२०८३ भाद्र ४
२०८३ भाद्र ४

३० असोज, काठमाडौं ।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गैरआवासीय नागरिकता वितरणलाई राष्ट्रघाती कार्यको सुरूआत भनेका छन् ।

सरकारले मंगलबारबाट गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै बालुवाटारमा कार्यक्रम आयोजना गरी गैरआवासीय नागरिकता प्रदान गरे ।

तर, सरकारको यो कदम देशको पक्षमा नरहेको भन्दै आम जनता पार्टीका साहले विरोध गरेका हुन् । ‘गैरआवासीय नागरिकता वितरण राष्ट्रघाती कार्यको शुरूवात हो । विदेशी नागरिकलाई नेपाली नागरिकता दिने कार्य खुलेआम राष्ट्रघाती कार्य हो’ शाहले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनका अनुसार गैरआवासीय नागरिकता वितरणले बिदेशी नागरिकता लिएका नेपालीहरुको नेपालमा रोकिएको अचल सम्पत्ति बेचबिखन गरि विदेश लैजानको लागि बाटो खुल्नेछ । ‘खर्बौं खर्बको चल सम्पति अवैध ढंगले विदेश पुर्‍याइसकेका तिनिहरुले अब आफनो अचल सम्पत्ति पनि खुलेआम विदेश लान पाउनेछन’ साह अगाडि लेख्छन्, ‘नेपालमा लुटेर राखेका सम्पति समेत विदेश लैजानलाई अब कानुनी समस्या हुने छैन ।’

गैरआवासीय नागरिकता वितरणले नेपाललाइए खोक्रो बनाउने उनको भनाइ छ । उनी लेख्छन्, ‘दुनियाँमा काही नभएको दोहोरो नागरिकताको प्रावधानले नेपाल छिटै खोक्रो हुने पक्का छ ।’

विदेशी लगानी नेपाल ल्याउन गैरआवासीय नागरिकताको प्रावधान ल्याइएको भन्ने हल्ला मात्रै भएको उनको भनाइ छ । साहले लेखेका छन्, ‘विदेशी लगानी नेपाल ल्याउनलाई यो दोहोरो नागरिकताको प्रावधान ल्याइएको भन्ने हल्ला मचाएर आज ठुलो राष्ट्रघाती कार्य हुदैँछ । यस अपराधजन्य कार्यको विरुद्ध एक भएर प्रतिवाद गरौँ । राष्ट्रघाती कार्य मुर्दावाद, प्रतिक्रान्तिकारीहरु होशियार । औनलाईन खबर

काठमाडौं, ३० असोज ।

सरकारले गैरआवासीय नेपालीलाई नागरिकता दिन सुरू गरेको छ ।

बालुवाटारपीथत प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यलाई नागरिकता दिएर अभियानको सुरुआत गरेका हुन् ।

२८ असोजमा पर्वत जिल्ला प्रशासन कार्यालयबाट कुलले नागरिकताको प्रमाणपत्र पाएका थिए ।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले गरेको सम्बोधनको पूर्णपाठ :

१. गैरआवासीय नेपाली संघको ११ औं महाधिवेशनमा संसारभरिबाट आउनुभएका एनआरएन साथीहरूलाई नेपालमा हार्दिक स्वागत गर्दछु । दशैं, तिहार, नेपाल संवत्, छठ लगायत सबै चाडपर्वहरूको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

२. गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन समयमा सम्पन्न हुन नसकी संघभित्र केही विवाद र असहमतिहरू रहे । विमतिहरूमाथि गम्भीर समीक्षा गरी संघलाई एकतावद्ध बनाउन प्रधानमन्त्री हुँदा होस् वा पार्टी अध्यक्षको हैसियतले, मैले महत्वपूर्ण भूमिका खेलेको छु, त्यसको यहाँ स्मरण गर्न चाहन्छु ।

३. नेपालको संविधानमा गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था गर्न मैले निकै ठूलो संघर्ष र पहल गरेको छु । त्यसकै बलमा तपाईहरूले संवैधानिक अधिकार प्राप्त गर्नुभएको छ । संविधानमा व्यवस्था भएपश्चात् पनि कानुनी व्यवस्था गर्न हामीले फेरि अर्को संघर्ष गर्नुप¥यो । निकै ठूलो संघर्ष र मेहेनतपछि हामीले सफलता हासिल गरेका छौं । पचासौं लाख गैरआवासीय नेपालीहरूले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको छ, यो निकै ठूलो उपलब्धी हो ।

४. मेरो नेतृत्वमा नयाँ सरकार बन्नासाथ सरकारले सम्माननीय राष्ट्रपतिज्यूलाई नागरिकता विद्येयक सदर गर्न आग्रह ग¥यो । सम्मानीय राष्ट्रपतिज्यूबाट सदर भएपछि उक्त विधेयक कानुनमा परिणत भएको छ, नियमावली बनेको छ ।

५. मैले भर्खरै संघका अध्यक्ष कुल आचार्य र बद्री केसीजीलाई गैरआवासीय नेपाली नागरिकता हस्तान्तरण गरेको छु । यस अवसरमा कुलजी लगायत तपाईं सबै साथीहरूमा हार्दिक बधाइ ज्ञापन गर्दछु । मलाई विश्वास छ– विदेशमा रहनुभएका लाखौं गैरआवासीय नेपालीहरूले यो नागरिकता कसको संघर्ष र पहलबाट प्राप्त भयो भन्ने तथ्य राम्रोसँग बुझ्नुभएको छ । सबै साथीहरू र सम्पूर्ण नेपाली जनसमुदायलाई पनि त्यसरी नै बुझाउनु हुनेछ ।

६. गैरआवासीय नेपालीसँग सम्बधित थुप्रै सवालहरूलाई हामीले नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गरेका छौं । नेपाल सरकारले विदेशी लगानीको न्यूनतम सीमा रू. ५ करोडबाट घटाएर रू. २ करोड कायम गरेको छ । धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीहरूको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाइएको छ । यसैगरी वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमार्फत् योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आवद्ध गर्ने निर्णय लागू भइसकेको छ । यो एउटा ऐतिहासिक काम भएको छ जस्तो लाग्छ । अहिलेसम्म तीन लाखभन्दा बढी श्रमिक साथीहरू यो अभियानमा आबद्ध भइसक्नुभएको छ । आगामी दिनमा यो संख्या अरु बढ्ने हाम्रो विश्वास छ । यसमा संस्थागत रूपमा सहयोग गर्न पनि म गैरआवासीय नेपाली संघलाई आग्रह गर्दछु । तपाईंहरूले देखाउनुभएको एकता र सहकार्य आगामी दिनमा पनि कायम रहोस् ।

७. संसारभरि रहेका नेपालीहरू नेपालका गैरआवासीय दूतहरू हुनुहुन्छ । नेपालले तपाईंहरूबाट धेरै अपेक्षा गरेको छ । नेपाल सरकारले संघको स्थापनाकालदेखि नै संघसँग सहकार्य गर्दै आएको छ । तपाईंहरूले नीति तथा वक्तव्यमा समावेश गरियोस् भनेर विभिन्न सुझावहरू दिनुभएको थियो । सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा गैरआवासीय नेपालीहरू लक्षित विभिन्न कार्यक्रमहरू घोषणा गरेको छ ।

८. अन्त्यमा गैरआवासीय नेपाली संघको राष्ट्रिय महाधिवेशनले एकतावद्ध संघ र बलियो नेतृत्व छनोट गर्नेछ, तपाईहरू थप एकतावद्ध भएर अगाडि बढ्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दै आउँदै गरेका पर्वहरू विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायतको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु, धन्यवाद ।

काठमाडौं, ३० असोज ।

प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ ।

साताको दोस्रो कारोबार दिन मंगलबार प्रि–ओपन सेसनमा ०.२६ अंक घटेर १८५१.१७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ। अघिल्लो कारोबार दिन सोमबार २३.१६ अंक घटेर १८५१.४३ विन्दुमा बन्द भएको थियो ।

मंगलबार प्रि-ओपन सेसनमा ६५५ कित्ता सेयर किनबेच हुँदा २ लाख १४ हजार ७४६ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ । सो सेसनमा ५ स्टकको मूल्य बढेको छ भने ७ स्टकको मूल्य घट्दा बाँकी ४ स्टकको मूल्य स्थिर रहेको छ।

काठमाडौं, ३० असोज । साहित्यिक क्षेत्रमा ३० वर्षदेखि क्रियाशील संस्था श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले तीन वरिष्ठ सर्जकलाई सम्मान गरेको छ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मनिषा कोइरालाले ‘इतिहासशिरोमणि बाबुराम आचार्य शोधसम्मान’ तन्त्र विद्याका विद्वान प्रा. विद्यानाथ उपाध्याय भट्टलाई, ‘सरस्वतीसम्मान’ साहित्यकारहरू डा. विष्णुविभु घिमिरे र साहित्यकार लक्ष्मण नेवटियालाई र ‘नारायणगोपाल संगीतसम्मान’ गायिका झुमा लिम्बूलाई समर्पण गरिन्।

उक्त अवसरमा मनिषा कोइरालाले साहित्यकार तथा कलाकारहरूले आफ्नो पीडा आफ्नो कला र साहित्यिक क्षमतामार्फत् प्रस्तुत गर्ने गरेको बताउँदै सर्जकहरूलाई प्रोत्साहित गर्दै आएकोमा प्रशंसा गरिन्।

कला मन्दिरका संरक्षक बसन्त चौधरीले यो संस्था ३० वर्षपछि आफ्नो छोरीको जिम्मामा छोडेको भन्दै सबैबाट उस्तै सहयोग मिल्ने अपेक्षा गरे।

कार्यक्रममा प्रा.डा. उषा ठाकुरको ‘विचार र विश्लेषण’ तथा कवि लक्ष्मण नेवटियाको कविताकृति ‘व्यङ्ग्यधाम’को विमोचन गरियो।

काठमाडौं, ३० असोज ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको सह–कोषाध्यक्ष पदमा ददिवल खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।

काठमाडौंमा बुधबारदेखि सुरु हुने एनआरएनएको ११औं महाधिवेशनकको आगामी कार्याकालका लागि सह–कोषाध्यक्षमा खड्काले उम्मेदवारी दर्ता गरेका हुन् । उनले संघभित्र आर्थिक पारदर्शी कायम गराउन आफूले उम्मेदवारी दिएको बताएका छन् ।

वर्तमान एनआरएनए एसिया प्यासिफिक उपसंयोजक खड्काले आफूले अहिलेसम्म गरेका सामाजिक काम र सेवाको आधारमा मूल्यांकन गरेर मतदान दिन एनआरएनए अभिन्ताहरूलाई आग्रह गरे।

खड्काको उम्मेदवारी दर्तामा प्रस्तावकमा एनआरएनए जापानका निवर्तमान युवा संयोजक राकेश रुम्बा र मोना जापानका वरिष्ठ उपाध्यक्ष गणेश श्रेष्ठ तथा समर्थकमा आइसीसी सदस्य बिजेश थकाली र एनआरएनए जापानका निवर्तमान केन्द्रीय सदस्य मनोज श्रेष्ठ छन्।

महाधिवेशन शनिबारसम्म सोल्टी होटलमा चल्नेछ ।

टोरोन्टो, ३० असोज ।

प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायल बिचको युद्ध जारी छ ।

इजरायलले अहिले गाजापट्टीको भुमीमा हवाई र जमिन दुवैतर्फवाट आक्रामण गरिरहेको छ ।

यसैबिच, क्यानडाका अधिकारीहरूले गत अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा दुई क्यानेडियनको मृत्यु भएको पुष्टि गरेका छन ।

इजरायली–क्यानेडियन नेट्टा एपस्टेनलाई र उनको घरमा हमास लडाकुहरूले आक्रमण गर्दा मृत्यु भएको हो ।

टोरन्टोस्थित इजरायली वाणिज्य दूतावासका अनुसार उनले आफ्नो मंगेतरलाई गोली र ग्रेनेडबाट जोगाउँदै थिए, त्यहीबेला उनीहरुलाइ गाेली हानियाे र घटनास्थलमा नै उनीहरूकाे मृत्यु भएको हो ।

काठमाण्डौँ ।

प्रवासी गोरखालीहरुको साझा संस्था ‘ग्लोबल गोरखा समाज’ को ७औँ बार्षिक साधारण सभा तथा अक्षयकोष स्थापनार्थ कार्यक्रमको सम्पन्न भएको छ ।

सोमबार समाजले अक्षयकोषका लागि लाखौँ रुपैँया सहयोग रकम संकलन गर्दै ७औँ बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

कार्यक्रमको अबसरमा संस्थाको वृद्धि विकासमा टेवा पुर्याउन स्थापना कालदेखि विभिन्न पदमा रही योगदान पुर्याएका कार्यसमिति तथा संस्थालाई सम्मान पनि गरिएको छ । सम्मानीत भएकाहरु मध्य समाजका प्रमुख संरक्षक जर्मनका अवैतनिक राजदुत राम प्रताप थापा,  एनआरएनका पूर्व अध्यक्ष भवन भट्ट, समाजका संस्थापक अध्यक्ष जयप्रकाश गुरुङ, संस्थाका निवर्तमान अध्यक्ष एवं एनआरएनका उपमहासचिव विनय अधिकारी, संस्थाका संस्थापक महासचिव एवं सल्लाकार विनोद पोखरल छन् ।

यस्तै, गोरखा सांस्कृतिक समाजका अध्यक्ष सुनिल लामिछाने, युवा व्यवसायी समिम अन्वर, गोरखा समाज केन्द्र काठमाण्डौँलाई पनि सम्मान गरिएको छ । उनीहरुलाई खादासँगै सम्मानपत्रले सम्मानीत गरिएको हो ।  यस बर्षको लोक सांस्कृतिक युवा प्रतिभा पुरस्कार भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखाका अध्यक्ष हरिराम परियारलाई प्रदान गरिएको छ ।

एनआरएनको हालसालै भएको विभिन्न देशका महाधिवेशनबाट विभिन्न पदमा निर्वाचित समाजका पदाधिकारीहरुलाई पनि सम्मानीत गरिएको थियो । यसरी सम्मानीत हुने मध्य एनआरएन राष्ट्रिय समन्वय परिषद हङकङको नवौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित समाजका अध्यक्ष गोकर्ण ढकाल, एनआरएनए राष्ट्रिय समन्वय परिषद कतारको अन्तराष्ट्रिय समन्वय परिषदको सदस्य निर्वारोध निर्वाचित समाजका उपाध्यक्ष श्रीकृष्ण भट्टराई, एनआरएनए राष्ट्रिय समन्वय परिषद वेल्जिएमको नवौँ महाधिवेशनबाट अन्तराष्ट्रिय समन्वय परिषदको सदस्य निर्वाचित समाजका सचिव मदन दवाडी रहेका छन् ।

संस्थाका अध्यक्ष ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य नन्दप्रसाद न्यौपाने,  विशिष्ट अतिथि पुर्व मन्त्री चिनकाजी श्रेष्ठ, नेपाली कांग्रेसका केन्द्रिय सदस्य अब्दुल सतार, अतिथिहरु एनआरएनका अध्यक्षका उम्मेदवार रामकुमार शर्मा   (आरके), रविना थापा, पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तन, गण्डकी गाउँपालिका अध्यक्ष  दिपक तिमिल्सीना, चुमनुव्री गाउँपालिका अध्यक्ष निमा लामा, शहिदलखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगर, गोरखा नगरपालिकाका उपमेयर मसलीमाया थोकर पुन, धार्चे गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमका वक्ताहरुले संस्थाले लामो समयदेखि स्वदेश तथा विदेशमा रहेका गोर्खाली तथा समग्र गोरखाको विकासका निम्ती खेलेको महत्पूर्ण भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता समाजिक गतिविधिलाई चुस्तदुरुस्त पार्न शुभकामना दिएका थिए ।

स्थापना कालदेखि नै प्रवासमा रहेका गोरखालीहरुको हकहितको संरक्षणका साथै गोरखाको समग्र बिकासका लागि आवश्यक विभिन्न महत्वपूर्ण छलफलत तथा कार्यक्रमको आयोजना गर्दै आईरहेको छ ।

समाजले समस्यामा परेका गोर्खालीहरुको आपतकालिन अबस्थामा उद्धार गर्नुपरेमा या विभिन्न सेवामुलक कार्यक्रमहरु निरन्तरता दिने उदेश्यले स्थापना गरेको अक्षयकोषका लागि ३० लाख रुपैँयाभन्दा बढि रकम संकलन भएको संस्थाले जनाएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष ढकालले ५ लाख, उपाध्यक्ष आकाश बन्जाराले १ लाख ५० हजार, उपाध्यक्ष भट्टराईले १ लाख, महासचिव विराट खनालले १ लाख, वेलायतका उपाध्यक्ष  बम गुरुङले १ लाख, उपाध्यक्ष गणेश लामिछानेले १ लाख ५५ हजार, सचिव दवाडीले  १ लाख, सचिव प्रेम पाण्डेले ५० हजार, कोषाध्यक्ष ज्ञानेन्द्र आलेले ५० हजार, प्रवक्ता शिव बन्जाराले ५० हजार, युवा संयोजक सुवास सिंह बस्यातले ५० हजार, सदस्य मनोज पाण्डेले ५० हजार,  सदस्य योगेन्द्रराज जोशीले १ लाख, सदस्य सुरेश भट्टले ५० हजार, सदस्य रेजिना छिनालले ५० हजार रकम सहयोग गरेका छन् । यस्तै सदस्य  विनिता लामिछानेले ५० हजार,सदस्य जीवन गुरुङले ५० हजार, एनआरएनका अध्यक्ष रामकुमार शर्माले पाँच लाख १ रुपैँया लगायत थुप्रैले सहयोग दिने घोषणा गरेका छन् ।

काठमाडौं, ३० असोज ।

सुस्तावासीले भारतीय बाटो प्रयोग गरेर अब नेपाल छिर्नु पर्ने बाध्यता सकिने भएको छ ।

नवलपरासीबाट निर्वाचित सांसद बिनोद चौधरीले फागुन मसान्तसम्ममा सुस्ताबासी नेपालको पुल प्रयोग गरेर आवातजावात गर्न पाउने जनाएका छन ।

सामाजिक सञ्जाल टविटरमा एउटा भिडियो राख्दै उनले यो जानकारी दिएका हुन । ‘म अहिले नवलपरासी सुस्ता नारायणी नदि पारीको सुस्तामा उभिएर बोल्दैछु। पृष्ठभुमिमा नारायणी नदि माथी बनेको पुलको संरचना देख्नुहुन्छ,’ उनले आफनो सन्देशमा भनेका छन्, ‘यो पुलले अब छिट्टै सुस्ता पारि जानको लागि भारतीय  बाटो प्रयोग गर्नुपर्ने सुस्तावासिको वाध्यता अन्त्य हुँदैछ, आगामी फागुन मसान्तसम्म यस पुलको निर्माण संपन्न भई सञ्चालनमा आउने मलाइ बिश्वास छ ।’

उनले सो पुलले भुगोल मात्रै नभई देशको भावना पनि जोडिने जनाएका छन । ‘यो पुलले देशको भूगोललाई मात्रै होइन सुस्तावासिको भावनालाइ पनि जोड्नेछ’ उनले भनेका छन ।

गाजापट्टी, ३० असाेज ।

इजरायलको हवाई आक्रमणमा दक्षिणी गाजामा कम्तिमा २५ जनाको मृत्यु भएको छ ।

गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा परी महिला र बालबालिका सहित कम्तीमा २५ जनाको मृत्यु भएको हो ।

अल जजीराका अनुसार  पछिल्लो आधा घण्टामा स्ट्राइकले प्यालेस्टिनी क्षेत्रको दक्षिणी भागमा २.४ मिलियन मानिस बसोबास गर्ने आवास क्षेत्रमा आक्रमण सुरु गरेको थियो।

यो स्पष्ट छैन कि दक्षिणी गाजाको कुन भागमा आक्रमण भइरहेको छ । यद्धपी, यसअघि खान युनिस र रफाह क्षेत्रमा धेरै बम विष्फोट भएको खबर प्राप्त भएको थियो ।

अन्य दर्जनौं घाइते पनि भएको स्रोतले जनाएको छ।

काठमाण्डौँ ।

प्रवासी गोरखालीहरुको साझा संस्था ‘ग्लोबल गोरखा समाज’ को ७औँ बार्षिक साधारण सभा तथा अक्षयकोष स्थापनार्थ कार्यक्रमको सम्पन्न भएको छ ।

सोमबार समाजले अक्षयकोषका लागि लाखौँ रुपैँया सहयोग रकम संकलन गर्दै ७औँ बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

कार्यक्रमको अबसरमा संस्थाको वृद्धि विकासमा टेवा पुर्याउन स्थापना कालदेखि विभिन्न पदमा रही योगदान पुर्याएका कार्यसमिति तथा संस्थालाई सम्मान पनि गरिएको छ । सम्मानीत भएकाहरु मध्य समाजका प्रमुख संरक्षक जर्मनका अवैतनिक राजदुत राम प्रताप थापा,  एनआरएनका पूर्व अध्यक्ष भवन भट्ट, समाजका संस्थापक अध्यक्ष जयप्रकाश गुरुङ, संस्थाका निवर्तमान अध्यक्ष एवं एनआरएनका उपमहासचिव विनय अधिकारी, संस्थाका संस्थापक महासचिव एवं सल्लाकार विनोद पोखरल छन् ।

यस्तै, गोरखा सांस्कृतिक समाजका अध्यक्ष सुनिल लामिछाने, युवा व्यवसायी समिम अन्वर, गोरखा समाज केन्द्र काठमाण्डौँलाई पनि सम्मान गरिएको छ । उनीहरुलाई खादासँगै सम्मानपत्रले सम्मानीत गरिएको हो ।  यस बर्षको लोक सांस्कृतिक युवा प्रतिभा पुरस्कार भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखाका अध्यक्ष हरिराम परियारलाई प्रदान गरिएको छ ।

एनआरएनको हालसालै भएको विभिन्न देशका महाधिवेशनबाट विभिन्न पदमा निर्वाचित समाजका पदाधिकारीहरुलाई पनि सम्मानीत गरिएको थियो । यसरी सम्मानीत हुने मध्य एनआरएन राष्ट्रिय समन्वय परिषद हङकङको नवौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित समाजका अध्यक्ष गोकर्ण ढकाल, एनआरएनए राष्ट्रिय समन्वय परिषद कतारको अन्तराष्ट्रिय समन्वय परिषदको सदस्य निर्वारोध निर्वाचित समाजका उपाध्यक्ष श्रीकृष्ण भट्टराई, एनआरएनए राष्ट्रिय समन्वय परिषद वेल्जिएमको नवौँ महाधिवेशनबाट अन्तराष्ट्रिय समन्वय परिषदको सदस्य निर्वाचित समाजका सचिव मदन दवाडी रहेका छन् ।

संस्थाका अध्यक्ष ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य नन्दप्रसाद न्यौपाने,  विशिष्ट अतिथि पुर्व मन्त्री चिनकाजी श्रेष्ठ, नेपाली कांग्रेसका केन्द्रिय सदस्य अब्दुल सतार, अतिथिहरु एनआरएनका अध्यक्षहरु रामकुमार शर्मा   (आरके), रविना थापा, पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तन, गण्डकी गाउँपालिका अध्यक्ष  दिपक तिमिल्सीना, चुमनुव्री गाउँपालिका अध्यक्ष निमा लामा, शहिदलखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगर, गोरखा नगरपालिकाका उपमेयर मसलीमाया थोकर पुन, धार्चे गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमका वक्ताहरुले संस्थाले लामो समयदेखि स्वदेश तथा विदेशमा रहेका गोर्खाली तथा समग्र गोरखाको विकासका निम्ती खेलेको महत्पूर्ण भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता समाजिक गतिविधिलाई चुस्तदुरुस्त पार्न शुभकामना दिएका थिए ।

स्थापना कालदेखि नै प्रवासमा रहेका गोरखालीहरुको हकहितको संरक्षणका साथै गोरखाको समग्र बिकासका लागि आवश्यक विभिन्न महत्वपूर्ण छलफलत तथा कार्यक्रमको आयोजना गर्दै आईरहेको छ ।

समाजले समस्यामा परेका गोर्खालीहरुको आपतकालिन अबस्थामा उद्धार गर्नुपरेमा या विभिन्न सेवामुलक कार्यक्रमहरु निरन्तरता दिने उदेश्यले स्थापना गरेको अक्षयकोषका लागि ३० लाख रुपैँयाभन्दा बढि रकम संकलन भएको संस्थाले जनाएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष ढकालले ५ लाख, उपाध्यक्ष आकाश बन्जाराले १ लाख ५० हजार, उपाध्यक्ष भट्टराईले १ लाख, महासचिव विराट खनालले १ लाख, वेलायतका उपाध्यक्ष  बम गुरुङले १ लाख, उपाध्यक्ष गणेश लामिछानेले १ लाख ५५ हजार, सचिव दवाडीले  १ लाख, सचिव प्रेम पाण्डेले ५० हजार, कोषाध्यक्ष ज्ञानेन्द्र आलेले ५० हजार, प्रवक्ता शिव बन्जाराले ५० हजार, युवा संयोजक सुवास सिंह बस्यातले ५० हजार, सदस्य मनोज पाण्डेले ५० हजार,  सदस्य योगेन्द्रराज जोशीले १ लाख, सदस्य सुरेश भट्टले ५० हजार, सदस्य रेजिना छिनालले ५० हजार रकम सहयोग गरेका छन् । यस्तै सदस्य  विनिता लामिछानेले ५० हजार,सदस्य जीवन गुरुङले ५० हजार, एनआरएनका अध्यक्ष रामकुमार शर्माले पाँच लाख १ रुपैँया लगायत थुप्रैले सहयोग दिने घोषणा गरेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।