२०८३ जेष्ठ ३१
२०८३ जेष्ठ ३१

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरको खेल आज हुदै छ । दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स खेल्दै छन् । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।

राजस्थान रोयल्सले इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको हो ।

त्यस्तै सनराइजर्स हैदरावाद भने पहिलो क्वालिफायरमा कोलकोता नाइट राइडर्ससँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न लागेको हो ।

त्यस्तै सनराइजर्स हैदरावादले अहिलेसम्म एक पटक २०१६ मा आइपिएलको उपाधि जितेको छ । २०१३ देखि आइपिएल खेलिरहेको सनराइजर्स २०१८ मा उपविजेता बनेको थियो भने यो सहित सात पटक प्लेअफमा पुगेको छ ।

अर्को तर्फ सनराइजर्सका लागि यस सिजनमा ट्राभिस हेडले शानदार शुरुवात दिइरहेका छन् । उनले यस सिजनमा अहिलेसम्म ५३३ रन बनाएका छन् । त्यस्तै अभिषेक शर्माले पनि यस सिजनमा शानदार ब्याटिंग गर्दै अहिलेसम्म ४७० रन बनाएका छन् । त्यसैगरी सनराइजर्सका लागि टि नटराजनले १८, कप्तान पाट कमिन्सले १६ विकेट लिएका छन् ।

त्यस्तै राजस्थानका लागि यस खेलमा ओपनर जोस बटलर खेल्ने छैनन् । उनी विश्वकपको तयारीका लागि इङल्याण्ड फर्किसकेका छन् । त्यस्तै राजस्थानका लागि रियान परागले यस सिजनमा शानदार ब्याटिंग गरेका छन् । उनले अहिलेसम्म ५६७ रन बनाएका छन् भने कप्तान सन्जु सामसनले ५२१ रन बनाएका छन् ।

राजस्थानका लागि युजवेन्द्र चहलले सर्बाधिक १८ विकेट लिएका छन् भने आभेश खानले १६ विकेट लिएका छन् । राजस्थानले भने आइपिएलको पहिलो सिजनमै उपाधि जितेपनि त्यसपछि भने उपाधि जित्न सकेको छैन । राजस्थान २०२२ मा  फाइनलमा पुगेर उपविजेता बनेको थियो ।

दुवै टिमका लागि यस सिजनको आइपिएलको फाइनलमा पुग्ने अन्तिम अवसर हो । यस खेलको विजेता फाइनलमा पुग्ने छ र उपाधिका लागि कोलकोता नाइट राइडर्स सँग खेल्ने छ । त्यस्तै यस खेलमा पराजित हुने टिमको भने आइपिएल यात्रा समाप्त हुने छ । न्युज कारखाना

काठमाडौं । सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज पनि बस्दै छ ।

बैठक आज सिंहदरवारस्थित कानून मन्त्रालयमा ९ बजे बस्ने बताइएको छ ।

यस अघि विहिबार बसेको कार्यदलको बैठक सकारात्मक भएको बताइए पनि निष्कर्षमा पुग्न भने सकेको थिएन ।

सत्ता पक्षले आज सहमति हुने दाबी गरेपनि कांग्रेसले भने आफुहरु आफ्नो मागमा अडिक रहेको प्रतिक्रिया दिएका छन् ।

कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका  प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।

कांग्रेसले कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर छानबिन गर्नुपर्ने अडान कायम राखेको छ भने एमाले र रास्वपा व्यक्ति केन्द्रित छानबिन हुन नसक्ने अडानमा रहेका छन् । न्युज कारखाना

काठमाडौँ । अमेरिकाले बंगलादेशलाई लगातार दुई खेलमा पराजित गरेको छ । गएराती समपन्न टी-२० सिरिजको दोस्रो खेलमा अमेरिकाले बंगलादेशलाइ ६ रनले पराजित गरेको हो ।

अमेरिकाले दिएको १४५ रनको लक्ष्य पछाएको बंगलादेश १९.३ ओभरमा १३८ रन बनाएर अल आउट भएको थियो ।

यस अघि अमेरिकाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १४४ रन बनाएको थियो । यस अघि पहिलो टी-२० मा अमेरिकाले बंगलादेशलाई ५ विकेटले पराजित गरेको थियो ।

लगातार दुई जितपछि अमेरिकाले बंगलादेशविरुद्धको सिरिज एक खेल अघि नै २-० ले जितेको छ । अब तेस्रो खेल शनिबार हुने छ ।न्युज कारखाना

काठमाडौँ । आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ । आज प्रतिनिधिसभाको व्बैथ्क बिहान ११ बजे बस्दै छ भने राष्ट्रिय सभाको बैठक अपराहन्न १: १५ बजेदेखि बस्दै छ ।

आजको प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा नीति तथा कार्यक्रममाथि छलफल र छलफलमा उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्रीले दिने प्रस्ताव रहेको छ ।

त्यस्तै आजै नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची समेत रहेको छ ।

संसदको बैठक आज बस्न लागेपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध भएन कायम रहेको छ । कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगि प्रकरणमा सामेल रहेको भन्दै संसदीय समितिको गठनको माग गर्दै संसद अवरोध गर्दै आएको छ ।

संसदीय समिति गठन गर्न सहमति भएपनि समितिको कार्यादेशको विषयमा भने अझै सहमति हुन सकेको छैन । कार्यादेश बनाउन कार्यदल बनाए पनि पटक पटक भएका बैठक निष्कर्षमा पुगेको छैन ।

कार्यदलको बैठक आज बिहान ९ बजे बस्ने बताइएको छ । कार्यदलमा संसदीय छानबिन समितिले गृहमन्त्री रवि लामिछानेको नाम तोकेर छानबिन गर्ने विषयमा विवाद छ । कांग्रेसले लामिछानेको नाम तोकेर छानबिन गर्नुपर्ने अडान लिएको छ भने एमाले र रास्वपा व्यक्तिको नाम तोकेर संसदीय छानबिन नहुने अडानमा रहेका छन् ।न्युज कारखाना

सिरहा,१० गते जेठ । सिरहामा प्रहरीले लागुऔषध  सहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट ठाडीतर्फ आउदै गरेको पैदल यात्री जिल्ला सिरहा, लहान नगरपालिका वडा नं.५ पुरानो बकरी बजार बस्ने अं वर्ष २२ मो. सलमानलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । भगवानपुर गाउँपालिका वडा नं. ४ ठाडी चौक स्थित प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको प्रहरी गस्ति टोलिले विशेष सूचनाको आधारमा भारतबाट ठाडीतर्फ आउदै गरेको पैदल यात्री मो. लाई लागुऔषध ल्याउँदै गर्दा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिए । उनलाई चेकजाँचका क्रममा डाइजोपाम २५ एम्पुल ,पेनारगन २३ एम्पुल ,ब्यूप्रिनाेपाईन २५ एम्पुल लागु औषध बरामद गरिएको प्रहरीले बताए । पक्राउ परेका लाई सम्मानित सिरहा जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद थप लिई इलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिए ।

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । देशको पहाडी भू-भागका थोर स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ साथै बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राती लुम्बिनी र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भु-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।न्युज कारखाना

आजमिति २०८१ साल जेठ ११ गते शुक्रबार तदअनुसार मे २४ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु कृष्ण पक्षको प्रतिपदा तिथी, जेष्ठा नक्षत्र, । शिव योग  ।  चन्द्र राशि वृश्चिक। यो  शुभ योग हो ।

 

अभिजित् मुहूर्त: बिहान ११:३४ देखि १२:२८ सम्म,

•  काठमाण्डौंमा सुर्योदय: बिहान ०५:१२

• सुर्यास्त: बेलुका ०६:५२ बजे

 

 

 

 

 

 

 

वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ ।

 

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

समय मध्यम छ । धन वचत गर्नुहोस् र आर्थिक स्थिति सुधार गर्नुहोस्। पठनपाठनमा ध्यान बिग्रनसक्छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । साथीसँग सम्बन्ध बलियो बनाउनुहोस् र आत्मीयता देखि संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्। घर झगडाबाट बच्नुहोला ।

 

शुभ रगं ः रातो

शुभ अंक ः १

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

समय राम्रो छ । चिताएको कामले तीव्रता लिनेछ । कला, साहित्यमा रुची बढ्ने छ । बैदेशिक कार्य अघि बढ्ने छ । घर, जग्गाको कारोबारमा सफलता मिल्ने समय छ । रोकिएको धन हात पर्ला । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।

शुभ रगं ः निलो

शुभ अंक ः ३

 

 

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । स्वास्थ्यमा समस्या,सहकर्मीबाट विरोध र महत्वपूर्ण कार्यमा व्यवधान आउनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।

शुभ रगं ः चाँदी

शुभ अंक ः ७

 

 

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

 

आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । छोटो दूरीको लाभदायक यात्रा तथा शैक्षिक क्षेत्रमा सफलता मिल्ने समय छ।जोश, जाँगर र हिम्मत बढ्ने छ ।समग्रमा दिन राम्रो छ ।

 

शुभ रगं ः सुन्तला

शुभ अंक ः ७

 

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

समय राम्रो छ । स्वास्थ्य सबल रहनेछ । वित्तीय योजना बनाउनुहोस्। माया, प्रेममा आत्मीयता र सहजताको साथमा संबंध अघि बढ्नेछ। परिवारसँग समय बिताउनुहोस् , काममा ध्यान दिनुहोस् र आराम गर्नुहोस्।

 

• शुभ रंग: रातो

• शुभ अंक – ८

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ । राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।

 

शुभ रगं ः रातो

शुभ अंक ः ७

 

 

 

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

समय ठिकै छ । ध्यान र आराम लिनुहोस्। योग र मेडिटेशन गर्नुहोस्।आर्थिक संगठन र वित्तीय योजना बनाउनुहोस्। प्रेम आत्मीयता र सहजताको साथमा संबंध विकसित गर्नुहोस्। जोश, जाँगर र उमंग बढ्नसक्छ. । आर्थिक कारोवारमा आशाजनक सफलता पाइएला । परिवारसँग समय बिताउनुहोस् , विवादबाट वच्नुहोस।

 

 

शुभ रंग: सेतो

• शुभ अंक – २

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।

शुभ रगं ः रातो

शुभ अंक ः ४

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।जोश, जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । कामको थालनी हुनेछ । समाज सेवामा मन लाग्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । अरुलाई प्रभावित पारेर काम बन्ने समय छ ।

 

शुभ रगं ः पहेलो

 

शुभ अंक ः ७

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मि त्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ । प्रेम तथा परिवारमा सामान्य विवाद भने हुन सक्छ, सतर्क हुनुहोला ।

शुभ रगं ः खैरो

शुभ अंक ः १

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।

शुभ रगं ः कालो

शुभ अंक ः ३

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ । साथीभाइसँग जमघट तथा व्यवसायमा नयाँ अनुभब मिल्न सक्छ।

शुभ रगं ः वैजनी

शुभ अंक ः ५

 

 

 

राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।

 

 

राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्। उनि वैदिक ज्योतिषका विज्ञ मानिन्छन् ।न्युज कारखाना

 

 

 

 

 

 

काठमाडौँ । सगरमाथा आरोहणका लागि गएका केन्याका नागरिक मृत अवस्थामा भेटिएका छन् ।

पर्यटन विभागका अनुसार विहिबार तेस्रो शिविरबाट सगरमाथातर्फ लागेका केन्याका नागरिक जोशुआ चेरुइयोट किरुई सगरमाथाको चुचुरो नजिक मृत अवस्थामा भेटिएका छन् । साथै उनी सँगै गएका नेपाली शेर्पा डवाङ शेर्पा सम्पर्क विहिन बनेका छन् ।

उनीहरुले सगरमाथा आरोहण गरे नगरेको यकिन नभएको बिभागले जनाएको छ । विहिबार अपराहन्न २ बजेसम्म सम्पर्कमा नआएपछि चार अनुभवी माउन्टेन गाइडलाई परिचालन गरिएको र केन्याली नागरिक किरुई मृत भेटिएका थिए । साथै सम्पर्कमा नरहेका शेर्पाको अहिले पनि खोजीकार्य जारी रहेको बिभागले जनाएको छ ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।