२०८३ बैशाख २५
२०८३ बैशाख २५

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनमा कोरोना संक्रमण देखिएको छ । लस भेगासमा युनिडोस सम्मेलनमा भाषण गर्नु अघि उनको कोविडको लागि परीक्षण गरिएको थियो, जसमा उनी संक्रमित भेटिए ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले यसबारे जानकारी दिएकी हुन् । उनले अमेरिकी राष्ट्रपतिलाई कोभिड विरुद्धको खोप लगाइएको बताएकी छन् । बाइडेनलाई कोरोना संक्रमणको हल्का लक्षण देखिएको छ । अब उनलाई डेलावेयरमा आइसोलेसनमा राखिने बताइएको छ ।

राष्ट्रपतिलाई प्याक्सलोभिडको पहिलो डोज दिइएको ह्वाइटहाउसले बताएको छ ।  अमेरिकामा चुनावी गतिविधि चर्की रहेको बेला बाइडेन कोरोना संक्रमित भएपछि उनको चुनावी अभियान प्रभावित हुने भएको छ ।

यसअघि सन् २०२२ को जुलाईमा अमेरिकी राष्ट्रपति जो बाइडेन कोभिड–१९ पोजिटिभ भेटिएका थिए । न्युज कारखाना

आजमिति २०८० साल श्रावन ३ गते बिहिबार तदअनुसार जुलाई १८ तारिख, नेपाल संवत ११४४  दक्षीणयन वर्षा ऋतु शुक्ल पक्षको द्धादशी तिथी, जेष्ठा नक्षत्र, शुक्ल योग छ ।

आज चन्द्रमा बृश्चिक राशिमा अवस्थित छन् , तपाँईको आजको राशिफल यसप्रकार रहनेछ ।

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज समय ठिकै छ । दुर्घटना हुनसक्ने स्थानहरुबाट साबधानी अपनाउनुहोला । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

 

आज समय शुभ छ । प्रेम तथा दाम्पत्य जिवनमा रमाउने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ । स्वास्थ्यमा सुधार हुने समय छ ।

 

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज समय ठीकै छ । शत्रुपक्ष सकृय हुनसक्छन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला । दिनमा संघर्ष बढ्नसक्छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ ।

 

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज समय राम्रो छ । खुशि मिल्नसक्ने समय छ । प्रेम तथा शैक्षीक क्षेत्रमा प्रगतिको समय छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।

 

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज समय शुभ छ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

समय ठीक छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । आम्दानीको नयाँ श्रोत भेटिनसक्ने योग बनेको छ । आँट र साहस बढ्नेछ । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला ।

 

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

 

आज समय मध्यम छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला । कमाउने समय छ तर खर्चमा नियन्त्रण गर्नुहोला । समस्या नजीक आउनसक्छन् धैर्यताका साथ समाधान गर्नुहोला । परिवारिक माहोल राम्रो रहनेछ । प्रेम तथा परिवारमा अनावश्यक झगडा गर्नबाट बच्नुहोस ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

 

आज समय राम्रो छ । जोखिमको यात्रा तथा काम नगर्नुनै बेस हुनेछ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको अवसर आउनसक्छ । स्वास्थ्य सबल रहने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज समय ठीकै छ । अनावश्यक टेन्सनबाट बच्नुहोला । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज समय मध्यम छ । काममा व्यस्त रहनुस तर कार्यस्थलमा हुनसक्ने सामान्य झमेलाबाट बच्नुहोला । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आज समय राम्रो छ । केहि नयाँ ठाउँमा लगानी गर्दै हुनुहुन्छ भने विचार गर्ने समय छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ ।

 

पुनश्च ः राशिफलमा जेजस्तो बताएतापनि चन्द्र राशि भनेको तपाँईको जन्म समयमा चन्द्रमा बसेको राशीको आधारमा हालका चन्द्र ग्रहगोचरले पार्नसक्ने प्रभावलाई वताईएको हो । जन्मकुण्डलीमा भाव तथा अन्य ग्रहहरुको प्रभावले गर्दा तपाँईको कुण्डली अनुसार मेल नखान पनि सक्छ । यसर्थ आफुले गर्ने नियमीत कार्यलार्य राशिफलको आधारमा प्रभाव नपर्ने गरि हिम्मतका साथ गर्न नछोड्नुहोला तपाँईको दिन शुभ रहोस् ।

 

राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक हुन् । ऊनी वैदिक ज्योतिषका विज्ञ मानिन्छन् ।न्युज कारखाना

 

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ ।

हाल देशभर साधारणतया बदली रहि कोशी, बागमती र लुम्बिनी  प्रदेशका केही र  गण्डकी प्रदेशको  थोरै स्थानरुमा हल्का  देखि मध्यम वर्षा भैरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानहरुमा तथा  बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बाग्मती  र सुदुरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी,बागमती,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र सुदूरपश्चिम  प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ ।न्युज कारखाना

काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको नोकरसँग ३४ मिलियन डलरको सम्पत्ति रहेको खुलासा भएको छ ।  ढाका ट्रिब्यूनका अनुसार उक्त नोकरको नाम जहाँगीर आलम हो । उनले प्रधानमन्त्री हसिनाको घरमा पाहुनालाई पानी खुवाउँथे ।

जहाँगीरले हसिनाको कार्यालय र घरमा भएको कामको उल्लेख गर्दै धेरैसँग घुस लिएका थिए । काम गराइदिने बहानामा उनीसँग पैसा असुल्ने गरेको विषय बाहिर आएपछि अहिले छानबिन शुरु भएको छ । यो कुरा बाहिर आएपछि प्रधानमन्त्री हसिनाले तत्काल कारबाही गर्न निर्देशन दिएकी छन् । ढाका ट्रिब्युनको रिपोर्टका अनुसार जहाँगीर यसअघि नै अमेरिका भागिसकेका छन् ।

बंगलादेशमा पूर्व सेना प्रमुख, प्रहरी अधिकारी, कर अधिकारी र धेरै सरकारी कर्मचारीहरूको भ्रष्टाचारका मुद्दाहरू बाहिर आएका छन् । यो सूचीमा प्रधानमन्त्रीका सेवकको नाम पनि परेको छ ।

प्रधानमन्त्री हसिनाले भनिन्, ‘मेरो घरमा काम गर्ने मान्छे आज करोडौंको सम्पत्तिको मालिक छ, उनले यति पैसा कहाँ कमाए ? एक साधारण बंगलादेशीले यति धेरै सम्पत्ति जम्मा गर्न १३ हजार वर्ष लाग्न सक्छ । सरकारले ख्याल गर्नुपर्छ । यी विषयमा गम्भीरतापूर्वक छानबिन हुन्छ ।’

वास्तवमा विश्व बैंकका अनुसार १७ करोड जनसंख्या भएको बंगलादेशमा प्रतिव्यक्ति आय २५२९ डलर छ । शेख हसिनाका नोकर भ्रष्टाचारमा संलग्न रहेको खुलासा भएदेखि नै प्रतिपक्षले सरकारलाई घेरेको छ ।

बंगलादेशी नेसनलिस्ट पार्टी (बीएनपी) का प्रवक्ता वाहिदुज्जमानले हसिनाको नोकरसँग यति धेरै पैसा हुँदा, उनको मालिकको कति छ भनेर अनुमान गर्न पनि नसकिने बताएका छन् । उनले नोकर पक्राउ नपरेको र उनलाई भर्खरै जागिरबाट हटाइएको बताए ।

गत जनवरीमा प्रधानमन्त्री हसिना चौथो पटक सत्तामा आएपछि भ्रष्टाचारका धेरै घटना बाहिर आएका छन् । बंगलादेशको भ्रष्टाचार विरोधी आयोगले हालै देशका पूर्व राष्ट्रिय प्रहरी प्रमुख बेनजिर अहमदविरुद्ध अनुसन्धान सुरु गरेको छ ।

कुनै समय हसिनासँग नजिक रहेकी बेनजीरमाथि करोडौंको सम्पत्ति रहेको आरोप छ, जुन उनले भ्रष्टाचार गरेर जम्मा गरेका छन् । अमेरिकाले २०२१ मा अहमदमाथि धेरै प्रतिबन्धहरू पनि लगाएको थियो। अहमदमाथि सयौं व्यक्तिको अचानक बेपत्ता वा हत्याका घटनामा संलग्न रहेको आरोप थियो।

यसैबीच बंगलादेशका स्थानीय पत्रिकाहरूले देशका पूर्व सेना प्रमुख अजिज अहमदमाथि भ्रष्टाचारको आरोप पनि लगाएका छन् । उक्त रिपोर्ट बाहिर आएपछि भ्रष्टाचार विरोधी आयोगले अजिजको धेरै सम्पत्ति जफत गरेको थियो । यसबाहेक उनको बैंक खाता पनि रोक्का गरिएको छ ।न्युज कारखाना

काठमाडौँ । खानेपानीमन्त्री प्रदीव यादव तथा नेपालका लागि एसियाली विकास बैंक (एडीबी) का कन्ट्री डाइरेक्टर अर्नाउड कौकोइसबीच आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । उक्त भेटवार्ताका क्रममा एडीबीका कन्ट्री डाइरेक्टर अर्नाउडले खानेपानीको क्षेत्रमा नेपालमा एडीबीले गर्दै आएका काम कारवाहीका विषयमा जानकारी दिएका थिए ।

सोही भेटघाटका क्रममा एडीबीको सहयोग र सहकार्यमा नेपालमा सञ्चालित विभिन्न खानेपानी सम्बन्धी कार्यक्रम तथा परियोजनाहरुको बारेमा छलफल भएको थियो ।

भेटवार्ताकै क्रममा कन्ट्री डाइरेक्टर अर्नाउडले मेलम्ची खानेपानी आयोजनाको वर्तमान अवस्था र प्रगतिको विषयमा मन्त्री यादवलाई विशेष जानकारी दिए । यसैगरी कन्ट्री डाइरेक्टर अर्नाउडले एडीबीले खानेपानीका क्षेत्रमा नेपालमा फेरी पनि सहयोग गर्ने अपेक्षा गरेको जानकारी दिए ।

मेलम्ची खानेपानी विकास समिति र एडीबी धेरै लामो समयदेखि संयुक्त रुपमा सहकार्य गरेर खानेपानीको क्षेत्रमा काम गर्दै आइरहेका विषयमा मन्त्री यादवलाई जानकारी दिँदै कन्ट्री डाइरेक्टर अर्नाउडले भने, “मेलम्चीमा बाढीका कारण भएको क्षतीलाई पनः निर्माण गर्नका लागि एडीबी सधै तयार रहेको छ, हामी फेरी पनि सहयोग गर्ने छौँ ।”

मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा २०२१ मा आएको बाढी पहिराले हेडवक्र्स पुरै बगाएर क्षेती गरेकाले उक्त हेडवक्र्सलाई ठाउँ परिर्वतन गरी (केही माथी सारी) पानी बितरण सहज गर्ने कार्यका लागि आफुहरुले सहयोग गर्ने डाइरेक्टर अर्नाउडले बताए ।

भेटवार्ताकै क्रममा नेपालका खानेपानीको दीर्घकालीन प्रभाव, परियोजनाहरुको सफल कार्यान्वयन र भविष्यमा एडीबीको थप सहयोगको संभावनाका बारेमा पनि विस्तृत छलफल गरिएको थियो । सोही भेटवार्ताका क्रममा मन्त्री यादवले नेपाल सरकार र एडीबीबीचको थप सहयोग र यस प्रकारको सहकार्यले खानेपानीको पहुँचलाई थप सुदृढ बनाउने  विश्वास व्यक्त गरेका थिए ।

भेटका क्रममा मन्त्रालयकातर्फबाट एडीबीलाई गर्नु पर्ने र आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्न मन्त्रालय तयार रहेको मन्त्री यादवले बताए । उनले भने, “मन्त्रालय र एडीबीबाट भइरहेका काम कारबाहीका विषयमा जानकारी दिन दुबै ठाउँबाट प्रतेक दिन कामका विषयमा तयारी गरिएको रिपोर्ट पेश गर्नु पर्ने आवश्यक छ, हामी प्रतेक दिन केके काम गरियो, केके गर्ने छौँ भन्ने योजना बनाएर अगाडि बढ्नु जरुरी छ ।” सोही क्रममा मन्त्री यादवले मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा २०२१ मा आएको बाढीले बगाएर क्षेती गरेका हेडवक्र्सलाई ठाउँ परिर्वतन गर्न लागि जुनसुक्कै निकायमा जान पनि तयार रहेको बताए । यसैगरी उनले याङ्ग्री र लार्केको पानी काठमाडौँमा ल्याउनका लागि सञ्चालन भएको परियोजनालाई आफ्नै कार्यकालमा सफल पर्ने प्रयास गर्ने बताएका थिए ।

मन्त्री यादवले मेलम्ची खानेपानी आयोजनाको अर्थमन्त्रालयमा रोकिएको फायल अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्थमन्त्रीसँग सल्लाह गरी अगाडि बढाइने बताए । मेलम्ची खानेपानी आयोजनाको पानी १२ महिना काठमाडौँका ल्याउनका लागि युद्ध स्तरमा काम गर्न मन्त्रालयका सचिव, कर्मचारी र आयोजना प्रमुखहरुलाई निर्देशन दिएको मन्त्री यादवले जानकारी दिए ।

एडीबीले नेपालमा खानेपानी लगायतका क्षेत्रमा गरेका कार्यहरु प्रसंसनिय भएका भन्दै मन्त्री यादवले धन्यवाद समेत व्यक्त गरेका थिए । कन्ट्री डाइरेक्टर अर्नाउड सहित एडीबीको प्रतिनिधि टोली आज मन्त्रालयमा शिष्टाचार भेटघाटका लागि आइपुगेको थियो ।

एडीबीले खानेपानी मन्त्रालय सहित अन्य विभिन्न मन्त्रालयसँगको सहकार्यमा बिगत २० वर्षदेखि नेपालमा विभिन्न विकासका क्षेत्रमा काम गर्दै आएको छ । न्युज कारखाना

काठमाडौँ । आइसीसीले नेपालसहित ६ देशलाई आइसीसी डेभलपमेन्ट अवार्ड २०२३ प्रदान गरेको छ ।  आइसीसीका एसोसियट देश मध्ये २१ देशबाट विभिन्न विधामा ६ देश छनौट गरिएको आईसीसीले जनाएको छ ।

ग्लोबल आइसीसी डेभलपमेन्ट अवार्ड जित्ने देशमा नेपालसहित मेक्सिको, ओमान, नेदरल्याण्डस, युएई र स्कटल्याण्ड रहेका छन् ।

जसमा मेक्सिकोले आइसीसी डेभलपमेन्ट इनिसियटिभ अफ द इयर अवार्ड जितेको छ भने ओमानले १०० प्रतिशत क्रिकेट फिमेल क्रिकेट इनिसियटिभ अफ द इयर अवार्ड जितेको छ ।

त्यस्तै नेदरल्याण्डसले आइसीसी एसोसियटस मेम्बर म्यान्स परफरमेन्स अफ द इयर अवार्ड जितेको छ भने युएईले आइसीसी एसोसियटस मेम्बर वोमन्स परफरमेन्स अफ द इयर अवार्ड जितेको छ  ।

त्यस्तै नेपालले डिजिटल फ्यान इन्गेजमेन्ट इनिसियटिभ अवार्ड जितेको छ भने स्कटल्याण्डले क्रिकेट फर गुड इनिसियटिभ इम्प्याक्ट अफ द इयर अवार्ड जितेको छ । न्युज कारखाना

काठमाडौँ । महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।न्युज कारखाना

तनहुँ । शुक्लागण्डकी नगरपालिका-७ नमुना भोटेपानी टोल बस्ने ५६ वर्षीय रेख बहादुर थापा मगर समेत १६ जनालाई जुवातास खेलिरहेको अवस्थामा मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

थापाको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरूलाई ५९ हजार ९ सय ६० रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । न्युज कारखाना

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी ऐन, २०१२ सम्बन्धी संशोधन प्रस्ताव एक महिनाभित्र संसद्‌मा लैजाने बताएका छन् ।

बुधबार प्रहरी प्रधान कार्यालय पुगेका गृहमन्त्री लेखकले प्रहरीसम्बन्धी कानुनको संशोधन प्राथमिकतामा रहेको बताए ।

प्रहरी संगठनलाई थप व्यवस्थित र क्रियाशील बनाउन प्रहरी ऐनमा संशोधन आवश्यक रहेको बताउदै उनले भने- ‘केही कानुन नयाँ बनाउनुपर्नेछ, केही कानुनमा संशोधन र परिमार्जन गर्नुपर्ने छ । २०१२ सालमा बनेको प्रहरी ऐनले अहिलेसम्म काम चलाइराखेका छौँ । बीचमा धेरै संशोधन भएर धेरै विषय सम्बोधन भएका छन्, अझै पनि धेरै विषयलाई स्पष्ट गर्नुपर्नेछ ।’

गृहमन्त्री लेखकले सबै कानुन समसामयिक रूपमा परिमार्जन, संशोधन र पुनरवलोकन गर्न आवश्यक रहेको औँल्याउदै भने- ‘प्रहरी समायोजन ऐन, २०७६ छ । संघ र प्रदेशको प्रहरीबीच समायोजन गर्ने उद्देश्य लिएर २०७६ मा ऐन बनायौँ । त्यो ऐनानुसार प्रहरी समायोजन हुन सकेको छैन, त्यसमा पनि केही परिमार्जनको आवश्यकता छ भन्ने विज्ञ साथीहरूको कुरा उठेको छ । नेपाली प्रहरी र प्रदेश प्रहरीको कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वयको विषयमा पनि केही पुनरवलोकनको आवश्यकता देखिन्छ ।’न्युज कारखाना

काठमाडौँ । नेप्सेमा उच्च वृद्धि भएको छ । बुधबार नेप्से ५४.०४ अंकले बढेर २३६४.६३ अङ्कमा पुगेको हो ।

आज ३०६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर एक लाख ४९ हजार ६८१ पटक खरिदबिक्री हुँदा १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार ११३ बराबरको कारोबार भएको छ।

आज सेन्ट्रल फाइनान्सको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने सिंगटी हाइड्रोको ९.९७, अन्खु खोला हाइड्रोको ९.९५ प्रतिशतले बढेको छ । त्यस्तै आज सिटिजन म्युचुअल फन्ड २ को शेयर मुल्य सबैभन्दा बढी ९.९० प्रतिशतले घटेको छ ।

आज कारोबार रकमका आधारमा सबैभन्दा धेरै सिंगटी हाइड्रोको २३ करोड ३५ लाख बराबरको कारोबार भएको छ भने एनआरएन इन्फ्रा एण्ड डेभलपमेन्ट बैंकको २२ करोड ७१ लाखको कारोबार भएको छ । न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।