लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले हालैका दिनमा बेलायतमा जातीय हिंसाका घट्ना बढिरहेको उल्लेख गर्दै नेपाली समुदायलाई सचेत रहन अपिल गरेको छ ।
अध्यक्ष प्रेम गाहामगरले मंगलबार एक आपतकालिन सेफ्टी एड्भाइजरी जारी गर्दै बढ्दो तनावको यस समयमा नेपाली समुदायको सुरक्षा र कल्याण सुनिश्चित गर्नु आफ्नो दायित्व रहेकाले केही समस्या परे सम्पर्क गर्न पनि सुझाएका छन् ।
लन्डनस्थित नेपाली दूतावासले बेलायतका नेपाली संघसंस्थाहरुलाई आ-आफ्नो तर्फबाट सुरक्षा सतर्कता अपनाउन अपिल गरिदिन आग्रह गरेको थियो ।
एनआरएनए यूकेले आफ्नो एड्भाइजरीमा उच्च–जोखिम क्षेत्रहरूमा नजान, हिंसा फैलिएका स्थानहरूमा यात्रा नगर्न, विश्वसनीय समाचार स्रोतहरू र स्थानीय अधिकारीहरूबाट आधिकारिक अद्यावधिक सूचना मार्फत सूचित रहन सुझाएको छ ।
त्यसैगरि, संघले जोखिम न्यूनीकरणका लागि कुनै पनि प्रदर्शन वा दंगामा भाग नलिन पनि सल्लाह दिएको छ । कुनै पनि हिंसा वा भेद्भावका घट्ना भए प्रहरी वा स्थानीय नेपाली संगठनलाई सूचित गर्न पनि एनआरएनए यूकेको आग्रह छ ।
संघले बेलायतमा रहेका सबै नेपाली संस्थालाई आफ्ना सदस्यहरूलाई सहयोग प्रदान गर्न पनि आग्रह गरेको छ । केही समस्या परे स्थानीय अधिकारीहरू र नेपाली दूतावासलाई सम्पर्क गरि सहयोग लिन उसको सुझाव छ।
अहिलेको चुनौतीपूर्ण समयमा सुरक्षा र एकतालाई प्राथमिकता दिने उल्लेख गर्दै केही समस्या भए आफ्नो संस्थामा सम्पर्क गर्न पनि अध्यक्ष गाहामगरले अनुरोध गरेका छन् ।न्युज कारखाना
रौतहट । रौतहट स्थित लालबकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएको स्थान बाट ४ किलोमीटर टाढा युवकको शव सशस्त्र प्रहरीले बरामद गरेको छ।
नुहाउने क्रममा डुबेर बेपत्ता भएका परोहा नगरपालिका ४ का सर्वजीत रायको छोरा बर्ष १६ को सचिन कुमार रायको शव घटनास्थल बाट ४ किलोमीटर टाढा सशस्त्र प्रहरीले मंगलवार अबेर साँझ फेला पारेको सशस्त्रका एसपी बिक्रम हुमागाईंले बताएका छन।
गत आईतवार अपरान्ह ४ बजे आफ्नै गाउँ छेउको लालबकैया नदीमा नुहाउने क्रममा सचिन डुबेर बेपत्ता भएका थिए। घटनाको खबर लगतै सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटबाट बिपद उद्धारका सामग्री सहीत गएका १० जनाको टोलीले लगातारको प्रयास पछी मंगलवार अबेर साँझ घटनास्थल बाट ४ किलोमीटर टाढा बैरिया पुल नजिक लालबकैया नदीबाट सचिनको शव फेला पारेको एसपी हुमागाईंले बताएका छन ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको तथा घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।न्युज कारखाना
काठमाडौं । पहिरोका कारण मुग्लिन–मलेखु सडक अवरुद्ध भएको छ ।
प्रहरीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
पहिरो पञ्छाएर सुचारु रुपमा सडक सञ्चालन गर्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । सडकमा ठूलो पहिरो खसेकाले त्यसलाई अहिले पन्छाउने कार्य जारी रहेको र केही समय लाग्ने प्रहरीले जनाएको छ ।न्युज कारखाना
काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ७६ देशले पदक जितेका छन् । मंगलबार सम्पन्न खेलपछि ४८ देशले स्वर्ण पदक जितेका छन् भने कुल ७६ देशले पदक जितेका छन् ।
जसमा अमेरिका २४ स्वर्ण, ३१ रजत र ३१ काश्य पदक जितेर शिर्ष स्थानमा रहेको छ भने चीन २२ स्वर्ण, २१ रजत र १६ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै अस्ट्रेलिया १४ स्वर्ण, १२ रजत र ९ काश्य पदकसहित तेस्रो स्थानमा रहेको छ भने आयोजक फ्रान्स १३ स्वर्णसहित १६ रजत र १९ काश्य पदक जितेर चौथो स्थानमा रहेको छ ।
त्यसैगरी ग्रेट ब्रिटेन १२ स्वर्ण, १५ रजत र १९ काश्य पदकसहित पाँचौं स्थानमा रहेको छ । त्यस्तै दक्षिण कोरियाले ११ स्वर्ण, ८ रजत र ७ काश्य पदक जितेको छ भने जापानले ११ स्वर्णसहित ६ रजत र १२ काश्य पदक जितेको छ ।
त्यसैगरी इटालीले ९ स्वर्ण, १० रजत र ७ काश्य पदक जितेको छ भने नेदरल्याण्डसले ८ स्वर्ण, ५ रजत र ६ काश्य पदक जितेको छ । त्यस्तै जर्मनीले ८ स्वर्ण, ५ रजत र ४ काश्य पदक जितेको छ भने क्यानडाले ६ स्वर्ण, ४ रजत र ८ काश्य पदक जितेको छ । त्यस्तै आयरल्याण्डले ४ स्वर्ण र ३ काश्य पद जितेको छ ।
त्यसैगरी न्यूजिल्याण्ड, रोमानिया, हंगेरी र स्विडेनले ३-३ स्वर्ण पदक जितेका छन् भने ब्राजिल, युक्रेन, क्रोसिया, बेल्जियम, हङकङ, अजरबैजान, फिलिपिन्स र सर्बियाले २-२ स्वर्ण पदक जितेका छन् ।
त्यसैगरी इजरायल, स्पेन, जर्जिया, स्वीजरल्याण्ड, काजकिस्तान, ग्रिस. दक्षिण अफ्रिका, केन्या, डेनमार्क, चाइनिज ताइपेइ, उज्बेकिस्तान, चेक रिपब्लिक, क्युबा, ग्वाटेमाला, बहराइन, अर्जेन्टिना, अल्जेरिया, चिली, डोमिनिक, इक्वेडर, स्लोभेनिया, सेन्ट लुसिया, नर्वे, र युगाण्डाले एक एक स्वर्ण पदक जितेका छन् ।
त्यसैगरी अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा जमैका, मेक्सिको, उत्तर कोरिया, पोल्याण्ड, कोसोभो, टर्की, अर्मेनिया, कोलोम्बिया, इथोपिया, फिजी, मंगोलिया, थाइल्याण्ड, ट्युनिसिया, भारत, मोलडोभा, ताजकिस्तान, डोमिनिका अस्ट्रिया, काबो भेर्ड़े, इजिप्ट, ग्रेनाडा, इन्डोनेसिया, लुथियाना, मलेसिया, अस्ट्रिया, इरान, पोर्चुगल र स्लोभाकिया रहेका छन् ।न्युज कारखाना
काठमाडौँ । जारी पेरिस ओलम्पिकको महिला फुटबलमा ब्राजिल र अमेरिका स्वर्ण पदकका लागि खेल्ने भएका छन् ।
गएराती सम्पन्न सेमिफाइनलका खेलमा ब्राजिलले स्पेनलाई ४-२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको छ ।
त्यस्तै अमेरिकाले जर्मनीलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
अब महिला फुटबलको फाइनल खेल अगस्त १० मा हुने छ । त्यस्तै काश्य पदकका लागि स्पेन र जर्मनी भिड्ने भएका छन् । यो खेल अगस्त ९ मा हुने छ ।न्युज कारखाना
काठमाडौँ । बंगलादेशका पुर्व विदेशमन्त्री हसन महमुद पक्राउ परेका छन् । उनलाई विदेश जानेक्रममा ढाकास्थित विमानस्थलबाट पक्राउ गरिएको बंगलादेशको डेलीस्टार मिडियाले उल्लेख गरेको छ ।
उनलाई हजरत शाहजलाल इन्टरनेशनल एयरपोर्टमा नागरिक उड्डयनका अधिकारीहरुले नियन्त्रणमा लिएर सेनालाई बुझाएको रिपोर्टमा उल्लेख छ ।
यस अघि शेख हसिना सरकारका सूचना राज्यमन्त्रीलाई पनि पक्राउ गरेर सेनालाई बुझाइएको थियो ।
त्यस्तै शिक्षामन्त्री मोहिबुल हसन चौधरी र स्थानीय सरकारमन्त्री ताजुल इस्लामले भने देश छोड्न सफल भएको बताइएको छ । त्यस्तै पुर्व अर्थमन्त्री, खेलकुदमन्त्री र ढाकाका मेयरले समेत बंगलादेश छोडेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार कैयौं मन्त्री, सांसद र हसिनाका नजिकक राजनीतिक नेता कार्यकर्ताले बंगलादेश छोडेको बताइएको छ ।न्युज कारखाना
काठमाडौँ । शेख हसिनालाई अमेरिका र बेलायतले शरण दिन अस्वीकार गरेका छन् । मिडिया रिपोर्टका अनुसार अमेरिकाले हसिनाको भिसा रद्द गरिदिएको छ । उनको सम्भावित अमेरिका भ्रमणलाई रोक्न भिसा रद्ध गरेको मिडिया रिपोर्टमा दाबि गरिएको छ ।
त्यस्तै हसिना बेलायत जाने मिडिया रिपोर्ट सार्बजनिक भएपछि बेलायतले उनलाई अहिलेसम्म शरण दिन स्वीकृति नदिएको रिपोर्टमा उल्लेख गरिएको छ । ढाका ट्रीबुनले ढाकास्थित अमेरिकी दुताबासले हसिनाको भिसा बारे प्रक्रिया दिन अस्वीकार गरेको उल्लेख गरेको छ । दुताबासले कुनै पनि व्यक्तिको भिसा बारेको सूचना निजी विषय भएकोले यस बारेमा जानकारी दिन नमिल्ने बताएको छ । तर विभिन्न मिडियाले आफ्ना स्रोतहरुलाई उल्लेख गर्दै अमेरिकाले हसिनाको भिसा रद्ध गरेको उल्लेख गरेका छन् ।
बेलायतले शरण लिन बेलायत बाहिरबाट बेलायत प्रवेश गर्न नपाउने स्पष्ट गरेको छ । तर मिडिया रिपोर्टमा सेख हसिनाले बेलायतसँग शरण मागेको र कानुनी प्रक्रिया भइरहेको दाबि गरिएको छ ।
सोमबार प्रधानमन्त्रीबाट राजीनामा दिएपछि हेलिकप्टरमा भारत आएकी हसिना अहिले भारतको सुरक्षामा अज्ञात स्थलमा रहेकी छन् । उनलाई भारतले कडा सुरक्षा दिएर राखेको बताइएको छ । उनी अब कहिलेसम्म भारतमा बस्छिन् भन्ने स्पष्ट छैन ।
यसैबीच बंगलादेशबाट हसिनालाई भारतले फिर्ता गर्नुपर्ने आवाज उठ्न थालेको छ । बंगलादेशको बार एसोसियसनले भारतले तुरुन्त हसिनालाई फिर्ता गर्नुपर्ने माग राखेको छ ।
न्युज कारखाना
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षा आज देखि हुदै छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षामा दुई लाख ९ हजार ७४० जना सहभागी हुँदै छन् । परीक्षा बिहान ११ बजेदेखि सुरु भएर दुई बजेसम्म सञ्चालन हुनेछ ।
आज पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार अंग्रेजीमा एक लाख एक हजार ३८३ जनाले एनजी ल्याएका छन् भने सात हजार ९७५ जना अनुपस्थित थिए । एनजी आउनेमा सबै भन्दा बढी अनिवार्य गणितमा छन् । बोर्डका अनुसार एक लाख ७७ हजार ९८५ जनाको गणितमा एनजी आएको छ । विज्ञानमा एक लाख २६ हजार रहेका छन् ।
यस अघि प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा ४८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए । नियमित परीक्षाको नतिजामा नन ग्रेड आएका र एसइइ परीक्षामा अनुपस्थित भएका विद्यार्थीले पनि यो परीक्षा दिन पाउने व्यवस्था गरिएको थियो । परीक्षामा अुनुत्तीर्णको सङ्ख्या दुई लाख ४२ हजार ३१३ जना भए पनि दुई लाख ९ हजार ७४० मात्रैले यस परीक्षामा सहभागी हुन फारम भरेका छन् ।
एसइईमा आधाभन्दा बढी परीक्षार्थीको नतिजा नन ग्रेडेड आएपछि चौतर्फी आलोचना भएपछि सरकारले सबै विद्यार्थीलाई ग्रेड वृद्धि परीक्षाको मौका दिने निर्णय गरेको थियो । यसअघि अधिकतम दुई वटा विषयमा मात्रै एनजी आएका परीक्षार्थीलाई मात्रै यस्तो परीक्षा दिन पाउने व्यवस्था थियो ।
परीक्षा सञ्चालनका लागि मुलुकभर ५५० केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको छ । न्युज कारखाना
काठमाडौँ । मधेश प्रदेशमा सत्ताको चरम दुरुपयोग गरिएको छ । जनमत पार्टीका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार ५ जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद २० सदस्यीय पुर्याएका छन् ।
प्रदेश सरकार प्रभावकारी नभएको भन्दै आम रुपमा आलोचना भइरहेको बेला मधेस सरकारमा मुख्यमन्त्रीसहित १२ मन्त्रालयमा थप ८ राज्यमन्त्री थपेर सत्ताको चरम दुरुपयोग गरिएको छ ।
सत्ता टिकाउन र गठबन्धनमा रहेका दलहरुलाई भागबण्डा पुर्याउने नाममा प्रदेशमा यसरी सरकार निर्माण गर्नु आफैमा नमिल्ने र आम रुपमा स्वीकार्य नहुने देखिएको छ ।
यो मधेशमा अहिलेसम्मको सबैभन्दा ठुलो मन्त्रिपरिषद हो । मंगलबार एमालेबाट मो. जयद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएका छन् । त्यस्तै, कांग्रेसबाट रेखा ठाकुर भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र निलम कुमारी रजक उर्जा सिंचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्रीमा नियुक्त भएका छन् । त्यस्तै लोसपाबाट रामबाबु यादव शिक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतबाट सम्भु साह उद्योग पर्यटन राज्यमन्त्रीमा नियुक्त भएका छन् ।न्युज कारखाना
काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त भएका छन्
नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद शहाबुद्दीनले अन्तरिम सरकार प्रमुख नियुक्तिको घोषणा गरेका हुन् । मङ्गलबार राति राष्ट्रपति र आरक्षण विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरुबीचको बैठकपछि युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने निर्णय भएको ढाका ट्रीबुनले उल्लेख गरेको छ ।
यस अघि मंगलबार राष्ट्रपतिले बंगलादेशको संसद भंग गरेर अन्तरिम सरकार गठनको बाटो बनाएका थिए ।
८४ बर्षिय यूनुसले बंगलादेशमा ग्रामिण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान संचलान गरेका कारण २००६ मा नोबेल शान्ती पुरस्कार पाएका थिए ।न्युज कारखाना