नवलपरासी पूर्व । नवलपरासी पूर्वको देवचुली नगरपालिका-२ हमालचोकबाट अवैध लागूऔषध गाँजा ७ सय ६९ किलो ३१ ग्राम सहित एनएल ०१ ५५४४ नम्बरको कन्टेनरका चालक चितवन राप्ती नगरपालिका-२ बस्ने २३ वर्षीय मदन लामालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरीले एनएल ०१ ५५४४ नम्बरको कन्टेनर र सोही कन्टेनरलाई स्कट गर्दै आइरहेको बाग्मती प्रदेश ०१-०२६-च ५१५९ नम्बरको कारलाई आइतबार दिउँसो नियन्त्रणमा लिएको थियो । थप अनुसन्धानको क्रममा सोमबार दिउँसो ट्रकको सामान राख्ने स्थान र क्याबिनको बिच भागमा फल्सबटन बनाई कन्टेनरको भित्ता जस्तै गरी वेल्डिङ गरेको भागलाई काटी हेर्दा प्लाष्टिकले बेरी राखेको २४ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी कन्टेनरका चालक लामालाई पक्राउ गरेको हो ।
प्रहरीले हाल फरार कार चालकको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।न्युन कारखाना
सर्लाही । सर्लाहीको चन्द्रपुर गाउँपालिका-१ रतनपुर बस्ने पूर्व भूमिसुधार राज्यमन्त्री ८१ वर्षीय रामचन्द्र राय यादवको हत्यामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कबिलासी नगरपालिका-३ घर भई चन्द्रपुर गाउँपालिका-१ रतनपुर बस्ने २५ वर्षीय राम उजैन राय र ४६ वर्षीय बिरेन्द्र राय रहेका छन् ।
रामचन्द्र राय गत साउन ७ गते आफ्नै घर (फार्म हाउस) को सुत्ने कोठामा धारिलो हतियार प्रहारबाट मृत्यु भएको अवस्थामा फेला परेका थिए । केन्द्रीय अनुसन्धान ब्यूरो, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर समेतबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालत सर्लाहीबाट ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा १० दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । न्युन कारखाना
विराटनगर । नेपाली कांग्रेसलाई कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्री छान्न सकस परेको छ ।
आकांक्षी धेरै भएपछि काँग्रेसले मन्त्री छनौटको मापदण्ड बनाएको छ । विराटनगरमा बसेको कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम छान्न नसकेपछि जातीयता, लैङ्गिकता, भौगोलिकता र कार्यक्षमताका आधारमा मन्त्री छान्न केन्द्रलाई सिफारिस गरेको छ ।
चार मन्त्री र २ राज्यमन्त्री भागमा पाएको कांग्रेसबाट प्रदेशसभामा रहेका २९ मध्ये पुर्व मुख्यमन्त्री उद्धव थापा र केदार कार्की बाहेक सबै सांसदले मन्त्री बन्ने आकांक्षा देखाएपछि काँग्रेसमा सकस बढेको हो ।
केन्द्रमा भने सभापति शेरबहादुर देउवाले आफु पक्षले २ शेखर कोइराला र कृष्ण सिटौला पक्षलाई एक एक मन्त्री दिने तयारी गरेको कांग्रेस वृतमा चर्चा छ ।
मुख्यमन्त्रीमा भने कांग्रेस र एमालेबीच केन्द्रको मोडलमै सहमति भएको छ । जस अनुसार केपी ओली प्रधानमन्त्री रहेसम्म कोशीको नेतृत्व एमालेले नै गर्ने छ भने शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि कोशीमा कांग्रेसको मुख्यमन्त्री बन्ने छन् । न्युन कारखाना
काठमाडौँ । आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य घटेको छ ।
मंगलबार सुन तोलाको एक सयले घटेर एक लाख ४६ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि सोमबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार एक सय रहेको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । चाँदी आज प्रतितोला १० रुपियाँ घटेर तोलाको १७४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युन कारखाना
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज प्रदेशसभामा विश्वासका मत लिँदै छन् । विश्वासको मत प्रयोजनका लागि आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।
मुख्यमन्त्री भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार लामाले आज विश्वासको मत लिन लागेका हुन् । नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका लामा यही साउन ८ गते कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ११० सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५६ सांसदको समर्थन आवश्यक पर्नेमा लामा स्पष्ट बहुमतमा रहेका छन् ।
यस बाहेक बागमतीमा माओवादी केन्द्रको २१, सभामुखसहित राप्रपाको १३, एकीकृत समाजवादीको सात, नेपाल मजदुर किसान पार्टीको ३-३ र हाम्रो नेपाली पार्टीका २ दुई सांसद छन् ।न्युन कारखाना
साेकाे मध्यनजर गरि एक पालिका एक हुलाक स्थापना कार्यक्रम अन्तर्गत कार्यालय स्थापना गरिएको हाे ।
हुलाककाे कार्यालय जिल्लामा ७ वटा स्थानिय तहमा नरहेको अवस्थामा साेमबार गुजरा नगरपालिकामा स्थापना गरिएको हाे ।
पालैपालो कार्यालय नरहेकाे पालिकामा स्थापना गरिदैजाने जनाइएको छ ।
साे नगरपालिकाका नगर प्रमुख सन्तलाल चाैधरीले एक कार्यक्रमका बिच उदघाटन गर्नु भएको हाे ।
साे अवसरमा उपप्रमुख रत्ना लामा ,प्रमुख प्रशासकीय अधिकृत राजकुमार अधिकारी, जिल्ला हुलाक अधिकृत लगायत अन्य जनप्रतिनिधी तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।काठमाडौँ । फ्रान्सका फुटबल सुपरस्टार किलीयन एमबाप्पे क्लबका मालिक बन्ने तयारीमा रहेका छन् । मिडिया रिपोर्टका अनुसार एम्बाप्पेले फ्रान्सको दोस्रो डिभिजन क्लब केनको बहुमत शेयर किन्ने तयारी गरेका हुन् ।
फ्रेन्च क्लब पिएसजी छोडेर स्पेनिस महारथी रियल म्याड्रिड पुगेका २५ बर्षिय एम्बाप्पेले अमेरिकी लगानीकर्ता ओक्ट्रीबाट नर्मन्डी आउटफिटमा ८० प्रतिशत सेयर किन्न २० मिलियन युरो खर्च गर्ने बताइएको छ ।
एम्बाप्पे आफ्नो क्यारियरको शुरुवातमा मोनाको क्लबमा हस्ताक्षर गर्नु अघि किशोरावस्थामा केनसँग लगभग आवद्ध भएका थिए ।
केन गत सिजन लिग २ मा छैटौं स्थानमा रहेको थियो । यस क्लबका पुर्व खेलाडीमा एम्बाप्पेकै सहकर्मी एनगोलो कान्टे र पूर्वखेलाडी डिफेन्डर विलियम गालास जस्ता खेलाडी रहेका छन् ।
सन् १९१३ मा स्थापित केन क्लब दुई पटकको लिग २ च्याम्पियन समेत बनेको छ ।न्युन कारखाना
काठमाडौँ । गत वर्षको सुपरहिट फिल्म ‘परदेशी २’बाट अभिनेताको रुपमा डेब्यु गरेका चर्चित गायक प्रकाश सपूतले आफ्नो दोस्रो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को छायांकन सकाएका छन् ।
ओखलढुङ्गाको रुम्जाटार क्षेत्रमा ३६ दिन र काठमाडौंमा ४ दिन गरी ४० दिनमा फिल्म ‘प्याकअप’ भएको हो । अब पोस्ट प्रोडक्सनको काम सुरु गरेर अर्को वर्षभित्र रिलिज गरिने निर्माता विनोद पौडेलले बताए ।
यो फिल्ममा प्रकाशसँगै माओत्से गुरुङ, देशभक्त खनाल, अञ्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, विजय बराल, भोलाराज सापकोटा, विनोद न्यौपाने, जान्भि पौडेल, स्वायम् केसी आदिको अभिनय रहेको छ ।
फिल्मलाई सरोज पौडेलले निर्देशन गरेका हुन् । निर्देशक पौडेल स्वयंको कथा रहेको फिल्ममा महेश दवाडीको पटकथा र संवाद लेखन छ ।
नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दै आइरहेको कम्पनी सेभेन सिज इन्टरटन्मेन्टको निर्माण रहेको फिल्मको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी तथा कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन् । यसले गन्धर्व परिवारको कथा उठाएको छ । न्युन कारखाना
काठमाडौं । कथाकार गोपी मैनालीको कथा संग्रह विशृंखलित सपना लोकार्पित भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले साहित्यकार एवं प्रशासकको बाक्लो उपस्थिति रहेको कार्यक्रममा शनिबार विशृंखलित सपना लोकार्पण गरेका हुन्।
प्राज्ञ काइँलाले कथाकारबाट विशृंखलित सपनामा समाजका विषयबस्तुलाई सरल ढंगबाट प्रस्तुत गरेको बताउँदै आउँदा दिनमा अझै गहकिला कथा प्राप्त होस भन्ने शुभकामना दिए। गुरुप्रसाद मैनालीपछि अर्को मैनालीले सोही स्तरको कथा पस्किएकोमा उनले खुसी व्यक्त गरे।
समालोचक प्रा. डा. लेखप्रसाद निरौलाले कृतिमाथि समीक्षा गर्दै शब्द, संरचना, प्रस्तुति र कथाबस्तुका आधारमा मैलालीका कथा उच्च कोटिको भएको बताए। प्रत्येक कथा मानवीय संवेदना र अनुभूतिको विशिष्ट प्रस्तुति रहेको उनको भनाइ छ। मैनालीको समालोचनाको कृति समीक्षा गरेको प्रसंग उल्लेख गर्दै उनका अभिव्यक्ति परिस्कृत घनत्वतर्फ रहेको उनको बुझाइ छ। 
अर्का समीक्षक अनिता कोइरालाले कथा मानवीय संवदना, मनोविज्ञान, सामाजिक परिवेश, माया, बात्सल्यका आधारमा निकै उच्च श्रेणीको भएको विचार व्यक्त गरिन्।
पूर्वमहालेखा परीक्षक टंकमणि शर्माले इमान्दारी र सदाचारका उदाहरणीय पूर्वप्रशासककाट मैनालीबाट यति राम्रा कथा सिर्जना भएकोमा बधाइ दिँदै सबै पूर्वप्रशासकलाई आफूले भोगे-देखेको कुरा लेखेर राष्ट्रसेवा गर्न अनुरोध गरे।
वरिष्ठ कथाकार विजय चालिसेले आफू मैनालीका सबै विधाका सबै रचनाको पाठक भएको बताउँदै उनका प्रस्तुतिमा नवीनता र विशिष्ट अभिव्यक्ति रहने उल्लेख गरे। मैनालीका कथामा पनि उनको निबन्धकीय व्यक्तित्वको छाप रहेको प्रसंग उनले कोट्याए।
प्राज्ञ दिनेशराज पन्तले पनि मैनालीका कथा प्रवृत्तिका विविध कोणबाट प्रकाश पार्दै गुरुप्रसाद मैनालीपछि अर्का जाजल्व कथा प्रतिभा पाएको उल्लेख गरे।
नायक सरोज खानालले राम्रा कथा लेखेर चलचित्र र नाटकको स्तर उकास्न मैनालीजस्तै अरुले पनि योगदन दिनुपर्ने आवश्यकता औंल्याए।
सुरभि साहित्य प्रतिष्ठानका संरक्षक वेदमणि घिमिरे, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, अन्तराष्ट्रिय नेपाली साहित्य समाजका तर्फबाट राजेन्द्र केसीले कथाकार मैनालीले समाजमा रहेका पात्रलाई उठाएर आफ्नै समय, समाज र पात्रको अनुभूतिमा कथा लेखेको उल्लेख गरेका थिए।
लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनालीले आफ्नो परिवारका विषयमा बोल्न असजिलो हुने भए पनि दार्शनिक र साहित्यिक सन्दर्भ उल्लेख गरे। सुरभि साहित्य प्रतिगठानका अध्यक्ष वरिष्ठ आख्यानकार बाजुराम पौडेलले मन्तव्य दिँदै नेपाली निबन्धमा लक्ष्मीप्रसाद देवकोटा र शंकर लामिछानेपछि शीर्ष स्थान लिएका मैनालीले कथा क्षेत्रमा पनि अलग्गै पहिचान दिएको बताए। 
कार्यक्रममा संवैधानिक निकायका पूर्वप्रमुखहरू, पूर्वगभर्नरहरू, पूर्वप्रहरी प्रमुखहरू, समाजसेवी, चालीस दशकदेखि साहित्यमा कलम चलाउने पुरानो पुस्ता र नवीन पुस्ताका सर्जक, साहित्यानुरागीलगायतको उपस्थिति थियो।न्युन कारखाना