सिरहा ९ साउन। यातायात व्यवस्था कार्यालय लहान,सिरहाले गत आर्थिक वर्ष २०८०÷०८१ मा ५० करोड भन्दाबढी राजस्व सङ्कलन गरिएको छ।
सरकारले साउन देखि चैत सम्म सवारी साधान करमा लाग्ने जरिवाना छुट गरेपछि यातायात व्यवस्था कार्यालय लहान,सिरहाले एक आर्थिक वर्षमा ५० करोड ४२ लाख २४ हजार ७ सय ७८ रुपैया राजस्व सङ्कलन गरिएको हो।
सवारी करबाट रु ३६ करोड ६४ लाख ९५ हजार ८९ रुपैया, सवारी चालक अनुमतिपत्र तथा नवीकरणबाट रु ११ करोड १८ लाख ६८ हजार विस रुपैया तथा पटके दस्तुर र रुट परमिटबाट रु ७९ लाख ७८ हजार २२५ रुपैया राजस्व सङ्कलन भएको कार्यालय प्रमुख कुशेश्वर साहले जानकारी दिए ।
गत आर्थिक वर्ष २०७९÷०८० मा ४५ करोड ३५ लाख ७४ हजार तिनसय ९४ रुपैया राजस्व उठाएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा यस आ.व.मा ५ करोड भन्दाबढी राजस्व सङ्कलन भएको कार्यालय प्रमुख साहले जनाएको छ।’
यस्तै आव २०८०÷०८१ मा ५ हजार २ सय एकवटा नयाँ सवारी साधन दर्ता भएको उनले बताए ।
कार्यालय प्रमुख साहका अनुसार यो आर्थिक वर्षमा ९ हजार २ सय जनालाई नयाँ चालक अनुमतिपत्र वितरण गरिएको छ। मधेस प्रदेश सरकारले पाँच वर्षभन्दा बढी समयदेखि नवीकरण नगराएका सवारीसाधनलाई नवीकरणमा लाग्ने जरिवाना छुट दिएपछि नयाँ सवारीसाधनको दर्ता बढेको कार्यालय प्रमुख साहको भनाई छ। उनले थपे, ‘कर्मचारीले इमान्दारितापूर्वक कार्यालय समयमा बसेर काम गर्नाले राजस्व सङ्कलन उल्लेखनीय बढेको हो।’ं
सङ्कलन गरिएको राजस्वबाट संघ सरकारलाई १ करोड ७३ लाख ६९ हजार ४ सय चौरान्नवे रुपैया र प्रदेस सरकारको खातामा ४८ करोड ६८ लाख ५५ हजार दुई सय ७८ रुपैया गरी जम्मा ५० करोड ४२ लाख रकम खातामा जम्मा गरेको कार्यालयका लेृखा अधिकृत जय प्रकाश महतोले जनाएको छ।न्युज कारखाना
हेटौडा ।
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले शपथ लिएर पदभार ग्रहण गरेका छन् ।
मुख्यमन्त्री लामाले शपथ लिएसँगै आजै १० सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् । मन्त्रीपरिषद्मा नियुक्त मन्त्रीहरुलाईसमेत् मुख्यमन्त्री लामाले प्रदेश प्रमुख शर्माको समुपस्थितिमा सपथग्रहण गराए ।
नवनियुक्त मन्त्रीहरुमा एमालेबाट प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छीमन्त्री, किशोर सिलवाल वन तथा वातावरणमन्त्री, किरण थापा स्वास्थ्यमन्त्री, अमन मास्के भौतिक योजना तथा पूर्वाधारमन्त्री, शुकमाया तामाङ उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री, प्रेमभक्त महर्जन श्रम, रोजगार तथा यातायातमन्त्री रहेका छन् ।
त्यस्तै नेपाली कांग्रेसका तर्फबाट कुन्दनराज काफ्ले, श्याम खड्का र मधु श्रेष्ठलाई विनाविभागीय मन्त्रीको जिम्मेवारी तोकिएको छ ।
बागमती प्रदेशसभाको ६४ जना बहुमत सदस्यहरुको समर्थनमा मुख्यमन्त्री बहादुरसिंह लामालाई मङ्गलबार प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री पदमा नियुक्ति गराएका थिए ।
न्युज कारखाना
काठमाडौं । विमान दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ ।
बुधबार बिहान करिब सवा ११ बजे सौर्य एयरलाइन्सको विमान दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको थियो
विमानस्थल बन्द भएपछि बाहिरबाट आएका जहाजहरूलाई डाइभर्ट गरिएको थियो ।
बुधबार बिहान मर्मतका लागि काठमाडौंबाट पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको विमान उड्ने क्रममा दुर्घटनामा परेको थियो ।
विमानमा सवार सुर्य एयरलाइन्सका १८ कर्मचारीको मृत्यु भएको छ भने पाइलटको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरको विमान दुर्घटना स्थल पुगेका छन् ।
बुधबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान गर्ने बित्तिकै दाहिने मोड्ने क्रममा विमान दुर्घटनाग्रस्त हुदा १८ जनाको मृत्यु भएको छ ।
प्रधानमन्त्री ओलीले दुर्घटना स्थलको निरीक्षण गर्दै गृहमन्त्री, नागरिक उड्डयन मन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुसँग दुर्घटना बारे जानकारी लिएका छन् ।
दुर्घटनामा घाइते भएका विमानका पाइलट मनिष रत्न शाक्यको भने अहिले केएमसी अस्पतालमा उपचार भइरहेको छ ।न्युज कारखाना
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जना मृत्यु भएको पुष्टि गरेको छ ।
बु्धबार बिहान जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु र एक जना घाइते भएको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
प्राधिकरणका अनुसार अनुसार बिहान ११:११ बजेमा पोखरा उडानको क्रममा उड्ने बितिकै दाहिनेतिर मोडिने क्रममा रनवेको पूर्वतिर दुर्घटनाग्रस्त भएको उल्लेख गरेको छ ।
विमानमा पाइलट मनिष रत्न शाक्य र को-पाइलट एस कटवाल रहेका थिए । पाइलट मनिषको हाल केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
त्यसैगरी जहाजमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अस्बिन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासैनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा ,अधिराज शर्मा, उद्वव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पून्यरत्न शाही र अर्का विदेशी नागरिक आरेफ रेडा सवार रहेका थिए ।
उनीहरु सबैजना एयरलाइन्सका प्राविधिक कर्मचारी भएको बुझिएको छ ।न्युज कारखाना
काठमाडौं । विमान दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थल बन्द भएपछि बाहिरबाट आएका विमानहरूलाई डाइभर्ट गरिएको छ ।
बुधबार बिहान मर्मतका लागि काठमाडौंबाट पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको विमान उड्ने क्रममा दुर्घटनामा परेको हो ।
विमानमा १७ जना प्राविधिकसहित दुईजना चालक दलका सदस्य सवार रहेको विमानस्थलको कार्यालयले जानकारी दिएको छ । उद्धार गरेर अस्पताल पुर्याइएका पाइलट मनिषरत्न शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । न्युज कारखाना
काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा चार जनाको उद्धार गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
उद्धार गरिएका ३ जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको र एक जनाको केएमसी अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीले जनाएको छ । केएमसीमा विमानका पाइलट मनिष रत्न शाक्यको उपचार भइरहेको छ ।
अहिलेसम्म १५ जनाको शव निकालिएको र अहिले शव टिचिङ अस्पताल लैजादै गरिएको प्रहरीले जानकरी दिएको छ ।
विमानलाई काठमाडौँबाट पोखरा मर्मतका लागि लैजाने क्रममा दुर्घटना भएको हो । विमानमा १९ जना एयरलाइन्सकै कर्मचारी भएको प्रहरीले जनाएको छ ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनाको अवस्था बुझ्न विमानस्थल जादै छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले दुर्घटना स्थलमा नागरिक उड्ययन प्राधिकरणका सम्बन्धित अधिकारीलाई पनि बोलाएका छन् ।
बुधबार बिहान करिब ११ बजे काठमाडौँबाट पोखरा उड्दै गरेको सौर्य एयरको विमान चिप्लिएर विमानस्थलमै दुर्घटनाग्रस्त भएको थियो । यस दुर्घटनामा पाइलटको उद्धार गरेर अस्पताल पुर्याइएको छ भने अन्य १८ जनाको शव निकालिएको छ ।न्युज कारखाना
काठमाडौं । त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेका १८ जनाको शव निकालिएको छ ।
विमानस्थल कार्यालयका अनुसार पाइलट मनिष रत्न शाक्यको सकुशल उद्धार गरेर अस्पताल लागिएको छ भने विमानमा रहेका बाँकी १८ जनाको मृत्यु भएको छ ।
विमानमा रहेका यात्रुहरु मध्ये धेरै जसो एयरलाइन्सकै प्राविधिक कर्मचारी रहेको बुझिएको छ ।
काठमाडौँबाट पोखरा उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर विमान दुर्घटनामा परेको हो । विमानलाई मर्मतका लागि पोखरा लैजान लागिएको बताइएको छ ।न्युज कारखाना
काठमाडौं । त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेको छ ।
काठमाडौँबाट पोखरा उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर विमान दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको छ । त्रिभुवन विमानस्थलका अनुसार विमानमा चालक दलका सदस्यसहित १९ यात्रु रहेका थिए ।
दुर्घटनास्थलबाट पाइलटको उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पताल लागिएको छ ।
त्यस्तै अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विमानस्थलको फायर फाइटिङ टिमले उद्धारको काम गरिरहेको छ ।
यसैबीध दुर्घटनाको सूचना थाहाआउनासाथ गृहमन्त्री रमेश लेखक दुर्घटनास्थल पुगेका छन् । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
न्युज कारखाना