२०८३ भाद्र ४
२०८३ भाद्र ४

काठमाडौ, २३ असोज । 

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

 

जसअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ४५, गोलभेडा सानो लोकल ४०, भारतीय गोलभेडा ठूलो ३०, घिउ सिमी लोकल ८०, काउली स्थानिय ८०, आलु रातो ५४, मुडे आलु रातो ४४, भारतीय आलु रातो ३४, लौका ५०, हरियो फर्सी ५०, घिरौला रूपैयाँ ९० कायम भइ कारोबार भइरहेको छ । घिराैलाकाे भाउ ७० रूपैयाँबाट बढेर ९० पुगेकाे हाे ।

 

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ, बन्दा लोकल ५०, गाजँर १००,  मूला सेतो ३०, भन्टा डल्लो ५०, भन्टा लाम्चो ३०, मकै बोडी ७०, टाटे सिमी ६०, तितो करेला ५०, ब्रोकाउली २२०, कागती २००, भिण्डी ९०, न्यूरो ७०, रातो बन्दा प्रतिकेजी २५०, लोकल काक्रो ६०, अदुवा प्रतिकेजी १४० रूपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ५००, केरा दर्जन १४०, अनार ३५०, नासपाती ९०, आभोकाडो २००, कालो अंगुर ४००, किवि २५०, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ तथा रहु माछा ३७०, छडी माछा २४०, बचुवा माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

 

यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनिया १००, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २४०, परवर ४०, गुन्दुक २५०, भारतीय प्याँज सुकेको ७२, लसुन हरियो २८०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ११०, शरीफा २००, फूजी स्याँउ ३००, अम्बा ६०, मौसम १२०, जुनार ३२०, भारतीय सुन्तला १४०, पुदीना ५००, अमला ५०, तोफु ११०, पिंडालू ६०, तामा ९०, चुकुन्दर ७०, निबुवा ४०, बरेला ९०, रुख टमाटर १४०, कन्य च्याउ १३०, तने बोडी प्रतिकेजी ९० रूपैयामा कारोबार भइरहेको छ ।

गाजा, २३ असोज ।

इजरायली सेनाले आफ्ना सयौं मानिसको मृत्युको बदला लिन हमासलाई नक्साबाट मेटाउन खोजेको देखिन्छ।

त्यसैले इजरायली सेनाले एकपछि अर्को हवाई हमला गर्दै हमासको स्थानलाई निशाना बनाउँदै आएको छ । यसबाहेक हमासले बन्धक बनाएका मानिसहरूलाई रिहा गर्न पनि इजरायलको जोड छ। इजरायली सेनाले गाजा सीमामा प्यालेस्टाइनीहरू माथि विनाश मच्चाइरहेको छ।

 

आतङ्ककारी हमला भएको तीन दिनभन्दा बढी समय बितिसक्दा पनि इजरायली सेनाले प्यालेस्टाइन र हमासका निशानामा तीव्र हमला गरिरहेको छ । इजरायलको द्रुत आक्रमणले प्यालेस्टाइन र हमासलाई स्तब्ध बनाएको छ। तर के तपाईलाई थाहा छ यो द्वन्द्वको मुल कारण गाजापट्टी पनि हो, जुन मात्रै ४१ किलोमिटर लामो जमिन हो ।

इजरायलका रक्षामन्त्री योभ गालान्टले हमासविरुद्धको प्रतिकारका बीच कडा सन्देश दिएका छन् । उनले इजरायलले गाजामा यस्तो कारबाही गर्ने बताएका छन् जुन आगामी ५० वर्षसम्म स्मरणीय रहनेछ । यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास र प्यालेस्टाइनलाई हटाउने आफ्नो वाचा फेरि दोहोर्‍याएका छन्। युद्धका यी खबरहरू बीचमा जान्नुहोस् कि आखिरमा गाजा पट्टी बिबाद के हो ?

 

गाजा पट्टी इजिप्ट, इजरायल र भूमध्यसागरको बीचमा रहेको एउटा सानो क्षेत्र हो। यो संसारको सबैभन्दा सघन जनसंख्या भएको क्षेत्र हो। अतिबादी संगठन हमासले गाजा पट्टीबाट काम गर्छन, जसमा अहिले इजरायलमा आक्रमण गरिरहेको छ। गाजा पट्टीको लम्बाइ करिब ४१ किलोमिटर र चौडाइ ६ देखि १२ किलोमिटर मात्रै रहेको छ । गाजा पट्टीको जनसंख्या २० लाख भन्दा बढी छ। यहाँ हरेक वर्ग किलोमिटरमा करिब ४ सय मानिस बस्ने गरेको बताइएको छ ।

 

विशेष कुरा के छ भने गाजा पट्टीमा बसोबास गर्ने अधिकांश प्यालेस्टिनीहरु रहेका छन् । यसमा शरणार्थी र मूल निवासी दुवै समावेश छन्। इजरायल सन् १९४८ मा स्थापना भएको थियो र त्यसपछि इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व सुरु भएको हो । दुई बीचको सैन्य द्वन्द्वबाट आफ्नो जीवन बचाउँदै मानिसहरू गाजा पट्टीमा आए र बसोबास गरेका थिए । अधिकांश मानिसहरू गाजा शहरमा नै बस्छन्।

तेल अबिब, २३ असोज ।

इजरायल र प्यालेस्टाइनबीच अक्टोबर ७ देखि युद्ध जारी छ ।

 

यी ३ दिनमा गाजा र वेस्ट बैंकमा युद्धका कारण ७०४ जनाको मृत्यु भएको छ भने २ हजार ६१६ जना घाइते भएका छन् जबकि इजरायलमा ९०० जनाको मृत्यु भएको छ भने ३८०० जना घाइते भएका छन् ।

 

यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासलाई कडा चेतावनी दिँदै ‘यो युद्ध इजरायलले सुरु गरेको होइन, हामी अन्त्य गर्नेछौं’ भनेका छन् ।

 

हमासले युद्ध सुरु गरेपछि इजरायलले ३ लाख सैनिक परिचालन गरेर बदला लिने भएको छ । टाइम्स अफ इजरायलका अनुसार सन् १९७३ को योम किप्पुर युद्धमा इजरायलले ४ लाख रिजर्भ सैनिक बोलाएको थियो ।

 

इजरायलका प्रधानमन्त्री नेतन्याहुले सम्बोधनमा भने, ‘इजरायल युद्धमा छ। हामीले यो युद्ध चाहेका थिएनौं। यो सबैभन्दा क्रूर तरिकाले सुरु भएको थियो। यद्यपि इजरायलले यो युद्ध सुरु गरेकाे हाेइन, याे युद्द अब इजरायलले यसलाई अन्त्य गर्नेछ।’ हमासमाथि हमला गर्दै प्रधानमन्त्री नेतन्याहुले यसका लागि आफूहरूले मूल्य चुकाउनु पर्ने र यसलाई लामो समयसम्म सम्झिने बताएका छन् ।

 

उनले भनेका छन कि हमासले इजरायल माथि हमला गरेर ऐतिहासिक गल्ती गरेको बुझ्ने छ । ‘हामी तिनीहरू र इजरायलका अन्य शत्रुहरूले आउने दशकहरूमा सम्झने मूल्य निर्धारण गर्नेछौं,’ उनले चेतावनीको भाषामा भने ।

बन्धकहरूको दुर्दशामा बोल्दै प्रधानमन्त्री नेतन्याहुले निर्दोष इजरायलीहरू विरुद्ध हमासले गरेको क्रूर आक्रमणहरू स्तब्ध पार्ने बताएका छन्। उनीहरूले घरभित्र पसेर परिवारको हत्या गरे, चाडपर्वमा सयौं युवाको हत्या गरे, बालबालिका र वृद्धवृद्धाहरूलाई अपहरण गरे। यो सबै बर्बरता हो। उनले हमासलाई आईएसआईएससँग तुलना गर्दै आफ्नो पराजयका लागि तयार हुन चेतावनी दिए ।

 

यस बाहेक उनले आफ्नो सम्बोधनमा अमेरिकी राष्ट्रपति जो बाइडेन र अन्य विश्व नेताहरुलाई सहयोगको लागि धन्यवाद पनि दिए।

काठमाडौ, २३ असोज ।

सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज असोज २३ गते मंगलबार अन्तिम दिन हो ।

 

साधारण सभा प्रयोजनका लागि असोज २४ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ लाभांश हात पार्न आजै सेयरधनी बनि सक्नु पर्नेछ । यस कम्पनीले गत वर्षको नाफाबाट १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३% नगद लाभांश गरि कुल १०.५२६३% लाभांश वितरण गर्दैछ ।

 

यस कम्पनीले उक्त प्रस्तावित लाभांश पारित गर्न कात्तिक २३ गते वार्षिक साधारण सभा बोलाएको छ । साथै, सञ्चालक समिति बैठकले ५६ मेगावाटको जुम खोला जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी सानिमा जुम हाइड्रोपावरमा १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने निर्णय पनि गरेको छ । उक्त प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ ।

काठमाडौ, २३ असोज  ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९३ पैसा र बिक्री दर १३३ रुपैयाँ ५३ पैसा रहेको छ भने युराेपियन युरो एकको खरिद दर १३९ रुपैयाँ ९२ पैसा र बिक्री दर १४० रुपैयाँ ५५ पैसामा काराेबार हुनेछ ।

 

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ७६ पैसा र बिक्री दर १६२ रुपैयाँ ४९ पैसामा काराेबार हुदाँ  अस्ट्रेलियन डलर एकको खरिद दर ८४.४२  रुपैयाँ र बिक्री दर ८४.९०  रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ २७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७१ पैसामा काराेबार हुनेछ ।

 

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८ रुपैयाँ ९६ पैसामा काराेबार हुदाँ दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ८२ पैसा र बिक्री दर ९ रूपैयाँ ८६  पैसामा खरिद बिक्री गर्न सकिनेछ ।

 

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४४ रुपैयाँ र बिक्री दर ३५.६१ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२२ रुपैयाँमा काराेबार गरिनेछ ।

 

साथै, कुवेती दिनार १ को खरिद मूल्य ४२९.८६ पैसा र विक्रीदर ४३१.८ पैसामा काराेबार हुनेछ ।

तेल अहिब, २३ असोज ।

इजरायली सेनाले ‘पहिले कहिल्यै नभएको जस्तो’ शक्तिको साथ हमास विरुद्धको अपराधमा जाँदैछ’  प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार वाचा गरेका छन् ।

 

विनाशकारी र आश्चर्यजनक आक्रमणको ४८ घण्टा भन्दा बढी पछि इजरायलमा कम्तिमा ९०० जनाको मृत्यु भए पछि यो भनाई सार्बजनिक भएको हो ।

त्यसको जवाफमा इजरायलले हवाई आक्रमण गरिरहेको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार सो क्रममा ६८० भन्दा बढी प्यालेस्टिनी मारिएका छन्।

 

जवाफमा प्यालेस्टाइनी अतिबादी समुह हमासले हाल बन्धन रहेका इजरायली नागरिकलाई मृत्युदण्ड दिइने जनाएका छन । इजरायलले बिना चेतावनी गाजाका मानिसहरूलाई निशाना बनाएमा तीनैहरु सबैलाई मारिदिने चेतावनी पनि दिएको छ । सो समूहले इजरायली सेनाका अधिकारीहरू सहित १०० भन्दा बढीलाई बन्धक बनाएर राखेको दाबी गरेको छ।

 

उता, अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासको आक्रमणमा कम्तिमा ११ जना अमेरिकी नागरिक मारिएको र अन्यलाई बन्धक बनाएर राखिएको जानकारी गराएका छन ।

बागलुङ ।

लण्डनस्थित रिभर एकेडेमीमा अध्ययनरत १३ बर्षिय बालिकाले आफ्नो गाउँको विद्यालयमा सहयोग गरेकी छन ।

 

बागलुङ नगरपालिका—१२ अमलाचौर ज्यामिरे घर भै हाल लण्डनको रिभर एकेडेमीमा अध्ययन गर्ने बालिका टिया आचार्यले आफ्नो नेतृत्वमा केही रकम संकलन गरेर विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि शैक्षिक सामाग्री पठाएकी हुन ।

 

गत वर्ष सो विद्यालयको भ्रमण गरेकी उनले बेलायतबाट सञ्चालित नेपालब्रिटेन डट कमको १६ औं वार्षिकोत्सवको अवसर एक भिडियो प्रस्तुत गरेर आर्थिक सहयोग संकलन गरेकी थिइन् । सो आर्थिक सहयोग गर्न बेलायत लगायत विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरुले सहयोग गरेका थिए ।

टियाले गैरआवासीय नेपालीहरु मार्फत अमलाचौरमा रहेको जगन्नाथ प्राविमा अध्ययनरत विद्यार्थीका लागि शैक्षिक सामाग्री र न्यानो कपडा पठाएकी हुन् । गत वर्ष आफ्ना आमाबाबुसँग अमलाचौर आएको बेला सोही विद्यालयमा अध्ययनरत विद्यार्थीसँग भेट्दै गर्दा उनले आफुले यहाँ अध्ययन गर्ने विद्यार्थीका लागि केही सहयोग गर्ने प्रतिवद्धता जनाएकी थिईन । सोही अनुसार उनी बेलायत पुगे पछि केही रकम संकलन गरी आफ्ना बाबुमार्फत विद्यार्थीका लागि न्यानो ज्याकेट, ट्रयाक सुट, जुत्ता, झोला, तुथब्रस, सावुन तथा स्टेशनरी सामान समेत सहित पठाएकी थिईन । उनले पठाएको सामाग्री हालै एक कार्यक्रममा विच विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीका लागि हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक बुद्धिप्रसाद आचार्यले जानकारी दिए ।

 

बाग्लुङमा आयोजित एक कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य डिल्लीराम सुवेदी र कृष्ण पाठकले ती सामाग्री बालबालिकालाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा पत्रकार चिरन शर्माले एक बर्ष अघि टिया नेपाल आउँदा देखेको बिद्यालयलाई सहयोग गर्न चाहेपछि यो बर्ष सहयोग लिएर आएको बताए । यो बिद्यालयमा अधिकांस दलित बिद्यार्थी पढ्छन् ।

 

कार्यक्रममा सुवेदीले अबका दिनमा सामुदायिक बिद्यालय बचाउन बिद्यार्थी टिकाउन सक्ने कार्यक्रम ल्याउनुपर्ने बताए । उनले सामुदायिक बिद्यालयको गुणस्तर सुधार गर्न सकेमा मात्र भोलीका दिनमा बिद्यालय रहने भन्दै नत्र ग्रामीण तहका साना बिद्यालयहरुको अस्तित्व जोगाउन मुस्किल पर्ने बताए । त्यसकालागि अभिभावक र शिक्षक मिलेर गुणस्तर सुधारमा ध्यान दिनुपर्ने बताए ।

 

राज्यले अब माथिल्लो कक्षाका बिद्यालय भने घटाएर खर्च कटौती गर्ने तथा आबासिय बिद्यालय बनाएर धेरै बालबालिकालाई एउटै स्थलमा पढाउने तथा गुणस्तर बिकास गर्ने काम थाल्नुपर्ने सुझाव दिए । अब संघियता सँगै केन्द्रले बिद्यालय हेर्ने नभइ स्थानीय सरकारलेनै हेर्नुपर्ने पनि उनकाे भनाइ थियाे । उनले बित्तिय र प्रशासनिक क्षेत्रमा पनि संघियता लागू भएमा मात्र देशको बिकास सम्भवः हुने धारणा राखेका छन् ।

 

सांसद पाठकले बालबालिका पढाउने नाउँमा सहर पस्ने र बिदेश जानेबाट गाउँघरका बिद्यालय सुनसान भएको भन्दै बेलैमा बचाउने अभियानमा अभिभावक लाग्नुपर्ने सुझाव दिए । उनले बिद्यालयमा गुणस्तर पनि बढाउनुपर्ने भन्दै राज्यले शिक्षा क्षेत्रलाई प्राथमकिता दिनुपर्ने धारणा राखेका थिए ।

 

कार्यक्रममा नुवाकोटको शिवपुरी गाउँपालिकाका अध्यक्ष गोबिन्द थपलिया, वडा अध्यक्ष कोपिलामणी शर्मा लगायतले बोलेका थिए । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद पौडेलको अध्यक्षता, चिरन शर्माको संचालन प्रधानाध्यापक बुद्धि चापागाईको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

यसैबीच आइतवारै पृथ्वी हिरण्य माबिमा पनि शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा गण्डकी प्रदेशसभाका सदस्य डिल्लीराम सुवेदीले शिक्षा भौतिक पूर्वाधार बनेर मात्र गुणस्तर नहुने भएकोले त्यहाँका शिक्षक दक्ष बन्नुपर्ने, बिद्यालयमा प्राविधिक शिक्षाको शुरुवात हुनुपर्ने जस्ता सूचक पुरा गर्न सक्नुपर्ने धारणा राखे । उनले उक्त बिद्यालयको भवन आर्कषक बनिसकेकोले गुणस्तर सुधार हुने तथा बिपन्न बालबालिकाको पढाइमा पहुँच बढाउने खालका कार्यक्रम जोड्ने काममा साथ दिने बताएका छन् ।

 

कार्यक्रममा शिक्षक, अभिभावक र जनप्रतिनिधिले बिद्यालयको गुणस्तर सुधार गर्दै प्रविधिमय बनाउने योजना सुनाए । ती योजना पुरा गर्न स्थानीय सरकार र प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।

 

कार्यक्रममा गैरआवासीय नेपाली संघका सहकोषाध्यक्ष कृष्ण तिमल्सिनाले अमलाचौरको भूमिले राष्ट्रिय स्तरका व्यक्तित्व जन्माएको स्मरण गर्दै विद्यालयमा गुणस्तरिय शिक्षामा जोड दिए । पूर्वविद्यार्थी चिरन शर्माले विद्यालयमा कम्प्युटर शिक्षामा भएको प्रगति प्रति खुशि व्यक्त गरेका छन् ।

लण्डन, २३ असाेज ।

इजरायलमा शनिवार भएको आतंकवादी आक्रमणका कारण पिडित नेपालीको सहयोगार्थ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २४ घण्टे हटलाइन सेवा सञ्चालन गरेको छ ।

संघले इजरायलमा रहेका  नेपालीहरुको सुरक्षा गैरआवासीय नेपाली संघको पहिलो प्राथमिकता भएको जनाएको छ । आक्रमणका कारण संकटमा परेका नेपालीहरुको सुरक्षा र उद्दारका लागि पहल गर्न संघले नेपाल सरकार, परराष्ट्र मन्त्रालय, नेपाली राजदुतावास इजरायल लगायतका त्यहाँ सक्रिय नेपाली संघ–संस्थाहरुसँग निरन्तर समन्वय गरिरहेको  संघका समाचार संयोजक चिरन शर्माले जानकारी दिए ।

 

हटलाइनमार्फत प्राप्त समस्या र गुनासोलाई इजरायलस्थित संघको राष्ट्रिय समन्वय परिषद्, दूतावास तथा सम्बन्धित निकायसम्म पुर्याउन मद्दत गरिने संघले जनाएको छ।

सेवा लिन तपशिलमा उल्लेखित संघका कर्मचारीहरुलाई सम्पर्क गर्न सकिने संघले जनाएको छ ।

तपशिल :

राजेन्द्र कुमार राउत (प्रमुख कार्यकारी अधिकृत) ९८०१८६११००

बन्दना शर्मा (सहायक निर्देशक) ९८०१८६११०१

इन्द्रलक्ष्मी घिमिरे ( सञ्चार तथा वैदेशिक रोजगार अधिकृत)   ९८०१८६११२३

काठमाडौं ।

राष्ट्रियसभाको बैठक बस्दै छ ।

 

संङघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ ।  बैठक बिहान ११ बजेर बोलाइएको छ ।

 

संङघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा राष्ट्रियसभा सदस्य प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत गर्नेछन ।

साथै बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘विधायन सम्बन्धी विधेयक, २०८० दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस’ भन्ने प्रस्ताव गर्ने कार्यसूचीमा उल्लेख छ ।

भक्तपुर, २३ असाेज ।

भक्तपुरको चाँगुनारायण नगरपालिकाको बजार अनुगमन समितिले सोमबार नगरपालिकाको वडा नम्बर ६ नगरकोट एरियामा रहेको मिनीमार्ट र खाद्य पसल अनुगमन गरेको छ ।

 

उपभोक्ताको हित संरक्षणनार्थ त्यहाँं रहेका क्षेत्रको मार्ट र पसल अनुगमन गरिएको हो । बजार अनुगमनको संयोजक एवं नगर उपप्रमुख रमेश बुढाथोकीको नेतृत्वमा सरोकारवालासहित अनुगमन गरिएको अधिकृत सुरज पौडेलले जानकारी दिए ।

 

अनुगमनमा बलराम स्टोरमा चिनी प्रति के. जी. रु. १३५ मा विक्री गरेको विक्री बिलबाट देखिएको तर खरिद बिल माग्दा देखाउन नसकेकोले यसलाई अनुचित व्यवसायजन्य क्रियाकलाप गरेको देखिदा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम पाँच हजार एक सय सचेतनाका लागि जरिवाना गरिएकाे छ । साथै उक्त स्टोरलाई तक्कालै मूल्य सूचि राख्न निर्देशन दिइएको छ ।

त्यस्तै नगरकोट स्टोर उपभोग्य बस्तुहरुको खरिद बिल उपलब्ध नभएकोले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम पाँच हजार एक सय सचेतनाका लागि जरिवाना गरिएको छ । साथै उक्त स्टोरलाई तक्कालै मूल्य सूचि राख्न निर्देशन दिइएको छ भने उक्त स्टोरलाई ढक तराजु नविकरण गर्न निर्देशन दिइएको छ ।

 

लामा कोल्ड स्टोरले म्याद नाघेको समान जफत गरि नष्ट गरिएको छ । साथ उक्त स्टोरलाई म्याद नाघेको सामानहरु छट्टै राख्न, मूल्य सूची राख्न र अन्त शुल्कको अनुमती लिएर मात्र मदिरा विक्री वितरण गर्न दिर्नेशन दिइएको छ ।

 

नगरकोट नपा गाउँ फ्रेस हाउसलाई ७ दिन भित्र व्यवसाय नविकरण गर्न, मूल्य सूची राख्न, ढक तराजु तत्काल नविकरण गर्न निर्देशन दिइएको अधिकृत पौडेलले जानकारी दिए ।

साह स्टोर एण्ड सप्लायर्समा म्याद नाघेको समान बरामद गरी नष्ट गरेको जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि यादव मिश्रले जानकारी दिएका छन । साथै उक्त सप्लायर्सलाई मूल्य सूची राख्न, ढक तराजु नविकरण गर्न र व्यवसाय दर्ता नविकरण गर्न निर्देशन दिइएको छ ।

 

नगरपालिकाका बजार अनुगमन अधिकृत सुरज पौडेलले जनाए अनुसार बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि यादव मिश्र र वडा अध्यक्ष धनबहादुर लामा, भक्तपुुर उद्योग वाणिज्य संघका सचिव विश्वराम दुवाल, राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापा र भक्तपुर घरेलु कार्यालयका कर्मचारी सरस्वती पौडेल लगायतको प्रतिनिधित्व रहेको बताइएको छ ।

 

चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले नियमित अनुगमन हुने गर्ने र दशैँ र तिहार चाडपर्व नजिक बढ्नसक्ने उपभोग्य बस्तुहरुको कालोबजारी र गुणस्तरहीन बस्तुहरु बिक्रीवितरणलाई नियन्त्रण गरी उपभोक्ताको हितलाई मध्यनजर गर्दै अनुगमनलाई निरन्तरता दिने जानाकारी दिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।