२०८३ भाद्र ४
२०८३ भाद्र ४

काठमाडौं, २ कार्तिक ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाइ हृदयघात भएको छ ।

चीनको बिआराइ फोरममा भाग लिन बेइजिङ पुगेका उपप्रधान तथा गृह मन्त्री श्रेष्ठलाई हृदयघात भएको हो ।

 

हिजाे साँझ छात्तिमा समस्या देखा परे अस्पताल पुगेका उनकाे coronary artery blockage भएकाे पत्ता लागेकाे थियाे । बेइजिङस्थित अस्पतालमा मुटुको एन्जी ओप्लास्टी गरिएको छ, आइसियुमा राखेर उपचाररत श्रेष्ठ खतरामुक्त रहेकाे उनका भतिजा डा. शितलकाजी श्रेष्ठले मिडियालाइ जानकारी गराएका छन् ।

 

परराष्ट्र मामिलाबारे जानकार पत्रकार अनिल गिरीका अनुसार हाल उनको  बेइजिङ स्थित अस्पातलमा उपचार भइरहेको छ र उनी अहिले डाक्टरहरूको निगरानीमा छन ।

तेलअहिब, २ कार्तिक ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले गाजामा २० ट्रकसम्म सहायताको अनुमति दिन राफा क्रसिङ खोल्न सहमत भएका छन्।

 

सडक मर्मत गर्नु पर्ने भएकाले ढुवानी सम्भवतः शुक्रबारसम्म पार हुने छैन, सडक मर्मत हुने बितिक्कै ढुवानी सुरू हुनेछ ।

‘उनीहरू सडक प्याच गर्न जाँदैछन्, उनीहरूले यी ट्रकहरू जानका लागि खाल्डाहरू भर्नुपर्नेछ। र त्यो हुन गइरहेको छ, तिनीहरू आशा गर्छन् कि भोलि ृबिहीबारे करिब आठ घण्टा लाग्ने छ। त्यसैले त्यहाँसम्म केहि पनि रोलिंग नहुन सक्छ, सम्भवतः शुक्रबार सम्म राहात सामाग्री पुग्नेछ, वाइडेनले भने ।

उनका अनुसार २० ट्रकहरूले पहिलो किस्ताको रूपमा राहात सामाग्रीको प्रतिनिधित्व गरेर जाने छन भने कुल १५० वा केही ट्रकहरू भने त्यसपछिको पालोमा क्रमशः जानेछन् । ‘तिनीहरूलाई पार गर्न अनुमति दिइएको थियो वा छैन ? यो कसरी जान्छ ? भन्नेमा निर्भर गर्ने उनले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति जाे वाइडेन यतिखेर इजरायलकाे भ्रमणमा छन, साे भ्रमण पछि गाजापटटीमा राहात सामाग्री पठाउने बारेमा त्रिपक्षीय सहमति खाेजिरहेका छन् ।

तेलअहिब, २ कार्तिक ।

बेलायती प्रधानमन्त्री ऋषी सुनक आज इजरायल पुग्दैछन् ।

 

अमेरिकी राष्ट्रपति जो वाइडेन इजरायल पुगेको भोलीपल्ट बेलायती प्रधानमन्त्री सुनक पनि पुग्न लागेका हुन ।

 

बेलायती प्रधानमन्त्री ऋषि सुनक इजरायलमा भएको आतंकवादी हमलाका बीच बिहीबार तेल अहिबमा अबतरण गर्नेछन । जहाँ उनले आफ्ना समकक्षी प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गर्नेछन् ।

 

सो क्रममा  सुनकले इजरायलका प्रधानमन्त्री नेतान्याहुका साथै इजरायली राष्ट्रपति इसाक हर्जोगलाई भेटबार्ता गर्नेछन् ।

 

उनी यस क्षेत्रको दुई दिने भ्रमणका क्रममा अन्य देशको पनि भ्रमण गर्ने अपेक्षा गरिएको छ ।

 

डाउनिङ स्ट्रिटका अनुसार सुनकले ‘हमासको क्रूर आतंकवादी हमलाको परिणाम स्वरूप इजरायल र गाजामा भएको भयावह जनधनको क्षतिको लागि शोक व्यक्त गर्नेछन्।’

 

प्रधानमन्त्रीले गाजामा प्रवेश गर्ने मानवीय सहायताको मार्ग जति सक्दो चाँडो खोल्न र त्यहाँ फसेका बेलायती नागरिकहरूलाई छोड्नका लागि पनि दबाब दिने छन्।

 

उता, विदेशमन्त्री जेम्स क्लिभरलीले आगामी केही दिनमा इजिप्ट, टर्की र कतारको भ्रमण गर्दैछन् ।

 

बेलायती अधिकारीहरूले यो पनि औंल्याएका छन कि रक्षा सचिव ग्रान्ट शाप्सले बुधवार वाशिंगटनमा आफ्ना अमेरिकी समकक्ष लोयड अस्टिनलाई उनीहरूको दृष्टिकोण समन्वन गर्नका लागि भेटवार्ता गरेका छन् ।

 

उता, वाइडेन इजरायल पुगे पछि इरान माथी थप प्रतिबन्ध लगाउने घोषणा गरिएको थियो । इजरायल र हमास युद्धका बीच अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्धको घोषणा गरेको हो ।  अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अमेरिकाले इरानको ब्यालेस्टिक मिसाइल र यूएभीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको बताएका छन् ।

काठमाडौं।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

 

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।

 

राष्ट्र बैंकले आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९२ पैसा र बिक्री दर १३३ रुपैयाँ ५२ पैसा तथा युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ५१ पैसा र बिक्री दर १४१ रुपैयाँ १४ पैसामा कारोबारको अनुमति दिएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ४ पैसा र बिक्री दर १६२ रुपैयाँ ७७ पैसाले भाउँ पाउँदा क्यानेडियन डलर १ को खरिददर ९७ रूपैयाँ ९२ पैसा तथा बिक्रीदर ९७ रूपैयाँ ९६ पैसा तथा अष्ट्रेलियन डलर १ को खरिद दर ८४ रूपैयाँ ५२ पैसा तथा बिक्री दर ८४ रूपैयाँ ९१ पैसा कायम गरिएको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको जनाएको राष्ट्र बैंकले साउदी रियाल १ को ३५ रूपैयाँ ४४ पैसा तथा बिक्री दर ३५ रूपैयाँ ६० पैसा कायम गरिएको छ ।

जेरूसलम, २ कार्तिक ।

संयुक्त राष्ट्र संघले गाजाबाट करिब १० लाख मानिस बिस्थापित भएको जनाएको छ ।

 

इजरायली धम्की पछि १० लाख प्यालेस्टाइनीले आफ्नो घरबार छोडेर भागेका छन्, जुन घेराबन्दीमा परेको एन्क्लेभको आधा जनसंख्या बराबर रहेको छ।

संयुक्त राष्ट्रको पछिल्लो मानवीय अपडेट अनुसार मध्य र दक्षिणी गाजामा प्यालेस्टिनी शरणार्थीहरूको लागि संयुक्त राष्ट्र एजेन्सी युएनरडब्लुए सञ्चालित स्कूलहरूमा आश्रय खोज्ने लगभग ३ लाख ५२ हजार मानिसहरू समावेश छन्।

 

युएनरडब्लुएले स्कूलहरू भित्रका अवस्थाहरूलाई ‘बढ्दो रूपमा डरलाग्दो’ भनेर वर्णन गरेको छ। ती मध्ये एउटा विद्यालय, मध्य गाजाको अल मगाजी शरणार्थी शिविरमा मात्रै लगभग ४ हजार आन्तरिक रूपमा विस्थापित मानिसहरू आश्रय लिइ रहेका थिए । जसमाथी इजरायली हवाई हमला परे पछि  कम्तिमा छ जनाको मृत्यु भएको राष्ट्र संघले जनाएको छ ।

तेलअहिव, २ कार्तिक ।

इजरायली सेनाले गोलीबारी आक्रमणको जवाफमा लेबनान सीमाको लेबनानी छेउमा हिजबुल्लाहसँग सम्बन्धित लक्ष्यहरू प्रहार गरेको बताएको छ।

 

इजरायली सेनाले भनेको छ कि लक्ष्यहरूमा समुद्रबाट हुन सक्ने एक अवलोकन बिन्दुमा सो आक्रमण गरिएको हो, जहाँबाट उत्तरपश्चिम इजरायलको रोश हानिक्रामा एन्टी–ट्याङ्क मिसाइलहरू प्रहार गरिएको थियो।

 

लेबनानको अल–मायादीन टिभीले  रिपोर्ट अनुसार इजरायली हवाई आक्रमणले लेबनानका दुई स्थानहरूमा साँझ आक्रमण गरेको हो । आक्रमणमा परी दुई जना घाइते भएको अल जजिराले जनाएको छ ।

तेलअहिब, २ कार्तिक ।

इजरायल-हमास युद्धमा १२ औं दिनमा सबै पक्षबाट जम्मा ४९७६ जनाको मृत्यु भएको छ ।

 

यसमा कुल १७ हजार ७ सय ७५ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

इजरायलमा कुल १४०२ जनाको मृत्यु भएको छ भने ४४७५ जना घाइते भएका छन्।

गाजामा कुल ३ हजार ४८८ जनाको मृत्यु भएको छ । यस आक्रमणमा १२ हजारभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

 

यसैगरी, वेस्ट बैंकमा ६५ जनाको मृत्यु भएको छ भने १३०० जना घाइते भएका छन्  भने लेबनानमा २१ जनाको मृत्यु भएको छ ।

काठमाडौं, २ कार्तिक ।

आज नेपाल र हङकङ बिचमा प्रतिस्पर्धा हुदैँछ ।

 

टी २० आई त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा आज नेपाल हङकङ बिरूद्द मैदानमा उत्रदैँछ ।

 

माथिल्लो मूलपानी क्रिकेट मैदानमा सो खेल हुनेछ । सो खेल बिहान ११ बजे सुरु हुदैँछ ।

पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको नेपाल दोस्रो खेलका लागि हङकङसँग प्रतिस्पर्धामा उत्रन लागेको हो ।

 

आईसीसी विश्वकप टी २० एसिया छनोटको तयारीका लागि नेपालले यो खेल खेलिरहेको हो ।

टी २० आई सिरिजका पछिल्ला ५ खेलमा मध्ये ४ खेलमा जित हासिल गरेको नेपालले अहिलसम्म एक खेलमा मात्रै पराजय भोग्नु परेको छ ।

काठमाडौं, २ कार्तिक ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को भावी नेतृत्वका लागि आज निर्वाचन हुदैँछ ।

आजबाट सुरु हुने मतदानले भावी अध्यक्षमा बद्री केसी, महेश श्रेष्ठ र आरके (राजेन्द्र कुमार) शर्मा मध्य एकलाई नेतृत्वमा चयन गर्नेछ । अध्यक्षका प्रत्याशी यी तीनै जना उम्मेदवारले प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका छन ।

 

जसका कारण नयाँ नेतृत्व चयनका लागि नेपालमा रहेका एनआरएनएका प्रतिनिधिहरुले आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान गर्ने गरी ब्यवस्था मिलाईएको छ । विदेशमा रहेका एनआरएनए प्रतिनिधिले भने गए राति देखि नै अनलाइन भोटिङ गरिरहेका छन ।

 

निर्वाचन समितिका अनुसार अनलाइनबाट मतदान गर्नका लागि चौबीस घण्टाको समयसिमा तोकिएको छ ।

 

जारी महाधिवेसनमा ४ हजार २ सय २७ प्रतिनिधिहरुले मतदान गर्न पाउने छन, जसमध्ये झन्डै ९ सय प्रतिनिधि भने नेपाल आएकाले उनीहरुले यतैबाट मतदान गर्ने निर्वाचन समितिले जनाएको छ ।

 

एनआरएनएको जारी ११ औँ महाधिवेशनले अध्यक्ष, एक महिला र युवासहित आठ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र कोषाध्यक्षसहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ ।

 

एनआरएनएमा सो ७४ पदका लागि संसारभरवाट एक सय २० जनाले उम्मेदवारी दिएका छन । जसमध्ये अध्यक्षका लागि ३ जना, ६ जना उपाध्यक्षका लागि १८ जना र एक महासचिवका लागि दुईजना बीच प्रतिस्पर्धा हुँदैछ । दुई उपमहासचिवमा पाँच जनाले र ६ सचिव पदका लागि १५ जनाले उम्मेदवारी दिएको जनाईएको छ ।

अध्यक्षमा चार जनाले उम्मेदवारी दर्ता गराएको भए पनि अन्तिम समयमा अध्यक्षको एक मात्र महिला प्रत्यासी रविना थापाले आफनो उम्मेदवारी फिर्ता लिएर अर्का उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गरेकी छिन ।

काठमाडौं, २ कार्तिक ।

आज नेपाल र साउदी अरब बिचमा प्रतिस्पर्धा हुदैँछ ।

 

मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कपमा नेपालले आज साउदी अरेबियासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

सो खेल युएसडी–युकेएम ओभल खेल मैदानमा हुनेछ । सो खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे सुरु हुदैँछ ।

यस खेलको विजेता सेमिफाइनल पुग्ने भएकोले नेपाल र साउदी अरब दुबैका लागि ‘मर या गर’ झै अवस्थामा मैदानमा उत्रने छन ।

समूह ए मा रहेको नेपाल र साउदी दुवैले यसअघि इरान र बहराइनलाई हराउँदै दुई–दुई खेल जितिसकेका छन । समान ४ अंक भए पनि नेट रन रेटका आधारमा नेपाल भने साउदी अरब भन्दा माथी अर्थात शिर्ष स्थानमा रहेको छ ।

 

यस खेलको विजेता सेमिफाइनल पुग्नेछ र यू–१९ एसिया कपको लागि एक स्टेप नजिक पुग्ने छ ।

 

देव खनालको कप्तानीमा नेपाली टोली लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको बेला तेस्रो खेलमा जीत हासिल गरेर सेमिफाइनल पुग्ने विश्वास लिइएको छ ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।