२०८३ बैशाख २७
२०८३ बैशाख २७

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य घटेको छ । मंगलबार सुनको मुल्य स्थिर रहदै तोलाको १ लाख ४२ हजार ३ सयमा कारोबार भएको छ ।

यस अघि सोमबार पनि छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३ सयमा नै कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना

काठमाडौं । मेलम्ची नदीमा बाढी आएपछि काठमाडौँ आउँने खानेपानी आयोजनाको मुख्य द्वार बन्द गरिएको छ। मेलम्ची नदी धमिलिन थालेपछि सोमबार साँझदेखि पानी आपूर्ति बन्द गरिएको हो ।

माथिल्लो तटीय क्षेत्रमा पानी परिरहेको र मेलम्ची नदीमा आएको बाढीले आयोजनाको बाँधमा क्षति पुर्‍याएको थियो । साथै आयोजनासम्म जाने पुल बगाएपछि सुरक्षित गर्न आपूर्ति बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । गत जेठ ३१ गतेदेखि नै आपूर्ति बन्द गर्ने भनिए पनि ठूलो वर्षा नहुँदा बन्द गरिएको थिएन ।न्युज कारखाना

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

प्रतिनिधि सभाको मंगलबार बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची रहेकाले संसदमा अनिवार्य उपस्थिति भएर पक्षमा मतदान गर्न एमाले प्रमुख सचेतक महेश बर्तौलाले ह्विप जारी गरेका हुन् ।

ह्वीपमा भनिएको छ- ‘आज बस्ने प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१-०८२ को बजेटलाई निर्णयार्थ पेश गर्ने कार्यसूची रहेकोले बैठकमा अनिवार्य उपस्थित भई बजेटको पक्षमा मतदान गर्न एमालेका सांसदहरूलाई ह्विप जारी गरिएको जानकारी गराउँदछु ।’

सरकारले जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको थियो । आज विभिन्न मन्त्रालयहरुको विनियोजित बजेटमा छलफल सकेर आजै बजेट पारित गर्ने तालिका रहेको छ ।न्युज कारखाना

काठमाडौँ । बलिउड अभिनेत्री अमिषा पटेलले आफु विवाहको लागि तयार भएपनि केटा नभेटिएको प्रतिक्रिया दिएकी छन् ।

सामाजिक सञ्जालमा एक फ्यानले सोधेको प्रश्नको जवाफ दिदै ४९ बर्षिय अभिनेत्री पटेलले फ्यानका धेरै प्रश्नको रोचक जवाफ दिदै आफु धेरै दिनदेखि विवाहको लागि तयार रहेको र अहिलेसम्म केटा फेला नपरेको बताएकी हुन् ।

उनलाई एक फ्यानले सलमान खान पनि अहिलेसम्म अविवाहित रहेको उनैसँग विवाह गर्न सुझाव दिएका छन् । सो प्रश्नको जवाफमा पटेलले भनिन्- , ‘सलमान र म अविवाहित छौं, त्यसकारण हामीले बिहे गर्नुपर्छ जस्तो लाग्छ ? यसमा औचित्य के छ ? उनीहरु फिल्मको कुरा गर्दैछन् कि वास्तविक विवाहको ?’

सन् २००० मा अभिनेता ऋतिक रोशनसँग सुपर हिट फिल्म कहो ना प्यार है बाट बलिवुडमा डेभ्यु गरेकी थिइन् । उनले त्यसपछि गदर र गदर-२ जस्ता सुपर हिट फिल्ममा काम गरेकी छन् ।

उनले फ्यानहरुसँग कुरा गर्दै आफ्नो नयाँ फिल्म ‘हमराज’ को सिक्वेलको बारेमा पनि कुरा गरेकी थिइन् ।  साथै उनले ‘गदर ३’ को अफर आयो भने स्क्रिप्ट मन पर्यो भने काम गर्ने बताएकी छन् ।
न्युज कारखाना

काठमाडौँ । विकिलिक्सका संस्थापक जुलियन असान्ज एक वर्ष लामो कानुनी लडाइपछि बेलायती जेलबाट रिहा भएका छन् । अमेरिकी प्रशासनसँगको सम्झौतापछि जुलियन असान्ज रिहा भएका हुन् ।

५२ वर्षीय असान्जमाथि राष्ट्रिय सुरक्षासँग सम्बन्धित कागजातहरू चोरेको र सार्वजनिक गरेको आरोप लागेको थियो। अमेरिकी प्रशासनले विकिलिक्सले सार्वजनिक गरेको इराक र अफगानिस्तानसँग सम्बन्धित फाइलका कारण धेरैको ज्यान खतरामा परेको आरोप लगाएको थियो ।

जुलियन असान्ज पछिल्लो ५ वर्षदेखि बेलायतको जेलमा थुनिएका थिए र उनी अमेरिकामा सुपुर्दगीको मुद्दामा आन्तरिक रूपमा लडिरहेका थिए । बिबिसीका अनुसार अब असान्जले अमेरिकामा कुनै पनि समय हिरासतमा बिताउने छैनन् । अदालतको पत्र अनुसार जुलियन अष्ट्रेलिया फर्किनेछन् ।

विकिलिक्सले सामाजिक सञ्जालमा भनेको छ- ‘जुलियन असान्ज स्वतन्त्र भएका छन् ।’

१९०१ दिनको कारावास पछि, उनी बेलायतको बेलमार्श जेलबाट बाहिर निस्कएका थिए । उनले लन्डन उच्च अदालतबाट जमानत पाए र बेलायत छोडेको स्टान्स्टेड एयरपोर्टमा रिहा भएका थिए ।

विकिलिक्सका अनुसार जुलियन असान्जको रिहाई विश्वव्यापी अभियान र राष्ट्रसंघमा आवाज उठाउने नेताहरूको प्रयास हो । यसपछि मात्र अमेरिकासँग सम्झौता भएको थियो, यद्यपि विकिलिक्ससँग पनि यो सम्झौताको विस्तृत विवरण छैन ।

जुलियन असान्जले कानुनी प्रक्रिया पूरा गरी बेलायत छाडेका छन् । उनीहरुले अमेरिकासँग गरेको सम्झौताको जानकारी अहिलेसम्म बाहिर आएको छैन ।न्युज कारखाना

काठमाडौँ । जारी कोपा अमेरिका फुटबलमा ब्राजिलले औसत शुरुवात गरेको छ । मंगलबार बिहान सम्पन्न खेलमा ब्राजिल कोस्टा रिकासँग गोलरहित बराबरी खेलेको हो ।

समुह डी अन्तर्गतको यस खेलको ९० मिनेटसम्मको खेलमा दुवै देशले कुनै गोल गर्न नसकेपछि एक एक अंक बाँडेका छन् ।

समुह डी अन्तर्गत आजै सम्पन्न खेलमा कोलोम्बियाले पराग्वेलाई २-१ होल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ । कोलोम्बियाको जितमा डानिएल मुनोज र जेफेरसन् लेर्माले एक एक गोल गरेका थिए भने पाराग्वेका लागि जुनिलो एन्सिसोले एक गोल गरेका थिए ।

यो जितपछि कोलोम्बियाले महत्वपूर्ण ३ अंक हासिल गरेर शिर्ष स्थानमा रहेको छ भने ब्राजिल र कोस्टा रिकाको एक एक अंक रहेको छ ।

अब ब्राजिलले दोस्रो खेल जुन २९ मा पराग्वेसँग खेल्ने छ भने कोलोम्बियाले सोहि दिन कोस्टा रिकासँग खेल्ने छ ।न्युज कारखाना

काठमाडौं । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डको सह आयोजनामा ७ असारबाट काठमाडौंमा सुरु भएको ‘१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४’ ९ असार आईतबार बेलुका सम्पन्न भएको छ । महोत्सबमा नेपालबाट २० वटा चलचित्र र विभिन्न ९ मुलुकबाट ८ वटा अफ्रिकन चलचित्रसहित २८ वटा चलचित्र सहभागी थिए ।

रक्षामन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा महोत्सबमा सहभागी चलचित्रहरु मध्य उत्कृष्ट चलचित्र तथा कलाकार प्राविधिकलाई पुरस्कार प्रदान गर्दै आईतबार साँझ यो महोत्सब सम्पन्न भएको हो । विजेताहरुलाई कार्यक्रममा रक्षामन्त्री हरिप्रसाद उप्रेती, अग्रज अभिनेत्री बसुन्धरा भुसाल, अभिनेता रमेश उप्रेतीले अवार्ड प्रदान गरे ।

महोत्सबमा अफ्रिकाबाट सहभागी चलचित्रहरु मध्य उत्कृष्ट अफ्रिकन कथानक चलचित्रको अवार्ड रामदान सुलेमान निर्देशित साउथ अफ्रिका÷मोजाम्बिया÷जिम्बाबेको चलचित्र ‘फुल’ले जितेको छ । महोत्सबमा उत्कृष्ट अफ्रिकन बृत्तचित्रको अवार्ड तान्जानियाँ÷टर्कीको बृत्तचित्र ‘ह्वाईट पोजन’ले प्राप्त ग¥यो भने उत्कृष्ट लघु चलचित्रको अवार्ड क्यामरुनको लघु चलचित्र ‘सर्भाईभर’ले हाँसिल ग¥यो । महोत्सबमा जुरी अवार्ड क्यामरुनको लघु चलचित्र अफस्प्रिङबाट निर्देशक टाटा फिडेलिसले हाँसिल गरे भने स्पेशल मेनसन अवार्ड जमैकाको लघु चलचित्र ‘इग्नोरेन्स इज अ लाइफस्टाईल’ले प्राप्त ग¥यो । अफ्रिकन तर्फको निर्णायकमा नेपालबाट पत्रकार तथा बृत्तचित्र निर्देशक गणेश पाण्डे, चलचित्र विकाश बोर्डका सदस्य एवम् निर्देशक राजु केसी, निर्माता रौनकबिक्रम कँडेल, भारतबाट चलचित्रकर्मी राहुल बर्मा र बँगलादेशबाट चलचित्रकर्मी महम्मद शाहरियर कमल थिए ।

यस्तै नेपाली कथानक चलचित्र विधामा गोर्खा वारियर उत्कृष्ट चलचित्र बन्न सक्यो भने यही चलचित्रबाट उत्कृष्ट निर्देशकको अवार्ड मिलन चाम्सले र उत्कृष्ट अभिनेताको अवार्ड रितेश चाम्सले जिते । उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र सरी मम्बाट सरिता लामिछानेले, यही चलचित्रबाट अभिनेता जुरी अवार्ड प्रभात पाल ठकुरीले, संगीतकारको अवार्ड चलचित्र काँडेतारबाट दिपक शर्माले, गायिकाको अवार्ड काँडेतारबाटै सत्यकला राई र गायकको अवार्ड चलचित्र शिरफुलबाट आर्जन पाण्डेले प्राप्त गरे । यस्तै उत्कृष्ट बृत्तचित्र निर्देशकको अवार्ड यसपालीको काँचो बायुबाट भिमा मैनाली र बृत्तचित्र छायाँकारको अवार्ड जर्नी टु गोक्योबाट राजन खरेलले प्राप्त गरे । यस्तै आदिबासी चलचित्र तर्फ उत्कृष्ट अदिबासी चलचित्रको अवार्ड लोजिमाले, यही चलचित्रबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड बिमला लिम्बुले, सह अभिनेताको अवार्ड रुद्र पाहिमले प्राप्त गरे । उत्कृष्ट आदिबासी अभिनेताको अवार्ड चलचित्र सनाखतबाट धिरने शाक्यले हाँसिल गरे । यस्तै जुरी अवार्ड चलचित्र लिम्बु चलचित्र रितले, उत्कृष्ट निर्देशकको अवार्ड रितबाटै दिनेश लिङदेनले प्राप्त गरे । नेपाली चलचित्र , आदिबासी चलचित्र तथा बृत्तचित्रको निर्णायकमा अभिनेता बीरेन्द्र हमाल, पत्रकार प्रदिप कार्की, गायक ओम सुनार, नृत्य निर्देशक कृष्ण रसाल थिए ।

महोत्सबमा लघु चलचित्र तथा सँगीतिक लघु चलचित्रतर्फ उत्कृष्ट लघु चलचित्र निर्देशकको अवार्ड घटेरोबाट पुरुषोत्तम बस्नेतले, लघु चलचित्र अभिनेत्रीको मातृत्वबाट सिर्जना अधिकारीले, उत्कृष्ट पटकथाको अवार्ड लघु चलचित्र धुकधुकीबाट तारा अधिकारीले, उत्कृष्ट छायाँकारको अवार्ड लघु चलचित्र रोटेन ब्लडबाट रविन आचार्यले र उत्कृष्ट लघु सांगीतिक चलचित्र संगीतकारको अवार्ड शँकर थापा ‘स्माईल’ले हाँसिल गरे । यो समुहको निर्णायकमा गायक हिमाल श्रेष्ठ, मोडलद्धय प्रतीक्षा काफ्ले र सजिना लामिछाने थिए ।

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले महोत्सबको समापन समारोहलाई सम्बोधन गर्दै यो महोत्सबले नेपाल र अफ्रिकालाई चलचित्रको माध्यमबाट जोडेको बताए । उनले यो महोत्सबलाई राज्यबाट सहयोगको लागि आफुले पहल गर्ने प्रतिवद्धता जनाए ।

अग्रज अभिनेत्री बसुन्धरा भुसालले अघिल्लो वर्ष लघु चलचित्र अभिनेत्रीको अवार्ड आफुले जितेको र  नेपालको एउटा राम्रो अन्तराष्ट्रिय चलचित्र महोत्सबको रुपमा आफुले यसलाई हेरेको बताए । महोत्सब निर्देशक डब्बु क्षत्रीले महोत्सब अध्यक्ष डा. मञ्जु मिश्रको सपना अनुसार १३ वर्षदेखि यो महोत्सब आयोजना गर्दै आएको जानकारी गराए । अफ्रिकन फिल्मका जुरी प्रमुख गणेश पाण्डे र नेपाली चलचित्रका जुरी प्रमुख बीरेन्द्र हमालले चलचित्र चयनको प्रकृयाबारे प्रकाश पारे । महोत्सबमा बीरेन्द्र हमालको प्रशिक्षणमा तीन दिनसम्म अभिनय प्रशिक्षण लिएर विधार्थीलाई सो समारोहमा प्रमाणपत्र प्रदान गरियो ।न्युज कारखाना

काठमाडौँ । अफगानिस्तानले बंगालदेशलाई ११६ रनको लक्ष्य दिएको छ ।

जारी टी- २० विश्वकप अन्तर्गत सुपर आठको अन्तिम खेलमा टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाउदै ११५ रन बनाएको हो ।

अफगानिस्तानका लागि रह्मतुल्लाह गुरबाजले सर्बाधिक ४३ रन बनाए भने कप्तान राशिद खानले १९ रन बनाएका थिए ।

त्यस्तै बंगलादेशका बलर रिशाद होसैनले ३ विकेट लिएका थिए ।

सेमिफाइनलमा पुग्न अफगानिस्तानलाई यो खेल जित्न अनिवार्य छ । त्यस्तै बंगलादेशले यो लक्ष्य १२.३ ओभरमा पुरा गरेमा सेमिफाइनलमा पुग्ने छ ।न्युज कारखाना

काठमाडौँ । भारतले आगामी जिम्बाबे टूरका लागि १५ सदस्यीय क्रिकेट टिमको घोषणा गरिएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले शुभमन गिलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

टिममा शुभमन गिल (कप्तान), यशस्वी जैसवाल, रुतुराज गायकवाड, अभिषेक शर्मा, रिंकु सिंह, सञ्जु सैमसन, ध्रुव जुरेल, नितिश रेड्डी, रियान पराग, वाशिंगटन सुन्दर, रवि बिश्नोई, आवेश खान, खलील अहमद, मुकेश कुमार र तुषार देशपांडे रहेका छन् ।

भारतले जुलाई ६ देखि जिम्बाबेसँग ५ खेलको टी- २० सिरिज खेल्ने तालिका रहेको छ । न्युज कारखाना

काठमाडौँ । भारत जारी टी- २० विश्वकपको सेमिफाइनलमा पुगेको छ । सुपर आठको अन्तिम खेलमा अस्ट्रेलियालाई २४ रनले पराजित गर्दै भारत प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

भारतले दिएको २०६ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउदै १८१ रन बनाएको थियो । अस्ट्रेलियाका लागि ट्राभिस हेदले सर्बाधिक ७६ रन बनाएका थिए भने भारतीय बलर अर्शदीप सिंहले ३ तथा कुलदीप यादवले २ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले कप्तान रोहित शर्माको ९२ रनको ब्याटिंगको मद्धतले २० ओभरमा ५ विकेट गुमाउदै २०५ रन बनाएको थियो ।

यो जितपछि भारत सुपर आठको समुह ए बाट शिर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको छ र अब सेमिफाइनलमा जुन २७ मा इङल्याण्डसँग खेल्ने छ ।

त्यसैगरी यो हारपछि अस्ट्रेलियाको सेमिफाइनल यात्रा भने संकटमा परेको छ । अब मंगलबार बिहान हुने अफगानिस्तान र बंगलादेशको खेलपछि मात्र समुह १ बाट सेमिफाइनलमा पुग्ने दोस्रो देशको टुंगो लाग्ने छ ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।