काठमाडाैं, ४ कार्तिक ।
एकसय वर्ष पूरा गरेका देशभरका ६१ जना शव्ताव्दी महिलापुरुषको कथा समेटिएको पुस्तक सार्वजनिक भएको छ ।
बर्मामा दोश्रो बिश्वयुद्द लडेका वीर सिपाही दोलखाका एकसय एक वर्षीय शताव्दी पुरुष चन्द्रबहादुर सुनार अनि त्यही बिश्वयुद्दमा २२ औ दिनसम्म बन्करमा बसेर ज्यान जोगाएकी अर्की शताब्दी महिला मोरङका एक सय दुई वर्षीया इन्द्रमाया पौडैलसम्मको जीवन संघर्ष समेटिएको पुस्तक विमोचन भएको हो ।
पुस्तकमा ऐतिहासिक घटनाका साक्षी यस्तै विशिष्ट व्यक्तिहरु जो एकसय वर्ष पार गरेर पनि जीवित छन्, उनीहरुको कथाव्यथा समेटिएको छन् । पुस्तकको नाम ‘शताव्दी व्यक्तित्व’ राखिएको छ । पुस्तकमा ६१ जना यस्ता शताव्दी पुरुष महिलालका संर्घषका अनुभबहरु समेटिएका छन् । देशका विभिन्न जिल्लाका उनीहरुको जीवनसंस्मरण पुस्तकमा समेटिएका छन् ।

राष्ट्रिय ज्येष्ठ नागरिक कोषले पुस्तकको प्रकाशन गरेको हो । पुस्तक एक सय १६ पृष्ठको छ । विक्रीवितरण गर्ने उद्देश्य नराखिएकोले पुस्तकमा मूल्य तोकिएको छैन । पुस्तकमा काठमाडौं, भक्तपुर, ललितपुरसहित देशका पूर्वमेचीदेखि पश्चिम महाकालीमा वसोबास गरिरहेका एक सय वर्ष पूरा गरेका शताव्दी पुरुष महिलाहरुको कथा समाविष्ट छन् ।
पुस्तकको प्रकाशक संस्था राष्टिय जेष्ठ नागरिक कोषका सभापति वसन्तराज कार्कीले जेष्ठ नागरिकहरुको सम्मानमा पुस्तक प्रकाशन गरेको सुनाए । यस्तो खाले पुस्तक यो नै नेपालको पहिलो भएको उनको दावी छ । पुस्तक तयारीका लागि देशका विभिन्न जिल्ला जिल्लाबाट संकलनकर्ताहरु खटाएर उनीहरुबाट आएको संकलनलाई सम्पादन गरी पुस्तकको आकार दिइएको उनले सुनाए ।

पुस्तकमा नेपालकै सर्वज्येष्ठ नागरिक १२१ वर्षिय बाटुली लामिछानेलगायत आदर्श शताव्दी व्यक्तित्वहरु अष्टमाया नगरकोटी, अष्टमाया महर्जन, इन्द्रकला शर्मा, इन्द्रमाया पौडेल, कृष्णथकु ग्वाछा, केशरबहादुर थापा, केशरीमाया कार्की, खगीसरा पाण्डे, गुरुदत्त पाण्डे, गोपायुकु धिंग्री, गोपाल वैद्य, डा.गौरीशंकरलाल दास, चन्द्रबहादुर सुनुवार, चन्द्रलक्ष्मी धौभडेल, चोककुमारी अधिकारी, जानकी डड्गौरा थारु, जुनधरा पोखरेल, जोगी राना थारु, टेकबहादुर थापा, टोपला भट्टराई, ठुली मगर, तीर्थमाया महर्जन, तुलसादेवी पराजुली, दिलकुमारी महत, देवेन्द्रबहादुर नगरकोटी, धनबहादुर थापामगर, नरबहादुर लिम्बु (चवेगु थेगिम), नैनकला न्यौपाने, पङ्खबहादुर थापा, पासाङ्कितर शेर्पा, पुनमाया कोजू, पुहानी राजवंशी, प्रेमप्रसाद निरौला, फूलिया थरुनी, विष्णुमाया बुढाथोकी, विष्णुमाया माझी, भक्तिमाया श्रेष्ठ, भीमादेवी सिग्देल, माधुराम डगौरा, मंगलादेवी प्रधान, मदनकुमारी अधिकारी, मनमाया तामाङ, मनमाया सुवेदी, मोतीमाया बज्राचार्य, लतंक्वारी सुलु, लक्ष्मीप्रसाद दाहाल, श्रीनारायण खनाल, शमशेरबहादुर बस्नेत, सरस्वती खतिवडा, सान्नानी अधिकारी, सानुमान शाक्य, सुकनीवती थरुनी, सुकु महर्जन, हरिलाल पञ्च, ज्ञानमाया तुलाधर, ज्ञानमान शाक्य, ज्ञानलाल श्रेष्ठ, कान्छी महर्जन र रत्नमाया मालीको जीवनगाथा संक्षिप्त रुपमा समेटिएका छन् ।
पुस्तक प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विमोचन गरेका थिए । कार्यक्रममा नेपाली काँगेसका सहमहामन्त्री तथा प्रतिनिधि सभाका सदस्य बद्री पाण्डे तथा नेकपा एमालेकी नेतृ, राष्ट्रिय सभाका सदस्य एवम् पूर्वपरराष्ट्र मन्त्री डा.विमला राई पौड्याललगायतको उपस्थिति रहेको थियो । यसैगरी राष्ट्रिय ज्येष्ठ नागरिक कोषका पूर्व अध्यक्ष मदनदास श्रेष्ठ, विश्व साइकल यात्री पुस्कर शाह, एजिङ नेपालका कार्यकारी निर्देशक प्रकाश गौतम, राष्ट्रिय स्वास्थ्य कोषका सदस्य सचिव सुनिता भण्डारी, राष्ट्रिय अपाङ्ग कोषका सदस्य सचिव सुस्मा खड्कालगायत विभिन्न विशिष्ट व्यक्तित्वहरुको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा १०० वर्षभन्दा लामो दीर्घ जीवन सम्मानपूर्वक बाँचेर सजिवताको निरन्तर प्रेरणा दिइरहेका आदरणीय ज्येष्ठ नागरिकहरू इन्द्रमाया पौड्याल, डा. गौरीशंकरलाल दास, पंखबहादुर थापा, सानुमान शाक्य, कृष्णथकु ग्वाछा र चन्द्रबहादुर सुनुवारलाई सभामुख देवराज घिमिरेले राष्ट्रिय ज्येष्ठ नागरिक कोषको तर्फबाट ‘शताव्दी व्यक्तित्व सम्मान’ अर्पण गरिएको थियो ।
विशाल बस्नेत,महाेत्तरी, ४ कात्तिक ।
बर्दिवास साना सहरी सरसफाइ तथा खानेपानी संस्थानले उपभोक्ताहरुलाई एक महिनाको लागी पानी उपहार दिने भएको छ ।
चाडपर्वको अवसर पारेर महिनाभरी नि:शुल्क पानी उपलब्ध गराउने घोषणा गरेको हो ।
उपभोक्तासँग उठाएको १ महिनाको पैसा उपभोक्तालाई पानी नि:शुल्क प्रदान गरेर फिर्ता गरिएको खानेपानी संस्थानका अध्यक्ष भुलन सेनले जानकारी दिए ।
कात्तिक ५ गते देखि मंसिर ५ गतेसम्म लागु हुने गरि त्यस्को व्यवस्थापन मिलाईएको छ । दशै, तिहार र छठ पर्वलाई मध्यनजर गरि नि:शुल्क पानी दिने योजनाअनुसार यो घोषणा गरिएको कोषाध्यक्ष शंकर फुयाँलले बताए ।
नि:शुल्क पानी पाईयो भन्दैमा त्यस्को दुरुपयोग नगर्न भने खानेपानी संस्थानले सचेत गराएको छ तर निर्धारित समयावधि भित्र निर्धक्क भएर पानीको उपभोग गर्न सकिने उपभोक्ता समितिले जनाएको छ । न्युज कारखाना
हेमन्त केसी,सुर्खेत, ४ कार्तिक ।
बडादशैँ प्रत्येकको घरघरमा प्रवेश गरिसकेको छ। बडादशैँलाई नेपालीले विशेष महत्त्व दिएर मनाउँछौँ। परदेसिएका आफन्तहरू पनि दशैँको मौका पारेर घर फर्किने गर्दछन्।
दशैँमा घर लिपपोत गरी चिटिक्क पार्नु महत्त्वपूर्ण मानिन्छ। रातो माटो र कमेरोले घर लिप्दा घर पनि कम्ता आकर्षक देखिँदैनन्। रातो माटो र कमेरोले लिपेपछि मात्र गाउँघरमा दशैँ आएको अनुभूति हुन्थ्यो। पछिल्लो समय भने रातोमाटो र कमेरोले घर लिप्ने चलन विस्तारै लोप हुँदै जान थालेको छ।
आधुनिकताले परम्परागत घर विस्थापित हुँदै जाँदा रातो माटो र कमेरोले घर पोतिन छाडेका छन्। गाउँमा खर र ढुंगे घर हराउँदै जाँदा घर पोत्ने परम्परा पनि हराउँदै जान थालेको बनगाड कुपिण्डे नगरपालिका–३ की सुशीला पुनले बताइन्।
उनले भनिन्, ‘पहिले सबै घर रातो माटो र कमेरोले लिप्ने चलन थियो तर आजभोलि पक्की घर बन्न थालेपछि अरू रङ लगाउने चलन छ।’ आफ्नो घर ढुंगामाटोको भएकाले अहिले पनि घर लिप्दै आइरहेको उनको भनाइ छ।
पहिले घर लिप्ने माटो ल्याउन गाउँभरका सबै एकैपटक जाँदा रमाइलो पनि हुन्थ्यो र सुखदुःखका कुरा साटासाट पनि हुन्थे तर आजभोलि पक्की घर बन्न थालेपछि गाउँघरका जम्मा भएर सुखदुःख साटासाट गर्ने संस्कार पनि हराएको देवबहादुर विकको भनाइ छ।
गाउँमा ढुंगा, माटो र खरले बनेका घर विस्तारै हराउँदै जान थालेका छन्। अचेल फलाम, जस्तापाता र सिमेन्टका घर बन्न थालेपछि बजारबाटै आउने रङ प्रयोग हुँदा परम्परागत मौलिकता पनि हराउँदै जान थालेको उनले बताए।
सरकारले फुसका छाना हटाउने अभियान चलाउँदा पनि परम्परागत मौलिकता हराउँदै जान थालेको स्थानीयको भनाइ छ। अहिले बजार कुन हो गाउँ कुन छुट्याउन पनि गाह्रो हुने गरेको सुमित्रा बिसीको भनाइ छ।
बजारमा पनि ठूला ठूला पक्की घर छन्। गाउँघरमा पनि विस्तारै पक्की घर बन्दै जाँदा शहर र गाउँबीचको दूरी पनि हट्दै गएको अनुभूति हुने गरेको उनले बताइन्।
उनले भनिन्, ‘पहिले आफ्नो घर राम्रो देखाउन टाढा टाढाबाट रातो माटो, कमेरो बोकेर ल्याइन्थ्यो। भित्र बाहिर लिपेर चिटिक्क पारिन्थ्यो तर आजभोलि बजारबाट रङ ल्यायो लिप्यो।’
सुरेश चन्द्र रिजाल
काठमाडौ, ४ कार्तिक।
नेपाल तन्त्रात्मक वैदिक सनातन हिन्दु भूमि हो । पौराणिक र तान्त्रिक महत्त्वलाई दृष्टिगोचर गरी दुर्गा भवानीको कृपा तथा आशीर्वाद प्राप्त गर्नका लागि विजया दशमी पर्व मनाउने शास्त्रीय विधान सदीयौंदेखि रहिआएको छ ।
शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधिअनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना पश्चात् प्रसाद स्वरूप दशमीको दिन लगाउने टीका धर्म, अर्थ, काम र मोक्ष प्रदायक हुने कुरा देवी भागवतमा बताइएको छ ।
आषाढशुक्ल, आश्विनशुक्ल, माघशुक्ल र चैत्रशुक्ल गरी वर्षमा चारवटा नवरात्रहरू पर्ने गर्दछ । यी चार नवरात्रहरूमा आषाढ शुक्ल र माघ शुक्ल पक्षका तिथिहरुलाई गुप्त नवरात्र भनिन्छ । यी नवरात्र साधकहरूका लागि उपयोगी मानिन्छन् । चैत्र शुक्ल र आश्विन शुक्लपक्षमा आम मानिसहरूले शक्तिको आराधना गर्ने गर्दछन् । विशेषगरी आश्विन शुक्ल पक्षमा पर्ने शारदीय नवरात्त्रको शास्त्रमा अधिक महत्व बताईएको छ ।
यस बर्ष साउन महिनामा मलमास परेकाले ढिलागरि २८ असोज आइतबारबाट नवरात्र प्रारम्भ भएको हो ।
नौ दिनसम्म मनाउने नवरात्रमा कुन दिन कुन रूपको पूजा गर्ने र कस्तो प्रसाद चढाउने अनि कुन कामनाको पूर्तिका लागि पूजा गर्ने भन्नेबारे मार्कण्डेय पुराणमा उल्लेख गरिएको छ । सावधानी पूर्वक विधि अनुरूप विभिन्न रूपको पूजा गरेमा विभिन्न मनोभिलाषा पूरा हुने बताइएको छ । ‘यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम्’ अर्थात् जुन जुन कामनाले भगवतीको आराधना गरिन्छ, ती सबै कामना सिद्ध हुने कुरा दुर्गा सप्तशतीको देव्या कवचमा बताइएको छ ।
नौ दिनसम्म शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, शिद्धिदात्री गरेर नवदुर्गाको क्रमशः पूजा गर्ने गरिन्छ । विशेष गरेर महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना यस पर्वमा गरिन्छ ।
कुनै पनि प्रकारका मुद्दा मामिला तथा दुर्घटनाबाट छुटकाराका लागि सप्तमी तिथिका दिन कालरात्रि भगवतीको पूजाबाट सम्पूर्ण कष्ट नाश हुने कुरा बताइएको छ । कुनै पनि प्रकारका आकस्मिक विपत्तिबाट रक्षाको लागि यदि सख्खर दान गरेमा बाधा अड्चन नआउने शास्त्रमा बताइएको छ ।
काठमाडौं, ४ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
काठमाडौं, ४ कार्तिक ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
राती भने देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। वर्षा र चट्याङ्गको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।
काठमाडौं, ४ कार्तिक ।
चौधरी फाउण्डेसनकी कोषाध्यक्ष सारिका चौधरीले नेपाल महिला संघलाई कम्प्यूटर र प्रिन्टर सहयोग गरेकी छन् ।
नेपाली कांग्रेस निकट भ्रातृसंस्था महिला संघलाई शुक्रबार चौधरीले कार्यालय प्रयोजनका लागि कम्प्यूटर र प्रिन्टर सहयोग उपलब्ध गराएकी हुन् ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीकी धर्मपत्नी सारिकाले दशैंका अवसरमा महिला संघलाई उक्त सहयोग उपलब्ध गराएकी हुन् । काठमाडौंको धापासीमा रहेको महिला संघको केन्द्रीय कार्यालयमा कम्प्यूटर अभाव थियो । महिला संघ केन्द्रीय अध्यक्ष उषा मिश्र रावतलाई कम्प्यूट र प्रिन्टर हस्तान्तरण गरिएको हो । सामाजिक कार्यमा निरन्तर सक्रिय चौधरीले विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएकी छन् ।
नेपालको प्रतिष्ठित व्यापारीक घराना चौधरी ग्रुपले सामाजिक उत्तरदायित्व अन्तर्गत चौधरी फाउण्डेसमार्फत देशका विभिन्न जिल्लामा सामाजिक कार्य गर्दै आएको छ । पछिल्लो समय नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा चौधरी फाउण्डेसनमार्फत् विभिन्न सामाजिक कार्यक्रम सञ्चालनमा छन् । नवलपरासी १ कांग्रेस नेता विनोद चौधरीको निर्वाचन क्षेत्र हो ।
संजय सहनी,राैतहट,कार्तिक ०३ गते
जनमत पार्टी रौतहटका नवनियुक्त जिल्ला इन्चार्ज शेख जमसैदले पदभार ग्रहण गर्नु भएकाे छ । रौतहटको गौरमा बिहीवार आयोजित एक कार्यक्रमका बिच मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री तथा जनमत पार्टीका केन्द्रिय महासचिव माननीय चन्दन सिंहले नेता जमसेदलाई बिधिबत रुपले पदभार ग्रहण गराउनु भएकाे हाे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री सिंहले नवनियुक्त जिल्ला इन्चार्ज शेख जमसेदलाई सफल कार्यकालको शुभकामना दिनु भएकाे थियाे ।

मन्त्री सिंहले शेख जमसेद जस्तो मधेसबादि बिचार धारा बोकेका कुशल कमान्डरलाई पार्टीमा भित्र्याउन पाएकोमा खुसि ब्यक्त गरेका थिए। साथै मन्त्री सिंहले जिल्ला इन्चार्ज जमशेदलाई पार्टीको बिधि -बिधानमा अडिग रहि पार्टीको संगठन बिस्तार सहित जनताको सेवामा अहोरात्र खट्न निर्देशन दिनु भएकाे थियाे । कार्यक्रमलाई सम्बोधन गर्दै नवनियुक्त जिल्ला इन्चार्ज शेख जमसेदले पार्टीको बिधानमा अनुसार संगठन बिस्तारमा लाग्ने र यस अभियानमा पार्टीको सम्पुर्ण शुभचिन्तकको सहयोग हुने बिश्वास ब्यक्त गरेका थिए। कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य बिकास यादब सहित जिल्लाका नेता कार्यर्ताको बाक्लो उपस्थित रहेको थियो।
काठमाडौँ, ३ कात्तिक
दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । यही परम्परा अनुसार आज घटस्थापना गरेको स्थलमा षोडशोपचारले विधिपूर्वक कात्यायनी देवीको आह्वान गरी पूजा आराधना गरिन्छ । कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रुपमा अवतार लिइछन् । उनको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रुपमा स्वीकार गरेछन् । यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । कात्यायनीको प्रतिमा लक्षणमा शार्दूल वाहन भएकी, दानव घातिनी, हातमा खड्ग लिएकी, एउटा चुल्ठो भएकी, कानमा जपापुष्प (एक प्रकारको फूल) तथा यार्लिङ लगाएकी, गधामा बसेकी, नग्न, ठूलठूला ओठ भएकी र शरीरमा तेल घसेकी हुन्छिन् भनेको पाइन्छ । यस्ती देवीको आज विशेष पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन असोज २८ गते आइतबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन सोमबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन बुधबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौँ दिन बिहीबार स्कन्दमाता देवीको पूजा आराधना गरियो । छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद देशका धेरै भागमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । कतै भने कुल परम्परा अनुसार विजयादशमीका दिनमामात्र लगाउने प्रचलन पनि छ । शास्त्रीय रुपमा दुर्गा पक्षभर अर्थात् कोजाग्रत पूर्णिमासम्म दुर्गा देवीको प्रसादका रुपमा जमरा टीका लगाउन सकिने व्यवस्था रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व धुमधामका साथ मनाउँछन् । दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणी, बगलामुखीलगायत मन्दिरमा घटस्थापनाको बिहानैदेखि भक्तजनको भीड लाग्ने गरेको छ । यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, पाथीभरा, दन्तकाली, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, बडीमालिका, उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको भीड लाग्ने गरेको जनाइएको छ । नवरात्र शक्ति प्राप्तिका लागि विशेष रुपमा साधनाको समय हो । रासस
धनगढी, २ कार्तिक ।
कैलालीबाट अवैध सालको काठ बरामद गरिएको छ।
जिल्लाको कैलारी गाउँपालिका–१ दक्षिण मझेराबाट ५५ दशमल ९८ क्युफिट सालको गोलिया बरामद गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीको गस्ती टोलीले बुधबार दिउँसो बेवारिसे अबस्थामा काठ बरामद गरेको हो। उक्त काठ आवश्यक कारवाहीका लागि सब–डिभिजन वन कार्यालय बसन्तामा बुझाइको छ।