काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कवितामार्फत सरकारलाई व्यङ्ग्य गरेका छन् ।
शुक्रबारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै नेता केसीले सरकारका कामकारबाहीप्रति कवितामार्फत व्यङ्ग्य गरेका हुन् ।
केसीले संसदमा वाचन गरेको कविता :
न राज्य नीतिले चल्छ न विधि न त पद्धति
शीर्षस्थ सिन्डिकेटको राज थपिँदै नवसम्मति ।
संसद्को सार्वभौमिकता मिचियो लोकसम्मती
हरायो लौन खोजी पाउँ शून्यमा शून्यको गति ।
सांसद संसदमा बोल्छन् सम्बोधन हुन्न केही पनि
गर्जन हुन्छ बिचबिचमा थोपै बर्सन्न तैपनि ।
काण्डै काण्ड महाकाण्ड,खोइ छानबिन प्रतिवेदन ।
किन ल्याइन्न संसदमा स्वार्थ हो, डर हो किन ?
न्युन कारखाना
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाह र वडा अध्यक्षहरुबीच विवाद बढिरहेको छ । मेयर बालेनले अगाडी सारेका कैयौं काममा वडा अध्यक्षले विरोध शुरु गरेपछि यसको असर नगर सभामा समेत देखिएको छ ।
मेयर बालेन्ले शुक्रबार एक स्ट्याटस लेख्दै कांग्रेस-एमालेका जनप्रतिनिधिले नगर सभा बैठक रोकेको आरोप लगाएका छन् ।
उनले कांग्रेस-एमालेका जनप्रतिनिधिले विपी र पुष्पलालको नाममा करोडौको कार्यक्रम गर्न भनेको उल्लेख गर्दै आफुले त्यसको बदला चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्-
एमाले काङ्ग्रेसले बिपि कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ । सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तीमा उहाँहरुभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला । त्यसपछी आज बस्ने नगरसभा बैठक रोकेर जानु भयो । न्युन कारखाना
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्डले बिहान शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
भेटमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ । न्युज कारखाना
काठमाडौँ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) लाई फिर्ता ल्याउन एलोन मस्कको स्पेसएक्सको मद्दत लिने बताएको छ ।
अमेरिकी अन्तरिक्ष एजेन्सीले स्पेसएक्सलाई पृथ्वीको वायुमण्डलबाट आईएसएसलाई प्रशान्त महासागरमा अन्तिम विश्राम स्थानमा लैजान अन्तरिक्ष यान निर्माण गर्न सम्झौता गरेको जनाएको छ, जुन २०३० मा रिटायर हुनेछ । युएस डिओर्बिट भेइकल नाम दिइएको अन्तरिक्ष यान विकास र वितरणका लागि एलोन मस्कको कम्पनीसँग ८४३ मिलियन डलरको सम्झौता भएको छ ।
नासाका केन बोवर्सक्सले भने, ‘अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको लागि अमेरिकी डिओर्बिट गाडी छनोट गर्दा नासा र यसका अन्तर्राष्ट्रिय साझेदारहरूलाई फाइदा हुनेछ। यसले स्टेशनलाई यसको सञ्चालनको अन्त्यमा तल्लो पृथ्वीको कक्षामा सुरक्षित रूपमा ल्याउन मद्दत गर्नेछ ‘।
अमेरिकी अन्तरिक्ष एजेन्सीले स्पेसएक्सले निर्माण गरेपछि अन्तरिक्ष यानको स्वामित्व लिने योजना बनाएको छ र मिशनभरि यसको सञ्चालन नियन्त्रण गर्ने छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको वजन ४ लाख ३० हजार किलोग्राम रहेको छ । यो अन्तरिक्षमा बनाइएको सबैभन्दा ठूलो एकल संरचना हो ।
मिर र स्काइल्याब जस्ता अन्य स्टेशनहरू वायुमण्डलमा पुन: प्रवेश गर्दा नष्ट भएको तरिकालाई ध्यानमा राख्दै, नासाका इन्जिनियरहरूले आईएसएसलाई तीन चरणहरूमा तोड्ने अपेक्षा गरेका छन् । पहिले, परिक्रमा गर्ने प्रयोगशालालाई चिसो राख्ने सौर्य प्यानल र रेडिएटरहरू बन्द हुनेछन् । व्यक्तिगत मोड्युलहरू त्यसपछि स्टेशनको ट्रस वा संरचनाबाट अलग हुनेछन् । अन्ततः ट्रस र मोड्युलहरू आफैं पतन हुनेछन् ।
अधिकांश सामग्री कथित रूपमा वाष्पीकरण हुनेछ, तर ठूला टुक्राहरू रहने आशा गरिएको छ । यस कारणका लागि, नासाले प्रशान्त महासागरमा पोइन्ट नेमो भनिने क्षेत्रको लागि लक्ष्य राखेको छ, संसारको सबैभन्दा दुर्गम क्षेत्रहरू मध्ये एक र उपग्रह र अन्तरिक्ष यानहरूको चिहानको रूपमा चिनिन्छ । आइएसएसको पहिलो खण्ड सन् १९९८ मा लन्च गरिएको थियो । २००१ देखि लगातार एक अन्तर्राष्ट्रिय चालक दल बसिरहेका छन् । न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति र परिवर्तनका उपलब्धीहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको बताएका छन् ।
‘साहसिक योद्धा जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू’ पुस्तक आज यहाँ लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित सरकार अघि बढिरहेको बताए ।
“हजारौँ महान् शहिदहरू, हजारौँ बेपत्ता योद्धाहरू र लाखौँ क्रान्तिकारी योद्धाहरूले त्याग, तपस्या र बलिदानको जगमा आज हामी समाजवादउन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेका छौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “यी उपलब्धीहरूलाई संस्थागत गर्दै समाजवादको यात्रा तय गर्नुपर्छ ।”
जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि क.बोहराले देश र जनताको मुक्ति र परिवर्तनलाई नै केन्द्रमा राखेर काम गरेको स्मरण गर्दै प्रधानमन्त्रीले नेपाली समाजको क्रान्तिकारी रूपान्तरणका पक्षमा भएको महान् जनयुद्धको दौरानमा समेत उनको महत्त्वपूर्ण योगदान गरेको उल्लेख गरे ।
एकदलीय निरङ्कुश पञ्चायती व्यवस्थाका विरूद्ध जनताले गरिरहेको वीरतापूर्ण प्रतिशोधमाथि दमनस्वरूप २०४० सालको माघे सङ्क्रान्तिका दिन सिन्धुपाल्चोक जिल्लाको पिस्करमा सर्वसाधारण जनतामाथि निर्मम दमन र हत्या भएको थियो ।
स्थानीय समुदायले माघीको अवसरमा शान्तिपूर्ण सांस्कृतिक कार्यक्रम भइरहँदा पञ्चायती शासकहरूले गरेको आक्रमणमा परी पिस्करमा इले थामी र वीरबहादुर थामी लगायतका योद्धाहरूले उच्च बलिदान गरेका थिए ।
उक्त घटनामा छत्रबहादुर बोहरा, मानबहादुर थामी, मेघनाथ पौडेल, अरूण नेपाल, सरेश नेपाल, गोपाल थपलिया लगायतका दर्जनौँ योद्धाले जेलनेल र यातनाको सामना गर्नुपरेको थियो । जगतबहादुर बोहरा उक्त घटनामा सख्त घाइते भएका थिए । न्युज कारखाना
काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुनको मुल्य तोलामा एक हजारले बढेर तोलाको १ लाख ४१ हजार ८ सयमा कारोबार भएको छ ।
यस अघि विहिबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ८ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार १ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना
रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा न ६ स्थित गैरी भन्ने स्थानबाट रामेछापको सदरमुकाम मन्थलीतर्फ आउँदै गरेको बा ५ छ ५६२५ नम्बरको यात्रु बाहक बस खिम्तिस्थित केउरिनि बिर्तामा दुर्घटनामा परेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार बसमा सवार १० जना नै घाइते भएको र घाइतेहरूको उद्दार गरि उपचारको लागि विभिन्न स्वास्थ्य केन्द्रहरूमा पठाइसकिएको छ ।न्युज कारखाना
काठमाडौँ । असार २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक गरिएको छ ।
बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरले फिल्म गाउँको परिवेशमा बनेको बुझ्न सकिन्छ । एउटा गाउँमा शिक्षण पेशा गरिरहेका दयाहाङ राईको त्यहीँकी मगर युवती मिरुना मगरसँग प्रेम बसेपछि आउने आरोह-अवरोहको कथामा ट्रेलर केन्द्रित छ ।
अनिल बुढा मगरद्वारा निर्देशित फिल्ममा दयाहाङ, मिरुना र शिशिरसहित कविता आले, भोलाराज सापकोटा, पुष्कर गुरुङ, बुद्धि तामाङ, खड्कबहादुर पुन (खबपु), राज थापा, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगर, सुरेश पुन लगायतको पनि अभिनय छ ।
जिएम मुभिज् र एबीएम सिनेमा प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जनक घर्ती मगर हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मको कथा पनि निर्देशक अनिल आफैंले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् । फिल्ममा सुसन प्रजापतिको छायांकन र कृष्ण भण्डारीको सम्पादन छ ।न्युज कारखाना
फिल्मको ट्रेलर: https://www.youtube.com/watch?v=1WajDWLXuVU
काठमाडौँ । दक्षिण अमेरिकी देश बोलिभियामा कू प्रयास असफल भएको छ । बोलिभियाका सैनिकहरूले राजधानी ला पाजस्थित राष्ट्रपति भवनमा आक्रमण गरेका थिए । यसपछि सेनाका शीर्ष जनरल जोसे जुनिगाले केही सेनाका सदस्यहरूसँग सैन्य गाडीमा राष्ट्रपति भवन प्रवेश गर्ने प्रयास गरेका थिए ।
तर, उनलाई ३ घण्टामै पक्राउ गरिएको थियो । यो बोलिभियन टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो । भिडियोका अनुसार बोलिभियाका सुरक्षा बलहरूले सहरको मुख्य चौकलाई घेरेका थिए । त्यसपछि सेनाको गाडी राष्ट्रपति भवनको ढोकामा ठोक्कियो । यसै क्रममा सिपाहीहरूले भित्र पस्ने प्रयास गरे ।
प्रधानसेनापति जनरल होजेले देशमा लोकतन्त्रको पुनर्संरचना गर्न चाहेको बताएका थिए ।
आक्रमणको केही समयपछि सेना पछि हट्यो र जनरल होजेलाई गिरफ्तार गरियो। असफल विद्रोहपछि राष्ट्रपतिले लोकतन्त्र जोगाउन देशका जनता एकजुट हुनुपर्ने बताए । उनले यो बोलिभियन जनता र लोकतन्त्रको जित भएको बताए ।
बोलिभियाका स्थानीय सञ्चारमाध्यमका अनुसार जनरल जोसलाई यसै हप्ता उनको पदबाट हटाइएको थियो । उनले पूर्व राष्ट्रपति इभो मोरालेसबारे आपत्तिजनक टिप्पणी गरेका थिए, त्यसपछि सरकारले यो निर्णय गरेको हो ।
स्थानीय पत्रकारहरूका अनुसार जनरल जोस कू प्रयासको क्रममा केही समयका लागि दरबारमा प्रवेश गरेका थिए। उनीहरुको सुरक्षाका लागि नजिकै मास्क लगाएका सुरक्षाकर्मी तैनाथ गरिएको थियो । सरकारको आलोचना गर्दै प्रधानसेनापतिले पक्राउ परेका केही राजनीतिज्ञ र सेनाका सदस्यलाई रिहा गर्न माग गरेका थिए ।
जनरललाई पक्राउ गरेपछि राष्ट्रपतिले तीनै सेनाका कमाण्डर जनरललाई हटाउने घोषणा गरेको थियो । यसपछि जनरल जोस विल्सन सान्चेजलाई नयाँ सेना प्रमुख नियुक्त गरियो । देशको महान्यायाधिवक्ताको कार्यालयले विद्रोहमा संलग्न जनरल होज र अन्य सैन्य अधिकारीहरूविरुद्ध अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ । उनीहरूलाई कडा सजाय दिइनेछ।
बोलिभियामा विद्रोहको प्रयास कुनै नयाँ कुरा होइन । विगत २ सय वर्षमा देशमा १९० पटक विद्रोह भएको छ । बोलिभियामा १२ करोड मानिस बस्छन् । देशका वामपन्थी राष्ट्रपति लुइस आर्सेलाई पूर्व राष्ट्रपति मोरालेसले आफ्नो उत्तराधिकारीको रूपमा चुनेका थिए।
तर, सत्तामा आएदेखि नै पार्टीको नियन्त्रणलाई लिएर दुवै नेताबीच विवाद छ । आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्ने प्रतिस्पर्धा पनि छ । बोलिभियाको अर्थतन्त्र झन् कमजोर बन्दै गएको छ ।न्युज कारखाना
काठमाडौं । नेतृत्वको बेथितिका कारण नेपाल सांस्कृतिक महासंघबाट वास्तविक कलाकर्मी बाहिरिन थालेको महामन्त्री दुर्गा रायमाझीले बताएका छन्। वरिष्ठ लोक गायकसमेत रहेका रायमाझीले धनगढीमा आयोजित एक कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन्।
महासंघमा बेथिति बढ्दै गएको र नेतृत्व कै कारण महासंघले उचित स्वरूप पाउन नसकेको उनको दुखेसो छ। ‘संघ हुँदा नै पूर्णता नभएको बेला महासंघको नाममा गरिने हरेक क्रियाकलाप वैध छैनन्। संस्थाको गरिमा कायम गर्न गर्दै गतिशीलता प्रदान गर्नुपर्छ,’ उनले भने।
नेपाली कांग्रेसको भ्रातृ संस्था रहेकाले पार्टीले ३ वर्षका लागि मनोनीत गरेको भए पनि ५ जना पदाधिकारीको ९ वर्ष पुगिसकेको उनले बताए। यसरी संवैधानिक संकट निस्किएको अवस्थामा कुनै पनि पदाधिकारीले मनलाग्दि निर्णय गर्न नहुने उनको तर्क छ।
आफू सुदूरपश्चिमका विभिन्न जिल्लाका साथीहरूसँग भेटघाटका क्रममा पुगेको र अब जिल्ला जिल्लामा संगठन विस्तार हुनुपर्ने उनले बताए। सबै जिल्लामा चाँडोभन्दा चाँडो संगठन पुगाएर र पुराना समितिको निर्वाचन गराएर केन्द्रीय महाधिवेशन गर्नुपर्ने उनको धारणा छ। अहिले ९ वर्ष पुरानो नेतृत्वले केही व्यक्तिलाई जिम्मेवारी प्रदान गरिएको भन्दै पत्र दिने गरेको प्रति उनले खेद प्रकट गरेका छन्।न्युज कारखाना