२०८३ बैशाख १३
२०८३ बैशाख १३

बज्जिकाञ्चल संवाददाता काठमाडौँ, चैत १५ गते । २०८१

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा शुक्रबार भएको राजसंस्था फर्काउने आन्दोलन हिंसात्मक बनेको छ।

शुक्रबार प्रसाईंको अगुवाइ र राजावादीहरूको समर्थनमा काठमाडौंको तीनकुने क्षेत्रमा प्रदर्शन र सभा आयोजना गरेका थिए। तर प्रदर्शन सभामा परिणत हुनुअगावै राजावादीहरू प्रहरीसँग भिडन्तमा उत्रिए।

भिडन्तको अगुवाइ स्वयम् दुर्गा प्रसाईंले गरेका थिए।

राजावादीहरूले आज उनलाई ‘फिल्ड कमान्डर’ तोकेका थिए। उनी नै गाडी लिएर प्रहरीको डफ्फा भएतिर अघि बढेका थिए। र, मुठभेडमा उत्रन आह्वान गरेका थिए।

त्यसपछि उत्तेजित बनेका प्रदर्शनकारीले निजी घर, सञ्चार गृहमा समेत निशाना बनाएका थिए।

प्रदर्शनकारीले कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोष्टमा तोडफोड र आगजनी प्रयास गरे।

प्रदर्शनकारीले कोटेश्वरको जडिबुटी कारखानामा आगो लगाए। त्यहाँ सवारी साधन पार्किङ गरिएको ठाउँमा आगजनी गर्दा कम्तीमा आधा दर्जन गाडी जलाइएका छन्। आगो अझै नियन्त्रणमा आएको छैन।jadibuti-(10)-1743161432.jpg

पेरिसडाँडास्थित माओवादी केन्द्रको कार्यालयनजिकै राजावादीहरूले सरकारी नम्बर प्लेटको गाडीमा आगो लगाएका छन्।

बालकुमारी पारिपट्टि पनि सवारी साधन जलाइएको प्रहरीले जानकारी दिएको छ।

दुवै गाडीको नम्बर खुल्न सकेको छैन। पेरिसडाँडामा एउटा मोटरसाइकलसमेत तोडफोड भएको छ।

हिंसात्मक प्रदर्शन गर्दै हिँडेका राजावादीले शुक्रबार अपराह्न एकीकृत समाजवादीको मुख्यालयमा आगजनी गरेका थिए।jadibuti-(7)-1743161432.jpg

कोटेश्वरस्थित भाटभटेनीभित्र पसेर लुटपाट मच्याउनुका साथै तोडफोड गरेका थिए। प्रदर्शनकारीहरूले अहिले हातहातमा बियरको सिसी बोकेर हिँडेका तस्बिर अहिले सामाजिक सञ्जालमा देख्न सकिन्छ।jadibuti-(6)-1743161430.jpg

राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले तीनकुने र आसपासका क्षेत्रमा अहिले ४ः२५ बजेदेखि कर्फ्य आदेश जारी गरेको छ।

बज्जिकाञ्चल संवाददाता काठमाडौं २०८१–

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बेलुका ८ बजे बैठक बस्ने बालुवाटार स्रोतले बताएको छ ।

राजावादीको बिहीबारको प्रदर्शन हिंसात्मक बन्दै गएका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । तीनकुनेलाई केन्द्र बनाएर प्रदर्शन र सभा गर्ने तयारीमा रहेका राजावदीहरूको प्रहरीसँग झडप भएपछि हिंसा फैलिएको हो ।

तीनकुने क्षेत्रबाट तितरबितर भएका राजावादीहरूले राजधानीका विभिन्न स्थानमा सार्वजनिक सवारीसाधन र निजी सम्पत्तिमा आगजनी गरेका छन् ।

अहिले प्रशासनले कर्फ्यू लगाएको छ । त्यसपछि पनि प्रदर्शन नरोकिएपछि नेपाली सेना सडकमा तैनाथ भएको छ।

 चन्दन यादव, रौतहट, १४ गते चैत ।

एस.ई.ई. अपडेट : दुई दिनमा रौतहटबाट जम्मा ६५१ मोबाईल र एक जना मानिस नियन्त्रणमा रहेको प्रहरीले बताएका हुन् । अहिले एस.ई.ई. को बेर रौतहटमा एउटा बेग्लै रवैया चलिरहेको देखन सकिन्छ । आज २०८१ चैत १४ गते ८ बजे देखी संचालन भएको एस.ई.ई. परिक्षामा रौतहटको विभिन्न परिक्षा केन्द्रहरुमा टन्नै मोबाईलहरु बरामद भएको प्रहरीले जनाएको हो ।

चिट चोर्ने प्रयोजनको लागि प्रशिक्षार्थीहरुले आफ्नो शरिरमा मोबाईल लुकाई छिपाई परिक्षा हल भित्र प्रवेश गरेको चेकजाँचको क्रममा मोबाईल ३ सय ४१ थान, स्मार्ट वाच ७ थान नियन्त्रमा लिइएको प्रहरीले जनाए । यत्रो संख्यामा रौतहटको परिक्षा केन्द्रहरुबाट मोबाईल नियन्त्रमा आउनु कहि न कहि यसमा सम्बन्धित शिक्षकहरु तथा कार्यालय सहयोगीहरु पनि संलग्न रहेको बुझ्न सकिन्छ ।

जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ स्थितमा रहेको श्री शुभलाल मा.वि. सन्तपुर परिक्षा केन्द्रको बाहिरबाट हवास्टएपको प्रयोग गरी अनलाईन मार्फत चिट चोर्न मद्दत गर्ने कार्यमा संलग्न रहेका १ जना मानिसलाई समेत नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेकाे प्रहरी द्वारा प्रकाशित सुचनामा उल्लेख रहेको छ ।

त्यस्तै हिजो अर्थात् १३ गते जिल्लाको विभिन्न केन्द्रहरुमा चिट चोर्न प्रयोजनको लागि परिक्षार्थीहरुले आफ्नो शरिरमा मोबाईल लुकाई छिपाई परिक्षा हल भित्र प्रवेश गरेको पाइएकोमा चेकजाँचको क्रममा मोबाईल ३ सय १० थान, स्मार्ट वाच २ थान र परिक्षा निरीक्षकको रुपमा खटी परिक्षा हलभित्र मोबाईल पास गराई परिक्षाको मर्यादा भंग गर्ने १ जना परिक्षा निरीक्षक लाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य भई रहेको प्रहरी नायब उपरीक्षक प्रवक्ता तथा सूचना अधिकारी दिपक कुमार रायले जनाएका हुन् ।

काठमाडौं, चैत १४ –
केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको छ। आगामी जेठ २ गते लाई प्रदर्शन मिति तोकिएको फिल्मको गीत ‘‘झ्यामकी मादल झ्याम’ को छायांकनका केही तस्बिर सार्वजनिक गरिएका छन्, जसमा अभिनेता दिलिप रायमाझीसँग अभिनेत्री प्रियंका कार्कीले नृत्य गरिरहेको देख्न सकिन्छ।

काठमाडौंमा आकर्षक सेट बनाएर खिचिएको उक्त गीतमा ६४ जना कोरस डान्सर छन् भने, कोरियोग्राफी कबिराज गहतराजले गरेका छन्। प्रताप दास र मेलिना राईको स्वर रहेको गीतलाई निर्माण टिमले नयाँ वर्षलाई लक्षित गर्दै सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

अभिनेता दिलिप रायमाझीको मुख्य भूमिका रहेको यस फिल्मको फस्टलुक पोस्टरले दर्शकको ध्यान तानेको छ। पोस्टरमा उनलाई काँधमा बोका बोकेर हिँडिरहेको देख्न सकिन्छ, जसले फिल्म कमेडी शैलीमा निर्माण भएको संकेत गर्छ।

रिम विश्वकर्मा को लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा दिलिप रायमाझीसहित बरिष्ठ कलाकारहरु सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेश राई ‘‘फुलन्देको आमा’, अर्जुन गुरुङ, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु लगायतका कलाकारको अभिनय छ।

प्रियंका कार्कीको विशेष भूमिका रहेको बताइएको छ, तर निर्माण टिमले यस बिषयमा विस्तृत जानकारी खुलाएको छैन। रेडलाइन फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता पी.बी. थापा हुन्। यस फिल्मलाई यम आलेले खिचेका हुन् । फिल्ममा द्वन्द्व निर्देशन शंकर महर्जन, सम्पादन मित्र डी. गुरुङ, संगीत संयोजन नरेन्द्र वियोगी, विपिन आचार्यले गरेका छन् । त्यस्तै पार्श्व संगीत शाश्वत श्रेष्ठको रहेको छ । निर्देशक रिम विश्वकर्माले फिल्म कमेडी जनरामा निर्माण भए पनि केही भावनात्मक पक्षसमेत समेटिएको बताएका छन्। उनका अनुसार फिल्मको सम्पादनको सम्पुर्ण काम सकिएको र केही हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

आरके श्रीवास्तव,रौतहट,१० गते चैत ।

रौतहट । रौतहटमा माछापालक कृषकले आज दबाबमूलक धर्ना दिएका छन् । माछा कृषकको आम्दानी भन्दा लागत मूल्य बढाउने उधोग मिटर हटाइ कृषि मिटर कायम गर्न एक दिने दबाबमूलक धर्ना कार्यक्रम गरिएको मत्सय पालक कृषक रामबाबु चौरीले जानकारी गराएका हुन् ।


नेपाल मत्सय व्यवसायी संघ रौतहटको आयोजनामा आइतवार माछा कृषकहरुले धर्ना दिएका थिए । नेपाल विधुत प्राधिकरण चन्द्रनिगाहपुर वितराण केन्द्रको अगाडी उनीहरुले एक दिने धर्ना दिएका हुन् ।
माछापालन कृषि अन्तर्गत पर्ने भएपनि विधुत प्राधिरकणले औधोगिक मिटर थमाएर माछापालक किसानको ढाँड सेक्ने काम गरेकोले यसलाइ तुरुन्त सच्चयाउन माग गरेका छन् । उनले भने—माछापालन कृषि अन्तर्गत पर्ने गर्दछ । तर हामीलाइ बढी विधुत महसुल तिर्नु परेको छ ।


कृषि मिटर कायम नहुँदा आफूहरुलाइ घाटा भइरहेको बताए । जसले गर्दा हाम्रो कारोबार नै धरासायी बन्ने कागार पुगेको उनी बताउँछन् । राज्यले यसलाइ तुरुन्त सम्बोधन गर्नु पर्दछ ।
आफूहरुको मागलाइ समयमा सम्बोधन नगरे कडा रुपमा आन्दोलन गर्ने उनीहरुले चेतावनी समेत दिएका छन् । रौतहटमा रहेको नेपाल विधुत प्राधिरकणको प्रत्येक वितरण केन्द्रको अगाडी यसरी नै चेनरुल अनुसार आइतवारका दिन धर्ना दिने कार्यक्रम रहेको चौधरीले बताएका हुन् ।

आरके श्रीवास्तव,रौतहट,१० गते चैत ।

रौतहट । थारु कल्याणकारिणी सभा रौतहटको भवन धमाधम निर्माण भइरहेको छ । जसको लागि आज दोस्रो तल्लाको ढलान कार्य भएको छ । सो नगरपालिकाको वडा नम्बर ९ दयालपुरमा सभाहल भवन निर्माण भइरहेको छ ।
गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल चौधरीले एक कार्यक्रमका बिच आज छत ढलान कार्यको प्रारम्भ गर्नु भएको थियो । कल्याणकारीणी सभाको भवन नगरपालिका,विभिन्न वडाका वडा अध्यक्ष,सहयोगी चन्दादाताहरुको सहयोगमा भवन निर्माण कार्य भइरहेको वडा अध्यक्ष प्रेम चौधरीले जानकारी गराएका हुन् ।

उनले दिएको जानकारी अनुसार आर्थिक २०८०।०८१ म १० लाख रुपैयाँ गुजरा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामजित चौधरी र ३० लाख बजेट आफनै वडा बाट छुट्टयाएर भवन काम गरिएको बताए ।
त्यस्तै चालु आर्थिक वर्ष २०८१।०८२ मा गुजरा नपा २ का वडा अध्यक्ष अशोक चौधरीको ५ लाख,वडा नम्बर ३ का वडा अध्यक्ष गजेन्द्र चौधरीको ५ र आफनो वडा बाट १० लाख ५० हजार छुट्टयाएर छत् ढलानको कार्य भइहरेको उनको भनाइ छ ।

वडा अध्यक्ष चौधरीले दयालपुरमा थाकसको भवन निर्माण गर्नको लागि पहल गर्नु हुने सम्पूर्ण जनालाइ धन्यवाद ज्ञापन गर्नु भएको छ । स्थानिय सुजित चौधरीले थाकसको भवन नमूना भवन रहेको भन्दै हाम्रो गाउँ दयालपुरको यसले मान,सम्मान बढाउने काम गरेको छ । थाकस भवन सँगै रहेको सडकलाइ ढलान गर्न करिब २५ लाख बजेट व्यवस्था व्यवस्थापन गरि दिनुहुने मेयर चौधरीलाइ धन्यवाद पनि व्यक्त गर्नु भएको छ ।

वि.स.२००५ सालमा स्थापना भएको थाकस रौतहटको भवन विहिन रहेको थियो । नगर प्रमुख सन्तलाल चौधरी,वडा अध्यक्ष प्रेम चौधरी र विभिन्न व्यक्तीत्वहरुको सहयोगमा सो भवन बनिरहेको छ । वडा अध्यक्ष चौधरीले थाकसको भवन निर्माणको लागि आफनो वडामा रहेको १० कठ्ठा जग्गा उपलब्ध गराए पछि सो भवन बन्न सम्भव भएको हो ।

सो अवसरमा नगरप्रमुख सन्तलाल चौधरी सँगै वडा नम्बर १ का वडा अध्यक्ष रामजीत चौधरी,थाकसका पूर्व सभापती रामाश्रय चौधरी,थाकस रौतहटका सह सचिव रामबाबु चौधरी,बलिराम चौधरी,सुजित चौधरी,अनुठा चौधरी सहित जिल्ला भरीका थारु समाज अगुवा व्यक्तीत्वहरुको सहभागिता रहेको थियो ।

आरके श्रीवास्तव,रौतहट,१० गते चैत ।

आज चैत १० गते रौतहटको साहित्य इतिहासमा आजदेखी नयाँ दिनको सुरुआत भएको छ । देवकोटा पदार्पण दिवस मनाइएको छ । महाकवी लक्ष्मीप्रसाद देवकोटाको रौतहट आगमनको अवसरमा यो दिवस मनाउन प्रारम्भ गरिएको हो ।
सम्भवतः रौतहटबाट नै पदार्पण दिवसको थालनी भएको हो । आजकै दिन देवकोटा रौतहटमा आएको समझना पारेर यो दिवस मनाउने नयाँ परम्पराको अभ्यास सुरु भएको हो ।
आइतवार किसान आन्दोलनको ऐतिहासिक ठाउँ जिल्लाको मध्यभाग गरुडा नगरपालिका वडा नम्बर ५ स्थित महम्दपुरमा रहेको गोपाल सेवा समितिको प्रांगणमा देवकोटा पदार्पण दिवस मनाउन जिल्लाका साहित्यकारहरु भेला भएका थिए ।

कार्यक्रमका इतिहासका जानकार सञ्जय साह मित्रले महाकवि देवकोटा रौतहट सदरमुकाम गौर स्थित कलाकुञ्ज पुस्तकालयले २०१० चैत १० गते आयोजना गरेको साहित्यिक समारोहमा सहभागी भएको जानकारी गराएका थिए ।


सो पुस्तकालय तत्कालीन शारदा पुस्तकालयको रुपमा पनि चिनिन्थ्यो । उनले भने—देवकोटालाई प्रगतिशील साहित्यकार श्यामप्रसाद शर्माले गौर पु¥याएर वीरगंजसम्म लगेको पनि बताए ।
त्यो बेला महाकवि देवकोटाको हस्ताक्षर लामो समयसम्म पुस्तकालयमा सुरक्षित रहेको बताइएको थियो । अहिले पनि देवकोटाको हस्ताक्षरलाई पुस्तकालयले सुरक्षित राखेको जानकारी पुस्तकालय स्रोतबाट प्राप्त भएको साहित्यकार बिन्दा साहनीले जानकारी गराएका छन् ।

कार्यक्रममा मन्तव्य राख्दै साहनीले देवकोटालाई साहित्यको ब्रह्माण्डसित तुलना गर्दै देवकोटाको रौतहट आगमन भएको दिवसलाई ‘देवकोटा पदार्पण दिवस’को रुपमा मनाउन पाउँदा उनको व्यक्तित्व र कृतित्वबाट नयाँ पुस्ता लाभान्वित हुने विश्वास लिएको बताएका छन् । साहनीले यस किसिमको कार्यक्रम कलाकुञ्ज पुस्तकालयमै मनाउन पाए अझ राम्रो हुने बताउँदै परिस्थिति मिलेसम्म आगामी वर्ष अझ भव्यरुपमा मनाइने बताएका छन् ।

महाकवि देवकोटा र रौतहटको साहित्यसित उनको नाताको विषयमा व्यापक खोजतलास हुन बाँकी रहेको बताउँदै एउटा राम्रो सुरुआत भएको कार्यक्रमका परिकल्पनाकार सञ्जय साह मित्रले जनाएका छन् । देवकोटाबारे अध्ययनको नयाँ आयाम विस्तार भएको बताउँदै मित्रले देवकोटा रौतहट आएको ७१ वर्षमा सम्झना गर्नु पनि नयाँ सुरुआत भएको बताएका छन् ।

बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्णले देवकोटा जहाँ जहाँ पुगेका छन् र जहाँ जहाँ बास बसेका छन्, ती सबै ठाउँमा यसरी गर्व गरेर कार्यक्रम आयोजन गर्न सकिने बताएका छन् । देवकोटाजस्तो विराट व्यक्तित्बारे नयाँ पुस्तालाई जान्ने नयाँ किसिमको कार्यक्रम भएको श्रीकृष्णले बताएका छन् ।

कार्यक्रममा साहित्यकार तथा प्रअ रामअधार पासवान, विपिनबिहारी सिंह, पत्रकार तथा लेखक राजुकुमार श्रीवास्तव, पत्रकार चन्दन यादव, नवसर्जक साहित्य चौतारी नेपालकी रौतहट उपाध्यक्ष रोशनी यादव, रामप्रसाद साह लगायतले मन्तव्य राख्दै देवकोटाबारे नयाँ किसिमले कार्यक्रमको सुरुवातले नयाँ पुस्ता लाभान्वित हुने र आफ्नो क्षेत्रको महत्वबारे बुझ्न पाउने विचार व्यक्त गरेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।