राैतहट,१० गते असार । रौतहटको मौलापुर नगरपालिकाले छोटो समयमा अभुतपूर्व प्रगति गरेको पूर्वमन्त्री प्रभु साहले बताएका छन् । मौलापुर नगरपालिकाको नगरसभाको सोमवार उद्घाटन गर्दै आम जनता पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेका संघीय साँसद साहले गएको सात वर्षमा मौलापुर नगरपालिकाले गरेको प्रगति अन्य पालिकाको तुलनामा निकै बढी रहेको बताएका छन् ।
नगरबासीसित कुनै पनि किसिमको कर नलिने गरेको मौलापुर नगरपालिकाले सबै नागरिकलाई बिजुली, पानी तथा अन्य सुविधा निशुल्क दिने गरेको छ । भौतिक विकासको क्षेत्रमा गत सात वर्षमा अभूतपूर्व प्रगति गरेकोमा पूर्वमन्त्री साहले नगरप्रमुख रिनाकुमारी साहको प्रशंसा पनि गरेका छन् ।
नगरसभाका सम्पूर्ण सदस्यहरु एकजुट भएर विकासको काममा निरन्तर जुटिरहेको बताउँदै नगरपालिकाको विकासको चर्चा देशभरमा भइरहेको बताएका छन् । जनताको हातमा नगरको पैसा शिक्षा, बिजुली, स्वास्थ्य तथा पानीमार्फत सोझै हातमा गइरहेको बताउँदै जिल्लाको सबैभन्दा कम बजेटमा पालिकाले गरेको प्रगति अत्यन्त खुसी लाग्ने किसिमको भएको बताएका छन् । मौलापुरको विकास मोडेलबाट देशका अन्य जागरुक पालिकाहरुले सिकिरहेको स्पष्ट पारेका छन् । मौलापुर नगरपालिकाले अनेक चुनौतीको सामना गर्दै गरिरहेको प्रगति गौरवपूर्ण रहेको बताएका छन् । सरकारको अर्थनीति विभेदपूर्ण रहेको पनि साहको आरोप रहेको छ । केन्द्र सरकारले शिक्षक दरबन्दी, बैकको लगानी तथा अन्य क्षेत्रमा पनि विभेद गरिरहेको आरोप पनि साहले लगाएका छन् ।
केही विकास विरोधीहरुले ट्रान्सफर्मर चोरी गरेको, विद्यालयको सामग्री तोडफोड गर्ने गरेको, जनप्रतिनिधिबिच फुट ल्याउन खोजेको तथा विकासको काममा अवरोध गर्न खोजेको बताएका छन् । मधेश प्रदेशमा लगातार दुई कार्यकाल नगरप्रमुखमा निर्वाचित भएकी नगरप्रमुख रिनाकुमारी साहले नगरपालिकाको नागरिकलाई अनेक सुविधा दिदै आएकी छन् । साहको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख नागेन्द्र राय यादवले ३९ करोडको आय व्यय प्रस्तुत गरेका छन् । मौलापुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधारमा जोड दिएको छ ।
विद्यालय भवनहरुको निर्माण तथा शिक्षक दरबन्दीसमेतमा नगरपालिकाले ठुलो बजेट खर्च गर्दै आएको छ । सम्पूर्ण बजेटको करिब ४२ प्रतिशत शिक्षामा लगानी गर्दै आएको मौलापुर नगरपालिकाले हरेक वर्ष पुरातात्विक महादेव मन्दिरको प्रचारप्रसारमा पनि ठुलो खर्च गर्ने गरेको छ । हरेक वर्ष पुरातात्विक महादेव मन्दिरमा लाखौँ दर्शनार्थी आउने गरेका छन् । नगरपालिकाले आगामी आर्थिक वर्षको लागि सन्तुलित बजेट ल्याएको भन्दै विभिन्न वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले प्रशंसा गरेका छन् ।
आजमिति २०८१ साल असार ११ गते मंगलवार तदअनुसार जुन २५ तारिख,
नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु कृष्ण पक्षको चतुर्थि तिथी, श्रवण नक्षत्र, । बैघृति योग । चन्द्र राशि मकर । यो स्थिर कामको लागि शुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:३९ देखि १२:३४ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:१०
• सुर्यास्त: बेलुका ०७: ०३ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।
शुभ रगं ः रातो
शुभ अंक ः ४
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ ।
शुभ रगं ः पहेलो
शुभ अंक ः २
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।
शुभ रगं ः हरियो
शुभ अंक ः ४
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला ।
शुभ रगं ः चाँदी
शुभ अंक ः ७
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।
शुभ रगं ः सुन्तला
शुभ अंक ः ७
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।
शुभ रगं ः सुन्तला
शुभ अंक ः ७
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।
शुभ रगं ः पहेलो
शुभ अंक ः १
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।
शुभ रगं ः सेतो
शुभ अंक ः ८
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।
शुभ रगं ः खैरो
शुभ अंक ः २
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।
शुभ रगं ः रातो
शुभ अंक ः ८
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।
शुभ रगं ः निलो
शुभ अंक ः ७
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।
शुभ रगं ः पहेलो
शुभ अंक ः ९
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, वैदिक ज्योतिषका विज्ञ मानिन्छन् । उनी वैदिक ज्योतिष परामर्श केन्द्रको सञ्चालक हुन् । न्युज कारखाना
चितवन । चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रूपैयाँको बजेट पेश गरेको छ ।
सोमबार महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले चालु आर्थिक वर्षको भन्दा २४ करोड ६ लाख ८ हजार रुपैयाँ बढी ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रूपैयाँको बजेट पेश गरेका हुन् ।
बजेट प्रस्तुत गर्दै अधिकारीले सामाजिक सुरक्षालगायत अन्तरसरकारी अख्तियारी शीर्षकमा अनुमानित रु १ अर्ब ३० करोड रहने प्रक्षेपण गरिएको बताए । जसलाई अन्तर सरकारी अख्तियारी शीर्षकबाट नै खर्च तथा लेखाङ्कनको प्रबन्ध गरिने छ ।
बजेटमा चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकीमा रहेका र क्रमागत एवं बहुवर्षीय ठेक्का भएका योजनाहरु समयमै सम्पन्न गर्नको लागि रु १ अर्ब ६० करोड बजेट विनियोजन गरिएको छ । त्यस्तै हरेक वडाको सन्तुलित विकासका लागि दुई प्रकारबाट वडास्तरीय सिलिङ निर्धारण गरिएको छ । जसमा वडालाई न्यूनतम रु २ करोड ७४ लाख २८ हजार र अधिकतम रु २ करोड ९० लाख २ हजार गरी जम्मा वडास्तरीय आयोजनाहरुमा रु ८२ करोड बजेट विनियोजन गरिएको उनले बताए ।
यस्तै महानगरपालिकाका ठुला तथा रणनीतिक महत्व तथा गौरवका पूर्वाधार निर्माण गर्न एवं संघीय र बागमती प्रदेश सकारबाट प्रस्ताव भएका समपूरक र विशेष अनुदान अन्तर्गतका योजनाहरुको कार्यान्वयन गर्नको लागि समपुरक साझेदारी कोष स्थापना गरी कार्यान्वयनमा ल्याउन रु १२ करोड बजेट विनियोजन गरिएको छ ।
महानगरभित्र सार्वजनिक शौचालयहरू निर्माण, फाउण्डेसन सहितको मेसजाली निर्माण, हरियालीसहितको नमूना सडक निर्माण, सिचाइ, कल्भर्ट, ग्राभेल, ह्युमपाइप खरिद, एक वडा, एक खुला व्यायमशालाको लगायतका शहरी सौन्दर्य र भूउपयोग तथा वस्ती विकाससम्बन्धी कार्यक्रम कार्यान्वय गर्नको लागि रु १४ करोड विनियोजन गरिएको छ ।
दियालो बङ्गलामा पार्कसहित पर्यटकीय पूर्वाधार निर्माण गरी संग्रहालयका रूपमा सञ्चालनमा ल्याउनको लागि रु १ करोड बजेट विनियोजन गरिएको उपप्रमुख अधिकारीले बताउनुभयो । वैदेशिक रोजगारबाट फर्केकाहरूलाई कृषि पेशातर्फ आकर्षित गर्नका लागि व्यवसायिक खेती गर्न कृषि उपकरण खरिदमा अनुदान, कृषि तथा पशु बीमा कार्यक्रमलाई निरन्तरता, कृषकको क्षमता अभिवृद्धि गर्ने तथा प्रविधि हस्तान्तरणका कार्यक्रम सञ्चालन लगायतका कृषि सम्बन्धी नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि रु ६ करोड विनियोजन गरिएको छ ।
यस्तै दुध उत्पादनमा दिइँदै आएको उत्पादनमा आधारित प्रतिलिटर ३ रुपैयाँ अनुदान कार्यक्रमलाई निरन्तरता, पशु बीमा कार्यक्रम सञ्चालन, मत्स्यफर्महरूमा प्रयोग हुने विद्युत् महसुलमा पचास प्रतिशत अनुदान निरन्तरता लगायत पशुविकास कार्यक्रम कार्यान्वयन गर्न रु ७ करोड बजेट विनियोजन गरिएको छ ।
त्यस्तै महानगरले सहरी पूर्वाधार, भूउपयोग तथा वस्ती विकास र अधुरा योजनाहरुको निरन्तरता दिने, कृषि तथा पशुविकास कार्यक्रम, शिक्षा विकास,नियमित सडक मर्मत सम्भार, स्वास्थ्य सेवा, वातावरण, सरसफाइ एवं हरियाली निर्माण सूचना प्रविधि तथा डिजिटल प्रणालीको उपयोग, सहकारी तथा रोजगार प्रर्वद्धन, पर्यटन तथा उद्योग र वाणिज्य प्रर्वद्धन र युवा तथा खेलकद विकासलाई बजेटमा प्राथमिकतामा राखेको छ । न्युज कारखाना
रौतहट । रौतहटको बौधिमाइ नगरपालिकाकी उपमेयर प्रमिला देवि जयस्वालले पाँच वडा अध्यक्षसहित बहुमतका साथ नगर अधिवेशन बहिष्कार गरेकी छन् ।
मेयर प्रदिप यादवले एकलौटी रूपमा नगर अधिवेशन गर्न खोजेको भन्दै उपमेयर प्रमिला देवि जयसवाल बहुमत कार्यपालिका सदस्यसहित नगर अधिवेशन बहिस्कार गरेकी हुन् ।
मेयर यादव र उपमेयर जयस्वाल एउटै दल नेकपा एकीकृत समाजवादी पार्टीको टिकटबाट निर्वाचित भएपनि मेयरले मनमानी गर्न खोजेको आरोप लगाउँदै उपमेयर सहितले नारा जुलुस प्रर्दशन गर्दै नगर अधिवेशन बहिष्कार गरेका थिए विहिस्कार गरेकी छिन् ।
मेयर यादवले सोमबार नगरपालिकाको सभाकक्षमा ९औं नगर अधिवेशनको लागि आयोजना गरेको कार्यक्रममा उपमेयर जयसवालसहित ३३ जना बहुमत कार्यपालिका सदस्यहरुले मेयरसंग प्रतिवाद गरेका थिए । सो क्रममा मेयर यादवले बोलाएको बाउन्सर कार्यपालिका सदस्यका साथ दुर्व्यवहार गरेको आरोप लगाईएको छ ।
नगरसभा बहिष्कार गर्न पुगेको बेला कार्यक्रममा केहिबेर मेयर यादव र उप मेयर जयसवालका समर्थक बिच धक्कामुकी समेत भएको थियो ।
उपमेयर जैसवालका समर्थकहरुले नगर अधिवेशन लेखिएको व्यानर समेत च्यातिदिएका छन । मेयर यादवले बहुमत सदस्यलाई पेलेरै नगर सभा गर्न खोज्दा उपमेयर जयसवालका समर्थक र मेयर यादवका समर्थक बिच कुटाकुटको स्थिती सृजना भएको थियो ।
आफुहरुसँग कुनै सरसल्लाह नै नगरि नगर प्रमुख यादवले आफ्ना मनोपोली ढंगले नगर अधिवेशन गर्न खोज्दा आफुहरु नगर अधिवेशन बहिस्कार गरेको नगर उपप्रमुख प्रमिला देवि जयसवालले आरोप लगाएकी छन । नगरको सभाहल बाहिर निक्लेर उपमेयर सहितको जनप्रतिनिधिले बिवाद बारे सम्बोधन गरेका थिए । वडा ३ का अध्यक्ष मणिभुषण साहले कार्यपालिका बोर्डको बैठकमा नगरसभा बारे छलफल नभएको आफूहरुलाई सञ्चार माध्यमबाट जानकारी हुँदा ३२ जना कार्यपालिका सदस्यको हस्ताक्षरसहित आईतवार नै नगरसभा स्थगन गर्न निवेदन दर्ता गराएको बताएका थिए ।
मेयर यादवले मनमानी बदनियत पूर्ण अधिवेशन गर्नखोजेको बताउँदै अध्यक्ष साहले हालसम्म राजश्व परामर्श समितिको बैठक नबसेको, आव २०८०/०८१ को बजेट प्रस्तुत नभएको, संघ र प्रदेशबाट आएको रकम बारे जानकारी नदिइएको, वडा र नगरको विकास बजेटको सिलिङ वितरण नभएको, २०७९/०८० को आय ब्यय माग गर्दा पनि नपाएको, मनोमानी ढंगले दैनिक ज्यालादारी र करारका कर्मचारी भर्ना गरेको, नगरेको आन्तरिक आय बारे जानकारी नदिएको उपमेयर सहित बहिष्कार गर्ने पक्षले बताएका थिए।
नगर अधिवेशन बहिष्कार गर्नेहरुमा उपमेयर प्रमिला देवी जैसवाल, वडा १ का अध्यक्ष रामाजोधी राउत,२ का धर्मेन्द्र पटेल,३ का मणि भुषण साह,७ का नरेन्द्र कुशवाहा,९ का अध्यक्ष मुक्ति नारायण मिश्रा संगै वडा सदस्य, कार्यपालिका सदस्य समेत गरी ३३ जना रहेका छन।
बहिष्कार बारे बौधिमाई नगरप्रमुख प्रदीप कुमार यादवको प्रतिक्रिया लिन फोन गर्दा उनको मोबाईलको स्विच अफ रहेको थियो भने सभा हलमा पत्रकार लाई प्रवेश निषेध गरिएको थियो । न्युज कारखाना
रौतहट । रौतहटको मौलापुर नगरपालिकाको आठौं बजेट अधिवेशन सोमवार एक समारोहका बिच सम्पन्न भएको छ।
आमजनता पार्टीका अध्यक्ष संघीय सांसद प्रभु साहको प्रमुख आतिथ्यमा सर्वसम्मत ढंगले सम्पन्न नगरसभाले विभिन्न लोकप्रिय कार्यक्रम सहित कुल ३९ करोड़को बजेट घोषणा गरिएकोछ ।
कार्यक्रममा प्रमुख अतिथि तथा पूर्व मन्त्री प्रभु साहले मौलापुरले लिएको ‘शुन्य कर नीति’ को सर्वत्र सराहना भईरहेको बताएका थिए । ‘बिजुली- पानी निःशुल्क, गरिब दलितलाई एकीकृत आवास, छोरीसँग मेयर कार्यक्रममा जनही ३० हजार रुपैया सहयोग, निःशुल्क प्राविधिक शिक्षा जस्ता कार्यक्रमहरुले मौलापुरको ग़ौरब बढ़ाएको उनले बताए ।
त्यस्तै सभाले धुँवा चूल्हों मुक्त अभियान गरी कच्ची सडकमुक्त अभियान र झुपड़ी मुक्त अभियान अगाड़ी बढ़ाउने घोषणा गरिएकोछ । यसरी जनता केन्द्रित बजेट ल्याएकोमा मौलापुरको सर्वत्र सराहना भईरहेकोछ । देशका विभिन्न स्थानीय तहमा बजेटका विषयमा जनप्रतिनिधिहरुबीच विवाद भइरहेको बेला मौलापुरले भने सर्वसम्मत ढंगले नगरसभा सम्पन्न गरेकोमा उनले सम्पूर्ण जनप्रतिनिधि सहित नगरप्रमुखलाई धन्यवाद दिएका थिए। उनले मौलापुरले “ शून्य कर नीति” तथा “फ्री बिज़ूली फ्री पानी”को निरन्तरता सहित विभिन्न लोकप्रिय कार्यक्रमहरु घोषणा गरेको बताएका थिए ।
उनले संघ र प्रदेश सरकारले जिम्मा लिएका जनता आवास, शिक्षा स्वास्थ्य, नदी नियन्त्रण तथा सिचाई सम्बन्धी काम पूरा नगर्दा नगरपालिकाले अनावश्यक आर्थिकभार बहन गर्नुपरेको गुनासो गरेका थिए।मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साह र प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले संयुक्त रूपमा प्रस्तुत गरेको बजेटमा यस आर्थिक वर्षमा सहरी पूर्वाधार तथा भवन, सडक पुल, सिचाई, नदी नियन्त्रण, फ्री वाईफाईको कार्यक्रम थप प्रभावकारी बनाउने, सञ्चार, ऊर्जा, सामाजिक विकास तर्फ शिक्षा युवा, खेलकुद, स्वास्थ, खानेपानी, सरसफाई, सामाजिक न्याय, कृषी, पशु पंक्षी, मतस्य, भुमि ब्यवस्था सहकारी, पर्यटन तथा संस्कृति उद्योग बाणिज्य बितिय, बातावरण व्यवस्थापनलाई प्राथमिकतासाथ समेटिएको छ। कार्यक्रममा विशिष्ट अतिथि पूर्व सांसद समिना हुसैन, उपमेयर नागेन्द्र यादव, मालपोत कार्यालयका प्रमुख बबुनन्दन साह, नापी कार्यालयका प्रमुख समसुल हक अन्सारी, लगायतले मौलापुरले लिएको शून्य निति तथा जनमुखी कार्यक्रमको सराहना गरेका थिए ।न्युज कारखाना
काठमाडौ । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रूपैयाँको बजेट विनियोजन गरेको छ । सोमबार महानगरको १५औं नगरसभा बैठकमा उपप्रमुख सुनिता डंगोलले उक्त बजेट विनियोजन गरेकी हुन् ।
महानगरले आगामी आर्थिक वर्षमा ११ वटा गौरवका योजना अगाडि सारेका छन् । त्यसका लागि ३ अर्ब बजेट विनियोजन गरिएको उपप्रमुख डंगोलले जानकारी दिएकी छन् ।
त्यस्तै काठमाडौं महानगरपालिकाले २ अर्ब बराबरको ३० वटा स्वर्णिम योजना ल्याएका छन् । जसमा ढलरहित नदीलगायत रहेका छन् ।
काठमाडौँ महानगरले गत बर्ष २४ अर्ब ८ करोडको बजेट प्रस्तुत गरेको थियो । चालु आर्थिक बर्षमा महानगरले १० अर्ब ८० करोडको राजस्वसहितको आम्दानी गरेको र हाल महानगरको बैंक खातामा १३ अर्ब २३ करोड रहेको डंगोलले जानकारी दिएकी छन् ।
महानगरले गत बर्षको बजेटको ९ अर्ब ३३ करोड मात्र खर्च गरेको उनले बताएकी छन्, जुन कुल बजेटको ३९ प्रतिशत मात्र हो । न्युज कारखाना
राैतहट,०९ गते असार । रौतहटको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जयसवालले आज गरुडा नगरपालिका-४ गरुडामा सडक ढलान तथा नाला निर्माण कार्यको शिलान्यास गरेका छन । ४० लाखको लागतमा निर्माण हुने नाला तथा सडक ढलान कार्यको मेयर जयसवालले आज एक कार्यक्रमको आयोजना गरि शिलान्यास गरेका हुन । मेयर जयसबाल पछिल्लो समय नगरमा बिकास निर्माण कार्यको तिब्रता दिएका छन । नगरलाई बिकशीत र स्मार्ट नगर बनाउन उहाले रातदिन खटिरहनु भएकोले स्थानीयहरु निकै खुसी छन । कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष कृष्णनदन सहनि, वडा नम्बर ३ का वडा अध्यक्ष अम्बिका सहनि, वडा नम्बर ४ का वडा अध्यक्ष सुनिल कुमार जयसबाल, समाजसेवी शैलेस जयसबाल,उपेन्द्र शर्मा लगाएतको उपस्थिति रहेको थियो ।
राैतहट,९ गते असार ।
आगजनीको घटनाको दोषीलाइ पक्राउ नगरेको भन्दै पीड़ित पक्षले आइतवार गरुडामा प्रहरीको बिरुद्ध प्रदर्शन गरेको छन । गएको जेष्ठ २७ गते रौतहटको बृन्दाबन नगरपालिका वड़ा नम्बर ४ मा रहेको वड़ा अध्यक्ष श्यामनंदन यादवको गाई फर्ममा गरिएको आगजनीको घटनामा संलग्न भएकोलाइ पक्राउ पुर्जी जारी हुदा पनि इलाका प्रहरी कार्यालयले पक्राउ गर्न नसकेको भन्दै पीड़ित पक्षका समर्थकहरुले प्रहरीको विरुद्ध चर्को नारावाजी गर्दै विरोध प्रदर्शन गरेका हुन ।
बृन्दाबन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मी सहित १४ जना माथि दिएको जाहेरीको आधारमा पक्राउ पुर्जी जारी भएपनि राजनितिक संरक्षणको कारण प्रहरीले आरोपितलाइ जोगाउने प्रयास गरिरहेको पीड़ित वड़ा अध्यक्ष यादवले आरोप लगाएका छन !
बृन्दाबन नगरपालिका वड़ा नम्बर १ रमौली बैरिया बागमती नदीको गिट्टी बलुबाको टेण्डर गरिएपनि नगर प्रमुख कुर्मिले अबैध रुपमा आफ्नो भतीजोलाइ कोटेशनमा उत्खनन गर्न लगाउँदा स्थानियहरुले गरेको विरोधको रिस इबिले मेरो गाई फर्ममा आगजनी गराएको दावीको पीड़ित पक्षको रहेको छ ।
नगरपालिकाले बैशाख महीनामा करीब ३ करोड़मा ठेक्का गरेकोमा ठेकेदारलाइ उत्खनन गर्न नदीई नगर प्रमुख कुर्मीले आफ्नो समधी नाता पर्ने बैजू पटेललाइ २८ लाखमा टेण्डर दिएर उत्खनन गर्न लगाउँदा स्थानीयले त्यसको बिरोध गर्दा दुवै पक्ष विबाद भएको थियो उनले भने त्यही बिबादको कारण मेयरले आफ्नो पक्षका समर्थकलाइ पठाएर गाई फर्ममा आगो लगाएको हो । आगजनी बाट ५४ लाखको क्षति भएको जाहेरबालाको दावी रहेको छ ।
उत्खननको विबाद समाधान गर्न जिल्ला प्रशासन कार्यालयमा दुवै पक्ष बिच २८ लाख बरावरको उत्खनन गर्न दिने र एकसाभेटर प्रयोग नगर्न नपाउने र त्यसको अनुगमन गर्न ४ सदस्य अनुगमन समिति बनाइएकोमा त्यसको बिपरीत कार्य गर्दा स्थानीयले अवरोध गर्दा बिबाद उत्पन्न भएको स्थानीय मुकेश यादवले बताएका छन ! जेसीबीको सत्ता हेक्साभेटर प्रयोग गरेपछि भएको बिबादमा हेक्साभेटरमा सामान्य तोड़फोड़ भएको विषयमा प्रहरीले राजनितिक दलको दवावमा आगजनीको घटनाका दोषीलाइ जोगाउन दोहोरो मुद्दा दायर गरेको यादवले बताए !
मेयर पक्षले १८ जना माथि दिएको जाहेरी प्रहरीले दर्ता गरेपछि बिबाद बल्झिएको हो ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक रामेश्वर तवतीले प्रदर्शनकारी बिच मुद्दाको बिषय लिएर कुनै किसिमको छलफल नभएको बताएका छन । जिल्ला प्रशासन कार्यालयमा ज्ञापनं पत्र बुझाएर आएपछि भेटघाट मात्र भएको उनले बताए । जाहेरी दर्ताको विषयमा कुनै किसिमको प्रतिक्रिया दिन नमिल्ने उनले जनाए ।
राैतहट, ९ गते असार । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वड़ा नम्बर १ पौराई स्थित पूर्व पच्छिम महेन्द्र राजमार्गमा प्रहरीले ठूलो परिमाणमा सुपारी बरामद गरेको छ । झापाबाट नेपालगंज तर्फ जादै गरेको प्रदेश १ -०१ -००१ ख ४२९३ नम्बरको बसलाइ रोकर चेकजाच गर्ने क्रममा १ हजार किलो सुपारी बरामद गरिएको हो । नियमित चेकजाच गर्ने क्रममा बस रोकर चेकजाच गर्दा बसको पछाडि डिकीमा राखिएको ३३ बोरा सुपारी कसको हो भने शोधपूछ गर्दा कसैले दावी गर्न नसक्दा उक्त परिणाम बरावरको सुपारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक दिलीप घिमिरेले जानकारी दिएका छन । प्रहरी चौकी पौराईबाट खटिगएको टोलीले बरामद गरेको ८ लाख ५० हजार मूल्य बरावरको १ हजार किलो सुपारी आवश्यक कार्यवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं, ९ असार । आम जनता पार्टीको भातृ संगठन आईटी आर्मीले वैदेशिक रोजगारमा ठगिएका पीडितलाई न्याय दिलाउनको लागि आन्दोलन जारी राखेको छ । आज (आइतबार) आन्दोलनको ८औं दिनपनि आईटी आर्मीले आन्दोलनलाई जारी राखेको छ ।
विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र एजेन्टटलाई कारवाही गर्नुपर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अलपत्र परेकाहरुको उद्दार गर्नुपर्नेलगायतका माग राखेर आईटी आर्मी आन्दोलित छ ।
आइटी आर्मीले जनपक्षीय मुद्दा उठाउँदै आन्दोलन गरेकोमा यसपटक भने वैदेशिक रोजगारीको नाममा भएको ठूलो ठगीको विरुद्धमा आन्दोलन छेडेको हो । उसले असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाही गर्नुपर्ने, फ्री– भिसा फ्री– टकट व्यवहारतः लागू गर्नुपर्ने, निजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्नेजस्ता प्रमुख मागहरु अघि सारेको छ ।
तर, ती मागप्रति राज्य उदासिन बनेकोमा भने आन्दोलनकारीहरु आक्रोशित बनेका छन् । त्यही आक्रोश पोख्नको लागि आज उनीहरुले सांकेतिक विरोधस्वरूप हातमा कालो पट्टी बाँधेर संघर्षलाई अगाडि बढाएका छन् ।
बेरोजगारको खुलेआम व्यापार भईरहेको र ठगहरुसामू वर्तमान सरकार लाचार भएको स्थितिमा पीडितलाई न्याय दिलाउन आईटी आर्मीले लिएको पहलकदमी सराहनीय रहेको आजपाका अध्यक्ष प्रभु साहको विश्वास छ ।
उनले देशमा अहिले दलाल भगौडाहरुको हालीमुहाली रहेको र लोकतन्त्रको ठाउँमा दलतन्त्र हाबी भएको टिप्पणी गरेका छन् ।