२०८३ असार ४
२०८३ असार ४

काठमाडौं, ७ भदौ ।

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले लाबरा (झुठो बोल्ने)को सारदार नै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली भएको टिप्पणी गरेका छन् । आजपा काठमाडौं उपत्यका विशेष कमिटीको आज काठमाडौंको कोटेश्वरमा बसेको बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले पार्टीले विगतमा नै कारवाही गरि निकालिसकेका व्यक्तिलाई हुदैनभएको पद भन्दै पार्टी प्रवेश गराएर झुठ र भ्रमपूर्ण कुरा गर्दै प्रचार गरिरहेको बताए ।

‘प्रधानमन्त्री र एमालेका अध्यक्ष केपी शर्मा ओलीजी भनेको लाबराहरुको सारदार हो । झुठो कुरा गर्ने, अपवाह फैलाउने, हुदै नभएको पदमा रहेको भन्दै विगतमै पार्टीले कारवाही गरिसकेकालाई पार्टी प्रवेश गर्दै भ्रमपूर्ण र झुठको प्रचारमा गर्दैछन,’ आजपा अध्यक्ष साहले भने, ‘पार्टीको विधान, नीति, कार्यक्रम बिरुद्ध लाग्ने, ठगी आरोपमा आजपाले निष्कासित गरेकालाई हुदैनभएको पदमा रहेको भन्दै पार्टी प्रवेश गराएर हल्लाफिजाउने कामले देशको कल्याण हुदैन् ।’

राष्ट्रियता, लोकतन्त्र र मुलुकको अर्थतन्त्र जोगाउँनका लागि सडक संघर्षको बिकल्प नभएको बताउदै उनले मुलकलाई ध्वस्त बनाउनेका बिरुद्धमा हुने आन्दोलनमा सहभागिताका लागि तयार रहन आह्वान समेत गरे । ‘अहिले राष्ट्रियता, लोकतन्त्र र मुलुकको अर्थतन्त्र खतरामा छ । मुलुकलाई ध्वस्त बनाउँदै आफ्नो स्वार्थ सिद्ध गर्न खोज्नेका बिरुद्धमा सडक संघको बिकल्प छैन् । मुलुकलाई बरबाद बनाउने,

ध्वस्त बनाउनेका बिरुद्धमा सडक आन्दोलनमा सहभागिताका लागि म सबैमा हार्दिक आह्वान गर्दछु,’ आजपा अध्यक्ष साहले भने । आजपा काठमाडौं उपत्यका विशेष कमिटीका इन्चार्ज त्रिभुवन साहको अध्यक्षतामा सम्पन्न सो बैठकमा पार्टीका सहअध्यक्ष तिलक थापामगर,

उमेश कुशवाहा, धनकुमारी मगर, देवेन्द्र ठाकुर, पशाङ तामाङ, रामकेवल गुप्ता, अमर लिम्बु, रञ्जु साह, सुरेश साह, आर्या पाण्डे, देवेन्द्र ठाकु्र, निरन्जन पौडेल, राम बिष्ट लगायतको विशेष सहभागिता रहेको थियो ।

आरके श्रीवास्तव,राैतहट,०८ गते भदौ । 

रौतहटकाे फतुवा बिजयपुर नगरपालिकाले नगरवासीको घरेलु विद्युत महसुल भुक्तानीका लागि चालु आर्थिक वर्ष २०८२/८३ मा २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

नगरपालिकाले अघिल्लो वर्ष १ करोड ५० लाख रुपैयाँ छुट्याएकोमा यस वर्षको कार्यपालिकाको निर्णयबाट उक्त रकम बढाइएको हो । प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवका अनुसार नगर कार्यपालिका बोर्डबाट निर्णय भई विद्युत महसुल तिर्ने खर्चका लागि २ करोड रुपैयाँ छुट्याइएको हो ।

“नगरपालिकाले सामाजिक न्याय र सेवा प्रवाहलाई प्राथमिकता दिँदै सबै घरपरिवारलाई राहत मिलोस् भन्ने उद्देश्यले यो योजना अघि बढाइएको हो,” यादवले जानकारी दिए ।

कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले विद्युत महसुलको बोझ सर्वसाधारणका लागि ठूलो रहेको उल्लेख गर्दै भनिन्, “विद्युत नहुँदा जनताको दैनिकी प्रभावित हुन्छ, त्यसैले नगरपालिकाले सबै घरको महसुल आफैँ तिर्ने निर्णय गरेको हो ।

यसले आर्थिक रूपमा कमजोर वर्गलाई ठूलो राहत मिल्नेछ।” यसैबीच प्रदेशसभा सदस्यका प्रत्यासी महमद सेराजले यस कार्यको प्रशंसा गर्दै जनताको हितमा गरिएको निर्णय भन्दै समर्थन जनाए । उनले भने, “फतुवा बिजयपुर नगरपालिकाले देखाएको यो अग्रसरता सबै स्थानीय तहका लागि उदाहरणीय छ ।

विकासका नाममा ठूलाठूला योजना मात्र होइन, जनताको जीवनसँग जोडिएका यस्ता कार्यहरू नै साँचो विकास हुन्।” नगरपालिकाको यो निर्णयले स्थानीय जनतामा उत्साह थपेको छ । नगरवासीहरू यो निर्णयलाई जनमुखी र व्यवहारिक भन्दै स्वागत गरिरहेका छन् ।

राकेश यादव,राैतहट, भदौ ०८ गते ।

रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ९ गौर सिर्सिया सडक खण्ड अन्तर्गत मुडवालबा मोड नजिक सुट केश भित्र बाट एक महिलाको शब बरामद भएको छ। हत्या गरि सुट केश भित्र बन्द गरि शनिवार राती करिब ८ बजेको समयमा सडकको पछिम किनारमा फालिएको सुट केश भित्र बाट शब फेला परेको हो। डोरीले बेरिएको सुटकेश लबारिश अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए।

सुचना पछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएका टोलीले सुट केश भित्र शब रहेको थाहा पाएपछी घटना स्थल रात भरि घेरा हालेर सुरक्षा प्रदान गरेकोमा आइतवार बिहान सुट केश खोल्दा बिबाहित महिलाको शब भेटिएको प्रहरीले जनाएको छ। रौतहट जिल्लामा यस्तो अवस्थामा शब भेटिएको यो पहिलो घटना रहेकोले स्थानीयहरू चकित देखिएका छन्।

गुलाबी रंगको कुर्ता सुरुवाल लगाएकी महिलाको उमेर करिब ३५ वर्षको रहेको अनुमान गरिएको छ। सुट केश भित्र राखिएको महिलाको टाउकोमा गहिरो चोट देखिएको घटना स्थलमा पुगेका प्रहरी अधिकारीले जनाएको छ। केहि कागजात पनि भेटिएको छ भने महिलाको सुरुवालको खल्ती बाट केहि नगद रुपैया पनि भेटिएको प्रहरीले जनाएको छ।

बेवारिश अवस्थामा भेटिएको महिलाको शब पोस्ट मार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भै रहेको नायव प्रहरी उपरिक्षक राजु कार्कीले जनाएका छन्।

आरके श्रीवास्तव,राैतहट,०८ गते भदौ । 

नेपाल उखु उत्पादक महासंघ र रौतहट जिल्लाका उखु किसानहरूले ७० रुपैयाँ प्रति क्विण्टल अनुदान रकमको भुक्तानीको लागि काठमाडौंको माईतीघर मण्डला क्षेत्रमा धर्ना र विरोध प्रदर्शन कार्यक्रम आयोजना गरेका छन् । यस आन्दोलनमा सहभागी हुन उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवकाे नेतृत्वमा किसानहरू काठमाडौं पुगिसकेका छन् ।

नेपाल सरकारसँग उखु किसानको हकमा परेको आर्थिक अन्यायको समाधान गर्ने उदेश्यले आन्दोलन हुन गईरहेकाे छ । रौतहट उखु उत्पादक संघको सक्रियता रौतहट जिल्ला, विशेष गरी गरूडा नगरपालिका, उखु उत्पादनको मुख्य क्षेत्र हो । यहाँका किसानहरू आफ्नो दैनिक जीवनमा उखु खेतीमा निर्भर छन् । यसका बाबजुद, सरकारबाट दिइने अनुदान रकमको अविलम्ब भुक्तानी नहुँदा किसानहरू संकटमा परेका छन् ।

रौतहटका उखु उत्पादक संघका अध्यक्ष अशोक यादवले सरकारसँग अनुदानको रकम छिटो भुक्तानी गर्ने माग गरेका छन्। अध्यक्ष यादवका अनुसार, “उखु किसानहरूको मेहनत र समयको मूल्य अनदेखा गर्दै सरकारले अनुदानको रकमको भुक्तानीमा ढिलाइ गरिरहेको छ । यसका कारण किसानहरू अत्यन्तै समस्यामा परेका छन् ।

हामी नेपाल सरकारसँग आग्रह गर्छौं कि यो रकम तत्काल भुक्तानी गरियोस्।” आन्दोलनमा रौतहटका अन्य नेताहरूको समर्थन रौतहटबाट काठमाडौंतर्फ सहभागी हुने किसानहरूको टोलीमा गरूडा नगरपालिकाका मेयर प्रत्याशी ब्रिजकिशोर यादव लगायत अन्य स्थानिय नेताहरू पनि सामेल छन् । यस आन्दोलनको समर्थन गर्दै मेयर प्रत्याशी ब्रिजकिशोर यादवले भने, “यो आन्दोलन किसानहरूको हकमा हो। हामी सबै मिलेर यस आन्दोलनको समर्थन गर्दै सरकारसँग माग राख्न गएका हौं।”

नेपाल सरकारसँग माग गरिएको ७० रुपैयाँ प्रति क्विण्टल अनुदान रकमको भुक्तानी तत्काल गर्नु हो, जसले उखु किसानहरूको आर्थिक स्थिति सुधार्न मद्दत पुर्याउँछ। आन्दोलनकारीहरूले यहि मागका साथ माईतीघर मण्डला क्षेत्रमा आवाज उठाएका छन् ।  यो आन्दोलन एक सप्ताहसम्म जारी रहने छ, र सरकारलाई आवश्यक कदम चाल्न आग्रह गर्नका लागि किसानहरू कडा संघर्ष गर्दैछन्।

काठमाडौः

राष्ट्रिय पारा पौडी संघ नेपालको आयोजना पारा पौडी खेलाडीहरुलाई तालिम संचालन भएको छ । जापानबाट स्पोट्र्स फर टुमारो का प्रशिक्षकद्धय  मासातो सकाई,  यामानो र नेपाली प्रशिक्षक हरुले पारा खेलाडीहरुलाई प्रशिक्षण दिएका छन् । भदौ ०६ गते देखि १० गते सम्म संचालन हुने उक्त प्रशिक्षणमा सहभागी हुन पाएकोमा पारा खेलाडीहरुले खुसी व्यक्त गरेका छन् । नेपालमा नै अन्तर्राष्ट्रिय प्रशिक्षकहरुबाट प्रशिक्षण लिन पाउनु एउटा सुनौलो अवसर भएको एक प्रशिक्षार्थीले बताए ।

 


यस प्रशिक्षणले पारा पौडी खेलाडीहरुलाई उर्जा दिनुको साथै उनीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने पारा पौडी प्रतियोगितामा प्रतिष्पर्धा गर्न सहज हुने र यो प्रशिक्षणले उक्त प्रतियोगितामा आफ्‌ना खेलाडीहरुले राम्रो नतिजा ल्याउने विश्वास लिएको संस्थाका अध्यक्ष सरोज श्रेष्ठले बताए । जापानबाट आएका प्रशिक्षकहरु  मासातो सकाई र  यामानो तथा उनको समुहलाई नेपालको पर्यटकीय क्षेत्र, धार्मिक क्षेत्र, ऐतिहासिक क्षेत्र, विश्व सम्पदा सूचिमा सुचिकृत स्थलहरुको भ्रमण गराइने पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए ।


जापानबाट आएका प्रशिक्षक सहितको प्रतिनिधिमण्डलले राष्ट्रिय प्यारालिम्पिक समिति कि अध्यक्ष राधा घलेसँग सौहाद्रपूर्ण भेटघाट गरेको छ । यो भेटले खेलकुदको माध्यमबाट उज्ज्वल भविष्य सिर्जना गर्न द्धिपक्षीय सहकार्य हुने अध्यक्ष राधा घललेले बताइन् ।

 

नेपालमा अपांगता भएका व्यक्तिहरुको पारा पौडी खेलको विकास र विस्तार गर्ने तथा अन्तर्राष्ट्रिय स्तरमा खेलकुद प्रतियोगिता हुने अवसरहरुको खोजी गरी सवै प्रकारका आपङ्गता भएका खेलाडीहरु जस्तैः एम्पुटिज, दृष्टिविहीन, शाररीक तथा बहुअपाङ्गता भएका खेलाडीहरु समेतको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन र सहभागिता गरी राष्ट्रको गौरव बढाउने उदेश्यले “राष्ट्रिय पारा पौडी संघ नेपाल” नामक गैर सरकारी संस्था जिल्ला प्रशासन कार्यालय काठमाण्डौ तथा  राष्ट्रिय खेलकुद परिषद्मा पनि दर्ता भएको संस्था हो ।

 बज्जिकाञ्चल संवाददाता,गाैर,०७ गते भदौ । 

रौतहटकाे गौर नगरपालिका–५ स्थित बीपी चौकमा आजदेखि सर्वसाधारणका लागि निशुल्क योग शिविरको संचालन सुरु गरिएको छ । व्यक्तिगत व्यवस्थापन, साधन–स्रोत तथा आर्थिक सहयोगमा संचालन गरिएको उक्त शिविर स्थानीय निजी भवनमा सुरु गरिएको हो । शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिन सबैलाई हार्दिक अनुरोध गर्दै आयोजकले जनस्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेका छन् । “योग गरौं, निरोग रहौं” भन्ने मूल मन्त्रका साथ सुरु गरिएको शिविरलाई गौर नगरपालिकाको सहकार्यमा प्रत्येक वडामा विस्तार गर्ने योजना रहेको गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले जानकारी दिएका छन् । नगरप्रमुख साहका अनुसार, “शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउन योग एक प्रभावकारी अभ्यास हो। यसलाई समुदायमै पुर्याउने लक्ष्यका साथ हामीले प्रत्येक वडामा शिविर विस्तार गर्ने योजना बनाएका छौं।” स्थानीय बासिन्दाहरूले समेत योग शिविरको सराहना गर्दै यसको नियमितता र निरन्तरताको लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

 बज्जिकाञ्चल संवाददाता,राैतहट,०६ गते भदौ ।

मधेश प्रदेश प्रहरी तालिम केन्द्र राजबिराजको नव निर्मित आन्तरीक प्रशिक्षण भवनको समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मधेश प्रदेश सरकारका प्रवक्ता समेत रहनु भएका गृह,सञ्चार तथा कानुन मन्त्री माननीय राजकुमार लेखी ज्यूले उक्त कुरा बताउनु भएको हो। समुदघाटन कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका गृह मन्त्री लेखी ज्यूले”राज्यको चौथो अंगको रुपमा रहेको प्रेस जगतमा हिजो आज बिकृती बिसंगती बढिरहेको छ,सामाजिक संजालमा लाइक र भ्यूजको लागि तथ्यहिन,आधारहिन र भ्रामक समाचार हरु सम्प्रेषण गर्ने प्रवित्ती बढिरहेको हुदा संचार क्षेत्रलाई ब्यबस्थित र मर्यादित बनाउन छिट्टै संचार नियमन ऐन ल्याउने तयारी गरिरहेको ” कुरा बताउनु भएको हो।

प्रदेश प्रहरी तालिम केन्द्र राजबिराजको मधेश प्रदेश सरकारको ३ करोड १८ लाख ५० हजार ८४६ को लागतमा २०० जना प्रशिक्षार्थी हरु एक साथ प्रशिक्षणमा सहभागी हुन सक्ने क्षमता को ४ वटा कोठा सहित २ वटा भवन र तालिम केन्द्रको बाउण्ड्री बाल निर्माण सम्पन्न भएको हो।

काठमाडौं- 

मधेस प्रदेश सरकारले सात वर्ष अगाडि सञ्चालनमा ल्याएको  ‘बेटी पढाउ बेटी बचाउ’ योजनाअन्तर्गतको छोरी शिक्षा बीमा कार्यक्रम स्थगित भएको छ ।

मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा छोरी शिक्षा बिमाको लागि बजेट विनियोजन नगरेको शिक्षा विकास निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका छोरी शिक्षा बीमा कार्यक्रमका संयोजक प्रियङ्का यादवले बजेट अभावमा सो कार्यक्रम हाल स्थगित भएको बताईन् । निर्देशनालयबाट प्राप्त विवरणअनुसार छोरी शिक्षा बीमा कार्यक्रमअन्तर्गत हालसम्म १४ हजार ४५३ जना छोरीको बीमा गरिएको जानकारी दिइएको छ ।

कार्यक्रम संयोजक यादवका अनुसार आव २०७५/७६ मा पाँच हजार ६६६ जना, आव २०७८/७९ मा एक हजार ७०२, आव २०७९/८० मा तीन हजार ३०२ जना, आव २०८०/८१ मा तीन हजार ७८३ जना छोरीको बिमा गरिएको थियो ।

हाल १० हजार छोरीको बीमाको प्रिमियम तिर्न बाँकी छ । कार्यक्रमअन्तर्गत एक जनाको बिमा गर्दा रु ३७ हजार चार सय ५७ रुपैयाँ ३७ पैसा प्रिमियम तिर्नुपर्छ । सौभार आजको अर्थ

काठमाडौं ।

सर्वोच्च अदालतले २०६३ सालमा तत्कालीन माओवादी र मधेशी जनअधिकार फोरमबीच भएको झडप र २७ माओवादी कार्यकर्ता मारिएको गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको छ ।

त्रिभुवन साहले दायर गरेको रिटमाथि सोमवार सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले सरकारी वकिलको कार्यालय रौतहट र जिप्रका रौतहटका नाममा सो आदेश दिएको हो ।

तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष समेत रहेका हाल जसपा अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवमाथि समेत अनुसन्धान माग गर्दै माओवादी कार्यकर्ता साहले रिट दायर गरेका थिए । प्रभु साहसमेतले गौर हत्याकाण्ड उपेन्द्र यादवले गराएको आरोप लगाउँदै आएका छन् ।

तत्कालीन मधेशी जनअधिकार फोरम र नेकपा माओवादीका कार्यकर्ताबीचको विवादले उग्ररुप लिँदा २०६३ चैत ७ गते रौतहटको गौरमा २७ जनाको हत्या भएको थियो ।

राजनीतिमा ‘गौर नरसंहार’ को रुपमा चर्चित यो घटनाका दोषीहरुलाई अहिलेसम्म सरकारले कारबाही गर्न सकेको छैन । मंगलबार गौर हत्याकाण्डका पीडितद्वारा गठित संघर्ष समिति र गृह मन्त्रालयबीच ५ बुँदे सहमति भएको थियो । सो घटनामा माओवादीको भ्रातृ संगठन वाईसीएलका २७ जनाको हत्या भएको थियो । nepal press

चन्दन यादव, राैतहट, ०२ गते भदौ ।

मावि भसेढवामा अंग्रेजी शिक्षक कपिलदेव यादवलाई प्रधानाध्यापक राममंगल यादवले भव्य स्वागतका साथ हाजिर गराएका हुन् । श्री जनता माध्यमिक विद्यालय कटहरियामा कार्यरत अंग्रेजी शिक्षक यादव आजदेखि भसेढवा माध्यमिक विद्यालयमा हाजिर हुनुभएको छ।

विद्यालयका प्रधानाध्यापक यादवले खादा-माला लगाएर उहाँलाई स्वागत गर्दै कार्यभार सम्हाल्न लगाउनु भएकाे हाे । प्रधानाध्यापक यादव अब केही महिनामा अवकाशप्राप्त हुन् लाग्दा शिक्षक यादवलाई हाजिर गराएका हुन् । प्रधानाध्यापक यादव अवकाशप्राप्त नहुन्जेलसम्म शिक्षक यादवलाई शिकक्षकाे रुपमा गराएका हुन् ।

यस अवसरमा कटहरिया बहुमुखी क्याम्पसका प्रमुख गजेन्द्र प्रसाद यादव, कटहरिया बहुमुखी क्याम्पसका लेखा प्रमुख रामनिवाश प्रसाद यादव लगायतका समाजसेवीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी भएका नेकपा माओवादी वडा कमिटीका अध्यक्ष प्रेम शंकर प्रसाद यादवले नयाँ शिक्षकले विद्यालयको शैक्षिक गुणस्तरमा थप योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै, युवा समाजसेवी दिपेन्द्र कुमार दास र महिला किसान बहुउद्देश्य सहकारी संस्थाका साखा प्रबन्धक नायक बिवेकले पनि शिक्षक यादवलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरका थिए । स्वागत कार्यक्रममा विव्यस का सदस्य रामकमोध यादव, समाजसेवी रामपुकार प्रसाद यादव र सन्तोष प्रसाद यादव पनि उपस्थिति रहेको थिए ।

यसैगरी, विद्यालयका अंग्रेजी शिक्षक राजु यादव र राजेश यादव लगायत भसेडवा माविका शिक्षकहरूको उपस्थिति रहेको थियो । समेत स्वागत गर्दै सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता जनाए । कटहरिया नगरपालिकाका कार्यपालिका सदस्य मनोज जयसवाल, स्थानीय भद्रभलाद्मी तथा पत्रकारकाे सक्रिय सहभागिता रहेको थियो ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।