२०८३ बैशाख १५
२०८३ बैशाख १५

काठमाडौँ । गुगलको सर्च इन्जिनलाई अवैध एकाधिकार घोषणा गरेको करिब एक महिनापछि आफ्नो विज्ञापन प्रविधिको बारेमा अर्को मुद्दाको सामना गरिरहेको छ । अमेरिकी न्याय विभाग र राज्यहरूले गुगलले अनलाइन प्रकाशकहरूलाई विज्ञापनदाताहरूसँग मिल्ने प्रविधिमा एकाधिकार बनाएको आरोप लगाएका छन् ।

सरकारले अदालतका कागजातहरूमा लेनदेनको खरीद-बिक्री दुवै पक्षमा सफ्टवेयरमा आफ्नो प्रभुत्वले गुगललाई प्रकाशकहरू र विज्ञापनदाताहरू बीचको बिक्रीको दलाली गरेर प्रति डलरमा ३६ सेन्ट जति कमाउने बताइएको छ । जबकि गुगलले सरकारको मामला पुरानो इन्टरनेटमा आधारित रहेको बताउँछ, जब डेस्कटप कम्प्युटरहरू हावी थिए र इन्टरनेट प्रयोगकर्ताहरूले यूआरएल फिल्डमा होसियारीपूर्वक सही वर्ल्ड वाइड वेब ठेगाना टाइप गर्थे । अब अहिले विज्ञापनदाताहरू अब दर्शकहरूमाझ पुग्न टिकटक जस्ता सामाजिक सञ्जाल कम्पनीहरू वा पीकक जस्ता टिभि सेवाहरू स्ट्रिम गर्ने सम्भावना बढेको छ ।

गुगलले यहि करणले विज्ञापन आयमा ठुलो गिरावटको सामना समेत गरेको छ । हालैका वर्षहरूमा, गुगलले आफ्नो नेटवर्कको राजस्व २०२१ मा ३१.७ बिलियन डलरबाट २०२३ मा ३१.३ बिलियन डलर पुगेको छ । गुगल नेटवर्कमा एडसेन्स र  गुगल एड म्यानेजर जस्ता सेवाहरू समावेश छन्, जुन कुराको केन्द्रमा छन् ।

गुगलको एकाधिकारमाथिको ट्रायल सोमबार भर्जिनियाको अलेक्जान्ड्रियामा सुरु भयो । यो सुरुमा जूरी ट्रायल हुन गइरहेको थियो तर गुगलले बेन्च ट्रायल गर्न दबाब दियो। जूरी आवश्यक पर्ने सरकारले ल्याएको एक मात्र दाबी खारेज गर्न संघीय सरकारलाई २ मिलियन डलरभन्दा बढीको चेक लेख्यो ।

पूर्व राष्ट्रपति बिल क्लिन्टनले बेन्चमा नियुक्त गरेको जिल्ला न्यायाधीश लियोनी ब्रिन्केमाले मुद्दाको फैसला गर्नेछन् । उनी सेप्टेम्बर ९/११ सहित उच्च-प्रोफाइल आतंकवाद परीक्षणहरूको नेतृत्व गर्नका लागि परिचित छन् । भर्जिनिया केस गुगलले आफ्नो खोज इन्जिनमा ठूलो हार बेहोरेपछि आएको हो । न्युज कारखाना

पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध कालोझण्डा र नाराबाजी गरिएको छ ।

पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न सोमबार पोखरा पुगेका सभापति लामिछानेलाई सहकारी पिडितले कार्यक्रमस्थल पोखरा महानगरपालिका–१७ बिरौटास्थित ग्यालेक्सी ब्यांक्वेटबाहिर कालो झण्डा र नाराबाजी गरेका हुन् ।

पोखराको सूर्यदर्शन सहकारी संस्थाका वचतकर्ताहरुले कालोझण्डा देखाउदै आफुहरुको बचत रकम फिर्ता गर्न माग गर्दै नाराबाजी गरेका थिए ।  सहकारी पीडितको प्रदर्शनका कारण सो क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।न्युज कारखाना

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँले बढेको हो ।

यस अघि सोमबार १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर १७६५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।न्युज कारखाना

सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको साथ र खबरदारी आवश्यक रहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्र मिचैया नगर समिति सिरहाले आज विहान गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले जनताको संघर्षका बलमा जारी भएको संविधानको रक्षा र कार्यान्वयनमा निरन्तर खबरदारी गर्नु जनताको दायित्व भएको बताए ।

२०७० सालको निर्वाचनमा आफूलाई निर्वाचित गराएर सिरहाको जनप्रतिनिधिको रुपमा संविधान निर्माण र कार्यान्वयनमा योगदान गर्ने अवसर दिएकोमा सिरहाका जनतालाई धन्यवाद दिंदै उनले अब संविधानको रक्षा र कार्यान्वयनमा पनि जनताको निरन्तर साथ सहयोग आवश्यक हुने बताए ।

संविधान जारी भएपछि मधेशका जनतालाई पनि विश्वासमा लिएर आफूले संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण जिम्मेवारी पूरा गरेको स्मरण गर्दै उनले संविधानले उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न अत्यधिक प्रयत्न गरेको पनि बताए । ‘जनताको बलिदानको जगमा निर्मित संविधानले उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्ने अत्यधिक प्रयत्न गरेको छ’, उनले भने, ‘संघीयतासहित समावेशी र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तले सयौं वर्षदेखि उत्पीडनमा परेका जनतालाई अधिकार सम्पन्न बनाएको छ, अब यसको पूर्ण कार्यान्वयनमार्फत जनताको अवस्था बदल्ने बेला आएको छ, यसमा जनताको साथ सहयोग अपरिहार्य छ।’न्युज कारखाना

अध्यक्ष प्रचण्डले पछिल्लो समय संविधानले स्थापित गरेका जनताका अधिकार कुण्ठित गर्ने चेष्टा भइरहेको उल्लेख गर्दै त्यसका विरुद्ध सबै जनताले र अझ बढी उत्पीडित समुदायले खबरदारी गर्नुपर्ने बताए ।

आफूले सरकारको नेतृत्व गर्दा वर्षौ पुराना तराई मधेशका समस्यालाई ध्यान दिएर काम गरेको उल्लेख गर्दै उनले भने, ‘हामीले सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डालाई प्राथमिकताका साथ अघि बढाइरहेका छौं, मैले सरकारको नेतृत्व गरेको बेलामा यी एजेण्डामा पनि अझ बढी मधेशका समस्या समाधानमा ध्यान दिने प्रयास गरें । वर्षौ पुरानो मिटरब्याजको समस्या कानुन बनाएर नै समाधान गरिएको छ । हजारौं नागरिकताविहीनहरुले नागरिक पाउने अवस्था बनेको छ । यसलाई तपाइँहरुले महत्वपूर्ण उपलब्धिको रुपमा लिनुभएको छ भन्ने मैले बुझेको छु।’

पार्टी प्रतिपक्षमा रहँदा पनि जनताका एजेण्डालाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले जनताका दैनिकदिनका समस्यादेखि संविधानको रक्षा र कार्यान्वयनसम्मका एजेण्डामा पार्टी जनतासँगै एकाकार भएर अघि बढ्ने बताए । उनले त्यसका लागि स्थानीय पार्टी कमिटीहरुलाई आवश्यक योजना बनाएर अघि बढ्न निर्देशन दिए ।

त्यसअघि आज विहान नै अध्यक्ष प्रचण्डले सिराहको गोलबजारमा स्थानीयवासीसँग अन्तक्र्रिया गर्दै आफूले शुरू गरेका पूर्वाधार निर्माणको अवस्थाबारे जानकारी लिएका थिए । उनले गोलबजारवासीले विकास र सुशासनका विषयमा राखेको चासोलाई गम्भीरतापूर्वक लिएको बताउँदै समग्र मधेशी जनताका अधिकारको संघर्षमा सधैं साथमा रहने दृढता व्यक्त गरे ।

 

२५ भदौ, महोत्तरी 

मधेशमा माओवादी केन्द्रको तिव्र ओरालो यात्रालाई के प्रचण्डले व्रेक लगाउन सक्लान ?

मधेश प्रदेशमा अध्यक्ष प्रचण्ड सहित आधा दर्जन केन्द्रिय पदाधिकारीहरु आज र भोलि पार्टीको सागंठनिक अवस्था र पछिल्ला परिणामहरुको विषयमा निर्मम समिक्षा गर्न आईपुगेका छन ।

यही सन्दर्भलाई लिएर चिया र चौतारीहरुमा  मधेशको खस्कदो सागंठनिक अवस्थालाई सुधार गर्न प्रचण्डले कस्तो रणनीति अवलम्बन गर्छ्न भन्ने आम  चासो वनेको छ ।

नेता र कार्यकर्ताहरुको भावनालाई आत्मासाथ गर्न नसक्दा पछिल्लो समय असन्तुष्ट पक्षहरुहरुलाई नेकपा एमाले, जसपा, लोसपा जस्ता दलहरुले व्यवस्थापन गरिरहेको देखिन्छ ।

१ बर्षको अवधीमा माओवादी केन्द्र कै उच्च तहका नेताहरुको तथ्यांकअनुसार ६ सय भन्दा बढी नेता, कार्यकर्ताहरुले पार्टी छाडिसकेका छन ।

अझ अचम्म लाग्दो त काँहानिर छ भने नेकपा एमालेले त माओवादी केन्द्रवाट भित्र्याएका नेता, कार्यकर्ताहरुलाई पाटी बलियो वलियो वनाउने अस्त्र नै वनाएको छ ।

उदाहरणकोरुपमा  महोत्तरीको अहिलेको एमालेको सागंठनिक अवस्थालाई हेर्न सकिन्छ । यसअघि भएको एमाले अधिवेशनमा माओवादीवाट नै प्रवेश गरेका वलिराम यादवलाई नेतृत्व दिइएको छ भने पदाधिकारीमा पनि अधिकांश माओवादीवाट भित्रीएकाहरु नै छन ।

जिल्लाको मात्र हैन स्थानिय तहको अवस्था हेर्ने हो भने एमालेले माओवादीवाट भित्रीएकाहरुलाई प्राथमिकतामा राखेको छ ।

महोत्तरीको उत्तरी क्षेत्र बर्दिवासमा  सचिव, स-सचिव देखि पदाधिकारीमा माओवादीवाट भित्रीएकाहरु छन ।

दक्षिणतर्फ माओवादी केन्द्र बलियो देखिएका पालिकाहरुमा एमालेले उनिहरुलाई पार्टी बलियो वनाउने हतियार वनाएको छ । माओवादीको बलियो पकड भनिएको सम्सीमा माओवादीवाट नै प्रवेश गरेकालाई अध्यक्षको नेतृत्व दिइएको छ ।

यस्तो अवस्था महोत्तरीमा मात्र हैन अन्य जिल्लाहरुमा पनि देखिन्छ ।  केन्द्र तहका ज्वाला कुमारी साह देखि वुदिनी देविसम्म आईपुग्दा एमालेले नै उनिहरुलाई परिचालन गरेर पार्टीको संगठनलाई मजवुत वनाउदै लगेको छ भने माओवादी केन्द्र थप कमजोर वन्दै गएको देखिन्छ ।

`पार्टी कमजोर हुनुमा यस्का अन्तर्यहरु मुलतः आन्तरिक कलह नै हो ।´ केन्द्रिय सदस्य प्रकाशहरी पोखरेलले भने । `यो विषयमा पनि आज र भोलि हुने बैठकमा निर्मम समीक्षा हुनेछ ।´

वैठकमा उठेका विषयहरुको पार्टी अध्यक्ष प्रचण्ड स्वयमले दस्तावेज वनाउने र उपयुक्त छलफल गरेर निष्कर्ष निकालिने केन्द्रिय सदस्यहरुले वताएका छन ।

अझ मधेशमा संस्थापन पक्ष र संस्थापन इतरको नाममा अनेक गुटबन्दी सिर्जना भएको माओवादी केन्द्रका नेता, कार्यकर्ताहरु नै स्विकार गर्छन ।

सिरहा, सर्लाही, महोत्तरीमा पुर्व जनमोर्चा समूह र प्रचण्ड समुहविच जहिल्यै काहीँ न काहीँ मतभेद सिर्जना हुने गरेको र केही आधार ईलाका भएका ठाउँहरु अघिल्लो निर्वाचनमा समेत गुमाउनुले यस्लाई पुष्टि गरेको छ ।

यसैको परिणाम महोत्तरी क्षेत्र नं.१ मा गिरिराजमणि पोखरेलले संघमा र राजु खड्काले स्थानिय तहमा पराजय भोग्नुपरेको माओवादी केन्द्रका एक नेता वताउछ्न ।

`मधेशमा माओवादीमा देखिएको आन्तरिक कलहका कारण, असन्तुष्टि र नेता कार्यकर्ताहरुको पार्टी वहिगर्मनका विषयमा पनि बैठकमा गहन छलफल हुनेछ ।´ माओवादी केन्द्र महोत्तरीइन्चार्ज राजु खडकाले भने । `अब पार्टी कमजोर हुनुमा दोषारोपण गरेर मात्र हुँदैन मैदानमा काम गर्नुपर्ने अवस्था आएको छ ।´

मधेश प्रदेश इन्चार्ज गणेश साह एकअर्कोलाई दोष  लगाउने तर कमजोरीका कारकहरुको विषयमा समीक्षा गर्न नसक्दा माओवादी केन्द्र कमजोर वन्दै गएको वताउछन ।

उन्ले एक अन्तर्वार्तामा प्रचण्डमा विकल्पको खोजी भन्दा पनि सच्चिनु पर्ने र सुधार गर्नुपर्ने कयौं ठाउँहरु भएको अभिव्यक्ति दिएका छन ।

यसरी नेता, कार्यकर्ताहरुले  असन्तुष्टि र वहिगर्मनलाई नेताहरुलाई नै मुख्य जिम्मेवार ठहर्‍याएका छन । ६ प्रदेशमा बैठक समपन्न गरेर मधेश आईपुगेका पदाधिकारीहरुको छलफल महोत्तरीको बर्दिवास रिसोर्टमा भैइरहेको छ ।

अध्यक्ष प्रचण्ड सहित नेताहरु अग्नि सापकोटा, हरिवोल गजुरेल, गिरिराजमणि पोखरेल, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, शक्ति बस्नेत, देव गुरुङ्ग बर्दिवास आईपुगेका छन ।

बर्षामान पुन र मात्रीका यादव भने उपचारको क्रममा चिनमा छन ।न्युज कारखाना

काठमाडौँ । पोल्याण्डमा खडेरीको अवस्था गम्भीर बन्दै गएको छ । पोल्याण्डको राष्ट्रिय मौसम एजेन्सीका अनुसार देशको सबैभन्दा लामो नदी, भिस्टुला, आइतवार लगभग सुकेको थियो ।

खडेरीका कारण यस नदीको पानीको सतह कीर्तिमानी न्यून पुगेको छ । यस खोलामा यति कम पानीको सतह कहिल्यै देखिएको थिएन । यस नदीमा पानीको सतह २०१५ भन्दा २५ सेन्टिमिटरले कम भएको रिपोर्टमा उल्लेख छ ।

यो अघिल्लो रेकर्डभन्दा एक सेन्टिमिटर बढी हो। संस्थानले ‘एक्स’ मा यो सन् २०१५ भन्दा खराब भएको बताएको छ । पानी घट्ने क्रम जारी छ। नदीको पानीको सतह निरन्तर घट्दै गएको छ ।
पोल्याण्डका अधिकांश नदीहरु सुक्दै गएका छन् ।

जलविज्ञानी ग्र्जेगोर्ज वालिस्जेस्कीले गत हप्ता रिपोर्ट गपोल्याण्डका अधिकांश नदीहरू सुक्दै जाने बताएका थिर । पोल्याण्डमा सन् २०१५ देखि नै निरन्तर खडेरी परेको छ । यसका लागि जलवायु परिवर्तन जिम्मेवार रहेको बताइएको छ । पछिल्ला बर्षहरुमा हिमपात कम हुँदै गएको र जाडो मौसम पनि हल्का बन्दै गएको छ । कम वर्षा र उच्च तापक्रमका कारण पानीको सतह घट्दै गएको छ ।

विस्तुला नदी एक हजार किलोमिटरभन्दा लामो छ । यो युरोपेली संघका सदस्य राष्ट्रहरूमध्ये सबैभन्दा लामो नदी हो । यसले देशलाई दुई भागमा विभाजन गर्छ र बाल्टिक सागरमा झर्छ । न्युज कारखाना

काठमाडौं । काठमाडौं-कलिङ लिटेटरी फेस्टिभलमा लोकगायक एवं संस्कृत विद् यज्ञराज उपाध्यायलाई यशश्वी प्राज्ञ पुरस्कार प्रदान गरिएको छ। हिमालय होटलमा आयोजित समारोहबीच उपाध्यायलाई काली-कर्णालीको लोकसाहित्य ग्रन्थका लागि २० हजार राशिको यशश्वी प्रज्ञा पुरस्कार तथा यशश्वी बुक अवार्ड २०२४ अर्पण गरिएको हो।

काली-कर्णालीको लोकसाहित्य तथा संकृतिको लामो खोज तथा अनुसन्धानबाट उत्खनन तथा प्रारुप सामग्री एकितृत गरी उपाध्यायले विशद ग्रन्थ प्रकाशित गरेर नेपाली लोकसाहित्यमा ठूलो योगदान पुर्‍याएको भन्दै आयोजकले उनलाई सम्मान गरिएको जनाएको छ।

९८४ पृष्ठको ग्रन्थमा काली-कर्णाली क्षेत्रको लोकसाहित्य, लोकसंस्कृति, लोकगीत र संगीतका सबै क्षेत्रको विश्लेषण गरिएको छ। सम्मान कार्यक्रमका वक्ताहरूले ग्रन्थ काली-कर्णाली क्षेत्रको लोकसाहित्य र संस्कृतिको एतिहासिक दस्तवेज भएको बताएका थिए। उनीहरूले पुस्तक अध्ययन गर्दा सिंगो काली-कर्णाली क्षेत्रलाई बुझ्न सकिने धारणा राखेका थिए।

उपाध्याय राईझुमा जस्तो लोकप्रिय लोकदेउडा गीतका स्रष्टा हुन्। भव्य समारोहबीच सम्मानित हुन पाउँदा खुसी र जिम्मेवारी दुवै थपिएको उनले बताए।न्युज कारखाना

 

काठमाडौँ । आइफोन निर्माता कम्पनि एप्पलले आइफोन १६ लन्च गरेको छ । यस वर्ष एप्पल कार्यक्रम अमेरिकाको क्युपर्टिनोस्थित एप्पल पार्कको स्टिभ जब्स थिएटरमा आयोजना गरिएको थियो ।

यस कार्यक्रमलाई ‘इट्स ग्लोटाइम’ नाम दिइएको थियो। एप्पल वाच सिरिज–१० पछि, एप्पल वाच अल्ट्रा २, एयरपड्स–४, एयरपड्स म्याक्स, आइफोन–१६, आइफोन १६ प्लस, आइफोन–१६ प्रो र आइफोन–१६ प्रो म्याक्स कार्यक्रममा लन्च गरिएको हो ।

आइफोन- १६ को ७९९ डलर मुल्य तोकिएको छ भने आइफोन- १६ प्लसको ८९९ डलर रहेको छ । त्यस्तै आइफोन- १६ प्रो को ९९९ डलर र आइफोन प्रो म्याक्सको ११९९ डलर रहेको छ ।

यसपटक नयाँ सिरिजमा आर्टिफिसियल इन्टेलिजेन्सका धेरै सुविधाहरूसँगै एप्पल इन्टेलिजेन्सको प्रयोग गरिएको छ । टिम कुकले यसलाई नयाँ युगको सुरुवात भनेका छन् । यद्यपि, एप्पल इन्टेलिजेन्स केही देशहरूमा मात्र बिटा संस्करणमा उपलब्ध हुनेछ।
आईफोन–१६ को स्क्रिन साइज ६.१ इन्च छ भने आईफोन–१६ प्लसको स्क्रिन साइज ६.७ इन्च छ ।

आईफोन-१६ प्रोको स्क्रिन साइज ६.३ इन्च र प्रो म्याक्सको साइज ६.९ इन्च छ आइफोन १६ प्रो म्याक्स अहिलेसम्मकै ठूलो डिस्प्ले भएको आइफोन हुनेछ ।

आइफोनमा क्यामेरालाई नयाँ बटन स्लाइड गरेर नियन्त्रण गर्न सकिने बनाइएको छ । फोनमा एउटा नयाँ कन्ट्रोल बटन हुनेछ जसलाई आफ्नो सुबिधा अनुसार संचालन गर्न सकिने छ । त्यस्तै आईफोन १६ मा ए१८ बायोनिक चिपसेट प्रदान गरिएको छ ।

त्यस्तै आईफोन १६ मा दुईवटा रियर क्यामेरा छन् जसमा प्राथमिक लेन्स ४८ मेगापिक्सेलको छ। यसमा म्याक्रो र अल्ट्रा मोड पनि छ । क्यामेराले डल्बी भिजनको साथ ४के ६० भिडियो रेकर्ड गर्न सक्छ । न्युज कारखाना

काठमाडौँ । अन्तर्राष्ट्रिय टेक कम्पनी एप्पलले आफ्नो १६औं सिरिजको आइफोन लन्च गरेको छ  । यो नयाँ सिरिजमा एप्पलले धेरै नयाँ फिचर थपेको छ । एप्पलको नयाँ १६ सिरिजमा आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्समा चारवटा मोबाइल लन्च गरेको छ ।

यस सिरिजभन्दा पहिले, एप्पलले धेरै प्रकारका मोबाइल, ल्यापटप, स्मार्ट घडी र अन्य ग्याजेटहरू लन्च गरिसकेको छ । विश्वभरका बजारमा आइफोनको माग निकै बढेको छ । इन्टरनेटको बढ्दो माग र खपतसँगै बजारमा स्मार्टफोनको क्रेज बढेको छ, जसको स्पष्ट प्रभावले आईफोनको माग लगातार बढिरहेको छ । यसै प्रसंग आइफोनको बारेमा रोचक जानकारी यस रिपोर्टमा दिदैछौं ।

पहिलो आईफोन कसरी बनाइयो ?

सन् १९७६ मा स्टिभ जब्स र उनका व्यापार साझेदार स्टिभ वोज्नियाक र रोनाल्ड वेनले मिलेर एप्पल कम्पनीको स्थापना गरेका थिए । एप्पलले सन् १९८० मा १.८ बिलियन अमेरिकी डलरको बजार मूल्यका साथ सेयर बजारमा डेब्यु गरेको थियो ।
यस वर्ष नोभेम्बरमा, स्टिभ वोज्नियाक र स्टिभ जब्सको मूल एप्पल कम्प्युटर अमेरिकामा भएको लिलामीमा ४ लाख अमेरिकी डलरमा बिक्री भएको थियो । आइपडका ‘गडफादर’ भनेर चिनिने टोनी फडेलले बीबीसीसँग पहिलो आईफोन निर्माणको कथा साझा गरेका छन् ।

उनले पहिलो आईफोनको प्रोटोटाइप हराएको समेत खुलासा गरेका छन् । उनी हवाई यात्रा गर्नेक्रममा विमानबाट ओर्लिएर खल्तीमा हात हाल्दा फोनको प्रोटोटाइप नभेटेपछि आफु छक्क परेको बताएका थिए । टोनी फडेलले त्यति बेला स्टीव जब्सले के भन्नाल भन्ने डर लागेको बताएका छन् । यद्यपि, उनको खल्तीबाट खसेको प्रोटोटाइप विमानको दुई सिटको बीचमा भेटिएको बताए ।

यो समय थियो जब माइक्रोसफ्ट जस्ता कम्पनीहरूले फोनहरूमा व्यक्तिगत कम्प्युटरहरू एकीकृत गर्ने प्रयास गरिरहेका थिए । जहाँ एप्पलले आइपडलाई सुधारेर फोनको आकार दिने प्रयास गरिरहेको थियो । त्यतिबेला एप्पलले म्याकिन्टोस कम्प्युटरमा काम गरिरहेको थियो । त्यतिबेला कम्प्युटरको साइज पिङ पङ् टेबलजस्तो थियो ।

एप्पलका महान व्यक्तिहरू थिए तर उनीहरूसँग फोन बनाउन सक्ने सीप थिएन, त्यसैले टोनीले संसारका उत्कृष्ट विशेषज्ञहरूलाई भेट्ने विचार गरे । तर जब उनी स्वीडेनको एक रेस्टुरेन्टबाट अर्को टोलीसँग डिनर गरेर फर्के, उनले आफ्ना सबै सामानहरू हराएको थाहा पाए । उनी भन्छन्, ‘हामीलाई थाहा थियो यो प्रतिद्वन्द्वी कम्पनीले गरेको हो ।’ फोनमा किबोर्ड राख्नु पर्ने वा नराख्ने भन्ने विषयमा पनि बहस सुरु भएको थियो । जसका कारण टोलीभित्र ठूलो तनाव उत्पन्न भएको छ । स्टीभ आईफोनमा टचस्क्रिन भएको चाहन्थे, तर बाँकी टोली यसको विरुद्धमा थियो । अन्तत: निराश भएर एक दिन स्टिभ जब्सले स्पष्ट रूपमा भने- ‘जो टचस्क्रिनको विरुद्धमा छन् उनीहरूले टोली छोड्नुपर्छ ।’ यद्यपि टोलीले स्टीवबाट गोप्य रूपमा यसमा काम गर्‍यो ।

सन् २००७ मा सान फ्रान्सिस्कोमा भएको वार्षिक म्याकवर्ल्ड एक्सपोमा एप्पलका मालिक स्टिभ जब्सले पहिलो आईफोन लन्च गर्दा उनी हाँसेका थिए । तर, अहिले यो कम्पनी विश्वकै धनी कम्पनीमध्येको एक बनेको छ । र आईफोन प्रयोगकर्ताको संख्या लगातार बढिरहेको छ। एप्पलको पहिलो आईफोनमा टचस्क्रिन, वाइडस्क्रिन आइपड, मोबाइल फोन र इन्टरनेट ब्राउजर जस्ता सुविधाहरू थिए । सीएनएनका अनुसार लन्चिङका क्रममा स्टिभ जब्सले भनेका थिए, ‘म विगत साढे दुई वर्षदेखि यो दिनको प्रतिक्षामा थिएँ ।

पहिलो आईफोनको मूल्य ३९९ अमेरिकी डलर राखिएको थियो । यो आइफोनमा १६ जीबी मेमोरी, ३.५ इन्चको टचस्क्रिन र २ मेगापिक्सेल क्यामेरा जस्ता सुविधाहरू थिए ।

स्टिभ जब्सलाई आईफोन बनाउने आइडिया कहाँबाट आयो ?

२०१० मा डि८ सम्मेलनमा दिइएको एक अन्तर्वार्तामा, स्टीव जब्सले आफू ट्याब्लेट बनाउने योजनामा ​​काम गरिरहेको बताएका थिए । किबोर्डबाट कसरी छुटकारा पाउन सकिन्छ र मल्टिटच गिलास डिस्प्लेमा टाइप गर्ने विचार उनले लिए । यसका लागि उनले आफ्नो टिमसँग कुरा गर्दै के हामी मल्टिटच डिस्प्ले बनाउन सक्छौं, जसले गर्दा हामीले टाइपिङबाट हात छुटाउन सक्छौं, भनेर सोधेका थिए ।

स्टिभ जब्सले एक अन्तर्वार्तामा भनेका थिए, ‘लगभग छ महिना पछि, मेरो टोलीले मलाई मल्टिटच डिस्प्लेको बारेमा बोलायो र उनीहरूले मलाई प्रोटोटाइप डिस्प्ले देखाए ।’, उनले अगाडी भने,  ‘मैले यो मेरो एक महान युआइ सहकर्मीलाई दिएँ । उसले मलाई केहि हप्ता पछि कल गर्यो । मैले उसलाई रबर ब्यान्ड र केहि अन्य चीजहरू मार्फत स्क्रोल गरेको देख्दा, यो मलाई लाग्यो कि हामीले ट्याब्लेटको सट्टा फोन बनाउन सक्छौं ।’

उनले भने, ‘यसपछि मैले ट्याब्लेट प्रोजेक्टलाई अलग राखें किनभने फोन बढी महत्त्वपूर्ण थियो । त्यसपछि हामीले अर्को केही वर्ष आईफोनमा समर्पित गर्यौं । अब अरु आयोजनामा ​​काम गर्न सकिन्छ भन्ने महसुस भएपछि ट्याब्लेट आयोजनाको काम फेरि सुरु भयो ।’

आइफोनका कुन मोडलहरू अहिलेसम्म रिलिज भएका छन्?

एप्पलले अहिलेसम्म जम्मा २५ प्रकारका आईफोन मोडल वा सिरिज लन्च गरिसकेको छ ।
– २००७ मा पहिलो आईफोन
– २००८ मा आइफोन ३ जी
-२००९ मा आइफोन ३ जीएस
-२०१० मा आइफोन ४
– २०११ मा आइफोन ४ एस
-२०१२ मा आइफोन ५
-२०१३ मा आइफोन ५ एस
-२०१३ मा आइफोन ५ सी
– २०१४ मा आइफोन ६ र ६ प्लस
– २०१५ मा आईफोन ६ एस र ६ एस प्लस
– २०१६ आइफोन एसइ
-२०१७ मा आइफोन ७ र ७ प्लस
– २०१७ मा आइफोन ८ र ८ प्लस
– २०१७ मा आइफोन एक्स
– २०१८ मा आइफोन एक्सएस, एक्सएस म्याक्स र एक्सआर
– २०१९ मा आइफोन ११ सिरिज
– २०२० मा आइफोन १२ सिरिज
– २०२१ मा आइफोन १३ सिरिज
-२०२२ मा आइफोन एसइ तेस्रो जेन र १४ सिरिज
– २०२३ मा आइफोन १५ सिरिज
– २०२४ मा आइफोन १६ सिरिज

आईफोन बाहेक, एप्पलले अरू के बनाउँछ?

एप्पलले कम्प्युटर बनाउन सुरु गर्यो । कम्पनीले आफ्नो पहिलो ल्यापटप सन् १९९१ मा सार्वजनिक गरेको थियो । यसपछि कम्पनीले आफ्नो पहिलो म्याकबुक सन् २००६ मा लन्च गर्यो । यस बाहेक एप्पलले आईप्याड, आईफोन, स्मार्टवाच, एयरपड्स, भिजन र यी उपकरणहरूसँग सम्बन्धित सामानहरू बनाउँछ । एप्पलले आफ्नो पहिलो आईप्याड २०१० मा, स्मार्टवाच २०१५ मा, एयरपड्स २०१६ मा र भिजन २०२४ मा लन्च गरेको थियो ।

स्मार्टफोनको संसारमा आइफोनलाई सबैभन्दा सुरक्षित मानिन्छ। यसका धेरै कारण छन् । कम्पनीको आधिकारिक वेबसाइटका अनुसार आईफोनहरूमा ‘सेक्युरिटी चेक’ जस्ता सुविधाहरू समावेश छन्, जसले प्रयोगकर्ताको व्यक्तिगत जानकारी साझा गर्नबाट रोक्छ।

यद्यपि, यो सुविधा आईओएस १६ वा पछि चल्ने आईफोनहरूमा मात्र उपलब्ध छ । ‘सेक्युरिटी चेक’ अन्तर्गत आइफोनमा केही एपहरू उपलब्ध छन् जसले व्यक्तिगत जानकारीलाई सेयर हुनबाट जोगाउँछ । आईफोनमा ‘सुरक्षा जाँच’ सुविधा प्रयोग गर्न, प्रयोगकर्तासँग दुई-कारक प्रमाणीकरण प्रयोग गर्ने एप्पल आईडी हुनुपर्छ । आईफोन चोरी भएमा वा हराएमा, आईफोनमा एक विशेष सुविधा छ, जसले प्रयोगकर्ताको जानकारी गोप्य राख्छ । यस बाहेक ह्याकिङ भाइरस वा साइबर आक्रमणबाट जोगाउन मोबाइलमा फिचरहरू पनि उपलब्ध छन्, जसले आइफोनलाई अझ सुरक्षित बनाउँछ । यसको जीवित उदाहरण पेगासस सफ्टवेयरसँग सम्बन्धित केस हो जुन गत वर्ष प्रकाशमा आएको थियो। यस समयमा, धेरै भारतीय राजनीतिज्ञहरूको आईफोनहरूमा सुरक्षा सम्बन्धी अलर्ट आयो ।

आइफोनलाई लिएर प्रयोगकर्तामा अर्कै किसिमको क्रेज देखिएको छ । जसका कारण धेरै पटक प्रयोगकर्ताहरूले धेरै महँगो मूल्य तिरेर पनि आईफोन किन्न रुचाउँछन् । गत वर्ष (२०२३) पहिलो मोडलको आइफोन (२००७ मोडल) किन्न एक व्यक्तिले १, ९०, ३७२ अमेरिकी डलर तिरेपछि यस्तै घटना बाहिर आएको थियो । यस आईफोनको विशेषता यो पहिलो ४ जीबी मोडलको आईफोन थियो । न्युज कारखाना

काठमाडौँ । सरकारले अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवलाई सिफारिस गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले कांग्रेस नेतृ यादवलाई अष्ट्रेलियाको राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

सरकारले यसअघि अष्ट्रेलियाको राजदूतमा कान्ता रिजालको नाम सिफारिस गरेको थियो । तर, रिजाल इजरायलको राजदूतबाट फिर्ता हुँदा सहयोगीलाई स्वदेश नर्फकाएको उजुरी परराष्ट्र मन्त्रालयमा परेपछि उनको सट्टा यादवलाई सिफारिस गरिएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिएकी नेतृ यादव यसअघि शिक्षामन्त्री भैसकेकी छिन् । उनी पार्टीको कोषाध्यक्षको जिम्मेवारीमा पनि पुगेसकेी नेतृ हुन् । २०७९ को निर्वाचनमा भने उनी जसपा, नेपालका राजकिशोर यादवसँग पराजित भएकी थिईन् ।

यसअघि अष्ट्रेलियाको लागि राजदूतमा कांग्रेसबाट कान्ता रिजालको नाम सिफारिश भएको थियो । तर, उनीमाथि यसअघि इजरायलको राजदूत हुँदा लगेको सहयोगी फिर्ता नगरेको आरोप लागेपछि सरकारले आँफै नाम फिर्ता लिएको थियो । न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।