काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले बजेट ल्याउदा आफु दबाबमा रहेको बताएका छन् ।
बुधबार बजेट बारे पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री पुनले यस अघिका प्रक्षेपणहरु पुरा नहुदा आफु बजेट बनाउनेक्रममा दबाबमा रहेको बताएका हुन् ।
उनले बजेट बारे जानकारी दिदै युवाहरुलाई विदेश पठाउन रोक्न, देश भित्रका अवसर नखोजेर सजिलै विदेश जान खोज्ने प्रवृतिलाई रोक्न बजेटले प्रयास गरेको बताए । आफुहरु कुनै व्यक्ति वा नेताहरुको कमजोरीलाई भन्ने भन्दा पनि हाम्रो अर्थतन्त्रको समग्र स्वरूपलाई नै समीक्षा गरेर बजेट ल्याएको दाबि गरे ।
उनले हाम्रो छिमेकमा कस्तो अर्थतन्त्र निर्माण हुदै छ र हाम्रो देश सुहाउदो बजेट ल्याउने प्रयास गरेको बताए । उनले अब देशमा नयाँ चरणको आर्थिक सुधारको आवश्यकता भएको भन्दै आयोग नै गठन गरेर अगाडी जाने व्यवस्था गरेको बताए ।
अर्थमन्त्रीले अहिले २०-२५ प्रतिशत मात्र खर्च गरेको बताउदै अब निजी क्षेत्रलाई अगाडी बढाएर जाने नीति लिएको स्पष्ट गरे । ठुला पूर्वाधार जस्तै विमानस्थल तथा सिग्नेचर पुर्बाधारमा अब निजी क्षेत्रलाई पनि लगानी गर्न प्रेरित गर्ने व्यवस्था बजेटमा गरेको बताए ।
अर्थमन्त्री पुनले प्रदेशको विशेषता अनुसारको कार्यक्रम ल्याइएको बताए । बजेटमा कोशीलाई उद्योग, बागमतीमा सूचना प्रविधि, गण्डकीलाई पर्यटक, लुम्बिनीलाई साना तथा मझौला उद्योग, कर्णालीलाई जडिबुटी र सुदूरपश्चिममा धार्मिक पर्यटन केन्द्रको रुपमा विकास गर्ने योजना बजेटमा ल्याएको बताए ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्षका लागि कूल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट पेश गरेका छन् ।
अर्थमन्त्री पुनले संसदमा बजेट सार्बजनिक गर्दै कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्बजनिक गरेका हुन् । गत बर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो ।
अर्थमन्त्री पुनका अनुसार कूल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड १९.७४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।न्युज कारखाना
काठमाडौँ । उत्तर र मध्य भारतमा भीषण गर्मीको लहर चलिरहेको छ । मंगलबार चुरु, राजस्थान र हरियाणामा तापक्रम ५० डिग्री पुगेको थियो । दिल्लीका तीन मौसम केन्द्रहरूले तापमान ४९ डिग्रीसम्म रेकर्ड गरेका छन् ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले दिल्लीको मुंगेशपुर र नरेलामा ४९.९ डिग्री सेल्सियस र नजफगढमा ४९.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरेको जनाएको छ ।
राजधानी दिल्लीमा यो सिजनको सबैभन्दा उच्च तापक्रम हो । यद्यपि, मुंगेशपुर र नरेला मौसम स्टेशनहरू २०२२ मा स्थापना भएका थिए र विगत तीन वर्षको लागि मात्र रेकर्डहरू छन् । आईएमडीले मे ३० पछि गर्मीको लहरबाट राहत पाउन सक्ने बताएको छ ।
आईएमडीले बिहीबार उत्तर-पश्चिम भारतका केही भागहरूमा पश्चिमी विक्षोभको अपेक्षा गरेको छ, जसले सप्ताहन्तमा केही वर्षा हुन सक्छ । उत्तर-पश्चिम र मध्य भारतमा तातो लहरको अवस्था पश्चिमी विक्षोभको अनुपस्थितिलाई श्रेय दिएका छन् ।
भारतको मौसम बिभागका अनुसार, १० मौसम केन्द्रहरूले यस महिनाको सबैभन्दा बढी तापक्रम रेकर्ड गरेको छ – जसमा आगरामा ४८.६ डिग्री सेल्सियस, बिहारको देहरी ४७ डिग्री सेल्सियस, उत्तर प्रदेशको हमीरपुर ४८.२ डिग्री सेल्सियस, उत्तर प्रदेशको झाँसी ४९ डिग्री सेल्सियस सेल्सियस, हरियाणाको नारनौल ४८.५ डिग्री सेल्सियस, अयानगर-दिल्लीको ४७.६ डिग्री सेल्सियस, नयाँ दिल्ली-रिज ४७.५ डिग्री सेल्सियस, मध्य प्रदेशको रीवा ४८.२ डिग्री सेल्सियस, हरियाणाको रोहतक ४८.१ डिग्री सेल्सियस र उत्तर प्रदेशको वाराणसी ४७.२ डिग्री सेल्सियस रहेको छ ।न्युज कारखाना
काठमाडौँ । सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतको म्याद थप गर्न माग गरेको निवेदनमाथि सुनुवाइ गर्न अस्वीकार गरेको छ ।
कानुनी मामिलामा रिपोर्टिङ गर्ने वेबसाइट लाइभ लका अनुसार सर्वोच्च अदालतले गिरफ्तारीलाई चुनौती दिने निवेदनमाथिको निर्णय सुरक्षित रहेको जनाएको छ । यस विस्तार याचिकाको मुख्य याचिकासँग कुनै सम्बन्ध नरहेको जनाएको छ ।
केजरीवालले आफ्नो स्वास्थ्यको कारण देखाउदै आफ्नो अन्तरिम जमानत ७ दिन थप गर्न माग गरेका थिए ।
केजरीवाल दिल्लीको खारेज गरिएको रक्सी नीतिसँग सम्बन्धित मनी लान्ड्रिङ मुद्दामा अन्तरिम जमानतमा छुटेका थिए । उनको जमानत जुन १ मा सकिँदैछ ।
केजरीवालले लोकसभा चुनावको प्रचारका लागि अन्तरिम जमानत माग्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
गत मे १० मा सर्वोच्च अदालतबाट अन्तरिम जमानत पाएर उनी तिहारबाट बाहिरिएका थिए । उनलाई प्रवर्तन निर्देशनालयले मार्च २१ मा पक्राउ गरेको थियो ।न्युज कारखाना
काठमाडौँ । आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ६ सयले बढेर १ लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस अघि मंगलबार तोलाको १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस अघि जेठ ७ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढेको छ । महासंघका अनुसार बुधबार प्रतितोला १९३० रुपैयाँमा कारोबार भइरहेको छ ।न्युज कारखाना
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै दायर भएको रिट आज सुनुवाई नहुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको थियो ।
निवेदक अनुपम भट्टराईले सुनुवाइ स्थगन गर्न निवेदन दिएकाले आज सुनुवाइ नगरिएको हो।
अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्न समेत माग गरिएको छ ।
रिटमा महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको छ।
रिटमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारीले अनुसन्धान प्रक्रियामा प्रभाव र प्रतिकूल असर पार्ने तथा प्राकृतिक न्यायको सिद्धान्त विपरित समेत रहने भएकाले अनुसन्धान प्रक्रिया चलिरहेको अवस्थामा गृहमन्त्रीको पदबाट निजलाई निलम्बन गर्न अन्तरिम आदेश माग समेत गरिएको छ ।न्युज कारखाना
काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले दिएको छ।
विगत केही दिनयता तराईका जिल्लामा तातो हावा चलिरहेको थियो। यो क्रम अब जेठ १८ गतेसम्म जारी रहने महाशाखाले जनाएको छ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा विगत केही दिनदेखि अधिकतम् तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ।
यो क्रम मधेश, पूर्वी तराईलगायतमा जारी रहने महाशाखाले जनाएको छ। तराईमा अहिले अधिकतम् ३८ देखि ४० डिग्रीसम्म तापक्रम मापन गरिएको छ।
तराईका भू-भागमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
गर्मीका कारण थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्तालगायत हुनसक्ने देखिएको महाशाखाले जनाएको छ।
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन महाशाखाले अनुरोध गरेको छ।न्युज कारखाना
मधेश ब्यूरो,१५ गते जेठ । दाइजो प्रथा रोक्न स्थानिय सरकारले ऐन कानुन बनाउनुु पर्ने माग गरिएको छ । रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ९ डुमरिया टोलमा आयोजित एक कार्यक्रमका सहभागी महिला–पुुरुषहरुले एक स्वरमा यस्तो आवाज उठाएका हुन् । पछिल्लो समय मधेश प्रदेशमा दाइजोकै कारण हत्या,हिंसाको घटना बढदै गएको भन्दै स्थानियहरुले जोडदार रुपमा यस्तो माग गरेका हुन् ।
“छोरा छोरी बराबरी,बीस पारी बिहेवारी” भन्ने मूल नाराका साथ युवा क्लबको नेतृत्वमा वडास्तरीय सचेतना अभियानमा आज सहभागीहरुले दाइजो प्रथा दिनदिनै बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै स्थानिय सरकारले ऐन कानुन नबनाए सम्म यसलाइ नियन्त्रण गर्न नसकिने उनीहरुको ठहर थियो ।
दहेज मुक्त समाज निर्माणका लागि स्थानिय सरकारको अहम भूमिका रहेकोले यस प्रति जनप्रतिनीधीहरुले गम्भिरताका लिनुुपर्ने सुुझाव दिएका छन् । देशमा तीनै तहको सरकारबाट दाइजो प्रथा हटाउन प्रभावकारी कानुन आउनुपर्ने सहभागीहरुको जोड थियो । महिला हिंसाको प्रमुख कारण नै दाइजो प्रथा भएकोले यसलाइ जराबाटनै उखालेर फाल्नुुपर्ने धारणा राखेका थिए । यूएसआइडि र केयर नेपालको आर्थिक सहयोगमा र नेपाल यूवा संस्था संजालको सहजीकरण भएको कार्यक्रममा संस्थाका फोकल पर्सन आनन्दी प्रसाद यादवले सहजीकरण गर्नुु भएको थियो ।
सो संस्थाले कटहरिया नगरपालिकामा दाइजो प्रथा न्यूनिकरण गर्न र समाजिक परिवर्तन गरि किशोरकिशोरीको प्रजन्न स्वास्थ्य सुुधार गर्ने लक्ष्यका काम गरिरहेको जनसेवा यूवा क्लवका अध्यक्ष रामअधार यादवले जनाएका हुन् ।
सुर्खेत , १६ जेठ ः आज अर्थमन्त्री वर्षमान पुन ल्याइएको आब २०८१÷८२ को नयाँ बजेटमा कर्णालीमा अधिकांश पुरानै योजनामा बजेट बिनियोजन गरिएको पाइएको छ । केही योजनाले गती लिएका छन् भने केही योजनालाई गति दिने प्रयास आज प्रस्तुत बजेट भाषणले गरेको छ ।
लामो समय देखि चर्चामा रहदै आएको र आलु आबमा बजेट बिनियोजन नभएको नलगाड जलविद्युत आयोजनामा आव ०८१÷८२ मा निर्माण कार्य सुरु गर्ने भनिएको छ । आज सदनमा प्रस्तुत बजेट भाषणमा जनताको जलविद्युत कार्यक्रम अन्तरर्गत १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजना निर्माण कार्य सुरु गर्ने उल्लेख गरिएको छ । यसको कुल लागत २३ अर्ब रहेको छ ।
यद्यपी आयोजनाको रिण सम्झौता समेत भइसकेको छ । त्यस्तै भेरी तथा कर्णाली करिडोरमा ४०० केभी प्रशारण लाइनलाई निर्माण कार्यमा सुरु गर्ने बजेट भाषणमा समेटिएको छ । भेरी करिडोरको सुर्खेतको मेहलकुना देखि जाजरकोटको दानी पिपल सम्म १५० किलोमिटर लम्बाइ रहेको छ । दानी पिपलमा ४०० केभी प्रशारण लाइनको सव स्टेशनको काम गर्न जग्गा अधिग्रहणको काम भइसकेको छ । त्यस्तै निजी क्षेत्रको सहकार्यमा प्रदेशलाई विशिष्टकृत आर्थिक केन्द्रका रुपमा विकास गर्नका लागि कर्णालीमा जडीबुटी हर्ब बनाइने बनाइने बजेट भाषणमा उल्लेख गरिएको छ ।
प्रदेश तथा स्थानीय तहको सहकार्यमा सल्यान र रुकुमको शारदा नदी आसपासको क्षेत्रलाई कृषि करिडोर , जुम्लाको हिमा ,तिला नदि आसपासको क्षेत्रलाई मार्सी धान करिडोर निर्माण गरिने बताएको छ । भूकम्पबाट प्रभावित जाजरकोट , रुकुम पश्चिम लगाएतका जिल्लाहरुमा क्षतीग्रस्त निजी घरको सर्वेक्षण गरि पुर्ण निर्माण गरिने बजेट भाषण मार्फत जानकारी गराएको छ । त्यसका लागि रु २१ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरिएको छ । सोही रकमबाट सामुदायिक विद्यालय , स्वास्थ्य संस्था , सरकारी तथा सार्वजानिक भवन लगायतमा निर्माण गरिने उल्लेख गरिएको छ ।
कर्णालीमा पूर्वाधार निर्माणका लागि बजेट बिनियोजन गरिएको छ । कर्णालीमा कृषि र वन पैदावरमा आधारित संमृद्ध कर्णाली उद्यमशिलता कार्यक्रम सञ्चालन हुने हुने बजेट भाषण मार्फत अर्थमन्त्री पुनले जानकारी दिनुभएको छ । भेरी बबइ डाइभर्सन बहुउदेश्यीय आयोजनाको हेड वक्स र विद्युत गृह निर्माण गर्नका लागि २ अर्ब बिनियोजन गरिएको छ । कर्णाली प्रदेशका १० जिल्लामा सञ्चालन हुने गरि एकिकृत कर्णाली सिँचाई विकास आयोजनाका लागि ८२ करोड छुट्याएको छ ।
साविकको कर्णालीका कक्षा १ देखि ५ सम्म सञ्चालन हुने दिवा खाजा कार्यक्रम स्थानीय उत्पादन मिलाउने व्यवस्था गरिनुका साथै रकम बृद्धि हुने भएको छ । कर्णालीमा खानेपानी सरसफाई तथा स्वाच्छता सुधार कार्यक्रम लागू हुने घोषणा गरिएको छ । सुर्खेतमा हुने १० औ राष्टिय खेलकुद प्रतियोगिता आयोजनाका लागि ६० करोड रकम बिनियोजन गरिएको छ ।
कर्णाली करिडोरमा ५ वटा पुल र ५० किलोमिटर सडकको स्तरोन्नती गरिने हुने भएको छ । भेरी करिडोरको स्तरोउननती हुने उल्लेख छ । हुम्लाको लिमी र डोल्पाको धोमा नयाँ नमुना बस्ती विकास गरि आर्थिक तथा केन्द्रको विकास गरिने बजेट भाषण मार्फत बताएको छ । सुर्खेत र जुम्लाको विवमानस्थलको स्तरोन्नतती हुने बताएको छ । उद्यापी यो पुरानै योजना रहेको छ ।
लामो समय देखि चर्चामा रहदै आएको र आलु आबमा बजेट बिनियोजन नभएको नलगाड जलविद्युत आयोजनामा आव ०८१÷८२ मा निर्माण कार्य सुरु गर्ने भनिएको छ । आज सदनमा प्रस्तुत बजेट भाषणमा जनताको जलविद्युत कार्यक्रम अन्तरर्गत १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजना निर्माण कार्य सुरु गर्ने उल्लेख गरिएको छ । यसको कुल लागत २३ अर्ब रहेको छ ।
यद्यपी आयोजनाको रिण सम्झौता समेत भइसकेको छ । त्यस्तै भेरी तथा कर्णाली करिडोरमा ४०० केभी प्रशारण लाइनलाई निर्माण कार्यमा सुरु गर्ने बजेट भाषणमा समेटिएको छ । भेरी करिडोरको सुर्खेतको मेहलकुना देखि जाजरकोटको दानी पिपल सम्म १५० किलोमिटर लम्बाइ रहेको छ । दानी पिपलमा ४०० केभी प्रशारण लाइनको सव स्टेशनको काम गर्न जग्गा अधिग्रहणको काम भइसकेको छ । त्यस्तै निजी क्षेत्रको सहकार्यमा प्रदेशलाई विशिष्टकृत आर्थिक केन्द्रका रुपमा विकास गर्नका लागि कर्णालीमा जडीबुटी हर्ब बनाइने बनाइने बजेट भाषणमा उल्लेख गरिएको छ ।
प्रदेश तथा स्थानीय तहको सहकार्यमा सल्यान र रुकुमको शारदा नदी आसपासको क्षेत्रलाई कृषि करिडोर , जुम्लाको हिमा ,तिला नदि आसपासको क्षेत्रलाई मार्सी धान करिडोर निर्माण गरिने बताएको छ । भूकम्पबाट प्रभावित जाजरकोट , रुकुम पश्चिम लगाएतका जिल्लाहरुमा क्षतीग्रस्त निजी घरको सर्वेक्षण गरि पुर्ण निर्माण गरिने बजेट भाषण मार्फत जानकारी गराएको छ । त्यसका लागि रु २१ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरिएको छ । सोही रकमबाट सामुदायिक विद्यालय , स्वास्थ्य संस्था , सरकारी तथा सार्वजानिक भवन लगायतमा निर्माण गरिने उल्लेख गरिएको छ ।
कर्णालीमा पूर्वाधार निर्माणका लागि बजेट बिनियोजन गरिएको छ । कर्णालीमा कृषि र वन पैदावरमा आधारित संमृद्ध कर्णाली उद्यमशिलता कार्यक्रम सञ्चालन हुने हुने बजेट भाषण मार्फत अर्थमन्त्री पुनले जानकारी दिनुभएको छ । भेरी बबइ डाइभर्सन बहुउदेश्यीय आयोजनाको हेड वक्स र विद्युत गृह निर्माण गर्नका लागि २ अर्ब बिनियोजन गरिएको छ । कर्णाली प्रदेशका १० जिल्लामा सञ्चालन हुने गरि एकिकृत कर्णाली सिँचाई विकास आयोजनाका लागि ८२ करोड छुट्याएको छ ।
साविकको कर्णालीका कक्षा १ देखि ५ सम्म सञ्चालन हुने दिवा खाजा कार्यक्रम स्थानीय उत्पादन मिलाउने व्यवस्था गरिनुका साथै रकम बृद्धि हुने भएको छ । कर्णालीमा खानेपानी सरसफाई तथा स्वाच्छता सुधार कार्यक्रम लागू हुने घोषणा गरिएको छ । सुर्खेतमा हुने १० औ राष्टिय खेलकुद प्रतियोगिता आयोजनाका लागि ६० करोड रकम बिनियोजन गरिएको छ ।
कर्णाली करिडोरमा ५ वटा पुल र ५० किलोमिटर सडकको स्तरोन्नती गरिने हुने भएको छ । भेरी करिडोरको स्तरोउननती हुने उल्लेख छ । हुम्लाको लिमी र डोल्पाको धोमा नयाँ नमुना बस्ती विकास गरि आर्थिक तथा केन्द्रको विकास गरिने बजेट भाषण मार्फत बताएको छ । सुर्खेत र जुम्लाको विवमानस्थलको स्तरोन्नतती हुने बताएको छ । उद्यापी यो पुरानै योजना रहेको छ । न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गरेका छन् । उनले सरोकारवाला सबै क्षेत्रबीच सहकार्य र समन्वय गरेर हिमाल संरक्षणमा लाग्नुपर्ने आवश्यकता औँल्याए ।
७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारले आगाडि बढाएको ‘हिमाल जोगाऔँ, मानवता बचाऔँ’ भन्ने अभियानलाई सघाउन आग्रह गरेका हुन् ।
विश्वव्यापी जलवायु परिवर्तनका कारण तापक्रमको वृद्धिसँगै सगरमाथा लगायतका हिमालहरू यसको असरको चपेटामा पर्दै गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण तथा हिमालका फोहोरमैला व्यवस्थापन लगायतका चुनौती थपिएको बताए ।
“हिमाललाई प्रदूषणरहित बनाइराख्न सहकार्य र समन्वयवको आवश्यकता छ । यसका लागि नेपाल सरकारले ‘हिमाल जोगाऔँ, मानवता बचाऔँ’ भन्ने नाराका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरूमा संवाद गर्ने नीति लिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सरकारको यस नीतिगत प्राथमिकता र पहलमा सरोकारवाला लगायत सम्पूर्ण नेपालीहरूको बलियो साथ रहने मेरो विश्वास छ ।” उहाँले पछिल्लो समय विश्वव्यापी रूपमा देखापरेका वातावरणीय सङ्कट खासगरी जलवायु परिवर्तन, तापमान वृद्धिले ल्याएको चुनौती गम्भीर भएको उल्लेख गरे ।
“मुख्यतः तापमान वृद्धिसँगै हिमाल पग्लिने, हिमताल विष्फोटको खतरा बढ्दै जाने, वायु प्रदुषण बढ्दै जानेजस्ता कारणले हिमालको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूको जीवन, सभ्यता, विकास, जीवनशैली, स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको छ,” प्रधानमन्त्रीले भने, “नेपालले हिमाली क्षेत्रको संरक्षण एवं जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभावलाई न्यूनीकरण र अनुकुलन गर्न उच्च प्राथमिकतामा राख्दै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा जलवायु न्यायका लागि नेतृत्वदायी पैरबी गर्दै आइरहेको छ ।”
सगरमाथा दिवसले नेपालको पर्यटक आगमनमा वृद्धि गर्न, हिमालको संरक्षण गर्न, हिमाली क्षेत्रमा भइरहेको फोहोरको न्यूनीकरण एवं उचित व्यवस्थापन गर्न एवं हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेका प्रभावहरू न्यूनीकरण एवं अनुकूलनका लागि काम गर्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
“सगरमाथा नेपालको विशिष्ट पहिचान र सौन्दर्य हो, यो जैविक विविधताको विशिष्ट केन्द्र पनि हो, हिमाली जाति र समुदायको ऐतिहासिकता र मौलिक संस्कृति हो,” प्रधानमन्त्रीले भने, “हिमाली क्षेत्रले विश्वलाई वातावरणीय सेवा, जैविक विविधता, स्वच्छ पानी, स्वच्छ हावा, तापमान नियन्त्रण एवं सन्तुलन, पारिस्थितिक प्रणालीमा सन्तुलन, मानव जीवनचक्र लगायतका बहुआयमिक पक्षमा महत्त्वपूर्ण योगदान गर्दछ ।”
विश्व इतिहास र रङ्गमञ्चमा नेपाली पहिचान र विशेषताका बहुआयामिक रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सगरमाथा र लुम्बिनी जस्ता प्राकृतिक, ऐतिहासिक एवं सांस्कृतिक विश्व सम्पदा संसारभरिका मानिसका निम्ति गौरवको विषय बताए ।
सगरमाथाबाट आरम्भ भएको हिमाल आरोहणको यात्रा नेपाल लगायत विश्वका विभिन्न हिमशिखरहरूको आरोहण हुँदै विश्वव्यापी फैलिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालका आठ हजार मिटरभन्दा अग्ला हिमालहरूका साथै अन्य हिमालहरूको आरोहणमा आकर्षण बढिरहेको बताए ।
सरकारले हिमाल आरोहणलाई सुरक्षित र आरोहीहरूको आत्मसम्मानलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमहरू तर्जुमा गरिरहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षभित्र १६ लाख पर्यटक भित्राउने लक्ष्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको जानकारी दिँदै प्रधानमन्त्रीले नयाँ गन्तव्यको पहिचान तथा मौजुदा गन्तव्यको विकास र प्रवर्धन, पर्यटकलाई एकद्वार प्रणालीबाट सेवा प्रवाह, पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित प्रविधिमा आधारित बनाउने तथा टाकुरा पर्वतीय गन्तव्यको पहिचान, प्रवर्द्धन कार्यक्रम राखिएको उल्लेख गरे ।
“सगरमाथा आरोहणको दौरानमा सयौँ आरोहीहरूले जीवन गुमाउनुभएको छ,” प्रधानमन्त्रीले भने, “यस दिनमा उहाँहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै उहाँहरूका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।”न्युज कारखाना
काठमाडौँ । टाइटानिक जहाजको भग्नावशेष देखाउन गएको टाइटन पनडुब्बी समुन्द्रमा विस्फोट भएको ११ महिनापछि अब अर्का अमेरिकी अर्बपतिले पनि त्यस्तै गर्न लागेका छन् । अमेरिकी रियल इस्टेट अर्बपति ल्यारी कोनर यस यात्रामा ट्राइटन सबमरिनर्सका सह-संस्थापक प्याट्रिक लाहेसँग हुनेछन् ।
यसका लागि कोनरले ट्रिटन ४०००/२ एक्सप्लोरर नामको पनडुब्बी जहाज डिजाइन गरेको छ । यसको मूल्य २६५ करोड रुपैयाँ छ । यो समुन्द्रको ४ हजार मिटर गहिराइमा जान सक्छ, त्यसैले यसलाई ‘४०००’ नाम दिइएको हो । ट्राइटन पनडुब्बी कहिले आफ्नो यात्रामा जाने मिति अझै खुलाइएको छैन ।
अमेरिकी अखबार वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा ल्यारीले भने, ‘उनीहरूले संसारलाई महासागर कति शक्तिशाली छ र यो कति सुन्दर छ भनेर देखाउन चाहन्छन् । यदि तपाईंले सही कदम चाल्नुभयो भने, यात्राले जीवनमा तपाईंको दृष्टिकोण परिवर्तन गर्न सक्छ ।’
ट्राइटन पनडुब्बीका सह-संस्थापक प्याट्रिक प्याट्रिकले अन्तर्वार्तामा भने, ‘गत वर्ष जब टाइटन पनडुब्बी विस्फोट भयो, कन्नरले मलाई फोन गरे र हामीले नयाँ पनडुब्बी बनाउनु पर्ने बताए । यसले यात्रुहरूलाई सुरक्षित रूपमा टाइटानिकको भग्नावशेषमा लैजान सक्छ। जान सक्नुपर्छ कि टाइटन पनडुब्बी त्रुटिपूर्ण थियो, तर वास्तवमा यो यात्रा त्यति खतरनाक छैन ।’
यसअघि गत वर्ष १८ जुनमा टाइटन पनडुब्बी १२ हजार फिट अटलांटिक महासागरमा डुबेको थियो । त्यसको लगत्तै बेपत्ता भयो । ४ दिनको कडा परिश्रमपछि २२ जुनमा टाइटानिक जहाजबाट १६०० मिटर टाढा यसको भग्नावशेष फेला परेको थियो । जसमा ४ जना पर्यटक र एक पाइलट थिए ।
टाइटन पनडुब्बी गत जुन १८ मा एट्लान्टिक महासागरमा प्रक्षेपण गरिएको थियो । उनी १: ४५ घण्टापछि बेपत्ता भएकी थिइन् । पनडुब्बी विस्फोट भएको अनुमान गरिएको थियो। अमेरिकी नौसेना अधिकारीका अनुसार टाइटन पनडुब्बीको अन्तिम स्थान टाइटानिक जहाज नजिकै रेकर्ड गरिएको थियो। बेपत्ता भएको केही समयपछि रडारमा विष्फोटसँग सम्बन्धित केही संकेतहरू पनि भेटिएका थिए ।
पनडुब्बी ओशन गेट कम्पनीको टाइटन सबमर्सिबल थियो। यसको साइज एक ट्रक बराबर थियो । यो २२ फिट लामो र ९.२ फिट चौडा थियो । पनडुब्बी कार्बन फाइबरबाट बनेको थियो। टाइटानिकको भग्नावशेष हेर्न प्रति व्यक्ति २ करोड रुपैयाँ शुल्क लिइएको थियो । यो पनडुब्बी समुद्रमा अनुसन्धान र सर्वेक्षणका लागि पनि प्रयोग गरिएको थियो।
टाइटानिकको भग्नावशेष एट्लान्टिक महासागरमा ३८०० मिटरको गहिराइमा छ । टाइटानिक जहाजको भग्नावशेष एट्लान्टिक महासागरमा रहेको छ । यो सेन्ट जोन्स, न्यूफाउन्डल्याण्ड, क्यानडाबाट ७०० किलोमिटर टाढा छ । भग्नावशेष समुन्द्रमा ३८०० मिटरको गहिराईमा रहेको छ । पनडुब्बीको यो यात्रा क्यानडाको न्यूफाउन्डल्याण्डबाट पनि सुरु हुन्छ ।न्युज कारखाना