काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले युएईविरुद्धको विश्वकप छनोटको दोस्रो चरणको खेलका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् ।
नेपाली टिम
गोलकिपरः अभिषेक बराल, विशाल सुनार, किरण चेम्जोङ र सन्तोष महत ।
डिफेन्डरः अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी र योगेश गुरुङ ।
मिडफिल्डरः भरत खवास, लाखेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, बसन्त जिम्बा, फत्तेमान घले, रोहन कार्की र सुमित श्रेष्ठ ।
फरवार्डः अन्जन विष्ट, दिनेश हेन्जन, गिलेस्पे जंग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जीव विष्ट ।
नेपालले युएईसँग आगामी जुन ६ मा खेल्ने तालिका रहे पनि यो खेल कहाँ हुन्छ भन्ने बारे स्पष्ट रहेको छैन । नेपालमा हुनुपर्ने यो खेल दशरथ रंगशालाको भौतिक संरचना राम्रो नभएको भन्दै एसीसीले रंगशालामा खेल खेलाउन उपयुक्त नभएको रिपोर्ट दिएपछि अन्योलता बढेको हो । नेपालले यसअघि बहराइनविरुद्धको होम खेल बहराइनमै खेलेको थियो ।न्युज कारखाना
काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षभित्र देशभर रहेका गरिब घर परिवार पहिचान कार्य सम्पन्न गर्ने बताएको छ ।
संघीय संसद्को मंगलबार बसेको संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गरिब लक्षित कार्यक्रम एकीकृत रूपले सञ्चालन गर्ने बताएका हुन् ।
उनले भने-
पहिचान भइएका गरिबको स्थानीय तहबाट निःशुल्क स्वास्थ्य बिमा गरिने, गरिबको स्थानीय बिमा गरिने तथा विद्यूतीय चुलो, ट्युवेललगायत सामग्री उपलब्ध गराइनेछ ।न्युज कारखाना
काठमाडौं । सहकारीको अरबौं रकम अपचलन गरेको आरोप लागेपछि फरार रहेका जीवी राईको पासपोर्ट रद्ध गर्न प्रहरीले राहदानी विभागलाई पत्राचार गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीको अपराध अनुसन्धान शाखाले राहदानी विभागलाई पत्राचार गर्दै राईको पासपोर्ट रद्ध गर्न भनेको हो ।
यसअघि प्रहरीले इन्टरपोल शाखामार्फत राईलाई नेपाल झिकाउन रेड नोटिस जारी भएको थियो । उनी हाल मलेसिया रहेको र भागेर अन्य मुलुकमा जाने संभावना रहेकाले प्रहरीले उनको पासपोर्ट रद्ध गर्न आग्रह गरेको हो । राईको पासपोर्ट रद्ध गरी सो को जानकारी मेसियन राजदूतावास, प्रहरी प्रधान कार्यालय,इन्टरपोल शाखा नक्शाल र जिल्ला प्रहरी कार्यालयमा पठाइदिन आग्रह गरिएको छ ।
पत्रमा भनिएको छ-
मुख्य प्रतिवादी गितेन्द्र वावु राईलाई तत्कालै प्रहरी नियन्त्रणमा लिइ अनुसन्धान गर्नुपर्ने र तत्काल निजलाई पक्राउ नगरे मुद्दासँग सम्बद्ध सबुद,प्रमाणहरू लोप तथा नास गर्न सक्ने वा निज हाल बस्दै आएको देश मलेसियाबाट समेत भागी अन्य देशहरूमा जान सक्ने भएकाले निजलाई सपुर्दगी सन्धीमार्फत सहजै नेपाल झिकाउनको लागि निजले प्रयोग गरी रहेको नेपाली राहदानी नं.११६९८७२७ राहदानी ऐन,२०७६ बमोजिम रद्द गर्ने प्रयोजनार्थ सोसँग सम्बन्धित कागजातहरू यसै पत्र साथ संलग्न राखी पठाइएको छ । प्राप्त भए पश्चात नियमानुसार निज प्रतिवादीको राहदानी रद्द गरी सोको जानकारी मलेसियन राजदूतावास,तालुक प्रहरी प्रधान कार्यालय,इन्टरपोल शाखा नक्शाल,काठमाडौं र यस कार्यालयमा पठाइ दिने व्यवस्था हुन सादर व्यहोरा अनुरोध गरिएको छ ।न्युज कारखाना
काठमाडौँ । राष्ट्रपति राम चन्द्र पौडेल संघीय संसद भवन नयाँ बानेश्वर पुगेका छन् ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेल संसद भवन पुगेका हुन् ।
संसद भवनमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले उनलाई स्वागत गरेका थिए ।
राष्ट्रपतिको सम्मानमा संसद भवनमा नेपाली सेनाको एक टोलिले सम्मान गारथ अर्पण गरको थियो ।
अब केहि बेरमा नै राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ ।न्युज कारखाना
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणमा वदनियत राखेर निर्णय गर्ने गराउनेमाथि थप अनुसन्धान अपरिहार्य रहेको बताएका छन् ।
सामाजिक सञ्जाल मार्फत महामन्त्री थापाले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणमा सर्वोच्च अदालतले गरेको फैसला ऐतिहासिक रहेको बताउदै यस्तो निर्णय गर्नेमाथि अनुसन्धान आवश्यक रहेको बताएका हुन् ।
उनले भनेका छन्-
गिरिबन्धु टि-स्टेटको जग्गाका सट्टापट्टा गर्ने सन्दर्भमा तत्कालीन मन्त्रीपरिषदले २०७८ वैशाख १३ गते गरेको निर्णय र त्यससंग सम्बन्धित काम कारवाहीका सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसला ऐतिहासिक छ ।
फैसलाले गिरीबन्धु टी-स्टेट लगायताका हदबन्दी छुट पाएका सरकारी तथा सार्वजानीक जग्गामा नजर गाडेर बसेकाले नजर बन्द गरिदिएको छ। सम्मानित अदालतले २०७८/०१/१३ को मन्त्रीपरिषदको निर्णयलाई “सर्वथा अनुचित, अपरिपक्व र उधारो शर्तयुक्त” निर्णयको संज्ञा दिँदै सो निर्णय खारेज गरेको छ । यसले तत्कालीन सरकारले जबरजस्ती ढङ्गले गरेको निर्णय र कानुन संशोधन कति गलत र वदनियतपूर्ण थियो भन्ने पुष्टि त गरेको छ नै नीतिगत बाटोबाट हुने भ्रष्टाचारको उदाङ्गो पार्दिएको छ ।
उक्त निर्णय अनुचित र वदनियतपूर्ण भएकोले यस्तो निर्णय गर्ने गराउने गलत नै हुन भन्नेमा अब द्विविधा भएन। अत: यस्तो वदनियत राखेर निर्णय गर्ने गराउनेमाथि थप अनुसन्धान अपरिहार्य छ।
यस्तो महत्त्वपूर्ण नजिर स्थापना गर्न कानुनी लडाई लड्नुहुने अधिवक्ता ओम प्रकाश अर्याल लगायत सम्पूर्णमा हार्दिक धन्यवाद !
सम्मानित अदालतले गरेको यो फैसलाले नीतिग तहबाट हुने भ्रष्टाचार रोक्ने कुरामा एउटा नयाँ मानक स्थापित गर्नेछ नै, साथै हदबन्दी छुटको दुरुपयोग गरी जग्गा सट्टा पट्टा गर्दा निश्चित आधारविना गरिएका र अन्य प्रयोजनका लागि प्रयोग गरेका जग्गा राज्यले प्राप्त गर्ने यो फैसलासंगै यस्तै प्रकृतिका छुटको सुविधा लिएका र दुरुपयोग गरिएका जग्गा राज्यको मातहत ल्याउन प्रस्ट निर्देश गरेको छ। हदबन्दी छुटमा दिएको जग्गाको प्रयोजन समाप्त भए सो जग्गा सरकारले फिर्ता लिनुपर्ने फैसलाले आजसम्म अपचलन भएका, विक्री भएका सम्पूर्ण सरकारी स्वामित्वका जग्गा सरकारका नाममा फिर्ता ल्याउने बाटो समेत खुलेको छ।
अदालतले आफ्नो फैसलामा बोलेको कुराको आधारमा अब सरकारलाई जग्गा फिर्ता ल्याउने र दोषीलाई कारबाही गर्ने बलियो आधार मिलेको छ। अदालत बोलिसकेको विषयमा अब काम गर्ने अभिभारा सरकारको हो। अत: सम्मानित अदालतले दिएको आदेश तत्काल कार्यान्वयन गर्न र भूमि सम्बन्धी ऐनको दफा १२ङ.बमोजिमको अनुगमन तथा निरीक्षण समितिलाई अविलम्ब क्रियाशील बनाइ छुटको सुविधा लिएर अरू प्रयोजनमा लगाएका, प्रयोग नगरिएका वा दुरुपयोग गरिएका जग्गा एकिन गरी सोही दफा बमोजिम अविलम्ब जफत गरी राज्य मातहत ल्याउन सरकारले तत्काल कार्यप्रारम्भ गरोस्।यसमा सरकारले दायाँ बायाँ नहेरोस्, आलटाल र बहानाबाजी नबनाओस् ।
अन्त्यमा, नीतिगत तहमा हुने भ्रष्टाचारको यो एउटा नमूनामात्र हो। यस्ता थुप्रै विषयहरू छन जुन नीतिगत निर्णयका नाममा अनुसन्धानको दायरा बाहिर राख्ने र कार्वाही नगर्ने प्रवृत्ति झाङ्गिएको छ । यसलाई नियन्त्रण गर्न संसदमा विचाराधीन रहेका भ्रष्टाचार सम्बन्धी कानुन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन सम्बन्धी कानुनका दुई संशोधन विधेयकमा नीतिगत भ्रष्टाचारका सम्बन्धमा स्पष्ट प्रावधान राख्न हामीले नै संशोधन दर्ज गरेका छौं । ति विषय कानुनमा नै समेटौं, नीतिगत रूपमा हुने भ्रष्टाचारको मुख कानुनी रूपमै टालौं । साथै, तामेलीमा रहेका यस्ताखाले नीतिगत भ्रष्टाचारका विषयलाई छानबिनको दायरामा ल्याउँ ।न्युज कारखाना
काठमाडौँ । शिक्षा मन्त्रालयले बङ्गलादेश सरकारबाट शैक्षिक वर्ष २०२३/२४ मा प्राप्त चिकित्सा शिक्षा कोटा बारे स्पष्ट गरेको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै तोकिएको संख्या बमोजिमको विद्यार्थीहरूको सम्पर्क विवरण सहितको नामावली सिफारिस गरी पठाइएको जानकारी दिएको छ ।
मन्त्रालयको विज्ञप्ति :
(१) शैक्षिक वर्ष २०२३ २०२४ का लागि बंगलादेशमा अध्ययन गर्न मनोनयन भएका MBBS तर्फ १९ जना र BDS तर्फ ३ जना गरी जम्मा २२ जना नेपाली विद्यार्थीहरूलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०८०/१०/१७ को पत्रद्वारा परराष्ट्र मन्त्रालयमा तोकिएका विषयमा तोकिएको संख्या बमोजिमको विद्यार्थीहरूको सम्पर्क विवरण सहितको नामावली सिफारिस गरी पठाइएको ।
(२) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिस अनुसार २२ जना विद्यार्थीहरूलाई अध्ययन गर्ने अवसर उपलब्ध हुनुपर्नेमा सिफारिस भएका मध्ये MBBS तर्फ १० जना र BDS तर्फ २ जनालाई मात्रै सो अवसर प्राप्त भएको भनी परराष्ट्र मन्त्रालयको मिति २०८१ । १ । २१ को पत्रद्वारा काठमाण्डौं स्थित बंगलादेश राजदूतावासको २ मे २०२४ को कूटनीतिक नोटसहितको जानकारी प्राप्त भएको ।
(३) यसबारे गुनासो आएपछि मन्त्रालयको सिफारिस पत्रमा नाम समावेश भएका विद्यार्थीहरूलाई नै Confirmation प्राप्त हुने व्यवस्था गर्नका लागि परराष्ट्र मन्त्रालय मार्फत बंगलादेश सरकारलाई अनुरोध गरी पठाउन भनि मिति २०८१ । १ । २३ मा माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीस्तरीय निर्णय गरी पत्राचार गरिएको र सो सम्बन्धमा परराष्ट्र मन्त्रालयले बङ्गलादेश सरकारलाई ‘कूटनीतिक नोट’ पठाइसकेको।
(४) माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूबाट प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा माननीय सदस्यहरूबाट यस विषयमा राखिएका जिज्ञाशाबारे स्पष्ट पारिएको ।
(५) मिति २०८१ वैशाख ३१ गते माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले जनगणतन्त्र बङ्गलादेशका महामहिम राजदूत सलाहुद्दिन नोमान चौधरीसँग मन्त्रालयमा भेटघाट गरी उक्त विषयमा छलफल गर्नुभएको । परराष्ट्र मन्त्रालयका प्रतिनिधि समेत उपस्थित हुनुभएको उक्त छलफलमा महामहिम राजदूतले समस्याका विषयमा बङ्गलादेश सरकार जानकार रहेको र यथाशीघ्र समाधान गर्ने तर्फ सकारात्मक पहल गर्ने जानकारी दिनुभएको ।
(६) विद्यार्थीको हकहीत र सुरक्षाको लागि आगामी दिनमा यस्तो घटना नदोहोर्याउने गरी काम गर्न मन्त्रालय प्रतिबद्ध छ । न्युज कारखाना
काठमाडौँ । अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको नयाँ फिल्म ‘मोदीबेनी’ भगवान् शिवको महिना भनेर चिनिने साउनमा प्रदर्शन हुने भएको छ ।
वितरक कम्पनी एफडी कम्पनी र रिच इन्टरटेनमेन्टसँग निर्माताको लिखित सम्झौतापछि आगामी साउन १८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।
शङ्कर कोइरालाको डेब्यु निर्देशनमा तयार भएको फिल्ममा वर्षाको जोडी भएर नव-अभिनेता अमन प्रताप श्रेष्ठ प्रस्तुत छन् । रेजिना उप्रेती, प्रवीण खतिवडा, सरोज खनाल, दीलिप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस लगायतको पनि फिल्ममा अभिनय रहेको छ । रेजिनाले यो फिल्मबाट लगभग १२ वर्षपछि कमब्याक गरेकी हुन् ।
पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा फिल्म आधारित छ । आनन्द बिक्रम क्षेत्रीको लेखन रहेको फिल्मका सह-निर्माता हरि श्रेष्ठ हुन् । फिल्मको काभ्रे र मोदीबेनी क्षेत्रमा छायांकन गरिएको हो । न्युज कारखाना
विराटनगर । कोशी प्रदेशसभाकी सांसद निर्मला लिम्बू अशोक राईको पक्षमा सनाखत गरेकी छन् ।
लिम्बूले प्रदेश निर्वाचन कार्यालय पुगेर नयाँ दल जसपाको पक्षमा सनाखत गरेकी हुन् ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजनसँगै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखत गर्न निर्वाचन आयोगले २१ दिनको समय दिएको छ ।
निर्मला जसपा नेपालबाट समानुपातिक सांसद हुन् । योसँगै जसपा नेपाल कोशी प्रदेशमा निल भएको छ ।
न्युज कारखाना
काठमाडौँ । बंगलादेशले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ ।
आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि बंगलादेशले नजमुल हुसेन शान्तोको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
बंगलादेशको विश्वकप खेल्ने टिम- नजमुल हुसेन शान्तो (कप्तान), तस्किन अहमद, लिट्टन दास, सौम्य सरकार, तान्जिद हसन तमिम, शकिब अल हसन, तौहिद ह्रिदोय, महमुदुल्लाह रियाद, जाकेर अली अनिक, तनवीर इस्लाम, शाक महेदी हसन, रिशाद हुसेन, मुस्ताफिजुर रहमान, मुस्ताफिजुर रहमान, शोरिफुल इस्लाम र तान्जिम हसन साकिब । त्यस्तै टिमको साथ जाने रिजर्भ खेलाडीमा अफिफ हुसेन र हसन महमुद रहेका छन् ।
विश्वकपमा बंगलादेश समुह डी मा रहेको छ । यस समुहमा बंगलादेशसहित नेपाल, दक्षिण अफ्रिका, श्रीलंका र नेदरल्याण्डस रहेका छन् ।
बंगलादेशले विश्वकपमा आफ्नो पहिलो खेल जुन ७ मा श्रीलंकासँग खेल्ने तालिका रहेको छ ।
काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह जेठ ७ गते ललितपुरमा विशेष समारोहमा सहभागी हुने भएका छन् ।
पुर्व राजा ज्ञानेन्द्रले ललितपुरबासीको अनुरोधमा जेठ ७ गते विशेष समारोहमा सहभागिता जनाउने उनको सचिवालयले जानकारी दिएको छ । न्युज कारखाना