२०८३ बैशाख २७
२०८३ बैशाख २७

काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत आजदेखि सुपर आठका खेल शुरु हुदै छन् । सुपर आठको पहिलो खेलमा आज दक्षिण अफ्रिका र अमेरिका खेल्दै छन् ।

एन्टीगास्थित सर भिभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८: १५ बजेदेखि शुरु हुने छ ।

यस विश्वकपको समुह चरणमा दक्षिण अफ्रिकाले समुह डी का चारै खेलमा जित हासिल गरेर ८ अंक सहित शिर्ष स्थानमा रहेर सुपर आठमा पुगेको छ । दक्षिण अफ्रिका समुह चरणमा भाग्यको साथमा निकै प्रतिष्पर्धात्मक खेलमा जित हासिल गर्दै अगाडी बढेको छ । नेपालसँग एक रनको तथा बंगलादेशसँग ४ रनको जित हासिल गरेको दक्षिण अफ्रीकालाई यस विश्वकपमा भाग्यको साथ रहेको छ ।

त्यस्तै अमेरिका भने यस विश्वकपको ‘सरप्राइज’ टिम बनेर अगाडी आएको छ । अमेरिकाले समुह चरणमा पाकिस्तानलाई पराजित गरेर अगाडी बढेको छ । त्यस्तै अमेरिकाले भारतसँगको खेल हारे पनि ल्याण्डलाई पराजित गरेको थियो भने आयरल्याण्डविरुद्धको खेल बर्षाले रद्ध भएको थियो ।

टी-२० अन्तर्राष्ट्रिय खेलमा दक्षिण अफ्रिका र अमेरिका अहिलेसम्म खेलेका छैन । पहिलो पटकखेलिरहेका दुवैका लागि सेमिफाइनलको यात्राका लागि यो खेल महत्वपूर्ण रहेको छ ।

सुपर आठको समुह २ मा रहेका दुवै देशले वेस्ट इन्डिज र इङल्याण्डसँग एक एक खेल खेल्ने छन् ।     न्युज कारखाना

काठमाडौँ । पोर्चुगलले युरोकपमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न समुह एफ अन्तर्गतको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

१-० गोलले पछि परेको पोर्चुगलले खेलमा कम ब्याक गर्दै जित हासिल गरेको थियो ।

पोर्चुगलका लागि फ्रान्सिस्को कोन्सेइकाओले इन्जुरी समयमा निर्णायक गोल गर्दै जित दिलाएका थिए । यस अघि चेक रिपब्लिकका रोबिन ह्रानकले गरेको आत्मघाती गोलबाट खेल बराबरी भएको थियो । त्यस्तै चेक रिपब्लिकले खेलको ६२औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता लिएको थियो । चेक रिपब्लिकका लागि लुकास प्रोभोडले गोल गरेका थिए ।

अब पोर्चुगलले अर्को खेल जुन २२ मा टर्कीविरुद्ध खेल्ने छ भने चेक रिपब्लिकले भने जर्जियासँग खेल्ने तालिका छ ।
न्युज कारखाना

काठमाडौँ । जनमत पार्टीका सांसद अब्दुल खानले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्न माग गरेका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिदै सांसद खानले भौतिक पूर्वाधार मन्त्रालयको बजेट नेतामुखि भएको टिप्पणी गर्दै मन्त्रलायको बजेट पुनर्लेखन गर्नुपर्ने माग गरेका हुन् ।

उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले केही क्षेत्र र केही जिल्लाहरुमा मात्रै बजेट सीमित गराउने काम गरेको बताउदै पुनर्लेखन गर्न माग गरेका हुन् । सांसद खानले राष्ट्रिय योजना आयोगको अदूरदर्शी सोचका कारण मुलुकको विकास निर्माणको काममा सुधार हुन नसकेको टिप्पणी गरे ।

उनले भने, ‘भौतिक पूर्वाधारमन्त्रीज्यूलाई के भन्न चाहन्छु भने–भौतिक पूर्वाधारको बजेट नेतामुखि भएको देखिन्छ। केही क्षेत्र र केही जिल्लाहरुमा सीमित देखिन्छ। तसर्थ भौतिक पूर्वाधारको बजेट पुनर्लेखन गरौं माननीय मन्त्रीजी। यसरी भएन। राष्ट्रिय योजना आयोगको अदुरदर्शी सोच र अपर्याप्त अन्वेषण, अनुसन्धानको कमीको कारणले व्यवहारिक र देशमा संरचनागत सुधार भईराखेको छैन ।’न्युज कारखाना

रौतहट ,४ असार । डिभिजन वन कार्यालय रौतहटले अवैध तरिकाले जङ्गलमा खयरको काठ काटेर डमरु बनाउँदै गरेको अवस्थामा डमरु र खयरको काठ बरामद गरेको छ ।

जिल्लाको गैंडाटार सबडिभिजन वन कार्यालय अन्तर्गतको वन क्षेत्रमा अवैध रूपमा डमरु बनाउँदै गरेको अवस्थामा २० थान डमरु, खयरको गोलिया ५ थान र डमरु बनाउने मेशिन बरामद गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र मिश्रले जानकारी दिएकाछन ।

गैडाटार सव वन डिभिजन कार्यालयका रेन्जर विकास लामिछाने ,सहायक वन अधिकृत नवनित कुमार मिश्र ,मधुकान्त सिह र सशस्त्र वन रक्षकको टोलिले बहुमुल्य जातको खयरको रुख काटेर डमरु बनाउदै गरेको अवस्थामा तयारी डमरू ,खयरको गोलिया ,डमरु बनाउने मेशिन बरामद गरेको हो । वन गस्ती टोलिलाई देख्ना साथ डमरु बनाउने काममा संलग्न हरु भने फरार भएको कार्यालय प्रमुख मिश्रले जानकारी दिएकाछन ।

रौतहटको वनमा रहेको बहुमुल्य खयरका रुख काटेर बनाईने डमरु बौद्ध धर्मावलम्बीले महंगोमा खरिद गर्ने भएका कारण यसको तस्करी बढेको छ । न्युज कारखाना

 

 

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्‍यता त्याग गरेको दाबि गरेकी छन् । मंगलवार शिक्षा मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्द उनले अहिलेसम्म ८२५ शिक्षकहरुले दलीय आवद्धता त्यागेको दाबि गरेकी हुन् ।

उनले शिक्षामा दलिय राजनीतिककरण अन्त्य गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गरकी छन । उनले शिक्षामा दलिय राजनीतिकरण अन्त्य गर्ने कार्यको थलनी भएको बताइन्। उनले शिक्षकले कुनैपनि राजनीतिक दलको सदस्यता लिन नपाउने र राजनीति गर्न नपाउने एजेण्डा लागू गरेर छोड्ने बताइन् । शिक्षामा दलिय राजनीतिकरण हुन नहुने अन्तिम साससम्म नछोड्ने एजेण्डा भएको उनले बताइन्। उनले यो क्षेत्रमा अहिलेसम्म भएको कार्यप्रगति चित्तबुझ्दो नभए पनि शुरुवात भएको उल्लेख गरिन्।

उनले सय दिनको उपलब्धीमा ४५ जना शिक्षकविरूद्ध उजुरी परेको, ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र ४ जनाले सफाइ पाएको उल्लेख गरिन्। उनले  शिक्षा विधेयक कहिलेसम्म आउँछ भन्ने आफूलाई यकिन नभएको बताइन् ।
सरकारले मौखिक र लिखित रुपमा चाँडै ल्याउन आग्रह गरिसकेको उनको भनाइ छ।

उनले सरकारले मात्रै गर्ने भन्दा पनि सबैको सहयोगको आवश्यकता रहेको बताइन्। उनले सबैको साथ सहयोग भए मात्रै यो एजेण्डाले सार्थकता पाउनसक्ने बताइन्। शिक्षामा दलिय राजनीतिकरण रहेसम्म समाज, शिक्षक र विद्यार्थीहरुको शिक्षण पेशामा मर्का पुर्याइरहने उनको भनाइ छ। उनले मन्त्रालयले निर्वाचन आयोगसँग दलमा आवद्ध शिक्षकहरुको तथ्याङ्क माग गरेपनि प्राप्त नभएको बताइन्। उनले अहिलेसम्म ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्‍यता त्याग गरेको दाबी गरिन्।

उनले  शिक्षा विधेयक कहिले आउँछ भन्ने सञ्चारकर्मीको प्रश्नमा आफ्नो हातमा नभएको उल्लेख गरिन्। उच्च शिक्षामा उच्च पदाधिकारी नियुक्तिको लागि कार्यविधि तथा मापदण्ड बनाएर काम गरिरहेको उनले बताइन्। उनले सिटिभिटीको उपाध्यक्षको लागि समिति बनि सकेको बताइन्।

त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको सदस्य र भिसीहरुको नियुक्तिमा काम गरेको उनले दाबी गरिन् । उनले सरकारले शिक्षाका उच्च अधिकारी नियुक्ति गर्दा राजनीतिक भागबँडा भन्दा पनि योग्यता, उपयुक्तता हेरेर गर्न थालिएको बताइन्। उनले शिक्षा क्षेत्रमा राजनीतिक भागबण्डाको आधारमा नभई मेरिडको आधारमा पठाउने पद्धति विकास गरिएको दाबी गरिन् । न्युज कारखाना

बैतडी । बैतडीको पाटन नगरपालिका-६ पाटन बस्ने ४६ वर्षीय बीरभान बिष्टको हत्या गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पाटन नगरपालिका-६ पाटन बस्ने २६ वर्षीया भागरथी बिष्ट, सोही नगरपालिका-१ लदौरी बस्ने २० वर्षीय राजेन्द्र भट्टराई र १८ वर्षीय किशोर रहेका छन् । भागरथीले शनिबार बीरभानको हत्या गरेको भन्ने खबरप्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप सोधपुछको क्रममा भागरथीले बीरभानको हत्या गरी राजेन्द्र , ती किशोर र पाटन नगरपालिका-६ बस्ने ३० वर्षीय आशिष पहरीलाई शव जिम्मा लगाई सोही ठाउँस्थित घाङलखोलामा खसाल्न लगाएको भन्ने खुल्न आएपश्‍चात जिल्ला प्रहरी कार्यालय डडेल्धुरासँगको समन्वयमा डडेल्धुरा गन्यापधुरा गाउँपालिका-१ भत्काडाबाट राजेन्द्र र ती किशोरलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार आशिषको खोजी गरिरहेको छ ।

त्यस्तै सिराहाको धनगढीमाई नगरपालिका-१२ ठठिया बस्ने ३० वर्षीय राकेश यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा नरहा गाउँपालिका-१ गौराहा बस्ने २० वर्षीय आनन्द सदाय समेत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरूले शनिबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका राकेशको भारतस्थित पिजिआई अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । न्युज कारखाना

काठमाडौं । काठमाडौँको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १ सय ६० ट्याब्लेटसहित रौतहट सिमरा भवानिपुर नगरपालिका-९ बस्ने २४ वर्षीय अरूण कुमार चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले रौतहट गौरदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ख २९६१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार चौधरीलाई पक्राउ गरेको हो ।

त्यस्तै चितवनको राप्ती नगरपालिका-११ डुम्रीखाडीबाट अवैध लागूऔषध गाँजा ४ किलो ९ सय ग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रत्ननगर नगरपालिका-११ बस्ने २४ वर्षीय मनोज गुरूङ र नवलपरासी गैंडाकोट नगरपालिका-५ बस्ने २४ वर्षीय सुशील पुन रहेका छन् । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले थाकलटारबाट भण्डारातर्फ जाँदै गरेको ना. ५९ प ९९०८ नम्बरको मोटरसाइकलमा सवार दुवै जनालाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

त्यस्तै बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चेक प्वाइन्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित बैजनाथ गाउँपालिका-२ बस्ने २१ वर्षीय प्रदिप कुमार बस्नेतलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालगंजतर्फ आउँदै गरेको भे.५ प ४५५३ नम्बरको स्कुटरमा सवार उनलाई पक्राउ गरेको हो ।

त्यस्तै बर्दिया बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध खैरो हेरोइन ४ सय ४० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँसगढी नगरपालिका-६ बस्ने २४ वर्षीय शिसिर भण्डारी र २० वर्षीय निरज थारू रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । न्युज कारखाना

रौतहट ४ असार।

भारतीय प्रहरीको मस्ट वान्टेडको सूचीमा रहेका एकजना भारतीय नागरिकलाई लुटपाटमा संलग्न रहेको आरोपमा रौतहट प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहार राज्य मोतिहारी जिल्ला पुर्वी चम्पारण थाना घोडासहन ग्राम पंचायत बसवरिया वडा २ का २० बर्षीय मोनुकुमार जैसवाल रहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन्।

गत जेठ २२ गते बिहान साढे १० बजे मौलापुर नगरपालिका ६ पथरा बुधराम स्थित सडक खण्डमा माँ बचत तथा ऋण सहकारी संस्थामा  काम गर्ने  बौधिमाई ८ का बर्ष २४ को अरबिन्द कुमार दासले १७ लाख झोलामा राखि  राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गर्न विआर ०५ ए एन ८७६२ भारतीय नम्बरको प्लाटिना मोटरसाईकलमा चढी मौलापुर तर्फ गईरहेका थिए।

 

सोही क्रममा विपरित दिशाबाट आएका ३ जना अपरिचित व्यक्तिहरुले उक्त रकम लुटपाट गर्ने उद्देश्यले अरबिन्द कुमार दासलाई पछाडीबाट गोली हानी भागी फरार भएको थियो ।

 

प्रहरीले अनुसन्धानको क्रममा घटनामा संग्लन अभियुक्तहरु सीमावर्ती भारत बिहार राज्य मोतिहारी जिल्ला पूर्वी चम्पारण घोडाहसनमा सक्रिय रहेको बाबा ग्याङ नामको आपराधिक समुहमा आवद्ध रहेको व्यक्तिहरु संग साँठगाठ रहेको निष्कर्ष निकालेको थियो।

 

उनीहरू भारत र नेपालको सिमावर्ती ईलाकामा लुटपाट, भारतीय सामानको तस्करीमा सक्रिय रहेको प्रहरीको अनुसन्धान बाट खुलेको प्रहरीले जनाएको छ।
गत २ गते साँझ साढे ५ बजेको समयमा  मौलापुर ७ स्थितबाट घरेलु कटुवा पेस्तोल  १ थान ,गोली राउण्ड २  थान समेत भारतीय नागरिक जैसवाललाई पक्राउ गरिएको प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्।

 

जैसवाल माथि हातहतियार तथा खरखजना, चोरी तथा डाँका र ज्यान मार्ने उद्योग मुद्दा दर्तागरी रौतहत जिल्ला अदालतबाट म्याद थप थामाई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जारीहरेको सूचनामा उल्लेख गरिएको छ।

 

आरोपी भारतीय नागरिक मोनु जायसवाल भारतीय प्रहरीले मस्ट वान्टेडको सूचीमा रहेका छन्। उनीमाथि घोडासहन र झरौखर थानामा एकदर्जन भन्दा बढी आपराधिक मुद्दाहरु दर्ता रहेको मोतीहारी जिल्लाका एस्पी कान्तेश कुमार मिश्रले बताएका छन। आरोपी जैसवाल माथि भारतीय क्षेत्रमा अवैध हतियारको कारोवार , लुटपाट, अपहरण,अबैध मदिरा ओसारपसार जस्ता मुद्दा दर्ता रहेको भारतीय प्रहरीको जनाएको छ।

 

गत मार्च महिनामा जैसवाल अन्य केही साथीहरु संग मिलेर भारतीय सीमा सुरक्षा बल जमुनिया क्याम्पका एकजना जवान माथि आक्रमण गरेका थिए। उक्त घटनामा संलग्न अन्य केही अभियुक्त पक्राउ परेका थिए भने मुख्य योजनाकार जैसवाल नेपाल तर्फ भागेर जोगिएको एसएसबीले जनाएको छ।

जैसवाल केही समय अघि जेल जीवन समेत बिताइ सकेका भारतीय प्रहरीले जनाएको छ।न्युज कारखाना

काठमाडौँ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ।

हाल कोशी प्रदेश, मधेश प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशमा  साधारणतया देखि पुर्ण बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। कोशी र गण्डकी प्रदेशको एक-दुई तथा बागमती प्रदेशको थोरै   स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका  केही  तथा मधेश प्रदेश लगायत बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा  तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । न्युज कारखाना

आजमिति २०८१ साल असार ५ गते बुधबार तदअनुसार जुन १९ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल पक्षको द्वादशी तिथी, विशाखा नक्षत्र, । सिद्द योग   ।  चन्द्र राशि तुला । यो  शुभ योग हो ।

 

अभिजित् मुहूर्त: बिहान ११:३७ देखि १२:३२ सम्म,

•  काठमाण्डौंमा सुर्योदय: बिहान ०५:०९

• सुर्यास्त: बेलुका ०७: ०३ बजे

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।

शुभ रगं ः सेतो

शुभ अंक ः ७

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।

शुभ रगं ः निलो

शुभ अंक ः ७

 

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।

शुभ रगं ः रातो

शुभ अंक ः ६

 

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।

शुभ रगं ः पहेलो

शुभ अंक ः २

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।

शुभ रगं ः पहेलो

शुभ अंक ः ५

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।

शुभ रगं ः पहेलो

शुभ अंक ः २

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।

शुभ रगं ः हरियो

शुभ अंक ः १

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

 

 

आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला ।

 

शुभ रगं ः रातो

शुभ अंक ः ९

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।

शुभ रगं ः हरियो

शुभ अंक ः ४

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।

शुभ रगं ः वैजनी

शुभ अंक ः ६

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।

शुभ रगं ः निलो

शुभ अंक ः ८

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ ।

शुभ रगं ः पहेलो

शुभ अंक ः ४

 

 

राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।

 

राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्। उनि वैदिक ज्योतिषका विज्ञ मानिन्छन् ।

न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।