कवाललम्पुर, ३० असोज ।
मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले गाजामा खाद्यान्न सहायता र औषधिहरू पठाउन मलेशिया तत्पर रहेको जनाएका छन ।
हमास नेता इस्माइल हानियालाई ‘प्यालेस्टिनी जनताको लागि अटल समर्थन’ रहेको जनाउँदै मलेसियाले मानवीय सहायताका लागि औषधीलगायतका सामाग्री पठाउन तप्पर रहेको जनाएका हो ।
‘गाजाको डरलाग्दो अवस्थालाई ध्यानमा राख्दै म बमबारीलाई तुरुन्तै बन्द गर्न र रफाहमा मानवीय कोरिडोरको स्थापनाको लागि कडा वकालत गर्दछु’ अनवरले सोमबार हानिहसँग फोनमा कुरा गरेपछि सोशल मिडियामा पोस्टमा भनेका छन् ।
‘इजरायलले विस्थापनको राजनीति गर्न नहुने, हमाससँग तुरुन्त युद्धविराम गर्नु र जारी द्वन्द्व अन्त्य गर्न शान्तिपूर्ण समाधान खोज्नु पनि अनिवार्य छ,’ उनले भनेका छन् ।
‘यो संकटबाट प्रभावित सबै व्यक्तिहरूको कल्याण र सुरक्षालाई प्राथमिकता दिन महत्त्वपूर्ण र सर्वोपरि छ। यस भावनामा हामी मानवीय सहायता प्रदान गर्न प्रतिबद्ध छौं,’ उनले भनेका छन, ‘विशेष गरी खाँचोमा परेकाहरूको पीडा कम गर्नको लागि खाना र औषधिको रूपमा सहयता पठाउने छौं ।’
हेमन्त केसी जाजरकोट, ३० असाेज ।
छेडागाड नगरपालिकाका कर्मचारीले पालिकाकै रकमबाट व्यक्तिगत रुपमा चलाइरहेको इन्टरनेट सेवा बन्द गरिएको छ ।
यसरी ११ ठाउँमा जोडिएका व्यक्तिगत इन्टरनेट सेवाहरु नयाँ प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले बन्द गराइदिएका हुन् ।
अब पालिका भित्र नगरप्रमुख रत्नबहादुर खड्का , उपप्रमुख चन्द्र थापा , लेखा शाखा , प्रमुख प्रशासकीय अधिकृत बाहेक अन्य ठाउँमा इन्टरनेट सेवा नचल्ने भएको छ । पालिकाको खर्चमा व्यक्तिगत प्रयोजनका लागि सरकारी रकमबाटै इन्टरनेट चलाएर मासिक भारी रकम खर्च हुँदै आएको थियो । अब इन्टरनेटमा मात्र झण्डै १० लाख भन्दा बढी बचत हुने भएको छ । सबै निजी रुपमा चलाइरहेका कर्मचारीबाट राउटर फिर्ता मागिएको छ ।
खाजा ,नास्ताका लागि असोज २९ गते सूचना प्रकाशित गरिएको छ । सस्तोमा जसले नगरपालिकालाई नास्ता उपलब्ध गराउँछ ,उसैले नास्ता उपलब्ध गराउने गरी खुल्ला प्रतिस्पर्धाबाट काम हुने प्रमुख प्रशासकीय अधिकृत डाँगीले बताए । कर्मचारीले जथाभावी गरिरहेको इन्धन सेवालाई समेत कडाइका साथ लिई कुपन सेवा उपलब्ध गराएको छ । मदिरा सेवन गरी हो हल्ला गर्ने बिकृती बढेकोले त्यसलाई रोक्न सामुहिक प्रतिबद्धता समेत गराएको छ ।
वासिंग्टन डिसी, ३० असोज ।
करिब १ हजार अमेरिकी नागरिकहरू र उनीहरूका नजिकका परिवारका सदस्यहरू अमेरिकी सरकारले चार्टर्ड यातायातमार्फत इजरायलबाट उद्दार गरेको छ ।
राज्य विभागका प्रवक्ताले सीएनएनलाई भनेका छन कि अमेरिकी सरकारले गत शुक्रबारदेखि ‘अमेरिकी नागरिकहरू र उनीहरूका नजिकका परिवारका सदस्यहरूलाई हवाई र समुद्री मार्गबाट ४ हजार भन्दा बढीलाइ उद्दार गर्ने याेजना बनाएकाे थियाे ।जसका लागि ४ हजार सिट प्रस्ताव गरिएको थियो ।
तथापि, प्रवक्ताले भनेका छन कि ‘हामीले प्रस्ताव गरेका प्रस्थान विकल्पहरूबाट सामान्यतया आधा भन्दा कम मानिसहरू फर्किएका छन् ।’ इजरायलको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलबाट कम्तिमा बिहीबारसम्म अमेरिकी सरकारले सुविधायुक्त उडानहरू रोलिङ आधारमा जारी रहने अपेक्षा गरिएको उनले भने ।
३ हजार भन्दा बढी थप अमेरिकी नागरिकहरूले सफलतापूर्वक इजरायल र वेस्ट बैंकबाट व्यावसायिक हवाइजहाज, भूमि सीमा वा अन्य माध्यमबाट त्यहाँवाट बाहिरिएका छन् ।
यसैबीच, गाजाका अमेरिकीहरू भनेका छन् कि रफाह क्रसिङबाट इजिप्टमा पुग्ने कुनै भाग्य नै थिएन, अमेरिकी अधिकारीहरूले यो नाका खोल्न सक्ने संकेत दिए पनि विश्वास गरेका थिएनन् । अमेरिकी दूतावास काइरोले २५३ अमेरिकी नागरिकहरूलाई ट्र्याक गरिरहेको छ, १५३ सम्बन्धित परिवारका सदस्यहरू भने रफाह क्रसिङ हुँदै गाजा छोड्न मद्दतको लागि अझै पनि अनुरोध गरिरहेका छन ।
इजरायल, गाजा, र वेस्ट बैंकमा रहेका अमेरिकी नागरिकहरूले सहायताको खाँचोमा परेकाले ‘ट्राभल डट स्टेट गभ’ वेभसाइटमा इनटेक फारम पूरा गर्नुपर्छ । उनका अनुसार जानकारी उपलब्ध हुने बित्तिकै हामी अमेरिकी नागरिकहरूलाई प्रस्थान सहायता सहित अद्यावधिकहरू प्रदान गर्न जारी राख्नेछौं।’
इनरुवा, ३० असोज ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकार आत्मसमर्पणबादी भएको आरोप लगायका छन् ।
नेपालको अभिभाज्य भुमी लिम्पियाधुरा, कालापानी, गुन्जी, कुटीलगायत क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे नेपाल सरकार बेखबर हुनु, चासो नलिनु, एक शब्द नबोल्नु आत्मसमर्पणबादी मानसिकताको उपज भएको बताए ।
सुनसरी जिल्लाको इनरुवामा आयोजित बिरोध सभामा बोल्दै थापाले सत्तामा पुग्न, टिक्न, चुनाव जित्न बिदेशीको आशिर्वाद र सहयोग लिनेहरुबाट राष्ट्रिय स्वाधीनताको रक्षा हुन नसक्नेसमेत दाबी गरेका छन् । थापाले भने, ‘भारतीय प्रमको भ्रमणबारे सरकारले तुरुन्तै कुटनैतिक नोटमार्फत भारत सरकारलाई प्रश्न सोधोस्’ । रा
राष्ट्रपतिको भुमिका पार्टीको छायांको रुपमा रहेको अभिभावकको रुपमा हुन नसकेको भन्दै थापाले राजासहितको प्रजातन्त्र आबश्यक रहेकोमा पुनः जिकिर गरेका छन् । सरकार र ठुला भनिने दलहरु भ्रष्टाचारको आहालमा डुबेको आरोप लगाउदै थापाले अब यथास्थितिबाट मुलुक अगाडि बढ्न नसक्नेसमेत बताएका छन ।
धर्मपरिबर्तन, बेरोजगारी ,कुशासन र महङ्गी गणतन्त्रको पर्याय भएको चर्चा गर्दै थापाले संघीयता खारेज गरि सनातन हिन्दु अधिराज्य कायम गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा पार्टीका नेताहरु तारानाथ लुइँटेल , राजाराम बर्तौला, तेजकुमार कुरुम्वाङ्ग, गोपाल कोइराला, चन्दन चौधरी, खड्ग जिसि, खेम ओझा लगायतले बोलेका थिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रेमप्रसाद भट्टराईको नेतृत्वमा ठुलो समूह राप्रपा नेपाल प्रवेश गरेको थियो भने पुर्ब प्रहरी उपरीक्षक नारायण थापा पनि राप्रपा नेपाल प्रवेश गरेका छन् ।
काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ ।
जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसामा खरिद बिक्री गर्न सकिनेछ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९५ पैसा र बिक्री दर १३३ रुपैयाँ ५५ पैसामा कारोबार हुनेछ भने युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ०४ पैसा र बिक्री दर १४० रुपैयाँ ६७ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।
बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ५९ पैसा र बिक्री दर १६२ रुपैयाँ ३२ पैसाले भाउँ पाउँदा क्यानेडियन डलरको खरिददर ९७ रूपैयाँ ५० पैसा तथा बिक्री दर ९७ रूपैयाँ ९४ पैसा तथा अष्ट्रेलियन डलर खरिद दर ८४ रूपैयाँ ८ पैसा तथा बिक्री दर ८४ रूपैयाँ ४६ रूपैयाँमा कारोबार हुनेछ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा कायम रहेको जनाएको राष्ट्र बैंकले जापनी एन ८ रूपैयाँ ८९ पैसामा खरिद गरिनेछ भने ८ रूपैयाँ ९३ पैसामा बिक्री गरिनेछ ।
वासिंगटन डिसी, ३० असोज ।
इजरायल भ्रमणपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले जोर्डनका राजा अब्दुल्लाहसँग पनि भेटघाट गर्ने भएका छन्र ।
सो क्रममा इजिप्टका राष्ट्रपति र प्यालेस्टाइनी अथोरिटीका अध्यक्ष महमूद अब्बाससँग भेटघाट गर्ने अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन किर्बीले जानकारी दिएका छन् ।
बाइडेनले ‘हमास प्यालेस्टिनी जनताको मर्यादा र आत्मनिर्णयको अधिकारको पक्षमा उभिने छैन भन्ने कुरा दोहोर्याउने छन् र गाजाका सबै नागरिकहरूको मानवीय आवश्यकताहरूबारे फेरि छलफल गर्नेछन्’, किर्बीले भने।
उता, बिदेश मन्त्री ब्लिन्केनले गत हप्तामा इजरायली र अरब नेताहरूलाई भेटेर क्षेत्रको वरिपरि यात्रा गरिरहेका छन । स्पष्ट रूपमा इजरायललाई समर्थन गर्ने अमेरिकी सार्वजनिक घोषणाहरूको बावजुद द्वन्द्वको समाधान खोज्ने प्रयासमा पछिल्लो समयमा अमेरिकनहरू लागिरहेको देखिन्छ ।
जेरुसलम, ३० असोज ।
इजरायलले प्यालेस्टाइनी गायक दलाल अबु अमनेहलाई गिरफ्तार गरेको छ ।
आफ्नो परम्परागत गीतका लागि परिचित एक प्यालेस्टिनी गायकालाई इजरायली प्रहरीले फेसबुक पोस्ट गरेको कारण पक्राउ गरेको प्यालेस्टिनी र इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।
इजरायलकी प्यालेस्टिनी नागरिक दलाल अबु अम्नेहलाई सोमबार ‘भगवान बाहेक कोही विजयी छैन’ भन्ने अरबी वाक्यांश पोस्ट गरेपछि नाजेरथस्थित उनको घरबाट पक्राउ गरेर लगिएको अरब ४८ आउटलेटले उनको वकिललाई उद्धृत गर्दै समाचार प्रकाशन गरेको छ ।
वकिल, अबीर बकरले भने कि इजरायली प्रहरीले अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमण र त्यसपछि इजरायलले गाजामा आक्रमण गरेपछि गत हप्ता इजरायलीहरूबाट धम्कीहरू प्राप्त गर्दै आएका अबु अम्नेहलाई सोधपुछ जारी राखेको छ।
काठमाडौ, ३० असाेज ।
भोलिका कर्णधार आजका बालबालिकाको मुद्धाहरु मिडियामा आउन नसकेको भन्दै एक कार्यक्रमका सहभागीहरुले दुःख व्यक्त गरेका छन् ।
चाइल्ड नेपाल नामक गैरसरकारी संस्थाले राष्टिय सञ्चारमाध्यम (डेस्क इडिटर, इडिटर)सँंग गरेको अन्तरक्रियामा उनीहरुले कुल समाचारको झण्डै चारदेखि ६ प्रतिशत समाचार मात्रै बालबालिकाहरुको मुद्धामा रहेको बताए । यसमा पनि अधिकांस समाचार औपचारिक कार्यक्रमको मात्रै भएको भन्दै उनीहरुले बालबालिका सम्वन्धी खोज, अनुसन्धानमूलक समाचार प्रकाशित, प्रशारित गर्नुपर्नेमा जोड दिए । साथै उनीहरुले ससाना बालबालिकाहरुको मुद्धामा सञ्चारमाध्यमले समाचार सम्प्रेषण गर्दा विशेष संवेदनशिलता अपनाउनुपर्नेमा पनि जोड दिए ।

कार्यक्रममा डा. कुन्दन अर्यालले आएका चारदेखि ६ प्रतिशत बालबालिका सम्वन्धीको समाचारमा पनि ७८ प्रतिशत समाचार बालबालिकामाथिको दुव्र्यवहारका समाचारहरु रहने गरेको तथ्यांक प्रस्तुत गरे । यसले भोलिका बालबालिकाहरुलाई नकारात्मक सन्देश प्रबाह भइरहेको उनको भनाई थियो ।
कार्यक्रममा बाहखरीका विशेष सम्पादक हरिबहादुर थापाले बालिका बलात्कृत भनेर छापिने समाचारमा पीडकको ठेगाना खोलिदिए पछि पीडित पनि त्यही गाउँकै नै हुने भएर नाम नखुलाए पनि पीडित थप पीडित हुने सुनाए । यसकारण बालबालिका सम्वन्धीका समाचारको लेखन, सम्पादनमा विशेष गाम्भीर्यता अपाउनुपर्ने आवश्यकता उनले औंल्याए ।

कार्यक्रममा सम्पादक थापा र डा अर्यालले दुईवटा प्रस्तुतिहरु दिएका थिए । थापाले बालबालिकाबारेका मुद्धामा हाल चलिरहेको सम्पादन र रिर्पाेटिंगको संवेदनशिलता विषयमा प्रस्तुति दिएका थिए । उनको प्रस्तुति माथि डा अर्यालले टिप्पणी गरेका थिए । कार्यक्रममा आयोजक संस्थाका निर्देशक मोहन दंगाल, पत्रकारहरु जनक नेपाल, जुनारबाबु बस्नेत, गंगा विसी, प्रकाश सिलवाल, कृष्ण किसी, दीपेन्द्र श्रेष्ठलगायतका आआफना अनुभबहरु सुनाएका थिए । कार्यक्रममा बिभिन्न मिडियाका डेस्क इडिटर तथा इडिटरहरु सहभागी रहेका थिए ।
काठमाडौं, ३० असोज ।
काठमाडौंमा जिउँदो सरकारी खसीको मुल्य ६८० रुपैयाँ पर्ने भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीवाट बिक्री गरिने खसी, बोका र च्याङ्गाको मूल्य सार्वजनिक गर्दै जिउँदो खसीको मुल्य तोकेको हो ।
सो कम्पनीका अनुसार जिउँदो खसी, बोकाको मूल्य प्रतिकिलो ६८० रुपैँया तथा च्याङ्ग्राको प्रतिकिलो १२ सय ६० रुपैँयाका दरले बिक्रि बितरण गरिनेछ ।
सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार यस मूल्यमा प्रतिकेजी १० रुपैँया छुट दिएर बिक्री गरिने छ । जसअनुसार आज बिहान ८ बजेदेखि नै कम्पनीको थापाथलीस्थित कार्यालयबाट खसी बोका र च्याङग्रा बिक्रि सुरु हुनेछ । छुटसहित खसी प्रतिकिलो ६ सय ७० र च्याङ्ग्रा १२ सय ५० रुपैँयामा खरिद गरेर सर्बसाधारणले घर लैजान सक्ने छन् ।
यस दशैँका लागि कम्पनिले २ हजार खसीबोका र १ हजार वटा च्याङ्ग्रा काठमाडौं भित्राएको छ ।
काठमाडौं, ३० असोज ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १९औँ महाधिवेशन आजबाट सुरु हुँदैछ।
होटल सोल्टी, ताहाचलमा आज दिउँसो साढे २ बजे सो महाधिवेसनको उदघाटन हुदैँछ । प्रत्येक दुई वर्षमा महाधिवेशन हुने गरेको छ ।
यस महाधिवेसनले अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ । अघिल्लो महाधिवेशनमा ६-६ महिना भाग लगाएर नेतृत्व सम्हालेका तीनमध्ये दुई अध्यक्षहरु बद्री केसी र रविना थापा यसपटक पनि प्रत्यासी छन्।
अध्यक्षका प्रत्यासी बद्री केसी र महेश श्रेष्ठ बिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । उता, राजेन्द्रकुमार शर्माले पनि अध्यक्षमा दावी गरेका छन् ।
एनआरएनएको यस महाधिवेसनले अध्यक्ष, एक महिला र युवासहित ८ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र एक कोषाध्यक्ष सहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ ।
एनआरएनएले ८७ वटै शाखाको अधिवेशन सकिसकेको छ भने ४ हजार २ सय २७ प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिसकेको छ। एनआरएनएमा ९६ हजार संगठित सदस्य रहेको दाबी गरेको छ ।