मासिक २५ रुपैंया जम्मा गर्दै थालनी भएको संस्थासँग १२ करोड ६० लाखको सम्पत्ति
मन्दीको समयमा पनि तौडोलछाप नाफामा
तौडोलछाप जस्तो समुदायमा आधारित हुँदा सहकारी कहिले डुब्दैन
भक्तपुर । मासिक २५ रुपैंया बचत गर्दै थालनी गर्दै भएको तौडालछाप बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १२ करोड ६० लाख २० हजार ९ सय ४७ रुपैंया पुगेको छ ।
२०६४ साल देखि तौडोलछाप सामुदायिक वन उपभोक्ता समूहको रूपमा थालनी भएको संस्था २०६६ साल देखि बचत संस्थाको रूपमा रूपान्तरण भएको थियो ।
समुदायमा नै आधारित हुँदै बचत गर्दै आएको तौडोलछाप सहकारीमा आएको विषम परिस्थितिमा पनि नाफामा गएको सहकारीले जानकारी दिएको छ ।
आफ्नो १५ औँ साधारण सभाका अवसरमा सहकारीले यो वर्ष १९ लाख ६ हजार ३ सय ९५ रुपैंया खुद नाफा गरेको सहकारीका कार्यवाहक व्यवस्थापक सन्जिब थापाले जानकारी दिनुभएको छ । देश भर सहकारीमा समस्या आएको समयमा तौडोलछापले भने अघिल्लो वर्ष र यो वर्ष नै नाफामा गएको हो उहाँले बताउनुभयो । सहकारी अघिल्लो वर्ष १३ लाख ८१ हजार ४ सय १६ रुपैंया नाफामा गएको थापाले जानकारी दिनुभयो ।
सहकारी देश डुबेर समस्या ग्रस्त भएको समयमा पनि नाफा कमाउन सक्नु भनेको सहकारी प्रतिको बचत कर्ताको विश्वास भएको साधारण सभाका प्रमुख अतिथि सूर्यविनायक नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पुष्पराज बस्नेतले बताउनुभयो । उहाँले सहकारी नाफामा जानुमा सञ्चालक समितिको मिहेनत तथा बचत कर्ताको विश्वास नै भएको बस्नेतले बताउनुभएको थियो ।
यस्तै सहकारीका अध्यक्ष दिपेन्द्र थापाले सहकारीले बचत भन्दा पनि सहकारीका बचत कर्ताको निक्षेप सुरक्षणमा ध्यान दिने गरेको बताउनुभएको थियो । यस्तै उहाँले सहकारीको आगामी लक्ष्य भनेको आफ्नो जग्गा खरिद गरी भवन बनाउने रहेको समेत बताउनुभएको थियो ।
साधारण सभाको क्रममा सहकारीका विभिन्न बचत कर्ताहरूलाई सम्मान समेत गरिएको थियो । जसमा तौडोलछाप विशेष बचत कर्ता सम्मान, उत्कृष्ट ऋणी सम्मान, उत्कृष्ट कर्मचारी सम्मान, वृद्ध बचत कर्ता सम्मान, उत्कृष्ट नारी बचत कर्ता सम्मान गरेको थियो । यस्तै सहकारीको साधारण सभामा आयोजित रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान समेत गरेका थिए ।
बाढी पीडितलाई सहकारीको ५० हजार सहयोग
देश भर लगातारको वर्षाका कारणले भएको बाढी पहिरो प्रभावितका लागि सहकारीले ५० हजार सहयोग प्रदान गरेको छ । सामुदायिक कोष अन्तर्गत वडा अध्यक्ष मार्फत सहकारीले ५० हजार सहयोग रकमको चेक हस्तान्तरण गरेको हो ।
नयाँदिल्ली,
असोज २२ ।
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यालाई सातौं मानार्थ विद्यावारिधिको प्रमाणपत्र अर्पण गरिएको छ । भारतको जयपुरमा भएको एक विशेष समारोहमा इटलीको कुनेओ युनिभर्सिटीले उहाँलाई विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेको हो ।
डा. उपाध्यायले गीत र साहित्यमा पुर्याएको योगदानको मूल्यांकन गर्दै उक्त विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । सो समारोहमा अन्य विशिष्ट व्यक्तित्वलाई पनि मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको थियो ।
डा।उपाध्यायले सन् २०० मा विधावारिधि गरिसक्नु भएको छ । डा. उपाध्यायलाई अमेरिकालगायत अन्य विश्व विद्यालयले यसअघि ६ वटा मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेका छन् ।
डा. उपाध्यायले गीत संगीत र विविध विधामा १५३ विश्व कीर्तिमान कायम गर्नुभएको छ । यस्तै, उहाँका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् ।
काठमाडौँ । आजदेखि युएईमा शुरु भएको आइसीसी महिला टी-२० विश्वकपको उद्घाटन खेलमा बंगलादेशले विजयी शुरुवात गरेको छ ।
पहिलो खेलमा बंगलादेशले स्कटल्याण्डलाई १६ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
बंगलादेशले दिएको १२० रनको लक्ष्य पछाएको स्कटल्याण्डले २० ओभरमा ७ विकेट गुमाउदै १०३ रन मात्र बनाउन सकेको थियो ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउदै ११९ रन बनाएको थियो ।
जितपछि बंगलादेशले विश्वकपमा सकारात्मक शुरुवात गरेको छ । आइसीसी विश्वकपमा १० बर्षपछि बंगलादेशको महिला टिमले कुनै जित हासिल गरेको छ । बंगलादेशले २०१४ पछि विश्वकपमा जित हासिल गरेको हो ।
अब बंगलादेशले आगामी शनिबार ईङल्याण्डको सामना गर्ने छ भने स्कटल्याण्डले आइतबार वेस्ट इन्डिजको सामना गर्ने छ ।
न्युज कारखाना
विराटनगर- मोरङको केराबारी गाउँपालिका-८ मा सञ्चालित क्रसरले खनेको खाल्डोमा डुबेर दुई जना नाबालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा केराबारी-८ का तोयानाथ चौलागाईंका छोराहरू ६ वर्षीय रामचरण र १० वर्षीय भूपेन चौलागाईं छन्। उनीहरूको बुधबार दिउँसो क्रसले खनेको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए।
मृत फेला परेका नाबालकका बुवा तोयानाथ त्यही क्रसरमा काम गर्ने गरेका थिए। नाबालकको ज्यान लिएको क्रसर मालिक सोही गाउँपालिकाका पूर्वअध्यक्ष रोहित कार्की हुन्।
नाबालकहरु क्रसरको खाल्डोमा डुबेर बेपत्ता भएको जानकारी प्रहरीले दिउँसो ३:४० बजेतिर पाएको थियो।
इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको कृष्णबहादुर खत्रीको नेतृत्वमा गएको टोलीले सुरूमा ६ वर्षीय रामचरणको शव खाल्डोबाट निकालेको थियो। पानी जमेको खाल्डोमा घोप्टो परेर मृत्यु भएको अवस्थामा उनको शव भेटिएको थियो।
खोजी गर्ने क्रममा रामचरणका दाजु १० वर्षीय भूपेनको शवसमेत साँझ फेला परेको कार्कीले बताए।
‘नाबालक दाजुभाइको मृत्यु एउटै खाल्डोमा डुबेर मृत्यु भएको छ,’ कार्कीले भने, ‘भाइको शवलाई बाहिर निकालेर पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।’
दाजुको शव भने आफन्त र स्थानीयले खाल्डोबाट निकाल्न दिएका छैनन्। क्रसरको चरम लापरबाहीले घटना भएको आरोप स्थानीयको छ।
बुधबार रातिसम्म स्थानीयले विरोध गरेपछि शव उठाउन नपाइएको कार्कीले बताए।
घटनाको छानबिन गरेर सत्यतथ्य पत्ता लगाउँदै दोषीमाथि कारबाही नभएसम्म शव निकाल्न नदिने अडान आफन्त र स्थानीयले राखेका छन्।
कार्कीका अनुसार पौडी खेल्न खाल्डोमा पसेका नाबालकहरूको बाहिर निस्कन नसक्दा मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। घटनाबारे अनुसन्धान सुरू गरिएको एसपी कार्कीले बताए।
स्थानीयका अनुसार क्रसरको कम्पाउण्डबाट केही दिनअघि ‘मिक्स गिट्टी’ निकालिएको थियो। गिट्टी निकाल्दा ४ फिटभन्दा गहिरो खाल्डो बनेको थियो। तर, क्रसरले उक्त खाल्डो नपुरेर त्यतिकै छाडेका कारण नाबालकले अकालमा ज्यान गुमाएको स्थानीय बताउँछन्।
खाल्डोको वरिपरि बालुवा, गिट्टी र मिक्स गिट्टी भण्डारण गरेर राखिएको छ। भण्डारणको बीचमा रहेको खाल्डोमा नाबालकको मृत्यु भएपछि स्थानीय आक्रोसित बनेका छन्। उनीहरूले दोषीमाथि कारबाही हुनुपर्ने, मृतक पक्षलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राखेका छन्।
क्रसरका मुख्य लगानीकर्ता रोहित कार्की हुन् भने उनका पार्टनर रोशन सुब्बा, विशाल खरेल छन्। कार्की नेपाली कांग्रेस पार्टीमा आवद्ध छन्। उनको क्रसरको गैरकानुनी उत्खननमा स्थानीय प्रशासनले आँखा चिम्लिँदै आएको छ।
यो क्रसरले जथाभावी खोलाबाट नदीजन्य वस्तु उत्खनन् गर्ने गरेको छ। जसका कारण ठूला खाल्डा बनेका छन्।
स्थानीयले क्रसर हटाउनुपर्ने र सञ्चालकलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरिरहेका छन्।
नोट : रोहित कार्की गाउँपालिकाका पूर्वअध्यक्ष हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ। – सम्पादक
न्युज कारखाना
काठमाडौं । विश्व बैंकले चालु आर्थिक बर्ष (सन् २०२५) मा नेपालको आर्थिक वृद्धिदर गत आर्थिक बर्ष (सन् २०२४) को ३.९ प्रतिशतबाट बढेर ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।
उच्च पर्यटक आगमन, जलविद्युत र धान उत्पादनको वृद्धिक आक्रान आर्थिक वृद्धी हुने विश्व बैंकको आज सार्वजनिक नेपाल डेभलपमेन्ट अपडेट: अन्तर्राष्ट्रिय आप्रवासन र नेपालमा यसको प्रभाव विषयक प्रतिवेदनमा उल्लेख छ ।
नेपालको अर्थतन्त्र आगामी आर्थिक बर्ष (सन् २०२६) मा भने ५.५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । केन्द्रिय बैंकको लचक मौद्रिक नीति र नियामकीय प्रावधानहरुमा गरिएको सहजीकरणका कारण नेपालको वृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहने प्रतिवेदनमा उल्लेख छ ।
यद्यपि प्रतिवेदनले बहु जोखिमहरु पनि पहिचान गरेको छ, जसअन्तर्गत वित्तीय प्रणालीमा उच्च जोखिमसहितको निजी क्षेत्रको कर्जा वृद्धिलाई सीमित गर्ने निष्क्रिय कर्जा, लगानी नै प्रभावित हुन सक्ने गरी सम्भावित नीतिको अनिरन्तरता, पूर्वाधार विकासलाई असर गर्ने पुँजीगत खर्चको कार्यान्वयनमा हुन सक्ने ढिलाई, क्षेत्रीय अस्थिरता र व्यापार अवरोध जसले पर्यटन र आन्तरिक मागलाई कम गर्न सक्ने जस्ता जोखिमहरु रहेका छन् ।
‘नेपालको अर्थतन्त्र क्रमिक सुधारको मार्गमा छ’, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. शिवराज अधिकारीले भने ‘बजेटरी प्रक्रियामा सुधार ल्याउँदै पूरा हुने चरणमा रहेका परियोजनाहरुलाई सम्पन्न गरेर पुँजीगत खर्च बढाउने हाम्रो प्राथमिकताले बृहत अर्थतन्त्रको स्थायित्व सुदृढ गर्नेछ, आन्तरिक उत्पादन बढाउनेछ र धेरै रोजगारी सिर्जना हुनेछन् ।’
आप्रवासी श्रमिक प्राप्त गर्ने गल्फ मुलुकहरु र मलेसियामा आएका झट्काहरुले पनि वृद्धिलाई धिमा गर्न सक्छ, खासगरी घरपरिवारको उपभोग, गरिबी निवारण र मानव पुँजी विकासमा भूमिका खेल्ने अन्तर्राष्ट्रिय विपे्रषणमा यसले असर पुर्याउनेछ । तथापि, नेपालको आप्रवासन अत्यन्त महंगो, असमान अवसरहरु र धेरैका लागि प्रक्रिया नै चुनौतिपूर्ण रहेको अवस्था कायम छ । प्रतिवेदनले नेपालको आप्रवासनको फाइदा र लागतका पछिल्ला तथ्यहरु प्रस्तुत गर्दै दिगोपन र प्रतिफल विस्तारको सुनिश्चितता गर्ने उद्देश्यले समावेशी आप्रवासन व्यवस्थापन प्रणाली निर्माणका लागि आवश्यक प्रमुख नीतिगत हस्तक्षेपहरुलाई प्राथमिकताका साथ उल्लेख गरेको छ ।
‘वृद्धिको गतिलाई कायम राख्नु नेपालको विकासका लागि महत्वपूर्ण छ । यसका लागि प्रमुख क्षेत्रहरु जस्तै पूर्वाधार, सुशासन, मानव पुँजी विकास र निजी क्षेत्रमा निरन्तर सुधारको आवश्यकता पर्दछ’, विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले भने, ‘नेपालले विदेशी कामदारहरूबाट रेमिट्यान्सबाट धेरै फाइदा हासिल गरेको छ र यी प्रवाहहरूको व्यवस्थापनमा सुधार, विदेशमा काम खोज्ने नेपालीहरूलाई राम्रोसँग सहयोग गर्न र नेपालमा दक्ष नेपालीहरूलाई उत्पादनशील बनाउन वातावरण सिर्जना गर्नेे जीवन्त घरेलु अर्थतन्त्रको निर्माण नेपालको भविष्यको लागि महत्वपूर्ण छ।
सुदृढ र थप समावेशी आप्रवासन व्यवस्थापन प्रणालीले पारदर्शी भर्ना प्रक्रिया स्थापित गर्नेछ, श्रमिकलाई विदेश जान राम्रो तयारी गराउनेछ, श्रम बजारमा आप्रवासीहरुको सुरक्षा र आवतजावतलाई सुनिश्चित गर्नेछ, दीर्घकालका सीप र गन्तव्य विविधिकरणका लागि योजना बनाउनेछ र फर्किएका श्रमिकहरुको पुँजी र सिपलाई प्रभावकारी उपयोग गर्नका लागि सहयोगी वातावरण निर्माण गर्नेछ ।
अर्धबार्षिक रुपमा प्रकाशित हुने नेपाल डेभलपमेन्ट अपडेटले दीर्घकालीन र विश्वव्यापी दृष्टिकोणसँग सान्दर्भिक गराउँदै पछिल्ला बर्षका आर्थिक विकास सम्बन्धी गहनतम विश्लेषण प्रदान गर्दछ । न्युज कारखाना
कपिलवस्तु । बाणगंगा नगरपालिका-११ बनकटवास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ६३० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रूपन्देही कन्चन गाउँपालिका-४ गरगरे बस्ने ३२ वर्षीय दिनम थापा र कपिलवस्तु बाणगंगा नगरपालिका-२ कप्टैया बस्ने ३० वर्षीय संजिव थापा रहेका छन् । इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले लु.९२ प ९७८७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ बेलहीयास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७५ ग्राम सहित भारत गोरखपुर घर बताउने २४ वर्षीय शिव गुप्तालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले यूपी ५३ इपि २७३३ नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक गुप्तालाई पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध वनरेक्स लेखिएको एक सय मिलिलिटरको १५ बोतल सहित राक्सिराङ गाउँपालिका-८ राक्सिराङ बस्ने २४ वर्षीय शंकर तितुङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट नारायणघाटतर्फ जाँदै गरेको ना.५ ख ८१८१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ ।
यसैगरी मकवानपुर, थाहा नगरपालिका-९ चित्लाङस्थित सडकबाट अवैध लागूऔषध गाँजा ३ किलो २ सय ३६ ग्राम सहित कैलाश गाउँपालिका-२ बैकुण्ठ बस्ने २३ वर्षीय तुलराम डिङडुङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चितलाङबाट खटिएको प्रहरीले डाँडाबासदेखि काठमाडौंतर्फ जाँदै गरेको ना.७ ख २५२ नम्बरको बसलाई जाँच गर्ने क्रमममा बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
कैलाली, लम्कीचुहा नगरपालिका-२ स्थित कान्छि बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने १९ वर्षीय हेमन्त बिष्टलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, गोदावरी नगरपालिका-१ अत्तरिया बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने ४० वर्षीय धर्मानन्द भट्टलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले अत्तरिया बसपार्कस्थित भट्टले संचालन गरेको पान पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । न्युज कारखाना
काठमाडौं । काठमाडौँमा जारी नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को जारी २३औँ राष्ट्रिय सम्मेलनको बन्दसत्र आजलाई स्थगन गरिएको छ ।
बन्दसत्र असोज १७ गते बिहान १० बजे पुन: सञ्चालन गरिने अखिल क्रान्तिकारीको अध्यक्ष मण्डलले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
असोज १० गते उद्घाटन भएको सम्मेलन उमेर हदको विषयमा विवाद बढेपछि अन्योलमा रहेको छ ।
विवाद मिलाउन माओवादी केन्द्रले पार्टीका उपमहासचिव शक्ति बस्नेतलाई खटाएको छ । न्युज कारखाना
महोत्तरी, मनरासिस्वा नगरपालिका-२ भोल्ही चोकबाट स्रोत नखुलेको नगद ११ लाख ८१ हजार ३ सय रूपैयाँ सहित सम्सी गाउँपालिका-६ सम्सी गाँउ बस्ने ४२ वर्षीय शेष हसमत अलीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी ईटहर्वाकट्टीबाट खटिएको प्रहरीले प्र.२-०२-००५ प ५९९५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।न्युज कारखाना