी चालक अनुमतिपत्रजस्ता कार्यहरूले जनतामा आशा जगाएको छ ।”
सरकारले चालेका सुधारात्मक कदमबाट देशको अर्थतन्त्रसमेत लयमा फर्किइसकेको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले भने, “दैनिक सेवा प्रवाह गर्ने कार्यालयहरूमा लाग्ने अव्यवस्थित लाइन हटाउने कदम, अस्पतालमा निःशुल्क श्ययाको व्यवस्थादेखि स्वास्थ्य क्षेत्रमा सुधार र पाठ्यपुस्तक, मलको आपूर्तिसहित सामाजिक न्यायको क्षेत्रमा गरेको पहलकदमीको सर्वत्र प्रशंसा भइरहेको छ ।”
प्रधानमन्त्रीले वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ‘ग्यारेण्टी’ गर्नेगरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्नुका सरकार प्रतिबद्ध रहेको बताए । उनले श्रमजीवी पत्रकारका लागि निर्मित कानुनहरूको प्रभावकारी कार्यान्वयन गर्दै सूचनाको हक प्रदान गर्ने कुरा राज्यको दायित्वका रूपमा स्थापित गरिने प्रतिबद्धता व्यक्त गरे ।
कोभिड–१९ र विश्वमै आएको आर्थिक मन्दीका कारण केही वर्षदेखि नेपालको विज्ञापन बजार खुम्चिएकाले नेपालका सञ्चारमाध्यमले भोग्नुपरेका समस्याबारे आफू जानकार रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले विषम अवस्थामा पनि राष्ट्रिय प्रसारण संस्था नेपाल टेलिभिजनले प्रसारकको जननी हुनुको गौरवलाई जोगाई राख्नुपर्नेमा जोड दिए ।न्युजकारखाना
काठमाडौँ, १७ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी प्रधानमन्त्री प्रचण्डले कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाले गरेको सम्भाव्यता अध्ययननको बिफ्रिङ लिएका हुन् ।

नेपाल सरकारको आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रममा विगतमा सञ्चालन भएर वर्तमानमा बन्द अवस्थामा रहेका उद्योगहरू पुनः सञ्चालन गर्ने व्यवस्था गरिएबमोजिम नेपाली सेनाले उद्योग पुनः सञ्चालन सम्बन्धी सम्भाव्यता अध्ययन गरेको थियो। वि.सं. २०३२ सालमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा स्थापना भएको हेटौंडा कपडा उद्योग वि.सं. २०५६ सालदेखि उत्पादन बन्द भएपछि २०५९ सालमा तात्कालीन शाही सरकारले उक्त उद्योग बन्द गर्ने निर्णय गरेको थियो।
प्रचण्ड नेतृत्वको वर्त
मान सरकारले उद्योग पुनः सञ्चालनको विषय नीति तथा कार्यक्रममा समावेश गरेपश्चात नेपाली सेनाले सोको सम्भावना अध्ययन गरेको थियो। सो प्रतिवेदनको सारसंक्षेप नेपाली सेनाले बुधबार प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेको हो। अध्ययन प्रतिवेदनमा बजार व्यवस्थापन हुन नसक्नु, प्रविधिको समयसापेक्ष आधुनिकीकरण हुन नसक्नु, लोडसेडिङको अवस्था हुनु, आवश्यकताभन्दा धेरै जनशक्ति हुँदा आर्थिक भार पर्नु र व्यवस्थापकीय क्षमतामा कमि हुनु आदि कारणले विगतमा उद्योग बन्द हुन पुगेको निष्कर्ष निकालेको छ।
अध्ययन प्रतिवेदनमा उद्योगका विद्यमान केही संरचना र मेसिनहरू मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन सकिने अवस्थामा रहेको, उद्योग सञ्चालनका लागि नेपाली सेनाको सैनिक कल्याणकारी कोषको बजेट पर्याप्त रहेको, उद्योगको स्वामित्वमा १६६ रोपनी जग्गा उपलब्ध रहेको, उद्योगका लागि आवश्यक न्यूनतम पूर्वाधार विद्यमान रहेको, उद्योग सञ्चालनका लागि अधिकांश कच्चा पदार्थ देशभित्र नै उपलब्ध रहेको तथा नेपाली सेना लगायत सरकारी कर्मचारीका लागि लत्ताकपडाको माग उद्योगले परिपूर्ति भएकाले बजारका लागि कुनै समस्या नभएको उल्लेख छ।
प्रतिवेदनले उद्योग पुनः सञ्चालनको आवश्यकता र औचित्यसमेत निर्क्यौल गरेको छ। जसअनुसार उद्योग पुनः सञ्चालन गर्दा विगतको औद्योगिक शाख कायम हुने, मुलुकको औद्योगिक क्षेत्रको विकास र कुल गार्हस्थ उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने, विश्वबजारमा औद्योगिक सन्देश जाने, आयत प्रतिस्थापन र आत्मर्निभरतामा अभिवृद्धि हुने, रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान हुने भएकाले युवा पलायन रोक्न सकिने निष्कर्ष छ।
अध्ययन कार्यदलले उद्योग पुनः सञ्चालनको मोडालिटीसमेत प्रस्ताव गरेको छ। तीन वर्षे कार्यतालिकासहितको प्रस्तावित मोडालिटीमा अनुमानित २६ लाख मिटर कपडा उत्पादनका लागि आर्थिक वर्ष २०८०।०८१ मा नीतिगत निर्णय गरी नेपाली सेनालाई उद्योगको हस्तान्तरण, डिपिआर निर्माण, नयाँ मेसिनरी सामानको छनोट र खरिदको काम सम्पन्न गर्ने उल्लेख छ।
त्यसैगरि आर्थिक वर्ष २०८१।०८२ मा पूर्वाधार निर्माण, मेसिन र उपकरण खरिदको काम सम्पन्न गरी परीक्षण उत्पादन सुरू गर्ने प्रस्तावित मोडालिटीमा उल्लेख छ। त्यस्तै आ.व. २०८२।०८३ मा मेसिनहरू थप गर्ने, उद्योगको क्षमता बिस्तार गर्ने, बुटवल धागो उद्योग सञ्चालनको सम्भाव्यता अध्ययन गरी कच्चा पदार्थको व्यवस्था र नियमित उत्पादन सुरू गर्ने प्रस्ताव गरिएको छ।
प्रतिवेदनमा उद्योग पुनः सञ्चालनका लागि रू. १ अर्ब ९३ करोड लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । साथै वार्षिक सञ्चालन खर्च रू. ७८ करोड लाग्ने प्रतिवेदनमा प्रारम्भिक अनुमान गरिएको छ। उद्योग पुनः सञ्चालन गर्दा ९ वर्षपछि लागत प्रतिस्थापन गरी उद्योग नाफामा जाने कार्यदलको निष्कर्ष छ।
कार्यदलले उद्योग पुनः सञ्चालनका निम्ति नेपाल सरकारको नीतिगत र कानुनी सहयोगको समेत प्रस्ताव गरेको छ। जसअनुसार उद्योग पुनः सञ्चालनका लागि नीतिगत र कानुनी प्रक्रियामा सहयोग हुनुपर्ने, हालसम्मको दायित्व फरफारक गरी उद्योगको स्वामित्व नेपाली सेनामा हस्तान्तरण गर्नुपर्ने, उद्योगबाट उत्पादित कपडाको खपत सरकारी निकायमा गर्नेगरि नीतिगत व्यवस्था हुनुपर्ने लगायतका विषय समावेश गरेको छ।
ब्रिफिङपछिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले उद्योग पुनः सञ्चालनमा केन्द्रित भएर नेपाली सेनाले गरेको अध्ययन महत्वपूर्ण भएको बताए । प्रधानमन्त्रीले भने, “नेपाली सेनाले राम्रो अध्ययन गरेको छ। यसबारे राजनीतिक तहमा पनि एकचरण छलफल गर्छु। अध्ययनका निम्ति सरकारको तर्फबाट पनि सानो टीम बनाएर जान सकिन्छ। त्यसपछि मन्त्रिपरिषद् बैठकबाट ठोस निर्णय लिनेछौँ।”
प्रधानमन्त्रीले देशका उद्योगहरू निजीकरण गर्दै जाँदा देशको उत्पादकत्वमा ह्रास आउनुका साथै रोजगारीका अवसर घट्दै जानु नकारात्मक भएको बताए । प्रधानमन्त्री प्रचण्डले भने, “विगतका सरकारी उद्योगहरू निजीकरण गरिए। त्यसको परिणाम राम्रो भएन, उद्योगहरू कौडीमा निजीकरण गरिए, देशमा औद्योगिक वातावरण कमजोर भयो। रोजगारी सिर्जना खुम्चिँदै गयो। त्यसले युवा पलायनको भयावह स्थिति बन्दै गयो। अब पनि हामीले पहल लिएनौँ र औद्योगिक वातावरण बनाएनौँ भने देशको समस्या सम्बोधन गर्न सक्दैनौँ।”
उक्त बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल सरकारका सचिवहरू र नेपाली सेनाका उच्चपदस्थ अधिकारीहरू सहभागी थिए । न्युजकारखाना
काठमाडौँ, १७ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र र नागरिक अधिकारलाई सर्वोपरि राखेको वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई सदैव सुरक्षित गर्ने बताएका छन् ।
नेपाल टेलिभिजनको ३८ औं वार्षिकोत्सवको उपलक्ष्यमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, “म नियन्त्रण र निर्देशनमा होइन, निर्विकल्प लोकतान्त्रिक अभ्यासमा विश्वास गर्छु । त्यसैले लोकतन्त्र, नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताको आधारभूत मान्यतालाई आत्मसात गरिएका विषयवस्तुहरू नेपाल टेलिभिजनमा देख्न चाहन्छु ।”
देशकै पहिलो टेलिभिजनले सूचना तथा सञ्चार क्षेत्रमा आएको परिवर्तनअनुसार समयानुकूल बनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले आफ्ना उत्पादन र प्रसारणलाई नयाँ प्रविधितर्फ व्यापकरूपमा स्थापित गर्न ढिला गर्नु हुँदैन भने । आम दर्शकको रूचिमा आधारित भएर विषयवस्तु तयार पार्नुपर्नेमा बताउँदै प्रधानमन्त्री प्रचण्डले संस्थानको विकासका लागि दीर्घकालीन योजना र स्पष्ट दृष्टिकोणका साथ अगाडि बढ्न नेपाल टेलिभिजनलाई सुझाव दिए ।
टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरेर सार्वजनिक सेवा प्रसारण संस्था बनाउनेगरी संसद्मा लिएको विधेयकमा समायानुकूल परिमार्जनसहित पारित गर्ने तयारी गरिएको बताउँदै प्रधानमन्त्रीले भने, “आगामी दिनका लागि सकारात्मक प्रभाव पार्ने योजनाको सङ्कल्प तयार गर्नुहोस्, यसमा मेरो र सरकारको सहयोगी भूमिका रहनेछ ।”
डिजिटल प्लेटफर्म र इन्टरनेटको पहुँच भएका दर्शकका रूचिलाई आत्मसात गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले भने, “ ‘टेलिभिजन भनेको ‘प्रविधि र प्रतिभा’को संयोजन हो । प्रविधिमा आएको परिवर्तनले अब तपाईंका दर्शकले एक दशकअघिको समयजस्तो तपाईको कार्यक्रम र टेलिभिजन च्यानललाई कोठाको टिभी सेटमा कुरेर बस्ने छैनन् ।” उहाँले दर्शकको रूचि र अनुकूल प्रविधिमा हेर्ने सुविधाको सुनिश्चितता गर्ने तथा उच्च व्यावसायिकता र सिर्जनशीलता अपनाउन पनि सुझाव दिए ।
सरकारले नवीनतम प्रविधिको प्रयोगबाट सञ्चालित मिडियालाई विश्वसनीय, जिम्मेवार र जवाफदेही बन्न स्वनियमनको प्रणाली अवलम्बन गर्नुपर्छ भनेर आग्रह गर्दै आएको प्रधानमन्त्री प्रचण्डले स्मरण गराए । दीर्घकालमा न्यू–मिडियाको विश्वसनीयतालाई बलियो बनाउँदै नयाँ प्रविधिको प्रयोगबाट हुने सूचना सामग्रीको सम्प्रेषणलाई समेत थप प्रभावकारी बनाइने बताउँदै प्रधानमन्त्रीले भने, “पत्रकारिता क्षेत्रको विकास र प्रविधिको प्रयोगलाई प्रोत्साहित गरेको सरकारले गरेका केही नयाँ नीतिगत व्यवस्थाहरू नियन्त्रणका लागि होइनन, नियमन र व्यवस्थापनका लागि हुन् ।”
सामाजिक सञ्जालहरू विस्तारित हुँदै गर्दा मूलधारका सञ्चार माध्यम र सञ्चारकर्मीहरूको जिम्मेवारी अझ बढ्दै गएको बताउँदै प्रधानमन्त्रीले भने, “गलत र असन्तुलित सूचना र समाचारले व्यक्ति पीडित हुने, परिवार र समाज विखण्डित हुने अनि राज्य कमजोर बन्दै जाने जोखिम रहन्छ । त्यसैले सही, सन्तुलित र सत्य सूचना र समाचार प्रवाहको व्यावसायिक जिम्मेवारी निर्वाहमा पत्रकार र पत्रकारिता क्षेत्र गम्भीर र संवेदनशील हुनुपर्दछ ।”
सङ्घीयताको मर्मअनुसार प्रदेश र स्थानीय सरकारका गतिविधिलाई समेत आम दर्शकसम्म निरन्तर जोड्नका लागि नेपाल टेलिभिजनका सबै च्यानलले २४ सैं घण्टा प्रसारण गरिरहेका कार्यहरू प्रशंसनीय भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले संविधानको मर्मलाई आत्मसात गरेर आपसी सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्ने बताए ।
नेपाल टेलिभिजन राज्यको आधिकारिक र जिम्मेवार प्रसारण संस्था भएकाले राज्यप्रतिको दायित्व र नागरिकप्रतिको जिम्मेवारीलाई निर्विवाद निर्वाह गरेको गर्ने उनले विश्वास व्यक्त गरे ।न्युजकारखाना
काठमाडौं, १७ माघ ।
भारत भ्रमणमा रहेको संघीय संसदीय टोलीलाइ भब्य स्वागत गरिएको छ ।
भारतीय संसदको अन्तराष्ट्रिय समितिको निमन्त्रणामा हिजो नयाँ दिल्ली पुगेको नेपाली सांसदहरूको टोलीलाइ भारतीय संसदको चिफ अफ प्रोटोकलले स्वागत गरेको हो ।

३० जनवरी देखी ६ फ्रेबुअरीसम्म भारतमा रहने नेपाली सांसदहरूको टोलीका लागि नेपाली राजदूतावासले संसदीय टोलीलाई भारतीय पक्षसंग कुराकानी गर्नको लागि बिभिन्न सुझावहरू दिएको छ । जसअनुसार नेपालीलाई सिम कार्डको सहज उपलब्धता, शिक्षण संस्थानमा भारतीय सरह शुल्क लिनुपर्ने र ह्यूमन ट्र्याफिकिंगको समस्यालगायतका अजेन्डा उठाउन सुझाव दिएको हो ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन सामितिका सभापति राजकिशोर यादवको नेतृत्वमा अन्य सदस्यहरु मंगलबार भारत प्रस्थान गरेका थिए ।
भारतीय संसदको अन्तर्राष्ट्रिय समितिको निमन्त्रणमा मंगलबार उनीहरु भारत गएका हुन् । भारत भ्रमणमा जानेहरुमा सभापति यादवसहित सांसदहरू सुनीता बराल, छिरिङबहादुर ल्हामु लामा तामाङ, सम्झना थपलिया, योगेश गौचन, हरि उप्रेती, शिशिर खनाल र गंगाराम चौधरीलगायत रहेका छन् । न्युजकारखाना


बारा, १७ माघ ।
हिजाे देश भरका शहिदहरुको सम्झनामा बिभिन्न कार्यक्रम गरी शहिद दिवस मनाईयाे । नेपालमा सरकारले हालसम्म १४ हजार २ सय ४६ जनालाई शहीद घोषणा गरेको गृह मन्त्रालयले जनाएको छ ।
नेपाली समाजमा पटक पटक विभिन्न प्रकारका आन्दोलनहरू हुँदै आएको छ । ती मध्य एक किसान आन्दोलन हो । पाल्पा, रौटहट, बारा, सर्लाही, प्युठान, काठमाडौँ, कञ्चनपुर लगायतका जिल्लामा किसान आन्दोलन भएका थिए । जाली तमसुक च्यात्ने, चक्रबृद्धि ब्याँजको विरोध, जसको जोत उसको पोत, मोहियानी हक, जमिनको हदबन्दीलगायतका माग राखेर किसान आन्दोलन भएका थिए ।

किसान आन्दोलन, किसानका बीचमा शिविर सञ्चालन गरी एउटा सचेत रूपमा किसान आन्दोलनलाई अगाडि बढाउने दिशामा निर्देशित थियो । बारा र रौतहटमा समानताको सङ्घर्ष किसानको महत्वपूर्ण आन्दोलन थियो । “रे नही जी कहो” नारा लगाउँदै जाली तमसुक च्यात्ने, भकारी फोडो, मोहियानी हक, जमिनदारी प्रथाको अन्त्यलगायत जमिन्दारले गर्ने विभिन्न शोषणका तरिकाका विरुद्ध उनीहरू आन्दोलित भएका थिए ।
वास्तवमा यस प्रकारका आन्दोलनले वर्गसङ्घर्षलाई चर्काउन महत्वपूर्ण आधार प्रदान गरेको थियो । किसान आन्दोलनले किसानलाई वैचारिक, सैद्धान्तिक, दार्शनिक स्तर माथि उठाउन त्यसले विशेष सहयोग पु¥याएको थियो ।
यही किसान आन्दोलनको बाराको नेतृत्वकर्ता थिए, बाराको कलैया उपमहानगरपालिका १५ बकुलहरका मुखलाल महतो । १९९६ मा जन्मेका मुखलाल १६ वर्षको कलिलै उमेरका उनले यस क्षेत्रका किसानका हितका निम्ती आवाज बुलन्द्र बनाउने कार्य गर्दै बाराका किसानलाई एक बनाउने मध्य एक हुन मुखलाल ।

२०१२ मंसिरमा तराईमा चकिर्दै गएको किसान आन्दोलनको क्रममा तत्कालिन साही सेना हाल नेपाली सेनाले हत्या गरेका मुखलाल महतोलाई हालसम्म पनि सरकारले शहिद घोषणा गरेको छैन । सरकारले मुखलाललाई शहिद घोषण नगरेतापनि उनलाई बाराका जनताले भने बिर्सेको छैन । बाराली किसानले हरेक वर्ष माघ १६ शहिद दिवसका दिन उनको योगदानलाई स्मरण गर्ने गरिन्छ ।
बाराका नेता तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री पुरुषोत्तम पौडेलले मुखलाललाई शहिद घोषण गर्ने सरकारलाई पटक पटक अनुरोध समेत गरेका भएतापनि सरकारले बेवास्ता गरेपछि पौडेलले नै मुखलालको सम्झनाका निम्ती उनको शालिक बनाएर नहरीमा उनको पार्क निर्माण गरिएको छ, जहाँ उनको सम्झनामा हरेक वर्ष कार्यक्रम गर्ने गरिन्छ ।
हरेक वर्ष उनको स्मरणमा कार्यक्रम आयोजना गरेर उनको सम्मान गर्ने गरिन्छ । यो वर्ष उनको ६९ औं स्मृति दिवस मनाईएको छ ।
कार्यक्रममा बाराका नेता तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री पुरुषोत्तम पौडेलले सरकारले किसान आन्दोलनको महत्व नबुझेका कारण आजसम्म मुखलाल देशको शहिद घोषण हुन नसकेको बताए । उनले मुखलाल किसानका नभएर कुनै अमुख पार्टीका भएको भए सरकारले उहीलै शहिद घोषण भईसकेका हुनेथिए र उनी गरिव किसानका भएका कारण सरकारले पक्षपात गरेको महसुस भएको बताए ।
जिम्मेवार निकाय र अधिकारीहरु मुखलाललाई शहीदको सुचीमा राख्न कुनै चासो दिएको पाईदैन । शहिदको घोषण गरेका मध्य कति शहिद बिना कारण र कुनै योगदान बिनानै घोषण गरेको भएतापनि किसान आन्दोलनका अगुवा मध्य एक जसलाई सरकारले गोलीहानी हत्या गरेको थियो, उनै मुखलाललाई भने शहिद घोषण गर्न भने आनाकानी गरिरहेकाे छ । मापदण्ड र स्पष्ट परिभाषा नगरि शहीद घोषणा गर्ने कामको टीकाटिप्पणी हुने गरेको छ ।
कसरी मारिए मुखलाल
तराईमा थुप्रै गरिब किसान थिए उनीहरूमाथि साहु र जमिनदारको एकदमै ज्यादती भएको थियो । किसान आन्दोलन भईरहेको बेलामा बाराको गडहलमा रहेका जिम्दार ह्रदय नारायणले नेपाल कम्युनिस्ट पार्टी केन्दीय सदस्य मधु सिंहले नेतृत्व लिएकाले उनलाई कम्जोर बनाउँदा आन्दोलन फितलो हुने भन्दै समातेर जिम्दारले घरमा थुने ।
स्थानिय प्रहरी र जिल्ला प्रहरीले जिम्दारलाई सुरक्षा दिएका थिए । यो खबर बाहिर आएपछि नेपाल कम्युनिस्ट पार्टीले किसान आन्दोलनको नेतृत्वको जिम्मा मुखलाललाई दियो । त्यसपछि मुखलाल लगाएत बारा, पर्सा र रौतहटका करिब दश हजार किसानले गडहलमा घेरा हाले र सिंहको रिहाईको माग गरे । २ दिनसम्म किसानले पुरै गाँउमा घेरा हालेपछि स्थिति प्रहरीको नियन्त्रण भन्दा बाहिर रहेपछि बिरगञ्जबाट तत्कालिन शाही सोनालाई गडहलमा प्ररिचालन गरियो तर पुरै गाँउलाई घेरा हालेका किसानले सोनालाई गाँउ प्रबेश गर्न दिएन ।
सोनालाई सिंह नियन्त्रणमा लिईर बिरगञ्ज ल्याउनु भन्ने आदेश थियो तर किसानले गाँउभित्र प्रबेश गर्ने निकै कठिन भएपछि बडा हाकिम (तत्कालिन सेनाको पद)ले गोलि चलाउने आदेश दिएका थिए । त्यहीँ क्रममा दुई जनाको घटनास्थलमै मृत्यृ भएको थियो । ति मध्य एक मुखलाल हुन र अर्का सिघार कम्रेड थिए । सेनाले सिघार कम्रेडको शव लिएर गएका कारण उनको परिचय खुल्न सकेन भने मुखलालको शव भने आन्दोलनमा रहेका किसानले सेनाबाट खोसेर राखेका कारण उनको सनाखत भएको थियो ।
सो क्रममा करिब तिन सय किसान गिरफतार भएका थिए भने ७० जनालाई नख्खु जेलमा समेत लगिएको थियो । यसरी किसानका निम्ती आफ्नु १६ वर्षको उमेरमा शहिद भएका मुखलाललाई शहिद घोषणा नगर्दा बाराली किसान समेत निरास छन । न्युजकारखाना
काठमाडौं, १६ माघ ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली नेपालको समकालीन राजनीतिको सबैभन्दा प्रभावशाली नेता भएको बताएकी छन् ।
मंगलबार काठमाडौंमा संसद्मा केपी शर्मा ओली पुस्तकको विमोचन गर्दै भण्डारीले ओलीले नेपाली राजनीतिमा शीर्षस्थान बनाउन सफल हुनुभएको बताइन् ।
ओली समकालीन राजनीतिमा कुशल पहिचान बनाउन सफल भएको भण्डारीको भनाइ छ । ‘यस पुस्तकका नायक केपी शर्मा ओलीज्यू समकालीन राजनीतिक नेताहरूमा कुशल पहिचान बनाउनुभएको नेता हुनुहुन्छ, सर्वाधिक प्रतिभाशाली नेताका रूपमा उच्च स्थान प्राप्त गर्न सफल हुनुहुन्छ’, भण्डारीले भनिन् ।
ओली नेपाली कला, साहित्य, संस्कृति, धर्म, दर्शन र विज्ञान लगायतका विषयमा समेत गहन ज्ञान भएको नेता भएको भण्डारीले टिप्पणी गरिन् ओली सबैका लागि प्रेरणा र ज्ञानको स्रोत भएको उनले बताइन् ।
संसद्मा ओलीले गरेको भाषण राजनीतिक हिसाबले मात्र नभएर विधागत ज्ञानका दृष्टिकोणले पनि महत्त्वपूर्ण रहेका उनले बताइन् । त्यसैले सो पुस्तक पठनीय र ग्रहणीय ग्रन्थ भएको उनको भनाइ छ ।
सो पुस्तक इतिहास अध्ययन गर्न चाहने भावी पुस्ताका लागि महत्त्वपूर्ण हुने भण्डारीले बताइन । उनले पुस्तक एतिहासिक दस्ताबेज बन्ने प्रष्ट पारिन् ।न्युजकारखाना
काठमाडौँ, १६ माघ ।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सले शिष्टाचार भेट गरेका छन् । मंगलबार सिंहदरबारस्थित रक्षामन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री खड्काले सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सलाई स्वागत गर्नुहुँदै यस भ्रमणले दुई देशको द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पु¥याउन सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।

भेटमा उपप्रधानमन्त्री खड्काले नेपाल र बेलायतबीच लामो समयदेखिको गहिरो द्विपक्षीय सम्बन्ध रहेको र उक्त सम्बन्ध जनस्तरसम्म फैलिएको बताए । उनले दुई देशबीच लोकतन्त्र, मानवअधिकार, कानुनको शासन र स्वतन्त्रता, मानव मूल्य र मर्यादाका विषयमा साझा धारणा रहेको उल्लेख गरे ।
उनले गत वर्ष नेपाल र बेलायतको मैत्रीसन्धीको एक सय वर्ष पूरा भएको र अर्को एक सय वर्षका लागि जग बसाल्ने काम भएको बताए । उनले बेलायत नेपालको प्रमुख विकास साझेदार रहेको र कठिन समयमा समेत बेलायतले सहयोग र समर्थन गर्दैै आएकोमा प्रसन्नता व्यक्त गरे ।

उनले ब्रिटिस सेनामा सेवारत ब्रिटिश गोर्खाहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्नुहँदै सन् १९९७ अघि सेवानिवृत्त भएका ब्रिटिश गोर्खालीहरूको आफ्ना बेलायती समकक्षहरूसँग समान पेन्सन र सुविधा उपलब्ध गराउन गरेको माग सम्बन्धमा बेतालयको तर्फबाट सकारात्मक पहलको निमित्त अनुरोध गरे ।
यस विषयमा आपसी समझदारीमा समाधानका लागि द्विपक्षीय समिति गठन भई विगत लामो समयदेखि छलफलमा रहेको भए पनि ठोस नतिजा हासिल भई नसकेकोले यस सम्बन्धमा ब्रिटिस सरकारको तर्फबाट थप उदारताका लागि अनुरोध गरे ।
नेपाल र बेलायतबीचको विगत लामो समयदेखिको सैन्य सहयोग आदान–प्रदान हुँदै आएको र नेपाली सेना र बेलायती सशस्त्र बलहरूले द्विपक्षीय तालिम तथा सहयोग आदान प्रदानमा मिलेर काम गरिरहेको बताए ।
सन् २०२३ अक्टोबरमा क्याम्ब्रियन गस्तीमा १० नेपाली सेनाले भाग लिएको स्मरण गर्दै नेपाली सेनाका लागि ‘एक्सप्लोसिभ अर्डिनेन्स डिस्पोजल’ होल्डिङ युनिट स्थापना गर्न ब्रिटिश सरकारको तर्फबाट भएको सहयोग महत्वपूर्ण रहेको उल्लेख गरे ।
सो अवसरमा बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सले उपप्रधानमन्त्री एवम् रक्षामन्त्री खड्काले बेलायत गोर्खा सैनिकबारे उठाएको विषयलाई आफूले गम्भीरतापूर्वक लिएको उल्लेख गरे । अन्तर्राष्ट्रिय सुरक्षा वातावरण थप जटिल बन्दै गइरहेकोले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा मिलेर काम गर्नुपर्ने अवस्था सृजना भएको बताए ।
साथै अन्तर्राष्ट्रिय शान्ति स्थापनामा शान्ति सैनिक खटाउने दोस्रो ठूलो राष्ट्रको हैसियतमा नेपालको भूमिका महत्त्वपूर्ण रहेको विचार व्यक्त गर्दै उनले उनले बेलायतले आगामी दिनमा नेपालसँग थप सहकार्य गर्ने इच्छुक रहेको बताए । उनले बेलायतको प्रतिकुल आर्थिक अवस्थाको वाबजुद पनि नेपाललाई उपलब्ध हुँदै आएको सहयोग निरन्तर रूपमा प्राप्त भइरहने विश्वास समेत दिलाए ।
शिष्टाचार भेटका अवसरमा रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा, सहसचिव बाबुराम अधिकारी, परराष्ट्र मन्त्रालयका अधिकारीका साथै बेलायती राजदूत एवं अन्य पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।न्युजकारखाना
काठमाडौं, १६ माघ ।
संघीय संसदको एक टोली भारत भ्रमणमा गएको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन सामितिका सभापति राजकिशोर यादवसहित समितिका अन्य सदस्यहरु मंगलबार भारत प्रस्थान गरेका हुन् ।
भारतीय संसदको अन्तर्राष्ट्रिय समितिको निमन्त्रणमा मंगलबार उनीहरु भारत गएका हुन् । भारत भ्रमणमा जानेहरुमा यादवसहित सुनीता बराल, छिरिङबहादुर ल्हामु लामा तामाङ, सम्झना थपलिया, योगेश गौचन, हरि उप्रेती, शिशिर खनाल र गंगाराम चौधरी रहेका छन् ।
सो टोली राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको उडानबाट नयाँदिल्ली प्रस्थान गरेको हो । न्युजकारखाना
काठमाडौं, १६ माघ ।
सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) राजेन्द्रदेव पाण्डे र जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) टेकुनन्द इवा लिम्बूलाई जिम्मेवारीबाट हटाइएको छ ।
गृह मन्त्रालयले सिडिओ पाण्डेलाई र मन्त्रालयकै निर्देशनअनुुसार एसपी लिम्बूलाई जिम्मेवारीबाट हटाइएको हो । उनीहरुलाई जिम्मेवारीबाट मुक्त गरिनुको कारण भने खुलाइएको छैन । न्युजकारखाना
काठमाडौँ। माघ २२ गते
प्रारम्भ हुने संसदलाई ‘बिजनेश’ दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरेका छन् ।
मंगलबार दिउँसो प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रालयका अधिकारीहरू बोलाएर आगामी संसद अधिवेशनमा प्रस्तुत गर्ने विधेयकहरूको तयारीबारे छलफल गरेका हुन् ।

अघिल्लो संसद अधिवेशनले कानुन निर्माणका प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको समीक्षा भइरहेका बेला छलफलमा प्रधानमन्त्रीले संसदलाई बिजनेश दिने र अधिवेशनलाई प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिएका हुन् ।

“अघिल्लो वर्ष संसदले कानुन निर्माणमा उदाहरणीय काम गर्न सकेन भन्ने समीक्षा छ। सरकारले पनि “बिजनेश” दिएन भन्ने मत पनि छ। तर, यसपटक त्यस्तो नहोस्,” मन्त्रालयलाई निर्देशित गर्दै बैठकमा प्रधानमन्त्रीले भने, “संसद सुरू हुनेबित्तिकै धेरैभन्दा धेरै विधेयकहरू दर्ता गर्नेगरि तयारी गरौँ। मुख्यसचिवले फलोअप गर्नुहोला। मन्त्रालयले सबै मन्त्रालयसँग समन्वय गरेर विधेयक ल्याउनुहोला। राम्रो तयारी गर्नुहोला। यसपटक संसदलाई व्यवस्थित रूपले बिजनेश दिनुपर्छ। त्यो गुनासो नआउने गरी काम गर्नुहोला।”
छलफलमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालले कानुनी परीक्षण र आर्थिक दायित्वको समेत परीक्षण भइसकेका विधेयकहरू छिटो संसद पठाउनुपर्ने बताउँदै त्यसका लागि आवश्यक तयारी गर्न मन्त्रालयलाई निर्देशित गरे ।
बैठकमा मन्त्रालयका सचिव उदयराज सापकोटाले आगामी संसद अधिवेशनमा प्रस्तुत गर्ने विधेयकहरूका निम्ति मन्त्रालयले आवश्यक गृहकार्य गरेको बताउँदै यस अधिवेशन प्रारम्भ हुनेबित्तिकै केही “बिलहरू” पेश गर्न सकिने गरी तयारी गरिएको बताए ।
सचिव सापकोटाले केही विधेयकहरू संसद अधिवेशन प्रारम्भ भएलगत्तै संसदमा दर्ता गर्न सकिने बताउँदै थप विधेयकका द्रूततापूर्वक काम गरिने जानकारी दिए ।न्युजकारखाना
काठमाडौं, १६ माघ ।
नेपालले भ्रष्टाचार नियन्त्रणमा झिनो सुधार गरेको तथ्यांक सार्वजनिक गरिएको छ ।
मंगलबार ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकांक (सिपिआई) २०२३ मा नेपालले भ्रष्टाचार नियन्त्रणमा झिनो सुधार गरेको देखिएको हो ।
सार्वजनिक तथ्यांकअनुसार २०२३ मा १०० मा ३५ अंक ल्याएर नेपाल १०८औँ स्थानमा रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा एक अंक थप्दै नेपाल दुई स्थानमाथि उक्लिएको छ ।
अघिल्लो वर्ष नेपालले ३४ अंक पाएर ११०औँ स्थान थियो। जसअनुसार अघिल्लो वर्षको तुलनामा यसवर्ष नेपालले भ्रष्टाचार नियन्त्रणमा झिनो प्रगति हासिल गरेको हो । न्युजकारखाना
काठमाडौं, १६ माघ ।
संसदीय समितिले पश्चिम नवलपरासीको रामग्राम क्षेत्रको उत्खनन गर्ने निर्णयको कागजात मगाउँदै जवाफ मागेको छ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले पश्चिम नवलपरासीको रामग्राम क्षेत्रको उत्खनन गर्ने निर्णयको कागजातसहित सात दिनभित्र जवाफ दिन बारे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई भनेको छ ।
‘लुम्बिनी विकास कोषले सर्वसाधारणको ११६ बिघा जमिन अधिग्रहण गर्ने गरी गौतमबुद्धको अस्थिधातु समाधिस्थ गरिएको नवलपरासी रामग्राम क्षेत्रमा उत्खनन एवं बौद्ध स्तुप निर्माण तथा भाडामा (९९ वर्ष सम्म) दिने गरी बिनाप्रतिस्पर्धा निजी कम्पनीसँग समझदारी गरेको भन्ने समाचारप्रति यस समितिको गम्भीर ध्यानाकर्षण भएको छ । तपसिलका विषयमा के कसो भएको हो सोको जानकारी समितिलाई ७ दिनभित्र उपलब्ध गराउनुहुन माननीय सभापतिज्यूको निर्देशानुसार अनुरोध गर्दछु,’ समितिका सचिव एकराम गिरीले मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख छ ।
रामग्राम क्षेत्र विकासको जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरबेटीलाई दिन लुम्बिनी विकास कोष सहमत भएपछि संसदीय समितिले चासो राखेको हो । प्रधानमन्त्री प्रचण्डका घरधनी शारदाप्रसाद अधिकारीका छोरा निकेश अधिकारीको निर्माण कम्पनी ’प्रमिस्ड ल्यान्ड’ लाई रामग्राम क्षेत्रको जग्गा अधिग्रहण, गुरूयोजना तयारी र सोही अनुसार निर्माण गर्न दिन कोषले सैद्धान्तिक सहमति प्रदान गरेको हो।
सोही विषयमा लेखा समितिले सरकारलाई पत्र लेखेर सम्झौताबारे अहिलेसम्म भएका सबै निर्णय उपलब्ध गराउन पनि निर्देशन दिएको छ।न्युजकारखाना
काठमाडौ, १६ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिन शहिदहरूले देखेका सपना र उहाँहरूले गर्नुभएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन भएको बताएका छन् ।

शहिद स्मारक लैनचौरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने, “नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान् शहिदहरूले उच्च बलिदान गर्नुभएको छ, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहिदहरू विगत, वर्तमान र भविष्यका निम्ति हामी सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहनेछन् ।”

शहिदका सपना पूरा गर्नका निम्ति मन, वचन र कर्मले सबै क्रियाशील रहनुपर्ने बताउँदै प्रधानमन्त्रीले शहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरेका छन । उनले जहानीया राणाशासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका निम्ति विसं १९९७ सालमा आफ्नो जीवनको बलिदान गर्नुहुने महान् शहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ लगायतका शहिदको स्मरण र सम्मान ब्यक्त गरेका छन ।
सम्पूर्ण बेपत्ता योद्धाहरूको उच्च सम्मानपूर्वक स्मरण गर्दै प्रधानमन्त्रीले भने, “घाइते योद्धाहरूको शीघ्र स्वास्थ्यलाभसहित दीर्घजीवनको कामना गर्दछु ।” प्रत्येक वर्ष माघ १६ गतेलाई शहिद दिवसको रूपमा मनाउँदै आएको छ ।न्युजकारखाना
काठमाडौं, १५ माघ ।
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रतिवेदन पेस गरेको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थितिमा समितिका संयोजक टङ्कमणि शर्मा दङ्गालले उक्त प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस गरेका हुन्।
सरकारले गत मङ्सिर २१ गते एनसेलको शेयर खरिद बिक्रीको निर्णयका सम्बन्धमा प्रचलित कानुनको परिपालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीको सम्बन्धमा पर्न सक्ने असरलगायतका विषयमा छानबिन गर्न पूर्वमहालेखापरीक्षक शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो।
समितिमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का अध्यक्ष सुजनकुमार काफ्ले सदस्य थिए। समितिलाई एक महिनाभित्र प्रतिवेदन पेस गर्ने समयावधि दिइएपछि छानबिन नसकिएपछि म्याद थप गरिएको थियो।न्युजकारखाना
वीरगञ्ज, १५ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजपीडित लाखौँ किसानहरूले इतिहासमा पहिलोपटक न्याय पाएको बताएका छन् । बारा र पर्सा जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले सरकारले कानुन निर्माण गरेर मिटरब्याजलाई जघन्य अपराधका रुपमा परिभाषित गरेको स्पष्ट पारे ।
मिटरब्याजपीडितका विषयमा सरकारले उच्चस्तरीय आयोग बनाएर काम गरिरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “हजारौँ किसानले न्याय पाएका छन्, लाखौँले न्याय पाउँदैछन् । यो कुरा आम जनतालाई राम्रोसँग बुझाउनुस् ।” कतिपय सन्दर्भमा राजनीतिक दलका स्थानीय नेताहरू र स्थानीय जनप्रतिनिधिहरू नै मिटरब्याजको पक्षमा लागेको भन्ने जनगुनासो आइरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “तपाईंहरूले पीडकको पक्षमा होइन, पीडितमैत्री आचरण, व्यवहार र पक्षधरताका साथ न्यायको प्रत्याभूति गराउनुस् ।”
सरकारले लाखौं नागरिकता बिहीन नेपाली युवालाई नागरिकता दिने व्यवस्था गरेको स्मरण गराउँदै प्रधानमन्त्री प्रचण्डले भने, “सबैभन्दा धेरै मधेशका युवाहरू छन् । यो निकै ठूलो काम हो । सङ्घीय सरकारले गरेको यो ऐतिहासिक काम जनतासम्म पुर्याएर राज्यप्रति नागरिकको विश्वास र सम्बन्ध अभिवृद्धि गर्नुस् ।”न्युजकारखाना
वीरगञ्ज, १५ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म र व्यवस्थाबारे बुझाउन स्थानीय तहका जनप्रतिनिधि जनताको घरदैलोमा पुग्नुपर्ने बताएका छन् ।
जनतालाई गणतन्त्रको मर्म बुझाउनु नसकिएको भन्दै उनले स्थानीय तहका जनप्रतिनिधिले त्यसतर्फ विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।

बारा र पर्सा जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले भने, “संविधानमा व्यवस्था भएका अधिकारबारे आम जनसमुदायलाई बुझाउन स्थानीय तहले नागरिकको प्रत्येक घरसम्म पुग्ने गरी जागरण अभियान वा घरदैलो कार्यक्रम सञ्चालन गर्नुस् ।”
संविधानले मधेसका नागरिक, महिला, दलितलगायत उत्पीडित वर्ग र समुदायको पहिचान र अधिकारको प्रबन्ध गरेको स्पष्ट पारे । उनले भने, “आम जनसमुदायसम्म संविधानको मर्म र व्यवस्थालाई जसरी प्रस्तुत गर्नुपथ्र्यो, जसरी स्वामित्व लिनुपथ्र्यो, त्यसो हुन सकेको छैन । यसलाई जनतासम्म व्यवस्थित रूपमा बुझाउने जिम्मेवारी तपाईंहरूको हो ।”
संविधानमा व्यवस्था भएबमोजिमका सङ्घीय कानुनहरूको निर्माणमा उच्च प्राथमिकताका साथ काम भइरहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले प्रहरी समायोजन ऐन कार्यान्वयनको प्रक्रियामा अगाडि बढेको बताए । माध्यमिक शिक्षा विधेयक संसद्मा छलफलको प्रक्रियामा रहेको बताउँदै उहाँले सङ्घीय निजामती सेवा ऐन संसद्मा प्रस्तुत गर्ने तयारीमा रहेको जानकारी दिए ।
सङ्घीय कानुनहरूको निर्माणलाई तीव्रता दिन आइतबार कार्यविस्तृतिकरण प्रतिवेदनमाथि आफूले उच्चस्तरीय छलफल चलाएको बताउँदै प्रधानमन्त्री प्रचण्डले संविधानको अनुसूचिमा व्यवस्था भएबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहको एकल र साझा अधिकार सूचिको व्यवस्थित गरिने स्पष्ट पारे । न्युजकारखाना
वीरगञ्ज, १५ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय सरकारको प्रतिष्ठा बढाउनेगरी काम गर्नुपर्ने बताएका छन् । बारा र पर्सा जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले सङ्घीय सरकारले पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिएको गुनासो आउने गरेको भन्दै त्यस्तो गर्न नहुने बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, “सरकारले बढाएको कर्मचारीलाई हाजिर गर्न नदिएर आफूले रूचाएका कनिष्ठहरू ल्याउने र मनपरी रूपमा निमित्त राख्ने प्रवृत्ति बढेको गुनासो छ । स्थानीय सरकारमा आफूले भनेको मान्ने, आफ्ना नाजायज काममा पनि समर्थन गर्ने कार्यकारी होइन, स्थानीय सरकारको प्रतिष्ठा बढाउने कर्मचारी खोज्नुस् ।”
स्थानीय सरकार जनताको पहिलो सरकार भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले जनतासँग प्रत्यक्ष संवाद र अन्तरक्रिया गर्नुपर्ने बताए । उनले भने, “तपाईंहरूले जस्तो नीति तथा कार्यक्रम बनाउनुहुन्छ, जस्तो व्यवहार गर्नुहुन्छ वा सेवाप्रवाह हुन्छ, सोहीअनुसार राज्यप्रति जनताको धारणा भन्ने हो ।”
जनतामा प्रवाह हुने नकारात्मक भाष्यलाई चिर्न स्थानीय सरकारले मेहेनत गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकारको काम प्रभावकारी हुँदा आमजनताले सङ्घीय सरकारको आलोचना गर्ने र त्यसबाट सिङ्गो व्यवस्थाप्रति नै नकारात्मक सन्देश जानेतर्फ सजग गराउनुभयो । उनले भने, “जनतालाई सरल रूपमा बढीभन्दा बढी राम्रो सेवा दिने कुरालाई प्राथमिकता दिनुस् ।”
मधेशका स्थानीय तहहरूमा भ्रष्टाचार र बेरूजु बढी भएको, उपभोक्ता समितिमा आफ्ना नातेदार र आफ्नो पार्टीका मान्छे मात्रै राख्ने गरेको सुनिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “राज्यको प्रचलित नीति र कानुनअनुसार प्रक्रिया पुर्याएर योग्यलाई नदिई आफ्नालाई दिएको गुनासो आउनुभएन ।”न्युजकारखाना
वीरगञ्ज, १५ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता र सबै राजनीतिक दलको सामूहिक सहभागितामा बजेट निर्माण गर्न सरकार केन्द्रित भएको बताएका छन् । वीरगञ्जमा आयोजित प्रेस सेन्टर नेपालकोे २०औं स्थापना दिवस तथा राष्ट्रिय परिषद्को बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रम र बजेट सामाजिक न्याय र समाजवादको पक्षमा हुने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, “नीति तथा कार्यक्रम र बजेट समाजवाद र सामाजिक न्यायको पक्षमा हुनेछ । यसमा क्रान्ति नै गर्न खोजिएको छ । यसको पक्षमा जनमत निर्माण गर्न अपिल गर्दछु ।”

आफ्नो ध्यान आगामी वर्षका लागि जनता केन्द्रित र सहभागितामूखि नीति, कार्यक्रम र बजेट निर्माणमा गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रको पक्षमा बजेट निर्माण गरेर ‘आमुल सुधार’ गरिने विश्वास दिलाए ।

नीति तथा कार्यक्रम बनाउँदा स्थानीय र प्रदेश सरकार एवं मन्त्रालयहरूको पनि रायसुझाव लिइने बताउँदै प्रधानमन्त्री प्रचण्डले अब नयाँ तवरले सरकार अगाडि बढ्ने बताए ।

पुराना योजना पूरा नहुँदै नयाँ योजना निर्माण गर्ने प्रवृत्तिलाई निराकरण गर्ने योजनामा सरकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले केही सिमित मात्रामा अत्यन्त आवश्यक मात्र नयाँ योजना बनाएर बजेट निर्माण गर्नेगरी सरकार अगाडि बढेको बताए ।

सरकारले भ्रष्टाचार, भूमाफिया र मिटरब्याजविरुद्ध ससक्त कदम चालेको भन्दै उहाँले सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्र, स्वरोजगारी तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत समेट्ने महत्वपूर्ण कार्य सरकारले गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । विचार निर्माण र संश्लेषण गर्ने कार्यमा प्रेस सेन्टरको महत्वपूर्ण भूमिका रहेको बताउँदै उहाँले सरकारले गरेका काम र पार्टीको अभियानलाई जनतासमक्ष पुर्याउने कार्यमा लाग्न निर्देशन दिए ।

यसबीचमा आफुले विश्वका धेरै नेता र बुद्धिजिवीका माझमा नेपालको पहिचान र गरीमा बढाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “राष्ट्रसंघको महासभा र असंलग्न आन्दोलनसम्म आइपुग्दा नेपालको पहिचान धेरै माथि पुगेको छ भन्ने कुरा विश्वका नेताले महसुस गरेको पाएको छु ।”
सूचना प्रविधिको क्षेत्रमा विश्वले राम्रो प्रगति गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तर सामाजिक सञ्जालमा भने नकारात्मकताको प्रसार भैरहेको बताए । उनले भने, “सामाजिक सञ्जालको दुरुपयोग गर्ने प्रवृत्ति बढेको छ । परिवर्तनलाई बदनाम गर्ने प्रबृत्ति बढिरहेको छ । त्यसको प्रतिवाद गर्न प्रेस सेन्टर लाग्नुपर्छ । त्यसका लागि अझै महनेत गरेर अगाडि बढ्नुहुनेछ भन्ने मेरो अपेक्षा छ ।’न्युजकारखाना
काठमाडौं, १५ माघ ।
नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले सञ्चार क्षेत्रको चौतर्फी विकासका लागि मिडियालाई सरकारको नियन्त्रण बाहिर ल्याउनुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सार्वजनिक सेवा प्रसारण विधेयकमाथि संशोधन राख्दै उनले सरकारको नियन्त्रण बाहिर राखिएमा मात्र सञ्चार क्षेत्रको विकास हुने बताएका हुन् ।
अन्यथा सरकारको जजमान मात्र गर्ने भए सरकारी मिडियाको अस्तित्व संकटमा आउने उनको चेतावनी छ । विधेयक वर्तमान आवश्यकताअनुसार नआएको बताउँदै उनले प्रसारण विधेयकले डिजिटल मिडियालाई पनि समेट्न नसकेको बताए । न्युजकारखाना
काठमाडौँ, १५ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनुपर्ने बताएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ भन्ने मेरो प्रष्ट मान्यता छ । यो हाम्रो आकांक्षा मात्र होइन, महत्त्वपूर्ण सम्भावनाको क्षेत्र पनि हो ।”

उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनका लागि विदेशबाट समेत विद्यार्थीहरू आउन थालेको जानकारी पाउँदा आफूलाई खुसीको महशुस भएको बताए ।

आगामी दिनमा प्रतिष्ठानले थप प्रगति गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानबाट कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अति पिछडिएका क्षेत्रका जनतालाई प्रत्यक्ष सेवा प्रवाह हुनुका साथै दक्ष जनशक्ति उत्पादन पनि भइरहेको बताए । उनले, “प्रतिष्ठानले विपन्नलाई सेवा मात्र दिइरहेको छैन, दक्ष र कर्मठ स्वास्थ्यकर्मीसमेत उत्पादन गरिरहेको छ ।”

देश र जनतालाई अप्ठ्यारो परेको अवस्थामा प्रतिष्ठानले महत्त्पूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “कोभिड महामारीको त्रासदीपूर्ण परिस्थितिमा होस् वा हालै गएको विनाशकारी भूकम्पको समयमा होस्, यस प्रतिष्ठानले पूर्ण जिम्मेवारीबोधका साथ पूर्वतयारी, आवश्यक सतर्कता, उद्दार र उपचारका क्षेत्रमा निकै महत्त्वपूर्ण काम गरेको छ ।”

आगामी दिनमा सेवा प्रवाहलाई थप सरल, सहज र गुणस्तरीय बनाउनुपर्ने जिम्मेवारी प्रतिष्ठानको भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले प्रतिस्पर्धी समाज, राष्ट्र र विश्वका निम्ति योग्य, दक्ष, इमानदार, दक्ष र देशभक्तिपूर्ण भावनाले ओतप्रोत जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए ।

पछिल्ला वर्षहरूमा प्रतिष्ठानले उल्लेख्य प्रगति गरेको आफूले महशुस गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नवप्रवर्तनमा आधारित अध्ययन, अनुसन्धान र आविस्कारमा समेत प्रतिष्ठानले गम्भीरतापूर्वक पहल लिने विश्वास व्यक्त गरे । न्युजकारखाना
रौतहट,१५ माघ ।
नेकपा एमाले रौतहटको जिल्ला अधिवेसको चहल पहल सुरु भएको छ ।
जिल्ला अधिवेसको तयारी तिब्र रुपमा भईरहेको नेकपा एमाले रौतहटका प्रचार बिभाग प्रमुख रुपेश पटेलले जानकारी दिएकाछन् ।
नेकपा एमालेको जिल्ला अधिवेशनको लागी प्रतिनिधि चयन कार्य चन्द्रपुर नगरपालिका
सहितका पालिकाहरुमा सम्पन्न भएको छ । आउदो माघ २५ र २६ गते हुने एमालेको १० औ जिल्ला अधिवेशनको लागी शनिबार जिल्लाभरी नै प्रतिनिधि चयनको कार्य भएको हो ।
चन्द्रपुर नगरपालिकाले निर्बिरोध रुपमा १० वटै वाडबाट ५७ जना प्रतिनिधि चयन कार्य सम्पन्न गरेको नेकपा एमाले चन्द्रपुर नगर कमिटिका अध्यक्ष शिव प्रसाद आचार्यले जानकारी दिएका छन ।
चन्द्रपुरको वाड वाडबाट प्रतिनिधि चयन गरिएको थियो । महिला,युवा,दलित तथा खुल्लाबाट जिल्ला अधिवेशनको लागी ५७ जना प्रतिनिधि चयन भएको अध्यक्ष आचार्यले बताए । चन्द्रपुरमा संघिय संसद तथा प्रदेश कमिटि सदस्य बिना साहलाइ निर्वाचन अधिकृतको रुपमा खटाएको थियो ।
रौतहटको अधिकांश पालिकामा सर्वसहमत रुपमा प्रतिनिधि चयन कार्य सम्पन्न भएको नेकपा एमालेका केन्द्रिय सदस्य उद्धब प्रसाद रेग्मीले जानकारी दिएका छन ।
ति पालिकाहरुमा पनि १-२ दिन भित्र प्रतिनिधि चयन हुने केन्द्रिय सदस्य रेग्मीले बताए ।
रौतहटको १६ नगरपालिका र २ गाउपालिका गरी १८ वटा पालिकाबाट जिल्ला अधिवेशनको लागी ४ सय ३५ जना प्रतिनिधि चयन हुने भएका छन ।
पार्टीका बिभिन्न जनसंगठनहरुले पनि प्रतिनिधि चयन गरेर पठाएका छन । रौतहटमा एमालेको अधिवेशनको सरमर्गी बढेको छ ।
गरुडामा हुने जिल्ला अधिवेशनको उदघाटन नेकपा एमालेका अध्यक्ष केपी ओलीले गर्ने कार्यक्रम छ ।न्युजकारखाना
काठमाडौं, १५ माघ ।
राप्रपा नेपालले तराई मधेस क्षेत्रमा पर्ने सबै जिल्लामा सघन रुपमा प्रशिक्षण संचालन गर्ने भएको छ ।
आगामी माघ २४ गते सुनसरीको इटहरीमा आयोजना हुने पुर्बान्चल क्षेत्र स्तरीय प्रशिक्षण लगत्तै तराई मधेस क्षेत्रमा प्रशिक्षण कार्यक्रम हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
उनका अनुसार माघ २५ गते सप्तरी र उदयपुर , २६ गते सिरहा र धनुषा ,२७ गते महोत्तरी र सर्लाही, २८ गते रौतहट र बारा तथा २९ गते पर्सामा प्रशिक्षण संचालन हुनेछ ।
मुलुकको अबस्था बदल्नको लागि ब्यबस्था परिबर्तन गर्न जरुरी भएको भन्दै जनआन्दोलनको तयारीमा जुटेको राप्रपा नेपालले प्रशिक्षणलाई आन्दोलनको पुर्ब तयारीको रुपमा अघि बढाईने जनाएको छ ।
स्रोतका अनुसार कार्यक्रममा पार्टीको संगठन सुदृढीकरण अभियान, भाबी कार्ययोजना र आन्दोलनको आबश्यकता बारे पार्टी अध्यक्ष कमल थापाले प्रशिक्षण दिने कार्यतालिका तय गरिएको छ ।न्युजकारखाना
आरके श्रीवास्तव,रौतहट,१४ गते माघ ।
रौतहट– नेपाली कांग्रेस निकट नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा मधेश प्रदेश बाट २३ जना सदस्य मनोनीत गरिएको छ ।
मधेश प्रदेशको सप्तरी बाट ३ जना,सिरहा बाट ४ जना,सर्लाही बाट २ जना,धनुुषा बाट १ ,महोक्तरी बाट २,रौतहट बाट ३,बारा बाट ५ र पर्सा बाट ३ जना गरी जम्मा २३ जनालाइ मनोनय गरिएको हो । जसमा सप्तरी बाट विरेन्द्र चौधरी,अशोक कुमार चौधरी र दिनेश चौधरी रहेका छन् ।
सिरहा बाट मनोनित हुनेहरुमा दुुर्गानन्द चौधरी,दिपक चौधरी,रामप्रसाद चौधरी र प्रमोद चौधरी रहेका छन् । त्यस्तै सर्लाही बाट मनोनय हुनेहरुमा सुशिल चौधरी,तेजनारायण चौधरी रहेका छन् । धनुुषा बाट मनोनित हुनेमा अशोक कुमार चौधरी रहेका छन् । त्यसैगरी महोक्तरी बाट मनोनित हुनेमा विनोद धामी थारु,राजनारायण सिं थारु रहेका छन् भने रौतहट बाट जितेन्द्र चौधरी,राजकशिोर चौधरी,पुनम चौधरी मनोनित भएकी छिन् ।
बारा बाट मनोनित हुनेमा सुुमित्रा देवी चौधरी,धिरेन्द्रप्रसाद दास थारु,रमन प्रसाद चौधरी,विरेन्द्र प्रसाद चौधरी,कृष्ण बाबु चौधरी छन् । पर्सा बाट शैलेन्द्र चौधरी,मनोज दास थारु,मनोजा चौधरी रहेका छन् । नेपाली कांग्रेसनिकट नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत गरिएको छ ।
आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाले शिवनारायण महतो गुरौको अध्यक्षतामा गठित नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत गरेका पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल द्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख रहेको छ ।
माले, १५ माघ ।
माल्दिभ्सको संसदमा भिडन्त भएको छ ।
राष्ट्रपति मोहम्मद मुइज्जुले बोलाएको विशेष अधिवेशनको कार्यवाही अवरुद्ध पार्ने क्रममा माल्दिभ्सको संसदमा झडप भएको हो ।
माल्दिभ्सको संसदमा सत्तारुढ गठबन्धन र विपक्षी सांसदहरूबीच झडप भएको माल्दिभ्सका समाचार संस्थाहरूले जनाएका छन ।
सन अनलाइनका अनुसार राष्ट्रपति मुइज्जुको मन्त्रिपरिषद्को लागि मतदान हुनु अघि सो झडप भएको हो । समाचार अनुसार संसदमा मतदान हुनु अघि पूर्व राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहको नेतृत्वमा रहेको माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) को विरोधमा पीपुल्स नेसनल कांग्रेस (पीएनसी) र प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) का सरकार समर्थक सांसदहरू बाहिर आएका थिए ।
समाचार च्यानल अधाधुले घटनाको भिडियो जारी गरेको छ, जसमा एमडीपी सांसद इसा र पीएनसी सांसद अब्दुल्ला शाहीम अब्दुल हकीम झगडा गरिरहेको देख्न सकिन्छ। भिडियो फुटेजमा शहीमले इसाको खुट्टा समातेर भुइँमा खसाएको र त्यसपछि ईसाले शहीमको घाँटीमा लात हाने र कपाल तानेको देखिन्छ । घटनामा घाइते भएका सांसद शाहीमलाई उपचारका लागि एम्बुलेन्समा अस्पताल लगिएको छ ।
सत्तारुढ प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) र पिपुल्स नेसनल कांग्रेस (पीएनसी) गठबन्धनले विपक्षीको यस्तो रवैयाप्रति चिन्ता व्यक्त गरेका छन् । यसबारे उनले स्वीकृति नदिनु भनेको सरकारको काममा बाधा पु¥याउने प्रयास भएको बताए
न्युजकारखाना
धनगढी, १४ माघ ।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले प्रदेशका ९ वटै जिल्लाका ३२ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा आफ्ना प्रतिनिधि खटाएको छ।
नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय बमोजिम यही माघ १३ देखि माघ २६ गतेसम्म देश ब्यापी सुरु भएको ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले आफ्ना प्रतिनिधि खटाएको हो।

कांग्रेसले माघ १३ देखि माघ २६ गते सम्म ‘समुदायमा काँग्रेस’ अभियान सञ्चालन अभियानलाई सफल पार्न कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यबाहक सभापति लोकराज अवस्थीले ९ वटै जिल्लालाई परिपत्र गर्नुका साथै सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका प्रदेश निर्वाचन क्षेत्रमा आफ्ना प्रतिनिधि खटाएको कांग्रेस सुदूरपश्चिम प्रवक्तासमेत रहेका प्रदेश कार्यसमिति सदस्य सुरत रावत डोटेली कान्छाले बताए।
खटाइएको प्रतिनिधिलाई समुदायमा कांग्रेस अभियानलाई सफल पार्न जिल्ला, प्रतिनिधि सभा र प्रदेश सभा संग समन्वय गरी केन्द्रीय टोलीलाई सघाउन निर्देशन दिइएको छ।
सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका ३२ प्रदेश सभामा खटाइएका प्रतिनिधिको नामावली :
अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (क) अनुराधा स्वाँर
अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (ख) तुलाराम साउँद
अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ (क) भक्त बहादुर ठकुल्ला
अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ (ख) रुपा आउजी
डोटी प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (क) प्रेमा श्रेष्ठ
डोटी प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (ख) तेज बहादुर लुहार
बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (क) जयन्ती जोशी/राजेन्द्र खड्का
बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (ख) गणेश विष्ट/सुनिता थापा
बाजुरा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (क) धनराज पण्डित
बाजुरा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (ख) रनसिंह बहादुर अयडी
दार्चुला प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (क) मदन गिरी/कमला सामन्त
दार्चुला प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (ख) करबीर सिंह कार्की/राजेन्द्र सिंह विष्ट
डडेल्धुरा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (क) धर्मानन्द भट्ट
डडेल्धुरा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (ख) निर्मला बोगटी विष्ट
कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ (क) दिवाकर पाण्डेय
कञ्चनपुर ” ” ३ (ख) कृष्ण प्रसाद पाठक
कञ्चनपुर ” ” २ (क) प्रभा भट्ट
कञ्चनपुर ” ” २ (ख) ज्ञानेन्द्र बहादुर सिंह
कञ्चनपुर ” ” १ (क) कृष्ण बहादुर तामाङ
कञ्चनपुर ” ” १ (ख) चमेली तामाङ
कैलाली पतिनिधिसभा निर्वाचन क्षेत्र ५ (क) पुष्पा भट्ट
(ख) टेकराज जोशी (डि.के.)
(ख) राम बहादुर देउवा
(ख) डा. मेराज आलम अन्सारी
” प्रतिनिधिसभा निर्वाचन क्षेत्र ४ (क) सुरत रावत (डोटेली कान्छा)
(ख) टेक बहादुर चौधरी
” प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ (क) राजसमझ चौधरी
(ख) सम्झना खत्री
” प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ (क) धन बहादुर शाही (धिरेन्द)
(ख) राजेश कुमार टमटा
” प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (क) केशरी विष्ट
(ख) काली प्रसाद पडाल
वैतडी प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (क) तेज बहादुर चन्द/कमला चन्द
वैतडी प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (ख) टेकराज जोशी
न्युजकारखाना
काठमाडौं, १४ माघ ।
नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद बैठक सुरू भएको छ ।
आइतबार कमलालीस्थित प्रज्ञा भवनमा पार्टीका अध्यक्ष माधव कुमार नेपालले बैठकको उद्घाटन गरेसँगै सुरु भएको हो ।
दुई दिन चल्ने उक्त बैठकले पार्टीको महाधिवेशनका सम्बन्धमा निर्णय लिँदै पार्टी सुदृढीकरणका लागि देशभर आधारभूत तहसम्म सङ्गठन स्थापित गर्न कार्ययोजना बनाउने बताइएको छ ।न्युजकारखाना
काठमाडौं, १४ माघ ।
नेपाल भ्रमणमा रहेकी चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले नेपाल–चीन सम्बन्ध बिगार्न केही देश लागेको बताएकी छन् ।
काठमाडौंमा भएको राजनितिक दलका नेताहरूसँग भएको अन्तरक्रिया कार्यक्रममा नेपाल–चीनबीचको राजनीतिक सम्बन्ध राम्रो भए पनि केही देशले भने भाँजो हाल्न खोजेको आरोप लगाएकी हुन् ।
केही देशले नेपाल–चीनबीचको राजनीतिक सम्बन्ध राम्रो भएको हेर्न नचाहेको आरोप लगाएकी उनले देशको नाम भने उल्लेख गरिनन् ।
क्षेत्रीय द्वन्द्व बढाउने र गलत अफवाह फैलाउने काम भइरहेकाले यसलाई चीर्न चीन र नेपालबीचको मित्रता अझ बलियो बनाउन आवश्यक रहेको उनको भनाइ छ ।
नेपालमा चिनियाँ पर्यटकहरू आइरहेको बताउँदै उनले नेपालको पर्यटन विकासमा नीतिगत सुधारको आवश्यकता औँल्याइन् ।
नेपालमा थप पूर्वाधार विकास नीतिगत सुधारको खाँचो रहेको उनको भनाइ छ । न्युजकारखाना
काठमाडौं, १४ माघ ।
नेपाली कांग्रेसनिकट नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत गरिएको छ ।

आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाले शिवनारायण महतो गुरौको अध्यक्षतामा गठित नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत गरेका पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यी हुन् मनोनीत सदस्यहरू :
न्युजकारखाना
काठमाडौं, १४ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताएका छन ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औं सभामा प्रधानमन्त्री एवं कुलपति ‘प्रचण्ड’ले सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग पुर्याउनु पर्नेमा जोड दिएका छन ।
स्वास्थ्य बीमा कार्यक्रमलाई सफल तुल्याउन स्थानीय तहहरूबाट सकारात्मक प्रयास भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई सफल बनाउन ललितपुर महानगरपालिकासँग विशेषज्ञसहितको स्वास्थ्य सेवाप्रवाह गर्न भएको सम्झौता देशकै लागि नमुना कार्यक्रम बन्ने मैले विश्वास लिएको छु ।”
प्रतिष्ठानले आम जनसमुदायलाई पुर्याउँदै आएको स्वास्थ्य सेवालाई आगामी दिनमा थप स्तरीय र चुस्त बनाई अस्पतालको सेवामा बढीभन्दा बढी जनताको पहुँच विस्तार गर्दै लैजाने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरेका छन ।
अस्पतालले समयानुकूल विभिन्न सेवा र प्रविधिहरू थप गरी आफ्ना सेवालाई नागरिकको आवश्यकताअनुसार विस्तार गर्दै लगेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट संक्रमितहरूको परीक्षण र उपचारमा उल्लेख्य योगदान पुर्याएको स्मरण गरेका छन् ।
प्रधानमन्त्रीले स्वास्थ्य विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको अध्ययन, अनुसन्धानलाई प्रवद्र्धन गरी मुलुकको लागि आवश्यक दक्ष र गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादनमा जोड दिन पनि त्यत्तिकै आवश्यक रहेको उल्लेख गर्दै त्यसतर्फ लाग्न प्रतिष्ठानलाई निर्देशन दिएका छन ।न्युजकारखाना
काठमाडौं, १४ माघ ।
सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले गत वर्ष भएको निर्वाचनपछि पनि देशको राजनीतिक अस्थिरता अन्त्य हुन नसकेको बताएका छन् ।
आइतबारबाट काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय परिषद् बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले २०७९ सालको निर्वाचनपछि राजनीतिक शक्ति सन्तुलन र समीकरणहरुमा केही केही फेरबदल भए पनि राजनीतिक अस्थिरता अन्त्य हुन भने नसकेको बताएका हुन् । निर्वाचनपछि देशमा राजनीतिक अस्थिरता कायमै रहेको बताउँदै उनले देशको राजनीतिमा अस्थिरताका बादल मडारिरहेको बताए ।
देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिरहेको एमालेले सत्ता गठबन्धन तोड्न अनेक उपाय लगाइरहेको उनको आरोप छ ।
वीरगंज, १३ माघ ।
मधेस प्रदेशमा केही समय अघिसम्म सत्ता सहयात्री रहेको जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने तयारी थालेका छन्। मुख्यमन्त्री यादवले आगामी १ हप्ताभित्र विश्वासको मत लिने तयारी गरिरहेको उनी निकट स्रोतले जनाएको छ।
जनमत पार्टीले सरकार छाडेर मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका हुन्। उनले विश्वासको मत लिनेबारे सत्ता सहयात्री अन्य दलसँग पनि छलफल गर्ने भएका छन्।
सरकारमा रहेका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ। माघ ९ गते जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएका थिए।
उनीहरूको राजिनामा स्वीकृत गर्दै प्रदेश प्रमुखको कार्यालयले दुबै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री यादवलाई तोकेको थियो। न्युजकारखाना
काठमाडौं, १३ माघ ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले हाल जेलमा रहेका पुर्व जनमुक्ति सेनाका कमाण्डरसँग भेटघाट गरेका छन् ।
हालै पक्राउ गरी डिल्लीबजारस्थित सदरखोरमा राखिएका पुर्व कमाण्डर जीतमान पुन मार्शलसँग भेटबार्ता गरेका हुन । उनी नेसपाका केन्द्रीय सदस्यसमेत हुन् ।
‘पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा नेसपाका केन्द्रीय सदस्य जीतमान पुन (मार्शल) लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरी डिल्लीबजार कारागारमा राखिएकोमा वहॉलाई कारागार मै गएर भेटे,’ उनले भनेका छन, ‘त्यस लगत्तै प्रधानमन्त्री तथा पूर्व जनमुक्ति सेनाका सर्वोच्च कमाण्डर क. प्रचण्डलाई भेटेर क. मार्शलको तत्काल रिहाइको पहल गर्न आग्रह गरेको छु ।’
उनलाइ चरेस तस्करीको आरोपमा पक्राउ परेको बताइँदै आईएको छ । मार्शललाइ भेटेर प्रधानमन्त्री प्रचण्डलाइ भेटन पुगेका पुर्व प्रधानमन्त्रीसमेत रहेका नेसपा अध्यक्ष भट्टराइले भनेका छन्, ‘यो केस ‘बुढी (बुढो) मरी (मर्यो), हैन काल पल्क्यो’ भनेर बुझ्नु भन्ने जनोक्ति जस्तो हुनसक्छ है, सबैलाई चेतना भया ।’न्युजकारखाना
काठमाडौं, १३ माघ ।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पत्रकारिता क्षेत्रले नागरिक सचेतना अभिवृद्धि, सार्वजनिक सेवा प्रबाहमा सुदृढिकरण र मानवअधिकारको संरक्षण र प्रवद्र्धनका क्षेत्रमा पैरबी गर्दै महत्वपूर्ण उपलब्धी हासिल गर्न योगदान दिएको बताएका छन ।
पत्रकार कलेन्द्र सेजुवालद्वारा लिखित ‘फल्स फ्रन्ट पेज’ को आज विमोचन गर्दै रक्षा मन्त्री खडकाले पत्रकारिता क्षेत्रको व्यावहारिक र नीतिगत सुधारका लागि सरकारले आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरेका छन ।
उपप्रधानमन्त्री खड्काले भने, “पत्रकारितालाई सहि गोरेटोमा हिडाउन सक्नुपर्दछ, त्यसका लागि हामी सबैको सामुहिक दायित्व पनि हो । पत्रकारिता क्षेत्रमा व्यावहारिक र संस्थागत सुधारका लागि धुप्रै काम गर्नुपर्ने आवश्यकता छ, यसका लागि नीतिगत र संरचनागत सुधारका सम्बन्धमा सरकारले सधै साथ र सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।”
उनले नेपालको पत्रकारिता क्षेत्रलाई संस्थागत विकास र उच्च व्यावसायिक अभ्यास गराउने मूल दायित्व नेपाल पत्रकार महासङ्घको भूमिका अग्रणी र महत्वपूर्ण रहेको भन्दै यसका लागि सरकारले पनि आवश्यक सहयोग गर्ने बताए ।
उपप्रधानमन्त्री खड्काले जहानिय राणा शासनकालदेखि सुरु भएको नेपाली पत्रकारिताले राणाशासन विरुद्ध जनजागरण ल्याउनुका साथै, एकदलीय पञ्चायत विरुद्धको अभियान हुँदै बहुदलीय प्रजातन्त्र स्थापना र हालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासकासाथै विकास र समृद्धिको यात्रामा सञ्चार माध्यमले महत्वपूर्ण भूमिका खेल्दै आएकोसमेत उल्लेख गरेका छन ।
उनले भने, “पत्रकारिता आवाजविहीनहरुको आवाज एवं समाजको ऐना भएकोले लोकतन्त्रलाई समुनत र नागरिकलाई सुसूचित गराउने सन्दर्भमा यसको महत्वपूर्ण भूमिका छ र यो आगामी दिनमा पनि कायम रहन्छ भन्ने मेरो विश्वास छ ।”
राज्यका अन्य क्षेत्रजस्तै पत्रकारिता क्षेत्रको पनि आफ्नै मूल्य, मान्यता, सिद्धान्त र आदर्श छवि हुने भन्दै यसले नागरिकको भरोसा अभिवृद्धिमा सहयोगसिद्ध हुनुपर्ने धारणा राखेका छन । “यदाकदा पत्रकारिता क्षेत्रमा समेत अरु क्षेत्रको जस्तै कमि कमजोरी देखिने गरेको छ । पत्रकारले सत्यतथ्य, सन्तुलित र विश्वसनिय समाचार प्रबाह गर्ने मूल दायित्वबाट बिचलित नभई नभई न्यायको पक्षमा सतीसालजस्तो उभिनुपर्छ”, उपप्रधानमन्त्री खड्काले भने ।न्युजकारखाना
काठमाडौं, १३ माघ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले आफ्नो लोकतान्त्रिक चरित्र गुम्न दिन नहुने बताए। कांग्रेस चितवनका नेताहरूसँग शनिबार भएको भेटघाटमा नेता महरले गठबन्धनका नाममा अहिले भइरहेको राजनीतिक अभ्यासले दलीय र लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाइरहेको टिप्पणी गरे।
‘कांग्रेस मुलुकको सबै भन्दा ठूलो लोकतान्त्रिक पार्टी हो। लोकतान्त्रिक चरित्रकै कारण मुलुक अप्ठ्यारोमा पड्दा सधैँ कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ। तर, गठबन्धनका नाममा भइरहेको राजनीतिक अभ्यासले दलीय र लोकतान्त्रिक अभ्यास कमजोर हुन्छ। यसतर्फ कांग्रेस चनाखो बन्नैपर्छ,’ महरले भने।
गठबन्धन गरिसकेपछि जनतामा आसाको ज्योति छर्न सक्नुपर्नेमा त्यो हुन नसकेको उनले बताए। गठबन्धनले जनतामा आसा भन्दा पनि निराशा बढेको उनको टिप्पणी छ।
‘गठबन्धन दल होइन, यो दलहरू मिलेर बनेको अलाइन्स हो। गठबन्धनको काम र यो खालको राजनीतिक अभ्यासप्रति जनता सन्तुष्ट छैनन्। हामीले देश र जनताका लागि राजनीति गर्ने हो। त्यसैले जनभावना अनुरूप दलहरू अगाडि बढ्नुपर्छ,’ उनले भने। राम्रो काम गर्दा जनताले आफैँ बहुमत दिने र गठबन्धनको आवश्यकता नै नपर्ने महरले बताए।
कुनै विशेष परिस्थितिमा गठबन्धन गर्नु पर्ने अवस्था आउनु सामान्य भए पनि लामो समयसम्म गठबन्धनकै संस्कृति कायम राख्ने राजनीतिमा गलत संस्कारको विकास भइरहेको उनको भनाइ छ।
गठबन्धन जनताको लागि भन्दा पनि केही निश्चित नेताहरूको लाभका लागि भइरहेको महरको आरोप छ। ‘गठबन्धन गरेर केही नेतालाई पदमा पुर्याउने र खराब कार्यमा संलग्न भइरहेकाहरूलाई बचाउन सरकार चाहिएको पो हो कि भन्ने जनताले शंका गरिरहेको तसर्थ यस्तो गठबन्धनको के काम। गठबन्धनका माध्यमबाट संवैधानिक निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न नदिने खालका काम गर्नु राम्रो होइन,’ उनले भने।
यस्ता सबैखाले घटनाक्रमलाई मध्यनजर गर्दै कांग्रेसले गठबन्धन गर्न नहुने उनले बताए। अब कांग्रेसले एक्लै चुनाव लडेर बहुमततर्फ उन्मुख हुनका लागि पार्टीलाई बलियो बनाउने बेला आएको उनको भनाइ छ। महरले कांग्रेसले लोकतान्त्रिक चरित्रको जगेर्ना गर्न आवश्यक रहेको औंल्याए।न्युजकारखाना
काठमाडौं, १३ माघ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानको शिष्टाचार भेट भएको छ ।

च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त भेटघाट भएको हो । उक्त भेटघाटमा दुइ देशका हित र आपसी समझदारीसहित बिकास निर्माणका बारेमा छलफल भएको छ ।

उक्त भेटघाटमा चिनिया राजदुत तथा एमाले बिदेश बिभाग प्रमुख राजन भट्टराइलगायतकाे उपस्थिति रहेकाे थियाे ।

हिजो मात्र नेपाल आएकी अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री हायानले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए ।न्युजकारखाना
(फाेटाेफिचर)



काठमाडौं, १३ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत जाँदैछन ।
सभापति रवि लामिछाने दुई दिनसम्म भारतमा रहनेछन भने उनी १५ गते स्वदेश फर्कने छन् ।
सो भ्रमणको क्रममा भारतका नेपाली शुभेच्छुकले आयोजना गरेको कार्यक्रममा सभापति लामिछने सहभागी हुनेछन । जसअनुसार रास्वपा सभापति लामिछाने र उपसभापति डीपी अर्याल आज नयाँ दिल्ली प्रस्थान गरेका हुन । उनीहरूले आज नयाँ दिल्ली र भोलि हैदरवादमा आयोजित कार्यक्रममा सहभागी हुने केन्द्रिय सदस्य दिपक बाेहराले जानकारी दिए ।
माघ १३ र १४ गते भारतका बिभिन्न कार्यक्रममा रहने भएकाले उपसभापति डा. स्वर्णिम वाग्लेलाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी तोकिएको छ ।
रौतहट, १३ माघ ।
नेकपा एमालेका सचिब तथा मधेश प्रदेश इञ्चार्ज योगेश भट्टराईले एमाले नेतृत्वको सरकारका पालामा शुरु भएका बिकाशका योजनाहरु गठबन्धन सरकारले ठप्प पारेको बताएका छन ।
रौतहटको गरुडामा शुक्रवार आयोजित राष्ट्रिय युवा संघको जिल्ला भेलालाइ सम्बोधन गदै सचिव भट्टराईले यस्तो बताएका हुन ।
देशलाइ सम्बृद्धि बनाउने अभियान अन्र्तगत एमाले सरकारको पालामा ल्याएको बिकाशका योजनाहरु यो गठबन्धनको सरकारले ठप्प बनाएको र देशमै अहिले बिकाशका कामहरु ठप्प अबस्थामा रहेको सचिब भट्टराईको भनाइ थियो ।
युवाहरुलाइ स्वरोगार बनाउने, औधोगिक क्षेत्रको बिकाशका योजनाहरु, भौतिक पुर्वाधारका बिकाशका योजनाहरु जस्ता काम अहिले ठप्प रहेको सचिब भट्टराईले बताएका हुन । ‘अहिलेको अबस्थामा अन्य दलहरु एकातर्फ छन भने नेकपा एमाले मात्रै एकातर्फ छ तर पनि नेकपा एमाले आफनो बिचारमा उभिएको पार्टी भएकाले सबैको भरोसाको पार्टी बनेको छ,’ पुर्वमन्त्री समेत रहेका भट्टराईले भने ।
नेकपा एमाले सबै जाती र सबै धर्मको एकताको पक्षमा रहेको बताउदै अगाडी भने, ‘नेकपा एमाले अहिले तराइ मधेशको भरोसाको पार्टी बनेको र अर्को निर्वाचनमा मधेशका एमालेमय बन्ने छ ।’ यस्तै उहाँले पार्टी बिभाजनलाई मेटदै रौतहट बिस्तारै पुरानै अबस्थामा पुगिरहेकोसमेत बताए ।
राष्ट्रिय सभाको निर्वाचनको कोशी प्रदेशको मत परिणामले गठबन्धनको सरकारमा अन्तर बिरोध शुरु भएको बताउदै सचिब भट्टराईले बिस्तारै यो गठबन्धन भत्किने ठोकुवा समेत गरेका छन । एमालेको जनमत अझै बढदै गएको उल्लेख गर्दै भट्टराईले देशको सम्बृद्धिको लागि आउदो निर्वाचनमा संघ, प्रदेश र स्थानिय तहमा एमाले जित्नुपर्ने बताए ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा रौतहट इन्चार्ज पुरुषोतम पौडेल, केन्द्रीय सदस्य उद्धब रेग्मी, अजयकुमार गुप्ता, रेखा झालगायतले युवाको परिचालनको बारेमा आ आफनो धारणा राखेका छन । आउदो माघ २५ र २६ गते नेकपा एमाले रौतहटको जिल्ला अधिवेशन हुदैछ ।
अधिवेशनलाई भब्य रुपमा सफल बनाउन युवा परिचालनको लागी युवा संघको शुक्रबार बैठक राखिएको थियो । बैठक युवा संघ रौतहटका अध्यक्ष मुन्ना यादबको अध्यक्षतामा बसेको थियो । जिल्ला अधिवेशनको लागि आज १८ वटै पालिकामा प्रतिनिधि चयन हुदैछ । अधिवेशनको उदघाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।न्युजकारखाना
काठमाडौं, १२ माघ ।
परराष्ट्रमन्त्री एनपी साउदले आगामी वैशाखमा हुने लगानी सम्मेलनका लागि नेपालले गृहकार्य गर्नुपर्ने बताएका छन्। मन्त्री साउदले नयाँ बानेश्वरस्थित होटल एरेस्टमा शुक्रबार आयोजित ‘अवार्ड फर एक्सेलेन्स’ कार्यक्रमलाई सम्बोधन गर्दै लगानीमैत्री वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याउँदै थप गृहकार्य आवश्यक रहेको बताएका हुन्।

उनले भने, ‘सबैभन्दा महत्वपूर्ण कुरा लगानीमैत्री वातावरण बनाउन आवश्यक छ। आन्तरिक पनि बाह्यरुपमा पनि हामीले लगानीको वातावरण बनाउनुपर्दछ। आन्तरिक रुपमा हाम्रा जति पनि लगानीकर्ताहरु छन्, उनीहरूलाई अझ बढी लगानी गर्न र नेपालमै लगानी गरी प्रतिफल हात पार्न सकिन्छ भन्ने सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक छ।’

मन्त्री साउदले आर्थिक कूटनीतिलाई पनि तीव्रता दिनका लागि काम गरिरहेको बताएका छन्। थपे, ‘लगानी सम्मेलनका लागि परराष्ट्रमन्त्रीको हैसियतले आर्थिक कूटनीतिको पाटो महत्वपूर्ण छ र यसका लागि हामीले काम गरिरहेका छौं।’
उनले विदेशीलाई आकर्षित गर्नका लागि लगानीमैत्री वातावरण बनाउन लगानीसम्बन्धी नीतिमा भएका सुधारहरु देखिने गरी बुझाउन पनि आवश्यक रहेको बताएका छन्। भने, ‘कुनै पनि लगानी सम्मेलन नेपालमा हुनुभन्दा अगाडि हाम्रो लगानी नीतिमा विदेशीलाई आकर्षित गर्नका लागि लगानीमैत्री वातावरण बनाउन के-के सुधार गर्न सक्यौं, त्यो कुरोचाहीँ पहिले प्रस्तुत हुन आवश्यक छ। त्यो काम जति चाँडो हामीले गर्न सक्छौं, त्यो मोडल लिएर हामीले यी-यी कुराहरु गर्न सक्यौं भनेर बाह्य लगानीकर्ताहरुलाई भन्नसक्छौं- तपाईंहरु आउनुस्, त्यसको प्रतिफल पनि आफ्नो देशमा सुरक्षित लैजान सक्नुहुन्छ।’

मन्त्री साउदले नेपालमा गर्ने लगानी पनि प्रतिफलमुखी हुने, फाइदा हुने र पुन:लगानी गरेर त्यसो नाफालाई आफ्नो देशमा लैजान सुरक्षा दिन सकिन्छ भन्ने प्रत्याभूति दिलाउन सक्नुपर्ने बताउका छन्। भने, ‘यो काममा सरकारको मन्त्रिमण्डलको तर्फबाट परराष्ट्रमन्त्रीको तर्फबाट म पनि आफ्नो किसिमले कोशिस गर्छु, लगानी बोर्ड र अन्य निकायहरुले पनि विशेष गरेर लगानी सम्मेलनका लागि काम गरिरहनु भएको छ। लगानीको लगानीमैत्री ढाँचा आइसकेपछि अनि त्यो सम्मेलनको प्रभावकारिता बढ्छ। लगानीमैत्री वातावरण बनाउन सकेनौं भने ‘ठूला’ मान्छेहरु आउँछन्, हात मिलाउँछन् र जान्छन्। हामीले लगानीका क्षेत्रमात्रै पनि पहिल्याउन सकेनौं भने पनि त्यो सम्मेलन रिट्रिट मात्रै हुन्छ, परिणाम हात पार्न सक्दैनौं। यसमा संवेदनशील भएर हेर्नुपर्ने र विचार पुर्याउनुपर्ने मैले देखेको छु।’न्युजकारखाना
काठमाडौं, १२ माघ।
नेकपा एमालेमा महासचिव शंकर पोखरेलले सरकारले नागरिकमा निराशा बढाउने काम गरेको बताएका छन् ।
शुक्रबार नेकपा एमाले म्याग्दीको जिल्ला अधिवेशन उद्घाटन गर्दै पोखरेलले अहिलेको सङ्कटको कारण नै गठबन्धन सरकार भएको बताए । गठबन्धनले मुलुकका कुनै पनि समस्या समाधान गर्न सक्दैन भनेर एमालेले पहिला नै भनेको कुरा प्रमाणित भएको उनले बताए । ‘आज गठबन्धन सरकारको असफलताको कारण मुलुक चरम संकटमा पुगेको छ’, उनले भे ।
देशको स्वाधीनता, स्वाभिमान र रक्षको मामलामा इतिहासकै नालायक र कमजोर सरकारको रूपमा अहिलेको सरकार रहेको पोखरेलले बताए । ‘कुनै एउटामा होइन, हरेक मामिलामा यो सरकार असक्षम र असफल साबित भएको छ’, उनले भने ।
सरकारको विकास निर्माणको काममा कुनै तत्परता नदेखिएको भन्दै उनले आलोचना गरे । उल्टो एमालेको पालामा सुरु भएको राष्ट्रिय गौरवका आयोजना र अन्य आयोजनाको वर्तमान सरकारले बजेट कटौतीको काम गरेको उनले बताए । शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन अनेक क्षेत्रका बजेट गठबन्धन सरकारले कटौली गरेको पोखरेलले बताए ।
गठबन्धन सरकार जनताको सरकार नभएर भ्रष्ट, दलाल र तस्करहरूको सरकार भएको उनले बताए । केही दुई नम्बरी काम गर्ने व्यक्तिहरू सरकारको नजिक पुगेर मालामाल भएका उहाँको टिप्पणी छ । सरकारले अवैध अर्थतन्त्रको विकास गरेर देशमा व्यवसायको वातावरण बिगारेको उनको भनाइ छ ।
सरकारको तर्फबाट भएका सबै कमजोरी लुकाउन त्यसमा एमालेलाई जोड्ने प्रयत्न पटक पटक गरिएका भए पनि त्यो असम्भव भएको उनले बता । एमाले सरकारमा नै नभएको बेलमा पनि एमाले माथि प्रहारको निशाना सोझ्याउने काम भएको भन्दै पोखरेलले आपत्ति जनाए ।
याे सरकार माथि अब जबरजस्त दबाब सिर्जना गर्न आवश्यक रहेको उ बताए । मुलुकलाई रसातलमा पुर्याउने गठबन्धनका विरुद्ध आँधीबेहरी ल्याउने पर्नेमा उहाँले जोड दिनुभयो ।
केपी ओली नेतृत्वको सरकारले हरेक मामिलामा अग्रगामी भूमिका निर्वाह गरेको उनले दाबी छ । विकास र समृद्धिको काम केपी ओलीको पालामा अग्रगामी हिसाबले अघि बढेको उनले बताए । एमाले सरकारको पालमा कयौँ राष्ट्रिय गौरवका आयोजना अघि बढेका उनले सुनाए । अन्तराष्ट्रिय फोरममा समेत नेपालको प्रधानमन्त्रीले के बोल्छ भनेर सुन्ने वातावरण एमालेको पालामा बनेको उनले प्रष्ट पारे ।
नेकपा एमाले सरकारमा नहुँदा मुलुक कमजोर हुँदो रहेछ भन्ने कुरा प्रमाणित भएको उनले बताए। मुलुकको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको लागि वर्तमान सरकार अभिशाप साबित भएको उनले टिप्पणी गरे। न्युजकारखाना
काठमाडौं, १२ माघ ।
विभिन्न देशसँग भएका सन्धि सम्झौतासहित देशका महत्वपूर्ण कागजात सुरक्षित नराख्ने तथा नष्ट गर्नेलाई राज्यद्रोह सरहको मुद्दा लगाउनुपर्ने मौखिक प्रस्ताव संसदीय समितिमा राखिएको छ ।
शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले विभिन्न देशसँग भएका सन्धि सम्झौतासहित देशका महत्वपूर्ण दस्तावेजहरु सुरक्षित नराख्ने तथा नष्ट गर्ने जिम्मेवार व्यक्तिलाई राज्यद्रोह सरहको मुद्दा लगाउनुपर्ने मौखिक प्रस्ताव राखेकी हुन् ।
बैठकमा ‘अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयक’माथि भएको छलफलमा भाग लिँदै उनले राज्यको महत्वपूर्ण कागजात नष्ट गर्नेहरुलाई कम्तीमा २० वर्ष जेल र अधिकतम आर्थिक जरिवाना हुने गरी प्रचलित व्यवस्था संशोधन गर्नुपर्ने बताइन् ।
‘देशको इतिहास, सन्धि÷सम्झौताहरु, महत्वपूर्ण कागजातहरु सबै डिस्ट्रोइ गरे पनि जरिवाना पाँच हजार रुपैयाँ ?’ भन्दै प्रश्न गरेकी उनले भनिन्, ‘नेपालले गरेको सन्धिहरु कसैले डिस्ट्रोइ गर्छ, बिगार्छ, नष्ट गर्छ, लिग गर्छ भने त्यो राष्ट्रद्रोहको लेवलमा कारबाही गर्नुपर्छ । कम्तीमा २० वर्ष जेल र अधिकतम आर्थिक जरिवाना हुने गरी प्रचसलत व्यवस्था संशोधन गर्नुपर्छ ।’न्युजकारखाना
काठमाडौं, १२ माघ ।
राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएको भोलिपल्ट कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेता डा. शेखर कोइराला निवासमा पुगेका छन् । विराटनगरस्थित कोइराला निवासमा शुक्रबार उनी पुगेका हुन् ।
२०७४ र २०७९ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित भएका सिटौला बिहीबार भएको राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् । उनी कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् ।
राष्ट्रिय सभा अध्यक्ष बन्ने दौडमा रहेका भनिएका सिटौला पार्टीका नेता कोइरालालाई भेट्न पुगेका हुन् । कांग्रेसभित्र इतर समूहको नेतृत्व लिएका कोइरालाले सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउनुपर्ने सार्वजनिक रुपमा बताउँदै आएका छन् ।
न्युजकारखाना
काठमाडौं, १२ माघ ।
सर्वोच्च अदालतले एमसीसी परियोजना कार्यान्वयनमा रोक लगाउन माग राख्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
एमसीसी परियोजना कार्यान्वयनमा रोक लगाउन माग राख्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले दायर गरेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सर्वाेच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउत र बालकृष्ण ढकालको इजालासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै अन्तिम सुनुवाइका लागि पठाउने राय दिएको छ ।
गत १८ पुसमा न्यायाधीश ढकालको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्ष बोलाएर छलफल गर्ने आदेश गरेको थियो ।
०७८ फागुनमा एमसीसी परियोजनासम्बन्धी सम्झौतालाई संघीय संसदले अनुमोदन गरेपछि त्यसविरुद्ध वरिष्ठ अधिवक्ता भण्डारीले रिट दायर गरेका थिए । न्युजकारखाना
बारा, १२ माघ ।
नेपाली कम्युनिष्ट आन्दोलनको दोस्रो पुस्ताका क्रान्तिकारी एवं समाजसेवामा निरन्तर संल्गन रहेका छविचन्द्र ढकालको सम्झनामा स्मृतिग्रन्थ प्रकाशन भएको छ । स्मृतिग्रन्थको सार्वजनिकीकरण यही माघ २१ गते काठमाण्डौमा नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनााथ सभाकक्षमा हुँदै छ ।
यसलाई वरिष्ठ क्रान्तिकारीहरूको हातबाट सार्वजनिक गरिनेछ । छविचन्द्र ढकाल तनहुँ चुँदी सिम्पानीमा २००५ आश्विन १५ गते जन्म लिई लामो समय शिक्षक तथा २०३७/३८ सालको ऐतिहासिक शिक्षक आन्दोलनमा संलग्न रही जेल जीवन व्यतीत गरेका र नेपाल राष्ट्रिय शिक्षक संगठनमा जिल्ला अध्यक्ष एवं केन्द्रीय नेता समेत रहेका थिए ।
उनले पञ्चायती शासनकालमा प्रजातन्त्र र समाजवादको निम्ति मार्क्सवादी आन्दोलनमा जीवन अर्पण गरेका थिए । उनको जन्म २००५ सालमा आश्विन महिना १५ गतेका दिन पिता पण्डित मीननाथ ढकाल र माता मायादेवी ढकालको माहिलो पुत्रको रूपमा भएको थियो । उनले राजनीतिक कामको सिलसिलामा पढिरहेको पढाइलाई छोड्दै तत्कालीन समयमा “बुर्जुवा डिग्री बहिष्कार” को नारासाथ परिवर्तनको सङ्कल्प लिई लागिपरेका थिए ।
उनी एक राजनीतिक क्रान्तिकारीको साथै अथक समाजसेवी, शिक्षाविद् समेत थिए । उनले समाजशास्त्रीय महत्वका पुस्तकहरू पनि छोडेर गएका छन् । उनले बहुआयामिक रुपमा सामाजिक क्षेत्रमा समेत आफ्नो परिचय कायम राखेका छन् ।
प्रस्तुत स्मृतिग्रन्थ उनको एकल जीवनको गाथामात्र नभएर उनको पुस्ताको एक ऐतिहासिक झाँकी पनि हो । काठमाडौँमा सम्पन्न कार्यक्रम पछि उनको गृहजिल्ला तनहुँको सदर मुकाम दमौलीमा पनि कृति परिचर्चा ख्यातिप्राप्त व्यक्तित्वहरूबाट यही माघकै २४ गते सम्पन्न हुने छ । उनको देहावसान २०७५ भाद्र महिना १८ गते कलेजोको क्यान्सर रोगको कारणले काठमाडौँको मोडल हस्पिटलमा उपचारको क्रममा भएको थियो ।न्युजकारखाना
काठमाडौं, १२ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरुबीच संवादमा जोड दिएका छन् ।
संयुक्त राष्ट्र संघको निशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको बताए।

निशस्त्रीककरण मामिलासम्बन्धी संयुक्त राष्ट्र संघको निकाय युएनओडिएका तर्फबाट उच्चस्तरीय प्रतिनिधि मण्डल नेतृत्व गरेकी मिस इजुमी नाकामित्सु सहितको टोलीसँग भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रियाको उदाहरणीय रहेको बताउँदै विश्व शान्तिका लागि संवाद मात्रै एकमात्र विकल्प भएकोमा जोड दिए ।
“नेपालको ऐतिहासिक शान्ति प्रक्रिया विश्वका मुलुकहरुका लागि उदाहरण बनेको छ,’ उनले भने, “अहिले विश्वका कैयन् क्षेत्र अत्यन्तै संवेदनशील अवस्थामा रहेका छन् । रुस–युक्रेन युद्ध, इजरायल–हमास द्वन्द्ध, लगायतका घटनाले विश्व शान्तिमा चुनौती थपेका छन् । तर हामी वार्ता र संवादका माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड दिन चाहन्छौं ।”

प्रधानमन्त्री प्रचण्डले अगाडि बुद्ध जन्मेको भूमि र शान्तिप्रिय देश नेपालले विश्वमा शान्ति स्थापनाका लािग बिभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा उल्लेख्य भूमिका खेल्दै आएको समेत स्मरण गराए ।
भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र संघको महासभामा अति कम विकसित देशहरुको नेतृत्वकर्ताको हैसियतले खेलेको भूमिकाका बारेमा समेत चर्चा गर्दै शान्ति स्थापनाका लागि संयुक्त राष्ट्र संघका प्रयासहरुमा सदैव साथ दिने र नेपालले विश्व शान्तिका लागि नेतृत्वदायी भूमिका खेल्ने बताए ।
“विश्व शान्ति तथा निसस्त्रीकरणका पक्षमा संयुक्त राष्ट्र संघले खेलेको भूमिका प्रशंसनीय छ,” उनले भने, “हामी संयुक्त राष्ट्र संघका हरेक कदममा साथ छौं र भविष्यमा पनि साथ रहने प्रतिबद्धता व्यक्त गर्दछौं ।”
संयुक्त राष्ट्र संघको प्रतिनिधि मण्डलका तर्फबाट बोल्दै इजुमी नाकामित्सुले निशस्त्रीकरण मामिलाको दक्षिण एशियाली केन्द्रको कार्यालय नेपालमा स्थापना गरेको जनाउँदै नेपाल दक्षिण एशियाली क्षेत्रमा शान्ति केन्द्र बन्ने अपेक्षा राखेको जनाइन् । “परमाणु हतियारले सुसज्जित छिमेकीहरुको बीचमा नेपाल शान्ति केन्द्र बन्ने अपेक्षा राखेर केन्द्रको स्थापना गरिएको हो,” उनले भनिन्, “नेपालले विगतमा झैं क्षेत्रीय र वैश्विक शान्तिका पक्षमा आफ्नो भूमिका प्रभावकारी खेल्ने अपेक्षा रहेको छ ।”
सो अवसरमा इजुमीले शान्ति मिसनमा दोश्रो योगदानकर्ता राष्ट्रका रुपमा नेपालले खेलेको भूमिकाको समेत प्रशंसा गरिन् ।
भेटवातर्थाका संयुक्त राष्ट्र संघको नेपालस्थित आवासीय प्रतिनिधि हाना सिंगर, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटा, परराष्ट्र मन्त्रालयका अधिकारी लगायतको उपस्थिति रहेको थियो ।न्युजकारखाना
काठमाडौं, १२ माघ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतलाई गणतन्त्र दिवसको शुभकामना दिएका छन ।
आज भारतले ७५ औं गणतन्त्र दिवस मनाईरहेको सन्दर्भमा ओलीले सो शुभकामना दिएका हुन ।
उनले हिन्दीमा शुभकामना दिदै भनेका छन, ‘समस्त भारतवासियों को ठछवें गणतंत्र दिवस की हार्दिक शुभकामनाएँ।न्युजकारखाना
काठमाडौं, ११ माघ।
प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंगका साथै सरोकारवाला सबैको दायित्व भएको बताएका छन् ।
बिहीवार प्रधानमन्त्री निवास वालुवाटारमा पूर्व न्यायाधीश समाजका पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

पूर्व न्यायाधीश समाजका अध्यक्ष टोपबहादुर शिंहसहितका पूर्वन्यायधिशहरुसँगको छलफलमा प्रधानमन्त्रीले अहिले केही व्यक्ति समाजको हारमोनी विगार्न र राम्रो कामलाई पनि नराम्रो भन्दै प्रचार गर्न लागिपरेको भन्दै संविधान र कानूनको पालना गर्न लगाउन पूर्व न्यायाधिशहरुको भूमिकासमेत महत्वपूर्ण रहने बताए ।
प्रधानमन्त्रीले पूर्व न्यायाधीशहरुले विगतमा संविधान र कानूनमाथि आक्रमण हुँदा आवाज उठाएको वताउँदै आगामी दिनमा पनि राज्यका विभिन्न अंग र निकायले गर्ने काममा संविधान र कानूनको पालना भए नभएको वारे निरन्तर निगरानी गरिरहनु पर्ने औल्याए ।
उनले राज्यका जिम्मेवार पदमा बसेका व्यक्तिहरुले भिड हेरेर वा सामाजिक सञ्जालका धारणा हेरेर निर्णय गर्न नहुने भन्दै संविधान र कानूनको पूर्ण पालना गरेर त्यसका आधारमा मात्र निर्णय गर्नुपर्ने बताए
प्रधानमन्त्रीसँगको छलफलमा पूर्व न्यायाधीशहरुले राज्यको कार्यकारी प्रमुखका नाताले प्रधानमन्त्रीले अहिलेको व्यवस्था सुदृढ गर्न तथा संविधान र कानूनको पालना गराउन भूमिका खेल्नुपर्ने सुझाव राखे।न्युजकारखाना
रौतहट ११ माघ ।
प्रभु साह नेतृत्वको आमजनता पार्टीले आव्हान गरेको एकदिने मधेश प्रदेश बन्दको आंशिक प्रभाव परेको छ।
राष्ट्रीयसभाको निर्वाचन लक्षित गरी आव्हान गरिएको बन्दको आंशिक प्रभाव परेको हो।

बैंक तथा वित्तिय संस्थाको ब्याज फिर्ता गर्न, लघुबित्त सहकारीको ऋण मिनाहा गर्न तथा आमजनता लाई सुलभ तरिकाले कर्जा उपलब्ध गराउनु पर्ने माग सहित आव्हान गरिएको बन्द लाई पूर्ण प्रभावकारी बनाउन आमजनता पार्टीका कार्यकर्ताहरु प्रदेशको राजधानी जनकपुर लगायत प्रदेशको सबै जिल्लाहरुमा आज बिहानै देखि टायर बालेर प्रदर्शन गरेका छन। पार्टी निकट आईटी आर्मीका केन्द्रिय अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा जनकपुरमा आज बिहान प्रदर्शन गरिएको थियो।
जनकपुर बाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन बिगतको तुलनामा कम चलेको छ। पसल ब्यापारिक प्रतिष्ठानहरु पूर्ववत चलेको मधेश प्रदेश प्रहरी प्रवक्ता एसएसपी श्याम कुमार कुशवाहाले बताएका छन्। प्रदेशको अन्य जिल्लाका मुख्य सहर तथा बजार हरुमा पनि साना ठूला पसलहरु सञ्चालनमा रहेको छ।
हाल चिसोको कारण पनि पसल तथा ब्यापारिक प्रतिष्ठानहरु अलि ढिलो खुल्ने भएकाले बन्द जस्तो देखिएपनि बन्दको खासै प्रभाव नपरेको प्रवक्ता कुशवाहाले दाबी गरेका छन। पूर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनको सुरक्षार्थ ठाउँ ठाउँमा प्रहरी परिचालन गरिएको छ। जनकपुर लगायत प्रदेशको अन्य जिल्लाहरुमा पनि टायर बालेर प्रदर्शन गर्ने प्रदर्शनकरूहरु पक्राउ परेका छन् तर संख्या यकिन नभएको उनले बताए। बन्दको कारण प्रदेशको कुनै पनि जिल्लामा अहिले सम्म कुनै अप्रिय घटना नभएको प्रवक्ता कुशवाहाले जानकारी दिएका छन।
उता रौतहटको कटहरिया चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन चलेको कटहरिया बाट आज बिहान एउटा टाटासुमो काठमाडौंको लागि खुलेको छ भने नारायणघात, हेटौंडा, बिरगंज जाने बसहरू नचलेको काउन्टर ईन्चार्ज बसरुदिन अन्सारीले बताएका छन।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगापुरका प्रमुख इन्स्पेक्टर सुशील आचार्यका अनुसार पूर्व पश्चिम राजमार्गमा बिगतको तुलनामा कम सवारीसाधन चलेको छ भने गौर चन्द्रपुर सडकखण्डमा पनि चल्ने गाडीको संख्या कम देखिएको छ।
यसैबीच मधेश बन्द सफल पार्न आजपा कार्यकर्ताहरु बिहानै जनकपुर , लालबन्दी,गौर , कलैया , बिरगंज, चन्द्रनिगाहपुर लगायत विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरेका छन।
आईटी आर्मीका केन्द्रिय अध्यक्ष चन्द्रभुषण साहले आजको बन्दी पूर्ण रुपमा सफल भएको दाबी गरेका छन। प्रदेशको राजधानी जनकपुरमा ई रिक्सा बाहेक सार्वजनिक सवारीसाधन चलेका छैन भने सरकारी गाडीलाई प्रहरीले स्काटीङ गरेर चलाएको छ। प्रदेशको सबै जिल्लाको अवस्था उस्तै छ, सबै जिल्लामा सवारीसाधन न्यून संख्यामा चलेको छभने पसलहरु पनि विगतको तुलनामा निकै कम खुलेको अध्यक्ष साहले बताएका छन। जनकपुर बाट मात्रै प्रहरीले आजपाका २०० बढी कार्यकर्ता नियन्त्रणमा लिएको छ भने अन्य जिल्लाको रिपोर्ट आउन बाँकी रहेको उनको भनाई छ।
बन्दलाई पूर्ण प्रभावकारी बनाउन आजपा कार्यकर्ताहरुले बुधवार साँझ जनकपुर लगायत प्रदेशको सबै जिल्लाहरुमा मसाल जुलुस प्रर्दशन गरेका थिए। बैंक तथा वित्तिय संस्थाको ब्याज फिर्ता गर्न, लघुबित्त सहकारीको ऋण मिनाहा गर्न तथा आमजनता लाई सुलभ तरिकाले कर्जा उपलब्ध गराउनु पर्ने माग सहित आजपाले लामो समय देखि बिभिन्न खाले आन्दोलन गर्दै आएको छ ।
मधेश बन्दको क्रममा पक्राऊ परेका आजपाका शिर्ष नेताहरुः
१. जनकपुरको रामानन्दचौकबाट आजपा उपाध्यक्ष एवं सभासद तिलक थापा, महासचिव उपेन्द्र साह, प्रवक्ता एवं आईटी आर्मीको अध्यक्ष चन्द्रभुषण साह लगायत दर्जनौलाई धनुषा प्रहरी कार्यालयमा राखेको
२. आजपा उपाध्यक्ष रीता देवी साह, उपमहासचिव अरुण घिसिंग, सचिव एवं पुर्वसांसद समीना हुसैन, आईटी आर्मीको उपाध्यक्ष सुमन यादव, प्रदेश सचिव ममता शर्मालाई लगायत सयजनालाई प्रहरी प्रदेश कार्यालयमा
३. आम महिला मोर्चाको केन्द्रीय अध्यक्ष कुमारी बबिता र इंचार्य सिमल साहलाई प्रहरीद्वारा दुर्व्यवहार सहित गिरफ़्तार
४. प्रदेश अध्यक्ष उमेश कुशवाहा र मा। प्रभु साहको स्वकीय सचिव बिजय यादव लगायत दर्जनौलाई बीरगंज जिल्ला प्रहरीमा
५. रौतहट जिल्ला ईन्चार्ज त्रिभुवन साह र आम मुस्लिम मोर्चाको केन्द्रीय अध्यक्ष लालबाबु मंसूरी लगायत दर्जनौ प्रदर्शनकारीलाई चपूर प्रहरीमा न्युजकारखाना
काठमाडौं, ११ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राज्यका निकायहरुलाई स्वतन्त्रतापुर्वक काम गर्न दिने सर्वदलिय सहमति गरेको दिन देखि देश बन्न शुरु हुने बताएका छन ।
सामाजिक सञ्जालमा एउटा धारणा राख्दै सभापति लामिछानेले ब्यवस्थाका केही हाइज्याकरहरुलाई चुनावबाट हराउन आँट गरे मात्र देश बन्ने बताएका हुन ।
उनका अनुसार नागरिकका अधिकार बिचमा बसेर लुट्ने र हाइज्याकरको रक्षाकालागी दिनरात खट्ने ८–१० थान मतियार (न्यारेटिभ सेटर) हरुले लामो छुट्टी लिएमा देश बन्ने उनको तर्क छ ।
उनले सामाजिक सञ्जालमा लेखेका छनः
राज्यका निकायहरुलाई स्वतन्त्रतापुर्वक काम गर्न दिने ‘सर्वदलिय सहमति’ गरेको दिनदेखि देश बन्न शुरु हुन्छ। संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानुन बनाउन सिङ्गो संसदले ‘सर्वदलीय प्रतिवद्द्ता’ गरेको दिन देश सुमार्गमा हिड्न शुरु हुन्छ।
त्यसपछी मिडिया र सोसल मिडियामा कसैलाई फसाउन वा बचाउन कोहि दिनरात नाङ्गो भैरहनु पर्दैन। आफू माथि प्रश्न उठ्दा आँखा जुधाएर सामना गर्ने हिम्मत आफै गरौं, तलबी सेना अफ बिटमा ननचाऔं। फेस गरौं, फेस नलुकाऔं।
ब्यवस्थाका केही हाइज्याकरहरुलाई चुनावबाट हराउन आँट गरे मात्र पुग्छ। नागरिकका अधिकार बिचमा बसेर लुट्ने र हाइज्याकरको रक्षाका लागी दिनरात खट्ने ८–१० थान मतियार (न्यारेटिभ सेटर) हरुले लामो छुट्टी लिए, समाजिक संजाल पनि अझ इन्ट्रेस्टिङ बन्थ्यो।
स्वाद र सुविधा अनुसार गलत ज्ञान पेलेको पेल्यै, पेलेको पेल्यै, पेलेको पेल्यै पनि नगरौं, देश बन्छ।
अन्त्यमा, देश बन्छ तर कहिले बन्छ त भन्दा, हाइज्याकरहरुको अन्त्य चुनाव बाट गरेपछी मात्रै बन्छ। चुनाव कहिले ? ८४ मा।
हैट, चौराआआआआआसिमा !!!!न्युजकारखाना
काठमाडौं, ११ माघ ।
नेकपा माओवादी केन्द्रका पुर्व लडाकु कमाण्डर पक्राउ परेका छन ।
पुर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले उनको पक्राउ प्रति आपत्ति जनाएका छन ।
‘पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जीतमान पुन ‘मार्शल’ ९ पूर्वी रूकुम ० लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरिएकोमा नेसपाको घोर आपत्ति छ’ उनले भनेका छन, ‘हामी यो घटनाको तीब्र भर्त्सना गर्दछौं र यसबारे तुरून्त आवश्यक कदम चाल्न जनयुद्धका सुप्रिम कमाण्डार तथा वर्तमान प्रधानमन्त्रीसंग जोडदार माग गर्दछौं।’न्युजकारखाना
काठमाडौं, ११ माघ ।
राष्ट्रिय सभा सदस्य चयनका लागि सातवटै प्रदेशमा बिहीबार निर्वाचन भइरहेको छ । तर, राष्ट्रिय सभा सदस्य चयनका लागि हुने निर्वाचनको मतदाता रहेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ)ले भने मतदान नगर्ने भएका छन् ।
राष्ट्रियसभा निर्वाचनअन्तर्गत हेटौँडास्थित बागमती प्रदेश निर्वाचन कार्यालयमा चार पदका लागि मतदान जारी छ । तर, शाह हेटौँडा पुगेका छैनन् । महानगरका नयाँ प्रशासकीय अधिकृतसँग बैठक भएकाले उनी मतदान गर्न जाने सम्भावन कम रहेको बताइएको छ ।
यस्तै धरान उपपहानगरका प्रमुख साम्पाङ कार्यव्यस्तता देखाउँदै राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदान नगर्ने भएका हुन् । बिहान ९ बजेबाट सातै प्रदेशका प्रदेश निर्वाचन कार्यालयमा सुरु भएको मतदान कार्य अपरान्ह ३ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ ।न्युजकारखाना
काठमाडौं, ११ माघ ।
सप्तरीको रुपनी गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निःशुल्क सेनिटरी प्याड वितरणको बजेटमा अनियमितताको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहालविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
सामुदायिक विद्यालयका छात्राहरूका लागि आर्थिक वर्ष २०७७÷०७८ मा सेनिटरी प्याड वितरण गर्न गाउँपालिकामा विनियोजित बजेटबाट ९ लाख ११ हजार ९२५ रूपैयाँ पर्ने सेनिटिरी प्याड लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराजकी प्रोप्राइटर ललिताकुमारी साहसमेतको मिलेमतोमा १७ लाख ८५ हजार ९ सय २८ रूपैयाँमा खरिद गरेर अस्वाभाविक रूपमा बढी मूल्य तिरी लाभ लिएको अख्तियारले दायर गरेको रिटमा उल्लेख छ । न्युजकारखाना
जनकपुर, ११ माघ ।
राष्ट्रियसभा निर्वाचनमा मधेस प्रदेशमा एकजना सांसद अनुपस्थित भएका छन् ।
जारी मतदान प्रक्रियामा पालिकातर्फका मतदाताहरू मध्ये २ सय ६७ जनाले नै मतदान गरेका छन भन प्रदेशतर्फ १०७ जना मध्य १०६ जनाले मतदान गरिसकेका छन ।

जारी मतदानमा लोकतान्त्रिक समाजवादी पार्टीका सांसद अभिराम शर्मा अनुपस्थित भएका छन ।
अदालतबाट दाेषी ठहर भएकाले उनी मतदान प्रकियामा सामेल हुन नसकेका हुन । थमन विक हत्यामा महाेत्तरी अदालतले उनलाइ जन्मकैदकाे फैसाला सुनाएकाे छ । न्युजकारखाना
काठमाडौं, ११ माघ ।
राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिममा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन्।
बिहीबार भएको मतदपछिको मतगणना अनुसार नेपाली कांग्रेसका बलदेव बोहोरा, नारायणदत्त भट्ट र नेकपा माओवादी केन्द्रकी रेणु चन्द विजयी भएका हुन्।न्युजकारखाना
घोराही, ११ माघ ।
राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारी विजयी भएका छन्।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादीका झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसकी विष्णुदेवी सापकोटा विजयी भएका हुन्। सुवेदी अन्यतर्फ र सापकोटा महिला कोटामा विजयी भएका हुन्।
घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको परिसरमा भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार झपेन्द्रबहादुर घर्ती क्षेत्री र तुलसा केसीलाई पराजित गर्दै सुवेदी र सापकोटा विजयी हुनुभएको हो ।
निर्वाचनमा सुवेदीले ५ हजार चार सय ३५ मतभार प्राप्त गर्दै विजयी हुँदा सापकोटा ५ हजार चार सय ३५ मतभार प्राप्त गर्दै विजयी भइन्।न्युजकारखाना
विराटनगर, ११ माघ ।
कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणाममा कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।
उनले एमाले राप्रपा गठबन्धनबाट उम्मेद्वार भएका उद्धव पौडेललाई पराजित गरेका हुन्। २ जना प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेर पौडेललाई मत हाले पनि स्थानीय तहतर्फबाट भने उनले मत पाउन सकेनन्।
उनले स्थानीय तह तर्फबाट भने १०९ जनाको मात्रै मत पा । राष्ट्रियसभाको अध्यक्ष बनाउने गरी सिटौलालाई सत्ता गठबन्धले कोशीबाट उम्मेदवार बनाएको थियो।न्युजकारखाना
काठमाडौं, ११ माघ ।
राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा सत्तारूढ गठबन्धनका चार उमेदवार निर्वाचित भएका छन् ।
महिलातर्फ कांग्रेसकी विष्णुदेवी पुडासैनी, अन्यमा जीतजंग बस्नेत, अपांगतर्फ माओवादी केन्द्रका श्रीकृष्णप्रसाद अधिकारी र नेकपा (एकीकृत समाजवादी)बाट दलिततर्फ घनश्याम रिजाल विजयी भएका हुन्।
पुडासैनीले ६ हजार ६२२, अन्यमा बस्नेतले ६ हजार ५३१ , अपांगतर्फ अधिकारीले ६ हजार ३८३ र दलिततर्फ रिजालले ६ हजार ५१२ मतभार प्राप्त गर्दै विजयी भएका छन्।न्युजकारखाना
काठमाडौं, ११ माघ । मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका दुवै जना उम्मेदवार विजयी भएका छन्।
मतपरिणामअनुसार नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टी (जसपा) की पूजा चौधरी निर्वाचित भएका हुन्।
ढुंगानाले प्रदेशसभा सदस्यहरूको ३५५१ मतभार र स्थानीय तहका पदाधिकारीहरूको ३८१९ मतभार पाएका छन्। महिलातर्फ चौधरीले प्रदेशसभाको ४०२८ मतभार र स्थानीय तहका पदाधिकारीहरुको ३८९५ मतभार पाएका हुन्।न्युजकारखाना
सुर्खेत, ११ माघ । राष्ट्रियसभा कर्णाली प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन्।
मतपरिणामअनुसार गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलले बताए।
गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विक विजयी भएका हुन्।न्युजकारखाना
काठमाडौं, ११ माघ ।
राष्ट्रिय सभाका १९ जना सदस्य चयनका लागि भएको निर्वाचनको अन्तिम परिणाम अनुसार सत्ता गठबन्धनका १८ उम्मेदवार निर्वाचित भएका छन्। तर, एक ठाउँमा एमालेकी उम्मेदवार विजयी भएकी छन्।
१९ सिटका लागि भएको चुनावमा कोशीमा एक जनाबाहेक १८ जना सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका हुन्।
कोशीमा सत्ता गठबन्धनबाट माओवादीकी चम्पा कार्कीलाई पराजित गर्दै एमालेकी रुक्मिणी कोइराला विजयी भएकी छन्। तर, कोशीमै गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कृष्ण सिटौला भने विजयी भएका छन्। उनले राप्रपाका उद्धव पौडेललाई पराजित गरेका हुन्। सिटौला पौडेलभन्दा ७ सय ३० धेरै मतभारले विजयी भएका छन्।
मधेस प्रदेशको दुई सिटमा गठबन्धनका उम्मेदवार कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएका छन्।
बागमतीमा सत्ता गठबन्धनकै चार जना उम्मेदवार विजयी भएका छन्। महिलातर्फ कांग्रेसकी विष्णुदेवी पुडासैनी, अन्यतर्फ कांग्रेसकै जितजङ्ग बस्नेत, अपाङ्गतातर्फ माओवादीका कृष्णप्रसाद अधिकारी र दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल निर्वाचित भएका हुन्।
गण्डकीमा पनि गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्। अन्य क्लस्टरमा नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ, महिला क्लस्टरमा नेकपा माओवादीबाट मनरुपा शर्मा र अपाङ्गता क्लस्टरमा नेपाली कांग्रेसका पदम परियार निर्वाचित भएका हुन्।
लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन्। महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादीका झक्कुप्रसाद सुवेदी विजयी भए।
यस्तै कर्णालीमा पनि गठबन्धनका तीनै जना उम्मेदवार विजयी भए। कर्णालीमा अन्यतर्फ कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल र दलिततर्फ माओवादी केन्द्रका विष्णुबहादुर विक विजयी भएका छन्।
सुदूरपश्चिममा पनि गठबन्धनकै तीन जना उम्मेदवार विजयी भएका छन्। महिलातर्फ माओवादीकी रेनु चन्द, अपाङ्गतातर्फ कांग्रेसका नारायणदत्त भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भएका हुन्।
सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा बिहान ९ बजे शुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो। सातै प्रदेशमा प्रदेश सभाका ५ सय ४९ जना प्रदेश सभा सदस्य रहेकामा ५ सय ४६ जनाले मतदान गरेका छन्।
यस्तै पालिकाका प्रमुख र उपप्रमुख गरी १४ सय ९७ जना मतदाता रहेकामा १४ सय ८६ जनाले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ। चर्चामा रहेका तीन जना स्वतन्त्र मेयर बालेन्द्र शाह, गोपी हमाल र हर्क साम्पाङ राईले भने मतदान गरेनन्।
आउँदो फागुन २० गते १९ जना राष्ट्रिय सभा सदस्यको पद रिक्त हुने भएपछि आज निर्वाचन भएको हो।न्युजकारखाना
काठमाडौं, ११ माघ । राष्ट्रिय सभाका १९ सिटका लागि भएको मतदानमा ९९.३२ प्रतिशत मत खसेको छ।
निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सातै प्रदेशका राजधानीस्थित निर्वाचन अधिकृतको कार्यालयले तोकिएका केन्द्रमा शान्तिपूर्ण रुपले मतदान सम्पन्न भएको र ९९.३२ प्रतिशत मत खसेको हो।
कोशी प्रदेशमा ९९.२७ प्रतिशत, मधेशमा ९९.७३, बागमतीमा ९८.५६, गण्डकीमा ९९.५७, लुम्बिनीमा ९९.३४, कर्णालीमा एक सय प्रतिशत र सुदूरपश्चिममा ९८.६८ प्रतिशत मत खसेको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
उनले सबै प्रदेशमा रहेका २०४६ मतदातामध्ये २०३२ जनाले मतदान गरेको जानकारी दिए। १९ सिटका लागि भएको निर्वाचनमा ५१ जनाले उम्मेदवारी दर्ता गराएका थिए।
जसमध्ये सत्ता गठबन्धनका १८ उम्मेदवार र एमालेकी एक उम्मेदवार विजयी भएका छन्।न्युजकारखाना
काठमाडौं, १० माघ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान भएको हो।
यही माघ २२ गते सोमबार दिउँसो ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अधिवेशन सुरु हुनेछ।न्युजकारखाना
काठमाडौं, १० माघ।
नेपाल सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) को समस्या समाधान गर्न र भेरोमार्फत गरिएको अनलाइन निर्वाचन धाधलिका बारेमा छानबिन गर्न छानबिन समिति गठन गरेको छ। परराष्ट्र मन्त्रालयको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।
एक साताअघि नै परराष्ट्रमन्त्री एनपी साउदले एनआरएनएभित्र झण्डै तीन महिनायता उत्कर्षमा रहेको विवाद भेरोमार्फत गरिएको अनलाइन निर्वाचन धाधलिका बारेमा छानबिन गर्न चार सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेका थिए। सो निर्णयलाई मन्त्रिपरिषबाटै अनुमोदन गरेर कार्यान्वयनमा ल्याइएको मुख्यसचिव डा बैकुण्ठ अर्यालले जानकारी दिए।

छानबिन समितिको संयोजकमा महान्यायाधीवक्ता कार्यालयबाट ऊप महान्यायाधीवक्ता गोपाल प्रसाद रिजाल संयोजकका रुपमा रहनेगरी निर्णय भएको छ भने सदस्यमा परराष्ट्र मन्त्रालयबाट रीता धिताल, सीआईबीबाट दिनेश आचार्य र अर्थ मन्त्रालयबाट हेमराज पौडेल सदस्य छन्। समितिलाई एनआरएनए निर्वाचनमा भएको धाँधलीका साथै एनआरएनए भित्रको विवादका समग्र विषयमा अध्ययन गरेर दुई साताभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।
समिति गठनअघि परराष्ट्र मन्त्री साउदले कानुनी परामर्शका साथै विभिन्न चरणमा एनआरएनए अभियन्ताहरुसँग समेत छलफल गरेका थिए। यसअघि नै पूर्वअध्यक्षहरु उपेन्द्र महतो र जीवा लामिछानेसँग छलफल गरेका साउदले सोमबार समिति गठन गर्नुअघि निवर्तमान अध्यक्ष कुल आचार्यका साथै निवर्तमान उपाध्यक्ष डीबी क्षेत्रीलगायतसँग समेत छलफल गरेका थिए।
मग्र कानुनी र अन्य प्राविधिक विषयको अध्ययनपछि साउदले रिजालको संयोजकत्वमा समिति गठन गर्दै समस्या र निकासको उपायसमेत पहिल्याउँदै प्रतिवेदन तयार गर्न निर्देशन दिएका छन। समितिले दिने प्रतिवेदनका आधारमा परराष्ट्रले एनआरएनएबारे थप कदम चाल्ने बताइएको छ।
समितिले एनआरएनएको विवादसम्बन्धी हालसम्म परराष्ट्रमा परेका उजुरीका साथै आवश्यकताअनुसार सबै पक्षसँग छलफल गरेर प्रतिवेदन तयार गर्नेछ। एनआरएनएको ११ औँ महाधिवेशनमा बद्री केसीले भेरो अनलाईन सिस्टम ह्याक गरेर निर्वाचन आफ्नो पक्षमा पारेको प्रतिस्पर्धीहरु आरके शर्मा र महेश श्रेष्ठ समुहले आरोप लगाएपछि एनआरएनएको विवाद छताछुल्ल भएको थियो। त्यसपछि शर्मा र श्रेष्ठ समुहले केसीलाई अस्वीकारमात्रै गरेनन उनले शपथ लिएको कार्यसमिति नै अवैध भएको घोषणा गरे। त्यसपछि सबै प्रक्रिया पुरा गरेर कानूनत आरके शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ। ११ औँ महाधिवेशनपछि एकातिर बद्रीले आफूलाई आधिकारिक दाबी गर्ने र कार्यालय समेत कब्जा गर्ने तथा अर्कोतिर आरकेले आफूलाई आधिकारिक दाबी गरेपनि परराष्ट्र मौन बन्दै आएको थियो। दुबै पक्षले आधिकारिकताका लागि निवेदन दिएपनि मौनता साँधेर बसेको परराष्ट्र र मन्त्री साउदले यसबारेमा आफूहरुले प्राप्त फाइल र प्रमाणहरु अध्ययन गरिरहेको भन्दै टार्दै आएका थिए।
यही बिचमा केसी पक्षले संस्था नवीकरणका लागि मार्गप्रशस्त गरिदिन माग गर्दै अदालत गएको थियो। केही साताअघि अदालतले परराष्ट्रको नाममा कारण देखाउ आदेश दिएको थियो।
निर्वाचनमा धाँधलीको विषय आएर अक्टोबर १९ मा नाराबाजीको अवस्था सिर्जना भएपछि तत्कालीन अध्यक्षत्रय बद्री केसी, रविना थापा र कुल आचार्यले संयुक्त विज्ञप्ति जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि अधिवेशनका सबै प्रक्रिया रोकिएको जनाएका थिए। तर, रोकिएको प्रक्रिया फुकुवा नगरी बद्री केसी समूहले एकतर्फीरुपमा आफ्नो टिम विजयी भएको भन्दै शपथ गरेको थियो। केसी समुहले निर्वाचन समितिलाई समेत प्रभाबित पार्दै निर्वाचन समितिका सदस्य टिबि कार्कीबाट सपथ खाएको थियो।
निर्वाचनमा सहयोग गरेवापत केसी समुहले निर्वाचन समितिका सदस्य टिबि कार्की र चिरन्जीवी ढकाललाई सल्लाहकार भुषण घिमिरेलाई बिधान ब्याख्या समितीको संयोजक उपहार स्वरुप बनाएको छ।
भेरो मार्फत गराइएको निर्वाचनमा कोही उम्मेदवारको सुन्य मत ,एक दर्जन उम्मेदवारको झरेको मतमा जोड घटाऊ मिस्टेक भएपछी अध्यक्षका अन्य प्रत्याशी आरके शर्मा र महेश श्रेष्ठ पक्षले पनि शर्माको नेतृत्वमा नयाँ कमिटी गठन गरेका थिए।
त्यसपछि दुबै पक्षले आफूलाई आधिकारिक दाबी गर्दै परराष्ट्रमा निवेदन दिएपछि मन्त्रालयले दुवै पक्षलाई आधिकारिकता दिएको छैन।
यस विषयमा पूर्वअध्यक्ष कुल आचार्यले परराष्ट्रले गठन गरेको छानबिन समितिले एनआरएनएले निकास पाउने विश्वास व्यक्त गरे। आफूहरु एकताबद्ध एनआरएनएको पक्षमा रहेको भन्दै आचार्यले संस्थालाई निकास दिन सबै पक्ष एकठाउँमा अटाउने वातावरण तयार हुनुपर्ने बताए।
यस्तै एनआरएनएका नयाँ कार्यसमितिका अध्यक्ष आरके शर्माले छानबिन समितिको रिपोर्टको प्रतिक्षामा आफूहरु रहेको बताए। उनले आफूहरु अन्यायमा परेकोले न्यायको लागी संवन्धित निकाय गएको बताए।न्युजकारखाना
रौतहट, १० माघ ।
प्रभु साह नेतृत्वको आमजनता पार्टीले आह्वान गरेको एकदिने बन्दको पूर्व सन्ध्यामा प्रदेशभर मसाल जुलुस प्रर्दशन गरिएको छ।
भोलि हुने भनिएको बन्द सफल पार्न मधेश प्रदेशको राजधानी जनकपुरसँगै सबै जिल्लाको सदरमुकाम लगायतको स्थानमा आजपा कार्यकर्ताहरूले बुधबार साँझ मसाल जुलुस प्रर्दशन गरेका हुन्।

आमजनता पार्टी निकट आईटीआर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा वुधबार जानकी मन्दिरमा सरसफाई गरिएको थियो। जनकपुरको दुई स्थानमा बुधबार साँझ मसाल जुलुस प्रर्दशन गरिएको अध्यक्ष साहले बताएका छन्।
त्यसैगरी रौतहटको सदरमुकाम गौर , चन्द्रनिगाहपुर र गरुडामा मसाल जुलुस प्रर्दशन गरिएको हो।
आमजनता पार्टीका जिल्ला इन्चार्ज त्रिभुवन साह, जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल, पूर्व मेयर सियाराम कुशवाहा, पलत चौधरी, लालबाबु मन्सुरी, सुरेश चौधरी, अशोक चौधरी लगायत दर्जनौंको संख्यामा रहेका कार्यकर्ताहरूले चन्द्रनिगाहपुरमा मसाल जुलुस प्रर्दशन गरेका छन्। राजमार्गको पूर्वतर्फ बाट नारा जुलुस सहित आएका प्रदर्शनकारी र प्रहरी बिच चन्द्रपुर मुख्य चौकमा सामान्य झड्प भएको थियो।
उता उमाशंकर साह, निवेश यादव, बिक्रम साहले गौरमा र अनिल झा, बिजय साहले गरुडा स्थित मसाल जुलुसको नेतृत्व गरेका थिए।
मसाल जुलुस प्रर्दशनको क्रममा चन्द्रपुरमा प्रहरीसँग सामान्य झड्प भए पनि गौर र गरुडा शान्तिपूर्ण प्रदर्शन भएको आमजनता पार्टीका जिल्ला अध्यक्ष त्रिभुवन साहले बताएका छन्।
उता वीरगंज, कलैया, मलंगवा लगायत मधेश प्रदेशको सबै जिल्ला सदरमुकाम लगायतका स्थानमा बुधवार साँझ मसाल जुलुस प्रर्दशन गरिएको आमजनता पार्टीले जनाएको छ।
बैंकहरूले लिने गरेका मनोमानी ब्याज फिर्ता गराउन, लघुबित र सहकारीहरुको सम्पुर्ण ऋण मिनाहा गराउन तथा आम जनतालाई सहज कर्जा दिलाउन माग गर्दै पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टीले भोलि माघ माग ११ गते मधेश बन्दको आह्वान गरेको छ।न्युज कारखाना
काठमाडौं, १० माघ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले समस्याग्रस्त सहकारी व्यवस्थापनमा सरकार गम्भीर बन्नु पर्ने बताएका छन्। धनगढीमा बुधबार बिहान पत्रकारहरूसँगको भेटघाटमा नेता महरले १५ वटा सहकारीबाट २८ हजार बचतकर्ताको १२ अर्ब ९९ करोड ६४ लाख अपचलन भएको पाइएकाले समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्ने बताएका हुन्।
‘सरकारद्वारा गठित काशीराज दाहाल नेतृत्वको ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’को कार्यालयले कृषि, सहकारी तथा प्रकृति स्रोत समितिमा आइतबार गरेको बिफ्रिङमा १५ वटा समस्याग्रस्त सहकारीबाट २८ हजार १०८ जना बचतकर्ताहरूको १२ अर्ब ९९ करोड ६४ लाख रुपैयाँ बराबरको बचत अपचलन भएको देखाएको छ। १५ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरिए पनि ३१ हजार बढी सहकारी संघ संस्थाहरूमध्ये करिब ५ सय सहकारी समस्यामा रहेका छन्,’ उनले भने।
पूर्व गृहमन्त्री हुन् वा ठूला व्यापारी जनताको रकम अपचलन गर्ने छुट कसैलाई नभएको महरको भनाइ छ। सहकारी क्षेत्रको नियमनका लागि नेपाल राष्ट्र बैंक पनि सक्रिय हुनुपर्ने महरले बताएका छन्। सहकारी सम्बन्धी ऐनमा भएका राम्रा व्यवस्थाको उचित कार्यान्वयन गर्दै दोषीलाई कानुनी कारबाही गर्न महको माग छ।
सहकारी ऐनमा भएको बचत तथा ऋण सुरक्षण कोष स्थापना, स्थिरीकरण कोष स्थापना, कर्जा सूचना केन्द्रको स्थापना गर्नुपर्नेजस्ता व्यवस्थालाई सरकारी जानाजान कार्यान्वयन नगरेको उनले बताए। ‘ऐनको दफा १०१ मा कर्जा सुरक्षण कोषको व्यवस्था गरिएको छ। यो कोषले बचतकर्ताको निश्चित रकमको बिमा गर्छ। ऐनमा भएको यस्तो व्यवस्था अहिलेसम्म कार्यान्वयन भएको छैन,’ उनले भने।
‘सहकारी ठगी र बचतकर्ताको रकम अपचलनको विषय बचतकर्ताहरूको जीवनसँग जोडिएको हुन्छ। दैनिक सानोतिनो कारोबार गरेर जनताले नजिकको सहकारीमा थोरै थोरै रकम जम्मा गरिरहेका हुन्छन्। उक्त रकममा सहकारीमा सुरक्षित हुने र आफूलाई आवश्यक परेको समयमा काम लाग्ने उनीहरूको विश्वास हुन्छ। सोझा र न्यून आए भएका जनताको त्यही रकम हिनामिना गरिदिनु ठूलो अपराध हो। अपराधीले उन्मुक्ति पाउनु हुँदैन,’ उनले भने।
सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि सहकारी ऐन संशोधनको आवश्यक रहेको विषय बहसमा रहेकाले उक्त ऐन संशोधनमा सरकारले ढिलाइ गर्न नहुने महरले बताए।
गलत नियत राखेर नै खुलेका केही सहकारीबाट वित्तीय जोखिम बढेको महरले औँल्याएका छन्। ‘केही सहकारी गलत नियतका साथ खुलेका र सहकारीको मूल्य मान्यता तथा सिद्धान्त विपरीत चलेका छन्। त्यस्ता सहकारी सञ्चालकहरूले आफू खुसी चल्ने र कर्जासमेत मनलाग्दी क्षेत्रमा हाल्ने गरेका छन्। उनीहरूले नक्कली ऋणी बनाएर नक्कली धितोमा समेत करोडौंको कर्जा लगानी गर्ने गरेका घटना हामीले सुन्ने गरेका छौं। यो गम्भीर विषय हो,’ महरले भने।
सहकारी एक अर्का बिचको सहकार्यात्मक अवधारणा भएकाले समुदायका व्यक्तिहरू संगठित भई सदस्यको हित प्रवर्धनमा काम गर्नुपर्ने उनले बताए। व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक एवं सामाजिक उत्थानको लागि गरिने एकीकृत प्रयास नै सहकारी भएको महरले बताए।
‘सहकारीले छरिएर रहेको श्रम, सीप, प्रविधि र पुँजीलाई एकत्रित गर्दछ। सहकारीको मूलभूत उद्देश्य संलग्न सदस्यहरूको आर्थिक उत्थान गरी सामाजिक न्याय र समानता दिलाउनु हो। नेपालमा पहिलो पटक चितवनको शारदा नगरमा २०१३ साल चैत्र २० ‘बखान ऋण सहकारी संस्था’ स्थापना भएको थियो।
संघीय सहकारी विभागमा भएको रेकर्डअनुसार हाल देशभरबाट करिब ३१ लाख ३७३ वटा सहकारी संघ संस्थाहरू सञ्चालनमा छन्।न्युजकारखाना
काठमाडौँ, ९ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डताको रक्षा एवं जनताको जीउधनको सुरक्षा गर्दै सामाजिक सद्भाव कायम गर्न सशस्त्र प्रहरी बल सक्षम रहेको बताएका छन् ।
सशस्त्र प्रहरी दिवसको २३ औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले सशस्त्र प्रहरी सामाजिक सद्भाव कायम गर्न सरकारबाट प्रदान गरिएका आदेश तथा निर्देशनहरूलाई पालना गरी समन्वयात्मक तवरले परिचालित हुनुपर्ने बताए ।

संवैधानिक सर्वोच्चता र कानुनी शासनको मान्यतालाई आत्मसात र मानव अधिकारको संरक्षण गर्दै मानवीय कानुनहरूको पूर्ण पालना र भ्रष्टाचार तथा लैङ्गिक विभेदमा शून्य सहनशीलताका नीति प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा प्रधानमन्त्री प्रचण्डले जोड दिए । उनले सामाजिक न्याय, सुशासन र समृद्धिको राष्ट्रिय कार्यभारको कार्यान्वयनमा आफ्नो क्षेत्रबाट इमानदार र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।
असीमित आवश्यकता र सीमित साधनस्रोतको विरोधाभासपूर्ण परिस्थितिमा नेपालजस्ता विकासशील मुलुकहरूले समस्या झेलिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लोसमय महाभूकम्प, कोभिड महामारी, विश्व राजनीतिमा देखिएको ध्रुवीकरण र त्यसको प्रत्यक्ष प्रभावजस्ता कारण अर्थतन्त्रले निकै ठूलो चुनौतीको सामना गरिएको बताए ।

सशस्त्र बलको व्यवस्थापकीय पक्षलाई केन्द्रमा राखेर सहयोग गर्ने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले भने, “निरन्तरको प्रयासबाट अर्थतन्त्रमा राम्रो सुधार आएको छ, यद्यपि हाम्रो दवाव पूर्णतः अन्त्य भइसकेको छैन । आधुनिक हातहतियार, गोलीगठ्ठा, असभावका सामानहरू, विपद् व्यवस्थापनका सामानहरू, सवारीसाधन, भौतिक पूर्वाधारलगायत आवश्यक सञ्चार तथा अन्य उपकरणहरू र जनशक्तिका लागि सरकारको तर्फबाट आवश्यक पहल भई नै रहेको छ ।”
विश्वव्यापीकरण तथा सूचना प्रविधिमा आएको बहुआयमिक विकासले अवसरका अनगिन्ती ढोकाहरू खोलिदिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले त्यसको व्यवस्थित र वैज्ञानिक प्रयोगबाट समृद्धिको महत्त्वपूर्ण आधारशीला प्राप्त भएको बताए ।
सूचना प्रविधिको विकाससँगै नयाँ/नयाँ अपराध र सुरक्षा चुनौतीसमेत थपिदिएको यथार्थ प्रस्तुतत गर्दै प्रधानमन्त्री प्रचण्डले सशस्त्र प्रहरी बल बदलिएको परिस्थितिअनुसार प्रविधिमैत्री सेवा प्रवाह, सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रणका निम्तिसमेत उत्तिकै दक्ष र चनाखो रहनुपर्ने बताए।
प्रधानमन्त्री प्रचण्डले विसं २०७२ सालको विनाशकारी महाभूकम्प तथा पछिल्लोसमय बझाङ, जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पलगायत विभिन्न समयमा घटेका प्राकृतिक तथा मानवसिर्जित विपद्मा कर्तव्यनिष्ठ भएर जनताको जीवन रक्षामा गरेको भन्दै सशस्त्र बलले पुर्याएको योगदानको प्रशंसा गरे।न्युजकारखाना
काठमाडौं, ९ माघ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा कायम भ्रष्ट ब्यबस्थाको अन्त्यको निमित्त आन्दोलनको बिकल्प नभएको भन्दै परिबर्तन पक्षधरहरु एकै ठाउँमा उभिएर आन्दोलनमा होमिनु पर्नेमा जोड दिएका छन् ।
आज काठमाडौंमा आयोजित पार्टी संगठन सुदृढीकरण अभियान कार्यक्रमा बोल्दै थापाले एक्लै एक्लै आन्दोलनमा जाँदा प्रभाबकारी नभएको तथा बिगतको लामो अभ्यासले पनि त्यो पुष्टि भएको भन्दै उनले निर्णायक आन्दोलनमा जानको लागि मोर्चा निर्माण जरुरी भएको बिचार ब्यक्त गरे।
एक्ला एक्लै बिभक्त भएर आन्दोलन गर्ने कुरोले अहिलेको बिकृती र बेथितिलाई नै मलजल हुने र मुलुक ब्रम्हलुटको यथास्थिति मै अघि बढिरहने भएको हुँदा परिबर्तन चाहने शक्तिहरु, एजेन्डा मिल्ने शक्तिहर, सबै राष्ट्रबादी , देशभक्त र प्रजातन्त्रबादिहरु मिलेर मोर्चा निर्माण गरि आन्दोलनमा जानुको बिकल्प नभएको थापाको स्पष्टोक्ती थियो ।
उनले भने- “एक्ला एक्लै आन्दोलन गर्ने भनाईले अप्रत्यक्ष रुपमा राजसंस्था, हिन्दुराष्ट्रको एजेन्डालाई कमजोर बनाउँछ” । अहिले आन्दोलनको लागि समय अनुकुल भएको भन्दै थापाले मनपरितन्त्र र ब्रम्हलुटले सिमा नाघेको जनता अहिलेको ब्यबस्था र प्रणालीबाट वाक्क दिक्क भएको समेत बताए ।
बिदेशी शक्तिको चाकरीबाट मुलुकको स्वाधीनको रक्षा हुन नसक्ने भन्दै थापाले मुलुकले अहिले राष्ट्रबादी शक्तिहरुको स्वाभिमानी आन्दोलन खोजिरहेको टिप्पणी गरे। उपत्यका केन्द्रित संगठन सुदृढीकरण अभियान सङ्गै आन्दोलनको तयारीमा युद्ध स्तरमा जुट्न थापाले सबैलाई निर्देशन दिए ।
काठमाडौंको १० वटै क्षेत्रमा १५ दिन भित्र कार्यक्रम राखिने पार्टीले जनाएको छ ।न्युजकारखाना
महोत्तरी, ९ माघ ।
मुख्यमन्त्री सरोज कुमार यादवले सिक्षा सम्बन्धि अधिकार प्रदेश सरकारको मातहतमा नभएको हुनाले मधेशमा शैक्षिकस्तर खस्केको बताएका छन्।
आज जनजागृति माध्यामिक विद्यालय बर्दिवासको स्वर्ण जयन्तिको अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री यादवले स्थानीय सरकारले नै यसमा ध्यान दिनुपर्ने बताए ।
मधेशको उत्तरपूर्व क्षेत्रमा सैक्षिक गुणस्तर राम्रो रहेता पनि राजनीति खिचातानीले दक्षिण देहातमा सामुदायिक विद्यालयहरू थप खस्किँदै गएको उनको भनाई छ।
राजनीति ऐक्यवद्धता रहेमात्र साझा विकास गर्न सकिने मुख्यमन्त्री यादवको भनाई छ। उनले बर्दिवास नगरपालिकाको लागी प्रदेशास्तरिय गौरवको योजना दिन चाहेको बताएका छन्।न्युज कारखाना
जनकपुर, ९ माघ ।
मधेश प्रदेश सरकारमा सुरुदेखि नै सहभागी रहेको जनमत पार्टी सरकारबाट बाहिरिएको छ। सरकारमा सहभागी दुई मन्त्रीलाई जनमतले फिर्ता बोलाएको छ। यससँगै जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।
केहीबेरमा प्रदेश प्रमुख हरिशंकर मिश्रलाई मधेश सरकारबाट बाहिरिएको पत्र बुझाउन इने जनमतले जनाएको छ।
शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह सरकारमा सहभागी रहेकोमा फिर्ता बोलाएर सरकारबाट बाहिरिएको पत्र बुझाउने तयारी भइरहेको
जनमत पार्टीका प्रदेश सांसद संजय यादवले जानकारी दिए।
सरकारमा सहभागी भएदेखि नै जसपा र जनमत पार्टीबीच मतभेद रहेको थियो।
सप्तरीको राजविराजमा आइतबार कृषि विश्वविद्यालयको भवन शिलान्यासलाई लिएर जसपा–जनमत बीचको टकराव छताछुल्ल भएको थियो। विश्वविद्यालयको भवन शिलान्यासका लागि मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएपछि जनमत विरोध प्रदर्शनमै उत्रिएको थियो।न्युजकारखाना
काठमाडौँ, ९ माघ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले १६ औँ आवधिक योजनाका बारेमा सन्दर्भमा राष्ट्रिय योजनाका पदाधिकारीहरूसँग छलफल गरेका छन् । मंगलबार रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री खड्काले योजना आयोगका उपाध्यक्ष, सदस्य र सचिवालयका अधिकारीहरूसँग आगामी आवधिक योजना १६ औँ आवधिक योजनाकाबारेमा छलफल गरेका हुन् ।

उपप्रधानमन्त्री खड्काले विगतमा बनाएका योजना के कति कारणले पूरा भएनन् ? तिनको समस्या पत्ता लगाई समाधानका उपायसहित १६ औँ योजना तर्जुमा गर्न सुझाव दिएका छन् । १६ औँ आवधिक योजना बनाउँदा विभिन्न कारणले विकास निमार्णमा पछि परेका प्रदेशहरूलाई क्षतिपूर्ति सहितको योजना बनाउने विषयमा पनि योजना आयोगका पदाधिकारीहरूको उनले ध्यानाकर्षण गराए । यसरी योजना बनाउँदा सम्बन्धित प्रदेशका जनताले अनुभूति गर्ने र व्यवहारमा लागु हुने गरी बनाउनेपर्ने उपप्रधानमन्त्री खड्काको सुझाव थियो ।

यस्तै, छलफलमा उनले आगामी योजना तर्जुमा गर्दा देशको भूगोल र मौसमअनुसार कहाँ के उत्पादन हुने हो त्यसको ठोस अनुसन्धान गर्न र किसानको उद्पादनले बजार पाउने सुनिश्चितता गर्ने कुरालाई उच्च प्राथमिकतामा राख्न पनि आग्रह गरे ।
अहिले विकास निमार्ण गर्दा देखा परेका धेरै जसो समस्या र तिनको समाधानसहित नयाँ योजना तर्जुमा गर्नुपर्नेमा जोड दिँदै उपप्रधानमन्त्री खड्काले अहिले विकास निमार्ण गर्दा देखा परिरहेका लामो प्रशासनिक प्रक्रिया, जग्गा प्राप्ति र रुख कटानीको झन्झटिलो व्यवस्थाको सहि विकल्प पहिचान गरी योजना तर्जुमा गर्न योजना आयोगलाई आग्रह गरे ।
त्यस्तै, कुनै पनि योजना बनाउँदा जनताले दैनिक रुपमा भोगिरहेका समस्याको समाधान हुने र जनताले पाउने सेवा सुविधालाई थप सहज बनाउने गरी समग्रतामा उल्लेख गरी कार्यान्वयन योग्य लक्ष्य प्राप्तिको सुनिश्चितता गर्न उपप्रधानमन्त्री खड्काले आग्रह गरे ।
छलफलको सुरुमा याेजना आयाेगका माननीय उपाध्यक्ष र पदाधिकारिले १६औँ आवधिक याेजनाकाे तयारीबारे उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई जानकारी गराएका थिए । न्युजकारखाना
काठमाडौं, ९ माघ ।
सरकारले यही २२ माघमा संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन यही २२ माघ अपरान्ह ४ बजेका लागि आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख देवराज घिमिरेसँग अधिवेशन आह्वानको तयारीबारे टेलफोनमा जानकारी गराएका सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
मन्त्रिपरिषद्को सिफारिसमा संसदको अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था रहेको छ । न्युजकारखाना
काठमाडौँ, ९ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने भएकाले यसपटकको बजेट कनिका छरेजस्तो नभई अधुरा आयोजनाहरूको निर्माण कार्य सम्पन्न गर्न जोड दिइने बताएका छन् ।
मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीसम्बन्धी बैठकमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले पूराना योजनाहरू अलपत्र पर्ने तर नयाँ–नयाँ योजना थपिँदै जाँदा एकातिर काम नहुने र अर्कोतर्फ ठूलो स्रोत खेर जाने भएकाले यसतर्फ गम्भीर हुन अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण गराएका हुन् ।
“विकास भनेको योजनावद्ध हुन्छ, हुनुपर्छ। बिना सम्भाव्यता अध्ययन, बिना उपयोगिता जहाँ पनि विकास माग्ने तर त्यसको अपनत्व पनि नलिने, स्रोत पनि नपुग्ने र बिनियोजित बजेट पनि फ्रिज जाने बिडम्वना छ। त्यसबाट हामी माथि उठ्नैपर्छ। यसपटकको बजेट कनिका छरेजस्तो हुँदैन। विगतमा छनोट भएर अधुरा रहेका योजना सम्पन्न गर्न सम्पूर्ण तागत लगाउनुपर्छ,” प्रधानमन्त्रीले भने, “अर्थतन्त्रका संकेतहरू सकारात्मक छन्। तर, हाम्रो अर्थतन्त्र दवावमुक्त भइसकेको छैन। विकास निर्माणका काममा थुप्रै बेथिति छन्” प्रधानमन्त्रीले भन्नुभयो, “यसपटक परम्परागत सोंच र ढाँचाबाट माथि उठौँ। सबैलाई खुसी पार्ने होइन, देशको समृद्धिको कार्यभार पूरा हुने योजना छनोट गर्नुपर्छ। यसपटक “ब्रेक–थ्रु” गर्नैपर्छ।”

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रका बाह्य सूचकहरू सकारात्मक रहे पनि राजश्व संकलनमा अपेक्षित सफलता प्राप्त भइनसकेकाले मितव्ययी भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालले यसपटक नीति तथा कार्यक्रम र बजेट निर्माणको कार्यतालिका परिमार्जन गरिएकाले पर्याप्त अध्ययन र छलफलका आधारमा अन्तिम निष्कर्षमा पुग्न सजिलो हुने बताए ।
बैठकमा अर्थसचिव डा. कृष्णहरि पुष्कर लगायत अर्थ मन्त्रालयका विभागीय प्रमुखहरूले अर्थतन्त्रको वर्तमान अवस्थाबारे विषयगत प्रस्तुति राखेका थिए ।
बैठकमा प्रधानमन्त्रीको बुँदागत धारणा (पूर्णपाठ)
१. आगामी वर्ष र आगामी ३ वर्षका लागि स्रोतको अनुमान गरी सिलिङलाई अन्तिम रूप दिने।
२. सिलिङलाई अन्तिम रूप दिनु अघि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयले २०८० माघ २० गतेसम्म सबै मन्त्रालयसँग घनीभूत छलफल गर्ने।
३. मन्त्रालय÷निकायगत छलफल सकिएपछि माघ २५ गतेभित्र सबै मन्त्रालय÷निकायसँग सामूहिक छलफल गरी राष्ट्रिय प्राथमिकता र राष्ट्रिय स्रोतको अवस्थाका बारेमा छलफल गर्ने।
४. हाल कार्यान्वयनमा रहेका आयोजनाहरू सम्पन्न हुने गरी बजेट विनियोजन गरिसकेपछि मात्र नयाँ कार्यक्रम तथा योजनाका लागि बजेट राख्ने।
५. राष्ट्रिय गौरवका आयोजनाहरूमा स्वीकृत खरिद गुरुयोजनाअनुरूप बजेट विनियोजन हुने सुनिश्चित गर्ने।
६. बहुवर्षीय स्रोत सुनिश्चितता दिइएका आयोजना तथा कार्यक्रममा आवश्यक बजेट विनियोजन गरिसकेपछि मात्र अन्य आयोजना तथा कार्यक्रममा बजेट राख्ने।
७. पूर्वतयारी पूरा भएका, आयोजना बैंकमा प्रविष्ट भएका र प्रतिफल दिने आयोजनाका लागि मात्र बजेट राख्ने।
८. प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयन हुने आयोजना तथा कार्यक्रमका लागि मन्त्रालयहरूमा बजेट राखी आर्थिक वर्षको बीचमा मन्त्रालयहरूले सशर्त अनुदानको रूपमा प्रदेश र स्थानीय तहमा पठाउने प्रवृत्ति बन्द गर्ने।
९. आयोजना वर्गीकरण मापदण्ड विपरीत हुने गरी सङ्घीय तहमा कार्यक्रम तथा आयोजना नराख्ने, बजेट छर्ने परिपाटी पूर्ण रूपमा अन्त्य गर्ने।
१०. संसदमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दा मन्त्रालय÷निकायगत बजेट सिलिङ समेत अनुसूचीमा राख्ने।
११. बजेटका सिद्धान्त र प्राथमिकतामा संसदमा उठेका विषयहरू र आम नेपालीले दिने सुझाव समेत समावेश गरी राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयले बजेट कार्यक्रम तयार गर्ने।
१२. राजस्व प्रणालीको पुनःसंरचना गर्ने, जसअन्तर्गतः उत्पादन र उत्पादकत्व वृद्धि गर्ने गरी राजस्व प्रणाली निर्माण गर्ने, राजस्वको दायरा बढाउने, तयारी वस्तुको भन्दा कम हुने गरी कच्चा पदार्थको भन्सार महसूल कायम गर्ने, कर संरचनामा परिमार्जन गर्ने।
१३. बजेट निर्माण गर्दा देहायका विषयमा ध्यान दिनेः साधारण खर्चमा मितव्ययिता अपनाउने, विकास खर्च बढाउने, बाह्य तथा आन्तरिक ऋणको उपयोग विकास खर्चका लागि मात्र गर्ने, सम्भव भएमा बजेट उपशीर्षकगत स्रोत खुलाउँदा आन्तरिक ऋणको समेत उल्लेख गर्ने, आयोजना विशेष बण्ड जारी गर्ने तयारी गर्ने, प्राविधिक जनशक्ति उत्पादन र उपयोगका लागि बजेट विनियोजन गर्ने, कृषिलाई प्राथमिकता दिने – अनुदानलाई एकीकृत गर्ने, उत्पादनमा आधारित अनुदान प्रणाली लागु गर्ने, कृषिलाई एउटा मन्त्रालयको रूपमा मात्र होइन, क्षेत्रको रूपमा हेरी सम्बद्ध मन्त्रालयहरू समेतको कार्यक्रमबीच अन्तरसम्बन्ध हुने गरी कार्यक्रम तयार गर्ने, औद्योगिकीकरणमा जोड दिने, निजी क्षेत्रलाई अधिकतम सहभागी गराउने कार्यक्रम तय गर्ने।
१४. विषयगत मन्त्रालय बजेट प्रणालीमा मन्त्रालयहरूलाई पूर्ण एक्सिस दिई मन्त्रालयहरूले राखेका कार्यक्रम तथा आयोजनालाई अन्तिम रूप दिने, अर्थ मन्त्रालयले आफैं आयोजना तथा कार्यक्रम थप्ने कार्य पूर्ण रूपमा बन्द गर्ने।
१५. अपेक्षित प्रतिफल र उपलब्धीमा असर नपर्ने गरी कानुनबमोजिम कार्यक्रम संशोधन र खर्च शीर्षकगत रकमान्तरको अधिकार मन्त्रालयहरूलाई नै दिने। कार्यक्रम संशोधन र रकमान्तरको ीःद्यक्ष्क् प्रविष्टी गर्ने सुविधा मन्त्रालयहरूलाई उपलब्ध गराउने।
१६. एउटा कार्यक्रम वा आयोजनाका लागि एकपटक कार्यविधि÷निर्देशिका निर्माण गरिसकेपछि प्रत्येक वर्ष पुनः निर्माण गर्नु नपर्ने व्यवस्था गर्ने।न्युजकारखाना
काठमाडौं, ९ माघ ।
नेपाल सरकार मन्त्रिपरिषद् बैठक बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसिरहेको हो ।
जारी बैठकमा मन्त्रालयगत एजेण्डासहित समसामयिक विषयमा छलफल भइरहेको छ । न्युजकारखाना
काठमाडौं, ९ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता रवि लामिछानेविरुद्ध सभामुख देवराज घिमिरे र संसदीय समितिसमक्ष उजुरी परेको छ ।

सहकारीको रकम हिनामिनालगायतका विषयमा छानबिनको माग राखेर आफूलाई अभियन्ता बताउँदै आएका युवराज सफलले मंगलबार सभामुख देवराज घिमिरे र संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका हुन् ।

‘आज रवि लामिछानेमाथि छानबिनको माग राखेर सभामुख र राज्य व्यवस्था सुशासन समितिमा उजुरी दिएको छ,’ उनले न्युज कारखानासँग भने ।

‘मिति २०८० पौष २२ गतेका दिन कान्तिपुर राष्ट्रिय दैनिक साथै इकान्तिपुर डटकम अनलाइन न्युज पोर्टलमा ३५ हजार बचतकर्ताको कम्तिमा ५२ करोड ग्यालेक्सी टिभीमा डुब्यो भन्ने शीर्षकको समाचारका साथै रवि लामिछानेको खातामा सहकारीबाट रु १ करोड ८० लाख डिपोजिट भएको प्रमाण सार्वजनिक भएको साथै रवि लामिछानेको रु १ करोड ८० लाखको गोरखा मिडिया नेटवर्कको शेयर खरिद विक्रिको कागज समेत सार्वजनिक भएको छ । तसर्थ निज रवि लामिछानेको सहकारी ठगी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले समेत सहकारी ठगी सम्बन्धी फाइलहरु जफत गरी अनुसन्धान गरेको अबस्था रहेको छ । अत ३५ हजार बचतकर्ताको करिव ५२ करोड घोटाला प्रकरणमा निज रवि लामिछानेको संलग्नता के कसरी भएको हो सो को निष्पक्ष छानविन गरी दोषीलाई कारवाही गर्न आवश्यक पर्ने भएकोले निज रवि लामिछानेको सहकारी ठगी सम्बन्धी विषयमा आवश्यक छानविन गर्न संसदीय छानविन समितिको आवश्यकता परेकोले तत्काल संसदीय छानविन समिति गठन गरी दोषीलाई कारवाही र पीडितलाई न्याय दिनको लागि सम्माननीय सभामुख ज्यू समक्ष नेपाली नागरिकको तर्फबाट प्रस्तुत निवेदन पेश गरेको छु,’ सभामुखसमक्ष दिएको उजुरीमा उनले उल्लेख गरेका छन् । न्युजकारखाना
काठमाडौँ, ९ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले बुढीगण्डकी जलासययुक्त जलविद्युत आयोजना नेपालको राष्ट्रिय गौरवको बहुआयमिक आयोजना भएकाले काममा तीव्रता दिन आग्रह गरेका छन् ।
बुढीगण्डकी आयोजनालाई अगाडि बढाउने सम्बन्धी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्रीले आयोजना निर्माणको कामलाई तीव्रता दिएर जानुपर्ने बताएका हुन् ।
बैठकमा प्रधानमन्त्रीले भने, “बुढीगण्डकी जलासययुक्त आयोजना सामान्य परियोजना होइन, यो राष्ट्रिय गौरवको आयोजनाका साथै बहुआयमिक आयोजना पनि हो। हामीले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छौँ। तसर्थ, यस्ता आयोजनाहरूलाई विलम्ब नगरी अगाडि बढाउनुपर्दछ।”
जग्गा अधिग्रहण गरी मुआब्जासमेत बितरण गरिसकेको परिस्थितिमा आयोजनाको निर्माण कार्यबारे कुनै प्रकारको अन्यौलमा नरहन प्रधानमन्त्रीले मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र बुढीगण्डकी जलविद्युत् लिमिटेडलाई निर्देशितसमेत गरे ।

“४३ अर्ब मुआब्जा बितरण भइसक्यो। थप अधिग्रहणका निम्ति जग्गा रोक्का गरिएको छ। फिल्ड अफिस स्थापना गरेर उद्घाटनसमेत भइसक्यो। अब पनि आयोजना अगाडि बढ्छ कि बढ्दैन भनेर सोच्नु हुँदैन। आयोजना अगाडि बढाउनैपर्छ। तपाईहरू छिटो अगाडि बढ्नुस्,” प्रधानमन्त्रीले भने, “यो आयोजना बहुप्रतिफलमुखी आयोजना हो। यसले राष्ट्रिय अर्थतन्त्रमा नै गुणात्मक योगदान गर्दछ । यसबाट जलविद्युत् उत्पादन त हुन्छ नै। त्यसमाथि जलासययुक्त आयोजना भएकाले वर्षातको समयमा देखिने उर्जाको दवाव सन्तुलित गर्न यसको महत्वपूर्ण भूमिका रहन्छ। यसबाट पर्यटक आगमन, माछापालन, भौतिक निर्माण, निर्माण सामग्रीहरूको खपत, रोजगारी सिर्जना लगायत अर्थतन्त्रका धेरै क्षेत्रमा योगदान पुग्दछ भन्ने कुरा गम्भीर रूपमा बुझौँ। आयोजनाको स्रोतका निम्ति मन्त्रिपरिषद् बैठकले पूर्वाधार करको रू. ५ उपलब्ध गराउने निर्णय गरिसकेको छ। अन्तरनिकाय समन्वय गरी सरकारी कोषहरूमा रहेको रकम पनि परिचालन गरौँ। तर, आयोजनाको काममा विलम्ब नगरौँ।”

बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बस्नेतले हरेक कोणबाट हेर्दा बुढीगण्डकी आयोजना महत्वपूर्ण रहेको र उर्जा सम्झौताको कार्यान्वयनका निम्तिसमेत यो आयोजना महत्वपूर्ण रहेकाले लगानीका स्रोतहरूको खोजी र परिचालनमा तीव्रता रहेको बताए ।
बैठकमा नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालले बुढीगण्डकी आयोजना अगाडि बढाउन पेट्रोलियम पदार्थमा लगाइएको रू. १० पूर्वाधार करमध्ये रू. ५ बुढीगण्डकीका लागि बिनियोजन गर्ने निर्णय भइसकेको जानकारी गराउँदै कोष सञ्चालन गरिरहेका सरकारी संरचनाको पुँजी आयोजनामा परिचालन गर्न आवश्यक समन्वय र पहल हुनुपर्ने बताए ।
त्यस्तै बुढीगण्डकी जलविद्युत् लिमिटेडका आयोजना प्रमुख जगत श्रेष्ठले आयोजनाको स्थिति, प्रगतिको अवस्था र आगामी योजनाबारे आफ्नो प्रस्तुति राखेका थिए ।
बैठकमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, ऊर्जामन्त्री बस्नेत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, मुख्यसचिव अर्याल, अर्थसचिव कृष्णहरि पुष्कर, उर्जासचिव, प्रधानमन्त्री कार्यालयका सचिवहरू, नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरू र बुढीगण्डकी जलविद्युत् लिमिटेडका अधिकारीहरू उपस्थित थिए । न्युजकारखाना
काठमाडौं, ९ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा देखेका पहाडी क्षेत्रका विकासका सम्भावना र चुनौतीहरुका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् । अध्यक्ष ओलीले मंगलबार पहाडी क्षेत्रका विकासका सम्भावना र चुनौतीहरुका विषयमा प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षणपत्र बुझाएको एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
‘आज २०८० माघ ९ गते नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’समक्ष सुदूरपश्चिमको झुलाघाटदेखि सुदूर पूर्वको चिवाभञ्ज्याङसम्म सम्पन्न ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा जनताबाट प्राप्त माग, ज्ञापन र सुझावहरु एवं पार्टीले अभियानका क्रममा देखेका पहाडी क्षेत्रका विकासका सम्भावना र चुनौतीहरु समेटेर ध्यानाकर्षण–पत्र हस्तान्तरण गरेको छ,’ गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
ध्यानाकर्षणपत्र ग्रहण गर्दै प्रधानमन्त्री प्रचण्डले एमालेको सङ्कल्प यात्रालाई आफूले सकारात्मक रुपमा हेरेको र यसले लोकतन्त्रलाई मजबुत बनाउन योगदान गरेको बताउँँदै प्राप्त मागहरुलाई आफूहरुले दराजमा थन्किन नदिने विश्वास दिलाएका विभाग प्रमुख गौतमले जानकारी दिए । उनका अनुसार नीति कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा प्राप्त भएकाले यी मागहरुलाई समेट्न आफूले अधिकतम प्रयाश गर्ने प्रतिबद्धता पनि प्रधानमन्त्रीले व्यक्त गरे ।
ध्यानाकर्षण पत्रमा अभियानका क्रममा विभिन्न राजनीतिक दल, सङ्घसंस्था, स्थानीय तहहरु, व्यवसायिक क्षेत्र र व्यक्तिगत रुपमा समेत सयौं ज्ञापन पत्र, ध्यानाकर्षण, माग र सुझावहरु प्राप्त भएको, विभिन्न जिल्लामा सर्वदलीय बैठक बसेर साझा मागपत्र तयार गरेर हस्तान्तरण गरिएको र ती मागहरुलाई पार्टीले जनताको नासो ठानेका उल्लेख गरिएको छ । यिनलाई सम्वोधन गर्नु राज्यको दायित्व हो भन्ने निष्कर्षका साथ प्राप्त मागहरुको सारसङ्क्षेप र तिनलाई कार्यान्वयन गर्ने निकाय समेत ध्यानाकर्षण पत्रमा किटान गरिएको प्रमुख गौतमले बताए ।
पुष्पलाल (मध्यपहाडी) लोकमार्गको अद्यावधिक स्थिति र कतिपय स्थानमा पुनर्रेखाङ्कन तथा सुधार गर्नु पर्ने विषयमा समेत नेपाल सरकारलाई ध्यानाकर्षण गराइएको छ । यी विषयको कार्यान्वयन– अवस्थाको अनुगमनका लागि पार्टी उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेललाई जिम्मेवारी तोकिएको र मागहरुको शीघ्र एवं योजनाबद्ध कार्यान्वयन गर्न र त्यस सम्बन्धमा पार्टीलाई अद्यावधिक जानकारी गराइरहन प्रधानमन्त्रीलाई आग्रह गरिएको एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार सङ्कल्प यात्रामा प्रकट भएको जनसमर्थन र सहभागितालाई लोकतान्त्रिक गणतन्त्र, संवैधानिक व्यवस्था र मुलुकको भविष्यप्रतिको जनताको भरोसाका रुपमा लिएको पनि पार्टीले जनाएको छ ।
विज्ञप्तिका अनुसार जनताबाट प्राप्त मागहरुको प्रकृतिहरु
– अभियानका क्रममा कुल ७५१ वटा मागहरु प्राप्त भएका छन्, जुन विभिन्न ४६ क्षेत्रसँग सम्बन्धित छन् । तिनलाई सोही अनुरुप वर्गीकरण गरी प्रधानमन्त्रीज्यूलाई बुझाइएको छ । प्रदेशगत रुपमा गण्डकीबाट ५९ निवेदनहरुबाट १६१ वटा विषयहरु, कोशीबाट ४८ निवेदनहरुमार्फत् १७० वटा विषयहरु, सुदूरपश्चिमबाट २४ निवेदनहरुमार्फत् १३५ मागहरु, बागमतीबाट ३४ निवेदनहरुमार्फत् ११३ वटा मागहरु, कर्णालीबाट २८ निवेदनमार्फत् ८९ मागहरु, लुम्बिनीबाट १० निवेदनमार्फत् ७५ मागहरु र मधेश प्रदेशबाट (अभियानमा सहभागी हुन आउनु भएका प्रतिनिधिहरुमार्फत्) सङ्कल्प प्रस्तावसहित दुई निवेदनमा ८ वटा मागहरु समावेश गरिएको छ । यी माग, ध्यानाकर्षण, ज्ञापन पत्रहरुमा आवेदकहरुको हस्ताक्षर समेत रहेको छ । यसमध्ये बागमती प्रदेशको एउटा योजनामा १४४२ जनासम्मको हस्ताक्षर समेटिएको छ ।
– जनताको मागको प्राथमिकता क्रम हेर्दा सडक, शिक्षा, पर्यटन, कृषि तथा फलफूल, स्वास्थ्य, उद्योग, उर्जा, मोटरेबल पुल, सिँचाई, भवन निर्माण, संस्कृति संरक्षण तथा प्रवद्र्धन, भूमि व्यवस्था, बस्ती विकास, खेलकुद, जातीय विभेद, छुवाछुत तथा हिंसा विरुद्ध, खानेपानी व्यवस्थापन तथा स्रोत संरक्षण, भूकम्प प्रभावित क्षेत्र लगायत ठाउँहरुमा पुनर्निर्माण तथा पुनस्थापना, सुरुङ मार्ग निर्माण, भूक्षय नियन्त्रण तथा तटबन्ध निर्माण लगायत रहेका छन् ।
– मागको सङ्ख्याको आधारमा मध्यपहाडी क्षेत्रले सबैभन्दा बढी १५७ वटा मागहरु सडकसँग सम्बन्धित र २५ वटा मोटरेबल पुलहरु प्राथमिकतामा राखेको छ । यसको अर्थ अझै पनि मध्यपहाडी क्षेत्रले कनेक्टीभिटीलाई जोड दिएको मान्न सकिन्छ । मध्यपहाडी राजमार्गलाई छोटो बनाउनु पर्ने, राजमार्गसँग सम्बन्धित बस्तीहरु व्यवस्थित गर्नुपर्ने, सडकको रेखाङ्कनले बस्तीलाई कम क्षति पुग्नु पर्ने जस्ता मागहरु सडकसँग जोडिएका देखिन्छन् ।
– दोस्रो प्राथमिकतामा शिक्षासँग सम्बन्धित मागहरु छन् । यस सम्बन्धी ७९ वटा मागहरुमा शैक्षिक भवन निर्माण, शिक्षक दरबन्दीहरुको व्यवस्थापन, राहत शिक्षकका माग सम्बोधन, शिक्षाको गुणस्तर कायम गर्नुपर्ने लगायत रहेका छन् । तेस्रो प्राथमिकतामा मध्य पहाडी क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि पुरातात्विक महत्वका क्षेत्रहरुको संरक्षण र प्रवद्र्धन गर्ने, पर्यटन गुरु योजना निर्माण गर्ने, पदयात्रा प्रवद्र्धन गर्ने जस्ता योजना हरु रहेका देखिन्छन् । चौथो क्रममा कृषि तथा पशुपालनको प्रवद्र्धन गर्ने र पाँचौमा स्वास्थ्य सेवाको सहज उपलब्धताका लागि प्रयत्न गर्नुपर्ने विषयहरु उठान गरिएका छन् । प्रस्तुत मागहरुले मध्यपहाडको आवश्यकता र अवस्थालाई प्रतिविम्बित गर्दछ र यी मागहरुको सम्बोधनले मध्यपहाडको विकास र समृद्धिलाई योगदान गर्न सक्दछ भन्ने पार्टीले विश्वास लिएको छ ।
एमालेले ध्यानाकर्षण गराएको विषय
विभाग प्रमुख गौतले ध्यानाकर्षणपत्रमा पार्टीले मध्यपहाडी क्षेत्रमा देखेका विकासका संभावना र चुनौतीलाई पनि समेटिएको जानकारी दिए । उनका अनुसार पूर्वाधारका दृष्टिले मध्यपहाडका गाउँ र बस्तीहरुमा यस बीचमा ठूलो सकारात्मक परिवर्तन आएको, मध्यपहाड कृषि, फलफूल र पशुपालनका दृष्टिले असाध्यै उर्बर क्षेत्रका रुपमा रहेको, यहाँ जलस्रोतको भण्डार नै रहेको, सुरम्य हावापानी, सुन्दर दृष्यावलोकन, परम्परागत खाना र सांस्कृतिक विविधताका दृष्टिले धनी यो भूभाग पर्यटनका लागि असाध्यै संभावनायुक्त रहेको एवं यहाँ खानी र खनिजजन्य पदार्थका दृष्टिले पनि धेरै संभावनाहरु रहेको उल्लेख गरिएको छ ।
पहाडी गाउँवस्तीहरुमा बसाइँसराइँ ठूलो चुनौतीको रुपमा देखा परेको, कतिपय गाउँवस्तीहरु रित्तिँदै गएको, विद्यार्थीको अभावमा कतिपय विद्यालय बन्द हुने अवस्थामा पुगेको, खेतीयोग्य जमिन बाँझो बन्दै गरेको र कतिपय ठाउँमा त बृद्धबृद्धाहरुको हेरचाह गर्ने या मलामी जाने युवाहरुको समेत अभाव देखिएको विषयमा सरकारको ध्यानाकर्षण गरिएको छ ।
बसाइँसराइँको यो नकारात्मक प्रवाहका पछाडि केही वाध्यात्मक कारणहरु भए पनि नेपालमा अवसर नै छैन र नेपाल बन्दैन भन्ने भ्रामक प्रचार, प्रायोजित भाष्य, त्रुटिपूर्ण शैक्षिक प्रणाली र मनोविज्ञानले समेत काम गरेको उल्लेख गर्दै बसाइँसराइँको क्रमलाई न्यून गर्न तत्काल पहलको माग गरिएको छ ।
उत्पादित बस्तुले बजार, उचित मूल्य र संरक्षण नपाउनु पनि बसाइँसराइँको कारण बन्न पुगेको उल्लेख गर्दै एमालेले किसानहरुको हित संरक्षणका लागि विदेशी मुलुकका कृषि उत्पादनको अनियन्त्रित आयात रोक्न, बिचौलियाको दोहन नियन्त्रण गर्न, पूँजी र प्रविधिको प्रबन्ध, बाली बीमा, उत्पादनको समर्थन मूल्य र बजारको व्यवस्था गर्न ध्यानाकर्षण गरेको छ ।
मध्यपहाडका विभिन्न भूभागमा भूमिहीनहरुको उल्लेख्य सङ्ख्या रहेको उल्लेख गर्दै तिनीहरु लगायत दशकौंदेखि पर्ती जमीन र गुठी जग्गा आवाद गरेर बसेका तर जग्गाधनी प्रमाणपूर्जा नपाएका कारण भूमि अधिकारबाट बञ्चित भएका हजारौं परिवारको भूमि समस्या समाधान गर्न पार्टीले सरकारको ध्यानाकर्षण गरेको छ ।
पछिल्लो समय बाँदर, बँदेल, दुम्सी, घोरल लगायत वन्यजन्तुका कारण बालीनालीमा भइरहेका नोक्सानी र पीडा पनि किसानहरुको बसाइँसराइँको कारक बन्न पुगेको उल्लेख गर्दै यसको दिगो समाधानका लागि ध्यानाकर्षण गरिएको छ ।
जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरु मध्यपहाडी क्षेत्रमा स्पष्ट देखिन थालेको, पानीका मुहानहरु सुकेका, पानीको सतह घटेका कारण सिचाइ कुलोहरु सुख्खा हुन थालेका, बाढी पहिरोको जोखिम वर्षेनी बढ्दै गएर बस्तीहरु रित्तिएका र वर्षाको असामान्य प्रवृत्तिका कारण परम्परागत बालीनालीलाई ठूलो प्रभाव परेको उल्लेख जलवायु सङ्कटको समाधानका ठोस योजना ल्याउन ध्यानाकर्षण गरिएको छ ।
उद्यमी व्यवसायीहरु निकै निराश र हतोत्साहित अवस्थामा देखिएको, ब्याङ्कको चर्को व्याजदर, अपारदर्शी र झन्झटपूर्ण कर नीति, कर प्रशासकहरुको गलत व्यवहार, सरकारको भ्रष्ट र अमैत्रीपूर्ण नीतिका कारण धेरैले व्यवसाय बन्द गरेको, चलाएकाले पनि पूर्ण क्षमतामा नचलाएको र व्यवसायमा भविष्य छ भन्ने आत्मविश्वास टुटेको देखिएको उल्लेख गर्दै उद्यमी व्यवसायीहरुको मनोबल उँचो उठाउन, अवैधानिक आर्थिक क्रियाकलापको बोलवालाका कारणले वैधानिक रुपमा काम गरिरहेकाहरु निरुत्साहित हुने अवस्था अन्त्य गर्न माग गरिएको छ ।
पछिल्लो समय विकास निर्माणका कामहरु ठप्प प्रायः देखिएको, भेरी–बबई, सुनकोशी–मरिन, पुष्पलाल लोकमार्ग जस्ता यस्ता क्षेत्रका रुपान्तरणकारी आयोजनाहरुको प्रगति सन्तोषजनक नरहेको, स्वास्थ्य बिमा, आधारभूत अस्पताल र प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापनाका काम अवरुद्ध भएको, रणनीतिक सडकहरुको बजेट पूर्वाग्रहपूर्ण ढङ्गले कटौती गरिएको, विकासका काममा चरम पक्षपात देखा परेको, कतिपय ठाउँमा निर्माण व्यवसायीहरुले सम्पन्न भइसकेका कामको पनि भुक्तानी नपाएको र कतिपय ठाउँमा उनीहरुको चरम लापरबाही देखिएको उल्लेख गर्दै निर्माणाधीन पूर्वाधार कार्य र जनहितका विषयमा तत्काल बजेट उपलब्ध गराउन माग गरिएको छ । विकास निर्माणको काममा आएको शिथिलता र आर्थिक मन्दीका कारण निर्माण सामग्रीसँग सम्बन्धित व्यवसाय सङ्कटमा परेको उल्लेख गर्दै पूर्वाधार विकासका काममा समन्वय नभएको (उदाहरणका लागि भेरी–बबई डाइभर्सनको सुरुङ सम्पन्न भएको बर्षौं बितिसक्दा पनि त्यसको मूल बाँध हालसम्म नबनेको, सुनकोशी मरिन डाइभर्सनमा सुरुङको काम सकिन लागेको तर अन्य संरचना नबनेको) तर्फ ध्यानाकर्षण गराइएको छ ।
भ्रष्टाचार, कुशासन र राजनीतिक बेथितिले समाजमा चर्को असन्तुष्टि देखापरेको, यो असन्तुष्टिलाई लोकतान्त्रिक प्रणाली, गणतन्त्र या संवैधानिक व्यवस्थाकै विरुद्ध विरुद्ध प्रयोग गर्न सकिन्छ कि भनेर चलखेल भइरहेको तर्फ ध्यानाकर्षण गराउँदै सुशासन र विकासलाई सुनिश्चित गर्न माग गरिएको छ ।
गत कार्तिक १७ गते जाजरकोट र रुकुम– पश्चिममा गएको भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनाको काम अत्यन्त सुस्त र निराशाजनक रहेको उल्लेख गर्दै अस्थायी आवास र न्यानो कपडाको अभावमा चिसोले ३४ जनाभन्दा बढी भूकम्पपीडितको ज्यान जानु सरकारको निकम्मापनको उदाहरण र लज्जास्पद स्थितिका रुपमा पार्टीले विश्लेषण गरेको छ । अविलम्ब अस्थायी आवासका लागि राहत उपलव्ध गराएर र पीडितहरुका लागि अस्थायी आवास सुनिश्चित गरेर नागरिकको जीवन रक्षा गर्न सरकारसँग जोडदार माग गरिएको छ ।
पुष्पलाल (मध्यपहाडी) लोकमार्ग नेपालको पहाडी क्षेत्रको विकास र समृद्धिको सम्बाहक परियोजनाका रुपमा रहेको, अधिकांश राजमार्गहरु विदेशी सहायतामा बनेको परिप्रेक्ष्यमा नेपालको आफ्नै स्रोत, इञ्जिनीयरिङ र प्रविधिमा निर्माणाधीन यो परियोजना नेपालीका लागि गौरवको विषय भएको उल्लेख गर्दै ध्यानाकर्षण पत्रमा यसको इञ्जिनीयरिङ, अलाइनमेन्ट र ढाँचामा थुप्रै सुधार गर्नु पर्ने, कतिपय स्थानमा पहिल्यै बनेको स्थानीय सडकमा यसलाई जोडिएको, कतिपय ठाउँमा बस्ती नै नभएका निर्जन स्थानमा बाटो खनिएको र कतिपय ठाउँमा राजनीतिक दबाब र प्रभावका कारण यसलाई अनावश्यक घुमाउरो बनाइएको र यसको १८७९ किलोमिटर लम्बाइ राष्ट्रिय राजमार्गका दृष्टिले उपयुक्त नरहेको निष्कर्षमा साथ यसको ‘टेक्निकल अडिट’ गर्न, आवश्यकता अनुसार विभिन्न ठाउँमा पुनर्रेखाङ्कन (रिअलाइनमेन्ट) गर्न, आवश्यक स्थानमा सुरुङ र भायाडक्ट (अग्ला पुल)को प्रयोग गरी यसको समय र दूरी छोट्याउन, ट्रयाक खोल्न बाँकी ठाउँमा तत्काल ट्रयाक खोल्न, जाजरकोटको मटेलामा तत्काल बेलीब्रिज राख्न र ठेक्का लगाउन बाँकी ठाउँमा तत्काल ठेक्का लगाउन एवं काम अलपत्र पार्ने ठेकेदारहरुमाथि आवश्यक कार्बाही अगाडि बढाउन माग गरिएको छ ।
त्यसरी नै मध्यपहाडी लोकमार्गमा पर्ने विभिन्न भूभागमा आधुनिक सहरहरुको विकास गरेर पहाडको बसाइँसराइँ रोक्ने उद्देश्यले सुरु गरिएको परियोजनाको प्रगति निराशाजनक रहेको उल्लेख गर्दै यस सम्बन्धमा ठोस काम अगाडि बढाउन ध्यानाकर्षण गरिएको छ ।
सरकारी निकाय बिच समन्वयको अभावले राजमार्ग लगायत पूर्वाधार निर्माणको काम बेस्सरी प्रभावित भएको उल्लेख गर्दै समन्वयका लागि ध्यानाकर्षण गरिएको छ । (जस्तै, बुढीगण्डकी जलाशययुक्त परियोजनाको कारण देखाई गोरखा–धादिङ आरुघाट खण्डमा सडक नबनाइएको, सुनकोशी परियोजनाले डुबानमा पार्छ भन्ने बहानामा रामेछापमा सडक अत्यधिक घुमाउरो र दिग्दारलाग्दो बनाइएको, बेतान– कर्णाली प्रस्तावित जलविद्युत परियोजनाले जङ्गलघाटमा पुल बनाउन स्वीकृति नदिएका कारण कर्णाली चिसापानीबाट १२५ किलोमिटर दूरी पार गरेर पुगिने मङ्गलसेन पुग्न झण्डै ४ सय किलोमिटर घुमाउरो बाटो तय गर्नु पर्ने वाध्यता रहेको, सुनकोशी–मरिन परियोजनामा प्रयोग भएको टिबिएम सिन्धुली खुर्कोट– चियाबारी सुरुङ निर्माणमा प्रयोग गर्न सक्दा ६. ८ कि.मी. सुरुङ मार्फत् ४७ मिनेटको यात्रा ८ मिनेटमा पूरा गर्न सकिने, कान्तिपथलाई अलिकति सुधार गर्ने हो भने प्रदेश राजधानी र काठमाडौं बिचको दूरी २ घण्टा भन्दा कम हुने र मदन भण्डारी राजमार्ग हुँदै चतरासम्मको यात्रा साह«ै छोटो हुन सक्ने आदि ।न्युजकारखाना
काठमाडौं, ९ माघ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को बिद्यान सम्मेलन १४ गते देखी सुरु हुने भएको छ।
पार्टीको केन्द्रिय समितिले हालै तय गरेको विधान संसोधनको अजेन्डा पारित गर्नका लागि आगामी माघ १४–१५ गते बिद्यान सम्मेलन गर्न लागेको हो ।
काठमाडौँमा सम्पन्न हुने उक्त बिद्यान सम्मेलनमा पार्टीको राष्ट्रिय महाधिवेशनमा दस्तावेज मस्यौदासम्बन्धी छलफल हुने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।न्युजकारखाना
काठमाडौं, ९ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी थालिएको जानकारी दिँदै त्यसलाई सकेसम्म जनमुखी बनाइने बताएका छन ।

मंगलबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारीहरूको प्रतिनिधिमण्डलसँग कुरा गर्दै प्रधानमन्त्रीले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको ढाँचा, समय र प्रक्रियामा गुणात्मक परिवर्तन गर्न लागिएकाले त्यसबाट राम्रो परिणाम आउनेमा आफू आशावादी रहेको बताएका छन ।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलले एमालेले गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानका क्रममा विभिन्न ठाउँमा जनताले राखेका मागहरू एकीकृत गरी नेपाल सरकारसमक्ष ध्यानाकर्षणपत्र प्रस्तुत गरेको हो।

उक्त ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले मध्यपहाडी क्षेत्रका विकास निर्माण, जनसेवा र समृद्धिका विषयमा एमालेले प्रस्तुत गरेको ध्यानाकर्षणले नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणमा महत्वपूर्ण योगदान पुग्दै बताउँदै उक्त अभियानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणमा महत्वपूर्ण सहयोग पुगेको बताए ।
प्रधानमन्त्रीले एमालेद्वारा प्रस्तुत ध्यानाकर्षणपत्र मध्यपहाडी क्षेत्रका जनता, सबै राजनीतिक दल र नेपाल सरकारको समेत मुद्दा भएकाले सम्बोधन गर्न सकिने जति विषयहरू सम्बोधनका निम्ति सरकार गम्भीर रूपमा लाग्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन ।
ध्यानाकर्षणपत्र बुझाउँदै पूर्वप्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टीले सञ्चालन गरेको अभियानले मध्यपहाडी क्षेत्रको जनजीवन, विकास निर्माण, जनताको मनोविज्ञान, राजनीतिक सहकार्यको स्थिति, समृद्धिको आकाङ्क्षा र सम्भावना बुझ्न महत्वपूर्ण योगदान पुगेको बताउँदै ध्यानाकर्षणपत्र सम्बोधनमा सहयोगका लागि प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।
प्रतिनिधिमण्डलमा अध्यक्ष ओलीसहित पदाधिकारी र अन्य नेताहरू उपस्थित रहेका थिए ।न्युजकारखाना
काठमाडाैं, ९ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले सेयर नामसारी पुरा गर्न प्रक्रिया पुरा गरेकाे तर रकम नलिएकाे बताएका छन् ।
साेमवार राती सामाजिक सञ्जालबाट धारणा राख्दै सभापति लामिछानेले कानुनी प्रकिया पुरा गरेकाे तर लेनदेन नगरेकाे पुनः प्रस्टाएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छनः
आजको प्रेस मिटमा मैले सबै कुरा स्पष्ट राखेँ भन्ने लागेको छ। पत्रिकामा लेखिने ठूला हेडलाइन र केही डकुमेन्टका आधारमा वास्तविकता पुरै नबुझी विचार बनाउने हाम्रो प्रवृत्तिबारे म जानकार छु। तर तथ्यमा पनि विचार गरिदिन अनुरोध छ।
डिपोजिट स्लिपकै आधारमा मेरो खातामा रकम जम्मा भयो भनेर ठोकुवा गरियो, जबकि बैँकले नै खातामा रकम जम्मा भएको छैन भनिसक्यो। बैँकमा भएका हरेक कारोबार नियामक निकायको नियमनमा हुन्छ। यो क्षेत्रमा पारदर्शीता हुन्छ। कसैले लुकाएर वा लुकाउन चाहेर लुक्ने, छिप्ने कुरै होइन यो।
अब फेरि मैले रकम बुझिलिएँ भनेर ल्याप्चे नै ठोकेको कागज राखेर यसले पैसा लिएकै हो, ढाँट्यो भनेर पनि भ्रम फैलाउन सकिएला। जबकि त्यो कानुनी प्रक्रियाका लागि मात्र हो, रकम लेनदेन भएको छैन भन्ने बुझाउन लामो लेखेर यसबारे बुझाउने प्रयास गर्दैछु। कृपया पूरै पढेर मात्र विचार बनाउनु होला।
मैले सुरुदेखि नै स्वीकार गर्दै आएको छु, ग्यालेक्सी टिभी सञ्चालन गर्ने कम्पनी गोर्खा मिडियामा म संलग्न हुन जानुअघि त्यसका प्रमोटर र म बीच कम्पनीको १५ प्रतिशत सेयर मेरो नाममा गुडविल बापत् अर्थात् बिना लगानी कायम गर्ने सहमति भएको थियो। यसलाई पसिनाको कमाई वा स्वेट सेयर पनि भन्ने गरिन्छ बोलीचालीको भाषामा।
यो शेयरलाई कम्पनी रजिष्ट्रारको कार्यालयमा शेयर लगत कायम गर्न आवश्यक कानुनी प्रबन्ध र कागजपत्र कम्पनी स्वयंले मिलाउने भन्ने सहमति पनि थियो। यो किन भएको थियो भने यी कानुनी मामिलामा संलग्न हुन मसँग समय थिएन। टेलिभिजन सञ्चालनको लागि कार्यक्रम, समाचार, कर्मचारी, प्रविधि लगायतको आन्तरिक व्यवस्थापन गर्ने मेरो मुल जिम्मेवारी थियो। मेरो नाममा शेयर लगत कायम गर्न आवश्यक काम गोर्खा मिडियाले नै गर्यो, त्यति बेला मैले सोधखोज पनि गरिनँ। बरु सार्वजनिक रुपमा कार्यक्रमको पहिलो एपिसोडमा खुलस्त पारिदिए। बाँकी प्रक्रियागत कुरा मिलाउन के के गरिन्छ भन्ने कुरा जगजाहेर कुरा हो। हिम्मत जुटाएर खोजौं र सबले मम भनौं। तर मैले छुट पाउनु पर्छ भन्ने मेरो दावी पटक्कै होइन।
जब मैले ग्यालेक्सी टिभी छोड्ने निर्णय गरेँ, त्यतिबेला कम्पनीले मेरो गुडविल उपयोग गर्न नसक्ने भयो। त्यसकारण मैले इमान्दारीपूर्वक बिना लगानी लिएको उक्त शेयर बिना रकम नै फिर्ता गर्न सहमति जनाएँ।
तर, यहाँ पनि अर्को कानुनी समस्या देखिएछ। मेरो नामको शेयर जसको नाममा नामसारी भई कम्पनी रजिष्ट्रारको कार्यालयमा लगत कायम हुनुपर्ने हो, उसले मेरो शेयर किनेको देखिनुपर्ने भएछ। मैले शेयर कसको नाममा नामसारी गरिदिनु पर्ने पनि सोधेको होइन। गोर्खा मिडियाका अध्यक्ष जीबी राईकै नाममा लगत कायम गर्ने निर्णय भयो, मैले प्रक्रिया पूरा गरीदिए। कम्पनी शेयर किनबेचमा यो अति सामान्य अभ्यास हो र फेरी पनि मैले छुट पाउनु पर्छ भन्ने मेरो दावी होइन। यो पनि टिभी छोड्दा सारा दर्शक सामु स्पष्ट पारिदिएको छु र भनेको छु कि मैले आफ्नो भागको शेयर एक पैसा नलिइ फिर्ता गरेको छु, जसमा मेरो एक पैसापनि परेको थिएन।
कम्पनी रजिस्ट्रारको कार्यालयमा शेयर बिक्री भए वापत रकम कारोबार भएको प्रमाण आवश्यक त पर्छ नै। अर्थात् मेरो १५ प्रतिशत शेयर जसलाई बिक्री गरेको हो, उसले मलाई रकम दिएको देखिनु पर्ने थियो। त्यही प्रक्रिया कै लागि मैले शेयर छाडेको कागज गरेँ, जुन कागज तल पोस्ट गरिदिएको छु। मेरो शेयर खरिद गरे बापतको रकम जीबी राईले मेरो खातामा जम्मा गरेको भौचर देखिए पनि रकम खातामा आएन। सायद त्यो आवश्यक प्रक्रिया मात्रै थियो, जुन यस्तै ढंगले पूरा गरिने आम अभ्यास छ । त्यसैका आधारमा शायद भौचर मात्र राखी कम्पनी रजिष्ट्रारको कार्यालयमा जीबी राईको नाममा शेयर नामसारी भई दाखिला पनि भएको हुनु पर्छ।
यहाँनिर सबैले बुझ्नु पर्ने कुरा के छ भने, मेरो खातामा रकम जम्मा भएको थिएन। अर्थात् चेक क्लियर भएन किनभने जीबी राईको खातामा जति रकमको चेक काटियो, त्यति पुग्ने पैसा नै रहेनछ।
यसो हुँदा कागजमा मेरो खातामा चेक जम्मा भएको देखियो, डिपोजिट भौचर प्राप्त भयो र शेयरको कारोबार सम्पन्न भयो। तर पैसाको लेनदेन भएन र यो सबै एकै दिनमा भएको छ। यदि मैले पैसा लिन चाहेको थिएँ भने उक्त चेक क्लियर नभएको विरुद्ध म चेक बाउन्स मुद्दामा जान सक्थें। तर, मलाई त्यो गर्नु आवश्यक थिएन। किनकि मैले स्वेच्छाले त्यो शेयर छाडेको थिएँ र मलाई यो सारा कारोबारबारे थाहा हुनु आवश्यक पनि थिएन। किनकि मैले त शेयर फिर्ता गर्नुपर्ने दायित्व थियो, गरेँ।
कुरा यत्ति हो र यसमा मेरो दोष कति भयो कति भएन आफै मूल्याकंन गर्नु होला। तिर्नु, बुझाउनु, सहनु पर्ने कुरामा म सधै राजी नै छु। इमानदारी पुर्वक आफ्नो पोजिसन क्लियर गर्दै म पटक पटक प्रेसलाई जवाफ दिन उभिएको छु, आम जनतालाई जवाफ दिन उभिएको छु, सार्वजनिक सुनुवाइमा उभिएको छु। यसरी आफू माथि प्रश्न उठ्दा कति नेता यसरी प्रेस र जनताको सामु उभिएका छन् होला ?
राज्यको निकायलाई झुक्याएको, कीर्ते गरेको जस्ता आरोप पनि आउलान्। तर प्रक्रिया नै यस्तै छ, गर्ने के ? म कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरेर कम्पनी चलाउने सबैलाई यो कुरा बुझ्न समय पक्कै लागेन होला। हामीले कानुनी संरचना नै यस्तै बनाएका रहेछौँ। नेपालमा ‘गुडविल शेयर’ भनेर रकम जम्मा नगरी शेयर कायम हुने कानुनी प्रबन्ध नै छैन। र, फिर्ता गरेको शेयर पनि किनबेच भएको देखिनुपर्ने हुन आउछ। विदेशमा यो सामान्य नै हुन्छ।
यो मामिलामा गुडविल शेयर लिने र फिर्ता गर्ने प्रक्रिया मिलाउन जे जति भए त्यो म कसैलाई दोष दिन्न। तर म सुरुदेखि नै आफ्नो कुरामा प्रष्ट छु, न गुडविल सेयर लिनका लागि मैले रकम हालेको थिएँ, न त्यो फिर्ता गर्दा नै कुनै रकम लिएको छु।
गोर्खा मिडियामा सेयर लगत कायम गर्न मेरो खाताबाट गएको ७५ लाख उनैबाट प्राप्त हो, मिडिया छाड्दा सेयर लगत हटाउन ‘पाएँ’ भनेर ल्याप्चे लगाएको १.८० करोड उनैलाई छोडेर गएको हो, मैले लगेको छैन। प्रमाणले पनि त्यही देखाउँछ।
भएको कुरा यत्ति हो। म मिडियामा हुँदा र मैले मिडिया छाड्दाको सेयर लगतको कुराले यो देशका हजारौँ सहकारी पीडितको मूल मुद्दा कतै नअलमलियोस् भन्नेमा सबैले ध्यान दिउँ। यो विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी संवेदनशील र प्रतिवद्ध छ।
आजको पत्रकार सम्मेलनले जति प्रश्नको जवाफ दियो त्यति नै धेरै प्रश्नपनि जन्माएको छ, जसलाई हामीले हल गर्नै पर्छ। छ्लेर, भागेर, तोडेर मोडेर भन्दा यथार्थ कुरा भनेर समस्याको समाधान खोज्नु उपयुक्त लागेर यति लेखेको छु। एक सामान्य जीवन बाट आएको मान्छे कमजोरी अनेकौं छन् तर गल्ती नगर्ने प्रयास जारी छ।न्युजकारखाना
जनकपुरधाम, ९ माघ ।
डा.सिके राउत नेतृत्वको जनमत पार्टीले राष्टिय सभाको निर्वाचनमा सत्ता गठबन्धनसंग एक सिट माग गर्दै आएको थियो । तर सिट नपाएपछि मधेस प्रदेशमा र लुम्बनी प्रदेशमा एक एक सिटमा उम्मेदवारी दर्ता गराएका छन ।
सत्ता गठबन्धनमा नै रहेर जनमत पार्टीले आफनो छुटटै उम्मेदवारी दर्ता गराएपछि गठबन्धन भित्रमै रहेका दलहरु बिचमा असन्तुष्टि देखिएको छ । सत्ता गठबन्धनमा जनमत पार्टीले संघमा एक मन्त्री सहित योजना आयोगको सदस्य पद समेत पाएका छन ।
त्यसैगरि मधेस प्रदेशमा दुई मन्त्री र निति आयोगमा एक जना सदस्य पाएका छन । सत्ता गठबन्धनमा निकै लाभ लिदै आएको जनमतले भने रहेक निर्वाचनमा गठबन्धनको विरुद्धमा आफनो उम्मेदवारी दिदै आएको छ । यसले समेत सत्ता गठबन्धनमा रहेका अन्य दलहरुले जनमतको क्रियाकलापबाट असंतुष्टि जनाएको छ । मधेस प्रदेशमा राष्टिय सभाको दुई सिट मध्ये जनमतले अन्य तर्फ राम शंकर महासेठलाई उम्मेदवार बनाएको छ । गठबन्धनबाट सो पदमा नेपाली काग्रेसका आनन्द प्रसाद ढुगाना उम्मेदवार बनेका छन ।
मधेस प्रदेशमा जनमतले सत्ता गठबन्धनको उम्मेदवार ढुगानालाई मत नदिदा समेत गठबन्धनको दुई उम्मेदवारको जित सुनिश्चित जस्दै देखिएको छ ।महिला तर्फ जसपा नेपालका उम्मेदवार पुजा चौधरी चुनावी मैदानमा छन ।
मधेस प्रदेशमा दलहरुको मतभार हेर्दा नेपाली काग्रेस पहिलो शक्ति हो । काग्रेससंग मात्रै ३ हजार १ सय ६१ मत भार रहेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेसंग २ हजार ३ सय ५५ मतभार छ । जनमत पार्टीको मतभार ७ सय ४६ छ । गठबन्धनमा रहेका दलहरु नेपाली काग्रेस,जनता समाजवादी पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी,एकिकृत समाजवादी पार्टी ,नेकपा माओवादी केन्द्र ,नागरिक उन्मुक्ति पार्टीको मतभार जोडदा ७ हजार ५सय ४१ पुग्छ । यस्तोमा जनमतले गठबन्धनमा रहेरै उम्मेदवारी दिदा समेत कुनै फरक पर्ने अवस्था भने देखिदैनन । तर पनि गठबन्धनमा रहेर जनमतले आफनो उम्मेदवारी दिएर मधेसको अधिकार र पहिचानको लागि आफु जहा रहेर पनि विद्रोह गर्ने सन्देश दिने प्रयासमा छन ।
सत्ता गठबन्धनमा जनता समाजवादी पार्टी सहभगि भएपनि चिढिएका छन । गत निर्वाचनमा सहयात्री रहेको नेपाली काग्रेसंगको सहकार्य तोडेर माओवादी केन्द्रले नेकपा एमालेसंग सहकार्य गरेपछि जनमत माओवादी एमालेको गठबन्धनमा सहभािगता जनाएको थियो । नयां गठबन्धनको निर्माण भएपछि जसपाले अहिलेको सत्ता गठबन्धनको साथ नछाडेपनि समय समयमा गठबन्धनको निर्णयको विरुद्धमा आफनो छुटटै उम्मेदवारी दिदै आएको छ । जनमतले उपराष्टपतिको निर्वाचनमा उम्मेदवारी दिएका थिए भने गठबन्धनका साझा उम्मेदवार रहेका बारा २ मा उपेन्द्र यादवकै विरुद्धमा उम्मेदवारी दिएका थिए । मधेस केन्द्रित दलमा देखिएको तिक्ता कै कारणले जनमत गठबन्धनको धेरै जसो निर्णयमा असहमति राख्दै आएको छ ।
नेपाली काग्रेसका सह महामन्त्री महेन्द्र यादवले जनमत पार्टीमा राजनितिक परिपक्ताको आभाव देखिएको बताए । उनले संघ देखि प्रदेश सम्मको गठबन्धनमा नेपाली काग्रेसकै कारणले जनमत गठबन्धनमा अहिले सम्म टिकेको तर राष्टिय सभाको निर्वाचनमा उम्मेदवारी दिएर उसले फेरि एक पटक राजनितिक परिपक्ताको आभाव देखिएको बताए ।
ज्नमत पार्टी सबै भन्दा बढि आक्रमक रुपमा जसपा प्रति प्रस्तुत हुदै आएको छ । मधेसमा जनमतले आफनो प्रतिस्पर्धी शक्तिको रुपमा बुझने गरेका छन । ३ गते मुख्यमन्त्रीको कार्यक्रममा गरेको विरोध प्रदर्शन समेत यसैका रुपमा लिइएको छ । जनता समाजवादी पार्टीका नेता एवं मुख्यमन्त्री सरोजकुमार यादवले जनमतलाई केन्द्रमै बनेको गठबन्धनको आधारमा प्रदेशमा समेत राखिएको बताउदै उसले रहेक निर्वाचनमा गठबन्धनको विरुद्धमा जाने गरेको कारणले गठबन्धनमा सहभागि दलले उसको क्रियालकापको विषयमा सोच्नुपर्ने समय आएको बताए । उनले जनमत पार्टी राजिनितिक प्रचारवाजीमा बढि विश्वास गर्ने गरेको कारणले हार्दै छु थाहा पाउदा पाउदै राजनितिक प्रचारवाजीकै लागि यस्तो कार्य गर्ने गरेको बताए ।
जनमत पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले गठबन्धनमा रहेका दलहरुले आफनो धर्म निर्वाह नगरेको कारणले आफुहरुले उम्मेदवारी दिएको बताए । उनले माधव नेपाल जीको पार्टी राष्टिय पार्टीपनि हैन जसपा भन्दा आफुहरुको मत पनि विगतको निर्वाचनमा बढि छ तर उहाहरुलाई सिट दिने जनमतलाई नदिने गठबन्धन दलको रवैयाको कारणले उम्मेदवारी दिएको जिकिर गरे । उनले हार र जित भन्दा पनि जनम आफनो सम्मान र मुल्यममान्यताको आधारमा अगाडि बढनुपर्छ भन्ने विचारमा अडिग छ भन्ने सन्देश दिएको बताए ।
न्युजकारखाना
काठमाडौं, ९ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट एक करोड ८० लाख रुपैयाँ निकालेर आफ्नो खातामा हालेको भन्ने समाचारको ग्लोबल आइएमई बैंकले खण्डन गरेको छ। कान्तिपुर दैनिकले ग्लोबल आइएमई बैंकको एउटा ‘स्लीप’ सहित रविले अनाधिकृतरुपमा पैसा लिएको समाचार प्रकाशित गरेपछि बैंकले उक्त प्रष्टीकरण दिएको हो।
यस विषयमा प्रष्टीकरण दिन रविले लामिछानेले पत्रकार सम्मेलन आयोजना गरेका थिए। पत्रकार सम्मेलनमा उनले ग्लोबल आइएमइ बैंकले आफूलाई दिएको पत्र सार्वजनिक गरेका थिए। उक्त पत्र बैंकले आज रविलाई उपलब्ध गराएको थियो।
‘उल्लेखिन मिति १७/०६/२०२२ मा त्यहाँको यस बैंकमा सञ्चालनमा रहेको खाता नम्बर …. मा रु १,८०,००,००० को चेक जम्मा भएको हुँदा सो रकम खातामा क्रेडिट गरिएको तर उक्त चेक इसीसी मार्फत चेक क्लीयरिङमा पठाउँदा अपर्याप्त ब्यालेन्सको कारण फिर्ता भएको हुँदा सो रकम खातामा जम्मा नभएको व्यहोरा जानकारी गर्दछौं,’ पत्रमा लेखिएको छ।
पत्रकार सम्मेलनमा पूर्वबैंकर तथा हाल रास्वपा नेता अनिल केशरी साह उपस्थित थिए। उनले पनि यो विषयलाई बैंकिङ प्रक्रियाको हिसाबले प्रष्ट्याएका थिए।न्युजका्रखाना
काठमाडौँ, ८ माघ।
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्याहरू प्याकेजमै सम्बोधन गर्नुपर्ने बताएका छन् । सोमबार दिउँसो प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमा नर्सिङ क्षेत्रका समस्या सम्बोधन गर्नेबारे भएको उच्चस्तरीय छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
छलफलमा प्रधानमन्त्रीले भने, “नर्सिङ शिक्षाको कुरा गरिरहँदा नर्सिङ र सिटिइभिटीको क्षेत्राधिकार बाझिने गरेको परिस्थिति पनि छ। त्यसलाई हामीले क्लियर गरेर जानुपर्छ।”
चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्या सम्बोधनका निम्ति छिटै चिकित्सा शिक्षा आयोगको बैठक बसिने प्रधानमन्त्रीले जानकारी दिए ।
“चिकित्सा शिक्षा आयोगको बैठक हामी छिटै बस्छौँ। स्वास्थ्य क्षेत्रका समस्या के हुन्, नर्सिङ क्षेत्रका समस्या के हुन्, त्यसबारे बृहत् छलफलमार्फत एउटा निष्कर्षमा पुग्नुपर्छ। आयोगको बैठक बसेर हामी अध्ययन समिति नै बनाएर त्यसबारे व्यवस्थित काम गरौँ। त्यसका राष्ट्रिय योजना आयोगलाई पनि समावेश गरेर जाउँ,” प्रधानमन्त्रीले भने, “ऐनका समस्या ऐन संशोधनको प्रक्रियाबाट नै सम्बोधन गर्नुपर्छ। तर, ऐनले जति कुराको बाटो खोलिदिएको छ, त्यसको सम्बोधनका लागि हामीले नै तत्परता देखाउनुपर्छ । ऐनमा भएको व्यवस्था लागू गर्न हामी चुक्नु भएन। अहिले भएको साधनस्रोतका आधारमा गर्नसकिने कामहरू कार्यतालिका बनाएर गरौँ।”
बैठकमा प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, प्रधानमन्त्री कार्यालयका सचिवहरू, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, नर्सिङ काउन्सिलका रजिष्टार शुक्ला खनाल लगायत उपस्थिति थियाे । न्युजका्रखाना
काठमाडौं, ८ पुस ।
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य चयनका लागि हुने निर्वाचनको तयारी पूरा भएको जनाएको छ । यही ११ माघमा हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार निर्वाचनको निषेधअवधि सोमबार मध्यराति १२ बजेबाट सुरु हुनेछ ।
‘संवत् २०८०/१०/११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि आवश्यक सुरक्षा ब्यवस्था सहितको तयारी कार्य पूरा भएको छ,’ उनले भने, ‘राष्ट्रिय सभा सदस्य निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न सम्वत् २०८० माघ ८ गते राति १२ बजेपछि मतदान कार्य समाप्त नहुन्जेलसम्म राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य ब्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाईन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने हुँदा सो बमोजिम आचरण पालना गर्न गराउन अनुरोध गरिन्छ ।’
साथै आयोगले ११ माघ मतदानको दिन ९ बजे देखि अपरान्ह ३ बजेसम्म सम्वन्धित् प्रदेशको तोकिएका मतदान स्थल तथा मतदान केन्द्रहरुमा मतदान गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।
विज्ञप्ति :
राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रचार प्रसार निषेध अवधि सम्वन्धमा ।
संवत् २०८०/१०/११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि आवश्यक सुरक्षा ब्यवस्था सहितको तयारी कार्य पुरा भएको छ । यस निर्वाचनमा निर्वाचक मण्डलको सदस्य रहेका प्रदेश सभाका सदस्य र गाउँपालिकाका /अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखलाई मतदाताको रुपमा उक्त दिन विहान ९ बजे देखि अपरान्ह ३ बजेसम्म सम्वन्धित प्रदेशको तोकिएका मतदान स्थल तथा मतदान केन्द्रहरुमा मतदान गर्ने ब्यवस्था मिलाइएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न सम्वत् २०८० माघ ८ गते राती १२ बजेपछि मतदान कार्य समाप्त नहुन्जेलसम्म राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य ब्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाईन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने हुँदा सो बमोजिम आचरण पालना गर्न गराउन अनुरोध गरिन्छ ।
यस निर्वाचनमा प्रदेश सभाका सदस्यहरुका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखहरुका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रहरुको ब्यवस्था गरिएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलका सबै मतदाताहरु गोप्य मतदानव्दारा आफूले रोजेको र चाहेको उम्मेदवारलाई मतदान गर्न स्वतन्त्र छन् । निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को ब्यवस्था बमोजिम मतपत्रमा मत संकेत गरेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रर्दशन गर्न वा मत संकेत गरेको व्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न नहुने विषयलाई मध्यनजर गरी सम्वन्धित मतदान केन्द्रहरुमा निर्वाचन आयोगले तोकेको कुनै एक परिचयपत्र साथ उपस्थित भई आफ्नो विवेकको गोप्य मताधिकारको प्रयोग गर्नुहुन र यस निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरिहत वातावरणमा सम्पन्न गर्न गराउन सम्वन्धित सबैमा निर्वाचन आयोग अनुरोध गर्दछ ।न्युजका्रखाना
शालिग्राम शर्मा पौडेल
सह सचिव /प्रवक्ता
विराटनगर, ८ माघ ।
आसन्न राष्ट्रिय सभा सदस्य चयनका लागि हुन लागेको निर्वाचनमा एमाले र राप्रपाले तालमेल गरेका छन् । कोशी प्रदेशमा उनीहरुले तालमेल गरेका हुन् ।
सोमबार भएको छलफलमा दुई दलका नेताहरु राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा तालमेल गर्न सहमत भएका हुन् ।
एमालेका मतदाताले राप्रपाको उम्मेदवार उद्धव पौडेललाई र राप्रपाका मतदाताले एमाले उम्मेदवार रुक्मिणी कोइरालालाई मतदान गर्ने सहमति भएको छ ।
यही ११ माघमा राष्ट्रिय सभा सदस्य चयनका लागि निर्वाचन हुँदै छ । कोशी प्रदेशमा दुई सिटका लागि मतदान हुँदै छ ।न्युजका्रखाना
काठमाडौँ, ८ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका आयोजना लगायतका मुख्य आयोजनालाई समयमै सम्पन्न गर्नेगरि नीति तथा कार्यक्रममा व्यवस्था र बजेटमा यथोचित प्राथमिकता दिइने बताएका छन् । सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयको एक्सन रूमबाट सिक्टा सिंचाइ आयोजना र महाकाली सिंचाइ आयोजना (तेस्रो चरण) को अनुगमन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

आयोजनाको भर्चुअल अनुगमन गर्दै प्रधानमन्त्रीले भने, ‘वार्षिक बजेटको ठीक ढंगले प्राथमिकीकरण हुन नसक्दा राष्ट्रिय गौरवका आयोजनाहरू र अन्य महत्वपूर्ण आयोजनाहरू नराम्रोसँग प्रभावित हुने गरेका छन्। पर्याप्त बजेटको व्यवस्था नहुँदा एकातर्फ गुणस्तरीय काम नहुने र अर्कोतर्फ भौतिक तथा वित्तीय प्रगति सन्तोषजनक नहुने अवस्था छ। यसले आयोजनाको समय लम्बिँदै जाने र लागत पनि बढ्दै जाने अवस्था छ। यसपटक यो बेथितिको अन्त्य गर्नैपर्छ।’

अनुगमनमा प्रधानमन्त्रीले नीतिगत समस्या र बजेटको अभावलाई सरकारले सम्बोधन गर्ने बताउँदै फिल्डमा परिणाममुखी काम गर्न आयोजना प्रमुखहरूलाई निर्देशित गरे । प्रधानमन्त्रीले भने, ‘नीतिगत गाँठो र बजेटको समस्या हामी फुकाउँछौँ। फिल्डमा तपाईहरू काम गर्नुस्। पटकपटक आयोजनाको म्याद थप्ने र थप दायित्व सिर्जना गर्ने काम नगर्नुस्। यो कुरालाई गम्भीरतापूर्वक लिएर काम गर्नुहोला।’

अनुगमनका क्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले अर्थतन्त्रमा सुधार आएका कारण निर्माण व्यवसायीहरूको भुक्तानीमा सहजता आएको बताउँदै अब आयोजनाहरूको भौतिक एवं वित्तीय प्रगतिले गति लिने बताए ।

एक्सन रूमको अनुगमनमा प्रधानमन्त्री र उर्जामन्त्रीसँगै नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, मन्त्रालयका जलस्रोत तथा सिचाइतर्फका सचिव सुशीलचन्द्र तिवारी, प्रधानमन्त्री कार्यालयका सचिवहरू एकनारायण अर्याल, मणिराम गेलाल लगायतका आयोजना प्रमुखहरू उपस्थित थिए ।
स्रोतको अभाव नभए आयोजनाले गति लिन्छ
अनुगमनका क्रममा सिक्टा सिंचाइ आयोजनाका प्रमुख देवराज निरौलाले वित्तीय स्रोतको संकुचनका कारण आयोजनाको प्रगति उत्साहवद्र्धक नभएको बताउँदै स्रोतको अभाव नभए आयोजनाले गति लिने बताए ।

बाँके जिल्लाको सिंचाइलाई लक्षित गरी अगाडि सारिएको आयोजनाले ४२ हजार ७ सय ६६ हेक्टर जमिन सिंचाइ हुने बताउँदै आयोजना प्रमुख निरौलाले आयोजनाको वित्तीय प्रगति ४० प्रतिशत रहेको र मुआब्जाका निम्ति स्रोतको व्यवस्था आवश्यक रहेको बताए ।
निरौलाले सिक्टा सिंचाइ आयोजनामा पूर्वी र पश्चिमी नहरमा समानान्तर रूपमा काम भइरहेको, आयोजनाको अवधि लम्बिँदा वित्तीय दायित्व थपिँदै गएको बताउँदै निर्धारित समयमा नै निर्माण कार्य सम्पन्न गर्नेगरि आफूहरू क्यालेण्डर बनाएर काम गर्ने बताए ।
आयोजनाको उपलब्धीतर्फ पुलसहितको ३१७ मिटर लामो ब्यारेज सम्पन्न भएको, ४५.२५ किमी लामो पश्चिम मूल नहर सम्पन्न भएको, पूर्वी मूल नहरको चैनेज ३७.६७५ सम्म नहर निर्माण कार्य सम्पन्न भएको, पश्चिमतर्फका शाखाहरूको करिव ५५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको बताउँदै निरौलाले आगामी दिनमा आयोजना निर्माणको गति बढाइने बताए । न्युजका्रखाना
काठमाडौँ, ८ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राष्ट्रिय गौरवका आयोजनाको समय लम्बिँदै जाने र आयोजनाको लागत बढ्दै जाने प्रवृत्ति रोक्न गम्भीर हुनुपर्ने बताएका छन्।
सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयको एक्सन रूमबाट सिक्टा सिंचाइ आयोजना र महाकाली सिंचाइ आयोजना (तेस्रो चरण) को अनुगमन गर्दै प्रधानमन्त्रीले निर्धारित समयमै आयोजनाको काम सम्पन्न गर्नुपर्ने बताएका हुन् ।
अनुगमनपछि प्रधानमन्त्रीले भने, “हरेक आयोजनामा सुरूको लागत स्टिमेट जस्तो छ, त्यसरी नै काम सम्पन्न गर्ने सोच्नुपर्छ। समयमा काम नसक्ने, अनि पटकपटक समय र लागत बढाउने काम गर्नु हुँदैन। सुरूमै आयोजनाको लागत निकालेपछि पटकपटक समय र दायित्व थप्ने कुराले हाम्रो प्रशासनिक नियत र सामर्थ्यमा नै प्रश्न उठ्छ। त्यसले देशको अर्थतन्त्र र समृद्धिमा गम्भीर असर पार्छ।”
प्रधानमन्त्रीले आफ्नो कार्यशैली बदलेर विकास र जनसेवाका काममा केन्द्रित हुन आयोजना प्रमुखहरूलाई निर्देशितसमेत गरे ।
प्रधानमन्त्रीले भने, “हाम्रो कार्यशैली पनि बदल्नुपर्छ। जहाँ अप्ठ्याराहरू छन्, त्यसको समाधान पनि हामीले नै खोज्ने हो, त्यसको उत्तरदायित्व नै हामीले लिनुपर्छ। अग्रसरता लिएर समस्याको गाँठो फुकाउने गर्नुपर्छ। त्यसका लागि हाम्रो कार्यशैली बदलौँ, जवाफदेहिता बढाउँ।”
अनुगमनपछि मुख्यसचिव बैकुण्ठ अर्यालले आयोजनामा देखिएका नीतिगत समस्या समाधानमा सरकारले ध्यान दिने बताउँदै आयोजना निर्माणको क्रममा फिल्डमा देखिने समस्या आयोजना प्रमुखहरूले नै समाधान निकाल्नुपर्ने बताए ।
एक्सन रूपबाट अनुगमनका क्रममा महाकाली सिंचाइ आयोजना (तेस्रो चरण) का आयोजना निर्देशक कुशाङ्ग शेर्पाले आयोजनाको अवस्था, प्रगति बिबरण र समस्याहरूबारे ब्रिफिङ गरेका थिए ।
सो क्रममा शेर्पाले आयोजनाको निर्माण कार्य अगाडि बढिरहेको बताउँदै थप दायित्व नबढाई निर्धारित समयमै आयोजना सम्पन्न गर्न आफूहरू गम्भीर भएको बताए । उनले स्रोतको व्यवस्थापन र मुआब्जामा देखिएको वित्तीय चुनौती सम्बोधनका लागि सरकारसँग आग्रहसमेत गरे । न्युजका्रखाना
बारा, ८ माघ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले जनतालाई धेरै भन्दा धेरै सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य भएकाे बताएका छन् ।
सोमबार बारा जिल्ला सुवर्ण गाउँपालिका सन्तगंजमा रहेकाे सिम्राैनगढ छाेटी भन्सार नाकाको अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री डा. महतले भने, ‘स्थानीय जनताको आवश्यकतालाई पूर्ति गर्ने हिसाबले यो नाकालाई विस्तारै अगाडि बढाउँछौं, आवश्यक पूर्वाधार तयार पार्छौ ।’ उनले नेपाल–भारत सीमालाई व्यवस्थित गर्न स्थानीय पालिकाको भूमिका महत्वपूर्ण हुने बताए ।
मन्त्री डा. महतले भने, ‘दैनिक जीवनमा किनबेच–आवतजावत सहज होस् भनेर सरकार लागेको छ । यसका लागि भारत पक्षसँग पनि कुरा गर्नुपर्ने हुन्छ । दोहोरो भयो भने यसले आकार र स्वरुप लिन्छ, विस्तार हुन्छ ।’
खाद्यान्न र उद्योग व्यवसायका लागि बारा जिल्ला महत्वपूर्ण रहेको मन्त्री डा. महतले बताए । उनले भने, ‘बारा जिल्लाको औद्योगिक करिडोर अझ बढाउन सरकारले निजगढ एयरपोर्टलाई प्राथमिकतामा राखेको छ ।’
एयरपोर्ट बन्यो भने बाराको महत्व अझ विस्तार हुने अर्थमन्त्री डा. महतको भनाइ थियो । उनले भने, ‘बारामा अधिकांश सडक बनिसकेको छ, मरिन सुनकोशी डाइर्भसन निर्माण भएपछि बारामा सिँचाइका लागि दुःख हुँदैन । त्यसपछि बाराको कृषि उत्पादन बढ्ने, उद्योग, व्यापार र व्यवसाय बढ्छ ।’न्युजका्रखाना
काठमाडौं, ८ माघ ।
उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनलाई कामकाज गर्न रोक लगाएको छ ।
उनको नियुक्ति बदरको माग राखेर भरत मरासिनीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले पुनलाई तत्काल कार्यकारी निर्देशकका रूपमा कामकाज नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
गत ४ पुसमा पुनलाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेपछि योग्यतामा प्रश्न उठाउँदै मरासिनीले रिट दायर गरेका थिए । न्युजका्रखाना
काठमाडौं, ८ माघ ।
राप्रपा नेपालको पुर्बान्चल क्षेत्र स्तरिय प्रशिक्षण कार्यक्रम आगामी माघ २४ गते सुनसरीको इटहरीमा आयोजना गरिने भएको छ ।
यस अघि मुलुकको विभिन्न ६ ठाउँमा पार्टीले यस्तै खाले भेला र प्रशिक्षण सम्पन्न गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । उनका अनुसार सात स्थानमा क्षेत्रीय स्तरको भेला प्रशिक्षण सम्पन्न भए पछि जिल्ला तहमा सघन रुपमा प्रशिक्षण संचालन गरिनेछ।
यस अघि मध्यमाञ्चलको काठमाडौं, तराई–मधेशको महोत्तरी, लुम्बिनिको रुपन्देही, कर्णालीको सुर्खेत, सुदुरपश्चिमान्चलको कंचनपुर, पश्चिमान्चलको पोखरामा प्रशिक्षण सम्पन्न भएका थिए ।
पुर्बान्चलको कार्यक्रमको निमित्त सुनसरी जिल्ला समितिको बैठक बसि तयारी शुरु भैसकेको र जिम्मेवारी बिभाजन गरि विभिन्न समितिहरु समेत निर्माण गर्ने काम गरिएको सह–महामन्त्री प्रेम प्रसाद भट्टराईले जानकारी दिए। आन्दोलन र संगठन निर्माणलाई पार्टीले सङ्गै लैजाने नीति अनुरुप काम भैरहेको पार्टीले जनाएको छ ।न्युजका्रखाना
जनकपुरधाम, ८ माघ ।
करिब ५ सय वर्षको संर्घष पछि भारतको अयोध्यामा भगवान रामको जन्म भुमि भारतको अयोध्यामा भव्य राम मन्दिरको निर्माण गरिएको छ ।
अयोध्यामा बालरुपी रामको प्रतिमाको पुजापाठ गरेर प्राण प्रतिष्ठा गरिदै छ भने भगवान रामको ससुराली अर्थात जनकपुरमा उल्लासको वातावरण रहेको छ ।
अयोध्यामा भगवान राम आफनो जन्म स्थानमा निर्माण गरिएको मन्दिरमा प्रवेश गर्दै छन, जसको उल्लास सारा सनातनीहरुलाई हुनु स्वभाविक नै रहेको छ । जनकपुर सीताको जन्म भुमि र भगवान रामको सुराली भएको कारणले जनकपुरको मठमन्दिरहरुलाई समेत भव्य रुपमा सजाइएको छ । जनकपुरको चौक चौकहरुमा ध्वजा फहराइएको छ भने समाजिक संजालमा जय श्रीरामले छाएको छ । अहिले चौक चौकमा राम मन्दिरकै चर्चा रहेको छ ।
जानकी मन्दिरका महन्थ राम तपेश्वर दास र सहायक महन्थ राम रोशन दासलाई अयोध्याको प्राण प्रतिष्ठामा सहभागिताको लागि आमन्त्रण गरिएपछि उहाहरु अयोध्या पुगेका छन भने स्थानिय युवाहरुको सहभागितामा जानकी मन्दिरलाई भव्य रुपमा सजाइएको छ । हिजो दिउसो नगर क्षेत्रमा हिन्दु संगठनका युवाहरुको सहयोगमा शोभा यात्रा समेत प्रदर्शन गरिएको थियो ।
जनकपुरधाम उप महानगरपालिकाले आज नगर क्षेत्र भित्र होटल र पसलहरुमा मासुजन्य पदार्थ र मदिरा बिक्री तथा सेवनमा रोक लगाएको छ । भारतमा भईरहेको प्राण प्रतिष्ठाको कारणले अहिले सारा हन्दुमा उत्साहको अवस्था रहेको छ जसले जनकपुरधाम मदिराजन्य कारोवारमा रोक लगाइएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले जनाकारी दिए ।
उनले जनकपुर भगवानको ससुराली भएको कारणले गर्दा समेत यहाको सर्वसधारणमा मन्दिर निर्माण र प्राण प्रतिष्ठालाई लिएर उत्साहको अवस्था छ । साझ जनकपुरवासीलाई दिपावली मनाउनको लागि आब्हानसमेत नगरपालिका र उद्योग वाणिज्य संघले गरेको छ । जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले साँझ व्यापारी र स्थानियवासीहरुलाई आ आफनो घरमा दिपावली मनाउनको लागि आग्रह गरिएको बताए ।
जानकी मन्दिरमा विभिन्न हिन्दु संगठनहरुले सवा लाख दियो वाल्ने छ । यसको लागि आवश्यक दियो र तेलको प्रबन्ध स्थानियवासीहरुको सहयोगमा गरिएको छ ।
जनकपुर नगर क्षेत्रलाई गेरुवा रंगको झण्डाले नगर सजाइएको छ भने हिजो राति देखि नै रंगिचंगी बत्तिले नगर क्षेत्रलाई झकी झकाउ पारिएको छ । राजा जनकको दरवार मानिएको जानकी मन्दिरलाई बहुरंगी बत्तीले सजाइएको छ । यस अघि जनकपुरवाट दैनिक खाद्यन्न सहित सुनचांदी सहित सौगात समेत अयोध्याय पठाइएको थियो ।
त्यसैगरी, मन्दिर निर्माणको लागि आवश्यक विभिन्न खालको मुर्ति निर्माणको लागि काली गण्डकीबाट शालिग्रामका शिला समेत अयोध्या पठाइएको थियो । १५औँ शताब्दीमा, मुगल सम्राट बाबरले राम जन्मभूमिमाथि बाबरी मस्जिद निर्माण गरेका थिए ।
हिन्दु धर्मावलम्बीको अनुसार सो मस्जिदको निर्माण एउटा हिन्दु मन्दिरलाई खण्डित गरेर गरिएको थियो । हिन्दुहरुले यो स्थान भगवान श्रीरामको जन्मभुमि रहेको भन्दै त्यहाँबाट मस्जीदलाई हटाउनु पर्ने माँग गर्दै आएको थियो भने मुस्लिमहरुले त्यो मस्जिद रहेको भन्दै विवाद हुदै आएको थियो । सन् १८५० को दशकमा यो विवादले हिंसात्मक रूप लिएको थियो ।
त्यसपछि मस्जिदको ठाउमा मन्दिर निर्माण हुनु पर्छ भन्दै हिन्दुपक्षहर संघ संठनहरुले आन्दोलन गर्दै आएका थिए । विवादको हिंसक रूप सन् १९९२ डिसेम्बरमा उग्र रूप लिएको थियो जब बाबरी मस्जिद विध्वंस गरिएको थियो । विभिन्न मुद्दा मामिला र कानूनी विवाद र समाधानको बाटो खोजिएको थियो, जस्तै अयोध्या अध्यादेश, १९९३ जसअनुसार निश्चित क्षेत्रलाई अधिग्रहण गर्ने मार्ग दिइएको थियो । सन् २०१९ मा अयोध्या विवादमाथि सर्वोच्च अदालतले विवादित भूमिमा सरकारद्वारा एउटा ट्रस्ट गठन गरी मन्दिर निर्माण कार्य गराउन आदेश दिएको थियो ।
गठित ट्रस्ट श्री राम जन्मभूमि तीर्थक्षेत्र थियो । सन् २०२० फेब्रअरी ५ मा मोदी मन्त्रिमण्डलले मन्दिर निर्माणको एउटा योजना स्वीकार गरेको भारतीय संसदमा घोषणा गरेको थियो । सो योजना अनुसार मन्दिर निर्माण भई मन्दिरमा भगवानको प्राण प्रतिष्ठा हुन लागेको छ । न्युजका्रखाना
काठमाडौं, ७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन ।
युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलनको उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भएर प्रचण्ड आज विहान स्वदेश फर्केका हुन ।
युगान्डाबाट उनी नेपाली समयानुसार बिहान २ः४५ बजे कतारको दोहा अवतरण गरेका प्रधानमन्त्री प्रचण्ड भर्खरै त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा अबतरण गरेका हुन ।
सो सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड गत बुधबार युगान्डाको राजधानी कम्पला पुगेका थिए।
स्वदेश फर्केलगत्तै प्रधानमन्त्रीले जारी गरेकाे बक्तब्यकाे पुर्ण पाठः
सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ’प्रचण्ड’ युगाण्डाको कम्पालामा सम्पन्न भएको असंलग्न आन्दोलनको १9औं शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्किनुहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग हुने संवादका लागि तयार गरिएको प्रेस नोट
सञ्चारकर्मी मित्रहरू,
1. असंलग्न आन्दोलनको उन्नाइसौं शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्वगरी म आज स्वदेश फर्किएको छु। मेरो नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री माननीय श्री नारायण प्रकाश साउद, परराष्ट्र सचिव श्री सेवा लम्साल, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि श्री लोक बहादुर थापा लगायत परराष्ट्र मन्त्रालयका उच्च पदाधिकारीहरू समावेश हुनुहुन्थ्यो। म यही २०80 माघ 04 गते काठमाडौंबाट युगाण्डाको राजधानी कम्पालातर्फ प्रस्थान गरेको कुरा यहाँहरुलार्इ विदितै छ। यस सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट जारी प्रेस विज्ञप्ति प्राप्त गर्नु भएकै छ।
2. म युगाण्डाको कम्पाला पुग्दा त्यहाँको विमानस्थलमा युगाण्डाका Hon. Esther D. Anyakun, Minister of State for Relief, Disaster Preparedness and Refugees of Uganda, नेपालका परराष्ट्रसचिव श्री सेवा लम्साल र अन्य उच्च पदाधिकारीहरूले स्वागत गर्नुभएको थियो।विमानस्थलमा सांस्कृतिक झाँकीसहितको स्वागत पाउँदा युगाण्डामा नेपाल र नेपाली सम्मानित भएको महसूस गरें।
3. कम्पालामा रहँदा म मिति २०80 माघ 05 गते असंलग्न आन्दोलनको १9औं शिखर सम्मेलनको उद्घाटन समारोहमा सहभागी भएँ। उद्घाटन समारोहमा आन्दोलनका निवर्तमान अध्यक्ष अजरबैजान, आयोजक राष्ट्रका राष्ट्रपति एवं नवनिर्वाचित अध्यक्ष साथै संयुक्त राष्ट्रसंघको महासभाका अध्यक्षले सम्बोधन गर्नु भएको थियो। शिखर सम्मेलनलाई नेपाली प्रतिनिधिमण्डलको नेता तथा नेपालका प्रधानमन्त्रीको हैसियतमा मैले सम्बोधन गरें। मेरो सम्वोधनको पूर्णपाठ यहाँहरूले परराष्ट्र मन्त्रालयको वेबसाइट र इमेलमार्फत समेत तत्कालै पाइसक्नुभएको छ।
4. यस शिखर सम्मेलनको उच्चस्तरीय संवादको विषय “Deepening Cooperation for Shared Global Affluence” राखिएको थियो। यहाँहरूलाई थाहा नै छ, सन् १९५५ मा इण्डोनेसियाको बाङडुङमा सम्पन्न एशिया-अफ्रिका सम्मेलनबाट पारित १० सिद्धान्तहरू नै असंलग्न आन्दोलनको सैद्दान्तिक र दार्शनिक आधारशीला हुन्।नेपाल असंलग्न आन्दोलनको संस्थापक राष्ट्रमध्ये एक हो। हामी सन् १९५५ मा बाङडुङ सम्मेलनमा सहभागी राष्ट्र मध्ये एक हौं। स्थापना कालदेखि नै असंलग्न आन्दोलनका सबै शिखर सम्मेलनमा नेपालले उच्चतम तहमा प्रतिनिधित्व गरी आफ्नो स्वतन्त्र दृष्टिकोण प्रस्तुत गरीआएको छ। असंलग्नता र यसका सिद्धान्तहरू नेपालको परराष्ट्र नीतिको आधारभूत मान्यताका रूपमा रहीआएका छन्। यसैका आधारमा अन्तर्राष्ट्रिय रूपमा जटिल परिस्थितिहरूका बाबजुद हामीले सबै अवस्थामा मौलिक दृष्टिकोणका साथ स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरी आएका छौं।
५. मेरो सम्बोधनमा, करिब सात दशक अगाडि दुर्इ महाशक्तिबीचको असहज शीतयुद्धको माहोलमा एशिया र अफ्रिका महादेशका नेताहरूले अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनका आधारभूत मूल्यहरू बाङडुङ सम्मेलनमार्फत प्रतिपादन गरेको स्मरण गर्दै यो असंलग्न आन्दोलनले कैयौ मुलुकहरुको राजनीतिक स्वतन्त्रताको अभिवृद्धि, औपनिवेशिकताको अन्त्य र सार्वभौमसत्ताको संरक्षण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरालार्इ जोड दिएँ। त्यसैगरी, असंलग्न आन्दोलन आपसी सहयोगलाई प्रगाढ बनाउने थलो हो। यसबाट आपसी सहयोग तथा समझदारी अभिवृद्धि गरी विश्वव्यापी समृद्धि हासिल गर्ने प्रयास गर्नुपर्नेमा जोड दिएँ।
६. नेपालले सार्वभौम समानता, आपसी सद्भाव, आपसी लाभ र द्वन्द्वको शान्तिपूर्ण समाधानको आधारमा सन्तुलित र स्वतन्त्र परराष्ट्र नीति अवलम्वन गर्दछ। असंलग्न आन्दोलनका सिद्धान्तहरु र यसका मूल्य तथा मान्यता हाम्रा लागि महत्वपूर्ण हुनुका साथै परराष्ट्र नीतिको एक आधारभूत सिद्वान्त रहेको उल्लेख गर्दै यसको परिपालनाले शान्ति, मेलमिलाप र समृद्ध विश्व प्राप्त गर्न मार्गनिर्देश गरिरहेको स्पष्ट पारें। यस आन्दोलनले हामीहरूबीच आपसी सद्भभाव, सहयोग तथा सहकार्य अभिवृद्धि गर्नुका लागि अन्तर्राष्ट्रियस्तरमा मान तथा प्रतिष्ठा बढाउन योगदान गरी रहेको जनाएँ।
७. कोभिड महामारी पश्चात् आर्थिक पुनरोत्थानले यथोचित गति लिन सकेको छैन। सन् २०१९ मा बाकुमा भएको १८औं सम्मेलनयता कोभिड-१९ को कारण विश्वले मृत्यु, अभाव तथा बञ्चितिकरण, विस्थापन लगायतका चुनौतीहरूको सामना गर्नु परेको तथा हाल बढिरहेको भू-राजनीतिक ध्रुवीकरण तथा लडाँइ र जलवायु परिवर्तनको कारण साना तथा विकासशिल राष्ट्रहरू थप मारमा परिरहेको बिषयमा चिन्ता व्यक्त गरें।
८. हाम्रो सम्मानित र मर्यादित जीवनका लागि आवश्यक दिगो विकासका लक्ष्यहरुको प्राप्ति असम्भवप्रायः देखिएको छ।नेपाल आफै अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहे पनि विभिन्न बहुआयामिक चुनौतीहरुको भुमरीमा परेको छ। अतिकम विकसित मुलुकहरुलार्इ विकास साझेदारहरुको बलियो साथ र सहयोगको आवश्यकता रहेको परिप्रेक्ष्यमा असंलग्न आन्दोलनले दिगो विकासका लक्ष्यहरू २०३०, पेरिस सम्झौता र अन्य अन्तर्राष्ट्रिय रुपमा सहमति भएका विकासका लक्ष्यहरु समयमै हासिल गरी विश्वका विकासोन्मुख मुलुकहरुको आर्थिक विकास र समृद्वि प्राप्त गर्नका लागि जोड दिनु पर्दछ भन्ने बिषय जोडदार रूपमा उठाएको छु।
९. त्यसैगरी विश्व आर्थिक तथा वित्तीय संरचनालार्इ विकासोन्मुख मुलुकहरुको आर्थिक उन्नतिका लागि आवश्यक आर्थिक स्रोत सुनिश्चितता हुने गरी सुधार गरिनुपर्ने तथा संयुक्त राष्ट्रसँघ लगायत अन्तर्राष्ट्रिय व्यापार संरचना पनि विकासोन्मुख देशहरूको हित अनुकूल हुने गरी सुधार गर्न असंलग्न आन्दोलनले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएँ।
१०. विकसित मुलुकहरुले विकासोन्मुख राष्ट्रहरूलार्इ प्रदान गर्ने वित्तिय प्रतिवद्वता पूरा गर्नै पर्दछ। अन्तर्राष्ट्रिय व्यापारमा सवैको पहूँच र सहभागिता सुनिश्चित गरी यसको फाइदा कम विकसित मुलुकहरुले समेत महसुस गर्न पाउनु पर्दछ।यसर्थ संयुक्त राष्ट्रसङ्घपछिको सबैभन्दा ठूलो प्रतिनिधिमुलक संस्थाका रूपमा असंलग्न आन्दोलनले स्थायित्व र समृद्धिका लागि न्यायपूर्ण भूमिका निर्वाहका लागि अहम् भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छु ।
११. यस आन्दोलनको सफलताका लागि आपसी सहकार्य र सहयोगको विकल्प छैन। समृद्धि केही मलुक तथा वर्गको मात्रै विशेष अधिकार तथा सुविधाको विषय हुन सक्दैन। प्रत्येक व्यक्ति तथा मुलुकले समानरूपमा समृद्धि हासिल गर्नका लागि हामी अग्रसर हुनै पर्दछ भन्ने कुरालार्इ पनि मेरो संवोधनमा उल्लेख गरेको छु।
१२. शान्तिका दूत गौतम बुद्वले मार्गदर्शन गर्नुभए झैं नेपाल शान्तिपूर्ण सहअस्तित्वको सिद्वान्तमा अटल विश्वास गर्दछ। त्यसैगरी विविधतामा एकता, वसुधैव कुटुम्वकम (The world is one Family) हाम्रा दैनिक जीवन पद्वतिका रुपमा रही आएका छन्। यी मान्यताहरु हाम्रो सामाजिक-सांस्कृतिक मूल्य मान्यताका रुपमा परापूर्वकाल देखि रही आएका छन्।
१३. हिमालयहरु विश्व जनंसख्याको १५ प्रतिशत तथा पृथ्वीको ५० प्रतिशत जैविक विविधताको घर हो। विश्वका जीवित प्राणीहरुका लागि हिमाल अति महत्पूर्ण छ। पर्वतीय मुलुक नेपाल जलवायु परिवर्तनको चपेटामा रहेको छ। त्यसैले हिमाल तथा पर्वतीय पारिस्थितिक प्रणाली र त्यहाँ बसोवास गर्ने मानव समुदायको संरक्षणका लागि नेपालले पैरवी गर्दै आएको बिषयलार्इ यस अवसरमा दोहोर्याउँदै हिमालको आवाजलार्इ समर्थन गर्न समेत आव्हान गरेँ।
१४. असंलग्न राष्ट्रहरूको १९ औं शिखर सम्मेलनले अन्तिम दस्तावेज (Final Document), कम्पाला घोषणापत्र र प्यालेस्टाइन सम्बन्धी घोषणापत्र पारित गरेको छ।कम्पाला घोषणापत्रले अन्तर्राष्ट्रिय शान्ति, स्थिरता, संयुक्त राष्ट्रसंघको सुदृढीकरण, बहुपक्षीयताको प्रबर्द्धन, सार्वभौमिक समानता, स्वतन्त्रता, अहस्तक्षेप, न्यायपूर्ण विश्वव्यवस्था, दक्षिण-दक्षिण सहयोग, आन्दोलनका सदस्यहरूबीच आन्तरिक एकता र सद्भाव, ऐक्यबद्धता, दीगो विकासका लक्ष्य हासिल गर्ने जस्ता विषयहरूमा जोड दिएको छ।
द्वितीय विश्वयुद्धको समाप्तिपछि विश्व व्यवस्था दुर्इ ध्रुवमा विभाजित रहेको परिस्थितिमा स्वतन्त्रता, स्वाधीनता र आर्थिक विकासको पक्षमा तेस्रो धारका रूपमा विकास भएको असंलग्न आन्दोलनको सान्दर्भिकताबारे केही आशंका उत्पन्न भएता पनि असमानता, नवउपनिवेशवाद, भूराजनीतिक द्वन्द, गरिबी जस्ता समस्यायुक्त वर्तमान विश्वमा असंलग्न आन्दोलनको ठूलो भूमिका रहेको कुरामा विमति हुन सक्तैन।
विश्व व्यवस्थालार्इ न्यायपूर्ण, समतामूलक बनाउँदै सबै देशलार्इ स्वतन्त्रता, स्वाधीनता र भौगोलिक अखण्डताको प्रत्याभूती गर्दै विश्वका सबै मानव समुदायले समृद्धि प्राप्त गरी गरीमायुक्त जीवनयापन गर्ने कार्य सम्पन्न गर्न असंलग्न आन्दोलनको महत्व हिजो जति थियो आजपनि त्यत्तिकै रहेको छ।
सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ’प्रचण्ड’ युगाण्डाको कम्पालामा सम्पन्न भएको असंलग्न आन्दोलनको १9औं शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्किनुहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग हुने संवादका लागि तयार गरिएको प्रेस नोट
२०80 माघ 07 गते आइतबार
सञ्चारकर्मी मित्रहरू,
1. असंलग्न आन्दोलनको उन्नाइसौं शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्वगरी म आज स्वदेश फर्किएको छु। मेरो नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री माननीय श्री नारायण प्रकाश साउद, परराष्ट्र सचिव श्री सेवा लम्साल, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि श्री लोक बहादुर थापा लगायत परराष्ट्र मन्त्रालयका उच्च पदाधिकारीहरू समावेश हुनुहुन्थ्यो। म यही २०80 माघ 04 गते काठमाडौंबाट युगाण्डाको राजधानी कम्पालातर्फ प्रस्थान गरेको कुरा यहाँहरुलार्इ विदितै छ। यस सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट जारी प्रेस विज्ञप्ति प्राप्त गर्नु भएकै छ।
2. म युगाण्डाको कम्पाला पुग्दा त्यहाँको विमानस्थलमा युगाण्डाका Hon. Esther D. Anyakun, Minister of State for Relief, Disaster Preparedness and Refugees of Uganda, नेपालका परराष्ट्रसचिव श्री सेवा लम्साल र अन्य उच्च पदाधिकारीहरूले स्वागत गर्नुभएको थियो।विमानस्थलमा सांस्कृतिक झाँकीसहितको स्वागत पाउँदा युगाण्डामा नेपाल र नेपाली सम्मानित भएको महसूस गरें।
3. कम्पालामा रहँदा म मिति २०80 माघ 05 गते असंलग्न आन्दोलनको १9औं शिखर सम्मेलनको उद्घाटन समारोहमा सहभागी भएँ। उद्घाटन समारोहमा आन्दोलनका निवर्तमान अध्यक्ष अजरबैजान, आयोजक राष्ट्रका राष्ट्रपति एवं नवनिर्वाचित अध्यक्ष साथै संयुक्त राष्ट्रसंघको महासभाका अध्यक्षले सम्बोधन गर्नु भएको थियो। शिखर सम्मेलनलाई नेपाली प्रतिनिधिमण्डलको नेता तथा नेपालका प्रधानमन्त्रीको हैसियतमा मैले सम्बोधन गरें। मेरो सम्वोधनको पूर्णपाठ यहाँहरूले परराष्ट्र मन्त्रालयको वेबसाइट र इमेलमार्फत समेत तत्कालै पाइसक्नुभएको छ।
4. यस शिखर सम्मेलनको उच्चस्तरीय संवादको विषय “Deepening Cooperation for Shared Global Affluence” राखिएको थियो। यहाँहरूलाई थाहा नै छ, सन् १९५५ मा इण्डोनेसियाको बाङडुङमा सम्पन्न एशिया-अफ्रिका सम्मेलनबाट पारित १० सिद्धान्तहरू नै असंलग्न आन्दोलनको सैद्दान्तिक र दार्शनिक आधारशीला हुन्।नेपाल असंलग्न आन्दोलनको संस्थापक राष्ट्रमध्ये एक हो। हामी सन् १९५५ मा बाङडुङ सम्मेलनमा सहभागी राष्ट्र मध्ये एक हौं। स्थापना कालदेखि नै असंलग्न आन्दोलनका सबै शिखर सम्मेलनमा नेपालले उच्चतम तहमा प्रतिनिधित्व गरी आफ्नो स्वतन्त्र दृष्टिकोण प्रस्तुत गरीआएको छ। असंलग्नता र यसका सिद्धान्तहरू नेपालको परराष्ट्र नीतिको आधारभूत मान्यताका रूपमा रहीआएका छन्। यसैका आधारमा अन्तर्राष्ट्रिय रूपमा जटिल परिस्थितिहरूका बाबजुद हामीले सबै अवस्थामा मौलिक दृष्टिकोणका साथ स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरी आएका छौं।
५. मेरो सम्बोधनमा, करिब सात दशक अगाडि दुर्इ महाशक्तिबीचको असहज शीतयुद्धको माहोलमा एशिया र अफ्रिका महादेशका नेताहरूले अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनका आधारभूत मूल्यहरू बाङडुङ सम्मेलनमार्फत प्रतिपादन गरेको स्मरण गर्दै यो असंलग्न आन्दोलनले कैयौ मुलुकहरुको राजनीतिक स्वतन्त्रताको अभिवृद्धि, औपनिवेशिकताको अन्त्य र सार्वभौमसत्ताको संरक्षण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरालार्इ जोड दिएँ। त्यसैगरी, असंलग्न आन्दोलन आपसी सहयोगलाई प्रगाढ बनाउने थलो हो। यसबाट आपसी सहयोग तथा समझदारी अभिवृद्धि गरी विश्वव्यापी समृद्धि हासिल गर्ने प्रयास गर्नुपर्नेमा जोड दिएँ।
६. नेपालले सार्वभौम समानता, आपसी सद्भाव, आपसी लाभ र द्वन्द्वको शान्तिपूर्ण समाधानको आधारमा सन्तुलित र स्वतन्त्र परराष्ट्र नीति अवलम्वन गर्दछ। असंलग्न आन्दोलनका सिद्धान्तहरु र यसका मूल्य तथा मान्यता हाम्रा लागि महत्वपूर्ण हुनुका साथै परराष्ट्र नीतिको एक आधारभूत सिद्वान्त रहेको उल्लेख गर्दै यसको परिपालनाले शान्ति, मेलमिलाप र समृद्ध विश्व प्राप्त गर्न मार्गनिर्देश गरिरहेको स्पष्ट पारें। यस आन्दोलनले हामीहरूबीच आपसी सद्भभाव, सहयोग तथा सहकार्य अभिवृद्धि गर्नुका लागि अन्तर्राष्ट्रियस्तरमा मान तथा प्रतिष्ठा बढाउन योगदान गरी रहेको जनाएँ।
७. कोभिड महामारी पश्चात् आर्थिक पुनरोत्थानले यथोचित गति लिन सकेको छैन। सन् २०१९ मा बाकुमा भएको १८औं सम्मेलनयता कोभिड-१९ को कारण विश्वले मृत्यु, अभाव तथा बञ्चितिकरण, विस्थापन लगायतका चुनौतीहरूको सामना गर्नु परेको तथा हाल बढिरहेको भू-राजनीतिक ध्रुवीकरण तथा लडाँइ र जलवायु परिवर्तनको कारण साना तथा विकासशिल राष्ट्रहरू थप मारमा परिरहेको बिषयमा चिन्ता व्यक्त गरें।
८. हाम्रो सम्मानित र मर्यादित जीवनका लागि आवश्यक दिगो विकासका लक्ष्यहरुको प्राप्ति असम्भवप्रायः देखिएको छ।नेपाल आफै अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहे पनि विभिन्न बहुआयामिक चुनौतीहरुको भुमरीमा परेको छ। अतिकम विकसित मुलुकहरुलार्इ विकास साझेदारहरुको बलियो साथ र सहयोगको आवश्यकता रहेको परिप्रेक्ष्यमा असंलग्न आन्दोलनले दिगो विकासका लक्ष्यहरू २०३०, पेरिस सम्झौता र अन्य अन्तर्राष्ट्रिय रुपमा सहमति भएका विकासका लक्ष्यहरु समयमै हासिल गरी विश्वका विकासोन्मुख मुलुकहरुको आर्थिक विकास र समृद्वि प्राप्त गर्नका लागि जोड दिनु पर्दछ भन्ने बिषय जोडदार रूपमा उठाएको छु।
९. त्यसैगरी विश्व आर्थिक तथा वित्तीय संरचनालार्इ विकासोन्मुख मुलुकहरुको आर्थिक उन्नतिका लागि आवश्यक आर्थिक स्रोत सुनिश्चितता हुने गरी सुधार गरिनुपर्ने तथा संयुक्त राष्ट्रसँघ लगायत अन्तर्राष्ट्रिय व्यापार संरचना पनि विकासोन्मुख देशहरूको हित अनुकूल हुने गरी सुधार गर्न असंलग्न आन्दोलनले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएँ।
१०. विकसित मुलुकहरुले विकासोन्मुख राष्ट्रहरूलार्इ प्रदान गर्ने वित्तिय प्रतिवद्वता पूरा गर्नै पर्दछ। अन्तर्राष्ट्रिय व्यापारमा सवैको पहूँच र सहभागिता सुनिश्चित गरी यसको फाइदा कम विकसित मुलुकहरुले समेत महसुस गर्न पाउनु पर्दछ।यसर्थ संयुक्त राष्ट्रसङ्घपछिको सबैभन्दा ठूलो प्रतिनिधिमुलक संस्थाका रूपमा असंलग्न आन्दोलनले स्थायित्व र समृद्धिका लागि न्यायपूर्ण भूमिका निर्वाहका लागि अहम् भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छु ।
११. यस आन्दोलनको सफलताका लागि आपसी सहकार्य र सहयोगको विकल्प छैन। समृद्धि केही मलुक तथा वर्गको मात्रै विशेष अधिकार तथा सुविधाको विषय हुन सक्दैन। प्रत्येक व्यक्ति तथा मुलुकले समानरूपमा समृद्धि हासिल गर्नका लागि हामी अग्रसर हुनै पर्दछ भन्ने कुरालार्इ पनि मेरो संवोधनमा उल्लेख गरेको छु।
१२. शान्तिका दूत गौतम बुद्वले मार्गदर्शन गर्नुभए झैं नेपाल शान्तिपूर्ण सहअस्तित्वको सिद्वान्तमा अटल विश्वास गर्दछ। त्यसैगरी विविधतामा एकता, वसुधैव कुटुम्वकम (The world is one Family) हाम्रा दैनिक जीवन पद्वतिका रुपमा रही आएका छन्। यी मान्यताहरु हाम्रो सामाजिक-सांस्कृतिक मूल्य मान्यताका रुपमा परापूर्वकाल देखि रही आएका छन्।
१३. हिमालयहरु विश्व जनंसख्याको १५ प्रतिशत तथा पृथ्वीको ५० प्रतिशत जैविक विविधताको घर हो। विश्वका जीवित प्राणीहरुका लागि हिमाल अति महत्पूर्ण छ। पर्वतीय मुलुक नेपाल जलवायु परिवर्तनको चपेटामा रहेको छ। त्यसैले हिमाल तथा पर्वतीय पारिस्थितिक प्रणाली र त्यहाँ बसोवास गर्ने मानव समुदायको संरक्षणका लागि नेपालले पैरवी गर्दै आएको बिषयलार्इ यस अवसरमा दोहोर्याउँदै हिमालको आवाजलार्इ समर्थन गर्न समेत आव्हान गरेँ।
१४. असंलग्न राष्ट्रहरूको १९ औं शिखर सम्मेलनले अन्तिम दस्तावेज (Final Document), कम्पाला घोषणापत्र र प्यालेस्टाइन सम्बन्धी घोषणापत्र पारित गरेको छ।कम्पाला घोषणापत्रले अन्तर्राष्ट्रिय शान्ति, स्थिरता, संयुक्त राष्ट्रसंघको सुदृढीकरण, बहुपक्षीयताको प्रबर्द्धन, सार्वभौमिक समानता, स्वतन्त्रता, अहस्तक्षेप, न्यायपूर्ण विश्वव्यवस्था, दक्षिण-दक्षिण सहयोग, आन्दोलनका सदस्यहरूबीच आन्तरिक एकता र सद्भाव, ऐक्यबद्धता, दीगो विकासका लक्ष्य हासिल गर्ने जस्ता विषयहरूमा जोड दिएको छ।
द्वितीय विश्वयुद्धको समाप्तिपछि विश्व व्यवस्था दुर्इ ध्रुवमा विभाजित रहेको परिस्थितिमा स्वतन्त्रता, स्वाधीनता र आर्थिक विकासको पक्षमा तेस्रो धारका रूपमा विकास भएको असंलग्न आन्दोलनको सान्दर्भिकताबारे केही आशंका उत्पन्न भएता पनि असमानता, नवउपनिवेशवाद, भूराजनीतिक द्वन्द, गरिबी जस्ता समस्यायुक्त वर्तमान विश्वमा असंलग्न आन्दोलनको ठूलो भूमिका रहेको कुरामा विमति हुन सक्तैन।
विश्व व्यवस्थालार्इ न्यायपूर्ण, समतामूलक बनाउँदै सबै देशलार्इ स्वतन्त्रता, स्वाधीनता र भौगोलिक अखण्डताको प्रत्याभूती गर्दै विश्वका सबै मानव समुदायले समृद्धि प्राप्त गरी गरीमायुक्त जीवनयापन गर्ने कार्य सम्पन्न गर्न असंलग्न आन्दोलनको महत्व हिजो जति थियो आजपनि त्यत्तिकै रहेको छ।
१५. शिखर सम्मेलनको समापन समारोहमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले सम्बोधन गरी विश्व व्यवस्थालार्इ न्यायोचित, समावेशी र समतामूलक बनाउन असंलग्न राष्ट्रहरुको ठूलो योगदान रहेको उल्लेख गर्दै यसको सान्दर्भिकता अहिलेको विश्व परिवेशमा झनै बढेको बताउनु भयो।सो अवसरमा, युगाण्डाको राष्ट्रपतिले हाम्रा साझा समस्या समाधानमा एकजुट भएर काम गर्न आव्हान गर्नुभयो।
१६. आयोजक मुलुकका राष्ट्रपतिले १९ जनवरीका दिन सहभागी राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको सम्मानमा आयोजना गर्नु भएको State Banquet मा सहभागी भएँ।उक्त अवसरमा विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुसँग संक्षिप्त कुराकानी गर्ने अवसर प्राप्त भयो।
यसै भ्रमणको अवसरमा कम्पाला पुग्दाकै दिनमा नेपाली अवैतनिक वाणिज्यदूतको आयोजनामा त्यहाँ रहेका गैरआवासीय नेपालीहरूसँग छोटो भेटघाट तथा अन्तर्क्रियाको मौका मिल्यो। नेपालीहरूको लागि युगाण्डा तथा अफ्रिका महादेशमा विद्यमान अवसरहरू तथा चुनौतिका बारेमा छलफल भयो।सम्बोधनको क्रममा अवसरहरुको सदुपयोग र समस्याहरूको समाधानका लागि पहल गर्ने बताएँ।
१७. शिखर सम्मेलनको अवसरमा मित्रराष्ट्र श्रीलंकाका राष्ट्रपति महामहिम रणिल विक्रमासिङ्घे (H.E. Mr. Ranil Wickremesinghe) सँग द्विपक्षीय भेटवार्ता भयो। उक्त भेटघाटका अवसरमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भयो। हालै, पहिलो पटक काठमाडौंमा सम्पन्न भएको परराष्ट्रमन्त्री स्तरीय नेपाल-श्रीलंका संयुक्त आयोगको बैठकले गरेका निर्णयहरूलार्इ कार्यान्वयन गर्ने बारेमा समेत छलफल भयो। सार्कलाई गतिशील बनाउन नेपाल र श्रीलंकाले साझा प्रयत्न गर्नेबारे कुराकानी भएको थियो ।
त्यसैगरी, उद्घाटन सत्रका समयमा आयोजक मुलुक युगाण्डाका राष्ट्रपति महामहिम योवरी कागुटा मुसेभेनी (H.E. Gen. Yoweri Kaguta Museveni) सँग संक्षिप्त भेट र छलफल भयो।नेपाल भन्ने बित्तिकै हिमालयको देशबाट आएको भनेर मसँग चासोका साथ कुराकानी गर्नुभयो। मेरो तर्फबाट असंलग्न आन्दोलनको १९ औं शिखर सम्मेलन भव्यतापूर्वक आयोजना गरेकोमा बधाइ दिएँ। सोही अवसरमा भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग पनि भेटघाट तथा कुराकानी भयो। हालै, काठमाडौंमा सम्पन्न परराष्ट्रमन्त्री स्तरीय नेपाल-भारत संयुक्त आयोगको बैठकमा भएका सहमतिहरूलार्इ कार्यान्वयन गर्ने लगायत नेपाल भारत सम्बन्धलार्इ अझ सुदृढ पार्दै लैजाने बिषयमा कुराकानी भयो।
१८. अन्त्यमा, संयुक्त राष्ट्र संघपछि सबैभन्दा धेरै मुलुकहरू सदस्य रहेको र लामो समयदेखि दक्षिणका (global south) मुलुकहरूलाई स्वाभिमान, स्वाधिनता, स्वतन्त्रता र ऐक्यवद्धताको वैकल्पिक मञ्चको रूपमा रही आएको असंलग्न आन्दोलनको १९ औं शिखर सम्मेलन सफलतापूर्वक आयोजना गर्नुका साथै कम्पालामा रहँदा न्यानो र हार्दिक आतिथ्यता प्रदान गर्ने आयोजक मुलुकका राष्ट्रपती H.E. Yoweri Kaguta Museveni तथा विगत ३ वर्ष देखी अध्यक्षको हैसियमा आन्दोलनलाई नेतृत्व प्रदान गर्ने अजरबैजानलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछु। साथै, शिखर सम्मेलनको अवधिमा नेपालको सहभागिता र असंलग्न आन्दोलन बारे समाचार संप्रेषण गर्नुहुने सबै संचारकर्मी मित्रहरूमा हार्दिक धन्यबाद ज्ञापन गर्दछु।
१५. शिखर सम्मेलनको समापन समारोहमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले सम्बोधन गरी विश्व व्यवस्थालार्इ न्यायोचित, समावेशी र समतामूलक बनाउन असंलग्न राष्ट्रहरुको ठूलो योगदान रहेको उल्लेख गर्दै यसको सान्दर्भिकता अहिलेको विश्व परिवेशमा झनै बढेको बताउनु भयो।सो अवसरमा, युगाण्डाको राष्ट्रपतिले हाम्रा साझा समस्या समाधानमा एकजुट भएर काम गर्न आव्हान गर्नुभयो।
१६. आयोजक मुलुकका राष्ट्रपतिले १९ जनवरीका दिन सहभागी राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको सम्मानमा आयोजना गर्नु भएको State Banquet मा सहभागी भएँ।उक्त अवसरमा विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुसँग संक्षिप्त कुराकानी गर्ने अवसर प्राप्त भयो।
यसै भ्रमणको अवसरमा कम्पाला पुग्दाकै दिनमा नेपाली अवैतनिक वाणिज्यदूतको आयोजनामा त्यहाँ रहेका गैरआवासीय नेपालीहरूसँग छोटो भेटघाट तथा अन्तर्क्रियाको मौका मिल्यो। नेपालीहरूको लागि युगाण्डा तथा अफ्रिका महादेशमा विद्यमान अवसरहरू तथा चुनौतिका बारेमा छलफल भयो।सम्बोधनको क्रममा अवसरहरुको सदुपयोग र समस्याहरूको समाधानका लागि पहल गर्ने बताएँ।
१७. शिखर सम्मेलनको अवसरमा मित्रराष्ट्र श्रीलंकाका राष्ट्रपति महामहिम रणिल विक्रमासिङ्घे (H.E. Mr. Ranil Wickremesinghe) सँग द्विपक्षीय भेटवार्ता भयो। उक्त भेटघाटका अवसरमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भयो। हालै, पहिलो पटक काठमाडौंमा सम्पन्न भएको परराष्ट्रमन्त्री स्तरीय नेपाल-श्रीलंका संयुक्त आयोगको बैठकले गरेका निर्णयहरूलार्इ कार्यान्वयन गर्ने बारेमा समेत छलफल भयो। सार्कलाई गतिशील बनाउन नेपाल र श्रीलंकाले साझा प्रयत्न गर्नेबारे कुराकानी भएको थियो ।
त्यसैगरी, उद्घाटन सत्रका समयमा आयोजक मुलुक युगाण्डाका राष्ट्रपति महामहिम योवरी कागुटा मुसेभेनी (H.E. Gen. Yoweri Kaguta Museveni) सँग संक्षिप्त भेट र छलफल भयो।नेपाल भन्ने बित्तिकै हिमालयको देशबाट आएको भनेर मसँग चासोका साथ कुराकानी गर्नुभयो। मेरो तर्फबाट असंलग्न आन्दोलनको १९ औं शिखर सम्मेलन भव्यतापूर्वक आयोजना गरेकोमा बधाइ दिएँ। सोही अवसरमा भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग पनि भेटघाट तथा कुराकानी भयो। हालै, काठमाडौंमा सम्पन्न परराष्ट्रमन्त्री स्तरीय नेपाल-भारत संयुक्त आयोगको बैठकमा भएका सहमतिहरूलार्इ कार्यान्वयन गर्ने लगायत नेपाल भारत सम्बन्धलार्इ अझ सुदृढ पार्दै लैजाने बिषयमा कुराकानी भयो।
१८. अन्त्यमा, संयुक्त राष्ट्र संघपछि सबैभन्दा धेरै मुलुकहरू सदस्य रहेको र लामो समयदेखि दक्षिणका (global south) मुलुकहरूलाई स्वाभिमान, स्वाधिनता, स्वतन्त्रता र ऐक्यवद्धताको वैकल्पिक मञ्चको रूपमा रही आएको असंलग्न आन्दोलनको १९ औं शिखर सम्मेलन सफलतापूर्वक आयोजना गर्नुका साथै कम्पालामा रहँदा न्यानो र हार्दिक आतिथ्यता प्रदान गर्ने आयोजक मुलुकका राष्ट्रपती H.E. Yoweri Kaguta Museveni तथा विगत ३ वर्ष देखी अध्यक्षको हैसियमा आन्दोलनलाई नेतृत्व प्रदान गर्ने अजरबैजानलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछु। साथै, शिखर सम्मेलनको अवधिमा नेपालको सहभागिता र असंलग्न आन्दोलन बारे समाचार संप्रेषण गर्नुहुने सबै संचारकर्मी मित्रहरूमा हार्दिक धन्यबाद ज्ञापन गर्दछु।न्युजका्रखाना
काठमाडौं, ७ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्य निरूपण तथा मेलमिलाप सबन्धी कार्य तत्कालै अघि बढने बताएका छन ।
असंलग्न राष्ट्रहरूको सम्मेलनमा सहभागी भएर युगान्डावाट स्वदेश फर्के लगत्तै प्रधानमन्त्री प्रचण्डले संसद् अधिवेशन आह्वान हुने बित्तिकै टीआरसी विधेयक लगायत अघि बढने बताएका हुन ।
संसदको हिउँदे अधिवेसनवाट नै शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा पुर्याउने प्रधानमन्त्री प्रचण्डले बताएका हुन ।
आइतबार बिहान स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै टीआरसी विधेयक सदन खुल्ने बित्तिकै टुङ्ग्याइने जनाएका हुन ।न्युजका्रखाना
बारा, ७ माघ ।
बाराको निजगढ नगरपालिकामा क्षयरोगका नयाँ बिरामी पहिचान भएका छन् ।
क्षयरोग मुक्त नेपाल घोषणा अभियानअन्तर्गत निजगढ नगरपालिकाको स्वास्थ्य शाखाले गरेको क्षयरोग स्क्रिनिङ्ग क्याम्पमा ४ सय ८७ जनाको परिक्षण गर्दा १८ जनामा क्षयरोग देखा परेको हो ।
लामो समयदेखि लगातार खोकी लाग्ने, साँझपख हल्का ज्वरो र पसिना आउने, खानामा अरुची हुने, शरीरको तौल घटने, छाती दुख्ने र सास फेर्न गाहे हुुने तथा खकारमा रगत देखापर्ने जस्ता समस्या देखिएकाहरुको छातीको एक्स्रे सहित स्क्रिनिङ्ग गरेर रोगको निदान र उपचार गर्न बुधवार निजगढ नगरपालिकाको वडा नम्बर २ सिंगौलमा संचालन गरिएको क्याम्पमा २ जना क्षयरोगका नयाँ बिरामी पहिचान भएका थिए ।

यस्तै बिहीवार वडा नम्बर ११ को रतनपुरमा १० जना र शुक्रवार वडा नम्बर ७ को योजना टोलमा ६ जना नयाँ बिरामी पहिचान भएको छ । नयाँ पहिचान भएका क्षयरोगका बिरामीहरुको उपचार समेत सुरु गरिएको निजगढ नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
यस्तै क्षयरोग स्क्रिनिङ्ग क्याम्पमा ४० जनामा क्षयरोग शंकास्पद रहेका छन् । उनीहरुमा उच्च शंकास्पद औषधि प्रतिरोधी क्षयरोग हुन सक्ने आशंकाले थप परीक्षणका निम्ती जीन एस्पट परिक्षण गराउन पुनः खकार नमुना संकलन गरिएको छ ।
क्षयरोग छ महिना नियमित औषधि सेवन गरे क्षयरोग निको हुन्छ । क्षयरोग पहिचानका लागि कार्यालयले बेला–बेलामा खकार परीक्षण गर्ने गरेको छ । अशिक्षा, अज्ञानता र भौगोलिक कारणले क्षयरोगी उपचारको पहुँचमा आउन नसकेको निजगढ नगरपालिका स्वास्थ्य शाखाका मणिश्वर घिमिरेले बताए । “क्षयरोगी पहिचान गरी उपचारको पहुँचमा ल्याउनुपर्ने विद्यमान चुनौती छ”, स्वास्थ्य शाखाका घिमिरेले भने, “समाजले हेलाको भावनाले हेर्ने गलत मानसिकताका कारण पनि क्षयरोगी बिरामीहरु रोग लुकाएर बस्न बाध्य छन् ।”
सन् २०५० सम्म नेपाल क्षयरोग विहीन बनाउने लक्ष्य छ । यसका लागि क्षयरोगका बिरामी पहिचान गरी उपचार गर्नुपर्ने छ । “उपचारमा नरहेको एक क्षयरोगीले औषतमा दश देखि १५ स्वस्थ्य व्यक्तिलाई रोग सार्न सक्छ”, नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रमेश लामाले भने, “क्षयरोग विहीन नेपाल बनाउनलाई पनि नयाँ क्षयरोगीको पहिचान आवश्यक छ ।”
क्षयरोगका शंकास्पद बिरामीहरुको पहिचान गर्न निजगढ नगरपालिकाले विषेशज्ञ सहित स्वास्थ्यकर्मीहरुको टोलीव्दारा तिनदिन उपचार सेवा क्याम्प संचलन गरेको थियो ।
नेपालमा ८० हजार क्षयरोगी छन् । वार्षिक पाँच हजारदेखि छ हजार ५०० सम्म क्षयरोगका कारणबाट मृत्यु हुने गरेको छ । ४४ हजार नयाँ बिरामी थपिने गरेकामा ३४ हजार बिरामी उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्ने गरेका छन् । १५ देखि ४९ वर्ष उमेर समूहका व्यक्ति क्षयरोगबाट सङ्क्रमित हुने गरेको तथ्याङ्क छ ।न्युजका्रखाना
काठमाडौं, ७ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन ।
युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलनको उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भएर प्रचण्ड आज विहान स्वदेश फर्केका हुन ।
युगान्डाबाट उनी नेपाली समयानुसार बिहान २ः४५ बजे कतारको दोहा अवतरण गरेका प्रधानमन्त्री प्रचण्ड भर्खरै त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा अबतरण गरेका हुन ।
सो सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड गत बुधबार युगान्डाको राजधानी कम्पला पुगेका थिए।न्युजका्रखाना
काठमाडौं, ७ माघ ।
सभामुख देवराज घिमिरेले आज विषयगत समितिका सभापतिहरूसँग छलफल गर्दै छन् ।
संसद न चलिरहेको अवस्थामा सभामुखले समितिहरूलाइ सक्रिय बनाउन र प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि सभामुख सक्रिय भएका हुन ।
सभामुखका प्रेस बिज्ञ शेखर अधिकारीका अनुसार आज बिहान ११ बजे सभामुखले समिति सभापतिहरूलाई छलफलका लागि आफ्नै कार्यकक्षमा बोलाएका हुन् ।
समितिमा रहेका विधेयकहरूको अवस्था, समितिका गतिविधि, निर्देशन, निर्णय कार्यान्वयनको अवस्था लगायतका विषयमा सभामुखले सभापतिहरूसँग छलफल गर्ने उनले जनाएका छन ।
न्युजका्रखाना
रौतहट ७ माघ।
पुर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले ११ माघको मधेस बन्द सफल बनाउँने निर्णय गरेको छ ।
अध्यक्ष साहको गृह नगर मौलापुरको पतौरा स्थित जवाहर आधारभुत बिधालयमा सनिवार सम्पन्न मौलापुर नगरस्तरीय आईटी आर्मीको भेलाले मधेस बन्द सफल बनाउँने निर्णय गरेको हो।
आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सो भेलालाई सम्बोधन गर्दै बैंकहरुको लुटधन्दा विरुद्धको आन्दोलन कडा हुने बताए । बैंकहरुले लिने मनोमानी व्याज फिर्ता गर्नुपर्ने बताउँदै सर्वसधारणलाई ठग्ने ठगहरुलाई नछोड्ने चेतावनी दिएका छन।

बैंकहरुले मनोमानी लिइरहेको व्याज फिर्ता गर्नुपर्ने, लघुवित तथा सहकारीबाट लिएको कर्जा फिर्ता हुनुपर्ने र सर्वसधारण नागरिकले सहजरुपमा कर्जा नपाएसम्म आन्दोलनका बिभिन्न कार्यक्रम जारी रहने चेतावनी साहले दिएका छन्।
आजपा मधेस प्रदेश कमिटी र बैंक तथा वितिय पीडित संघर्ष समितिले ११ माघमा मधेस बन्दको गर्ने घोषणा गरेको छ । ‘बैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुबित्त तथा सहकारीबाट लिएको कर्जा माफी गर्नुपर्ने, आम जनतालाई सहज कर्जा उपलब्ध गराउनु पर्ने’ लगायतका माग गर्दै आजपाले ११ माघमा मधेश बन्द गर्ने घोषणा गरेको हो ।
भेलामा आजपा महासचिव उपेन्द्र साह, सचिव एवं संविधान सभा सदस्य समिना हुनेस लगायत आइटी आर्मीका हजारौं युवाहरुको सहभागिता रहेको थियो ।
त्यस्तै आमजनता पार्टी निकट आम महिला मोर्चाको केन्द्रीय समितिको बैठक सनिवार रौतहटको मौलापुरमा सम्पन्न भएको छ।
आम महिला मोर्चाको केन्द्रीय समितिको बैठक “महिलालाई राज्यको हरेक तह र निकायमा ५१५ अधिकारको सुनिश्चितताको लागि निर्णायक संघर्ष गर्ने”निर्णय सहित सम्पन्न भएकोछ । मौलापुर पार्क होटलमा बसेको उक्त बैठकको अध्यक्षता मोर्चा अध्यक्ष कुमारी बबिताले गरेकी थिइन्। कार्यक्रममा आजपा महासचिव उपेन्द्र साह, सचिव समिना हुसैन लगायतका नेताहरूको उपस्थितिमा रहेको थियो । उक्त बैठकले “बैकहरुले लिइरहेको मनोमानी ब्याज फिर्ता , लघुबीत तथा सहकारीहरुको सम्पुर्ण ऋण मिनाह तथा आम जनतालाई सहज कार्जा दिलाउनको लागि घोषित माघ ११ गतेको मधेश बन्दलाई सफल पार्ने समेत प्रतिबद्धता व्यक्त गरेकाछन ।
उता मौलापुर पार्क होटलको सभा हलमा आम मुस्लिम मोर्चाको केन्द्रीय समितिको बैठक सम्पन्न भएकोछ । मोर्चाको अध्यक्ष लालबाबु मंसूरको अध्यक्षतामा सम्पन्न उक्त बैठकले मदर्सा ऐन र मदर्सा बोर्ड गठनको लागि निर्णायक संघर्ष गर्ने साथै बैंकिंग लुटको विरुद्ध घोषित माघ ११ गतेको मधेश बन्दलाई सफल पार्ने निर्णय गरेकोछ । बैठकमा मोर्चाको पदाधिकारीहरुको सहभागिता रहेको थियो। न्युजका्रखाना
भरतपुर ६ माघः
कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको नयाँ सबुज गणको निरीक्षण गरेका छन ।
सो अवसरमा मध्य पृतना हेडक्वार्टर नं ७ वाहिनी अड्डा अन्तर्गत रही तैनाथ यस गणले भरतपुर विमानस्थल सुरक्षाका साथै जल उद्धार, सडक दुर्घटना, विपद्जन्य परिस्थितिबाट सिर्जित सडक अवरोध हटाउने कार्यमा खेलेको भूमिका सराहनीय भएको उनले बताए ।

‘भरतपुर विमानस्थल विस्तारका लागि सेनाको स्वामित्वमा रहेको ७० बिगाहा आठ कठ्ठा चार धुर जग्गामध्ये करिब १९ बिगाहा चार कठ्ठा चार धुर जग्गा विमानस्थलको धावनमार्ग विस्तार र वैकल्पिक सडक निर्माणका लागि उपलब्ध गराउनुपर्ने देखिन्छ,’, उनले भने, ‘नेपाली सेनाबाट निर्मित केही भौतिक संरचनाहरु समेत स्थानान्तरण गर्नु पर्ने हुँदा यस सम्बन्धमा विभिन्न सरोकारवाला निकायहरूबीच आवश्यक समन्वय र सहकार्य गर्दै अघि बढ्न आवश्यक रहेको छ ।’
यस प्रक्रियामा रक्षा मन्त्रालय र नेपाली सेनाको तर्फबाट सम्बन्धित सरोकारवाला निकायहरूसँग छलफल र परामर्श भइरहेको र सबैको सहयोगले यो विषय चाँडै निष्कर्षमा पुग्ने उनको भनाइ थियो ।
राष्ट्रिय सुरक्षाको प्रमुख पहरेदारका रूपमा रहेको नेपाली सेनाले देशभित्र मात्र नभई विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा समेत संयुक्त राष्ट्र सङ्घको झण्डा मुनि रहेर शान्ति स्थापनामा विशेष योगदान गर्दै आएको रक्षामन्त्री खड्काले बताए ।
नेपाली सेनाको यस योगदानले नेपाल र नेपालीको शिर उँचो बनाएको भन्दै उनले सेनाको व्यावसायिक क्षमतालाई उच्च राख्न नेपाली सेनामा तालिम, प्रशिक्षण, भौतिक संरचनाको निर्माण तथा आधुनिक सैन्य उपकरणहरूको व्यवस्था गर्न राज्यले निरन्तर जोड दिँदै आएको उल्लेख गरेका छन ।
‘नेपाली सेनामा रही काम गर्ने सबै राष्ट्र सेवकहरूको मनोबल र उत्प्रेरणालाई उच्च राख्न सरकारले प्राथमकिता दिएको छ, आगामी दिनमा राज्यको क्षमता र साधन स्रोतले भ्याएसम्म नेपाली सेनाको थप सुदृढीकरणका लागि विभिन्न व्यवस्थाहरू गर्दै लगिनेछ,’ उनले भने ।
नेपाली सेनाले सीमित स्रोत, साधन र सुविधाको बाबजुद हिमाल, पहाड र तराई सबैतिर खटिएर अहोरात्र राष्ट्रको सुरक्षामा खटिएको भन्दै कार्य सम्पादनका क्रममा सेनाले भोगेका समस्या र अप्ठ्यारालाई सरकारले महसुस गरेको उनले जनाएका छन । ती समस्या तथा अप्ठ्याराहरूलाई आगामी दिनमा सरकारको क्षमताले भ्याएसम्म क्रमशः सम्बोधन गर्दै जाने दिशामा नेपाल सरकार प्रतिबद्ध रहेको उनको भनाई छ ।
‘मेरो नेपाल मेरो स्वर्ग’ भन्ने आदर्श वाक्य बोकेको श्री नयाँ सबुज गणमा खासगरी तराई÷मधेसमा बसोबास गर्ने नागरिकहरूको प्रतिनिधित्व हुने गरी नेपाली सेनाका विभिन्न विभाग, कार्यालय, महानिर्देशनालय, निर्देशनालय, पृतना, वाहिनी युनिटरसब युनिटलगायत ११७ स्थानबाट विभिन्न दर्जाका सैनिक व्यक्तिहरु सम्मिलित गराई यो नयाँ गण २०६३ साल असार २८ मा महोत्तरीको पकौलीमा स्थापना भएको हो ।
यो गण ओखलढुङ्गा, हेटौँडा, सुर्खेत लगायतका जिल्लाहरू हुँदै गत वैशाख १५ गतेदेखि चितवनको भरतपुर व्यारेकमा तैनाथ छ। तराई र मधेसमा बसोबास गर्ने समुदायको विशेष प्रतिनिधित्व र बाहुल्य भएको यस गणमा करिव ८० प्रतिशत तराई र मधेस मूलका विभिन्न दर्जाका सैनिकहरू कार्यरत रहेको भन्ने थाहा पाउँदा आफूलाई खुसी लागेको कार्यबहाक प्रधानमन्त्री खडकाले बताए ।न्युजका्रखाना
काठमाडौं,माघ ६ ।
एमाले जनसंगठन नेपाल खेलकुद महासंघले पार्टी र नेताबिरुद्ध चलाइएको अफवाह चिर्न बिशेष टीम बनाएको छ ।
शुक्रवार सम्पन्न महासंघको केन्द्रीय कमिटीको दोस्रो बैठकले प्रतिक्रियावादीहरुले सुनियोजित रुपमा एमाले नेतृत्व र पार्टीमाथि आक्रमण गरेको निश्कर्षसहित रिनन पोखरेलको नेतृत्वमा ५ हजार १ सदस्यीय बिशेष समिति गठन गरेको हो ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल र महासंघका इञ्चार्ज कर्ण थापाले बिशेष प्रशिक्षण दिनुभएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पर्शुराम बस्नेतले पार्टी नेतृत्वबिरुद्ध भइरहेको आक्रमणको प्रतिवाद गर्न समिति गठनको प्रस्ताव गर्नुभएको थियो । अध्यक्ष बस्नेतको प्रस्तावलाई बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो ।
‘नेकपा एमाले तथा हाम्रा पार्टी नेता तथा नेतृत्वप्रति प्रायोजित आक्रमण, हमला तथा फैलाइने अनावश्यक हल्लाहरुलाई परास्त गर्न र जनमानसमा रहेका भ्रमहरु चिर्न कमिटीले बिषेश योजनासहित काम अघि बढाउने छ,’ अध्यक्ष बस्नेतले भन्नुभयो, ‘कमिटी अब नेकपा एमालेविरुद्धका समाजमा छरिएका हुन् या सामाजिक सन्जालमा गरिएका किन नहुन्, अनावश्यक प्रायोजित हल्ला तथा भ्रमहरुलाई चिर्न डटेर लाग्नेछ, नेकपा एमालेको प्रतिरोधी दस्ता हुनेछ ।’
बैठकले आगामी निर्वाचनमा एमालेको एकल बहुमतको सरकार बनाउने अभियानलाई सफल बनाउनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै रोलमोडल बनाउनु पर्ने ठहर गर्दै सिंगो पार्टी पंक्तिलाई यसतर्फ बिशेष ध्यानाकर्षण गरेको छ । ‘आफ्नै पार्टीको नेतालाई रोलमोडल बनायौं भने मात्रै मिशन ८४ सफल हुन्छ । केपी ओलीलाई रोलमोडल बनाएर सिंगो पार्टी पंक्ति मिशन ०८४ मा होमिनुपर्छ,’ महासंघका अध्यक्ष बस्नेतले भन्नुभयो ।
अध्यक्ष बस्नेतका अनुसार बैठकले संगठन बिस्तारको बिशेष योजना पनि पारित गरेको छ । जसअनुसार आगामी ३ बर्षभित्र डेढ लाख नयाँ सदस्यता बितरण गरिने छ । यस्तै बैठकले एक कमिटी एक खेलकुद गतिबिधि सञ्चालन र एक सदस्य दुई नयाँ सदस्य बितरण अभियान अघि बढाउने निर्णय गरेको छ ।
अव महासंघका हरेक कमिटीले एउटा खेलकुद कार्यक्रम सञ्चालन गर्ने र प्रत्येक सदस्यले दुई जना नयाँ सदस्य बनाउने निर्णय बैठकले गरेको हो,’ अध्यक्ष बस्नेतले भन्नुभयो ।
उहाँले केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार नेपाल खेलकुद महासंघ अब सशक्त रुपमा संगठन सुदृढीकरण, शुद्धिकरण तथा विस्तारमा लाग्ने जानकारी पनि दिनुभयो ।न्युजका्रखाना
काठमाडौँ, २७ पुस :
सभामुख देवराज घिमिरले पृथ्वीनारायण शाहका दिव्योपदेशलाई आत्मसात् गर्दै सामाजिक न्याय, सुशासन र समृद्धितर्फ अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा उहाँले शुभकामना व्यक्त गर्नुभएको हो । “पृथ्वीनारायण शाहका दिव्योपदेश राष्ट्रभक्ति, आत्मनिर्भरता र सुशासन कायम गर्नका लागि तीनसय वर्षसम्म पनि उत्तिकै सान्दर्भिक छन्”, सन्देशमा भनिएको छ, “आजको विशेष दिनमा उहाँका दिव्योपदेशलाई आत्मसात् गर्दै सामाजिक न्याय, सुशासन र समृद्धितर्फ अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।”
सभामुख घिमिरले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पु¥याएको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ । साथै, आजको दिनलाई नेपालको पहिचान स्थापित भएको दिनका रुपमा समेत उहाँले स्मरण गर्नुभयो ।
तत्कालीन गोरखाका राजा शाहले बहुआयामिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गर्नुभएको थियो । अभियानको उपलब्धीस्वरुप नेपाल विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये एक रहन पुगेको सन्देशमा उल्लेख गरिएको छ ।
“मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा रुपान्तरित भए पनि पृथ्वी जयन्तीको सान्दर्भिकता झनै बढेर गएको छ”, सन्देशमा भनिएको छ, “आजको विशेष दिनमा मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै सबै नेपालीको सुख र समृद्धि हासिल गर्न प्रेरणा प्रदान गर्नेसमेत विश्वास व्यक्त गर्दछु ।” (रासस)
काठमाडौँ, २७ पुस :
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गर्नुभएको छ ।
उहाँले आज बिहान सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गर्नुभएको हो । सो अवसरमा नेपाली सेनाको एक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो भने समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुले समेत राष्ट्रनिर्माता शाहको सालिकमा माल्यार्पण गर्नुभएको थियो ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको आज ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै देशभर कार्यक्रम आयोजना हुँदैछन् ।
तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरी आधुनिक नेपालको निर्माण गर्नुभएको थियो ।
उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौममिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको हो ।(रासस)
काठमाडौ २५ पुस :
जनता समाजवादी पार्टी जसपा नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक आज बस्दै छ । दुई दिने बैठक ललितपुरको भोलढोकास्थित ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजेका लागि बोलाइएको छ ।
जसपाले गत भदौमा सञ्चालन गरेको संगठन विस्तार तथा सुदृढीकरण अभियान र उक्त अभियानमा पार्टी सदस्यहहरुको सक्रियतामा भएका सांगठनिक प्रगति विवरण प्रतिवेदन बैठकमा प्रस्तुत हुने छ ।
त्यसैगरी राजनीतिक तथा संगठनात्मक प्रतिवेदन बैठकमा प्रस्ताव गरिनुका साथै पार्टीको आगामी महाधिवेशनबारे समेत बैठकमा छलफल हुने छ ।
राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनको आज उम्मेदवारी मनोनयनपत्र दर्ता हुँदैछ ।सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ । उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि आयोगका तर्फबाट गरिनुपर्ने सम्पूर्ण तयारी र कार्य जिम्मेवारी पूरा गरिएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता छन् । कानुनी व्यवस्थाअनुरुप प्रदेशसभा सदस्य पाँच सय ४९ र पालिका प्रमुख र उपप्रमुख गरी जम्मा २०४७ जनाको मतदाता नामावलीमा स्वीकृत भएको छ ।
निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १९ कायम गरिएको छ । उक्त निर्वाचनमा प्रदेशसभा सदस्यको कूल मतभार २९ हजार ९७ र पालिका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार चार सय ६२ रहने छ । आयोगका अनुसार मतदाताको अन्तिम नामावली आइतबार प्रकाशन भइसकेको छ ।
यस्तो छ निर्वाचन कार्यक्रम
उम्मेदवारीउपर यही पुस २४ गते दाबीविरोध र उजुरी, २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन हुनेछ भने २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने छ ।
यस निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । स्थायी सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्ष पूरा सकिन्छ । यस निर्वाचनमा विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समुदायबाट सदस्यको चयन हुनेछ । (रासस)
काठमाडौँ, २२ पुस :
राष्ट्रियसभा सदस्यको रिक्त १९ पदमा आगामी माघ ११ गते हुने निर्वाचनका भोलि माघ २३ गते सोमबार उम्मेदवारी मनोनयन पत्र दर्ता कार्यक्रम हुँदैछ ।
उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि आयोगका तर्फबाट गरिनुपर्ने सम्पूर्ण तयारी र कार्य जिम्मेवारी पूरा गरिएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
मुलुकका सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ ।
उक्त निर्वाचनका लागि आयोगले यही पुस ४ गते नै मतदाता नामावली स्वीकृत गरेको थियो । यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ । कानुनी व्यवस्थाअनुरुप प्रदेशसभा सदस्य पाँच सय ४९ र पालिका प्रमुख र उपप्रमुख गरी जम्मा २०४७ जनाको मतदाता नामावलीमा स्वीकृत भएको छ । तीमध्ये प्रदेशसभा सदस्यको मतभार ५३ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १९ हुनेछ ।
उक्त निर्वाचनमा प्रदेशसभा सदस्यको कूल मतभार २९ हजार ९७ र पालिका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार चार सय ६२ रहने आयोगले जनाएको छ । आयोगका अनुसार मतदाताको नामावली प्रकाशित तथा दाबी विरोधलगायतका कार्य पूरा भई आजै मतदाताको अन्तिम नामावली प्रकाशन भएको छ । उम्मेदवारीउपर यही पुस २४ गते दाबी विरोध र उजुरी, २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन हुनेछ भने २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । उम्मेदवारलाई निर्वाचन चिह्न भने यही पुस २८ गते उपलब्ध गराउने कार्यक्रम छ ।
यस निर्वाचनमा मतदानका लागि मुलुकका सात प्रदेशमा एक–एक मतदानस्थल र दुई-दुई वटा मतदान केन्द्र कायम गरिएको छ । मतदान भने माघ ११ गते विहान ९ बजेदेखि दिउँसो तीन बजेसम्म हुनेछ ।
माथिल्लो सदनका रुपमा रहेको प्रबुद्ध समूहको प्रतिनिधित्व हुने ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा सकिन्छ भने कार्यकाल छ वर्ष हुन्छ । अघिल्ला वर्षमा जस्तै यस निर्वाचनमा पनि विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्सङ्ख्यक र अन्य समुदायबाट सदस्यको चयन हुनेछ ।(रासस)
काठमाडौँ, २२ पुस :
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक जारी रहेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार सङ्गठन विभागका प्रमुख राजेन्द्र श्रेष्ठ र प्रदेश समितिका इन्चार्जले तयार पारेका साङ्गठनिक प्रस्ताव, आसन्न राष्ट्रियसभा निर्वाचन, यही पुस २५ गतेदेखि काठमाडौँमा बस्न लागेको पार्टीको राजनीतिक समिति बैठक र पुस २७ गतेदेखि बस्ने केन्द्रीय समितिको बैठकको तयारीलगायतका विषयमा छलफल भइरहेको छ ।(रासस)
काठमाडौँ, २२ पुस :
राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सत्तारुढ गठबन्धनले सिट बाँडफाँट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको सत्तारुढ गठबन्धनको बैठकले संयुक्तरुपमा उम्मेदवारी दिने निर्णय गरेको बैठकमा सहभागी नेपाली कांग्रेस नेता रमेश लेखकले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र)ले छ, नेकपा (एकीकृत समाजवादी)ले दुई र जनता समाजवादी पार्टी नेपालले एक सिटमा उम्मेदवारी दिने गरी सहमति भएको छ । बाँकी रहेको एक सिटमा भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ । उक्त निर्णय लगत्तै उम्मेदवार टुङ्गो लगाउन बालुवाटारमा माओवादी केन्द्रको बैठक सुरु भएको छ । साथै नेपाली कांग्रेसको बैठक सानेपास्थित पार्टी कार्यालयमा सुरु भएको छ ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन र भोलि उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका तय गरिएको छ । मनोनयन दर्तापछि उम्मेदवारको विरोधमा उजुरी दिने कार्य पुस २४ गते हुनेछ भने मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशित हुनेछ । (रासस)
काठमाडौँ, २२ पुस :
नेपाल र भारतबीच ऊर्जा क्षेत्रको साझेदारीका विभिन्न आठ वटा विषयमा महत्वपूर्ण छलफल भई सहमति भएको छ ।
भारतीय विदेशमन्त्री डा एस जयशङ्करको नेपाल भ्रमणको सन्दर्भमा प्रसारण लाइन तथा ऊर्जा क्षेत्रका विषयमा महत्वपूर्ण सहमति भएका हुन् । विदेशमन्त्रीको भ्रमणका क्रममा दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ । आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली भारत निर्यातका लागि उक्त सहमतिले मार्ग प्रशस्त गरेको छ ।
चितवनमा आज सम्पन्न ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ११औँ बैठकले विशेष गरी प्रसारण प्रणालीको सुदृढीकरणका विषयमा सहमति गरेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंहले जानकारी दिनुभयो ।
बैठकमा नेपालकातर्फबाट ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र भारतका ऊर्जा मन्त्रालयका सचिव पङ्कज अग्रवालले सहअध्यक्षता गर्नुभएको थियो । बैठकमा सहसचिवस्तरीय संयुक्त कार्यदलले तयार पारेका विभिन्न एजेण्डामा छलफल भएको थियो ।
यसअघि ऊर्जा मन्त्रालयका सहसचिव सिंह र भारतको विद्युत् मन्त्रालयका सहसचिव डा डी साई बाबाको सहअध्यक्षतामा नेपाल भारत ऊर्जा संयुक्त कार्यदलको ११ औँ बैठकले मौजदा विद्युत् प्रसारण लाइन, निर्माणाधिन तथा प्रस्तावित अन्तरदेशीय प्रसारण लाइन, भारतीय लगानीका विभिन्न आयोजना तथा सम्वद्ध प्रसारण लाइन आयोजनालगायतका विषयमा आवश्यक छलफल गरी सचिवस्तरीय संयन्त्रलाई सिफारिस गरेको थियो ।
यसपटक सहमति भएका अधिकांश विषयलाई भने प्राविधिक समूहले अन्तिम निष्कर्ष दिने छन् । प्राविधिक विषय बढी भएकाले सैद्धान्तिक निर्णय भएको बैठकमा सहभागी नेपाली उच्च अधिकारीहरुको भनाइ छ ।
अन्तरदेशीय प्रसारण लाइनका रुपमा सञ्चालित ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनको क्षमता एक हजार मेगावाट बराबर पु¥याउने विषयमा दुई पक्षबीच सहमति भएको छ ।
त्यसका लागि ढल्केबर सवस्टेशनमा आवश्यक पूर्वाधार निर्माण गरिनेछ । हाल सो प्रसारण लाइनबााट आठ सय मेगावाट बिजुली आयात निर्यात हुँदै आएको छ । सो प्रसारण लाइनको अधिकतम क्षमता उपयोग गर्ने विषयमा संयुक्त प्राविधिक समितिले अध्ययन गरी आवश्यक निर्णय गरिनेछ । सो प्रसारण लाइनको अधिकतम क्षमता उपयोग गर्नका लागि नेपालले प्रसारण शुल्क समेत तिर्दै आएको छ ।
नेपाल र भारत जोड्ने पहिलो अन्तरदेशीय प्रसारण लाइनको अधिकतम क्षमता उपयोगका विषयमा महत्वपूर्ण सहमति भएको बैठकमा सहभागी ऊर्जा मन्त्रालयका उच्च अधिकारीले जानकारी दिनुभयो ।
यस्तै, भारतीय कम्पनी सतलज विद्युत् निगमले निर्माण गरिरहेको ढल्केबर–सीतामढी चार सय केभी प्रसारण लाइनबाट बिजुली आदान प्रदान गर्न सकिने विद्युत्को क्षमता निर्धारणका सम्बन्धमा पनि संयुक्त प्राविधिक समितिले आवश्यक निर्णय गर्नेछ ।
भारतीय कम्पनीले अरुण तेस्रो जलविद्युत् आयोजनाको बिजुली निर्यातका लागि सो प्रसारण लाइन निर्माण गरिरहेको छ । अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको सो कम्पनीले अन्य आयोजना पनि जिम्मा लिएको छ । ती आयोजना सम्पन्न हुन लामो समय लाग्नेछ ।
यस्तै, टनकपुर महेन्द्रनगर एक सय ३२ केभी क्षमताको प्रसारण लाइन वा अन्य उच्च भोल्टेज क्षमताका प्रसारण लाइनबाट दुई सय मेगावाटसम्मको विद्युत् निर्यात गर्नका लागि सम्भाव्य विकल्पबारे पनि संयुक्त प्राविधिक समितिले अध्ययन गर्ने बैठकको सहमति छ ।
त्यस्तै, एक सय ३२ केभी क्षमताका तथा सोभन्दा कम क्षमताको विद्यमान प्रसारण लाइनबाट बर्षायाममा नेपालबाट भारतको छिमेकी राज्यको प्रसारण प्रणाली उपयोग गरी दुई देशबीच विद्युत् आयात निर्यात गर्ने सम्बन्धमा भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरण र भारतका अन्य निकायको समन्वयमा तयार गरेको विद्युत् आयात निर्यात गर्नेसम्बन्धी विधि प्रक्रिया बैठकले स्वीकृत गरेको छ ।
उच्च क्षमताका थप दुई प्रसारण लाइन निर्माणका लागि पनि बैठकले संयुक्त कार्य समूहलाई जिम्मा दिएको छ । नेपाल र भारतबीच यनरुपा–पूर्णिया र न्यू लमकी (दोदोधारा) बरेली चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण गरिनेछ । ती प्रसारण लाइन सन् २०२८ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ती प्रसारण लाइनको मोडालिटी समेत संयुक्त कार्य समूहले टुङ्गो लगाउनेछ । दुई देशका ऊर्जा मन्त्रालयका सहसचिवको नेतृत्वमा रहेको कार्यदलले त्यस विषयमा आवश्यक मोडालिटी तयार पार्नेछ ।
भारतको प्रसारण प्रणाली प्रयोग गर्दै नेपालबाट ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्न भारतको विद्युत् आयात निर्यात निर्देशिका बमोजिम नेपाल विद्युत् प्राधिकरण, भारतको एनटिपिसी विद्युत् व्यापार निगम र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबीच छिट्टै त्रिपक्षीय सम्झौता गर्ने विषयमा पनि सैद्धान्तिक छलफल भएको छ ।
यस छलफलका आधारमा त्रिदेशीय साझेदारीका लागि आवश्यक संयन्त्र स्थापना हुने छ । सोही संयन्त्रले आवश्यक निर्णय गर्ने बताइएको छ ।
बङ्गलादेशले नेपालबाट बिजुली लैजानका लागि आवश्यक नीतिगत निर्णय गरिसकेको छ । त्यहाँको मन्त्रिपरिषद्ले पनि आवश्यक व्यवस्थाका लागि सम्बद्ध निकायलाई निर्देशन दिइसकेको छ । यस्तै, बङ्गलादेशले छ सय ७८ मेगावाट क्षमताको सुनकोशी तेस्रो जलविद्युत आयोजना निर्माण गर्ने इच्छा व्यक्त गरेको छ । सन् २०४० सम्म १० हजार मेगावाट बराबरको बिजुली लैजान सैद्धान्तिक प्रतिबद्धता जनाएको छ ।
माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट पाँच सय मेगावाट बिजुली लैजान यसअघि नै बङ्गलादेश सहमत भएको थियो । यद्यपि सो आयोजनाको प्रवद्र्धक ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर) ले हालसम्म कुनै काम गरेको छैन । सरकारले सो आयोजनाको म्याद शर्तसहित दुई वर्षका लागि थप गरेको भएपनि हालसम्म थप प्रगति देखिएको छैन ।
यस्तै, नेपाल र भारतबीच विद्युत् आयात निर्यात गर्न आवश्यक थप उच्च भोल्टेज स्तरका प्रसारण लाइनको अध्ययन गर्न समेत बैठकले संयुक्त प्राविधिक समूहलाई निर्देशन दिइएको छ ।
अन्तरदेशीय प्रसारण लाइनमार्फत निर्यातका लागि एक सय २० प्रतिशतसम्म क्षमता हुने गरी जलविद्युत् आयोजनाको स्वीकृति दिने निर्णय बैठकले गरेको छ । बर्षात्को समयमा उत्पादित बिजुली खेर जाने समस्याका लागि पनि प्रसारण लाइनको अधिकतम क्षमताको उपयोग गर्नुपर्ने माग यसअघि उठ्दै आएको थियो ।
हाल रक्सोल परवानीपुर, कुशाहा कटैया, मैनहिया गोरखपुर जस्ता प्रसारण लाइन सञ्चालनमा छन् । ती प्रसारण लाइनको क्षमता एक सय ३२ केभीको छ । ती प्रसारण लाइनको समेत अधिकतम क्षमता उपयोग हुनेछ । ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनको क्षमता समेत एक हजार मेगावाट बराबर पुगेको सन्दर्भमा थप बिजुली निर्यातका लागि मार्ग प्रशस्त भएको छ ।रासस
काठमाडौँ २२ पुस :
गृह मन्त्रालयले गृह प्रशासनअन्तर्गतका निकायको कार्यसम्पादन सुधार र क्षमता विकासका लागि सुझाव माग गरेको छ ।गृह मन्त्रालयले गृह प्रशासनअन्तर्गतका निकायको कार्यसम्पादन सुधार र क्षमता विकासका लागि गठित अध्ययन समिति र विषयगत उपसमितिले सुझाव माग गरेको छ ।
कार्यसम्पादन सुधार र क्षमता विकासका लागि सुझाव प्रदान गर्न सार्वजनिक अनुरोध गरिएको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । मन्त्रालयले पूर्वमुख्यसचिव लिलामणि पौड्यालको नेतृत्वमा उक्त समिति बनाएको छ । समितिले अहिले अध्ययन गरिरहेको छ ।
अध्ययनपछि समितिले गृह प्रशासन सुधारका लागि चाहिने योजना र रायसहितको प्रतिवेदन गृह मन्त्रालयलाई बुझाउने छ । सोही प्रतिवेदनका आधारमा सुधारका काम अघि बढाइने उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताउनुभएको छ ।
सुझावमा लागि गृह मन्त्रालयको वेबसाइट www.moha.gov.np मा गएर विषयगतरूपमा विवरण लेखी पठाउन सकिने व्यवस्था मिलाइएको छ । मुख्यगरी स्थानीय प्रशासन सुधार, सशस्त्र प्रहरी सुधार, नेपाल प्रहरी र अध्यागमन सुधारका विषयमा सुझावका लागि विषय राखिएको छ । (रासस)
काठमाडौँ, २१ पुस :
चिनियाँ कम्युनिष्ट पार्टी युनान प्रान्तको पार्टी स्थायी कमिटीका उपसचिव शि युगाङको नेतृत्वमा नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधिमण्डलले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग आज हरितगृह लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटघाट गरेको छ ।
त्यस अवसरमा उपराष्ट्रपति यादव र उपसचिव युगाङबीच दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, भ्रमण, सहयोग, व्यापार तथा पर्यटनलगायतका विविध आयामका विषयमा संवाद भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । उपराष्ट्रपति यादवले नेपाल र चीनबीच सदियौँदेखि रहिआएको सौहार्दपूर्ण एवं अति घनिष्ट सम्बन्ध हालैका वर्षहरूमा बहुआयामिक क्षेत्रमा अझ व्यापक, थप घनिष्ट र अरु उच्च बनेकामा खुसी व्यक्त गर्नुभएको थियो ।
उहाँले भन्नुभयो, “नेपाल र युनानका भौगोलिक तथा सामाजिक र सांस्कृतिक विशेषतामा धेरै समानता छ, नेपाल र युनानबीचको सम्बन्ध हालका वर्षहरूमा व्यापार, लगानी, संस्कृति, शैक्षिक आदान–प्रदान र जनताबीचको सम्बन्धमा निरन्तर बढ्दै गएकामा खुसी व्यक्त गर्दछु ।”
उपराष्ट्रपति यादवले चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहँदै झण्डै सात दशकयता नेपालको विकासमा पुर्याउँदै आएको सहयोगका लागि धन्यवादसमेत व्यक्त गर्नुभयो ।
चिनियाँ कम्युनिष्ट पार्टी, युनान प्रान्तको पार्टी स्थायी कमिटीका उपसचिव महामहिम शि युगाङले सन् २०२४ मा चिनियाँ उच्च प्रतिनिधिमण्डलले नेपालबाटै आफ्नो भ्रमण सुरु गरेको जनाउँदै नेपाललाई विशेष महत्व दिएरै यो सम्भव भएको बताउनुभएको थियो । (रासस)
काठमाडौँ, २१ पुस :
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हाल मुलुकको विद्युत् प्रणालीमा दुई हजार आठ सय ५२ मेगावाट बिजुली उपलब्ध रहेको बताउनुभएको छ । नेपाल उद्योग व्यापार महासङ्घको दोस्रो साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले चालु आर्थिक वर्षको अन्त्यसम्ममा कूल जडित क्षमता तीन हजार पाँच सय मेगावाट पुग्ने बताउनुभयो ।
ऊर्जामन्त्री बस्नेतले २०७२ पछि मुलुकको ऊर्जा क्षेत्रले अपेक्षित प्रगति गरेको बताउँदै पछिल्लो एक वर्षमा पाँच सय मेगावाट बिजुली थप भएको र आगामी तीन महिनामा पाँच सय मेगावाट विद्युत थपिने उहाँले जानकारी दिनुभयो ।
मन्त्री बस्नेतले ऊर्जा क्षेत्रमा थप प्रगति गर्न अझ मेहनत जरुरी रहेको उल्लेख गर्दै समस्याको जगमा नै समाधान खोज्न सकिने बताउनुभयो । उहाँले बहकिएर मात्रै मुलुकको अर्थतन्त्रलाई सहि बाटोमा अगाडि बढाउन नसकिने धारणा राख्नुभयो । उहाँले अर्थतन्त्रको दबाव चिर्दै राष्ट्रिय पुँजी निर्माण गर्न सरकार र व्यवसायी एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
“तथ्य तथ्याङ्कले भन्छ, मुलुक आर्थिक विकास र समृद्धिको दिशातर्फ अघि बढेको छ”, ऊर्जामन्त्री बस्नेतले भन्नुभयो, “एक वर्षको निरन्तर मेहनतबाट अर्थतन्त्र सुधारको अवस्थामा छ । देश उन्नतितर्फ अघि बढिरहेकाले अब निरासाजनक नभइ उत्साहकासाथ अघि बढ्नुपर्छ ।”
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा व्यक्त महासङ्घको वार्षिक साधारण सभाको सफलताको शुभकामना सन्देश ऊर्जामन्त्री बस्नेतले सुनाउनुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले सरकारले समस्याग्रस्त अर्थतन्त्रलाई सुधार्न उपयुक्त कदम चालेकाले मुलुकको अर्थतन्त्र गतिशील बन्दै गएको बताउनुभयो । उहाँले यसलाई गतिशील बनाउन जलविद्युत, ऊर्जा, कृषिलगायत क्षेत्रमा लगानी अभिवृद्धि गर्दै आन्तरिक उत्पादन र रोजगारी बढाउनेतर्फ अग्रसर हुनुको विकल्प नरहेको बताउनुभयो ।
आर्थिक समृद्धिका लागि उद्योग, व्यापार क्षेत्रको महत्वपूर्ण योगदान रहने भन्दै श्रेष्ठले राष्ट्रिय पुँजी निर्माण र औद्योगिक प्रवद्र्धनमा केन्द्रित हुन जरुरी भएको खाँचो औँल्याउनुभयो ।
पूर्वमन्त्री टेकबहादुर बस्नेतले मुलुकको अर्थतन्त्रलाई सकारात्मक दिशामा अगाडि बढाउन सरकार, राजनीतिक दल र निजी क्षेत्रबीच प्रभावकारी समन्वय र सहकार्य जरुरी रहेको बताउनुभयो । पूर्व मुख्यसचिव लिलामणि पौडेलले मुलुकले सामना गरिरहेको अर्थतन्त्रको दबावलाई नीतिगत र संरचनागत सुधार गर्न महासङ्घले सरकारलाई उपयुक्त सुझाव दिनुपर्ने बताउनुभयो ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले सकारात्मक दिशामा रहेको अर्थतन्त्रलाई थप प्रभावकारी बनाउन सरकार र निजी क्षेत्रको साझेदारिता फराकिलो बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।
नेपाल राष्ट्रिय उद्योग व्यापार महासङ्घका अध्यक्ष नन्द बहादुर केसी, नेपाल घरेलु तथा साना उद्योग महासङ्घका उपाध्यक्ष मोहन कटुवाल, व्यवसायी कृष्णप्रसाद आचार्यले साना उद्योगको संरक्षण तथा प्रवद्र्धनमा सरकारले विशेष ध्यान दिनपर्ने बताउनुभयो । महासङ्घका अध्यक्ष खिमलाल भण्डारीले अर्थतन्त्रको सुधारका लागि महासङ्घले सरकारलाई नीतिगत सुझाव प्रस्तुत गर्दै आएको बताउनुभयो । (रासस)
नवलपुर, २१ पुस (रासस) : सिंहदरबार वैद्यखाना स्वास्थ्य क्षेत्रमा सम्भवत दक्षिण एसियाकै पुरानो संस्था मानिन्छ । यसको इतिहास राजा प्रताप मल्लसँग जोडिएको छ । राजा प्रताप मल्लको पालामा उनकै पहलमा चिकित्सा विद्याको विकास र औषधि दुवै हुने हिसाबले हनुमान ढोकामा वैद्यखानाका नाममा यसको स्थापना गरिएको थियो । उनको पालामा आफ्नो परिवारको उपचारका लागि सरकारी संस्थाका रुपमा वैद्यखाना स्थापना गरियो । त्यहाँ साँघुरो भयो भनेर पछि जङ्गबहादुर राणाले त्यसलाई थापाथलीमा सारे । जुद्ध समशेरले थापाथलीबाट सिंहदरबारमा नै लगेर उत्तर कुनामा राखे र त्यहाँ पुगेपछि यसको नाम सिंहदरबार वैद्यखाना हुन पुग्यो । अहिलेको पनि सिंहदरबार वैद्यखाना सोही स्थानमै छ ।
यसले सुरुमा राजा र दरबारका लागिमात्रै औषधि बनाउने काम गर्दथ्यो । विसं २००७ मा प्रजातन्त्र आएपछि २००९ मा राजा त्रिभुवनले यसको औषधि जनताले पनि पाउनुपर्छ भनेर घोषणा गरे । घोषणा गरे पनि त्यहाँ औषधि थोरै मात्रै बन्ने भएकाले जनताले पाउने अवस्था थिएन । घोषणा गरिएको ४३ वर्षपछि पनि यहाँबाट उत्पादित औषधि नेपाली जनताले पाउन सकेका थिएनन् । विसं २०५२ सम्म यहाँबाट करिब ३५÷३६ प्रकारका आयुर्वेदिक औषधि निर्माण हुने गरेको थियो । विसं २०५८ सम्म आइपुग्दा सिंहदरबार वैद्यखानाले एक सय ७१ प्रकारका औषधि निर्माण गरेर बजारमा पनि पठाउन सुरु गरिसकेको थियो ।
यस्तो इतिहास बोकेको संस्था आज धरासायी हुने बाटोमा पुगेको छ । यहाँ औषधि उत्पादनको काम हुन सकेको छैन भने कर्मचारीमा कुनै मनोबल छैन । कर्मचारीले तलब खान सक्ने अवस्था नै नरहेको समाचार आइरहेको छ । देशमा जडीबुटी र औषधिजन्य सम्पदाको खानी छ । तर नेपालमै रहेको यो ऐतिहासिक औषधि उत्पादक संस्था दिनप्रतिदिन खस्कँदै गएको छ । यस विषयमा विगतमा वैद्यखानाको भौतिक तथा संस्थागन विकासका लागि प्रबन्ध निर्देशक रहेर काम गर्नुभएका प्राध्यापक डा चन्द्रराज सापकोटा संस्थाको विकासका लागि विषय विज्ञ नियुक्त गर्नुपर्ने सुझाव दिनुहुन्छ ।
“विसं २०५२ मा म त्यहाँ पुग्दा झिङ्गटीले छाएको सानो घर थियो । पछि सुधार पनि गरियो र त्यसपछि भौतिक पूर्वाधार राम्रो बनेको छ । मेसिन पनि छन् । तर सुन्दैछु अहिले मेसिन खिया लागेर गएका छन् । कर्मचारीको व्यवस्थापन ठीकसँग भएन । जनतामाझ औषधि पठाउन नसकेको सिंहदरबार वैद्यखाना सुधारका लागि सरकारले गठन आदेश २०५१ जारी गरेर सिंहदरबार वैद्यखानाको मुहार फेर्ने काम ग¥यो । सिंहदरबार वैद्यखाना विकास समिति बनाएर जानुपर्छ भन्ने सुझाव भएर समिति बन्यो ।
सिंहदरबार वैद्यखानाका अध्यक्ष कृष्णकान्त अधिकारी, स्वास्थ्य मन्त्रालयको प्रतिनिधि, अर्थको प्रतिनिधि, राष्ट्रिय योजना आयोग, जडीबुटी प्रशोधन केन्द्रका निर्देशकसहित ११ जनाको समिति बन्यो र पछि २०५२ को कात्तिकमा उहाँ वैद्यखानामा प्रबन्ध निर्देशक नियुक्त हुनुभएको थियो । म विषय विज्ञको रुपमा सिंहदरबार वैद्यखानाको प्रमुख भएर गएको थिएँ । डा कृष्णकान्त अधिकारीजस्ता विज्ञ पनि समितिको अध्यक्ष हुनुहुन्थ्यो । हामीले हाम्रो ज्ञान र सीप लगायौँ र धेरै काम गरेका थियौँ । तर अहिले पूरैरुपमा संस्थाको उपेक्षा भएको छ । विषय विज्ञ नभएर संस्थाको यो हालत हुन पुगेको छ ।
नियुक्ति पाएको पाँच दिनमा सञ्चालक समितिको बैठक राखेर त्यहाँ मैले कार्ययोजना बनाएर पेस गरेको थिएँ । सिंहदरबार वैद्यखाना स्थापना र सञ्चालनको उद्देश्य, भौतिक पूर्वाधार, शिक्षा, मार्केटिङ, कल्टिभेसन सेन्टर स्थापना, जनशक्ति व्यवस्थापनलगायतको विषयलाई लिएर गुरुयोजना बनाएर पेस गरेको थिएँ । औषधि निर्माणलाई व्यवस्थित बनाएर सञ्चालन गर्ने अवस्था थियो । औषधि उत्पादन गर्नका लागि भौतिक पूर्वाधार आवश्यक थियो, त्यहाँ पहिले झिङ्गटीले छाएका पुराना जीर्ण भएका घर थिए । यहाँ भवन बनाएर त्यसमा आधुनिक मेसिन राख्नुपर्ने कुरा उठाएँ ।
आयुर्वेद भनेको खलमा पिसेर औषधि निर्माण गरेर बजारमा पठाउने मात्र होइन, कच्चा पदार्थ जडीबुटी र धातु प्रयोग गरी त्यसलाई आधुनिक पद्धतिको औषधिजस्तै बनाएर बजारमा पठाउने योजना बनाएँ । रसायन नमिसाइ औषधि निर्माण गर्ने त हाम्रो सिद्धान्त नै हो । त्यहाँ वैद्यखानाको नौ आना जग्गा एल आकारको जमिन थियो । नजिकैका जमिनमा दुई वटा टहरा थिए । एउटामा भौतिक पूर्वाधार मन्त्रालयको स्टोर र अर्कोमा गृह मन्त्रालयका दुईवटा टहरा थिए । मैले जमिन मिलाउने भवन निर्माणसँगै मेसिन ल्याउने प्रस्ताव अघि सारेँ ।
वैद्यखानालाई डाबर वैद्यनाथको स्तरमा लैजाने गरी प्रस्ताव राखेँ । वैद्यखानामा आवश्यक पर्ने जनशक्ति थिएनन्, पुराना जनशक्ति अवकाश भइसकेका थिए । त्यसैले आयुर्वेदिक जनशक्ति तयार पर्ने गरी शिक्षा तथा औषधिलाई गुणस्तरीय बनाउनका लागि मार्केटिङ चाहिन्छ भनेर प्रस्ताव अघि सारेँ । जमाना प्रतिस्पर्धी छ, उत्पादन गरेर मात्रै हुँदैन । बजारमा लैजानुप¥यो त्यसका लागि प्रचार गर्नुपर्ने भएकाले बजार व्यवस्थापनका लागि ‘मार्केटिङ सेन्टर’ स्थापना गरियो । हाम्रो भूभाग हिमाल, पहाड र तराईलाई चार वर्गमा विभाजन गरेँ । हिमाली भाग, उच्च पहाडी भेग, पहाडी भेग र तराई भेगमा विभाजन गर्दै यसमा जडीबुटी ‘कल्टिभेसन सेन्टर’ स्थापना गर्ने गरी प्रस्ताव अघि सारेँ र सोहीअनुसार काम पनि अघि बढेको थियो ।
मुख्य उद्योग सिंहदरबारमा रहने गरी शाखा औषधि पहाड र तराईमा स्थापना गर्ने गरी काम सुरु गरेका थियौँ र औषधि निर्यात गर्ने केन्द्र बनाउने गरी अगाडि बढाएका थियौँ । मैले त्यहाँ १६ महिना काम गरेपछि सरकार परिवर्तन भयो र त्यसपछि म प्राध्यापनमा नै विश्वविद्यालय फर्किएँ । पछि पुनः ‘संस्था बिग्रियो, तपाईंले काम गर्न सुरु गर्नुभएको रहेछ ती काम पूरा गर्नुस्’ भनेर सरकारले बोलायो र आएँ । मेरो शर्तअनुसार सरकारले चार वर्ष पूरै काम गर्न दिने बताएपछि गएँ र आफूले सुरु सारेको गुरुयोजनाअनुसारको काम अघि बढाएँ । जडीबुटी कल्टिभेसन सेन्टर स्थापनाको लागि जग्गा छुट्याएकोमध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीको पोखरी ताल क्षेत्रमा २२ बिघा जग्गाको व्यवस्थापन मेरो प्रस्तावमा भएको थियो । जडीबुटी लगाउने भनेर त्यहाँका सामुदायिक वन समितिका अध्यक्ष जन समुदायसँग कुरा गरेको थिएँ । सबै पूर्वाधार निर्माण गरिदिने र २० बिघामा जडीबुटी लगाउन स्थानीय कृषकलाई दिने गरी तयारी अघि बढाएका थियौँ । हामीले कावासोतीको २२ बिघा जमिन स्वास्थ्य मन्त्रालयको स्वामित्वमा हस्तान्तरण गर्ने काम ग¥यौँ । सालको बोटबाहेकका अन्य झाडी फँडानी गरेर जडीबुटीका बोट बिरुवा लगाउने गरी मन्त्रिपरिषद्ले स्वीकृत दिएपछि विसं २०५७ तिर सिंहदरबार वैद्यखानाले त्यो जमिनमा तारबार गर्नका लागि रु ५० लाख बजेट पनि छुट्याएको थियो । मेरो कार्यकाल सकिएसँगै त्यो काम यतिकै अधुरो भयो । म पछि आउने प्रमुखले कामलाई निरन्तरता दिएनन् ।
कस्तुरीपालन नेपालकै हिमाली क्षेत्रमा गर्न सकिन्छ भनेर योजना ल्याएको थिएँ । चीनले कस्तुरी पाल्न सक्छ भने नेपालले किन सक्दैन भनेर योजना अघि बढाइएको हो । कस्तुरीबाट क्यान्सरको मात्रै नभएर सबै रोगको उपचार गर्न सकिन्छ । कस्तुरीको कुनै चिज पनि फाल्नुपर्दैन । कस्तुरीले बाँचुञ्जेल पनि उत्पादन दिने र यो मरेपछि पनि काम लाग्ने जीव हो । कस्तुरीलाई मारेर कस्तुरीको नाभी झिक्नु पनि पर्दैन । कस्तुरी दुई वर्षको भएपछि भेटेरिनरी डाक्टरले कस्तुरीको नाभीमा शल्यक्रिया गरेर कस्तुरीको बिना झिक्न मिल्यो, त्यसपछि सिलाएर छोडिदिए भयो । कस्तुरी पालन गर्ने ठाउँमा अन्य जडीबुटी खेती पनि गर्न सकिन्छ । गर्न खोज्ने हो भने नेपाल ‘पेन्डोराको बक्स’ हो । नेपाल स्वीट्जरल्याण्डभन्दा राम्रो देश बन्न सक्छ ।
कावासोतीमा लिएको जग्गामा सालको रुखमा टाँचा लगाउने काम भयो तर, मेरो कार्यकालपछि त्यहाँ गुरुयोजनाअनुसार अरु काम सुरुआत हुन सकेन । पटकपटक कार्ययोजना अघि बढाउन सुझाव दिँदासमेत काम हुन सकेको छैन । नयाँ आएको मान्छेले कामलाई निरन्तरता दिएनन् । वैद्यखानामा गएर पुराना दस्तावेज हेर्न खोजेमा मैले बनाएका सबै योजना भेटाउन सकिन्छ । भौतिक पूर्वाधारमा मेरो कार्यकालमा औषधि निर्माणशाला, रसायनशाला, पानी प्रशोधन केन्द्र, कच्चा पदार्थ भण्डारण कक्ष, निर्माण औषधि भण्डारण सबै निर्माण भएका थिए भने गुणस्तर परीक्षण तथा नियन्त्रण भवन पनि अहिले बनेको छ ।
काठमाडौँमा औषधि निर्माणको लागि गुणस्तरीय पानी थिएन । पानी प्रशोधनका लागि बजेट निकासा गरेर सिंहदरबारभित्रै तीन सय मिटर जमिनमुनिबाट पाँच इञ्चको पाइपबाट पानी निकाल्न सुरु गर्यौं । त्यो पानी औषधि पकाउनयोग्य भए पनि पिउनयोग्य थिएन, पानी प्रशोधन गरेर काठमाडौँ भ्यालीलाई पु¥याउने योजना अघि सारिएको थियो तर त्यो पूरा हुन सकेन । आगोबाट पकाएर औषधि निर्माण गर्दा गुणस्तर घट्ने भएकाले बाफबाट औषधि पकाउन ब्वायलर राखिएको छ । ब्वायलर किन्नका लागि टेन्डर गरेँ । त्यो नआउँदै मेरो कार्यकाल सकिएर म बाहिर निस्किएँ । पछि ब्वायलर जडान भयो तर, एकपटक त्यसबाट औषधि उपयोगको काम भएन ।
सिंहदरबार वैद्यखानाका लागि आवश्यक जनशक्तिका लागि १४ जनालाई दीर्घकालीन रुपमा आयुर्वेदसम्बन्धी कसैलाई (स्नातक गरेका व्यक्तिका लागि) छोटो समयको तालिम, स्नातक नगरेका व्यक्तिका लागि आयुर्वेद विषय नै पढ्न पठाउने व्यवस्था पनि गरेका थियौँ । अहिले भने औषधि निर्माणसम्बन्धी जनशक्तिको हिसाबले नेपालमा प्रशस्त छन् । उ बेलामा मन्त्रालयले बर्सेनि तालिममा एक जना जनशक्ति भारत पठाउने भनेकोमा भारतबाट विज्ञ बोलाएर नेपालमै तालिम दिने वातावरणसमेत तयार पारिएको थियो । अहिले त भारतीय दूतावासले छात्रवृत्तिमा पढ्न पठाइदिन आग्रह गर्दा मान्छ । तर, त्यतिबेला उनीहरुले यो व्यवस्था छैन भनेर भन्थे ।
औषधि मार्केटिङका लागि विश्वविद्यालयका प्राध्यापक बोलाएर प्रस्तावना बनाउनुपर्छ भनेर प्रस्ताव अघि सारेँ । काठमाडौँ विश्वविद्यालयका व्यवस्थापन सङ्कायको स्कुल अफ म्यानेजमेन्टको डीनलाई संयोजक बनाएर मार्केटिङको विषयमा अध्ययन निर्माण गरियो । पच्चीस जिल्लामा मार्केटिङ सेन्टर निर्माण गरियो । काठमाडौँ, पोखरा, चितवन, विराटनगर, नेपालगञ्जसहितका ठाउँमा मार्केटिङ सेन्टर स्थापना भयो ।
म जाँदा वैद्यखानामा २४ जनशक्ति मात्र कार्यरत थिए । प्रशासनका धेरै औषधिका थोरै । सुरुमै ६४ जनाको दरबन्दी प्रस्ताव गरियो । स्वीकृत भएन । पछि रु ५० लाख प्रतिवर्ष कमाएर सरकारको कोषमा जम्मा गर्ने शर्तमा दरबन्दी मैले नै स्वीकृत गराएँ । सरकारले यसका लागि मलाई नेपाली कागजमा सही छाप गराएर दरबन्दी स्वीकृत गरेको थियो । हामीले त्यो सरकारी प्रतिबद्धतालाई पूरा ग¥यौँ र ती दरबन्दीपछि कायम भए । तर पनि पछि जानेले यी सब कार्ययोजनाअनुसार काम गर्नै सकेनन् । संस्थाप्रति धेरैको विश्वास बढ्दै गयो, बजारमा वैद्यखानाको प्रचार पनि हँुदैगयो । खुला प्रतिस्पर्धा गरेर कर्मचारी राख्ने अवस्थामा पुग्यौँ । राख्यौँ पनि । पछिका दिनहरुमा भने दरबन्दीभन्दा पनि भद्रगोल तरिकाले कर्मचारी थप्ने काम गरियो जसको भार अहिले संस्थाले बोक्नुपरेको छ ।
यी कामहरु नवौँ पञ्चवर्षीय योजनाको अन्तिमसम्ममा गरिएका हुन् । दशौँ योजनाको अन्तिमसम्ममा वार्षिक त्यति बेलाको रु २५ करोड कमाउने क्षमतामा वैद्यखानालाई पु¥याउने काम हामीले नै ग¥यौँ । त्यो क्षमता अहिले पनि वैद्यखानाको छ तर त्यो चिजलाई हामीले व्यवस्थापन गर्न सकेनौँ । व्यवस्थापन झनभन्दा झन कमजोर हुँदै गयो, सरकारले पनि अनुगमन सहीरुपमा गर्न सकेन ।
अहिले यो संस्थाको अवस्था दयनीय छ । औषधि बन्दैन । कर्मचारी घाम तापेर बस्छन् । ज्यालादारीमा पनि पहिले त गरेको कामअनुसार ज्याला दिने गरी कर्मचारी राखिएको थियो । जस्तै सय वटा लेभल लगाएको रु सय दिने गरी आदि । कामको आधारमा ज्याला दिने गरी मान्छे राखेका थियौँ, त्यो वैज्ञानिक थियो र कर्मचारी पनि खुसी थिए । अहिले आफन्तलाई ज्यालादारी भनेर काममा राखिएको छ भन्ने सुन्छु तर कामै नगरी पारिश्रमिक दिइन्छ ।
वैद्यखाना ५७ सालदेखि नाफामा गएर ५८ सालको साउनसम्ममा कोष निर्माण गरेरै रु सात करोड ८८ लाख जम्मा गरिएको थियो । त्यो पैसामा विचलन आउन नदिन मुद्दति कोषमा पैसा जम्मा गर्ने काम ग¥यौँ । नाफा हुँदा पैसा जम्मा गर्ने र औषधि उत्पादनमा पैसा कमी आउँदा निकाल्ने भनेर पैसा राखिएको थियो । तर, अहिले यस पटक त्यहाँबाट रु तीन करोड झिकेर कर्मचारीलाई तलब खुवाइएको जानकारीमा आएको छ । सरकारले तलब खुवाउन पनि सहयोग गरेनछ ।
वैद्यखानामा अहिले औषधि बन्दैन, कर्मचारी छैनन् । मन्त्री आउँछन् र आफ्ना मान्छेलाई कार्यकारी बनाएर ल्याउँछन् । दक्ष जनशक्ति आउँदैन । वैद्यखानामा प्रबन्ध निर्देशक ल्याउँदा विषय विज्ञ ल्याउनुपर्छ । औषधि निर्माण पढेको व्यक्ति ल्याउनुपर्छ । औषधि बनाउन जान्ने मान्छे नै आउनुपर्छ अरु मान्छे आएर हुँदैन । म चिकित्सकबाट औषधि निर्माणतर्फ गएको हो, अहिले त प्रमाणपत्र तहबाट नै औषधि निर्माणमा पढेका व्यक्तिलाई त्यहाँ लैजानुपर्छ । आयुर्वेदमा एम फार्मेसी गरेका मान्छेलाई त्यहाँको प्रमुख बनाएर लैजानुपर्छ । अहिले जनशक्ति छन्, तर भएको जनशक्तिमा सरकारको ध्यान गएको छैन । आयुर्वेदको औषधि निर्माण पढेको मान्छे लगेको अवस्थामा मात्रै त्यहाँ उसले बुझेर काम गर्न सक्छ ।
अहिले वैद्यखानामा हिजोको जस्तो विकराल अवस्था छैन । त्यहाँ भवन छ, औषधि बनाउने मेसिन छ, सबै पूर्वाधार छन् । भएको जनशक्तिलाई व्यवस्थापन गर्ने क्षमता राख्दै त्यही विषयको व्यक्ति जानुपर्छ । सम्बन्धित विषयको मान्छे त्यहाँ जान नसक्दा वैद्यखाना धरासायी भयो भन्ने मेरो निष्कर्ष छ । यसको सुधारका लागि कम्तीमा पनि आयुर्वेदमा औषधि निर्माण सम्बन्धि एम फार्मेसी वा विद्यावारिधि गरेको मान्छे त्यहाँ पुग्नुपर्छ । ‘राइट म्यान राइट प्लेस’ भयो भने वैद्यखानाको मुहार फेरिन्छ ।
मन्त्री फेरिएपछि आफ्नो मान्छेलाई त्यहाँको प्रमुख बनाउनका लागि अनेक फेरबदल गर्ने गरेका छन् । यही विधा पढेका जनशक्तिबाट प्रतिस्पर्धा गरेर प्रमुख बनाउनुपर्छ । जसले राम्रो कार्ययोजना निर्माण गरेर देखाउन सक्छन् र गर्न सक्छु भन्ने आत्मविश्वास राख्छ उसैलाई छानेर प्रमुख बनाइनुपर्छ । विदेशी यहाँको जडिबुटी देखेर यहीँ उद्योग खोल्न उद्दत छन् । वैद्यखाना नेपालको इतिहास हो, यति पुरानो संस्था भारतमा पनि छैन । हामीसँगका जडीबुटीको उपयोग र सदुपयोग वैद्यखानाजस्ता संस्थाको विकासबाट मात्र हुनसक्छ ।
सिंहदरबार वैद्यखानाको सुधारका विषयलाई लिएर मैले अहिलेका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर सुझावसमेत दिएको छु । उहाँ मन्त्री भएको १५ दिनपछि भेटेर देशको अरु क्षेत्रजस्तै आयुर्वेद क्षेत्र पनि तहसनहस भएको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएँ । आफ्नै स्रोत भएको वैद्यखानालाई यसको आवश्यकता र महत्वका रुपमा पूर्ण रुपमा सञ्चालन गर्न पहल गर्न उहाँलाई भनेको पनि थिएँ । स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको आयुर्वेद विभागको मातहतमा सिंहदरबार वैद्यखाना रहेकाले यसको सुधारका लागि पहल गर्दै आयुर्वेद औषधि निर्माणमा कम्तीमा पनि स्नातकोत्तर गरेको मान्छेलाई वैद्यखानाको प्रमुख बनाउनका लागि उहाँलाई सुझाव दिएको छु । वैद्यखानामा विषय विज्ञ पठाइदिनुप¥यो भनेरभन्दा उहाँले सकारात्मक रुपमा लिनुभएको थियो । यो म त्यहाँ पुनः जान होइन कि मुलुकको यति गरिमामय संस्थाको माया लागेर हो । हामी सबै मिलेर सिंहदरबार वैद्यखाना बचाऔँ, यो हाम्रो इतिहास मात्र नभएर वर्तमान र भविष्य पनि बन्न सक्छ भन्ने मेरो धारणा हो । (राससका नवलपुर समाचारदाता टेकराज पोखरेलले गरेको कुराकानीमा आधारित)
(रासस)
पुस २१ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ ।
शुक्रबार निर्वाचन आयोगमा आर्थिक वर्ष २०७९८० को आर्थिक प्रतिवेदन पेस गरेसँगै पार्टीले सो प्रतिवेदन सार्वजनिक गरेका हो। आसन्न राष्ट्रिय सभाको निर्वाचनलाई मध्यनजर गर्दै आयोगले राजनीतिक दलहरुलाई पुस मसान्तभित्र आर्थिक प्रतिवेदन आयोगमा बुझाउन र सञ्चारमाध्यमहरुमार्फत सार्वजनिक गर्न समय सीमा तोकेको थियो ।
सोहीबमोजिम जसपाले आयोगले तोकेको समयावधिमै लेखा परीक्षण प्रतिवेदन बुझाउने र सार्वजनिक गर्ने गरेको हो ।
पुस २१ गते ।
जनता समाजवादी पार्टी ९जसपा० नेपालले खस संघ गठन गर्न लागेको छ ।
ललितपुरको बालकुमारीमा आज एक भेलाको आयोजना गरी पार्टीको भ्रातृसंगठनको रुपमा समाजवादी खस संघ केन्द्रीय घोषणा गर्न लागेको हो । पार्टीले उक्त संगठन गठन तयारीका लागि राजनीतिक समिति सदस्यहरु दीपक कार्की, प्रेम थापा, पूर्ण बस्नेत र केन्द्रीय सदस्य अर्जुन लम्साललाई जिम्मेवारी तोकेको थियो ।
पार्टीमा यस अघि यस खाले संगठन बनाइएको थिएन । सातै प्रदेशका प्रतिनिधि दिउँसो १ः३० बजे भेला हुने उक्त कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव, कार्यकारिणी सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठलगायतका नेताहरु उपस्थित रहने छन् ।
(जसपा) २० पुस
नेपालले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार निर्वाचन आयोगमा आर्थिक वर्ष २०७९/८० को आर्थिक प्रतिवेदन पेस गरेसँगै पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले सामाजिक सञ्जालमार्फत सो प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

आसन्न राष्ट्रिय सभाको निर्वाचनलाई मध्यनजर गर्दै आयोगले राजनीतिक दलहरुलाई पुस मसान्तभित्र आर्थिक प्रतिवेदन आयोगमा बुझाउन र सञ्चारमाध्यमहरुमार्फत सार्वजनिक गर्न समय सीमा तोकेको थियो ।
सोहीबमोजिम जसपाले आयोगले तोकेको समयावधिमै लेखा परीक्षण प्रतिवेदन बुझाउने र सार्वजनिक गर्ने गरेको हो ।
काठमाडौँ, १९ पुस :
नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक विभिन्न चारवटा सम्झौतामा हस्ताक्षर गर्दै सम्पन्न भएको छ । बैठकमा द्विपक्षीय सम्बन्धका समग्र विषयका साथै आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा भएको थियो । दुवै देशबीच सम्पर्क सञ्जाल विस्तार, व्यापार, जलस्रोत, ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतका विदेशमन्त्री एस जयशङ्करको उपस्थितिमा ती सम्झौतामा हस्ताक्षर भएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार सरकारी संस्था वा अन्य कुनै पनि संस्थामार्फत उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनका लागि भारतीय अनुदान सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यसैगरी दुई देशबीच दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्न सकिनेछ । नेपाल विद्युत् प्राधिकरण र भारत सरकारको नेशनल थर्मल पावर कर्पाेरेशनबीच नवीकरणीय ऊर्जा विकासका लागि सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र भारतीय अन्तरिक्ष अनुसन्धान संस्था तथा अन्तरिक्ष विभागका तर्फबाट न्यू स्पेस इण्डिया (एनएसआईएल) बीच ध्रुवीय उपग्रह प्रक्षेपण वाहनमा मुनाल उपग्रह प्रक्षेपण सेवासम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको छ । आजै दुई देशबीच १३२ किलोभोल्ट क्षमताका रक्सौल परवानीपुर, कुशाहा कटैया र न्यू नौतनवा मैनाहिया अन्तरदेशीय प्रसारण लाइनको उद्घाटन गरिएको छ । भूकम्पपछिको पुनः निर्माणका लागि भारत सरकारले रु १० अर्ब अनुदान सहयोग गर्ने घोषण गरेको छ । (रासस)
काठमाडौँ, १९ पुस :
राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री डा एस जयशङ्करले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । विदेशमन्त्री जयशङ्करले आज बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।
भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्य तथा सहयोग आवश्यक रहेकामा जोड दिनुभयो । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भीरतापूर्वक काम गर्न जरुरी रहेको बताउनुभयो । उहाँले कृषि, ऊर्जा शक्ति, पर्यटनको विकास र मानव संशाधन विकास नेपालको प्राथमिकतामा भएकाले यसमा सहकार्यका लागि विदेशमन्त्री जयशङ्करसँग आग्रह गर्नुभयो ।
सो अवसरमा भारतीय विदेशमन्त्री जयशङ्करले नेपालका सम्भावनाप्रति भारत जानकार रहेको उल्लेख गर्दै सबै क्षेत्रमा भारतको निरन्तर सहयोग रहने बताउनुभयो । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन विदेशमन्त्री डा जयशङ्कर आज बिहान काठमाडौँ आउनुभएको हो ।(रासस)
काठमाडौँ, १८ पुस :
न्याय परिषद्को आज बसेको बैठकले उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ ।प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।
सिफारिस भएका न्यायाधीशमध्ये २६ जिल्ला अदालतका न्यायाधीश रहनुभएको छ । न्याय सेवा र सरकारी वकिलबाट चार अधिकृतलाई उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको छ ।
यस्तै नौ कानुन व्यवसायीलाई उच्च अदालतको न्यायाधीश नियुक्त गर्न सिफारिस गरिएको छ । बैठकले उच्च अदालतका १६ न्यायाधीशको सरुवासमेत गरेको छ । (रासस)
काठमाडौँ, १८ पुस :
न्याय सेवा आयोगको आज बसेको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय परिषद्को सचिव रहनुभएका ढकाललाई मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि सिफारिस गर्नुभएको हो ।
यसैगरी सर्वोच्च अदालतको रजिष्ट्रारमा विमल पौडेललाई सिफारिस गरिएको छ । मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएपछि दुवै पद रिक्त थिए । (रासस)
जनकपुरधाम, १७ पुस :
मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले बेरुजु शून्य बनाउने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताउनुभएको छ ।
आज जनकपुरधाममा आयोजित लेखापरीक्षण, बेरुजु फर्छ्याेट तथा सम्परीक्षणसम्बन्धी छलफल तथा अन्तरक्रियामा मुख्यमन्त्री यादवले प्रदेशमा वित्तीय अनुशासन कायम गर्दै जनभावनाअनुसार काम गर्ने सरकारको लक्ष्यमा सहयोग पुग्ने गरी क्रियाशील हुन पनि सम्बद्ध सबैलाई आग्रह गर्नुभयो ।
“सङ्घीयता महँगो र अनियमितता मात्रै भइरहेको छ भन्ने ढङ्गले गलत प्रचारबाजी भइरहेको छ । यस्तो गलत भाष्यलाई चिर्न पनि बेरुजु शून्य बनाउनुका साथै सङ्घीयताको जननीका रुपमा रहेको मधेस प्रदेशले जनतालाई अनुभूति गराउने किसिमले काम गर्नुपर्ने आवश्यकता छ । यस कार्यमा सघाउ पुग्ने गरी तपाईं हामी मिलेर काम गरौँ”, मुख्यमन्त्री यादवले भन्नुभयो ।
महालेखापरीक्षकको कार्यालयका कार्यबहाक महालेखापरीक्षक महेश्वर काफ्लेले देशको वित्तीय अवस्थाबारे प्रकाश पार्नुहुँदै वित्तीय अनुशासन कायम गर्न तीनै तहका सरकार र सम्बद्ध पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले तीन तहका सरकारबीचको समन्वयले मात्रै देशको शासकीय प्रबन्ध र अर्थतन्त्रका सूचकलाई राम्रो बनाउन सकिने र त्यसका लागि उपलब्ध स्रोतसाधनको सदुपयोग हुन जरुरी रहेको धारणा राख्नुभयो ।
उपमहालेखा परीक्षक विन्दु विष्टले विगतको तुलनामा बेरुजु क्रमशः घट्दै गएको र थप सुधारका लागि लेखा समिति सक्रिय हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा मधेस प्रदेश सरकारका प्रमुख सचिव दिनेशकुमार घिमिरेले लेखा उत्तरदायी अधिकृतलाई खर्च निगरानी र वित्तीय अनुशासन पालन गर्न आग्रह गर्नुभयो ।
त्यसअवसरमा मुख्यमन्त्री कार्यालयको तर्फबाट सचिव रामकृष्ण पुडासैनीले मधेस प्रदेशबारे प्रस्तुति दिनुभएको थियो भने प्रदेश लेखानियन्त्रक वीरेन्द्रकुमार मिश्रले प्रदेशको वित्तीय क्रियाकलापबारेको प्रतिवेदन कावा महालेखापरीक्षक काफ्लेलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा आर्थिक वर्ष २०७८/७९ मा सात प्रदेशका एक हजार दुई सय १८ कार्यालयमा लेखापरीक्षण भएकोमा सात रु अर्ब ५० लाख बेरुजु भएको र त्यसमध्ये ३५ प्रतिशत बेरुजु गम्भीर प्रकृतिका रहेकासमेत जानकारी दिइएको थियो ।(रासस)
आरके श्रीवास्तव,राैतहट,१६ गते पुस ।
रौतहट । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. चन्द्रकान्त राउत पक्राउको विरोधमा सोमवार गौरमा प्रदर्शन गरिएको छ । राष्ट्रिय धोती दिवस मनाउने क्रममा राजधानी काठमाडौंको माइती घर बाट नेपाल प्रहरी द्वारा पक्राउ गरिएको नेता कार्यकर्ताको रिहाईको माग गर्दै रौतहटको सदरमुकाम गौरमा प्रदर्शन गरिएको जनमत पार्टीका केन्द्रिय सदस्य विकास कुमार यादवले जानकारी गराएका हुन् ।

प्रर्दशनको क्रममा उनीहरुले पार्टीका नेता कार्यकर्तालाई छिटोभन्दा छिटो रिहा गर,मधेसी माथीको दमन बन्द हो,नश्लिय सरकार मुर्दावाद,धोती हाम्रो पोषाक हो सम्मान हो,राष्ट्रिय धोती दिवस जिन्दावाद,जनमत पार्टी जिन्दावाद लगायतका नारा लगाएका थिए । प्रर्दशन पछि उनीहरुले टायर बालेर विरोध समेत जनाएका थिए ।
राष्ट्रिय धोती दिवस मनाउन माइतीघर मण्डलातर्फ जाँदैगर्दा अध्यक्ष राउत सहित जनमतका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । निषेधित क्षेत्रमा प्रर्दशन गरेको भन्दै पक्राउ गरिएको प्रहरीले बताएको थियो । विद्यार्थी जनमत सङ्घको आयोजनामा भएको राष्ट्रिय धोती दिवसको कार्यक्रममा अध्यक्ष राउत सहितका नेता कार्यकर्ता त्यहाँ पुुगेका थिए । प्रदर्शनकारीहरुले धोती लगाएर दिवस मनाइरहेका थिए । धोती हाम्रो शान हो लगायतका नारा समेत लगाएका थिए ।

यसैबिच प्रहरीले पक्राउ गरेको विरोधमा ठाउँ ठाउँमा प्रर्दशन हुन थालेपछि पक्राउ परेको अध्यक्ष राउतसहितका कार्यकर्ता केही समयको हिरासतपछि रिहा भएका छन् । राउतसहित सो पार्टीका दर्जनौ नेता कार्यकर्तालाई प्रहरीले हिरासतमा लिएको थियो । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायाणकाजी श्रेष्ठ अध्यक्ष राउत सहित कार्यकर्ता राखिएको ठाउँ नेपाल प्रहरी क्लबमा आफै पुुगेर सबैलाई रिहा गर्न आदेश दिनुभएको खबर छ । आदेश पछि अध्यक्ष राउत सहित जनमत पार्टीका नेता कार्यकर्ता रिहा भएका छन् ।
काठमाडौँ, १६ पुस :
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पछिल्ला नौ महिनामा औद्योगिक क्षेत्रको प्रवर्द्धन, अन्तर्राष्ट्रिय व्यापार सहजीकरण र उपभोक्तामैैत्री बजार स्थापित गरेको जनाएको छ ।
उद्योग मन्त्रीका रुपमा रमेश रिजालले कार्याभार सम्हाल्नुभए यता संस्थागत सुधार, बजेट कार्यान्वयन, कानुन निर्माणलगायत क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको मन्त्रालयले जनाएको छ ।
मन्त्री रिजालको नेतृत्वपछि नेपाल आयल निगमको सुधारसँगै बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म ६२ किलोमटर पेट्रोलियम पाइपलाइन विस्तार तथा भारतको सिलिगुडीदेखि झापाको चारालीसम्म ५० किलोमिटर पेट्रोलियम पाइपलाइन निर्माण भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पोखरामा नयाँ इन्धन भण्डारण गृहको शिलान्यास र सिमरा बिमानस्थलमा हवाइ इन्धन भर्ने सुविधाको सुरुआत, पेट्रोलियम पदार्थको अटो बिलिङ्ग तथा ट्यान्कर लक सिस्टमजस्ता प्रमुख काम मन्त्री रिजालको आगमन पछि सम्पन्न भएको छ ।
त्यस्तै चीनसँगका प्रमुख दुई नाका तातोपानी नाका र रसुवागढी केरुङ सञ्चालन ल्याइनु, करिब ११ महिनादेखि बस्न नसकेको औद्योगिक तथा लगानी प्रवर्दन बोर्डको बैठक सञ्चालन गर्न सफल हुनु, निर्यात अनुदान पाउने उद्योगको सङ्ख्या बढाइ कूल वैदेशिक व्यापारमा निर्यातको हिस्सा वृद्धि गर्न सक्नुलगायत उपलब्धी मन्त्री रिजालको अग्रसरतामा सफल भएको जनाएको छ ।
यस्तै १५ वटा मझौला उद्योग, एक सय ४२ हजार घरेलु तथा साना उद्योग, १० हजार कम्पनीलगायत चालू आवको मङ्सिर मसान्तसम्म २२ वटा ठूला उद्योग दर्ता भएका छन् । आव २०८०/८१ मा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि रु आठ अर्ब १३ करोड ८० लाख विनियोजन भएको मन्त्रालयले जनाएको छ ।
मङ्सिर मसान्तसम्म विभिन्न १७ वटा नीति तथा कानुन तर्जुमाका लागि अर्थ मन्त्रालय तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा रायका लागि पठाइएको मन्त्रालयले जानकारी दिएको छ ।(रासस)
बेइजिङ, १६ पुस (रासस/सिन्ह्वा) :
चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ४५औँ वर्षगाँठको उपलक्ष्यमा बधाई सन्देश आदानप्रदान गर्नुभएको छ । चिनियाँ राष्ट्रपति सीले सन्देशमा चीन अमेरिकाबीचको कूटनीतिक सम्बन्ध स्थापनामा अन्तर्राष्ट्रिय सम्बन्धको इतिहासमा ठूलो घटना भएको बताउनुभएको छ । राष्ट्रपति सीले भन्नुभयो, “चीन–अमेरिका सम्बन्धले ४५ औ बर्ष पार गरेको छ । कुटनैतिक सम्बन्धले दुई देशका जनताको हित तथा विश्व शान्ति, स्थायित्व र समृद्धिलाई समेत प्रवद्र्धन गरेको छ ।” “यी दुई ठूला देशका रूपमा आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व र विजयी सहयोग नै आपससँग मिल्ने सही बाटो हो भन्ने कुरा इतिहासले प्रमाणित गरिसकेको छ र जारी रहने छ,” उहाँले भन्नुभयो । चिनियाँ नेता सीका अनुसार आफू र बाइडेनवीच सान फ्रान्सिस्कोमा भएको भेटमा चीन–अमेरिकाको विकासको मार्गचित्र तय गर्दै भविष्य उन्मुख ‘सान फ्रान्सिस्को भिजन’ राखिएको थियो । राष्ट्रपति सीले चीन र संयुक्त राज्य अमेरिकालाई राष्ट्रले हासिल गरेको सााझा तथा नतिजालाई कार्यान्वयन गर्न र चीन–अमेरिकाको स्थिर, स्वस्थ र दिगो विकासको प्रवद्र्धधन गर्न ठोस कदम चाल्न आह्वान गर्नुभयो । चीन–अमेरिकाको मार्गलाई निरन्तरता दिन बाइडेनसँग काम गर्न आफू इच्छुक रहेको चिनियाँ राष्ट्रपति सीले बताउनुभएको छ । दुई देश र जनताको हितमा, र विश्व शान्ति र विकासको कारणलाई बढावा दिन्छ ।
काठमाडौँ, १६ पुस
: उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत शुक्रबार ललितपुरको बालकुमारीमा मानवीय तथा भौतिक क्षति हुने गरी भएको घटनामा कमजोरी भएको बताउनुभएको छ ।
प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सो घटनाबारे जानकारी दिँदै उहाँले तीन क्षेत्रमा कमजोरी देखिएको प्रारम्भिक निष्कर्ष सुनाउनुभयो । घटना भएलगत्तै गृह र सुरक्षा निकाय बसेर कुन क्षेत्रमा कमजोरी भएको थियो भनेर छलफल गरिएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ ।
“रोजगार अनुमति प्रणाली (इपिएस) कार्यालय प्रमुखको भूमिका सकारात्मक नदेखिएको, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको सुरक्षा अधिकारीले जिम्मेवारी पूरा नगरेको र नेपाल प्रहरीको फिल्ड कमाण्डरको पनि कमजोरी दिएको प्रारम्भिक निष्कर्षअनुसार निलम्बन गरिएको छ”, उहाँले भन्नुभयो । अनुसन्धानलाई सहज बनाउन ललितपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको जानकारी दिँदै उपप्रधानमन्त्री श्रेष्ठले मृतकका परिवारलाई जनही रु १० लाख राहतको व्यवस्था गरिएको बताउनुभयो ।
मृतकको परिवारलाई इपिएस फण्ड र वैदेशिक रोजगार बोर्डमार्फत अतिरिक्त सुविधाका लागि पहल भइरहेको उहाँको भनाइ छ । “कहीँ न कही कमजोरी भएको निष्कर्ष निकालेर प्रारम्भिकरुपमा गृह मन्त्रालयले छानबिन समिति गठन गरेको हो”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो ।
प्रहरी बललाई स्थितिलाई नियन्त्रणमा लिनका लागि गोली नै नचलाउनु भन्ने सर्कुलर गरिएको जानकारी दिँदै उहाँले नागरिकको जीउधन, सरकारी तथा निजी भौतिक सम्पत्तिमा गम्भीर क्षति पुग्ने अवस्था देखिए सोच्नुपर्छ, सकेसम्म गोली प्रहार नगर्नु भन्ने रहेको जानकारी दिनुभयो । घटनाको निष्पक्ष र वस्तुगत छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको उहाँले जानकारी दिनुभयो ।
(रासस)
काठमाडौँ, १६ पुस
: राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको जानकारी गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । खाजा बापत प्रत्येक मन्त्रिपरिषद् बैठकमा करिब रु ६० हजार खर्च हुने गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । वर्षमा एक सयभन्दा बढी मन्त्रिपरिषद् बैठक हुने गरेका छन् ।
मन्त्रिपरिषद्मा हुने खाजा कटौती भएसँगै वार्षिक करिब रु ६० लाख जोगिएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकमा सामान्य खाजा खुवाउन सुरु गरिएको छ । सुशासन र सुधारमा ससाना विषय पनि महत्वपूर्ण मानिने भएकाले प्रधानमन्त्री दाहालले आफ्नै कार्यालयबाट सुधारको थालनी गर्नुभएको उहाँको भनाइ छ ।
सुशासन र सुधारका कार्यलाई निरन्तर अगाडि बढाइने उहाँले बताउनुभयो । सरकारको कार्यशैली बदल्ने घोषणा गर्नुभएका प्रधानमन्त्री दाहाल सार्वजनिक बिदाका दिन बाहेक दैनिक १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुग्ने गर्नुभएको छ । प्रधानमन्त्री सिंहदरबारबाट दैनिक विभिन्न मन्त्रालयका ‘ब्रिफिङ’ लिने, राष्ट्रिय गौरवलगायत आयोजनामा देखिएका समस्या समाधानका लागि पहल लिँदै आउनुभएको छ ।
यसैबीच, नेपाल संवत्लाई सम्पूर्ण सरकारी दस्तावेजमा उल्लेख गर्ने सरकारको निर्णय कार्यान्वयनमा आएको छ । विभिन्न अवसरमा प्रधानमन्त्री दाहालले शुभकामना सन्देशमा नेपाल संवत्को मिति उल्लेख गर्न थालिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । —
(रासस)
काठमाडौँ, १४ पुस :
राजा वीरेन्द्रको ७९ जन्मजयन्तीका अवसरमा उहाँबाट देश विकास र प्रजातन्त्र सुदृढीकरणका लागि चालिएका कदमबारे चर्चा गरिएको छ ।
राप्रपा नेपालद्वारा आज यहाँ आयोजित स्व. वीरेन्द्र ः बहुआयामिक व्यक्तित्व विषयक विचार गोष्ठिमा सहभागीले सन्तुलित कूटनीतिकमाध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवी प्रवद्र्धनमा उहाँको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्नुभयो ।
विस २००२ मा जन्मिएका राजा वीरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी राजदरबारमा भएको घटनामा उहाँसहितपरिवारको वंशनास भएको थियो । नेपालको शाह वंशीय इतिहासमा उक्त घटनालाई रहस्यपूर्ण घटनाकारुपमा हेरिदैआएको छ ।
कार्यक्रममा राप्रपाका अध्यक्ष कमल थापाले नेपालको राजनीतिक इतिहासमा मुलुकको आधुनिकीकरण र प्रजातन्त्रको जगलाई बलियो बनाउन राजा वीरेन्द्रबाट महत्वपूर्ण योगदान भएको बताउनुभयो ।
अध्यक्ष थापाले भन्नुभयो, “राष्ट्रवादी, विकासप्रेमी र लोकप्रिय राजा वीरेन्द्रबाट अन्तर्राष्ट्रिय समुदायमा नेपालको प्रतिष्ठा अभिवृद्धि गर्न अतुलनीय योगदान भएको छ । पूर्वपश्चिम राजमार्गको पूर्णता, औद्यागिक विकास, अर्थतन्त्र सुदृढीकरण र जिल्ला सदरमुकामा सडक जोड्ने उहाँको सोच र कार्य महत्वपूर्ण छ ।”
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनीले देश विकास र सन्तुलित परराष्ट्र नीतिका लागि राजा वीरेन्द्रले देखाएको बाटो अध्ययन गर्न सरकार र राजनीतिक शक्तिलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “राजा वीरेन्द्रले मुलुक सानो छ भन्ने मनोभावना कहिलै नबोक्न र विदेशीसँग हुने भेटवार्ता तथा छलफलमा राष्ट्रियस्वार्थलाई निधक्क अघि राख्न निर्देशन हुन्थ्यो । आज त्यो कुराको कमी देखिन्छ ।”
कार्यक्रमका सहभागी अन्य वक्ताले इतिहासको अध्ययन नगरी वर्तमानबारे बुझन नसकिने हुँदा राजा वीरेन्द्रबाट भएका कतिपय महत्वपूर्ण योगदानबारे आमनेपाली जनताले जान्न र थाहापाउन जरुरी रहेको बताउनुभयो ।
सहभागीहरुले राजा वीरेन्द्रले अमेरिका, रुस, चीन र भारतलाई सन्तुलित कुटनीतिकका माध्यमबाट मिलाएर देश विकास र अन्तर्राष्ट्रिय क्षेत्रमा छवी उझिल्याउन ठूलो योगदान भएको चर्चा गर्दै औद्योगिक विकासका माध्यम्बाट देशलाई आर्थिक समृद्धिमा पु¥याउने सोच देशहितको पक्षमा रहेको बताउनुभयो । (रासस)
काठमाडौँ, १४ पुस :
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमजीवी वर्गका हकअधिकारलाई सम्बोधन गर्न आफू क्रियाशील रहेको बताउनुभएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)ले आज यहाँ आयोजना गरेको छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनमा उहाँले वर्तमान सरकार गठन भएको एक वर्षको अवधिमा आफूले श्रम क्षेत्रलाई उच्च प्राथमिकता दिएको बताउनुभयो । उहाँले प्रभावकारीरूपमा श्रमिकमैत्री नीति र कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“वर्तमान सरकार सबैभन्दा बढी श्रमिकमैत्री छ, देश निर्माणका आधारभूत र निर्णायक शक्तिका रुपमा रहेका श्रमजीवी वर्ग र ट्रेड युनियनले उठाएका सवाललाई यथासम्भव सम्बोधन गर्न क्रियाशील रहनेछु”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “राज्यका हरेक संरचनामा १० प्रतिशत श्रमिक वर्गको प्रतिनिधित्व, अर्धन्यायिक अधिकारसहितको संवैधानिक राष्ट्रिय श्रम आयोग गठन तथा सामाजिक सुरक्षा योजनामा सूचीकृत नहुने रोजगारदातालाई कानुनी दायरामा ल्याउनुपर्नेलगायत श्रमिकका न्यायोचित माग पूरा गर्न प्रतिबद्ध छु ।”
स्वदेश तथा विदेशमा रहेका श्रमिक एवं अनौपचारिक क्षेत्रका श्रमिकको हितका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गरिएको जानकारी दिँदै प्रधानमन्त्रीले श्रमिकका जायज माग र मुद्दामा जहिले पनि सरकार साथमा रहेको विश्वास दिलाउनुभयो । विदेशमा रहेका नेपाली कामदार एवं श्रमिकको हितका निम्ति सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको उल्लेख गर्दै उहाँले विदेशस्थित सबै दूतावास र कूटनीतिक नियोगमा सहायताकक्ष स्थापनादेखि प्रवेशाज्ञा र राहदानी नवीकरणसम्मका काममा सहजीकरण गरिएको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्षको अवधिमा राजनीतिक स्थायित्व, अर्थतन्त्रमा सुधार, सुशासनको प्रत्याभूति, सेवा प्रवाह र सामाजिक न्यायका क्षेत्रमा केही महत्वपूर्ण मानक स्थापित भएको जिकिर गर्नुभयो । “यत्तिमै म सन्तुष्ट छैन, मैले देशवासीका नाममा सम्बोधन गर्दै आगामी वर्षका लागि केही नयाँ सङ्कल्प सार्वजनिक गरेको छु, ती सङ्कल्प दृढतापूर्वक कार्यान्वयन गर्दै देशमा आशाको रक्तसञ्चारसहित समृद्धिको आधार तयार पार्नु मेरो प्रमुख प्राथमिकता हुनेछ”, उहाँले भन्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रमिक वर्गसँग समन्वय गरेर रोजगारदाता अघि बढिरहेको बताउनुभयो । महासङ्घ र जेटियुसिसीबीच हालै भएको सहकार्यसम्बन्धी सम्झौताले रोजगारादता र श्रमिक पक्षबीचको सम्बन्धलाई सुमधुर बनाउने उहाँको विश्वास छ ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले रोजगारदाताले श्रमिकको हितलाई प्राथमिकता दिँदै आएको तथा मजदूर र मालिक नभई आर्थिक समृद्धिको सहयात्री हौँ भन्ने भावनाको विकास गरिएको बताउनुभयो ।
जेटियुसिसीका अध्यक्ष बिनोद श्रेष्ठले श्रमजीविका समस्या समाधान तथा श्रमिकका हकहित प्रवद्र्धन गर्न आफूहरु क्रियाशील रहेको बताउनुभयो । उहाँले श्रमिममैत्री कार्यक्रम सुरुआत गर्न सरकारसँग आग्रह गर्नुभयो । ट्रेड युनियन अधिकार संस्थागत हुनुपर्नेमा झन् कटौती हुँदै गएकामा असन्तुष्टि व्यक्त गर्दै उहाँले मजदुरमैत्री अन्तर्राष्ट्रिय अभिसन्धि तत्काल अनुमोदन गर्न आग्रह गर्नुभयो ।
दुई दिनसम्म चल्ने सम्मेलनमा श्रमिक वर्गको हकअधिकार कार्यान्वयनका लागि चाल्नुपर्ने कदमलगायत श्रमिककाबारेमा छलफल हुनेछ । सम्मेलनले जेटियुसिसीको नयाँ नेतृत्वसमेत चयन गर्नेछ । (रासस)
काठमाडौँ, १४ पुस :
सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार भौतिक तथा मानवीय क्षति हुने गरी भएको घटनामा लापरबाही गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्य विकल्पहरुको प्रयोेग नगरी गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई छानबिन पूरा नभएसम्म निलम्बन गरिएको जानकारी दिनुभयो । संयुक्त टे«ड युनियन समन्वय केन्द्र (जेटियुसिसी)को छैटौँ राष्ट्रिय टे«ड युनियन सम्मेलनलाई आज यहाँ सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाका प्रमुख र सुरक्षा अवस्थाको विश्लेषण नगरी सो क्षेत्र हुँदै भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला सवार सवारी साधन लैजाने सुरक्षाकर्मीलाई पनि निलम्बन गरिएको बताउनुभयो । प्रधानमन्त्रीसँगको परामर्शपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा उनीहरुलाई निलम्बन गरिएको हो । ललितपुरको बालकुमारीमा शुक्रबार भएको उक्त घटनामा दुईजनाको ज्यान गएको थियो भने मन्त्री ज्वाला सवार सवारी साधनमा आगजनी भएको थियो । कोरियाली भाषा परीक्षाबाट आफूहरुलाई वञ्चित गरिएको भन्दै केही युवाले प्रदर्शन गरेका थिए । प्रदर्शनले हिंसात्मक रुप लिएपछि जनधनको क्षति भएको थियो । प्रधानमन्त्रीले सो घटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न आजै मन्त्रिपरिषद्को बैठक बोलाइएको बताउनुभयो । प्रधानमन्त्रीले आज बिहान उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराईलगायत सुरक्षा अङ्गका प्रमुखसँग सो घटनाका बारेमा जानकारी लिनुभएको थियो । प्रधानमन्त्रीले सत्ता साझेदार दलसँग पनि उक्त घटनाका सम्बन्धमा छलफल गरिएको जानकारी दिनुभयो । (रासस)
काठमाडौँ, १३ पुस :
सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’को अवसरमा सरकारले दिँदै आएको सार्वजनिक बिदाको निर्णय बदर गरेको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरनले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले फागुन १ गते जनयुद्ध दिवसमा बिदा दिने मन्त्रिपरिषद्को निर्णय बदर गरेको हो । “हाल शान्ति प्रक्रिया तथा सङ्क्रमणकालिन न्यायसम्बन्धी विषय टुङ्गो लागिनसकेको, सो सम्बन्धी विधेयक संसद्मा विचाराधीन रहेको र नेपालको संविधानको प्रस्तावना बमोजिम शान्ति प्रक्रियाका सबै काम सम्पन्न हुन बाँकी रहेको अवस्थामा सार्वभौम जनताको प्रतिनिधिमूलक संस्था संसद्मा छलफल नगरी बिदा दिने निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ,” निर्णयमा भनिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा भएको मन्त्रिपरिषद् बैठकले २०७९ माघ २९ गते १ फागुनमा जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।(रासस)
काठमाडौँ, १३ पुस :
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि नियुक्त निर्वाचन अधिकृतले यही पुस १६ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछन् । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम सात जिल्लाका जिल्ला न्यायाधीशलाई यही पुस १६ गतेदेखि लागू हुने गरी बिहीबार निर्वाचन अधिकृतका रुपमा नियुक्त गरेको थियो । ती अधिकृतले सम्बन्धित प्रदेशमा प्रदेश निर्वाचन कार्यालयअन्तर्गत निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिनुभयो । आयोगले कोशी प्रदेशमा मोरङका दुर्गाप्रसाद ढुङ्गेल, मधेसमा धनुषाका नारायणप्रसाद सुवेदी, बागमतीमा मकवानपुरका महेन्द्रबहादुर कार्की, गण्डकीमा कास्कीका केशवप्रसाद बास्तोला, लुम्बिनीमा दाङका कृपासुर कार्की, कर्णालीमा सुर्खेतका विष्णुप्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशमा कैलालीका जिल्ला न्यायाधीश ओमप्रसाद अर्याल नियुक्त गरेको छ । राष्ट्रियसभा निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम रहेको छ । आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका निर्वाचित १९ र मनोनीत एक गरी २० सदस्यको कार्यकाल सकिँदैछ । कार्यकाल सकिने एक महिनाअघि निर्वाचन भइसक्नुपर्ने कानुनी व्यवस्था छ ।(रासस)
काठमाडौँ, १२ पुस :
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुनःसंरचनासहित सङ्गठन व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्वीकृत गरेको छ । प्रधानमन्त्री कार्यालयमा आज भएको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा पद कटौती गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राससलाई जानकारी दिनुभयो । “प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशवासीका नाममा गत मङ्गलबार गर्नुभएको सम्बोधनबमोजिम प्रधानमन्त्री कार्यालयको पुनःसंरचना गरिएको छ, ६८ वटा दरबन्दी कटौती भएका छन्”, मन्त्री शर्माले भन्नुभयो । प्रधानमन्त्री कार्यालयअन्तर्गतका ती दरबन्दीमा रहेका कर्मचारी अब अन्यन्त्र पदस्थापना हुने उहाँले बताउनुभयो । “प्रधानमन्त्रीको सम्बोधनका क्रममा व्यक्त भएका प्रतिबद्धताको कार्यान्वयन सुरु भएको छ, अब हामी सबै निकायमा त्यो लागू गर्छौँ”, उहाँले भन्नुभयो । बैठकले आर्थिक वर्ष २०८०÷८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार छ सय ५० कायम गरेको छ । मन्त्रिपरिषद्ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को सदस्यसचिवमा महेश भट्टराईलाई नियुक्त गरेकोे मन्त्री शर्माले जानकारी दिनुभयो । (रासस)
काठमाडौँ, १२ पुस :
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन तथा छानबिन समितिको प्रतिवेदनप्राप्त भएपछि सरकारले निर्णय लिने बताउनुभएको छ । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री शर्माले छानबिन समितिको काम अन्तिम चरणमा रहेको जानकारी दिँदै समितिको प्रतिवेदन प्राप्त भएपछि मात्र बाँकी कारबाहीको प्रक्रिया अघि बढाउने बताउनुभयो । उहाँले एनसेलको शेयर खरिद बिक्री प्रक्रिया अहिले स्थगित रहेको बताउँदै दूरसञ्चार ऐनको संशोधनका लागि मन्त्रालय तयारी सुरु गरेको जानकारी दिनुभयो । “अहिले समितिले छानबिन गरिरहेको छ । सरकारको कार्यदेशअनुसार समितिले काम अघि बढाइरहेको छ”, उहाँले भन्नुभयो, “प्रतिवेदन बुझाएपछि मात्र सरकारले आवश्यक निर्णय गर्नेछ ।” गत मङ्सिर २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले एनसेलको शेयर खरिद बिक्रीका विषयमा अध्ययनका लागि पूर्वमहालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । सो समितिले एनसेलको हालै भएको भनिएको शेयर खरिद बिक्री र हस्तान्तरण सम्बन्धमा भए गरेका काम कारबाहीको विस्तृत अध्ययन गरी त्यसबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर, दूरसञ्चार नियमन र सञ्चालन सम्बन्धमा सुझावसहितको अध्ययन प्रतिवेदन बुझाउने छ । समितिले तत्काल चाल्नुपर्ने कदम तथा दूरसञ्चार क्षेत्रका लागि भविष्यमा गर्नुपर्ने सुधारका लागि पनि राय सुझावसहित ३० दिनभित्र प्रतिवेदन पेस गर्न सरकारले निर्देशन दिएको थियो । बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दूरसञ्चार ऐन, २०५३ र वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ बीच एकरुपता नहुँदा अस्पष्टता देखिएको बताउनुभयो । उहाँले एनसेलले शेयर खरिद बिक्रीका लागि प्राधिकरणसँग स्वीकृति नलिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल बाहिर नै कारोबार भए पनि प्राधिकरणसँग स्वीकृति लिनुपर्छ । प्राधिकरणको विनियमावली, २०७६ को व्यवस्थाबमोजिम शेयर खरिद बिक्रीका लागि दुवै पक्षले निवेदन दिइ प्राधिकरणको स्वीकृतिपश्चात् मात्र कारोबार गर्नुपर्ने देखिन्छ, जुन ऐनसेलको हकमा भएको देखिँदैन ।” कम्पनी रजिष्ट्रार कार्यालयका उपरजिष्ट्रार टोकबहादुर विष्टले पनि यस विषयमा अनुसन्धान जारी रहेको बताउनुभयो । समितिको बैठकमा समिति सदस्य सुमना श्रेष्ठ, छविलाल विश्वकर्मा, दीपा शर्मा, तोसिमा कार्की र बद्री पाण्डेलगायतले अन्तरसमिति समन्वय विना एनसेलको शेयर खरिद बिक्री प्रकरणमा छुट्टाछुट्टै बैठक एवं निर्देशन जारी गरेकोप्रति असहमति जनाउनुभयो । उहाँहरुले नियमनकारी निकाय हुँदाहँुदै छुट्टै समितिको गठन गरी छानबिन गर्नाले दोहोरोपनको समस्या सिर्जना हुनसक्ने भन्दै मन्त्रीसमक्ष जिज्ञासा राख्नुभयो । एनसेलको ८० प्रतिशत स्वामित्व(शेयर) हस्तान्तरण सम्बन्धमा यसअघि नै सार्वजनिक लेखासमिति, अर्थसमिति र राज्यव्यवस्था तथा सुशासन समितिले छलफल गरेको थियो । मलेसियन टेलिकम कम्पनी एक्जियटा गु्रपले आफ्नो स्वामित्वको ८० प्रतिशत बेलायतमा दर्ता भएको स्पेक्ट्रलाइट कम्पनीसँगको शेयर बिक्रीका विषयमा नियमनकारी निकायले समयमा नै जानकार नभएकोप्रति समितिका सदस्यले आशङ्का व्यक्त गरेका थिए । (रासस)
काठमाडौँ, १२ पुस : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जापानका राजदूत किकुता युताकाले आज राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभएको छ । सो अवसरमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र जापानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा स्वतन्त्रताको लागि व्यक्त गरेको निःशर्त सम्मानका लागि नेपालीले खुला दिलले प्रशंसा गरेको उल्लेख गर्नुभयो । साथै उहाँले नेपालको सामाजिक तथा आर्थिक विकासको क्षेत्रमा जापानले लामो समयदेखि पुर्याइआएको सहयोगका लागि धन्यवादसमेत व्यक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । यसैगरी आजै राष्ट्रपति पौडेलसमक्ष थाइल्याण्ड अधिराज्यका लागि नेपालका आवासीय नवनियुक्त राजदूत धनबहादुर वलीले पद तथा गोपनीयताको शपथ लिनुुभयो । उक्त अवसरमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो । (रासस)
ढोरपाटन, ११ पुस :
राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ बजार आउनुभएको छ । उहाँ आज बिहान १० बजे नेपाली सेनाको हेलिकप्टरमा यहाँ आउनुभएको हो । राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गर्नुभएको थियो । उहाँ सातौँ बागलुङ महोत्सवको उद्घाटनका लागि बागलुङ आउनुभएको हो । राष्ट्रपति पौडेलले बागलुङ कालिका मन्दिरको दर्शन तथा पूजाअर्चना गर्ने कार्यक्रम छ । मन्दिरको दर्शनलगत्तै उहाँले बागलुङ नगरपालिका–४ कुँडुलेस्थित सालिग्राम सङ्ग्रहालयको अवलोकन गर्ने कार्यक्रम रहेको उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणका कारण हुन नसकेको महोत्सव चार वर्षपछि हुन लागेको हो । आजदेखि सुरु हुने महोत्सव यही पुस २१ गतेसम्म चल्ने अध्यक्ष कँडेलले बताउनुभयो ।(रासस)
काठमाडौँ, ९ पुस :
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोली (मङ्गलबार) अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेका अवसरमा उहाँले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो । विसं २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखी कार्यसम्पादन गरिरहेको छ । भ्रष्टाचार नियन्त्रण, सुशासन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकारले एक वर्षका अवधिमा गरेका प्रयासबारे जानकारी दिन उहाँले सम्बोधन गर्न लाग्नुभएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । (रासस)
काठमाडौँ, ८ पुस :
न्याय परिषद्को आजको बैठकले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेललाई उच्च अदालतका न्यायाधीशमा सिफारिस गरेको छ । प्रधानन्यायाधीश एवं परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उच्च अदालतमा न्यायाधीशका लागि कुँवर र पौडेलको नाम सिफारिस गरेको हो । परिषद्को आजको बैठकले कुँवरलाई उच्च अदालत पाटन र पौडेललाई उच्च अदालत पोखराको जिम्मेवारी तोकेको छ । त्यस्तै, बैठकले उच्च अदालत तुलसीपुरअन्तर्गत बुटवल इजलासका न्यायाधीश चन्द्रबहादुर सारुलाई उच्च अदालत तुलसीपुरअन्तर्गत नेपालगञ्ज इजलासमा सरुवा गरेको छ । (रासस)
विराटनगर, ७ पुस :
राष्ट्रपति रामचन्द्र पौडेलले स्वाधीन, समुन्नत एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुभएको छ । नेपाल उद्योग परिसङ्घ कोशी प्रदेशले विराटनगरमा आज आयोजना गरेको उद्योगीहरूको भेला तथा प्रजातन्त्र सेनानी सम्मान समारोहको उद्घाटन गर्दै समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योगीव्यवसायीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । कोभिड–१९ महामारीबाट शिथिल भएको अर्थतन्त्रलाई उन्नत बनाउन सरकारले गरेका प्रयासले केही सकारात्मक प्रभाव पारेको बताउँदै राष्ट्रपति पौडेलले भन्नुभयो, “अपेक्षाअनुसार देशको अर्थतन्त्र सबल भएको छैन, रोजगारी सृजनालगायत आन्तरिक उत्पादन बढ्न सकेको छैनभने राजस्वका लक्ष्यप्राप्त गर्न कठिनाइ भएको छ । उद्योगधन्धा पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । उद्योग कलकारखाना सञ्चालनमा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ ।” अर्थतन्त्र सुधारका लागि सरकारले तर्जुमा गरेको रणनीति, निजी क्षेत्रको सहयोग, विदेशी मुद्रा सञ्चिति, विप्रेषण वृद्धि दरका साथै शोधानन्तर बचत सकारात्मक भए पनि सन्तुष्ट हुने स्थान नरहेको बताउँदै उहाँले अर्थतन्त्रको सुधारका निम्ति सरकार निरन्तर लागेको आफूले पाएको उल्लेख गर्नुभयो । नेपालमा कृषि क्षेत्रको रुपान्तरण र उद्योग व्यवसायको विस्तार गरी उत्पादन वृद्धि, रोजगारी सृजना गर्न, निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन गर्न, अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन तथा गरिबी निवारण गरी आर्थिक विकासको बाटोमा सरकारको एक्लो प्रयास पर्याप्त नहुने भएकाले निजी क्षेत्रसँगको साझेदारी अपरिहार्य हुने राष्ट्रपतिले सुझाउनुभयो । “कूल लगानीमा दुई तिहाइभन्दा बढी लगानी भएको निजी क्षेत्रलाई विश्वासमा लिएर नीतिगत आधार निर्माण गर्न मौजुदा नीति र कानुनहरुको समीक्षा गरी नयाँ नीति र ऐन निर्माण गर्ने, निजीक्षेत्र मैत्री ऐन, कानुन परिमार्जन गर्ने काम वर्तमान सरकारबाट हुन जरुरी छ”, राष्ट्रपति पौडेलले भन्नुभयो । नेपालको पहिलो औद्योगिक नगर कोशी प्रदेशको राजधानी विराटनगर स्वतन्त्रताका लागि जीवन उत्सर्ग गर्ने कृष्णप्रसाद कोइराला, बिपी कोइराला, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, सिके प्रसाई, शैलजा आचार्य, केशव कोइराला, तारणीप्रसाद कोइराला, नोना कोइराला, नारदमुनी थुलुङ, क्याप्टेन यज्ञबहादुर थापा, बलबहादुर राई, भरतमोहन अधिकारी, भूविक्रम नेम्वाङ, प्रेमराज आङदम्बे, चिरञ्जीवी रिजाल, रामप्रसाद राई, धनवर्ण राई, लिला–ठगी–गोकर्ण, राम–लक्ष्मण र नेपालमा औद्योगिक अभियानको सुरुवात गर्ने रामलाल गोल्छा, चन्दनमल दुगडलगायत सबैको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । राष्ट्रपतिले संविधान प्रदत्त भूमिका निष्ठपूर्वक पालना गर्ने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा कुनै आँच आउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कोशी प्रदेशका प्रमुख परशुराम खापुङले देश विकासमा निजी क्षेत्रको अहम् भूमिका हुने भएकाले राज्यले उनीहरूको सहयोगको अपेक्षा गरेको बताउनुभयो । साथै उहाँले उद्योगी र व्यवसायीको समस्या समाधानजमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकारको सहयोगी अङ्गको रुपमा रहेका उद्योगी–व्यापारीले रोजगारी सृजनामा सघाएकामा आभार व्यक्त गर्नुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले लोकतन्त्र र गणतन्त्रका लागि लामो सङ्घर्ष गर्नु भएका वर्तमान राष्ट्रपतिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बचाई राख्न अभिभावको भूमिका निर्वाह गरिहन आग्रह गर्नुभयो । नेपाल उद्योग परिसङ्घ कोशी प्रदेशका अध्यक्ष भीम घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाल उद्योग परिसङ्घका संस्थापक अध्यक्ष विनोद चौधरी, सङ्घका केन्द्रीय उपाध्यक्ष वीरेन्द्र पाण्डेले देशको आर्थिक विकासका निम्ति कृषि क्षेत्रलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो । समारोहमा प्रजातन्त्र सेनानी, प्रतिष्ठित उद्योगपतिलगायत २९ जनालाई सम्मान गरिएको थियो । राष्ट्रपतिले पत्रकार शङ्कर खरेल र अनन्त न्यौपानेलाई पुरस्कार प्रदान गर्नुभएको थियो । (रासस)
काठमाडौँ, ६ पुस : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुकुम्बासी समस्याको दीर्घकालीन समाधान गर्न कानुनी बाधा फुकाउन आफू क्रियाशील रहेको बताउनुभएको छ । मोरङको मिक्लाजुङ गाउँपालिकामा आज आयोजित जनतासँग माओवादी विशेष रुपान्तरण अभियानलाई सम्बोधन गर्दै उहाँले सुकुम्बासी तथा भूमिहीनका समस्या समाधान गर्न सरकारले प्रक्रिया सुरु गरिसकेको बताउनुभयो । “देशभरीको सुकुमबासी समस्या सामाधान गर्न कानुनमा जहाँजहाँ बाधा छन्, ती अड्चन फुकाउने र लालपुर्जा वितरणलाई सहज बनाउने प्रक्रिया सुरु गरिसकेको छु”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “सुकुम्बासी समस्याको दिगो समाधानमा सरकार केन्द्रित भएको छ ।” मिक्लाजुङमा किसानले उत्पादन गरेको दूधको भुक्तानी रोकिएको विषयमा आफूले भर्खरै जानकारी पाएको उल्लेख गर्दै उहाँले कृषि तथा पशुपन्छी विकास मन्त्रालय र दूग्ध विकास संस्थानसँग छलफल गरेर किसान पाउनुपर्ने रकम चाँडै नै भुक्तानीको व्यवस्था मिलाइने बताउनुभयो । किसानका समस्या समाधानमा सरकार गम्भीर भएर लागेको दृष्टान्त दिँदै प्रधानमन्त्री दाहालले केही दिनअघि मात्रै उखु किसानले पाउनुपर्ने ठूलो रकम भुक्तानी गरिएको बताउनुभयो । “उखु किसानको झन्डै रु ५२ करोड बक्यौता तिर्न बाँकी रहेछ । मन्त्रिपरिषद्बाट उक्त रकम भुक्तानीको निर्णय भएको छ । उखुको न्यूनतम् मूल्य पनि निर्धारण गरिएको छ”, उहाँले भन्नुभयो, “दुग्ध किसानको पनि लामो ऋण बाँकी छ, त्यो ऋण तिर्न र सहुलियतमा ऋण उपलब्ध गराउन पहल गर्छु ।” एक वर्षको अवधिमा सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिष्ठा बढेको जिकिर गर्दै प्रधानमन्त्री दाहालले अर्को वर्ष नयाँ ढङ्गबाट काम गर्ने दृढता व्यक्त गर्नुभयो । “मैले जहिले पनि निरन्तरतामा क्रमभङ्ग गर्दै विकास गर्ने कुरा गर्दै आएको छु”, उहाँले भन्नुभयो, “अब जनताका काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिसकेको छु ।” सिंहदरबारमा विभिन्न मन्त्री र सचिवलाई बोलाएर मन्त्रालयका कामका बारेमा जानकारी लिँदै आएको उल्लेख गर्दै उहाँले लक्ष्य प्राप्त गर्ने दिशामा अघि नबढ्ने मन्त्री परिवर्तन गर्ने बताउनुभयो । “अब ठीक ढङ्गले काम भएन, आफूले प्रतिबद्धता व्यक्त गरेको काम पनि कतिपय मन्त्रालयले पूरा गरेका छैनन्, त्यस्ता मन्त्रालयहरुलाई पुर्नगठन गरेर, मन्त्री फेरेर भए पनि कामलाई गति दिने प्रतिबद्धता व्यक्त गरेको छु”, प्रधानमन्त्री दाहालले भन्नुभयो । प्रदेशको नामकरणको विषयमा जनताले व्यक्त गरेको चिन्ताका सम्बन्धमा आफू जानकार रहेको उल्लेख गर्दै उहाँले राजनीतिक दल र आन्दोलनरत पक्षसँग छलफल गरेर समस्या समाधान गरिने बताउनुभयो । युद्धकालमा मिक्लाजुङ मोरङको आधार इलाकाका रुपमा रहेको स्मरण गर्दै अध्यक्ष दाहालले शान्ति प्रक्रिया प्रवेशका क्रममा ठूलो र ऐतिहासिक प्रशिक्षण यही क्षेत्रमा राखिएको बताउनुभयो । मिक्लाजुङ क्षेत्रमा सडक, खानेपानीलगायत समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको पनि उहाँको भनाइ थियो । –––
पुस ०६ गते
लामो समयदेखि भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था हटाउन संघर्षशील रहेको पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले अर्थमन्त्री डा.प्रकाशशरण महतको राजीनामा मागेको छ ।
भन्सार कानुनमा रहेको ४५ प्रतिशत कमिसनको व्यवस्था खारेजीको माग गर्दै निरन्तर आन्दोलनमा रहेको आजपाले आफूहरूको माग सुनुवाइ गर्न अर्थमन्त्रीले चासो नदेखिएका चर्को नाराबाजीसहित राजीनामा माग गरेका हुन् ।
आजपाले देशको सिमानाको पहरेदारी गरिरहेका आम नेपाली जनताको जीवन संग जोड़िएका यी विषयहरुको तुरुन्त सम्बोधन नभए आन्दोलनलाई कड़ा बनाउन बाध्य हुनेसमेत चेतावनी दिएको छ ।
आजपाले आम सम्पर्क मञ्चको अगुवाइमा भन्सार विभाग घेराउ गर्दै आएको छ । कानुन संशोधनको माग गर्दै आन्दोलन सुरु भएको झन्डै ४ महिना पुगिसकेको तथा पछिल्लो पटक ६ दिनदेखि भन्सार विभाग घेराउ गर्दासमेत सरकारले मागको सुनुवाइ नगरेको प्रति अध्यक्ष प्रभु साहले आक्रोश पोखेका छन् ।
पुस ०६ गते
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा मधेस प्रदेश समितिको पाँचौँ पूर्ण बैठक जनकपुरमा सुरु भएको छ । शुक्रवार बिहान उपेन्द्र यादवकै उपस्थितिमा मधेस प्रदेशको संसदीय दलको बैठक बसेको थियो । मधेस प्रदेशको सरकार सञ्चालन तथा पार्टीको आन्तरिक विवाद लगायतका विषयमा छलफल गर्नका लागि जसपाका अध्यक्ष उपेन्द्र यादवकै उपस्थितिमा बैठक बसेको हो । आजको बैठकमा मधेस प्रदेशमा रहेका अन्य केन्द्रीय नेताहरूलाई बोलाइएको छ । मधेस प्रदेशमा देखिएको पार्टीभित्रको विवादका लागि जसपा मधेस प्रदेशका अध्यक्ष रामबाबु यादवको संयोजकत्वमा एक कार्यदल गठन भएको थियो । त्यो कार्यदलले पनि पार्टी विवादबारे अध्ययन गरेको छ । ती विषयमा पनि बैठकमा छलफल हुने स्रोतले जनाएको छ । माघ ११ गते हुने राष्ट्रियसभा चुनाव, जसपाले पाउने सिट र उम्मेदवारका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
पुस ०६ गते
सर्वोच्च अदालतमा शुत्रबारदेखि २० जना न्यायाधीशले काम सुरु गरेका छन् । लामो सययपछि सर्वोच्चमा नयाायधीशको संख्या २० पुगेको हो । अझै एक जना न्यायाधीश नियुक्ति गर्न बाँकी छ । नवनियुक्त ६ जना न्यायाधीशदले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका थिए । यसैले सर्वोच्चमा शुक्रबारदेखि नवनियुक्तसहित २० न्यायाधीशको इजलास सुरु भएको हो । सर्वोच्च प्रशासनका अनुसार नवनियुक्त ६ न्यायाधीश शारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल शुक्रबारदेखि इजलासमा बसेका छन् । पोखरेल र ढकाल कानुन व्यवसायी पृष्ठभूमिका हुन् भने बाँकी चार न्यायाधीश उच्च अदालतमा कार्यरत छँदै नियुक्त गरिएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उनीहरूलाई शपथ खुवाएलगत्तै सर्वोच्च अदालतमा बोलाएर छलफलसमेत गरेका थिए । इजलासमा बस्नुअघि प्रधानन्यायाधीश र सर्वोच्चका न्यायाधीशले आफ्ना अनुभव सुनाएका थिए । उनीहरूको नियुक्तिसँगै डेढ वर्षपछि सर्वोच्चमा ठूलो संख्यामा इजलास बसेको छ ।
संविधान जारी भएयता सर्वोच्च अदालतमा सबभन्दा ठूलो संख्यामा न्यायाधीशले मुद्दा हेर्न लागेको यो दोस्रोपल्ट हो । यसअघि २०७६ वैशाख ६ गतेदेखि पाँच न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा नियुक्ति हुँदा पूर्ण संख्या २१ जनाको इजलास लागेको थियो ।
पुस ०६ गते
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको बिधान बमोजिम पूर्व सांसद गोविन्दबिक्रम शाह (जाजरकोट) लाई उपाध्यक्ष पदमा मनोनित गरेका छन् ।
शाहको मनोनयनले पार्टी संगठन सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै थापाले शाहलाई जिम्मेवारी पत्र हस्तान्तरण गर्दै बधाईसहित सफल कार्यकालको शुभकामना दिएका छन् । केही दिनअघि राप्रपा नेपाल प्रवेश गरेका शाह जाजरकोटबाट निर्वाचित पूर्वसांसद र तत्कालीन जिविस सभापति हुन् । राप्रपाका संस्थापक सदस्य शाह पछिल्लो समय नेकपा एमालेमा आबद्ध थिए ।
जनकपुर ६ पुस।
नेपाली कांग्रेस मधेसको प्रथम सम्मेलनको बन्दसत्र सुरु भएको छ । जनकपुरस्थित महेन्द्रनारायण निधि कला प्रतिष्ठानमा शुक्रबार बिहान ८ बजेबाट बन्दसत्र सुरु भएको हो ।
राैतहट,पाैष ५ गते राैतहट।
मीडिया फार बॉर्डर हार्मनीको निमण्त्रणामा नेपालका पूर्व राजदूत लोकराज बरालकाे नेतृत्वमा एक नेपाली टोली भारतको मुजफ्फरपुर पुगेको छ । टोलीले मुजफ्फरपुरमा भारतका राष्ट्रपिता महात्मा गांधी र लोकनायक जयप्रकाश नारायण सग जोडीएका स्थानहरुको स्थलगत अध्ययन अवलोकन गरेका छन ।
नेपालका पूर्व राजदूत सामाजिक, राजनीतिक विश्लेषक प्रोफेसर लोकराज बराल र वरिष्ठ पत्रकार चंदकिशोर झा अध्ययन अवलोकनकाे हिसाबले भ्रमणमा आएको मीडिया फार बॉर्डर हार्मनीका संस्थापक अध्यक्ष अमरेन्द्र तिवारीले बताए । खासगरी लोकनायक जयप्रकाश नारायणको आंदोलनकाे सहयोगी रहेका समाजवादी राजनीतिक, विचारक सच्चिदानंद सिन्हा संग मुशहरी मनिकामा भेटी जेपी आंदोलनको बारेमा जानकारी लिएका छन ।
यसको साथै बिहारको ऐतिहासिक शिक्षास्थल लंगट सिंह कॉलेज परिसरकाे भ्रमण पनि गरका छन । सो अवसरमा कालेजका प्रार्चाय डा ओपी रायले कॉलेज काे इतिहासिक विकास क्रम तथा वर्तमान स्थितिबारे जानकारी दिएका थिए । टोलीले कॉलेज परिसरमा रहेका गांधी कूप, गांधी पार्क , डॉ राजेंद्र पार्क र साहित्यकार रामधारी सिंह दिनकर पार्कको भ्रमण समेत गरेका छन । भारत नेपाल मैत्री सम्बन्धलाई लिएर पत्रकारहरुको संगठन मीडिया फार बार्डर हार्मोनी राम्रो प्रयास गरि रहेकोमा नेपाली टोलीले सराहना गरेका छन ।
जसको फलस्वरुप दुबै देशको बिचको सम्बन्ध र मजबूत बनाउन सहयोग पुगेको मीडिया फार बॉर्डर हार्मनीका अध्यक्ष तिवारीले दाबी गरेका छन । नेपालकाे विकासमा भारत काे ठुलाे योगदान पुर्व राजदुत बरालले बताए । मीडिया फार बॉर्डर हार्मनी का वैशाली जिलाध्यक्ष पत्रकार प्रभात कुमारकाे नेतृत्वमा रहेका भारतिय पत्रकारहरुकाे टोलीले नेपाली टोलीलाई माला गमछाले स्वागत गरेका थिए ।

जनकपुरधाम पुष ५
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भएमा मात्रै संविधान र परिवर्तनको रक्षा हुने बताएका छन्।
नेपाली कांग्रेस मधेस प्रदेशको आयोजनामा बिहीबारदेखि जनकपुरधाममा सुरु भएको प्रथम मधेस प्रदेश सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले सङ्यीयता, समावेशिता र परिछल्ला उपलब्धिमाथिको प्रहार रोक्न पनि कांग्रेस र मधेस बलियो हुनुपर्ने बताए।
देउवाले समावेशी, समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गर्न अपनाइएका निर्वाचन प्रणालीका कारण कुनै पनि पार्टीको एकल सरकार बनाउन नसक्ने हुँदा गठबन्धन गर्नुपरेको बताए। उनले पार्टीभित्रको अविश्वास र अन्तर्घातलाई रोकेर एकताबद्ध हुनसके कांग्रेसलाई थप ठूलो पार्टी बनाउन सकिने धारणा राखे। त्यसका लागि सबैले एकजुट भएर पार्टी संगठन निर्माणमा लाग्नुपर्ने उनको भनाइ छ।
त्यस्तै महामन्त्री गगनकुमार थापाले देशमा बढ्दै गएको कुशासनका कारण जनतामा निराशा बढेको र त्यसलाई आशामा बदल्न कांग्रेसले नै अग्रसरता लिनुपर्ने बताए। पछिल्लो समय बढेका आक्रोसका आवाजलाई विभिन्न कोणबाट समीक्षा गरे पनि त्यस्तो तागत जनअसन्तुष्टिका कारण प्राप्त भइरहेको भन्दै महामन्त्री थापाले त्यसलाई सम्बोधन गर्न काम गरेर देखाउनुको विकल्प नभएको बताए।
‘जनता रिसाएका छन्। बेथिति बढेको छ, व्यवस्थाले काम गर्न सकेन भन्ने आरोप छ। तर, त्यसको जिम्मा कसले लिने हो? चार प्रदेशमा मुख्यमन्त्री, सात प्रदेशमा कांग्रेससहितका सरकार, सबैभन्दा बढी पालिकामा कांग्रेसकै जनप्रतिनिधि छन्। त्यसैले हामीले बोलेर होइन काम गरेर देखाउनुपर्छ,’ महामन्त्री थापाले भने।
त्यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले मधेसमा संघीयताका लागि उठेका नारा कांग्रेस नेतृत्वले सुनेकै कारण तत्कालीन अवस्थामा देशमा संघीयता आएको भन्दै यसको रक्षाको दायित्व पनि मधेस र कांग्रेसको काँधमा रहेको बताए। उनले मधेसमा कांग्रेस बलियो भएका बेला देशले कांग्रेसको नेतृत्व पाएको र त्यही तागतमा सधैं परिवर्तन सम्भव भएको बताए।
५ पुस, काठमाडौं
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पार्टीको मधेश प्रदेश कार्यसमितिको प्रथम सम्मेलनमा अनुपस्थित भएका छन् । वरीयतालाई लिएर मधेश प्रदेश कार्यसमितिमा संस्थापन र संस्थापन इतर समूहबीच विवाद भएपछि डा. कोइराला सम्मेलनमा अनुपस्थित भएका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विवादमा तानिएको आफ्नो धार्मिक अभिव्यक्तिबारे प्रस्टीकरण दिएका छन् । उनले आफूलाई सबैको अभिभावक बताउँदै सबै अस्तित्वको समान गर्ने बताएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
राष्ट्रियसभा चुनावका लागि मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगले ११ माघमा हुने चुनावका लागि आज मतदानस्थल र केन्द्र तोकेको हो । प्रत्येक प्रदेशमा एक एकवटा मतदानस्थल र सोही मतदानस्थलमा दुई/दुईवटा मतदान केन्द्र रहने गरी जम्मा ७ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकिएको छ ।
बिहीबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ३२.७७ अंकले घटेर २१०९.१० बिन्दुमा झरेको छ । नेप्से घटेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ओरालो लागेको छ । आज सेन्सेटिभ इन्डेक्स ६ अंकले घटेर ३९६.६२ अंकमा पुगेको छ ।
उत्तर कोरियाले यसै हप्ता आफ्नो देशको सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ । ह्वासङ–१८ क्षेप्यास्त्र सोमबार प्रक्षेपण गरिएको थियो । ठोस इन्धनको प्रयोग हुने यस क्षेप्यास्त्रले अमेरिकासम्मै पुगेर आक्रमण गर्न सक्ने उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ । क्षेप्यास्त्र परीक्षणस्थल नजिकैबाट सर्वोच्च नेता किम जोङ उनले ह्वासङ–१८ को प्रक्षेपण अवलोकन गरेका थिए ।
जनकपुरधाम पुष ५।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस बलियो भएमा मात्रै संविधान र परिवर्तनको रक्षा हुने बताएका छन् ।
पुष ५ गते
नेपाली कांग्रेस मधेश प्रदेशको पहिलो सम्मेलन जनकपुरधाममा सुरू भएसगै विवाद पनि सतहमा आएको छ। बिहीबार दिउँसो सम्मेलनको उद्घाटन सत्र चलिरहेको समयमा दुई पक्षको विवाद सार्वजिनक रुपमै मञ्चमा देखिएको हो।
सभापति शेरबहादुर देउवाले सम्मेलन उद्घाटन गरे पनि असन्तुष्ट पक्षले असहमति राखेका छन्। सम्मेलनमा सभापति देउवासहित केन्द्रीय पदाधिकारीहरू पुगेका थिए भने पदाधिकारीहरूलाई मञ्चमा राखिएको थियो। तर, पूर्वउपसभापति विमलेन्द्र निधि पनि सम्मेलनमा सहभागी भए पनि मञ्चमा बस्न मानेनन्। निधि मञ्चमा नबसी दर्शकदीर्घामा बसेका छन्। मर्यादाक्रम मिचेर नेताहरूको आसनग्रहण गराइएको भन्दै निधि मञ्चमा जान नमानेका हुन्।
प्रदेश महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ श्रेष्ठले नेताहरूलाई मञ्चमा आसनग्रहणका लागि पटक-पटक आग्रह गरेका थिए। निधिको नाम पटक-पटक लिए पनि उनी मञ्चमा गएनन्।
यसैबीच नेता शेखर कोइराला पनि मधेश सम्मेलनमा गएका छैनन्। सभापति देउवापछि वरीयता (विशिष्ट अतिथि) नबनाएको भन्दै कोइराला पक्षका ८ जना नेताले बुधबारको बैठकमा फरक मत राखेका थिए। कोइराला आज सुनसरीको कार्यकर्ता भेटघाटमा छन्। सभार नेपाल लाइभ
पुस ०५, गते
नेपाली कांग्रेसको मधेस प्रदेश सम्मेलन आज हुँदै छ । प्रदेश कार्यसमिति गठन भएपछि पहिलो पटक प्रदेशस्तरीय सम्मेलन हुन लागेको हो ।
प्रदेश राजधानी जनकपुरधाममा हुने सम्मेलनको उद्घाटन सभालाई सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै, उपसभापति एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहित शीर्ष नेताहरूले पनि सभालाई सम्बोधन गर्नेछन् ।
सहमहामन्त्री महेन्द्र यादव र उमाकान्त चौधरी मधेसकै हुन् । त्यस्तै, पूर्वउपसभापति विमलेन्द्र निधिको गृह प्रदेश समेत हो । सम्मेलनमा पार्टीका प्रतिपक्षी नेता शेखर कोइराला भने सहभागी नहुने भएका छन् ।
यसअघि लुम्बिनी र गण्डकी प्रदेशका सम्मेलनमा निरन्तर सहभागी कोइराला बिहीबार भने प्रदेश सम्मेलन छोडेर सुनसरीमा हुने कार्यक्रममा सहभागी हुन जाँदैछन् । प्रदेश कार्यसमितिले कोइरालालाई विशेष अतिथिका रुपमा नबोलाएपछि उनीनिकट नेताहरूले प्रदेश कार्यसमितिको बैठकमै नोट अफ डिसेण्ट लेखेका थिए ।
बिहीबार हुने मधेस सम्मेलनमा नेता कोइराला सहभागी नहुने उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी गराएका छन् ।
‘मिति ०८० पौष ५ गते बिहीबार कांग्रेस सुनसरीको बृहत् कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न नेता डा। शेखर कोइराला त्यसतर्फ जानुहुने जानकारी गराउँदछु,’ थपलियाले सामाजिक सञ्जालमा लेखेका छन् ।
मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवले भने बिहीबारदेखि हुने प्रदेश सम्मेलनका लागि केन्द्रीय कार्यसमितिका सभापतिसहित पदाधिकारी र केन्द्रीय समितिका नेताहरूलाई निमन्त्रणा गरिएको बताए । ‘पार्टीको निर्वाचित केन्द्रीय कार्यसमिति छ । हामीले केन्द्रीय समितिका पदाधिकारीसहित अन्य केन्द्रीय सदस्यहरूलाई पनि निमन्त्रणा गरेका छौँ,’ उनले भने, ‘सभापतिजी, उपसभापतिजी र पदाधिकारीहरू आउनुहुन्छ, अरूको विषयमा थाहा भएन ।’ सम्मेलनमा मधेस प्रदेशका आठ जिल्लाबाट आठ सय २५ जना प्रदेश प्रतिनिधिहरू सहभागी हुनेछन् । सभार रातोपाटी
४ पुस, काठमाडौं ।
सरकारी सवारी साधनमा आगामी फागुन मसान्तभित्र अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल सरकारका मन्त्रालयहरुलाई पत्र लेख्दै फागुन मसान्तभित्र अनिवार्य इम्बोस्ड नम्बर जडान गर्न निर्देशन दिएको हो ।
मन्त्रालयले १ मंसिर २०७९ मै सरकारी कार्यालयहरुलाई पत्र लेखी इम्बोस्ड नम्बर जडान गर्न भनेको थियो ।
तर, अधिकांश सरकारी तथा सार्वजनिक संस्थानका सवारी साधनले इम्बोस्ड नम्बर जडान नगरेका कारण अल्टिमेटम तोक्नु परेको मन्त्रालयको भनाइ छ । मन्त्रालयले २८ मंसिरमा सो मिति तोकेर अन्य मन्त्रालयहरुलाई कार्यान्वयनका लागि पत्र काटेको हो ।
- मङ्सिर २०/
नेपाल र चीनको युवा खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रस्ताव राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधिमण्डलसमक्ष राखेका छन् । सदस्यसचिव घिसिङ र राजदूतावासका काउन्सिल फर कन्सुलर अफेयरका वाङ दोङको नेतृत्वमा आएको प्रतिनिधि मण्डलबीच मंगलबार भेटवार्ता भएको थियो । यसै भेटवार्ताकै क्रममा घिसिङले मैत्रीपूर्ण फुटबल आयोजनाको प्रस्ताव राखेको राखेपले जनाएको छ ।
नयाँ वर्षको उपलक्ष्यमा हुने महोत्सवमा दुई देशबीच मैत्रीपूर्ण फुटबल आयोजना गर्ने विषयमा छलफल भएको छ । नेपालको यू– २१ पुरुष फुटबल टोली तथा चीनको चोङ चीन प्रान्तको व्यावसायिक फुटबल क्लबसँगै फुटबल टिमको यू– २१ पुरुष टोलीबीच मैत्रीपूर्ण फुटबल आयोजना गर्ने विषयमा प्रारम्भिक छलफल भएको छ ।
चिनियाँ पक्षले फुटबल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गराउन प्रस्ताव गरेका छन् । साथै, टोलीले दशरथ रंगशालाको पनि अवलोकन गरेको छ । सदस्यसचिवले टोलीको प्रस्तावमा आफू सकारात्मक रहेको बताउँदै कार्यक्रमलाई सफल पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रम चिनियाँ राजदूतावासको आयोजनामा हुन लागेको हो ।
काठमाडौं १९ मंसिर।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई पक्राउ पुर्जी जारी भएकोविरुद्ध काठमाडौंमा मसाल जुलुस निस्किएको छ ।
राजनीतिक मुद्दामा प्रतिशोधपूर्ण ढंगले पक्राउ पुर्जी जारी भएको भन्दै नेकपा समर्थकले काठमाडौंमा मसाल जुलुस निकालेका हुन् ।
२०७६ सालमा दर्ता भएको मुद्दामा काठमाडौं जिल्ला अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो ।
काठमाडौं,मङ्गलबार, १९।
सर्वोच्च अदालतका प्रस्तावित छ मध्ये तीन न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ । प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने समयसीमा सोमबार सकिएको छ । समितिमा ११ उजुरी दर्ता भएकोमा १० जनाको नाम किटिएको छ । एक उजुरी सैद्धान्तिक विषय केन्द्रित छ । समितिमा पोर्चुगलका लागि प्रस्तावित राजदूत शनिल नेपालविरुद्ध पनि समितिमा उजुरी परेको छ ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले ११ उजुरी प्राप्त भएको जानकारी दिए । उनले प्राप्त उजुरीको अध्ययनपछि समितिले थप प्रव्रिmया अघि बढाउने बताए । समितिले उजुरी अध्ययनकै व्रmममा रहेकाले विषयवस्तु भने सार्वजनिक गरेको छैन ।
सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशमध्ये शारङ्गा सुवेदी, टेकप्रसाद ढुङ्गाना र अब्दुल अजिज मुसलमानविरुद्ध उजुरी परेको हो । तीन न्यायाधीशका लागि नौ वटा उजुरी दर्ता भएका छन् । जसमध्ये सबैभन्दा बढी उजुरी न्यायाधीश सुवेदीविरुद्ध परेका छन् ।
सुवेदीविरुद्ध पाँच उजुरी दर्ता भएका छन् । सबै उजुरी उजुरीकर्ताले समितिमै उपस्थित भएर दर्ता गराएका हुन् । यस्तै न्यायाधीश ढुङ्गानाविरुद्ध तीन वटा उजुरी दर्ता भएका छन् । जसमा दुई प्रत्यक्ष र एउटा इमेलबाट प्राप्त भएको समिति सचिवालयले जनाएको छ । न्यायाधीश मुसलमानविरुद्ध भने एउटा उजुरी परेको छ ।
समितिमा प्राप्तमध्ये एक उजुरी भने व्यक्तिकेन्द्रित नभई सैद्धान्तिक विषयको छ । प्रस्तावित न्यायाधीश महेश शर्मा पौडेल, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालविरुद्ध भने कुनै पनि उजुरी परेका छैनन् । छ न्यायाधीशमध्ये चार जना उच्च अदालतको न्यायाधीशबाट सर्वोच्चमा सिफारिस भएका हुन् ।
पोखरेल र ढकाल भने कानुन व्यवसायीबाट सर्वोच्चको न्यायाधीशमा सिफारिसमा परेका हुन् । समितिले अब प्राप्त उजुरीमा पहिले अनुसन्धान गर्ने छ । समितिले आवश्यकता अनुसार उजुरीकर्तालाई समितिमा बोलाएर छलफल गर्ने छ । उजुरीबारे तथ्य प्रमाण पनि समितिले माग गर्न सक्ने छ । उजुरीकर्तासँगको छलफलपछि समितिले प्रस्तावित पदाधिकारीलाई सुनुवाइका लागि आमन्त्रण गर्ने छ ।
सुनुवाइ प्रव्रिmया प्रारम्भ भएको ४५ दिनभित्र समितिले प्रस्तावित पदाधिकारीबारे निर्णय गर्नुपर्ने छ । ४५ दिनभित्र कुनै पनि निर्णय नभए नियुक्तिका लागि वाधा नपर्ने व्यवस्था छ । समितिको दुई तिहाइ बहुमतले प्रस्तावित पदाधिकारीलाई अस्वीकृत गर्न सक्ने छन् र १५ सदस्यीय समितिमा प्रस्तावित पदाधिकारी अस्वीकृतका लागि १० जनाको आवश्यकता पर्ने छ । यो समाचार गोरखापत्र दैनिकमा छ
काठमाडौं १९ मंसिर।
–कसरी आयो १८ हजार लिटर रूसी मदिरा ?
–केही व्यापारी र बिचौलियाद्वारा कर्मचारीसँग सेटिङको प्रयास
–छानबिन गर्न भन्सारलाई अख्तियारको ताकेता
वीरगञ्जस्थित सुक्खा बन्दरगाहबाट ठुलो परिमाणमा अवैध रूपमा मदिरा, सुपारी, छोकडा, मरिच भित्रिरहँदा समेत त्यस्ता अवैध कार्यलाई रोक्ने मुख्य जिम्मेवारीमा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थ मन्त्रालयजस्ता निकायहरू बेखबरजस्तै देखिएका छन् । विगत केही महिनादेखि वीरगञ्जस्थित सुक्खा बन्दारगाह हुँदै सुपारी, मदिरा, छोकडा, मरिचजस्ता मालसामानहरू अवैध रूपमा तेस्रो मुलुकबाट नेपाल भित्रने र सेटिङमा तस्करी हुने क्रम बढिरहेको छ । स्रोतका अनुसार अहिले पनि त्यहाँ तस्करी गरेर ल्याइएको सुपारी ३० देखि ४० ट्रकसम्म रहेको बताइन्छ । यसै गरी प्रतीतपत्र (एलसी) नै नखोली अवैध रूपमा ल्याइएको झण्डै १८ हजार लिटर रूसी मदिरासमेत सेटिङ गरेर तस्करी गर्ने प्रयास भइरहेको स्रोतको दाबी छ ।
यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अख्तियारले आवश्यक छानबिन गर्न भन्सार विभागलाई निर्देशन दिएको छ । अख्तियारको निर्देशनपछि मात्रै भन्सार विभागले वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा राखिएका अवैध मालसामानहरूका बारेमा छानबिन थालेको जनाएको छ । अख्तियारका एक अधिकारीका अनुसार भन्सार विभागको नेतृत्वलाई बारम्बार निर्देशन दिएपछि मात्रै वीरगञ्ज भन्सारमा ल्याएका तस्करीका मालसामानका बारेमा छानबिन थालिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरूका अनुसार विरगञ्जलगायत विभिन्न भन्सार नाकाबाट तस्करीका सामानहरू आउने क्रम बढ्दासमेत उच्च राजनीतिक तथा प्रशासनिक तहमा त्यसलाई रोक्ने विषयमा कुनै छलफल र वास्ता हुने गरेको छैन । त्यसै गरी अर्थ मन्त्रालयले समेत यस विषयमा कुनै चासो दिएको देखिँदैन । प्रधानमन्त्री कार्यालय तथा अर्थ मन्त्रालयलमा दैनिकजसो विभिन्न विषयमा कैयौं बैठकहरू हुने भए पनि मुलुकमा हुने तस्करी, राजस्व छली र त्यसलाई रोक्ने प्रभावकारी उपायको बारेमा कुनै छलफल नै नहुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले बताए ।
ती अधिकारीले नेपाल समाचारपत्रसँग भने – ‘तस्करी रोक्ने र राजस्व छली रोकेर राजस्व वृद्धि गर्ने विषय राजनीतिक र प्रशासनिक नेतृत्वको प्राथमिकतामा पर्दैन । त्यसैले त्यस्तो विषयमा गम्भीरतापूर्वक छलफल हुने गरेको छैन ।’ प्रत्येक महिना मुख्य सचिव डा. वैकुण्ठ अर्यालको अध्यक्षतामा बस्ने सचिव बैठकले पनि तस्करी रोक्ने र राजस्व छलीका विषयलाई खासै प्राथमिकता दिन सकेको देखिँदैन ।
अर्थ मन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले भने अवैध सामानको तस्करी रोक्न आवश्यक उपायहरू अवलम्बन गरिएको दाबी गर्नुभयो । उहाँले वीरगञ्ज सुक्खा बन्दरगाहमा थुप्रिएर रहेका पुराना मालसामानहरू ‘क्लियर’ गर्न आवश्यक निर्देशन दिइएको बताउनुभयो । घिमिरेले विभिन्न समयमा हुने तस्करी रोक्न समेत भन्सार विभागलाई बारम्बार निर्देशन दिने गरिएको दाबी गर्दै सोअनुसार भन्सार विभागले आवश्यक टोली परिचालन गरेको बताउनुभयो ।
भन्सार विभाग आफैंले पनि वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा अवैध मालसामान आएको विषयलाई स्वीकार गरेको छ । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले ड्राइपोर्टमा भित्रिएका अवैध मालसामान बारेमा छानबिन गर्न आवश्यक टोली बनाइएको र छानबिन शुरू गरिएको जानकारी दिनुभयो । उहाँले अवैध रूपमा सुपारी, मदिरा भित्रिएको भन्ने सूचना विभागमा पनि आएको र त्यस्ता अवैध मालसामान बरामद गरिने दाबी गर्नुभयो । स्रोतका अनुसार वीरगञ्ज भन्सारस्थित सुक्खा बन्दरगाहमा ल्याइएका अवैध सुपारी, मदिरा, छोकडा, मरिचलगायतका वस्तुहरू केही व्यापारी र बिचौलियाले कर्मचारीसँग नै सेटिङ गरी तस्करी गर्ने प्रयास गरिरहेको बताइन्छ । तस्करी हुने सम्भावना बढेसँगै यस विषयमा अख्तियारले समेत आवश्यक निगरानी गरिरहेको अख्तियार स्रोतले जानकारी दिएको छ ।
काठमाडौँ, मङ्सिर १९ गते ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को चारमहिने अभियान प्रभावकारी बन्दै गएको सम्बद्ध नेताहरूले दाबी गरेका छन् । माओवादीले यसअघि दुईमहिने अभियान सञ्चालन गरे पनि खासै प्रभावकारी हुन सकेको थिएन । अघिल्लो अभियानका बखत कतिपय नेताले अभियान सकिँदासमेत अत्तोपत्तो पाएनन् ।
गत भदौ १६ देखि सुरु भएको जनतासँग माओवादी विशेष रूपान्तरण अभियान ‘जन जनमा माओवादी, घर घरमा माओवादी’ भन्ने मूल नाराका साथ सुरु भएको हो। पार्टीका नेताहरूले बैठक, भेला, प्रशिक्षण, सङ्गठन पुनर्गठन, प्रशिक्षण, सदस्यता नवीकरण, नयाँ सदस्यता वितरणलगायतका काम पुस १५ गतेसम्म सकिने प्रतिबद्धता जनाएका छन् ।
यो चारमहिने अभियान प्रभावकारी भइरहेको प्रदेशका नेताहरूको अनुभव छ। माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले दुईमहिने अभियानभन्दा चारमहिने अभियान प्रभावकारी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीको पछिल्लो अभियान प्रभावकारी बन्दै गएको छ । यो बिचमा दसैँ, तिहार, छठलगायतका पर्वले अभियान सुस्ताए जस्तो भयो । अब एक महिनामा अभियान प्रभावकारी बनाउन योजना र कार्यक्रम बनाउँदै छौँ । त्यसमा भेला, प्रशिक्षण बैठक, नयाँ सदस्यता वितरण, नवीकरणका कार्य गर्ने तयारी छ ।” निष्क्रिय रहेका नेताहरू सक्रिय भएको बताउँदै उहाँले गाउँघरमा पुगेर कार्यकर्ता र जनता भेट्न थालेको बताउनुभयो।
पार्टी सचिव एवं मधेश प्रदेशका इन्चार्ज लीलामणि पोखरेलले प्रदेश समिति नहुँदासमेत अभियान प्रभावकारी भएको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “भर्खर पार्टीमा आएका युवालाई प्रशिक्षित नगरेपछि विचार बुझ्ने कुरा भएन । अवसर मात्रै खोज्न थालेपछि स्वार्थ समूह हाबी भएपछि गुट बनाउँदा प्रदेश कमिटी बन्न सकेन ।” मधेशमा गुट बनाएपछि अर्को गुटलाई पूरै निषेध गर्ने प्रचलन भएकाले पार्टी नराम्रोसँग बिग्रिएको अवस्थामा यो अभियान पार्टीलाई एकताबद्ध गर्न सफल भएको बताउनुभयो ।
आफू प्रदेश इन्चार्ज भएपछि अन्तरजिल्ला कार्यविभाजन गर्दा अभियान प्रभावकारी भएको विचार व्यक्त गर्दै उहाँले भन्नुभयो, “केन्द्रीय सदस्यहरूको कार्यविभाजन भयो। नेताहरूको अन्तरजिल्ला र पालिका स्थानान्तरण गरियो । जिल्लाले पालिका र वडाको कार्यविभाजन ग¥यो । त्यसपछि अगुवा कार्यकर्ता भेला गरेर टोलसम्मको कार्यविभाजन भयो ।”
माओवादी केन्द्रका बागमती प्रदेश सचिव इन्द्रबहादुर थिङले योजनाबद्ध रूपमा अभियान जारी राखेको बताउनुभयो। उहाँले भन्नुभयो, “माओवादीले अभियानलाई विगतको तुलनामा राम्रो बनाएर लगेको छ । यो अभियानले जनतामा सकारात्मक सन्देश गएको छ । जनतामा माओवादी फर्किनु पर्छ भन्ने छ । माओवादीप्रति जनताको आशा पुनर्जागृत भएको पाएका छौँ ।”
माओवादी केन्द्रका सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले प्रदेशको अभियान प्रभावकारी रूपमा भइरहेको जानकारी दिनुभयो। “गण्डकीमा अभियान प्रभावकारी रूपमा अगाडि बढेको छ । माओवादी सङ्गठनलाई बलियो र व्यवस्थित बनाउँदै लगिएको छ । अब एक चरण वडाका भेला गरिने छ । प्रदेशका ८८ पालिकामा एक पटक वैचारिक प्रशिक्षण चलाउने तयारी छ,” उहाँले भन्नुभयो ।
माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पार्टी अभियानबाट सङ्गठनलाई जनताको बिचमा जरा टेकाउने काम भएको बताउनुभयो। “पार्टी अभियानले गति लिएको छ । वडासम्मका नेतृत्वमा भएका नेता साथीलाई पार्टीको विचार, दर्शन, अर्थशास्त्रलगायतका विषयमा प्रशिक्षण भइरहेको छ । वडा तहसम्म जनवर्गीय सङ्गठन बनाएर उत्पादन र श्रममा जोड्ने प्रयास गर्दै छौँ । हामी पार्टीलाई जनतामा स्थापित गर्न जनताका काममा केन्द्रित भएका छौँ,” उहाँले भन्नुभयो ।
माओवादी केन्द्रकी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पार्टी अभियान भूकम्प प्रभावित क्षेत्रको उद्धार, उपचार, राहत वितरण, अस्थायी टहरा निर्माणमा केन्द्रित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीको अभियान जारी थियो । दसैँतिहार मनाइरहेका थियौँ । तिहारलगत्तै भूकम्प आएपछि सबै अभियान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गरेका छौँ । अरू जिल्लाका साथीसमेत जुट्नुभएको छ ।”
माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष मानसिङ मालले पार्टी अभियान जारी भए पनि प्रदेश इन्चार्ज डिलाराम आचार्य बिरामी हुँदा समस्या भएको बताउनुभयो।
१८ मंसिर, काठमाडौं ।
नेपाल सरकारले १९ मंसिरमा ७ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले विकास ऋणपत्र बोलकबोल मार्फत ७ अर्ब आन्तरिक ऋण उठाउने भएको हो ।
विकास ऋणपत्र २०८८‘च’ नाम दिएको उक्त ऋणपत्रको अवधि ८ वर्ष रहेको छ । चालु आर्थिक वर्षमा २ खर्ब ४० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको सरकारले १ खर्ब भन्दा बढी आन्तरिक ऋण उठाइसकेको छ । असाजेभित्रै ९७ अर्ब ३१ करोड आन्तरिक ऋण परिचालन भएकोमा ४ मंसिरमा ३ अर्बको ट्रेजरी बिल बोलकबोल भएको थियो ।
काठमाडौं मंसिर १८,/
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हल्ला र बढी राजनीतिककरण गरेर सीमानाको समस्या समाधान नहुने बताएका छन् । सोमवार प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।प्रधानमन्त्री प्रचण्डले हल्ला र अति राजनीतिककरणभन्दा आपसी वार्ताको माध्यमबाट सीमा समस्या समाधान गर्ने गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी भएको उल्लेख गरे ।
‘सीमामा देखिएका समस्याका बारेमा मैले भारत भ्रमणमा पनि कुरा उठाएको थिए । भारतीय प्रधानमन्त्री मोदीसँग यस विषयमा कुराकानी भएको छ । उहाँले पनि हल्ला गरेर सीमाको समस्या समाधान हुने विषय होइन भन्नुभएको छ,’ उनले भने, ‘बढी राजनीतिकरण गरेर सीमानाको विषय समाधान हुँदैन ।’
बंगलादेशसँगको सीमाको विवादलाई भारतले हल गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले नेपालले पनि आपसी वार्ताको माध्यमबाट सीमा विवाद मिलाउनुपर्ने बताएका हुन् ।
काठमाडौँ मंसिर १७, /
— प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८) लाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालमा परेको नकारात्मक असरबारे स्पष्ट रूपमा आवाज उठाएका छन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनमा कुनै संलग्नता नरहेको मुलुक र जनतामाथि अन्याय भइरहेको प्रस्ट पारेका हुन् । जलवायु उत्सर्जनमा शून्य योगदान रहेका नेपालजस्ता मुलुकहरूले जलवायु परिवर्तनको हानिकारक प्रभाव भोग्नुपरेको दाहालको भनाइ छ । ‘जलवायु परिवर्तनको डरलाग्दो असर नेपालजस्ता मुलुकमाथि परिरहेको छ,’ दाहालले भने, ‘विश्वव्यापी उत्सर्जनमा लगभग शून्य योगदान भए पनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव भोगिरहेको छ ।’
दाहालले नेपालमाथि भएको डरलाग्दो अन्यायका कारण यहाँका जनता पहिरो, बाढी, जंगलको डढेलो, हिमशृंखला पग्लिने, खडेरी आदि जस्ता जलवायुजन्य प्रकोपबाट नराम्ररी प्रभावित भएको बताएका हुन् । ‘यो सरासर अन्याय हो । यो अब रोकिनुपर्छ,’ उनले भने । दाहालले विकसित मुलुकहरूको गतिविधिका कारण वातावरणमा नकारात्मक प्रभाव परिरहेको र त्यसको असर जलवायुमा देखिएको प्रस्ट पारे । संसारमा २० ठूला अर्थतन्त्र मुलुक (जी–२०) ले विश्वको कार्बन उत्सर्जनको ८० प्रतिशत हिस्सा ओगट्दै आएको छ । जसको मार नेपाल जस्ता साना मुलुकहरूलाई परिरहेको छ ।
विकसित देशहरूले जलवायु परिवर्तनका सम्बन्धमा गरेका प्रतिबद्धताअनुसार काम नगरेको प्रधानमन्त्री दाहालको भनाइ छ । ‘आफ्ना प्रतिबद्धता पूरा गर्नका लागि विकसित मुलुकहरू अग्रसर हुनैपर्ने हुन्छ,’ उनले भने । दाहालले जलवायु परिवर्तनले हिमाललाई यातना दिइरहेको बताए । ‘विश्वव्यापी उत्सर्जनमा लगभग शून्य योगदान भए पनि नेपाल निकै प्रभावित भइरहेको छ । म यहाँ यस प्रकोपबाट पीडित मेरा निर्दोष नागरिकहरूका लागि जलवायु न्यायका लागि उपस्थित भएको छु ।’
दाहालले सन् २०४५ सम्ममा हरितगृह ग्यास उत्सर्जन शून्यमा झार्ने लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको बताए । जलविद्युत् क्षमतालाई स्वच्छ ऊर्जा उत्पादन गर्न प्रयोग गर्ने र ४५ प्रतिशत जंगलले ढाकेको जमिन कायम राख्न योजनाबद्ध रूपमा अगाडि बढेको दाहालको भनाइ छ । न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको सम्बोधनका क्रममा पनि दाहालले उक्त प्रतिबद्धता जनाएका थिए ।
प्रधानमन्त्री दाहालले सन् २०१५ मा भएको पेरिस सम्झौताप्रति नेपाल पूर्ण प्रतिबद्ध रहेको जनाए । सम्झौताअनुसार यस शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिन विश्व समुदाय सहमत भएको थियो । उक्त सम्झौता कार्यान्वयनका लागि कार्बन उत्सर्जन कम गर्नुपर्ने हुन्छ । तर ठूला मुलुकहरूले आवश्यकताअनुसार कार्बन उत्सर्जन कटौती नगरेका कारण जलवायु परिवर्तनमा नकारात्मक असर परिरहेको छ ।
पेरिस सम्झौता पूर्णरूपमा कार्यान्वयन गर्न ढिला गर्न नहुनेमा पनि प्रधानमन्त्री दाहालले जोड दिएका छन् । ‘पेरिस सम्झौताअनुसार पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियसमा सीमित गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न ढिला भइसक्यो,’ दाहालले भने, ‘यसले पनि हिमालमा ठूलो असर पर्ने संकेत देखिइसकेको छ ।’ दाहालले कोप–२८ का दौरान स्थापना हुन लागेको जलवायुजन्य हानि–नोक्सानी कोष सहयोग समतामूलक रूपमा हुनुपर्ने बताए । कोषबाट क्षतिपूर्ति माग गर्ने प्रक्रिया सहज र पारदर्शी हुनुपर्ने तथा नेपालजस्ता मुलुकले लाभ लिन पाउनुपर्नेमा दाहालले जोड दिए । कोषको उपभोग गर्न पाउनु नेपाल र नेपालीका लागि न्याय र अधिकारको विषय भएको उनले प्रस्ट पारे ।
नेपाललाई राष्ट्रसंघीय महासचिवको साथ
विश्वव्यापी कार्बन उत्सर्जनमा लगभग शून्य योगदान भए पनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव भोगिरहेको प्रधानमन्त्री दाहालको सम्बोधनप्रति राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले पनि साथ दिएका छन् । गुटेरेसको साथ पाएका दाहालले नेपाल र नेपालीमाथि अन्याय भइरहेको पटक–पटक दोहोर्याए । उच्चस्तरीय सत्रदेखि नेपालकै अध्यक्षतामा भएको सत्रमा पनि दाहालले नेपाल जलवायु परिवर्तनको सिकार भइरहेको बताएका हुन् ।
नेपालले अध्यक्षता गरेको सत्रमा बोलेका महासचिव गुटेरेसले हिमालका मुद्दा सम्बोधन गर्न ढिला गरे यसबाट अपूरणीय क्षति हुने बताए । समस्या समाधान गर्न जिम्मेवार मुलुक र निकायहरू छिटोभन्दा छिटो लाग्नुपर्ने उनको सुझाव छ । ‘मैले आफैंले हिमालमा जलवायु परिवर्तनमा असर हेरेर आएको छु । अब यसमा ढिला भइसक्यो,’ उनले भने, ‘समस्या सम्बोधन गर्न सबै लाग्नुपर्छ ।’ अघिल्लो महिना नेपाल भ्रमणमा आएका महासचिव गुटेरेसले हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव प्रत्यक्ष अवलोकन गर्न अन्नपूर्ण आधार शिविर पुगेका थिए ।
काठमाडौं, १६ मङ्सिर ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागूऔषध दुर्व्यसन नियन्त्रणमा समाजका सबै वर्ग लाग्नुपर्ने बताएका छन् ।
नारायणी नदी किनारमा सञ्चालित ‘चितवन नारायणी महोत्सव’ लाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकार र निजी क्षेत्र लागूऔषध नियन्त्रणमा सँगसँगै अघि बढ्नु पर्ने बताएका हुन् ।
उनले सरकारले गर्नुपर्ने काम निजी क्षेत्रबाट भएको भन्दै त्यसको प्रशंसा गरे । रिकभरिङ युनाइटेड प्रालि र औद्योगिक शान्ति नेपालको आयोजनामा यही मङ्सिर ६ गतेदेखि सुरु भएको महोत्सव आज सम्पन्न भएको हो ।
उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुमनारायण श्रेष्ठले दैनिक लागूऔषध दुर्व्यसनी बढेकामा चिन्ता व्यक्त गर्दै यस्ता कार्यक्रम नियमितरूपमा आयोजना गर्नुपर्नेमा जोड दिए ।
लागूऔषध तथा मद्यपान प्रयोगकर्ताको निःशुल्क उपचार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । रिकभरिङ युनाइटेड प्रालिका अध्यक्ष रविन श्रेष्ठका अनुसार महोत्सवमा अटोमोबिल, कृषि तथा हस्तकला सामग्रीका कक्ष राखिएका थिए । निःशुल्क स्वास्थ्य शिविर, नृत्य प्रतियोगिता, लागूऔषध दुर्व्यसनविरुद्ध चेतनामूलक कार्यक्रम आयोजना गरिएको छ ।
काठमाडौँ,मंसिर १६,
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जोताहा भूमिहीन किसानहरूका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
शनिबार चितवनको नारायणगढमा भएको राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको छैटौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै श्रेष्ठले समृद्ध र सामाजिक न्यायलाई मूल कार्यभार बनाएर सरकार अघि बढिरहेको भन्दै जोताहा भूमिहीन किसान, कमलरी, हरुवाचरुवा, गुठी जग्गाको समस्यालगायतका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
उनले अहिले नै सरकारले गुणात्मक फड्को मार्न नसके पनि कार्यभारलाई पूरा गर्न सम्पूर्ण ध्यान केन्द्रित गरिरहेको जिकिर गरे । सरकारले सुशासनको क्षेत्रमा भ्रष्टाचारविरुद्ध ठूला-ठूला अभियान सञ्चालन गरेको उनले बताए ।
श्रेष्ठले मिटरब्याज पीडितहरुलाई न्याय दिने गरी प्रक्रिया अघि बढाइरहेको र हजारौँले मिटरब्याज समस्याबाट मुक्ति समेत पाइसकेको दाबी गरे । उनले मुलुकमा आएको परिवर्तनको आभास जनताले गर्ने गरी व्यवहारमै पुष्टि गर्ने गरी अगाडि बढ्न खोजिरहेको बताए ।
श्रेष्ठले सरकारले सुरु गरेको भ्रष्टाचारविरोधी अभियानबाट विश्राम नलिने स्पष्ट पारे ।
काठमाडौँ, १४ मङ्सिर ,कालिका खड्का :
राष्ट्रियसभाका सांसद दिलकुमारी रावल थापा ‘पार्वती’लाई सांसदले योजनाका फाइल बोकेर मन्त्रालयपिच्छे बजेट माग्न धाउने परिपाटीको अन्त्य गर्नुपर्छ भन्ने लागेको छ । मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएर तीन तहको सरकार बनिसकेको अवस्थामा फेरि सङ्घीय सांसदले विकासका लागि योजनाका फाइल बोकेर बजेट माग्दै हिँड्नु ठीक होइन भन्ने उहाँको ठम्याइ छ । “तीन तहको सरकार छ, विकासका लागि केन्द्रले योजना बनाउने हो, तर अहिले पनि प्रतिनिधिसभाकै सांसद विकासकै लागि पैसा खोज्न मन्त्रालय धाउने काम रोकिएको छैन”, उहाँले भन्नुभयो, “योजनाको फाइल बोकेर योजना माग्दै सांसद हिँड्ने परिपाटीको अन्त्य गर्नुपर्छ, सांसदको नाममा बजेट दिने काम ठीक होइन, यो रोक्नुपर्छ”, सांसद रावललाई सांसद विकास कोषको पनि जरुरी छैन भन्ने लाग्छ । “सङ्घ, प्रदेश र स्थानीय तहमा बजेट बनाउँदा सहभागी हुन सकिन्छ”, उहाँले थप्नुभयो । नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन हुँदै २०५२ सालदेखि राजनीतिको यात्रा तय गर्नुभएकी नेतृ रावलले जनताको प्रतिनिधि भएर २०७४ फागुन २० गते राष्ट्रियसभा सदस्यका रुपमा सपथ लिनुभएको थियो । आगामी फागुन २० गते छ वर्ष पुग्दैछ । नेत्री रावललाई विद्यार्थी आन्दोलन र समाज परिर्वतनको आन्दोलनमा लाग्दा यति महत्वपूर्ण स्थानमा पुगेर काम गर्ने अवसर मिल्ला भन्ने लागेको थिएन । तर उहाँलाई एमालेमा आबद्ध भएर जनप्रतिनिधिको संस्था संसद्मा आएर छ वर्ष काम गर्ने अवसर मिल्यो । उहाँलाई राष्ट्रियसभामा काम गर्ने अवसर पाउनुभन्दा अघि पहिलो संविधानसभा २०६४, दोस्रो संविधानसभा २०७१ र उपनिर्वाचन २०७१ प्रत्यक्ष निर्वाचन लड्ने अवसर समेत पार्टीले दिएको थियो । नेत्री रावलले झण्डै साढे पाँच वर्ष राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापति भएर काम सक्रियरुपमा काम गर्नुभएको छ । समितिको सभापति भएर काम गर्दा सधँै जनता र राष्ट्रको हितमा कानुन कसरी निमार्ण गर्न सकिन्छ भन्ने कुरामा उहाँको ध्यान केन्द्रित भयो । “कानुन निर्माणको क्षेत्रमा कसरी मुलुकको हितमा बनाउन सकिन्छ भनेर सम्पूर्ण ध्यान त्यही केन्द्रित भयो, संसद्को निगरानीलाई प्रभावकारी बनाउनका लागि काम गरियो”, उहाँले जोड्नुभयो, “पहिलो पटक संसद् भएर सभापतिको जिम्मेवारी पूरा गर्न कुशलतापूर्वक गर्न सक्छु कि सक्दिन भन्ने थियो तर मैले पूर्णरुपमा प्रयत्न गरे ।” राष्ट्रियसभामा उहाँलाई छ वर्ष काम गर्ने अवसर मिल्यो । विसं २०३७ मङ्सिर २५ गते भरतपुर महानगपालिका–१६ ब्रह्मपुरमा जन्मनुभएकी नेत्री रावलले २०५५ सालमा एमालेको वडा कमिटी हुँदै गाउँ कमिटी सदस्य भएर काम गर्नुभयो । त्यस्तै, २०५५ सालदेखि २०५८ सम्म अखिल नेपाल महिला सङ्घ जिल्ला चितवन जिल्ला कमिटी सदस्य, तत्कालीन प्ररायु सङ्घको जिल्ला सचिव हँुदै अध्यक्ष, महिला जिल्ला समन्वय समितिको उपाध्यक्ष भएर काम गर्नुभयो । पार्टीको जिल्ला सदस्य, उपसचिव हँुदै सचिवको जिम्मेवारी जिल्लामा रहेर निर्वाह गर्नुभयो । संविधान जारी भएको यतिका वर्ष बितिसक्दा पनि संविधानअनुकुलका कानुन नै बनाउन सकेको छैनन् । सांसद रावललाई सरकारले सदनलाई विजनेस नदिएकै कारण कानुन निर्माणमा ढिलाइ भएको भन्ने लाग्छ । “संविधानअनुकूलका कानुन बनाउन ढिलाइ हुनुमा दोषी सरकार हो, त्यसको दोषी संसद् र सांसद होइन”, नेत्री रावलले थप्नुभयो, “विधेयक अधिवेशनमा जम्मा एउटा मिटरब्याजीसम्बन्धी कानुन बन्यो, राष्ट्रियसभामा मर्यादासम्बन्धी नीति विधेयक ल्यायाँै, राष्ट्रियसभाले सर्वसम्मत पारित गरेको विधेयक प्रतिनिधिसभामा रोकिएर शून्यतामा गयो, राज्यको त्यत्रो लगानी खेर गयो, जुन गम्भीर विषय हो ।” सदनलाई विजनेस नभएपछि शून्य समय र विशेष समयमै एकले अर्कालाई आरोपप्रत्योरोप गर्दै बित्ने गरेको उहाँले बताउनुभयो । नेत्री रावललाई राष्ट्रको महत्वपूर्ण नीतिहरु एकरुपता बनाउन जरुरी छ भन्ने लाग्छ । “सरकार परिर्वतन हुने बित्तिकै परराष्ट्र नीति, आर्थिक नीति वा स्वास्थ्य नीति पनि परिर्वतन हुने गरेका छन्, जुन असाध्यै दुःखद् कुरा हो”, नेत्री रावलले भन्नुभयो, “स्थायी खालको नीति बनाउन जरुरी छ, जुन सरकार आए पनि नीति र पूर्वाधार विकासमा एकरुपता र ध्यान दिन जरुरी छ, राष्ट्रिय महत्वको विषयमा एकताबद्ध हुँदा प्रणाली पनि बलियो हुन्छ ।” अरुले झट्ट हेर्दा सांसदले काम गरेनन भन्नेजस्तो देखिए पनि सांसदले मात्र केही गर्न नसक्ने नेत्री रावलको बुझाइ छ । बोली र व्यवहारमा एकरुपता ल्याएर काम गरेमा सांसदले बेकारको गाली खान नपर्ने उहाँको बुझाइ छ । जनताका प्रतिनिधिले संसदीय मूल्य र मान्यताको ख्याल गर्नुपर्ने हुन्छ । “जनप्रतिनिधिले बोल्दा प्रत्यक्ष प्रसारण हुन्छ, संसारभर जान्छ, बोली र गोली चाँहि फर्काउन सकिँदैन”, नेत्री रावलले भन्नुभयो, “रेर्कडबाट हटाउनुपर्ने गरी किन बोल्ने ? त्यो राम्रो होइन, त्यसरी बोल्नुहुँदैन, शिष्ट र मर्यादित भएर पनि आफ्ना कुरा राख्न सकिन्छ, जनप्रतिनिधिले मर्यादालाई ध्यान दिनुपर्छ, नत्र जनताले के सिक्ने ?” एउटा विधायक भएर जति काम सकियो त्यसमा उहाँलाई खुसी लागेको छ । कानुन बनाउने, अझ राम्रो बनाउनका लागि संशोधन हाल्नेदेखि लिएर समितिको सभापति भएर निकै मेहनतपूर्वक काम गरेको उहाँमा अनुभव छ । “संसद्मा सक्तापक्ष र प्रतिपक्ष भए पनि समितिमा सबै सर्वसम्मत तरिकाले सौहार्दपूूर्ण वातावरणमा काम गर्ने अवसर पाउँदा मलाई खुसी छ”, उहाँले हर्षित मुद्रामा भन्नुभयो, “साझा उद्देश्य थियो, कुनै पनि दलको असहयोग भएन, हरेक निर्णय सर्वसम्मत भयो, सधैँ हार्दिकताका साथ काम गरियो ।” उहाँलाई जनता र देशका लागि अझ धेरै गर्न बाँकी छ जस्तो लागेको छ । सांसदको भूमिका तत्काल लागि सकिए पनि जनताको सवालमा अझै केही गर्न मन छ । रासस
जनकपुरधाम, १३ मङ्सिर :
प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता र धार्मिक सद्भावसहित देश विकासमा लाग्नुको विकल्प नरहेको बताउनुभएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित तपसी बाबा कुटीमा आजदेखि सुरु भएको शिवशक्ति महायज्ञको समुद्घाटन गर्नुहुँदै प्रथम राष्ट्रपति यादवले सबै धर्मावलम्बीले सामाजिक सद्भावलाई थप मजबुत बनाउने क्रियाकलाप गर्नुपर्ने र महायज्ञजस्ता धार्मिक कार्यबाट त्यसमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । पूर्वराष्ट्रपति यादवले नेपालको संविधानले सनातन धर्मको रक्षा गर्दै सबैको धार्मिक स्वतन्त्रताको रक्षा गर्ने सङ्कल्प गरेकाले त्यसैको मर्मअनुसार अगाडि बढ्न सबैलाई अपिलसमेत गर्नुभयो । उहाँले अन्न भण्डारका रूपमा रहेको मधेसमा पानीलगायत विभिन्न समस्याका कारण कृषि कर्म सङ्कटमा पर्दै गएको र उत्पादनमा ह्रासका कारण प्रदेशसहित सिङ्गो देश नै खाद्यान्न आयातमा निर्भर हुनु चिन्ताको विषय भएको बताउनुभयो । उहाँले तराई मधेसको ‘लाइफलाइन’को रूपमा चुरे विनाश नरोकिए खानेपानीको हाहाकार र कृषि उत्पादनमा थप जटिलता थपिने भन्दै त्यसको दीर्घकालीन समाधानका लागि समयमै काम गर्न सरकार तथा सम्बद्ध पक्षलाई आग्रह गर्नुभयो । रासस
हेमन्त जोशी,काठमाडौँ, १३ मङ्सिर :
सरकार तेस्रो लगानी सम्मेलनको तयारीमा जुटेको छ । स्वदेशी, विदेशी लगानीकर्तालाई नेपालका आयोजनामा लगानी आह्वान गर्न आउँदो वैशाख ९ र १० गते काठमाडौँमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन गर्ने मिति तय भएको छ । अबको पाँच महिनामा सम्मेलन गर्ने सोच सरकारले बनाइरहँदा त्यसको पूर्वतयारीका काम कति चुस्त हुन्छन् र सोचेअनुरुप उपलब्धि हासिल होला ? भन्नेमा चासो र आशङ्का देखिएको छ । जानकारहरु भन्छन्, “लगानी सम्मेलन आवश्यक छ । तर सम्मेलनमा नेपालले के लिएर जाँदैछ ? त्यसको तयारी पुगेन । पर्याप्त आन्तरिक तयारी बिनाको सम्मेलन कर्मकाण्डी मात्रै नहोस् ।” लगानी आकर्षित गर्न चाहिने नीतिगत र कानुनी सहजता, सहज सेवाप्रवाहमार्फत आन्तरिक वातावरण निर्माण, झन्झटमुक्त प्रशासनिक र कर संरचना, बजार सुनिश्चिततासहित लगानी प्रतिफलको प्रत्याभूति, ‘सोकेस’मा राखिने आयोजनाको पूर्वतयारीलगायत विषयलाई सरकारले कसरी सम्बोधन गर्छ र लगानीकर्तालाई विश्वस्त तुल्याउँछ भन्नेमा प्रश्न देखिएको छ । लगानी सम्मेलनको मिति घोषणासँगै उठेको अर्को महत्वपूर्ण प्रश्न हो, ‘दशकौँसम्म सुध्रिन नसकेका वा बन्न नसकेका के कुरा अबको पाँच महिनामा सरकारले सुधार्छ वा बनाउँछ र लगानी आउँछ ?’ लगानी सम्मेलनका लागि तयार पारिएको निर्देशक समितिका संयोजकसमेत रहनुभएका अर्थमन्त्री डा प्रकाशशरण महत भन्नुहुन्छ, “यसपटक सम्मेलनकै लागि सम्मेलन हुँदैन र यो औपचारिकताका लागि मात्रै होइन । सरकारको सम्पूर्ण प्रयास यसलाई सफल बनाउनेमा केन्द्रित हुन्छ । विदेशस्थित नेपाली दूतावास, गैरआवासिय नेपाली, निजी क्षेत्रलगायत सबै संयन्त्र परिचालन हुन्छन् । नीतिगत, कानुनी, प्रशासनिक उल्झन सुल्झाइन्छन् ।” सम्मेलनअघि सम्भावित लगानीकर्तासँग द्विपक्षीय छलफल गरी वास्तविक लगानीकर्ता पहिचान गर्ने र आयोजनामा प्रस्ताव आह्वानदेखि लगानी स्वीकृतसम्मको प्रक्रियामा सरकारले सहजीकरण गर्ने गरी तयारी थाल्नसमेत आइतबार बसेको निर्देशक समितिको बैठकमार्फत अर्थमन्त्री महतले निर्देशन दिइसक्नुभएको छ । निर्देशक समितिको पहिलो बैठकमा समेत लगानी सम्मेलनको तयारीका लागि समय कम रहेको विषय उठेको थियो । जकडिएको र अस्तव्यस्त कानुनी, प्रशासनिक तथा संरचनागत सुधारबिना सम्मेलन आयोजना गर्नुको अर्थ रहन्न । अर्कोतर्फ यति छोटो समयभित्र समस्याका सबै गाँठा सरकारले फुकाउन सक्छ भन्ने पर्याप्त आधार पनि देखिँदैनन् । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई आन्तरिक वातावरण सुधारसहितको तयारीबिनाको सम्मेलन कर्मकाण्डी मात्रै हुने र त्यसको उपलब्धि न्यून हुने बताउनुहुन्छ । त्यस्तै, लगानीकर्ता प्रतिफलको अपेक्षासहित आउने भएकाले त्यसको प्रत्याभूति सरकारले गराई दिनुपर्ने उहाँको भनाइ छ । “अहिलेको अवस्थामा लगानी ल्याउन आवश्यक हो । त्यसका लागि स्पष्ट दृष्टिकोणसहितको सुधार आवश्यक छ । राजनीतिक, कानूनी, सामाजिक रुपमा लगानीमैत्री नीति राज्यले निर्माण गर्नुपर्छ”, डा भट्टराई भन्नुहुन्छ, “लगानीकर्ता नाफाका लागि आउने हो । उनीहरूले प्रतिफल हिसाब गर्छन् । यहाँको लगानीको वातावरण, कर्मचारी संयन्त्रले काम गर्ने शैली, कानुनी सहजता, पूँजी परिचालन र बजार व्यवस्थापनलगायत विषय हेर्छन् ।” लगानीका लागि नीतिगत र संरचनागत समस्या पहिचान गरी सम्बोधन नगरेसम्म लगानीकर्ता आकर्षित नहुने उहाँ बताउनुहुन्छ । लगानीकर्ताले हेर्ने अर्को महत्वपूर्ण विषय भनेको आफ्ना वस्तु तथा सेवाको सम्भाव्य बजार हो । दुई ठूला छिमेकी देश भारत तथा चीनको बजारसँग नेपालका उत्पादनले प्रतिस्पर्धा गर्नसक्ने अवस्था अहिले छैन । “लगानीका लागि भू–अर्थनीति पनि हेरिन्छ । दुई ठूला बजार भारत र चीनमा हामी छौँ । तिनीहरुको मूल्य शृङ्खलासँग जोडिने गरी विशेष प्रावधान हामीले गर्नुपर्छ”, पूर्वप्रधानमन्त्री भट्टराई भन्नुहुन्छ, “हामी वस्तु आयात गर्ने र श्रम निर्यात गर्ने अर्थतन्त्रमा गएका छौँ । नेपालको मात्रै बजार हेरेर ठूला लगानीकर्ता आउँदैनन् । हाम्रो यो कमजोर पक्षबारे राजनीतिक नेतृत्वले पनि गम्भीर हुन सकेको छैन ।” छिमेकी मुलुकमा बजार खोज्नेमात्र नभई त्यहाँका लगानीकर्तालाई पनि ल्याउन सक्नुपर्ने उहाँको भनाइ छ । नेपालमा लगानी प्रवद्र्धनका लागि लगानी बोर्डको कार्यालयलाई कानुनी र संरचनागत अधिकारसहित स्वायत्त तथा अधिकारसम्पन्न बनाउने र अहिले विभिन्न मन्त्रालय तथा निकायमा छरिएर रहेका लगानीसम्बन्धी अधिकारहरु एकीकृत गरिनुपर्ने सुझाव पनि भट्टराईले दिनुभयो । विभिन्न देशका विकासकर्ता कम्पनीलाई नेपालमा बोलाएर लगानी गर्नका लागि आश्वस्त पार्न सरकारले देखाउने पत्यारिता आधार के छन् भन्नेमा प्रश्न रहेको पूर्वअर्थमन्त्री डा युवराज खतिवडा बताउनुहुन्छ । ‘नेपालले के कुरामा सुधार गरेको छ ?’ भनेर लगानीकर्ताले प्रश्न गर्दा त्यसको जवाफ सम्मेलन आयोजकका रुपमा सरकारले दिन सक्नुपर्ने उहाँ बताउनुहुन्छ । “नेपालले कर प्रणालीमा के सुधार भएको छ र विदेशी लगानीलाई करको भार कति छ ? विदेशी लगानीसम्बन्धी प्रोत्साहनका केही प्रावधान ल्याइएका छन् कि छैनन् ? विदेशी लगानीको ‘काउन्टर पार्ट’का रुपमा आउने स्वदेशी लगानीमा प्रशस्त पूँजी उपलब्ध भयो कि भएन ? जस्ता प्रश्न लगानीकर्ताले गर्छन् । त्यसको जवाफ दिन हामी तयार हुनुपर्छ”, खतिवडाले भन्नुहुन्छ, “कति मुलुकसँग दोहोरो कर उन्मुक्ति सम्झौता भएको छ ? कति मुलुकसँग लगानी प्रवद्र्धन र सुरक्षा सन्धि गरियो ? या विदेशी लगानी गरेर छिमेकी मुलुकका व्यापार गर्ने कुनै नयाँ व्यापारिक सम्झौता भए कि भएनन् ? भनेर लगानीकर्ताले हेर्छन् ।” लगानीमैत्री वातावरणका लागि कानुनी र संरचनागत सुधार अर्को महत्वपूर्ण पक्ष रहेको खतिवडा बताउनुहुन्छ । यसमा पनि नेपालले उल्लेख्य सुधार गर्न सकेको छैन । “मेरै पालामा संसद्मा लगेका कानुनहरु पनि अहिलेसम्म पारित भएर आएका छैनन् । नयाँ कानुनको मस्यौदा बनेर मन्त्रिपरिषद्बाट पारित गरी संसद्मा जान सकेका छैनन्”, उहाँ भन्नुहुन्छ । खतिवडाका अनुसार बैंकिङसम्बन्धी, विदेशी विनियमसम्बन्धी, सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनहरु समयसापेक्ष हुन सकेका छैनन् । सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संसद्मा अड्किएर बसेको छ । सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्कफोर्सअन्तर्गतको एसिया प्यासिफिक ग्रुपले नेपालाई ‘ग्रे लिस्ट’बाट बच्न एक वर्षको सुधारको समय दिएको छ । यसरी सम्पत्ति शुद्धीकरणमा ‘ग्रे लिस्ट’मा पर्ने सम्भावना भएको देशले लगानी सम्मेलन गर्नेतर्फभन्दा पहिला कसरी ग्रे लिस्टबाट उन्मुक्त भएर अब हामी सुरक्षित हुने भन्नेतर्फ लाग्नुपर्ने खतिवडा बताउनुहुन्छ । “लगानीकर्ताले आफ्नो सम्पत्तिको सुरक्षण खोज्छ । बौद्धिक सम्पत्तिसम्बन्धी कानुनको मस्यौदा बनेको लामो समय भइसक्दा पनि मन्त्रिपरिषद्बाट पारित भएर संसद्मा गइसकेको छैन”, खतिवडा भन्नुहुन्छ, “कम्पनी कानुनमा पनि केही सुधार गर्नुपर्नेछ । कम्पनीमा प्रवेश गर्न सजिलो छ, तर निस्कन त्यति सजिलो छैन । हाम्रै देशका कतिपय कम्पनी खारेजीमा लैजानुप¥यो भने त्यो गर्नका लागि वर्षौं लाग्छ ।” सार्वजनिक–निजी साझेदारी ऐनमा पनि केही संशोधन आवश्यक रहेको उहाँको भनाइ छ । सार्वजनिक–निजी साझेदारी ऐनसँग स्वाभाविक रुपमा सार्वजनिक खरिद ऐन पनि जोडिएर आउने हुनाले त्यसमा पनि संशोधन र सुधार आवश्यक छ । त्यस्तै वन ऐन, जग्गा प्राप्ति सम्बन्धी कानुनका जटिलता उस्तै छन् । हेजिङ नियमावली कार्यान्वयनका लागि जोखिम बहनसम्बन्धी स्पष्टता खोज्नुपर्ने देखिन्छ । हेजिङ नियमावलीमा जोखिमको दायित्व सरकारले कति व्यहोर्ने, लगानीकर्ताले कति व्यहोर्ने र जुन संस्थाले ऋण दिन्छ त्यसले कति व्यहोर्ने भनेर स्पष्ट छैन । त्यस्तै, सार्वजनिक–निजी साझेदारी ऐनमा सम्भाव्यता न्यून परिपूर्ति कोष (भिजिएफ)को व्यवस्था छ । तर त्यसको कार्यान्वयन हुन सकेको छैन । झन्झटिला अस्पष्ट कानुनी उल्लनमात्र होइन, लगानीकर्ताले भोग्ने संरचनागत, प्रशासनिक र व्यावहारिक कठिनाइ पनि उत्तिकै छन् । लगानीकर्तालाई सबै प्रकारका प्रशासनिक सुविधा एकै ठाउँबाट सहज रुपमा उपलब्ध गराउने भनेर सरकारले उद्योग विभागअन्तर्गत र लगानी बोर्डमा समेत एकल विन्दु सेवा केन्द्र स्थापना गरेको छ । तर त्यसको प्रभावकारिता देखिँदैन । निर्णय प्रक्रिया अत्यन्तै सुस्त छन् । “पाँच÷दश वर्षअघि गरेको लगानीका प्रस्ताव अहिलेसम्म पास हुँदैन । केही लगानीकर्ताहरु निरुत्साहित भएर फर्किंदै गरेका पनि छन् । त्यो अवस्थामा नेपालले हाम्रो लगानीलाई कसरी सुरक्षित गर्छ भन्ने प्रश्नको जवाफको तयारीका साथ सरकार आउन सक्नुपर्छ”, खतिवडा भन्नुहुन्छ, “लगानीकर्ताले प्रतिबद्धता जनाएका भए पनि नेपालकै ढिलासुस्तीका कारणले ती अघि बढेका छैनन् । कार्यान्वयन नहुने प्रतिबद्धताको मात्र के अर्थ ? हिजोका दिनमा प्रतिबद्धता गर्ने लगानीकर्ताको लगानी किन आएन भनेर मूल्याङ्कन समीक्षासमेत भएको छैन ।” लगानीकर्ताले खोज्ने र आउँदो लगानी सम्मेलनको प्रभावकारितासमेत मापन गर्ने अर्को महत्वपूर्ण पक्ष हो– ‘सोकेस’मा राखिने आयोजनाको अवस्था । वित्तीय तथा प्राविधिक सम्भाव्यता अध्ययन भएका, वातावरणीय प्रभाव मूल्याङ्कन भएका, विस्तृत परियोजना प्रतिवेदन तयार भएका, प्रतिफल विश्लेषण भएकालगायत आयोजनामा लगानीकर्ताको चासो रहन्छ । तर यस्ता पूर्वतयारी नै नभएका आयोजनालाई लगानीकर्ताले लगानी प्रस्ताव गरिहाल्ने आधार पनि हुँदैन । तयारी बिनाका धेरैवटा आयोजना सोकेसमा राख्नभन्दा तयारीसहितका निश्चित आयोजना छनोट गरेर लगानी आह्वान गरिनपर्ने पूर्वअर्थमन्त्री खतिवडाको सुझाव छ । “उद्योग मन्त्रालय र लगानी बोर्डले कम्तिमा एक÷दुई दर्जन आयोजनामा सम्भाव्यता अध्ययन भएको छ, लगानीको प्रतिफल दर यस्तो छ, वातावरणीय मूल्याङ्कनको कारणले रोकिनु पर्दैन, वित्तीय व्यवस्थापन गर्न आन्तरिक रुपमा आवश्यक प¥यो भने हामी पनि तयार छौँ भनेर चित्त बुझाउने गरी परियोजना विकास गर्नुपर्छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म परियोजना बैंकका परियोजना तयारी अवस्थामा छैनन् भने पनि आउँदो चार÷पाँच महिनामा कति आयोजना तयारी अवस्थामा पुग्छन् भन्ने कुरामा लगानी सम्मेलनको उपलब्धि भर पर्छ । नत्र भने त्यो मेला मात्रै हुन्छ र मेलामा मान्छे भेला गर्ने काम मात्रै हुन्छ ।” अघिल्लो लगानी सम्मेलनमा देखाइएका आयोजनालाई नै फेरि सोकेसमा राख्नुभन्दा तयारीसहितका नयाँ आयोजना ल्याउन सक्नुपर्ने खतिवडा बताउनुहुन्छ । लगानीकर्ताले लगानी गर्नुअघि हेर्ने अर्को महत्वपूर्ण पक्ष मुलुकको सार्वभौम साख मूल्याङ्कन (सोभरेन कन्ट्री रेटिङ) हो । नेपालले चार÷पाँच वर्षअघि नै ‘कन्ट्री रेटिङ’को प्रक्रिया अघि बढाएको भए पनि कोभिड महामारीका कारण रोकिएको थियो । अहिले पनि मुलुकका आर्थिक सूचकहरु सबल नबनिसकेको अवस्थामा कन्ट्री रेटिङ गर्दा त्यसले राम्रो ‘ग्रेड’ नदेखाउने भएकाले अर्थतन्त्र सुधारलाई नै प्राथमिकतामा राख्नुपर्ने डा खतिवडा बताउनुहुन्छ । “कन्ट्री रेटिङका लागि सन् २०१९ सम्म उपयुक्त समय थियो । तयारी पनि गरेको हो । कोभिडपछिको अवस्थामा आर्थिक सूचक खुम्चिएका छन् र हाम्रा सबल पक्ष त्यति छैनन्”, उहाँ भन्नुहुन्छ, “कन्ट्री रेटिङ गर्ने हो भने मुलुकको आर्थिक अवस्था अलि सुदृढ भएको बेला गर्नु उपयुक्त हुन्छ । यसका लागि अहिले उपयुक्त समय हो कि होइन भनेर स्पष्ट हुन जरुरी छ ।” कन्ट्री रेटिङ गर्दा आफ्नो स्तर तल देखिन्छ कि भन्ने अवस्थामा रहेको मुलुकमा लगानीकर्ताले कति सहज ढङ्गले लगानी गर्लान् भन्ने प्रश्न पनि देखिएको छ । यस्तो अवस्थामा आन्तरिक अर्थतन्त्रलाई सुदृढ गरेर अर्को वर्षको कुनै विन्दुमा पुगिसकेपछि लगानी सम्मेलन गर्न उपयुक्त हुने डा खतिवडाको सुझाव छ । त्यसो हुँदा लगानीको वातावरण सुध्रेको छ भनेर सकारात्मक सन्देश पनि लगानीकर्तामा जाने उहाँ बताउनुहुन्छ । कोभिडपछिको अर्थतन्त्र सुधारका लागि लगानी सम्मेलन आवश्यक रहेकाले सरकारले यसलाई प्राथमिकताका साथ काम गर्नुपर्ने लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत राधेश पन्त बताउनुहुन्छ । लगानी सम्मेलनलाई सफल बनाउन सरकारले अधिकतम प्रयास गर्नुपर्ने उहाँको भनाइ छ । चार÷पाँच महिनाको तयारीबाट उपयुक्त आयोजना छनोट र राम्रा लगानीकर्ता (क्वालिटी इन्भेस्टर) आउन सक्नेमा शङ्का गर्ने ठाउँ रहेको पन्त बताउनुहुन्छ । दक्षिण एसिया अरु देशहरु पनि लगानीकर्ताका लागि प्रतिस्पर्धी बजार भएकाले नेपालले दिने सुविधाबारे स्पष्टतासँगै लगानी बोर्डको कार्यालयले अझ प्रभावकारी ढङ्गले काम गर्नसक्नुपर्छ । तर कुन आयोजना मुलुकका लागि बढी आवश्यक हो र त्यसमा लगानीकर्ताले पनि फाइदा कसरी लिनसक्छ भन्नेबारे प्रतिफलको विश्लेषण हुन नसकेको उहाँको भनाइ छ । “हामीले धेरैवटा आयोजना देखाउन आवश्यक छैन । सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा मुआब्जा वितरण, विस्तृत परियोजना प्रतिवेदन बनिसकेका निश्चित आयोजना छनोट गरेर ती आयोजनामा राम्रा लगानीकर्ता ल्याउन सक्नुपर्छ”, पन्त भन्नुहुन्छ । पूर्वअर्थमन्त्री खतिवडाले भन्नुभएजस्तै आवश्यक पूर्वतयारी र लगानीकर्तालाई दिइने सुविधाको स्पष्टताबिनाको लगानी सम्मेलनबाट अपेक्षित लगानी भित्रिन सक्नेमा पन्त पनि शङ्का गर्नुहुन्छ । “लगानीका लागि विभिन्न कानूनी सुधार, थप केही मुलुकसँग दोहोरो लगानी प्रवद्र्धन तथा सुरक्षण सम्झौता (बिप्पा) गर्ने, सार्वभौम साख मूल्याङ्कन गर्ने, आयोजनासँगै लगानी सुरक्षाको वातावरण बनाउने, आयोजनामा देखिएको समस्या तत्काल समाधान गर्नेलगायतका काम गर्न आवश्यक छ”, पन्त भन्नुहुन्छ, “स्थानीय बन्ड जारी गर्ने, हेजिङ नियमावली कार्यान्वयन, राम्रा आयोजनाको छनोटदेखि लगानीकर्तासँग निरन्तर संवाद र समन्वयकारी भूमिका पनि निभाउनुपर्छ ।” नेपालमा लगानी किन गर्ने भनेर लगानीकर्तालाई बुझाउनुपर्ने र आश्वस्त पार्न सक्नुपर्ने हुन्छ । त्यो भनेको उनीहरुको लगानीको सुरक्षा र प्रतिफलको ग्यारेन्टी हो । अर्कोतर्फ लगानीर्ताले पैसा ल्याएदेखि के–के काम कसरी गर्ने भनेर सुरुदेखि नै सरकारका सम्बन्धित निकायबाट समन्वयका वातावरण बनाइनुपर्ने पन्तको सुझाव छ । निजी क्षेत्रको मनोबल घटिरहेको बेला लगानी सम्मेलन गरेर विदेशी लगानी आयो भने त्यसले नेपालभित्रका लगानीकर्ताको पनि मनोबल बढ्ने नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष भवानी राणा बताउनुहुन्छ । तर अरु मुलुकले विभिन्न सुविधा दिएर लगानीकर्तालाई आकर्षित गरिरहेका बेला नेपालले उनीहरुलाई यहाँ लगानी गर्नका लागि कसरी विश्वास दिलाउन सक्छ भन्नेबारे सोच्नुपर्ने उहाँको भनाइ छ । लगानी भित्र्याउनका लागि दक्षिण एसियामा प्रतिस्पर्धा रहेकाले नेपालले नीतिगत सहजतामार्फत् बढीभन्दा बढी लगानीका लागि केन्द्रित हुनुपर्ने राणाको बुझाइ छ । “पहिलेजस्तै लगानी सम्मेलन मात्र गर्ने तर वातावरण नबनाउने हो भने हामीले सोचेजस्तो लगानी नभित्रिन सक्छ । लगानीकर्तालाई सुविधा दिन आवश्यक छ । नेपालसँग अरुदेशको भन्दा राम्रो ‘अफर’ छ भनेर भन्न सक्नुप¥यो”, राणा भन्नुहुन्छ, “सरकारले वातावरण बनाउँछौँ भन्छ । वैदेशिक लगानीका लागि एकदमै खुला रुपमा जान्छौं भन्न सक्नुपर्छ । लगानी सम्मेलन गर्नका लागि विदेशी लगानीकर्तालाई रेड कार्पेट बिछ्याएर जान सक्नुपर्छ ।” राणाका अनुसार अघिल्लो लगानी सम्मेलनपछि हालसम्म कुनै स्पष्ट नीतिगत सुधार हुन सकेको छैन । विगतमा एकल बिन्दु सेवा केन्द्र ल्याइए पनि त्यसको प्रभावकारिता देखिन सकेको छैन । अघिल्लो लगानी सम्मेलनमा धेरैवटा आयोजनामा सम्झौता (एमओयु) भएका थिए । तर त्यसलाई कार्यान्वयन गर्नेतर्फ सरकारको ध्यान पुगेन । कानूनी प्रावधानसँगै कार्यान्वयनको पक्ष पनि सुधारको खाँचो रहेको उहाँ बताउनुहुन्छ । “सरकारले सहज बनाउँछौँ भन्छ तर त्यसको कार्यान्वयन प्रभावकारी हुँदैन । कर्मचारी संयन्त्रमामा पनि समस्या छ । नेपाल सानो बजार भएकाले बाह्य बजारसँगको आवद्धता र त्यसको प्रत्याभूति लगानीकर्तालाई दिन सक्नुपर्छ”, राणाले भन्नुभयो, “लगानी भित्र्याउनका लागि केहि वर्ष सरकारले उदार नीति नै लिनुपर्छ । निश्चित वर्षलाई औद्योगिकीकरणका लागि नै हामीले कसरी जाने भनेर भन्न सक्नुपर्छ ।” नेपालको उत्पादन क्षेत्र, जलस्रोत, पर्यटन, कृषिलगायतका क्षेत्रमा लगानीको पर्याप्त सम्भावना रहेको र नेपालले पुँजीसँगै प्रविधि पनि भित्र्याउनेतर्फ जोड दिनुपर्ने उहाँ बताउनुहुन्छ । लगानी बोर्डका सहसचिव अमृत लम्साल लगानी सम्मेलनलाई सफल र प्रभावकारी बनाउनका लागि विभिन्न तीनवटा समिति गठन भएको बताउनुहुन्छ । लगानी सम्मेलन आयोजना गर्नका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति बनाईको छ । निर्देशक समितिको पहिलो बैठक गत आइतबार बसेको छ । कार्यान्वयन समिति र प्राविधिक समितिको पहिलो बैठक भने बसिसकेको छैन । सम्मेलनको कार्यतालिका र ढाँचा स्वीकृत गर्ने, लगानी वातावरण बनाउनका लागि आवश्यक नीतिगत सुधारका क्षेत्र पहिचान गर्ने र सम्मेलनको समग्र पक्ष हेर्नेगरी अर्थमन्त्रीको संयोजकत्वमा यो समिति बनाइएको छ । परराष्ट्र, ऊर्जा, भौतिक पूर्वाधार, संस्कृति पर्यटन, उद्योग, कृषि, सहरी र सङ्घीय मामिला मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, अर्थसचिव, उद्योग सचिव, निजी क्षेत्रका तीनवटा छाता संस्थाका अध्यक्षहरु निर्देशक समितिमा छन् । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतले निर्देशक समितिको सदस्य सचिवका रुपमा काम गर्नुहुनेछ । त्यस्तै, निर्देशक समितिमा पेश गर्ने प्रस्ताव तयार गर्न, सम्बद्ध सरोकारवालासँग आवश्यक समन्वय गर्न र सम्मेलनको समग्र तयारीका लागि निर्देशक समितिलाई आवश्यक सहयोग गर्न मुख्यसचिवको संयोजकत्वमा विषयगत मन्त्रालयका सचिव, राष्ट्र बैंकका डेपुटी गभर्नर र निजी क्षेत्रका छाता संस्थाका अध्यक्ष सदस्य रहनेगरी कार्यान्वयन समिति बनाइएको छ । लगानी सम्मेलनमा प्रस्तुत हुने आयोजनाको स्थिति विश्लेषण गरी परियोजनाको अवधारणा बनाउन, सम्मेलनमा प्रस्ताव गर्ने आकर्षक र भरपर्दो आयोजनाको विकास गर्ने सम्मेलनमा गरिने विभिन्न समझदारीपत्र तथा सम्झौताको आवश्यक तयारी गर्न लगायत कामका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव संयोजक रहने गरी विभिन्न विषयगत मन्त्रालयका सहसचिवसहितको प्राविधिक समिति बनाइएको छ । तेस्रो लगानी सम्मेलनको सचिवालय लगानी बोर्डको कार्यालयमा रहने जनाएको छ । लगानी सम्मेलनका लागि सरकारको तयारी कस्तो छ त ? सहसचिव लम्सालका अनुसार लगानी सम्मेलन अघि लगानीकर्ता सम्मिलित ‘प्रिइभेन्ट’हरु आयोजना गर्ने सरकारको तयारी छ । त्यस्तै, कानूनी र संरचनागत सुधारका लागि पनि विभिन्न निकायले समन्वयात्मक रुपमा काम गर्नेछन् । “हाम्रो ऐन, नियमावलीमा मुख्य समस्या के छन् र तिनलाई कसरी सम्बोधन गर्ने भनेर सुधारको प्रस्ताव सरकारमा जान्छ । आर्थिक ऐनले गरेका प्रावधानबाहेक लगानीकर्तालाई के कस्ता सहुलियत प्याकेज के कति दिन सकिन्छ भनेर पनि तयारी गर्नुपर्ने छ”, लम्साल भन्नुहुन्छ, “लगानी आउने आयोजनालाई अबको १० वर्षसम्म वा कुनै निश्चित अवधिसम्म के कति सुविधा सरकारले दिन्छ भनेर पनि हामी स्पष्ट भइसक्छौं । कर छुट (ट्याक्स होलिडे) का विषयमा हामी केहि नीतिग निर्णय गर्न सक्छौं । यसले लगानीकर्तामा राम्रो सन्देश जान्छ ।” त्यस्तै, लगानीकर्तालाई लगानी सम्मेलनबारे जानकारी गराउने, आमन्त्रित गर्ने, आयोजना प्रवद्र्धनका लागि प्रचार–प्रसारका काम पनि सँगसँगै लैजाने तयारी सरकारको छ । निजी क्षेत्रलाई लगानी सम्मेलन आयोजना गर्नका लागि गठन गरिएका विभिन्न समितिमा प्रतिनिधित्व गराइएको छ । “निजी क्षेत्रसँग सहकार्य र समन्वयात्मक रुपमा जाने भन्ने छ । सम्भावित लगानीकर्ताहरुसँग निजी क्षेत्र पनि कुनै न कुनै हिसाबले सम्पर्कमा रहेका हुन्छन् । त्यसकारण समितिहरुमा निजी क्षेत्रलाई पनि राखिएको छ”, लम्सालले भन्नुभयो, “सार्वजनिक निजी साझेदारीमा लगानी हुने आयोजनालाई पहिचान गरेर सोकेस गर्ने भनेर तय हुन्छन् । ती आयोजनाबारे जानकारी दिने सामग्री तयार पार्ने काम पनि शुरु भएको छ ।” सम्मेलनले नेपालका सम्भावित आयोजनाको चिनारी गराउने र लगानीकर्तासँग सञ्जाल (नेटवर्क) पनि स्थापित गराउने अपेक्षा पनि सरकारको छ । दोस्रो लगानी सम्मेलन (२०७५, चैत) मा ५० सरकारी क्षेत्रबाट र २७ आयोजना निजी क्षेत्रबाट गरी ७७ वटा आयोजना सोकेसका रुपमा राखिएका थिए । तीमध्ये करिब तीन दर्जन आयोजनामा लगानीकर्ताले चासो देखाएर आवेदनसमेत दिएका थिए भने विभिन्न १५ वटा आयोजनामा सहकार्यसम्बन्धी साझेदारीमा हस्ताक्षर भएको थियो । करिब साढे १४ खर्ब बराबरको लगानी प्रतिबद्धता उक्त सम्मेलनबाट आएको भए पनि हालसम्म भएको वास्तविक लगानी स्वीकृत भने निकै कम मात्रै देखिन्छ । दोस्रो लगानी सम्मेलनका क्रममा पनि सरकारले हतार–हतार केही कानुनी सुधार र सोकेसमा लगिने आयोजना बैंक तयार पारेको थियो । औद्योगिक व्यवसाय ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, सार्वजनिक निजी साझेदारी ऐनलाई संशोधन परिमार्जन गरिएको थियो । अहिले नेपालमा विद्युत् उत्पादन बढेको भए पनि सस्तो छैन । सबै प्रदेशमा कम्तीमा एउटा औद्योगिक पार्क बनाउने सरकारी योजना अलपत्र छ । उद्योग व्यवसायका लागि जमिन पाउन सजिलो छैन । विश्व बैंकको डुइङ बिजनेस श्रेणीमा नेपाल ६३ दशमलव दुई अङ्कसहित ९४औँ स्थानमा छ । लगानीकर्ताले जोखिमको प्रिमियममा देखिने समस्या समाधानका लागि क्रेडिट रेटिङ र विनिमयसम्बन्धी प्रिमियमका लागि हेजिङ सुविधालाई हेर्ने गरेका छन् । लगानी सम्मेलनअघि सरकारले यी विषयमा कसरी काम गर्छ हेर्न बाँकी छ । त्यस्तै, कर प्रणाली सुधार, लगानीको सुरक्षा तथा प्रतिफलको सुनिश्चित, वस्तु तथा सेवाको बजार सुनिश्चित, जग्गा प्राप्ति तथा वनका मामिलामा सहजीकरणलगायतका विषयमा नेपालले के–कस्तो नीति लिन्छ र अहिलेका समस्या समाधान गर्छ भन्नेमा लगानी सम्मेलनको उपलब्धि कति हुने भन्ने पनि निर्धारण गर्नेछ । रासस
टिकाराम सुनार, चन्दन ठाकुर ,जनकपुरधाम, १२ मङ्सिर :
हिजोआज धेरैले भन्छन्, “संसारमा सबैभन्दा उन्नत भनिएको सङ्घीय व्यवस्थाले समेत परिणाम दिने गरी काम गर्न नसक्दा जताततै निराशा बढ्यो । त्यही निराशाले युवाशक्तिलाई देश छाडेर परदेश रोज्न बाध्य पार्यो र अस्थिरता बढाउँदैछ ।” तर नेपालको संसदीय राजनीतिमा एक परिपक्व र अनुभवी नेता विमलेन्द्र निधि भने ‘निराशा बढ्यो भनेर शिशु सङ्घीय व्यवस्था’माथि दोष थोपर्नु ‘हतार (अधैर्य) र हतास’ मानसिकताको उपज भएको टिप्पणी गर्नुहुन्छ । पूर्वउपप्रधानमन्त्री निधिले भन्नुभयो, “यति चाँडै व्यवस्थाले काम गरेन, केही भएन र केही हुँदैन भनेर उद्वेलित गराउनु हिजोका निर्दलीय व्यवस्थाबाट भरपूर लाभ लिइरहेका तत्वहरूको छट्पटाहटमात्रै हो । यसबाट परिवर्तनकारी शक्तिहरू आत्तिनुपर्ने कुनै आधार देख्दिनँ ।” उहाँले करिब दुई सय ५० वर्ष लामो जहानियाँ राजतन्त्र, ३० वर्षे निर्दलीय पञ्चायती व्यवस्था, विगतको हिंसात्मक द्वन्द्व र अस्थिरताका कारण जकडिएर रहेका तमाम समस्यालाई एकाध दशकमै समाधान गर्न सकिएन भनेर निराश हुनु वस्तुनिष्ठ हुँदैन भन्नुभयो । नेपाली कांग्रेसका पूर्वउपसभापति निधिले परिवर्तित समयको पदचाप पछ्याउँदै परिवर्तनकारी शक्तिहरूले राजीतिक परिवर्तनलाई जनताको जीवनसँग जोड्न लाग्नुपर्ने भनाइ राख्नुभयो । रासससँगको संवाद उहाँले भन्नुभयो, “कसैले देशमा केही भएन भन्यो भने त्यो सरासर झुट र बेइमानीमात्रै हो । सडक, स्वास्थ्य, शिक्षा, निजी क्षेत्रको जबर्जस्त उपस्थिति, सहरदेखि विकट उच्च पहाड र हिमाली क्षेत्रलाई समेत विकासको प्रवाहमा ल्याउन तमाम काम भएका छन् ।” द्वन्द्व, अस्थिरता र प्रतिकूल अवस्थामा पनि यिनै राजनीतिक दल र नेतृत्वले जनताका आधारभूत आवश्यकतासँग जोडिएका विकास पूर्वाधारहरू बनाएका उदाहरण प्रस्तुत गर्दै पूर्वभौतिक, पूर्वाधार तथा यातायातमन्त्री निधिले भन्नुभयो, “सिङ्गो देशलाई काठमाडौँ, सहरबजार, पूर्वपश्चिम राजमार्गसँग जोडिएका निश्चित ठाउँ, एकाध विश्वविद्यालय र औद्योगिक क्रियाकलापले मात्रै हेर्नुहुँदैन ।” कल्पना गर्नुस् त “प्रजातन्त्र आउनुअघिको कर्णाली, मधेस, सुदूरपश्चिम । सम्झनुस् न दूरदराजको नागरिक जनजीवन, महिला, दलित, सीमान्तकृत वर्ग, समुदाय र भूगोल !”, उहाँले उदाहरण दिँदै भन्नुभयो । पूर्वगृहमन्त्री निधिको हिजो राजनीतिक परिवर्तनका लागि एकजुट भएजस्तै आम नागरिक र राजनीतिक नेतृत्वले सवल, सक्षम र आत्मनिर्भर नेपाल बनाउन लाग्नुपर्नेमा जोड छ । विसं २०२५ मा नेपाली कांग्रेससँग आबद्ध अखिल भारतीय नेपाली छात्र तथा युवासङ्घको सदस्यबाट राजनीति क्षेत्रमा प्रवेश गर्नुभएका निधिले नेपाली कांग्रेस धनुषा सदस्य, रारा बहुमुखी क्याम्पस जनकपुरको स्ववियु सचिव, नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सदस्य र सभापति तथा विसं २०४६ को आन्दोलनमा जनकपुर क्षेत्र एक्सन कमिटी इञ्चार्ज भएर काम गर्नुभयो । “हामीले राजनीतिक परिवर्तन र सामथ्र्यअनुसारको विकास गर्यौँ तर त्यो विकासलाई रोजगारीसँग जोड्न सकेनौँ । अब विकासलाई रोजगारीसँग जोड्ने बेला आयो । केही व्यावहारिक समस्या सुल्झाउँदै रोजगारी र उत्पादन सम्बन्ध जोड्नेभन्दा अर्को प्राथमिकता र विकल्प पनि त छैन हामीसँग । यहीबेला फेरि राजनीतिक परिवर्तनमै रुमल्याउने प्रयास गर्न सक्छन् केही तत्वले । त्यसमा सचेत बन्नु राजनीतिक दल र यो व्यवस्थाका पक्षपाती सचेत नागरिकको कर्तव्य हो”, उहाँले भन्नुभयो । सांसद निधिले संसद्, सरकार र राजनीतिक दलहरूका सङ्गठनलाई परिणाममूलक काममा केन्द्रित गर्न सकेमा व्यवस्था र नागरिक आवश्यकतालाई सम्बोधन गर्न सकिने धारणासमेत राख्नुभयो । सांसद निधिले संसद् र सरकारको भूमिका राजनीतिक दलहरूकै भूमिकामा निर्भर हुने भएकाले यी दुवै अङ्गलाई प्रभावकारी बनाउन लाग्नु समयको आवश्यकता हो भन्नुभयो । “जनतालाई शासन र राज्यमा आफ्नो प्रतिनिधित्व र अपनत्वको आभाष दिलाउने थलो संसद् नै हो । लोकतान्त्रिक व्यवस्थामा जनमुखी सरकारका लागि खबरदारी गर्ने प्रभावकारी माध्यम संसद् अर्थात् व्यवस्थापिकाभन्दा अर्को हुन सक्दैन । तर नयाँ संविधानअनुसार दुईपटक निर्वाचित संसद्मध्ये अघिल्लो संसद् पनि परिणाममुखी हुन सकेन । सरकार बनाउने, भत्काउने र संसद् विघटन गर्ने तहसम्म पुग्यो । अहिलेको संसद्को एक वर्षमा पनि सङ्घीयताको मूल विषयभन्दा गैरराजनीतिक विषयमा अल्झिनुपर्ने अवस्था बन्यो । यसले हामी सबै चिन्तित छौँ”, उहाँले भन्नुभयो । उहाँसँग विसं २०५१ मा प्रतिनिधिसभा सदस्य, विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभा सदस्य, विसं २०६४ र २०७० मा संविधानसभा सदस्य भई काम गरेको अनुभव छ । नेता निधि विसं २०५९ मा नेपाली कांग्रेस (प्रजातान्त्रिक)को महामन्त्री तथा विसं २०७५ मा नेपाली कांग्रेसको उपसभापति हुनुभएको थियो । दलहरूले संविधान निर्माणपछि बनेका संसद्ले अहिलेसम्म सङ्घीयताको प्राथमिक र आधारभूत विषयका रूपमा रहेका सात प्रदेशलाई शासनाधिकार दिए पनि प्रहरी प्रशासन (कर्मचारी) सम्बन्धी अधिकार कार्यान्वयन गर्न सघाउने ऐन, कानुन बनाउन नसकेकामा उहाँको चित्त दुःखाई छ । ‘नगर प्रहरी हुने तर प्रदेश प्रहरी प्रशासन नहुने’ अवस्था बदल्न नसकिएकाले सङ्घीयताको महत्त्वपूर्ण अङ्ग प्रदेश संरचना कामयाबी भएन भनेर आलोचना भइरहेको पनि नेता निधिको बुझाइ छ । उहाँ परिवर्तित अवस्थाअनुसारको राजनीतिक संस्कार र आचरण विकास गर्न नसक्दा संसदीय क्रियाकलापसमेत सुसंस्कृत नभएको र त्यसको नकारात्मक प्रभावबाट सरकार र संसद् दुवै ग्रस्त भएको बताउनुहुन्छ । सङ्घीय संसद्को एकवर्षे कार्यकालको अभ्यासले पनि जनतालाई फरक अनुभूति दिन नसकिएको नेता निधिको भनाइ छ । सांसद निधिका अनुसार संसद्भित्र बहुदल भएकाले आलोचना, टीकाटिप्पणी हुने गरे पनि सधैँ सरकार गठन, विघटनमै रुमल्लिँदा अरु प्राथमिक विषय ओझेलमा परेकाले अब भने दलहरू फरक ढङ्गले अगाडि बढ्नुपर्छ । प्रदेश र स्थानीय तहले एक कदम अगाडि बढेर आफ्नो अधिकारसँग जोडिएका कानुन, नीति–नियम बनाउँदा पनि सङ्घीय संसद्ले सोअनुसार अत्यावश्यक कानुन बनाउन नसक्नु आलोच्य विषय भएको जनाउँदै उहाँ प्रदेश र स्थानीय तहलाई कमजोर बनाएर सङ्घीयता बलियो हुन नसक्ने धारणा राख्नुहुन्छ । एकातिर सुशासन, विकास र अर्कोतिर राजनीतिक परिवर्तनले मात्र जनताको अवस्था बदल्न नसकेको भन्ने जिज्ञासामा “हो, हामीले परिणाममुखी काममा केन्द्रित हुनुपर्नेछ । यसको अर्थ लामो बलिदानी र सङ्घर्षबाट ल्याइएको पछिल्लो परिवर्तन र त्यसका मुख्य घटकहरूमाथिको विश्वसनीयता नै गुम्यो भन्न सकिँदैन । यो व्यवस्था कसैको लहड र लादिएर आएको होइन । तत्कालीन राजाले समेत यो व्यवस्थाको एक शब्दमा विरोध गर्न नसकेको कुरा बिर्सिनु हुँदैन । बहुदलीय व्यवस्थामा केही दल थपिए वा केही असन्तुष्टि बढ्यो भनेर व्यवस्था र हामी दलहरूको विश्वसनीयतामाथि प्रश्न उठाउने र यहीँ बहानामा लोकतन्त्रविरोधी क्रियाकलाप गर्न सकिन्छ भनेर कसैले नसोचे हुन्छ”, सांस्द निधिले यसरी आफ्नो मत राख्नुभयो । सूचना स्रोतमाथि नागरिक पहुँच, नागरिक स्वतन्त्रता, खुला र पारदर्शी समाजका कारण भ्रष्टाचारसम्बन्धी विषय र अरु शासकीय गतिविधि प्रकाशमा आएको दाबी गर्दै सांसद निधिले सुशासनका लागि कानुनसम्मत व्यवहार र नैतिक आचरण विकासका लागि भने सबैले इमान्दार प्रयत्न गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले परिवर्तित व्यवस्थालाई संस्थागत र प्रभावकारी तुल्याउन शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने, राज्य पुनःसंरचना अर्थात् सङ्घीयतासँग सम्बन्धित राजनीतिक, संवैधानिक विषयलाई सुल्झाउने र विकास तथा अर्थव्यवस्थालाई उत्पादन र रोजगारीसँग जोड्ने काम गर्नुपर्छ भन्नुभयो । एक प्रसङ्गमा निधि भन्नुहुन्छ, “निराशसँगै निवारणको उपाय हुन्छ र हुनुपर्छ । त्यो अध्ययनको विषय हुनसक्ला । युवापुस्तामा विकास हुँदै गएको मनस्थितिको कुरा गर्दा पोर्चुगलको आँप बगैँचामा १० हजार नेपालीले काम गरिरहेको सन्दर्भ सम्झिन्छु । के नेपालमा आँप बगैँचा हुन सक्दैनन् ? के नेपालमा भेडा चराउन सकिँदैन ? उद्यम गर्न सकिँदैन ? केही पनि गर्न नसकिने अवस्था हो ? त्यसो होइन ।” सरकारले उपयुक्त वातावरण र युवाहरूले स्वदेशमै सिर्जनात्मक काम गर्नुपर्नेमा जोड दिँदै उहाँले मुलुक उत्पादन र रोजगारीको युगमा प्रवेश गर्ने बेलामा फेरि निराशाका विषय उठाएर अल्झिन नहुने सुझाव दिनुभयो । रासस
११ मंसिर, सुनसरी ।
सुनसरीको रामधुनी नगरपालिका तत्कालीन उपप्रमुखसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार नगरपालिकाका तत्कालीन उपप्रमुख सविना कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष समेत नौ जनाउपर गैरकानुनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ३ स्थित रामधुनी गेटबाट रामधुनी मन्दिर जाने मुल सडक सिंगियादेखि वडा नम्बर ४ को लालपुर गाउँसम्म कालोपत्र सडक निर्माण कार्यमा वास्तविक भएको कार्यभन्दा बढी नापी कितावमा चढाई बढी भुक्तानी गरी भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
प्रवक्ता दाहालका अनुसार रामधनी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृ ओमकार प्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिका प्रसाद दाहाल, इन्जिनियर देवेन्द्र नारायण चौधरी र सवइन्जिनियर हर्षलाल चौधरीले स्थलगत अनुगमनका क्रममा निर्माण कार्य सम्पन्न नहुँदै कार्य सम्पन्न भनी माइम्यूट गरी उक्त निर्माण कार्यको गलत नापी किताव र कार्य सम्पन्न प्रतिवेदन तयार गरी गलत प्रतिवेदन दिने कार्य गरी भ्रष्टाचार गरेको अनुसन्धाबाट खुलेको छ ।
यसैगरी, रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख सविना कुमारी चौधरी, वडा नम्बर ३ का तत्कालीन वडा अध्यक्ष राजकुमार चौधरी र तत्कालीन वडा सदस्य (नगर कार्यपालिका सदस्य) टिकालक्ष्मी श्रेष्ठ र योजना शाखाका सहायक पाँचौ तहका सुनील कुमार चौधरीले अनुगमन तथा मूल्याङ्कन समितिमा रही स्थलगत अनुगमनका क्रममा निर्माण कार्य सम्पन्न नहुँदै कार्य सम्पन्न भनी माइम्यूट गरी भ्रष्टाचार गरेको आरोप छ ।
साथै जलपा सिद्ध निर्माण सेवा, पकली सुनसरीका प्रोपाइटर नानु कुमारी निरौला (बस्नेत)ले सरकारी सम्पत्तिमा गैरकानुनी हानि र आफूलाई लाभ पु¥याउने बदनियतले रामधुनी नगरपालिकासँग भएको सम्झौता विपरीत निर्माणस्थलमा सम्पादन नै नभएको र नापी किताव एवम् ठेक्काको बिलमा वास्तविक कामको परिमाणभन्दा बढी काम गरेको देखाई नगरपालिकाको कार्यालयमा पेश गरी भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।
अख्तियारले नगरपालिकाका तत्कालीन उपप्रमुख चौधरी र प्रमुख प्रशासकीय अधिकृतसहित नौजनाविरुद्ध दुई लाख १२ हजार ७३ रुपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण बमोजिम सजाय गरी बिगोसमेत जफल हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । नेपालबहस
११ मङ्सिर २०८०,काठमाडौँ ।
जाजरकोट केन्द्रबिन्दु भएर गत कार्तिक १७ गते गएको भूकम्प प्रभावितका लागि नेपाल बैंकले रू.५० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सो रकम सहयोग गरेको हो ।
नेपाल बैंकसञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले बालुवाटारमा आज आयोजित एक कार्यक्रममा रू.५० लाखकोे चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष हस्तान्तरण गरे ।
उक्त कार्यक्रममा सञ्चालक समिति सदस्य विवेक शम्शेर ज.ब.रा., का.मु.प्रमुख कार्यकारी अधिकृत समता पन्त, कम्पनी सचिव केशव प्रसाद भण्डारी तथा बरिष्ठ प्रबन्धक विश्वराज भण्डारी समेतको उपस्थिति रहेको थियो । रातोपाटी
मंसिर ११, २०८०,काठमाडौं
ग्लोबल आइएमई बैंक लिमिटेडले बैतडी जिल्ला, पाटन नगरपालिका वडा नं. ६ स्थित पाटन बजारमा यही मंसिर १० गते आइतवारदेखि बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले एक समारोहबीच बैंकको पाटन शाखाको समुद्घाटन गरेका छन् । नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या ३५१ पुगेको छ ।
जनकपुरधाम, ११ मङ्सिर :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा बस्ने भएको छ । पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले आजदेखि तीन दिनसम्म बैठक बस्न लागेको जानकारी दिनुभयो । केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेश सभापतिहरूको समेत सहभागिता रहने बैठकमा राजनीतिक, साङ्गठनिक, आर्थिक, अनुशासनसम्बन्धी प्रतिवेदन प्रस्तुत हुनुका साथै सांसद र संसदीय कार्यको समीक्षा, पार्टीको समग्र रणनीति र महाधिवेशनलगायत विषयमा छलफल हुने सचेतक परियारले बताउनुभयो । बैठकमा सहभागी हुन केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य र पार्टी सांसद आउने क्रम जारिरहेको उहाँले बताउनुभयो । प्रतिनिधिसभा सदस्य मनिष झाले मधेस प्रदेशमा सङ्गठन निर्माणलगायत विषयमा केन्द्रित हुन रणनीतिकरूपमा बैठकले महत्त्वपूर्ण सन्देश प्रवाह गर्ने बताउनुभयो । रास्वपाका सभापति रवि लामिछाने बारा, रौतहट र सप्तरीमा आयोजित जनसभालाई सम्बोधन गर्न यही मङ्सिर ८ गतेदेखि नै मधेस प्रदेशमै हुनुहुन्छ । रासस
रुपन्देही ।
आफ्नै पार्टी नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई मन्त्रालय थपेर भागवण्डा मिलाउन नहुने भन्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीको पुरानो अडान दोहोर्याएका छन् ।
अहिलेको अवस्थामा प्रदेशमा मन्त्रालय थप्नुपर्ने कुनै कारण नभएको जनाउँदै उनले कसैलाई भागवण्डा पुर्याउन यो अवस्थामा मन्त्रालय थप्ने विषयमा पार्टीले सहमति नजनाउने स्पष्ट पारे । आइतबार नेपाल प्रेस युनियनले पाल्पामा गरेको पत्रकार भेटघाटमा सभापति पुनले मुख्यमन्त्रीसहित १० मन्त्रालय यथावत रहेकाले थप्न नहुने बताए ।
सभापति पुनले मन्त्रालय थप्ने कुनै कारण नरहेको बताउँदै अहिले भएका मन्त्रालयलाई पूर्णता दिएर काम गर्न सुझाव दिएको उनले बताए । अहिलेको अवस्था अर्थतन्त्र डामाडोल भएको र यस्तो अवस्थामा मन्त्रालय र मन्त्री थपेर जनताको इच्छा, आकांक्षा पूरा नहुने उनले बताए ।
‘आठ दलको सरकार छ, सबैलाई भागवण्डा पुर्याउनुपर्ने हुन्छ,सबैलाई धेरै चाहियो भनेर अझ दुई वटा मन्त्रालय थप्न प्रस्ताव आएको छ । पार्टीले नीतिगत रुपमा १० भन्दा बढी बनाउन हुंदै भन्नेछ’, उनले भने, ‘यसलाई पूर्णता दिनुस पहिला त्यसपछि अवस्था परिवर्तन भयो भने संघीय कानुन, ऐन बनेपछि जिम्मेवारी पूर्ण भएपछि मात्र थप्न राम्रो हुन्छ, जसलाई बनाउने हो बनाउने तर छिटो मन्त्रीपरिषद् पूर्णता दिनुपर्ने अवस्था छ ।’
मंसिर १६ र १७ गते रुपन्देहीको बुटवलमा हुने काग्रेसको लुम्बिनी प्रदेशको सम्मेलनपछि तत्कालै मन्त्रीपरिषद्ले पूर्णता पाउने विश्वास सभापति पुनको छ । उनले लुम्बिनी प्रदेशका १२ जिल्लालाई केन्द्रबिन्दुमा राखेर जनताको माग सम्बोधन गरेर सरकार अघि बढ्नुपर्ने उनले जोड दिए ।
उनले कतिपय अवस्थामा माओवादीले बराबरी भाग माग्दा मन्त्रीपरिषद् विस्तारमा समस्या भएको बताए । ‘मन्त्रीपरिषद बिस्तारका विषयमा केन्द्रीय नेतृत्वसंगसमेत कुराकानी भइरहेको छ’, उनले भने, ‘कांग्रेस र माओवादी पार्टीको नेतृत्वसंग यस विषयमा छलफल भएकाले सम्मेलनपछि नै मन्त्रीपरिषद् विस्तार हुनेमा पूर्ण विश्वस्त छु ।’
लुम्बिनी प्रदेशमा अहिले सात सदस्यीय मन्त्रिपरिषद् रहेको छ । सहमतिअनुसार माओवादीले थप दुई र कांग्रेसले थप ३ मन्त्रालय पाउनुपर्ने हुन्छ । तर बाँकी तीन मन्त्रालय मात्रै छ । जसले गर्दा भागबन्डा पु¥याउन दुई मन्त्रालय थप्नुपर्छ । हाल लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट मुख्यमन्त्री चौधरीसमेत दुई, माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमतबाट एक÷एक जना मन्त्री रहेका छन् ।
कांग्रेस लुम्बिनी प्रदेशमा इतर समूहको वर्चश्व रहेको छ भने प्रदेश सभामा संस्थापन समूहको वर्चश्व रहेको छ । अहिले सरकारमा मुख्यमन्त्री र मन्त्री संस्थापन समूहबाटै रहेका छन् ।
ताप्लेजुङ
– ताप्लेजुङमा एमाले सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराई सवार गाडीमा पहिचान पक्षधरहरूले ताेडफाेड गरेका छन् ।
आज आइतवार गृहजिल्ला ताप्लेजुङबाट काठमाण्डाै फर्कने क्रममा सदरमुकाम फुङलिङकाे ताेक्मे डाँडामा भट्टराई सवार गाडीमा पहिचान पक्षधरहरूले ताेडफाेड गरेका हुन् । ताेडफाेडबाट गाडीकाे सिसा फुटेकाे छ ।
सात/आठ जनाको समूहमा रहेकाहरूले भट्टराई सवार गाडीमा ढुङ्गा र लाठीले हानेका एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले बताउनुभयाे । गाडीकाे सिसा फुटे पनि मान्छेलाई केही नभएकाे खतिवडाले जानकारी दिनुभयाे । यसअघि आजै दिउँसाे सचिव भट्टराईलाई पहिचान पक्षधरहरूले कालाे झण्डा देखाएका थिए ।
काठामडौं १० मङ्सिर।
सत्ता र शक्तिको आडमा बदमासी गर्न पल्केका मानिसले आफ्नो स्वार्थका मुलुकका ठुला साना राजनीतिक दललाई उपयोग गर्दै आएका छन् । भ्रष्टाचार, ठगी, मानव बेचबिखन, हत्यालगायत आपराधिक र विसंगत गतिविधिमा संलग्न व्यक्तिहरूले आफ्नो कर्तुत लुकाउन राजनीतिक दलहरूलाई उपयोग मात्र गरेका छैनन, बदनामसमेत गराएका छन् ।
बदनाम र विवादित पात्रहरूलाई पार्टीमा आश्रय र संरक्षण दिनुमा दलका नेताको पनि आफ्नै स्वार्थ देखिन्छ ।
डेढ वर्षअघि विशेष अदालतले दोषी ठहऱ्याएर तीन करोडभन्दा बढी रूपैयाँ जरिवाना तोकेका पप्पु कन्स्ट्रक्सनका सञ्चालक रहेका हरिनारायण रौनियार केही दिनअघि एमालेमा प्रवेश गरे । यही मंसिर ५ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले रौनियालाई फूलमाला लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं पनि यसअघि ओलीको आशीर्वादमा एमालेमा प्रवेश गरेका थिए । अहिले तिनै प्रसाईं एमाले छाडेर नेताहरूमाथि गालीगलौजमा उत्रेका छन् । २०७८ कात्तिक ७ गते झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले प्रसाईंलाई पार्टीमा औपचारिक रूपमा स्वागत गरेका थिए। त्यसअघि प्रसाईं माओवादी केन्द्रनिकट मानिन्थे । एमाले सत्तामा पुगेपछि उनी हजुरबा साइनो लगाएर ओलीसँग नजिकिएका थिए। औपचारिक रूपमा एमालेमा प्रवेश नगर्दै प्रसाईं केन्द्रीय सदस्यको रूपमा २०७८ असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा भएको प्रथम विधान महाधिवेशनमा पनि सहभागी भएका थिए । एमाले प्रवेश कार्यक्रममा प्रसाईंले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको चर्को आलोचना गरेका थिए। अहिले उनी राजसंस्था फर्काउनुपर्ने नारा लगाउँदै सडक आन्दोलनमा छन्।
अर्का विवादित लक्ष्मी महतो पनि जनता समाजवादी पार्टी छाडेर २०७९ असोज २३ गते एमाले प्रवेश गरे । सोही साल मंसिरमा भएको संसदीय निर्वाचनमा एमालेले महतोलाई महोत्तरी–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनायो । उनले चुनाव पनि जिते । फरार भनिएका उनलाई प्रहरीले पक्राउ गरेको छैन । उनी अहिले भारतमा छन् ।
भूमिहारको समूह परिचालन गरी अग्रवाललाई अपहरण गरी फिरौती लिएको, एमालेका नेता–कार्यकर्तामाथि आक्रमण गरेको आरोपसमेत उनीमाथि थियो। उनको प्रवेशलाई लिएर एमाले नेतृत्वको आलोचना भएको थियो। अहिले गिरी गुमनाम छन्।
हिन्दु युवा संघको केन्द्रीय अध्यक्ष रहेका ४५ वर्षीय काशी तिवारीको २०६७ जेठ २९ गते वीरगन्जमा गोली हानेर हत्या गरियो। तत्कालीन माओवादी नेता प्रभु शाह, जलिम मियाँलगायतको योजनामा तिवारीको हत्या भएको अभिव्यक्ति त्यसबेलाका प्रहरी अधिकारीहरूले सार्वजनिक रूपमै दिएका थिए।
पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्षसमेत रहेका मियाँमाथि कान्छा छोराकी सालीको हत्यामा संलग्न रहेको आरोपसमेत थियो। तिवारी हत्या प्रकरणमा मुछिएका साह र मियाँ पछि एमाले प्रवेश गरे। पर्सा र रौतहट एमाले वृत्तमा त्यसको विरोध भयो। अन्ततः पार्टीको निर्णय भन्दै कार्यकर्ताले ती विवादित पात्रलाई स्वीकार गरे।
त्यसैगरी तिवारी हत्यामा मुछिएका साहलाई जोगाउन ८ लाख रूपैयाँ घुस दिने पूर्वसहसचिव नागेन्द्र झा एमाले प्रवेश गरे। झालाई एमाले अध्यक्ष ओलीले २०७९ वैशाख ३ गते सर्लाही पुगेर पार्टीमा भित्र्याएका हुन्। झाले २०६८ असोज २६ गते तिवारीकी पत्नी बबितालाई ८ लाख रूपैयाँ दिई साहको नाम नलिन प्रलोभन दिएका थिए। त्यसको अडियोसमेत सार्वजनिक भएको थियो।
बदनाम पात्रलाई पार्टीमा ल्याउँदा पदाधिकारी असन्तुष्ट छन् । तर उनीहरू खुलेर बोल्न सकेका छैनन् । यो समाचार नागरिक दैनिकमा छ ।
काठमाडौँ, ९ मङ्सिर :
जनता समाजवादी पार्टी (जसपा) नेपालले आज प्रदेश र राष्ट्रिय समिति पुनःगठन गर्न लागेको छ । गण्डकी प्रदेश समिति र पहिचानका समितिमध्येको लिम्बूवान राष्ट्रिय समिति आज पुनःगठन गर्न लागिएको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीले सञ्चालन गरेको तीनमहिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत सङ्गठन गठन, पुनःगठन तथा रुपान्तरणको कार्यअन्तर्गत बाँकी रहेका प्रदेश र राष्ट्रिय समिति पुनःगठन हुन लागेको हो । यसैगरी पोखरामा हुन लागेको गण्डकी प्रदेश समिति पुनःगठनमा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं गण्डकी प्रदेश समिति इञ्चार्ज शिवलाल थापामगर र पाँचथरको फिदिममा हुन लागेको लिम्बूवान राष्ट्रिय समिति पुनःगठनमा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङ प्रमुख अतिथि रहनुहुने केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख बस्नेतले बताउनुभयो । रासस
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचक मण्डलका सदस्यहरूको मतभार कायम भइसकेपछि राष्ट्रिय सभा निर्वाचनको मितिबारे सरकारसँग परामर्श भइरहेको जानकारी दिए । निर्वाचन कहिले गर्ने भन्ने प्रस्ताव गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा जाने व्यवस्था छ । थपलियाले मतभार कायम गरिएपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग राष्ट्रिय सभाको आगामी निर्वाचनबारे बुधबार नै छलफल गरेका छन् ।
राष्ट्रिय सभाका १९ सदस्यको निर्वाचनका विषयमा आयोगले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि छलफल गरिसकेको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी माघ १५ भित्र राष्ट्रिय सभा निर्वाचनको परिणाम राष्ट्रपतिसमक्ष पेस गरिसक्ने गरी तयारी भइरहेको जानकारी दिएका छन् । ‘माघ दोस्रो हप्ता निर्वाचन गर्ने तयारी छ । आजमात्रै लाइन मिनिस्ट्री भएकाले गृहमन्त्रीसँग भेटेर छलफल गरिसकेको छु । अब सरकारसँग परामर्श गरेर मितिबारे छलफल हुन्छ,’ उनले भने, ‘राष्ट्रिय सभाको निर्वाचनको मतदान माघ ९ देखि १२ सम्म गरिसक्ने भन्ने छलफल चलेको थियो । माघ ११ गते बिहीबार मतदानको मिति घोषणा गर्ने कि भन्नेमा छौं ।’ उनले राष्ट्रिय सभाका लागि आयोगले सम्पन्न गर्नुपर्ने कामहरू भइराखेको जानकारी दिए ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदको पदावधि २०८० फागुन २० मा समाप्त हुन लागेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम सभाका सदस्यको पदावधि सकिनु ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । फागुन २० मा पदावधि समाप्त हुनेमा एमालेका ७ सांसद छन् ।
पदावधि सकिन लागेका राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना २०७४ मा एमालेबाट निर्वाचित भएका थिए । त्यसबाहेक इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ, रामचन्द्र राईको पनि पदावधि सकिन लागेको हो । राष्ट्रिय सभामा कांग्रेसबाट निर्वाचित पाँच सांसदको पनि पदावधि सकिन लागेको छ । त्यसमा अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ, रमेशजंग रायमाझी र दृगनारायण पाण्डे रहेका छन् ।
माओवादीका तीन जनाको पनि पदावधि सकिन लागेको छ । जसमा महेशकुमार महरा, बिना पोखरेल र हरिराम चौधरी छन् । एकीकृत समाजवादीका नन्दा चपाईं र सिंगबहादुर विश्वकर्माको पदावधि सकिन लागेको छ भने जसपाकी प्रमिला कुमारीको पनि पदावधि सकिन लागेको छ ।
त्यस्तै, स्वतन्त्रबाट निर्वाचित खिमलाल देवकोटाको पनि पदावधि सकिन लागेको छ । राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालको पनि पदावधि सकिन लागेको छ । पौड्यालको ठाउँमा मन्त्रिपरिषद्को सिफारिसमा एक जना मनोनीत हुनेछन् भने बाँकी १९ सांसदका लागि निर्वाचन हुन लागेको हो । कान्तिपुर
९ मंसिर, २०८०
पूर्वराजा ज्ञानेन्द्र शाहले आज झापाको बिर्तामोडस्थित इकम कलेजमा बनाइएको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्ने भएका छन् । यस अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘शक्ति प्रदर्शन’ गर्ने भएको छ । मेचीनगरस्थित होटल मेची क्राउनबाट राप्रपाले ठूलो संख्यामा मोटरसाइकलसहित र्याली आयोजना गरिने जनाइएको छ ।
र्यालीसहित पूर्वराजा शाह मेचीनगरबाट बिर्तामोड पुगेर सालिक अनावरण गर्ने कार्यक्रम रहेको राप्रपाले जनाएको छ । कार्यक्रममा सहभागी हुन पूर्व राजा शाह हिजो शुक्रबारै झापा आइपुगेका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन कार्यक्रमको तयारीका सिलसिलामा साताभन्दा बढी समयदेखि गृहजिल्ला झापामा छन् । राप्रपा नेताहरुका अनुसार पूर्वराजा शाहले सर्वसाधारण भेट गर्ने कार्यक्रम पनि राखिएको छ ।
कार्यक्रममा सहभागी हुन झापाका विभिन्न क्षेत्रबाट सर्वसाधारणको सहभागिता हुने जनाइएको छ । ५० हजारको सहभागिता रहने दाबी गरिएको कार्यक्रममा छिमेकी जिल्ला इलाम, पाँचथर, मोरङ, सुनसरीलगायत क्षेत्रबाट पनि सहभागिता हुने राप्रपाले जनाएको छ ।
राजतन्त्रका पक्षमा विभिन्न समूहहरुद्वारा प्रदर्शन भइरहेका बेला झापामा पूर्वराजा शाह सहभागी हुने कार्यक्रम तय भएकाले यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ । फरकधार
२०८० मंसिर ९,रौतहट :
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्र व्यवस्थाको विरोध हैन, नेताको विकल्प खोज्नुपर्ने बताएका छ्न।
सभापति लामिछानेले दुर्गा प्रसाँईको आन्दोलन आम जनताको दल सरकारप्रतिको निराशा भएको बताएका छन्।
आज रौतहटको चन्द्रनिगाहपुरमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै लामिछानेले सरकारले सरकारले लघुवित्त र सहकारी पीडितका समस्या समयमा पहिचान गर्न नसकेका कारण समस्या भएको बताएका हुन्।
सरकारले देशको अर्थतन्त्र सुधारका लागि उचित पहल नगरेका कारणसमेत आम नागरिकमा निराशा छाएका बताएका छन्। आम नागरिकले यसका कारण देश बिग्रँदै गयो भनेर नाम लिन धेरै नेता भएका कारणसमेत यो व्यावस्थाकै विरोधमा उत्रेको बताए।
लामिछानेले संसारकै सुन्दर व्यवस्था लोकतन्त्र भएका कारण यो व्यवस्थाको विरोधमा हैन,लामो समयदेखि यो व्यवस्था संचालन गरेका नेताको विकल्प खोज्नुपर्ने बताए।
मधेश केन्द्रित संगठन सुधारका क्रममा मधेश प्रदेश झरेका लामिछानेले एउटै व्यापारी बैंक संचालक, बिमा संचालक र उद्योग संचालक भएका कारणसमेत देशको अर्थतन्त्र धरापमा पारेको बताए। थाहा खबर
काठमाडौँ मंसिर ८,/
– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट युवक संघले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा शुक्रबार साँझ राँके जुलुस निकालेको छ।
दुर्गा प्रसाईँको आन्दोलनलाई समर्थन गरेको आरोपमा पक्राउ परेका पार्टीका नेता कार्यकर्तालाई निसर्त रिहाइको माग गर्दै राँके जुलुस निकालेको हो।
युवक संघका पूर्व अध्यक्ष राजु लोहनीको नेतृत्वको जुलुस निकालेको एक नेताले जानकारी दिए। प्रसाईँको आन्दोलनमा सहभागी भएको आरोपमा राप्रपा युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, नेता बसन्त पाण्डे,राप्रपा प्रदेश सदस्य चिना कोइरालालाई पक्राउ गरी प्रहरीले दरवारमार्गमा वृत्तमा राखेको छ।
यस्तै प्रहरीले शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का, आभास खड्का (झापा), अनुपविक्रम शाही, सतीश न्यौपाने लगायतलाई सिंहदरवार प्रहरी वृत्तमा राखेको छ।
नरेन्द्र प्रसाद भेटवाल, राजिव अर्याल, सरोज क्षेत्री, विश्वास भट्ट, रजिन अर्याल,मणी सिम्खडा, मिना शाही, सावित्री क्षेत्रीलगायत नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै निसर्त छोडीदिन माग गर्दै पार्टी निकट संघ शुक्रबार साँझ विरोध प्रर्दशनमा उत्रिएको हो।
राप्रपाका कार्यकर्ता र अभियानमा सहभागीलाई घरबाटै धरपकड गर्ने निरंकुश सरकारको विरुद्धमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा राँके जुलुस निकालेको एक नेताले देश सञ्चारसँग बताए।
८ मंसिर, काठमाडौँ/
– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहनुभएका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भेटवार्ताम उहाँहरुबीच दुई देशबीचको आपसी सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । साथै उहाँहरुबीच लगानी र श्रम सहयोगबारे पनि विचार आदानप्रदान भएको बताइएको छ ।
यसअघि विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीले परराष्ट्रमन्त्री एन पी साउदसँग उहाँको कार्यकक्ष सिंहदरवारमा भेटवार्ता गर्नु भएको थियो ।
भेटमा साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग हमासको नियन्त्रणमा रहनुभएका नेपाली विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्नु भएको थियो ।
काठमाडौँ
— एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुर्खहरुले मात्रै राजतन्त्र मान्ने टिप्पणी गरेका छन् । राजतन्त्रलाई मरेको प्रेतको संज्ञा दिँदै ओलीले नेपाली जनताले वाक्क, दिक्क भएर फ्याँकेको शक्ति फेरि फर्कन नसक्ने दाबी गरे ।
पार्टी मुख्यालय च्यासलमा शुक्रबार राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले कतिपय देशहरुले विभिन्न सम्झौताका कारण राजतन्त्र मानेको भए पनि नेपालमा राजनीतिक, वैचारिक, सैद्धान्तिक कुनै हिसाबले पनि राजतन्त्र हुनै नसक्ने तर्क गरे । एउटा मान्छेको छोरो जन्मिँदै राष्ट्र प्रमुख हुन जन्मिने कुरा चेतना नभएका मुर्खहरुले मात्रै गर्ने ओलीको भनाइ थियो ।
‘कि त चेतना नै नभएका मुर्खहरुले राजतन्त्र मान्छन् । एउटा मान्छेको छोरा, जन्मिदै राष्ट्रप्रमुख हुन नन्मिन्छ । लाटो जन्मिन्छ कि गजडी जन्मिन्छ कि । ड्रगिष्ट भएर जन्मिन्छ कि । कस्तो भएर जन्मिन्छ ? लफंगा भएर जन्मिन्छ कि ? थाहा छैन,’ उनले भने, ‘जन्मिदै राजा हुने रु त्यो कुरालाई पनि मान्छु, त्यही हुनुपर्छ भन्ने कठैबरी ! नागरिक सर्वोच्चता स्वीकार नगर्ने । देशभरिका जनतामा सार्वभौमसत्ता भनेर मान्न नसक्ने । एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्ने । त्यो चेतना, चेतना हो र । त्यो त मूर्खता हो नि !’
उनले बिहीबार दुर्गा प्रसाईंको नेतृत्वको काठमाडौंको बल्खुमा भएको प्रदर्शनप्रति संकेत गर्दै एउटा मरेको प्रेतको पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही मानिस लागेको बताए ।
अध्यक्ष ओलीले बल्खुमा बिहीबार भएको प्रदर्शनमा ५/७ हजार मान्छे रहेको जिकिर गर्दै वर्तमान सरकार भने त्यसबाट थर्कमान भएको बताए । कुनै जग नभएकाले वर्तमान सरकार माग, नारा के हो ? केही पनि थाहा नभएकोहरुको प्रदर्शनबाट पनि थर्कमान भएको उनको टिप्पणी थियो । अध्यक्ष ओलीले जनतालाई निराश हुन नदिने काम एमालेले गर्नुपर्ने भएकाले त्यस काममा लाग्न पनि युवा संघ, नेपाललाई सचेत गराए ।
काठमाडौँ, ८ मङ्सिर :
संसदीय समिति सञ्चालनका लागि साधनस्रोत अपुग भएको भन्दै सांसदहरूले बजेट बढाउन आग्रह गरेका छन् । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको आजको बैठकमा सांसदले आवश्कताअनुसार बजेट प्राप्त नभएको गुनासो गर्नुभएको हो । समितिका सभापति जयन्तीदेवी राईले बजेट अभावका कारण समितिअन्तर्गत तय गरिएका वार्षिक कार्यक्रम सञ्चालन गर्न गाह्रो पर्ने गरेको बताउनुभयो । ‘संसदीय समितिका लागि वार्षिक कार्यक्रम बाँडफाँट विवरण २०८०/८१’ प्रस्तुत गर्नुहुँदै सभापति राईले न्यून बजेटका कारण समितिका गतिविधि प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको बताउनुभयो । समितिका सदस्य डा खिमलाल देवकोटाले सरकारको प्रतिनिधि गर्ने संसदीय समितिको आर्थिक अवस्था कमजोर रहेको प्रस्ट्याउनुभयो । उहाँले समितिमा बजेट अभावका कारण तोकिएको कार्यक्रममा लक्ष्यअनुसार काम गर्न नसकिएको बताउनुभयो । समितिका अर्का सदस्य देवेन्द्र दाहालले संसद् सचिवालयलाई पर्याप्त बजेटसँगै निर्धारित वार्षिक कार्यक्रमको प्रभावकारिताबारे समेत प्रश्न उठाउनुभयो । गत वर्ष समितिलाई रु १५ लाख बजेट विनियोजन भएको भए पनि उक्त रकम खर्च गर्न नसकेको बताउँदै सांसद दाहालले धेरै बजेट हुनुभन्दा कार्यक्रम छनोट गर्दा ध्यान दिनुपर्ने धारणा राख्नुभयो । समितिका सदस्य जितेन्द्रनारायण देवले विधायन व्यवस्थापन समितिले सन्तोषप्रद काम गरेको बताउनुभयो । उहाँले अन्य समितिभन्दा यो समितिले निर्धारण गरेका कार्यक्रमको नतिजा लक्ष्यअनुसार प्राप्न गर्न सकेको र अब आर्थिक वर्ष २०८०/८१ को योजनाअनुसार नै सफल हुने विश्वास व्यक्त गर्नुभयो । सांसद गङ्गाकुमारी बेल्वासेले समितिमार्फत चार वटा प्रदेश अवलोकन गरिसकेको र बाँकी रहेका कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेश पनि अवलोकन गर्ने योजना तय गर्न सभापतिसँग अनुरोध गर्नुभयो । सङ्घीय संसद्अन्तर्गतका विभिन्न १६ वटा विषयगत समितिको कार्यसञ्चालनका लागि सङ्घीय संसद् सचिवालयमार्फत सरकारले चालु आव २०८०/८१ का लागि एकमुष्ट रु दुई करोड आठ लाख बजेट बिनियोजन गरेको छ । प्रत्येक समिति सचिवालयले आ–आफ्नो समितिको कार्यक्षेत्रका अनुगमन कार्यक्रम सञ्चालनका लागि रु १० लाखको दरले कूल रु एक करोड ६० लाख विनियोजन गरिएको छ । पहिलो, दोस्रो, तेस्रो र चौमासमा सो रकमको एक तिहाइ बराबरको रकम खर्च गर्नुपर्ने रहेको छ । विज्ञ/परामर्श सेवाका लागि प्रत्येक समितिका लागि रु ६२ हजार पाँच सयका दरले कूल रु १० लाख बराबर रकम विनियोजन गरिएको छ । समितिका कार्यक्षेत्रबमोजिम अन्तक्र्रिया सञ्चालन गर्न एकमुष्ट रु ३० लाख र पूर्वबजेट छलफलका लागि रु आठ लाख बजेट राखिएको छ । रासस
०८ मङ्सिर,काठमाडौँ ।
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले पत्रिकामा सूचना प्रकाशन गरेर १० दिनभित्र उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।
गत मङ्सिर ५ गते सरकारले सर्वोच्च अदालतका लागि न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको थियो । न्याय परिषद्बाट उनीहरूमाथि संसदीय सुनुवाइका लागि मङ्सिर ६ गते पत्र प्राप्त भएकोले सुनुवाइ प्रक्रिया थालनी भएको हो ।
सर्वोच्चको न्यायाधीशका लागि सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाल सिफारिस भएका छन् । रातोपाटी
काठमाडौँ, ८ मङ्सिर :
सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच रु १३ अर्ब ३३ करोड (अमेरिकी डलर १० करोड) बराबर सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । आज अर्थमन्त्रालयमा आयोजित कार्यक्रमा अर्थसचिव कृष्णहरि पुष्कर र एसियाली विकास बैंकको नेपालका लागि देशीय निर्देशक अर्नौड काओसिसबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । “सार्वजनिक वित्त व्यवस्थापन र सुदृढ सेवा प्रवाहको विषय सरकारको मुख्य प्राथमिकतामा छ । सार्वजनिक वित्तको पुनःसंरचनासँगै वित्तीय सङ्घीयता कार्यान्वयनका लागि यो कार्यक्रमबाट मद्दत पुग्नेछ”, सम्झौतापत्रमा हस्ताक्षरपछि अर्थसचिव पुष्करले भन्नुभयो, “चालु आर्थिक वर्षको बजेटबाट पनि सरकारले सुधारका विभिन्न कार्यक्रमहरुमार्फत सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाहलाई मजबुत बनाउन खोजेको छ ।” एडिबीका देशीय निर्देशक काओसिसले नेपालको वित्त प्रणालीलाई दिगो बनाउन र सरकारका आवधिक योजनालाई बढी प्रभावकारी बनाउन यो कार्यक्रमले सघाउने बताउनुभयो । “सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको मुलुक बनाउन तय गरिने मध्यमकालीन र दीर्घकालीन राष्ट्रिय योजनासँग यो कार्यक्रम जोडिएको छ”, उहाँले भन्नुभयो । नेपालले बजेटरी सहायताका लागि यो सहुलियतपूर्ण ऋण लिएको हो । सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रमको पहिलो चरण कार्यान्वयन भइसकेको छ । यो ऋण रकम दोस्रो चरणअन्तर्गतका कार्यक्रम कार्यान्वयनका लागि लिइएको अर्थमन्त्रालयले जनाएको छ । तीनवटै तहका सरकारको सार्वजनिक खर्च व्यवस्थापन तथा विकास बजेट प्रभावकारी कार्यान्वयनका लागि यो कार्यक्रमले मद्दत पु¥याउने ठानिएको छ । त्यस्तै, केन्द्र सरकारको सार्वजनिक ऋण व्यवस्थापनका लागि पनि प्रभावकारी भूमिका निर्वाह गर्ने जनाइएको छ । रासस
काठमाडौँ, ८ मङ्सिर :
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको उच्च शिक्षा चुनौतीपूर्ण रहेको बताउनुभएको छ । ‘उच्च शिक्षाका मापदण्डहरुमा एकरुपता र अन्तर्राष्ट्रियकरण’बारे उपकुलपतिहरुको सम्मेलनलाई आज काभे्रपलाञ्चोकको धुलिखेलमा सम्बोधन गर्दै उहाँले उच्च शिक्षा प्रदान गर्न आवश्यक भौतिक एवं डिजिटल पूर्वाधारको विकासमा केन्द्रित गर्नुपर्ने बताउनुभयो । “एकातर्फ गुणस्तरीय प्राविधिक एवं व्यावसायिक उच्च शिक्षा प्रदान गर्न आवश्यक भौतिक एवं डिजिटल पूर्वाधार, दक्ष जनशक्ति र शिक्षापछिको रोजगारीका अवसर सिर्जनाका लागि ठूलो लगानी आवश्यक छ”, प्रधानमन्त्रीले भन्नुभयो, “त्यसका लागि राज्यले पर्याप्त लगानी गर्न सकेको छैन । अर्कातर्फ, मुलुकले लगानी गरेर उच्च शिक्षा अध्ययन गराई विश्वविद्यालय शिक्षामा प्रवेश गर्न तयार पारेका जेहेन्दार युवा नै मुलुक छोडेर बाहिर जाने परिपाटी छ ।” नेपालमा विश्वविद्यालय खोल्नेको सङ्ख्या बढ्दै जाँदा पर्याप्त विद्यार्थीको अभावले सङ्कट निम्त्याउँदै लगेको उल्लेख गर्दै यो चुनौतीलाई पूर्ण सरकारी अनुदानमा चल्ने सबै विश्वविद्यालयले सुधारको अवसरका रुपमा लिनुपर्नेमा उहाँले जोड दिनुभयो । सबै विश्वविद्यालयका समकक्षीलाई एकै ठाउँमा उपस्थित गराउने प्रयास हाम्रा लागि नौलो प्रयास भएको प्रधानमन्त्रीको भनाइ छ । “काठमाडौँ विश्वविद्यालयले आगामी महिना आयोजना गर्न लागेको ‘एशोसियसन अफ इण्डियन युनिभर्सिटिज’को उत्तरपूर्वीय क्षेत्रका दुई सय ५० भन्दाबढी विश्वविद्यालयका उपकुलपतिको सम्मेलनको तयारीका साथै त्यसमा प्रस्तुत गर्ने नेपालको राष्ट्रिय धारणा बनाउन आजको कार्यक्रम विशेष पनि सहयोगी हुनेछ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । संसारका विश्वविद्यालय शिक्षा अहिले अकल्पनीय खोज अनुसन्धान र नवप्रवर्तनको युगमा प्रवेश गरेको स्पष्ट पार्दै उहाँले अन्तरीक्ष विज्ञान, न्यानो टेक्नोलोजी, क्वान्टम फिजिक्स, क्वान्टम कम्प्युटिङ, जेनटिक इञ्जिनियरिङ, सूचना–प्रविधि, बिग डाटा एनालिटिक्सदेखि मानव मनोविज्ञान र योग–ध्यानको लाभबारे प्रयोगशालामा अध्यापन हुन थालेको उल्लेख गर्नुभयो । “नेपालले यो प्रतिस्पर्धामा आफूलाई परिवर्तन गर्नु जरुरी छ । उच्च शिक्षाको गुणस्तरलाई विश्वस्तरीय बनाउने प्रयास गर्न सकिएन भने हाम्रा युवा लाखौँको सङ्ख्यामा अध्ययनकै लागि मुलुक छोडेकामा गुनासो मात्रै गर्ने अवस्था आउने छ”, प्रधानमन्त्रीले भन्नुभयो, “यो परिस्थितिलाई बदल्न राज्य, विद्वतवर्ग र शैक्षिक संस्थालगायत सबैको साझा जिम्मेवारी हो ।” नेपालले सबै क्षेत्रमा उत्तिकै प्रतिस्पर्धा गर्न सम्भव नभएको स्पष्ट पार्दै उहाँले उच्च शिक्षामा समावेश गर्नसक्ने योग विज्ञान, प्राकृतिक चिकित्सा, हिमालय क्षेत्रको पर्यावरण र जलवायु परिवर्तनको अध्ययनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । यस्तै बौद्ध शिक्षा, पूर्वीय वास्तुकला र दर्शन आदिजस्ता हाम्रा तुलनात्मक लाभ भएका क्षेत्रमा केन्द्रित गरेर त्यसलाई अन्तर्राष्ट्रियकरण गर्नसकेमा मुलुकले ठूलो लाभ लिनसक्ने उहाँको भनाइ थियो । उद्यमशीलता र ‘स्टार्ट–अप इकोसिस्टम’लाई शिक्षा, सरकारी नीति र लगानी–सम्भव क्षेत्रसँग आबद्ध गर्दै लैजाने प्रयास अझै प्रतिफलमुखी हुन नसक्दा रोजगारीका अवसरहरुको सिर्जना हुन नसकेको प्रधानमन्त्री दाहालले बताउनुभयो । वर्तमान सरकारले उच्च शिक्षाको समकक्षता निर्धारणको जिम्मेवारी विश्वविद्यालय अनुदान आयोगलाई दिएर राष्ट्रिय मापदण्ड निर्धारणमा एउटा इँटा थपेको उहाँको भनाइ थियो । विश्वविद्यालयको गतिविधिलाई क्षेत्रीय एवं अन्तर्राष्ट्रियकरण गर्ने यो एउटा महत्वपूर्ण प्रयास भएको तथ्य पेस गर्दै प्रधानमन्त्रीले मुलुकको उच्च शिक्षामा एकरुपता कायम गर्न राष्ट्रिय योग्यता प्रारुपको विश्वविद्यालय अनुदान आयोगले तयारी गरिरहेको स्पष्ट पार्नुभयो । उहाँका अनुसार उच्च शिक्षाको एकीकृत क्यालेण्डरसमेत तयार भई कार्यान्वयनमा रहेको छ । पाठ्यक्रम निर्धारण, परीक्षा प्रणाली, प्रयोगशालाको स्थापना एवं प्रयोग र खोज अनुसन्धानका कृति प्रकाशनलगायत क्षेत्रमा विश्वविद्यालयबीच सहकार्य हुनसके उपलब्ध स्रोतसाधनको सदुपयोग हुने प्रधानमन्त्रीले बताउनुभयो । “नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउने परिकल्पनालाई व्यवहारिक बनाउन नीतिगत र संरचनागत पूर्वाधार बनाएर समाधानमुखी प्रस्तावना गर्नुपर्ने आवश्यकता छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । सबै विश्वविद्यालयको पदेन कुलपति हुने व्यवस्था अव्यावहारिक रहेको जनाउँदै उहाँले कुनै पनि राजनीतिक हस्तक्षेप बिना त्यसको विकल्प खोज्नुपर्नेमा जोड दिनुभयो । “विश्वविद्यालय आफ्नै स्रोतसाधनबाट सञ्चालन हुनसक्ने हुँदा नयाँ विकल्प खोज्न सक्नेछन् । प्रदेशस्तरमा स्थापना भइरहेका विश्वविद्यालयको गुणस्तर र शैक्षिक मानकको नियमन भविष्यमा थप चुनौतीको विषय बन्नुअगावै नीतिहरुले प्रष्ट दिशा लिनुपर्ने अर्को चुनौती थपिएको छ”, प्रधानमन्त्रीले भन्नुभयो । हाम्रा सबै विश्वविद्यालयले क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा उच्च शिक्षामा देखिएको परिवर्तनलाई आत्मसात् गर्दै अगाडि बढ्ने अठोट लिनुपर्ने उहाँको भनाइ थियो । विश्वविद्यालयबीच एकआपसमा समन्वय गरी एकआपसमा अध्ययन, अनुसन्धान र सिकाइलाई बाँड्न सकिने प्रधानमन्त्री दाहालको धारणा छ । विश्वविद्यालयका विभिन्न तहमा कार्यरत नेतृत्वले राजनीति जोडेर गुणस्तरीय शिक्षा दिनका लागि गम्भीर भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । रासस
०८ मंसिर २०८०,काठमाडौं ।
नेपाल इन्स्योरेन्सको चुक्तापुँजी कम्पनीले पेश गरेको योजना अनुसार नै पुग्ने भएको छ । नेपाल बीमा प्राधिकरणले २०८० साल असार मसान्तसम्म बीमा कम्पनीहरुलाई पुँजिवृद्धि गर्ने निर्देशन दिएको थियो । तर, नेपालको पहिलो बीमा कम्पनी भएकाले र सरकारी स्वामित्व समेत रहेकाले कम्पनीले पेश गरेको पुँजी वृद्धि योजना सफल नभएपनि प्राधिकरणले छुट दिएको थियो ।
कम्पनीले आफ्नो नाममा रहेका विभिन्न कम्पनीको शेयर र जग्गा विक्री गरेर पुँजी पुर्याउने योजना पेश गरेको थियो । उक्त योजना अनुसार विराटनगरको जग्गा हिमालयन एभरेष्ट इन्स्योरेन्सले १० करोडमा खरिद गरेको छ भने नेपाल रिइस्योरेन्समा रहेको ६० करोड बराबरको शेयर विक्रीको प्रक्रिया अघि बढेको कम्पनीका सूचना अधिकृत चन्द्रनाथ उप्रेतीले बताए ।
उनका अनुसार कम्पनीले करिब ७० करोड बराबरको पुँजी पुर्याउने निश्चित भइसकेको बताए । उनले भने, ‘कम्पनी चुक्तापुँजी प्राधिकरणले भनेको समयमा पुर्याउन प्राविधिक कठिनाइ भएपनि अब भने कम्पनीले चुक्तापुँजी पुर्याउने निश्चित भएको छ । प्राधिकरणमा बुझाएको योजना अनुसार कम्पनीको नाममा रहेको सम्पत्ति विक्री र बोनस र बाँकी हकप्रद शेयर जारी गरेर २ अर्ब ५० करोड रुपैयाँ पुग्ने भएको छ ।’
हाल नेपाल इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी १ अर्ब ४८ करोड ९३ लाख रुपैयाँ रहेको छ । कम्पनीलाई तोकिए बमोजिमको पूँजी कायम गर्न एक अर्ब २ करोड आवश्यक देखिन्छ । आर्थिकन्यूज
काठमाडौँमेडिकल व्यवसायी दुर्गा प्रसाईको आन्दोलनलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले समर्थन जनाएका छन्। हिजोदेखी काठमाडौँमा ‘व्यवस्था विरोधी’ आन्दोलन गरिरहेका प्रसाईं नेतृत्वको आन्दोलनलाई अध्यक्ष थापाले समर्थन गरेका हुन्।
‘संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य, राजसंस्था र हिन्दुराष्ट्रको स्थापना तथा संघीयताको खारेजीको माग राखेर राजधानी काठमाडौँमा भएको प्रदर्शन एवं जनआवाजलाई अवमूल्यन नगर्न,उपेक्षा नगर्न र दमन नगर्न सरकारसँग आग्रह गर्दछु,राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा देखिएको जनलहरको म उच्च सम्मान गर्दछु,’ थापाले भनेका छन्,‘जनताको आवाज र भावनाको सम्मान गर्दै सर्वपक्षीय सहमतिको आधारमा राजासहितको प्रजातन्त्र तथा सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र स्थापना गर्ने पहलकदमी सुरु गर्न सरकार र प्रमुख राजनीतिक दलहरुको ध्यानाकर्षण गर्दछु।’
बिहीबार भएको शान्तिपूर्ण प्रदर्शनमा प्रशासनिक दमनको परिणाम स्वरूप केही प्रदर्शनकारी घाइते भएको सुन्दा दुःख लागेको जनाउँदै उनले घाईतेहरुको शिघ्र स्वास्थलाभको कामनासमेत गरेका छन्।
‘साथै, आगामी दिनहरुमा सर्वसाधारण जनतालाई कठिनाई नहुने र बिद्यार्थीहरुको पढाईलाई असर नपर्ने गरी शान्तिपूर्ण ढंगबाट प्रदर्शन संचालन गर्न आयोजकहरुमा अनुरोध गर्दछु,’उनको आग्रह छ,‘राजसंस्था र हिन्दुराष्ट्र चाहनेहरु हिंसा र तोडफोडमा विश्वास गर्दैनन् भन्ने सन्देश दिनुपर्छ।’
काठमाडौं ०८ मङ्सिर ।
दसैँ अघि नै सहसचिवको सरुवा हुने चर्चा सिंहदरबारभित्र व्याप्त थियो । तर, अहिलेसम्म सरुवा हुन सकेको छैन । कर्मचारी वृत्तमा भने मुख्यसचिवले सरुवा रोकेको आरोप छ ।
सहसचिवको सरुवा मन्त्रिपरिषद्को बैठकले गर्छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रस्ताव ल्याएपछि मात्रै मन्त्रिपरिषद्ले निर्णय गर्छ । तर, अहिलेसम्म सहसचिवको सरुवा सूची मन्त्रिपरिषद्मा पुगेको छैन ।
मन्त्रिपरिषद्का एक सदस्यका अनुसार सामान्य प्रशासन मन्त्री अनिता देवीले सहसचिवको सरुवा लिष्ट मन्त्रिपरिषद्मा पेस गरेकी छैनन् । बिहीबार बसेको मन्त्रिपरिषद्मा पनि मन्त्री अनिताले सरुवा लिष्ट पेस गरेकी छैनन् ।
मन्त्रालयका अनुसार ५० देखि ६० जना सहसचिवको सरुवा गर्नुपर्ने बेला भएको छ । सहसचिवको सरुवा अवधि नतोकिए पनि एक वर्ष बसिसकेपछि सरुवा गर्ने प्रचलन छ । यसअघिका मन्त्री अमनलाल मोदी सहसचिव सरुवाको लिष्ट तयार गर्दै गर्दा मन्त्री पदबाट हटाइएका थिए । जनमत पार्टीबाट मन्त्री बनेकी अनिताले सरुवामा खासै ध्यान नदिँदा लामो समयदेखि सहसचिवहरु एउटै कार्यालयमा काम गर्न बाध्य छन् ।
उच्च स्रोतका अनुसार बिहीबार पनि मुख्यसचिव डा. बैकुण्ठ अर्यालले मन्त्री अनितालाई फोन गरी सहसचिवको सरुवा लिष्ट पठाइदिन अनुरोध गरेका थिए । जवाफमा अनिताले सचिवलाई सरुवा लिष्ट पठाउन निर्देशन दिएको बताएकी थिइन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक उच्च अधिकृतले रातोपाटीलाई भने, ‘पहिला त सामान्य प्रशासन मन्त्रालयबाटै सरुवा लिष्ट मन्त्रिपरिषद्मा पेस गर्नुप¥यो नि, सरुवा लिष्ट नल्याउने अनि मुख्यसचिवलाई दोष थोपर्न कहाँ पाइन्छ ?’
स्रोतका अनुसार मन्त्री अनिताले केही सहसचिवलाई आफूले भनेको ठाउँमा सरुवा गर्न खोज्दा सरुवा लम्बिएको हो । स्रोतले भन्यो, ‘मन्त्रीज्यूले केही सहसचिवलाई आफूले चाहेको ठाउँमा सरुवा गर्न खोज्नु भएको थियो, त्यसमा सहमति नभएपछि सरुवा लम्बिएको हो ।’
अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्ना तीन जना सहसचिवलाई नचलाउन मन्त्री अनितालाई सुझाएका थिए । गृह मातहत रहेका केही सहसचिव प्रमुख जिल्ला अधिकारी (सीडीओ)को रुपमा जान लबिङ गरिरहेका छन् । विशेष गरी मधेस प्रदेशमा सीडीओमा जान केही सहसचिवले मन्त्री अनितालाई भेटेरै लबिङ गरिरहेको स्रोतको भनाइ छ ।
तर, सहसचिवहरुलाई गृह मन्त्रालयमा सरुवा गरेपछि गृह मन्त्रीले सीडीओमा पठाउने प्रचलन छ ।
सामान्यमा केही महिना अघिमात्रै सरुवा भएर आएका कर्मचारी प्रशासन महाशाखाका प्रमुख सुमन दाहाल समेत सरुवाको तरखरमा छन् । त्यस्तै राम्रो अवसर पाए सामान्यकै योजना तथा विकास सहायता महाशाखाका प्रमुख कमल प्रसाद भट्टराई पनि सरुवा भएर जाने तयारीमा छन् । उनी यसअघि सामान्यकै कर्मचारी प्रशासन महाशाखामा थिए । तत्कालीन मन्त्री अमनलाल मोदीसँगको टकरावका कारण उनी सरुवा भएका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भए पनि उनी सरुवा लिष्ट सच्याएर सामान्यमै थमौती भएका थिए । सामान्यका सहसचिव कमानसिंह थापामगर लामो समयदेखि निष्क्रिय रहेको कर्मचारी समायोजन महाशाखामा छन् । अर्का सहसचिव स्कीम श्रेष्ठ पनि सरुवा भएर जाने तरखरमा छिन् ।
थापामगर र श्रेष्ठ गृह मन्त्रालयमा सरुवा भएर जान लबिङ गरिरहेका छन् । विशेष गरी अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति र गृह मन्त्रालयमा जान सहसचिवहरुको चर्को लबिङ हुने गरेको पाइन्छ । सामान्य प्रशासन मन्त्रालयका एक उपसचिवले भने, ‘सरुवा चर्चा दसैँ अघिदेखि कै थियो, तर सहसचिवहरुकै कारण रोकिएको हो, स्वार्थ केन्द्रित भएका कार्यालयमा सरुवा भएर जाने समूह धेरै देखिँदा सरुवा धकेलिएको हो ।’
काठमाडौँ, ७ मङ्सिर :
बैंक तथा वित्तीय संस्थामध्ये ग्लोबल आइएमई बैंक लिमिटेडले सबैभन्दा धेरै आयकर दाखिला गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा रु तीन अर्ब २० करोड कर दाखिला गरेको थियो । आन्तरिक राजस्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० का अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने करदातामा ग्लोबल आइएमई बैंकलाई सम्मान गरेको हो । कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा प्रकाशशरण महतले ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सर्वाधिक कर दाखिला गरेको कदरस्वरुप सम्मानपत्र प्रदान गर्नुभयो । हाल बैंकको चुक्ता पुँजी रु ३५ अर्ब ७७ करोड छ । सन् २००७ मा वाणिज्य बैंकका रुपमा बैंकिङ कारोबार सुरुआत गरेको ग्लोबल आइएमई बैंकले आफ्नो बैंकिङ यात्रामा विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ती गरी सवल र उत्तरदायी बैंकका रुपमा स्थापित भएको छ । व्यवसायको गुणात्मक वृद्धिका लागि लक्ष्य सन् २०२५ अनुशरण गरी कार्यसम्पादन गर्दै आइरहेको ग्लोबल आइएमई बैंकले प्रविधिमैत्री बैंकिङ सेवा तथा सुविधाको पहुँच विस्तार गरी सन् २०२५ सम्म आफ्नो व्यवसाय दोब्बर बनाउने लक्ष्य लिएको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले तीन सय ५० शाखा, तीन सय ६९ एटिएम, तीन सय २२ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४२ लाखभन्दा बढी ग्राहकमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ । त्यसैगरी आव २०७८/७९ मा सबैभन्दा बढी आयकर दाखिला गर्नेमा नेपाल दूरसञ्चार कम्पनी छ भने निर्यात कारोबार क्षेत्रमा डाबर नेपाल, विशेष उद्योगमा एसियन पेन्ट्स, कृषि तथा पशुजन्य उद्योगमा ओबिसी फुड्स एण्ड फ्रिड कम्पनी, सहकारी तथा लघुवित्तमा छिमेक लघुवित्त वित्तीय संस्था र बैंक तथा वित्तीय क्षेत्रतर्फ ग्लोबल आइएमई बैंक सम्मानित भएका छन् । बीमा व्यवसायतर्फ लाइफ इन्स्योरेन्स कम्पनी नेपाल, स्वास्थ्य शिक्षा प्रदायक संस्थातर्फ नोबेल मेडिकल कलेज, पर्यटन व्यवसायतर्फ मनकामना दर्शन प्रालि, वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट, रु ५० करोडदेखि एक अर्ब कर तिर्ने मध्यमस्तरीय करदातातर्फ नेपाल स्टक एक्स्चेन्ज र ऊर्जा मुलुक उद्योगतर्फ भोटेकोसी जलविद्युत् कम्पनी सम्मानित भएका छन् । विप्रेषण व्यवसायतर्फ आइएमई लिमिटेड, व्यक्तिगत आयतर्फ विजयकुमार साह तथा संस्थागततर्फ सबैभन्दान बढी आयकर, मूल्यअभिवृद्धि, अन्तःशुल्क तिर्ने र पाँच वर्षको मूल्यअभिवृद्धि कर समयम दाखिला गर्ने विधामा सूर्य नेपाल प्रालि पनि सम्मानित भएका छन् । रासस
काठमाडौँ, ७ मङ्सिर
सरकारले नेपाली सेनाको उपरथी ताराध्वज पाण्डे र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको राजीनामा स्वीकृत गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले उपरथी पाण्डेको राजीनामा गत कात्तिक २४ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । उपरथी पाण्डेले व्यक्तिगत कारण दर्शाई आफ्नो पदबाट राजीनामा दिनुभएको थियो । यस्तै ऊर्जा सचिव घिमिरेले पनि व्यक्तिगत कारण देखाउँदै पदावधि सकिनु एक महिना अगावै राजिनामा दिनुभएको हो । बैठकले विद्युतीय सुशासन आयोगको सदस्य पदमा कञ्चनपुरका पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शर्माले जानकारी दिनुभयो । बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीट्जरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रयाङ्क चार दशमलव४६५ मिलियन (करिब रु ६५ करोड) अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको माग बमोजिम प्राविधिकसहितका चार जनशक्ति थप गर्ने निर्णय गरेको जनाइएको छ । रासस
आरके श्रीवास्तव,राैतहट,मंसिर ०६ गते ।
राैतहटकाे देवाहीगाेनाहीमा जनमत पार्टीको क्षेत्रीय सम्पर्क कार्यालय उदघाटन गरिएको छ । साे नगरपालिकाकाे वडा नम्बर ९ स्थित राैतहट क्षेत्र नम्बर ३ काे क्षेत्रीय सम्पर्क कार्यालय खाेलिएकाे पार्टीका केन्द्रीय सदस्य रामेश्वर रायले जानकारी गराउनु भयाे ।

एक कार्यक्रमका बिच जिल्ला इन्चार्ज शेख जमसैदले गर्नु भएको हाे । पार्टी विस्तार गर्ने र कार्यकर्ताहरूलाई सहजहाेस् भन्ने उदेश्यले पार्टीकाे क्षेत्रीय सम्पर्क कार्यालय खाेलिएकाे हाे ।
साे अवसरमा जनमत पार्टीका नेता बिनय कुमार वर्मा,बिरेन्द्र साह,रमेश झा, महिला नेतृ पुनम झा, डा.रामशंकर ठाकुर,बाबुसाहेब,धर्मेन्द्र गुप्ता,जिल्ला परिवेक्षक इ.कृष्ण साह,राम बिस्वास पासवान र बिरेन्द्र साह नेता कार्यकर्ताहरूकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

६ मंसिर, धनगढी ।
धनगढी उपमहानगरपालिकाले निजी स्रोतमा कार्यरत शिक्षकलाई नगर शिक्षक बनाउने निर्णय गरेको छ ।
नगर कार्यपालिकाको बैठकले नगर क्षेत्रमा रहेका विद्यालयमा निजी स्रोतमा कार्यरत शिक्षकलाई नगर शिक्षक बनाएर उनीहरुको सेवा, सुविधा उपमहानगरपालिकाबाटै व्यहोर्ने निर्णय गरेको हो ।
उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुल महाशाखाका प्रमुख नरेन्द्र बहादुर खातीले विद्यालयले निजी स्रोतमा राखेका शिक्षकलाई आवश्यकताका आधारमा नगर शिक्षक बनाउने निर्णय भएको जानकारी दिए ।
खातीकाअनुसार निजी स्रोतमा कार्यरत सबै शिक्षक नगर शिक्षक भने हन सक्ने छैनन् ।
स्रोत, साधन भएका विद्यालयको हकमा सम्बन्धित विद्यालयले नै शिक्षकको सेवासुविधा व्यहोर्ने र अवस्था कमजोर भएका विद्यालयमा कार्यरत शिक्षकलाई भने नगरपालिकाले सेवासुविधा उपलब्ध गराउने उनको भनाई छ ।
‘अहिले निजी स्रोतका शिक्षकलाई नगर शिक्षक बनाउनेगरी नीतिगत निर्णय भएको हो । अब त्यसको मापदण्ड बनाएर कार्यान्वयनमा लैजान्छौँ,’ खातीले भने, ‘स्रोत,साधन भएका स्कुलले आफै व्यर्होछन् । नदिइ नहुने अवस्थाका विद्यालयबारे अध्ययन गरेर अघि बढ्छौँ ।’
खातीका अनुसार धनगढी उपमहानगरपालिकामा अहिले एक सय ५९ जना शिक्षक निजी स्रोतमा कार्यरत रहेका छन् । उनीहरुमध्ये कतिपय शिक्षण अनुमति पत्र प्राप्त नगरेका व्यक्ति समेत रहेका छन् ।
नगर शिक्षक बनाउने क्रममा सम्बन्धित व्यक्तिको योग्यता, दक्षता र शिक्षण अनुमती पत्र भए/नभएको कुरालाई समेत आधार बनाइने उपमहानगरपालिकाले जनाएको छ ।
काठमाडौं,मंसिर ६ ।
प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यको निर्वाचन यस्तो सभाको अन्तिम निर्वाचन परिणाम घोषणा भएको चार वर्ष ११ महिनापछिको पहिलो आइतबारलाई प्रस्ताव गरिएको छ ।
निर्वाचन आयोगद्वारा गृृह मन्त्रालयमा पठाइएको ‘निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयक’मा राष्ट्रपति र उपराट्रपतिको निर्वाचन भने पदावधि समाप्त हुनुभन्दा तीन दिनअघि गर्न प्रस्ताव छ ।
राष्ट्रियसभा सदस्यको निर्वाचन कार्यकाल समाप्त हुने एक महिनाअघिको पहिलो आइतबार तथा स्थानीय तहका पदाधिकारीको निर्वाचन परिणाम घोषणा भएको चार वर्ष ११ महिनापछिको पहिलो आइतबार गर्न विधेयकमा प्रताव गरिएको छ ।
गाउँपालिका वा नगरपालिका सदस्यको निर्वाचन स्थानीय तहको निर्वाचन परिणाम घोषणा भएको १५ दिनभित्र सम्पन्न हुने गरी सम्बन्धित निर्वाचन अधिकृतले तोकेको दिन गर्ने व्यवस्थाका लागि सुझाव दिइएको छ ।
नेपालमा २०४७ सालदेखि नै स्थानीय तहदेखि माथिल्लो तहसम्मका निर्वाचन अन्योलता कायम रहेको मात्र समयमा हुन नसकेर विथोलिँदै आएको सन्दर्भमा नयाँ प्रावधानले निर्वाचन ठिक समयमा गर्न सहयोग पुग्ने छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएकाले चार दृष्टिकोणबाट निर्वाचनको मिति पहिले नै थाहा हुनुपर्छ भन्ने मान्यताअनुरुप विधेयकमा दिन तोकेर प्रस्ताव गरिएको बताए ।
उनले भने, ‘निर्वाचनको मिति थाहा नभई बजेट, नीति, विधि, योजना र तयारी केही गर्न सकिन्न । मतदाता नामावलीलाई अन्तिमरुप दिन र स्रोत साधनको सहज व्यवस्थापन र मितव्ययी निर्वाचनका लागि कानुनमै मिति तोक्न प्रस्ताव गरिएको हो ।’
राजनीतिक स्थायित्व र स्थिरताका लागि समयमा चुनाव नभएमा चुनौती हुने उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले जुनसुकै सरकारले पनि आफ्नो अनुकूल वातावरण नहुँदासम्म मिति तोक्न अलमल गर्ने विगतका घटना र अनुभव आधारमा नयाँ व्यवस्था गर्न प्रस्ताव गरिएको जानकारी दिए । राजनीतिक दललगायत सबै सरोकारवाला पक्षबाट निर्वाचनको मिति तोक्ने अधिकार आयोगलाई दिनुपर्छ भनी आवाज उठेपछि आयोगले संसद्बाटै कानुन निर्माण गरी यसलाई टुङ्ग्याउनुपर्छ भन्ने दृष्टिकोणबाट नयाँ प्रावधान अघि बढाउन सुझाव दिएको थियो ।
निर्वाचनका सबै अध्ययन, अनुसन्धान र अनुगमनलगायतका अधिकांश प्रतिवेदनमा समेत निर्वाचनको मिति आयोगले तोक्ने वा कानुनमै व्यवस्था गर्ने भनी सुझाव दिइएको थियो । निर्वाचनको मिति घोषणाका सन्दर्भमा सरकार र राजनीतिक दलबीच मतैक्यता नभई निर्वाचनको माहौलसम्बन्धी विषय उठाउँदै हुने गरेको आरोप–प्रत्यारोप अन्त्य गर्न यससम्बन्धी प्रावधानले सहयोग पुग्ने छ ।
निर्वाचन हुने दिन, मतदानको समय र निर्वाचन प्रचार–प्रसारको अवधिसम्बन्धी व्यवस्था प्रस्ताव गरिएको विधेयकमा मतदान हुने दिनभन्दा चौबीस घण्टाअघिदेखि मतदानको काम पूरा नभएसम्मको अवधिलाई मौन अवधि मानिने उल्लेख छ । विधेयकमा हालको जिल्ला न्यायाधीश मुख्य निर्वाचन अधिकृतको प्रावधान खारेज गरी न्याय सेवाका प्रथम र द्वितीय श्रेणीका अधिकृत रहने गरी प्रस्ताव गरिएको छ ।
समानुपातिक निर्वाचनका लागि आयोगको सचिव र स्थानीय तहका सदस्यको निर्वाचनमा न्याय सेवा वा सङ्घीय निजामती सेवा वा प्रदेश निजामती सेवाका राजपत्राङ्कित प्रथम श्रेणी वा द्वितीय श्रेणीको अधिकृत निर्वाचन अधिकृत नियुक्ति गर्ने व्यवस्थाका लागि सुझाव दिइएको छ । भ्रष्टाचारसम्बन्धी कसुरमा मुद्दा दायर भएको वा सुरु अदालतबाट भ्रष्टाचार ठहर भई पुनरावेदनको रोहमा मुद्दा विचाराधीन रहेको व्यक्तिसमेत निर्वाचनमा उम्मेदवार बन्न नपाउनेजस्ता थुप्रै प्रावधान विधेयकमा समेटिएको छ ।
सङ्घीय संसद्, प्रदेशसभा वा स्थानीय तहको सदस्य पदमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही निर्वाचन क्षेत्र वा तहको उपनिर्वाचनबाहेक त्यस्तो पदको कार्यकाल पूरा नएसम्म कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन नसक्ने व्यवस्था पनि विधेयकमा छ ।
प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यमा समानुपातिक निर्वाचन प्रणालीबाट दुईपटक निर्वाचत भइसकेको व्यक्ति सोही निर्वाचन प्रणालीबमोेजिम हुने निर्वाचनमा उम्मेदवार हुन नसक्ने व्यवस्था प्रस्ताव गरिएको छ । आयोगलाई राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसद्का सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहका सदस्यको निर्वाचन सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रणको कार्य जिम्मेवारी छ ।
निर्वाचन व्यवस्थापनलाई अझ बढी स्वच्छ, निष्पक्ष, सहज र प्रभावकारी बनाउन संविधान, अदालतको आदेश, अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा ऐन, कानुन संशोधन, परिमार्जन र एकीकृत गर्न लागिएको छ । विभिन्न चरणमा निर्वाचन कानुनका विज्ञ तथा सरोकारवालाको सुझावसमेतका आधारमा मस्यौदामा आवश्यक परिमार्जन गरी निर्वाचनसँग सम्बन्धित विद्यमान सातवटा निर्वाचन ऐन र निर्वाचन आयोग ऐनका प्रावधान समेटी एकीकृत विधेयक तयार गरिएको हो ।
प्रस्तुत विधेयकमा मतदाता नामावली सङ्कलन तथा आवधिक विद्युतीय माध्यमबाट गर्ने तथा नागरिकले स्थानीय बसोबास गरेको वडामा मतदान नामावलीमा नाम सबै निर्वाचन कार्यालयबाट दर्ता गराउन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । कसैले मतदाता नामावलीमा एकाघरका नाम समावेश भएको वडाको मतदाता नामावलीमा आफ्नो नाम दर्ता र स्थानान्तरण गर्न सक्ने तथा कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भए हटाउने प्रस्ताव गरिएको छ । मतदाता नामावली तयार गर्ने प्रयोजनका लागि विदेशमा रहेका नेपाली नागरिकको विवरण सङ्कलन गर्ने विषय आयोगले अब औपचारिकरूपमै अघि बढाउन सङ्कल्प गरेको छ ।
निर्वाचन प्रणालीका सम्बन्मा अध्ययन, अनुसन्धान तथा छलफल गर्ने सन्दर्भमा आयोगले नीति अनुसनधान प्रतिष्ठानलाई जिम्मेवारी दिएको छ । निर्वाचन तथा मतदाता शिक्षालाई थप प्रभावकारी बनाउन र मतदाताको पहुँच वृद्धि गर्न स्थानीय तहमार्फत निर्वाचन तथा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नेसम्बन्धी कार्यविधिको मस्यौदा तयार गरी आयोगले राय सुझावका लागि वेबसाइटमा राखेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य र स्थानीय तह सदस्यको निर्वाचनमा निर्वाचित भई विभिन्न कारणबाट रिक्त हुन आएका पदको निर्वाचनका लागि आयोगले सरकारसँग परामर्श गरी आवश्यक तयारीमा जुटेको छ ।
यसैबीच आयोगले राष्ट्रियसभा सदस्यको रिक्त हुन लागेको एकतिहाई अर्थात् १९ पदको निर्वाचन माघको दोस्रो हप्ताभित्र सम्पन्न गर्ने गरी आवश्यक तयारी भइरहेको छ । यस्तै प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य एक, जिल्ला समन्वय समिति प्रमुख दुई, पालिका अध्यक्ष एक, उपाध्यक्ष दुई र वडाध्यक्ष रिक्त १७ पदको निर्वाचन पनि आगामी वैशाखभित्र सम्पन्न गर्ने आयोगको योजना रहेको बताइएको छ । आयोगमा हाल दर्ता कायम रहेका राजनीतिक दलको सङ्ख्या एक सय १९ रहेको छ । नेपाल प्रेस
काठमाडौं, ६ मंसिर ।
सर्वोच्च अदालतको रिक्त न्यायाधीश पदका लागि ६ जनाको नाम सिफारिस भएको छ । मंगलबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको परिषदको बैठकले ४ जना उच्च अदालतका न्यायाधीश र २ जना कानुन व्यवसायीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।
कानुन व्यवसायीबाट बालकृष्ण ढकाल र सुनिल पोखरेलको नाम सिफारिस भएको छ । उच्च अदालतका न्यायाधीशबाट सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमान सिफारिस भएका छन् । रिक्त एक पदमा अझै सिफारिस भएको छैन । प्रस्तावित नाम संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएपछि मात्रै उनीहरुको नियुक्ति हुनेछ । सर्वोच्च अदालतमा कार्यरत न्यायाधीशहरु उमेरहदका कारण अवकाश भइरहने तर नयाँ सिफारिस हुन नसक्दा साढे दुई वर्षदेखि सर्वोच्च अदालतमा न्यायाधीशहरु रिक्त हुदै आएको थियो ।
अहिले सर्वोच्च अदालतमा २१ मध्ये ७ जना न्यायाधीश छैनन् । यसैबीच सर्वोच्च अदालतले टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अस्वीकार गरेको छ । न्यायाधीश विनोद शर्माको इजलासले रिट निवेदकको माग अनुसार सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । २७ कात्तिकमा मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयले अभिव्यक्ति स्वतन्त्रता हनन गरेको भन्दै सरोकारवाला र कानुन व्यवसायीहरुको सर्वोच्च अदालतमा रिट परेको थियो । न्यायाधीश शर्माको इजलासले टिकटक प्रतिबन्धको निर्णय गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ । यो मुद्दालाई मंसिर १९ गते पूर्ण सुनुवाइका लागि पेश गर्न पनि सर्वोच्चले आदेश दिएको छ ।
काठमाडौं, ६ मंसिर ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बैंक तथा वित्तीय सस्थाहरुबाट लिइएको ऋण नतिर्नेमाथि सरकार कडा रुपमा प्र्रश्तुत हुने चेतावनी दिनुभएको छ । मंगलवार सिंहदरबारमा निजी क्षेत्र र सरकारी निकायसँग गरिएको मुलुकको अर्थतन्त्र सुधारसम्बन्धि छलफलको निष्कर्ष सुनाउँदै प्रधानमन्त्री दाहालले लघुवित्तसहितका बैंक तथा वित्तीय संस्थाहरुको ऋण नतिर्नेमाथि सरकार कडाईका साथ प्र्रस्तुत हुने बताउनु भएको हो । उहाँले व्यवसायी दुर्गा प्रसाईँप्रति संकेत गर्दै ऋण लिए जबरजस्ती ऋण नतिर्ने कुराले संविधान, ऐन, कानुन, मूल्य,मान्यता तोड्ने भएकाले पनि त्यसलाई राज्यले कुनै अर्थमा छुट दिन नसक्ने बताउनु भयो । प्रधानमन्त्री दाहालले अर्थतन्त्रको शिथिलताका कारण कसैले सो ऋण तिर्न नसकेमा त्यसको सहजीकरणको काम नेपाल राष्ट्र बैंकले गर्ने निष्कर्ष पनि छलफलले सुझाएको बताउनु भयो । त्यसैगरी बैठकले आर्थिक शिथिलताका कारण ऋण भुक्तानी गर्न नसक्ने ऋणीहरुका लागि सहजीकरण गर्ने काम पनि नेपाल राष्ट्र बैकलाई दिइएको प्रधानमन्त्री दाहालको भनाई थियो । उहाँले सहकारी संस्थाहरुमा देखिएको समस्या ६ महिना भित्र समाधान हुनेगरी छुट्टै विशिष्टिकृत खालको नियमनकारी निकाय स्थापना गर्ने पनि बताउनु भयो ।
प्रधानमन्त्री दाहाले भन्नुभयो, ‘अहिले हामीले राजनीतिक दलहरुको बीचमा पनि केही छलफल शुरु ग¥यौं । र, आजको यो छलफल सरकार, राजनीतिक दल, निजी क्षेत्र र विभिन्न संघ, संस्थाहरुको प्रतिनिधिसमेत, विज्ञहरु समेतसँग भएको यो छलफल मेरो दृृष्टिमा विगतदेखि कहाँ हामी फेलिएर भएका छौं ? कहाँ हाम्रो कमजोरीहरु छन ? कहाँ हामीले सुधार गर्न आवश्यक छ भन्ने कुरा पत्ता लगाउने त्यो इन्भेष्टिगेशन गर्ने प्रक्रियाको महत्वपूर्ण अंग मानेको हो मैले । त्यसकारण जुन गम्भिरताका साथ विभिन्न कोणबाट यहाँ विचारहरु प्रस्तुत भए । म हृदयदेखिनै खुशी भएको छु । साच्चैने हामीले आउने दिनमा हाम्रो नीति, कार्यक्रमहरु बनाउँदा हामीले कहाँ बढि ध्यान दिनुपर्छ, कहाँ बढि जोड दिनु पर्छ ? र, बजेट निर्माण गर्दा र अर्थतन्त्र सुधारका निम्ति हामीले ध्यान दिनुपर्ने कुरा कहाँ छ ? भन्ने कुरालाई आजको बैठकले राम्रैसँग यहाँ प्रस्तुत गरेको छ । यद्यपि यो पर्याप्त छैन । अझ एक दिन, दुई दिन लगाएर यस खालको छलफल गरे अझ राम्रो हुन्छ पनि भनिएको छ । तर पनि मैले यसलाई एउटा सुरुवात मानेको छु । सुरुवात ठानेको छु । र, यस्ता छलफलहरु अलि समय लिएर गर्नु पर्छ । आज यहाँ प्रमुखा प्रतिपक्ष दलका नेताहरु आई पुग्नु भएन । तर प्रमुख प्रतिपक्ष दलको नेतासँग कुरा चाँही भएको थियो । उहाँ कार्यक्रममा बाहिर भएको हुनाले म आउन ढिलो हुन्छ भनेर खवर पठाउनु भएको थियो । र, अहिले मेरो भेट हुँदैछ फेरि । हामी फेरी भेटेर पनि छलफल गर्दैछौं । त्यसकारण प्रमुख प्रतिपक्ष दल पनि यो प्रक्रियामा सहभागी भएरै आएको छ । हामीले छलफल गरिराखेकै छौं । त्यसकारण यो सर्वपक्षीय सर्वदलीय जो छलफल भएको छ । यो सूरुवातलाई निरन्तरता दिने गत साल मेरो पार्लियामेन्टमा जे कमिटमेन्ट छ । त्यसैको कन्टिन्यएशन मैले ठानेको छु । र, यहाँहरु सबैले जुन गम्भिरताका साथ विचारहरु राख्नु भएको छ । त्यसले धेरै ठूलो मद्दत गरेको मैले महशुस गरेको छु । यहाँहरुले दिनुभएको सुझावमा म र यहाँ दुई जना उपप्रधानमन्त्री पनि यहाँ छौं । मन्त्रीजीहरु पनि हुनुहुन्छ । मुख्य सचिव, सचिवजीहरु पनि हुनुहुन्छ । मुख्यमन्त्रीहरु हुनुहुन्छ । सबैले हामीले सुनेको छौं । र, तीनको कार्यान्वयन गर्न अझ गहन छलफल र विश्लेषण जरुरी हुन्छ । हामी सरकारका तपाईहरुका सुझाव, टिप्पणीलाई अझ गम्भिरतापूर्वक छलफल गरेर कार्यान्वयनतिर लैजान प्रयास हाम्रो हुनेछ । अर्थतन्त्रको अवस्थाका बारेमा सामान्य जानकारी लिने, दिने र तत्कालका लागि कार्यान्वयन गर्नुपर्ने र गर्न सकिने विषयहरुको बारेमा एकरुप बुझाई बनाउने उद्देश्यले पनि यो बैठक आयोजना गरिएको हो । हाम्रा बुझाईहरुमा अर्थतन्त्र साँच्चै भयानक संकटमा हो कि अर्थतन्त्र सामान्य गतिमा चलेको छ तर दवावमा चाँही छ है । त्यति हल्का ढंगले लिन हुन्न भन्ने हो कि ? या अर्थतन्त्र धेरै राम्रो छ । हामीले धेरै चिन्ता लिनुपर्ने कुरा छैन भन्ने हो ? भन्ने बारेमा जसरी आयो । यथार्थमा अहिले पनि अर्थतन्त्र दवावमै छ नेपालको । हामीले गम्भिर रुपले लिनुनै पर्नेछ । समिक्षा गर्नुपर्नेनै छ । तर अर्थ मन्त्रालयबाट तथ्यांकसहित प्रस्तुत भएका विषयहरु र राष्ट्र बैंकका गभर्नरले तथ्यांक सहित प्रस्तुत गरेका विषयहरुले हामी फेरी भयानक संकट भन्ने होइन । हामी सुधार उन्मुख, प्रगतिउन्मुख छौं है निष्कर्ष आजको छलफलबाट त्यो बन्न गयो । तर यति छलफल हुँदाहुँदै पनि अरु छलफल आवश्यक छ भन्नेमा पनि हामी सबै पुग्यौं । सरकार, राजनीतिक दल, निजी क्षेत्र, सबै संघ, संस्थाहरु पनि अर्थतन्त्र सुधार गर्नका लागि आ आफ्नो ठाउँबाट योगदान गर्न तयार छन भन्ने एउटा राम्रो सन्देशको सुरुवात आजबाट भयो भन्ने मैले ठानेको छु । र, मलाई लाग्छ, नेपाली जनताले आजको छलफल, आजको निष्कर्षहरुलाई धेरै नै गम्भिर रुपमा लिनेछ । र, भरोसा गर्नेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु । बैंक तथा वित्तिय संस्थाबाट ऋण लिई सदुपयोग गरेका, तर आर्थिक शिथिलताका कारण ऋण भुक्तानी गर्न समस्या भएका ऋणीहरुको हकमा नेपाल राष्ट्र बैंकले अध्ययन गरी ऋण भुक्तानीमा सहजीकरण गर्नेछ । मलाई लाग्छ–यो निर्णयले ऋणीहरुलाई धेरै ठूलो राहत दिनेछ भन्ने मैले विश्वास लिएको छु । केही महिनायता बैंकको ब्याजदर क्रमशः घटदै गएको छ । तर पनि यो उच्च नै भएकाले नेपाल राष्ट्र बैंकले ब्याजदरको सम्बन्धमा अध्ययन गरी पुनरावलोकन गर्नेछ भन्ने आजको छलफलको एउटा निष्कर्ष हो भन्ने मैले महशुस गरेको छु । सहकारी क्षेत्रको समस्या समाधानका लागि गठित कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयनको चरणमा छ । र, यसले दिएका सुझावहरु मध्ये सहकारीको नियमन गर्न छुट्टै विशिष्टीकृत संस्था तत्काल गठन गर्ने प्रक्रिया अघि बढाईनेछ । सहकारी क्षेत्रको बचत तथा ऋणको सुरक्षण गर्न एक कोषको स्थापना गरिनेछ । सहकारीहरुलाई नियमनको दायरामा ल्याई यस क्षेत्रको समस्या ६ महिना भित्र समाधान गरिनेछ भन्ने तीन वटा बूँदामा यसलाई टुंग्याउने पनि यो छलफलको निष्कर्ष रहेको मैले बुझेको छु । लघुवित्त संस्थाबाट लिइएको ऋण भुक्तानीलाई सहजीकरण गर्न एउटा कुरा यहाँ प्रष्ट भएको कि ऋण लिएपछि तिर्नु पर्छ । जसले जब्बरजस्ती ऋण नतिर्ने कुरा गर्छ, त्यसले संविधान, ऐन, कानुन, मूल्य,मान्यता तोड्छ । उसमाथि राज्य कडाईपूर्वक प्रस्तुत हुनुपर्छ भन्ने कृुरा पनि हामी सबैको भनाई आयो । बेइमानी गर्ने र अनैतिकतालाई छुट दिन सकिदैन भन्ने भयो । आजको छलफलको साथसाथै मैले अहिले भर्खरै भनेको निष्कर्षमा पनि र अहिले यो लघुवित्त संस्थाबाट लिइएको ऋण भुक्तानीलाई सहजीकरण गर्ने विचरा इमान्दारितापूर्वक ऋण लियो । गर्दागर्दै अर्थतन्त्रको शिथिलताका कारण अथवा थुप्रै कारणले उसलाई तिर्न गाह्रो भयो भने नेपाल राष्ट्र बैंकले त्यसको पनि अध्ययन गरी सहजीकरण गर्नेछ । कर प्रणालीमा सुधारका लागि गठित आयोगको समेत सुझावको आधारमा लगानी र उत्पादनमैत्री हुने गरी राजस्व संरचनामा सुधार गरिनेछ ।’
प्रधानमन्त्री दाहालले कर प्रणालीमा सुधारका लागि गठित आयोगले दिएको सुझावको आधारमा लगानी र उत्पादनमैत्री राजश्व संरचनामा सुधार गरिने निष्कर्ष छलफलबाट निस्किएको बताउनु भयो ।
काठमाडौँ, ६ मङ्सिर :
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भएको भेटमा राष्ट्रपति पौडेलले भूकम्पप्रभावित क्षेत्रमा राहत व्यवस्थापन कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले राससलाई जानकारी दिनुभयो । सो अवसरमा उहाँहरुबीच समसामयिक विषयमा समेत छलफल भएको थियो । रासस
काठमाडौँ, ६ मङ्सिर :
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्ति प्रक्रिया टुङ्ग्याउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय विभूति शङ्खधर साख्वाः दिवसका अवसरमा पद्ममरतन लुमन्ति गुठीले शङ्खधर उद्यान केन्द्रमा आज आयोजना गरेको कार्यक्रममा उहाँले पद्मरत्न तुलाधर जीवित भएको भए शान्ति प्रक्रिया टुङ्गिसक्ने दाबी गर्नुभयो । उहाँले परिवर्तनका लागि लड्ने नेताका रूपमा शङ्खधर साख्वाःलाई आफूले चिनेको र देशमा सङ्घीयता आउनु पनि शङ्खधरले देख्नुभएको सपना रहेको बताउनुभयो । मन्त्री शर्माले सम्पूर्ण सरकारी दस्तावेजमा नेपाल संवत्लाई उल्लेख गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको पनि जानकारी दिनुभयो । उहाले भन्नुभयो, “बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक पहिचानका लगि गणतन्त्र आवश्यक छ ।” काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले नेपाल भाषाको संरक्षण र संवर्द्धन गर्न महानगरपालिका भित्रका सबै विद्यालयमा नेपाल भाषा विषय पढाउन थालिएको जानकारी गराउनुभयो । प्राथमिक तहमा पढाइ हुने स्थानीय भाषाले सबै जनालाई भाषा सिक्ने अवसर प्रदान गरेकोे उहाँको भनाइ थियो । महानगरका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले श¬ङ्खधर साख्वाः सम्पूर्ण नेपालीको भएको बताउनुभयो । नेपाल संवत्का प्रवर्तक शङ्खधर काठमाडौँका व्यापारी साथै समाजसेवी पनि हुनुहुन्थ्यो । तत्कालीन अवस्थाको कान्तिपुर इलाकामा बस्ने उहाँले गरिब नेपालीलाई ऋणमुक्त गराएको इतिहासविद्को दाबी छ । राघवदेवको पालामा साख्वाःले नेपालीहरूको ऋणमोचन गरिदिएको खुसीयालीमा विसं ९३६ मा नेपाल संवत् प्रचलनमा ल्याएको इतिहासकारको भनाइ छ । रासस
नारायण न्यौपाने,काठमाडौँ, ६ मङ्सिर :
प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यको निर्वाचन यस्तो सभाको अन्तिम निर्वाचन परिणाम घोषणा भएको चार वर्ष ११ महिनापछिको पहिलो आइतबारलाई प्रस्ताव गरिएको छ । निर्वाचन आयोगद्वारा गृृह मन्त्रालयमा पठाइएको ‘निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयक’मा राष्ट्रपति र उपराट्रपतिको निर्वाचन भने पदावधि समाप्त हुनुभन्दा तीन दिनअघि गर्न प्रस्ताव छ । राष्ट्रियसभा सदस्यको निर्वाचन कार्यकाल समाप्त हुने एक महिनाअघिको पहिलो आइतबार तथा स्थानीय तहका पदाधिकारीको निर्वाचन परिणाम घोषणा भएको चार वर्ष ११ महिनापछिको पहिलो आइतबार गर्न विधेयकमा प्रताव गरिएको छ । गाउँपालिका वा नगरपालिका सदस्यको निर्वाचन स्थानीय तहको निर्वाचन परिणाम घोषणा भएको १५ दिनभित्र सम्पन्न हुने गरी सम्बन्धित निर्वाचन अधिकृतले तोकेको दिन गर्ने व्यवस्थाका लागि सुझाव दिइएको छ । नेपालमा २०४७ सालदेखि नै स्थानीय तहदेखि माथिल्लो तहसम्मका निर्वाचन अन्योलता कायम रहेको मात्र समयमा हुन नसकेर विथोलिँदै आएको सन्दर्भमा नयाँ प्रावधानले निर्वाचन ठिक समयमा गर्न सहयोग पुग्ने छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएकाले चार दृष्टिकोणबाट निर्वाचनको मिति पहिले नै थाहा हुनुपर्छ भन्ने मान्यताअनुरुप विधेयकमा दिन तोकेर प्रस्ताव गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनको मिति थाहा नभई बजेट, नीति, विधि, योजना र तयारी केही गर्न सकिन्न । मतदाता नामावलीलाई अन्तिमरुप दिन र स्रोत साधनको सहज व्यवस्थापन र मितव्ययी निर्वाचनका लागि कानुनमै मिति तोक्न प्रस्ताव गरिएको हो ।” राजनीतिक स्थायित्व र स्थिरताका लागि समयमा चुनाव नभएमा चुनौती हुने उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले जुनसुकै सरकारले पनि आफ्नो अनुकूल वातावरण नहुँदासम्म मिति तोक्न अलमल गर्ने विगतका घटना र अनुभव आधारमा नयाँ व्यवस्था गर्न प्रस्ताव गरिएको जानकारी दिनुभयो । राजनीतिक दललगायत सबै सरोकारवाला पक्षबाट निर्वाचनको मिति तोक्ने अधिकार आयोगलाई दिनुपर्छ भनी आवाज उठेपछि आयोगले संसद्बाटै कानुन निर्माण गरी यसलाई टुङ्ग्याउनुपर्छ भन्ने दृष्टिकोणबाट नयाँ प्रावधान अघि बढाउन सुझाव दिएको थियो । निर्वाचनका सबै अध्ययन, अनुसन्धान र अनुगमनलगायतका अधिकांश प्रतिवेदनमा समेत निर्वाचनको मिति आयोगले तोक्ने वा कानुनमै व्यवस्था गर्ने भनी सुझाव दिइएको थियो । निर्वाचनको मिति घोषणाका सन्दर्भमा सरकार र राजनीतिक दलबीच मतैक्यता नभई निर्वाचनको माहौलसम्बन्धी विषय उठाउँदै हुने गरेको आरोप–प्रत्यारोप अन्त्य गर्न यससम्बन्धी प्रावधानले सहयोग पुग्ने छ । निर्वाचन हुने दिन, मतदानको समय र निर्वाचन प्रचार–प्रसारको अवधिसम्बन्धी व्यवस्था प्रस्ताव गरिएको विधेयकमा मतदान हुने दिनभन्दा चौबीस घण्टाअघिदेखि मतदानको काम पूरा नभएसम्मको अवधिलाई मौन अवधि मानिने उल्लेख छ । विधेयकमा हालको जिल्ला न्यायाधीश मुख्य निर्वाचन अधिकृतको प्रावधान खारेज गरी न्याय सेवाका प्रथम र द्वितीय श्रेणीका अधिकृत रहने गरी प्रस्ताव गरिएको छ । समानुपातिक निर्वाचनका लागि आयोगको सचिव र स्थानीय तहका सदस्यको निर्वाचनमा न्याय सेवा वा सङ्घीय निजामती सेवा वा प्रदेश निजामती सेवाका राजपत्राङ्कित प्रथम श्रेणी वा द्वितीय श्रेणीको अधिकृत निर्वाचन अधिकृत नियुक्ति गर्ने व्यवस्थाका लागि सुझाव दिइएको छ । भ्रष्टाचारसम्बन्धी कसुरमा मुद्दा दायर भएको वा सुरु अदालतबाट भ्रष्टाचार ठहर भई पुनरावेदनको रोहमा मुद्दा विचाराधीन रहेको व्यक्तिसमेत निर्वाचनमा उम्मेदवार बन्न नपाउनेजस्ता थुप्रै प्रावधान विधेयकमा समेटिएको छ । सङ्घीय संसद्, प्रदेशसभा वा स्थानीय तहको सदस्य पदमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही निर्वाचन क्षेत्र वा तहको उपनिर्वाचनबाहेक त्यस्तो पदको कार्यकाल पूरा नएसम्म कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन नसक्ने व्यवस्था पनि विधेयकमा छ । प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यमा समानुपातिक निर्वाचन प्रणालीबाट दुईपटक निर्वाचत भइसकेको व्यक्ति सोही निर्वाचन प्रणालीबमोेजिम हुने निर्वाचनमा उम्मेदवार हुन नसक्ने व्यवस्था प्रस्ताव गरिएको छ । आयोगलाई राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसद्का सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहका सदस्यको निर्वाचन सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रणको कार्य जिम्मेवारी छ । निर्वाचन व्यवस्थापनलाई अझ बढी स्वच्छ, निष्पक्ष, सहज र प्रभावकारी बनाउन संविधान, अदालतको आदेश, अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा ऐन, कानुन संशोधन, परिमार्जन र एकीकृत गर्न लागिएको छ । विभिन्न चरणमा निर्वाचन कानुनका विज्ञ तथा सरोकारवालाको सुझावसमेतका आधारमा मस्यौदामा आवश्यक परिमार्जन गरी निर्वाचनसँग सम्बन्धित विद्यमान सातवटा निर्वाचन ऐन र निर्वाचन आयोग ऐनका प्रावधान समेटी एकीकृत विधेयक तयार गरिएको हो । प्रस्तुत विधेयकमा मतदाता नामावली सङ्कलन तथा आवधिक विद्युतीय माध्यमबाट गर्ने तथा नागरिकले स्थानीय बसोबास गरेको वडामा मतदान नामावलीमा नाम सबै निर्वाचन कार्यालयबाट दर्ता गराउन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । कसैले मतदाता नामावलीमा एकाघरका नाम समावेश भएको वडाको मतदाता नामावलीमा आफ्नो नाम दर्ता र स्थानान्तरण गर्न सक्ने तथा कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भए हटाउने प्रस्ताव गरिएको छ । मतदाता नामावली तयार गर्ने प्रयोजनका लागि विदेशमा रहेका नेपाली नागरिकको विवरण सङ्कलन गर्ने विषय आयोगले अब औपचारिकरूपमै अघि बढाउन सङ्कल्प गरेको छ । निर्वाचन प्रणालीका सम्बन्मा अध्ययन, अनुसन्धान तथा छलफल गर्ने सन्दर्भमा आयोगले नीति अनुसनधान प्रतिष्ठानलाई जिम्मेवारी दिएको छ । निर्वाचन तथा मतदाता शिक्षालाई थप प्रभावकारी बनाउन र मतदाताको पहुँच वृद्धि गर्न स्थानीय तहमार्फत निर्वाचन तथा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नेसम्बन्धी कार्यविधिको मस्यौदा तयार गरी आयोगले राय सुझावका लागि वेबसाइटमा राखेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य र स्थानीय तह सदस्यको निर्वाचनमा निर्वाचित भई विभिन्न कारणबाट रिक्त हुन आएका पदको निर्वाचनका लागि आयोगले सरकारसँग परामर्श गरी आवश्यक तयारीमा जुटेको छ । यसैबीच आयोगले राष्ट्रियसभा सदस्यको रिक्त हुन लागेको एकतिहाई अर्थात् १९ पदको निर्वाचन माघको दोस्रो हप्ताभित्र सम्पन्न गर्ने गरी आवश्यक तयारी भइरहेको छ । यस्तै प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य एक, जिल्ला समन्वय समिति प्रमुख दुई, पालिका अध्यक्ष एक, उपाध्यक्ष दुई र वडाध्यक्ष रिक्त १७ पदको निर्वाचन पनि आगामी वैशाखभित्र सम्पन्न गर्ने आयोगको योजना रहेको बताइएको छ । आयोगमा हाल दर्ता कायम रहेका राजनीतिक दलको सङ्ख्या एक सय १९ रहेको छ । रासस
मुम्बई, ३० कार्तिक ।
सलमान खानको टाइगर ३ बक्स अफिसमा धुम मच्चिरहेको छ ।
सलमान खान, कट्रिना कैफ र इमरान हाश्मी अभिनित स्पाइ थ्रिलर फिल्मले रिलिजको पहिलो तीन दिनमै दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । तर अहिले टाइगरको चमक अलि घटेको देखिन्छ । जस अनुसार यो फिल्मले अपेक्षित ब्यापार नगरेको जनाइएको छ ।
रिपोर्टमा विश्वास गर्ने हो भने टाइगर ३ को चौथो दिनको कमाई पहिलो तीन दिनको तुलनामा आधाले घटेको छ ।
सकनिल्कको रिपोर्ट अनुसार सलमान खान र कट्रिना कैफको फिल्मले चौथो दिन २२ करोड कमाएको छ । यद्यपि यो प्रारम्भिक रिपोर्ट अनुमान हो र यसमा केही तथ्याङ्कहरू थोरै फरक हुन सक्छन् । रिपोर्टका अनुसार टाइगर ३ ले पहिलो तीन दिनमा सबै भाषा मिलेर १४७.५० करोड कमाएको थियो । अर्थात् अहिलेसम्म फिल्मको कुल कलेक्सन १६९.८० करोड भइसकेको छ ।
सलमान खान, कट्रिना कैफ र इमरान हाश्मीको फिल्म टाइगर ३ ले सनी देओलको गदर २ लाई कमाईको मामिलामा कडा टक्कर दिइरहेको छ । सक्कनिल्कको रिपोर्ट अनुसार गदर २ ले पनि पहिलो दिन ४० करोडभन्दा बढी कमाई गरेको थियो भने चार दिनमा १७४.३ करोड कमाएको थियो । योसँगै टाइगर ३ को तथ्यांक पनि गदर २ सँग मिल्ने देखिन्छ । टाइगर फ्रेन्चाइजीको तेस्रो किस्ता मनिष शर्माले निर्देशन गरेका हुन् ।
फिल्ममा सलमान खानसँगै कट्रिना कैफ र इमरान हाश्मी मुख्य भूमिकामा छन् । यस बाहेक शाहरुख खान र ऋतिक रोशनको क्यामियो रोल देख्न सकिन्छ ।
तेल अहिब, ३० कार्तिक ।
इजरायली सेनाले गाजास्थित अल शिफा अस्पताल भित्रको भिडियो मेटाएको छ ।
इजरायली प्रकाशन हारेट्जका अनुसार इजरायली सेनाले बिहीबार टविटर (एक्स) मा अपलोड गरिएको एक सोशल मिडिया पोस्ट हटाएको थियो, जसले गाजाको अल शिफा अस्पताल भित्र हतियार राखिएको केही प्रमाणको रुपमा देखाईएको थियो ।
समाचारमा भनिएको छ कि इजरायली सेनाले पोस्ट हटाउनको लागि कुनै स्पष्टीकरण प्रकाशित गरेको छैन, जे होस हतास हटाईएको छ ।
अनलाइन टिप्पणीकर्ताहरूले इजरायली सेना र फक्स न्यूज संवाददाताले पोस्ट गरेका तस्बिरहरूको केही असंगतिलाई पनि औंल्याए पछि अल शिफा अस्पताल भित्र छापा मार्दा एम्बेड गरिएको जनाईएको थियो।
इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल जोनाथन कोनरिकस देखाइएको भिडियोलाई इजरायली सेनाले पछि पोस्ट गरेको थियो, जसको केही अंश पहिले नै धमिलो पारिएको थियो, जसले क्लिपमा प्रस्तुत गरिएका प्रमाणहरूको प्रामाणिकतामा प्रश्न खडा गरेको थियो।
बर्दिवास, ३० कार्तिक ।
नेकपा एकीकृत समाजवादी महोत्तरीका अध्यक्ष कौशिलाल यादवले पार्टी परित्याग गरेका छन् ।
महोत्तरीको रामगोपालपुरमा एमाले क्षेत्रीय समन्वय समितिले आयोजना गरेको दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हुन । नेकपा एसका जिल्ला अध्यक्ष यादवसहित जिल्ला सचिव अरुण कुमार चौधरी, भंगहा नगरपालिकाका नगर कमिटी अध्यक्ष किशोरी सिंह लगायत नेता कार्यकर्ताहरूले पार्टी परित्यागको घोषणा गरेका हुन ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा एस परित्याग गरेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फूलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरेका छन् ।
काठमाडौँ, २९ कात्तिक :
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका विभिन्न धर्म समुदायका मौलिक संस्कृति तथा चाडपर्वले समाजिक सद्भाव, सहिष्णुता अभिवृद्धि गरी सामाजिक एकता कायम गर्ने बताउनुभएको छ । हिन्दू धर्मावलम्बीको दोस्रो ठूलो पर्व भाइटीकाका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले विविधताले भरिपूर्ण नेपाली समाजका फरक धार्मिक रीतिरिवाज, वेशभूषा, कला, साहित्य तथा संस्कृतिले समग्र राष्ट्रको गौरव बोकेको बताउनुभयो । सबै जाति समुदायका चाडपर्वले नेपालीलाई एकताबद्ध गरी सांस्कृतिकरूपमा एकापसमा जोड्ने काम गरेको उल्लेख गर्दै उहाँले समाजिक भ्रातृत्व, सहअस्तित्व, पारस्परिक सहयोगले नै राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै पूर्वप्रधानमन्त्री नेपालले सबै समुदायका भाषा साहित्य कला संस्कृति तथा मौलिक परम्परा चाडबाडको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । राजनीतिक उपलब्धिलाई रक्षा गर्न परिवर्तनका पक्षधर तथा लोकतान्त्रिक शक्तिबीच एकताको खाँचो औँल्याउँदै उहाँले सन्देशमा सुशासन, समृद्धि र सामाजिक न्यायका आधारमा जनतालाई आर्थिक तथा सामाजिक रुपान्तरण गराउन आवश्यक रहेको उल्लेख गर्नुभयो । जनताको चाहनाअनुसार उनीहरूको व्यापक सहभागितामा गठित संविधानसभाबाट निर्मित संविधानअनुसार तीन तहको निर्वाचन दोस्रोपटक सम्पन्न गरिएको उल्लेख गर्दै अध्यक्ष नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेकाले यसको सुदृढीकरणका लागि समयसापेक्ष संविधान परिमार्जन गर्न सकिने बताउनुभयो । रासस
कार्तिक २८,काठमाडौं ।
नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले टिकटक बन्द गर्ने सरकारको निर्णय खेदजनक र भर्त्सना योग्य भएको टिप्पणी गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्ड सरकारको सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय खेदजनक, भर्त्सना योग्य, स्वेच्छचारी कदम भएको बताएका छन् ।
गौतमले यसको नियमन गर्नुपर्दा कानून बनाएर गर्नुपर्ने बताए ।
‘अलोकतान्त्रिक बाटोबाट संसद्लाई छलेर तानाशाही ढंगले टिकटक जस्तो लोकप्रिय सामाजिक सञ्जाल बन्द गरेर होइन, सामाजिक सञ्जाललाई कानून बनाएर नियमन गर्ने,दर्ता अनिवार्य गर्नुपर्ने, तिनलाई करको दायरामा ल्याएर व्यवस्थित गर्नुपर्नेमा सामाजिक सञ्जाल टिकटकलाई नै बन्द गर्ने कुराले सरकारको नियत प्रष्ट भएको खुलासा भएको छ’, गौतमले फेसबुकमा लेखेका छन् ।
सरकारले आजैदेखि टिकटक बन्द गर्ने निर्णय गरेर कार्यान्वयनका लागि प्रक्रिया अघि बढाइसकेको छ । यसको चौतर्फी विरोध भएपनि सरकारले बन्द गर्ने नै निर्णयमा पुगेको छ । नेपाल प्रेस
काठमाडौँ, २५ कात्तिक
जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पपछि सरकारले उद्धार र उपचारमा लिएको अग्रसरताप्रति प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धन्यवाद दिएको छ । समितिका सभापति रामहरि खतिवडा नेतृत्वको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री दहालसँग भेट गरी भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सुझाव दिएको हो । भेटमा समितिका सभापति खतिवडाले भन्नुभयो, “हामीले प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवलोकन र अन्तक्र्रिया गर्यौं, उद्धार र उपचारमा प्रधानमन्त्री दाहाल स्वयं फिल्डमा पुगेर जसरी नेतृत्व गर्नुभयो, त्यसको सबैले प्रशंसा गरेका छन् । १३ घण्टाभित्र उद्धारको काम सकिनुमा प्रधानमन्त्रीको सक्रियताले नै काम गरेको हामीले पायौँ । यसका लागि समितिका तर्फबाट सरकारलाई विशेष धन्यवाद छ । अब सरकारले राहत र पुनर्निर्माणमा ध्यान केन्द्रित गर्नुपर्छ ।” समिति सदस्य एवं नेकपा (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठले सरकारको भूमिका र प्रधानमन्त्री दाहालको सक्रियताप्रति आभार प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले एकाबिहानै प्रभावित क्षेत्र पुगेर जसरी उद्धारको काम गर्नुभयो, यो निकै प्रेरणादायी छ । देशमा सरकार छ भन्ने कुराको गहिरो गरी अनुभूति गराउनुभयो । म यसको उच्च प्रशंसा गर्दछु ।” भेटमा समितिका सदस्यहरुले अस्थायी आवासको काम हिउँदअघि नै सक्न, मृतक परिवारलाई आर्थिक राहत उपलब्ध गराउन, प्रभावित क्षेत्रमा नियमित स्वास्थ्य सेवाको व्यवस्था गर्न विभिन्न सुझाव प्रस्तुत गर्नुभएको थियो । समितिको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले सांसदबाट प्राप्त सुझाव राम्रोसँग अध्ययन गरेर कार्यान्वयन गरिने बताउनुभयो । रासस
रोल्पा, २४ कात्तिक । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पा जिल्लाको थवाङ विचार र क्रान्तिको प्रतीक भएको बताएका छन् । शुक्रबार रोल्पा जिल्लाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले थवाङ विचार र क्रान्तिको प्रतीक भएको बताएका हुन्

‘झण्डै ६ वर्षपछि हाम्रो आधारक्षेत्र थवाङ आउन पाउँदा मलाई हर्ष र गौरवको अनुभूति हुन्छ। म ४० वर्षअघि पहिलोपटक थवाङ आएको थिएँ। जनयुद्धको तयारी, उठान र सञ्चालन यहीं आधार बनाएर गरिएको थियो । थवाङ विचार र क्रान्तिको प्रतीक हो। यसले विचार दियो, गुणात्मक परिवर्तन दियो। एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व गरेको छ। यहाँ आएर फर्किंदा म जहिले पनि उर्जा लिएर फर्किन्छु, अध्यक्ष प्रचण्डले भने, ‘थवाङलाई देशले मात्रै चिन्दैन, सिंगो विश्वले चिन्छ। यसबाट बेलाबेला संसारलाई नै महत्त्वपूर्ण सन्देश दिन्छ। क्रान्ति र आन्दोलनको बाटो सरल रेखामा हुँदैन। त्यो बांगोटिंगो हुन्छ। यो कहिले अघि बढ्छ, कहिले एक कदम पछाडि हट्छ। यो विज्ञानको नियम हो। जनवादी क्रान्तिको चरणमा थवाङले ऐतिहासिक भूमिका खेल्यो। अब हामी नयाँ चरणको क्रान्तिको तयारीमा छौं। संंविधानमा नै समाजवादको संकल्प गरिएको छ, त्यसका लागि नयाँ अभियान चाहिन्छ।’

आगामी विशेष महाधिवेशनमा समाजवादको बाटो थप स्पष्ट पार्ने र विचारको विकास र संश्लेषण र समाजवादी क्रान्तिको तयारीको चरणमा समाजवादको आधार तयार पार्ने विचार चाहिने भन्दै उनले भने, ‘रोल्पा, रूकुम, सल्यान, जाजरकोट लगायतका जिल्लाहरूले क्रान्तिको अगुवाइ गरे। आजको नयाँ परिस्थितिमा नयाँ ढंगले क्रान्तिको नेतृत्व गर्नुपर्छ। समाजवादी क्रान्तिको लागि थवाङले फेेरि पनि अग्रणी भूमिका खेल्नुपर्छ। शान्तिप्रक्रियापछि हामी माओवादीहरू विभाजित भयौं। अहिले क्रमशः एकताको आधार तयार हुँदैछ। विप्लवजीहरू पनि एकता र ध्रुवीकरणको मुद्दामा नजिकै हुनुहुन्छ। हामी छिट्टै एकतावद्ध हुन्छौं। समाजवादको आधार तयार पार्ने उद्धेश्यले नै केही नयाँ काम सुरू गरेका छौं। सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतामा सरकार अगाडि बढिरहेको छ। मिटरब्याज पीडित किसानलाई न्याय दिइएको छ। यो निकै ठूलो काम हो। सरकारले विदेशमा रहेका लाखौं नेपालीहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेको छ। यसले विदेशमा रहेेका लाखौं नेपाली र उनीहरूका परिवारको भविष्य सुरक्षित गरेको छ। अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कार्यक्रम लागू गरिएको छ। नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणमा सरकारले जुन कदम थाल्यो, सुशासनका पक्षमा यति ठूलो अभियान कहिल्यै चलेको थिएन। यस्ता धेरै काम वर्तमान सरकारले गरिरहेको छ।’
अध्यक्ष प्रचण्डले भने-

उत्पादन र रोजगारीको कार्ययोजना बनाइएको छ। अहिले ७ अर्ब छुट्याइएको छ। छिट्टै थप ७ अर्ब थपेर सिधै किसानको हातमा पैसा जाने गरी उत्पादन र रोजगारीलाई प्रवर्धन गर्छौं” प्रधानमन्त्रीले भन्नुभयो, “म सरकारमा आउँदा देश श्रीलंका बनिहाल्छ कि भन्ने थियो। अहिले त्यो अवस्था छैन। अर्थतन्त्रमा राम्रो सुधार आएको छ। तर, दवावमुक्त भइसकेको छैन। तिहारलगत्तै आर्थिक गोलमेच गर्ने तयारीमा छु। सरकारले कुटनीतिक क्षेत्रका राम्रो पहल लिएको छ। भारत भ्रमणबाट सुरू भएको कुटनीतिक यात्रा संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणसम्म आइपुग्दा उत्कर्षमा पुगेको छ। नेपाल-भारतबिचको सीमा समस्या दीर्घकालीन रूपमा हल गर्ने प्रतिवद्धता भएको छ। २५ वर्षदेखि रोकिएको पञ्चेश्वर परियोजना अगाडि बढेको छ। १० वर्षमा १० हजार विजुली बेच्ने सम्झौता भएको छ। यी कुरा सामान्य छैनन्। संयुक्त राष्ट्रसंघको महासभा, इटालीको रोम र चीन भ्रमणमा सरकारले जुन भूमिका खेलेको छ, जसरी प्रस्तुत भएको छ, यसले देशको शीर उच्च बनाएको छ। चीनसँग नाका खोल्ने सम्झदारी भएको छ। कृषि, पर्यटन र आर्थिक क्षेत्रमा चीन सरकारले पनि राम्रो सहयोग गर्नेछ” प्रधानमन्त्रीले भन्नुभयो, “चीनसँग कृषि र पशुपालनमा पाइलट प्रोजेक्टमा सम्झौता भएको छ। त्यसमध्ये एउटा पाइलट प्रोजेक्ट थवाङमा ल्याइनेछ।

सामाजिक सञ्जाल नियमनको कार्यविधि बनेको छ। हिजो क्याबिनेटबाट स्वीकृत भएको छ। यसबाट हामी अराजकता र छाडापन अन्त्य गर्नैपर्छ। सम्मानित मिडियाको विकास गर्ने सरकारको दृढता छ। हिजो क्याबिनेट बैठकले देशका ३ वटा रंगशालालाई राष्ट्रिय गौरवका आयोजनामा रूपान्तरण गरेका छौं। यी निकै महत्त्वपूर्ण निर्णय हुन्। थवाङमा पछिल्लोसमय राम्रो विकास भएको छ। गणतन्त्रपछि राम्रो प्रगति भएको छ। भौतिक र मानवीय विकासमा यसले फड्को देखिएको छ। तपाईहरूले थवाङको थप विकासका लागि राख्नुभएका विषयमा गम्भीर छु। यसका लागि थप पहल गर्नेछु। सहिदमार्ग युद्धकालमा मैले नै प्रस्ताव गरेको थिएँ। यो मार्गको निर्माण कार्य छिटो सम्पन्न गरिनेछ। विद्युतीकरणका बाँकी काम पनि टुंगाइनेछ। नमुना परियोजनाको काम थवाङमा नै गरिनेछ। समग्रमा थवाङको विकास सरकारको मुख्य प्राथमिकतामा रहनेछ।
काठमाडौं, २४ कार्तिक ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संकटमा नपर्ने बताएका छन् ।
लौहपुरूष गणेशमान सिंहको १०९ औं जन्मजयन्तिमा आयोजित कार्यक्रमका क्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन् ।
उनले अहिले जनताले डेलिभर खोजिरहेको भन्दै जनताको जीवनस्तर उठाउन त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । ‘जनतालाई डेलिभरी गर्न तिनै तहका सरकारलाई आवश्यक अधिकार दिएर हामी अगाडि बढ्नुपर्छ,’ उनले भने । स्थानीय, प्रदेश र संघ तीनै तहका सरकारलाई प्रभावकारी बनाउनु पर्ने सिंहले बताए ।
त्यस्तै सञ्चारकर्मीको जिज्ञासामा उनले तिहार पछि सत्ता गठबन्धन ढल्छ भन्ने कुरामा कुनै आधार नभएको पनि बताएका छन् । संविधानको रक्षाका लागि गठबन्धन बनेकाले सहमति अनुसार नै गठबन्धन अघि बढ्ने सिंहको भनाई थियो ।
साथै भुकम्प प्रभावित नागरिकको सहयोगका लागि सरकार र सबै एकजुट भएर दुःख मा साथ दिनु पर्ने बताएका छन । जनताको सुखदुःखमा साथ दिन सक्नु नै आजको दिनमा सर्बोच्च नेता प्रतिको सच्चा श्रद्धाञ्जली हुने समेत बताए ।
काठमाडौं, कार्तिक २४/
नयाँदिल्ली — भारतीय पार्टी तृणमूल कंग्रेसकी लोकसभा सांसद महुआ मोइत्रामाथि पैसा लिएर संसद्मा प्रश्न गरेको आरोप लागेको छ । संसद्को एथिक्स कमिटीले बिहीबार उनलाई लोकसभाबाट निष्काशनको सिफारिस गरेको छ ।
केन्द्रमा विपक्षी पार्टी तृणमूल कंग्रेसकी सांसद मोइत्रा प्रखर वक्ताका रूपमा चिनिन्छन् । उनले लोकसभामा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीको निरन्तर आलोचना गर्दै आएकी छन् । उद्योगपति गौतम अडानीसँग सरकारको सम्बन्धलाई लिएर पनि निरन्तर प्रश्न उठाउने सांसदमध्ये मोइत्रा पनि एक हुन् । भाजपाले यतिबेला उनीमाथि अर्को उद्योगपतिसँग पैसा लिएर अडानीसँग सम्बन्धित प्रश्न लोकसभामा उठाएको आरोप लगाएको छ । भाजपा सांसद निशिकांत दुबेले १५ अक्टोबरमा उक्त आरोप लगाउँदै मोइत्रामाथि कारबाही गर्न लोकसभा स्पिकर ओम बिरलालाई पत्राचार गरेका थिए । स्पिकरले त्यसमाथि अनुसन्धान गरी आवश्यक सिफारिसको जिम्मा एथिक्स कमिटीलाई दिएका थिए ।
एथिक्स कमिटीले सांसद मोइत्रासँग बयान लिएपछि बहुमत सदस्यहरूको मतबाट उनीमाथि कारबाही सिफारिस गरेको हो । अब बस्ने संसद् बैठकले त्यसमाथि अन्तिम निर्णय लिनेछ । कमिटीका १० सदस्यमध्ये ६ जनाले कारबाहीको पक्षमा र ४ जनाले विपक्षमा मतदान गरेका छन् । सांसद मोइत्रामाथि उद्योगपति दर्शन हीरानंदानीसँग पैसा लिएर संसद्मा प्रश्न सोधेको आरोप छ । मोइत्राले भने हीरानंदनी आफ्नो साथी रहेको तर उनीसँग पैसाको कुनै पनि कारोबार नभएको बताउँदै आएकी छन् । उनले एक अन्तर्वार्तामा आफ्नो मित्र हीरानंदानीसँग एक स्कार्फ, लिपिस्टिक र आइस्याडो गिफ्ट लिएको स्वीकार गरेकी थिइन् । हीरानंदानी दुबई बस्ने व्यवसायी हुन् ।
प्राविधिक जाँचमा सांसद मोइत्राको संसदीय लग इनको प्रयोग दुबईबाट भएको देखिएको छ । दुबईमा लग इन गरिएको समयमा मोइत्रा भने भारतमा थिइन् । मोइत्रामाथि आफ्नो संसद्को लग इन र पासवर्ड अर्को व्यक्तिलाई दिएको आरोप पनि लागेको छ । त्यसलाई मोइत्राले स्वीकार गरेकी छन् । उनले हीरानंदनीको स्टाफबाट प्रश्न टाइप गराउन लग इन र पासवर्ड दिएको बताएकी छन् । तर, त्यसबापत कुनै पैसाको लेनदेन नभएको उनको दाबी छ । उनले प्रत्येक सांसदले आफ्नो लग इन र पासवर्डको प्रयोग अर्को व्यक्तिबाट गराइरहेको समेत दाबी गर्दै आएकी छन् ।
मोइत्रा पछिल्लो समय युवापुस्ता माझ लोकप्रिय बन्दै थिइन् । उनले संसद्मा उठान गर्ने विषय र संसद्बाहिर दिने वक्तव्यले सञ्चारमाध्यममा राम्रो स्थान पाउँदै आएको थियो । लन्डनको एक प्रतिष्ठित बैंकको जागिर जाडेर राजनीतिमा आएकी मोइत्राले सन् २०१६ मा पश्चिम बंगालबाट विधानसभा र पछि २०१९ मा लोकसभा चुनाव जितेकी हुन् । आफूमाथिको आरोपले मानहानी भएको भन्दै उनी अदालतसमेत पुगेकी छन् ।
काठमाडौं, २४ कार्तिक ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, गण्डकी, कर्णाली र सुदूर(पश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने देशको सुदूर पश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
कोशी , गण्डकी, कर्णाली र सुदूर-पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न साथै क्रमिक रूपमा तापक्रम घटिरहेको हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
काठमाडौं, २३ कार्तिक ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतका सचिव वाङ जुनझेङ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ।
राष्ट्रपति भवनमा बिहीबार भएको भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
त्यस अवसरमा राष्ट्रपति पौडेलले हालै जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट जनधनको ठूलो क्षति हुँदा चीन र त्यहाँका जनताले प्रदान गरेको सहयोगका लागि आभार व्यक्त गरेका थिए।
उनले विपद्पछिको पुनःउत्थान र पुनःनिर्माणका लागि प्राप्त चिनियाँ सहयोगको प्रशंसा गरेका थिए।
काठमाडौं, २३ कात्तिक ।
प्रधानमन्त्री र मन्त्रीले जाजरकोट भूूकम्प्पपीडितलाई एक महिनाको तलब सहयोग गर्ने भएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट भूूूकम्मपीडितका लागि प्रधानमन्त्री र मन्त्रीले एक एक महिनाको तलब आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
एक साताअघि जाजरकोट केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूूूकम्प जाँदा जाजरकोट र रूकमपश्चिममा ठुुलो धनजनको क्षति भएको छ ।
हेमन्त केसी ,जाजरकोट, २३ कार्तिक ।
भूकम्पबाट जाजरकोटवासी ठूलो पीडामा छन् । त्रिपालको सहारामा रात कटाउँदै आएका पीडितलाई गास र बासकै चिन्ता छ । भूकम्पले घरसँगै खाद्यान्न र कत्ताकपडा पुरिएका छन् । अधिकांश पीडितसँग एकसारो कपडाको भरमा छन् ।
पीडाको आहालमा डुबेका पीडितलाई खाद्यान्नसँगै लत्ताकपडाको ठूलो खाँचो छ । सहयोगी निकायले दिएको केही थान चामल र त्रिपाल मात्र पाएका छन् । परिवार र आफन्त गुमाएका नागरिकका आशु पुछिदिने कोही छैन । सरकारले घोषणा गरेको राहत सामग्री पीडितको हातमा पुगेको छैन ।
तर भीआइपी (राज्यका उच्च पदस्त)हरु भूकम्प पीडितको आँशुमा रमिता गरिरहेका छन् । भूकम्प गएकै भोलिपल्ट कार्यकारी नेतृत्व (प्रधानमन्त्री) नै घटनाको स्थलगत अनुगमन गरिसकेपछि पनि अनुगमनका नाममा भीआइपीको लस्कर रोकिएको छ । पीडितलाई तत्काल राहत दिनुको पु¥याउनुका सट्टा भीआइपीहरुले शक्ति प्रदर्शन जस्तै गरेर बेर्थको अनुगमन गरेर राज्य शक्ति र स्रोतको दुरुपयोग गरेका छन् ।
आतंक नै मच्चाउने गरी भीआइपीहरुले अनुगमनका नाममा स्वार्थको राजनीतिक गरेका छन् । जिल्लामा दिनहु भीआइपीको ओइरो लागेपछि प्रशासनिक निकायले सुरक्षा व्यवस्थापनमा कठिनाइ भएको छ । सिंगो प्रशासनिक निकाय नै भीआइपीको सुरक्षामा लागेपछि राहत वितरणमा ढिलाई भएको छ ।
पीडित ओत लाग्ने टेन्ट हटाएर राष्ट्रिपतिको स्वागत
भूकम्प पीडित ओत लाग्ने त्रिपाल उठाएर राष्ट्रिपति रामचन्द्र पौडेलको स्वागत गरिएको छ । मंगलबार भूकम्प प्रभावित क्षेत्रको अनुगमन गर्न राष्ट्रपति जाजरकोट आएका थिए । त्रिभूवन माविको प्राङ्गणमै राष्ट्रपति सवार हेलिकोप्ट बसाल्ने भएपछि त्यहाँ भूकम्प पीडित ओत लाग्न बनाइएका टेन्टहरु हटाउनु परेको थियो । राष्ट्रिपति आउनुअघि धुलो नउडोस भनेर प्राङ्गणमा पानी हालिएको थियो । तर थोरै भागमा पानी हालिएका कारण राष्ट्रिपति सवारी हेलिकोप्टरले पीडितका लागि पठाइएका राहत सामग्री धुलाम्य बन्न पुगे । सरकारलाई निर्देशन दिने बाहेक भूकम्प पीडितका लागि राष्ट्रपति स्वयमले केही पनि गर्न पाउँदैनन् । निर्देशन दिने वा जानकारी लिने काम राष्ट्रपतिले काठमाडौँमै बसेर गर्न सक्थे ।
राष्ट्रिपति आएपछि दिनभरी राहत ढुवानी रोकियो
राष्ट्रपति भूकम्प प्रभावित क्षेत्रमा आएपछि मंगलबार दिनभर राहत ढुवानी रोकिएको छ । राष्ट्रिपति प्रभावित क्षेत्रमा रहुन्जेल अर्काे हेलिकोप्टर स्टेन्टवाइ (उद्दारका लागि तयारी अवस्था) मै राख्नुपर्ने भएका कारण दुई वटै हेलिकोप्टरले राहत सामग्री ढुवानी गर्न पाएनन् । एउटा हेलिकोप्टरले राष्ट्रिपतिलाई घुमाउनु पर्ने र अर्काे हेलिकोप्टर स्टेनवाइ राख्नु पर्ने भएपछि मंगलबार दिनभर राहत सामग्रीको ढुवानी रोकिएको प्रशासनिक स्रोतले जनाएको छ । राष्ट्रपति नआएको भए मंगलबार सुर्खेत, नेपालगञ्ज र दाङबाट नेपाली सेनाले राहत सामग्री हेलिकोप्टरबाट बारेकोट, कुसे र नलगाडका प्रभावित क्षेत्रमा ढुवानी गर्ने कार्यतालिका थियो ।
राहत ढुवानी गर्ने हेलिकोप्टरमा नेताहरुको मस्ती
भूकम्पबाट बढी प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिममा राहत सामग्री पुरयाउने कमाण्ड संघीय सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले सम्हालिरहेका छन् । संकटको समयमा यही क्षेत्रकै नेता भएका कारण उपप्रधानमन्त्री खड्काले अभिभावकीय भूमिका निर्वाह गरिरहेका छन् । एक हिसावले भन्दा पीडित बस्तिमै राहत पुरयाउन ठूलो योगदान छ । प्रभावित बस्तिमा पुगेर अनुगमन गर्ने राहत नपुगेको भए तत्काल ठाउँका ठाउँ टेलिफोन गरेर राहत पुरयाउन निर्देशन दिँदै आएका छन् । राहत वितरण कै लागि उनी काठमाडौँ नगएर सुर्खेतबाट संघीय सरकारको कमाण्ड सम्हाली रहेका छन् । घाइतेको उद्दार र पीडित नागरिकको बस्तिसम्म राहत पुरयाउन नेपाली सेनाका सबै हेलिकोप्टरहरु सुर्खेतमै राखिएका छन् ।
दुर्भाग्य, राहतका लागि सुर्खेतमा राखिएका हेलिकोप्टरमा भने अनुगमनका नाममा नेताहरु मस्ति गर्न थालेका छन् । सोमबार मात्रै अनुगमनका नाममा नेताहरुले मस्ति गरेका छन् । प्रभावित क्षेत्रमा राहत पुरयाउनुको सट्टाको उपप्रधान मन्त्रीसहित, जलस्रोत उर्जा तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण जिसी, आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह, नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही र नेपाली काँग्रेसका प्रदेश पार्टी सभापति ललितजंग शाही, नागरिक दैनिकमा कार्यरत नगेन्द्र उपाध्याय र कान्तिपुर टेलिभिजनमा कार्यरत देव रानाले शयर गरे ।
उनीहरु पीडित बस्तिमै नपुगेर नेताहरुले हेलिकोप्टरबाट नै प्रभावित क्षेत्रको अनुगमन गरे । जिल्ला सदरमुकामका कोही बस्तिमा स्थलगत अनुगमन गरेपनि रिम्ना, बारेकोट, कुसे र आठविसकोटमा हेलिकोप्टर बस्ने स्थानमै स्थानीयसँग राहत वितरण र प्रभावित नागरिकको जानकारी लिए ।
जुन अनुगमन कुनै पनि हिसावले आवश्यक थिएन् । बरु अनुगमनको सट्टा राहत सामग्री सम्बन्धित ठाउँमा पु¥याएको भए पीडितलाई केही राहत हुन्थ्यो । तर सोमबार दिनभर नेपाली सेनाको हेलिकोप्टर नेताहरुलाई प्रभावित क्षेत्रमा घुमाउनमै व्यस्त भयो । भलै सोही हेलिकोप्टरबाट रुकुमपश्चिमको आठविसकोटबाट सानोभेरी गाउँपालिका–४ का डाइमन्ड चन्दको उद्दार गरियो । भूकम्प परेर घाइते भएका उनको दाँया खुट्टा भाँचिएको थियो । आठविस अस्पतालमा खुट्टाको अप्रेशन सम्भव नभएपछि उनलाई उद्दार गरेर प्रदेश अस्पताल सुर्खेत पु¥याइएको हो ।
हेलिकोप्टर आतंक बन्द गर्न नगर प्रमुखको आग्रह
यता भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले भीआईपीहरुको हेलिकोप्टर आतंक बन्द गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर घर्तीले विभिन्न बहानामा भेरी नगरपालिकाको आकाशमा हेलिकोप्टर आतंक बन्द गर्न आग्रह गरेका हुन् ।

उनले संविधानले व्यवस्था गरेको स्थानीय विपद् व्यवस्थापन समितिको अधिकार मिच्न नखोज्न पनि चेतावनी दिएका छन् । भेरी नगरपालिका सदरमुकामसमेत रहेको नगरपालिका हो । यहाँ दैनिक नेपाली सेनाको हेलिकप्टरमा भीआईपीहरु सवारले पीडितलाई राहत वितरणमा ढिलाई भएपछि उनले यस्तो आग्रह गरेका हुन् ।
उत्खनन्को पर्खाइमा छन् ११ सय घरधुरी
भेरी नगरपालिका ३ विश्वविक्रम शाहका ६ ओटा घर पूर्णरुपमा क्षति भएका भएका छन् । घरमा रहेका सम्पूर्ण धनसम्पक्ति पुरिएका छन् । भूकम्प गएको चार दिनसम्म पनि उनले पुरिएका सामान निकाल्न पाएका छैनन् । पुरिएको सामान निकाल्दिनका लागि प्रहरीलाई आग्रह गरेका छन् । तर जिर्ण घरमा जोखिम रहेका कारण प्रहरीले पनि सामान निकाल्न सकेको छैन । ‘घरमा रहेका होटल रिद्धि, डाँफे बिल्डर्स र डाँफे युवा क्लवका सम्पूर्ण सामग्री पुरिएका छन्’ उनले भने, ‘तर कसले निकाल्दिने ?’
भेरी नगरपालिका ३ माथिल्लो थाप्लेकी जानकी भण्डारीको पनि भूकम्पले घर पूर्ण रुपमा क्षति भएको छ । भूकम्प परेर दुई जनाको ज्यान गएको छ । घरसँगै पुरिएको सामानहरु उत्खनन् गर्न पाएकी छैन । ‘उत्खनन गरिदिएको भए केही सम्पत्ति जोखिन्थ्यो’ भण्डारीका छोरा किरणकुमार भण्डारी भने, ‘समयमै उत्खनन् नहुँदा सबै गुम्ने भयो ।’
विश्वविक्रम र जानकीको मात्र होइन जिल्लाभर ११ सय घरधुरी उत्खननको पखाइमा रहेका छन् । भूकम्पले क्षतिभएका आठ हजार ३ सय ३६ घरधुरीमध्ये एक हजार एक सय ७० घरहरु उत्खननको पखाइमा रहेको विल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख सन्तोष रोकाले बताए । जसमध्ये भेरी नगरपालिकामा ३ सय ४४ घर, नलगाड नगरपालिकामा २ सय, छेडागाडमा एकसय, कुशेमा ९५, बारेकोट गाउँपालिकामा १ सय ६०, शिवालयमा एक र जुनीचाँदेमा २ सय ७० पूर्ण क्षति भएका छन् । पूर्ण क्षति भएका सबै घर उत्खनन् गर्नुपर्ने अवस्थामा छन् ।
उत्खननका लागि तीनसयजनशक्ति परिचालनको तयारी गरिएको सहायक जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले जानकारी दिए । प्रभावितलाई राहतको प्राथामिकताका कारण उत्खनन्मा ढिलाई भएको सहायक प्रमुख जिल्ला अधिकारी शमाले बताए । तीन पटै सुरक्षा निकाय तयारी अवस्थामा रहेकोले तत्काल उत्खननको लागि परिचालन गर्ने शर्माले बताए । प्रत्येक ठाउँमा १० जना पुरिएका घरहरु उत्खनन गर्ने तयारी गरिएको छ ।

काठमाडौं, २३ कार्तिक ।
पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनको नयाँ पुस्तक आजवाट बजारमा आउने भएको छ ।
पुर्व उपराष्ट्रपति पुनले लेखेको ‘यात्रा जिन्दगी’ नामक पुस्तक आजबाट बजारमा आउन लागेको हो ।
सो पुस्तकको बिमोचन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरे पछि बजारमा आउन लागेको हो । सो पुस्तकको बिमोचन आज दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बिमोचन हुदैँछ ।
काठमाडौं, २३ कार्तिक ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभा बस्दैछ ।
बाग्मती प्रदेशको राजधानीमा हेटौडामा आज बस्ने साधारण सभामा अध्यक्ष पंकजविक्रम नेम्वाङ विरुद्ध परेको अविश्वासको प्रस्तावको बारेमा छलफल हुनेछ ।
गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्नु पर्ने भन्दै लिखित निवेदन दिएका थिए ।
नेतृत्वमा पुगेको एक वर्ष नपुग्दै अध्यक्ष र महासचिव विरुद्ध बर्खास्तको माग आए पछि आजको साधारण सभामा अध्यक्ष नेम्वाङ र महासचिव राईले अविश्वास प्रस्तावको सामाना गर्दैछन् ।
एन्फाको नेतृत्वमा कुल १०५ सदस्य रहेका छन्, जसमध्ये साधारणसभामा ८६ सदस्यसँग मात्र मताधिकार रहेको छ ।
काठमाडौं, २३ कार्तिक ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न साथै क्रमिक रुपमा तापक्रम घटिरहेको हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
काठमाडौं, २२ कात्तिक ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न संघ संस्थाहरूले ४ करोड भन्दाबढी रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सहयोग गरेका छन् ।

बुधबार बिहान बालुवाटारमा पर्यटन मन्त्री सुदन किरातीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ लाई भेटी सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

यसरी सहयोग गर्नेहरुमा नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम, पर्यटन बोर्ड, पशुपति क्षेत्र विकास कोष, नेपाल पर्वतारोहण संघ, लुम्बिनी विकास कोष रहेका छन् । त्यसैगरि गोरखा ब्रअरी प्रा.लि. ले पनि राहत कोषमा १ करोड सहयोग गरेको छ ।

काठमाडौं, २२ कात्तिक ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा समसामयिक राजनीतिकसहितका विषयमा छलफल भइरहेको छ ।

पार्टीले सञ्चालन गर्न लागेको मध्यपहाडी लोकमार्ग अभियान, भूकम्पलगायतका विषयमा छलफल भइरहेको छ ।

एमालेले आगामी मंसिरमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्दै छ ।
पोखरा, २२ कात्तिक ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राजदुत छन् सङमार्फत् जाजरकोट र पश्चिम रुकुमका भुकम्पपीडितका लागि चीन सरकारले पठाएका राहत सामाग्री बुझेका छन् । बुधबार बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका झन्डै ३० करोड मुल्य बराबरको सामाग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ सरकारप्रति कृतज्ञता व्यक्त गरे ।

नेपाल र चीन ऐतिहासिक मित्रदेश भएको, दुबै मुलुक एकअर्काको दु:खमा साथमा रहेको र यो द्रुत सहयोगले त्यसलाई अझ प्रमाणित गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

त्यसक्रममा राजदूत सङले पश्चिम नेपालको भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै मृतकहरूमा श्रद्धाञ्जली र पीडामा परेका जनतामा समवेदना व्यक्त गरे । नेपाल र नेपाली जनताको दु:खमा आफ्नो देशको सधैं साथसहयोग रहने र राष्ट्रपति सि जिन पिङले समेत पत्र पठाएर त्यो संवेदना जाहेर गरेकाे उनले बताए ।

दुईवटा एयरक्राफ्टबाट चार हजार ६ सय ब्लाङ्केट र ६ सय टेन्ट आएको छ। यता केरुङ नाका हुँदै चिनियाँ सरकारले झन्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामाग्री पठाएको छ, जसमा २ हजार तीन सय टेण्ट, दुई हजार ब्लाङ्केट, सात सय टर्पलिन, पाँच सय वटा महामारी रोक्ने स्पेयर र साँढे १० हजार वटा लामखुट्टे मार्ने औषधि छन्। बुधबार बिहान काठमाडौं आइपुगेको उक्त सामाग्री तत्काल प्रभावित क्षेत्रमा पठाइनेछ भने पोखरा आएको सागाग्री पनि प्रभावित क्षेत्रमा पठाउने तयारी छ।

सिरहा, २२ कात्तिक । मुकेश कुमार यादव
सिरहाको नरहा गाउँपालिकाका वडा अध्यक्षहरूले आन्दोलनको चेतावनी दिएका छन् । आर्थिक वर्ष २०७९/८० को आयव्यय विवरण, प्रत्येक वडामा एकजना कम्प्युटर अपरेटर, तत्काल कार्यक्रमहरूको कार्यादेश दिनुपर्ने लगायतका माग सात दिनभित्र सम्बोधन नभए आन्दोलनमा उत्रने उनीहरुले चेतावनी दिएका हुन्।
वडा नम्बर १ का अध्यक्ष अशोक कुमार महतो, ४ का वडा अध्यक्ष रामविलेक्षण यादव र ५ का वडा अध्यक्ष हुकुमदेव यादवले आफूहरूको माग सम्बोधन नभए सेवा नै ठप्प पारेर आन्दोलनमा उत्रिने चेतावनी दिए ।

वडा अध्यक्ष हुकुमदेव यादवले सूचनाको हक प्रयोग गरेर करिब एक महिनाअघि दिएको निवेदनको बेवास्ता गरेको भन्दै तत्काल माग गरेको सूचना दिनुपर्ने बताए।
उनले नयाँ आर्थिक वर्षको ४ महिना बितिसक्दा पनि कार्यालय सञ्चालन खर्च नदिएको, कार्यक्रमको कार्यादेश नदिएको भन्दै प्रशासकीय प्रमुख विधिसम्मत ढङ्गले चल्न नसकेको आरोप लगाए ।
‘हामीले ताली ठोकेर गाउँपरिषद् गरिदिएका छौं । कार्यक्रमहरू बनेको छ। कार्यालय प्रमुखले कसको निर्देशन पर्खेर बस्नुभएको हो ? हामीलाई तत्काल कार्यादेश चाहिन्छ,’ उनले भने ।
उनीहरूले आफूहरूको माग एक साताभित्र सम्बोधन नभए पालिका कार्यालयको गेटमै बसेर सेवा ठप्प पार्ने र वडा कार्यालय त्यहीँबाट सञ्चान गर्ने बताए ।
काठमाडौं, २२ कार्तिक ।
भूकम्पपीडितको राहत लिएर चिनियाँ सेनाको जहाज पोखरामा अवतरण भएको छ ।
चीन सरकारले भुकम्प पीडितलाई दिने राहात सहयोग सामग्री लिएर आएका चिनियाँ सेनाको दुइ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरण गरेका हुन् ।
उत्तरी छिमेकी चीनले दिने उक्त सहयोग सामाग्री बुझ्नका लागि उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ आजै पोखरा पुगेका छन भने चिनियाँ राजदूत छन सोङले सामान गृहमन्त्री श्रेष्ठलाई उक्त सहयोग सामाग्री हस्तान्तरण गर्दैछन् ।
चीनले आफनो वायु सेनामार्फत पोखरामा पठाएको सहयोग सामाग्री नेपालले भने त्यहाँवाट कर्णाली पु¥याउनेछ । चिनियाँ सेनाको जहाजमा समान आउने भनिए पनि त्यसलाई ‘ह्युमनेटिरियन फ्लाइट’ भनिएको छ, जुन बिहान ९३० र ९ ४० मा अवतरण भएका हुन ।
चीन सरकारले घोषणा गरे अनुसार करिब १० करोड बराबरको सामग्री लिएर चिनियाँ सेनाका जहाज चीनको छेन्दुबाट जहाज उडेका थिए ।
बेइजिङ, २२ कार्तिक ।
चीनमा विगत केही दशकदेखि लगातार बढिरहेको जनसंख्या वृद्धिका कारण यो देशको जनसङ्ख्या अर्ब नाघेको थियो ।
यो बढ्दो जनसङ्ख्यालाई कम गर्न सन् १९८० मा चीनले दम्पतीलाई एउटा मात्र बच्चा जन्माउन दिने नीति लागू गरेको थियो। जसलाई ‘एक सन्तान नीति’ नाम दिइएको थियो ।
चीनको यो नीति ३६ वर्ष अर्थात २०१६ सम्म जारी रह्यो तर यी नीतिको परिणामस्वरुप आज यो देशको जनसंख्या ‘नकारात्मक वृद्धि’को चरणबाट गुज्रिरहेको छ ।
हालै भएको चीनमा जनसङ्ख्या सर्वेक्षण रिपोर्टले चीनको जनसंख्या बृ्द्दी भन्दा मृत्युदर बढी देखाइएको थियो, जसले चीनलाइ चिन्तामा लगेको छ । सो सर्वेक्षणका अनुसार सन् २०२२ मा चीनको जनसंख्या सन् २०२१ को तुलनामा ८ लाख ५० हजारले घटेको छ ।
सन् १९६१ मा चीनको भयंकर अनिकालपछि यो देशले पहिलो पटक यति ठूलो जनसंख्या घटेको तथ्यांक सार्बजनिक भएको हो ।
सन् २०२२ को अन्त्यसम्ममा चीनको कुल जनसङ्ख्या १.४ बिलियन हुने अनुमान गरिएको थियो, जुन गत वर्षको तुलनामा ८ लाख ५० कमी देखिन आयो । यस बाहेक चीनमा जन्मदर पनि प्रति हजार ६.७७ छ भने मृत्युदर प्रति हजार ७.३७ रहेको छ, जसका कारण जन्मदर शून्यदेखि ०.६ प्रति हजारमा पुगेको छ । जसले गर्दा चीन तनाबमा परेकाे छ ।
ग्लोबल टाइम्सका समाचार अनुसार चाइनिज एकेडेमी अफ सोशल साइन्सका पूर्व उपनिर्देशक काई फेङले एक सेमिनारमा यस प्रश्नको जवाफ दिँदै जन्मदरमा आएको गिरावटलाई लिएर निराशावादी हुनुपर्ने आवश्यकता नरहेको बताए । उनले बरु, यो कमीलाई पूर्ति गर्न चीनले जनसङ्ख्याको गुणस्तर सुधार गर्ने अवस्था र योजना बनाउने समय आएको सुझाव दिएका छन् ।
घट्दो जनसङ्ख्या र कोभिड–१९ ले चीनमा ठूलो प्रभाव पारेको उनको विश्वास छ । जनसङ्ख्या घट्दा देशलाई हुने नोक्सानीबाट जोगाउन सबैभन्दा पहिले श्रम शक्तिलाई न्यायोचित र प्रभावकारी रूपमा बाँडफाँड गर्नुपर्ने, न्यून पारिश्रमिक पाउने व्यक्तिको आम्दानी बढाउनु पर्ने र आधारभूत सार्वजनिक वस्तु जनता माझ बाँडफाँट गर्नुपर्ने उनले सुझाव दिएका छन् ।
काठमाडौं, २२ कार्तिक ।
भूकम्पपीडितको राहत लिएर चिनियाँ सेनाको जहाज आज नेपाल आउँदैछ ।
चीन सरकारले भुकम्प पीडितलाई दिने राहात सहयोग सामग्री लिएर आउने दुई वटा चिनियाँ सेनाको जहाज आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरण गर्नेछ ।
उत्तरी छिमेकी चीनले दिने उक्त सहयोग सामाग्री बुझ्नका लागि उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ आजै पोखरा पुग्दैछन । चिनियाँ राजदूत छन सोङले सामान गृहमन्त्री श्रेष्ठलाई उक्त सहयोग सामाग्री हस्तान्तरण गर्नेछन् ।
चीनले आफनो वायु सेनामार्फत पोखरामा पठाएको सहयोग सामाग्री नेपालले भने त्यहाँवाट कर्णाली पु¥याउनेछ । चिनियाँ सेनाको जहाजमा समान आउने भनिए पनि त्यसलाई ‘ह्युमनेटिरियन फ्लाइट’ भनिएको छ, जुन बिहान ९ बजे अवतरण गर्ने भनिएकाे छ ।
चीन सरकारले घोषणा गरे अनुसार करिब १० करोड बराबरको सामग्री लिएर चिनियाँ सेनाका जहाज चीनको छेन्दुबाट जहाज उड्नेछ ।
काठमाडौं, २२ कार्तिक ।
नेकपा एमालेका सांसद सुर्य थापाले जाजरकोट र रुकुमका भुकम्प पीडितलाई राहात दिन एक एकजना मन्त्रीलाई ‘फोकल ब्यक्ति’को रुपमा तोकेर काम गर्नुपर्ने बताएका छन् ।
गत शुक्रबार राती गएको भुकम्पमा परी ज्यान गुमाएका, घाइते भएका तथा धनजनका क्षति भएका परिवारलाई राहात दिनका लागि ‘फोकल ब्यक्ति’ तोकेर काम गर्न सुझाव दिएका हुन । उनले जाजरकोट भुकम्पमा अनावश्यक भिभिआइपी र भिआईपीको लस्कर प्रति पनि असन्तुष्टी जनाएका छन् ।
‘जाजरकोट र पश्चिम रूकुममा भूकम्पको बहाना गरी अनावश्यक पर्यटन आवश्यक छैन, प्रभावित पालिकामा सर्वदलीय संयन्त्रको मार्गदर्शनमा उद्दार, राहत र पुनस्स्थापना कार्य अघि बढाउन आवश्यक स्रोत र जनशक्ति सरकारले व्यवस्था मिलाउनु अत्यावश्यक छ, उनको सुझाव छ, ‘संघीय र प्रदेश सरकारका एक एक जना मन्त्री समन्वय मिलाउन त्यहाँ फोकल व्यक्तिका रूपमा तोकेर संघीय सांसद, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिहरू र जिल्ला प्रशासनको जवाफदेही सहकार्यमा पीडित केन्द्रित, ठोस र आवश्यक कार्य गरिनुपर्छ, ओहदा केन्द्रित सवारी आवश्यक छैन।’
थापाले सुझाव दिदै अगाडी भनेका छन, ‘प्रचारमुखी स्टन्टबाजी र सजावटी देखावटी अभिनयले पीडितलाई खाना, नाना र छाना बन्दैनन् । २०७२ को भूकम्प र बाराको हावाहुरी पीडितका लागि सरकारले गरेको कामबाट सिकेर अघि बढ्नु जरूरी छ।’
केही दिन यता के काम भन्दा जाजरकोट जामजस्तो फजुल खर्च गरेर पीडितको नाममा राज्यकोष स्वाहा पार्ने कार्य उचित छैन।
काठमाडौं, २२ कार्तिक ।
चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ आज नेपाल आउँदै छन् ।
नेपालको पाँचदिने औपचारिक भ्रमणका लागि उनी आज बुधबार नेपाल आउन लागेका हुन् ।
तिब्बतको पार्टी सेक्रेटरी छुङछेङ नेपाल भ्रमणको क्रममा द्धिपक्षिय तथा आपसी हितका बारेमा छलफल गर्नेछन । प्रधानमन्त्री पुष्पकमल दाहालको हालै भएको चीन भ्रमणको क्रममा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे छलफल हुने जनाईएको छ ।
पाँचदिन नेपाल रहने उनले भोली बिहान प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नेछन भने यस भ्रमणको क्रममा उनी पोखरा पनि जानेछन् ।
हेमन्त केसी,जाजरकोट , २२ कात्तिक /
राष्ट्रपति रामचन्द्र पौडेल हेलिकोप्टरमा सहारामा भूकम्पबाट थिलो थिलो भएको जाजरकोट सदरमुकामसँगै बारेकोट पुगे ।
सदरमुकामबाट पठाएको राहत सामग्री अझैँ राम्रोसँग गाउँमा पुग्न नसकेको समयमा राष्ट्रपति राहत भन्दा अगाडी गाउँ पुगेका हुन् ।
अगुवा ,पछुवा गरेर सदरमुकाम हुँदै बारेकोट पुगेको राष्ट्रपति पौडेलले जनता जनधनको क्षती प्रति दुखी भएको भन्दै सरकारले सबैको घर निर्माण गरिदिने समेत बताए । राष्ट्रपति बारेकोट पुग्दा त्यहाँका सर्बसाधारणले राहत ल्याएर आएको अनुमान लगाएका थिए तर राष्ट्रपति खाली हात भाषण मात्र लिएर भत्किएका संरचना हेर्न बारेकोट पुग्दा यहाँका जनताले हाती आयो , हाती आयो सुस्सा भनेझैँ भएको बताएका छन् । बारेकोट गाउँपालिका–१ रामीडाँडामा भूकम्पको केन्द्र विन्दु रहेको थियो । केही काम गरौँला भनेर आशा लिएर आएका छौँ , हाम्रो भरोसा मान्नुहोस भन्दै आसपासनको पोको सुनाएर फेरी राष्ट्रपति पौडेल काठमाडौँ हुइकिए ।
त्यस्तै राष्ट्रपति पौडेलले सदरमुकाम स्थित माथिल्लो थाप्लेमा भत्किएका संरचनाको स्थलगत अनुगमन गरेका थिए । उनले पहिले थाप्ले बास बसेको स्मरण गर्दै यसको पूर्ण निर्माण गर्न सरकारसँग कुरा गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।
जाजरकोट अस्पतालमा बिरामी भेटन गएका राष्ट्रपति पौडेललाई भेरी नगरपालिका १ कि सीतली विकले पहुँचवालाको मात्र बाहिर उपचार भएको भन्दै आलोचना गरेकी थिइन । उनले आफ्नो बुहारी विदेशमा रहेकाले तत्काल फिर्ता ल्याइदिन समेत राष्ट्रपतिसँग आग्रह गरेकी थिइन् । भूकम्पका कारण अर्का मेरुदण्डमा समस्या आएर अस्पतालमा उपचार गरिरहेको नलगाडका बीरबहादुर पुनले समेत आफूलाई पक्षपात गरेर जाजरकोट अस्पतालमै उपचार गर्न बाध्य बनाएको आरोप लगाउदै राष्ट्रपतिसँग गुनासो गरे । अरु भूकम्प पीडितको उपचार बाहिर भएको तर आफ्नो मात्र जिल्ला अस्पतालमा किन गरेको होला भन्दै आफूले बुझन नसकेको उनले राष्ट्रपतिलाई सुनाए ।
राष्ट्रपति पौडेलले बीरबहादुरलाई बाहिर लिएर उपचार गर्ने भन्दै आश्वस्त परे । तर राष्ट्रपति काठमाडौँ पुग्ने समयसम्म बीरबहादुर जाजरकोट अस्पतालको बेडमै उपचाररत छन् । राष्ट्रपति पौडेललाई ल्याएको हेलिकोप्टर अवतरण गर्न भूकम्प पीडितलाई आवासको लागि बनाएको टेन्ट समेत हटाएको थियो ।
बारेकोट गाउँपालिकाले ३ हजार पाल माग गरेकोमा हाल सम्म २ हजार थान त्रिपाल पठाएको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले बताए । १ हजार ३०० कम्मल , ४०० थान म्याटिस बारेकोट पठाएको उनले बताए ।
त्यस्तै हिजाे देखि कुशे गाउँपालिकामा पनि हवाइ मार्गबाट केही सामग्री पठाएको छ । जुनिचाँदे गाउँपालिकामा बुधबार मात्र पठाउने कार्ययोजना रहेको छ । जिल्ला स्थित सुरक्षा अधिकारीबाट राहत सामग्रीको बारेमा जानकारी लिन खोज्दा कोही पनि तथ्यांक दिन तयार छैनन् ।
राहत सामग्री गाडीमा, मन्त्री तथा नेताहरु हेलिकोप्टरमा जाँदा राहतको सामग्री पुग्न समय लागेको हो । यो भन्दा अगाडी उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ , भौतिक पूर्वाधार मन्त्री प्रकास ज्वाला , स्वास्थ्यमन्त्री शेरबहादुर बस्नेत , उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खडका आउने र जाने गरिरहेका छन् । उर्जामन्त्री शक्तिबहादुर बस्नेत जाजरकोट बसेर राहत सामग्री संकलन तथा वितरणको काममा खटिरहेका छन् । त्यस्तै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह समेत जाजरकोटमै रहेका छन् । मन्त्री देखि राष्ट्रपति सम्म जिल्लामा आउने र जाने भीड लागेपनि भूकम्प पीडित सम्म अझैँ राहत सामग्री पुग्न नसक्दा समस्य उत्पन्न भएको छ ।
भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले आकाशमा हेलिकोप्टर आतंक बन्द गर्न चेतावनी दिएका छन् । घर्तीले लेखेका छन् , ‘बिभिन्न बहानामा भेरी नगरपालिकाको आकाशमा हेलिकप्टर आतङ्क बन्द गर । सम्बिधानले व्यवस्था गरेको स्थानीय बिपद ब्यवस्थापन समितीको अधिकार मिच्न नखोज । ’ उनले थप लेखेका छन् , भेरी नगरपालिकामा ५ हजार त्रिपाल चाहियो ।
काठमाडौं, २२ कार्तिक ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न साथै क्रमिक रुपमा तापक्रम घटिरहेको हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
काठमाडौं, २१ कात्तिक ।
सभामुख देवराज घिमिरेसँग बेलायती राजदूत रोब फेनसँग शिष्टाचार भेट गरेका छन् । भेटमा बेलायतसँग नेपालको सहकार्य, संसदीय आदान प्रदान तथा द्विपक्षीय हितका विषयमा छलफल भएको छ ।
भेटमा सभामुख घिमिरेले नेपाल र बेलायतबीच सदियौँदेखि घनिष्ट सम्बन्ध रहेको बताउँदै नेपाल र बेलायतबीच रहेको राजनैतिक सम्बन्ध, आर्थिक तथा साँस्कृतिक सम्बन्ध तथा जनस्तरमा कायम मित्रता अद्वितीय रहेको उल्लेख गरे ।
सभामुखले सन् २०१६ मा नेपाल–बेलायत कूटनीतिक सम्बन्ध स्थापनाको २ सय वर्ष मनाएको स्मरण गर्दै यो वर्ष दुई देशबीच मैत्री सन्धि सम्पन्न भएको एक सय वर्ष मनाउँदै गरेको बताए ।
‘आपसी सम्बन्धहरु हरेक दिन थप प्रगाढ हुँदै गएको प्रति म खुशी व्यक्त गर्दछु,’ सभामुखले भने, ‘नेपाल र बेलायत बीच लोकतन्त्र, संसदीय व्यवस्था, कानूनी शासन, मानव अधिकार साझा मूल्य–मान्यता रहेका छन् । यी विषयमा बेलायतको लामो र समृद्ध अभ्यास र इतिहास रहेको छ । नेपालको लागि बेलायती अभ्यास एवं अनुभव अनुकरणीय रहदैं आएको छ ।’
सभामुख घिमिरेले राजनैतिक स्थायित्वसँगै नेपालले विकास, समृद्धि र सुशासनको पथमा गति लिएकोसमेत बताए ।
‘नेपाल सरकारको निकट भविष्यमा अति कम विकसित राज्यको सुचीबाट स्तरोन्नति भई सन् २०३० सम्म मध्यम आय भएको राष्ट्र बन्ने लक्ष्य रहेको छ । नेपालको यस विकास प्रयासमा बेलायतको निरन्तर सहयोगको आवश्यकता रहेको छ,’ सभामुख घिमिरेको भनाइ थियो ।

२०१५ र हालै पश्चिम क्षेत्रमा गएको भूकम्प तथा कोभिड नियन्त्रणका लागि उदार भावनाका साथ नेपाललाई सामग्री र भ्याक्सिन उपलव्ध गराएकोमा सभामुखले बेलायत सरकारप्रति आभार व्यक्त गरे । उनले संसदीय मैत्री समूहमार्फत दुई देशबीच संसदीय आदान प्रदानमा जोड दिए ।
बेलायती राजदूत रोबले नेपालले आगामी दिनमा नेपालको जनशक्तिलाई स्वदेशमै राखेर विकासलाई तीब्रता दिने विश्वास व्यक्त गरे । उनले बेलायतले आगामी दिनमा पनि विकास सहायतालगायतका विषयमा नेपाललाई दिँदै आएको सहयोग वृद्धि गर्ने तयारी गरिरहेको जानकारी दिए ।
कार्तिक २१,काठमाडौं ।
नेपाली कांग्रेस महासमिति बैठक पुनः सारिएको छ । मंसिर २९ गतेदेखि गर्ने भनिएको महासमिति बैठक पुस १६ गतेदेखि गर्ने गरी मिति साारिएको हो ।
मंगलबार सानेपास्थित पार्टी कार्यालयामा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महासमिति बैठक पुस १६ गतेका लागि सारिएको जानकारी दिए ।
यसअघि मंसिर १३ देखि १६ मा गर्ने निर्णय गरिएको थियो । पुनः मिति सार्दै मंसिर २९ देखि पुस २ सम्म गर्नेगरी तोकिएको थियो ।
जाजरकोट लगायतका जिल्लामा गएको भूकम्पका कारण देखाउँदै कांग्रेसले महासमिति बैठक पुस १६ गतेका लागि सारेको हो ।
इन्दीप कोइराला,बारा, २१ कात्तिक ।
कार्यालयमा जारी तालाबन्दीका कारण बाराको सिम्रौनगढ नगरपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत रन्जितजंग अधिकारीले हाजिर गर्न नपाएपछि काठमाण्डौं फर्किएका छन् ।
नगरपालिकाका करार सेवा, अस्थायी र ज्यालादारीका कर्मचारी र शिक्षकहरुले कार्यालयको मुल गेटमा ताला मारेर धर्ना दिएका कारण संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाइएका प्रमुख प्रशासकीय अधिकृत अधिकारी हाजिरी गर्न नपाएपछि मन्त्रालयमा नै फर्किएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत अधिकारी मन्त्रालयको सरुवा पत्र बोकेर हाजिर हुन सोमबार कार्यालयमा आएका थिए ।
तलब भत्ता र करार सेवा अवधि थप गर्नुपर्ने माग गर्दै नगरपालिका अन्तर्गतका शिक्षक र कर्मचारीले कार्यालयमा ३ सातादेखि ताला लगाएर धर्ना दिदै आएका छन ।
नगरपालिका कार्यालयको तालाबन्दी नखुलेसम्म आफूले हाजिरी नगर्ने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । कार्यालयमा लागेको ताल्चा जनप्रतिनिधिहरुले खोली दिनुपर्ने उनको भनाई थियो । हाजिर गर्न नपाएपछि आफूले कार्यालयको काम पनि गर्न नसक्ने उनले बताए ।
सिम्रौनगढ नगरपालिकका नगर प्रमुख किशोरीप्रसाद कलवारले कार्यालयमा जारी तालाबन्दीका कारण मन्त्रालयबाट खटाइनुभएका प्रमुख प्रसासकीय अधिकृत रन्जितजङ्ग अधिकारी फिर्ता जानु परेको जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन आएपछि आफूले वडा अध्यक्षहरुसंग कार्यालयको ताला खोल्ने पहल गर्न आग्रह गरेको तर ताला खोल्ने बारेमा कसैले पनि चासो नदेखाएपछि अधिकृत अधिकारी मन्त्रालयमा नै फिर्ता गएको नगर प्रमुख कलवारले बताए ।
नगर प्रमुख कलवारका अनुसार नेपाली कांग्रेस पार्टीबाट नगरपालिकामा निर्वाचित वडा अध्यक्षका कारण प्रमुख प्रशासकीय अधिकृत अधिकारीले हाजिरी गर्न नपाएको र फिर्ता गएको बताए । ‘प्रमुख प्रशासकीय अधिकृत फिर्ता भएपछि फेरि पनि सामाजिक सुरक्षा भत्ता र शिक्षक कर्मचारीको तलब निकासा गर्न नसकिने अवस्था आयो, उनले भने, यसको लागि क्षमाप्रार्थी छु ।’ नगरपालिका कार्यालयमा ताल्चा मारेर धर्नामा बसेका शिक्षक, कर्मचारी र वडा अध्यक्षहरुले अधिकृत अधिकारीलाई आफूहरुकोे समस्या बारेमा जानकारी गराएका थिए ।
सोही अवसरमा नेपाली काग्रेसको तर्फबाट निर्वाचित वडा अवधेश सहनीले नगर सभाको सूचना प्रकाशित नभएसम्म कार्यालयमा लागेको ताला नखुल्ने बताएका थिए । उनले नगरप्रमुखले नगर सभाको सूचना काट्ेपछि मात्रै कार्यालयमा लागेको ताल्चा खुल्ने र कर्मचारीहरुले काम गर्ने वातावरण बन्ने बताए ।
काठमाडौं, २१ कात्तिक ।
नेपाली कांग्रेसले जाजरकोट भूकम्पपछिको उद्धार, राहत, पुनर्स्थापनाबारे सरकारलाई २१ बुँदे सुझाव दिएको छ ।
मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जाजरकोट भूकम्पपछिको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणबारे २१ बुँदे सुझावुसहित ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
प्रधानमन्त्री प्रचण्डलाई भेटेर सुझाव दिन सभापति देउवा, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, नेता मीन विश्वकर्मा र योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेलसहित बालुवाटारस्थित निवास पुगेका थिए ।
सुझाव तथा ध्यानाकर्षणपत्रको पूर्णपाठ :
कात्तिक २०, २०८०
सम्माननीय प्रधानमन्त्रीज्यू,
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,
सिंहदरबार, काठमाडौ ।
विषयः जाजरकोट भूकम्पपछिको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माण सम्बन्धमा सुझाव सहित ध्यानाकर्षण।
जाजरकोट जिल्लाको बारेकोटलाई केन्द्र बनाई गएको भूकम्पले जाजरकोट र पश्चिम रूकुममा ठूलो जनधनको क्षति भएको छ । साथै छिमेकी अन्य नौ जिल्लाहरुमा पनि धेरै घरहरूमा क्षति पुगेका खबरहरू आएका छन् । भूकम्प लगत्तै प्रधानमन्त्री र संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरुले सक्रियतापूर्वक निर्वाह गरेको भूमिका प्रशंसनीय छ । सबै राजनैतिक दल, निजी क्षेत्र, सामाजिक संघ–संस्था सबैको स्वतःस्फूर्त सहयोगी मानवीय भावनाले ‘विपद्मा सम्पूर्ण एकताको नेपाली संस्कार’ प्रदर्शित गरेको छ । नेपाली काग्रेसले सम्पूर्ण पार्टी पंक्ति र भ्रातृ संस्थाहरुलाईर् राहत तथा उद्धार कार्यमा परिचालन हुन आहृवान गरिसकेको छ । उद्धार, राहत र पुनर्स्थापनाको तत्कालीन, अल्पकालीन र दीर्घकालीन अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउनु अपरिहार्य छ । जाजरकोट भूकम्प पश्चातको राहत, पुनर्स्थापना, पुननर्र्मिमाण कार्यलाई थप व्यवस्थित गर्न सम्माननीय प्रधानमन्त्री मार्फत् नेपाल सरकारलाई आग्रह गर्दै नेपाली कांग्रेसले यस सम्बन्धमा केही सुझावहरु प्रस्तुत गर्न चाहन्छ ।
तत्कालिन–अल्पकालिनः
(१) भूकम्प प्रभावितका लागि विभिन्न संघ–संस्थाले उपलब्ध गराएका राहत सामाग्रीहरु विभिन्न केन्द्रमा थुप्रिएका तर पीडित समक्ष पर्याप्त पुग्न नसकेको समाचारहरु निरन्तर प्रकाशित भएका छन् । अतः जिल्ला सुरक्षा संयन्त्रको समन्वयमा सबै तहका सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र अरु सहयोगी संघ–सस्थाहरू, निजी क्षेत्र, बैदेशिक विकास साझेदारहरुलाई राहत, उद्धारमा जोड्ने चुस्त एकद्वार प्रणाली निर्माण गरि यथाशीघ्र प्रभावित परिवारलाई आवश्यक त्रिपाल, खाद्यान्न, औषधी र लत्ता–कपडाहरु युद्धस्तरमा उपलब्ध गराऔं । यीअत्यावश्यक सामाग्रीहरु किञ्चित पनि अभाव हुन नदिन स्थानीय तहको नेतृत्वमा, सुरक्षा निकाय, निजीक्षेत्र, स्थानीय रुपमा कृयाशिल राजनैतिक दलहरु र संघ–संस्था सम्मिलित “सहजीकरण साझा संयन्त्र” निर्माण गरौं ।
(२) जाजरकोट भूकम्पको विपद् पश्चात राहत,उद्धार र पुनर्स्थापनाको कार्यमा एकद्वार प्रणाली अनुशरण गर्दा प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिएर संघीयसरकारको अनुगमन र सहजिकरण गर्नु उपयुक्त हुनेछ ।
(३) संघीय सरकारसँग ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ रहेकोले प्रदेश सरकारमा कोष स्थापना नहँुदासम्म त्यही कोषमा तर प्रदेश सरकारले विपत् प्रकोप राहत कोष स्थापना गरेका ठाउँमा त्यही कोषमा रकम उपलब्ध हुने गरि राहत र उद्धारमा त्यहि कोष मार्फत् सहयोग गर्न स्वदेश र विदेशमा रहेका समस्त नेपाली र संघ संस्थाहरुलाई आव्हान गरांै।
(४) भूकम्पमा घाइते भएकाहरुको सम्पूर्ण उपचार राज्य कोषबाट गर्ने व्यवस्थालाई राज्यको प्राथमिक जिम्मेवारीका रुपमा व्यवस्थित ढंगले सम्पादन गरौं ।
(५) भूकम्पमा घाइते भएका बाहेक दीर्घकालीन या अन्य प्रकारका बिरामीको उपचारमा समस्या आउन नदिन निश्चित समयसम्मका लागि घुम्ती स्वास्थ्य चौकीको प्रबन्ध गरौं । जाडोको मौसममा खुला आकासमुनि बस्नु पर्ने भएकोले रुघा, खोकी, निमोनिया लगायतको प्रकोप बढ्न सक्दछ त्यसैले स्थानीय स्वास्थ्य चौकीमा थप जनशक्ति र औषधीको ब्यवस्था गर्न प्रदेश सरकारलाई सहयोग र अनुरोध गरौं ।
(६) प्रभावित क्षेत्रमा सुत्केरी, साना बालबालिका, वृद्धवृद्धा र अपांगता भएका नागरिकहरुले झनै जटिल स्थिति सामना गर्नु परेको तथ्य दृष्टिगत गरि तिनको पहिचान गरेर अस्थायी आवास, खाद्यान्न, लत्ताकपडा, औषधीको अलग र बिशेष व्यवस्थापन गरौं ।
(७) राष्ट्रिय योजना आयोगसँग परामर्श गरी प्रदेश योजना आयोगले स्थानीय सरकारसँग समन्वय गरी भूकम्प पछिको क्षतिको विवरण र पुनर्स्थापना र पुनर्निर्माणको आवश्यकताको आकलन पारदर्शी रुपमा तुरुन्तै शुरु गर्नु पर्ने हुन्छ र एउटा विश्वसनीय प्रतिवेदन तीन हप्ता भित्र तयार गर्ने ब्यवस्था गरौं ।
(८) प्रभावित स्थानीय तहमा खाली दरबन्दीमा कर्मचारी तुरुन्त खटाउने, बढि प्रभावित गाउँ÷नगरपालिकाहरुमा यसभन्दा अगाडि भूकम्प पछि पुनर्स्थापना र पुनर्निर्माणमा संलग्न भएका राष्ट्रसेवक कर्मचारीहरुलाई अतिरिक्त भत्ता दिएर एकवर्ष काजमा खटाऔं । सेवाबाट अवकाश प्राप्त भएका पूर्व अनुभवी राष्ट्रसेवक कर्मचारी र अन्य अनुभवीहरुलाई बिज्ञका रुपमा संलग्न भइदिन अपिल गरौं ।
(९) आउँदो हिउँदलाई विचार गरी अस्थायी आवास जतिसक्दो चाडो व्यवस्था गरौं। अस्थायी आवास तत्काल बनाउनुपर्ने र तत्काल बनाउन सम्भव पनि छ तर अस्थायी आवास बनाउँदै गर्दा भविष्यमा ती निर्माण सामाग्रीहरु स्थायी आवासमा प्रयोग गर्न सकिने गरी त्यस्तो खालको प्रविधिहरु पनि रहेको कारणले अस्थायी आवासलाई निर्माण गर्दा निर्माण सामाग्रीहरु स्थायी आवास निर्माण गर्ने खालकोहुने गरि निर्माण गर्ने पद्धतिमा जानु जरुरी छ। भूकम्प पछि भत्किएका संरचनाबाट केही पुनःप्रयोग गर्ने सकिने निर्माण सामाग्रीहरु (काठ, ढुंगा आदि) प्राप्त हुने हुँदा सो समेत प्रयोग गर्ने गरि सरकारलले घर क्षति भई बस्न नसकिने घर धनीहरुलाई प्रति परिवार दुई बण्डल जस्ता पाता दिनु उपर्युक्त हुन्छ। यसका लागि तुरुन्तै स्थानीय सरकारका प्राविधिकहरुलाई एकदिने तालिम दिएर प्रभावित क्षेत्रमा खटाऔं । स्थानीय सामाग्री प्रयोग गरि अस्थायी आवास निर्माण गर्ने प्रभावित घर धनीहरुलाई अस्थायी आवास निर्माण गर्न प्रति परिवार वडाको सिफारिसमा स्थानीय सरकार मार्फत नगद दिने ब्यवस्था गरौं ।
(१०) उद्धार र राहतको प्राथमिक चरणपछि घर तथा परिवारमा परेको असरले बालबालिकाको मानोविज्ञानमा परेको नकरात्मक असर कम गर्न विद्यालय, क्याम्पसहरुमा अतिरिक्त मनोबैज्ञानिक कक्षाहरु समेत लिन लगाउने कार्य प्रदेश तथा स्थानीय सरकारले गर्नु पर्नेछ।
(११) घर क्षतिहुँदा धेरै परिवारको भर्खरै भित्र्याएको अन्नपात लगायत सामाग्री नोक्सान भएकोले बाहृय राहतमा मात्र आश्रति नगराई तुरुन्तै स्थानीय उत्पादन गर्ने गराउने तिर पनि स्थानीय सरकारले पहल गर्नु पर्दछ।
(१२) मानवीय क्षतिका साथै प्रभावितको जायजेथाको पनि नोक्सानी भएको छ। आवास पुनर्निर्माण र जायजेथा जोहो गर्न प्रभावित परिवारलाई कठिन हुने हुँदा प्रदेश र स्थानीय सरकारले बिशेष प्याकेज ल्याएर स्थानीय स्तरमा सिप र क्षमता बृद्धि गरि स्वरोजगार र रोजगारका अवसरहरु सिर्जना गर्ने तिर तत्काल कार्ययोजना बनाउन अपरिहार्य छ ।
पुनर्निर्माणः
(१) नेपालमा सदैव रही आएको भूकम्पीय जोखिमलाई दृष्टिगत गरेर दीर्घकालिन रूपमा संस्थागत क्षमता, दक्षता विकास गर्दै जानुपर्ने हुन्छ । जसले गर्दा नेपालको विपद् पछि र पूर्व जोखिम व्यवस्थापन सहज हुन्छ। २०७२ मा गएको भुकम्पपछिको राहत, उद्धार र पुनर्निर्माणको अनुभवबाट सिकेर अहिले जाजरकोटको भूकम्पलाई ब्यवस्थापन गरेर सफल उदाहरण बनाउन सकिन्छ । विगतमा भूकम्प पश्चात गरिएका सबै सफल कार्यको अनुशरण गरेर आगामी दिनमा प्रभावित ब्यक्ति, घरपरिवार र समुदायलाई सामाजिक, आर्थिक र भौतिक पुनर्निर्माणमा सहभागी गराई नेपालका अन्य क्षेत्रमा पनि भविष्यमा यस्ता भूकम्पबाट कम भन्दा कम क्षतिहोस् भन्नाकालागि अहिलेको प्रभावित क्षेत्रमा राहत तथा उद्धारको कार्यलाई प्राथमिकतामा राखेर अगाडि बढ्दै पुनर्निर्माणलाई पनि तयारी थाल्दै जानु पर्छ। प्रदेश र स्थानीय सरकारलाई पनि विपद ब्यवस्थापन र पुनर्निर्माण गरि प्रभावित जनतालाई सेवा गर्ने एउटा राम्रो अवसर पनि हो। त्यसका लागि पहिले आपत्कालिन व्यवस्थापनका कार्यहरु र पछि गर्नुपर्ने पुनर्स्थापना÷पुनर्निर्माण कार्य समेत स्थानीय सरकार र प्रदेश सरकारहरुको नेतृत्व र संयोजनमा हुने गरी सम्पूर्ण कार्यहरुलाई अगाडि बढाउन विश्वसनीय वातावरण बनाउने पहल गरौं ।
(२) भविष्यको विपद् जोखिम व्यवस्थापन र न्यूनीकरणको लागि विचार गरि अहिले यो विपद्को समयमानै प्रदेश स्तर र स्थानीय स्तरमा यो भूकम्प पश्चात बहुआयामिक पुनर्निर्माण पुनर्स्थापना गर्ने र भविष्यमा अन्य विपद्हरुमा समेत काम गर्ने सोच राखी प्रदेश स्तरमा नै प्रदेश योजना आयोगलाई थप जिम्मेवार प्रदान गरि प्रदेश सरकारको नेतृत्वमा स्थानीय सरकारले नै पुनर्स्थापना तथा पुनर्निर्माण गर्ने कार्य योजना बनाउनु पर्दछ। स्थानीय सरकारमा विपद् जोखिम व्यवस्थापनको स्थानीयस्तरबाटै नेतृत्व हुने गरि जनशक्तिको ब्यवस्थापन गर्नु पर्दछ।
(३) जाजरकोट भूकम्पको व्यवस्थापन राहत पुनर्निर्माण र पुनर्स्थापनाको लागि सहयोग गर्न भनी संघीय सरकारले दुबै जिल्लालाई प्रदान गर्ने भनेको ५÷५ करोड र अन्य विभिन्न प्रदेश सरकारहरु, स्थानीय सरकारहरु, निजी क्षेत्रहरुले तथा राजनीतिक दल र संघ–संस्थाहरुले प्रदान गर्ने सहयोग रकमहरु प्रदेश सरकारको खातामा नै जम्मा गरि प्रदेश सरकारले प्रभावित स्थानीय सरकारसँग समन्वय गरि सो को व्यवस्थापन र उपयोग प्रयोग गर्ने गरी प्रदेश सरकार र प्रदेश योजना आयोगले कार्यविधि बनाउनु पर्नेछ। यसरी छिटो छरितो ढङ्गले अहिलेको भूकम्पको आपत्कालिन व्यवस्थापन र पुनर्निर्माण तथा पुनर्स्थापनामा कार्य प्रदेशस्तरकै सरकारको नेतृत्वमा गर्न सजिलो हुनेछ ।
(४) २०७२ साल पश्चातको भुकम्प पुनर्निर्माणको अनुभवबाट राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण बनिसके पश्चात प्राधिकरण कै नेतृत्वमा अन्य विपद्हरु विशेष गरि बाढी, पहिरो र आगलागीमा प्रभावित भएकोहरुको आवास पुनर्निर्माणको सहायताको लागि निजी आवास अनुदान सहायता कार्य विधि बनेर प्राधिकरणको नेतृत्वमा निजी आवासको लागि राज्यले अनुदान सहयोग दिनसक्ने व्यवस्था भइसकेको छ । त्यही कार्यविधि अपनाएर अहिलेको भूकम्पबाट भएका क्षतिग्रस्त भवन निजी आवासहरुको लागि राज्यले पुनर्निर्माणको लागि सहायता दिने वा संघीयता कार्यान्वयनमा गैसकेको हुँदा आवश्यकता अनुसार परिमार्जन गरेर क्षति भएका घरहरुको पुनर्निर्माणको लागि आवास अनुदान सहायता प्रदान गर्न चाडो भन्दा चाडो पारदर्शीरुपमा अगाडि बढन सकिन्छ । त्यही वा परिमार्जित कार्यविधि अनुसार २०७२ साल पछाडि भएका र अहिले पछिल्लो पटक जाजरकोट, रुकुम लगायत ११ जिल्लामा भएको भुकम्प प्रभावितहरुको आवास पुनर्निर्माण कार्य गर्नको लागि यथाशीघ्र छिटो गरि कार्यप्रारम्भ गर्न जरूरी छ।
(५) अझै ठूलो भुकम्प जान सक्ने भनेर अनुमान गरिएको संभावित भूगोलहरु पहिचान गरेर कतिपय ठाउँका जोखिमयुक्त वस्तीको स्थानान्तरण र कतिपय ठाउँमा कमजोर घर तथा सार्वजनिक भवनहरूलाई प्रबलिकरण गर्ने क्षमता र सीप अभिबृद्धि, प्रवलीकरण र आवश्यकतानुसार जोखिम वस्ती स्थानान्तरणको योजना तथा कार्ययोजना निर्माण गर्न सबै प्रदेशका प्रदेश योजना आयोगलाई राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा तयार गर्न अपरिहार्य छ । किनभने आगामी दिनमा आउन सक्ने भूकम्पले हुन सक्ने जनधनको क्षति न्यूनिकरण गर्न सकियोस् । अहिले देखिएको तत्परता र अग्रसरताको उपयोग मुलुकका सबै भागमा गरौं । प्रदेश सरकार र स्थानीयसरकारहरुलाई आवश्यक कार्य योजना बानाएर ४–५ वर्ष भित्र सम्पन्न हुने गरी अन्य जिल्लामा पनि यो अभियान अगाडि
बढाऔं ।
(६) भूकम्पमा अभिभावक गुमाएका बालबालिकाहरुको उच्च शिक्षासम्मको प्रबन्ध राज्यको अभिभावकत्वमा गरौं । साथै प्रदेश सरकार र स्थानीय सरकारहरुले ब्यापकरुपमा पुनर्निर्माणको लागि अनवरतरुपमा जनशक्तिको सीप बिकास गर्ने, स्थानीय पाठ्यक्रममा विपद ब्यवस्थापन सम्बन्धि शिक्षा प्रदान गर्ने वातावरण निर्माण गरौं ।
(७) प्रभावित क्षेत्रमा खाद्यान्न, बिउ, मल, निर्माण सामग्रीको अभावहुन नदिन निजीक्षेत्र, नेपाल उद्योग बाणिज्य संघ लगायतकाहरु समेतको एक समन्वय समिति जिल्ला समन्वय समितिको नेतृत्वमा समन्वय गर्ने गरि अविलम्व गठन गरौं ।
(८) यहिबेला सरकारहरुले गठन गरेका विभिन्न समिति तथा आयोगका सार्वजनिक खर्च कटौतीका सुझाव लागु गरौं, कतै पनि कुनैतहका सरकारले अनावश्यक संरचना र पदको सिर्जना तुरुन्त रोकौं र फजुल खर्च नगर्ने प्रतिवद्धता सबै सरकारसँगको समन्वयमा घोषणा गरौं । अर्थमन्त्रालयले कार्यदल बनाएर नै आन्तरिकरुपमा फजुल खर्च घटाएर र बाहिरी सहयोग परिचालन गरि पुनर्निर्माण र पुनर्स्थापनाको लागि आवश्यक बजेटको व्यवस्था गरौं ।
(९) हामीसँग पुराना कार्य योजना, कार्यविधि, मापदण्ड, सफलता र विफलताका दस्तावेजहरु र अनुभावहरु छन् ।तिनीहरूको प्रयोग गरेर प्रभावित परिवार समुदाय र भविष्यमा प्रभावित हुनसक्ने जोखिमयुक्त समुदायलाई दरिलो र बलियो बनाउन राष्ट्रब्यापी अभियानमा राजनीतिक दल, संघ–संस्था, निजीक्षेत्र, डायस्पोरा, ब्यक्ति सबैलाई सहयोग र सहकार्यका लागि अपिल गरौं ।
जय नेपाल !
शेरबहादुर देउवा
सभापति
जाजरकोट, २१ कात्तिक ।
राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट आइपुगेका छन् । मंगलबार जाजरकोट आइपुगेका राष्ट्रपति पौडेल घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी दिन जाजरकोट अस्पताल पुगेका छन् ।
घाइतेहरूको अवस्थाका बारेमा जिल्ला अस्पतालका चिकित्सकहरूसँग जानकारी लिएका राष्ट्रपपति पौडेलले घाइतेहरुको उपचारसहित पीडितलाई गाँसबासको व्यवस्था गर्न सरकारसँग आफूले कुरा गर्ने बताएका छन् । घाइतेहरूले उपचार, खाद्यन्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन आग्रह गरेपछि राष्ट्रपति पौडेलले यसबारे सरकारसँग आफूले कुरा गर्ने जवाफ दिएका हुन् ।

राष्ट्रपति पौडेल सदरमुकाम खलङ्गा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको आठवीसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्धारको अवस्थाका बारेमा जानकारी लिँदैछन् ।
राष्ट्रपति पौडेलका साथमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रधानसेनापति प्रभुराम शर्मा सहभागी थिए ।
सो अवसरमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पबाट भएको क्षतिका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।
गत शुक्रबार राति गएको ६.२ म्याग्निच्यु भूकम्प र यसको आइरहेको पराकम्पबाट जाजकोट र रुकुमपश्चिममा ठूलो धनजनको क्षति भएको छ ।
काठमाडौं कात्तिक २१,
: आफ्नै प्रदेशसहितका नागरिकहरू भूकम्पले त्राहीत्राही भएका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी भने विदेश भ्रमणमा निस्किएका छन्। भूकम्पले नागरिकहरूको ज्यान गइरहेको सूचना आइरहँदा मुख्यमन्त्रीले मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत गराएर अमेरिकाको भ्रमणमा निस्किएका हुन्।
प्रदेशका मुख्यमन्त्रीको भ्रमण संघीय सरकारले समेत स्वीकृत गर्छ। कुनै समय मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको भ्रमण रोकेको संघीय सरकारले चौधरीलाई भने विदेश सयरमा सहयोग गरेको छ। चौधरी अमेरिकामा आयोजना हुने ‘द एसेम्बली स्टेट अफ न्युयोर्क’ र ‘अलबेनिक ३० औं डिस्ट्रिक्ट’ कार्यक्रममा सहभागी हुन अमेरिका गएका हुन्। प्रदेश सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोषकुमार पाण्डेले मुख्यमन्त्रीको भ्रमण निजी भएको बताए।
‘उहाँको आफ्नै प्रयासमा भएको निजी भ्रमण हो, उहाँका साथमा अरू कोही गएको छैन, उनले भने। भ्रमण स्वीकृत गर्ने सरकारी प्रक्रिया भएकाले मन्त्रिपरिषद्बाट स्वीकृत भएको उनले बताए। कार्यबहाक मुख्यमन्त्रीले कार्य गरिरहनुभएको उनले बताए।
मुख्यमन्त्री चौधरी अमेरिका प्रस्थान गरेपछि लुम्बिनी प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री धनबहादुर मास्कीलाई प्रदान गरिएको छ।
मुख्यमन्त्री चौधरी कात्तिक २६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ। गठबन्धन दलहरूको सहयोगमा चौधरी मुख्यमन्त्री भएका हुन्। मुख्यमन्त्री भएका चौधरीले अहिलेसम्म मन्त्रिपरिषद्मा पूर्णता दिन सकेका छैनन्। प्रदेशको बजेट कार्यान्वयनसमेत निकै कमजोर रहेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ७ प्रतिशत मात्रै बजेट खर्च भएको छ।
अहिले लुम्बिनी प्रदेशका नागरिकसमेत भूकम्पबाट प्रभावित भएका छन्। प्रदेश राजधानी भएको जिल्ला दाङसहित रुकुमपूर्व, रोल्पा र प्युठानमा भूकम्पले घर भत्किएका छन्। भूकम्पपीडित नागरिकहरूको राहतका लागि केन्द्रीय कोषमा पठाउन प्रदेशले ढेड करोड छुट्ट्याए पनि भत्किएका घर पुनर्निर्माण तथा नागरिकको राहतमा कुनै योजना बनाएको छैन।
काठमाडौँ मङ्गलबार, २१ कात्तिक/
भारतको नयाँ दिल्लीमा नेपाल–भारत ‘सीमा सुरक्षा समन्वय बैठक’ सुरु भएको छ । बैठक सीमा वारपार अपराध नियन्त्रणमा देखिएका चुनौतीहरू विषयमा केन्द्रित छ । बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालले नेतृत्व गरेका छन् । भारतको तर्फबाट एसएसबीका महानिर्देशक रश्मि शुक्लाले नेतृत्व गरेकी छन् ।
भारतको सशस्त्र सीमा बल (एसएसबी)ले आयोजना गरेको बैठकमा नेपालको तर्फबाट आईजीपी राजु अर्याल, सशस्त्रका एआईजी नारायणदत्त पौडेल, सशस्त्र प्रहरीका डीआईजी शम्भु सुवेदी, नेपाल प्रहरीका डीआईजी विकाश राज खनाल, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीम बहादुर बुढाथोकी, गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारी, भारतस्थित नेपाली राजदूतावासका परराष्ट्र मन्त्रालयका प्रतिनिधि र सशस्त्र प्रहरीका निरीक्षक सुरज पौडेल सहभागी छन् । सोमबार सुरु भएको बैठक कार्तिक २२ सम्म चल्नेछ ।
जाजरकोट ।
सरकारले सोमबारदेखि गत शुक्रवार मध्यरात गएको भूकम्पबाट क्षतिग्रस्त भेरी नगरपालिका, नलगाड नगरपालिकाका भूकम्प प्रभावित क्षेत्रका भूकम्प पीडितलाई राहत सामग्री वितरण गर्न थालेको छ । तर राहत सामाग्री एकद्वार प्रणालीबाट वितरण गर्न थालिएकाले ग्रामीण वस्तीका अधिकाँश भूकम्प पीडितले राहत पाउन सकेका छैनन् ।
नेपाल सरकार, दातृ निकाय र सहयोगीबाट आएको राहत सामाग्री संकलनपछि भेरी नगरपालिका–३ का पीडित परिवारलाई स्थानीय सरकारका जनप्रतिनिधि र कर्मचारीहरूले राहत सामाग्री समान रुपमा वितरण गर्न थालेका छन् । त्यसैगरी भेरी नगरपालिका–१ रावत गाँउमा पनि राहत सामाग्री वितरण भएको छ । पीडित धेरै भएका कारण राहत सामाग्री अपुग भएपछि सदरमुकामबाट राहत सामाग्री लिएर वितरण गरिने भएको छ । भूकम्प प्रभावित क्षेत्रमा पुगेका उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्का र उर्जा जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतले छिटोछरिटो राहत सामाग्री उपलब्ध गराउन सरकार लागी परेको बताए पनि तिन दिन वित्दा समेत पीडितले राहत पाउन सकेका छैनन् ।
भेरी नगरपालिका–१ की रिता रावतले १ सय ५ घरधुरीमध्य १८ घरपरिवारले खाद्यन्न, त्रिपाल, ब्लाङ्केट, चाउचाउ, एक बोरा चामल पाएको बाँकीले त्रिपाल पाए पनि खाद्यन्न पाउन नसकेको बताउनुभयो । भूकम्प पीडित सपना रावतले चामल पाए पनि त्रिपाल नपाएको गुनासो गर्नुभयो । रावतगाँउका ४४ घरपरिवारले त्रिपाल नपाएपछि रात काट्न मुश्किल छ ।
भेरी नगरपालिका– १ की उर्मिला रावतको घरमा पुर्ण रुपमा क्षतिग्रस्त भएको छ । घर भत्किएर उर्मिलाका ९ बर्षिय छोरा सुन रावत र २ बर्षिय छोरा सुदाम रावतको मृत्यु भएको छ । उहाँकी बहिनी चन्द्रकला परियार र बहिनीज्वाई ललित परियारका परिवार त्यसै घरमा वस्थे । भूकम्पले घर भत्किएपछि चन्द्रकलाका ७ बर्षिय छोरा विनय परिपार, ५ बर्षिया छोरी सम्झना परियारको मृत्यु भएको छ । उक्त घरमा ९ जना बस्दै आएका थिए । ललित परियार घट्ट कुर्न गएकाले बाँच्न सफल हुनुभएको हो ।
उहाँले दुःख पोख्दै भन्नुभयो– ‘ परिवारको पालनपोषणका लागी घट्ट गएको तर छोराछोरी गुमाउनु प¥यो । घट्ट नगएको भए उनीहरूलाई बचाउन सकिन्थ्यो की ? तर फेरी घट्ट नगए परिवारलाई के खुवाउने ?’ आईतवारसम्म खुल्ला आकाशमा रात विताएका परियारले सोमबारदेखि
सशस्त्र प्रहरीले बनाई दिएको टेन्टमा बसेका जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय जाजरकोटका सुचना अधिकारी तथा प्रशासकिय अधिकृत हरिश्चन्द्र शर्माले जिल्लामा पुगेको ६ सय ५० ब्लाङकेट, ७ हजार त्रिपाल, २५ सय वोहरा चामल, ६ सय मिटर म्याट, ४ मेटिक टन पोसिलो बिस्कुट भूकम्प प्रभावितलाई बितरण गरेको बताउनुभयो ।
शुक्रबारको भूकम्पले ३५ सय घर क्षतिग्रस्त भएको अनुमान थियो । त्यसपछि पनि पटक पटक परकम्पण गईरहेका छन् । नागरिकहरु त्रसित बनेका छन् । घरभित्र पस्न समेत डराउनु पर्ने अवस्था आएको छ । भूकम्प प्रभावित क्षेत्रमा नेपालगञ्ज, सुर्खेत र काठमाडौंबाट नेपाली सेना र सशस्त्र प्रहरीका चिकित्सक उपचारको लागी खटाईएको जाजरकोट अस्पतालका फोकल पर्सन कृष्ण बहादुर खत्रीले बताउनुभयो । भूकम्पमा परिवारका सदस्य गुमाएकाले त्रिपालमुनी तथा आफन्तको घरमा वसेर मृतकको क्रियाकर्म गरेका छन् । भूकम्पमा परि जाजरकोटमा अहिलेसम्म १ सय १ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी शर्माले बताउनुभयो ।
सोमबार पनि शक्तिशाली पराकम्प
जारजरकोटमा सोमवार बेलुका ४ बजेर ३१ मिनेटमा पुनः ५ दशमलव ८ स्केल रेक्टरको पराकम्प गएपछि केही घरहरू भत्किएका छन् भने केही व्यक्ति घाइते भएका छन् । शुक्रबारको भूकम्पमा जोगिएका केही घर सोमबारको भूकम्पले भत्काएपछि फेरि आतंक छाएको छ ।
काठमाडौं, २१ कार्तिक ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न साथै क्रमिक रुपमा तापक्रम घटिरहेको हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
काठमाडौं, २० कात्तिक ।
राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो युरोप भ्रमण स्थगित गरेका छन् । भूकम्पका कारण देश असहज अवस्थामा रहेको भन्दै उनले आफ्नो युरोप भ्रमण स्थगित गरेका हुन् ।
फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति पौडेल २२ कात्तिकमा त्यसतर्फ जाने कार्यक्रम थियो । साथै फ्रान्सबाट जर्मनी र इटालीको भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किने कार्यक्रम तय भएको थियो ।
विराटनगर ।
कोशी प्रदेश सरकारबाट बाहिरिएको एमालेले समर्थन भने कायमै राख्ने भएको छ । सोमबार प्रदेशसभा भवनमा बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय गरेको हो ।
प्रदेश सरकारबाट फिर्ता भएपनि समर्थन भने जारी राख्ने निर्णय गरेको एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।
सरकारलाई दिएको समर्थन फिर्ता नलिए पनि प्रमुख प्रतिपक्षी दलका रूपमा प्रदेशसभा बैठकमा बस्ने बैठकले निर्णय गरेको भण्डारीले बताए ।
आरके श्रीवास्तव,राैतहट,२० गते कार्तिक
प्रभु साह नेतृत्वकाे आम जनता पार्टीले धनुषाकी आरती साहको हत्या प्रकरणमा ऐक्यबद्धता जनाउने भएको छ । विगत १४४ दिनदेखि अनवरत न्यायको पर्खाईमा राजधानी काठमाडौंकाे माईतीघरमा संघर्षरत पीडित परिवारको आन्दोलनप्रति साे पार्टीले प्रारम्भिक समयदेखि नै सडकदेखि सदनसम्म नैतिक एवं भौतिक साथ-सहयोग र ऐक्यबद्धता रहदै आएको जनाएको छ । आउँदो कार्तिक २२ गते दिनको १:०० बजे आजपा पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहको सहभागिता एवं नेतृत्वमा पीडित परिवारको धर्ना कार्यक्रममा ऐक्यबद्धता कार्यक्रम र २३ गते दिनको ११:०० बजे मानव अधिकार आयोगको कार्यालयमा गम्भीर ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाउने कार्यक्रम समेत तय गरिएको आजपाका केन्द्रीय प्रवक्ता चन्द्र भुषण साह द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ ।

विज्ञप्तिमा भनिएको छ,’चाडपर्वहरुको समयमा पीडितलाई न्याय दिलाउनुको सट्टा उल्टै काठमाडौंको कठ्ठयाग्रींदो जाडोमा खुल्ला आकाशमुनि शान्तिपूर्ण धारणामा रहेका पीडित परिवारमाथि यहीं असोज २४ गते करीब १०:०० बजे रात्रिको समयमा चार जनाको अज्ञात समुहले गरेको संघातिक हमला र त्यसको छानबीन गरी दोषी उपर कार्यवाहीको सट्टा पीडित परिवारलाई नै यहीं असोज २७ गते विहान ८:०० बजेतिर अभद्र गालीगलौज एवं लछारपछाड गर्दै अनामनगर प्रहरी वृत्तले गरेको अमानवीय एवं अवैधानिक हिरासतको हर्कत जस्ता विभिन्न श्रंखलाबद्ध घटनाक्रमले यस विषयमा राज्य कति संवेदनहीन, उदाशीन एवं गैरजिम्मेवार रहेको कुरा प्रष्ट भएको छ । ‘ तसर्थ, यी र यस्ता मानव अधिकार र कानुनी शासनको धज्जिया उडाउने हर्कतहरुप्रति आम जनता पार्टी कडा शब्दमा गम्भीर आपत्ति एवं घोर भर्तस्ना गर्दै तत्काल वार्ता र संवादमार्फत पीडित पक्षको न्यायिक मागहरुलाई यथाशीघ्र सम्बोधन गर्न नेपाल सरकार सहित सबै सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ । साथै, न्याय प्राप्तिको यस संघर्षमा ऐक्यबद्धता प्रकट गर्दै थप बल पुर्याउन आ-आफ्नो स्थान र स्तरबाट सक्रिय साथ-सहयोग र सहभागिता जनाई योगदान पुर्याउन सम्पूर्ण न्यायप्रेमी आम जनसमुदाय, मानव अधिकारकर्मी, कानुन व्यवसायी, सञ्चारकर्मी, नागरिक अगुवा, युवा, विद्यार्थी लगायत सबै सबै पेशाकर्मीमा हार्दिक अहान एवं अनुरोध समेत गरिएको छ ।
सोमबार, २० कात्तिक/
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको मंसिर २२ को सडक संघर्षको कार्यक्रम स्थगित गरेको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले गत शुक्रबार जाजरकोटमा गएको भूकम्पको कारण सडक संघर्षको कार्यक्रम स्थगित गजाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरुमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।
‘भूकम्प प्रभावित क्षेत्रमा खटिनु छ । रूपान्तरण अभियानअन्तर्गत काठमाडौंमा गर्न लागिएको जनपरिचालन कार्यक्रम उक्त मितिमा नगर्ने निर्णय गरिएको छ,’ उनले भने ।रिएको बताए ।
सत्तासीन माओवादीले नै सडक संघर्षको कार्यक्रमको घोषणा गरेपनि आलोचना पनि भएको थियो । यस्तै चियापान लगायनका कार्यक्रम पनि तिहारसम्मका लागि स्थगित गरिएको महासचिव गुरुङले बताए । माओवादी केन्द्रले पार्टीको रुपान्तरण अभियान भने जारी राखेको छ ।
माओवादीले भूकम्प प्रभावित जिल्लाका सम्पूर्ण कमिटीहरु जवसरमोर्चाका नेता तथा कार्यकर्ताहरुलाई खोज, उद्धार एवं राहतमा सक्रियतापूर्वक सहयोग गर्न निर्देशन दिइएको छ । यसबारे माओवादीले सर्कुलर जारी गर्दै केन्द्रीय कार्यालय मातहतका समितिलाई निर्देशन दिएको छ ।
काठमाडौं ।
आगामी मंसिर १३–१५ हुने तयारी गरिएको नेपाली कांग्रेसको महासमिति बैठक जाजरकोट र रूकुममा गएको विनासकारी भूकम्पका कारण सरेको छ । भूकम्प प्रभावितको उद्धार राहत र पुनःस्थापनाको काममा पार्टीपंक्ति खटिनुपर्ने भएकाले केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो भेला मंसिर २९ देखि पुस २ सम्म गर्ने गरी सारेको हो ।
आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा कार्यसम्पादन समितिको बैठक बसेर उक्त निर्णय गरिएको नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले बताउनुभयो । देशभरका २५ भन्दा बढी जिल्लाबाट अझै महासमिति सदस्यको निर्वाचित विवरण आइनसकेकाले समेत बैठकलाई प्रभाव परेको कतिपय नेताले बताएका छन् । हालसम्म ५० जिल्लाको नामावली कार्यालयमा प्राप्त भएको र बाँकीको आउने क्रम जारी रहेको नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
२५ भन्दा बढी जिल्लाबाट कांग्रेसमा अझै महासमिति सदस्यहरूको विवरण आइ नपुगेको उहाँको भनाइ छ । तर, यही कारण बैठक सरेको नभई भूकम्पपीडितको राहत, उद्धार र पुनःस्थापनामै पार्टीको सबै शक्ति खर्च हुने भएकाले समयको पावन्दी र बैठक स्थलल व्यवस्थापन अभावले भेला सरेको पौडेलले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । पार्टीले मंसिर २४ सम्ममा सबै जिल्लाका महासमिति सदस्य निर्वाचन वा सहमतिबाट सदस्य छनोट गरी विवरण पठाउन अन्तिम मिति तोकेर निर्वाचन समितिलाई पत्र काटेको थियो । तर, दुई दर्जन जिल्लामा सहमति हुन सकेको छैन् ।
पार्टीको माहधिवेशन भएको करिब दुई वर्षपछि महासमिति बैठक गर्न लागेको पार्टीले उक्त भेलामा सहभागिता हुने महासमिति सदस्य चयनमा अझै सहमति हुन नसकेको कतिपय जिल्लाका नेताहरूले गुनासो गरेका छन् । काठमाडौं, झापा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, पर्सा, दोलखा, रामेछाप, लमजुङ, पर्वत, म्याग्दी, बाग्लुङ, कपिलवस्तु अर्घाखाँची, दैलेख, सिन्धुली, डोटी, कञ्चनपुर र जुम्लाको कुनै पनि निर्वाचन क्षेत्रबाट प्रतिनिधिको छनोट हुन सकेका छैन ।
त्यस्तै, मोरङका सुनसरी, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, बारा, पाल्पा, कैलालीमा समेतको महासमिति सदस्यहरूको विवरण पार्टी कार्यालयमा आइनपुगेको बताइएको छ । धनुषामा केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले महाधिवेशन प्रतिनिधिहरूलाई थाहै नदिई आफूअनुकूलका व्यक्तिहरूलाई छनोट गरेर पठाएको महाधिवेशन प्रतिनिधि अरविन्दकुमार महतोले गुनासो गर्नुभयो ।
जिल्लाका महत्वपूर्ण र पार्टीमा लामो समय बिताएका नेताहरूलाई बाइपास गरेर आफन्तहरूको नाम पठाएको उहाँले आरोप लगाउनुभयो । विधानअनुसार महाधिवेशन प्रतिनिधि छनोटलगत्तै महासमितिको मनोनयन हुने र महाधिवेशन प्रतिनिधिमध्येबाट त्यही बखत महासमिति सदस्यको छनोट गर्नुपर्ने व्यवस्था छ ।
महाधिवेशन प्रतिनिधि जितेकाहरूबाट महासमिति सदस्यमा सर्वसहमत छनोट गर्ने यदि सबै सहमत हुन नसके वडाबाटै छनोट भएर आएका क्षत्रीय प्रतिनिधिहरूको मतदानबाट महासमिति सदस्य छनोट गर्नुपर्ने व्यवस्था कांग्रेसको विधानमा छ । तर, कांग्रेसले त्यसलाई व्यावहारिक तवरबाट लागू गर्न सकेको छैन । समयमै नामावली नआएका जिल्लाले महासमितिको बैठकमा भाग लिन नपाउने कांग्रेसले कडाइका साथ निर्देशन गरेको सहमहामन्त्री भीष्मराज आङदेम्बेले बताउनुभयो । कांग्रेसको विधानअनुसार क्षेत्रीय प्रतिनिधिले महाधिवेशन र महासमितिका प्रतिनिधि चयन गर्ने व्यवस्था छ । यसपटक कांग्रेसको महासमिति बैठकमा करिब २५ सय प्रतिनिधि सहभागी रहनेछन् । कांग्रेस महासमिति बैठकमा ११ जना सदस्य प्रतिनिधिसभाबाट निर्वाचित क्षेत्रबाट निर्वाचित भएर आउने व्यवस्था छ ।
निधिसभा निर्वाचन क्षेत्रमा दुई महिलासहित प्रत्यक्ष ७ जना, महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम र पिछडिएका क्षेत्रबाट जनसंख्याको बनोटको आधारमा चार जना समानुपातिक समावेशी सिद्धान्तअनुसार निर्वाचित हुनेछन् । १६५ वटा निर्वाचन क्षेत्रबाट मात्रै १८ सय १५ महासमिति सदस्यको प्रतिनिधित्व हुनेछ । त्यसबाहेक केन्द्रीय कार्यसमितिका वर्तमान र निवर्तमान पदाधिकारी र सदस्य, एक कार्यकालका लागि निवर्तमान महासमिति सदस्य, भ्रातृ संस्था र जनसम्पर्क समितिबाट समेत महासमिति सदस्यको प्रतिनिधित्व हुने वैधानिक व्यवस्था छ ।
त्यस्तै, ३५ देशमा जनसम्पर्क समिति छन् । क्रियाशील सदस्यताका आधारमा एक जनादेखि बढीमा ६ जनासम्म महासमिति सदस्य चयन हुने छन । भ्रातृ र शुभेच्छुक संस्थाको अधिवेशनबाट ३–३ जना महासमिति सदस्य चयन हुनेछन् । कांग्रेसका अहिले १३ भ्रातृ संस्था र १८ शुभेच्छुक संस्था छन् । यी सबै गरी २५ भन्दा बढी प्रतिनिधि महासमिति बैठकमा सहभागी हुने कांग्रेसले जनाएको छ । कांग्रेसको महासमितिले पार्टीको विधान, नीति नियम बनाउने काम गर्दछ । ०७८ मंसिरमा सम्पन्न १४औँ महाधिवेशनमा २५ जिल्लामा मात्र महासमिति सदस्यका लागि निर्वाचन भएको थियो । बाँकी जिल्लामा महाधिवेशन प्रतिनिधि चयनको काम धमाधम भइरहेको कांग्रेसले जनाएको छ ।
काठमाडौं, १९ कार्तिक ।
भूकम्प पीडितका लागि राहतमा जुट्न नेपाल जनसम्पर्क समिति अमेरिकाले आग्रह गरेको छ।
समितिका सभापति आनन्द विष्टले विज्ञप्ति जारी गर्दै दैविक विपत्तिले दुखद् अवस्थामा रहेका नेपालीहरूका लागि राहतमा सहयोग गर्न आग्रह गरेका हुन्।

‘जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पमा परी ठूलो संख्यामा मानवीय क्षति भएको र सयौंको संख्यामा घाइते भएको घटनाप्रति नेपाली जनसम्पर्क समिति अमेरिका गहिरो दुःख व्यक्त गर्दछ। दैवी विपत्तिमा परी ज्यान गुमाउनु हुने दिवंगत नेपाली दाजुभाइ तथा दिदीबहिनीको आत्माको चीर शान्तिको कामना गर्दै समिति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
उनले भूकम्पमा घाइते भएकाहरूको स्वास्थ्य लाभको कामना गर्दै राहत,उद्धार र पुनर्स्थापनामा सबैले सक्दो सहयोग गर्नुपर्ने बताएका छन्।
‘देश विदेशमा रहनु भएका सम्पूर्ण नेपालीलाई यस दैवी विपत्तिको बेला एकापसमा हातेमालो गर्दै यथाशक्य राहत सहयोगका लागि अपील गर्दछौं। आउनुहोस् यो प्राकृतिक विपत्तिमा परेकाहरुको तत्काल राहत, उद्धार एवं पुनर्स्थापनाका लागि मानवीय धर्ममा जुटौं,’ जारी विज्ञप्तिमा भनिएको छ।
काठमाडौं, १९ कात्तिक ।
राप्रपाले भूकम्पपीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको केन्द्रीय पदाधिकारी बैठकले जाजरकोट भूकम्पपीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
बैठकले जाजकोट भूकम्पबाट प्रभावित परिवारलाई राहत पुर्याउन पार्टीका संघीय सांसद तथा प्रदेश सभा सदस्यहरुको एक महिनाको तलब र पार्टीको तर्फबाट गरी २५ लाख रुपैयाँ नेपाल सरकारलाई प्रदान गर्ने निर्णय गरेको पार्टी प्रवक्त मोहन श्रेष्ठले जानकारी दिए । ।

जाजरकोट भूकम्पले जाजरकोट तथा रुकुम पश्चिममा भएको जनधनको क्षतिप्रति राप्रपाले दुःख व्यक्त गर्दै भूकम्पका कारण ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
साथै उद्धार, खोजतलासका कार्यहरु गर्न, घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न र राहत एवं पुनःस्थापनाका कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नेपाल सरकारको राप्रपाले ध्यानाकर्षण गराएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा पार्टीको तर्फबाट सहयोग गर्न जाजरकोट जिल्लाका लागि प्रतिनिधि सभासदस्य ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) को संयोजकत्वमा र रुकुम पश्चिम जिल्लाका लागि पार्टीका सहायक महामन्त्री सौरेन्बहादुर शाहको संयोजकत्वमा जनपरिचालन गर्ने निर्णय गरिएको छ।
सो को लागि प्रभावित जिल्लाभित्रका र अन्य जिल्लाबाट जाने राप्रपाका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले जाजरकोटको हकमा ज्ञानेन्द्र शाहीसँग र रुकुम पश्चिम जिल्लाको हकमा सहायक महामन्त्री सौरेन्द्र बहादुर शाहँंग समन्वय गरी उद्धार कार्यमा सहयोग पुरÞ्याउन सकिने व्यवस्था गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
राप्रपाले भूगोल केन्द्रित जिम्मेवारी कार्यक्रममध्ये जाजरकोट र रुकुम पश्चिम जिल्लाका कार्यक्रमहरू आगामी १५ मंसिरसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ । साथै पार्टीले गर्ने आमसभा, विरोधसभा तथा प्रदर्शनका कार्यक्रमहरु कार्तिक मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
काठमाडौं, १९ कार्तिक ।
भुकम्पमा परी ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ ।
शुक्रबार राती जाजरकोटलाइ केन्द्र बनाएर गएको भुकम्प परी हालसम्म १५७ जनाको ज्यान गएको हो भने घाइतेको संख्या १७० जना पुगेका छन ।
नेपाल प्रहरीका अनुसार जाजरकोटमा मात्रै १ सय ५ जनाले ज्यान गुमाएका छन भने ८१ जना घाइते भएका छन ।
साथै, रूकुम पश्चिममा ५२ जनाले ज्यान गुमाएका छन भने ७८ जना घाइते भएका छन ।
घाइतेहरूको स्थानिय अस्पताल, सुर्खेत अस्पताल, भेरी अस्पताल र काठमाडौंमा गरी उपचार भइरहेको छ ।

काठमाडौं, १९ कार्तिक ।
मन्त्रीपरिषदको बैठक बस्दैँछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिहानका लागि मन्त्री परिषदको बैठक बोलाएका हुन् ।
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परी धनजनको क्षति भए पछि त्यसमा आवाश्यक निर्णय लिनका लागि मन्त्रीपरिषदको बैठक बोलाईएको हो । बैठक बिहान ८ बजे बस्ने बताईएको छ ।
काठमाडौं, १९ कार्तिक ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।
बैठक आइतबार बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
केन्द्रीय समिति बैठक तत्काल बस्न सम्भव नभएको बेला कार्यसम्पादन समितिले आवश्यक निर्णय लिन सक्ने विधानको व्यवस्था अनुसार कार्य सम्पादन समितिकाे बैठक बस्न लागेकाे हाे ।
कार्यसम्पादन समितिमा पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्य छन्। बैठकमा कर्णालीमा गएको भूकम्प र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने कांग्रेसले जनाएको छ।
काठमाडौं, १८ कार्तिक ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
बैठक आइतबार बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
केन्द्रीय समिति बैठक तत्काल बस्न सम्भव नभएको बेला कार्यसम्पादन समितिले आवश्यक निर्णय लिन सक्ने विधानको व्यवस्था छ।
कार्यसम्पादन समितिमा पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्य छन्।
बैठकमा कर्णालीमा गएको भूकम्प र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने कांग्रेसले जनाएको छ।
बिराटनगर, १८ कार्तिक ।
कोशी प्रदेश सरकारले भुकम्प पीडितहरूका लागि १ करोड सहयोग दिने भएको छ ।
जाजरकोटलाइ केन्द्र बनाएर गए राती गएको भूकम्पबाट प्रभावितका लागि कोशी सरकारले एक करोड रुपैयाँ नगदसहित अन्य सामग्री उपलब्ध गराउने भएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीका अनुसार प्रदेश विपद कोषबाट एक करोड नगद कर्णाली प्रदेश सरकारलाई पठाइने छ भने त्रिपाल, मेट्रेक्स, कम्बललगायतका अति आवाश्यक सामाग्री एक–एक हजार थान पठाउने तयारीका साथ काम सुरू भएको छ ।
मुख्यमन्त्री निवासमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले भुकम्प पीडितका लागि अति आवश्यक सामग्री तत्कालै पठाउने तयारी लगभग पुरा गरिएको जानकारी दिएका छन् ।
काठमाडौं, १८ कार्तिक ।
भुकम्पमा परी ज्यान गुमाउनेको संख्या १४३ पुगेको छ ।
गए राती जाजरकोटलाइ केन्द्र बनाएर गएको भुकम्प परी हालसम्म १४३ जनाको ज्यान गएको हो भने घाइतेको संख्या १६६ जना पुगेका छन ।
नेपाल प्रहरीका अनुसार जाजरकोटमा मात्रै १ सय ५ जनाले ज्यान गुमाएका छन भने ८१ जना घाइते भएका छन ।
र, रूकुम पश्चिममा ३८ जनाले ज्यान गुमाएका छन भने ८५ जना घाइते भएका छन ।
घाइतेहरूको स्थानिय अस्पताल, सुर्खेत अस्पताल, भेरी अस्पताल र काठमाडौंमा गरी उपचार भइरहेको छ ।

काठमाडौं, १८ कार्तिक ।
पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ‘पुतली बाजे’को निधनमा गहिरो दुःख ब्यक्त गरेका छन् ।
नेपालका पुतलीहरुको बारेमा लामो अनुसन्धान गरेका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पुतलीविज्ञ कोलन स्मिथको निधनमा गहिरो दुःख ब्यक्त गरेको हुन ।
‘पुतली बाजे’ले चर्चित अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पुतलीविज्ञ कोलन स्मिथको आज बिहान पोखरामा निधन भएको थियो ।
उनले यसरी सम्झिएः
मेरा आदरणीय गुरू तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पुतलीविज्ञ कोलन स्मिथ, जसलाई स्नेहभावकासाथ ‘पुतली बाजे’ भनिन्थ्यो, को आज ९ कार्तिक १८ ० पोखरामा भएको आकस्मिक निधनबाट निःशब्द छु।
केही बर्ष पहिले पोखरामा वहॉसंग भेट हुॅदा मैले सोधेको थिएँ- ‘तपाईंलाई के इच्छा छ, सर,मैले के गर्न सक्छु ?’
वहॉले शान्तभावमा भन्नुभएको थियो- ‘ म नेपालमै मर्न चाहन्छु। तर नेपाली नागरिक भएर मर्न चाहन्छु।’
५० बर्षभन्दा बढी नेपालमै बसेर त्यत्रो अन्तर्राष्ट्रिय स्तरको वैज्ञानिक खोज अनुसन्धान गर्ने व्यक्तित्वलाई पनि नागरिकता दिन हिच्किचाउने हाम्रो सोंच र विधि विधानप्रति मलाई निकै लज्जावोध भयो। मैले समेत उच्चतहमा रोइकराइ गरेर वहॉले मानार्थ नेपाली नागरिकता पाउनुभएको थियो।
मलाई वाल्यकालको सम्झना छ। हामी गोरखाको अमर ज्योति हाइस्कूलमा शायद पॉच कक्षामा पढ्थ्यौं। वहॉ हामीलाई विज्ञान पढाउनुहुन्थ्यो। समय मिल्यो कि पुतली समाउने जाली बोकेर छेउको जंगल चाहार्नुहुन्थ्यो। कहिलेकाहीं त कक्षाकोठाको झ्यालबाट बाहिर पुतली देख्यो कि “ ऊ।।ऊ। पत्ताली “ भन्दै कक्षा छोडेर कुद्नुहुन्थ्यो। हामी केटाकेटी मज्जाले हॉस्थ्यौं ।’
वहॉप्रति हार्दिक श्रद्धासुमन !
बिरगञ्ज, १८ कार्तिक ।
नेकपा एमाले मधेस प्रदेशले भुकम्प पीडितका लागि ३ लाख सहयोग गर्ने भएको छ ।
गए राती जाजरकोटलाइ केन्द्रबिन्दु बनाएर गएको भुकम्प पीडितका लागि सहयोग स्वरूप तीन लाख सहयोग गर्ने भएको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज मधेस प्रदेशका निर्वाचित पार्टी पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण कार्यक्रममार्फत सो घोषणा गरिएको हो ।
जाजरकोट रूकुम लगायतका जिल्लामा विनाशकारी भुकम्पबाट भएको जन र धनको क्षतीप्रति नेकपा एमाले मधेश प्रदेश कमिटी र सिंगो मधेश दुखी भएको पनि जनाएको छ ।
पीडितहरुको सहयोग र पुनः स्थापनाका लागि आज वीरगंजमा भएको नेकपा एमालेको मधेश प्रदेश स्तरीय विशेस कार्यक्रम मार्फत पार्टीका तर्फबाट रु ३ लाख सहयोग गर्ने निर्णय गरेको हो।
बिराटनगर, १८ कार्तिक ।
कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।
मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई सरकारमा समेटे पछि एमाले कोशी सरकारबाट बाहिरिएको हो ।
आफनो पार्टीको बिरोध र असहमतिको बाबजुद पनि हिजो शुक्रबार माओवादीका गणेश उप्रेती र समाजवादीका कमलप्रसाद जबेगुलाई मन्त्री बनाए पछि आजबाट एमाले सरकारबाट बाहिरिएको हो ।
शनिबार बिहान एमालेबाट कार्की मन्त्रीपरिषदमा मन्त्री रहेका एमाले संसदीय दलका उपनेता राम रानाले राजीनामा दिएसँगै एमाले सरकारबाट औपचारिक रुपमा बाहिरन पुगेको हो ।
मुख्यमन्त्री कार्कीले मन्त्रीमा नियुक्त गरे लगत्तै प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार साँझ नवनियुक्त मन्त्रीद्धयलाई शपथग्रहण गराएका थिए । उनीहरूको जिम्मेवारी भने तोकिएको छैन ।
काठमाडौं, १८ कार्तिक ।
सरकारले भुकम्प प्रभावित क्षेत्रमा तत्काल १० करोड निकासा गरेको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको सरोकारवालाहरूको आकस्मिक बैठकले भूकम्प प्रभावित दुवै जिल्लामा जनही ५–५ करोड रुपैया पठाउने निर्णय गरेको हो ।
सरकारले जाजरकोट र पश्चिम रुकुममा गएराती गएको भुकम्प पछि भूकम्प प्रभावितको खोज र उद्धार र राहत व्यवस्थापनका लागि तत्काल १० करोड रुपैयाँ निकास गराउने निर्णय गरेको हो ।
सो रकम विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत हाललाई उक्त रकम पठाउने निर्णय गरेको र उक्त रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च गरिने जनाईएको छ।
काठमाडौं, १८ कार्तिक ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भुकम्प प्रभावित क्षेत्रमा पुगेका छन् ।
आवाश्यक स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा पुगेका हुन् ।
प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्र पुगेको हुन ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गए राति गएको भूकम्पमा परी घाइते भएकाहरुको उद्धार र उपचारमा खट्न सबैलाई आग्रह गर्नुभएको छ ।
अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत उद्धारमा खटिन आग्रह गर्नुभयो । “भूकम्प रातको समयमा गएकाले उद्धार प्रभावकारी हुन सकेको छैन होला । मैले बिहान त्यहाँका केही साथीहरुसँग टेलिफोनमा कुराकानी गरेँ । यतिबेला त्यहाँ उद्धार गर्ने र घाइतेको उपचारमा तत्काल लाग्ने स्वास्थ्यकर्मीको धेरै खाँचो छ ।
सबै साथीहरु उद्धारमा खटौँ”, उहाँले भन्नुभएको छ, “भूकम्प प्रभावित क्षेत्रभन्दा बाहिरकाले सहयोग पुर्याउने र त्यहाँकाले धैर्य र सावधानी राख्नुपर्ने समय हो ।” गए राति जाजरकोट केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी हालसम्म एक सयभन्दा बढीको ज्यान गएको छ भने सयौँको सङ्ख्यामा घाइते भएका छन् ।(रासस)
काठमाडौँ, १८ कात्तिक : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूकम्पमा कारण जाजरकोट र पश्चिम रुकुमलगायतका जिल्लामा भएका घाइतेहरुको राहत र उद्धारमा जुट्न आग्रह गर्नुभएको छ । अध्यक्ष तिमिल्सिनाले आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त स्थानमा राहत र उद्धारका लागि सरकार, सबै राजनीतिक दल, सुरक्षा निकाय र नागरिक समाजलाई आग्रह गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “प्रकृतिक विपत्तिको यो क्षणमा सिङ्गो राष्ट्र नै एक भएर समयमै घाइतेको उद्धार र पीडितका लागि राहत तथा पुनःस्थापनाका लागि जुट्न आवश्यक छ ।” कर्णाली प्रदेशको जाजरकोट जिल्लालाई केन्द्रविन्दु बनाएर गए राति गएको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुमलगायतका जिल्लामा मानवीय र भौतिक क्षति पुर्याएको छ । उहाँले भूकम्पमा परी ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समेवदना व्यक्त गर्नुभएको छ । साथै घाइतेमा शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्नुभएको छ ।
(रासस)
सांसद कृष्णकुमार श्रेष्ठले संसदीय समितिले प्रभावकारीरुपमा काम गर्नसक्नुपर्ने धारणा राख्नुभएको छ । स्वार्थको टकराव (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) र केही व्यक्ति तथा समूहको लाभका लागि संसदीय समिति परिचालिन हुनसक्नेबारे चनाखो हुनुपर्ने उहाँको भनाइ छ । अघिल्लो चुनावमा तनहुँ क्षेत्र नम्बर १ बाट संसद्मा प्रतिनिधित्व गर्नुभएका सांसद श्रेष्ठ गत निर्वाचनमा बारा क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभयो । अघिल्लो पटक र यस पटकसमेत उहाँ प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सदस्य हुनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद श्रेष्ठ प्रतिनिधिसभा र आफू रहेको समितिमा खरो, तार्किक र स्पष्ट विचार राख्ने नेताका रुपमा चिनिनुहुन्छ ।
संसदीय समितिबाट हुने निर्णय र विधेयकमाथिका छलफलले कुनै व्यक्ति वा समूह विशेषलाई लाभ पुग्नसक्नेबारे ख्याल पु¥याउन जरुरी रहेको उहाँ बताउनुहुन्छ । “म भएको समिति मात्र होइन, अन्य समितिमा पनि कोही व्यक्तिको लाभमा निर्णय गर्ने अवस्था पटक–पटक देखिएका छन् । यो हुनुहुँदैन”, सांसदसँग रासस संवादका क्रममा उहाँले भन्नुभयो, “काँचो (अप्रशोधित) सुपारी निर्यात गर्न दिनेबारे उद्योग समितिमा निर्णय भइसकेकोमा मैले विस्तृत अध्ययन र विश्लेषण बिना अहिले निर्णय नगरौं भनेर सभापतिलाई यो विषयको वास्तविकता बुझाएपछि रोकियो । त्यस्तै, अरु समितिमा पनि कुनै न कुनै विषय स्वार्थ बाँझिएर आएका हुनसक्छन् ।
” संसद् अधिवेशन अन्त्य भएको तथा नचलेको अवस्थामासमेत समितिले आफ्नो काम गर्नसक्ने भएकाले यो बेलामा थप समय दिएर र जिम्मेवार भएर काम गर्नुपर्ने उहाँको बुझाइ छ । सङ्घीय संसद्का दुवै सदनको बजेट अधिवेशन बिहीबार अन्त्य भइसकेको छ । हिउँदे अधिवेशन सुरु नहुञ्जेलसम्मको अवधिमा सांसदले समितिमा आएका विषय र विधेयकका मस्यौदामाथिको छलफललाई प्राथमिकता दिनुपर्ने श्रेष्ठको बताउनुहुन्छ । “संसद् नभएको बेला पनि संसदीय समिति त चल्छन् नै । समितिहरु गम्भीर भएर अघि बढ्नुपर्छ भनेर हामी सबैले बुझ्न जरुरी छ”, उहाँ भन्नुहुन्छ ।
संसद् र संसदीय समितिको भूमिकामाथि बारम्बार प्रश्न उठ्ने गरेका छन् । विधायिकी भूमिका कमजोर भएको तथा निकै कम सङ्ख्यामा विधेयक पारित भएको, पटक–पटक अवरुद्ध भएर जनजीविकासँग जोडिएका महत्वपूर्ण कुरा संसद्मा आउन नसकेको, संसदीय मर्यादा उल्लङ्घन हुनेगरी गतिविधि हुने गरेकोलगायतका प्रश्न अहिले पनि संसद र सांसदमाथि उठिरहेका छन् । यस्ता प्रश्नले आफूलाई लज्जाबोध हुने गरेको सांसद श्रेष्ठ बताउनुहुन्छ ।
“विधायिकामाथि अहिले लागिरहेका आक्षेपसँग म सहमत छैन । संसद्ले मात्रै चाहेर भएन । सरकारले विधेयक ल्याउन प¥यो, बिजनेस दिनप¥यो”, उहाँ भन्नुहुन्छ, “संसद्मा रहेका दलहरुले महिनौँसम्म अवरोध गर्नेजस्ता विषयले हामीलाई पनि लज्जाबोध भएको छ । आमनागरिकले संसद्बारे जे सोचिरहनुभएको छ, त्यसमा म पनि दोषी र जिम्मेवार छु ।” नियम कानुन बनाउने विषयमा सरकारले विजनेस दिनुपर्ने र त्यसमा सरकारपक्ष तथा प्रतिपक्ष मिलेर विधेयक बनाउनतर्फ लाग्नुपर्ने उहाँको भनाइ छ । संसद्को प्रभावकारिताका लागि कुनै एउटा दलको एउटा सांसदले धेरै गर्नसक्ने ठाउँ नरहने उहाँको बुझाइ छ । जनताले दिएको काम गर्न जिम्मेवार भएर काम गर्न पनि उहँले सबै दलका नेतालाई आग्रह गर्नुभयो । आगामी अधिवेशनमा यस्तो नहोस् भनेर आफ्नै दलमा पनि कुरा उठाउने र अन्य दललाई समेत आग्रह गर्ने उहाँले स्पष्ट पार्नुभयो । सांसदको विधायिकी भूमिका र विकास निर्माणका काममा लिनुपर्ने नेतृत्वदायी भूमिकालाई समानान्तर रुपमा अघि बढाउनुपर्ने आवश्यकता र बाध्यता दुवै रहेको श्रेष्ठको बुझाइ छ ।
“सङ्घीय संसद्को सदस्यका रुपमा के–के काम गर्नुपर्छ भनेर संविधानले नै तोकिदिएको छ । संविधानको कार्यान्वयन, सङ्घीय कानुन निर्माण गर्नेलगायतका भूमिका छन्”, उहाँ भन्नुहुन्छ, “तर प्रत्यक्ष निर्वाचित जनप्रतिधिका रुपमा हाम्रो बाध्यता के पनि छन् भने, निर्वाचनमा जानेक्रममा पानीको धारा दिन्छौँ, सिँचाइ दिन्छौँ, सडक दिन्छौँ, स्कुल–अस्पताल बनाउँछौँ, रोजगारी सिर्जना गर्छौं भनेर भोट मागेका हुन्छौँ । त्यसमा जनताले आशा गरेका हुन्छन् र ती काम गर्नु स्वभाविक छ ।” जनतासँग प्रतिबद्धता गरेर निर्वाचित भई आएपछि ती विकास आवश्यकताको पूर्ति गर्न लाग्दा ऐन कानुन बनाउनेजस्ता विधायिकी भूमिका कम भएको होकि भन्ने लाग्नु स्वभाविक रहेको उहाँ बताउनुहुन्छ । “विधायिकी भूमिका कमजोर भएको हो कि भन्ने लागेको हुनसक्छ ।
तर हामीले सँगसँगै जनताका काम पनि गर्नुप¥यो । कानुन मात्रै बनाएर हाम्रो जिम्मेवारी पूरा हुन्छ भन्ने होइन । सांसदलाई एउटा वडाध्यक्षले चलाउनसक्ने जति पनि बजेट छैन ।” चालु आवको बजेटमा सरकारले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम ल्याएको थियो । तर सर्वोच्च अदालतको अन्तरिम आदेशपछि त्यसको कार्यान्वयन रोकिएको छ । यो कार्यक्रमलाई सांसदले पैसा मागेको नभई विकास मागेको रुपमा बुझ्नुपर्ने उहाँको तर्क छ । “मतदातासमक्ष गरेको प्रतिबद्धता क्रमशः पूरा पनि गर्दै जानुप¥यो नि । हामीलाई कम्तीमा पनि पाँच सातवटा योजना छान्न दिनुपर्यो । हामीलाई पैसा चाहिएको होइन, योजना चाहिएको हो”, सांसद श्रेष्ठले भन्नुभयो, “मेरो निर्वाचन क्षेत्रको विकास आवश्यकता के कति हो भन्ने मलाई थाहा हुन्छ । जनतालाई अनुभूति हुने गरी हामीले पनि विकास निर्माणका काम गर्नुपर्ने हुन्छ ।
जनतासँग गरेका सबै प्रतिबद्धता पूरा गर्न नसके पनि अधितकम प्रयास त गर्नुपर्यो नि ।” पुराना र लामो समय संसदीय अभ्यास गरेका दलका सांसदको तुलनामा भर्खरै संसदीय अभ्यास थालेका दलको प्रस्तुति र उपस्थिति संसदमा दर्बिलो देखिने गरेको छ । तर उनीहरु पनि विवादमुक्त हुन नसकेको र केही सांसदका कारण राम्रो तथा जिम्मेवार भएर काम गरिरहेका आलोचित हुनुपरेको उहाँको भनाइ छ ।
“मन्त्री बन्नलाई पैसा दिएको भनेर कुनै अमुक दलको सांसदको विषय आयो । यो हामी सबै सांसदका लागि लाजमर्दो विषय हो । केही सांसदको क्रियाकलाप र अभिव्यक्तिले साँच्चै देशको सेवामा लागेका, सुशासनको पक्षमा लागेका, विकास गर्छौं भनेर लागेका सांसदलाई त त्यसले असर गर्छ”, उहाँले भन्नुभयो । प्रतिनिधिसभा निर्वाचनबाट सांसद चुनिएर आएको करिब एक वर्ष पुग्न लाग्यो । के सांसद श्रेष्ठलाई पछिल्लो एक वर्षमा आफूले गरेका काम सन्तोषजनक लागेका छन् त ? “पक्कै पनि सन्तोषजनक छैन ।
म तनहुँमा जन्मेको मान्छे, बारामा आएर निर्वाचन जिते । जनताका गुनासो सुनेर कस्तो समस्या कुन निकायमार्फत् समाधान गर्न सकिन्छ भनेर बुझ्न बढी समय निर्वाचना क्षेत्रमै हुन्छु । जनताले मलाई काम गर्न दिएको समय खेर जान दिन्न”, सांसद श्रेष्ठले भन्नुभयो, “अर्कोतर्फ संसद्मा पनि आफ्ना कुरा स्पष्टरुपमा राख्छु । वर्षौं वर्षदेखिको नागरिकताको समस्यादेखि विकास निर्माणका कुरामा पनि हामीलाई योजना चाहियो भनेर आवाज उठाएको छु ।” रासस
नेपालगञ्ज, १८ असोज ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा आज नेपालगञ्जमा सम्बोधन गर्दैछन् ।
राप्रपा नेपाल बाँकेले शनिबार नेपालगञ्जमा गर्ने विरोध सभालाई थापाले आज सम्बोधन गर्न लागेका हुन् ।
राजसंस्थाको एजेन्डालाई पार्टीले कार्यनीति बनाएपछि राप्रपा नेपालले सडक केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ।
संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य सडक आन्दोलनबाट गर्ने उद्घोषका साथ पार्टी जनआन्दोलनको आधारभूमि निर्माण गर्न जिल्ला केन्द्रित कार्यक्रममा लागेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
२०६२/६३ को मार्गचित्र असफल भएकोले अब गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्पमा राजासहितको प्रजातन्त्र, सनातन हिन्दु अधिराज्य र संघीयता खारेज गर्दै सुदृढ स्थानीय शासन प्रणाली लागू हुनुपर्ने राप्रपा नेपालको मान्यता रहेको छ।
सभालाई अध्यक्ष थापासहित उपाध्यक्ष तारानाथ लुइँटेल, महामन्त्री राजाराम बर्तौला, सह-महामन्त्री रमेश अर्याल, हिक्मत ढकाल, दिपु सिंहलगायतले सम्बोधन गर्ने र विभिन्न व्यक्तिहरू पार्टी प्रवेस गर्नेसमेत पार्टीले जनाएको छ।
काठमाडौं, १८ कार्तिक ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो देशको पहाडी भू-भागहरूमा आशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेकोले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न साथै दैनिक क्रमिक रुपमा तापक्रम घटिरहेको हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।
पर्सा १७ कार्तिक
जनता समाजबादी पार्टी नेपाल को बृहत पार्टी प्रबेश कार्यक्रम पर्साको कालिकामाई गाँउपालिका वडा नं २ भेडियारीमा भएको कार्यक्रम मा बिभिन पार्टी परित्याग गरि सयौ को संख्या मा पार्टी प्रबेश गरेका छन। जसपा नेपाल कालिकामाई गाउँपालिका कमिटि ले अायोजना गरेको कार्यक्रम मा कांग्रेस, नेकपा एस , लोसपा, लगायत ले जसपा नेपाल मा प्रबेश गरेका छन। जसपाले आयोजना गरेको पार्टी प्रबेश कार्यक्रममा संजय साह कानु,मोतिलाल साह, तबरेज खा, लालमहमद गदि, सुबास साह कानु, अबास मिया, मनइ पासवान, प्रदिप पसवान, सीता देवि, हिरामती देवी, मुनि देवि, माया देवि, रमिता देवि, सुनील साह तेली , सुनिल साह कानु, हरिकिशोर पासवान, लालमहम्मद राउत लगायतका सयौ को संख्या मा पार्टी प्रबेश गरेका छन। जसपाका गाँउ ईकाइ अध्ध्यक्ष तैयब खाँ को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी समेत रहेका मधेस प्रदेश सरकारका उर्जा,सिंचाइ तथा खानेपानी मन्त्री सिंहासन साह कलवारले नवप्रवेशीहरुलाई अबीर टीका लगाएर पार्टीमा स्वागत गरेका छन। कार्यक्रममा जसपाका केन्द्रिय सदस्य फिरोज मन्सुर, जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव, जिल्ला सचीव तबरेज अहमद, जिल्ला कार्याकारिणी समिति सदस्य इन्द्रासन साह कलवार, श्यामबाबु चौरसीया, कालिकामाइ गाँउपालिकाका जसपा अध्यक्ष दिनेश साह कलवार, कालिकामाइ गाउँपालिकाका अध्यक्ष बशिष्ट कुमार गुप्ता वडाध्यक्षाहरु लालबाबु चौरसिया, जयनारायण कुर्मी संजय पटेल, मन्त्रीका स्वकिय सचिव सचिन सिंह , गाउँपालिका सलाहकार अारमान खाँ, लगायतको सहभागीता रहेको थियो । कार्यक्रम संचालन रामबालक चौरसिया ले गर्नु भएको थियोे ।
काठमाडौं, १७ असोज ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।
राष्ट्रिय युवा संघ नेपालले शुक्रबार बानेश्वरमा सरकारको विरोध गर्दै प्रदर्शन गरेको हो। सर्वोच्च अदालतले बाँकेका रिगल ढकाललाई सरकारले गरेको आममाफी दिने निर्णय बदर गरेसँगै प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने युवासंघको माग छ।
बिजुलिबजार देखि बानेश्वरसम्म उनीहरूले प्रदर्शन गरेका हुन्।
नेपालगञ्ज, १७ असोज ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा नेपालगञ्ज पुगेका छन्। राप्रपा नेपाल बाँकेले शनिबार नेपालगञ्जमा गर्ने विरोध सभालाई सम्बोधन गर्न थापा आज बेलुकी त्यहाँ पुगेका हुन्।
राजसंस्थाको एजेन्डालाई पार्टीले कार्यनीति बनाएपछि राप्रपा नेपालले सडक केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ।
संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य सडक आन्दोलनबाट गर्ने उद्घोषका साथ पार्टी जनआन्दोलनको आधारभूमि निर्माण गर्न जिल्ला केन्द्रित कार्यक्रममा लागेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
२०६२/६३ को मार्गचित्र असफल भएकोले अब गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्पमा राजासहितको प्रजातन्त्र, सनातन हिन्दु अधिराज्य र संघीयता खारेज गर्दै सुदृढ स्थानीय शासन प्रणाली लागू हुनुपर्ने राप्रपा नेपालको मान्यता रहेको छ।
सभालाई अध्यक्ष थापासहित उपाध्यक्ष तारानाथ लुइँटेल, महामन्त्री राजाराम बर्तौला, सह-महामन्त्री रमेश अर्याल, हिक्मत ढकाल, दिपु सिंहलगायतले सम्बोधन गर्ने र विभिन्न व्यक्तिहरू पार्टी प्रवेस गर्नेसमेत पार्टीले जनाएको छ।
काठमाडौं, १७ कार्तिक ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा दुइ नेताका बिचमा भएको एउटा भिडियो भाइरल भइरहेको छ।
केही दिन अघि सो समितिमा भएको एउटा सम्बादको भिडियो दृश्य यतिखेर भाईरल भईरहेको हो ।
खासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले गृह मन्त्री हुदाँ सो समितिका सभापति सांसद मात्रै हुदाँ रामहरि खतिवडाले ‘लक्ष्मी महतो कोइरी खै ?’ भन्दै प्रश्न गरेका थिए । उनैले त्यसको अहिले उल्टै प्रश्न गरेर ‘बदला’ लिएका छन् ।
तर, लामिछाने यतिखेर गृह मन्त्रीको जिम्मेबारी भन्दा बाहिर रहेका छन र खतिवडाको पार्टी नेपाली कांग्रेस सरकारमा सामेल छ । यस मौका पारेर लामिछानेले सभापति खतिवडालाई उल्टै प्रश्न गरेका थिएँ तर लामिछानको प्रश्नको भने खतिवडाले कुनै जवाफ दिएनन, बरु शिर निहुराएर निरुत्तर हुन पुगेको भिडियो सामाजिक सञ्जालमा भाईरल भईरहेको हो ।
‘लक्ष्मी कोइरी महतो खोइ भनेर सभापतिज्युले बढो सोध्नु भएको थियो, अब म तपाइलाइ सोध्न चाहान्छु, तपाइको पार्टी सरकारमा छ, सबैभन्दा ठुलो दलको रूपमा छ, लक्ष्मी महतो कोइरी खै ?’ उनले यो प्रश्न गरे पछि सभापति खतिवडाले शिर निहुराएका थिए । जसलाई अहिले भाईरल बनाईएको छ ।
यमन, १७ कार्तिक ।
प्यालेस्टाइनी अतिबादी समुह हमास र इजरायल बिच युद्द जारी छ ।
यस युद्दमा १० हजार भन्दा बढीको ज्यान गइसकेको छ ।
हमास नियन्त्रित गाजामा प्रवेश गरेको इजरायली सेनाले गाजापट्टीलाइ पुर्ण नियन्त्रणमा लिने दिशा अघि बढेको जनाइरहेको बेला यमनका हुथी बिद्रोहीले इजरायल माथी हमला जारी राख्ने घोषणा गरेका छन् ।
अलजजिराका अनुसार यमनका हुथीहरूले इजरायलमाथि आक्रमण जारी राख्ने घोषणा गरेका छन् र अब यसको बारेमा एउटा म्युजिक भिडियो जारी गरेका छन्।
उनीहरूले भिडियोमार्फत यो पनि भनेका छन कि, ‘यस युद्दमा भाग लिने पुरुषहरू मध्ये कसैले पनि आफ्नो दिनको काम छोड्ने विचार गर्नु हुँदैन् ।’
काठमाडौं, १७ कार्तिक ।
प्यालेस्टाइनी अतिबादी समुह हमासको कब्जामा रहेका बिपिन जोशीलाइ छुटाउन कुटनीतिक पहलकदमी नपुगेको भन्दै सरकारको सर्बत्र आलोचना भईरहेको छ ।
यसै सन्दर्भमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले परिबन्दले हमाशका कब्जामा रहेका जोशीलाई छुटाउनका लागि थप पहलकदमी गर्नु पर्नेमा जोड गरेका छन् ।
‘ईजरायली सरकारका अनुसार नेपाली बिद्यार्थी विपिन जोशी हमासको कब्जामा छन्, हमाससँग नेपालको दुस्मनी छैन, विपिन परिबन्दले कब्जामा परेका हुन्,’ थापाले भनेका छन, ‘नेपाल सरकारले मध्यपुर्वका हमाससँग राम्रो सम्बन्ध भएका देशहरुमार्फत कुटनीतिक प्रयास गरे विपिन छुटाउन सकिन्छ। यसतर्फ म सरकारको ध्यानाकर्षण गर्दछु।’
उनले सरकारको क्षमतामाथी प्रश्न गर्दै अगाडी भनेका छन, ‘यस्तो बेला हो, कुटनीतिक कौशल देखाउने ।’
तेहरान, १७ कार्तिक ।
इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले गाजा पट्टी र कब्जा गरिएको वेस्ट बैंकमा आफ्नो घातक सैन्य कारबाही जारी राख्दा इजरायल ‘असहाय र भ्रमित’ बन्दै गएको बताएका छन्।
शुक्रबार बिहान सामाजिक सञ्जालमा पोष्ट गरिएको एक कथनमा, खामेनीले इजरायलीहरूलाई सीधा सम्बोधन गर्दै भने कि उनीहरूको सरकारले उनीहरूलाई ‘झूटो’ बोलिरहेको थियो, उसले हमासले कब्जामा लिएका बन्धकहरूमाथि चिन्ता व्यक्त गरेको थियो र बन्दीहरूलाई राख्न सक्ने क्षेत्रहरूमा गोलाबारी पनि गरिरहेको थियो।’
उनले अगाडी लेखेका छन कि, ‘अमेरिकी समर्थन बिना इजरायल एक दिन भित्रमा नै मौन हुनेछ’
इजरायलले इरानलाई यस क्षेत्रमा आफ्नो नम्बर एक खतरा मानेको छ। यसले मध्यपूर्वमा हमास र लेबनानमा हिजबुल्लाहलगायत विभिन्न सशस्त्र समूहहरूलाई समर्थन गरेको उनीहरुको आरोप छ ।
भक्तपुर, १७ कार्तिक ।
प्यालेस्टाइनी जनताको साम्राज्यवाद विरोधी आन्दोलनमा ऐक्यवद्धता जनाउन भन्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) निकटको युवा र विद्यार्थी संगठनहरुले आज शुक्रबार राजधानीमा बृहत जुलुश गर्ने भएका छन् ।
पार्टी निकटको नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले दिउँंसो १ बजे रत्नपार्कबाट बृहत्त जुलुश निकालिने जनाएको हो ।
‘अमेरिकी साम्राज्यवाद र अमेरिकी पिछलग्गु इजरायलको नरसंहारकारी तथा युद्ध पिपासु दुर्नियतको विरूद्ध’ भन्दै युवा विद्यार्थी संगठनले जुलुश गर्न लागेको जनाएका छन् । रत्नपार्कबाट हुने बृहत्त जुलुश सफल पार्न सबै न्यायप्रेमी तथा शान्तिप्रेमी महानुभावहरूलाई सहभागिताको लागि आयोजकले अनुरोध गरेको छ ।
काठमाडौं, १७ कार्तिक ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो देशको पहाडी भू-भागहरूमा आशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेकोले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न साथै दैनिक क्रमिक रुपमा तापक्रम घटिरहेको हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।
काठमाडौं, १६ कार्तिक ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग गणतन्त्र कोरियाका कृषि, खाद्य तथा ग्रामीण मामिलामन्त्री चुङ वाङ केन नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ।
त्यस अवसरमा राष्ट्रपतिले नेपाल र गणतन्त्र कोरियाबीचको सम्बन्ध पछिल्ला वर्षमा अझ प्रगाढ हुँदै गएकामा खुशी व्यक्त गरे। साथै उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा कोरिया भरपर्दो साझेदारका रूपमा रहेको बताएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)मार्फत नेपालले प्राविधिक सहयोग एवं जनशक्ति विकासलगायत विभिन्न क्षेत्रमा प्राप्त सहायताका निम्ति कोरिया सरकारप्रति कृतज्ञता ज्ञापन गरे।
काठमाडौं, १६ कात्तिक ।
नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका कृषि, खाना तथा ग्रामीण मामिला मन्त्री चुङ हाङ केउनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् ।
बिहीबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र राजदूत केउनबीच भेटवार्ता भएको हो ।
सो क्रममा राष्ट्रपति पौडेलले कोरियाबाट नेपालको विकासका लागि भएको सहयोगप्रति धन्यवाद दिए । नेपालको सामाजिक तथा आर्थिक विकासमा कोरिया एक महत्त्वपूर्ण र विश्वासिलो साझेदारको रूपमा रहेको भन्दै उनले कोइकामार्फत नेपालले विभिन्न क्षेत्रमा प्राप्त गरेका प्राविधिक सहयोग र जनशक्ति विकासका लागि धन्यवाद ज्ञापन गरेका हुन् ।
काठमाडौं, १६ कात्तिक ।
सर्वाेच्च अदालतले माफी दिने सरकारको निर्णय बदर गरेलगत्तै योगराज भनिने रिगल ढकाल पक्राउ परेका छन् ।
बिहीबार सर्वाेच्च अदालतले उनको कैद माफी दिने सरकारको निर्णय बदर गर्दै तत्काल पक्राउ गर्न परमादेश दिएको थियो । उक्त निर्णय र आदेशलगत्तै उनी बाँकेबाट पक्राउ परेका हुन् ।
संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कैद माफी पाएपछि गत ४ भदौमा रिहा भएका उनी पुनः पक्राउ परेका हुन् ।
बाँके नेपालगन्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका रिगल माफी पाएर रिहा भएपछि सरकारको चौतर्फी आलोचना भइरहेका बेला सर्वाेच्चले उनलाई माफी दिने सरकारको निर्णय बदर गरिदिएको हो ।
रिगललाई माफी दिने सरकारको निर्णयविरुद्ध चेतनकी श्रीमती भारती शेर्पाले दायर गरेका रिटमा बिहीबार सुनुवाइ गर्दै कायम मुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपनाप्रधान मल्ल र कुमार चुडालको इजलासले सरकारको निर्णय बदर गर्दै रिगललाई तत्काल पक्राउ गर्न परमादेश दिएको छ ।
अदालतले उनलाई बाँकी रहेको ११ वर्ष ११ महिना ११ दिन थुनामा राख्न आदेश दिएको छ ।
काठमाडौं, १६ कात्तिक ।
सर्वाेच्च अदालतले योगराज भनिने रिगल ढकालको कैद मिनाहा गर्ने सरकारको निर्णय बदर गरिदिएको छ । संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हत्या आरोपमा जेल परेका रिगलको कैद माफी दिइएको थियो ।
बाँके नेपालगन्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका रिगल माफी पाएर रिहा भएपछि सरकारको चौतफी आलोचना भइरहेका बेला सर्वाेच्चले उनलाई माफी दिने सरकारको निर्णय बदर गरिदिएको हो ।
रिगललाई माफी दिने सरकारको निर्णयविरुद्ध चेतनकी श्रीमती भारती शेर्पाले दायर गरेका रिटमा बिहीबार सुनुवाइ गर्दै कायम मुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपनाप्रधान मल्ल र कुमार चुडालको इजलासले सरकारको निर्णय बदर गर्दै रिगललाई तत्काल पक्राउ गर्न परमादेश दिएको छ ।
काठमाडौं, १६ कात्तिक ।
सरकार नेतृत्वकर्ता दल माओवादी केन्द्रले हालै संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसको नेपाल भ्रमणले संसारभर बहुआयामिक सन्देश गएको दाबी गरेको छ ।
गत आइतबारदेखि चारदिन नेपाल भ्रमण सकेर बुधबार महासचिव गुटेरेस फर्किएका थिए । उक्त भ्रमणले संसारभर बहुआयामिक सन्देश दिएको माओवादीले दाबी गरेको हो ।
बिहीबार कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमणका क्रममा भएको विश्व शान्तिको अपिल र जलवायु परिवर्तनको असरबारे ध्यानाकर्षण हुनुसहित बहुआयामिक सन्देश दिएको दाबी गरेका हुन् ।
संयुक्त राष्ट्रसंघको बैठक चलिरहेका बेला गुटेरेस नेपाल आउनु नै ठूलो कुरा बताएका माओवादी प्रवक्ता सापकोटाले उनको नेपाल भ्रमणले संसारभर बहुआयामिक सन्देश गएको बताए ।
बुद्धको बारेमा दूराशयपूर्ण ढंगले प्रश्न उठाउन खोजिएका बेला उनकै जन्मभूमि लुम्बिनीबाट महासचिव गुटेरेसले विश्व शान्तिको अपिल गर्नु र गौरवको कुरा भएको प्रवक्ता सापकोटाको भनाइ छ ।
काठमाडौं, १६ कात्तिक ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा संसदीय दलका नेता र रवि लामिछानेले कांग्रेस, एमाले र माओवादी केन्द्रबाट नै विद्यमान राजनीतिक व्यवस्था खतरामा परेको आरोप लगाएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेस, एमाले र माओवादीबाटै राजनीतिक व्यवस्था खतरामा परेको बताउँदै अरुमाथि आरोप नलगाउन बताए ।
प्रमुख तीनबाहेकका दलप्रति संसद अनुदार बनेको पनि उनको आरोप छ । उनले कांग्रेस, एमाले र माओवादीबाहेकका दलप्रति संसद अनुदार बनेको आरोप लगाए ।
काठमाडौं, १६ कात्तिक ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माओवादी सशस्त्र युद्ध सुरु भएको दिन १ फागुनमा बिदा दिने प्रस्ताव संसदबाट पारित गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले उपाध्यक्ष विष्णु पौडेलले माओवादी सशस्त्र युद्ध सुरु भएको दिन १ फागुनमा सार्वजनिक बिदा दिने नै हो भने संसदबाट पारित गर्नुपर्ने बताउँदै सो चुनौती दिएका हुन् ।
माओवादी सशस्त्र युद्ध सुरु भएको दिन १ फागुनमा सार्वजनिक बिदा दिने निर्णय सरकारले फिर्ता लिन आग्रह गर्दै उनले यदी बिदा दिने नै हो भने संसदबाट पारित गर्नुपर्ने बताउँदै पारित गरेर देखाउन चुनौतीसमेत दिएका हुन् ।
काठमाडौं, १६ कार्तिक ।
संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य गरिने भएको छ ।
संसदको जारी अधिवेशन अन्त्य गर्ने निर्णय लिनका लागि भर्खरै मन्त्रीपरिषद् बैठक सुरू भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा जारी बैठकमा संसद अधिवेसन अन्त्य गर्ने प्रमुख अजेन्डामा छलफल भईरहेको छ ।
गत बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा बिहिवार देखि संसदको अधिवेशन अन्त्य गर्ने सहमति भएको थियो।
नयाँदिल्ली, १६ कार्तिक ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र तृणमूल कांग्रेसका लोकसभा सांसद महुआ मोइत्रालाई बिहीबार (२ नोभेम्बर) दिल्लीमा दुई छुट्टाछुट्टै मुद्दामा सोधपुछ गरिदैँछ ।
प्रवर्तन निदेशालय (ईडी) ले कथित मदिरा नीति घोटालामा दिल्लीका मुख्यमन्त्रीसँग सोधपुछ गर्न लागेको हाे । जहाँ महुआले भने ‘कैश फॉर क्वेरी’ अर्थात् नगद लिएर प्रश्न सोध्ने सन्दर्भमा लोकसभाको आचार समितिको प्रश्नको जवाफ दिनुपर्छ।
बीजेपीले दुवै विपक्षी नेताहरूलाई उनीहरूको प्रश्नको बारेमा खिल्ली उडाएको छ। यति मात्र होइन उनलाई ‘दुई नम्बरी’ पनि भनिएको छ । गोड्डा, झारखण्डका भाजपा सांसद निशिकान्त दुबेले अरविन्द केजरीवाल र महुआ मोइत्रालाई सोशल मिडिया प्लेटफर्ममा ‘दुई नम्बरी’ नेताको रुपमा टिप्पणी गरेका हुन ।
उनले ट्वीट गर्दै भने, ‘दुवै नोभेम्बरमा उपस्थित हुनुपर्दछ।’ दिल्ली रक्सी घोटालालाई लिएर बीजेपीले लामो समयदेखि केजरीवाललाई निशाना बनाउँदै आएको छ, महुआ पनि यसको निशानामा परेका छन ।
ईडीले दिल्ली रक्सी घोटालामा केजरीवालसँग सोधपुछ गर्न लागे पछि यसले धेरै शंका आशंका जन्माएको छ । यस मामिलामा दिल्लीका पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया र आम आदमी पार्टी (आप) का राज्यसभा सांसद सञ्जय सिंह यसअघि नै पक्राउ परेका छन्।
यो सँगै भाजपा नेता निशिकान्त दुबेले महुआले पैसा लिएको र संसदमा प्रश्न सोधेको आरोप लगाएका छन् । यस मामिलामा महुआ मोइत्रा लोकसभाको आचार समितिमा जानुपरेको छ, जसले उनलाई यस विषयमा प्रश्न गर्न गइरहेको छ।
आपले केजरीवालले ईडीको कार्यालयमा आफ्ना प्रश्नहरूको जवाफ दिन जान सक्ने बताएको छ। तर उनी पनि पक्राउ पर्न सक्छन् । यस मामिलामा सञ्जय सिंह र मनिष सिसोदियालाई यसअघि नै पक्राउ गरि सकिएको छ । यही कारणले गर्दा पार्टीलाई अहिले आफ्नो सबैभन्दा ठूलो अनुहार पक्राउको डर छ ।
यतिबेला महुआसँग भने यस्तो भएको देखिँदैन तर यो सोधपुछ पछि उनको स्वच्छ छविमा कतै दाग अवश्य देखिने भारतीय मिडियाले जनाएको छ ।
काठमाडौं, १६ कार्तिक ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार बुटवल जादैँछन् ।
आम्दा अस्पतालको २५ औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्नका लागि प्रधानमन्त्री प्रचण्ड आज बुटबल जान लागेका हुन् ।
आम्दा नेपाल, तत्कालीन बुटवल नगरपालिका र बुटवल उद्योग वाणिज्य संघबीच त्रि–पक्षीय लगानीमा निर्माण भएको उक्त अस्पताल ५० शैया बनाइएको थियो । तर, अहिले सो अस्पतालको क्षमता विस्तार गरी २ सय शैयाको बनाउने भए पछि प्रधानमन्त्री प्रचण्डले नयाँ भवनको शिलन्यास गर्नेछन ।
बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयका अनुसार प्रधानमन्त्री प्रचण्डले अस्पतालको थप २०० शय्या भवनको शिलान्यास र शैक्षिक कार्यक्रमको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ ।
काठमाडौं, १६ कार्तिक ।
नेपाली कांग्रेसका नेता योगराज ढकाललाइ दिएको आममाफीका बारेमा सर्वोच्च अदालतमा आज फैसाला हुदैँछ ।
योगराज ढकाल (रिगल) लाई कैद मिनाहा गरी सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिए पछि त्यसका बिरुद्धमा भारती शर्माले दिएको मुद्धामा आज सर्वोच्च अदालतले फैसाला सुनाउन लागेको हो ।
सर्वोच्च अदालतका न्यायाधीसत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा बिहीबार निर्णय सुनाउने जानकारी दिए अनुसार आज सुनाउन लागिएको हो ।
संविधान दिवसका अवसरमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रि परिषद्ले ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपति रामचन्द्र पाैडेल समक्ष सिफारिस गरेको थियो । सरकारको उक्त सिफारिससँगै राष्ट्रपति पौडेलले कांग्रेसको भातृ संस्था तरुण दलका नेता ढकाल कारागारमुक्त हुन पुगेका थिए ।
ढकालले दिन दहाडै हत्या गरेका चेतन मानन्धरकी पत्नी भारती शर्माले रिगल निस्के पछि थप अन्यायमा परेकाे भन्दै राष्ट्रपतिको सो कदमबिरुद्ध सर्वोच्च अदालतमा रिट दिएकी थिइन । अदालतमा पटक पटक भएको सुनवाई पछि आज सर्वोच्चले फैसाला दिन लागेको हो ।
काठमाडौं, १६ कार्तिक ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नीजि कम्पनिले आयोजना गरेको कार्यक्रम बहिस्कार गरेको जनाएका छन् ।
मंगलबार आयोजित उपत्यका मेयर्स फोरमको मासिक बैठक बिचमै छाडेर हिँडे पछि त्यसबारे प्रस्टाउँदै आफनै धारणा सार्बजनिक गरेका हुन् ।
‘१७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनिबाट पैसा खाएर बसाएको बैठक बहिस्कार गरेको हो, कसैको अपमान गरेको होईन्’ उनले आफनो प्रस्टीकरण दिदै सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले निजी कम्पनिले प्रायोजन गरेको कार्यक्रम प्रति आक्रोश पनि ब्यक्त गरेका छन् । ‘नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो तर तर काठमाडौं महानगर बिक्रीमा छैन ।’
उनले अझ अगाडी लेखेका छन, ‘तपाईंहरुले पुरै देशनै बेच्नु भो भने पनि काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ ।’
काठमाडौं, १६ कार्तिक ।
राष्ट्रियसभा बैठक बस्दैछ ।
संङघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।
संङघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार बिहिवारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यहरूको कार्यभार तोकिएको सबन्धी पत्रहरूको ब्योहोरा जानकारी गराइने छ ।
साथै, बिधायन ब्यवस्थापन समितिका सभापति जयन्ती देवी राइले ‘बिधुतीय ब्यापार बिधेयक २०८०’ सबन्धी समितिको प्रतिबेदन सभा समक्ष पेश गर्ने कार्यसुचीमा उल्लेख गरिएको छ ।
काठमाडौं, १६ कार्तिक ।
नेकपा माओवादी केन्द्रले बिशेष पत्रकार सम्मेलनको आयोजना गर्दैछ ।
सरकारको नेतृत्व गरिरहेको दलले सडक संघर्षमा उत्रिएको भन्दै आलोचना भईरहेको बेला माओवादीले आज बिशेष पत्रकार सम्मेलनको आयोजना गर्न लागेको हो ।
पार्टी मुख्यालय पेरिसडाँडामा दिउँसो १ बजे सो पत्रकार सम्मेलन आयोजना गर्न लागिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
सत्ता सहयोगी दल नेपाली कांग्रेसलगायतले माओवादीले गर्न लागेकाे सो प्रदर्शनको आलोचना गरे पछि महासचिव देवप्रसाद गुरुङल ‘जन प्रदशर्न’ नभएर ‘माओवादी रुपान्तरण अभियान’ अन्र्तगत एक कार्यक्रम मात्रै भएको स्पष्टीकरण दिएका थिए । तर, त्यसलाइ अझ प्रस्टाउनका लागि आज पत्रकार सम्मेलन गर्न लागिएको बुझिएको छ ।
काठमाडौं, १६ कार्तिक ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।
देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेकोले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।
काठमाडौं, १५ कात्तिक ।
नेकपा एमालेले दशैं, तिहार, छठलगायतका चाडपर्वको अवसरमा गरेको चियापान कार्यक्रम सहभागी हुन विभिन्न राजनीतिक दलका नेताहरु जानेक्रम चलिरहेको छ ।
पार्टी कार्यालय च्यासलमा आयोजित चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, रिाज्यका विभिन्न ओहदाका व्यक्ति, विभिन्न पेशा व्यवसायी, शुभेच्छुकहरु सहभागी भइरहेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायतका नेताहरुले चियापान कार्यक्रममा आउने पाहुनालाई स्वागत गरिरहेका छन् ।
काठमाडौं, १५ कात्तिक ।
संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालविरुद्ध उजुरी आह्वान गरेको छ ।
सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालविरुद्ध १० दिनभित्र स्पष्ट आधार खोलेर उजुरी दिन आह्वान गरेको हो । राजदूतका लागि उपर्युक्त छैन भन्ने लागेमा उजुरी दिन आह्वान गरेको समितिले उजुरीकर्ताले चाहेमा उजुरीकर्ताको नाम, थर र वतन गोप्य राखिने बताएको छ ।
काठमाडौं, १५ कात्तिक ।
संघीय संसद्को जारी अधिवेशन अन्त्य गर्ने तयारी गरिएको छ ।
बुधबार बसेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले कार्यव्यवस्था समितिको बसेको बैठकमा बिहीबारदेखि संघीय संसद्को जारी अधिवेशन अन्त्य गर्ने तयारी गरिएको अनौपचारिक रुपमा जानकारी गराइएको छ ।
संघीय संसदको अधिवेशन अन्त्य गर्ने सम्बन्धमा औचारिक रुपमा निर्णय भने भइसकेको छैन । सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन अन्त्य र सुरु गर्ने संवैधानिक व्यवस्था छ ।
काठमाडौं, १५ कात्तिक ।
नेकपा एकीकृत समाजवादीनिकट युवा संघ नेपालका नेता एवं प्रवक्ता सन्जिप राईले सामाजिक सञ्जाल फेसबुकमार्फत् सरकारलाई सुझावसहित धारणा सार्वजनिक गरेका छन् ।
प्रवक्ता राईले हाम्रो गाउँ घर टुथलेस र युथलेस मात्र भएकोले उत्पादन केही नभएको, जमिनहरु बाँझो र उजाड भएको बताएका छन् । उनले सहर बजारका अधिकांश सटर खाली र पसलहरु बन्द भएका बताए ।

दलाल पँुजीवादका कारण दशैँ, तिहार, छठजस्ता राष्ट्रिय पर्वहरुको रौनकता घटेको भन्दै उनले पुँजीवादी व्यस्थालाई निर्मूल पार्न समाजवादी क्रान्ति अपरिहार्य रहेको र यसका निम्ति राज्यले तत्काल युवा पलायन रोक्ने नीति अवलम्बन गर्नुपर्ने बताएका छन् ।
–बेरोजगारी युवाहरूलाई सीपमूलक तालीम प्रदान गरि योग्यता अनुसारको कामको ग्यारेन्टी गर्नुपर्ने ।
– नेपाली कृषि उत्पादनलाई राज्यले बजारको ग्यारेन्टी गरि युवाहरुलाई कृषि उद्यमशीलतासँग जोडनुपर्ने ।
– युवा उद्यमी कर्जाका लागि सफ्ट लोन प्रदान गर्नुपर्ने ।
– विज्ञान र प्रविधिमैत्री बनाउन युवाहरूलाई व्यापकतम तालीम प्रदान गरि उत्पादनमा जोडनुपर्ने ।
प्रचण्ड नेतृत्वको सरकारमा एकीकृत समाजवादीबाट दुई जना सरकारमा सहभागी भएका छन् ।
काठमाडौं, १५ कात्तिक ।
नेपालको औपचारिक चारदिने भ्रमण पूरा गरेर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस फर्किएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा १२ कात्तिकमा नेपाल आएका उनी बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायततर्फ प्रस्थान गरेका हुन् ।
उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाई गरे । सो अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित थिए । महासचिव गुटेरेसको बिदाइमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।
नेपाल भ्रमणको क्रममा गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्नेदेखि उच्चस्तरीय राजनीतिक भेटघाट र विभिन्न क्षेत्रको भ्रमण अवलोकन गरेका थिए । मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुअघि बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका थिए ।
ससदनलाई सम्बोधन गर्दै उनले संक्रमणकालीन न्याय टुंगोमा पुर्याउने कार्यमा नेपाल एक्लै नरहेको भन्दै त्यसलाई सघाउन राष्ट्रसंघ तयार रहेको बताएका थिए ।
उनले सगरमाथाको आधार शिविर अन्नपूर्ण पदमार्गसमेत भ्रमण गरे । सो क्रममा उनले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका असरको विश्व समुदायको ध्यानाकर्षण गराएका थिए ।
कार्तिक,१५ गते जनकपुरधाम
धनुषाको जनकनन्दनी गाउँपालिकाकी १८ वर्षीया किशोरी रजीना खातुन एक घण्टाका लागि मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्री बनेकी छन् ।
मन्त्री महेश प्रसाद यादवले बुधवार खातुनलाई खादा ओढाएर सम्मान गर्दै एक घण्टाका लागि आफ्नो पद हस्तान्तरण गरे । खातुन बिहान ८ बजेदेखि ९ बजेसम्म मन्त्री पद सम्हालिन् ।
अन्तर्राष्ट्रिय बालिका दिवस अन्तर्गत समानताको सन्देश दिन प्लान इन्टरनेशनल नेपालको पहलमा खातुन मन्त्री बनेकी हुन् । उनी कक्षा ९ मा अध्ययनरत छन् । मन्त्री बनेपछि खुशी लागेको उनले बताइन् ।
मन्त्रीको कुर्सीमा बसेर उनी आफ्नो गाउँको शिक्षा क्षेत्रको समस्या मन्त्री यादवलाई सुनाएकी थिइन् । उनी प्रदेश सरकारले चलाएको बेटी पढाऊ, बेटी बचाउ अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताइन् ।
मन्त्री यादवले महिला र पुरुष बराबर हुन्छन् भन्ने सन्देश दिन बालिका खातुनलाई एक घण्टाका लागि आफ्नो पद हस्तान्तरण गरेको बताए । उनले ‘वालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने नारालाई सार्थक बनाउन आफू पछि नहट्ने प्रतिबद्धता पनि जनाए ।
खातुनलाई मन्त्री बनाउन पहल गरेका प्लान इन्टरनेशनलका क्षेत्रीय प्रबन्धक रविशंकर पण्डितले ‘अन्तराष्ट्रिय बालिका दिवस’ अन्तर्गत समानताको सन्देश दिन स्कूलमा अध्ययनरत छात्राहरूलाई केहि घण्टाका लागि सांकेतिक रूपमा मेयर, उपमेयर र मन्त्री बनाउने अभियान जारी राखेको बताए । नेपाल प्रेस
काठमाडौँ, १५ कार्तिक
राष्ट्रियसभामा १९ सिट रिक्त हुदै छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले रिक्त हुन लागेका १९ सिटको निर्वाचन आगामी माघको दोस्रो सातामा गर्न प्रस्ताव गरेका छन् । थपलियाले माघ १०, ११ वा १२ गतेसम्म चुनाव गर्न आवश्यक रहेको बताउदै त्यसका लागि सरकारले निर्णय गर्नुपर्ने बताएका हुन् । त्यसैगरी प्रतिनिधिसभामा रिक्त रहेको १ सिट, प्रदेशसभामा २ सिट र स्थानीय तहमा २४ स्थानमा उपयुक्त समयमा उपनिर्वाचन गर्न आयोग तयार रहेको बताए । प्रतिनिधि सभा र प्रदेश फागुन २० गते राष्ट्रिय सभाका १९ सदस्य रिक्त हुँदैछन् । सदस्य रिक्त हुनुभन्दा एकमहिना अघि निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
काठमाडौं, १५ कार्तिक ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो देशभर आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेकोले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
काठमाडौँ, १४ कात्तिक
नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)बीच नेपालको सडक सञ्जाल सुधार तथा विस्तारका लागि करिब रु १३ अर्ब (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । आज अर्थ मन्त्रालयमा एक औपचारिक कार्यक्रमकाबीच अर्थसचिव कृष्णहरि पुष्कर र एसियाली विकास बैंकका नेपालका लागि देशीय निर्देशक आर्नोड काओसिसले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका लागि यो एडिबीबाट भएको अतिरिक्त वित्तीय लगानी हो । कूल तीन सय २४ किलोमिटर सडक सञ्जाल सुधार तथा विस्तारका लागि यो रकम खर्च गरिनेछ । प्रदेश सरकारले कार्यान्वयन गर्ने यो परियोजनाले समावेशी विकासको अवधारणा र सङ्घीयता कार्यान्वयनलाई सघाउने अर्थसचिव पुष्करले विश्वास व्यक्त गर्नुभयो । “ग्रामीण क्षेत्रमा समावेशी विकास र आर्थिक सवलीकरणसँगै यो परियोजनाले सङ्घीयता कार्यान्वयनमा पनि महत्वपूर्ण भूमिका खेल्नेछ”, अर्थसचिव पुष्करले भन्नुभयो, “बाढीपहिरोलगायतका समस्याबाट सडक सञ्जालसँगै ग्रामीण जनजीवन पनि बिग्रिएको छ । यो परियोजनाले उक्त समस्या समाधानमा भूमिका खेल्नेछ ।” एडिबीका देशीय निर्देशक आर्नोड काओसिसले विभिन्न पाँच प्रदेशमा गुणस्तरीय र पर्यावरणमैत्री सडक पूर्वाधार निर्माणका लागि यो ऋण सम्झौता भएको बताउनुभयो । सडक मर्मतसम्भारसँगै पुल निर्माण, सडक सुरक्षा तथा व्यवस्थापनलगायतका काम यो आयोजनामार्फत् गरिनेछन् । रासस
काठमाडौँ, १४ कात्तिक
अर्थमन्त्री डा प्रकाशशरण महत र संयुक्त अधिराज्य (बेलायत)का ट्रेजरी लर्डस्मन्त्री बारोनेस पेनबीच लण्डनस्थित अर्थ मन्त्रालयमा सोमबार भेटवार्ता भएको छ । भेटका क्रममा अर्थमन्त्री डा महतले बेलायतका तर्फबाट नेपालको नवीकरणीय ऊर्जामा लगानीका लागि आग्रह गर्नुभयो । उहाँले बेलायत नेपालको एक प्रमुख विकासको साझेदार देश रहेको स्मरण गर्दै हरित ऊर्जामा दीर्घकालीन वित्तीय स्रोत उपलब्ध गराउनसमेत आग्रह गर्नुभयो । त्यसैगरी उहाँले बेलायतको तर्फबाट जलवायु परिवर्तनको न्यूनीकरणका लागि गरिँदै आएको लगानी नेपालमा थप वृद्धि गर्न पनि अनुरोध गर्नुभएको अर्थमन्त्री डा महतको सचिवालयले एक विज्ञप्ति प्रकाशन गरी जनाएको छ । टे«जरीमन्त्री पेनले नेपालको आर्थिक विकासमा बेलायतले सहयोग गर्दै आएको र यसलाई निरन्तरता दिने बताउनुभयो । उहाँले ‘ग्रीन फाइनान्स’ क्षेत्रमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै बेलायतको निजी क्षेत्रलाई नेपालको हरित ऊर्जाको क्षेत्रमा लगानी बढाउन प्रोत्साहन गर्ने बताउनुभयो । भेटमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र नियोग उपप्रमुख रोशन खनालको पनि सहभागिता थियो । लण्डनस्थित नेपाली राजदूतावासले गर्न लागेको लगानीसम्बन्धी उच्च्स्तरीय सम्मेलनमा भाग लिन लण्डन आउनुभएका मन्त्री डा महतले नेपाली राजदूतावासको आयोजना र डोल्मा फाउण्डेशनको सहकार्यमा सोमबार भएको नेपालको नवीकरणीय ऊर्जाको विकासमा दीर्घकालीन वित्तीय विकल्प विषयक अन्तक्र्रियामा सहभागी हुनुभएको थियो । सो क्रममा मन्त्री डा महतले नेपाल सरकारले विदेशी लगानीको सुरक्षाको प्रत्याभूति गर्ने बताउँदै वैदेशिक लगानीकर्ताले लाभांश फिर्ता लैजाने प्रक्रियालाई सरल बनाउनेतर्फ नेपाल सरकार लागेको जानकारी दिनुभयो । उहाँले लगानीको वातावरण सुधार गर्न देशको कन्ट्री क्रेटिड रेटिङ्गको प्रक्रिया सुरु भइसकेको पनि जानकारी दिनुभयो । डोल्मा फाउण्डेशनका टीम गोचर र जापनिज बैंक एमयुएफजीका क्रिस्टोफर मार्कसले कर्पोरेट ग्रीन बन्डको बारेमा आफ्नो धारणा राख्नुभएको थियो । यसैगरी स्टाण्डर्ड चार्टर्ड बैंकका आदिल अन्सारीले सोभरियन बन्ड र नवनिर्वाचित लर्ड मेयर प्रो माइकल मेनिलीले पोलिसी पर्फमेन्स बन्डका बारेमा धारणा राख्नुभएको थियो । राजदूत आचार्यले लगानीका लागि नेपाल उर्वरभूमि रहेकाले लगानीकर्तालाई निर्धक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । रासस
काठमाडौं, १४ कात्तिक ।
नेपाल भ्रमणमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पीडित पक्षको अधिकार रक्षा गर्दै शान्ति प्रक्रिया टुंग्याउन नेपालसँग आग्रह गरेका छन् ।
मंगलबार संघीय संसदको संयुक्त दुवै सदनको बैठकलाई सम्बोधन गर्दै उनले पीडित पक्षको अधिकार रक्षा गर्दै शान्ति प्रक्रिया टुंग्याउन आग्रह गरेका हुन् ।
नेपालको शान्ति प्रक्रियामा संलग्न नेताहरुप्रति राष्ट्रसङ्घका तर्फबाट सम्मान व्यक्त गर्दै उनले नेपाल शान्ति प्रक्रियाको अन्तिम चरणको तयारी रहेको र सङ्क्रमणकालीन न्यायको माध्यमबाट शान्ति प्रक्रिया टुंग्याउन लागेको बताए ।
काठमाडौं, १४ कात्तिक ।
पूर्वबाल लडाकु लेलिन बिष्टले आफूलाई वीर अस्पतालमा ‘नजरबन्द’मा राखेको बताएका छन् ।
नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटेरेसलाई बाल लडाकुको समस्याबारे ज्ञापनपत्र बुझाएका बिष्ट र भोजराज तिमल्सिनालाई वीर अस्पतालबाट प्रहरीले बाहिर निस्किन नदिएको उनले बताएका छन् ।
छोराका हत्यारालाई कारबाहीको माग राखेर बर्षाैंदेखि अनशनमा बस्दै आएकी गंगामाया अधिकारीलाई भेटेर फर्किने क्रममाा उनीहरुलाई प्रहरले ‘माथिको आदेश’ भन्दै बाहिर निस्किन नदिएको हो ।
‘हामी वीर अस्पतालबाट गंगामाया अधिकारीलाई भेटेर निस्किन खोज्दा पौने ३ बजेदेखि म र भोजराज तिमल्सिनालाई प्रहरीले माथिको, प्रधानमन्त्रीको आदेश भन्दै निस्किन दिएको छैन,’ बिष्टले भने, ‘अहिले राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि, इन्सेकका प्रतिनिधिहरु आएका छन् ।’
काठमाडाैं, १४ कात्तिक ।
संघीय संसदकाे संयुक्त बैठक सुरू भएकाे छ । नयाँबानेश्वरस्थित ससद भवनमा प्रतिनिधिसभा र राष्ट्रिय सभाकाे संयुक्त बैठक सुरु भएकाे हाे ।
उक्त बैठकलाई संंयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसले सम्बाेधन गरिरहेका छन् ।
गाजा, १४ कार्तिक ।
इजरायली सेनाले मंगलबार बिहानै गाजास्थित अल कुद्स अस्पताल नजिक बमबारी गरेको छ ।
प्यालेस्टिनी रेड क्रस सोसाइटीले स्थानीय समय अनुसार मंगलबार बिहानै गाजा सहरको वरपर ताल अल हवामा भारी तोप प्रहार र हवाई आक्रमण गरे पछि अल–कुद्स अस्पतालमा आतंक छाएको थियो ।
‘अस्पताल भित्र आश्रय लिनेहरूले डर र आतंकको अनुभव गरिरहेका छन,्’ प्यालेस्टिनी रेड क्रस सोसाइटीलेले सामाजिक सञ्जालमा लेखेको छ ।
करिब १२ हजार आन्तरिक विस्थापित नागरिकहरूले अस्पतालमा आश्रय लिइरहेका छन्, सो समूहले भनेको छ ।
इजरायली सेनाले यस क्षेत्रमा गतिविधिका बारेमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।
अल कुड्स अस्पताल गाजाको उत्तरमा अवस्थित छ, जसको दक्षिणी रेखामा जानका लागि इजरायलले यसअघि नै चेतावनी दिएको थियो ।
मध्य गाजामामा रहेका पत्रकार हसन एसलेहले सीएनएनलाई भने कि उक्त क्षेत्रमा तोपखानाको आगो सोमबार दिनरात लगातार थियो।
उनले घाइते र मृतकहरूलाई देर अल–बालाहको अल अक्सा सहिद अस्पतालमा ल्याएको देखेका थिए । मृतकहरूलाई सम्मान गर्नका लागि बिहान प्रार्थनाको लागि तयार भइरहेको शव पालमा ३१ शवहरू राखिएको थियो ।
काठमाडौं, १४ कार्तिक ।
परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनबिच भेटबार्ता भएको छ ।
अमेरिकाको संघीय राजधानी वासिङ्टन डिसीमा भएको सो भेटमा दुवैले नेपाल–अमेरिकाबीचको जारी साझेदारीका बारेमा बिस्तृत छलफल गगरेका छन ।
सो भेटमा अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट परियोजनाका विषयमा पनि छलफल भएको जनाईएको छ ।
नेपालको पूर्वाधार निर्माण, बिजुलीमा पहुँच र विस्तार तथा सीमापार विद्युत् व्यापारलाई समर्थन गर्दै रहयोग गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनी प्रतिबद्धता जनाएको बताईएकोृ छ ।
काठमाडौं, १४ कार्तिक ।
नेपाल र मलेसियाबिचमा आज प्रतिस्पर्धा हुदैँछ ।
आइसिसी टि-२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धामा उत्रन लागेको हो ।
सो खेल दिउँसो १ः १५ बजेवाट सुरु हुनेछ । समुह एकका सबै खेल त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा हुनेछ ।
पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको नेपालले ओमानसँग ३२ रनले पराजित भएर आएको मलेसियासँग यो चरणको पहिलो प्रतिस्पर्धामा उत्रन लागेको हो ।
नेपाल घरेलु मैदानमा दोस्रो जीतका लक्ष्यसहित मैदानमा उत्रन लागेको हो ।
१४ कार्तिक
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मधेस प्रदेश सभा सदस्यको रिक्त स्थानमा सिराहाकी सञ्जिलाकुमारी यादवलाई निर्वाचन आयोगसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । त्यस्तै पार्टीको बैठकले ललितपुरको रानीबुमा केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने निर्णय गरेको छ ।

जसका लागि पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य लालबाबु राउतको संयोजकत्वमा पाँच सदस्यीय भवन निर्माण समिति गठन गरेको छ । समितिको सदस्यहरुमा अमरेशनारायण झा, बलराम महतो, न्हुच्छेलाल महर्जन र सिताराम साह रहेका छन् । बैठकले गंगाराम यादव, विमलप्रसाद साह, शैलेश चौधरीलाई सल्लाहकार समितिमा र वीरेन्द्र यादवलाई सामाजिक सुरक्षा समितिमा मनोनयन गरेको छ ।

त्यसैगरी चुरे उत्खनन् गरी निकासी पैठारी सम्बन्धी सरकारी निर्णयको पार्टीले बिरोध गर्ने निर्णय गरेको छ । बैठकले केन्द्रीय कार्यालय समितिको अध्यक्ष भन्ने वाक्यांशलाई अब उप्रान्त केन्द्रीय कार्यालय सचिवको रुपमा प्रयोग गर्ने निर्णय गरेको छ
काठमाडौं, १४ कार्तिक ।
प्रतिनिधिसभा र राष्ट्रियसभाकाे संयुक्त बैठक बस्दैँछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ४ बजे बोलाईएको छ ।
आजको बैठकमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई बिशेष सम्बोधन गर्नेछन् ।
चार दिने नेपाल भ्रमणमा आएका गुटेरेसले पहिलो पटक नेपालको संसदमा सम्बोधन गर्न लागेका हुन् । उनी बुधवार फर्कदैँछन् ।
काठमाडौं, १४ कार्तिक ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो देशभर आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।
देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेकोले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
काठमाडौं, १३ कात्तिक ।
राष्ट्रिय तथ्यांक कार्यालयको विवरणअनुसार नेपालमा रहेका घरहरुमध्ये सबैभन्दा बढी एक तले रहेको उल्लेख छ ।
सोमबार राष्ट्रिय तथ्यांक कार्यालयले जारी गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपालभर कुल ७५ लाख ५२ हजार ६६ वटा घर रहेको र यसमध्ये सबैभन्दा बढी ५९.८२ प्रतिशत एक तले घर रहेको उल्लेख छ ।
त्यस्तै दोस्रोमा २८.७८ प्रतिशत २ तले, ९.१७ प्रतिशत ३ तले, १.३ प्रतिशत ४ तले, ०.६४ प्रतिशत ५ देखि ७, ०.०१ प्रतिशत ८ देखि ९ र ०.००३ प्रतिशत १० भन्दा बढी तले घरहरु रहेको पाइएको छ ।
देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये १०.२७ प्रतिशत परिवारले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएको देखिएको छ ।
काठमाडौं, १३ कात्तिक ।
संघीय संसदको संयुक्त बैठक आह्वान गरिएको छ ।
नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने प्रयोजनका लागि मंगलबार अपरान्ह ४ बजे बस्ने गरि संघीय संसदको बैठक आह्वान गरिएको संघीय संसदमा महासचिव डा भरतराज गौतमले जानकारी दिए ।
काठमाडौं, १२ कात्तिक ।
नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायल– हमाम द्वन्द्वका क्रममा सम्पर्कविहीन भएका विपिन जोशी सकुशल नेपाल फिर्ताको कामना गरेका छन् ।
आइतबार अपरान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि आयोजित पत्रकाकर सम्मेलनमा उनले इजरायलमा सम्पर्कविहीन भएका नेपाली नागरिक जोशी सकुशल फिर्ताको कामना गरेका हुन् ।
साथै उनले हमासको आक्रमणमा मृत्यु भएका नेपालीहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे ।
काठमाडौं, १२ कात्तिक ।
नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
आइतबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री प्रचण्डसँग महासचिव गुटेरेसले भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा महासचिव एन्टोनियो गुटेरेस चारदिने औपचारिक भ्रमणका लागि राति १ बजे काठमाडौँ आएका हुन् ।

काठमाडौं, १२ कात्तिक ।
राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सत्तारुढ दल कांग्रेस सभापति शेरबहादुर देउवाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले विदेश पहलायन भएका युवा रहर पुगेपछि स्वदेश फर्किने भनि अभिव्यक्ति दिएको भन्दै प्रवक्ता श्रेष्ठले आपत्ति जनाएका हुन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले आपत्ति जनाउँदै देउवाको अभिव्यक्ति गैरजिम्मेवार पूर्ण रहेको बताएका छन् ।
हरेक युवामा आफ्ना छोरा जयवीर देउवाको छवि देख्न नसक्नु शेरबहादुरको डरलाग्दो कमजोरी रहेको भन्दै उनले आफूहरुले मात्रै एकोहोरो भनिरहँदा विरोध गरेजस्तो देखिएकाले अब संसार देखेका, भोगेका र बुझेका युवाले अब जवाफ खोज्नुपर्ने बताएका छन् ।
‘देशको ठूलो पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिनहँुजसो सयौं र हजारौंको संख्यामा युवा र विद्यार्थी विदेश पलायन भइरहेको भए पनि ‘रहर पुगेपछि फर्कने’ भनि दिनुभएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण छ,’ श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘ युवाको अत्यासलाग्दो ढंगबाट भइरहेको विदेश पलायन र स्वदेशमै रहेका युवालाई रोक्ने, सम्मानजनक काम र अवसर सिर्जना गर्ने, विदेशीएका युवालाई स्वदेश फर्काउने, नेपाल निर्माणको साझेदार बनाउनेबारे देशभित्रका शक्तिहरुले साझा राष्ट्रिय संकल्प लिनुपर्ने बेलामा जिम्मेवार दलको जिम्मेवार नेताले दिनुभएको यस्तो अभिव्यक्तिले मलाई चाहिँ पीडाबोध गराएको छ। हरेक युवामा उहाँले आफ्नो छोरा जयवीर सिंह देउवाको छवि देख्न नसक्नु डरलाग्दो कमजोरी हो ।’
दुबई, कतार, मलेसिया, सिंगापुरजस्ता देश बनाउन सक्ने संसार देखेका, भोगेका र बुझेका युवाले अब जवाफ खोज्नुपर्ने भन्दै उनले भनेका छन्, ‘दुबई, कतार, मलेसिया, सिंगापुर जस्ता देशहरु बनाउन सक्ने नेपाली युवाले आफ्नो देश पनि बनाउन सक्छन्। आफ्नो देश बनाउनबाट तिनलाई कसले बञ्चित गरायो ? यो प्रश्नको जवाफ खोज्न ०६२÷६३ को परिवर्तन, गणतन्त्र, गणतन्त्रपछि राज्य सञ्चालनको तौरतरिका र गणतन्त्रका नेताहरुलाई धारेहात लगाउनुपर्ने हुन्छ। हामीले मात्रै एकोहोरो भनिरहँदा विरोध गरेजस्तो मात्रै हुने, संसार देखेका, भोगेका र बुझेका युवाले अब जवाफ खोजुन् ।’
फेसबुकमा उनले लेखेका छन् :
देशको ठूलो पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिनहुँजसो सयौं र हजारौंको संख्यामा युवा र विद्यार्थी विदेश पलायन भइरहेको भए पनि “रहर पुगेपछि फर्कने” भनी दिनुभएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण छ । सत्ता साझेदार दलको प्रमुख नेताले युवा पलायनको गम्भीर विषयमा हल्काफुल्का जवाफ दिनु अशोभनीय छ। युवा पलायन वर्तमानको मात्रै होइन, भावी नेपालका लागि समेत चिन्ताको विषय हो । अहिले नै गाउँ गाउँमा युवा रित्तिएका छन्, ५० लाखभन्दा बढी युवा विदेशीएका छन्, ति मध्ये केही युवा फर्केलान् तर अधिकांशको फर्कने टुंगो छैन ।
युवाको अत्यासलाग्दो ढंगबाट भइरहेको विदेश पलायन र स्वदेशमै रहेका युवालाई रोक्ने, सम्मानजनक काम र अवसर सिर्जना गर्ने, विदेशीएका युवालाई स्वदेश फर्काउने, नेपाल निर्माणको साझेदार बनाउनेबारे देशभित्रका शक्तिहरुले साझा राष्ट्रिय संकल्प लिनुपर्ने बेलामा जिम्मेवार दलको जिम्मेवार नेताले दिनुभएको यस्तो अभिव्यक्तिले मलाई चाहिँ पीडाबोध गराएको छ। हरेक युवामा उहाँले आफ्नो छोरा जयवीर सिंह देउवाको छवि देख्न नसक्नु डरलाग्दो कमजोरी हो ।
दुबई, कतार, मलेशिया, सिंगापुर जस्ता देशहरु बनाउन सक्ने नेपाली युवाले आफ्नो देश पनि बनाउन सक्छन्। आफ्नो देश बनाउनबाट तिनलाई कसले बञ्चित गरायो ? यो प्रश्नको जवाफ खोज्न ०६२÷६३ को परिवर्तन, गणतन्त्र, गणतन्त्रपछि राज्य सञ्चालनको तौरतरिका र गणतन्त्रका नेताहरुलाई धारेहात लगाउनुपर्ने हुन्छ। हामीले मात्रै एकोहोरो भनिरहँदा विरोध गरेजस्तो मात्रै हुने, संसार देखेका, भोगेका र बुझेका युवाले अब जवाफ खोजुन् ।
काठमाडौं, १२ कात्तिक ।
प्रतिनिधिसभा बैठक सुरू भएको छ । जारी बैठकमा शून्य र विशेष समयको कार्यक्र नराखिएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।
बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइरहेका छन् ।
काठमाडौं, १२ कार्तिक ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण ‘प्रयोजन बिहिन’ भएको बताएका छन ।
चार दिने नेपाल भ्रमणको क्रममा गए राती १ बजे नेपाल आएका महासचिव गुटेरेसको भ्रमणलाई अध्यक्ष थापाले ‘प्रयोजन बिहिन’ भएको टिप्पणी गरेका हुन । उनले यस भ्रमण आश्चर्यजनकसमेत रहेकाे जनाएका छन् ।

‘अतिथीलाई स्वागत छ तर…’ भन्दै महासचिव गुटरेसले हमास–इजरायल युद्धमा ध्यान नदिएको उनको आरोप रहेको छ । ‘ईजरायल–गाजा युद्धमा प्रत्येक दिन सयौं व्यक्तिहरुले ज्यान गुमाईरहेका छन्, नाकाबन्दीले लाखौंको जीवन कष्टकर भैरहेको छ,’ थापाले भनेका छन्, ‘यस्तो बेला संक्रमणकालीन न्यायको उपेक्षा गर्ने सरकारको निम्तोमा संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको ‘प्रयोजन विहिन’ नेपाल भ्रमण आश्चर्यजनक छ।’
महासचिव गुटेरेसले आज देखी नै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग भेटबार्ता गर्दैछन् ।
चार दिने नेपाल भ्रमणको क्रममा दुई दिन नाम्चे, पोखरा, अन्नपुर्ण बेस क्याम्प, लुम्बिनी पुग्ने महासचिव गुटेरेसले मंगलबार भने संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
तेल अहिब, १२ कार्तिक ।
इजरायलले गाजामा आफ्नो जमिनमा सेना परिचालन विस्तार गरेपछि हमाससँगको युद्धको अर्को चरण सुरु भएको बताएको छ ।
‘गाजा भित्रको युद्ध लामो हुने छ,’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार चेतावनी दिएका थिए । उनका अनुसार यस चरणको लक्ष्य हमासलाई नष्ट गर्ने र आतंकवादी समूहद्वारा बन्धकहरूलाई फिर्ता गर्ने हो।
इजरायली सुरक्षा बलहरूका अनुसार रातभर एन्क्लेभमा प्रवेश गरे पछि इजरायली सेना गाजा भुमी भित्र रहेको छ। इजरायलमा हमासले अक्टोबर ८ मा गरेको हमला पछि जमिनमार्फत आक्रमणको व्यापक अपेक्षा गरिएको थियो । तर, यो क्षेत्रको ठूलो मात्रामा कब्जा गर्ने र कब्जा गर्ने उद्देश्यले कुनै ठूलो अपरेशन अझै चलिरहेको नदेखिरहेको बेला इजरायलले दोस्रो चरणको युद्ध सुरु भएको बताएको हो ।
गाजामा २०० भन्दा बढी बन्धकहरूका परिवारहरू आफ्ना बेपत्ता प्रियजनहरू फिर्ता ल्याउनका लागि इजरायलले मेहनत गरिरहेको छ । त्यसका लागि डराउँदै भए पनि इजरायलले एन्क्लेभमा आफ्नो कार्यहरू बढाउँदै लगेको जनाईएको छ ।
उता, गाजावासीहरूले अस्पतालहरूमा शरण लिदैँ रातभर द्वन्द्वको सबैभन्दा ठूलो हवाई हमला सहेको बताएका छन्। सञ्चार अवरुद्ध हुँदा आपतकालीन सेवाहरू अवरुद्ध भएका छन् र परिवारका सदस्यहरू बीचको सम्पर्क विच्छेद भएको जनाईएको छ ।
काठमाडौं, १२ कार्तिक ।
प्रतिनिधिसभाको बैठक बस्दै छ ।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्ने छ । बैठक दिउँसो १ बजेका लागि बोलाईएको छ ।
संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरू तथा संयुक्त राष्ट्रसङ्घका महासचिवको सम्बोधन सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् ।
सचिवालयका अनुसार आइतवारको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गर्नेछन् भने परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले विमस्टेक वडापत्र अनुमोदनसम्बन्धी प्रस्ताव पेस गर्नेछन् ।
काठमाडौं, १२ कार्तिक ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने भएका छन् ।
नेपालको चार दिने औपचारिक भ्रमणका गए राती आएका महासचिव गुटेरेसले संघीय संसदलाई सम्बोधन गर्नेसम्मको कार्यक्रम रहेको छ ।
गए राती १ बजे नेपाल आईपुगेका महासचिव गुटेरेसले आफनो भ्रमणको पहिलो दिनमा नै अर्थात आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासस्थित राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, सिंहदरबारमा भेटबार्ता गर्नेछन् ।
थप औपचारिक भेटबार्ता र संबाद सम्पन्न गरे पछि महासचिव गुटेरेस पाटन दरबार क्षेत्रको पनि अवलोकनमा निस्कने छन, आज उनै महासचिव गुटेरेसको सम्मानमा प्रधानमन्त्री प्रचण्डले आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा सहभागी जनाउने छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार आफनो चार दिने भ्रमणका क्रममा महासचिव गुटेरेस सोमबार भने सगरमाथाको अवलोकन गर्न नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर पछि गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा निस्कने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
साथै, मङ्गलबारको कार्यसुची अनुसार अपराह्न ४ः०० बजे उनले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले यसअघि नै जनाईसकेको छ ।
काठमाडौं, १२ कार्तिक ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले आजबाट औपचारिक संबाद सुरु गर्नेछन् ।
गए राती १ बजे नेपाल आईपुगेका महासचिव गुटेरेसले आफनो भ्रमणको पहिलो दिनमा नै अर्थात आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासस्थित राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, सिंहदरबारमा भेटबार्ता गर्नेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भने सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बेग्ला–बेग्लै शिष्टाचार भेट गर्नेछन्।
यसैबिच, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग समेत महासचिव गुटेरेसले शिष्टचार भेटबार्ता गर्नेछन् ।
काठमाडौं, ११ कार्तिक ।
नेपाली कांग्रेसको जारी चियापान कार्यक्रममा शिर्ष नेताहरू जाने क्रम जारी रहेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेको केही समय पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि चियापानमा पुगेका छन् ।

कांग्रेस हरेक बर्ष कोजाग्रत पुर्णिमाका दिनमा चियापान कार्यक्रमको आयोजना गर्दै आएको छ ।

दाङ, ११ कार्तिक ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनवाट बाहिर निस्कन कांग्रेसलाई सुझाव दिएका छन् ।
वर्तमान सरकारको गलत रवैयाका कारण मुलुक संकटमा फसेको टिप्पणी गर्दै महासचिव पोखरेलले कांग्रेस गठबन्धनबाट बाहिर निस्केर देशको हितमा लाग्नु पर्ने जनाएका हुन् ।
प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले दलालहरुको पहुँच सरकारको नेतृत्व गरेका शयनकक्षसम्म पुगेको र मुलुकको अर्थतन्त्र डमाडोल भईसक्दा पनि कांग्रेस गठबन्धन भनेर बसेको आरोपसमेत लगाएका छन् ।
उनका अनुसार पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको बर्तमान सत्ता गठबन्धन तस्करको इशारामा चलिरहेकाले मुलुकको सर्बोपरी हितमा काम गर्न सक्ने अवस्थामा छैन ।
‘सरकार माफियाका पछाडि लाग्दा मुलुकको अर्थतन्त्र कमजोर भयो । सरकारले अबैधानिक अर्थतन्त्रलाई प्रोत्साहन र बैधानिक अर्थतन्त्रलाई दुरूस्सहान गरेकाले अर्थतन्त्र बलियो हुन सकेको छैन्’ उनले भने ।
सत्ता गठबन्धनबाट तत्काल बाहिरिन कांग्रेसलाई सुझाव दिएका पोखरेलले गठबन्धनबाट बाहिरिन ढिलाई गरे गठबन्धनसँगै काँग्रेसको भविष्य समाप्त हुने उनको दाबी छ ।
‘काँग्रेस जसरी अहिले एक्लै बलियो बन्ने आँट गरेको छैन् । यदि यो गठबन्धन छाड्ने आँट गरेन भने काँग्रेस पनि गठबन्धन सँगसँगै समाप्त हुन्छ,’ उनले भने ।
न्युयोर्क, ११ कार्तिक ।
हमास– इजरायलका बिच जारी युद्ध रोक्नका लागि अन्तर्राष्ट्रिय दबाब बढेको छ ।
संयुक्त राष्ट्र संघमा भएको मतदानमा बहुमत राष्ट्रले तत्काल युद्धबिराम गर्न र गाजामा मानवीय सहायता उपलब्ध गराउन आब्हान गरेलगत्तै क्रमशः अन्तर्राष्ट्रिय दबाब बढेको हो ।
यसैबिचमा, इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) ले पनि हमास–इजरायली द्वन्द्वमा युद्धविरामका लागि आह्वान गरेको छ ।
संयुक्त राष्ट्र एजेन्सी आईओएमले सामाजिक सञ्जालमार्फत भनेको छ, ‘नागरिकहरू सुरक्षित हुनुपर्छ। युद्धमा कुनै पनि विजेता हुँदैन। सबैभन्दा कमजोरले सबैभन्दा भारी टोल तिर्छन्।’
काठमाडौं, ११ कार्तिक ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनको पुर्व प्रधानमन्त्री ली खछ्याङको निधनमा दुःख ब्यक्त गरेका छन ।
जनवादी गणतन्त्र चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङ निधनको दुखद खबरले गहिरो दुःख ब्यक्त गरेका हुन ।
‘जनवादी गणतन्त्र चीनका पूर्व प्रधानमन्त्रीको निधनले नेपालले असल साथी गुमाएको छ,’ प्रधानमन्त्री प्रचण्डले समवेदना प्रकट गर्दै भनेका छन, ‘नेपाल सरकार र मेरो आफ्नै तर्फबाट उहाँको शोकसन्तप्त परिवार, सरकार र चीनका जनताप्रति गहिरो समवेदना।’
चीनका पुर्व प्रधानमन्त्री लीको हिजो सांघाइमा हृदयघातका कारण निधन भएको थियो ।
गाजा, ११ कार्तिक ।
उत्तरी गाजा पट्टीबाट रिपोर्ट गर्दै अल जजीराको सफवत काहलोउटले साक्षीहरूलाई उद्धृत गर्दै भने कि इजरायलले इन्डोनेसियाली अस्पताल र अल शिफा अस्पताल वरपर बमबारी गरिरहेको छन् ।
हमासले अल शिफा अस्पताललाई आधार र ढालको रूपमा प्रयोग गरेको आरोप लगाएको थियो, जसलाई प्यालेस्टिनी समूह हमासलेले दृढतापूर्वक अस्वीकार गर्दै आएको छ । यसैबेला इजरायलले सो अस्पताल वरपर बमबारी गरेको हो ।
‘हामीलाई थाहा छैन कि अल शिफा अस्पताल वरपरको यो बमबारी एक प्रकारको चेतावनी हो वा गाजा शहर र गाजाको बाँकी भागमा तीव्र भइरहेको इजरायली हवाई आक्रमणको विस्तार हो, तर जे होस बमबारी भईरहेको छ,’ संबाददाता काहलौटले भने।
काठमाडौं, ११ कार्तिक ।
आज नेपाली कांग्रेसले चियापानको आयोजना गर्दैछ ।
दशैं तिहारजस्ता नेपालीहरुको महानपर्बको अवसरमा नेपाली कांग्रेसले आज चियापानको आयोजना गर्न लागेको हो ।
सानेपास्थित केन्द्रिय कार्यालयमा आयोजना हुने उक्त चियापान कार्यक्रममा प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका प्रतिनिधि, संबैधानिक आयोगका प्रमुख र सदस्य तथा कुटनीतिक नियोगका प्रमुखलगायतका मुलुकका बिभिन्न क्षेत्रका प्रतिनिधित्वहरुको उपस्थिति रहने कांग्रेसले जनाएको छ ।
कोजाग्रत पुर्णिमाको दिन हरेक बर्ष कांग्रेसले बर्षाै देखी चियापान आयोजना गर्दै आएको छ ।
काठमाडौं, १० कार्तिक ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उक्त भेटघाट भएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार समसमायिक राजनीतिक बिषयमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच कुराकानी भएको छ ।
काठमाडौं, १० कार्तिक ।
चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन प्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुःख ब्यक्त गरेका छन् ।
शुक्रबार बिहान हृदयघातका कारण सांघाइमा चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको थियो । उनको निधनले चुनौती पुर्ण अबधीमा नेपाललाइ दिएको साथ ओलीले स्मरण गरेका छन् ।
‘पूर्व प्रधानमन्त्री ली खछ्याङको आकस्मिक निधनले गहिरो दुःख लागेको छ । मैले हाम्रा भेटहरूका सम्झनाहरू मन पराएको छु, विशेष गरी सन् २०१६ मा भएको नेपालका लागि चुनौतीपूर्ण अवधिमा,’ ओलीले स्मरण गर्दै भनेका छन, ‘उहाँको परिवार र चीनका जनताप्रति मेरो गहिरो र हार्दिक समवेदना छ।’
काठमाडौं, १० कार्तिक ।
यसअघि नै तय भएको नेकपा एमालेको चियापान एक दिन पर सरेको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका कारण एमालेले आफनो चियापान एक दिन पर सारेको हो । उक्त चियापान कार्यक्रम १४ गतेका लागि तय गरिएकाे थियाे ।
एमालेका कार्यालय सचिव भिष्म अधिकारीका अनुसार अब सो चियापान कात्तिक १५ गते मात्रै हुनेछ ।
‘नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री कमरेड केपी शर्मा ओलीको तर्फबाट दशैं, तिहार, छठ लगायत पर्वहरुको अवसरमा १४ कात्तिक २०८० मा शुभकामना तथा आदानप्रदान तथा चियापान कार्यक्रम राखिएको यहाँहरुलाई अवगत नै छ,’ उनले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘उक्त कार्यक्रम संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दे १५ कात्तिक २०८० मा आयोजना गर्ने निर्णय भएको छ ।’
उनका अनुसार सो चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ठिक १२ः १५ बजेबाट सुरु हुनेछ ।
बेइजिङ, १० कार्तिक ।
एक समय देशको शीर्ष नेतृत्व भूमिकामा रहेर सुधार विचारधाराको दावेदारको रूपमा रहेका उनको शुक्रबार बिहान हृदयघातका कारण निधन भएको हो ।
राज्य नियन्त्रित मिडियाहरुका अनुसार शुक्रबार बिहान अचानक हृदयघातका कारण सांघाईमा उनको निधन भएको हो । उनी ६८ वर्षका थिए ।
गत वर्षको अन्त्यसम्म चीनको नम्बर २ स्थानमा रहेका ली शक्तिशाली नेता सी जिनपिङको नेतृत्वमा सन् २०१३ देखि यस वर्षको मार्चसम्म एक दशकसम्म देशको प्रधानमन्त्रीको रुपमा रहेका थिए ।
चिनियाँ कम्युनिष्ट पार्टीको शीर्ष नेताहरूको भुमिकाको क्रममा लीको समय भने गत अक्टोबरमा समाप्त भएको थियो, जब उनलाई पार्टीको केन्द्रीय समितिमा दुई दशकको नेतृत्व फेरबदलको क्रममा नाम दिइएको थिएन, जसले चिनियाँ नेता सी जिनपिङलाई मुख्य सहयोगीको रुपमा लिईएको थियो ।
तत्कालीन ६७ वर्षीय ली चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेताहरूको अनौपचारिक अवकाशको उमेरभन्दा एक वर्ष कम थिए।
गाजा, १० कार्तिक ।
हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले बुधबार मात्रै इजरायली हमलामा ५०० जनाको ज्यान गएको जनाएको थियो ।
जसअनुसार इजरायलले हवाई हमला सुरु गरेदेखि हालसम्मको मारिने प्यालेस्टाइनीको सङ्ख्या ७,००० नाघेको छ ।
इजरायली आक्रमणमा ज्यान गुमाउनेको कुल संख्या ७,०२८ रहेको जनाइएको छ ।
अल जजिराका अनुसार प्यालेस्टिनी अधिकारीहरूलाई उद्धृत गर्दै गाजामा ज्यान गुमाएकामध्ये करिब ३ हजार बालबालिका पनि रहेको बताएको छ ।
एकै समयमा इजरायलमा हमासको आक्रमणमा १४०० भन्दा बढी मानिसहरूले ज्यान गुमाएका थिए, जबकि गाजामा २२० भन्दा बढी मानिसहरू अझै पनि बन्धक रहेका छन्।
उता, अल जजीराका अनुसार हमासको सैन्य शाखा कासिम ब्रिगेडले आफ्नो टेलिग्राम च्यानलमा एक विज्ञप्तिमार्फत इजरायली हमलाका कारण करिब ५० इजरायली बन्धक मारिएको अनुमान गरेको छ। उसका अनुसार इजरायलले दानव शैलीमा गरेको हमलामा परी हमासका बन्धक भएका ५० इजरायलीलाइ मारेको उसको जिकिर रहेको छ ।
इजरायली सेनाले दावी गर्दै आएको छ कि हमासले गाजा पट्टीमा कम्तिमा २२४ मानिसहरूलाई बन्धक बनाएको छ।
यसैबिच, रुसको सरकारी समाचार एजेन्सी आरआईएका अनुसार हमासको प्रतिनिधिमण्डल मस्को भ्रमणमा रहेका छन् । एजेन्सीले प्यालेस्टिनी प्रतिनिधिमण्डलको एक स्रोतलाई उद्धृत गर्दै मस्को भ्रमण गर्नेहरूमा हमासका वरिष्ठ सदस्य अबु मारजुक पनि थिए।
रसियाको इजरायल, इरान, प्यालेस्टिनी प्राधिकरण र हमास लगायत मध्यपूर्वका सबैसँग राम्रो सम्बन्ध रहेको छ।
काठमाडौं,२०८० कार्तिक ९ गते ।
नेकपा एमाले प्रथम मधेश प्रदेश अधिवेशनबाट निर्वाचित प्रदेश कमिटी सदस्यहरुको शपथ ग्रहण कार्यक्रम कार्तिक १८ गते वीरगञ्जमा हुने भएको छ ।
प्रदेश सदस्यहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले शपथ गराउने कार्यक्रम रहेको एमाले मधेश प्रदेश कमिटीका सचिव मनोज पौडेलले जानकारी दिए ।
कार्यक्रमको व्यवस्थापन एमाले पर्सा जिल्लाले गर्नेछ । मधेश प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा र पार्टीका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।
असोज २४ देखि २७ गतेसम्म चलेको प्रथम अधिवेशनले ५ जना पदाधिकारीसहित २३५ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको थियो ।
प्रदेश कमिटी सदस्यहरु, प्रदेश लेखा आयोगका पदाधिकारी तथा सदस्यहरुलाई सपथ गराइने कार्यक्रममा केन्द्रीय सदस्यहरु र केन्द्रीय निकायका सदस्यहरुलाई आमन्त्रण गरिएको छ ।
रौतहट,०९ कार्तिक २०८०
पूर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले अवैध बाटोबाट पैसा बिदेसिएको कारण नेपालमा आर्थिक सङ्कट देखिएको कताएका छन् ।
तराईमा पहिले पहिले बालविवाह सामान्य मानिन्थ्यो । सांसद सुनिता मोचीको विवाह पनि आठ वर्षकै उमेरमा सिरहा सुखीपुरका रामकुमार मोचीसँग भयो । बिहे भएको एक वर्षपछि ससुरालमा बस्न थालेकी सुनिताको काँधमा घरको सम्पूर्ण जिम्मेवारी आइपर्यो । नाबालकमै विरामी सासु ससुराको सेवा गर्दै सुनिताको दिन बित्थ्यो ।
बिहे भएको केही वर्षमै उनको सासु र ससुरा बिते । जेठी बुहारी भएका कारणले घरको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा थियो । उनी भन्छिन्, त्यतिबेला मेरो उमेर कति थियो याद छैन । सासु–ससुराको निधनपछि मैले छोरी जन्माएकी थिएँ । छोरीसँगै दुई देवरको समेत हेरचाह मेरै जिम्मामा थियो ।’
सुनिताका श्रीमान् रामकुमार काठमाडौँमा जुत्ता सिलाउने काम गर्थे । यता सुखीपुरस्थित घरमा सुनिताले देवरसहित आफ्ना छोरी गरी तीनजना बच्चा एक्लै सम्हाल्थिन् । ‘१० कठ्ठा पुख्र्यौली जमिन थियो । श्रीमान्ले काठमाडौंबाट अलिअलि पैसा पठाउनु हुन्थ्यो । त्यत्तिले खान नपुगेर कहिलेकाहीँ गाउँमा मजदुरीले गर्जो टथ्र्यो । तर, निकै गाह्रो हुन्थ्यो ।’ उनले ती दिनका दुःख सुनाइन् ।
किशोर वयमा जेठो देवरको बिहे भयो । तर, विहे गरेर समस्या समाधान भएन । परिवारमा सदस्य थपिएर झन् खर्च बढ्यो, आम्दानी बढेन । त्यसपछि जे जे दुःख गर्नुपर्छ काठमाडौंमा सँगै गरौंला भनेर सुनितालाई श्रीमान्ले काठमाडौं बोलाए ।
काठमाडौंको यात्रा
सुनिताले आफ्ना छोरी र कान्छा देवरलाई साथमा लिएर काठमाडौं आइन् । त्यतिबेला तत्कालीन राजा ज्ञानेन्द्रको विरुद्धमा काठमाडौंमा आन्दोलन चर्किरहेको थियो, माहोल राम्रो थिएन । त्यस अवस्थामा पनि रामकुमार मोचीले बबरमहलको सडकपेटीमा बसेर जुत्ता सिलाईको काम गरिरहेका थिए । एक दिन जुत्ता नसिलाउँदा घरको चुल्हो बल्दैनथ्यो ।
गैरीगाउँको सुकम्बासी वस्तीमा महिनाको पाँच सय रुपैँयामा एउटा साँगुरो कोठा भाडामा लिएर बसेका रामकुमारले त्यसैमा श्रीमती, छोरी र भाइलाई साथमा राखे ।
यता, सुनितालाई आर्थिक अवस्थाले मात्र होइन, काठमाडौंको परिवेशले पनि गाह्रो भइरहेको थियो । यहाँको भेषभुसा, भाषाले ‘एडस्ट’ गर्न निकै गाह्रो भइरहेको थियो । उनलाई पछि लाग्न थल्यो, बरु यो भन्दा सुख त सुखीपुर गाउँमै थियो ।
उनी अधिकांश समय कोठमा नै बिताउँथिन् । छोरी र देवर स्कूल भर्ना भएकाले खर्च ह्वात्तै बढेको थियो । त्यसैले, त्यसरी सधँै कोठामै बिताउनु उचित पनि थिएन । भन्छिन्, ‘आर्थिक रुपले हाम्रो अवस्था दिनदिनै खराब हुँदै गइरहेको थियो । जुत्ता सिउन बस्दा कहिलेकाहीँ नगरप्रहरीले सडकपेटीबाट धपाउँथ्यो । आन्दोलन पनि चलिरहेको थियो ।’
अनि बेच्न थालिन् साग
अब आफू पनि केही गर्नुपर्छ भनि श्रीमान्सँग सल्लाह गरेर सुनिताले तरकारी बेच्ने निधो गरिन् । उनी भक्तपुर किसानको बारीमै गएर साग ल्याउँथिन् र काठमाडौं, शान्तिनगरस्थित पिस्टन स्कूलको अगाडि बसेर बेच्थिन् । तीन चार महिना साग बेचेर १८ सय रुपियाँ बचत गरिन् । त्यसले एउटा सानो कठघारा (घुम्ती) किनेर पान पसल चलाउन थालिन् ।
सुनिताले खोलेको पान पसल सोचे जस्तो चलेन । कारण थियो, सुनिता दलित हुनु । वरपरका पसलेहरुले सुनिता दलित भएको जानकारी दिँदा पसलमा विस्तारै ग्राहक आउन छाडे । तर, त्यसमध्ये एक ग्राहक थिए, तत्कालीन सद्भावना पार्टीका नेता सुभलाल यादव, जो सुनिताको पान पसल जान कहिल्यै छाडेनन् ।
पान पसलबाट खासै आम्दानी नभएपछि सुनिताको आर्थिक अवस्था फेरि बिग्रिन थाल्यो । पसल सञ्चालनको क्रममा सुनिता मोचीको सम्पर्क विशेश्वर रजक र चन्देश्वर खत्वेसँग भयो । उनीहरुले मधेशी दलित विकास महासंघ गठन गरेका थिए । त्यसमा एकजना महिलाको आवश्यकता थियो, जसमा सुनिता मोचीको नाम इन्ट्री भयो ।
दलित अभियानमा सक्रियता
महासंघमा सुनिता केन्द्रीय सदस्य भइन् । त्यसमार्फत् उनले मधेशी दलितको अवाज उठाउन थालिन् । उनले बाल्यकालदेखि भोग्दै आएकी छुवाछूतको बारेमा बोल्न थालिन् । महासंघले आयोजना गर्ने कार्यक्रम तथा अन्य कार्यक्रमहरुमा उनी नियमित सहभागी हुन थालिन् । कार्यक्रमहरु जाँदा पाइने भत्ताले उनलाई केही सहज भयो ।
कहिलेकाहीँ कार्यक्रमहरुमा उपत्यका बाहिर पनि जान्थिन् । कार्यक्रममा धेरैसँगको सहकार्यले उनी खुल्दै गइन् । घुमाई पनि र केही आम्दानी पनि हुन थालेपछि सुनिता महासंघमै रमाउन थालिन् । तर, उता उनको पान पसल भने बन्द भयो ।

महासंघमा सक्रिय भएपछि उनको सम्पर्क विभिन्न राजनीतिक दलका नेताहरुसँग नहुने कुरै थिएन । पार्टीका कार्यक्रममा नेताहरुसँग सम्पर्क बढ्दै गएपछि पहिलो संविधान सभामा तत्कालीन सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सुनिता मोचीको नाम समानुपातिक सूचीमा समावेश गरेका थिए । उनको नाम एक नम्बरमै थियो तर उनी संविधानसभा सदस्यमा चयन हुन सकिनन् ।
काठमाडौंमा पढाइ
आठ वर्षमै बेहुली भएपछि सुनिताका लागि शिक्षा कुन चरीको नाम हो थाहै भिएन । उनी दुई वर्षको छँदै उनकी आमाको निधन भयो । उनको लालनपालन दाइ भाउजु र बुवाले गरे । बुवा तत्कालीन गाविसमा कार्यालय सहयोगी थिए । आम्दानी थोरै, खानेमुख धेरै । त्यसमाथि छोरीलाई पढाउने चलनै थिएन ।
तर, जब उनी काठमाडौं टेकिन् र ठूलावडासँग संगत गरिन्, पढाइको आवश्यकता महसुस भयो । साग बेच्न अनि पान पसल सुरु गरेदेखि नै उनलाई हिसाब किताब गर्न गाह्रो भइरहेको थियो ।
त्यसमाथि सामाजिक काममा लागेपछि उनलाई झनै पढाईको आवश्यकता महसुस भयो । एकातिर पान पसल, अर्कोतिर दलित महासंघदेखि राजनीतिक दलको कार्यक्रमकै चटारोबिच उनी ट्युशन पढ्न थालिन् । सुनिता भन्छिन्, ‘पान पसल खोलेपछि मलाई पढाईको आवश्यकता महसुस भएको थियो तर पढ्ने मौका नै मिलिरहेको थिएन । नपढी नहुने भएपछि साइकल चढी मिथिला कर्णको घरमै गएर ट्युशन पढ्न थाले ।’
सुनिता भन्छिन्, ‘मसँग शिक्षाको कुनै पनि औपचारिक सर्टिफिकेट छैन । स्कुल पढेर सर्टिफिकेट लिउँ कि जस्तो पनि लाग्छ तर फुर्सद छैन । ट्युशनबाटै अहिले सबथोक बुझ्ने भएकी छु । नेपालीमा लेखिएका सबै विषयबस्तु पढ्न सक्छु । अलिअलि अंग्रेजी पनि आउँछ, सामान्य हिसाब सबै आउँछ ।’ उनलाई यति भए के चाहियो ।
सद्भावना पार्टी छाडेर सुनिता तत्कालीन मधेशी जनअधिकार फोरम पार्टीमा प्रवेश गरेकी थिइन् । फोरममा गएपछि उनले महिला संगठनमा काम गर्न थालिन् । संविधानमा मधेसको अधिकार सुनिश्चित गराउन फोरमले काठमाडौँकेन्द्रीत आन्दोलन गरेको थियो । त्यसमा सुनिताको सक्रिय सहभागिता थियो ।
आन्दोलनको हरेक ठाउँमा उनको उपस्थिति रहन्थ्यो । विहानै उठ्ने, खाना पकाउने, बच्चाहरुलाई स्कूल पुर्याएर कोठाबाट निस्केपछि एकैपटक राती फर्किन्थिन् । पसलमा समय न दिन सकेपछि १३ सयमा पान पसल बेचिन् । त्यही पैसाले श्रीमान्को पसल सडकपेटीबाट सटरमा लगिन् । बरु त्यो पसल राम्रो चल्न थाल्यो । मान्छेको हेराइमा पनि परिवर्तन भयो ।
दोस्रो संविधान सभाको चर्चादेखि प्रदेशसभा सदस्यसम्म
२०७० मा भएको दोस्रो संविधान सभा चुनावमा पनि फोरमले सुनिता मोचीको नाम समानुपातिक सूचीमा राखेको थियो । तर जब सूचीबाट उम्मेदवार चयन गर्ने कुरा भयो, उनको नाम आएन । तैपनि उनी बिचलित भइनन् । उनी झन सक्रिय भएर राजनीतिमा लागिन् ।
उनले भनिन्, ‘समानुपातिकमा मेरो नाम दुई दुई पटक राखियो तर संसदमा जान सकिएन । त्यसले मलाई दुःख लागेन । बरु, मेरो मेहनत पुगेन कि, मेरा बेला अझै भएको छैन कि सोचेर राजनीतिमा झनै सक्रिय भएँ ।’
२०७४ को चुनावमा फोरमले सुनिताको नाम प्रदेश सभाको समानुपातिकमा राख्यो । अनि, प्रदेश सभा सदस्यमा चयन पनि भइन्, त्यो दिन उनका लागि सबैभन्दा खुशीको दिन थियो । सुनिताभन्दा पनि बढी उनका श्रीमान् रामकुमार मोची खुशी थिए । दुबैलाई बधाईको ओइरो लाग्यो । सुनिता भन्छिन्, ‘यसपाली पार्टीले ममाथि ठूलो विश्वास गर्यो ।’ साधारण परिवारका बुवा मकुन चमार र आमा रामरती चमारका छोरी सुनिता सांसद भएकी थिइन् ।
प्रदेश सभामा गएपछि सबैभन्दा बढी मधेसी दलितको चेतनाका लागि काम गरिन् । विभिन्न कानुन, ऐन निर्माण हुँदा त्यहाँ मधेसी दलितको अधिकार कसरी सुरक्षित गर्न सकिन्छ, त्यसका लागि उनले निकै मेहनत गरिन् ।
पछिल्लो २०७९ मंसिर ४ को चुनावमा सुनिताको नाम पार्टीले समानुपातिकमा राखेन । त्यसमा उनको कुनै चित्त दुखाई थिएन । उनको ईच्छा त प्रत्यक्ष चुनाव लड्ने थियो तर आर्थिक अवस्थाका कारण त्यो संभव थिएन ।
उनी अहिल्यैदेखि नै २०८४ को चुनावको तयारीमा लागेकी छिन् । पार्टीले समानुपातिकमा राख्यो भने ठिकै छ, नभए जेमा टिकट दिन्छ, त्यसैमा चुनाव लड्ने बताउँछिन् ।
सुनिताका एक छोरी र एक छोरा छन् । छोरीको विहे भइसकेको छ भने छोरा काठमाडौंमै ब्याच्लर अध्ययन गरिरहेका छन् । काठमाडौंमा उनको श्रीमान्को जुत्ता पसल छँदैछ । अहिले गाउँमै पक्की घर बनाएकी उनको सोच काठमाडौको पसल गाउँमै चलाउने योजना छ ।
श्रीमान् रामकुमार मोचीले बालबच्चा सम्हाल्नेदेखि घरका अन्य काममा पनि सहयोग गरेपछि सुनिता बाहिर राजनीतिलगायत पढाई, सामाजिक कार्यक्रम भ्याइन् । र, आज यो अवस्थासम्म आइपुगेकी छिन् । रामकुमार मोचीले भने, ‘सुनिताले जे गरिरहनु भएको छ, त्यो हाम्रो सोचभन्दा धेरै टाढाको कुरा थियो । तर, उहाँले गरेर देखाई दिनुभयो, त्यसमा मलाई गर्व छ । रातोपाटी
विशाल बस्नेत,महाेतरी, ४ कात्तिक ।
काङ्ग्रेसले बागी उम्मेदवारका समर्थक र प्रस्तावकहरुलाई कारबाही फुकुवा गरेको एक हप्ता नबित्दै निराशा छाएको छ ।
महोत्तरी क्षेत्र न.१ काङ्ग्रेसले प्रस्तावक र समर्थकहरुलाई केन्द्रले गरेको कारबाही पाटीको बिधानसम्मत नभएको भन्दै विज्ञप्ति जारी गरे पछी निराशा छाएको हो ।यसअघि केन्द्रिय अनुसासन समितिले कारवाही गरेका सवैजनालाई पुर्ववत पदमा नै रहने गरी फुकुवा गरेको थियो ।
कारवाही फुकुवा पछी पुर्बबत पदको जिम्मेवारी समाल्ने खुसीमा आसन्न चाडपर्वको शुभकामना कार्यक्रम ३ असोजमा राखेतापनी क्षेत्र न.१ काङ्ग्रेसले उक्त कार्यक्रममा सहभागी नहुन निर्देशन दिएकाे थियाे । पुर्व नगर सभापति रहेका युवराज पोखरेलले पाटीको नाममा काटेको पत्र पुर्णरुपमा अबैधानिक रहेको बताउदै क्षेत्रीय सभापति महेश झाले भ्रमपुर्ण पत्रको पछाडी नलाग्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशन गरेका हुन् ।
केन्द्रिय कार्यसमितिको निर्णय अनुसार निर्बाचित जनप्रतिनिधि बाहेक ९ जनाको मात्र कारबाही फुकुवा गरेको र युवराज पोखरेलको बिषयमा कारवाही फुकुवा समेत नगरेको महोत्तरी काङ्ग्रेसको दावी छ । पाटीको बदनाम हुनेगरी कुनै बैधानिकता नभएका पोखरेलले काटेको चिठी भ्रमपुर्ण रहेको भन्दै सभापति झाले उक्त कार्यक्रम पाटीको आधिकारिक नभएको जिकिर गरेका थिए ।
तर कारवाही फुकुवापछी पुर्ववत पद सभापतिको रुपमा नै रहेका युवराज पोखरेलले भने केन्द्रिय अनुशासन समितिको निर्णय सर्वमान्य भएको बताए । पाटीको विधानअनुसार नै कारवाही फुकुवा भएतापनी क्षेत्रीय सभापति महेश झाले नगर कार्यसमिति माथी हस्तक्षेप मात्र गर्न खोजेको सभापति पोखरेलको भनाई छ । न्युज कारखाना
काठमाडौं, ४ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
काठमाडौं, ४ कार्तिक ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
राती भने देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। वर्षा र चट्याङ्गको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।
संजय सहनी,राैतहट,कार्तिक ०३ गते
जनमत पार्टी रौतहटका नवनियुक्त जिल्ला इन्चार्ज शेख जमसैदले पदभार ग्रहण गर्नु भएकाे छ । रौतहटको गौरमा बिहीवार आयोजित एक कार्यक्रमका बिच मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री तथा जनमत पार्टीका केन्द्रिय महासचिव माननीय चन्दन सिंहले नेता जमसेदलाई बिधिबत रुपले पदभार ग्रहण गराउनु भएकाे हाे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री सिंहले नवनियुक्त जिल्ला इन्चार्ज शेख जमसेदलाई सफल कार्यकालको शुभकामना दिनु भएकाे थियाे ।

मन्त्री सिंहले शेख जमसेद जस्तो मधेसबादि बिचार धारा बोकेका कुशल कमान्डरलाई पार्टीमा भित्र्याउन पाएकोमा खुसि ब्यक्त गरेका थिए। साथै मन्त्री सिंहले जिल्ला इन्चार्ज जमशेदलाई पार्टीको बिधि -बिधानमा अडिग रहि पार्टीको संगठन बिस्तार सहित जनताको सेवामा अहोरात्र खट्न निर्देशन दिनु भएकाे थियाे । कार्यक्रमलाई सम्बोधन गर्दै नवनियुक्त जिल्ला इन्चार्ज शेख जमसेदले पार्टीको बिधानमा अनुसार संगठन बिस्तारमा लाग्ने र यस अभियानमा पार्टीको सम्पुर्ण शुभचिन्तकको सहयोग हुने बिश्वास ब्यक्त गरेका थिए। कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य बिकास यादब सहित जिल्लाका नेता कार्यर्ताको बाक्लो उपस्थित रहेको थियो।
काठमाडौं, २ कात्तिक।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘पेकिंग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङ’ले बिहीबार दिउँसो ‘मेडिकल सर्टिफिकेट’ जारी गरेको छ।
श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्शन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ‘ओब्टस मार्जिनल शाखामा अवरोध देखिएको अस्पतालले जनाएको छ। उनकाे मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण ‘स्टेनोसिस’ देखिएको र त्यसलाई कम गर्न तुरुन्तै ‘स्टेन्ट’ राखिएको समेत अस्पतालले जनाएको छ।
श्रेष्ठ अहिले निरन्तर निगरानी र उपचारका लागि मेडिकल आईसीयूमा रहेका र उनी स्थिर अत्यावश्यक संकेतहरूका साथ पूर्ण रूपमा सचेत रहेका पनि अस्पतालले जनाएको छ।
‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)’मा सहभागी हुन चीनको बेइजिङ पुगेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुधबार राति १ बजे हृदयघात भएको थियो।
चिनियाँ सरकार र पार्टीका उच्च अधिकारीहरूले उच्चतम प्रविधि अपनाउन र उनको उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्।
काठमाडौं, २ कात्तिक ।
सरकारले हृदयघात भएर उपचाररत उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ खतरामुक्त रहेका जनाएको छ ।
बिहीबार मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता रेखा शर्माले हृदयघात भएपछि चीनक बेइजिङको अस्पतालमा उपचाररत मन्त्री श्रेष्ठको अवस्था खतरामुक्त रहेको जानकारी दिइन् ।
शर्माका अनुसार मन्त्री श्रेष्ठ अहिले बोल्न सक्ने अवस्थामा रहेका र डिस्चार्ज हुन दुई-चार दिन समय लाग्न सक्नेछ ।
काठमाडौं, २ कार्तिक ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाइ हृदयघात भएको छ ।
चीनको बिआराइ फोरममा भाग लिन बेइजिङ पुगेका उपप्रधान तथा गृह मन्त्री श्रेष्ठलाई हृदयघात भएको हो ।
हिजाे साँझ छात्तिमा समस्या देखा परे अस्पताल पुगेका उनकाे coronary artery blockage भएकाे पत्ता लागेकाे थियाे । बेइजिङस्थित अस्पतालमा मुटुको एन्जी ओप्लास्टी गरिएको छ, आइसियुमा राखेर उपचाररत श्रेष्ठ खतरामुक्त रहेकाे उनका भतिजा डा. शितलकाजी श्रेष्ठले मिडियालाइ जानकारी गराएका छन् ।
परराष्ट्र मामिलाबारे जानकार पत्रकार अनिल गिरीका अनुसार हाल उनको बेइजिङ स्थित अस्पातलमा उपचार भइरहेको छ र उनी अहिले डाक्टरहरूको निगरानीमा छन ।
तेलअहिब, २ कार्तिक ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले गाजामा २० ट्रकसम्म सहायताको अनुमति दिन राफा क्रसिङ खोल्न सहमत भएका छन्।
सडक मर्मत गर्नु पर्ने भएकाले ढुवानी सम्भवतः शुक्रबारसम्म पार हुने छैन, सडक मर्मत हुने बितिक्कै ढुवानी सुरू हुनेछ ।
‘उनीहरू सडक प्याच गर्न जाँदैछन्, उनीहरूले यी ट्रकहरू जानका लागि खाल्डाहरू भर्नुपर्नेछ। र त्यो हुन गइरहेको छ, तिनीहरू आशा गर्छन् कि भोलि ृबिहीबारे करिब आठ घण्टा लाग्ने छ। त्यसैले त्यहाँसम्म केहि पनि रोलिंग नहुन सक्छ, सम्भवतः शुक्रबार सम्म राहात सामाग्री पुग्नेछ, वाइडेनले भने ।
उनका अनुसार २० ट्रकहरूले पहिलो किस्ताको रूपमा राहात सामाग्रीको प्रतिनिधित्व गरेर जाने छन भने कुल १५० वा केही ट्रकहरू भने त्यसपछिको पालोमा क्रमशः जानेछन् । ‘तिनीहरूलाई पार गर्न अनुमति दिइएको थियो वा छैन ? यो कसरी जान्छ ? भन्नेमा निर्भर गर्ने उनले जनाएका छन् ।
अमेरिकी राष्ट्रपति जाे वाइडेन यतिखेर इजरायलकाे भ्रमणमा छन, साे भ्रमण पछि गाजापटटीमा राहात सामाग्री पठाउने बारेमा त्रिपक्षीय सहमति खाेजिरहेका छन् ।
आरके श्रीवास्तव,रौतहट, ०१ कार्तिक ।
राैतहटकाे कटहरिया नगरपालिका द्वारा नेपालीहरूको महान चाडपर्व बडा दशै, शुभ दिपावली तथा छठको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कटहरिया स्थित विवाह मण्डप भवनमा शुभकामना आदनप्रदान कार्यक्रम आयोजन गरिएको थियोे । कार्यक्रममा बाेल्दै नगर प्रमुख अजय प्रकाश जयसवालले हिन्दूहरूको महान आस्थाको पर्व चलिरहेको बडा दशै र केही दिनपछि आउने तिहार, दिपावली र छठ पर्व शुभकामना व्यक्त गर्नु भएको थियोे ।

कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जयसवाल र विशिष्ट अतिथी उप प्रमुख रिता देवी यादव, प्रमुख प्रशासकीय अधिकृत गाैरीशंकर कुमार सिंह रह्नु भएको थियोे । शुभकामना आदानप्रदान कार्यक्रममा वडा अध्यक्षहरू समिश बिक्रम शाह,सर्फलाल गुप्ता,जयराम साह,कार्यपालिका सदस्य मनाेज जयसवाल लगायत शिक्षक ,सुरक्षाकर्मि,कर्मचारी हरुको सहभागीता रहेको थियो ।
रौतहट, ०१ कार्तिक ।
नेपाली काँग्रेस पार्टी गौर नगर कमिटी द्वारा नेपालीहरूको महान चाडपर्व बडा दशै, शुभ दिपावली तथा छठको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको सभा हलमा शुभकामना आदनप्रदान कार्यक्रममा रौतहट जिल्लाकै सबभन्दा पुरानो जेष्ठ पालिकाको रूपमा चिनिएको गौर नपाका मेयर प्रत्यासी तथा नेपाली काँग्रेस पार्टीको नगर सभापति युवा नेता मोहन कुमार यादवले समाजलाई शान्तिपूर्ण वातावरण, समृद्ध समाज र सबै समुदायसँग समाजिक सद्भाव बनाएर राख्ने उदेश्यले नै चाडपर्व बर्षमा एक पल्ट आउने गर्छ तर हामी सबैलाई सन्देश दिएर जान्छ भने बताए । पर्व त्यौहारको समाजमा विभिन्न किसिमको अप्रिय घटना घट्ने गर्छ त्यस्ता क्रियाकलापलाई हामी सबै समुदायले मिलेर निराकरण गर्नुपर्छ ।चाडपर्वको समयमा गाउँघर र बजार क्षेत्र भित्र बढी फोहर मैला, होहल्ला, जाड रक्सि, लागु पदार्थको कारोबार र जुवातास खेल्ने घटना भइरहन्छ त्यसबाट सचेत भई स्वच्छ समाज निर्माण र आफै सरसफाइ अभियानमा प्रत्येक नागरिकले लाग्नुपर्छ भने उनले आग्रह गरे । समाजमा कानुन विपरीत क्रियाकलाप कसैले पर्व त्यौहारको बेला नगर्न सुझाव दिएका हुन । हिन्दूहरूको महान आस्थाको पर्व बडा दशै अहिले चलिरहेको छ भने केही दिनपछि तिहार, दिपावली र छठ पर्व समेत आउने भएको हुनाले सबैले यश पर्वलाई समाजिक रूपमा हाँसी खुशी मिलेर मनाउन मेयर प्रत्यासी यादवले अनुरोध गरे । रौतहट जिल्ला भित्र सक्रिय रूपमा विगत लामो समय देखि आफ्नो कलम चलाएर जिल्लाको विभिन्न स्तरमा पुगेर समाचारको माध्यमले परिवर्तन गर्न र गराउने भुमिका खेलिरहेको क्रियाशील पत्रकारहरूलाई महासंघले नयाँ सदस्यताबाट बञ्चित बनाएको प्रति मेयर प्रत्यासी यादवले दुख पोखेका छन । महासंघको गलत कदमकाे बिरोधमा नेपाली काँग्रेस पार्टीको केन्द्रीय नेतृत्वहरूसँग यस बारे आफूले आवाज उठाउन र सम्बन्धित निकायमा नयाँ सदस्यता दिन बारे सकेसम्मको पहल समेत गर्न उनले बताए छन् । शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल मुस्लिम संघ मधेश प्रदेश कोषाध्यक्ष सर्फराज तैयब, नेपाली काँग्रेस रौतहट क्षेत्र नं १ प्रतिनिधिसभा सचिव संजय कुमार यादव, प्रदेशसभा (क) सभापति अवधकिशोर साह, जिल्ला सदस्य गुलरेज अहमद उर्फ जियाउल, युवा नेता शेख मनिर आलम र समाजसेवी लोकेन्द्र यादव उर्फ बबलु लगायतका सहभागीता रहेको थियो ।
विराटनगर, १ काात्तिक ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट दुई तिहाइ बढी विश्वासको मत पाएका छन् ।
बुधबार प्रदेशसभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा दुई तिहाइ बढी मत परेको हो ।
९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्कीले राखेको प्रस्तावको पक्षमा ८६ मत पर्दा विपक्षमा ५ मत मात्रै परेको हो । प्रदेशसभामा प्रतिनिधित्व गर्ने ६ सिट भएको राप्रपाबाहेक सबै दलले उनलाई विश्वासको मत दिएको हो ।
राप्रपाका एक सांसद अनुपस्थित रहे ।
काठमाडौं, १ कात्तिक ।
नेपाली कांग्रेस परित्याग गरेका कृष्ण कार्की राप्रपा नेपाल प्रवेश गरेका छन् । कार्कीलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका छन् ।
पोखरामा व्यवसायी र समाजसेवीको पहिचान बनाएका कार्की नेपाली कांग्रेसको महासमिति सदस्य दिए । कांग्रेसको बार्हौ महाधिवेशनमा कार्की केन्द्रीय कोषाध्यक्ष पदमा निर्वाचनसमेत लडेका थिए ।
महामन्त्री पदमा मनोनयन गरेपछी अध्यक्ष थापाले उनलाई पार्टीको महामन्त्रीको जिम्मेवारी दिन पाउँदा खुसी लागेको र कार्कीको प्रवेशले राप्रपा नेपाललाई देशको अग्रणी शक्ति बनाउने अभियानमा योगदान पुग्ने बिश्वास समेत लिएको सामाजिक संजाल मार्फत प्रतिक्रिया दिएका छन् ।
दशैंलगत्तै पोखरामा बृहत् पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने तयारी रहेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
बेइजिङ १ कात्तिक । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो बेल्ट एण्ड रोड अन्तर्राष्टिय सहयोग शिखर मञ्चको उद्घाटन समारोहमा सहभागी भएका छन् ।
चीनका सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा रहनुभएका गृहमन्त्री श्रेष्ठले आज यहाँ आयोजित बीआरएफ शिखर सम्मेलनको उद्घाटन समारोहमा सहभागिता जनाएका हुन् ।
राजधानी बेइजिङमा आयोजित उद्घाटन समारोहमा चीनका राष्ट्पति सी चिनफिङले मुख्य सम्बोधन गरे । सम्मलेनलाई सम्बोधन गर्दै राष्टपति सी ले १० वर्षयता बेल्ट एन्ड रोड अन्तरर्गतका कार्यक्रमले प्रशस्त उपलब्धि हासिल गरेको उल्लेख गर्देै सूचना राजमार्ग, रेल राजमार्ग, विमानस्थल, बन्दरगाहलगायतका माध्यमबाट विश्वव्यापी अन्तरसम्बन्ध सञ्जाल निर्माण गर्न सफल भएको र यसले विभिन्न मुलुकका सामान, पूँजी, प्रविधि तथा मानवीय आवतजावतसमेत प्रभावकारी बनेको विचार व्यक्त गरे ।
राष्टपति सिलगायत विभिन्न मुलुकका राष्टध्यक्षहरुले उद्घाटन सम्बोधन गरे । यस सम्मेलनमा सहभागि हुने आउने एक सय ३० भन्दा बढी मुलुकका प्रतिनिधिहरूलाई चीनले स्वागत गरेको बताइएको छ ।
सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठसगैँ चीनका लागि नेपालका राजदुत विष्णुपुकार श्रेष्ठसमेत सहभागी छन् । उपप्रधानमन्त्री श्रेष्ठले आजै आयोजना हुने ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारेको छलफलमा मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ ।
काठमाडौं, १ कात्तिक ।
नेकपा एमालेले प्यालेस्टाइनको गाजास्थित अल अहरी अरब अस्पतालमा भएको आक्रमणको निन्दा र भर्त्सना गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले अल अहरी अरब अस्पतालमा भएको आक्रमणमा परी अस्पतालमा उपचार गराइरहेका बिरामी, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामीका कुरुवा÷आफन्त र अस्पताल परिसरमा शरण लिइरहेका नागरिक गरी ५०० भन्दा बढी मारिएको खबरले स्तब्ध भएको बताए ।
उनले उक्त आक्रमणको कडा शब्दमा निन्दा र भर्त्सना गरेको बताउँदै एमाले शान्तिको पक्षमा रहेको बताए ।
‘रकेट आक्रमणबाट ठूलो विस्फोटसहित सिङ्गो अस्पताल भवन नष्ट हुनुका साथै बालबालिकासहित सयौंको सङ्ख्यामा मानिसहरू हताहत भएको विषय जति निन्दा गरे पनि कमी हुन्छ । हामी यस आक्रमणको कडा शब्दमा निन्दा र भर्त्सना गर्दछौँ,’ अध्यक्ष ओलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेकपा (एमाले) शान्तिको पक्षमा छ । जुनसुकै खाले द्वन्द्व र समस्याको समाधान शान्तिपूर्ण वार्ताद्वारा गरिनुपर्छ भन्ने मान्यता राख्दछ । निहत्था नागरिक, अस्पतालमा उपचार गराइरहेका बिरामी र स्वास्थ्यकर्मीको ज्यान लिने गरी गरिएको अमानवीय आक्रमणबाट अन्तर्राष्ट्रिय कानुन, मानव अधिकार र मानवीयताका सबै सीमा उल्लङ्घन भएको छ ।’
विज्ञप्तिको पूर्णपाठ :
१ कात्तिक, २०८०
गएराती प्यालेस्टाइनी राज्यको गाजा शहरको अल अहरी अरब अस्पतालमा भएको आक्रमणमा परी अस्पतालमा उपचार गराइरहेका बिरामी, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामीका कुरुवा÷आफन्त र अस्पताल परिसरमा शरण लिइरहेका नागरिक गरी ५०० भन्दा बढी मारिएको खबरले हामी स्तब्ध भएका छौं ।
रकेट आक्रमणबाट ठूलो विस्फोटसहित सिङ्गो अस्पताल भवन नष्ट हुनुका साथै बालबालिकासहित सयौंको सङ्ख्यामा मानिसहरू हताहत भएको विषय जति निन्दा गरे पनि कमी हुन्छ । हामी यस आक्रमणको कडा शब्दमा निन्दा र भर्त्सना गर्दछौँ ।
नेकपा (एमाले) शान्तिको पक्षमा छ । जुनसुकै खाले द्वन्द्व र समस्याको समाधान शान्तिपूर्ण वार्ताद्वारा गरिनुपर्छ भन्ने मान्यता राख्दछ । निहत्था नागरिक, अस्पतालमा उपचार गराइरहेका बिरामी र स्वास्थ्यकर्मीको ज्यान लिने गरी गरिएको अमानवीय आक्रमणबाट अन्तर्राष्ट्रिय कानुन, मानव अधिकार र मानवीयताका सबै सीमा उल्लङ्घन भएको छ ।
हामी ‘यस किसिमका क्रूर र अमानवीय आक्रमण तत्काल रोकिनुपर्छ । निहत्था नागरिकलाई सुरक्षित गरिनुपर्छ । साथै, उद्धार तथा आपत्कालीन सहयोगका लागि गाजापट्टीमा मानवीय सहायता प्रदायकहरू जानका लागि अनुमति दिनुपर्छ’ भन्ने मान्यता राख्दछौं । यसप्रकारका सबैखाले आक्रमण रोक्न हामी सम्बन्धित पक्षलाई आह्वान गर्दछौं ।
केपी शर्मा ओली
अध्यक्ष
काठमाडौं, १ कात्तिक ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु संरक्षणवापत नेपालले अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त गर्ने ५० करोड रुपैयाँ मुस्ताङ जिल्लामा पठाउने पनि घोषणा गरेका छन् ।
बुधबार मुस्ताङ जिल्लाको जोमसोममा राष्ट्रिय प्रकृति र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा आयोजित जलवायु संवाद कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनबाट हुने क्षति रोक्नका लागि मुस्ताङलाई ५० करोड रुपैयाँ उपलब्ध गराउने बताएका हुन् ।
मुस्ताङको ऐतिहासिकता, भौगोलिक विशिष्टता, संस्कृति, परम्परा र उत्पादनप्रति सरकार निकै नै संवेदनशील रहेको उनको भनाइ छ ।
जोमसोम, १ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिमालको संरक्षण गर्नु नेपालको मात्र जिम्मेवारी नभएर सिंगो विश्वको साझा दायित्व भएको बताएका छन् । बुधबार मुस्ताङ जिल्लाको जोमसोममा राष्ट्रिय प्रकृति र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा आयोजित जलवायु संवाद कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफू अन्तर्राष्ट्रिय मञ्चहरूमा यसबारे गम्भीर रूपमा विषय राखेको बताए।
‘पछिल्लोसमय नेपालले जलवायु परिवर्तनका गम्भीर समस्या भोगिरहेको छ। हिमालय क्षेत्रमा यसको गम्भीर देखिएको छ। मुस्ताङ जिल्लामा पनि गम्भीर असर देखिएको कुरा मैले प्रत्यक्ष सुन्ने अवसर प्राप्त गरें। मैले संयुक्त राष्ट्रसंघको महासभा, रोममा आयोजित विश्व खाद्य सम्मेलनमा यसबारे गम्भीर रूपमा कुरा राखेको छु,’ प्रधानमन्त्रीले भने, ‘हिमालको संरक्षण भएन भने विकसित भनिएका मुलुकहरूसमेत सुरक्षित रहँदैनन्। जलवायु परिवर्तनको मुद्दा नेपालको मात्र नभएर विश्वको साझा मुद्दा हो’ प्रधानमन्त्रीले भन्नुभयो, ‘कोप सम्मेलनमा पनि यस विषयमा नेपालको गम्भीरपूर्वक विषय राख्नेछ। विकसित मुलुकहरूको कारण नेपाल जस्ता देशहरूले बेहोरेको क्षतिवापत हामीले अनुदान पाउनुपर्छ।’

मुस्ताङ जिल्ला बहुआयमिक विशेषता बोकेको जिल्ला हो। स्याउ उत्पादन र अन्य उत्पादनका दृष्टिले पनि यो महत्वपूर्ण छ, मुक्तिनाथ लगायत धार्मिक एवं सांस्कृतिक पर्यटनका केन्द्रहरू पनि यहाँ छन्। कोरला नाकाको विशेष रणनीतिक महत्व रहेकाले यहाँको जलवायु संरक्षण सरकारको प्राथमिकतामा रहेकाे प्रधानमन्त्री प्रचण्डकाे भनाइ छ।
प्रधानमन्त्रीले कार्यक्रममा जलवायु संरक्षण वापत नेपालले अन्तर्राष्ट्रवाद क्षेत्रबाट प्राप्त गर्ने रू ५० करोड मुस्ताङ जिल्लामा पठाउने पनि घोषणा गरेका छन् ।
विशाल बस्नेत,महोत्तरी, १ कार्तिक ।
नेकपा एमाले मधेश प्रदेश अधिबेशनको बैधतामाथी प्रश्न नै प्रश्न उठन थालेकाे छ ।
गत असोज २५ र २६ गते भएको अधिबेशनलाई लिएर पाटीभित्रैका जिम्मेवार नेताहरुले विधि र प्रक्रियाको विषयमा प्रश्न उठाएका हुन ।

घोषणापत्र तयार गरेर गुपचुप राखेको, अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिववाहेक अन्य सदस्यहरुमा आफुखुसी गरेको जस्ता आरोप अहिले सतहमा देखिए पछि साे अधिवेसनकाे बैधानिकतामाथी प्रश्न उठाइएकाे हाे । जिम्मेवार नेता र सदस्यहरुले बैधतामाथी प्रश्न उठाएपछी मधेशमा एमालेभित्रको आन्तरिक विवाद छताछुल्ल भएको छ ।
`न प्रतिवेदन प्रस्तुत गरिएको छ, न आन्तरिक छलफलमा नेताहरुलाई सहभागी गराईएको छ,´ एक जना पुर्व मधेश प्रदेश कमिटी सदस्यले भने, `सबैजनालाई घर पठाई केही नेताहरु बसेर सदस्यहरु टुंग्याए रे भन्ने सुन्ने अवस्था देखा परेकाे छ ।’
पाटीभित्रका इमान्दार र जिम्मेवार नेताहरुलाई पाखा लगाई शिर्ष नेताहरुको नजिक र चाप्लुसी गर्नेलाई मात्रै कमिटीमा ल्याएको प्रदेशस्तरिय नेताहरुको आरोप छ । `यसले पाटीलाई बलियो वनाउनुको सट्टा थप कमजोर वनाउन सक्छ,´ अर्का नेताले भने, ‘पाटीमा कुनै योगदान नै नभएकाहरुलाई सर्वसम्मतको नाम दिएर आफुखुसी गर्नुलाई कसरी मान्नु र ?´
तर अधिबेशनका मुख्य निर्वाचन अधिकृत टिकाध्वज खडकाले पाटीको विधि र प्रक्रियाअनुसार नै अधिबेशन सम्पन्न भएको दावी गरेका छन ।
`अब नेताहरु धेरै भएको पाटीमा त्यो खाल्को केही असन्तुष्टिहरु आउनु स्वभाविक पनि हो,´ निर्वाचन अधिकृत खडकाले भने,` मनोनितको नाम वाहेक पाटीवाट सर्वसम्मत भएका सवैजनाको नाम टाँस गरिएको छ ।´ उनका अनुसार अहिले ५ जना पदाधिकारी सहित २३५ जना सदस्यलाई सर्वसम्मत निर्वाचित गरिएकाे छ । तर, ५ जना पदाधिकारी वाहेक सदस्यहरुमा सर्वसम्मत नभएको असन्तुष्ट नेताहरुको जिकिर छ ।
`बरु हामी निर्वाचन प्रणालीवाट गएको भए मान्थ्यौ तर नेताहरुका नजिक भएका आधारमा मुल्यांकन गर्नु त्यो गलत भयो,´ पाटीका अर्का पुर्व मधेश प्रदेश कमिटी सदस्यले भने, `पाटीका लागि नै रगत पसिना भिजाएका साथीहरुको लागी अन्याय भएको छ ।´
नवनिर्वाचित प्रदेश अध्यक्ष चण्डेश्वर मण्डलले भने एमालेभित्र देखिएको असन्तुष्टिलाई छिट्टै समाधान गर्ने बताएका छन । अधिबेशनमा सदस्य नाम छान्ने क्रममा पनि प्रत्येक जिल्लाका प्रतिनिधिहरुसगँ छुट्टाछुट्टै बैठक बसेर सर्वसम्मतमा नै टुंग्याएको वताउदै अध्यक्ष मण्डलले छुटेका साथीहरुलाई १० प्रतिशतमा समेटने बताए ।
`विधानअनुसार १० प्रतिशत मनोनित गर्न पाउने व्यवस्था छ,´ उनले भने, `यसवाट पनि केही असन्तुष्टीहरु समाप्त हुनेछन् । उनका अनुसार पाटीले अगाडी सारेको मिसन २०८४ अभियानबाट विचलित नहुने र उदेश्य प्राप्ति गरेर नै छाडने म्यान्डेट पाएकाले अबकाे ध्यान त्यतै लगिनेछ ।
उता, पुर्व उपाध्यक्ष रेवती पन्तले विधि र प्रक्रियाअनुसार नै अधिबेशन भएको वताउदै केही त्रुटी भएको हुनसक्ने वताए । `अब बिस्तारै असन्तुष्टि सेलाएर जान्छ अनि पाटी पुन: चलायमान हुनेछ,´ उनले भने । यद्दपी, पन्त पक्षधरहरुले भने पाटी कै कारण अख्तियारले अधिबेशनको अघिल्लो दिन मुद्दा दायर गरेको आरोप लगाएका छन ।
पुर्व उपाध्यक्ष समेत रहेका पन्त अध्यक्षको दौडमा थिए । अख्तियारले एक प्रतिष्ठानमा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेपछि अध्यक्षको दौडवाट उनी पछाडी हटन बाध्य भएका थिए । न्युज कारखाना
जोमसोम, १ कार्तिक ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङ जिल्लाको कागबेनी, मुक्तिनाथ मन्दिर र कोरला नाकाको अवलोकन गरेका छन ।

बुधबार बिहान जलवायु संवादका लागि मुस्ताङ आइपुगेका प्रधानमन्त्री प्रचण्डले उक्त क्षेत्रको अवलोकन गरेका हुन ।

सो भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा आयोजित जलवायु संवादमा सम्बोधन गर्ने र स्थानीय जनतासँग अन्तरक्रिया गर्ने उनको सचिवालयले जनाएको छ ।
काठमाडौं, १ कार्तिक ।
भारतीय बिमानमार्फत १८ जना नेपाली स्वदेश फर्कदैछन् ।
भारत सरकारको इजरायलबाट भारत फर्काउने अभियान‘अपरेशन अजय’ अन्तर्गत उनीहरू नेपाल फर्किएका हुन । उनीहरू नयाँ दिल्लीस्थित बिमानस्थलमा उत्रने छन् ।
भारतीय बिदेश मन्त्री एस जयशंकरले टविट गर्दै भनेका छन, सो अभियान अन्तर्गत २ सय ८६ भारतीय स्वदेश फर्कदैछन । जुन बिमानले १८ जना नेपाली नागरिकसमेत बोकेर इजरायलवाट प्रस्थान गरेको छ ।
काठमाडौं, १ कार्तिक ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मुस्ताङ प्रस्थान गरेका छन् ।
जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अध्ययन र स्थानीय जनतासँग अन्तरक्रिया गर्न प्रधानमन्त्री प्रचण्ड बुधबार बिहानै मुस्ताङ प्रस्थान गरेका हुन ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सो क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीहरूसँग समेत अन्तरक्रिया गर्नेछन् ।
हिजो साँझ मात्रै अचानक अस्वस्थ्य भएको महशुश पछि प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पतालमा पुगेका थिए । छात्तिमा असहजता महसुस भएकाले स्वास्थ्य जाँचका लागि उक्त अस्पताल गएको उनको अवस्था सामान्य भएको अस्पतालले जनाइसकेकाे छ ।
‘स्वास्थ्य जाँचका क्रममा प्रधानमन्त्री दाहालको रगत परीक्षण गर्दा ‘कार्डियाक इन्जाइम पोजेटिभ’ देखिएकाले उहाँको उपचारमा संलग्न चिकित्सकहरूद्वारा ‘एन्जियोग्राफी’ परीक्षण गरिएको र रिपोर्ट सामान्य रहेको’ जनाए पछि उनी बुधबार बिहानै मुस्ताङ प्रस्थान गरेका हुन् ।
हेमन्त केसीसुर्खेत, १ कात्तिक ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तीन महिनाको अवधिमा प्रदेश सरकारबाट सम्पादन भएका कार्य प्रगति सार्वजनिक गरेका छन् ।
त्रैमासिक प्रगति सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री शर्माले चालु आर्थिक वर्षको साउन १ गतेदेखि हालसम्म प्रदेश सरकारले गरेका गतिविधिहरु सार्वजनिक गरेका हुन् । कार्य प्रगति सार्वजनिक गर्दै मुख्यमन्त्री शर्माले न्यून बजेट र जनशक्तिको अभावका बिच प्रदेश सरकारले कर्णालीका जनताहरुको आर्थिक सम्पन्नता र सामाजिक न्यायको प्रत्याभुतिमा अहोरात्र खटिरहेको जिकिर गरेका छन ।
चालु आर्थिक वर्षको नीति तथा बजेट निर्माण र स्वीकृति भई कार्यान्वयनको चरमा रहेको, लगानी सम्मेलनको तयारी भइ रहेको, आफ्नो स्वीजरल्याण्ड भ्रमणमा प्रदेशको आर्थिक विकासका लागि प्रस्ताव तयारी गरी लगानीका लागि छलफल भइरहेको, विभिन्न खाले प्राकृतिक विपदमा परी क्षति पुगेका कृषकहरुलाई ६ करोड राहत उपलब्ध गराउन गरिएको निर्णयलाई मुख्यमन्त्री शर्माले आफ्ना प्रमुख उपलब्धिमा राखेका छन् ।
यस्तै, यस अवधिमा प्रदेशसभाबाट कर्णाली प्रदेश विनियोजन ऐन, कर्णाली प्रदेश आर्थिक ऐन, कर्णाली प्रदेश निजामती सेवा ऐन तथा कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन पारित भएको, तीन वटा सभामा दर्ता भई विषयगत समितिमा छलफल भइरहेको तथा नौ वटा विधेयकको मस्यौदा निर्माण गर्ने कार्य भइरहेको मुख्यमन्त्री शर्माले बताए ।
प्रदेश सरकारले लिएको समृद्ध कर्णाली सुखारी कर्णालीवासीको उद्देश्य पुरा गरी सरकारलाई जनउत्तरदायी बनाउनका लागि प्रदेश सरकारले सम्पादन गरेका कार्यहरुलाई मुख्यमन्त्री शर्माले ४४ बुँदामा समावेश गरेर कार्य प्रगति सार्वजनिक गरेका छन् । त्यस्तै कर्णाली प्रदेश सरकारले साउन देखि असोजसम्म १० वटा नियावली निर्माण गरिएको बताएको छ । तीन वटा मापदण्ड निर्माण गरिएको छ । मापदण्डहरुमा प्रदेश नमुना कार्यालय छनोट मापदण्ड निर्माण, झोलुंगेपुल पुल रणनीति मस्यौदा तर्जुमा , बालविवाह विरुद्ध प्रदेश रणनीति मस्यौदा निर्माण भएको जानकारी गराएको छ । ९ वटा कार्यविधि निर्माण गरिएको छ ।
३६० जना सहायक स्तरका कर्मचारी नियुक्त गरिएको पनि उपलब्धीका रुपमा गणना गरिएको छ । नेपाल प्रहरीको विशेष सुरक्षा गण नेपालगन्जबाट सुर्खेत पारिएकोलाई पनि प्रगतिमा राखिएको छ । १३२ केभी प्रशारण लाइन निर्माण गर्नका लागि पहल गरिएको बताएको छ । कोहलपुर –सुर्खेत खण्डमा १३२ केभी प्रशारण लाइन विद्युत आपूर्ती तथा गुणस्तर निर्माण गरिएको पनि उपलब्धीमा राखिएको छ । समपुरक आयोजनातर्फ हुम्लाको खार्पु सिमीकोट (मानसरोवर प्रवेशद्धार) नमुना एकीकृत पूर्वाधार विकास कार्यक्रम र डोल्पाको रिग्बो बस्ती विकास कार्यक्रम अगाडी बढाएको समेत बताएको छ । कर्णाली प्रदेशको भू उपयोग नीति जोखिम संम्बेदनशिल भू-उपयोग योजना निर्देशिका तयार भएको बताएको छ ।
कोदोजन्य बालीहरुको संरक्षणका लागि नीतिगत व्यवस्था गरिएको भन्दै प्रगति सार्बजनिक गरिएकाे हाे ।
काठमाडौं, १ कार्तिक ।
कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने भएका छन् ।
सत्तारुढ गठबन्धनवाट बिद्रोही गरी नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले आज बिश्वासको मत लिन लागेका हुन ।
गठबन्धन भन्दा बाहिर रहेको एमालेको समर्थनमा संविधानको धारा १६८ को उपधारा ९५० बमोजिम उनी मुख्यमन्त्री नियुक्त भएका थिए । उनै नवनियुक्त मुख्यमन्त्री कार्कीले आज संविधानको धारा १६८ को उपधारा ९४० बमोजिम विश्वासको मत लिन लागेका हुन । जसका लागि आज अपरान्ह प्रदेश सभामा बैठक आब्हान गरिएको छ ।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको भए पनि कार्कीले भने नियुक्त भएको एक हप्ता नबित्दै मुख्यमन्त्री पदका लागि बिश्वासको मत लिन लागेका हुन् । कार्की असोज २७ गते मात्रै मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।
उनलाई एमाले, उनको पार्टी नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने जनाएका छन् ।
काठमाडौँ, ३० असोज :
न्यायाधीश समाजको अध्यक्षमा सपना प्रधान मल्ल निर्वाचित हुनुभएको छ । आज सम्पन्न साधारणसभाले समाजको अध्यक्षमा सपना प्रधान मल्ललाई निर्वाचित गरेको हो । समाजको नयाँ कार्यसमितिलाई प्रबन्ध समिति भनिन्छ । उपाध्यक्षमा सर्वाेच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठ, महासचिवमा उच्च अदालतका न्यायाधीश टेकनारायण कुँवर, सचिवमा जिल्ला न्यायाधीश शिशिरराज ढकाल, कोषाध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश बालेन्द्र रुपाखेती रहनुभएको छ । सदस्यमा उच्च अदालतका न्यायाधीश तेजनारायण सिंह राई, उच्च अदालतका न्यायाधीश राजेश्वर तिवारी, उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल र जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्का रहनुभएको छ । समाजको कार्यसमिति सदस्यको पदावधि दुई वर्षको हुनेछ ।
हेमन्त केसीसुर्खेत, ३० असाेज ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले नेपाल प्रहरीले अन्तर्राष्ट्रियस्तरसम्म आफ्नो छवि कायम गरेको बताएका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित नेपाल प्रहरीको ६८औं स्थापना दिवस समारोहलाई सम्बोधनलाई मुख्यमन्त्री शर्माले अपराध अनुसन्धान तथा नियन्त्रण एवं रोकथाममा प्रहरीले खेलेको भूमिकालाई अन्तर्राष्ट्रिय जगत्ले मूल्याङ्कन गरेको जनाए । उनले भने, “नेपाल प्रहरीले राष्ट्र निर्माण र जनताको शान्ति सुरक्षामा उत्कृष्ट काम गरेको छ । प्रहरी संगठनप्रति कृतज्ञता प्रकट गर्न चाहन्छु ।”
कर्णालीको कठिन भूगोल रहेर भौतिक संरचनाविहिन अवस्थामा पनि प्रहरीले गरेको कार्यप्रति उच्च प्रशंसा गर्दै मुख्यमन्त्री शर्मा भने, “बास नपाएर प्रहरीले काम गर्नुपर्ने अवस्थाले सरकारलाई गम्भीर बनाएको छ । यो समस्या समाधानमा लाग्छौं ।” आर्थिक समृसद्ध र सामाजिक न्यायबाट समुन्न समाज निर्माण हुने भन्दै उनले अँझै पनि नागरिकको शान्ति सुरक्षार्थ दत्तचित्त भएर लाग्न प्रहरीलाई निर्देशन दिए ।
आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले संघमा प्रहरी ऐन तथा प्रदेशमा प्रहरी सुपरीवेक्षण ऐन पारित भइसक्दा पनि प्रहरी समायोजन हुन नसक्नुले संविधान र संघीयता कार्यान्वयनमा आशंका उठ्न थालेको बताए । उनले संविधान र संघीयताको परिपालना हुनुपर्नेमा जोड दिए । जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले प्रहरी जनताको सारथी बनेर काम गरेको अनुभूति प्रकट गरे ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले संवैधानिक सर्वोच्चता र विधिमा रहेर प्रहरी संगठनले गरेको कामले उत्कृष्टता प्रदर्शन गरेको जनाइन् । विभिन्न चुनौतिका बाबजुद आफ्नो जिम्मेवारीको ओज प्रहरीले कायम राखेको उनकाे भनाई थियो । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले शान्ति, सुरक्षा तथा अपराध अनुसन्धानमा नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहेको भन्दै नेपाल र नेपालीको शिर ननिहुरिने गरी काम गर्न सुझाव दिए ।
उक्त दिवस समारोहमा शान्ति, सुरक्षा र नागरिक हितमा उत्कृष्ट काम गरेको भन्दै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँरको तर्फबाट मुख्यमन्त्री शर्माले कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल र जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक सन्तोष रोकालाई सम्मान गरे ।
त्यस्तै, दिवसका अवसरमा चित्रकला, निबन्ध प्रतियोगिता, भलिबल र ब्याटमिन्टन प्रतियोगितामा भाग लिई प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने प्रतियोगीहरुलाई पुरस्कृत गरिएको थियो भने राष्ट्र सेवाको सिलसिलामा आफ्नो जीवन आहुती दिने अमर सहिद प्रहरीका परिवारलाई सम्मान गरिएको थियो ।
काठमाडौं, ३० असोज ।
रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख रीना कुमारीको पद गुमेको छ । एमाले त्यागेर अन्य दलको गएको भन्दै निर्वाचन आयोगले रिनाको मौलापुर नगर प्रमुखको पद गुमेको सूचना जारी गरेर जानकारी दिएको हो ।
आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नीसमेत रहेकी उनको नगरप्रमुखको पद गुमेको हो ।
एमालेबाट मौलापुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएकी उनी सो पार्टी त्यागेपछि पद पनि गुमेको हो । एमालेको केन्द्रीय समितिको निर्णयसहित रिनाले एमाले त्यागेको जानकारी गराएकाले राजनीतिक दल सम्बन्धी ऐन र नियमावलीअनुसार उनको पद गुमेको आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।
आयोगले जारी गरेको सूचना
दल त्याग तथा पद रिक्त सम्बन्धी
सूचना
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) नामक राजनीतिक दलको तर्फबाट संवत् २०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका रौतहट जिल्ला, मौलापुर नगरपालिकाका नगर प्रमुख रिना कुमारी साह अन्य दलमा प्रवेश गरेको भनी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) नामक राजनीतिक दलको केन्द्रीय समितिको निर्णयको प्रतिलिपि सहित आयोगमा जानकारी प्राप्त हुन आएकोले राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम निज निर्वाचित भएको पद स्वतः रिक्त भएको सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्ने र सोही नियमको उपनियम (३) बमोजिम सूचना प्रकाशन भएपछि त्यस्ता सदस्यको पद स्वतः रिक्त हुने भनी आयोगबाट मिति २०८०÷०६÷२९ गते निर्णय भएको हुँदा यो सूचना प्रकाशन गरिएको छ ।
काठमाडौं ३० असोज,
रौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ।निर्वाचन आयोगले मंगलबार सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख रिनाकुमारी साह अन्य दलमा प्रवेश गरेपछि पद रिक्त भएको जानकारी दिएको हो
साह अन्य दलमा प्रवेश गरेको एमालेको केन्द्रीय समितिको निर्णय जानकारी भएसँगै पद रिक्त भएको आयोगले जनाएको छ। राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २२ को उपनियम (२) बमोजिम उनी निर्वाचित भएको पद स्वतः रिक्त भएको आयोगले जनाएको छ।
साह आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नी हुन्। थाहा खबर
३० असोज, काठमाडौं ।
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गैरआवासीय नागरिकता वितरणलाई राष्ट्रघाती कार्यको सुरूआत भनेका छन् ।
सरकारले मंगलबारबाट गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै बालुवाटारमा कार्यक्रम आयोजना गरी गैरआवासीय नागरिकता प्रदान गरे ।
तर, सरकारको यो कदम देशको पक्षमा नरहेको भन्दै आम जनता पार्टीका साहले विरोध गरेका हुन् । ‘गैरआवासीय नागरिकता वितरण राष्ट्रघाती कार्यको शुरूवात हो । विदेशी नागरिकलाई नेपाली नागरिकता दिने कार्य खुलेआम राष्ट्रघाती कार्य हो’ शाहले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनका अनुसार गैरआवासीय नागरिकता वितरणले बिदेशी नागरिकता लिएका नेपालीहरुको नेपालमा रोकिएको अचल सम्पत्ति बेचबिखन गरि विदेश लैजानको लागि बाटो खुल्नेछ । ‘खर्बौं खर्बको चल सम्पति अवैध ढंगले विदेश पुर्याइसकेका तिनिहरुले अब आफनो अचल सम्पत्ति पनि खुलेआम विदेश लान पाउनेछन’ साह अगाडि लेख्छन्, ‘नेपालमा लुटेर राखेका सम्पति समेत विदेश लैजानलाई अब कानुनी समस्या हुने छैन ।’
गैरआवासीय नागरिकता वितरणले नेपाललाइए खोक्रो बनाउने उनको भनाइ छ । उनी लेख्छन्, ‘दुनियाँमा काही नभएको दोहोरो नागरिकताको प्रावधानले नेपाल छिटै खोक्रो हुने पक्का छ ।’
विदेशी लगानी नेपाल ल्याउन गैरआवासीय नागरिकताको प्रावधान ल्याइएको भन्ने हल्ला मात्रै भएको उनको भनाइ छ । साहले लेखेका छन्, ‘विदेशी लगानी नेपाल ल्याउनलाई यो दोहोरो नागरिकताको प्रावधान ल्याइएको भन्ने हल्ला मचाएर आज ठुलो राष्ट्रघाती कार्य हुदैँछ । यस अपराधजन्य कार्यको विरुद्ध एक भएर प्रतिवाद गरौँ । राष्ट्रघाती कार्य मुर्दावाद, प्रतिक्रान्तिकारीहरु होशियार । औनलाईन खबर
काठमाण्डौँ ।
प्रवासी गोरखालीहरुको साझा संस्था ‘ग्लोबल गोरखा समाज’ को ७औँ बार्षिक साधारण सभा तथा अक्षयकोष स्थापनार्थ कार्यक्रमको सम्पन्न भएको छ ।
सोमबार समाजले अक्षयकोषका लागि लाखौँ रुपैँया सहयोग रकम संकलन गर्दै ७औँ बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
कार्यक्रमको अबसरमा संस्थाको वृद्धि विकासमा टेवा पुर्याउन स्थापना कालदेखि विभिन्न पदमा रही योगदान पुर्याएका कार्यसमिति तथा संस्थालाई सम्मान पनि गरिएको छ । सम्मानीत भएकाहरु मध्य समाजका प्रमुख संरक्षक जर्मनका अवैतनिक राजदुत राम प्रताप थापा, एनआरएनका पूर्व अध्यक्ष भवन भट्ट, समाजका संस्थापक अध्यक्ष जयप्रकाश गुरुङ, संस्थाका निवर्तमान अध्यक्ष एवं एनआरएनका उपमहासचिव विनय अधिकारी, संस्थाका संस्थापक महासचिव एवं सल्लाकार विनोद पोखरल छन् ।
यस्तै, गोरखा सांस्कृतिक समाजका अध्यक्ष सुनिल लामिछाने, युवा व्यवसायी समिम अन्वर, गोरखा समाज केन्द्र काठमाण्डौँलाई पनि सम्मान गरिएको छ । उनीहरुलाई खादासँगै सम्मानपत्रले सम्मानीत गरिएको हो । यस बर्षको लोक सांस्कृतिक युवा प्रतिभा पुरस्कार भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखाका अध्यक्ष हरिराम परियारलाई प्रदान गरिएको छ ।
एनआरएनको हालसालै भएको विभिन्न देशका महाधिवेशनबाट विभिन्न पदमा निर्वाचित समाजका पदाधिकारीहरुलाई पनि सम्मानीत गरिएको थियो । यसरी सम्मानीत हुने मध्य एनआरएन राष्ट्रिय समन्वय परिषद हङकङको नवौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित समाजका अध्यक्ष गोकर्ण ढकाल, एनआरएनए राष्ट्रिय समन्वय परिषद कतारको अन्तराष्ट्रिय समन्वय परिषदको सदस्य निर्वारोध निर्वाचित समाजका उपाध्यक्ष श्रीकृष्ण भट्टराई, एनआरएनए राष्ट्रिय समन्वय परिषद वेल्जिएमको नवौँ महाधिवेशनबाट अन्तराष्ट्रिय समन्वय परिषदको सदस्य निर्वाचित समाजका सचिव मदन दवाडी रहेका छन् ।
संस्थाका अध्यक्ष ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य नन्दप्रसाद न्यौपाने, विशिष्ट अतिथि पुर्व मन्त्री चिनकाजी श्रेष्ठ, नेपाली कांग्रेसका केन्द्रिय सदस्य अब्दुल सतार, अतिथिहरु एनआरएनका अध्यक्षका उम्मेदवार रामकुमार शर्मा (आरके), रविना थापा, पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तन, गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सीना, चुमनुव्री गाउँपालिका अध्यक्ष निमा लामा, शहिदलखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगर, गोरखा नगरपालिकाका उपमेयर मसलीमाया थोकर पुन, धार्चे गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङ लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमका वक्ताहरुले संस्थाले लामो समयदेखि स्वदेश तथा विदेशमा रहेका गोर्खाली तथा समग्र गोरखाको विकासका निम्ती खेलेको महत्पूर्ण भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता समाजिक गतिविधिलाई चुस्तदुरुस्त पार्न शुभकामना दिएका थिए ।
स्थापना कालदेखि नै प्रवासमा रहेका गोरखालीहरुको हकहितको संरक्षणका साथै गोरखाको समग्र बिकासका लागि आवश्यक विभिन्न महत्वपूर्ण छलफलत तथा कार्यक्रमको आयोजना गर्दै आईरहेको छ ।
समाजले समस्यामा परेका गोर्खालीहरुको आपतकालिन अबस्थामा उद्धार गर्नुपरेमा या विभिन्न सेवामुलक कार्यक्रमहरु निरन्तरता दिने उदेश्यले स्थापना गरेको अक्षयकोषका लागि ३० लाख रुपैँयाभन्दा बढि रकम संकलन भएको संस्थाले जनाएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष ढकालले ५ लाख, उपाध्यक्ष आकाश बन्जाराले १ लाख ५० हजार, उपाध्यक्ष भट्टराईले १ लाख, महासचिव विराट खनालले १ लाख, वेलायतका उपाध्यक्ष बम गुरुङले १ लाख, उपाध्यक्ष गणेश लामिछानेले १ लाख ५५ हजार, सचिव दवाडीले १ लाख, सचिव प्रेम पाण्डेले ५० हजार, कोषाध्यक्ष ज्ञानेन्द्र आलेले ५० हजार, प्रवक्ता शिव बन्जाराले ५० हजार, युवा संयोजक सुवास सिंह बस्यातले ५० हजार, सदस्य मनोज पाण्डेले ५० हजार, सदस्य योगेन्द्रराज जोशीले १ लाख, सदस्य सुरेश भट्टले ५० हजार, सदस्य रेजिना छिनालले ५० हजार रकम सहयोग गरेका छन् । यस्तै सदस्य विनिता लामिछानेले ५० हजार,सदस्य जीवन गुरुङले ५० हजार, एनआरएनका अध्यक्ष रामकुमार शर्माले पाँच लाख १ रुपैँया लगायत थुप्रैले सहयोग दिने घोषणा गरेका छन् ।
काठमाडौं, ३० असोज ।
सुस्तावासीले भारतीय बाटो प्रयोग गरेर अब नेपाल छिर्नु पर्ने बाध्यता सकिने भएको छ ।
नवलपरासीबाट निर्वाचित सांसद बिनोद चौधरीले फागुन मसान्तसम्ममा सुस्ताबासी नेपालको पुल प्रयोग गरेर आवातजावात गर्न पाउने जनाएका छन ।
सामाजिक सञ्जाल टविटरमा एउटा भिडियो राख्दै उनले यो जानकारी दिएका हुन । ‘म अहिले नवलपरासी सुस्ता नारायणी नदि पारीको सुस्तामा उभिएर बोल्दैछु। पृष्ठभुमिमा नारायणी नदि माथी बनेको पुलको संरचना देख्नुहुन्छ,’ उनले आफनो सन्देशमा भनेका छन्, ‘यो पुलले अब छिट्टै सुस्ता पारि जानको लागि भारतीय बाटो प्रयोग गर्नुपर्ने सुस्तावासिको वाध्यता अन्त्य हुँदैछ, आगामी फागुन मसान्तसम्म यस पुलको निर्माण संपन्न भई सञ्चालनमा आउने मलाइ बिश्वास छ ।’

उनले सो पुलले भुगोल मात्रै नभई देशको भावना पनि जोडिने जनाएका छन । ‘यो पुलले देशको भूगोललाई मात्रै होइन सुस्तावासिको भावनालाइ पनि जोड्नेछ’ उनले भनेका छन ।
गाजापट्टी, ३० असाेज ।
इजरायलको हवाई आक्रमणमा दक्षिणी गाजामा कम्तिमा २५ जनाको मृत्यु भएको छ ।
गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा परी महिला र बालबालिका सहित कम्तीमा २५ जनाको मृत्यु भएको हो ।
अल जजीराका अनुसार पछिल्लो आधा घण्टामा स्ट्राइकले प्यालेस्टिनी क्षेत्रको दक्षिणी भागमा २.४ मिलियन मानिस बसोबास गर्ने आवास क्षेत्रमा आक्रमण सुरु गरेको थियो।
यो स्पष्ट छैन कि दक्षिणी गाजाको कुन भागमा आक्रमण भइरहेको छ । यद्धपी, यसअघि खान युनिस र रफाह क्षेत्रमा धेरै बम विष्फोट भएको खबर प्राप्त भएको थियो ।
अन्य दर्जनौं घाइते पनि भएको स्रोतले जनाएको छ।
काठमाण्डौँ ।
प्रवासी गोरखालीहरुको साझा संस्था ‘ग्लोबल गोरखा समाज’ को ७औँ बार्षिक साधारण सभा तथा अक्षयकोष स्थापनार्थ कार्यक्रमको सम्पन्न भएको छ ।
सोमबार समाजले अक्षयकोषका लागि लाखौँ रुपैँया सहयोग रकम संकलन गर्दै ७औँ बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
कार्यक्रमको अबसरमा संस्थाको वृद्धि विकासमा टेवा पुर्याउन स्थापना कालदेखि विभिन्न पदमा रही योगदान पुर्याएका कार्यसमिति तथा संस्थालाई सम्मान पनि गरिएको छ । सम्मानीत भएकाहरु मध्य समाजका प्रमुख संरक्षक जर्मनका अवैतनिक राजदुत राम प्रताप थापा, एनआरएनका पूर्व अध्यक्ष भवन भट्ट, समाजका संस्थापक अध्यक्ष जयप्रकाश गुरुङ, संस्थाका निवर्तमान अध्यक्ष एवं एनआरएनका उपमहासचिव विनय अधिकारी, संस्थाका संस्थापक महासचिव एवं सल्लाकार विनोद पोखरल छन् ।
यस्तै, गोरखा सांस्कृतिक समाजका अध्यक्ष सुनिल लामिछाने, युवा व्यवसायी समिम अन्वर, गोरखा समाज केन्द्र काठमाण्डौँलाई पनि सम्मान गरिएको छ । उनीहरुलाई खादासँगै सम्मानपत्रले सम्मानीत गरिएको हो । यस बर्षको लोक सांस्कृतिक युवा प्रतिभा पुरस्कार भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखाका अध्यक्ष हरिराम परियारलाई प्रदान गरिएको छ ।
एनआरएनको हालसालै भएको विभिन्न देशका महाधिवेशनबाट विभिन्न पदमा निर्वाचित समाजका पदाधिकारीहरुलाई पनि सम्मानीत गरिएको थियो । यसरी सम्मानीत हुने मध्य एनआरएन राष्ट्रिय समन्वय परिषद हङकङको नवौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित समाजका अध्यक्ष गोकर्ण ढकाल, एनआरएनए राष्ट्रिय समन्वय परिषद कतारको अन्तराष्ट्रिय समन्वय परिषदको सदस्य निर्वारोध निर्वाचित समाजका उपाध्यक्ष श्रीकृष्ण भट्टराई, एनआरएनए राष्ट्रिय समन्वय परिषद वेल्जिएमको नवौँ महाधिवेशनबाट अन्तराष्ट्रिय समन्वय परिषदको सदस्य निर्वाचित समाजका सचिव मदन दवाडी रहेका छन् ।
संस्थाका अध्यक्ष ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य नन्दप्रसाद न्यौपाने, विशिष्ट अतिथि पुर्व मन्त्री चिनकाजी श्रेष्ठ, नेपाली कांग्रेसका केन्द्रिय सदस्य अब्दुल सतार, अतिथिहरु एनआरएनका अध्यक्षहरु रामकुमार शर्मा (आरके), रविना थापा, पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तन, गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सीना, चुमनुव्री गाउँपालिका अध्यक्ष निमा लामा, शहिदलखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगर, गोरखा नगरपालिकाका उपमेयर मसलीमाया थोकर पुन, धार्चे गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङ लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमका वक्ताहरुले संस्थाले लामो समयदेखि स्वदेश तथा विदेशमा रहेका गोर्खाली तथा समग्र गोरखाको विकासका निम्ती खेलेको महत्पूर्ण भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता समाजिक गतिविधिलाई चुस्तदुरुस्त पार्न शुभकामना दिएका थिए ।
स्थापना कालदेखि नै प्रवासमा रहेका गोरखालीहरुको हकहितको संरक्षणका साथै गोरखाको समग्र बिकासका लागि आवश्यक विभिन्न महत्वपूर्ण छलफलत तथा कार्यक्रमको आयोजना गर्दै आईरहेको छ ।
समाजले समस्यामा परेका गोर्खालीहरुको आपतकालिन अबस्थामा उद्धार गर्नुपरेमा या विभिन्न सेवामुलक कार्यक्रमहरु निरन्तरता दिने उदेश्यले स्थापना गरेको अक्षयकोषका लागि ३० लाख रुपैँयाभन्दा बढि रकम संकलन भएको संस्थाले जनाएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष ढकालले ५ लाख, उपाध्यक्ष आकाश बन्जाराले १ लाख ५० हजार, उपाध्यक्ष भट्टराईले १ लाख, महासचिव विराट खनालले १ लाख, वेलायतका उपाध्यक्ष बम गुरुङले १ लाख, उपाध्यक्ष गणेश लामिछानेले १ लाख ५५ हजार, सचिव दवाडीले १ लाख, सचिव प्रेम पाण्डेले ५० हजार, कोषाध्यक्ष ज्ञानेन्द्र आलेले ५० हजार, प्रवक्ता शिव बन्जाराले ५० हजार, युवा संयोजक सुवास सिंह बस्यातले ५० हजार, सदस्य मनोज पाण्डेले ५० हजार, सदस्य योगेन्द्रराज जोशीले १ लाख, सदस्य सुरेश भट्टले ५० हजार, सदस्य रेजिना छिनालले ५० हजार रकम सहयोग गरेका छन् । यस्तै सदस्य विनिता लामिछानेले ५० हजार,सदस्य जीवन गुरुङले ५० हजार, एनआरएनका अध्यक्ष रामकुमार शर्माले पाँच लाख १ रुपैँया लगायत थुप्रैले सहयोग दिने घोषणा गरेका छन् ।
इनरुवा, ३० असोज ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकार आत्मसमर्पणबादी भएको आरोप लगायका छन् ।
नेपालको अभिभाज्य भुमी लिम्पियाधुरा, कालापानी, गुन्जी, कुटीलगायत क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे नेपाल सरकार बेखबर हुनु, चासो नलिनु, एक शब्द नबोल्नु आत्मसमर्पणबादी मानसिकताको उपज भएको बताए ।
सुनसरी जिल्लाको इनरुवामा आयोजित बिरोध सभामा बोल्दै थापाले सत्तामा पुग्न, टिक्न, चुनाव जित्न बिदेशीको आशिर्वाद र सहयोग लिनेहरुबाट राष्ट्रिय स्वाधीनताको रक्षा हुन नसक्नेसमेत दाबी गरेका छन् । थापाले भने, ‘भारतीय प्रमको भ्रमणबारे सरकारले तुरुन्तै कुटनैतिक नोटमार्फत भारत सरकारलाई प्रश्न सोधोस्’ । रा
राष्ट्रपतिको भुमिका पार्टीको छायांको रुपमा रहेको अभिभावकको रुपमा हुन नसकेको भन्दै थापाले राजासहितको प्रजातन्त्र आबश्यक रहेकोमा पुनः जिकिर गरेका छन् । सरकार र ठुला भनिने दलहरु भ्रष्टाचारको आहालमा डुबेको आरोप लगाउदै थापाले अब यथास्थितिबाट मुलुक अगाडि बढ्न नसक्नेसमेत बताएका छन ।
धर्मपरिबर्तन, बेरोजगारी ,कुशासन र महङ्गी गणतन्त्रको पर्याय भएको चर्चा गर्दै थापाले संघीयता खारेज गरि सनातन हिन्दु अधिराज्य कायम गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा पार्टीका नेताहरु तारानाथ लुइँटेल , राजाराम बर्तौला, तेजकुमार कुरुम्वाङ्ग, गोपाल कोइराला, चन्दन चौधरी, खड्ग जिसि, खेम ओझा लगायतले बोलेका थिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रेमप्रसाद भट्टराईको नेतृत्वमा ठुलो समूह राप्रपा नेपाल प्रवेश गरेको थियो भने पुर्ब प्रहरी उपरीक्षक नारायण थापा पनि राप्रपा नेपाल प्रवेश गरेका छन् ।
सीता भट्टराई/काठमाडौँ, २७ असोज :
काठमाडौं, २५ असोज ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएको छ । डेंगु संक्रमण पुष्टि भएपछि उनी नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका छन् ।
सोमबारदेखि नै स्वास्थ्य समस्या देखिए पनि उपराष्ट्रपति यादव बुधबार साँझ सिभिल अस्पतालमा भर्ना भएका हुन् । निवासमै उपचार गर्दा स्वास्थ्यमा सुधार नआएपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो ।
उपराष्ट्रपति यादवको उपचार विदेश विष्ट र निजी चिकित्सक शिवजी लम्सालसहितको टोलीले गरिरहेको छ ।
काठमाडौं, २५ असोज ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाली भूमि गुन्जीको भ्रमणबारे नेपाल सरकारसँग जवाफ मागेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले भारतीय मोदीको गुन्जी भ्रमणबारे ध्यानाकर्षण गराउँदै नेपाल सरकारसँग जवाफ मागेका हुन् । मोदीको गुन्जी भ्रमणबारे सरकारले संसदलाई जानकारी गराउनुपर्ने उनको माग छ ।
‘म सरकारलाई र परराष्ट्र मन्त्रालयलाई सोध्न चाहन्छु, यति ठूलो भ्रमण आफ्नो भूमिमा, छिमेकी राष्ट्रका प्रधानमन्त्रीको भ्रमणबारे सरकारले नेपाली जनतालाई, सदनलाई जानकारी गराउनु पर्दैन ? छिमेकी राष्ट्रको त्यति ठूलो व्यक्तित्व, सरकार प्रमुख हाम्रो भूमिमा आउँदाखेरी सरकारले उहाँलाई स्वागत गर्नु पर्दैन ? कुनै कार्यक्रम हुनुपर्दैन ? त्यसका औपचारिकताहरू हुँदैनन् ? त्यसकारणले यसबारेमा सम्मानित सदनलाई सरकारले, परराष्ट्र मन्त्रालयले वास्तविकता जानकारी गराउनुप¥यो,’ उनले बैठकमा भने ।
काठमाडौं, २५ असोज ।
सत्तारुढ गठबन्धनमा संघीय संसदको चालु अधिवेशन भोलि शुक्रबारबाट अन्त्य गर्ने सहमति भएको छ । बिहीबार बसेको गठबन्धनको बैठकमा शुक्रबारबाट संसद्को चालु अधिवेशन अन्त्य गर्ने सहमति जुटेको हो ।
मन्त्रिपरिषद्को बैठक बसेर संसदको अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नुपर्ने र सोहीअनुसार राष्ट्रपतिले पनि सदनको चालु अधिवेशन अन्त्य गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
काठमाडौं, २५ असोज ।
हामसको आक्रमणमा परेको इजरायलमा रहेका नेपालीको उद्धारका लागि काठमाडौंबाट गएको विमान तेल अभिभ विमानस्थलमा अवतरण गरेको छ ।
बिहीबार बिहान साढे ३ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको नेपाल एयरलाइन्सको विमान नेपाली समयअनुसार दिउँसो २ बजे इजरायलको तेल हबिबमा अवतरण गरेको नेपाल सरकार परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुबईलाई ‘टान्जिट’ बनाएर नेपाल एयरलाइन्सको विमान इजरायल पुगेको हो । सोही विमानमा नेपालीलाई उद्धार गर्न भन्दै परराष्ट्रमन्त्री एनपी साउद इजरायल पुगेका छन् ।
इन्दीप कोइराला,बारा, २५ असोज।
सार्वजनिक जग्गाबाट माटो चोरी गरी बिक्री गरेको घटनामा सम्बन्धित निकायको अनुसन्धान सुस्त देखिएको छ ।
जीतपुरसिमरा- ११ मा नम्बरी जग्गाको स्वीकृति लिएर सरकारी जग्गाबाट कराडौं मूल्य बराबरको माटो चोरी गरि बिक्री गरेको घटनामा सम्बन्धित निकाय जीतपुरसिमरा उपमहानगरपालिकाको अनुसन्धान सुस्त देखिएको हो ।
माटो चोरी प्रकरणमा उपमहानगरपालिकाको कार्यालयले हालसम्म संलग्न व्यक्तिको पहिचान गर्न सकेको छैन भने नियन्त्रणमा राखिएकै समयमा भगाइएको एक्साभेटरको अवस्थाका बारेमा समेत कार्यालय अनविज्ञ छ । सरकारी टोलीले नियन्त्रणमा लिएर राखेकै ठाँउबाट सोमबार राति भगाइएको एक्साभेटरको अवस्था बुधवार साँझसम्म पत्ता लाग्न सकेको छैन ।

घटना सार्वजनिक भएपछि उपमहानगरपालिकाको कर्मचारीसहितको प्राविधिक टोलीले पहिलो र उपप्रमुख भोलाप्रसाद अधिकारीको टोलीले दोस्रो पटक स्थलगत निरीक्षण गरिसकेका छन् । पहिलो पटक निरीक्षणका लागि पुगेको योजना महाशाखा प्रमुख बालारम खड्का र ईन्जिनियर सञ्जीव रुपाखेतीसहितको टोलीले नियन्त्रणमा लिएर राखेको एक्साभेटर उपप्रमुख अधिकारीको टोली पुग्दा अज्ञात बनिसकेको थियो ।
कानुनविपरीत काम गरिरहेको अवस्थामा सरकारी टोलीले नियन्त्रणमा लिएको एक्साभेटर राखेकै ठाँउबाट भगाउदा समेत उपमहानगरपालिका, वडा कार्यालय र स्थानीय प्रहरीप्रशासन अनविज्ञ देखिन्छन् । सरकारी टोलीले नियन्त्रणमा लिएर राखेको एक्साभेटर रातारात भगाउनुले पनि माटो चोरी प्रकरण शंकास्पद बन्दै गएको छ ।
नम्बरी जग्गाको नाममा सिफारिस लिएर सार्वजनिक जग्गाबाट एक हजार भन्दा बढी टिपर माटो चोरी भएको घटनामा उपमहानगरपालिकाले हालसम्म स्पष्ट धारणा सार्वजनिक गरेको छैन । अनुगमनका लागि पुगको सरकारी टोलीले सार्वजनिक जग्गाबाट माटो चोरी भएको निष्कर्ष भने निकालिसकेको छ ।
अनुगमनपछि उपप्रमुख अधिकारी र ईन्जिनियर रुपाखेतीले अनियमित तरिकाले माटो उत्खनन् भएको बताउदै यस विषयमा अनुसन्धान जरुरी रहेको बताएका छन् । यता उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल पनि घटनाको अनुसन्धान भईरहेको बताउछन् ।

‘घटनालगत्तै अनुसन्धानको काम सुरु भईसकेको छ । हामी काम गरिरहेका छौं’ नगर प्रमुख पौडेलले भने ‘अनुसन्धानले दोषी देखाएको सबैलाई कारवाही हुन्छ । हामी बेथितिको अन्त्य गर्छौं । ’ नगर प्रमुख पौडेलले अज्ञात बनाइएको एक्साभेटर खोजीका लागि समेत प्रहरीप्रशासनसंग समन्वय भईरहेको बताए ।
के हो माटो चोरी प्रकरण?
जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले साविक फत्तेपुर गाविस वडा नं. ९ हाल जीतपुरसिमरा वडा नं. ११ को कित्ता नम्बर ३५ को पाँच बिगाह क्षेत्रफलको जग्गाबाट एक सय टिपर माटो व्यवसायिक बिक्रीका लागि भन्दै असोज ५ गते स्वीकृति प्रदान गरेको देखिन्छ । वडा नं. ११ का अध्यक्ष विन्दालाल साहले जग्गाधनी महमद दिन मिया चुरिहारले वडामा निवेदन दिएको जनाउदै असोज ४ गते अनुमति प्रदान गर्न उपमहानगरपालिकाको कार्यालयलाई सिफारिस गरेका थिए ।

उक्त सिफारिस लिएर नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष प्रेम बराल उपमहानगरपालिकाको कार्यालय पुगेका थिए । वडाले गरेको सिफारिसका आधारमा उपमहानगरपालिकाले मधेस प्र.०२-०३-००१ख ७६४७, मधेस प्र.०२-०३-००१ख २५९६, लु२ख ८६४२ नम्बरको तीन वटा टिपर, ना१क ६५६७ नम्बरको एउटा एक्साभेटर प्रयोग गर्न र ३६०४६.०८ घनफिट अर्थात एक सय टिपर माटो उत्खनन् गर्नका भन्दै ७० हजार राजश्व लिएर स्वीकृति प्रदान गरेको थियो ।
माटो उत्खनन्का लागि उपमहानगरपालिकाले एउटा एक्साभेटर प्रयोग गर्न अनुमति प्रदान गरेपनि सरकारी जग्गामा नम्बर समेत उल्लेख नभएका दुई वटा एक्साभेटर प्रयोग भएको पाइएको छ । दुई वटा एक्साभेटरमध्ये एउटा घटनास्थल नजिकै नियन्त्रणमा छ भने अर्को राखेकै ठाँउबाट भगाइएको छ । उक्त दुवै एक्साभेटर जीतपुरका व्यवसायी सुनिल गुप्ताको हो ।
यता सिफारिस प्रदान गर्नुअघि उपमहानगरपालिकाबाट ईन्जिनियर रुपाखेती जग्गाको स्थलगत निरीक्षणका लागि पुगेका थिए । निरीक्षणका लागि पुगेका रुपाखेतीलाई कित्ता नं. ३५ भन्दै कित्ता नं. ४२ देखाएको पाइन्छ । सिफारिस दिएको १० दिनपछि माटो चोरी प्रकरण सार्वजनिक हुन्छ । र घटनापछि पुनः स्थलगत निरीक्षणका लागि पुगेका रुपाखेती समेत चकित पर्छन् । उनले अनुमति प्रदान गर्नुअघि हेरेको जग्गा कित्ता नं. ३५ नभएर कित्ता नं. ४२ रहेको पुष्टि हुन्छ । ईन्जिनियर रुपाखेतीले वडाका जनप्रतिनिधि र केही स्थानीय आफै आएर जग्गा देखाएको बताउछन् । घटनामा उपमहानगरपालिकाबाट खटिएको प्राविधिकलाई समेत झुक्याएको देखिन्छ ।
उपमहानगरपालिकाका राजश्व शाखाका प्रमुख रमेश सुवेदीले माटो चोरी प्रकरणमा उपमहानगरपालिकाले गहिरिएर अनुसन्धान गर्ने बताए । कार्यालयलाई समेत झुक्याएर गरिएको उक्त गलत काममा संलग्न सबैलाई कारवाही हुने सुवेदीले बताए ।
अनुसन्धानमा हस्तक्षेप हुँदैनः नगर प्रमुख पौडेल
जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले माटो चोरी प्रकरणका सन्दर्भमा भईरहेको अनुसन्धानमा राजनीतिक हस्तक्षेप नहुने बताएका छन् । माटो प्रकरणमा आफ्नै पार्टीका नेता र वडाध्यक्षको नाम जोडिएको विषयमा आफूले अनुसन्धानलाई असहयोग हुने काम नगर्ने बताए ।
नगर प्रमुख पौडेलले संचारमाध्यम र सामाजिक संजालमा आउनुअघि नै स्थानीयले दिएको सूचनाका आधारमा आफूले घटनाको अनुसन्धान गर्न कर्मचारी परिचालन गरेको बताएका छन् । ‘संचारमाध्यम र सामाजिक संजालमा पछि आएको हो । हामीलाई त स्थानीयले पहिलानै जानकारी गराईसक्नुभएको थियो’ नगर प्रमुख पौडेलले भने ‘स्थानीयले जानकारी दिएलगत्तै मैले सत्यतथ्य बुझ्न कर्मचारी परिचालन गरिसकेको थिए ।’
बेथितिलाई निरुत्साहित गर्न सदैव आफ्नो प्रयास रहने भन्दै नगर प्रमुख पौडेलले घटनालाई राजनीतिसंग जोडेर पूर्वाग्रही नहुन समेत आग्रह गरेका छन् । पौडेलले सामाजिक संजालमा आएका टिकाटिप्पणी विशुद्ध राजनीतिक प्रहार रहेको बताए । नगर प्रमुख पौडेलले आफूसंगै र आफू आवद्ध दललाई बदनाम गर्ने नियतसहित टिकाटिप्पणी भईरहेको बताएका छन् । ‘कसैलाई जोगाउनु पर्छ भनेर होइन, बेथिति अन्त्य गर्न भनेर लागिरहेको छु’ नगर प्रमुख पौडेलले भने ।
‘चोरिएको माटो सेजमा बिक्री’
वडा नं. ११ को सार्वजनिक जग्गाबाट चोरी भएको माटो सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा निर्माणाधिन उद्योगमा बिक्री गरेको पाइएको छ । देशकै राष्ट्रिय गौरवको आयोजनामा पर्ने सेजभित्र निर्माण हुँदै गरेको पशुपति सेरामिक्स उद्योगले उक्त चोरीको माटो किनेको हो ।
चोरीको माटो सेजसम्म ल्याउने वातावरण बनाउन जनप्रतिनिधि, व्यवसायी, वडा नं. ११ का केही स्थानीय संलग्न देखिएका छन् । यता माटो चोरी प्रकरण सार्वजनिक भएपछि उपमहानगरपालिकाको कार्यालयले पशुपति सेरामिक्ससंग विवरण समेत माग गरिसकेको छ । तर उद्योगले हालसम्म उपमहानगरपालिकाको कार्यालयलाई विवरण उपलब्ध गराएको छैन् ।
टायलको उत्पादन गर्ने उदेश्यसहित करोडौंको लागतमा निर्माण हुँदै गरेको उक्त उद्योगलाई चोरीको माटो उपलब्ध गिरोह सक्रिय देखिएको छ । उक्त माटो भित्राउन सेजको मुख्य गेट नभई अस्थायी बाटोको प्रयोग गरेको पाइएको छ ।
माटोबाहेक सेजभित्र अनियमित तरिकाले नदीजन्य पदार्थ समेत भित्राएर भण्डारण गर्दै बिक्री गर्ने गरेको समेत देखिएको छ । उपप्रमुख अधिकारीले सेजको अनुगमन गर्दै उक्त बाटो बन्द गर्न निर्देशन दिईसकेका छन् ।
काठमाडौं, २४ असोज ।
राप्रपाले पदाधिकारी बैठक बोलाएको छ । कोशी प्रदेशमा नयाँ सरकार गठनमा निर्णायक मानिएको राप्रपाले सोही विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको हो ।
कोशी प्रदेशमा नयाँ सरकार गठनका विषयमा आवश्यक निर्णय लिन शुक्रबार बिहान ८ बजे बस्नेगरी पदाधिकारी बैठक बोलाएको पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
कोशी प्रदेशसभा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि शुक्रबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीको दाबी गर्न समय दिइएको छ ।
जनकपुरधाम, २४ असोज ।
नेकपा एमालेको मधेश प्रदेशको प्रथम अधिवेशन सुरु भएको छ । जनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति केन्द्रको भवनमा सुरु अधिवेशन सुरु भएको हो । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
२३५ सदस्य प्रदेश कमिटी चयन गर्न मधेश प्रदेशको आठवटै जिल्लाबाट खुला तथा विभिन्न क्लस्टरबाट एक हजार २७ प्रतिनिधि छनोट भएका छन् ।
प्रतिनिधि तथा नेताहरू बस्न २२ वटा होटल भाडामा लिइएको छ भने १०५ जना स्वयंसेवक परिचालन गरिएको एमाले मधेश प्रदेशले जनाएको छ ।
हेमन्त केसी ,सुर्खेत, २५ असाेज ।
कर्णाली प्रदेश सरकारले भदौ र असोजमा अविरल वर्षासँगै आएको हावाहुरीले बाली, पशुचौपायमा भएको क्षतिको राहत दिनका लागि ६ करोड रुपैया उपलब्ध गराउने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकको निर्णयअनुसार नेपाल बार एशोसियनको नियमित बार्षिक साधारणसभाको लागि १५ लाख दिने निर्णय समेत भएको छ ।
असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिय स्थित प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परि मृत्यु हुने कर्णाली प्रदेशका नागरिकका परिवारलाई ३० लाख उपलब्ध गराउने निर्णय समेत गरिएको छ ।
काठमाडौं, २४ असोज ।
सरकारले नेपाली विद्यार्थीको उद्धारका लागि बुधबार द्वन्द्वग्रस्त इजरायलमा विमान पठाउने भएको छ । गत शनिबारबाट हमासको आक्रमणमा परेको इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि बुधबार राति ११ बजे नेपाल वायुसेवा निगमको जहाज त्यसतर्फ जान लागेको हो ।
नेपाल एयरलाइन्सको जहाज बुधबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईलाई ट्रान्जिट बनाएर इजरायल जाने भएको छ ।
यसअघि बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्यटनमन्त्री सुदन किराँतीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर नेपालीको उद्धारका लागि जहाज तत्काल इजरायल पठाउने व्यवस्था गर्न निर्देशन दिएका थिए ।
काठमाडौं, २४ असोज ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एचई डानियल म्युली शिष्टचार भेटबार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आज नवनियुक्त स्विस राजदुतसँग भेटबार्ता भएको हो ।
प्रधानमन्त्री प्रचण्डले आज सो अवसरमा नेपाल र स्वीट्जरल्याण्डबीचको द्विपक्षीय सहयोगका विषयमा छलफल गरेको उनको सचिवालयले जानकारी दिएको छ ।
काठमाडौ, २४ असोज ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रभावशाली नेता आम जनता पार्टीमा प्रवेश गरेका छन् ।
चितवन जिल्लाका रास्वपाका पुर्व सभापति धर्मेन्द्र सापकोटा आज आम जनता पार्टीमा प्रवेश गरेका हुन ।
आजपाका अध्यक्ष प्रभु साहले उनलाई टिका र खादा लगाएर पार्टीमा स्वागत गरेको सो पार्टीका कार्यालय सचिव बालकृष्ण सापकोटाले जानकारी दिए ।
उनका अनुसार चितवन जिल्ला भरतपुर निवासी सापकोटा विगत १५ बर्ष देखि विभिन्न टेलीभिजनमा प्रमुख कार्यकारी भएर काम गर्दै आएका एक बौद्धिक व्यक्तित्वको रुपमा परिचित रहेका छन ।
विद्यमान पुरानो पार्टीहरु देश बर्बाद गर्न लागि परेकोले देश बचाउन आम जनता पार्टीको आवश्यकता महसूस गरेर यो पार्टीमा प्रवेश गरेको उनले प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।
काठमाडौं, २४ असोज ।
सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणबाट नेपाल फर्किएका छन् ।
झन्डै दुइ साता अमेरिकामा बिताएका अध्यक्ष यादव मंगलबार राती स्वदेश फर्किएका हुन् । अध्यक्ष यादव गत असोज १२ गते अमेरिका गएका थिए ।

एशोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा) को सातौं अधिवेशनमा सहभागी हुनका लागि उनी अमेरिका गएको जसपा नेपालले जनाएको थियो । तर, अमेरिकामा रहेको सो कार्यक्रम बिबादित बनेको थियो, त्यस संस्थामा आबद्ध एउटा पक्षले भने बिरोध र आपत्ति जनाएको थियो । यद्धपी, अध्यक्ष यादवले निमन्त्रणा अनुसारको कार्यक्रममा सहभागी भएर स्वदेश फर्किएका हुन ।
अमेरिकास्थित बिभिन्न संघ संस्थाले आयोजना गरेका विभिन्न अन्तरक्रिया कार्यक्रममा पनि उनको सहभागीता रहेको थियो ।
इन्दीप कोइराला,बारा, २३ असोज ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–११ मा निजी जग्गाको स्वीकृति लिएर सरकारी जमिनबाट ठूलो परिमाणको माटो चोरी गर्दै उद्योगमा बिक्री गरिएको घटना सार्वजनिक भएको छ । निजी जग्गाबाट एक सय टिपर माटो उत्खनन गर्न नगरपालिकाबाट अनुमति पाएका स्थानीय महमद दिन मियाँ चुरिहारले सरकारी जग्गाबाट १ हजार टिपरभन्दा बढी माटो चोरेर बिक्री गरेका हुन् ।
हालको बजार मूल्यअनुसार उक्त माटोको मूल्य ५० लाखभन्दा बढी हुन आउँछ । उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय र कार्यालयका प्राविधिकलाई समेत झुक्याएर सरकारी जग्गाको माटो जीतपुरसिमरा–४ स्थित विशेष आर्थिक क्षेत्र (सेज) मा सञ्चालित पशुपति सेरामिक्स उद्योगमा चोरी बिक्री गरेको घटना बाहिरिएको हो ।
नम्बरी जग्गाबाट व्यावसायिक प्रयोजनको लागि भन्दै नगरपािलकाबाट अनुमति लिएर सरकारी जग्गाबाट माटो चोरी गरी बिक्री भएको घटना बाहिर आएपछि स्थानीय जनप्रतिनिधिकै संरक्षण र निर्देशनमा माटो चोरी भएको भन्दै कारबाहीको माग हुन थालेको छ । माटो चोरी गरी बिक्री गर्ने काममा वडा नम्बर ११ का जनप्रतिनिधि र स्थानीय राजनीतिक दलका केही कार्यकर्ताहरुको संलग्नता रहेको देखिएको छ ।
साविक फत्तेपुर गाविस वडा नम्बर ९ हाल जीतपुरसिमरा वडा नम्बर ११ स्थित कित्ता नम्बर ३५ को पाँच बिगाह क्षेत्रफलको जग्गाबाट एक सय टिपर माटो व्यावसायिक बिक्रीका लागि चुरिहारले नगरपालिका कार्यालयबाट अनुमति लिएका थिए । तर, उनले अनुमति पाएकोभन्दा फरक कित्ता नम्बर ४२ को १८ बिगाह जग्गामध्ये दुई बिगाह जग्गाबाट एक हजार टिपरभन्दा बढी माटो उत्खनन् गरी बिक्री गरेको पाइएको छ ।
चुरिहारको माग बमोजिम वडा नम्बर ११ को कार्यालयले स्वीकृति प्रदानका लागि असोज ४ गते नगर कार्यालयलाई सिफारिस गरेको थियो । वडाको सिफारिस लिएर नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष प्रेम बराल कार्यालय पुगेका थिए ।
सोही सिफारिस पत्रको आधारमा कार्यालयले प्राविधिक मूल्याङ्कनसमेत नगरी माटो बिक्रीका लागि स्वीकृति प्रदान गरेको थियो । यस क्रममा स्थलगत अध्ययनको लागि नगरपालिकाबाट खटिएको प्राविधिक टोलीलाई वडाका जनप्रतिनिधिले कित्ता नम्बर ३५ भन्दै हाल उत्खनन् गरिएको जग्गा कित्ता नम्बर ४२ को सरकारी जग्गा देखाएका थिए ।

सो जग्गा नगरपालिका मताहातको ऐलानी पर्ती हो । नगरपालिकाले मियाँका बुबा हसिना चुरिहारको नाममा ७० लाख राजश्व लिएर असोज ५ गते माटो उत्खननको लागि स्वीकृति दिएको थियो ।
यता, घटना बाहिर आएपछि नगरपालिकाको प्राविधिक टोलीले सो क्षेत्रको पुनः अनुगमन गरेको छ । स्वीकृति लिएकोभन्दा फरक स्थान र बढी परिमाणमा माटो उत्खनन् भएको पाइएको इन्जिनियर सञ्जीव रुपाखेतीले बताए ।
टोलीले माटो उत्खनन् गरिरहेको एउटा एक्साभेटरलाई समेत नियन्त्रणमा लिएको छ । गैरकानुनी रुपमा बिक्री भएको पाइएपछि कार्यालयले माटो खरिद गर्ने पशुपति सेरामिक्स उद्योगसँग सोकोे विवरण माग गरेको प्रमुख प्रशासकीय अधिकृत बेदराज फुयालले जानकारी दिए ।
इन्दीप कोइराला ,काठमाडौँ, २३ असोज ।
देशको प्रमुख प्रशासनिक केन्द्र हो, सिंहदरबार । यही सिंहदरबारमा देशभरका जनप्रतिनिधि आ–आफू अनुकुलका कर्मचारीको माग गर्दै आउने गर्छन् । यस्तै रौतहटको कटहरिया नगरपालिकाका प्रमुख अजय प्रकाश पनि प्रमुख प्रशासकीय अधिकृतको विषय लिएर सिंहदरबार पुगे ।
सिंहदबारभित्र रहेको नेपाली कांग्रेस संसदीय दलको चमेना गृहमा कटहरिया नगर प्रमुख प्रकाश र कटहरिया नगरपालिकाका वडा ५ का स्थानिय दीपक कुमार दुबेबी प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर हातहालाको अवस्था सृजना भयो । नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कसलाई लैजाने भन्ने विषयमा विवाद हुँदा उनीहरुबीच हातहालको अवस्था सृजना भएको हो ।
सामान्य प्रशासन मन्त्रालय कर्मचारी महाशाखाको सहसचिव सुमन दाहालसँगको छलफलमा नगर प्रमुख प्रकाशलले वरिष्ठ कर्मचारी छाडेर पाँचौं तहको कमर्चारीलाई निमित्त रुपमा निर्णय गराउन चाहेको र अन्य कार्यपालिका सदस्यले मेयरको प्रस्तावलाई अस्वीकार गरी नगरपलिकाको वरिष्ठ कर्मचारीलाई नै निमित्तको जिम्मेवारी दिनुपर्ने भन्ने विषयले विवादले हुँदा उनीहरुबीच हातहालाको अवस्था आएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाहिर दुवै पक्षबीच भनाभन सुरु भएको थियो ।
कांग्रेसबाट निर्वाचित मेयर अजय प्रकाशले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट नगरपालिकामा कार्यरत पाँचौं तहका कबिर देवानलाई निमित्तको रुपमा लैजान चाहेका थिए । तर, दुबेले सोही पालिकामा अरु नै वरिष्ठ रहेको हुँदा देवानलाई निमित्त दिनुहुन्न भन्ने विषयमा अडान लिए । दुवैबीचको अडानल विवाद सुरु भएको हो ।
विवाद चर्किंदै जाँदा हात हालाहालको अवस्थामा मेयरले ज्यान मार्ने गरी दीपक कुमार दुबेको करिब ३० सेकेन्ड जाती घाँटी न्याँक्दा त्यहाँ रहेका व्यक्तिले उनीहरुलाई छुट्याएका थिए ।
यो घटना यतिकैमा रोकिएन । नेपाली कांग्रेस संसदीय दलको चमेना गृहमा फेरि दुवै पक्षबीच पुनः भनाभन र हात हालाहाल भएपछि सिंहदरबार प्रहरी सुरक्षा गणको प्रहरी निरीक्षक टोलीले दुवै पक्षलाई नियन्त्रण लिई छलफलका लागि लागेका थिए ।
दीपक कुमार दुबेले भने, ‘सिंहदरबारभित्र नै असुरक्षित छ ? प्रमुखज्यूले मेरो ज्यान मार्ने प्रयास सिंहदरबारभित्र नै गर्नु भयो । सिंहदरबार कति सुरक्षित छ ? उहाँसँग रहेका नगरपालिकाका कर्मचारी सुरेन्द यादव र कबिर देवानले मेरो हात समाते र मेयर अजय प्रकासले मेरो घाँटी न्याँक्के । धन्न त्यहाँ अरु पनि थिए र मलाई उद्धार गरे । नत्र त्यहाँ जे पनि हुन्थ्यो । सिंहदरबार कति सुरक्षित छ?’
यता नगरप्रमुख अजय प्रकाशले दीपक कुमार दुबे नगरपालिकाको व्यक्ति नभएको दाबी गर्छन् । ‘कटहरिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कसलाई लैजाने भन्ने विषयमा उनलाई कुनै मतलब बिषय थिएन । तर, उनी जबरजस्ती आफैं विवाद गर्न आए,’ उनले भने, ‘हो, हामीबीच विवाद चर्किंदै जादा हात हालाहाल भएको । तर, यसको सुरु दुबेले गरे । उनले आफुसंग भएको होलमेटले मलाई आक्रमणको प्रयास गरेपछि मेलै प्रतिवाद गरेको हुँ ।’
काठमाडौं, २३ असोज ।
नेपाली कांग्रेसले कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमै सरकार बनाउने निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवा निवास धुम्बराहीमा मंगलबार बसेको पार्टीको पदाधिकारी, पूर्वपदाधिकारीसहित नेताहरुको बैठकले कोशी प्रदेशमा संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमै सरकार बनाउने र यसका लागि आवश्यक पहल गर्ने निर्णय गरेको हो ।
राप्रपाको सहयोग लिएर थापाको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार थापाको नेतृत्वमा सरकार बनाउने विषयमा पार्टीभित्र मतभेद छैन ।
धनगढी, २३ असाेज ।
सहमतिमा अध्यक्ष टुग्याउने प्रयत्न गरिएको सुदूरपश्चिम प्रदेशमा एमालेका चारजनाले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
उम्मेदवारी दिनेमा प्रदेश कमिटीका वर्तमान उपाध्यक्ष कमल तिमिल्सिना, प्रदेश सचिवालय सदस्य कृष्णप्रसाद जैसी, भरतबहादुर साउद र बचनबहादुर सिंह रहेका छन् । उम्मेदवारी दिने चार मध्य वचन बहादुर सिंह कञ्चनपुरका हुन् भने बाँकी तीन जना अछामका रहेका छन् ।
निर्वाचन समितिले मंगलबार बिहान ७ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको थियो। अहिले पनि उम्मेदवारी दर्ता भइरहेको छ।
साढे ११ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको प्रमुख निर्वाचन अधिकृत पदम पालले जानकारी दिए। उम्मेदवारी फिर्ता गर्न निर्वाचन समितिले साढे १२ बजेदेखि २ बजेसम्मको समय दिएको छ।
निर्वाचन तालिकाअनुसार मंगलबार दिउँसो साढे २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। निर्वाचन समितिले दिउँसो साढे २ बजे अन्तिम नामावली प्रकाशन गर्ने र बेलुकी ५ बजेदेखि मतदान सुरू गर्ने बताएको छ।
काठमाडौं, २३ असोज ।
नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ ।
सत्तारुढ कांग्रेसको संसदीय दलको बैठक नयाँ बानेश्वर संघीय संसद भवनमा बस्नेछ ।
आज बस्ने बैठकमा विद्युत् सम्बन्धी विधेयक, शिक्षा बिद्येयक मुलुकको समसामयिक राजनीतिक अवस्था तथा इजरायलमा भएको आक्रमण र त्यसबाट इजरायलमा रहेका नेपाली नागरिकले झेल्नु परेको समस्याका बारेमा छलफल हुनेछ ।
आजको छलफल पछि सो विधेयकका बारेमा पार्टीले आफनो धारणा र दृष्टीकोण प्रस्तुत गर्ने तथा आवाश्यकता अनुसार संशोधन प्रस्ताव राख्ने कांग्रेसको तयारी छ।
काठमाडौं ।
राष्ट्रियसभाको बैठक बस्दै छ ।
संङघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजेर बोलाइएको छ ।
संङघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा राष्ट्रियसभा सदस्य प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत गर्नेछन ।
साथै बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘विधायन सम्बन्धी विधेयक, २०८० दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस’ भन्ने प्रस्ताव गर्ने कार्यसूचीमा उल्लेख छ ।
हेमन्त केसी,सुर्खेत, २३ असाेज ।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन अन्त्य भएको छ। हिजाे सोमबार राति १२ बजेदेखि लागू हुने गरी चालु अधिवेशन अन्त्य भएको हो।
कुल ५४ घण्टा बसेको अधिवेशनले दुई वटा मात्र (कर्णाली प्रदेश प्रतिष्ठान विधेयक र प्रदेश निजामती कर्मचारी विधेयक) बनाएको छ। यी दुवै विधेयक संसदबाट सर्वसम्मत रुपमा पारित भएका छन्।
विधेयकमध्ये कर्णाली प्रदेश प्रतिष्ठान विधेयक प्रदेश प्रमुख तिलक परियारले प्रमाणित गरेर कानुनका रुपमा लागू भइसकेको छ। सोमबारको बैठकले पारित गरेको प्रदेश निजामती कर्मचारी विधेयक भने प्रदेश प्रमुखले प्रमाणित गरेपछि कानुनको रुपमा लागू हुनेछ।
कर्णाली प्रदेश खेलकुद विकास ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेशको विद्युत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक थप छलफलका लागि विषयगत समितिमा पठाइएको छ।
प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशनमा कुल ३९ बैठक बसेका सभामुख नन्द गुरुङ्गले जानकारी दिइन्। दोस्रो अधिवेशन गत जेठ १० गते सुरु भएको थियो।
दोस्रो अधिवेशनमै गत जेठ १४ गते प्रदेशसभाका मिनी संसदहरु (विषयगत समिति)ले नेतृत्व पाएका थिए। कुल ५४ घण्टा बसेको अधिवेशन मध्ये सबैभन्दा लामो २३ औं बैठक ३ घण्टा ३५ मिनेट र सबैभन्दा छोटो ३८ औं बैठक ७ मिनेट २३ सेकेन्ड बसेको थियो।
यही अधिवेशनले प्रदेशको नीति तथा कार्यक्रम र बजेट पास गरेको थियो।
धनगढी, २३ असोज ।
नेकपा एमाले सुदुर पश्चिम प्रदेशको भावी नेतृत्वका लागि आज मतदान हुदैँछ ।
सुदुरपश्चिम प्रदेशका भावी नेतृत्वको लागि सहमतिको प्रयास सफल नभए पछि निर्वाचन समितिले आज मतदान गराउन लागेको हो । जसअनुसार आज साँझ ५ बजे देखी मतदान सुरु हुनेछ ।
प्रमुख निर्वाचन अधिकृत पदम पालले सार्बजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार हिजो साँझ ६ बजे मतदाता नामावली प्रकाशन गरिएको थियो भने राती ९ बजेसम्म उम्मेदवार दर्ता फारम बितरण गरिएको थियो ।
निर्वाचन कार्यतालिका अनुसार आज बिहान ७ बजे देखी ९ः३० बजेसम्म उम्मेदवारी दर्ता, ११ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन तथा दिउसो २ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने साँझ ६ बजेबाट मतदान सुरु हुुनेछ ।
गत आइतवार अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको सो अधिवेसनको भावी नेतृत्वका लागि सर्वसम्मतको हिजो दिनभरी प्रयास गरिएको भए पनि सफल नभए पछि हिजो साँझबाट नै निर्वाचन प्रक्रिया अघि बढाईएको हो ।
प्रदेश अध्यक्षका लागि अछामका दुईजनाले दाबेदारी प्रस्तुत गरेका छन, जसअनुसार अछामका कृष्ण प्रसाद जैशी र कमल तिमिल्सिना रहेका छन भने कञ्चनपुरका वचन सिंहले पनि अध्यक्षमा दाबी गर्दै आएका छन । मुलतः तीन जना बिचमा प्रतिस्पर्धा हुने देखिएको छ ।
काठमाडौं, २२ असोज ।
नेकपा एमालेले इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणको घटनाप्रति निन्दा र भर्त्सना गरेको छ ।
‘इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासद्वारा शनिबार अचानक गरिएको आक्रमणको घटनाप्रति हाम्रो पार्टी नेकपा (एमाले) निन्दा र भर्त्सना गर्दछ,’ सोमबार अध्यक्ष केपी शर्माले ओलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष ओलीले हमासको आक्रमणबाट १० जना नेपाली विद्यार्थीको निधन भएकोमा दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण र शोकाकुल परिवारजनमा गहिरो समवेदनाका व्यक्त गरेका छन् ।
साथै उनले घटनामा परी घाइते हुनुहुनेहरूको तत्काल उपचार, अफ्ठ्यारोमा परेकाहरूलाई उद्धार तथा ज्यान गुमाउनु हुनेहरूको शव स्वदेश ल्याई परिवारलाई बुझाउने सुनिश्चितताका लागि फेरि नेपाल सरकारसमक्ष जोडदार माग गरेका छन् ।
विज्ञप्ति :
२२ असोज, २०८०
इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासद्वारा शनिबार अचानक गरिएको आक्रमणको घटनाप्रति हाम्रो पार्टी नेकपा (एमाले) निन्दा र भर्त्सना गर्दछ । निर्दोष नागरिक, बृद्धबृद्धा र बालबालिकाको हत्या र अपहरण जस्ता अमानवीय कार्यले प्यालेस्टिनी जनताले उठाउँदै आएको समस्या समाधान गर्दैन बरु थप बढाउन मद्दत गर्छ भन्ने हाम्रो पार्टीको ठम्याइ छ ।
नेकपा (एमाले) घटनामा परी निधन हुनेहरूप्रति श्रद्धाञ्जलीका साथै समस्त आफन्तजनप्रति समवेदना व्यक्त गर्दछ । यस आक्रमणमा नेपालीहरूको पनि ज्यान जानुका साथै ठूलो सङ्ख्यामा घाइते भएको समाचार आइरहेका छन् । कयौं अफ्ठ्यारो परिस्थितिमा परेको सूचना आइरहेका छन् ।
हामी यस घटनाबाट ‘लर्न एण्ड अर्न’ योजनाअन्तर्गत इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न जानुभएका विभिन्न विश्व विद्यालयका विद्यार्थीमध्ये १० जनाको निधन भएकोमा अत्यन्त दुःखित छौँ । मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै दशैँको मुखमा भएको यस पीडादायक घटनाबाट शोकमा पर्नुभएका परिवारजनमा गहिरो समवेदनाका व्यक्त गर्दछु । हामी सबै शोकमा छौँ । म सबैमा धैर्यधारण गर्न आग्रह गर्दछु ।
घटनामा परी घाइते हुनुहुनेहरूको तत्काल उपचार, अफ्ठ्यारोमा परेकाहरूलाई उद्धार तथा ज्यान गुमाउनु हुनेहरूको शव स्वदेश ल्याई परिवारलाई बुझाउने सुनिश्चितताका लागि म फेरि नेपाल सरकारसमक्ष जोडदार माग गर्दछु ।
केपी शर्मा ओली
अध्यक्ष
काठमाडौं, २२ असोज ।
काठमाडौं जिल्ला अदालतमा सोमबारदेखि पारिवारिक इजलास सुरु गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक इजलासको शुभारम्भ गरेका हुन् ।
प्रधानन्यायाधीश श्रेष्ठले आगामी दिनमा अन्य अदालतमा पनि परिवारिक इजलास विस्तार गरिने जानकारी दिए ।
पारिवाररिक इजलासबाट महिलावादी अंश, नाता, घरेलु हिंसा, बालबालिकाका हित, सरोकार र हेरचाहसम्बन्धी मुद्दाको चाँडै न्याय निरूपण गर्न सहज हुने अपेक्षा गरिएको छ ।
काठमाडौं, २२ असोज ।
हमासको आक्रमणमा परेको इजरायलबाट नेपालीलाई उद्धार गर्न राप्रपाले माग गरेको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले इजरायलमा रहेका रहेका नेपालीहरुको विवरण संकलन गर्न, उनीहरुको अवस्थाबारे सत्यतथ्य जानकारी दिन, घाइतेको उपचार गर्न, बेपत्ता रहेकाको अवस्था पत्ता लगाउन कुटनैतिक पहल गर्न, जोखिमपूर्ण क्षेत्रमा रहेका नेपालीको उद्धार गर्न एवं स्वदेश फर्कन चाहनेहरुलाई आवश्यक प्रबन्ध मिलाउन नेपाल सरकार र नेपाली दूतावास इजरायलको ध्यानाकर्षण गराएका हुन् ।
साथै हमासको आक्रमणमा परेर ज्यान गुमाएका १० नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त गर्दै उनले आक्रमणको निन्दा गरेका छन् ।
प्रेस विज्ञप्ति
सिक्दै कमाउँदै कार्यक्रम (Learn & Earn)अन्तर्गत इजरायलमा रहेका १० जना नेपालीले हमासको आक्रमणमा परेर अनाहकमा ज्यान गुमाउनु परेको घटनाबाट अत्यन्तै दुःखी र मर्माहत भएको छु ।
राष्ट्रिय प्रजातन्त्र पार्टी निहत्था र निर्दोषहरुमाथिको हमलाको निन्दा गर्दछ । हमास आक्रमणका कारण निधन भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
निधन भएकाहरुको शव यथासक्य चाँडो नेपाल ल्याउन आवश्यक प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउँदछु । साथै, इजरायलमा रहेका नेपालीहरुको विवरण संकलन गर्न, उनीहरुको अवस्थाबारे सत्यतथ्य जानकारी दिन, घाइतेको उपचार गर्न, बेपत्ता रहेकाको अवस्था पत्ता लगाउन कुटनैतिक पहल गर्न, जोखिमपूर्ण क्षेत्रमा रहेका नेपालीको उद्धार गर्न एवं स्वदेश फर्कन चाहनेहरुलाई आवश्यक प्रबन्ध मिलाउन नेपाल सरकार र नेपाली राजदुतावास इजरायलको ध्यानाकर्षण गराउँदछु।
राजेन्द्र लिङदेन
अध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी
काठमाडौं, २२ असोज ।
इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहत लगायतका विषयमा छलफल गरी निर्णयमा पुग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदको विशेष बैठक बोलाएका छन ।
सोमबार अपरान्ह ४ बजे सिंहदरबारमा बोलाइएको बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीहरूको अवस्था, नेपाली नागरिकलाई स्वदेश फिर्तिका लागि सरकारले चाल्नुपर्ने कुटनीतिक पहल, प्राविधिक व्यवस्थापन लगायतका विषयमा छलफल हुनेछ।
मन्त्रिपरिषदको बैठकपछि प्रधानमन्त्रीले बेलुका ५ बजे सिंहदरबारमा नै सर्वदलीय बैठक बोलाएका छन । बैठकमा इजरायलमा विकसित परिस्थिति र नेपाली नागरिकहरूको सुरक्षा र हितसम्बन्धी विषयमा छलफल हुनेछ।
नेपाली समयअनुसार शनिबार बिहान इजरायलमा भएको आक्रमणपछि प्रधानमन्त्रीले लगातार घटनाप्रति चासो राख्दै सरकारको तर्फबाट आवश्यक पहल गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार प्रधानमन्त्रीले इजरायल हमास युद्धले निम्त्याएको संकट र नेपाली नागरिकहरूमा देखिएको त्रास तथा उनीहरूको उद्दार र नेपाल फिर्तिका लागि कुटनीतिक पहल गरिरहेका हुन । सो सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले असोज २० गते घटनाको भर्त्सना गर्दै नेपाली नागरिकका परिवारमा सहानुभूति प्रकट गरेका थिए । प्रधानमन्त्रीले इजरायलस्थित नेपाली दुतावासमा घाइते नेपाली नागरिकको अवस्था बुझी उद्दारका लागि पहल लिन परराष्ट्र मन्त्रालयमार्फत निर्देशन दिईसकेका छन ।
इजरायल–हमास युद्धमा परेका र फसेका नेपालीहरूको अवस्थाबारे एकीन गर्न र उनीहरूको उद्दार गर्नका लागि आइतबार बिहान प्रधानमन्त्रीले बालुवाटारमा उपप्रधानमन्त्री रक्षा, उपप्रधानमन्त्री गृह, परराष्ट्रमन्त्री, शिक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, परराष्ट्र सचिव र सुरक्षा अङ्गका प्रमुखहरूको आकस्मिक बैठक बोलाएका थिए ।
सो बैठकले माननीय परराष्ट्रमन्त्री एनपी साउदको संयोजनमा परराष्ट्र, शिक्षा लगायत सम्बन्धित मन्त्रालयका प्रतिनिधि, सुरक्षा अङ्गका प्रतिनिधि, विदेशस्थित दूतावास, नियोग सहभागी एक र्यापिड एक्सन टिम गठन गर्यो। उक्त टीमको बैठकले उद्दार र नेपाली फीर्तिसम्बन्धी आवश्यक गृहकार्य गरिरहेको छ।
सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपाली नागरिकहरूलाई फिर्ता ल्याउने प्रयोजनका निम्ति लगत संकलन र द्रूत सूचना संयन्त्रसमेत खडा गरिसकेको छ।
काठमाडौं, २२ असोज ।
इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहत लगायतका विषयमा छलफल गरी निर्णयमा पुग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदको विशेष बैठक बोलाएका छन ।
सोमबार अपरान्ह ४ बजे सिंहदरबारमा बोलाइएको बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीहरूको अवस्था, नेपाली नागरिकलाई स्वदेश फिर्तिका लागि सरकारले चाल्नुपर्ने कुटनीतिक पहल, प्राविधिक व्यवस्थापन लगायतका विषयमा छलफल हुनेछ।
मन्त्रिपरिषदको बैठकपछि प्रधानमन्त्रीले बेलुका ५ बजे सिंहदरबारमा नै सर्वदलीय बैठक बोलाएका छन । बैठकमा इजरायलमा विकसित परिस्थिति र नेपाली नागरिकहरूको सुरक्षा र हितसम्बन्धी विषयमा छलफल हुनेछ।
नेपाली समयअनुसार शनिबार बिहान इजरायलमा भएको आक्रमणपछि प्रधानमन्त्रीले लगातार घटनाप्रति चासो राख्दै सरकारको तर्फबाट आवश्यक पहल गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार प्रधानमन्त्रीले इजरायल हमास युद्धले निम्त्याएको संकट र नेपाली नागरिकहरूमा देखिएको त्रास तथा उनीहरूको उद्दार र नेपाल फिर्तिका लागि कुटनीतिक पहल गरिरहेका हुन । सो सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले असोज २० गते घटनाको भर्त्सना गर्दै नेपाली नागरिकका परिवारमा सहानुभूति प्रकट गरेका थिए । प्रधानमन्त्रीले इजरायलस्थित नेपाली दुतावासमा घाइते नेपाली नागरिकको अवस्था बुझी उद्दारका लागि पहल लिन परराष्ट्र मन्त्रालयमार्फत निर्देशन दिईसकेका छन ।
इजरायल–हमास युद्धमा परेका र फसेका नेपालीहरूको अवस्थाबारे एकीन गर्न र उनीहरूको उद्दार गर्नका लागि आइतबार बिहान प्रधानमन्त्रीले बालुवाटारमा उपप्रधानमन्त्री रक्षा, उपप्रधानमन्त्री गृह, परराष्ट्रमन्त्री, शिक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, परराष्ट्र सचिव र सुरक्षा अङ्गका प्रमुखहरूको आकस्मिक बैठक बोलाएका थिए ।
सो बैठकले माननीय परराष्ट्रमन्त्री एनपी साउदको संयोजनमा परराष्ट्र, शिक्षा लगायत सम्बन्धित मन्त्रालयका प्रतिनिधि, सुरक्षा अङ्गका प्रतिनिधि, विदेशस्थित दूतावास, नियोग सहभागी एक र्यापिड एक्सन टिम गठन गर्यो। उक्त टीमको बैठकले उद्दार र नेपाली फीर्तिसम्बन्धी आवश्यक गृहकार्य गरिरहेको छ।
सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपाली नागरिकहरूलाई फिर्ता ल्याउने प्रयोजनका निम्ति लगत संकलन र द्रूत सूचना संयन्त्रसमेत खडा गरिसकेको छ।
काठमाडौं, २२ असोज ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इजरायलमा जारी युद्धमा परी मृतक भएका नेपालीको शव र घाइतेहरुको यथाशिघ्र उद्धार गरी नेपाल ल्याउनु पर्ने बताएका छन ।
अतिवादी समुह हमासद्धारा इजरायलमा गराईएको आक्रामणमा परी १० नेपालीको ज्यान गए पछि एमाले अध्यक्ष ओलीले सरकारसँग सो आग्रह गरेका हुन ।
‘नेपालबाट ‘लर्न एन्ड अर्न’ योजनामा इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका नेपाली विद्यार्थीको आक्रमणमा परी ज्यान गयो, दशैंको मुखमा सन्तान गुमाउनुको पीडा भोग्नु भएका परिवार र आफन्तजनलाई सम्हालिन कठिन भएको छ, हामी सबै शोकमा छौं,’ ओलीले भनेका छन्, ‘घाइतेको तत्काल उद्दार गर्न, बन्धक बनाइएकाहरुको रिहाइ र मृतकको शब ल्याउने यथाशीघ्र प्रबन्ध गर्न सरकारको ध्यान जाओस्। ज्यान गुमाएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली, परिवारजनमा समवेदना ।’
इजरायलमाथी अतिवादी समुह हमासले अचानक गरेको आक्रामणमा सयौंको ज्यान गएको छ भने दुवै पक्षबिच भिडन्त अझै पनि जारी छ ।
काठमाडाैं, २२ असाेज ।
प्रतिनिधिसभाकाे बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ, बैठक दिउँसाे ३ः३० बजे बाेलाइएकाे छ ।
संङघीय संसद सचिवालयले सार्बजनिक गरेकाे सम्भावित कार्यसुची अनुसार उर्जा, जलस्राेत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले बिधुत बिधयेक २०८० माथी बिचार गरियाेस भन्ने प्रस्ताव माथीकाे छलफलमा उठेका प्रश्नहरूकाे जवाफ दिनेछन् ।
साथै, सभामुख देवराज घिमिरेले बिधुत बिधयेक २०८० माथी बिचार गरियाेस भन्ने प्रस्तावलाइ निर्णयार्थ प्रस्तुत गर्ने कार्यसुचीमा उल्लेख छ।
सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार सबन्धी पत्रकाे ब्याेहाेरा पढेर सुनाउने संसद सचिवालयले जनाएकाे छ ।
धनगढी,२१ असोज ।
नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले सरकार तस्करबाट कमिसन खान तल्लीन भएको आरोप लगाएका छन् । ९ केजि सुनलाई दुई किलो देखाएको भन्दै उनले बाँकी ७ किलोमा सरकारले कमिसन खाएर छाडेको आरोप लगाए ।
सरकार तस्करलाई संरक्षण दिएर कमिसन खान तल्लिन रहेको र बाहिर भ्रष्ट्राचार अन्त्य गछौं भन्दै जनताको आँखामा छारो हाल्ने गरेको उनको भनाई छ । उनले एक क्वीन्टल सुन ६० किलो हुनुमा पनि सरकारको मिलोमतो रहेको बताए ।
सरकारले भ्रष्ट्राचारी र तस्करी गराएको अरोप लगाए । त्यही कारण एक क्वीन्टल सुन प्रकरणमा छानविन समिति बनाऔं भन्दा सरकारले एक महिना लगाएको बताए ।
ललिता निवास काण्डमा जमिन कब्जा गर्नेलाई नभई किन्नेलाई कारवाही गरेको भन्दै उनले ललिता निवास प्रकरणलाई नै कृत्य गर्न खोजिएको आरोप लगाए ।
जनता आर्थिक मन्दिको मार खेपि रहेको वेला प्रधानमन्त्री तृर्थ भ्रमण गर्न तल्लीन रहेको ओलीलेका आरोप छ । ‘कहीले गेरु बस्त्र धारी भएका छन्, महिले मानसरोवर घुमेका छन्,’ अध्यक्ष ओलीले भने, ‘जनता दिन प्रतिदिन समस्यामा परिरहेका छन्, सरकारले ती समस्या हेर्न पनि चाहेको छैन ।’
धनगढी, २१ असोज ।
नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन उद्घाटन शत्रमा अध्यक्ष केपी शर्मा ओली बोली रहँदा कार्यकर्ताले भीमरावल जिन्दाबाद भन्दै नारा लगाएका छन् ।
ओली बोल्ने क्रममाफ्लोरबाट भीमरावल जिन्दाबाद भन्दै नारा लागेको हो । ती कार्यकर्तालाई वरिपरिका सहभागिले शान्त गराएका थिए । मञ्चमा बोल्दै गरेका ओलीले भने रावलको नाम लगेका छैनन् । नारालाई थामथुम पार्न ओलीले ‘चुप लाग्नुस् त साथीहरु’ भन्दै धम्काउने प्रयास गरेका थिए ।
त्यसपछि उनले भीम रावललाई लक्षित गर्दै गल्तीलाई क्षेमागर्ने र काममा फर्काउन सकिने बताए । तर त्यसका लागि गल्ती गर्ने व्यक्ति सच्चिन जरुरी रहेको उनले बताए । अध्यक्ष ओलीले एमाले छोडेर झक्कीएर गएका कार्यकर्तालाई पनि एमालेमा फर्कन अपिल गरेका छन् ।
काठमाडौं, २१ असोज ।
नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीलाई उद्धार गरेर स्वदेश ल्याउन सरकारसँग माग गरेको छ ।
आइतबार सभापति शेरबहादुर देउवाको हस्ताक्षर रहेको जारी गरिएको विज्ञप्तिमा कांग्रेसले ‘नेपालीहरूको यकिन तथ्याङ्क पत्ता लगाई उनीहरूको जीवनरक्षा र उनीहरूलाई तत्काल सुरक्षित स्थानमा पु¥याउनका साथै आवश्यक उद्धार गर्ने र यथासम्भव स्वदेश फर्काउनका लागि नेपाल सरकारले अविलम्व कूटनीतिक पहल गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ’ उल्लेख गरिएको छ ।
इजरायलमा कार्यरत नेपालीहरूलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ संस्था, आप्रवास सम्बन्धी संगठन (आईओएम), अन्तर्राष्ट्रिय रेडक्रस समितिलगायत सम्बद्ध सबै अन्तर्राष्ट्रिय समुदायहरूसँग पनि कांग्रेसले आग्रह गरेको छ ।
प्यालेस्टाइनी विद्रोही समूह हमासले इजरायलमाथि आक्रमण गरेको छ । हमासको आक्रमणबाट इजरायलमा ठूलो जनधनको क्षति भएको विवरण सार्वजनिक भइरहेका छन् ।
काठमाडौं, २१ असोज ।
प्रमुख प्रतिपक्ष दल एमालेले इजरायली प्रधानमन्त्रीसँग समन्वय गरेर नेपालीको उद्धार गर्नुपर्ने बताएको छ । इजरायलमाथि हमासले आक्रमण गरेसँगै बढेको असुरक्षाका कारण एमालेले तत्काल इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग समन्वय गरेर नेपाली नागरिकको उद्धार गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका हुन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेकत पदम गिरीले नेपालीलाई उद्धार गर्ने काममा एक मिनेट पनि ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री प्रचण्डले त्यहाँका समकक्षी नेतान्याहूसँग तत्काल संवाद गर्नुपर्ने बताए ।
आक्रमणबाट घाइते भएका नेपालीको उपचार गर्ने कार्य ढिलाइ नगर्न भन्दै उनले भने, ‘हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनीहरू पनि त्यो घटनामा परेको र केही गम्भीर घाइते भएको, केही अहिलेसम्म हराइरहेको र केही अत्यन्तै कष्टपूर्ण स्थितिमा घर भित्र लुकेर बस्नु परेको काम गर्ने कारखाना, नर्सिङ होमलगायतका ठाउँहरुमा लुकेर बस्नुपरेको र छिटो भन्दा छिटो आफ्नो जीवन उद्धार गर्नका लागि अपील गरेका विभिन्न कुराहरु बाहिर आएका छन । एक मिनेट पनि उहाँहरूको जीवन रक्षाका निम्ति हामीले ढिलाई गर्न सक्ने अवस्था छैन । देशको प्रधानमन्त्रीले त्यहाँका प्रधानमन्त्रीसँग फोन गर्नुपर्यो । हाम्रा नागरिकहरुको छिटो भन्दा छिटो जीवन रक्षा हुनु पर्यो । उनीहरुलाई उद्धार गर्नुपर्यो ।’
काठमाडौं, २१ असोज ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमारसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले पूर्वमन्त्री कुमाारसहित मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रेमकुमार श्रेष्ठ, सर्लाही लालबन्दी नगरपालिकाका तत्कालीन नगर प्रमुख मानबहादुर खड्का, स्वास्थ्य विज्ञान प्रतिष्ठानका सञ्चालक समितिका पदाधिकारीहरु अध्यक्ष रेवती प्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
उनीहरुले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तिारको दााबी छ । अख्तियारले उनीहरुसँग १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ असुलउपर गर्न माग गरेको छ ।
सर्लाहीको लालबन्दी नगरपालिकामा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालको सहकार्यमा एन्टी–भेनम प्रोडक्सन् एण्ड रिसर्च सेन्टर, नेपाल (एपीआरसीएन) स्थापना, व्यवस्थापन र सञ्चालन गर्ने क्रममा अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धानपछि मुद्दा दायर गरेको हो ।
काठमाडौं, २१ असोज ।
परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा रहेका १२ नेपाली सम्पर्कविहीन भएको जानकारी दिएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा इजरायलमा हमासबाट भइरहेको आक्रमणले सृजित परिस्थितिमा नेपालीको अवस्थाबारे जानकारी गराउँदै मन्त्री साउदले १२ जना नेपाली सम्पर्कविहीन भएका बताएका हुन् । उनका अनुसार सुदूरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थीहरू सम्पर्कविहीन भएका हुन् ।
१७ जना नेपालीहरूमध्येबाट दुईजना सकुशल रहेको र तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जानकारी दिँदै उनले बाँकी १२ जना सम्पर्कमा नभएको बताएका हुन् । तर, उनीहरुको स्थिति यकिन गर्न संयन्त्र परिचालन गरिएको उनले जानकारी दिए ।
‘दक्षिणी इजरायलको किबुज अलुमिन भन्ने स्थानमा अध्ययनरत विद्यार्थीहरू सम्पर्कविहीन भएका छन्। राजदूतावासको अनुसार यो स्थान गाजा क्षेत्रबाट नजिक रहेका र त्यही हमास समूहबाट आक्रमण भएकाले १७ जना नेपालीहरूमध्येबाट २ जना सकुशल रहेको तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बाँकी १२ जना सम्पर्कमा नभएको र केही हताहत भएको हुँदा स्थिति यकिन गर्न संयन्त्र परिचालन गरिएको छ,’ मन्त्री साउदले बैठकमा जानकारी गराए ।
झापा, २१ असोज ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले देश र कांग्रेस चुनौतिका अगाडि उभिएको जस्तो देखिएको बताएका छन्। नेपाली कांग्रेस झापा जिल्ला सम्मेलनलाई शनिबार सम्बोधन गर्दै नेता महरले देश र कांग्रेसका अगाडि चुनौति रहेकाले त्यसको समाधानमा केन्दृत हुनुपर्ने बताए।
‘आफ्नो अगाडिको चुनौतिलाई चिर्न कांग्रेसले चिन्ता र चासो लिनुपर्छ। कांग्रेसको काँधमा बन्दुक राखेर क्षणिक राजनीतिक स्वार्थ लिन खोज्नेहरूबाट समेत हामी सचेत हुन जरुरी छ,’ महरले भने। देशमा अस्थिरता ल्याउन खोज्नेहरू सक्रिय हुन नसकुन भनेर कांग्रेसले गठबन्धन गर्नु परेको उनले स्मरण गरे।
आफू सुरुदेखि नै गठबन्धनको विपक्षमा रहेको र त्यसले कांग्रेसलाई फाइदा नपुगाउनेमा दृढ रहेको उनले बताए। ‘मैले कांग्रेस केन्द्रीय समिति बैठकमा गठबन्धन गर्नु हुँदैन भनेर फरक मत राखेको थिएँ। त्यो हाम्रा लागि हितकर थिएन। कांग्रेसको ग्रास रुटमा पनि गठबन्धन हुनुहुँदैन भन्ने चाहना थियो। अबको निर्वाचनमा हामी गठबन्धन गर्नु नपर्ने गरी बलियो रूपमा अगाडि बढ्नुपर्छ’, उनले भने।
कांग्रेसमा पुस्तान्तरण र रुपान्तरणको कुरा उठिरहेकाले त्यसतर्फ पनि नेतृत्व सचेत हुनुपर्ने बेला आएको उनको भनाइ छ। समय सान्दर्भिक र प्रवृद्धिमैत्री बनाउन सकेमात्र कांग्रेसलाई बलियो बनाउन सकिने महरले बताए।
‘अहिले युवाहरू पार्टीको मुख्य जिम्मेवारी छौं। हामी बाघका डमरु जस्ता हौं। हामीले हामीले आफ्नो शक्ति बुझेर पार्टी रुपान्तरको आवाज बुलन्द पार्नुपर्छ। म त उक्त कुरामा प्रस्ट नै छु,’ महरले भने।
जहिले पनि सरकारमा भइराख्नुपर्छ भन्ने कुरा महत्वपूर्ण नहुने बताउँदै उनले जनभावना अनुसार पार्टी अगाडि बढ्नसक्नु पर्ने बताए। राजनीतिमा नैतिकता आवश्यक हुने महको भनाइ छ। ‘सत्तामा बस्दा नैतिकता र कानुनी रूपमा अप्ठ्यारोमा पर्ने अवस्था आउनु राम्रो होइन। कांग्रेस सधैँ सत्तामै भइरहनुपर्छ भन्ने पनि छैन। मुलुकको हितमा हामीले सधैँ असल काम गरेका छौं। हामीले सत्ता बाहिर रहेर पनि आफ्नो उद्देश्यलाई भुल्नु हुँदैन। त्यसैमा केन्दृत हुनुपर्छ,’ महरले भने।
दुई प्रतिशत गलत व्यक्तिका कारण कांग्रेस अप्ठ्यारोमा परेको उनको भनाइ थियो। गलत व्यक्तिसँगै जोडेर पार्टीका इमान्दार नेता कार्यकर्तालाई पनि गाली गर्न नहुने उनी बताउँछन्।
मंसिर १२, १३ र १४ गते हुने निती अधिवेशनबाट बिपीको सिद्धान्तलाई झागिने गरि कांग्रेस अगाडि बढ्ने वातावरण सिर्जना हुने उनले विश्वास व्यक्त गरे।
फरक प्रसंगमा बोल्दै नेता महरले संविधानको सफल कार्यान्वयन पनि अहिलेको आवश्यकता रहेको बताए। ‘एउटै पार्टी र समूहको कुरामात्रै नभएर सबैका कुरा अटाएर संविधान आएको हो। तत्कालिन अवस्थामा जसरी यो संविधान निर्माणको आवश्यकता देखिएको थियो, सोही अनुरुप जसरी कुरा समेटिएका थिए। आज पनि त्यो अवस्था बाँकि नै छ। त्यसैले संविधानको विरुद्धमा हुने सबै खाले हर्कतलाई परास्त गर्दै संविधानको पूर्ण कार्यान्वयन जानुपर्छ।’
संविधान ढुंगोको अक्षर नभएको बताउँदै महरले संसारकै अभ्यास पनि १०/१० वर्षमा आवश्यकता अनुसार परिमार्जन गर्न सकिने भन्ने रहेको उनले स्मरण गरे। नेपालको धरातलीय यथार्थता हेरेर संविधान बनेकाले तत्काल चलाउँदा कतै अस्थिरता सिर्जना हुनेहोकि भन्नेतर्फ पनि सजग हुनुपर्ने उनले बताए। मुलुकमा स्थिरता कायम गर्न कांग्रेस निकै संवेदनशील रहेको महरको भनाइ छ।
यसका साथै झापामा कांग्रेसको बलियो संगठन रहेको र त्यसका लागि सक्रीय नेता कार्यकर्ताहरूप्रति उनले आभार व्यक्त गरेका छन्।
टाेकियाे, २१ असाेज ।
स्थानीय मछुवाहरू र अन्य देशहरूको बढ्दो विरोधको बाबजुद जापानले बिहीबार आफ्नो आणविक-दूषित फोहोर पानी छोड्ने दोस्रो चरण सुरु गरे पछि तनाव सुरू भएकाे छ ।
टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्काे) का अनुसार अफुकुसिमा दाइची आणविक ऊर्जा केन्द्रबाट प्रशान्त महासागरमा स्थानीय समय अनुसार बिहान करिब १०ः३० बजे निस्कासन सुरु गरेकाे हाे । जापानको आणविक प्रदूषित फोहोर पानी निकासीको नकारात्मक प्रभाव फैलिने क्रम जारी छ।
सेप्टेम्बर ११ मा समाप्त भएको पहिलो डिस्चार्ज अनुसार लगभग ७८०० टन रेडियोधर्मी फोहोर पानीको डिस्चार्ज गर्न १७ दिनकाे याेजना बनाएकाे थियाे । यो रिलीज कम्तिमा ३० वर्षसम्म जारी रहनेछ।
डिस्चार्जको पहिलो चरण पछि चीन र दक्षिण कोरियाले सबै जापानी जलीय उत्पादनहरूको आयात प्रतिबन्ध गरेका छन् । रुसले जापानबाट माछा र अन्य सामुद्रिक खानाको आपूर्तिमा नियन्त्रण कडा गरेको छ ।
थाइल्याण्डले भन्यो कि, रेडियोएक्टिभ सामग्री खोजीका लागि सङ्कलन गरिएका समुद्री खानाको नमूनाहरूको मात्रालाई दोब्बर बनाइने छ, उनीहरूको सुरक्षामा उपभोक्ताहरूको विश्वास बढाउन।’
जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयको तथ्यांकमा आधारित मिडिया रिपोर्टका अनुसार सन् २०२३ को पहिलो आधामा अमेरिकाले जापानबाट कृषि र जलजन्य उत्पादनको आयात घटाउने सबैभन्दा ठूलो कदम चालेको थियो।
समग्रमा, विवादास्पद निर्णयले जापान र छिमेकी राष्ट्रहरूको लागि माछापालन र पर्यटन क्षेत्रहरूमा महत्त्वपूर्ण आर्थिक नोक्सान पुर्याएको छ।
कैलाली, २१ असोज ।
नेकपा एमालेको सुदूर पश्चिम प्रदेश अधिवेशनको उदघाटन हुदैँछ ।
धनगढी, कैलालीमा आजबाट सुरु हुने सुदुरपश्चिम अधिवेसनको उदघाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन । त्यसका लागि अध्यक्ष ओली आजै धनगढी पुग्ने कार्यक्रम रहेको छ ।
सो अधिवेसनमा अध्यक्षका लागि कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना र वचनबहादुर सिंहले बिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । अन्य प्रदेशमा जस्तै यस प्रदेशमा पनि प्यानल अनुसार आन्तरिक प्रतिस्पर्धा हुने देखिएको छ ।
काठमाडौं, २० असोज ।
नेपाली सेनाका प्रधान सेनापति आज बेलायत प्रस्थान गर्दैछन् ।
प्रधान सेनापती प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आइतबार त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
उनी ६ दिनसम्म बेलायतमा नै रहने छन् । बेलायती सेनाका जनरल सर प्याट्रिक स्याण्डर्सको निमन्त्रणामा उनी आज बेलायत जाने भएका हुन ।
सो क्रममा प्रधानसेनापति शर्माले त्यहाँस्थित बेलायती गोर्खा सैनिकको मुख्यालय, रोयल कलेज अफ डिफेन्स स्टडिज्, रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टको स्थलगत अवलोकन र भ्रमण गर्ने तथा क्याम्ब्रीयन पेट्रोलमा सहभागी टोलीसँग भेटबार्ता गर्नेछन् ।
उनी असोज २७ गते स्वदेश फर्कने छन् ।
काठमाडौं, २१ असोज ।
प्रतिनिधिसभा बैठक बस्दैछ ।
संङघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसाे १ बजे बाेलाइएकाे छ ।
संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री अशोककुमार राइले बिधालय शिक्षा बिधेयक २०८० माथी बिचार गरियोस भन्ने प्रस्ताव माथी उठेका प्रश्नहरूको जवाफ दिनेछन ।
साथै, सभामुख देवराज घिमिरेले बिधालय शिक्षा बिधेयक २०८० माथी बिचार गरियोस भन्ने प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्नेछन् ।
सोही बैठकमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले बिधुत बिधेयक २०८० माथी बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
बिरगंज, १४ असोज । राप्रपा नेपालले आज पर्साको बिरगंजमा सभा गर्ने भएको छ ।
घन्टाघर नजिकको खुल्ला स्थानमा आयोजना गरिने सभाको सम्पुर्ण तयारी सकिएको पार्टीका वरिष्ठ उपाध्यक्ष राजिब पराजुलीले जानकारी दिए ।
पुर्ब मन्त्री समेत रहेका पराजुलीका अनुसार यो सभा काठमाडौंको बिरोध प्रदर्शनको निरन्तरता हो । ‘हामी भ्रष्ट ब्यबस्थाको अन्त्यको लागि देशका बिभिन्न भागहरुमा यसैगरी बिरोध प्रदर्शन र सभाहरु गर्दै आन्दोलनको बाताबरण तयार गर्नेछौ, अब राप्रपा नेपाल सडक केन्द्रित गतिविधिमा क्रियाशिल हुन्छ ।’
राप्रपा नेपाल पर्साका अध्यक्ष नरेश सिंहले सभामा उल्लेख्य जनसहभागिता गराउन व्यापक जनपरिचालन गरिएको बताए । सभालाई पार्टी अध्यक्ष कमल थापा, नेताहरु राजिब पराजुली ,तारानाथ लुईटेल, वरिष्ठ अधिबक्ता बिष्णु भट्टराई, राजाराम बर्तौला लगायत नेताहरुले सम्बोधन गर्ने पार्टीले जनाएको छ ।
काठमाडौं, १४ असोज । सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन आयोग बनाउन सरकारले आनाकानी गरे पछि पछि नेकपा एमालेले संसदमा बिरोध जनाउने भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले अाज बस्ने प्रतिनिधिसभा बैठकमा असोज ५ गते भित्र गठन गर्ने भनिएको समिति नबनाएको बिषयले संसदमा काम कारबाही अबरोध गर्ने संकेत गरेका छन् ।
‘असोज १४ गते प्रतिनिधिसभाको बैठक बस्दै छ तर सरकार संसदको बैठकलाई द्वन्द्व र मुडभेटतर्फ धकेल्न चाहन्छ, मुलुकको समग्र राजनीतिलाई अबिस्वास, धोकाधडी र आपसी अन्तरबिरोधको पथमा लैजाने चेष्टा गर्दैछ,’ उनले भोलीको सम्भावित घटनाबारे संकेत गर्दै भनेका छन, ‘सुन तस्करीको सम्बन्धमा उच्चस्तरीय छानबिन तथा अनुसन्धानको लागी उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति भयो । त्यो सहमतिलाई संसदको बैठकले अनुमोदन पनि गर्यो तर त्यसलाई कार्यान्वयन गर्न सरकार तयार भएन, बरु उल्टै अनेकौं बहानबाजी गर्दै प्रमुख प्रतिपक्षी माथी मिथ्या भ्रम छर्न दिउसै रात पार्ने प्रपंच चलिरह्यो।’
‘असोज ५ पछी धेरै दिनहरू बितिसक्यो तर आयोग बनेन, सहमति प्रति सरकारले पुरै धोका दियो,’ उनले सामाजिक सञ्जालबाट भनेका छन, ‘सरकारले दिएको धोकाको सावाँ र ब्याज सहितको समग्र हिसाबकिताब त भोलि (अाज) बस्ने संसदको बैठकमा राम्रैसँग हुने नै छ ।’
काठमाडौँ, १४ असोज । प्रतिनिधिसभा बैठक बस्दै छ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो दिउँसो १ बजेका लागि बोलाइएको छ ।
संघीय संसद् सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाइने छ ।
त्यसैगरी सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
आजको बैठकमा ‘विद्यालय शिक्षा विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ । त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
महोत्तरी, १२ असाेज । श्रम तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारलाई अवसरको रुपमा लिनुपर्ने बताएका छन ।
सुरक्षित आप्रवासन कार्यक्रम (सामिले) आयोजना गरेको कार्यक्रममा सहभागी हुन महोत्तरी पुगेका मन्त्री भण्डारीले बैदेशिक रोजगारलाई नै ब्यवस्थित बनाउनुको विकल्प नरहेको बताएका हुन ।
विदेश जानुपर्ने बाध्यात्मक अवस्थालाई अवसरको रुपमा प्रयोग गरे नेपालले सीप र अनुभवलाई भित्र्याएर समृद्ध बनाउन सकिने धारणा ब्यक्त गरेका छन् । बैदेशिक रोजगारलाई व्यवस्थित बनाउन श्रम मन्त्रालयवाट ऐतिहासिक कामहरु गरेको बताउदै मन्त्री भण्डारीले बिचौलियावाट मुक्त बनाउने देखि रोजगार गन्तव्य मुलुकसँग नयाँ सम्झौताको लागि समेत प्रक्रिया अगाडि बढाएको बताए । खाडी तथा अन्य मुलुकहरुमा जानेको संख्या मधेश प्रदेशका जिल्लाहरुवाट उच्च रहेको र यस्लाई सुरक्षित बनाउन अर्को चुनौती रहेको मन्त्री भण्डारीको भनाई छ ।
कार्यक्रममा आप्रवासी हकहित संजाल मधेश प्रदेशले बिभिन्न १७ वटा बुदाँ सहितको माग राखेर ज्ञापनपत्र समेत बुझाएको छ । ज्ञापनपत्रमा उल्लेख भएका सवै बुद्दाहरुमा कामहरु भएको बताउदै मन्त्री भण्डारीले निकट दिनमा नै त्यस्ले कार्यान्वयनको रुप लिनेमा आश्वस्त बनाए ।
ज्ञापनपत्रमा विमा कम्पनीले मृतक परिवारलाई जवर्जस्ती पुन: बिमा गराउने, वैदेशिक रोजगार बोर्डवाट प्रदान गरिने उपचार खर्च छिटो, छरितो बनाउनु पर्ने, बैदेशिक रोजगारमा जानेहरुलाई अनिवार्य सिप, तालिमको ब्यबस्था गरिनुपर्ने जस्ता माग राखिएको छ ।
मन्त्री भण्डारीले २०७२ मा घोषणा गरेको फ्री भिषा, फ्री टिकट सस्तो लोकप्रियताको लागि गरिएको बताउदै त्यो व्यवहारत: नभएको जिकिर गरे । रोजगार गन्तव्य मुलुकहरु मध्ये केही कम्पनीमा यस्तो भएतापनी १० हजार लागतको नाममा मेनपावर व्यवसायीहरुले राज्यलाई नै ठगिरहेको जनाएका छन् ।
`कागजमा १० हजार तर कामदारसगँ लाखौ रुपैया लिने अनि राज्यलाई कर नतिर्ने विषयमा हामी नया ढंगले काम गरिरहेका छौ,´ मन्त्री भण्डारीले भने, `अब बिचौलियावाट मुक्त बनाउन मेनपावर व्यवसायी स्थानिय तहको रोजगार शाखामा जोडिने प्रक्रिया पनि अगाडि बढेको छ ।´
काठमाडौं, १२ असोज । राष्ट्रपति कार्यालयमा कार्यरत सहसचिव शेरजङ्ग कार्कीको ५२ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।
राष्ट्रपति कार्यालयमा कानुन महाशाखामा कार्यरत कार्कीलाई स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
काठमाडौं, १३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कदै छन् ।
अमेरिकामा राष्ट्र संघीय सभालाई सम्बोधन गरेर उत्तरी छिमेकी चिनको भ्रमणमा निस्केका प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कन लागेका हुन ।
हिजो छेन्दुमा पाण्डा प्रजनन केन्द्रको निरीक्षण गरे पछि प्रधानमन्त्री प्रचण्डले साँझ भने चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्रीकाे सहभागीता रहेकाे थियो । सो अघि प्रधानमन्त्री प्रचण्डले तिब्बतस्थित मानसरोवर र कैलास पर्बत दर्शन गरेका प्रधानमन्त्री प्रचण्ड हिजाे मात्रै ल्हासा विमानस्थलबाट छेन्दु पुगेका हुन ।
गत भदौं २० गते राष्ट्र संघीय सभालाई सम्बोधन गर्न अमेरिका गएका प्रधानमन्त्री प्रचण्ड गत शनिवार त्यताबाट सोझै उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा निस्केका हुन । एसियाली खेलकुदको उदघाटनमा सहभागीसमेत भएका प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भेटबार्ता गरेका थिए भने चिनियाँ समकक्षीसँग बेइजिङमा बार्ता गरेका थिए ।
उनी गत भदौं ३० गते अमेरिका प्रस्थान गरेका थिए, त्यसको १५ दिन पछि प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कन लागेका हुन् ।
सागर संगम ठाकुर रौतहट असाेज ७ गते
रौतहटको गरुडामा प्रभु साह नेतृत्वको आम जनता पार्टी निकट आईटी आर्मीको गरुडा नगर भेला सम्पन्न भएको छ । शनिबार जिल्लाको गरुडा नगरपालिकाकाे गरुडामा अमिन्द्र यादवको अध्यक्षतामा आईटी आर्मीको ५१ सदस्यीय नगर कमिटी गठन गरिएको हो ।

आजपाका जिल्ला इन्चार्ज त्रिभुवन साह ‘अमर’, आईटी आर्मीका प्रदेश अध्यक्ष नरेश तुराहा, जिल्ला इन्चार्ज बालाशंकर कुशवाहा, जिल्ला नेता रविन्द्र यादव, रामशरण यादव लगायतका नेताहरुको राेहवरमा नगर कमिटी गठन गरिएको छ । आजपाले देशमा ‘बैकले मनोमानी ढंगले लिएको व्याज रकम फिर्ता गर्न संघर्ष गरौ,

आईटी आर्मीलाई आम जनताको सेवामा समर्पित गरौं’ भन्ने मूल नाराको साथ नगर भेला सम्पन्न गरिएको जिल्ला ईन्चार्ज साहले जानकारी दिनु भयो । साहले अहिलेकाे संबिधान गण्डा संबिधान भएकाले याे संबिधानलाई अन्तयष्टि गर्नु पर्ने बताउदै आएका छन् ।
काठमाडौं, ६ असोज ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नाकाबन्दीका कठोर दिनहरुको स्मरण गरेका छन ।
दोस्रो संबिधानसभाबाट नयाँ संबिधान निमार्ण भइरहेको बेला भारतले गरेको नाकाबन्दीको ओलीले स्मरण गरेका हुन ।
ओलीले ‘इतिहासमा आज’ भन्दै ती कष्टकर दिनको सम्झना गरेका छन । ‘आज असोज ६ गते । आज भन्दा ८ वर्ष अघिको आजको दिन सम्झन्छु । जीवनमा कतिपय दिन यस्ता हुन्छन्, तिनलाई कहिलै बिर्सिन सकिँदैन। अस्पतालमा अक्सिजन, औषधि, बजारमा पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्याँस लगायतका दैनिक उपभोग्य वस्तुको हाहाकार थियो, इन्धन नभएर अस्पताल जान नपाउने, खाना पकाउन नपाउने, भोकै बस्नु पर्ने पीडा भोग्यौं।’ ओलीले स्मरण गर्दै भनेका छन, ‘ देश भित्र र बाहिर बस्ने सबै नेपाली जनताले करिब ६ महिनासम्म भएको नाकाबन्दीलाई पराजित गरेका थियौं ।’
संबिधान निमार्ण प्रति असन्तुष्ट भारतले गरेको नाकाबन्दीले सिंगो देश प्रभावित हुन पुगेको थियो । उनी अगाडी सम्झन्छन, ‘कुनै दिनले इतिहास सम्झाउँछ र इतिहासले देशलाई आत्मनिर्भर बनाउने प्रेरणा दिन्छ। जतिसुकै अवरोध भए पनि, जतिसुकै प्रहार भए पनि, जतिसुकै घेराबन्दी भए पनि देशलाई आत्मनिर्भर बनाउने अभियान छोड्नु हुँदैन।’
उनले सामाजिक सञ्जालबाट सोधेका छन, ‘तपाईंहरूले ती दिनलाई कसरी सम्झनु भएको छ ?’
बेइजिङ, ६ असोज ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सि जिनपिङ बिच भेटबार्ता भएको छ ।

संयुक्त राष्ट्र संघीय सभालाइ सम्बोधन गरेर चिन पुगेका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिका बिचमा भेटबार्ता भएको हो ।

प्रधानमन्त्री प्रचण्ड आज देखी ८ दिने चीन भ्रमणमा छन् ।

काठमाडौँ, ६ असोज ।
नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले मुलुकको शैक्षिक क्षेत्रको विकासमा सरकार संवेदनशील नभएको आरोप लगाएका छन् ।
मुलुकको समग्र आर्थिक समृद्धि र विकासको पहिलो जग शिक्षा भए पनि गठबन्धन सरकारले यसको विकासका लागि लगानीको बाताबरण नबनाएकोसमेत आरोप लगाएका छन् ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सचिव भट्टराईले मुलुकलाई सवल राष्ट्रमा परिणत गर्न पनि सरकारले शिक्षामा लगानी बढाउनुपर्नेमा जोड दिएका छन ।
शिक्षामा लगानी वार्षिक रूपमा घट्दै गएको भन्दै सचिव भट्टराईले गुणस्तरीय शिक्षाका लागि राष्ट्रिय बहसको थाल्नु पर्नेमा जोड गरे ।
काठमाडौं, ६ असोज ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न काण्ड चलाएको यो सरकारले देशको विकास गर्न नसक्ने बताएका छन्।
शनिबार भक्तपुरमा दिपेन्द्रराज गिरी स्पाइनल नेत्र प्रतिष्ठानको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले सरकारले अहिले विभिन्न तस्करी काण्ड चलाएको भन्दै त्यसले देश विकास हुन नसक्ने बताए।
देशलाई सफल बनाउन नातागोता, परिवारवाद र व्यक्तिगत स्वार्थ त्याग गर्न सक्नुपर्ने उनको भनाइ थियो। अध्यक्ष ओलीले देशको मूल्यमान्यतामा कसैका व्यक्तिगत स्वार्थ स्वीकार्य नहुने स्पष्ट पारे।
देशका लागि काम गर्दा आफू नेतृत्वको सरकारलाई जोडतोडका साथ परिवर्तन गरिएको उनले बताए। ओलीले आफू नेतृत्वको सरकार ढाल्दा मुलुक अहिलेको अवस्थामा आएको भन्दै आफूहरु पुनः जाग्ने र देशलाई सफल बनाएरै छाड्ने दाबी गरे।
काठमाडौं, ६ भदौ ।
अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबारबाट साताव्यापी चीन भ्रमणमा जाने भएका छन् ।
अमेरिकाबाट सिधै चीन भ्रमणमा जाने प्रधानमन्त्री प्रचण्डले चीनमा रहँदा चिनियाँ राष्ट्रपति सी जिनपिङ, समकक्षी ली छ्याङलगायतसँग भेटघाट गर्ने कार्यक्रम छ ।
चिनियाँ समकक्षी छ्याङको निमन्त्रणामा जान लागेका प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाट शुक्रबार स्थानीय समयअनुसार राति साढे १ बजेको फ्लाइटबाट हाङजाओ प्रस्थान गर्नेछन् ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रधानमन्त्री प्रचण्ड चीनमा हुने १९ औं एसियाली खेलकुदको उदघाटन समारोहमा सहभागी हुनेछन् । शनिबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्री प्रचण्डको भेट हुनेछ ।
काठमाडौं, ५ असोज ।
राप्रपा नेपालले सर्लाहीको मलंगवामो हिन्दुधर्मावलम्बीमाथि भएको आक्रमणप्रति आपत्ति जनाएको छ ।

शुक्रबार राप्रपा प्रवक्ता वसन्तमान सिंह अधिकारीले विज्ञप्ति जारी गरेर हिन्दुधर्मावलम्बीमाथिको आक्रमण तत्काल रोक्न र दोषीमाथि कारबाही गर्न माग गरेका हुन् ।
विज्ञप्तिको पूर्णपाठ ः
मिति : २०८० असोज ५ गते
प्रेस विज्ञप्ति
गत भदौ २० गते श्रीकृष्णजन्माष्टमीको दिन मुर्ती विसर्जनको बेला भएको सांघातिक आक्रमणले पारेको प्रभाव र तनाव सेलाउन नपाउँदै मलङ्गवामा नै फेरी गणेश चौथीका दिन गणेशको मुर्ति विसर्जन गर्न जाँदा हिन्दुहरु माथी हमला भएको घटना प्रति राप्रपा नेपालको गंभीर ध्यान आकर्षित भएको छ । धार्मिक सद्भाव खलबल्याउने यस्ता कार्य तत्काल रोकिनुपर्छ । घटनाका दोषीलाई सरकारले कानुनी कार्वाही गरोस् भन्ने राप्रपा नेपाल माग गर्दछ ।
सनातनी हिन्दूहरूमाथि बारम्बार आक्रमण र सांघातिक आक्रमण भैरहँदा स्थानीय प्रशासनले दोषी उपर कारवाही गर्नुको सट्टा हिन्दूहरूलाई नै दबाउने प्रयास गर्ने गरेको प्रति राप्रपा नेपाल खेद प्रकट गर्दछ ।
उक्त घटनामा घाईते भएका रुपेस यादवको शिघ्र स्वास्थलाभको राप्रपा नेपाल कामना गर्दछ ।
काठमाडौं, ५ असोज ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दिगो बिकास लक्ष्यका बारेमा छलफलका लागि सरकारले सर्वपक्षीय छलफल आयोजना गर्न सुझाव दिएका छन् ।

राष्ट्रिय सभाअन्र्तगतको दिगो विकास तथा सुशासन समितिले आयोजना गरेको दिगो विकास लक्ष्यसम्बन्धी बहुपक्षीय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले दिगो विकास लक्ष्य प्राप्त गर्न राष्ट्रिय रुपमा ऐक्यबद्धताका लागि सरकारले सर्वपक्षीय बैठक र छलफल आयोजना गर्नुपर्ने सुझाव दिएका हुन् ।
उनले दिगो विकास लक्ष्य प्राप्त गर्न तीनै तहका सरकार र सरोकारवालाहरु सम्मिलित बैठकबाट कार्यान्वयनको अनुगमन गर्ने काम संघीय सरकारले गर्नुपर्ने बताए । ‘दिगो बिकासको लक्ष्य भेटाउन मुस्किल छैन, त्यसका लागि इच्छाशक्ति चाहिन्छ’, अध्यक्ष तिमिल्सिनाले भने, ‘यसको नेतृत्व संघीय सरकारले गर्नुपर्छ र तीन वटै तहबाट भैरहेका कार्यहरुको नियमित अपडेट राख्दै अघि बढ्नुपर्छ ।’ जिल्लास्तरमा स्थानिय सरकारबाट भएका कामहरुको अनुगमनको जिम्मा जिल्ला समन्वय समितिलाई दिन पनि उनले सुझाव दिए ।
अध्यक्ष तिमिल्सिनाले दिगो बिकास लक्ष्य प्राप्तिका लागि राजनैतिक दलहरुको प्रतिबद्धता र घोषणापत्र कार्यान्वयनका बारेमा पनि चाँसो दिनुपर्ने धारणा राखे । उनले दिगो बिकास तथा सुशासन समितिले दलको चुनाबी घोषणापत्रमा दिगो विकास लक्ष्यका बारेमा कसरी सम्बोधन भएको छ तथा त्यसको कार्यान्वयनको अबस्था कस्तो छ भनेर पनि अध्ययन गर्न आग्रह गरे ।
दिगो विकास लक्ष्य कार्यान्वयन गर्ने नेतृत्वदायी भूमिकामा रहेको राष्ट्रिय योजना आयोगले संसदीय अभियानहरुलाई उदासिनता देखाएको बताउँदै अध्यक्ष तिमिल्सिनाले आगामी दिनमा पनि यस्तै प्रबृत्ति दोहोरिएमा संसद बैठकबाटै रुलिन गर्नुपर्ने अवस्था आउन सक्ने बताए ।
कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले दिगो विकास लक्ष्यमा नेपाल विश्वका अन्य मुलुक भन्दा अगाडी रहेको चर्चा गर्दै अझै लक्ष्य अनुसार अघि बढ्न सबै सरोकारवालाले ध्यान दिनुपर्ने बताइन् ।
दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थको अध्यक्षतामा भएको कार्यक्रममा गैरसरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदी, संघीय संसदका सचिव डा. रोजनाथ पाण्डेय र राष्ट्रिय योजना आयोगका सहसचिव महेश भट्टराईले अवधारणापत्र प्रस्तुत गरेका थिए ।
काठमाडौं, ५ असोज ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघीय महासभामा सहभाागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति वाइडेनबीच शुक्रबार भेटवार्ता भएको हो ।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय महासभाको ७८औँ सत्रमा सहभागी देशका प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजित रिसेप्सनमा राष्ट्रपति बाइडेनले स्वागत गर्दै प्रधानमन्त्री प्रचण्डसँग संक्षिप्त कुराकानी गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति बाइडेनबीच अनौपचारिक भेटवार्ता भएको हो ।
रिसेप्सनमा सहभागी अन्य देशका सरकारप्रमुख एवं राष्ट्रप्रमखुहरूलाई पनि स्वागत गर्ने क्रममा बाइडेनले प्रधानमन्त्री प्रचण्डलाई पनि स्वागत गरेका हुन् ।
काठमाडौं, ५ असोज ।
सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता भइरहेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता भइरहेको हो ।
बिहीबारको वार्ता निष्कर्षविहीन भएपछि शुक्रबार पुनः वार्ता भएको हो । गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।
सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति विरोध जनाउँदै देशभरका शिक्षक काठमाडौं आएर प्रदर्शनमा उत्रिएका छन् ।
काठमाडौं, ५ असोज ।
सत्तारुढ कांग्रेस महामन्त्री गगनकुमार थापाले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा धेरै त्रुटि रहेको बताएका छन् ।
काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त विधेयकमा आफूले ७० भन्दा बढी संशोधन हाल्नुपर्ने ठाउँ रहेका भन्दै विधेयकप्रति असन्तुष्टि जनाएका छन् ।
उक्त विधेयकको विरोधमा देशभरका शिक्षकहरु काठमाडौं आएर प्रदर्शन गरिरहेका बेला उनले धेरै त्रुटि रहेकाले संसदबाट सच्याउनुपर्ने बताए । दीर्घकालीन रुपमा सोचेर कानुन बनाउनुपर्ने भन्दै उनले संसदबाट सच्याएर उक्त विधेयक पारित गरिनुपर्ने बताए ।
साथै उनले तत्काल शिक्षकहरुको माग सम्बोधन गरेर पठनपाठनको अवस्था सृजना गर्न सरकारसँग माग पनि गरे ।
काठमाडौं, ५ भदौ ।
अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबारबाट साताव्यापी चीन भ्रमणमा जाने भएका छन् ।
अमेरिकाबाट सिधै चीन भ्रमणमा जाने प्रधानमन्त्री प्रचण्डले चीनमा रहँदा चिनियाँ राष्ट्रपति सी जिनपिङ, समकक्षी ली छ्याङलगायतसँग भेटघाट गर्ने कार्यक्रम छ ।
चिनियाँ समकक्षी छ्याङको निमन्त्रणामा जान लागेका प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाट शुक्रबार स्थानीय समयअनुसार राति साढे १ बजेको फ्लाइटबाट हाङजाओ प्रस्थान गर्नेछन् ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रधानमन्त्री प्रचण्ड चीनमा हुने १९ औं एसियाली खेलकुदको उदघाटन समारोहमा सहभागी हुनेछन् । शनिबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्री प्रचण्डको भेट हुनेछ ।
काठमाडौं, ५ असोज । अखिल क्रान्तिकारीले शिक्षा बिद्येयकका बारेमा सडक अन्तक्रिया गर्ने भएको छ ।
नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको बेला अखिल क्रान्तिकारीले सडक अन्तरक्रिया गर्न लागेको हो ।
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहका अनुसार शिक्षा बिद्येयकमा धेरै नै त्रुटी भएको तथा निजामती कर्मचारीको तुलनामा शिक्षकहरुलाई तलब भत्ता, सेवा र सुबिधा कम भएको उनले बताईन ।
‘शिक्षकहरुको जायज माग सम्बोधन गर्नका लागि सडक अन्तरक्रिया देखी सरकार समक्ष लबिगसम्मका काम गर्दछौं’ उनले भनिन ।
काठमाडौं, ५ असोज । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।
कार्य समितिको बैठक सानेपास्थित केन्द्रिय कार्यालयमा आज बिहान ११ः०० बजे पनि बस्न लागेको हो ।
आजको बैठकमा हिजो देखी धारणा राख्न सुरु गरेका केन्द्रिय सदस्यहरु मध्ये बाँकी केन्द्रिय सदस्यले आ आफनो धारणा राख्नेछन् ।
सभापति शेरबहादुर देउवाको सभापतित्वमा हिजो बसेको बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तावहरु प्रस्तुत गरेका थिए भने उपसभापति एवं कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षा विधेयक र शिक्षक महासंघसँग भएका संवादहरु बारे जानकारी गराएका थिए ।
‘संविधानले निर्धारित गरेको दायरा र मुलुकको वर्तमान आर्थिक स्थितिले धान्न सक्ने सिमासम्म शिक्षक आन्दोलनले अघि सारेका सबै माग पुरा गर्न र समस्त नेपाली शिक्षकको भावना सम्बोधन गर्न सरकार तयार रहेको’ प्रतिवद्धता बैठकमा खडकाले गरेका थिए ।
हिजोको बैठकमा विमलेन्द्र निधि, कल्याणकुमार गुरुङ, नैनसिंह महर, प्रतिमा गौतम र आमन्त्रित प्रदेश सभापतिहरु— उद्धव थापा (कोशी), कृष्णप्रसाद यादव (मधेश), इन्द्रबहादुर बानियाँ (बागमती), शुक्रराज शर्मा (गण्डकी), अमरसिंह पुन (लुम्बिनी), ललितजंग शाही (कर्णाली) र बीरबहादुर बलायर (सुदूरपश्चिम)ले बैठकमा आ–आफ्नो धारणा राखेका थिए ।
काठमाडौ, ४ असोज ।
नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) मातहतको बलियो सङ्घ हो – स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपाल । जसको प्रतिनिधित्व देशभरि नै नेविसंघबाट प्रतिनिधि भएर निर्वाचित हुने स्ववियु सभापति, पदाधिकारी एवं सदस्यहरूले गर्ने व्यवस्था छ ।
२०५२ मा स्थापना भएको स्ववियु परिषद्का संस्थापक अध्यक्ष तत्कालीन सभापति एवं वर्तमान नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिंह राठौर हुन्, जसको उद्देश्य काँग्रेसलाई मजबुद बनाउने र प्रत्येक क्याम्पसमा नेविसंघका प्रतिनिधिलाई देशभरि नै सङ्गठित गर्ने थियो र अहिलेसम्म पनि स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपाल देशभरि नै आफ्नो सङ्गठनलाई प्रादेशिक संरचनाअनुसार नै विस्तार गरेको र केन्द्रीय समितिले पनि पूर्णता पाएको थियो, जसका अध्यक्ष निराजन नेपाल छन् ।
२०७३ को स्ववियु निर्वाचनबाट निर्वाचित सभापति निराजन परिषद्को अध्यक्ष हुँदा अधिवेशनबाटै नेतृत्व लिएको हाे । त्रिविको नियमावलीअनुसार २/२ वर्षमा हुने भने पनि २०७३ मा भएको निर्वाचन ६ वर्षपछि २०७९ मा भएको थियो, जसमा नेविसंघ प्रथम स्थानमा रहेको सङ्गठनको दाबी छ । तर, अन्य पार्टीका भ्रातृ सङ्गठनको पनि यही दाबी भएकाले यसको उत्तर त्रिविले नै दिनुपर्ने परिषद्का अध्यक्ष नेपाल बताउँछन् । ‘नेविसंघ नै प्रथम हो । देशभरिकै रेकर्ड हामीसँग छ, जो त्रिविले दिन सकेको छैन,’ उनले भने ।
२०७९ चैत्रमा स्ववियु निर्वाचनसँगै निर्वाचित साथीहरू नयाँ सोचअनुसार सङ्गठनलाई चलायमान बनाउन आइसकेका कारण अब नेतृत्व हस्तान्तरण गर्न तयार भएको र समयावधिभित्रै गर्नुपर्ने पनि आजको आवश्यकता भएको उनी बताउँछन् । तर, नेतृत्व चयन तथा हस्तान्तरण अधिवेशनबाट मात्रै सम्भव रहेको र अधिवेशनलाई नै लक्षित गरी आफ्नो तयारी गरिरहेको नेपालको भनाइ छ । उनकै भनाइ अनुसार निर्वाचनका लागि आफ्नो व्यक्तिगत उम्मेदवार नरहेको पनि हाम्रो कुराकानीमा उनले भनेका छन्, ‘मेरो व्यक्तिगत उम्मेदवार परिषद्को अधिवेशनमा छैन, सबै साथीहरू आफू नै सक्षम भएर नै निर्वाचित भएर आउनु भएको छ । उम्मेदवार को को बन्नुहुन्छ, त्यो पछि सङ्गठनले निर्णय गर्छ, जो निर्वाचित हुन्छ, उसलाई स्वागत र हस्तान्तरण गर्न तयार छु ।
काठमाडौं, ४ असाेज ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणकाे टोली सार्वजनिक गरिएकाे छ ।असोज ६ देखि १३ सम्म आठ दिन हुने प्रधानमन्त्री प्रचण्डकाे चीन भ्रमणकाे टाेली सार्वजनिक गरिएकाे हाे ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर दिएकाे जानकारीअनुसार भ्रमण टोलीमा गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानी मन्त्री महिद्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलगायत छन् ।
अमेरिकाबाट सिधै चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले चीनमा रहँदा चिनियाँ राष्ट्रपति सी चिनफिङ र चिनियाँ समकक्षी ली छ्याङसहित शीर्ष नेतृत्वसँग भेटवार्ता गर्नेछन् ।
काठमाडौं, ४ असाेज ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजसंस्था अपरिहार्य भएको बताएका छन् ।
पछिल्लो समय संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यबस्थाको अन्त्य हुनुपर्ने भन्दै थापा आक्रामक रुपमा आन्दोलनको पक्षमा उभिएका छन् । महाधिवेशन पछि राप्रपा नेपाललाई पुनर्जागृत गर्दै अघि बढेका थापाले पछिल्लो समय राजसंस्था पनि पार्टीको कार्यनीति हुने निर्णय केन्द्रिय समितीबाट गराएका छन् ।
महाधिवेशनको समयमा निर्मल निवासबाट खेलिएको असहयोगी भुमिकाबाट बिच्किएका थापाले अब त्यो गुनासो र असन्तुष्टिलाई मन मै राख्ने र बिर्सने प्रयास गरेका छन् । आज बिहान सामाजिक संजाल ट्विटरबाट आफ्नो भावना ब्यक्त गर्दै थापाले राजा प्रतिको गुनासो आफ्नो ठाउँमा रहने भन्दै त्यसलाई गौण रुपमा लिने अभिब्यक्ती दिएका छन् ।
थापाले सबै गुनासो ,चित्त दुखाईलाई तपसिलमा राखेर आन्दोलनमा जाने र हालको ब्यबस्थाको बिकल्प खोज्ने समेत बताएका छन् । सांगठनिक रुपमा कमजोर रहेको राप्रपा नेपालको हिजोको देशब्यापी प्रदर्शनबाट थापा थप हौसिएका छन् । उनले आज ट्विट मार्फत भनेका छन् ” राजा प्रतिको मेरो गुनासो,असंतुष्टी आफ्नो ठाउँमा छ।तर,जब देशका प्रमुख राजनीतिक दलका शीर्षनेताहरू र कतिपय चल्तिका आमसंचार माध्यमहरु समेत आफ्नो स्वाभिमान र आत्मसम्मानलाई बिदेशीको पैसासँग साटी रहेको देख्छु,म अत्यन्त चिन्तित हुन्छु। अनि नेपालमा राजसंस्थाको अपरिहार्यता महसुस गर्दछु ।”
काठमाडौं, ४ असोज ।
आयरल्याण्ड भ्रमणमा रहेका सभामुख देवराज घिमिर र आयरल्याण्डका समकक्षीसँग भेटघाट भएको छ ।

सभामुख घिमिरेले बुधबार साँझ आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलसँग भेटबार्ता गरेका हुन ।
सो भेटमा दुई देशका संसदबीच संसदीय आदान प्रदान, द्विपक्षीय सहयोग लगायतका विषयमा कुरा भएको भेटमा सहभागी सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिए ।
नेपाल र आयरल्याण्डबीच सन् १९९९ अगष्ट १९ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । दुई देशबीच विगतमा पनि उच्चस्तरीय भ्रमण हुँदै आएका छन् । सन् २०१९ मा आयरल्याण्डको प्रतिनिधि सभाका सभामुख सान ओ फारगेलले नेपाल भ्रमण गरेका थिए ।
सभामुख घिमिरेले उच्चस्तरीय भ्रमणले दुइै देशको आपसी बुझाइ, सदभाव तथा सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेका छन । ‘दुई देशको सम्बन्ध प्रगाढ र बलियो बनाउन हाम्रा संसद र सांसदहरुको भूमिका छ,’ सभामुखले भेटमा भने, ‘संसदीय अभ्यासको आपसी अनुभव आदान प्रदानमार्फत संसदीय लोकतन्त्रलाई परिस्कृत गर्दै आफ्ना नागरिकहरुका हक अधिकार सुनिश्चित गर्न सकिन्छ ।’
सभामुख घिमिरेले नेपालमा नयाँ संविधान जारी भएपछि दुईपटक तीनै तहको निर्वाचन सम्पन्न भइसकेको जानकारी दिँदै संविधानले प्रदान गरेका मौलिकहरुलाई कार्यान्वयन गर्न धेरै कानूनहरु निर्माण भइसकेको र केही कानूनहरु निर्माणका लागि संसदले काम गरिरहेको जानकारी दिएका छन । उनले नेपालको संघीय संसदमा मैत्री समूहहरु निर्माणको चरणमा रहेको जानकारी दिँदै आयरल्याण्डसँग सम्बन्ध स्थापित गर्न नेपाल–आयरल्याण्ड मैत्री समूह गठन गर्ने जानकारीसमेत दिए । ‘त्यस समूहले दुई देशका संसदबीचको संवाद र सहकार्यलाई निरन्तर अघि बढाउनेछन्,’ सभामुखको भनाइ थियो । उनले संसदीय अभ्यास सिकाइका लागि दुई देशको संसदका कर्मचारी बीच आदानप्रदान कार्यक्रम सञ्चालन गर्न सकिने धारणा राखेका छन ।
सभामुख घिमिरेले संयुक्त राष्ट्र संघ, अन्तर–व्यवस्थापिका संघ जस्ता बहुपक्षीय मञ्चहरूमा जलवायु परिवर्तन र यसका प्रभावजस्ता विश्वव्यापी साझा मुद्दामा नेपाल र आयरल्याण्डले सहकार्य गर्न सक्ने धारणा राखेका छन ।
आयरल्याण्डको प्रतिनिधि सभाका सभामुख सान ओ फारगेलले सन् २०१९ मा भएको नेपाल भ्रमणमा आफूले पाएको न्यायो स्वागतको स्मरण गरेका छन । उनले नेपाल प्राकृतिक रुपमा धनी देश रहेको बताउँदै आफूले नेपाल जति सुन्दर मुलुकमा आफूले त्यसअघि भ्रमण नगरेको समेत उल्लेख गरेका छन । उनले आयरल्याण्डमा दुई देशको संसदीय मैत्री समूह गठन भइसकेको जानकारी दिँदै संसदीय आदान प्रदानमा जोड दिएका छन ।
आयरल्याण्डका सभामुखले आफ्नो मुलुकले वार्षिक अफ्रिकाका १६० विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको जानकारी दिँदै नेपाललाई पनि आईरिस एडमार्फत समावेश गर्ने बताएका छन ।
सभामुख फारगेलले आयरल्याण्डमा नेपाली विद्यार्थीहरुको उपस्थिति वृद्धि हुँदै गएको बताउँदै उनीहरुको शिक्षा र आवास प्रबन्धमा भएका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन । उनले दुई देशबीच कृषि र खाद्य प्रविधिको आदान प्रदानको सम्भावना रहेको उल्लेख गरेका छन ।
आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलको निमन्त्रणामा आइतबार एक साताका लागि सभामुख घिमिरे आयरल्याण्डको राजधानी डब्लिन प्रस्थान गरेका हुन । सभामुखको भ्रमण टोलीमा प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेय र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई र नेपाली राजदूतावास, लन्डनका द्वितीय सचिव रामबाबु नेपाल सहभागी छन ।
औपचारिक भ्रमण पूरा गरी सभामुख नेतृत्वको टोली असोज ७ गते नेपाल फर्कने कार्यक्रम छ ।
काठमाडाैं, ४ असाेज । राप्रपा नेपालले देशव्यापी रुपमा गरेको शान्तिपूर्ण विरोध प्रदर्शन सम्पन्न भएको छ।
संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य तथा राजसंस्था र हिन्दुराष्ट्र पुनस्स्थापना तथा संघियताको खारेजीको माग राखि राप्रपा नेपालले विरोध प्रदर्शन गरेको हो।
प्रदर्शनको क्रममा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता बोकेको भ्रष्ट शासक र भ्रष्ट व्यवस्थाको पुत्ला दहन समेत गरिएको थियो। शान्तिपूर्ण प्रदर्शनमा विभिन्न जिल्लाहरुमा प्रहरि प्रशासनले धरपकड र हस्तक्षेप गरेकोमा राप्रपा नेपाल भत्सर्ना गर्दछ।
काठमाडौंमा पार्टीका जिल्ला अध्यक्ष श्याम घिमिरे, सहायक महामन्त्री धनबहादुर थापा, ट्रेड युनियन महासंघका केन्द्रीय महासचिव आनन्द रिसाल, केन्द्रीय सदस्य कृष्ण कार्की तथा हेटौंडामा पार्टी जिल्ला सचिव भृगु कार्की सहित रमेश चौँलागाई,रोम सापकोटा,नवराज अधिकारी, कृष सापकोटा र कृष्चल सापकोटालाई प्रहरिले पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई राती नै रिहा गरिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
शान्तिपूर्ण प्रदर्शनमा प्रहरिले हस्तक्षेप गरि पक्राउ गरिएकोमा महामन्त्री बर्तौलाले आपत्ती जनाएका छन् । ‘राप्रपा नेपाल आन्दोलनमा उत्रिएको छ, अब हामी निर्णायक आन्दोलनको तयारी गर्छौ’ बर्तौलाले भने । आन्दोलनको क्रममा मसाल जुलुस र पुत्ला दहनमा नेता कार्यकर्तालाई उत्साहित पार्न पार्टी अध्यक्ष कमल थापा विभिन्न स्थानमा आफै पुगेका थिए ।
जिल्ला सदमुकामहरुका साथै काठमाडौं उपत्यकाको ४१ स्थानमा मसाल जुलुस प्रदर्शन गरिएको पार्टीले जनाएको छ ।
सिरहा, ३ असोज। नेकपा (माओवादीकेन्द्र)का स्थायि समिति सदस्य लिलामणि पोखरेलले बर्तमान संविधान सम्झौताको दस्तावेज भएको बताएको छ।
संविधान दिवसको अवसर पारेर पार्टीको धनगढीमाई नगर कमिटीले आयोजना गरेको ‘वर्तमान संविधान र हाम्रो दृष्टिकोण’ विषयक अभिमुखिकरण कार्यक्रममा नेता पोखरेलले आफ्नो पार्टीले चाहेजस्तो नबने पनि सबैको सहमतिमा संविधान जारी भएको बताएको हो।
‘संविधानसभाबाट जारी संविधान पूर्ण नभए पनि यसका राम्रा पक्षहरुको संरक्षण गर्दै थप अधिकारको लागि अगाडी बढ्नु जरुरी छ; नेता पोखरेलले भने, ‘हाम्रै पार्टीले चाहेजस्तो संविधान यो होइन्, तर, यसले संघियता, धर्मनिरपेक्षता तथा महिला, दलित, पछाडी पारिएका समुदायको अधिकारको रक्षा गरेको छ, त्यसलाई बचाउँदै थप अधिकार लिन आवश्यक छ।’
यो संविधान पुरै खराव पनि होइन, यसलाई धेरै उत्कृष्ट पनि भन्न नसकिने नेता पोखरेलले बताए। त्यसैले कमि कमोजरीका बावजुत अहिले यसको रक्षा गर्दै अगाढी बढ्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए । मन्तव्यकै क्रमम नेता पोखरेलले यो संसदीय व्यवस्थाका कारण देशमा भ्रष्टचार मौलाएको भन्दै यसमा संशोधन खाँचो रहेको बताए।
उनले भने, ‘महगो चुनावी प्रणालीले भ्रष्टचार मौलाएको छ। एकजना संसद जित्न १५ करोडसम्म खर्च गरेको छ। जसले १५ करोड लगाएर चुनाव जितेको छ। उसले देश र जनताको हितको कुरा गर्छ कि १५ कारोड असुल्ने र आउने चुनावको खर्च जोहो गर्छ।’
यो प्रणालिले व्यक्ति मात्र हैन पार्टीहरुलाई नै भ्रष्ट बनाएको नेता पोखरेलले जिकिर गरेका छन् । उनले भने, ‘प्रत्यक चुनावमा पार्टीले जित्ने उम्मेदवार खोज्ने, जित्न पैसा भएको व्यक्ति हुनुपर्ने अनि बर्षाै देश, जनता र पार्टी भनेर हिडेकाहरु उनको झोले भएर हिड्नु परेपछि पार्टी कहाँ पुग्छ?’
‘त्यसैले पनि हामीले संविधानका राम्रा पक्षको रक्षा गर्दै थप अधिकार प्राप्तिको लागि लड्नुपर्ने जरुरी भएको छ,’ नेता पोखरेलले भने।
अहिले हिन्दुधर्मको नाममा प्राप्त अधिकारहरुलाई ओझेलमा पार्ने प्रपञ्च भईरहेको नेता पोखरेलले बताए। उनले भारत तर्फ इसारा गर्दै यो दक्षिणको इसारामा यस्तो कार्यहरु भईरकेको पनि दावी गरे। सोही क्रममा नेकपा (माओवादीकेन्द्र) का केन्द्रिय सदस्य प्रकाश पोखरेलले वर्तमान संविधानका राम्रा कुराको संरक्षण गर्दै थप अधिकारको लागि नयाँ ढङ्गले सोच्नु पर्ने बताए। उनले यो संविधानमा केही राम्रा कुरा भएपनि पूर्ण नभएको बताए।
उनले संसदिय व्यवस्थालाई देशले खेप्न नसक्ने बताए। उनले सधै सरकार बनाउने र ढाल्ने खेल चलिरहने यो व्यवस्था देश अनुकुल भनएको भन्दै आफ्नो पार्टी अझैपनि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालिको पक्षमा रहेको बताए। धनगढीमाई नगर अध्यक्ष प्रकाश योञ्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य रुवी कर्ण, प्रदेश सदस्य प्रवेश लामा लगायतको उपस्थिति थियो।
काठमाडौं, ३ असाेज ।
नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधिसभाकी पूर्वउपसभामुख चित्रलेखा यादवले बिपी कोइरालाले ७० वर्ष अघि परिकल्पना गरेको समावेसिता र सामाजिक रुपान्तरणको परिकल्पनालाई अहिले पनि व्यवहारमा उतार्न नसकिएको बताएकी छन्।
नेपाली कांग्रेसले बिपी कोइरालाको स्मृतिमा कांग्रेसको केन्द्रीय कार्यालय बी.पी. नगर ललितपुरमा आयोजित ‘समावेसिता, सामाजिक रुपान्तरण र बिपी’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै पार्टीको पूर्वकोषाध्यक्ष समेत रहेकी यादवले आज जो प्रधानमन्त्री भयो, उसैको निर्वाचन क्षेत्रमा बजेट फालाफाल हुने र पहुँच वालाकै बोलाबाला चल्ने गरेको बताइन्।
उनको प्रश्न थियो ‘आज जो पहुँचवाला छैन, उसको जिल्ला वा निर्वाचन क्षेत्रमा केही हुँदैन्, केह यही हो त बीपीको समावेसिता? यही हो राजनीतिक रुपान्तरण ?’ नेतृ यादवले नेपाल आज युवा शक्ति निर्यात गर्ने देशको रुपमा चिनिएको भन्दै आफ्ना कमिकमजोरीलाई सुधार्न बिपीको महोत्सवमा सहभागीहरुले दिएको सल्लाहलाई कार्यान्वयन गर्नु पर्नेमा जोड दिइन्।
उनले भनिन्, ‘यो देश लोकतान्त्रिक गणतन्त्रको देश हो भनेर चिनाउन समावेसिता र रुपान्तरणको अभियानलाई मूर्त रुप दिनु पर्छ।’
विशाल बस्नेत ,महोत्तरी, ३ असोज ।
नेकपा एमाले मधेशमा मिसन २०८४ को अभियानमा जुटेको छ । २०७९ को निर्वाचनमा अप्रत्याशित नतिजासहित ह्याट्रिक गरेको नेकपा एमाले यही विरासतलाई जोगाएर थप कसरी बलियो बन्ने भन्ने अभियानअन्तर्गत रणनीतिक योजनामा जुटेको हो ।
मधेशमा एमालेले अहिले तल्लोस्तरका कमिटीहरुलाई चलायमान बनाउन केन्द्रीय सदस्यहरु आएर प्रशिक्षण दिएकाक छन् । आफूलाई मधेशको मसिहा भनेर दाबी गर्ने मधेशवादी दलहरुलाई समेत पछाडी पार्दै नेकपा एमालेले २०७९ सालको निर्वाचनमा पहिलो पार्टी बन्यो ।
मधेशमा प्रत्यक्षमा १५ र समानुपातिकमा ८ गरि २३ सिट जितर पहिलो पार्टी बनेको एमालेले सोही विरासत जोगाउँदै थप उपलब्धि हासिल गर्ने उद्देश्यसहित मिसन २०८४ को अभियानमा छ । मधेशमा आफूलाई बलियो र सशक्त बनाउन एमालेले ईश्वर पोखरेलदेखि योगेश भट्टराईसम्मलाई मधेश दौडाहामा पठाएको छ । अध्यक्ष केपी शर्मा ओली, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराईलगायत शीर्षस्त नेताहरु मधेशमा आएर प्रशिक्षण दिएका छन् । यसले एमाले मधेशलाई प्राथमिकतामा राखेर चुनावी रणनीति बनाइरहेको देखाउँछ ।
मिसन ग्रासरुट अभियानमा कर्णालीको जिम्मेवारी पाएका योगेश भट्टराई मधेश दौडाहामा पुगे । उनी मधेशमा यसरी आक्रामक रुपले सक्रिय भए । पार्टी सचिवसममेत रहेका भट्टराईले एक महिनामा ४८ वटा त बैठक नै गराएको मधेश प्रचार विभाग प्रमुख सोमप्रसाद शर्माले जानकारी दिए ।
नेकपा एमालेले पछिल्लो समय प्रदेश अधिवेशनको गृहकार्यलाई पनि तीव्र बनाएको छ । पटक–पटक मिति तोक्दै नेताहरुको आन्तरिक कलहले बिथोलिँदै आएको अधिवेशन मिति फेरि साार्दै असोज २५ र २६ लाई तय गरिएको छ ।
यसअघि असोज ५ र ६ लाई निर्धारण गरिएको थियो । महोत्तरीमा १९ र २० असोज, त्यसपछि रौतहटमा २२ र २३ असोजमा हुने भनिएको अधिवेशन समेत रोकिएको छ ।
बारा र महोत्तरीमा आन्तरिक विवाद कै कारण हुन नसके पनि रौतहटमा भने प्रभु साह एमालेबाट बाहिरिएपछि पुनः अधिवेशन हुने भएको हो । यसअघि साहले रौतहटको जिम्मेवारी समालेका थिए ।
तर, अधिवेशन भएका ठाउँहरुमा पनि एमालेले पुनः अधिवेशनको तयारी गरेको छ । मधेशका १३६ पालिका, १ हजार २७१ वडा र ११ हजार ४३९ टोलहरुमा अधिवेशन पुनः गरिने एमालेले जनाएको छ ।
सदस्यतामा ३० प्रतिशत कमि
नेकपा एमाले मधेशमा उत्साहित भए पनि पार्टी सदस्यतामा ३० प्रतिशतले कमि आएको छ । तर, यो प्रतिशतलाइ एमालेले स्वाभाविक रुपमा लिएको पार्टीका प्रवक्ता सोमप्रसाद शर्माले बताए । ‘धेरैजसो विदेशमा छन । कतिपयले पछि गरौँला भन्ने पनि छन्,’ उनले भने, ‘नयाँ सदस्यता भने आक्रामक ढंगले बढेको छ ।’
मधेशमा यसअघि ७१ हजार सदस्य भएको दावी गर्दै १ लाख सदस्य पु¥याउने गृहकार्य भइरहेको प्रबक्ता शर्माले वताए ।
मिसन २०८४ के हो ?
नेकपा एमालेले बनाएको मिसन २०८४ निर्वाचनलाई लक्षित अभियान हो । एमाले सचिव योगेश भट्टराईका अनुसार संघ, प्रदेश र स्थानिय तहमा एकल सरकार बनाउने अभियानमा अगाडि बढेको र यो उदेश्य प्राप्ति गरेरै छाडने योजना छ ।
‘५ वटा दलसँग त एक्लै लडेर त्यत्रो सिट ल्यायाँै भने २०८४ मा बहुमत ल्याउँछौँ,’ उनले सार्वजनिक कार्यक्रममै भनेका छन् ।
एकीकृत समाजवादीमा गएकाहरुलाई फर्काउने अभियान
एमालेबाट अन्य पार्टीमा गएकाहरुलाई फर्काउने उद्देश्य पनि मिसन ८४ को उद्देश्य रहेको सचिव योगेश भट्टराईले बताए । एमालेबाट गएर एकीकृत समाजवादीका केन्द्रीय सदस्य बनेका डिल्ली उप्रेतीको नेतृत्वमा १५० जना नेता कार्यकर्तालाई एमालेमा फर्काइएको छ । सर्लाहीमा सर्लाहीबाट उनीहरुलाई एमालेमा नै भित्र्याइएको हो ।
काठमाडौं, ३ असोज ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले संविधानपप्रति कटाक्ष गर्दै विषवृक्षबाट अमृत नफलेको बताएका छन् । संविधानसभाबाट जारी भएको संविधानले देशको सार्वभौमसत्ता, स्वाधिनता, राष्ट्रिय एकता, अर्थतन्त्रमा सुधार गर्न नसकेको भन्दै उनले विषवृक्षबाट अमृत नफलेको टिप्पणी गरेका हुन् ।
बुधबार देशभर संविधान दिवस मनाइरहँदा सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताजस्ता मुद्दाहरु नेपाली जनताका मुद्दा थिएनन् /होइनन् भन्ने हाम्रो दाबी छ । सुन्दा अप्रिय लाग्न सक्छ, यी मुद्दा सहि थियो भनेर प्रमाणित गर्न कथित बुद्धिजीवि र यसका भरियाहरु निर्रथक प्रयास गरिरहेका छन् । विषवृक्ष रोपेर अमृत फल फल्ने सम्भावना थिएन, अन्ततः फलेन, फल्दैन ।’
देशले अवलम्बन गरेको मार्गचित्रको समीक्षा गर्ने र ‘कोर्स करेक्सन’ गर्ने बेला आएको भन्दै फेसबुकमा उनले लेखेका छन् :
आज संविधान दिवस, संविधानलाइ हामीले आलोचनात्मक समर्थन गरेका छौं । हामी संविधानका मूलभूत मान्यता परिवर्तन गर्ने पक्षमा छौं। यसका लागि संघर्षरत छौं, आफ्नो मान्यताका पक्षमा जनमत बटुल्न प्रयासरत छौं। यो संविधान जारी भएपछि देशमा सुशासन, स्थिरता, दिगो शान्ति, अर्थतन्त्रमा सुधार, रोजगारीको सिर्जना, युवालाइ स्वदेशमै गरिखाने वातावरणको निर्माण, जनताको जीवनस्तरमा आमूल सुधार, भोलिको सुन्दर नेपालको आशालाग्दो खाका एवं राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, स्वाभिमान र सबल नेपालका पक्षमा संविघानका पक्षधर र संवाहक शक्तिहरुले कार्य गरेका भए हाम्रा मान्यताहरु स्वतः कमजोर र असान्दर्भिक हककुदै जाने निश्चित थियो । नेपालीमा एउटा उखान छ– “उचालेको कुकुरले मृग मार्दैन।” गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता जस्ता मुद्दाहरु नेपाली जनताका मुद्दा थिएनन्/होइनन् भन्ने हाम्रो दाबी छ। सुन्दा अप्रिय लाग्न सक्छ, यी मुद्दा सहि थियो भनेर प्रमाणित गर्न कथित बुद्धिजीवि र यसका भरियाहरु निर्रथक प्रयास गरिरहेका छन् । विष वृक्ष रोपेर अमृत फल फल्ने सम्भावना थिएन, अन्ततः फलेन, फल्दैन ।
देशले अवलम्बन गरेको मार्गचित्रको समिक्षा गर्ने र ‘कोर्स करेक्सन’ गर्ने बेला आएको छ। जहककाबाट गल्ती शुरु भएको छ, त्यहि बिन्दुबाट ‘कोर्स करेक्सन’ शुरु गरिनुपर्छ । देशले थप बर्बादी थेग्न सक्ने अवस्था छैन । पचासौं लाख युवालाइ स्वदेश फर्काउने, स्वदेश फर्केका र स्वदेशमै भएका युवालाइ काम र सम्मान दिने, यो देश सबैका लागि बस्नलायक बनाउने काममा लाग्न ढिला भइसकेको छ।
राजसंस्था लगायत कुनै पनि शक्तिलाई निषेध नगर्ने गरी नयककाखाले समझदारीको आवश्यकता छ । देशभित्रका परिवर्तनकारी शक्ति र परम्परागत शक्ति बीचको आपसी एकता, सहकार्य र अस्तित्वको स्विकारोक्तिको जगमा आमूल सुधारको नयकका यात्रा प्रारम्भ गरौं । यो बाटो नै मुलुकको दीर्घकालीन हितमा छ/हुनेछ। सबैले सोचौं ।
काठमाडौं, ३ असोज ।
पार्टी सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन कांग्रेस नेता डा शेखर कोइरालाले चेतावनी दिएका छन् ।
मंगलबार आफूपक्षीय नेताहरुको भेला गरेका शेखरले बुधबार धुम्बाराहीस्थित देउवा निवास पुगेर सभापति देउवालाई कार्यशैली सच्याउन चेतावनी दिएका हुन् ।
उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियारलाई साथमा लिएर धुम्बाराही पुगेका शेखरले आजैबाट कोर्स करेक्सन नगरे आफूहरु आफ्नै तरिकाले अघि बढ्ने चेतावनी दिएका हुन् ।
जवाफमा सभापति देउवाले सबैलाई मिलाएर अघि बढ्ने बताएका छन् ।
सभापतिका निर्णय प्रक्रिया, सरकारको प्रभावकारिता, संसदीय समितिको सभापति चयनलगायतका विषयमा शेखर–गगन समूहको असन्तुष्टि देखिँदै आएको छ ।
काठमाडौं, ३ असोज ।
नेपाली कांग्रेसको ११०औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको बिपी साहित्य सम्मेलनको स्थगित तेश्रो दिनको कार्यक्रम बुधबार शुरु भएको छ।
नेपाली कांग्रेसको मुख्यालय बी.पी.स्मृति भवनमा बुधबारको कार्यक्रमको प्रारम्भ त्रिभुवन विश्वविद्यालयका पूर्वउपकूलपति तथा जापानका लागि पूर्व नेपाली राजदूत डा. केदारभक्त माथेमाले
‘बिपीको समाजबादी परिकल्पनामा शिक्षा’ विषयमा करिव एक घण्टा लामो सम्भाषण प्रस्तुत गरे।
सो अवसरमा बोल्दै शिक्षाविद् डा. माथेमाले नेपाली साहित्यका एक नक्षत्र बिपीको क्षमता कला, संस्कृति, राजनीति, साहित्य र समाजको क्षेत्रमा अतुलनिय योगदान भएको जनाउँदै पूर्वअमेरिकी राष्ट्रपति टमक जेफर्सनसँग बिपीको तुलना गरे।
‘बीपीले परिकल्पना गरेको शिक्षा भनेको समानता, सामाजिक न्याय, सार्वजनिक, सहज, समान अवसर र व्यवहारिकतामा आधारित थियो। शिक्षालाई विद्यार्थीले एउटा शैक्षिक तह उतिर्ण गर्ने माध्यम, अभिभावकले रोजगार प्राप्त गर्ने साधन, समाजले बौद्धिक र समाजअनूकुलको माध्यमको रुपमा लिने गर्छ। तर एउटा राजनेताले शिक्षालाई समाज बदल्ने साधनको रुपमा लिन्छ। बीपी त्यही राजनेता हुनुहुन्थ्यो’, डा. माथेमाले भने।
उनले शिक्षा समान कहिल्यै हुँदैन, यसमा राजनीति हुन्छ तर राजनीतिकको हस्तक्षेपबाट र शिक्षाको ब्यापारिकरणबाट शिक्षालाई अलग गर्न सक्नु पर्ने बताए। नेपालसहित दक्षिण एसियाली मुलुकमा शिक्षामा अधिक व्यापारीकरण हुने गरेको भन्दै डा. माथेमाले नेपालका सन्तानलाई शिक्षाको लागि अभिभावकहरुले जीवनभर कमाएको आम्दानीको ५० प्रतिशतसम्म खर्च गर्ने गरेको बताए।
उनले भने, ‘शिक्षामा अधिक लगानी गर्नु पर्दा स्रोत जुटाउनकै लागि नेपालमा भ्रष्टाचार हुने एउटा कारण हो। बिपीले सृजनशिलता र नविन शिक्षाको एवम् सबैका लागि शिक्षा , हस्तक्षेपरहित र स्वातन्त्र शिक्षा संस्थाको कल्पना गर्नु भएको थियो।
हाल नेपालका विश्वविद्यालयहरुमा राजनीतिक हस्तक्षेप चरम रुपमा छ । उपकूलपति र विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा भागबण्डा र राजनीतिक हस्तक्षेपले शिक्षा क्षेत्र भताभुंग भएको जनाउँदै डा. माथेमाले परिक्षा दिएर उतिर्ण हुने र जागिर खानका लागि मात्र शिक्षा प्रदान गर्ने प्रणालीमा सुधारको खाँचो औंल्याए।
काठमाडौं, ३ असोज ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरोकारवालाहरूसँगको व्यापक छलफलपछि र संविधानसम्मत रूपमा विद्यालय शिक्षा विधेयक अगाडि बढाउनुपर्ने बताएका छन्। संविधान दिवसको अवसरमा नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा उनले विद्यालय शिक्षा विधेयक सरोकारवालासँगको परामर्शपछि मात्र अघि बढाउनुपर्ने बताए।
महरले भने, ‘नेपालको संविधानसँग बाझिने गरी विद्यालय शिक्षा विधेयक संसद्मा पेस भएको छ। सरकारले संविधान बाहिर गएर विधेयक ल्याउनु भएन।’
निजी विद्यालयको शुल्क निर्धारण स्थानीय तहलाई दिने प्रावधान संविधान विपरीत भएको उनको भनाइ छ। ‘हाम्रो संविधानले माध्यमिक तहसम्म शिक्षा निःशुल्क भनेको छ। तर, विधेयकमा निजी स्कुलको शुल्क तोक्ने काम पनि स्थानीय सरकारबाटै हुने कुरा विरोधाभासपूर्ण भयो ,’ उनले भने।
शिक्षाबारे संविधानमा गरिएको प्रतिबद्धता कुन तहको सरकारले पुरा गर्ने भन्नेमा विद्यालय शिक्षा विधेयकमा अन्योल रहेको महरले बताए। ‘संविधानमा अन्तर्राष्ट्रिय मापनको गुणस्तरीय शिक्षा बनाउने र २० प्रतिशत भन्दा बढी बजेट शिक्षा क्षेत्रमा बजेट छुट्याउने भनिएको छ। नेपालको शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमै प्रतिस्पर्धी बनाउने भन्ने हाम्रो प्रतिबद्धता छ। यो प्रतिबद्धता कुरा गर्ने कुन तहको सरकारले गर्छ ?’ उनको प्रश्न छ ,‘ सरोकारवाला पक्षसँग कुनै छलफल नगरी ल्याएको विधेयकको स्वामित्व ग्रहण कसले गर्छ ?’
निश्चित केही व्यक्तिको इच्छामा आएको विधेयकलाई सरोकारवालासँग छलफल र विमर्शपछि मात्र अगाडि बढाउनुपर्ने महरको भनाइ छ। ‘शिक्षा विधेयकमाथि पालिका महासंघ, शिक्षक, विद्यालय कर्मचारी लगायतको विरोध छ। विद्यार्थीले पढ्न नपाएपछि अभिभावक र विद्यार्थीको पनि विरोध हुने नै भयो। संविधानभित्रै रहेर सबैको माग सम्बोधन हुनुपर्छ,’ उनी भन्छन्।
‘शिक्षक साथीहरूले पनि विद्यार्थीको भविष्यमाथि जिम्मेवार हुनुपर्छ। विद्यालय शिक्षा विधेयकको विरुद्धमा विद्यालय नै बन्द गरेर आन्दोलन भइरहेको छ ,’ उनले भने, ‘यसमा ७० लाख विद्यार्थीको भविष्य जोडिएको छ। विद्यार्थीको पढ्न पाउने अधिकार हनन हुने कुरामा शिक्षक साथीहरू सहज हुनुपर्छ।’ शिक्षकका माग सम्बोधन गर्ने कुरामा पनि सरकार तयार भएर अगाडि आउनुपर्ने उनको भनाइ छ।
सुदीप पौडेल ,काठमाडौं, ३ असोज ।
लामो समय र अर्बाैं रुपैयाँ खर्च गरेर संविधानसभाबाट नेपालको सातौँ संविधान जारी भएको आज ८ वर्ष पूरा भएको छ । यसबीचमा संविधान जारी गर्दा पक्षमा रहेका र विपक्षमा रहेका दलहरू पटक पटक सरकारमा सहभागी भए, गठबन्धन बनाए र एकै स्थानमा देखिए । उनीहरू दुवै पक्ष अहिले पनि संविधानमा खोट देखाइरहेका छन् ।
३० भदौ ०७२ मा संविधासभाबाट करिब ९१ प्रतिशत बहुमतले संविधान पारित भएको थियो । सोही संविधानलाई ३ असोज ०७२ मा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधानसभाको बैठकमार्फत सार्वजनिक गरेका थिए । अहिले सोही संविधान प्रचलनमा छ । तर, देशमा अझै सुशासन, राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण, जनप्रतिनिधिमा जनताप्रति उत्तरदायीको भावना, जनतालाई देखाएको विकास र समृद्धिको सपना पूरा गर्न सकेको छैन ।
नेपालमा ७४ वर्षको इतिहासमा सातवटा संविधान बने । संविधान निर्माणका विश्वका तीन प्रयोगमध्ये नेपालले हालसम्म तीनवटै प्रयोग गरिसकेको छ । राज्यप्रमुखको घोषणा, राजनीतिक सहमति र संविधानसभा निर्वाचनमार्फत् संविधान बनाउने विश्व प्रचलनलाई नेपालले पछ्याइसक्दा पनि असन्तुष्टिका स्वरहरू भने मत्थर भइसकेका छैनन् । ती सबै संविधानप्रति किन नागरिक र दलहरूको असन्तुष्टि रह्यो ? कुन संविधानले कस्तो व्यवस्था गरेका थिए भन्नेबारे यहाँ चर्चा गर्ने प्रयास गरिएको छ ।
नेपाल सरकार वैधानिक कानुन २००४
तत्कालीन प्रधानमन्त्री पद्मशमशेर जबराले पहिलो संविधानको रूपमा १३ माघ ००४ मा नेपाल सरकार वैधानिक कानुन २००४ जारी गरेका थिए । यसलाई संविधान नभनी वैधानिक कानुन मात्र भनियो । १ वैशाख ००५ बाट लागू हुने भनी घोषणा गरिएको यो वैधानिक कानुनमा ६ भाग ६८ दफा र १ अनुसूची रहेको अधिवक्ता सुजित केसी बताउँछन् ।
सो वैधानिक कानुन १३ माघ ००४ मा घोषणा गरी वैशाख ००५ सम्म लागू हुने बताइयो । संविधान लागू गर्ने विषयमा राणा परिवारमा ठूलो विवाद भयो । वैधानिक कानुन बनाउन सिंहशमशेर जबराको अध्यक्षता गठन गरिएको ‘वैधानिक सुधार समिति’को सदस्य सचिव सुवर्णशमशेर जबरा र सल्लाहकारमा कुलनाथ लोहनी थिए । उनीहरूले संविधानको मस्यौदा तयार पारे । यसमा ६ भाग ६८ दफा र १ अनुुसूची रहेको अधिवक्ता केसी बताउँछन् ।
यो वैधानिक कानुनमा श्री ५ र श्री ३ को अस्तित्व, जनताका मौलिक हक, दुई सदनात्मक व्यवस्थापिका, मन्त्रिमण्डल, पञ्चायतीसभा, प्रधानन्यायालय, प्रधान परीक्षक, दरखास्त परिषद्को व्यवस्था, बालिग नागरिकलाई मतदानको अधिकारको व्यवस्था गरिएको थियो । तर, आफ्नै भारदारबाट ज्यान मार्ने धम्की आएपछि १८ फागुन ००४ मा उपचारको बाहनामा प्रधानमन्त्री पद्मशमशेर भारत निर्वासन भएपछि यो वैधानिक कानुन क्रियाशील हुन सकेन ।
नेपालको अन्तरिम शासन विधान २००७
राणा शासन अन्त्यपछि नेपालको अन्तरिम शासन विधान २००७ जारी गरियो । ००४ मा जारी गरिएको संविधानलाई वैधानिक कानुन भनियो । जसकारण नेपालको अन्तरिम शासन विधान ००७ नेपालको पहिलो ऐतिहासिक संविधान रूपमा लिइने गरिएको छ ।
यो संविधान बनाउन पब्लिक सर्भिस कमिसनका कामु अध्यक्ष भगवतीप्रसाद सिंह अध्यक्षतामा गठन गरेको मस्यौदा आयोगको प्रतिवेदनलाई १७ चैत ००७ मा मन्त्रिमण्डलले पास गरेर राजा त्रिभुवनसमक्ष बुझायो । यसपछि राजा त्रिभुवनले १९ चैत ००७ मा अन्तरिम शासन विधान ००७ घोषणा गरे । यो संविधान राजा, राणा र कांग्रेससमेतको योगदानमा बनाइएको अधिवक्ता सुजित केसीले जानकारी दिए ।
उनका अनुसार यो संविधानमा ७ भाग ७३ धारा र १ अनुसूची थियो । संविधानले एक सदनात्मक व्यवस्थापिका सभाको रूपमा सल्लाहकार सभाको व्यवस्था गरेको थियो । अवशिष्ट अधिकार, संविधान संशोधन अधिकार तथा संकटकालीन अधिकार राजामा निहित थियो । लोकसेवा आयोगलाई पब्लिक सर्भिस कमिसनको रूपमा लिइएको थियो । यस संविधानले आठवटा नागरिकका मौलिक हकहरू समेटेको थियो ।
नेपाल अधिराज्यको संविधान २०१५
यो संविधान १ फागुन २०१५ मा राजा महेन्द्रले घोषणा गरेका थिए । संविधानसभाबाट संविधान बनाउन गरी देशलाई संसदीय व्यवस्थातर्फ लैजानका लागि राजा महेन्द्रले यो संविधान जारी गरेका हुन् । अधिवक्ता केसीका अनुसार यही संविधानअनुसार ०१६ सालको निर्वाचन गरिएको थियो ।
१९ माघ ०१४ मा भएको शाही घोषणाको आधारमा ३ चैत ०१४ मा पब्लिक सर्भिस कमिसनका कामु अध्यक्ष भगवतीप्रसाद सिंहको अध्यक्षतामा गठित संविधान मस्यौदा कमिसनले तयार पारेको मस्यौदाको आधारमा राजा महेन्द्रबाट नेपाल अधिराज्यको संविधान, २०१५ घोषणा गरिएको थियो ।
१ फागुन ०१५ देखि यो संविधानका धारा ७३ र ७५ लागू भएका थिए भने ३ असार ०१६ देखि बाँकी धाराहरू लागू भएका थिए । १० भाग ७७ धारा रहेको उक्त संविधानमा अनुसूची भने थिएन । यो संविधानले मौलिक हक, प्रतिनिधिसभा र महासभा गरी दुई सदन व्यवस्था गरेको थियो । साथै, मतदानको अधिकारसहित लोकसेवा आयोग, निर्वाचन आयोग, महालेखा परीक्षकको व्यवस्थासमेत गरेको थियो ।
तर, २२ पुस ०१७ मा बहुदलीय संसदीय व्यवस्था देशमा अफापसिद्ध भएको भन्दै राजा महेन्द्रले शाही घोषणामार्फत निर्वाचित संसद् र प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको मन्त्रिपरिषद् विघटन गर्दै एकदलीय पञ्चायती व्यवस्था सुरू गरेसँगै संविधानको औचित्य पनि समाप्त भयो ।
नेपालको संविधान २०१९
यो देशको चौथो संविधान हो । देशमा पञ्चायती व्यवस्था लागु गरेपछि राजा महेन्द्रले १ पुस २०१९ मा यो संविधान घोषणा गरेका थिए । २६ वैशाख ०१९ मा तत्कालीन अर्थ, आर्थिक कार्य विशेषमन्त्री ऋषिकेश शाह अध्यक्ष तथा कुलशेखर शर्मा सदस्य सचिव र अंगुरबाबा जोशी रहेको संविधान मस्यौदा आयोगले संविधानको मस्यौदा बनाएको थियो । आयोगले तयार पारेको मस्यौदाको आधारमा निर्दलीय पञ्चायती व्यवस्था, सक्रिय राजतन्त्रसहित व्यवस्थालाई स्वीकारेर यो संविधान घोषणा गरिएको थियो ।
२० भाग ९७ धारा र ६ अनुसूची रहेको संविधानले एक सदनात्मक राष्ट्रिय पञ्चायतको व्यवस्था गरेको थियो । सार्वभौमसत्ता तथा अवशिष्ट अधिकार राजामा निहित थियो । राजाबाट शाही घोषणामार्फत संविधान संशोधन हुन सक्ने प्रावधान थियो ।
लोकसेवा आयोग, महालेखा परीक्षकको, निर्वाचन आयोग, अख्तियार दुरुपयोग निवारण आयोगको व्यवस्था गरेको यस संविधानअनुसार बालिग मताधिकारको आधारमा नेपालको पहिलो आमनिर्वाचन ०३८ सालमा भएको थियो । यो संविधानमा तीनपटकसम्म संशोधन गरिएको थियो ।
नेपाल अधिराज्यको संविधान २०४७
३० वर्षे पञ्चायती व्यवस्थालाई अन्त्य गर्ने गरी भएको ०४६ सालको जनआन्दोलनले पछि नेपाल अधिराज्यको संविधान २०४७ घोषणा गरिएको थियो । २३ कात्तिक ०४७ मा राजा वीरेन्द्र शाहले घोषणा गरेको यो संविधानले बहुदलीय व्यवस्थालाई अंगीकार गरेको थियो ।
पञ्चायती व्यवस्थाको अन्त्य हुने गरी भएको ०४६ सालको जनआन्दोलनपछि विश्वनाथ उपाध्यायको अध्यक्षतामा गठित संविधान सुधार सुझाव आयोगले करिब आठ महिना लगाएर संविधान निर्माण गरेको थियो । यस संविधानलाई विश्वकै उत्कृष्ट संविधानको रूपमा पनि अथ्र्याइन्थ्यो ।
२३ भाग १३३ धारा र ३ अनुसूची रहेको उक्त संविधानमा १३ वटा मौलिक हक, १६ वटा राज्यका नीति, प्रतिनिधिससभा र राष्ट्रिय सभा गरी दुई सदन व्यवस्था गरेको यस संविधानले कार्यकारिणी अधिकार भने राजालाई दिएको थियो । तर, संविधानले राजाको काम कर्तव्य र अधिकार पनि सुनिश्चित गरेको थियो । अर्थात् राजा पनि संविधानभन्दा माथि छैनन् भन्ने सन्देश यस संविधानले दिएको थियो ।
लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महालेखा परीक्षकको व्यवस्था गरेको यस संविधानले पहिलोपटक महिला सहभागिताको सुनिश्चितता गरेको थियो । प्रत्येक राजनीतिक दलबाट कूल उम्मेदवारको कम्तीमा पाँच प्रतिशत महिला सदस्य हुनुपर्ने अनिवार्य व्यवस्था गरेको थियो । प्रतिनिधिसभा बैठकले दुई तिहाइ बहुमतले ६ महिनासम्म संकटकालीन व्यवस्था लागू गर्न सक्थ्यो । ०६२÷०६३ को जनआन्दोलनपछि नेपालको अन्तरिम संविधान ०६३ लागू भएसँगै नेपाल अधिराज्यको संविधान ०४७ संविधान खारेज भयो ।
नेपालको अन्तरिम संविधान २०६३
साढे दुई शताब्दी इतिहास बोकेको शाहवंशीय राजतन्त्रलाई अन्त्य गर्ने गरी सबै अधिकार कटौती गरेर १ माघ ०६३ मा नेपालको अन्तरिम संविधान जारी गरियो ।
दिल्लीमा ७ मंसिर ०६२ मा तत्कालीन सात राजनीतिक दल र विद्रोही माओवादीबीच भएको १२ बुँदे सम्झौताअनुसार २४ चैत ०६२ देखि आन्दोलन सुरु भयो । १९ दिन चलेको यो आन्दोलन दोस्रो जनआन्दोलनको रूपमा रह्यो ।
११ वैशाख ०६३ मा राजा ज्ञानेन्द्र शाहले प्रतिनिधिसभा पुनस्र्थापित गर्दै शासन सत्ता दलहरूलाई सुम्पिए । यसपछि विकसित राजनीतिक घटनाक्रमसँगै १ माघ ०६३ मा जारी गरिएको संविधानले संविधानसभामार्फत संविधान बनाउने, संविधानसभाको पहिलो बैठकले गणतन्त्र घोषणा गर्ने सुनिश्चित ग–यो ।
२५ भाग १६७ धारा र ४ अनुसूची रहेको सो संविधानले सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहने, धर्म निरपेक्ष, समावेशी र पूर्णलोकतान्त्रिक राज्य व्यवस्थालाई अंगीकार गरेको थियो ।
२१ वटा मौलिक हकको व्यवस्था, १९ प्रकारका राज्यका दायित्व, ६ वटा राज्यका निर्देशक सिद्धान्त, २५ वटा राज्यका नीतिको व्यवस्था गरेको संविधानले राजाको अधिकार निलम्बन गर्दै संविधानसभाको पहिलो बैठकले राजतन्त्रको अन्त्यको घोषणा, राष्ट्रपतिको चयन, संविधानसभामार्फत संविधान निर्माणको व्यवस्थालाई सुनिश्चित गरेको थियो । ३ असोज ०७२ मा संविधासभाले नेपालको संविधान जारी गरेपछि नेपालको अन्तरिम संविधान ०६३ खारेज भयो ।
नेपालको संविधान
दोस्रो संविधानसभाले ३ असोज ०७२ मा नेपालको संविधान जारी गरेको हो । यसलाई बोलीचालीमा नेपालको संविधान २०७२ पनि भन्ने गरिएको छ । ६ वर्षभन्दा बढी समय लगाएर अर्बाैं रुपैयाँ खर्चिएर यो संविधान बनाइएको हो । ३० भदौ ०७२ मा दोस्रो संविधानसभाले ९१ प्रतिशतभन्दा बढी बहुमतले पारित गरेको यो संविधान ३ असोज ०७२ मा संविधानसभाको बैठकमार्फत राष्ट्रपति डा.रामवरण यादवले घोषणा गरेका हुन् ।
३५ भाग ३०८ वटा धारा र ९ वटा अनुसूचीहरू रहेको यस संविधानले विधिवत् रूपमा राजतन्त्र अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था लागू गरेको छ । संविधानले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषित गरेको छ ।
यो जनताका प्रतिनिधिले पारित गरेको पहिलो र नेपालको सातौँ संविधान हो । यो संविधान संविधानसभाले बनाएको हो । संसद्को दुई तिहाइ बहुमतबाट यो संविधान परिमार्जन गर्न सकिने व्यवस्था गरिएको छ ।
संघीयतालाई आत्मसात गरेको संविधानले संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री रहने संसदीय प्रणालीलाई अंगीकार गरेको छ । संसद्मा समावेशी प्रतिनिधित्वको सुनिश्चितता, प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुईवटा सदनको व्यवस्था गरेको यो संविधानले संघ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचनालाई अंगीकार गरेको छ ।
महिला र दलितलाई विशेष आरक्षणको व्यवस्थासहित शिक्षा, स्वास्थ्य, पर्यावरणलगायतका हकलाई मौलिक हकअन्तर्गत राखिएको छ । न्यायपालिकाअन्तर्गत केन्द्रमा सर्वोच्च अदालतसहित संवैधानिक इजलास रहने व्यवस्था गरिएको छ । प्रदेशहरूमा उच्च अदालत र जिल्ला सदरमुकाममा जिल्ला अदालतहरू रहनेछन् ।
आमा वा बाबुको नामबाट वंशजको नागरिकता लिने सकिने प्रावधान राखिएको छ । सबै मातृभाषा राष्ट्रभाषाको रूपमा यस संविधानले व्यवस्था गरेको छ । तर, यस संविधानले आफूहरूको माग सम्बोधन नगरेको भन्दै मधेस केन्द्रित दलले असन्तुष्टि जनाउँदै आएका छन् । संविधान पारित वा घोषणा गर्दा उनीहरू सहभागी भएनन् ।
काठमाडौं, ३ असोज ।
साता लामो आयरल्याण्ड भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले द्विपक्षीय भेटघाट सुरु गरेका छन् । मंगलबार साँझ माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमरसँग उनले शिष्टाचार भेट गरेका छन् ।
भेटमा दुई देशबीच संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिए । उनका अनुसार भेटमा सभामुख घिमिरेले दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको २४ वर्षमा उच्चस्तरीय भ्रमण, सहयोग आदान प्रदान लगायतका काम भएको स्मरण गरेका थिए ।
सभामुख घिमिरेले विगत केही वर्षयता नेपाल र आयरल्याण्डबीच उच्चस्तरीय सम्बन्ध एवं सम्पर्क गहन हुँदै गएको बताए । उनले सन् २०१९ सेप्टेम्बरमा आयरल्याण्डको प्रतिनिधि सभाका सभामुखको नेपाल भ्रमणले दुई संसदबीचको सम्बन्धलाई घनिष्ट बनाएको उल्लेख गरेका थिए ।
सिनड एरियनका अध्यक्ष जेरी बटाइमरले संसदीय आदानप्रदानलाई दुवै देशले महत्वका साथ अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सुरक्षा परिषदमा नेपालले आयरल्याण्डलाई समर्थन गरेकोमा धन्यवाद दिएका थिए ।
नेपालको शिक्षा तथा पर्यटनका क्षेत्रमा आफ्नो मुलुक लगानी गर्न इच्छुक रहेको अध्यक्ष बटाइमरले जानकारी दिएका थिए ।
काठमाडौं, ३ असोज ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले संविधानपप्रति कटाक्ष गर्दै विषवृक्षबाट अमृत नफलेको बताएका छन् । संविधानसभाबाट जारी भएको संविधानले देशको सार्वभौमसत्ता, स्वाधिनता, राष्ट्रिय एकता, अर्थतन्त्रमा सुधार गर्न नसकेको भन्दै उनले विषवृक्षबाट अमृत नफलेको टिप्पणी गरेका हुन् ।
बुधबार देशभर संविधान दिवस मनाइरहँदा सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताजस्ता मुद्दाहरु नेपाली जनताका मुद्दा थिएनन् /होइनन् भन्ने हाम्रो दाबी छ । सुन्दा अप्रिय लाग्न सक्छ, यी मुद्दा सहि थियो भनेर प्रमाणित गर्न कथित बुद्धिजीवि र यसका भरियाहरु निर्रथक प्रयास गरिरहेका छन् । विषवृक्ष रोपेर अमृत फल फल्ने सम्भावना थिएन, अन्ततः फलेन, फल्दैन ।’
देशले अवलम्बन गरेको मार्गचित्रको समीक्षा गर्ने र ‘कोर्स करेक्सन’ गर्ने बेला आएको भन्दै फेसबुकमा उनले लेखेका छन् :
आज संविधान दिवस, संविधानलाइ हामीले आलोचनात्मक समर्थन गरेका छौं । हामी संविधानका मूलभूत मान्यता परिवर्तन गर्ने पक्षमा छौं। यसका लागि संघर्षरत छौं, आफ्नो मान्यताका पक्षमा जनमत बटुल्न प्रयासरत छौं। यो संविधान जारी भएपछि देशमा सुशासन, स्थिरता, दिगो शान्ति, अर्थतन्त्रमा सुधार, रोजगारीको सिर्जना, युवालाइ स्वदेशमै गरिखाने वातावरणको निर्माण, जनताको जीवनस्तरमा आमूल सुधार, भोलिको सुन्दर नेपालको आशालाग्दो खाका एवं राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, स्वाभिमान र सबल नेपालका पक्षमा संविघानका पक्षधर र संवाहक शक्तिहरुले कार्य गरेका भए हाम्रा मान्यताहरु स्वतः कमजोर र असान्दर्भिक हककुदै जाने निश्चित थियो । नेपालीमा एउटा उखान छ– “उचालेको कुकुरले मृग मार्दैन।” गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता जस्ता मुद्दाहरु नेपाली जनताका मुद्दा थिएनन्/होइनन् भन्ने हाम्रो दाबी छ। सुन्दा अप्रिय लाग्न सक्छ, यी मुद्दा सहि थियो भनेर प्रमाणित गर्न कथित बुद्धिजीवि र यसका भरियाहरु निर्रथक प्रयास गरिरहेका छन् । विष वृक्ष रोपेर अमृत फल फल्ने सम्भावना थिएन, अन्ततः फलेन, फल्दैन ।
देशले अवलम्बन गरेको मार्गचित्रको समिक्षा गर्ने र ‘कोर्स करेक्सन’ गर्ने बेला आएको छ। जहककाबाट गल्ती शुरु भएको छ, त्यहि बिन्दुबाट ‘कोर्स करेक्सन’ शुरु गरिनुपर्छ । देशले थप बर्बादी थेग्न सक्ने अवस्था छैन । पचासौं लाख युवालाइ स्वदेश फर्काउने, स्वदेश फर्केका र स्वदेशमै भएका युवालाइ काम र सम्मान दिने, यो देश सबैका लागि बस्नलायक बनाउने काममा लाग्न ढिला भइसकेको छ।
राजसंस्था लगायत कुनै पनि शक्तिलाई निषेध नगर्ने गरी नयककाखाले समझदारीको आवश्यकता छ । देशभित्रका परिवर्तनकारी शक्ति र परम्परागत शक्ति बीचको आपसी एकता, सहकार्य र अस्तित्वको स्विकारोक्तिको जगमा आमूल सुधारको नयकका यात्रा प्रारम्भ गरौं । यो बाटो नै मुलुकको दीर्घकालीन हितमा छ/हुनेछ। सबैले सोचौं ।
काठमाडौं, ३ असोज ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनतामा फाटो ल्याउने प्रवृत्ति राष्ट्रिय एकताको पक्षमा हुन नसक्ने बताएका छन् ।
संविधान दिवसको अवसरमा बुधबार नारायणचौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्र्दै उनले जनतामा फाटो ल्याउने प्रवृत्ति र क्रियाकलाप राष्ट्रिय एकताको पक्षमा नभएको बताएका हुन् ।
देशको उन्नति तथा जनतामा फाटो ल्याउने प्रवृत्ति, राष्ट्रिय एकतामा खलल पु¥याउने प्रवृत्ति राष्ट्रिय एकताको पक्षमा नभएको उनको भनाइ छ ।
संविधान प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने जोड दिएका उनले देशमा शान्ति, सुरक्षा, सामाजिक न्याय, समानता र राष्ट्रिय एकता कायम गर्नुपर्ने बताए ।
राजनीतिक संघर्षबाट प्राप्त उपलब्धिलाई समाप्त पार्न छिटपुट रूपमा प्रयास भइरहेका बताउँदै उनले त्यस्ता क्रियाकलाले राष्ट्रिय एकतालाई खलबल्याउने बताए ।

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता बोकेको भ्रष्ट शासकको पुत्ला जलाउन तथा राँके जुलुश प्रर्दशन गर्ने तयारी गरिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
प्रदर्शनलाई ब्यापकता दिई सफल बनाउन पार्टीले जिल्ला कमिटी, भातृसंगठन र आमजनतालाई आह्वान समेत गरेको पार्टीले जनाएको छ । संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यबस्थाले मुलुकलाई सड्ढटको दलदलमा फसायकोले मुक्तिका लागि अब सडक संघर्षका माध्यमबाट ब्यबस्था परिबर्तनमा जोड दिदै राप्रपा नेपाल पछिल्लो समय सडक आन्तोलनको तयारीमा रहेको छ।
काठमाडौं, २ असोज ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठसँग संयुक्त राष्ट्रसंघीय विपद् जोखिम न्यूनीकरण कार्यालय, एशिया प्यासिफिक क्षेत्रीय प्रतिनिधि मार्को टोस्कानो रिभाल्टाले शिष्टाचार भेटवार्ता गरेका छन् ।
मंगलबार सिंहदरबार स्थित आयोगको कार्यालयमा उपाध्यक्ष श्रेष्ठसँग क्षेत्रीय प्रतिनिधि मार्कोले शिष्टाचार भेटवार्ता गरेका हुन् ।
भेटमा विपद् जोखिम न्युनिकरण गर्न अपनाउनु पर्ने संरचनात्मक तथा विधिगत उपायका विषयमा छलफल भएको थियो । उपाध्यक्ष श्रेष्ठले विपद् जोखिम न्युनिकरणमा निकै अघि बढेको बताए ।
भेटमा संयुक्त राष्ट्र संघको नेपाल स्थित आवासीय संयोजक हान्ना सिंगर हेम्डीको समेत उपस्थिति थियो ।
काठमाडौं, २ असोज ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्न हतार गर्न नहुने बताएका छन् ।
पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको सम्झनामा मंगलबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान संशोधन गर्न हतार गर्न नहुने बताएका हुन् । संविधान संशोधन गर्दा धेरै विषयमा विचार पु¥याउनुपर्ने उनको भनाइ छ ।
दुईपटक संविधान संशोधन गरिसकेको भन्दै उनले संविधान संशोधनअघि अहिले आवश्यक छ कि छैन भनेर विचार गर्नुपर्ने बताए ।
आवश्यक परेको अवस्थामा दीर्घकालीन प्रभावलाई ध्यानमा राखेर व्यापक छलफलपछि मात्र संविधान संशोधन गर्नुपर्नेमा उनको जोड छ ।
काठमाडौं, २ असोज ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुझाव संकलनका लागि केन्द्रीय नेतालाई जिल्ला–जिल्लामा खटाएको छ।
केन्द्रबाट खटाइएका १९ जना नेताले तीन दिन बसेर सुझाव, गुनासो संकलन गरेर ल्याउने पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिए।
पार्टी सभापति रवि लामिछाने रोल्पा जाने भएका छन्। पार्टी उपसभापति डोलप्रसाद अर्याल मधेस प्रदेशअन्तर्गत पर्सा जाने छन्।
महामन्त्री ढकाल कालिकोट जानेछन्। संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ बैतडी, सुमना श्रेष्ठ कैलालीको टीकापुर, शिशिर खनाल रसुवा, मनिष झा पर्वत, गणेश पराजुली ओखलढुंगा जाने ढकालले जानकारी दिए।
केन्द्रीय सदस्य रमेश प्रसाईं सुर्खेत, सन्तोष परियार कपिलवस्तु, विपीन आचार्य संखुवासभा, डा तोसिमा कार्की डोटी, हरि ढकाल सोलुखुम्बु, कमल सुवेदी गौर, रौतहट खटाइएका छन्।
सहमहामन्त्री कविन्द्र बुर्लाकोटी कञ्चनपुर, डा. स्वर्णीम वाग्ले तनहुँ, गणेश कार्की सिन्धुपाल्चोक, क्रान्तिशिखा धिताल खोटाङ र शंकर श्रेष्ठ इलाम जाने छन्।
सांसद र केन्द्रीय नेताहरूले ल्याएका सुझाव, गुनासाहरूलाई पार्टीको राजनीतिक, वैचारिक दस्तावेजमा समेटिने पार्टीले जनाएको छ। संविधान दिवसका सन्दर्भमा पनि रास्वपा पहिलो चरणमा जिल्ला जान लागेको हो। तीन चरणमा जिल्ला गएर, सुझाव संकलन गरेर दस्तावेजलाई पूर्णता दिने रास्वपाको तयारी छ।
काठमाडौं, २ असोज ।
खानेपानी मन्त्रालयले सात जना सहसचिवको सरुवा गरेको छ। मन्त्री महिन्द्रराय यादवले मन्त्रीस्तरीय निर्णय गर्दै खानेपानी विभागका महानिर्देशकसँगै मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशकसहित सात जना सहसचिवको सरुवा गरेका हुन्।
खानेपानी विभागका महानिर्देशक रमाकान्त दुवाडीको विराटनगरस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामा सरुवा भएको छ। विभागको महानिर्देशकको जिम्मेवारी मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठलाई दिइएको छ।
मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशकको जिम्मेवारी संघीय मामिला खानेपानी आयोजना विराटनगरका प्रमुख सुरत बमलाई दिइएको छ। सहसचिव बालमुकुन्द श्रेष्ठको संघीय आयोजना सुर्खेत, रामचन्द्र काफ्लेको बुटवल तथा प्रज्जव प्रजापतिको हेटौंडा र जक्की अहमदको जनकपुर सरुवा भएको छ।
गत वैशाख २४ गते नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीबाट खानेपानी मन्त्रालयको जिम्मेवारी पाएपछि उनले पहिलो पटक उच्चस्तरीय कर्मचारीको सरुवा गरिएको छ।
काठमाडौं, १ असोज ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकअघि संस्थापनइतर समूहले छुट्टै बैठक बोलाएको छ।
नेता शेखर कोइरालाले १४औं महाधिवेशनमा आफू पक्षबाट उम्मेदवार भई जितेका पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन्।
कांग्रेसले असोज ४ गते केन्द्रीय समिति बैठक बोलाएको छ।
उक्त बैठकमा सामूहिक रूपमा धारणा प्रस्तुत गर्न विभिन्न विषयमाथि छलफल गर्न कोइरालाले आफू पक्षको बैठक बोलाएका हुन्।
काठमाडौं, १ असोज ।
राप्रपा नेपालले आगामी असोज ३ गते देशब्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ। आज पार्टी अध्यक्ष कमल थापाको उपस्थितिमा बसेको समिक्षा बैठकले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता बोकेको भ्रष्ट शासकको पुत्ला जलाउन तथा राँके जुलुश प्रर्दशन गर्ने निर्णय गरेको छ।
प्रदर्शनलाई ब्यापकता दिई अफल बनाउन पार्टीले पार्टीको जिल्ला कमिटी, भातृसंगठन र आमजनतालाई आह्वान समेत गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
आज बसेको बैठकमा गत भाद्र २९ गते भएको बिरोध प्रदर्शनको समिक्षा र भाबी कार्यक्रमको बारेमा छलफल भएको थियो। बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले अहिले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यबस्थाले मुलुकलाई सड्ढटको दलदलमा फसाएकोले मुक्तिका लागि अब सडक संघर्षका माध्यमबाट ब्यबस्था परिवर्तनमा जोड दिए।
‘यो व्यवस्था र प्रणालीले मुलुक बचाउन र बनाउन सकिन्न, अब आन्दोलनबाट नै सबै अटाउने ब्यबस्था ल्याउनुपर्दछ’ थापाले भने। बैठकमा पार्टीका पदाधिकारी सदस्य तथा जनवर्गीय संगठनका प्रमुखहरु र उपत्यकाका जिल्ला अध्यक्षहरुले आन्दोलनमा जान जोड दिएका थिए।
काठमाडौं, १ असोज।
नेपाल भ्रमणमा रहेको कम्युनिष्ट पार्टी अफ चाइना (सिपिसी) को युनान प्रान्तको स्थायी समिति सदस्य तथा प्रान्तीय प्रचार विभाग प्रमुख जेङ यानको नेतृत्वको टोलीले आज उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार भेटवार्ता गरेको छ।
भेटवार्ताका क्रममा दुई देशबीच रहिआएको सौहार्द्रपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन चाल्न सकिने कदमबारे छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ। सो अवसरमा उपराष्ट्रपति यादवले नेपाल र चीनबीचको सम्बन्ध शान्तिपूर्ण, सहअस्तित्वका सिद्धान्त, मित्रता, आपसी सहयोग एवं साझेदारी, एकअर्काको आधारभूत चासो तथा संवेदनशीलताको जगमा बलियोसँग उभिएको बताए।
उपराष्ट्रपति यादवले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको बताए। उनले गत अगस्तमा चीन भ्रमणका क्रममा युनान प्रान्तबाट पाएको अतिथि सत्कारको प्रशंसा गर्दै युनानको कुनमिङ्गमा सातौँ चाइना–साउथ एसिया एक्स्पोजिसन र २७औँ चाइना (कुनमिङ) इम्पोर्ट एन्ड एक्स्पोर्ट फेयर सफलतापूर्वक आयोजना गरेकामा टोलीसमक्ष धन्यवाद व्यक्त गरे।
‘नेपालको कूल बाह्य व्यापारमध्ये चीनसँगको हिस्सा करिब १४ प्रतिशत रहेकामा यसलाई वृद्धि गर्न सकिने सम्भावनाहरु धेरै छन्’, उपराष्ट्रपति यादवले भने, ‘द्विपक्षीय व्यापारलाई दिगो र व्यापक बनाउन चिनियाँ पक्षलाई तुलनात्मक लाभका विभिन्न उत्पादनहरुमा उत्पादक क्षमता बढाउनाका साथै तरकारी, मासुजन्य उत्पादन, चिया र जडीबुटी जस्ता उत्पादनहरूको निकासी गर्न अनुरोध गर्दछु।’
उपराष्ट्रपति यादवले सुमधुर द्विपक्षीय सम्बन्धका आयामहरुमध्ये जनस्तरको सम्बन्ध एउटा महत्वपूर्ण आयाम रहेकाले दुई देश बीचको सम्बन्ध जनस्तरमा अझै सुदृढ हुनेमा आफू विश्वस्त रहेको समेत बताए। चिनियाँ भ्रमण टोलीका नेतृत्व गरिरहेकी जेङ यानले आफूहरूको यो भेटघाट उपलब्धिमूलक रहेको बताउँदै दुई देशको सम्बन्धलाई थप प्रगाढ, सुदृढ र बलियो बनाउन आफ्नो स्तरबाट प्रयास गर्ने बताइन्।
विशाल बस्नेत/ न्युज कारखाना ,३१ भदौ, महोत्तरी ।
पहाडको फेदिमा खयरले छाएका फुसका घरहरु छन । आकाशमा बाक्लै लोपोन्मुख जातको चरा गिद्व र चिलहरु घुमिरहेका छन । पाखाहरुमा बाख्राहरु चरिरहेको छन । गोठालाहरु सुस्केरा हालेर स्थानिय गीत गाईरहेको सुनिन्छ । त्यस माथी चराचुरुङ्गीहरुको संगीतमय चिरविरले यहाँ पुगेपछी जो कोहीले छुट्टै आनन्द लिन सक्छन ।
प्राकृतिक छट्टाले अनेकौ तरहले सिंगारिएको यो मनमोहक दृश्य हो, महोत्तरीको उत्तरवर्ती क्षेत्र राई मन्डलको ।
बर्दिवास नगरपालिकाको समथर भु-भाग छाडेर झन्डै ७ किलोमीटर माथी उक्लेपछी राईमन्डल पुगिन्छ । यही राईमन्डलमा रहेका भिम डाँडा र सोली घोप्टे नामक अजंग पहाडका दुई टाकुरालाई देखेपछि मधेशको समथर भु-भाग नियालिरहेको जस्तो महसुस हुन्छ ।
समुन्द्री सतहवाट झण्डै ३६२ फिट अग्ला यी पहाडहरु तराईका गहना हुन भने बर्दिवासको समृद्धिको आधार पनि । पहिचान, परिचय र पर्यटकीय अवसरको पर्खाईमा रहेका यी डाँडाहरु देख्दा जति मनोरम छन, त्यतिकै प्राचीन र आध्यात्मिक विरासत समेत बोकेका छन । स्थानियका अनुसार शान्ति र देवत्व प्राप्तिका लागी लामा र अध्यात्मिक व्यक्तिहरु यहाँ आएर तपस्या समेत गर्ने गरेका छन ।
प्रचारप्रसारको अभावमा ओझेलमा रहेको यी डाँडाहरु मधेशका पाकृतिक भ्यू टावर समेत मानिन्छ । स्थानिय युवा विजय पोखरेल यी डाँडामा उक्लिएपछि भारतको सिमाना देखि जनकपुर सहर समेत दृश्यावोलकन गर्न सकिने बताए । `यहाँका सम्भावनाका बिषयमा हामीले सरोकारवालाहरुलाई निक्कै झकझक्याएका छौ तर सुनुवाई हुन सकेको छैन,´ उनले भने, `महोत्तरीको उत्तरवर्ती क्षेत्र बर्दिवासको समृद्धिको मुख्य आधार पनि पर्यटन नै हो ।´ बर्दिवास नगर क्षेत्रमा रिसोर्ट देखि हाेटलसम्म ७० भन्दा बढी छन ।
निक्कै ठुलो लगानी गरेका होटलहरु दिन्हु धरासयी बन्दा व्यापारीहरुमा चिन्ता बढदै गएको छ । होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुन्ज कार्की बर्दिवासमा भएका प्राकृतिक दृश्य र यस्को व्यवस्थापन गर्न नसक्दा पर्यटकहरुलाई एकदिन पनि नबस्ने गरेको गुनासो गर्छन । राइ मण्डलसम्म जाने गरी पर्यटकलाइ लैजान सके बर्दिबासकाे हाेटल ब्यावसाय उकासिने उनकाे तर्क छ ।
अझ राई मन्डलको वरपर मध्यपाषण युगको हतियार कारखाना भएको जर्मनी नागरिक गुड्रन कर्विन्सले आफ्नो किताब ‘प्रि हिस्टोरिक कल्चर इन नेपाल’मा उल्लेख गरेपछि यस्को महत्व थप चुलिएको छ । कार्विन्सले उक्त किताबको भोलम १, पृष्ठ २३९ मा अहिलेको राईमन्डल अर्थात पाटु र रातु नदी वरपरको मानव सभ्यता १० हजार वर्ष पूरानो भएको उल्लेख गरेकी छन् । यसका लागि उनले सन् १९८५ को दशकमा १० वर्ष लगाएर पाटुको अध्ययन गरेकी थिइन् । रातो माटोले पुरिएको अवस्थामा हजारौ मध्य पाषण युगका हतियारहरु भेटिए पछि यो नै सबैभन्दा पुरानो मानव सभ्यता भएको उनले आफ्नो किताबमा वर्णन गरेकी छिन् ।
मध्यपाषण १२ देखि १२ हजार बर्ष अघिको अवधि र ६ देखि १० हजार वर्ष अघिको नवपाषणको अवधिलाई भनिन्छ । यसरी गुड्रन कार्विन्सले गरेको अध्ययनअनुसार यो ठाउँ १० हजार वर्ष अघिको अर्थात् मध्य पाषण युगको सभ्यता रहेको निष्कर्ष निकालिएको छ ।
पहिले त कर्विन्सले नेपालमा ढुंगे युगमा मानव चहलपहल थियो भन्ने तथ्य विश्वलाई बताएकी छन् । कर्विन्स राइमन्डल आसपास र पाटुमा नै किन आइन् ? भन्ने विषय अझै रहस्यमय छ । तर, १० वर्ष लगाएर गरिएको अनुसन्धान पछि उनले निकालेको निष्कर्षको विषयमा भने धेरै मानिसहरु बेखवर छन ।
राईमन्डलका अग्ला डाडाहरुमा जिपलाइनका सम्भावना र कर्विन्सले भनेको यस्को फेदीमा थप खोजी गरि नविन पर्यटकिय गन्तव्य बनाउन सकिने आधारहरु देखिएका छन ।
काठमाडौं, ३० भदौं ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई एक साता लामो भ्रमणका क्रममा आज भारत गएका छन् ।
नेपाल समाजवादी पार्टी (नेसपा)को प्रवास कमिटीको निमन्त्रणामा पुर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराई आज भारत प्रस्थान गरेका हुन ।
साताब्यापी भ्रमणका क्रममा उनले नेपाली समुदायसँग छलफल र अन्तरक्रिया गर्नुका साथै नेपालको आर्थिक विकासलगायतका विषयमा प्रबचन दिनेछन ।
भट्टराईको सचिवालयका अनुसार भारत भ्रमणको क्रममा त्यहाँ रहेका नेपाल-भारत सम्बन्धमा जानकार बुद्धिजीवी, नागरिक समाजका अगुवासँग पनि भेटघाट गर्ने कार्यक्रम छ।
भारतका मुख्य सहरहरू गोवा, कर्नाटक, नयाँ दिल्ली र चन्डिगढमा अायाेजित कार्यक्रममा सहभागी भएर उनी अब असोज ५ गते मात्रै स्वदेश फर्कने छन्।
काठमाडौं, ३० भदौं ।
राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शितल निवास पुगेका छन ।
संयुक्त राष्ट्र संघीय सभालाई सम्बोधन गर्न आज अमेरिका जानु अघि प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेललाई भेटन शितल निवास पुगेका हुन ।
सो भेटघाटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। साथै, सो भेटघाटमा समसामयिक राजनीतिक बिषय पनि छलफल भएको थियो ।
प्रधानमन्त्री प्रचण्ड आज साँझ ६ बजे कतार एअरलाइन्सको फ्लाइटबाट न्युयोर्क, अमेरिका प्रस्थान गर्दैछन् । आगमी १८ देखि २६ सेप्टेम्बरसम्म न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन् ।
नेपालका प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री प्रचण्ड त्यस पछि उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा निस्कने छन् ।
काठमाडौं, ३० भदौं ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता पोष्टबहादुर बोगटीलाई सम्झना गरिएको छ ।

माओवादी केन्द्रका प्रभावशाली र इमान्दार नेता मानिने बोगटीको नवौं नवौ स्मृति दिवसमा उनको सम्झना गरिएको हो ।

पेरिसडाँडा, काठमाडौंस्थित पार्टी मुख्यालयमा आयोजित स्मृति सभामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनले पार्टी र देशका लागि गरेको योगदानको चर्चा परिचर्चा गरेका छन ।
आज साँझ अमेरिका प्रस्थान गर्नु अघि अध्यक्ष प्रचण्डलगायत माओवादी शिर्ष नेताहरुले बोगटीको तस्विरमा माल्यार्पण तथा पुष्पगुच्छा अपर्ण गरेका छन् ।

विशाल बस्नेत,२९ भदौ, महोत्तरी ।
माओवादी केन्द्र महोत्तरीको विवाद उत्कर्षमा पुगेको वेला बर्दिवास नगरपालिकामा समान्तर अभियान सुरु भएको छ ।

जनतासगँ माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत महोत्तरीका इन्चार्ज बनेर आएका केन्द्रिय सदस्य अच्युतम काफ्लेले समान्तर गतिविधिले दिक्क भएकाे बताएका छन ।
इन्चार्ज काफ्लेले पाटीको निर्देशन विपरित बर्दिवासमा समान्तर गतिविधि भएको ठहर गर्दै एक बिज्ञप्ति समेत जारी गरेका छन । बिज्ञप्तिमा पार्टीकाे कार्यविभाजन अनुसार वडामा खटिनुपर्ने नेताहरुले समान्तर गतिविधि गरेको बताउदै यस्ता गतिविधि नगर्न सचेत समेत गराइएको छ ।
गत २९ भदौ कै दिनवाट यस्ता गतिविधिमा नलाग्न निर्देशन दिदै इन्चार्ज काफ्लेले समान्तर गतिविधमा लागेको पाईएमा गम्भीर अनुसासन उल्लंघनको बिषय बन्न सक्ने बताएका छन । तर माओवादी केन्द्र महोत्तरीमा संस्थापन पक्ष र संस्थापन इतरविच विवाद चुलिदै गएको छ । बर्दिवासमा नै २ बर्षदेखी पार्टी कमिटी बनाउन नदिई हस्तक्षेप गरेको संस्थापन इतरको आरोप छ भने संस्थापन पक्षले जे जस्तो विवाद भए तापनी वडा अभियान सके पछि निष्कर्षमा पुर्याउने बताउदै आएको छ ।

यसै विचमा बर्दिवास नगर कमिटीको नेतृत्व विहिन बनिरहेको वेला रुद्र सुस्लिङ्ग मगरलाई नगर इन्चार्ज वनाएर रुपान्तरण अभियानका कार्यक्रम संचालन गर्दै आएको छ । नगरबाटै निर्णय गरि वडामा कसरी जाने ? भन्ने बिषय तय भएको र सोहीअनुसार कार्यक्रम संचालन गरिरहेको रुद्र सुस्लिङ्ग पक्षले जनाएको छ ।
तर इन्चार्ज अच्युतम काफ्ले र मधेश प्रदेश इन्चार्ज लीलामणि पोखरेलले भने यो निर्णयलाई अस्विकार गरेका छन । १७ साउन देखि २१ साउनसम्म चलेको केन्द्रिय बैठकको निर्णय अनुसार नै पाटी चल्नुपर्ने र पाटी सर्कुलेसन बाहिर गएर कुनै पनि गतिविधि गर्न नमिल्ने उनिहरुको भनाइ छ ।

नगर कमिटीलाई पुर्णता दिएर वडाका कार्यक्रम संचालन गर्दा थप प्रभावकारी बन्ने ठानेर पाटी हितका लागी नै आफुहरु लागि परेको सुस्लिङ्ग पक्षधरको दावी छ ।
हेटौंडा, ३० भदौं ।
बागमती प्रदेश सभा बैठक बस्दैछ ।
शुक्रबारका लागि तय भएको बैठक अन्तिम समयमा स्थगित भए पछि सो बैठक शनिबार बस्न लागेको हो ।
प्रदेश सभा सचिवालयका अनुसार प्रदेश सभाको सो बैठक बिहान ११ः०० बजे बस्ने छ ।
प्रदेशसभा सचिवालयका अनुसार आजको बैठकमा विशेष समयलाई कार्यसूचीमा राखिएको छ भने सोही बैठकवाट प्रदेशसभामा पेस भएका विधेयकलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ ।
प्रदेशसभाको बैठक यसअघि गत भदौ २४ गते बसेर स्थगन गरिएको थियो । चालु आर्थिक बर्षको बजेटमा सत्तापक्ष र प्रतिपक्ष बिचमा सहमति हुन नसक्दा बागमती प्रदेशको प्रदेश सभा बैठक पछिल्लो समयमा प्रभावित हुदैँ आएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटमा यसअघि भएको सहमति सरकार र सत्तारुढ दलले अस्विकार गरे पछि प्रदेश सभा बैठकमा सञ्चालन सहज तरिकाले हुन अझै सकेको छैन ।
काठमाडौं, ३० भदौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज अमेरिका प्रस्थान गर्दैछन् ।
संयुक्त राष्ट्रसङ्घ ७८औँ महासभामा भाग लिन शनिबार अमेरिकातर्फ प्रस्थान गर्न लागेका हुन ।
हिजो बसेको मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण स्वीकृत गरेको छ ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो ।
चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, कृषिलगायतका बिषयमा दुईपक्षीय छलफल र केही विषयमा समझदारी हुने सरकारकी प्रवक्तासमेत रहेकी सुचना तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् ।
प्रधानमन्त्री प्रचण्ड राष्ट्र संघीय सभालाइ सम्बोधन गरेर अमेरिकावाट असोज ५ गते चीन भ्रमणमा जाने कार्यतालीका रहेको छ ।
काठमाडौं, २९ भदौ । सरकारले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको छ। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभा भाग लिन शनिबार जाँदैछन्। उतैबाट असोज ५ गते प्रधानमन्त्रीको चीन भ्रमणमा जाने कार्यतालीका रहेको छ।
काठमाडौं, ३० भदौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई एक साता लामो भ्रमणका क्रममा आज भारत जाँदैछन ।
नेपाल समाजवादी पार्टी (नेसपा)को प्रवास कमिटीको निमन्त्रणामा पुर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराई आज भारत प्रस्थान गर्न लागेका हुन ।
साताब्यापी भ्रमणका क्रममा उनले नेपाली समुदायसँग छलफल र अन्तरक्रिया गर्नुका साथै नेपालको आर्थिक विकासलगायतका विषयमा प्रबचन दिनेछन ।
भट्टराईको सचिवालयका अनुसार भारत भ्रमणको क्रममा त्यहाँ रहेका नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजीवी, नागरिक समाजका अगुवासँग पनि भेटघाट गर्ने कार्यक्रम छ।
भारतका मुख्य सहरहरू गोवा, कर्नाटक, नयाँ दिल्ली र चन्डिगढमा अायाेजित कार्यक्रममा सहभागी भएर उनी अब असोज ५ गते मात्रै स्वदेश फर्कने छन्।
काठमाडौं, २८ भदौ । नेकपा एकीकृत समाजवादीले २१ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा गत ५–७ भदौको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य मनोनीत गरेको उल्लेख छ।
एकीकृत समाजवादीले अजयबहादुर मल्ल (बाजुरा), ओमचरण अमात्य (भक्तपुर), गौतम राई (काठमाडौं), गोविन्द चेपाङ (मकवानपुर), चन्द्रा श्रेष्ठ (झापा), चिरञ्जीवी भट्टराई (सुनसरी), जयप्रकाश यादव (बारा) र दीपक केसी (काठमाडौं) लाई केन्द्रीय सदस्य मनोनीत गरेको छ।
यस्तै धनबहादुर कार्की (रामेछाप), धर्म शाही (मुगु), नन्द बञ्जाडे (काठमाडौं), बरुनाथ योगी (दैलेख), बैकुण्ठ भुसाल (पर्वत), भक्तिमान सुब्बा (पाँचथर), मीना लामा (मकवानपुर), रामप्रसाद ढुंगाना (काठमाडौं), लंक हमाल (कपिलवस्तु), शालिकराम भट्टराई (नवलपरासी पूर्व), शिवकुमारी खनाल (काठमाडौं), शैलेन्द्र उपाध्याय (रुपन्देही) र सुदेश पराजुली (काठमाडौं) लाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो।
काठमाडौं, २९ भदौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज बिरोध प्रदर्शन गर्दैछन ।
भर्खरै संबैधानिक राजतन्त्रको अजेन्डामा फर्किएको कमल थापा नेतृत्वको राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गर्न लागेको हो ।
संबैधानिक राजतन्त्रको पुर्नस्थापना, हिन्दु राष्ट्रको माग र संघियताको खारेजी तथा भ्रष्टचारको बिरोधमा राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गर्न लागेको सो पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
उनका अनुसार भदौं २९ गते दिउँसो १ बने भद्रकालीबाट प्रदर्शन सुरु हुने र भृकुटीमण्डपमा आएर बिरोधसभामा परिणत हुनेछ । उक्त सभालाई अध्यक्ष थापालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
काठमाडौं, २९ भदौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।
संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भाबित कार्यसुची अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्राप्त कार्यभारी तोकिएको सबन्धीको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने छन् ।
साथै, सभामुख घिमिरेले नेपालको संविधान धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको ब्योहोरा प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१५ को (१) बमोजिम जानकारी गराउने छन् । जसअनुसार प्रतिनिधिसभा सदस्यसमेत रहेका संबिधानसभा अध्यक्ष सुबासचन्द्र नेम्वाङको निधन पछि निर्वाचन क्षेत्र इलाम–१ रिक्त रहेको जानकारी बैठकमा गराइनेछ । नेम्बाङकाे गत मंगलबार निधन भएकाे थियाे भने हिजाकाे बैठक शाेक प्रस्ताब पारित गरेकाे थियाे ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संसोधन गर्न बनेको बिद्येयक २०८० लाई दफाबार छलफलका लागि सबन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
गौर, २७ भदौ । पुर्वमन्त्री समेत रहेका आम जनता पार्टीका अध्यक्ष प्रभु साहबिरूद्द गाली बेइज्जतीको मुद्दा दर्ता भएको छ ।
जिल्ला अदालत, गौरमा समाजवादी युवा संघ, रौतहटका इन्चार्ज सन्जीव कुमार यादवले साह बिरूद्द गाली बेइज्जती मुद्दा दर्ता गरेका हुन ।
उनले दर्ता गरेको मुद्दामा साहसहित सोही पार्टीका नेताहरू उपेन्द्र साह, अमर साह, चन्देस्वर साह र चन्द्रभुसन साहलाइ बिपक्षी बनाएका छन।
सांसद साहको निर्देशनमा आफुलाइ घेरा हाली हातपात गर्नुको साथै गाली बेइज्जत गरी आफ्नो मानमर्यादा र प्रतिष्ठामा आँच पुर्याउने काम गरेको उनको अभियोगमा उल्लेख छ ।
जनता समाजबादी पार्टी नेपाल रौतहटको जिल्ला कार्यकारिणी समिती सदस्यसमेत रहेका यादवको मुद्धामा चाँडै सुनवाई हुने अदालतले जनाएको छ ।
काठमाडौं, २८ भदौ ।
संविधानसभाका अध्यक्ष तथा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको आज दाह संस्कार गरिने भएकाे छ ।
पार्टी मुख्यालयवाट हिजाे पार्थीव शरीरलाई निजी निवास बालुवाटार राखिएर मुन्धुम परम्परावाट अन्तिम धार्मिक संस्कार सकाए पछि आजै अपरान्ह १२ बजे अन्तिम संस्कार गरिन लागिएकाे हाे ।
गत मंगलबार बिहान हृदयघातबाट निधन भएका नेम्वाङको पार्थीव शरीरलाई च्यासलस्थित पार्टी कार्यालयबाट मंगलबार देखी राखिएकाे थियाे । र, हिजाे पार्टी कार्यालयबाट नेम्वाङको पार्थीव शरीरलाई आफन्त, इष्टमित्र र परिवारका सदस्यबाट श्रद्धाञ्जली अर्पणका लागि निजी निवास लगिएको हो ।
मंगलबार दिउँसो भने पार्टी कार्यालय, च्यासल ललितपुर पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका शीर्षनेता, कार्यकर्ता, शुभेच्छुकहरुले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेकाा थिए ।
नेम्वाङको अन्त्येष्टि बिहीबार पुशपति आर्यघाटमा गर्ने कार्यक्रम छ भने सोही दिन सरकारले नेम्वाङको सम्मानमा सार्वजनिक बिदा दिने भएको छ । उनको राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने सरककारले निर्णय गरेको छ ।
काठमाडौं, २४ भदौं ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) पुनः बिभाजित अवस्थामा पुगेको छ ।
संस्थापन पक्षधरसँग असन्तुष्ट रहदै आएको विनोद कुँवर पक्षले छुट्टै महाधिवेशन गर्ने जनाए पछि एनआरएनए पुनः बिभाजनको दिसातर्फ गएको हो ।
संस्थापन पक्षले एकताको सहमतिअनुसार कार्यान्वयन गर्न नमानेको निष्कर्ष निकाल्दै कुँवर नेतृत्वको एनआरएनएले छुट्टै महाधिवेशन गर्ने निर्णय गरेको जनाईएको छ ।
शनिबार कुँवरको सभापतित्व तथा पूर्व प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा सम्वन्न संघको बिशेष साधारणसभाले आगामी मार्च भित्र महाधिवेशन गर्ने निर्णय गरेको हो ।
जसअनुसार गत जुलाई सम्म सम्पन्न गर्नुपर्ने राष्ट्रिय महाधिवेशन नोभेम्बरसम्म पछि सार्न गरिएको प्रस्ताव सभाबाट पारितसमेत भएको छ।
साथै, संघको ११ औं अन्तराष्ट्रिय महाधिवेशन मार्च भन्दा पहिले सम्पन्न गर्नेगरी परिषद बैठकले निर्णय गर्ने गरी प्रस्ताव पनि पारित भएको अध्यक्ष कुँवरले जानकारी दिएका छन ।
लन्डन, २४ भदौं ।
बेलायतका पाँच पूर्व मेट्रोपोलिटन पुलिस अधिकारीहरूलाई बेलायती प्रधानमन्त्री ऋषि सुनक र स्वर्गीय महारानी एलिजाबेथ द्वितीय लगायतका विरुद्ध व्हाट्सएपमा घोर आपत्तिजनक जातिवादी सन्देशहरू पठाएको अभियोगमा दोषी ठहर गरिएको छ।
प्रतिवेदनका अनुसार पाँचैजना अधिकृतले सन् २००१ र २०१५ को बीचमा प्रहरी बलबाट अवकाश लिएका छन् र पाँचै जना अधिकृतले आफ्नो अपराध स्वीकार गरेका छन् ।
प्रधानमन्त्री सुनक र पूर्व गृह सचिव प्रिती पटेल, स्वर्गीय महारानी एलिजाबेथ द्वितीय र राजकुमार ह्यारी जस्ता भारतीय मूलका राजनीतिज्ञहरूलाई जातिवादी सन्देशहरू पठाइएको कुरा बाहिर आएपछि लन्डनको वेस्टमिन्स्टर मजिस्ट्रेट अदालतमा उनीविरुद्धको आरोपको सुनुवाइ भएको थियो।
अदालतको रिपोर्ट अनुसार। र आफ्नी पत्नी मेघन मार्कल विरुद्ध व्यंग्य समावेश छ।
आरोपहरूका अनुसार व्हाट्सएप च्याट समूहमा साझा गरिएका सन्देशहरूमा प्रिन्स विलियम र उनकी पत्नी केट जस्ता शाही परिवारका अन्य वरिष्ठ सदस्यहरू र पाकिस्तानी मूलका पूर्व स्वास्थ्य सचिव साजिद जाविदजस्ता राजनीतिज्ञहरू पनि उल्लेख गरिएको थियो। प्रहरीको भ्रष्टाचार विरोधी अभियानको नेतृत्व गर्ने कमाण्डर जेम्स हरमनले ती सन्देशहरू जातिवादी र भेदभावपूर्ण सामग्री एकदमै डरलाग्दो छ र प्रतिवादीहरूले एक पटक पुलिस अफिसरको रूपमा काम गरेपछि हामी विश्वास गर्छौं कि यस केसले पुलिसको विश्वासलाई उल्लेखनीय रूपमा हानि पुर्याउन सक्छ।
स्कटल्याण्ड यार्डले भने कि संलग्न अधिकारीहरूले आफ्नो क्यारियरको अवधिमा मेट पुलिसका विभिन्न भागहरूमा काम गरेका थिए र सबैले कूटनीतिक संरक्षण समूहमा समय बिताएका थिए, जुन अहिले संसदीय र कूटनीतिक संरक्षण कमाण्ड भनेर चिनिन्छ।
यी हुन दोषीः
ल्यान्डेइलो, कारमार्थनशायरका ६६ वर्षीय पिटर बुथले अनलाइन सन्देशमार्फत घोर आपत्तिजनक नस्लवादी सन्देश पठाएको चारवटा मुद्दामा दोषी स्वीकार गरे। उनले अप्रिल २००१ मा मेट पुलिसबाट अवकाश लिएका थिए।
क्याम्बरली, सरेका ६२ वर्षीय रोबर्ट लुइसले अनलाइन सन्देश मार्फत घोर आपत्तिजनक जातिवादी सन्देशहरू पठाउने आठ वटा गन्तीमा दोषी स्वीकार गरे। उनले मे २०१५ मा मेट प्रहरीबाट अवकाश लिएका थिए ।
बोर्नेमाउथ, डोर्सेटका ६७ वर्षीय एन्थोनी एल्समले अनलाइन सन्देशद्वारा घोर आपत्तिजनक नस्लवादी सन्देशहरू पठाएको तीनवटा गन्तीहरूमा दोषी स्वीकार गरे। उनले मे २०१२ मा मेट प्रहरीबाट अवकाश लिएका थिए ।
स्टोमार्केट, सफोकका ६७ वर्षीय एलन हलले अनलाइन सन्देशद्वारा घोर आपत्तिजनक नस्लवादी सन्देशहरू पठाएको तीनवटा गन्तीहरूमा दोषी स्वीकार गरे। उनले २०१५ जुनमा मेट प्रहरीबाट अवकाश लिएका थिए ।
स्वान्सीका ६५ वर्षीय ट्रेभर लुटनलाई अनलाइन सन्देशहरू मार्फत घोर आपत्तिजनक नस्लवादी सन्देश पठाएको अभियोग लगाइएको छ। उनले अगस्ट २००९ मा मेटबाट सेवानिवृत्त भए।
छैठौं पूर्व मेट पुलिस अफिसर, माइकल चाडवेल, ६२ अनलाइन सन्देश द्वारा घोर आपत्तिजनक नस्लवादी सन्देशहरू पठाउने एक गणनामा दोषी नभएको स्वीकार गरेका छन् र मुद्दा खडा हुने अपेक्षा गरिएको छ। मुद्दाको सजाय पछि सुनाइनेछ ।
काठमाडौं, २४ भदौं ।
राप्रपा नेपाल निकट ट्रेड यूनियन महासंघ नेपाल (टुकोन) को राष्ट्रिय सम्मेलन आगामी माघ ५ र ६ गते काठमाडौंमा हुने भएको छ ।
टुकोनको हालै सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले असोजको ५ गते गर्ने भनिएको श्रमिकहरुको वृहद राष्ट्रिय सम्मेलन माघमा गर्ने निर्णय गरेको हो ।
चाडवाडको मुखमा सम्मेलन गर्दा दुरदराजबाट प्रतिनिधित्व गर्ने श्रमिकहरुको समस्यालाई मध्यनजर गर्दै राष्ट्रिय सम्मेलनको मिति सारिएको टुकोनले जनाएको छ । ६६ जिल्लामा आफ्नो संगठन विस्तार गरेको महासंघले सो सम्मेलनमा प्रत्येक जिल्लाबाट ५ जनाका दरले श्रमिकहरु सहभागी गराउने बताइएको छ ।
महासंघका अध्यक्ष हिक्मतजंग भण्डारीको अध्यक्षतामा सम्पन्न सो बैठकले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य, महंगी, भ्रष्टाचार, कुशासनलगायत विरुद्ध आगामी भाद्र २९ गते राप्रपा नेपालले आयोजना गर्ने विरोध प्रदर्शनमा ट्रेड यूनियन महासंघ नेपाल ९टुकोन०को सक्रिय सहभागिता रहने निर्णय गरेको छ ।
श्रमिकहरुको हकहितको लागि निरन्तर संघर्षमा रहेको सो महासंघले श्रमिकहरुको न्यूनतम पारिश्रमिकको विभेद श्रमिकहरुको लागि न्यायोचित बृद्धि नभएको ठहर गर्दै मंहँगी, भ्रष्टाचार र बाँच्न पाउने अधिकारप्रति सम्बन्धित पक्षको उदासिनता विरुद्धमा देशव्यापी ‘श्रमिक जागरण अभियान’ सञ्चालन गर्ने भएको छ ।
आगामी माघ महिनामा सम्पन्न गर्ने राष्ट्रिय सम्मेलनबाट श्रमिकप्रतिको न्यायपूर्ण प्रतिबद्धता समेत सार्वजनिक गर्र्ने महासंघले जनाएको छ ।
काठमाडौंं, २४ भदौं ।
आज देखी काठमाडौंमा बिपी साहित्य महोत्सव २०८० सुरु हुदैँछ ।
प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेस संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ११०औँ जन्म जयन्तीको अवसरमा आइतबारदेखि तीन दिनसम्म बिपी साहित्य महोत्सव, २०८० आयोजना हुन लागेको हो । सो साहित्य महोत्सव नेपाली कांग्रेसले गर्दैछ ।
आज बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाले सो महोत्सवको उद्घाटन गर्नेछन् । सो महोत्सव केन्द्रिय कार्यालय, सानेपामा हुनेछ ।
बिपी कोइरालाको जन्म जयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजनामा हुन लागेको सो महोत्सवलाई भब्य र सभ्य तरिकाले समापन गराउनका लागि नेपाली लेखक सङ्घको संयोजन एवं नेपाल सांस्कृतिक महासङ्घ, निरन्तर शनिवार र फाइनआर्टको सहयोग रहेको छ ।
महोत्सवमा आगामी भदौ २६ गते सम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहनेछ ।
हेटौडा, २४ भदौं ।
बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि सर्वदलीय बैठक आह्वान गरिएको छ ।
आइतबारका लागि बोलाइएको प्रदेशसभा बैठक चल्ने अवस्था नदेखे पछि प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले सर्वदलीय बैठक बोलाएका हुन ।
सभामुख पाठकले बोलाएको सर्बदलीय बैठक आइतबार बिहान १० बजे बस्नेछ । साे बैठक प्रदेश सचिवालय भवनमा बाेलाइएकाे छ । गत भदौं १८ गते देखी बैठक बस्न नसकी तीन तीन पटक सारिएको छ ।
उक्त बैठकमा सहमति कायम गरी पुर्वनिर्धारित कार्यक्रम अनुसार बिहान ११ बजे देखी प्रदेश सभा बैठक सुचारू गर्ने योजना रहेको छ ।
चालु आर्थिक वर्ष २०८०÷८१ को बजेट पारित गर्दाको समयमा प्रतिपक्षी दलहरूसँग गरेको सहमति सरकारले कार्यान्वयन नगरे पछि प्रदेशसभा सञ्चालनमा एमाले र राप्रपाले असहमति जाहेर गर्दै आइरहेका छन । सो बेला भएको सहमति कार्यान्वयन नभएसम्म बैठक चल्न नदिने चेतावनी दिएसँगै बैठक प्रभावित बनेको सभामुखको सचिवालयले जनाएको छ ।
हेटौँडा, २४ भदौं ।
समाजवादी मोर्चाले आइतबार हेटौंडामा सन्देशसभा आयोजना गर्ने भएको छ ।
मुलुकका ७ वटै प्रदेशमा सन्देशसभा गर्ने मोर्चाको निर्णयअनुसार आइतबार हेटौंडामा सभा आयोजना गर्न लागिएको हो । सो सन्देशसभा हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा दिउँसो २ बजेवाट सुरु हुनेछ ।
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्दलगायतले उक्त सभालाइ सम्बोधन गर्नेछन ।
एकीकृत समाजवादी बागमती प्रदेश अध्यक्ष सावित्री भुषालका अनुसार देशैभरी सन्देश सभा गर्दै आएको मोर्चाले आइतबार बाग्मती प्रदेशको सन्देशसभा हेटौडामा गर्न लागेको हो ।
माेर्चाले सुदुरपश्चिम प्रदेशबाहेक अन्य सबै प्रदेशमा सन्देशसभा सम्पन्न गरिसकेकाे छ ।
काठमाडौं, २४ भदौं ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै, नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखी सामान्य बदली रही कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती भने देशभर आंशिक देखि सामान्य बदली रहने छ। कोशि, मधेश, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी र सुदूर पश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
कोशि, बागमती, गण्डकी, लुम्बिनी, कर्रणाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ। वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम लगायत चट्याङ्ग तथा हावा-हुरीको क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।
भक्तपुर, २३ भदौं ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको भ्रष्ट ब्यबस्थाको अन्त्य बिना देशलाई जोगाउन गाह्रो हुने बताएका छन् ।
पार्टीको भक्तपुर जिल्ला समितीद्वारा आज आयोजित कार्यक्रममा बोल्दै थापाले अस्थिरता र अराजकताको अन्त्य ब्यक्ति परिबर्तनबाट संभब नहुने हुँदा अब ब्यबस्था परिबर्तन गर्नुको बिकल्प नभएको दाबी गरे ।
ब्यबस्था परिबर्तन गर्न अब राप्रपा नेपालले आन्दोलनको मार्ग रोजेको चर्चा गर्दै थापाले केही पार्टीका मुट्ठीभरका नेताहरुले सेटिङ्गमा मुलुक चलायर बिधिको शासनको चिरहरण गरेको बताए।
गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता असफल सिद्ध भैसकेकोले अब सबै अटाउने कोहि निषेध हुनु नपर्ने मौलिक प्रजातन्त्र देशलाई आबश्यक रहेको बताए।
राजा देखि बिप्लब माओवादीसम्म अटाउने मौलिक प्रजातन्त्र ,सर्बधर्म समभाब पुर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराज्य र सुदृढ स्थानिय स्वायत्त शासन प्रणालीले देशको हित र रक्षा गर्ने थापाको कथन थियो।
कार्यक्रममा पार्टीका उपाध्यक्ष तारानाथ लुइँटेल ,बागमती प्रदेश इन्चार्ज माधब खत्री जिल्ला अध्यक्ष श्याम प्रसाद नेपालले आन्दोलनको तयारी र जनपरिचालन बारे आआफ्नो धारणा राखेका थिए ।
गोरखा, २३ भदौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रलाई पुनः जनताको पार्टीको रुपमा स्थापित गर्ने बताएका छन ।
शहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोर्खा आएका प्रधानमन्त्रीले भच्चेकमा योङ्ग कम्युनिस्ट लीग (वाइसीएल) नेपाल अजिरकोट गाउँपालिका दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
‘अहिले हामी पार्टी पुनर्निर्माण गर्ने अभियानमा छौँ । अभियान देश भर उत्साहपूर्ण ढंगले अगाडि बढेको छ । यो अभियानमा संलग्न पार्टीका नेताकार्यकर्तालाई शुभकामना दिन चाहान्छु । ठूलो त्याग तपस्याबाट प्राप्त परिवर्तन र उपलब्धिलाई रक्षा गर्न प्रहरी यो अभियान सफल पार्न जरुरी छ,’ उनले भने ।
जनताको पार्टीको रूपमा स्थापित गर्दै जनताको पार्टीको काम गर्ने एकमात्र पार्टीको माओवादी हो भन्ने रूपमा स्थापित गर्न सफल हुने विस्वास व्यक्तसमेत गरेका छन ।
अहिले आफूले लिएको सरकारको नेतृत्वको अवसरलाई उनले चुनौतीपूर्ण अवसरको रुपमा लिएको बताएका छन । सरकारले सामाजिक सुरक्षा कोषको अभियान, पासपोर्ट र यातायातमा देखिएका लाइन हटाउने अभियान र भ्रष्टाचार विरोधी अभियान चलाएर नयाँ परिवर्तन सुरूवात गरिएको उनका भनाई छ ।
भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह जागेको भए पनि भष्ट्राचारमा रमाउनेहरू अत्तालिएको उनको भनाई थियो ।
सुशासन र समृद्धिलाई प्राथमिकता दिएर सरकार अगाडि बढेको बताउँदै प्रधानमन्त्री दाहालल बुढिगण्डकी जलविद्युत आयोजनाको काम सुरुवात गरिएको, कर्णाली चिसापानी जस्तो गेम चेन्ज आयोजना सुरूवात गरिएको जानकारीसमेत गराए ।
छिट्टै चीन भ्रमण जान लागेको बताउँदै दाहालले नेपालको विकास र देशको उत्तरी क्षेत्रका नाका खोल्ने लगायतका एजेन्डा रहने जानकारी दिए ।
महाेत्तरी, २२ भदौ ।
माओवादी केन्द्रको रुपान्तरण अभियान कै क्रममा महोत्तरीमा खटपट सुरु भएको छ ।
संस्थापन र संस्थापन इतर पुर्व जनमोर्चा धारको विवादका कारण विशेष गरि क्षेत्र न.१ मा खटपट सुरु भएको हो ।
महोत्तरीका जिल्ला इन्चार्ज समेत रहेका राजु खडका र गिरिराजमणी पोखरेल पक्षधरविच भएको विवाद रुपान्तरण अभियान कै क्रममा उत्कर्षमा पुगेको छ । तर, खडका रुपान्तरण अभियानमा सर्लाहीको नेतृत्व गरिरहेका छन भने महोत्तरीमा अच्युतम काफ्ले कमाण्डर बनेका छन । लामो समयदेखी पाटीभित्र चलिरहेको आन्तरिक टसल सतहमा देखिएपछी केन्द्रमा समेत यसकाे ध्यानाकर्षण गराइएकाे छ ।
मधेश प्रदेशको कमाण्डर बनेर आएका केन्द्रिय सचिव लीलामणि पोखरेलले खासै विवाद नरहेको वताउँछन् तर आन्तरिक विवादलाई सचिव पोखरेलले सुल्झ्याउने प्रयास नगरेको कतिपय नेताहरुको आरोप छ । रुपान्तरण अभियानलाई प्रभावकारी बनाउन बर्दिबास नगर नेतृत्वविहिन बने पछि बहुमतले रुद्र सुस्लिङलाई अगाडि सारेको र यहीवाट विवाद सुरु भएको बुझिएको छ । वडा तहवाट सुरु गरिने भनिएको रुपान्तरण अभियानमा सुस्लिङ मगरलाई अगाडि सार्नु नै रहस्यमय बनेको संस्थापन पक्षको जिकिर छ ।
यता नगरमा पुर्व नगरप्रमुख बिदुर कार्की पक्षधरहरुले भने पाटी लामो समयदेखी बन्दी भएको र जनताको घरदैलोमा जादा जिम्मेवारीपुर्ण ढंगले प्रस्तुत हुनुपर्ने भएकाले रुद्र सुस्लिङ्गलाई पाटीको बहुमत सदस्यले जिम्मेवारी दिएको दावी गरेका छन । माओवादी केन्द्रको आधार इलाका मानिएको क्षेत्र न.१ मा यस्तै विवादहरुले कमजोर बन्दै गएको छ । अघिल्लो स्थानिय तहको निर्वाचनमा बर्दिवास, गौशाला माओवादी केन्द्रले जितेको थियो भने संघमा समेत माओवादी केन्द्रले नै जितेको थियो ।
तर यो निर्वाचनमा माओवादी केन्द्रले प्रदेश `ख´ मा वाहेक सवै पालिका मात्र हैन संघ समेत गुमाउनु पर्यो । नेताहरुविचको आन्तरिक टसलले कार्यकर्ता समेत दुई कित्तामा उभिएका छन । एकथरीले पाटीको विधि र प्रक्रियालाई मिचेको भन्दै आलोचना गरिरहेका छन भने अर्कोथरीले पाटी बलियो वनाउन यो नै उत्तम अस्त्र भएको बताउदै आएका छन ।
नगरको नेतृत्वको लागी खडकाले ज्ञान बहादुर गोलेलाइ अगाडि सारेका थिए भने बिदुर कार्की पक्षधरले रुद्र सुस्लिङ्गलाई अगाडि सारेका थिए । जिल्ला इन्चार्ज समेत रहेका खडकाले सन्तुलित नेतृत्व गर्न नसकेको आरोप लगाउदै पाटीभित्रको सम्पुर्ण उत्तारचढावलाई खडकाले नै जिम्मेवारी लिनुपर्ने कतिपय नेताहरुको तर्क छ ।
हङकङ, २३ भदौं ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) का उपाध्यक्ष राजेन्द्रकुमार (आरके) शर्माले भिजन सहित नेतृत्व गर्न आफु तयार भएको बताएका छन ।
एनआरएनए एनसीसी हङकङले आयोजना गरेको अन्तरक्रियामा आगामी कार्यक्रमको लागि अध्यक्षका प्रत्यासी समेत रहेका शर्माले एनआरएनए नेतृत्वको लागि देश विकास गर्ने भिजन लिएर आफू अगाडि बढेको बताए ।
“एनआरएनएको नेतृत्व लिने तयारी मैले पैसालाई साथ लिएर गरेको छैन,” शर्माले हकङकङका एनआरएनए अभियन्ताहरूसँगको छलफल कार्यक्रममा भने, “मेरो भिजन भनेको विदेशमा बस्ने केही हजार नेपालीलाई होइन, लाखौँ श्रमिक नेपालीलाई धनी बनाउने हो र उनिहरुलाई स्वदेश फर्काउने नै रहेको छ ।”
शर्माले मध्यपूर्वलाई क्षेत्रीय संयोजक मात्र दिए हुन्छ, उपाध्यक्ष दिए हुन्छ अध्यक्ष पर्दैन भन्ने नसोच्न समेत सबै अभियन्तालाई अनुरोध गरेका छन् ।
“२० वर्ष अगाडि अभियानको सुरुवात अन्तर्गत रसियामा पहिलो एनसीसी खुले पछि दोस्रो कतारमा खुलेको हो,” शर्माले भने, “मैले मध्यपूर्वमा बस्ने श्रमिक हुन या अमेरिका बेलायतमा बस्ने डाक्टर हुन्, सबैलाई अपनत्व हुने गरेर नेतृत्व लिने तयारी गरेको छु।”
शर्माले श्रमिक वर्गको हित तथा देश विकासको लागि सरकारको सहभागितामा सामूहिक लगानी कोषको अवधारणा आफूले अगाडी बढाएको बताए । उनले अहिले वार्षिक १३ खर्ब रेमिट्यान्स भित्रने गरेकोमा त्यसलाई प्रोत्साहन गर्न सकेमा थप १० खर्ब रुपैयाँ औपचारिक माध्यमबाट भित्रने भन्दै सरकारको सहभागितामा प्राधिकरण गठन गर्नुपर्ने आवश्यक्ता रहेको औल्लाए ।
अहिलेसम्म अभियानले सामाजिक कामको नेतृत्व गरेको भन्दै शर्माले आफूले सामाजिक कामलाई निरन्तरता दिएर आर्थिक मुद्दामा एनआरएनएलाई हिडाउने मिसन बोकेको बताए ।
“खाडीका मलेसिया, कोरिया र युरोपमा बस्नेले सिप सिकेर फर्केका छन ,अमेरिकामा बस्ने डाक्टरलाई पब्लिक हेल्थको बारेमा जानकारी छ,” शर्माले भने, “हामीले सबै विदेश बस्ने नेपालीलाई अभियानमा जोडेर नेपाललाई विकसित बनाउने योजना नै हो।”
हङकङ एनसीसीले कोभिडको समयमा नेपालमा निकै ठूलो काम गरेको भन्दै शर्माले आफू स्वायत्त एनसीसीको पक्षमा रहेको जानकारी गराए ।
शर्माले गैरआवासीय नागरिकता जारी हुनु अभियानको उपलब्धी भएको भन्दै यसमा थप सुधार गर्दै लैजान आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । “गोर्खाजका मुद्दालाई टुंगोमा लग्न म जहिले पनि लागिरहेको छु,” शर्माले थपे, “यो टुंगोमा नपुग्दासम्म म तपाईँहरूसँग साथमा हुने छु ।”
अहिलेको कार्यसमितिका अध्यक्ष त्रय सम्मानित व्यक्तिहरू रहेकोले सहज निर्वाचन गरेर अरूलाई नेतृत्व हस्तान्तरण गर्नेमा आफू ढुक्क रहेको शर्माले बताए ।
एनआरएनएको विश्व सम्मेलन आगामी अक्टोबरको दोस्रो साता काठमाडौँमा हुदैँ छ । अध्यक्षका प्रत्यासी रहेका शर्मा विश्वभरका गैरआवासीय नेपाली अभियन्तासँग अन्तरक्रिया तथा सुझाव लिन हङकङ आइपुगेका हुन् । शर्माले यस अभियानका क्रममा एसिया, मध्यपुर्व, युरोप, अस्ट्रेलिया, अमेरिका क्षेत्रको स्थलगत अध्ययन गरेर गैर आवासीय नेपालीहरु र अभियन्ताहरुको सल्लाह सुझाव लिएर आगामी नेतृत्वको लागी तयार भएको बताएका छन ।
ढाका, २३ भदौ ।
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले बंगलादेशको राजधानी ढाकामा जारी ‘रिजनल क्लाइमेट समिट’ लाई सम्बोधन गरेका छन् ।
त्यस क्रममा सापकोटाले विकासोन्मुख मुलुक हुनुको नेताले नेपालले भर्खरै ठूला पूर्वाधारको विकासमा हात हालेको र त्यसका नकारात्मक असर पनि लजवायु परिवर्तनमा देखिन थालेको बताए । पछिल्लो समय नेपालमा बाढी, पहिरोको जोखिम बढ्नुमा सोही कारण प्रमुख रहेको उनको भनाइ थियो । यद्यपि कमभन्दा कम वातावरणीय क्षतिमा विकास निर्माण र पूर्वाधारका काम अघि बढाउन सरकार र सम्बद्ध निकाय सचेत रहेको उनको भनाइ थियो ।
सापकोटाले दक्षिण एसिया क्षेत्रका खास गरी तीव्र विकासमा अघि बढेका भारत र बंगलादेशको अनुभव नेपालका लागि काम लाग्ने बताए । सापकोटाले नेपालले पूर्वाधार विकास र पर्यावरण संरक्षणलाई सँगसँगै अघि बढाएको जानकारी सम्मेलनलाई गराए । नेपाल जलवायु परिवर्तनको उच्च जोखिम क्षेत्रमा रहेकाले त्यसबाट जोगिँदै अघि बढ्न छिमेकी र विश्व समुदायको दरिलो साथ चाहिएको उल्लेख गरे ।
सापकोटाले जलवायु परिवर्तनले निम्त्याएका असरहरुबाट प्रभावित दक्षिण एसियाली मुलुकहरुले त्यसका साझा दुस्प्रभाव न्यूनीकरणका लागि हातेमालो गर्नुपर्नेमा जोड दिए । स्वच्छ खानेपानी र फोहोर व्यवस्थापन नेपालका प्रमुख चुनौती रहेको उनको भनाइ थियो । सापकोटाले दिगो विकास लक्ष्य हासिल गर्न विकासका पूर्वाधारको निर्माण गर्नुपर्ने र पर्यावरणीय सन्तुलन पनि कायम राख्नुपर्ने विरोधाभासपूर्ण चुनौतीको सामना गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्यको खाँचो औंल्याए ।
उनले नेपालको धनकुटा र स्याङ्जामा स्थानीय तहहरुले मौलिक रुपमा एकीकृत फोहोर व्यवस्थापन प्रणाली अपनाइहरेको भन्दै त्यो नेपाल स्वयं र अरु मुलुकहरुका लागि पनि नमुनायोग्य हुन सक्ने बताए । जैविक र अजैविक फोहोर छुट्याएर पुनः प्रयोगमा ल्याउन सकिने फोहोरलाई प्रयोग गर्ने र रोजगारी श्रृजनासँगै आर्थिक विकासमा समेत उक्त प्रयोग फलदायी देखिएको चर्चा उनले गरे । सापकोटाले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न, दिगो पानी व्यवस्थापन र फोहोर व्यवस्थापनमा दक्षिण एसियाली मुलुकहरुबीच साझा प्रयास, अभुभवहरुको आदानप्रदान र सहकार्य जरुरी रहेको औंल्याए ।
तीन दिनसम्म चल्ने सो कार्यक्रममा नेपाल, भारत, बंगलादेश र भुटानका गरी ४० सांसद सहभागी छन् । नेपालबाट सापकोटासहित काँग्रेसका प्रदीप पौडेल, एमालेका ठाकुर गैह्रे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोभिता गौतम र संसदको पूर्वधार विकास मितिका सचिव उदय भण्डारी सहभागी छन् ।
बंगलादेशले वातावरण परिवर्तनका असरबाट जोगिने उपायको खोजीका लागि संसदभित्र छुट्टै ‘कलाइमेट पार्लियामेन्ट’ नामको संरचना निर्माण गरेको छ । दक्षिण एसियाका अन्य मुलुकले पनि आफूले जस्तै क्लाइमेट मार्लियामेन्ट निर्माण गरुन भन्ने उद्देश्यले बंगलादेशले उक्त कार्यक्रम आयोजना गरेको सापकोटाले बताए ।
‘यहाँ मन्त्री सरहका एक सांसदको नेतृत्वमा क्लाइमेट पार्लियामेन्ट’, गठन गरिएको रहेछ’, ढाकाबाट सापकोटाले भने, ‘दक्षिण एसियाली मुलुकहरुमा वातावरण प्रदूषण रोक्न, जलवायु परिवर्तनको असर न्यूीकरण गर्न र चुनौतीको सामूहिक रुपमा फेस गर्न सबै सदस्य राष्ट्रले ‘क्लाइमेट पार्लियामेन्ट’ बनाउनुपर्छ भन्ने लबिङमा उहाँहरु हुनुहुँदोरहेछ ।’
बंगलादेशका सभामुख डा. शिरिन शार्मिन चौधरीले उदघाटन गरेको सम्मेलनमा विश्व बैंक, एसियाली विकास बैंक, जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधि तथा विभिन्न देशका राजदूत सहभागी छन् ।
हैदाराबाद, २३ भदौं ।
तेलुगु देशम पार्टीका प्रमुख चन्द्रबाबु नायडू भ्रष्टाचारको आरोपमा शनिबार बिहान पक्राउ परेका छन् ।
प्रहरी अधिकारीले भने कि पूर्व मुख्यमन्त्रीलाई सीआईडीले नन्द्याला शहरको ज्ञानपुरमस्थित आरके फंक्शन हलबाट बिहान ६ बजे पक्राउ गरेको थियो। एसआईटी और सीआईडीका अधिकारीहरूका अनुसार कौशल विकास घोटाला मामिलामा चन्द्रबाबु नायडूलाई पक्राउ गरिएको हो ।
सीआईडीले चन्द्रबाबु नायडू विरुद्ध पक्राउ वारेन्ट जारी गरेको थियो, जसको लगत्तै उनलाई पक्राउ गरिएको थियो।
नायडूलाई पठाइएको सूचनामा, सीआडी को आर्थिक अपराध शाखा (ईओडब्ल्यू) का प्रहरी नायब उपरीक्षक एम धनुन्जुयुडुले भने, ‘तपाईलाई जानकारी छ कि तपाईंलाई आरके फंक्शन हल, ज्ञानपुरममा बिहान ६ बजे पक्राउ गरिएको छ।’ सूचना अनुसार आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्रीलाई आईपीसीको सम्बन्धित धारा अन्तर्गत पक्राउ गरिएको हो।
आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडूले दुई दिनअघि आफूलाई हिरासतमा लिन सकिने बताएका थिए । करोडौं रुपैयाँ घुसखोरी र घोटाला गरेको आरोप उनी माथी रहेको छ ।
नयाँ दिल्ली, २३ भदौं ।
बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई भारतमा न्यानो स्वागत गरिएको छ ।
उनी श्रीमतीसहित भारत आइपुगेका हुन् । नयाँ दिल्लीमा उत्रे लगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै बेलायती प्रधानमन्त्रीले धेरै विषयमा खुलेर जवाफ दिएका छन् ।
एक सन्दर्भमा नलाई हिन्दू धर्मको बारेमा प्रश्न सोध्दा उनले निकै उत्साहित हुँदै भने, ‘म हिन्दु हुनुमा गर्व गर्छु ।’ उनले जी २० सम्मेलनमा आएको अवसरमा नजिकैको मन्दिर जाने कुरा पनि गरेका छन ।
बेलायतका प्रधानमन्त्री ऋषि सुनक जी २० शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार भारत आईपुगेका हुन । एएनआईसँग कुरा गर्दै उनले हिन्दू धर्मसँगको आफ्नो सम्बन्धमा भने, ‘म हिन्दू हुनुमा गर्व गर्छु र म यसरी नै हुर्केको छु। म यस्तै छु। आशा छ कि म यहाँ मेरो बसाइको क्रममा अर्को केही दिन मन्दिरको दर्शन गर्न पनि सक्छु।
काठमाडौं, २२ भदौ ।
राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्यान्डका लागि नेपालको आवासीय राजदूतमा रामप्रसाद सुवेदीलाई नियुक्त गरेका छन् ।
सरकारको सिफारिसमा शुक्रबार राष्ट्रपति पौडेलले सुवेदीलाई स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूत, सयुंक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग जेनेभा, विश्व व्यापार संगठन र विश्व स्वास्थ संगठनका लागि नेपालको स्थायी प्रतिनिधि पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
काठमाडौं, २२ भदौ ।
सरकारका तीन सचिवको सरुवा गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन सचिवको सरुवा गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटालाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा, नेपाल कानुन आयोगका सचिव निरादेवी गर्तौला निरौलालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानुन आयोगको सचिवमा सरुवा गरिएको सरकारकी प्रवक्ता तथा सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
काठमाडौं, २२ भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवासम्बन्धी विधेयकमा ट्रेड युनियन अधिकार कटौती नगरिएको बताएका छन् ।

सिंहदरबारमा शुक्रवार आयोजित २० औँ निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ट्रेड युनियन अधिकारको कुरा कटौती नगरिएको र यसलाई व्यवस्थित गर्ने काम भइरहेको बताए ।
सम्बोधनको पूर्णपाठ :
निजामती सेवा दिवस मूल समारोह कार्यक्रमका अध्यक्ष तथा नेपाल सरकारका मुख्यसचिवज्यू,
कार्यक्रमका विशिष्ट अतिथि माननीय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यू,
नेपाल सरकारका सचिवज्यूहरू,
सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरू,
ट्रेड युनियनका अध्यक्ष तथा पदाधिकारीहरू,
सुरक्षा अंगका प्रमुख एवं प्रतिनिधिहरू,
सञ्चारकर्मी मित्रहरू,
उपस्थित आदरणीय महानुभावहरू ।
“व्यवसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन” भन्ने मूलनारासहित भव्यरूपमा मनाउन लागिएको बीसौं निजामती सेवा दिवसको यस महत्वपूर्ण अवसरमा सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत सम्पूर्ण राष्ट्रसेवक निजामती कर्मचारीहरूको व्यक्तिगत र व्यवसायिक जीवनमा सफलताको शुभकामना व्यक्त गर्दछु ।
मुलुकका ठूला राजनीतिक परिवर्तनमा तपाई निजामती कर्मचारीहरूको अहम् भूमिका रहिआएको छ । मुलुकको विषम परिस्थितिमा राज्य सञ्चालनदेखि विकास निर्माण, सेवा प्रवाह र संक्रमणकालीन व्यवस्थापनमा निजामती प्रशासनले पु¥याएको योगदान महत्वपूर्ण छ । यसका निम्ति तपाईहरू प्रशंसाका पात्र हुनुहुन्छ ।
राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै विकास, समृद्धि र सुशासनका एजेण्डामा लैजाने हाम्रो मुख्य कार्यभार हो । राजनीतिक परिवर्तनका निम्ति संघर्ष गरेका जनतालाई शासन व्यवस्थामा आएको परिवर्तनको लाभांश दिनुपर्ने जिम्मेवारी र चुनौती दुबै हामीसामु छ । यसले मात्र लोकतन्त्र बलियो हुन्छ, राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिवृद्धि हुन सक्दछ । सामाजिक न्याय, सुशासन र समृद्धिको दीर्घकालीन लक्ष्य हासिल गर्न निजामती प्रशासनले राजनीतिक मार्गदर्शनमा रही काम गर्नुपर्दछ । तसर्थ, गठबन्धन दलहरूको साझा न्यूनतम कार्यक्रम, नेपाल सरकारको नीति तथा कार्यक्रमका साथै चालु आर्थिक वर्षको बजेटलाई केन्द्रमा राखेर काम गर्नु यतिबेलाको हाम्रो मुख्य जिम्मेवारी हो ।

संविधानको मूल मर्म, भावनालाई आत्मसाथ गरी सङ्घीयताको प्रभावकारी कार्यान्वयन, शासकीय संरचना र कार्यशैली, सार्वजनिक सेवा प्रवाहमा सुधारका साथै भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई केन्द्रमा राखी सरकार अगाडि बढिरहेको कुरा हामीलाई अवगत नै छ । निरासालाई चिर्दै जनतामा आशाको रक्तसञ्चारहित राष्ट्रको मुहार फेर्ने यस अभियानमा निजामती कर्मचारी साथीहरू मन, वचन र कर्मले दृढतापूर्वक क्रियाशील रहनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।
राजनीतिक परिवर्तनसँगै निजामती प्रशासनलाई रूपान्तरण गर्न २०१३ भाद्र २२ मा जारी भएको निजामती सेवा ऐनको भूमिकालाई समेत आत्मसाथ गरी अहिलेको राजनीतिक परिवर्तन र संविधानको व्यवस्थाअनुरूप निजामती प्रशासनमा गुणात्मक परिवर्तन आवश्यक छ । यसका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्णरूपमा प्रतिबद्व, राजनीतिक रूपमा तटस्थ, पेसागत रूपमा दक्ष, सुदृढ, उच्च मनोबलयुक्त सेवामूलक, उत्तरदायी, व्यावसायिक निजामती प्रशासनको विकासका लागि नीतिगत, कानुनी, संस्थागत, संरचनागत र व्यवहारिक प्रवन्ध गर्नुपर्दछ ।
उल्लेखित तथ्यलाई ध्यान दिँदै लामो समयदेखि प्रतीक्षारत संघीय निजामती सेवा सम्बन्धी विधेयक हिजो मात्र नेपाल सरकार मन्त्रिपरिषद बैठकले संसदमा पठाउने निर्णय गरेको छ । राजनीतिक दलहरूको सहमतिबाट संसदले उक्त विधेयक यथाशक्य छिटो पारित गर्नेछ भन्ने विश्वास मैले लिएको छु । सङ्घ, प्रदेश र स्थानीय तहबीचको प्रशासनिक अन्तरसम्बन्ध कायम गर्न, तीन तहबीच प्रशासनको कार्यात्मक अन्तरसम्बन्धलाई मजबुत बनाई प्रशासनिक सङ्घीयतालाई संस्थागत गर्न, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र कार्यान्वयनमा सङ्घीय निजामती सेवा ऐन कोशेढुङ्गा हुने नै छ ।
मुलुकको सिङ्गो प्रशासन संयन्त्रलाई उत्प्रेरित र उच्च मनोबलयुक्त, निष्पक्ष, पारदर्शी, परिणाममुखी, जवाफदेही, स्वच्छ, सक्षम र प्रविधिमैत्री बनाई निजामती प्रशासनलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन सरकार प्रतिवद्ध छ । भविष्यमा दण्ड र पुरस्कारको व्यवस्थालाई ठोस रूपमा अगाडि बढाई राष्ट्र र जनताको हित र सेवामा समर्पित भई कार्यक्षेत्रमा खट्ने असल, सक्षम र कर्तव्यनिष्ठ कर्मचारीहरूलाई थप उत्प्रेरित गरिने विश्वाससमेत दिलाउँछु ।
अन्तमा, निजामती सेवामा महत्वपूर्ण योगदान पु¥याई आज पुरस्कृत हुनुहुने सबै राष्ट्रसेवक कर्मचारीलाई बधाइ दिँदै सङ्घ, प्रदेश र स्थानीय तहमा कार्य।रत कर्मचारी साथीहरूको चासो र चिन्तालाई सम्बोधन गरिने प्रतिवद्धता व्यक्त गर्दै फेरि एकपटक २० औं निजामती सेवा दिवसको शुभकामनासहित विदा हुन्छु, धन्यवाद ।
काठमाडौं, २२ भदौ ।
राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । आउँदो आइतबार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको राष्ट्रिय सभा बैठक अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।

आइतबार बिहान ११ः०१ बजे बस्नेगरी निर्धारणा गरिएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ उपनियम ३ बमोजिम सम्माननीय अध्यक्षज्यूले अर्काे सूचनाद्वारा तोकिएको मिति र समयमा बस्नेगरी स्थगित गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीका लाागि यो सूचना प्रकाशित गरिएको छ,’ संघीय संसदका महासचिव डा भरतराज गौतमले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।
काठमाडौं, २२ भदौ ।
सत्तारुढ दल कांग्रेकको भ्रातृ संगठन तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै प्रदर्शन गरेको छ ।
गत बुधबार रिपोर्टर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी आक्रमणको विरोधमा तरुण दलले शुक्रबार विरोध प्रदर्शन गर्दै गृहमन्त्री श्रेष्ठको राजीनामा मागेको हो ।
काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा विरोध प्रदर्शन गर्दै तरुण दलले गृहमन्त्री श्रेष्ठको राजीनामा पनि मागेको हो ।
काठमाडौं, २२ भदाै ।
चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय ४२ एम्पुल, बुप्रेनुर्फिन १ सय ४७ एम्पुल, डाइजेपाम १ सय ३७ एम्पुल र नाईट्राभेट १ हजार ५ सय ट्याब्लेटसहित सर्लाही ईश्वरपुर नगरपालिका-१ बस्ने ३० वर्षीय अन्सारूल अंसारीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बा.प्र ०३-००१ ख २५०२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं, २२ भदौं ।
आफ्नै कार्यालयकी सहकर्मीसँग अमर्यादित गतिविधि गरे पछि माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको अबार्ड खोसिएको छ ।
हालै आफ्नै कार्यालयकी सहकर्मीसँग अमर्यादित गतिविधि गरेको सीसीटीभी फुटेज सार्वजनिक भएपछि इलामका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई चार वर्षअघि दिइएको अवार्ड खोसिएको हो ।
अकाउन्ट विलिटी ल्याब नेपालले सन् २०१९ मा दिएको उक्त अवार्ड महिला कर्मचारीसँगको अमर्यादित भिडिओ सार्वजनिक भएसँगै फिर्ता गरेको हो। त्यसअघि उनीसँग सो संस्थाले स्पष्टीकरण लिएको थियो । उनले आफनो अवार्डका बारेमा निर्णय गर्ने अधिकार संस्थासँग रहेको भन्ने जवाफ दिए पछि सो संस्थाले उनको अबार्ड खोसेको हो ।
हाल इलामको माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राई उक्त अवार्ड पाउँदा भने इलामकै चुलाचुली गाउँपालिकामा कार्यरत रहेका थिए । हालै एक लेखा अधिकृत महिलासँग अमर्यादित तथा अशिष्ट ब्याबहार गरेको सिसिटिभी सार्बजनिक भएको थियो ।
काठमाडौं, २२ भदौं ।
संसदका तीनवटा समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार शुक्रवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिसहित दिगो विकास तथा सुशासन समिति तथा विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ ।
बिधायन समितिमा विद्युतीय व्यापार विधेयक, २०८० माथि दफावार छलफल हुनेछ भने दिगो ब्यवस्थापन समितिमा दिगो विकास लक्ष्य नंं ५ अन्तर्गत लैंगिक समानता तथा सामाजिक न्याय सम्बन्धमा अन्तर पार्टी महिला सञ्जालसँग छलफल गरिनेछ । दिगो विकासको अपरान्ह १ः०० बजेवाट सुरू हुदाँ बिधायन समितिको १ बजेवाट सुरू हुनेछ ।
उता, शिक्षा समितिमा चिकित्सा शिक्षाको गुणस्तर र सम्बन्धनका विषयमा समितिमा आएका उजुरीका सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्सँग छलफल हुने संसद सचिवालयले जनाएको छ । बैठक बिहान १०ः३० बजेवाट सुरू हुनेछ ।
काठमाडौं, २१ भदौं ।
नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिबेशनको लोगो सार्वजनिक भएको छ ।
प्रतिनिधि सभाका सदस्य तथा बागमती प्रदेश कमिटी उपसचिव एवं प्रचार विभाग प्रमुख महेश बर्तौलाले सामाजिक सन्जालबाट प्रदेश प्रथम अधिबेशनको लोगो सार्वजनिक गरेका हुन् ।
हिमालदेखी भित्री मधेशसम्मलाई प्रतिनिधित्व हुने गरी चित्रांकन गरी लोगोमा समेटिएको छ । साथै असोज ८ र ९ गते काठमाडौंमा अधिबेशन सम्पन्न हुने भएकोले लोगोमा काठमाडौं र काठमाडौंको सभ्यतालाई पनि प्रस्तुत गरिएको छ ।
एमाले बागमती प्रदेश प्रथम अधिबेशन प्रचार कमिटिमा उपसचिव तथा प्रचार विभाग प्रमुखको संयोजकत्वमा शरद सापकोटा, समीर बलामी, नरेन्द्र न्यौपाने, आशिस अस्लामी, श्याम सुन्दर पुडासैनि र अनिश्मा बस्नेत सदस्यहरु रहेका छन् । प्रचार कमिटिले तयार गरेको लोगोमा गौरीशंकर हिमालबाट सूर्य उदाइसकेको देखाएको छ । गौरिशंकर हिमाल नेपालको समयको मापनविन्दु मानिन्छ । यस्तै पहाडी जिल्लाहरुको प्रतिनिधित्वको लागि पहाड पनि राखिएको छ ।
भित्री मधेशलाई प्रतिनिधित्व गर्ने गरी सौराहाको एकसिङ्गे गैंडा र मकवानपुरको शहिदपार्कको शहिदका मुर्तीहरु राखिएको छ । यस्तै काठमाडौको पहिचान स्वरुप पशुपतीनाथ, बौद्व स्तुपा, धरहरा समाबेश गरिएको छ । बागमती सभ्यतालाई पनि लोगोमा राखिएको छ । पार्टिको लाल झण्डा पनि फहराइएको छ ।
लोगोमा रातो, सेतो, निलो र पहेँलो रंग समाबेश भएको छ । बागमतीको कृषि क्षेत्रलाई पहेँलो रंगले प्रतिनिधित्व गर्छ भने निलो रंगले पहाडी जिल्ला र खोलानाला, नदीलाई प्रतिनिधित्व गर्छ ।
नेकपा एमाले केन्द्रीय सचिवालय बैठकले निर्णय गरे अनुसार प्रदेश अधिबेशनहरुको मिति तोकिएपछी प्रदेश अधिबेशनहरु तयारीमा जुटेको हो ।
लुम्बिनी प्रदेशले हालै प्रदेश अधिबेशन सम्पन्न गरी नयाँ नेत्रित्व चयन गरिसकेको छ । एमाले बागमतीले पालिकास्तरबाट एकैदिन २७ गते प्रतिनिधि चयन गर्दैछ ।
काठमाडौं, २१ भदौं ।
काठमाडौं वार्ड नम्बर १६ का वडा अध्यक्षको निधन भएको छ ।
नेपाली कांग्रेस काठमान्डौ–७ का क्षेत्रिय सभापतीसमेत रहेका वडा अध्यक्ष मुकुन्द रिजालको डेङ्गु संक्रमणबाट निधन भएको हो ।
कांग्रेस सांसद प्रतिमा गौतमका अनुसार उनलाइ ,उच्च ज्वरो तथा निमोनिया भएकोले ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको र उपचारको क्रममा उनको निधन भएको हो ।
उनी टिकटक देखी सामाजिक सञ्जालमा पनि उतिकै सक्रिय रहदैँ आएका थिए ।
काठमाडौं, २१ भदौं ।
आज प्रतिनिधिसभा बैठक बस्दैछ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।
संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आज बस्ने बैठकमा मन्त्रीहरूसँग प्रश्नोत्तर हुनेछ । जसअनुसार कृषि तथा पशुपन्छी विकास, श्रम रोजगार तथा सामाजिक सुरक्षा, अर्थ र उर्जा तथा सिँचाइ मन्त्रालय सम्बन्धी प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम रहेको छ ।
साथै आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय महिला आयोगको १५ औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूचीमा राखिएको संसद सचिवालयले जनाएको छ।
काठमाडौं,२१ भदौं ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनवाइ आज हुदैँछ ।
नावालिग बलात्कारको मुद्दाको पेसीको अन्तिम सुनुवाइ अझै हुन नसकिरहेको बेला बिहिबारका लागि तोकिएको हो ।
गत भदौ १० गते लामिछाने विरुद्धको नाबालिग बलात्कार मुद्दाको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाश पण्डितको इजलासमा परेको भए पनि अन्तिम समयमा ‘हेर्न नभ्याइने’ भन्दै सारिए पछि बिहीबारका लागि पेसी तोकिएको हो।
तर, पछिल्लो पटक गत साउन ३२ गते उक्त मुद्दामा सुनुवाइ भएको थियो। उक्त दिन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित किशोरीआमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएर टुंगिएको थियो ।
पीडित किशोरीकी आमाको जन्ममिति एउटा कागजातमा २०३५ र अर्को कागजातमा २०३३ रहेको पाइए पछि अदालतले जन्ममिति प्रमाणीकरण गर्न पुनः आदेश दिएको हो । सोही आदेश अनुसार आएको प्रमाणका आधारमा आजको पेशीमा छलफल हुने जनाईएको छ।
काठमाडौं, २१ भदौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न अमेरिका तथा चीन भ्रमणका बारेमा छलफल हुने भएको छ ।

संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध तथा पर्यटन समितिमा प्रधानमन्त्री प्रचण्डको अमेरिका– चीन भ्रमणका बारेमा छलफल हुने भएको हो ।
सो समितिकी सचिव बबिता मिश्रका अनुसार बैठक बिहान १०ः३० बजे बोलाईएको छ ।
प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्र संघीय सभालाई सम्बोधन गर्न अमेरिका जाँदैछन भने त्यहाँवाट सोझै उत्तरी छिमेकी चीनको भ्रमणमा निस्कने छन् ।
काठमाडौं, २१ भदौं ।
कोशी प्रदेश सरकारको भविश्यका बारेमा आज पनि सर्वोच्च अदालतमा पुर्ण इजालासमा सुनवाई हुदैँछ ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संबैधानिक हैसियतका बारेमा गत मंगलबार देखि सुरू भएकाे सुनवाइ आज पनि सर्वोच्च अदालतको पुर्ण इजालसमा सुनवाई हुन लागेको हो । न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले उक्त मुद्दा हेरिरहेका छन् ।
अाइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरे अनुसार सोमवारबाट पुर्ण इजालसमा सुनवाइ हुने भने पनि साे दिन हेर्दा हेर्दैमा राखिएकाे थियाे । जसअनुसार कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा उक्त रिटमाथि मंगलबारबाट सुनुवाइ सुरू भएकाे छ ।
मुख्यमन्त्री थापाले बैठकको सभाध्यक्षसहितको मतसमेत जोडेर विश्वासको मत लिए पछि नेकपा एमालेले सो कार्य गैर संबैधानिक भन्दै सर्वोच्च अदालतले रिट दायर गरेको थियो । उक्त रिटमाथि गत शुक्रबार नै पूर्ण सुनुवाइ गर्ने गरी यस अघि नै पेसी तोकिएको थियो तर सो रिटमा गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परे पनि ‘हेर्न नमिल्ने’ भनेसँगै सुनवाइ राेकिदै अाएकाे थियो ।
प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्री थापालाई विश्वासको मत दिएको र उक्त कार्य संविधान विपरीत रहेको दाबी गर्दै पुर्व मुख्यमन्त्री तथा नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरे हुन ।
रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ । जसकाकारण सो आदेशपछि थापा नेतृत्वको प्रदेश सरकार कुनै पनि महत्वपुर्ण निर्णय गर्न नपाउने गरी कामचलाउको अवस्थामा छ।
कोशी सरकारविरुद्ध एमाले संसदीय दलका नेता कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दिएका थिए। उनले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएर रिट दायर गरेका हुुन ।
काठमाडौं, २० भदौ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था बुझ्न ट्रमा सेन्टर पुगेका छन्।
कांग्रेस समहामन्त्री यादवमाथि रिपोर्टस् क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा श्यामबाबु सापकोटाले खुकुरी प्रहार गरेका थिए।
खुकुरी प्रहारबाट घाइते भएका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। खुकुरी प्रहार गर्ने नुवाकोट सापकोटा पक्राउ गरिसकेका छन्।
काठमाडौं, २० भदौ ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले पार्टीभित्र बिस्फोट हुने बताएका छन्।
बुधवार नेपाल आदिवासी जनजाती महासंघ (समाजवादी)को काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै सम्मानित नेता खनालले प्रमुख प्रतिपक्ष पार्टी नेकपा एमालेभित्र बिस्फोट र बिद्रोह हुने दाबी गरेका हुन्।
एमालेको दक्षिणपन्थि कार्यदिशाका कारण पार्टी भित्रैबाट बिद्रोह हुने उनले बनताए। जनताको बहुदलिय जनवादबाट समाजवाद आउँदैन भन्ने कुरा एमालेले बुझ्नुपर्ने उनको भनाइ छ। एमाले आफ्ना नीतिहरूमा परिवर्तन गर्न बाध्य हुने पनि उनले बताए।
उनले भने, ‘आज यही मञ्चबाट तपाई हामीले एमाले छोडेर हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)मा आज हामीले प्रवेश गराएका छौँ। यो के कुराको थालनी हो भन्दाखेरी अब एमालेभित्र पहिरो जाँदैछ। र हामीले सही बाटो लिएर अगाडी बढ्यौँ भने हाम्रो पार्टी केही वर्षभित्रमा एउटा राष्ट्रव्यापी पार्टी बन्न सक्छ। उपत्यकाभित्र त एउटा पहिरो जानुपर्छ, पर्छ। देशव्यापी रुपमा गलत कार्यदिशा, दक्षिणपन्थी कार्यदिशा लिएको जो एमाले छ, त्यो एमालेको पंक्तिभित्र अब पहिरो जान्छ। अब जबजबाट समाजवाद आउँदैन भन्ने कुरा एमालेको नेतृत्वले बुझ्नुपर्छ। र एमालेले आफ्ना नीतिहरुमा परिवर्तन गर्न बाध्य हुनुपर्छ। यदि परिवर्तन गर्दैन भने त्यहाँभित्र उथलपुथल हुन्छ। बिस्फोट हुनसक्छ।’
उनले एमालेको गलत कार्यदिशाका कारण आफूहरुले सो पार्टीबाट विद्रोह गरेको भन्दै आफूहरुले सही विचार र कार्यदिशा लिनुपर्ने बताए। उनले एमाले राप्रपा, लोसपा र काँग्रेस जो सँग पनि गठबन्धन गर्न तयार भएको भन्दै ऊ सँग कुनै सिद्धान्द र दृष्टिकोण नभएको बताए। एमाले भयानक अलमलमा रहेको पनि उनको टिप्पणी थियो।
उनले भने, ‘अहिले नेकपा(एमाले)को नेतृत्व हेर्नुस् त राप्रपासँग भएपनि अंगालो मार्ने। भन्न चाहीँ पुनःउत्थानवादी भन्ने। लोसपासँग पनि अंगालो मार्ने। भन्नेचाहीँ यो प्रो इण्डियन हो भन्ने। फेरि अंगालो हाल्ने। काँग्रेस र एमाले मिलेर पो हामीले स्थायित्व दिनसक्छौँ, ठूला–ठूला पार्टी मिलेर सरकार बनाऔँ भन्छन्। त्यो साँठगाँठ गर्न पनि तयार नै देखिन्छ। त्यसो हुनाले उनीहरुको सिद्धान्त के हो ? को सँग मिल्ने ? कोसँग नमिल्ने ? कोसँग मोर्चा हुन्छ ? कोसँग हुँदैन ? वर्ग दृष्टिकोण भनेको के हो ? को वर्ग मित्र हो ? को वर्ग शत्रु हो ? यो बारेमा एमाले भयानक अलमलमा देखिन्छ। यस्तो अलमल भएको पार्टीले क्रान्ति हाँक्दैन। त्यसकारणले हाम्रो पार्टीले यस्ता कुराहरुमा प्रष्ट भएर जानुपर्छ।’
सम्मानित नेता खनालले एमसीसी पारित भएसँगै प्रत्येक महिना अमेरिकी नेताहरु नेपाल आइरहेका भन्दै यसप्रति आशंका व्यक्त गरे। उनीहरु नेपाल आएर सबभन्दा पहिले तिब्बती शरर्णार्थीहरुलाई भेटिरहेका उनले बताए। उनले अमेरिकीहरुको नेपालप्रतिको चासोलाई मित्रराष्ट्र चिनसँग जोडेर पनि हेर्नुपर्ने बताए।
काठमाडौं, २० भदौ ।
नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको निन्दा गरेको छ। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै यादवमाथि भएको सांघातिक हमलालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको बताउँदै दोषिमाथि कडा कारबाहीको माग गरेका छन्।
‘यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ। रिपोटर्स क्लवमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा भएको आक्रमण पछि उहाँको अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचार भैरहेको छ,’ विज्ञप्तिमा भनिएको छ।
कांग्रेसले यादवको स्वास्थ्यलाभको कामना समेत गरेको छ ।
काठमाडौं, २० भदौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रीकृष्णा जन्माअष्टमीको अवसरमा शुभकामना ब्यक्त गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले आज हिन्दु धर्मालम्बीहरुले मनाइरहेको पर्ब श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना दिएका हुन् ।
‘कृष्णाष्टमी २०८० को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरूमा पारिवारिक पुनर्मिलन, सामाजिक सद्भाव र एकतासहित सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु’ प्रधानमन्त्री दाहालले आफनो शुभकामना सन्देशमा भनेका छन ।
बुटवल ।
नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् ।
हालै सम्पन्न भएको निकै चर्को आन्तरिक प्रतिस्पर्धामा कडेँल दुई मतले मात्रै बिजयी भएका हुन् ।
निर्वाचन समितिका अनुसार बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा सम्पन्न मत परिणाम अनुसार अध्यक्षका अर्का प्रत्याशी हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएको घोषणा गरिएको छ ।
विजयी कँडेलले ४७९ मत प्राप्त गर्दा पराजित भएका अर्का प्रतिस्पर्धी रिजाल भने ४७७ मत मात्रै प्राप्त गरेर अध्यक्ष हुनवाट बञ्चित हुनु परेको छ ।
काठमाडौं, १९ भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सङ्घीय संसद्मा विचाराधीन विभिन्न विधेयकलाई निष्कर्षमा लैजानेलगायत विषयमा छलफल भएको बताइएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार उनीहरूबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको हो। भेटमा प्रधानमन्त्रीको संयुक्त राष्ट्रसङ्घीय महासभाको सहभागिता र चीन भ्रमण, विचाराधीन विभिन्न विधेयकका सम्बन्धमा छलफल भएको छ।
काठमाडौं, १९ भदौ ।
सरकार नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले भ्रष्टाचार र बेथिति अन्त्यका लागि सरकारले चालेको कदम नरोकिने बताएका छन्।
उनले सरकारले बेथिति अन्त्य र सुशासन कायम गर्ने एजेण्डालाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रशंसा गरे। सुशासनका लागि कदम चाल्दा दोषी कोही नउम्किउन् र निर्दोष कोही नपरुन भन्नेमा सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ थियो।
उनले अनुसन्धानका सिलसिलामा माओवादीसहित सरकारका संलग्न दलका नेता कार्यकर्ता वा उनीहरुहरुका निकट व्यक्ति संलग्न भए पनि उन्मुक्ति पाउन नहुने स्पष्ट गरे। ‘बेथितिविरुद्ध प्रहार गर्ने क्रममा सत्तामा भएका वा नभएका दलका नेता, मन्त्री, प्रधानमन्त्री, उनका परिवारका सदस्य वा निकट व्यक्ति अपराधमा संलग्न रहेछन् भने नछुटुन्’, पार्टी सम्वद्ध अखिल नेपाल ट्रेड युनियन महासंघले मंगलबार राजधानीमा गरेको कार्यक्रममा पुनले भने, ‘तर, सत्तापक्ष वा आफ्नै पार्टीभित्र, आफूसँग असहमत प्रमुख प्रतिपक्षसहित प्रतिपक्षतर्फ लक्षित गरी राज्यशक्तिको दुरुपयोग गर्ने काम भयो भने भ्रष्टाचारविरोधी अभिायन सफल हुन सक्दैन। त्यसैले म भन्छु गल्ती गर्ने एक जना पनि नउम्कियोस, निर्दोष कोही नफसोस्।’
नहुने उनले बताए। सरकार सत्ता पक्ष, प्रतिपक्ष, सत्तापक्षलाई समर्थन गर्ने र विरोध गर्ने सबैको भएको हेक्का राखिनुपर्नेमा उनको जोड थियो।
पुनले कसैमाथि आरोप लाग्दैमा उसका वरिपरका सबैमाथि अपराधी झैं गरी सामाजिक चरित्र हत्या गर्ने प्रवृत्ति डरलाग्दो रुपमा बढेर गएकामा चिन्ता व्यक्त गरे। दलका नेता, कर्मचारी, चित्किसक, इन्जिनियर, व्यवसायीमध्ये केहीले गल्ती गर्दैमा वा आरोप लाग्दैमा ती कर्ममा संलग्न सबै खराब हुन भन्ने मनोविज्ञान समाजमा हाबी हुन खोजेकामा चिन्ता व्यक्त गरे।
पुनले विशिष्ट अवस्थामा आफ्ना अध्यक्ष प्रचण्डले नेतृत्व गरेको सरकारसँग अपेक्षा धेरै भएको बताए। कयौं विषयमा राजनीतिक मतभेद रहे पनि सरकारले राष्ट्रिय सरोकारका विषयमा प्रमुख प्रतिपक्षी एमालेसहित सबै पक्षसँग सहकार्य र साझा अवधारणा बनाएर अघि बढ्न खोजेको पुनले उल्लेख गरे। राष्ट्रिय सरोका र एजेण्डामा सबै राजनीतिक शक्तिबीच समान धारणा बन्ज्नुपर्नेमा उनले जोड दिए।
काठमाडौँ, १९ भदौ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने सम्बन्धमा सरोकारवाला निकाय र पक्षका प्रतिनिधिहरूसँग छलफल गरेका छन् ।

मंगलबार दिउँसो सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले काठमाडौँको फोहोर व्यवस्थापन, फोहोरको दीर्घकालीन समाधान र सरकारको तर्फबाट चाल्नुपर्ने कदमबारे सरोकारवाला पक्ष र निकायहरूसँग छलफल गरेका हुन्। बैठकमा फोहोरको दीर्घकालीन समाधानका विविध पक्षबारे सहभागीहरूले आफ्नो धारणा राखे ।
बैठकमा बञ्चरेडाँडाको फोहोर व्यवस्थापन, स्थानीय प्रभावित जनताले उठाएका मागहरू, डम्पिङ साइडका लागि जग्गा खरिद लगायतका विषयहरूमा छलफल भएको थियो। यसका लागि उच्चस्तरीय संयन्त्र आवश्यक रहेको र सोका लागि कानुनी प्रबन्ध आवश्यक रहेकोमा जोड दिइएको छ।
बैठकमा बोल्दै प्रधानमन्त्रीले आउँदो मन्त्रिपरिषदको बैठकबाट देशभरिको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी र संयोजन सहरी विकास मन्त्रालयको हुनेगरि ठोस निर्णय गरिने जानकारी गराए ।
प्रधानमन्त्री प्रचण्डले भने, “संघीय सरकार काठमाडौँ उपत्यका लगायत देशभरिको फोहोर व्यवस्थापनका निम्ति गम्भीरतापूर्वक लागिरहेको छ। त्यसका लागि मन्त्रिपरिषदको बैठकबाट ठोस निर्णय गर्नुपर्दछ। आउँदो मन्त्रिपरिषद बैठकमा देशभरिको फोहोर व्यवस्थापनको कार्यादेश सहरी विकास मन्त्रालयलाई दिनेगरि निर्णय लिन्छौँ।”

प्रधानमन्त्रीले फोहोर व्यवस्थापन संघीय, प्रादेशिक र स्थानीय सरकारको साझा दायित्व भएकोमा जोड दिँदै फोहोरको दीर्घकालीन व्यवस्थापनका निम्ति गठन आदेशसहितको कानुनी व्यवस्था र दीर्घकालीन संयन्त्र निर्माण गरिने बताउँदै त्यसका लागि ठोस गृहकार्य गर्नसमेत निर्देशन दिए ।
प्रधानमन्त्रीले बोलाएको छलफलमा सहरी विकासमन्त्री सीता गुरूङ, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, प्रधानमन्त्री कार्यालयका सचिवहरू एकनारायण अर्याल, मणिराम गेलाल, सहरी विकास मन्त्रालयका सचिव रविन्द्रमान श्रेष्ठ, लगानी बोर्डका कार्यकारी निर्देशक सुशील भट्ट, काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत वसन्त अधिकारी, ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती लगायतका प्रतिनिधिहरू उपस्थित थियो ।
काठमाडौं, १९ भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीच पछिल्लो राजनीतिक तथा समसामयिक विषयमा छलफल भएको छ ।
मंगलबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा उनीहरुबीच संसदमा विचाराधीन अवस्थामा रहेका विधेयकका सम्बन्धमा पनि कुराकानी भएको छ ।
अमेरिका र चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले आफ्नो विदेश भ्रमणकाबारेमा पनि जानकारी गराउँदै सुझाव मागेका छन् ।।
काठमाडौं, १९ भदौ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र गाउँपालिका(कागबेनी) बाढीबाट भएको क्षतिको मंगलबार स्थलगत अवलोकन गरेका छन् ।

अविरल वर्षासँगै साउन २८ गतेको स्थानीय कागखोलाको बाढीले घर, कृषि उपज, सार्वजनिक एवम् व्यापारीक संरचना, होटल, पुल, विद्यालय, प्रहरी चौकी, पशुपंक्षी, सवारीसाधन, गुम्बा, कागबेनी श्राद्दस्थल, खानेपानी, सिंचाइ र नगद तथा अन्य भौतिक वस्तुसहित अर्बौंको क्षति गरेपछि तत्काल राहतमा वृद्धि र कागबेनी जस्तो ऐतिहासिक तिर्थस्थलको दीर्घकालीन पुनर्निर्माणको प्रतिबद्धता समेत गृहमन्त्री श्रेष्ठले जनाउनुएको छ। समयमै बाढीको सूचना पाएपछि यहाँ कुनै मानवीय क्षति भने भएन।

क्षतिको अवलोकनपछि प्रभावितसहित जनप्रतिनिधि र स्थानीय प्रशासनलाई संक्षिप्त सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले तत्कालीन प्राथमिक आवश्यकलाई समाधान गर्दै प्राविधिक र योजनावीद् अध्ययन आधारित निष्कर्ष निकालेर कागबेनीको पुनर्निर्माण गरिने, रणनीतिक रुपले व्यवस्थित बस्ती बसाइने बताए । त्यसक्रममा उनले खानेपानी, गुणस्तरीय खाद्यवस्तु र बसोबासमा कुनै कमजोरी हुन नदिन समेत स्थानीय प्रशासनलाई निर्देशन दिए ।
संघीय, प्रदेश र स्थानीय सरकार वा संघसंस्थामार्फत सामान्य तत्कालीन राहत पुगे पनि त्यो पर्याप्त , व्यवस्थित र एकद्वार हुन नसकेको जनप्रतिनिधि तथा स्थानीयको गुनासो थियो। जनताको यस्तो दु:खबाट आफु पनि उत्तिकै दुःखित भएको र संघीय, प्रदेश र स्थानीय सरकारको उचित समन्वयमा आधारभूत सेवा, राहत र पुनर्निर्माणलाई व्यवस्थित बनाइने गृहमन्त्री श्रेष्ठले बताए ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले आजै पार्टीका स्थानीय नेताकार्यकर्तासँग समेत मुस्ताङमा संक्षिप्त भेटघाट गरे । तीनमहिने ‘जनतासँग माओवादी’ अभियानले पार्टीमा उत्साह पैदा गरेको र सरकारले सुशासनका पक्षमा थालेका कामले जनतामा समेत उत्साह पैदा गरेको उनले बताए। तर भ्रष्टाचार र अपराधका शृङ्खला नियन्त्रण गर्दै सामाजिक न्याय आधारित गुणात्मक आर्थिक विकासको ध्येय पूरा गर्न माओवादी केन्द्र नै बलियो हुनुको विकल्प नभएको, जनतासँगको सम्बन्ध बलियो हुनसक्दा मात्रै पार्टी बलियो हुने कुरालाई गहिरोसँग आत्मसात गर्न उनले नेताकार्यकर्ताहरू आह्वान गरे ।

काठमाडौं, १६ भदौं ।
कोशी प्रदेश सरकारको भविश्यका बारेमा आजवाट सर्वोच्च अदालतमा पुर्ण इजालासमा सुनवाई हुदैँछ ।
हिजाे समय अभावका कारण ‘हेर्दा हेर्दै’ मा राखिए पछि मङ्गलवारबाट सुनुवाइ हुने भएको हाे ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संबैधानिक हैसियतका बारेमा आजवाट सर्वोच्च अदालतको पुर्ण इजालसमा सुनवाई हुन लागेको हो ।
गत अाइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरे अनुसार सोमवारबाट पुर्ण इजालसमा सुनवाइ हुने भनिए पनि साेमबार हुन नसके पछि मंगलबारवाट हुन लागेको हो । जस अनुसार अब कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा उक्त रिटमाथि सुनुवाइ हुनेछ ।
मुख्यमन्त्री थापाले बैठकको सभाध्यक्षसहितको मतसमेत जोडेर विश्वासको मत लिए पछि नेकपा एमालेले सो कार्य गैर संबैधानिक भन्दै सर्वोच्च अदालतले रिट दायर गरेको थियो । उक्त रिटमाथि गत शुक्रबार नै पूर्ण सुनुवाइ गर्ने गरी यस अघि नै पेसी तोकिएको थियो तर सो रिटमा गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परे पनि ‘हेर्न नमिल्ने’ भनेसँगै अाइतवारका लागि सुनवाइ तोकिएको थियो ।
प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्री थापालाई विश्वासको मत दिएको र उक्त कार्य संविधान विपरीत रहेको दाबी गर्दै पुर्व मुख्यमन्त्री तथा नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरे हुन ।
रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ । जसकाकारण सो आदेशपछि थापा नेतृत्वको प्रदेश सरकार कुनै पनि महत्वपुर्ण निर्णय गर्न नपाउने गरी कामचलाउको अवस्थामा छ।
कोशी सरकारविरुद्ध एमाले संसदीय दलका नेता कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दिएका थिए। उनले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएर रिट दायर गरेका हुुन ।
काठमाडौं, १९ भदौं ।
संघीय संसदीय समितिमा नयाँ नेतृत्व चयन भए पछि काम कारबाही तिब्रताका साथ बढन सुरू गरेको छ ।

गत हप्ता नयाँ नेतृत्व चयन भए पछि समितिका बैठकहरू धमाधम बस्न सुरू गरेका छन् ।
संघीय संसद सचिवालयका अनुसार मंगलवार मात्रै पाँचवटा समितिको बैठक बस्दैछ । जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति तथा कानून, न्याय तथा मानव अधिकार समितिसहित राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ ।
साथै, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समिति प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक पनि सोमवार बस्दैछन् ।
बैठक सिंहदरबारस्थित संसद सचिवालय भवन, सिंहदरबारमा बस्नेछ ।
काठमाडौँ, १८ भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान बमोजिम बन्न बाँकी रहेका कानुनहरूको निर्माण कार्यलाई सरकारले प्राथमिकतासहित अगाडि बढाइरहेको बताएका छन् ।
सोमबार दिउँसो संविधान बमोजिम बन्न बाँकी कानूनहरूको अध्ययन प्रतिवेदन, २०८० को सम्बन्धमा राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारले संविधान कार्यान्वयन कार्ययोजना बनाई कानून निर्माणको कार्यलाई प्राथमिकताका साथ अघि बढाउँदै गइरहेको बताए ।
प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
सम्माननीय अध्यक्ष महोदय,
सर्वप्रथम नेपालको संविधान बमोजिम बन्न बाँकी कानुनहरूको विस्तृत अध्ययन र विश्लेषण गरी संविधानअनुसार बन्न बाँकी कानूनहरूको अध्ययन प्रतिवेदन, २०८० तयार गर्नुहुने विधायन व्यवस्थापन समितिका माननीय सभापति तथा माननीय सदस्यहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। नेपालको संविधान जारी भएको करिब ८ वर्ष व्यतित भइसक्दा पनि कतिपय विषयमा संविधान बमोजिम कानून बन्न नसकेको यथार्थ हाम्रासामु छ। यस सन्दर्भमा विधायन व्यवस्थापन समितिले गरेको अध्ययन र सोको आधारमा सुझाव तथा सिफारिस समावेश गरी छलफलका निमित्त पेश गरेको यो प्रतिवेदनले कानून निर्माणका लागि नेपाल सरकारलाई महत्वपूर्ण मार्गदर्शन गरेको मैले विश्वास लिएको छु।
सम्माननीय अध्यक्ष महोदय,
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अङ्गिकार गरेको नेपालको संविधान जारी भएसँगै विभिन्न विषयमा यथाशीघ्र कानूनहरू निर्माण हुनुपर्ने हो। यहीे आवश्यकताको महसुस भई नेपाल सरकारले संविधान कार्यान्वयन कार्ययोजना बनाई कानून निर्माणको कार्यलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको छ। संविधान कार्यान्वयन गर्न बनाउनुपर्ने कानूनहरूको पहिचान तथा प्राथमिकीकरण गरी अधिकांश कानूनहरू निर्माण भइसकेका छन्। मौलिक हक कार्यान्वयनका लागि आवश्यक पर्ने कानून निर्माण तथा सुधारको कार्य मूलभूत रूपमा सम्पन्न भइसकेको छ। नेपालको संविधान जारी भएपश्चात् हालसम्म नयाँ र संशोधनसमेत गरेर १९१ वटा ऐन निर्माण भएको अवस्था छ। साथै, विभिन्न मितिमा जारी भएका केही नेपाल ऐनलाई संशोधन गर्ने ऐनबाट प्रचलित कानूनहरूलाई नेपालको संविधान अनुकूल बनाउने कामसमेत सम्पन्न गरिएको छ। नेपाल सरकारले सङ्घीय संसदमा पेश गरेका विभिन्न पन्ध्र वटा विधेयक संसदीय प्रक्रियामा छन्। यसैगरी संविधान कार्यान्वयनसँग सम्बन्धित सङ्घीय निजामती सेवा विधेयक, विद्यालय शिक्षा सम्बन्धी विधेयक लगायतका महत्वपूर्ण विधेयकहरू छिट्टै सङ्घीय संसदमा पेश गर्ने गरी सरकारले प्रक्रिया अगाडि बढाइरहेको समेत सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु।
नेपालको संविधान बमोजिम संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचीमा रहेका तथा विकास निर्माणका कार्यसँग सम्बन्धित कतिपय कानूनहरू निर्माणको प्रक्रियामा छन्। केही विधेयकहरू अघिल्लो प्रतिनिधि सभामा पेश भई सो सभाको कार्यकाल समाप्त भएका कारण स्वतः निष्क्रिय भएको हुँदा त्यसरी निष्क्रिय भएका विधेयकहरूलाई पुनः संसदमा पेश गर्नका लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको अवगत गराउन चाहन्छु।
विधायन व्यवस्थापन समितिको प्रतिवेदनमा औल्याइएको नागरिकता सम्बन्धी कानूनको सम्बन्धमा २०८० जेठ १७ गते प्रमाणीकरण भएको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ जारी भइसकेको सन्दर्भमा नागरिकता प्राप्ति सम्बन्धी संवैधानिक अधिकारको प्रचलनका लागि मार्ग प्रशस्त भएको छ।
कानूनी सहायतालाई प्रभावकारी र सङ्घीय संरचना अनुकूल बनाउने सन्दर्भमा नेपाल सरकारले एकीकृत कानूनी सहायता नीति, २०७६ जारी गरेको छ। नेपालको संविधान र नेपाल सरकारले अङ्गिकार गरेका नीति बमोजिम निःशुल्क कानूनी सहायता सम्बन्धी छुट्टै विधेयक तर्जुमा गरी सङ्घीय संसदमा पेश गर्न नेपाल सरकार क्रियाशील रहेको जानकारी गराउँछु।
प्रतिवेदनमा औँल्याइएको सङ्घ, संस्था खोल्ने स्वतन्त्रता सम्बन्धी विषयलाई संस्था दर्ता ऐन, २०३४ र कम्पनी ऐन, २०६३ ले व्यवस्थित गरेको सन्दर्भमा सङ्घ, संस्थाको दर्ता तथा सञ्चालनलाई सङ्घीयता अनुकूल बनाउनका लागि नयाँ विधेयक तर्जुमाको गृहकार्य हुदै गरेको जानकारी गराउँछु। साथै, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) ऐन, २०७१ लाई महिलाको हकका विभिन्न आयामहरूलाई समेट्ने गरी परिमार्जन गर्ने कार्य सुरु भइसकेको छ। भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउने संवैधानिक व्यवस्थाको कार्यान्वयनका लागि राष्ट्रिय भूमि आयोग क्रियाशील रहेको समेत यस सदनलाई जानकारी गराउन चाहन्छु।
सञ्चार सम्बन्धी हकको प्रचलनका सन्दर्भमा मिडिया काउन्सिल, आमसञ्चार माध्यम सम्वन्धी, सूचना प्रविधि विधेयकहरू तयारीको क्रममा रहेका र अनलाइन सञ्चारमाध्यमको दर्ता र नियमन सम्बन्धी विषय केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा समावेश भएकोमा सो विधेयक संसदीय प्रक्रियामा रहेको व्यहोरा अनुरोध गर्दछु।
क्षतिपूर्ति सम्बन्धी विषय मुलुकी देवानी संहिता, २०७४ द्वारा व्यवस्थित छ भने फौजदारी कसूरका पीडितलाई क्षतिपूर्ति दिने विषय मुलुकी अपराध संहिता, २०७४ ले समेटेको पाइन्छ। उक्त संहिताहरूले नसमेटेका विषयका हकमा कानून निर्माणका लागि थप अध्ययन तथा छलफल आवश्यक पर्ने देखिन्छ।
नागरिकलाई रोजगारीको हक सुनिश्चित गर्ने सन्दर्भमा रोजगारीको हक सम्बन्धी ऐन, २०७५ कार्यान्वयनमा रहेको छ। यसैगरी आम नागरिकलाई रोजगारी सुनिश्चित गर्नका लागि सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतका विषयगत कार्यक्रम सञ्चालन गर्दै आएको छ। जहाँसम्म सार्वजनिक प्रयोजनका लागि नागरिकलाई राज्यले अनिवार्य काममा लगाउन सक्ने विषय छ, सो सम्बन्धमा थप अध्ययन र छलफलका आधारमा निष्कर्षमा पुग्नुपर्ने देखिन्छ। यसैगरी स्वास्थ्य सम्बन्धी मौलिक हकको प्रचलन र व्यवस्थापनका निमित्त जनस्वास्थ्य सम्बन्धी कानूनहरूलाई एकीकृत गर्ने विषयमा थप अध्ययन र छलफल गरी अगाडि बढ्नुपर्ने अवस्था छ।
प्रतिवेदनमा उठान गरिएका सङ्घीय न्याय सेवाका कर्मचारीको पारिश्रमिक, सुविधा तथा सेवाका शर्त सम्बन्धी विषय, प्रदेश न्याय सेवा आयोगको गठन र प्रदेश न्याय सेवाका कर्मचारीहरूको पारिश्रमिक, सुविधा तथा सेवाका अन्य शर्त सम्बन्धी विषय, सरकारी वकिल तथा महान्यायाधिवक्ताको कार्यालयको मातहतका कर्मचारीको पारिश्रमिक, सुविधा तथा सेवाका शर्त सम्बन्धी विषयको सन्दर्भमा सङ्घीय निजामती सेवा सम्बन्धी कानून जारी भएपश्चात कानून निर्माणको प्रक्रिया अघि बढाउनुपर्ने अवस्था छ। प्रहरी प्रशासन सम्बन्धी कानूनलाई सङ्घीयता अनुकूल बनाउनका लागि नेपाल सरकारले आवश्यक गृहकार्य गरिरहेको छ। यसैगरी विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी छाता कानून निर्माण गर्ने विषय, जग्गा प्राप्ति सम्बन्धी विषय लगायतका कतिपय विषयमा विधेयक तयार गर्नेतर्फ आवश्यक कार्य सुरु भइसकेको छ। कर सम्बन्धी कानूनहरू एकीकृत गर्ने विषयको सम्बन्धमा नेपाल सरकारले आवश्यक गृहकार्य प्रारम्भ गरिसकेको व्यहोरा समेत सदनसमक्ष जानकारी गराउन चाहन्छु।
प्रतिवेदनमा सपथ सम्बन्धी कानूनी व्यवस्थाको आवश्यकता औँल्याइएको सन्दर्भमा सपथ सम्बन्धी ऐन, २०७९ ले सार्वजनिक पद धारण गर्ने प्रत्येक व्यक्तिको पद तथा गोपनीयताको सपथलाई व्यवस्थित गरिसकेको व्यहोरा अनुरोध गर्दछु।
प्रतिवेदनमा औँल्याइएको राष्ट्रपतिको कार्यसम्पादनलाई थप स्पष्ट गर्ने विषय, महाअभियोग सम्बन्धी विषय, संघीय संसदसँग सम्वन्धित विषय, राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण सम्बन्धी विषय, अदालतको अवहेलनामा कारबाही चलाउने, जनमत सग्रह सम्बन्धी विषयमा कानून निर्माण गर्ने सन्दर्भमा थप अध्ययन, समन्वय र छलफलमार्फत् टुङ्गोमा पुग्नुपर्ने देखिन्छ। साथै, अदालत र न्याय प्रशासन सम्बन्धी विषयमा सर्वोच्च अदालतसँग परामर्श गरी आवश्यक कानून निर्माणको प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता देखिन्छ।
सम्माननीय अध्यक्ष महोदय,
अन्त्यमा, मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी विधिको शासन कायम गर्न आवश्यक पर्ने कानूनी संरचनाहरु निर्माणमा सरकार क्रियाशील नै छ। संविधान कार्यान्वयनका लागि आवश्यक कानूनहरू निर्माण गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमार्फत् आम नागरिकलाई सुशासन, विकास र समृद्धिको अनुभूति गराउने जिम्मेवारी सरकार, संसद् र सरोकारवाला निकायको हो। यसका लागि नेपालको संविधान बमोजिम बन्न बाँकी कानून निर्माण गर्न नेपाल सरकार प्रतिबद्ध र क्रियाशील रहेको व्यहोरा अनुरोध गर्दै विधायन व्यवस्थापन समितिले प्रस्तुत गरेको प्रतिवेदन र सो प्रतिवेदन उपरको छलफलमा भाग लिनुहुने माननीय सदस्यहरूलाई पुनः हार्दिक धन्यवाद दिन चाहन्छु, धन्यवाद।
काठमाडौं, १८ भदौ ।
प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले नेपाली क्रिकेट खेलाडीलाई दिने भनिएको रकम उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले विभिन्न देशसँग खेलेर जितेका नेपाली खेलाडीलाई दिने भनिएको रकम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपलब्ध नगराएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।
सरकार घोषणाअनुसार प्रत्येक १७ लाख रुपैयाँ पाउनुपर्ने भए पनि हालसम्म उपलब्ध नगराएको भन्दै उनले आपत्ति पनि जनाए । भोके पेटमा खेलाडीले क्रिकेट खेलिरहेको भन्दै उनले शुभकामना दिँदैमा मनोबल उच्च नहुने बताए ।
भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले एक वर्षमा २७ करोड आम्दानी गरिरहँदा नेपाली टिमका कप्तान रोहित पौडेलका सात लाख २० हजारभन्दा बढी नभएको भन्दै उनले क्रिकेट खेलाडीलाई दिने भनिएको रकम दिन आग्रह गरे ।
काठमाडौं, १८ भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा सोमबार पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई भेटेका हुन् । सो क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो आसन्न अमेरिका र चीन भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएका छन् ।
साथै उनीहरु देशको समसामयिक, राजनीतिक विषयमा पनि कुराकानी भएको छ ।
यही ३० भदौमा प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान गर्दैछन्। त्यतैबाट प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाने कार्यक्रम छ ।
विशाल बस्नेत/ ,महोत्तरी, १८ भदौ ।
लोकतान्त्रिक समाजवादी पार्टी मधेश प्रदेशको विस्तारित बैठक बर्दिबासमा बसिरहेको छ । बिस्तारित बैठकले मुख्यत: ५ वटा एजेण्डामा छलफल गर्ने लोसपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनालले जानकारी दिए ।
समसामयिक राजनितिक अवस्था, मधेशका मुद्दा एवं आगामी रणनीतिको विषयमा विशेष गरि केन्द्रित रहने लोसपाले जनाएको छ ।

यही बैठकबाट बुथ समितिसम्मको संगठन निर्माणको कार्यनीति बनाइने र पार्टी संचालनको लागी अर्थनीति एवं केन्द्रीय सर्कुलरअनुसारको लेवीको विषयमा समेत गहन छलफल हुने जनाइएकाे छ ।

अध्यक्ष जितेन्द्र साह सोनालका अनुसार पार्टी एवं सरकारबीचको सम्बन्ध र स्थानीय तह तथा विविध विषयमा छलफल गरिनेछ ।
उक्त विस्तारित बैठकमा लोसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता शरदसिंह भण्डारी, राजेन्द्र महतो लगायतका नेताहरुकाे उपस्थिति छ ।
काठमाडौं, १८ भदौ ।
सभामुख देवराज घिमिरेसँग नेपालका लागि रुसका राजदूत अलेक्सेई अलेक्सेयेभिच नोभिकोभले भेटवार्ता गरेका छन् ।

सोमबार सिंहदरवारमा भएको शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

सभामुख घिमिरेले रुसी महासंघ नेपालको पुरानो मित्र भएको बताउँदै सन् १९५६ मा नेपालसँग दौत्य सम्बन्ध स्थापना भए पश्चात दुई देशबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गरे ।
उनले नेपालको विकास प्रक्रियामा रुसको सहयोग महत्वपूर्ण रहेको बताउँदै रुसी सहयोगका लागि नेपाल तथा नेपाली जनताको तर्फबाट आभार व्यक्त गरे ।
सभामुख घिमिरेले सन् २०१५ को भूकम्पको समयमा राहत र उद्धार तथा भुकम्पपछिको पुनःनिर्माणमा प्राप्त भएको रुसी सहयोग र कोभिड१९ संक्रमणको समयमा मूल्यवान सहयोग प्रदान गरेकोमा रुसी महासंघलाई धन्यवाद दिए ।
राजदूत नोभिकोभले गएको अप्रिलमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको भ्रमण संसदीय आदान प्रदानका लागि महत्त्वपूर्ण रहेको बताए । उनले अध्यक्ष तिमिल्सिनाको भ्रमणमा भएको सहमति कार्यान्वयन गर्न रुसबाट उच्चस्तरीय भ्रमणको तयारी भएको जानकारी दिएका थिए ।

काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन घटनाको पीडितलाई क्षतिपूर्ति दिने बताएका छन् । काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानवअधिकार उल्लंघनका दोषीलाई कारबाही गर्ने र संक्रमणकालीन घटनाको पीडितलाई क्षतिपूर्ति दिने बताएका हुन् ।
विगतका मानवअधिकार उल्लङ्घनलाई अझै सम्बोधन गर्न नसकेको भन्दै उनले पीडितहरूलाई क्षतिपूर्ति प्रदान गर्न र गम्भीर मानवअधिकार उल्लङ्घनका दोषीहरूलाई न्यायको कठघरामा ल्याई सत्यतथ्य खोज्नको लागि विश्वसनीय सङ्क्रमणकालीन न्याय प्रक्रिया स्थापना गर्न सरकारको प्रतिबद्धता रहेको बताए ।
शान्तिप्रक्रियाको उपजमा प्रचलित संविधान रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सङ्क्रमणकालीन न्यायको सन्दर्भमा सजायको नीतिबारे छलफल गर्नुअघि द्वन्द्वको प्रकृति, सन्दर्भ र प्रजातन्त्र स्थापना र सामाजिक रूपान्तरण सुनिश्चित गर्न त्यसको प्रभावलाई विचार गर्नुपर्ने बताए ।
काठमाडौं, १८ भदौ ।
कोशी प्रदेश सरकारविरुद्ध परेको रिटको सर्वाेच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदै छ ।
सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा कोशी सरकारविरुद्ध परेको सिटमाथि सोमबारबाट निरन्तर सुनुवाइ हुन लागेको हो ।
मुख्यमन्त्री उद्धव थापाले प्रदेशससभाबाट विश्वासको मत लिने क्रममा सभामुखको भूमिकामा रहेका इस्राइल मन्सुरीले समेत विश्वासको मत दिएका थिए । तर, उक्त कार्य असंवैधानिक भन्दै एमालेका हिक्मत कार्कीले सर्वाेच्चमा रिट दिएका हुन् ।
उक्त रिटमाथि पूर्ण इजलासमा सुनुवाइ गर्न आइतबार सपना मल्ल प्रधान र शुष्मलता माथेमाको इजलासले आदेश भएको थियो ।
बुटवल, १८ भदौ ।
नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि दुई जनाको उम्मेदवारका बिचमा आज मतदान हुदैछ ।
सहमतिको प्रयास असफल भए पछि राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गरे पछि उनीहरु बिच प्रतिस्पर्धा गराउनका लागि आज मतदान हुन लागेको हो ।
प्रदेश अधिवेशन उद्घाटनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको सन्देश दिन निर्देशन दिए पछि नेताहरू छलफलमा जुटेकोमा दुबै आकांक्षी एकअर्कालाई छाड्न तयार नभएपछि निर्वाचन नै हुने पक्का भएको एमाले लुम्बिनीले जनाएको छ ।
तर, दुबै जना कँडेल र रिजालले उम्मेदवारी दर्ता गरे पछि निर्वाचन गरिन लागएिको हो । दुबैजना उम्मेदवार मध्ये कँडेलको प्रस्तावकमा राजुप्रसाद श्रेष्ठ र समर्थकमा भोजराज पोखरेल छन् भने रिजालको प्रस्तावकमा विजयबिराट विष्ट र समर्थकमा बाला सिंह काउछा छन्।
उम्मेदवारी दर्ताको समय आज विहान १० बजेसम्म रहेको छ। यद्धपी, यस बिचमा सहमतिको प्रयास गरेर एकको उम्मेदवारी फिर्ता गराउने कोशिश भने जारी रहने जनाईएको छ ।
काठमाडौं, १६ भदौं ।
कोशी प्रदेश सरकारको भविश्यका बारेमा आजवाट सर्वोच्च अदालतमा पुर्ण इजालासमा सुनवाई हुदैँछ ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संबैधानिक हैसियतका बारेमा आजवाट सर्वोच्च अदालतको पुर्ण इजालसमा सुनवाई हुन लागेको हो ।
हिजो न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरे अनुसार सोमवारबाट पुर्ण इजालसमा सुनवाइ हुन लागेको हो । जस अनुसार अब कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा उक्त रिटमाथि सुनुवाइ हुनेछ ।
मुख्यमन्त्री थापाले बैठकको सभाध्यक्षसहितको मतसमेत जोडेर विश्वासको मत लिए पछि नेकपा एमालेले सो कार्य गैर संबैधानिक भन्दै सर्वोच्च अदालतले रिट दायर गरेको थियो । उक्त रिटमाथि गत शुक्रबार नै पूर्ण सुनुवाइ गर्ने गरी यस अघि नै पेसी तोकिएको थियो तर सो रिटमा गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परे पनि ‘हेर्न नमिल्ने’ भनेसँगै हिजोका लागि सुनवाइ तोकिएको थियो ।
प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्री थापालाई विश्वासको मत दिएको र उक्त कार्य संविधान विपरीत रहेको दाबी गर्दै पुर्व मुख्यमन्त्री तथा नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरे हुन ।
रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ । जसकाकारण सो आदेशपछि थापा नेतृत्वको प्रदेश सरकार कुनै पनि महत्वपुर्ण निर्णय गर्न नपाउने गरी कामचलाउको अवस्थामा छ।
कोशी सरकारविरुद्ध एमाले संसदीय दलका नेता कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दिएका थिए। उनले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएर रिट दायर गरेका हुुन ।
काठमाडौं, १७ भदौ ।
नेकपा एकीकृत समाजवादीले सचिवालयको बैठक बस्दैछ । तर, समय भने अझै खुलाइएको छैन ।
आलोकनगर, शान्तिनगरस्थित पार्टी केन्द्रिय कार्यालयमा सो बैठक बस्ने जनाईएको छ ।
बैठकमा यसअघि केन्द्रिय समिति बैठकले गरेको निर्णयको कार्यान्वयनसहित पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।
आउँदो माघ १४ मा १० महाधिवेशनको मिति तय गरेको नेकपा एसले त्यसको तयारीका विषयमा पनि छलफल हुने र सोहीअनुसार जिम्मेवारी बाँडफाँटका सम्बन्धमा पनि निर्णय हुन सक्ने बताइएको छ ।
काठमाडौं, १७ भदौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले २७ भदौमा काठमाडौंमा विरोध सभा गर्ने भएको छ।
आज बसेको पार्टी पदाधिकारी बैठकले हिन्दुत्वको रक्षा, हिन्दुराष्ट्र, राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी र विभिन्न भ्रष्टाचार काण्डको छानबिनको माग गर्दै राप्रपाले विरोधसभा गर्ने भएको हो।
आर्थिक संकटमा सरकारको उदासिनता, बढ्दो बेरोज़गारी, मूल्यवृद्धि जस्ता विषयमा गम्भीर बन्नका लागि सरकारलाई दबाब दिने उद्देश्यले र्याली र सभा गर्ने निर्णय भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन्।
काठमाडौं, १८ भदौं । प्रतिनिधिसभा बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा सो बैठक बस्नेछ । सो बैठक १ बजे बोलाइएको छ ।
संघीय संसद भवन सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्रालयसँग सबन्धित मौखिक प्रश्नहरू सोधिने र त्यसको उत्तर दिइने भएको छ ।
साथै, सभामुख देबराज घिमिरेले ‘केही नेपाल एेनलाइ संसोधन गर्न बनेको बिधेयक २०८० माथी बिचार गरियोस’ भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
काठमाडौं, १८ भदौं । राष्ट्रिय बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ ।
संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार बिधायन ब्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राइले ‘संविधान अनुसार बन्न बाँकी रहेका कानुनहरूको अध्ययन प्रतिवेदन, २०८० छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन् ।
मेवालाल यादव,गाैर,भादाे १७ गते ।
जनता समाजवादी पार्टी नेपाल रौतहटको बिस्तारि बैठक कर्मचारी मिलन केन्द्रको सभाहलमा सम्पन्न भएको छ । जसपा नेपाल जिल्ला कार्यसमिति रौतहटको आयोजनामा बिस्तारि बैठक आज सम्पन्न भएकाे हाे । जिल्ला अध्यक्ष श्याम विहारी यादवको सभापतित्वमा भएको बिस्तारि बैठकले ५ बुन्दे प्रस्ताव समेत पारित गरेको छ ।
गौरमा सुनियोजित रुपमा घटाइएका घटनाका नाइकेलाई तत्कालै कारवाही प्रक्रिया अघि बढाउनुपर्ने माग राखे । गौर घटना एउटा राजनीति तवरबाट घटाइएको अत्यन्तै दुखद घटना भएको रौतहट जिल्ला अध्यक्ष श्याम बिहारी यादवले बताए । शिक्षक सुनिल यादव, अन्तरराष्ट्रिय कुस्ति खेलाडि उपेन्द्र दास वैरागी, स्वास्थ्यकर्मी शुरेश यादव र हिन्दुवादी नेता पर्साका काशीनाथ तिवारीकोे हत्या गराउने व्यक्ति आजपाका अध्यक्ष प्रभु साह माथि कारवाही हुदैन भने जसपा पार्टीका कार्याकर्ताहरु तथा नेताले पालिका स्तर देखी लिएर केन्द्रको सिंहदरबार घेराउ गर्ने जसपा नेपालको रौतहट जिल्ला इन्चार्ज रामआशिष राय यादवले नेपाल सरकार लाई चेतावनी समेत दिएका छन् ।
पार्टीको संगठन विस्तार तथा गौर घटनाको विस्तृत रुपमा जानकारी गराउने उदेश्यले कर्मचारी मिलन केन्द्रको सभाहालमा विस्तारित बैठकको आयोजना गरिएको थियो । जनता समाजवादी पार्टी नेपालको मधेश प्रदेश अध्यक्ष रामबाबू यादवको प्रमुख आतिथ्यमा भएको विस्तारित बैठकमा गौर ह्त्याकाण्डको बारेमा बिस्तृत रुपमा छलफल भएको छ । तत्कालीन मधेशी जनाधिकार फोरम नेपालले पूर्व निर्धारित समय अनुसार आम सभा आयोजना गरेको ठाउ गौर राइस मिलको मैदानमा तत्कालीन नेकपा माओवादीका नेता कार्यकर्त्ताले फोरमले आयोजना गरेको आम सभालाइ विथोल्न खोजे पछि भएको झड़पमा हथियार सहित आएका माओवादी कार्यकर्त्ताको मृत्यु भएकोले दोषी माओवादीका कार्यकर्त्ता नै रहेको ठहर बैठकले गरेको छ ।
बैठकमा सहभागी भएका जसपाका नेताहरुले सडयंत्र पूर्वक १७ बर्ष अघि भएको घटनाको पुनः उजागर गरेर पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फसाउन खोजेको दावी प्रमुख अतिथि प्रदेश अध्यक्ष यादवले गरेका छन । गौर घटनालाइ विउत्याउनु २२ बुन्दे र ८ बुन्दे विस्तृत शान्ति समझौताको विपरीत भएकोले राजनितिक घटनालाइ हत्याकाण्डको रूप दिनु गलत रहेको बताए । पार्टीले संगठन विस्तार गरी पार्टीलाइ बलियो बनाउने उदेश्य लिएर अघि बढिरहेको बताउँदै अध्यक्ष यादवले प्रदेशले संचालन गर्न लागेको संगठन विस्तार अभियानलाइ सफल बनाउन आग्रह समेत गरे ।
पार्टी विस्तार तथा सुदृढीकरण अभियानबारे निर्णय गर्न बैठक आह्वान गरेको मधेस प्रदेश कार्यकारिणी समितिको बैठकले प्रदेशका सबै जिल्लामा आज विस्तारित बैठक सम्पन्न भएको छ । विस्तारित बैठकको सहजीकरणका लागि प्रदेश अध्यक्ष रामबाबुको जिम्मेवारी तोकेको थियो । लामो समयदेखि संगठन बाहिर रहेकाहरुलाई संगठनमा आबद्ध गर्न छलफल र अन्तरक्रिया चलाउने बैठकले निर्णय गरेको छ ।
टोल कमिटिलाई पार्टीको राजनीतिक कार्यदिशा, सांगठिन र बैचारिक बिषयमा प्रशिक्षणका लागि कार्यक्रम गर्ने निर्णय गरेको छ ।बिस्तारित बैठकमा पार्टीले नगरपालिका भित्र सञ्चालन गर्ने विभिन्न कार्यक्रम गर्ने योजना तथा नगर कमिटी लगायत टोल कमिटिलाई तत्काल पूर्णता दिने बैठकले निर्णय गरेको प्रदेश अध्यक्ष रामबाबु यादवले बताए । बैठकमा मधेश प्रदेश सरकार ऊर्जा सिचाई तथा खानेपानी राज्यमंत्री अब्बुल कलम आजाद , पूर्व प्रदेश सांसद राम किशोर यादव ,पूर्व राज्य मंत्री योगेंद्र यादव, पूर्व नगर उपप्रमुख किरण ठाकुर , प्रदेश सांसद शोभा देवी साह लगायत पार्टीका संघीय परिषद् , प्रदेश समिति, केन्द्रिय सदस्य बिवेक यादव ,प्रदेशको कोषा अध्यक्ष रेनु यादव जिल्ला सचिव जयराम महतो, महिला नेत्री रेनु यादव , युवा नेता राजकुमार दास , ललन यादव , प्रादेशिक अस्पताल गौरका ब्यवस्थापन समिति अध्यक्ष मो. अनवर हासमी , चुलाही राय यादव लगायत बैठकमा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेता, प्रदेश समितिका नेता, जिल्ला समितिका पदाधिकारी तथा सदस्य, पालिका समितिका पदाधिकारी, निर्वाचित जनप्रतिनिधि, भातृ सङ्गठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारीहरुले पार्टीको गतिविधि ,कार्यशैली , विस्तारको बारेमा आ आफ्नो धरना प्रस्तुत गरेका थिए ।
काठमाडौं, १७ भदाै ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको “हेलो सरकार”को सेवालाई तीन सिफ्टमा विस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गरेका छन् ।

आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा रहेको हेलो सरकार कक्षको निरीक्षण र अनुगमनसहित जनताका समस्या सम्बोधन गरी तीन सिफ्टको कार्यक्रम शुभारम्भ गरेका हुन् ।
शुभारम्भ समारोहमा नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, विभागीय प्रमुखहरू, मन्त्रालय तथा केन्द्रीय निकायका गुनासो सुन्ने अधिकृतहरू, हेलो सरकार कक्षमा कार्यरत कर्मचारीहरू सहभागी थिए ।
यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकोमा बिस्तारित गरिएको कार्यक्रममा आजबाट एनसेल मोबाइलबाट समेत गुनासो राख्न सकिनेछ। गुनासोहरू फोन, इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइबर, ह्वाट्स्एप लगायतका डिजिटल माध्यमबाट टिपाउन सकिनेछ। हेलो सरकारको डेस्कले प्राप्त गुनासोहरू तत्काल सम्बोधन गरी सोको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ।
हेलो सरकार २४ सै घण्टा सञ्चालनका लागि तीन सिफ्टको कार्यतालिका निर्माण गरी सोहीअनुरूप कर्मचारी व्यवस्थापनसमेत गरिएको छ। त्यसका लागि नेपाल सरकारका ३ जना उपसचिवसहित २५ जना कर्मचारीहरू खटाइएको छ।
हेलो सरकारमा आएका गुनासोहरू गुनासोको प्रकृति हेरी सम्बन्धित निकायमा पठाई समस्या समाधानमा सहजीकरणसमेत गर्ने व्यवस्था मिलाइएको छ। साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग सम्बन्धित गुनासोहरू सिधै सम्बोधन गर्ने व्यवस्था गरिएको छ।
गुनासोहरू सम्बोधनका निम्ति र्यापिड रेस्पोन्स टीमसमेत गठन गरी कार्यान्वयनमा ल्याइएको नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालले बताए । उक्त टीमले सम्बन्धित निकायमा पठाइएका गुनासोहरू कार्यान्वयन भए, नभएको अनुगमन गर्नुका साथै गुनासो सम्बोधनका लागि पहल गर्नेछ। हेलो सरकारको २४ सै घण्टा सञ्चालन हुने सेवाको शुभारम्भ गर्दै प्रधानमन्त्रीले जनताका समस्यालाई गम्भीरतापूर्वक लिई समाधान गर्न निर्देशन दिए ।

प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
जनताका गुनासो जति गम्भीरतापूर्वक सम्बोधन हुन्छ, लोकतन्त्र त्यति नै बलियो हुन्छ। त्यसै प्रयोजनका निम्ति १२ वर्षअघि यो कार्यक्रमको शुभारम्भ गरिएको थियो। यसले गणतन्त्रमा जनमत र जनभावनाको सम्मान गर्ने परिस्थिति निर्माण भएको छ। जनताको गुनासो सुनिएन भन्ने मत पनि छ। यसलाई ३ सिफ्टको कार्यक्रमले पूर्णतः सम्बोधन गर्ने विश्वास लिएको छु। मैले हेलो सरकारको निरीक्षण गरेँ। कार्यकक्ष हेरेँ। त्यहाँ आएको गुनासोमध्ये दोलखाको एउटा गुनासो सुनेँ र त्यसलाई सम्बोधन गर्ने निर्देशनसमेत दिइसकेको छु।
सरकार र नागरिकबीचको सम्बन्धलाई अझै घनिभूत गराउन र शासकीय प्रणालीमा जनताको सहभागितालाई सक्रिय तथा सशक्त बनाउने अवधारणाका साथ १२ वर्ष अघि सुरू भएको हेलो सरकारलाई आजदेखि २४ सै घण्टा सञ्चालन गरिँदैछ। सरकार र जनताबीचको सम्बन्ध थप सुदृढ तुल्याउँदै जनसेवा सवलीकरणका निम्ति यो सेवा बिस्तार कार्यक्रमले महत्वपूर्ण योगदान गर्ने विश्वास लिएको छु।
सार्वजनिक निकायबाट भएको काम कारबाहीका सम्बन्धमा प्राप्त जनगुनासोलाई शीघ्र सम्बोधन गर्न तथा जनताको जिज्ञासा समाधान गर्ने र सुझाव लिने कार्यमा सरकार सदैव क्रियाशील रहनुपर्दछ। राज्यमा सुशासनको प्रवद्र्वनका लागि सार्वजनिक निकायहरूबीच अन्तरक्रियात्मक प्लेटफर्मका लागि प्रभावकारी सञ्जाल निर्माण गर्न आवश्यक छ। विश्वका लोकतान्त्रिक मुलुकहरूका लागि आजको प्राथमिकता भनेको नै सार्वजनिक निकायहरूमा पारदर्शिता र उत्तरदायी प्रणालीको प्रवर्धन गरी नागरिकको विश्वास आर्जन गर्नु हो।
आधुनिक राज्यमा खुला सरकारको अवधारणाअनुरूप सार्वजनिक निकायहरूप्रति जनताको भरोसा दिलाउन सरकारले जनतालाई सुन्नुपर्छ भन्ने सैद्धान्तिक मान्यताका आधारमा नै नेपालको सन्दर्भमा आजभन्दा १२ वर्ष पहिले हेलो सरकारको अवधारणा विकास गरी सुरु गरिएको थियो। हेलो सरकार विभिन्न उतारचढावका बीच २४ सै घण्टा सञ्चालन गर्ने अवस्थासम्म आउनु हाम्रा लागि खुसीको कुरा हो।
बर्तमान राज्यप्रणालीप्रति नागरिकहरूको सकारात्मक अपेक्षा हुनु स्वाभाविक नै हो। यी अपेक्षाबीच जनतामाझ जन्मने गुनासो तथा जिज्ञासाहरूको तत्काल उचित सम्बोधन गर्न सकिएन भने जनता र सरकारबीचको दूरी बढ्दै जाने, राज्य र व्यवस्थाप्रति आम जनताको निराशा र असन्तुष्टि चुलिँदै जान सक्ने विषयको बोध गरेर नै मैले सरकारको नेतृत्व लिएको दिनदेखि सुशासन प्रवद्र्वनको कडीको रूपमा हेलो सरकारलाई थप प्रभावकारी बनाउन संरचनात्मक सुधारको विषयमा सचिवज्यूहरूसँगको बैंठकमा मैले दिशानिर्देश गरेको थिएँ।यसैगरी संसदमा पनि मैले हेलो सरकारलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता जनाएको छु।
आज हेलो सरकार कक्ष व्यवस्थित भएको छ। पुरानो निर्देशिका संशोधन गरिएको छ। सञ्चारका विभिन्न माध्यमबाट २४ सैं घण्टा आम नागरिकले गुनासो, जिज्ञासा वा सुझाव दिन सकिने व्यवस्था गरिएको छ। हेलो सरकार व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउन प्रत्येक सिफ्टमा उपसचिवहरूको नेतृत्वमा ३ सिफ्ट सञ्चालन हुने गरी व्यवस्था मिलाइएको छ। पहिलो चरणमा विभिन्न दर्जाका कर्मचारीहरू खटाइएको छ। आवश्यकताअनुसार विश्वविद्यालयहरूसँग सम्झौता गरी इन्टर्नमा आवश्यक मात्रामा विद्यार्थी लिनसक्ने व्यवस्था समेत गरिएको छ। नेपाल टेलिकम र एनसेलबाट गुनासो, जिज्ञासा वा सुझाव दिने र कल रेकर्डिङ्ग प्रणालीको विकास गरिएको छ।
हेलो सरकारलाई केन्द्रीयस्तरमा मात्र सीमित नगरी प्रदेश र स्थानीय तहमा समेत यसको सञ्जाल बिस्तार गर्नुपर्ने आवश्यकता छ। यस संयन्त्रलाई सरकारी नीति निर्माणमा नागरिक पृष्ठपोषण हुने प्रणालीको रूपमा विकास गर्नुपर्ने नै छ। यसका साथै गुनासो व्यवस्थापन प्रणालीलाई कृत्रिम बौद्धिकतासँग आवद्वता गर्ने लगायत नागरिकका उत्कृष्ट विचार लिने क्राउडसोर्स गभर्नेन्सका रूपमा विकास गर्न अपरिहार्य छ।
सुशासनको पहिलो शर्त सरकार र जनताबीचको आत्मीय सम्बन्ध बलियो हुनु हो। जनतामा सरकार पनि छ भन्ने अनुभूति गराउन सकिएन भने हामीले जे–जति सेवा प्रवाहमा सुधार गरेपनि या सुशासनका कुरा गरेपनि यसले केही अर्थ राख्दैन। त्यसैले म नेपाल सरकारका सबै निकायलाई जनताको गुनासो व्यवस्थापनको विषयलाई पहिलो प्राथमिकतामा राखेर कार्य सम्पादन गर्न निर्देशित गर्दछु। हाम्रा लागि साना तथा महत्वपूर्ण नलाग्न सक्ने गुनासोहरू आम नागरिकका दैनिक जीवनका आयामसँग प्रत्यक्ष जोडिने गर्दछन्। गुनासा तथा जिज्ञासाहरू सबैं महत्वपूर्ण नैं हुन्छन् र सार्वजनिक निकायप्रतिको नागरिक सुझावहरू अमृत समान हुन्छन्।
अहिले हाम्रा बिभिन्न सार्वजनिक निकायहरूमा गुनासो सुनुवाइ गर्ने संयन्त्र रहेका छन्। तर सबै संयन्त्रहरू अझै जनताको मुहार उज्यालो बनाउन सक्ने ऐनाको भाष्यमा रूपान्तरण हुन सकेका छैनन्। जनताका गुनासो तथा जिज्ञासाहरूलाई बास्केटमा राखेर कार्यालयमा स्टोर मात्र गर्ने परम्परागत संयन्त्र र कार्यशैलीले जनताप्रतिको उत्तरदायित्व बोध गराउन सक्दैनन्। सबैं संयन्त्रलाई उत्तरदायित्व बोधले तिखार्न र कार्यसम्पादन गर्न सकेमा मात्र सरकारप्रति जनविश्वास आर्जन गर्न सकिन्छ।
सुस्ताएझैं देखिएको हेलो सरकारलाई प्रविधि, जनशक्ति र सामग्रीले सुसुज्जित गर्दै गुनासो व्यवस्थापनको आधुनिक र उच्चस्तरीय संयन्त्रको रूपमा विकास गर्न अहोरात्र खटिनुभएका मेरो सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सम्पूर्ण पदाधिकारी तथा कर्मचारी साथीहरूप्रति धन्यवाद व्यक्त गर्दछु। यसैगरी हेलो सरकार कार्यकक्षलाई थप व्यवस्थित गर्न सहयोग गर्ने नेपाल टेलिकम, एनसेल र कलश सर्भिसेज प्रा.लि. लगायतका संघसंस्थाहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।
हेलो सरकारसँग प्रत्यक्ष आवद्व भई सार्वजनिक सरोकारका विषयमा आफ्ना गुनासा, जिज्ञासा कुनै पनि समयमा राख्न र नीति निर्माणका विषयमा रचनात्मक सुझाव तथा सूचना उपलव्ध गराउन तथा सञ्जाल सदस्य बन्न र अन्तरक्रिया गर्न आम जनसमुदायमा विशेष अनुरोध गर्दछु। अन्त्यमा, सुशासनका पक्षमा सरकारले चालेका कदमहरूमा साथ दिएर आ–आफ्नो स्तरबाट सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरू, संघसंस्था तथा निकायलाई धन्यवाद दिँदै आगामी दिनमा यसलाई प्रभावकारी बनाउन समेत यहाँहरूको सहयोग रहिरहने विश्वास व्यक्त गर्दछु, धन्यवाद।

काठमाडौं, १७ भदाै ।
सभामुख देवराज घिमिरेसँग अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनले भेट गरेका छन् । 
सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, अमेरिकी सहयोग तथा संसदीय आदान प्रदानका विषयमा छलफल भएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
उनका अनुसार भेटमा सभामुख घिमिरेले संयुक्त राज्य अमेरिका नेपालको पुरानो मित्र भएको उल्लेख गर्दै सन् १९४७ मा नेपालले अमेरिकासँग दौत्य सम्बन्ध स्थापना भए पश्चात नेपाल र अमेरिकाको सम्बन्ध सुमधुर रहेको बताए ।
सभामुख घिमिरेले उच्च स्तरीय भेटघाटको आदानप्रदानले दुई देश बीचको सम्बन्ध र बुझाईलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।
‘नेपालको विकास प्रक्रियामा संयुक्त राज्य अमेरिकाको सहयोग महत्वपूर्ण रहेको छ,’ उनले भने, ‘नेपालको आर्थिक सामाजिक विकासका लागि संयुक्त राज्य अमेरिकाले पुर्याउँदै आएको सहयोगमा आएको गुणात्मक एवम् परिमाणात्मक अभिवृद्धिले नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुदृढ हुनेमा विश्वस्त छु ।’

लोकतन्त्र, मानव अधिकार, स्वतन्त्रता हामी दुई मुलुकहरुबीच रहेको साझा मूल्य मान्यताहरु भएको बताउँदै सभामुख घिमिरेले नेपाल लोकतन्त्र संस्थागत गर्ने यात्रामा अगाडि बढेको उल्लेख गरे । लोकतन्त्रको सबलीकरणका लागि बलियो आर्थिक आधार आवश्यक रहेको सभामुख घिमिरेको भनाइ थियो ।
सभामुख घिमिरेले नेपाल र संयुक्त राज्य अमेरिकाका संसदीय प्रतिनिधिमण्डलबीचको भ्रमणको आदानप्रदानबाट दुई देशको संसदीय सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे । उनले जलवायु परिवर्तनले गर्दा नेपालका हिमालहरु पग्लिरहेको बताउँदै अमेरिकाले जलवायु परिवर्तनबाट उत्पन्न समस्याको न्यूनीकरणका लागि भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
भेटमा सिनेटर होलेनले नेपालमा गतिशील प्रजातन्त्रको जन्म भएको बताउँदै यस प्रक्रियामा भूमिका खेल्ने नेपालका राजनीतिक दललाई धन्यवाद व्यक्त गरे । ‘हामी दुई देशका संसदमात्रै जनता–जनतामा सम्बन्ध स्थापित गर्न चाहन्छौं,’ उनले भने ।
नेपालमा एमसीसी कार्यान्वयन सुरु भएलगत्तै आफ्नो भ्रमण भएको बताउँदै सिनेटर होलेनले एमसीसीबाट नेपालले फाइदा लिने धारणा राखे । ‘एमसीसी दुई देशबीचको सम्बन्ध र सहकार्यको उदाहरण हो,’ उनले भने, ‘हामी एमसीसी अन्तर्गतका परियोजना सफल भएको हेर्न चाहन्छौं ।’
विशाल बस्नेत ,महोत्तरी, १७ भदाै ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले देशमा जातीय र धार्मिक द्वन्द्व सिर्जना गर्ने नेकपा माओवादीकाे प्रयास असफल भएकाे बताएका छन् ।
धर्म, जात-जाती, मधेश, पहाडको नाममा माओवादीले द्वन्द्व सिर्जना गर्न खोजेको र त्यस्लाइ नसकेपछी पछाडी हटेको सचिव भट्टराईको तर्क छ । सबे जाती, धर्म, भूगोलको वर्गीय विभेदलाइ अन्त्य गरी समान अधिकार दिलाउन नेकपा एमालेले मात्र सक्ने दावी गर्दै उनले कम्युनिष्ट पार्टीको मूल नेतृत्व नै एमाले भएको बताए ।
भूमि अधिकार तथा श्रमिक संगठन नेपाल मधेश प्रदेशको दोश्रो अधिवेशनको खुल्लासत्रमा बोल्दै सचिव भट्टराईले पुँजीवादी, दलाल र नोकरसाहीहरुसँग प्रतिस्पर्धा गर्न एमाले मात्र एक्लो शक्ति रहेकाे दाबी गर्दै माओवादी र एकीकृत समाजवादी बेकामे भएको टिप्पणी गरे ।
उनले भने, `समाजवादको यात्रा एमालेले तय गरेको छ । माओवादी र समाजवादी त सत्ता टिकाउन कांग्रेससँग मिल्नुले नै समाजवादको लक्ष्य उनीहरुसगँ छैन भन्ने प्रमाणित हुन्छ ।´
बुटवल, १६ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टाचार विरोधी नभएर भ्रष्टाचार अभियान चलाइरहेको आरोप लगाएका छन्।
सरकारका लागि मात्रै एमाले केन्द्रित नभएको बताउँदै उनले माओवादी नेतृत्वको सरकार भ्रष्टाचार अभियान चलाइरहेको आरोप लगाए। एमालेले मुलुकबाट गरिबी उन्मुलन गर्दै समृद्ध नेपाली बनाउने अभियान लिएर हिँडेको भन्दै चुनावदेखि चुनाव र सरकारमात्रै नताक्ने उनले बताए। ‘एमाले जतिबेला सरकारमा जान्छ, जनताका पक्षमा काम गर्छ,’ उनले भने।
२०५१ सालको सरकारदेखि एमालेले नेतृत्वको पछिल्लो सरकारले देश विकासमा महत्त्वपूर्ण कार्य गरेको भन्दै उनले त्यस्ता सरकारलाई गिराउन प्रतिक्रियावादीहरू सक्रिय रहेको बताए। `नेपालको नक्सा सच्याउने, विप्लप र सीके राउतलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने काम हामीले गरेका हौं। अहिलेको सरकारको उपलब्धि १०० किलो सुन चोर्ने भएको छ। यस्तो पनि सरकार हुन्छ?,’ उनले प्रश्न गरे।
नेपाल अब पछाडि परिराख्न नहुने बताउदै उनले प्राकृतिक स्रोत, खनिजको उपयोग बढाई युवाहरूलाई स्वदेशमै रोजगारीमा लगाउनुपर्ने उनको भनाइ छ। अहिलेको सरकार तस्करमा केन्द्रिकृत रहेको भन्दै राजश्व झन् घट्दै जाने उनले बताए। ‘भन्सारबाट सुन आउने, कर नतिर्ने, पक्रिएको सुन हराउने। कतिसम्म लाजमर्दो काम गरेको हो। अहिले भ्रष्टाचारविरूद्ध अभियान होइन, भ्रष्टाचार अभियान चालेको हो,’ अध्यक्ष ओलीले भने।
उनले यतिसहितका विषयमा छानविन गरेर देखाउन चुनौती दिए। ‘वाईडवडीमा कमिसन खानेहरू नै कुरा उठाउँछन्। मेरो चुनौती छ, छानविन गर जेल जाउ,’ उनले भने।
एमाले भ्रष्टाचार गर्न सरकारमा जाने पार्टी नभएको उनको जिकिर छ। तर एमालेका विरूद्धमा भ्रम छर्ने काम भइरहेको उनले बताए। उनले सरकार धेरै नचल्ने निष्कर्षमा प्रचण्ड पुगेको बताए। तर एमाले सरकार जान हतारमा नरहेको उनको भनाइ छ।
काठमाडौं, १६ भदौ ।
पूर्वयुवराज पारस शाह ह्याम्स अस्पतालबाट शनिबार डिस्चार्ज भएका छन्।
मुटुसम्बन्धी समस्या देखिएपछि उनी शुक्रबार काठमाडौंको मन्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना भएका थिए।
अहिले उनको स्वास्थ्य अवस्था सामान्य भएकाले डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ।
काठमाडौं, १६ भदौ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले आफैँ समाप्त भएर जाने टिप्पणी गरेका छन्। एकीकृत समाजवादीलाई समाप्त पार्ने घोषणा गरिरहेका एमाले नेता आफैँ सोत्तर भइरहेको र हावा खाइरहेको उनको टिप्पणी छ।
शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले आफ्नो पार्टीले भने हरेक असम्भव कुरालाई सम्भव बनाउँदै अघि बढिरहेको उनले बताए। अरू पार्टीहरूलाई समेत साथमा लिएर समाजवादको झन्डालाई बुलन्द गर्ने काम आफूहरू गरिरहेको उनले बताए। पार्टीलाई सशक्त बनाउन आफूहरूले संगठन निर्माणको कामलाई तीव्रता दिएको उनले उल्लेख गरे।
‘कसैकसैले हाम्रो पार्टीलाई समाप्त पारिदिने भनेर घोषणा गरिरहेका छन् । समाप्त पार्ने होइन, ती व्यक्तिहरू जसले त्यसो भनिरहेका छन्, यो पार्टीको कुनै अर्थ छैन भनेर । उनीहरू आफैँ सोत्तर भइरहेका छन् । हावा खाइरहेका छन्,’ अध्यक्ष नेपालले भने।
पार्टीलाई जनताका बीचमा लैजाने गरी गतिविधिलाई अघि बढाउन उनले नेता–कार्यकर्तालाई निर्देशन समेत दिएका छन्।
काठमाडौं, १६ भदौ ।
नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी अभियानका लागि शिर्ष नेताहरुलाई बिभिन्न जिल्लामा खटाइएको छ ।
पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जनतासँग माओवादी तीन महिने अभियानको तयारी पूरा भएको र सबै जिल्लामा शिर्ष नेताहरु खटाइएको जानकारी दिए । अाज बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी मुख्यालय पेरिसडाँडावाट तीन महिने अभियानकाे उदघाटन सम्बाेधन गर्ने र त्यसकाे रेकर्ड दिउँसाे १ बजे देशैभरीका वडाहरूमा सुनाउने गरी ब्यवस्थासमेत मिलाइएकाे छ । जसका लागि पार्टी पदाधिकारीहरूलाइ बिभिन्न जिल्लामा खटाइएकाे छ ।
उनका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं चन्द्रागिरी–२ स्थित घट्टेडाँडा पार्क, वरिष्ठ उपाध्यक्ष नारायकाजी श्रेष्ठ ललितपुर महानगरपालिका २८ हरिसिद्धी, उपाध्यक्ष कृष्णबहादुर महरा सुनछहरी गाउँपालिका रोल्पा, उपाध्यक्ष अग्नि सापकोटा लिसंखुपाखर गाउँपालिका ३, उपाध्यक्ष पम्फा भुसाल ललितपुर महानगरपालिका २२, महासचिव देव गुरुङ सुन्दरबजार नगरपालिका–८ लमजुङ, उपमहासचिव गिरिराजमणि पोखरेल गोकर्णेश्वर नगरपालिका–४ काठमाडौं, उपमहासचिव हरिबोल गजुरेल सिन्धुली, जनार्दन शर्मा चन्द्रागिरी–२, शक्ति बस्नेत भेरी नगरपालिका जाजरकोट, मातृका यादव वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतमा खटिनेछन् ।
सचिव दिनानाथ शर्मा बाग्लुङ, डिलाराम आचार्य धनगढी उपमहानगरपालिका–१६, चक्रपाणि खनाल विराटनगर महानगरपालिका–१८, देवेन्द्र पौडेल पोखरा महानगरपालिका–२०, लीलामणि पोखरेल महोत्तरी, गणेश साहलाई काठमाडौं महानगरपालिका–१० मा खटाइएको उनले बताए ।
काठमाडौं, १६ भदौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न १५ केन्द्रीय विभागका प्रमुखहरुको मनोनीत गरेका छन् ।

सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३७ (१) (ग) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्यहरुलाई केन्द्रीय विभागको प्रमुखमा मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन ।
काठमाडौं, १६ भदौ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेल २२ सदस्यीय टोलीको नेतृत्व गर्दै आज चीन भ्रमणमा जाने भएका छन् ।
१२ दिने भ्रमणका लागि शनिबार राति महासचिव पोखरेल नेतृत्वको टोली चीन जान लागेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पोखरेल नेतृत्वको टोली १२ दिने भ्रमणका लागि शनिबार राति चीनतर्फ प्रस्थान गर्न लागेको उनले बताए । भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायत केन्द्रीय तहका नेता छन् ।
भ्रमण टोलीले चीनका तीन मुख्य शहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्ने र सो क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता हुने प्रमुख गौतमले जानकारी दिए ।
भेटमा नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष र नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुने उनले बताए ।
भ्रमण टोलीका सदस्यहरु :
१. शंकर पोखरेल, महासचिव
२. डा. राजन भट्टराई, स्थायी कमिटी सदस्य, परराष्ट्र मामिला विभाग प्रमुख
३. राजेन्द्रप्रसाद गौतम, स्थायी कमिटी सदस्य, प्रचार तथा प्रकाशन विभाग प्रमुख
४. ज्वालाकुमारी साह, पोलिटब्युरो सदस्य÷प्रतिनिधिसभा सदस्य
५. रामबहादुर मगर (राम राना), केन्द्रीय सदस्य÷कोशी प्रदेशसभा सदस्य
६. टुकाभद्र हमाल, केन्द्रीय सदस्य तथा अध्यक्ष, अखिल नेपाल महिला संघ
७. सहदेव बोगटी, केन्द्रीय सदस्य
८. निरजप्रसाद आचार्य, केन्द्रीय सदस्य
९. मञ्जुदेवी गुरुङ, केन्द्रीय सदस्य तथा उपमेयर, पोखरा महानगरपालिका
१०. अजयकुमार गुप्ता, केन्द्रीय सदस्य
११. रचना खड्का, केन्द्रीय सदस्य
१२. भगवती थापा क्षेत्री, केन्द्रीय सदस्य
१३. मानवीर राई, केन्द्रीय सदस्य÷प्रतिनिधिसभा सदस्य
१४. कपिलदेव पोखरेल, केन्द्रीय सदस्य
१५. लक्ष्मणकुमार शर्मा, महासचिव, जिफन्ट
१६. पिताम्बर भूषाल, अध्यक्ष, अर्घाखाँची जिल्ला कमिटी
१७. क्षितिज थेवे, अध्यक्ष, राष्ट्रिय युवा संघ नेपाल
१८. समिककुमार बडाल, अध्यक्ष, अनेरास्ववियु
१९. गोपाल खनाल, सदस्य, परराष्ट्र मामिला विभाग
२०. हुमाकुमारी डीसी, प्रदेश कमिटी सदस्य÷उपमेयर घोराही उपमहानगरपालिका
सचिवालय
२१. राजेश राई
२२. सरोजकुमार रेग्मी
काठमाडौं, १६ भदौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आजबाट मधेस प्रदेशमा बिशेष प्रशिक्षणको आयोजना गर्दैछ ।
भोली सम्म सञ्चालन हुने उक्त प्रशिक्षणमा पार्टीको नीति तथा कार्यक्रम, कार्यदिशा र सिद्धान्त र दृष्टिकोणसहित समसमायिक राजनीतिक बिषयमा उक्त प्रशिक्षण हुनेछ ।
देशैभरी प्रदेश स्तरीय प्रशिक्षण सञ्चालन गरिरहेको रास्वपाले आजवाट मधेसमा दुई दिने प्रशिक्षण भेलाको आयोजना गर्न लागेका उपसभापति डिपी अर्यालले जानकारी दिएका छन ।
मधेसमा हुने सो प्रशिक्षणमा पार्टी सभापति रवि लामिछाने, प्रशिक्षण विभाग प्रमुख अनील केशरी शाहलगायतले सम्बोधन गर्नेछन ।
मधेस प्रदेशमा हुने प्रशिक्षण पछि रास्वपाले बाग्मती प्रदेशमा प्रशिक्षण गर्नेछ । जसका लागि भदौ २२ र २३ गतेको मिति तय गरिएको छ ।
काठमाडौं, १६ भदौं ।
नेकपा माओवादी केन्द्रको तीन महिने अभियान आजवाट सुरु हुदैँछ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’’ काे भर्चुअल माध्यमबाट देशका सबै वडाहरूमा एकसाथ उद्घाटन गर्नेछन् ।
माओवादी केन्द्रिय कार्यालयका अनुसार अध्यक्ष प्रचण्डले बिहान ९ः०० बजे भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पार्टी मुख्यालय पेरिसडाँडावाट अध्यक्ष दाहालले साे सम्बाेधन गर्ने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।
सो अघि अध्यक्ष दाहालले चन्द्रागिरी नगरपालिका–२ घट्टेडाँडा पार्कवाट अभियानको उदघाटन सम्बोधन गर्ने कार्यक्रम तय गरिएकाे केन्द्रिय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिएका थिए ।
उनका अनुसार अध्यक्ष दाहालको उक्त सम्बोधन फेसबुक, युट्युव लगायतका बिभिन्न भर्चुअल माध्यमबाट सुन्न र हेर्न सकिने ब्यवस्था मिलाईएको छ ।
काठमाडौं, १५ भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारका विभिन्न प्रकरणमा निश्पक्ष छानविन गर्न र संलग्न कसैलाई पनि नछाड्न निर्देशन दिएको बताएका छन्।
आज समाजवादी मोर्चाको गण्डकी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले भ्रटाचारविरुद्धको अभियान सानो मन, विचार र उद्देश्यले सुरुवात नभएको दाबी गरे। उनले भ्रष्टाचारको छानविनका क्रममा आफ्नै संलग्नता देखिए पनि नछाड्न प्रहरी प्रशासन र अनुसन्धानमा संलग्न अधिकारीलाई निर्देशन दिएको बताए।
‘सरकार पक्कै पनि दवाबमा पनि छ, दवाब छैन भन्ने होईन । विभिन्न प्रश्न उठाइएको छ, प्रचण्डले खुट्टा कमाउँछ होला, अन्तिममा भ्रष्टाचारीहरुलाई त्यत्तिकै छाड्छ होला, आफ्ना मान्छेलाई बचाउँछ, अर्कालाई मात्रै पार्छ भन्ने भ्रम धेरै छर्ने कोशिस भएको छ,’ उनले भने। निश्पक्ष र निस्वार्थ रुपमा अनुसन्धान गर्न आफ्नो निर्देशन रहेको उनको भनाइ छ।
काठमाडौं, १५ भदौ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेल २२ सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाने भएका छन् । १२ दिने भ्रमणका लागि शनिबार राति महासचिव पोखरेल नेतृत्वको टोली चीन जान लागेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पोखरेल नेतृत्वको टोली १२ दिने भ्रमणका लागि शनिबार राति चीनतर्फ प्रस्थान गर्न लागेको उनले बताए । भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायत केन्द्रीय तहका नेता छन् ।
भ्रमण टोलीले चीनका तीन मुख्य शहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्ने र सो क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता हुने प्रमुख गौतमले जानकारी दिए ।
भेटमा नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष र नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुने उनले बताए ।
भ्रमण टोलीका सदस्यहरु :
१. शंकर पोखरेल, महासचिव
२. डा. राजन भट्टराई, स्थायी कमिटी सदस्य, परराष्ट्र मामिला विभाग प्रमुख
३. राजेन्द्रप्रसाद गौतम, स्थायी कमिटी सदस्य, प्रचार तथा प्रकाशन विभाग प्रमुख
४. ज्वालाकुमारी साह, पोलिटब्युरो सदस्य÷प्रतिनिधिसभा सदस्य
५. रामबहादुर मगर (राम राना), केन्द्रीय सदस्य÷कोशी प्रदेशसभा सदस्य
६. टुकाभद्र हमाल, केन्द्रीय सदस्य तथा अध्यक्ष, अखिल नेपाल महिला संघ
७. सहदेव बोगटी, केन्द्रीय सदस्य
८. निरजप्रसाद आचार्य, केन्द्रीय सदस्य
९. मञ्जुदेवी गुरुङ, केन्द्रीय सदस्य तथा उपमेयर, पोखरा महानगरपालिका
१०. अजयकुमार गुप्ता, केन्द्रीय सदस्य
११. रचना खड्का, केन्द्रीय सदस्य
१२. भगवती थापा क्षेत्री, केन्द्रीय सदस्य
१३. मानवीर राई, केन्द्रीय सदस्य÷प्रतिनिधिसभा सदस्य
१४. कपिलदेव पोखरेल, केन्द्रीय सदस्य
१५. लक्ष्मणकुमार शर्मा, महासचिव, जिफन्ट
१६. पिताम्बर भूषाल, अध्यक्ष, अर्घाखाँची जिल्ला कमिटी
१७. क्षितिज थेवे, अध्यक्ष, राष्ट्रिय युवा संघ नेपाल
१८. समिककुमार बडाल, अध्यक्ष, अनेरास्ववियु
१९. गोपाल खनाल, सदस्य, परराष्ट्र मामिला विभाग
२०. हुमाकुमारी डीसी, प्रदेश कमिटी सदस्य÷उपमेयर घोराही उपमहानगरपालिका
सचिवालय
२१. राजेश राई
२२. सरोजकुमार रेग्मी
काठमाडौं, १५ भदौ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले चिनियाँ सरकारले प्रकाशन गरेको नक्सामा नेपालको चुच्चे भाग (नक्सा) समावेश नगरिनु चीनको त्रुटिपूर्ण व्यवहार भएको टिप्पणी गरेका छन्।
शुक्रबार नेपाली कांग्रेसका भातृ संस्था नेपाल महिला संघ, तरुण दल र नेविसंघका नेताहरूसँग काठमाडौंमा भएको छलफल कार्यक्रममा नेता महरले चीनले जारी गरेको नक्साले नेपाल-चीनबीचमा सीमा समस्या रहेको विषय उजागर गरेको बताए। उनले त्यसलाई सच्याउन नेपाल सरकारले चीनलाई कूटनीतिक नोट पठाउनुपर्ने धारणा राखेका छन्।
‘चीन नेपालको असल छिमेकी हो । तर नेपालको सहमतिबिना सन् २०१५ मा चीन र भारतले त्रिदेशीय नाका लिपूभज्याङ मार्गबाट दुई देशीय व्यापार सम्झौता गर्नु र अहिले चीनले आफ्नो नक्सामा चुच्चे भाग नराख्नुले नेपाल र चीनका बीचमा पनि सीमा समस्या छन् भन्ने पुष्टि हुन्छ,’ उनले भने, ‘सरकारले कूटनीतिक पहल लिएर यसको समाधान गर्नुपर्छ।’
उनले भूगोल र जनसंख्याले कुनै मुलुक सानो र ठूलो भए पनि सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वाधीनता भने सबै देशको समान हुने बताएका छन्। एउटा छिमेकीले अर्को छिमेकीको अस्तित्व स्वीकार र सम्मान गर्न सक्नुपर्ने उनको धारणा थियो।
‘नेपालको सार्वभौम संसद्ले पास गरेको चुच्चे नक्सा चीनले आफ्नो नक्सामा समावेश नगरेको घटनाले नेपालीको चित्त दुखेको र यथाशक्य छिटो कूटनीतिक वार्ता गर्न र चुच्चे भुभाग सहितको नक्सा प्रकाशनका लागि चीनलाई सहमत गराउन सरकारले तत्परता देखाउनु पर्छ,’ महरले भने।
काठमाडौं, १५ भदौ ।
नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी अभियानका लागि नेताहरुलाई जिल्लामा खटाइएको छ ।
शुक्रबार कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जनतासँग माओवादी तीन महिने अभियानको तयारी पूरा भएको र सबै जिल्लामा नेताहरु खटाइएको जानकारी दिए ।
उनका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं चन्द्रागिरी–२ स्थित घट्टेडाँडा पार्क, वरिष्ठ उपाध्यक्ष नारायकाजी श्रेष्ठ ललितपुर महानगरपालिका २८ हरिसिद्धी, उपाध्यक्ष कृष्णबहादुर महरा सुनछहरी गाउँपालिका रोल्पा, उपाध्यक्ष अग्नि सापकोटा लिसंखुपाखर गाउँपालिका ३, उपाध्यक्ष पम्फा भुसाल ललितपुर महानगरपालिका २२, महासचिव देव गुरुङ सुन्दरबजार नगरपालिका–८ लमजुङ, उपमहासचिव गिरिराजमणि पोखरेल गोकर्णेश्वर नगरपालिका–४ काठमाडौं, उपमहासचिव हरिबोल गजुरेल सिन्धुली, जनार्दन शर्मा चन्द्रागिरी–२, शक्ति बस्नेत भेरी नगरपालिका जाजरकोट, मातृका यादव वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतमा खटिनेछन् ।
सचिव दिनानाथ शर्मा बाग्लुङ, डिलाराम आचार्य धनगढी उपमहानगरपालिका–१६, चक्रपाणि खनाल विराटनगर महानगरपालिका–१८, देवेन्द्र पौडेल पोखरा महानगरपालिका–२०, लीलामणि पोखरेल महोत्तरी, गणेश साहलाई काठमाडौं महानगरपालिका–१० मा खटाइएको उनले बताए ।
काठमाडौं, १५ भदौ ।
सर्वाेच्च अदालतमा दायर कोशी प्रदेश सरकारविरुद्ध मुद्दाको शुक्रबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेको इजलासमा उक्त रिटको सुनुवाइ परेको थियो । तर, न्यायाधीश खतिवडाले प्रारम्भिक सुनुवाइका क्रममा आफूले दृष्टिकोण दिइसकेकाले शुक्रबारको सुनुवाइ हेर्न नमिल्ने बताएपछि सुनुवाइ स्थगित भएको हो ।
यही ४ भदौमा प्रदेशसभाबाट विश्वासको मत लिने क्रममा बैठकको अध्यक्षता गरेकाको मत लिनु गैरसंवैधानिक हुने दाबीसहित एमालेका हिक्कमत कार्कीले सर्वाेच्चमा रिट दिएका हुन् ।
७ भदौमा उक्त रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै खतिवडाको इजलासले प्रदेश सभा बैठकको अध्यक्षता गरेको व्यक्तिले विश्वासको प्रस्तावमा मत दिनु असंवैधानिक भएको भन्दै दीर्घकालीन र नीतिगत निर्णय नगर्न आदेश दिएको थियो ।
काठमाडाैं, १५ भदाै ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेनबीच शुक्रबार शिष्टाचार भेटघाट भएको छ। गृह मन्त्रालयमा राजदुत फेनलाई स्वागत गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र बेलायतबीच मैत्री सन्धि भाएको सय वर्ष पुगेकोमा गर्व व्यक्त गर्दै राजदुतको कार्यकाल सफलताको शुभकामना दिए ।

त्यसक्रममा राजदूत फेनले समेत मैत्री सन्धि भएको सय वर्ष पुगेकोमा आफूलाई गर्व लागेको र दुई देशबिचको सम्बन्धलाई अझ आधुनिकीकरण गर्नु जरुरी रहेको बताए । बेलायतमा नेपालबारे बेग्लै पहिचान स्थापित भएको, नेपालीप्रति बेलायतीको गहिरो सद्भाव रहेको र उक्त सद्भावको उचित कदर गर्दै दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने जिम्मेवारी आफुहरूको रहेको उनको भनाइ थियो।
उपप्रधानमन्त्री श्रेष्ठले बेलायतले नेपालको विकासमा सधैं साथ दिएकोमा आभार व्यक्त गर्दै दुई देशबीच सरकार र जनस्तरमा समेत बहुआयामिक सम्बन्ध रहिआएको बताए । ६ दशकको लामो राजनीतिक संघर्षपछि स्थापित ऐतिहासिक परिवर्तनलाई नेपाली जनताले महसुस गर्नेगरी आर्थिक सामाजिक विकासको माध्यमबाट संस्थागत गर्नु नेपाल सरकारको मुल कार्यभार रहेको उनले बताए ।

यसका लागि नेपालका विकास साझेदारहरूको सहयोग महत्त्वपूर्ण रहेको र सन् २०२६ मा नेपाल अतिकम विकसित राष्ट्रबाट स्तरोन्नती हुने भएकोले यसलाई दिगो बनाउन मैत्रीराष्ट्रहरूको सहयोग थप महत्त्वपूर्ण हुने उनले बताए । मन्त्री श्रेष्ठले वर्तमान सरकार सुशासन प्रत्याभूतिका लागि आक्रामक रूपले लागेको पनि स्पष्ट पारे ।
राजदूत फेनले नेपालको संविधानको विश्वले प्रशंसा गरेको बताउँदै नेपाल सरकारको प्राथमिकता तथा नीति र बेलायती सहयोगबीच तादात्म्यता रहेको धारणा व्यक्त गरे । सामाजिक न्याय, महिला हिंसा विरुद्धको अभियान र नेपालको भौतिक विकासमा बेलायती सहयोग केन्द्रित रहेको र आफू नेपालमा रहुन्जेल प्राचीनकालदेखि दुई देशबीच रहिआएको सम्बन्ध अझ बलियो बनाउन प्रयासरत रहने विश्वास उनले दिलाए ।

उपप्रधानमन्त्री श्रेष्ठले दुई देशबीचको सहकार्यलाई अझ प्रगाढ बनाउन आफू र आफ्नो मन्त्रालयबाट सबै सहयोग रहने बताउनुभयो। साथै, गोर्खा सैनिकको मागलाई सम्बोधन गर्दै यस विषयमा न्यायोचित निष्कर्षमा पुग्नुपर्ने धारणा राखे । जवाफमा राजदुत फेनले आफू नेपाल आउनु अगाडि बेलायतका लागि नेपाली राजदूतसँग गोर्खा सैनिकका बारेमा बेलायतमा छलफल गरेको र यस विषयलाई चाँडै निष्कर्षमा पुर्याउन आफ्नो प्रयास रहने बताए ।
काठमाडौं, १५ भदौ ।
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माविरुद्ध उजुरी दिन आह्वान गरेको छ ।
यही ५ भदौमा बसेको न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशमा शर्माको नाम सिफारिस गरेपछि संसदीय सुनुवाइका लागि उजुरी आह्वान गरिएको हो ।
शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले शर्माविरुद्ध उजुरी दिन आह्वान गर्ने निर्णय गरेको हो । उनीविरुद्ध उजुरी दिन १० दिनको सूचना जारी गर्ने निर्णय गरिएको छ ।
सूचना प्रकाशित भएको मितिले १० दिनभित्र उजुरी दिन सकिनेछ ।
काठमाडाै, १५ भदाै ।
नेपाली कांग्रेसका नेता नैनसिंह महरले चीन सरकारले प्रकाशन गरेको नक्सामा नेपालको चुच्चे भाग (नक्शा) समावेश नगरिनु चीनको त्रुटीपूर्ण ब्यबहार भएको बताएका छन् ।
चीन सरकारले हालै सार्बजनिक गरेकाे नक्सालाई सच्याउन नेपाल सरकारले कुटनैतिक नोट पठाउनु पर्नेसमेत बताएका छन ।
नेपाली कांग्रेसका भातृ संस्था नेपाल महिला संघ ,तरुण दल र नेविसंघका नेताहरू संग काठमाडौंमा भएक छलफल कार्यक्रममा बोल्दै नेता महरले चीन नेपालको असल छिमेकी हो तर नेपालको सहमति विना सन २०१५ मा चिन र भारतले त्रिदेशीय नाका लिपूभज्याङ मार्गबाट दुई देशीय ब्यापार सम्झौता गरेको घटना र चीनले अहिले प्रकाशन गरेको नक्सामा चुच्चे भाग नराख्नुले चिनसँग नेपालको सिमा समस्या रहेको कुरा स्वयम चिनको ब्याभारबाटै प्रष्ट भएकाे उनकाे भनाइ छ ।
नेता महरले भूगोलको र जनसंख्याको हिसावले कुनै मुलुक सानो र ठुलो भए पनि सार्वभौसत्ता ,राष्ट्रिय अखण्डता र स्वाधीनता भने सबै देशको समान हुने भएकोले एक छिमेकीले अर्को छिमेकीको सम्मान गर्न सक्नु पर्ने उनकाे भनाइ छ ।
ऐतिहासिक तथ्यले समेत नेपाल र नेपाली जनताले कसैको बिराउने काम गरेको छैन भन्ने कुरा प्रष्टै छ भन्दै उनले अगाडी भने, ” नेपालको सार्वभौम संसदले पास गरेको चुच्चे नक्शा चीनले आफ्नो नक्शामा समावेश नगरेको घटनाले नेपालीको चित्त दुखेको र यथाशक्य छिटो कुटनीतिक वार्ता गर्न र चुच्चे भुभाग सहितको नक्शा प्रकाशनका लागि चीनलाई सहमत गराउन सरकारले तत्परता देखाउनु पर्छ ।’
काठमाडौं, १५ भदौं ।
कोशी प्रदेश सरकारको भविश्यका बारेमा आज सर्वोच्च अदालतमा पुर्ण सुनवाई हुदैँछ ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संबैधानिक हैसियतका बारेमा आजवाट सर्वोच्चमा अन्तिम सुनवाई हुन लागेको हो ।
मुख्यमन्त्री थापाले सभाध्यक्षसहितको मतमा विश्वासको मत लिए पछि नेकपा एमालेले सो कार्य गैर संबैधानिक भन्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले आजवाट अन्तिम सुनुवाइ सुरु गर्न लागेको हो । उक्त रिटमाथि शुक्रबार पूर्ण सुनुवाइ गर्ने गरी यसअघि नै पेसी तोकिएको थियो।
प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्री थापालाई विश्वासको मत दिएको र उक्त कार्य संविधान विपरीत रहेको दाबी गर्दै पुर्व मुख्यमन्त्री तथा नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ । जसकाकारण सो आदेशपछि थापा नेतृत्वको प्रदेश सरकार कुनै पनि महत्वपुर्ण निर्णय गर्न नपाउने गरी कामचलाउको अवस्थामा छ।
कोशी सरकारविरुद्ध एमाले संसदीय दलका नेता कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दिएका थिए। उनले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएर रिट दायर गरेका हुुन ।
काठमाडौं, १५ भदौं ।
संसदीय सुनवाइ समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार बैठक बिहान ११ः०० बजे, सिहदरबारमा बस्नेछ।
हालै सिफारिस भएका न्यायधिसका सुनवाइ प्रकिया अघि बढाउन उक्त बैठक बोलाइएको हो ।
काठमाडौं, १५ भदौ ।
नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक बस्दैछ ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले स्थायी कमिटीको बैठक बस्न लागेको हो ।
शुक्रबार बिहान ८ बजे बस्ने गरी बोलाइएको उक्त बैठकमा हालै कार्यान्वयनमा आएको अमेरिकन सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) तथा समाजवादी मोर्चाका पछिल्ला गतिबिधि लगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाईएको छ ।
बैठकमा नेकपासमेत सम्मिलित चार दलीय समाजवादी मोर्चाले देशैभरी गरेका प्रदेश स्तरीय सन्देश सभा र आगमी रणनीतिका बारेमा पनि छलफल हुने जनाईएको छ ।
पोखरा, १५ भदौं ।
आज समाजवादी मोर्चा नेपालले पोखरामा सन्देश सभा आयोजना गर्दैछ ।
देशका सातै प्रदेशमा सन्देश सभा गरिरहेको मोर्चाले गण्डकीमा पनि प्रदेशस्तरीय सन्देश सभा आयोजना गर्न लागेको हो ।
पोखरास्थित दिपेन्द्र सभागृहमा हुने सभामा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायतले सो सभालाई सम्बोधन गर्नेछन ।
हिजो मात्रै मोर्चाले सुर्खेतमा कर्णालीस्तरको सन्देशसभा गरेको थियो भने बुधवार गर्ने भनिएको धनगढीको सुदुरपश्चिम स्तरीय सभा भने अन्तिम समयमा आएर स्थगित गरेको थियो ।
काठमाडौं, १५ भदौं ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र बाँकी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र देशका बाँकी भू-भागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र बाँकी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
काठमाडौं, १४ भदौ ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले स्थायी कमिटीको बैठक बोलाएको छ ।
शुक्रबार बिहान ८ बजे बस्ने गरी बोलाइएको उक्त बैठकमा एमसीसीलगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने नेताहरुले बताएका छन् ।
साथै बैठकमा चार दलीय समाजवादी मोर्चाको विषयमा पनि छलफल हुनेछ ।
सुर्खेत, १४ भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र अनियमितताको छानबिन गर्दा प्रचण्डसहित माओवादीका नेताहरु दोषी देखिए नछाड्न नेपाल प्रहरीको केन्द्रीय अनुसनधान ब्युरो (सीआईबीलाई भनेको बताएका छन् ।
सुर्खेतमा बिहीबार आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचार काण्डहरुको छानबिनमा आफ्ना पार्टीका नेताहरुमाथि छानबिन नगर्न सीआईवीलाई दबाब नदिएको बताउँदै दोषी देखिए आफ्ना नेता र प्रचण्डलाई समेत नछाड्न भनेको बताए ।
‘माओवादी र प्रचण्डले आफ्नो मान्छे जोगाउँछ कांग्रेस र एमालेका मान्छेहरुलाई हान्छ भनेर निकै हल्ला भयो । मैले सीआईबीलाई यदि दोषी देखिन्छ भने माओवादीको जोसुकै नेता भएपनि गर्दाजाँदा बाटोमा प्रचण्ड देखियो भने त्यसलाई पनि नछोड भनिसकेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।
काठमाडौं, १४ भदौ ।
दक्षिण अफ्रिकामा आगलागीमा परेर कम्तिमा ७० जनाभन्दा बढीको मृत्यु भएको छ ।
दक्षिण अफ्रिकी सहर जोहानेसबर्गको एक पाँच तले आप्रवासी भवनमा आगलागी हुँदा ७० भन्दा बढीको मृत्यु भएको र ५० जना घाइते भएका छन् ।
भवनबाट शवहरु निकालिरहेको बताइएको छ । आगलागी के कारणले भयो भन्ने खुलिसकेको छैन ।
काठमाडौं, १४ भदौ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भ्रष्टाचारविरुद्ध राष्ट्रिय सहमतिको सरकार बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।
नेपाल पर्वतारोहण संघको ३३औँ केन्द्रीय वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले देशको साझा सत्रुको रुपमा रहेको भष्ट्राचारविरुद्ध राष्ट्रिय सहमतिको सरकार बनाएर अघि बढ्नुपर्ने बताए ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने उनको भनाइ छ । भ्रष्टाचार अन्त्य गर्न प्रचण्ड सरकारसँग क्षमता रहेको दाबी गर्दै मन्त्री किराँतीले भष्ट्राचार नियन्त्रणको लागि प्रचण्ड नेतृत्वको सरकार राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिए ।
्
सुर्खेत, १४ भदौ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी सैनिक सुरक्षासँग जोडिन नसक्ने बताएका छनु ।
सुर्खेतमा बिहीबार आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले एमसीसी सैनिक सुरक्षासँग जोडिन नसक्ने र १२ बुँदे व्याख्यात्मक घोषणालाई अमेरिकाले सकारात्मक रुपमा लिनुपर्ने बताएका हुन् ।
नेपालको संविधानभन्दा माथि कुनै कानुन हुन नसक्ने भन्दै उनले भने, ‘एमसीसी कुनै सैनिक सुरक्षा विषयसँग जोडिन सक्दैन । सैन्य अंग बन्न सक्दैन । व्याख्यात्मक घोषणा गरिएको थियो । अमेरिकाले यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।’ साथै उनले कुनै पनि विषयमा अनुचित सम्झौता स्वीकार्य नहुुने बताए ।
काठमाडौं, १४ भदौ ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासनको अभियानलाई असफल बनाउने प्रयास भइरहेको बताएका छन् ।
बिहीबार नेपाल पर्वतारोहण संघको ३३औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारको सुशासनको अभियानलाई असफल गराउने प्रयास भइरहेको र यसलाई सफल हुन नदिने बताए ।
सरकारले सुशासनको अभियानबाट विश्राम नलिने बताउँदै उनले सुशासनको अभियानलाई सफल बनाउँदै नेपाललाई समृद्ध बनाउने दाबी गरे ।
समृद्धिको यात्रा प्रक्रियालाई तीव्र बनाउन सुशासनको अभियानलाई प्रभावकारी ढंगले अगाडि बढाउनु पर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले यसका लागि भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्ने, दण्डहिनतालाई अन्त्य गर्ने, अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने, तस्करी, कालाबजारीालाई रोक्ने र त्यसप्रकारको अपराधमा संलग्नहरूलाई कडा कारबाही गर्ने बताए ।
हेमन्त केसी,सुर्खेत , १४ भदौ ।
कर्णाली प्रदेश सरकारले बर्सेनि बढ्दै गएको बेरुजु घटाउन सार्वजानिक लेखा समितिले दिएको निर्देशन लत्याउँदै गएको छ ।
समितिले बेरुजु न्यूनीकरणका लागि प्रदेश सरकारलाई निर्देशन दिने र छलफल गर्ने कार्य बर्सेनि गरे पनि सरकारले बेरुजु न्यूनीकरणमा कुनै चासो नदिँदा मोटो रकम बेरुजु बढदै गएको हो ।
असार दोस्रो सातातिर बसेको समितिको बैठकले प्रदेशले असुल उपर गर्नुपर्ने बेरुजु रकम ३६ करोड २१ लाख ८७ हजार ८७६ रुपैयाँ असार महिनाभित्रै असुल गर्न निर्देशन दिदै प्रत्येक मन्त्रालयमा पत्राचार नै गरेपनि मन्त्रालयका पदाधिकारी र कर्मचारीले उक्त निर्देशनको बेवास्ता गरेको पाइएको छ ।
लेखा समितिका सभापति जीतबहादुर मल्लले अहिलेसम्म असुल उपर गरेको रेकर्ड कुनै पनि मन्त्रालयबाट नआएको बताए । सभापति मल्लले भने ,‘हामीले विभागीय मन्त्रालयमा पत्राचार गरेपछि सम्पूर्ण कार्यालयमा पुग्छ भन्ने उद्देश्यले पत्राचार गरेका थियौँ, अहिले सम्म कार्यान्वयन भएको पाइएको छैन ’ ।
सरकार र यसका मताहातमा रहेका कार्यालको नियमित बेरुजु, असुल उपर बेरुजु र पेस्की बेरुजु रहेको छ । असुर उपर गर्नुपर्ने भनेको उपभोक्ता समिति, ठेकेदार पदाधिकारी र कर्मचारीहरूको नाममा रहेको छ । बेरुजु रकम तत्काल उठाउन पदाधिकारी र कर्मचारीसँग भएकाले असारमै उठाउन भनिएको भएपनि उक्त काम हुन सकेन । सरकारका पदाधिकारी र कर्मचारीहरूको तलब भत्ताबाट कटौती गरी असुल उपर गर्नुपर्ने भनि औल्याएको भएपनि सो कुरा सुनुवाइ नभएको हो ।
महालेखा परीक्षकको प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७८/०७९ सम्म बेरुजु रकम ४ अर्ब ३४ करोड ३८ लाख ८५ हजार पुगेको लेखा समितिले जानकारी दिएको छ । बेरुजुको प्रतिशत अन्य प्रदेशको तुलनामा कर्णालीमा बढी छ । प्रत्येक वर्ष बेरुजु रकम दुई अंकका दरले बढेको छ । नियम विपरीत बजेट खर्च गर्ने र समयमै पेस्की फस्यौट नगर्दा बेरुजु रकम बढ्दै गइरहेको हो ।
प्रतिवेदन अनुसार ८ वटा मन्त्रायलको बेरुजु भारी नै रहेको छ । सामाजिक विकास मन्त्रालयको १५ करोड ७६ लाख ३३ हजार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ८ लाख ५३ हजार, कानुन मन्त्रालयको १ करोड २३ लाख १० हजार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको २ करोड ५८ लाख ३२ हजार , भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको सबैभन्दा बढी ७१ करोड ९९ लाख ९५ हजार बेरुजु देखिएको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको ३६ करोड ५९ लाख ५१ हजार बेरुजु रकम देखिएको छ ।
यस्तै, भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा ६ करोड ४१ लाख १२ हजार बेरुजु देखिएको छ । पहिलो कार्यकालमा देखिएको बेरुजु घटाउने, फस्यौट गर्ने, नियमित गर्नेतर्फ यसअघिका सरकारले ध्यान नदिदा मिटर बढीरहेको छ ।
पटक , पटक ताकेता गर्दा पनि ध्यान नदिएका कारण आइतबार समितिले पुनः मन्त्रीहरुलाई नै सहभागी गराई बेरुजु बारे छलफल गरेको छ । मन्त्रीहरुले मन्त्रालयस्तरबाट आवाश्यक छलफल गरी अध्ययन समितिमा विवरणसहित जानकारी गराउने प्रतिबद्धता जनाएका छन् । जेठ महिनाबाट लेखा समितिले पटक–पटक सरकारसँग विवरण माग्ने, निर्देशन दिने काम गरिरहेको छ । तर, जुन तरिकाले विवरण आउनुपथ्यो , त्यो अनुसार नआएको उनको भनाइ छ ।
अर्थमन्त्री बेदराज सिंहले कर्णाली ‘बेरुजुको प्रदेश’ जस्तो भएको भन्दै उनले प्रतिशतका हिसाबले सबैभन्दा माथि कर्णाली छ, त्यसैले न्यूनीकरणका लागि एउटा अभियानकै रुपमा अघि बढाउनुपर्छ भनेर मैले भनेको छु उनले भने । हामीले कर्मचारीको कार्य सम्पादन मूल्याकंनसँग जोडेर लिनुपर्ने भन्दै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन ल्याउने अन्तिम तयारी थालेको मन्त्री सिंहले बताए ।
भारी लापरबाहीले बेरुजु रकम बढी देखिएको र नियमित गर्नुपर्ने बेरुजु नै ६० प्रतिशत दाबी गर्दै मन्त्री सिंहले केही कागजी कुराहरु मिलाएर लिनुपर्ने हुन्छ केही कतिपय कर्मचारीसँग जोडिएका कुराहरु हामीले तलब रोक्का गरेर भए पनि असुल उपर गर्ने बताए । बेरूजु फस्यौटका लागि संसद सहयोग परियोजना ९युएनडीपी०सँग परामर्शदाताको रूपमा आर्थिक प्रशासन विज्ञ तीन जना माग गर्ने निर्णय गरिएको छ ।
विकास बजेट परिणाम मुखी बनाउन कात्तिकमै ठेक्का
कर्णालीमा वर्षेनी विकास बजेट फ्रिज हुने गरेको भन्दै चर्को आलोचना हुँदै आएपछि यो पटक सरकारले कात्तिक भित्र ठेक्का तथा सम्झौताका काम सक्न ताकेता गरिरहेको छ । चालु आर्थिक वर्षमा भने प्रदेश सरकारले वित्तीय अनुशासन र बजेट कार्यान्वयनका सन्दर्भमा नयाँ नीति लिएको छ ।
आर्थिक वर्ष ०७९/०८० फ्रिज भएको १० अर्ब बजेटमा विकास निर्माण तर्फको ७ अर्ब भन्दा बढी फ्रिज भएको थियो । समयमा काम नगर्ने , कमिसन पाएमा मात्र बिल उठाउने लगाएका गलत तरिकाले गर्दा बजेट खर्च हुन नसकेको सरोकारवालाकै आरोप छ । योजनाको अवस्था तथा अध्ययन नगरी जथाभावी बजेट पठाउने भएकाले पनि फ्रिज हुने गरेको चर्चा छ ।
बजेट वक्तव्यमै कार्तिक महिनासम्म ठेक्का सम्झौता गरिसक्नुपर्ने, तोकिएको समयमा काम नगरे दण्डित गरिने उल्लेख गरेर कामलाई गति दिने भनिएको छ । बजेटको २२७ नम्बर बुँदामा प्रदेश गौरवका आयोजनाबाहेक अन्यका हकमा स्रोत सहमतिको अवधि बढीमा तीन वर्षको रहने र स्रोत सहमति प्रदान गरेको मितिले ६ महिनाभित्र ठेक्का सम्झौता गरिसक्नुपर्ने उल्लेख छ । यदि उक्त अवधिभित्र सम्झौता नभए सहमति स्वतः रद्द हुने व्यवस्था गरिएको मन्त्री सिंहले बताए । अघिल्लो आर्थिक वर्षमा सहमति दिइएका तर, ६ महिना पूरा भएर बोलपत्र आह्वान नभएका तथा चालु वर्षको बजेटमा विनियोजन प्रस्ताव नगरिएका आयोजनाहरूको स्रोत सुनिश्चितता सहमति खारेज गरिएको छ ।
प्रदेशभित्रका आयोजनामा भने कार्तिक महिनासम्मको समय सीमा तोकिएको छ । यस्तै बजेटको बुँदा नम्बर २२८ मा प्रदेशभित्रका आयोजना कार्यान्वयनका लागि कार्तिक महिनाभित्र ठेक्का व्यवस्थापन गरिसक्नुपर्ने उल्लेख छ । उक्त समयावधिमा ठेक्का प्रक्रिया अगाडि नबढेको कार्यक्रममा विनियोजित रकम रोक्का गरिने मन्त्री सिंहले बताए । तोकिएका लक्ष्य समयमै हासिल गर्ने निकायलाई पुरस्कृत गर्ने र नगर्नेलाई दण्डित गर्ने नीति पनि सरकारले अवलम्बन गरेको उनको भनाइ छ ।
रकमान्तर र कार्यक्रम संशोधनको विषयमा पनि सरकारले कडाइ गर्ने बताएको छ । एकमुष्ट रकम विनियोजन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुका साथै रकमान्तर तथा कार्यक्रम संशोधन गर्ने प्रवृत्तिमा सुधार ल्याइने बजेट वक्तव्यमै उल्लेख छ । असोज महिनासम्म एवम् असार महिनामा रकमान्तर तथा कार्यक्रम संशोधन गरिने नगरिने मन्त्री सिंहले बताए । साथै कुनै एक स्थानीय तहमा हस्तान्तरण भएको रकम अन्य स्थानीय तहमा रकमान्तर तथा कार्यक्रम संशोधन नगरिने पनि उनको भनाइ छ । बहुवर्षीय आयोजना तय गरिदिने तर, गतिमा सम्पन्न नहुने हुँदा चालु आर्थिक वर्षको बजेटमै नयाँ व्यवस्था गरिएको मन्त्री सिंहको भनाइ छ । उनका अनुसार असारे विकासलाई निरुत्साहित गर्ने, बजेट कार्यान्वयनलाई छिटो र दीर्घकालीन रुपमा अघि बढाइने उद्देश्य सरकारले लिएको छ ।
काठमाडौं, १४ भदौं ।
सभामुख देवराज घिमिरेले रक्षा बन्धन ग्रहण गरेका छन्र ।

रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा वैदिक विधिअनुरूप सभामुख घिमिरेले रक्षाबन्धन ग्रहण गरेका हुन ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र काठमाडौंले रक्षाबन्धनका अवसरमा आज बालुवाटारस्थित निवासमा पवित्रता र रक्षाको सूचक राखी लगाइदिएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

अफ्रिका, १४ भदौं ।
नाइजरपछि अब अर्का अफ्रिकी देश ग्याबोनमा पनि सैन्य विद्रोह भएको छ ।
विद्रोहको घोषणा गर्दै ग्याबोनका सेनाका अधिकारीहरूले भने कि उनीहरूले राष्ट्रपति अली बोङ्गो ओन्डिम्बालाई पनि नजरबन्दमा राखेका थिए, जो २००९ देखि सत्तामा रहेका छन्। रोयटर्सको रिपोर्टका अनुसार सेनाका अधिकारीहरूले एक टिभी च्यानलमार्फत विद्रोहको जानकारी दिएका थिए।
समाचार अनुसार ६४ वर्षीय राष्ट्रपति अलि बोङ्गो ओन्डिम्बालाई ‘कू’ पछि घरमै नजरबन्द गरिएको छ। यसै क्रममा उनका एक छोरा देशद्रोहको आरोपमा पक्राउ परेका छन् । तपाईलाई भनौं कि बोङ्गो परिवारले ५५ वर्ष भन्दा बढी समयदेखि ग्याबोनमा शासन गर्दै आएको छ। समाचार अनुसार सैन्य कारबाही पछि राजधानी लिब्रेभिलमा सडकमा उत्सव मनाइयो।
समाचार अनुसार भर्खरै सम्पन्न राष्ट्रपतीय निर्वाचनमा ओन्डिम्बा विजयी भएको घोषणा भए लगत्तै राजधानीमा हिंसात्मक प्रदर्शन सुरु भएको थियो । यी हिंसात्मक प्रदर्शनहरूको बीचमा सैनिकहरूले सरकारी टेलिभिजनमा आफ्नो हातमा शक्ति लिएको दाबी गरे।
यति मात्र होइन, सैनिकहरूले राष्ट्रिय गान पनि गाउन थाले। राष्ट्रिय टेलिभिजनमा विद्रोहको घोषणा गरेपछि एक सैन्य अधिकारीले घोषणा गरे कि सबै सरकारी संस्थाहरू विघटन गरिएको छ, निर्वाचन परिणामहरू रद्द गरिएको छ र सीमाहरू बन्द गरिएको छ।
सेना अधिकारीहरूले आरोप लगाए कि देशमा भएको चुनावले ग्याबोनका जनताले अपेक्षा गरेको पारदर्शिताको मापदण्ड पूरा नगरेको थियो। उल्लेखनीय छ कि राष्ट्रपति अली बोङ्गोले सन् २००९ मा आफ्ना पिता ओमारबाट सत्ता विरासतमा पाएका थिए। उनी लगातार तेस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन् ।
काठमाडौं, १३ भदौ ।
नेकपा एमालेका शीर्ष नेताहरु चढेको विमानमा खराबी देखिएपछि काठमाडौं फिर्ता भएको छ ।
बुधबारदेखि सिरहामा बस्न लागेको सचिवालय बैठकमा सहभागी हुन एमाले नेताहरु जनकपुर जाँदै थिए । उनीहरु सवार बुद्ध एयरमा समस्या आएपछि जनकपुर अवतरण नगरी पुनः काठमाडौं नै फिर्ता आएको छ ।
विमानको अटो पाइलट सिस्टममा समस्या आएपछि काठमाडौं फिर्ता ल्याइएको उक्त विमानमाा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ,युवराज ज्ञवाली, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, विष्णु रिमाल, प्रदीप ज्ञवालीलगायतका नेताहरु सवार थिए ।
विराटनगर, १३ भदौ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी कार्यान्वयन हुने बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले संसदबाट पारित भइसकेकाले एमसीसी कार्यान्वयनमा जाने बताएका हुन् ।
संसदबाट पारित गर्नु उपयुक्त हो होइन भनेर त्यसबेला सोच्नुपर्ने भन्दै उनले तर, अब सदनबाट पारित भइसकेकाले एमसीसी कार्यान्वयनमा दुविधा नरहेको बताए । उनले एमसीसी पास गर्ने बेला गरिएको १२ बुँदे व्याख्यात्मक घोषणालाई झुटको खेस्राको संज्ञा दिए ।
काठमाडौं, १३ भदौ ।
नेपालका लागि संयुक्त अधिराज्य (युके)का नवनियुक्त संयुक्त अधिराज्यका राजदूत रोब फेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
बुधबार भएको शिष्टाचार भेटमा उनीहरुबीच दुई देशबीचको आपसी हित र चासोको विषयमा कुराकानी भएको छ ।
नवनियुक्त राजदूत फेनले नेपाल आएपछि प्रधानमन्त्री प्रचण्डसँग पहिलो पटक भेटवार्ता गरेका हुन् ।
काठमाडौं, १३ भदौ ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतकोसमितिका नवनिर्वाचित सभापतिहरुसँग छलफल गरेका छन् ।

बुधबार सिंहदरबारमा सभामुख घिमिरे र नवनिर्वाचित संसदीय समितिका सभापतिहरूबीच समितिका कामकारबाही र विचाराधीन विधेयकहरूका सम्बन्धमा छलफल भएको छ ।
छलफलमा सभामुख घिमिरे, उपसभामुख इन्दिरा रानासहित सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल, पूर्वाधार विकास समिति सभापति दीपकबहादुर सिंह, अर्थ समिति सभापति सन्तोष चालिसे, राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा डा.आरजु राणा देउवा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति अब्दुल खान, कानून, न्याय तथा मानवअधिकार समिति सभापति विमला सुवेदी र महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार साह सहभागी थिए ।

छलफलमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादव भने उपस्थित भएनन् ।

काठमाडौं, १३ भदाै ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले चितवनका शंकर तिवारीविरुद्ध काठमाडौं जिल्ला अदालतसहित तिन निकायमा गाली बेइज्जती मुद्दा दर्ता गराएका छन्। सामाजिक संजालमार्फत् चरित्र हत्या गरेको भन्दै नेता शाहीले चितवन रत्ननगर नगरपालिका वडा नम्बर ४ का तिवारीविरुद्ध काठमाडौं जिल्ला अदालत,नेपाल प्रहरीको केन्द्रीय साइवर व्युरो र प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका हुन्। जिल्ला अदालतले तिवारीलाई आगामी असोज १२ गते उपस्थित हुन आदेश दिएको छ।
उजुरी दिएपश्चात् शाहीले एक प्रेस विज्ञप्ती जारी गर्दै विगत एक डेढ महिनादेखि आफूलाई पत्रकार भन्ने शंकर तिवारी नाम गरेको व्यक्तिले सामाजिक संजालमार्फत् चरित्र हत्या गर्ने र समाजलाई भ्रमित पार्ने काम गरेकोले मुद्धा दर्ता गरेको जानकारी गराएका छन्।
शाहीले विज्ञप्तिमा लेखका छन्,’मैले गर्दै नगरेका मलाई थाहै नभएका विषयहरू बनाइ मेरो चरित्र हत्या गरी जनताको नजरमा मलाई खराब देखाउने, मैले जनताको पक्षमा बोल्दा निरुत्साहित गर्ने मनसायले मलाई तथानाम गाली बेइजती गर्ने, कपोकल्पित कुराहरू प्रचारप्रसार गरी मेरो मानमर्दन गर्दै आएको कुरा अवगत गराउन चाहन्छु। निजले म उपर लगाएका लाञ्छना र गाली-बेइजतीका केही नमुनाको फोटोकपी सामाजिक संजाल फेसबुक तथा इन्टरनेटबाट डाउनलोड गरी सुरक्षित राखेको छु।’
शाहीले आफूले कल्पना नै गर्न नसक्ने कार्य अर्थात तीनवटा विहे गरेको, विभिन्न महिलासँग अवैध सम्बन्ध राखेको, जबर्जस्ती बैवाहिक सम्बन्ध गाँसेको, निर्वाचन आयोगमा आफ्ना झुट्टा विवरण बुझाएको,विभिन्न युवतीसँग लिभिङ टुगेदरमा बसेको, कीर्ते र ठगी गरेको भनी तिवारीले सामाजिक संजालमा प्रकाशन गर्दै आएपछि तिवारीविरुद्ध मुद्धा दर्ता गरेको प्रष्ट पारेका छन्।
उक्त कपोकल्पित कुरा गरेर आफ्नोबारे भ्रम नफैलाइदिन शाहीले तिवारीलाई पटक-पटक आग्रह गर्दा पनि तिवारीले भ्रम फैलाउन नछाडेपछि कानुनी प्रक्रियामा जान बाध्य भएको शाहीको भनाइ छ। ‘आफूविरुद्ध सामाजिक संजालमा नउत्रिन शाहीले सुझाव दिँदासमेत सचेत नभइ तिवारीले सो कार्यलाई निरन्तरता दिँदै विभिन्न लाञ्छना लगाएर चरित्र हत्या गर्ने कार्यमा झन् उक्साहट र हौसिएर मैले सोच्न पनि नसक्ने लाञ्छना लगाइ विभिन्न संचारमाध्यम मार्फत मेरो मानमर्दन र गाली बेइजती गर्ने, चरित्र हत्या गर्ने कार्य गरिरहेकोले म बाध्य भइ निजलाई कानुनी कारबाहीका लागी अदालतमा मुद्दा दायर गरेको छु।’
उनले विज्ञप्तिमा लेखेका छन्,‘नेपालको कानुन बमोजिम यस किसिमका गलत हर्कत गर्नेलाई हदैसम्मको कानुनी कारवाही गरी भविष्यमा यसकिसिमका कपोकल्पित हर्कत गर्ने छुट कोही कसैलाई गर्न नसकोस र कसैले गर्न नपाओस् भनी सम्मानित अदालतमा कानुनी उपचारको लागि मुद्दा दायर गरेको छु।’ शाही गत निर्वाचनमा जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनी राप्रपा संसदीय दलका प्रमुख सचेतकसमेत हुन्।
सिरहा, १३ भदौं ।
कम्युनिष्ट पार्टी स्थापना भएको ७५ औं बर्षगाँठको उपलक्ष्यमा नेकपा एमालेले सिरहामा ‘बिशेष स्तम्भ’ बनाउने भएको छ ।
आज देखी सिरहामा सुरु हुन गईरहेको केन्द्रिय सचिवालयको बैठक स्थलमा एमालेले ‘बिशेष स्तम्भ’ बनाउन लागेको हो ।
धनगढी नगरपालिका–१४ सिरहामा तत्कालिन नेकपा मालेको चौथों महाधिवेसन भएको तथा जननेता मदन भण्डारीलाई पार्टी महासचिव चयन गरेको सम्झनामा एमालेले बिशेष स्तम्भ बनाउने निर्णय गर्न लागेकाे उपमहासचिव तथा मधेस इन्चार्ज योगेश भट्टराईले जानकारी दिए । सिराहाको विष्णुपुर कट्टी- सर्रे अम्बासमा निर्माण हुने स्तम्भकाे पार्टी अध्यक्ष केपी शर्मा अाेलीले शिलन्यास गर्नेछन् ।
‘यो स्थलमा पार्टीको चौथों महाधिवेसन भएको थियो, यही भएको महाधिवेसनले जननेता मदन भण्डारीलाई महासचिव चयन गरेको थियो,’ उनले भने, ‘यति मात्रै होइन, बिश्व कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगमा विकसित गर्ने जनताको बहुदलीय जनवादको नीतिमा पार्टी जाने निर्णय पनि यही स्थलवाट भएको थियो, त्यसैले यहाँ बिशेष स्तम्भ निमार्ण गर्न लागेका हौं ।’ उनका अनुसार कम्युनिष्ट पार्टीलाई बहुदलीय प्रतिस्पर्धामा लैजाने मात्रै होइन, बाम मोर्चा निमार्ण गरेर नेपाली कांग्रेसलगायत दलसँग गठबन्धन गरेर पञ्चायत बिरुद्ध जनआन्दोलन गर्नुपर्ने निर्णय पनि सोही स्थलवाट भएकाले बिशेष रुपमा पार्टीले लिएको हो ।
‘त्यसैले यहाँ पार्टीले १८ कठा जमिन किनेको छ, यहाँको बिद्यालयको नाम मदन भण्डारी माबि नामाकरण गरिएको छ,’ भट्टराईले भने, ‘भौगलिक बिकटता भएकाले अब यहाँ पुल निमार्ण देखी बाटो बनाउने काम पनि अब चाँडै सुरु हुनेछ ।’
२०४६ साल भदाैं ९–१४ गतेसम्म चलेको चौथौं महाधिवेसनमा ९५ जना प्रतिनिधि उपस्थित थिए भने सो महाधिवेसनले २० सदस्सीय केन्द्रिय कमिटी गठन गरेर जबज र जनआन्दोलनको निर्णय लिएर महाधिवेसन सम्पन्न गरेकाे थियो ।
काठमाडौं ।
संसद बाहिर रहेका चार साना कम्युनिष्ट पार्टीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयन विरुद्ध आज देशब्यापी प्रदर्शन गर्ने भएका छन् ।

हिजो बसेको साना चार कम्युनिष्ट पार्टीको संयुक्त बैठकले एमसीसी कार्यान्वयनका बिरुद्ध आज देशब्यापी प्रदर्शन गर्न लागेका हुन । आजवाट ७० करोड डलरको सो परियोजना औपचारिक रुपमा कार्यान्वयन जान लागे पछि साना चार कम्युनिष्ट पार्टी सडक प्रदर्शन गर्न लागेका हुन् ।
मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषी कटेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले आज संयुक्त रुपमा प्रदर्शन गर्न लागेको जारी बिज्ञप्तिमा जनाइएकाे छ ।
चारवटै पार्टीका अध्यक्ष एवम महासचिवले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै बुधार देशव्यापी संयुक्त विरोध प्रदर्शन गर्ने र काठमाडौं उपत्यकामा भने माइतिघर मण्डलाबाट दिउसो ३ बजे संयुक्त विरोध प्रदर्शन गर्ने जनाईएको छ ।
काठमाडौं, १३ भदौं ।
नेकपा एमालेको सचिवालय बैठक आजवाट सुरु हुदैँछ ।
धनगढी नगरपालिका–१४ सिरहास्थित चौथौं महाधिवेसन स्थलमा सचिवालय बैठक बस्न लागेको हो ।
गत भदौं ९ वाट सुरु हुने भनिए पनि मौसमका कारण स्थगित भएको सचिवालय बैठक आजवाट सुरु हुन लागेको हो ।
‘भौगलिक बिकटता र मौसमका कारण गत ९ गते हुने भनिएको बैठक सम्भवः नभए पनि १३ गतेवाट सचिवालय बैठक सुरु हुनेछ,’ एमालेका उपमहासचिव तथा मधेस इन्चार्ज योगेश भट्टराईले भने । उनका अनुसार बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरुलगायत पदाधिकारी, लेखा र अनुशाषन बिभागका प्रमुखहरु पनि सो बैठकमा सहभागी हुन पुग्दैछन ।
एमालेले सो स्थानलाई ‘कम्युनिष्ट अान्दाेलनकाे ऐतिहासिक स्थल” मानेकाले सिरहालाई बैठक स्थल चयन गरिएको भट्टराईले जानकारी दिए । ‘तत्कालिन नेकपा मालेको चौथों महाधिवेसन भएको स्थलमा मात्रै होइन, यही स्थलमा भएको महाधिवेसनवाट जननेता मदन भण्डारीलाई पार्टी महासचिव चयन हुनु भएकाे थियो,’ भट्टराईले भने, ‘सोही महाधिवेसनले जनताको बहुदलीय जनवादको दिशामा पार्टीलाई लैजाने निर्णय गर्नुका साथै पञ्चायतबिरुद्ध बाममोर्चा निमार्ण गरेर कांग्रेससहित जनआन्दोलन गर्ने नीति पनि यहीवाट पारित गरेकाले यस स्थलको ऐतिहासिक महत्व रहेको छ ।’
उनका अनुसार उक्त महाधिवेसनमा ९५ जना प्रतिनिधि सहभागी थिए भने महासचिवमा भण्डारीलाई चयन गर्दै २० सदस्सीय केन्द्रिय कमिटी निमार्ण गरेको थियो ।
काठमाडौं, १२ भदौ ।
मन्त्रिपरिषदको बैठक जारी रहेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बैठक सुरु भएको हो।
बैठकमा समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ। हरेक मंगलबार मन्त्रिपरिषदको नियमित बैठक बस्दै आएको छ।
काठमाडौं, १२ भदौ ।
अमेरिकी अनुदान परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन)का उपाध्यक्ष क्यामरन एस अलफोर्ड नेतृत्वको टोली काठमाडौंमा आइपुगेको छ।
नेपालले एमसीसी कार्यान्वयनको थालनी गर्ने तयारी गरेसँगै अमेरिकाबाट उच्चस्तरीय टोली नेपाल आएको हो। एमसीसी यही महिनाबाट कार्यान्वयन गर्ने तयारी सुरु भएसँगै कार्यान्वयन थालनी सम्झौतामा हस्ताक्षर गर्ने तयारी भएको छ।
त्यसका लागि अमेरिकी उच्च अधिकारी नेपाल भ्रमणमा आएका हुन्। एमसीसी प्रमुख अलफोर्डको नेपाल भ्रमणलाई महत्त्वका साथ हेरिएको छ।
नेपाल र अमेरिकाबीच पाँच वर्षअघि एमसीसी कम्प्याक्टको एमओयू हस्ताक्षर भएको थियो। एमसीसी नेपाली संसदले अनुमोदन गरेको १८ महिनापछि कार्यान्वयनमा जान लागेको छ।
काठमाडौं, १२ भदाै ।
मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको प्रस्तावमा ‘उमेर, नाम र जात सच्याउने नियमहरु २०१७ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८०’ पारित गरेको छ। गृह मन्त्रालयले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै सो जानकारी दिएको हो।
शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात नमिल्दा तथा त्यसलाई सच्याउने प्रावधान झन्झटिलो र सीमित अवधिको हुँदा खासगरी विद्यार्थीहरू ठूलो मर्कामा थिए। अब प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि छ महिनाको सट्टा पाँच वर्ष कायम गरिएको छ। शैक्षिक प्रमाणपत्र सच्याउने वाध्यतामा रहेका नयाँ वा पुरानो नागरिकतावाहक सबैले एकवर्षभित्र राष्ट्रिय परीक्षा बोर्डमा दरखास्त दिन सक्नेछन्।
संशोधित नियममा भनिएको छ-
“कुनै विद्यार्थीले शैक्षिक प्रमाणपत्र लिईसकेपछि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नागरिकता सम्बन्धी प्रचलित कानून बमोजिम नेपाली नागरिकताको प्रमाणपत्रमा आफ्नो वा बाबु आमाको नाम वा थर वा नामथर संशोधन गराएकोमा सो बमोजिम एसएलसी, एसइई वा कक्षा बाह्रको प्रमाणपत्रमा आफ्नो वा बाबु आमाको नाम वा थर वा नामथर सच्याउन चाहेमा एक पटकको लागि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नेपाली नागरिकताको प्रमाणपत्रमा विवरण सच्याएको एक वर्षभित्र दरखास्त दिन सक्नेछ।
तर, कुनै विद्यार्थीले यो उपनियम प्रारम्भ हुनु अघि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नेपाली नागरिकताको प्रमाणपत्रमा आफ्नो वा बाबु आमाको नाम वा थर वा नामथर संशोधन गराएकोमा सो बमोजिम एसएलसी, एसइई वा कक्षा बाह्रको प्रमाणपत्रमा आफ्नो वा बाबु आमाको नाम वा थर वा नामथर सच्याउन पाँच बर्षभन्दा पुरानो कुनै ब्यक्तिले पनि एक पटकको लागि यो उपनियम प्रारम्भ भएको एक वर्ष भित्र दरखास्त दिन सक्नेछ।’
त्यसैगरी नागरिकता सच्चाएको एक बर्षभित्र पनि शैक्षिक प्रमाणपत्र सच्चाउन दरखास्त दिन पाउने छ्न ।
काठमाण्डौं, १२ भदौ ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पछिल्लो समय धरानलगायत क्षेत्रमा सामाजिक सद्भाव बिथोल्ने गरी विकसित घटानक्रमबारे सबै पक्ष समयमै सचेत हुनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा मंगलबार विशेष समय लिएर बोल्दै पुनले सरकार, राजनीतिक दल तथा धार्मिक जातीय समुदाय सबै मिलेर परिस्थिति नियन्त्रणबाहिर जान रोक्नुपर्ने उल्लेख गरे । पुनले सरकार, राजनीतिक दल वा धार्मिक समुदायले यसप्रकारका अतिवादलाई प्रश्रय दिन नहुने उनको भनाइ छ।
‘आज गणतन्त्र, धर्मनिरपेक्षा संघीयता र समावेशी समानुपातिक देशका रुपमा र शासन व्यवस्थाका रुपमा हामी सहकार्य गरिराखेका छौं’, पुनले भने, ‘आज विभिन्न प्रकारका अतिवादीहरु देखा परिराखेका छन् । हामी कोही पनि राजनीतिक दल, धार्मिक समुदाय या सामाजिक समुदायले यस प्रकारका अतिवादलाई प्रश्रय दिनु हुँदैन ।’
धरान घटनामा सामाजिक सद्भाव बिथोल्ने तथा रानजीतिक सहार्य र सदभाव बिथोल्ने गरी तथ्यहरु तोडमरोड गरिएको जानकारी उनले सदनलाई गराए । नेपाललाई खस आर्य र मंगोलसहित चार फरक महावंशको संगमस्थल भएको चर्चा गर्दै उनले सामाजिक सद्भाव बिथोल्ने काम कसैले पनि गर्न नहुने उल्लेख गरे ।
धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्नुपर्ने चुनौती राजनीति दलहरु र सरकारका सामु खडा भएको उनले बताए । नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त देशका रुपमा हामीले संवैधानिक व्यवस्था गरिएको चर्चा गर्दै उनले सदभाव, समन्वय र सामञ्जस्यता कायम गर्ने दलहरुको प्रतिबद्धताको स्मरण गराए । २००७ साल, ०४६ साल तथा ०६२/०६३ सालको आन्दोलनले आदिवासी, जनजाति आन्दोलन, मधेस आन्दोलन लगायतमा व्यक्त जनभावना नयाँ संविधानमा अभिव्यक्त भएकाले राज्यको नजरमा कोही पनि नजिक र टाढा नहुने पुनको स्पष्टोक्ति थियो ।
विगतमा धेरै प्रकारका विभेदहरु रहेको भए पनि संविधानले विभेदरहित समाजको परिकल्पना गरेको पुनले बताए । नेपालले आफ्नो संविधानमा सबैका अधिकार ग्यारेण्टी गर्ने विषयमा मात्र समावेश नगरी विभिन्न समयमा संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायसामु गरेका प्रतबिद्धताहरुको उनले स्मरण गरे । नेपालले प्रतिबद्धता जनाएको विश्वव्यापी मानवअधिकार घोषणापत्र र अन्तर्राष्ट्रिय कानूनले सबै मानव जाति जन्मँदै स्वतन्त्र भएर जन्मने र उनीहरुले जाति, नश्ल, लिंग, भाषा, धर्म वा राजनीतिक आस्थाका आधारमा विभेद झेल्नुपर्दैन भन्ने मानवअधिकारको सार्वभौम र स्थापित मान्यताबारे सबैले बुझ्नुपर्ने बताए ।
जातीय, धार्मिक वा भाषिक अल्पसंख्यक समुदायलाई कुनै प्रकारको विभेद नगरिने तथा आफ्नो संस्कृति मान्ने, धर्मको रक्षा गर्ने तथा भाषाको प्रयोग गर्ने अधिकार घोषणापत्रले व्यवस्थित गरेको पुनले बताए । ‘सन् १९९१ को राष्ट्रसंघीय अल्पसंख्यक घोषणापत्र मार्फत अल्पसंख्यकको अधिकारलाई अनतर्राष्टिन्य मान्यता प्रदान गरिएको छ । हाम्रो संविधानको मूल्य, मान्यता, आन्तर्राष्ट्रिय सन्धि/अभिसन्धिहरु तथा कानूनका मान्यतालाई हामीले पनि आत्मसात गरेका छौं र हाम्रो विधानको भाग १ धारा (३) मा यसैलाई अभिव्यक्त गरेका छौं’, उनले भने, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता र धारा ४ मा धमनिरपेक्षता, समावेशी लोकतन्त्र र लोकतान्त्रिक गणतराज्य भनेको छ । धारा ४ मा धर्मनिरपेक्षता भन्नाले सनातनदेखि मान्दै आएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ भनेर परिभाषित गरिएको छ ।’
संविधानले मौलिक हकअन्तर्गत धारा १८ ले प्रत्येक नागरिकको स्वतन्त्रताको हक, धारा २४ ले छुवाछुतविरुद्धको हक, धारा २६ ले धार्मिक स्वतन्त्रताको हक र धारा ३२ ले भाषा र संस्कृतिको हकको ग्यारेण्टी गरेको पुनले चर्चा गरे । यस्तै संविधानको धारा ३२ मा नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली मुदायलाई आफ्नो भाषा, लिपी, धर्म, संसकृति, सांस्कृतिक सभ्यता र सम्पदाको सम्बद्र्धन गर्ने र संरक्षण गर्ने हक हुनेछ भनी यसका विविधताहरु उल्लेख गरिएको बताए । पुनले नेपालमा बस्ने प्रत्येक समुदायको धार्मिक र सांस्कृतिक स्वायत्ततालाई मध्यनजर गरी धार्मिक, सांस्कृतिक र भाषिक कारणले समयसमयमा देखा पर्ने साम्प्रदायिकता रोक्न कानूनी व्यवस्था गरिनेपर्नु प्रस्ताव उनले राखे । त्यसका लागि नेपाल शक्तिशाली आयोग गठन गर्नुपर्ने प्रस्ताव पुनले राखे । त्यस्तो आयोगले आवश्यक अध्ययन र अनुसन्धान गरी राष्टिय संस्कृति नीति के हुने र कस्तो हुने भन्नेस्ता विषयमा सरकारलाई नीतिगत सुझाव दिन सक्ने उनको भनाइ थियो ।
फ
काठमाडौं, १२ भदौ ।
संसदमा न्यायाधीहरूलाई ‘अपराधी’को संज्ञा दिँदै महाअभियोग लगाउन माग गरिएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले सांसद विकास कोषको विपक्षमा अन्तरिम आदेश दिने सर्वोच्च अदालतका न्यायाधीशहरूलाई ‘अपराधी’ को संज्ञा दिँदै महाअभियोग लगाउनुपर्ने माग गरेका हुन् ।
शक्ति पृथकीकरणको सिद्धान्त अनुरुप नचलेको र व्यवस्थापिकाले पास गरेको अर्थ विधेयकलाई अदालतले चुनौती दिएको उनकाो भनाइ छ ।
बैठकमा उनले भने, ‘शक्ति पृथकीकरणको सिद्धान्तलाई लापरवाही गरेर आफू खुसी गर्ने अदालतका न्यायधीहरू कि यो बजेट पनि सर्वोच्चले बनाओस् हामी संसद्ले बनाउनु पर्दैन । यो बजेट र सबै शक्ति सबै अदालतले लिनसक्ने संविधान संशोधन गर्नुपर्यो । होइन भने शक्ति पृथकीकरण विधायिकामाथि हस्तक्षेप यस्ता प्रविधिका काम गर्नेहरूमाथि कडाभन्दा कडा कारबाही गर्नुपर्छ । कडा कारबाही भनेकै महाअभियोग हो । महाअभियोग लागनुपर्छ अपराधीलाई । कसैलाई भ्रष्टचारको कारबाही गर्नुपर्छ भने कसैलाई महाअभियोगबाट त्यस्ता अपराधीहरूलाई कारबाही गर्नुपर्छ । मेरो सरकारसँग यही माग छ ।’
काठमाडौं, १२ भदौ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा सत्ता गठबन्धनलाई आफ्नो पार्टीले नसघाएको जानकारी दिएका छन् ।
मध्य पूर्वी देशको साताव्यापी भ्रमण सकेर मंगलबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले प्रतिनिधिसभाको संसदीय समितिको सभापति लिएर कोशीमा सत्ता गठबन्धनलाई सघाएको भन्ने कुरामा कुनै सत्यता नरहेको दाबी गरेका हुन् ।
कोशीमा सत्तारुढ गठबन्धनलाई सघाउने सहमति नभएको बताउँदै उनले मुख्यमन्त्री दिँदा समेत नलिएको राप्रपाले कोशीमा सभामुख र मन्त्री लिएर सत्ता गठबन्धनलाई सघाउने सहमति नभएको स्पष्ट पारेका छन् ।
‘कोशी प्रदेशको सभामुख त फालाफाल छ । हामीले मुख्यमन्त्री नै अस्वीकार गरेको कुरा कांग्रेसकै मुख्यमन्त्रीले भनिसकेका छन् । सभामुख र एक मन्त्री लिएर गठबन्धनलाई सघाउने भन्ने सरासर गलत प्रचार हो । हामीले चाह्यौँ भने मुख्यमन्त्री नै पाउन सक्छौँ,’ उनले भने ।
काठमाडौं, १२ भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवास जग्गा हिनामिनादेखि नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी बचाउने काम नभएको बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा सांसद असिम शाहले गरेको प्रश्नको जवाफ दिँदै उनले कुनै भ्रष्टाचार र अनियमिततामाथिको छानबिनका क्रममा दोषीलाई उन्मुक्ति दिने काम नभएको बताए ।
प्रधानमन्त्री नै दोषी देखिए पनि कारबाहीको दायरा ल्याउनुपर्ने आफूले प्रहरीलाई बताएको उनले जानकारी दिए ।
नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा लगायतका प्रकरणमाथि भइरहेको छानबिन र कारबाही प्रक्रियाले जनतामा उत्साह बढाएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
काठमाडौं, १२ भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब मेलम्ची खानेपानीको वितरण सहज हुने बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा उनले मनसुन रोकिएको डेढ महिना पश्चात् मेलम्ची खानेपानीको वितरण सहज हुने जानकारी दिएका हुन् ।
साउन महिनाको बाढीले मेलम्ची खानेपानीको हेडकवर्कस बगाएको र मेलम्ची बजारदेखि उक्त स्थानसम्म मुग्ने मार्गमा अवरोध भएको प्रधानमन्त्रीको भनाइ छ ।
काठमाडौं, १२ भदौ ।
पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनलाई महाधिवेशन केन्द्रित हुन नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आग्रह गरेका छन्। काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल महिला संघ , नेविसंघ र तरुण दलको केन्द्रीय समितिमा मनोनीत भएका सुदूर पश्चिम, कर्णाली, लुम्विनी, मधेष र गणडकी प्रदेशबाट प्रतिनिधित्त्व गर्ने केन्द्रीय सदस्यहरूलाई अन्तरक्रियात्मक बधाई ज्ञापन गर्दै नेविसंघ पूर्व अध्यक्षसमेत रहेका नेता महरले महाधिवेशन केन्द्रित हुन निर्देशन दिएका हुन्।
‘पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाको गतिशीलता रोकिनु हुँदैन। क्याम्पस, जिल्ला, प्रदेश र केन्द्र सबै ठाउँमा भ्रातृ तथा शुभेच्छुक संस्था गतिशील हुनुपर्छ। गतिशीलता प्रदानका लागि पार्टी नेतृत्व पनि गम्भीर बन्नुपर्छ। तपाईंहरूलाई महाधिवेशन केन्द्रित हुन जिम्मेवारी प्रदान गर्दै पार्टीले केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। आफ्नो जिम्मेवारीमा केन्द्रित हुनुहोस्, मेरो शुभकामना,’ महरले भने। महाधिवेशन केन्द्रित हुँदा कतै कुनै असहजता भए सहजताका लागि आफूले प्रयास र सहजीकरण गर्नेसमेत महरले प्रतिबद्धता जनाएका छन्।
उनले इमानदारितापूर्वक महाधिवेशन सम्पन्न गर्न केन्द्रीय समितिमा मनोनीत भएका सदस्यहरूले नै वातावरण निर्माण गर्नुपर्ने बताए। ‘युवाहरूप्रति जनताको ठूलो अपेक्षा हुन्छ। हामी सबै जना जनताको मन जित्ने कार्यमा लाग्नुपर्छ। संगठनलाई गतिशील बनाउँदै जनताको प्रिय पनि बन्न सक्नुपर्छ’, उनी भन्छन्। गतिशील व्यक्तिमात्र राजनीतिमा सफल हुने महरले बताए।
राजनीतिप्रति युवा वर्ग र बाहिर रहेका मानिसको आकर्षण बढाउन पनि चाँडोभन्दा चाँडो भ्रातृ संस्थाको महाधिवेशनको अपरिहार्यता रहेको महरले औंल्याए। उनले पार्टीका सबै भ्रातृ सङ्गठनमा पदाधिकारीसहितको पूर्ण आकारको निर्वाचित कमिटी आउनुपर्छ भन्नेमा आफू दृढ रहेको बताएका छन्।
सबै भ्रातृ र शुभेच्छुक संस्थाको पूर्ण कमिटी बनाउँदा १५ हजार मानिसले जिम्मेवारी पाउने महरले बताए। जिम्मेवारी प्राप्त गर्दा मानिसको सक्रियता बढ्ने भएकाले गठबन्धनबीनै पनि पार्टी आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्षम हुने महरको भनाइ छ।
‘जिम्मेवारी विहीनले के माग गर्ने? कसलाई काम लगाउने? अहिले धेरै युवा रनभुल्लमा छन्। अब यो परिस्थितिको अन्त्य हुनुपर्छ। पार्टीलाई जीवन्त पार्न भ्रातृ संस्थालाई पूर्णता दिनै पर्छ,’ महरले भने। महाधिवेशन भएर निर्वाचित नेतृत्व आउँदा भ्रातृ संस्थालाई सशक्त र पुनर्ताजगी बनाउन सञ्जीवनी बुटीको काम गर्ने उनले बताए।
उनले गाउँ-गाउँसम्म भ्रातृ संगठन पुग्दा जनताको घरघरमा पुगेर पार्टीको मिसन र भिजन बुझाउन सहज हुने बताएका छन्। ‘नेविसंघ कांग्रेसको मुटु हो। तरुण दल युवाहरूको ऊर्जा हो। महिला संघ लगायत भातृ संस्था ज्ञानेन्द्रिय हुन हुन ।यस्ता थुप्रै संगठनको महाधिवेशन तोकिएकै समयमा हुनुपर्छ। ठूलो समूह जाम भएर बसेको छ। जसले पार्टीका गतिविधिमा ठूलो असर गरेको छ,’ महरले भने। त्यसका लागि जिम्मेवारी प्राप्त साथीहरूको प्रतिबद्धता र सक्रियता आवश्यक रहेको महरको भनाइ छ।
फरक प्रसंगमा बोल्दै नेता महरले अहिले संविधानमाथि सबै क्षेत्रबाट प्रहार हुने गतिविधि भइरहेको बताएका छन्। यसतर्फ चिन्ता व्यक्त गर्दै नेता महरले युवा वर्ग पनि सचेत रहनु पर्ने धारणा राखेका छन्। ‘निकै ठूलो बलिदानीबाट प्राप्त संविधानको रक्षा हामी सबैको दायित्व हो। संविधान र संघीय व्यवस्थामाथि प्रहार भयो भने पुनः मुलुकमा अस्थिरता निम्तिन्छ। कसैका कुनै असन्तुष्टि भए संवाद र छलफलको माध्यमबाट यहीभित्र समाधान खोज्ने हो। तर, संविधानमाथि नै प्रहार गर्ने गतिविधि गर्नु हुँदैन। यसतर्फ पनि कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्था सचेत हुनुपर्छ,’ उनी भन्छन्।
काठमाडौं, १२ भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिचानको कुरा गर्दा अरुको पहिचान र आस्थामा खलल पुर्याउन नपाइने जानकारी दिएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा उनले कसैको पहिचान र आस्थामा खलल पुर्याउन नपाइने कानुनी व्यवस्था रहेको स्मरण गराए । यदी कानुनविपरीत गतिविधिलाई राज्यले स्वीकार्न नसकिने भन्दै उनले संविधान र कानुनविपरीतका गतिविधि नगर्न आग्रह गरे ।
काठमाडौं, १२ भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न चीन भ्रमणका कार्यक्रममा यसअघि भएका सहमति र सम्झौता कार्यान्वयनमा जोड दिइने जानकारी दिएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा उनले आफ्नो चीन भ्रमणमा सहमति सम्झौता कार्यान्वयनमा जोड दिने बताएका हुन् ।
साथै, सीमानाका खुलादेखि दुई देशबीचको आपसी हित र चासो तथा द्विपक्षीय व्यापार लगायतका विषयमा कुराकानी हुने जानकारी दिए ।
काठमाडौं, १२ भदौ ।
प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद भवनमा जारी बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।
काठमाडौं, १२ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आज देशैभरी ज्ञापन पत्र बुझाउने भएको छ ।

राप्रपाले गौहत्याको विरोध, दोषीलाई कारबाही एवं विद्यमान कानुनको पालनाका लागि देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फतप्रधानमन्त्री र नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार देशैभरी दिउसो प्रमुख जिल्ला अधिकारीमार्फत सो ज्ञापन पत्र बुझाइने छ ।
काठमाडौं, १२ भदौं ।
प्रतिनिधिसभा बैठक बस्दै छ ।
संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।

संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गरिने भएको छ ।
साथै, कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संसोधन गर्न बनेको बिद्येयक २०८० माथी बिचार गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन् ।
काठमाडौं, ११ भदौ ।
प्रतिनिधिसभाअन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता समितिको सभापतिमा अब्दुल खान निर्विरोध निर्वाचित भएका छन् । सोमबार बसेको समिति बैठकमा जनमत पार्टीका सांसद खान निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।
आइतबार मनोनयन दर्ताका क्रममा दुईजनाको उम्मेदवारी परेको थियो । तर, सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएसँगै खान निर्विरोध निर्वाचित भएका हुन् ।
काठमाडौं, ११ भदौ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले किराँत मुन्धुम अनुसार लिम्बूहरुले गाईगोरुको बली चढाउने चलन रहेको भन्दै निरन्तर रुपमा गरिरहेको प्रचारप्रति दुःख व्यक्त गरेका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले किराँतधर्म साम्जिक मुन्धुममा जीवजन्तुको बलीको निषेध गरिएको भन्दै भइरहेको प्रचारप्रति दुःख व्यक्त गरेका हुन् ।
विशेष गरि केही गैरलिम्बू जनजातिहरुले किराँत मुन्धुमअनुसार लिम्बूहरुले गाईगोरुको बली चढाउने चलन छ भन्दै निरन्तर रुपमा गरिरहेको प्रचारप्रति दुःख प्रकट गर्दछु,’ उनले लेखेका छन्, ‘अरुको मुन्धुममा के छ कुन्नि उनीहरुले जानुन् । तर, किरातधर्म साम्जिक मुन्धुममा गाईगोरु त के कुरा किरा, फटेङ्ग्रा, कुखुरा, परेवा, हाँस, भेडा, बाख्रा, राँगा, भैंसी वा कुनै पनि जीवजन्तुको हत्या (बली) निषेध छ ।’
काठमाडौँ, ११ भदाै ।
प्रधानमन्त्री तथा राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने जिम्मेवारी केन्द्र सरकारको मात्र नभएर सिंगो देशको एजेण्डा भएकाले प्रदेश र स्थानीय तहले समेत सुशासन कायम गर्न अभियान चाल्नुपर्ने बताएका छन् ।
सोमबार दिउँसो सिंहदरबारमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५१औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सुशासन कायम गर्ने कार्यभार सिंगो देशको भएको बताए । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, “संघीय सरकारले प्रारम्भ गरेको भ्रष्टाचार निवारण र सुशासन स्थापित गर्न चालेको कदम प्रदेश र स्थानीय तहमा समेत बिस्तारित गर्दै दण्ड र पुरस्कारको प्रणालीलाई स्थापित गर्न, राम्रो काम गर्नेहरूलाई प्रोत्साहित गर्न र आम जनसमुदायमा आशाको रक्तसञ्चार गर्न आवश्यक छ। कुण्ठा र निरासालाई चिरेर देशमा आशाको नयाँ परिस्थिति निर्माण गर्न सकिन्छ। यसतर्फ गम्भीर रूपले ध्यान दिनसमेत म विशेष अनुरोध गर्दछु।”
प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
राष्ट्रिय विकास समस्या समाधान समितिको यस ५१औं बैठकमा आर्थिक वर्ष २०७९/८० मा नेपाल सरकारका बिभिन्न मन्त्रालयहरू तथा प्रदेश सरकारहरूबाट भए गरेका कामकारबाहीको समीक्षा प्रस्तुत भएको छ भने माननीय उपप्रधानमन्त्रीज्यूहरू, मन्त्रीज्यूहरू, मुख्यमन्त्रीज्यूहरू लगायत उपस्थित बिभिन्न महानुभावहरूले आफ्ना राय प्रतिक्रिया पनि राखी सक्नुभएको छ। म सर्वप्रथम यो समीक्षा प्रतिवेदन तयार गर्ने प्रक्रियामा संलग्न हुनुभएका र आजको यस छलफलमा भाग लिएर आफ्नो राय प्रतिक्रिया दिनु हुने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।
गत आर्थिक वर्षमा हामीले खासगरी जनतालाई सेवा प्रवाह गर्ने क्षेत्रमा केही महत्वपूर्ण कार्य गर्न सफल भएका छौँ। त्यसैगरी, सुशासनको क्षेत्रमा पनि केही नयाँ पहल अघि बढेको अवस्था छ। तर, विकास निर्माणको क्षेत्रमा भने गएको वर्ष हामीले अपेक्षाअनुसार काम गर्न सकेनौं भन्ने तथ्य आजको प्रगति समीक्षाले देखाएको छ।
सरकारको पुँजीगत खर्च समग्रमा ६१.५ प्रतिशतमा सीमित रहनु हाम्रो लागि चिन्ताको विषय हो। कुल बजेट बिनियोजनमा पुँजीगत खर्चको अंश त्यसै पनि न्यून रहने र त्यही न्यून बजेट पनि पूरा खर्च नहुने अवस्था हरेक वर्ष दोहोरिने बारेमा हामी सबैले गम्भीर भएर सोच्न आवश्यक छ। यो समस्याको समाधान हामी आफैले निकाल्न सक्छौँ र निकाल्नैपर्दछ।
समग्र पुँजीगत खर्च सन्तोषजनक नभएता पनि मन्त्रालयगत र आयोजनागत रूपमा हेर्दा केही मन्त्रालय र केही राष्ट्रिय गौरवका आयोजनाहरूले तुलनात्मक रूपमा राम्रो गरेको अवस्था पनि छ। म पुँजीगत खर्च ७० प्रतिशत कटाउने ७ मन्त्रालयहरू र भौतिक प्रगति ९० प्रतिशतभन्दा बढी हासिल गर्ने १० वटा राष्ट्रिय गौरवका आयोजनासँग सम्वद्ध सबैलाई हार्दिक बधाइ ज्ञापन गर्दछु। साथै गत वर्षको अनुभवबाट पाठ सिकेर यस आर्थिक वर्ष न्यून प्रगति भोग्नुपरेका मन्त्रालय तथा आयोजनाहरूलाई नयाँ कार्ययोजना साथ अघि बढ्न पनि निर्देशित गर्दछु।
गत आर्थिक वर्षमा इन्धनको मूल्य वृद्धि भएको कारण निर्माण लागत बढेको, सिंगो देश स्थानीय तह, प्रादेशिक र संघीय निर्वाचनमा केन्द्रित हुनुपरेको, केही समय नदीजन्य निर्माण सामग्रीको आपूर्तिमा समस्या सिर्जना भएको साथै राजस्व प्राप्तिमा आएको संकुचनले पछिल्लो समय केही कार्यहरू कटौती गर्नुपरेको जस्ता कारणले समेत विकास निर्माणका कार्य प्रभावित बन्न पुगेको देखिन्छ।
यस आर्थिक वर्षमा गत वर्षका परिघटनाहरू दोहोरिने अवस्था छैन। अर्कोतर्फ पुँजीगत खर्च बढाउन बिभिन्न उपायहरू कार्यान्वयन गर्ने प्रक्रिया अघि बढेको परिप्रेक्ष्यमा उपलव्ध भएको बजेट पूर्णरूपमा खर्च हुने गरी विकास निर्माणका कार्यको नेतृत्व गर्न म सबै माननीय मन्त्री तथा मुख्यमन्त्रीज्यूहरूलाई अनुरोध गर्दछु। त्यसैगरी, मुख्य सचिवज्यू तथा सचिवज्यू लगायत सबै राष्ट्रसेवक कर्मचारीलाई यस वर्ष विकास निर्माणको कार्यमा उदाहरणीय नतिजा ल्याउने र पुँजीगत खर्च शतप्रतिशत पु¥याउने गरी काम गर्न आग्रह गर्दछु।
मैले यसअघि नै औपचारिक फोरमहरू र राष्ट्रिय योजना आयोगलाई पनि भनिसकेको छु– हाम्रो विकासको मोडेलमा व्यापक बहस र रूपान्तरण आवश्यक छ। विकास निर्माण र बजेट बिनियोजन प्राथमिकताका आधारमा हुनुपर्नेमा भनसुन र पहुँचका आधारमा हुनुले हामीले विकासमा असन्तुलनको मात्र सामना गरिरहेका छैनौँ, पुँजीगत खर्चमा समेत अपेक्षित लक्ष्य हासिल गर्न सकिएको छैन। अर्कोतर्फ नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने समय बीचको अवधि छोटो हुँदा नीति तथा कार्यक्रमले निर्देशित गरेअनुरूपको बजेट नआउने, नीति तथा कार्यक्रम र बजेटमा जनप्रतिनिधि, बौद्धिक समुदाय र नागरिक समाजको बृद्धि र विवेकको प्रयोग नहुँदा त्यसप्रतिको अपनत्वभाव कमजोर हुने तथा बजेट भाषण गरेपछि त्यसमाथि परिमार्जन नहुने हाम्रो प्रणाली र अभ्यासले समेत विकास र समृद्धिको कार्यभारमा चुनौती सिर्जना गर्ने गरेको छ। मैले यसअघि नै घोषणा गरेको छु– यो परम्परालाई आगामी आर्थिक वर्ष सच्चाइनेछ। तर, सच्चाउने कसरी ? यससम्बन्धी मूर्त कार्ययोजनाको मस्यौदा तयार पारी पेश गर्नसमेत यसै बैठकमार्फत् राष्ट्रिय योजना आयोगलाई निर्देशित गर्दछु।
विकास आयोजनाहरूमा राम्रो गर्नेहरूलाई पुरस्कृत र गलत गर्नेहरूलाई दण्डित गर्ने नीति, योजना र कार्यक्रमबाट सुशासन स्थापित गर्दै विकास आयोजनाको कामलाई तीव्रता दिन सकिन्छ। तसर्थ, संघीय सरकारले प्रारम्भ गरेको भ्रष्टाचार निवारण र सुशासन स्थापित गर्न चालेको कदम प्रदेश र स्थानीय तहमा समेत बिस्तारित गर्दै दण्ड र पुरस्कारको प्रणालीलाई स्थापित गर्न, राम्रो काम गर्नेहरूलाई प्रोत्साहित गर्न र आम जनसमुदायमा आशाको रक्तसञ्चार गर्न आवश्यक छ। कुण्ठा र निरासालाई चिरेर देशमा आशाको नयाँ परिस्थिति निर्माण गर्न सकिन्छ। यसतर्फ गम्भीर रूपले ध्यान दिनसमेत म विशेष अनुरोध गर्दछु।
राष्ट्रिय योजना आयोगको यसअघि सम्पन्न पूर्ण बैठकले १६ औँ योजनाको अवधारणा स्वीकृति गर्दै व्यापक बहस र अन्तरक्रियामार्फत् त्यसलाई पूर्णता दिने निर्णय गरेको छ। १६ औँ योजना निर्धारण गर्दा पहिलो योजनादेखि १५ औँ योजनासम्म हाम्रा उपलब्धीहरू के–कस्ता रहे, समस्या र चुनौतीहरू कहाँ–के रहे, त्यसको समाधानका निम्ति नीतिगत, कानुन, संस्थागत, संरचनागत र कार्यशैलीगत क्षेत्रमा के–कस्तो सुधार आवश्यक छ भन्नेबारे पनि गहन अध्ययन र निष्कर्ष निकाल्न जरूरी छ। तसर्थ, म यसै बैठकमार्फत १६ औँ योजनाको अवधारणालाई व्यापक बहसमार्फत अन्तिम रूप दिनसमेत निर्देशित गर्दछु।
सरकारले गर्ने खर्चले अर्थतन्त्रमा बहुआयामिक असर तथा अवसर सिर्जना गर्दछ। निजी क्षेत्र, सहकारी क्षेत्र, समुदाय र विकास साझेदारको स्रोतसाधनलाई हाम्रो आकांक्षाअनुरूपको समृद्धि हासिल गर्ने गरी परिचालन गर्न पनि सरकारले तोकिएको खर्च समयमै गर्न आवश्यक छ। तसर्थ, सरकार सम्पूर्ण अंगहरू प्रक्रियामुखी भन्दा परिणाममुखी सोंचका साथ अगाडि बढ्न आवश्यक छ।
आज यस बैठकमा राष्ट्रिय समस्याको रूपमा प्रस्तुत गरिएका ८ वटा समस्या समाधानको लागि यहाँ छलफलको क्रममा आएका सुझावहरूलाई समाबेश गरी समाधान गर्ने निर्णय लिइएको जानकारी गराउँछु। अन्त्यमा, निर्णय प्रक्रियामा देखिएको सक्रियता र तदारूकता कार्यान्वयनको प्रक्रियामा समेत थप प्रभावकारितासहित देखिने अपेक्षासहित ५१औँ बैठक यहीँ समापन भएको जानकारी गराउँछु, धन्यवाद।
काठमाडौं, ११ भदौ ।
कमल थापा नेतृत्वको राप्रपा नेपालले राजसंस्था पुनर्स्थापना र नेपाललाई हिन्दुराष्ट्र कायम गर्न माग गर्दै आन्दोलनमा उत्रिने भएको छ ।
सोहीअनुसार २९ भदौमा काठमाडौंमा धर्मनिरपेक्ष र गणतन्त्रविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । सोमबार बसेको राप्रपा नेपालको बैठकले प्रदर्शनलाई प्रभावकारी र योजनावद्ध रुपमा सम्पन्न गर्न समितिहरु गठन गरिएको छ ।
अध्यक्ष थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्यको लागि व्यापक जनपरिचालन गर्न निर्देशन पनि दिएका छन् ।
काठमाडौं, ११ भदौ ।
सर्वाेच्च अदालतमा सोमबारबाट स्वचालित पेशी प्रणालीको सुरुआत गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सोमबार स्वचालित पेशी तारेख प्रणालीको शुभारम्भ गरेका छन् ।
उनले अदालतका सबै काम, कारबाहीहरूलाई प्रविधिमैत्री बनाएर सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताएका छन् । स्वचालित पेशी तारेख प्रणालीले कर्मचारीहरूमा उच्च मनोबलका साथ काम गर्ने उनको विश्वास छ ।
स्वचालित पेशी तारेख प्रणालीका लागि सर्वोच्च अदालतभित्रैको जनशक्ति प्रयोग गरिएको जानकारी दिएका प्रधानन्यायाधीश श्रेष्ठले स्वचालित प्रणालीलाई क्रमशः अन्य अदालतमा पनि लागु गरिने जानकारी दिए ।
दुबई, ११ भदौ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रोजगारीका लागि लाखौं युवा विदेशिनुमा गलत नीति र राजनीतिक नेतृत्व जिम्मेवार रहेको बताएका छन् । राप्रपानिकट प्रवासी नेपाली एकता समाज(पानस) ले युएईको दुबईमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले गलत नेतृत्व र व्यवस्थाको कारणले देश नबनेको बताएका हुन् ।

गलत व्यवस्था र नेतृत्वका कारणबाट स्वदेशमा रोजगारीको अवसर सिर्जना हुन नसकेको, भएका उद्योग, कलकारखाना कुनै अलपत्र पारेको र कुनै कौडीको मूल्यमा बिक्री गर्ने नीति लिइएका कारणबाट लाखौं युवा विदेश आउनु परेको हुँदा विगतको त्रुटी र गलत मार्गचित्र सच्याउनु पर्नेमा उनको जोड छ ।

अध्यक्ष लिङ्देनले धर्मनिरपेक्षको आडमा नेपालको सनातन धर्म संस्कृतिमाथि निरन्तर प्रहार गर्ने गतिविधि बढिरहेकोमा चिन्ता व्यक्त गर्दै धर्मनिरपेक्ष खारेज गरी वैदिक सनातन हिन्दुराष्ट्र हुनुपर्ने बताए । यसका लागि राप्रपाले निरन्तर आवाज उठाइरहेका बताउँदै उनले नेपालको हिन्दुराष्ट्रको पहिचान मेटाउने र धर्मनिरपेक्ष बनाउने काम गरे बिगारेको राजनीतिबाट नै सुधार्नुपर्नेमा जोड दिए । अध्यक्ष लिङ्देनले धर्मको नाममा राजनीति राप्रपाले नगरेको र धर्मनिरिपेक्षता बनाउनेहरुले सुरु गरेका दाबी गरे ।
उनले आफू लिम्बू, किराँत धर्मावलम्बी भएर पनि हिन्दुराष्ट्र स्थापना गर्न लागेको उल्लेख गर्दै जन्म र कर्मले हिन्दु रहेकाहरुले हिन्दुराष्ट्र पुनःस्थापनाको अभियानमा साथ दिन आग्रह गरे । हालै धरानमा कानुनले निषेध गरेको र नेपाली जनसंख्याको ठूलो हिस्साले गाईलाई आमा मानेर पुज्ने गरेको परम्परा रहेकोमा गोरु काटेर भोज खाने, भिडियो बनाउने र सामाजिक सञ्जालमा प्रचार गर्ने गतिविधिप्रति चिन्ता व्यक्त गर्दै कानुनविपरीतका गतिविधि भइरहँदा सरकार मुकदर्शक बन्नु आश्चर्यको विषय भएको उल्लेख गरे ।
उनले देशमा जुन स्थिति सृजना भएको छ, यसमा धर्म निरपेक्ष बनाउनेहरु जिम्मेवार रहेको बताउँदै नेपाली जनताको तागतबाट एक थोपा रगत नबगाई हिन्दु राष्ट्र स्थापना गर्न सकिने दाबी गरे ।
पार्टी सम्बद्व प्रवासी नेपाली एकता समाज साउदी अरब र युएईको निमन्त्रणामा साताव्यापी भ्रमणका क्रममा दुबईमा रहेका अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा प्रवासी नेपाली एकता समाज युएईको दोश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट निराजन खत्रीको अध्यक्षतामा ५१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको भ्रमणमा रहेका प्रवास विभाग प्रमुख आनन्द अधिकारीले जानकारी दिए ।
काठमाडौं, ११ भदौं ।
संसदीय समितिको बैठक बस्दैछ ।
प्रतिनिधिसभा निर्वाचन भएको नौं महिना पछि ९ वटा समितिको सभापति सर्वसम्मत चुनिए पछि आज संसदीय समितिको बैठक बस्न लागेको हो ।
संसद सचिवालयका अनुसार सवै समितिको बैठक दिउँसो ३ बजे बोलाईएको छ ।
उता, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने निर्वाचन हुने सम्भावना रहेको छ ।
जनमत पार्टीका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी परे पछि सो समितिमा निर्वाचन हुने देखिएको हो ।
सत्तारुढ गठबन्धन र एमालेबीचको भागवण्डामा यो समिति जनमतले पाए पनि रास्वपाले पनि उम्मेदवारी दिए पछि सो समितिमा सम्भवतः निर्वाचन हुनेछ ।
काठमाडौं, १० भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनमा सरकारले आइतबार एक पाइला अघि सारेको बताएका छन्। ललिता निवास जग्गा प्रकरणमा सरकारी वकिलले आइतबार अदालतमा मुद्दा पेस गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासनमा सरकारले एक पाइला अघि सारेको बताए।
ललितपुरको भैंसेपाटीमा निर्माण भएका प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको आवासीय कार्यालय हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री दाहालले यो सुशासन दिने प्रतिबद्धताअनुरुप सरकारकव पहिलो पाइला भएको बताएका छन्।
प्रधानमन्त्री प्रचण्डले सबै दलहरूसँग समन्वय गरेर नेपाललाई एउटा समृद्ध, सुसंस्कृत र विधिविधानमा चल्ने देशका रुपमा विश्वसामु चिनाउने आफ्नो चाहना रहेको बताए।
आफ्नो ठाउँबाट सबैलाई समझदारी बनाएर अगाडि बढ्ने प्रयास गर्दै आएको उनको भनाइ थियो। ‘आजको दिन ललिता निवास प्रकरणको सबै अभियोजन सरकारी वकिल कार्यालयले अदालतमा दर्ता गरेको दिन पनि हो । यस हिसाबले आज सरकारले सुशासनमा एक पाइला अघि सारेको छ। मैले देशको कार्यकारी प्रमुखको हैसियतले नेपाललाई एउटा समृद्ध, सुसंस्कृत र विधिविधानमा चल्ने देशको रुपमा विश्वसामु चिनाउन चाहेको छु, म त्यसका लागि सबैलाई आग्रह गर्छु,’ उनले भने।
यस्तै प्रचण्डले भवनमा रहेर प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूले गर्ने सेवा प्रवाहले देशको संघीयता र त्यसको प्रभावलाई झल्काउने बताए।
‘यी भवन निर्माणको विषयमा प्रश्न उठ्न सक्छन् । तर प्रदेशहरूको स्थायित्व बढाउने हिसाबले यी भवनमा गरिएको लगानी अर्थपूर्ण छ । मैले संघीयता संस्थागत गर्ने बाटोमा पनि हामीले एक कदम अघि अगाडि बढाएको महसुस गरेको छु,’ प्रधानमन्त्री दाहालले भने।
काठमाडौं, १० भदौ ।
प्रतिनिधिसभाअन्तर्गत समितिको सभापति चयनका लागि आइतबार मनोनयन गर्दा प्रक्रिया चलिरहेको छ । आइतबार बिहान १० देखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।
सोही क्रममा महिला तथा सामाजिक समिति सभापतिका लागि एमाले सांसद किरणकुमार शाहले उम्मेदवारी दर्ता गराएका छन् ।
उनको प्रस्तावकमा कांग्रेस सांसद शान्ति विक र एमाले सांसद अस्माकुमारी चौधरी समर्थक रहेका छन् ।
संसदीय समिति सभापतिमा सत्तारुढ र प्रमुख प्रतिपक्ष एमामलेबीच भागबन्डा गरिएको छ ।
काठमाडौं, १० भदौ ।
प्रतिनिधिसभाअन्तर्गत समितिको सभापति चयनका लागि आइतबार मनोनयन गर्दा प्रक्रिया चलिरहेको छ । आइतबार बिहान १० देखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।
सोही क्रममा सार्वजनिक लेखा समिति सभापतिका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट ऋषिकेश पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् ।
पोखरेलको प्रस्तावकमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्र केसी र समर्थकमा एमाले सांसद दामोदर भण्डारी रहेका छन् ।
संसदीय समिति सभापतिमा सत्तारुढ र प्रमुख प्रतिपक्ष एमामलेबीच भागबन्डा गरिएको छ ।
काठमाडौं, १० भदौ ।
प्रतिनिधिसभाअन्तर्गत समितिको सभापति चयनका लागि आइतबार मनोनयन गर्दा प्रक्रिया चलिरहेको छ । आइतबार बिहान १० देखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।
सोही क्रममा एकीकृत समाजवादीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा भानुभक्त जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आइतबार बसेको संसदीय दलको बैठकले जोशीलाई शिक्षा समितिको सभापति उम्मेदवार बनाउने निर्णय गरेको हो ।
काठमाडौं, १० भदौ ।
प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिको सभापतिका चयनका लागि हुने निर्वाचनको आइतबार मनोनयन गर्दा प्रक्रिया चलिरहेको छ । आइतबार बिहान १० देखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।
जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा गणेश पराजुलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
समिति सभापतिमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेबीच भागबन्डा भएको छ । उनीहरुका उम्मेदवारविरुद्ध रास्वपाले उम्मेदवारी दिने भएको हो ।
सत्ता गठबन्धन र प्रमुख विपक्षीबीच भएको भागबन्डामा उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापति जनमत पार्टीको भागमा परेको छ ।
काठमाडौं, १० भदौ ।
प्रतिनिधिसभाअन्तर्गत समितिको सभापति चयनका लागि आइतबार मनोनयन गर्दा प्रक्रिया चलिरहेको छ । आइतबार बिहान १० देखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।
अन्तर्राष्ट्रिय सम्बध र पर्यटन समितिको सभापतिमा जसपाबाट राजकिशोर यादवले उम्मेदवारी दिने भएका छन् ।
प्रतिनिधिसभाका १० वटा विषयगत समितिको सभापतिका लागि हुने निर्वाचनमा अन्तर्राष्ट्रिय सम्बध र पर्यटन समितिको सभापतिमा यादवले उम्मेवारी दिने भएका हुन् ।
सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच भएको भागबन्डा अनुसार अन्तर्राष्ट्रिय सम्बध समिति जसपाको भागमा परेको छ ।
लुम्बिनी, १० भदाै ।
संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले लुम्बिनी तिलौराकोट लगायतको क्षेत्रहरूको संरक्षण तथा सम्बर्द्धनको लागी महत्त्वपूर्ण सक्रियता देखाएका छन् ।
गौतम बुद्धले लुम्बिनीमा जन्म लिएर २९ वर्ष बिताएको तिलौराकोट भारतमा रहेको भ्रम नेपालकै सक्रियता, ज्ञान, अध्यान, पुरातत्वको उत्खननको अभावले भएको बताएका उनले बताए । सांस्कृतिक रूपमा भारतको अर्थ समथर भू-भाग रहेको हुँदा बंगलादेश देखिको नेपालसम्मको समथर भू-भाग विभिन्न ग्रहन्थहरुमा सांस्कृतिक रूपमा भारत उल्लेख भएको हुँदा यो बुद्धको जन्मबारे भ्रम सिर्जना भएको बताउँदै उनले उक्त अन्तर्राष्ट्रिय रूपमा रहेको उक्त भ्रमको अन्त्य आफ्नै कार्यकालमा गर्ने समेत उद्गोष गरे ।
उनले तिलौराकोटमा बुद्धले बाल्यकाल बिताएको भूमि भएको र करिब २५ सय वर्षअघिको गणराज्य भएको हुदा यहाँको उत्खनन आवश्यक रहेको बताएका हुन् । भेटमा तिलौराकोट गौतम बुद्धका बुबा राजा शुद्धोधनको राजप्रसादले पनि चिनिन्छ। तिलौराकोटभित्र विशेष गरी तीन भग्नावशेष छन्। ती दरबार, पूर्वी द्वार र पश्चिमी द्वार हुन्। यी स्थानमा प्राचीन इँटा र ढुंगा प्रशस्त मात्रामा देख्न सकिन्छ। यही नै यसको प्रमुख आकर्षण हो। तिलौराकोट विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने तयारीमा समेत रहेको छ।
काठमाडौं, १० भदौ ।
प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र अनियमिततालगायतका प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउने बताएका छन् ।
कांग्रेसको रुपान्तरण अभियानका अगुवासँग आइतबार बिहान कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले अनुहार नहेरी कुनै पनि प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउने प्रतिबद्धता जनाएका हुन् ।
सुुन तस्करी प्रकरणमा माओवादीकै कृष्णबहादुर महरा र उनका छोराको नाम मुछिएका बेला माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आफ्नै दलका नेता भए पनि अनुसन्धानको दायरामा ल्याउने बताएका हुन् ।
यसका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)लाई निर्देशन दिएको जानकारी दिएका प्रधानमन्त्री प्रचण्डले तथ्य र प्रमाणको आधारमा सबैमाथि कारबाही हुने बताए ।
काठमाडौं, १० भदौं ।
संसदीय समितिमा आज उम्मेदवारी दर्ता हुदैँछ ।
सोही उम्मेदवारी दर्ताका लागि सत्तारुढ नेपाली कांग्रेसले संसदीय समितिका सभापतिका उम्मेदवारको टुंगो लगाइको छ ।
जसअनुसार राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा तथा अर्थ समितिमा सन्तोष चालिसेको नाम टुंग्याएको हो ।
प्रमुख दलको बाँडफाँड अनुसार कांग्रेसको भागमा परेका चारवटा समितिको सभापत दिने भएको थियो ।
प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको ९ महिना पछि आज संसदीय समितिको सभापतिका लागि उम्मेदवारी मनोनयन हुन लागेको हो ।
रौतहट ०९,भाद्र
गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमणी प्रसाद कलवार विरुद्ध झुटो प्रचारवाजी भएको बताएका छन । गरुडा नगरपालिका केहि वडाका अध्यक्षहरुले बिभिन्न मिडियामा गएर गलत प्रचारवाजी गरेको मेयर कलवारले बताएका हुन् । मेयर कलवारले आफै उपभोक्ता समिती बनेर पैसा निकालेको लगायतका बिषयमा वडा अध्यक्षहरुले झुटो मिडियावाजी गरेको उनको भनाई छ ।
उनले वडा अध्यक्षहरुले निकालिएको भनिएको रकम आ.व २०७७÷०७८ को भएको बताएका छ्न । तत्कालीन मेयर इनु राय यादवको पालामा दुर्गा मंदिर निर्माण गर्न २२ लाख रकम छुट्याईएको थियो । त्यस समय अहिलेका मेयर जयसवाल दुर्गा मन्दिर समितीका अध्यक्ष थिए । तत्कालीन मेयर यादवकै पालामा हालका मेयर कन्थमुनि प्रसाद कलवारको अध्यक्षतामा दुर्गा मंदिर उपभोक्ता समिति बनी निर्माणधीन कार्य भएको थियो । जसको भुक्तानी २०७९ मा भएको थियो । यस्तै मेयर कलवारलाई मोबाइल खरिदमा लगाईएको आरोपको समेत खण्डन गरेका छन । उनले नगरपालिकाबाट वडा अध्यक्षहरुले मोवाईल खरिदमा मेयरले एकलौटी निर्णय गरेको भनिएको कुरामा समेत कुनै सत्यता नरहेको बताएका छन । उनले नगरकार्यपालिकाको बैठक बसी गरिएको निर्णयलाई मेरो एकलौटी भनी गरिएको प्रचारले आफु अचम्मित भएको सुनाए । उनले वडाअध्यक्षहरुले कुनै जनताको लागी नभई आफ्नो स्वार्थको निमित्त बिरोध गरिरहेको समेत आरोप लगाए । अहिलेको बिरोधको जड बजेट रहेको समेत उनले बताए । मेयर कलवारका अनुसार वडाअध्यक्षहरुले आफ्नो खुसी बजेट मागेको र आफुले जनताको अति आवश्यकको कुराको लागी बजेट निर्धारण गर्ने बताएपछी बिरोध गरेका हुन । जनता भन्दा पनि वडाअध्यक्षको बिरोध आफ्नो स्वार्थको निमित्त रहेको बताएका छन । चर्चामा आउन र आफ्नो स्वार्थ पुरा गर्न बदनाम गर्ने षड्यन्त्र धेरै दिन र धेरै बेर नटिक्ने समेत मेयर कलवारको भनाई छ । उनले आफु सधै जनताको मुल समस्याको जड पता लगाई समाधान गर्नेमा कृयाशिल रहेकोले भ्रामक कुराको पछाडि नलाग्न समेत अनुरोध गरेका छन ।
काठमाडौं, १० भदौं ।
आज राष्ट्रियसभा बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र बिद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने छ ।
बिद्यायन ब्यबस्थापन समितिकी सभापति जयन्ती राईले संविधान अनुसार बन्न बाँकी रहेको कानुनहरुको अध्ययन प्रतिवेदन २०८० पेश गर्ने कार्यसुचीमा उल्लेख छ ।
साथै, बाधा अडकाऊ फुकाउ आदेश पेश गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यबिधि थप गर्ने प्रस्ताव पेश गर्नेछन ।
नयाँदिल्ली, ९ भदौं ।
तमिलनाडुको मदुरै रेलवे स्टेशनमा लखनउ–रामेश्वरम पर्यटकीय रेलको एक निजी डब्बामा भीषण आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ ।
रेलवे अधिकारीका अनुसार कोचमा केही व्यक्तिले अवैध रूपमा ग्याँस सिलिण्डर बोकेर हिँडिरहेका थिए । यसअघि ग्यास सिलिन्डर विस्फोट हुँदा कोचभित्र केही व्यक्ति चिया बनाउँदै गरेको थाहा भएको थियो । घटनास्थलमा दमकल पुगेर आगो निभाउने काम सुरु गरिएको छ ।
अनुसन्धानपछि मात्रै ठोस कुरा भन्नु उचित हुने अधिकारीको भनाइ छ ।
घटना हुँदा ट्रेन मदुरै जंक्शनमा रोकिएको थियो। अधिकारीहरुका अनुसार केही यात्रुहरु अवैध रुपमा ग्याँस सिलिन्डर लिएर कोचमा प्रवेश गरेका थिए ।
यस दुर्घटनाको भिडियो पनि सार्वजनिक भएको छ, जसमा कोचमा आगो बलिरहेको र त्यसबाट आवाज पनि आइरहेको देख्न सकिन्छ । शनिबार बिहान ५ः१५ बजे निजी बसमा आगलागी भएको जानकारी प्राप्त भएको अधिकारीहरुले बताएका छन् ।
घटनास्थलमा आगो नियन्त्रणको प्रयास भए पनि ७ः१५ बजे आगो निभाउन सफल भएको थियो ।
आगलागीबाट अन्य कुनै पनि कोचमा क्षति पुगेको छैन । आगलागी भएको कोच नागरकोइल जंक्शनमा जोडिएको थियो । आगो निभाएपछि कोचलाई मदुरैकै स्टेबलिङ लाइनमा राखिएको छ ।
विराटनगर ।
धरान नगरपालिका भित्र निषेधाज्ञा जारी राखिएको छ ।
सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभित्र शनिबारका लागि निषेधाज्ञा जारी गरे पछि आज निषेधाज्ञा सुरु भएको हो ।
हिजो शुक्रवार जिल्ला प्रशासन कार्यालय, सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आजका लागि निषेधाज्ञा जारी गर्न भन्दै सुचना जारी गरे पछि गए राती देखी धरानमा निषेधाज्ञा सुरु भएको हो ।
‘धरान उपमहानगरपालिका क्षेत्र धार्मिक र साम्प्रदायिक साथै जनस्वास्थ्य सङ्कट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सङ्क्रामक रोग ऐन २०२० को दफा ९२० तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३० बमोजिम मिति २०८०।०५।०८ गते राति १२ बजेदेखि मिति २०८०।०५।०९ गते राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभा, भेला, जम्मा र प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरू नगर्न–नगराउन धरान उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण बडालगायत तपसिलका क्षेत्रमा समेत लागू हुने गरी निषेधादेश जारी गरिएको ब्यहोरा सम्बन्धित सम्पूर्णको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, शुक्रबार जारी सूचनामा उल्लेख गरिएको छ ।
जसअनुसार धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नपा १ मा पर्ने झण्डा चोकदेखि घरानतर्फको क्षेत्र धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी नपा ६ नं बाट बराहक्षेत्र नपा वडा नं ३ नडाहा चोकबाट धरानतर्फको क्षेत्र, इटहरी उपमहानगरपालिका वडा नं २० तरहरा पानी पियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका वडा नं ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी गापा वडा नं। ६ भेडेटारबाट घरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी छ ।
आज हिन्दु समुदाय र हिन्दु इत्तर समुदाय दुबैले सो क्षेत्रमा प्रदर्शन गर्ने भए पछि सुनसरी जिल्ला प्रशासनले निषेधाज्ञा लगाएको हो । केही दिन अघि एक समुहले गोरु काटेर खाए पछि सो क्षेत्र तनावग्रस्त बन्दै आएको छ ।
तर, जिल्ला प्रशासन कार्यालयले सुनसरी जिल्लाका १२ स्थानीय तहहरूमा डेंगु रोगको सङ्क्रमण व्यापकरुपमा फैलिई १६ हजार जना भन्दा बढी व्यक्तिहरू सङ्क्रमित भएका १२ जनाको मृत्युसमेत भइसकेको स्मरण गराएको छ ।
रुपन्देही, ९ भदौं ।
नेपाली भूमिमा विदेशी गान राष्ट्रिय गान बजाएर कार्यक्रमको सुरुवात गरेको भन्दै लुम्बिनीका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले किवानिसको कार्यक्रम बहिस्कार गरेका छन् ।
रुपन्देहीमा भएको किवानिस नेपालको पाँचौ डिष्ट्रिक महाधिवेशको उद्घाटन समारोह मुख्यमन्त्री चौधरीले बहिस्कार गरेका हुन ।
प्रमुख अतिथिको रुपमा मुख्यमन्त्री चौधरी सहभागि हुनु भएको कार्यक्रममा आयोजकले नेपाली राष्ट्रिय गानको अपमान गरी विदेशी राष्ट्रिय गान बजाएको र विदेशी गीतबाट कार्यक्रमको सुरुवात गरेको भन्दै मुख्यमन्त्री चौधरीले किवानिसको कार्यक्रम बहिस्कार गरेका हुन ।
नेपाल डिष्ट्रिक महाधिवेशनको उद्घाटन कार्यक्रममा राष्ट्र र राष्ट्रियता प्रति प्रहार भएको भन्दै कार्यक्रम बहिस्कार गरेर निस्कीएको मुख्यमन्त्री चौधरीले बताए ।
काठमाडौं, ९ भदौं ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू भागमा रहेको न्यून चापीय क्षेत्र र बंगलादेशको उत्तरी भुभागमा रहेको न्यून चापीय क्षेत्र समेत प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका केहि स्थानहरुमा साथै बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली रहि बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भुभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेश प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती भने कोशी, मधेश र बागमती प्रदेशमा सामान्य बदली रहि बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
काठमाडौं, ८ भदौ ।
शनिबार बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित गरिएको छ । सिरहाको धनगढीमाई नगरपालिका– १४ अम्बासमा शनिबार बस्ने भनिएको बैठक स्थगित गरिएको हो ।
बैठक स्थगित गरिए पनि अर्काे बैठकको मिति र समय भने तोकिएको छैन ।
काठमाडौं, ८ भदौ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीको आगामी एजेण्डा संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र रहेका बताएका छन् ।
बिहीबार र शुक्रबार दुई दिन चलेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित ‘घोषणा सभा’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्र र संघीयता खारेज गर्दै संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्रका लागि आन्दोलन गरिने जानकारी दिए ।
राजसंस्था पुनर्स्थापना गर्न आफूहरु सफल हुने र पार्टीको मुल एजेण्डा रहने भन्दै उनले यसका लागि आन्दोलन घोषणा गरिएको बताए ।
कुनै दलमा विभाजन नभई देशको स्वाभिमान रक्षाका लागि सबै एकैस्थानमा उभिनुपर्ने भन्दै अध्यक्ष थापाले इमान्दारिक पूर्वक आफ्नो एजेण्डामा पुनर्विचार गर्न कांग्रेस, एमाले, माओवादीसहितका दलहरुलाई आग्रह गरे ।
काठमाडौं, ८ भदौ ।
राप्रपा नेपालले राजसंस्था पुनर्स्थापनाको एजेन्डामा फर्किएको छ । बिहीबार र शुक्रबार दुई दिन चलेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित ‘घोषणा सभा’ कार्यक्रमका वक्ताहरुले पार्टीले अब राजसंस्था पुनर्स्थापनाको एजेण्डालाई जोडदार अगाडि बढाउने बताइरहेका छन् ।
करिब डेढ वर्षअघि कमल थापा नेतृत्वको राप्रपा नेपालले राजसंस्था पुनर्स्थापनको एजेन्डा छाडेको घोषणा गरेको थियो । तर, दुई दिन चलेकाो पार्टीको केन्द्रीय समिति बैठकले भने नेपालाई हिन्दु राष्ट्र घोषणा गरिनुपर्ने र राजसंस्था पुनर्स्थापना गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
बैठकमा अध्यक्ष कमल थापाले कार्यपत्र प्रस्तुत गर्दै ‘संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र’ राप्रपा नेपालको मुलभूत विचार हुने उल्लेख गरेका छन् । राप्रपा नेपालले गणतन्त्र र धर्मनिरपेक्षता खारेजी र हिन्दु राष्ट्र कायम, राजसंस्था पुनर्स्थापनाका लागि बलियो राष्ट्रिय मोर्चा बनाएर सडक आन्दोलनमा जाने भएको छ ।
घोषणा सभा चलिरहेको छ । विभिन्न वक्ताले बोलिरहेका छन् ।
सुनसरी, ८ भदौ ।
धरान उपमहानगरपालिकाका प्रमुख हर्क राज राई (हर्क साम्पाङ)ले संयमित हुँदै सामाजिक, धार्मिक सद्भाव कायम राख्न अपील गरेका छन् । शुक्रबार अपील जारी गर्दै उनले सामाजिक र आपसी सद्भाव, भाइचारा र एकता कायम राख्न धरान नगरवासीहरूमा अपील जारी गरेका हुन् ।

पछिल्लो समय धरानमा जातीय र धार्मिक द्वन्द्व बढ्ने खतर बढ्दै गएका बेला उनले उक्त अपील जारी गरेका हुन् ।
‘बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात गरी विविधता बिचको एकता सामाजिक, सांस्कृतिक सदभावलाई संरक्षण गरी समृद्ध समाजको निर्माण गर्नु नै हाम्रो कर्तव्य हो । समाजमा देखिने अशान्ति विभेदले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खलबलिने, अन्तर विरोध बढाउने, प्रतिशोध र द्वन्द्वलाई निम्त्याउने भएकोले यस प्रकारको विविधताको नकारात्मकतालाई सकरात्मकतामा परिणत गर्न सयौँ थुँगा फुलका हामी एउटै माला नेपाली भन्ने भावलाई आत्मसात गर्दै हाल देखिएको अशान्तिमय वातावरण सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक नागरिकको भावना प्रतिबिम्बित हुनेगरी आपसी सदभाव, भाइचारा र एकता’ कायमका लागि सम्पूर्ण आम धरान नगरवासीहरूमा हार्दिक अपील गर्दछु,’ उनले आग्रह गरेका छन् ।
विराटनगर, ८ भदौ ।
उच्च अदालत विराटनगरले सुनसरीस्थित धरान उपमहानगर पालिकाका प्रमुख हर्क राज राई (हर्क साम्पाङ)लाई व्यक्तिका जग्गामा प्रवेश नगर्न आदेश दिएको छ ।

बिहीबार उच्च अदालतका न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले प्याराग्लाइडिङ व्यवसायी रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा प्रवेश नगर्न, उनीहरूमाथि धरपकड नगर्न आदेश दिएको हो ।
यसअघि पनि अदालतले सोही आदेश दिएको थियो । जबरजस्ती व्यक्तिको जग्गामा वृक्षारोपण गर्न गएपछि अदालतले एक महिनाअघि व्यक्तिको जमिनमा प्रवेश नगर्न र वृक्षारोपण नगर्न आदेश दिएको थियो ।
धरान–४ स्थित छोटी मोरङ डाँडामा रहेको रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा साम्पाङले जबरजस्ती विरूवा रोपेको भन्दै अधिकारी दम्पती यसअघि नै अदालत गएका थिए ।
गत सोमबार मेयर साम्पाङ फेरि जमिनमा पुगेर घर भत्काइदिने धम्की दिएपछि विवाद बल्झेको थियो । उक्त घटनाले आफूमाथि दुर्व्यवहार भएको भन्दै मेयर साम्पाङले प्रशासनमा उजुरी दिए ।
अधिकारी दम्पतीलाई पक्राउ गर्न मेयर साम्पाङले प्रहरीलाई दबाब दिएपछि उनीहरु पुनः अदालत गएपछि दोस्रोपटक सो आदेश आएको हो ।
भ्यानकुभर, ८ भदाै।
ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत उपाध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार एसेम्बलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित हुनु भएको हो ।
यस अगाडि मन्त्री डा.महतले विश्व वातावरण कोषको एसेम्वली बैठकमा सम्बोधन गर्दै नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायको लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताए । उनले दक्षिण एसियाका एक अर्बभन्दा बढी जनसंख्याको लागि पानीको श्रोत रहेको बिषय विश्व समुदायमा ध्यानाकर्षण गरे ।
नेपालले जैविक विविधताको संरक्षणमा ईमान्दार प्रयत्न गरिरहेको साथै दुर्लभ तथा संकटापन्न जंगली जनावर तथा प्रजातीहरुको संरक्षण गरेको र सोको नतिजा स्वरुप बाघ तथा गैडाको संख्यामा उल्लेख्य रूपमा बृद्धि भएको बताए । यस्ता वन तथा वन्यजन्य सम्पदा नेपालको लागि मात्र नभई विश्व मानव समुदायकै सम्पदाको रुपमा रहेको उल्लेख गर्दै यी प्रयासका वाबजुत पनि नेपाल जलवायू परिवर्तनका दृष्टिकोणले उच्च जोखिममा पर्दछ । नेपाल विश्वको १० औं जोखिमयुक्त मुलुक भएको र पछिल्ला दिनहरुमा बाढी पहिरो अतिवृष्टि सुख्खा साथै हिमताल बिस्फोटको जोखिम समेत बढेको बताए ।
नेपालको तापक्रम सन् २०३० सम्ममा ०.५ देखि २.० डिग्रि सेल्सियसले बढ्ने अनुमान रहेको र यसबाट हुने असर र प्रभावसँग सामना गर्न सन् २०५० सम्ममा ५० अर्ब अमेरिकी डलर भन्दा बढी लगानी आवश्यक रहेको तर्फ सहभागीहरुको ध्यानाकर्षण गराए । अर्थमन्त्री डा. महतले जलवायू वित्तबाट सञ्चालित कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै यसै एसेम्वलीबाट अनुमोदित विश्व जैविक विविधता खाका कोष लगायतका श्रोत अति प्रभावित मुलुकहरुमा केन्द्रित गर्न अनुरोध गरे । उनले जबसम्म एकीकृत र समुच्च रुपमा कार्यान्वयन गरिदैंन तबसम्म कोषको आकार मात्र बढाएर खासै प्रभावकारी नहुने धारणा राखे ।
जलवायू परिवर्तन जोखिम उच्च भएका देशहरुको समेत प्रतिनिधित्व गर्दै लगानी आयोजनाहरुको गुणस्तर बढाउन स्थानीय जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनेगरी कार्यान्वयन गर्नु पर्नेमा जोड दिए । उनले मानव विकासको क्षेत्रमा महत्वपूर्ण लगानी नगर्दासम्म वातावरणीय दिगोपना हाँसिल हुन नसक्ने बताए । अर्थमन्त्री डा. महतले वातावरणीय कोषका कार्यक्रमहरू राष्ट्रिय प्रणाली मार्फत कार्यान्वयन गर्नु पर्नेमा जोड दिँदै आयोजनामा ठोस तथा पहिचानयुक्त क्रियाकलाप समावेश गर्न र आयोजनाका मुख्य क्रियाकलापमा लगानी केन्द्रित गर्न जोड दिए । यसैगरी उनले जलवायू परिवर्तनको बहुआयामिक असरलाई सम्बोधन गर्न उच्चस्तरको सहकार्य र सबैको योगदान आवश्यक रहेको धारणा राखे ।
काठमाडौं, ८ भदौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार अपरान्ह ५ बजे बस्नेगरी बोलाइएको बैठकमा संसदीय समिति सभापति चयनलगायतका विषयमा छलफल हुने जानकारी दिइएको छ ।
संसदीय समितिका सभापति पदको निर्वाचनमा मत दिने कि नदिने भन्ने विषयमा आधिकारिक निर्णय लिन बैठक बोलाइएको बताइएको छ ।
संसदीय समितिका सभापतिको चयनका लागि आउँदो सोमबार निर्वाचन हुँदै छ । चुनावी प्रक्रिया भने आइतबारबाटै सुरु हुने भएपछि पार्टीको धारणा तय गर्न रास्वपाको बैठक बस्न लागेको हो ।
बिराटनगर, ८ भदौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बिराट दरबार क्षेत्र निरिक्षण गर्ने भएका छन ।
भोली देखी सुरु हुने पार्टीका सचिवालय बैठकमा सहभागी हुनका लागि आज बिराटनगर जान लागेको अध्यक्ष ओलीले बिराट दरबार क्षेत्रको निरक्षण गर्न लागेका हुन ।
तत्कालिन नेकपा मालेको चौथो महाधिवेशन स्थल सिराहामा आयोजना गरिएको पार्टी सचिवालयको बैठकमा सहभागी हुनका लागि एमाले अध्यक्ष ओली आज विराटनगर पुग्दैछन् ।
आज साँझ पाँच वजे होटल ह्यारिसनमा उद्योगी व्यावशायीहरुसँग अन्तरक्रियाको कार्यक्रम गर्न लागेका अध्यक्ष ओली भोली बिहान सिरहा पुग्नेछन । जहाँ भोली देखी पार्टीको सचिवालय बैठक सुरु हुनेछ ।
सिराहाको धनगढीमाई नगरपालिकामा अबस्थित विष्ण्पुरकटीमा पार्टीको सचिवालय बैठक आयोजना गरिएको छ । पार्टी अध्यक्षमा ओली निर्वाचित भए पछि पहिलो पटक सिरहामा सचिवालय बैठक बस्न लागेको हो ।
२०४६ साल भदौ ९–१४ मा सम्पन्न तत्कालिन नेकपा मालेको चौथो महाधिवेशनले मदन भण्डारीलाई पार्टी महासचिव निर्वाचित गरेको थियो। जसकाकारण पनि एमालेका लागि सो स्थान ऐतिहासिक मानिएको छ।
काठमाडौं, ८ भदौं ।
राप्रपा नेपाल केन्द्रिय कार्यसमितिको बैठक आज समापन हुदैँछ ।
सो बैठकले राजसंस्था सम्बन्धि पार्टीको आधिकारिक धारणा तय गरी औपचारिक निर्णय सार्बजनिक गर्नेछ ।
हिजो देखी सुरु भएको बैठकमा पार्टी अध्यक्ष कमल थापाको राजनैतिक कार्यपत्रका साथ बैठकमा महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धि प्रतिबेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्किले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
अध्यक्ष कमल थापाले बैठक ऐतिहासिक महत्वको हुने भन्दै यस बैठकले राजसंस्था सम्बन्धि पार्टीको विद्यमान नीतिलाई पुनरावलोकन र पुनर्विचार गर्ने जानकारी हिजो नै गराई सकेका छन । सो बैठकले पार्टीलाई नयाँ ढङ्गबाट संचालन गर्ने रणनीति र कार्यनीति समेत तयार गर्न केन्द्रिय समिति समक्ष आफनो धारणा राखिसकेका छन् ।
राप्रपा नेपालको यो बैठकबाट जनआन्दोलनको मार्गचित्र पारित गर्दै सडक केन्द्रित हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन ।
राजसंस्था सम्बन्धि धारणा तय गर्न पार्टीका उपाध्यक्ष प्राडा बिष्णु भण्डारीको संयोजकत्वमा बनेको कार्यदलको प्रतिबेदन कार्यसम्पादन समितिले अनुमोदन गर्दै केन्द्रीय समिती समक्ष प्रस्तुत भईसकेको छ । जसको आधिकारिक घोषणा आज गरिनेछ ।
काठमाडौं, ७ भदौ ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै अनसन बसेका युवक पक्राउ परेका छन्। प्रहरीले सर्वोच्च अदालतको गेटमा अनसन बस्न गएका देव शर्मालाई पक्राउ गरेको हो।

कोशी प्रदेश सरकारमा मुख्यमन्त्री र सत्तागठबन्धनका सांसदहरुले संविधान बिपरित गतिबिधि गरेको भन्दै शर्मा सर्वोच्चमा रिट दर्ता गर्न पुगेका थिए। तर, सर्वोच्चले उनको रिट दर्ता नगरेपछि अनसन बसेका हुन्।
शर्मा कोशी प्रदेश स्थित बिराटनगका युवा हुन्। उनी सामाजिक तथा राजनीतिक क्रियाकलापमा पछिल्लो समय निकै सक्रिय रहँदै आएका छन्।

सिन्धुपाल्चोक, ७ भदौ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जनतले अनुभूति गर्नेगरी स्वास्थ्य क्षेत्रमा काम गर्ने बताएका छन्।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आयोजना गरेको आर्थिक वर्ष २०७९/८० मा भएका विकास निर्माण सम्बन्धि कार्यक्रमको वार्षिक समिक्षामा मन्तव्य राख्दै मन्त्री बस्नेतले जनप्रतिनिधिले पनि राम्रो काम गरेको छ है भन्ने गरी जनताको अपेक्षा अनुसार काम गर्ने बताएका हुन्।
‘हामीले एक सय दिनको काम सार्वजनिक गरिसकेका छौं। अहिले सरकारी अस्पतालमा बिरामीको चाप बढ्दै छ। राम्रो भएर नै सरकारीमा चाप भएको हो।अझै राम्रो बनाउन लाग्नेछौं । भनसुनको भरमा ८ सय भन्दा बढी स्वास्थ्यकर्मी काजमा केन्द्रमा नै बसेका थिए, अहिले त्यो सबै अन्त्य भएको छ। नेपालको इतिहासमा पहिलो पटक स्वास्थ्य मन्त्रालयमा भनसुनको भरमा काम गर्ने पद्धतिको अन्त्य भएको छ,’ उनले भने।
नेपालको मेडिकल शिक्षा अत्यन्तै राम्रो छ भनेर अन्तर्राष्ट्रियस्तरमा समेत भनिरहेको अवस्था रहेको उनले बताए। ‘माल्दिभ्सका मन्त्रीले नेपालमा मेडिकल शिक्षा पढ्ने वातावरण मिलाइदिनुस् भनेर अनुरोध समेत गर्नुभएको छ। हामीले यहाँ मेडिकल शिक्षा सहजरूपमा दिने वातावरण नमिलाउने हो भने पाँच वर्षपछि डाक्टर र नर्सको अभाव हुन्छ। यो कुरालाई ध्यान दिएर स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्ने हो। अव तीन महिनाभित्र स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा नसोचेको परिवर्तन गर्छु,’ उनले भने।
मन्त्री बस्नेतले अहिले देशभरका संघीय अस्पतालहरुमा मात्रै ३ हजार ५ सय बेडमा निशुल्क उपचार हुने व्यवस्था रहेको र आगामी दिनहरुमा अझै बृद्धि गर्ने बताए।
काठमाडौं, ७ भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौरा पर्वलाई राष्ट्रिय पर्वका रुपमा घोषणा गरिने बताएका छन्।
काठमाडौंको टुँडिखेलमा बिहीबार आयोजित समारोहमा प्रचण्डले सुदूरपश्चिमका जनताको भावनालाई कदर गरेर जानुपर्छ भन्ने मान्यताका साथ गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गरेर जाने बताए।
यस विषयमा बुधबार बसेको मन्त्रिपरिषद बैठकमा पनि छलफल भएको उनले बताए। गौरा पर्वका अवसरमा देशभर सार्वजनिक बिदाको निर्णय पनि गर्ने उनले घोषणा गरे।
काठमाडौं, ७ भदौ ।
प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि गम्भीर आरोप लगाएका छन् ।
बिहीबार भक्तपुरको कौशलटारमा आयोजित नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री नेपालमाथि साम्प्रदायिक हिंसा भड्काउन खोजेको गम्भीर आरोप लगाएका हुन् ।
कोशी प्रदेशमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालले जनजातिहरु भिडाएर साम्प्रदायिक हिंसा भड्काउन खोजेको ओलीको आरोप छ ।
‘अहिले पूर्वाञ्चलमा उत्पात मच्चाउने कसका कार्यकर्ता छन् भन्दा माओवादी प्रचण्डजीका कार्यकर्ता छन्, माधवकुमार नेपालजीका कार्यकर्ता छन्,’ उनले भने, ‘उफ्रेका को छन् भन्दा राई, किराँत, लिम्बू भन्ने साथीहरु उफ्रिएका छन् । उफार्ने को छ भन्दा पुष्पकमल दाहाल, माधवकुमार नेपाल ।’
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपाल नेपाली जनतालाई नुवाकोटको गोरु जुधाएजस्तो जुधाएर ताली बजाउन खोजिरहेको उनको भनाइ छ ।
काठमाडौं, ७ भदौ ।
प्रतिनिधिसभाअन्तर्गतका समितिका सभापति चयनका लागि निर्वाचन हुने भएको छ । यही ११ भदौ सोमबार निर्वाचनमार्फत् संसदीय सभापति चयन गर्ने निर्णय गरिएको छ ।
बिहीबार सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा बसेको मुख्य चार राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूको बैठकले ११ भदौमा १० वटै विषयगत समितिका सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो ।
यसका लागि १० भदौदेखि नै प्रक्रिया प्रारम्भ हुनेछ । यसबारे बिहीबार नै सूचना प्रकाशित गर्ने तयारी गरिएको छ ।
बैठकमा सभामुख घिमिरे, उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, एमालेका सचेतक महेश बर्तौला, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र प्रतिनिधिसभाका महासचिव भरतराज गौतमको उपस्थिति थियो ।
काठमाडौं, ७ भदौ ।
प्रतिनिधिसभा बैठक बसिरहेको छ । जारी बैठकमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।
शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका हुन् ।
एक महिनाको अवरोध बुधबार अन्त्य भएपछि संसद बैठक चालु भएको हो ।
विशाल बस्नेत,महोत्तरी, ७ भदौ ।
कानुनलाई छल्दै जनप्रतिनिधिको रुपमा निर्वाचित भएपछि सजाय समेत नहुने आशामा चुनावी मैदानमा होमिएका लक्ष्मी महतो कोइरीले अपेक्षाकृत परिणाम नै हासिल गरे । निर्वाचनको अघिल्लो रात नेकपा एमाले प्रवेश गरेर महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य चुनावमा होमिएका कोइरीले माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई पराजित गर्दै संसद बने । तर, उनको यो खुसी धेरै दिन टिक्न नै पाएन ।
१९ मंसिर २०७७ मा जनकपुर उच्च अदालतले ज्यान मारेको अभियोगमा उनै कोइरीलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दियो । अदालतको आदेशबमोजिम कोइरी न तारेखमा गए न त थुनामा नै बसे, प्रहरीले कोइरीलाई फरार सूचीमा राख्यो ।
कानुनी छिद्राबाट संसद त बने, तर संसदीय यात्रामा भने सहभागी हुन पाएनन् । अन्ततः १९ वैसाख २०८० मा उनकै पार्टी एमालेबाट सभामुख बनेका देवराज घिमिरेले संसद पदवाट नै निलम्बन गरे । मनोनयन समेत वारेसनामा मार्फत् दर्ता गराएका कोइरीले निर्वाचित भएको प्रमाणपत्र समेत आफूले लिन पाएनन।
…त्यसपछि फरार भए लक्ष्मी महतो कोइरी
मधेस आन्दोलन हुँदै गर्दा २५ भदौ २०७२ मा मधेसी मोर्चाका कार्यकर्ताले असई थमन विकलाई नियन्त्रणमा लिएर लाठी, लात्ती र मुक्काले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।उपचारका लागि लैजाँदै गर्दा घाइते विकलाई एम्बुलेन्सबाट थुतेर धान खेतमा लगेर विभत्स हत्या गरेको आरोप कोइरीमाथ लागेको थियो । यही प्रकरणअन्तर्गत जनकपुर उच्च अदालतले कोइरीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश सुनाएको हो । तर, उनी आदेश सुनाएको २०७७ देखि नै फरार छन् । सांसद बनिसकेपछी पनि पक्राउ पर्ने डरले उनी भूमिगत अवस्थामा छन् । न उनलाइ सुरक्षाकर्मीले प्रक्राउ गर्न सकेको छ, न त पक्राउ गर्न राज्यले चासो देखाएको छ ।
जनप्रतिनिधिविहीन महोत्तरी–१
माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई १०३० मतले पराजित गर्दै लक्ष्मी महतो कोइरीले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । निर्वाचित भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको आडमा पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नयाँबानेश्वरस्थित संसद भवन पुगेका कोइरीको बाक्लै आलोचना भएपछि उनी संसद बैठकमा सहभागी नै भएनन् । फरार अभियुक्त कोइरीलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउनुपर्ने दवाव बढेपछी एमालेको सिफारिसमा सभामुख घिमिरेले उनको सांसद पद निलम्बन गरेका थिए । त्यसयता महोत्तरी क्षेत्र नम्बर १ सांसदविहीन बनेको छ । यो क्षेत्रबाट संसदीय नेतृत्व नै नभएपछि विकास निर्माणका कामहरु समेत चलायमान हुन नसकेको स्थानीय बताउँछन् ।
यसरी बने कोइरी एमालेको हतियार
माओवादी केन्द्रको आधार इलाका मानिने महोत्तरी क्षेत्र नम्बर १ लाई पहिलेदेखि नेकपा एमाले तोड्न चहान्थ्यो । यसका लागि उपयुक्त उम्मेदवारको खोजीमा रहेको एमालेले लक्ष्मी महतो कोइरीलाई फेला पा¥यो । उनै कोइरी २०७४ को संघीय निर्वाचनमा पनि गिरिराजमणि पोखरेलसँग भिडेका थिए । २०७४ को निर्वाचनमा गिरिराजमणि पोखरेलले २३ हजार ७ ७६ मत ल्याउँदा लक्ष्मी महतो कोइरीले १९ हजार ४९२ मत ल्याएर पराजित भएका थिए ।
संगठनिक संरचना नै नभएको संघीय समाजवादी फोरमबाट चुनावी मैदानमा होमिएका कोइरीले यति धेरै मत ल्याएपछि नै नेकपा एमालेले उनलाई उम्मेदवार बनाएको थियो । निर्वाचनको अघिल्लो रात नेकपा एमाले प्रवेश गरेर वारेसनामा मार्फत् मनोनय दर्ता गराएको भए पनि एमालेले भने १ वर्षदेखि गृहकार्य गरेको एमालेका युवा नेता गुरु भट्टराई बताउँछन् । माओवादी हराउने अभियानअन्तर्गत कोइरीवाहेक बलियो अस्त्र नेकपा एमालेले अरुलाइ नदेखेपछि उनलाई उम्मेदवार बनाएको हो ।
किन अझै फरार छन् कोइरी ?
निर्वाचित भएको ९ महिना बितिसक्दा पनि लक्ष्मी महतो कोइरी अझै फरार अवस्थामा छन् । पुर्पक्षको लाििग अदालतले जेल चलान गर्ने आदेश जारी गरेसँगै फरार रहेका कोइरी किन अनुसन्धान प्रक्रियामा आउन चाहेका छैनन् भन्ने गम्भीर प्रश्न बनेको छ ।
कतिपयले नेकपा एमालेको निर्देशनमा नै फरार रहेको आंकलन गरेका छन् । तर, कानुन व्यवसायीहरुले भने उनी भूमिगत हुनुले घटनाका दोषी हुन् भन्ने विषयलाई आफैले प्रमाणित गरिरहेको टिप्पणी गर्छन् । यता एमालेका जिम्मेवार नेताहरूले कोइरीका शुभचिन्तक र परिवारजनलाई यो अवस्थाबाट उन्मुक्ति दिलाएर संसदको भूमिकामा नै फर्काउने आश्वासन दिँदै आएका छन् ।
केन्द्रीय सदस्य जुली कुमारी महतोले कोइरीको गृह गाउँ पुगेर एक कार्यक्रममा उनलाई उन्मुक्ति दिलाएर नै छाड्ने बताइन् । ‘हामी लागिपरेका छौँ, जसरी पनि उन्मुक्ति दिलाएर नै छाड्छौँ,’ उनले भनिन् ।
उनको अभिव्यक्तिलाई हेर्ने हो भने पनि कोइरी एमालेको निर्देशनमा नै भ्रमिगत बनेको आरोप लागेको छ । संसदमा समेत एमालेका रघुवीर महासेठले कोइरी निर्दोष रहेको अभिव्यक्ति दिएका थिए ।
के भन्छ प्रहरी ?
उनी कहाँ छन् भन्ने विषयमा आफूहरुले निगरानी गरिरहेको प्रहरीको दावी छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी दिलीप गिरीका अनुसार कोइरीको मोबाइलसमेत ट्रयाक भइरहेको छ । कतिपयले कोइरी गृह ठाउँ निगौलमा नै रहेको बताए पनि त्यसमा कुनै सत्यता नभएको प्रहरीको भनाइ छ । ‘हामी खोजीरहेका छौँ । भेट्नासाथ पक्रन्छौँ,’ गिरीले भने, ‘तर, मोबाइलको लोकेसनअनुसार वहाँ नेपालमा भएको देखिँदैन ।’ उनलाई पक्राउ गर्न यसअघि गृहमन्त्रालयले ७७ वटै जिल्लामा सर्कुलर जारी समेत गरेको थियो । तर, उनी सांसद पदबाट निलम्बन भएपछि सुरक्षाकर्मीले उनलाइ पक्राउ गर्न बेवास्ता गरेको देखिन्छ ।
भ्यानकुभर, ७ भदाै ।
अर्थ मन्त्री डा. प्रकाशशरण महत आज ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) ७ औं विश्व सम्मेलनकाे उद्घाटन समारोहमा सहभागी भएका छन् । क्यानाडाको भ्यानकुभरमा आयोजित सम्मेलनमा सहभागी हुँदै उनले विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग द्विपक्षीय विषयमा छलफल गरेका छन् ।
सो अवसरमा विश्व वन्यजन्तु कोष का प्रमुख संरक्षण अधिकृत निक शेखरन, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमप्रशासक अकिम स्टिनर तथा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ की निर्देशक डा. ग्रेथल अग्वीलरसंग जलवायू परिवर्तनले पारेको विश्वव्यापी प्रभाव तथा नेपालले सामाना गर्नुपरेका चुनौतीहरू एवं त्यसको न्यूनीकरण गर्ने उपायहरूको बारेमा छलफल गरेका छन् ।
द्विपक्षीय बैठककाक्रममा अर्थमन्त्री डा. महतले वातावरण संरक्षणको क्षेत्रमा नेपालले गरेका प्रयास तथा उपलब्धीको बारेमा प्रकाश पारेका थिए । त्यसैगरी मन्त्री महतले नेपालले सामुदायिक वनको अवधारणाबाट वनले ओगटेको क्षेत्रफल झण्डै ४५ प्रतिशत पुर्याएको, पछिल्लो दशकमा बाघको संख्यामा तेब्बर वृद्धि तथा गैंडाको संख्यामा झण्डै दोब्बर वृद्धि भएको जानकारी दिए ।
यो उपलब्धिका साथै नेपालमा मानव र जंगली जनावरबीच द्वन्द्वको सिर्जना भएको र यसबाट धनजनको क्षति तथा यसका लागि नेपालले ठूलो स्रोत साधन खर्च गर्नुपरेको उनले बताए । मन्त्री महतले वन तथा वन्यजन्तु संरक्षणको लागि सडक लगायतका पूर्वाधार निर्माणमा वन्यजन्तु आवतजावतमैत्री पूर्वाधार निर्माणको साथै मानव वन्यजन्तु द्वन्द्वका कारण प्रभावित समुदायहरूको लागि जोखिम बिमा तथा स्वरोजगार एवं आय आर्जनका लागि अन्तर्राष्ट्रिय संघ संस्थाको सहयोगका लागि आग्रह समेत गरे ।
यसैक्रममा नेपाललाई सीप तथा क्षमता विकासका साथै बित्तीय स्रोतको आवश्यकता रहेको बिषय पनि उल्लेख गर्नु भएको थियो । वातावरणीय कोष तथा सुविधाका कार्यक्रमहरु ठोस नतिजा प्राप्तहुनेगरी राष्ट्रिय प्रणालीबाट परिचालन गर्नु पर्नेमा जोड दिदै यस्ता कार्यक्रमहरुले स्थानीय जनताको जीवनस्तर र आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउनु पर्ने बताए ।
ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ)को ७ औं विश्व सम्मेलनमा ८३ देशका मन्त्रीहरू तथा १८५ देशमा प्रतिनिधिको सहभागिता रहेको छ भने सम्मेलनको समापन अगस्ट २५ मा हुनेछ ।
काठमाडौं, ७ भदौ ।
कोशी प्रदेश सरकारविरुद्ध परेको रिट सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ ।
नेकपा एमाले कोशी प्रदेशसभा संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमाथि बिहीबार सुनुवाइ हुन लागेको हो ।
गत सोमबार मुख्यमन्त्री उद्धव थापाले विश्वास मत लिने क्रममा प्रदेशसभाको अध्यक्षता गरेका इसराइल मन्सुरीको समेत मत लिएकोविरुद्ध कार्कीले सर्वाेच्चमा रिट दिएका हुन् ।
प्रदेशसभाको अध्यक्षता गरेका व्यक्तिबाट विश्वास प्राप्त गर्नु असंवैधानिक काम भएको भन्दै कार्कीले बुधबार रिट दायर गरेका थिए ।
विराटनगर, ७ भदौ ।
कोशी प्रदेशसभाको चालु तेस्रो अधिवेशन बिहीबारदेखि अन्त्य गरिएको छ । मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङ्गले प्रदेशसभाको चालु तेस्रो अधिवेशन अन्त्य गरेका हुन् ।
बुधबार राति बसेको प्रदेश सरकारकोे मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुसमक्ष सिफाारिस गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार प्रदेश प्रमुख खापुङ्गले बुधबार मध्यराति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।
मस्को, ७ भदौं ।
रुसको राजधानी मस्कोको उत्तरमा वाग्नर प्रमुख येवगेनी प्रिगोजिन सहित एउटा निजी विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।
रुसी उड्डयन एजेन्सीले दुर्घटनाग्रस्त विमानमा वाग्नर प्रमुख सवार रहेको पुष्टि गरेको छ । एजेन्सीका अनुसार वाग्नर चीफ प्रिगोजिन दुर्घटनाग्रस्त विमानमा सवार थिए र दुर्घटनामा कुनै यात्रु बाँचेनन्। वाग्नर प्रमुखको यस दुर्घटनामा मृत्यु भएको छ ।
यसअघि सञ्चारमाध्यमहरूले दुर्घटनाग्रस्त विमानमा सवार यात्रुहरूको सूचीमा वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनको नाम पनि समावेश भएको दाबी गरेका थिए। मस्कोबाट सेन्ट पिटर्सबर्ग जाँदै गरेको विमानमा सात जना यात्रु र तीन जना चालक दलका सदस्य रहेको मिडिया रिपोर्टले जनाएको छ ।
मस्कोको उत्तरमा रहेको टभर क्षेत्रमा विमान दुर्घटना भएको हो । सामाजिक सञ्जालमा पोष्ट गरिएका धेरै भिडियोहरूले विमान दुर्घटना भएको देखाइए पनि यसमा कति सत्यता छ भन्न गाह्रो छ।
रुसको सरकारी समाचार एजेन्सी टासले अधिकारीहरूलाई उद्धृत गर्दै विमानमा तीन पाइलट र सात यात्रु रहेको बताएको छ। दुर्घटनाको अनुसन्धान भइरहेको छ । उही समयमा, सोशल मिडिया टेलिग्राममा अपुष्ट रिपोर्टहरूले विमानलाई रूसी वायु रक्षा बलले खसालेको दाबी गरिरहेको छ।
काठमाडौं, ७ भदौं ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गैर संबैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै नेकपा एमालेले दायर गरेको रिटमा आज सुनवाई हुदैँछ ।
सभाध्यक्षको मतसहित विश्वासको मत लिएको भन्दै थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेशकाे माग गर्दै दायर गरिएको रिटमा आज सुनुवाइ हुन लागेको हो ।
कोशी सरकारका पुर्व मुख्यमन्त्री समेत रहेका नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा सर्बोच्च अदालतमा आज नै सुनुवाइ गर्ने गरी पेशी तोकेको छ ।
प्रदेश सभाका सभाध्यक्षले समेत मतदान गरी विश्वासको मत लिनु संविधान र सर्वोच्च अदालतको आदेश विपरीतको कार्य भएको भन्दै एमाले कोशी प्रदेशसभा संसदीय दलका नेता कार्कीले परमादेशको माग गर्दै बुधवार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले संविधान विपरीत र प्रचलित कानुन बिपरित विश्वासको मत लिने बेला सभाध्यक्ष रहेका इस्राइल मन्सुरीलाई मतदान गराएर विश्वासको मत प्राप्त गरेकाे एमालेकाे जिकिर छ । यसरी प्राप्त गरेको विश्वासको मत गैर संबैधानिक भन्दै एमाले सर्वोच्च पुगेको हो ।
यसअघि पनि सभामुखको मतसमेत जोडर थापा मुख्यमन्त्री भए पछि एमाले सर्वोच्च पुगेको थियो । सो निर्णयलाई सर्वोच्चले खारेज गरिदिए पछि थापाले सभामुख बाबुराम दाहाललाई राजिनामा गराएर पुनः मुख्यमन्त्री नियुक्त भएका थिए । तर, विश्वासकाे मत लिने बेला पुनः सभाध्यक्षकाे मत लिए पछि एमाले फेरी पनि सर्वाेच्च पुगेकाे हाे ।
काठमाडौं, ७ भदौं ।
नेकपा एकीकृत समाजवादीको केन्द्रिय समितिको बैठक बस्दैछ ।
गत मंगलबारवाट सुरू भएको केन्द्रिय समिति बैठकमा आज पनि बाँकी केन्द्रिय सदस्यहरुले आ आफनो धारणा राख्नेछन । बैठक बिहान ८ बजे बस्नेछ ।
हिजोको बैठकमा ८१ जनाले आ आफनो धारणा राखेको प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथी केन्द्रिय सदस्यहरुले धारणा राख्ने क्रम नसकिए पछि बैठक आज पनि नियमित हुन लागेको हो ।
केन्द्रिय सदस्यहरुले राखेको धारणामा आजै अध्यक्ष नेपालले जवाफ दिएर बैठक समापन गरिदैँछ ।
काठमाडौं, ७ भदौं ।
प्रतिनिधिसभा बैठक बस्दैछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा सो बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।
संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोग नेपालको पन्ध्रौ बार्षिक प्रतिबेदन २०७७ ७८ तथा सोरहौं प्रतिवेदन २०७८ ७९ पेश गर्नेछन् ।
काठमाडौं, ७ भदाैं ।
राप्रपा नेपाल केन्द्रिय कार्यसमितिको बैठक आज देखि काठमाडौंमा शुरु हुदैछ।
बैठकले राजसंस्था सम्बन्धि पार्टीको आधिकारिक धारणा पनि तय गर्नेछ ।
पार्टी अध्यक्ष कमल थापाको राजनैतिक कार्यपत्रका साथ बैठकमा महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धि प्रतिबेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्किको आर्थिक प्रतिबेदन प्रस्तुत हुनेछ ।
अध्यक्ष कमल थापाले बैठक ऐतिहासिक महत्वको हुने भन्दै यस बैठकले राजसंस्था सम्बन्धि पार्टीको विद्यमान नीतिलाई पुनरावलोकन र पुनर्विचार गर्ने भन्दै सामाजिक संजालमा लेखेका छन् । बैठकले पार्टीलाई नयाँ ढङ्गबाट संचालन गर्ने रणनीति र कार्यनीति समेत तयार गर्ने थापाले स्पष्ट पारेका छन् ।
राप्रपा नेपालको यो बैठकबाट जनआन्दोलनको मार्गचित्र पारित गर्दै सडक केन्द्रित हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । राजसंस्था सम्बन्धि धारणा तय गर्न पार्टीका उपाध्यक्ष प्राडा बिष्णु भण्डारीको संयोजकत्वमा बनेको कार्यदलको प्रतिबेदन कार्यसम्पादन समितिले अनुमोदन गर्दै केन्द्रीय समिती समक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
काठमाडौं, ६ भदौ ।
भारतले पठाएको यान चन्द्रामा पुगेको छ। बुधबार साँझ भारतले पठाएको चन्द्रयान-३ को रोभर चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण भएको हो।
नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयानबाट ल्यान्डर चन्द्रमाको सतहमा पुगेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले जनाएको छ।
इसरोले ल्यान्डर अवतरणको भिडिओ लाइभ गरेको थियो। जुलाई १४ मा चन्द्रयान-३ प्रक्षेपण भएको थियो।
चन्द्रयान-३ मा अर्बिटर, ल्यान्डर र रोभर गरी तीन महत्वपूर्ण भाग छन्। ल्यान्डरको नाम विक्रम राखिएको छ।
इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) का संस्थापक विक्रम साराबाईको नाममा ल्यान्डरको नाम राखिएको हो।
विक्रमले बोकेको रोभरको नाम प्रज्ञान राखिएको छ। प्रज्ञानको तौल २६ किलो छ।
काठमाडौं, ६ भदौ ।
काठमाडौँ महानगरपालिकाले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्पष्टीकरण दिनुपर्ने भएको छ।
महानगरपालिकाले जेठ ३२ गते प्राधिकरणसँगको समन्वय बिना नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फेन्सिङ तारबार हटाएकोमा उक्त कार्यपछि प्राधिकरणका महानिर्देशकले महानगरका प्रहरी प्रमुखलाई पत्र लेख्दै ७ दिने स्पष्टीकरण सोधेका थिए। महानगरले स्पष्टीकरण नदिने भन्दै उच्च अदालतमा मुद्दा दायर गरेकोमा उच्च अदालतले रिट खारेज गरिदिएको हो।
बालेनले दायर गरेको मुद्दाको अदालतले रिट खारेज गरेसँगै अब असार १ गते प्राधिकरणले सोधेको स्पष्टीकरणको जवाफ महानगरले दिनुपर्ने भएको छ।
स्पष्टीकरण नदिएमा नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ (१) बमोजिम ५० हजार रुपैयाँसम्मको जरिवाना हुन सक्ने प्रावधान रहेको छ।
काठमाडौं, ६ भदौ ।
नेकपा माओवादीका सांसद देवेन्द्र पौडेलले सुन तस्करी प्रकरणमा सीआईबीले गरिरहेको अनुसन्धानलाई विश्वास गर्नुपर्ने धारणा राखेका छन्।
संसद बैठकमा बोल्दै उनले सुनबारे भइरहेको छानबिनलाई रोकेमा दुर्घटना हुन सक्ने बताए। गाडी सिप भएको मान्छेले मात्रै चलाउन सक्ने बताउँदै उनले बीचमै प्रक्रिया रोकेर कसैले गाडी हाइज्याक गर्यो भने दुर्घटना हुने उनको भनाइ थियो। त्यसैले सीआईबीको अनुसन्धानलाई विश्वास गर्नुको विकल्प नरहेको उनी बताउँछन्।
काठमाडौं, ६ भदौ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले बाहिर हल्ला गरेजस्तो एमाले संसद् विरोधी दल नभएको बताएका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सत्ता पक्षलाई सदन नचाहिए पनि एमालेलाई सधै संसद् चाहिएको उनले बताए।
‘यो दशवटामध्ये पाँच बैठक सत्ताको अनुरोधमा सूचना टाँसेर बैठक स्थगन, तीनवटा बैठक हल्ला गरेर चलेको। दुईवटा बैठकमा गृहमन्त्रीले जवाफ दिनुभएको थियो। बाहिर विभिन्न ढंगले हल्ला चलायो एमालेले संसद् अवरोध गर्यो। यो सदन सत्तालई चाहिन्छ चाहिँदैन तर, नेकपा एमालेलाई चाहिन्छ,’ उनले भने।
अविश्वासको प्रस्ताव दर्ता हुँदा मनोमोहन अधिकारीले शिक्षण अस्पतालको बेडबाट सदनलाई सम्बोधन गरेर राजीनामा पेस गरेको उदाहरण प्रस्तुत गर्दै उनले एमालेलाई संसद् अत्यन्तै प्रिय लाग्ने जिकिर गरे। साथै उनले एमालेलाई सीआईबी विरोधी हो भन्ने भाष्य निर्माण गर्न खोजिएको पनि दाबी गरे।
काठमाडौं, ६ भदौ ।
राप्रपाका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले ललितानिवास जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सोही प्रकरणमा अरुलाई पक्राउ गरी अनुसन्धान गरे पनि निर्णयकर्तालाई उन्मुक्ति दिएको आरोप लगाए ।
देशमा दुईवटा कानुन नरहेको भन्दै उनले निर्णयकर्ता तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराई पनि पक्राउ गरी अनुसन्धान गर्न माग गरेका हुन् ।
काठमाडौं, ६ भदौ ।
एक महिनादेखिको सदन अवरोध अन्त्य भएको छ । गत १० साउनदेखि एमालेले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति वा आयोग गठन गर्नुपर्ने माग राखेर सदन अवरुद्ध गर्दै आएको थियो ।

बुधबार दलहरुबीच आयोग गठन गर्ने सहमति भएपछि सदनको अवरोध अन्त्य भएको हो ।
राष्ट्रिय दल मान्यता प्राप्त दलहरुको बैठकले सुन तस्करीको छानबिन गर्न आयोग गठन गर्ने सहमति भएको छ । उक्त सहमतिबारे प्रतिनिधिसभा बैठकको सुरुमै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कार्ले जानकारी गराएका छन् ।

काठमाडौं, ६ भदौ ।
एक महिनादेखिको सदन अवरोध अन्त्य भएको छ । गत १० साउनदेखि एमालेले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति वा आयोग गठन गर्नुपर्ने माग राखेर सदन अवरुद्ध गर्दै आएको थियो । बुधबार दलहरुबीच आयोग गठन गर्ने सहमति भएपछि सदनको अवरोध अन्त्य भएको हो ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुन तस्करीको छानबिन गर्न आयोग गठन गर्ने दलीय सहमतिबारे सदनलाई जानकारी गराएका छन् । उनले सरकारको तर्फबाट सदनलाई जानकारी गराएका हुन् ।
बुधबार बसेको राष्ट्रिय दल मान्यता प्राप्त दलहरुको बैठकले सुन तस्करीको छानबिन गर्न आयोग गठन गर्ने सहमति भएको छ । यसपछि बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकले उक्त सहमतिबार सदनलाई उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउने निर्णय गरेको थियो ।
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार धादिङमा भएको यात्रुवाहक बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
काठमाडौंबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–२ स्थित त्रिशूली नदीमा खस्दा आठजनाको मृत्यु भएको छ ।
प्रधानमन्त्री प्रचण्डले उक्त बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृत्यु भएका यात्रुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
घाइते यात्रुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सवारी दुर्घटनामा परी ज्यान गुमाउनु हुने मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरुमा समवेदना प्रकट गर्दछु । घाइते यात्रुहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार कार्य प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अङ्ग र स्थानीय प्रशासनलगायत सम्बन्धित सबैलाई निर्देशित गर्दछु ।’
काठमाडौं, ६ भदौ ।
नेकपा एमाले र राप्रपाका सांसदहरुले कोशी प्रदेशसभाको बैठक बहिस्कार गरेका छन् । बुधबार बसेको बैठक सुरू भएलगत्तै एमाले र राप्रपाका सांसदहरूले बहिस्कार गरेका हुन् ।
मुख्यमन्त्रीको विश्वासको मतका क्रममा सभाध्यक्षको कुर्सीबाट संविधानको उल्लंघन भएको भन्दै उनीहरुले बैठक बहिष्कार गरेका हुन् ।
बुधबारको बैठकको अध्यक्षता पनि सहभागीमध्येका ज्येष्ठ सदस्य कांग्रेसका इसराइल मन्सुरीले गरेका छन् ।
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभाका अध्यक्ष इसराइल मन्सुरीले थापाको पक्षमा मत दिएका थिए । सोही कार्यको विरोधमा एमाले र राप्रपाका सांसदले नाराबाजी गर्दै बैठक बहिष्कार गरेका हुन् ।
काठमाडौं, ६ भदौ ।
राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच सुन तस्करीका विषयमा छानविन गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ ।

बुधबार बसेको बैठकमा सुन तस्करीको छानबिन गर्न आयोग गठन गर्ने दुई बुँदे सहमति भएको हो ।
योसँगै माओवादी नेता कृष्णबहादुर महराको नाम जोडिएको इलेक्ट्रिक चुरोमा सुन राखी अवैध पैठारी गरिएको घटनामा पनि छानबिन हुने भएको छ ।
काठमाडाैं, ६ भादौ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपाल भ्रमणमा रहेका जापान–नेपाल संसदीय मैत्री समूहका सदस्यहरुले शिष्टाचार भेट गरेका छन् ।

जापानको माथिल्लो सदनका सदस्य तथा जापान–नेपाल संसदीय मैत्री समूहका सदस्यहरु कोबयासी काजुहिरो र नागाई मानाबुले बुधबार सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन्।
भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपाल र जापान दुबै देशहरु प्रजातान्त्रिक मूल्य र मान्यतामा समान दृष्टिकोण राख्दै आएको बताउँदै नेपालमा लोकतन्त्र र प्रजातन्त्रको विकास र सुदृढीकरणमा जापान सरकारले निरन्तर पुयाउँदै आएको सहयोगको लागि धन्यबाद दिए ।

नेपाल र जापानबीच निकट मित्रता, पारस्परिक सम्मान, समझदारी र सहयोगमा आधारित सम्बन्ध रहेको उल्लेख गर्दै उच्चस्तरीय भ्रमणको आदानप्रदान र आपसी भेटघाट र द्विपक्षीय छलफलले नेपाल र जापानवीच रहिआएको सौहार्दपूर्ण सम्बन्धलाई अझ प्रगाढ र उच्च बनाउन ठूलो योगदान पुयाएको बिश्वास ब्यक्त गरे।
उनले नेपालको सामाजिक–आर्थिक विकासमा जापानको निरन्तर सहयोग रहेको छ भन्दै पूर्वाधारको विकास, गरिबी निवारण, कृषि र साना तथा मझौला उद्योगहरूलाई सहयोग, जनस्वास्थ्य र शिक्षाको सुधार, मानव संसाधनको विकास लगायतमा महत्वपूर्ण क्षेत्रमा गरेको सहयोग प्रति धन्यबाद दिए । जापान नेपालमा प्रत्यक्ष बैदेशिक लगानीको प्रमुख स्रोत देशहरु मध्ये एक भएको बताउँदै अध्यक्ष तिमिल्सिनाले नेपालको बिकास प्राथतमिकताका क्षेत्रहरुमा आगामी बर्षहरुमा जापानी लगानी बढ्ने आशा राखे ।
अन्तर ब्यबस्थापिका संघ लगायतका संसदीय फोरमहरूमा नेपाल र जापानले सहकार्य गर्दै आएकोमा जोड दिँदै अध्यक्ष तिमिल्सिनाले नेपालमा पनि नेपाल जापान संसदीय मैत्री समुह छिट्टै गठन हुने जानकारी गराए ।
भेटमा जापान नेपाल संसदीय मैत्री समुहका सदस्यहरुले नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र सुदृढ हुने बिश्वास ब्यक्त गरेका थिए। नेपाल पनि जापानमा हुने “वर्ल्ड एक्सपो २०२५, ओसाका, जापान“ मा सहभागी हुन लागेकोमा खुसी ब्यक्त गर्दै त्यसले नेपालको पर्यटन, ब्यापार लगायतका क्षेत्रमा ठुलो सहयोग पुग्ने बिश्वास ब्यक्त गरे। उनीहरुले नेपाल जापान संसदीय मैत्री समुह छिटै गठन हुने आशा राख्दै मैत्री समुह मार्फत संसदीय अनुभवहरुको आदनप्रसादन गने अपेक्षा राखे।

काठमाडौं, ६ भदौ ।
राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बसेको बैठकमा संसदमा राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक पार्टीका नेताहरु सहभागी छन् ।

सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनबारे बैठकमा छलफल भइरहेको छ । यसअघि सोमबार बसेको बैठकले समिति गठनका लागि मस्यौदा बनाउने जिम्मा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस नेता रमेश लेखक र माओवादी सचेतक हितराज पाण्डेलाई जिम्मेवारी दिएको थियो ।
मंगलबार नै मस्यौता बुझाउने तयारी गरे पनि एमाले अध्यक्ष केपी शर्मा ओली बैठकमा अनुपस्थित भएपछि स्थगन भएको थियो । जारी बैठकमा पेस गरिनेछ ।

काठमाडौं, ६ भदौ ।
नेपाल सरकार मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको न्यूयोर्क भ्रमणलाई स्वीकृत गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जान प्रधानमन्त्री प्रचण्डलाई स्वीकृति प्रदान गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । यो निर्णयसँगै प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान बाटो खुलेको छ ।
यही भदौ अन्तिम साता प्रधानमन्त्री प्रचण्ड राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क जान लागेका हुन् । सेप्टेम्बर १० देखि अमेरिकाको न्यूयोर्कमा महासभा हुँदै छ ।
काठमाडौं, ६ भदौ ।
सरकारले गायक स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रगतिशील गायक टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
उनका अनुसार पर्यटनमन्त्रालयको प्रस्तावमा मन्त्रिमरिषद् बैठकले सो निर्णय गरेको हो ।
काठमाडौं, ६ भदौ ।
एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक बुधबार पनि जारी छ । मंगलबारबाट ललितपुरको बालकुमारीमा सुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले प्रस्तुत गरेका विभिन्न प्रतिवेदनमाथि छलफल भइरहेको छ ।
उक्त प्रतिवेदनमामाथि केन्द्रीय सदस्यहरुले आ–आफ्ना धारणा राख्न सुरु गरेका छन् । मंगलबारको बैठकमा राजनीतिक प्रतिवेदन, लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेस गरिएको थियो । सोही प्रतिवेदनमा छलफल भइरहेको हो ।
काठमाडौं, ६ भदौं ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको बिश्वासको मत अबैधानिक मान्दै नेकपा एमाले सर्वोच्च अदालतमा मुद्धा दर्ता गराउँदै छ ।
संविधान र कानुनविपरीत सभाध्यक्षको भोटले प्रदेशसभाबाट गत सोमबार मुख्यमन्त्री थापाले विश्वासको मत लिएको भन्दै एमालेले सर्वोच्च अदालतमा मुद्धा दर्ता गराउन लागेको हो ।
एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री थापाले असंवैधानिक रूपमा लिएको विश्वासको मतको विरोधमा मुद्दा आज दर्ता गराउने जानकारी यसअघि नै दिईसकेका छन् ।
‘हाम्रो कानुनी लडाइँ र संसद्भित्रको प्रतिवाद जारी नै रहन्छ, हामी फेरी पनि अदालत जादैँछौं’ उनले भने ।
यसअघि पनि तत्कालिन सभामुख बाबुराम दाहालको मतसहित मुख्यमन्त्रीमा थापा नियुक्ती भए पछि एमाले अदालत पुगेको थियो । सभामुखको मतसहित पहिलो पटक मुख्यमन्त्री भए पछि सर्वोच्च अदालतले त्यसलाई मान्यतालाई खारेज गरेको थियो ।
पछि पुनः सभामुखलाई राजिनामा दिलाएर दोस्रो पटक मुख्यमन्त्री भएका थापाले विश्वासको मत लिदाँ सभाध्यक्षको मतसमेत जोडे पछि एमाले फेरी पनि सर्वोच्च अदालतमा मुद्धा दर्ता गराउन लागेको हो ।
काठमाडौं, ६ भदौं ।
मन्त्री परिषद बैठक सुरू भएको छ ।
सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा मन्त्री परिषद बैठक सुरू भएको हो ।
नागरिक उडययन, संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीको पिताको निधनमा अन्तिम श्रदाञ्जली दिन ललितपुर पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यसलगत्तै मन्त्रीपरिषद बैठकका लागि आइपुगेका हुन । बैठक नियमित हो ।
काठमाडौं, ६ भदौं ।
राप्रपा नेपालका महामन्त्री राजाराम वतौंलाले सिमित दलका सिमित नेताको ब्रम्हलुटका कारण गणतन्त्रको आयु सकिएको बताएका छन ।
मनपरीतन्त्रले सिमा नाघेको चर्चा गर्दै बर्तौलाले मुलुकमा अहिले बिद्यमान भ्रष्ट ब्यबस्थाको अन्त्यको लागि जनआन्दोलनको बिकल्प नभएको समेत उनले बताए।
संगठन विभाग प्रमुख समेत रहेका वर्तौलाले ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले आगामी असोज ५ गते सम्पन्न गर्ने राष्ट्रिय सम्मेलनको तयारी बैठकमा बोल्दै मुठ्ठी भरका नेताहरुको रजाई गर्ने ब्यबस्थाले मुलुकको आर्थिक, सामाजिक, राजनीतिक परिबर्तन र हित नहुने हुँदा जनआन्दोलनको माध्यमबाट मुलुकलाई नयाँ दिशा दिनुपर्नेमा जोड दिए ।
अहिलेको राजनीतिक शक्तिले मुलुकको स्वाधिनताको रक्षा , प्रजातन्त्रको संरक्षण , बिधिको शासन र आर्थिक समृद्धिको लागि केही योगदान दिन नसक्ने भएकोले धर्म, संस्कृती र पहिचान रक्षाको लागि पनि आन्दोलनको बिकल्प नभएको उनको भनाई थियो ।
राप्रपा नेपाल निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को राष्ट्रिय सम्मेलन आगामी असोज ५ मा काठमाडौमा आयोजना हुने भएको छ । सम्मेलनमा प्रत्यक जिल्लाबाट ५ जनाको दरले ६० जिल्लाबाट श्रमिक प्रतिनिधीहरुको सहभागीता रहने महासंघले जनाएको छ ।
राष्ट्रिय सम्मेलन सफल पार्न टुकोनले आर्थिक, व्यबस्थापन एवं विधान संशोधन समिती समेत गठन गरेको छ । महासंघका अध्यक्ष हिक्मतजंग भण्डारीको अध्यक्षतामा आज सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले राष्ट्रिय सम्मेलन भव्य रुपमा सम्पन्न गर्न विभिन्न समितिहरु बनाएको हो ।
साथै तीन जना श्रमिक अगुवाहरुलाई टुकोनको केन्द्रीय सदस्यमा मनोनित गरिएको छ । यसरी केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा शिब प्रसाद पकुवाल (दोलखा) शिबहरी पकुवाल (दोलखा) र सन्त कुमार तामाड (नुवाकोट) रहेका छन् । राप्रपा नेपालका महामन्त्री एवं संगठन विभाग प्रमुख राजाराम वर्तौलाले मनोनित केन्द्रीय सदस्यहरुलाई खाता लगाएर बधाई दिएका थिए ।
काठमाडौं, ६ भदौं ।
नेकपा एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक आज पनि जारी रहने भएको छ ।
हिजो देखी सुरू भएको केन्द्रिय समिति बैठकमा आजवाट केन्द्रिय सदस्यहरुले आ आफनो धारणा राख्ने छन् ।
हिजोको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिबेदन पेश गरेका थिए भने सो प्रतिवेदन माथी ‘फरक मत’ राख्दै सम्मानित नेता झलनाथ खनालले लामो टिप्पणी गरेका थिए ।
आजको बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथी केन्द्रिय सदस्यहरुले आ–आफनो धारणा राख्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठक बिहान ८ बजे देखी सुरु हुनेछ ।
काठमाडौं, ६ भदौं ।
प्रतिनिधिसभा बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजे बोलाईएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र बिद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।
संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद (सचिव) टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् । साथै, सांसद सुनिल शर्मा पक्राउ र रिहाका बारेमा पनि संसदमा जानकारी गराईनेछ ।
उता, बाधा अडकाऊ फुकाउ आदेश पेश गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यबिधि थप गर्ने प्रस्ताव पेश गर्नेछन ।
साथै शिक्षा मन्त्री अशोककुमाार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल बिश्वबिद्यालय बिद्येयक २०८० लाई बफादार छलफलका लागि सबन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्नेछन भने सभामुखले १० वा सो भन्दा बडी बैठकमा अनुपस्थित सांसदहरुको सुचनाहरु सभाको स्विकृतिका लागि पेश गर्ने कार्यसुची रहेको छ ।
उता, बिषयगत समितिको सदस्य हेरफेर देखी १० पटकसम्म बैठकमा अनुपस्थित सांसदहरूको नामावली बाचन गरेर सुनाइने छ भने संसदीय समितिका सदस्यहरूकाे नामावली हेरफेरकाे सुचना पनि जानकारी गराइनेछ ।
काठमाडौं, ६ भदौं । मन्त्री परिषद बैठक सुरू भएको छ ।
सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा मन्त्री परिषद बैठक सुरू भएको हो ।
नागरिक उडययन, संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीको पिताको निधनमा अन्तिम श्रदाञ्जली दिन ललितपुर पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यसलगत्तै मन्त्रीपरिषद बैठकका लागि आइपुगेका हुन । बैठक नियमित हो ।
काठमाडौं, ५ भदौ ।
नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानन्यायाधीश श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
शपथ समारोहमा राष्ट्रपतिका साथै उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, संवैधानिक निकायका प्रमुखहरू, सर्वोच्च अदालतका न्यायाधीश, नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो।
संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सोमबार अनुमोदन गरेपछि सोमबार नै राष्ट्रपति पौडेलले श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए । श्रेष्ठ ०८१ असोज १९ पछि अनिवार्य अवकाश हुनेछन्।
काठमाडौं, ५ भदौ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोधका कारण राष्ट्रिय सभा स्थगित भएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा सुन तस्करी प्रकरण र यसको छानबिनका लागि उच्चस्तरीय समितिको विषयलाई लिएर एमालेले अवरोध गरेको हो ।
एमालेको अवरोधपछि भदौ १० गते आइतबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बैठक स्थगित गरिएको हो । गत १० साउनयता एमाालेले सदन अवरुद्ध गर्दै आएको छ ।
काठमाडौं, ५ भदौ ।
राष्ट्रिय दल मान्यताप्राप्त पार्टीका शीर्षनेताहरुको बैठक स्थगन भएको छ । प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि शीर्षनेताहरुको बैठक स्थगन भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबारका लागि बोलाएको उक्त बैठक बस्दै नबसी स्थगित गरिएको हो ।
बैठक नबसेसँगै सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समितिकाो विषयमा मस्यौदाले अन्तिम रुप पाउन सकेन । एमालेको मागअनुसार उच्चस्तरीय समिति गठन गर्न दलहरु सहमत भएका थिए । सोही सहमतिअनुसार मंगलबार समितिको मस्यौदालाई अन्तिम रुप दिने तयारी थियो ।
सिंहदरबारमा अरु नेता बैठकमा सहभागी हुन पुगे पनि ओली भने गएनन् । उनी बिरामीकाले बैठक उपस्थित हुन नसकेपछि अरु नेताहरु बैठकै नबसी हिँडेका थिए । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने मागसहित एमालेले गत १० साउनदेखि लगातार संसद अवरोध गर्दै आएको छ ।
संसदको अवरोध खुलाउन भन्दै सोमबार बसेको सर्वदलीय बैठकले छानबिन समिति बनाउने निर्णय गर्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सम्मिलित तीन सदस्यीय मस्यौदा समिति गठन गरेको थियो ।
काठमाडौं, ५ भदौ ।
मंगलबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।
मंगलबार अपरान्ह ३ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर बुधबार अपरान्ह ३ बजे बस्नेगरी स्थगित गरिएको हो ।
सुन तस्करी प्रकरणको छानविन गर्न उच्चस्तरीय समिति गठ गर्न
दलहरू सहमत भएसँगै संसद बैठक बस्ने अनुमान गरिएको थियो ।
गत १० साउनदेखि एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न समिति गठनको माग गरेर सदन अवरुद्ध गर्दै आएको छ।
भरतपुर, ५ भदौ।
प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले वर्तमान सरकार विद्युत उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पुरा गर्न लागि परेको बताएका छन् ।
भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको आज समुद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, `यसका लागि सरकारले निजी लगानीकर्तालाई विद्युत उत्पादनमा प्रोत्साहन गरेको छ ।´ उनले अन्तरदेशीय ट्रान्मिस्सन लाईन विस्तार गरी विद्युत् व्यापारलाई प्राथमिकता दिएको उल्लेख गरे । उनले, `हालैको भारत भ्रमणमा भारत सरकारसँग विद्युत खरिदमा भएको समझदारीले यसका लागि सकारात्मक पहल भएको छ ।´
उनले बंगलादेशसँग विद्युत व्यापारको ढोका खुलेको बताउँदै आशन्न चीन भ्रमणमा पनि विद्युत व्यापारको सम्भावना रहेको बताए।
प्रधानमन्त्रीले आफूहरुको जोड बढिभन्दा बढि स्वदेशमा विद्युत खपत गरी जनताको जीवनस्तर उकास्ने तर्फ नै सरकारको जोड रहेको पनि स्पष्ट पारे । उनले विद्युत विकासमा उत्पादन, प्रशारण र वितरणको नीति लिईनुपर्ने बताए। विगतको मन्दताभन्दा अहिले उत्पादनमा तीब्रता आएको प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।

नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (ईआइबी)को सहुलितपूर्ण ऋणमा सबस्टेसन र नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो ।
सबस्टेसन २०७७ को असारमा ठेक्का लागेर २०८० को साउनमा निर्माण सम्पन्न भएको थियो । यसको कूल लागत एक अर्ब ५२ करोड छ ।
हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइनको लम्बाइ करिब १४७ किलोमिटर छ । ७ अर्ब ९४ करोड कूल लागतमा निर्माण सम्पन्न भएको यो प्रसारण लाइनबाट एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने क्षमता छ ।
हेटौंडा-भरतपुर र भरतपुर-बर्दघाट दुई खण्डमा विभाजन गरी यसको निर्माण गरिएको थियो । मकवानपुरको हेटौँडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौँडा सबस्टेसनबाट नयाँ भरतपुर सबस्टेसनसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटलाई १३२ केभीमा चार्ज गरिएको छ ।
दोस्रो खण्डअन्तर्गत नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई बर्दघाट सबस्टेसनमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनलाई हाल १३२ केभीमा सञ्चालनमा ल्याइएको छ ।
प्रसारण लाइनको क्षमता सुदृढीकरण, नेपालको एकीकृत विद्युत् प्रणाली विश्वसनीय बनाउन पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि हेटौँडा-भरतपुर-बर्दघाट प्रसारण लाइन निर्माण गरिएको हो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा आयोजना सुरु गरिएको थियो ।

भरतपुर, ५ भदौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार विद्युत उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पुरा गर्न लागि परेको बताएका छन ।

भरतपुर २२० र १३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा–भरतपुर– बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको आज समुद्घाटन गर्दै उनले यस्तो बताएका हुन ।
उनले भने, ‘यसका लागि सरकारले निजी लगानीकर्तालाई विद्युत उत्पादनमा प्रोत्साहन गरेको छ ।’ प्रधानमन्त्री दाहालले अन्तरदेशिय ट्रान्मिस्सन लाईन विस्तार गरी विद्युत व्यापारलाई प्राथमिकता दिएको उल्लेखसमेत गरेका छन । अगाडी भने, ‘हालैको भारत भ्रमणमा भारत सरकारसँग विद्युत खरिदमा भएको समझदारीले यसका लागि सकारात्मक पहल भएको छ ।’
बंगलादेशसँग विद्युत व्यापारको ढोका खुलेको बताउँदै प्रधानमन्त्री दाहालले आसन्न चीन भ्रमणमा पनि विद्युत व्यापारको सम्भावना रहेको जानकारी दिए । यद्धपी पधानमन्त्रीले आफूहरुको जोड बढि भन्दा बढि स्वदेशमा विद्युत खपत गरी जनताको जीवनस्तर उकास्नेतर्फ नै सरकारको जोड रहेको पनि स्पष्ट पारेका छन ।
विद्युत विकासमा उत्पादन, प्रशारण र वितरणको नीति लिईनुपर्ने उनको भनाई छ । विगतको मन्दताभन्दा अहिले उत्पादनमा तीब्रता आएको प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।
नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (ईआइबी) को सहुलितपूर्ण ऋणमा सब स्टेसन र नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो । सबस्टेसन २०७७ को असारमा ठेक्का लागेर २०८० को साउनमा निर्माण सम्पन्न भएको थियो । यसको कूल लागत एक अर्ब ५२ करोड छ ।

हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको लम्बाइ करिब १४७ किलोमिटर छ । ७ अर्ब ९४ करोड कूल लागतमा निर्माण सम्पन्न भएको यो प्रसारण लाइनबाट एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने क्षमता छ ।
हेटौंडा–भरतपुर र भरतपुर–बर्दघाट दुई खण्डमा विभाजन गरी यसको निर्माण गरिएको थियो । मकवानपुरको हेटौँडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौँडा सबस्टेसनबाट नयाँ भरतपुर सब स्टेसनसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटलाई १३२ केभीमा चार्ज गरिएको छ ।
दोस्रो खण्डअन्तर्गत नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई बर्दघाट सबस्टेसनमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनलाई हाल १३२ केभीमा सञ्चालनमा ल्याइएको छ ।
प्रसारण लाइनको क्षमता सुदृढीकरण, नेपालको एकीकृत विद्युत् प्रणाली विश्वसनीय बनाउन पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन निर्माण गरिएको हो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा आयोजना सुरु गरिएको थियो ।
काठमाडौं, ५ भदौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन साउदी अरब प्रस्थान गरेका छन् ।
पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज, पानस साउदी अरब र पानस युएईको निमन्त्रणामा त्यहाँ आयोजित कार्यक्रममा सहभागी हुन साउदी अरब प्रस्थान गरेका हुन ।
सो पार्टीका प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठका अनुसार आज अपरान्ह साउदी अरबतर्फ प्रस्थान गरेका लिङदेन नेतृत्वको टोलीमा केन्द्रीय सदस्य एवं प्रवास विभाग प्रमुख आनन्द अधिकारीसमेत सहभागी रहेका छन ।
अध्यक्ष लिङ्देन भदौ ९ गते साउदी अरबबाट दुबईतर्फ प्रस्थान गर्नै र त्यहाँ रहदा दुवै देशका नेपाली संघ संस्थाका प्रतिनिधिसँग भेटघाट, अन्तरक्रिया कार्यक्रममा सहभागी हुने तथा राजदुतावास र महावाणिज्यदूत कार्यालयका अधिकारीसंग छलफल गर्नेछन ।
‘त्यहाँ रहेका नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिने र स्थलगत अवलोकन गर्ने एवं प्रवासी नेपाली समाजद्वारा आयोजना हुने विविध कार्यक्रममा सहभागी हुनु हुनेछ’ श्रेष्ठले भने । उनका अनुसार अध्यक्ष लिङदेन भदौ १२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
जनकपुर- जनकपुर, ५ भदौ ।
एमालेले सदनमा निर्लज्जतापूर्ण चरित्र प्रस्तुत गरिरहेको कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरको आरोप छ। नेपाली कांग्रेस धनुषाले जनकपुरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै जनताको अभिमत लिएर सत्तामा जाँदा संसद् विघटन गर्ने एमालेले प्रतिपक्षमा हुँदा पनि संसद् चल्न नदिनु अलोकतान्त्रिक र निर्लज्जतापूर्ण चरित्र भएको आरोप लगाए।
एमालेले सत्तामा हुँदा होस् वा प्रमुख प्रतिपक्षी हुँदा होस् संसद्माथि प्रहार गरिरहनु गैर लोकतान्त्रिक भूमिका भएको समेत महरको भनाइ छ। ‘एमालेले संसद्मा अवरोध गरेर जनतामाथि अन्याय गरेको छ। एमालेको अवरोधका कारण संसद्मा सांसदहरूले जनताका समस्या उठाउन पाइरहनु भएको छैन। संसद् जनमतको कदर गर्ने थलो हो। कुनै असन्तुष्टि भए संसद्मा मज्जाले मत राखेर जनतासामु पुर्याउन सकिन्छ। सच्याउनका लागि दबाब दिन सकिन्छ। तर, संसद् अवरोध गरेर लामो समयदेखि गतिरोध सिर्जना गर्नु गैर जिम्मेवारी पन हो। एमालेले यस्तो गर्न लाज मान्नुपर्ने हो,’ महरले भने।
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा प्रतिनिधि सभा विघटन गरेको र अहिले प्रतिपक्षमा हुँदा पनि संसद्माथि नै प्रहार गर्न खोजिरहेको महरको आरोप छ। ‘म ओली जीलाई प्रश्न गर्न चाहन्छु- लोकतान्त्रिक व्यवस्थामा सदनप्रतिको यति धेरै आक्रोश किन हो? सदन के तपाईं एक जनाको चाहना अनुरुपमात्रै चल्नुपर्ने हो? एमाले प्रतिपक्षमा हुँदा पनि सत्ताको कस्तो भाग खोजिराख्नु भएको हो? भाग पाए संसद् चल्न दिने, नत्र संसद् चल्न नदिने अलोकतान्त्रिक र गैर जिम्मेवार चरित्र भएन र?’, महरले भने।
राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले जानुपर्ने महरको धारणा छ। राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएर एमालेले आफ्ना असन्तुष्टि राखेको भए बहुदलीय व्यवस्थामा दलगत लोकतान्त्रिक चरित्र प्रस्तुत हुने उनले बताए।
काठमाडौं, ५ भदौं ।
नेकपा एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक सुरु भएको छ ।
हिजो सम्म पोलिटब्युरो समितिको बैठकमा ब्यस्त रहेको नेकपा एसको आजबाट केन्द्रिय समिति बैठक सुरु भएको हो ।
केन्द्रिय कमिटीको छैटौं बैठकमा महासचिव घनश्याम भुषालले आफनो धारणा राखेका छन ।
काठमाडौं, ५ भदौ ।
नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

मंगलबार बिहान ओली निवास बालकोट पुगेर राजदूत थम्पसनले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् ।
विभिन्न काण्डले नेपालको राजनीति तातेको अवस्थामा राजदूत थम्पसन बालकोट पुगेर ओलीलाई भेटेका हुन् ।

काठमाडौं, ५ भदौ ।
राष्ट्रपति रामचन्द्र पौडेले सर्वदलीय बैठक राखेर आफू सक्रिय हुन नखोजेको र राष्ट्रको चिन्ता लागेको बताएका छन् ।
मंगलबार राष्ट्रपति भवन शीतल निवासमा राखेको सर्वदलीय बैटकमा उनले आफू बैठक राखेर सक्रिय हुन नखोजेको प्रष्ट पारेका हुन् । तर, देशको चिन्ता लागेका कारण बैठक राखेको उनको प्रष्टीकरण छ ।
आफू लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता भएकाले सक्रियता देखाउन नखोजेको बताउँदै राष्ट्रपति पौडेलले अहिले देशको संविधान र प्रणालीप्रति खेलबाड हुन थालेको महसुस भएकाले राष्ट्रको चिन्ता गर्नकै लागि सर्वदलीय बैठक बोलाएको बताए ।
संविधानले दिएको अधिकारअनुसार संविधानको संरक्षण, पालना गर्ने प्रतिबद्धता जनाउँदै उनले जनताका यावत समस्याहरुको समाधान गर्ने सार्वभौम थलो संसद् लामो समयदेखि अवरुद्ध हुँदा जनताका आवाज मुखरित हुने काम बन्द भएको भए पनि सहमतिको नजिक पुगेको समाचारले सन्तोष मिलेको बताएका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
बैठकमा के भने राष्ट्रपतिले ?
‘यो मैले एक्टिभिज्म देखाउन खोजेको होइन । म पनि लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता हुँ । त्यसैले राष्ट्रप्रतिको यो मेरो चिन्ता हो । विभिन्न कारणले तपाईहरू सबैसँग भेट पनि हुन सकेको थिएन । तपाईहरूसँग भेटेर राष्ट्रको चिन्ता गरौ भन्ने पनि थियो ।
संंविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने जिम्मेवारी नेपालको संविधानले राष्ट्रपतिलाई दिएको छ । संंविधानमा रहेको यो जिम्मेवारी कसरी पुरा गर्न सकिन्छ भन्नेमा म सधैँ चिन्तित रहेको छु ।
अहिले आएर कता कता हाम्रो संविधान र प्रणालीप्रति नै खेलबाड हुन खोजेको हो कि भन्ने आभास हुन थालेको छ । यसले गर्दा शक्तिपृथकिकरण र शक्ति सन्तुलनको संवैधानिक मर्म र भावनाअनुसार हामी हिड्न सकेका छौ कि छैनौ भनेर पनि सोच्नुपर्ने बेला भएको छ भन्ने मलाई लाग्छ ।
संंघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनका लागि आवश्यक र महत्वपूर्ण कानुनहरू बन्न नसकेको भनेर चौतर्फी प्रश्न उठिरहेका छन् । सत्य निरुपण, बेपत्ता तथा मेलमिलापसम्बन्धी कानुनी विषय अझै टुङ्गोमा पुग्न सकेको छैन । यतिबेला यो विषय टुङ्ग्याउन सकिएन भने जनताले खोजेको शान्तिको चाहना पुरा हुन सक्दैन ।
नेपाललाई प्रि ग्रे लिस्टमा एक वर्षका लागि राख्ने स्थिति हाम्रो अर्को चिन्ताको विषय हो । त्यसैले सम्पत्ति शुद्धिकरणसम्बन्धी कानुनहरू यथाशीघ्र पारित गरेर नेपाललाई द्यबिअप ीष्कत बाट जोगाउने पहलकदमी लिनु हामी सबैको साझा दायित्व हो भन्ने मलाई लाग्छ ।
देशको आर्थिक अवस्थामा शिथिलता देखिएको स्थितिमा सम्पत्ति शुद्धिकरणसम्बन्धी ऐन समयमा पास गर्न सकिएन भने नेपालमा आउने विदेशी लगानी रोकिन सक्छ र नेपालको साख अन्तराष्ट्रिय जगतमा गिर्न सक्छ भन्नेतर्फ सचेत भएर ती कानुन बनाउन आग्रह गर्दछु ।
जनताका यावत समस्याहरूको समाधान गर्ने सार्वभौम थलो संसद् लामो समयदेखि अवरुद्व हुँदा जनताका आवाज मुखरित हुने काम बन्द हुन्छ भन्ने सर्वत्र चिन्ता प्रकट भैरहेकाबेला सबै दलहरुको आपसी संवाद र प्रयत्नले सहमतिको नजिक पुगेको भन्ने खवरबाट सन्तोष मिलेको छ । यो सहमतिको प्रयत्नले तत्काल सार्थकता पाएर अवरुद्व संसद सञ्चालन हुने छ भन्ने मैले विश्वास लिएको छु ।
यदाकदा दलहरुबीच विवाद, द्वन्द्व र तिक्तता देखापर्ने गरेपनि राष्ट्रिय स्वार्थ र हितका लागि वार्ता, संवाद र छलफलबाट निकासमा पुग्नुपर्छ । लोकतन्त्रको सुन्दर पक्ष भनेकै यही हो । नेपालका राजनीतिक दलहरूले विगतमा विषम परिस्थितमा पनि संवादकै माध्यमबाट समस्या सुल्झाएका कैयौ उदाहरणहरू हाम्रा सामु छन् ।
त्यही भएर सधैँ आपसी संवाद, वार्ता र छलफलबाट समस्याको निकास निकाल्न सबै राजनीतिक दलहरू अग्रसर होउन भन्ने मेरो सदिच्छा छ । जनताको अपेक्षा पनि यही हो ।
सुशासनका पक्षमा हामी दह्रोसँग उभिन नसक्दा समाज नै भ्रष्टीकरणतर्फ उन्मुख हुने हो कि भन्ने सर्वत्र चिन्ता भइरहेकाबेला सार्वभौम संसद सुशासन प्रत्याभूत गराउन सबैलाई बाध्य पार्ने थलो हो भनेर सिद्ध गर्न यहाँहरू सबैलाई आग्रह गर्दछु ।
राष्ट्रिय सुरक्षा, वेरोजगारी तथा भ्रष्टाचार नियन्त्रण, आर्थिक विकास तथा परराष्ट्र नीतिजस्ता मुलुकका साझा दायित्व र जिम्मेवारीमा यहाँहरू सबैको समान दृष्टिकोण होस् भन्ने मेरो धारणा छ ।
हामीले हाम्रो जिम्मेवारी सही ढंगले पुरा गर्न सकेनौ र जनताको अपेक्षालाई उपेक्षा गरिरह्यौ भने हामीले अवलम्वन गरेको सर्वोत्कृष्ट व्यवस्था हुँदाहुँदै पनि जनतामा यसप्रतिनै नैराश्यता उत्पन्न हुने भएकाले यसतर्फ सचेत रहन सबैको ध्यानाकृष्ट गराउन चाहन्छु ।’
– किरण पोखरेल
सम्माननीय राष्ट्रपतिको सल्लाहकार
काठमाडौं, ५ भदौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्बदलीय बैठकमा नेकपा एमालेले बहिस्कार गरेकाे छ ।
समसमायिक राजनीतिक बिषयमा छलफल गर्ने भन्दै आज बिहान बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिस्कार गरेकाे हाे ।
नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका अनुसार सरकारसँग छलफल चलिरहेको बेला राष्ट्रपति पौडेलले अनावश्यक हस्तक्षेप गर्दै बैठक बोलाएको बुझाईमा पार्टी रहेको छ । बैठकको बैद्यानिकता नहुने भए पछि एमाले शितल निवास नगएकाे उनले जानकारी दिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले सुन प्रकरणको बिषयमा चासो ब्यक्त गर्दै आज बिहान ८ बजे सो बैठक बोलाएका थिए । तर, हिजो साँझ सो प्रकरणलाई लिएर सरकार उच्च स्तरीय छानबिन बनाउन सहमत भईसकेको छ ।
काठमाडौं, ५ भदौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्बदलीय बैठकमा नेकपा एमाले जाने भएको छ ।
समसमायिक राजनीतिक बिषयमा छलफल गर्ने भन्दै आज बिहान बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजाने भएको हो ।
नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका अनुसार सरकारसँग छलफल चलिरहेको बेला राष्ट्रपति पौडेलले अनावश्यक हस्तक्षेप गर्दै बैठक बोलाएको बुझाईमा पार्टी रहेको छ । बैठकको बैद्यानिकता नहुने भए पछि एमाले शितल निवास नजाने भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले सुन प्रकरणको बिषयमा चासो ब्यक्त गर्दै आज बिहान ८ बजे सो बैठक बोलाएका थिए । तर, हिजो साँझ सो प्रकरणलाई लिएर सरकार उच्च स्तरीय छानबिन बनाउन सहमत भईसकेको छ ।
काठमाडौं, ४ भदौ ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादव चीन भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । गत २९ साउनमा सातौं चीन–दक्षिण एसिया प्रदर्शनी तथा २७औं चीन कुनमिङ आयात–निर्यात मेलामा सहभागी हुन उपराष्ट्रपति यादव चीन प्रस्थान गरेका थिए ।

चीनको कुनमिङबाट नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सोमबार अपरान्ह उपराष्ट्रपति स्वदेश फिर्ता भएका हुन् ।

उपराष्ट्रपति यादवको स्वागतका लागि सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासहित मन्त्रिपरिषद्का सदस्यलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

काठमाडौ, ४ भदौ ।
बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग बयान लिएको छ ।
आफ्नो अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहँदा आइतबार राति सीआईबीले तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग बयान लिएको हो । निर्णयकर्तालाई उन्मुक्ति दिन खोजिएको भन्दै सरकारको आलोचना भइरहेका बेला सर्वोच्च अदालतले मन्त्रिपरिषदको निर्णयमाथि समेत अनुसन्धान गर्न आदेश दिएपछि सीआईबीले उनीहरुसँग बयान लिएको हो । सीआईबीले उनीहरूसँग सोधपुछ कागज गरेको हो ।
निर्णय गर्नेलाई कारबाही नगर्न खोजेको र निर्देशन पालना गर्ने कर्मचारी वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याएर दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै सरकारको कडा आलोचना भइरहेको थियो । सर्वाेच्च अदालतको आदेशलाई तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग सीआईबीलाई बयान लिन बाटो खुलेको हो ।
काठमाडौं, ५ भदौं ।
सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउन सरकार तयार भए पछि आज त्यसको कार्यादेश र संरचना टुंगो लगाईदैछ ।
हिजो बसेको प्रमुख राजनीतिक दलको शिर्ष नेताहरुको बैठकमा सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउन सहमत भएका थिए ।
सो सहमति लगत्तै नेकपा एमालेका सुबासचन्द्र नेम्बाङ, नेपाली कांग्रेसका रमेश लेखक र माओवादी केन्द्रका हितराज पाण्डे सम्मिलित कार्यदलले छानबिन समितिको कार्यादेश र संरचनाको ड्राफ्ट बनाउने जिम्मेवारी पाएका छन् । उक्त कार्यादलले बनाएको ड्राफ्टलाई प्रमुख दलमा छलफल गरी मन्त्रीपरिषदवाट अनुमोदन गराउने योजनामा पनि दलहरु बिच सहमति भएको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । जसका लागि आज बिहान ११ बजे कार्यदलको बैठक बस्नेछ ।
उच्च अदालतका न्यायाधीश प्रमुख रहने गरी जाँचबुझ आयोग ऐन २०२६ बमोजिम उक्त आयोग गठन हुने छ ।
सो छानबिन समिति नबनाएसम्म संसद चल्न नदिने प्रमुख प्रतिपक्षी दल एमालले अडान कायम राखेर संसद अबरुद्ध गर्दै आएको थियो । गत साउन १० देखी अबरुद्ध संसद छानबिन समिति गठन गर्न सरकार सहमत भएसँगै आजवाट सुचारु हुनेछ ।
काठमाडौं, ५ भदौं।
राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठकले केन्द्रिय समिति बैठकका लागि अजेन्डा तय गरेको छ ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले भाद्र ७ र ८ गते काठमाडौंमा बोलाईएको केन्द्रीय समिती बैठकका एजेन्डाहरु तय गरी पारित गरेको हो ।
अध्यक्ष थापाको राजनीतिक कार्यपत्र सङ्गै राजसंस्थाको बिषयमा पार्टीको आधिकारिक धारणा बारे प्रतिबेदन पेश गर्न उपाध्यक्ष प्रा.डा. बिष्णु भण्डारीको संयोजकत्वमा गठित कार्यदलको प्रतिबेदनलाई अनुमोदन गरि केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने समेत निर्णय गरिएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । साे पार्टीले यसअघि संबैधानिक राजतन्त्रकाे अजेन्डा छाडेकाे थियाे । तर, अब साे अजेन्डा पारित गर्ने पक्षमा बहुमत देखिए पछि अबकाे केन्द्रिय समितिमा ब्यापक छलफल हुनेछ ।

यसै गरि बैठकमा संगठन सम्बन्धि प्रतिबेदन महामन्त्री एबम बिभाग प्रमुख राजाराम बर्तौला, आर्थिक प्रतिबेदन कोषाध्यक्ष ज्ञानेन्द्र कार्किले प्रस्तुत गर्नुका साथै मुमा बडामहारानी रत्नको शुभजन्मोत्सबको अबसरमा शुभकामना ब्यक्त गर्ने प्रस्ताव समेत पास गरिएको प्रबक्ता बसन्तमान सिंह अधिकारीले बताए ।
प्रबक्ता अधिकारिका अनुसार अम्मर केसीको संयोजकत्वमा समसामयिक बिषयमा थप एजेन्डा तय गर्न ५ सदस्यीय समिती पनि गठन गरिएको छ। बैठकमा आन्दोलनको तयारी र राष्ट्रबादी प्रजातान्त्रिक शक्तिहरुलाई एकै ठाउँमा ल्याउने बिषयमा छलफल भएको बताईएको छ ।
काठमाडौं, ५ भदौं ।
आज राष्ट्रियसभा बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र बिद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने छ ।
बिद्यायन ब्यबस्थापन समितिकी सभापति जयन्ती राईले संविधान अनुसार बन्न बाँकी रहेको कानुनहरुको अध्ययन प्रतिवेदन २०८० पेश गर्ने कार्यसुचीमा उल्लेख छ ।
साथै, बाधा अडकाऊ फुकाउ आदेश पेश गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यबिधि थप गर्ने प्रस्ताव पेश गर्नेछन ।
काठमाडौं, ५ भदौं ।
प्रतिनिधिसभा बैठक बस्दैछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजे बोलाईएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र बिद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।
संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद (सचिव) टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् । साथै, सांसद सुनिल शर्मा पक्राउ र रिहाका बारेमा पनि संसदमा जानकारी गराईनेछ ।
उता, बाधा अडकाऊ फुकाउ आदेश पेश गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यबिधि थप गर्ने प्रस्ताव पेश गर्नेछन ।
साथै शिक्षा मन्त्री अशोककुमाार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल बिश्वबिद्यालय बिद्येयक २०८० लाई बफादार छलफलका लागि सबन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्नेछन भने सभामुखले १० वा सो भन्दा बडी बैठकमा अनुपस्थित सांसदहरुको सुचनाहरु सभाको स्विकृतिका लागि पेश गर्ने कार्यसुची रहेको छ ।
उता, बिषयगत समितिको सदस्य हेरफेर देखी १० पटकसम्म बैठकमा अनुपस्थित सांसदहरूको नामावली बाचन गरेर सुनाइने छ भने संसदीय समितिका सदस्यहरूकाे नामावली हेरफेरकाे सुचना पनि जानकारी गराइनेछ ।
काठमाडौं, ५ भदौ ।
संसद गतिरोध अन्त्यका लागि आज शितल निवासमा सर्बदलीय बैठक बस्दैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतासँग संसद गतिरोधको बिषयलाई लिएर सर्बदलीय बैठक बोलाएका हुन ।
राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मंगलबार बिहान साढे ८ बजे शीतलनिवासमा बोलाइएको बैठकमा प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुको उपस्थिति रहने छ । तर, उनले समसामयिक विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले बैठक बोलाएको जानकारी दिए ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने मागसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अबरोध गरे पछि राष्ट्रपति पौडेलले त्यसमा चासो ब्यक्त गर्दै आएका छन । सो बिषयलाई लिएर राष्ट्रपति पौडेलले एमाले अध्यक्ष ओलीसँग तथा गत आइतबार बेलुका मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटबार्ता गरी जारी संसद अबरोधको बिषयमा गम्भिर चासो ब्यक्त गरेका थिए ।
दुवै नेतासँग अलग अलग भेटबार्ता गरे पछि राष्ट्रपति पौडेलले आजका लागि सर्बदलीय बैठक बोलाएका हुन ।
काठमाडौं, ४ भदौं ।
राप्रपा नेपालका महामन्त्री राजाराम बर्ताैैलाले प्रधानमन्त्री पुष्पकमल दाहालको ओरालो यात्रा सुरु भएको बताएका छन् ।
तेस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएर मनग्गे अवसर प्राप्त गरे पनि त्यसलाई जोगाउन नसकेर क्रमशः गुमाउँदै गएको पनि उनले बताएका छन ।
‘राजनितीक जिबनको उत्तरार्धमा प्रचण्डले कमजोर पार्टीका बाबजुद पनि एउटा सुन्दर अबसर पाएका थिए, अब उनले त्यो सम्पुर्ण रुपमा गुमाए, उनको डरलाग्दो ओरालो यात्रा शुरु भैसकेको छ,’ महामन्त्री बर्ताैलाले भने, ‘उनले केही पनि बाँकी नरहने गरि सत्तासंग सम्झौता गरे, आदर्श र बिधिका उनका कुरा फगत मिठो ‘गफ’मा सिमित रह्यो।
काठमाडौं, ४ भदौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा गठन भएको समाजवादी मोर्चाले प्रदेश स्तरीय घोषणा सभा गर्ने भएको छ ।
आज नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, आलोकनगरमा बसेको मोर्चाको बैठकले यही भदौ ८ गतेबाट प्रदेश स्तरमा घोषणा सभा गर्ने निर्णय गरेको हो ।
नेकपा एसका नेता प्रमेश हमालका अनुसार मधेस प्रदेशको वीरगञ्जमा ८ गतेवाट सुरु हुने प्रदेश सभा क्रमश भदौं १२ गते लुम्बिनीको बुटवल, भदौं १३ गते सुदूरपश्चिमको धनगढी, भदौं १४ गते कर्णालीको सुर्खेत, भदौं १५ गते गण्डकीको पोखर, भदौं २३ गते बागमतीको हेटौँडा र भदौं २५ गते कोशीको विराटनगरमा घोषणा सभा गरिनेछ ।
सो मोर्चामा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, माधवकुमार नेपाल नेतृत्वको नेकपा एस र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहभागी छन् ।
आजको बैठकले सबै ७ प्रदेशमा मोर्चाका संयोजक तोक्ने तथा सरकारले भ्रष्टचार बिरुद्ध गरेको अभियानलाई समर्थन जनाउने निर्णय लिएको नेकपाका महासचिव चन्दले जानकारी दिए ।
काठमाडौं, ४ भदौं ।
समाजवादी मोर्चाको बैठक सुरू भएकाे छ ।

आइतबारका लागि बोलाइएको बैठक अन्तिम समयमा रोकिए पछि सो बैठक सोमबार बोलाईएको थियाे । जुन बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रिय कार्यालय, आलोकनगरमा बिहान ७ः ३० बजेबाट सुरू भएकाे हाे ।

सो बैठकमा ललिता निवास प्रकरणमा मुछिएका नेकपा एसका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल र गौर हत्याकाण्डको छानबिनको दायरामा परेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतको उपस्थित हुनेछ । जारी बैठकमा सोही बिषय पनि छलफल र समिक्षाासमेत हुनेछ ।
साथै, सरकार सञ्चालन र मोर्चालाई अघि बढाउने विषयमा छलफल हुने जनाइएकाे छ ।
नेकपा एकीकृत माअाेवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे पहलकदमीकाे गठन भएकाे साे माेर्चामा नेकपा एस र जसपा नेपालसहित नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वकाे नेकपा सम्मिलित छन् ।
काठमाडौं, ४ भदौं ।
आज सर्बोच्च अदालतका लागि प्रस्तावित प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ माथी संसदीय सुनुवाइ हुँदैछ ।
संघीय संसद अन्तर्गतकाे संसदीय सुनुवाइ समितिमा आज श्रेष्ठविरुद्ध सुनवाई हुन लागेको हो ।
समितिका अनुसार पहिलो चरणमा उनी बिरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल हुनेछ भने त्यसपछि प्रधानन्यायधिसमा सिफारिस श्रेष्ठसँग समितिले सुनवाई सुरु गर्नेछ । जसअनुसार प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिएकाहरुसँग बिहान साढे १० बजे छलफल सुरु हुनेछ भने त्यसपछि साढे ११ बजे श्रेष्ठलाई बोलाएर समितिले सुनवाई सुरु गर्नेछ ।
समितिका सचिव पद्म प्रसाद पाण्डेका अनुसार प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध इमेलबाट दुई वटा र पत्रमार्फत एउटा उजुरी परेका छन् । तर इमेलबाट उजुरी गर्नेहरु सम्पर्कमा नआएकाले आज एक जना उजुरीकर्तासँग मात्र समितिले छलफल गर्नेछ ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश पाएपछि गत साउन १८ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।
सोही अनुसार आज संसदीय सुनवाई हुन लागेको हो ।
काठमाडौं, ४ भदौं ।
संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैछ ।

दिगो विकास तथा सुशासन समिति तथा बिधायन ब्यवस्थापन समितको बैठक बस्न लागेको हो ।
संसद सचिवालयका अनुसार दिगो विकास समितको बैठक बिहान ११ बजे बस्नेछ भने बिधायन समितको बैठक दिउँसो १ बजे बोलाइएको छ । सिंहदरबारस्थित संसद सचिवालयका हलमा उक्त बैठक बस्नेछ ।
दिगो विकास समितमा नेपालमा प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन सम्बन्धी नीतिगत छलफल हुनेछ भने बिधायन समितिमा उत्तरविधायिकी परीक्षणको विषय चयनका बिषय कार्यसुचीमा राखिएको छ ।
काठमाडौं, ४ भदौं ।
आज कोशी प्रदेशको प्रदेश सभा बैठक बस्दैछ ।
कोशी प्रदेशको मुख्यमन्त्री उद्धब थापाले विश्वासको मत लिनका लागि सो बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बोलाईएको छ ।
तत्कालिन सभामुखलाई राजिनामा दिलाएर पुनः मुख्यमन्त्री नियुक्त भएका थापाले आज विश्वासको मत लिन लागेका छन् । तर, विश्वासको मत लिने बैठकमा सभामुख रिक्त भए पछि सो बैठकको अध्यक्षता उपसभामुख सिर्जना दनुवारले गर्ने भनिए पनि अन्यौल बढेको सत्तारूढ दलका नेताहरुले जनाउँदै अाएका छन् । उपसभामुख दनुवारले सभाकाे अध्यक्षता नगर्ने भए पछि सत्तारूढ दल सशंकित हुदैँ अाएकाे छ ।
सो बैठक अघि नेकपा एमाले र राप्रपाका ८ जना सांसदले ‘बिरामी’ भन्दै बिदा लिए पछि थापाको सरकार थप संकटमा परेको छ । मुख्यमन्त्री थापाले १३ गतेसम्म विश्वासको मत नपाएमा स्वतः पदमुक्त हुने जनाईएको छ ।
उता, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले भने सरकार टिकाउनका लागि राप्रपाका काेशी प्रदेशका सांसदलाई १० करोडसम्मको अफर गरेको सार्वजनिक गरिरहेको बेला थापा नेतृत्वको सरकार पुनः संकटमा परेको हाे । यसअघि सभामुखको समेत मत जोडेर मुख्यमन्त्री नियुक्त भए पछि सर्वोच्च अदालतले उनको नियुक्तीलाई मान्यता दिएको थिएन ।
काठमाडौं, ४ भदौं ।
संसद गतिरोध अन्त्य गर्नका लागि आज पनि सर्बदलीय बैठक बोलाईएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आब्हानमा हिजो बसेको बैठकमा सहमति जुटन नसके पछि आज पनि बैठक बोलाईएको हो । बैठक दिउँसो ४ बजे बस्नेछ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै निरन्तर संसद अबरोध गरिरहेको छ । तर, सरकारले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)ले छानबिन गरेर टुंग्याउने भन्दै प्रतिपक्षी दलको माग तत्काल पुरा गर्न नसकिने जनाउँदै आएको छ । सरकार र प्रतिपक्षी दुबै दल आ आफना अडानमा कायमै राखे पछि साउन १२ गते देखी संसद चल्न सकेको छैन् ।
यसबिचमा सभामुख देवराज घिमिरेले संसद चलाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देखी प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीसहित संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग पनि छलफल गरे पनि अझै निष्कर्ष निस्कन सकेको छैन ।
यद्धपी, सहमतिका लागि भन्दै प्रधानमन्त्री प्रचण्डले समय माग गरे पछि हिजोको बैठक स्थगित गरी साउन ६ गते प्रतिनिधिसभा बैठक बोलाईएको छ ।
काठमाडौं, ४ भदौं ।
नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो कमिटीको बैठक बस्दैछ ।
हिजो देखी सुरू भएको पोलिटब्युरो बैठकले आज पनि निरन्तरा पाउन लागेको हो । बैठक बिहान ११ः०० बजे बोलाईएको छ ।
हिजोको बैठकमा एजेन्डा माथि आफ्ना धारणा राख्ने पोलिट्ब्युरो सदस्यहरुमा उमेश डागी, कृष्ण पन्त, कृष्ण खनाल, कृष्ण सापकोटा, गङ्गा नेपाल, गणेश बिके, गणेश काङ्वाङ्, गोपाल बराल, चन्द्र ब शाही, चिरन्जिवी आचार्य, टहलबहादुर खडका, दिनेश राइ, दिलु पन्त, देउमान साम्बाहम्फे, देव शन्कर, धर्म निरौला, निरा जैरु, निर्मल सुबेदी, परमानन्द भट्ट, पिएल श्रेष्ठ, प्रभा बज्राचार्य, प्रमोद उपाध्याय, प्रेम नारायण पौडेल, प्रेमल खनाल, बलदेव चौधरी, बसन्त मानन्धर लगायतले आ आफनो धारणा राखेका थिए ।
हिजोको बैठकमा अध्यक्ष नेपालले सबै चुनौतिहरुको सामना गर्दै पार्टी अगाडि बढ्न कम्मर कसेर लागेको जनाएका थिए । ‘नेकपा एकीकृत समाजवादी समयको माग हो , यसको महत्व दिन दिनै बढिरहेको छ्। यो नै कम्युनिस्ट बिचारधारा भित्रको उत्तम बिकल्प हो, पार्टी सदैब राष्टियताको रक्षा र सम्बर्धन गर्न जनजिविकाको लागि सङ्हर्ष गर्न समाजवाद्को धेय पुरा गर्न र जनतालाइ सुशास्न प्रदान गर्न लागि नै रहने छ,’ नेपालले भने, ‘पार्टी सधै भरि भ्रष्टाचारका बिरुद्दमा छ र नेपाल सरकारलाइ पनि आजको भ्रष्टाचार बिरोधी कार्यलाइ निरन्तर अगाडि बढाउन आह्वान गर्दछ ।’
काठमाडौं, ४ भदौं ।
समाजवादी मोर्चाको बैठक आज बस्दैछ ।
आइतबारका लागि बोलाइएको बैठक अन्तिम समयमा रोकिए पछि सो बैठक सोमबार बोलाईएको हो ।
सो बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रिय कार्यालय आलोकनगरमा बिहान ७ः ३० बस्नेछ ।
सो बैठकमा ललिता निवास प्रकरणमा मुछिएका नेकपा एसका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल र गौर हत्याकाण्डको छानबिनको दायरामा परेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतको उपस्थित हुनेछ । सो बैठकमा सोही बिषय पनि छलफल हुने बताईएको छ ।
साथै, सरकार सञ्चालन र मोर्चालाई अघि बढाउने विषयमा छलफल बताइएको छ।
नेकपा एकीकृत माअाेवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे पहलकदमीकाे गठन भएकाे साे माेर्चामा नेकपा एस र जसपा नेपालसहित नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वकाे नेकपा सम्मिलित छन् ।
काठमाडौं, ३ भदौ ।
समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्ने भएको छ।
आइतबारका लागि बोलाइएको बैठक सोमबारसम्मका लागि स्थगित भएको हो।
बैठक एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बिहान ७:३० बस्ने जनाइएको छ।
बैठकमा सरकार सञ्चालन र मोर्चालाई अघि बढाउने विषयमा छलफल बताइएको छ।
काठमाडौं, ३ भदाै ।
कुखुराको मासुमा नेपाल आत्मनिर्भर भएपनि भारतीय सीमाबाट कुखुरा तथा कुखुराजन्य पदार्थको गैरकानुनी ओसारपसार भैरहेको र त्यसको अपेक्षित नियन्त्रण हुन नसक्दा आफुहरू उठ्नैनसक्ने गरी मारमा परेको कुखुरा उद्योगी व्यवसायीहरूले बताएका छन्।

आर्थिक मन्दी, कर्जा प्रवाहको कमी, कमजोर क्वारेन्टाइन, संक्रामक रोग उपचारको अभाव जस्ता समस्यासँगै अवैध ओसारपसारले कुखुरापालकहरू पलायनमा पुगेको र उपभोक्ताको स्वास्थमाथि प्रतिकुल असर परेको चर्चा आइतबार गृह मन्त्रालयमा आयोजित छलफल तथा अन्तरक्रिया बैठकमा गरिएको छ।
अवैध ओसारपसारबारे कुखुरा उद्योगी व्यवसायीको गुनासो बढ्दै गएपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले विशेष चासो दिएर अन्तरक्रियात्मक बैठक आयोजना गर्न निर्देशन दिनुभएको थियो। बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका महानिरीक्षकहरू, कानुन मन्त्रालयका सहसचिव, भन्सार, पशु सेवा तथा वाणिज्य-आपूर्ति विभागका महानिर्देशकहरू, क्वारेन्टाइन कार्यालयका अधिकारी र कुखुरा पालनसँग सम्बन्धित उद्योगी व्यवसायीहरू सहभागी थिए ।

सीमा क्षेत्रका नेपालका कोल्डस्टोर वा फर्ममा स्टोर गरेर मरेका वा जिउँदा कुखुरा वा कुखुराजन्य पदार्थहरू शहर र बजारतिर पठाइने गरेकोमा त्यसको प्रभावकारी नियन्त्रण गर्नुपर्नेमा बैठकमा मुख्य जोड दिईएको छ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले अवैध चोरी निकासीले समग्र अर्थतन्त्र, राजस्व र औद्योगिक वातावरण चौपट हुने भएकोले कानुन नै संशोधन गरेर भएपनि यसको प्रभावकारी नियन्त्रण गरिने बताए ।
अबैध रूपमा चलिरहेका, दर्ता नै नभएका वा दर्ता भएर पनि मापदण्ड पुरा नगरेका त्यस्ता सबै फर्महरूलाई प्रशासनमार्फत बन्द गराइने विश्वास गृहमन्त्री श्रेष्ठले दिलाए । कानुन निर्माण, क्वारेन्टाइन व्यवस्थापन तथा अवैध ओसारपसार नियन्त्रण, सरकारले तिनै पाटोबाट पहल लिने र प्रतिकुलताका बीचमा पनि सहयोगात्मक भावना देखाएकोमा कुखुरा उद्योगी, व्यवसायी तथा किसानप्रति गृहमन्त्री श्रेष्ठले धन्यवाद व्यक्त गरे ।
इन्दीप कोइराला,बारा, ३ भदाै ।
बारा पचरौता नगरपालिकाकी उपप्रमुख नसिमा खातुनको घरमा शनिवार राति एक समूहले आक्रमण गरेका छन् । बैरियास्थित घरमा करिब ८ बजे आएको एक समूहले उपप्रमुख खातुन, उनका पति नेवाजी अंसारीसहित परिवारमाथी आक्रमण गरेका हुन् ।
आक्रमणबाट उपप्रमुख खातुन, उनका पति अंसारीसहित परिवारका सदस्य घाइते भएका छन् । घाईतेको गण्डकस्थित न्युरो अस्पताल र कलैयास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घरमा बसिरहेका बेला पचरौता नगरपालिका-२ का वडाध्यक्ष मनोज यादवसहित जसपाका कार्यकर्ताले उपप्रमुख र परिवारका सदस्यमाथि आक्रमण गरेको स्थानीयले बताएका छन् । आक्रमणसँगै उक्त समूहले उपप्रमुखको घरमा लुटपाट समेत गरेको स्थानीयले बताएका छन् ।
घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उपप्रमुखको घरमा पुगेका थिए । प्रहरी घटनास्थल पुग्दा घरका दराज, बाक्सा र सामान फालिएको अवस्थामा थियो । उक्त समूहले यसअघि पनि उपप्रमुखको घरमा आक्रमण गर्दै आएको र प्रहरीमा उजुरी दिँदा दर्ता नगरिएको स्थानीयको भनाइ छ ।
बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले घटनाबारे आफूले पनि जानकारी पाएको र प्रहरी परिचालन गरिएको बताए । पुरानो विषयलाई लिएर जसपाका कार्यकर्ताले उपप्रमुखको घरमा गएर कुटपिट गर्दा दोहोरो झडप भएको र झडपका क्रममा दुवै पक्ष घाईते भएको जानकारी आफूले पाएको प्रहरी उपरीक्षक बोगटीको भनाई छ ।
प्रहरी उपरीक्षक बोगटीले घटनास्थलको स्थिती अहिले सामान्य रहेको र दुवै पक्षका घाइतेको उपचार भइरहेको बताए । बोगटीले थप झडप हुन नदिन प्रहरी परिचालन गरिएको र घटनाको विषयमा आफूले बुझिरहेको बताए ।
काठमाडौं ३,भदौ ।
आइतबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ । सदनको अवरोध खुलाउने विषयमा दलीय सहमति जुट्न नसक्दा १० साउनदेखि बैठक स्थगित हुँदै आएको छ ।

आइतबार बसेको सर्वदलीय बैठकमा पनि सहमति नजुटेपछि आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अपरान्ह करिब ३ बजेतिर सूचना निकालेर मंगलबार अपरान्ह ३ बजे बस्नेगरी स्थगित गरिएको छ ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै १० साउनदेखि प्रमुख प्रतिपक्षी एमाालेले सदन अवरुद्ध गर्दै आएको छ ।
काठमाडौं, ३ भदाै ।
संसदको गतिरोध अन्त्यका लागि बसेको सर्वदलीय बैठक विनानिष्कर्ष टुंगिएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बसेको सर्वदलीय बैठक निष्कर्षविहीन टुंगिएको हो । पुनः सोमबार बस्ने गरी बैठक सकिएको रास्वपा सभापति रवि लामिछानेले बताए ।
सदनको अवरोध हटाउने विषयमा सबै दल सहमत देखिएको जानकारी दिएका उनले बैठकपछि भने, ‘अब बैठक फेरि बस्छ । भोलि बस्ने बैठकमा सहमति जुट्नेछ ।’
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै १० साउनदेखि प्रमुख प्रतिपक्षी एमाालेले सदन अवरुद्ध गर्दै आएको छ ।
एमालेका प्रमुख सचेतक पदम गिरिले आफूहरुले राखेको माग पूरा नभएसम्म अवरोध कायमै रहने बताए । उनले नेपालको छबिमाथि प्रश्न उठेको बताउँदै यस विषयमा सरकार गम्भीर नभएको आरोप लगाए ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सर्वदलीय बैठकमाम सदन सुचारु गर्ने विषयमा छलफल भएको बताए ।
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वमा भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रयोग भएको नयाँ प्रविधिमा आधारित ‘ब्लकचेन टेक्नोलोजी’को अध्ययन गर्न आवश्यक रहेको बताएका छन् ।
आइतबार १७औँ राष्ट्रिय सूचना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि सूचना लिने मात्र नभइ दिने संस्कारको विकास गर्नुपर्ने बताए ।
साथै उनले आफू लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा रहेको जानकारी दिए ।
सम्बोधनको पूर्णपाठ :
कार्यक्रमका अध्यक्षज्यू,
राष्ट्रिय सूचना आयोगका आयुक्तहरू,
सञ्चारकर्मी मित्रहरू,
आमन्त्रित विशिष्ट महानुभावहरू ।
नेपालको संविधानको धारा २७ मा प्रत्येक नेपाली नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारका कुनै पनि विषयको सूचना माग्ने र मागेको सूचना पाउने हकको संरक्षण गरिएको छ । त्यस्तै सूचनाको हक सम्वन्धी ऐन २०६४ मा सार्वजनिक निकायमा रहेका सार्वजनिक महत्वको सूचनामा नागरिकको पहुँच स्थापित गरिएको छ । संयुक्त राष्ट्र संघले घोषणा गरेको दिगो विकास लक्ष्यको सूचकांकमध्ये १६.१०.२ मा समेत सूचनाको हक सम्बन्धी सूचकांक समेटिएको छ ।

नागरिकको महत्वपूर्ण अधिकारका रूपमा सूचना अधिकारलाई ग्यारेन्टी गर्ने सूचनाको हक सम्बन्धी कानुन नेपालमा लागू भएको १६ वर्ष पूरा भई १७ औं वर्ष प्रवेश भएको छ । म सर्वप्रथम राष्ट्रिय सूचना दिवसको यस अवसरमा सबैलाई हार्दिक बधाइ भन्न चाहन्छु । मलाई अहिले पनि सम्झना छ, २०६४ सालमा तत्कालिन संसदमा सरकारले दर्ता गराएको सूचनाको हक सम्बन्धी विद्येयकप्रति धेरै अधिकारकर्मीको असहमति रहेको थियो, मेरै पहलमा तत्कालिन सञ्चारमन्त्री कृष्णबहादुर महराजीलाई उक्त विद्येयक फिर्ता ल्याएर विज्ञ साथीहरूसमेतको सुझावका आधारमा अहिलेको कानुनको मस्यौदा गरिएको थियो । र, यसलाई संसदबाट सहजै पारित गरियो । नेपालको सूचनाको हक सम्बन्धी ऐनलाई विश्वका उत्कृष्ट ऐनहरूको सूचीमा राखिएको थियो ।
नेपालमा सूचनाको हक सम्बन्धी कानुन लागू भएको लामो समय हुँदा पनि नागरिकले जुन रूपमा यो अधिकारको व्यापक प्रयोग गर्नुपर्ने हो, त्यसअनुरूप हुन सकिरहेको छैन । संविधान र कानुनमा सबै सार्वजनिक निकायमा रहेका सूचनाको वास्तविक मालिक नागरिकलाई मानिए पनि सबै प्रकारका सूचनामा उनीहरूको पहुँच स्थापित हुन सकेको अनुभूति भइरहेको छ । यसैगरी कानुन कार्यान्वयनमा सार्वजनिक निकायलाई अझै बढी जिम्मेवार र जवाफदेही बनाउनुपर्ने देखिन्छ ।
खासगरी केही सञ्चारकर्मी र अभियन्ताहरूले सूचना माग्ने गरेतापनि आम नागरिकबाट जुन अनुपातमा सूचना मागिनुपर्ने हो त्यो अत्यन्त न्यून रहेको देखिन्छ । सूचनाको हक सार्वजनिक निकायमा सधै पहुँच पु¥याउन सक्ने केही सीमित मान्छेका लागि होइन । यो त वर्षौंदेखि राज्यवाट उपेक्षित र उत्पीडनको अवस्थामा रहेका किसान, मजदुर, महिला, दलित, सीमान्तकृत समुदायसहित आम जनसमुदायका लागि हो । वास्तविक लोकतान्त्रिक अभ्यास गर्नेहरूले सूचना लुकाउँदैनन्, बरू कोही सूचना माग्न नआएपनि आफै विभिन्न माध्ययमबाट गोप्य राख्नुपर्नेबाहेक अन्य सूचनाहरू नागरिकमाझ नियमित प्रशारण गर्ने गर्दछन् । सरकार र हरेक सार्वजनिक निकायले अनिवार्यरूपमा आफूले गरिरहेको काम, नागरिकले पाउने सुविधा, तोकिएको बजेट र त्यसको खर्चसहितका सबै विवरण नियमित रूपमा सार्वजनिक गर्नैपर्दछ । नागरिकहरूले घर वा कार्यस्थलमै रेडियो, टिभी, पत्रपत्रिका, अनलाइनसहितका विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक निकायमा रहेका हरेक सूचना थाहा पाउनुपर्दछ ।
सूचनाको हकको प्रभावकारी कार्यान्वयनले सरकारका कामकारवाहीलाई लोकतान्त्रिक पद्वतिअनुरूप खुला र पारदर्शी बनाई शासकीय संयन्त्रलाई आम नागरिकप्रति उत्तरदायी, जवाफदेही र जिम्मेवारी बनाउँछ । राज्यका सूचनामा आम नागरिकको पहुँच र सहभागिता अभिवृद्वि गराउनु लोकतान्त्रिक प्रणालीको संस्कार हो । लोकतान्त्रिक पद्वतिमा राज्यका हरेक क्रियाकलापहरूमा नागरिकहरूले जान्ने, बुझ्ने र सुन्ने अधिकार मात्र होइन, राज्यका संयन्त्रलाई नागरिकप्रति जवाफदेही बनाई सुशासन र पारदर्शिता कायम गर्न लगाउन सक्दछन् । लोकतान्त्रिक व्यवस्थामा नागरिकका अधिकारका रूपमा सूचनाको अधिकारको सुनिश्चित गर्नुको अर्थ राज्यका शासकीय संयन्त्र तथा राजनीतिक दल र संस्थाका काम कारवाहीमा जननिगरानी, जननियन्त्रण र जनखवरदारी बढाउनु हो र खुला, पारदर्शी र सुशासनयुक्त समाज निर्माण गरी जनसहभागितामूलक लोकतन्त्रको असल अभ्यास गर्नु हो ।
लोकतन्त्र र पारदर्शिताको एक महत्वपूर्ण स्तम्भ मानिने सूचनाको हक कार्यान्वयनमा ‘सेन्टर फर ल एण्ड डेमोक्रेसी’ संस्थाले गरेको अध्ययनमा विश्वव्यापी वरियतामा नेपाल २२ औँ स्थानमा छ । उता भ्रष्टाचार अवधारणा सूचकांक ९ऋयचचगउतष्यल उभचअभउतष्यल ष्लमभह० मा भने नेपाल ११० औँ स्थानमा रहेको छ । सर्वेक्षणहरूलाई दृष्टिगत गर्ने हो भने नेपालको नतिजा त्यति सन्तोषजनक होइन । सार्वजनिक पदाधिकारीहरूको काम कारवाहीबारे जनताको कम निगरानी, नागरिक समाजलाई राज्यको सूचनामा पहुँच कम हुने अवस्थाका कारण भ्रष्टाचार मौलाउँदै जाने खतरा हुने हुँदा यसप्रति हामी सबैको ध्यान जान जरूरी छ ।
सूचना प्रविधिको समायानुकूलको तीब्रतर विकाससँगै नेपालमा सार्वजनिक निकायहरूमा टिजिटल गभर्नेन्सको प्रयोग बढाउनुपर्ने र सूचनाको हकलाई आम जनतामा रक्तसञ्चार गरी भ्रष्टाचारलाई नियन्त्रण गर्न ‘जनता ब्यूझिने महाअभियान’ नै सञ्चालन गर्नुपर्ने देखिन्छ । जनतासँग प्रत्यक्ष जोडिएका आम सरोकारका विषयमा अधिकांश निकायका सूचना प्रवाहको अवस्था कमजोर देखिन्छ ।

राणाकालीन शासन, पञ्चायती कालरात्री र राजतन्त्रकाविरूद्ध नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट लडेर ल्याएको गणतन्त्रमा पनि दिन मिल्ने, सार्वजनिक गर्नैपर्ने सूचना लुकाउने संस्कार राम्रो होइन । आधुनिक विश्वमा सार्वजनिक तथा निजी क्षेत्रमा आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग हुँदै गइरहेको र स्वचालित रूपमै सूचनाहरू हरेक व्यक्तिले प्रयोग गर्ने डिफाइसमै उपलब्ध हुने गरेको अवस्थामा हाम्रो ध्यान त्यता जानुपर्दछ ।
यतिबेला सरकार देशको सम्बृद्धि र सामाजिक न्यायको पक्षमा दृढतापूर्वक अघि बढेको छ । देशमा सुशासन कायम नहुँदासम्म सम्बृद्धि र सामाजिक न्याय सम्भव छैन । अतः भष्टाचारजस्तो जघन्य अपराधलाई जरैदेखि उखेलेर फाली सुशासन कायम गर्ने सरकारको लक्ष्य हो । यसमा सबैको साथ र सहयोगको अपेक्षा गर्दछु । हिजो भ्रष्टाचारले आक्रान्त भएका शासकीय क्षमता कमजोर भएका मुलुकहरूले समेत आफूलाई सुधार गर्दै आर्थिक समृद्वि तर्फ फड्को मार्दै गर्दा हामीले आफ्नो अवस्थाबारे सोच्नैपर्दछ । हो, हिजो राजनीतिक अस्थिरतालाई दुहाई दिँदै विकास समृद्वि सम्भव भएन भन्ने गरिन्थ्यो, तर अब कुनै पनि बहानावाजी सैह्य हुने छैन । अब सामाजिक न्याय र समृद्विको सोँचलाई वास्तविकतामा रूपान्तरण गर्ने बेला भइसकेको छ । अब हामीलाई रूमलिने, एकअर्कालाई दोषारोपण गर्दे सत्तोसराप गर्ने वा समस्याका चाङ् खडा हुँदा पनि त्यसको समाधान नगरेर अवरोध गरिरहने छुट छैन । मैले भन्ने गरेको छु, अब हामी सबै मिलेर यो राष्ट्र बनाउँ । जनताको हितका बारेमा सोंचौं । राष्ट्रिय समृद्विका लागि सरकार, सबै राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाजसहित सबै सार्वजनिक निकाय गोलवन्द र एकतावद्ध हुन म बिशेष आव्हान गर्दछु ।
हामीले संघीय लोकतान्त्रिक गणतन्त्र ल्यायौँ । यो सामान्य दवावले आएको होइन । यसका लागि जनयुद्ध र जनआन्दोलन भए । लाखौंले संघर्ष गरे, हजारौंले बलिदान दिए । यो हाम्रो गर्विलो इतिहास हो । तर मुलुकको रूपान्तरणको विषय यहाँसम्म सीमित गर्दा मात्र पुग्दैन । हामी समाजवादको यात्रामा छौँ । हामी व्यवस्था परिवर्तनका संवाहक बने पनि जनताको यथार्थ अवस्थामा परिवर्तन नल्याउदासम्म सामाजिक न्याय र समृद्वि प्राप्त हुँदैन । दुरदराजका किसान र श्रमिकले महसुस गर्ने गरी हाम्रा प्रशासनिक संयन्त्रहरूलाई जनता सँगसँगै हिडाउने सहभागितामूलक सेवामुखी संरचनामा रूपान्तरण गर्न जरुरी छ, अनि मात्र राज्यमा असल लोकतन्त्रको अभ्याससँगै सुशासन र पारदर्शिता कायम गर्न सकिन्छ ।
बास्तवमा राज्यका सार्वजनिक निकायबाट भए गरेका कामकारवाहीका सूचना माग गर्नै नपर्ने अवस्थाको सिर्जना गर्दा यसबाट सरकार र जनताबीचको विश्वासको वातावरण पैदा हुन्छ । वर्तमान सरकार सुशासन प्रवद्र्वन गर्न सूचनाको हकको पूर्ण कार्यान्वयनका लागि प्रतिवद्व छ । सरकार मातहतका सबै निकायलाई खुलापनमा आधारित प्रशासनिक संस्कार र पारदर्शिताको माध्यमबाट जनतालाई आफ्ना काम कारवाहीबारे बोध गराउने विषयमा सरकार सधै प्रयत्नशिल रहने प्रतिबद्वता गर्दछु ।
म प्रधानमन्त्री भए लगत्तै त्यसअघिको सूचनाको वर्गीकरण सम्बन्धी प्रस्तावमा यहाँहरूको गुनासो रहेपछि त्यसलाई स्थगित गरी सूचनाको हक सम्बन्धी कानुनलाई कमजोर नहुने गरी वर्गीकरण गर्न निर्देशन दिएको सबैलाई अवगतै छ । त्यस्तै यसै वर्षदेखि कक्षा ८ को पाठ्यक्रममा पनि सूचनाको हक सम्बन्धी विषय समावेश गरिएको छ । यसका अलावा सरकारले सूचनाका हकको कार्यान्वयनका लागि विभिन्न संरचनागत संयन्त्र र कानुनहरू तय गरेको छ ।
सूचनाको हकलाई कार्यान्वयन गराउने महत्वपूर्ण संयन्त्र सूचना आयोगलाई अझै बलियो र सशक्त बनाउनुपर्ने महसुस गरी मेरै पहलमा हालै सरकारी भवनको व्यवस्था गरिएको छ । आयोगलाई अझै सशक्त बनाउन यसको संरचनात्मक सुधार आवश्यक छ । यसका लागि आयोगलाई सरकारका तर्फबाट अन्य आवश्यक सहयोग रहने विश्वास पनि दिलाउन चाहन्छु । राज्य संयन्त्रका सूचना विवरण, तथ्य र तथ्यांक संकलन र अद्यावधिक गर्ने कार्यलाई समयसापेक्ष प्रविधिमैत्री बनाउन आवश्यक छ । देश संघीय गणतन्त्रमय भए तापनि समयानुकूल पुराना कानुनहरू संशोधन नहुँदा त्यसको प्रत्यक्ष असर सरकारको कामकारवाहीमा परेको छ ।
यसैगरी राज्यमा भ्रष्टाचार नियन्त्रणका पनि सूचना लिने मात्र होइन दिने संस्कारको विकास गर्न आवश्यक छ । सार्वजनिक निकायमा घुस, ढिलासुस्ती, गलत निर्णय, अपारदर्शी व्यवहार जस्ता विषयमा सूचना दिन उत्प्रेरित गर्न सूचनाको साक्षी संरक्षण सम्बन्धी कानुनी व्यवस्था गर्न जरूरी भइसकेको छ । त्यस्तै विश्वमा भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रयोग भएको नयाँ प्रविधिमा आधारित ब्लकचेन टेक्नोलोजीको पनि हामीले अध्ययन गर्न आवश्यक छ । अब सार्वजनिक ओहोदामा रहेका हरेक व्यक्तिको सम्पत्तिसहितका व्यक्तिगत विवरण गोप्य राख्ने प्रचलन हटाउन पनि कानुनी व्यवस्था गर्न जरूरी छ ।
सार्वजनिक महत्वको सूचनामा नागरिकको सहज पहुँच पुर्याउन, नागरिकको सूचनाको हकको सम्मान गर्न, कानुनले निर्दिष्ट गरेकै अवधिभित्र सूचनामागकर्ता नागरिकलाई सूचना दिन, सूचना माग र प्रवाहको अलग्गै अभिलेख राख्न, सूचनाको वर्गीकरण गर्न, सूचनादाताको संरक्षण गर्न र सूचना प्रवाहकै माध्यमद्वारा आम जनतामा सुशासनको अनुभूति दिलाउन सरकार प्रतिबद्व रहेको छ । र राष्ट्रिय सूचना दिवसको यस अवसरमा म सरकारी कार्यालय, राजनैतिक दल, गैरसरकारी संस्था, निजी क्षेत्र र कानूनद्वारा स्थापित सबै निकायले सूचनाको हक सम्बन्धी कानूनले निर्दिष्ट गरेको दायित्वलाई पालना गर्न अनुरोध गर्दै विदा हुन्छु, धन्यवाद ।
काठमाडौंं, ३ साउन ।
प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता चन्द्र भण्डारी र मह जोडीबाट परिचित वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको संरक्षणमा जलन कोष स्थापना गरिएको छ ।
जनस्वास्थ्य सरोकार ट्रष्ट नेपाल र कीर्तिपुर नगरपालिकाको सहकार्यमा स्थापना गरिएको कोषमा जम्मा भएको रकमबाट सामाजिक सेवा इकाइमार्फत कीर्तिपुर बर्न अस्पतालमा विपन्न, असहाय तथा बेवारिसे बिरामीको उपचार गरिनेछ ।
कीर्तिपुर अस्पतालमा मात्रै वार्षिक ६०० भन्दा बढी जलनका बिरामीको उपचार हुने गरेको छ । सन् २०२३ को साढे सात महिनामा ७९ जना बिरामीको मृत्यु भइसकेको तथ्यांक छ ।
काठमाडौं, ३ भदाै ।
संसदको गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बसिरहेको छ ।
प्रधानमन्त्रीको आह्वानमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरी, रास्वपा सभापति रवि लामिछाने, प्रमुख सचेतक सन्तोष परियार, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमतकी अनितादेवी साह सहभागी छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा कार्यव्यस्तताका कारण एमाले अध्यक्ष केपी ओली भने अनुपस्थित छन् ।
हेमन्त केसी,सुर्खेत, ३ भदाै ।
नेकपा माओवादी केन्द्रकै नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकारको आफ्नै पार्टीभित्र व्यापक आलोचना सुरु भएको छ । तीन महिने अभियानलाई सफल बनाउन कर्णालीमा इन्चार्ज भएर आएका उपमहासचिव मात्रिका यादवले सुझाब माग्ने आयोजित कार्यक्रममा कर्णाली सरकारकै आलोचनाको मुख्य विषयले भारी समय खर्चियाे ।
अधिकांश बैठकमा सहभागीले मुख्यमन्त्री राजकुमार शर्मासँग सम्पर्क समेत गर्न मुस्किल भएको बताएका थिए । नेकपा माओवादी केन्द्र कर्णालीका अध्यक्ष बिमला केसीले भनिन्, ‘मुख्यमन्त्रीज्यूलाई पार्टीले कुनै हस्तक्षेप नगर्ने निर्णय गरिसकेकाले हामी केही नभन्ने पक्षमा छौँ , उहाँलाई कसरी काम गर्दा सजिलो हुन्छ । त्यही गर्नुहुन्छ ।’
अर्का स्थायी सदस्य कालीबहादुर मल्लले आफ्नो पार्टीबाट गएका मन्त्रीहरुलाई एक जना स्वकीय राख्दा पार्टीका सिफारिसमा राख्नु, अरु इच्छा आएका व्यक्तिलाई राख्नु भनेपनि त्यो कुरा कार्यान्वन नभएको बताए । उनले भने ,‘ पटक , पटक मैले मुख्यमन्त्रीलाई ध्यानाक्रषण गराएको छु । बाँकी काम गर्ने उहाँले हो । ’
शनिबारदेखि सुर्खेतमा कर्णालीका १० जिल्लाबाट आएका पार्टीका नेता कार्यक्रतालाई प्रशिक्षण हुन लागेको छ । त्यहाँ समेत पार्टी र सरकारको बीचमा तालमेल नमिलेको आवाज चर्को रुपमा उठेको छ । अहिले सम्म व्यापारी , पत्रकार , तथा शुभचिन्तकसँग प्रदेश इन्चार्ज मात्रिका यादवको उपस्थितीमा अन्तरक्रिया हुँदै आएका छन् ।
सत्तामा पुग्न साथ पार्टीका कुरा नसुन्ने प्रवृतिले गर्दा आफूहरु हैरान भएको सहभागीले बताएका छन् । प्रदेश समितिका पदाधिकारी समेतले सरकारमा सहभागी साथीहरुले आफूहरुको कुरा नसुनेको गुनासो गर्न भ्याएका छन् । त्यस्तै केही सहभागीले तपाइहरु अहिले बाहिर हुनुहुन्छ, तपाइँहरु सरकारमा हुँदा कस्तो गर्नुभएको थियो, अहिले अर्काले कुरा नसुन्दा कस्तो अनुभूति हुदोरहेछ भन्दै ब्याङगे समेत गरेका थिए । सरकारका महत्वपुर्ण अंगमा राजनीतिक न्यूक्ति गर्नुपर्नेमा वर्ष दिन सम्म खाली राखेर के गर्न खोजेको भन्दै मुख्यमन्त्रीलाई सहभागीले प्रश्न समेत गरेका थिए ।
प्रेस सेन्टर निकट पत्रकारले सबै भन्दा बढी मुख्यमन्त्रीको आलाचेना गरेका थिए । स्थानीय तहका जनप्रतिनिधिले समेत पार्टीका कुरा नसुनेर एकलौटी तरिकाले अगाडी बढेको समेत भारी आलोचना भएको छ । संघीय मन्त्री , प्रदेशका मुख्यमन्त्री ,मन्त्री देखि स्थानीय तहका जनप्रतिनिधि सम्मको आलोचना भइरहेको छ । पार्टी भित्र आलोचना गरेमा मन नपरेकाले भित्तामा पुर्याउने गरेको समेत गुनासो गरिएको छ ।
उत्तर प्रदेश इन्चार्ज मात्रिका यादवले यो समस्य देशै भरी भएकाले नै यो तीन महिने अभियान सञ्चालन गरिएको बताए । अब गाउँ ,गाउँमा माओवादी, जनजनमा माओवादी भएमा मात्र यो पार्टी बन्ने उनले तर्क गरे । गुट, उपगुट सबैलाई पिसेर धुलो बनाइने समेत बताए । नेताहरु सुविधभोगी भएको तर जनताको कुरा सुन्न छोडेको भन्दै आलोचना भएपछि नेताहरूलाई जवाफ दिन मुस्किल हुँदै आएको छ ।
काठमाडौं, ३ भदौं ।
सदन अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले आज पनि छलफल गर्दैछन् ।
झन्डै एक महिना देखी संसद अबरोध भए पछि सभामुख घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरुसँग छलफल गर्न लागेका हुन ।
सिंहदरबारस्थित संसद सचिवालय भवनमा बैठक ११ बजे बोलाईएको छ ।
सभामुखको सचिवालयका अनुसार आजको बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक र सचेतक सहभागी हुनेछन् ।
सुन प्रकरणमा नेकपा एमालेले उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै निरन्तर संसद अबरुद्ध गरिरहेको छ । सभामुख घिमिरेले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गरेका थिए ।
काठमाडौं, ३ भदौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा गठन भएको समाजवादी मोर्चाको बैठक बस्दैछ ।
बैठक गठबन्धनमा आबद्ध दल नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय, आलोकनगरमा बस्नेछ ।
नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार आज साँझ ६ बजेका लागि बैठक बोलाईएको छ । गौर हत्याकाण्डको छानबिन गर्ने सम्झौता सरकारले गरे पछि सो गठबन्धनमा आबद्ध मध्ये जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) प्रधानमन्त्री प्रचण्डसँग सशंकित हुदैँ आएको छ ।
साथै, सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पुर्व प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधबकुमार नेपाल माथी छानबिन गर्ने बाटो खोलिदिए पछि गठबन्धन संकटमा परिरहेको बेला मोर्चाको बैठक बस्न लागेको हो ।
यसअघि तय भएको बैठक बिभिन्न कारणले सर्दै आएको थियो ।
काठमाडौं, ३ भदौ ।
सत्तासाझेदार नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्यूरो बैठक यही भदौ ३ गतेदेखि सुरु हुने भएको छ।
शनिबार काठमाडौंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले भदौ ३ र ४ गते पोलिटब्यूरो बैठक बस्ने निर्णय गरेको हो।
त्यसैगरी भदौ ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक बोलाइएको छ। दुवै बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभार मुख्य अजेण्डा रहेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।
पोलिटब्यूरो बैठकले केन्द्रीय कमिटी बैठकको तयारी गर्ने र त्यसले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे महत्त्वपूर्ण निर्णय गर्ने उनको भनाइ छ।
एकीकृत समाजवादी आगामी माघमा सम्पन्न हुनेगरी राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ।
काठमाडौं ३ भदौं ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगत डेढ दशकदेखि सिण्डिकेट खडा गरी प्रमुख दलहरुले राज्यसंयन्त्रमा कब्जा जमाएको आरोप लगायका छन् ।
थापाले प्रमुख भनिने दलहरुले भुटानी शरणार्थी, ललिता निवास जग्गा, सुनतस्करी, गौर र टिकापुर हत्याकाण्ड फासफुस गर्ने सहमती गरेको भन्दै तिब्र रोष प्रकट गरेका छन् ।
पार्टीको काठमाडौं महानगर समितिद्वारा आज आयोजित कार्यक्रममा बोल्दै थापाले भ्रष्टाचार र मनपरीतन्त्रको अन्त्य चाहने हो भने संघीय गणतन्त्र नाममा अहिले लुकमा कायम ब्यबस्थाको नै अन्त्य जरुरी भएको समेत बताए ।
राप्रपा नेपाल भबिष्यमा सत्ता केन्द्रीत हैन , जनता केन्द्रीत भएर जनता र देशको हितको लागि अगाडि बढ्ने सड्ढल्पका साथ आन्दोलनमा जाने तयारीमा रहेको समेत थापाले स्पष्ट पारे । मुलुकमा बिदेशी हस्तक्षेप र प्रभाव बढेको भन्दै थापाले बेरोजगारी, धर्म परिबर्तन, महङ्गीको मारमा सिङ्गो देश पिल्सिएको चर्चा गर्दै सत्ता केन्द्रित फोहरी खेलले बिधिको शासनको उपहास भएको समेत जिकिर गरे ।
कार्यक्रममा नेताहरु तारानाथ लुइँटेल ,श्याम घिमिरे, राजकुमार खड्का, दिबेश नापित लगायतले बोलेका थिए । कार्यक्रममा विभिन्न नबप्रबेशीहरुलाई अध्यक्ष थापाले सदस्यता प्रदान गरि पार्टीमा स्वागत गरेका थिए ।
काठमाडौं, ३ भदौं ।
प्रतिनिधिसभा बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र बिद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।
संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद (सचिव) टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् । साथै, सांसद सुनिल शर्मा पक्राउ र रिहाका बारेमा पनि संसदमा जानकारी गराईनेछ ।
उता, बाधा अडकाऊ फुकाउ आदेश पेश गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यबिधि थप गर्ने प्रस्ताव पेश गर्नेछन ।
साथै शिक्षा मन्त्री अशोककुमाार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल बिश्वबिद्यालय बिद्येयक २०८० लाई बफादार छलफलका लागि सबन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्नेछन भने सभामुखले १० वा सो भन्दा बडी बैठकमा अनुपस्थित सांसदहरुको सुचनाहरु सभाको स्विकृतिका लागि पेश गर्ने कार्यसुची रहेको छ ।
उता, बिषयगत समितिको सदस्य हेरफेर देखी १० पटकसम्म बैठकमा अनुपस्थित सांसदहरूको नामावली बाचन गरेर सुनाइने छ भने संसदीय समितिका सदस्यहरूकाे नामावली हेरफेरकाे सुचना पनि जानकारी गराइनेछ ।
काठमाडौं, १ भदौं ।
आज संघीय संसद अन्तर्गतका दुईवटा समितिको बैठक बस्दैछ ।
बिधायन व्यवस्थापन समिति र दिगो विकास तथा सुशासन समितिका दुईवटा बैठक बस्न लागेका हुन् ।
संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदवारमा बस्नेछ । बिद्यायन समितिको बैठक बिहान ११ बजे बोलाईएको छ भने दिगो ब्यवस्थापनको बैठक १ बजे बोलाईएको छ ।
गदोरम्बा, ३२ साउन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा रहेका विकृति र वेथिति अन्त्यको नेतृत्व पनि माओवादी केन्द्रले लिने बताएका छन् ।

बिहिबार नेकपा (माओवादी केन्द्र) दोरम्बा शैलुङ गाउँपालिकाले आयोजना गरेको २० औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रद्धान्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।
देशको व्यवस्थामा परिर्वतन ल्याउँने आन्दोलन, स्वाधिनता र अखण्डताका पक्षमा लडेको माओवादी केन्द्रलाई पछिल्लो समय जनताको जीवनमा परिर्वतन ल्याउनेबारे कार्यशैलीगत अन्योल रहेकोमा त्यो बाटो पहिल्याएको उनले बताए । अब माओवादी जनतासँग जोडिने घरघरमा माओवादी, जनजनमा माओवादी अभियान चलाउने उनको भनाइ थियो ।
प्रधानमन्त्री प्रचण्डले भने, “अहिले देशमा धेरै व्यथिति छन् । तीनको अन्त्य गर्ने नेतृत्व कसैन कसैले त लिनै पर्छ । यसको नेतृत्व हिजो जनताका अधिकार स्थापित गर्ने परिर्वतनका आन्दोलमा सहभागी भएका बलिदानीको कृतिमान कायम गरेका हामी माओवादीले लिनुपर्छ ।”
निर्वाचनका बेला व्यवस्था बदल्यौं, अब अवस्था बदल्छौं भनेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले यसअघि व्यवस्था बदल्न के गर्ने भन्नेमा अल्मलिने गरेको भएपनि अब भने बाटो पहिल्याएको बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, “हिजो बन्दुक बोकेर एकात्मक, निरङ्कुतामा रहेको देशमा समावेसी गणतन्त्र ल्याउन त सकेउ ,तर जनताले चाहे अनुसारको परिवर्तन हुन सकेको छैन, जनताको जिवनमा परिर्वतन ल्याउन अझ संर्घष गर्ने त भनियो तर बाटो भने अलमल थियो, जुन बाटो अहिले हामीले पहिल्याएका छौं । जनतासँग माओवादी विशेष अभियान संचालन गर्ने भनेका छौं । ”

सरकारले सुशासनका पक्षमा गरेका काम र पार्टीले चलाएको जनतासँग माओवादी रुपमान्तरण अभियानलाई जोडेर माओवादी र जनताबीचको सम्बन्ध नङ र मासुको जस्तै बनाइने उनको भनाई छ ।
प्रधानमन्त्रीले भने,“हामी फेरिन चाहान्छौं जनतासँग जोडिएर, जनताकोे घरमा गएर देशको अवस्थाबारे जानकारी गराएर, समाजवादको नयाँ आन्दोलनको रुपमा सरकार र पार्टी दुवै तर्फबाट अभियान संचालन गर्छौं, यसमा सबैको साथ समर्थन आवश्यक छ । ”
जनयुद्धको नेतृत्वकर्ताको हैसियतले आफुले माओवादी जनयुद्ध,जनयुद्धका घाइते अपाङ्ग शहिद बेपत्तालाई सम्मान गर्ने नै गरेको बताउँदै प्रधानमन्त्री बनिसकेपछि जनयुद्ध र परिर्वतनका विभिन्न आन्दोलनमा शहिद बनेका माओवादी सेना, नेपाली सेना , प्रहरी र सबैलाई समान व्यवहार गर्दै राष्ट्रिय शहिद घोषणा गरेको उनले बताए। साथै, जनयुद्धलाई अमर बनाउँने फागुन १ गते (जनयुद्ध दिवस)लाई राष्ट्रिय दिवसको रुपमा मनाउँने निर्णय गरिएको प्रधानमन्त्रीले बताए । शहिद परिवारलाई परिपूरण गर्ने ऐन ल्याएर शहिद, बेपत्ता परिवारलाई नयाँ जीवन दिइने कार्यको गृहकार्यमा रहेको उनले बताए ।
प्रधानमन्त्रीले सरकार सुशासनसँगै समृद्धिको यात्रामा रहेको बताएका छन्। उनले सरकारको अहिले ध्यान गेम चेन्जर आयोजनामा गएको बताउँदै भने, “ सरकारको ध्यान गेम चेन्जर आयोजनामा छ, केही ठुला आयोजनालाई देशको विकासलाई नयाँ युग तर्फ लैजाने गरी गेम चेन्जर आयोजनाको रुपमा परिवर्तन गर्छौं ।”
हिजो अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रम मार्फत ४० देखि ५० लाख अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोडेर समाजवादको भु्ण रोपेको उनले बताए । यो अभियानले जनतामा समानता र सबै नागरिकको भविष्य सुनिश्चित गर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले सुशासन र समृद्धिको यो अभियानमा सरकारलाई साथ दिन सबैलाई आग्रह समेत गरेका छन् ।

काठमाडौं, ३२ साउन ।
राप्रपाले सुनसरीको धरानमा भएको सामाजिक सद्भाव खल्बल्याउने गतिविधिप्रति सरकाको ध्यानाकर्षण गराएको छ ।
हिन्दु धर्मावलम्बीको आस्था र विश्वासमाथि आघात पुग्ने गरी धरानमा भएको कानुन वर्जित घटनालाई लिएर राप्रपाले सरकारको ध्यानाकर्षण गराएको हो । राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बिहीबार विज्ञप्ति निकालेर बहुसंख्यक हिन्दु धर्मावलम्बीको आस्था र विश्वासमाथि आघात पुग्ने गरी धरानमा सार्वजनिक रुपमा गोरु काट्नु, भिडियो बनाउनु र सामाजिक सञ्जालमा पोस्ट गर्नु दुःखद र आपत्तिजनक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘आपसी एकता, सदभाव र धार्मिक सहिष्णुता नेपालको पहिचान हो। सदियौंदेखि कायम रहेको नेपालको सामाजिक, धार्मिक सदभाव र एकतामा आँच आउन दिनु हुँदैन भन्नेमा राप्रपा प्रष्ट छ । उक्त घटनाका सम्बन्धमा गम्भीर बन्न र आवश्यक तदारुकता देखाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं,’ जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिको पूर्णपाठ :
बहुसंख्यक हिन्दु धर्मावलम्बीको आस्था र विश्वासमाथि आघात पुग्ने गरी धरानमा सार्वजनिक रुपमा गोरु काट्नु, भिडियो बनाउनु र सामाजिक सञ्जालमा पोस्ट गर्नु दुःखद र आपत्तिजनक छ। सामाजिक सदभाव खल्बल्याउने गरी भएका यस्ता गतिविधिप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छ ।
आपसी एकता, सदभाव र धार्मिक सहिष्णुता नेपालको पहिचान हो। सदियौंदेखि कायम रहेको नेपालको सामाजिक, धार्मिक सदभाव र एकतामा आँच आउन दिनु हुँदैन भन्नेमा राप्रपा प्रष्ट छ । उक्त घटनाका सम्बन्धमा गम्भीर बन्न र आवश्यक तदारुकता देखाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।
मोहन कुमार श्रेष्ठ
प्रवक्ता एवं प्रचार विभाग प्रमुख
राष्ट्रिय प्रजातन्त्र पार्टी ।
मिति : ३२ साउन, २०८०
काठमाडौं, ३२ साउन ।
प्रमुख प्रतितपक्षी दल नेकपा एमालेले संसदकोे सार्वजनिक लेखा समितिको बैठक बहिष्कार गरेको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समिमित बैठक एमालेले बहिस्कार गरेको हो ।
संसदीय समितिको नेतृत्व चयन नगरेको विरोधमा एमालेले संसदीय समिति बैठक बहिस्कार गरेको हो ।
यसअघिकै बैठकमा एमालेको तर्फबाट सांसद योगेश भट्टराईले नेतृत्व चयन नभएसम्म आफूहरु बैठकमा सहभागी नहुने जानकारी गराएका थिए ।
एमालेका सांसद सहभागी नभएपछि कोरम नपुगेका कारण बैठक नै स्थगित भएको छ ।
काठमाण्डौं, ३२ साउन ।
नेकपा माओवादी केन्द्रको अर्थ तथा योजना विभागले वर्तमान आर्थिक अवस्थामा सुधारका लागि सरकारले गर्नुपर्ने कामका विषयमा क्षेत्रगत विज्ञहरुसँग सुझाव लिएको छ ।
‘मुलुकको आर्थिक विकासको मोडल र विकास कार्यक्रम’ सम्बन्धी अन्तरक्रियामा कृषि, पर्यटन, ऊर्जा, जलश्रोत, सूचना प्रविधि, सहकारी, भौतिक पूर्वाधार, खानेपानी, इन्जिनियरिङ, जलश्रोत र बाणिज्यसहित विज्ञिन्न क्षेत्रका जानकारहरुले सुझाव दिएका थिए ।
कार्यक्रमका प्रमुख वक्ता विभाग प्रमुख एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले वदेशमै अवसर श्रृजना गरी योग्य श्रमशक्ति पलानयको चक्रलाई रोक्नुपर्ने बताए । औद्योगीकरणमार्फत रोजगारी श्रृजना गरेर कामका लागि युवा विदेशिने क्रम रोक्नुपर्ने उनले बताए । ‘औद्योगिकीकरणमार्फत उत्पादन बढाउने र रोजगारी सृजना गर्ने कार्यक्रममा जोड दिनुपर्छ’, बुधबार राति अबेर राजधानीमा सम्पन्न कार्यक्रममा पुनले भने, ‘श्रमशक्तिको निर्यात होइन, श्रमशक्तिको स्वदेशमै उपयोग गर्ने नीतिमा जान ढिलाई भइसकेको छ ।’ पुनले कमजोर व्यवस्थापन, सुशासनको अभाव, उपयुक्त नीति र अनुगमनको अभावमा धारासायी बन्दै गएका सार्वजनिक संस्थान बचाउन सरकारको ध्यान जानुपर्ने उल्लेख गरे ।
पुनले नेपालमा केही पनि हुँदैन भन्ने गलत भाष्य स्थापित हुन खोजेको भन्दै गरे के हुँदैन भन्ने आत्मविश्वास जगाउन जरुरी रहेको बताए । आफूले अर्थमन्त्री भएका बेला केही उदाहरणीय काम गरेर देखाएको स्मरण पनि पुनले गरे ।
आफू अर्थमन्त्री भएका बेला समस्याग्रस्त अवस्थामा रहेका सरकारी स्वामित्वका नेपाल बैंक, कृषि विकास बैंक र बाणिज्य बैंकलाई बचाउन भूमिका खेलेको स्मरण उनले गरे । तत्कालीन अवस्थामा करिब बन्द हुने अवस्थामा रहेकी तीनवटै सरकारी बैंकलाई पुँजी वृद्धि गरेर जोगाइएको स्मरण यनले गरे । हाल कमजोर अवस्थामा रहेका सार्वजनिक संस्थान बचाउन पनि केही न केही नयाँ नीतिमा फड्को हाल्नुपर्ने उनको जोड थियो । यस्तै आफूले अर्थमन्त्री भएका बेला डुब्न लागेको बायु सेवा निगमलाई दुईवटा न्यारोबडी जहाज किनेर जोगाएको चर्चा उनले गरे ।
‘हिजो सरकारमा हुँदा पनि हामीले सस्तो लोकप्रियताका लागि धेरै हल्लाखल्ला नगरी धारासायी भएका सरकारी स्वामित्वका तीनवटा बैंकको पुँजीवृद्धि गरी निजी क्षेत्रका बैंकसँगै प्रतिस्पर्धी बनाएको र वायुसेवा निगम जोगाएको अनुभव छ’, पुनले भने, ‘अहिले पनि कमजोर व्यवस्थापनमा चलेका सार्वजनिक संस्थानहरुलाई बचाउन केही न केही नयाँ नीतिमा हामी जानैपर्छ ।’ उनले स्वदेशमै पर्याप्त रोगजारीको अवसर वृद्धि नगरी समाजवादमा जान सम्भव नरहेको स्पष्ट गरे । मुलुकको समग्र आर्थिक विकासका लागि सार्वजनिक, निजी र सहकारीको नीति खम्बे अर्थनीतिलाई आत्मसात गरी पुँजीको सही उपयोगमार्फत उत्पादन बढाउनेतिर ध्यान दिनुपर्ने पुनको भनाइ थियो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले पहिलोदेखि १५औं पञ्चवर्षीय योजनासम्मका धेरै योजना असफल भएको दृष्टान्त प्रस्तुत गरेका थिए । १६औं पञ्चवर्षीय योजनाको तयारी भइरहँदा विगतका असफलताबाट सिकेर अति महत्वाकांक्षी योजना समेट्न नहुने उनले बताए ।
कार्यक्रममा विज्ञहरुले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने विषयमा सरकारले छिट्टै प्रक्रिया अघि बढाउनुपर्ने, विद्युत निार्यतलाई नभई स्वदेशमै खपत बढाउने गरी औद्योगीकरण गरिनुपर्ने, श्रमशक्ति निर्यात गर्ने नभई उपयोग गर्ने नीति अख्तियार गरिनुपर्ने, उत्पादन वृद्धि गरी रोजगारीको अवसर श्रृजना गर्ने कार्यक्रम अघि सारिनुपर्ने जस्ता सुझाव दिएका थिए । लगातार रुपमा वार्षिक बजेटले निर्धारण गरेको आर्थिक वृद्धिको लक्ष्य हासिल हुन नसक्नुको कारणबारे राष्ट्रिय स्तरमै समीक्षा हुनुपर्ने पनि सहभागीहरुको भनाइ थियो ।
कार्यक्रममा विज्ञहरुका साथै माओवादी केन्द्रका ३३ वटै विभागबाट दुई÷दुई जनाका दरले प्रतिनिधित्व थियो । अन्तरक्रियामा आएका सुझाव समेटेर छिट्टै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाइने माओवादी आर्थिक तथा योजना विभागका सदस्य एवं युवा अर्थशास्त्री डिपी ढकालले जानकारी दिए ।
काठमाडौं, ३२ साउन ।
सर्वाेच्च अदालतले आठजनाको ज्यान जाने गरी भएको टीकापुर घटना रेशम चौधरीकै नेतृत्वमा भएको ठहर गरेको छ ।
सर्वोच्च अदालतले सार्वजनिक गरेको टीकापुर घटनासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठमा रेशम चौधरीकै नेतृत्वमा टीकापुर घटना भएको उल्लेख गरिएको छ ।
सर्वाेच्च अदालतको फैसलाको पूर्णपाठ नआउँदै सत्ता समीकरण जोगाउन सरकारले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्वसांसदसमेत रहेका रेशम चौधरीलाई आममाफी दिएर जेलमुक्त गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई माफी मिनाहा गरेका थिए ।
तर, सर्वाेच्च अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै टीकपुर घटनालाई ‘क्रुर अमानवीय र सभ्य समाजमा सोच्नै नसकिने खालको घटना’ भनी व्याख्या गरेको छ ।
‘रेशम चौधरी नेतृत्वको भिडले जीवनदानको भिख मागेका ८ जना प्रहरी कर्मचारीलाई लाठी ढुङ्गा, बन्चरो प्रहार गरी, आँखामा भाला रोपी शरीरमा खर, पेट्रोल, मट्टितेल खन्याई जलाउने र शवहरू क्षत–विक्षत गर्ने जस्तो सभ्य समाजको अपेक्षा र मानवीय चेतना विरूद्ध अत्यन्त अमानवीय, क्रुर र निर्मम ढङ्गले ज्यान मारेको देखिन आई कसुर शङ्कारहित तवरले पुष्टि हुन आयो,’ फैसलाको पूर्णपाठमा उल्लेख छ ।
काठमाडौं, ३१ साउन ।
नेपाल विद्यार्थी संघ शंकरदेव क्याम्पस इकाइ समिति सभापति विवेक लामा घिसिङले नेविसंघ केन्द्रले गरिररहेका गतिविधिहरूप्रति आपत्ति जनाउँदै आएका छन्। विधान सम्वत नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले संगठन चलाउन नसकेको भन्दै नेविसंघका पछिल्ला गतिविधिहरूप्रति लामाले असन्तुष्टि जनाउँदै आएका हुन्।
२२ साउनमा कांग्रेसले शेर्पाको अध्यक्षतामा गठिन नेविसंघ केन्द्रीय समितिमा ७१० सदस्य मनोनयन गरेकोमा लामा पनि केन्द्रीय सदस्य मनोनित भएका थिए। तर, आफूसँग सल्लाह नै नगरेर नेविसंघ केन्द्रीय समितिमा राखेको र अन्य थुप्रै विद्यार्थी नेताहरूको भावना समेट्न नसकेको भन्दै लामाले केन्द्रीय सदस्य नरहने गरी २० मिनेटभित्रै राजीनामा दिए।
‘नेविसंघ विधान अनुसार चल्न सकेन। देशभरका थुप्रै विद्यार्थी नेताहरूको भावना समावेश भएन। म शंकरदेवको अध्यक्ष छु नै। मैले यहाँ रहेर संगठन सुदृढ गर्ने हो। जुन म गरि पनि रहेको छु। तर, म सँग सल्लाह नै नगरी केन्द्रीय समितिमा राखियो। यसप्रति मेरो आपत्ति छ,’ लामाले भने।
उनले शंकरदेवमा संगठनको विधान अनुसार नेविसंघको नेतृत्व निर्वाचन प्रणालीबाट आफूले हस्तान्तरण गर्न चाहेको बताएका छन्। त्यसका लागि नेविसंघ केन्द्रीय समिति विधि र पद्धति अनुसार चल्नु पर्नेमा उनको जोड् छ।
आफूसँग सल्लाह नै नगरी स्ववियुमा नेविसंघविरुद्ध स्वतन्त्र उठेका व्यक्तिलाई सहयोग गरेका व्यक्तिलाई इकाइ सभापतिको पत्रसमेत दिइएको भन्दै उनले आपत्ति जनाए।
‘अहिले पार्टीप्रति युवाहरूको आकर्षण घट्दो छ। जिम्मेवारिमा रहेका नेताहरूको कमजोरीका कारण यस्तो अवस्था सिर्जना भइरहेको हो। हामी जस्तो संगठनका लागि केही गर्छौं भनेर लागि रहेका युवाहरूलाई प्रेरित हुने खालका कार्यक्रम पार्टीले ल्याउनुपर्छ। त्यसका लागि म पार्टीसँग जोडदार माग गर्द छु,’ उनले भने।
लामामात्र होइन, नेविसंघ केन्द्रीय समितिको निर्णयप्रति असन्तुष्टि जनाउँदै एलिजा ढकाल र मुकेश घिमिरेलगायतले पनि केन्द्रीय समितिमा नरहेको घोषणा गरेका छन्।
गत साउन २२ गते सभापति शेरबहादुर देउवाले ७१० सदस्यीय नेविसंघ गठन गर्दा समावेशी नभएको भन्दै चर्को विरोध भइरहेको हो।
विद्यार्थी नेताहरूको असन्तुष्टिलाई सम्बोधन गर्नुको साटो त्यसलाई थप विवादित तुल्याउन नेविसंघ अध्यक्षले नै भूमिका खेलिरहेको विद्यार्थी नेताहरूको आरोप छ।
नेविसंघ काठमाडौं जिल्ला सभापति, शंकरदेव क्याम्पस इकाइ सभापति, त्रिभुन विश्व विद्यालय कीर्तिपुर नेविसंघ इकाइ सभापतिलगायत थुप्रै ठाउँमा केन्द्रीय सभापति शेर्पाले ब्रकदृष्टि देखाएपछि चरम असन्तुष्टि निम्तिएको हो। काठमाडौंका साविक सभापति मनीष डङ्गोललाई थाहा नदिकन ७१० सदस्यीय जम्बो केन्द्रीय टिमको सदस्य बनाउँदै शेर्पाले अंशुल केसीलाई जिम्मेवारी दिएपछि काठमाडौंमा विवाद बढेको हो।
मनिष डङ्गोलले एक विज्ञप्ति जारी गर्दै आफू जिल्ला सभापति नै रहेको दाबी गरेका छन्। धोकाधडी तरिकाले एकाधिकारवादले संगठन गरेको भन्दै डंगोलले केन्द्रीय सदस्यको जिम्मेवारी अस्वीकार गरेको बताएका छन्।
दुजाङविरुद्ध महामन्त्रीद्वयलाई ज्ञापनपत्र
नेविसंघ केन्द्रीय समिति विस्तारप्रति असन्तुष्टि जनाउँदै केही विद्यार्थी नेताहरूले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला र प्रमुख सचेतक रमेश लेखकलगायतलाई नेविसंघ विधान बुझाउँदै विधानसम्मत समिति गठन गर्न माग गरेका छन्।
पार्टीले विधानअनुसार नेविसंघ गठन नगरे समानान्तर समिति घोषणा गर्ने चेतावनी असन्तुष्ट पक्षको छ। उनीहरूले गत साउन २४ गते सानेपामा विद्यार्थी भेला गरेर नेविसंघ समानान्तर समिति घोषणा गर्ने तयारी गरेका थिए।
नेविसंघ अध्यक्ष शेर्पा पक्ष र असन्तुष्ट पक्षले सानेपास्थित पार्टी कार्यालय अघि सडकमा एकअर्काविरूद्ध नाराबाजी गरेका थिए। ठूलो संख्यामा प्रहरी परिचालन गरेर समानान्तर समिति गठनको कार्यक्रम कांग्रेस केन्द्रीय कार्यालयले नै रोकेको थियो।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका नेविसंघ पनि असन्तुष्ट छन्। आफूहरूले नाम बुझाएका २१ जनाको नाम काटिएको भन्दै उनीहरूले विरोध गरिरहेका छन्।
साथै सभापति शेरबहादुर देउवालाई भेटेर नेविसंघ केन्द्रीय समिति समावेशी गराउन मागसमेत भएको छ।
असन्तुष्ट विद्यार्थीको सानेपामा अनशन
नेविसंघको असन्तुष्ट पक्षले नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अनशनसमेत सुरू गरेका छन्। बुधबार अपराह्नदेखि रिले अनशन सुरू गरिएको नेता विनोद शाही ठकुरीले जानकारी दिए।
नेविसंघ केन्द्रीय समिति विधानअनुसार समावेशी बनाउनुपर्ने उनले बताए। नेविसंघका नेता योगेन्द्र रावलका अनुसार विधानसम्मत केन्द्रीय समिति गठनको माग गर्दै अनशन गरिएको हो।
नेताहरूका भागबन्डाका आधारमा तदर्थ समिति बनाइएको र उक्त समिति विधानसम्मत नभएको दाबी असन्तुष्ट पक्षको छ।
काठमाडौं, ३१ साउन ।
प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । बुधबार दिउँसो राष्ट्रपति भवन शीतल निवास पुगेर अध्यक्ष ओलीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।
तीन सातादेखि जारी रहेको सदनको अवरोधबारे राष्ट्रपति पौडेलले ओलीसँग चासो राखेका थिए । सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै १० साउनदेखि एमालेले सदन अवरुद्ध गर्दै आएको छ ।
सदनको अवरोधप्रति राष्ट्रपति पौडेलले चासो राख्दै आएका छन् । यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि चासो राख्दै सदनको अवरोध हटाउन भनेका थिए ।
३२ साउन, महोत्तरी ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ताधारी दलका उच्च तहका नेताहरु सुन काण्डमा संग्लन भएको दावी गरेका छन ।
उच्च स्तरिय छानविन समिती वनाएर अगाडि बढदा अर्थमन्त्री देखि गृहमन्त्री समेत बयानको भागीदार बन्ने भएकै कारणले छनविन समिती नबनाएको उनकाे तर्कसमेत छ ।
उधोग बाणिज्य महासंघ मधेश प्रदेशको प्रथम अधिबेशनमा सहभागी हुन महोत्तरी आईपुगेका सचिव भट्टराईले संसद अवरुद्ध आफुहरुको रहर नभएको पनि बताएका छन । `एमालेले गरेको संसद बैठक अवरुद्धलाई लिएर धेरैले थुप्रै प्रश्न उठाएका छन,´ उनले भने, `हाम्रो माग एउटै हो उच्च स्तरिय छानविन समिती बनोस, निष्पक्ष छानबिन हाेस् ।´
उच्च स्तरिय छानविन समितीले गृहमन्त्रीलाई समेत नछोडने भएकाले प्रधानमन्त्री प्रचण्डले नै यसलाइ रोकेको सचिव भट्टराईको आरोप छ । २०७९ को निर्वाचनमा अपेक्षित परिणाम नआएको हुनाले देशमा अहिले भ्रष्टाचार र अपराधी गतिविधि बढेको जिकिर गर्दै भट्टराईले त्यसै कारणले पनि नेकपा एमालेले मिसन २०८४ बनाएको वताए । मिसन २०८४ निर्वाचन केन्द्रित भएको बताउदै उक्त निर्वाचनमा स्थानिय देखि संघसम्म एमालेको नै बहुमत हुने भट्टराईले जिकिर गरेका छन् ।
काठमाडौं, ३२ साउन ।
आज संघीय संसदका तीनवटा समितिको बैठक बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार आज सार्बजनिक लेखा समितिसहित तीनवाट संसदीय समितिको बैठक बस्न लागेको हो ।
जसअनुसार दिगो विकास तथा सुशासन समितिको ११ बजे बैठक बस्नेछ भने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक ११ः३० बजेका लागि बोलाईएको छ ।
सिंहदरवारस्थित संसद सचिवालय भवनमा बस्न लागेका तीन समितिको बैठक मध्ये सार्वजनिक लेखा समितिको बैठक भने १ बजे बोलाईएको छ ।
रौतहट,साउन ३१ गते ।
रौतहटको गरुडा नगरपालिकाका निर्वाचित १८ जना महिला जनप्रतिनिधिहरुलाई महिला नेतृत्व सम्बन्धि ३ दिने मध्यवर्ती तालिम आज गरुडाको आशिर्वाद होटलमा सम्पन्न भएको छ । माण्डवी रौतहटको आयोजना तथा आइएफपिएस सहकार्यमा शी लिड्स महिला नेतृत्व कार्यक्रम अन्तर्गत विगत वर्ष देखि नै यस्ता तालिमहरु विभिन्न सत्रमा सञ्चालन गर्दै आइरहेको छ ।
कार्यक्रमको उदघाटन तथा समापन सत्रमा गरुडा नगरपालिकाका नगर उप प्रमुख पुनम चौधरी तथा माण्डवीका अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासको उपस्थिति रहेको थियो । २०२२ को जनवरी(फेब्रुअरी सम्म नेपालको मधेश प्रदेशका २८ नगरपालिकामा स्थानीय सरकारमा प्रभावकारी ढंगले आफ्नो भूमिका निर्वाह गर्नका लागि निर्वाचित महिला जनप्रतिनिधिहरूलाई चाहिने सीप र ज्ञान प्रदान गर्नुका साथै
राजनीतिक संवादमा सहभागी हुनका लागि निर्वाचित महिला प्रतिनिधिहरू र अन्य नेतृत्व भूमिकामा भएका महिलाहरूको आत्मविश्वास बढाउने उदेश्यले माण्डवीले यो कार्यक्रम सँचालन गर्दै आईरहेको छ तालिमको समाप्न सत्र बोल्दै उप प्रमुख चौधरीले यस्ता सराहनीय कार्य गरेकोमा माण्डवीलाई धन्यवाद दिनुका साथै भविष्यमा यस तालिमबाट महिला जनप्रतिनिधिहरुले सिकेका ज्ञानहरुलाई अवश्य नै व्यवहारमा लागु गरी समग्र नगरपालिकाको विकासमा नै सहयोग पुर्याउनेमा आफु विश्वसत रहेको बताईन।
यस कार्यक्रम अन्तर्गत गरुडा नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई पहिलो, दोस्रो, तेस्रो तथा चौथो सत्र गरी तालिमहरु दिई सकेको माण्डवीका अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासले जानकारी गराउनु भएको थियो । मध्यावर्ती तालिममा नैतिकवान नेतृत्व, समस्याको विशलेषण, तथ्याँक सँकलन आवधिक तथा व्यवस्थापन र दुस्प्रचार तथा द्धेषपूर्ण अभिव्यक्तिको बारेमा छलफल गरिएको थियो ।
महिला जनप्रतिनिधिहरुमा पहिलाको भन्दा अझ यस तालिमले नेतृत्व क्षमताको विकास गरेको तालिममा सहभागि महिला जनप्रतिनिधि पुनम रामले जानकारी गराउनु भयो । मध्यवर्ती तालिममा गरुडा नगरपालिकाको १८ जना निर्वाचित महिला जनप्रतिनिधहरुको सहभागिताको साथै माण्डवीका अनुगमन अधिकृत सुविन्द्र दास, प्रशिक्षकद्धय पुनम ठाकुर र सँजय कुमार यादव, सामाजिक परिचालक सुरेन्द्र यादव तथा ममता सिँहको समेत उपस्थिति रहेको थियो ।
आरके श्रीवास्तव,रौतहट,साउन ३१ गते ।
जिल्ला कारागार गौर रौतहटको अवस्था छिट्टै समाधान गराउने गौर नगरपालिकाका नगर प्रमुख शम्भु शाहले बताउनु भएको छ । आज पत्रकारहरु सँग कुराकानी गर्नु हुँदै वहाँले यस्तो प्रतिबद्धता जनाउनु भएको हो । करागारलाइ कसरी सुरक्षित गर्ने विषयमा आफूपनि संवेदनशिल रहेको वहाँले बताउनु भयो । कारागारको पुनः निर्माण कसरी होस् र यसको राम्रो कसरी हुन्छ यसता तर्फ आफू लागी परेको उनको भनाइ छ ।
आफू निर्वाचित हुने वितिकै त्यसबेलाका तत्कालीन मधेश प्रदेश सरकारका गृहमन्त्री लाइ गौर कारागारको अनुगमन पनि गराएको जानकारी गराए । यसमा आफूले बारम्बार पहल गरी नै रहेको जनाए । कारागारको जग्गा केही व्यक्तीहरुले अतिक्रमण गरेर राखेका छन् । यसबारे मैले सम्बन्धित मन्त्रालयमा परिपत्र पनि गरेको बताए । त्यहाँ बाट जग्गा अतिक्रमण मुक्त गराउन परिपत्र नआएकोले यसमा अगाडी काम बढाउन नसकेको बताउनु भयो ।
आफू पनि यसको प्रतिक्षामा रहेको बताए । सर्वप्रथम कारागारको जग्गा अतिक्रमण मुक्त गराउन पर्दछ । त्यसको लागि प्रहरी प्रशासनको सहयोगको पनि आवश्यकता पर्नेछ । दोस्रो कुरा चाँही प्रदेश समन्वय परिषदको बैठकमा गृहमन्त्री आउनु भएको थियो । कारागारको अवस्थाको बारेमा आफूले वहाँलाइ सबै कुरा अवगत गराएको बताउनु भयो । गृह मन्त्रालयको लगानी गर्न मैले वहाँलाइ आग्रह पनि गरेको छु । कारागार लगायत भन्सार सुरक्षा गार्ड सहित दुइ ठाउँमा सहयोग गरि दिनु हुन वहाँ सँग आग्रह गरेको उनको भनाइ छ । साथै वहाँले गौर नगरपालिकाको विकास निर्माणको विषयमा प्रतिक्रिया दिनु हुँदै । जिल्लाको सबैभन्दा पुरानो नगरपालिका भएतापनि पिछडीएको नगरपालिका रहेको बताउनु भयो । यसको तिव्र विकासको लागि आफू लागि परेको बताउनु भयो ।
गौर नगरपालिकालाइ सुखी,समृद्ध र विकसीत बनाउनका लागि आफू लागी परेको बताउनु भयो । जसको लागि यहाँ घण्टाघर निर्माणको काम भइरहेको,टाउन हलको पनि निर्माण कार्य अगाडी बढेको बताए । त्यस्तै गौरको कबिर चौकमा पनि विवाह मण्डपको काम पनि अगाडी बढाइसकेको जानकारी गराउनु भयो । करिब चार वर्ष देखि अलपत्र अवस्थामा रहेको र पैसा निकासा गराएर झुलुङ्गे पुलको काम त्यस्तै छोडेकोलाइ काम सम्पन्न गरायौं ।
अर्को गौर नगरपालिका र इशनाथ नगरपालिकालाइ जोड्नका निमित बानेश्वर स्थानमा झुलुङ्गे पुलका स्थापना गराएका छौं । तीन ठाउँमा सूर्य मन्दिर निर्माण,श्री जुद्ध माविमा डिजिटल प्रविधि बाट पढने व्यवस्था पनि गराएका छौं । त्यस्तै शिक्षकको कमीलाइ पुरा गर्ने प्रयास गरेका छौ । गौर नगरपालिकाको सिसवामा प्रवेश द्धार पनि निर्माण गराउने बताउनु भयो । सिर्सियामा पुल निर्माण गर्नुका साथै गौर नगरपालिकामा थुप्रै कामहरु भएको उनको भनाइ छ । काम गर्दाखेरी दिर्घकालीन रुपमा हेरेर काम गराउने गरेको उनको भनाइ छ ।
गौर नगरपालिकालाइ ग्रिन सिटिको रुपमा बनाउने आफनो सोच रहेको बताउनु भयो । र पडके हिसासबले पनि नगरपालिकालाइ लैजाने उनको भनाइ छ । जसको लागि आफूले काम गरिरहेको बताउनु भयो । त्यसको लागि मन्त्रालय र विभागहरुमा सहकार्य जारीराखेको बताउनु हुन्छ । ऐतिहासिक ठाउँहरुको सौन्दर्यिकरण गराउन तर्फ लागि परेको उनी बताउँछन् । नगरपालिकाको विकास निर्माणको कार्य लाइ द्रुत गतिमा बढाउन अर्थको अभाव रहेकोले प्रदेश सरकार र संघ सरकार सँग यसको लागि पहल गरिरहेको बताउनु भयो ।
नगरपालिकालाइ अगाडी बढाउन धेरै चुनौतीहरु पनि रहेको उनी बताउँछन् । जनप्रतिनिहरु बाट विकास निर्माणको काममा सहयोग भएको हो तर केही असामाजिक तत्वहरु र इष्र्या, डाहा गर्ने व्यक्तीहरु अगाडी बढिरहेका छन् । उदाहरणको लागि भेपर लाइटहरुमा ढुंगाले फोर्ने,वृक्षारोपण लाइ उखालेर फाँल्ने लगायत मनोबल गिराउने कामहरु चाँही भइरहेको उनले बताए । तर पनि आफू अगाडी बढि नै रहेको बताए । अन्तयमा उनले वर्षयाम भएको सर्तकता अपनाउन र सुरक्षित साथ बस्न सबै नगरवासीहरु लाइ अपिल गर्नु भयो ।
काठमाडौं, ३१ साउन ।
नेपाल प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा कार्यक्षमता, अनुभव र सेवा विशिष्टीकरण अनुकुलको मापदण्ड लागु भएको छ।
“प्रहरी कर्मचारीको सरुवा सम्बन्धी मापदण्ड २०७९” अनुसार ठूलो संख्याका प्रहरी निरीक्षकहरूको सरुवा भएसँगै सो मापदण्ड कार्यान्वयनमा आएको हो।
तालिमपश्चात पासआउट भएका नयाँ तथा पुराना गरी ९५८ जना प्रहरी निरीक्षकको कार्यालय प्रमुख एवम् सहायक दरबन्दीतर्फ सरुवा भएको छ। त्यस्तै ६४ जना प्रहरी निरीक्षकहरूको बढुवा र पदस्थापन भएको छ। यी सबै सरुवा, बढुवा र पदस्थापन मापदण्डअनुसार भएका हुन्।
मापदण्डमा प्रहरी निरीक्षक प्रमुख हुने कार्यालयलाई जनघनत्व, यातायातको पहुँच, आपराधिक घटनाको संख्या, भौगोलिक अवस्थिति लगायतका आधारमा ‘क’ ‘ख’ र ‘ग’ श्रेणीमा वर्गीकरण गरिएको छ। त्यसमध्ये ‘क’ र ‘ख’ श्रेणीका कार्यालयमा ज्येष्ठता एवम् कार्यसम्पादन स्तर समेतको आधारमा नदोहोरिने र आलोपालो हुने गरी कार्यालय प्रमुखको अवसर प्रदान गरिएको छ।
पहिलो पटक कार्यालय प्रमुखको अवसर प्रदान गर्दा भने अनिवार्य रुपमा ‘ख’ र ‘ग’ श्रेणीका कार्यालयमा मात्र सरुवा गरिएको छ। त्यस्तै यसअघि नै काज सरुवामा मापदण्ड प्रतिकूल हुने गरी कार्यालय प्रमुखको रुपमा गएका प्रहरी निरीक्षकलाई फिर्ता बोलाइ मापदण्ड बमोजिम कार्यालय प्रमुख वा सहायक दरबन्दीमा सरुवा गरिएको छ। यसरी श्रेणी छुट्याएर मापदण्ड अनुसार सरुवा, बढुवा र पदस्थापन हुन थालेपछि कुनै पनि दबाब र प्रभावको अर्थ नहुने गृह मन्त्रालयले जनाएको छ।
पहुँचवालाले लगातार अवसर पाइरहने र पहुँच नहुनेहरू अवसरबाट बञ्चित हुनुपर्ने अवस्था अन्त्यका लागि उक्त मापदण्ड बनेको हो। नारायणकाजी श्रेष्ठले उपप्रधानमन्त्री तथा गृहमन्त्रीको कार्यभार सम्हाले देखि नै सुशासन र पारदर्शीतालाई महत्व दिँदै आएका छन् ।
काठमाडौं, ३० साउन ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पार्टीप्रति असन्तुष्ट रहेका नेता भीम रावलबीच भेटवार्ता भएको छ।
अध्यक्ष ओलीको सचिवालय बालकोटले रावलसँगको तस्विर राख्दै दुई जनाबीच भेटवार्ता भएको जनाएको हो। पार्टीको १०औं महाधिवेशनमा अध्यक्ष पदमा ओली र रावलबीच प्रतिस्पर्धा भएकोमा त्यसयता रावल र ओलीबीचको सम्बन्ध तिक्ततापूर्ण रहँदै आएको थियो।
केही महिनाअघि रावललाई पार्टी काममा फर्काउन भन्दै अध्यक्ष ओलीले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेका थिए। आजको उनीहरूको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
काठमाडौं, ३० साउन ।
मन्त्रिपरिषद् बैठक सुरू भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा सरकारका नियमित कामकारबाहीमाथि छलफल हुने बताइएको छ।

काठमाडौं, ३० साउन ।
नेपाल प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा कार्यक्षमता, अनुभव र सेवा विशिष्टीकरण अनुकुलको मापदण्ड लागु भएको छ। “प्रहरी कर्मचारीको सरुवा सम्बन्धी मापदण्ड २०७९” अनुसार ठूलो संख्याका प्रहरी निरीक्षकहरूको सरुवा भएसँगै सो मापदण्ड कार्यान्वयनमा आएको हो।
तालिमपश्चात पासआउट भएका नयाँ तथा पुराना गरी ९५८ जना प्रहरी निरीक्षकको कार्यालय प्रमुख एवम् सहायक दरबन्दीतर्फ सरुवा भएको छ। त्यस्तै ६४ जना प्रहरी निरीक्षकहरूको बढुवा र पदस्थापन भएको छ। यी सबै सरुवा, बढुवा र पदस्थापन मापदण्डअनुसार भएका हुन्।
मापदण्डमा प्रहरी निरीक्षक प्रमुख हुने कार्यालयलाई जनघनत्व, यातायातको पहुँच, आपराधिक घटनाको संख्या, भौगोलिक अवस्थिति लगायतका आधारमा ‘क’ ‘ख’ र ‘ग’ श्रेणीमा वर्गीकरण गरिएको छ। त्यसमध्ये ‘क’ र ‘ख’ श्रेणीका कार्यालयमा ज्येष्ठता एवम् कार्यसम्पादन स्तर समेतको आधारमा नदोहोरिने र आलोपालो हुने गरी कार्यालय प्रमुखको अवसर प्रदान गरिएको छ।
पहिलो पटक कार्यालय प्रमुखको अवसर प्रदान गर्दा भने अनिवार्य रुपमा ‘ख’ र ‘ग’ श्रेणीका कार्यालयमा मात्र सरुवा गरिएको छ। त्यस्तै यसअघि नै काज सरुवामा मापदण्ड प्रतिकूल हुने गरी कार्यालय प्रमुखको रुपमा गएका प्रहरी निरीक्षकलाई फिर्ता बोलाइ मापदण्डबमोजिम कार्यालय प्रमुख वा सहायक दरबन्दीमा सरुवा गरिएको छ। यसरी श्रेणी छुट्याएर मापदण्ड अनुसार सरुवा, बढुवा र पदस्थापन हुन थालेपछि कुनै पनि दबाब र प्रभावको अर्थ नहुने गृह मन्त्रालयले जनाएको छ।
पहुँचवालाले लगातार अवसर पाइरहने र पहुँच नहुनेहरू अवसरबाट बञ्चित हुनुपर्ने अवस्था अन्त्यका लागि उक्त मापदण्ड बनेको हो। नारायणकाजी श्रेष्ठले उपप्रधानमन्त्री तथा गृहमन्त्रीको कार्यभार सम्हाल्नुभएदेखि नै सुशासन र पारदर्शीतालाई महत्व दिँदै आएका छन् ।
हेमन्त केसीसुर्खेत, ३० साउन ।,
कर्णाली प्रदेश सभाको मङ्गलबार बसेको बैठक अवरुद्ध भएको छ । मुख्यमन्त्री राजकुमार शर्माले संसदमा जवाफ नदिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक अवरुद्ध गरेको हो । सोमबार बसेको बैठकमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले दुईवटा विषयमा समस्या समाधानको योजना सहित मुख्यमन्त्रीले जवाफ दिनुपर्ने माग राखेका थिए ।
माग राख्ने क्रममा उनले आगामी पहिलो बैठकमै जवाफ नदिए बैठक अवरुद्ध गर्ने चेतावनी सोमबारै दिएका थिए । बाढी, पहिरो, डुबान र हवाई सेवा उडान सम्बन्धी समस्या समाधानको योजना सहित सभामा प्रस्तुत हुनुपर्ने माग राखिएको छ । अविरल वर्षातका कारण विभिन्न क्षेत्रमा बाढी पहिरो र डुबान भइरहेको छ ।
त्यससम्बन्धमा सरकारले विशेष योजना बनाउनुपर्ने माग छ । विमानस्थल कार्यतालिको बमोजिम नागरिक उडड्यन प्राधिकरणले हवाई सेवा उडान गर्ने निर्णय गरेको छ । त्यसका कारण हिमाली जिल्लाका नागरिक पीडामा परेको भन्दै त्यसको विरोध जनाएका छन् । यस विषयमा ठोस योजना प्रस्तुत हुनुपर्ने सांसदहरुको माग छ । साथै, प्रदेशसभाको बैठक बिहीबार ३ बजेसम्मका लागि स्थगित भएको छ ।
काठमाडौं, ३० साउन ।
बढुवा प्रक्रियालाई यथाशीघ्र अगाडि बढाउन माग गर्दै राष्ट्रिय खेलकुद परिषदका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

गत सोमबार संघकी अध्यक्ष सरस्वती केसी भण्डारी नेतृत्वको कर्मचारीको टोलीले युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थलाई ज्ञापनपत्र बुझाउँदै यथाशीघ्र बढुवा प्रक्रियालाई अगाडि बढाउन माग गरेको थियो । तर, माग सम्बोधनका लागि कुनै सकारात्मक पहल नभएको भन्दै संघको नेतृत्वमा कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।
गत बिहीबार पत्रकार सम्मेलन गरेर संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । घोषित आन्दोलनअनुसार गत आइतबारदेखि पाखुरामा कालोपट्टी बाँधेर कर्मचारी आफ्नो नियमित काम गरिरहेका छन् । मंगलबार तेस्रो दिन उनीहरु कालोपट्टी बाँधेरै काम गरेका छन् ।
परिषदमा कार्यरत प्राविधिक एवं प्रशासनिक कर्मचारीहरुको बढुवा प्रक्रिया ढिलाइ गरेको कारणले यथाशीघ्र प्रक्रियाअगाडि बढाउन शान्तिपूर्ण विरोध स्वरुप कालोपट्टी बाँधेर काम गरेकाक हुन् ।

हुम्ला, ३० साउन ।
नेपाली कांग्रेसका नेता आनन्द विष्टले हुम्ला कांग्रेसलाई गतिशील बनाउन विचार विमर्श गर्दै जिल्लामा पार्टी सुदृढ बनाउन चलाएको आन्तरिक विशेष अभियान सकिएको बताएका छन्।

कांग्रेसले पार्टीलाई सुदृढ बनाउन चलाएको आन्तरिक विशेष अभियानअन्तर्गत हुम्ला पुगेका कांग्रेसका पूर्व केन्द्रीय सदस्य विष्टले एक सातासम्म हुम्लामा रहेर पार्टी सुदृढीकरणका लागि नेता कार्यकर्ताहरूमाझ गहन रूपमा विचार विमर्श गरिएको बताए।
‘झरीकै बीचमा हामीले जिल्लाका नेताहरूबीच एकता कायम गर्दै पार्टीका गतिविधिलाई सशक्त रूपमा कसरी अगाडि बढाउने? कसरी पार्टीका निकायलाई परिचालन गर्ने? आन्तरिक मदमेद भए कसरी अन्त्य गर्ने भन्ने विषयमा विचार विमर्श गर्यौं। सबै साथीहरूले पार्टीलाई गतिशील तुल्याउन एक जुट भएर लाग्ने प्रतिबद्धता जनाउनु भएको छ,’ उनले भने। जिल्लामा पार्टीका साथीहरूबीचको एकता र सद्भाव देखेर आफूलाई खुसी लागेको विष्टले बताए।
प्रतिकुल मौसमका कारण जिल्लामा उपलब्ध हुन नसकेका पार्टीका नेताहरूसँग टेलिफोनमै समन्वय गरेर भए पनि पार्टी गतिशीलताका विषयमा छलफल भएको उनले जानकारी दिए। ‘कांग्रेस केन्द्रीय सम्पादन समिति सदस्य एवम् पूर्वमुख्य मन्त्री जीवनबहादुर शाही, कर्णाली प्रदेशका सभापति ललितजंग शाही, केन्द्रीय सदस्य रंगमती शाही, संविधान सभा सदस्य रिता शाही, प्रदेश सभा सदस्य विजया बुढा, हुम्लाका पूर्वपार्टी सभापति धनपति रोकायालगायत अन्य थुप्रै नेताहरूप्रति आभार व्यक्त गर्छु,’ विष्ट भन्छन्।
अभियान अवधिभर पूर्णरूपमा सहयोग र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा कर्णाली प्रदेशका प्रतिनिधि कर्णबहादुर रावल, जिल्ला सभापति मोहनविक्रम सिंहलगायत सम्पूर्ण जिल्ला कार्यसमिति पदाधिकारी तथा सदस्य, कर्णाली प्रदेशका सदस्यहरू, जिल्लाका दुवै प्रदेशका सभापतिलगायत कार्यसमितिका पदाधिकारप्रति विष्टले आभार व्यक्त गरेका छन्। उनले सात पालिकाका ४४ वटै वडाका नेताहरू, जनप्रतिनिधिहरू, भ्रातृ र सुवेच्छुक संस्थाका पदाधिकारीहरूसँग समेत अन्तरक्रिया गरिएको बताए।
श्रावण २० गतेदेखि कांग्रेसले थालेको आन्तरिक सुदृढीकरण विशेष कार्यक्रमको पहिलो चरण आजबाट सकिएको छ।

काठमाडौं, ३० साउन ।
बुधबारका लागि बोलाइएको राष्ट्रियसभा बैठक सरेको छ । बुधबार दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक ५ भदौ मंगलबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी सारिएको संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

‘राष्ट्रियसभाको बैठक उक्त दिन र समयमा नराख सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलले आग्रह गरेकोले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०८० साल भदौ ५ गते मङ्गलबार अपराह्न १ः०१ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,’ जारी सूचनामा उल्लेख छ ।
सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग राखेर प्रमुख प्रतिपक्षी एमालेले सदन अवरुद्ध गर्दै आएको छ ।
काठमाडौं, ३० साउन ।
सुन तस्करी प्रकरणमा थप तीनजना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
२ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको सुन तस्करी प्रकरणमा मंगलबार थप पक्राउ परेका थप तीनजनाको साथबाट ३० लाख रुपैयाँ पनि बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।
२ साउनमा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको सुनको पगाल्ने काम मंगलबार सकिएको छ । मोटरसाइकल र स्कुटीको ब्रेक सुभित्र राखेर भित्र्याइएको उक्त सुन गालिसकेकाले तौलबारे मंगलबार जानकारी दिने तयारी गरिएको छ ।
सोमबार ब्रेक सुबाट सुन बाहिर निकाल्दा ६० केजी ७८९ ग्राम भएको छ ।
दाङ, ३० साउन ।
पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करीसम्बन्धमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बताएका छन् ।
सुन तस्करीमा उनको संलग्नता रहेको आशंका गर्दै अनुसन्धानको दायरामा ल्याउनुपर्ने आवाज उठिरहेका बेला मंगलबार दाङमा पत्रकारसँग कुरा गर्दै महराले अनुसन्धानमा सघाउन आफू तयार रहेको बताएका हुन् ।
सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएर बाहिर आएको विषयमा अनुसन्धानका लागि सरकारलाई सघाउन आफू तयार रहेको उनको भनाइ छ । ‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउनका निम्ति तयार छु । छानबिनमा सरकारलाई सघाउन तयार रहेको कुरा भन्दै पनि आएको छु । अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु । तर बेलाउँदैनन् त के गर्नु ?,’ उनले भने ।
चिनियाँ नागरिक वाङलाई फलफुल व्यापारिका रुपमामात्र चिनेको बताएकाा उनले सुन तस्करी प्रकरणमा विनाकारण आफ्नो नाम मुछिएको आरोप लगाए । वाङको नाम सुन तस्करी प्रकरणमा मुछिएको छ । तर, महराले वाङले आफूलाई भेटेर एक जना साथीको इलोक्ट्रोनिक चुरोट भन्सारमा रोकिएको र भन्सारबाट निकालिदिन भनेर आग्रह गरेको बताए ।
गुल्मी, ३० साउन ।
गुल्मीमा अरिङ्गालले टोकेर मुसिकोट नगरपालिका–४ का २१ वर्षीय शैलेससिंह ठकुरीको मृत्यु भएको छ । सोमबार अरिङ्गालले टोके पनि मंगलबार बिहान उनलाई गुल्मी अस्पताल लगिएको थियो ।
तर, उपचारका क्रममा उनको गुल्मी अस्पतालमा मृत्यु भएको हो । सोमबार बेलुका देविस्थान सामुदायिक जंगलमा सल्लाको बोटमा रहेको अरिङ्गागालको गोलो पोल्ने क्रममा उनलाई टोकेको थियो ।
काठमाडौं, ३० साउन ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी निर्वाचनमा कांग्रेस पक्षले आफ्ना मुख्य उम्मेदवारकाे टुंगो लगाएको छ।
प्रजातान्त्रिक पक्षधरबाट अब जापानका महेश श्रेष्ठ साझा उम्मेदवार हुने भएका छन्। हिजो बेलुकासम्म अध्यक्ष मै उम्मेदवारी दिने बताइरहेका अमेरिका निवासी डाक्टर केशव पौडेल भने श्रेष्ठलाई समर्थन गर्दै एक स्टेप तल उपाध्यक्षमा उठ्ने भएका छन्। अन्य सबै पद मिलाउने जिम्मा पौडेलले पाएका छन्।
अध्यक्षमा महेश जिलाई पठाउने निर्णय भयो। अरु पदाधिकारी क-कसलाई पठाउने भन्ने सबै जिम्मा केशव जिलाई दिनेगरी सहमति भएको छ,’ बैठकमा सहभागी एकजनाले भने। महासचिवमा अमेरिकाका निर्वतमान अध्यक्ष बुद्धिसागर सुवेदीलाई पठाउने निर्णय भएको छ।
यसअघि श्रेष्ठ र पौडेल दुवै जनाले अध्यक्षमा उठ्ने तयारी गरेका थिए। पार्टीको समर्थन आफ्नो पक्षमा ल्याउन दुवै जना काठमाडौं ओर्लिएका थिए। कांग्रेसी नेताहरूलाई भेटेर उनीहरूले छुट्टा–छुट्टै लविङ गरेका थिए। हिजो बिहानमात्र श्रेष्ठले कांग्रेस सभापति शेर बहादुर देउवा र उनकी पत्नि आरजु देउवासँग भेटेर आफ्नो पक्षमा माहोल बनाइदिन अनुरोध गरेका थिए।
भेटमा नेताहरूले कांग्रेसबाट एक मात्र उम्मेदवार हुनुपर्ने बताउँदै दुई जना मिलेर आउन आग्रह गरेका थिए। त्यसपछि काठमाडौं ओर्लिएका कांग्रेस निकट उम्मेदवारहरू हिजो बेलुका लामो बैठक बसेका थिए। संघको निर्वाचन आगामी अक्टोबरमा हुँदैछ।
काठमाडौं, २९ साउन ।
एमालेको प्रदेश अधिवेशन १६ भदाैबाट हुने भएको छ ।
सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले १६ भदाैबाट गर्ने निर्णय गरेको हो ।
बैठकले १६ र १७ भदाैमा लुुम्बिनी प्रदेशको, ५ र ६ असोजमा मधेस प्रदेश, ८ र ९ बागमती प्रदेश, १० र ११ असोजमा कर्णाली प्रदेशको, १२ र १३ असोजमा कोशीको, १५ र १६ गण्डकीको, १९ र २० असोजमा उपत्यका विशेष प्रदेशको र २१ २२ असोजमा सुदूरपश्चिम प्रदेशको अधिवेशन गर्ने निर्णय गरेको पार्टी सचिव योगेश भट्टराईले जानकारी दि ।

काठमाडौं, २९ साउन ।
पूर्वसभामुख तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महराले सुन तस्करी प्रकरणमा एकोहोरो आफूहरुमाथि आरोप लगाएर चरित्र हत्या गर्न खोजिएको बताएका छन् ।
सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरा र उनको छोरा राहुलको संलग्नताबारे समाचार प्रकाशित भएको विषयलाई लिएरसमेत उनले सञ्चारमाध्यमहरूले एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्न खोजेको आरोप लगाएका हुन् । उनले आफूहरुको राजनीतिक जीवन सिध्याउने प्रयास भएको आरोप लगाए ।
सुन तस्करी र आफूहरुको संलग्नताबारे गरिएको शंकाका विषयमा सोमबार सामाजिक सञ्जालमा उनले लेखेका छन् ः
हाम्रो विषयमा केही दिनयता विभिन्न सञ्चारमाध्याममा बारम्बार आइरहेका आरोपहरुप्रति गम्भीर आपत्तिसहित दुःख व्यक्त गर्दछौं। पुष्टि नभएको र प्रहरीले अनुसन्धान गरिरहेको विषयमा बारम्बार एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन नै सिध्याउन खोज्ने गलत कार्यको भर्त्सना गर्दछौं।
सञ्चारमाध्यामले पुष्टि नभएको विषयमा बारम्बार आरोप लगाएर जबर्जस्त पुष्टि गराउन खोज्नु गलत मात्र होइन, आफै न्यायालय बन्न खोज्नु हो । संचारमाध्यम बाट एकहोरो आक्रमण हुनु को पछाडी हामीले बुझ्न सकेका छैनौ ।
हामीले यसअघि नै बिषय स्पष्ट पारिसकेका छौं कि कोही व्यक्तिसँग सम्पर्क हुदैमा, केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भएको हो भनेर प्रचारबाजी गरिनु र समाचार लेखी भ्रमित पार्नु गलत हो।
राज्यको निकायले अनुसन्धान गरिरहेको बिषयलाई हामीले पूर्ण रुपमा सहयोग गर्ने कुरामा प्रष्ट पारेका छौं र प्रमाणित देखिए कानुन बमोजिम भागिदार हुनेछौ ।
२०८०।०४।२९
काठमाडौ, २९ साउन ।
नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।
च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा सो बैठक सुरु भएको हो ।
समसमायिक राजनीतिक बिषय, पार्टीको आन्तरिक कार्यक्रम तथा सांगठानिक संरचनाका बारेमासहित सुन प्रकरण पछि संसद गतिरोधलगायतका बिषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाईएको हो ।

काठमाडौं, २९ साउन ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू तर्सेर भाग्ने खालको मान्छे नभएको प्रतिक्रिया दिएका छन् ।
ललिता निवास जग्गा हिनामिनामा तत्कालीन प्रधानमन्त्रीलाई पनि अनुसन्धानको दायरामा ल्याउन सर्वाेच्च अदालतले आदेश दिएलगत्तै विदेश भ्रमण गएका अध्यक्ष नेपालले आफू भाग्ने खालको मान्छे नभएको प्रतिक्रिया दिएका हुन् ।
विदेश भ्रमण छोट्याएर सोमबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले कुनै पनि अपराध नगर्दाखेरि तर्सेर भाग्ने खालको मान्छे आफू नभएको बताएका हुन् ।
उनी यही साउन २२ गते बिहान टर्किस एयरको विमानबाट स्वीट्जरल्यान्डको जेनेभातर्फ प्रस्थान गरेका थिए । त्यसको एक दिनअघि सर्वोच्च अदालतले ललितनिवास जग्गा प्रकरणमा निर्णयकर्तामाथि पनि अनुसन्धान गर्न बाटो खुला गरिदिएको थियो ।
‘सर्वोच्चबाट अघिल्लो दिन बेलुका ललिता निवास छानबिन अघि बढाउनु भनेर भनियो । म प्रधानमन्त्री भएको बेला जग्गासम्बन्धी कतिपय निर्णय भएको थियो । पत्रपत्रिकामा मेरोबारेमा जोडिएर समाचार आयो, कसैकसैले त माधव नेपाल भाग्यो भनेर पनि लेखे । माधव नेपाल भाग्ने खालको मान्छे होइन भन्ने कुरा बुझ्नुपर्थ्यो । गोली चल्ने बेलामा, गोली खानी बेलामा, राजालाई समाउने बेलामा त नभाग्ने मान्छे, अनि बदमासी र कुनै पनि अपराध नगर्दाखेरि तर्सेर भाग्ने खालको मान्छे माधव नेपाल हुँदै होइन,’ उनले भने ।
प्रवासी नेपाली एकता मञ्चको निमन्त्रणमा युरोपका विभिन्न देशको भ्रमण गरेर स्वदेश फर्किएका उनले सबै कार्यक्रममा भाग लिएर फर्किउँला भन्ने भएकोमा अनावश्यक टिकाटिप्पणी हुन थालेपछि कार्यक्रम छोट्याएर फर्किएको बताए ।
काठमाडौं, २९ साउन ।
नवनियुक्त मन्त्री अनितादेवी साहले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको पद तथा गोपनीयता शपथ लिएकी हुन् ।
माओवादी केन्द्रका अमनलाल मोदीलाई फिर्ता बोलाएर माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीकी सांसद साहलाई सो मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

काठमाडौं, २९ साउन ।
निबर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले पत्रकार सम्मेलन गर्ने भएका छन् ।
नेकपा माओवादी पदाधिकारी बैठकमार्फत हिजाे मन्त्रीबाट फिर्ता बोलाईएका मन्त्री मोदीले आज पत्रकार सम्मेलन गर्ने भएका हुन ।
जनमत पार्टीकी नबनियुक्त मन्त्री अनितादेवी साहले पद तथा गोपनियताको सपथ लिईरहदाँ मन्त्री मोदीले सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागेका हुन ।
पत्रकार सम्मेलन बिहान १० बजे हुने निबर्तमान मन्त्री मोदीको सचिवालयले जनाएको छ ।
काठमाडौं, २८ साउन ।
सत्तारुढ नेपाली कांग्रेसले जारी पार्टी संसदीय दलको बैठकमा सरकार परिवर्तनका विषयमा छलफल नगरेको प्रमुख सचेतक रमेश लेखकले बताए । पार्टी संसदीय दलको जारी बैठकमा सरकार परिवर्तन गर्ने विषयमा कुनै छलफल नभएको उनको भनाइ छ।
आइतबार दलको बैठकपछि संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार बदल्ने, सरकार ढाल्ने, अर्को बनाउने, फेर्ने विषयमा कुनै कुरा नभएको जानकारी दिए। कांग्रेस संसदीय दलको बैठक भोलि पुनः ११ बजे बस्ने र बैठकमा सांसदहरूले राखेको सुझावहरूलाई समेटेर महत्त्वपूर्ण प्रस्तावहरू पारित गरिने उनको भनाइ छ।
गत शुक्रबार र आज बसेको कांग्रेस संसदीय दलको बैठकमा ५० जना सांसदहरूले आ–आफ्नो धारणा राखेका थिए। बैठकमा सांसदहरूले विभिन्न भावनाहरू, विचारहरू व्यक्त गरेको र त्यसलाई समेटेर भोलि नै महत्त्वपूर्ण प्रस्ताव पारित गर्ने कांग्रेस संसदीय दलले जनाएको छ।
जापान, २९ साउन ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी २०२३-२५ कार्यकालका लागि एनआरएनए आइसिसि सहकोषाध्यक्ष टंक प्रसाद गैरेले केन्द्रीय सचिव पदका लागि उम्मेदवारी घोषणा गरेका छन ।
एनआरएनए अभियानमा निरन्तर सक्रिय रहदै आएका गैरे गैर आवासीय नेपाली संघ जापानमा २०११ मा प्रवेश गर्दै आईसिसि सदस्य हुँदै अहिले सहकोषाध्यक्षमा रहेर काम गरेको अनुभव छ भने लायन्स क्लवको अध्यक्ष र अन्य विभिन्न संघसंस्थाको सल्लाहकारको भूमिकामा सामाजिक कार्य गर्दै आएको अनुभव रहेको छ ।
गैरेले एनआरएनएको बिभिन्न टास्कफोर्समा बसेर पनि आफ्नो कार्य क्षमता प्रस्तुत गरिसकेका छन । बाग्लुङ गल्कोटमा जन्मेका गैरेले विगत दुई दशक भन्दा बढी जापानलाई आफ्नो कर्मभूमि बनाउँदै आएका छन । उनको जापानमा मिना ब्राण्डको आधा दर्जन भन्दा बढी रेस्टुरेन्ट व्यवसायका साथै सिनर्जी पावर पनि रहेको छ । टंक प्रसाद गैरे जापानमा रहेका नेपालीहरु माझ लोकप्रिय छन ।
संस्थागत विकास ,एनआरएनएमा सबैको अपनत्व बोधको लागि यस पटक आफू सचिव पदमा उम्मेदवारी दिएको गैरे बताउछन । उनले संस्थाको पद्धति र पारदर्शीतासहितको एनआरएनए बनाउने एजेण्डा स्थापित गर्न यस पटकको महाधिवेशनमा सचिव पदमा आफूले उम्मेदवारी दिएको जनाउदै गैरेले गैरआवासीय नेपाली संघका कार्यक्रमहरु परिणाममुखी बनाउन ठोस नीति तथा कार्यतालिकाको अवलम्बन गर्दै आफू अगाडी बढ्ने बताए । उनले एनआरएनए अभियानमा युवापुस्ताका मुद्दालाई स्थापित गर्न, दोश्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न, विदेशमा रहेका नेपाली श्रमिकहरुको आवाज बुलन्द बनाउन आइसीसी सचिवमा उम्मेदवारी घोषणा गरेको बताए ।
एनआरएन अभियानमा उर्जाशील स्वभावका गैरे सफल व्यवसायी, समाजसेवी र एनआरएनए अभियानमा संभावना बोकेका नेताको रुपमा परिचित छन । जापान तथा नेपालमा व्यवसाय गर्दै नेपालीहरुलाई रोजगारी सृजना गराएका उनले सामाजिक कार्यमा पनि अग्रस्थानमा रहेर कार्य गर्दै आएका छन ।
गैरआवासीय नेपाली संघले दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै विश्वसनिय, पारदर्शी र सहभागिता मूलक ढंगले विगतमा प्राप्त गरेको ऐतिहासीक सफलता, सीप, क्षमता तथा अनुभवलाई आईसीसी सचिवको माध्यमबाट विश्वसामु चिनाउने गैरेले बताए । यस पटक मुख्यतः एनआरएनए संस्थागत सुशासन र पारदर्शीता, युवा, महिलाको सहभागिता, श्रमिक मैत्री , बंशजको नागरिकता, नागरिकताको निरन्तरता लगायतका मुख्य एजेन्डाहरुको कार्यान्वयन गर्ने , पर्यटन प्रर्वद्धन , विदेशमा गएका नेपालीहरुलाई मतदानको सुनिश्चितता , सुरक्षित र मर्यादित बैदेशिक रोजगारको व्यवस्था देखि विदेशको सीप , ज्ञान ,पूँजी नेपालमा सुरक्षित लगानीमैत्री वातावरण बनाउने लगायतका रहेका छन ।
उनका प्रमुख केन्द्रीय एजेण्डा भने पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने गैरेले जनाए । गैरेले आफू यस अभियानमा केही दिनको लागी आएकाले आफुलाई साथ र समर्थन गर्न सम्पुर्ण गैर आवासीय नेपालीलाई आग्रह गरेका छन । हालसम्म आगामी नेतृत्वका लागी आरके शर्मा,महेश श्रेष्ठ ,बद्री केसी,केशव पौडेल , हेमराज शर्मा र रविना थापाले अध्यक्षमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन भने उपाध्यक्षमा खगेन्द्र न्यौपाने,राज रेग्मी, गणेश केसी, युवा उपाध्यक्षमा रोशन केसी, अब्दुल बासिदले उम्मेदवारी दिएका छन । महासचिवमा गौरीराज जोशी, बुद्धि सागर सुवेदी , गंगाधर गौतम र पारसमणि पोखरेलले उम्मेदवारी घोषणा गरिसकेका छन।
जापान, २९ साउन।
गैरआवासीय नेपाली संघ(एनआरएनए) को पछिल्लो समय चुनावदेखि चुनावसम्म केन्द्रित हुँदै गएको बेला उपाध्यक्ष आरके शर्माले यसलाई अब विकासमा केन्द्रित गराउनुपर्ने आह्वान गरेका छन्। गैरआवासीय अभियानको क्रममा जापान भ्रमणमा रहेका शर्माले गैरआवासीय अभियानले अब विकासको मुद्दा बोक्नुपर्ने बताए।
शर्माले जापानमा गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद जापानको नयाँ कार्यसमितिको शपथ ग्रहण तथा विभिन्न सामाजिक संस्थाले गरेको कार्यक्रममा सहभागिता जनाएका थिए। एनआरएनए एनसीसी जापानका नवनिर्वाचित अध्यक्ष नविन निउरे सहित कार्यसमितिले उपाध्यक्ष शर्मा सहितका अभियन्ताहरूको उपस्थितिमा शपथ लिएर पदबहाली गरेका छन्।
एनआरएनए जापानको शपथ समारोहमा शर्माले अभियानमा कसैको जितहार नहुने भन्दै विजेताले उपविजेतालाई साथ लिएर अगाडि बढ्नुपर्ने सुझाव दिए।
“आइसीसीको नेतृत्वको लागि लिएर एनसीसीमा मिलेर बसेको समाजलाई विभाजित नगर्न म अनुरोध गर्दछु,” शर्माले एनसीसी जापानको कार्यक्रममा भने,“आइसीसीको नेतृत्वमा जो आएपनि समाजमा मिलेर एनसीसीका साथीहरू बस्नुपर्छ।”

शर्माले एनआरएनए अभियानमा महत्त्वपूर्ण योगदान एनसीसीको भए पनि निर्वाचनको कारण यसलाई विवादमा ल्याउने गरिएको बताए। चुनावदेखि चुनावसम्ममा मात्र केन्द्रित हुँदा १० औँ महाधिवेशनमा दुर्घटनामा पर्न जोगिएको अभियानलाई एकताबद्ध बनाएर अगाडि बढ्नुपर्ने भनाइ शर्माको थियो।
यस्तै चितवन समाज जापानले आयोजना गरेको स्वागत कार्यक्रममा शर्माले नेपालीहरू विदेशमा एउटा सपना लिएर आएको र देशको आर्थिक विकासको सपना सबैले देखेको हुँदा यसलाई साकार पार्न विदेशमा बस्ने नेपालीहरू लाग्नुपर्ने बताए।
“स्थापनाको दुई दशक सामाजिक मुद्दामा मात्र हामीहरू केन्द्रित भयौँ,”शर्माले भने,“सामाजिक मुद्दालाई निरन्तरता दिएर अबको मुद्दा आर्थिक विकास हो,आर्थिक सम्बृद्धि हो,हामीहरू त्यसमा लाग्नुपर्छ।
“गैरआवासीय अभियान ८० देशमा फैलियो भन्दै गर्दा देशभित्र बस्नेको संख्या खाली भयो भनेर समेत हामीहरू चिन्तित हुनुपर्ने स्थिति छ,”शर्माले जापानमा आयोजित कार्यक्रममा भने,“देशलाई विकसित बनाएर विदेशमा आउने क्रमलाई हामीले रोक्न लाग्नुपर्छ।”
आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका शर्माले देशको विकासको योजनाको लागि आवश्यक पर्ने लगानी लागि विदेशमा बस्ने नेपालीहरूले सामूहिक लगानीबाट सम्भव हुने र त्यसको आफूले अवधारणा ल्याएको जानकारी जापानका अभियन्ताहरूलाई गराएका थिए।
१५ वर्षदेखि अभियानमा निरन्तर लागिरहेको जानकारी गराउँदै शर्माले भने,“अभियानलाई अगाडि बढाउनको लागि विश्वभरका अग्रज अभियन्ताहरूको सल्लाह र सुझाव लिने क्रममा जापान आएको छु,तपाईँहरूको सुझावले नै अभियानलाई अगाडि बढाउने छु।”
वासिंगटन डिसी, २९ साउन ।
चीन र ताइवानबीचको लडाइँ कसैबाट लुकेको छैन। भारत र अमेरिका पनि ताइवानको पक्षमा छन् ।
सोही क्रममा ताइवानका उपराष्ट्रपति तथा राष्ट्रपति पदका उम्मेदवार विलियम लाइले अमेरिका भ्रमण गरे पछि चीन आक्रोशित भएको छ । उपराष्ट्रपति लाइको उक्त भ्रमणको चीनले निन्दा गरेको छ ।
चीनले विलियम लाइको सप्ताहन्तमा अमेरिकाको भ्रमणमा दृढ र ससक्त कदम चाल्ने चेतावनी दिएको छ । चीनले उपराष्ट्रपतिको भ्रमणलाई नजिकबाट नियालिरहेकोसमेत जनाएको छ ।
उपराष्ट्रपति लाइ पाराग्वे जाने क्रममा अमेरिकाको बाटो रोजेका हुन । ताइवानी उपराष्ट्रपति लाइ पराग्बेमा अगस्ट १५ मा सान्टियागो पेनाको राष्ट्रपतिको रूपमा सपथ ग्रहण गर्ने कार्यक्रमको साक्षी हुनेछन्। सोही क्रममा ताइवनका उपराष्ट्रपति लाइ गत शनिबार न्यूयोर्क पुगेका थिए। दक्षिण अमेरिकामा ताइवानको एक मात्र सहयोगी पाराग्वे हो।
चीनले ताइवानका उपराष्ट्रपतिको भ्रमणबाट उत्पन्न हुने हरेक अवस्थाको विकासलाई नजिकबाट नियालिरहेको छ र राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न दृढ र दृढतापूर्वक कदम चाल्ने जनाएको छ । लाइ ताइवानका राष्ट्रपति साई इंग वेन भन्दा स्वतन्त्रताको बारेमा धेरै मुखर छन्, जसलाई बेइजिङले पहिले देखी नै घोर शत्रुताको रुपमा ब्याख्या गर्दै आएको छ । किन पनि भने, उनले ताइवानलाई चीनको हिस्साको रूपमा स्वीकार गर्न अस्वीकार मात्रै होइन, कडा प्रतिबादसमेत गर्दै आएको छ ।
समाचार अनुसार अनुसार चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले ताइवानलाई आफ्नो भूभागको हिस्सा भएको दाबी गर्दै आएको छ र त कहिल्यै नियन्त्रण नभएको र स्वशासित टापु कब्जा गर्न बल प्रयोग गर्न भने छोडेको छैन। लाइको अमेरिका भ्रमणको केही समयपछि चीनको विदेश मन्त्रालयले अमेरिका र ताइवानबीच हुने कुनै पनि आधिकारिक वार्ताको कडा विरोध गरेको बताएको छ।

समाचार अनुसार अमेरिकाको भ्रमणलाई ताइवानी अधिकारीहरूले भ्रमणको सट्टा ‘ट्रान्जिट’ भनेर उल्लेख गरेका छन् किनभने अमेरिकाको ताइवान सरकारसँग औपचारिक कूटनीतिक सम्बन्ध छैन । उनीहरुले पराग्वे जानका लागि अमेरिकाबाहेक अर्को बाटो नभएको जनाउँदै आएका छन् । यद्धपी, चीनले भने अमेरिकासँग बार्ता र सम्बादलाई लिएर कडा आलोचना मात्रै गरेको छैन, त्यसलाई नजिकवाट नियालीरहेको पनि जनाएको छ ।
काठमाडौं ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल आज स्वदेश फर्कदैछन् ।
भदौं १ गतेसम्मका लागि विदेशका कार्यक्रममा सहभागी हुन गएका अध्यक्ष नेपाल आफनो भ्रमण छोट्याएर आज स्वदेश फर्कन लागेका हुन ।
सो पार्टीका उपमहासचिव गंगालाल तुलाधारका अनुसार अध्यक्ष नेपाल आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आइपुग्ने छन् । एक साता अघि स्विटजरल्याण्डलगायत युरोपमा आयोजित बिभिन्न कार्यक्रममा सहभागी हुनका लागि गएका अध्यक्ष नेपाल ललिता निवास प्रकरणमा छानबिनको दायरामा परे पछि अचानक स्वदेश फर्कने निर्णयमा पुगेका हुन ।
पुर्व निर्धारित कार्यक्रम अनुसार गत साउन २२ गते युरोप गएपनि त्यसको एक दिन अघि सर्वोच्च अदालतले पुर्व प्रधानमन्त्री नेपाललगायत बाबुराम भट्टराईलाई पनि छानबिन गर्ने बाटो खोलिदिएको थियो । सर्वोच्च अदालतले आदेश दिएको भोलीपल्ट बिदेश गए पछि धेरैले ‘फरार’ भएको भन्दै आलोचना गरे पछि अध्यक्ष नेपालले त्यसको प्रतिबाद गर्दै आएका थिए ।
युराेपवाटै उनले आफु निर्दोष भएको जनाउँदै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)लाई अनुसन्धानमा सहयोग गर्ने जनाउँदै आएका छन् । गत साउन २१ गते अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुमाथि अनुसन्धान गर्न आदेश जारी गरेको थियो ।
काठमाडौं, २९ साउन ।
सिके राउत नेतृत्वको जनमत पार्टी पुनः सरकारमा सहभागी हुने भएको छ ।
जसअनुसार जनमत पार्टीबाट मन्त्री सिफारिस भएकी अनितादेवी साहले आज पद तथा गोपनियताको शपथ लिने भएकी छिन् ।
शितल निवासस्थित राष्ट्रपति कार्यालयमा बिहान १०ः०० बजे उनले पद तथा गोपनियताको सपथ लिने जनाईएको छ ।
सरकारको नेतृत्व गरिरहेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएसँगै जनमत पार्टीकी साह मन्त्री नियुक्त हुन लागेकी हुन ।
हिजो बसेको माओवादीको पदाधिकारी बैठकले सामान्य प्रशासन मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरे पछि नबनियुक्त मन्त्री साहलाई प्रधानमन्त्री दाहालले सोही मन्त्रालयको जिम्मेवारी दिनेछन कि अर्को ? भन्ने अझै निर्क्याैल भने हुन सकेको छैन ।
काठमाडौं, २९ साउन ।
उपराष्ट्रपति रामसहायप्रसाद यादव आजवाट उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा निस्कने भएका छन् ।
उपराष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक बैदेशिक यात्रामा निस्कन लागेका यादवले जनवादी गणतन्त्र चीनको साताब्यापी भ्रमण गर्नेछन् ।
चीनको कुनमिङ्गमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ तथा ‘२७ औँ चीन कुनमिङ्ग आयात–निर्यात मेला’मा बिशेष अतिथिको रुपमा उनी चीन भ्रमणमा जान लागेका हुन । परराष्ट्र मन्त्रालयका अनुसार उपराष्ट्रपति यादव आगामी साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा सहभागी हुनेछन ।
दिउँसो ४ः२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गर्ने उपराष्ट्रपति यादवको टोलीमा धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल र सेनानी रत्नबहादुर श्रेष्ठ, सहसेनानी भीमसेन देवकोटालगायत रहने पराराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
conकाठमाडौं, २९ साउन ।
नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ ।
गत शुक्रवार देखी जारी संसदीय दलको बैठकको निरन्तरताको क्रममा आज पनि बैठक बस्न लागेको हो ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने उक्त बैठक बिहान १० बजे बोलाईएको छ ।
समसमायिक राजनीतिक बिषय, सांसद सुनिल शर्मा प्रकाउ प्रकरण देखी सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने कि नबनाउने ? भन्ने बिषयमा छलफल भईरहेको छ । हिजोसम्म उक्त बैठकमा ५४ सांसदहरुले आ आफनो धारणा राखिसकेका छन, आज बाँकी सदस्यहरुले आ आफनो धारणा राख्ने छन् ।
काठमाडौं, २८ साउन ।
प्रमुख सत्तासाझेदार दल कांग्रेसका सांसद सुनील शर्माले सुन तस्करी प्रकरणलाई लिएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्नेबाट आफू पछि नहट्ने बताएका छन् ।
आइतबार बसेको काग्रेस संसद दलको बैठकमा उनले आफू गृहमन्त्रीको राजीनामाको अडानबाट ब्याक नहुने बताएका हुन् । त्यसो त उनले आफू अब गृहमन्त्रीको राजीनामाको अडानबाट ब्याक हुन नसक्ने सुनाए ।
एक क्विन्टल सुन बरामद भएको विषयलाई लिएर संसदमै उनले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका थिए । पछि पनि लगातार उनले गृहमन्त्री र अर्थ मन्त्रीले राजीनामा दिनुपर्ने बताउँदै आएका थिए ।
उनले भने, ‘अब गृहमन्त्रीको राजीनामाबाट म ब्याक हुन सक्दिनँ । अर्थमन्त्रीबारे सोच्नसक्छु ।’ उनले सुन प्रकरणलाई लिएर गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै आएका थिए ।
काठमाडौं, २८ साउन ।
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ ।
प्रधानमन्त्रीको सरकाकरी निवास बालुवाटारमा जारी बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने मन्त्रिपरिषद् सदस्य हेरफेरको विषयमा छलफल भइरहेको छ ।
पर्यटनमन्त्री सुदन किराँती र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने तयारी गरेको माओवादी पदाधिकारी बैठकमा पार्टीबााट मन्त्री रहेका पनि सहभागी छन् ।
काठमाडौं, २८ साउन ।
नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले पार्टीको अनुशासनमा सबै सदस्य बस्नुपर्ने बताएका छन् ।
कांग्रेस संसदीय दलको बैठकपछि सांसद सुनिल शर्मालक्षित गर्दै प्रवक्ता महतले पार्टीको सदस्य भएपछि पार्टीको अनुशासन र मर्यादाभित्र बसेर आफ्नो विचार राख्नुपर्ने बताए ।
सांसद शर्माको पार्टीको मर्यादा र अनुशासन पालनमा प्रश्न उब्जिएको भन्दै महतले भने, ‘संसदीय दलमा अनुशासन र मर्यादाको कुराबारे पनि प्रश्न उठेका छन् । के बोल्नु हुन्छ के हुँदैन भन्ने कुरा उठेका छन् । संस्थाको अभ्यास गर्दै आएको भएपनि त्यो नर्म्समा बस्न सक्नुपर्छ । पार्टीका सबै सदस्यले त्यो नर्म्समा बसेर कुरा गर्नुपर्छ ।’
काठमाडौं, २६ साउन ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एंव गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा प्रकाशशरण महतको राजीनामा मागेको छ ।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार पत्रकार सम्मेलन गरेर एमाले सुन तस्करीको विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतको राजीनामा मागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अयोग्य भएको भन्दै राजीनामा दिनुपर्ने अध्यक्ष केपी शर्मा ओलीले मागेका हुन् ।
सुन तस्करी प्रकरणमा गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतले पदबाट राजीनामा नदिनु आश्चर्य भएको भन्दै उनले प्रधानमन्त्री प्रचण्ड अयोग्य भएको भन्दै अफ्ठ्यारो मानेर आफैंले राजीनामा दिनुपर्ने बताए ।
काठमाडौं, २८ साउन ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीमा सरकारको उच्च नेतृत्व नै संलग्न रहेको आरोप लगाएको छ ।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भ्रष्टाचार र सुन तस्करीमा सरकारकै नेतृत्व मुछिएको आरोप लगाएका हुन् ।
साथै एमाले अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताए । संसदमा प्रतिपक्षी सांसदहरूलाई आफ्नो कुरा राख्न सत्तारुढ सांसदहरू उठेर अवरोध गरेको आरोप लगाए ।
काठमाडौं, २८ साउन ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्को रोष्ट्रमबाट आफ्नो राजीनामाको घोषणा गर्नुपर्ने बताएका छन् ।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सुन प्रकरणलाई लिएर गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने बताएका हुन् ।
आफ्नो राजीनामा दिन बाहेक अरु कुरामा बोल्न संसदको रोष्ट्रममा जानु अनौठो कुरा भएको गनको भनाइ छ ।
सुन तस्करी नियन्त्रण गर्न गृहमन्त्री श्रेष्ठ असफल भएको आरोपसमेत लगाएका ओलीले भने , “गृहमन्त्रीले त खासमा रोष्टममा उभिन जानु आफैँ… राजीनामा गर्न बाहेक त्यहाँ जानु भनेको अनौठो कुरा हो । यत्रो असफलता भएको छ । चुरोट भनेर ल्यायो सुन हुन्छ । सुन भनेर ल्यायो राखेको ठाउँबाट चोरी हुन्छ । गृहमन्त्रीको जवाफदेही होइन त्यो ?”
केही दिनअघि गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणबारे सदनमा जवाफ दिएका थिए ।त्यसको जवाफ ओलीले दिएका हुन् ।
काठमाडौं, २८ साउन ।
मकवानपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बकैया गाउँपालिका–५, सिरिपुरमा करेन्ट लागेर ५२ वर्षीय बीरबहादुर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरमा पंखा जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
लमजुङ, २८ साउन ।
अविरल वर्षापछि आएको पहिरोले मनाङ जोड्ने बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । शनिबारदेखि परेको अविरल वर्षाका कारण बेँसीसहर–चामे सडकखण्ड अवरुद्ध भएको हो ।
सो सडकखण्डको बेँसीसहर नगरपालिका–६ को खरखरे भिर, चनौटे, पुमाखोलालगायतका स्थानमा पहिरो गएको बाटो अवरुद्ध भएको छ । मस्र्याङदी गाउँपालिका–६ र ७ मा पर्ने बालुवा भन्ने ठाउँमा पहिरोसहित ठूला चट्टान आएर बाटो अवरुद्ध भएको हो ।
अवरुद्ध सडक खुलाउने प्रयास असफल भइरहेको छ । निरन्तरको वर्षाले पहिरो खुलाउन कठिनाई भइरहेको छ ।
काठमाडौं, २८ साउन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीमा नेतृत्वको क्षमता र कार्यशैली बारे प्रश्न उठ्न थालेको छ ।
निकै अगाडी देखि असन्तुष्टहरुको चलखेल शुरु भए तापनि पछिल्लो समय बैठक कै रुपमा असन्तुष्टि प्रकट भएको छ।
राप्रपाका संस्थापक नेता पुर्ब प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले भेटघाटको रुपमा बोलाएको बैंककमा नेतृत्वको आलोचना भएको हो । निर्देशन समितिमा रहेकाहरुलाई बोलाईएको बैठकमा महामन्त्री धवलशमसेर राणाले यथास्थितिबाट पार्टी अघि बढ्न नसक्ने दाबी गरेका छन् ।
विधि मिचेर मनपरी र स्वेच्छाचारी ढङ्गले नेतृत्व अघि बढेकोले यो स्विकार्य हुन नसक्ने राणाको भनाई थियो। निर्देशन समितिका अध्यक्ष प्रकाशचन्द्र लोहनी, हरिबहादुर बस्नेत, नबराज सुबेदीले पनि पार्टी विधि सम्मत ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिदै त्यसो हुन नसके समस्या उत्पन्न हुन सक्ने तर्फ सचेत गराएका थिए ।
पुर्ब प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले धेरै साथीहरुको गुनासो भएकोले पार्टीमा किन सुनवाइ भएन भनेर आफू चिन्तित भएको भनाई राखेका थिए । बिधि बिधान भन्दा पनि राजनीतिक र ब्यबहारिक रुपमा केही निर्णय भएकोले प्रश्न उठेको हुन सक्ने भन्दै सल्लाहकार समितिका अध्यक्ष निरन्जन थापाले बैठकमा असन्तुष्टिलाई थप चर्किन दिएका थिएनन् ।
बैठकमा उपस्थित दिपक बोहरा, उद्धब पौडेल, जयन्त चन्द, निलकन्ठ काफ्ले लगायतले बोलेनन् भने रबिन्द्र मिश्र र राजेन्द्र गुरुङको धारणा मध्यमार्गी किसिमको थियो । बैठकमा आमन्त्रित पशुपतिशमशेर राणा, बुद्धिमान तामाङ, बिक्रम पाण्डे, भुवन पाठक, कुन्ति शाही अनुपस्थित थिए । पशुपतिशमशेर राणा पुस्तक बिमोचन कार्यक्रममा ब्यस्त रहेको ,बिक्रम पाण्डेको आँखामा समस्या देखिएको, कुन्ती शाही बिदेश भ्रमणमा रहेको ,भुवन पाठक बागमती प्रदेश सभामुखको जिम्मेवारले गर्दा अनुपस्थित भएको जानकारी दिईएको थियो ।
पार्टी स्रोतका अनुसार राप्रपा चाडै सत्तामा जाने तयारीमा रहेको र यसरी सरकारमा जाने समयमा त्यो बैठकमा उपस्थित भएर अध्यक्ष लिङ्देनसङ्ग सम्बन्ध नबिगार्न चाहेकोले राणा, पाण्डे र तामाङ अनुपस्थित भएका हुन् । पार्टी सरकारमा जाँदा तिनैजनाले आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्, स्रोतले भन्यो ।
राजेन्द्र लिङ्देन अध्यक्ष भएपछी पार्टी संचालनको क्रममा धेरै असन्तुलन देखिएको, बिधि मिचिएको, स्वेच्छाचारी र सर्बसत्ताबादी मानसिकताले काम गर्ने गरिएको, पुराना योगदान दिएकाहरुको अबमुल्यन गरिएको, महाधिवेशनबाट पारित सत्ता केन्द्रित नहुने नितिलाई लत्यायर सत्तालिप्सा देखाएको, एजेन्डा स्थापित गर्न आन्दोलन गर्न रुचि नदेखाएको, सबैलाई समेट्न भन्दा एकाङ्की रुपमा अघि बढेको जस्ता बिषयले असन्तुष्टि चुलिएको बताईएको छ ।
काठमाडौं, २८ साउन ।
अमेरिका (गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदीले आगामी २०२३–२५ कार्यकालको लागि एनआरएनए आइसीसीको महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।
शनिबार जूम मार्फत आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सुवेदीले एनसीसी (राष्ट्रिय समन्वय परिषद) हरुलाई बलियो बनाउन, केन्द्रीय कार्यालयलाई व्यवस्थित र प्रविधि मैत्री बनाउन तथा एनआरएन नागरिकताको कार्यान्वयनजस्ता मुद्दालाई अगाडी बढाउन आफुले उम्मेदवारी गरेको बताए।
पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिंदै सुवेदीले आफु महत्वाकांक्षी भएर हैन, २०२१–२३ कार्यकालमा एनसीसी अमेरिकामा आफुले गरेको कामको आधारमा साथीहरुको सल्लाह अनुसार महासचिव पदमा उम्मेदवारी दिएको बताए। उनले संस्थाबाट केही लिन हैन, संस्थालाई केही दिनको लागि आफु अगाडी आएको बताउंदै संस्थालाई बलियो बनाउन आफुले इमान्दारीपूर्वक काम गर्ने बताए।
उनले काठमाडौँमा हुन गइरहेको ११ औं विश्व अधिवेशनलाई एकताको अधिवेशन बनाउन पनि आग्रह गरे। संसारभरि रहेका गैर आवासीय नेपालीहरुको सीप, पूँजी, अनुभव र नेटवर्क नेपाल र नेपालीको उन्नतिका लागि परिचालन गर्न, दोश्रो पुस्ताका नेपालीहरुलाई एनआरएन संजालसंग जोड्न र नेपालमा लगानी तथा पर्यटन प्रवर्धन गर्न आफुले उम्मेदवारी दिएको उनले बताए।
महासचिव पदका उम्मेदवार सुवेदीले वंशजको आधारमा प्राप्त नेपाली नागरिकताको निरन्तरता नै आफ्नो प्रमुख माग रहेको बताउँदै तेश्रो पुस्ता पछि पनि एनआरएन नागरिकता निरन्तर गर्न आफुले आवाज उठाउने बताए। एक प्रश्नको जवाफमा सुवेदीले नेपालमा रुग्ण अवस्थामा रहेको एक होटललाई पुनः संचालन गरी सैयौं रोजगारी सिर्जना गर्ने उद्देश्यले आफु लगायत साथीहरुले लगानी गरेको र आफ्नो व्यवसायको प्रवर्द्धनका लागि एनआरएनएको लोगोको दुरूपयोग नगर्ने र गर्न पनि नदिने बताए।
उक्त अवसरमा एनआरएनए अष्ट्रियाकी निवर्तमान अध्यक्ष भवानी तिवारी, फ्रान्सकी निवर्तमान अध्यक्ष गीता खनाल, एनआरएनए इटालीका निवर्तमान अध्यक्ष छबिलाल कंडेल, क्यानाडाका निवर्तमान अध्यक्ष दिपक गौतम रसियाका निवर्तमान अध्यक्ष शिवमणि भुर्तेल, जापानका निवर्तमान अध्यक्ष शिव पौडेल, एनआरएनए अमेरिकाका महासचिव रामहरि अधिकारी, निवर्तमान वरिष्ठ उपाध्यक्ष कृष्णजीवि पन्थ, पूर्व महासचिव अन्जन चौलागाईं, पूर्व उपाध्यक्ष डिलु पराजुली, विश्वनाथ बराल, आइसीसी सदस्यद्वय नारायण कँडेल, बिनोद तिवारी, एनआरएन अभियन्ताहरु डा यादव पण्डित, एनआरएनएका युवा उपाध्यक्ष रोशन थापा, एसिया प्रशान्त क्षेत्रका पारसमणि पोख्रेल लगायतका वक्ताले सुवेदी हरेक किसिमले सक्षम, योग्य र सबैको साझा व्यक्तित्व भएको र एनआरएनभित्र रहेका विकृति तथा विसंगति हटाउन पनि सुवेदीलाई विजयी बनाउन आग्रह गर्दै शुभकामना पनि दिएका थिए।
आउँदो अक्टोबर महिनामा काठमाडौँमा हुन गैरहेको संघको ११ औं विश्व अधिवेशनले नयाँ कार्यसमितिको निर्वाचन गर्नेछ।
काठमाडौं, २८ साउन ।
नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ ।
गत शुक्रबारदेखि सुरु भएको बैठकमा समसमायिक राजनीतिक बिषय देखी मुख्यत सांसद सुनिल शर्माको पक्राउका बारेमा छलफल तथा समिक्षा हुने जनाइएको छ ।
अपरान्ह साढे १२ बजे बोलाइएको सो बैठक संघीय संसद भवन, तोत्से हल, नयाँ बानेश्वरमा बस्नेछ ।
काठमाडौं, २८ साउन ।
संघीय संसद अबरोध भए पनि संसदीय समिति बैठक भने निरन्तर चलिरहेका छन् ।
गत मंशिरमा भएको निर्वाचन पछि गठन भएका समितिका सभापति चयन हुन नसकिरहेको बेला संसदीय समितिका बैठक भने चलिरहेका हुन् ।
जसअनुसार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । उक्त बैठक दिउसो २ बजे, सिंहदरबारमा बस्नेछ ।
काठमाडौं, २८ साउन ।
नेकपा एमालेले सुन प्रकरण र संसद अधिवेसनबारे बिशेष पत्रकार सम्मेलन गर्ने भएको छ ।
नेकपा एमाले केन्द्रिय कार्यालय, च्यासल, ललितपुरमा दिउँसो १२ः४५ बजे उक्त बिशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएको हो ।
वर्तमान समसामयिक राजनीतिक, संसदको गतिरोध लगाएत विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने केन्द्रिय प्रचार तथा प्रकाशन बिभागका सचिव गगन बिष्टले जानकानरी दिए ।
काठमाडौं, २७ साउन ।
सरकारले शिक्षा ऐन जारी गर्न ८ विद्यार्थी संगठनले दबाब दिने भएका छन ।

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिडाँडामा बसेको बैठकले संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको र बैठकमा सहभागी विद्यार्थी संगठनहरू एकढिक्का भएर सशक्त आन्दोलन गर्ने सहमति भएको अखिल क्रान्तिकारीका प्रवक्ता उपदेश यादवले जानकारी दिए ।
विभिन्न माग राख्दै पवन कार्की नेतृत्वको अखिल (क्रान्तिकारीं), नेत्र चापागाई को नेतृत्वको नेसवियू, मिलन राई नेतृत्वको अखिल (क्रान्तिकारीं, मनिष भट्टराई नेतृत्वको अनेरास्वियू, करण बुढा क्षेत्री नेतृत्वको वैसविसं, विवेक शाह नेतृत्वको आम विद्यार्थी मोर्चा, सुमित मिश्रा नेतृत्वको विद्यार्थी जनमत संघ, पवित्रा आचार्य नेतृत्वको अखिल पाँचौंले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलन गर्ने घोषणा गरेका हुन ।
संघर्षका कार्यक्रमहरू २०८० श्रावण २८ गते दिउँसो २ बजे माईतिघर मण्डलामा हुने ‘सडक पत्रकार सम्मेलन’ मार्फत सार्वजनिक गरिने प्रवक्ता उपदेश यादवले बताए ।
मागहरुः
१) शिक्षामा भइरहेको निजीकरण र व्यापारीकरण, नेपाली विद्यार्थी आन्दोलनको मर्म भावना विपरित र नागरिकको नैसर्गिक अधिकार विपरित भएकोले शिक्षाको पूर्ण दायित्व राज्यले वहन गर्ने गरी शिक्षामा निजीकरण र व्यापारीकरणको अन्त्य गर्दै समग्र शिक्षा ऐन ल्याउन जोडदार माग गर्दछौं ।
२) विश्वविद्यालयमा राजनीतिक भागबण्डाको अन्त्य गर्दै कुलपतीदेखि क्याम्पस प्रमुख, क्याम्पसका पदाधिकारीसम्म खुल्ला प्रतिस्पर्धाको आधारमा नियुक्ती गर्ने प्रावधान सहित शिक्षित जनशक्ति बेरोजगार हुने समस्याको समाधान दिने गरी विश्वविद्यालय ऐन ल्याउन माग गर्दछौं । साथै विश्वविद्यालयको शैक्षिक क्यालेन्डरलाई एकरुपतामा अनिवार्य कार्यान्वयन गर्न जोडदार माग गर्दछौं ।
३) उपरोक्त एजेन्डाहरुमा सम्पूर्ण न्यायप्रेमी विद्यार्थी संगठन र सरोकारवाला पक्षहरुलाई एकताबद्ध र सहकार्य गर्न हार्दिक आव्हान गर्दछौं ।
४) हाम्रो संघर्षका कार्यक्रमहरू २०८० श्रावण २८ गते दिउँसो २स्०० बजेका दिन माईतिघर मण्डलामा गरिने ‘सडक पत्रकार सम्मेलन’मार्फत सार्वजनिक गर्ने जानकारी गराउदछौं ।
बिशाल बस्नेत/ महोत्तरी ,२७ साउन,
महोत्तरी । एकीकृत समाजवादीका कार्यावाहक अध्यक्ष डा. बेदुराम भुसालले ललिता निवास जग्गा प्रकरणमा पाटी अध्यक्ष माधव नेपाललाई अदालतले छानविनको लागी दिएको आदेश नै संसयपुर्ण भएको बताएका छन ।
अदालतले नहुने बिषयमा आदेश दिएको बताउदै कृषि तथा पशुपंक्षी मन्त्री समेत रहेका भुसालले वास्तविक बिषयलाइ मोडेर अदालतले दिएको आदेश स्वभाविक हो कि होइन ? भन्ने बिषयमा समेत प्रश्न उठेको वताए ।
`न्याय क्षेत्रमा काम गर्ने कानुन व्यवसायीहरुले अदालतको आदेश अस्वभाविक भएको बताईरहेको वेला हामीले त्यस्लाइ संसयको रुपमा लिएका छौ,´ मन्त्री भुसालले भने । यदपी छानविनलाइ आफ्नो पाटीले सदैव सहयोग गर्ने उनकाे भनाइ छ ।
अध्यक्ष माधव नेपाललाइ अदालतले छानविन गर्न आदेश दिइरहेको वेला किन भगाउनुभयो भन्ने प्रश्नमा मन्त्री भुसालले त्यो आरोप मात्र भएको वताए । अध्यक्ष नेपाल पुर्वनिर्धारित कार्यक्रम अनुसार नै बिदेश गएको वताउदै भाग्यो या भगायो भन्नू प्रतिसोधपुर्ण भावना भएको जिकिर गरे ।
ग्रामिण उधम तथा आर्थिक विकास आयोजना मधेश प्रदेशले आयोजना गरेको कार्यक्रममा सहभागी हुन महोत्तरी पुगेका मन्त्री भुसालले सरकार सुशासनको प्रत्याभूत दिलाउने दिशातर्फ सदैव उन्मुख भएको पनि वताए ।
काठमाडौं, २७ साउन ।
नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरकी बहिनी एमालेमा फर्किएकी छिन् ।
नेकपा एसकी वैकल्पिक केन्द्रीय सदस्यसमेत रहेकी बहिनी कमला तुलाधर एमालेमा फर्किएकी हुन ।
आज बिहान बालकोट पुगेकी तुलाधरलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खाँदामाला लगाएर स्वागत गरेका थिए । उनलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले शुभकामना पनि दिएका छन् ।
काठमाडौं, २७ साउन ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को महासचिवमा गौरीराज जोशी पुनः लाई दोहोरिने भएका छन ।
संसारभरका गैरआवासीय नेपालीहरूले महासचिवमा जोशीको निरन्तरता चाहेकाे भन्दै उनी दोहोरिने निर्णयमा पुगेका हुन ।
खासमा उनी आउँदो कार्यकालका लागि उपाध्यक्षको जिम्मेवारी चाहन्थे। तर, संस्था चलायमान बनाउन र महासचिवजस्तो महत्वपूर्ण भूमिका निर्वाह गर्नकै लागि जोशीलाई पुनः दाेहाेरिन चाहेका हुन ।
सन् २००५ देखि गैरआवासीय नेपालीको अभियानमा जोडिएका जोशी आफू पद ओगट्न नभई काम गरेर देखाउन चाहेको बताउँछन्। पछिल्लो समय कामभन्दा पनि प्रपोकाण्डा गर्ने प्रवृत्तिले एनआरएनएको गरिमा घट्नेतर्फ इंकित गर्दै आफू नतिजामा विश्वास गर्ने महासचिव जोशीले बताए। उनले आफ्नो व्यक्तिगत स्वार्थभन्दा पनि गैरआवासीय नेपालीको मुद्दामा केन्द्रीत रहन संघका इच्छुक उम्मेदवारहरूलाई अपीलसमेत गरेका छन्। ‘कुरा मात्र होइन काम गरेर प्रमाणित गर्नुपर्छ,’ जोशीले भने, ‘संस्थालाई सबैको साझा र दीगो बनाउनु अहिलेको आवस्यकता हो।’ एनआरएनएको नेतृत्वमा आउने हरकोही व्यक्तिले नेपाल र नेपालीलाई केन्द्रबिन्दू राखेर सकारात्मक काम गर्नुपर्नेमा उनको जोड छ। जोशी बौद्धिक तथा युवामाझ लोकप्रिय मानिन्छन्।
अमेरिकामा आइटी क्षेत्रमा सफल व्यवसायी मानिने उनी लामो समयदेखि एनआरएनएको अभियानमा सक्रिय र सफल छन्। चितवनमा जन्मिएका जोशी सन् १९९७ मा अध्ययनका लागि अमेरिका गएका थिए। उनले अमेरिकामै आइटीको अध्ययन पूरा गरे। र, पछिल्लो समय उनी आइटीबाहेक रियल स्टेटको काररेबारमा पनि संलग्न छन्। उनको नेपालमा इन्सुरेन्स, बैंकिङ क्षेत्र, प्रविधि, हाइड्रोलगायत विभिन्न क्षेत्रमा समेत लगानी छ। जोशीले भारतमा पनि आइटी व्यवसाय विस्तार गरेका छन्।
सन् २००५ देखि एनआरएनए अभियानमा जोडिएका जोशीले नेपाली समाज टेक्ससको अध्यक्ष भएर काम गरिसकेका छन्। उनी एनआरएनए एनसीसी अमेरिकाको आजीवन सदस्य हुन्।
यस्तै, ‘मेम्बरसीप कोअर्डिनेटर’ भएर काम गरिसकेका जोशी २०१५ देखि एनआरएनएमा झन् सक्रिय छन्। उनीसँग एनआरएनएको अमेरिकी क्षेत्रीय संयोजक भएर काम गरेको अनुभव छ। जोशी २०१९–२०२१ कार्यकालमा सचिव पदमा अत्याधिक मतसहित विजयी भएका थिए। आउने चुनावमा महासचिव पदका लागि चर्चामा अरू पनि छन् तर प्रवल आकांक्षीमा उभिएका छन्— जोशी।
काठमाडौं, २७ साउन ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले संघको आगामी महाधिवेसनका लागि उपमहासचिवमा उम्मेदवारी दिने भएका छन ।
आउँदो कार्यकालमा आफूले उपमहासचिव पदमा उम्मेदवारी दिन लागेको सापकोटाले बताए। काठमाडौंमा एक कार्यक्रमकाबीच छिट्टै आफ्नो प्रतिवद्दतासहित उम्मेदवारी घोषणा गर्ने सापकोटाले बताए ।
एनआरएनएमा सम्भावना बोकेका र क्षमता भएका नेताको रुपमा सापकोटा चिनिन्छन । उनी एनआरएनए अभियानमा विभिन्न जिम्मेवारीमा रहेर सफलतापूर्वक आईसिसि सह कोषाध्यक्ष र प्रवक्ता भैसकेका छन ।
काठमाण्डौं, २७ साउन ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले माओवादीलाई ‘स्मार्ट’ पार्टी बनाउने अवधारणा अघि सारेका छन् ।
पुनले वर्तमान साइबर युग सुहाउँदो स्मार्ट पार्टीले मात्र अहिलेको अवस्थामा मुलुकको नेतृत्व गर्न सक्ने र पार्टी पुनः निर्माण सम्भव भएको बताए ।
पार्टी सम्वद्ध महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले राजधानीमा आयोजना गरेको कार्यक्रममा पुनले स्मार्ट पार्टी बनाउने कार्ययोजनाको चर्चा गरे । ‘समयअनुसार चल्न नसक्ने पार्टीहरु इतिहासमा सीमित भएका छन्’, पुनले भने, ‘अहिलेको साइबर युगमा स्मार्ट पार्टी बनाउन जरुरी छ, त्यस्तो पार्टीले मात्र आजको युगको सही प्रतिनिधित्व गर्न सक्छ ।’ विश्व चौथो चरणको औद्योगिक क्रान्तिको सम्मुखमा रहेको भन्दै पुनले यस्तो अवस्थामा कम्युनिष्टहरुले डिजिट प्रविधि र कृत्रिम बौद्धिकताको समेत प्रयोग गरेर स्मार्ट पार्टी निर्माण गर्नुपर्ने औंल्याए ।
लेनिनले कम्युनिष्ट पार्टीहरुको निम्ति संगठनको रुप सर्वथा अचुक र अपरिवर्तनशील हुन नसक्ने उल्लेख गरेको चर्चा गर्दै पुनले संघर्षको स्थिति र विकासको प्रक्रिया अनुरुप संगठनको रुपहरुको खोजी गरिएको बताए । यस्तै लक्षित जनसमुदाय तथा आफ्नो पार्टी र संगठनमा भर पर्र्नुपर्ने चिनियाँ कम्युनिष्ट नेता माओको भनाइ अनुसरण गर्न पार्टी पंक्तिलाई निर्देशन दिए । पुनले महिला अधिकार स्थापित गर्न र समाजमा महिलाहरुको सम्मान तथा सहभागिता वृद्धि गर्न आफूहरुको आन्दोलनले धेरै ठूलो योगदान गरेको बताए ।
नेपालको संविधानले राज्यका सबै तहमा कम्तिमा ३३ प्रतिशत महिला सहभागिता ग्यारेण्टी गरेको उल्लेख गरे । आफ्नो दलले भने गाउँदेखि केन्द्रसम्म कम्तिमा ३५ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको र आगामी दिनमा उक्त प्रतिशत बढाउँदै लैजाने नीति रहेको जनाए । पुनले नेपाली समाजको रुपान्तरण र राजनीतिक परिवर्तनमा माओवादी जनयुद्धले खेलेको भूमिकालाई संसारले स्वीकार गरिसकेको भन्दै त्यसको अबमूल्यन कसैले गर्न नसक्ने तर्क गरे ।
काठमाडौं, २७ साउन ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निरन्तर संसद् अवरुद्ध खुलाउन पार्टीले पहलकदमी लिनु पर्ने बताएका छन् ।
संसद अबरोध गर्नु उचित नभएको भन्दै ठुलो दलको हैसियतमा कांग्रेसले अबरुद्ध संसद खुलाउन पहलकदमी लिनु पर्ने बताएका हुन ।
कांग्रेस काठमाडौं क्षेत्र नं १ ले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले सम्वादमार्फत् संसद् सुचारु गर्न प्रतिपक्षी दल नेकपा एमालले सबैभन्दा बढी त्याग गर्नु पर्ने बताएका छन । ‘प्रमुख प्रतिपक्षी दलले निरन्तर संसद अबरोध गरिरहेको छ, यो संसद अबरुद्ध भईरहनु राम्रो कुरा होइन, अब ठुलो दलको हैसियतमा कांग्रेसले नै संसदको अबरोध हटाउन पहल गर्नुपर्छ,’ सिंहले भने ।
बिगतमा पनि कांग्रेसले नै अगुवाइ गरेर धेरै बिषयको राजनीतिक गतिरोध अन्त्य भएको स्मरण गराउँदै सिंहले तत्कालै यसका लागि पहल गर्नुपर्ने बताएका छन ।
१०० केजी सुन प्रकरण भन्सारवाट निकाले पछि राजश्व अनुसन्धान बिभागले समाएको थियो । साउन पहिलो साता समातेको सो सुन अघि पनि सयौं केजी सुन तस्करीमार्फत आएको जनाउँदै प्रतिपक्षी दल एमालेले उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै निरन्तर संसद अबरुद्ध गर्दै आएको छ । जसकाकारण संसद सुचारु हुन नसकिरहेको बेला कांग्रेस नेता सिंहको सो भनाई बाहिर आएको हो ।
काठमाडौं ।
जनता समाजवादी पार्टीले गौर हत्याकाण्डको छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर जसापाले गौर हत्याकाण्डको छानविन गरेर दोषीउपर कारबाही गर्ने सरकार र गौर हत्याकाण्ड पीडितबीच भएको सहमतिप्रति आपत्ति जनाउँदै आफ्नो पार्टी नेतालाई फसाउन खोजेको आरोप लगाएको छ ।

केही दिनअघि सरकार र पीडितबीच भएको सहमतिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै आपत्ति प्रकट गरेको जसपाले घटनाको छानबिनको लागि उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनुपर्ने मामग गरेको हो ।
पत्रकार सम्मेलन गरेर प्रवक्ता मनिष सुमनले यसअघि भएका छानबिनका प्रतिवेदन गोप्य राखेर सरकारले बदनियतपूर्ण व्यवहार गरेको आरोप लगाए ।

सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा बनेको छानबिन आयोग, मधेस आन्दोलनसहितका आन्दोलनका घटनाका विषयमा अध्ययनका लागि गठित गिरिशचन्द्र लाल नेतृत्वको आयोग र तत्कालीन पुनरावेदन अदालत पाटनका न्यायाधीश र सुरक्षा नियकाका प्रतिनिधि सम्मिलित समितिको प्रतिवेदन सार्वजनिक गर्न पनि जसपाले माग गरेको छ ।

काठमाडौं, २६ साउन ।
सामाजिक सञ्जालबाट ठगी गरेको अभियोगमा सुनसरी इटहरी उपमहानगरपालिका-९ बस्ने ५५ वर्षीया कमला देवी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल टिकटक र वाट्स एपमार्फत कुराकानी गर्ने क्रममा आफूलाई यूकेको नागरिक भन्दै पीडितलाई विभिन्न गिफ्टहरु पठाएको भनी प्रलोभनमा पारी कस्टम चार्ज बाफतको रकम पठाउन पर्छ भन्दै ९२ हजार रूपैयाँ पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदन अवरोधको समयको सुविधा नलिने जानकारी गराएको छ ।
रास्वपाका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले अवरुद्ध संसद्को समयको कुनै पनि सेवासुविधा पार्टीले नलिनेसभामुख देवराज घिमिरलेलाई जानकारी गराएका हुन् ।
एक क्विन्टल सुन तस्करी प्रकरणको छानविन गर्न समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले १० साउनदेखि लगातार सदन अवरुद्ध गर्दै आएको छ । शुक्रबारको बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गरे । जसअनुसार आउँदो सोमबार बस्नेगरी बैठक स्थगित गरिएको छ ।
लगातार सदन अवरुद्ध भएपछि रास्वपाले संसद् बैठक नियमित चल्नका लागि सार्थक पहल गनै आग्रह गर्दै अवरुद्ध समयको सेवासुविधा नलिने जानकारी सभामुख घिमिरेलाई गराएको हो ।
‘राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसद्को समयको कुनै पनि सेवासुविधा हाम्रो पार्टीले नलिने सम्माननीय सभामुखमार्फत प्रतिबद्धता जाहेर गर्दछ । साथै, हालसम्ममा हामीले पाएको भए पनि त्यसको उपयुक्त मिलान गरिदिने व्यवस्थाका लागि समेत हार्दिक अनुरोध गर्दछ,’ सभामुख घिमिरेलाई बुझाएको पत्रमा भनिएको छ ।
काठमाडौं, २६ साउन ।
२४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राप्रपासम्वद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले वृक्षारोपण कार्यक्रम गरेको छ। काठमाडौंको कागेश्वरी मनोहरा वडा नं ६ स्थित ठाढुङ्गेश्वर सामुदायिक वनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रुद्राक्षको विरुवा रोपेर वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

युवा संगठनले राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षारोपण अभियान सञ्चालन गरेको र यसलाई देशव्यापी निरन्तरता दिइने सो संगठनका संयोजक सुजित केसीले जानकारी दिएका छन् ।

वृक्षारोपण कार्यक्रममा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री एवं संयोजित संगठन विभाग प्रमुख राजेन्द्र गुरुङ, संगठनका पूर्व अध्यक्षहरु, संगठनका पदाधिकारी सदस्यहरु, काठमाडौं क्षेत्र नं २ का नेता कार्यकर्ताहरु र स्थानीयबासीले विभिन्न प्रजातिका ५०० विरुवा रोपेर वृक्षारोपण गरेको युवा संगठनका प्रचार संयोजक कल्याण विक्रम आचार्यले जानकारी दिएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसकै अवसरमा संगठनले शनिबार बृहत रक्तदान र चियापान कार्यक्रमको आयोजना पनि गरेको आचार्यले बताएका छन्

काठमाडौं, २६ साउन ।
प्रमुख प्रतिपक्ष एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै शुुक्ररबार बसेको बैठकमा एमाले सांसदहरूले रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेपछि बैठक नै स्थगित गरिएको हो ।
आउँदो सोमबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरिएको छ ।
काठमाडौं, २६ साउन ।
प्रमुख प्रतिपक्ष एमालेले संसद बैठकमा अवरोध गरेको छ ।
शुुक्ररबार बसेको प्रतिनिधिसभा बैठकमा सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै अवरोध गरेको छ ।
रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् ।
काठमाडौं, २६ साउन ।
शुक्रबार राखिएको राष्ट्रिय सभा बैठक कार्यसूचीमा प्रवेश गर्न लाग्दा स्थगित भएको छ । सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरुले समसामयिक विषयमा आ–आफ्नो धारणा राखिसकेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई कार्यसूचीमा प्रवेश गराउन खोजेका थिए । तर, प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरु उठेर विरोध जनाए ।
सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमाले सांसद उठेर विरोध जनाए । त्यसपछि अध्यक्ष तिमिल्सिनाले प्रतिपक्षीलाई बोल्न समय दिएपछि यसको विरोधमा सत्तापक्ष सांसदले उठेर विरोध जनाए ।
दुवै पक्षका सांसद उठेर विरोध जनाइरहेपछि अध्यक्ष तिमिल्सिनाले बस्न आग्रह गरे । उठेरै संसद चलाउने भएपछि पछि गाह्रो पर्ने भन्दै सांसदहरूमाथि उनले व्यंग्य पनि गरे । तर, दुवै पक्षका सांसद बस्न मानेनन् ।
सत्ता र प्रतिपक्ष सांसदहरू उठिरहेपछि अध्यक्ष तिमल्सिनाले शुक्रबारको बैठकको कार्यसूचीमा राखेका सबै कार्यक्रम हटाएको जानकारी दिँदै बैठकलाई साउन ३१ गते बुधबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गरे ।
काठमाडौं, २६ साउन ।
कांग्रेस सांसद जितेन्द्र नारायण देवले लगातार संसदको अवरोधको विरोध जनाएका छन् ।
शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा उनले अल्पमतले सदन बन्धक बनाउन संसारभर कहीँ व्यवस्था नभएको बताए । जनताको आवाज राख्न थलो सदनलाई प्रतिपक्षी दल एमालेले बन्धक बनाएको उनको भनाइ छ ।
‘प्रतिपक्षी दलको संसद हो आफ्ना कुरा राख्न । तर, बन्धक बनाउन होइन, लामो समय अवरुद्ध गर्न होइन,’ उनले भने, ‘सरकार पनि बहुमतले बनाउँछ । संसद पनि बहुमतले नै चल्छ । अल्पमतले बन्धक बनाउन पाइँदैन ।’
संगठित अपराध अन्त्यका लागि गृहमन्त्री र अर्थमन्त्री लाग्दा विरोध गर्न नहुने भन्दै उनले सीआईबीको अनुसन्धानलाई विश्वास नगरी विरोध गरेको देख्दा शंका उठेको बताए ।
काठमाडौं, २६ साउन ।
राष्ट्रपति रामचन्द्र पौडेल, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान राष्ट्रपति पौडेल, सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
उनका अनुसार शुक्रबार बिहान १० बजेदेखि आधा घण्टा भएको भेटमा संसदको जारी अवरोधबारे छलफल भएको छ ।
सो क्रममा राष्ट्रपति पौडेलले सदन अवरोध खुवाउन भएका छलफल प्रयासबारे जानकारी लिए । भेटमा सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट समेत सहयोगको अपेक्षा राखेका सल्लाहकार अधिकारीले जानकारी दिए ।
काठमाडौं, २६ साउन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउने सम्बन्धमा महत्वपूर्ण छलफल भएको छ।
शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले के–कस्ता समस्या भोगिरहेका छन् र त्यसको समाधान कसरी गर्ने, देशभित्रको श्रमबजारलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा महत्वपूर्ण छलफल भएको हो।
छलफलमा सम्पूर्ण श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नेबारे समेत महत्वपूर्ण छलफल भएको छ। यसका निम्ति यही साउन ३१ गते एक औपचारिक समारोहको आयोजना गरिनेछ।
छलफलमा प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीको क्रममा नेपालीहरूले विभिन्न प्रकृतिका समस्याहरू भोग्नुपरेको चर्चा गर्दै ती समस्याहरूको दीर्घकालीन निराकरणका उपायबारे विस्तृत अध्ययन गरी अर्को बैठकमा प्रस्ताव पेश गर्नसमेत निर्देशन दिए । प्रधानमन्त्रीले वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाएर देशको अर्थतन्त्र धानिरहेका नेपाली श्रमिकहरूको सम्मान र हितरक्षा गर्न निर्देशन दिए ।
छलफलमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थसचिव, परराष्ट्र सचिव, श्रम सचिव, प्रधानमन्त्री कार्यालयका प्रशासन महाशाखा हेर्ने सचिव लगायतका विशिष्ट पदाधिकारीहरू सहभागी थिए ।
काठमाडौं, २६ साउन ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हिजो आफना पार्टीका सांसद सुनिल शर्मा पक्राउ गरे पछि सो पार्टीका नेताहरु भने सशंकित हुन पुगेका छन ।
पछिल्लो समयमा सुन तस्करी प्रकरणमा ‘कडा’ रुपमा प्रस्तुत हुदैँ आएका सांसद शर्मालाई झन्डै ३० बर्ष अघिको नक्कली सर्टिफिेकट प्रकरणमा हाल पक्राउ गरे पछि सत्तारुढ कांग्रेसका नेताहरु नै सशंकित हुन पुगेका हुन् ।
कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले सो पक्राउ प्रकरणलाई लिएर ‘सुन तस्कर’हरुलाई प्रोत्साहन गरेको त होइन ? भन्ने आशंका ब्यक्त गरेका छन ।
‘भारतको बीडीबीकेएस कलेज बाट १९९६ मा आईएस्सी उत्तीर्ण गरेको प्रमाण–पत्र बारे को छानबिन ‘अपरेशन क्वाक’ ले ७ वर्ष अघि नै अनुसन्धान सुरु गर्यो र छाड्यो,ण् त्यही केस हाल आएर सिआईवि ‘फोक्सट्रोट चार्ली’ अपरेसनले माननीय सुनिल शर्मालाई पक्राउ गरेको छ,’ केसीले सामाजिक सञ्जालमा भनेका छन, ‘संसदमा सुन तस्करी काण्ड विरुद्ध सशक्त आवाज उठाउँदै अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागकै कारण यो प्रकरण पुनः युद्धस्तरमा ताते को हो ? या संयोग मात्र हो ? यो गम्भीर र आम चासोको विषय बनेको छ।’
काठमाडौं, २६ साउन ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हिजो आफना पार्टीका सांसद सुनिल शर्मा पक्राउ गरे पछि सो पार्टीका नेताहरु भने सशंकित हुन पुगेका छन ।
पछिल्लो समयमा सुन तस्करी प्रकरणमा ‘कडा’ रुपमा प्रस्तुत हुदैँ आएका सांसद शर्मालाई झन्डै ३० बर्ष अघिको नक्कली सर्टिफिेकट प्रकरणमा हाल पक्राउ गरे पछि सत्तारुढ कांग्रेसका नेताहरु नै सशंकित हुन पुगेका हुन् ।
कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले सो पक्राउ प्रकरणलाई लिएर ‘सुन तस्कर’हरुलाई प्रोत्साहन गरेको त होइन ? भन्ने आशंका ब्यक्त गरेका छन ।
‘भारतको बीडीबीकेएस कलेज बाट १९९६ मा आईएस्सी उत्तीर्ण गरेको प्रमाण–पत्र बारे को छानबिन ‘अपरेशन क्वाक’ ले ७ वर्ष अघि नै अनुसन्धान सुरु गर्यो र छाड्यो,ण् त्यही केस हाल आएर सिआईवि ‘फोक्सट्रोट चार्ली’ अपरेसनले माननीय सुनिल शर्मालाई पक्राउ गरेको छ,’ केसीले सामाजिक सञ्जालमा भनेका छन, ‘संसदमा सुन तस्करी काण्ड विरुद्ध सशक्त आवाज उठाउँदै अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागकै कारण यो प्रकरण पुनः युद्धस्तरमा ताते को हो ? या संयोग मात्र हो ? यो गम्भीर र आम चासोको विषय बनेको छ।’
काठमाडौं, २६ साउन ।
एक माओवादी नेताले गौर हत्याकाण्ड पीडितसँग हालै भएको सम्झौता गलत भएको बताएका छन् ।
नेकपा माओवादी केन्द्रका नेता रामकुमार शर्माले उक्त सम्झौता गलत भएको भन्दै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफनो गल्ति सच्चाउन आग्रहसमेत गरेका छन् ।
‘नेपाल सरकार र मधेसी जनअधिकार फोरम नेपाल विच २०६४ भदौं १३ मा भएको २२ बुँदे सम्झौताको बुद्धा नं ३ र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र नेपाल सरकार विच भएको ८ बुँदे सम्झौताको बुँदा नं ७ मा स्पष्ट रूपमा भनिएको छ, मधेस आन्दोलनका शिलशिलामा फोरमका नेता तथा कार्यकर्ता माथि लगाएका मुद्दाहरु खारेज गर्ने छ,’ उनले भनेका छन, ‘तसर्थ गृह मन्त्रालयले रूप सागर देवी उपाध्यायसँग २०८० साउन २३ गते गरेको ५ बुँदे सम्झौताको १ नं बुँदा मधेसी जन अधिकार फोरम र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सँग गरिएको सम्झौताको विपरीत रहेको छ।’
तत्कालिन मधेसी जनअधिकार फोरमका महासचिवसमेत रहेका माओवादी नेता शर्माले उक्त समुहसँग सहमति गरेर गल्ति गरेकोसमेत बताउँदै सो गल्ति सच्चाउन आग्रहसमेत गरेका छन । ‘साथै गृह मन्त्रालयको यस प्रकारको सम्झौताले सरकारमा रहेको गठबन्धन दललाई समेत उत्तेजित गर्ने कार्य गरेको छ। तसर्थ नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गल्तीलाई सच्याएर जसपा अध्यक्ष उपेन्द्र यादवलाई विश्वासमा लिन गम्भीर ध्यानआकर्षण गर्दछु,’ उनले भनेका छन् ।
आज भन्दा १७ बर्ष अघि रौतहटको गौरस्थित, राइस मिल मैदानमा तत्कालिन नेकपा माओवादी र यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम, नेपालका कार्यकर्ता बिच भएको झडपमा २७ जना माओवादी कार्यकर्ता मारिएका थिए । बिभत्स तरिकाले २७ जना मारिएको उक्त घटनाका बारेमा हालै सरकारले छानबिन बढाउने औपचारिक सहमति गरे मुख्यतः उपेन्द्र यादव सशंकित भएका छन् । शर्मा भने साे घटना हुदाँ फाेरमका महासचिव थिए ।
काठमाडौं, २६ साउन ।
गौर हत्याकाण्डका बारेमा जनता समाजवादी पार्टी नेपालले आज आफनो धारणा सार्बजनिक गर्ने भएको छ ।
सरकारले गौर हत्याकाण्ड पीडितसँग छानबिन गर्ने सम्झौता गरे पछि सरकारसँग सशंकित रहेको जसपा नेपालले उक्त घटनाका बारेमा आफनो धारणा सार्बजनिक गर्न लागेको हो ।
त्यसका लागि दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दैछ । ‘आज दिउँसो २ बजे गौर हत्याकाण्डलगायत पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पार्टीको धारणा सार्बजनिक गर्दैछौं,’ प्रवक्ता मनिष सुमनले भने ।
सरकारले गौर हत्याकाण्ड पीडितसँग उक्त घटनाका बारेमा छानबिन गर्ने प्रतिवद्धता हालै जनाएको थियो । पुष्पकमल दाहाल नेतृत्वको सरकारले उक्त घटनाका बारेमा छानबिन गर्ने प्रक्रिया अघि बढाउने लिखित प्रतिबद्दता जनाएपछि मुख्यतः जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीका नेताहरु, गठबन्धनमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालसँग चासो ब्यक्त गरेका थिए ।
आज भन्दा १७ बर्ष अघि रौतहटको गौरस्थित, राइस मिल मैदानमा तत्कालिन नेकपा माओवादी र यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम, नेपालका कार्यकर्ता बिच भएको झडपमा २७ जना माओवादी कार्यकर्ता मारिएका थिए ।
बिभत्स तरिकाले २७ जना मारिएको उक्त घटनाका बारेमा हालै सरकारले छानबिन बढाउने औपचारिक सहमति गरे मुख्यतः उपेन्द्र यादव सशंकित भएका छन् ।
काठमाडौँ, २५ साउन ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को एक टोलीले बुधबार परराष्ट्रमन्त्री एनपी साउदसँग सिंहदरबारमा भेटवार्ता गरेको छ ।
उपाध्यक्ष आरके शर्मासहितको टोलीले भेटका क्रममा इराकमा रहेका नेपालीको समस्या समाधानका साथै एनआरएनएसँग सम्बन्धित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएको बताइएको छ । इराकमा कार्यरत झण्डै ४०० जना नेपालीको पासपोर्टको म्याद सकिन लागेकाले पासपोर्ट नवीकरणका लागि सहजीकरण गर्न मन्त्रीलाई ध्यानाकर्षण गराएएको उपाध्यक्ष शर्माले जानकारी दिए ।
यस्तै लामो समयदेखि इराकमा रोजगारी गर्नेहरुलाई पुनः श्रमस्वीकृति दिनका लागि व्यवस्था मिलाउन पनि अनुरोध गरिएको उनको भनाइ छ । ‘यो कुरामा उहाँ सकारात्मक हुनुहुन्छ’, शर्माले भने, ‘मध्यपूर्वका दूतावासको घुम्ती टोली वा परराष्ट्रमार्फत नै विशेष व्यवस्था मिलाएर समस्या समाधान गर्न ध्यानाकर्षण गराएका छौँ ।’ यो समस्या समाधानमा सरकारले आवश्यक सहजीकरण गरेको खण्डमा इराकमा कार्यरत २० हजार नेपाली लाभान्वित हुने शर्माको भनाइ छ ।
अहिले सरकारले इराक नखुलाएकाले दलालको सेटिङमा ठूलो रकम खर्चेर नेपालीहरु इराक पुग्ने गरेका छन् । सो क्रममा मन्त्री साउदले इराक रोजगारीका लागि खुलाउने वातावरण भए–नभएकोबारे पनि जिज्ञासा राखेका थिए । तर, एनआरएनएको टोलीले तत्कालका लागि पुनः श्रमस्वीकृति र पासपोर्ट नवीकरणको समस्या समाधान गर्न आग्रह गर्दै पछि आवश्यकता हेरर निर्णय गर्न सकिने जवाफ दिएको थियो । सो क्रममा माल्टा र पोर्चुगलमा दूतावास राख्न पनि अनुरोध गरिएको शर्माले बताए ।
यस्तै मध्यपूर्वसहित नेपाली श्रमिक भएका मुलुकमा उनीहरुलाई सहज हुने गरी दूतावासहरुमार्फत सेवा प्रवास गर्न पनि ध्यानाकर्षण गराइएको थियो । भेटका क्रममा गैरआवासीय नागरिकता छिटो दिने वातावरण मिलाउन पनि टोलीले परराष्ट्रमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराएको थियो ।
यसैबीच टोलीले बुधबार नै श्रम सचिवसँग पनि छलफल गरेको छ । सो क्रममा श्रमिकका हितका विषयमा नीति निर्माणका सवालमा ध्यानाकर्षण गराइएको बताइएको छ । उक्त भेटमा एनआरएनए आईसिसि उपाध्यक्ष शर्मा,उपाध्यक्ष नरेन्द्र भाट,पुर्व उपाध्यक्ष टिबि कार्की,युरोप संयोजक सन्तोष भट्टराई,एनआरएनए कम्बोडियाका अध्यक्ष लालसिंह खड्कालगाएतको उपस्थिति रहेको थियो ।
काठमाडौं, २६ साउन ।
नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।
नयाँ बानेश्वरस्थित् सघीय संसद भवनको ल्होत्से बैठक कक्षमा बस्न लागेको उक्त बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर गरेको संसद अबरोध देखी हिजो मात्रै पक्राउ परेका पार्टीका सांसद सुनिल शर्मालगायत समसमायिक राजनीतिक बिषयमा छलफल गरिनेछ ।
काठमाडौं, २६ साउन ।
प्रतिनिधिसभा बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र बिद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।
संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसुची अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद (सचिव) टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् ।
उता, बाधा अडकाऊ फुकाउ आदेश पेश गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यबिधि थप गर्ने प्रस्ताव पेश गर्नेछन ।
साथै शिक्षा मन्त्री अशोककुमाार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल बिश्वबिद्यालय बिद्येयक २०८० लाई बफादार छलफलका लागि सबन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्नेछन भने सभामुखले १० वा सो भन्दा बडी बैठकमा अनुपस्थित सांसदहरुको सुचनाहरु सभाको स्विकृतिका लागि पेश गर्ने कार्यसुची रहेको छ ।
उता, बिषयगत समितिको सदस्य हेरफेर देखी १० पटकसम्म बैठकमा अनुपस्थित सांसदहरूको नामावली बाचन गरेर सुनाइनेछ ।
काठमाडौं, २४ साउन ।
२८ जनाको ज्यान जाने गरी भएको गौर हत्याकाण्डको १७ वर्षपछि छानबिन गर्ने सहमति भएपछि सत्ता गठबन्धनमा असन्तुष्टि बढेको छ । मंगलबार सरकार र गौर हत्याकाण्ड संघर्ष समितिबीच पाँच बुँदे सहमति भएपछि जसपालाई सरकार छाड्न दबाब बढेको छ । उसलाई सरकारबाट बाहिरिन र समर्थन नै फिर्ता लिन दबाब बढेको हो ।
७ चैत २०६३ मा रौतहटको गौरस्थित सुगर मिल्स मैदानमा तत्कालीन मधेसी जनअधिकार फोरम र नेकपा माओवादीबीच झडप हुँदा घटनास्थलमा २७ माओवादी कार्यकर्ता मारिएका थिए भने उपचारका क्रममा एकजनाको मृत्यु भएको थियो ।
आमसभाको कार्यक्रम एकैदिन एकै स्थानमा तोकिएपछि दुई पार्टीबिच झडप हुँदा सो हताहती भएको थियो । तर, अहिले माओवादी नेतृत्वको सरकारले समितिसँग घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने सहमति गरेर आफूविरुद्ध षड्यन्त्र गरेको जसपाको बुझाइ छ । यसबारे जसपाले पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।
तर, रौतहटबाट मधेश प्रदेशका पूर्वमन्त्री तथा जसपा नेता योगेन्द्रराय यादव नेतृत्वको टोली काठमाडौं आएर सरकारबाट बाहिरिन दबाब सृजना गरेको छ । यादवको टोलीले आफूविरुद्ध षड्यन्त्र भइरहेकाले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएर संघर्ष उत्रिन नेतृत्वलाई दबाब दिइरहेको छ । यसबारे अध्यक्ष उपेन्द्र यादवले सत्तासाझेदार कांग्रेस सभापति शेरबहादुर देउवालाई जानकारी गराइसकेका छन् भने देउवाले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराएका छन् ।
गौर घटना माओवादीको ज्यादतीको विरोध सर्वसाधारण व्यक्तिले गरेको प्रतिकार रहेको पूर्वमन्त्री योगेन्द्रराय यादवले बताएका छन् ।
प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएर संघर्षमा उत्रिनुपर्ने भन्दै उनले भनेका छन्, ‘‘जसपाले प्रचण्डलाई दिएका समर्थन फिर्ता लिई संघर्ष गर्नुबाहेक अर्को कुनै विकल्प छैन । गौर घटना माओवादीका ज्यादतीका विरोधमा सर्वसाधारणले गरेका प्रतिकार थियो। उपेन्द्र यादव र मधेशी नेताहरुलाई घेर्ने र सिध्याउने षडयन्त्रको भण्डाफोर गर्न सक्नुपर्छ ।’
काठमाडौं, २४ साउन ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सबै सरकारी निकायले मालिक हौं भन्ने नभइ जनताका सेवक हौं भन्ने भावले काम गर्नु पर्ने बताए।
रक्षा मन्त्रालयको आर्थिक वर्ष २०७९-८० को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समिक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्वोधन गर्दै उपप्रधानमन्त्री खड्काले सरकारी निकायले अनावश्यक समय लिने, तथा फाइल अड्काएर राख्ने प्रवृति देखिएको भन्दै त्यसलाइ तत्काल अन्त्य गर्न निर्देशन दिए।
उपप्रधानमन्त्री खड्काले भने, ‘समय तालिका बनाउनुस्, कुन कामलाइ कति समय लाग्ने हो, जनताले देख्ने गरि सार्वजनिक जानकारी दिनुस् । सरकारी निकायमा काम गर्ने कार्यलय सहयोगि देखि मन्त्रीसम्म सबैले कुन काममा कति समय लाग्ने हो त्यो भन्नु पर्यो, तर ढिला सुस्ती गर्न पाइँदैन।’
कामका लागि निवेदन दर्ता देखि मन्त्रीको कार्यकक्षमा पुग्ननै हप्तौ दिन भन्दा बढी समय लाग्दा जनताले परिवर्तनको अनुभूति गर्न नसकेको भन्दै रक्षा मन्त्री समेत रहनु भएका उपप्रधानमन्त्री खड्काले राजनीतिक परिवर्तन भएर मात्र नपुग्ने भन्दै कार्यशैली तत्काल परिवर्तन गर्न मातहतका निकायलाइ निर्देशन दिए।
विकाश निर्माणका काम गर्न होस वा जनतालाइ दिनु पर्ने दैनिक सेवा प्रभाव संवन्धी विषय होस, निर्णय प्रकृयामा निकै ठूलो परिवर्तन आवश्यक देखिएकाले अब समय तालिका बनाएरै काम गर्नु पर्ने र समयमा तोकिएको काम नगर्ने वा गर्न नसक्नेलाइ के गर्ने भन्ने विषयमा समेत निर्णयगर्न उच्च सरकारी अधिकारीहरूलाई निर्देशन दिए।
कुनै पनि सरकारी काममा ढिला सुस्ती नगर्न निर्देशन दिँदै खड्काले भने, ‘निर्णयमा अल्मल्याने, सकेसम्म ढिला गरेकोमा मजा मान्ने, सकेसम्म फाइल थन्काएर यसो एक दुइ पटक हात जोडेर मेरो काम ढिला हुन थाल्यो, मेरो काम गरिदिनुसन भनेको कुरामा रमाउने जुन प्रवृति छ यो मालिक प्रवृति हो। हामी मलिक होइन, जनताका सेवक हौं, सेवक भएर सेवा दिनुस्।’
काठमाडौं, २४ साउन ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेपाल विद्यार्थी संघका दुई समूहबीच विवाद भएको छ।

संस्थापन र असन्तुष्ट समूहका दुई पक्षबीच नेविसंघको नयाँ समिती विस्तारको विषयलाई लिएर विवाद भएको हो।

दुवै समूह एकै पटक उत्रिएर नाराबाजी गर्दा अवस्था नियन्त्रणबाहिर जान नदिन प्रहरी परिचालनसमेत गरिएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार नेविसंघ केन्द्रीय समितिमा ७१० जनालाई मनोनीत गरेपछि विवाद बढेको छ
नेता कृष्ण सिटौलासहित असन्तुष्ट समूहले बुधबार दिउँसो सानेपामा प्रदर्शन गरेका थिए। उनीहरूले समानान्तर समिति गठन र विद्रोहसहिताका योजना लिएर सानेपामा नाराबाजी गरेका हुन्।

काठमाडौं, २४ साउन ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कलाको माध्यमबाट दुई भूगोल र समुदायलाई जोड्न सकिने बताएका छन् । काठमाडौंमा बुधबार आयोजित नेपाल सेन्टर इन्टरनेशनलले आयोजना गरेको क्रस कन्ट्री आर्ट एक्जिबिसनको उद्घटान गर्दै उनलले कला र साहित्यले इतिहासदेखि वर्तमानसम्म नै फरक भूगोल र समुदायलाई जोड्दै आएको धारणा राखेका हुन् ।

कला प्रर्दशनीमा राखिएका कलाकृतिहरु साँच्चिकै सुन्दर र जीवन्त रहेको चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले देश र समाजको विविधता अनुसार नै कलाकृतिमा पनि विविधता रहेकको बताए ।
एक देशले अर्को देशलाई, एकजातिले वा समुदायले अर्को जाति वा समुदायलाई बुझ्न र बुझाउन तथा इतिहासलाई वर्तमानसँग सामिप्यता गराउन पनि कला प्रर्दशनीको महत्व रहेको भन्दै अध्यक्ष तिमिल्सिनाले जनता–जनताको बीचमा सामिप्यता बढाउन र आपसी सम्बन्ध विस्तार गर्न पनि प्रर्दशनीले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल सेन्टर इन्टरनेशनलका संस्थापक निर्मलकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा आर्टस फर पिपल पोर्चुगलकी प्रमुख अन्ना अन्टुनेस, पोर्चुगलका लागि अवैतनिक राजदुत राजेन्द्र खेतान, नेपाल–जर्मन चेम्बर अफ कर्मसका सन्तोष कुवँर लगायतले कला प्रर्दशनीका बारेमा धारणा राखेका थिए ।
कार्यक्रममा नेपाल, पोर्चुगल, अर्जेन्टिना, बंगलादेश, पेरु र स्पेन गरि ६ देशका ११ जना कलाकारले तयार पारेका कलाकृतिहरु प्रर्दशनीमा राखिएको छ । प्रर्दशनी हुकुम दरबार कमलपोखरीमा ३ दिनसम्म चल्नेछ ।

काठमाडौं, २४ साउन ।
प्रमुख राजनीतिक दलका शिर्ष नेताको बैठक बस्दैछ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रमुख राजनीतिक दलका शिर्ष नेताको बैठक बस्न लागेको हो ।
बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित तीनै दलका उपनेता र प्रमुख सचेतकहरु बैठकमा उपस्थित हुनेछन् ।
प्रतिनिधसभाकाे बैठक १ बजे बस्नु अगावै हाल अबरुद्द भइरहेकाे प्रतिनिधिसभा बैठक सुचारु गर्नका लागि सहमित खाेज्न उक्त बैठक बस्न लागेकाे हाे ।
काठमाडौं, २४ साउन ।
सरकारले गौर हत्याकाण्डको छानबिन गर्ने भएपछि जनता समाजवादी पार्टी नेपालले आकस्मिक रुपमा कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
पार्टी केन्द्रिय कार्यालय, बालकुमारी ललितपुरमामा आकस्मिक रुपमा बोलाईएको सो कार्यकारिणी समितिको बैठकले गौर हत्याकाण्ड छानबिन गर्ने पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले समिति बनाउने बिषयमा छलफल हुनेछ । बैठक ११ बजेबाट सुरु हुनेछ ।
‘प्रधानमन्त्रीले गौर हत्याकाण्डका बारेमा छानबिन समिति बनाउन सहमति जनाएपछि त्यसवाट उत्पन्न परिस्थीतिका बारेमा आजको बैठकमा छलफल हुनेछ, सो छलफल पछि पार्टीले आफनो धारणा सार्बजनिक गर्नेछ’ एक नेताले भने । हिजो सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समिति बिचमा सहमति भएको थियो ।
उनका अनुसार उक्त सहमति अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फसाउँनका लागि सरकारले उक्त समिति बनाउन लागेको बुझाई जसपा, नेपालको रहेको छ । उक्त हत्याकाण्ड छानबिन बिरुद्ध जसपाले घटनास्थल, गौर लक्षित आन्दोलनको कार्यक्रम गर्न सक्ने उनले जनाएका छन् ।
सरकारको सो सहमतिलाई लिएर अध्यक्ष यादवले सत्तारुढ गठबन्धनका प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरिसकेका छन् । स्रोतका अनुसार ‘आफुलाई फसाउँनका लागि’ उक्त समिति बनाउन लागेको यादवले सभापति देउवासमक्ष गुनासोसम्म राखिसकेका छन् ।
उनले सो बिषयलाई लिएर हिजो आफना पार्टीका शिर्ष नेता र सांसदहरुसँग पनि छलफल गरेका थिए ।
बारा, २४ साउन ।
जनप्रतिनिधिले जिम्मेवारी सम्हालेदेखी नै विभिन्न निर्णय गरेर आलोचना खेपेको जीतपुरसिमरा उपमहानगरपालिकाले अर्को एकलौटि निर्णय गरेको पाईएको छ।पछिल्लो समय मोटरसाइलमा कर लाग्ने विषयमा गरेको निर्णयबाट आलोचित भएको उपमहानगरले गैरकानुनी प्रक्रिया बाट कर्मचारी नियुक्ति गरेको पाइएको छ।
जीतपुरसिमरा उपमहानगरपालिकाको मेयर राजन पौडेल कानुनविपरीत करारमा १२ जना नयाँ कर्मचारी भर्ना गरेको पाईएको छ। उपमहानगरले स्वास्थ्य सेवाका लागि भन्दै मेयर पौडेलले मेडिकल अधिकृत आठौं तह ३ जना ,पाँचौ तहका ९ जना गरि १२ जनालाई करारमा नियुक्ति गरेको पाईएको छ। गत साउन १२ गते जीतपुरसिमरा उपमहानगरपालिका करार सेवामा स्वास्थ्यकर्मी पदपूर्ति सम्बन्धी सूचना निकालेको थियो तर त्यो सूचनामा विज्ञापन नम्बर ३/०७९/०८० र ६/०७९/०८० बमोजिमका पदहरुको छनौट प्रक्रियामा सहभागी भई वैकल्पिक सूचीमा रहेका उम्मेदवारहरुलाई योग्यताक्रमको अधारमा भर्ना गर्ने भनेपछि नयाँ फर्म भर्ने आशमा रहेका स्वास्थ्य पढेका विद्यार्थीहरु निराश भए ।
स्थानीय सरकार संचालनको ऐनको दफा ८३ मा नगर प्रहरी , सवारी चालक, कार्यालय सहयोगी, प्लम्बर,इलेक्ट्रिसियन, चौकीदार, माली र सरसफाइ कर्मचारी स्थायी पदपूर्ति नगरी प्रतिस्पर्धाको आधारमा करारबाट लिन सकिने व्यवस्था छ । त्यसबाहेक अन्य पदमा नियुक्ति गर्न नमिल्ने उक्त ऐनले स्पष्टै व्यवस्था गरेको छ । कानुनविपरीत जुन–जुन पदमा कर्मचारी विज्ञापनमार्फत माग गरिएको छ त्यसमा मेयर राजन पौडेले वैकल्पिक उम्मेदवारहरूसँग पैसाको बार्गेनिङ गरेको श्रोतले बताएको छ ।
प्रदेश र केन्द्रमा लोकसेवा आयोग छ र सर्वेक्षण गरेर आवश्यक भए माग गरेमा उसले जनशक्ति पदपूर्ति गरिदिन्छ । तर, लोक सेवा आयोगसँग कुनै समन्वय नगरी आफैँले रोजेका कर्मचारी भर्ना गर्न सकिने बाटोमा मेयर पौडेल लागेका छन् । योभन्दा पहिला पनि लोकसेवा आयोगको वैकल्पिकमा नाम निकालेको ४९ जनालाई करारमा नियुक्ति गरेको उपमहानगरको निर्णयलाई केही कार्यपालिका सदस्य र वडाअध्यक्षहरुले विरोधसमेत गरेको थियो । तर, मेयर राजन पौडेलले एकलौटी निर्णय गर्दै करारमा कर्मचारीलाई नियुक्ति गर्दै आईरहेको वडा न ३ को वडाध्यक्ष तारा बहादुर कार्कीले बताए।
यसरी कानुन मिचेर उपमहानगरले कर्मचारी भर्ना गर्न खोज्नुले पार्टीनिकट र आसेपासेले सिफारिस गरेकाहरूलाई मेयरले नियुक्ति दिन खोजेको स्पष्टै देखिन्छ । ‘पहिला पनि करारमा भर्ना गरेका थिए । अहिले पनि उसले गरे हामीले किन नगर्ने भन्ने होला,’ उपनगरपालिकाका एक जना कर्मचारीले भने । अहिले महानगरमा रहेका साढे दुई सयभन्दा बढी करार कर्मचारीका लागि वार्षिक १९ करोड रुपैयाँ हाराहारी खर्च हुन्छ ।त्यसमा पनि मेयर राजन पौडेलले कार्यपालिकाको निर्णयविना नै आफू खुसी सेटिङ्मा कर्मचारी भर्ना गरिरहेको र ती कर्मचारीहरु संग पैसा समेत लिएको एकजना वडाध्यक्षले आरोप लगाएको छ।
करार सेवामा कार्यरत कर्मचारीलाई नेपाल सरकारले तलबभत्ता नपठाउने भएकाले महानगरले राजश्वबाट तलब भत्ता खुवाउनुपर्छ। ‘लोकसेवा आयोगबाट आएका कर्मचारीलाई सरकारले नै तलब भत्ता पठाउँछ,’ महानगरका एक अधिकृतले भने, ‘करारका कर्मचारीको तलब भत्ता महानगरकै आन्तरिक आम्दानीमा निर्भर हुन्छ।’
योभन्दा पहिला पनि जीतपुरसिमरा उपमहानगरपालिकाले करारमा स्वास्थ्यकर्मी पदपूर्ति गर्न निकालेको सूचना म्यादसम्म फर्म भरेका विद्यार्थीहरुसंँग लिखित परीक्षा न लोएर सिधै अन्तर्वार्ताको माध्यमबाट आफ्नो आसेपासेलाई नियुक्ति गरेको पाइएको थियो । त्यसको विरुद्ध कार्यपालिकाको बैठकमा पनि भएको थियो तर मेयर राजन पौडेलले एकलौटी निर्णय गर्दै अन्तर्वार्ता माध्यमबाट नै करारमा कर्मचारी नियुक्ति गरेको थियो। मेयर राजन पौडेल जीतपुरसिमराको मेयरमा निर्वाचित भएदेखि नै एकलौटी रुपमा निर्णय गर्दै आईरहेका छन्।
काठमाडौं, २४ साउन ।
प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । सभामुख देवराज घिमिरेले बुधबार बिहान साढे ११ बजे बस्नेगरी परामर्श समितिको बैठक बोलाएका हुन् ।
नयाँबानेश्वरस्थित संसद भवनमा बस्नेगरी बैठक बोलाइएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
बैठकमा संसदमा देखिएको गतिरोध अन्त्यका विषयमा छलफल हुनेछ ।
काठमाडौं, २४ साउन ।
संसद्को अवरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख तीन दलका शीर्षनेताहरु छलफलमा जुटेका छन् ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सदनको अवरोध हटाउने विषयमा छलफल भएको छ ।
डेढ क्विन्टल सुुन तस्करी प्रकरणमा एमालेले संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ ।
बुधबबार दिउँसो १ बजेका लागि संसद बैठकक बोलाइएको छ ।
काठमाडौं, २४ साउन ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुई सातादेखि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएको छ । १० साउनमा बसेको बैठकमा एक क्विन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय वा संसदीय समिति गठनको माग गर्दै सुरु गरेको अवरुद्ध एमालेले २४ साउन बुधबार पनि जारी राखेको छ ।
बुधबार बसेको बैठक पनि कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ । बैठक सञ्चालनमा एमालेले अवरोध गरेपछि सभामुख देवराज घिमिरले कार्यसूचीमा भएका सबै विषय हटाउँदै बैठक नै स्थगित गरेका हुन् । उनले शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगन भएको जानकारी दिए ।
बुधबारको बैठकमा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले समिति गठन नभएसम्म बैठक चल्न नसक्ने बताएका थिए । उनले बोल्न थालेपछि सत्तापक्ष सांसदले पनि बोल्न थालेका थिए । रोष्ट्रम अगाडि गएर एमाले सांसदले नाराबाजी गर्न थालेपछि बैठक स्थगित गरिएको हो ।
सुन तस्करी प्रकरण र छानबिन समितिबारे मंगलबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिएका थिए । तर, एमालेले भने अवरोध जारी राखेको छ । उसले सरकार पक्षबाट संसद चल्न नदिएको आरोप लगाएको छ । १० साउन यता केही बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएका छन् ।
काठमाडौं, २३ साउन ।
नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा टोकराज पाण्डे नियुक्त भएका छन्। अर्थमन्त्री स्तरीय निर्णयबाट पाण्डे टेलिकमको सञ्चालक समितिमा नियुक्त भएका हुन्।
साउन १० गते नियुक्त भएका पाण्डेले साउन २२ मा पद तथा गोपनीयताको शपथ लिएका छन्। नेपाल टेलिकमको सञ्चालक समितिमा अर्थ मन्त्रालयको तर्फबाट एक जना सहसचिवलाई पठाउने व्यवस्था अनुरुप पाण्डेलाई पठाइएको हो।
पाण्डे हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुखसमेत रहेका छन्।
काठमाडौं, २३ साउन ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको पछिल्लो आदेशले बालुवाटार प्रकरणमा अनुसन्धानका लागि थप आधार तयार पारेको बताएका छन्।
मंगलबार प्रतिनिधिसभामा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै श्रेष्ठले कुनै पनि खालका अपराधलाई निष्पक्ष रूपमा छानबिन गर्न सरकार तयार रहेको प्रतिबद्धता जनाएका छन्।
आइतबार सर्वोच्चको संयुक्त इजलासले बालुवाटारको ११३ रोपनी जग्गा व्यक्तिका नाउमा पुर्याउन भूमिका खेलेका उच्च पदस्थ व्यक्तिामाथि पनि छानबिन गर्न आदेश दिएकोमा उक्त आदेशले बालुवाटार छानबिनमा थप आधार दिएको बताएका हुन्।
‘अदालतको आदेशले अनुसन्धानलाई थप आधार तय पारेको छ। यसलाई निष्कर्षमा पुर्याउन हामीले निर्देशन दिएका छौँ। जहाँसम्म जानुपर्छ, जानुहोस् भनेका छौँ। तथ्य प्रमाणले जसलाई तान्छ, सबैलाई तान्नुहोस् भनेका छौं,’ गृहमन्त्री श्रेष्ठले भने। उनले ९ किलो सुन प्रकरणमा माओवादी वा जो सुकै भए पनि उन्मुक्ति नपाउने बताएका हुन्।
काठमाडौं, २३ साउन ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसलाई गुनासो गरेर बस्ने छुट नभएको बताएका छन्। उनले कांग्रेस अहिले संघ, प्रदेश र स्थानीय तहसमेत गरी ३३२ वटा सरकारमा संलग्न रहेको बताउँदै उनले अब कांग्रेसले काम गरेर देखाउनु पर्ने र गुनासो गर्ने छुट नरहेको बताएका हुन्।
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले २९औं विश्व आदिवासी दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले कांग्रेस अहिले पार्टीको नीति र सिद्धान्तबमोजिम कानुन र योजना बनाउने र कार्यान्वयन गर्ने दिशामा अघि बढ्नुपर्ने बताए ।
कांग्रेस समावेशी लोकतन्त्रको पक्षधर पार्टी रहेको बताउँदै उनले दलित, महिला, आदिवासी जनजाति, मधेशी, थारु र मुस्लिमसहितका समुदायलाई अधिकार दिने विषयमा प्रस्ट रहेको बताए । उनले नेपालमा रहेका हरके नागरिक समान रहेको र हरेकले आफ्नो भाषा संस्कृति र संस्कारको संरक्षण पाउनुपर्ने प्रस्ट पारे।
संविधानमा उल्लेख भएका अधिकार कानुनले थप सुनिश्चित गर्नुपर्ने अवस्था महामन्त्री थापाको भनाइ छ। ‘संविधानले विभिन्न अधिकार दिएको छ, तर नागरिकले त्यसको अनुभूति गर्न पाएको अवस्था छैन । हामीले कतिपय कुराहरू संविधानमा संशोधन गर्नुपर्ने होला, कतिपय संविधानबमोजिम कानुनहरू बनाउनुपर्ने होला वा कतिपय पूराना कानुनलाई संविधानअनुकूल बनाउनुपर्ने होला। त्यसका लागि हाम्रो भूमिका छ, त्यो हुनुपर्छ,’ उनले भने।
संविधानमा रहेका कतिपय कमजोरीहरूलाई सच्याएर अघि बढ्न कांग्रेस सकारात्मक रहेको उनको भनाइ थियो।
काठमाडौं, २३ साउन ।
राप्रपा अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले संसदलाई तीन दलले बन्धक बनाएको भन्दै आपत्ति जनाएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले कांग्रेस, एमाले र माओवादी केन्द्रले संसद र देशलाई नै बन्धक बनाएको भन्दै आपत्ति जनाएका हुन् ।
समावेशी संविधान बनाएको र सोहीअनुसार संसद पनि गठन भएको भन्दै उनले तर, तीन दलले निषेधको राजनीति गरेको आरोप लगाए ।
सहकारीपीडित संघर्षमा उत्रिएको जानकारी गराउँदै उनले उनीहरुलाई न्याय दिन सरकारले नसकेको बताए । देश र जनता विभिन्न समस्याबाट पीडित भइरहँदा प्रमुख तीन दलबीच भागबन्डामा भने सहमति हुने गरेको उनको भनाइ छ ।
प्रतिपक्षी दल मात्र होइन सरकार पनि संसद नचलोस् भन्नेमा रहेको अध्यक्ष लिङ्देनले बताए ।
काठमाडौं, २३ साउन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले निर्धारित मिति र समयमै संसद चल्नुपर्ने बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले निर्धारित समय र मितिमै संसद बैठक बस्ने घण्टी बज्नुपर्ने भन्दै तीन दलका शीर्षनेताको बन्धक संसद हुन नसक्ने बताए ।
तीन दलको बार्गेनिङले संसदलाई बन्धक बनाइएको भन्दै उनले यस्तो परिपाटीको अन्त्य हुनुपर्ने माग गरे ।
काठमाडौं, २३ साउन ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनबारे संसदमा मतविभाजन गर्न माग गरेको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सचिव तथा सांसद योगेश भट्टराईले उच्चस्तरी छानबिन समिति चाहिने वा नचाहिने भन्ने विषयमा ह्विप जारी नगरी संसदमा मतविभाजनबाट टुंगो पुग्न आग्रह गरेका हुन् ।
उच्चस्तरीय छानबिन समिति गठन गर्ने विषयमा राष्ट्रिय सहमति भइसकेको दाबी गरेका उनले सदनले छानबिन समिति आवश्यक नभएको भन्यो भने एमालेले आन्दोलन फिर्ता लिने बताए ।
काठमाडौं, २३ साउन ।
सत्तारुढ कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले लामो समयदेखि संसद बैठक अवरुद्धप्रति असन्तुष्टि जनाएका छन् ।
मंगलबार जारी प्रतिनिधिसभा बैठकमा उनले संसद अवरुद्ध गर्दा जनताका समस्याप्रति सरकारको ध्यानाकर्षण गराउन नसकिएको भन्दै आपत्ति जनाएका हुन् । ‘संसद प्रतिपक्षी दलको हो, उनीहरुको आवाज सरकारले गम्भीर रुपले लिनुपर्छ । उनीहरुले उठाएका प्रश्नको सरकारले जवाफ दिनुपर्छ,’ उनले भने, ‘तर, सत्तापक्ष सांसदको बोल्ने थलो रत्नपार्क हो ?’
संसद अवरुद्ध गर्ने कार्य बन्द गर्नुपर्ने भन्दै उनले भ्रष्टाचार र अनियमितताका सबै काण्डको छानबिन गर्नुपर्ने बताए । लोकतन्त्र, गणतन्त्रपछि गडन गरिएका सरकारका निकायमाथि विश्वास गर्न नसकिने अवस्थाको पनि छानबिन गर्नुपर्ने भन्दै उनले सरकारले थालेका भ्रष्टाचार र अनियमितताका विषयमा छानबिन गरेकाले सबैले सहयोग गर्नुपर्ने बताए ।
सरकारले गरायो महावीर पुनलाई सचेत
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले विभूषण लिलामीमा राखेपछि सरकारले सचेत गराएको छ । पुनलाई सरकारबाट दिइएको विभूषण लिलामीमा राखेपछि गृहमन्त्रालयले पत्राचार गर्दै विभूषण लिलामीमा नराख्न भनेको हो ।

विभूषण लिमालीमा राख्नु गैरकानुनी हुने र राखेमा रद्द हुने जानकारीसहितको पत्र पुनलाई गृहमन्त्रालयले पठाएको हो ।
पुनले कीर्तिमय राष्ट्रदीप द्वितीय विभूषणसहित विभिन्न मानपदवी लिलामीमा राखेको घोषणा गरेका थिए । कृषि सामग्री कम्पनी सञ्चालनका लागि सरकारले प्रतिवद्धताअनुसार सहयोग नगरेको भन्दै उनले विभूषण लिलामीमा राखेका हुन् ।
तर, गृह मन्त्रालयले मानपदवी, अलङ्कार, तथा पदकजस्ता विभूषण कसैलाई विक्री गरेमा, बन्धकी राखेमा कानुनविपरीत हुुने र कसैले यस्ता कार्य गरेमा विभूषण रद्द हुने भन्दै गृहमन्त्रालयले सोमबार सूचना जारी गरेको थियो । साथै मंगलबार पुनलाई पत्राचार गरेर सचेत गराइएकाके हो ।

रोल्पा, २३ साउन ।
रोल्पामा यात्रुबाहक बस दुर्घटनामा परेको छ । रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्बरको बस त्रिवेणी गाउँपालिका–७ तिला रिचीमाा सडकदेखि करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो ।
प्रारम्भिक विवरणअनुसार दुर्घटनामा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबै रोल्पाकै यात्रु रहेका छन् । प्रहरीका अनुसार परिवर्तन गाउँपालिका–३ का ४६ वर्षीय भक्तबहादुर विक, माडी गाउँपालिका–२ बस्ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका–४ का ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्त डाँगीको मृत्यु भएकाके हो ।
घाइतेहरुको उपचारका लागि दाङ पठाइएको छ ।
काठमाडाैं, २३ साउन ।
गौर हत्याकाण्ड पीडित संघर्ष सहमति र सरकारबीच पाँच बुँदे सहमति भएको छ । मंगलबार गृह मन्त्रालयमा मन्त्रालय र संघर्ष समितिबीच पाँच बुँदे सहमति भएको हो ।
उक्त सहमति पत्रमा गृह मन्त्रालयको तर्फबाट सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई र संघर्ष समितिको तर्फबाट अध्यक्ष रुपसागर देवीले हस्ताक्षर गरेकाक छन् । सहमति सँगै संघर्ष समितिले आन्दोलनका कार्यक्रम फिर्ता लिने भएको छ ।
यस्तो छ सहमतिः
मिति २०६३ साल चैत्र ७ गते रौतहट जिल्लाको गौरमा भएको घटनामा परी मृत्यु तथा घाइते भएका व्यक्तिहरुका सन्दर्भमा आन्दोलनरत गौर हत्याकाण्ड पीडित संघर्ष समिति र नेपाल सरकार, गृह मन्त्रालयबीच आज मिति २०८० श्रावण २३ गते निम्नानुसारको सम्झौता भयो ।
१. उक्त घटनाको विषयमा तत् समयमा दर्ता भएका जाहेरी समेतलाई छानविन र अनुसन्धान गरी तथ्य र प्रमाणको आधारमा दोषीलाई कानून बमोजिम कारबाहीको प्रक्रिया अगाडी बढाउने,
२. मिति २०६३ चैत्र ७ गतेको गौर घटनामा मृत्यु भई नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०६५ पौष ९ गतेको बैठकबाट शहीद घोषणा गरिएका व्यक्तिको विवरण नेपाल राजपत्रमा प्रकाशन गर्ने । उक्त घटनामा मृत्यु भएका तर शहीद घोषणा हुन छुट भएका मृतकहरुका हकमा शहीद घोषणाको प्रकृया अगाडी चढाउने,
३. गौर घटनामा परी मृत्यु भएका व्यक्ति (शहीद) हरुको स्मृतिमा रौतहट जिल्लामा शहीद स्मारक स्तम्भ निर्माण गर्ने कार्यको प्रक्रिया यसै आ.व.मा अगाडी बढाउने,
४. उक्त घटनामा परेर घाइते भएका उपचाररत व्यक्तिको लागि उपचारको उचित प्रबन्ध गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने र आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनुरोध गर्ने,
५. सो घटनाको छानबिन र कारबाहीको माग सहित गौर हत्याकाण्ड पीडित संघर्ष समितिले गरेका आन्दोलनका सबै कार्यक्रम तत्काल अन्त्य गर्ने ।
काठमाडौं, २३ साउन ।
संसदको कार्यव्यवस्था समितिको बैठक बसिरहेको छ । मंगलबार डााकिएको बैठकको एजेण्डालगायतका विषयमा छलफल गर्न बैठक बसेको हो ।

एमालेले मंगलबारको बैठक चल्न दिने सहमति भएपछि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था समितिको बैठक राखेका हुन् । बैठकमा सभामुख घिमिरे, उपसभामुख इन्दिरा राना तथा दलहरुका प्रमुख सचेतक र सचेतक सहभागी छन् ।
मंगलबार अपरान्ह ३ बजेका लागि प्रतिनिधिसभा बैठक डाकिएको छ ।

काठमाडौं, २३ साउन ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले तामाङ र मगर समुदायको धर्नामा भएको प्रहरी हस्तक्षेपप्रति दु:ख व्यक्त गरेका छन् । घटनाको गम्भीर अनुसन्धान गरी दोषी प्रहरीलाई कार्वाही गर्ने र घाइतेको उचित उपचार गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका हुन् । मंगलबार मन्त्रालयमा तामाङ घेदुङ र मगर संघका अध्यक्ष सहितका प्रतिनिधिहरूको ज्ञापनपत्र बुझ्ने क्रममा गृहमन्त्री श्रेष्ठले सो प्रतिबद्धता जनाएका हुन् ।

तामाङ र मगर समुदायका विषयमा विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई तत्काल कार्वाही गर्न उजुरी दिएपनि समयमै सुनुवाइ नभएको भन्दै साउन १७ गते नेपाल तामाङ घेदुङ संघीय समिति र नेपाल मगर संघ केन्द्रीय समितिको ब्यानरमा टेकु प्रहरी परिसर अगाडि धर्ना दिईएको थियो। सोही धर्नामा प्रहरी हस्तक्षेप हुँदा तीन दर्जन बढी धर्नाकारी घाइते भएका थिए।

सोही दिन पक्राउ अधिवक्ता पाण्डे केही घण्टामा जिल्ला अदालत काठमाडौंको आदेशले रिहा भएपनि धर्नाकारीलाई भने प्रहरी हिरासतभित्र समेत चरम यातना दिईएको तामाङ घेदुङ र मगर संघले बताएकाे छ। मरणासन्न घाइते दर्जनौं महिला र पुरुष आन्दोलनकारीको उपचार जारी छ। 
अधिवक्ता पाण्डेमाथि कारबाही, धर्ना र हिरासतमा यातना दिन आदेश दिने प्रहरी अधिकारी तथा संलग्नमाथि कार्वाही तथा उचित क्षतिपूर्ति एवम् उपचारको माग गर्दै तामाङ घेदुङ र मगर संघले गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र दिएका हुन्।

काठमाडौं, २३ साउन ।
संघीय संसदको गतिरोध अन्त्य गर्न प्रमुख तीन दल सहमत भएका छन् । बालुवाटारमा मंगलबार बसेको सभामुख देवराज घिमिरेसहित प्रमुख तीन दलका शीर्षनेताहरुबीच संसदको गतिरोध अन्त्य गर्न सहमत भएका हुन् ।
एक क्विन्टल सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै सदन अवरुद्ध पारेको प्रमुख प्रतिपक्षी दल एमाले अन्ततः सदन सुचारु गर्न सहमत भएको हो । सुन तस्करीबारे उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सदनमा जवाफ दिने सहमतिसँगै एमाले सदनको अवरोध हटाउन सहमत भएको हो ।
बैठकपछि एमालेका सचेतक महेश बर्तौलाले मंगलबार बोलाइएको संसद् बैठकमा गृहमन्त्री श्रेष्ठले बोल्ने र बैठक पनि सञ्चालन हुने जानकारी दिए ।
‘संसदमामान्यज्यूहरुले आफ्नो धारणा राख्नुपर्नेछ । बाढी पहिरोको समस्या छ । लम्पी स्किनका विषय छन् । तमाम विषयले सदन चलाउनुपर्ने छ । उच्चस्तरीय छानबिन समिति बनाउन तयार नभएको स्थिति हुँदाहुँदै पनि आज गृहमन्त्रीज्यूले केही कुरा बताउँछु भन्नु भएकाके छ । आज बैठक अघि बढ्नेछ । गृहमन्त्रीको जवाफ सुन्छौँ,’ उनले भने ।
मंगलबार अपरान्ह ३ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ ।
श्रावण २३, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएकोप्रति सचेत रहन आग्रह गर्दै उक्त निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले उद्धार, राहत र पुनर्स्थापनाका लागि सम्पूर्ण रूपले सक्रिय हुन निर्देशन दिएका हुन् ।
काठमाडौं, २३ साउन ।
सदनको अवरोध हटाउन भन्दै सभामुख देवराज घिमिरेसहित प्रमुख तीन दलका शीर्षनेताहरुको बैठक बसिरहेको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा एक क्विन्टल सुन तस्करी प्रकरणममा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी दल एमालेको मागको विषयमा कुराकानी भइरहेकको छ । उक्त माग राखेर केही दिनयता एमालेले लगाातार सदन अवरुद्ध गर्दै आएको छ ।
जारी बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली तथा यी दलका प्रमुख सचेतकहरू सहभागी छन् ।
यसअघि सोमबार पनि उनीहरुबीच छलफल भएको थियो । सहमति हुन नसकेपछि सोमबार बोलाइएको प्रतिनिधिसभा बैठक मंगलबार अपरान्ह ३ बजेका लागि साारिएको छ ।
काठमाडौं, २३ साउन । नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन् ।

मंगलबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेकी राजदूत डेप्रेजले प्रधानमन्त्री प्रचण्डसँग बिदाइ भेटवार्ता गरेकी हुन् ।
सो क्रममा प्रधानमन्त्री प्रचण्ड र राजदूत डेप्रेजबीच नेपाल–इयुबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको छ ।

काठमाडौं, २३ साउन ।
प्रतिनिधिसभा बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजे बोलाईएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र बिद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसुची अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद (सचिव) टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् ।
उता, बाधा अडकाऊ फुकाउ आदेश पेश गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यबिधि थप गर्ने प्रस्ताव पेश गर्नेछन ।
साथै शिक्षा मन्त्री अशोककुमाार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल बिश्वबिद्यालय बिद्येयक २०८० लाई बफादार छलफलका लागि सबन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्नेछन भने सभामुखले १० वा सो भन्दा बडी बैठकमा अनुपस्थित सांसदहरुको सुचनाहरु सभाको स्विकृतिका लागि पेश गर्ने कार्यसुची रहेको छ ।
काठमाडौं, २३ साउन ।
प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य गर्नका लागि प्रमुख दलका शिर्ष नेताहरु पुनः छलफलमा बस्ने भएका छन् ।
सुन प्रकरणमा छानबिन समिति बनाउने बिषयमा हिजो सिंहदरबार र बानेश्वरमा भएका दुवै छलफल निष्कर्षमा पुग्न नसके पछि थप छलफलका लागि आज पुनः बैठक बस्न लागेका हुन ।
जस अनुसार आजको बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बिहान १० बजे बस्नेछ । प्रतिनिधिसभा बैठक ३ बजे बस्नु अघि प्रमुख दल बिच सहमति जुटाउने प्रयास स्वरुप सो बैठक बोलाईएको हो ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देबराज घिमिरे, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उक्त बैठकमा रहने छन् ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने एमालेको मागलाई सत्तारुढ दलले अस्विकार गरे पछि गत १२ साउन देखी नै संसद अबरुद्ध हुदैँ आएको छ । सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा लिएको अडान र सत्तापक्षले पनि सो छानबिन समिति आवश्यक नभएको भन्दै लिएको अडानका कारण यस अघिका कयौं बैठकहरु निष्कर्षमा निस्कन सकेका छैनन ।
आजको बैठकवाट निष्कर्ष निकाल्ने अपेक्षा शिर्ष नेताहरुले गरेका छन् ।
काठमाडौं २३ साउन ।
राप्रपा नेपाल केन्द्रीय समितिको बैठक आगामी भाद्र ७ र ८ गते काठमाडौंमा बोलाईएको छ ।
राप्रपा नेपाल पुनर्जागरण पश्चात् यो बैठक पार्टी जिबनको निमित्त अत्यन्तै महत्त्वपूर्ण रहेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
बैठकमा पार्टी अध्यक्ष कमल थापाले राजनैतिक कार्यपत्र सहित जनआन्दोलनको खाका समेत प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
“यो बैठक पार्टीको भाबी कार्यदिशा र कार्ययोजना सहित सैधान्तिक बैचारिक पक्षलाई थप स्पष्ट पार्दै अघि बढ्नेछ” महामन्त्री बर्तौलाले भने । संघीय गणतन्त्रको नाममा कायम रहेको भ्रष्ट ब्यबस्थाको अन्त्यको लागि संघर्षको बाटो बैठकले तय गर्ने उनले बताए । विभिन्न ब्यक्ती, समूह, अभियान, पार्टीमा रहेका राष्ट्रबादी प्रजातान्त्रिक शक्तिलाई एकै ठाउँमा ल्याउन पार्टीले भरमग्दुर प्रयास गर्ने तथा राप्रपा नेपाललाई बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाउन सबैको साथ , सहयोग र समर्थन लिने गरि पार्टीलाई अघि बढाइने कार्ययोजना प्रस्तुत हुने जनाईएको छ ।
बैठकमा अध्यक्ष थापाको राजनीतिक कार्यपत्र तथा आन्दोलनको खाका सहित महामन्त्री भाष्कर भद्राको सचिवालय सबन्धी प्रतिबेदन, महामन्त्री सुशील श्रेष्ठको प्रशिक्षण सम्बन्धि प्रतिबेदन ,महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धी प्रतिबेदन ,कोषाध्यक्ष ज्ञानेन्द्र कार्किको आर्थिक प्रतिबेदन सहित राजसंस्थाको बारेमा उपाध्यक्ष डाक्टर बिष्णु भण्डारीको नेतृत्वमा गठित कार्यदलले प्रतिबेदन पेश गर्नेछ। राप्रपा नेपालसङ्ग एकताको लागि सडक संघर्ष न्युनतम बटमलाईन रहने स्रोतले बताएको छ ।
काठमाडौं, २२ साउन ।
ललिता निवास जग्गा हिनामिना प्रकरणमा आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पूर्वमन्त्री चन्द्रदेव जोशीले सरकारको भ्रष्टाचार विरोधी अभियानमा आफ्नो पूरा समर्थन रहेको बताएका छन् ।
ललिता निवास प्रकरणमा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित पूर्वभूमिसुधार मन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ तथा पूर्वराज्यमन्त्री सञ्जय साहविरुद्ध पूर्जी जारी गरिएको छ । आइतबार मात्र सर्वोच्च अदालतले निर्णय र निर्णय प्रक्रियामा संलग्नहरूलाई अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको थियो । जसअनुसार तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईसमेत अनुसन्धानमा तानिने भएका छन् ।
तर, आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको समाचार बाहिरिएपछि सोमबार दिउँसो सामाजिक सञ्जालमार्फत् पूर्वमन्त्री जोशीले सरकारको भ्रष्टाचार विरोधी अभियानमा आफ्नो समर्थन रहेको र अनुसन्धानमा सहयोग गर्ने बताएका हुन् ।
फेसबुकमा उनले लेखेका छन् :
वर्तमान सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानमा मेरो पुरै समर्थन छ । देशमा नासुरको रुपमा रहेको भ्रष्टाचार मेटियोस् भन्ने मेरो चाहना र अपेक्षा हो । लगतार त्यसैतर्फ मेरो राजनीतिसमेत लक्षित हुँदै आएको छ । अनुसन्धान निकायलाई मेरो पूरा सहयोग रहनेछ ।
तर समाचार माध्यमहरुमा आए अनुसार २०६९ असोज १८ गते ललिता निवासबारे मन्त्री परिषदमा निर्णय हुँदा म मन्त्री पदमा थिइँन । मन्त्रिपदबाट मैले त्यसअघि नै असोज ४ गतेको मितिमा राजीनामा गरिसकेको थिएँ । म २०६९ जेठ ३ देखि असोज ४ गते सम्ममात्र तत्कालिन बाबुराम भट्टराई मन्त्रिपरिषदमा रहेको हुँ । म पछि तत्कालिन मन्त्रिपरिषदका अर्का सदस्य टोपबहादुर रायमाझीले मैले सम्हाल्दै आएको मन्त्रालय सम्हालेको जानकारी त्यसबखत पाएको हुँ । त्यसपछि मन्त्रिपरिषदको समाजिक समितिमा प्रस्ताव जाँदा समेत म मन्त्री पदमा थिइन । मैले मन्त्री पद छाडेपश्चात भएको कुनै पनि निर्णयबारे मलाई जानकारी छैन । पछिल्लो समय समाचार माध्यम नै मेरो जानकारीका श्रोत भएका छन् ।
यसअघि पनि पटक पटक जानकारी दिए अनुसार नै आदालतको दोस्रो ताकेता पछि अदालतको आदेश नमान्दा मानहानी गरिएको हुने अवस्था आएपछि लियाजो एजेन्सीको मन्त्रीका रुपमा मेरो मार्फत निर्णकालागि मन्त्रिपरिषदमा प्रस्ताव लैजान मैले सहमति मात्र दिएको हो । सो सम्बन्धी निर्णय प्रकृयामा मेरो कुनै सहभागिता छैन । जे जसो भए पनि अनुसन्धान निकायले गर्ने छानबिनलाई मेरो पूरा सहयोग रहनेछ ।

काठमाडौं, २२ साउन ।
गृह मन्त्रालयले जाजरकोट र अछाममा नयाँ प्रमुख जिल्ला अधिकारी(सिडिओ) पठाएको छ। जाजरकोटको रिक्त प्रजिअमा हाल मन्त्रालयमा कार्यरत उपसचिव सुरेश सुनारले जिम्मेवारी पाएका छन् भने अछाममा मोरङ जिल्ला प्रशासन कार्यालयमा सहायक प्रजिअको रुपमा कार्यरत उपसचिव शरदकुमार पोखरेललाई पठाइएकाे छ ।
अछामका प्रजिअ शिवराम न्यौपानेले स्वास्थ समस्याका कारण मन्त्रालयमा सरुवा मागेकाले उनकाे स्थानमा पाेखरेललाई पठाइएकाे हाे । सुनारले पनि यसअघि मोरङ र बाँकेमा सहायक प्रजिअका रूपमा काम गरेको अनुभव छ। उनी डोल्पा र बझङमा प्रजिअ भइसकेका छन्।
पोखरेलसँग मुगु र दार्चुलाको प्रजिअ भइसकेको अनुभव छ भने उनी राष्ट्रिय परिचयपत्र विभाग तथा प्रहरी किताबखानाको निर्देशक समेत भइसकेका छन् । उनले काठमाडौं, तनहुँ, धनुषा र मोरङमा सहायक प्रजिअको रुपमा जिम्मेवारी पूरा गरिसकेका छन् ।
काठमाडौं, २२ साउन ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले अवरोध गरेपछि बैठक सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २४ साउन बुधबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गरिएको जानकारी दिए ।
बैठक सुरु हुनासाथ एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए ।
काठमाडौं, २२ साउन ।
संघीय संसदमा देखिएको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेको आह्वानमा शीर्षनेताहरुको बैठक बसिरहेको छ ।

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा जारी बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमm दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमालले अध्यक्ष केपी शर्मा ओलीसहित उक्त दलका प्रमुख सचेतकसमेत सहभागी छन् ।
१० साउनमा बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अवरुद्ध गरेपछि त्यसपछिका दुईवटा बैठक सूचना टाँसेर स्थगित भएको छ ।
सभामुख घिमिरेले साउन १५ र १६ गते प्रधानमन्त्री र प्रतिपक्षी दलका नेतासँग दुई–दुईपटक टेलिफोन संवाद गरेका थिए । प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग विभिन्न चरणमा ६ पटक भन्दा बढी छलफल गरेका थिए । तर, सदनको गतिरोध अन्त्य हुन नसकेपछि सोमबार शीर्षनेताहरुको बैठक सभामुख घिमिरेले राखेका हुन् ।
सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा र दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी राष्ट्रिय सभा बैठक बोलाइएको छ ।

काठमाडौं, २२ साउन ।
संसदीय समिति सभापतिको भागबन्डा टुंगिएको छ । सिंहदरबारमा सोमबार बसेको सत्तारुढ र प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरुको बैठकले संसदीय समिति सभापतिको भागबण्डा टुंगो लगाएको हो ।
जसअनुसार नेपाली कांग्रेसको भागमा चार, एमालेलाई तीन, माओवादीलाई दुई, एकीकृत समाजवादी, जसपा र जनमत पार्टीको भागमा एक एक संसदीय समिति परेको छ ।
तर, प्रतिपक्ष दल राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने संसदीय समिति सभापति नपाउने भएका छन् ।
काठमाडौं, २२ साउन ।
राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले बढुवा प्रक्रियालाई यथाशीघ्र अगाडि बढाउन माग गरेको छ । संघकी अध्यक्ष सरस्वती केसी भण्डारी नेतृत्वको कर्मचारीको टोलीले सोमबार युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थलाई ज्ञापनपत्र बुझाउँदै यथाशीघ्र बढुवा प्रक्रियालाई अगाडि बढाउन माग गरेको हो ।
‘राष्ट्रिय खेलकुद परिषद्को ११६ औं बोर्ड बैठकको निर्णय अनुसारको बढुवा प्रक्रियालाई तालुक मन्त्रालयबाट नै सकारात्मक सहयोग प्राप्त नभएका कारण परिणाममुखि निष्कर्षमा पुग्न नसकेको अवस्थामा राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले परिषद्मा कार्यरत कर्मचारीहरुको बढुवा प्रक्रियाका लागि परिषद्को निर्णय कार्यान्वयमा प्रक्रियागत समस्या सृजना गर्ने वातावरण भइरहेको महसुस गरेकोले माननीय युवा तथा खेलकुद मन्त्री डीग बहादुर लिम्बूज्यूबाट भएको पहिलो निर्णय अनुसारअगाडि बढेको बढुवाको प्रक्रियालाई यथाशीघ्र परिषद्को बोर्ड बैठकबाट सार्थक परिणाममा पुर्याउन राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघ जोडदार अपिल गर्दछ,’ ज्ञापनपत्रमा भनिएको छ ।

अन्यथा आन्दोलनमा उत्रिने संघले चेतावनी दिएको छ । तीनदिभित्र बढुवा प्रक्रियालाई यथाशीघ्र सार्थक परिणाममा नपुर्याए राष्ट्रव्यापी रुपमा चरणवद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएको संघले दैनिक प्रशासनिक कार्यका साथै १९ औं एसियाली खेलका प्रशिक्षण लगायत सम्पूर्ण खेल गतिविधि ठप्प पारी आन्दोलन गर्न बाध्य हुने ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

‘राष्ट्रिय खेलकुद परिषदमा ’लामो समयसम्म कार्यरत रही आफ्नो जीवनको अमुल्य समय खेलकुद, खेलाडी र देशका लागि समर्पण गरेका राष्ट्रसेवक कर्मचारीहरुको बढुवा प्रक्रियालाई यथाशीघ्र सार्थक परिणाममा नपुर्याए ३ दिनभित्र यस कर्मचारी संघले राष्ट्रव्यापी रुपमा चरणबद्व आफनो कार्यक्रम सार्वजनिक गरी दैनिक प्रशासनिक कार्यका साथै १९ औं एसियाली खेलका प्रशिक्षण लगायत सम्पूर्ण खेल गतिविधि ठप्प पारी आन्दोलन गर्न बाध्य हुने व्यहोरासमेत यसै ज्ञापन पत्र मार्फत जानकारीका लाि अनुरोध गर्दछ,’ ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्र 
मिति : २०८०/०४/२२
श्रीमान सचिवज्यू
युवा तथा खेलकुद मन्त्रालय
सिंहदरवार, काठमाडौं ।

विषयः ज्ञापनपत्र सम्वन्धमा ।
महोदय
उपरोक्त बिषयमा यस कर्मचारी संघको मिति २०८० श्रावण १७ गते बसेको कार्य सम्पादन समितिको बैठकको निर्णयअनुसार राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत विभिन्न सेवा समूहका स्थायी कर्मचारीहरुको विगत लामो समय (१९ बर्ष देखि २८ बर्ष सम्म) बढुवा नभई अन्याय भएको अवस्थामा विद्यमान राष्ट्रिय खेलकुद परिषद्को कर्मचारी सेवा सर्त सम्वन्धी नियमावली २०६८ (दोश्रो संशोधन सहित) को नियम (५६) अनुसार हुने बढुवाको प्रकृया अगाडी बढाउन युवा तथा खेलकुद मन्त्री एंव राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष माननीय मन्त्री डिग बहादुर लिम्बूज्यूको अध्यक्षतामा बसेको परिषद्को ११६औं बोर्ड बैठकबाट ऐ नियमावलीको नियम (९) मा व्यवस्था भएको पदपुर्ति समितिलाई पूर्णता दिए पश्चात पटक पटक भएको पदपूर्ति समितिको बैठकबाट बढुवाको लागि आवेदन दिन सूचना प्रकाशित लगायतका कार्यहरु सम्पन्न भईसकेको अवस्थामा ऐ नियमावलीको पदपुर्ति समितिमा पदेन सदस्यको रुपमा रहने मन्त्रालयको प्रतिनिधी सदस्यको लागि परिषद्बाट अनुरोध भई मन्त्रालयबाट तोकिआएको प्रतिनिधि सदस्यले पदपुर्ति समितिको केही बैठकहरुमा उपस्थित जनाउने र बैठकहरुमा उपस्थितिको लागि पत्राचार गर्दा समेत अनुपस्थिति भएको देखिन आएकोले परिषद्को ११६ औं बोर्ड बैठकको निर्णयअनुसार बढुवाको कार्य पदपुर्ति समितिमा सम्पन्न गरी परिषद्बाट अनुमोदनका लागि सिफारीस गर्ने कार्यका लागि नियमानुसार तालुकदार खेलकुद मन्त्रालयको प्रतिनिधि सदस्यको अनिवार्य उपस्थिति गराईदिनका लागि श्रीमान सचिवज्यू समक्ष अनुरोध गर्दछौं ।

परिषद्को ११६ औं बोर्ड बैठकको निर्णय अनुसारको बढुवा प्रक्रियालाई तालुक मन्त्रालयबाट नै सकारात्मक सहयोग प्राप्त नभएका कारण परिणाममुखि निष्कर्षमा पुग्न नसकेको अवस्थामा राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले परिषद्मा कार्यरत कर्मचारीहरुको बढुवा प्रक्रियाका लागि परिषद्को निर्णय कार्यान्वयमा प्रक्रियागत समस्या सृजना गर्ने वातावरण भईरहेको महसुस गरेकोले माननीय युवा तथा खेलकुद मन्त्री डीग बहादुर लिम्बूज्यूबाट भएको पहिलो निर्णय अनुसार अगाडी बढेको बढुवाको प्रक्रियालाई यथाशिघ्र परिषद्को बोर्ड बैठकबाट सार्थक परिणाममा पुर्याउन राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघ जोडदार अपिल सर्वच गर्दछ ।
राष्ट्रिय खेलकुद परिषदमा ’लामो समयसम्म कार्यरत रही आफ्नो जीवनको अमुल्य समय खेलकुद, खेलाडी र देशका लागि समर्पण गरेका राष्ट्रसेवक कर्मचारीहरुको बढुवा प्रक्रियालाई यथाशीघ्र सार्थक परिणाममा नपुर्याए ३ दिनभित्र यस कर्मचारी संघले राष्ट्रव्यापी रुपमा चरणबद्व आफनो कार्यक्रम सार्वजनिक गरी दैनिक प्रशासनिक कार्यका साथै १९ औं एसियाली खेलका प्रशिक्षण लगायत सम्पूर्ण खेल गतिविधि ठप्प पारी आन्दोलन गर्न बाध्य हुने व्यहोरासमेत यसै ज्ञापन पत्र मार्फत जानकारीका लाि अनुरोध गर्दछ ।
सरस्वती केसी (भण्डारी)
अध्यक्ष

दमास्कस, २२ साउन ।
इजरायलले बिहान दमास्कस सहरलाई लक्षित गरी इजरायलले आक्रमण गरेको छ ।
जुन घटनामा परेर चार सिरियाली सैनिक मारिएका छन भने चार जना घाइते भएका छन्।
आक्रमणको बिरूद्ध सिरियाको राजधानीमा हवाई सुरक्षा बल सक्रिय गरिएको छ। शहरमा विस्फोटको आवाज सुनिएको बताइएको छ ।
यसअघि पनि साढे दुई साताअघि पनि आक्रमण भएको थियो । त्यो समयमा दमास्कसका सात ठाउँलाई निशाना बनाइएको थियो।
सैन्य स्रोतका अनुसार सोमबार बिहान करिब २ः२० बजे इजरायलले दमास्कस सहर वरपरका केही बिन्दुहरूलाई निशाना बनाएर कब्जा गरेको सिरियाली गोलान हाइट्सको दिशाबाट हवाई आक्रमण सुरु गरेको थियो। सिरियाली वायु रक्षा बलहरूले इजरायली सैनिकहरूलाई मारेर बदला लिएको जनाएका छन्।
इजरायलले हालैका वर्षहरूमा सिरियाको सरकारी नियन्त्रित भागहरूमा सयौं हवाई आक्रमण गरेको छ। यी सबैको बावजुद इजरायलले यी आक्रमणहरूको जिम्मेवारी कहिल्यै लिँदैन, न त तिनीहरूको बारेमा छलफल गर्दछ। यद्यपि, इजरायलले स्वीकार गरेको छ कि उसले इरान सम्बन्धित लडाकु समूहहरू जस्तै लेबनानको हिजबुल्लाहलाई लक्षित गरेको छ, जसले सिरियाली राष्ट्रपति बसर असदको सेनालाई समर्थन गर्न हजारौं लडाकुहरू पठाएको छ।
काठमाडौं, २२ साउन ।
ललिता निवास प्रकरणमा मुछिएका तीन पूर्वमन्त्रीविरुद्ध जिल्ला अदालत काठमाडौंले प्रहरीलाई पक्राउ अनुमति दिएको छ ।
पूर्वउपप्रधान तथा गृहमन्त्री एवं नेपाली कांग्रेस नेता विजयकुमार गच्छदारसहित दुई पूर्व भूमिसुधार मन्त्री डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशीलाइ पक्राउ गर्नका लागि आइतबार काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो ।
सर्वोच्च अदालतले सो प्रकरणमा मुछिएका पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराइ माथी अनुसन्धान गर्न बाटो खोलेको दिनमा नै पुर्ब मन्त्रीत्रयलाइ पक्राउ गर्न अनुमति दिएको हो ।
धनगढी, २२ साउन ।
धनगढी उप महानगरपालिकाको शैक्षिक स्तर सुधारको प्रयासले सामुदायिक विद्यालयको स्तर सुधार हुने अपेक्षा गरिएको छ ।
उप महानगरले चालु शैक्षिक शत्र देखि विद्यालय सुधारका लागि विभिन्न प्रयास गरिरहेको छ । परिक्षामा कडाई गर्दै सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई जिम्मेवार बन्न अभिप्रेरित बनाएको उप महानगरले विद्यार्थीलाई प्रबिधिसंग जोड्दै गुणस्तरिय शिक्षा प्रदान गर्ने योजना अघि सारेको छ ।
उप महानगर भित्रै कतिपय सामुदायिक विद्यालयमा हाल सम्म पनि प्रबिधिको प्रयोग गर्ने अभ्यास समेत छैन । त्यसको विद्यालयमा अध्यापन गरेर वर्तमान विश्वव्यापि शिक्षा परिवेसंग विद्यार्थीलाई प्रतिष्पर्धा गर्न सकस हुने भन्दै उप हानगरले सामुदायिक विद्यालयलाई प्रबिधि मैत्रि बनाउने प्रयास गरेको हो । तर प्रबिधि मैत्रि शैक्षिक संस्था बनाउँदा कतिपय विद्यालयमा लगानी गरेर प्रतिफल समेत नआउने देखिएपछि उप महानगरले सामुदायिक विद्यालय तथा केही विद्यालयका कक्षा समायोजन गर्ने निर्णय गरेको छ ।
उप महानगरको सो निर्णयले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा महत्वपुर्ण भूमिका खेल्ने धनगढी नमूना प्राबिधिक माविका प्रधानाध्यापक लक्ष्मणदत्त भट्ट बताउँछन् । ‘उप महानगरले शैक्षिक सुधारका लागि जुन नीति बनाएको छ, त्यसालाई साच्चै कार्यान्वयन गर्न सक्नुपर्दछ,’ प्रधानाध्यापक भट्टले भने, ‘त्यो नीति कार्यान्वयन भएमा यहाँका सामुदायिक विद्यालयमा यसै शैक्षिक सत्र भित्र सुधार भएको देख्न सकिने छ’ उनले भने ।
उप महानगरको परिक्षा प्राणालीमा कडाई गर्ने, विद्यालयका प्रअ, शिक्षक तथा कर्मचारीलाई दिल्ली भ्रमण गराउने र विद्यालय समायोजन गर्ने कार्यक्रम चरणबद्ध रुपमा भएको भन्दै उनले त्यस संगै शिक्षकको क्षमता अभिवृद्धि र मनोबल बढाउने काम पनि गरिनु आवश्यक भएको बताए ।
सामुदायिक विद्यालय समायोजन गर्दा सामुदायिक विद्यालयको श्रोत बढ्ने र विद्यार्थी संख्या पनि बढ्ने हुँदा पठनपाठनमा सजिलो हुने उनले बताए । विद्यालय समायोजनले उप महानगरलाई प्रबिधि मैत्रि विद्यालय निर्माणका लागि लगानी गर्न पनि सजिलो हुन सक्ने उनले बताए ।
दिल्लीका सामुदायिक विद्यालयको भ्रमण पछि सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि उप महानगरलाई सुझाव दिएका छौं,’ उनले भने, ‘उप महानगरपालिकाले त्यस अनुसार सामुदायिक विद्यालयमा लगानी गर्नेछ भन्ने अपेक्षा पनि गरेका छौं ।’
उपमहानगरपालिकाले नगरभित्रका विद्यार्थी संख्या न्यून भएका १४ वटा विद्यालय समायोजन गर्ने निर्णयनै गरेको छ । यही साउन १४ गते बसेको नगरकार्यपालिका बैठकले केही विद्यालय गाभ्ने र केहीका कक्षाहरू नजिकका विद्यालयमा समायोजन गर्ने निर्णय गरेको हो ।
बैठकले आधारभूत तहका चारवटा विद्यालय नजिकका विद्यालयमा पूर्ण रूपमा गाभ्ने निर्णय गरेको हो भने, आधारभूत तहका दुईवटा विद्यालयका १ देखि ५ सम्मका सबै कक्षा, आधारभूत तहकै ६ वटा विद्यालयका ६ देखि ८ सम्मका कक्षा र दुईवटा विद्यालयका ९ र १० कक्षा गाभ्ने निर्णय गरेको हो । नगरको विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलान नियमावलीअनुसार विद्यार्थी संख्या कम भएका, शिक्षक दरबन्दी नभएका विद्यालय नजिकका विद्यालयमा समायोजन गर्ने निर्णय भएको उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्र खातीले बताए ।
उनका अनुसार धनगढी–२ को शैलेश्वरी आविलाई शारदा माविमा, वडा नम्बर ७ को नवज्योति आविलाई शिव माविमा, वडा नम्बर ११ को जोकैया आविलाई वेला आविमा र वडा नम्बर १८ को नेपाल भूपूसैनिक आविलाई खप्तडी आविमा गाभ्ने निर्णय गरिएको छ । विद्यार्थी संख्या न्यून रहेका यी विद्यालयमा बालविकास कक्षा मात्र बाँकी रहने छ ।
त्यस्तै, वडा नम्बर १२ को बेहडाबाबा आविका १ देखि ५ सम्मका कक्षा सिद्धनाथ आविमा र वडा नम्बर १७ को कालिका आविका ४ र ५ कक्षा न्यु कालिका आविमा समायोजन गरिने उनले जानकारी दिए। धनगढी–५, को राष्ट्रिय आवि, ६ को भैरवबाबा आवि, ९ को सरस्वती आवि, १२ को नवदुर्गा आवि, १४ को सिद्धार्थ आवि र वडा नम्बर १५ को जनजागृति आविका ६ देखि ८ सम्मका कक्षाहरू नजिकका विद्यालयमा समायोजन निर्णय गरिएको छ ।
राष्ट्रियको पञ्चोदय माविमा, भैरवबाबाको बासुदेवी माविमा, सरस्वतीको धनगढी नमुना माविमा, नवदुर्गाको दुर्गा आविमा, सिद्धार्थको सर्वोदय माविमा र जनजागृतिको राष्ट्रिय माविमा समायोजन गर्न लागिएको हो । त्यस्तै, वडा नम्बर १३ राजपुरको जनता राष्ट्रिय माविको कक्षा ९ र १० सोही वडाको कैलाली गाउँस्थित जनता राष्ट्रिय माविमा र वडा नम्बर १४ को दीपेन्द्र चारपाते माविका कक्षा ९ र १० सोही वडाको बेहडाबाबा माविमा समायोजन गरिनेछ ।
धनगढी उपमहानगरका प्रमुख गोपाल हमालले विद्यालय सुधारको प्रयासलाई अगाडि बढाइएको बताए । सामुदायिक विद्यालयमा नयाँ प्रविधिको प्रयोगसँगै अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गर्न लागिएको उनले जानकारी दिए । विद्यालय सुधारका लागि केही नयाँ योजना बनाइएको र त्यसलाई अब कार्यान्वयनमा लगिने कार्यपालिका बैठकमा उनले बताए । शैक्षिक गुणस्तर नहुँदा सरकारी विद्यालय भर्ना हुने दर घट्दै गएको उल्लेख गर्दै उनले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधारको विकल्प नभएको बताए ।
काठमाडौं, २२ साउन ।
सभामुख देबराज घिमिरेले शिर्ष दलको बैठक बोलाएका छन् ।
निरन्तर संसदमा अबरोध हुन थालेको तथा ८ महिनासम्म संसदीय समितिको सभापति चयन गर्न नसकिरहेको बेला सभामुख घिमिरेले शिर्ष दलका शिर्ष नेतासँग बैठक बोलाएका हुन ।
सभामुखको सचिवालयका अनुसार सो बैठक आज दिउँसो १२ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बस्नेछ ।
सभामुख घिमिरेले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख सचेतक वा सचेतकसहित उपस्थित हुनका लागि अनुरोध गरेका छन् ।
गत साउन १० गते बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख विपक्षी दलले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अबरुद्ध गरेपछि त्यसपछिका दुई वटा बैठक सूचना टाँसेर स्थगित भएको थियो ।
सभामुख घिमिरेले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई–दुईपटक टेलिफोन संवाद गरेर अबरोध खुलाउन अनुरोध गरेका थिए भने प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग विभिन्न चरणमा ६ पटक भन्दा बढी छलफल गरिसकेका छन ।
आइतबार पनि सिंहदरवारमा प्रमुख सचेतकहरुसँग छलफल गरेका सभामुखलाई सदनको अवरोध खुलाउन शीर्ष नेताकै तहमा बैठक बस्नुपर्ने सुझाव नेताहरुले दिए पछि शिर्ष नेताको बैठक बोलाइएको हो ।
काठमाडौं, २२ साउन ।
राष्ट्रियसभा बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।

आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र बिद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।
बिद्यायन ब्यवस्थापन समितिको सभापति जयन्ती देवी राईले संविधान अनुसार ‘बाँकी कानुनहरुको अध्ययन प्रतिवेदन २०८०’ पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
काठमाडौं, २२ साउन ।
प्रतिनिधिसभा बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र बिद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसुची अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद (सचिव) टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् ।
उता, बाधा अडकाऊ फुकाउ आदेश पेश गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यबिधि थप गर्ने प्रस्ताव पेश गर्नेछन ।
साथै शिक्षा मन्त्री अशोककुमाार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल बिश्वबिद्यालय बिद्येयक २०८० लाई बफादार छलफलका लागि सबन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्नेछन भने सभामुखले १० वा सो भन्दा बडी बैठकमा अनुपस्थित सांसदहरुको सुचनाहरु सभाको स्विकृतिका लागि पेश गर्ने कार्यसुची रहेको छ ।
काठमाडौं, २२ साउन।
सत्तारूढ नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी रहेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बिहान ८ बजेदेखि जारी रहेको हो ।

केन्द्रिय समिति बैठक सम्पन्न गरिएको भोलीपल्ट माओवादीले संसदीय दल बैठक डाकेर संसदमा प्रस्तुत हुने र बिषय छनौट गर्ने बिषयमा छलफल गर्ने बुझिएको छ ।

गत साउन १२ गते देखी भएको संसद्को गतिरोध अन्त्यका लागि पार्टीले संसदमा खेल्ने भूमिका र सरकारको पछिल्ला काम कारबाहीलगायत विषयमा छलफल भइरहेको नेताहरूले जनाएका छन् ।

काठमाडौं, २२ साउन ।
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल स्विटजरल्याण्ड प्रस्थान गरेका छन् ।
प्रवासी नेपाली एकता मन्च युरोपद्वारा स्वीट्जरल्याण्ड लगायतका विभिन्न देशहरूमा आयोजना हुने पूर्व निर्धारित विभिन्न कार्यक्रमहरूमा सहभागी हुनका लागि टर्किस एअरको विमानद्वारा आज विहान ७ः३० बजे इस्तानवुल हॅुदै जेनेभा प्रस्थान गरेका हुन ।
हिजो सर्वोच्च अदालतबाट भएको फैसलाका सन्दर्भमा उहॅा जानकार रहेको उनको नीजि सचिवालयले जानकारी दिएको छ । ‘सबै प्रकारका भ्रष्ट्राचार एवम् अनियमितताको निष्पक्ष छानविन गरी दोषी उपर कडा कारबाही हुनुपर्छ र मुलुकमा शुसासन कायम गर्नुपर्छ’ भन्ने कुरामा उहॅाको दृढ मान्यता रहेको सचिवालयले जनाएको छ।
उनी भदौं १ गते स्वदेश फर्कने छन् ।
काठमाडौं, २१ साउन ।
सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय गर्नेहरूमाथि पनि अनुसन्धान गर्न आदेश दिएको छ।

ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका योगराज पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश अनिलकुमार सिन्हा र डा. कुमार चुडालको इजलासले नीति निर्मातामाथि समेत अनुसन्धान गर्न आदेश दिएको हो।

सर्वोच्चको आदेशसँगै ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई माथि अनुसन्धान गर्न बाटो खुलेको छ। माधव नेपाल नेतृत्वको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री निवास विस्तार गर्ने भन्दै नक्कली मोहीलाई सरकारी जग्गा सट्टा भर्ना दिएको थियो। भट्टराई नेतृत्वको मन्त्रिपरिषद बैठकले अस्तित्वमै नरहेको पशुपति टिकिन्छा गुठीका नाममा ललिता निवासको जग्गा दर्ता गर्न सैद्धान्तिक स्वीकृति दिएको थियो ।

‘२०६६ चैत २९ र २०६७ वैशाख ३१, २०६७ साउन २८ तथा २०६९ असोज १८ को नेपाल सरकारको मन्त्रिपरिषदको निर्णय तथा निर्णय प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्ष रुपमा संलग्न हुनेहरु, मन्त्रालयस्तरमा सो निर्णय गर्न किटानी प्रस्ताव पेश गर्ने वा प्रस्तावमा संलग्न माथिल्लो तहका पदाधिकारी वा अधिकारीको पदसोपान (अनुसन्धानकर्ताको सवाल बमोजिमको ‘पिरामिड’को माथिल्लो तह ) बाट समेत गरी अब उप्रान्तको थप अनुसन्धान कार्य अविलम्ब सम्पन्न गर्नु गराउनु भनी प्रत्यर्थीहरुको नाममा यो आदेश जारी गरिदिएको छ,’ आदेशमा भनिएको छ।

जनकपुर, २१ साउन ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मन्त्रिपरिषद्बाट स्वीकृत भएर सदनमा टेबलको तयारीमा रहेको शिक्षा ऐन सर्वस्वीकार्य रूपमा आउनु पर्ने बताएका छन्।
शहीदनगर नगरपालिका यदुकहा पुगेर २०२९ साल असोज १ गते तत्कालीन पञ्चायती शासन उत्कर्षमा रहेकोबेला प्रहरीको गोली लागेर निधन भएका धनुषा हडबाडाका कामेश्वर मण्डल र मुरीवाका कुशेश्वर यादवको सालिकमा माल्यार्पण गर्दै नेता महरले शिक्षक, विद्यार्थी र अभिभावकले अपनत्व ग्रहण गर्ने खालको शिक्षा नीति ल्याउनु पर्ने बताएका हुन्।
‘२०२९ असोज १ गते कामेश्वर र कुशेश्वरमाथि तत्कालीन पञ्चायती सरकारको प्रहरीले गोली चलायो। र, कामेश्वर-कुशेश्वरको गोली लागि घटनास्थलमै मृत्यु भयो। तत्कालीन पञ्चायती सरकारले नयाँ शिक्षा योजना लागू गरेको थियो। जसको विरोधमा कांग्रेस र नेविसंघ थियो। अहिले पनि शिक्षा ऐन सबैले अपनत्व गर्ने खालको ल्याउनु पर्छ। नत्र कांग्रेस र नेविसंघ पुनः त्यसको विरुद्धमा रहने छ,’ महरले भने। उनले हचुवाका भरमा शिक्षा ऐन ल्याउन समस्या हुने चेतावनी दिएका छन्।
‘बढीभन्दा बढी जनताको भावना सम्बोधन हुने गरी शिक्षा ऐन ल्याउनु पर्छ। सरोकारवालाहरूसँगको छलफल र सहमतिपछि मात्र शिक्षा ऐन ल्याउनु पर्छ। त्यसैले विद्यार्थी, शिक्षक र अभिभावकलाई मन पर्ने शिक्षा ऐन आयमात्र शिक्षाले फड्को मार्न सक्छ। सदनमा पनि जनताको सरोकारको विषय बनाएर यसमा बढीभन्दा बढी छलफल हुनुपर्छ,’ उनले भने।
२०४६ सालमा शिवधारी यादवको नेतृत्वमा आन्दोलन चलेको र प्रहरी धडपकड हुँदा पाँच जना महिलाले साहदत्त प्राप्त गरेको स्मरण गर्दै उनले अहिले बेलैमा सोचविचार गरेर त्यस्तो अवस्था आउनबाट रोक्न सरकार गम्भीर हुनुपर्ने उनले बताए। उनले नेपाली माटो छुने किसिमको शिक्षा नीति ल्याउन आवश्यक रहेको बताउँदै सरकारलाई जिम्मेवार हुन आग्रह गरेका छन्।
काठमाडौं, २१ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी जनताका घरमा पुगेर गुनासा र आलोचना सुन्न कार्यकर्तालाई आग्रह गरेका छन्।
पार्टीको आइतबार सम्पन्न केन्द्रीय समितिको बैठकको अन्तिममा सम्बोधन गर्दै पार्टीले सञ्चालन गरेको तीन महिने अभियानको क्रममा देशभरीका प्रत्येक घरहरूमा पुगेर जनताको गुनासा र आलोचना सुन्न नेताहरूलाई निर्देशन दिएका हुन्।
प्रचण्डले तीन महिने अभियान प्रभावकारी बनाउन एउटा घर पनि नछाड्न र सहिद बेपत्ता परिवारसँग समेत भेट गर्न आग्रह गरेका छन्।
माओवादीले ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ नाम दिएर भदौ १६ गतेबाट तीन महिने अभियान सञ्चालन गर्दैछ। सो अभियानको सम्पूर्ण तयारी भदौ १५ भित्र सक्नेगरी लाग्न पनि सम्बन्धित नेताहरूलाई निर्देशन भइसकेको छ।
काठमाडौं, २१ साउन ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले जबरजस्त ढङ्गले त्रुटिपूर्ण नयाँ भाष्य निर्माण गर्न खोज्दा देश नयाँ नयाँ समस्याको दलदलमा भासिएको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले देशले भोग्नु परेको सम्पूर्ण समस्याको मुलजड धर्म निरपेक्षता, गणतन्त्र र जातीय पहिचानमा आधारित संघीयता सम्पूर्ण रोग, भोक, अशिक्षा ,गरिबी र पछ्यौटेपनको अचुक औषधि भन्ने गलत भाष्य रहेको बताए । सनातन धर्म, संस्कृति, राजसंस्था र एकात्मक राज्यप्रणाली भएको, हिन्दुधर्म अन्धविश्वास, रुढीबादी र विभेदमा आधारित रहेको भन्दै गलत भाष्य सृजना गरेको उनको आरोप छ ।
देशको विद्यमान संकट समाधान गर्न राप्रपा नेपालसँग वैकल्पिक मार्ग चित्र रहेको भन्दै उनले सुशासनको माध्यमबाट आर्थिक विकास र समृद्धिको लक्ष्य हासिल गर्न बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्नुपर्ने बताए ।
इन्दीप कोइराला,बारा, २१ साउन ।
उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बारा र पर्सामा स्थानीय तहले लगाएको करको विरोध गरेका छन् । जीतपुरसिमरा नगर उद्याेग वाणिज्यसँगको छैटाैँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै मन्त्री रिजालले जीतपुरसिमरा उपमहानगरपालिका र वीरगन्ज महानगरपालिकाले लगाएको कवाडी तथा सम्पत्ति करको विरोध गरेका हुन् ।
मन्त्री रिजालले कवाडीको नाममा कच्चापदार्थबाट समेत कर उठाउनु अनधिकृत रहेको बताएका छन् । स्थानीय तहले संकलन गरिरहेको कर अनधिकृत रहेको भन्दै मन्त्री रिजालले उक्त कार्य रोक्न आग्रह गरेका छन् । यस्तो कार्य नरोकिए संघीय सरकारले हस्तक्षेप गर्ने संकेत समेत मन्त्री रिजालले गरेका छन् ।
स्थानीय तहले आयकर र सम्पत्ति कर दुवै कर लिइरहेको भन्दै त्यस्तो गर्न नपाइने बताएका छन् । उनले त्यस किसिमका कर फिर्ता लिन समेत आग्रह गरेका छन् । स्थानीय तहले संकलन गरिरहेको करका विषयमा छलफल गरेर अघि बढ्ने बताए ।
मन्त्री रिजालले बारा र पर्साका उद्याेगबाट हुने प्रदूषण नियन्त्रणका लागि पहल भइरहेको बताए । उनले सिमरास्थित विषेश आर्थिक क्षेत्रमा लगानी आकर्षित गर्नका लागि जग्गाको राजस्व दर कम गर्ने प्रयास भइरहेको समेत बताए ।
कार्यक्रममा उद्याेग वाणिज्य संघका केन्द्रीय सदस्य डा. सुबोध गुप्ता, मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी, बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, उद्याेग वाणिज्यसँग वीरगन्जका अध्यक्ष अनिल अग्रवाल, वरिष्ठ उपाध्यक्ष हरि गौतम, नेपाल भारत सहयोग मन्चका केन्द्रीय अध्यक्ष अशोक वैध, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
संघले यस क्षेत्रबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, उद्याेगी, व्यवसायीलाई सल्लाहकारको रुपमा मनोनीत गरेको छ ।
संघका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण महासचिव प्रकाश गिरीले गरेका थिए ।
काठमाडौं, २१ साउन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी नेतृत्वविरुद्ध मुद्दा लगाउन खोजिएपछि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता गरेको बताएका छन् ।
१७ साउनदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै आइतबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले नेतृत्वविरुद्ध मुद्दा लगाउन खोजेकै कारण जबराविरुद्ध महाअभियोग दर्ता गर्नुपरेको बताएका हुन् ।
आफ्नो पार्टी र नेतृत्वविरुद्ध घेराबन्दी भइरहेको भन्दै उनले यस्ता षड्यन्त्र परास्त गर्न अन्य राजनीतिक दलले पनि सहयोग गरेको जानकारी दिए । जसअनुसार जबराविरुद्ध महाअभियोग दर्ता गरेको र यसमा अन्य राजनीतिक दलले सहयोग गरेको उनको भनाइ छ ।
माओवादी केन्द्र र नेताहरुमाथि मुद्दा लगाउन खोज्नुको पछाडि विचार वर्ग पक्षधरता रहेको भन्दै उनले जारी केन्द्रीय समिति बैठकबाट भने पार्टी मुख्य नेतृत्वको वरिपरि एकतावद्ध हुने स्थिति बनेको बताए ।
१ फागुन २०७८ मा माओवादी, कांग्रेस, एकीकृत समाजवादीसहित तत्कालीन पाँच दलीय गठबन्धनका ९८ जना सांसदको समर्थनसहित तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता गरिएको थियो । महाअभियोग लगाउँदा जबराविरुद्ध २१ बुँदे आरोप लगाइएको थियो । जबरा गत २७ मंसिर २०७९ मा अवकाश पाएका जबराले आफूविरुद्धको महाअभियोगको अवस्था स्पष्ट नहुँदा निवृत्तिभरणलगायतका सुविधाबाट बन्चित बनेका छन् ।
काठमाडौं, २१ साउन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीविरुद्ध घेराबन्दी भइरहेको बताएका छन् ।
१७ साउनदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै आइतबार अध्यक्ष प्रचण्डले माओवादी केन्द्रविरुद्ध घेराबन्दी भइरहेको बताएका हुन् ।
माओवादी केन्द्र र नेतृत्वमाथि घेराबन्दी भइरहेको र नेताहरुलाई जेलसमेत हाल्ने कुरा भइरहेको भन्दै उनले यसप्रति सचेत हुनुपर्ने बताए ।
काठमाडौं, २१ साउन ।
राप्रपाले भागबन्डा मिलाउन मन्त्रालय थप्ने सत्तारुढ दलको तयारीप्रति आपत्ति जनाएको छ । गठबन्धनले भागबन्डा मिलाउन लुम्बिनी प्रदेश सरकारमा मन्त्रालय थप्ने तयारी गरेपछि राप्रपाले आपत्ति जनाएको हो ।
लुम्बिनी प्रदेश सरकारले आठ दलीय गठबन्धनको सरकार टिकाउन र भागबण्डा मिलाउन मन्त्रालयको संख्या थप्ने तयारी गर्नु अनुचित रहेको भन्दै राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले आपत्ति जनाएका हुन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले गठबन्धनको मन्त्रालय थप्ने कार्यको विरोध जनाउँदै आपत्ति जनाएका हुन् । प्रदेश संरचना बोझिलो हुँख गर्दा अतिरिक्त आर्थिकभारको समेत परवाह नगरी मन्त्रालयको संख्या बढाउन नहुने भन्दै उनले हरेक प्रदेशमा डरलाग्दो आर्थिक भार र कुनै न कुनै बेथितिहरूको निरन्तरता देशले धान्न नसक्ने बताए ।
आफूहरू प्रदेश संरचना खारेजीको पक्षमा रहेको र प्रदेश खारेज गर्ने विषयमा बहस चलाउन ढिलो भइसकेको भन्दै उनले फेसबुकमा लेखेका छन्, ‘प्रदेश संरचना यसको प्रयोगबाट नै असफल हुने निश्चित छ तर त्यो पर्खाइबाट ढिला हुने भयो । देश खोक्रो हुनुअघि जनताको शक्तिशाली तागतबाट वा राजनीतिक सहमतिका आधारमा प्रदेश संरचना खारेज गर्न सकिन्छ । यसबारे बहस चलाउन अब ढिलाइ नगरौँ । सबैभन्दा माथि देश, देशभन्दा माथि कोही छैन, केही छैन ।’
फेसबुकमा उनी लेख्छन् :
लुम्बिनी प्रदेश सरकारले ८ दलीय गठबन्धनको सरकार टिकाउन र भागवण्डा मिलाउन मन्त्रालयको संख्या थप्ने तयारी गर्नु अनुचित छ। प्रदेश संरचना बोझिलो हुँदै गर्दा अतिरिक्त आर्थिक भारको समेत परवाह नगरी मन्त्रालयको संख्या बढाउनु हुँदैन। लुम्बिनी मात्रै होइन हरेक प्रदेशमा डरलाग्दो आर्थिक भार र कुनै न कुनै बेथितिहरु छन् । यो अवस्थाको निरन्तरता देशले धान्न सक्दैन । हामी प्रदेश संरचना खारेजीको पक्षमा छौं, खारेज नहुँदासम्म यसमा हुने लापरबाही टुलुटुलु हेर्न पनि सकिन्न ।
प्रदेश संरचना यसको प्रयोगबाट नै असफल हुने निश्चित छ तर त्यो पर्खाइबाट ढिला हुने भयो । देश खोक्रो हुनुअघि जनताको शक्तिशाली तागतबाट वा राजनीतिक सहमतिका आधारमा प्रदेश संरचना खारेज गर्न सकिन्छ । यसबारे बहस चलाउन अब ढिलाइ नगरौं । सबैभन्दा माथि देश, देशभन्दा माथि कोही छैन, केही छैन ।
काठमाडौं, २१ साउन ।
नेकपा माओवादी केन्द्रले नेताहरूको विभाग फेरबदल गर्ने निर्णय गरेको छ । आइतबार बसेको पदाधिकारी बैठकले नेताहरुको विभाग फेरबदल गर्ने निर्णय गरेको हो ।
१७ साउनदेखि जारी रहेको केन्द्रीय समिति बैठकमा जवाफ दिनुअघि आइतबार पदाधिकारी बैठक राखेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुको विभाग फेरबदल गरेका हुन् ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको पदाधिकारी बैठकले नेताहरुको विभागीय जिम्मेवारी फेरबदल गर्ने निर्णय गरेको हो ।
जसअनुसार उपमहासचिव वर्षमान पुन अनन्तले विशेष प्रदेशको जिम्मेवारी पाएका छन् । अर्का उपमहासचिव जनार्दन शर्माले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी पाउँदा देवेन्द्र पौडेललाई मधेस प्रदेशको जिम्मेवारी दिइएको छ ।
यसैगरी कर्णालीमा चन्द्रप्रकाश खनाल, सुदुरपश्चिममा डिलाराम आचार्यले इन्चार्जको जिम्मेवारी पाएका छनन् ।
पदाधिकारी बैठक सकिएलगत्तै कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक सुरु भएको छ । उक्त बैठकमा सदस्यहरुले उठाएका प्रश्नको जवाफ अध्धयक्ष पुष्पकमल दाहाल प्रचण्डले दिइरहेका छन् ।
काठमाडौं, २१ साउन ।
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । केन्द्रीय समिति बैठक समापन गर्नुअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक राखेका हुन् ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसिरहेको छ ।
केन्द्रीय समिति बैठकमा उठेकाक विषयमा अध्यक्ष प्रचण्डले दिने जवाफको तयारीका लागि पदाधिकारी बैठक राखेका हुन् ।
१७ साउनदेखि केन्द्रीय समिति बैठक बसिरहेको छ ।
काठमाडौ, २१ साउन ।
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ । यो सँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
आइतबार चाँदीको भाउ भने स्थिर रहँदै तोलाको १ हजार ४२५ रुपैयाँ नै कायम भएको छ। गत शुक्रबार पनि भाउ स्थिर रहँदै चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा किनबेच भएको थियो।
काठमाडौं, २१ साउन ।
नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज पनि जारी रहने छ ।
गत बुधवार देखी सुरु भएको केन्द्रिय समिति बैठकमा हालसम्म झन्डै २ सय जना केन्द्रिय सदस्यले आ आफनो धारणा राखिसकेका छन् । हिजोको बैठकमा बर्षमान पुन, जर्नादन शर्मालगायतका नेताले आ आफनो धारणा राखेका थिए ।
मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन ।
सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रिय कार्यालयले जनाएको छ ।
काठमाडौं, २० साउन । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सरकारसँग विभिन्न माग राख्दै प्रदर्शन गरेको छ।

शनिबार काठमाडौंमा युवा संघले गाईभैँसीमा देखिएको लम्पीस्किन रोग नियन्त्रण, सहरकारी पीडितको माग सम्बोधन तथा सुन तस्करी प्रकरणलगायतका विषयको समाधान हुनुपर्ने माग राख्दै विरोध प्रदर्शन गरेको हो।

युवाहरूले विभिन्न प्ले–कार्डसहितका समाग्रीहरू प्रदर्शन गरेका थिए।
काठमाडौं, २० साउन ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय कमिटी बैठकबाट पार्टी एक ढिक्का भयो भन्ने सबैलाई महसुस बताएका छन्।
जारी केन्द्रीय कमिटी बैठकबाट बाहिरिने क्रममा शनिबार सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले वाद विवाद र संवादमा बैठक टुंगिने र अहिलेसम्मको छलफलले पार्टी एक ढिक्का भएको महसुस भएको बताएका हुन्।
‘यो बैठकपछि पार्टी एक ढिक्का भयो भन्ने महसुस सबैलाई भएको छ। वाद, विवाद र संवादमा यो बैठक टुंगिँदै छ,’ उनले भने।
केन्द्रीय कमिटीमा पार्टी नेतृत्व र प्रचण्डले अत्यधिक परिवारमोह देखाएको भन्दै आलोचनासमेत भएको थियो।
यद्यपि, शनिबारसम्म आइपुग्दा नेताहरूले आफूहरू प्रचण्डको नेतृत्व स्वीकारेर उनलाई सहयोग गर्न तयार रहेको बताएका थिए।
विशाल बस्नेत,महोत्तरी, २० साउन ।
एकीकृत समाजवादी पाटीका सर्लाहीबाट झण्डै १५० जना भन्दा बढी नेकपा एमाले फर्किएका छन् ।
प्रदेशसभाका पूर्वसंसद डिल्ली उप्रेतीसहित ठूलो संख्यामा एमाले फर्किएका एमाले मधेश प्रदेशका प्रचारप्रसार विभाग प्रमुख सोमप्रसाद शर्माले जानकारी दिए।
नेकपा एसका केन्द्रीय सदस्यसमेत रहेका डिल्ली उप्रेतीले व्यक्तिगत इगोलाइ लिएर विभाजित हुँदा गलत विषयले पश्रय पाएको र एसमा समेत गलत पवृत्ति बढेकाले आफ्नै घर फर्किएको बताए।
नेकपा एमाले सर्लाहीले आयोजना गरेको पुनर्मिलन कार्यक्रममा जिल्लास्तरिय नेतासमेत फर्किएका छन् । नेकपा एसवाट ११३ जना र वाकि माओवादी केन्द्र, काङ्ग्रेसबाट प्रवेश गरेका नेकपा एमालेले जनाएको छ।
सचिव योगेश भट्टराईले एमाले फर्किएका उक्त नेकपा एस, माओवादी र काङ्ग्रेसका नेता, कार्यकर्ताहरुलाइ स्वागत गर्दै कम्युनिष्ट आन्दोलन अभियानमा जोडिएकोमा खुसी ब्यक्त गरे।
देशैभरीबाट एमालेमा जोडिनेको संख्या ह्वात्तै बढेको वताउदै आज नै सिन्धुपाल्चोकवाट पनि १४७ जना भन्दा बढी नेताहरु फर्किएका सचिव भट्टराईले बताए। न्युज कारखाना
आरके श्रीवास्तव,रौतहट,साउन २० गते ।
स्थानिय सरकार आफूलाइ स्थापित गर्नमा सफल भएको राजपुर नगरपालिकाका नगरप्रमुख मो.डा.राजिक आलमले बताउनु भएको छ । श्री मावि बैरियाको बिधालय नव निर्मित भवनको समुद्धघाटन गर्ने क्रमममा वहाँले यस्तो बताउनु भएको हो । देशमा संघ,प्रदेश र स्थानिय गरी तीन तहको सरकार छ । कुरा सब सरकारको आउँछ,तपाइहरुले देख्न सक्नु हुन्छ एक स्थानिय सरकारले कति काम चलिरहेको छ ।
प्रदेश सरकारले त्यती काम गरेको देखिदैन् । एउटा पालिकाले टेण्डर गरेर करोडौंको विकास निर्माण गरिरहेको छ । तर प्रदेश सरकारको कुनै ठूलो योजना देखिएको छैन् । अहिले प्रदेश सरकारको अहिले अवस्था पुरानो जिविस जस्तो भएको आरोप लगाउनु भयो । सानो सानो विकास निर्माण गर्छ,१० लाखको ढलान गर्छ त कतै गेट बनाउँछ ।
प्रदेश सरकार सँग कुनै भिजन र उदेश्य नरहेको बताउनु भयो । स्थानिय तहको सरकारको २०७२ सालको संविधानमा जुन परिकल्पना गरिएको थियो । स्थानिय सरकार आफूलाइ स्थापित गर्नमा सफल भएको बताउनु भयो । स्थानिय सरकार जति मजबुत भयो त्यती नै हरघरमा सिंह दरबार आएको महसुस हुनेमा ठोकुवा गर्नु भयो ।
राजपुर नगरपालिका विकास निर्माणको क्रममा बिधालय भवनको निर्माण हुनु १२ कक्षा सञ्चालनको लागि सहज हुनु रहेको बताउनु भयो । सामुदायिक बिधालयको शिक्षाको अवस्था सुधार गर्न आफूले बिधार्थीसँग मेयर कार्यक्रम सञ्चालमा पनि ल्याएको जानकारी गराउनु भयो । यसलाइ निरन्तरता दिने प्रतिबद्धता जनाउनु भयो ।
साथै उनले एसइइमा राम्रो अंक ल्याउने बिधार्थीहरुको प्रोत्साहन गर्नको लागि छात्रवृतिको व्यवस्थापन गर्ने जानकारी गराउनु भयो । नगरपालिकामा टेक्निकल इन्सटीच्यूटको स्थापना गर्ने प्रतिबद्धता जनाउनु भयो । यस वर्ष कृषि क्षेत्रलाइ विशेष प्राथमितामा राखेर काम गर्ने बताउनु भयो । कृषि क्षेत्रमा बिगत वर्षमा केही काम मात्रै भएको बताउँदै यसपाली मूल उदेश्य सिंचाइको व्यवस्थापन गर्ने रहेको बताउनु भयो । कृषि पोलतार विस्तार गर्ने वहाँको प्रतिबद्धता रहेको थियो ।
इस्लामबाद, २० साउन ।
पूर्वप्रधानमन्त्री इमरान खानको कठिनाइ बढेको छ ।
इमरान खानलाई जिल्ला सत्र अदालतले तोशाखाना मुद्दामा दोषी ठहर गरे पछि उनको कठिनाई बढेको हो । यस मुद्दामा उनलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । सजायको घोषणा लगत्तै इस्लामावाद प्रहरीले इमरानलाई लाहोरबाट पक्राउ गरेको बताइएको छ ।
के हो तोशाखाना प्रकरण ?
वास्तवमा, पाकिस्तानको कानून अनुसार, विदेशी राज्यका गणमान्य व्यक्तिहरूबाट प्राप्त कुनै पनि उपहार राज्य डिपोजिटरी अर्थात् तोशाखानामा राख्नुपर्छ। यदि राष्ट्र प्रमुखले उपहार राख्न चाहन्छ भने, उसले यसको मूल्य बराबर रकम तिर्नुपर्नेछ। यो लिलामी प्रक्रिया मार्फत निर्णय गरिन्छ। यी उपहारहरू कि त तोषाखानामा जम्मा हुन्छन् वा लिलामी गर्न सकिन्छ र यसबाट कमाएको पैसा राष्ट्रिय कोषमा जम्मा हुन्छ।
पाकिस्तान तहरीक(ए(इन्साफ ९पीटीआई० पार्टीका प्रमुख खानलाई राज्य भण्डार, तोशाखानाबाट सहुलियत मूल्यमा प्राप्त भएको महँगो ग्राफ रिस्ट घडीलगायत उपहारहरू किनेको र उनी प्रधानमन्त्री हुँदा नाफामा बेचेको आरोप लगाइएको छ। इमरान खानले आफ्नो आधिकारिक भ्रमणका क्रममा करिब १४ करोड रुपैयाँ बराबरको ५८ उपहार पाएका थिए । यी महँगो उपहारहरू तोशाखानामा जम्मा गरिएका थिए। पछि इमरान खानले सस्तो मूल्यमा तोशाखानाबाट किनेर बजारमा महँगो मूल्यमा बेचेका थिए । उनले यो सम्पूर्ण प्रक्रियाका लागि सरकारी कानुनमा पनि परिवर्तन गरेका छन् ।
मिडिया रिपोर्टका अनुसार इमरानले ती उपहारहरू तोशाखानाबाट २।१५ करोडमा किनेका थिए र बेचेर ५।८ करोड रुपैयाँ नाफा कमाए। यी उपहारहरूमा एउटा ग्राफ घडी, एक जोडी कफलिङ्क, एउटा महँगो कलम, एउटा औंठी र चारवटा रोलेक्स घडीहरू थिए। गत वर्ष अक्टोबरमा पाकिस्तानको निर्वाचन आयोग ९भ्ऋए० ले बिक्रीको विवरण साझा नगरेकोमा उनलाई अयोग्य घोषित गरेको थियो।
काठमाडौं, २० साउन ।
गौर हत्याकाण्डका पीडित संघर्ष समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पीडितहरुसँग प्रधानमन्त्री दाहालको भेटवार्ता भएको हो ।
उक्त भेटका क्रममा संघर्ष समितिले अमानवीय गौर नरसहार दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन माग गरेका थिए । त्यसका साथै उनीहरूले पीडितहरूले दोषीमाथि कारबाहीको माग गर्दै जारी राखेको आन्दोलनका बारेमा पनि जानकारी गराएका छन् ।
पीडित संघर्ष समितिको माग सम्बोधन गर्न आफू तयार रहेको जनाउँदै प्रधानमन्त्री दाहालले संघर्ष समितिसँग वार्ताका लागि छिटै नै गृह सचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने प्रतिबद्दतासमेत जनाएका छन् ।
यसैबीच गौर हत्याकाण्डका पीडितहरूले आज आठौँ दिन पनि धर्ना जारी राखेका छन् । रौतहटको चन्द्रपुरमा पीडित परिवारले सुरु गरेको धर्ना आठौँ दिन पनि जारी राखिएको छ ।

वासिंगटन, २० साउन ।
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध दायर मुद्दा खारेज गर्दै यो जो बाइडेनको निराशा भएको बताएका छन् ।
ट्रम्प शुक्रबार दक्षिणपन्थी मानिने अलाबामाको भ्रमणमा थिए। ट्रम्पलाई अलाबामामा ठूलो समर्थन प्राप्त भयो। ट्रम्पलाई सन् २०२० को चुनावी नतिजा उल्ट्याएको आरोप लगाइएको छ । यद्यपि ट्रम्पले यो आरोपलाई मूर्खतापूर्ण भनेका छन् ।
आफ्नो विरुद्धमा मुद्दामा जनतालाई सम्बोधन गर्दै ट्रम्पले भने, यो केवल बाइडेन र उनका कट्टरपन्थी वामपन्थीहरूको हताशा हो, उनीहरू सत्तामा आफ्नो पकड कायम रहोस् भन्ने चाहन्छन् । रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवारीका लागि समर्थन जुटाउन डोनाल्ड ट्रम्प विभिन्न राज्यको भ्रमण गरिरहेका छन् । यसै अन्तर्गत उनी शुक्रबार अलाबामा पुगेका थिए, जहाँ उनको भीडले न्यानो स्वागत गरेको थियो ।
अलाबामा डोनाल्ड ट्रम्पको राजनीतिको गढ रहेको छ। यही कारणले गर्दा २०१६ र २०२० को राष्ट्रपतीय चुनावमा ट्रम्पको पार्टी रिपब्लिकनले मात्र यहाँ जित हासिल गरेको थियो । अलाबामाका सबै ६ रिपब्लिकन सांसदले ट्रम्पको राष्ट्रपतिको उम्मेदवारीलाई समर्थन गरेका छन् । यी बाहेक अलबामाका वरिष्ठ सिनेटर, लेफ्टिनेन्ट गभर्नर र कृषि आयुक्तको पनि समर्थन प्राप्त भएको छ ।
रिपब्लिकन राष्ट्रपतिको उम्मेदवारीको दौडमा डोनाल्ड ट्रम्प आफ्ना निकटतम प्रतिद्वन्द्वी फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसभन्दा ३९ अंकले अगाडि छन्। अलाबामाका ८० भन्दा बढी सांसद र जनप्रतिनिधिको समर्थन प्राप्त भएको छ । अर्कोतर्फ, रोन डिसेन्टिसले अहिलेसम्म अलाबामाबाट मात्र पाँच प्रतिनिधिको समर्थन पाएका छन्।
अलाबामाका जनताले पनि उनीहरूविरुद्ध दायर मुद्दा राजनीतिक रूपमा प्रेरित भएको विश्वास गर्छन्। तपाईलाई बताउन दिनुहोस् कि डोनाल्ड ट्रम्प तीन फरक मामिलामा ७८ वटा आरोपको सामना गरिरहेका छन्। एडल्ट स्टारलाई पैसा दिएको मामिलामा उनीविरुद्ध अर्को वर्ष मार्चमा सुनुवाइ सुरु हुनेछ । मे महिनामा गोप्य कागजातसम्बन्धी मुद्दाको सुनुवाइ सुरु हुनेछ।
आरके श्रीवास्तव,राैतहट,साउन २० गते
श्री माध्यमिक बिधालय बैरियाकाे नव निर्मित भवन भब्य समारोहका विच उद्घाटन गरिएको छ । साे नगरपालिकाकाे वडा नम्बर ९ काे नव निर्मित भवनको शनिबार एक भब्य समारोहका बिच उद्घाटन भएको छ । बिधालयका प्रधानाध्यापक हृदयनारायण साहकाे अध्यक्षतामा भएको कार्यक्रमकाे प्रमुख अतिथिकाे रूपमा नगरप्रमुख माे.डा.राजिक आलम रह्नु भएको थियाे । नगरपालिकाको बैरिया टोलमा रहेको बिधालयमा नयाँ भवन निर्माण पश्चात उदघाटन गरिएको हो । आज एक कार्यक्रमका बिच नगर प्रमुख माे. डा.राजिक आलमले समुदघाटन गर्नु भएको थियो ।

राजपुर नगरपालिकाकाे आर्थिक सहयोग बाट करिब २ कराेड ३० लाखको लागतमा १२ कोठे भवन निर्माण भएको राजपुर नगरपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले जानकारी गराउनु भयो । सो नगरपालिकाको आर्थिक वर्ष २०७९/८० को बजेठ बाट उक्त भवन निर्माण भएको हो । कराेडाैंकाे लागतमा निर्माण सम्पन्न भएको साे भवन तीन तल्ले १२ काेठे भवन रहेकाे छ ।

शिक्षाको उज्यालो घामबाट काेही बालबालिका बञ्चित नहाेस् भन्ने उदेश्यका साथ भवन निर्माण गरिएको राजपुर नगरपालिकाका नगरप्रमुख माे.डा.राजिक आलमले बताउनु भयाे ।

शिक्षालाई विशेष प्राथमिकता राखेर काम गरि रहेको र आगामी वर्ष कृषि विशेष प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनु भयाे । कार्यक्रमलाई सम्बाेधन गर्दै अधिकृत ठाकुरले यति छिटाे नगरकाे विकासकाे लागि सबैले हातेमालो गरि सहयोग गरेर निर्माण कार्य सफल बनाउनु भएकोमा हृदयदेखि धन्यवाद ज्ञापन गर्नु भयाे ।
साे बिधालयमा बालविकास देखि कक्षा १० सम्म बिधार्थी संख्या १३ सय ६५ रहेकाे शिक्षा संयाेजक खुर्सैद आलमले बताउनु भयाे । साे अवसरमा वडा नम्बर ३ हसिन अख्तर ,वडा नम्बर ४ शेख अन्सारूल ,वडा नम्बर ९ का वडा अध्यक्ष नसरूल हक,वडा नम्बर ५ वडा अध्यक्ष कृष्नन्दन राम ,

वडा नम्बर ७ का वडा अध्यक्ष शेख ईन्ताज,माे.ईसलाम कन्स्ट्रक्सनका सञ्चालक माे.जियाउल हक र शेख मसिर लगायत शिक्षक,शिक्षिका,बिधालय व्यवस्थापन समितिका पदाधिकारीहरू,जग्गादाताहरू शेख सताउल रहमान,शेख सहवान मास्टर,शेख निसार अहम,शेख समसुदिन,शेख सफिर अहमद,रामविलास राय यादव लगायत स्थानीय भद्रभलादमीहरूकाे उपस्थिति रहेको नगरपालिकाका राजस्व शाखा प्रमुख हरेन्द्र साहले जानकारी गराउनु भयाे ।

काठमाडौं, २० साउन ।
नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज पनि जारी रहने छ ।
गत बुधवार देखी सुरु भएको केन्द्रिय समिति बैठकमा हालसम्म झन्डै १ सय ४१ जना नेताले आ आफनो धारणा राखिसकेका छन् ।
मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन ।
सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रिय कार्यालयले जनाएको छ ।
काठमाडौं, १८ साउन ।
नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठकको तेस्रो दिन आज ६८ केन्द्रीय सदस्यले धारणा राखेका छन्।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले पेस गरेको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं संगठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राखेको प्रवक्ता कृष्णबहादुर महराले बताए।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको प्रस्तावको मूल मर्मभित्रै रहेर सदस्यहरूले धारणा राखेको प्रवक्ता महराले बताए। अधिकांश सदस्यले पार्टी रुपान्तरण, जनतालाई पार्टीसँग जोड्नुपर्नेमा नेतृत्वको ध्यानाकर्षण गराएका थिए।
केन्द्रीय सदस्यले पार्टी जनताको माझमा जानुपर्ने, प्रतिबद्धताअनुसार काम गर्नुपर्ने, पार्टी निर्माण र विस्तार गर्नुपर्छ भन्नेमा जोड दिएका थिए।
बुधबारदेखि सुरु भएको बैठकमा बिहीबारसम्म ७४ जनाले अध्यक्षको प्रस्तावमाथि धारणा राखेका थिए। बैठकमा बोल्नका लागि प्रत्येक केन्द्रीय सदस्यका लागि पाँच मिनेटको समय प्रदान गरिएको छ। बैठकमा तीन सय ८७ पूर्ण र एक सय ९६ वैकल्पिक केन्द्रीय सदस्य, अनुशासन, लेखा र निर्वाचन आयोगका ४१ सदस्य तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता रहेको छ।
बैठक भोलि बिहान ११ बजे पुनः बस्नेछ।
काठमाडौं, १९ साउन ।
नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीका सदस्य तथा सिन्धुपाल्चोकका इन्चार्ज सुवास कर्माचार्य पार्टीबाट निष्कासन गरेको छ ।
शुक्रबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले उनलाई निष्कासन गरेको हो ।
पार्टीको नीति कार्यक्रम, संगठनात्मक पद्धति तथा निष्ठाविरुद्ध क्रियाकलाप गरेको र पटक–पटक सम्झाउँदा पनि नमानेको भन्दै उनलाई पार्टीबाट निष्कासन गरेको हो ।
काठमाडौं, १९ साउन ।
नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीका सदस्य तथा सिन्धुपाल्चोकका इन्चार्ज सुवास कर्माचार्य पार्टीबाट निष्कासन गरेको छ ।
शुक्रबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले उनलाई निष्कासन गरेको हो ।
पार्टीको नीति कार्यक्रम, संगठनात्मक पद्धति तथा निष्ठाविरुद्ध क्रियाकलाप गरेको र पटक–पटक सम्झाउँदा पनि नमानेको भन्दै उनलाई पार्टीबाट निष्कासन गरेको हो ।
काठमाडौं, १९ साउन ।
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ ।
पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा सुरु भएको बैठकले स्थायी कमिटी , पोलिट्ब्युरो र केन्द्रीय कमिटीको बैठकको तयारी विषयमा छलफल हुने जनाइएको छ ।
साथै समसामयिक राजनीतिक विषयमा पनि बैठकमा छलफल हुनेछ ।
मेक्सिको सिटी, १९ साउन ।
पश्चिमी मेक्सिकोमा बिहीबार बिहान एउटा यात्रुबाहक बस राजमार्ग नजिकै खाल्डोमा खसेको छ ।
सो दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएका छन भने अन्य २२ जना घाइते भएका छन् । यद्यपी उनको अवस्था स्थिर रहेको बताइएको छ ।
नायरित राज्य सुरक्षा र नागरिक रक्षा सचिव जर्ज बेनिटो रोड्रिगेजले उद्धार कार्यमा कठिनाइ भइरहेको बताए। खाडल लगभग ५० मिटर (१६४ फिट) गहिरो रहेको थियो। मृत्यु हुनेमा १४ वयस्क र तीन बालबालिका रहेका छन् । बसमा ४० जना यात्रु सवार थिए । सबैजना तिजुआना जाँदै थिए।
दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन । अधिकारीहरूले भने कि बस राज्यको राजधानी टेपिक बाहिरको राजमार्गमा रहेको ब्यारान्का ब्लान्का नजिकै दुर्घटनाग्रस्त भएको हो।
अघिल्लो महिना ओक्साकाको दक्षिणी राज्यमा भएको बस दुर्घटनामा २९ जनाको मृत्यु भएको थियो । गत फेब्रुअरीमा दक्षिण र मध्य अमेरिकाका आप्रवासीहरू बोकेको बस मध्य मेक्सिकोमा दुर्घटनाग्रस्त हुँदा १७ जनाको मृत्यु भएको थियो।
काठमाडौं, १८ साउन । सत्तारूढ दल नेपाली कांग्रेसले डेंगु रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएको छ। बिहीबार पार्टी मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गर्दै रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।
अहिले कांग्रेसकै नेता मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। पार्टीले स्थानीय सरकार, स्वास्थ्यसँग सम्वद्ध संघसंस्था एवं प्रतिष्ठानलाई थप जिम्मेवारपूर्वक कार्य गर्न अपिल पनि गरेको छ।
साथै, रोगबाट प्रभावित व्यक्ति, परिवार र समुदायका लागि मानवीय सेवामा जुट्न कांग्रेसका स्थानीय नेता एवं पार्टी सदस्यलाई आह्वान पनि गरिएको छ।
‘डेंगु रोगको महामारीका कारण मुलुकको पूर्वी भू–भाग, विशेष गरेर कोसी प्रदेशको धरान र आसपासमा हालसम्म दर्जनौँको ज्यान गइसकेको छ । उक्त रोगको संक्रमणका कारण सयौँको संख्यामा नागरिक सिकिस्त बिरामी परेका छन् । रोग फैलिने क्रम रोकिएको छैन,’ विज्ञप्तिमा लेखिएको छ, ‘समाजमा यसको त्रास फैलिएको छ । अतः सो सम्बन्धमा बिरामीको उपचार गर्न, विशेष स्वास्थ्य रणनीतिका साथ महामारीलाई तत्काल नियन्त्रणमा लिनका साथै दिगो र प्रभावकारी समाधान खोजी जनतामा स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्न नेपाली कांग्रेस सरकारको ध्यानाकर्षण गराउँछ ।’
काठमाडौं- प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस भएका छन्। संवैधानिक परिषद्को बिहीबार बसेको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो।
सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशलाई वरिष्ठताका आधारमा प्रधानन्यायाधीशमा सिफारिस गरिएको हो। परिषद्बाट सिफारिस भएका श्रेष्ठको संसदीय सुनुवाइ भई अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्नेछन्।
वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल यही साउन २० गते सकिँदै छ। संविधानको प्रावधानअनुसार प्रधानन्यायाधीशको पद रिक्त हुनु एक महिना अगावै नाम सिफारिस गरिसक्नु पर्ने हुन्छ। तर, परिषद्ले ढिला गरी नियुक्ति सिफारिस गरेको हो। परिषद्को मंगलबारको बैठक कुनै निश्कर्ष बिना सकिए पनि आजको बैठकले प्रधानन्यायाधीशको सिफारिस गरेको हो।
काठमाडौं, १९ साउन । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज पनि जारी रहने छ ।
गत बुधवार देखी सुरु भएको केन्द्रिय समिति बैठकमा हालसम्म झन्डै चार दर्जन नेताले आ आफनो धारणा राखिसकेका छन् ।
मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन ।
सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रिय कार्यालयले जनाएको छ ।
काठमाडौं, १८ साउन ।
नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महाराले आफु सुन काण्डमा संलग्न नभएको जनाएका छन् ।
चाइनिज ब्यापारीसँग मिलेर इलेक्ट्रिक सिगरेट (भेप) मार्फत सुन तस्करी गरेको आरोप लागिरहेको बेला महराले सो स्पष्टीकरण दिएका हुन ।
उनले सो प्रकरणमा अनुसन्धान गर्न आफुले सघाउने पनि जनाएका छन् । ‘केहि दिन यता संचारमाध्यमबाट सुन प्रकरणमा मेरो नाम जोडिएर आईरहेको बिषय यस अघि नै प्रष्ट पारिसकेको जानकारी गराउन चाहान्छु । फेरी पनि थप स्पष्ट गर्न चाहान्छु कि यस कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहान्छु,’ महराले भनेका छन, ‘जहाँसम्म मैले फोन गरेको भनी मेरो नाम र उल्लेख गरिएको फोन नम्वर मेरो नभएको र मैले प्रयोग नगरेको पनि थप प्रष्ट पार्न चाहान्छु साथै आवश्यक परे निष्पक्ष छानबिनमा मा सहयोग गर्ने प्रतिबद्धता जनाउछु । अनावश्यक भ्रममा नपर्न सबैमा हार्दिक आग्रह गर्दछु।’
काठमाडौं, १८ साउन ।
राष्ट्रियसभा बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।

संसद् सचिवालयले सार्बजनिक गरेको सम्भाबित कार्यसुची अुनसार राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराइनेछ ।साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
यसैगरी, आजको बैठकमा ‘संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८०’ सभासमक्ष पेस गरिने भएको छ ।
काठमाडौं, १८ साउन ।
सर्बोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ती प्रक्रिया अघि बढाउन आज संबैधानिक परिषदको बैठक बस्दैछ ।
गत मंगलबार पहिलो पटक बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न नसकेको बैठक आज बोलाईएको हो । बैठक साँझ ५ बजे बस्नेछ ।
आज बस्ने बैठकले सम्भवतः प्रधानन्यायधिसको नाम सिफारिस गर्ने बुझिएको छ ।
आगामी साउन २० गते देखी हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिँने र सर्वोच्च अदालत पहिला झै कायममुकायमको भरमा चल्ने अवस्था सिर्जना भए पछि संबैधानिक परिषद बैठक बस्न लागेको हो ।
वासिंगटन डिसी, १८ साउन ।
अमेरिकी संसद भवन परिसरमा बन्दुकधारी प्रवेश गरेको खबर आएपछि त्यहाँ हलचल मच्चिएको छ ।
यसपछि अमेरिकी क्यापिटल प्रहरीले सिनेटको कार्यालयमा खोजी गरेको थियो । आदेश जारी गर्नुका साथै सुरक्षित स्थानमा बस्न मानिसहरूलाई भनिएको थियो। तर प्रहरीले खोजी गर्दा शंकास्पद वस्तु फेला परेन ।
वाशिंगटन मेट्रो पोलिटन प्रहरी विभागका प्रवक्ता ह्युग केर्युले कम्प्लेक्सको खोजी पछि प्रहरीले युएस क्यापिटल कम्प्लेक्समा कुनै गोली हानेर र कुनै चोटपटक नपाएको बताए। उनले शंकास्पद बन्दुकधारीका बारेमा फोन आएको बताए । यो गलत कल थियो जस्तो देखिन्छ। खोजी अभियानमा गोली चलाउने कोही भेटिएन।
यसअघि युएस क्यापिटल पुलिसले बुधबार ट्वीट गर्यो कि यदि तपाईं सिनेट भवन भित्र हुनुहुन्छ भने सक्रिय शूटर अफिसमा प्रवेश गरेको डरले सबैजना सुरक्षित रहनुपर्छ। तर, गोली हानाहानको पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ ।
मिडिया रिपोर्टहरूले दाबी गरेका छन, सो हल्ला पछि अधिकारीहरुले सिनेट भवन खाली गरेको थिए । कार्यालयमा कार्यरत कर्मचारी र पत्रकारलाई इमेलमार्फत बन्द कोठामा बस्न निर्देशन दिइएको थियो । यस बाहेक उनीहरुलाई शान्त रहन र आफ्नो इलेक्ट्रोनिक उपकरण बन्द राख्न निर्देशन दिइएको छ।
रौतहट, १७ साउन ।
गौर हत्याकाण्डको दोषीलाइ कारबाहीको माग गर्दै पाँच दिन देखी धर्ना जारी छ ।
रौतहटको चन्द्रपुरमा पीडित परिवारले पाँच दिन देखी धर्ना जारी राखेका हुन ।
प्रभु साह नेतृत्वको आम जनता पार्टीको नेतृत्वमा रौतहटमा पछिल्ला दिनमा निरन्तर संघर्ष जारी रहेको छ ।
काठमाडौं, १८ साउन ।
नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज पनि जारी रहने छ ।
हिजो देखी सुरु भएको केन्द्रिय समिति बैठकमा हालसम्म १७ जनाले आ आफनो धारणा राखिसकेका छन् ।
मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल हुनेछन् ।
सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रिय कार्यालयले जनाएको छ ।
बज्ज्किाञ्चल, फतुवा बिजयपुर,साउन १६ गते ।
रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा कृषकहरुलाइ सिंचाइमा सहजताको लागि पैनी सरसफाइ गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ५ सन्तपुरको पचमौजामा पैन सफाइ गरिएको हो । रोपाँइ गर्ने बेला किसानहरुलाइ खेती गर्न पानीको अभाव हुन थालेपछि । कार्यवाहक नगरप्रमुख अम्बेया खातुनको बजेट बाट स्थानिय बन्ती राय यादवले पैनी सरसफाइ गराएका हुन् । नगर प्रमुुख खातुनको सहयोगमा सो पैनी सरसफाइ गरेको हो ।
सरसफाइ भएपछि अरुवा नदीको पानी बाट किसानहरुले सिंचाइ गर्न पाइरहेका छन् । जसबाट किसानलाइ प्रत्यक्ष फाइदा पुगेको छ । पैनीमा ठाउँ ठाँउमा पुरेपछि स्थानीयहरु लाइ सिचाईँबाट प्रभावित भएका थिए । स्थानीयहरुले कृषकहरुले सम्बन्धित निकायलाई सफाइको लागि गुनासो समेत गरेका थिए ।
स्थानीयको गुनासो आएपछि कार्यवाहक नगरप्रमुख खातुनले सरसफाई गराएकी हुन् । पैनी सरसफाई भएपछि स्थानीय समेत हर्षित भएका छन् । यता सो चौरीतिर निविभन्न नयाँ कृषि सडकहरुपनि विस्तार गरिएको स्थानिय समाजसेवी राजा हुसेनले जानकारी गराउनु भयो ।
काठमाडौं, १६ साउन ।
कमल थापा नेतृत्वको राप्रपा नेपाल र तारानाथ लुइँटेलको संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच पार्टी एकता भएको छ।
राष्ट्रियसभा गृहमा मंगलबार आयोजित एक समारोहबीच पार्टी एकीकरण गरिएको हो। कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी एकता राष्ट्रवादी शक्ति निर्माण गर्न कोशेढुंङ्गा साबित हुने बताए।
यस्तै मोर्चाका नेता तारानाथ लुइँटेलले हिन्दु राष्ट्रको मुद्दा लिएको राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपालाई पनि पार्टी विचार स्थापनाका लागि सडकमा आउन आह्वान गरेका थिए। दुवै नेताले पार्टी एकता पत्रमा हस्ताक्षर गरेका थिए।
काठमाडौं, १६ साउन । नेकपा एमालेका नेता बिष्णु रिजालले सुन तस्करीको सुई माओवादी तिरै घुम्ने बताएका छन् ।
सुन तस्करी प्रकरणको छानबिन गर्न सरकारले आनाकानी गरिरहेको बेला एमाले नेता रिजालले सो आरोप लगाएका हुन ।
‘सुन तस्करीको सुई जताबाट घुमाए पनि माओवादी नेताहरु तिरै सोझिएको छ । पक्राउ परेका चिनियाँ नागरिकको उनीहरुसँग फोन सम्पर्क, खानपिन, बस उठ, नातासम्बन्ध र मित्रताले नै कसका आडमा तिनले नेपालमा आएर यति ठूलो अपराध गरिरहेका रहेछन् भन्ने छर्लंग हुन्छ,’ उनले भनेका छन, ‘छानबिन गर्ने रनगर्ने सरकारको कुरा भयो–यति ठूलो तस्करीमा कसको संलग्नता छ भन्नेमा अब कुनै दुविधा रहेन । ’
उनले सरकारले छानबिनलाई प्रभाबित गर्ने काम पनि गरिरहेकोसमेत जनाएका छन । ‘अपराधको तहमा सरकारी निकायले गरिरहेका छानबिनलाई प्रभावित नगरी संसदीय छानबिन मात्र होइन, हिम्मत भए सरकारले न्यायिक आयोग गठन गरेर छानबिन गरोस्, सबै खुल्छ ।’
काठमाडौं, १६ साउन ।
नेकपा एमालेका नेता बिष्णु रिजालले सुन तस्करीको सुई माओवादी तिरै घुम्ने बताएका छन् ।
सुन तस्करी प्रकरणको छानबिन गर्न सरकारले आनाकानी गरिरहेको बेला एमाले नेता रिजालले सो आरोप लगाएका हुन ।
‘सुन तस्करीको सुई जताबाट घुमाए पनि माओवादी नेताहरु तिरै सोझिएको छ । पक्राउ परेका चिनियाँ नागरिकको उनीहरुसँग फोन सम्पर्क, खानपिन, बस उठ, नातासम्बन्ध र मित्रताले नै कसका आडमा तिनले नेपालमा आएर यति ठूलो अपराध गरिरहेका रहेछन् भन्ने छर्लंग हुन्छ,’ उनले भनेका छन, ‘छानबिन गर्ने रनगर्ने सरकारको कुरा भयो–यति ठूलो तस्करीमा कसको संलग्नता छ भन्नेमा अब कुनै दुविधा रहेन । ’
उनले सरकारले छानबिनलाई प्रभाबित गर्ने काम पनि गरिरहेकोसमेत जनाएका छन । ‘अपराधको तहमा सरकारी निकायले गरिरहेका छानबिनलाई प्रभावित नगरी संसदीय छानबिन मात्र होइन, हिम्मत भए सरकारले न्यायिक आयोग गठन गरेर छानबिन गरोस्, सबै खुल्छ ।’
काठमाडौं, १६ साउन । संघीय संसदका दुईवटा समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति तथा पूर्वाधार विकास समितिको आज बैठक बस्दैछ । बैठक बिहान ११ बजे बोलाईएको छ ।
काठमाडौँ, १६ साउन । राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा बीच आज एकता हुदैँछ ।
गत आइतबार राप्रपा नेपाल र मोर्चा बिच भएको सहमति अनुसार आज एकता हुन लागेको हो ।
आज राष्ट्रिय सभागृहमा आयोजना हुने दुई पार्टीबीच एकताको घोषणासभाका लागि अन्तिम तयारी पुरा भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् । उनका अनुसार दिउँसो २ बजेवाट उक्त एकतासभाको औपचारिक कार्यक्रम सुरु हुनेछ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा र मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलसहित दुवै पक्षका वार्ता टोलीसहितका नेताहरुको उपस्थितिमा एकतासम्बन्धी सहमति गरिए अनुसार आज एकता सभा हुन लागेको हो । महामन्त्री राजाराम बर्तौलाका अनुसार सो एकतापछि जनआन्दोलनको तयारीमा लाग्ने समेत बताए ।
काठमाडौं, १६ साउन । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।
संघीय संसद सचिवालयका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि जेलमा रहेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् ।
यसैगरी, हिजाे नै तय भएकाे कार्यसुची अनुसार राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयवाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा पढेर सुनाइने छ ।
साथै, बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सबन्धि प्रस्ताव पेश गर्ने तथा राष्ट्रियसभावाट उत्पत्ति भएको नेपाल विश्वबिद्यालय बिद्येयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश गर्ने कार्यसुचीलाइ यथावत राखिनेछ ।
काठमाडौं, १५ साउन
काठमाडौं, १५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यालय सार्न काठमाडौं महानगरपालिकासँग ३५ दिनको समय माग गरेको छ। महानगरलाई पत्र लेखेर कार्यालय सार्न राप्रपाले ३५ दिन माग गरेको हो।
बिजुलीको हाइटेन्सन लाइन मुनी रहेको पार्टी कार्यालय महानगरले हटाउने तयारी गरेपछि राप्रपाले समय मागेको महानगरले जनाएको छ।
महानगरले शुक्रबार राप्रपाको पार्टी कार्यालय सार्न तीन दिनको समयावधि दिँदै सूचना जारी गरेको थियो। सूचनालाई राप्रपाले अटेर गरेको भन्दै महानगर प्रहरीले सोमबार डोजर लिएर हाँडीगाउँसम्म पुगेकोमा राप्रपाका कार्यकर्ताले सडकमा गाडी तेर्साएर डोजर जान अवरोध सिर्जना गरेका थिए। यहीबीच राप्रपाले समय माग गरेको हो।
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यालय सार्न काठमाडौं महानगरपालिकासँग ३५ दिनको समय माग गरेको छ। महानगरलाई पत्र लेखेर कार्यालय सार्न राप्रपाले ३५ दिन माग गरेको हो।
बिजुलीको हाइटेन्सन लाइन मुनी रहेको पार्टी कार्यालय महानगरले हटाउने तयारी गरेपछि राप्रपाले समय मागेको महानगरले जनाएको छ।
महानगरले शुक्रबार राप्रपाको पार्टी कार्यालय सार्न तीन दिनको समयावधि दिँदै सूचना जारी गरेको थियो। सूचनालाई राप्रपाले अटेर गरेको भन्दै महानगर प्रहरीले सोमबार डोजर लिएर हाँडीगाउँसम्म पुगेकोमा राप्रपाका कार्यकर्ताले सडकमा गाडी तेर्साएर डोजर जान अवरोध सिर्जना गरेका थिए। यहीबीच राप्रपाले समय माग गरेको हो।
काठमाडौं, १५ साउन ।
संघीय संसदका तीनवटा समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार बिहान ११ बजे अर्थ समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्नेछ ।
साथै, , बिधायन ब्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बोलाईएको सचिवालयले जनाएको छ ।
काठमाडौँ, १५ साउन ।
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ ।
आइतबार साँझ बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भए पछि आजको लागि बोलाईएको हो ।
माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार सो बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास, वालुवाटारमा मा बस्नेछ ।
साउन १७ गतेबाट सुरु हुन लागेको केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्नका लागि उक्त बैठक बोलाईएको हो । पार्टीका बिद्यान अधिवेसनलगायतका बिषयमा छलफल गर्नका लागि माओवादीले साउन १७ गते केन्द्रिय समिति बैठक डाकेको हो ।
काठमाडौं, १५ साउन ।
नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ ।
पार्टी केन्द्रिय कार्यालय, आलोकनगर, मीनभवनमा बैठक बस्नेछ ।
सो पार्टीका उपमहासचिव तथा प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार यसअघि स्थगित गरिएका स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रिय समिति बैठकको नयाँ मिति तय गर्नेछ ।
यसअघि तय भएको साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्यूरो र २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाइएको भए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो । प्रावधिक कारण देखाउँदै स्थगित भएको सो बैठकको नयाँ मिति आजको सचिवालय बैठकले तय गर्ने सम्भावना रहेको उनले जानकारी दिएका छन् ।
यसैगरी, सचिवालय बैठकले पार्टीको महाधिवेसनको मिति तया गर्ने देखी रिक्त रहेका पदहरुमा पदपुर्ति गर्ने अजेन्डा पनि सचिवालय बैठकको रहेको जनाईएको छ । साथै, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा तथा वैचारिक नीति, कार्यक्रम र कार्यदिशाका बारेमा पनि नयाँ ढंगले प्रस्ताव तयार पार्ने योजना सचिवालयको रहेको बुझिएको छ ।
काठमाडौं, १५ साउन ।
संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।
संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसुची अनुसार नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् ।
यसैगरी, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयवाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा पढेर सुनाइने भएको छ ।
साथै, बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सबन्धि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ भने राष्ट्रियसभावाट उत्पत्ति भएको नेपाल विश्वबिद्यालय बिद्येयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश गर्नेछन् ।
गोरखा, १४ साउन ।
गृह जिल्लामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका १४ कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।
उनीहरुका अनुसार अन्य पार्टी भन्दा नेसपा अलग र भिन्न नहुने देखिएको आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन् ।
पार्टी परित्याग गर्ने समुहले लगाएको आरोप अनुसार पुरानो प्रवृत्तिबाट जगडिएको नेतृत्व हाबी हुन थालेको तथा वैकल्पिक शक्ति निर्माण यात्रा उही पुरानो बाटोतिर फर्किएको अनुभूति भएकाले पार्टी परित्याग गर्नु परेको हो ।
‘पार्टी विधि विधानअनुसार संचालन नगरी आफू अनुकूल नेतृत्व परिवर्तन र पद बाँडफाँडको कारण विगत लामो समयदेखि कार्यकर्ताको गुनासा समस्या समाधानमा पार्टी भूमिकाविहीन अवस्थामा रहन पुग्यो,’ विज्ञप्तिमा भनिएको छ, ‘नयाँ शक्ति निर्माण अभियानदेखि हाल नेसपासम्म निरन्तर लागिरहेका थियौं, मूल नेतृत्वको विचार सही हुँदाहुँदै पनि पटक पटक पार्टी एकताको रुपमा या अन्य कारणले पार्टीको नाम, चुनाव चिह्न परिवर्तन हुनु र भिन्न दलसँग गठवन्धन गर्नुले दीर्घकालीनरुपमा जनताले नेतृत्वप्रति नै आशंका र अविश्वास उब्जनु स्वाभाविक नै थियो ।’
यसरी पार्टी परित्याग गर्नेमा गण्डकी प्रदेश सदस्य तथा गोरखा नगर अध्यक्ष ज्योति कोइराला, गण्डकी प्रदेश सदस्य रविन आचार्य, नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश उपाध्यक्ष सुजन गर्तौला, पार्टीका जिल्ला सदस्य मिलन न्यौपाने, जिल्ला सल्लाहकार सदस्य रामहरि खनाललगायत रहेका छन् ।
काठमाडौं, १४ साउन ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार अपेक्षाकृत रूपमा जनभावना अनुरूप चल्न नसकेको बताएका छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले वर्तमान सरकारप्रति जनताका अपेक्षा धेरै रहेको र सरकार सो अनुरूप चल्न नसकेको बताएका हुन्।
सरकारलाई जनअपेक्षीय रूपमा सञ्चालन गर्न छुट्टै संयन्त्र गठन गर्नु पर्ने आवश्यकता देखिएको महरले औंल्याए। ‘कांग्रेस गठबन्धनको सबै भन्दा ठूलो दल हो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार असफल हुँदा त्यसको दोष कांग्रेसको टाउकोमा पनि आउँछ। हामीले चुनावको समयमा जनतासामु गरेका वाचा र प्रतिबद्धता भुल्नु हुँदैन। वर्तमान सरकारले अपेक्षाकृत रूपमा कामको गति समात्न सकेको छैन। त्यसैले सरकारलाई जनअपेक्षीय रूपमा सञ्चालन गर्न छुट्टै संयन्त्र गठन गर्नुपरे त्यो पनि गरौं,’ उनले भने।
मन्त्रिपरिषद्बाट कुनै निर्णय हुने वा मन्त्रीहरूले निर्देशन दिने काममात्र गर्न नहुने बताउँदै उनले जनताका अपेक्षा के छन् र मुलुकका लागि तत्काल आवश्यक प्राथमिकताको विषय के छ? भन्ने पहिचान गरेर सरकारले सो अनुरूप काम गर्न सक्नुपर्ने बताए।
‘अहिले पशु चौपायामा लागेको लम्पी स्किन रोग महामारीका रूपमा फैलिएको छ। लम्पी स्किन रोगबाट मर्ने पशुको संख्या ५० हजार नाघिसके छ। यसले किसानहरू ठूलो मारमा परेका छन्। सरकारले सुरुमै संक्रमित पशुमा खोप लगाउन सकेको भए अहिलेको अवस्था आउने थिएन। सरकारको तर्फबाट रोग निदानका लागि भरपुर प्रयास हुनुपर्थ्यो। त्यो हुन सकेन,’ महरले भने। किसानलाई हाम्रा लागि पनि सरकार छ भन्ने अनुभूति दिलाउन सक्ने गरी सरकारले काम गर्नुपर्ने उनले बताए।
यो एउटा उदाहरणमात्रै भएको बताउँदै उनले यस्ता जनजीवनसँग जोडिएका थुप्रै सवालमा सरकार गम्भीर बन्नु पर्ने बताए। ‘किसानलाई समयमै मल खादको व्यवस्था गरिनु पर्छ। वर्षातको समय छ। डुबान र बाढी पहिरोको जोखिम छ। दैविक प्रकोपबाट आउन सक्ने सम्भावित जोखिमबाट हुने क्षतिलाई कम गर्न सरकारले बेलैमा उच्च तयारी गर्नुपर्छ,’ महरले भने।
यसका साथै भ्रष्टाचार न्यूनीकरणमा समेत सरकारको ध्यान उच्चताका साथ जानुपर्ने महरले बताए। ‘विमान स्थलबाट कुन्टलका कुन्टल सुन भित्रिएका जनताले सरकारप्रति प्रश्न उठाउनु स्वाभाविक हो। यो अवस्थाको अन्त्यका लागि सरकारले कडा कदम चाल्नुपर्छ। जनताको मुख होइन, तस्करले सुन भित्र्याउने दुलो टाल्नुपर्छ’, उनले भने। कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीलाई पनि उनले जनपक्षीय काम गर्न सरकारलाई झकझक्याउन आग्रह गरेका छन्।
गठबन्धन दलकै नेताहरूबाट चितवनका हरेक संघ संस्थामा कांग्रेसलाई बाइपास गर्न खोजिएको बताउँदै नेता महरले त्यो आफूहरूका लागि स्वीकार्य नहुने बताएका छन्। गठबन्धनको सबै भन्दा ठूलो सत्ता साझेदार दल कांग्रेस नै रहेकाले चितवनमा कांग्रेसलाई बाइपास गर्न खोजिए त्यो कसैका लागि राम्रो नहुने बताएका हुन्।
आरके श्रीवास्तव,रौतहट, १३ गते साउन ।
पछिल्लो समय गौर हत्याकाण्डको विषयलाइ लिएर रौतहट तातेको छ । गौर हत्याकाण्डको छानविनको माग गर्दै पिडित परिवारले आज(शनिवार)देखि धर्ना सुरु गरेका छन् । गौर हत्याकाण्ड पिडित संघर्ष समितिको आयोजनामा जिल्लाको चन्द्रनिगाहपुरमा अनिश्चतकालीन धर्ना दिएका हुन् । आम जनता पार्टीको सहयोगमा उनीहरुले आजबाट धर्ना कार्यक्रम थालेको सो पार्टीका राष्ट्रिय अध्यक्ष एवम् सांसद प्रभु साहले जानकारी गराउनु भएको हो । ‘
आज भन्दा १७ बर्ष अगाडी भएको अमानवीय र क्रुर गौर हत्याकाण्डको बिषयलाई लिएर केही दिन देखी रौतहट तातेको छ । ज्ञापनपत्र बुझाउने,धर्ना,प्रर्दशन गर्ने जस्ता कामहरु भइरहेको छ । २०६३ चैत्र ७ गते जिल्ला सदरमुकाम गौरमा राइस मिलमा आयोजित सभालाइ विथोलन खोजदा हिंसात्मक घटना घटेको थियो । उक्त घटनामा २८ जना मारिएका थिए । त्यही घटनाको विषयलाइ लिएर आजपाले गत हप्ता जसपा अध्यक्ष उपेन्द्र यादवलाइ पक्राउ गरी कार्यवाही गर्न प्रर्दशन सहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनप बुभाएका थिए ।
लगतै रौतहट सरदमुकाम गौरमा ६ दलले काउण्टर गर्दै शक्ति प्रर्दशन गरेको थियो । सर्वदलिय/सर्वपक्षिय संघर्ष समिति रौतहटको आयोजनामा मंगलवार प्रर्दशन गरिएको थियो । गत हप्ता आम जनता पार्टी जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष यादवको विरोध गर्दै प्रदर्शन गरेका थिए ।
त्यस्कै काउण्टरमा ६ दलीय गठबन्धनले पनि प्रदर्शन गरेको थियो । प्रर्दशनपछि आयोजित कोणसभामा ६ दलिय मोर्चाका नेताहरुले विभिन्न हत्याकाण्डमा संल्गन रहेको आरोप लगाउँदै सांसद प्रभु साहलाइ पक्राउ गर्न माग गरेका थिए । मोर्चाले पनि सिडियो कार्यालयमा ज्ञापनपत्र पनि बुझाएको थियो ।

माओवादी र जनमत पार्टीले छोडयो सर्वदलिय÷सर्वपक्षिय संघर्ष समितिको साथ गौर हत्याकाण्डको छानबिनको मागलाई लिएर रौतहट जिल्लामा नेकपा माओवादी केन्द्र र जनमत पार्टी बिभाजित भएको छ । उक्त हत्याकाण्डका बिषयलाई लिएर पछिल्लो समयमा जिल्लामा आन्दोलन र जुलुस जारी रहदाँ रौतहटमा भने माओवादी र जनमत पार्टी बिभाजित भएको हो । जिल्ला इन्चार्ज समिर भट्टराईले सो आन्दोलनमा आफनो पार्टीको संलग्नता नभएको प्रष्टा पारेका छन् ।
ती दुवै पार्टीले आम जनसमुदाय, सञ्चारकर्मी तथा पार्टी पंक्तिका मित्रहरुलाई भ्रम पार्ने र भ्रमित हुने कार्य प्रति सतर्क रहनु हार्दिक अनुरोध समेत गरेका छन् । त्यस्तै जनमत पार्टीका जिल्ला इन्चार्ज ब्रिजकिशोर यादवले आन्दोलनमा आफनो पार्टीको संलग्नता नभएको स्पष्ट पारेका छन् ।
दुइ दलले सर्वदलिय/सर्वपक्षिय संघर्ष समितिको साथ छोडे पछि अब उनीहरुको साथमा नेपाली काँग्रेस,जनता समाजवादी पार्टी,लोसपा र एकिकृत समाजवादी पार्टी रहेको छ । स्रोतका अनुसार आम जनता पार्टीले गौर हत्याकाण्ड पिडित संघर्ष समितिको ब्यानरमा चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । सो समितिको ब्यानरमा भोलीबाट आम जनता पार्टीले जिल्लामा मोटरसाईकल रैली तथा जिल्ला बन्दको आवहान समेत गरेको छ ।

काठमाडौं, १४ साउन ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कोशी सरकार निमार्णका लागि मध्याबधीमा जानु पर्ने जनाएका छन् ।
कोशी सरकार गठनका बारेमा रस्साकस्सी चलिरहेको बेला पुर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले मध्याबधी निर्वाचनको बिकल्प सुझाएका हुन ।
‘१ नं प्रदेशमा घोषित रूपमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नु भन्दा यो संविधानका अन्तरवस्तु स्वीकार्ने शक्तिहरू मिलेर सरकार बनाउने, नत्र मध्यावधिमा जाने विकल्प स्वीकार्नु उपयुक्त होइन र ?’ उनले भनेका छन, ‘यस्तै सत्तालिप्साले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बन्छ र प्रतिक्रान्तिको आधार तयार हुन्छ भन्ने कुरा कमसेकम हाम्रा लोकतन्त्रवादी मित्रहरू र क्रान्तिकारी कणहरूले त बुझ्नुपर्ने ।’
सभामुखसहितको हस्ताक्षरमा नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकार निमार्ण गरे पछि गत शुक्रवार सर्वोच्च अदालतले उल्टाई दिए पछि कोशी सरकार निमार्ण थप सकस परेको छ । अंक गणितका आधारमा सरकार निमार्णमा गर्न संबैधानिक प्रश्न उठिरहेको बेला भट्टराईले मध्याबधीको बिकल्प सुझाएका हुन ।
आरके श्रीवास्तव,रौतहट,साउन १३ गते ।
रौतहट । फतुवा बिजयपुर नगरपालिकाको केन्द्र रुपमा रहेको बिजयपुरमा वृक्षारोपण गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ८ स्थित बिजयपुर बजारमा वृक्षारोपण गरिएको छ । बिजयपुर बजार व्यवस्थापन समितिले इप्रका देखि स्कूल सम्म वृक्षारोपण कार्यक्रम गरेको छ ।
बिजयपुरलाइ हराभरा बनाउनुको साथै वातावरण र पर्यावरण जोगाउन मदत पुगोस् भन्ने उद्देश्यले बजार व्यवस्थापन समितिले सो क्षेत्रमा ५०।६० वटा सोप्लानटको वृक्षारोपण गरेको हो । यसरी वृक्षारोपण कार्यले पर्यावरण जोगाउन सहयोग पुग्ने बिजयपुर बजार व्यवस्थापन समितिका उपाध्यक्ष अबरारुल हकले बताउनु भयो ।

थोरै लगानीकामा भएपनि जनप्रतिनिधीहरुको ध्यानाकर्षण गराउनका लागि आफूहरुले वृक्षारोपण कार्यको थालनी गरेको बताए । अब उपरान्त जनप्रतिनिधीहरुको यस तर्फ ध्यान जाओस् भन्ने आफूहरुको चाहना रहेको उनले बताए ।
ड्राममा माटो भरेर त्यसै भित्र बृक्षारोपण भएको उनले जानकारी गराए ।बजारलाई शाैन्दर्यीकरण गर्नका लागि ड्राममा राख्दा यसलाइ पछि पनि उचित स्थानमा व्यवस्थापन गर्न सक्ने हिसाब विरुवा रोपिएको उनले बताए ।
वृक्षारोपण गरेर यसलाइ संरक्षण गरि नमुनायोग्य काम गरेर देखाउने हकले प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । सो अवसरमा इलाका प्रहरी कार्यालय बिजयपुरका इन्चार्ज प्रहरी निरिक्षक अरविन्द कुमार साह,सशस्त्र प्रहरी बल बिजयपुर बेश क्याम्पका इन्चार्ज राजेस आचार्य , शिक्षक संघका नगर अध्यक्ष राधेश्याम प्रसाद यादव, बिजयपुर बजार ब्यवस्थापन समितीका पदाधिकारीहरु उपस्थिती रहेको थियो ।
नयाँदिल्ली, १३ साउन ।
मणिपुरमा ८८ दिनदेखि हिंसा जारी छ।
आज विपक्षी दलहरुको गठबन्धन (इन्डिया) का २० सांसदले मणीपुर राज्यको भ्रमण गर्नेछन् ।
समाचार अनुसार उनीहरुले मणीपुर राज्यमा भइरहेको हिंसाको३ अवस्थाको जानकारी लिने र पीडितहरूसँग कुराकानी गर्नेछन्।
त्यहाँबाट फर्केर मणिपुर समस्याको समाधानका लागि सरकारसँग कुरा गर्ने उनीहरुले जनाएका छन ।
गत मे ३ यता कुकी र मेइती समुदायबीच जारी हिंसामा १५० भन्दा बढीको मृत्यु भइसकेको छ । महिला हिंसाका धेरै घटना बाहिर आएका छन् । यसबारे संसददेखि सर्वोच्च अदालतसम्म छलफल भइरहेको छ ।
विपक्षीहरूले मणिपुर हिंसाको बारेमा प्रधानमन्त्री मोदीले सदनमा जवाफ माग गरिरहेका छन ।
उता, सर्वोच्च अदालतले सरकारले कारबाही नगरे अदालतले गर्ने जनाईसकेको छ भने सीबीआईले मणिपुरमा महिलालाई नग्न भएर घुम्न लगाएको मामिलामा अहिलेसम्म ७ जनालाई पक्राउ गरेको जनाएको छ ।
काठमाडौं, १३ साउन ।
नेकपा माओवादी केन्द्रको टोली स्वदेश फर्केको छ ।
भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा साता दिन अघि नयाँ दिल्ली गएको माओवादी केन्द्रको टोली स्वदेश फर्केको हो ।
पार्टी उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा नयाँ दिल्ली गएको टोली शुक्रवार राति स्वदेश फर्किएको हो । भुषाल नेतृत्वको सो टोलीमा सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यहरु सुरेशकुमार राई र रामेश्वरराय यादव रहेका थिए ।
साता ब्यापी नयाँ दिल्ली भ्रमणमा भुषाल नेतृत्वको टोलीले भाजपा अध्यक्ष जगतप्रकाश नड्डा, केन्द्रिय मन्त्री स्मृति इरानीलगायतसँग पार्टी मुख्यालयमा भेटवार्ता गरेको थियो । दुई पार्टी बिच भाइचार सबन्ध बिस्तार गर्नका लागि भाजपाले माओवादी केन्द्रलाई निम्तो दिएको थियो । भाजपाले विश्वभरीका राजनीतिक दलसँग सबन्ध विस्तारका लागि बिभिन्न देशका पार्टीहरुलाई निमन्त्रणा गर्दै आएको छ ।
काठमाडौं , १३ साउन ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको भाबी रणनीति जनदबाब , जनसंघर्ष र जनआन्दोलन भएको बताएका छन् ।
जिल्ला समिती काठमाडौंद्वारा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणमा बोल्दै थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यबस्थाको अन्त्य नभई देशले भोग्नु परिरहेको बिधमान समस्याको समाधान ननिस्कने समेत दाबी गरे ।
उनले राष्ट्र निर्माणको फरक बिचार र बाटो तय गर्दै बैकल्पिक शक्तिको रुपमा राप्रपा नेपाललाई स्थापित गर्ने दृढता समेत ब्यक्त गरे । संकटग्रस्त अर्थतन्त्र, भ्रष्टाचारको महारोग , धर्मपरिबर्तनको डढेलो, लोकतन्त्रको नाममा ब्याप्त सर्बसत्ताबाद र बाह्य शक्तिको तिब्र चलखेलबाट मुलुक आक्रान्त भएको चर्चा गर्दै थापाले सडक संघर्षमा आउने सबै राष्ट्रबादी प्रजातान्त्रिक शक्तिहरुसङ्ग एकता र सहकार्य हुन सक्ने समेत स्पष्ट पारे ।
केही ठुला दलका मुठ्ठी भरका नेताहरुको निमित्त मात्र यो ब्यबस्था स्वर्ग भएको भन्दै थापाले भ्रष्टाचारिहरुलाई दण्डित गर्ने भन्दा पनि संरक्षण गर्ने ब्यबस्था अब टिकाउ हुन नसक्ने ठोकुवा गरे ।
प्रशिक्षणमा वरिष्ठ अधिबक्ता सुरेन्द्र भण्डारीले जनताको बिश्वास जितेर राप्रपा नेपाल एउटा भरपर्दो बैकल्पिक शक्ति बन्न सक्ने सम्भावना रहेकोले सबैलाई समेटेर जनताको माझ जान आग्रह गरे । कार्यक्रममा राप्रपा नेपाल महामन्त्री राजाराम बर्तौला, सहमहामन्त्री तथा राष्ट्रिय खेलकुद संगठनका अध्यक्ष दमन बस्नेतले संगठन र खेलकुद सम्बन्धि धारणा राखेका थिए ।
काठमाडौं, १२ साउन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिमा गलत ‘कल्चर’ बसाउन खोजिएकोप्रति असन्तुष्टि जनाएका छन् ।
साताव्यापी इटालीको भ्रमण सकेर स्वदेश फर्किएपछि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्राधनमन्त्री प्रचण्डले स्पष्टीकरणको मौका नै नदिई राजीनामा माग्ने राजनीतिक ‘कल्चर’ बसाउन खोजिएको बताए ।
एक सय किलो सुन बरामद प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै सदन अवरुद्ध गरेको सन्दर्भलाई लक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरणको मौकासमेत नदिएर राजीनामा माग्ने राजनीतिक ‘कल्चर’ बसाउन खोजिएको टिप्पणी गरेका हुन् ।
‘राजनीतिक उद्देश्यको निम्ति हत्त न पत्त प्रधानमन्त्रीको राजीनामा मागिहाल्ने, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने, गृहमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार बस्न खोजेको छ, त्यो राम्रो होइन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्रीको स्पष्टीकरण दिने मौका पनि नदिई राजीनामा दिने भए देऊ नत्र सदन चल्न दिँदैनौँ भनेर पहिल्यै घोषणा गर्ने राजनीति कल्चरले हामीलाई राम्रो ठाउँतिर लाँदैन ।’
विभागीय मन्त्रीको संरक्षणविना विमानस्थलबाट ठूलो परिणाममा सुन आयात हुन नसक्ने भन्दै एमालेले अर्थमन्त्री डा. प्रकाशरण महत र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै सदन अवरुद्ध गरेको थियो । यसप्रति पनि प्रधानमन्त्री प्रचण्डले असन्तुष्टि व्यक्त गरेका हुन् । केही साताअघि एमालेले विवादास्पद अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेको थियो ।
आफ्नो इटानी भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले दिएको बुँदागत जानकारी :
1. संयुक्त राष्ट्रसंघ, इटाली सरकार र रोमस्थित खाध्य तथा कृषि संगठन (FAO), विश्व खाध्य कार्यक्रम (WFP) र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (IFAD) द्वारा यही २०२३ जुलाई २४ देखि २६ सम्म ईटालीको रोममा आयोजित The United Nations Food Systems Summit +2 Stocktaking Moment मा नेपालको प्रतिनिधित्व गरी भर्खरै फर्केको यस अवसरमा यहाँहरुसंग सो सम्मेलनमा नेपालको सहभागिता र सम्मेलनको अवसरमा भएका द्विपक्षीय भेटघाटका सम्बन्धमा कुरा राख्न पाउँदा खुशी लागेको छ l
2. सन् २०२१ को नोभेम्बेरमा संयुक्त राष्ट्रसंघको मुख्यालयमा virtual रुपमा आयोजित The United Nations Food Systems Summit, जसमा नेपालका तर्फबाट तत्कालिन प्रधानमन्त्रीले भागलिनु भएको थियो, एवं दीगो विकास सम्बन्धी Agenda २०३० द्वारा अभिव्यक्त दिगो कृषि विकास, खाध्य सुरक्षा, पर्याप्त र स्वस्थ्यकर खाध्यमा पहुँच, भोकमरीको अन्त्य लगायत समग्र कृषि विकास प्रणालीमा हामीले हासिल गरको प्रगति, हामीलाई प्राप्त अवसर, हाम्रा सामु देखिएका चुनौतीका सम्बन्धमा अनुभवको आदान प्रदान, छलफल र मुल्यांकन गरी अबको गन्तब्य (the way forward) निर्धारण गर्ने उद्देश्यले आयोजना गरिएको यस महत्वपूर्ण सम्मेलनमा नेपालको सहभागिता अत्यन्त सक्रिय, यथार्थमा भन्दा देखिने तथा अनुभूत हुनेगरी सक्रिय, रहेको व्यहोरा म यहाँहरुलाई अवगत गराउन चाहन्छु l
3. उक्त अवसरमा July २४ मा सम्पन्न सम्मेलनको उद्घाटन समारोह (official opening) मा नेपालको सरकार प्रमुख तथा अतिकम विकसित राष्ट्र (LDCs) को Chair का हैसियतमा सम्बोधन गर्नुका साथै July २५ मा आयोजित सम्मेलनको अत्यन्त महत्वपूर्ण सत्रको रुपमा हेरिएको Food Systems Transformation in Practice – Successes, Challenges and the Way Forward मा मैले नेपालको प्रतिनिधित्व गर्दै Key Speaker को रुपमा सम्बोधन गरेको यहाँहरुलाई अवगत गराउन चाहन्छु l साथै, सम्मेलनको अर्को महत्वपूर्ण सत्र (Plenary Session on School Meal) लाई पनि नेपालको सरकार प्रमुखको हैसियतमा मैले सम्बोधन गरें l माननीय कृषि मन्त्री लगायत मेरो प्रतिनिधिमण्डलका अन्य सदस्यहरुको पनि सम्मेलनका अन्य सत्रहरूमा सक्रिय सहभागिता रहेको थियो l
4. २४ July मा सम्पन्न उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा मैले खाध्य सुरक्षा; पर्याप्त, सुरक्षित र स्वस्थ्यकर खाध्यमा सहज पहुँच; दीगो कृषि विकास, गरिवी निवारण, भोकमरीको अन्त्य लगायतका Agenda – 2030 ले निर्देश गरेका उद्देश्य प्राप्त गर्नमा अतिकम विकसित राष्ट्रहरुले भोग्नु परेका समस्याहरु LDCs को Chairman को हैसियतमा अन्तर्राष्ट्रिय समुदाय समक्ष राखें l साथै, अति कम विकसित मुलुकहरुका करोडौंको संख्यामा रहेका जोखिममा परेका नागरिकहरुलाई आशाको दियो संचार गर्नको लागि अन्तर्राष्ट्रिय समुदायले सामुहिक प्रतिवद्दता देखाउनुपर्ने खाँचो पनि प्रष्ट पारेको छु l विश्व व्यापी रुपमा देखा परेको जलवायु परिवर्तनलाई थेग्ने दीगो र भरपर्दो उत्पादकत्व वृद्धिका लागि विशेष गरि साना कृषकको लागि प्रविधि, मल, बजार, पुंजीमा सहज पहुँचको सुनिश्चितता गर्न आवश्यक रहेको विषयलाई जोडदार रुपमा राखेको छु l उद्घाटन सत्रमा संयुक्त राष्ट्रसंघका महासचिव, आयोजक मुलुक इटालीका प्रधानमन्त्री तथा अन्य मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुले समेत सम्बोधन गर्नु भएको थियो l
5. सोही दिन बिहान आयोजित School Meals संग सम्बन्धित Plenary Session मा बोल्दै मैले School Meal का सम्बन्धमा नेपाल सरकारबाट भएका प्रयासहरु अन्तर्राष्ट्रिय समुदाय समक्ष राखेको थिएँ l यहाँहरुलाई अवागत नै छ School Feeding मा नेपालको अनुभव यथार्थमा नै सफल अनुभव हो l नेपाल सरकार र WFP को सहकार्यमा संचालित यस कार्यक्रमबाट ३३ लाख भन्दा बढी बालबालिका लाभान्वित भएका छन् l यो कार्यक्रमबाट बिद्यार्थीहरुको भर्ना संख्या, हाजिरी, र उनीहरुको सिकाईको स्तरमा उल्लेख्य परिबर्तन आएको छ l गत पांच बर्षमा हामीले दिवा खाजा कार्यक्रमको बजेटमा चार गुणाले वृद्धि गरेका छौं l यसै वर्ष पनि यो तथ्यलाई आत्मसात गर्दै शिक्षा क्षेत्रको सम्पूर्ण बजेटको ६ प्रतिशत यस कार्यक्रमकालागी छुट्टयाइएको छ l यस क्षेत्रमा नेपालले लिएको अग्रसरता प्रति अन्तर्राष्ट्रिय जगतले प्रसंशा गरेको छ l साथै, WFP ले यस क्षेत्रमा थप सहयोग गर्ने तत्परता व्यक्त गरेको छ l

6. यो सम्मेलनको अत्यन्त महत्वपूर्ण सत्रको रुपमा लिइएको Food Systems Transformation in Practice – Successes, Challenges and the Way Forward, जुन दोश्रो दिनको बिहान आयोजना भएको थियो, सो Plenary Session लाई मैले Key Note Speaker को रुपमा सम्बोधन गरें l सो क्रममा मैले यो सम्मेलनले सन् २०२१ मा आयोजित Food Systems Summit पश्चात समग्र खाध्य प्रणाली तथा कृषि क्षेत्रको विकासमा भएका कार्यहरुको समिक्षा गर्दै अबको बाटो तय गर्न हामीलाई मार्गदर्शन गर्ने कुरा व्यक्त गरें l मैले अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालको संविधान (धारा ३६) ले प्रत्याभूत गरेको सम्पूर्ण नेपालीको खाद्य सम्बन्धी हक सुनिश्चित गर्न सरकार दृढ रहेको र सरकारले Food System Transformation Strategic Plan 2022-2030 तयार गरेको र त्यसलाई प्राथमिकताका साथ् कार्यन्वयनमा लैजाने धारणा व्यक्त गरें l कृषि उत्पादकत्व वृद्धि गर्ने, स्थानीय कृषिलाई support गर्ने storage system सुधार गर्ने र कृषि पूर्वाधार विकासको लागि public-private partnership मा जोड दिने जस्ता विषयहरु उक्त रणनीतिक योजनामा समाविष्ट भएको बारे अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराएँ l

7. औपचारिक कार्यक्रमहरुका अतिरिक्त सम्मेलनका दौरानमा अत्यन्त महत्वपूर्ण द्विपक्षीय भेटबार्ता तथा संवादहरू भएका छन् l सम्मेलनको sidelines मा संयुक्त राष्ट्रसंघका महासचिव महामहिम Antonio Guterres संग भेटघाट तथा छलफल भएको यहाँहरुलाई अवगत गराउन चाहन्छु l सो अवसरमा संयुक्त राष्ट्रसंघ र नेपालबीचको सहकार्य तथा सहयोग, विश्व शान्तिमा नेपालले पुर्याएको योगदान, multilateralism, climate change, गरिवी निवारण तथा खाध्य सुरक्षा जस्ता विषयमा छलफल भएको थियो l उक्त अवसरमा मैले उहाँलाई उपयुक्त समयमा नेपाल भ्रमण गर्नका लागि निमन्त्रणा समेत गरेको छु l र, सो निमन्त्रणालाई उहाँले सहर्ष स्वीकार गर्नु भएको छ l उहाँ नेपाल प्रति चासोका साथ् जानकारी राख्ने शुभ चिन्तक रहेको बारे यहाँहरुलाई जानकारी नै छ l
8. यसै गरी, खाध्य तथा कृषि संगठन (FAO) का Director General Dr. Qu Dongyu, विश्व खाध्य कार्यक्रम (WFP) का Executive Director Ms. Cindy Hensley McCain, र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (IFAD) का President Dr. Alvaro Lario संग समेत भेटघाट तथा छलफल भयो l उक्त छलफलहरु नेपालको ती संगठनहरुसंगको सहयोग तथा विकास साझेदारी, नेपालमा ती संगठनहरुको सहयोगमा संचालित आयोजनाहरुको कार्यन्वयन, नेपालको कृषि विकास, ग्रामिण विकास, खाध्य सुरक्षा, गरिवी निवारण तथा ती संगठनहरु अब हुने साझेदारी तथा सहयोगका सम्बन्धमा केन्द्रित रहेका थिए l यहाँहरुलाई अवगत नै छ FAO, WFP, IFAD तीनै संगठनले नेपालको कृषि विकास, ग्रामिण विकास, खाध्य सुरक्षा, गरिवी निवारण, महिला किसानहरुको जीवनस्तर सुधार जस्ता विषयमा लामो समयदेखि नेपालसंग सहकार्य गर्दै आएका छन् l
9. सम्मेलनको दौरानमा मेरो बांगलादेशका प्रधानमन्त्री महामहिम Sheikh Hasina संग महत्वपुर्ण द्विपक्षीय भेटघाट भएको छ l यहाँहरुलाई अवागत नै छ नेपाल र बांगलादेशबीच अत्यन्त सुमधुर र मैत्रीपुर्ण सम्बन्ध रही आएको छ l सो भेटघाटमा नेपाल र बांगलादेशबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी सहयोग, क्षेत्रीय सहयोग, अन्तर्राष्ट्रिय मंचहरुमा नेपाल र बांगलादेशबीचको सहकार्य जस्ता बिषयहरुमा हार्दिक र सौहार्दपूर्ण छलफल भएको थियो l यहाँहरुलाई ज्ञात नै छ बांगलादेश सरकार नेपालमा उत्पादित जलबिध्युत खरिद गर्न इच्छुक रहेको छ l आर्थिक अन्तरनिर्भरताको यो अत्यन्त महत्वपूर्ण आयाम अब कार्यान्वयनको चरणमा रहेको छ l हालै मैले गरेको छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणका क्रममा नेपालले भारतीय भुमि भएर नेपालको जलबिध्यूत बांगलादेशमा निर्यात गर्ने सहमति भएको छ l त्यसलाई यथाशीघ्र औपचारिकता दिई जलबिध्यूत निर्यातको ढोका खोल्ने हाम्रो प्रयासले सार्थकता पाउँदै छ l बांगलादेशका प्रधानमन्त्रीसंग यो विषयमा अत्यन्त महत्वपूर्ण कुराकानी भएको छ l
10. भ्रमणकै क्रममा मैले NRNA, Italy द्वारा आयोजित कार्यक्रममा भाग लिई त्यहाँ रहेका नेपाली समुदायसंग विभिन्न विषयमा छलफल गरेको व्यहोरा समेत अवगत गराउन चाहन्छु l नेपाली समुदायका तर्फबाट केही महत्वपूर्ण विषयहरुमा सहजीकरण गरिदिनका लागि सरकारलाई आग्रह भएको छ l ती विषयहरू समाधान गर्न सकेमा विदेशमा बस्ने नेपालीहरूलाई सहज सेवा पुग्ने, नेपालको निर्यात बढ्ने र नेपाल र मित्रराष्ट्रहरुबीच सम्बन्ध थप सुमधुर हुने मैले विश्वास लिएको छु l
11. यो सम्मेलनमा म अत्यन्त व्यस्त रहें l सम्मेलनको पहिलो दिन त बिहान ९ बजे देखि बेलुका ९ बजे सम्म करिब १२ घण्टा FAO को परिसर भित्र सम्मेलनमा सहभागिता र बैठकहरुमा व्यस्त रहें l केही बचेको समयमा समेत ईटालीले आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा गरेको विकासको अवलोकन गरेको छु l प्लेनमा चढ्नु भन्दा केही समय अगाडि मात्रै रोमको Olimpico Football Stadium को अवलोकन गरें l
12. यसरी सम्मेलनमा देखिएको नेपालको सक्रिय सहभागिता र सम्मेलनको दौरानमा भएका महत्वोपूर्ण भेटघाटहरु बाट यो भ्रमणलाई मैले एउटा सफल भ्रमणको रुपमा लिएको छु l समग्रमा यो भ्रमणबाट अन्तर्राष्ट्रिय मन्चमा, अझ विशेष गरी संयुक्त राष्ट्रसंघीय मंचहरुमा नेपालको छबि एक स्वतन्त्र सार्वभौम, संयुक्त राष्ट्रसंघ र समग्र multilateralism प्रति प्रतिवद्ध मुलुकको रुपमा अझ बढी मुखरित हुन पुगेको मैले विश्वास लिएको छु l
काठमाडौं, १२ साउन ।
राष्ट्रपति रामचन्द्र पौडेलल पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका छन् । शुक्रबार बिहान ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिरको दर्शन गरेका राष्ट्रपति पौडेलले पाटनमै रहेका सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन दरबार संग्रहालयको अवलोकन गरेका छन् ।
पाटन दरबार क्षेत्रमा पुग्दा राष्ट्रपति पौडेललाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वागत गरेका थिए ।
काठमाडौं, १२ साउन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् ।
सात दिने लामो इटली भ्रमण पछि उनी शुक्रवार बिहान स्वदेश फर्किएका हुन । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन सात दिन अघि गएका प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किएका हुन ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत साउन ६ गते इटली गएका प्रधानमन्त्री दाहालले ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई सम्बोधन गरेका थिए । साथै, सो क्रममा प्रधानमन्त्री दाहाल र बङ्गलादेशी समकक्षी शेख हसिना, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस, विश्व खाद्य कार्यक्रमका कार्यकारी सिन्डे म्याकन, विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यू बिचमा भेटबार्तासमेत भएको थियो ।
प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउतलगायतको सहभागिता रहेको थियाे ।
गौर, १२ साउन ।
गौर हत्याकाण्डको छानबिनकाे मागलाई लिएर रौतहट जिल्लामा नेकपा माओवादी केन्द्र बिभाजित भएको छ ।
उक्त हत्याकाण्डका बिषयलाई लिएर पछिल्लो समयमा जिल्लामा आन्दोलन र जुलुस जारी रहदाँ रौतहटमा भने माओवादी बिभाजित भएको हो ।
जिल्लाको एउटा समुहले सत्तारुढ ६ दलीय मोर्चामा बसेर आन्दोलन गरे पछि जिल्ला इन्चार्ज समिर भट्टराईले सो आन्दोलनमा आफनो पार्टीको संलग्नता नभएको प्रस्टाएका छन् । गौरमा केही दिन अघि माओवादी केन्द्रको ब्यानर’ सहित आन्दोलन सुरू भए पछि त्यसमा आफनो पार्टीको संलग्नता नरहेको उनको भनाई छ ।
‘आज भन्दा १७ बर्ष अगाडी भएको अमानवीय र क्रुर गौर हत्याकाण्डको बिषयलाई लिएर केही दिन देखी रौतहटको गौरमा भईरहेको ६ दलीय संघर्ष समितिको नाममा धर्ना, जुलुस, बिज्ञप्ति र ज्ञापनपत्रको दोहोरी चलिरहेको यो आन्दोलनमा हाम्रो पार्टीको कुनै प्रकारको संलग्नता नरहेको जानकारी गराउँछु,’ उनले बिज्ञप्ति जारी गर्दै भनेका छन, ‘गौर हत्याकाण्ड माओवादी आन्दोलनले शान्तिपुर्ण राजनीतिक बाटो समातेपछि सबैभन्दा ठुलो कार्यकर्ताको क्षति ब्योहोरेको अमानवीय र निन्दनीय घटना भएकाले दोषीलाई हदैसम्मको कानुनी कारबाही हुनुपर्छ भन्ने कुरा प्रति हाम्रो पार्टी दृढ रहेको कुरा जानकारी गराउन चाहान्छौं, साथै आम जनता, सञ्चारकर्मी तथा पार्टी पंक्तिका मित्रहरुलाई भ्रम पार्ने र भ्रमित हुने कार्य प्रति सतर्क रहनु हार्दिक अनुरोध गर्दछ ।’
आम जनता पार्टीले गौर हत्याकाण्डको दोषीलाई कारबाही गर्न माग गर्दै साउन पहिलो साता प्रदर्शन गरेको थियो । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने भन्दै प्रभु साहको नेतृत्वमा सो आन्दोलन भए पछि सत्तारुढ दलले त्यसको काउन्टरमा ‘प्रभु साहलाई पक्राउ गर्नुपर्ने’ भन्दै आन्दोलन सुरु गरेको थियो । ६ दलीय सत्तारुढ गठबन्धनले गरेको साह बिरूद्दकाे आन्दोलनमा माओवादी केन्द्रको पनि ब्यानर राखिए पछि भट्टराईले सो आन्दोलनमा आफनो पार्टीको संलग्नता नभएको प्रस्टाएका हुन ।
तर, सत्तारुढ गठबन्धनको आन्दोलनमा माओवादीको कुन तहका नेताहरु सहभागी छन ? भन्ने उनले बिज्ञप्तिमा भने खुलाएका छैनन् ।
काठमाडौं, ११ साउन ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गरेको छ ।
बिहीबार राष्ट्रियसभा बैठक सुरु भएलगत्तै एमालेका सांसद उठेर विरोध जनाएपछि सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले देवेन्द्र दाहाललाई बोल्न समय दिए । त्यसपछि दाहालले १०० किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएपछि बरामद भएकाले यसको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गरेका हुन् ।
गृहमन्त्रीको संलग्नताबिना सुन विमानस्थलबाट नबाहिरिने भएकाले गृहमन्त्री नारायणकाजी श्रेष्ठ नैतिकताका आधारमा पनि पदमा बस्न नमिल्ने दाहालको भनाइ छ ।
तत्कालै विमानस्थलमा सुरक्षामा खटिएका र भन्सार प्रमुखलाई निलम्बन गरेर छानबिन गरेको भए गृहमन्त्रीको संलग्नताबारे आशंका गर्नु नपर्ने थियो भन्दै दाहालले यसर्थ यस प्रकरणमा विश्वासिलो संसदीय वा न्यायिक उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरे । संसदीय उच्चस्तरीय छानबिन समिति गठन भएमा राष्ट्रिय सभालाई पनि सहभागी गराउनुपर्ने उनको माग छ ।
अर्घाखाँची, १० साउन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हरिप्रसाद भुसालले निर्वाचन खर्चको विवरण निर्धारित मितिमै बुझाएको बताएका छन्।
आयोगले खर्च विवरण नबुझाउनेको सूचीमा आफ्नो नाम सार्वजनिक गरेलगत्तै नेता भुसालले यस्तो प्रतिक्रिया दिएका हुन् । गत निर्वाचनकाे खर्च विवरण अर्घाखाँची जिल्लामा सबैभन्दा पहिला आफूले बुझाएकाे भुसालले दावी गरे । “अझ खर्च विवरण फेसबुकमार्फत् सार्वजनिक गर्ने त म अर्घाखाँचीकाे एकमात्र उम्मेद्वार हुँ,” भुसालले भने ।
न्युज कारखानासँग कुरा गर्दै भुसालले अर्घाखाँची जिल्लामा मतगणाना सकिएकै दिन खर्च विवरण बुझाउनुका साथै फेसबुकबाट सार्वजनिकसमेत गरेकाे बताए ।
“अर्घाखाँचीमा मंसिर ८ गते मतगणना सकियाे, साेही दिन नै मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर निर्वाचन कार्यालयका कर्मचारीहरुलाई खर्च विवरण बुझाएकाे हुँ । भुसालले भने, “ साेही दिन नै सामाजिक संजाल मार्फत समेत खर्च विवरण सार्वजनिक समेत गरेकाे थिएँ । ”
खर्च विवरण फेसबुकबाट सार्वजनिक गरे लगत्तै नेता भुसालकाे फेसवुक एकाउन्ट ह्याक भएकाे थियाे । “८ गते फेसवुकबाटै खर्च विवरण समेत सार्वजनिक गरेकाे थिएँ ।” भुसालले भने “खर्च विवरण सार्वजनिक गरेकै दिन मेराे फेसबुक ह्याक भएकाे थियाे ।”
गत निर्वाचनमा भुसाल अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार थिए। अर्घाखाँचीबाट एमाले नेता टाेपबहादुर रायमाझी निर्वाचित हुँदा भुसालले ३ हजार २ सय मत प्राप्त गरेका थिए ।
निर्वाचन आयोगले निर्धारित मितिमा खर्च विवरण सार्वजनिक नगरेको भन्दै बहालावाला तीन मन्त्री सहित प्रतिनिधि सभातर्फ एक हजार ३७ जना र प्रदेश सभातर्फ एक हजार ३९८ जना उम्मेदवारलाई जनही १५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ।
काठमाडौं, १० साउन ।
आज प्रतिनिधिसभा बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।
संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संसदमा पेश हुनेछ भने शिक्षा, बिज्ञान तथा प्रबिद्यी मन्त्री अशोककुमार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल बिश्वविद्यालय बिद्येयक २०८० लाई छलफलका लागि सबन्धित समितिमा पठाईयोस भन्ने प्रस्ताव पेश गर्नेछन् ।
काठमाडौं, १० साउन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताएका छन् ।
गैरआवासीय नेपाली सङ्घ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा आज इटालीको रोममा आयोजित कार्यक्रममा उनले भ्रष्टाचार र बेथितीका विरुद्धमा सरकारले कडा कदम चालेकोसमेत बताएका हुन ।
आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भए लगत्तै बेथितीको नियन्त्रण, सेवा प्रवाहमा सहजीकरण र नागरिकको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ महत्त्वपूर्ण कामको थालनी गरेकोसमेत बताए । जनताले लामो समयदेखि सास्ती व्यहोर्दै आएको राहदानी तथा सवारी चालक अनुमतिपत्र प्राप्तिमा सहजीकरण गरिएको जानकारी दिँदै उनले अर्थतन्त्रमा देखिएको डरलाग्दो अवस्थालाई सही ट्र्याकमा ल्याइएको समेत बताएका छन ।
‘सामाजिक सुरक्षा कोषमा बढीभन्दा बढी श्रमिकलाई आबद्ध गर्ने, अझ विदेशमा बस्ने श्रमिकलाई कोषमा जोड्ने काम गरेका छौँ’, प्रधानमन्त्री दाहालले भने, ‘सामाजिक सेवा तथा जनतालाई प्रत्यक्ष राहत दिनेबाट सरकारले कामको थालनी गरेको छ ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रहित विपरित र सङ्गठित अपराधका रुपमा काम भएको देखिएकाले सरकारले उक्त कदम चालेको उनको भनाई भनाई छ । ‘शरणार्थी प्रकरणमा राष्ट्रहित विपरितको काम भएको देखियो, सरकारले फोहोर सफा गर्न यो कदम चालेको हो’, उनले भने ।
प्रधानमन्त्री दाहालले ललिता निवास प्रकरणको छानविनबाट राज्यको सम्पत्ति व्यक्तिमा लैजाने अपराधको अन्त्य गर्ने क्रम सुरु भएकोसमेत बताए । ‘यो राज्यको सम्पत्ति राज्यलाई नै फिर्ता गराउने अभियान हो । यो प्रकरण ललिता निवासको कुरा मात्रै होइन, देशभर चलेको माफियागिरीको अन्त्य र नयाँ भूमि नीतिमार्फत आर्थिक समृद्धिको अभियानसँग जोडिएको छ,’, उनले भने ।
काठमाडौं, ९ साउन । निर्वाचन आयोगले गत वर्ष सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई जरिवाना तोकेको छ ।
आइतबार विज्ञप्ति जारी गरेर आयोगले खर्च विवरण सार्वजनिक नगर्ने प्रतिनिधिसभातर्फ १ हजार ३७ जना र प्रदेशसभातर्फ १ हजार ३९८ जना उम्मेदवारलाई जरिवाना तोकिएको हो । खर्च विवरण सार्वजनिक नगर्ने २ हजार ४३५ उम्मेदवारलाई १५/१५ हजारका दरले जरिवाना तिर्न निर्देशन दिएको आयोगले सात दिनभित्र खर्च विवरण बुझाउन पनि भनेको छ ।
काठमाडौं, ९ साउन । पत्रकारमाथि हातपात गरेको आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका जिल्ला संयोजक नगेन्द्र खड्कालाई पार्टीबाट निलम्बन गरेको छ।
जिल्ला संयोजक खड्काले पत्रकार महासंघ बझाङका सदस्य सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेपछि निलम्बन गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए। घछनाबारे पार्टीको अनुशासन समितिले थप अनुसन्धान गरिरहेको उनले जानकारी दिएका छन्।
काठमाडौं, ९ साउन । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी सहसचिव टोकराज पाण्डेयले लिएका छन्। पछिल्लो तीन सातादेखि बिदामा बसेका प्रमुख भन्सार प्रशासक अरूण पोखरेललाई मन्त्रालयमा सरूवा गरेर पाण्डेयलाई जिम्मेवारी दिएको हो।
मन्त्रिस्तरीय बैठकले पाण्डेयलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय र पोखरेललाई अर्थ मन्त्रालयमा सरूवा गर्ने निर्णय गरेको हो। पाण्डेय यसअघि निजामती किताबखानाका प्रमुख थिए। यही साउन ७ गते मात्र उनको अर्थ मन्त्रालयमा सरूवा भएको थियो।
गत साता त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहिरबाट एक क्विन्टल सुन बरामद गरिएसँगै भन्सारका कार्यरत धेरै कर्मचारीहरू परिवर्तन गरिएको छ।
काठमाडौं, १० साउन । नेपाली कांग्रेस केन्द्रिय समिति बैठक बस्दैछ ।
सानेपा, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ४ बजे बोलाईएको छ ।
गत साउन २ गते देखी जारी बैठकमा केन्द्रिय सदस्यहरुले धारणा राखिसके पछि गत सोमवार देखी भने पार्टी पदाधिकारीले आफनो धारणा राखेका थिए । जसअनुसार उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला, सीता गुरुङ र राजीव कोइरालाले आ–आफ्नो धारणा राखेका थिए ।
आजको बैठकमा केन्द्रिय सदस्यहरुले राखेका धारणा तथा छलफलका बिषयलाई निष्कर्ष दिने तथा सभापति शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम रहेको जनाइएकाे छ ।
आरके श्रीवास्तव,हनुमत कुमार यादव,रौतहट,साउन ०९ गते ।
रौतहट सरदमुकाम गौरमा ६ दलले आज शक्ति प्रर्दशन गरेका छन् । छ दलिय मोर्चाले जुलुस सहित प्रर्दशन गरेका हुन् । सर्वदलिय÷सर्वपक्षिय संघर्ष समिति रौतहटको आयोजनामा मंगलवार प्रर्दशन गरिएको हो ।
गत साता आम जनता पार्टील जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको विरोध गर्दै प्रदर्शन गरेको थियो । त्यसकै काउण्टरमा ६ दलीय गठबन्धनले पनि प्रदर्शन गरेको छ । प्रदर्शनमा नेपाली कांग्रेस, जसपा, नेकपा एस, लोसपा, जनमत र माओवादीका रहेका छन् ।

प्रर्दशन पछि जिल्ला अदालतको छेउमा कोण सभा आयोजन गरिएको थियो । कोण सभामा सम्बोधन गर्दै ६ दलिय मोर्चाका नेताहरुले विभिन्न हत्याकाण्डमा संल्गन रहेको र आरोप लगाउँदै प्रभु साह लाइ पक्राउ गर्न माग गरेका हुन् ।
गौरस्थित विवादित राइस मिलमा २७ जना माओवादी वाइसीएलको हत्या भएको घटनालाई उछालेर दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गर्न थालेका आम जनता पार्टीका केन्द्रीय अध्यक्ष एवं स्वतन्त्र सांसद प्रभु साहलाई जिल्लामै घेराबन्दी गरिएको छ ।
गौर नगरपालिका स्थित रहेका राइस मिल प्रांगण देखि निस्केको प्रर्दशन भन्सार कार्यलय हुदै जिल्ला प्रसाशन कार्यलय गौर अगाडी नराबाजी गर्दै ज्ञापन पत्र बुझाई गौर जिल्ला अदालत अगाडी कोण सभामा परिणत भएको थियो ।
प्रर्दशनकारीहरुले “ हिन्दु नेता कासीनाथ तिवारीको हत्यारा लाई कार्यवाहि गर , कुस्ती खेलाडी उपेन्द्रदास बैरागीको हत्यारा लाई कार्यवाहि गर , शिक्षक सुनिल यादव को हत्यारा लाई कार्यवाहि गर , प्रभु सह लाई कार्यवाही गर जस्ता विभिन्न नारा सहित जुलुस प्रदर्शन गर्दै प्रभु साहलाई कारबाहीको माग गरेका हुन् ।

गौर घटनाको सम्पूर्ण जिम्मेवारी प्रभु साहले लिनुपर्ने जनता समाजवादी पार्टी रौतहटका अध्यक्ष श्याम बिहारी यादवले बताए । तत्कालीन मधेशी जनअधिकार फोरमले शान्तिपूर्ण कार्यक्रम गर्न लाग्दा माओवादीले बिथोलेर द्वन्द्व निम्त्याएको र त्यसको नेतृत्व प्रभु साहले गरेका कारण घटनाको मुख्य दोषी उनी रहेको अध्यक्ष यादवले बताए ।

प्रदर्शन कार्यक्रममा जसपाका केन्द्रिय सदस्य राम किसोर प्रसाद यादव ,पुर्व कृषि राज्य मन्त्री योगेन्द्र यादव , नेपाली कांग्रेसका जिल्ला सभापति सुनिल यादव ,एकीकृत समाजवादी पार्टीका ब्रिज किसोर यादव ,जनमत पार्टीका केन्द्रिय सदस्य असोक सिंह , लोकतान्त्रिक समाजवादी पार्टी नेता राम प्रवेश दास , रामेस्वर यादव , जसपा पार्टी जिल्ला अध्यक्ष श्याम बिहारी यादव लगेर हजारौ नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रभु साहले १७ वर्ष पुरानो हिंसात्मक घटनाको नाममा राजनीति गर्न खोजेको आरोप लगाउँदै उनीहरुले प्रर्दशन गरेका हुन् । तत्कालीन मधेशी जनअधिकार फोरम नेपालको २०६३ सालको चैत ७ गते राइस मिलमा आयोजित सभालाई विथोल्न खोज्दा हिंसात्मक घटना घटेको थियो ।
सिडियो लाइ बुझाइयो ज्ञापन पत्र

रौतहटमा आजपाका अध्यक्ष एवम् सांसद प्रभु साहलाइ पक्राउ गर्न माग गर्दै ज्ञापन पत्र बुझाइएको छ । आज प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ज्ञापन पत्र बुझाइएको छ ।
सर्वदलिय÷सर्वपक्षिय संघर्ष समितिका संयोजक रामकिशोर यादवको नेतृत्वमा गएको टोलीले गौर हत्याकाण्डको मुख्या योजनाकार नै प्रभु साह भएको ठहर गर्दै साहलाई पक्राउ गर्नु पर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा गौर राइस मिल लगायतका ठाउँहरुमा आत्म रक्षाको लागि गरिएको प्रयासलाइ झुठा मुदा बनाएकोले यस्तो भुठा मुदाको जाहेरी खारेज गर्न र नेपाल सरकार एवम् प्रधानमन्त्री कार्यालय लाइ ज्ञापनपत्र पठाउनुको साथै जिल्ला प्रहरी कार्यालय लाइ उक्त मुदा तामेलीमा राख्न अनुरोध गरिएको छ ।
हिन्दूवाही नेता पसौ विरगंज निवासी काशीनाथ तिवारी हत्याको क्रममा समातिएका अभियूक्तहरुको ठोस ब्यानले प्रभु साहको प्रत्यक्ष संलग्नता देखिएको र जिल्ला प्रहरी कार्यालय पर्साको प्रतिवेदनमा समेत सांसद साहको किटानी जाहेरी परेकोले साहलाइ पक्राउ गरि पुनः छानविनको दायरामा ल्याउन जोडदार माग गरिएको छ ।
काठमाडौं, ९ साउन । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्केका छन् ।
गत साउन २ सोमबार निर्वाचनको पर्यबेक्षण गर्नका लागि कम्बोडिया गएका ओली एक सातापछि स्वदेश फर्किएका हुन्।
सोमबार राती स्वदेश फर्केका ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, बिष्णु पौडेललगायतका पार्टीका शिर्ष नेताहरुले स्वागत गरेका थिए ।
कम्बोडियामा हालै सम्पन्न निर्वाचनको पर्यबेक्षण गर्न बिशेष अतिथिको रुपमा अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल, राजन भट्टराईसहित सचिवालयका अन्य सदस्यहरू सो भ्रमण टोलीमा सहभागी थिए ।
एक साता लामो कम्बोडिया बसाइका क्रममा उनले त्यहाँका प्रधानमन्त्री सामदेक टेचो हुन सेनसहित सरकारी उच्च अधिकारीसँग पनि भेट गरेका थिए।
काठमाडौं, ८ साउन । नेकपा एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष राजेन्द्र पाण्डेले पाएका छन् ।
अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन अध्यक्ष माधवकुमार नेपाल इन्डोनेसिया प्रस्थान गरेपछि उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।
बैठकमा सहभागी भएर अध्यक्ष नेपाल सिङ्गापुर र मलेसिया जानेछन्।
रौतहट ,साउन ८ गते ।
गढिमाइमा नगरसभामा ढिलाइ हुनुको कारण बारे वडा नम्बर १ का वडा अध्यक्ष रामपुकार यादवले खुलासा गरेका छन् । जनप्रतिनिधि बीच रहेको वादविवाद, आपसी द्धन्द्ध एवं मतभेदका कारण रौतहटको गढिमाई नगरपालिकाको नगरसभा अनिश्चित बनेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तर–सरकार वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार १० गतेभित्र राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा÷नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ ।
तर जनप्रतिनिधिबीचको विवादका कारण गढिमाइ नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ को अझै नीति तथा कार्यक्रम एवं बजेट ल्याउन सकेका छैनन् ।
बजेट भागबण्डा, करार कर्मचारीको तलव निकासा, यो भन्दा अघिका करोडौं बाँकी बक्यौता रकम भुक्तानी इत्यादी विषयमा जनप्रतिनिधि बीच कुरा नमिल्दा गढीमाईको नगरसभा अझै कहिले हुने हो भन्ने टुंगो लाग्न सकेको छैन ।
नगरपालिकाका वडा अध्यक्षहरुले नगर प्रमुख श्याम प्रसाद यादवसंग नगरसभा हुनुभन्दा अघि विभिन्न पाँच वटा माग पुरा गर्नुपर्ने शर्त राखेको बुझिएको छ । नगर प्रमुख यादवले आफुहरुको पाँच वटा माग पुरा गरेपछि मात्र नगरसभाका लागि सहमती जनाउने अडान वडा अध्यक्षहरुको रहेको बताईएको छ ।
नगरपालिकामा करारमा खटिरहेका सयौं करारका कर्मचारीको तलव भुक्तानी गर्न बाँकी रहेको ७ करोड ५६ लाख रुपैया भुक्तानी गर्नुपर्ने, गत आर्थिक वर्षको विकास निर्माण देखि लिएर अन्य कामको बाँकी रहेको करिव १८ करोड बक्यौता रकम भुक्तानी गर्नुपर्ने, गत आर्थिक वर्ष २०७९÷०८० मा भएको सम्पुर्ण खर्च सार्वजनिक गर्नुपर्ने, चालु आर्थिक वर्षमा आफुहरुलाई वडाको बजेट तिन करोड दिनुपर्ने लगाएतका माग आफुहरुले गरेको गढिमाई नगरपालिका–१ का वडा अध्यक्ष यादवले बताए ।
आफुहरुको यी मागहरु पुरा गरेपछि मात्र नगरसभाको माइन्युटमा हस्ताक्षर गर्ने प्रस्ताव मेयर यादव समक्ष गरेको भएपनि मेयर यादवले अहिलेसम्म यी माग पुरा गर्नेबारेमा कुनै जवाफ नदिएकोले नगरसभा हुन ढिलाई भएको वडा अध्यक्ष यादवको भनाई छ ।
नगरमा आवश्यक्ता भन्दा बढी करारका कर्मचारी भर्ति गरेका कारण उनिहरुको तलव अपुग हुने र नगरपालिकामाथी अनावश्यक आर्थिक भार थपिने भएको हुँदा करारका कर्मचारीको संख्या घटाउनुपर्ने उनले बताए ।
यसअघिको विभिन्न योजना र कामको गरी नगरपालिकाले उपभोक्ता समिति र संघ संस्थाको गरी अझै १८ करोड भन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ ।
नगरपालिकाले करोडौं रकम अझै भुक्तान गर्न राखेको बक्यौता रकम अनुसार नगरपालिकामा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार निर्माण लगाएतका क्षेत्रमा व्यापक परिवर्तण एवं सुधार हुनुपर्ने थियो तर पालिकामाथी करोडौं रकम बक्यौता भएपनि नगरको शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार लगाएतमा कुनै सुधार नभएको वडा अध्यक्ष यादवले बताए ।
नगरपालिकालाई समृद्ध र विकसित बनाउन यस चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, र कृषिलाई विशेष प्राथमिकता दिएर रकम छुट्टयानुपर्ने उनको माग छ ।
जनप्रतिनिधिबीच कै विवादका कारण गढिमाई जस्तै जिल्लाको माधवनारायण, फतुवा विजयपुर नगरपालिका, यमुनामाई गाउँपालिका र दुर्गाभगवती गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ को अझै नीति तथा कार्यक्रम एवं बजेट ल्याउन सकेका छैनन् ।
बुटवल, ८ साउन ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले पुरस्कारको व्यवस्था गरेकाले १०० किलो सुन बरामद गर्न सकिएको दाबी गरेका छन् ।
सोमबार बुटवलमा प्रेस युनियन रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले सूचना दिनेलाई पुरस्कार दिने व्यवस्थाकै कारण १०० किलो सुन समातिएको दाबी गरेका हुन् ।
यसअघि हटाइएको सुराकी पुरस्कार आफूले बजेट मार्फत पुनः निरन्तरता दिँदा उक्त सुन समातिएको उनको भनाइ छ ।
सुन तस्करी प्रकरणको जरैसम्म पुगेर अनुसन्धान गरिने र उक्त अनुसन्धानमा आफूले सघाउने बताएका उनले दोषी जोसुकैलाई कारबाही गरिने बताए ।
काठमाडौं, ८ साउन ।
नेपाल भ्रमणमा रहेका चीनको सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव यान च्याचिनले सभामसख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन् । काठमाडौंमा सोमबार भएको भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक आदानप्रदान लगायतका विषयमा छलफल भएको छ ।
भेटमा सभामुख घिमिरेले चीनले नेपाललाई उच्च महत्व दिँदै उपल्लोस्तरको भ्रमण गर्दै आएकोमा आभार व्यक्त गरे । ‘सन् २०१९ मा राष्ट्रपति सि चिनफिङको भ्रमणपछि उपल्लो स्तरको भ्रमण हुँदै आएको छ,’ उनले भने, ‘द्विपक्षीय राजनीतिक भ्रमणले नेपालको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास लिएको छु ।’
सभामुख घिमिरेले नेपाल सुन्दर र विश्वकै आकर्षक मुलुक रहेको बताउँदै चीनको सानो सहयोगले पनि समृद्धिका लागि सहयोग पुग्ने उल्लेख गरे । उनले संविधान निर्माणसँगै नेपालले स्थायित्व र विकासमा प्रगति हासिल गरिरहेको बताउँदै तत्कालिन केपी शर्मा ओली सरकारले गरेको पारवहन सन्धि र रसुवागढी–केरुङ रेल मार्गको विकासका लागि जोड दिए ।
हिमाल र नदी तथा धर्म र संस्कृतिले जोडिएका चीन र नेपालबीच प्रागैतिहासिक कालदेखि नै सुमधुर सम्बन्ध रहँदै सभामुख घिमिरेको भनाइ छ । उनले नेपाल आउने पर्यटकको मुख्य हिस्सा चीनको रहेको बताउँदै जसले नेपालको पर्यटन उद्योगमा टेवा पुर्याएको उल्लेख गरे ।
जन गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष ली चानशुको गएको वर्ष भएको भ्रमण र नेपालको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको एक महिना अघि भएको भ्रमणले संसदीय आदान प्रदान विस्तारित हुँदै गएको सभामुख घिमिरेको भनाइ छ ।
चीन संसारको आर्थिक शक्ति रहेको उल्लेख गर्दै सभामुख घिमिरेले नेपाललाई अन्नको भण्डार बनाउन नमूना कार्यक्रम सुरु गरेकोमा खुसी व्यक्त गरे ।
सीपीसी नेता यान च्याचिनले आफू चिनियाँ राष्ट्रपति चिनफिङको निर्देशनमा नेपाल भ्रमणमा आएको बताउँदै नेपाललाई अन्नमा आत्मनिर्भर बनाउन चीनले सहयोग गर्ने बताए । उनले आफ्नो नेपाल भ्रमणमा ८० लाख युआन अर्थात् नेपाली १४ करोड रुपैयाँ सहयोगको घोषणा गरे ।
नेता च्याचिनले सभामुख घिमिरेलाई चीन भ्रमणको निम्तोसमेत दिए ।
सोमबार नै एलआरआई स्कूल कलंकीमा भएको कार्यक्रममा सभामुख घिमिरे र नेता च्याचिनले भाषा ल्याबको सुरुवात गरे । सभामुख घिमिरेले चीन नेपालको भरपर्दो विकास साझेदार रहेको बताए ।
वासिंग्टन डिसी, ८ असार ।
रुसी राष्ट्रपति भ्लादिमर पुटिनले युक्रेनको काउन्टर अपरेसन असफल भएको दाबी गरिरहेका छन् ।
तर, यसैबीचमा अमेरिकाले भने युक्रेनले आफ्नो ५० प्रतिशत भूभाग रुसी कब्जाबाट मुक्त गरेको दाबी गरेको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनले आफुले गुमाएको ५० प्रतिशत भाग फिर्ता लिन सफल भएको दाबी गरेका छन । सीएनएनसँगको अन्तर्वार्तामा ब्लिन्केनले युक्रेनले निकै कठिन युद्ध लडेको पनि बताएका छन ।
युक्रेनले रुसबाट आफ्नो भूभाग मुक्त गराउनका लागि गरेको प्रतिआक्रमण अझै प्रारम्भिक चरणमा छ । ब्लिन्केनले युक्रेनी आक्रमण एक वा दुई हप्तामा अन्त्य नहुने बताएका छन । उनका अनुसार यो प्रति आक्रामण धेरै महिनासम्म जारी रहनेछन्।
उता, योसँगै युक्रेनले अर्को वर्ष नाटोको सदस्यता पाउने आशा गरेको छ ।
युक्रेनका विदेशमन्त्री ओलेस्की रेज्निकोभले आउँदो वर्ष हुने नेटो शिखर सम्मेलनमा यो संगठनको सदस्य बन्न सक्ने बताएका छन् । अर्को वर्ष वासिङ्टनमा हुने शिखर सम्मेलन हुदैँछ, संगठनले ७५ वर्ष पूरा गरेको उपलक्ष्यमा हुने सो सम्मेलन बिशेष मानिएको छ ।
काठमाडौं, ७ साउन ।
कम्बोडियाका प्रधानमन्त्री हुन सेनको कम्बोडियन पिपुल्स पार्टी (सीपीपी) ले राष्ट्रिय चुनावमा ठूलो जित हासिल गरेको दाबी गरेको छ ।
तर, आलोचकहरूले कम्बोडियाको यस चुनावलाई दशकहरूमा सबैभन्दा कम स्वतन्त्र र निष्पक्ष भएको बताएका छन३ । प्रतिपक्षीको अनुपस्थितिमा भएको यो निर्वाचनले मुलुकको लोकतन्त्रको खि
ल्ली उडाएको उनीहरुको भनाई छ ।
आइतवार चुनाव सकिएको केही घण्टापछि सीपीपीका प्रवक्ता सोक आइसनले भने, ‘हामीले शानदार जित हासिल गरेका छौँ तर अहिलेसम्म जितेको सिटको संख्याको स्पष्ट आंकडा छैन।’ यस अघि हुन सेनले आइतबार ८४ प्रतिशत मतदान भएको बताएका थिए । उनले सिट संख्याको बारेमा अहिलेसम्म कुनै जानकारी नभएको तर सत्तारुढ कम्बोडियन पिपुल्स पार्टीले ठूलो जित हासिल गरेको भने भन्न सक्ने बताएका छन् ।
एसियाकै सबैभन्दा लामो समय सेवा गर्ने ७० वर्षीय हुन सेनले पछिल्लो ३८ वर्षमा आफ्नो पार्टीको शक्ति लगातार बढाउँदै आएका छन् तर उनले यस पटकको चुनाव जितेर जेठा छोरा हुन मानेटलाई प्रधानमन्त्रीको जिम्मेवारी दिने घोषणा गरेका छन् ।
उनका छोरा ४० वर्षीय हुन मानेट वेस्ट प्वाइन्टको युएस मिलिटरी एकेडेमीबाट स्नातक, न्यूयोर्क विश्वविद्यालयबाट स्नातकोत्तर र बेलायतको ब्रिस्टल विश्वविद्यालयबाट पीएचडी गरेका हुन्। उहाँ हाल कम्बोडियाको सेना प्रमुख छन् ।
विपक्षी र मानव अधिकार समूहहरूले चुनावको विश्वसनीय प्रतिस्पर्धाको अभाव र हुन सेनको बलियो रणनीतिको लागि आलोचना गरेका छन्। हुन सेनले कम्बोडियामा आफ्नो शासनको विरुद्धमा भएका सबै विरोध प्रदर्शनलाई दबाएका छन्।
काठमाडौं, ७ साउन ।
नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले नेपाली सेनामाथि केही राजनीतिक दलबाट आक्रमण भएको बताएका छन् ।
जारी कांग्रेस केन्द्रीय समिति बैठकमा उनले सत्ता नपाएपछि केही राजनीतिक दलबाट सेनामाथि आक्रमण गरेको बताएका हुन् ।
‘आज आर्मीजस्ता संस्थामा केही पार्टीहरुले आक्रमण गरिराखेका छन्,’ उनले भने ।
आर्मीमाथि मात्र नभएर असंलग्न परराष्ट्र नीति, विदेशी सम्बन्धमाथि पनि प्रहार गर्ने काम भइराखेको उनको भनाइ छ ।
काठमाडौं, ७ साउन ।
राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङलाई सामाजिक सद्भाव खल्बल्याउने र जातीय विद्वेष पैदा गर्ने काम अविलम्ब बन्द गर्न आग्रह गरेका छन् ।
केही दिनयता साम्पाङको अभिव्यक्ति र कार्यको आलोचना भइरहेका बेला प्रवक्ता श्रेष्ठले हिन्दु धर्म र सनातन धर्मसंस्कृतिप्रति भ्रम पैदा गर्नेगरी दिएको साम्पाङको अभिव्यक्ति र शैली अशोभनीय र खेदजनक रहेको बताएका छन् ।
‘हिन्दुहरुप्रति निरन्तर तुच्छ गालीको भाषा बोल्ने, सनातन धर्मसंस्कृति प्रति भ्रम पैदा गर्ने, शालीन प्रतिवाद गर्नेलाई उल्टो चेतावनी दिने धरानका मेयर साम्पाङको हर्कतहरु अशोभनीय र खेदजनक छन् । सामाजिक सदभाव खल्बल्याउने, जातीय विद्वेष पैदा गर्ने प्रायोजित काम तिनले अविलम्ब बन्द गरून्,’ उनले फेसबुकमा लेखेका छन् ।
काठमाडौँ, ७ साउन ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका राजनीति ब्यूरो सदस्य युआन च्या च्युनले शिष्टाचार भेटवार्ता गरेका छन्।
तीन दिने नेपाल भ्रमणमा आउनुभएका युआनले राष्ट्रपति पौडेलसँग आइतवार राष्ट्रपति भवन शीतल निवासमा शीष्टाचार भेटवार्ता गरेका हुन्।
भेटमा दुईपक्षीय हित तथा पारस्पारिक सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको राष्ट्रपतिका परराष्ट्र विज्ञ डा सुरेश चालिसे जानकारी दिए।
भेटवार्तामा राष्ट्रपति पौडेलले एतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारका उच्च तहको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए।
युआन श्रीलंका भ्रमण सकेर आइतवार नै काठमाडौं आइपुगेका हुन्। सो अवसरमा नेपालका लागि चिनीयाँ राजदूत चेन सोङसहितको प्रतिनिधिमण्डलका सदस्यको उपस्थिति थियो भने परराष्ट्रविज्ञ चालिसे, राष्ट्रपति कार्यालय सचिव डिल्लीराज शर्मा, परराष्ट्र मन्त्रालयका चाइना डेक्स प्रमुख लोकबहादुर थापा लगायतको सहभागिता थियो।
काठमाडौं, ७ साउन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटालीको रोममा पुगेका छन् । इटालीमा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड रोम पुगेका हुन् । शनिबार साँझ काठमाडौंंबाट प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड स्थानीय समयअनुसार साढे ७ बजे रोम पुगेकोे उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई रोमस्थित अष्ट्रियाकाा लागि नेपाली राजदूत भरतकुमार रेग्मी तथा इटालीका परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डसँग कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत तथा प्रधानमन्त्री सचिवालय सदस्य तथा छोरी गङ्गा दाहाल पनि भ्रमण टोलीमा छन् ।
‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।
काठमाडौं, साउन ७ ।
कोशी प्रदेश सरकार गठनको प्रश्नलाई लिएर सर्वोच्च अदालतमा आज देखी बहस सुरु हुने भएको छ ।
कोशी सरकार गठन असबैधानिक भन्दै परेको रिटमा गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले दिएको निर्देशन अनुसार आज देखी बहस हुन लागेको हो ।
सो प्रदेशका निबर्तमान मुख्यमन्त्री तथा एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायधिस मल्लले विपक्षीसमेत रहेका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखसँग लिखित जवाफ माग गरेकी थिइन । जसअनुसार प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखले लिखित जवाफ पेश गरे पछि आज देखी कोशी सरकारको बैधानिकतामा बहस सुरु हुन लागेको हो ।
सभामुख बाबुराम गौतम सहितको हस्ताक्षर जोडेर नेपाली कांग्रेसका उद्धव थापाको नेतृत्वमा प्रदेश सरकार गठन गरे पछि एमालेले त्यसबिरुद्ध सर्वोच्चमा रिट दायर गरेका थियाे । निष्पक्ष रहनु पर्ने सभामुख गौतमसहितको हस्ताक्षरमा गरेको सरकार असंबैधानिक भन्दै खारेजीको माग एमालेकाे राखेकाे छ । जसमा आजवाट दुवै पक्षले आ आफनो तर्फवाट बहस गर्नेछन् ।
काठमाडौं, साउन ७ ।
नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक जारी रहेको छ ।
गत मंगलबार देखी सुरू भएको बैठक आज पनि जारी रहने छ ।
शनिवारका लागि स्थगित गरिएको उक्त बैठक आज बिहान ११ बजे देखी सुरु हुनेछ । बैठक सानेपास्थित कांग्रेस केन्द्रिय कार्यालयमा बस्नेछ ।
गत ५ साउनको बैठकमा गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा. नारायण खड्का, उमा रेग्मी, पद्मनारायण चौधरी, दिलेन्द्रप्रसाद बडू, आनन्दप्रसाद ढुंगानालगायतले आ आफनो धारणा राखेको केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन ।
उनका अनुसार अजयकुमार चौरसिया, अम्बिका बस्नेत, पुष्पा भुसाल, शंकर भण्डारी, मीनबहादुर विश्वकर्मा, ईश्वरी न्यौपाने, सीता गुरुङ, मिनाक्षी झा, सुजाता परियार, गोविन्द भट्टराई, प्रदीप पौडेल, चिनकाजी श्रेष्ठ, रमेश लेखक, सरिता प्रसाई, लक्ष्मी परियार, ध्यानगोविन्द रञ्जित, अमृत अर्याल, धु्रव वाग्ले, गेहेन्द्र गिरी, डा। आरजु राणा देउवा, जीतजंग बस्नेत, राजीव ढुंगाना र अञ्जनी श्रेष्ठले आ–आफ्ना धारणा राखेका थिए ।
आज बाँकी केन्द्रिय सदस्यहरुले आ आफनो धारणा राख्ने छन् ।
काठमाडौं, साउन ६ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका विभिन्न स्थानीय तहमा रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई शुन्यमा झार्ने निर्णय गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीको विशेष उपस्थितिमा बसेको उच्चस्तरीय व्यवस्थापन समुहको बैठकले यस्तो निर्णय गरेको हो ।
पदभार ग्रहण गरे देखि नै मन्त्री मोदीले स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । मन्त्री मोदीको प्रतिबद्धता र त्यसपछिको विभिन्न निर्णयको निरन्तरतामा मन्त्रालयले यस्तो निर्णय गरेको हो ।
निर्णयसँगै मन्त्रालयले निमित्तमार्फत् सञ्चालन भइरहेका स्थानीय तहमा दरबन्दी अनुसारका कर्मचारी खटाउन ेछन् । मन्त्री मोदी आउनुअघि झण्डै साढे ३ सय स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत थिए । मन्त्री मोदीले यो संख्या १ सय ४२ मा झारेका थिए ।
बैठकको निर्णयमा भनिएको छ, “स्थानीय तहका यस मन्त्रालयबाट खटाई पठाउने प्रमुख प्रशासकीय अधिकृतको दरबन्दीमा कानून बमोजिम निर्धारण गरेको पद तथा श्रेणीका कर्मचारी मात्र खटाउने नीति लिने तथा निमित्त खटाई कामकाज गर्ने प्रचलन निरुत्साहित गर्ने नीति लिने ।”
यसैगरी बैठकले प्रदेश सचिवको जिम्मेवारीमा पनि कानुन बमोजिम तोकिएको पद तथा श्रेणीको कर्मचारी पठाउँदा जेष्ठताका आधारमा मात्रै पठाउने निर्णय पनि गरेको छ । बैठकले स्थानीय तहहरुको वेबसाइट, सफ्टवेयरलगायत सूचना प्रविधिको उपयोग गर्दा साइबर सुरक्षाको संवदेशीलता प्रति विशेष सजगता अपनाएर मात्र उपयोग गर्ने गराउने प्रबन्ध मिलाउने निर्णय पनि गरेको छ ।
बैठकमा मन्त्रालयका सचिव डा. कृष्णहरी पुष्करले मन्त्रालयले सबै क्षेत्रमा उल्लेख्य सुधारका कामहरु गरिरहेको बताए ।
त्यस्तै मन्त्री मोदीले पदमा रहुन्जेलसम्म इमानदारिता पूर्वक देश र जनताको पक्षमा काम गर्नुपर्ने बताए । उनले प्रशासनिक र व्यवस्थापकीय क्षेत्रको उल्लेख्य सुधार मार्फत सुशासन कायम गर्ने आफ्नो प्राथमिकतामा सबैले साथ दिन आवश्यक रहेको समेत औल्याएका छन् ।
बैठकमा मन्त्रालयका सहसचिवहरु, मन्त्रालय मातहतका कार्यालयका प्रमुखहरुले आआफ्नो कार्यालयबाट भइरहेको कामको प्रगतिसहित आगामी कार्ययोजनाबारे धारणा राखेका थिए ।
काठमाडौं, ६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमणमा गएपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन्। प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघीय खाद्य शिखर सम्मेलनमा भाग लिन आजै इटाली प्रस्थान गरेका छन्।
इन्दीप कोइराला
बारा, ६ साउन । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले मधेशको समृद्धि एमालेबाट मात्रै सम्भव रहेको बताएका छन् । प्रेस चौतारी नेपाल बाराले सिमरामा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले उपमहासचिव ज्ञवालीले मधेश समृद्ध नभएसम्म देशको मुहार नफेरिने बताए ।
‘मधेशमा लामो समय नेपाली कांग्रेसले र २०६४ यता मधेश केन्दित दलहरूले राज गरिरहे पनि विकास, स्वास्थ्य र शिक्षाको आवस्था विकट जिल्ला कर्णालीको भन्दा पनि कमजोर पारिएको छ । यो मधेशका लागि दु:खदायी विषय हो’, उनले भने ।
एमालेको स्कुल विभाग प्रमुखसमेत रहेका पूर्वमन्त्री ज्ञवालीले पछिल्लो राजनैतिक घटनाक्रम र सरकार सञ्चलनप्रति इङ्तित गर्दै वर्तमान् सरकार देश र जनताका पक्षमा नभई विदेशीको हितमा काम गरिरहेको आरोप लगाए ।
प्रधानमन्त्री प्रचण्डको पछिल्लो भारत भ्रमण नेपालका हितमा भन्दा पनि भारतको इच्छा पुरागरिदिने कडी बनेको उनको भनाई थियो । ‘भारतले चाहेका जलविधुत आयोजना नेपालका तर्फबाट जिम्मा लगाउने काम भयो । भारतले २७ वर्षदेखी अलपत्र पारेएको माथिल्लो कर्णालीका सम्बन्धमा कुनै सम्वाद नगरि थप दुईवटा आयोजना पुन: जिम्मा लगाउने काम भएको छ,’ उनले भने ।
यस्तै सरकारले ललिता निवास र भुटानी सरणार्थी प्रकरणमा स्टन्ट गरिरहेको उनको भनाई थियो । भ्रस्टाचारको छानविन गर्न पहिला सरकारमा रहेकाहरु सफा हुनुपर्ने उनले बताए ।
आरके श्रीवास्तव,रौतहट,साउन ०६ गते ।
प्रभु साहको आम जनता पार्टी सँग मेरो कुनै सम्बन्ध नरहेको देवाहीगोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले बताउनु भएको छ । आज उनले आफनो निजी निवामा पत्रकारहरु सँग कुराकानी गर्दै यस्तो बताउनु भएको हो ।
आफू गत स्थानिय तहको निर्वाचनमा नेकपा एमाले पार्टी बाट नगर प्रमुखमा निर्वाचित भएको र नेकपा एमाले पार्टीमै रहेको स्पष्टोक्क्ती दिनु भएको छ । आफू एमाले पार्टीको कार्यबर्ता हुँ । अन्य कुनै पार्टी सँग मेरो कुनै सम्बन्ध छैन् । एमालेमै रहेर काम गर्नेमा प्रतिबद्ध छु । पत्रकारले मेयर साह सँग तपाइ आजपा तिर लाग्नु भएको हो भनि हल्ला छ नि ! भन्ने प्रश्नको जवाफमा उनले यस्तो बताएका हुन् ।
आजपा तिर आफू लागेको भनि गरिएको प्रचार भ्रामक र तथ्यहीन रहेको रहेको बताउनु भयो । राजनितीक माहौल बिगार्ने उदेश्यले यस्तो गलत प्रचार गरिएको प्रष्ट पारे । बदनाम गर्ने बदनियपूर्ण तरिका हल्ला फैलाएको हो । त्यस्तो हल्लाको पछाडी नलाग्न आग्रह गर्नु भयो । आफू अन्य पार्टीमा गएको भनि गरिएको प्रचारमा कुनै सच्चाइ नरहेको बताउनु भयो ।
आजपाका केही कार्यकर्ताहरुले नै यस्तो प्रोपगण्डा रचेको आरोप लगाएका छन् । कसैको नाम उचित नरहेको बताए । पछिल्लो समय पार्टी प्रशिक्षण कार्यक्रम,प्रदेश कमिटी बैठक,जिल्ला कमिटी बैठक लगायतको पार्टीको कार्यक्रममा लगनशिल र सक्रिय रहेको बताए ।
बिगतमा केही गतल प्रवृतिका व्यक्तीहरुको कारण नगरपालिका केही लथालिंग अस्तव्यस्त अवस्थामा भएपनि अहिले आएर सुधार भएको जानकारी गराए । यसमा सबै दलको सहयोग छ । नगरसभाको बन्दसत्र सम्पन्न गरिसकेका छौ । नगरपालिकाको विकास निर्माणको काम अब द्रुत गतिमा अगाडी बढनेमा विश्वास व्यक्त गर्नु भयो ।
काठमाडौं, ५ साउन ।
संसदीय कानुन न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी टिआरसी विधेयक टुंग्याउन उपसमितिको म्याद १५ दिन थपेको छ ।
शुक्रबार बसेको समितिको बैठकले उपसमितिको म्याद १५ दिन थप गर्ने निर्णय गरेको हो ।
टिआरसी विधेयकमा संशोधनकर्ता, सरोकारवालासँग छलफल गरिसकेको र प्रतिवेदन तयार गर्न बाँकी रहेकाले म्याद थप गर्न उपसमितिले आग्रह गरेको थियो । सोहीअनुसार समितिले शुक्रबार १५ दिन उपसमितिको म्याद थप गरेको हो ।
गत ५ जेठमा टिआरसी विधेयकमा दफावार छलफल गरि प्रतिवेदन बुझाउने गरी २१ दिनको समय दिएर ११ सदस्यीय उपसमिति गठन गरेको थियो ।
तर, प्रतिवेदन तयार गर्न समय नपुगेको भन्दै उपसमितिले म्याद थपका लागि आग्रह गरेको थियो । सोहीअनुसार शुक्रबार बसेको समिति बैठकले १५ दिनभित्र प्रतिवेदन बुझाउनेगरी उपसमितिका १५ दिन म्याद थपेको हो ।
काठमाडौं, ५ साउन । आज काठमाडौंमा राप्रपा नेपालले बिरोध प्रदर्शन गर्ने भएको छ ।
संयुक्त संयोजित संगठनहरुद्धारा आयोजित बिरोध प्रदर्शन दिउँसो २ बजे प्रदर्शन गर्न लागेका हुन ।
भद्रकालिमा भेला भई न्युरोड, असन हुदैँ रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर कोणसभा हुने प्रवक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिएका छन् ।

भ्रष्टचार बिरोधी तथा सुशाषनको पक्षमा, सिमा अतिक्रमण बन्द गर्नुपर्ने, बिदेशी हस्तक्षेप बन्द गर्नुपर्ने, हिन्दु राष्ट्र कायम गर्नु पर्ने तथा धमान्तरणको रक्षा गर्नुपर्ने मागसहित राप्रपा नेपाल सडक संघर्षमा उत्रिएको हो ।
काठमाडौं, ४ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको महाधिवेशन माघमा गर्न प्रस्ताव गरेका छन्। कीर्तिपुर, चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा जारी सचिवालय बैठकमा बिहीबार सदस्यहरूले उठाएको प्रश्नमाथि जवाफ दिँदै अध्यक्ष नेपालले माघमा महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्।
कसैले फागुन २१ गते महाधिवेशन गर्नुपर्ने, कसैले मंसिरमै गर्नुपर्ने भने पनि अध्यक्ष नेपालले पार्टीको महाधिवेशन माघमा गर्न प्रस्ताव गरेको उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए।
२०७८ भदौमा एमालेबाट विभाजन भएर गठन भएको एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गर्न लागेको हो।
जारी सचिवालय बैठकमा आगामी निर्वाचन एक्लै लड्नुपर्ने धारणा सदस्यहरूले राखेको थिए।
शुक्रबारदेखि सुरू भएको बैठक एक सातापछि भोलि सकिने कार्यसूची छ।
काठमाडौं, ५ साउन । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक जारी रहेको छ ।
गत मंगलबार देखी सुरु भएको केन्द्रिय समिति बैठकमा केन्द्रिय सदस्यहरुले बोल्ने क्रम जारी छ । जसअनुसार आजको बैठक विहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्दैछ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगर, ललितपुरमा बस्दै आएको छ । हिजोको बैठकमा ३५ जना केन्द्रिय सदस्यहरुले धारणा राखिसकेका छन । आजको बैठकमा बाँकी केन्द्रिय सदस्यहरुले क्रमशः धारणा राख्ने छन् ।
हिजोको बैठकमा केन्द्रीय सदस्यहरुसुरेन्द्रराज पाण्डे, कर्णबहादुर बुढा, रामजनम चौधरी, डा. गोपाल दहित, योगेन्द्र चौधरी, यज्ञराज जोशी, रमा कोइराला पौडेल, टेकप्रसाद गुरुङ, महेन्द्रकुमार राय, सञ्जयकुमार गौतम, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, चन्द्रबहादुर केसी, उमेशजंग रायमाझी, अब्दुल सत्तार, उदयशम्शेर राणा, राजेन्द्रकुमार केसी, उमेश श्रेष्ठ, राजीवबिक्रम शाहले आ आफनो धारणा राखिसकेका छन ।
साथै, हिजो बैठकमा डा चन्द्रमोहन यादव, सरस्वती बजिमय, चम्पादेवी खड्का, प्रकाश रसाईली स्नेही, ई मोहन आचार्य, मुक्ताकुमारी यादव, रंगमती शाही, मञ्जुकुमारी यादव, प्रतिमा गौतम, अजयवावु शिवाकोटी, गंगालक्ष्मी अवाल, उर्मिला नेपाल के।सी।, आमन्त्रित केन्द्रीय सदस्य नारायणी रायमाझी र आमन्त्रित कोशी प्रदेशका सभापति उद्धव थापाले आ–आफ्ना धारणा राखेको जनाईएको छ ।
इन्दीप कोइराला
बारा, ५ साउन । नेकपा एमालेको मधेस प्रदेश स्तरीय नेतृत्व विकास कार्यशाला विहिबारदेखि बारामा सुरु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका १६ स्थित शान्ति वाटिकामा आयोजित तीन दिने कार्यशालाको उद्घाटन एमाले उपमहासचिव प्रदीप ज्ञवालीले गरेका छन् ।
कार्यशालाको उद्घाटन गर्दै एमालेको पार्टी स्कुल विभाग प्रमुख समेत रहेका ज्ञवालीले मधेसका नेतृत्व तहमा रहेका नेतालाई आगामी एक वर्ष संगठन सुदृढीकरणका लागि केन्द्रीत रहन निर्देशन दिएका छन् । मधेसको प्रदेशसभामा निर्वाचित सांसद एमाले धेरै भएपनि बहुमत प्राप्तिका लागि अझै मेहनत गर्नुपर्ने ज्ञवालीको बताएका छन् ।
‘संख्यात्मक हिसाबले मधेसमा अहिले पनि एमाले ठुलो पार्टी हो तर यतिले पुग्दैन,’ ज्ञवालीले भने, ‘बहुमत प्राप्तिका लागि अझै मेहनत गर्नुपर्छ । त्यसका लागि एक वर्ष संगठन सुदृढिकरणमा ध्यान दिनुपर्ने हुन्छ ।’
मधेस प्रदेशको समृद्धिका लागि एमालेले देखेको सपना पूरा गर्नका निम्ति योजना र कार्यदिशा बनाएर अघि बढ्न ज्ञवालीले नेतृत्व तहलाई सुझाव दिएका छन् । ज्ञवालीले कार्यशालामा एमालेले बनाउन खोजेको मधेस र त्यसका लागि नेतृत्व तहको भूमिकाको छलफल गरिने बताएका छन् ।

भारतको नाकाबन्दीविरुद्ध डटेर सामना गर्ने, सुनकोशीको पानी मरिन हुदै बागमतीमा ल्याएर मधेसमा सिंचाइसुविधा सहज बनाउने एमाले र भारतविरुद्ध बोल्न नसक्ने अन्य पार्टीबीचको भिन्नता देखाउन पनि नेतृत्वतहले गम्भिरताका साथ अघि बढ्नुपर्ने ज्ञवालीको भनाई थियो ।
कार्यशाला उद्घाटन कार्यक्रममा एमाले सचिव एवम् मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटव्युरो सदस्य एवम् पार्टी स्कुल संयोजक पुरुषोत्तम पौडेल, पोलिटव्युरो सदस्य एवम् विषय विज्ञ प्रशिक्षक ईश्वरी रिजाल, पोलिटव्युरो सदस्य एवम् सांसद अच्युत मैनाली, पोलिटव्युरो सदस्य एवम् सांसद ज्वालाकुमारी साहलगायत मधेस प्रदेशबाट एमालेको केन्द्र, प्रदेश र जिल्लाको नेतृत्व तहमा रहेका नेताकार्यकर्ताको सहभागिता रहेको थियो ।
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमणमा जाने भएका छन् ।
बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ७ साउनदेखि हुने प्रधानमन्त्री प्रचण्डको इटालीको भ्रमण स्वीकृत गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
संयुक्त राष्ट्रंघको खानी तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम समिट २०२३ मा सहभागी हुन प्रधानमन्त्री त्यसतर्फ जाने भएका हुन् ।
जुलाइ २४, २५ र २६ मा इटालीमा हुने समिटमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा कृषि तथा पशुपंक्षी विकासमन्त्री बेदुराम भुसाल पनि सहभागी हुने मन्त्री शर्माले जानकारी दिइन् ।
काठमाडौँ, ३ साउनज।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बनेका पूर्वाधार नटिक्ने र दुर्लभ स्रोतको सही सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नुपर्ने बताएका छन् ।
बुधबार काठमाडौँमा आयोजित नेपाल इन्जिनियर्स एशोसिएसनको ६१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘बनेका पूर्वाधार संरचना पनि नटिक्ने र दुर्लभ स्रोतको पनि सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नैपर्दछ। विकासमा प्रत्यक्ष संलग्न रहनुभएका इञ्जिनियरहरूले हरेक वर्ष ल्याइने बजेटमा उल्लेख भएका विकास आयोजनाहरू समयमा नै सुरू गरेर समयमा नै निर्धारित बजेटको सीमाभित्र रहेर गुणस्तरीय रूपमा सम्पन्न गर्ने उपायको खोजीको पहल गर्नुहुने मैले विश्वास गरेको छु।’
सम्बोधनकाे पूर्णपाठ
नेपाल इन्जिनियर्स एशोसिएसनको ६१ औं वार्षिकोत्सवका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इन्जिनियर÷आर्किटेक्टहरूमा हार्दिक बधाइसहित शुभकामना व्यक्त गर्दछु।
मानव जीवनलाई सहज बनाउने विधि, प्रविधि र प्रणालीको खोजी गरी तिनलाई कार्यान्वयनमा ल्याउने इञ्जिनियरहरूसँग देश निर्माणका महत्वपूर्ण खम्बा हुन्। हामी राजनीतिक क्षेत्रबाट जनताको आर्थिक र सामाजिक अवस्थामा सुधार ल्याउन प्रयासरत छौँ। तपाईहरू अत्याधुनिक प्राविधिक शिक्षा, भौतिक पूर्वाधारको निर्माण, हरेक क्षेत्रमा प्रविधिको उपयोगका माध्यमबाट नागरिकको जीवनमा गुणात्मक परिवर्तन ल्याउँदै देशको मुहार फेर्न आधुनिक ज्ञान, सीप र अनुभव लिएर समर्पित भइरहनुभएको छ। हामी सबैको लक्ष्य एउटै छ, देश र जनताको सर्वोपरि हित र समुन्नति।
मुलुकको आर्थिक विकासको लागि भौतिक पूवार्धारको निर्माण पहिलो शर्त हो। भौतिक पूर्वाधार विकासको सम्बन्ध इञ्जिनियरसँग अभिन्न रूपले जोडिएको हुन्छ। ६० वर्षदेखि निरन्तर राष्ट्रको विकास र निर्माण लागिरहनुभएका इन्जिनियरहरुका सोंच–विचार, अनुभव र देश विकासको मार्गचित्रको बारेमा प्रत्यक्ष सुन्ने अवसर पाउँदा म खुसी छु।
नेपाली जनताको निकै ठूलो त्याग र बलिदानको जगमा देश संघीय लोकतान्त्रिक गणतन्त्रमा छ। यसलाई सुदृढ गर्दै समाजवादको आधार तयार पार्न पूर्वाधार क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ। राजनीतिक परिवर्तनका हिसाबले हामी सही मार्गमा छौँ। समावेशी लोकतन्त्रले देशका सबै जातजाति, वर्ग, समुदाय, धर्म र लिंगका नेपालीहरुलाई राजनीतिक, प्रशासनिक, शैक्षिक, आर्थिक र सामाजिक विकासका हर क्षेत्रमा समाहित गरेको छ। तीनै तहका सरकारहरू नागरिकको हितलाई केन्द्रमा राखेर काम गरिरहेका छन्। नागरिक अपेक्षा सम्बोधन गर्ने चुनौती अहिले पनि हाम्रोसामु छ।
सूचना र सञ्चार प्रविधिले साघुरिँदै गएको विश्वमा जब मानिसले आफूले चाहेजस्तो सुविधा आफू जन्मिएको हुर्किएको गाउँ, ठाउँ र शहरमा नपाउँदा बौद्धिक पलायनको खतरा रहन्छ, जुन परिस्थिति आज सिंगो देशले सामना गरिरहेको छ। यसलाई रोकेर देशमै रोजगारी र अवसरको सिर्जना गर्नेतर्फ सिंगो देशले गम्भीरतापूर्वक पहलकदमी लिनुपर्ने बेला आएको छ।
आन्तरिक स्रोत साधन कम भएको हाम्रो देशमा विकास बजेट चालु खर्चको तुलनामा त्यसै पनि न्यून छ। त्यो बजेट पनि हामी समयमा खर्च गर्न सकिरहेका छैनौँ। विकास बजेटको ठूलो हिस्सा असारमा खर्च हुन्छ। असारमा गरिएका विकास र निर्माण कार्य मनसुनको बाढी र पहिरोले बगाउछ। बनेका पूर्वाधार संरचना पनि नटिक्ने र दुर्लभ स्रोतको पनि सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नैपर्दछ। विकासमा प्रत्यक्ष संलग्न रहनुभएका इञ्जिनियरहरूले हरेक वर्ष ल्याइने बजेटमा उल्लेख भएका विकास आयोजनाहरू समयमा नै सुरू गरेर समयमा नै निर्धारित बजेटको सीमाभित्र रहेर गुणस्तरीय रूपमा सम्पन्न गर्ने उपायको खोजीको पहल गर्नुहुने मैले विश्वास गरेको छु। यसमा रहेका कानुनी, संरचनागत र प्रक्रियागत समस्या र त्रुटिहरूमा सहजीकरण गर्न सरकार सबै तत्पर छ।
एशोसिएसनले स्थापना दिवसको अवसरमा तय गरेको “आर्थिक उन्नतिको आधारः विकास र पूर्वाधार” शीर्षकको नारा निकै सान्दर्भिक छ। विकास र पूर्वाधार विना आर्थिक उन्नति संभव छैन।
विकासका लागि सरकारसँग स्रोत कम छ। त्यसैले निजी क्षेत्रको लगानी आवश्यक देखिएको छ। पूर्वाधारको क्षेत्रमा पनि वैदेशिक लगानी आउन सकोस्। आन्तरिक राजश्व तथा लगानी पनि बढोस् र ठूला पूर्वाधारमा विदेशी लगानी पनि आओस्। विकासको गति तीव्र भएपछि नै हाम्रो आर्थिक अवस्थामा सुधार आउने छ। देशको मुहार फेरिने छ। सबै नागरिकको मुहारमा हाँसो आउने छ, यसका लागि नेपाल सरकार र प्रधानमन्त्रीकारुपमा म स्वयं लागिरहेको छु।
वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार प्रतिवद्ध छ। सुशासनको लक्ष्य हासिल गर्न सरकारले भ्रष्टाचारविरोधी अभियानलाई तीव्रताका साथ अगाडि बढाइरहेको छ। सरकारको यस अभियानमा तपाईहरूलगायत आम जनसमुदायले देखाउनुभएको अपार समर्थन र ऐक्यवद्धताप्रति नेपाल सरकारको तर्फबाट विशेष आभार व्यक्त गर्दछु।
अन्त्यमा, ६१ औँ इन्जिनियर दिवसको अवसरमा विभिन्न विधामा उत्कृष्ट काम गरेर पुरस्कृत र सम्मानित हुनुभएका इञ्जिनियर मित्रहरूमा हार्दिक बधाइ ज्ञापन गर्दै फेरि एकपटक नेपाल इन्जिनियर्स एशोसिएसनको ६१ औँ वार्षिकोत्सवको सफलताको शुभकामना व्यक्त गर्दै विदा हुन्छु, धन्यवाद।
काठमाडौं, ३ साउन ।
काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदनको भवन भत्काएको छ ।

सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवनमा बुधबार डोजर चलाएको हो ।

यसअघि महानगर प्रहरीले भवन खाली गर्न सूचना दिएको थियो । तीन दिनअघि उक्त भवन खाली गर्न आग्रह गर्दा पनि नटेरेपछि बुधबार नगरप्रहरीले डोजर चलाएको हो ।

काठमाडौं, ३ साउन ।
ललिता निवास प्रकरणको सुनवाई नसकिए पछि बन्दी प्रत्यक्षीकरण सबन्धी मुद्धाको पेशी आज राखिएको छ ।
ललिता निवास क्याम्पभित्रको जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात किर्ते लगायतको कसुरमा थुनामा रहेका सञ्चार सचिव कृष्णबहादुर राउतसहितका व्यक्तिहरूले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट आजको पेशीमा राखिएको हो ।
गत सोमबारबाट सुरु भएको सुनुवाइ मंगलबारसम्म पनि नसकिएपछि हेर्दाहेर्दैमा राखी आजका लागि पेशी तोकिएको हो ।
सञ्चार सचिव राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमलगायतले आफूहरूलाई गैरकानुनी थुनामा राखिएको बन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए ।
तर, उनीहरुको रिटमा सुनवाई जारी रहेको भन्दै न्यायधिसद्धय न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले आजका लागि पेशी तोकेको हो ।
काठमाडौं, ३ साउन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालयको उदघाटन गर्ने भएका छन् ।
लामो समयको प्रतीक्षा पछि बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको सरकारले आज फिल्ड कार्यालयको उदघाटन गर्न लागेको हो ।
आयोजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइ कार्यालय रहेको सिउरेनीटार, गोरखामा सो आयोजनाको फिल्ड कार्यालय आज उद्घाटन गरिने छ ।
बूढीगण्डकी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगत श्रेष्ठका अनुसार आयोजना प्रभाबित क्षेत्र धादिङ र गोरखाका स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरुको उपस्थिति रहनेछ ।
काठमाडौं, ३ असार ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।
हिजो देखी सुरु भएको केन्द्रिय समितिको बैठकमा आजवाट केन्द्रिय सदस्यहरुले आ आफनो धारणा राख्ने छन् । प्रत्येक सदस्यलाइ ७ मिनेटकाे समय दिइएकाे छ । बैठक बिहान ११ बजे बोलाईएको छ ।
केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको पार्टीको केन्द्रीय कार्य समितिको पहिलो दिनको बैठकमा शिर्ष नेताहरूले विभिन्न प्रस्तुति राख्दै सकिएको थियो । मंगलबार दिउँसो २ बजे सुरु भएको बैठक पार्टी सभापति शेरबहादुर देउवाले बैठक प्रारम्भ भएको घोषणा गरेसँगै महामन्त्री विश्वप्रकाश शर्माले बैठकको एजेण्डा राखेका थिए।
त्यसपछि महामन्त्री गगनकुमार थापाले पार्टीको कार्ययोजना प्रस्तुत गरेका थिए । बैठकमा निर्वाचन परिचालन समितिको प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन पनि पेस भएको छ।
त्यसैगरी पार्टीका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनका सम्बन्धमा प्रस्तुति दिएको र प्रमुख सचेतक रमेश लेखकले पार्टीको संसदीय भूमिकाको सम्बन्धमा कुरा राखेको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
काठमाडौं, २ साउन।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको छ । बैठकको फेसबुकबाट लाइभ गरिएको छ । बैठक सुरुमै महामन्त्री विश्वप्रकाश शर्माले नेपाली राजनीतिक इतिहासमा पहिलोपटक पार्टीको बैठक लाइभ गरिएको बताए ।
काठमाडौं, २ साउन ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश फर्काउने अभियान चलाउँछु भन्नेहरु राष्ट्रिय पार्टीको रुपमा उदय भए पछि बिदेशिनेको संख्या बढेको आरोप लगाएका छन् ।
नेकपा एमालेको सरकार हुदाँ बिदेशिनेको संख्यामा कमी आएको दावी गर्दै महासचिव पोखरेलले पुराना पार्टी भनेर एमाले नजोडन आग्रहसमेत गरेका छन ।
‘नेकपा एमाले सरकारमा आउदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारवाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी नेकपा एमाले हो भन्ने जनविश्वासलाई उजागर गर्दछ,’ पोखरेलले भने, ‘तर, तथ्यहिन रुपमा पुराना पार्टीका कारणले विदेशीने बढे भनेर नेकपा (एमाले) लाई समेत जोड्ने प्रयास गर्नु कु–प्रचार हो।
उनले बिदेशमा रहेकालाई फर्काउँछु भन्नेहरुले राष्ट्रिय मान्यता पाएको पार्टी आए पछि थप समस्या भएको बताएका छन । ‘विदेशमा गएकाहरुलाई देश फर्काउछौ भन्नेहरुलाई गएको निर्वाचनमा जनताले लोकपृय मत दिए तर उनीहरु राष्ट्रिय पार्टीका रुपमा नेपाली राजनीतिमा उदयभएपछि नै विदेशीनेको संख्या झनै वढ्यो,’ उनले भनेका छन, ‘के यसको जिम्मेवारी नेकपा (एमाले) ले नै लिनुपर्ने हो र ? त्यसैले नयाँ र पुरानाका नाममा पक्ष र विपक्षमा बाडिनुभन्दा एजेण्डाका आधारमा ठिक र वेठिक छुट्याउनेगरी समस्याको समाधानका लागि छलफल र बहसमा जोडिनु जनता र राष्ट्रको हितमा हुनेछ ।’
काठमाडौं, २ साउन ।
नेकपा एमालेका नेता भीम रावल पुनः पार्टीमा सक्रिय भएका छन् ।
गृह जिल्ला अछाम पुगेका पुर्व उपाध्यक्ष रावल पुनः पार्टीमा सक्रिय भएका हुन । अछाम, साँफेबगरमा एमालेका नेता र कार्यकर्ताहरूसँग उनले पार्टीका गतिबिधि र काम कारबाहीका बारेमा छलफल गरेका छन । उनले त्यसको भिडियो पनि सामाजिक सञ्जालमा राखेका छन् ।
चितवन महाधिवेसनमा अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धामा उत्रिएका रावल पछिल्लो समयमा पार्टी गतिबिधिवाट टाढा रहदैँ आएका छन । केन्द्रिय सदस्यसमेत अस्विकार गरेका रावलले पार्टीको पद तथा गोपनियताको सपथसमेत लिएका थिएन । उनलाई पार्टीमा सक्रिय बनाउनका लागि बार्ता टोली गठनसमेत गरिएको थियो ।
तर, लामो समय देखी पार्टी गतिबिधिमा असंलग्न रहदै आएका रावल आज भने गृह जिल्ला अछाममा पार्टीको ब्यानर र झन्डा मुनी बसेर छलफल गरिरहेका छन् ।
काठमाडौं, २ साउन ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को एघारौं महाधिवेशनमा शेष घले समूह सहभागी नहुने भएको छ।
संस्थापन पक्षले सहमति अनुसारका शर्त पालना नगरेको भन्दै घले समूह एकता प्रक्रियाबाट पछि हटेको हो।
सोमबार सम्पन्न बैठकले विभिन्न एजेण्डामा छलफल गर्दै तीन वटा निणर्य गरेको घले समूहका सचिव कृष्ण केसीले जनाएका छन्।
एक १ महिनाअघि प्रधानमन्त्री पुष्पकमल दाहालको रोवहरमा दुवै पक्षबीच आगामी महाधिवेशन एउटै थलोमा गर्ने सहमति भएको थियो। दशौं महाधिवेशन एकताको महाधिवेशन हुन नसकेको स्वीकार गर्दै एघारौं महाधिवेशन सहमति, सहकार्य र एकताको अधिवेशन बनाउने संकल्पसहित दुवै पक्षबीच ७ बुँदे सहमति भएको थियो।
सहमतिपत्रमा एनआरएनएका अध्यक्ष बद्री केसी, अर्को पक्षका अध्यक्ष विनोद कुँवर, उपाध्यक्ष जानकी गुरुङ र केसी पक्षका उपाध्यक्ष डीबी क्षेत्री तथा आरके शर्माले हस्ताक्षर गरेका थिए। तर, घले समूहले भने संस्थापन पक्षले सहमति कार्यान्वयन नगरेको आरोप लगाउँदै यसबारेमा सरकारका प्रतिनिधिलाई जानकारी गराउने जनाएको छ।
‘एकताको ११ औं महाधिवेशनबारेमा अर्को पक्षसँगको संयुक्त बैठकमा भएका ७ वटा निर्णयमध्ये हामीले विश्वभरि नै पहलको पालना गरेको तर, अर्कोपक्षले कार्यान्वयन नगरेकाले सबै कुराको प्रतिवेदनसहित नेपाल सरकारलाई जानकारी गराउने,’ बैठकमा निर्णय भएको छ। यसअघि राष्ट्रिय समितिहरूका दुवै पक्ष मिलेर गर्ने सहमति भएको थियो। तर, संस्थापन पक्षले आफूहरूसँग सहमति पालना नगरी एकलौटी ढंगले एनसीसीको अधिवेशन गरिरहेको घले पक्षको तर्क छ।
‘राष्ट्रिय महाधिवेशन सम्बन्धमा तत्काल विश्वभरीका सबै एनसीसीहरू सम्मानजनक रुपमा एकता हुने अवस्था नदेखिएकाले एनसीसीहरूले आफ्नो देशको परिस्थिति र विधान अनुसार सदस्यता खुला गर्दै राष्ट्रिय महाधिवेशनको तयारी गर्ने। यसका लागि आरसीसीहरुले पहल गर्ने,’ बैठकको निर्णय छ।
रौतहट, १ साउन। गौर हत्याकाण्ड पीडित संघर्ष समितिले दोषीलाई कारबाहीको माग गर्दै अनिश्चितकालीन रौतहट बन्दसहितको आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएको छ ।

घटनापछि जाहेरी दर्ता गरेको १७ वर्षसम्म दोषीउपर कानुनी कारबाही नभएको भन्दै समितिले सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै संघर्षका कार्यक्रमबारे पनि जानकारी दिएको छ ।

७ चैत २०६३ मा रौतहटको गौरस्थित राइसमिल चौरमा तत्कालीन नेकप माओवादी र तत्कालीन मधेशी जनअधिकार फोरमले कार्यक्रम गर्न लाग्दा भएको घटनामा २८ जनाको मृत्यु भएको थियो । सो घटनापछि २८ चैत २०६४ मा रौतहट जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको सोमबार १७ वर्ष वितिसक्दा पनि कारबाही प्रक्रिया नथालेको भन्दै समितिले आन्दोलित भएको हो ।

सोमबार समितिले प्रदर्शनसमेत गरेको छ । ‘अमानवीय र विभत्य हत्या गर्ने गौर हत्याकाण्डका हत्यारा अपराधीहरुलाई वर्षों वर्षसम्म पनि अनुसन्धानको दायरामा ल्याई कारवाही नगर्नाले हामी पीडितहरुको आँखा अगाडि नै अपराधिहरु खुलेआम घुमी रहेको देख्नु पर्दा हामीलाई अझ बढी पीडा बोध हुन गएको छ । घटना घटेको अमानवीय र विभत्स हत्याकाण्डका दोषीलाई कानुन बमोजीम अविलम्ब कारबाही गरी हामी पीडितहरुलाई अपराध पीडितको हक प्रचलन गराई न्यायको प्रत्याभूति दिलाउन विनम्र अनुरोध गर्दछौं,’ समिति संयोजक रुपसागर देवीले हस्ताक्षर गरेर प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

कारबाही नगरेमा आन्दोलनमा उत्रिने घोषणा गर्दै संघर्षका कार्यक्रमबारे पनि प्रजिअलाई जानकारी गराएका छन् ।
जसअनुसार साउन२–१२ गतेसम्म पलिकाहरूमा गौर हत्याकाण्डको जानकारी एवं अन्तरक्रिया गर्ने, साउन १३ गते शहीद परिवार एवं पीड़तिहरूद्वारा धर्ना दिने, साउन १४ गते मोटरसाइकल ¥याली गर्ने र साउन १५ देखि अनिश्चितकालीन रौतहट बन्द गर्नेछ ।
मितिः २०८०/०४/०१
श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यू, जिल्ला प्रसाशन कार्यालय गौर, रौतहट
विषयः ज्ञापन पत्र
२०६३ साल चैत्र ७ गते रौतहटको गौर स्थित राइसमिल चौरमा दिउसो १ः४५ बजे तत्कालिन नेकपा माओवादीको मञ्च बनाई सभा गर्न लाग्दा सो कार्यक्रममा उपस्थित नेकपा माओवादी समर्थकहरु निर्दोष एवं निहता नागरिकहरु उपर उपेन्द्र यादवको नेतृत्वमा रहेको तत्कालीन मधेशी जनअधिकार फोरमले ठूलो संख्यामा अफ्नो कार्यकतालाई मानव ढाल बनाइ केही पेशेवर आपराधिक समूहको जत्थाले सुनियोजित रुपमा भिषण एंव अमानवीक अमानुषिक एंव नरसंहारकारी, पाशविक रुपमा गरेको कुरुर आक्रमणवाट २७ जना सर्वसधारणको घटना स्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु र सयौँको संख्यामा निर्दोष नागरिकहरु घाइते भएका थिए ।
भिषण आक्रमणवाट मारिएकाहरु मध्ये अधिकांस स्वचालित बन्दुक हतियारले गोली हानी मारिएको र साथै बाँसको फट्टा, ढुङ्ग÷इट्टाले टाउको र मुखमा थिचेर धारीलो हतियार प्रहार गरेर मारेका थिए । महिलाहरुलाई बाँसको भाटाले सम्वेदनशील अंगहरुमा घोचेर, बलात्कार गरी स्तन काटेर छटपटीरहेको अवस्थामा जिउदै आगो लगाएर हत्या गरिएको थियो । घटना स्थलवाट ज्यान बचाउन भाग्दै गरेका निराष नागरिकहरुलाई अपराधिहरुले गौरभन्दा सात आठ किलोमिटर टाढासम्म गौंडा कुरेर तथा लखेटी लखेटी हत्या गरेका थिए । यसलाई गौर हत्याकाण्डको नामले समेत चिनिन्छ ।
उपरोक्त माहोल र पृष्ठभुमिमा तत्कालिन अवस्थामा नेपालमा मात्र नभइ विश्वमानै चर्चामा र शान्ति प्रक्रियामा रहेको नेकपा माओवादीको हत्या गरेमा आफुलाई अझ बढी उत्कृष्ट एंव शाक्तिशाली बन्ने अभिष्ट लालसाको साथ उपेन्द्र यादव नेतृत्वको जत्थाले यस्तो जघन्य अपराध गरेको हो । यो घटना प्रचालित नेपाल कानुन बमोजिम मात्र अपराध नभइ नेपाल पक्ष रहेको टरचर कन्भेन्सन लगायतका अन्य अन्तराष्ट्रिय महासंधी समेतले यस्ता प्रकारको जघन्य अपराधलाई अन्तर्राष्ट्रिय अपराधको रुपमा स्वीकार गरेको अवस्था छ । घटनाको भोलीपल्ट तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौला, सञ्चार मन्त्रि कृष्णबहादुर महरा र राष्ट्रसंघीय मिसन अनमिनका प्रतिनिधि पनि घटना स्थल पुगी घटनाको निरिक्षण गर्नुभएको थियो । घटनाको वास्तविक तथ्य पतालगाउनको लागी नेपाल सरकारले तत्कालिन पुनरावेदन अदालतका मा. न्यायधिश श्री हरि प्रसाद शर्माको संयोजकत्वमा गठन गरेको छानविन आयोगले नेपाल सरकारलाई बुझाएको प्रतिवेदनमा राष्ट्रिय मानव अधिकार आयोग समेतको प्रतिवेदनले यस घटनालाई राजनैतिक झडप नभइ जघन्य एंव अमानुषिक र अमानवीय अपराध गरेको भनी तथ्यगत बुंदा पुष्टिहुने गरी निष्कर्ष सहितको प्रतिवेदन पेश गर्दा पनि नेपाल सरकारले यस्ता जघन्य अपराधमा संलग्न अपराधिहरुलाई कानुनी दायरामा ल्याई कार्वाही नगरेकोले रौतहट जिल्ला प्रहरी कार्यालयमा मिति २०६४ चैत्र २८ गते जाहेरी दर्ता भएको आज १७ वर्ष वितिसक्दा पनि कार्वाहीको प्रारम्भिक चरणको काम पनि भएको छैन ।
नेपालको संविधानको धारा २१ बमोजिम अपराध पिडितको हक मौलिक हक हो उपधाग (१) अनुसार अपराध पिडितलाई आफु पिडित भएको मुद्धाको अनुसन्धान तथा कार्वाही सम्बन्धी जानकारी पाउने हक हुनेछ र उपधारा (२) अनुसार अपराध पिडितलाई कानुन बमोजीम समाजिक पुनःस्थापना र क्षतिपुर्ति सहितको न्याय पाउने हक समेतको अनुसन्धान उल्लङ्घन भएको छ । न्याय इन्साफ पाउनलाई सम्मानित सर्वोच अदालत प्रक्रियालाई अगाडि बढाउन मात्र परमादेशको माग सहितको निवेदन दर्ता भएको अवस्था रहेको छ ।
तसर्थ अमानवीय र विभत्य हत्या गर्ने गौर हत्याकाण्डका हत्यारा अपराधीहरुलाई वर्षों वर्षसम्म पनि अनुसन्धानको दायरामा ल्याई कारवाही नगर्नाले हामी पिडितहरुको आँखा अगाडि नै अपराधीहरु खुल्याम घुमी रहेको देख्नु पर्दा हामीलाई अझ बढी पिडा बोध हुन गएको छ । घटना घटेको अमानवीय र विभत्प हतयाकाण्डका दोषीलाई कानुन बमोजीम अविलम्ब कार्वाही गरी हामी पिडितहरुलाई अपराध पिडितको हक प्रचलन गराई न्यायको प्रत्याभुति दिलाउन विनम्र अनुरोध गर्दछौ ।
अन्तः गौर हत्याकाण्डका अपराधीहरुलई कवांही नगरेमा हामी पिडितहरु विभिन्न संघर्षका कार्यक्रमहरु अगाडी बढाउने छौ ।
संघर्षका कार्यक्रमहरू :
श्रावण १ गते : सीडीओलाई ज्ञापन पत्र
श्रावण २–१२ गते सम्म पलिकाहरूमा गौर हत्याकाण्डको जानकारी एवं अन्तरक्रिया श्रावण १३ गते ः शहीदपरिवार एवं पीड़तिहरूद्वारा धर्ना
श्रावण १४ गते : मोटरसाइकल ¥याली
श्रावण १५ गतेदेखि अनिश्चितकालीन रौतहट बन्द
बोधार्थ :
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
मानव अधिकार आयोग
सर्वोच्च अदालत
रुपसागर देवी
संयोजक, गौर हत्याकाण्ड पीडित संघर्ष समिति
काठमाडौं, २ साउन । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक जारी छ ।
गत शुक्रबार देखी जारी भएको केन्द्रिय सचिवालय बैठक आज पनि बस्न लागेको हो ।
सचिवालयका सदस्यहरुले बोल्ने क्रम बाँकी रहेकाले बैठक आजसम्म लम्बिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार आजको बैठक बिहान ९ बजे देखी सुरु हुनेछ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा उक्त बैठक बस्नेछ ।
समसामयिक घटनाक्रम, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीतिमा छलफल केन्द्रित गरिएको बैठकमा हिजो सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, उपमहासचिवद्वय डा विजय पौडेल र डा गंगालाल तुलाधरले आफ्ना धारणा राखेका थिए ।
आजको बैठक अन्य नेताहरुले धारणा राख्ने छन् ।
काठमाडौं, २ साउन । नेपाली कांग्रेसकाे केन्द्रिय समिति बैठक बस्दैछ ।
सानेपा, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसाे १ बजे बाेलाइएकाे छ ।
कांग्रेसले मंगलवार बस्ने केन्द्रीय समितिको बैठकका लागि १० वटा एजेन्डा तय गरेको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री विश्वप्रकाश शर्माले पहिलो एजेन्डाको रूपमा समसामयिक विषय रहने र त्यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरूमा छलफल हुने बताए ।
त्यसैगरी साङ्गठनिक कार्ययोजना र कार्यतालिका प्रस्तुत हुने उनले जानकारी दिएका छन् । उनका अनुसार कार्यसम्पादन समितिले गरेका निर्णयहरू अनुमोदनको प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेस र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि प्रस्तावित हुनेछ ।
केन्द्रिय समिति बैठकमा विभाग गठनको प्रस्ताव, पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रस्तुत, अनुशासन समितिको प्रतिवेदन पेस गर्ने एजेन्डा पनि रहेको छ । अरू एजेन्डाहरूमा पार्टीले प्रतिनिधि सभामा खेलेको भूमिकाको सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउने र उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधिहरूको सम्बन्धमा बैठकलाई जानकारी गराउने कार्यतालिका बनाइएकाे छ ।
केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गर्ने सम्बन्धमा पनि छलफल भइरहेको महामन्त्री शर्माले जानकारी दिए ।
काठमाडौं, १ साउन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आज धार्मिक यात्रा गर्ने भएको छ ।
राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले साउने सोमबारको पहिलो दिन धार्मिक यात्रा गर्न लागेको हो ।
सो पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रका अनुसार सो धार्मिक यात्रा मैतीदेवीवाट सुरु भई पशुपतिनाथमा गएर समापन हुनेछ । जसका लागि दिउँसो १ बजे समय तोकिएको छ ।
काठमाडौँ, १ साउन ।
सञ्चार सचिव कृष्णबहादुर राउतसहितलाई अदालतमा आज उपस्थित गराईदैँछ ।
सर्वोच्च अदालतको आदेश अनुसार ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहेका सञ्चारसचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङसहितलाई सोमबार अदालतमा उपस्थित गराईन लागिएको हो ।
हिजो आइतबार अन्य बन्दीको रिटका कारण उनीहरुको मुद्दा हेर्न नभ्याइए पछि सर्वोच्च अदालतले सोमबार अदालतमा पेश गर्न आदेश दिइए अनुसार आज उनीहरु उपस्थित हुन लागेका हुन् ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार आइतबार हेर्न नभ्याइए पछि सर्वोच्चले सोमबारको पेशी दिएर इजलाशमा पेश गर्न आदेश दिएको हो ।
काठमाडौं, १ साउन । नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दैछ ।
केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्नका लागि उक्त बैठक बस्न लागेको हो ।
सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई केन्द्रिय समिति बैठकमा छलफल गर्ने अजेन्डा तय गर्नका लागि पदाधिकारी बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ । बैठक दिउसो २ बजे बस्नेछ ।
देउवाले भोलि पदाधिकारीसँग छलफल गरेपछि पर्सी बिहान दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग पुनः छलफल गर्ने बुझिएको छ ।
गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको श्रीमती सिता दाहालको निधन पछि स्थगित भएको सो बैठक साउन २ गते बस्दैँछ ।
आजको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्नेछ ।
काठमाडौं, असार ३१ ।
नेकपा एमालेले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी स्थायी कमिटी सदस्य गुरु बराललाई दिने निर्णय गरेको छ । आज बसेको पार्टीको सचिवालय बैठकले बराललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
यसअघि एमालेले नेताहरूको जिम्मेवारी हेरफेर गर्दा अन्य ६ वटा प्रदेश इन्चार्जको जिम्मेवारी ६ जना पार्टी केन्द्रीय सचिवलाई दिए पनि बागमतीको इन्चार्ज तोकिएको थिएन । सचिवालय बैठकले केही पार्टी विभागहरूमा सदस्य थप गरेको छ । बैठकले साउन १५ भित्र पार्टी सदस्यको प्रमाणीकरण सकेर प्रदेश अधिवेशनमा लाग्ने निर्णय गरेको छ । बैठकले विभिन्न समसामयिक ६ वटा प्रस्ताव पारित गरेको छ ।
जसअनुसार कोशी प्रदेशको सरकार गठनमा सभामुख सामेल भएको भन्दै त्यो अवैधानिक भएकाले संविधानसम्मत नयाँ सरकार गठन गर्नुपर्ने, लम्पी स्किन रोग महामारीका रुपमा फैलँदा समेत सरकारले त्यसको रोकथाममा उचित ध्यान नदिएको, मिटरब्याजी समस्या समाधानमा नयाँ विधेयक ल्याउनुपर्ने, विश्वविद्यालयमा सत्तापक्षका विद्यार्थीबाट भएका तालाबन्दी, तोडफोडको निन्दा र अविरल वर्षाका कारण बाढी पहिरोबाट प्रभावित जनजीवनलाई सामान्यमा बदल्न सरकारसँग माग गरेको छ ।
काठमाडौं, ३१ असार । प्रतिनिधिसभा बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह १ः०० बजे बोलाइएको छ ।
संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसुची अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संसोधन गर्न बनेको बिद्येयक २०८०’ लाई प्रस्तुत गर्नेछन् ।

उनले सो प्रस्ताव माथीको संसोधनहरुलाई निर्णायार्थ प्रस्तुत गर्ने देखी पारित गरियोस भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
यसैगरी, शिक्षा बिज्ञान तथा प्रवृधि मन्त्री अशोककुमार राइले राष्ट्रिय सभामा उत्पति भएको ‘नेपाल विश्वबिद्यालय बिद्येयक २०८०’ माथी बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचीमा उल्लेख गरिएको छ ।
लण्डन, ३१ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत बेलायत आइपुगेका छन् ।
नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङका अनुसार उनी एक निजी भ्रमणका शिलशिलामा लण्डन आएका हुन् ।
शुक्रबार साँझ लन्डन आइपुगेका उनलाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, नेपाली जनसम्पर्क समिति बेलायत सभापति युवराज गुरुङलगायतले लण्डन विमानस्थलमा स्वागत गरेका थिए । निजी भ्रमणमै आएका भए पनि मन्त्री बस्नेतले बेलायती स्वास्थ्यमन्त्री स्टिभ बार्कलेसंग भेट्ने र यहाँका केही अस्पतालहरुको भ्रमण गर्ने पनि कार्यक्रम छ ।
त्यस्तै, जनसम्पर्क समिति बेलायतले पनि उनको सम्मानमा आइतबार बेलुका अल्डरसटमा एक स्वागत कार्यक्रम गर्ने भएकाे छ ।
काठमाडौं, ३१ असार । परराष्ट्रमन्त्री एनपी साउद आज थाइल्याण्ड प्रस्थान गर्दैछन् ।
बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी हुनका लागि मन्त्री साउदको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल आज बैंककतर्फ प्रस्थान गर्न लागेको हो।
जसअनुसार आइतबार दिउँसो साढे १ बजे उनी थाई स्माइल एयरवेजमार्फत बैंकक प्रस्थान गर्नेछन भने परराष्ट्र मन्त्री साउँदको सचिवालयका अनुसार उनी साउन २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
आरके श्रीवास्तव,गरूडा,असार ३० गते
राैतहटकाे गरूडा नगरपालिकाले घुम्ती शाैचालय खरिद गरेको छ । नगरपालिका अन्तर्गत सार्वजनिक स्थानमा राख्नकाे लागि घुम्ती शाैचालय खरिद गरिएको हाे ।
नगरपालिकाले ४ वटा घुम्ती शाैचालय खरिद गरेकाे छ ।खरिद गरिएका उक्त शाैचालयहरू छिट्टै सञ्चालनमा ल्याइने नगर प्रमुख कन्थमनी जयसवालले बताउनु भयाे ।
पछिल्लो समय घुम्ती शौचालय निकै उपयोगी बन्दै गएको छ । विभिन्न चाड पर्व,बजारमा र मेलाको समयमा अति उपयोगी मानिएको छ । सार्वजनिक स्थलहरूमा शाैचालय नहुँदा गरूडा बजारमा आउने ग्राहकहरूलाई समस्या हुने गरेकाे थियाे । अब उपरान्त उक्त समस्या हट्ने भएको छ ।
काठमाडौं, ३० असार । नेककपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।
हिजो देखी सुरु भएको केन्द्रिय सचिवालयको बैठक आज पनि बस्न लागेको हो । नेताहरुले बोल्ने क्रम अझै बाँकी रहेकाले बैठक लम्बिएर आज पनि बस्नु परेको हो ।
माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा सो बैठक हिजो शुक्रबारवाट सुरु भएको हो ।
प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकमा मुलुकमा विकसित राजनीतिक घटनाक्रम, सरकार तथा संसदसहितका क्षेत्रमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, आन्तरिक पार्टी सङ्गठन सुदृढीकरण अभियानको समीक्षा तथा समसामयिक विषयमा छलफल भइरहेको छ । सोही बिषयमा सचिवालयका सदस्यहरुले आ आफनो धारणा राखिरहेका छन् ।
काठमाडौं, २९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूहरु मिटरब्याजपीडितको पक्षमा रहेको बताएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाका सभापति तथा संसदीय दलको नेता रवि लामिछानेले आफूहरु मिटरब्याजपीडितलाई तत्काल न्याय दिनुपर्ने पक्षमा रहेको बताए ।
उनले पीडितलाई न्याय दिनका लागि ल्याउनुपर्ने विधेयक संसदमा किन नल्याएको भन्दै प्रश्न गरे ।
कसको कारण र किन उक्त विधेयक नल्याएको भन्दै प्रश्न गरेका उनले तत्काल उक्त विधेयक संसदमा ल्याएर पीडितलाई न्याय दिनुपर्ने माग गरे ।
काठमाडौं, २९ असार ।
जनमत पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ। डा. सीके राउतले नेतृत्व गरेको जनमत पार्टीको आज बसेको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो।
बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र २१६ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरेको छ।
केन्द्रीय समितिमा अधिकांश नयाँ सदस्य रहेका छन्। यसअघि केन्द्रीय समितिमा रहेका केहीलाई भने सचिवालयमा ल्याइएको पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले बताए।
उनका अनुसार बैठकले पार्टी प्रवक्ताको डा. शरदसिंह यादवलाई दिएको छ।
पाको विधानअनुसार ३५१ सदस्यीय बनाउनुपर्ने केन्द्रीय समिति तत्काललाई २१६ सदस्यीय बनाइएको छ।
काठमाडौं, २९ असार ।
मेरिकाका लागि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी अनुदान सहायता परियोजना एमसीसी कार्यान्वयनबारे चर्चा गरेका छन्।
परराष्ट्रमन्त्री एनपी साउदसँग शुक्रबार अपरान्ह मन्त्रालयमा भएको भेटवार्ताका क्रममा उनले एमसीसी कार्यान्वयनबारे गर्नु गरेका हुन्।
भेटमा सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकहरुको सूचीबाट स्तरोन्नति र सो पश्चात् पनि अमेरिकाबाट नेपाललाई प्राप्त हुने सहयोगको निरन्तरता र बढोत्तरी र दुबै मुलुकबीचको द्विपक्षीय हितका विषयमा छलफल भएको छ।
परराष्ट्रमन्त्री साउदले सहायक मन्त्री लुलाई अमेरिकाबाट प्राप्त नियमित सहयोग र कोभिड–१९ को संकटको समयमा प्राप्त भएको विशेष सहयोगका लागि कृतज्ञता व्यक्त गरे।
सहायक विदेशमन्त्री लुले विकासका आकांक्षा पूरा गर्ने सन्दर्भमा पुरानो विकास साझेदारको नाताले नेपाललाई अमेरिकाको सहयोग निरन्तर रहने प्रतिवद्धता जनाए।
भेटका क्रममा उनले अमेरिकामा ठूलो संख्यामा रहेको नेपाली समुदायले अमेरिकी अर्थतन्त्रमा पुर्याएको योगदान र हासिल गरेको प्रगतिको प्रशंसा गरे। दुई देशको बीचको लामो मित्रवत् सम्बन्धको परिप्रक्ष्यमा उच्चस्तरीय भ्रमणको आदान–प्रदानको महत्वबारे समेत भटवार्ताका क्रममा चर्चा भएको थियो।
काठमाडौं, २९ असार ।
नेकपा एमालेको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका एजेण्डा तय गरेको छ ।
महासचिव शंकर पोखरेलको नेतृत्वमाआज केन्द्रीय कार्यालय बैठक बसेको हो । उक्त बैठकले भोली बस्ने सचिवालय बैठकका एजेण्डा तय गरेको बताइएको छ ।
यसपटक धेरै र महत्त्वपूर्ण एजेण्डा नभए पनि नेताहरूको जिम्मेवारी र कार्यक्षेत्रको रिपोर्टिङ, पुष्पलाल स्मृति दिवस मनाउने र त्यसको तयारी तथा समसामयिक राजनीतिक प्रस्तावमाथिको छलफल एजेण्डाका रूपमा रहेका छन्।
एमाले केन्द्रीय कार्यालय बैठक महासचिवको उपस्थितिमा बस्ने र उपमहासचिव तथा सचिवहरूको उपस्थिति रहने गर्छ ।
रूपन्देही, २९ असार ।
लुम्बिनी प्रदेशसभा बैठक शनिबार दिउँसो १ बजे बस्नेगरी आह्वान गरिएको छ। असार २० गते राति लुम्बिनी प्रदेशको आगामी वर्षको बजेट प्रदेशसभाबाट पारित भएसँगै अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको हो।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको उन्नाइसौं बैठक असार ३० गते शनिबार दिउँसो १ बजेका लागि सभामुखको निर्देशनअनुसार आह्वान गरिएको जनाएका छन्।
प्रदेश निजामती सेवाको गठन, संचालन र देहायका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाका पेस गर्ने, स्वास्थ्य संस्था स्थापना, संचालन तथा नवीकरण र स्तरोन्नती ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल हुने र एक विधेयक फिर्ता हुने सम्भावित कार्यसूची रहेको सचिव पुनले बताए।
लुम्बिनी प्रदेश सरकारले यसअघि लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, संचालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गरेको थियो। प्रदेशसभामा छलफल नभई रोकिएको उक्त विधेयक शनिबारको प्रदेशसभा बैठकबाट फिर्ता गर्ने तयारी थालिएको छ।
काठमाडौं, २९ असार ।
सञ्चार क्षेत्रमा लामो इतिहास बोकेको साँघु राष्ट्रिय साप्ताहिकले आधुनिक प्रविधिसँग एकाकार हुँदै साँघु टेलिभिजन सुरु गरेको छ ।
साँघु टेलिभिजन आज २०८० असार २९ गते भानु जयन्तीको दिनबाट परीक्षण प्रशारणमार्फत दर्शकमाझ प्रस्तुत हुँदैछ । पञ्चायतकालदेखि अभिव्यक्ति स्वतन्त्रता र सुशासनको पक्षमा खरो उभिँदै आएको साँघु साप्ताहिकले अनलाइन संस्करणसँगै आजबाट टेलिभिजनमा फड्को मारेको हो ।
समाजका विकृति, विसंगति, भ्रष्टाचारविरुद्ध तिखो कलम चलाउँदै आएको साँघु साप्ताहिक झैं टेलिभिजन पनि सुशासनको पक्षमा खरो रुपमा उत्रिने सम्पादकीय टीमले बताएको छ । स्याटलाइट टेलिभिजनबाट दर्शकमाझ पुग्ने साँघु टेलिभिजनले आफूलाई परक रुपमा प्रस्तुत गर्ने प्रयास गर्ने सम्पादकीय टीमको भनाइ छ ।
टेलिभिजनको भीडमा जनजीवनसँग सरोकार रहने विषय बस्तु, नेपाली माटो, हावापानी, मौलिकता, संस्कार, संस्कृति सुशासनको पक्षमा खरो उत्रिएर नै फरक पहिचान बनाउने सम्पादकीय टीमले दाबी गरेको छ ।
झन्डै ४५ वर्ष लामो पत्रकारितामा लागेका वरिष्ठ पत्रकार गोपाल बुढाथोकी सञ्चालक रहेका छन् । उनी साँघु साप्ताहिकका संस्थापकसमेत हुन् । बुढाथोकीलाई सरकारले २०६९ मा राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान पनि गरेको थियो । नेपाल पत्रकार महासंघको जिल्लाको नेतृत्व देखि केन्द्रीय उपसभापतिका साथै प्रेस काउन्सिल नेपालको बोर्ड दुईपटक काम गरेका बुढाथोकीले कार्यबाहक अध्यक्षको रुपमा पनि लामो समय काम गरेको अनुभव छ ।
सञ्चार क्षेत्रमा भएको आधुनिक प्रविधिको विकास र विस्तारलाई आत्मसात गरेर डिजिटल दुनियाँमा प्रवेश गरेको बुढाथोकीले बताएका छन् । पत्रकारकै लगानि र नेतृत्वमा टेलिभिजन सञ्चालनमा आएको पनि पहिलो अनुभव हो ।
काठमाडौं, २८ असार ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फेसबुक, ट्वीटर, युट्युबजस्ता सामाजिक सञ्जाललाई मर्यादित र व्यवस्थित गर्न सरकारले कानुन बनाउने बताएकी छन् ।
बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन बनाउने जानकारी दिएकी हुन् ।
डिजिटल साक्षरता प्रवर्द्धन र सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याएर मर्यादित बनाउन मन्त्रालयले काम गरिरहेको जानकारी दिँदै उनले आगामी आर्थिक वर्षमा कानुन ल्याउने बताइन् ।
कानुन बनाएर नै सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिने जानकारी दिएकी मन्त्री शर्माले राष्ट्रिय साइबर सुरक्षा नीति मन्त्रिपरिषदमा लैजाने तयारी अन्तिम चरणमा बताइन् ।
काठमाडौं, २६ असार ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नवीनतम् प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौँमा कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको एघारौंं साधारण बैठकमा कुलपतिको हैसियतले बोल्दै प्रधानमन्त्री प्रचण्डले कृषि तथा वन क्षेत्रको विकासमा राष्ट्रलाई आवश्यक विज्ञ जनशक्ति उत्पादन गरी वैज्ञानिक अनुसन्धान, नवीन प्रविधिको विकास तथा प्रसार कार्यमा लाग्न निर्देशन दिएका हुन् ।
‘कृषि तथा वन क्षेत्रको विकासमा राष्ट्रलाई आवश्यक विज्ञ जनशक्ति उत्पादन गरी वैज्ञानिक अनुसन्धान, नवीन प्रविधिको विकास तथा प्रसार कार्यमा समेत सघाउ पु¥याउने कार्य विश्वविद्यलायले गर्ने अपेक्षा गरेको छु,’ उनले भने ।
प्रधानमन्त्रीको सम्बोधनकाे पूर्णपाठ :
नेपालमा कृषि, पशु चिकित्सा, मत्स्य विज्ञान, पशु विज्ञान र वन विज्ञान क्षेत्र लगायतका प्राकृतिक स्रोत व्यवस्थापनको विषयमा अध्ययन, अनुसन्धान र प्रविधिको विकास गर्न प्राविधिक विश्वविद्यालयको खाँचो महसुस भएकोले कृषि तथा वन विज्ञान विश्वविद्यालय वि.सं. २०६७ सालमा स्थापना गरिएको हो। देशकै पहिलो प्राविधिक विश्वविद्यालयको रूपमा स्थापित यस विश्वविद्यालयले एकीकृत रूपमा शिक्षण, अनुसन्धान तथा प्रविधि प्रसारको कार्य गरी देशको कृषि, पशु तथा वन क्षेत्रको समग्र विकासमा ठूलो योगदान पु¥याउने छ भन्ने अपेक्षा राज्यले गरेको छ। त्यसैले यस विश्वविद्यालयलाई सरकारको सहयोग निरन्तर भइरहने कुरा म यहाँहरूलाई विश्वस्त गराउँछु।

कृषि तथा वन क्षेत्रको विकासमा राष्ट्रलाई आवश्यक विज्ञ जनशक्ति उत्पादन गरी वैज्ञानिक अनुसन्धान, नवीन प्रविधिको विकास तथा प्रसार कार्यमा समेत सघाउ पु¥याउने कार्य विश्वविद्यालयले गर्ने अपेक्षा गरेको छु। यस विश्वविद्यालयले देशैभरि सबै प्रदेशहरूमा आंगिक कलेजहरू स्थापना गर्नेे लक्ष्यअनुरूप विभिन्न प्रदेशहरूमा ८ वटा कृषि संकाय र एउटा वन विज्ञान संकायअन्तर्गतका कलेज र २ वटा कृषि विज्ञान केन्द्रको स्थापना गरी सञ्चालनमा आइसकेको जानकारी गराउन पाउँदा खुसी लागेको छ। यस सम्बन्धमा आवश्यक शिक्षक, कर्मचारीको व्यवस्थापनका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण (इ७ः) गरिसकेकोमा आउने दिनमा सोअनुसारको व्यवस्थापनमा सरकारको तर्फबाट विशेष सहयोग हुने नै छ।
विश्वविद्यालयको लक्ष्य, उद्वेश्य परिपूर्तिका लागि तयार पारिएको दोस्रो दसवर्षे रणनीतिक योजना (२०२३–२०३२) को कार्यान्वयनको समेत अपेक्षा गर्दछु। त्यसैगरि विश्वविद्यालयका चालु कार्यक्रमहरूको सवलीकरण र गुणस्तरमा विश्वविद्यालयको विशेष जोड हुने विश्वासका साथ अनुसन्धान केन्द्रहरूको बिस्तारमा ध्यान दिन पनि आग्रह गर्दछु।
हेटौंडास्थित वन विज्ञान संकायको आफ्नै भवनमा शैक्षिक कार्यक्रम सञ्चालनमा आएकोमा खुशी लागेको छ। मन्त्रिपरिषद्ले गरेको निर्णयबमोजिम शैक्षिक कार्यक्रमको प्रभावकारी सञ्चालनका लागि नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग रहने विश्वासमेत दिलाउँछु।
कृषि र पशुपालनमा आयात प्रतिस्थापन गरी आत्मनिर्भर बन्न नयाँ प्रविधिको विकास र प्रयोग आवश्यक छ। विदेशबाट काठको आयात हुने तर स्वदेशमा उत्पादन जंगलबाट उपभोक्तासम्म नपुग्ने हालको अवस्थामा कसरी काठको अधिकतम प्रयोग गर्न सकिन्छ ? यस्ता विषयलाई पर्यावरण र दीगो विकाससँग जोड्दै अनुसन्धानको आधारमा विश्वविद्यालयले आवश्यक कार्य गर्नेछ भन्ने कुरामा विश्वस्त छु।
सीमित स्रोतको बावजूद पनि विश्वविद्यलायका अनुसन्धानहरूमा सहभागी सबै वैज्ञानिक प्राध्यापकज्यूहरूलाई हार्दिक बधाइ तथा धन्यवाद व्यक्त गर्दछु। भविष्यमा समेत अनुसन्धान कार्यहरूलाई प्राथमिकतामा साथ अघि बढ्न विश्वविद्यालयलाई आग्रह गर्दै नेपाल सरकारको अभिभावकीय भूमिका रहने प्रतिवद्धता व्यक्त गर्दछु।
कृषि र पशुपन्छी विकास रणनीतिको महत्वपूर्ण कार्यक्रममा कृषि शिक्षा तथा प्रसारलाई एकीकृत रूपमा सञ्चालन गर्दै Learning for Entrepreneurial Experiences (LEE) एवं अन्य क्ष्लतभचलकजष्उ कार्यक्रमलाई समावेश गरी प्रभावकारी बनाउनुपर्ने देखिन्छ। साथै, आधुनिक कृषि र वन प्रविधिलाई विश्वविद्यालयका विद्यार्थीमार्फत् कृषक एवं वन उपभोक्तासमक्ष पु¥याउन सञ्चालित (LEE) कार्यक्रमलाई निरन्तरता दिन विश्वविद्यालय समक्ष रहोस् भन्ने अपेक्षा गर्दछु। (LEE) कार्यक्रमलाई प्रभावकारी बनाउन नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग रहने जानकारी गराउँछु।
त्रिभुवन विश्वविद्यालयबाट कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सम्पत्ति हस्तान्तरण र जनशक्ति व्यवस्थापनसम्बन्धी कार्यमा सरकारको तर्फबाट आवश्यक सहजीकरण हुने नै छ। महालेखाको प्रतिवेदनमा उल्लेखित बेरूजु सम्बन्धमा आगामी दिनमा विश्वविद्यालयले गम्भीरतापूर्वक लिई आवश्यक पहल लिनसमेत विशेष रूपले निर्देशित गर्दछु।
अन्त्यमा, यस सभा बैठकले लिएका महत्वपूर्ण निर्णयहरूको दृढतापूर्वक कार्यान्वयन गर्न निर्देशित गर्दै विश्वविद्यालयको आगामी कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै आफ्नो मन्तव्य यही अन्त्य गर्दछु र सभा यही समापन भएको घोषणा गर्दछु, धन्यवाद।
रौतहट,असार २५ गते
जिल्ला अदालत रौतहटका न्यायाधीश मातृकाप्रसाद मरासिनीले न्याय दिन कानुन नै पढनु पर्ने जरुरी नरहेको कुरा बताएका छन । बुद्वि विवेकको उचित प्रयोगले न्याय दिन सकिन्छ भने वहाँको तर्क थियो ।मुख्य न्यायधिवक्ताको कार्यालय मधेस प्रदेश जनकपुरधाम द्वारा गौरमा आयोजित सम्बाद कार्यक्रमा बोल्दै न्यायाधीश मरासिनीले जनतालाई छिटो छरितो विना झनझट न्याय दिनु पर्ने हाम्रो कर्तव्य रहेको बताए ।मधेस प्रदेशका मुख्य न्यायधिव्क्ता बिरेन्द्र कुमार ठाकुरको अध्यक्षतामा भएको संवादमा जिल्ला समन्वय समितिका प्रमुख रामअयोध्या राय यादव, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र , प्रहरी उपरीक्षक वीर बहादुर बुढामगरले न्याय सम्पादनमा भएको कमिकमजोरी बारे आआफ्ना धारणा राखेका थिए । सो सम्वादमा जिल्ला अदालतका श्रेस्तेदार
सुशील कुमार यादव , वार एसोसिएसन रौतहटका अध्यक्ष नन्दकिशोर साह , नागरिक समाजका अध्यक्ष
जगन्नाथ प्रसाद केसरी, पत्रकार प्रभात कुमार झाले दिनानुदिन न्यायपालिका प्रतिजन विश्वास घटदै गएको आरोप लगाएका छन ।

मुख्य न्यायधिवक्ता ठाकुरले पिडितलाई न्याय दिन न्यालयको स्थापना भएको हो। पिडकलाई न्याय दिनलाई आदालतको स्थापना भएको होईन ।समाजको हरेक पिडितले न्याय पाउनु पर्दछ बोल्दै न्यायकर्तालाई भुगोलको पीडा बुझेर काम गर्नेले पकै न्याय दिन्छ । जनता लाई न्याय दिनु पर्छ ।
नगर उपप्रमुखको जिम्मेवारी पनि न्यायधिश जस्तै हो ।समस्याको सामाधान हामी भित्रै छ । नटकमको होईन डटकमको जामाना छ । डटकमबाटै सामाधान खोज्न सुझाव दिनु भयो ।
काठमाडौं, २६ असार ।
राष्ट्रियसभाको बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ११ः०० बजे बोलाइएको छ ।
संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसुची अनुसार मंगलबारको बैठकमा बिनियोजन बिद्येयक २०८० माथी मन्त्रालयगत रुपमा छलफल हुनेछ ।
जसअनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सुचना प्रबिधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा मन्त्रालय, जलस्राेत तथा सिंचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषी तथा पशुपन्छी विकास मन्त्रालय माथीकाे बजेट माथी छलफल हुनेछ ।
साथै, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय माथी छुटाईएको बजेट माथी पनि छलफल हुनेछ ।
काठमाडौं, २५ असार ।
हेटौंडा–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । हेटौडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौंडा–भरतपुर खण्डलाई सञ्चालनमा ल्याइएको छ ।
नेपाल विद्युत प्राधिकरणले डबल सर्किट २२० केभी प्रसारण लाइनको ७३ किलोमिटर लामो एउटा सर्किटलाई तत्कालका लागि १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याएको हो । मकवानपुरको हेटौडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौडा सबस्टेसनबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको २२० केभी प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरिएको छ ।
हेटौंडा–भरतपुर खण्ड प्रसारण लाइन सञ्चालनमा आएपछि हेटौडाबाट भरतपुरतर्फ र भरतपुरबाट हेटौंडातर्फ करिब १७० मेगावाट विद्युत् प्रवाह गराउन सकिन्छ । अहिले रहेको पुरानो १३२ केभी प्रसारण लाइनबाट करिब ९० मेगावाट मात्र विद्युत् प्रवाह हुँदै आएको थियो । हेटौंडा–भरतपुर खण्ड सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा थप विद्युत् प्रवाहका लागि केही सहज हुने छ ।
नेपालभित्रको प्रसारण लाइन सुदृढ तथा विश्वसनीय बनाउन र पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि हेटौडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजना सुरु गरिएको हो ।
नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको सहुलितपूर्ण कर्जामा आयोजना सन् २००८मा सुरु गरिएको थियो । आयोजनालाई हेटौंडा–भरतपुर र भरतपुर–बर्दघाट दुई खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो ।
प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध, जग्गा प्राप्तिमा समस्या, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानमा भएको ढिलाइ, ठेकेदार कम्पनीको कमजोर कार्यसम्पादनलगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएको थियो ।विश्व बैंकले आयोजनाबाट २०७८को कात्तिकबाट हात झिकेपछि सरकार र प्राधिकरणको लगानीमा बाँकी काम अगाडि बढाइएको थियो ।
हेटौंडा–भरतपुर खण्डअन्तर्गत हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित निर्माणाधीन सबस्टेसनमा लाइन लैजानका लागि २२० केभी चार सर्किट (मल्टी सर्किट)का २ वटा टावर निर्माण भइरहेको छ । उक्त काम आगामी भदौभित्रमा सम्पन्न हुने आयोजना प्रमुख सन्तोष साहले बताए ।
हेटौंडा–भरतपुर खण्ड निर्माणका लागि भारतीय कम्पनी आईकम टेलबीच २०६५ फागुनमा ठेक्का सम्झौता भएको थियो । तर, काम नगरी रणनीतिक महत्वको प्रसारण लाइनको काम अलपत्र पारेपछि प्राधिकरणले ठेक्का तोडी कम्पनीले कार्यसम्पादन जमानत वापत राखेको ३० लाख ५७ लाख अमेरिकी डलर पनि जफत गरेको थियो । यसैगरी प्राधिकरणले काम ढिला गरे वापत करिब १६ लाख डलर बिलम्व जरिवाना पनि लगाउने निर्णय गरेको थियो । त्यसपछि नयाँ टेण्डर आह्वान गरी २०७७ जेठमा नयाँ ठेक्का सम्झौता गरिएको थियो ।
भरतपुर–बर्दघाट खण्ड साउनभित्र
आयोजनाअन्तर्गत चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२०केभी प्रसारण लाइन खण्डलाई आगामी साउनभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–२ दुम्कीबासमा स्थानीयको अवरोध र सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण २०७७ चैतबाट यस खण्डमा पर्ने दुई वटा टावर निर्माण रोकिएको थियो । जसले गर्दा प्रसारण लाइन निर्माण पूरा हुन सकिरहेको थिएन ।
सर्वोच्च अदालतले रिट खारेज खारेज गरिदिएसँगै स्थानीयसँग सहमति जुटेपछि टावर निर्माण अगाडि बढेको थियो । अहिले टावर निर्माण भइसकेको छ । १.७ किलोमिटर तार तान्न सुरु गरिएको छ । नवलपरासीको दुम्कीबासमा भइरहेको अवरोधका कारण प्रसारण लाइन निर्माण गर्न नसक्दा भरतपुरबाट बर्दघाटतर्फ थप विद्युत पठाउन नसक्ने अवस्था आएपछि प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत निर्माण सम्पन्न भएको खण्डलाई चार्ज गरेको थियो । प्रसारण लाइनको क्षमताले नधान्दा अहिले भरतपुरबाट वर्दघाटतर्फ विद्युत् प्रवाहका लागि समस्या रहेको छ ।
काठमाडौं, २५ असार ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संघीय संसदमा देखिएको गतिरोध अन्त्य गर्न सहमत भएको छ ।
सिंहदरबारमा सोमबार दिउँसो प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा संसदको अतिरोध अन्त्य गर्न सहमति जुटेको हो ।
बैठकबाट बाहिरिने क्रममा एमाले अध्यक्ष ओली सहमतिबारे सदनमै थाहा हुने प्रतिक्रिया दिए । प्रधानमन्त्री प्रचण्डले आफू संसदमा सम्बोधन गर्न जान लागेको बताए ।
काठमाडौं, २५ असार ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिनिधिसभाको अर्को बैठकबाट मिटर ब्याजसम्बन्धी विधेयक पारित हुने बताएकी छन् । उनले सोमबारको बैठकमा सो विधेयक पेश गर्ने कार्यसूची भएपनि प्रधानमन्त्रीको सम्बोधनका कारण ढिला भएका कारण अर्को बैठकका लागि सारिएको जानकारी दिइन् ।
बैठकमा प्रधानमन्त्रीले सम्बोधन गरेसँगै प्रतिनिधिसभामा रहेको अवरोध खुलेको र यो राम्रो कुरा भएको प्रस्ट पारिन् । ‘आजको कार्यसूचीमा रहेका मिटरब्याजसम्बन्धी कानूनमात्रै होइन, अरु पनि कार्यसूचीहरू स्थगित गरिएको छ । मिटर ब्याजसम्बन्धी विधेयकको हकमा अर्को बैठकमा पेश हुन्छ, र पास हुन्छ,’ उनले भनिन् ।
मिटर ब्याज पीडितहरूले महिनौँसम्म काठमाडौंका सडकमा धर्ना र संघर्ष गरेपछि सरकारले अध्यादेशमार्फत् कानून संशोधन गरी मिटर ब्याजलाई अनुचित लेनदेनकारुपमा दण्डनीय हुने प्रबन्ध गरी जाँचबुझ आयोगमार्फत् काम अघि बढाएको थियो । तर, सरकारले जारी गरेको अध्यादेशलाई प्रतिनिधिसभाबाट प्रतिस्थापन गर्ने विधेयक पेश गर्ने कार्यसूची रहेकै दिन प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई लिएर संसद् अवरुद्ध भएपछि अध्यादेश निष्क्रिय भएको थियो ।
काठमाडौं, २३ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको समाजवादी मोर्चाको बैठक सुरु भएको छ ।
प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा आबद्ध मोर्चाको बैठक सुरु भएको हो ।
बैठकले मोर्चाको संगठनका बारेमा निर्णय लिने बुझिएको छ । बैठक आलोकनगर, शान्तिनगरमा बसिरहेको हो ।
जनकपुरधाम, २३ असार । मधेस प्रदेश सभा बैठक अबरुद्ध भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश सरकारले रकामान्तर गरेर बजेट अन्यत्र लगेको भन्दै मधेस प्रदेशसभा बैठक अवरुद्ध गरेको हो।
सो क्रममा अर्थमन्त्री सञ्जयकुमार यादवले रकमान्तर गरेर आफ्नो क्षेत्रमा बजेट लगेको भन्दै एमालेका सांसदहरुले मुख्यमन्त्रीको जवाफ मागे गरे पछि बैठक १० मिनेटका लागि स्थगित भएको हो ।
एमालेका सांसदले बैठक अवरुद्ध गरे पछि सभामुख रामचन्द्र मण्डलले बैठक स्थगित गरेका छन् ।
एमालेका प्रमुख सचेतक लखन दास तत्माले मुख्यमन्त्री सरोजकुमार यादवले जवाफ नदिएसम्म बैठक चल्न नदिने जनाएका छन् ।
इन्दीप कोइराला,बारा, २३ असार ।
लघुवित्त र सहकारीको ऋण तिर्नु पर्दैन भन्ने अभियानले बाराका सहकारी संस्थाहरुमा समेत नकारात्मक प्रभाव पारेको सहकारीकर्मीहरुले बताएका छन् ।
सो गलत अभियानका कारण जिल्लाका अधिकांश सहकारी संस्थामा ठुलो परिणाममा ऋण भाखा नाघेको साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रिलाल सहनीले बताए ।
जिल्लाका १६ वटा साना किसान कृषि सहकारी संस्थाहरु र १ सय ५० को हाराहारीका बचत तथा ऋण सहकारी संस्थाहरुमा यस्तो प्रभाव परेको हो । उनका अनुसार भाखा नाघेको ऋणको अनुपात १५ प्रतिशत सम्म पुगेको छ । जबकी यस्तो ऋण ५ प्रतिशत भन्दा कमै रहेको राम्रो मानिन्छ, उनले बताए ।
‘गलत हौवाको पछाडी लाग्ने सदस्यहरुको कारण सहकारीमा ऋण जोखिम बढेको हो, सदस्यहरुको बचत रकम नै ऋणका रुपमा परिचालन हुने हुँदा कहीँ कसैले मिनाह गर्ने कुरा हुँदैन तरपनि मानिसहरु भ्रममा परेर ऋणमा डुविरहनु भएको छ,’ अध्यक्ष सहनीले भने ।
यसै सन्दर्भमा छलफल गर्न विहिबार संघको जितपुर सिमरा उपमहानगरपालिकाको वडा नं.१५ डुमरवानमा बसेको बैठकले ऋण तिर्नु पर्दैन भन्ने अभियानलाई निरुत्साहित गर्ने निर्णय गरेको छ ।
यस अभियानका कारण सहकारी संस्थाहरुले लगानी गरेका कर्जा असुलीमा नकारात्मक असर परेको भन्दै गलत अभियान संचालन गर्ने उपर कारबाही गर्न माग गरेको छ ।
गलत अभियान संचालन गरेर सामाजिक आर्थीक संरचनामा समस्या ल्याउने प्रयास भएको छ । यसर्थ जिल्ला प्रशासन कार्यालय बारा र पालिकाहरु मार्फत त्यस्ता ब्यक्तिहरुको पहिचान गरी कार्वाहीका लागि अनुरोध गर्ने निर्णय भएको संघका सचिव रामएकवाल चौधरीले जानकारी दिए ।
बारामा करिब ४५ हजार घरपरिवार सहकारीमा आवद्ध छन् । झण्डै १५ अर्ब बराबरको कारोबार सहकारीहरुले गरिरहेका छन्, उनले भने ।
सहकारी संस्थाहरुबाट लिएको ऋण तिर्नुपर्दैन भन्ने गलत अभियान संचालन गर्नेहरुलाई राज्यले कार्वाही गर्नुपर्ने बारा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सत्यन्द्र ठाकुरले बताए । राज्य मुखदर्शक बन्दा यस्ता अभियानकर्मीले समाजमा आर्थिक कठिनाई उत्पन्न गरिरहेका उनको भनाई छ ।
काठमाडौं, २१ असार ।
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।
सत्ता गठबन्धनका दलहरू नेपाली कांग्रेस (२९), नेकपा माओवादी केन्द्र (१३ सभामुखसहित), नेकपा एकीकृत समाजवादी (४) र जनता समाजवादी पार्टी (१) को समर्थनमा कांग्रेस नेता थापा मुख्यमन्त्री बनेका हुन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त गरेका हुन् । झापा अर्जुनधारा नगरपालिकाको शनिश्चरेका बासिन्दा थापा २०७९ मंसिरको प्रदेश सभा निर्वाचनमा समानुपातिक सूचीबाट सांसद बनेका थिए । उनी अहिले नेपाली कांग्रेसको कोशी प्रदेश सभापतिसमेत छन् ।
सत्ताबाट एमाले बहिर्गमित भएको हो ।
काठमाडौं, २१ असार ।
माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को परीक्षाफल सार्वजनिक भएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उत्तिर्ण सबै विद्यालयलाई बधाई दिएका छन् ।
बधाई दिँदै उनले अब कक्षा ११ मा भर्ना हुँदा विषय छनोट गर्दा आफ्नो रुचीको आधारमा विषय छनोट गर्न सुझाव दिएका छन् ।
‘अबको पढाइमा विषय छनौट गर्दा अहिले प्राप्त गरेको अङ्कको आधारमा भन्दा पनि आफ्नो आन्तरिक रुचिको आधारमा गर्न सुझाव दिन्छु । शिक्षामा आफूले छनौट गरेको विषयमा निरन्तर सफलता प्राप्त होओस्,’ ओलीले सामाजिक संजालमा लेखेका छन् ।
काठमाडौं, २१ असार ।
उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा काठमाडौं ठमेलस्थित नाइट क्लब एलओडी (लर्ड अफ ड्रिंक्स) का सञ्चालक राजु सिंह सुवाल पक्राउ परेका छन् ।
एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको सार्वजनिक भएपछि जिल्ला प्रहरी परिसर ललितपुरले सञ्चालक सुवाललाई पक्राउ गरेको हो ।
उमेर नपुगेका व्यक्ति क्लबमा प्रवेश गराएको विषयमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको ललितपुरका प्रहरीले जनाएको छ ।
काठमाडौं, २१ असार ।
असंलग्न राष्ट्रहरूको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन अजरबैजान पुगेका परराष्ट्र मन्त्री एनपी साउद र राष्ट्रपति इल्हाम हयदर ओग्लु अलियभबीच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री साउदले बिहीबार अजरबैजानका राष्ट्रपति अलियभसँग शिष्टाचार भेट गरेका हुन् ।
भेटका क्रममा परराष्ट्र मन्त्री साउदले अजरबैजानका राष्ट्रपति अलियभलाई नामको मन्त्रिस्तरीय बैठकको सफल आयोजनाका लागि बधाई दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकमा दुई देशबीचको द्विपक्षीय र बहुपक्षीय सहयोगलाई थप मजबुत बनाउन पारस्परिक हितका विषयमा छलफल भएको बताइएको छ ।
अजरबैजानको राजधानी बाकुमा भएको सम्मेलनमा सहभागी हुन मन्त्री साउद सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् । मन्त्री साउदले बुधबार मन्त्रिस्तरीय बैठक सम्बोधन गरेका थिए ।
काठमाडौं, २१ असार ।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टिका संरक्षक रेशमलाल चौधरीबीच ठाकुरद्वारामा भेटवार्ता भएको छ ।
भेटवार्तामा सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागी हुने बारे छलफल भएको हो ।
भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवा, नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डित, कैलाली क्षेत्र नम्बर ३ का सांसद गंगा चौधरी सहभागी रहेका थिए ।
काठमाडौं, २१ असार ।
सत्तारुढ गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसका उद्धव थापालाई बनाउने निर्णय गरेको छ ।
बिहीबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्तारुढ गठबन्धनको बैठकले बिहीबार बेलुका ५ बजेसम्म कांग्रेसका उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव गर्ने निर्णय गरेको बैठकमा सहभागी एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।
माओवादी केन्द्र कोशी प्रदेशसभा संसदीय दलका नेता ईन्द्रबहादुर आङबो र एकीकृत समाजवादीका राजेन्द्र राईलाई बोलाएर थापालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्न निर्देशन दिइएको पाण्डेले बताए ।
‘कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापालाई बनाउने निर्णय गरियो,’ उनले भने, ‘आज बेलुका ५ बजेसम्म विराटनगर गएर थापालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्न ईन्द्रबहादुर आङबो र एकीकृत समाजवादीका राजेन्द्र राईलाई निर्देशन दिइएको छ ।’
काठमाडौं, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावानात्मक अभिव्यक्तिलाई बंगाएर अतिसयोक्तिपूर्ण राजनीतिकरण गर्नु आफैंमा निरर्थक र दुखद् रहेको प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।
यही १८ असारमा भएको सार्वजनिक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनााउन प्रितम सिंह धेरैपटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै सदन अवरुद्ध गरेपछि सचिवालयको सो प्रष्टीकरण आएको हो ।
प्रितम सिंहसँग पारिवारिक घनिष्ट सम्बन्ध रहेको र सोही सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावानात्मक अभिव्यक्तिलाई बंगाएर अतिसयोक्तिपूर्ण राजनीतिकरण गर्नु आफैंमा निरर्थक र दुखद् रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बिहीबार जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।
संसदबाट निर्वाचित प्रधानमन्त्री प्रचण्ड सदैव संघीय संसदप्रति जवाफदेही रहेको र संसदमा प्रष्टिकरणको मौकासमेत नदिई उनको भनाईको आसयविपरीत एकपक्षीय ढंगले प्रचार प्रसार गरिनु दुर्भाग्यपूर्ण रहेको सचिवालयले भनेको छ ।
‘संसदवाट निर्वाचित प्रधानमन्त्री प्रचण्ड सदैव संघीय संसदप्रति जवाफदेही हुनुहुन्छ । संसदमा प्रष्टिकरणको मौकासमेत नदिई उहाँको भनाईको आसय विपरित एकपक्षीय ढंगले प्रचार प्रसार गरिनु दुर्भाग्यपूर्ण छ,’ जारी प्रेस नोटमा उल्लेख गरिएको छ, ‘दलगत राजनीति र लोकतान्त्रिक प्रणालीप्रति नै वितृष्णा सिर्जना गर्न विभिन्न कोणबाट भइरहेको हमलाविरुद्ध लोकतन्त्रको रक्षा र सुशासनको प्रत्याभूतिका लागि सरकारले चालेका कामबाट ‘केही हुँदैन’ भन्ने निराशावादी मनोविज्ञानको ठाउँमा ‘गरे हुने रहेछ’ भन्ने आसलाग्दो वातावरण सिर्जना भइरहेको बेला प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय रहेको कुरा स्पष्ट नै छ ।’
प्रेस नोटकाे पूर्णपाठ
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८० असार १८ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभिष्ट पूरा गर्न खोजिएकोतर्फ गम्भीर ध्यानाकर्षण भएको छ ।
जनयुद्धबाट शान्ति प्रक्रियामा प्रवेशलगत्तै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सरदार प्रितम सिंहको भेटघाट र चिनजान भएको थियो । प्रचण्डकी जेठी छोरी ज्ञानु दाहाल क्यान्सर रोगबाट संक्रमित भएपछि ०६७/०६८ सालमा सिंहको दिल्लीस्थित घरमा बसेर नै उहाँको उपचार प्रक्रिया अगाडि बढेको र छोरीको उपचारका क्रममा उहाँको भारतमा आउजाउ हुने गरेको थियो । सोही क्रममा सिंहका नातिसँग प्रधानमन्त्री प्रचण्डका सुपुत्र प्रकाश दाहालको सम्बन्ध घनिष्ठ बनेको र उहाँहरूको सम्बन्ध औपचारिक मात्र नभएर भावनात्मक एवं पारिवारिकसमेत हुँदै गएको थियो ।
नेपाललाई नयाँ युगतर्फ लैजान प्रचण्डकै राजनीतिक नेतृत्व आवश्यक रहेको बताउने नेपालका शुभेच्छुक सिंहले अनौपाचारिक भेटघाटका क्रममा प्रचण्डसँग ‘तपाईजस्तो योग्य मान्छे फेरि देशको प्रधानमन्त्री हुनुपर्छ’ भन्ने सदासयता व्यक्त गर्दै आउनु भएको सन्दर्भ पुस्तक लोकार्पणको क्रममा सम्माननीय प्रधानमन्त्रीले प्रसंगवश उल्लेख गर्नुभएको प्रष्ट नै छ । यसै क्रममा सिंह दिल्लीस्थित आफ्नै घरमा पटकपटक आउजाउ गर्दा भएका पारिवारिक सम्वादमा सिंहले व्यक्त गरेका विषयसमेत प्रधानमन्त्रीले कार्यक्रममा स्मरण गर्नुभएको हो । तर, सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावानात्मक अभिव्यक्तिलाई बंगाएर अतिसयोक्तिपूर्ण राजनीतिकरण गर्नु आफैमा निरर्थक र दुखद् छ ।
सम्मानित संसदवाट निर्वाचित प्रधानमन्त्री प्रचण्ड सदैव संघीय संसदप्रति जवाफदेही हुनुहुन्छ । संसदमा प्रष्टिकरणको मौकासमेत नदिई उहाँको भनाईको आसय विपरित एकपक्षीय ढंगले प्रचार प्रसार गरिनु दुर्भाग्यपूर्ण छ । दलगत राजनीति र लोकतान्त्रिक प्रणालीप्रति नै वितृष्णा सिर्जना गर्न विभिन्न कोणबाट भइरहेको हमलाविरुद्ध लोकतन्त्रको रक्षा र सुशासनको प्रत्याभूतिका लागि सरकारले चालेका कामबाट ‘केही हुँदैन’ भन्ने निराशावादी मनोविज्ञानको ठाउँमा ‘गरे हुने रहेछ’ भन्ने आसलाग्दो वातावरण सिर्जना भइरहेको बेला प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय रहेको कुरा स्पष्ट नै छ ।
पुस्तक बिमोचनको प्रसंगलाई लिएर प्रमुख प्रतिपक्षी दलले नियोजित रुपमा संसद अवरोध गर्दा मिटरब्याजीहरूलाई कार्वाही गर्न ल्याइएको विधेयक संसदबाट पारित नभई निस्क्रिय भएको छ, जसबाट मिटरब्याज पीडित लाखौँ नेपाली किसानहरूको न्यायप्राप्तिको अपेक्षामा गम्भीर आघात पुगेको छ, यसप्रति हामी गहिरो दुःख व्यक्त गर्दै पीडित किसानहरूको न्यायको पक्षमा आवश्यक पहल लिने प्रतिवद्धता व्यक्त गर्दछौँ ।
स्मरणयोग्य कुरा के छ भने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड गत पुस १० गते प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) समेतको प्रस्तावमा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको र सम्मानित सदनबाट झण्डै शतप्रतिशत विश्वासको मत प्राप्त गर्नुभएको थियो । संकुचित राजनीतिक मानसिकताका साथ उहाँको राजीनामा मागेर संसद अवरुद्ध गर्नु सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा सरकारले चालेका कदमको बिरोध र सिंगो संसदको नै अपमान हुन जाने तथ्यसमेत हामीले हेक्का राख्नुपर्दछ । तसर्थ, यस्ता कुनै पनि प्रकारका भ्रमबाट मुक्त रहन तथा सरकारको सुशासन अभियानमा ऐक्यबद्धता व्यक्त गर्न हामी सम्पूर्णमा हार्दिक अपील गर्दछौँ ।
मितिः २०८०।०३।२१
काठमाडौं, २१ असार । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ ।
बिहीबार बैठक सुरु भएलगत्तै एमालेका भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने भन्दै बैठक अघि बढ्न नसक्ने जानकारी गराए ।
गत १८ असारमा भएको सार्वजनिक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनााउन प्रितम सिंह धेरैपटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै सदन अवरुद्ध गरेको हो । एमालेका सांसदहरु उठेर विरोध जनाइरहेका छन् ।
यसअघि बुधबार पनि एमालेले प्रधानमन्त्रीको राजीनामा मागेर राष्ट्रिय सभा र प्रतिनिधिसभा अवरुद्ध गरेको थियो ।
नयाँदिल्ली, २१ असार । नेकपा माओवादी केन्द्रका नेताहरू भारत भ्रमणमा निस्कदै छन् ।
सत्तारू भारतीय जनता पार्टीको निमन्त्रणामा उनीहरु भारत भ्रमणमा जान लागेका हुन ।
भाजपा अध्यक्ष जे पी नड्डाले पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा नेपालका सत्तारूढ़ दल नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा आउन लागेको जानकारी दिएका छन्।
भाजपा विदेश विभाग द्वारा आयोजित ‘Know BJP initiatives’ कार्यक्रममा बोल्दै भाजपा अध्यक्ष नड्डाले आफ्नो पार्टीको निमन्त्रणमा निकट भविष्यमै माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा आउने बताएका हुन ।
विभिन्न देशका राजनीतिक दलका नेताहरूलाई भाजपाले भारतमा बोलाएर पार्टीको गतिविधि बारे जानकारी गराउने गरेको छ। नड्डाले भनेका छन, विभिन्न देशका राजनीतिक पार्टीहरूसंग आफ्नो सम्बन्ध बढाउने उद्देश्यका साथ हामीले विभिन्न देशका राजनीतिक दलहरूको प्रतिनिधिहरूलाई यहां भारतमा बोलाउने गरेका छौं र हाम्रा पार्टीका प्रतिनिधिहरू विभिन्न देशहरूमा जाने गरेका छन्।
नेपालका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि नड्डाको निमंत्रणमा गत वर्ष भारतको भ्रमण गरेका थिए।
काठमाडौं, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गैर जिम्मेवार अभिब्यक्तिलाई लिएर अहिले सर्बत्र आलोचना भइरहेको छ ।
‘प्रधानमन्त्री नपाए दिल्ली जानु’ भन्ने आशयको अभिब्यक्ति दिएर सर्वत्र आलोचनाको शिकार भईरहेका प्रधानमन्त्री दाहालको अभिब्यक्ति माथी आक्रोश पोख्ने क्रम जारी छ ।
सोही क्रममा अनेरास्ववियुका अध्यक्ष समिक बडालले प्रधानमन्त्रीलाई बहिस्कार गर्नुपर्ने बताएका छन् । ‘नयां लेन्डुपहरु बनाउने भारतिय सस्थापनको हण्डी खाएर भारतिय भुमिमा बसेर नेपाली जनता को रगत बगाउने शसस्त्र युद्दको डिजाइनरको पर्दाफास हुदैछ्,’ बडालले भनेका छन, ‘जनताले चिन्न ढिला नगरौ, एस्ता लेन्डुपहरुलाइ सामाजिक बहिस्कार गरौ।’
काठमाडौं, २१ असार । राष्ट्रियसभा बैठक बस्दैँछ ।
संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।

हिजो दिउँसो २ः३० बजे बोलाईएको बैठक आधा घन्टा स्थगित गरी ३ः०० बजे बोलाईएको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजिनामा नदिएसम्म संसद चल्न नदिने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अडान कायम राखेका कारण दिउँसो ४ः४६ बजे बोलाईएको थियो । सो बैठक पनि सञ्चालन हुन नसके पछि आजका लागि बैठक बोलाईएको हो ।
भारतले नेपालको प्रधानमन्त्री बनाउने आशयको अभिब्यक्ति दिए पछि प्रतिपक्षी दलहरुले सदन अबरुद्ध गरेका थिए । उनीहरुले प्रधानमन्त्रीले राजिनामा दिनु पर्ने अडान कायमै राखेका छन् ।
काठमाडौं, २० असार ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेका छन् ।
आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेसहित प्रतिपक्षी दलहरुले आपत्ति जनाउँदै प्रधानमन्त्रीको राजीनामा मागेका छन् । बुधबार बसेको संघीय संसदको दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरुले प्रधानमन्त्रीको राजीनामा माग्दै बैठक नै अवरोध गरेका थिए ।
प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा एमाले अध्यक्ष ओलीले संसदमा प्रधानमन्त्रीको जवाफ नभई राजीनामा चाहिएको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले स्वाभिमान र स्वाधीनताविपरीतको अभिव्यक्ति दिएकाले राजीनामा दिनुपर्ने उनको भनाइ छ ।
काठमाडौं, २० असार ।
नेपाल संस्कृत विश्वविद्यालय, सेवा आयोगले नेविसंघको तालाबन्दीको कारण २१ गतेदेखि हुने भनिएको उप-प्राध्यापक तथा वरिष्ठ प्रशिक्षक पदको परीक्षा स्थगित गरेको छ ।
आयोगले बुधबार सूचना जारी गर्दै नेविसंघले गत ९ गतेदेखि सेवा आयोगको कार्यालयमा ताला लगाएको र लिखित परीक्षासँग सम्बन्धित आवश्यक कागजात कार्यालयभित्र रहेको कारण अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरेको जनाएको छ ।
आयोगले २०७८ साल चैत १६ गते उप–प्राध्यापक र २०७९ साउनमा बरिष्ठ प्रशिक्षक पदको विज्ञापन गरी बिहीबारदेखि लोक सेवा आयोग अनामनगर, काठमाडौंमा हुने जनाएको थियो ।
काठमाडौं, २० असार ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेदको विकास गर्ने कार्य योजना लिएर आउन विज्ञलाई सल्लाह दिँदै आफू तत्काल कार्यान्वयन गर्न तयार रहेको बताएका छन् ।
नेपाल आयुर्वेद चिकित्सक संघको २६औं स्थापना दिवसको अवसरमा बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले आयुर्वेद क्षेत्रका विज्ञहरुले अब सरकारले यो गरेन वा त्यो गरेन भनेर गुनासो गर्नुको सट्टा आयुर्वेदको विकासका लागि कस्ले के गर्नु पर्छ भन्ने स्पष्ट दृष्टिकोण सहितको कार्ययोजना लिएर आउनु पर्ने र त्यो कार्ययोजना कार्यन्वयन गर्न आफु तयार रहेको बताएका हुन् । मन्त्री बस्नेतले भने, ‘ मै मन्त्री भएका बेला कार्ययोजना लिएर आउनुहोस् कार्यन्वयन गराएर छोड्छु । ’
इच्छाशक्ति, कार्ययोजना र राज्यको सकारात्मक भूमिका भए जुनसुकै काममा पनि सफलता हात पार्न सकिने दावी गर्दै मन्त्री बस्नेतले जागिर खाएर मात्र बस्ने प्रवृतिले मात्र नविनतम सोचको विकास हुन नसक्नेमा जोड दिए । आयुर्वेद क्षेत्र प्रचुर संभावना भएको क्षेत्र भएको बताउदै मन्त्री बस्नेतले यो क्षेत्रको मान र सान बढाउन सबै लाग्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा ओषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले पछिल्ला वर्षहरुमा पश्चिमा देशहरु समेत आयुर्वेद प्रति आकर्षित भइरहेको बताउँदै यसको विकासका लागि सबैले हातेमालो गर्दै अगाडि बढ्नु पर्ने बताए । नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा.श्यामबाबु यादवले स्वस्थ्य समाज निर्माणका लागि आयुर्वेदको विकास हुनु जरुरी रहेकोले सरकारले आयुर्वेदलाई प्राथमिकतामा राखेर नीति बनाउनु पर्नेमा जोड दिए ।
आरके श्रीवास्तव,रौतहट,२० गते असार
रौतहट–फतुवा बिजयपुर नगरपालिकाको वडा नम्बर २ स्थित भकुवा खोलामा झुलुंगे पुल निर्माण भइरहेको छ । सो वडाका वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव उर्फ संजयको विशेष पहलमा झुलुंगे पुल निर्माण हुन लागेको हो । सितलपुर र चिरचिरिया चौरी जोडने झुलुंगे पुलको निर्माण हुन थालेपछि गाउँका बासिन्दाहरु हर्षित भएका छन् ।

उक्त झुलुंगे पुल निर्माण भएपछि किसानलाइ विशेष फाइदा पुग्ने देखिन्छ । झुलुंगे पुल नहुँदा किसानहरुलाइ करिब डेढ किलोमिटर घुमाउरो बाटो भएर कृषि सामान

हरु धान,गहुँ,मकै बाली ढुवानी गर्नु पर्ने बाध्यता थियो । अब उपरान्त उक्त समस्या हटने भएको छ ।
फतुवा बिजयपुर नगरपालिका तथा टि.वि.एस.यु./हेल्भिटासको संयुक्त लगानीमा सो झुलुंगे पुल निर्माण हुन लागेको हो । झुलुंगे पुलमा नगरपालिकाको ३ प्रतिशत मात्र लगानी र बाँकी संस्थाले आफै लगानी लगाउने इ.अशोक कुमार साहले बताउनु भयो ।

उक्त झुलुंगे पुल निर्माणको लागि अनुमानित लागत करिब ४८ लाख रहेको उनले जानकारी गराए ।
यस वर्ष उक्त झुलुंगे पुल निर्माणको लागि २५ लाख रुपैयाँ मात्र छुट्टयाइएको वडा अध्यक्ष यालवले बताउनु भयो । निर्माणाधीन झुलुंगे पुलको काम तिव्र गतिमा भइरहेको यनले बताए ।

सो पुलको निर्माण सम्पन्न भएपछि साना मानिसलाई आवतजावतमा सहज हुने स्थानीय मुनिफ यालवले जनाएका छन् । सो पुल निर्माण भएपछि उक्त क्षेत्रमा खेतवारी भएका सायौं किसानहरुलाई आवतजावतमा सहज हुने उनले बताए । बाढीको समयमा भकुवा खोलामा अत्यधिक पानीको बहावको कारण मानिसलाई आवतजावतमा समस्या हुने भएकोले सो पुल निर्माण भएपछि उक्त समस्या हटेर जाने स्थानिय वासिन्दाहरु बताउँछन् ।


काठमाडौं, १८ असार ।
दलितका लागि छुट्टै बजेटको व्यवस्था गर्न माग गरिएकाके छ ।
सोमबार बसेको राष्ट्रिय सभा बैठकमा भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद भुवनबहादुर सुनारले दलितका लागि छुट्टै बजेटको व्यवस्था गर्नुपर्ने बताएका हुन् ।
२३ प्रतिशत जनसंख्या रहेका दलितहरुका लागि किटान गरेर बजेटको व्यवस्था गर्न नसकेको भन्दै आपत्ति जनाएका उनले सांसद सुनारले पहुँच हुनेहरुका लागि मात्रै सरकारले बजेट विनियोजन गरेको आरोप समेत लगाए ।
कैलाली, १८ असार ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी सेप्टेम्बरमा चीन भ्रमणमा जाने भएका छन् । यसबारे परराष्ट्रमन्त्री एनपी साउदले सार्वजनिक रुपमा जानकारी दिएका हुन् ।
नेपाल प्रेस युनियन कैलालीको छैटौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा मन्त्री साउदले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे जानकारी दिएका हुन् । प्रधानममन्त्री प्रचण्ड आगामी सेप्टेम्बरमा चीन भ्रमणमा जाने कार्यक्रम तय भएको मन्त्री साउदको भनाइ छ ।
यद्यपि, प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे प्रधानमन्त्रीको सचिवालय र चिनियाँ पक्षले हालसम्म कुनै पनि सार्वजनिक रुपमा जानकारी गराएका छैनन् । परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री साउदले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे जानकारी दिएका हुन् ।
काठमाडौं, १६ असार । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारको काम कारबाहीप्रति सन्तुष्टि गर्न सकिने खालको नभएको बताएका छन् ।
जनताले अपेक्षा गरे अनुसार, जनताले चाहे अनुसार विकास, निर्माणको कामले गति लिन नसकेको, सुशासनको प्रत्याभूति दिन नसकेको, जनतालाई सहज सेवा उपलब्ध गराउन नसकेको भन्दै उनले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
६५औं संसद दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भ्रष्टाचारको अन्त्य गर्ने, सुशासनको प्रत्याभूति दिने, जनको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी सरकारलाई दवाव दिने काममा लाग्न पनि सांसदहरुलाई आग्रह गरे ।
जनताको प्रतिनिधि भएको नाताले सांसदहरुले उनीहरुको सेवाको काममा केन्द्रित हुन सरकारलाई दबाब दिनुपर्ने उनको भनाई थियो। अध्यक्ष नेपालले जन सेवाको कामलाई सहज बनाउने गरी अघि बढन सरकार र सांसदहरुको सम्बन्ध पनि सुमधुर हुनुपर्ने आवश्यक्ता औंल्याए ।
डडेल्धुरा, १६ असार ।
परराष्ट्रमन्त्री एनपी साउदले सरकारले तरल रहेको परराष्ट्र नीतिलाई स्थिरता दिने प्रयत्न गरिरहेको बताएका छन्।
नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले शनिबार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अन्तर्राष्ट्रिय सम्बन्धलाई स्थिरता दिने प्रयास भइरहेको बताएका हुन्।
‘अलि कति तरल रहेको परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई हामीले अहिले स्थिरता दिने प्रयत्न गरिरहेका छौं। हाम्रो परराष्ट्र नीतिको सम्बन्धमा हामीले संयुक्त राष्ट्र संघको बडापत्रमा उल्लेखित मूल्य र मान्यताहरूलाई सम्मान गर्छौं,’ मन्त्री साउदले भने, ‘त्यसलाई हामी व्यवहारमा पनि लागू गर्न चाहन्छौं, संसारमा हुने सैन्य द्वन्द्व वा सैन्य गठबन्धनमा हामी समेल हुँदैनौं तर संसारमा हुने घटनामा हामी तटस्थ बस्छौं, बोल्न सक्दैनौं हाम्रो विचार नै छैन भन्ने चाहिँ होइन।’ उनले संसारमा हुने घटनालाई नेपालले स्वतन्त्र राष्ट्रको रूपमा निश्पक्ष किसिमले हेरिरहेको बताए।
कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भारतसँग सीमा जोडिएका क्षेत्रका बारेमा पनि सरकार गम्भीर रहेको उनको भनाइ थियो। प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पनि यी विषयमा कुराकानी भएको र भारत पनि सीमा समस्या समाधानमा सकारात्मक रहेको मन्त्री साउदले बताए। ‘कालापानीलगायत देशभरका अन्य सीमाका बारेमा भारतीय पक्षले दिनुपर्ने रेस्पोन्स हामीले कुटनीतिक रूपमा प्राप्त गर्नुपथ्र्यो त्यो विगतमा गर्न सकिएको थिएन,’ उनले भने, ‘भारतीय प्रधानमन्त्रीले सीमासँग सम्बन्धित समस्या वा विवादहरू वार्तामार्फत् सामाधान गर्नुपर्छ भनेर बोल्नु भएको छ। त्यसलै सीमासम्बन्धी समस्याले निकास पाउँछ।’
यसका साथै परराष्ट्रमन्त्री साउदले अहिलेको सत्ता गठबन्धन नभत्किने प्रष्ट पारे। बाहिर हल्ला अनुसार एमालेसँग मिल्ने कुनै सम्भावना नरहेको उनको दाबी छ। ‘नेपाली कांग्रेसलाई पुस १० गतेको घटना हेक्का रहेकै छ। हामीले इतिहासबाट पाठ सिक्नुपर्छ त्यसकारण अहिले एमालेसँग नेपाली कांग्रेसको संयुक्त सरकार बन्ने कुनै पनि सम्भावना रहेको छैन’ उनले भने। उनले प्रतिपक्षका मागलाई सरकारले अधिकतम् सम्बोधन गर्ने प्रयास गरिरहेको बताए।
उनले डडेल्धुराको परशुरामको शीर्ष र बैतडीको झुलाघाटमा निर्माण हुने पक्की पुलको काम ६ महिनाभित्र सुरु हुने जानकारी दिए।
पाेखरा, १६ असार ।
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताएका छन्र ।
शनिबार बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री दाहालले उक्त कुुरा बताएका हुन ।
“माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुन्छ। हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ। त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो। त्यसका लागि हामी सबैले देशको पक्षमा सोच्न र काम गर्न जरूरी छ,” प्रधानमन्त्री दाहालले भने ।
‘हामीभित्र मात्र थपघट गरेर पार्टी पुनर्निर्माण हुँदैन। यसपटक सरकारको नेेतृत्व लिँदा परिवर्तन र पार्टी राम्रो बनाउने वातावरणका लागि सोचेको थिएँ,’ प्रधानमन्त्रीले अगाडी भने, ‘त्यसका लागि नयाँ ढंगले सोच्दैछौँ। हामीसँग इतिहासको तागत छ, त्याग र बलिदानको तागत छ। जनताले हामीमाथि राखेको आशा र भरोसाको तागत पनि छ, त्यसलाई देश निर्माणका पक्षमा लगाउनुपर्छ। हामीले राम्रो गर्न खोज्दैछौँ। सामन्तवाद र प्रतिक्रियावादले फोहोरको डङ्गुर थुपारेको छ, त्यसलाई सफा नगरी देश बन्दैन,’ उनले भने ।
प्रधानमन्त्रीका अनुसार देश निर्माणका लागि फेरि नयाँ फड्को जरूरी रहेकाे छ र सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा फड्को हान्न खोजिएको छ।
‘यसमा हामी दृढतापूर्वक अघि बढ्नुपर्छ, सरकार यसमा दृढ छ,’ उनले भने, ‘हाम्रा प्राकृतिक साधनस्रोत उपयोग गरेर देशको समुन्नतिका पक्षमा फड्को हान्ने मन छ, यसका लागि के-कसरी काम गर्न सकिन्छ, यतातर्फ पनि सबैले सोचौँ। पार्टीका सबै नेता-कार्यकर्ताले देशको समृद्धिको पक्षमा काम गर्ने संकल्प गरौँ।”
माअाेवादीकाे पहलमा नै समाजवादी मोर्चा घोषणा गरिएको उनकाे भनाइ छ । ‘आज नै बैठक बसेर त्यसका कार्यक्रम तय गर्छौँ” उनले भने, ‘समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्नेछ। पूर्वमाओवादीहरू पनि छलफलमा छौँ। फेेरि पार्टी एकताको आधार निर्माण हुँदैछ। पार्टी एकताको लागि ठोस पहल अगाडि बढाउँछौँ।”
“हामी विशेष महाधिवेशन गर्नेमा पनि छौँ, यसले पार्टी पुनर्निर्माणमा योगदान पुग्नेछ” प्रधानमन्त्रीले भने, ‘सरकारका कामको व्यवस्थित स्वामित्व, पार्टी निर्माणको काम, समाजवादी मोर्चा र पार्टी एकताको प्रयासलाई सँगसँगै लैजानुपर्छ।”
पोखरा, १५ असार ।
मुख्यमन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १७ बुँदे माग राख्दै साझापत्र बुझाएका छन् । शुक्रबार पोखरामा सम्पन्न अन्तर प्रदेश मुख्यमन्त्री बैठकले तयार पारेको साझा पत्र मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीलाई बुझाएका हुन् ।

तत्काल प्रहरी समायोजन हुनुपर्ने, संघीय निजामती ऐन लगायतका कानुन ल्याउनुपर्ने, प्रदेश सरकारको कार्यालयहरु रहेका भवन र भवन परिसरको जग्गाको स्वामित्व प्रदेश सरकारको स्वामित्वमा आउनुपर्ने लगायतका माग साझा पत्रमा उल्लेख छ ।

साझा पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले यसबारे संघीय सरकारमा गम्भीर रूपमा छलफल हुने बताए ।

काठमाडौं, १५ असार ।
राष्ट्रिय सभामा ‘विनियोजन विधेयक २०८०’ प्रस्तुत गरिएको छ । शुक्रबार बसेको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘विनियोजन विधेयक, २०८०’ प्रस्तुत गरेका हुन् ।
विधेयक पेस गर्ने क्रममा अर्थमन्त्री महतले आगामी आर्थिक वर्षको सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम खर्च गर्नेसम्बन्धी अधिकार दिन सो रकम विनियोजन गर्न बाञ्छनीय हुने भएकाले विधेयक पेस गर्नुपरेको बताए ।
पोखरा, १५ असार ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालका नाममा आर्थिक सामाजिक विकासमा ढिलाइ गर्ने छुट कसैलाई नभएको बताएकाक छन् ।
शुक्रबार दिउँसो पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तीनै तहमा भएका निर्वाचनले राजनीतिक सङ्क्रमणको अन्त्य गरेको र अबको हाम्रो साझा गन्तव्य सुशासन र सम्बृद्धिमार्फत् समुन्नत नेपाल निर्माण गर्नु भएको बताउँदै संक्रमणकाल देखाएर जिम्मेवारीबाट नभाग्न सबैमा आग्रह गरे ।
‘हामीले निकै लामो समय राजनीतिक सङ्क्रमणमा नै बितायौं। जसले गर्दा देशको समग्र आर्थिक सामाजिक विकासका कार्यसूची ओझेलमा पर्दै गए। तीनै तहमा भएका निर्वाचनले राजनीतिक सङ्क्रमणको अन्त्य गरेको छ। त्यसैले अबको हाम्रो साझा गन्तव्य सुशासन र सम्बृद्धिमार्फत् समुन्नत नेपाल निर्माण हो। तीन तहका सरकारबीचको समन्वय र सहकार्य नभई यो लक्ष्य पूरा हुन सक्दैन। संविधानले तीन तहका सरकारहरूको कार्य र अधिकारको सूची स्पष्ट गरेको छ। उपलब्ध साधनस्रोतको अधिकतम परिचालन गर्दै ती कार्यभार पूरा गर्नेतर्फ हामी सबैले प्रयत्न गर्नुपर्दछ। सरकार आउने जाने भइरहन्छ, तर व्यवस्था संस्थागत भइसकेको र राजनीतिक सङ्क्रमणको अन्त्य भइसकेकाले अब पनि सङ्क्रमणको नाममा आर्थिक सामाजिक विकासमा ढिलाइ गर्ने छुट हामी कसैलाई छैन,’ उनले भने ।
प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ
सर्वप्रथम यस सुन्दर नगरी पोखरामा अन्तर प्रदेश मुख्यमन्त्री बैठक आयोजना गर्नुभएकोमा म गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री तथा गण्डकी प्रदेश मन्त्रिपरिषद्लाई हार्दिक धन्यवाद दिँदै बैठकको पूर्ण सफलताको कामना गर्दछु। नेपालको संविधान जारी भएपछि दोस्रो पटक आयोजना भएको यो बैठकले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्न र प्रदेश प्रदेशबीचको सम्बन्धलाई सबल बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने मेरो विश्वास छ।
अढाइ शताब्दी लामो एकात्मक राज्यप्रणालीमा अभ्यस्त हाम्रा लागि सङ्घीय शासन प्रणाली नितान्त नौलो अभ्यास थियो। संविधानले व्यवस्था गरेअनुरूप सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित सङ्घीय शासन प्रणालीको सुसञ्चालन हाम्रा लागि चुनौतीपूर्ण नै थियो। तर, तीनै तहमा चुनिएर आउनुभएका जनप्रतिनिधिहरू सीमित स्रोतसाधनको सुझबुझपूर्ण ढङ्गले परिचालन गर्दै विकास निर्माणका कामलाई अघि बढाउँदै जनताका आकाङ्क्षा पूरा गर्न क्रियाशील रहनुभएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संस्थागत हुँदै गएको छ। यस कार्यमा प्रदेश सरकारको नेतृत्व सम्हाल्नुहुने सबै माननीय मुख्यमन्त्रीज्यूहरूले खेल्नुभएको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दछु।
संविधान जारी भएको झण्डै सात वर्षको अवधिमा हामीले उत्साहजनक उपलब्धि हासिल गरेका छौं। तीनै तहको दोस्रो कार्यकालको निर्वाचन सम्पन्न भएको छ। सातै प्रदेशको प्रादेशिक राजधानी र नामाकरण भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसबमोजिम प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरण व्यवस्थित हुँदै गएको छ। कर्मचारी समायोजनको काम सम्पन्न भएको छ। संघीयता कार्यान्वयनसम्बन्धी करिब ८० वटा ऐनहरू निर्माण तथा १६५ वटा कानूनहरू संशोधन भएका छन् भने केही महत्वपूर्ण ऐनहरू तर्जुमाका चरणमा छन्। तीन तहका सरकारबीच कार्यात्मक समन्वयका लागि सङ्घ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन, २०७७ कार्यान्वयनमा रहेको छ। सोही ऐनबमोजिम समन्वयका संरचनाहरू क्रियाशील भएका छन्। यही ऐनमा व्यवस्था भएको राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठक भोलि गण्डकी प्रदेशको राजधानी पोखरामै आयोजना हुँदैछ।
प्रधानमन्त्रीकै तहबाट प्रदेश मुख्यमन्त्रीहरूसँग समयसमयमा छलफल र अन्तरक्रिया हुँदै आएको छ। प्रदेश मुख्यमन्त्रीहरूसमेतको सहभागितामा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक गर्ने पद्धतिको विकास गरिएको छ। यसबाट प्रदेश तहमा रहेका समस्या बुझ्न र तिनको उचित समाधान खोज्न महत्वपूर्ण सहयोग मिलेको छ।
माननीय मुख्यमन्त्रीज्यूहरू,
हामीले निकै लामो समय राजनीतिक सङ्क्रमणमा नै बितायौं। जसले गर्दा देशको समग्र आर्थिक सामाजिक विकासका कार्यसूची ओझेलमा पर्दै गए। तीनै तहमा भएका निर्वाचनले राजनीतिक सङ्क्रमणको अन्त्य गरेको छ। त्यसैले अबको हाम्रो साझा गन्तव्य सुशासन र सम्बृद्धिमार्फत् समुन्नत नेपाल निर्माण हो। तीन तहका सरकारबीचको समन्वय र सहकार्य नभई यो लक्ष्य पूरा हुन सक्दैन। संविधानले तीन तहका सरकारहरूको कार्य र अधिकारको सूची स्पष्ट गरेको छ। उपलब्ध साधनस्रोतको अधिकतम परिचालन गर्दै ती कार्यभार पूरा गर्नेतर्फ हामी सबैले प्रयत्न गर्नुपर्दछ। सरकार आउने जाने भइरहन्छ, तर व्यवस्था संस्थागत भइसकेको र राजनीतिक सङ्क्रमणको अन्त्य भइसकेकाले अब पनि सङ्क्रमणको नाममा आर्थिक सामाजिक विकासमा ढिलाइ गर्ने छुट हामी कसैलाई छैन।
यस बीचमा हामीले हासिल गरेका उपलब्धिका वाबजूद संघीयताको पूर्ण कार्यान्वयनका लागि गर्नुपर्ने थुप्रै काम बाँकी नै छन्। स्रोत, सेवा प्रवाह, सेवाको उत्पादन तथा वितरण नियमन, गुणस्तर, नीति, मापदण्ड जस्ता महत्वपूर्ण विषयमा तीन तहका सरकारबीच द्विविधा हटाउन थप स्पष्टता आवश्यक छ। तीन तहका सरकारको एकल तथा साझा अधिकार कार्य विस्तृतीकरण प्रतिवेदनमार्फत् व्याख्या भएकोमा सो व्याख्यामा थप स्पष्टताको आवश्यकताबोध सबैमा भएको छ। नेपाल सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत उक्त कार्यविस्तृतीकरणमा परिमार्जन गर्ने प्रतिबद्धता जनाइसकेको छ। प्रदेश तथा स्थानीय सरकारहरूका सुझावसमेत समेटी यसलाई कार्यमूलक बनाइनेछ। कार्यविस्तृतीकरणमा स्पष्टता भएपछि तदनुरुप संगठन संरचना र सोबमोजिम नै संस्थागत प्रबन्ध हुँदै जाँदा कार्यगत दोहोरोपना अन्त्य हुँदै जानेछ। यस बैठक र भोलि हुने राष्ट्रिय समन्वय परिषद्को बैठकले कार्यक्षेत्रमा रहेका अस्पष्टताहरू हटाउन महत्वपूर्ण विषयहरू पहिचान गर्नेछ भन्ने मेरो अपेक्षा छ।
संघीयता कार्यान्वयनका लागि संघीय निजामती ऐन, संघीय शिक्षा ऐनलगायतका महत्वपूर्ण ऐन निर्माणलाई सरकारले प्राथमिकतामा राखेको छ। यसमा घनीभूत छलफल भइरहेको छ। छिट्टै यिनले साकार रूप लिनेछन् भन्ने मेरो विश्वास छ।
माननीय मुख्यमन्त्रीज्यूहरू,
आर्थिक वर्ष २०८०/८१ को बजेट तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रतिनिधि सभामा मैले भनेको थिएँ– अब हामीले निराशा र कुण्ठा होइन, आशा र विश्वासका साथ अघि बढ्नुको विकल्प छैन। ६ महिनाको अवधि सरकारको समग्र मूल्याङ्कनका निम्ति पर्याप्त होइन, यद्यपि यस अवधिमा सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा महत्वपूर्ण कामहरू भएका छन्। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई संगठित अपराध गर्ने प्रकरणका अभियुक्तहरूमाथि कार्वाही अगाडि बढाइएको छ, ललिता निवास प्रकरणको फाइल फेरि खोलिएको छ। भ्रष्टाचार नियन्त्रण र सुशासन अभिवृद्धिका निम्ति सरकारले गरेको भरमग्दुर प्रयासबाट आम जनतामा आशाको नयाँ रक्तसञ्चार पैदा भएको छ।
समष्टिगत आर्थिक परिसूचकहरूमा सकारात्मक सुधार आएको छ। रेमिट्यान्समा उल्लेख्य वृद्धि भएको छ, पर्यटक आगमनमा वृद्धि भएको छ, बैंकको ब्याजदर घटाई व्यवसायमैत्री वातावरण निर्माण गरिएको छ, लघुवित्त र सहकारीका समस्या दीर्घकालका लागि सम्बोधन गर्न पहल लिइएको छ, विदेशी मुद्राको सञ्चितिमा गुणात्मक वृद्धि भएको छ। निकै चुनौतीपूर्ण परिस्थितिमा गठन भएको वर्तमान सरकारले लिएको पहलकदमीका कारण देशको अर्थतन्त्र लयमा फर्किएको छ। यद्यपि, यसमा सुधार गर्नुपर्ने थुप्रै कामहरू बाँकी नै छन्।
विदेशमा रहेका नेपालीहरूका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरिएको छ, यसबाट लाखौं नेपाली कामदार÷श्रमिकहरू लाभान्वित भएका छन्। विदेशमा रहेका नेपाली दूतावासहरूमा श्रमिक हेल्प डेस्क, अनलाइनबाटै श्रम स्वीकृति र भिसा नवीकरणको व्यवस्था, विदेशमा अलपत्र परेका नेपालीहरूको उद्दार, राहत र पुनःस्थापना, नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायत सेवा प्रदायक कार्यालयहरूका लामा–लामा लाइन हटाई सेवा प्रवाहमा सहजीकरण गरिएको छ।
इतिहासमा पहिलो पटक समयअगाडि नै दूरदराजसहित देशभरिका विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पुर्याइएको छ। यस वर्षका लागि आवश्यक पर्ने रासायनिक मलको समयमै प्रबन्ध गरिएको छ। नेपालमा उत्पादित सवारीसाधनलाई दर्तासहित प्रवर्धन गर्ने नीति लिइएको छ। वीर अस्पतालका ७०० शय्या बिपन्न र असहाय नागरिकका लागि निशुल्क रूपमा उपलब्ध गराउने व्यवस्था गरिएको छ। मिटरब्याज पीडित किसानका समस्या सम्बोधन गर्न कानुन निर्माण र कार्यदल गठन गरी कार्वाहीको प्रक्रियामा तीव्रता दिइएको छ। शान्ति सुरक्षा सम्बन्धी कार्यमा खर्च हुँदै आएको सुराकी भत्ता खारेज गरिएको छ। खेलाडीहरूलाई प्रोत्साहन र पुरस्कृत गर्दै उत्प्रेरणा प्रदान गरिएको छ। सरकारका यी र यस्तै प्रयासहरूले दृढ इच्छाशक्ति, इमानदार प्रयास र पहलकदमीबाट जस्तासुकै चुनौतीलाई समेत अवसरमा बदल्न सकिन्छ भन्ने प्रमाणित गर्दछन्।
यसबीचमा प्राप्त उपलब्धिको जगमा टेकेर थप उपलब्धि हासिल गर्दै अघि बढ्न सबैको साथ सहयोग चाहिन्छ। हामीले बाटो बिराउँदा खबरदारी गर्ने जमात चाहिएको छ, तर भएका राम्रा कामको पनि अपव्याख्या गरी आमजनतालाई दिग्भ्रमित बनाउने कार्यले कसैलाई पनि अघि बढ्न दिँदैन। यसले व्यवस्थाप्रति नै नकारात्मकता पैदा गराउने मात्र होइन, गरिबीको दुष्चक्रबाट मुक्त भई विकसित र सम्पन्न देशको नागरिक बन्ने तीन करोड नेपालीको वर्षौंदेखिको सपनामा तुषारापात हुनेछ। त्यसैले आपसी मनोमालिन्य हटाएर देश विकासमा हातमा हात मिलाएर अघि बड्न म सबैमा आग्रह गर्दछु।
हामी सबै संविधानको सीमाभित्र बसी आ–आफ्नो कार्यक्षेत्रमा इमान्दारीका साथ लाग्ने र हालसम्मको भोगाइ तथा अनुभवका आधारमा कार्यशैलीमा सुधार गर्दै अघि बढ्ने प्रण गर्न सकिएमा नेपालको तीब्र विकास र सम्बृद्धि हासिल गर्न कठिन हुने छैन भन्नेमा विश्वस्त छु।
अन्त्यमा, अन्तर प्रदेश मुख्यमन्त्री बैठक आयोजना गर्नुभएकोमा गण्डकी प्रदेशका माननीय मुख्यमन्त्रीज्यू लगायत सिङ्गो मन्त्रिपरिषद् तथा प्रदेशवासी सम्पूर्णप्रति पुनः एकपटक हार्दिक धन्यवाद व्यक्त गर्दै यस बैठकको पूर्ण सफलताको कामना गर्दछु। साथै यस बैठकले संघीयता सुदृढ गर्ने दिशामा महत्वपूर्ण निष्कर्ष निकाल्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु। धन्यवाद !
विराटनगर, १५ असार ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न सकेनन् । शुक्रबार कार्कीले आफूलाई विश्वासको मत छ भनि राखेको प्रस्तावलाई मत विभाजनको आधारमा निर्णयार्थ प्रस्तुत गरिएको थियो । जसमा एक मत कमीले उनले विश्वासको मत प्राप्त गर्न सकेनन् ।
९३ सदस्यीय प्रदेशसभामा शुक्रबारको बैठकमा ८९ जना सांसद उपस्थित थिए । जसमध्ये कार्कीले विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा ४६ र विपक्षमा ४३ मत परेको प्रदेशसभाका सभामुख बाबुराम गौतमले जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले विश्वासको मत प्राप्त गर्न राखेको प्रस्तावको पक्षमा ४६ मत परेको र उक्त मत प्रदेशसभामा तत्काल कायम रहेको ९३ जना सदस्य संख्याको बहुमत नभएकाले प्रस्तावलाई अस्वीकृत भएको सभामुख गौतमले जानकारी दिए ।
एमालेका कार्की गत २४ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए भने २५ गते पदभार ग्रहण गरेका थिए ।
प्रदेशसभामा एमालेसँग ४० र राप्रपासँग ६ मत छ । कांग्रेस २९, माओवादी १३, नेकपा एकीकृत समाजवादी ४ र जसपाका एक सांसद छन् ।
काठमाडौं, १५ असार ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशका शासकहरुले भ्रष्टाचारको डंगुरमाथि बसेर शुद्धताको मन्त्र उच्चारण गरिरहेको टिप्पणी गरेका छन् । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारको ठूला काण्डमा शीर्ष नेताहरुको संलग्नता रहेको दाबी गर्दै उक्त टिप्पणी गरेका हुन् ।
देशमा भ्रष्टाचार र वैदेशिक हस्तक्षेप बढेको बताउँदै उनले कुनै पनि दल भ्रष्टाचारबाट अछुतो नरहेको बताए ।
‘अहिले भ्रष्टाचार बढेर गएको छ। वैदेशिक हस्तक्षेप बढेर गएको छ । भ्रष्टाचारको डंगुरमाथि बसेर देशका शासकहरु शुद्धताको मन्त्र उच्चारण गरिरहेका छन्,’ उनले भने, ‘भुटानी शरणार्थी प्रकरणलाई मात्रै हेर्नुभयो भने पनि हामीले बारम्बार भनेको कुरालाई पुष्टि हुन्छ। हामीले भन्यौं नेपालमा हुने सबै भ्रष्टाचारको काण्डहरुमा अहिलेका ठुला हुँ भन्ने सबै दलहरु संलग्न छन्। त्यो कुरा प्रमाणित भयो। कुनै दल चोखो छैनन्।’
ठूलो भ्रष्टाचारका फाइल खुलिरहँदा दोषीलाई बचाउने खेल भइरहेको आशंका गर्दै अध्यक्ष लिङ्देनले भने, ‘ललिता निवास, नक्कली भुटानी शरणार्थी प्रकरण होस्, अहिले फाइल खोल्न बाँकी रहेको वाइटबडी प्रकरणमा होस्, प्रहरीले अनुसन्धान बढाएर जनदबाब बढेपछि सरकारमा बस्नेहरु एकातिर ठुल्ठुला कुरा गरिरहेका छन्। अर्कोतिर ठुला मान्छे र आफ्ना मान्छेलाई कसरी जोगाउँने भन्ने योजनामा लागिरहेका छन्।’
काठमाडौं, १५ असार ।
राष्ट्रिय जन कंग्रेसको निमन्त्रणामा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले गएको साता गरेको चीनको औपचारिक भ्रमणपछि त्यसका सकारात्मक परिणामहरु आउन थालेका छन ।
अध्यक्ष तिमिल्सिना र चीनको उच्च नेतृत्वका बिचमा भएका छलफलका बिषयहरुमा चीनले सकारात्मक चाँसो राख्दै कार्यान्वयनका लागि पहल थालेको अध्यक्षको सचिवालयले जनाएको छ ।
नौ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अध्यक्ष तिमिल्सिना जेठ २७ देखि असार ६ गतेसम्म दश दिन चीनको भ्रमण गरेका थिए ।
भ्रमणका क्रममा छलफलमा बढी जोड दिइएको पोखरा विमानस्थलमा नियमित उडान गर्ने र नेपालका कृषिजन्य उत्पादनलाई चीनमा सहज प्रवेश दिने बिषय चीनले कार्यान्वयन गर्न थालेको हो । चीनको सिचुवान प्राप्तको छेन्दुबाट पोखरा नियमित उडान सञ्चालन गर्ने बिषयमा नेपाली पक्षसँग छलफलका लागि सिचुवान एयरलायन्सका अध्यक्ष मा जून लुन नेपाल आउन लागेको जानकारी चीनियाँ दुतावासले दिएको छ ।
नेपालको नागरिक उड्डयन प्राधिकरणसहितका निकाय तयार भएमा छिट्टै नियमित उडानका लागि सिचुवान एयरलायन्स तयार देखिएको हो । नेपालले त्यसका लागि आवश्यक तयारी गर्न सिचुवान एयरलायन्सले आग्रहसमेत गरेको छ ।
यसैगरी चीनको स्वशासित क्षेत्र तिब्बतमा नेपालमा उत्पादन गरिने तयारी घाँस (साईलेस) निर्यातका लागि चीन सकारात्मक भएको छ । घाँस उत्पादक र तिब्बत सरकारका बिचमा सहमति समेत भैसकेको छ भने दुई सातापछि घाँस निर्यात थालिने ब्यबसायीले जानकारी गराएका छन । तिब्बतमा चौंरीका लागि यो घाँस प्रयोग हुन्छ ।
अध्यक्ष तिमिल्सिना र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजीका बिच भएको भेटवार्ताका क्रममा सिधा उडानको बिषय उठान भएपछि असार ६ मा चार्टड उडान भैसकेको छ । अध्यक्ष तिमिल्सिनाले पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवामा समेत चीनका बिभिन्न शहरबाट सिधा उडान गर्न आग्रह गरेका थिए ।
अध्यक्ष तिमिल्सिनाको आग्रह अनुसार नै पोखरामा भएको ड्रागन बोट फेस्टिबलका सहभागीहरु नियमित उडानबाट काठमाण्डौ आउने तयारीमा रहे पछि चीनले सिचुवान एयरलायन्सको बिमान चार्टड गरेर नेपाली संसदीय प्रतिनिधी मण्डलका सदस्य र खेलाडीहरुलाई पोखरा पठाएको थियो ।
पोखरा । आज सातै प्रदेशका मुख्यमन्त्रीहरुको भेला हुदैँछ ।
त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार पोखरा आउने कार्यक्रम यसअघि नै तय भईसकेको छ ।
गण्डकी प्रदेश सरकारको आयोजनामा सातै प्रदेशका मुख्यमन्त्रीहरूको पोखरामा भेला हुन लागेका हुन । उनीहरु दुई दिनसम्म पोखरामा संघीयता र प्रदेशका हक अधिकारका बारेमा छलफल गर्नेछन् ।
तर, कोशी प्रदेशका मुख्यमन्त्री आउने नआउने भन्ने बारेमा अन्यौल कायमै रहेको छ । आज कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने भए पछि पोखरामा हुने यस कार्यक्रममा उनकाे उपस्थिति अन्यौलमा परेको हो ।
गण्डकी प्रदेश सरकारकी प्रवक्ता तथा ऊर्जा मन्त्री सरस्वती अर्यालका अनुसार यसअघि जेठ १० का लागि तोकिएको भेला प्रावधिक कारण सम्पन्न हुन नसके पनि यसपटक बोलाईएको भेला भने शुक्रवार र शनिवार गरी दुई दिनसम्म चल्नेछ ।
आजबाट सुरु हुने सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेला दोस्रो हो । पहिलोपटक २०७५ भदौ २१ र २२ गते गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको पहलमा पहिलो पटक मुख्यमन्त्रीहरुको भेला भएको थियो ।
काठमाडौं, १५ असार ।
राष्ट्रिय सभा बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ः३० बजे बस्नेछ ।
आजको बैठकमा राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले बिनियोजन बिद्येयक २०८० को सबन्धमा प्रतिनिधिसभावाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन भने अर्थमन्त्री डा. प्रकाशशरण महतले बिनियोजन बिद्येयक २०८० बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्य सुची रहेको छ ।

यसैगरी बिद्यायन ब्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल बिश्वबिद्यालय बिद्येयक २०७९ माथी छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ भने भने त्यसलाई पारित गरियोस भन्ने प्रस्ताव शिक्षा मन्त्री अशोक राईले गर्ने कार्यसुचीमा उल्लेख छ ।
मुलुकी संहिता सबन्धी केही नेपाल ऐनलाई संसोधन गर्न बनेको बिद्येयक २०८० माथी दफावार छलफल हुने र सो बिद्येयक पारित गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
बिराटनगर, १४ असार ।
कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने भएका छन् ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार विश्वासको मत लिने लागेका हुन । बैठक अपरान्ह १ बजे बोलाईएको छ ।
सरकारलाई समर्थन दिएको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिए पछि संकटमा परेका मुख्यमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन् ।

कोशी प्रदेश सभामा नेकपा एमाले सबैभन्दा ठुलो दल रहेको छ । एमाले नेतृत्वको एक मात्र प्रदेश सरकार माथी विश्वासको संकट उत्पन्न भए पछि मुख्यमन्त्री कार्कीले आज बिश्वासको मत लिन लागेका हुन । एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत दिने जनाईसकेका छन । राप्रपा र एमाले मिल्दा ४६ जना सांसदको समर्थन रहने देखिएको छ । कोशी प्रदेश सभामा सरकार बनाउन वा विश्वासको मत प्राप्त गर्न ४७ जना सांसद आवश्यक पर्छ ।
जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएमा कोशी सरकार यथावत रहनेछ । जसपा नेपालको एक मत रहेको छ । जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकारका लागि विश्वासको मत दिएको एमालेले कोशीमा पनि विश्वासको मत पाउने अपेक्षा गरेका मुख्यमन्त्री कार्कीले जनाउँदै आएका छन् ।
हाल कोशी प्रदेश सभामा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन् ।
रौतहट, १३ असार ।
रौतहटको गरुडा नगरपालिकामा तीन दिन देखीको धर्ना जारी छ ।
बहुमत जनप्रतिनिधिलाई पाखा लगाएर नगरसभा गरेको भन्दै उपप्रमुख पुनम चौधरी लगायतले कार्यालयमा ताला लगाएर तीन दिन देखी धर्नामा बसेका हुन ।
नगरपालिकाको कार्यालय, गरुडाामा तालाबन्दी गर्दै उपप्रमुख चौधरीसहित छवटा वडाका अध्यक्ष तथा ३१ जना सदस्यले मुल ढोकामा ताला लगाएर धर्नामा बसेका हुन । उपप्रमुख चौधरी नै धर्नामा बसे पछि नगरपालिकवाट हुने काम कारबाही प्रभावित भएको छ ।
गत आइतबार नगरपालिकाको नवौं नगरसभाका लागि ५५ करोड १६ लाख ३० हजारको बजेट तयार पारिएको र यसरी तयार पारिएको बजेट बिभेदकारी र एकलौटी रुपमा ल्याएको भन्दै उपप्रमुख चौधरीलगायतका वडा अध्यक्षहरु मुख्य गेटमा धर्ना बसेका हुन । जसका कारण नगरपालिकाको बजेट बजेट प्रस्तुत हुन सकेको छैन ।
नगरप्रमुख कन्थमणि जैसवालले असन्तुष्ट जनप्रतिनिधिहरुसित सम्वाद गरिरहेको र चाँडै बिबाद समाधान हुने बताएका छन् ।
काठमाडौं, १३ असार ।
मेयर बालेन शाहले काठमाडौं महानगरपालिकाका सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ ।
महानगरपालिकाको सहकारी विभागले जारी गरेको सूचना राख्दै मेयर शाहले सहकारीहरुको साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गर्दै ३० दिन भित्र पेश गर्न निर्देशन दिएका हुन् ।
पछिल्लो समय सहकारीमा आर्थिक संकट सिर्जना भएको तथा चरम अनियमिताको खबर सार्बजनिक भईरहेको बेला महानगरले सो सुचना जारी गरेको हो । सूचना जारी भएको मितिले ३० दिनभित्र विवरण पेश नगरे महानगरको सहकारी ऐनअनुसार कारबाही गर्ने चेतावनी पनि दिईएको छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्:
बित्तिय जोखिमबाट बचौँ, सहकारीहरुलाई संकटग्रस्त हुनबाट बचाऔँ
सहकारी संस्था र संस्थाका शेयर धनी तथा बचतकर्ताहरुलाई अनुरोध
बस्तु र सेवाहरुको मूल्यबृद्धि र मुद्रा स्फितिले वित्तिय क्षेत्रहरुमा पारेको तरलताबाट सहकारी क्षेत्र पनि प्रभावित बनेका छन् । तरलताको अभाव सृजना भएको सर्वविदितै छ । महानगरपालिकाको सहकारी बिभागमा शेयर सदस्य र सञ्चालकहरुले दिने गरेका लिखित र मौखिक उजुरीको चापबाट अवस्था देखिन्छ । यस्तो संवेदनशील समयमा सहकारी संघ संस्थाहरुले आफ्नो काम कारवाहीलाई जिम्मेवार, इमान्दार, अनुशासित, पारदर्शी एवं विधिसम्मत तरिकाले सदस्य केन्द्रीत भई सञ्चालन एवं व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्न अनुरोध गर्दछु ।
यसका लागि कानुनले निर्दिष्ट गरेका आफ्ना दायित्व र जिम्मेवारी पूरा गरौं ।।
सहकारी संस्थाहरुमा अनुरोध :
— तोकिएको समयमा सबै शेयर सदस्यहरुलाई उपस्थित गराई साधारण सभा सम्पन्न गरी संस्थाको यथार्थ स्थिति र कारोवार बारे जानकारी गराउनुहोला । विश्वसनीयता र अपनत्व ग्रहण गराउनकालागि नियमित रुपले शेयर सदस्यहरुसँग सम्पर्क र संवाद बढाउनुहोला ।
— तोकिएको कार्य क्षेत्रभन्दा बाहिर गएर कुनै पनि कारोवार र लगानी नगर्नुहोला ।
— वित्तिय जोखिमको विश्लेषण गरी बढीभन्दा बढी तरलता कायम राख्नुहोला।
— परिस्थितिको आँकलन गरी अनुत्पादक क्षेत्रहरुमा लगानी नगर्नुहोला ।
— शेयर सदस्यहरुलाई बढी ब्याजदरको लोभ देखाई लामो अवधिको निक्षेप संकलन नगर्नुहोला ।
— सञ्चालक समिति परिवर्तन गर्दा सहकारीको ज्ञान भएको नियमित रुपले संस्थासँग कारोवार भएको व्यक्तिहरुलाई मात्र जिम्मेवारी दिनुहोला ।
— कानुनी प्रक्रिया पूरा नगरी तथा कसैको इच्छा बेगर कुनै पनि व्यक्तिलाई सञ्चालक तथा लेखा समितिमा निर्वाचित नगर्नुहोला ।
— कार्यपद्धतिमा सुशासन र निर्णय प्रक्रियामा पारदर्शिता कायम राखी तोकिएको समयभित्र प्रगति विवरण नियमनकारी निकायमा पेश गर्नुहोला ।
— ऋण प्रवाह गर्दा ऋणीको पारिवारिक विवरण र एकाघर परिवारको सनाखत गराएर मात्र तोकिएको ढाँचामा ब्याज र सेवा शुल्क सहितको फाराम भराई अवधि तोकेर मात्र प्रवाह गर्नुहोला ।
— जोखिम विश्लेषण गरेर मात्र सुरक्षित ऋण प्रवाह गर्नुहोला । जोखिम न्यूनीकरणका योजना बनाएर प्रभावकारी ऋण असुली गर्नुहोला ।
— राष्ट्रिय सहकारी महासंघ, विषयगत संघहरुबाट सहकारी अभियानको सफलताका लागि जारी गरिएका अपिल अध्ययन गरी लागू गर्नुहोला।
— आफ्ना शेयर सदस्य र बचतकर्ताहरुलाई नियमित सहकारी शिक्षा प्रदान गर्नुहोला ।
सदस्य/बचतकर्ताहरुलाई अनुरोध
सहकारी संस्थाहरु बैंक होईनन् । यी संस्थाहरु सदस्यहरुद्वारा प्रजातान्त्रिक नियन्त्रण हुन्छन् । सहकारी सुशासनकालागि सदस्यहरुको निरन्तर निगरानी आवश्यक छ ।
— सहकारी संस्थाको साधारण सभामा अनिवार्य उपस्थित हुनुहोला । संस्थाको कारोवारको बारेमा नियमित रुपले जानकारी लिनुहोला ।
— नियमित साधारण सभा नगर्ने सहकारीहरुको बारेमा विभागमा जानकारी गराउनुहोला ।
— सञ्चालक समितिका पदाधिकारीहरुको आनीबानी र इमान्दारिताका बारेमा नियमित जानकारी लिनुहोला ।
— बढी ब्याजको लोभमा लामो अवधिको अत्यधिक बचत नगर्नुहोला ।
— सहकारी संस्थाका बारेमा अतिरञ्जित हल्लाका पछाडि मात्र नलागी यथार्थ अवस्था बारे जानकारी लिनुहोला ।
– कार्यक्षेत्रभन्दा बाहिर गएर कार्य गर्ने संस्थासँग कारोवार नगर्नुहोला ।
— सञ्चालक समितिका पदाधिकारीहरुको पहिचान गरेर मात्र संस्थासँग कारोवार गर्नुहोला, नियमित संवाद र सम्पर्क राख्नुहोला ।
— आवधिक बचत जम्मा गर्दा जिम्मेवार पदाधिकारीको हस्ताक्षरयुक्त कागजातसहित निक्षेप निस्सा लिनुहोला ।
— ऋण लिँदा सेवा शुल्क र ब्याज रकम यकिन गरी सम्झौता गरेर मात्र ऋण लिने र समयमा नै तिर्ने बानी बसाल्नुहोला
काठमाडौं, १३ असार ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री निवास निल्न खोज्नेहरु पक्राउ पर्न थालेको जानकारी दिएकाक छन् ।
बुधबार प्रतिनिधिसभा बैठक आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उनले प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास प्रकरणमा संलग्न रहेकाहरु पक्राउ पर्न थालेको जानकारी दिएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरण, बालुवाटार जग्गा प्रकरणमा संलग्न रहेका तथा मिटरब्याजीमाथिको कारबाहीले हाइ प्रोफाइल व्यक्तिहरु कानुनभन्दा माथि छन् भन्ने आम मनोविज्ञान भ्रम अन्त्य भएको बताए । यसले लोकतन्त्रको सर्भिसिङसुरु भएको उनको भनाइ छ ।
काठमाडौं, १३ असार ।
जनमत पार्टीले सरकारले संसदमा पेस गरेको आगामी आर्थिक वर्षको बजेटको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको सो पार्टीको संसदीय दलको बैठकले बजेटको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
सत्तारुढ गठबन्धनमा सामेल जनमतले बजेट मधेशविरोधी र गरिबमारा तथा असमान रहेकाले विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
काठमाडौं, १३ असार ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकारको नेतृत्व सम्हालेपछि देशको अर्थतन्त्र सुधारिँदै गएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठक आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उनले आफूले सरकारको नेतृत्वमा सम्हाल्दा देशको अर्थतन्त्र श्रीलंकाको जस्तो हुन लागेको भाष्य सृजना गरिए पनि त्यसो हुन नदिएको बताए । अहिले देशको अर्थतन्त्र सकारात्मकतर्फ जागेको उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डका अनुसार देशका सबै आर्थिक सूचकहरु सकारात्मक दिशातर्फ अगाडि बढेको छ ।
काठमाडौं, १३ असार ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो ६ महिनामा ३५ अर्ब वैदेशिक लगानी र १५ हजार रोजगारी सुनिश्चित भएको दाबी गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठक आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आफूले सरकारको नेतृत्व सम्हालेपछिको ६ महिनामा उद्योग क्षेत्रमा २७४ परियोजनामार्फत करिब ३५ अर्ब वैदेशिक लगानी र करिब १५ हजार रोजगारी सुनिश्चित भएको जानकारी दिएका हुन् ।
यसअवधिमा दुई खर्ब पाँच अर्ब लगानीका २८४ नयाँ स्वदेशी उद्योग दर्ता भएको जानकारी दिँदै उनले लगानी बोर्डबाट ९५४.३० मेगावाट विद्युत् उत्पादन हुने गरी विभिन्न ६ वटा जलविद्युत् परियोजनाका लागि एक खर्ब ६७ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको बताए ।
काठमाडौं, १३ असार ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा मूख्य विषयले भन्दा सहायक विषयले समय लिएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठक आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आफ्नो भारत भ्रमणका क्रममा भएका उपलब्धिभन्दा पनि अन्य विषयले संसदमा समय लिएको बताएका हुन् ।
‘हाम्रो सार्वजनिक बहसको स्तर खस्केको छ । चौतर्फी अविश्वास खडा गर्ने र लोकतान्त्रिक संस्थाविरुद्ध मोहभंग पैदा गर्ने प्रयास भइरहेको छ। संसदसँगै पनि मेरो गुनासो छ। भर्खरैको मेरो भारत भ्रमणमा वर्षौंदेखि रोकिएको नेपाल–भारत पारवहन सन्धि संशोधनसहित नवीकरण भयो । भारत र तेस्रो विश्वसम्म विद्युत निर्यातका लागि ऐतिहासिक ब्रेक थ्रुरु भएको छ । तर, हामीले यति ठूला उपलब्धिलाई छाडेर मुर्रा राँगो हो कि भैंसी भन्ने विवादमा संसदको लामो समय लियौं । यस्ता घटनाबाट जनतामा पर्ने प्रभावबारे यो सम्मानित संसद गम्भीर हो भन्ने मेरो आग्रह छ,’ संसद बैठकमा प्रधानमन्त्री प्रचण्डले भने ।
काठमाडौं, १३ असार ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रासायनिक मलको अभाव हुन नदिने बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठक आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आफूले सरकारको नेतृत्व सम्हालेपछि पहिलोपटक रासायनिक मलको अभाव हटाएको भन्दै अब अभाव हुन नदिने बताएका हुन् ।
मल वितरणमा बेथिति रहेको भन्ने सांसदहरुले उठाएको जिज्ञासाप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षका लागि मल अभाव हुन नदिन ३० अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिए । साथै देशमै रासायनिक मल उद्योग खोल्नका लागि लगानी बोर्डले अध्यायन गरिरहेको उनको भनाइ छ ।
‘पछिल्ला निकै वर्षदेखि किसानले कहिल्यै समयमा मल पाएनन्। मलको हाहाकार हरेक वर्ष समाचारका स्थायी शीर्षक बन्दै आए तर परिस्थिति उही रह्यो । मैले विश्वासको मत लिँदै गर्दा सम्मानित संसदमा प्रतिबद्धता जनाएको थिएँ, अब मलको हाहाकार हुन दिइने छैन । त्यो प्रतिबद्धता पूरा भएको र यस आर्थि वर्षमा साढे अठहत्तर हजार मेट्रिक टन रासायनिक मलको आपूर्ति सुनिश्चित भएको छ। यसबाहेक १ लाख ९५ हजार ९ सय मेट्रिक टन रासायनिक मल आयात भई १ लाख ४५ हजार ९ सय मेट्रिक टन मल अनुदानित मूल्यमा वितरण नै भइसकेको छ । आगामी आर्थिक वर्षका लागि पनि समयमै रासायनिक मल व्यवस्थापन गर्न रु. ३० अर्ब रकम विनियोजन गरिएको छ । देशमै मल कारखाना खोल्न लगानी बोर्डले अध्ययन सुरु गरिसकेको छ भने भर्खरैको भारत भ्रमणका क्रममा पनि मैले यो विषय उठाएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।
काठमाडौं, १३ असार ।
जनता समाजवादी पार्टी नेपालले संसदमा पेस भएको आगामी आर्थिक वर्षको बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
जसपा संसदीय दलको बुधबार बसेको बैठकले बजेट सर्वसम्मतले पारित गर्ने निर्णय भएअनुसार आफ्ना सदस्यहरुलाई ह्वीप जारी गरेको छ ।
सत्तारुढ गठबन्धनमा सामेल जसपा बजेटको पक्षमा उभिएको हो ।
काठमाडौं, १२ असार ।
संयुक्त राष्ट्रसंघका उपमहासचिव आज नेपाल आउँदैछन् ।
राष्ट्र संघको शान्ति सेनाका विभाग हेर्ने उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स ४ दिवसीय भ्रमणका लागि आज नेपाल आउन लागेका हुन ।
उपमहासचिव ल्याक्रोइक्सकाे भ्रमण कार्यसुची अनुसार उनले यस भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवं रक्षामन्त्री पुर्णबहादुर खडका र परराष्ट्र मन्त्री एनपी साउदलगायतसँग शिष्टाचार भेट गर्नेछन् ।
यसैगरी, उनले प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग भेटघाटको कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । उनले यस क्रममा नेपालले विश्वको शान्ति प्रक्रियामा दिएको योगदानका बारेमा उनले प्रशंशा गर्ने तथा थप जानकारी लिने कार्यक्रमसमेत रहेको छ ।
संयुक्त राष्ट्रसंघको शान्ति सेनामा पठाउने मुलुकको सूचीमा नेपाल दोस्रो स्थानमा रहेको छ भने सोही शान्ति सेनामा महिला सैनिक धेरै पठाउने देशमा भने नेपाल पहिलो नम्बरमा छ । जसका कारण पनि नेपाल शान्ति स्थापनार्थको मुद्धामा अग्रणी भुमिका खेलेको भन्दै राष्ट्र संघले उच्च प्रशंशा गर्दै आएको छ।
काठमाडौं, १२ असार । जनता समाजवादी पार्टी, नेपालको बिद्यान अधिवेसन जारी छ ।
गत आइतवार देखी सुरु भएको बिद्यान अधिवेसन पुर्ववतः तालिका अनुसार आज समापन हुदैँछ ।
आजको बैठकमा मस्यौदा बिद्यान माथी समुहगत छलफलमा उठेका प्रश्नको अध्यक्ष उपेन्द्र यादवलगायतका शिर्ष नेताले जबाफ दिने कार्यक्रम रहेको छ ।
गत आइतवार अध्यक्ष यादवले प्रस्तुत गरेको मस्यौदा बिद्यानमा हिजो १० वटा समुहमा समुहगत छलफल भई धारणा राख्ने क्रम सुरु भएको थियो । उक्त १० वटा समुहवाट समुहगत धारणा राखे पछि अधिवेसनको अन्तिम दिन अध्यक्ष यादवले जवाफ दिएर संसोधनसहित बिद्यान पारित गर्ने कार्यसुची रहेको प्रवक्ता मनिष सुमनले जानकारी दिएका छन् ।
उनका अनुसार प्रस्तावित बिद्यानमा ७० बर्षे उमेर हदको प्राबधान राखिएको, जिल्ला, प्रदेश र केन्द्रिय कार्यसमितिको पदाधिकारीमा दुई पटक भन्दा बढी एउटै पदमा बस्न प्रतिबन्ध लगाईएको, एकल नेतृत्वमा फर्किएको, प्रदेश र केन्द्रिय समिति सदस्य हुन कम्तिमा पाँच बर्ष पार्टी सदस्यता लिएको पाँच बर्ष हुनुपर्ने लगायत प्रावधान राखिएको बिद्यान प्रस्तुत भएको छ ।
उक्त मस्यौदा बिद्यानमा छलफलका लागि ४ सय २० केन्द्रिय सदस्यसहित करिब ८ सय जना प्रतिनिधिले सहभागिता जनाईरहेका छन् ।
काठमाडाैं, १२ असार । प्रतिनिधि सभाकाे बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक ११ बजे बाेलाइएकाे छ ।
मंगलवारकाे बैठकमा बिनियाेजन बिधेयक माथीकाे छलफल जारी रहनेछ । साेही क्रममा बिनियाेजन (बजेट) बिधेयक माथी उठेका प्रश्रकाे जवाफ सबन्धित मन्त्रालयका मन्त्रीहरूले दिने कार्यलाइ निरन्तरता दिइएकाे संसद सचिवालयले जनाएकाे छ ।
जसअनसार मंगलबारकाे बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।
प्रतिनिधि सभाको हिजाेकाे बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत प्रतिनिधि सभा सदस्यहरूले मन्त्रालयगत छलफलमा उठाएका प्रश्नहरूको रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले जवाफ दिएका थिए ।
काठमाडौं, ११ असार । नेपाली कांग्रेसले अनलाइनबाट सदस्यता वितरण सुरु गरेको छ । अनलाइन आवेदनमार्फत साधारण सदस्यताका लागि अप्लाइ गर्न सकिने छ ।
कांग्रेसको विधानमा साधारण क्रियाशील गरि दुई प्रकारका सदस्यता वितरण हुने व्यवस्था छ । साधारण सदस्यता वितरण गरिने विगतमा प्रचलन थिएन । साधारण सदस्यता प्राप्त गरेको व्यक्तिले एकवर्ष पछि क्रियाशील सदस्यता पाउने विधानको प्रावधान छ ।
काग्रेसको सदस्यता लिनको लागि पार्टीको साइटमा उपलब्ध गराइएको फर्म भर्नुपर्ने हुन्छ । सदस्यता प्राप्त गर्नका लागि नाम, जन्ममिति, इमेल आइडी, मोबाइल नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर, ठेगाना, ब्लड गु्रप, भाषा, पेशा प्रदेश, जिल्ला लगायतको विवरण भर्नुपर्दछ ।
साथै, पासपोर्ट आकारको तस्वीर, नागरिकताको अघिल्लो भाग र पछाडीको फोटो पनि अपलोड गर्नुपर्ने हुन्छ । सदस्यता प्राप्त गर्नका लागि २० रुपैयाँ तोकिएको छ ।
काठमाडौं, ११ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालयमा खाभ्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारको नीति तथा कार्यक्रम र १५ जेठमा प्रस्तुत गरेको आगामी वर्षको बजेटमा जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालयमा गाभ्ने निर्णयप्रति रास्वपाले भर्त्सना गरेका हुन् ।
राजनीतिक आन्दोलनबाट स्थापित संवैधानिक निकायलाई खारेज गर्ने सरकारको निर्णय लोकतन्त्रमाथिको प्रहार भएको भन्दै उनले उक्त निर्णय फिर्ता लिन सरकारसँग माग गरे ।
काठमाडौं, १० असार ।
जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को आजवाट बिधान अधिवेसन सुरू हुदैँछ ।
आज देखी सुरु हुने बिधान अधिवेसनको अन्तिम तयारी तथा मस्याैदा बिधान अनुमोदनका लागि हिजो केन्द्रिय समिति बैठक बसेको थियो । उक्त बैठकले मस्यौदा बिद्यानलाई अनुमोदन गरे पछि आजको बिद्यान महाधिवेसनमा पेश हुन लागेकाे हाे ।
सो पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार साे अधिवेसन आज देखी नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सुरु हुनेछ । संघीय परिषद खारेज गरिएको प्रस्तावित बिद्यानमार्फत जसपा नेपाल पुनः एकल नेतृत्वतर्फ फर्किदै छ ।
आजको बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिव ८०० प्रतिनिधिहरु सहभागी हुदैँछन ।
विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ । ११ गते यसरी सहभागी भएका प्रतिनिधिहरुलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ । र, १२ गते विधानमाथि नेताहरुले धारणा राख्ने गरी कार्यतालिका बनाईएको छ ।
पटक पटक सर्दै आएको सो बिद्यान अधिवेसन यसअघि चैत्र २७, २८ र २९ गते गर्ने निर्णय गरेको थियो ।
काठमाडौं, १० असार ।
आज प्रतिनिधिसभा बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ः०० बजे बोलाईएको छ।
आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे छलफल हुनेछ।

आजको बैठकवाट सांसदहरुले सोधेको प्रश्नको जवाफ मन्त्रीहरुले दिने कार्यको सुरुवाती हुनेछ । जसअनुसार गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकूद, शहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि मन्त्रीले विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
गत असार ८ गतेको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत आजको प्रतिनिधि सभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, रक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरुमाथिको छलफल सकिएको थियो ।
महोत्तरी, ९ असार ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले ०६२/६३ को परिबर्तनबाट मुलुकको हित हुनुको सट्टा राष्ट्रियता कमजोर भएको , धर्मसंस्कृती र पहिचान मेटिएको, बिधिको शासनको धज्जी उडेको, भ्रष्टाचार र बेरोजगारी व्यापक रुपमा बढेको आरोप लगाएका छन् ।
राप्रपाका नेता पुर्ब मन्त्री एबं उपसभामुख स्वर्गीय रामबिलास यादबको महोत्तरीको एकडारा गाउँ पालिकामा निर्मित शालिकको अनावरण गर्दै थापाले निष्ठा,इमानदारी र आदर्शको राजनिती कमजोर भएको भन्दै केहि सिमीत दलका सिमित नेताहरुको सिन्डिकेटबाट मुलुक आक्रान्त भएको समेत दाबी गरे ।
ठुला -ठुला भ्रष्टाचार काण्डमा आफुलाई ठुला भन्ने ठुला राजनीति दलका नेताहरुको संलग्नता भएको भन्दै थापाले आफ्नो स्वार्थ सिद्ध गर्नको लागि कानुनलाई समेत हातमा लिने दुश्प्रयास भैरहेको भन्दै थापाले यस्तो अक्षम्य काम नगर्न राजनितीक दलहरुलाई आग्रह गरे । लोकतन्त्रको आबरणमा देशमा लुटतन्त्र मच्चाईएको भन्दै थापाले राजा, हिन्दु राष्ट्र ,एकात्मक राज्य प्रणाली अन्त्य पछि देश बन्छ, स्थिरतामा पुग्छ, समृद्धि आउँछ भन्नेहरुले आज मुलुकलाई कहाँ पुर्याए? भन्ने प्रश्न समेत थापाले गरे ।
स्वर्गिय रामबिलास यादव राष्ट्रबादी ,बिकासप्रेमी र सदैब मधेसी जनताको हितमा कृयाशिल ब्यक्ति भएको समेत उनले भने । कार्यक्रममा राप्रपा नेपालका उपाध्यक्ष राजिब पराजुली , विभिन्न पार्टीका नेताहरू ,स्थानिय जनप्रतिनिधि र स्वर्गीय यादवका छोरा शशिरन्जन यादब लगायतले स्वर्गीय यादबको ब्यक्तित्व बारे चर्चा गरेका थिए
काठमाडौं, ९ असार ।
जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)को आज केन्द्रिय समितिको बैठक बस्दैँछ ।
भोली देखी सुरु हुने बिद्यान अधिवेसनको अन्तिम तयारीका लागि आज केन्द्रिय समिति बैठक बस्न लागेको हो ।
सो पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार भोली देखी नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुने बिद्यान अधिवेसनमा प्रस्तुत हुने मस्यौदा बिद्यानलाई अनुमोदन गर्नका लागि आजको बैठक बस्न लागेको हो । बैठकले केन्द्रिय समितिवाट मस्यौदा बिद्यान पारित गरे पछि बिद्यान अधिवेसनमा प्रस्तुत हुनेछ ।
भोलीको बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिव ८०० प्रतिनिधिहरु सहभागी हुदैँछन । यसरी सहभागी भएका प्रतिनिधिहरुलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल हुनेछ र पारित गर्ने प्रमुख अजेन्डा रहेको छ ।
बिद्यान अधिवेसनले संघीय परिषद खारेज गरेर पुनः एकल नेतृत्वमा फर्कने गरी तयार पारिएको बिद्यान अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नेछन् ।
मञ्जय राम,कटहरिया, असाढ ७ गते ।
रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ८ स्थित रहेको पिपरा पोखरीया गाउँमा आज एनसेल टावर संचालनमा आएको छ । पालिकाको एक विकट क्षेत्रका रुपमा परिचित रहेको सो वडामा आजबाट एनसेल नेटर्वक शुचारू भएको हो ।
एनसेल टावरको धेरै समस्या भएकोले आजदेखि गाउँको मोबाईल फोनमा 4G को टावर आएको छ । गाउँहरूले खुशुको साथ सम्पन गरेको छ। विश्व आधुनिक युगमा प्रवेश गरेको अवस्था धेरै पुरानो छ । तर सो गाउँमा अहिलेसम्म नेटर्वकको समस्या रहदै आएको थियो । सो वडामा लामो समयदेखि नेटर्वकको समया हुने गरेको थियो ।
तर,एनसेल टावरको धेरै समस्या भएकोले आजदेखि गाउँको मोबाईल फोनमा 4G को टावर आएको छ । गाउँहरूले खुशुको साथ सम्पन गरेको छ। । ग्रामीण क्षेत्रमा एनसेलको टावर शुचारु भएकोले उपभोक्ता हर्सित हुन। सोही गाउँका एक स्थानीयले बताए ।
पुर्व वडा अध्यक्ष नवद राय यादवको पहलमा एनसेल टावरको विहिबारदेखि टावर पुन संचालनमा आएको छ । उपस्थितिमा पुर्व वडा अध्यक्ष नवद राय यादव,गगनदेव दास,अशाेक यादव,गेनालाल यादव,दिनेश यादव,रामाकान्त यादव,किसुनि राम उपस्थिति रहेकाे थियाे ।
काठमाडौं, ८ असार ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरातन पद्धति अन्त्य नभएसम्म देशमा सुशासन कायम नहुने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकारी काम म्यानुअल अर्थात् पुरातन पद्धती अन्त्य नभएसम्म देशमा सुशासन कायम नहुने बताएका हुन् । डिजिटल गभर्नेन्सले मात्र भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने उनको भनाइ छ ।
सरकारी काम म्यानुअल पद्धतिबाट हुने अवस्थाको अन्त्य नभएसम्म सुशासनमुखी नेपालको विकास गर्न सम्भव रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकार र जनताबीचको सम्बन्धलाई अझै विकसित गर्न र सरकारी काम कारबाहीलाई पारदर्शी तथा सबैको पहुँचमा पुर्याउँदै डिजिटल गभर्नेन्सको प्रत्याभूतिसहित भ्रष्टाचारमुक्त समाजको विकासमा हाम्रो प्रयास केन्द्रित छन् ।’
नयाँ दिल्ली, ६ असार
प्रधानमन्त्री मोदीले आफ्नो चार दिने अमेरिका भ्रमणको क्रममा बुधबार टेस्लाका सीईओ एलोन मस्कलाई भेटेका छन् । एलोन मस्कलाई भेट्नु अघि प्रधानमन्त्री मोदीले प्रसिद्ध प्रोफेसर नसिम तालेब र प्रोफेसर रोबर्ट थर्मनलाई पनि भेटेका थिए।
प्रधानमन्त्री मोदीसँगको भेटपछि टेस्लाका सीईओ एलोन मस्कले यसलाई निकै राम्रो भेट भएको बताएका छन् । उनले प्रधानमन्त्री मोदीसँगको मेरो कुराकानी निकै राम्रो भएको बताए । उनले अर्को वर्ष भारत आउने सोचमा रहेको बताए । एलोन मस्कले थप भने कि ‘म प्रधानमन्त्री मोदीको फ्यान हुँ।’
प्रधानमन्त्री मोदीले यसअघि सन् २०१५ मा क्यालिफोर्नियाको टेस्ला मोटर्स कारखानाको भ्रमणका क्रममा मस्कसँग भेट गरेका थिए । मस्क त्यतिबेला ट्विटरको मालिक थिएनन्। बुधवार मस्कसँग प्रधानमन्त्रीको भेट यस्तो समयमा भएको हो, जब टेस्लाले भारतमा आफ्नो कारखानाको लागि ठाउँ खोजिरहेको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको भ्रमणमा न्यूयोर्क पुगेका छन् । प्रधानमन्त्रीको यो भ्रमण निकै महत्वपूर्ण मानिएको छ । नरेन्द्र मोदीलाई स्वागत गर्न जनतामा ठूलो उत्साह थियो । प्रधानमन्त्रीको स्वागतमा जनताले मोदी–मोदीको नारा लगाएका थिए । भारतीय समुदायका केही सदस्यहरू पनि प्रधानमन्त्री मोदीलाई स्वागत गर्न होटल बाहिर उभिएका देखिए। सहरमा जताततै मानिसहरु जम्मा भएका छन् ।
विश्वको सबैभन्दा शक्तिशाली देश भनिने अमेरिकाले जुन २२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लागि रातो कार्पेट बिछाउनेछ र योसँगै प्रधानमन्त्री मोदी विश्वका तेस्रो नेता बन्नुहुनेछ, जसलाई वर्तमान अमेरिकी राष्ट्रपतिले यो सम्मान प्रदान गरेका छन् । जो बाइडेनले यसअघि फ्रान्सका इमानुएल म्याक्रोन र दक्षिण कोरियाका युन सुक येओललाई राज्य भ्रमण र भोजका लागि आमन्त्रित गरेका थिए। यो अमेरिकाबाट सबैभन्दा नजिकका सहयोगीहरूलाई मात्र दिइने उच्च कूटनीतिक स्वागत हो।
काठमाडौं, ६ असार ।
चीनको राष्ट्रिय जनकंग्रेसको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना आज स्वदेश फर्किएका छन् ।
नौ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जानु भएका अध्यक्ष तिमिल्सिना दश दिने भ्रमण पुरा गरि स्वदेश फर्किएका हुन ।
अध्यक्ष तिमिल्सिना नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चीनको सिचुवान प्रान्तको छेन्दुबाट चार्टड विमान मार्फत आज बिहान ९.२५ बजे पोखरा बिमानस्थलमा आईपुगेका हुन । पोखरा विमानस्थलमा पहिलो अन्तराष्ट्रिय उडानका यात्रुका रुपमा आईपुग्नु हुने अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधी मण्डल र उडानमा सवार यात्रुुहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पोखरा बिमानस्थलमा स्वागत गरेका छन् ।

साथै, चार्टड गरिएको सो विमानमा चीनबाट नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट फेस्टिभलमा सहभागी हुने खेलाडीहरु आएका छन् । पोखराको फेवातालमा असार ८ र ९ गते (२३–२४ जुन २०२३ )मा फेस्टिभल हुँदैछ ।
चीनको सहुलीयतपुर्ण ऋण सहयोगमा निर्माण भएको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा चीनको सिचुवान एयरलायन्सले पहिलो उडान गरेको हो । अध्यक्ष तिमिल्सिना र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजीका बिचमा भएको भेटवार्ताका क्रममा सिधा उडानको बिषय उठान भएपछि चीनले उडानको तयारी थालेको हो । अध्यक्ष तिमिल्सिनाले काठमाण्डौसहित पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवामा समेत चीनका बिभिन्न शहरबाट सिधा उडान गर्न आग्रह गरेका छन् ।

अध्यक्ष तिमिल्सनाले भ्रमणका क्रममा बेइजिङमा चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजी, चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ हुनिङसँग भेटवार्ता गरेका थिए भने तिब्बतमा चीनियाँ कम्युनिष्ट पार्टी तिब्बतका पार्टी महासचिव वाङ चेङजुङ र सांघाईमा चीनको सांघाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष डोङ युन्हुले शिष्टाचार भेट गरेका थिए ।
सबै भेटमा नाकामा सहजीकरण, सिधा उडान, भौतिक पुर्वाधार निर्माण सहित द्विपक्षीय सहयोग र सहकार्यका बिभिन्न पक्षमा छलफल भएका थिए ।

यसैगरी अध्यक्ष तिमिल्सिनाले तिब्बतमा जुन १६ र १७ मा आयोजना भएको पाँचौ चीन तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गरेका थिए । भ्रमणको क्रममा प्रतिनिधिमण्डलले बेइजिङमा बाइदु ग्रुप, स्टेट ग्रिड कर्पोरेसन, संघाईमा साईयाक भोल्क्स्वाजेन न्यु इनर्जी उद्योग, सांघाई योजना प्रर्दशनी केन्द्र मानसरोवर लगायतका स्थलहरुको अवलोकन भ्रमणसमेत गरेको उनको सचिवालयले जानकारी दिएको छ ।
चीन भ्रमणमा रहेको प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका सदस्यहरु जीवन परियार, धवल शमशेर जंगबहादुर राणा, प्रदिप यादव तथा राष्ट्रिय सभाका सदस्यहरु उदयबहादुर बोहरा, दिपा गुरुङ र हरिराम चौधरी एबम अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र संघीय संसद सचिवालयका उपसचिव रामहरि थापा सहभागी छन् ।

काठमाडौं, ६ असार ।
आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।
संघीय संसद भवन, बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाईएको छ ।
आजको बैठकमा विनियोजन विधेयक २०८० माथीको छलफल जारी रहनेछ ।
हिजोको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेट माथी छलफल भएको थियो ।
काठमाडौं, ५ असार ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत शनिबारयता आएको बाढीपहिरोबाट भएका क्षतिबारे प्रतिनिधिसभालाई जानकारी दिएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री श्रेष्ठले शनिबारयता आएको बाढीपहिरोबाट १० जनाको मृत्यु भएको र २६ जना बेपत्ता भएका जानकारी दिएका हुन् । शनिबार रातिदेखिको अविरल वर्षाका कारण संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा बढी क्षति भएको छ ।
गृहमन्त्री श्रेष्ठका अनुसार बाढीपहिरोबाट ६ जना घाइते, २६ जना बेपत्ता र ५४ घर पूर्ण रुपमा क्षति भएको बताए ।
गृहमन्त्री श्रेष्ठले विपद् पीडित उद्दार तथा राहत सम्बन्धी मापदण्ड २०७७ अनुसार मृतकको परिवारलाई २ लाख रुपैयाँ राहत दिने र एकै परिवारको एक भन्दा बढी सदस्यको मृत्यु भएमा प्रतिव्यक्ति थप एक लाख रुपैयाँ राहत दिने जानकारी दिए ।
घरबारविहीन परिवारलाई तत्काल गुजाराको लागि १५ देखि २० हजार रुपैयाँ दिने व्यवस्था पनि उक्त मापदण्डमा छ ।
राैतहट,असार ०४ गते राैतहट ।
जिल्ला प्रशासन कार्यालय राैतहटमा विधुतिय राहदानी सेवाको काम विहान सात बजे देखि शुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार सेवाग्राहीको चापलाई ध्यान दिदै विहान देखि सेवा दिन लागिएकाे हाे ।
आईतवार देखि विहिवार सम्म विहान सात बजे देखि सांझ पाँच बजे सम्म र शुक्रबार विहान सात बजे देखि दिउँसो तीन बजे सम्म विधुतिय राहदानी सेवाको काम हुने प्रमुख जिल्ला अधिकारी मिश्रले बताए ।

विधुतिय राहदानीको फर्म भराउने तथा वायोमेट्रिक सेवा जिल्ला प्रशासन कार्यालयले सुचना प्रकाशन गरि नि:शुल्क रहेको जानकारी दिई सकेका छन् । सेवाग्राहीको सुविधाको सो कार्यालयले परिसर भित्र सन्देश प्रसारण गर्न लागि साउण्ड सिष्टम जडान गरेकाे छ ।
गर्मिमा सेवाग्राहीलाई राहत होस भनी बढि चहल पहल हुने प्रतिक्षालय सहितका ठाउं ठाऊमा पंखा जडान समेत गरिएकाे छ ।

रौतहट,०४ गते असार
रौतहटको मौलापुर नगरपालिकामा आदालतको अवहेलना गरी विकास निर्माणको काम भइरहेको पाइएको छ । सो नगरपालिकाको वडा नम्बर ७ मा रहेको श्री प्राथमिक बिधालय पथरा बुधराममा कम्पाउण्ड वाल,माटो पुर्ने लगायतका विकास निर्माणका कामहरु भइरहेको बिधालय व्यवस्थापन समितिका अध्यक्ष मनोज कुमार मुखियाले बताउनु भएको छ ।

आफूले पटक पटक यसलाइ रोक्न भनेपनि कुनै वास्ता नगरेको गुणासो गरेका छन् । उनले भने आफूहरुलाइ यस बिधालयको लागि निर्माण भइरहेको दुइकोठे दुइतले भवन निर्माणको कार्यलाइ २०७९ चैत ०९ गते जिल्ला अदालत गौर रौतहट बाट प्राप्त पत्र अनुसार अबिलम्ब निर्माण कार्य रोक्का गर्न आदेश भएकोले निर्माण कम्पनी अनिल निर्माण सेवा तथा मौलापुर नगरपालिकालाइ समेत बिधालय व्यवस्थापन समितिको बैठक बसी जानकारी गरायौं । उ
क्त काम रोक्का भएपनि पनि अहिले आएर बजेट बाट दुइ पैसा कमाउने लोभमा परी आदालतको आदेश नमानी बिधालयमा कम्पाउण्ड वाल,माटो पुर्ने काम भइरहेको मुखियाले बताए । वडा सदस्य दिलिप साह र कार्यपालिका सदस्य प्रतिमा साहको श्रीमान् दिपेन्द्र साहले आदालतको आदेशलाइ लत्याउँदै उक्त काम गराइरहेको उनको भनाइ छ ।

यस विषयमा सो बिधालयका प्रधानाध्यापक प्रेमशंकर साह सँग बुझदा बिधालय कसले कहाँ बाट कामहरु गरारहेका छन् । त्यस सम्बन्धी आफूलाइ कुनै जानकारी छैन् । काम रोक्क गर्ने आदालतको आदालतको आदेश आएपछि बिधालयले कुनै काम गराउन नसक्ने लिखित रुपमै नगरपालिकामा जानकारी गराइसकेको प्रअ साहले जानकारी गराए ।
उनले दिएको जानकारी अनुसार हाल बिधालय जुन ठाउँमा सञ्चालमा रहेको छ । उक्त ठाउँबाट अन्यत्र सार्ने सर्वसहमती बाट गाउँलेहरुको भेलाले निर्णय गरेको थियो । तर जुन ठाउँमा बिधालय सार्ने निर्णय गरिएको उक्त जग्गा बिधालयको नाउँमा आउन सकेन ।
श्री राम जानकी मठ गौरको नाम रहेकोले मठका संरक्षक राममंगल यादवले आदालतमा मुद्धा दिए पछि काम गराउन बाट पछाडी हटनु परेको बताए । मुद्धा विचाराधिन अवस्थामा रहेको हुँदा कानुन सम्वत काम गराउन नमिल्ने उनको भनाइ छ ।

बिधालयको नाउँमा जग्गा नआइकन भवन निर्माण लगायतका कामहरु गर्नु बालुवामा पानी खन्याउनु जस्तै हो । बिधालयको विपक्षमा आदालतको फैसला आयो भने लाखौंको बजेट बाट निर्माण भएका संरचनाहरुको बनाउनुको कुनै औचित्य छैन् ।
यता मठका संरक्षक यादवले आदातको आदेश हामी सबैले मान्नु पर्छ । बल जबरदस्ती काम गराउन मिल्दैन् । आदातलको फैसल नआएसम्म त्यहाँ काम गराउनु गलत हो । आदालतको फैसलालाइ हामीले सहर्ष स्विकार गर्नु पर्दछ ।
जसले त्यो काम गराइरहेको छ ,त्यो व्यक्तीलाइ काम नगराउन उनले आग्रह समेत गरेका छन् । यस विषयमा वडा सदस्य दिलिप साह सँग बुझदा सामूहिक रुपमा नै उक्त ठाउँमा काम गराइरहेको स्वीकार गरेका छन् ।
तत्कालका लागि आफनो व्यक्तीगत लगानीमा कम्पाण्ड वाल ,माटो पुर्ने काम गरारहेको बताए । यता माैलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह सँग बुझ्दा नगरपालिका द्वारा काम नभई रहेकाे बताए ।

काठमाडौं, ४ असार ।
पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आफु ७० बर्ष उमेर पुगेको जानकारी दिदैँ २४ बर्षको उमेरमा गरेको प्रतिवद्धता स्मरण गरेका छन ।
एउटा सामान्य किसानको छोरो बिभिन्न कालखण्ड पार गर्दै प्रधानमन्त्रीसमेत हुन सफल भएको बिषय उल्लेख गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले आफुलाई प्रधानमन्त्रीसमेत बनाएकोमा आभार ब्यक्त गरेका छन् ।
‘आफ्नो जीवनको सातौं दशकमा प्रवेश गरेको सन्दर्भमा गाउॅको एउटा सामान्य किसान परिवारको व्यक्तिलाई उच्चतम शिक्षा सहित ऐतिहासिक क्रान्तिकारी आन्दोलनमा सहभागी भएर संविधानसभा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्ने र देशको प्रधानमन्त्री जस्तो गरिमामय जिम्मेवारी बहन गर्ने अवसर दिनुहुने सम्पूर्ण दिदीबहिनी दाज्यूभाइहरूमा हार्दिक आभार व्यक्त गर्दछु’ उनले भनेका छन, ‘मैले पनि २४ बर्षको उमेरमा २०३५ वैशाख १ गते आफ्नो जीवनको लक्ष्य किटान गरेर सचेत सामाजिक जीवनको यात्रालाई एउटा निर्दिष्ट दिशा दिएको थिए । त्यही बाटोमा निरन्तर ४५ बर्ष हिंडेर यहॉसम्म आइपुगेको छु । बॉकी जीवन पनि त्यही आदर्श र बाटोमा समर्पण गर्ने प्रतिबद्धता सहित यहॉ त्यसलाई स्मरण गर्न चाहन्छु’

भट्टराइले लेखेका छन् : आफ्नो जीवनको सातौं दशकमा प्रवेश गरेको सन्दर्भमा गाउॅको एउटा सामान्य किसान परिवारको व्यक्तिलाई उच्चतम शिक्षा सहित ऐतिहासिक क्रान्तिकारी आन्दोलनमा सहभागी भएर संविधानसभा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्ने र देशको प्रधानमन्त्री जस्तो गरिमामय जिम्मेवारी बहन गर्ने अवसर दिनुहुने सम्पूर्ण दिदीबहिनी दाज्यूभाइहरूमा हार्दिक आभार व्यक्त गर्दछु।
जीवन नश्वर र क्षणभंगूर छ।अतः जन्म र मृत्यु वीचको सीमित समयभित्र प्रत्येक सचेत व्यक्तिले आफ्नो जीवनको परिभाषा गरेर आफ्नो ळक्ष्य निर्धारण गर्छ र त्यसको प्राप्तिनिम्ति दत्तचित्त रहन्छ। त्यसैको आधारमा उसले र इतिहासले उसको मूल्यांकन गर्छ।

मैले पनि २४ बर्षको उमेरमा २०३५ वैशाख १ गते आफ्नो जीवनको लक्ष्य किटान गरेर सचेत सामाजिक जीवनको यात्रालाई एउटा निर्दिष्ट दिशा दिएको थिए । त्यही बाटोमा निरन्तर ४५ बर्ष हिंडेर यहाॅसम्म आइपुगेको छु । बाॅकी जीवन पनि त्यही आदर्श र बाटोमा समर्पण गर्ने प्रतिबद्धता सहित यहाॅ त्यसलाई स्मरण गर्न चाहन्छु:
हेर्नोस् डायरीको टिपाेटः
“जीवनको ळक्ष्यः संसारमा शास्वत ‘सत्य’ पत्ता लगाउन र ‘सत्य र न्याय’को स्थापना गर्न प्रयत्नशील रहने। यस अनुसार विश्व मात्रलाई कर्मक्षेत्र र मानव मात्रलाई सेवाको पात्र बनाए पनि ‘नेपाल’लाई यो कर्मक्षेत्रको एउटा ‘इकाइ’ मानेर यसैको सीमाभित्र ‘सत्य र न्याय’को स्थापना गर्न प्रयत्नशील रहने। यसको निम्ति विद्यमान सामाजिक,राजनैतिक मान्यतालाई नाश गरेर नयाॅ मान्यताको प्रादुर्भाव गर्नुपर्ने अवश्यम्भावी छ। सामन्तवाद र त्यसको पृष्ठपोषक राजतन्त्र नेपालभित्रका ‘अन्याय’ र ‘असत्य आचरण’ को मूल कारण भएकाले यसको विनाश गरेर मानव मात्रमा समानता र न्याय कायम गर्ने व्यवस्था कायम गर्न आफ्नो अग्रिम भूमिका हुनेछ। यसको प्राप्तिको मार्ग हुनेछ ‘मार्क्सवाद’। आफ्नो भूमिका मुख्यतया क्रान्तिको निम्ति सैद्धान्तिक आधार तयार गर्नु र क्रान्ति पश्चात देशलाई सैद्धान्तिक नेतृत्व दिनुमा केन्द्रित हुनेछ। सक्रिय राजनीतिमा सकभर नलागे पनि आवश्यक परेमा नेतृत्व दिन नहिच्किचाउने। अन्यथा आफ्नो जीवन एउटा मार्क्सवादी विद्वान,दार्शनिक,लेखक र समाजसेवीको रूपमा व्यतित हुनेछ। व्यक्तिगत जीवन मानवको शक्तिले भ्याउनेसम्म आदर्शवादी हुनेछ। सच्चा मार्क्सवादीको रूपमा मानवमात्रका हितमा आफ्नो जीवन लगाउनेछु। स्वार्थन्धताको साॅघुरो घेरामा बाॅधिनबाट बच्न आफ्नो कुनै ‘परिवार’ कायम गर्नेछैन, सबै मानिस आफ्नो निम्ति ‘आफन्त’ हुनेछन् तर आफुलाई यो घोषित मार्गबाट विचलित नगराई यसैमा लाग्न अरू प्रेरणा दिने कुनै स्त्री भेटिए विवाह गरेर व्यक्तिगत जीवन चलाउन पनि हिच्किचाउने छैन। किनकि सन्तानोत्पादनद्वारा मानवको वंश कायम गर्नु पनि मानिसको एउटा कर्तव्य हुन्छ।परन्तु वासनाले आफुलाई वशमा पार्न कहिल्यै दिने छैन । निर्दिष्ट मार्गबाट बहकाउने कुनै कुरामा ध्यान दिने छैन। ‘आदर्श मानव’ बनेर अरूलाई उदाहरण देखाउनु आफ्नो जीवनको मूल लक्ष्य हुनेछ। तर यी सब मार्क्सवादसंग सहमत हुनेछन्- किनकि यो नै एकमात्र वैज्ञानिक ‘वाद’ हो- यसलाई पनि सम्भव भए (आवस्यकता अनुसार) अरू प्रगतिशील बनाउने प्रयत्न भने हुनेछ। ‘धर्म’ र ‘ईश्वर’ जस्ता अन्धविश्वासमा कहिल्यै लाग्नेछैन। मानिसको विवेक र ज्ञान आफ्नो मुख्य हतियार हुनेछ। आफ्नो उद्देश्यको पूर्ति गर्न संघर्षरत हुन कहिल्यै डराउने छैन। मलाई आफ्नो शक्तिमा पूर्ण भरोसा छ र ज्ञान हासिल गर्न र आत्मानुशासनमा रहन कहिल्यै चुक्नेछैन।”
काठमाडौं, ४ असार ।
आज समाजवादी मोर्चाको घोषणा हुदैँछ ।
पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सो मोर्चाको घोषणा हुन लागेको हो ।
आज राष्ट्रिय सभा गृहमा दिउँसो ३ बजे आयोजना हुने कार्यक्रममार्फत औपचारिक घोषणा हुनेछ ।
सोमवार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरूबीच आइतबार बालुवाटारमा भएको छलफलले मोर्चाको घोषणा गर्ने सहमति भएको जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिएका थिए ।
भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा माओवादी, जसपा नेपाल, नेकपा एस र नेकपा समाजवादी मोर्चा, नेपालको ऐतिहासिक घोषणा सभामा उपस्थित हुन आवद्ध पार्टीहरुले अनुरोधसमेत गरेका छन् ।
आरके श्रीवास्तव,रौतहट,०४ गते असार
रौतहटको देवाही गोनाहीमा रहेको नगर स्तरीय अस्पतालको रेखदेख गर्ने मान्छेनै आफनो जिम्मेवारी बाट पञ्छिन थालेपछि अवस्था नाजुक बनेको नगर प्रमुख प्रेमलाल साहले बताउनु भएको छ । पत्रकारहरु सँग कुराकानी गर्दै वहाँले यस्तो बताउनु भएको हो । अस्पतालको बारेमा केही जनप्रतिनिधीहरु द्धारा जुन अभिव्यक्ती आएको छ ।
त्यो बिल्कुलै गलत रहेको उनको भनाइ छ । एउटा जिम्मेवारी व्यक्तीले यस्तो किसिमको अभिव्यक्ती दिनु र जिम्मेवारी बाट बञ्छिन खोजनु गलत हो । आफूहरुले १० लाख रकम नगरपालिका बाट छुट्टयाएर जेनतेन नगर अस्पताल अस्पताल सञ्चालनमा ल्याएको बताए ।
१ करोडको बजेटको कुरो जुन आएको छ,त्यो गलत हो । हामीले आन्तरीक श्रोत बाट अस्पताल सञ्चालनको लागि बजेट छुट्टयाएका थियौं । तर नगरपालिकाको कुनै आन्तरीक श्रोतनै छैन् । मालपोत लगायत बाट आउने कर नै छुट गरिएको अवस्थामा आन्तरीक श्रोत बाट कम आउने कुरै भएन् ।
जेभएपनि अब नगपालिकामा उपसचिव स्तरको कार्यालय प्रमुख आइतवार देखि हाजिर भएका छन् । सोमबार कार्यपालिकाको बैठक बस्दैछ । उक्त बैठक बाट नगर स्तरीय अस्पताल लगायत नगरभरिको विकास निर्माणको कामहरु बारे ठोक निर्णय गरि कामहरु द्रुत गतिमा अगाडी बढाइने उनले बताएका छन् । आफनो कारणले अस्पतालको अवस्था अस्तव्यस्त बनेको भनि लगाएको आरोप बिल्कुलै गलत रहेको उनले बताउनु भयो ।
यस अघिका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र साहको मनपरी रवैयाका कारण आम जनसमुदायले सेवा सुविधा पाउन बाट बञ्चित भएका छन् । अन्य कामको लागि आफू सँग नसोधी धमाधम चेक काटने हाकिमले अस्पतालमा चाहिने सामानको चेक काट्नु पर्दैनथ्यो भनि उनले प्रश्न गरे? हाकिमकै कारणले अस्पतालको अवस्थाले आइपुगेको उनको आरोप छ ।
नगर अस्पतालमा औषधिको अभाव हुनुको साथै मेसिनहरु संचालनमा आउन नसकेको हो । नगर असपतालमा सेवा लिन जाने सेवाग्राहीहरु मेसिनहरु संचालन नहुँदा सेवा लिनबाट बञ्चित हुँदैै आएका छन् ।
हेमन्त केसी,सुर्खेत, ३ असार ।
स्थानीय तहहरूमा आर्थिक अनुशासनको अवस्था दयनीय देखिएको छ । अधिकांश स्थानीय तहहरूले ऐन, कानुन र मापदण्डविपरीत जथाभावी रूपमा बजेट खर्च गर्ने गरेको पाइएको छ । महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन २०७९ अनुसार कर्णालीका अधिकांश स्थानीय तहहरूले मनपरी बजेट खर्च गरेको पाइएको हो ।
जाजरकोटको कुशे गाउँपालिकाले कर्मचारी प्रोत्साहनभत्ता स्वरूप ३ लाख भन्दा बढी रकम खर्च गरेको पाइएको छ । गाउँपालिकाले शिक्षा सेवाका स्थायी र सेवा करारका २ जनालाई मासिक रु १२ हजारका दरले एक वर्ष १ महिनाको रु ३ लाख १२ हजार रकम दिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय सेवाको गठन, सञ्चालन, व्यवस्थापन, सेवाका सर्त तथा सुविधाका सम्बन्धी आधारभूत सिद्धान्त र मापदण्ड सङ्घीय कानुन बमोजिम अन्य व्यवस्था स्थानीय तहले बनाएको कानुन बमोजिम हुने व्यवस्था छ । त्यस्तै, अर्थ मन्त्रालयको कार्य सञ्चालन निर्देशिकाको परिच्छेद ७ को ७।४।१ बमोजिम अतिरिक्त समय र बिदाको दिन काम गर्दा अर्थ मन्त्रालयबाट स्वीकृति गराई खाजा र खाना भुक्तानी दिनुपर्ने ७।४।१ को ५ बमोजिम प्रोत्साहन भत्ता खवाउन समेत अर्थ मन्त्रालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ ।
तर, गाउँपालिकाले कुनै पनि कानुन नै नबनाई नियमविपरीत दुई जनालाई उक्त रकम दिएको हो । यस्तै, गाउँपालिकाले १ करोड भन्दा बढी रुपैयाँ आर्थिक सहायता बापत दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । गाउँपालिकाले १ करोड ११ लाख ६१ हजार १२३ रुपैयाँ विपद् शीर्षकमा दिएको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहको रकमबाट आर्थिक सहायता, चन्दा, पुरस्कार एवम् संस्थागत अनुदान वितरण गर्न नपाउने भनेको छ ।
गाउँपालिकाले नियम विपरीत नै यसरी करोडौँ रुपैयाँको दुरुपयोग गरेको छ । यता, शिवालय गाउँपालिकाले पनि मनोमानी तरीकाले बजेट खर्च गरेको छ । पालिकाले न्यायिक समिति बैठक भत्ता यस वर्ष विभिन्न ७ वटा बैठकबाट कर्मचारी समेतलाई १ हजार ५ का दरले ५२ हजार र विभिन्न ६ वटा बैठकमा १ हजारका दरले २१ हजार भुक्तानी गरेको पाइएको छ ।
न्यायिक समिति तर्फ प्रतिबैठक ५०० का दरले पाउने प्रदेश कानुनले व्यवस्था गरेको छ । गाउँपालिकाले उक्त बैठकमा करिब ४५ हजार ५०० सय रुपैयाँ बढी खर्च गरेको छ । यस्तै उक्त गाउँपालिकाले पनि ६ लाख रुपैयाँ आर्थिक सहायता शीर्षकबाट वितरण गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै, पालिकाले सवारी साधन खरिदमा पनि अनियमितता गरेको पाइएको छ ।
पालिकाले चालु शीर्षकबाट २ वटा मोटरसाइकल खरिद गरी कार्यालयको नाममा नामसारी गरी ब्लु बुक प्राप्त नगरेको पाइएको छ । २ लाख ८३ हजार ९ सय ९० एउटा र २ लाख ७६ हजार ८० रुपैयाँ गरी कुल ५ लाख ६० हजार ७० रुपैयाँमा मोटरसाइकलमा खरिद गरी भुक्तानी गरेको पाइएको हो ।स्थानीय सरकार सञ्चालन ऐन, २०७४ केन्द्रीय सरकार र तालुक सङ्घीय मन्त्रालयको परिपत्र, निर्देशन समेत आधारमा आफ्नो आन्तरिक आम्दानीमा मात्र सवारी खरिद गर्नुपर्ने व्यवस्था रहेको छ ।
यस्तै गाउँपालिकाको एम्बुलेन्सले वार्षिक १ लाख ३० हजार मात्रै आम्दानी गरेको छ । तर, उक्त एम्बुलेन्सका चालकले २ लाख ८६ हजार १३० रुपैयाँ खर्च गरेका छन् । त्यसै गरी मर्मत खर्च १ लाख ५० हजार १ सय ३२ र तेल खर्च ४ लाख ५६ हजार ३ सय ५० गरी ८ लाख ९२ हजार ६ सय १२ रुपैयाँ खर्च भएको छ । यसरी खर्च भएको पाउँदा आम्दानी तथा खर्च विश्लेषण गरी दिगो रूपमा सञ्चालन हुने व्यवस्था मिलाउन महालेखाले आग्रह गरेको छ ।
यस्तै, दैलेखको नारायण नगरपालिकाले नियम विपरीत शिक्षकलाई तलब भत्ता उपलब्ध गराएको छ । नारायण नगरपालिकाले नियम विपरीत शिक्षकलाई तलब भत्ता स्वरूप ९२ लाख रकम भुक्तानी गरेको हो । महालेखापरीक्षकको प्रतिवेदन २०७९ अनुसार शिक्षकको तलब भत्ता बापत सशर्त अनुदान प्राप्त हुन्छ । तर नारायण नगरपालिकाले शिक्षकलाई वित्तीय समानीकरण अनुदानबाट ९२ लाख रकम तलब भत्ता उपलब्ध गराएको छ । यो रकम अनियमित तथा नियमविपरीत भएको मानिन्छ ।
अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ९ ले स्थानीय तहलाई स्वीकृत दरबन्दी भित्रका शिक्षकको तलब भत्ताबापत सशर्त अनुदान उपलब्ध गराउने व्यवस्था छ । तर पालिकाले स्वीकृत दरबन्दी भित्र नपरेका एवम् विद्यालयले गत विगतदेखि नै आन्तरिक स्रोतबाट तलब भत्ता व्यहोरेका शिक्षकलाई वित्तीय समानीकरण अनुदानबाट ९२ लाख रकम तलब भत्ता भुक्तानी गरेको छ । दैलेखकै नारायण नगरपालिकाले वार्षिक खरिद योजनाबिनै १८ करोड बढी रकम खर्च गरेको छ ।
नियमसंगत खरिद योजना÷गुरुयोजना नबनाई विभिन्न शीर्षकअन्तर्गत वार्षिक १८ करोड सात लाख ५१ हजार तीन सय १५ रुपैयाँ पुँजीगत खर्चरखरिद निर्माण कार्य गरेको हो । सार्वजनिक खरिद ऐन, २०६३ ले सार्वजनिक निकायले तोकेको सीमा भदा बढी रकमको खरिद गर्दा तोकिए बमोजिमको खरिद गुरुयोजना र वार्षिक खरिद योजना तयार गर्नुपर्ने व्यवस्था छ । यस्तै सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ७ ले वार्षिक १० करोड भन्दा बढीको खरिद गर्दा गुरुयोजना तयार गर्नुपर्ने नियम ८ ले वार्षिक १० लाखभन्दा बढीको खरिद गर्दा वार्षिक खरिद योजना बनाउनुपर्ने व्यवस्था छ ।
तर, नारायण नगरपालिकाले विभिन्न शीर्षकअन्तर्गत वार्षिक १८ करोड सात लाख ५१ हजार तीन सय १५ रुपैयाँ पुँजीगत खर्च/खरिद निर्माण कार्य गरेको छ । तर पालिकाले आफ्नो खरिद नियमावली नबनाएको अवस्थामा उक्त ऐन, नियम बमोजिम वार्षिक खरिद योजना र गुरुयोजना नबनाई खरिद कार्य गर्नु नियम सम्मत मानिँदैन । यस्तै, सुर्खेतको भेरीगंगा नगरपालिकाले पनि वार्षिक खरिद योजनाबिनै २० करोड बढी रकम खर्च गरेको छ ।
नियमसंगत खरिद योजना/गुरुयोजना नबनाई विभिन्न शीर्षक अन्तर्गत वार्षिक २० करोड २४ लाख १ हजार रुपैयाँ पुँजीगत खर्च÷खरिद निर्माण कार्य गरेको हो । उक्त गाउँपालिकाले चालु आर्थिक वर्षमा खानामै ९६ लाख भन्दा बढी रकम लाख खर्च गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ ।
तर, नगरपालिकाले यस वर्ष खाना, खाजा तथा विविध तर्फ भन्दै ९६ लाख ५३ हजार ४ सय ७८ रुपैयाँ खर्च गरेको छ । यस्तै पालिकाले ८१ हजारमा मोबाइल समेत खरिद गरेको छ । नगरपालिकाले २० असार २०७९ मा ग्यालेक्सी मोबाइल हबबाट रेड्मी नो टेनएस मोबाइल खरिद गरेको हो । यसरी सरकारी रकम खर्च गर्दा साधन स्रोतको उच्चतम प्रतिफल नहुने गरी र मितव्ययिता कायम नगरी व्यक्तिगत लाभका आधारमा उक्त फोन खरिद गर्ने सम्बन्धितलाई जिम्मेवार बनाइनुपर्ने महालेखाको प्रतिवेदनमा भनिएको छ ।
काठमाडौं, ३ असार
प्रतिनिधिसभामा विनियोजन विधेयक २०८० का विभिन्न मन्त्रालयगत शीर्षकमाथि छलफल भइरहेको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पनि विनियोजन विधेयक २०८० अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल कार्यसूची थियो । तर, कोशी प्रदेश उल्लेख नगरेर प्रदेश १ लेखिएको भन्दै एमालेले आपत्ति जनाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको छलफल कार्यसूचीबाट हटाइएको छ ।
एमालेका सचेतक महेश बर्ताैलाले प्रदेशसभाबाट भारी बहुमतले राखेको नाम उल्लेख नगरेर अंकमा लेखिएकाले उक्त मन्त्रालयगतको शीर्षकमाथि छलफल हुन नसक्ने भन्दै सदनको ध्यानाकर्षण गराए । नसच्याएसम्म छलफल हुनै नसक्ने उनले बताएपछि सभामुख देवराज घिमिरेले सदनको ध्यानाकर्षण भएको जानकारी दिए ।
त्यसपछि यसबारे जवाफ दिन उनले पर्यटनमन्त्री सुदन किराँतीलाई समय दिए । त्यसपछि मन्त्री किराँतीले पुस्तकको पेज नम्बर ११ देखि १८ सम्म प्रदेशको नामको सट्टा अंक उल्लेख भएकाले सच्याएर ल्याउने जानकारी गराए ।
यसपछि सभामुख घिमिरेले अंकको स्थानमा नाम मानेर मन्त्रालयगत छलफल अघि बढाउन आग्रह गरे । तर, एमालेले नमानेपछि सभामुख घिमिरेले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको छलफललाई कार्यसूचीबाट हटाए ।
काठमाडौं, ३ असार
नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन भोलीदेखि काठमाडौंमा हुने भएको छ । आइतबार युनियनले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भोलीदेखि सातौं महाधिवेशन हुने जनाएको हो ।
युनियनका महासचिव योगेन्द्र कुँवरले सातौँ राष्ट्रिय महाधिवेशन असार ४ गतेदेखि ६ गतेसम्म चल्ने बताएका छन् । उनले नेपाल ट्रेड युनियन कांग्रेसको विधानतः सम्पन्न गर्नुपर्ने ७७ जिल्ला समिति, सात वटा प्रदेश र २७ वटा सम्बद्ध राष्ट्रिय आबद्ध संघको अधिवेशन सम्पन्न भइसकेको पनि बताए ।
महाधिवेशनमा करिब १५ सय महाधिवेशन प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहने बताइएको छ । असार ४ गते दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन उद्घाटन हुने छ ।
रन्धिर साह, रौतहट, असार ३ ।
रौतहटको देवाही गोनाही नगरपालिकामा आज नयाँ प्रमुख प्रशासकीय अधिकृत (हाकिम) का रुपमा शम्भु राय यादवले जिम्मेवारी सम्हालेका छन् । उनले आज प्रमुख प्रशासकीय अधिकृतकका जिम्मेवारी सम्हालदै हाजिरी जनाएका छन् ।

देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह यादवलाई टीका माला र दोसाला ओढाई स्वागत गरेका छन् । साथै मेयर साहले उनलाई बधाई सहित कार्यकाल सफलताको भब्य शुभकामना दिएका छन् ।

पछिलो समयदेखि देवाही गोनाही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरु संग मेयर तथा उप मेयरबीच विवाद हुँदै आएको तथा अधिकृतहरुको आवत जावतको क्रियाकला हुँदै आएको छ । अब सोही जिम्मेवारी आज (आइतबार) देखि यादवले सम्हालेका छन् ।

यो अधिकृत र जनप्रतिनिधिहरु बीच तालमेल नभएपछि सर्व सधारनदेखि सबै निकायका कायृहरुमा सधै अवरोध हुँदै आएको छ । सोही कारणले वर्षभरी यो नगरपालिा विवादी बन्दै गएको तथा विकासको काममा अवरोध सिर्जना भएको एक प्रतिनिधिले बताएका छन् ।
जनकपुरधा, २ असार
आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले मधेशमा भइरहेको भागबण्डासहितको भ्रष्टाचार रोक्न जनसंघर्षको आह्वान गरेका छन् ।
धनुषाको जनकपुरधाममा आम जनता पार्टीले राखेको अगुवा कार्यकर्तासँगको भेटघाट तथा अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले उक्त आह्वान गरेका हुन् ।
मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि कुल ४४ अर्ब ११ करोड ४६ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
आफ्ना आसेपासे कार्यकर्तालाई मात्र काम लाग्ने बजेट ल्याएकाले यस्तो बजेटको विरोध गर्न आफ्ना कार्यकर्तालाई उनले आह्वान गरे । यसको बारेमा आम जनतालाई बुझाउन पनि उनले कार्यकर्तालाई निर्देशन दिएका छन् ।
कार्यक्रममा आजपाका केन्द्रीय एवं जिल्ला स्तरीय नेता तथा तथा कार्यकर्ता उपस्थित थिए ।
काठमाडौं, २ असार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचन २०८४ मा वडादेखि केन्द्रसम्म उपयुक्त उम्मेदवार बनाउने तयारीमा जुट्न आह्वान गरेका छन् ।
रास्वपाको बागमती प्रदेश समितिद्वारा आज आयोजित टोखा नगरपालिका–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नजिक वृक्षारोपण कार्यक्रममा सभापति लामिछानेले आगामी निर्वाचनलाई लक्षित गरेर सङ्गठन बिस्तारमा जुट्न आह्वान गरेका हुन् ।
सभापति लामिछानेले गलत नियत बोकेर पार्टीभित्र प्रवेश गर्न खोज्नेलाई रोक्नका लागि वडादेखि केन्द्रसम्म विधि र विधान बनाइने बताए ।
काठमाडौं, २ असार ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बिद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएका छन् ।
भोली देखी सुरु हुन लागेको अनिश्चतकालिन बन्द अघि मेयर शाहले सो चेतावनी दिएका हुन ।
‘काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा विद्यालय शान्तिक्षेत्रको अवधारणा विपरीत हुने गरी कुनैपनि कार्य गर्न बन्देज गरिएको व्यहोरा सम्बद्ध सवैलाई जानकारीका लागि अनुरोध छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन, काठमाडौं महानगरपालिका, महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू, एवं विद्यालय व्यवस्थापन समितिलाई महानगरपालिकाका सम्पूर्ण विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन गर्दछ।’ उनले आफनो निर्देशन अनुसार बिद्यालय बन्द गरेमा कारबाही गर्नेसमेत जनाएका छन् ।
नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबार देखी अनिश्चितकालिन सामुदायिक विद्यालय बन्द गर्न लागेको हो । बिद्यालय बन्दको कार्यक्रम कार्यान्वयन गराउनका लागि परिषद्का महासचिव शान्तिनाथ योगीले गत शुक्रबार नै ७७ वटै जिल्ला कार्यसमिति र ७ सय ५३ स्थानीय पालिका कार्यसमितिलाई सर्कुलर पठाईसकेका छन् ।
उनले फेसबुकमा लेखेका छनः
देशभरका सामुदायिक विद्यालयका पठनपाठन बन्द गर्ने भनी केही पत्रपत्रिकामा आएको समाचारप्रति महानगरपालिकाको ध्यानाकर्षण भएको छ ।नेपाल सरकारको मिति २०६८।२।११ गतेको निर्णयानुसार विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरिएको तथा विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ को बुँदा न ६.२ को (घ) ले विद्यालयमा कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द, हडताल र पठनपाठनमा अवरोध गर्ने जस्ता क्रियाकलापहरू नभएको हुनुपर्ने व्यवस्था गरेको स्मरण गराउँदै काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा विद्यालय शान्तिक्षेत्रको अवधारणा विपरीत हुने गरी कुनैपनि कार्य गर्न बन्देज गरिएको व्यहोरा सम्बद्ध सवैलाई जानकारीका लागि अनुरोध छ ।
साथै काठमाडौँ महानगरपालिका, महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू, एवं विद्यालय व्यवस्थापन समितिलाई महानगरपालिकाका सम्पूर्ण विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन गर्दछ। काठमाडौँ महानगरपालिकाका विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न बाधा पुर्याउने कुनै संस्था वा कर्मचारीहरू निम्न अनुसार कारवाही हुनेछ। :
१) शिक्षक वा कर्मचारी अनुपस्थित भएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐनको दफा ४१(क) बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाइने छ।
२) विद्यालय व्यवस्थापन समितिबाट नियमित कक्षा सञ्चालनका निम्ति पहल नभएमा एवं नियमित कक्षा सञ्चालनमा कुनै बाधा पुर्याउने काम भएमा महानगरपालिका शिक्षा ऐनको दफा २८ बमोजिम विद्यालय व्यवस्थापन समिति विघटन गरिनेछ।
३) कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेको खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिन लगाई फौजदारी मुद्दा चलाउन पहल गरिनेछ।
४) काठमाडौँ महानगरपालिका शिक्षा ऐन एवं प्रचलित अन्य कानुन बमोजिम कारबाही गरिनेछ ।
काठमाडौं, २ असार ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनका कारण मुलुकको अर्थतन्त्र ओरालो लागेको बताएका छन् ।
शनिबार एमाले पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको नाममा राजनीति मात्रै भएको तर मुलुकका अर्थतन्त्र उकास्ने बारेमा कुनै कार्य नभएकोसमेत उनले बताएका छन् ।
सो प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफनो पालामा झन्डै ८ प्रतिशत बद्धीको स्तरमा पुगेको अर्थतन्त्र त्यसपछि निरन्तर ओरालो लाग्न सुरु भएकोसमेत ओलीले बताएका छन् । आफु सरकारबाट हटे पछि बितेका २ वर्षमा अर्थतन्त्र निरन्तर ओरालो लागेकोसमेत दावी गरेका छन् ।
‘एमालेले सरकार छाडेपछि अर्थतन्त्र सुधार र देश विकासभन्दा पनि जनताबाट कसरी एमाले र एमालेका नेतृत्वलाई अलग्याउन सकिन्छ भनेर षडयन्त्र र विरोधमा लागेका छन्। एमाले विरुद्धमा लागेर प्रतिफल कहाँ आउँछ ?’ उनले भने, ‘अहिले अर्थतन्त्रको अवस्था दिन प्रतिदिन निरन्तर ओरालो लागेको छ। गठबन्धनले जनतालाई अल्मल्याएका छन्, भ्रम पारेका छन्।’
मदुरै, २ असार ।
दक्षिण भारतमा भारतीय जनता पार्टी (भाजपा)का एक प्रभावशाली नेता पक्राउ परेका छन् ।
भारतीय जनता पार्टी (भाजपा) का तमिलनाडु इकाईका नेता एसजी सूर्यलाई प्रहरीले चेन्नईबाट पक्राउ गरेको हो । उनी साे क्षेत्रका शक्तिशाली नेताकाे रूपमा चिनिन्छन् ।
भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) अर्थात सीपीआईएमले भाजपाका राज्य सचिव सूर्यले आफ्नो सोशल मिडिया खातामा जारी गरेको पोस्ट आपत्ति जनक भएको भन्दै दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरी कारबाही सुरु गरेको प्रहरी स्रोतले जनाएको छ।
सूर्यलाई भारतीय दण्ड संहिता (आईपीसी) र सूचना प्रविधि (आईटी) ऐनको विभिन्न धारा अन्तर्गत पक्राउ गरि मुद्धा चलाईएको भारतीय प्रहरीले जनाएको छ।
भाजपाका राज्य इकाई प्रमुख के अन्नामलाईले भने उक्त कार्यको निन्दा गर्दै यसलाई ‘अभिव्यक्तिको स्वतन्त्रतालाई नियन्त्रण’ गर्ने प्रयास भन्दै प्रतिक्रिया दिएका छन् ।
अन्नामलाईले ट्वीट गरे, ‘बीजेपीको तमिलनाडु इकाईका राज्य सचिव थिरु सूर्यको गिरफ्तारी अत्यन्त निन्दनीय छ। उहाँको एउटै गल्ती कम्युनिष्ट (द्रविड मुनेत्र कझगम) हरूका सहयोगीहरूको दोहोरो मापदण्डको पर्दाफास गर्नु थियो।
उनले अगाडी भनेका छन्, ‘अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न सरकारी संयन्त्रको दुरुपयोग गर्नु र अलिकति आलोचनामा झुक्किनु लोकतान्त्रिक रूपमा निर्वाचित नेतालाई साँच्चै अलोकतान्त्रिक र निरंकुश नेतामा परिणत हुने सङ्केत हो, यस्ता गिरफ्तारीले हामीलाई निरुत्साहित गर्दैन। हामी यो घटनालाई बाहिर ल्याउने प्रयास जारी राख्नेछौं।’
भारतीय कम्युनिष्ट पार्टी (सीपीआई) का पार्षद विश्वनाथनलाई प्रहार गर्दै सूर्यले टविट गर्दै भनेका थिए, ‘मदुरैमा एक सरसफाइ कर्मचारीको काम गर्ने क्रममा मृत्यु भएको छ किनभने उनलाई ढलको पानीमा काम गर्न बाध्य पारिएको थियो, जसले गर्दा उनको शरीरमा एलर्जी भएको थियो।’
काठमाडौँ, ३ असार ।
भाेली देखि सामुदायिक विद्यालय अनिश्चितकालिन बन्द हुने भएको छ ।
नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबार देखी अनिश्चितकालिन सामुदायिक विद्यालय बन्द गर्न लागेको हो ।

बिद्यालय बन्दको कार्यक्रम कार्यान्वयन गराउनका लागि परिषद्का महासचिव शान्तिनाथ योगीले गत शुक्रबार नै ७७ वटै जिल्ला कार्यसमिति र ७ सय ५३ स्थानीय पालिका कार्यसमितिलाई सर्कुलर पठाईसकेका छन ।
परिषद्ले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको विभिन्न सेवा सुविधा सहित पेशागत स्थायित्वको माग राख्दै केही समय देखी आन्दोलन गर्दै आईरहेको छ । आन्दोलनकारी शिक्षकहरुका अनुसार पहिलो र दोस्रो चरणका कार्यक्रमहरु सम्पन्न भईसक्दा समेत आफनो माग प्रति सरकार गम्भिर नभएको तथा आन्दोलनको क्रममा उल्टै प्रहरी दमन गरे पछि पूर्वनिर्धारित कार्यक्रम अनुसार असार ३ गतेदेखि सामुदायिक विद्यालय बन्द गराउन लागिएको हो ।
आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको सेवा सुविधाका विषय सम्बोधन गरे पनि बजेट बक्तब्यमा भने उक्त विषय छुटाए पछि परिषद् आन्दोलनमा उत्रिएको हो ।
काठमाडौं, २ असार ।
राष्ट्रपति रामचन्द्र पौडेल पाँचौ पटक अस्पताल भर्ना भएका छन् ।
राष्ट्रपतिमा निर्वाचित भए यता पौडेल पाँचौ पटक अस्पताल भर्ना भएका हुन ।
आज राती मुटुमा समस्या देखा परे पछि शनिवार बिहानै उनलाई त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको छ । उनका स्वकिय सचिव चिरञ्जिबी अधिकारीका अनुसार राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा राखिएको छ । चिकित्सकको निगरानीमा रहेका पौडेलको अवस्था खतरामुक्त रहेको उनले जानकारी दिएका छन ।
तीन दिन अघि पनि राष्ट्रपति पौडेललाई शहिद गंगालाल हृदय रोग केन्द्र, बाँसवारी लगिएको थियो । मुटुमा समस्या देखा परे पछि गंगालाल लगिएका पौडेलको त्यहाँ दुई दिनसम्म उपचार गरिएको थियो । डिस्चार्ज हुनु अघि सो अस्पतालको निर्देशक डा. चन्द्रमणी अधिकारीका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य थियो ।
गत बैशाख ६ गते उनको नयाँदिल्लीको न्याम्स अस्पतालमा भर्ना गरिएको थियो । दुई सातासम्म नयाँदिल्लीमा उपचार गरेर फर्केका राष्ट्रपति पौडेलको छात्तिमा जमेको पानीमा संक्रमण फैलिएपछि एअर एम्बुलेन्समार्फत नयाँ दिल्ली लगिएको हो । उनले नयाँ दिल्ली जाँदा लागेको खर्च आफैले ब्योर्होनेसमेत जनाएका थिए ।
नयाँ दिल्ली जानु अघि राष्ट्रपति पौडेललाई शिक्षण अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो । छात्तिमा संक्रमण देखा परे उनलाई अस्पताल भर्ना गरिएको हो ।
सो अघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । त्यहाँ उनको पेटको तल्लो भागबाट पानी निकालेर परीक्षण गरिएको थियो ।
प्रदीप कुमार दास, रौतहट,०१ गते असार
रौतहटमा धार्मिक अगुवा तथा स्थानीय सरकारबीच सहकार्य सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । रौतहट जिल्लाको मध्यभागमा अवस्थित माधवनारायण नगरपालिकाको सभाहलमा निरन नेपाल र वर्ल्ड भिजन नेपालको सहकार्यमा आयोजना गरिएको धार्मिक अगुवाहरू तथा स्थानिय सरकारबीच सहकार्य सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ ।
निरन नेपाल रौतहटको जिल्ला अध्यक्ष अनिशुर रहमानको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बैजनाथ प्रसाद यादव , विशिष्ठ अतिथि नगर उप प्रमुख निर्मला देवी रमन, लगायत विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थिति रहेको थियो ।
साथै कार्यक्रममा धर्म गुरुहरू ,स्थानिय महिला / पुरुषहरुको उल्लेख्य उपस्थिति रहेको थियो । उपस्थित स्थानिय सरकारका जनप्रतिनिधिहरु ” हाम्रो समाजमा विद्यमान रहेका कुरीति /विकृतिका रूपमा रहेका महिला हिंसा , बाल विवाह ,दाइजो प्रथा,बालश्रम शोषण ,
छुवाछुत लगायतका विकृतिहरुको बिरुद्ध जनचेतना फैलाउने र लडने यस संस्थाले मात्र सफल एवं कुशल समाजको निर्माण गर्न सक्ने देखिएको र यस्ता संस्थाहरूलाई जुन परिस्थितिमा पनि सहयोग हुने प्रतिबद्धता जनाएका थिए ।
यस्तै , यो कार्यक्रम सबै पालिकामा सञ्चालन होस् र आफ्नो बालबच्चालाई पढाउने तर्फ ध्यान दिनु अभिभावकहरुको ध्यान जाओस् भनि नगर प्रमुख बैजनाथ प्रसाद यादवले सल्लाह दिनुभएको थियो । कार्यक्रमको उदघोषण निरन नेपालकाे जिल्ला सचिव शिवशंकर पासवानले गर्नुभएको थियो भने स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष रेष्मा साह राखेकी थिइन् ।
ब.स.,राैतहट,०१ गते
असार राैतहटकाे देवाहीगाेनाही नगरपालिकामा उपप्रमुख परनिया देवी पटेलकाे अडानका कारण नयाँ हाकिम शम्भु यादव हाजिर हुन पाएनन् । उनलाई संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयबाट देवाहीगाेनाहीकाे प्रमुख प्रशासकीय अधिकृतको रुपमा नियुक्त गरेर पठाएको हाे । शुक्रबार उनी हाजिर हुन आउँदा हाजिर गराउने र नगराउने पक्षकाे दर्जनौं मानिसहरूकाे नगरपालिकामा भिडभाड थियाे ।

देवाहीगाेनाहीका नगर प्रमुख प्रेमलाल साह पक्षले हाजिर गराउन चाहेका थिए भने उप प्रमुख परनिया देवी पक्षले हाजिर गराउन मानिरहेका थिएनन् । दुवै पक्षले हाकिम हाजिरकाे विषयलाई लिएर जुँगाकाे लडाइँ बनाएपछि त्यहाँ स्थिती केहिबेर तनावग्रस्त बनेकाे थियाे ।

स्थितिलाई साम्य पार्न ईप्रका देवाहीगाेनाही,ईप्रका गरूडा र ईप्रका कटहरिया बाट जनपद प्रहरी र सशस्त्र प्रहरी समेतकाे टाेली पुगेको थियाे । नयाँ हाकिमकाे रूपमा हाजिर हुन आउनु भएका शम्भु यादवलाई उपप्रमुख पटेलले आईतवार मात्र हाजिर हुन आग्रह गरेकि थिईन् ।

जवाफमा नेपाल सरकारका उपसचिव समेत रह्नु भएका यादवले आफू सबैकाे साझा हाकिम बन्नकाे लागि यहाँ आएकाे भन्दै आईतवार मात्रै हाजिर हुने प्रतिक्रिया दिए । स्मरणीयहाेस् साे नगरपालिकामा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीच तालमेल नहुँदा विकास निर्माणका काम प्रभावित भएको छ ।

देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह, उपमेयर परनिया देवी पटेल र प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साहबीच रहेको आपसी विवाद तथा टकरावका कारण नगरमा विकास निर्माणका कामहरु ठप्प भएका छन् । आर्थिक वर्ष २०७९/८० को अन्तिम महिना असार सुरू पनि मेयर साह, उपमेयर पटेल र प्रशासकीय अधिकृत साहबीचको विवादका कारण अझै विकासका कामहरु अगाडि बढ्न नसक्दा करोडौं रकम फ्रिज हुने अवस्थामा पुगेको जनप्रतिनिधिहरूले नै गुणासाे गर्न थालेका थिए ।

अन्ततोगत्वा संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले यादवलाई प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारी दिएर पठाएकाे हाे ।

मेयर प्रेमलाल साहले प्रशासकीय अधिकृत सिकेन्द्र साहलाई हटाएर अर्को हाकिम ल्याउन खोजेको र उपमेयर परनिया देवी पटेलले सिकेन्द्र साहलाई नै हाकिम राख्न खोजेको कारण तिनै जनाबीचको विवाद उत्कर्षमा पुगेको स्राेतकाे भनाइ छ । जनप्रतिनिधिबीच विवादले नगरपालिका अस्तव्यस्त समेत बनेको छ ।


काठमाडौं, १ असार ।
राष्ट्रिय परिचयपत्र बनाउँदा आफ्नो सांस्कृति, रीतिरिवाजअनुसार लगाइएका श्रृंगार र पोशाक लगाउन नपाइने नियम हटाउन माग गरिएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद अब्दुल खानले सांस्कृति, रीतिरिवाजअनुसार लगाइएका श्रृंगार पुछ्नुपर्ने र पोशाक लगाउन नपाउने नियमले आमनागरिक राष्ट्रिय परिचयपत्र बनाउने कार्यलाई बहिस्कार गरिरहेको जानकारी दिए । यसका साथै यस्ता प्रावधान हटाउनुपर्ने उनको माग छ ।
‘आफ्नो संस्कृतिअनुसार महिलाले लगाएको सिन्दुर पुछ्नुपर्ने, दोपट्टा टाउकोबाट हटाउनुपर्ने, कन्ठी फुकाल्नुपर्ने र टीका पुछ्नुपर्ने नियमले राष्ट्रिय परिचयपत्र बनाउन नागरिकले बहिस्कार गरेका छन्,’ उनले भने, ‘यस्तो बाध्यकारी नियम हटाउन सरकारको ध्यानाकर्षण गराउँछु ।’
गण्डकी, १ असार
गण्डकी प्रदेशले ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जीतप्रकाश आलेले ०८०/८१ का लागि शुक्रबार प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन् ।
गण्डकीमा चालु वर्षको भन्दा २ अर्ब ४८ करोड १८ लाख रुपैयाँ कम बजेट ल्याइएको हो । चालु वर्षमा ३५ अर्ब ९० करोड ९० लाखको बजेट आएको थियो ।
मन्त्री आलेले प्रस्तुत गरेको बजेटको ३८.१ प्रतिशत चालुतर्फ विनियोजन भएको छ । १२ अर्ब ७३ करोड ६७ लाख ३८ हजार रुपैयाँ चालुतर्फ विनियोजन गरेको उनले जानकारी दिए ।
पुँजिगततर्फ २० अर्ब १९ करोड ४ लाख ६२ हजार विनियोजन भएको छ । यो कुल बजेटको ६०.५ प्रतिशत हो। वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ विनियोजन भएको छ ।
काठमाडौं, १ असार
झापामा सशस्त्र प्रहरीका हवल्दारसहित चार जनामाथि कुटपिट गरेको घटनामा प्रहरी निरीक्षक नमप्रभाव राईसहित तीन जना निलम्बित भएका छन् ।
सशस्त्र प्रहरी निरीक्षक राई र जवानहरू क्रमशः रामसुन्दर तामाङ र जीवन बास्तोलालाई निलम्बन गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।
निरीक्षक राईलाई गृह मन्त्रालय र दुई जवानलाई सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीले निलम्बन गरेको हो । घटनाको छानबिनको लागि सशस्त्र प्रहरी बल मुख्यालयका एआइजी चन्द्रप्रकाश गौतमको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।
काठमाडौं, १ असार
प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । संसदीय सुनुवाई समितिले कार्कीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेपछि राष्ट्रपति समक्ष उनले सपथ लिएका हुन् ।
यसअघि कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा ८ महिनासम्म रहेका कार्कीले उमेर हदका कारण २० साउनबाट अनिवार्य अवकाश पाउने छन् । उनको न्यायाधीशको कार्यकाल भने जम्मा डेढ महिनाभन्दा अलि बढी रहने भएको छ ।
काठमाडौं, १ असार
नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानको इजलासले सांदर टोपबहादुर रायमाझीसहित १६ जनालाई थुनामा राख्ने आदेश दिएको छ ।
उक्त आदेशसँगै नेकपा (एमाले)मा निलम्बित सचिवसमेत रहेका रायमाझीको सांसद पद निलम्बन भएको छ ।
प्रतिनिधिसभा नियमावलीको नियम १४८ को उपनियम ३ ले फौजदारी अभियोगमा पक्राउ परेको सांसद पूर्पक्षका लागि थुनामा गएमा थुनामा रहेको अवधिभरका लागि निलम्बनमा रहने व्यवस्था गरेको छ ।
नियम १४८ को उपनियम (३) मा भनिएको छ, “प्रचलित कानुन बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेश बमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुनेछैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुनेछ ।”
रायमाझीको पद निलम्बनमा परे पनि उनको पद भने गएको छैन । अब अदालतमा हुने बहसपछि अदालतले उनलाई अहिले लागेको अभियोग प्रमाणित भएमा भने उनको पद रिक्त हुनेछ ।
काठमाडौं, १ असार ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई फेन्सिङ तार काटेको विषयमा स्पष्टीकरण सोधेको छ ।
सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पूर्वजानकारी र सूचना नदिई फेन्सिङ तार काटेको भन्दै प्राधिकरणले प्रमुख शाहलाई स्पष्टीकरण सोधेको हो । सात दिनभित्र जवाफ नदिए कानुन बमोजिम भई जाने प्राधिकरणले चेतावनी दिएको छ ।
‘यस प्राधिकरणले तारवार लगाई ऐनको दफा ७ बमोजिम नियमित गरी राखेको विमानस्थल क्षेत्र हो । उक्त क्षेत्रमा नगर प्रहरी उपरिक्षक राजु पाण्डे समेतले यस प्राधिकरणलाई कुनै जानकारी सूचना नदिई अन्य नगर प्रहरीलाई आदेश दिई मिति २०८० / २/ ३२ मा फेन्सीङ्ग तारवार काट्न लाग्दा यस प्राधिकरणका कर्मचारीले यस्तो कार्य नगर्न अनुरोध गरेको तर सो कुरालाई अटेर गरी जवर्जस्ती पूर्वक कानुनविपरीतको कार्य गरे गराएको र सो सम्बन्धी पत्र, जानकारी माग गर्दा हामीले नगर प्रमुखको आदेश बमोजिम यो कार्य गरेको हो, त्यहीँ सोध्न जानुस भनी जवाफ दिएकाले सो तारवार फेन्सीङ्ग काटी लैजाने कार्यमा तपाईको समेत प्रत्यक्ष संलग्नता देखिएको हुँदा तपाईंलाई नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५(१) बमोजिम सजाय किन नगर्ने हो ? यो पत्र प्राप्त भएको मितिले ७ दिन भित्र लिखित स्पष्टीकरण पेस गर्नुहुन प्राधिकरणको मिति २०८० / ०२ / ३२ को निर्णयानुसार जानकारी गराईन्छ । म्याद भित्र लिखित स्पष्टीकरण पेश नगरेमा कानुन बमोजिम भै जाने व्यहोरा समेत यसै पत्रबाट सुचित गरिन्छ,’ पत्रमा उल्लेख गरिएको छ ।

पत्रको पूर्णपाठ :
मितिः– २०८०/०३/०१
श्री बालेन्द्र शाह प्रमुख
काठमाण्डौ महानगरपालिका ।

विषयः लिखित स्पष्टीकरण पेश गर्ने सम्बन्धमा ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि तत्कालिन श्री ५ को सरकारले अधिग्रहण गरी यस प्राधिकरणका नाउँमा दर्ता रही नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २(ग) बमोजिमको विमानस्थल क्षेत्रको रुपमा रहेको का.जि.का.म.न.पा. वडा नं. ९ स्थित नक्सा सिट नं. १०२–११४७–१५, कि.नं. ३० को जग्गा यस प्राधिकरणले तारवार लगाई ऐनको दफा ७ बमोजिम नियमित गरी राखेको विमानस्थल क्षेत्र हो । उक्त क्षेत्रमा नगर प्रहरी उपरिक्षक राजु पाण्डे समेतले यस प्राधिकरणलाई कुनै जानकारी सूचना नदिई अन्य नगर प्रहरीलाई आदेश दिई मिति २०८० २३२ मा फेन्सीङ्ग तारवार काट्न लाग्दा यस प्राधिकरणका कर्मचारीले यस्तो कार्य नगर्न अनुरोध गरेको तर सो कुरालाई अटेर गरी जवर्जस्ती पूर्वक कानून विपरितको कार्य गरे गराएको र सो सम्बन्धी पत्र, जानकारी माग गर्दा हामीले नगर प्रमुखको आदेश बमोजिम यो कार्य गरेको हो, त्यहीँ सोध्न जानुस भनी जवाफ दिएकाले सो तारवार फेन्सीङ्ग काटी लैजाने कार्यमा तपाईको समेत प्रत्यक्ष संलग्नता देखिएको हुँदा तपाईंलाई नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५(१) बमोजिम सजाय किन नगर्ने हो ? यो पत्र प्राप्त भएको मितिले ७ दिन भित्र लिखित स्पष्टीकरण पेश गर्नुहुन प्राधिकरणको मिति २०८० ÷ ०२ ÷ ३२ को निर्णयानुसार जानकारी गराईन्छ । म्याद भित्र लिखित स्पष्टीकरण पेश नगरेमा कानुन बमोजिम भै जाने व्यहोरा समेत यसै पत्रबाट सुचित गरिन्छ ।
प्रकाश चन्द्र शर्मा
उपप्रबन्धक
मन्त केसी,सुर्खेत, १ असार ।
कर्णाली प्रदेशको आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा कार्यक्रममा उद्योग र वन सम्बन्धी योजनालाई समेटिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले प्रस्तुत गरेको वार्षिक बजेट तथा कार्यक्रममा पुराना केही योजनाको निरन्तरता दिँदै नयाँ योजनाहरु समेटिएको हो ।
महिला आर्यआर्जन विकासका लागि ७ करोड रुपैँया विनियोजन गरिएको छ भने महिलाको स्वामित्वमा रहेका उद्योगलाई प्रोत्साहन कार्यक्रम गरिने छ । भौगोलिक पहिचानसाग जोडिने उद्योग सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरिएको छ । प्रदेशको औद्योगिक ऐन तजुर्मा गरिने भएको छ ।
एक जिल्ला एक उत्पादन, सिपसँग सहयोग कार्यक्रमबाट उत्प्रेरित गरिने बताइएको छ । रैथाने उत्पादनको बजारीकराणका लागि कोशेली तथा सौगात घर स्थापना र अनलाई सौगात डट कम सञ्चालन गरिने भनिएको छ ।
विशिष्टकृत वस्तुको उत्पादन प्रशोधनका लािग प्राविधिक सहयोग उपलब्ध गराउने प्रत्येक जिल्लामा सिप विकास कार्यक्रम सञ्चालन गर्ने योजना समेटिएको छ । वन वातावरण तथा जलाधार व्यवस्थापनका लागि दिगो वन व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने भएको छ । लेक तथा पाटन संरक्षण विशेष कार्यक्रम, जलवायु परिवर्तन सम्बन्धि राष्ट्रिय नीति कार्यन्वयन, वृक्षारोपण योजनालाई विस्तार गर्ने, समुदायमा आधारित वन व्यवस्थापन कार्यक्रम मार्फत औषधीय र जडिबुटीयोग्य प्रशोधन कार्यक्रम सञ्चालन गर्न वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको मन्त्री सिंहले बताए ।
हेमन्त केसी,सुर्खेत, १ असार ।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरेको छ । ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट विनियोजित बजेट आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रस्तुत गरेका हुन् ।
यस्तै चालुतर्फ ९ अर्ब २० लाख २४ हजार र पुँजीगत तर्फ १९ अर्ब ९७ करोडठ ७२ लाख ४३ हजार बजेट विनियोजन गरिएको छ । बजेटमा स्थानीय तहको वित्तिय हस्तान्तरणमार्फत ४ अर्ब ८० करोड ४ लाख ४० हजार विनियोजन गरिएको छ ।
काठमाडौं, १ असार ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आपत्तिजनक शब्द नहटाएसम्म नेपालमा भारतीय चलचित्र चल्न नदिने व्यवस्था गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्राचार गरेका छन् ।
उनले दक्षिण भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक संवाद चलचित्रबाटै हटाउन कूटनीतिक पहल थाल्न आग्रह गरेका छन् ।
आदिपुरुषमा रहेको उक्त संवाद हटाएर सेन्सर बोर्डले नेपालमा सञ्चालनका लागि स्वीकृति दिएको बेला महानगर प्रमुख शाहले मन्त्रालयलाई पत्राचार गरेका हुन् ।
हेमन्त केसी,सुर्खेत, १ असार ।
कर्णाली प्रदेशको आर्थिक वर्ष २०८०/ ८१ को वार्षिक बजेट तथा कार्यक्रममा उद्योग र वन सम्बन्धी योजनालाई समेटिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले प्रस्तुत गरेको वार्षिक बजेट तथा कार्यक्रममा पुराना केही योजनाको निरन्तरता दिँदै नयाँ योजनाहरु समेटिएको हो ।
महिला आर्यआर्जन विकासका लागि ७ करोड रुपैँया विनियोजन गरिएको छ भने महिलाको स्वामित्वमा रहेका उद्योगलाई प्रोत्साहन कार्यक्रम गरिने छ । भौगोलिक पहिचानसाग जोडिने उद्योग सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरिएको छ । प्रदेशको औद्योगिक ऐन तजुर्मा गरिने भएको छ । साथै, एक जिल्ला एक उत्पादन, सिपसँग सहयोग कार्यक्रमबाट उत्प्रेरित गरिने बताइएको छ । रैथाने उत्पादनको बजारीकराणका लागि कोशेली तथा सौगात घर स्थापना र अनलाई सौगात डट कम सञ्चालन गरिने भनिएको छ ।
विशिष्टकृत वस्तुको उत्पादन प्रशोधनका लािग प्राविधिक सहयोग उपलब्ध गराउने प्रत्येक जिल्लामा सिप विकास कार्यक्रम सञ्चालन गर्ने योजना समेटिएको छ । वन वातावरण तथा जलाधार व्यवस्थापनका लागि दिगो वन व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने भएको छ । लेक तथा पाटन संरक्षण विशेष कार्यक्रम, जलवायु परिवर्तन सम्बन्धि राष्ट्रिय नीति कार्यन्वयन, वृक्षारोपण योजनालाई विस्तार गर्ने, समुदायमा आधारित वन व्यवस्थापन कार्यक्रम मार्फत औषधीय र जडिबुटीयोग्य प्रशोधन कार्यक्रम सञ्चालन गर्न वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको मन्त्री सिंहले बताए ।
यस्ता छन् वार्षिक बजेटमा समेटिएका स्वास्थ्य योजना वार्षिक बजेट तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रको विकासका लागि बजेट विनियोजन गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले प्रस्तुत गरेको बजेटमा सुर्खेतस्थित प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गरिने बताइएको छ ।
प्रदेश अस्पताल सुर्खेतको तला थप गर्न ५५ करोड ५६ लाख विनियोजन गरिएको छ भने शिक्षण अस्पताल बनाउन आवश्यक रकम विनियोजन गरिएको छ । सल्यान, रुकुम पश्चिम, डोल्पा र दैलेकखमा स्वास्थ्य सम्बन्धी निर्माणाधीन बहुवर्षिय पूवाृधार निर्माणका लागि ३१ करोड विनियोजन गरिएको छ । कर्णालीका सबै जिल्ला अस्पताललाई ५० शैय्या अस्पताल बनाइने । सुर्खेतको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रुपमा स्तरोन्नती गर्न आवश्यक बजेट विनियोजन गरिउको छ ।
सुत्केरी पोषण कार्यक्रम, पोषिलो पिठो वितरण कार्यक्रम, विपन्नलाई स्वास्थ्य विमा कार्यक्रम, विपन्नलाई प्रेषणमा यातायात खर्च उपलब्ध गराउने, नागरिक स्वास्थ्य परिक्षण सेवा सञ्चालन गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ । साथै, बजेटमा मृगौला डायलासिस सेवा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सल्यानबाट सेवा विस्तार गर्ने, निःशुल्क र अतिआवश्यक औषधीको सहज आपुर्ति हुने व्यवस्था मिलाउन बजेट विनियोजन गरिएको छ ।
यसैगरी महामारी नियन्त्रण तथा प्रतिकार्य योजनाका लागि २ करोड विनियोजन गरिएको मन्त्री सिंहले बताए । टेलिमेडिसिन सेवालाई थप प्रभावकारी बनाईने । खोप अभियानलाई तिव्र बनाई आर्थिक वर्ष २०८०/८१ मा प्रदेशलाई पूर्ण खोप घोषणा गरिने बताइएको छ । साथै, महिला स्वास्थ्य स्वंयम्सेविकालाई वार्षिक १० हजार रुपैँया प्रोत्साहन भत्ता दिईने भएको छ । सामुदायिक स्वास्थ्य सेवालाई प्रवद्र्धन गर्न २ करोड विनियोजन गएिको छ । आयुर्वेद उपचारलाई अस्पताल तथा अनुसन्धान केन्द्रको सुदृढिकरण गरिने जनाइएको छ ।
काठमाडौं, १ असार
राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबारमा छड्के चेक गरेको छ । बिहीबार बिहान सतर्कता केन्द्रले सिंहदरबारका कर्मचारीमाथि छड्के गरेको हो ।
कर्मचारीहरू हाजिर गरेर निस्कने गुनासो आएपछि केन्द्रले सिंहदरबारको दक्षिण गेटमा बसेर चेकजाँच गरेको हो ।
सतर्कता केन्द्रले सिंहदरबारबाट बाहिरिने कर्मचारीको परिचय पत्र हेर्दै उनीहरूको नाम, कार्यालय, कर्मचारी संकेत नम्बर र बाहिर जानुको कारणसमेत टिपोट गरेर गरेको छ ।
ब.स.आरके श्रीवास्तव,चन्द्रपुर,जेठ ३२ गते ।
राैतहटकाे गुजरा नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनाकाे अवधिमा ५२ प्रतिशतमात्रै बजेट खर्च गरेको छ । आर्थिक वर्ष समाप्त हुन एक महिना बाँकि रहँदा ३६ करोड रुपैयाँमात्रै खर्च भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुमार अधिकारीले जानकारी दिनुभयो ।
नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ७० करोड ३५ लाख ८० हजार ९९१ रुपैयाँकाे अनुमानित बजेट छैठौं नगर सभाबाट पारित गरेको थियो । तर आर्थिक मन्दीका कारण बजेटमा कटौती भई ४८ कराेड ७४ लाख १५ हजार १६२ रूपैयाँ ८१ पैसा बजेट आएको लेखा प्रमुख शैलेन्द्र श्रीवास्तवले जानकारी गराउनु भयाे ।

नगरपालिकालाई सङ्घीय सरकारबाट ४१ करोड ४९ लाख ७९ हजार, प्रदेश सरकारबाट एक करोड ५७ लाख , राजस्व बाँडफाँटतर्फ १ करोड ४५ लाख ४१ हजार रुपैयाँ बजेट खर्च भएको श्रीवास्तवले जानकारी दिनुभयो ।
संघिय सरकारकाे बजेट तर्फ ६०.४१ प्रतिशत,प्रदेश सरकारकाे १२.०२ प्रतिशत र राजस्व बाँडफाँड तर्फ ३१ प्रतिशत बजेट खर्च भएको उनले बताए । कुल बजेटमध्ये तेस्रो चौमासिक (जेठ मसान्त) सम्म चालुतर्फ ५६ प्रतिशत बजेट खर्च गरेको छ भने पुँजीगततर्फ ४७ प्रतिशत खर्च भएको लेखाप्रमुख श्रीवास्तवले बताउनुभयाे ।
जनकपुर, १ असार ।
मधेस प्रदेशको बजेट आज आउँदैछ ।
मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०(८१ को बजेट आज सार्वजनिक गर्न लागेको हो ।
हिजो बसेको प्रदेश सभा बैठकमा अर्थ मन्त्रालयले आगामी आर्थिक २०८० ८१ को बजेट वक्तव्यका लागि प्रदेशसभामा पत्र पठाईएको सभामुख रामचन्द्र मण्डलले जानकारी गराएका थिए ।
काठमाडौं, असार १ ।
काठमाडौं महानगरपालिकावाट बाहिर जाने सवारी साधान नयाँ बसपार्कवाट मात्रै छुटने भएका छन् ।
काठमाडौं महानगर क्षेत्रभित्रवाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दुरीमा सञ्चालन हुने यात्रुबाहक सवारी साधान नयाँ बसपार्क गोंङगबुबाट मात्रै छुटनु पर्ने ब्यवस्था कार्यान्वयन गर्ने निर्णय भएकाे भन्दै महानगरपालिकाले निर्देशन दिएअनुसार आजवाट लागु हुन लागेको हो ।
‘निर्णय कार्यान्बयन गर्दै अवस्थामा सुधार ल्याउन २०८० असार १ गते देखी नयाँ बसपार्कभन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाउन, नयाँ बसपार्कबाट मात्र यात्रुबहाक सवारी साधान सञ्चालन गर्न सुचित गरिन्छ, महानगरले भनेको छ, ‘धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दुरीका सवारी साधानको हकमा कलंकी देखी जडिबुटीसम्म सवारी साधान रोक्न निषेष गरिएको छ ।’

महानगरद्धारा जारी सुचना अनुसार सो निर्देशन अनुसार बसपार्कवाट मात्रै सवारी नछुटाएमा कारबाहीसमेत गर्ने जनाएको छ ।
‘सुचनाको बर्खिलाप गर्ने जो कोहीलाई असार १ गते देखी ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीवाट नियमानुसार कानुनी कारबाही हुने ब्योहोरा जानकारीका लागि अनुरोध छ ।’
काठमाडौं, १ असार ।
नक्कली शरणार्थी प्रकरणमा आजवाट जवाफी बहस सुरु हुने भएको छ ।
सो प्रकरणमा पक्राउ परेका १८ जना आरोपीको तर्फवाट थुनछेक बहस सकिएपछि आज सरकारी वकिलले जवाफी बहस गर्नेछन ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँका प्रमुख अच्यूतमणि न्यौपानेसहितका चारजना अधिवक्ताले आज जवाफी बहस गर्नेछन् ।
आजवाट हुने जवाफी बस शुक्रबार दिउँसो २ बजेभित्र नै सक्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले इजलासबाटै निर्देशन दिईसकेका छन् ।
काठमाडौं, १ असार ।
आज प्रतिनिधिसभा बैठक बस्दैछ ।
संघीय संसद भवनमा बस्ने बैठकमा बिनियोजन बिद्येयक २०८० माथी छलफल हुनेछ । बैठक ११ बजे बोलाईएको छ ।
संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथी छुटाईएको बजेटमा छलफल हुनेछ।
प्रतिनिधि सभाको हिजोको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत वन तथा वातावरण मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको छलफल गरिएको थियो, जुन सकिएको छ।
काठमाडौं, ३२ ।
प्रतिनिधिसभा सदस्य अब्दुल खानले नागरिकता विषयमा सामूहिक आत्मदाह भए कसले जिम्मेवारी लिन्छ भन्दै सरकार र न्यायालयको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै जनमत पार्टीका सांसद खानले काठमाडौंको माइतीघर मण्डासहित देशभर नागरिकता पाउनुपर्ने मागसहित प्रदर्शन भइरहेको जानकारी गराउँदै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।
सोही क्रममा केही दिनअघि एक प्रदर्शनकारीले आत्मदाहको प्रयास गरेको घटना स्मरण गराउँदै बैठकमा उनले भने, ‘सरकारको ध्यान कता छ ? नागरिकताबाट वञ्चितहरूले माइतीघरमा आत्महत्याको कोसिस हुँदै छ । यो रोकिएन र भोलि सामूहिक आत्मदाह भयो भने कसले जिम्मेवार लिने सरकार कि न्यायालयले ?’
नागरिकले नागरिकता माग्नु अपराध भए गोली हानेर लखट्न भन्दै उनले भने, के नागरिकता माग्नु अपराध हो ? यो अपराध हो भने गोली हानेर धपाउनुहोस्, नभए नेपाली हामी नागरिकलाई नागरिकता दिनुहोस् ।’
सरकारले नागरिकतासम्बन्धी विधेयक ल्याए पनि न्यायालयले रोकेकोप्रति असन्तुष्टि जनाउँदै उनले यसबारे गृहमन्त्रीको समेत जवाफ मागेका छन् ।
काठमाडौं, ३२ जेठ ।
प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको बिहीबारको संसदीय सुनुवाइ सकिएको छ ।
सिंहदरबारमा बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनी उपस्थित भएका थिए । बुधबार उजुरीकर्तासँग छलफल गरेको समितिले सुनुवाइका लागि बिहीबार कार्कीलाई बोलाइएको हो । सो क्रममा बैठकमा कार्कीले न्यायालयमा हुने विचौलियाको प्रभाव निस्तेज पार्नेसहितको कार्ययोजना पेस गरेका छन् ।
आफूले न्यायाधीशको इमान कायम राखेको दाबी गर्दै उनले विचौलियाका गतिविधि सूक्ष्म निगरानीमा राख्ने जानकारी दिए । उनको बिहीबारको सुनुवाइ सकिएको छ । शुक्रबार फेरि सुनुवाइ हुनेछ । त्यसबेला सांसदहरुले उनको कार्ययोजनासहितका विषयमा प्रश्न गर्नेछन् भने कार्कीले जवाफ दिने कार्यक्रम छ ।
१ फागुन २०७८ मा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएपछि कार्की कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनलाई गत २५ वैशाखमा संवैधानिक परिषद्ले प्रधानन्याधीशमा सिफारिस गरेको हो ।
काठमाडौं, ३२ जेठ ।
नेपाल सरकारको मुख्यसचिवमा वैकुण्ठ अर्याल नियुक्त भएका छन् । बिहीबार दोस्रोपटक बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।
‘आज दुईपटक मन्त्रिपरिषद् बैठक बसेको छ,’ मन्त्री साउदले भने, ‘दोस्रोपटक बसेको बैठक मुख्यसचिवमा वरिष्ठतम् सचिवमध्येबाट वैकुण्ठ अर्याललाई नियुक्त गरिएको छ ।’
बिहीबार नै बसेको पहिलो मन्त्रिपरिषद् बैठकले मुख्यसचिव पदबाट शंकरदास बैरागीले दिएको राजीनामा स्वीकृत गरेको थियो । उनको राजीनामा स्वीकृत गरेपछि पुनः बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो ।
अर्यालले शुक्रवारबाट अनिवार्य अवकाश पाउँदै थिए । तर, बिहीबार नै सरकारले उनलाई सरकारले मुख्य सचिवमा नियुक्त गरेको हो ।
काठमाडौं, ३२ जेठ ।
नेपाल सरकारको मुख्यसचिव पदबाट राजीनामा दिएका शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरिएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बैरागीले मुख्यसचिव पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ । बैरागीले दिएको राजीनामा स्वीकृत गरेपछि पुनः बसेको मन्त्रिपरिषद् बैठकले बैरागीलाई राष्ट्रिय सुरक्षाा परिषद्को मन्त्रीस्तरीय सल्लाहकारमा नियुक्त गरेको हो ।
‘आज दुईपटक मन्त्रिपरिषद् बैठक बसेको छ,’ परराष्ट्रमन्त्री एनपी साउदले भने, ‘पहिलो बैठकले शंकरदास बैरागीले मुख्यसचिव पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ । साथै दोस्रोपटक बसेको बैठकले बैरागीलाई राष्ट्रिय सुरक्षाा परिषद्को मन्त्रीस्तरीय सल्लाहकारमा नियुक्त निर्णय गरेको छ ।’
काठमाडौं, ३२ जेठ ।
आज प्रतिनिधिसभाको बैठक बस्दै छ ।
सङ्घीय संसद् भवन, नयाँ वानेश्वरमा बिहान ११ बजे सो बैठक बस्नेछ ।
आजको बैठकवाट मन्त्रालयगत रुपमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुनेछ ।
बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सहरी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ ।
काठमाडौं, ३२ जेठ ।
संसदीय सुनवाई समितिले न्यायधिस हरिकृष्ण कार्कीलाई आज छलफलका लागि बोलाएको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायधिसमा सिफारिस कार्कीलाई आज छलफलका लागि समितिले बोलाएको हो ।
लामो समय देखी कार्यबहाक प्रधानन्यायधिसको जिम्मेवारी सम्हालेका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायधिसमा सिफारिस गरिएको थियो ।
संवैधानिक परिषदले भावी प्रधानन्यायधिसमा सिफारिसमा परेका कार्कीलाई उनी बिरुद्ध परेको उजुरीका बारेमा सोधपुछ गरिनेछ ।
उनी बिरूद्ध परेका २९ वटा उजुरीका बारेमा समितिले उजुरीकर्तासँग हिजाे छलफल गरेकाे थियाे ।
आरके श्रीवास्तव,चन्द्रपुर समाचारदाता,३१ गते जेठ
प्रभु साह निकट आइटि आर्मीले चन्द्रपुर सहितको जिल्लाको अधिकांश स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आज विभिन्न स्थानीय तहहरुलाई आम जनताको दैनिक जनजीवनका कठिनाई एवं समस्याहरुको सहज समाधान गर्न तथा पालिका र पब्लिक बिच परस्पर सुखद एवं सुमधुर सम्बन्ध स्थापित गर्ने गराउने उदेश्यका साथ विभिन्न माग एवं ध्यानाकर्षण सहितको ज्ञापन पत्र पेश गरेको छ ।

जिल्लाको चन्द्रपुर,गरुडा,कटहरिया सहित करिब १३ वटा पलिकाहरुमा सम्बन्धीत नगर कमिटिले ज्ञापन पत्र बुझाएको आईटी आर्मीका मधेश प्रदेश अध्यक्ष नरेश साह तुरहाले जानकारी गराउनु भयो ।
ज्ञापन पत्रमा बजेटको भागबन्डा बन्द गर, पानी बिजुली फ्री गर,गरीब दलितलाई आवासको व्यवस्था गर,किसानलाइ पेन्सन देउ,आमजनता जिन्दावाद,घुस कमिसन बन्द गर,दलतन्त्र मुर्दाबाद ,आम जनताको लोकतन्त्र ,भगौडा दलाल मुर्दावाद नाराहरू लगाउँदै पालिकामा ज्ञापन पत्र बुझाएका छन् ।

यस्तो छ ज्ञापन पत्र
उपरोक्त सम्बन्धमा, अहिले देशमा आर्थिक मन्दीका कारण आम जनताको जनजिवन कष्टकर बन्दै गएको कुरा तपाई हामी सबैलाई सर्वविदित नै छ । यस आर्थिक संकटबाट सबै भन्दा बढी हाम्रो नगरपालिका प्रभावित भएकोछ ।
यस नगरपालिकामा आर्थिक उत्पादनको श्रोत साधन सिमित रहेको, परम्परागत खेतीप्रणालीमा आश्रित कृषि रहेको, व्यापार ब्यवसाय सुक्दै गएको, बेरोजगार गुणात्मक ढंगले बढÞिरहेको तथा मजदूरहरु बाध्यभएर कष्टकर बैदेशिक रोजÞगारीबाट जिवनयापन गर्नु परेको अवस्था छ । यस्तो संकटपूर्ण अवस्थामा जनता माथी अनावश्यक करको भार थुपार्ने र जनताको खुन पसिनाबाट निर्माण भएको सरकारी बजेटलाई केही मुठ्ठीभर निर्वाचित जनप्रतिनिधीहरु आफु खुशी भागवण्डा गरि चाटने कार्यले नगरको बिकास सम्भव छैन ।

जनताको पिरमार्कामा राज्यको विभिन्न निकाय र तहहरुद्वारा सहयोग गर्नुको सट्टा आज कर आतंक खड़ा गरिएकोछ । जनताको आमदानीमा कर लिने तर उत्पादन नोक्सन हुदा वा घाटामा पर्दा हेर्न समेत नआउने उल्टै समयमा कर नतिर्दा सजायको भागीदार बनाउने जस्ता जनबिरोधी कार्य खुलेआम भईरहेकोछ ।
यो नगरपालिकाले समेत जन्मिदा देखि मर्दा सम्म अर्थात जन्मदर्ता देखि मृत्युदर्ता सम्म समेत कर लगाउने, कर संकलन तथा सदुपयोग नगर्ने , आन्तरिक राजस्वलाई समेत पारदर्शी न बनाउने जस्ता कार्य गरिरहेकोछ ।
यस्ता गलत कार्यहरु पुनः हुन न दिन र जनताका अधारभूत समस्या समयमा समाधानका गर्न तथा यस नगरपालिका प्रति आम जनताको विश्वसनियता अभिवृद्धि गर्न निम्न मागहरु सहित यो ज्ञापन पत्र पेश गर्दछौ ।

आरके श्रीवास्तव,गरुडा समाचारदाता,३१ गते जेठ
चन्द्रपुरःरौतहटको उक्तरी भेग चन्द्रपुरमा खानेपानी पाइपलाईन बिस्तार र अवरुद्ध पानी सुचारु गर्न खाडल खन्ने काम सुरु गरिएको छ । आज (बुधबार) बाट देउराली चौक बाट दक्षिण पूर्व अवरुद्ध पानी सूचारु गर्न खाडल खन्ने सुरु गरिएको हो ।

नेपाली काङ्ग्रेसका चन्द्रपुर नगर सभापती मुकेश गिरिको पहल र चन्द्रपुर नगरपालिका प्रमुख संजय कुमार काफ्लेले पाईप उपल्बध गराउने प्रतिबद्धता गरे संगै पाईप हाल्न खाडल खन्न सुरु गरीएको चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव अवदेशहरी भटृराईले जानकारी दिए ।

आज खाडल तयार भए संगै भोलि नै पाईप हाल्ने कार्य हुने सचिव भटृराईको भनाइ छ । त्यस्तै पैसा नतिरेका उपभोक्ताहरु लाइ महसुल बुझाउन अनुरोध गरिएको छ । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका नव निर्वाचित पदाधिकारी सहित टोलिले सो काम सुचारु गराएका हुन् ।

बिगत ३ महिना देखि पुर्व टोलका लगायत अन्य ठाउँका उपभोत्ताले शुद्ध खानेपानी बाट बञ्चित भएका बिषयलाई मध्य नजर गर्दै सो माम सुचारु गरिएको चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष किशोर प्रसाद उपाध्यायले बताए । कोही पनि उपभोक्ता खानेपानी बाट बञ्चित हुनु हुँदैन् उनको भनाइ रहेको छ ।

यस्तै चन्द्रपुर नगरपालिकाका प्रमुख संजय कुमार काफ्लेले आफुले प्रतिबद्धता गरे अनुसार पाईप सहयोग गरेको बताएका छन् ।

काठमाडौं, ३० जेठ ।
पूर्वबाल लडाकु लेलिन विष्टसमेतले दायर गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्धको मुद्दा सुनुवाइ सर्वाेच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ ।
प्रचण्ड र बाबुराम भट्टराईले नेतृत्वको गरेको तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वमा बालबालिका प्रयोग गरेर ‘युद्ध अपराध’ गरेको जिकीर गर्दै विष्टसमेतले प्रचण्ड र बाबुरामलाई ‘युद्ध अपराध’को मुद्दा चलाउनुपर्ने र आफूहरुमाथि लगाइएको ‘अयोग्य लडाकु’को बिल्ला हटाउनुपर्ने माग गर्दै सर्वाेच्च अदालतमा आइतबार रिट दर्ता गरेका थिए ।
उक्त मुद्दामा मंगलबार सुनुवाइ हुन लागेको हो । रिटमा प्रधानमन्त्री प्रचण्ड, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बाबुराम भट्टराई, गृह मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोगलगायत निकायलाई विपक्षी बनाइएको छ ।
काठमाडौं, २९ जेठ ।
निर्वाचन आयोगले आगामी १ साउनदेखि विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गर्ने जानकारी दिएको छ ।
सोमबार बसेको राष्ट्रियसभाको राष्ट्रिय तथा समन्वय समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी १ साउनदेखि विदेशमा रहेका नेपालको मतदाता नामावली संकलन गर्ने जानकारी दिएका हुन् ।
पहिलो चरणमा युनाइटेड अरब इमिरेट्स, कतार, मलेसियामा मतदाता नामावली संकलन गरिने उनले बताए । उनीहरुको बायोम्याट्रिकसहित मतदाता नामावली संकलन गरिनेछ ।
विदेशमा रहेका नेपालीले अनलाइनमार्फत नेपालमा आफ्नो स्थायी ठेगानामा मतदाता नामावली कायम हुने गरी प्रिरजिस्ट्रेसन भरेपछि कुटनीतिक नियोगमा पुगेर आफ्नो फोटो र औंठाछाप दिनुपर्नेछ ।
