२०८३ बैशाख १५
२०८३ बैशाख १५

काठमाडौँ । सरकारले वर्षाका कारण बाढी, डुबान र पहिरोका कारण विद्यार्थीको आवत-जावत प्रभावित भएकाले हाल जारी सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री कार्यालयमा शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले हाल जारी परीक्षा स्थगित गर्ने निर्णय लिएको हो ।

सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।

विद्यालय भवन डुबानमा परेको, सडक अवरुद्ध भएको लगायतका रिपोर्ट आएपछि सरकारले परीक्षा स्थगित गर्ने निर्णय लिएको हो । कुन-कुन परीक्षा संचालनमा थिए र स्थगित गरिएको भन्ने सूचना शिक्षा मन्त्रालयले जारी गर्ने बताइएको छ ।

त्यस्तै बैठकले हाल अवरुद्ध रहेका सडक तत्काल खुलाउन भौतिक योजना मन्त्रालयले तत्काल पहल गर्ने निर्णय गरेको छ । साथै राहत र उद्धारको लागि सम्बन्धि सबै मन्त्रालय र बिभाग सक्रिय रुपमा लाग्ने निर्णय गरेको बताउदै प्रवक्ता गुरुङले सरकारले विपदमा ज्यान गुमाउनेहरुका परिवारलाई दिइने कानुन अनुसारको राहत तत्काल उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएका छन् । न्युज कारखाना

काठमाडौं । नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग पराजित भएको छ ।

शनिबार भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

यो जितपछि भारत प्रतियोगिताको फाइनलमा पुगेको छ भने नेपाल पराजित हुदै बाहिरिएको छ । आजै दोस्रो सेमिफाइनल साँझ ५: ४५ बजेदेखि  पाकिस्तान र बंगलादेशबीच हुदै छ ।  न्युज कारखाना

काठमाडौँ । अविरल बर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत प्राकृतिक विपद् जोखिममा परेका नागरिकहरुको खोज तथा उद्दारका लागि मुलुकभर २० हजार भन्दा बढी प्रहरी परिचालन भएको छ ।

विपद्बाट हुने क्षति न्युनीकरण, नागरिकको जिउधनको रक्षा र विप्दमा परेकाहरुको खोज तथा उद्दार, स्वास्थ्य उपचारमा सुरक्षाकर्मी सक्रिय रुपमा परिचालन भएको छ ।

पछिल्लो पटकको बाढी, पहिरो र डुबानबाट एक हजार भन्दा बढी नागरिकको सकुशल उद्दार भइरहँदा नेपाल प्रहरीबाट दश हजार ४१ जना र सशस्त्र प्रहरी बल नेपालबाट दश हजार ५४० जना प्रहरी परिचालन भएका छन् ।

जसमध्ये काठमाण्डौ उपत्यकामा मात्रै नेपाल प्रहरीको चार हजार सात सय ६० र सशस्त्र प्रहरी बलबाट तीन हजार ५ सय सुरक्षाकर्मी उद्दारमा खटिएका छन् ।

त्यसैगरी नेपाली सेनाले काठमाण्डौं उपत्यकाका विभिन्न स्थानबाट चार जनाको हेलिकप्टरबाट उद्दार गरेको छ । सेनाको टोली देशभरको प्रभावित क्षेत्रमा परिचालन भएको छ । भने राष्ट्रिय अनुसन्धान विभाग सुचना संकलनमा सक्रिय छ ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले शनिबार दिउँसोसम्म एक हजार ५३ जनाको उद्दार गरिएको जानकारी दिए ।

यसअघि गृहमन्त्री रमेश लेखकले उद्दार, राहत तथा घाइतेको स्वास्थ्य उपचारमा सरकार सक्रिय भएर लागि गरेको जानकारी दिए । उनले बाढी पहिरोमा अवरुद्ध सडक सुचारु गर्न सम्वन्धीत निकायलाई निर्देशन समेत दिएका थिए ।
न्युज कारखाना

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आकस्मिक बैठक बोलाएका छन् । अविरल वर्षापछि देशभर सिर्जित भइरहेको विपदजन्य परिस्थितिबारे उनले मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्न लागेका हुन् ।

प्रधानमन्त्री कार्यालयमा बैठक सुरु भएको बताइएको छ । यसअघि केन्द्रीय सुरक्षा समितिको बैठक पनि बसेको थियो ।

गत बिहीबारदेखि परिरहेको अविरल वर्षाका कारण देशभरमा विभिन्न विपदजन्य घटनाहरु घटिरहेका छन् ।

वर्षाका कारण अहिलेसम्म काठमाडौँ उपत्यकामा मात्र ३२ जना र देशभर ५० जनाभन्दा बढीको मृत्यू भइसहेको छ ।  न्युज कारखाना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशैभर डेंगु फैलिएको भन्दै रोकथाम तथा नियन्त्रण नीति तथा योजना तयार पार्न शुक्रराज संक्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनको नेतृत्वमा तीन सुझाव कार्यदल गठन गरेको छ ।

गठित समितिमा स्वास्थ्य सेवा विभागका जनस्वास्थ्य अधिकृत सुदीप आले र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइराला सदस्य सचिव तोकिएका छन् । मन्त्री पौडेलको निर्देशनमा गठित कार्यदललाई १५ दिनभित्र विज्ञसँग सुझाव लिएर  मन्त्रालयलाई प्रतिवेदन दिन भनिएको छ ।

कार्यदललाई अल्पकालीन तथा दीर्घकालीन रुपमा चालिने कदम तथा नीतिबारे सुझाव दिन जिम्मेवारी तोकिएको मन्त्री पौडेलको  सचिवालयले जनाएको छ । प्रभावकारी जनचेतनाका उपाय सुझाउन जिम्मेवारी तोकिएको छ । यसैगरी समुदायस्तरमा डेंगु नियन्त्रणका नयाँ र भरपर्दो विधिसहित सुझाव प्रदान गर्न जिम्मेवारीसमेत कार्यदलले पाएको छ ।

डेंगुबाट हुने  मृत्युदर कम गर्ने प्रभावकारी उपाय सुझाउन समेत समितिलाई जिम्मेवारी प्रदान गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।न्युज कारखाना

काठमाडौँ । फेसबुकको मुख्य कम्पनि मेटालाई पासवर्ड सेक्युरिटीमा चुक भएको भन्दै १०६ मिलियन डलर जरिवाना गरिएको छ ।

युरोपेली युनियनको गोपनीयता नियामकले पासवर्ड सुरक्षा त्रुटिको कारण सामाजिक सञ्जाल कम्पनी मेटालाई १०६ मिलियन डलर जरीवाना गरेको हो ।

आयरल्यान्डको डाटा प्रोटेक्शन कमिसनले मेटाले केही पासवर्डहरू अनजानमा एन्क्रिप्टेड फारममा भण्डारण गरिएको जानकारी दिएपछि सन् २०१९ मा यो विषयमा अनुसन्धान सुरु भएको थियो । अनइन्क्रिप्टेड डाटा ह्याकरहरूले सजिलै पत्ता लगाउन सक्छन् । आयुक्त ग्राहम डोयलले मेटाको तर्फबाट गम्भीर लापरवाही भएको बताउदै प्रयोगकर्ताको पासवर्ड सुरक्षित हुने विश्वास गरिन्छ तर फेसबुक प्रयोगकर्ताको पासवर्डमा गल्ती हुनु गम्भीर विषय भएको बताउदै जरिवाना लगाउने निर्णय दिएका हुन् ।

यसअघि पनि मेटालाई युरोपमा ठूलो जरिवाना लगाइएको छ ।न्युज कारखाना

काठमाडौँ ।

नेपाल आयल निगमले हनुमन्ते खोलाले बगाएको बुलेटबाट ग्याँस लिक भएर सकिएको जानकारी दिएको छ ।

च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय नजिक अड्किएको अवस्थामा रहेको सो ग्याँस बुलेटमा ग्याँस लिक भएर सकिएको भएपनि नजिक नजान निगमले आग्रह गरेको छ । निगमले उक्त ग्याँस बुलेट सो स्थानबाट नहटाएसम्म नजिक नजान र अग्निजन्य पदार्थ प्रयोग नगरिदिन आग्रह गरेको छ ।

सो ग्याँस बुलेट भ्याली अटो ग्याँस प्रालिमा रहेको अवस्थामा बगाएको जानकारी दिएको छ ।

शनिबार बिहान  सो ग्याँस बुलेटलाई बाढीले बगाएपछि ग्याँस चुहिँदै बुलेट बगेको देखिएपछि स्थानीयहरु त्रसित बनेका थिए । न्युज कारखाना

काठमाडौँ ।

काठमाडौं उपत्यका तीन जिल्लामा मात्रै बाढी र पहिरोबाट २३ जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यका प्रहरीका कार्यालयको शनिवार दिउँसो सवा १ बजेसम्मको जानकारी अनुसार मृतकको संख्या २३ पुगेको हो ।

जसअनुसार काठमाडौंमा ९ जना, ललितपुरमा ९ जना र भक्तपुरमा ३ जनाको मृत्यु भएको छ । यस्तै पाँच जना बेपत्ता रहेका छन् ।

देशको राजधानीमै सुरक्षा निकायले राहत र उद्धारमा कठिनाई बेहोरेको देखिएको छ । कतिपय ठाउमा समयमा उद्धार गर्न नसकेको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।
न्युज कारखाना

 

रौतहट
रौतहटको फतुवा विजयपुरका नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा वडाध्यक्षहरुको गाडी स्थानीयले खोसेका छन् । गत दुई आर्थिक वर्षदेखि विकास निर्माणको काम ठप्प पारेको भन्दै स्थानीयवासीले जनप्रतिनिधिहरुको गाडी खोसेर प्रहरीको जिम्मा लगाएका छन् ।
फतुवा विजयपुरका जनप्रतिनिधिहरुले नगरसभा नगरी नगरपालिकालाई बन्धक बनाएको आरोप स्थानीयवासीको रहेको छ । नगरपालिकालाई बन्धक बनाउने तर सेवा र सुविधा उपभोग गरिरहने जनप्रतिनिधिहरुको मोटरसाइकल र अन्य सबारी साधन खोसेर स्थानीयवासीले इलाका प्रहरी कार्यालय विजयपुरको जिम्मा लगाएका छन् ।
फतुवा विजयपुरका निर्वाचित नगर प्रमुख गोपाल राय यादव निलम्बित भएपछि कार्यवाहक नगर प्रमुखको जिम्मेवारी पाएकी उपप्रमुख अम्बेया खातुन आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेपछि स्थानीयवासी विकास निर्माण खोज्न थालेका हुन् । नगरपालिकाका वडाध्यक्ष, वडा सदस्य तथा कार्यपालिका सदस्यहरुले कार्यवाहक नगर प्रमुख खातुनकै कारण नगर सभा हुन नसकेको बताएका छन् । वडा नम्बर २ का वडाध्यक्ष तथा कार्यपालिका सदस्य संजय भनिने अनिरुद्ध प्रसाद यादवले कार्यवाहक नगर प्रमुख खातुनले कुनै पनि शर्त नमान्ने तथा नगरसभा गराउनै नचाहेको बताएका छन् ।
पटक पटक बैठक बस्ने गरेको तर वडा तथा नगरपालिकाको विकासको लागि कुनै पनि शिलिङ नमानेको, एकलौटी किसिमले नगरसभा हुन नदिएको आरोप अन्य जनप्रतिनिधिहरुको रहेको छ । गत आर्थिक वर्षमा पनि नगरपालिकाको करोडौँ बजेट फ्रिज भएको थियो । गत आर्थिक वर्षमा कर्मचारीहरुले तलब खानुबाहेक विकास तथा निर्माणको कुनै पनि काम भएको थिएन । चालु आर्थिक वर्षको पनि साढे दुई महिना बितिसक्दासमेत कावा नगर प्रमुख खातुनले नगरसभा गराउन कुनै भूमिका नखेलेको तथा वडाध्यक्षहरुले सबै तारतम्य मिलाउँदा पनि नगरसभा हुन नदिएको आरोप रहेको छ ।
कावा नगर प्रमुख खातुनले आफूले नगरसभाको लागि प्रयास गरिरहेको बताएकी छन् ।
नगरपालिकाको गाडी चढ्ने र नगरपालिकाबाट भत्ता खाने काम मात्र जनप्रतिनिधिहरुले गरिरहेको आरोप लगाउँदै स्थानीयवासीले विहीवार सबै गाडी खोसेर प्रहरीलाई जिम्मा लगाएका छन् । चन्देश्वर प्रसाद यादवले जनप्रतिनिधिहरुले अत्यन्तै खराब काम गरिरहेका कारण स्थानीयवासी आक्रोशि भएको आरोप लगाएका छन् ।
असार १० गतेसम्म सम्पन्न गरिसक्नु पर्ने नगरसभा असोज १० गतेसम्म नगरिँदा स्थानीय आक्रोशित बनेका हुन् । दशैँ आउन एक हप्ता बाँकी रहँदा नगरसभा सम्पन्न नभएकोले शिक्षक, कर्मचारीहरुले तलब नखाने करिब निश्चित भइसकेको छ । समयमा तलब र भत्ता खान नपाउँदाको निराशा कर्मचारीहरुमा रहेको छ भने दुई वर्षदेखि विकास निर्माण ठप्प हुँदा स्थानीयवासी जनप्रतिनिधिप्रति आक्रोशित भएका छन् ।

प्रेमचन्द्र झा
अशाेज १०गते
राैतहट ।

मिटर ब्याजीका कारण वृन्दावन नगरपालिकामा एक पटेल परिवार सुकुम्बासी बन्न भएका छन । घर ब्यवहार मिलाउन लिएको तीन लाख सतरी हजार रुपैयाँका कारण १३ जनाको परिबार घरबार बिहिन हुने अवस्थामा पुगेका हुन ।

जिल्ला प्रशासन कार्यालयले २०८०साल अषाढ २७ गते पाच लाख सतरी हजार तिर्नु पर्छ भनि गराएको सहमति कार्यान्वयन नहुदां उक्त परिबार सुकुम्बासी बन्ने निश्चित भएको हो ।

वृन्दावन नगर पालिका वडा नम्बर छ का निर्मला कुमारीले २०७७ सालमा दुई वर्ष आगाडीकै मितिमा गरुडा नगर पालिका वडा नम्बर १ का साहु राम सुरेस महतो संग एक लाख रुपैयाँ प्रति दिनको एक हजार ब्याजमा कपाली तमसुक बनाई लिएका थिए । सो रकमको व्याजको ब्याज जोडदै तिनलाख सतरी हजार पुगेपछि साहु महतोको जाेर जबर्जस्ती पनि बढदै गए । निर्मला कुमारीको जेठाे छोरा मुकेस कुमार पटेलसंग छ लाखको कपाली तमसुक गराए ।सो तमसुकको एक बर्ष नबित्दै भाई सुवोध पटेल र दाइ मुकेस पटेलसंग १०/१० लाखको चेक काटन लगाए।

सो चेक दुबै दाइ भाईको राम्रोसंग चलिरहेको जागिरे जिवनमा कालो बादल मडारीए। चेक अनादरकाे मुद्दामा परेर तलब समेत साहुले लिन थाले । साहु महताेकाे अत्यार बढदै गयो ।
आमाको नामको कापाली पनि बसेको बसे भयो ।विश्व स्तरीय कराेना महामारीको प्रकोपमा घर गृहस्थि समाहाल्दैमा आम्दानी बराबर हुने अबस्थाका थियोे । निर्मला कुमारी पटेलकाे दुई छोरा , दबै जना शिक्षक छन। एक जना गढिमाई नगरपालिकाको संग्रामपुरको आधारभुत विधालयमा र कान्छो सुबोध कुमार पटेल गुजरा नगर पालिकाको दलित प्राथमिक विधालयमा शिक्षक छन ।

साहुको रिण तिर्नुपर्छ मान्यता मनसाय हुदा छदै पनि साहुले जसरी पनि नियतबस सुकुम्बासी बनाएर भएपनि ब्याजको ब्याज असुल्ने गलत नियतले सधै पेश हुने गरेका कारण तिर्नु पर्ने रिन तिर्नु आगाडी नै साहु महतोले आमाको नाममा उनन्तीस लाखको र दुबै छोराको नाममा १०/१० लाखको अदालतमा मुद्वा गरेका छन ।

दुबेे भाइ उपर चेक अनादरकाे मुद्वा गरि शिक्षकको तलब आउने खाता राेक्का गराई विभिन्न तिकडम र जाल झेल गरि दुबै खाता वाट नाै लाख रुपैया लिई फरार समेत भई सकेका छन । जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयले ईलाका प्रहरी कार्यालयले २० पटक भन्दा बढि निज साहु राम सुरेस महतोलाई उपस्थित गराउन पत्राचार गरेपनि उपस्थित नगराउदा मिेटरब्याजी पिडित पटेल परिबार थप मारमा परेका छन ।

निर्मला कुमारी पटेलको नाममा जग्गा जमिनको नाममा रहेको हर्षाहा गाउको दुई कठ्ठा मात्र घडेरी पनि निर्दयी साहु महतोले उन्नतिस लाखको कपालि कागजमा बिगो भराई बापत लिलाम गराउन लाग्दा निर्मला कुमारी पटेलको १३ जनाको परिबार सुकुम्बासी हुने निश्चित भएका छन । यसबारे साहु महतोको मोबाईल नम्बर ९८०३४११५९१मा सम्पर्क गर्दा हुन सकेन ।

पिडितले राैतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी संग न्याय पाउने आशमा दिनहु जिल्ला प्रशासन कार्यालय राैतहटमा धाई रहेका छन । पिडितलाई न्याय दिलाउन आफुले कुनै कसर बाकी नछोडने प्रतिद्वता प्रजिअ रेग्मीको रहेकाे छ ।

मिटर ब्याजिबाट पिडित संघर्ष समितिका अध्यक्ष शिवशंकर साहले प्रहरी मिलोमतो गरेर पक्रन नसकेको साहुलाई अब हामी आफैले पक्राउ गरि सम्बन्धित निकातलाई बुझाउने चेतावनी दिएका छन । ( पिडित मुकेश कुमार पटेल र सुबोध कुमार पटेलसंग भएको कुराकानीमा आधारित)

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।