आरके श्रीवास्तव,रौतहट ,३ गते फागुन ।
मधेश प्रदेश सरकार समक्ष दबाब पुुर्याउन रौतहटमा स्वास्थ्यकर्मीहरले आज जिल्ला स्तरीय संघर्ष समिति बनाएका छन् । जिल्ला सदरमुकाम गौर स्थित राइस मिलको प्रांगणमा जिल्लाभरीको सि.अ.हे.व.र सि.अ.न.मीहरुको बैठकबाट संघर्ष समिति बनाइएको हो । मधेश सरकारको स्थानिय सेवा ऐन सच्चयाउन सो समिति बनाइएको हो ।

शनिवार मधेश प्रदेश संघर्ष समितिका प्रमुुख सल्लाहकार ललन कुमार साहको अध्यक्षतामा बसेको बैठकले सो समिति बनाएको हो । काशी साहको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको छ । जसको सह संयोजकमा वसीिम अख्तर खाँ,राजेश कुमार साह,रुपनारायण यादव,अनिता कुमारी यादव,हरेनद्र पंडित,राजेश यादव रहेका छन् ।
त्यस्तै कोषाध्यक्षमा संदिप साह,प्रमिला अधिकारी,महासचिवमा सुरेश साह,सचिवमा कस्तुुभ मनी साह,सह सचिवमा राजेश साह,प्रमोद प्रसाद कुशवाहा,सिवा कुमारी राय,प्रवक्तामा धर्मेन्द्र दास,सह प्रवक्ता रुपनारायण यादव रहेका छन् । सदस्यहरुमा रामप्रवेश साह,अखलाक मंसुर लगायतका स्वास्थ्यकर्मीहरु रहेका छन् । बैठकमा स्तरवृद्धि,पदपूर्ति,जिल्ला स्तरीय संघर्ष समिति गठन लगायतका विषयमा छलफल भएको थियो ।

२०५३ ऐन अनुसारको सेवासुविधाबाट बंचित गरेपछी हामी बाध्य भएर संघर्षको बाटो अपनाउनु परेको मधेश प्रदेश सङ्घर्ष समितिका संयोजक मोहन साहले बताएका हुन् । स्थानिय सेवा ऐन २०८१ जारी गरेपछि प्रदेश भरीमा लगभग १५ सय भन्दा बढी कर्मचारीको वृत्ति विकास रोकिएको उनले जानकारी गराएका हुन् । जबकि हामी यो ऐन आउनु भन्दा पहिला केन्द्रबाट मज्जाले स्तरवृद्धि पाइरहेकै थियौ तर यो ऐन जारी भएपछि पहिला देखि पाउँदै आएको सुविधा बाट पनि मधेस प्रदेशका स्थानीय ऐन ले वञ्चित गराएको साहको भनाइ छ । लोक सेवा आयोग बाट नियुक्त भएका सि.अ.अ.हे.व÷सि.अ.न.मी स्वास्थ्यकर्मीहरुलाई अन्य प्रदेशमा स्तरबृद्धी गरेको छ ।

तर मधेश प्रदेशमा स्तर बृद्धि नगरेको हुँदा स्तर वृद्धि गराउन पटकपटक मधेश सरकारको ध्यानाकर्षण गराउँदापनी कुनै वास्ता नगरेको उनको आरोप लगाएका छन् । सो ऐनको दफा २९ को उपदफा २ मा रहेको बाध्यात्मक वाक्यांश नहटे सम्म र मधेश सरकारले आफूहरुको मागलाइ वेवास्ता गरे चरणबद्ध आन्दोलन गर्ने स्थास्थ्यकर्मीहरुले चेतावनी समेत दिएका हुन् ।

समितिको हाल सम्म धनुषा, सर्लाही, रौतहट,बारा र सिराहा जिल्लामा जिल्ला स्तरीय सङ्घर्ष समिति गठन भइसकेको र अन्य जिल्लामा पनि छिट्टै गठन गरिने जनाइएको छ ।
काठमाडौं,०१ गते फागुन २०८१ ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अध्यादेशको अस्त्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै निर्वस्त्र बनाइदिएको टिप्पणी गरेका छन् । रौतहटमा यमुनामाई गाऊपालिकाको बिशेष भेलालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले झण्डै दुई तिहाई बहुमतको हावागफ दिने प्रधानमन्त्री ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश पारित गर्नका लागि समान्य बहुमत समेत नभएको बताए ।
‘म प्रधानमन्त्रीज्यूसंग सोध्न चाहन्छु, तपाईले त झण्डै दुई तिहाईको बहुमतको शक्तिशाली सरकार भन्नुहुन्छ । तर तपाई आफैले ल्याएको अध्यादेश पारित गर्नका लागि तपाईसंग समान्य बहुमत छैन् ।
तपाई कुन नैतिकताले अझै पदमा बस्नुभएछ ?’, प्रश्न गर्दै आजपा अध्यक्ष साहले भने, ‘तपाईले अध्यादेश संसदमा निर्णयार्थ पेश गरेर किन फिर्ता लिनुभो ?’ आफैले ल्याएको अध्यादेश पारित गराउँन नसक्ने प्रधानमन्त्रीले कुन नैतिकताका आधारमा कुर्सीमा बसिरहेको भन्ने प्रश्न गर्दै उनले अलिकति पनि देश र जनताको माया भए तुरुन्त कुर्सी छोड्न सल्लाह दिए ।
‘तपाई (ओली) आफैले ल्याएको अध्यादेशको अस्त्रले तपाई आफैलाई निर्वस्त्र बनाइदिएको छ । दुनियाले देखिरहेको छ तपाईसंग समान्य बहुमत पनि छैन् । त्यसैले तपाई कुर्सी छोड्दा नै देश र जनताको हित हुन्छ’ साहले भने ।
यस्तै आजपा अध्यक्ष साहले अहिलेको नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धन नभई ओली र शेरबहादुर देउवाको स्वार्थको गठबन्धन भएको टिप्पणी गरे । उनले मुलुक र जनताको हितका लागि ओली र देउवाको बन्धनबाट देशलाई तत्काल मुक्त गर्नुपर्ने बताए । ‘यो गठबन्धन अप्रजातान्त्रिक, अप्राकृतिक, अदृश्य एवं अनैतिक हो, यो केवल केपी शर्मा ओलीज्यू र शेरबहादुर देउवाज्यूको स्वार्थको बन्धन हो ।
दुनियाले हेरिरहेको छ यो स्वार्थको गठबन्धनले दलाल, बिचौलिया, भ्रष्टहरुको सेवामा समर्पित छ’ आजपा अध्यक्ष साहले भने, ‘विपी कोईरालालाई आदर्श मान्ने कांग्रेस र मदन भण्डारीलाई आदर्श मान्ने एमालेका नेताकार्यकर्ताले यो ठगबन्धनलाई कसरी स्वीकारेको होला?’
ओली र देउवाको स्वार्थ बन्धनबाट विपी र मदन भण्डारीलाई मान्ने कांग्रेस र एमालेका नेताकार्यकर्ता सहित मुलुक र जनता समेत पीडित भएकाले स्वार्थ बन्धनलाई बहिष्कार गरेर अगाडी बढनुपर्ने उनले बताए ।
माघ ३० गते/रौतहट ।
माघ पुर्णिमाका दिन मनाइने रविदास जन्मजयन्ती हरेक वर्ष झै यस वर्ष पनि भारतको बनारस लगायत संसारको विभिन्न देशहरुमा मनाइएको छ। सोही क्रममा रौतहटमा पनि कटहरिया र गरुडा गरी छुट्टाछुट्टै दुई ठाउँमा मनाइएको छ।
बुधबार चमार कल्याण नेपाल,जिल्ला कार्यसमिति,रौतहट र रविदास समाज सेवा नेपालको आयोजनामा कटहरिया र गरुडा गरि दुईवटा छुट्टाछुट्टै स्थानमा शंत शिरोमनि रविदास महराजको ६४८ औं जन्म ज्यन्ती मनाइएको हो।
चमार कल्याण समाज नेपाल,जिल्ला कार्यसमिति,रौतहटले कटहरियामा र रविदास समाज सेवा नेपालले गरुडामा आयोजना गरेको उक्त कार्यक्रमको अवसरमा कटहरिया र गरुडा बजार भरि शोभा यात्रा निकालेर कटहरिया स्थित बहादुरपुर दलित धर्मशालाको सभाहलमा तथा गरुडाको श्री राम सुगर मिल्सको प्राङ्गणमा पुगेर एक भव्य समारोहमा परिणत भएका थिए ।
कटहरिया स्थित आयोजित सो भव्य समारोहका बिच चमार कल्याण समाज नेपालका केन्द्रीय उपाध्यक्ष पुनित राम चमारले शंत गुरु रविदासले आदर्शवादी सोच र चिन्तनद्वारा समाजमा रहेका हरेक प्रकारका बिभेद,कुरिती,अन्धबिश्वास एवम् शोषणको अन्त्य गर्नका लागि उनले गरेका कार्यहरु समाजमा सदैव स्मरणीय रहने बताए। रामले जातीय विभेद लगायत विभिन्न किसिमका हिंसा एवम् विभेदहरु समाजमा चरमउत्कर्षको अवस्थामा पुगे पछि गुरु रविदासले आफ्नो सद बिचारको माध्यमले समाजमा समता एवम् समानता कायम गर्नका लागि ठुलो योगदान दिएकोले आज पनि संसार भरीमा उनको कृति एवम् महानतमको स्मरणीय चर्चा भइरहेको बताए।
रामले हरेक वर्ष माघ पुर्णिमाका दिन मनाइने रविदास जन्मजयन्तीको अवसरमा नेपाल सरकारले सार्वजनिक विदाको घोषणा गर्न माग गरेको हुन्। आगामि वर्ष सार्वजनिक विदाको घोषणा न भए आफुहरु कडा आन्दोलनमा जाने सरकारलाई चेतावनी समेत दिएका छन्।
त्यसैगरी गरुडा स्थित आयोजित सो भव्य समारोहको प्रमुख अतिथिको रुपमा रहेका राजपुर नगरपालिका वडा नम्बर -५ का वडा अध्यक्ष कृष्नन्दन रामले दलित बहुजनको गुरु परमज्ञानी शंत शिरोमनि रविदास महराजको वाणी सुनाउदै समाजमा एकता, समानता, जातिवादको अन्तय र सबैले ज्ञान प्राप्त गर्नको लागि गुरु रविदासले संघर्ष गरेको बताए ।
उनलेे रविदासको आश्रम र जन्म जयन्तीको दिन स्थानीय सरकारले विदा दिनुपर्ने मन्तब्य राखेका थिए । वडा अध्यक्ष रामले शंत रविदासले चाहेको समनता, विभेदमुक्त समाज र उनको ज्ञानको चर्चा समाजमा गर्नको लागि नै शंत शिरोमणि रविदास महराजको जन्म ज्यन्ती मनाउन सरकारी स्तरबाट पहल गरिनु पर्ने बताए ।
विगत २ बर्ष देखि नै रौतहटमा पनि रविदास जन्मजयन्ती मनाइँदै आएको छ । शंत शिरोमनि रविदास महराजको ६४८ औं जन्म ज्यन्तीको उपलक्ष्यमा सबै जनाले ज्ञान प्राप्ति, सुख, शान्ति, समृद्धिको कामना गरेका छन्। छुट्टाछुट्टै दुईटै कार्यक्रममा रौतहट जिल्ला भरिकै रविदास तथा चमार समाजका अगुवा,नेता,दलित अगुवा,पत्रकार तथा जन समुदायको उत्साह जनक उपस्थिति रहेको थियोे।
आरके श्रीवास्तव,रौतहट,३० गते माघ ।
रौतहटको गरुडा नगरपालिकामा सुरक्षित नागरिक आवास कार्यक्रममा लाभग्राही सँग पाँच हजारका दरले रकम असुल गरिएको कुरा बाहिर व्यापक चर्चामा छ । गरिब विपन्नको नाममा आएको रकममा गिद्वेनजर राखि पैसा उठाएका एजेन्टहरूमा हडक्मप मचेकाे छ ।
पिडितहरूले मिडियामा आफूहरूसँग पैसा उठाइएको कुरा छताछुल्ल भएपछि पैसा फिर्ता गर्न मरिहत्ते गरिरहेका छन् । पिडितकाे घरघरमा पुगि पैसा फिर्ता लिन दबाब दिन थालेका छन् । केही व्यक्तिलाई विभिन्न धाकधम्की दिई फिर्ता लिन बाध्य पनि बनाएका छन् ।
घरघरमा मान्छे पठाउने,काम अहिले भईरहेकाे छ । सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत नागरिकको खरको छाना भएका घर विस्थापित गर्न ७५ हजार रूपैयाँ पाउने व्यवस्था छ ।
त्यही व्यवस्था अनुसार नै गरिब,विपन्नको नाममा गरुडामा गत आर्थिक वर्षमै आएको रकममा कमिसन स्वरुप पाँच पाच हजारको दरले प्रतिपरिवार पैसा असुुल गरिएको पिडितहरुको भनाइ छ । गरूडा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सुनिल जयसवालकाे निर्देशनमा वडा सचिव जयलाल यादव र रामअधार पटेलले आफूहरुसँग पाँच हजारका दरले पैसा लिएको गरुडा नगरपालिका वडा नम्बर ४ का जयकिशाे ठाकुरले बताएका छन् ।
ठाकुर जस्तै दर्जनौं पिडितहरूले आफूहरू सँग पैसा लिएकाे खुलासा गरेका छन् । यता साे वडाका वडा अध्यक्ष जयसवालले कुनै किसिमकाे पैसा असुल नगरेकाे वक्तव्य सार्वजनिक गरेसँगै लाभग्राहीहरू झन आक्राेशित बनेका हुन् ।
राकेश दास, रौतहट, फागुन ०१ गते २०८१ ।
रौतहटमा ७ वटा गाई सहित मानिसहरु पक्राउ परेको छ । मङ्गलवारको रात करिब ११ः१० बजेको समयमा अस्थाई प्रहरी पोस्ट बसपार्क रौतहटको समन्वयमा अस्थाई प्रहरी पोस्ट बमनहर रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला रौतहट राजपुर नगरपालिका वडा नं २ फतुवा स्थित नेपालबाट अबैध रुपमा गाई र बाछो भारत तर्फ डोर्याई लैजादै गरेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ ।
सो गाईवस्तुहरु अन्दाजि ६५ हजार बराबरको ६ वटा गाई र १ वटा बाछो रहेको छ । उक्त गाईहरु डोर्याउने क्रममा २ वटा मानिसहरु पक्राउ परेको छ ।
पक्राउ परनेमा जिल्ला रौतहट राजपुर नगरपालिका वडा नं। २ फतुवा बस्ने अन्दाजि ४३ बर्षको ओहिद अंसारीर र यमुनामाई गाउपालिका वडा नं ३ बस्ने अन्दाजि २८ बर्षको शेख सोहेब आलम रहेको छ ।
उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी दिपक कुमार राय बताएका हुन् ।
काठमाडौं ।
नेपाल पिछडावर्ग (ओबीसी) महासंघको छैठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट गजेन्द्र ठाकुर ओबीसीको अध्यक्षमा पुनः सर्वसहमतिले चयन भएका हुन् ।
महाधिवेशनका प्रमुख अतिथि पूर्वमन्त्री डा.केशवमान शाक्यले अधिकारका लागि दलित, आदिवासी जनजाति र ओबीसी मिलेर राज्यसँग लड्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नेपालका मूल निवासी दलित, आदिवासी जनजाति र पिछडावर्गबीच कार्यगत एकता नहुँदा केही खास वर्गले राज्यका निकायहरुमा पकड बनाएका छन् ।’
पूर्वमन्त्री डा.शाक्यले नेपालको संविधानअनुरुप गठन भएका दलित आयोग, आदिवासी जनजाति आयोग, मुस्लिम आयोग, मधेशी आयोग जस्तै पिछडावर्ग आयोग गठन हुनुपर्ने बताए । उनले मधेशी आयोगभन्दा पनि पिछडावर्ग आयोग गठन हुनुपर्नेमा जोड दिएका हुन् ।
ओबीसीका नवनिर्वाचित अध्यक्ष गजेन्द्र ठाकुरले ओबीसीको थर सूचिकरण गरी पिछडावर्ग आरक्षण लागू गर्नुपर्ने माग गरेका छन् । उनले संघीय र प्रादेशिक सरकारले पिछडावर्गको नाममा आएको बजेटलाई कार्यान्वयन नगरी फ्रिज गर्दै आएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
उनले भने, ‘समावेशी आयोगले पिछडावर्गको थर सूचिकरण गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउँदा पनि मन्त्रालयले कुनै वास्ता गरिरहेको छैन । मन्त्रालयले अविलम्ब थर सूचिकरणलाई संसदमा पेस गरी पारित गर्नुपर्छ ।’
पिछडावर्गको आरक्षण लागू नगरिए फागुनदेखि आन्दोलन गर्ने उनले चेतावनीसमेत दिएका छन् ।
मंगलबार काठमाडौंस्थित मधेश मिडिया हाउसमा सम्पन्न महाधिवेशनबाट अध्यक्ष ठाकुरसहित १३ सदस्यीय केन्द्रीय समिति चयन भएको हो । ओबीसीको उपाध्यक्षद्वय सुरेशचन्द्र राय र उपेन्द्र प्रसाद चौधरी, महासचिव तुफानी ठाकुर, सचिवद्वय बुधराम पाल र सुधा कुमारी यादव, कोषाध्यक्ष फुलतारण कुमारी र प्रवक्ता शिवकुमार साह मनोनित भएका छन् ।
कार्यक्रममा संविधानसभा सदस्यद्वय रक्मिनी चौधरी र रामशिला देवी, प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसकी नेतृ विष्णकुमारी सापकोटा, मधेश जनजागरण अभियानका संयोजक रंजित कुमार झा लगायतले महाधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।
महाधिवेशनबाट आर्थिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र आगामी कार्ययोजना प्रतिवेदनहरु समेत पारित गरिएको थियो ।
काठमाडौँ, ३० माघः
नेपाल एलपी ग्यास उद्योग सङ्ले विभिन्न माग राखेर बिहाबारदेखि आब्हान गरेको आन्दोलन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज भएको छलफलपछि आन्दोलन स्थगित गरिएको हो ।
उद्योगमन्त्री दामोदर भण्डारीसहित नेपाल आयल निगमका सञ्चालक समिति पदाधिकारी तथा कर्मचारी र सङ्घका पदाधिकारीबीच भएको छलफलले तत्कालका लागि आन्दोलन स्थगित गरेको जनाइएको छ ।
सङ्घले आन्दोलन घोषणा गरेपछि मन्त्री भण्डारीले छलफलका लागि निगम र सङ्घका पदाधिकारीलाई बोलाउनुभएको थियो । छलफलमा उहाँले सङ्घले राखेकामध्येका जायज माग सम्बोधन गर्ने आश्वासन दिनुभयो । सङ्घले लागतअनुसारको बजार मूल्य वृद्धि गर्नुपर्नेलगायत विभिन्न माग राखेर आन्दोलनको घोषणा गरेको थियो । सङ्घले छ वर्ष पहिलाको समायोजन गरिएकै मूल्यमा अहिले पनि ग्यास वितरण गर्दा घाटा व्यहोर्नुपरिरहेको भन्दै मूल्य समायोजनको माग राखेको बताइएको छ ।
मन्त्रालयले केही समय पहिला वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलको संयोजकत्वमा समिति बनाएको र सो समितिले पेश गरेको प्रतिवेदनको थप अध्ययन गर्न समय लाग्ने भएकाले सङ्घको आन्दोलन १५ दिनका लागि स्थगित गरिएको आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिनुभयो । उक्त अध्ययन प्रतिवेदनमा सङ्घले असहमती जनाएको बताइएको छ ।
जनकपुरधाम ।
तराई–मधेशमा सक्रिय रहेका साना दलहरुबीच महागठबन्धनको तयारी तीव्ररुपमा अगाडि बढिरहेको छ । आठदलीय मधेशी मोर्चामा अटाउन नसकेका दलहरुबीच मोर्चाबन्दीको गृहकार्य सुरु भएको हो ।
पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारीको नेतृत्वमा देश र मधेशमा वैकल्पिक शक्ति निर्माण हुन लागिएको हो । नेपालका उत्पीडित, उपेक्षित र पछाडि पारिएका वर्ग समुदायको हकअधिकारका लागि संघर्ष गर्ने उद्देश्यले देश र मधेशका लागि वैकल्पिक शक्ति निर्माण गर्न विभिन्न १० दलका साथै नागरिक अगुवाहरुको बैठक सम्पन्न भएको छ ।
मंगलबार धनुषाको ढल्केबरमा बसेको बैठकले नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारीलाई महागठबन्धन निर्माणका लागि जिम्मा दिएको हो ।
नेपाल सद्भावना पार्टीको विशेष आयोजनामा विभिन्न पार्टीहरुसँग मोर्चाबन्दीको लागि साझा मुद्दाहरुमा छलफल गरिएको छ ।
नेपाल सद्भावना पार्टीको तर्फबाट राष्ट्रिय अध्यक्ष रामकुमार महतो, उपाध्यक्ष अमरेन्द्र कुमार झा तथा महासचिव पवन कुमार साहको उपस्थिति रहेको थियो ।
त्यसैगरी नेपाल संघीय समाजबादी पार्टीका अध्यक्ष अन्सारी, पूर्व प्रदेश गृह, सञ्चार तथा कानूनमन्त्री बिमला अन्सारी, नेपाली जनता दलको अध्यक्ष हरिचरण साह, इतिहासिक जनता पार्टीका अध्यक्ष बद्री नारायण ठाकुर, बहुजन एकता पार्टी नेपालको वरिष्ठ नेता राजाराम पासवान, जन अधिकार पार्टी नेपालको अध्यक्ष ईमदाद गद्दी, राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय सदस्य संजय सिंह, नेपाली जनता दल, स्वाधिन मधेश अभियानी लगायतले मोर्चाबन्दीको लागि निकट भविष्यमा अर्काे बृहत बैठक बस्ने निर्णय गरेका थिए ।
नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी बीच माघ २४ गते भएको सहमति अनुसार नेपालको उत्पीडित जनताको राजनीतिक र सामाजिक अधिकारलाई सुनिश्चित गर्नका लागि नेपाली जनताको बलिदानि पुर्न आन्दोलनहरुबाट प्राप्त उप्ल्ब्धी सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक समावेशीकरण लगायत उपलब्धिहरूलाई सरकारद्वारा संविधान संशोधनको नाममा कटौती गर्ने भइरहेको दुष्प्रयासलाई सामना गर्न र यस्तो कुनै पनि षड्यन्त्रलाई सफल हुन नदिन जनताको बलियो राजनीतिक शक्ति आवश्यक भएको हुनाले १० राजनीतिक दल र नागरिक समाज लगायतको बृहत बैठक अन्तरक्रिया सम्पन्न भएको छ।
बैठकले प्राप्त उपलब्धिहरूको रक्षा गर्दै थप उपलब्धिहरूको लागि संघर्ष गर्ने उद्देश्य प्राप्तिको लागि नागरिक समाज तथा राजनीतिक दलको संयुक्त महागठबन्धन निर्माण गर्ने निर्णय गरेको छ । यसको संयोजन गर्नका लागि नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारीज्यूलाई जिम्मेवारी दिइएको छ ।
आरके श्रीवास्तव,रौतहट,२७ गते माघ ।
रौतहटको गुजरा नगरपालिकामा एचपिभि खोप अभियान सम्बन्धि नगर स्तरीय खोप समन्वय समिति तथा सञ्चारकर्मीहरुको अभिमूखिकरण बैठक सम्पन्न भएको छ । स्वास्थ्य शाखाको अयोजनामा नगरपालिकाको सभाहल सो बैठक बसेको थियो ।

खोप कार्यक्रमको लक्ष्य,उदेश्य,उपलब्धी,अवस्थाबारे जानकारी गराउने,पाठेघरको मुखको क्यान्सर निवारण,रणनिती,एच.पि.भि.खोप अभियानको औचित्य र सञ्चालन प्रक्रिया बारे जानकारी गराउने,खोप समन्वय समिति संचार क्षेत्र र सरोकारवालाहरुको भूमिका र जिम्मेवारी बारे जानकारी गराउने उदेश्यलेले बैठक बसेको थियो ।

साथै अभियान संचालन योजना,तयारी अवस्था बारे जानकारी गराइ अभियान सफल बनाउन स्थानिय स्तरबाट आवश्यक थप सहयोग बारे छलफल,श्रोतको पहिचान,परिचालन र जिम्मेवारी बाँडफाँडको योजना बनाउने लगायतको विषयमा छलफल गर्न बैठक बसेको थियो ।

गुजरा नगरभरिमा आगामी माघ ३० गतेदेखि फागुन ०६ गते सम्म सञ्चालन हुने एच.पि.भि. खोप अभियानमा २ हजार ८ सय ९७ छात्रा र किशोरीहरुलाइ खोप दिने लक्ष्य राखिएको स्वास्थ्य संयोजक विजय चौधरीले जानकारी गराएका हुन् । यो लक्ष्यमा ९० प्रतिशत अनिवार्य खोप लगाउनुु पर्ने उनको भनाइ छ ।

औसतमा प्रत्येक दिन ४ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरबाट मृत्य हुने गरेको भन्ने अनुमान गरिएकोले १० वर्ष देखि १४ वर्ष मुनिमा किशोरीहरु कोही पनि नछुटाउन हुनेमा उनको जोड थियो ।
अभिमूखिकरण कार्यक्रममा गुजरा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अशोक खाँ थारु,वडा नम्बर ४ का वडा अध्यक्ष झमक चौलागाइ,वडा नम्बर ९ का वडा अध्यक्ष प्रेम चौधरी,शिक्षा शाखा प्रमुख शिवमंगल साह,विभिन्न बिधालयका प्रधानाध्यापकहरु ,सञ्चारकर्मीहरु लगायतका व्यक्तीहरुको सहभागिता रहेको थियो ।
राकेश दास,
रौतहट, माघ २७ गते २०८१ ।
रौतहटमा भन्सार छली गरी ल्याउँदै गरेको सामानहरु बरामद गरिएको छ । शनिवार दिउसोकोे समयमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी चेकिङ टोलीले विभिन्न स्थानहरुमा विभिन्न सवारी साधनलाई रोकी चेकजाँच गर्ने क्रममा बिआर ०५ ओ ४४०२ नम्बरको मोटरसाईकलमा अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।
सो सामानहरु अन्दाजि मुल्य रु. ८३ हजार पाँच सय पचासी बराबरको कपडा, मोटरसाईकलको स्पेयर पार्टहरुर किराना लगायतका सामानहरुफेला परेको छ ।
उक्त सर–सामानहरु र अन्दाजि मुल्य रु ५० हजार बरावरको मोटरसाईकल थान–१ गरि जम्मा अन्दाजि मुल्य रु. १ लाख तेतिस हजार पाँच सय पचासी बराबरको विभिन्न किसिमको कपडा, मोटरसाईकलको स्पेयर पार्टहरु, किराना लगायतका सामानहरु, मोटरसाईकल १ थान फेला परेको हो । साथै तिनजना मानिसहरुलाई प्रहरीले पक्राउ गरको छ ।
पक्राउ पर्नेमा राजदेवी न.पा. वडा नं.२ बस्ने अन्दाजि २२ बर्ष को धन्दिप बैठा, सोहि बस्ने अन्दाजि १८ को शेख अफरोज, मौलापुर न.पा. वडा नं. ६ बस्ने अमरेन्द्र कुमार जयसवाल, बौधिमाई न.पा. वडा नं. ६ बस्ने अन्दाजि २० बर्षको रुपेश यादव रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी उमाशंकर प्रसाद बताएका हुन् ।