मुम्बई, ३१ साउन । नतासा स्टान्कोभिकसँगको सम्बन्धविच्छेद पछि क्रिकेटर हार्दिक पाण्ड्याको बारेमा विभिन्न किसिमका समाचार आइरहेका छन् ।
जब उनले अनन्या पाण्डेसँग पार्टीमा डान्स गरे, सायद उनीहरुको निकटता बढेको बताइन्छ । अहिले फेरी हार्दिकको नाम बेलायती गायकसँग जोडिएको छ । भनिन्छ, हार्दिकले बेलायती गायिका जस्मिन वालियालाई डेट गरिरहेका छन् ।
भर्खरै हार्दिकले आफ्नो ग्रीस छुट्टीको भिडियो पोस्ट गरे। यो भिडियोमा उनी स्विमिङ पुलको अगाडि देखिएका छन् । हार्दिकको यो छुट्टीको भिडियोका कारण उनको र बेलायती गायक डेटिङको हल्ला चल्न थालेको हो ।
यस अफेयरको पछिल्लो खबर भाइरल भएको थियो किनभने हार्दिक पाण्ड्याको भिडियो सार्वजनिक हुनुभन्दा दुई दिनअघि जस्मिनले ग्रीसमा आफ्नो छुट्टी मनाउने केही तस्विर पनि पोस्ट गरेकी थिइन् । यी तस्विरहरूमा जैस्मीन त्यही पोखरी नजिकै उभिएकी छिन्, जहाँ हार्दिक थिए । यी दुईको मिल्दो पृष्ठभूमिका कारण मानिसहरूले सामाजिक सञ्जालमा यी दुईबीच केही चलिरहेको छ भनेर अनुमान गर्न थालिएको हो ।
अचम्मको कुरा जैस्मीनले पनि हार्दिकको पोस्टलाई लाइक गरेकी थिइन् । यस बाहेक हार्दिकले उनको बिकिनी पोष्टमा कुनै प्रतिक्रिया दिएनन् तर यसअघि धेरै पोस्टमा लाईक गरेका थिए । अहिले सामाजिक सञ्जालमा चलिरहेको पोष्टजस्तै गेमका कारण मानिसहरुको नजर पनि उनीहरुमाथि नै छ । यी समाचारमा कति सत्यता छ त्यो समय आएपछि मात्र थाहा हुन्छ ।न्युज कारखाना
ललितपुर, ३१ साउन । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ ।
मस्तिष्कको क्यान्सरबाट ग्रसित न्यायधिस रेग्मीको ६१ वर्षको उमेरमा निधन भएको हो ।
उच्च अदालत पाटनले का सूचना अधिकारी अर्जुन आचार्यका अनुसार ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधवार राति उनको निधन भएको हो ।
न्याय सेवाका सहसचिव रहेका रेग्मी २०७७ सालमा उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए ।न्युज कारखाना
ढाका, ३१ साउन । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध ९ वर्ष पुरानो अपहरणको मुद्दा दर्ता भएको छ ।
उजुरीकर्ता सोहेल राणा सर्वोच्च अदालतका वकिल हुन् । २०१५ जुन ६ को राति साथीसँग हिँडिरहेको अवस्था थियो । त्यसपछि र्यापिड एक्सन बटालियनका केही सिपाहीहरूले उनलाई अपहरण गरेका थिए। उनीहरुलाई कुटपिट गरी बिजुलीको झटका दिइयो । उनी ३८ दिनपछि १३ अगस्टमा रिहा भएका थिए ।
सोही बिषयलाई लिएर अहिले हसिना बिरुद्ध मुद्धा हालेका हुन् ।न्युज कारखाना
कोलकोत्ता, ३१ साउन । कोलकाताको ट्रेनी डाक्टरको बलात्कार र हत्या प्रकरणमा नयाँ खुलासा भएको छ ।
अखिल भारतीय सरकारी चिकित्सक संघका अतिरिक्त सचिव डा. सुवर्णा गोस्वामीले पोस्टमार्टम रिपोर्टलाई उद्धृत गर्दै यो बलात्कार नभएर सामूहिक बलात्कार हुन सक्ने बताएकी छिन् ।
प्रशिक्षार्थी चिकित्सकको प्राइभेट पार्टबाट १५१ एमजी वीर्य भेटिएको बताउँदै उनले यो दावी गरेकी हुन् । ‘कुनै पनि व्यक्तिसँग यति धेरै मात्रामा बिर्य हुन सक्दैन्, बलात्कारको घटनामा एकभन्दा बढी व्यक्ति संलग्न हुन सक्ने सम्भावना छ ।’
प्रशिक्षार्थी डाक्टरको शव अर्धनग्न अवस्थामा फेला परेको थियो । गत अगस्ट ९ मा आरजी कार मेडिकल कलेज तथा अस्पतालको सेमिनार हलमा प्रशिक्षार्थी चिकित्सकको अर्धनग्न शव फेला परेको थियो । डाक्टरको गोप्य भाग, आँखा र मुखबाट रगत बगिरहेको थियो । पोष्टमार्टम रिपोर्टमा बलात्कारपछि हत्या भएको उल्लेख छ । जसका कारण भारतभरीमा चिकित्सकहरुले निरन्तर बिरोध प्रदर्शन गरिरहेका छन ।
उता, मेडिकल कलेजका आवासीय चिकित्सकहरुले अस्पताल प्रशासनले प्रमाणमा छेडछाड गरेको आरोप लगाएका छन् । उनीहरुभिडियो शेयर गर्दै भनेका छन कि – ‘सेमिनार हलबाट २० मिटर टाढा रहेको चेस्ट विभागको कार्यालयमा तोडफोड भइरहेको छ । प्रहरीको अगाडि नै मर्मतसम्भारको नाममा प्रमाणहरु तोडफोड भइरहेको छ ।’न्युज कारखाना
नयाँदिल्ली, ३१ साउन । विनेश फोगाटले पेरिस ओलम्पिकमा रजत पदक नपाउने भएकी छिन ।
विश्व खेलकुदको मध्यस्थता अदालतले बुधबार अगस्टमा उनको अपील अस्वीकार गरेको जनाएको छ ।
फोगाट फाइनलअघि नै तौलका कारण अयोग्य घोषित भएको घोषणा गरिदिए पछि उनले खेलकुद अदालतमा याचिका दायर गरेकी थिइन । तर, उनको मुद्धाको सुनवाई १६ अगस्तमा फैसला हुने भनिए पनि उनको अपिल अगस्ट १४ गते नै खारेज गरिएको हो ।
यो निर्णयपछि भारतीय ओलम्पिक कमिटीकी अध्यक्ष पीटी उषाले असन्तुष्टि जनाएकी छन् ।
विनेशले महिला ५० केजी तौल समूहमा लगातार ३ खेल जितेर फाइनलमा स्थान बनाएकी थिइन् । फाइनल अगस्ट ८ मा हुने तय भएपनि खेलअघि नै ओलम्पिक कमिटीले विनेशको तौल १०० ग्राम ५० केजीभन्दा बढी भएकाले उनलाई अयोग्य घोषित गरे पछि उनी अदालत पुगेकी थिइन ।न्युज कारखाना
न्युर्योक, ३१ साउन । कोलम्बिया युनिभर्सिटीका अध्यक्ष मिनोचे शफिकले बुधबार आफ्नो राजीनामाको घोषणा गरेकी छिन् ।
इजरायल–हमास द्वन्द्वको प्रतिक्रियामा उनले क्याम्पसमा विरोध प्रदर्शनलाई कसरी सम्हालिन् भनेर आलोचनाको सामना गर्नु परेको महिनौं पछि यो घोषणा आएको हो।
विद्यार्थी र संकाय सदस्यहरूलाई पठाएको इमेलमा शफिकले लेखेकी छिन, ‘म तपाईंलाई यो बताउनको लागि दुःखका साथ लेख्छु कि म अगस्ट १४, २०२४ देखि लागू हुने गरी कोलम्बिया विश्वविद्यालयको अध्यक्ष पदबाट राजीनामा दिँदैछु। यो अविश्वसनीय संस्थाको नेतृत्व गर्ने सम्मान र विशेषाधिकार मैले पाएको छु। मलाई विश्वास छ, यो बिचमा सँगै काम गरेर हामीले धेरै महत्त्वपूर्ण क्षेत्रहरूमा प्रगति गरेका छौं, यद्यपि यो उथलपुथलको अवधि पनि हो, जहाँ हाम्रो समुदायमा फरक विचारहरू हटाउन गाह्रो भएको छ ।’
इजरायलले गाजामाथी गरेको हमलाको बिरोध गर्न बिधार्थीलाई अनुमति दिएको आरोपमा उनलाई सोधपुछ गरिएको थियो । उनको विश्वबिद्यालयवाट १०० जना भन्दा बढी बिधार्थी पक्राउ परे पछि सो प्रदर्शन बिबादमा तानिएको थियो । सो प्रदर्शन पछि अमेरिका र क्यानडाका बिभिन्न विश्वबिद्यालयमा बिधार्थीले प्रदर्शन गरेका थिए । न्युज कारखाना
काठमाडौं, ३१ साउन । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बुधबार मंकीपॉक्स लाई विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ।
दुई वर्षमा यो दोस्रो पटक हो कि यो रोगलाई स्वास्थ्य आपतकाल घोषणा गरिएको हो। कंगोमा यो रोगको प्रकोप छ, जसका कारण छिमेकी देशहरु पनि प्रभावित भएका छन् ।
बाँदर बिफर जस्तै भाइरल रोग हो। यो भाइरसको संक्रमणले सामान्यतया धेरै साइड इफेक्ट गर्दैन, तर दुर्लभ अवस्थामा यो घातक हुन सक्छ। जसका कारण फ्लुजस्ता लक्षण देखिने र शरीरमा पिपले भरिएका घाउहरु देखा पर्छन् । यो भाइरस ओर्थोपक्स भाइरस जीनस परिवारको सदस्य हो, जुन बिफरको लागि पनि जिम्मेवार छ।
डब्लुएचओ पनि चिन्तित छ किनकि बाँदर पोक्सका विभिन्न प्रकोपहरूमा मृत्यु दर फरक छ। धेरै पटक यो १० प्रतिशत भन्दा बढी भएको छ। यो एक संक्रामक रोग भएकाले यो झन् खतरनाक साबित हुन सक्छ। त्यसैले डब्ल्यूएचओले यस सम्बन्धमा उच्च स्तरको अलर्ट जारी गरेको छ।
अफ्रिकामा हालसम्म एमपोक्सका १७ हजारभन्दा बढी केसहरू रिपोर्ट गरिएका छन्। अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार यस वर्ष अफ्रिकी महादेशमा १७ हजार भन्दा बढी मंकिपक्सका संदिग्ध घटनाहरू फेला परेका थिए, जसमध्ये ५१७ जनाको मृत्यु भएको थियो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस वर्ष केसमा १६० प्रतिशतले वृद्धि भएको छ । कुलमा मांकिपाक्सका को केसहरू १३ देशहरूमा रिपोर्ट गरिएको छ।न्युज कारखाना
ढाका, ३१ साउन । बंगलादेशका पुर्व उपसभामुख र पुर्व राज्य मन्त्री पक्राउ परेका छन् ।
पूर्वउपसभामुख समसुल हक टुकु र पूर्व सूचना प्रविधि राज्यमन्त्री जुनैद अहमद पलकलाई प्रहरीले पक्राउ गरेको हो ।
पल्टन प्रहरी चौकीमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेको आरोपमा प्रहरीले उनीहरूलाइ पक्राउ गरेको बंगलादेशका सञ्चारमाध्यमले जनाएका छन ।
समाचार अनुसार निकुञ्ज निवासी इलाकाबाट पूर्वउपसभामुख समसुल हक टुकु र पूर्व सूचना प्रविधि राज्यमन्त्री जुनैद अहमद पलकलाई पक्राउ गरेको हो, जसको पुष्टी ढाकाको महानगरीय प्रहरीले बुधबार राति सो कुराको पुष्टि गरेको हो ।
उता, प्रहरीले ढाका विश्वविद्यालयको छातालिग इकाईका महासचिव तनवीर हसन शैकतलाई पनि पक्राउ गरेको छ ।
उनीहरु खिल्केट प्रहरी चौकी अन्तर्गत निकुञ्ज आवासीय क्षेत्रमा लुकेर बसेको अवस्थामा उनलाइ पक्राउ गरिएको डीएमपीले जनाएको छ ।
यसअघि मंगलबार पूर्वप्रधानमन्त्री शेख हसिनाका निजी उद्योग मामिलाका सल्लाहकार सलमान एफ रहमान र पूर्व कानूनमन्त्री अनिसुल हकलाई नदीको बाटो भएर भाग्न खोज्दा ढाकाको सदरघाट क्षेत्रबाट तटरक्षक दलका सदस्यहरूले मंगलबार पक्राउ गरिएको थियो ।
न्युज कारखाना
रौतहट ३१ साउन।
रौतहटको सदरमुकाम गौर स्थित पेटमा चक्कु प्रहार गरी एकजना वृद्धको हत्या गरिएको छ।
गौर नगरपालिका -५ कोईरी टोलका ७४ बर्षीय अनुरुद महतोको पेटमा चक्कु प्रहार गरी हत्या गरिएको हो।
गएराति खाना खाएर आफ्नो घरमा सुतेका महतोको शव घर देखि २०० मीटर पर धानको खेतमा आज बिहान साढे ८ बजे देखिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्। स्थानीयले शव हेरेर प्रहरीलाई खबर गरेका थिए।
घटनाको खबर लगत्तै जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरे सहितको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको प्रवक्ता गिरीले जानकारी दिएकी छिन्।
गौर स्थित झुलेंगेपुलको दक्षिण पट्टी धानको खेतमा भेटिएको मृतक अनुरूध महतोको पेटमा धारिलो हतियार प्रयोग भएको देखिएको एसपी घिमिरेले बताएका छन्।
मृतक महतो लागूऔषध गाँजा प्रयोग गर्ने मानिस भएकाले घटना गर्ने लागू औषध प्रयोगकर्ता हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ। मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको छ।
घटनामा संलग्न हालसम्म कोही पक्राउ पर्न
नसकेको तथा थप अनुसन्धान भइरहेको एसपी घिमिरेले जानकारी दिएका छन्। घटनामा संलग्न अपराधी चाँडै पक्राउ हुने प्रहरीले बताएको छ।न्युज कारखाना
काठमाडौं, ३० साउन ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशमा शान्ति प्रक्रियालाई हत्या गरिएको कडा टिप्पणी गरेका छन् । उनले जनताले तेस्रो जनआन्दोलनको माग गरेको भन्दै ठूला दलका ठूला नेताहरुलाई हेक्का रहोस भन्दै कडा चेतावनी दिए ।
आज (बुधबार) ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग एने, २०७१ लाई संशोधन गर्न बनेको विद्येयक’ को प्रतिवेदनमाथिको छलफलमा बोल्दै सांसद साहले यस्तो चेतावनी दिएका हुन् । उनलवे भने,‘संक्रमणकालिन न्यायसम्बन्धी यो विद्येयक ढिलै आएपनि राष्ट्रिय सहमतिको साथ आएको छ । म स्वागत गर्न चाहन्छु । र, यसको इमानदारितापूर्वक कार्यान्वयन होस भनेर माग गर्न चाहन्छु ।
’ उनले शान्ति भन्नेबित्तिकै न्याय र समानतासँग जोडिने विषय भएकोले अहिले नेपालमा व्यवहारमा त्यस्तो नपाईएको गुनासो पोखे । उनले भने,‘शान्ति भन्नेबित्तिकै न्याय र समानतासँग सम्बन्धित हुन्छ । यदि समाजमा न्याय र समानता भएन भने शान्ति हुनैसक्दैन् । जहाँ अन्याय छ, विभेद छ, उत्पीडन छ त्यहाँ शान्तिको परिकल्पना गर्न सकिन्न । शान्ति प्रक्रियाका पक्षधर नेताहरुले बडा दाबाका साथ आफूहरुले पूरै इमानदारिताका साथ र ज्यान लगाएर शान्ति प्रक्रियालाई पूरा गर्यौं भन्ने कुरा राखिरहनुभएको छ ।
शान्ति प्रक्रियाको सार तत्व भनेको नै जनताका मुद्दा हुन् । जनताका मुद्दा थिए । आन्दोलन र जनयुद्धका मुद्दाहरु थिए, त्यसमा कति हामीले इमानदारितापूर्वक त्यो काम पूरा गर्यौं ? के साँच्चै हामी देशमा स्थिर शान्तिको लागि प्रयासरत छौं ? नेपालमा हामीले साँच्चिकै शान्ति नै चाहेका छौं ? यदि शान्ति पक्षधर आफूलाई ठान्छौं भने निश्चित् रुपमा समाजका विभेद हटाउन आफू इमानदार हुनुपर्छ । जो हिजो जनयुद्ध र जनआन्दोलनकालमा उठाईएका मुद्दाहरु, जो साँच्चै जनताका मुद्दा थिए । ती मुद्दा समानता र न्यायसँग सम्बन्धित थिए । समाजका विभेद हटाउने दिशामा उन्मुख थिए । त्यसमा हामीले के गर्यौं भन्ने प्रश्न आउँछ ।
यदि हामी शान्ति प्रक्रियाका पक्षधर थियौं भने त्यसमा इमानदारिता देखिनुपर्दथ्यो । हामी कत्तिपनि इमानदारिता देखेका छैनौं ।’ साहले अहिले देशमा लोकतन्त्र नै नभएको टिप्पणी गरे । उनले प्रश्न गरे,‘अहिले देशमा लोकतन्त्र कहाँ छ ? नेपाली जनताले त लोकतन्त्रको लागि लडेका थिए । आज जनताको पोजिशन के छ ? एउटा निरीह, शाषित, लाचारको रुपमा खडा हुनुपरेको छ । अहिले जनतालाई कुनै मूल्य दिईएको छैन् ।
लोकतन्त्रलाई हामीले पार्टीका नेताहरुले दलीय शासन बनाईदियौं । दलतन्त्र बनाईदियौं । अहिले दुई दल कांग्रेस र एमाले त त्यसलाई पनि मास्न प्रयासरत छन् । भनेपछि जनतालाई मालिक बनाउन लडेको ठाउँमा अहिले जनताको नाममा मुठ्ठीभर नेताहरुले राज गरिराख्दा यो बेईमानीलाई के भन्ने ? संघीयता भन्यौं हामीले, अझ उन्नत लोकतन्त्रको रुपमा नेपालको सन्दर्भमा विविधता छ, विभेद छ । विभेद हटाउनको लागि संघीयताको कुरा गर्यौं । संघीयताको स्थिति के छ ? भन्नलाई त शब्दमा संघीयता नै भनिएको छ, तर व्यवहारमा केन्द्रीयता छ । हामी हेरिरहेका छौं–प्रदेश सरकार त छन्, तर तिनलाई पनि पंगु बनाईएको छ ।
ती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु यहीँ (काठमाडौं) बाट गाईडेड हुन्छन् । दुई÷तीन दलका मुख्य नेताहरुले नै राजनीतिक नियुक्ति गरेझैं मुख्यमन्त्री, मन्त्री बनाउने कुरा यहीँबाट तय गर्नुहुन्छ । अहिले संघीयता अधिकारविहीन, पहिचानविहीन, लक्ष्यविहीन बनाईयो । त्यो इमानदारिता हो ? शान्ति प्रक्रियाको एउटा महत्वपूर्ण पार्ट भनेको संघीयता हो । समावेशी भनियो, अल्पसंख्यक अनि उत्पीडनमा परेका तल्लो तप्काका लागि समानुपातिकको कुरा गर्यौं, तपाईंहरुले त शासकलाई समानुपातिक बनाउनुभयो । दुनियाँभर नभएका अभ्यास हामीले नेपालमा गर्यौं । शासक जातिलाई दुनियाँमा कहीँ कतैपनि आरक्षणको अधिकार हुँदैन्, तर नेपालमा शासक जातिलाई त्यो अधिकार दिलाउनुभयो । यी सबै विकृति हेर्दा हामी इमानदार छौं कि छैनौं भन्ने प्रश्न आउँछ कि आउँदैन् ? नेपालमा लोकतान्त्रिक प्रतिष्पर्धाको कुरा गरिएपनि व्यवहारमा भने सिण्डिकेट देखिएको भन्दै त्यसमा पनि उनले प्रश्न उठाए ।
उनले भने,‘सिण्डिकेट भनेको प्रतिष्पर्धा हुन्छ ? सिण्डिकेट र कम्पिटिशन कहाँ एक ठाउँमा आउँछ भनेर म सोध्न चाहन्छु । हामी साँच्चिकै प्रतिष्पर्धाको पक्षधर हौं भने सिण्डिकेटको परिभाषा र व्यवहारमा त्यस्तो गर्नुहुँदैन थियो । अहिले लोकतन्त्रलाई दलीय सिण्डिकेटले घेर्नुभयो । दलीय सिण्डिेटमा पनि ठूलो पार्टीको सिण्डिकेट ल्याउनुभयो । अनि ठूलो पार्टीमा पनि गुटको सिण्डिकेट ल्याउनुभयो । अन्ततः अहिले देश गुटका नेताहरुले चलाईराखेका छन् । पार्टीलाई गुटले कन्ट्रोल गरेको छ, साना पार्टीलाई ठूलो पार्टीले नियन्त्रण गरेको छ । पार्टीले लोकतन्त्रलाई कन्ट्रोल गरेको छ । भएको छ चाहीँ के भनेर प्रश्न उठ्छ ।
देशमा गौरव गर्नुपर्ने जनता नै निरिह भएर बसेपछि हामी इमानदार त छैनौं भन्ने देखाउँछ ।’ बोलीमा समानता भनिएपनि नेपालमा अहिले व्यवहारमा भने विशेषाधिकारको अभ्यास भएकोमा पनि उनको आपत्ति थियो । साहले थपे–‘समानता भनेको समान अधिकारको कुरा हुन्छ, विशेषाधिकार भनेको त समानताको विरोधी कुरा हो । हामी त दुईवटै अभ्यास गरिरहेका छौं । कस्तो व्यवस्था र संविधान बनाएका छौं भन्ने कुरा एकचोटी नियाँल्नुपर्छ कि पर्दैन् ?’ शान्ति प्रक्रियाकै मूल सार वा आत्मा भनेको नै राजनीतिक मुद्दा भएकोमा त्यसलाई हत्या गरिएकोमा पनि उनले आक्रोश पोखे । उनले भने,‘राजनीतिक मुद्दालाई हत्या गरेर अनि शान्ति प्रक्रियालाई हामीले अगाडि बढायौं भनेर हुन्छ ? बेइमानी हुँदासम्म देशमा शान्ति हुँदैन् ।
नेपालमा हामीले शान्तिलाई भाँड्यौं । हामीले शान्ति प्रक्रियालाई धोका दियौं। जनतालाई हामीले ठग्यौं भनेर यो सही कुरा यहीँ बोल्नुपर्ने हो नि? यो ऐतिहासिक समारोह र क्षण हो, हामी त नेपालमा यतिवेला इमानदारिताको खडेरी हेरिरहेका छौं । हामीले संविधानमा समाजवाद भन्यौं तर चरम पुँजीवाद यहीँ देखिन्छ । कम्तिमा हिजोका व्यवस्था र शासकहरु जतिसुकै शोषक र शासक भएपनि आफ्नो पुँजी त नेपालमा नै राख्थे त ।
एउटा गाउँका सामन्तले भएभरका सम्पत्ति त आफ्नै भकारीमा राख्थे । तर, आजकाहरुले कहाँ लगिराखेका छन् ? त्यो नेपालमा छ ? दलाल पुँजीपति जसले पूरै देशलाई लुटेर यहाँको सम्पत्ति विदेश पुर्याईरहेको छ, त्यसले नै देशमा रजाईं गरिरहेको छ । देश चलाईराखेको छ । विचौलिया र दलालले देश चलाइराखेको छ ।
यो कुरा हाकाहाक्की भनिदिनुपर्दैन् ? जनतालाई ढाँटेर मुखमा राम राम बगलीमा छुरा गर्ने ? छद्यमभेषी राजनीति गर्ने ? भाषण एउटा गर्ने अनि व्यवहार अर्को देखाउने ? यही होईन अहिलेको देशको यथार्थता ? त्यसैले शान्ति प्रक्रिया भन्दै जाने अनि सार र व्यवहारमा चाहीँ पूरा कैचीं चलाईराख्ने ? जनतालाई पुरै विभेद गरिरहने, समाजमा आतंक मच्चाईरहने अनि विभेदलाई अझै बढाएर लैजान अनि शान्ति, शान्ति भनिराख्ने ? हिजोको राक्षसहरु पनि शान्ति, शान्ति नै गर्दथे नि । तपस्या गर्दथे ।
हामी सुन्छौं रावायण महापण्डित थिए । तपस्या गर्दथे । अनि साधुको भेष लगाएर सीतालाई अपहरण गर्दथे । नेपालमा पनि सायद यस्तै त गरिरहेका छैनौं हामी भन्ने प्रश्न आउँछ । हामी जे गरिरहेका छौं, ढाँट्ने काम गरिरहेका छौं । शान्ति प्रक्रियामा हामी इमानदार छैनौं । नेताहरुले जसरी शान्तिको लागि हामीले गरेका छौं भनेर यहाँ भन्नुभयो, मलाई चाहीँ कम्तिमा तपाईंहरुले शान्तिको लागि पक्कैपनि गर्नुभएको छैन भन्ने लागेको छ ।
तपाईंहरुले आफ्नो लागि गर्नुभएको छ ।’ उनले अहिलेका शीर्ष नेताहरुले सबैखाले कुकर्मको जिम्मा लिनुपर्ने टिप्पणी गरे । उनले भने,‘नेताहरुले त यहाँ ठूलो मोडेल भन्नुभयो । अहिलेको कुकर्मको पनि जिम्मा त्यसैमा पर्छ होला नि ? अहिले देशको बर्बादीपनि त्यसमै पर्छ नि । जनताको निराशापनि त्यसमै पर्छ नि ।
देशको भविष्य जुन अन्यौल भैरहेको छ, त्यसैमा पर्छ नि । नेताहरुमा सबै राम्रो गरेको आफूले जस लिने र नराम्रो चाहीँ अरुलाई देखाउने परिपाटी छ, यो ईमानदारिता भएन । नेपालमा इमानदार नेताको कमी भयो ।
बेइमानले कहिल्यैपनि घरलाई एक बनाउन सक्दैन् । बेइमानले त कलह ल्याउने हो । आज नेताहरुमा ठूलो बेइमानीको स्थिति छ ।’
उनले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले एक फिल्मको डायलगमा ‘म दिन्छु न्याय’ भनेको भिडिओ–क्लिपको प्रसंग उल्लेख गरे । उनले भने,‘म यहाँ आइराख्दा एउटा घट्ना सुनाउन चाहन्छु, म यहाँ आइराख्दा मेरो एकजना एमाले नेतासँग भेट भयो ।
एउटा भिडिओमा अहिलेका सम्माननीय प्रधानमन्त्रीज्यूले म न्याय दिन्छु भनेर कुनै एक फिल्ममा बोलेको कुरा सुनिरहेको थिएँ । एमालेका ती नेताले भन्नुभयो–उहाँ (ओली) ले आफ्नो पार्टीको कार्यालय त बनाउन सक्नुभएको छैन् । के नेपाल बनाउनुहुन्छ ? उहाँ झण्डै ९÷१० वर्षदेखि एमालेको अध्यक्ष हुनुहुन्छ ।
एमालेको केन्द्रीय कार्यालय भत्कियो, भत्किएको केन्द्रीय कार्यालय बनाउन नसक्ने नेताले देश बनाउँछु भन्दा मान्छेले पत्याउँछ ? एमालेजस्तो ठूलो, शक्तिशाली र धनीमानी पार्टीले आफ्नो पार्टी कार्यालय बनाउन नसक्ने ? यो कुरा एमाले नेताले भनेको हो । मैले पनि यो कुरा त मलाई पनि उचितै लागेको भनें । नेताहरुले बोलेको कुरालाई कसरी विश्वास गर्ने ? व्यवहारले होला नि, व्यवहारमा त सफल देखिन्नँ ।
आफ्नो घर बनाउन नसक्नेले देश बनाउँछु भनेर मान्छेले पत्याउँछ ? यो भनेको इमानदारिताको कुरा हो । नेताहरुको इमानदारितामा ठूलो खडेरी पर्यो । जनताले विश्वास गर्न छोडे । यो भनेको देशमा यतिवेला नेतृत्वविहीनता र अराजकताको स्थिति हो । त्यो द्वन्द्वको स्थिति हो । त्यसको अन्त्यको लागि पनि इमानदारिताको जरुरी पर्छ ।
म नेताहरुलाई फेरि दोहोर्याए भन्छु–आफ्ना गल्तीहरुलाई पनि यहाँ उभिएर भन्नुहोस । म फेरिपनि भन्छु कि शान्ति प्रक्रियाको हत्या गरिएको छ । शान्ति प्रक्रियाको मूल आत्मा मारिएको छ । जनतालाई फेरि जहाँको त्यहीँ पुर्याईएको छ । र, तपाईंहरुले युद्ध निम्त्याउँदै हुनुहुन्छ । अहिले देशमा जनताबाट तेस्रो जनआन्दोलनको माग भएको छ । यसप्रति हेक्का रहोस भन्न चाहन्छु । धन्यवाद ।’