काठमाडौं ।
विश्व स्तनपान सप्ताह आजबाट सुरु भएको छ । हरेक वर्ष अगस्ट १ देखि ७ सम्म यो सप्ताह मनाइन्छ । उद्देश्य आमाहरुलाई स्तनपानको महत्त्व बुझाउने, नवजात शिशुको पोषण र स्वास्थ्यमा स्तनपानको योगदानप्रति जनचेतना फैलाउने उद्देश्यले यो सप्ताह मनाइन थालिएको हो ।
यो वर्षको विश्व स्तनपान सप्ताहको नारा ‘स्तनपानलाई प्राथमिकता दिऔं, दिगो सहयोग प्रणाली निर्माण गरौं’ भन्ने रहेको छ । विश्व स्वास्थ्य संगठनले हरेक वर्ष अगस्ट १ देखि ७ सम्म स्तनपान सप्ताह मनाउन आब्हान गर्दछ ।
यसै अवसरमा नेपाल मेडिकल कलेजमा पनि साताब्यापी कार्यक्रम राखिएको छ । कार्यक्रम सुरुगर्दै कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले नवजात शिशु र आमालाई स्वस्थ राख्न स्तनपान महत्वपूर्ण भएको बताउनु भयो । ‘स्तनपान आमा र शिशुको स्वास्थ्यको लागि ज्यादै नै महत्वपूर्ण छ ।
जबसम्म आमाले पौष्टिक आहार पाउँदैन तबसम्म स्तनपान गर्ने बच्चाले पनि पाउन सक्दैन ।’ विश्वका विकसित देशहरुमा कस्मेटिक्सका कारण स्तनपान नगराउने चलन रहेपनि नेपालमा भने स्तनपान गराउने धेरै रहेको उल्लेख गर्दै प्रबन्ध निर्देशक डा. सबिहाले भन्नुभयो ।
शिशु जन्मने वित्तिकै उसलाई पोषण चाहिने र त्यो पोषण आमाको दुधबाट मात्र प्राप्त हुने बताउँदै डा. सबिहाले आमाको दुधमा शिशुको लागि अपरिहार्य रोगसँग लड्न सक्ने प्रतिरोधात्मक शक्ति समेत रहेको जनाउँदै स्तनपानकै कारण आमा र बच्चाविच गहिरो माया बढ्ने बताउनु भयो ।
यसका अलावा स्तनपानले स्तन क्यान्सर र पाठेघरको क्यान्सरको जोखिम पनि घटाउने भएकोले प्रत्येक घरपरिवारले स्तनपानको महत्व दर्शाउनु पर्ने बताउँदै प्रबन्ध निर्देशक डा. सबिहाले नेपाल मेडिकल कलेजले नियमित रुपमा स्तनपानको महत्व बारे सचेतना दिने उल्लेख गर्नुभयो ।
कार्यक्रममा कलेजका अस्पताल निर्देशक प्रा.डा. निलमणी उपाध्याय, कार्यवाहक मेट्रोन शान्ति गुरुङले स्तनपानको महत्व बारे प्रकाश पार्नुभएको थियो । सो अवसरमा कलेजमा आएका सर्वसाधारणलाई पनि स्तनपानको महत्व बुझाइएको थियो ।
नवजात शिशुको प्रारम्भिक पोषण, विकास र रोग प्रतिरोधात्मक क्षमताको लागि स्तनपान अत्यन्त महत्वपूर्ण छ । आमालाई स्तनपान गराउन प्रेरित गर्ने र सहज बनाउने कुरालाई समाज र राज्यले प्राथमिकतामा राख्नुपर्ने बताइएको छ । स्वास्थ्यकर्मी, परिवार, कार्यस्थल र नीतिनिर्माताहरू सबैले मिलेर दीर्घकालीन रूपमा आमाहरूलाई स्तनपान गराउन सहज वातावरण बनाउन जरुरी देखिन्छ ।
व्यापारीका हक र हितको संरक्षण गर्दै उल्लेखनीय कार्य गर्दै आएका सापकोटाको कार्यकालमा संघले ऐतिहासिक प्रगतिहरू गरेको बताइन्छ। संघको आफ्नै भवन निर्माण सम्पन्न गर्नु, सदस्य व्यापारीहरूको समस्या समाधानमा सक्रिय भूमिका खेल्नु, नीतिगत सुधारमा पहल गर्नु लगायतका कामले उनलाई व्यापारीको मन जित्न सफल बनाएको छ।
”सापकोटाज्यूले संघलाई एउटा संस्थागत आकार दिनुभयो। उहाँ नेतृत्वमा फेरि केही बाँकी कामहरू सम्पन्न गर्नु आवश्यक छ” व्यवसायी शिवराम राउत भन्छन्, ”यसैले हामी सकेसम्म सर्वसम्मत उहाँकै नेतृत्व चाहन्छौं।”
स्पष्ट वक्ता, दूरदर्शी नेतृत्व क्षमता तथा राजनीतिक, प्रशासनिक र व्यवसायिक क्षेत्रसँगको राम्रो समन्वय सापकोटाको विशेषता मानिन्छ। यही कारणले उनलाई भिजिनरी लिडरुका रूपमा व्यापारी समुदायले मूल्यांकन गर्दै आएको देखिन्छ।
यद्यपि, अधिवेशनमा पूर्व महासचिव सुनिल कुमार साहले पनि अध्यक्ष पदमा दाबी गरेका छन्। कांग्रेस र एमाले निकट नेताहरूको समेत समर्थन पाएको भनिएका साहले संघमा फेरबदल ल्याउने भन्दै उम्मेदवारी घोषणा गरेका हुन्। तर उनी महासचिव पदमा रहेकै बेला संघको उत्थानमा खास योगदान नदिएको भन्दै स्थानीय व्यवसायीहरूको उनले तिब्र आलोचना झेलिरहेका छन्।
”साहज्यूले महासचिव हुँदा खास केही गर्नु भएको सम्झना छैन। यसपालि संस्थागत निरन्तरताको पक्षमा जानु उपयुक्त हुन्छ,” चन्द्रनिगाहपुरका व्यवसायी दिपक न्यौपानेले बताए।
चन्द्रपुर नगर उद्योग वाणिज्य संघको यो अधिवेशन संघको इतिहासमै महत्वपूर्ण मानिएको छ। संघका नीतिगत सुधार, व्यवसायमैत्री वातावरण निर्माण तथा प्रदेश तथा स्थानीय तहसँग समन्वय गरेर व्यवसायीहरूको हक संरक्षण गर्ने कामलाई निरन्तरता दिने नेतृत्व को आउने भन्ने चासो व्यापारीहरूमा चुलिएको छ।
शनिबार हुने अधिवेशनमा अधिकांश व्यवसायीहरूको समर्थन सापकोटा नेतृत्वको टिमलाई प्राप्त हुने अनुमान गरिएको छ। यदि कुनै सहमति हुन सकेन भने प्रतिस्पर्धा स्वाभाविक हुने बताइएको छ।
संघले आगामी कार्यकालमा आर्थिक क्षेत्रको सुदृढीकरण, युवा उद्यमशीलता प्रवर्द्धन तथा संघ–सरकार–व्यवसायीबीचको समन्वयलाई अझ प्रभावकारी बनाउने योजना अघि सार्ने तयारी गरिरहेको छ।



बज्जिकाञ्चल संवाददाता,राैतहट,१४ गते साउन ।
लोकतान्त्रिक पत्रकार संघ बारा शाखाको कार्यालयको उद्घाटन लाेसपा मधेश प्रदेशका अध्यक्ष तथा मधेस प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलद्वारा विधिवत रूपमा सम्पन्न गरिएको छ ।
एक विशेष समारोहबीच आयोजित उक्त उद्घाटन कार्यक्रममा अध्यक्ष सोनलले लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रतामा आधारित पत्रकारिताको विकासका लागि कार्यालय आवश्यकता रहेको उल्लेख गरेका छन् । उहाँले लोकतान्त्रिक पत्रकार संघको योगदानको प्रशंसा गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी रूपमा काम गर्न शुभकामना व्यक्त गर्नुभयो ।
उक्त अवसरमा पत्रकार संघका केन्द्रीय सदस्य बिजेन्द्र चौधरी र बारा जिल्ला अध्यक्ष शाहनवाजलाई विशेष रुपमा बधाई तथा शुभकामना व्यक्त गरिएको थियो । पत्रकारिता क्षेत्रको सशक्तिकरणमा उनीहरूको भूमिका उल्लेखनीय रहेको भन्दै कार्यक्रमले उनीहरूको योगदानको सम्मान पनि गर्यो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, पत्रकार, सामाजिक अभियन्ता तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
आरके श्रीवास्तव, रौतहट, १४ साउन।
मधेश प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य मन्त्रालय, सपहीको सहयोगमा तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवम् युवा नेता ज्ञानेन्द्र प्रसाद यादवको पहलमा फतुवा विजयपुर नगरपालिकामा विशेष पोषण कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रम अन्तर्गत नगरपालिका भित्रका १ देखि ११ नम्बर वडासम्मका गर्भवती र सुत्केरी महिलालाई कुपोषणको जोखिमबाट जोगाउन पोषणयुक्त खाद्यान्न वितरण गरिएको हो ।
खाद्यान्न वितरण कार्यक्रम कार्यवाहक नगरप्रमुख अम्बेया खातुनको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । नगरप्रमुख खातुनले आफ्ना सम्बोधनमा मातृ र शिशु स्वास्थ्यलाई प्राथमिकतामा राख्दै नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो ।
उहाँले स्थानीय सरकार मातहतका वडास्तरमा समेत यस्ता स्वास्थ्यमुखी अभियान सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो । कार्यक्रममा सम्बन्धित वडाका जनप्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।
नेता ज्ञानेन्द्र यादवले मातृस्वास्थ्य र बालस्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले यस्तो कार्यक्रम अघि बढाइएको जानकारी गराउनुभयो । उहाँले स्थानीय तहसँग समन्वय गरी आगामी दिनमा समेत यस्ता कार्यक्रम निरन्तर चलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी आमाहरूले सरकार र स्थानीय नेतृत्वलाई धन्यवाद दिँदै यस्ता सहायक कार्यक्रमले उनीहरूलाई मानसिक र शारीरिक रूपमा थप सशक्त बनाउने बताएका छन् ।

समाज र व्यक्तिका दृष्टिकोणले जीवनको परिभाषा फरफरक हुन्छ । समाज र समयले लखेट्दा लखेट्दा एक बिन्दुमा पुगेका चित्रकार र प्रकृतीसँग रमाउन चाहने रानीफूलले आफ्नो जीवनमा खोजेको परिभाषा हो नाटक ‘जब फूलले आकार लिन्छ…’ । नाटकमा बाहिरी भन्दा भित्री सुन्दरताको महत्व खोज्ने चित्रकार र आफैभित्र खुशी खोज्ने रानीफूलको संघर्षको कथा प्रस्तुत गरिएको छ ।
10 Attachments • Scanned by Gmail
आरके श्रीवास्तव,राैतहट,१२ गते साउन ।
रौतहटकाे कटहरियामा लामो समयदेखि वर्षा नहुँदा खेतिपातीमा गम्भीर असर पर्न थालेपछि पानीकाे लागि सामूहिक रूपमा नामाज अदा गरिएको छ । कटहरिया नगरपालिकास्थित क्रिकेट ग्राउन्डमा साेमबार बिहान सयौं मुस्लिम समुदायका मानिसहरूले १ घण्टा लामो विशेष नामाज पढ्दै वर्षाकाे लागि अल्लाहसँग दुआ मागेका हुन् ।

नेकपा (माओवादी केन्द्र) का कटहरिया नगर अध्यक्ष तथा मेयर प्रत्यासी नसरूदिन अन्सारीले यस कार्यकाे नेतृत्व गर्दै यो धार्मिक अभ्यास वातावरणीय संकटकाे सन्देश दिनेसमेत भएको बताए । “धेरै दिनदेखि पानी नपर्दा यहाँका धान रोप्न नसकिएको अवस्था छ । वर्षाकाे आशामा हामीले सामूहिक रूपमा अल्लाहसँग प्रार्थना गरेका हाैं,” उनले भने ।

सामूहिक प्रार्थना कार्यक्रममा राजपुर मदरसाका शिक्षक मौलाना शेराजुल हकले उपस्थित मुस्लिम समुदायलाई नमाज अदा गराएका थिए । मौलाना हकले भने, “नबी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमले पनि सुख्खा परेका बेला पानीका लागि यस्तो नमाज पढ्ने गर्नुहुन्थ्यो। हामीले पनि त्यसैको अनुकरण गरेका हौँ।”

नामाजमा कटहरिया, सन्तपुर, विजयपुर, पिप्रा, पोखरिया, बगही लगायतका गाउँबाट मुस्लिम समुदायका सयौंको संख्यामा सहभागिता जनाइएको थियो । सहभागीहरूले वर्षाकाे निम्ति एकता र आस्था देखाउँदै नमाजका माध्यमबाट संकट समाधानकाे अपिल गरेका थिए ।

जिल्लाका अन्य क्षेत्रहरूमा समेत यस्तै प्रकारका पानीका लागि विशेष नामाज पढिएको जनाइएको छ । कृषिमा भर पर्ने मधेस क्षेत्रमा वर्षा नहुँदा हजारौं किसानहरू चिन्तित छन् ।
सामुदायिक स्तरमा गरिएको यस्तो पहलले धार्मिक आस्थासँगै सामाजिक एकता र पर्यावरणप्रति चिन्ताकाे भावना झल्काउने बताइएकाे छ ।

फोटो फिचर……



काठमाडौ ।
अधिवक्ता बिष्णु गिरीले देशैभरीका स्थानीय निकायमा कानूनी साक्षरता अभियान सञ्चालन गरिनुपर्ने जोड दिएका छन् नागरिक समाजले आयोजना गरेको अन्तरकृया कार्यक्रममा यस्तो बताएका हुन् । ललितपुर बार एसोसियसनका सदस्य समेत रहेका अधिवक्ता गिरीले कानूनका जान्नैपर्ने आधारभूत कुरा बुझाएर जनतालाई सूचित बनाउन यो अभियान आवश्यक रहेको बताए । कुन विषय र मुद्दामा कस्तो कानून आर्कषण हुन्छ भनेर ग्रामीण क्षेत्रका बासिन्दालाई जानकारी भयो भने अपराध न्यूनीकरणमा सहयोग अधिवक्ता गिरीको भनाइ छ ।
ज्यान सम्बन्धी, करणी, विवाह, अपहरण, शरीरबन्धक, बोक्सीको आरोप, छुवाछुत र भेद्भाव सम्बन्धी कानूनी साक्षरता ज्ञान स्थानीय निकायमा आवश्यक रहेको उनले बताए । अंश, सम्बन्धविच्छेद, अपुताली, दानबकस, लिखत पारित लगायतको मुद्दाको बारेमा पनि स्थानीय निकायले कानूनी साक्षरताको माध्यमबाट जनतालाई बुझाउनको लागि पनि अभियान आवश्यक रहेको अधिवक्ता गिरीको भनाइ छ ।
अधिवत्ता गिरीले अनलाईन नबिकरण, पत्रकारलाई कोभिड खोपमा प्राथमिकता र तत्कालीन ओली सरकारले ल्याएको नागरिकता बिधयक जस्ता जनसरोकारका मुद्धामा सफलता प्राप्त गरेका छन् । कानूनको सिद्धान्तमै कानूनको अज्ञानता क्षम्य नहुने भन्ने ब्यबस्था छ । कसैले कुनै गल्ती गर्यो र मलाई यो थाहा थिएन मैले जानीन भनेर क्षमा पाउँदैन त्यसैले पनि हरेक नेपाली र नेपालमा बस्ने बिदेशीले समेत नेपालको कानूनको बारेमा जानकारी आवश्यक भईरहेकाले कानूनको जानकारी जो सुकैमा हुनुपर्नेमा अधिवत्ता गिरीको जोड छ ।
अधिवत्ता गिरीले बिभिन्न स्थानीय निकाय, बिधालय, सामुदायिक संघ संस्थाहरुमा कानून सम्बन्धी सचेतना मूलक कार्यक्रम गदै आएका छन् । बिभिन्न पत्रपत्रिका तथा संञ्चारमाध्यमबाट नियमित रुपमा कानून सम्बन्धी लेख रचना तथा अन्र्तवार्ताको माध्यमबाट कानूनी शिक्षाको बारेमा जानकारी दिदै आएका छन् । मेलमिलाप कर्ता समेत रहेका अधिवत्ता गिरी पछिल्लो समय कानून सम्बन्धी बिबिन्न संघ संस्थाले आयोजना गरेका कार्यक्रममा प्रशिक्षकको रुपमा तालिम दिदै आएका छन् ।
अधिवत्ता गिरीसँग लामो पत्रकारिता गरेको अनुभव पनि छ । उनी पत्रकार महासंघको बिबिन्न तहमा नेतृत्वदायि भूमिका निर्बाह गरेर काम गरेको अनुभव पनि छ । अधिबता बिष्णु गिरी, कोरिया जापान थाइल्याण्ड कम्बोडिया, बङलादेश, भारत, चिन लगायत एक दर्जन भन्दा बढी देशको भ्रमण गरेका छन् भने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको कानून सम्बन्धी तालिम समेत लिएका छन् ।
ठोरी (पर्सा), ९ साउन :
खानेपानीमन्त्री प्रदीप यादवले मधेश प्रदेशका आठ जिल्लाको खानेपानी सङ्कट समस्या समाधानका लागि सबै क्षेत्रको हातेमालोसँगै साझा जिम्मेवारीको आवश्यकता रहेको बताउनु भएको छ ।
आज पर्सा स्थित ठोरी गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको “निर्मल बस्ती खानेपानी आयोजना” उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले तराई–मधेशका जिल्लाहरू हाल इतिहासकै एक गम्भीर जलसङ्कटको सामना गरिरहेका बताउनुभयो ।

“तराई–मधेशका जिल्लाहरूमा खानेपानीको गम्भीर सङ्कट उत्पन्न भएको छ । अब सहानुभूति हैन, साझा जिम्मेवारी आवश्यक छ,” उहाँले भन्नुभयो, “खानेपानी सङ्कट मधेश प्रदेशको मात्रै समस्या हैन, यो हाम्रो साझा चुनौती हो । सङ्कट समाधानका लागि सबैले हातेमालो गर्ने बेला आएको छ ।”
त्यसैगरी मन्त्री यादवले तराई–मधेशमा विकराल समयमा पनि आफु सहित सिङ्गो मन्त्रालय नागरिकका मौलिक अधिकारका रूपमा स्वच्छ र सुरक्षित खानेपानी सुनिश्चित गर्न अहोरात्र खटिएको जानकारी गराउनुभयो ।
“विपद्को यस घडिमा हामी नागरिकलाई स्वच्छ र सुरक्षित खानेपानी सुनिश्चित गर्न खटिएका छौँ । यहाँको खानेपानी समस्या चाडै समाधान गरिने म आम नागरिकहरुमा बिश्वास दिलाउन चाहन्छु,” उहाँले भन्नुभयो ।
मन्त्री यादवले आफुले नेतृत्व गरेको खानेपानी मन्त्रालयको विशेष पहलमा नेपाल सरकारको मन्त्रिपरिषद्बाट मधेश प्रदेशका आठ जिल्लालाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो सङ्कटलाई केवल सहानुभूतिका रूपमा होइन, साझा जिम्मेवारीका रूपमा हेर्ने र समाधानका लागि हातेमालो गर्ने बेला आएको छ । दातृ निकाय, संघसंस्था र नागरिक समाजलाई आवश्यक सहयोग गर्न म हार्दिक आग्रह गर्दछु ।”
मन्त्री यादवले ठोरी गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको निर्मल बस्ती खानेपानी आयोजना ठोरी क्षेत्रको दीर्घकालीन खानेपानीको सङ्कट अन्त्यको लागि मन्त्रालयले दिगो र रणनीतिक समाधानतर्फ गरेको प्रयासको प्रतिबद्धताको मुल प्रतिविम्ब भएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, “यो आयोजना केवल पाइपलाइन, पम्प हाउस वा ट्याङ्कीको संरचना निर्माण मात्रै होइन, नागरिकलाई नियमित, सुरक्षित र भरपर्दो खानेपानी आपूर्ति गर्ने आयोजना हो ।”
यस आयोजना मार्फत ठोरीका कम्तिमा पनि दुई हजार १६५ जनसङ्ख्या प्रत्यक्ष रूपमा लाभान्वित हुने खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार ओभरहेड ट्याङ्की, डीप ट्युबवेल, कार्यालय भवन, पम्प हाउस र पानी प्रशोधन केन्द्र (ट्रीटमेन्ट प्लान्ट) लगायतका संरचना निर्माण गरिएकाले यहाँका नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानी आपूर्ति गर्ने अपेक्षा गरिएको छ ।
आजको उक्त कार्यक्रममा ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष गोकुलीकुमारी रेग्मी, जिल्ला भूमी आयोग पर्साका अध्यक्ष तवेरेजअहमद, आयोजना प्रमुख विपुलकुमार लाल दास, निर्माण व्यवसायी लगायतको सहभागीता रहेको थियो ।