काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शपथ लिदै छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई बिहान ११ बजे पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम तय गरिएको छ । आजै नवनियुक्त मन्त्रीहरुले पनि शपथ दिलाउने तयारी गरिएको छ ।
आइतबार राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त्त गरेका थिए ।
ओली चौथो पटक प्रधानमन्त्री बनेका हुन् । उनी पहिलो पटक २०७२ असोज २५ गते प्रधानमन्त्री बनेका थिए भने दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए । त्यस्तै उनी तेस्रो पटक २०७८ बैशाख ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
यस अघि शुक्रबार राति नेपाली कांग्रेसको समर्थनमा ओलीले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी पेश गरेका थिए । कांग्रेस र एमालेका १६६ सांसदको हस्ताक्षरसहित ओलीले प्रधानमन्त्रीमा दाबि पेश गरेका थिए ।
तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुक्रबार नै संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो । त्यसपछि राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन लिएर सरकार बनाउन दाबि पेश गर्न आइतबार ५ बजेसम्मको समय दिएका थिए ।
ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि कांग्रेस र एमाले सोमबार बिहाननै मन्त्रीहरुको पनि शपथ गराउने तयारीमा रहेका छन् । अहिलेसम्म कांग्रेस-एमालेले मन्त्रीहरुको छनौट गर्ने क्रममा रहेका छन् । अहिलेसम्म कांग्रेसबाट प्रकाशमान सिंह, रमेश लेखक, आरजु राणा, प्रदीप पौडेल लगायतको मन्त्री बन्ने चर्चा छ भने एमालेबाट विष्णु पौडेल, योगेश भट्टराई, छबिलाल विश्वकर्मा, विद्या भट्टराई, सुनिता बराल, पदम गिरीलगायत मन्त्री बन्ने चर्चा रहेको छ ।
त्यस्तै कांग्रेस र एमालेबीच मन्त्रालयको बाँडफाँड भएको छ । जस अनुसार नेपाली काँग्रेसले गृह मन्त्रालय, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय पाउने बताइएको छ ।
त्यस्तै नेकपा एमालेले अर्थ मन्त्रालय, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ ।न्युज कारखाना
काठमाडौँ । अर्जेन्टिना र कोलम्बियाबीचको कोपा अमेरिका फाइनल खेल निर्धारित समयमा शुरु हुन सकेको छैन ।
अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि शुरु हुनुपर्ने खेल अब नेपाली समय अनुसार ७ बजेदेखि शुरु हुने बताइएको छ ।
स्टेडियममा फ्यानहरुको भिड र टिकट नलिएका फ्यानहरु जबर्जस्ती घुस्न खोजेपछि स्थिति नियन्त्रण बाहिर गएको थियो । आयोजकहरुले टिकट नभएका फ्यानहरुलाई पनि स्टेडियममा जान दिने भने पनि अवस्था नियन्त्रणमा आउन नसकेपछि खेल एक घण्टा १५ मिनेट ढिलो भएको छ । मिडिया रिपोर्टका अनुसार प्रहरीले केहि समर्थकहरुलाई हिरासतमा समेत लिएको छ ।
अत्याधिक गर्मीका कारण कैयौं समर्थकहरु बेहोस समेत भएको र उनीहरुलाई उपचार गरिएको दृश्य समत सार्बजनिक भएका छन् ।न्युज कारखाना
काठमाडौँ । स्पेनका कार्लोस अल्काराजले यस बर्षको विम्बल्डन पुरुष सिंगलको उपाधि जितेका छन् ।
अल्काराजले सर्बियाका नेभाक जोकोभिचलाई सोझो तीन सेटमा पराजति गर्दै लगातार दोस्रो बर्ष विम्बल्डनको उपाधि जितेका छन् । २१ बर्षिय अल्काराजले ६-२, ६-२, र ७-६ को सोझो सेटमा जोकोभिचलाई पराजित गरेका हुन् । उनले २०२३ को फाइनलमा पनि जोकोभिचलाई पराजित गर्दै उपाधि जितेका थिए ।
युवा खेलाडी अल्कारेजको यो चौथो ग्राण्ड स्लाम उपाधि हो । उनले दुई विम्बल्डनसहित यसै बर्ष फ्रेन्च ओपन र २०२२ मा युएस ओपन जितेका थिए ।
त्यस्तै यस अघि सात पटक विम्बल्डन जितेका जोकोभिच लगातार दोस्रो बर्ष उपविजेता बनेका छन् । २०२३ मा अस्ट्रेलियन, फ्रेन्च र युएस ओपन जितेका जोकोभिच यस बर्ष भने उपाधि विहिन बनेका छन् । न्युज कारखाना
रौतहट, असार ३० गते । रौतहटको देवाही नगरपालिकामा नव निर्मित राधाकृष्ण मन्दिरमा हुने प्राण-प्रतिष्ठाको बिशाल कलश यात्रा निकालिएको छ । देवाही नगरपालिका-९ धरहरीमा रहेको राधाकृष्ण मन्दिरको प्राङगढबाट करिब २५१ कुमारी कन्या द्रारा बाजागाजासहित निकालिएको साे कलश यात्रा गरुडा नगरपालिकाकाे पाेठियाही हुदै शिवनगर स्थित चान्दी खोलामा जलभरेर मन्दिरमा स्थापित गरिएकाे मन्दिरका पुजारी रामनाथ राय यादवले बताए ।
हिन्दुहरुको अस्थाकाे केन्द्र राधाकृष्ण मन्दिरमा भगवान श्री कृष्णा र राधाकाे मुर्तिलाई प्राण-प्रतिष्ठा गर्न कलश यात्रा निकालिएकाे मन्दिर समितिले जनाएको छ । मन्दिरमा प्राण-प्रतिष्ठा भएपछि प्रतिमाको रुपमा रहेको भगवान श्री राधाकृष्णकाे पुजाआजा गर्ने पुजारी यादवले बताएका छन । असार ३० गते शुरु भएको यज्ञमा पहिलो दिन कलश यात्रा दाेस्राे दिन असार ३१ गते प्राण-प्रतिष्ठा र तेस्रो दिन श्रावण १ गते भणडारा तथा यज्ञ पुर्णाहुति गरिने पुजा समितिले जनाएको छ ।२०६४ साल मंसिर १६ गते स्थापना भएको साे मन्दिर आर्थिक अभावका कारण अधुरो रहेको थियोे ।
लामो समयदेखि अधुरो रहेको मन्दिरलाई देवाही गाेनाही नगरपालिका वडा नम्बर ३”का वडा अध्यक्ष संजय पटेलकाे सहयाेगबाट सम्पन भएको छ । करिब १७ वर्ष देखि अधुरो मन्दिरलाई स्थानीय रामनाथ यादवले आफ्नो दुई कठ्ठा जग्गा धितोमा राखी शिलान्यास गराएका थिए ।धार्मिक आस्थाकाे रुपमा रहेको राधा कृष्ण मंदिरलाई स्थानीय स्तरबाट चन्दा संकलन गरि छत ढलान सम्म पुर्याएका थिए ।त्यसपछि स्थानीय तहकाे स्थापना भएपछि वडामा निर्वाचित तत्कालीन वडा अध्यक्ष राजेश साहले २०७८ सालमा वडा स्तरीय याेजनाबाट २ लाख रुपैयाँ छुट्टयाई अधुरो मन्दिरको छत ढलान कार्य सम्पन गराएका थिए ।
तरपनि मन्दिर अधुराे नै रहे २०७८ देखि नै पलास्टर र रंग राेधन बिना अधुरो मन्दिरमा यता आएर वडा अध्यक्ष पटेलले आफ्नो निजी खल्तीबाट ३ लाख रुपैया सहयोग गरि अधुरो मन्दिरको निर्माणकार्य संम्पन गराएपछि प्राण-प्रतिष्ठा हुन लागिएको पुजा समितिले जानकारी दए । मन्दिरमा स्थापना हुन लागिएकाे मर्तीकाे सम्पूर्ण खर्च स्थानिय जाेहन राय यादवले दिएको मन्दिरका पुजारी यादवले बताए ।
पुजारी यादवले याे भन्दा पहिलापनि ठाउँ ठाउँमा पिपलकाे रुख राेपेर समाजमा आफ्नो नाम स्थापित गरि चर्चा कमाएको छ ।कलश यात्रामा देवाही गाेनाही नगरपालिकाका मेयर प्रेमलाल साह वडा अध्यक्ष वीर बहादुर साह,पुर्व वडा अध्यक्ष राजेश साह युवा नेता नन्दकिशोर यादव विवेक यादव,नागेन्द्र यादव,पनिलाल यादव,रामनरेश ठाकुर स्थानीय भद्रभलादमी बुद्धिजीवी ईलाका प्रहरी कार्यालय देवाही गाेनाहीका सुरक्षाकर्मी पत्रकार लगाएत महिला तथा पुरुष गरि करिब पाँच सयकाे संख्यामा स्थानीयहरुकाे सहभागीता रहेको थियोे ।
राैतहट,३० गते असार । माध्यमिक शिक्षा परिक्षा ( एस.ई.ई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको छ ।
रौतहटको कटहरिया नगरपालिका भरीमा सञ्चालित सामुदायिक बिधालयहरु मध्ये बाट एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाइ सम्मान तथा पुरस्कार वितरण गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहाले आज एक कार्यक्रमका बिच ३.६० जिपिए भन्दा माथि जिपिए ल्याउने बिधार्थीहरुलाइ सम्मान गर्नु भएको हो ।
आइतवार सम्मान तथा पुरस्कार पाउनेमा ४ जना छात्र र १ जना छात्रा रहेका छन् । कटहरिया नगरपालिका भरिको सामुदायिक बिधालयहरु मध्ये बाट उत्कृष्ट अंक ल्याउनेहरु अनिरुद्ध यादव,धर्मेन्द्र यादव,मधु शाह,बादशाह कुशवाहा र सन्धया कुुमारी कुशवाहा रहेका छन् ।
उनीहरुलाइ वडा अध्यक्ष कुशवाहाले स्कूल ब्याग,कलम र डायरी उपलब्ध गराइएको छ । भने खादा ओढाएर सम्मान पनि गरिएको छ ।
बिधार्थीहरुको मनोबल उच्च बनाउने अभिप्रायले यस वर्ष देखि वडा अध्यक्ष कुशवाहाले एसईईमा उत्कृष्ट अंक ल्याउनेलाई सम्मान गर्ने थालनी गरेका छन् ।
कार्यक्रममा वडा अध्यक्ष कुशवाहाले विद्यार्थीले प्राप्त गरेका सफलता परिवार, आफन्त, समाज, जिल्ला र राष्ट्रको नै भएको भन्दै भोलीको पुस्ताको असल नेतृत्व गर्न सक्ने बन्न सक्नुपर्ने तर्क गरे ।
उनले भने बिधार्थीहरुलाइ प्रदान गरिएको स्कूल ब्याग मात्र नभइ समाजको भरोसा,बुवा आमाको आशा,गुरुहरुको मिहिनेत र परिश्रमको फल रहेकोले यो उपलब्धीलाइ निरन्तरता दिन आग्रह गर्दै उज्जवल भविष्यको कामना गर्नुु भयो ।
यस वर्ष रौतहट जिल्लाभरी बाट ३.६० देखि ४ जिपिए ल्याउनेको संख्या ६ सय ५८ रहेको जिल्ला शिक्ष समन्वय इकाइ रौतहटका प्रमुख रामविनय कुमार सिंहले जानकारी गराएका हुुन् ।
राैतहट,३० गते असार । माध्यमिक शिक्षा परिक्षा ( एस.ई.ई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको छ ।
रौतहटको कटहरिया नगरपालिका भरीमा सञ्चालित सामुदायिक बिधालयहरु मध्ये बाट एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाइ सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।
सो नगरपालिकाको वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहाले आज एक कार्यक्रमका बिच ३.६० जिपिए भन्दा माथि जिपिए ल्याउने बिधार्थीहरुलाइ सम्मान गर्नु भएको हो । आइतवार सम्मान तथा पुरस्कार पाउनेमा ४ जना छात्र र १ जना छात्रा रहेका छन् ।
कटहरिया नगरपालिका भरिको सामुदायिक बिधालयहरु मध्ये बाट उत्कृष्ट अंक ल्याउनेहरु अनिरुद्ध यादव,धर्मेन्द्र यादव,मधु शाह,बादशाह कुशवाहा र सन्धया कुुमारी कुशवाहा रहेका छन् ।
उनीहरुलाइ वडा अध्यक्ष कुशवाहाले स्कूल ब्याग,कलम र डायरी उपलब्ध गराइएको छ । भने खादा ओढाएर सम्मान पनि गरिएको छ ।
बिधार्थीहरुको मनोबल उच्च बनाउने अभिप्रायले यस वर्ष देखि वडा अध्यक्ष कुशवाहाले एसईईमा उत्कृष्ट अंक ल्याउनेलाई सम्मान गर्ने थालनी गरेका छन् । कार्यक्रममा वडा अध्यक्ष कुशवाहाले विद्यार्थीले प्राप्त गरेका सफलता परिवार, आफन्त, समाज, जिल्ला र राष्ट्रको नै भएको भन्दै भोलीको पुस्ताको असल नेतृत्व गर्न सक्ने बन्न सक्नुपर्ने तर्क गरे ।
उनले भने बिधार्थीहरुलाइ प्रदान गरिएको स्कूल ब्याग मात्र नभइ समाजको भरोसा,बुवा आमाको आशा,गुरुहरुको मिहिनेत र परिश्रमको फल रहेकोले यो उपलब्धीलाइ निरन्तरता दिन आग्रह गर्दै उज्जवल भविष्यको कामना गर्नुु भयो । यस वर्ष रौतहट जिल्लाभरी बाट ३.६० देखि ४ जिपिए ल्याउनेको संख्या ६ सय ५८ रहेको जिल्ला शिक्ष समन्वय इकाइ रौतहटका प्रमुख रामविनय कुमार सिंहले जानकारी गराएका हुुन् ।
राैतहट,३० गते असार । एकै गाउँमा चार पदक ल्याउने कुस्ती खेलाडीलाई सम्मान गरिएको छ । राैतहटकाे गरूडा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रामबिनाेद जयसवालले नगद सहित सम्मान गरेका छन् ।
काहीं कतैको सहयोग बिना आफ्नै तरिकाले कुस्तीको अभ्यास गर्ने रौतहटका युवाहरुको समूहमध्ये एकै गाउँका चार जनाले पदक ल्याएका थिए । हालै सम्पन्न मधेश प्रदेशस्तरीय कुस्ती प्रतियोगितामा रौतहटमा आएको ६ पदकमध्ये एकै टोलमा चारओटा पदक भित्रिएको छ । रौतहटको गरुडा नगरपालिका ५ लक्ष्मीपुर टोलका चार जना कुस्ती खेलाडीले एकैपटक चारओटा पदक जित्दै इतिहास रचेका छन् ।
कुस्ती खेलाडीहरुले एउटा रजत पदक र तीनओटा काँस्य पदक जितेका हुन् । पदक विजेतामध्ये दुई जना साख्खै दाजुभाइ हुन् । एकै दिन जन्मेका जुम्ल्याहा दाजुभाइले प्रदेशस्तरीय कुस्ती प्रतियोगितामा दोस्रो र तेस्रो स्थान ग्रहण गरेपछि अहिले जिल्लामा चर्चाको विषय बनेको छ ।
सम्मान पाउने खेलाडीहरूमा ५७ केजी समूहमा रजत पदक विजेता कृष्णनन्दन यादव,६५ केजी समूहमा प्रदेशमा तेस्रो स्थान प्राप्त गरेका शिवनन्दन यादव,९७ केजी समूहमा काँस्य पदक विजेता होसनारायण यादव र ८६ केजी समूहमा काँस्य पदक विजेता उमाशंकर यादव पनि लक्ष्मीपुर टोलकै छन् ।
राैतहट, ३० गते असार । पहिरोले त्रिशूलीमा गायब भएका रौतहट जिल्लाको परोहा नगरपालिकाका तीन जनाका परिवारलाइ नगर प्रमुखले नगद सहित खाद्यान्न सामाग्री सहयोग सहयोग गरेका छन ।
आषाढ़ २८ गते काठमाण्डूबाट गौर आउदै गरेको गणपति बसमा सवार रहेका परोहा नगरपालिकाका तीन जनाको परिवारलाइ नगरपालिकाको तरफ़ राहत स्वरुप सहयोग उपलब्ध गराइएको हो । भरतपुर महानगरपालिका २९ नारायणगढ़ मुगलिंग सड़क खण्डको सिमलतालमा काठमाडौबाट गौर आउदै गरेको गणपति डीलक्स त्रिशूली नदीमा खस्दा परोहा नगरपालिका वड़ा नम्बर ४ लौकहा पोखरिया निवासी ओमराज कुमार साह ,वड़ा नम्बर ६ बसंतपट्टी निवासी ऋषि कुमार सिंह र वड़ा नम्बर ९ रामपुर खाप निवासी सिकिन्दर दासको मृत्यु भएकोले मृतक परिवारलाइ तत्काल नगद सहित चेक र खाद्यान्न सामाग्री उपलब्ध गराइएको नगर प्रमुख शेख वकीलले जानकारी दिएका छन ।
बस दुर्घटनामा ज्यान गुमाएका तिनै जनाको परिवारलाइ जनहि ११ हजार नगद , ५० हजारको चेक तथा खाद्यान्न सामाग्री दिइएको निमित प्रमुख प्रशासकीय अधिकृत मोहम्मद महफूज आलमले जानकारी दिएका छन ।
राहत सामाग्री चेक तथा नगद हस्तांतरण गर्ने क्रममा नगर प्रमुख शेख वकील , निमित प्रमुख प्रशासकीय अधिकृत ,इंजिनियर दीपेन्द्र यादव , वड़ा अध्यक्ष जवाहर प्रसाद यादव , बिलाश पटेल , कफील अंजुम ,लेखापाल शिवपूजन मंडलको उपस्थति रहेको थियो । बस दुर्घटनामा परी ज्यान गुमाएका प्रति श्रन्दांजलि अर्पण तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै खोजी कार्यलाइ निरंतरता दिन सरकार संग मांग समेत गरेका छन । मृतकको परिवारलाइ क्षतिपूर्ति समेत उपलब्ध गराउन नेपाल सरकारसंग मांग गरेका हुन ।
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ ।
हाल देशभर आंशिक देखि साधारणतया बदली रहि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ ।
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । देशभरका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
न्युज कारखाना
आजमिति २०८१ साल असार ३१ गते सोमवार तदअनुसार जुलाई १५ तारिख, नेपाल संवत ११४४, उत्तरायणं ग्रिष्म ऋतु , शुक्ल नवमी तिथी, स्वाती नक्षत्र, । सिद्व योग । चन्द्र राशि तुला । यो शुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:४२ देखि १२:३७ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:१७
• सुर्यास्त: बेलुका ०७: ०२ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।
शुभ रगं ः निलो
शुभ अंक ः ७
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।
शुभ रगं ः खैरो
शुभ अंक ः ६
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।
शुभ रगं ः हरियो
शुभ अंक ः ७
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।
शुभ रगं ः पहेलो
शुभ अंक ः १
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।
शुभ रगं ः पहेलो
शुभ अंक ः ६
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।
शुभ रगं ः निलो
शुभ अंक ः ६
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।
शुभ रगं ः कालो
शुभ अंक ः ८
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ ।
शुभ रगं ः पहेलो
शुभ अंक ः ९
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।
शुभ रगं ः रातो
शुभ अंक ः ५
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।
शुभ रगं ः सुन्तला
शुभ अंक ः ७
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।
शुभ रगं ः हरियो
शुभ अंक ः ४
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला ।
शुभ रगं ः सेतो
शुभ अंक ः ७
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक हुन्। उनी वैदिक ज्योतिषका विज्ञ मानिन्छन् । न्युज कारखाना