रौतहट ।
नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत सिमालतालमा परिरो गएर बेपताभएका परिवार लाई रौतहटस्थित गरुडा र परोहा नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।
दुर्घटनामा पौडेर बाच्न सफल गरुडा ९ सिसवाका जुगेश्वर राय यादवको घरमा पुगेर मेयर कन्थमणि जैसवालले परिवारलाई धैर्य धारणको कामना गर्दै तत्कालको लागि २५ हजार नगद तथा खाद्यान्न हस्तान्तरण गरेका हुन् ।
मेयर जैसवालले समस्यामा परेका परिवारको स्वास्थ उपचार लगायत आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । यादव बसको केविनबाट हामफालेर आफ्नो ज्यान जोगाएपनि उनको परिवारको चारजना सदस्य बेपत्ता भएका छन्।
त्यस्तै परोहा नगरपालिकाका मेयर शेख वकीलले नगरक्षेत्र अन्तर्गतका पहिरोमा बेपत्ता तीन परिवारलाई नगदसहित खाद्यान्न सामाग्री सहयोग गरेका छन ।
पहिरोमा बेपत्ता भएका वड़ा ४ लौकहा पोखरियाका ओमराज कुमार साह, वड़ा ६ बसंतपट्टीका ऋषि कुमार सिंह र वड़ा ९ रामपुर खापका सिकिन्दर दासको परिवारलाइ तत्काल जनहि ११ हजार नगद, ५० हजारको चेक तथा खाद्यान्न सामाग्री सहयोग गरिएको परोहाका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद महफूज अहमदले जानकारी दिएका छन । पहिरोमा रौतहटको गरुडा, कटहरिया, बौधिमाई, र परोहा नगरपालिकाका दर्जन बढी मानिस बेपत्ता भएका थिए ।न्युज कारखाना
काठमाडौं ।
अशोक राई नेतृत्वको जनता साजवादी पार्टी (जसपा) ले प्रदीप यादव र नवलकिशोर साह सुडीलाई मन्त्री बनाउने निर्णय गरेको छ ।
दुवै जना यसअघि प्रचण्ड नेतृत्वको सरकारमा पनि मन्त्री रहेका थिए ।
यस अघि स्वास्थ्य मन्त्री बनेका यादव यस पटक खानेपानी मन्त्री बन्ने भएका छन् भने सुडीलाई महिला बालवालिका मन्त्रालय दिइने भएको छ ।न्युज कारखाना
काठमाडौँ ।
आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
सोमबार सुन तोलाको २ सयले बढेर एक लाख ४६ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सबधिक मुल्य हो ।
यस अघि आइतबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार ७ सय रहेको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार २ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला १० रुपियाँ बढेर तोलाको १८८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना
काठमाडौँ ।
अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । सोमबार बिहान सम्पन्न फाइनल खेलमा कोलम्बियालाई १-० गोल अन्तरले पराजित गर्दै कोपा अमेरिकाको उपाधि जितेको हो ।
निर्धारित ९० मिनेटको समयमा दुवै देशले कुनै गोल गर्न नसकेपछि ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो । खेलको ११२औ मिनेटमा लाउतारो मार्टिनेजले गरेको गोल नै खेलको निर्णयाक गोल बनेको थियो ।
यस खेलमा घाइते भएपछि लियोनेल मेसी खेलको ६७औं मिनेटमा नै मैदानबाट बाहिरिएका थिए ।
अर्जेन्टिनाले लगातार दोस्रो पटक कोपा अमेरिकाको उपाधि जितेको छ भने अहिलेसम्म कुल सबैभन्दा बढी १६ पटक कोपा अमेरिकाको उपाधि जितेको छ । अर्जेन्टिनापछि १५ पटक उरुग्वेले कोपा अमेरिकाको उपाधि जितेको छ ।न्युज कारखाना
काठमाडौँ ।
नेपाली कांग्रेसबाट मन्त्री हुनेको नाम टुंगिएको छ । कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जादै छ । उनलाई उपप्रधान सहित सहरी विकास मन्त्रालय दिइने भएको छ ।
त्यस्तै रमेश लेखक गृहमन्त्री, आरजु देउवा राणा परराष्ट्रमन्त्री हुने निश्चित भएको छ । त्यसैगरी अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुने भएका छन् भने दिपक खड्का ऊर्जामन्त्री बन्ने भएका छन् । त्यस्तै ऐनबहादुर शाही वन मन्त्री निश्चित भएको छ ।
सभापति देउवाले शेखर–गगन समूहलाई स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद, पर्यटन र कृषि मन्त्रालय दिइएको छ ।
जसमा तेजुलाल चौधरीको पनि नाम टुंगो लागेको छ भने अन्य दुई मन्त्रीमा सहमहामन्त्री जीवन परियार, सांसदहरु प्रदीप पौडेल, हृदयराम थानी र रामनाथ अधिकारीको दाबेदारी रहेको छ । यी चार मध्ये दुईको नाम टुंगो लगाउन शेखर कोइरालाले उपसभापति धनराज गुरुङ र महामन्त्री थापासँग छलफल गरिरहेको बताइएको छ ।न्युज कारखाना
काठमाडौँ ।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प रगताम्य अनुहार सहित स्टेजबाट सेक्रेट सर्भिस अफिसरको सहयोगमा हावामा मुट्ठी हल्लाउँदै बाहिरिएको दृश्यले अमेरिकाको नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनको माहोल नै परिवर्तन गर्न सक्ने अनुमान गरिएको छ ।
शनिबार ट्रम्पले अमेरिकाको पेन्सिल्भेनियामा एक र्यालीलाई सम्बोधन गर्ने क्रममा गोली चलेको थियो । यो र्यालीमा पटक पटक गोली चलेको आवाज सुनिएको थियो । सो घटनामा ट्रम्पको कानको छेउमा गोली लागेको थियो ।
गोलीको आवाज आएपछि अमेरिकी सेक्रेट सर्भिसका एजेन्टहरूले ट्रम्पलाई सुरक्षा कवचमा लगे र तुरुन्तै उनलाई स्टेजबाट उतारेर कारमा लगे । यस क्रममा रगताम्य देखिएका ट्रम्पले आफ्नो मुट्ठी समातेर आफ्ना समर्थकहरूलाई हौसला प्रदान गरेको देखियो । घटनास्थलबाट बाहिरिने क्रममा ट्रम्पको दाहिने कानमा हात थियो, जहाँबाट रगत बगिरहेको थियो ।
राजनीतिक हिंसाको यो चकित पार्ने घटनाले अमेरिकाको चुनावी अभियानमा प्रभाव पार्न सक्ने विश्लेषण हुन थालेको छ । अमेरिकी गोप्य सेवाका एजेन्टहरूले ट्रम्पमाथि आक्रमण गरेको आशंका गरिएका व्यक्तिमाथि गोली चलाउँदा उनको घटनास्थलमै मृत्यु भएको थियो।
हावामा मुट्ठी हल्लाउँदै घाइते ट्रम्पको तस्बिर तत्कालै उनका छोरा एरिक ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उनले लेखेका छन्, ‘यो अमेरिकालाई चाहिने लडाकु हो ।’
गोलीबारी लगत्तै राष्ट्रपति जो बाइडेन टिभीमा आए र अमेरिकामा यस प्रकारको राजनीतिक हिंसाको लागि कुनै ठाउँ नभएको बताए । उनले आफ्नो प्रतिद्वन्द्वी रिपब्लिकन उम्मेदवारको लागि चिन्ता व्यक्त गरे र ट्रम्पसँग कुरा पनि गरे ।
बाइडेनको चुनावी अभियानले तत्कालका लागि सबै राजनीतिक आरोपहरु रोकेको छ र ट्रम्पप्रति आक्रामक रहेका टेलिभिजन विज्ञापनहरू सकेसम्म चाँडो हटाउँदैछ । यस समयमा ट्रम्पलाई राजनीतिक रूपमा आक्रमण गर्नु गलत हुने उनीहरुको विश्वास छ । बरु उनीहरु शनिबारको घटनाको निन्दा गर्नमा केन्द्रित छन् ।
अमेरिकाका सबै राजनीतिक दलका नेताहरू, जो अरू कुनै कुरामा सहमत नहुन सक्छन्, अहिले लोकतन्त्रमा हिंसाको कुनै ठाउँ छैन भनी एकसाथ भनिरहेका छन् । पूर्व अमेरिकी राष्ट्रपतिहरू बराक ओबामा, जर्ज डब्लु बुश, बिल क्लिन्टन र जिमी कार्टरले तुरुन्तै हिंसाको निन्दा गर्दै ट्रम्पलाई गम्भीर चोट नलागेको भन्दै घटनाको निन्दा गरेका छन् ।
तर ट्रम्पका केही निकटतम सहयोगी र समर्थकहरूले यस हिंसाको लागि राष्ट्रपति बाइडेनलाई दोष दिइरहेका छन्। रिपब्लिकन पार्टीका एक नेताले सामाजिक सञ्जालमा एक पोस्टमा राष्ट्रपति बाइडनलाई ‘हत्यालाई उक्साएको’ आरोप लगाएका छन्।
सिनेटर जेडी भान्सले बाइडेनको चुनावी अभियानको बयानबाजीले यो घटनालाई प्रत्यक्ष रूपमा निम्त्याएको आरोप लगाएका छन् । न्युज कारखाना
काठमाडौं ।
नेकपा एमालेबाट मन्त्री बन्नेको नाम टुंगिएको छ । एमालेले सोमबार बिहान मन्त्री बन्नेहरुको नाम टुंगाएको हो ।
जस अनुसार विष्णुपौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने भएका छन् भने पृथ्वीसुब्बा गुरुङले सञ्चारमन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । राष्ट्रिय सभा सांसद देवेन्द्र दाहाल भौतिक योजनामन्त्री बन्ने भएका छन् भने विद्या भट्टराईले शिक्षा मन्त्रीको जिम्मेवारी पाउने भएकी छन् । त्यस्तै मानवीर राई रक्षा मन्त्री बन्दै छन् भने उद्योगमन्त्रीमा दामोदर भण्डारी र भूमि व्यवस्था सहकारीमा बलराम अधिकारी दोहोरिने भएका छन् ।
प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओली र नयाँ मन्त्रीहरुले आजै बिहान ११ बजे शपथ लिने कार्यक्रम रहेको छ । न्युज कारखाना
चितवन ।
चितवनको नारायणी नदी किनारमा अहिलेसम्म ११ जनाको शव भेटिएको छ ।
गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुहरु खोज्ने क्रममा अहिलेसम्म ११ वटा शव भेटिएको प्रहरीले जानकारी दिएको छ । यी शवहरु पहिरोमा परेर त्रिशुलीमा बेपत्ता भएका बसकै रहेको अनुमान प्रहरीले गरेको छ ।
अहिलेसम्म पाँच जनाको सनाखत भएको र ६ जनाको सनाखत हुन बाँकी रहेको छ ।
काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शुक्रबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए ।
गौरतर्फ गइरहेको बसमा २७ जना र र वीरगंजबाट काठामाडौँतर्फ गइरहेको बसमा ३८ जना बेपत्ता भएका थिए । जसमा तीन जना सकुसल बचेका थिए भने ६२ जना बेपत्ता रहेका छन् । अहिलेसम्म पनि बस भेटिएको छैन र त्रिशुली नदीमा जीकार्य जारी रहेको छ ।न्युज कारखाना
काठमाडौँ ।
जुलाई १३, पेन्सिलभेनिया, संयुक्त राज्य अमेरिकाको बटलर शहर । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी र्यालीलाई सम्बोधन गर्दै थिए । गोली लाग्दा उनले १५ मिनेट मात्रै बोलेका थिए । केही समयपछि ट्रम्पले जारी गरेको विज्ञप्तिमा गोली उनको कानमा लागेको र उनी खतरामुक्त रहेको बताए ।
ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति वा पूर्व राष्ट्रपति होइनन् जसलाई हत्याको प्रयास गरिएको छ । अमेरिकाको राजनीतिक इतिहासमा धेरै नामहरू छन् जसको या त हत्या भएको छ वा हत्या गर्ने प्रयास गरिएको छ । यस रिपोर्टमा यस बारेमा चर्चा गरिएको छ ।
अब्राहम लिंकन
१४ अप्रिल, १८६५ मा, अमेरिकाका १६औं राष्ट्रपति अब्राहम लिंकन वाशिंगटनको फोर्डको थिएटरमा ‘अवर अमेरिकन कजिन’ नाटक हेर्दै थिए । घटनाको समयमा बालकनीमा बसेका लिंकनका सुरक्षा गार्ड ‘जोन पार्कर’ उनीसँग थिएनन् । अन्तरालमै उनी त्यहाँबाट निस्किएका थिए । राति १०.१५ बजे मौका देखेर आक्रमणकारी जोन विक्स बुथले लिंकनको टाउकोको पछाडि गोली हानेका थिए । लिंकनलाई अस्पताल लगियो, जहाँ उनको भोलिपल्ट, अप्रिल १५ मा मृत्यु भयो । शूटर, जोन वाइक्स बुथ, एक पेशेवर अभिनेता थिए । लिंकनलाई गोली हानेका
जोन विक्स बूथले १० दिनपछि भर्जिनियामा अमेरिकी सेनाको सामना गरे । जहाँ उनको हत्या भएको थियो ।
जेम्स गारफिल्ड
जुलाई २, १८८१ मा, संयुक्त राज्य अमेरिकाका २०औं राष्ट्रपति जेम्स गारफिल्ड, वाशिंगटन, डीसीको बालमोर स्टेसन हुँदै न्यू इङ्गल्याण्डको लागि रेल चढ्दै थिए । त्यसपछि चार्ल्स गुइटु नामक व्यक्तिले उनलाई गोली हाने। त्यतिबेला उनी चार महिना मात्रै पदमा बसेका थिए । टेलिफोनका आविष्कारक ग्राहम बेलले विशेष मेसिन प्रयोग गरेर राष्ट्रपतिको छातीमा लागेको गोली हटाउन धेरै प्रयास गरे तर सफल भएनन् । साढे दुई महिनापछि १९ सेप्टेम्बरमा उनको निधन भयो । चार्ल्स गुइटुलाई गारफिल्डको हत्याको दोषी ठहर गरिएको थियो। गोली हानिएको एक वर्षपछि उनलाई फाँसी दिइएको थियो ।
विलियम म्याकिन्ले
सेप्टेम्बर ६, १९०१ मा, अमेरिकाको २५औं राष्ट्रपति विलियम म्याकिन्लीलाई गोली हानिएको थियो । भैंसीमा भाषण दिएर मानिसहरूसँग हात मिलाउँदै गर्दा एक व्यक्तिले छातीमा दुई गोली हानेका थिए । म्याककिन्ले निको हुनेमा डाक्टरहरू आशावादी थिए, तर गोलीको कारणले गर्दा उनको ग्याङ्ग्रीन विकास भयो र उनको सेप्टेम्बर १४, १९०१ मा मृत्यु भयो । २८ वर्षीय लियोन एफ जोल्गोजले गोली चलाएको स्वीकार गरे । उनी अधिनायकवाद विरोधी थिए । उनी परीक्षणमा दोषी पाइयो र अक्टोबर २९, १९०१ मा इलेक्ट्रिक कुर्सीमा मृत्युदण्डको सजाय सुनाइयो ।
जोन एफ केनेडी
नोभेम्बर २२, १९६३ मा, जोन एफ केनेडी, अमेरिकाको ३५औं राष्ट्रपतिको हत्या गरियो । उनी खुल्ला कारमा यात्रा गरिरहेका बेला गोली प्रहार भएको थियो । राष्ट्रपतिको सुरक्षामा खटिएका सिपाहीले उनलाई पार्कल्याण्ड मेमोरियल अस्पताल लगेका थिए । तर, दिउँसो १ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । केनेडीको कारमा यात्रा गरिरहेका गभर्नर कोनली पनि यस आक्रमणमा घाइते भए, तर उनी चाँडै निको भए ।
केनेडीलाई गोली हान्ने व्यक्ति पूर्व मरीन ली हार्वे ओसवाल्ड थिए । ओसवाल्डलाई पुलिसले गिरफ्तार गरेको थियो, तर दुई दिन पछि ओसवाल्डको पनि केनेडी समर्थकले हत्या गरेको थियो । यो घटनाले अमेरिका लगायत विश्वमा हलचल मच्चाएको छ । उनको हत्याको रहस्य भने अहिलेसम्म खुल्न सकेको छैन ।
रोनाल्ड रेगन
३० मार्च १९८१ तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन वासिङ्टन डिसीमा एक कार्यक्रममा भाग लिएपछि कडा सुरक्षाबीच कारमा बस्न लागेका थिए । उनको वरिपरि मिडिया र मानिसहरुको भीड थियो । त्यही भीडबाट अचानक एकजना व्यक्ति निस्किए र रेगनमाथि गोली चलाउन थालेका थिए । गोली चलाउने व्यक्तिको नाम जोन हिन्कले थियो । उनको एउटा गोली बुलेटप्रुफ कारको विन्डशिल्डमा लागेको थियो र रेगनको छातीमा पसेको थियो। केही समय अस्पतालमा बसेपछि रेगनलाई बचाइएको थियो । यस घटनामा रेगनका तीन सहयोगीलाई पनि गोली लागेको थियो। तर, गोली लागेका चारैजना बाँच्न सफल भएका छन् ।
हिन्क्लीले अदालतलाई भने, उनी त्यस समयकी चर्चित अभिनेत्री जोडी फोस्टरलाई प्रभावित गर्न चाहन्छन् । फोस्टर फिल्म ‘ट्याक्सी ड्राइभर’ मा अभिनय गरेर चर्चित भइन् । अदालतमा हिन्क्लेका वकिलहरूले उनलाई ‘पागल’ घोषित गरे जसका कारण उनले मृत्युदण्ड भएन र २०२२ मा, अदालतले हिन्क्लेलाई पूर्ण रूपमा सफाइ दियो ।न्युज कारखाना
काठमाडौँ ।
भारतले जिम्बाबेविरुद्धको टी-२० सिरिज ४-१ ले जितेको छ । आइतबार सम्पन्न सिरिजको अन्तिम तथा पाँचौं खेलमा भारतले जिम्बाबेलाई ४२ रनले पराजित गरेको हो ।
भारतले दिएको १६८ रनको लक्ष्य पछाएको जिम्बाबे १८.३ ओभरमा १२५ रन बनाएर अल आउट भएको थियो । यस अघि भारतले पहिला ब्याटिंग गर्दै ६ विकेट गुमाएर १६७ रन बनाएको थियो ।
यस सिरिजमा पहिलो खेल जिम्बाबेले जितेको थियो भने त्यसपछिका चारै खेल भारतले जितेको थियो ।
यससँगै यस सिरिजको प्लेयर अफ द सिरिज भारतका वाशिंगटन सुन्दर बनेका छन् ।न्युज कारखाना