चितवन ।
चितवनको सिमलतालमा त्रिशुलीमा खसेको दुई वटा बस र यात्रुको अवस्था अझै अज्ञात रहेको छ ।
बस बेपत्ता भएको आज १७ दिन पुगेको छ । नेपाली र भारतीय टोलीले गरेका खोजीका सबै प्रयास असफल भएसँगै बस खोजीका लागि आएको भारतीय टोली आज फर्किदै छ ।
नेपाली टोलीले अब कसरी खोजीकार्य अगाडी बढाउने भन्ने विषयमा छलफल गर्ने तयारी गरेको छ ।
यस अघि भारतीय उद्दार टोलीले घटनास्थलमा शनिबार दिउँसो बस खोजी गर्नेक्रममा १९ किलोको चुम्बक नै पानीले बगाएको थियो । भारतीय टोलीले शनिबार १९ केजी र १४ केजीको दुई वटा चुम्बक प्रयोग गरेर खोजी गरेको थियो ।
यसैबीच शनिबार साँझ चितवनको केराबारीमा नदीको बीचमा रातो बस जस्तो बस्तु देखिएको स्थानीयले बताएपछि सुरक्षाकर्मीहरुले भने सो बस्तु बस नभएको बताएका छन् ।
असार २८ गते लेदोसहितको पहिरोले बगाएका दुई बस अहिलेसम्म भेटिएका छैनन् । बसमा रहेका ६२ यात्रु मध्ये अहिलेसम्म २४ जनाको शव फेला परेको छ भने अझै ३८ जनाको अवस्था अज्ञात रहेको छ । न्युज कारखाना
धनगढी ।
महाकाली नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन्। शनिबार बेलुका दार्चुलाको महाकाली नगरपालिका–४ रिङ्ने ताल क्षेत्रस्थित महाकाली नदीमा किशोरी हाम फालेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार १७ वर्षीया धनिशा कुँवर महाकालीमा बेपत्तामा भएकी छन् ।
दिदीको घरमा बस्दै आएकी किशोरी महाकालीमा हाम फालेको भिडियो सार्वजनिक भएको छ । महाकालीको किनारको पिल्लर समातेर उभिरहेकी किशोरी आफु नजिक उद्धारको लागि सुरक्षाकर्मी पुगेपछि महाकालीमा हाम फलेको भिडियोमा देख्न सकिन्छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार किशोरीको खोजी जारी रहेपनि अहिलेसम्म अवस्था पत्ता लागेको छैन ।न्युज कारखाना
पर्सा ।
सशस्त्र प्रहरी बलले पर्सा जिल्लाको पोखरीया नगरपालिका–१ स्थित बनकटवाबाट १२ किलो चरेश, विभिन्न किसिमका सामान र एउटा मोटरसाईकलसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
भारतको पश्चिम चम्पारन विसनपुर मटेरवा बस्ने १८ बर्षिय कुञ्जन कुमार महतोलाई साउन १२ गते सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश पोखरीयाले नियन्त्रणमा लिएको हो ।
बीआर २२ एबी १२९२ नम्बरको मोटरसाईकलमा नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई शंका लागि जाँच गर्दा महतोको साथबाट १२ के.जी. चरेश, ५ हजार ४ सय २० भारतीय रुपैयाँ, १ थान मोबाईल सेट सहित नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएका महतोलाई बरामद सामान र मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।न्युज कारखाना
काठमाडौँ ।
गृहमन्त्री रमेश लेखकले प्रहरी नायब महानिरीक्षक (डिआइजी) मनोज केसीलाई सरूवा गरेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेका फरार रहेका बेचन झालाई पक्राउ गर्ने केसीको गत बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट सरुवा गरिएको हो । उनलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज पठाइएको छ भने प्रतिष्ठानमा रहेका डिआइजी राजन अधिकारीलाई ब्युरोमा पठाइएको छ ।
केसीको दुई महिना नबित्दै सरूवा गरिएको हो । केसी र अधिकारी गत जेठ ४ गते सँगै बढुवा सिफारिसमा परेका थिए । बढुवा हुनुअघि केसी नेपाल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा कार्यरत थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बेचन झा र प्रतीक थापालाई पक्राउ गर्न केसीको भूमिका थियो । दुवैलाई असार १४ गते शुक्रबार पक्राउ गरेको थियो ।
न्युज कारखाना
रौतहट,श्रावण १३।
गरुडा–स्थित समुदाय दलित विकास केन्द्र नेपालको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । समुदाय दलित विकास केन्द्र नेपाल माधवनरायण नगरपालिका–६ ले शनिबारका दिन एक कार्यक्रमका विच गरूडा बजार स्थित अनुष पार्टी प्यालेसमा सो साधारणसभा सम्पन्न गरेको हो।

केन्द्रका अध्यक्ष सुब्बा साहेब हजारीको अध्यक्षता तथा माधव नरायण नगरपालिकाका नगर प्रमुख वैजु प्रसाद यादवको प्रमुख आतिथ्यमा सो साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा संस्थाको बार्षिक गतिविधि तथा साँगठनिक प्रतिवेदन सो संस्थाका कार्यकारिणी निर्देशक धर्मदेव पासवानले प्रस्तुत गरेका थिए।
सो कार्यक्रममा प्रमुख अथितिको रुपमा बोल्दै,माधव नरायणका नगर प्रमुख यादवले,मुक्त हरवाचरवाको न्यायिक पुःनस्थापना सरोकार र शिक्षा,स्वास्थ्य,रोजगारी र सामाजिक सुरक्षा अभियानका साथै दलित, गरिब, सुकुम्बासी, भुमिहिन शोषित पिडितको अधिकारका निम्ति समाजमा निरन्तर आवाज उठाइरहेको तथा पैरवी गरिरहेको सो संस्था र संस्थाका पदाधिकारीहरुलाई धन्यवाद दिदै समाज परिवर्तनका लागि सामुदाय दलित विकास केन्द्रको ठूलो भुमिका देखिएकोले आफुले सो संस्थााई सधै सहयोग गरिरहने प्रतिबद्धता जाहेर गरे।
त्यसैगरी कार्यक्रमका विशिष्ट अथितिको रुपमा बोल्दै ईसि डिसी का अध्यक्ष तथा दलित अगुवा धर्मेन्द्र पासवानले एउटा नयाँ संस्था रको रुपमा स्थापित भई समाजमा निरन्तर काम गरिरहे ता पनि पारदर्शी रुपले साधारणभा गर्नु संस्थाको सराहनीयकार्य रहेको बताउदै सो संस्थाको उन्नति प्रगतिको लागि शुभकामना समेत व्यक्त गर्नु भयो ।
त्यस्तै विशिष्ट अथितिकू रुपमा बोल्दै दलित अधिकार कर्मी तथा मानव अधिकार कर्मी रामविनय पासवानले दलित समुदाय शिक्षा र स्वास्थ्यको मामिलामा अझ पनि सबभन्दा पछाडि रहेकोले संस्थाले शिक्षा र स्वास्थ्यमा सबभन्दा बढी जोड दिएर काम गर्न आग्रह गरे।

त्यसैगरी अथितिको रुपमा बोल्दै राष्ट्रिय दलित पत्रकार संघ नेपाल रौतहटका अध्यक्ष राजेश पासवान(निर्माणी)लेआफु दलितहरुको उत्थान तथा न्यायका लागि निरन्तर आवाज उठाउदै र वकालत गर्दै आइरहेकोले आफुले दलितको पक्षमा काम गर्ने हरेक संघ संस्थालाई सम्मान टक्रेयाइरहने बताउदै आफु र संघले त्यस्ता संस्थाको पक्षमा निरन्तर कलम चलाइरहने बताए।
कार्यक्रममा बोल्दै माधव नरायण नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राजकुमार साहले आफु निर्वाचित भएको ठाउँमा दलितको संख्या ठुलै रहेकोले आफुले दलितको हरेक समस्यालाई नजिकैबाट नियालिरहेको बताए। उनका अनुसार दलित समुदाय शिक्षा र स्वास्थ्यको मामिलामा अझै पनि कमजोर नै रहेको बताउदै संस्थाले दलित समुदायको शिक्षा र स्वास्थ्यमा सुधार ल्याउनका निम्ति जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्न आग्रह गर्दै सो कार्यमा आफसले सक्दो धेरै भन्दा धेरै सहयोग गर्ने प्रतिबद्ध जाहेर समेत गर्नुभयो।
कार्यक्रममा शुभकामना मन्तव्य दलित अगुवा शिव शंकर पासवानले राखेका थिए। भने कार्यक्रम संचालन सो संस्थाका कार्यकारिणी निर्देशक धरेमदेव पासवानले गरेका थिए। उक्त कार्यक्रममा सो संस्थाका सम्पुर्ण पदाधिकारीहरुको साथै पत्रकार तथा विभिन्न विशेष व्यक्तित्वहरुको उपस्थिति रहेको थियोे ।
राैतहट,१२ गते साउन । नेकपा एमालेका केन्द्रीय सदस्य अजयकुमार गुप्ताले रौतहटमा दुई अग्रज पत्रकारलाई शनिवार सम्मानित गरेका छन् । रौतहटदृष्टि साप्ताहिकको १७औँ वार्षिकोत्सवको अवसरमा सञ्जय साह मित्र र श्रीमन नारायण मिश्रलाई केन्द्रीय सदस्य गुप्ताले सम्मानित गरेका हुन् ।
रौतहटको पत्रकारितामा स्वच्छ छवि भएका दुई अग्रज पत्रकारलाई सम्मानित गर्न पाउँदा आफू स्वयं गौरवान्वित भएको केन्द्रीय सदस्य गुप्ताले बताएका छन् ।
गुप्ताले भने – देशमा सम्मानपूर्वक चिनिएका दुवै पत्रकारको योगदानको कदर आफ्नो हातबाट सम्मानपत्र हस्तान्तरण गर्न पाउँदा गौरवबोध भएको छ । मित्र बज्जिका र नेपाली भाषामा र मिश्र नेपाली भाषामा स्वतन्त्र पत्रकारिता गर्दै आएका छन् । सम्मानित दुवै प्रतिभा विगत तिन दशकदेखि पत्रकारितामा सक्रिय छन् । दुवै जनालाई जनही दुई हजार पाँच सय रुपैया नगद पनि प्रदान गरिएको छ ।
उक्त अवसरमा बोल्दै केन्द्रीय सदस्य गुप्ताले देशको समग्र आर्थिक क्षेत्र प्रभावित भएकोले पत्रकारिता पनि प्रभावित भएको हो । कठिन परिस्थितिमा आम नागरिकलाई सुसूचित गरिरहेका सञ्चारकर्मी र सञ्चार माध्यमलाई नेपाल सरकारले प्राथमिकतामा राखेर सहयोग गर्नुपर्ने गुप्ताको भनाइ छ ।
रौतहटदृष्टि साप्ताहिकका प्रकाशक सम्पादक शैलेन्द्र झाको अध्यक्षतामा भएको कार्यक्रमलाई प्रेस चौतरी नेपाल, रौतहटका अध्यक्ष आदर्श उपाध्याय, नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झा, समाजवादी प्रेस संगठन नेपाल, रौतहट शाखाका दिनेश संगम, रेड टेलिभिजनका अध्यक्ष जयप्रकाश यादवलगायतले मन्तव्य व्यक्त गर्दै रौतहटको पत्रकारितामा रौतहटदृष्टि साप्ताहिकले पु¥याएको योगदानको प्रशंसा गरेका छन् ।
काठमाडौं । जारी पेरिस ओलम्पिकमा नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल समूहचरणको पहिलो खेलमा पराजित भएका छन् ।
शनिबार राति सम्पन्न पहिलो खेलमा प्रिन्स डिफेन्डिङ च्याम्पियन भिक्टर एक्सल्सनसँग लगातार दुई सेटमा पराजित भएका हुन् । भिक्टरले पहिलो सेट २१-८ ले जितेका थिए भने दोस्रो सेट २१-६ ले जितेका थिए ।
समूह ‘पी’ मा रहेका प्रिन्सको यो हारसँगै अन्तिम १६ मा पुग्ने सम्भावना कमजोर भएको छ । उनले दोस्रो खेल आयरल्यान्डका नियात न्युयेनसँग २९ जुलाईमा खेल्ने छन् । यस्तै, समूहचरणको अन्तिम खेल इजरायलका मिसा जिल्बरम्यानसँग ३० जुलाईमा खेल्नेछन् । १६ वटा समूहका शीर्ष खेलाडीले अन्तिम १६ मा प्रवेश पाउनेछन् । न्युज कारखाना
काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म २० देशले पदक जितेका छन् । शनिबार सम्पन्न खेलपछि ९ देशले स्वर्ण पदक जितेका छन् भने कुल २० देशले पदक जितेका छन् ।
जसमा अस्ट्रेलियाले सबैभन्दा बढी ३ स्वर्णसहित ५ पदक जितेको छ । अस्ट्रेलियाले ३ स्वर्ण र २ रजत पदक जितेको हो ।
त्यस्तै चीनले २ स्वर्ण र एक काश्य पदक जितेको छ भने अमेरिकाले एक स्वर्ण, २ रजत र २ काश्य पदक जितेको छ । त्यसैगरी आयोजक फ्रान्सले एक स्वर्ण, २ रजत र एक काश्य पदक जितेको छ ।
अहिलेसम्म दक्षिण कोरिया, बेल्जियम, जापान, काजकिस्तान, जराम्नी र हङकङले स्वर्ण पदक जितेका छन् ।
त्यस्तै इटाली र ग्रेट ब्रिटेनले रजत तथा काश्य पदक जितेका छन् भने क्यानडा, फिजी र मंगोलियाले रजत पदक जितेका छन् । त्यसैगरी ट्युनिसिया, स्पेन, हंगेरी, दक्षिण अफ्रीका र स्विडेनले काश्य पदक जितेका छन् ।न्युज कारखाना
काठमाडौं ।
आम जनता पार्टी (आजपा) अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले राजासंग घाटी जोडेकाहरुबाट मुलुकले ठुलो नोक्सानी व्यहोर्नुपरेको बताएका छन् । नेपाली कांग्रेस र नेकपा (एमाले)को नेतृत्वमा रहेकाहरुबाट मुलुक समृद्ध हुन नसक्ने बताउँदै उनले अहिलेको गठबन्धन नभएर ठगबन्धन भएको टिप्पणी गरे ।
आजपा निकटको आम उधोग बाणिज्य संघको काठमाडौं अनामनगर स्थित तमुबुद्ध सेवा समितिको सभाहलमा आज भएको पहिलो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यो एमाले र कांग्रेसको गठबन्धन नभई केपी ओली र शेरबहादुर देउवाको सत्तास्वार्थ केन्द्रित व्यक्तिगत ठगबन्धन भएको बताए । ‘एमाले र कांग्रेस बनाउँनेहरु आज कहाँ छन् ? दुबै पार्टी निर्माण गर्नेहरु आजको दिनमा भागिभागि हिडनुपरेको छ ।
तर विगतमा राजासंग घाटी जोडने, प्रतिगामी शक्तिहरु त्यो पार्टीको नेतृत्वमा पुगेका छन्’ आजपा अध्यक्ष साहले भने, ‘अहिलेको सत्तारुढ गठबन्धनलाई राष्ट्रिय सहमतीको सरकार भन्दै बाहिर हिडिरहेका छन् । तर वास्तविकता त्यो होईन्, यो विगतमा बदनाम भईसकेका पात्रको ठगबन्धन हो ।’ विगतमा जतिपटक एमाले र कांग्रेसको संयुक्त सरकार बनेको छ त्यति पटक मुलुकले ठुलो नोक्सानी व्यहोर्नुपरेको ईतिहास हाम्रो आगाडी रहेको बताउँदै उनले यिनीहरुकै कारण रामराजा सिंह राष्ट्रपति हुन नसकेको बताए ।
यिनीहरुकै कारण खिलराज रेग्मीलाई यिनीहरुले शासन सत्ता बुझाएको मात्र नभई कांग्रेस र एमाले मिलेर ‘गण्डा संविधान’ बनाएको बताउँदै साहले आज त्यही भएर नेपाली जनताले ठुलो नोक्सानी व्यहोर्नुपरेको बताए । ‘विगतको निर्वाचनमा जनतासंग मत माग्ने बेलामा जे प्रतिबद्धता व्यक्त गरिएको थियो ।
जुन कुरा जनताका बीचमा यिनीहरुले प्रतिबद्धता गरेर आए त्यो अनुसार काम नगरेकै कारण राजनीतिक स्थिरता हुन सकेन्’ साहले भने, ‘मत माग्ने बेलामा एउटा प्रतिबद्धता गरे, तर काम गर्ने बेलामा अर्कै काम गरिरहेका छन् । के कांग्रेसले मत माग्दा म एमालेको नेतृत्वमा सरकार बनाउँनु भन्या थियो ? के एमालेले मत माग्ने बेलामा कांग्रेसको नेतृत्वमा सरकार बनाउँछु भन्या थियो ? तर आज हेर्नुस त संघ देखी प्रदेशसम्म यिनी आफ्नो प्रतिबद्धता बिरुद्ध नै काम गरिरहेका छन् । अब जनताले हिसाब माग्ने बेला आएको छ ।’
विधिको शासनको कुरा गर्ने एमालेले लुम्बिनी प्रदेशमा आफ्नै संसदीय दलको नेतालाई मुख्यमन्त्री नबनाई उपनेतालाई मुख्यमन्त्री बनाएको बताउँदै उनले अहिले पनि एमालेभित्रै धेरै नेताहरु पीडित रहेको बताए । कांग्रेसमा पनि त्यस्तै भएको बताउँदै उनले विगतमा राजासंग घाटी जोडने, पार्टी निर्माण नगर्नेहरु नै नेतृत्वमा रहेकाले दुबै पार्टीभित्र नेताहरु पीडित बनेको बताए । प्रचण्ड नेतृत्वको सरकारले कहिले एमाले त कहिले कांग्रेसले समर्थन गर्ने र समर्थन फिर्ता लिने कामले प्रधानमन्त्रीले पाँच पाँच पटक विश्वासको मत लिनु पर्यो । तर आज त्यही कांग्रेस र एमालेले राजनीतिक स्थिरता भएन भन्नु कतिको जायज हो भन्दै उनले प्रश्न उठाए । कांग्रेस एमालेकै कारण मुलुक भ्रष्टमा नंं. १ भएको टिप्पणी गर्दै निजि कम्पनी नाफामा हुने तर सरकारकी संस्थानहरु किन घाटा व्यहोर्नुपरेको भन्दै उनले यिनीहरुले नै लुटेर खाएको आरोप लगाए ।
नेपालको उधोगधन्दा धवस्त बनाउँने, हरेक काण्डमा कांग्रेस र एमालेकै नेताको संलग्नता हुने गरेको बताउँदै उनले सबै भ्रष्टहरुलाई जेल नपठाए सम्म मुलुक समृद्ध हुन नसक्ने टिप्पणी गरे । मुलुकलाई समृद्ध बनाउँनका लागि सबै भ्रष्टहरुलाई जनकारवाही हुन आवश्यक रहेको उनले बताए । तर भ्रष्टलाई कारवाही गर्ने निकाय पनि यिनीहरुकै पिछलगु बनेको र त्यही भ्रष्ट नेताको ईशारामा नाचिरहेको साहले बताए ।
‘सरकारको मनपरी कर हटाउन र बैंकले लिएको मनोमानी ब्याज फिर्ता गराउन’ संघर्ष गर्ने संकल्प सहित भएको सो राष्ट्रिय भेलामा बिभिन्न पार्टी परित्याग गरी नेताहरु आजपामा प्रवेश गरे । रौतहट ग्रान्डी अस्पतालका निर्देशक डा. संजिवकुमार जयसवाल, माओवादी केन्द्र निकटको प्रेस सेन्टर बागमती प्रदेशका उपाध्यक्ष मोहनजंग कार्की सहित दर्जर्नौ व्यक्त आजपामा प्रवेश गरेका छन् । सो भेलाबाट साजनकुमार जैसवालको अध्यक्षतामा १०१ सदस्यीय आम उधोग बाणिज्य संघको केन्द्रीय कमिटी गठन भएको छ ।
कमिटीको उपाध्यक्षमा धिरजकुमार साह, सोना सिलवाल, अमित कुमार साह, महासचिवमा पवन कुमार, सचिवमा अमित सर्राफ, मन्नु राजन, कोषाध्यक्षमा संजीव जयसवाल रहेको आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् । यसैगरी सदस्यहरुमा पवन जयसवाल, धिरज जयसवाल, चुनुलाल जयसवाल, उपेन्द्र साह, अनिलकुमार साह, दिपककुमार साह, अमित रौनियार, नितिसकुमार जयसवाल, निशा कुमारी लगायतका रहेका छन् ।न्युज कारखाना