काठमाडौँ । काठमाडौँ महानगरआ मेयर बालेन शाहले महानगरको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन नगरसभाका सदस्यलाई आग्रह गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमा लेख्दै बालेनले ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भएको उल्लेख गर्दै नगर सभामा सबै सदस्यलाई बोल्ने र निर्णय गर्ने समान अधिकार रहेको स्पष्ट गरेका छन् ।
उनले भनेका छन्-
३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भयो ।
काठमाण्डौ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ ।
नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाण्डौ महानगर पालिकाले गर्दैन ।
काठमाण्डौ महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला ।न्युज कारखाना
रौतहट २ असार ।
रौतहटको फतुवा बिजयपुर नगरपालिकाको बिवाद मिले संगै प्रमुख प्रशासकिय अधिकृतमा उपसचिव सुरेन्द्र प्रधान पक्का भएका छन।
पूर्व प्रशासकिय अधिकृत वकील पाल लाई राख्ने मेयर अम्बेया खातुनको अडान र अन्य जनप्रतिनिधिले प्रधान लाई राख्ने अडान लिएपछि नगरपालिकामा बिवाद उत्पन्न भएको थियो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकसाता अघि उपसचिव प्रधानलाई त्यहाँ सरुवा गरेको थियो। मन्त्रालयको निर्णय अनुसार उपसचिव प्रधान पाँचदिन अघि त्यहाँ हाजिर समेत भएका थिए। उनलाई मेयर बाहेकका जनप्रतिनिधि तथा केही राजनीतिक दलका नेताहरुले स्वागत समेत गरेका थिए।
तर कार्यवाहक मेयर खातुन प्रधानलाई अनेकथरी अपशब्द प्रयोग गर्दै उनलाई प्रमुख प्रशासकिय अधिकृतको रूपमा स्वीकार नगर्ने अडान लिएकि थिइन्। उनको श्रीमान महमद सेराजले मेयरको सहमती बिपरित केही नेताले चलखेल गरेर प्रधानलाई ल्याएको आरोप लगाउँदै आएका थिए।
तर सनिवार रौतहटका सिडियो हिरालाल रेग्मिको पहलमा फतुवा विजयपुरको समस्या समाधान भएको छ।
सिडियो रेग्मीको अगुवाईमा प्रमुख प्रशासकिय अधिकृत उप सचिव सुरेन्द्र प्रधान र कार्यबाहक नगर प्रमुख अम्बेया खातुन बीचको मतभेद अन्त्य भएको छ । बिकास निर्माणका सवालमा मिलेर जाने र कार्यबाहक नगर प्रमुख खातुन,वडा अध्यक्ष लगायतका जनप्रतिनिधि सङको सहकार्यमा नगरको विकास निर्माणको काम अगाडि बढाउने सहमती भएको छ।
सहमती पछि जिल्ला प्रशासन कार्यालय भित्रै सिडियो रेग्मी, मेयर खातुन, अधिकृत प्रधान तथा नेताहरु सम्मिलित खिचिएको तस्विर सनिवार साँझ सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ।
यस अघि प्रमुख प्रशासकीय अधिकृतको रूपमा रहेका वकील पाल मन्त्रालयको निर्देशन अनुसार आफ्नो दरबन्दीमा जाने भएका छन्।
यसका साथै उपसचिव सुरेन्द्र प्रधानलाई दोहरो जिम्मेवारी थपिएको छ। यस अघि उनी कटहरिया नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रूपमा कार्यरत रहेका छन। फतुवा बिजयपुर नगरपालिकामा निर्वाचीत मेयर गोपाल राय यादव लालबकैया नदीको टेन्डरमा दोषी ठहर भएर बिशेष अदालतबाट दण्ड सजाय तोकिएपछि उनको पद रिक्त भएको थियो।
लगत्तै उपमेयर अम्बेया खातुनले कार्यवाहकको जिम्मेवारी पाएदेखि नै उनी र अन्य जनप्रतिनिधि बिच बजेट भागबण्डाको बिषय लिएर पटकपटक बिवाद हुँदै आएको छ ।न्युज कारखाना
काठमाडौँ । इटाली र जर्मनीका नेताहरूले युक्रेन युद्ध रोक्न भ्लादिमिर पुटिनको प्रस्तावलाई अस्वीकार गरेका छन् । पुटिनले युद्धविरामका लागि दुई शर्त राखेका थिए ।
रुस–युक्रेन युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्न स्वीट्जरल्याण्डमा इटाली र जर्मनीका नेताहरूले युद्ध रोक्न रूसी राष्ट्रपति पुटिनको सर्तहरू पूर्ण रूपमा अस्वीकार गरेका हुन् ।
इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले युद्ध रोक्न राष्ट्रपति पुटिनको योजनालाई प्रोपागाण्डा भनेका छन् । उनले यसमा युक्रेनलाई नै युक्रेनबाट बाहिर जान भनिएको बताए ।
जर्मन चान्सलर ओलाफ स्कोल्जले पुटिनको शान्ति योजनालाई ‘तानाशाही शान्ति’ भन्दै खारेज गरेका छन् ।
युक्रेनमा शान्तिका लागि भएको दुई दिने शिखर सम्मेलनअघि पुटिनले युद्धविरामका लागि आफ्नो शर्त राखेका थिए ।
शुक्रबार पुटिनले शान्ति वार्ताका लागि युक्रेनले डोनेस्क, लुहान्स्क, खेरसन र जापोरिज्याबाट आफ्ना सेना फिर्ता गर्नुपर्ने र युक्रेनले नेटोमा सामेल हुने सपना त्याग्नुपर्ने बताएका थिए । यस कार्यक्रममा ९० भन्दा बढी देश र विश्व संस्थाहरु सहभागी छन् । न्युज कारखाना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्डको भ्रमण सकेर जर्मनीको भ्रमणका लागि राजधानी बर्लिन पुगेका छन् ।
उनलाई जर्मनस्थित नेपाली राजदूत रामकाजी खड्का, दूतावासका कर्मचारी र संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति कार्यालयका अधिकारीहरूले स्वागत गरेका थिए ।
राष्ट्रपति पौडेलले संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टाईनमायेर निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न वर्लीन पुगेका हुन् । उनले असार ३ गते जर्मनी समकक्षीसँग औपचारिक वार्ता गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
जर्मनीमा राष्ट्रपति पौडेलले पोष्टडाम इस्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च इन्टिच्युट, जर्मन रिसर्च फर जीयो– साइन्स, टेलेग्राफफेनवर्ग क्याम्पसको अवलोकन गर्ने कार्यक्रम छ । साथै सेसिलीयानहोफ एन्ड स्यान्ससोसी प्यालेस गार्डेन र सेसिलीयानहोफ एन्ड स्यान्ससोसी प्यालेस म्युजियमको पनि अवलोकन गर्ने कार्यक्रम छ ।
त्यसैगरी असार २ गते सोही उहाँले जर्मनीमा रहेका नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्किने छन् ।न्युज कारखाना
रौतहट,२ गते असार।
रौतहटको फतुुवा बिजयपुर नगरपालिका वडा नम्बर ४ टेंग्राहामा रहेको श्री माध्यमिक बिधालयमा सुविधा सम्पन्न शौचालय निर्माण भइरहेको छ । राम्रो शौचालय नहुँदा विद्यार्थीहरुले सास्ती खेप्दै आइरहेका थिए । सोको मध्य नजर गरि प्रधानाध्यापक अनिल यादवले प्रदेश सरकारको सहयोगमा शौचालय बनाउन लागेका हुन् । सामुदायिक विद्यालयमा शौचालयहरुको उचित व्यवस्थापन नहुँदा बिधार्थीलाइ सधैं सकस हुने गरेको थियो । सामुदायिक विद्यालयमा राम्रो शौचालय नभएपछि विद्यार्थीहरु खुलाचौर कुना कप्चा तथा घरमै पुगेर शौच गर्न बाध्य छन् । अब उपरान्त सो समस्या हट्ने भएको प्रअ यादव बताउँछन् । भनिन्छ कुशल नेतृत्व भयो भने जहाँ बाट भएपनि पहल गरेर व्यवस्थापन गर्ने गर्छन् । जसको प्रत्यक्ष उदाहरण हुन् श्री मावि टेंग्राहाका प्रधानाध्यापक यादव जसले आफैं पहल गरेर सुविधा सम्पन्न शौचालय निर्माण गराइरहेका छन् । व्यवस्थित शौचालय नहुँदा विद्यालयको वातावरण नै दुर्गन्धित भएको विद्यार्थीहरुको गुनासो गर्दै आएका थिए । खानेपानी सहितको सुविधा सम्पन्न शौचालय निर्माण हुन थाले पछि बिधार्थीहरु हर्षित भएको प्रधानाध्यापक यादवले बताएका छन् ।
काठमाडौँ ।
रिलायन्स जियोले स्याटेलाइट मार्फत इन्टरनेट सेवा प्रदान गर्ने भारतको पहिलो टेलिकम कम्पनी बन्ने तयारी गरेको छ । जियोले गिगाबिट फाइबर इन्टरनेट उपलब्ध गराउन स्वीकृति पाएसँगै सेटेलाइटबाट इन्टरनेट उपलब्ध गराउने भारतको पहिलो कम्पनि बन्ने तयारीमा रहेको छ ।
रिलायन्स इन्डस्ट्रिजको जियो प्लेटफर्मले स्याटेलाइट इन्टरनेट सेवाको लागि युरोपको लक्जेम्बर्गको कम्पनी एसईएससँग साझेदारी गरेको थियो। यो संयुक्त उद्यमको नाम ‘अर्बिट कनेक्ट इन्डिया’ राखिएको छ ।
रोयटर्सको रिपोर्ट अनुसार संयुक्त उद्यमलाई भारतीय राष्ट्रिय अन्तरिक्ष प्रवर्द्धन र प्राधिकरण केन्द्र (इन-स्पेस) ले भारतीय वायुक्षेत्रमा उपग्रहहरू सञ्चालन गर्न अनुमति दिएको छ । अर्बिट कनेक्ट इन्डियालाई अप्रिल र जुनमा नै तीन प्रकारका स्वीकृति दिइएको थियो तर सञ्चालन सुरु गर्न देशको दूरसञ्चार विभागबाट थप स्वीकृति लिनुपर्नेछ ।
अर्बिट कनेक्ट इण्डियाले भारतीय अन्तरिक्ष प्राधिकरणबाट यी स्वीकृतिहरू प्राप्त गरेको छ । अहिले विश्वमा अमेजनदेखि एलन मस्कको स्टारलिंक जस्ता कम्पनीहरूले भारतमा स्याटेलाइट इन्टरनेट सेवाहरू सुरु गर्ने अनुमतिको लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतिवेदन अनुसार इन स्पेसका अध्यक्ष पवन गोयन्काले अर्को कम्पनी इनमारसाटले भारतमा उच्च गतिको स्याटेलाइटमा आधारित इन्टरनेट सेवा उपलब्ध गराउन स्याटेलाइट सञ्चालन गर्न स्वीकृति पाएको बताए । योसँगै एलोन मस्कको स्टारलिंक र अमेजनको कुइपरले पनि अनुमोदनका लागि आवेदन दिएका छन् । सेवाहरूको लागि इन-स्पेसबाट स्वीकृति पनि आवश्यक छ ।
साटकम सेवा प्रदायकहरूलाई पनि स्वायत्त अन्तरिक्ष नियामक भारतीय अन्तरिक्ष नियामक भारतबाट स्वीकृति चाहिन्छ । यसपछि कम्पनीहरूले डिओटीबाट स्पेक्ट्रम बाँडफाँडको लागि कुर्नु पर्नेछ ।
सरकारले देशमा स्याटेलाइट सेवाहरूको लागि स्पेक्ट्रम वा रेडियो फ्रिक्वेन्सीहरू कसरी आवंटित गर्ने भन्ने बारे भारतीय दूरसंचार नियामक प्राधिकरणबाट सिफारिसहरू पर्खिरहेको छ । यद्यपि, ट्राईले नयाँ अध्यक्ष नपाएसम्म सिफारिसहरू आउने सम्भावना छैन।
स्टारलिङ्कको काम दुर्गम क्षेत्रहरूलाई स्याटेलाइटमार्फत द्रुत इन्टरनेट जडान गर्ने हो । यसमा कम्पनीले राउटर, पावर सप्लाई, केबल र माउन्टिङ ट्राइपड समावेश गर्ने किट उपलब्ध गराएको छ । उच्च गतिको इन्टरनेटको लागि, डिश खुला आकाशमुनि राखिने गरिन्छ । स्टारलिंकको एप आईओएस र एन्ड्रोइडमा उपलब्ध छ, जसले सेटअपदेखि सबै कुरा निगरानी गर्छ ।न्युज कारखाना
काठमाडौँ । अस्ट्रेलियाले स्कटल्याण्डलाई पराजित गरेसँगै इङल्याण्ड जारी टी-२० विश्वकपको सुपर आठमा पुगेको छ ।
आइतबार सम्पन्न खेलमा अस्ट्रेलियाले स्कटल्याण्डलाई ५ विकेटलाई पराजित गरेको हो ।
स्कटल्याण्डले दिएको १८१ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९.४ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि स्कटल्याण्डले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाउदै १८० रन बनाएको थियो ।
यो जितसँगै अस्ट्रेलिया समुह बी मा आफ्ना चारै खेल जितेर ८ अंकसहित शिर्ष स्थानमा रहेर सुपर आठमा पुगेको छ । त्यस्तै समुह बी बाट इङल्याण्डले ४ खेलमा २ जित एक हार र एक खेल बर्षाले रद्ध हुदा ५ अंकसहित दोस्रो हुदै सुपर आठमा पुगेको छ ।
त्यस्तै स्कटल्याण्डको ४ खेलमा ५ अंक रहेपनि रनरेटको आधारमा पछि पर्दै तेस्रो भएपछि विश्वकपको समुह चरणबाट बाहिरिएको हो ।न्युज कारखाना
रौतहट, २ असार । रौतहटको पूर्विभेग राजदेवी नगरपालिका-५ पताहिटोल गढैयास्थित बागमती नदी किनारमा पानीले बगाएर ल्याएको अवस्थामा एक युवकको शव फेला परेको छ।
पहिचान खुल्न नसकेका अन्दाजी २५ वर्षीय तराई मुलका युवकको शव नदी किनारमा घोप्टो परेको अवस्थामा शनिबार साँझ फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट इन्स्पेक्टर उमाशंकर प्रसाद गुप्ताको नेतृत्वको टोलीले शवको मुचुल्कालगायत प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरेको रौतहट प्रहरी प्रवक्ता डीएस्पी एलिजा गिरीले बताइन्।
शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको हुँदा मृतकलाई चिन्न सक्ने व्यक्तिलाई प्रहरी सम्पर्कमा आउन आग्रह गरिएको छ।न्युज कारखाना
धनगढी । कैलालीबाट लागूऔषधसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–८ का २२ वर्षीय गणेश महरा रहेका छन। महरालाइ शनिबार प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–३ भन्सार ब्यारेलबाट शंका लागि चेकजाँच गर्दा २ ग्राम ८ सय मिलिग्राम लागूऔषधसहित नियन्त्रणमा लिएको हो। उनीमाथि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
न्युज कारखाना
काठमाडौँ । जारी टी–२० विश्वकपमा न्युजील्यान्डको खराब प्रदर्शनका बीच अनुभवी फास्ट बलर ट्रेन्ट बोल्टले टी-२० क्रिकेट नखेल्ने घोषणा गरेका छन् । उनले खेलको छोटो ढाँचामा जारी टी–२० विश्वकप आफ्नो अन्तिम विश्वव्यापी प्रतियोगिता हुने बताएका हुन् ।
बोल्ट सन् २०११ मा डेब्यु गरेदेखि नै न्युजिल्यान्ड टोलीका महत्वपूर्ण सदस्य रहेका छन् । उनीसँग टी–२० विश्वकप, एकदिवसीय विश्वकप र विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेलेको अनुभव छ । उनले सन् २०१४ यता चारवटा टी–२० विश्वकपमा भाग लिएका छन् । युगान्डासँगको खेलअघि नै न्युजिल्यान्ड विश्वकपको सुपर आठ चरणबाटै बाहिरिएको थियो । टोलीले अब समूह सी मा आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनीको सामना गर्नेछ, जुन ३४ वर्षीय बायाँ हाते बलरको टी-२० विश्वकपमा अन्तिम खेल हुनेछ ।
‘यदि म आफ्नो बारेमा कुरा गर्छु भने, यो मेरो अन्तिम टी-२० विश्वकप हुनेछ,’ बोल्टले युगान्डामाथि न्यूजिल्याण्डको नौ विकेटको जितपछि भने । उनले भने- ‘मैले भन्नु पर्ने यति हो । पक्कै पनि यो प्रतियोगितामा हामीले चाहेको सुरुवात थिएन । यो पचाउन गाह्रो छ । सुपर आठमा जान नसकेकोमा हामी निराश छौं, तर देशको प्रतिनिधित्व गर्ने मौका पाउनु गर्वको क्षण हो । देशका लागि खेलेकोमा ड्रेसिङ रुममा निकै गर्व छ । पछिल्ला केही वर्षहरूमा हाम्रा रेकर्डहरू उत्कृष्ट छन् । दुर्भाग्यवश, गत हप्ता हामीले राम्रो खेल्न सकेनौं र बाहिर भयौं ।’
न्युज कारखाना