२०८३ भाद्र ४
२०८३ भाद्र ४

आरके श्रीवास्तव,रौतहट,१० गते असोज
असोज १४ देखि एकीकृत समाजवादीको सुरु हुने ‘समाजवाद जागरण यात्रा’ आउँदो असोज १८ गते रौतहटमा पुग्ने भएको छ । जिल्लाको मध्य भाग गरुडामा भएको नेकपा (एकीकृत समाजवादी) को जिल्ला कमिटिको बैठकमा सो जानकारी गराइएको हो ।
समाजवाद जागरण यात्राले असोज १७ गते बेलुका चन्द्रनिगाहपुरमा विषयगत छलफल, १० देखि १ बजेसम्म गरुडामा सभा र २ बजे हरनहियाबाट बारा जिल्ला लाइ हस्तान्तरण गरि बिदा हुने कार्यक्रम तय गरिएको छ ।

एसमाजवादी पार्टीले आगामी असोज १४ देखि २८ गतेसम्म दुई साता लामो मेची–महाकाली राष्ट्रिय अभियान गर्ने भएको छ । ‘समाजवाद जागरण यात्रा’ झापाको काँकडभिटा स्थित मेची नदीबाट सुरु गर्ने भएको छ । उक्त यात्रा असोज २९ गते पश्चिम महाकाली पुगेर सकिनेछ ।

पार्टीको निति एवम् विचारलाइ देशव्यापीरूपमा प्रचारप्रसार गर्ने उद्देश्यले यात्रा सुरु आयोजन हुन लागेको जिल्ला अध्यक्ष कमल यादवले जानकारी गराएका हुन् । जागरण यात्रालाई व्यवस्थित र सफल बनाउन अध्यक्ष यादवको संयोजकत्वमा ‘समाजवाद जागरण यात्रा’ व्यवस्थापन समिति रौतहट गठन समेत गरिएको छ ।

बैठकलाइ सम्बोधन गर्दै वक्ताहरुले यात्राको क्रममा देशमा उत्पन्न राजनीति अवस्था बारे जानकारी गराउने,आर्थिक मनदीमा पार्टीको निति लगायतका बारेमा जानकारी गराइने जनाएका थिए । साथै उनीहरुले नेकपा (एमाले) सँग विद्रोह गरेर अलग हुनुको औचित्य बारे पनि जानकारी गराइने बताएका थिए ।
सो अवसरमा संविधानसभा सदस्य रामकुमार भट्टराइ, प्रदेश सांसद कनिस पटेल,बौधिमाई नगरपालिकाको नगर प्रमुख प्रदिप यादव,गौर नगरपालिकाको मेयर शम्भु साह,बृन्दावन नगरपालिकाको मेयर बिनोद पटेल,जिल्ला इन्चार्ज सारला यादव,पूर्व प्रदेश सांसद नागेन्द्र यादव,गरुडा नपाका मेयर प्रत्यासी बृजकिशोर यादव, वडा अध्यक्ष तुरन्त नरायण यादव,लक्ष्मी नरायण यादव लगायत एसमाजवादीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

काठमाडौं, १० असोज । नेपाली खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्व कीर्तिमान बनाएका छन् ।

 

नेपालका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्व कीर्तिमान बनाएका हुन् ।

 

चीनमा जारी १९ औं एसियन खेलकुदमा मंगोलियाविरूद्ध मैदानमा उत्रेका ऐरीले जम्मा ९ बल मै अर्धशतक पूरा गरेर विश्वकिर्तिमान बनाएका हुन । यसअघि भारतका युवराज सिंहले १२ बलमा अर्धसतक बनाएर राखेको कीर्तिमान नेपाली क्रिकेटर ऐरीले तोडेका छन्  ।

 

पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको मंगोलियालाई कमजोर टिमको रुपमा लिईदै आएको छ । कमजोर टिमको फाईदा उठाउँदै ऐरीले पहिलो ६ बलमा ६ छक्का प्रहार गरेका थिए ।

 

१० बलको सामना गर्दा उनले ८ छक्का हिर्काए पछि उनको बिश्व किर्तिमान कायम भएको हो ।

 

पुरुष क्रिकेटमा नेपालले मंगोलियालाई ३ सय १५ रनको लक्ष्य दिएको छ। नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन जोडकाे हाे  ।

काठमाडौ, १० असोज । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

 

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.८८ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.४८ रुपैयाँ रहेको छ र युरोपियन युरो एकको खरिद दर १४०.८५ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.४८ रुपैयाँ कायम गरिएकाे छ ।

 

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१.९७ रुपैयाँ रहेको छ भने बिक्री दर १६२.७० रुपैयाँ कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.१६ रुपैयाँ र बिक्री दर ८५.४४ रुपैयाँ तथा क्यनेडियन डलर खरिदमा ९८ रुपैयाँ ४९ पैसा, बिक्रीदर ९९ रुपैयाँ ९३ पैसामा काराेबार हुनेछ ।

 

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ८ रुपैयाँ ९७ पैसाले भाउँ पाउँदा दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ८५ पैसा र बिक्री दर ९ रूपैयाँ ८९ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

 

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४२ रुपैयाँ र बिक्री दर ३५.५८ रुपैयाँ  तथा मलेसियन रिंगिट एकको खरिद दर २८.३३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४६ रुपैयाँमा काराेबार गर्ने अनुमति दिएकाे छ ।

 

साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.९५ पैसा  विक्रीदर ४३१.८९ पैसामा काराेबार हुनेछ ।

 

 

बग्दाद, १० असोज । उत्तरी इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तिमा १०० जनाको मृत्यु भएको छ ।

 

सो आगलागीमा परेर अन्य १५० जना घाइते भएका छन्, सो घटनाको विस्तृत बिवरण आउन बाँकी छ ।  ।

स्थानीय सञ्चारमाध्यमका अनुसार सो घटनामा पर्ने पीडित मध्ये दुलहा र दुलहीसमेत रहेको बताइएको छ। इराकको उत्तरी निनेवेह प्रान्तको अल–हमदानिया जिल्लामा मंगलबार साँझ आगलागी भएको हो ।

 

आगलागी के कारणले भएको हो भन्ने अहिलेसम्म खुल्न सकेको छैन् तर प्रारम्भिक रिपोर्टहरूका अनुसार बिबाह उत्सबमा आतिशबाजी गरेपछि आगलागी सुरु भएको बताइएको छ।

 

इराकी समाचार एजेन्सी नीनाले पोस्ट गरेको तस्बिरले दर्जनौं अग्निनियन्त्रकहरू आगो निभाइ रहेको देखिएको छ भने स्थानीय पत्रकारहरूले सामाजिक सञ्जालमा राखेका तस्विरहरूले कार्यक्रम मुख्य हलको जलेर ध्वस्त भएको अवशेषहरू देखिएको छ ।

 

भवनमा रहेका ज्वालामुखी प्यानलहरूले आगो फैलाउन मद्दत गरेको हुन सक्छ, जसले गर्दा छतका केही भागहरू खसेको हुन सक्छ। ‘अत्यधिक ज्वलनशील, कम लागतको निर्माण सामग्रीको प्रयोगको कारण आगोले हलका केही भागहरू ध्वस्त पारेको छ, जुन आगो लाग्दा केही मिनेटमै भत्किन पुगेको थियो,’ इराकको नागरिक रक्षा निर्देशनालयले जानकारी दिदै भन्यो ।

 

समाचार एजेन्सी रोयटर्सका एक संवाददाताले खिचेको भिडियोमा अग्निनियन्त्रकहरू बुधबार बिहान सबेरै जीवित व्यक्तिहरूको खोजीमा भवनको भग्नावशेषमा चढेको देख्न सकिन्छ।

 

स्थानीय समय अनुसार करिब १०ः ४५ बजे भवनमा आगलागी हुँदा त्यहाँ सयौं मानिस उत्सव मनाइरहेका प्रत्यक्षदर्शीहरूले बताएका छन्।

 

‘हामीले हलबाट बाहिर निस्केयौ तर हलमा आगो बलिरहेको देख्यौं। व्यवस्थापन गर्नेहरू बाहिर निस्किए र तर ती पनि बच्न सकेनन, बाहिर निस्कनेहरू पनि घाइते भएका छन,’ ३४ वर्षीय इमाद योहानाले भने । उनी सो आगलागीमा सुरु भएर भागेर बाँचेका थिए ।

काठमाडौ, १० असोज । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

 

जसअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ५५, गोलभेडा सानो लोकल ४०, भारतीय गोलभेडा ठूलो ३५, घिउ सिमी लोकल ७०, काउली स्थानिय ७०, आलु रातो ५६, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका ४०, हरियो फर्सी ४०, घिरौला ५० रूपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

 

यसैगरी डल्लेच्याउ प्रतिकेजी ३२०, बन्दा लोकल ४५, गाँजर ११०, मूला सेतो ५०, भन्टा डल्लो ५०, भन्टा लाम्चो २५, मकै बोडी ८०, टाटे सिमी ५०, तितो करेला ५०, ब्रोकाउली २८०, कागती २२०, भिण्डी ६०, न्यूरो ७०, रातो बन्दा २५०, लोकल काक्रो ७०, अदुवा प्रतिकेजी १७०  रूपैयाँ रहेको समितिले जनाएको छ ।

 

समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, केरा दर्जन १५०, अनार ३८०, नासपाती ८०, आभोकाडो २००, कालो अंगुर ४००, किवि ४००, हरियो खुर्सानी अकबरे १२० रुपैयाँ तथा रहु माछा ३७०, छडी माछा २४०, बचुवा माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनिया ५०, खु्र्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २२०, परवर ५०, गुन्दुक प्रतिकेजी २५०, भारतीय प्याँज सुकेको ७०, लसुन हरियो २००, छ्यापी सुकेको २००, भेडे खुर्सानी ८०, शरीफा १५०, फूजी स्याउ ३२०,अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला ७०, तोफु ११०, पिंडाँलू ६०, तामा ९०, चुकुन्दर ७०, निबुवा ६०, बरेला ९०, कन्य च्याउ १३०, तने बोडी प्रतिकेजी ८० रूपैयाँमा कारोबार भइरहेको छ ।

रौतहट,१० गते असोज ।
रौतहटमा कालोपत्र भएको तीन महिना नबित्दै उप्किन थालेको छ । जिल्लाको देवाही गोनाही नगरपालिका अन्तर्गत मलंग चौक देखि देवाही जाने बाटोमा ह्युम पाइप निर यस्तो भएको हो ।
सडक डिभिजन चन्द्रनिगाहपुरको बजेटमा धन्सर कटहरिया कर्कच सडकमा कालोपत्रे,नाला र कल्भर्ट निर्माण कार्य काम भएको हो । यो सडक विस्तारको ठेक्का साहु कन्सट्रक्सन पतौरा ५ ले लिएको छ । करिब ४ करोड ९८ लाख ५५ हजार ५६८ रुपैयामा ठेक्का सम्भौता भइ काम भइरहेको छ ।


सो काम २०८० भदौ १४ गते सम्म निर्माण कार्य सम्पन्न गर्नु पर्ने समझौता पत्रमा उल्लेख रहेको छ । उक्त कालोपत्र सडक डिभिजनको प्राविधिकको मिलोमतोमा गुणस्तरहिन बनेको कारण उप्किन थालेको सरोकारवालाहरुको भनाइ छ । सडक गुणस्तरहीन बन्दा चाँडै भत्किन थालेको स्थानिय रुपेश पटेलले आरोप लगाएका छन् ।


कालोपत्र उप्केको र प्वाल भएको कारण सो सडक खण्डमा दुर्घटनाको उच्च जोखिम रहेको छ । जुनसुकै बेला दुर्घटना हुन सक्ने सम्भावना बढेको छ । त्यसैले सम्बन्धि निकायले चासो देखाउनु पर्ने स्थानियले माग गरेका छन् । निर्वाचन क्षेत्र रणनैतिक सडक विकास कार्यक्रम अन्तर्गत सो सडक कालोपत्र भएको हो ।

सो विकास निर्माणको काममा गुणस्तरीय काम गर्न स्थानीयहरुले बारम्बार आवाज उठाउँदै आएका थिए । तर पनि निर्माण कम्पनीले स्थानियको कुरालाइ वेवास्ता गर्दै धमाधम काम सकाएका थिए । स्थानियहरुले स्टीमेट अनुसार काम नभएको भन्दै विरोध समेत जनाएका थिए ।
यता सडक डिभिजनका इन्जिनियर प्रभु साह सँग सोध्दा साहु कन्सट्रक्सन लाइ कालोपत्र उप्केकोे ठाउँमा मर्मत गर्न निर्देशन दिइसकेको जानकारी गराए । प्वाल भएको र उखडेको ठाउँमा छिट्टै मर्मत हुने उनको भनाइ छ । भदौ १४ गते काम सम्पन्न गर्नुपने भएपनि अहिले सम्म काम नसकेको जनाए । काम भने अहिले पनि जारी रहेको उनले भने ।

बिरगञ्ज, १० असोज । बारामा गए राती गोली हानी एक भारतीय युवकको हत्या गरिएको छ ।

मोतिहारी जिल्ला दर्पाथाना सुक्लहियाका २२ वर्षीय अजितकुमार सिंहलाइ बारामा गोली प्रहार गरी हत्या गरिएको हो । उनको हत्या पचरौता नगरपालिका ६ लक्ष्मिनियामा भएको हो ।

मंगलवार बेलुकी सवा ६ बजे उनको हत्या भएको बाराका प्रहरी प्रवक्ता डिएसपी ददिराम न्यौपानेले जानकारी दिए । उनका अनुसार मृतक सिंह साथीहरुसँग मोटरसाइकल चढेर नेपाल आएको बेला उनको हत्या भएको हो । प्रारम्भिक अनुसन्धान अनुसार उनका साथीले उनी माथी गोली चलाएकाे देखिएकाे छ ।

 

यद्दपी मृतकको शव नारायणी अस्पताल बिरगञ्ज ल्याईएको छ भने सो घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं, १० भदौं । नेपालले क्रिकेटमा चारवटा विश्व किर्तिमान बनाएको छ ।

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले चारवटा विश्व किर्तिमान बनाएको हो ।

 

मंगोलियालाई २ सय ७३ रनले पराजित गरेर नेपालले  टी–२० अन्तर्राष्ट्रिय खेलमा रनको हिसाबले सबैभन्दा ठुलो अन्तरको जीत हासिल गरेर यो किर्तिमान कायम गरेको हो ।

 

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो अन्तरको जितको कीर्तिमान यसअघि चेक गणतन्त्रको नाममा थियो । चेक गणतन्त्रले सन् २०१९ को अगस्त ३० मा खेलिएको खेलमा टर्कीलाई दुई सय ५७ रनले हराएर विश्व किर्तिमान कायम गरेको थियो ।

 

पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेलेको मंगोलियालाई ३ सय १५ रनको लक्ष्य दिदै नेपालले ती किर्तिमान कायम गरेको हो । नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन जोडेको थियो ।

 

जारी खेलमा नेपालले टी– २० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमान बनाएको छ, यसअघि कुनै पनि टोलीले २ सय ७८ रनसम्म बनाएका रेकर्ड थियो ।

 

यता, नेपालका दीपेन्द्रसिंह ऐरी सर्वाधिक कम बलमा टी–२० अर्धशतक पुरा गर्ने ब्याट्सम्यानको किर्तिमान कायम गरेका छन, उनले ९ बलमै अर्धशतक पुरा गरेर सो रेकर्ड कायम गरेका हुन । यसअघि भारतका युवराज सिंहले १२ बलमा अर्धसतक बनाएर राखेको कीर्तिमान नेपाली क्रिकेटर ऐरीले तोडेका हुन्  ।

 

उता, कुशल मल्ल पनि सर्वाधिक कम बलमा शतक पुरा गरेर नयाँ विश्व कीर्तिमान बनाउन सफल भएका छन्। उनले ३४ बलमा शतक पुरा गरेका छन । यसअघि ३५ बलमा शतक पुरा गरेको विश्व कीर्तिमान कायम रहेको जनाईएको छ ।

सागर संगम ठाकुर ,रौतहट असोज ८ गते
आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले सरकारले अपरिपक्व शिक्षा विधेयक ल्याएर देशमा द्वन्द निमत्याएको आरोप लगाएको छ । गृह जिल्लाको गृह नगरपालिका मौलापुरमा वडा नं.७ पथराबुधराम टोल (नन्कार) मा नव निर्मित बिधालय भवनको उदघाटन गर्दै पुर्वमन्त्री समेत रहेका अध्यक्ष साहले यस्तो बताएका छन । सरकारले संसदमा ल्याएको विधेयकले शिक्षकहरुको पेशागत हकहितको सुनिश्चित नगरेको भन्दै यो विधेयकले राहत शिक्षक, बालबिकास शिक्षक, नीजि शिक्षक, मदरसा शिक्षक, गुम्बा शिक्षकहरुलाई चिन्न नसकेको बताए ।
समाज र राष्ट्र उन्नयनमा महत्वपूर्ण योगदान गर्ने शिक्षकहरुप्रति राज्य यति धेरै उदाशीन, गैर जिम्मेवार एवं लापरवाह बन्न मिल्दैन वहाँले भने । अपुग पारिश्रमिक, भविष्यको अनिश्चितता र न्युनतम साधन–स्रोतको भरमा नीजी शिक्षकहरुले उत्पादन गरेको जनशक्ति उन्नत हुने तर अर्बौं लगानी रहेको सार्वजनिक शिक्षा तुलनात्मक रुपमा यति धेरै कमजोर हुने विषयप्रति राज्य र सम्बद्ध सबै पक्षको गम्भीर ध्यानाकर्षण हुन जरूरी छ ।
शिक्षा सेवा आयोग पास गरेर आएका, तुलनात्मक रुपमा राम्रो तलब सुविधा र सुरक्षित जागिर भएका बहुसंख्यक सरकारी शिक्षकहरु किन स्वयं आफुँमाथि भरोसा गरेर आफ्ना सन्तानहरुलाई सरकारी विद्यालयमा पढाउदैन यसको जिम्मेवार जवाब सरकारी शिक्षकले दिनुपर्छ कि पर्दैन ?, संविधान विरोधी शिक्षा विधेयक खारेज हुनुपर्छ कि पर्दैन?, लापरवाह र गैरजिम्मेवार शिक्षकहरु कानुनको अधिनमा बस्नु पर्छ कि पर्दैन ? “ भनेर उहाँले प्रश्न गर्नुभयो । मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साहको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा प्रमुख अतिथि आजपा अध्यक्ष साह द्धारा नव निर्मित बिधालय भवनको नाम परिर्वतन गरि श्री राम जानकी अधारभुत बिधालय नामाकरण गरिएको छ । उद्घाटन कार्यक्रममा बिशिस्ट अतिथिद्वय आम जनता पार्टीका उपमहासचिव एवं पुर्व प्रदेश सभा सदस्य मा.कुन्दन कुशवाहा र आजपाका प्रवक्ता चन्द्र भूषण साह रहनु भएको थियोे ।
बिधालय भवनको लाग्तबारे मौलापुर नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत रामबाबु साह जानकारी गराउनु भयो । उक्त कार्यक्रममा अतिथिको रुपमा मौलापुर नगरपालिकाका उपप्रमुख नागेन्द्र प्रसाद यादव,आजपाको मधेस प्रदेश ईन्चार्ज सुधिर यादव, आजपाका रौतहट जिल्ला ईन्चार्ज त्रिभुवन साह अमर,केन्द्रीय सदस्य मनोज यादव,भोला पाण्डे श्री भग्वान पटेल ,मौलापुर नगरपालिकाका प्रवक्ता एवं दलित नेता चन्देश्वर बैठा, वडा नं.३ का अध्यक्ष महेश कुशवाहा, वडा नं.५ का वडा अध्यक्ष चन्द्रशेखर साह, वडा नं.७ का वडा अध्यक्ष रामपुकार साह, वडा नं.८ का अध्यक्ष श्री परशन यादव, वडा नं ९ का श्री पुजन साह,कार्यपालिका सदस्य,बिधालयका सम्पूर्ण शिक्षक शिक्षाका लगाएत लगायतका जनप्रतिनिधि एवं राजनीतिक नेतृत्व सहित सयौंको संख्यामा अभिभावक, विद्यर्थी, शिक्षक र कर्मचारीहरुको उत्साहवर्धक सहभागिता रहेको थियो ।

 

रौतहट, ०८ असोज । रौतहट जिल्लाको राजदेवी नगरपालिकामा नागरिक वडा पत्र राख्न जनमत पार्टी द्धारा ज्ञपान पत्र बुझाइएको छ । आज जनमत पार्टीका रौतहट राजदेवी नगर कार्य समितिद्धारा नगरपालिकामा ज्ञापन पत्र बुझाइएको छ । नगर कार्यसमितिका अध्यक्ष प्रभु राय यादवको अध्यक्षतामा राजदेवी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रल्लव कायस्थलाई सो ज्ञापन पत्र बुझाइएको छ ।

हरेक सरकारी निकाय वा कार्यालयहरुमा सेवाग्राही लाई सुविधाका लागि नागरिक वडा पत्र अनिवार्य राख्ने नियम हुदाँ हुदैँ पनि राजदेवी नगरपालिकाले नराखेको देखिएकोले यस नगरपालिका भित्र रहेका सम्पूर्ण स्वास्थ्य चौकी, प्रसुतिगृह, आर्युवेद, स्वास्थय केन्द्र र पशु स्वास्थय केन्द्रहरुमा प्रदान गरिने सेवा÷हुने उपचार, निशुल्क प्रदान गरिने औषधी लगायत स्वास्थय समाग्रीहरुको पुर्ण विवरण सहितको सेवा ग्राहीले सजिलै तथा सहज रुपले हेर्न सक्ने ठाँउमा वडा पत्र एक हप्ता भित्र अनिवार्य रुपमा लगाउनु पर्ने मागँ रहेको ज्ञापन पत्रमा उल्लेख रहेको छ ।

गरिएको माँग लाई एक हप्ता भित्र सम्बोधन गरिएन र अनुगमन तथा निरिक्षणमा जादाँ वडा पत्र देखिएन भने थप संघर्ष गर्ने बाध्य हुने कुरा तथा संघर्ष गरिने परिवेशमा भएको सम्पूर्ण क्षतिको जिम्मेवार नगरपालिका स्वेम हुने कुरा उक्त ज्ञापन पत्रमा जनाइएको छ ।

उक्त ज्ञापन पत्र बुझाउने क्रममा जनमत पार्टीका केन्द्रीय सदस्य बिकास कुमार यादव, अशोक कुमार सिंह, जिल्ला सदस्य शिवशरण यादव, वडा प्रत्यासी सुरेन्द्र ठाकुर, जामुन दास, शषिभुषण राउत, कृषनन्दन तिवारी, नितेश झा लगायत जनमत पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।