२०८३ बैशाख २३
२०८३ बैशाख २३

काठमाडौँ । बंगलादेशको प्रधानमन्त्री शेख हसिनाका छोरा साजिब वाजिब जोयले आफ्नी आमाले आइतबार नै राजीनामा दिने तयारी गरेको बताएका छन् ।

बिबिसीसँग कुरा गर्दै साजिबले केहि मानिसहरुको भिडले आफ्नी आमालाई सत्ताबाट बाहिर पुर्याएको बताउदै अब आफ्नी आमाको राजीनितिक पुनरागमन सम्भव नभएको बताएका छन् ।

उनले भनेका छन्- ‘उनले विगत १५ वर्षमा बंगलादेशलाई परिवर्तन गरिन् । उनी सत्तामा आउदा बंगलादेशलाई एक गरिब देश मानिन्थ्यो तर आज यसलाई एशियाको उदीयमान बाघ मानिन्छ को रूपमा हेरिएको छ ।’

उनले सरकारले विद्यार्थीमाथि दमन गरेको आरोप अस्वीकार गर्दै भने, ‘आइतबार मात्रै १३ जना प्रहरीलाई भीडले कुटेर मारेको छ, यस्तो अवस्थामा प्रहरीबाट के अपेक्षा गर्ने ?’ साजिबले भने- ‘अब उनकी आमाको राजनीतिक पुनरागमन सम्भव छैन।’

उनले बीबीसीलाई भने, ‘उनी अहिले ७० वर्षको उमेरमा छिन् । उनको कडा परिश्रमको बाबजुद पनि केही मानिसहरूले उनको विरुद्धमा विद्रोह गरे । मलाई लाग्छ उनी कहिल्यै पुनरागमन गर्नेछैनन् ।’

आरक्षण विरोधी आन्दोलन चर्किदै गएपछि प्रदर्शन उग्र हुदा हसिनाले सोमबार पदबाट राजीनामा दिदै देश छोडेर भारत पुगेकी छन् । उनी छिट्टै लन्डन जानसक्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

न्युज कारखाना

२२ साउन, महोत्तरी 

हाम्रो माया घर निर्माणार्थ महोत्तरीको बर्दिवासमा शिव पुराण माहायज्ञको आज देखि कथावाचन प्रारम्भ भएको छ । राधिका दाशीले वाचन गर्ने उक्त माहायज्ञ २९ गतेसम्म जारी रहनेछ ।

सडक मानवरहित उदेश्यले निर्माण गर्न लागिएको भवन निर्माणार्थ आयोजना भएको माहायज्ञवाट झन्डै २ करोड दान संकलन गर्ने आयोजक पक्षले लक्ष्य लिएको छ । माहायज्ञ मुल आयोजक समितिका संयोजक हिरालाल गौतमका अनुसार कथावाचन पारम्भ हुनुभन्दा अगावै दान, सहयोगमा उत्साह देखिएको छ ।

`हामीले सहयोगको आफ्नै मापदण्ड वनाएका छौ । मापदण्डको पोरिफेरिमा रहेर कसैले नगद, कसैले कोठा निर्माण, कसैले इट्टा सहयोगको घोषणा भैइसकेको छ ।´ संयोजक गौतमले भने । `सडक मानव विस्थापनको यो अभियानमा सवैको हातेमालो रहेको छ ।´

सोमवार हजारौं नगरवासीले निकालेको कलशयात्राले प्रतिवद्वताको सन्देश प्रवाह गरेको आयोजकलाई थप उत्साहित वनाएको सचिव चेत कुमार थापाले वताए । झन्डै २३ लाख खर्च हुने अनुमान गरिएको माहायज्ञमा १ लाखभन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ ।

बर्दिवास-२ मा रहेको २ कठ्ठा जगामा निर्माण हुन लागेको भवनको डिपिआर अनुसार लागत ११ करोड लाग्ने वताईएको छ । प्रराम्भिक चरणमा आधारहरु तयार गर्न माहायज्ञ लगाउने निर्णय भएतापनी अब यसपछी भने तिनै तहका सरकारसँग अनुरोध गर्ने संयोजक गौतमले वताए ।न्युज कारखाना

काठमाडौँ । बंगलादेशकी पुर्वप्रधानमन्त्री एवं विपक्षी दलकी नेतृ खालिदा जिया जेलबाट रिहा हुने भएकी छन् ।

बंगलादेशका राष्ट्रपति मोहमद शहबिद्दीनले जेलमा रहेकी खालिदा जियालाई तत्काल रिहा गर्न आदेश दिएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।

७८ बर्षिय जिया सन् २०१८ मा भ्रष्टाचारको मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछि हाल जेलमा रहेकी छन् ।

यसैबीच नोबेल पुरस्कार विजेता मोहमद यूनुसको नेतृत्वमा बंगलादेशमा अन्तरिम सरकार गठनको तयारी शुरु भएको बताइएको छ ।

आरक्षण विरोधी अभियानका संयोजक नाहिद इस्लामले यूनुसको नेतृत्वमा अन्तरिम सरकारको रुपरेखा तयार भइरहेको बताएका छन् । यूनुसले बंगलादेशमा ग्रामिण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान संचलान गरेका कारण २००६ मा नोबेल शान्ती पुरस्कार पाएका थिए ।

सोमबार प्रधानमन्त्रीबाट राजीनामा दिएर भारतको शरणमा रहेकी शेख हसिना भने अहिलेसम्म भारतमै रहेकी छन् भने उनी लन्डन जानसक्ने बताइएको छ । न्युज कारखाना

काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ७३ देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि ४५ देशले स्वर्ण पदक जितेका छन् भने कुल ७३ देशले पदक जितेका छन् ।

जसमा चीन २१ स्वर्ण, १८ रजत र १४ काश्य पदक जितेर शिर्ष स्थानमा रहेको छ भने अमेरिका २० स्वर्ण, ३० रजत र २८ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै आयोजक फ्रान्स १३ स्वर्ण, १६ रजत र १९ काश्य पदकसहित तेस्रो स्थानमा रहेको छ भने अस्ट्रेलिया १३ स्वर्णसहित १२ रजत र ८ काश्य पदक जितेर चौथो स्थानमा रहेको छ ।

त्यसैगरी ग्रेट ब्रिटेन १२ स्वर्ण, १३ रजत र १७ काश्य पदकसहित पाँचौं स्थानमा रहेको छ । त्यस्तै दक्षिण कोरियाले ११ स्वर्ण, ८ रजत र ७ काश्य पदक जितेको छ भने जापानले १० स्वर्णसहित ५ रजत र ११ काश्य पदक जितेको छ ।

त्यसैगरी इटालीले ९ स्वर्ण, १० रजत र ६ काश्य पदक जितेको छ भने नेदरल्याण्डसले ७ स्वर्ण, ५ रजत र ५ काश्य पदक जितेको छ । त्यस्तै जर्मनीले ७ स्वर्ण, ५ रजत र ४ काश्य पदक जितेको छ भने क्यानडाले ५ स्वर्ण, ४ रजत र ८ काश्य पदक जितेको छ ।

त्यसैगरी न्यूजिल्याण्ड, रोमानिया, हंगेरी, स्विडेन र आयरल्याण्डले ३-३ स्वर्ण पदक जितेका छन् भने ब्राजिल, युक्रेन, क्रोसिया, बेल्जियम, हङकङ, अजरबैजान, फिलिपिन्स र सर्बियाले २-२ स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी इजरायल, स्पेन, जर्जिया, स्वीजरल्याण्ड, काजकिस्तान, दक्षिण अफ्रिका, केन्या, डेनमार्क, चाइनिज ताइपेइ, उज्बेकिस्तान, चेक रिपब्लिक, ग्वाटेमाला, अर्जेन्टिना, अल्जेरिया, चिली, डोमिनिक, इक्वेडर,  स्लोभेनिया, सेन्ट लुसिया, नर्वे, र युगाण्डाले एक एक स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा जमैका, मेक्सिको, उत्तर कोरिया, ग्रिस, पोल्याण्ड, कोसोभो, टर्की, अर्मेनिया, कोलोम्बिया, इथोपिया, फिजी,  मंगोलिया, थाइल्याण्ड, ट्युनिसिया, भारत, मोलडोभा, ताजकिस्तान, डोमिनिका अस्ट्रिया, काबो भेर्ड़े, क्युबा, इजिप्ट, ग्रेनाडा, इन्डोनेसिया, लुथियाना, मलेसिया, पोर्चुगल र स्लोभाकिया रहेका छन् ।न्युज कारखाना

काठमाडौँ । काठमाडौँमा जारी काभा महिला नेसन्स भलिबल लिगको सेमिफाइनलका खेल आज हुदै छन् ।

यो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने सेमिफाइनल खेलमा पहिलो खेल अपराहन्न ३ बजे भारत र श्रीलंकाबीच हुदै छ ।

त्यस्तै दोस्रो सेमिफाइनल खेल नेपाल र इरानबीच अपराहन्न ५: १५ बजेदेखि शुरु हुने छ ।

यस अघि समुह चरणको खेलमा भारत १० अंकसहित शिर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ भने नेपाल ९ अंकसहित दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै इरान ७ अंकसहित तेस्रो भएर सेमिफाइनलमा पुगेको छ भने श्रीलंका ४ अंकसहित चौथो हुदै सेमिफाइनल खेल्दै छ ।

त्यस्तै प्रतियोगितामा सहभागी माल्दिभ्स लिग चरणबाट बाहिरिएको थियो ।न्युज कारखाना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।

हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती प्रदेशको केही स्थानहरुमा, गण्डकी प्रदेशको थोरै स्थानहरुमा, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा  गर्जन/चट्याङ्ग हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका धेरै स्थानहरूमा  मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश,  बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राती देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ ।

आजको राशिफल बि.सं.२०८१ साउन २२ गते मंगलबार ई.सं.२०२४ अगस्त ०६ नेपाल सम्बत ११४४ गुंलाथ्व द्धितीया, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण शुक्ल द्धितीया, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, वरियान योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५: २९ बजे, सूर्यास्त साँझ ०६: ४९ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बेलुका १० बजेर २९ मिनेट देखि १२ बजेर ०९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

गोपनीयता कायम राखी काम गर्न सके कार्यक्षेत्रमा प्रशंसा बटुल्न सकिने छ, तर आज घरपरिवार र छोराछोरीलाई समय दिनुपर्ने हुन्छ । व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका निम्ति समय निस्कनेछ । आफ्नो अनुकूलता हेरी सबै कार्य सहज ढंगले गरिँदै जानेछन् । आमा र नातागोताको सम्झना भइरहने समय हो, घरायसी समस्याले पनि बारबार मन बिथोलिन सक्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ रातो-हरियो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ऐं श्रीं श्रीं बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

कारोबारलाई नयाँ गति दिने प्रयत्न हुनेछ । आशाका पछि लाग्नु स्वाभाविक हो, तर पनि आज कसैको आश्वासन वा लोभमा भुलिनु हुँदैन । दाम्पत्यसम्बन्धमा तालमेलको कमी रहने छ, तर घरको वातावरण व्यवस्थित र रमाइलो नै हुनेछ । कुनै गोपनीय कुरा सार्वजनिक हुँदा अप्ठ्यारोमा परिने छ । पारिवारिक समस्याले खिन्न बनाउनेछ, तर आज लापरबाही गर्ने वा भुलिने दिन होइन किनभने आज गरेको मिहिनेतले राम्रो रिजल्ट दिनसक्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमःभद्रकाल्यै यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

उत्कृष्ट खाना, रोमान्टिक पलहरू र इष्टमित्रको साथ नै आजको विशेषता हो भन्दा फरक पर्दैन, व्यक्तित्व विकास र करियर निर्माणको सही समय भएकाले उचित कार्ययोजनाका साथमा अघि बढ्नु जायज हुन्छ । सामाजिक क्षेत्र वा फाल्तु विषयमा केन्द्रित हुँदा कार्यक्षेत्र प्रभावित बन्नसक्छ, तथापि कूटनीतिक बुद्धिको उपयोग गर्दा हाँके÷ताकेका काममा सफल भइने छ । एकआपसका सुखदुःख एवं चाहना बुझी कार्य गर्ने प्रयास गर्नुपर्छ, एकअर्काका त्रुटिप्रति सचेत हुने र माफ गरी अघि बढेमा सम्बन्ध मजबुत हुनेछ । आजका लागि शुभअङ्क ३, शुभ रङ हरियो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ब्रां ब्रीं ब्रौं सः बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

सामान्य भनाभनमा ठूलै झगडापर्ने दिन छ । खासगरी घनिष्ठ साथीभाइ र नातागोताका मानिससित नम्र बोलीको प्रयोग गर्नु राम्रो हुन्छ । सागसब्जी र चिसोजन्य कारोबारीहरूले राम्रो गर्न सक्नुहुन्छ, आम्दानीको पाटो सहज नै देखिन्छ, तर पनि फुइँ लाउने क्रममा मोटै रकम खर्च हुनेछ । एउटा स्मरणीय आनन्द प्राप्त हुने दिन हो, अझ बोली र व्यवहारमा नम्रताको प्रयोग गर्नुहोस्, केही दिनमा नै घरमा नवीन सुखको आभास हुनेछ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो-उज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सिद्धिलक्ष्म्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

लगनशील भई परिश्रम गरेमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ, आजको सानो प्रयासमा भाग्यको समेत साथ पाउनाले राम्रो रिजल्ट आउने छ । आत्मबल बढ्ने छ, नयाँ ज्ञान प्राप्त गर्ने वा विगतको सिकाइ अनुभवको प्रयोग गरी अघि बढ्ने समय हो । धन वा प्रतिष्ठाको बृद्धिका लागि चालेका हरेक प्रयास सफल हुनेछन् । काम जोखिमपूर्ण देखिए पनि कार्यसम्पादनमा सहजता हुनेछ, अझ सिनियर वा अनुभवीको साथ पाउनाले आफ्नो कार्यक्षमता र प्रतिभा तिखार्ने अवसर मिल्नेछ । आजका लागि शुभअङ्क १, शुभ रङ कलेजी र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ह्रां ह्रीं ह्रौं सः सूर्याय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा विषयमा मात्र ध्यान केन्द्रित गर्न सकिंदैन, हेर्दा बाहिरबाट सामान्य झैं देखिनु हुन्छ, तर भित्रबाट मँडारिएको भावनाको बेगलाई कसैले पनि बुझ्न सक्दैनन् । चुनौती र जोखिम झेल्ने समय भएकाले टार्न सकिने ठाउँ छ भने काम स्थगित गरी दिमागी उलझन घटाउनु तथा विश्राम लिनु जाती हुन्छ । जिम्मेबारी बढ्नाले व्यवहारिक काममा खट्नुपर्ने परिस्थिति छ, त्यसैले रामरौस र रोमान्टिक जीवनमा बाधा पुग्नेछ, सकेसम्म आपसी भेटघाट र भलाकुसारीलाई निरन्तरता दिनुहोला । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बुं बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

सरकारी ठेक्कापट्टा, गृहनिर्माण, फर्निचर र साजसज्जाका सामाग्री, बालबालिकाका सरसामाग्री, खानपीनका सुख्खा सामाग्री, गरगहना र सुनको कारोबारमा लाभ पाउन सकिन्छ । चाहेबमोजिम सबै कामहरू सम्पन्न हुनेछन्, पारिवारिक माहौल पनि ठीकै छ, तथापि अहङ्कार र घमण्डलाई कन्ट्रोल गर्ने समय हो । महत्त्वाकाङ्क्षा जाग्नेछ, कुनै दीर्घ प्रयोजनका योजना छन् वा विदेशमा पढ्ने सपना छ भने अझ धेरै मिहिनेत गर्नु जायज हुन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ गङ्गाधराय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)–

हाकिमको सद्भाव र सहानुभूति प्राप्त हुनाले महत्त्वाकाङ्क्षी काम सुरु गर्न सकिन्छ । कार्य सम्पादनमा निखार आउनाले थप अवसर मिल्नसक्छ । भेटघाटको समयमा व्यक्तिगत उन्नति÷प्रगति वा पदप्रतिष्ठाको चर्चा नगर्नु होला, नत्र सम्बन्धमा खाडल सिर्जना हुने तथा तनाव बढ्ने समय हो । पेसागत र व्यवसायिक जीवन सन्तोषजनक रहनेछ । सानोतिनो यात्राको योजना बन्नेछ, आज नयाँ सृजना र परिवर्तनका लागि मष्तिष्क सक्रिय रहने समय हो । आजका लागि शुभअङ्क १, शुभ रङ हरियो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ रोहिणीपुत्राय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

पारिवारिक बाध्यता वा कुनै सामाजिक व्यस्तताका कारण बेफुर्सदिलो भइने समय छ, तर अचानक पार्टनरसँग भेटघाट हुँदा मन फुरुङ्ग बन्नेछ । कला वा सिर्जनासँग सम्बन्धित कामबाट प्रतिष्ठा र सम्मान पाउने दिन हो, धर्म र अध्यात्मतर्फ पनि मनको आकर्षण रहनेछ । व्यापारबट्टा र आर्थिक क्रियाकलापबाट सदा झैं फाइदा नै हुनेछ, नयाँ ठाउँमा लगानी गर्ने मनसाय छ भने अघि बढ्नु उचित हुन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ कलेजी र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भास्कराय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

झिनामसिना काम र घरेलु काममा अलमलिंदै दिन बित्नसक्छ, तर भान्साको काममा वा आगो र हातहतियारको प्रयोगमा निकै सचेतता अपनाउनु होला । हरेक क्रियाकलापमा सफल भइने छ, तर मुड घरिघरि अशान्त बन्नसक्छ । याद गर्नुहोला, अनुशासन र संयमता आजको सफलताको सूत्र हो । आवेग र रिसरागमा नियन्त्रण राखी खासगरी ड्राइभिङका क्रममा घुम्ती र मोडमा सावधानी अपनाउनु होला । आजको दिन आफूले गल्ती नगरे पनि अरुको लापरवाहीको सजाय व्यहोर्नुपर्ने समय छ । आजका लागि शुभअङ्क ८, शुभ रङ रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सङ्कटाभगवत्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने छ । गीतसङ्गीत, साहित्य वा कुनै कलासम्बद्ध विषयमा रुचि जाग्ने दिन हो । तपाईंलाई गुरुवर्ग र अभिभावकले निकै भरोसा र विश्वास राखेको देखिन्छ, अतः लक्ष्यप्रति सचेत भई टुप्पी कसेर मिहिनेत गर्ने समय छ । नयाँ मित्रता वा सम्बन्धका बारेमा मन उत्सुक रहने छ, तर कुनै पनि बाचाबन्धन नगर्नु राम्रो हुन्छ । आत्मीय मित्र वा विपरीतलिङ्गी सहकर्मीको साथ पाउनाले चिताएको काममा सफलता मिल्नेछ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ राधाकृष्णाभ्यां नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–

भेटघाट र मिलनको समय हो, तथापि मानसिक उलझन र चिडचिडेपन बढ्ने दिन छ, त्यसैले बेकारका कुराकानी र ख्यालठट्टामा कन्ट्रोल गर्नुपर्छ । घरपरिवारबाट शुभ समाचार प्राप्त हुनेछ । प्रतिस्पद्र्धा, खेल र तर्कमा सहभागी हुने दिन हो, झैझगडा, विवाद र प्रतियोगितामा पनि जीत हुनेछ । कुनै आधिकारिक वार्तालाप वा व्यापारिक बैठकका बारेमा उत्सुकता बढ्ने समय हो, नयाँ करार वा समझौताको सम्भावना पनि देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ रातो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ देवीद्यौराल्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

(ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद सम्पर्क नं ९७७– ९८४२२१९७३५)

न्युज कारखाना

काठमाडौँ । काठमाडौँमा जारी काभा महिला भलिबल लिगमा नेपालले माल्दिभ्सलाई ३-० को सेटमा पराजति गरेको छ ।

यो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा नेपालले सोझो सेटमा ३-० ले माल्दिभ्सलाई पराजित गरेको हो ।

योसँगै सेमिफाइनलको समीकरण पनि पुरा भएको छ ।

भारत १० अंकसहित शिर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको छ भने अब सेमिफाइनलमा चौथो स्थानमा रहेको श्रीलंकासँग खेल्ने छ ।

त्यस्तै नेपाल ९ अंकसहित दोस्रो स्थानमा रहेको छ र भने अब सेमिफाइनलमा ७ अंकसहित तेस्रो स्थानमा रहेको इरानसँग खेल्ने छ ।

अब सेमिफाइनल खेल मंगलबार हुने छन् । मंगलबार अपराहन्न ३ बजे पहिलो स्मेइफ़ाइनल् खेल भारत र श्रीलंकाबीच हुने छ भने दोस्रो सेमिफाइनल खेल नेपाल र इरानबीच अपराहन्न ५: १५ बजेदेखि शुरु हुने छ ।न्युज कारखाना

काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि अब अन्तरिम सरकार बन्ने भएको छ । देश छोड्दा उनकी बहिनी शेख रेहाना पनि साथमा थिइन् । हसिना हेलिकप्टरमा भारतीय सहर अगरतला पुगेकी छन् ।

प्रधानमन्त्री हसिनाले देश छोडेपछि सेना प्रमुख जनरल वकार–उज–जमानले सञ्चारमाध्यमलाई सम्बोधन गर्दै बंगलादेशमा अन्तरिम सरकार बन्ने बताएका छन् । अहिले नयाँ सरकार गठन गर्न छलफल भइरहेको मिडिया रिपोर्टमा बताइएको छ ।

बंगलादेशको राजधानी ढाकामा रहेको प्रधानमन्त्री शेख हसिनाको सरकारी निवासमा हजारौं प्रदर्शनकारीले आक्रमण गरेका थिए । बंगलादेशमा आरक्षणलाई लिएर चलिरहेको आन्दोलन सोमबार थप व्यापक भएको छ ।

विद्यार्थी नेताहरुले दिएको ‘लङ मार्च टु ढाका’ को आह्वानमा हजारौं मानिस ढाकाको उपनगरीय इलाकातर्फ र्‍याली गरिरहेका छन् ।

गत महिनादेखि जारी रहेको सरकार विरोधी प्रदर्शनकारी र सुरक्षा बलबीचको झडपमा झण्डै ३०० जनाको मृत्यु भएको छ । आइतबार मात्र कम्तीमा ९० जनाको मृत्यु भएको छ ।न्युज कारखाना

काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा गरेर देश छोडेकी छन् ।

बिबिसीका अनुसार प्रदर्शनकारीले प्रधानमन्त्रीको निवासमा प्रवेश गरेर तोडफोड गरेपछि उनी देश छोडेर ‘सुरक्षित ठाउँ’ गएकी हुन् ।

मिडिया रिपोर्टका अनुसार शेख हसिना भारतको त्रिपुरा राज्यको राजधानी अगरतला प्रस्थान गरेकी छन् । उनी हेलिकप्टरमा भारत गएकी हुन् । उनी आफ्नी बहिनीलाई साथमा लिएर देश छोडेको बिबिसीले उल्लेख गरेको छ ।

आइतबार भएको प्रदर्शनमा सयभन्दा बढीको मृत्यु भएपछि बंगलादेशमा प्रदर्शनले उग्र रुप लिएको थियो ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।