२०८३ बैशाख २३
२०८३ बैशाख २३

काठमाडौं, २७ साउन । भारतका विदेश सचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आउने भएका छन् ।

 

केपी ओली नेतृत्वमा सरकार गठन भए पछि पहिलो पटक भारतवाट उच्च स्तरीय भ्रमण हुन लागेको हो ।

 

सो भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल,  प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइको छ ।

परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आउन लागेको जनाइएकाृ छ । अघिल्लो महिना परराष्ट्र सचिव लम्साल भारत भ्रमणमा गएको बेला भारतीय सचिव मिस्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन् ।

 

गत जुलाईमा भारतको विदेश सचिवमा नियुक्त भएका मिस्रीले हालै मात्रै छिमेकी मुलुक भुटानको औपचारिक भ्रमणमा गएका थिए ।न्युज कारखाना

सुर्खेत ।

सुर्खेतस्थित भेरी नदीमा शनिबार बाढीको खतरा रहेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार  समजिघाट जल मापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको हो।

नदीको जलसतह बढ्दो रहेकाले नदी तटीय क्षेत्रमा दिउँसो १२ बजे सम्म सतर्कता अपनाउन महाशाखाले एसएमएस अलर्टसमेत जारी गरेको छ।

न्युज कारखाना

रौतहट । छतमा खेल्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। ईशनाथ नगरपालिका-४ मठिया टोल बस्ने महमद साहबानको छोरा ६ वर्षीय महमद सुलतानको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको हो।

आफ्नै घरको छतमा खेल्ने क्रममा विद्युतीय तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। न्युज कारखाना

काठमाडौं । झापाको हल्दीबारीमा डेंगी संक्रमणबाट शिक्षिकाको ज्यान गएको छ।

हल्दीबारी-३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीया शिक्षिका विमला दाहाल पौडेलको उपचारको क्रममा बी एन्ड सी अस्पताल बिर्तामोडमा निधन भएको हो।

महिला ज्वरो आएर उपचारको लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल पुगेकोमा त्यहाँ उपचार सम्भव नभएपछि उनलाई बी एन्ड सी अस्पताल लगिएको थियो। उनको अस्पतालमा उपचारकै क्रममा ज्यान गएको हो।न्युज कारखाना

गलेश्वर । म्याग्दीको बेनी–दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा शुक्रबार साँझ पहिरो खस्दा सडक अवरुद्ध भएको छ। पहिरो खस्ने क्रम नरोकिएकाले यात्रु सास्ति खेप्न बाध्य छन्।

बिरामीलाई बोकेर पहिरो पार गराउने गरिएको र यात्रु जोखिम मोलेर पहिरो पार गर्न गरिरहेका छन्। पश्चिम म्याग्दीको तीन पालिकासँगै बागलुङको पश्चिम क्षेत्र जोड्ने बेनी–दरबाङ सडकखण्ड शुक्रबारदेखि अवरुद्ध भएको हो।

निरन्तर पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउने काममा अवरोध पुगेको प्रहरीले जनाएको छ।न्युज कारखाना

काठमाडौं । ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले ललितपुरको बालकुमारी र भक्तपुरको कौशलटारमा मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा झापा कमल गाउँपालिका घर भइ हाल काठमाडौंको सीतापाइला बस्ने ३० वर्षीय युवराज राई, सोही ठाउँ बस्ने २१ वर्षीय नवीन भट्टराई र मकवानपुरको बागमती गाउँपालिका–३ घर भएका २१ वर्षीय प्रेमबहादुर पाख्रिन रहेका छन्।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले राई र भट्टराईलाई बालकुमारी र पाख्रिनलाई कौशलटारबाट पक्राउ गरिएको बताए।

बागमती प्रदेश ०२–०४९ प २५१३ नंको मोटरसाइकललाई चोरी गरी नम्बर परिवर्तन गरेर प्रदेश २–०२–०२७ प ४३२३ नं बनाएर चलाएकाले भट्टराई र राईलाई पक्राउ गरिएको प्रवक्ता खड्काले बताए।

नियन्त्रणमा आएका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको छ।न्युज कारखाना

सिरहा । नेपाल विद्युत् प्राधिकरणको सिरहास्थित लहान वितरण केन्द्रबाट सप्लाई हुने विभिन्न स्थानमा शनिबार बिहान ८ देखि साँझ ५ बजेसम्म ९ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ।

प्राधिकरणको लहान वितरण केन्द्रले एक सूचना जारी गर्दै लहान सबस्टेसनदेखि महेन्द्र राजमार्गसम्म जदही तथा लहान फिडरको ११ केभी प्रसारित जीर्ण तारलाई ‘अपग्रेड’ गर्न लागिएकाले विद्युत् वितरण प्रभावित हुने जनाएको हो।

लहान फिडरअन्तर्गतका लहान नगरपालिका, धनगढीमाई नगरपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, भगवानपुर गाउँपालिका, नवराजपुर गाउँपालिका, वरियापट्टि गाउँपालिका—१, गोलबजार नगरपालिका—१ लगायत क्षेत्रमा विद्युत् अवरुद्ध हुने छ।न्युज कारखाना

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा आज पनि जारी रहने भएको छ। बिहीबारदेखि सुरु भएको बैठक आज पनि बस्ने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।

बैठकमा आज सदस्यहरूले वैचारिक, राजनीतिक र सांगठनिक परिस्थिति तथा कार्यभारका सम्बन्धमा धारणा राख्नेछन्। यसअघि हिजोको बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो।

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो समय नेपाल र मित्रराष्ट्र बंगलादेशमा भएका राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गरेका थिए। उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा दलबीच भएको सहमतिबारे जानकारी गराएका थिए।न्युज कारखाना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेस र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू र मधेस प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

न्युज कारखाना

रौतहट २५ साउन। रौतहटको ईशनाथ नगरपालिका स्थित हिन्दू समुदायले मनाउने झण्डीमा सुरक्षार्थ ५०० भन्दा बढी प्रहरी परिचालन गरिएको छ।

 

ईशनाथ- ७ घिउरा गाउँ स्थित हनुमान मन्दिरमा पूजा अर्चना पश्चात झण्डी निकाल्ने क्रममा हिन्दू मुस्लिम बिच साम्प्रदायिक सद्भाव न विग्रियोस् भनेर बिशेष सजगता अपनाईएको हो।

 

रौतहटका सिडियो हिरालाल रेग्मी, नेपाल प्रहरीका एसपि दिलीप घिमिरे सशस्त्र प्रहरीका एसपि बिक्रम हुमागाईं स्वयं नेतृत्व गरेर बिशेष सुरक्षाको लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

 

प्रत्येक बर्ष साउन पञ्चमी अर्थात नाग पञ्चमीको दिन ईशनाथ ७ घिउरा गाउँ स्थित हनुमान मन्दिरमा पूजा अर्चना गरी गाजाबाजा सहित त्यहाँ बाट झण्डी लिएर हजारौँको संख्यामा हिन्दु समुदायका मानिसहरू गाउँ भन्दा उत्तर तर्फको पोखरीको डिलमा जम्मा हुने गर्दछन्। अहिले पनि उक्त मन्दिरमा पूजा अर्चना भईरहेको छ भने अपरान्ह झण्डी निकाल्ने योजना रहेको सिडियो रेग्मीले जानकारी दिएका छन्। गाउँको उत्तर तर्फ बाकलो बस्ती रहेको मुस्लिम समुदायका मानिसहरूले हिन्दूहरूले झण्डी लिएर आउने क्रममा बिभिन्न प्रकारले बाधा उत्पन्न गर्ने गर्दछन्। सोही क्रममा दुई समुदाय बिच झडपको अवस्था उत्पन हुने गर्दछ।

विगत वर्षहरूको जस्तो ईशनाथमा सम्प्रदायिक सदभाव नबिग्रोस भनेर बिहिवार जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको सिडियो रेग्मीले जानकारी दिएका छन। उल्लेखनीय छ गत फागुन महिनामा सरस्वतीको मूर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो ।

 

ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप हुँदा प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञ बिनोद पोखरेल परिचालित भएका थिए।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।