राैतहट,२१ गते असार । रौतहट जिल्लाको परोहा नगरपालिका वड़ा नम्बर ८ बसीर चौकबाट सशस्त्र प्रहरीको गस्ती टोलीले भारतबाट अवैध रुपमा नेपालमा ल्याउदै गरेको बॉयलर कुखुराको चल्ला पक्राउ गरेका छन । नेपाल सरकारले प्रतिबन्ध लगाएको भारतीय कुखुराको चल्ला सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर हजमीनियाको टोलीले नियन्त्रणमा लिएको हो । भारतबाट बिआर ०५ एम ५११७ नम्बरको प्लाटिना मोटरसाइकल र साइकलमा ल्याउदै गरेको एक लाख ७० हजार मूल्य बरावरको १ हजार ७ सय वटा बोइलर कुखुराको चल्ला बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं.११ गण हेडक्वाटर रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिक्रम हुमागाईले जानकारी दिएका छन । बरामद गरिएको कुखुराको चल्ला जिल्ला कुखुरा व्यवसायी किसान संघ तथा स्थानीयहरुको रोहवरमा नस्ट गरिएको मोटरसाइकल कार्यवाहिको लागि जिल्ला भन्सार कार्यालयमा बुझाइएको छ । त्यस्तै ४ हजार ३ सय ८० वटा सुन्तलाको बिरुवा सहित पक्राउ परेका प्र २-०३-००१च-४६७५ नम्बरको पिकअप पक्राउ गरी कार्यवाहिको लागि भन्सार कार्यालय बुझाइएको छ । बिरुवाको १ लाख ३१ हजार ४०० र पिक अप गाडीको १० लाख मूल्याङ्कन गरी कार्यवाहिको लागि बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं.११ गण हेडक्वाटर रौतहटले जनाएको छ ।
मधेस ब्यूराे,२१ गते असार । राैतहटकाे माैलापुर नगरपालिकामा भाेली शनिबार सेवा प्रवाह हुने भएको छ । माैलापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले सामाजिक संजालमा एक सुचना जारी गर्दै सेवा प्रवाह हुने जनाएका छन् । उनले जारी गरेकाे सूचना सेवाग्राहीहरुको अत्यावश्यक सेवा प्रवाहको लागि भोलि मिति २०८१ साल असार २२ गते शनिबार सार्वजनिक विदाको दिन पनि बिहान ९ बजेदेखि साँझ ६ बजे सम्म (९ घण्टा ) अत्यावश्यक शाखाका कर्मचारीहरूले सेवा दिन कार्यालयमा उपस्थित रहने जनाएका हुन् । सहजताका लागि भाेली एक दिन शनिबार पनि कार्यालय खुल्ला रहने उनले बताए । असारकाे अन्तिम समयमा कामकाे चाप धेरै भएपछि साेकाे मध्यनजर गरि शनिबार विदा दिन पनि सेवा प्रवाह हुने भएको छ ।
रौतहट,२१ गते असार । श्री जनता माध्यमिक बिधालयका शिक्षकहरुले कैजुअल नयाँ पोशाक पाएका हुन् । गर्मी बाट राहत पाउने उदेश्यले कैजुुअल पोशाकको रुपमा एक एक थान टिसर्ट पाएका हुन् । बिधालयमा अध्यापन गराउने ४७ जना शिक्षक,शिक्षिकाहरुले टिसर्ट दिइएको बिधालयका प्रधानाध्यापक सचिन्द्र प्रसाद यादवले जानकारी गराएका हुन् । सो पोशाकलाइ शिक्षकहरुले हप्तामा दुुइ दिन मंगलवार र शुक्रवार लगाउने उनले बताए । बिधालयले आफनो निजी स्रोत बाट शिक्षकहरुको माग अनुसार नै उक्त पोशाक उपलब्ध गराइएको प्रअ यादवको भनाइ छ । उनका अनुसार सधैं एउटै पोशाक लगाउँदा दिक्क लाग्ने गरेकोले अलि नयाँपन ल्याउन उक्त पोशाक वितरण गरिएको बताए । शिक्षकहरुले टिसर्ट पाएपछि हर्षित हुुँदै प्रधानाध्यापक यादव धन्यवाद ज्ञापन गरेका हुन् । श्री जनता मावि कटहरियाले थालनी गरेको यो कार्य सराहनीय रहेकोले अन्य बिधालयले पनि लागुु गर्नुुपर्नेमा शिक्षा विद्धहरुको जोड रहेको छ ।
मधेश ब्यूरो,२१ गते असार ।
रौतहटमा एक बिधार्थी एक विरुवा अभियान सुरु भएको छ । जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर ९ धरहरीमा रहेको श्री जय किसान माध्यमिक बिधालयमा आज सो अभियानको थालनी गरिएको छ ।
बिधालयको वार्षिक क्यालेण्डरमा उल्लेख भएको कार्यक्रम अनुुसार नै वृक्षारोपण गरिएको हो । जलवायुु परिवर्तनले वातावरणमा परिरहेको असरलाइ मध्य नजर गरि उक्त अभियान चलाइएको सो बिधालयका प्रधानाध्यापक संजय प्रसादले जानकारी गराएका हुुन् । बिधालयलाइ हराभरा बनाउने उदेश्यले पनि यो अभियान हामीले सुरु गरेका छौं । यसलाइ हामी अझै निरन्तरता दिनेछौं ।
शुुक्रवार सुुरु गरिएको एक बिधार्थी एक विरुवा अभियान अन्तर्गत विभिन्न प्रजातीका फूल र विरुवाहरु रोपिएको उनले बताएका हुन् । बिधालयको वार्षिक कार्यक्रम अनुसार एक बिधार्लीले एक विरुवा रोपेका हुन् ।
उक्त विद्यालय परिसरमा २ सय भन्दा बढी बिरुवा रोपिएको हो । प्रधानाध्यापक संजय प्रसादका अनुसार आँप,लिची,फूल,अशोक,पिपल लगायतका विरुवा रोपिएको हो । विद्यालयमा एक कार्यक्रम बिच एक विद्यार्थी एक बिरुवा प्रत्येक कार्यक्रमका लागि बिधार्थीहरुले आफनो घरबाट एक विरुवा ल्याइ रोपेका हुन् ।
विद्यालयले बिरुवा संरक्षणको जिम्मा आफैं लिएको शिक्षक गोपाल दासले जानकारी गराएका हुुन् । वृक्षारोपणको अवसरमा बिधालयका शिक्षक,शिक्षिका,बिधार्थी लगायतका व्यक्तीहरु सहभागी रहेका थिए ।
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले अब बन्ने सरकार संविधानको धारा ७६ (२) अनुसार नै बन्ने स्पष्ट गरेका छन् ।
शनिबार पार्टी संसदीय दलको बैठकपछि बोल्दै लेखकले अब संविधानको धारा ७६ (२) अनुसार नै एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन हुने बताएका हुन् ।
उनले भने- ‘राष्ट्रिय सहमतिको सरकारका निमित्त कांग्रेस र एमालेबीच सहमति भएको छ । त्यो सरकार नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम बन्ने सरकार हो । त्यो सरकार एमाले अध्यक्ष केपी ओलीजीको नेतृत्वमा बन्छ ।’
लेखकले संसदीय दलको बैठकले कांग्रेस–एमालेबीच भएको सहमतिलाई स्वीकार गर्दै कार्यान्वयन गर्न प्रतिबद्धत जनाउने निर्णय गरेको जानकारी दिए ।न्युज कारखाना
काठमाडौँ । राप्रपा नेपालले कांग्रेस-एमालेको नयाँ गठबन्धन बन्नुले गणतन्त्रको असफलतालाई प्रमाणित गरेको विश्लेषण गरेको छ ।
राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले ठूलो तामझाम, आश्वासन र प्रतिवद्धता व्यक्त गर्दै एमाले र माओवादी केन्द्रले गठन गरेको सत्ता गठवन्धनलाई चार महिनामा नै विस्थापित गर्दै नेपाली काँग्रेस र एमालेले नयाँ गठवन्धन निर्माण गर्नुले संघीय धर्मनिरपेक्ष गणतन्त्रको असफलतालाई फेरी एकपटक प्रमाणित गरेको निष्कर्ष निकालेको हो ।
साथै राप्रपा नेपालले नेपाली राजनीतिमा विद्यमान सत्ताकेन्द्रित फोहरी प्रतिस्पर्धा, भ्रष्ट प्रवृत्ति र अस्थिरता पुनः उजागर भएको निष्कर्ष निकालेको छ ।
राप्रपा नेपालले नयाँ सत्ता गठवन्धन कुनै सिद्धान्त, नीति र जनादेशको आधारमा बनेको नभई यो नितान्त सत्तास्वार्थ र भ्रष्टाचारको कार्वाहिबाट जोगिने रणनीतिको परिणाम भएको जनाएको छ ।
संसदका दुई ठूला दल मिलेर सरकार बनाउनु आफैमा विडम्वनापूर्ण रहेको बताउदै यो संसदीय मुल्य र मान्यता विपरितको कार्य भएको ठहर राप्रपा नेपालले गरेको छ ।
राप्रपा नेपालले भनेको छ- ‘संविधान संशोधनको निम्ति नयाँ गठवन्धन बनाउनु परेको अमुर्त तर्क केवल सत्ता आरोहणलाई पुष्टि गर्ने निर्रथक वहाना मात्र हो । नेपाली काँग्रेस वा एमाले दुवैले आजसम्म आफ्नो पार्टी निकायमा संविधान संशोधन वा पुनरावलोकनको बारेमा कुनै छलफल वा निर्णय गरेका छैनन् । केवल सतही सुधारले देशले भोग्नुपरेको संकटको समाधान हुन पनि सक्दैन । देशलाई संकटबाट मुक्त तुल्याउने हो भने संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको विकल्प खोज्ने साहस गर्नुपर्छ ।’
साथै राप्रपा नेपालले अहिलेको अवस्थामा सतही संविधान संशोधन होइन धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता वारे पुनरावलोकन गरि सवै नेपाली अटाउने हिन्दुराष्ट्र सहितको राजनीतिक प्रणाली निर्माण गर्न सर्वपक्षीय सम्मेलन वा ति बिषयमा जनमत संग्रहको माग गरेको छ ।
संविधान संशोधन चर्चाको निशानामा समावेशी र समानुपातिक मान्यता परेको उल्लेख गर्दै राप्रपा नेपालले विकृतिहरु हटाउनुको सट्टा समानुपातिक प्रणालीलाई विस्थापित गर्नु भनेको सर्वसत्तावादी सोचको परिणाम भएको बताएको छ ।
साथै राप्रपा नेपालले नक्कली भूटानी शरणार्थी काण्ड, सुन तस्करी, गिरिबन्धु टि स्टेटको ब्रम्हलुट, ललिता निवास जग्गा कब्जा, टेरामेक्स काण्ड लगायतका भ्रष्टाचारका फाईलहरु अब दवाईने र भ्रष्टाचारीहरूलाई उन्मुक्ति दिईने आशंका बढेको बताएको छ ।न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीहरूको हितरक्षाका निम्ति परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली कुटनीतिक नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने बताएका छन् ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको परराष्ट्र मन्त्रालय तथा अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रस्तुतिकरण सम्बन्धी छलफलमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।
बैठकमा प्रधानमन्त्रीले विदशमा रहेका नेपालीहरूको हितरक्षा र अधिकारलाई आफूले उच्च प्राथमिकता दिएको बताउँदै त्यसका लागि संस्थागत र संरचनागत क्षमता अभिवृद्धि मुख्य विषय भएको बताएका हुन् ।
प्रधानमन्त्रीले भने, “विदेश जाने नेपालीहरूको संख्या बढ्दैछ। तर, हाम्रो परराष्ट्र मन्त्रालय, मातहतका कार्यालय र नियोगहरू आवश्यकताअनुसार बलियो बनाउन सकिएको छैन। दरबन्दी धेरै पूरानो छ। यसलाई बदलेर संगठन र जनशक्ति व्यवस्थापन सुदृढ गरौँ । विदेशमा रहेका नेपालीहरूको हितरक्षा र अधिकारलाई केन्द्रमा राखेर काम गरौँ। सचिवस्तरमा प्राविधिक तयारी गर्नुस् । त्यसपछि हामी छिट्टै एउटा निष्कर्षमा पुग्नेछौँ । ”
बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आज राष्ट्रियताको सवाल कुटनीतिमा अभिव्यक्त भएको बताउँदै नेपालले परराष्ट्र मन्त्रालय र यसअन्तर्गतका निकायहरूको सवलीकरण गर्नुपर्ने बताए ।
छलफलमा परराष्ट्रमन्त्री श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी, निमित्त मुख्यसचिव लिलादेवी गड्तौला, परराष्ट्र सचिव सेवा लम्साल, अर्थसचिव मधुकुमार मरासिनी लगायत प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू उपस्थित थिए ।न्युज कारखाना
काठमाडौँ । भारतलाई टी-२० विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका अल राउण्डर हार्दिक पाण्डेय आइसीसीको टी-२० अलराउन्डरको वरियतामा शिर्ष स्थानमा उक्लिएका छन् ।
आइसीसीले बुधबार सार्बजनिक गरेको वरियतामा हार्दिक पाण्डेय अलराउण्डरको वरियतामा शिर्ष स्थानमा उक्लिएका हुन् । हार्दिकले विश्वकपमा गरेको प्रदर्शनको आधारमा दुई स्थान सुधार गर्दै शोर्ष स्थानमा उक्लिएका छन् ।
त्यस्तै श्रीलंकाका वानिन्दु हसरंगा यस सूचीमा दोस्रो स्थानमा छन भने अस्ट्रेलियाका मार्कोस स्टोइनिस तेस्रो स्थानमा रहेका छन् ।
त्यस्तै जिम्बाबेका सिकन्दर राजा चौथो, बंगलादेशका शकिब अल हसन पाँचौं स्थानमा र अफगानिस्तानका मोहमद नावी छैटौं स्थानमा पुगेका छन् । त्यस्तै अलराउन्डरको वरियतामा नेपालका दीपेन्द्र सिंह ऐरी भने सातौं स्थानमा नै कायम रहेका छन् ।न्युज कारखाना
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा महामन्त्री मुकुल ढकालले तयार गरेको प्रतिवेदन सह-महामन्त्री कबिन्द्र बुर्लाकोटाीले पेश गरेका छन् । सहप्रवक्ता मनिष झाले महामन्त्रीले मुखमा टेप लगाएपछि सहमहामन्त्री बुर्लाकोटीले पेस गरेको बताए ।
झाले भने- ‘आजको केन्द्रीय समितिको बैठकमा महामन्त्रीज्यूले प्रतिवेदन लाईभ गरेर प्रस्तुत गर्ने सर्त राख्नुभएको थियो । सभापतिज्यूले त्यसमा सहमति जनाउनुभयो तर शतप्रतिशत केन्द्रीय सदस्यबाट अस्वीकार भयो । त्यसको विरोध स्वरूप उहाँले मुखमा माक्स लगाएर त्यसमाथि कालो टेप लगाएर बस्नुभयो । त्यसपश्चात् महामन्त्रीको प्रतिवेदन उनकै उपस्थितता सहमहामन्त्री कविन्द्र बुर्लाकोटीज्यूले वाचन गर्नुभयो’ ।
गत वैशाख १५ गते भएको इलाम २ को उपनिर्वाचनमा पार्टीको शर्मानक हारपछि सभापति लामिछानेले नै समीक्षा यात्राका लागि भन्दै मुकुललाई देशदौडाहमा पठाएका थिए ।
देशका ३३ जिल्ला घुमेर मुकुलले तयार पारेको प्रतिवेदन पार्टी सभापतिलाई बुझाएका छ्न । तर, त्यो प्रतिवेदन सार्वजनिक भएको छैन् ।न्युज कारखाना
काठमाडौं । प्रतिनिधिसभाको सचिवमा नियुक्त सुरेश अधिकारीले पद तथा गोपनियताको शपथ लिएका छन् । बुधबार सभामुख देवराज घिमिरेले अधिकारीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार अधिकारीलाई सचिवमा नियुक्त गरेका थिए ।
संखुवासभा खाँदबारी नगरपालिका-२ निवासी अधिकारी शिक्षा मन्त्रालयको सचिवबाट अवकाश भएका थिए ।
प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेय संघीय संसदको महासचिव नियुक्त भएपछि २०८० साल माघ २३ देखि सचिव पद रिक्त थियो ।न्युज कारखाना