मधेस ब्यूराे,३१ गते जेठ । अत्याधिक गर्मी बढेसँगै राैतहटकाे स्थानिय तहले विधालय बन्द गर्न थालेका छन् । गर्मीका कारण राैतहटको माैलापुर नगरपालिकाले पनि गर्मी विदा दिएको छ । पालिकाभित्र रहेका सम्पूर्ण सरकारी विद्यालयमा दुई दिनका लागि गर्मी विदा दिइएको माैलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद साहले जानकारी दिए । उनका अनुसार यही जेठ ३१ गतेदेखि जेठ ३२ गते गतेसम्मका लागि विदा दिइएको छ । अत्यधिक गर्मिको कारण विद्यार्थीहरुको स्वास्थ्यमा परिरहेको नकारात्मक असरलाई मध्य नजर गर्दै मौलापुर नगर क्षेत्र भित्रका सामुदायिक विद्यालयहरुमा विदा दिईएकाे साहले एक सूचना जारी गरि जनाए । यसअघि राैतहटकाे गाैर नगरपालिकाले गर्मी बढेपछि मंगलबारदेखि विद्यालय बन्द गरिसकेकाे छ ।
रौतहट,३० गते जेठ । अत्यधिक गर्मी र सुख्खाले छटपटिँदै गर्दा किसानहरु ब्याडमा धानको बिउ छर्न ब्यस्त देखिएका छन् । धानको बेर्ना छर्न निकै ढिलो भइसकेको छ । समयमा पानी परेको भए खेतमा ब्याडमा धानको बेर्ना उम्रिसकेको हुन्थ्यो तर खडेरीले गर्दा धानको बेर्ना उमार्ने खेत पुरै सुख्खा छ ।
रौतहटको फतुवा विजयपुर नगरपालिका ३ मेवाका राम ईश्वर पंडित ब्याडमा बिउ छर्दै भन्छन् – न छरुँ ढिलो भइसक्यो, छरुँ खेतमा अलिकति पनि चिस्यान छैन । छिटो फल्ने गदर जातको धानको बेर्ना प्रायः उम्रिसकेको छ । छिटो फल्ने धान प्रायः असारमै रोपिन्छ । साउन महिनामा रोपिने धानको लागि पनि बिउ छर्न निकै ढिलो भइसकेको छ । मौसम अनुकूल नहुँदा धेरै किसानलाई छटपटी भइरहेको छ । अधिकांश किसानले छटपटिँदै सुख्खा खेतमै धानको बिउ छर्न थालेका छन् । कतिपय किसानले ब्याडमा कतैबाट पानी पटाएर बिउ छरिरहेका छन् । कतिपयले चाहिँ बिउ छरेर नउम्रिँदा ब्याडमा पानी पटाइरहेका छन् । सुख्खाले गर्दा धानको बेर्ना उमार्न किसानलाई निकै समस्या भएको किसानहरु बताउँछन् । बारा जिल्लाको कतिपय खेतमा विद्युत पुगिसकेको छ ।
खेतमा विद्युत पुगिसकेको सबै किसानले ढिलो फल्ने जातको धानको बिउ छरिसकेका छन् । कतिपय किसानको ब्याडमा धानको बेर्ना लहलहाइरहेको छ तर नहरको सिंचाइँ सुविधा पुगेको वा कुनै पनि सिंचाइ सुविधा नपुगेको ठाउँका किसानलाई भने निकै सकस भएको छ । बारा, रौतहट, सर्लाही, महोत्तरीसम्मका किसानले अहिले बेर्ना छरिसक्ने समय थियो । समयमा पानी परेको भए बेर्नामा एकपटक मलखाद छर्ने बेला भइसकेको हुन्थ्यो तर अहिलेसम्म किसान दिनेश पंडित भन्छन् – किसानले धानखेती गर्नको लागि बिउ छर्ने समय चाहिँ अत्यन्त प्रतिकुल भएको छ । अहिले धानको बिउ छरिरहेको छु तर निकै ढिलो भइसकेको छ । असारको पन्ध्र गते रोपाईँ दिवससम्म धानको बेर्ना कस्तो होला रु अर्का किसान अजेन्द्र पंडित आफैँलाई प्रश्न गर्छन् ।
अहिले बल्ल धानको बिउ ब्याडमा धमाधम छरिरहेका किसानहरुलाई मौसमप्रति खासै भरोसा नभएको बताउँछन् । एक हप्ता पहिले एक पटक राम्ररी वर्षा भइदिएको भए किसानहरुको मन धानको बेर्ना देखेर हरियो हुन्थ्यो तर अहिले पनि मन अमिलो छ । सुख्खाले गर्दा किसानको मन पनि सुख्खा भएको पंडित बताउँछन् । समाचारहरुमा यस वर्ष औसतभन्दा बढी पानी पर्ने बताइरहेको सुनेर किसानहरु कतै एकैपटक ठुलो बाढी आउने पो हो कि भन्ने चिन्ताले ग्रस्त पनि देखिन्छन् । अहिले पानी नपरेर सुख्खा मौसम रहेको तर एकैचौटि धेरै पानी परेर फेरि बालीलाई नोक्सान पु¥याउने हो कि भन्ने चिन्ता किसानलाई रहेको पंडित बताउँछन् । सुख्खाको समस्या झेल्दै तथा डिएपि मलको अभावमा पनि किसानहरुले अहिले अन्तिम समयमा धमाधम बिउ छरिरहेका छन् ।
रौतहट,३० गते जेठ ।
रौतहटको मौलापुर नगरपालिकाले नगरका सबै नागरिकको विद्युत महसुल बुझाएको छ । नगर प्रमुख रिनाकुमारी साहले नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण शाखा प्रमुख दिनेश यादवलाई चेक हस्तान्तर गरेर नगरका सबै नागरिकको विद्युत महसुल बुझाएकी हुन् ।
नगर प्रमुख साहले विद्युत शाखा प्रमुख यादवलाई ४५ लाख २६ हजार रुपैयाको चेक हस्तान्तरण गरेकी हुन् । नगर प्रमुख साहले सोमवार चेक हस्तान्तरण गर्दै नागरिकले उपभोग गरेको विद्युत महसुल नगरपालिकाले बुझाएको बताएकी छिन् ।
मौलापुर नगरपालिकाभित्र बसोबास सबै नागरिकको घरायसी तथा कृषि विद्युत मिटरको महसुल तिर्दै आएको छ । चुनावको समयमा नगर प्रमुख उम्मेदवार साहले सबै नागरिकको घरायसी तथा कृषि मिटरको विद्युत महसुल तिरिदिने घोषणा गरेअनुसार तिर्दै आएको बताएकी छिन् ।
मौलापुर नगरपालिकाले गत पाँच वर्षदेखि नगरका बासिन्दालाई निशुल्क विद्युत दिँदै आएको छ । चालु आर्थिक वर्षमा मात्रै नगरपालिकाले ३ करोड़ ४३ लाख ५० हजार रुपैया विद्युत प्राधिकरणलाई बुझाइसकेको छ ।
कुनै पनि कर जनताबाट नलिइरहेको नगरपालिकाले धेरै सुविधा दिइरहेको छ । मौलापुर नगरपालिकाले खानेपानीको सुविधा पनि निशुल्क उपलब्ध गराएको छ । आफ्नै स्रोतमा प्राविधिक शिक्षा तथा एफएम रेडियो पनि संचालन गरिरहेको मौलापुर नगरपालिकाले शिक्षाको क्षेत्रमा करोडौँ खर्च गर्ने गरेको छ । सम्पूर्ण बजेटको करिब चालिस प्रतिशत शिक्षामा खर्च गर्दै आएको मौलापुर नगरपालिकाले करिब तिन दर्जन शिक्षक आफैँले नियुक्त गरेको छ ।
कृषि, शिक्षा, स्वास्थ्य तथा आवासको क्षेत्रमा मौलापुर नगरपालिकाले उदाहरणीय काम गरेको छ । सकेसम्म स्थानीय सरकार भएको अनुभूति नगरपालिकाले दिन खोजेको बताउँदै नगर प्रमुख साहले जनतालाई सेवा र सुविधा दुवै दिनु नगरपालिकाको कर्तव्य भएको बताउँछिन् ।
रौतहटमा सबैभन्दा बढी सुविधा दिने तथा सबैभन्दा बढी विकास गर्ने नगरपालिकाको रुपमा मौलापुर चिनिएको छ । महिलाको नेतृत्वमा दुई कार्यकालमा मौलापुर नगरपालिकाले अकल्पनीय प्रगति गरेको छ ।
संघ तथा प्रदेश सरकारले घोषणा गरेको बजेट समयमा नै उपलब्ध गराउने हो भने अझै पनि धेरै सकारात्मक काम गर्न सकिने अवस्था रहेको नगर प्रमुख साहको भनाइ छ ।
राैतहट,३० गते जेठ । रौतहटको गढीमाई नगरपालिका २ का चर्चित युवा किसान कामेश्वर सहनीले उखुखेतमा गज्जबले तरकारी फलाएका छन् ।
उखुखेतीमा अन्य बाली लगाउने चलन नभएको अवस्थामा सहनीले पहिलोपटक चार बिगाहा उखुखेतीमा विभिन्न किसिमका हरियो तरकारी उत्पादन गरेका छन् । सहनीले आठ बिगाहा खेतमा उखुबाली लगाएका छन् ।
उखुबालीमा अन्य बाली लगाउने खासै चलन नरहेको अवस्थामा चर्चित अगुवा किसान सहनीले विभिन्न किसिमका हरियो तरकारी उत्पादन गर्ने दुस्साहस गरेका छन् । सहनीले प्रयोगकै रुपमा उखुबालीमा सँगसँगै विभिन्न किसिमका हरिया तरकारी उत्पादनको लागि परीक्षण गर्न चाहेका थिए । सहनी भन्छन् – उखुखेतीसँगै तरकारी बाली लगाउने अनुसन्धानमा म पूर्ण रुपमा सफल भएको छु ।
सहनीले चार बिगाहा उखुबालीमै प्याज, खुर्सानी, घिरौला, लौका, भन्टाजस्ता हरियो तरकारी उत्पादन गरेका छन् । उखुको उत्पादन पनि कम नहुने तथा तरकारी बाली पनि राम्रो उत्पादन गर्न सकिएकोले आफूलाई उखुखेतीको तरकारी बालीबाला राम्रो आम्दानी भएको सहनी बताउँछन् । रिस्क लिएर उखुबालीलाई कस्तो असर गर्ला भनेर विभिन्न किसिमका तरकारी खेती गरेको त उत्पादन राम्रो भएको छ ।
उखुबालीमा पनि मौसम र झार सुहाउँदो अन्य तरकारी खेती गरेर उत्पादन लिन सकिने देखिएको सहनीको भनाइ छ । उखुखेतीलाई पनि मिश्रित खेती गरेर बहुबालीको उत्पादन लिन सकिने सहनी बताउँछन् ।
उखु लगाएको तिन चार महिनासम्म उखुको झार सानै हुने हुनाले उखु हुकाउँदै घिरौला, लौका, प्याज, खुर्सानी, भन्टा जस्ता हरियो तरकारी बाली लगाउँदा उखुबालीलाई कुनै नोक्सानी गर्दैन र उत्पादन पनि लिन सकिन्छ ।
कुनै खाली खेतमा लगाएको हरियो तरकारी बालीको जस्तै र त्यत्तिकै परिमाणमा उखु खेतीमा समेत हरियो तरकारी उत्पादन गर्न सकिने देखिएको सहनीको बुझाइ रहेको छ । सहनीले परीक्षणको रुपमा पहिलोपटक उखु बालीसँगै विभिन्न जातका हरियो तरकारी खेती गरेका छन् ।
सहनीले थोरै उखुमा प्याज रोपेकामा प्याजको उत्पादन निकै राम्रो भएको छ । अहिलेको मूल्यमा करिब साठी हजार मूल्य बराबरको प्याज उत्पादन भएको सहनीको भनाइ छ । यसै गरी केही उखुमा खुर्सानी खेती लगाएका थिए । खुर्सानीको उत्पादन राम्रो हुँदा करिब सत्तरी हजार रुपैयाको बेचेको सहनी बताउँछन् ।
यसै गरी घिरौला र लौकाले त अपेक्षा गरेको भन्दा राम्रो उत्पादन दिएको छ । सहनीले एक लाख रुपैयाभन्दा बढीको घिरौला र करिब साढे तिन लाख रुपैयाभन्दा बढीको लौका बेचिसकेका छन् । यसै गरी हजारौँको भन्टा पनि बेचेको सहनी बताउँछन् । लौका र भन्टाले अहिले पनि दिनहु आम्दानी दिइरहेको सहनी बताउँछन् । अब उखुको बोट विस्तारै ठुलो भइरहेकोले करिब लौकाको करिब आधा लहरा काटिसकेको छु ।
उखुको बोटलाई हुर्कन तथा नयाँ बिरुवा पलाउनको लागि लौका विस्तारै हटाउँदै लगेको छु । अझै पनि कम्तीमा पचास हजार रुपैयाको लौका र कम्तीमा दश हजार रुपैया बराबरको भन्टा निस्किने सहनीको अनुमान रहेको छ ।
उखुबालीमा कुनै पनि तरकारी खेती गर्दा अतिरिक्त सिंचाइ गर्नुनपर्ने तथा उखुकै लागि गरिएको सिंचाइ र गोडमेलले तरकारी बालीलाई पनि करिब पुग्ने हुन्छ । उखुबालीलाई दिएको मलजलले पुग्ने हुँदा उखुसँगै गरिने मिश्रित तरकारी बालीले उखुलाई पनि फाइदा पु¥याएको सहनीको अनुभव छ ।
जमिनमा तरकारी बालीको लहर वा झारले छोप्दा जमिनको चिस्यान मर्दैन र दिइएको मलजलले राम्ररी काम गर्न पाउँछन् । उखुबालीमा गरिने तरकारी खेतीले किसानलाई अतिरिक्त आम्दानी दिने देखिएको सहनी विश्वासपूर्वक बताउँछन् ।
उखुसँगै गरिएको हरियो तरकारी खेतीले आफू निके उत्साहित भएको सहनी बताउँछन् । सहनीले अरुलाई पनि उखुबालीसँगै तरकारी खेती गर्न सल्लाह दिँदै भन्छन् – धेरै उत्पादन हुँदा खेतसम्मै बेपारीहरु पुग्दछन् ।
उत्पादन राम्रो हुँदा बेपारीहरुले नगदै दिएर तरकारी लाने गरेका छन् । हरियो तरकारी बेच्न कुनै समस्या नभएको बताउँदै सहनी सगर्व भन्छन् – एक वर्षका कृषिबाट म कम्तीमा तिस लाख रुपैया आम्दानी गर्ने गरेको छु ।
काठमाडौं । राप्रपा नेपाल केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । काठमाडौँमा बस्ने केन्द्रीय समितिको बैठकमा बुधबार केन्द्रीय कार्य सम्पादन समितिले पार्टी गरेको राजनीतिक कार्यपत्र र प्रतिबेदनहरु पेश हुने बताइएको छ ।
बैठकमा अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्र, महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धि प्रतिबेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको आर्थिक प्रतिबेदन, सुशासन बिभाग प्रमुख राजन चौलागाईंद्वारा प्रस्तुत भ्रष्टाचार निबारण नागरिक आयोग सम्बन्धि राप्रपा नेपालको अबधारणा पत्र , बिजय महासेठद्वारा प्रस्तुत तराई मधेस उत्थानको निम्ति राप्रपा नेपालको कार्ययोजना र उपाध्यक्ष डाक्टर बिष्णु भण्डारीले कृषि बिकास र भुमी ब्यबस्थापन सम्बन्धि राप्रपा नेपालको बैकल्पिक मोडल सम्बन्धि प्रस्तावमा पेश हुने छ । पार्टीको केन्द्रीय समितिको बैठक आज र भोली हुने छ ।न्युज कारखाना
काठमाडौँ । युरोकपको १७औं संस्करण जुन १४ देखि शुरु हुदै छ । मिनी फुटबल विश्वकप भनिने युरोकप यस पटक जर्मनीले आयोजना गर्दै छ । युरोपका २४ देशले भाग लिने यो प्रतियोगिता जर्मनीका बिभिन्न १० स्टेडियम मा खेलाईदै छ ।
युरोकपको डिफेन्डिङ च्याम्पियन इटाली हो । इटालीले २०२० मा सम्पन्न फाइनल खेलमा ईङल्याण्डलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै दोस्रो पटक उपाधि जितेको थियो । यस रिपोर्टमा हामी अहिलेसम्म युरोकपको उपाधि जितेका देश बारे चर्चा गर्दै छौं ।
अहिलेसम्म १६ पटक समपन्न यो प्रतियोगिताको सबै भन्दा धेरै पटक उपाधि जर्मनी र स्पेनले जितेका छन् ।
जर्मनी र स्पेनले ३-३ पटक युरोकप जितेका छन् । जर्मनीले १९७२, १९८० र १९९६ मा युरोकप जितेको थियो भने स्पेनले १९६४, २००८ र १०१२ मा युरोकप जितेको थियो ।
त्यस्तै इटाली र फ्रान्सले २-२ पटक युरोकपको उपाधि जितेका छन् । इटालीलले १९६८ र २०२० मा युरोकप जितेको थियो भने फ्रान्सले १९८४ र २००० मा युरोकप जितेको थियो ।
त्यस्तै १९७६ को युरो कपको उपाधि चेकोस्लोभाकियाले जितेको थियो पछि बिभाजन भएर चेक रिपब्लिक र स्लोभाकिया बनेपछि अहिले दुवै देशलाई १९७६ को युरोको विजेता मानिन्छ ।
त्यस बाहेक रसियाले १९६० मा, पोर्चुगलले २०१६ मा, नेदरल्याण्डसले १९८८ मा, डेनमार्कले १९९२ मा र ग्रीसले २००४ मा युरोकपको उपाधि जितेका थिए ।
ईङल्याण्ड २०२० मा उपविजेता बने पनि अहिलेसम्म युरोकप जित्न सकेको छैन भने बेल्जियम १९८० मा उपविजेता बनेको थियो । न्युज कारखाना
काठमाडौँ । भारत जारी टी-२० विश्वकपको सुपर आठमा पुगेको छ ।
गएराती सम्पन्न खेलमा भारतले अमेरिकालाई ७ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेपछि सुपर आठमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
अमेरिकाले दिएको १११ रनको लक्ष्य पछाएको भारतले १८.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । भारतको जितमा सुर्य कुमार यादवले ५० रन बनाए भने शिभम दुवेले ३१ रन बनाएका थिए ।
यस अघि अमेरिकाले पहिला ब्याटिंग गर्दै २० ओभर ८ विकेट गुमाउदै ११० रन बनाएको थियो । अमेरिकाका लागि नितिश कुमारले २७ रन बनाएका थिए भने स्टिभन टेलरले २४ रन बनाएका थिए ।
यो जितपछि समुह ए बाट भारत ३ खेलमा ६ अंकसहित शिर्ष स्थानमा रहेको छ र सुपर आठमा पुगेको छ । त्यस्तै अमेरिकाको भने ३ खेलमा ४ अंक रहेको छ ।
अब भारतले जुन १५ मा क्यानडाविरुद्ध खेल्ने छ भने अमेरिकाले जुन १४ मा आयरल्याण्डविरुद्ध खेल्ने छ ।न्युज कारखाना
काठमाडौँ । जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज दुई खेल हुदै छन् ।
आज समुह सी अन्तर्गत वेस्ट इन्डिज र न्यूजील्याण्ड खेल्दै छन् । ट्रीनीडाडको ब्रायन लारा स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार विहान ६; १५ बजेदेखि शरू हुने छ ।
वेस्ट इन्डिजले जारी विश्वकपका आफ्ना शुरुका दुवै खेलमा जित हासिल गरेर ४ अंक बटुलेको छ । वेस्ट इन्डिजले युगाण्डा र पिएनजीलाई पराजित गरेको थियो । त्यस्तै न्यूजील्याण्डले भने आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग हार बेहोरेर खराब शुरुवात गरेको छ ।
वेस्ट इन्डिज र न्यूजील्याण्डबीच अहिलेसम्म कुल १९ टी-२० खेल भएका छन्, जसमा न्यूजील्याण्डले ११ खेल जितेको छ भने वेस्ट इन्डिजले ६ खेल जितेको छ । त्यस्तै २ खेल बिना नतिजा सकिएका छन् ।
त्यस्तै आज अर्को खेल समुह डी अन्तर्गत बंगलादेश र नेदरल्याण्डसबीच हुदै छ । सेन्ट भिसेन्टस्थित अर्नोस भेल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ ।
दुवै देशका लागि सुपर ८ मा पुग्न यो खेल जित्नै पर्ने दबाब रहेको छ । यस अघि दुवैले खेलेका २-२ खेलमा एक जित र एक हार बेहोरेका छन् । बंगलादेशले श्रीलंकालाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकासँग हार बेहोरेको थियो । त्यस्तै नेदरल्याण्डसले नेपाललाई पराजित गरेको थियो भने दक्षिण अफ्रीकासँग पराजित भएको थियो ।
यस समुहबाट दक्षिण अफ्रिकाले ३ खेलमा तिनै खेल जितेर सुपर ८ मा पुगिसकेको छ भने श्रीलंकाले ३ खेलमा २ हार र एक नेपालसँगको खेल बर्षाले रद्ध भएपछि एक अंक हासिल गरेको छ । श्रीलंकाको यस विश्वकपमा सुपर ८ को सम्भावना लगभग सकिएको छ ।न्युज कारखाना
काठमाडौँ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
हाल सुदुरपश्चिम प्रदेश,कर्णाली प्रदेश कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।
कोशी प्रदेशका लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै राती कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।
कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।न्युज कारखाना
काठमाडौँ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
हाल सुदुरपश्चिम प्रदेश,कर्णाली प्रदेश कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।
कोशी प्रदेशका लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै राती कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।
कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।न्युज कारखाना