२०८३ बैशाख २७
२०८३ बैशाख २७

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले दुग्ध किसानको भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै महामन्त्री शर्माले सरकारले दुग्ध किसानलाई ५ अर्ब भन्दा बढी भुक्तानी गर्न बाँकी रहेको बताउदै तत्काल भुक्तानी गर्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराएका हुन् ।

उनले किसानहरु काठमाडौँ आएर प्रदर्शनको तयारी गरिरहेको बताउदै आन्दोलनमा उत्रिएपछि माग सम्बोधन गर्ने प्रचलन अन्त्य गर्नुपर्ने बताए । उनले प्रजातन्त्रमा एक जनाले पनि आफ्नो माग राखेर प्लेकार्ड बोकेमा पनि सुन्नुपर्नेमा जोड दिए ।न्युज कारखाना

वीरगञ्ज । वीरगञ्जमा रहेको प्रसिद्ध इन्स्टिच्युट  संकल्प लोकसेवामा गएको राति करिब १२ बजे आगलगी हुँदा सम्पूर्ण कागजपत्रहरु, इलेक्ट्रिक बोर्ड, कंप्यूटर , ल्यापटप , पंखा, फ्रिज, बेन्च लगाएत इन्स्टिच्युट भित्र रहेका सबै सामानहरु जलेर ध्वस्त भएका छन ।

इन्स्टिच्युट भित्र रहेका सामानहरु के कति मुल्यका रहेका छन त्यो सार्वजनिक गरिएको छैन । जिल्ला प्रहरी कार्यालय नजिक नै रहेका संकल्प लोकसेवामा पर्सा , बारा , रौतहट , सर्लाही लगाएतका जिल्लाका विधार्तीहरु अध्यनरत रहेका थिए ।

आज बिहानै संकल्प लोकसेवाका संचालक अशोक साहले सामाजिक संजालमा एक स्टेटस लेख्दै  प्राविधिक कारणले संकल्प लोकसेवाको सम्पूर्ण कक्षा अर्को सूचना नभए सम्मको लागि स्थगित गरीएको जनाउनु भएको छ  । यसको बारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।न्युज कारखाना

गोरखा- अजिरकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधवार भएको गाउँसभाको १५ औँ अधिवेशनमा अध्यक्ष दीपक देवकोटाले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

 

‘दिगो विकास हाम्रो सोच, सुन्दर शान्त समृद्ध अजिरकोट’ को लक्ष्य हासिल गर्न ‘हाम्रो अजिरकोट राम्रो अजिरकोट’ भन्ने नाराका साथ नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिका अध्यक्ष देवकोटाले तेस्रो कार्यकालका लागि अघिल्ला वर्षका केही योजनालाई समेट्दै केही नयाँ कार्यक्रम ल्याएका छन् ।

 

विकास निर्माणमा स्थानीय सिप र प्रविधिको प्रयोग गर्दै सार्वजनिक, निजी र सहकारीको साझेदारीको नीति अवलम्बन गर्ने, पर्यटन प्रवद्वधनका लागि संघ, प्रदेश र सम्बद्ध निकायसँगको समन्वय, सहकार्य र सह लगानीलाई प्राथमिकता दिई अजिरकोटलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने नीति छ ।

 

स्थानीय रैथाने उत्पादनलाई प्राथमिकता दिदैं कृषि बीज भण्डार तथा इलेक्ट्रिक शीत भण्डार स्तरोन्नति गर्ने, बिउमा अनुदान उपलब्ध गराउने, कृषि एम्बुलेन्स सञ्चालन गर्ने, एक वडा एक व्यावसायिक कृषि उत्पादन कार्यक्रम, एक वडा एक नमुना गाउँ, दूध डेरी एवं दुग्ध उत्पादनमा आधारित उद्योग स्थापना गर्ने, बाहिरबाट आयतित फलफूल तरकारीलाई निरुत्साहित गर्दै आवश्यकता अनुसार क्वारेनटाइनकाे नीति अवलम्बन गर्ने, माटो परीक्षण गरि भूगोल सुहाउँदो खेतीपाती तथा भूगोल अनुकूल आहार उत्पादन गर्ने अजिरकाेटकाे नीति छ ।

 

चिया, कफी, अलैँची खेती प्रवर्धन गर्दै फलफूल र घाँसको स्रोत केन्द्र स्थापना स्थानीय तहमा नै निर्माण गर्ने महत्वकाक्षी योजना अजिरकाेटकाे छ । गत वर्षकै नीति तथा कार्यक्रममा रहेको घर उद्योगका नामा परिचित गर्न खोजिएको कोदाको रक्सी उत्पादन र स्तर निर्धारण गरी ब्राण्डिङ गर्ने अजिरकाेट क्षेत्र कोदोको रक्सी उमेर समूह अनुसार प्रयोगमा प्राथमिकता दिने अजिरकाेटकाे छ । यो कार्यक्रम अघिल्ला वर्षमा पनि आएका कार्यक्रम हो । अन्य बाहिरबाट गएका बाह्य अल्काेहिक पर्दाथबारे छुटै नीति बनाइ व्यवस्थित गर्ने योजना पनि अजिरकाेटकाे छ । अजिरकाेटका वडा न ४, २ र ३ वडामा धेरै मात्रामा साथै सिरानचाेक गाउँपालिकाको वडा न ८ र १ का समेत सिजनवल फलका रूपमा रहेको खुर्पानीबाट जुस तथा वाइन उद्योग सञ्चालनको सम्भाव्यता अध्ययनले गरी चर्चा पाएको छ । अजिरकाेटकाे सिरानडाँडा तथा नम्कि क्षेत्रमा चालु आर्थिक वर्षमा खुर्पानीबाट वाइन निर्माण गरिएको थियो ।

 

वाइन उत्पादन अध्ययन अनुसन्धानका जनजङ्गलमा उत्पादन भई खेर गइरहेका वनजन्य फलफूल पानी अमला, काफल, ऐसेलु, चुत्रोलाई उद्योगसँग जोड्ने अजिरकाेटकाे नयाँ कार्यक्रम हो । पालिकाको उत्पादन पालिकामै, हिमालबाट बगेको शुद्ध खानेपानी बाेटलिङ् गरी राष्ट्रिय एवं अन्ताराष्ट्रिय बजारमा निर्यात गर्न आवश्यक नीति तर्जुमा गर्न अख्तियार गरी संरचना निर्माणको अध्ययन गर्न स्रोत जुटाउने नीति आगामी वर्षमा समेत रहेको छ ।

 

अजिरकाेटमा २०७९ मा अध्यक्षमा निर्वाचित भएका देवकोटाले लगातार तिन वर्षसम्म यो कार्यक्रम अघि बढाउका छन् । पशु बिमा गर्दा लाग्ने प्रिमियममा ५० प्रतिशत अनुदान दिने, बसाइसराइ रोक्न गाउँ फर्कन प्रेरित गर्न सहुलियत प्रदान गर्ने, सेवा शुल्क निर्धारण गर्दा सामाजिक न्यायका आधारमा गर्ने, डोको, नाङ्लो, मान्द्रो, भकारी, राडी, बक्खु जस्ता स्थानीय कच्चा सामग्रीको प्रयोग गरी उत्पादन हुने स्थानीय बस्तुको उत्पादन, प्रवर्द्धन र बजारीकरण गर्ने, रोजगार सेवा केन्द्रलाई श्रम बैंककाे रूपमा विकास गर्ने, बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाहमा भएको चर्को व्याजका कारण उठिबास हुने कहालीलाग्दो अवस्थालाई अन्त्य गर्न सहुलियतपूर्ण कर्जा प्रवाहको नीतिका लागि बैंक तथा वित्तीय संस्थासंग समन्वय । सहकार्य गर्ने नीति समेत पालिकाले लिएको छ ।

 

गोठ होमस्टे प्रभावकारी बनाउने, नागेपाेखरी-दुधपाेखरी-नारदपाेखरी पदमार्ग निर्माण सम्पन्न गर्ने तथा थप स्रोतको खोजी गर्ने, बुद्ध हिमालचुली ग्रेट लेक सर्किट निर्माणको सुरुवात गर्ने, नागेपाेखरी डार्कु हाइ अल्टिच्युट साइक्लिङ रुट निर्माणलाई निरन्तरता दिने, वलाङ र खिम्पुमा रहेको टाउट माछा पालनलाई पर्यटनसँग जोड्ने, भच्चेक-दुधपाेखरी र तपी-सिरानखाेला पर्यटन साइनेजको व्यवस्थापन गर्ने, भच्चेक-सिरानडाँडा-ध्याच्चाेक-बारपाक जोड्ने पर्यटन पदमार्ग निर्माण गर्ने, हातिसुढेँ गुफा-चामे छहरा भिरमाैरी पर्यटनको संरक्षण विकास र प्रवर्धनमा आवश्यक योजना निर्माण गर्ने अजिरकाेटकाे नीति रहेको छ।न्युज कारखाना

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाको भ्रमण सकेर भियतनाम पुगेका छन् । उनको विमान बिहीबार बिहान राजधानी हनोईको नोइ बाई विमानस्थलमा अवतरण भएको थियो ।

पुटिनलाई विमानस्थलमा भियतनामका उपप्रधानमन्त्री ट्रान होङ हा र कम्युनिष्ट पार्टी अफ भियतनाम (सीपीसी) केन्द्रीय समितिका प्रमुख ली होइ ट्रुङले स्वागत गरेका थिए ।

रुसी सञ्चारमाध्यम आरटीका अनुसार पुटिनले राष्ट्रपति तो लाम र प्रधानमन्त्री फाम मिन्ह चिन लगायतका शीर्ष भियतनामी अधिकारीहरूसँग भेट गर्नेछन् ।

उक्त वार्तामा दुई देशबीच आर्थिक साझेदारी, व्यापार, वैज्ञानिक तथा प्राविधिक सहयोगका साथै अन्य विषयमा छलफल हुनेछ ।न्युज कारखाना

काठमाडौँ । दक्षिण अमेरिकी देशको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिका भोलि बिहानदेखि शुरु हुदै छ ।

कोपा अमेरिकाको ४८औं संस्करणको उद्घाटन खेलमा अर्जेन्टिना र क्यानडा खेल्दै छन् । यो खेल नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि हुदै छ ।

अमेरिकामा आयोजना हुने कोपा अमेरिकामा यस पटक १६ देशले भाग लिदै छन् । जसमा अर्जेन्टिना, ब्राजिल, बोलिभिया, चिली, कोलम्बिया, इक्वेडर, पराग्वे, पेरु, उरुग्वे, भेनेजुएला, जमैका, मेक्सिको, पानामा. अमेरिका, क्यानडा र कोस्टा रिका रहेका छन् ।

१६ देशलाई चार समुहमा विभाजन गरिएको छ । जसमा समुह ए मा अर्जेन्टिना, पेरु, चिली र क्यानडा रहेका छन् भने समुह बी मा मेक्सिको, इक्वेडर, भेनेजुएला र जमैका रहेका छन् ।

त्यस्तै समुह सी मा अमेरिका, उरुग्वे, पानामा र बोलिभिया रहेका छन् भने समुह डी मा ब्राजिल कोलम्बिया, पराग्वे र कोस्टा रिका रहेका छन् ।

समुह चरणको खेलपछि हरेक समुहका शिर्ष दुई देश क्वाटरफाइनलमा पुग्ने छन् । प्रतियोगिताको फाइनल खेल फ्लोरिडाको मियामी गार्डेनमा रहेको हार्ड रक स्टेडियममा जुलाई १४ मा हुने छ ।

कोपा अमेरिकाको यो ४८औं संस्करण हो । अहिलेसम्म सबैभन्दा बढी १५ पटक अर्जेन्टिना र उरुग्वेले कोपा अमेरिकाको उपाधि जितेका छन् । अर्जेन्टिना कोपा अमेरिकाको डिफेन्डिङ च्याम्पियन हो । त्यस्तै ब्राजिलले ९ पटक कोपा अमेरिका जितेको छ भने पाराग्वे, चिली र पेरुले २-२ पटक यो उपाधि जितेका छन् । त्यस्तै बोलिभिया र कोलम्बियाले एक एक पटक यो उपाधि जितेका छन् । मेक्सिको २ पटक फाइनलमा पुगेपनि उपविजेता मै चित्त बुझाएको थियो ।न्युज कारखाना

लमजुङ । पहिरो खस्दा बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ। अविरल वर्षासँगै बेँसीसहर नगरपालिका–६ खरखरेभीरमा ठूलो ढुंगागासहितको पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

खरखरेभीरमा सडक माथिबाट ठूलो ढुङ्गासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको र बाटोमा पर्ने अक्टोपस झरनामा पानी बढेपछि आवागमन रोकिएको लमजुङ प्रहरी कार्यालयका सूचना अधिकारी  प्रहरी निरीक्षक थानेश्वर चपाईंले बताए।न्युज कारखाना

सर्लाही । सर्लाहीको वाग्मती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गस्थित वाग्मती नगरपालिका–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्री बस ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्रुयु हुनेमा पन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षीय दशरथ कोहार र ५० वर्षीय रामकरण केवट रहेका छन् ।

रुपन्देहीबाट जनकपुरतर्फ आइरहेको बस दुर्घटना भएको हो । बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा केही व्यक्ति गम्भीर घाइते भएका छन् । जनकपुर, वीरगन्ज र स्थानीय अस्पतालमा उनीहरूको उपचार भइरहेको छ ।न्युज कारखाना

धादिङ । धादिङको सिद्धलेकमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

सिद्धलेक गाउँपालिका–२ नलाङ स्थित खिर्रेमा ज १ ज ४४४ नम्बरको जिप दुर्घटना हुँदा नलाङ पोखरी गाउँका ५२ वर्षीय लोक बहादुर गुरुङ मृत्यु भएको प्रहरीले जनाएको छ।

जिप सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीको भनाइ छ। दुर्घटनामा एक जना घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।न्युज कारखाना

काठमाडौँ । ईङल्याण्डले जारी टी-२० विश्वकपको सुपर आठमा वेस्ट इन्डिजलाई पराजित गरेको छ । विहिबार बिहान सम्पन्न खेलमा ईङल्याण्डले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको हो ।

वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य पछाएको ईङल्याण्डले १७.३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

ईङल्याण्डका लागि फिल साल्टले सर्बाधिक ८७ रन बनाए भने जोनी बैरस्ट्रोवले अविजित ४८ रन बनाएका थिए । त्यस्तै कप्तान जोस बटलरले २५ र मोइन अलीले १३ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाउदै १८० रन बनाएको थियो । वेस्ट इन्डिजका जोन्सन चार्लेजले सर्बाधिक ३८ रन बनाएका थिए भने निकोलस पुरन र कप्तान रोभमन पावेलले ३६-३६ रन बनाएका थिए । त्यस्तै शेरफान रुदरफोर्डले २८ र ब्रान्डन किंगले २३ रन बनाएका थिए ।

यो जितपछि ईङल्याण्डले सुपर आठको समुह एकमा महत्वपूर्ण २ अंक हासिल गरेको छ र शिर्ष स्थानमा रहेको छ । अब ईङल्याण्डले अर्को खेल शुक्रबार राती दक्षिण अफ्रिकासँग खेल्ने तालिका रहेको छ । त्यस्तै वेस्ट इन्डिजले भने शनिबार बिहान अमेरिकासँग खेल्दै छ ।न्युज कारखाना

काठमाडौँ । साउदी अरेबियाको मक्कामा जुन १२ देखि जुन १९ सम्म गर्मीका कारण ५७७ हज यात्रीको मृत्यु भएको छ । गत वर्ष यो संख्या २४० थियो । जुन १७ मा मक्काको ग्रान्ड मस्जिदमा ५१.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो।

द गार्डियनको रिपोर्टका अनुसार मारिनेमा ३२३ इजिप्टका र ६० जना जोर्डनका नागरिक थिए । यसबाहेक इरान, इन्डोनेसिया र सेनेगलका हज यात्रीको पनि मृत्यु भएको छ । साउदी कूटनीतिज्ञले बताए  अनुसार अधिकांश मृत्यु गर्मीका कारण बिरामी परेका कारण भएको हो ।

इजिप्टका विदेशमन्त्रीले मङ्गलबार साउदी अधिकारीहरूसँगको सहकार्यमा बेपत्ताको खोजी अभियान चलाएको बताए । गर्मीका कारण बिरामी परेका करिब २ हजार हजयात्रीको उपचार भइरहेको साउदी अरेबियाले जनाएको छ ।

जुन १७ मा मक्काको ग्रान्ड मस्जिदमा ५१.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो । साउदी अरेबियाका अधिकारीहरुका अनुसार मक्कामा जलवायु परिवर्तनको गहिरो असर परिरहेको छ । यहाँको औसत तापक्रम हरेक १० वर्षमा ०.४ डिग्री सेल्सियसले बढिरहेको छ ।

अघिल्लो वर्ष २४० हज यात्रीको मृत्यु भएको थियो । तीमध्ये अधिकांश इन्डोनेसियाका थिए । साउदीले सबै यात्रुलाई छाता प्रयोग गर्न सल्लाह दिएको छ । यस बाहेक उनीहरुलाई लगातार पानी पिउन र घामबाट बच्न भनिएको छ ।

यद्यपि, माउन्ट अराफातमा पूजासहित अधिकांश हज अनुष्ठानहरू दिनको समयमा गरिन्छ । यसका लागि हजयात्रीहरूले लामो समय बाहिर घाममा बस्नुपर्ने हुन्छ । हजका क्रममा सडक छेउमा विरामी यात्री देख्ने गरेको हज यात्रीहरुले बताएका छन् । धेरैको ज्यान गएको छ । हज रुटमा एम्बुलेन्सको भीड लाग्ने गरेको छ ।

यस वर्ष करिब १८ लाख हज यात्री हजका लागि पुगेका छन् । जसमध्ये १६ लाख अन्य देशका छन् । हरेक वर्ष हजारौं तीर्थयात्री हज गर्न जाने गर्छन् जससँग भिसा छैन। पैसाको अभावमा यस्ता यात्री गलत बाटो भएर मक्का पुग्छन् ।

साउदी कूटनीतिज्ञहरूले मृत्यु हुनेहरूमा इजिप्टका तीर्थयात्रीहरूको संख्या धेरै छ किनभने तिनीहरूमध्ये धेरैले हजका लागि दर्ता गरेका थिएनन । यस महिनाको सुरुमा साउदी अरेबियाले हजारौं दर्ता नगरिएका हज यात्रीहरूलाई मक्काबाट हटाएको थियो ।

हजको आयोजना गर्नु साउदी अरेबियाको शाही परिवारका लागि सम्मान हो । साउदी राजालाई २ पवित्र मस्जिदको संरक्षक पनि भनिन्छ ।

इस्लाम धर्ममा हज पाँच कर्तव्य मध्ये एक हो । मान्यता अनुसार हरेक मुस्लिम व्यक्तिले आफ्नो जीवनमा कम्तिमा एक पटक यो कर्तव्य पूरा गर्नुपर्छ । सन् ६२८ मा पैगम्बर मोहम्मदले आफ्ना १४०० चेलाहरूसँग यात्रा सुरु गरेका थिए । यो इस्लामको पहिलो तीर्थयात्रा भयो र यस यात्रामा पैगम्बर इब्राहिमको धार्मिक परम्पराको पुनर्स्थापना भयो । यसलाई हज भनिन्छ । हरेक वर्ष विश्वभरका मुस्लिमहरू हज गर्न साउदी अरबको मक्का पुग्छन् । हज पाँच दिन लाग्छ र ईद अल-अधा वा बक्रिदमा समाप्त हुन्छ ।

साउदी अरेबियाले प्रत्येक देश अनुसार हज कोटा तयार गर्दछ । जसमध्ये इन्डोनेसियामा सबैभन्दा बढी कोटा छ । त्यसपछि पाकिस्तान, भारत, बंगलादेश र नाइजेरिया छन् । यसबाहेक इरान, टर्की, इजिप्ट, इथियोपिया लगायतका देशबाट हजयात्री आउने गर्दछन् । हज यात्रीहरू पहिले साउदी अरेबियाको जेद्दा सहर पुग्छन् । त्यहाँबाट बस चढेर मक्का सहर जान्छन् ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।