काठमाडौं । ‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ दशौं अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ ।
संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए ।
सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो ।
न्युज कारखाना
काठमाडौँ । इङल्याण्ड डेनमार्कसँग बराबरीमा रोकिएको छ । जारी युरोकपको समुह सी अन्तर्गतको खेलमा डेनमार्कले इङल्याण्डलाई १-१ गोलको बराबरीमा रोकेको हो ।
गएराती सम्पन्न खेलमा इङल्याण्डले खेलको १८औ मिनेटमा ह्यारी केनको गोलमा शुरुवाती अग्रता लिएपनि अग्रता जोगाउन नसक्दा अंक बाँडेको थियो । डेनमार्कका लागि खेलको ३४औं मिनेटमा मोर्टेन हजुलमण्डले डी बक्स बाहिरबाट शानदार गोल गर्दै खेल बराबरी गरेका थिए । त्यसपछि खेलमा कुनै गोल भएन र दुवै देशले एक एक अंक बाँडेका थिए ।
यो बराबरीपछि समुह सी मा इङल्याण्डको २ खेलमा ४ अंक भएको छ भने डेनमार्कको २ खेलमा २ अंक भएको छ ।
अब समुह चरणको अन्तिम खेलमा इङल्याण्डले जुन २६ मा स्लोभेनियासँग र डेनमार्कले सोहि दिन सर्बियासँग खेल्ने तालिका रहेको छ ।न्युज कारखाना
काठमाडौं । दार्चुलामा भूकम्प गएको छ । आज बिहान ५: ५० मा जिल्लाको धारी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो । न्युज कारखाना
काठमाडौँ । सर्बिया स्लोभेनियासँग हारबाट बचेको छ । जारी युरोकपको समुह सी अन्तर्गतको खेलमा स्लोभेनियालाई सर्बियाले १-१ गोलको बराबरीमा रोकेको हो ।
स्लोभेनियाको जितमा खेलको ६९औं मिनेटमा जान कारनिकनिकले गरेको गोलबाट शुरुवाती अग्रता हासिल गरेको थियो । तर सर्बियाका लागि लुका जोभिकले ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै खेल बराबरी गरेका थिए र सर्बियालाई हारबाट बचाएका थिए ।
पहिलो खेलमा डेनमार्कसँग बराबरी खेलेको स्लोभेनिया यो खेलमा पनि बराबरीमा रोकिएपछि २ खेलमा २ अंक हासिल गरेको छ । त्यस्तै सर्बियाले भने दोस्रो खेलमा एक अंक हासिल गरको छ ।
अब समुह चरणको अन्तिम खेलमा स्लोभेनियाले जुन २६ मा इङल्याण्डको सामना गर्ने छ भने सर्बियाले सोहि दिन डेनमार्कविरुद्ध खेल्ने छ ।न्युज कारखाना
काठमाडौँ । स्पेन जारी युरोकपको नकआउट चरणमा पुगेको छ । गएराती सम्पन्न समुह बी अन्तर्गतको खेलमा इटालीलाई १-० गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको नकआउट चरणमा पुगेको हो ।
स्पेनको जितमा खेलको ५५औं मिनेटमा इटालीका रिकार्डो कालाफिओरीले आत्मघाती गोल गरेका थिए ।
यो यस प्रतियोगितामा स्पेनको लागतार दोस्रो जित हो । २ खेलमा ६ अंक हासिल गरेको स्पेन समुह बी बाट नकआउट चरणमा छनौट भएको छ । त्यस्तै इटालीको भने २ खेलमा ३ अंक रहेको छ ।
अब स्पेनले अर्को खेल जुन २५ मा अल्बानियासँग खेल्ने छ भने इटालीले सोहि दिन क्रोसियासँग खेल्ने तालिका रहेको छ ।न्युज कारखाना
काठमाडौँ । भारतले अस्फ्गानिस्तानलाई पराजित गरेको छ । जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत सुपर आठको खेलमा भारतले अफगानिस्तानलाई४७ रनले पराजित गरेको हो ।
गएराती समपन्न खेलमा भारतले दिएको १८२ रनको लक्ष्य पछाएको अफगानिस्तान २० ओभरमा अल आउट हुदै १३४ रन मात बनाए पछि भारत ४७ रनले विजयी भएको हो ।
अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाइले सर्बाधिक २६ रन बनाए भने नाजिबुल्लाह जर्द्रानले १९ रन बनाएका थिए । त्यस्तै भारतका बलर अर्शदीप सिंह र जसप्रित बुमराहले ३-३ विकेट लिएका थिए ।
यस अघि टस जितेर पहिला बय्टिंग गरेको भारतले २० ओभरमा ८ व्केट गुमाएर १८१ रन बनाएको थियो । भारतका लागिसूर्यकुमार यादवले सर्बाधिक ५३ रन बनाए भने हार्दिक पाण्डेयले ३२, विराट कोहलीले २४ तथा ऋषव पन्तले २० रन बनाएका थिए । त्यस्तै अफगानिस्तानका बलर राशिद खान र फजलहक फारुकीले ३-३ विकेट लिएका थिए ।
यो जितपछि सुपर आठको समूह एकमा रहेको भारतले २ अंक हासिल गरेको छ । अब भारतले अर्को खेल शनिबार राति बंगलादेशविरुद्ध खेल्दै छ । त्यस्तै अफगानिस्तानले अर्को खेल आइतबार बिहान अस्ट्रेलियासँग खेल्दै छ ।न्युज कारखाना
राैतहट,०६ गते असार ।
जनता अवासको भुक्तानीको लागि दलित मोर्चाले तालाबन्दी गर्ने भएको छ ।
जनता अवास कार्यक्रम अन्तर्गत मौलापुर नगरपालिकामा निर्माणाधीन घरहरूको भुक्तानी एबं पथरा बुधरामको भकुवा खोलामा अधुरो पुलको काम सम्पन्न गराउन संघर्ष समिति मौलापुरले आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
आम दलित मोर्चाको अध्यक्ष ठागा दास, युवा नेता लखिन्दर यादव, मौलापुर नगर प्रवक्ता चन्देश्वर बैठा, आम दलित मोर्चाको सह-इन्चार्ज बिरचन राम, आजपाको नेता लखिन्दर साह र आम विद्यार्थी मोर्चाको अध्यक्ष विवेक साह लगायत नेताहरुद्वारा बुझाईएको ज्ञापनपत्रमा माग पुरा नभए यही आषाढ ११ गते देखि विकास पुर्वाधार कार्यालयमा तालाबन्दी गर्ने घोषणा गरिएकोछ ।
राैतहट,०६ गते असार । रौतहटको दुुइ वटा नगरपालिकाले बजेट ल्याएको छ । बुुधवार कटहरिया नगरपालिकाले बजेट ल्याएको छ भने विहिवार मध्य रौतहटमा रहेको गरुडा नगरपालिकाले बजेट ल्याएको छ ।
गरुडा स्थित कलवार धर्मशालाको प्रांगणमा बजेट अधिवेशन बोलाईएको थियो । नगर प्रमुख अजय कन्थमुनी जयवालको अध्यक्षतामा सो नगरसभा सम्पन्न भएको हो । “समृद्ध नगरःखुशी नगरबासी” लक्ष्यका साथ नगरपालिका नगर कार्यपालिकाबाट पास गरेको निती तथा कार्यक्रम कार्यान्यवन गर्न ४६ करोड भन्दा बढी बजेट विनियोजन गरेको हो ।
सो नगरपालिकाको ११ औं नगरसभा तथा आठौं बजेट अधिवेशन बाट आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ७० करोड भन्दा बढीको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगरसभाको प्रमुख अतिथीको रुपमा मधेस प्रदेशका युवा तथा खेलकुद मन्त्री प्रमोद जयसवाल रहनुु भएको थियो ।
गरुडा नगरपालिकाले नगरको समग्र विकासका लागि ७० करोड २० लाख ५९ हजार रुपैयाँ आयव्यय सहितको बजेट प्रस्तुत गरेको छ । अधिवेशनमा उपमेयर पुनम देवि चौधरीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत गरेकी थिइन ।
नगर सभाबाट यसपालि शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी लगायतलाई विशेष प्राथमिकता दिइएको छ । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहम्मद मुस्ताक आलमले स्वागत मन्तव्य राखेका थिए । हरेक वर्ष असार १० गते बजेट ल्याउनु पर्ने प्रावधान रहेको छ ।
तर गरुडा नगरपालिकाले सो समयअवधी आगावै नगरसभा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । सो अवसरमा जनप्रतिनिधिहरू,पत्रकार,सुरक्षाकर्मी,कर्मचारीहरू सहितका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
रौतहट,०६ गते असार । रौतहट–रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ४ को कार्यालयले पूर्णअपाङ्ग भएका व्यक्तीहरुलाइ सम्मान गर्नुका साथै खेलाडीहरूलाई खेलकुद सामाग्री वितरण गरेको छ ।
आज एक कार्यक्रमका बिच सो वडाका वडा अध्यक्ष चन्दन कुमार कुशवाहाले पूर्णअपाङ्ग भएका व्यक्तीहरुलाइ सम्मान गर्नुुका साथै खेलाडीहरुलाइ खेलकुद सामाग्री दिएका हुन् ।
छुुट्टाछुुट्टै कार्यक्रम आयोजन गरि उनले सम्मान र खेलकुद सामाग्री दिएका हुन् । सो वडामा रहेको एक दर्जन पूर्णअपाङ्ग भएका व्यक्तीहरुलाइ दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
आफूहरु सम्मानित हुन पाउँदा उनीहरुले हर्षित हुँदै वडा अध्यक्ष लाइ धन्यवाद ज्ञापन गरेका हुन् ।
त्यस्तै खेलाडीहरुको मनोबल बढाउन उनले वडा भरिमा रहेको सिनियर र जुनियर गरि ८ वटा टिमलाइ वडा अधयक्ष कुुशवाहाले क्रिकेट सामाग्री प्रदान गरेका हुन् ।
कटहरिया क्रिकेट टिमका कप्तान संजिप ठकुरीको अध्यक्षतामा वडा स्तरीय बजेटबाट सो वडाका खेलाडीहरूलाई कार्यालयले ब्याड,बल,विकेट, ग्लभ्स, लगायतका सामाग्री वितरण गरिएको हो ।
वडा लाइ दिइने कम बजेट बाट पनि आम सर्वसाधारणको मन जित्ने खालको कार्यक्रमहरु ल्याएर वडा अध्यक्ष कुशवाहा चर्चा बटुल्न सफल भएका छन् ।
उनले ९९ हजार रुपैयाँ बराबरको वडा स्तरीय बजेट बाट ति समाग्रीहरु खरिद गरेर वितरण गरेका हुन् । यसैगरि फुुटबल खेलाडीका लागि पनि उनले बाल उपलब्ध गराएका हुन् ।
कार्यक्रमलाइ सम्बोधन गर्दै वडाध्यक्ष कुशवाहाले वडाभित्र खेलको विकासका लागि आफनो निरन्तर सहयोग रहने बताए ।
कार्यक्रममा बोल्दै वडा सचिव छोटेलाल मिश्राले स्थानिय सरकार आएपछि खेलाडीहरुलाइ खेलकुुद सामाग्री पाउन सहज भएको बताए ।
यता वडा सदस्य रामइश्वर राय यादवले खेलकुद सामाग्री पाएपछि राम्रो सँग खेल्न र वडाको नाम रौशन गर्न खेलाडीहरुलाइ अनुरोध गरेका थिए ।
सो अवसरमा स्थानिय बिनोद साह,आशमहम्द,यूवा नेता दिपक दुुब्बे,शिक्षक अचल शाही,गणेश साह कलवार लगायतका व्यक्तीहरुको सहभागिता रहेको थियो ।
काठमाडौँ । हाल मनसुनी प्रणालीको प्रभाब कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा रहेको छ बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमि वायुको आंशिक प्रभाव रहेको छ।
हाल कोशी,बागमती, गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। मधेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी र बाग्मती प्रदेशका केही, मधेश, गण्डकी र लुम्बिनी प्रदेशको थोरै तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
त्यस्तै राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य देखि पु्र्ण बदली, लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको थोरै तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । न्युज कारखाना