काठमाडौं,०१ गते असार ।
आम जनता पार्टी (आजपा)ले भोली (२ असार) देखी काठमाडौंमा छुटाछुटै माग सहितका दुईटा संघर्षका कार्यक्रम एकैसाथ सुरु गर्दैछ । आजपा निकटको आईटी आर्मीले वैदेशिक रोजगारी क्षेत्रका पीडितहरुलाई न्याय दिलाउन भोली (आईतवार)देखी काठमाडौंको ताहाचल स्थित वैदेशिक रोजगार विभाग घेराउ गर्दैछ ।
उता आजपाले कबाड व्यवसायीहरुको शान्ति, सुरक्षा, समृद्धि र सम्मानका लागि भोली देखी नै काठमाडौंको माईतिघर मण्डलामा धर्ना एवं प्रदर्शन कार्यक्रम गर्दैछ । यसैबीच आजपाको केन्द्रीय कार्यालय कोटेश्वरमा शनिबार बसेको काठमाडौं उपत्यका विशेष कमिटीको बैठकले दुवै आन्दोलनलाई सफल बनाउँने निर्णय गरेको छ । आईटी आर्मीका केन्द्रिय सदस्य रामशरण यादवले बताए ।उपत्यका विशेष कमिटीका अध्यक्ष देवी पण्डितको अध्यक्षतामा बसेको बैठकमा आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको विशेष सहभागिता रहेको थियो । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले दलाल दलतन्त्रको अन्त्य नभएसम्म भ्रष्टाचार, कुशासन एवं अनियमितताको अन्त्य नहुने भएकाले आन्दोलनका कार्यक्रम गर्नुपरेको बताए । छुटाछुटै माग सहित हुने दुवै आन्दोलनलाई सफल बनाउँन सबै एकजुट भएर लाग्नुपर्ने निर्देशन उनले दिए । यस अघि पनि आजपा निकटको आम सम्पर्क मञ्चले बिभिन्न माग गर्दै काठमाडौंको त्रिपुरेश्वर स्थित भन्सार विभाग महिनौं दिनसम्म घेराउ तथा धर्ना दिएको थियो । भन्सार विभाग र आन्दोलनरत पक्षका बीचमा सहमती भएपछि सो आन्दोलनका कार्यक्रम स्थगित भएको थियो । आईटी आर्मीले वैदेशिक रोजगारीमा जाने कामदारसँग लिएको अबैध रकम फिर्ता गराउन तथा यस क्षेत्रका विविध समस्याहरु समाधान गर्नमाग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेंटलाई कारवाही गर्नुपर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्दार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्री – भिसा फ्री – टिकट व्यवहारतः लागू गर्नुपर्ने, नीजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको बताए । उता कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं उपत्यकाभित्र कबाड व्यवसायीहरुको सुरक्षा, समृद्धि र सम्मानका लागि भोलीदेखी नै माईतिघर मण्डलामा शान्तिपुर्ण धर्ना एवं प्रदर्शन गर्दैछ ।
पछिल्लो समय काठमाडौं महानगरका मेयर बालेन (बालेन्द) शाहले कानून तथा अदालतको अन्तरिम आदेश विपरित दुख दिन थालेपछि आन्दोलनमा उत्रिन बाध्य भएको कबाड व्यवसायीहरुले जनाएका छन् । माईतिघरमा धर्ना एवं प्रदर्शन गर्ने कार्यक्रम बनाएका कबाड व्यवसायीहरुले ४ असारमा काठमाडौं महानगरपालिका समेत घेराउ गर्ने जनाएका छन् ।
रौतहट,०१ गते असार ।
रौतहटमा एक जना प्रधानाध्यापकले आफ्नो निजी पैसाले जमिन किनेर विद्यालयलाई दान दिएका छन् । रौतहटको देवाही गोनाही नगरपालिकाको वडा नम्बर ७ उचिडिह गाउँमा संचालनमा रहेको आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक मुक्ति कुशवाहाले लाखौँ रुपैयाको जमिन किनेर विद्यालयलाई दान दिएका हुन् । प्रअ कुशवाहाले आठ लाख रुपैयामा एक कट्ठा जमिन किनेर विद्यालयलाई दान किनेका हुन् । विद्यालयमा जमिनको अभावमा कक्षा कोठा निर्माण भइ नरहेको तथा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट रोकिएर बसेको अवस्थामा प्रअ कुशवाहाले आठ लाख रुपैयामा जमिन किनेर विद्यालयलाई दान दिएका हुन् । रौतहटको कटहरिया नगरपालिका वडा नम्बर १ भसेढवाका स्थायी निबासी प्रअ कुशवाहाले आफ्नो निजी पैसाले जमिन किनेर विद्यालयलाई जमिन हस्तान्तरण गरेपछि देवाही गोनाही नगरपालिकाले सम्मानित गरेको छ । नगर प्रमुख प्रेमलाल साहसहित नगरपालिकाको टोलीले प्रअ कुशवाहाको योगदानको कदर गर्दै सम्मानित गरेको हो । विद्यालयसँगै जोडिएको जमिन प्रअ कुशवाहाले किनेर विद्यालयलाई दानमा दिएका हुन् । विद्यालयमा जमिनको अभाव रहेको तथा जमिन किन्न विद्यालयमा आन्तरिक स्रोतको अभाव रहेको अवस्थामा प्रअ कुशवाहाले आठ लाख रुपैया लगानी गरेका हुन् । प्रअ कुशवाहाले उपलब्ध गराएको जमिनमा विद्यालयको भवन निर्माण हुन थालेको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट ३६ लाख रुपैयामा विद्यालयको लागि ४ कोठे भवन निर्माणको काम अगाडि बढेको छ । यसै गरी नगरपालिकाले पनि दुई कोठे भवन निर्माणको काम अगाडि बढाएको छ । नगरपालिकाको १५ लाखको लगानीमा अर्को दुई कोठे भवन निर्माण हुन थालेको हो । विद्यालयमा भवनको अभाव रहेको छ । जमिनको अभाव पूरा भएसँगै निर्माण भइरहेका दुवै भवनको निर्माण सम्पन्न भएपछि विद्यालयमा कक्षाकोठाको समस्या धेरै हदसम्म समाधान हुने प्रअ कुशवाहाको भनाइ छ । विद्यालय भवनको अभावमा विद्यार्थीलाई धेरै समस्या भइरहेको अवस्थामा अबको केही दिनमा भवन र कक्षाकोठाको समस्या समाधान हुने विश्वास आफूले लिएको प्रअ कुशवाहाको भनाइ छ । प्रअ कुशवाहाले विद्यालयलाई आफ्नो निजी लगानीमा जमिन किनेर उपलब्ध गराएपछि सबैले प्रशंसा गरेका छन् । प्रअ कुशवाहाको नेतृत्वमा विद्यालयले अझै प्रगति गर्ने विश्वास स्थानीयवासीले लिएका छन् ।
राैतहट,१ गते असार ।
रौतहट जिल्लाको गौर नगरपालिका वार्ड न.४ टिकुलिया स्थित केराघारीमा हत्या गरी फालिएको अवस्थामा एक युवकको शब फेला परेको छ हत्या गरी एक युवकको लाश फालिएको भनि प्राप्त भएको सुचनाको आधारमा गएको प्रहरीको टोलीले उक्त युवकको शब बारामद गरेको हो। हत्या गरिएको अवस्थामा बारामद भएको युवकको शब स्थानीय टिकुलिया निवासी शुभनारायण सहनीको २० बर्सिय छोरा रोहित सहनीको रुपमा पहिचान गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता प्रहरी नायब उपरिक्षक एलिजा गिरिले जानकारी दिएका छन्। निर्मम तरिकाले कुटपिट गरि हत्या गरेर फालेको अवस्थामा बारामद भएको युवकको शबको बारेमा थप अनुसन्धान भई रहेको र शब परिक्षणको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको प्रहरी नायब उपरिक्षक गिरीले जनाएको हो। त्यसै गरी राजदेवी नगरपालिका वडा नम्बर ५ स्थित बागमती नदीमा पहिचान नखुलेको अवस्थामा एक युवकको शब फेला परेको छ। बागमती नदीमा तैरिदै गरेको अवस्थामा फेला परेको युवकको पहिचान हुन नसकेको र शब परिक्षणको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यस अघि रौतहटको राजपुर नगरपालिका वडा नम्बर १ स्थित हुलाकी राजमार्ग सडक खण्ड नजिक हत्या गरिएको अवस्थामा एक भारतीय नागरिकको शब फेला परेको थियो
सर्लाही,०१ गते असार ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मधेस प्रदेशको अध्यक्षमा लोकप्रिय गायक रुद्रसेन विश्वकर्मा चयन भएका छन् । प्रतिष्ठानको केन्द्रीय नेतृत्वको उपस्थितिमा बर्दिवासमा आयोजना भएको कलाकर्मीको भेलाबाट अध्यक्षमा विश्वकर्मा सहित १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । भेलाले उपाध्यक्षमा सुनिता बराल, सचिवमा विनोद ढुङ्गेल, कोषाध्यक्षमा राधा गौतम र सदस्यहरुमा रुवि झा, सरोज कुमार सन्त, शर्मिला रमौली, दीपक शर्मा, तेज नारायण शर्मा, सारथि लामा, नीर कुमारी विश्वकर्मा(सविना), अरुणा चौधरी, राधा शर्मा र सरोज सन्तलाई चयन गरेको छ l कार्यसमितिको चयनपछि माइनट र संस्थाको बिधान अध्यक्षलाई हस्तान्तरण गर्दै केन्द्रीय अध्यक्ष रिता थापाले बिधान अनुसार मधेस प्रतिष्ठान चलाउन आग्रह गरिन् । सो समारोमा मधेसमा लोक तथा दोहोरी गीत प्रतिष्ठानको शाखा गठन गर्नुलाई ऐतिहासिक उपलब्धी भन्दै प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष थापाले कलाकर्मीको हित र भलाईका लागि केन्द्र संधै साथमा छ भन्ने विश्वास सहित अघि बढ्न सुझाव दिएकी थिईन् । मधेसमा प्रतिष्ठानको बीउ रोपिएकाले अब कलाको बिरुवा हुर्कने, फुल्ने, फक्रने र फल्ने आशा एवं विश्वास रहेको अध्यक्ष थापाले बताइन् । भेलामा सङ्गठन विभाग प्रमुख सुवास केसीले प्रतिष्ठानको साङ्गठनिक इतिहास र अवस्थाबारे जानकारी गराएका थिए भने उपमहासचिव शिरीष देवकोटाले प्रतिष्ठान लोक तथा दोहोरी गाउनेको मात्र नभएर सबै कलाकर्मीको संस्था भएको बताए । महोत्तरी जिल्लाबाट केन्द्रिय समितिमा नेतृत्व गरिरहेका कृष्ण प्रसाद गौतमको पहलमा आयोजना भएको सो भेलामा कृष्ण प्रसाद गौतमले कार्यक्रम सहजीकरण गरेका थिए । सो भेलामा अतिथिको रुपमा सहभागी होटल तथा पर्यटन व्यावसायी महासङ्घ मधेस प्रदेश अध्यक्ष हिरा गौतमले मधेसमा कलाकर्मीको कमी नभएको तर खोजी गर्ने र उजागर गर्ने नेतृत्वको कमी रहेको भेलाले महसुस गराएको बताए ।
सर्लाही,०१ गते असार ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मधेस प्रदेशको अध्यक्षमा लोकप्रिय गायक रुद्रसेन विश्वकर्मा चयन भएका छन् । प्रतिष्ठानको केन्द्रीय नेतृत्वको उपस्थितिमा बर्दिवासमा आयोजना भएको कलाकर्मीको भेलाबाट अध्यक्षमा विश्वकर्मा सहित १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । भेलाले उपाध्यक्षमा सुनिता बराल, सचिवमा विनोद ढुङ्गेल, कोषाध्यक्षमा राधा गौतम र सदस्यहरुमा रुवि झा, सरोज कुमार सन्त, शर्मिला रमौली, दीपक शर्मा, तेज नारायण शर्मा, सारथि लामा, नीर कुमारी विश्वकर्मा(सविना), अरुणा चौधरी, राधा शर्मा र सरोज सन्तलाई चयन गरेको छ l कार्यसमितिको चयनपछि माइनट र संस्थाको बिधान अध्यक्षलाई हस्तान्तरण गर्दै केन्द्रीय अध्यक्ष रिता थापाले बिधान अनुसार मधेस प्रतिष्ठान चलाउन आग्रह गरिन् । सो समारोमा मधेसमा लोक तथा दोहोरी गीत प्रतिष्ठानको शाखा गठन गर्नुलाई ऐतिहासिक उपलब्धी भन्दै प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष थापाले कलाकर्मीको हित र भलाईका लागि केन्द्र संधै साथमा छ भन्ने विश्वास सहित अघि बढ्न सुझाव दिएकी थिईन् । मधेसमा प्रतिष्ठानको बीउ रोपिएकाले अब कलाको बिरुवा हुर्कने, फुल्ने, फक्रने र फल्ने आशा एवं विश्वास रहेको अध्यक्ष थापाले बताइन् । भेलामा सङ्गठन विभाग प्रमुख सुवास केसीले प्रतिष्ठानको साङ्गठनिक इतिहास र अवस्थाबारे जानकारी गराएका थिए भने उपमहासचिव शिरीष देवकोटाले प्रतिष्ठान लोक तथा दोहोरी गाउनेको मात्र नभएर सबै कलाकर्मीको संस्था भएको बताए । महोत्तरी जिल्लाबाट केन्द्रिय समितिमा नेतृत्व गरिरहेका कृष्ण प्रसाद गौतमको पहलमा आयोजना भएको सो भेलामा कृष्ण प्रसाद गौतमले कार्यक्रम सहजीकरण गरेका थिए । सो भेलामा अतिथिको रुपमा सहभागी होटल तथा पर्यटन व्यावसायी महासङ्घ मधेस प्रदेश अध्यक्ष हिरा गौतमले मधेसमा कलाकर्मीको कमी नभएको तर खोजी गर्ने र उजागर गर्ने नेतृत्वको कमी रहेको भेलाले महसुस गराएको बताए ।
काठमाडौँ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
हाल कोशी प्रदेशमा साधारणतया बदली, मधेश, गण्डकी र बागमती प्रदेशमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी,गण्डकी र बाग्मती प्रदेशका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेश लगायत बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक देखी मौसम मुख्यतया सफा रहने छ। कोशी र मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।न्युज कारखाना
आजमिति २०८१ साल असार २ गते आईतबार तदअनुसार जुन १६ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल पक्षको दशमी तिथी, हस्ता नक्षत्र, । वरियान योग । चन्द्र राशि कन्या । यो शुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:३७ देखि १२:३२ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:०९
• सुर्यास्त: बेलुका ०७: ०२ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।
शुभ रगं ः पहेलो
शुभ अंक ः १
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला ।
शुभ रगं ः निलो
शुभ अंक ः ८
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।
शुभ रगं ः पहेलो
शुभ अंक ः ९
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।
शुभ रगं ः पहेलो
शुभ अंक ः ४
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ ।
शुभ रगं ः रातो
शुभ अंक ः ८
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।
शुभ रगं ः सेतो
शुभ अंक ः ६
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।
शुभ रगं ः रातो
शुभ अंक ः १
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।
शुभ रगं ः निलो
शुभ अंक ः ४
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।
शुभ रगं ः खैरो
शुभ अंक ः २
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।
शुभ रगं ः सेतो
शुभ अंक ः ७
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।
शुभ रगं ः हरियो
शुभ अंक ः ९
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।
शुभ रगं ः सुन्तला
शुभ अंक ः ९
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्। उनि वैदिक ज्योतिषका विज्ञ मानिन्छन् ।न्युज कारखाना
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले थारु भाषा, संस्कृतिको संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्ने बताएकी छन् ।
थारु कल्याणकारी सभा केन्द्रीय समितिले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा आज काठमाडौँमा आयोजना गरेको “थारु भाषा संस्कृति सम्बन्धी अन्तरक्रिया कार्यक्रम”लाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् ।
संस्कार संस्कृतिको रक्षा गर्नु सबैभन्दा पहिले सोही समुदायको दायित्व बढी हुने भन्दै उनले त्यसपछि राज्य र समाजको हुने बताइन् । थारु जाति भाषा, संस्कृति, संस्कारले सम्पन्न तराईको आदिवासी भएको भन्दै उहाँले ती कुराको संरक्षण गर्नु आवश्यक रहेको बताइन् । ठाउँ अनुसार केही केही शब्दहरू फरक रहने गरेको भन्दै मन्त्री चौधरीले भाषाको संरक्षणका निम्ति ती कुराहरूमा एकरूपता ल्याउन मानक भाषा बनाउनै पर्ने बताइन् ।
‘भाषा नरहेमा त्यो जातिको अन्य कुराहरू बिस्तारै हराउँदै जान्छन् । त्यसैले हामीले भाषाको संरक्षणलाई प्राथमिकता दिनुपर्छ । थारु भाषाको लिपिको विषयमा पनि एउटा निष्कर्ष निकाल्न आवश्यक छ’, मन्त्री चौधरीले भनिन्, ‘भाषा संरक्षण गर्न सबैको भूमिका उत्तिकै हुनुपर्छ । ठाउँअनुसार भाषामा केही केही कुरामा भिन्नता छन् । तथापि हामीले त्यसलाई मानक भाषाका रूपमा एकरूपता ल्याउन आवश्यक छ । त्यो एकदमै जरुरी छ ।’
उनले थारु जातिभित्रको भाषा, संस्कार, संस्कृतिभित्रको विविधतालाई पनि कसरी एकरूपता खोज्ने भन्ने कुरामा ध्यान दिन आवश्यक रहेको बताइन् ।
सोझो जातिको रूपमा चिनिने थारु जातिलाई विगतमा सोझोपनको फाइदा उठाएर जमिनदारबाट सुकुम्वासी बनाएको उदाहरण दिँदै उनले आर्थिक गतिविधि पनि बढाउनुपर्ने बताइन् । ‘हामी अब आर्थिक गतिविधिमा बढी भन्दा बढी सहभागी हुनै पर्छ ।
किनभने जो आर्थिक गतिविधिमा सहभागी नै हुँदैन त्यो कसरी सम्पन्न बन्न सक्छ ?’, उनले भनिन्, ‘अन्य समुदायसँग घुलमिल नहुँदासम्म आर्थिक गतिविधिमा वृद्धि हुँदैन । जसले गर्दा गरिबी न्यूनीकरण पनि हुन सक्दैन ।’ मन्त्री चौधरीले जन्मदेखि मृत्यु पछिसम्मको संस्कारको संरक्षण गर्न सबैले विशेष ध्यान दिनुपर्ने बताइन् ।
त्यस्तै उनले विभिन्न बहानामा थारु जातिलाई फुटाउने कोसिस भइरहेको भन्दै फुटलाई रोक्नुपर्ने बताइन् । ‘हिजो राना थारु छुट्टिन खोज्दा हामीले छलफल गरेर नछुट्टिन आग्रह गर्यौँ । तर उहाँहरू छुट्टिएर जानुभयो । अहिले खवास थारुले निवेदन दिएको कुरा आएको छ’, मन्त्री चौधरीले भनिन्, ‘यसरी त थारु जातिको जनसङ्ख्या न्यून हुँदै जान्छ । जनसङ्ख्या कम हुनु भनेको समग्रतामा शक्ति कम हुनु हो । यो कुरा सबैले बुझ्न आवश्यक छ ।’न्युज कारखाना
हेटौँडा |
हेटौँडा उपमहानगरपालिकादेखी मकवानपुर बहुमुखी क्याम्पससम्म अहिले ठूलो संख्यामा ट्रकहरूको लस्कर देखिएको छ ।
बकैयाबाट माटो ओसारेर ल्याइरहेका ट्रकहरूलाई हेटौँडा उपमहानगरपालिकाको नगर प्रहरीले नियन्त्रणमा लिएको जनाईएको छ।
नगर प्रहरीका अनुसार, ती ट्रकहरूले आवश्यक कर तिरेको प्रमाण पेश गर्न नसकेकाले नियन्त्रणमा लिइएको हो। साथै, ओसारिएको माटोमा रेडियोधर्मी तत्व युरेनियम मिसिएको हुनसक्ने आशङ्का पनि व्यक्त गरिएको छ ।
काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीको सेल्फी सामाजिक सञ्जालमा भाइरल भएको छ ।
इटालीमा जी ७ शिखर सम्मेलनको अन्तिम दिन शुक्रबार सारा विश्वको नजर इटालीको फासानो सहरमा केन्द्रित भएको थियो । यहाँ भेला भएका विश्व नेताहरूले विश्वमा भएका दुई युद्धदेखि एआई र जलवायु परिवर्तनसम्मका महत्वपूर्ण विषयमा छलफल गरेका थिए । यो शिखर सम्मेलन सहभागी हुन पुगेका भारतीय प्रधानमन्त्री मोदी र इटालीकी प्रधानमन्त्री मेलोनीले लिएको सेल्फी भाइरल भएको छ । मोदी र मेलोनीलाई सामाजिक सञ्जालमा ‘मेलोडी’ उपनाम दिइएको छ र यस सेल्फीलाई मेलोडी सेल्फी २.० भनिएको छ ।
यस अघि कोप २८ समिटमा लिइएको मोदी र मेलोनीको सेल्फी पनि सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो र लाखौं मेम्स बनाइएको थियो ।