काठमाडौँ । फोहोरले भरिएको बेलुन उडाएको भन्दै दक्षिण कोरियाले उत्तर कोरियासँगको शान्ति सम्झौता स्थगित गरेको घोषणा गरेको छ ।
यद्यपी उत्तर कोरियाले आफ्नो बेलुन उडान गतिविधि बन्द गर्ने बताएको छ । दक्षिण कोरियामा पछिल्लो समय पर्चा वितरण गर्ने जनताको अभियानबाट आक्रोशित उत्तर कोरियाले केही दिनयता फोहोरले भरिएको बेलुन छिमेकी मुलुकतर्फ उडाएको थियो ।
दक्षिण उत्तर कोरियाको यो कदमको जवाफमा कोरियाले कडा कारबाही गर्ने जनाएको छ । तर, उत्तर कोरियाले यसअघि नै सीमापार बेलुन उडान रोक्ने घोषणा गरिसकेको छ । सोमबार, दक्षिण कोरियाको राष्ट्रपतिको राष्ट्रिय सुरक्षा परिषदले काउन्सिलले २०१८ अन्तर-कोरियाली सम्झौता निलम्बन गर्ने निर्णय गरेको बताएको छ। यस सम्झौताको उद्देश्य दुई कोरियाबीच आपसी विश्वास पुनर्स्थापना नभएसम्म सीमा युद्धलाई कम गर्ने थियो ।
सम्झौता निलम्बनसम्बन्धी प्रस्तावलाई मङ्गलबार अनुमोदनका लागि मन्त्रिपरिषद्मा पेश गरिने सुरक्षा परिषदले जनाएको छ । उत्तर कोरियाले गत मंगलबारदेखि दक्षिण कोरियाका विभिन्न भागमा एक हजारभन्दा बढी बेलुन उडाएको छ, जसमा मल, चुरोटको बट, कपडाका टुक्रा र फोहोर कागजले भरिएको थियो ।न्जुज कारखाना
काठमाडौँ । भारतको लोकसभाको निर्वाचनको अन्तिम परिणाम आएको छ ।
मंगलबार राति सम्पन्न मत गणनामा भारतीय जनता पार्टी सबैभन्दा ठुलो दल बनेको छ । भाजपाले २४० सिट जितेको छ । यस अघिको निर्वाचनमा ३०३ सिट जितेको भाजपाले यस पटक २४० सिट जितेर एक्लै बहुमत ल्याउन असफल भएको छ ।
भाजपा आफु एक्लै बहुमतबाट चुकेपनि उसको नेतृत्वको एनडीए गठबन्धनले भने बहुमत ल्याएको छ । एनडीएले कुल २९३ सिटमा जित हासिल गरेको छ । जसमा प्रमुख रुपमा भाजपा पछि तेलगु देशम पार्टीले १६ सिट जितेको छ भने जनता दल युनाइटेडले १२ सिट जितेको छ । अब एनडीए घटक दलमा तेलंगानाका नेता चन्द्रबाबु नायडु र विहारका नितिश कुमार निर्णायक बनेका छन् ।
त्यस्तै यस निर्वाचनमा भारतीय नेशनल कांग्रेसले ९९ सिटमा जित हासिल गरेर दोस्रो ठुलो दल बनेको छ । यसअघि २०१९ को निर्वाचनमा कांग्रेसले ५२ सिट जितेको थियो ।
त्यस्तै समाजवादी पार्टीले उत्तर प्रदेशमा ३७ सिट जितेर तेस्रो ठुलो दल बनेको छ । अघिल्लो निर्वाचनमा केवल ५ सिट जितेको थियो । त्यस्तै पश्चिम बङ्गालको ममता बेनर्जी नेतृत्वको त्रिणमूल कांग्रेसले २९ सिट जितेर संसदमा चौथो ठुल दल बनेको छ । त्यस्तै डिएमके पार्टीले २२ सिट जितेको छ । त्यस्तै आम आदमी पार्टीले दिल्लीमा जित हासिल गर्न नसके पनि पञ्जावमा ३ सिटमा जित हासिल गरेर लोकसभामा उपस्थिति जनाएको छ ।
यसरी विपक्षी गठबन्धनले २३० सिटमा जित हासिल गरेको छ । न्जुज कारखाना
काठमाडौँ । आज विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसअन्तर्गत यस वर्ष जमिनको सुरक्षा र संरक्षणलाई जोड दिइएको छ ।
‘जमिनको पुनस्र्थापना, मरुभूमीकरण र खडेरी थेग्न सक्ने क्षमताको विकास’ भन्ने नारासहित बुधबार यो दिवस विश्वभर मनाइँदै छ । जनजीविका र स्वस्थ्य प्राकृतिक वातावरणका लागि स्वस्थ जमिनको आवश्यकता पर्ने, बढ्दै गरेको मरुभूमीकरणलाई रोक्न थप प्रयास गर्नुपर्ने तथा खानेपानीको अभावलाई सम्बोधन गर्नुपर्ने विषयलाई यस वर्ष बढी महत्त्व दिइएको छ ।
संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७२ देखि विश्वभर मनाउँदै आइएको यो दिवसको मुख्य उद्देश्य वातावरण जोगाउने कार्य गर्नु र सचेतना बढाउनु रहेको छ। नेपालमा पनि विभिन्न कार्यक्रममार्फत यो दिवस मनाइँदै छ ।न्जुज कारखाना
काठमाडौँ । आइसीसी टी-२० विश्वकप अन्तर्गत आज एक खेल हुदै छ । आज समुह ए अन्तर्गत भारत र आयरल्याण्डबीच खेल हुदै छ ।
न्यूयोर्कस्थित नस्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८: १५ बजेदेखि शुरु हुने छ ।
यस विश्वकपमा दुवैको यो पहिलो खेल हो । टी-२० खेलमा आयरल्याण्डले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको छैन । अहिलेसम्म दुवैबीच ७ खेल भएको छ, जसमा सबै खेल भारतले जितेको छ ।
समुह ए मा रहेको अमेरिकाले आफ्नो पहिलो खेल जितेको छ भने क्यानडा पराजित भएको छ ।न्जुज कारखाना
काठमाडौँ । म्यानचेस्टर सिटीबाट खेलिरहेका बेल्जियममा प्ले मेकर केभिन डी ब्रुने साउदी लिगमा जाने संकेत गरेका छन् । ब्रुनेको सिटीमा अर्को सिजनसम्म सम्झौता रहेको छ ।
उनले साउदी लिगमा जान आफु खुला रहेको बताउदै यसको कारण पैसा भएको बताएका छन् । ३२ बर्षिय ब्रुनेले बेल्जियमको पत्रिकासँगको अन्तर्वार्तामा आफु साउदी जान खुला रहेको बताएका हुन् ।
उनले सिटीमा प्रति साता ३ लाख ८३ हजार डलर पारिश्रमिक पाउछन् ।
ब्रुनेले आफु दुई सिजन खेलेमा युरोपमा १५ बर्ष खेले बराबरको पैसा पाउने उल्लेख गर्दै सिटी पछि साउदी जान सक्ने बताए । तर उनले अहिले नै साउदी जाने भन्ने बारेमा भने स्पष्ट गरेका छैनन् ।
साउदी लिगले ब्रुनेलाई भित्र्याउने बारे छलफल शुरु गरेको रिपोर्टमा बताइएको छ । क्रिस्टियानो रोनाल्डो साउदी लिग गएपछि अहिले नेइमारसहित दर्जनौं खेलाडी युरोप छोडेर साउदी गएका छन् । जस मध्ये करिम बेन्जमासहितका खेलाडी साउदीमा सेटल हुन सकेनन् भने अन्य खेलाडी साउदी लिगमा जमिरहेको देखिन्छ ।न्जुज कारखाना
काठमाडौँ । जब मतदाताहरू अमेरिकी राष्ट्रपतिको चुनावको लागि मतदान गर्न जान्छन्, उनीहरूले मतदान केन्द्रमा उम्मेद्वारको रूपमा कम चिनिने व्यक्तित्व पनि देख्न सक्छन्, त्यो चेज ओलिभर हो ।
चेज ओलिभर यस वर्ष लिबर्टेरियन पार्टीको राष्ट्रपति पदका उम्मेदवार हुन् । राष्ट्रिय स्तरमा झन्डै एक प्रतिशत मत जित्ने यो सानो राजनीतिक दल हो । साथै, यो पार्टी नागरिक स्वतन्त्रताको प्रवर्द्धनका लागि परिचित छ ।
अमेरिकामा राष्ट्रपति पदको उम्मेदवार बन्नको लागि न्यूनतम उमेर ३५ वर्ष, चेज ओलिभरको उमेर ३८ वर्ष छ । उनी यस वर्षको चुनावमा अहिलेसम्मकै कान्छो उम्मेदवार हुन् । उनी खुलेर आफूलाई समलिङ्गी भनेर बोलाउने एकमात्र उम्मेदवार पनि हुन् । उनको यो कदमले समलिङ्गी नेताहरुका लागि उदाहरण बस्ने विश्वास छ ।
जर्जियाका पूर्व कङ्ग्रेसका उम्मेदवार चेजले यस चुनावमा आफूलाई तेस्रो पक्ष भेट्टाए, जहाँ इतिहास आफैं दोहोरिन सक्छ ।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले रिपब्लिकन पार्टीको उम्मेदवारी जितेका छन् र राष्ट्रपति जो बाइडेन डेमोक्रेटको रूपमा दोस्रो कार्यकालको लागि दौडिरहेका छन् । यस्तो अवस्थामा ट्रम्प र बाइडेनबीच फेरि प्रतिस्पर्धा हुने सम्भावना छ ।
शनिबार, ट्रम्पले वाशिंगटन डीसीमा लिबर्टेरियन पार्टीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनीहरूको समर्थन मागे । यो अवधिमा उनले धेरै हटीङको सामना गर्नुपरेको थियो ।
सात चरणको मतदान पछि भोलिपल्ट पार्टीको राष्ट्रपतिको उम्मेदवारी जित्ने चेज ओलिभरको लागि यो कुनै आश्चर्यको कुरा थिएन । ओलिभरले ट्रम्प आफ्ना मतदातालाई लोभ्याउन आएको बताउदै मतदाताले उनलाई जसरी स्वागत गर्नुपर्ने थियो त्यसरी नै गरेको बताए ।
डोनाल्ड ट्रम्प यस सम्मेलनलाई सम्बोधन गर्ने एक मात्र बाहिरी व्यक्ति थिएनन् । राष्ट्रपति पदका उम्मेदवार रोबर्ट एफ केनेडीले पनि सम्मेलनलाई सम्बोधन गरे र न्यानो स्वागत गरियो । तर, मतदानको समय आएपछि उनले २ प्रतिशत मात्रै प्रतिनिधिको समर्थन पाए र पहिलो चरणबाटै बाहिरिए ।
अमेरिकी चुनावी सर्वेक्षणहरूमा केनेडीले दशकहरूमा कुनै पनि तेस्रो पक्ष वा स्वतन्त्र उम्मेदवारको तुलनामा धेरै राम्रो प्रदर्शन गरिरहेका छन् ।
केनेडीले आफ्नो उच्चतम स्तरमा लगभग १५ प्रतिशत मत पाएका छन् । २०१६ को चुनावी परिणामहरूमा, लिबर्टेरियन पार्टीका उम्मेद्वार ग्यारी जोनसनले ३ प्रतिशत मत प्राप्त गरेका थिए, जुन केनेडीको तथ्याङ्क भन्दा धेरै कम हो ।
ओलिभर पूर्व अमेरिकी राष्ट्रपति जोन एफ केनेडीका भतिजा रोबर्ट एफ केनेडीले किन राम्रो गर्ने बताउछन । तर उनले बाहिरी व्यक्ति खोज्ने मतदाताले आफ्नो पार्टीलाई नै रोज्ने दाबि गरे ।
अमेरिकामा अहिले लिबर्टेरियन उम्मेद्वारले अघिल्लो वर्षको तुलनामा यस वर्षको चुनाव चक्रमा बढी प्रभाव पार्न सक्ने विश्लेषण गरेका छन् ।
लिबर्टेरियन पार्टीका वाचा के छन्?
३२ वर्षीया अलाना लेगुइया लिबर्टेरियन कन्भेन्सनमा सहभागी भइन् र उनी नोभेम्बरमा ओलिभरलाई मतदान गर्ने बारे सोचिरहेको बताइन । मानिसहरू ट्रम्प र बाइडेनबाट थकित भएको बताउदै विकल्प खेज्नुपर्ने बताइन ।
लिबर्टेरियन पार्टीले गरेका वाचाहरूमा व्यक्तिगत स्वतन्त्रतामा जोड, खर्च घटाउने र सरकारको दायरा सीमित गर्ने समावेश छ। व्यावहारिक सर्तहरूमा, यसमा लागूऔषध र वेश्यावृत्तिलाई अपराधरहित बनाउने, हतियार बोक्ने अधिकार विस्तार गर्ने, अमेरिकी सैन्य खर्च कटौती गर्ने र खुला आप्रवासनलाई अनुमति दिने समावेश छ ।
पार्टीका केही अडानहरूमा सीमित जनसमर्थन छ र यी अडानहरू हाल मूलधारको राजनीतिक बहसको विपरीत छन् ।
ओलिभरले आफ्नो पार्टीको अपिललाई युवा मतदातासम्म पुर्याउने आफ्नो आगामी अभियानको उद्देश्य रहेको बताए । पछिल्लो समय राजनीतिक अवस्थाप्रति युवाहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
४० वर्षीया एरिन वुड वर्षौंदेखि स्वतन्त्रतावादी हुन् र केनेडी वा ट्रम्पले आफ्नो पार्टीलाई विजयी गराउन सक्षम हुनेछन् कि भनेर निश्चित छैन। उनी भन्छिन्, ‘हाम्रो पार्टी जिद्दी छ । उनी आफ्नो पार्टीको उम्मेदवारलाई भोट दिने सोचमा छिन् । “मसँग अहिले प्लान बी छैन,” उनी भन्छिन् ।न्जुज कारखाना
रौतहट, जेठ २२ गते रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका–९ धरहरीको समशान घाटमा ट्रस्ट भवनको निर्माणकार्य शुरु भएको छ । वडा अध्यक्ष वीर बहादुर साहले आफ्नो वडा स्तरीय योजनाको कुल ५ लाखको लागत सो भवन बनाउन लागिएको हो । बैशाख महिना देखि मनसुन शुरु भई वर्षात हुने भएकाले दाह संस्कारमा गएका मलामीहरु र जलावन दुवैको लागि पनि उपयुक्त नभएपछि त्यसलाई मध्य नजर गर्दै वडा अध्यक्ष साहले उक्त भवन निर्माण गर्न लागिएको जानकारी दिनु भयो । हिन्दु शास्त्रमा मानिसको मृत्यु पश्चात् दाह संस्कारको लागि अन्तमा श्मशान घाटमै लैजानुपर्ने परम्परा रहेको छ। मलामीमा जाने मानिसहरुको सुरक्षालाई ध्यानमा राख्दै उक्त भवनको निर्माण गरिएको बुझिएको छ। सम्भवतः जिल्लामै पहिलोपटक श्मशान घाटमा भवन निर्माणकार्यको थालनी भएको बुझिएको छ। साथै वडा अध्यक्ष साहले उक्त स्थानमा जानको लागि २० फिट चौडा बाटो समेत निर्माण गरिए बताए ।बाटो बिनाको श्मशान घाटमा वर्षातको समयमा जलावन लोड गरिएको सवारी साधन लैजान स्थानियहरुलाई अनेकौं समस्या हुदै आएको थिए तर अध्यक्ष साहले सार्वजनिक जग्गा भएकै ठाउँबाट नयाँ सडक निर्माण गर्नु भयो । वडा स्तरीय योजनाबाट कुल १० लाखको लागतमा नयाँ सडक निर्माण गरिए अध्यक्ष साहले बताए । नखाको किनारमा ढुङ्गाले तत्बन्ध निर्माण गरि नयाँ सडक निर्माण गरिएको छ । त्यस्तै अध्यक्ष साहले श्री जय किसान नमुना माबि धरहरीमा बिधार्थाीहरुको साईकल पार्किङको लागि ५ लाखको लागतमा साईकल स्टैण्ड निर्माण गरिएको बताए । अध्यक्ष साहले वडामा निर्वाचित भए देखि जनमुखी बिकाश निर्माणका कार्यहरू गरिदै आएका छन । साहले निर्वाचित भएको दुई वर्षमै कृषिमा सिचाइको लागि ठाउँ–ठाउँमा बोरिङ जडान र मानिसको लागि हैण्ड पाईप जडान निःशुल्क बिधुत्त मिटर वितरण ,नाला निर्माण स्वास्थ्य चौकी र वडा कार्यालय भवनको मर्मत सम्भार जस्ता कार्य गरेर चर्चामा रहेको स्थानीय उपेन्द्र साहले बताए ।
रौतहट,२२ गते जेठ । रौतहट जिल्लाको कटहरीया नगरपालिकाको वडाहरुमा क्षयरोग खोजपडताल कार्यक्रम भएको छ । सो क्रममा आज कटहरिया नगरपालिका वडा नम्बर १ भसेढवामा स्कृय क्षयरोग खोजपडताल कार्यक्रम सम्पन्न भएको हो । लुप्त अवस्थामा रहेका क्षयरोगीहरूको पहिचान गर्न उक्त खोजपडताल कार्यक्रमको आयोजन गरिएको स्वास्थ्य शाखा प्रमुुख शंकर यादवले जानकारी गराए । कटहरिया नगरपालिका आगमी वर्ष क्षयरोगमुक्त पालिका घोषणा गर्नका लागि अहिले देखिनै क्षयरोगीहरु यकिन तथ्यांक संकल्न गर्न यो कार्यक्रम गरिएको यादवले बताए । ग्रामीण भेगका स्थानियहरुलाइ लक्षित गरेर उक्त कार्यक्रम गरिएको उनको भनाइ छ । क्षयरोग अन्त्य गर्ने लक्ष्य हासिल गर्न समुदायमा रहेका सम्भावित क्षयरोगका बिरामीहरूको द्रुत पहिचान, रोकथाम, निदान र उपचारको लागि क्षयरोगमुक्त पालिका बनाउन कार्यक्रम सञ्चालन गरिएको छ । क्षयरोग नियन्त्रणका लागि जनचेतना र परीक्षण आवश्यक रहेको सहभागीहरुको जोड थियो । उक्त कार्यक्रममा स्वास्थ्यकर्मीहरुले नियमित औषधि सेवन गरे क्षयरोग निको हुन्छ, अन्यथा यो घातक रोग हो भन्ने बुझाई सबैमा हुनुपर्नेमा जोड दिइएको थियो । कार्यक्रममा वडा अध्यक्ष भूपेन्द्र महतो कोइरी,स्वास्थ्य शाखा प्रमुख शंकर यादव,स्वास्थ्य शाखा उपप्रमुख दिनेश यादव,स्वास्थ्य चौकी प्रमुख भाग्यनारायण प्रसाद लगायत,सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । यस्तै सोमबार कटहरिया नगरपालिका वडा नम्बर ३ बिर्ति प्रष्टोकामा क्षयरोग खोजपडताल कार्यक्रम गरिएको थियो । जसमा वडा अध्यक्ष श्यामाकान्त यादव लगायतका व्यक्तीहरुको सहभागिता रहेको थियो । क्षयरोग खोजपडताल कार्यक्रम कटहरिया नगरपालिकाको दुुइ ग्रामीण भेग वडा नम्बर १ र ३ गरिएको स्वास्थ्य शाखा कटहरियाले जनाएको छ ।
रौतहट,२२ गते जेठ । रौतहटको कटहरिया नगरपालिका १ भसेढवाका किसान मोहन कुशवाहा निके खुसी भएका छन् । वडा कार्यालयबाट निशुल्क क्यान पाएपछि कुशवाहा खुसी भएका हुन् । कटहरिया नगरपालिका १ को वडा कार्यालयले ७२ किसानलाई निशुल्क क्यान प्रदान गरेको छ । वडाध्यक्ष भूपेन्द्र महतो कोइरीले एक समारोहको आयोजन गरी ७२ किसानलाई निशुल्क क्यान प्रदान गरेका हुन् ।
वडाध्यक्ष कोइरीले दूध उत्पादक किसानलाई सम्मान गर्दै वडास्तरीय योजना तथा बजेटबाट केही सहुलियत प्रदान गरेको बताएका छन् । वडाको ९९ हजार रुपैया बजेटबाट दूध उत्पादन गर्ने ७२ किसानलाई क्यान दिएर सम्मानित गर्न पाउँदा आफूलाई पनि हर्ष लागेको वडाध्यक्ष कोइरीको भनाइ छ । वडामा एउटा मात्र दूध संकलन केन्द्र तथा डेरी उद्योग रहेको छ । मुख्य गरी किसान मात्र रहेको वडामा जनप्रिय दूध संकलन तथा डेरी उद्योग संचालनमा रहेको छ । क्यानले दूध संकलन गर्न तथा सुरक्षित साथ दूध संकलन केन्द्रसम्म लैजान सजिलो हुने किसानहरुले बताएका छन् ।
स्थानीय उमेश साहले क्यान प्राप्त गरेपछि खुसी व्यक्त गर्दै पहिलेको जस्तो दूध खेर जाने तथा दूध संकलन केन्द्रसम्म लैजाँदा वर्षाको समयमा पानी मिसिने डर नभएको बताउँछन् । साहले दूध सुरक्षित हुने तथा किसानको आयमा वृद्धि गर्न सहयोग गर्ने प्रतिक्रिया दिएका छन् । यसै गरी अर्का दूध उत्पादक किसान अशोक रामले वडाध्यक्ष कोइरीलाई धन्यवाद दिँदै गरिब तथा दलित किसानलाई सहयोग गरेको भन्दै खुसी व्यक्त गरेका छन् । रामले भने – अब दूध संकलनमा सहुलियत भएको छ । गरिब तथा दलितको घरमा दूधको लागि उपयुक्त भाँडोको अभाव हुने भएकोले वडा कार्यालयले दिएको क्यान निकै उपयोगी हुने रामको भनाइ छ । वडाध्यक्ष कोइरीले दूधको उत्पादनमा वृद्धि तथा सुरक्षित उपभोगका साथै किसानको आयमा वृद्धि हुने विश्वास आफूले लिएको बताएका छन् । आगामी दिनमा पनि किसानलाई सहुलियत प्रदान गर्ने योजना ल्याउन किसानसित सल्लाह गर्ने वडाध्यक्ष कोइरीको भनाइ छ । कटहरिया नगरपालिका कृषकहरुकै बाहुल्य भएको पालिका भए पनि अन्य वडा तथा नगरपालिका कार्यालय किसान लक्षित खासै कुनै योजना ल्याउन सकेको छैन । वडाध्यक्ष कोइरीले किसानलाई सोझै लाभ हुने योजना सफल पारेपछि किसानहरुले प्रशंसा गरिरहेका छन् ।
रौतहट, २२ जेठ । आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले चुरे क्षेत्रको अबैध दोहनले गर्दा तराई मधेशमा खानेपानीको हाहाकार मचेकोे छ । अनाधिकृत रुपमा चुरे क्षेत्रमा दोहन गराएर प्रकृति सम्पदा संग खेलवाड गराईरहेका सरकारमा सहभागी भएका दलका नेताहरुले क्षणिक स्वार्थमा लिप्त भएका कारण तराई मधेशका जिल्लाहरुमा खानेपानीको चरम संकट उत्पन्न भएको बताए । मंगलबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै उनले चुरे क्षेत्रको वन फडानी भएको, जंगली जनावर समेत नरहने अवस्था आएको र पर्यावरणमा समस्या उत्पन्न भएको बताए । स्थानीय जनप्रतिनिधि, सांसदहरु नै चुरे दोहनमा संलग्न रहेको र यस्तो प्रवृतिको संरक्षण प्रमुख राजनीतिक दलका प्रमुख नेताहरूबाट भइराखेको उनले आरोप लगाए । कुनै न कुनै ढंगले प्रमुख पार्टीका प्रमुख नेताहरू यसमा संलग्न छन् । किनभने टिकट दिने, उम्मेदवार बनाउने काम नेताहरूले छानीछानी गरेका छन् । म सोध्न चाहन्छु– त्यसबाट तपाईंहरूलाई कति हिस्सा आउँछ ?’ साहले प्रश्न गरे । चुरे क्षेत्रमा भईरहेको अबैध दोहनबाट उत्पन्न भएका असहज परिस्थितिलाई नियन्त्रण गर्ने हेतु संसदीय छानविन समिति गठन गर्नुपर्ने नितान्त आवश्यक रहेको अध्यक्ष साहले माग गरे । तराइ टप