२०८३ बैशाख २४
२०८३ बैशाख २४

काठमाडौं । त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेको छ ।

विमानका पाइलट गम्भीर घाइते भएको र उपचारका लागि उनलाई सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको छ ।

विमान पोखरा उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको छ । अहिले नेपाली सेना, प्रहरी र विमानस्थलको फायर फाइटिङ टिमले उद्धारको काम गरिरहेको छ । विमानमा चालक दलका सदस्यसहित १९ जना यात्रू रहेको प्रारम्भिक जानकारी आएको छ ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।न्युज कारखाना

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ ।

अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयास गरिरहेका छन् ।न्युज कारखाना

रौतहट । नक्कली प्रहरी बनेर बाराको बिभिन्न ठाउँमा ठगी गर्दै हिँडेका एकजना मानिस लाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराको फेटा गाँउपालिका ७ बस्ने ४० बर्षीय सहाबुदिन अंसारी रहेको प्रहरीले जनाएको छ।ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले साउन  ७ गते सोमवार नक्कली प्रहरी बनेका अन्सारीलाई पक्राउ गरी चोरी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरेर जिल्ला अदालत  कलैयाबाट ५ दिनको म्याद थपगरी थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

गत भदौ ३२ गते बेलुका ४ बजेको समयमा  महागढिमाई नगरपालिका ८ जोलगाँवा बस्ने वर्ष ५५ को सिताराम राय यादवको  ना ४ प २२१२ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकल अन्सारीले म प्रहरी हो ईमरजेन्सी छ एक छिनको लागी दिनुस भनि भ्रममा पारी मोटरसाईकल लिएर फरार भएका थिए।

सोही मोटरसाईकल प्रयोग गरी जिल्लाको बिभिन्न मानिसहरूसँग घुमी घुमी प्रहरीकै भ्रममा पारी पैसा ठग्ने जस्ता कार्य गर्ने गरेको उजुरीको आधारमा प्रहरीले अन्सारीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।न्युज कारखाना

 

महोत्तरी । होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले पर्यटन पत्रकारिता पुरस्कार घोषणा गरेको छ । पर्यटन क्षेत्रमा सक्रिय कलम चलाउने पत्रकारहरुलाई प्रोत्साहन गर्ने उदेश्यले मंगलवार  पत्रकारिता पुरस्कार घोषणा गरेको हो ।

पर्यटन बर्षको अवसर पारेर प्रदान गर्ने  उक्त पुरस्कार मुल्यांकनको आधारमा ३ जनालाई प्रदान गरिनेछ ।

जनही १५ हजारका दरले नगद  पुरस्कार समेत प्रदान गरिने उक्त पुरुस्कारको राशी ४५ हजार राखिएको छ । देशको आर्थिक समृद्वीको मुख्य आधार पर्यटन नै भएको वताउदै यस्को लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण रहने र प्रोत्साहनको जरुरी भएको महसुस भएअनुसार  पुरस्कार घोषणा गरेको संघका अध्यक्ष गुन्ज बहादुर कार्कीले जानकारी दिए ।

पुरस्कारको लागि छनोट कार्यविधि समेत वनाईएको छ । पर्यटन बर्षको निर्धारित मिति भन्दा १ महिना अगाडी नै छनोट प्रक्रियाका मापदण्ड सार्वजनिक गर्ने र सोहीअनुसार पत्रकारहरुलाई पुरस्कारको लागि आव्हान गर्ने संघले जनाएको छ ।

मोफसलमा बसेर पत्रकारिता गर्नेहरुको लागि मधेशमा नै एउटा विशिष्ट उदेश्य वोकेको संस्थाले पुरस्कारको घोषणा गर्नु आफैमा नौलो वनेको छ । मधेश प्रदेशमा पहिलोपटक महोत्तरीमा घोषणा भएको यस्तो पुरस्कार अन्य जिल्लाहरुमा समेत बिस्तार गर्नुपर्ने सरोकारवालाहरुले प्रतिक्रिया दिए ।

संस्कृति तथा शिक्षा राज्यमन्त्री सारदादेवी थापाले पर्यटन क्षेत्रमा कलम चलाउनेहरुका लागि यो पुरस्कारले थप उत्साहित वनाउने वाताईन । ‘यो वास्तवमा निक्कै राम्रो काम भएको छ यसवाट पर्यटन पर्वद्वनमा ठुलो योगदान पुग्ने देखिन्छ ।’ राज्यमन्त्री थापाले भनिन ।

न्युज कारखाना

 

 

 

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपतिको दौडबाट बाहिरिएर कमला ह्यारिस अगाडी आएसँगै उनले ट्रम्पलाई कडा चुनौती दिने संकेत देखिएको छ ।

उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्रेटिक उम्मेदवारीका आवश्यक समर्थन प्राप्त गरिसकेकी छन् र अब उनी डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बन्ने निश्चित प्राय: भएको छ ।

रोयटर्स/इप्सोसले राष्ट्रपतिको निर्वाचनअघि गरेको सर्वेक्षणले राष्ट्रपतिको दौडमा ह्यारिसलाई ट्रम्पभन्दा अगाडी देखाएको छ ।

सर्वेक्षण अनुसार ४४ प्रतिशतले ह्यारिसले जित्ने विश्वास गरेका छन् भने ४२ प्रतिशत जनता ट्रम्पलाई समर्थन गरेका छन् । यस्तो अवस्थामा ह्यारिसले ट्रम्पमाथि अलिकति दुई प्रतिशत अंकले अग्रता लिएकी छन् ।

रिपब्लिकन नेशनल कन्भेन्सन पछि सोमबार र मंगलबार रोयटर्स/इप्सोस सर्वेक्षण गरिएको थियो । ट्रम्पले गत बिहीबार औपचारिक रूपमा आफ्नो पार्टीको उम्मेदवारी स्वीकार गरेका थिए । उही समयमा, जुलाई २१ मा, राष्ट्रपति बाइडेनले राष्ट्रपतिको दौडबाट फिर्ता भए र उपराष्ट्रपति ह्यारिसलाई समर्थन गर्ने घोषणा गरे ।

यसअघि जुलाई १५–१६ मा गरिएको सर्वेक्षणमा बाइडेन र ट्रम्प ४४ प्रतिशत अंकका साथ बराबरीमा रहेका थिए । उही समयमा, जुलाई १-२ मा गरिएको सर्वेक्षणमा, ट्रम्प बाइडेन भन्दा एक अंकले अगाडि थिए ।

यसैबीच, भर्खरै गरिएको सर्वेक्षणमा दर्ता भएका ५६ प्रतिशत मतदाताले ५९ वर्षीया कमला ह्यारिस मानसिक रूपमा तीक्ष्ण र चुनौती सामना गर्न सक्ने भएकाले चुनाव जित्ने विश्वास गरेका छन् । उही समयमा ४९ प्रतिशत मतदाताले ७८ वर्षीय ट्रम्पको बारेमा सोहि कुरा दोहोराएका छन् ।
न्युज कारखाना

काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

बुधबार सुन तोलामा ११ सयले बढेर तोलाको एक लाख ४७ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि मंगलबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार ३ सय रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला १५ रुपैयाँले बढेर १८०५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना

 रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले मानव स्वास्थ्य माथि प्रतिकूल असर पर्ने डिजे साउण्ड सिस्टम न बजाउन अनुरोध गरेको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले सूचना जारी गर्दै डिजे साउण्ड सिस्टम नबजाउन जनसमुदायलाई आग्रह गरेको हो । बेवास्ता गर्ने लाई कडा कार्वाही गर्ने चेतावनी समेत दिइएको छ।

रौतहट जिल्लाको सार्वजनिक सडक, बिद्यालय, सरकारी कार्यालय लगायत स्थानमा मानव स्वास्थमा जोखिम बढ्ने गरी डिजे साउण्ड सिस्टम बाट चर्को आवाजमा अभद्र उच्चश्रीङ्खल प्रकारको संगीत बजाएको देखिएको छ। त्यस्तो गीतको कारण सामाजिक तनाव, द्वन्दको अवस्था श्रृजना गरेको छ। सामाजमा मानसिक तथा शारीरिक स्वास्थ्यमा समस्या उत्पन्न भएर झैझगडाको घटना बढेको, विद्यार्थीको पठनपाठन, सरकारी कार्यालयको कामकाजमा असर परेको र ध्वनि प्रदुषणले जनस्वास्थ्यमा प्रतिकूल असर परेको पटकपटक गुनासो आएको हुँदा डिजे साउण्ड सिस्टम न बजाउन प्रहरीले अनुरोध गरेको छ ।

डिजेको ध्वनिबाट महिला, पुरुष, वृद्ध वृद्धा, गर्भवती,बालबालिकाको स्वास्थमा समेत गम्भीर असर परेको हुँदा सबै सचेत रहन आग्रह गरिएको छ। आग्रहको बेवास्ता गरेको पाइएमा कानुन अनुसार डिजे सहितको सामान जफत गरी कडा कार्वाही गरिने छ।

बाताबरण संरक्षण एन २०७६ को परिच्छेद ३ को दफा १५ को उप दफा १ बमोजिम डिजे बजाउने लाई  न्यूनतम ५ लाख देखि अधिकतम ५० लाखसम्म जरिवाना तथा क्षतिपूर्तिको व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता तथा डिएसपी एलिजा गिरी द्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।न्युज कारखाना

काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रमा आजदेखि ५ बर्ष उमेरभन्दा मुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम रहेको छ ।

यसका लागि स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविका घर घरमा आउनेछन् । उनीहरुले ५ वर्ष मुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने महानगरले जनाएको छ । नियमित खोप लिएका बालबालिकालाई पनि पोलियो थोपा खुवाउनु पर्ने काठमाडौँ महानगरको स्वास्थ्य विभागले महानगरबासीलाई आग्रह गरेको छ ।

वातावरणीय निगरानीका क्रममा भएको नमूना संकलन र प्रयोगशाला परीक्षणका क्रममा काठमाडौँको टुकुचा र बागमती दोभानमा वागमती नदीतर्फको खण्डबाट (ढलबाट आएको  पानी) डिप्राइभ्ड पोलियोको भाइरस–३ भेटिएपची महानगरले पोलियो अभियान शुरु गरेको हो ।  २०८१ जेठ १३ गते ढलबाट आएको पानीको नमूना लिइएको र यसको रिपोर्ट २०८१ असार २९ गते आएको महानगरले जनाएको छ ।  प्रयोगशाला परीक्षणमा यो भाइरस मुखबाट दिइने पोलियो भाइरसको उत्परिवर्तन भएको पत्ता लागेको हो ।

यस अभियानमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकासहितको टोली परिचालन हुनेछन् ।  राष्ट्रिय जनगणना २०७८ अनुसार काठमाडौँ महानगरपालिकाभित्र २ लाख ३८ हजार ९६६ घर छन् । यी घरहरुमा ५ बर्षमुनिका करिब ६३ हजार ५६ जना बालबालिका रहेको अनुमान गरिएको छ ।

विभागको तथ्याङ्कअनुसार सबैभन्दा धेरै वडा नं. ६ मा ६ हजार १२ जना बालबालिका छन् । सबैभन्दा कम वडा नं. १ मा ४६२ जना छन् ।

पोलियो खोप ६ हप्ता, १० हप्ता र १४ हप्ता गरी ३ पटक मुखबाट (ओरल पोलियो भ्याक्सिन – ओपीभी) खुवाइन्छ । यस्तै १४ हप्ता र ९ महिनाको उमेरमा सुइबाट (इनएक्टीभेटेड पोलियो भ्याक्सिन – आइपीभी) दिइन्छ ।

बालबालिकाहरुका अतिशीघ्र लुलो पक्षाघातका लक्षण देखिए तत्काल खबर गर्न महानगरपालिकाले अनुरोध गरेको छ । यसमा बालबालिकाका कुनै पनि अङ्ग तत्कालै लुलो हुने, एक भाग नचल्ने जस्ता लक्षण हुन्छन् । पोलियोको असर ५ बर्षमुनिका बालबालिकामा धेरै हुन्छ । यस्ता लक्षण १५ वर्ष उमेरसम्मका बालबालिकालाई हुन सक्ने, विभागले बताएको छ ।

पोलियो जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि हुन सक्छ । ५ वर्षमुनिका बालबालिका सबैभन्दा धेरै जोखिममा हुन्छन् । पोलियोको भाइरस दुषित खाना र दुषित पानीबाट सर्छ । न्युज कारखाना

काठमाडौँ । बंगलादेशमा बढेको प्रदर्शनपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम जारी रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार मात्र ४७ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म करिब १४ सय विद्यार्थी स्वदेश फर्किएका छन् । परराष्ट्रले अहिलेसम्म बंगलादेशमा अध्ययनरत सबै नेपाली विद्यार्थी सुरक्षित रहेको जनाकारी दिएको छ । ढाकास्थित नेपाली दुताबास विद्यार्थीहरु, स्थानीय प्रशासन, कलेजको नियमित सम्पर्कमा रहेको र विधार्थीहरुलाई घरभित्र नै रहन आग्रह गरिएको जनाएको छ ।

बंगलादेशमा आरक्षणविरुद्ध जारी प्रदर्शन चर्किएपछि देशभर कर्फ्यू लगाइएको छ भने इन्टरनेटसहितका सुबिधा बन्द गरिएको स्थानीय मिडियाले उल्लेख गरेका छन् । प्रदर्शनका क्रममा सय भन्दा बढीको ज्यान समेत गएको छ । न्युज कारखाना

काठमाडौँ । शिक्षा मन्त्रालयले पाठ्यक्रम विकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र प्रदान गर्दा पुर्वमन्त्रीसँग घुस लिएको विषय छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

पूर्वमन्त्री विरेन्द्र प्रसाद महतोले प्रतिनिधि सभाको बैठकमा आफ्नो छोराको समकक्षता प्रमाणपत्र लिदा पाँच हजार घुस खुवाउनु परेको बताएका थिए ।

शिक्षा मन्त्रालयले पाठ्यक्रम विकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र प्रदान गर्दा भए गरिएको काम कारवाहीका सम्बन्धमा उठाइएको विषयमा समकक्षताको प्रमाणपत्र लिँदा अपनाउनुपर्ने प्रक्रिया, सोमा लाग्ने दस्तुर लगायतका विषयवस्तुका सम्बन्धमा आवश्यक छानविन गरी ७ सात दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशकको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको जनाएको छ ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।