काठमाडौँ । भारतको लोकसभा निर्वाचनको मतगणना आज हुदै छ । आज बिहान ८ बजेदेखि मत गणना शुरु हुने भारतीय निर्वाचन आयोगले जनाएको छ ।
सात चरणमा सम्पन्न भएको २८ राज्य र ८ केन्द्र शासित प्रदेशका ५४२ सिटमा लगभग ६५.१४ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।
भारतमा लोकसभाको निर्वाचन १९ अप्रिल देखि १ जुनसम्म गरि सात चरणमा भएको थियो । यो सन् १९५२ पछिको सबैभन्दा लामो निर्वाचन हो, सन् १९५२ मा निर्वाचन प्रक्रिया ४ महिनासम्म चलेको थियो । जहाँ सन् १९८० मा मात्र ४ दिनमा निर्वाचन भएको थियो । २०१९ को निर्वाचन ३९ दिनमा सम्पन्न भएको थियो । यसपटक प्रधानमन्त्री नरेन्द्र मोदीसहित ४३ केन्द्रीय मन्त्री, १२ पूर्व मुख्यमन्त्री, ८ फिल्मस्टार र २ पूर्व क्रिकेटर चुनावी मैदानमा थिए ।
चुनाव सम्पन्न भएपछि सार्बजनिक भएका एक्जिट पोलले हाल सत्तामा रहेका नरेन्द्र मोदी तेस्रो कार्यकालको लागि अत्यधिक बहुमतसहित सत्तामै रहने आकलन गरेका छन् । ५४३ सदस्यीय भारतको लोकसभामा भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले ३५० देखि ४०० सम्म सिट जित्न सक्ने अनुमान गरिएको छ । त्यस्तै विपक्षी इण्डिया गठबन्धनले भने आफुहरुको कम्तिमा २९५ सिट आउने र मोदी सरकार बिदा हुने दाबि गर्दै आएका छन् ।न्युज कारखाना
काठमाडौं । जारी टी-२० विश्वकप अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल खेल्दै छ । समुह डी मा रहेको नेपालले आज नेदरल्याण्डसको सामना गर्दै छ । डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि शुरु हुने छ ।
आइसीसीको टी-२० वरियतामा नेपाल १७औं स्थानमा छ भने नेदरल्याण्डस १५औं स्थानमा रहेको छ ।
नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म १२ टी-२० खेल भएका छन् । जसमा नेदरल्याण्डसले ६ खेलमा जित हासिल गरेको छ भने नेपालले ५ खेलमा जित हासिल गरेको छ । त्यस्तै एक खेलको नतिजा आएको थिएन ।
नेपालको विश्वकप यात्रा
त्यस्तै नेपालले भने १० बर्षपछि टी-२० विश्वकपमा कम ब्याक गरेको छ । नेपालले यस अघि २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । सो विश्वकपको क्वालिफायरमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेर २ खेल जितेपनि बंगलादेशसँग पराजित हुदा रनरेटको आधारमा पछि पर्दै सुपर १० मा पुग्न असफल भएको थियो ।
नेपाली टिम
विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनौट गरेको छ । नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।
टी-२० विश्वकपमा नेपाल समुह डी मा रहेको छ । यस समुहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस रहेका छन् । विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।
न्युज कारखाना
काठमाडौँ । रियल म्याड्रिडले फ्रेन्च फुटबलर किलीयन एम्बाप्पेलाई भित्र्याएको औपचारिक घोषणा गरेको छ । रियल म्याड्रिडले एम्बाप्पेलाई फ्री-ट्रान्सफरमा भित्र्याएको हो ।
२५ बर्षिय एम्बाप्पेको पिएसजीमा जुन ३० मा सम्झौता सकिने भएपछि उनी फ्री- ट्रान्सफरका लागि उपलब्ध थिए । रियल म्याड्रिडले यस सिजनको च्याम्पियन्स लिग जितेसँगै एम्बाप्पेसँग सम्झौता गरेको विषय बाहिरिएको थियो ।
एम्बाप्पेले रियल म्याड्रिडमा पिएसजीमा भन्दा १० मिलियन युरो कम पारिश्रमिक पाउने सम्झौता गरेका छन् ।
पिएसजीमा उनले करिब २५ मिलियन युरो बार्षिक पारिश्रमिक थियो भने रियल म्याड्रिडले १५ मिलियन युरो दिने बताइएको छ । यसपछि पनि एम्बाप्पे रियल म्याड्रिडमा सबैभन्दा बढी पारिश्रमिक भएको खेलाडी बन्ने छन् ।
उनले रियल म्याड्रिडमा ९ नम्बरको जर्सी लगाउने बताइएको छ, यद्यपी यस बारे औपचारिक जानकारी दिइएको छैन ।
मिडिया रिपोर्टका अनुसार रियल म्याड्रिडले एम्बाप्पेलाई फ्रि-ट्रान्सफरमा साइन गरेपनि उनलाई करिब ११० मिलियन डलर साइनिङ रकम दिने बताइएको छ ।
रियल म्याड्रिडले एम्बाप्पेलाई पछिल्लो सात बर्षदेखी भित्र्याउने प्रयासमा रहेको थियो ।
२०१७ मा फ्रेन्च क्लब मोनाकोबाट लोंमा पिएसजी आएका एम्बाप्पे २०१८ देखि पिएसजीको खेलाडी बनेका थिए ।
अहिलेसम्म पिएसजीका लागि उनले ३०८ खेलमा २५६ गोल गरेका छन् । पिएसजीमा रहदा उनले ६ सिजन फ्रेन्च लिग जितेका छन् भने चार सिजन फ्रेन्च कोपा डे जितेका छन् । त्यस्तै २०१९-२० सिजनमा पीएसजी च्याम्पियन्स लिगको उपविजेता बनेको थियो ।न्युज कारखाना
रौतहट,२१ गते जेठ । रौतहट प्रहरी द्धारा भन्सार छलीको सामान बरामद गरिएको छ । हजारौं मूल्यको भन्सार छलीको सामान बरामद भएको छ । सोमबार बिहान प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा सो सामान बरामद गरेको हो । जिल्लाको गौर नगरपालिका वडा नम्बर ०१ स्थितमा भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी किराना र लत्ताकपडा लगायतका सर सामान मोटरसाइकिलमा लोड गरी नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखि लोड रहेको सामान सोहि स्थानमा फाली मोटरसाइकिल लिई मानिस भागी फरार भएका थिए । सो स्थानमा प्रहरी टोली गई वेवारिसे अवस्थामा रहेको अन्दाजी मुल्य सतचालिस हजार पाँच सय रुपैयाँ बराबरको किराना सामान र लत्ताकपडा स्थानिय मानिसहरुको रोहवरमा बरामद गरी आवश्यक कारवाहीको लागी गौर भंसार कार्यालय रौतहटमा दाखिला गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
रौतहट,२१ गे जेठ । रौतहट जिल्लाको माधव नारायण नगरपालिका वड़ा नम्बर ८ पिपरारजवाड़ामा घर बनाई दिने भन्दै रकम असुल गर्ने समूहका ६ जनालाइ रौतहट प्रहरी पक्राउ गरेका छन ! मधेश प्रदेश सरकारको शहरी विकास मंत्रालयले गरीव विपन्न बर्गको आवास निर्माण गर्न कार्यादेश दिएको भन्दै गरीव पिपन्न बर्ग संग रकम असुली गर्ने गिरोहका ६ जनालाइ प्रहरीले पक्राउ गरेको हो ! घर बनाई दिने भनी रकम ठगी गर्ने आरोपमा प्रहरीले स्थानीय माधव नारायण नगरपालिका वड़ा नम्बर ७ लौकहा निवासी रामचन्द्र माझीको छोरा ५२ वर्षीय रामनाथ माझी , रामचन्द्र माझीको ३२ वर्षीय छोरा प्रकाश माझी , गरुडा नगरपालिका वड़ा नम्बर ६ पोठियाही निवासी सूबेदार महराको छोरा ४० बर्षीय राकेश महरा , गरुडा नगरपालिका वड़ा नम्बर ९ निवासी रामबाबू ठाकुरको छोरा २५ वर्षीय सिकिंद्र ठाकुर लोहार , गरुड़ नगरपालिका वड़ा नम्बर ५ निवासी जिमदार महराको छोरा ७१ वर्षीय मुगलाल महरा र गरुडा नगरपालिका वड़ा नम्बर ९ निवासी श्रीराम लक्षण सहनीको पत्नी ४५ वर्षीय रामकली देवी लाइ पक्राउ गरेको प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिएका छन ! पक्राउ परेका समूहले घर बनाई दिने भनी प्रलोभन दिखाई १० हजार देखि ४० हजारका दरले सयौ व्यक्ति संग लाखौ रकम असुल गरी ठगी गरेको प्रहरीको दावी रहेको छ ! रकम ठगी गर्ने आरोपमा पक्राउ परेका ६ जनालाइ हिरासतमा राखेर अनुसन्धनको कार्य अगाडी बढ़ाइएको प्रहरीले जनाएको छ !
रौतहट,२१ गते जेठ । जिल्ला प्रहरी कार्यालय रौतहटले अबैध घरेलू मदिरा नष्ट गरेको छ । प्रहरीले करिब तयारी मदिरा १५ लिटर र कच्चा पदार्थ २०० लिटर नष्ट गरेको छ ।
जिल्लाको गौर नगरपालिका वडा नम्बर ५ मा गस्ति गर्दे जाने क्रममा स्थानिय शुशिल श्रेष्ठले अवैध रुपमा संचालन गरेको मदिरा भट्टीबाट उक्त परिमाणमा मदिरा बरामद गरेको थियो । बरामद भएको मदिरालाई जिल्ला प्रहरी कार्यालयको कम्पाउण्ड भित्रै खाल्डो खनेर खन्याएर नष्ट गरिएको छ । संचारकर्मी तथा भद्रभलाद्मीको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक एलिजा गिरीले जानकारी गराएकी हुन् ।
आज बिहान गस्तीमा निस्केको प्रहरी टोलीले अबैध धरेलू मदिरा सँगै मदिरा बनाउन प्रयोग गरिने ग्यास १ वटा, ग्यास चुलो १ वटा र भाडाबर्तन ३१ वटा समेत नियन्त्रणमा लिई नष्ट गरेको हो ।

काठमाडौँ । जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज तीन खेल हुदै छन् ।
आज पहिलो खेल समुह सी अन्तर्गत अफगानिस्तान र युगान्डाबीच हुदै छ । गुयानास्थित प्रोभीडेन्स स्टेडियममा नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुने छ ।
त्यस्तै आज दोस्रो खेल समुह बी अन्तर्गतको इङल्याण्ड र स्कटल्याण्डबीच हुदै छ । बार्बाडोसस्थित केन्सिंगटन ओभलमा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ ।
त्यस्तै आज तेस्रो खेल समुह डी अन्तर्गत नेपाल र नेदरल्याण्डसबीच हुने छ । डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि शुरु हुने छ ।न्युज कारखाना
काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाले श्री लंकालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दक्षिण अफ्रिकाले श्री लंकालाई ६ विकेटले पराजित गरेको हो ।
श्रीलंकाले दिएको केवल ७८ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको श्री लंकाले १९.१ ओभरमा अल आउट हुदै ७७ रन मात्र बनाएको थियो । श्रीलंकाका लागि कुसल मेन्डिसले सर्बाधिक १९ रन बनाए भने एन्जोलो म्याथ्युजले १६ र कामिन्दु मेन्डिसले ११ रन बनाएका थिए ।
श्रीलंकाले टी-२० विश्वकपमा बनाएको यो अहिलेसम्मको सबैभन्दा कम रन हो ।
त्यसैगरी दक्षिण अफ्रिकाका बलर एनरीच नोकियाले सर्बाधिक ४ विकेट लिएका थिए । उनले ४ ओभरमा केवल ७ रन दिएर ४ विकेट लिएका थिए ।
समुह डी मा रहेको दक्षिण अफ्रिकाले यो जितपछि महत्वपूर्ण २ अंक हासिल गरेको छ ।
अब दक्षिण अफ्रिकाले अर्को खेल जुन ८ मा नेदरल्याण्डसविरुद्ध खेल्ने छ भने सोहि दिन श्रीलंकाले बंगलादेशको सामना गर्ने छ ।न्युज कारखाना
आजमिति २०८१ साल जेठ २२ गते मंगलवार तदअनुसार जुन ४ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु कृष्ण पक्षको त्रयोदशी तिथी, भरणी नक्षत्र, । सोभन योग । चन्द्र राशि मेष । यो शुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:३५ देखि १२:३०सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:०९
• सुर्यास्त: बेलुका ०६:५६ बजे
वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । अचल सम्पतिको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।
शुभ रगं ः सेतो
शुभ अंक ः ४
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । साँझबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला ।
शुभ रगं ः कालो
शुभ अंक ः ७
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा अनावश्यक विवादबाट बच्नुहोला ।
शुभ रगं ः रातो
शुभ अंक ः १
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज समय शुभ छ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । साथिभाईसॅग भेटघाट तथा यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।
शुभ रगं ः पहेलो
शुभ अंक ः ६
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।
शुभ रगं ः रातो
शुभ अंक ः ५
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।
शुभ रगं ः पहेलो
शुभ अंक ः ४
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।
शुभ रगं ः चाँदी
शुभ अंक ः ९
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।
शुभ रगं ः सुन्तला
शुभ अंक ः ८
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।
शुभ रगं ः हरियो
शुभ अंक ः ७
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।
शुभ रगं ः खैरो
शुभ अंक ः ६
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।
शुभ रगं ः निलो
शुभ अंक ः ७
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ ।
शुभ रगं ः पहेलो
शुभ अंक ः ५
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्। उनि वैदिक ज्योतिषका विज्ञ मानिन्छन् ।न्युज कारखाना