काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालहरुको दोकान बन्द भएको टिप्पणी गरेका छन् ।
एमाले संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै बर्तौलाले यसअघि अध्यक्ष नेपालले संसद्को गणित देखाएर सरकार ढाल्दिन्छौं भन्दै बार्गेनिङको दोकान चलाएको टिप्पणी गर्दै उनले अब त्यो दोकान बन्द भएको टिप्पणी गरेका हुन् ।
उनले भने- ‘मुख्य कुरा माधव नेपालहरुको संसद्को गणित देखाएर जे बार्गेनिङ गरेर सरकार आजै ढाल्दिन्छु, भालि ढाल्दिन्छु भनेर जे बार्गेनिङ गर्दैहुनुहुन्थ्यो, दोकान, व्यवसाय चलाउँदै हुनुहुन्थ्यो । माधव नेपालको दोकान समाप्त भयो ।’न्युज कारखाना
दमौली । तनहुँमा पहिरोमा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ ।
शनिबार दिउँसो शुक्लागण्डकी नगरपालिका-७ काउरेमा हिरा नेपाली र सुनमाया कुमालको घरमा खसेको पहिरोमा तीन जना बेपत्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार एक जनाको शव शनिबार नै फेला परेको थियो भने आइतबार बिहान थप दुई जनाको शव फेला परेको हो ।
पहिरोमा परेर ज्यान गुमाउनेमा ४० वर्षीय हिरा नेपाली, ३७ बर्षिय अनिशा बास्तोला र ६५ बर्षिय श्याम भण्डारी रहेका छन् । तीनै जनाको शव जिपी कोइराला श्वासप्रस्वास उपचार केन्द्रमा राखिएको प्रहरीले बताएको छ ।
सो पहिरोमा पाँच जना घाइते भएको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
न्युज कारखाना
काठमाडौँ । फिल्म कुस्माको प्रदर्शन मिति तय गरिएको छ । निर्माण पक्षले कुस्मा आगामी असोज ३ गते प्रदर्शन गर्ने घोषणा गरेका छन् ।
धिरज मगर र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको कुस्मालाई अशोक थापा मगरले निर्देशन गरेका हुन् ।
लभ स्टोरी फिल्म भनिएको यस फिल्म धिरज र उपासना बाहेक माओत्से गुरुङ, सुजाता राई, अस्तित्व भट्टचन लगायतको अभिनय रहेको छ ।
फिल्मलाई निर्देशक अशोकले नै लेखेका हुन् भने स्क्रिनप्ले पनि उनकै रहेको छ ।न्युज कारखाना
काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार निर्माणको लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।
आइतबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिने निर्णय गरेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका हुन् ।
बर्तौलाले प्रधानमन्त्रीले तत्काल राजीनामा दिन एमालेले माग गर्ने निर्णय गरेको बताउदै सरकारलाई दिर्घकालिन असर पर्ने निर्णय नगर्न समेत आग्रह गरेको बताएका छन् ।
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिन पत्र पठाएको प्रसंग उल्लेख गर्दै राजीनामा नदिएर विश्वासको मत लिएमा आफुहरुले विपक्षमा मतदान गर्ने निर्णय गरेको बताए ।न्युज कारखाना
काठमाडौँ । सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ।
आइतबार बिहान ९ बजे सप्तकोशीमा जलसतहले खतराको तह पार गरेपछि ५६ वटै ढोका खोलिएको कोशी ब्यारेज केन्द्रले जानकारी दिएको छ ।
सप्तकोशीमा पानीको बहाव ३ लाख ७० हजार क्यूसेक पुगेको छ । बिहान ६ बजे ४८ वटा ढोका खोलिएको थियो । लगातार वर्षाका कारण नदीमा जलसतह बढ्दै गएर खतरा उत्पन्न भएपछि सबै ढोका खोलिएको हो । सप्तकोशीमा बहाव बढेपछि तटीय क्षेत्रमा बसेकाहरूलाई सतर्क रहन भनिएको छ ।
सप्तकोशीको बहाव अहिलेसम्मकै धेरै १९६८ मा ७ लाख ३० हजार क्युसेक पुगेको थियो ।न्युज काखानार
सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–१, जानकीनगरमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सोही ठाउँका ३८ वर्षीय इन्द्रहरि पोखरेलको मृत्यु भएको हो ।
पोखरेललाई गएराति ८ बजेतिर गाउँको भित्री सडकमा उत्तरतर्फबाट बरहथवातर्फ गइरहेको ज ८ प ६८८९ नम्वरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएका पोखरेललाई हरिवनमा सामान्य उपचारपश्चात वीरगन्जतर्फ लैजानेक्रममा रौतहटको चन्द्रनिगाहपुर पुर्याउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।
मोटरसाइकल र त्यसका चालक प्रहरी नियन्त्रणमा छन् । मृतक पोखरेलको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुरमा नै राखिएको छ ।न्युज करखाना
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ ।
बिहान ११ बजे बस्ने बैठकले प्रदेश प्रमुखको जिम्मेवारी तोक्ने बताइएको छ ।
हालै सम्पन्न महाधिवेशन पछि एकीकृत समाजवादीले ९३ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ छ भने पदाधिकारीमा अध्यक्ष, सम्मानित नेता र महासचिव चयन गरेको छ ।
यस अघि शनिबार बसेको पहिलो बैठकले सबै २९९ केन्द्रीय सदस्यको चयनपछि मात्र पदाधिकारीको टुंगो लाग्ने निर्णय गरेको नेता जगन्नाथ खतिवडाले जानकारी दिएका थिए ।
ख
तिवडाले महाधिवेशनले पार्टीलाई अघि बढाउन ऊर्जा प्राप्त भएको निष्कर्ष बैठकले निकालेको बताउदै पदाधिकारी चयन भइनसकेको अवस्थामा दैनिक काम व्यवस्थापन गर्न पुरानै व्यक्तिलाई पुरानै जिम्मेवारी दिने निर्णय भएको बताएका थिए ।न्युज करखाना
काठमाडौँ । फ्रान्समा आज आम निर्वाचनको दोस्रो र अन्तिम चरणको मतदान हुँदैछ । यस चुनावमा अति दक्षिणपन्थी पार्टीले जितको अपेक्षा गरिएको छ ।
पहिलो चरणमा अग्रता हासिल अग्रेको आधारमा मरिन ले पेन र जोर्डन बर्डेलाको चरम दक्षिणपन्थी पार्टी नेसनल र्याली (आरएन) ले सरकार बनाउने र नेशनल एसेम्बलीमा बहुमत ल्याउने अवसर पाएको छ ।
गत आइतबार भएको पहिलो चरणको संसदीय निर्वाचनमा नेशनल एसेम्बलीमा विजयी भएपछि सयौं प्रतिद्वन्द्वी उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका थिए । यसको उद्देश्य अन्य उम्मेदवारहरूलाई अति दक्षिणपन्थी पार्टीका उम्मेदवारहरूलाई पराजित गर्ने राम्रो मौका दिनु थियो ।
पहिलो चरणको अग्रता पछि, अध्यागमन विरोधी पार्टी नेशनल र्यालीका नेता मारिन ले पेनले भनिन्, ‘म्याक्रोन समूह लगभग समाप्त भइसकेको छ ।’
नेशनल र्यालीका २८ वर्षीय नेता जोर्डन बर्डेलाले फ्रान्सेली जनताले मलाई भोट दिए भने म उनीहरूको प्रधानमन्त्री बन्न चाहन्छु भनेका थिए ।
फ्रान्सको ५७७ सिट भएको राष्ट्रिय सभामा पूर्ण बहुमतका लागि मारिन ले पेन र जोर्डन बर्डेलालाई २८९ सिट चाहिन्छ ।
युरोपेली संसदको चुनावमा राष्ट्रिय र्यालीको जितपछि राष्ट्रपति इमानुएल म्याक्रोनले अचानक चुनावको घोषणा गरेका थिए ।न्युज करखाना
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघको व्यवस्थापनमा भएको राष्ट्रिय बहिरा तथा दृष्टिविहीन पारा जुडो प्रतियोगिता सम्पन्न भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको बहिरातर्फ ३४ खेलाडीले १० स्वर्ण तथा दृष्टिविहीनतर्फ १८ खेलाडीले ५ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।
सो अवसरमा पेरिस ओलम्पिक– २०२४ को जुडोमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी मनीता श्रेष्ठ प्रधानलाई सम्मान गरिएको थियो ।
विजेतालाई राखेपकी सदस्य अञ्जना श्रेष्ठ, नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघका अध्यक्ष रमेश महर्जन, वरिष्ठ उपाध्यक्ष धर्मकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए ।न्युज करखाना
काठमाडौँ । नेदरल्याण्ड्सका निवर्तमान प्रधानमन्त्री मार्क रुटे यतिबेला चर्चामा छन् । निवर्तमान प्रधानमन्त्री रुटले हेगस्थित आफ्नो कार्यालयबाट अनौठो तरिकाले साइकल चढेर प्रधानमन्त्री कार्यालयबाट बिदा भएको विषय अहिले मिडिया र सामाजिक सञ्जालमा निकै चर्चामा रहेको छ ।
१४ वर्षको कार्यकालपछि रुटले पूर्व गुप्तचर प्रमुख डिक शूफलाई प्रधानमन्त्रीको कार्यभार सुम्पेर साइकल चढेर बिदा भएका थिए । राजा विलेम-अलेक्जेन्डरको अध्यक्षतामा आयोजित समारोहमा शूफले प्रधानमन्त्रीको रूपमा शपथ लिएका थिए । रुटेले अब नेटोको नयाँ महासचिवको जिम्मेवारी सम्हाल्नेछन् ।
यो भिडियो सामाजिक सञ्जालमा भाइरलको भिडियोमा, रुट साइकल चढेर अफिसबाट निस्किँदै गरेको देखिन्छ, जबकि उनका कर्मचारीहरूले उनलाई हल्लाउँदै बिदाई गरेका छन् । रुटे प्रधानमन्त्री कार्यालयबाट साइकलमा घर जाँदै गर्दा त्यहाँ उपस्थित सञ्चारकर्मीले उनको फोटो र भिडियो खिचिरहेका थिए ।
करिब डेढ दशक नेदरल्याण्डको नेतृत्व गरेपछि रुटेले अब आफ्नो अनुभव ब्रसेल्समा लैजानेछन्, जहाँ उनले यस वर्षको अन्त्यमा नाटोको नयाँ महासचिवको पदभार ग्रहण गर्नेछन् । उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) ले गत महिना मार्क रुटलाई यसको अर्को महासचिव नियुक्त गरेको थियो । युक्रेनमा युद्ध बढ्दै गएपछि युरोपेली सुरक्षाका लागि सबैभन्दा महत्वपूर्ण समयमा उनले विश्वको सबैभन्दा ठूलो सैन्य सुरक्षा संगठनको जिम्मेवारी सम्हाल्नेछन् ।
ब्रसेल्समा ३२ सदस्यीय गठबन्धनको मुख्यालयमा भएको बैठकमा नाटोका राजदूतहरूले रुटेको नियुक्तिलाई अन्तिम स्वीकृति दिएका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका समकक्षी नेताहरूले जुलाई ९ देखि ११ सम्म वाशिंगटनमा शिखर सम्मेलनमा उनलाई औपचारिक स्वागत गर्नेछन् । नेदरल्याण्ड्सका पूर्व प्रधानमन्त्रीले अक्टोबर १ मा नर्वेका वर्तमान महासचिव जेन्स स्टोल्टनबर्गको स्थान लिनेछन् । स्टोल्टनबर्ग एक दशकभन्दा बढी समयसम्म नाटोको महासचिव पदमा थिए । सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि उनको कार्यकाल थपिएको थियो ।न्युज करखाना